६७. म आफ्ना सौखहरूलाई सही रूपमा लिन सक्छु
मार्च २०२० मा, म मण्डली अगुवाका रूपमा छानिएँ। त्यसको तुरुन्तैपछि, मैले केही ब्रदर-सिस्टर कम्प्युटर सीप सिकाउन र केही कम्प्युटर प्राविधिकलाई संवर्धन गर्न आउँदै छन् भन्ने सुनेँ। यो सुन्नेबित्तिकै मलाई एकदमै चासो लाग्यो। मलाई सधैँ कम्प्युटर प्रविधिमा चासो थियो र मैले आफ्नो फुर्सदको समयमा आफैँ यसको अध्ययन पनि गरेकी थिएँ, त्यसैले मलाई यी सीपहरू सिक्ने तीव्र चाहना भयो। हाम्रो मण्डलीका सदस्यहरूलाई विचार गर्दा, यस क्षेत्रमा केही आधारभूत ज्ञान भएकी व्यक्ति म मात्र थिएँ, त्यसैले मैले यो कर्तव्य निर्वाह गर्न पाए एकदमै राम्रो हुनेथ्यो! मैले म आफ्नो हालको कर्तव्यमा अगुवाका रूपमा त्यति वाक्पटु छैनँ, र कहिलेकाहीँ ब्रदर-सिस्टरहरूसँग प्रश्न वा कठिनाइहरू हुँदा, ती कसरी सङ्गति गरेर समाधान गर्ने भन्ने मलाई थाहा हुँदैन, र यो निकै लाजमर्दो हो भनेर सोचेँ। यदि मैले प्राविधिक कर्तव्य निर्वाह गर्न पाएँ भने, सीपहरूमा पोख्त हुँदा म प्राविधिक प्रतिभा बन्नेथिएँ र म पहिचान कमाउनेथिएँ, त्यसैले मैले यस कम्प्युटर प्रविधि कर्तव्यमा आफ्ना क्षमताहरू देखाउने प्रतीक्षा गरेँ। जब मैले कमजोर आधारभूत ज्ञान भएकी एउटी सिस्टरले प्रविधि अध्ययन गरिरहेकी देखेँ, तब मैले उनलाई अलि तुच्छ ठानेँ र त्यतिकै केही सुझाव दिएँ। ती सिस्टरले छक्क परेर जवाफ दिँदै भनिन्, “तपाईँलाई यी कुराहरूबारे थाहा छ भन्ने मैले अपेक्षा गरेकै थिइनँ!” उनको प्रशंसा सुनेर मलाई राम्रो लाग्यो, र मैले मनमनै सोचेँ, “तिमीले मलाई साँच्चै कम आँक्यौ; यदि अगुवाका रूपमा मेरो कर्तव्य नभएको भए, म प्रविधि अध्ययन गर्न जानेथिएँ।”
मे महिनाको सुरुतिर, ब्रदर झाङ मिङ कम्प्युटर सीप सिकाउन हाम्रो मण्डलीमा आए, र म निकै खुसी भएँ। मैले मनमनै सोचेँ, “म हरेक दिन पाठहरू सिक्न जान नसके पनि, सिक्न समय निकाल्न सक्छु, र जानकारी मानिसहरूबाट सिक्दा मलाई थप सीपहरूबुझ्न मद्दत मिल्नेछ, अनि म मौका पाएपछि, आफ्ना क्षमताहरू देखाउन सक्छु।” जब म पहिलोपटक अध्ययन गर्न गएँ, तब मैले केही प्राविधिक विषयवस्तुमा अङ्ग्रेजी शब्दावलीहरू देखेँ, त्यसैले मैले आफ्नो अङ्ग्रेजी सीप प्रदर्शन नगरी सक्दै सकिनँ, तिनीहरूका लागि ती पढिदिएँ र उल्था गरिदिएँ। ब्रदर-सिस्टरहरूले मलाई अझ बढी आदरका साथ हेरे। एउटी सिस्टरले भनिन्, “तपाईँको अङ्ग्रेजी कुन स्तरको हो? तपाईँलाई प्राविधिक शब्दावलीहरूसमेत थाहा रहेछ। तपाईँ त अध्ययन गर्न सबैभन्दा योग्य हुनुहुन्छ; तपाईँलाई फाइदा छ!” मैले टाउको हल्लाउँदै भनेँ, “यो त मलाई अध्ययन गर्न मन पर्ने विषय नै हो।” मैले अभ्यासको दौरान सिस्टरहरूलाई निश्चित प्रक्रियाहरूमा सङ्घर्ष गरिरहेको देख्दा, उनीहरूलाई केही मार्गदर्शन दिएँ, सोचेँ, “म अगुवा भएकीले र मसँग समय नभएकाले, म बेला-बेलामा मात्र सिक्न सक्छु; नत्र, म निश्चय नै तिमीले भन्दा छिटो सिक्नेथिएँ।” दुर्भाग्यवश, म दुई वा तीन दिन मात्र पाठ सिक्न गएँ, र त्यसपछि म मण्डलीको काममा व्यस्त भएकीले मैले निरन्तरता दिन सकिनँ। मलाई एकदमै पछुतो लाग्यो र अलि अनिच्छुक भएँ, सोचेँ, “म तिमीहरू सबैभन्दा पछि पर्नु हुँदैन। मैले आफूले नसिकेका कुराहरू पूरा गर्न