६६. आफ्नो हीनताबोध पहिल्याउँदा

लिन जिङ, चीन

मेरो व्यक्तित्व स्वभावैले एकदमै अन्तर्मुखी छ, अनि म सानु हुँदादेखि नै खासै बोल्दिनथेँ। विशेष गरी मानिसहरूको अगाडि त म यति आत्तिन्थेँ कि केही बोल्नै सक्दिनथेँ। उस्तै उमेरका अरू केटाकेटीको तुलनामा, मेरा प्रतिक्रियाहरू ढिला थिए र मेरो दिमाग पनि उनीहरूको जस्तो तेज थिएन। मेरा आमाबुबा, आफन्त र साथीभाइहरू मलाई सधैँ, म अरूका अगाडि बोल्दिनँ भन्दै गाली गर्थे। उनीहरू के पनि भन्थे भने आजको समाजमा, बोल्न सकिएन भने खान पाईंदैन: बलिया हातखुट्टाभन्दा मीठो बोली नै बढी शक्तिशाली हुन्छ। मेरी बहिनी मभन्दा मीठो बोल्थी। सबैले ऊ कति राम्रो बोल्छे भनेर प्रशंसा गर्थे, र सबैले उसलाई मन पराउँथे। मलाई साह्रै हीनताबोध हुन्थ्यो, म हरेक पक्षमा अरूभन्दा कमजोर छु, ममा तुरुन्तै जवाफ दिने क्षमता छैन जस्तो लाग्थ्यो। म आफैलाई घृणा गर्थेँ-म किन अरूले जस्तो राम्ररी बोल्न सक्दिनँ? म एकदम मूर्ख थिएँ, अनि मेरो आफूलाई व्यक्त गर्ने क्षमता अति कमजोर थियो! म सधैँ आफूलाई अरूभन्दा एक तह तल रहेको महसुस गर्थेँ, र झन्-झन् अन्तर्मुखी हुँदै गएँ। सन् २०१२ को मे महिनामा, मैले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। परमेश्‍वरका वचनहरू खाने र पिउने कार्यमार्फत्, मैले परमेश्‍वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ भन्ने थाहा पाएँ, अनि आफ्ना ब्रदर-सिस्टरहरूसँगको सङ्गतमार्फत् र उनीहरूले आफ्नो हृदय खोलेर आफ्ना अनुभवहरू बताउन सकेको देखेर, म पनि बिस्तारै आफ्नो हृदय खोलेर आफ्ना विचारहरू बताउने कोसिस गर्न थालेँ। म थोरै बढी बोल्न थालेँ।

सन् २०१८ को जनवरीमा, म लेखन-पठनका कर्तव्य निर्वाह गर्ने तालिम लिइरहेकी थिएँ। सुरुमा नै, आफूले सिस्टरहरूलाई उनीहरूको कर्तव्य निर्वाहमा कुनै समस्या भएको देख्दा, म सीधै औँल्याइदिने आँट गर्थेँ, र बोल्दा मलाई खासै बाधा महसुस हुँदैनथ्यो। तर, उनीहरूसँग धेरै समय बिताएपछि, मैले सिस्टरहरू सबैमा आ-आफ्नै सबल पक्षहरू र केही व्यावहारिक अनुभवहरू भएको पत्ता लगाएँ। विशेष गरी सिस्टर चेन सी, कामबारे छलफल गर्दा वा आफ्ना व्यक्तिगत अनुभवहरूबारे सङ्गति गर्दा आफूलाई एकदमै स्पष्ट रूपमा व्यक्त गर्थिन्। मेरो मनमा ईर्ष्या जाग्थ्यो। मलाई चेन सी असल क्षमताकी छन्, र उनको तुलनामा म सबै पक्षमा कमजोर छु भन्ने लाग्थ्यो। पछि, हामी भेला हुँदा वा कामबारे छलफल गर्दा, मलाई अलिकति बाधा महसुस हुन्थ्यो, र म मनमा लागेका कुराहरू सजिलै बोल्ने आँट गर्दिनथेँ। म अरूले जस्तो राम्ररी बोल्न नसकेर हाँसोको पात्र बन्छु कि भनी डराउँथेँ। मार्च महिनाको एक दिन, चेन सीले मैले आफ्नो सङ्गतिको बेला अलि अस्तव्यस्त तरिकाले बोलेको बताइन्। म लज्जित, अनि मनैमन अत्यन्तै दुःखित भएँ। त्यसपछि, जब म सङ्गति गर्न वा विचार व्यक्त गर्न भेलाहरूमा जान्थेँ, मेरो मनमा अनायासै चेन सीले मेरो आलोचना गरेको कुरा याद आउँथ्यो। मलाई आफू राम्ररी बोल्न नसक्नेजस्तो लाग्थ्यो, र म केही गलत बोलेर आफ्नो बेइज्जत हुन्छ कि भनेर डराउँथेँ, त्यसैले म आफ्नो विचार सजिलै व्यक्त गर्ने आँट गर्दिनथेँ। मैले आफ्नो विचार व्यक्त नगरेको कारण, मसँग सहकार्य गर्ने सिस्टरहरूले मेरो स्थितिबारे सोध्न आफ्नो कामलाई एकातिर राख्नुपर्थ्यो। यसले कामको प्रगतिमा बाधा पुग्थ्यो। एक पटक, सुपरिवेक्षकहरू हामीसँग कामबारे छलफल गर्दै थिए, र मसँग पनि केही विचार र सुझावहरू थिए। तर त्यतिबेलै मैले सोचेँ, “म राम्ररी बोल्न जान्दिनँ, र यदि मैले स्पष्ट रूपमा आफ्ना कुरा व्यक्त गर्न सकिनँ भने, उनीहरूले मेरो बारेमा के सोच्लान्?” शब्दहरू मेरो जिब्रोको टुप्पोमै आइपुगे, तर मैले तिनलाई निलेर दबाएँ। जब मैले चेन सीले व्यक्त गरेका विचारहरू मैले सोचेकै जस्ता रहेका सुनेँ, मेरो मनमा साह्रै दुःख लाग्यो, “उनलाई हेर त! उनी कति राम्ररी बोल्छिन् र स्टेजमा जान पनि डराउँदिनन्। किन म यति बोल्न नजान्ने छु? म आफ्नो मनमा भएको कुरा समेत भन्न सक्दिनँ!” पछि, म