समय निकाल्नुपर्छ।” त्यसपछि, मैले सिक्नका लागि ट्युटोरियलहरू हेरेँ, र आफूले नबुझेका कुनै पनि कुरा अनुसन्धान गर्न मेहनत गरेँ। ब्रदर-सिस्टरहरूले नबुझेका कुराहरूबारे मलाई प्रश्न गर्दा, म उनीहरूलाई केही सुझाव दिन पनि सक्थेँ। जब म ब्रदर-सिस्टरहरूबाट प्रशंसा पाउँथेँ, तब मलाई गर्व महसुस हुन्थ्यो, र मलाई कम्प्युटर प्रविधिसँग सम्बन्धित कर्तव्यहरू झन् बढी मन पऱ्यो। तर, म आफ्नो कर्तव्यमा अगुवाका रूपमा, अक्सर विभिन्न कठिनाइहरू सामना गर्थेँ, र कहिलेकाहीँ म ती समाधान गर्न सक्दिनथेँ, जसले मलाई लज्जित महसुस गरायो। मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी भए पनि, मेरो हृदयमा कम्प्युटर प्रविधि अध्ययन गर्दाको जस्तो उत्साह थिएन, न त मैले कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भन्नेबारे नै सोचिरहेकी थिएँ। बरु, मैले कम्प्युटर प्रविधि अध्ययन गर्नमै ध्यान केन्द्रित गरेँ। कहिलेकाहीँ मलाई अलि दोषी महसुस हुन्थ्यो, सोच्थेँ, “के मैले आफ्नो उचित कर्तव्यलाई ध्यान दिइरहेकी छैनँ र?” तर फेरि म मण्डलीका कम्प्युटर प्राविधिकहरूको प्राविधिक सीप कसरी औसत छ, र ब्रदर-सिस्टरहरूलाई कम्प्युटरका समस्याहरूमा मद्दत गर्नु पनि जरुरी माग हो, र त्यसैले त्यसै सोचका साथ, मेरो दोषी भावना हराएर जान्छ भन्ने सोच्थेँ। एक दिन, म केही क्षण कम्प्युटर चलाएपछि मात्र आफ्नो कर्तव्य सम्हाल्न गएँ, र फलस्वरूप, मैले निकै जरुरी काम छुटाएकी छु भन्ने पाएँ, जसले ढिलाइ गरायो। त्यसपछि मात्र मलाई डर लाग्यो। मैले आफ्ना प्राथमिक जिम्मेवारीहरूमा ध्यान नदिएकीले गर्दा यो ढिलाइ भएको थियो। मैले कार्यान्वयन गरिसकिएको हुनुपर्ने तर नगरिएका अन्य कार्यहरू, र अनुगमन गरिसकिएको हुनुपर्ने तर नगरिएका अरू कार्यहरूबारे पनि सोचेँ। यसले कार्य प्रगतिमा असर पारेको थियो र मलाई अलि पछुतो लाग्यो, सोचेँ, “अगुवाका रूपमा, मैले आफ्नो प्राथमिक कर्तव्यमा आफ्नो प्रयास केन्द्रित गरिनँ, र मैले सधैँ कम्प्युटर प्रविधि अध्ययन गरिरहेकी थिएँ। मैले साँच्चै आफ्ना उचित जिम्मेवारीहरूलाई बेवास्ता गरिरहेकी थिएँ!” मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म आफ्नो हृदय फेरि कर्तव्यमा केन्द्रित गर्न, र आफ्ना रुचिहरूअनुसार कामकुराहरू नगर्न इच्छुक छु। अबदेखि, म गम्भीरताका साथ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछु।” तर केही दिनपछि, मलाई फेरि प्रकट गरिदिने केही भयो।
एउटी सिस्टरले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा केही कठिनाइ सामना गरिन्, र मलाई उनीसँग कसरी सङ्गति गर्ने भनेर थाहा भएन। मैले उनका समस्याहरू समाधान गर्न नसकेकीले, मलाई आफूले केही इज्जत गुमाएकी छु भन्ने लाग्यो र अलि नकारात्मक पनि महसुस भयो, सोचेँ, “अगुवाका रूपमा, म एउटा समस्यासमेत समाधान गर्न सक्दिनँ—यो अत्यन्तै अपमानजनक कुरा हो। यी सिस्टरले मेरो पिठ्युँपछाडि मलाई कसरी मूल्याङ्कन गर्नेछिन्, कसलाई के थाहा! मैले प्रविधि अध्ययन गर्नु नै बेस हुनेथ्यो। ब्रदर-सिस्टरहरूलाई कम्प्युटरका समस्याहरू हुँदा, म ती तत्कालै समाधान गर्न सक्छु, र म सबैको प्रशंसा र आदर पनि पाउन सक्छु।” यो सोचेर, मलाई अब अगुवा बन्न मन लागेन। केही दिनपछि, एक जना प्रचारकले मैले आफ्नो कर्तव्यलाई बेवास्ता गरेकीले कतिपय काम राम्ररी नगरिएको थाहा पाइन्, त्यसैले उनले मलाई काँटछाँट गरिन्। त्यसपछि मैले कम्प्युटर प्रविधि सिक्ने आफ्नो चाहना व्यक्त गरेँ। उनले मसँग सङ्गति गरिन्, र मलाई म अगुवा बन्नुको सट्टा किन प्राविधिक कर्तव्य लिन चाहन्छु भन्नेबारे चिन्तन गर्न अनुरोध गरिन्। मैले आफ्नो चिन्तनमा, परमेश्वरका वचनहरू पढेँ: “तैँले निर्वाह गर्ने कर्तव्य तँलाई मन पर्छ र त्यसमा सिपालु छस् भने, तैँले यो आफ्नो जिम्मेवारी र दायित्व हो, अनि यसो गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो भन्ने महसुस गर्नेछस्। तँ हर्षित, खुसी र सहज महसुस गर्नेछस्। यो तैँले गर्न चाहेको कुरा हो, र तँ त्यसप्रति अर्पित हुन सक्छस्, र त्यसो गरेर, तैँले आफूले परमेश्वरलाई सन्तुष्ट बनाइरहेको महसुस गर्नेछस्। तर कुनै दिन तैँले आफूलाई मन नपर्ने वा पहिले कहिल्यै नगरेको कर्तव्य सामना गर्दा, के तँ अर्पित हुन सक्नेछस्? यसले तैँले सत्यता अभ्यास गरिरहेको छस् कि छैनस् भनेर परीक्षण गर्नेछ। उदाहरणका लागि, मानौँ तँ भजन समूहमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। तँ गाउन सक्छस्; यो तँलाई रमाइलो लाग्ने कुरा हो, र तँ यो कर्तव्य निर्वाह गर्न इच्छुक छस्। यदि तँलाई अर्को कर्तव्य दिइयो, मानौँ सुसमाचार प्रचार गर्न लगाइयो, र यो काम अलिक कठिन थियो भने, के तँ समर्पित हुन सक्नेथिइस्? तँ सुसमाचार प्रचार गर्न चाहँदैनस्, त्यसैले तँ ‘मलाई गाउन मन पर्छ’ मात्र भनिरहन्छस्। यदि कुनै अगुवा वा कामदारले ‘सुसमाचार प्रचार गर्ने तालिम लिनू र आफूलाई अझ धेरै सत्यताले सुसज्जित गर्नू, अनि तिम्रो जीवन वृद्धिका लागि अझ बढी फाइदाजनक हुनेछ’ भनेर तँलाई हौसला दिन्छ भने, तँ अझै पनि जिद्दी गर्दै यसो भन्छस्, ‘मलाई गीत गाउन मन पर्छ, मलाई नाच्न मन पर्छ।’ चाहे तिनीहरूले जेसुकै सङ्गति गरून्, तँ सुसमाचार प्रचार गर्न जान चाहँदैनस्। तँ किन जान चाहँदैनस्? (रुचिको कमीका कारण।) तँलाई रुचि छैन, त्यसैले तँ जान चाहँदैनस्—यहाँ रहेको समस्या के हो? समस्या के हो भने तँ आफ्नो कर्तव्य आफ्ना प्राथमिकता र व्यक्तिगत रुचिअनुसार छनोट गर्छस् र समर्पित गर्दैनस्। समर्पण नहुनु नै समस्या हो। यदि तँ यस समस्याको हल गर्न सत्यता खोज्दैनस् भने, तँसँग साँचो समर्पण हुनेछैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेर, मैले के बुझेँ भने जब मलाई चासो लाग्ने, म पोख्त भएको, आफूलाई प्रदर्शन गर्न सक्ने, र अरूको प्रशंसा पाउन सक्ने कर्तव्यहरूको कुरा आउँथ्यो, तब म ती राम्ररी निर्वाह गर्नका लागि प्रयास लगाउन इच्छुक हुन्थेँ। तर, मलाई चासो नलाग्ने र मैले आफ्ना क्षमताहरू प्रदर्शन गर्न नसक्ने कर्तव्यहरूमा, म तिनमा समावेश चुनौतीहरू सामना गर्न र तिनलाई जित्न अनिच्छुक हुन्थेँ। यसले म व्यक्तिगत रुचिहरूका आधारमा कर्तव्यहरू छान्छु, र ममा परमेश्वरप्रति समर्पितको कमी छ भन्ने देखायो। कम्प्युटर प्रविधिको आफ्नो अध्ययनलाई फर्केर हेर्दा, मलाई लाग्यो, जब मसँग आफूलाई प्रदर्श गर्ने अवसरहरू हुन्थे, तब म अनुसन्धानमा डुब्थेँ, र जब म सानोतिनो सफलता हासिल गर्थेँ, तब