दिक्दार स्थितिमा जिउन थालेँ, र आफूलाई झनै राम्ररी बोल्न नसक्ने, बोल्न नजान्ने, र कमजोर क्षमताकी हुँ भनेर किटान गरेँ। मैले गुनासो पनि गरेँ—परमेश्‍वरले मलाई किन राम्रो बोल्ने कला दिनुभएन, जबकि चेन सीको क्षमता यति राम्रो छ? बिस्तारै, म झन्-झन् कम बोल्न थालेँ, र भेलामा वा कामबारे छलफल गर्दा म प्रायः निद्राले झुल्थेँ। म आफ्नो कुनै पनि स्थितिबारे कुरा गर्ने आँट गर्दिनथेँ। वास्तवमा, म आफ्नो कर्तव्य पूरा गरिरहेकी छैनँ र सिस्टरहरूलाई मेरा भावनाको ख्याल गर्ने बनाइरहेकी छु भन्ने थाहा पाउँदा, मेरो मनमा दुःख लाग्थ्यो, तर यो स्थितिबाट कसरी बाहिर निस्कने मलाई थाहा थिएन। अन्तत: मलाई लेखन-पठनका कर्तव्यहरू निर्वाह गर्न मनै लाग्न छोड्यो, मलाई साह्रै दमित महसुस भयो र म पीडामा थिएँ। मैले आफ्नो स्थिति कहिल्यै परिवर्तन गर्न नसकेकीले, मैले पवित्र आत्माको काम गुमाएँ, र मेरो कर्तव्य फेरियो।

मेरो कर्तव्य फेरिएपछि, मलाई साह्रै दुःख लाग्यो। मैले म आफ्नो कर्तव्य निर्वाह गर्दा किन यति नकारात्मक र निष्क्रिय भएँ भनेर मनन गर्न थालेँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “सबै मानिसहरूभित्र केही न केही गलत स्थितिहरू हुन्छन्, जस्तै नकारात्मकता, कमजोरीपन, हतोत्साह, र दुर्बलता; वा तिनीहरूसँग तुच्छ अभिप्रायहरू हुन्छन्; वा तिनीहरू आफ्नो आत्मगौरव, स्वार्थी चाहनाहरू, र स्वार्थद्वारा निरन्तर समस्याग्रस्त बन्छन्; वा तिनीहरू आफ्नो क्षमता कमजोर छ भन्ठान्छन्, र तिनीहरूले केही नकारात्मक स्थितिहरू अनुभव गर्छन्। यदि तँ सधैँ यी स्थितिहरूमा जिउँछस् भने, तँलाई पवित्र आत्माको काम प्राप्त गर्न निकै कठिन हुनेछ। यदि तँलाई पवित्र आत्माको काम प्राप्त गर्न कठिन हुन्छ भने, तँभित्र सकारात्मक तत्वहरू कमै मात्र हुनेछन्, र नकारात्मक तत्वहरू प्रकट भई तँलाई बाधा पुर्‍याउनेछन्। मानिसहरू ती नकारात्मक स्थितिहरूलाई दबाउन सधैँ आफ्नै इच्छामा भर पर्छन्, तर जसरी दबाए पनि तिनीहरू ती स्थितिहरूबाट मुक्त हुन सक्दैनन्। यसको मुख्य कारण के हो भने, मानिसहरूले यी नकारात्मक कुराहरू पूर्ण रूपमा खुट्ट्याउन सक्दैनन्; तिनीहरूले प्रष्ट रूपले ती कुराहरूको सार देख्न सक्दैनन्। यसले तिनीहरूलाई देह र शैतानविरुद्ध विद्रोह गर्न कठिन तुल्याउँछ। साथै, मानिसहरू सधैँ यी नकारात्मक, उदास, र विकृत स्थितिहरूमा फस्छन्, र तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्ने वा उहाँलाई आदरभावले हेर्ने गर्दैनन्, बरु ती कुराहरूमा झारा टार्ने काम मात्र गर्छन्। फलस्वरूप, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न, र अन्त्यमा तिनीहरू सत्यता बुझ्न असक्षम हुन्छन्, तिनीहरूले जे गर्छन् त्यसमा मार्गको कमी हुन्छ, र तिनीहरूले कुनै मामिला पनि प्रष्ट रूपमा देख्न सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै, मैले म किन नकारात्मक थिएँ भन्ने कुरा बुझेँ: म आफू अरूले जस्तो राम्ररी सङ्गति गर्न सक्दिनँ भन्ने विश्वास गर्थेँ, त्यसैले मैले आफूलाई कमजोर क्षमताकी भनेर किटान गरेँ। म अरूले मलाई कसरी हेर्छन् भन्ने कुरामा पनि निरन्तर अल्झिरहेकी थिएँ। यसले गर्दा मैले आफ्का विचारहरू व्यक्त गर्ने आँट गरिनँ। म दिनभरि डराएर बस्थेँ, मुक्त हुने कुनै उपाय नपाएर दबिएको महसुस गर्थेँ। आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले पवित्र आत्माको काम प्राप्त गर्न सकिनँ र मसँग पहिले जे थियो त्यो पनि प्रयोग गर्न सकिनँ। यसले मसँग सहकार्य गर्ने सिस्टरहरूलाई बाधा पुऱ्याउनुका साथै हाम्रो समग्र कामको प्रगतिलाई पनि ढिलाइ गरायो। वास्तवमा, मेरो क्षमता कुनै पनि समस्या देख्नै नसक्ने विन्दुसम्मको कमजोर पनि थिएन, किनभने मैले काम सुरु गर्दा, म केही काम गर्न र केही विचारहरू व्यक्त गर्न सक्षम थिएँ, तर पछि, जब मैले चेन सी मभन्दा असल छिन् भन्ने देखेँ, र उनले मेरो सङ्गति स्पष्ट छैन भनिन्, म उनले मलाई हेप्छिन् कि भनेर निरन्तर चिन्तित हुन् थालेँ। आफ्नो इज्जत जाने डरले, मैले फेरि आफ्ना विचारहरू व्यक्त गर्ने आँट गरिनँ। लामो समयसम्म नकारात्मक अवस्थामा जिइरहेकीले, मेरो आत्मा अन्धकार र निराश भयो र मेरा कर्तव्यले कुनै परिणाम दिएनन्, त्यसैले मेरो कर्तव्य फेरबदल गर्नुपर्‍यो। मैले यसमाथि विचार गरेँ, र के बुझेँ भने आफू बोल्नमा चतुर नभए पनि, मैले आफ्ना अपर्याप्तता र कमजोरीहरूलाई सही तरिकाले हेर्नुपर्छ, र आफूले गर्न सक्ने कुराहरू पूर्ण रूपमा गर्नुपर्छ। आफूले गर्न नसक्ने कुराहरूका लागि, मैले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, परमेश्‍वरमा भर पर्नुपर्छ, र आफ्ना कमजोरीहरू सुधार्न ब्रदर-सिस्टरहरूका सबल पक्षहरूलाई आत्मसात् गर्नुपर्छ। यसरी आफ्नो कर्तव्य निर्वाह गरेर मात्र म परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्न सक्छु। अगाडि बढ्दै, मैले आफ्नो स्थिति सुधारेँ, र मेरो मन आफ्नो कर्तव्यमा लगाएँ। आफूले कामकुराहरू नबुझ्दा, म सिस्टरहरूसँग सिद्धान्त खोज्थेँ र सँगै सम्बन्धित पेसागत ज्ञानको अध्ययन गर्थेँ। म सिस्टरहरूले आफूलेभन्दा राम्रो सङ्गति गरेका पक्षहरू देखेँ भने, आफ्ना कमीकमजोरीहरू सुधार्न उनीहरूका ती सबल पक्षहरू आत्मसात् गर्ने प्रयास गर्थेँ। बिस्तारै, मेरो स्थितिमा सुधार आयो र मैले आफ्नो कर्तव्यमा केही मार्गहरू पाउन थालेँ, जसले केही परिणामहरू दिन थाल्यो।

सन् २०२१ को जुनमा, मलाई मण्डलीमा अगुवा बनाइयो र ब्रदर ली याङसँग मिलेर हामीले मण्डलीको सुसमाचारको कामको जिम्मेवारी लियौँ। ली याङले धेरै वर्षदेखि सुसमाचारको कर्तव्य निर्वाह गर्दै आएका थिए, बोलीमा निकै चतुर थिए, र छिटो सोच्न सक्थे। उनीसँग काम गर्दा मलाई अलिकति बन्धित महसुस भयो। एक पटक, हामी सम्भावित सुसमाचार ग्रहणकर्ताहरूलाई कसरी सुसमाचार प्रचार गर्ने भनेर छलफल गर्दै थियौँ। मेरा केही विचारहरू थिए, तर सुसमाचार प्रचारमा ली याङ मभन्दा धेरै अनुभवी छन् भन्ने सोचेपछि, म आफूले राम्ररी सङ्गति गर्न सकिनँ भने उनले मेरो बारेमा के सोच्लान् भनेर चिन्तित भएँ, त्यसैले म पछि हटेँ। त्यसपछि मैले कामबारे कुराकानी गर्दा, दुवै पक्षले आफ्ना विचारहरू व्यक्त गर्नुपर्छ र एकअर्काको कमीलाई पूरा गर्नुपर्छ भन्ने कुरा बुझेँ, त्यसैले मैले आफूले सोचिरहेको कुरा बताएँ। तर बोल्दा, म साह्रै आत्तिएकी थिएँ र स्पष्ट रूपमा व्यक्त गर्न सकिनँ। ली याङले सुने र त्यसपछि मेरा केही कमीकमजोरीहरू औँल्याइदिए। त्यतिबेला, मलाई धर्ती फाटेर निलिदिए हुन्थ्यो जस्तो लाग्यो। मैले मनमनै सोचेँ, “मैले सुसमाचार प्रचारका सिद्धान्तहरूबारे समेत स्पष्ट रूपमा बोल्न सकिनँ, मेरा ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्लान्? कस्तो लाजमर्दो!” त्यसपछि, जब म फेरि ली याङसँग सम्पर्कमा आएँ, मलाई मेरो हृदय ढुङ्गाको थुप्रोले किचिरहेजस्तो महसुस भयो। मलाई एकदम भारी महसुस भयो, र मैले विरलै मात्र आफ्ना विचारहरू राख्न थालेँ, र म केवल दर्शक बनेर एक छेउमा बस्थेँ। पछि, मैले के कुरा नियाल्न पुगेँ भने ली याङ सुसमाचार प्रचार गर्दा सिद्धान्तहरू खोज्नुको सट्टा अनुभवमा भर पर्थे, र उनी अरू मानिसहरूका सुझावहरू स्वीकार गर्दैनथे। यसले हाम्रो सुसमाचारको काममा बाधा पुऱ्यायो र मैले यो कुरा उनलाई औँल्याइदिन चाहेँ, तर त्यतिबेलै मैले मनमनै सोचेँ, “ली याङ मभन्दा कति धेरै राम्रो बोल्छन्। यदि उनले फरक दृष्टिकोण राखे र मैले स्पष्ट रूपमा सङ्गति गर्न सकिनँ भने, के मेरो झनै बेइज्जत हुँदैन र?” त्यसैले मैले उनका समस्याहरूलाई खुलासा गरिनँ, जसले गर्दा सुसमाचारको कामको प्रगतिमा ढिलाइ भयो। पछि, मैले मेरो सुसमाचारको काममा धेरै कठिनाइहरूको सामना गरेँ र कामले कुनै नतिजा दिइरहेको थिएन। मलाई साह्रै तनाव भयो, र त्यसपछि मैले आफू बोलाइमा कति कमजोर छु र मलाई आफ्ना कुरा स्पष्ट रूपमा व्यक्त गर्न कति गाह्रो हुन्छ भन्नेबारे सोचेँ। यसले मलाई म अगुवाको कर्तव्य राम्ररी निर्वाह गर्न सक्दिनँ भन्ने कुरा झनै दृढताका साथ महसुस गर्ने बनायो, र मैले राजीनामा दिने बारेमा समेत सोचेँ। मेरो स्थिति झन्-झन् खराब हुँदै गयो र अन्त्यमा मलाई बर्खास्त गरियो।

बर्खास्त भएपछि, मलाई असाध्यै दुःख लाग्यो, र मैले आत्मचिन्तन गरेँ, “म किन सधैँ राम्रो बोल्ने र तेज दिमाग भएका मानिसहरूसँग हुँदा बाधा महसुस गर्छु?” एक दिन आफ्नो आत्मिक भक्तिको समयमा, मैले एउटा अनुभवात्मक गवाही भिडियोमा परमेश्‍वरका वचनका दुई खण्ड देखेँ, र म एकदम प्रभावित भएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरू बाल्यकालदेखि नै मन्दबुद्धि, स्पष्ट बोल्न नसक्ने र सादा स्वरूपका हुन्छन्, त्यसैले तिनीहरूका परिवार र समाज भित्रका अरूले तिनीहरूका बारेमा केही नकारात्मक टिप्पणी गर्छन्। उदाहरणका लागि, मानिसहरूले यसो भन्थे: ‘यो बच्चा लाटो छ, उसले कुराहरूमा ढिलो प्रतिक्रिया जनाउँछ, र अकमकिँदै बोल्छ। त्यो व्यक्तिको बच्चालाई हेर त, उसको मीठो बोलीले मानिसहरूलाई साँच्चै मोहित पार्छ। यो बच्चाले मानिसहरूलाई भेट्दा के भन्नुपर्छ वा मानिसहरूलाई कसरी खुसी पार्नुपर्छ भन्ने जान्दैन, र उसले केही गल्ती गर्दा, कसरी व्याख्या गर्ने वा आफ्नो सफाइ दिने भनी जान्दैन। यो बच्चा मूर्ख छ।’ तिनीहरूका आमाबुबाले यसो भन्छन्, र तिनीहरूका आफन्त, साथीभाइ र शिक्षकहरूले पनि त्यसै भन्छन्। यो वातावरणले त्यस्ता व्यक्तिहरूमाथि थाहै नपाई निश्‍चित दबाब दिन्छ, जसले गर्दा तिनीहरूले अचेतन रूपमा एक किसिमको मानसिकता विकास गर्छन्। कस्तो मानसिकता? तिनीहरूलाई आफू अनाकर्षक भएको र आफ्नो रूपलाई कसैले पनि मन पराउँदैन भन्‍ने लाग्छ, साथै तिनीहरूले आफ्नो अध्ययनमा राम्रो अङ्क प्राप्त गर्दैनन् र प्रतिक्रिया जनाउन ढिलो गर्छन् भन्‍ने लाग्छ; तिनीहरूले अरूलाई देख्दा आफ्नो मुख खोल्न र बोल्न सधैँ लाज मान्छन्, र मानिसहरूले तिनीहरूलाई केही दिँदा तिनीहरू धन्यवाद भन्‍न पनि अत्यन्तै लाज मान्छन्। तिनीहरू मनमनै सोच्छन्, ‘म बोल्दा किन अकमकाएको होला? अरू मानिसहरू किन त्यति वाकपटु हुन्छन्? म त मूर्ख नै रहेछु!’ … हीनताबोधको यो मानसिकता बिस्तारै तेरो हृदयभित्र हाबी हुन थाल्छ, र यो तेरो हृदयलाई अल्झाउने एउटा अटुट संवेग बन्छ। तँ हुर्केर संसारमा निस्केपछि, वा तैँले विवाह गरेर आफ्नो करियर स्थापित गरेपछि, तेरो सामाजिक पहिचान र हैसियत जेसुकै भए पनि, बाल्यकालदेखि तेरो पालनपोषणमा रोपिएको हीनताबोधको यो संवेगले अझै पनि तँलाई असर र नियन्त्रण गर्छ, र तँलाई आफू हरेक हिसाबमा अरू मानिसहरूभन्दा खराब छु भन्‍ने महसुस गराउँछ। तैँले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि र मण्डलीमा प्रवेश गरेपछि पनि, तैँले अझै पनि आफू स्पष्ट बोल्न नसक्ने, आफूमा कमजोर क्षमता र औसत रूप भएको, र कुनै पनि महत्त्वपूर्ण कर्तव्य पूरा गर्न नसक्ने व्यक्ति हुँ भनी सोच्छस्। तँ सोच्छस्, ‘म जे सक्छु त्यही गर्नेछु। मैले अगुवा बन्‍ने पछ्याइमा लाग्नु आवश्यक छैन, मैले गहन सत्यताहरूको बुझाइलाई पछ्याउनु आवश्यक छैन, म त सबैभन्दा कम महत्त्वपूर्ण व्यक्ति हुन मात्रै इच्छुक छु, र अरूले मलाई जस्तो व्यवहार गरे पनि हुन्छ।’ … हीनताबोधको भावना सायद तँमा जन्‍मजात आएको हुँदैन, तर अर्को तहमा गएर, तेरो परिवारको र तँ हुर्केको वातावरणको कारण, तँ सानातिना घोचपेच वा अनुचित आलोचनाहरूको सिकार बनिस्, जसले गर्दा तँमा हीनताबोधको भावना पैदा भयो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। “जब हीनताबोधको भावनाले तेरो हृदयमा गहिरो जरा गाडेको हुन्छ, त्यसले तँमा गहन असर मात्रै गर्दैन, त्यो त मानिसहरू र परिस्थितिहरूप्रतिको तेरो दृष्टिकोण, र तेरो आचरण र कार्यमाथि हाबी पनि हुन्छ। अनि, हीनताबोधको भावनाद्वारा नियन्त्रित व्यक्तिहरूले मानिसहरू र परिस्थितिहरूलाई कसरी हेर्छन्? तिनीहरूले अरू मानिसहरूलाई आफूभन्दा असल ठान्छन्, र तिनीहरूले ख्रीष्टविरोधीहरूलाई पनि आफूभन्दा असल ठान्छन्। ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव हुने र तिनीहरूको मानवता खराब हुने भए पनि, यी मानिसहरूले अझै पनि तिनीहरूलाई अनुकरण गर्नुपर्ने र आदर्शको रूपमा लिनुपर्ने मानिसहरूको रूपमा लिन्छन्। तिनीहरूले आफैलाई यस्तोसमेत भन्छन्, ‘हेर्‌ त, तिनीहरूमा खराब स्वभाव र दुष्ट मानवता भए पनि, तिनीहरू वरदानप्राप्त छन् र काममा मभन्दा सिपालु छन्। तिनीहरूले सहजतासाथ अरूसामु आफ्‍नो क्षमता देखाउन सक्छन् र कुनै लाज वा धक नमानी त्यति धेरै मानिसहरूअघि बोल्‍न सक्छन्। तिनीहरूमा साँच्‍चै साहस छ। म त तिनीहरूको स्तरमा पुग्‍नै सक्दिनँ। म पर्याप्त रूपमा साहसी छैनँ।’ केले यस्तो अवस्था पैदा गर्छ? यसको एउटा कारण के हो भनेर भन्‍नैपर्छ भने, तेरो हीनताबोधले मानिसहरूको सारसम्‍बन्धी तेरो मूल्याङ्कन क्षमता, साथै अरू मानिसहरूलाई हेर्ने तेरो दृष्टिकोण र विचार प्रभावित गरेको छ। के कुरा यही होइन र? (हो।) त्यसोभए हीनताबोधको भावनाले तेरो आफ्‍नै व्यवहार अँगालाइमा कसरी प्रभाव पारेको हुन्छ? तैँले आफूलाई यसो भन्छस्: ‘म कुनै वरदान वा क्षमताविना मूर्ख भएर जन्‍मेँ, र सबै कुरा सिक्‍नमा म सुस्त छु। त्यो व्यक्तिलाई हेर्‌ त। उसले कहिलेकहीँ बाधा र व्यवधान ल्याए पनि, र स्वेच्‍छाचारी र लापरवाही हिसाबले काम गरे पनि, कम्तीमा पनि ऊ वरदानप्राप्त छ र उसमा क्षमता छ। अनि जहाँ गए पनि, मानिसहरूले काम गराउन चाहने भनेको त्यस्तै व्यक्तिलाई हो, मजस्तोलाई होइन।’ जब कुनै घटना घट्छ, तैँले गर्ने पहिलो कुरा भनेको आफ्‍नो बारेमा फैसला गरेर मनको ढोका बन्द गर्नु हो। समस्या जेसुकै होस्, तँ पछि हट्छस् र अग्रसरता लिनबाट भाग्छस्, र तँ जिम्‍मेवारी लिन डराउँछस्। तैँले मनमनै भन्छस्, ‘म त जन्‍मँदै मूर्ख जन्‍मेँ। म जहाँ गए पनि, मलाई कसैले मन पराउँदैनन्। म धेरै बाठो हुनु हुँदैन, र मैले मेरा सानातिना क्षमताहरू देखाउनु हुँदैन। यदि कसैले मलाई सिफारिस गर्‍यो भने, त्यसले म ठीकै छु भन्‍ने प्रमाणित गर्छ। तर यदि कसैले मलाई सिफारिस गरेन भने, मैले त्यो काम लिएर राम्ररी गर्न सक्छु भन्दै अग्रसरता जनाएर हुँदैन। यदि ममा यसबारे आत्मविश्‍वास छैन भने, ममा आत्मविश्‍वास छ भनेर भन्‍नु हुँदैन—यदि मैले काम बिगारेँ भने, के गर्ने? मलाई काटछाँट गरियो भने के गर्ने? म त साह्रै लज्‍जित हुनेछु! के त्यो अपमानजनक कुरा हुँदैन र? मैले आफूलाई त्यस्तो अवस्थामा पार्नु हुँदैन।’ हेर् त—के यसले तेरो व्यवहारमा प्रभाव पारेको छैन र? निश्‍चित हदसम्‍म, तैँले आफूलाई व्यवहारमा कसरी ढाल्‍ने भन्‍नेबारेको तेरो मनोवृत्तिलाई हीनताबोधको तेरो भावानाले प्रभावित र नियन्त्रित गरेको हुन्छ। निश्‍चित हदसम्‍म, यसलाई तेरो हीनताबोधको दुष्परिणाम भनेर भन्‍न सकिन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्‍वरले बाल्यकालदेखि नै, केही मानिसहरू राम्ररी बोल्न नसक्ने र अरू जत्तिको तेज दिमागका नहुने, अनि घर र समाजमा प्रतिकूल मूल्याङ्कन पाउने कुरा खुलासा गर्नुभयो। यसले उनीहरूमा हीनताको भावना उत्पन्न गराउँछ। जब म आफू बाल्यकालमा बोल्न मन नगर्ने, सुस्त दिमागकी, र अन्तर्मुखी स्वभावकी भएकी, अनि आफन्त, साथीभाइ, शिक्षक, सहपाठी, र मेरी आफ्नै आमाले समेत मलाई बोल्न नजान्ने भनेको कुरा सम्झिन्थेँ, मलाई साह्रै हीनताभाव हुन्थ्यो, र निरन्तर आफूलाई अरूभन्दा एक तह तलको महसुस गर्थेँ। आफूले परमेश्‍वरमा विश्वास गर्न थालेपछि, परमेश्‍वरका वचनहरू पढेर, आफ्ना ब्रदर-सिस्टरहरूसँग आफ्नो मनको कुरा खोल्न र बोल्न सकेपनि, म चेन सी जस्तो प्रतिभाशाली, बोल्नमा चतुर, र तेज दिमाग भएको व्यक्ति भेट्दा, अनजानमै हीनताबोध महसुस गर्थेँ। हाम्रो कामबारे छलफल गर्दा म आफ्नो विचार व्यक्त गर्ने आँट गर्दिनथेँ, र परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्न भेला हुँदा, म आफ्नो बोध र बुझाइ बताउने आँट गर्दिनथेँ। जब ली याङ र म सँगै काम गर्दै संयुक्त रूपमा सुसमाचारको कामका लागि जिम्मेवार थियौँ, मैले उनले भ्रष्ट स्वभावले आफ्नो कर्तव्य पूरा गरेको र सुसमाचारको काममा बाधा पुऱ्याएको