म आफैँलाई उल्लेखनीय ठान्थेँ। अरूबाट प्रशंसा र आदर पाउँदा, म आफ्नो तारिफ गर्थेँ, तर जब मलाई आफ्नो अगुवाइको कर्तव्यमा कठिनाइ र समस्याहरू आउँथे र म ती समाधान गर्न असफल हुन्थेँ, तब मलाई लज्जित महसुस हुन्थ्यो र म प्रतिरोध गर्न वा त्यो अवस्थाबाट बच्न चाहन्थेँ। त्यसैले बरु, म समय निकाले प्रविधिमा गहिरिन खोज्थेँ, जसले अन्ततः मेरा प्राथमिक जिम्मेवारीहरूमा ढिलाइ गरायो। मैले साँच्चै आफ्नो उचित कर्तव्यलाई बेवास्ता गरिरहेकी थिएँ! मण्डली अगुवाका रूपमा, जब ब्रदर-सिस्टरहरूले आफ्ना कर्तव्यहरूमा कठिनाइहरू सामना गर्थे र म प्रभावकारी रूपमा सङ्गति गर्न सक्दिनथेँ, तब मैले सत्यता खोज्न परमेश्वरमा भर पर्नुपर्थ्यो वा मलाई मार्गदर्शन र मद्दत गर्न सत्यता बुझेकाहरूबाट सहयोग लिनुपर्थ्यो। तर म आफूले मानिसहरूको नजरमा आफ्नो इज्जत र हैसियत जोगाउन नसकेकीले गर्दा टार्न र पन्छिन चाहन्थेँ। मैले व्यक्तिगत चासो र रुचिहरूका आधारमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, सत्यता अभ्यास गर्नुको सट्टा आफ्नो व्यक्तिगत हैसियत र ख्यातिलाई पूरा गर्न पछ्याइरहेकी थिएँ, र म परमेश्वरप्रति समर्पित हुन सृजित प्राणीको स्थानमा उभिरहेकी थिइनँ। आफ्नो कर्तव्यप्रतिको मेरो यो मनोवृत्ति परमेश्वरको दृष्टिमा घृणास्पद थियो। केही बुझाइ प्राप्त गरेपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, अबदेखि म आफ्ना रुचिहरूका आधारमा कार्य गर्न चाहन्नँ। म आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा केन्द्रित गर्न र त्यसलाई गम्भीर रूपमा राम्ररी निर्वाह गर्न इच्छुक छु।” पछि, मेरो हृदय अलि स्थिर भयो, र मैले लगनशीलताका साथ आफ्नो प्राथमिक काममाध्यान केन्द्रित गर्न थालेँ। आफ्नो काममा कठिनाइहरू उत्पन्न हुँदा, मैले मसँग सहकार्य गरिरहेका ब्रदर-सिस्टरहरूसँग कुराकानी गरेँ, र ती समाधान गर्न सत्यता खोजेँ।
अप्रिल २०२१ सम्ममा, सुसमाचार काममा प्रभावकारिताको कमी भएकाले गर्दा, माथिल्लो अगुवाले मलाई काँटछाँट गऱ्यो, तर आत्मचिन्तन गर्नुको सट्टा, म हार मान्न प्रवृत्त भएँ र मैले राजीनामा दिने प्रस्ताव राखेँ। माथिल्लो अगुवाइले म चिन्तन वा सत्यतामा प्रवेश गरिरहेकी छैनँ र म अत्यन्तै नकारात्मक बनेकी छु भन्ने देख्यो, त्यसैले उनीहरूले मेरो राजीनामा स्विकारे। केही दिनपछि, मैले कम्प्युटर प्रविधिसँग सम्बन्धित एउटा कर्तव्य लिएँ, र मलाई निकै खुसी लाग्यो, मैले यो कर्तव्य मलाई उपयुक्त छ र म आफ्नो महत्त्व प्रदर्शन गर्न सक्छु भन्ने सोचेँ। म प्रविधि अध्ययन गर्नमा चुर्लुम्म डुबेँ र चाँडै नै केही आधारभूत सीपमा पोख्त भएँ, अनि मेरा ब्रदर-सिस्टरहरूका लागि सबै कम्प्युटर समस्याहरू समाधान गर्न सक्षम भएँ। ब्रदर-सिस्टरहरूलाई सिकाउँदा, मलाई विश्वस्त महसुस हुन्थ्यो र आफ्नो शिर ठाडो पार्थेँ, र म यो कर्तव्य एकदमै सन्तोषजनक पाउँथेँ।