देखेँ, र मैले उनलाई खुलासा गर्नुपर्छ भन्ने थाहा पाएँ। तर म आफू स्पष्ट रूपमा बोल्न सक्दिनँ, र यदि उनले फरक धारणा राखे अनि मैले खण्डन गर्न सकिनँ भने मेरो बेइज्जत हुन्छ भनेर चिन्तित भएँ। त्यसैले मैले सुसमाचारको काममा बाधा पुगेको टुलुटुलु हेरिरहेँ, ली याङसँग सङ्गति गर्ने आँट गरिनँ। पछि, सुसमाचारको काममा धेरै कठिनाइहरू आइपरे, र मैले आफू राम्ररी बोल्न नसक्ने र आफ्ना कुरा स्पष्ट रूपमा व्यक्त गर्न नसक्ने भएकीले, म अगुवाको कर्तव्य निर्वाह गर्न असक्षम छु भन्ने महसुस गरेँ। मैले राजीनामा दिने, र कर्तव्य नै त्याग्ने बारेमा समेत सोचेँ। हीनताबोधको भावनामा जिउँदा, म सामान्य रूपले आफ्नो कर्तव्य निर्वाह गर्न असमर्थ थिएँ, र सत्यता अभ्यास गर्न सकिनँ। यसले मेरो जीवनमा क्षति मात्र पुऱ्याएन, मेरो कामले नतिजा समेत दिएन र अन्त्यमा मलाई बर्खास्त गरियो। यदि म यही स्थितिमा जिइरहेँ र यसलाई सुधार्न सकिनँ भने, मैले कुनै पनि कर्तव्य राम्ररी निर्वाह गर्न सक्ने थिइनँ, र अन्त्यमा परमेश्‍वरद्वारा हटाइनेथिएँ। जब मैले यो बुझेँ, मलाई असाध्यै दुःख लाग्यो। म अब उप्रान्त हीनताबोधको भावनामा जिइरहन चाहन्नथेँ, र म आफ्ना कमीकमजोरीहरूलाई सही तरिकाले हेर्न बाध्य भएँ।

एक पटक, मैले एक जना सिस्टरलाई आफ्नो स्थिति र कठिनाइहरूबारे खुलेर बताएँ। उनले मेरो लागि परमेश्‍वरका वचनको एक खण्ड खोजिदिइन्। परमेश्‍वर भन्नुभयो: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले सुरुमा सोच्ने कुरा यही हो, जुन तिनीहरूसँग ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ र यसैकारण मात्र तिनीहरू कामकुरालाई यसरी विचार गर्छन् भन्ने कुराको पर्याप्त प्रमाण हो। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले एक ख्रीष्टविरोधीले जस्तै, मैले प्रतिष्ठा र हैसियतलाई धेरै महत्त्व दिएकी रहेछु भन्ने बुझेँ। सानैदेखि, मलाई आफू बोल्नमा चतुर नभएकी र अरूले जस्तो राम्रो बोल्न नसक्ने महसुस हुन्थ्यो। आफ्नो कर्तव्य निर्वाहको क्रममा वाक्चतुर मानिसहरूलाई भेट्दा, मलाई साह्रै हीनताबोध हुन्थ्यो। विशेष गरी, जब मेरा आफ्नै अपर्याप्तता र कमजोरीहरू खुलासा हुन्थे र मेरो लाज बच्दैनथ्यो, म झनै दिक्दार हुन्थेँ, र आफूलाई कमजोर क्षमताकी भनेर किटान गर्थेँ, तर आफ्नो समस्या समाधान गर्न सत्यता खोज्दिनथेँ। म केवल आफ्नो लाज बचाउनतिर ध्यान दिन्थेँ, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दिनथेँ। मैले कसरी परमेश्‍वरले मण्डलीमा अगुवा बन्ने तालिमको अवसरद्वारा मलाई आशिष् दिनुभएको थियो, र मसँग काम गर्न वाक्चतुर, अनुभवी ब्रदर-सिस्टरहरूको प्रबन्ध गर्नुभएको थियो भन्नेबारे सोचेँ। म आफ्ना अपर्याप्तता र कमजोरीहरू पूर्ति गर्न अरूका सबल पक्षहरूलाई आत्मसात गरूँ भन्ने परमेश्‍वरको अभिप्राय थियो। मेरा लागि सत्यता बुझ्न र मेरो पेसागत ज्ञान सुधार गर्नमा यो धेरै लाभदायक थियो। तर, म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सत्यता खोज्ने प्रयास गरिरहेकी थिइनँ, बरु केवल अरू मानिसहरूको हृदयमा मेरो छविबारे केन्द्रित थिएँ। जब मैले आफू अरूजत्तिको उत्तम छैन भन्ने देखेँ, मैले हीनताबोध र बाधा महसुस गरेँ, नकारात्मक स्थितिमा जिउँदै, माथि उठ्ने प्रयास गर्नेबारे सोचिनँ। जब मैले ली याङले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याएको देखेँ, मैले केही बोल्ने आँट गरिनँ, र मैले आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पनि पूरा गरिनँ। म ठ्याक्कै एक ख्रीष्टविरोधी जस्तै थिएँ, इज्जत र हैसियतलाई ठूलो महत्त्व दिन्थेँ, जबकि मण्डलीको कामको अलिकति पनि हिफाजत गर्दिनथेँ। साँच्चै, ममा अलिकति पनि मानवता रहेनछ! मेरो दुई ओटा बर्खास्ती परमेश्‍वरको धार्मिकताको परिणाम थियो।