अप्रत्याशित रूपमा, केही महिनापछि, मैले केही सुरक्षा जोखिमहरू सामना गरेँ र आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ। म प्रायः उदास हुन्थेँ, र म सोच्थेँ, “प्रविधि छिटो अपडेट र परिवर्तन हुन्छ। मैले यति धेरै समय खेर फालेँ कि म निश्चय नै पछि पर्नेछु।” धेरै पछि पर्नबाट जोगिन, मैले प्रविधि अध्ययन गर्न सक्दो प्रयास गरेँ, एक दिन म अझै पनि प्राविधिक कर्तव्यहरू निर्वाह गर्न सक्छु भन्ने आशा राखेँ। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेपछि, आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गर्न थालेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूमा जन्मजात अन्तर्ज्ञान हुन्छ। यदि तिनीहरूलाई आफ्ना सामर्थ्यहरू के हुन्, आफ्ना चासो र रुचिहरू के हुन् भन्ने कहिल्यै थाहा भएन भने, तिनीहरूलाई आफ्नो स्थान छैन भन्ने लाग्छ, तिनीहरू आफ्नै मूल्य बुझ्न सक्दैनन्, र तिनीहरूलाई आफू बेकामको छु भन्ने अनुभूति हुन्छ। तिनीहरूले आफ्नो मूल्य प्रदर्शन गर्न सक्दैनन्। तर, व्यक्तिले आफ्ना चासो र रुचिहरूलाई पत्ता लगाएपछि, यी कुराहरू तिनीहरूको मूल्य प्राप्त गर्ने पुल वा उत्प्रेरणा बन्छन्। तिनीहरू आफ्ना आदर्श हरूलाई पछ्याउन, अझै मूल्यवान् जीवन जिउन, उपयोगी व्यक्ति बन्न, भीडबाट माथि उठ्न र देखिन, सम्मान र अनुमोदन पाउन, अनि असाधारण व्यक्ति बन्नका लागि मूल्य चुकाउन तयार हुन्छन्। यसरी, तिनीहरू सन्तुष्ट जीवन जिउन, यो संसारमा सफल करियर बनाउन, र आफ्ना आदर्श र इच्छाहरूलाई पूरा गरेर बहुमूल्य जीवन जिउन सक्छन्। मानिसहरूका व्यस्त भीडहरूलाई हेर्दा, तिनीहरू जस्ता प्राकृतिक रूपमै वरदानप्राप्त, उच्च आदर्श र इच्छाहरू तय गरेका, र अटुट प्रयासद्वारा अन्तत: यी कुराहरू हासिल गरेका मानिसहरू थोरै मात्र देखिन्छ। तिनीहरूले आफूलाई मन पर्ने काम गरेर करियर बनाएका छन्, आफूले चाहेको ख्याति, नाफा, र प्रतिष्ठा कमाएका छन्, आफ्नो मूल्य देखाएका छन्, र आफ्नो गरिमा प्राप्त गरेका छन्। मानिसहरूले पछ्याउने कुरा यही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (८))। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने मैले सधैँ आफ्ना आदर्श र चाहनाहरू प्राप्त गर्न, अरूले प्रशंसा गर्ने प्राविधिक प्रतिभा बन्न, र अन्ततः आफूले चाहना गरेको ख्याति, प्राप्ति र हैसियत प्राप्त गर्नका लागि आफ्ना चासो र सौखहरूसँग सम्बन्धित कर्तव्यहरू निर्वाह गर्न चाहेकी थिएँ। जब मैले कम्प्युटर प्रविधिमा सिपालु हुँदा प्रशंसा र आदर कमाउन सकिन्छ भन्ने थाहा पाएँ, तब मलाई आफ्नो उपस्थिति र उपलब्धिको बलियो अनुभूति महसुस भयो। त्यसैले, मलाई कम्प्युटर प्रविधिमा झन्-झन् चासो बढ्दै गयो, म आफ्ना सीपहरू सुधार्नका लागि बिहानदेखि बेलुकासम्म कडा परिश्रम गरेर अध्ययन गर्न इच्छुक भएँ, मैले यस क्षेत्रमा सिपालु बन्न प्रयास गरेँ ताकि धेरै मानिसले मेरो प्रशंसा र आदर गरून्। तर, मेरो अगुवाइको कर्तव्यमा अत्यन्तै कमी थियो, र मसँग सक्रिय मानसिकता थिएन। जब मैले कठिनाइ र रोकावटहरू सामना गरेँ, तब म नकारात्मक बनेँ र पछि हटेँ, यहाँसम्म कि मैले राजीनामा दिएँ र भगौडा बनेँ। मैले आफ्ना चासो र सौखहरूलाई मेरो आत्म-मूल्यलाई साकार पार्ने माध्यमका रूपमा लिएँ। मैले कम्प्युटर प्रविधि सिकेर अरूको आदर पाउन चाहेँ। यो व्यक्तिगत लाभका लागि चाल चल्नु थियो, र म यो मानिसहरूको हृदयमा आफ्नो छवि र हैसियत स्थापित गर्न अनि आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न गरिरहेकी थिएँ!
एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ, र मैले आफ्ना कर्तव्यहरूप्रति म रुचिद्वारा प्रेरित हुनुपछाडि लुकेका मनसायहरूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले सुरुमा सोच्ने कुरा यही हो, जुन तिनीहरूसँग ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ र यसैकारण मात्र तिनीहरू कामकुरालाई यसरी विचार गर्छन् भन्ने कुराको पर्याप्त प्रमाण हो। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्वरका वचनहरू पढेपछि, म गहन रूपमा प्रभावित भएँ। मैले ख्याति र हैसियतलाई जीवन जत्तिकै बहुमूल्य कुरा ठानेँ, र मैले निरन्तर रूपमा अरूको आदर पछ्याएँ। म “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” जस्ता शैतानी विषहरूद्वारा प्रभावित भइरहेकी थिएँ, र म सधैँ अरूको हृदयमा हैसियत र राम्रो छवि बनाउन खोज्थेँ। म मलाई नाम कमाउन र आदर पाउन सक्षम पार्ने कुनै पनि कर्तव्य निर्वाह गर्न इच्छुक थिएँ। म कष्ट भोग्न र त्यस्तो कर्तव्यको मूल्य चुकाउन इच्छुक थिएँ, तर म आफ्नो ख्याति र हैसियतलाई हानि पुर्याउन सक्ने कुनै पनि कर्तव्यबाट टाढा रहेँ र मैले त्यसलाई अस्वीकार गरेँ। कम्प्युटर प्रविधिको सन्दर्भमा जस्तै, यसले मलाई आफ्नो नाम कमाउन सक्षम पारेको हुनाले, म यसलाई लगनशील भई अध्ययन गर्न इच्छुक थिएँ, दिनभरि कम्प्युटर स्क्रिनमा हेर्थेँ, र आफ्नो आँखा पोल्दा र घाँटी दुख्दासमेत, म कम्मर कसेर लागेँ र कठिनाइ सहेर अघि बढेँ। यसको विपरीत, म आफ्नो अगुवाइको कर्तव्यमा एकदमै निष्क्रिय थिएँ, किनभने मलाई यदि मैले समस्याहरू समाधान गर्न सकिनँ भने, मेरा ब्रदर-सिस्टरहरूको नजरमा आफ्नो राम्रो छवि गुमाउनेछु भन्ने डर थियो। म आफ्नो अभिमान र हैसियत जोगाउन, राजीनामा दिन र भगौडा बन्नसमेत सक्षम थिएँ। परमेश्वरका अभिप्रायहरू मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता पछ्याऊन् र आफ्नो भ्रष्टता समाधान गरून् भन्ने हुन्। तर मैले आफ्नो अभिमान पूरा गर्न ख्याति र हैसियत पछ्याएँ, जुन परमेश्वरका मागहरूविरुद्ध हुन्छ। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ, र मेरो अभिमान पूरा भए पनि, मेरो भ्रष्ट स्वभाव परिवर्तन हुनेथिएन, र अन्ततः म अझै पनि हटाइनेथिएँ। मलाई एकदमै पछुतो भयो, अनि म प्रार्थना गर्न र परमेश्वरतिर फर्कन उहाँसामु घोप्टो परेँ, र मैले परमेश्वरलाई मलाई सत्यता पछ्याउने मार्गमा मार्गदर्शन गर्न बिन्ती गरेँ।
त्यसपछि मैले परमेश्वरका वचनहरूका दुइटा खण्ड पढेँ अनि आफ्ना चासो र सौखहरूलाई कसरी लिनुपर्छ भनेर बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “आजको दिनदेखि, तँ परमेश्वरको घरको एक साँचो सदस्य होस्; अर्थात्, तैँले आफूलाई परमेश्वरको एउटा सृजित प्राणीका रूपमा स्वीकार गर्छस्। आजको दिनदेखि, तैँले आफ्नो जीवनका योजनाहरूलाई पुनःनिर्माण गर्नुपर्छ—तैँले आफ्नो जीवनका लागि तय गरेका पहिलेका आकाङ्क्षा, चाहना, र लक्ष्यहरूलाई अबदेखि पछ्याउनु हुँदैन। बरु, तैँले एक सृजित प्राणीका रूपमा तँसँग हुनुपर्ने जीवनका लक्ष्य र दिशाको योजना बनाउन एउटा नयाँ पहिचान र दृष्टिकोण अपनाउनुपर्छ। पहिला, तेरा लक्ष्य र दिशा अगुवाइको भूमिका लिने, वा कुनै उद्योगमा अगुवाइ गर्ने वा उत्कृष्ट हुने, वा कुनै निश्चित काममा संलग्न हुने वा कुनै विशेष पेसागत सीपमा निपुण हुने एक प्रसिद्ध व्यक्ति बन्ने हुनु हुँदैन। बरु, तैँले आफ्नो कर्तव्यलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्छ—अर्थात्, तैँले कुन काम गर्नुपर्छ र अहिले, यस क्षणमा, तैँले कुन कर्तव्य पूरा गर्न आवश्यक छ भनी जान्नुपर्छ, र तैँले परमेश्वरका अभिप्रायहरू खोजी गर्नैपर्छ। परमेश्वरले तैँले जे गर्न माग गर्नुभए पनि र परमेश्वरको घरले तेरा लागि जुनसुकै कर्तव्य प्रबन्ध गरेको भए पनि, तैँले त्यो कर्तव्य पूरा गर्नका लागि बुझ्नुपर्ने सत्यताहरू र तैँले पछ्याउनुपर्ने र बोध गर्नुपर्ने सिद्धान्तहरू पत्ता लगाउनैपर्छ र तँ तिनका बारेमा स्पष्ट हुनैपर्छ। यदि तैँले तिनलाई याद गर्न सक्दैनस् भने, तैँले तिनलाई लेखेर राख्न सक्छस् र, जब तँसँग समय हुन्छ, तब तिनलाई अझ बढी हेर्न र तिनलाई अझ बढी मनन गर्न सक्छस्। परमेश्वरका सृजित प्राणीहरूमध्ये एक भएको नाताले, तेरो प्राथमिक जीवन लक्ष्य एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने र मानकअनुरूपको एक सृजित प्राणी बन्ने हुनुपर्छ। तँसँग हुनुपर्ने सबैभन्दा आधारभूत जीवन लक्ष्य यही हो। दोस्रो र अझ विशेष कुरा भनेको एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने र मानकअनुरूपको सृजित प्राणी कसरी बन्ने भन्ने हो। यो सबैभन्दा महत्त्वपूर्ण छ। भ्रष्ट मानवजातिले पछ्याउने यी दिशा र लक्ष्यहरू—जस्तै प्रतिष्ठा, हैसियत, आडम्बर, र व्यक्तिगत भविष्य—ती सबै तैँले त्याग्नुपर्ने कुरा हुन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। “परमेश्वरको विश्वासीको रूपमा, तैँले सत्यता पछ्याउन इच्छा गर्ने र मुक्ति पाउन चाहने हुनाले, तैँले आफ्ना खोज, आदर्श र इच्छाहरू त्याग्नुपर्छ, यो मार्ग छोड्नुपर्छ, अर्थात् ख्याति र नाफा खोज्ने यो मार्ग, अनि यी आदर्श र इच्छाहरू त्याग्नुपर्छ। तैँले आफ्ना आदर्श र इच्छाहरू पूरा गर्ने कार्यलाई आफ्नो जीवन लक्ष्यको रूपमा छनौट गर्नु हुँदैन; बरु, यो लक्ष्य त सत्यता पछ्याउने र मुक्ति पाउने लक्ष्य हुनुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (८))। हो। सृजित प्राणीका रूपमा, ममा हुनुपर्ने लक्ष्य भनेको सृजित प्राणीका रूपमा आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न पछ्याउनु, अनि ख्याति र हैसियत नपछ्याउनु, वा उत्कृष्ट व्यक्ति, पेसेवर, वा प्राविधिक प्रतिभा बनेर आफ्ना आदर्शहरू साकार पार्नु हो। अबदेखि, मण्डलीले मेरा लागि जुनसुकै बन्दोबस्त मिलाए पनि, मैले त्यसलाई परमेश्वरबाट आएको हो भनी स्विकार्नुपर्छ अनि म उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ। कम्प्युटर प्रविधि मलाई मन पर्ने कुरा हो, र मण्डलीको कामलाई यसको आवश्यकता पर्दा, म लगनशील भई त्यो अध्ययन गर्नेछु, राम्रा नतिजाहरू हासिल गर्न यसलाई आफ्ना कर्तव्यहरूमा लागू गर्नेछु, तर मैले आफूभित्रका कुनै पनि गलत अभिप्रायहरू पनि समाधान गर्नुपर्छ; नत्र, भ्रष्ट स्वभावका साथ आफ्ना कर्तव्यहरू निर्वाह गरेर मैले परमेश्वरको अनुमोदन पाउनेछैनँ। यदि भविष्यमा मण्डलीले मलाई कामको आवश्यकताअनुसार अन्य कर्तव्यहरू निर्वाह गर्न खटायो भने, ती मेरा सबलताहरू नभए पनि, मैले उत्पन्न हुने चुनौतीहरू सामना गर्नुपर्छ र तिनलाई जित्नुपर्छ, सत्यता सिद्धान्तहरूमा अझ बढी प्रयास लगाउनुपर्छ, र आफूले गर्न नसक्ने कामकुराहरूबारे मेरा ब्रदर-सिस्टरहरूबाट अझ बढी सिक्नुपर्छ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, म आफ्नो ख्याति र हैसियत त्याग्न, परमेश्वरको घरले मलाई खटाउने जुनसुकै कर्तव्यप्रति समर्पित हुन, र अब उप्रान्त आफ्ना रुचिहरूका आधारमा कर्तव्य निर्वाह नगर्न इच्छुक भएँ।
पछि, म आफ्नो गृहनगर फर्किएँ र फेरि कम्प्युटर प्रविधिमा आफ्नो कर्तव्य निर्वाह गरेँ। पाँच महिनापछि, मैले अगुवाइबाट पत्र प्राप्त गरेँ, जसमा उनीहरूलाई लेखन-पठनको कर्तव्यमा सघाउने व्यक्ति तुरुन्तै चाहिएको कुरा बताइएको थियो, र मैले पहिले यो कर्तव्य निर्वाह गरेकी छु भन्ने थाहा पाएर, अगुवाइले म यो लिन इच्छुक छु कि छैनँ भनी सोध्यो। त्यतिबेला, म एउटा नयाँ प्रविधि सिक्दै थिएँ, र मलाई मण्डलीभित्र यस क्षेत्रमा निकै उत्कृष्ट मानिन्थ्यो। त्यसैले, म यसलाई छोड्न एकदमै अनिच्छुक थिएँ, र एकछिनका लागि, म फेरि दोधारमा परेँ। मैले पहिले कसरी ख्याति र हैसियत पछ्याएकी थिएँ भन्नेबारे चिन्तन गरेँ, र मलाई यसपटक मैले आफ्ना समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्नुपर्छ भन्ने थाहा थियो। मैले परमेश्वरका यी वचनहरू पढेँ: “तैँले आफ्नो कर्तव्य अह्रावट समायोजित गरिँदा