पछि, मैले परमेश्‍वरका वचनका अरू दुई खण्ड पढेँ, र मैले म हीनताबोधको स्थितिमा जिउनुको अर्को कारण पनि रहेछ भन्ने थाहा पाएँ। त्यो हो, म असल क्षमता के हो र कमजोर क्षमता के हो भन्ने कुरा छुट्याउन असमर्थ थिएँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “कुनै व्यक्तिको क्षमता कसरी मापन गरिनुपर्छ? यो उसले परमेश्‍वरका वचनहरू र सत्यता कुन हदसम्म बुझ्छ भन्‍ने आधारमा मापन गरिनुपर्छ। यो सबैभन्दा सही तरिका हो। कतिपय मानिस वाक्पटु, तीक्ष्ण-दिमागका, र मानिसहरूसँग व्यवहार गर्नमा विशेष गरी सिपालु हुन्छन्। तर जब तिनीहरू प्रवचनहरू सुन्छन्, तब तिनीहरूले जतिसुकै प्रयास गरे पनि कहिल्यै त्यो बुझ्न सक्दैनन्, र जब तिनीहरू परमेश्‍वरका वचनहरू पढ्छन्, तब तिनीहरू ती बुझ्न सक्दैनन्। जब तिनीहरू आफ्नो अनुभवात्मक गवाही बाँड्छन्, तब त्यो सधैँ शब्द र धर्मसिद्धान्तहरू मात्रै हुन्छ; तिनीहरू केवल साधारण मानिसहरू जस्ता देखिन्छन्, र अरूलाई तिनीहरूसँग कुनै आत्मिक बुझाइ छैन भन्‍ने महसुस हुन्छ। यी कमजोर क्षमताका मानिसहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य पूरा गर्नका लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। “तैँले यसलाई जुनसुकै दृष्टिकोणबाट हेरे पनि, सत्यता पछ्याउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ मानवताका खराबी र कमीहरूबाट जोगिन सक्छस्, तर तँ सत्यता पछ्याउने मार्गबाट कहिल्यै जोगिन सक्दैनस्। तेरो मानवता जति नै सिद्ध वा कुलीन भए पनि, वा तँसँग अरू मानिसहरूभन्दा कम कमीकमजोरीहरू र खराबीहरू भए पनि, र तँसँग अझै धेरै सबल पक्षहरू भए पनि, यसले तैँले सत्यता बुझ्छस् भन्‍ने सङ्केत गर्दैन, न त यसले सत्यताको तेरो पछ्याइलाई नै प्रतिस्थापन गर्न सक्छ। यसविपरीत, यदि तँ सत्यता पछ्याउँछस्, धेरै सत्यता बुझ्छस्, र तँसँग यसबारे पर्याप्त रूपमा गहन र व्यावहारिक बुझाइ छ भने, यसले तेरो मानवताका धेरै खराबी र समस्याहरूको पूर्ति गर्नेछ। उदाहरणका लागि, मानौँ तँ डरपोक र अन्तर्मुखी व्यक्ति होस्, तँसँग भकभकाउने बानी छ, र तँ त्यति शिक्षित छैनस्—अर्थात्, तँसँग धेरै खराबी र अपर्याप्तताहरू छन्—तर तँसँग व्यावहारिक अनुभव छ, र तैँले बोल्दा भकभकाए पनि, तैँले स्पष्ट रूपमा सत्यताबारे सङ्गति गर्न सक्छस्, र यो सङ्गति सुनेपछि यसले सबैलाई सुधार गर्छ, समस्याहरू समाधान गर्छ, मानिसहरूलाई नकारात्मकताबाट बाहिर निस्कन सक्षम तुल्याउँछ, र परमेश्‍वरबारे रहेका तिनीहरूका गुनासा र गलतफहमीहरूलाई हटाउँछ। हेर् त, तँ आफ्ना शब्दहरूमा भकभकाए पनि, तिनले समस्याहरू समाधान गर्न सक्छन्—यी शब्दहरू कति महत्त्वपूर्ण छन्! जब साधारण मानिसहरूले ती कुरा सुन्छन्, तब तिनीहरूले तँ अशिक्षित व्यक्ति होस्, र तैँले बोल्दा व्याकरणका नियमहरू पालन गर्दैनस्, र कहिलेकहीँ तैँले प्रयोग गर्ने शब्दहरू पनि साँच्‍चै सुहाउँदो हुँदैनन् भनेर भन्छन्। सायद तैँले कुनै छेत्रको बोल्‍ने शैली प्रयोग गर्छस्, वा दैनिक जीवनको भाषा प्रयोग गर्छस्, र तेरा शब्दहरूमा बोल्न अत्यन्तै सिपालु उच्च शिक्षा पाएका मानिसहरूको स्तर र शैलीको कमी हुन्छ होला। तर, तेरो सङ्गतिमा सत्यता वास्तविकता समावेश हुन्छ, यसले मानिसहरूका कठिनाइहरू समाधान गर्न सक्छ, र मानिसहरूले ती सुनेपछि, तिनीहरूवरिपरिका सबै अँध्यारा बादल हराउँछन्, र तिनीहरूका सबै समस्याहरू समाधान हुन्छन्। देखिस्, के सत्यता बुझ्नु महत्त्वपूर्ण छैन र? (छ।)” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ असल क्षमता हुनुको अर्थ कुनै व्यक्तिमा कुनै निश्चित क्षेत्रको सबल पक्ष हुनु होइन; अथवा कोही व्यक्ति वाक्चतुर, तेज दिमाग भएको, र अरू मानिसहरूसँग व्यवहार गर्न सिपालु हुँदैमा उसमा असल क्षमता छ भन्ने होइन। यी त मानिसहरूमा भएका जन्मजात गुणहरू मात्र हुन्। वास्तवमा असल क्षमता हुनुको अर्थ हो, एक व्यक्तिले परमेश्‍वरका वचनहरू बुझ्न सक्छ। असल क्षमता भएको व्यक्तिले परमेश्‍वरका वचनहरू बुझ्न र सत्यता सिद्धान्तहरू बुझ्न सक्छ; जब उसले परमेश्‍वरका वचनहरू सङ्गति गर्छ, उसले तिनलाई मानिसका स्थिति र कठिनाइहरूसँग जोड्दै अभ्यासको मार्ग औँल्याइदिन सक्छ। बाहिरी रूपमा उसमा केही कमीकमजोरीहरू भए पनि, र आफ्ना कुरा व्यक्त गर्ने उसको क्षमता धेरै राम्रो नभए पनि, ऊ मानिसका वास्तविक समस्याहरू समाधान गर्न र उनीहरूलाई सत्मार्गमा ल्याउन सक्छ। विगतमा, म सधैँ आफ्ना धारणा र कल्पनाहरूमा भर परेर कुराहरू मूल्याङ्कन गर्थेँ। जब मैले आफू बोल्नमा राम्रो छैन भन्ने देखेँ, म हीनताबोधको स्थितिमा बाँचेँ, आफूलाई कमजोर क्षमताकी भनेर किटान गरेँ, र हरेक मोडमा इज्जत र हैसियतले बाँधिएँ। मैले गर्न सक्ने काम पनि गरिनँ, र अन्त्यमा मैले पवित्र आत्माको काम गुमाएँ र बर्खास्त भएँ। मैले केही ब्रदर-सिस्टरहरूका बारेमा सोचेँ। उनीहरू बोलीमा राम्रा नभए पनि, आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वरमा भर पर्न र उहाँलाई सम्मान गर्न सक्षम हुन्छन्। कुनै समस्या नबुझेमा, उनीहरू अरूबाट खोज्न र सङ्गति गर्न सक्षम हुन्छन्, र केही समयपछि उनीहरू केही सुधार देखाउँछन्। यसबाट, मैले कोही व्यक्ति बोल्नमा चतुर छ वा छैन भन्ने कुरा महत्त्वपूर्ण होइन भन्ने बुझेँ। मुख्य कुरा सत्यता बुझ्नु र अभ्यास गर्नु हो। मैले कसरी म वाक्चातुर्यतामा कमजोर र केही हदसम्म सुस्त दिमागकी थिएँ, र आफूभन्दा वाक्चतुर मानिसहरूलाई देख्दा आत्तिन्थेँ र स्टेजमा जानदेखि डराउँथेँ भन्नेबारे सोचेँ। तर, मसँग परमेश्‍वरका वचनहरू बुझ्ने केही क्षमता थियो, र ममा कर्तव्यका समस्याहरूबारे केही सोच र विचारहरू थिए; म केही समस्याहरू समाधान गर्न सक्थेँ। मेरो क्षमता यति कमजोर पनि थिएन कि मसँग आफ्नै कुनै सोच वा विचार नै नहोस्। तर, जब म आफूभन्दा वाक्चतुर कोही देख्नेबित्तिकै, म हीनताको भावनामा जिउँथेँ। म आफ्नो कर्तव्य निर्वाह गर्दा खुम्चिन्थेँ, र बोल्ने आँट समेत गर्दिनथेँ। म परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र कुराहरूलाई हेरिरहेकी थिइनँ। मैले आफ्ना गलत धारणाहरू सुधार्नुपर्थ्यो, र बाहिरी रूपमा वाक्चतुरहरूको ईर्ष्या गर्न र उनीहरूलाई सम्मान गर्न छोड्नुपर्थ्यो।

सन् २०२४ को जनवरीमा, मैले सुसमाचार समूहकी अगुवा वाङ लिङलाई एउटा कम्प्युटर सीप सिकाउनुपर्ने भयो। वाङ लिङ कति वाक्चतुर छिन् भन्ने सोच्दा, उनलाई सिकाउँदै गर्दा मेरो मन अलि अत्तालियो। मैले उनले बुझ्ने गरी आफ्ना कुरा कसरी व्यक्त गर्ने भनेर सोचेँ, तर जब म सबैभन्दा महत्त्वपूर्ण विन्दुमा पुगेँ, उनले मैले भनेको कुरा बुझ्न नसकेको बताइन्। यसबेला, मलाई अलिकति दुःख लाग्यो, र आफू काम नलाग्ने महसुस भयो, त्यसैले मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले आफूले फेरि हीनताबोधको स्थिति प्रकट गरेको महसुस गरेँ, र वाङ लिङ मभन्दा वाक्चतुर छिन् भन्ने देख्दा मलाई बाधा महसुस भयो। मैले पहिले, आफू सधैँ हीनताबोधको स्थितिमा जिउँदा र सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न नसक्दा, सत्यता अभ्यास गर्ने धेरै अवसरहरू गुमाकोबारे सोचेँ। यस पटक, म पहिले जस्तो सधैँ आफ्नो इज्जत र हैसियतको बारेमा सोचेर चल्न सक्दिनथेँ। जब मैले यसरी सोचेँ, मेरो मन शान्त भयो, र मैले वाङ लिङलाई कुन-कुन कुरा बुझिनन् र सीप सिक्नमा के-कस्ता कठिनाइहरू छन् भनेर सोधेँ। वाङ लिङसँगको कुराकानी र धैर्यपूर्वक उनलाई दिएको मार्गदर्शनमार्फत्, अन्तमा उनले त्यो सीप सिकिन्। हामी दुवै साह्रै खुसी भयौँ। अब, म हीनताबोधको भावनाले नबाँधिईकन सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु, र आफ्नो मनमा म परमेश्‍वरप्रति धेरै आभारी छु! यी अनुभवहरूबाट, मैले के देखेँ भने समस्याहरूको सामना गर्दा, सत्यता खोज्नु र सत्यता बुझ्नु एकदमै महत्त्वपूर्ण कुरा हो। परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र कामकुराहरूलाई हेरेर मात्र हामी नकारात्मक भावनाहरूबाट छुटकारा पाउन र मुक्ति र स्वतन्त्रतामा जिउन सक्छौँ।

अघिल्लो: ५८. के “अरूप्रति सहनशील हुनु” साँच्चै असल मानवता हो?

अर्को: ६८. अरूसँग आफूलाई दाँज्दाको पीडा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्