आज्ञापालन गर्न सिक्नुपर्छ। तैँले आफ्नो नयाँ कर्तव्यमा केही समय प्रशिक्षण लिइसकेपछि र त्यो निर्वाह गरेर परिणामहरू हासिल गरिसकेपछि, आफू यो कर्तव्य निर्वाह गर्न अझ योग्य रहेछु भन्ने थाहा पाउनेछस्, र तँलाई आफ्नो अभिरुचिका आधारमा कर्तव्य छनौट गर्नु गलत रहेछ भन्ने महसुस हुनेछ। के यसले त्यो समस्या समाधान गर्दैन र? सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरको घरले मानिसहरूका लागि तिनीहरूको अभिरुचिका आधारमा नभई कामका आवश्यकता र कसैले त्यो कर्तव्य निर्वाह गरेर नतिजाहरू हासिल गर्न सक्छ कि सक्दैन भन्ने कुराका आधारमा निश्चित कर्तव्यहरू निर्वाह गर्ने बन्दोबस्त मिलाउँछ। के तिमीहरू परमेश्वरको घरले व्यक्तिको अभिरुचिका आधारमा कर्तव्य बन्दोबस्त गर्नुपर्छ भनेर भन्छौ? के यसले मानिसहरूलाई तिनीहरूको व्यक्तिगत अभिरुचि पूरा गर्ने सर्तमा प्रयोग गर्नुपर्छ? (होइन।) मानिसहरूलाई प्रयोग गर्ने परमेश्वरको घरका सिद्धान्तहरूसँग यीमध्ये कुन चाहिँ मेल खान्छ? सत्यता सिद्धान्तहरूसँग कुन चाहिँ मेल खान्छ? यो मानिसहरूलाई परमेश्वरको घरको कामका आवश्यकता र मानिसहरूले कर्तव्य निर्वाह गरेर प्राप्त गर्ने परिणामअनुसार छनौट गर्नु हो। तँमा केही अनुराग र रुचि, आफ्नो कर्तव्य निर्वाह गर्ने अलिअलि इच्छा हुन सक्छ, तर के तेरो इच्छा, रुचि र अनुरागले परमेश्वरको घरको कामले भन्दा बढी प्राथमिकता पाउनुपर्छ? यदि तँ दृढतासाथ जिद्दी गर्दै ‘मैले यो काम गर्नैपर्छ; यदि मलाई यो गर्न दिइएन भने, म जिउन चाहन्नँ, म आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नँ। यदि मलाई यो काम गर्न दिइएन भने, ममा अरू कुनै कुरा गर्ने हृदय हुनेछैन, न त म त्यसमा पूरा प्रयास नै लगाउनेछु’ भनेर भन्छस् भने, के यसले कर्तव्य निर्वाहप्रति तेरो मनोवृत्तिमा समस्या छ भन्ने देखाउँदैन र? के त्यो पूर्ण रूपमा विवेक र समझ नहुनु होइन र? तँ आफ्नो व्यक्तिगत इच्छा, रुचि र अनुराग पूरा गर्नका लागि, मण्डलीका काममा असर र ढिलाइ समेत गर्छस्। के यो सत्यताअनुसार छ? सत्यताअनुसार नभएका कुरालाई कसरी लिनुपर्छ? … अर्को पक्ष, जुन सबैभन्दा महत्त्वपूर्ण छ, त्यो के हो भने, तैँले जुनै हदसम्म बुझाइ प्राप्त गरे पनि वा तैँले यी कुराहरू बुझ्न सके पनि नसके पनि, जब परमेश्वरको घरले तेरा लागि बन्दोबस्तहरू मिलाउँछ, तब तैँले कम्तीमा पनि रोजीछानी गर्नु, वा आफ्नै योजना र छनौटहरू गर्नुभन्दा बरु पहिले आज्ञापालनको मनोवृत्ति अपनाउनैपर्छ। तँमा सबैभन्दा बढी हुनुपर्ने समझ नै यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्वरका वचनहरूले मलाई प्रभावित गरे। परमेश्वरको घरले व्यक्तिगत रुचिहरूका आधारमा नभई कामको आवश्यकताअनुसार कर्तव्यहरूको बन्दोबस्त मिलाउँछ। मैले प्रविधिसँग सम्बन्धित कर्तव्य निर्वाह गर्न चाहेकी भए पनि, आफ्ना चासोहरूलाई मण्डलीको कामलाई भन्दा बढी प्राथमिकता दिनु हुँदैनथ्यो। साथै, त्यतिबेला कामको यो पक्ष गर्न मानिसहरूको अभाव थिएन, तर लेखन-पठनको कामका लागि मानिसहरूको अभाव थियो। मैले पहिले लेखन-पठनको कर्तव्य निर्वाह गरेकी थिएँ, त्यसैले मसँग यसमा समावेश सिद्धान्तहरूबारे केही बुझाइ थियो। मैले परमेश्वरको अभिप्रायलाई ख्याल गर्नुपर्थ्यो, मण्डलीका बन्दोबस्तहरू पालन गर्नुपर्थ्यो, र मण्डलीको कामलाई प्राथमिकता दिनुपर्थ्यो। परमेश्वरको अभिप्राय बुझेर, मैले आफ्नो स्थिति सुधार्न परमेश्वरलाई प्रार्थना गरेँ र त्यसपछि म लेखन-पठनको कर्तव्य निर्वाह गर्न गएँ।
परमेश्वरका वचनहरूको खुलासा र न्यायले नै मलाई आफ्ना गलत पछ्याइहरू पहिचान गर्न लगायो। मैले आफ्ना चासो र सौखहरूलाई कसरी सही रूपमा लिने भनेर पनि सिकेँ। परमेश्वरलाई उहाँको मार्गदर्शनका लागि धन्यवाद! भविष्यमा, मैले जुनै परिस्थितिहरू सामना गरे पनि, म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन अनि आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नका लागि सत्यता पछ्याउन इच्छुक छु।