६५. ख्याति र प्राप्ति पछ्याउँदा म साँच्चै बर्बाद भएँ
म सानो छँदा, मेरा काकाका दुई जना छोराले सानै उमेरमा सफलता हासिल गरिसकेका थिए, अनि उनीहरूसँग गाडी र घरहरू थिए। हरेक नयाँ वर्षमा, जब हामी आफन्तहरूलाई भेट्न जान्थ्यौँ, उनीहरूले निरन्तर मेरा काकाका छोराहरूको प्रशंसा गर्थे र उनीहरूलाई आदरको नजरले हेर्थे। मेरा काकाका छोराहरूको त्यो उत्कृष्ट छाप मेरो हृदयमा गहिरो रूपमा गड्यो। त्यतिबेला, हाम्रा आफन्तहरूमध्ये हाम्रो परिवार सबैभन्दा गरिब थियो र मानिसहरूले हामीलाई हेलाँ गर्थे। त्यसैले, जहाँ गए पनि अरूको ध्यान आकर्षित गर्न सकेकोमा मलाई मेरा काकाका छोराहरूको ईर्ष्या लाग्थ्यो। मलाई इज्जत र मूल्यका साथ जिउने भनेको यसरी हो भन्ने लाग्थ्यो। मैले मनमनै कसम खाएँ, “भविष्यमा, म पक्कै पनि उत्कृष्ट बनेर केही हासिल गर्नेछु, अनि मेरा आफन्त र साथीहरूलाई मेरो प्रशंसा गर्ने बनाउनेछु।”
सोह्र वर्षको उमेरमा, जतिखेर म अबोध नै थिएँ, म हृदयमा सपनाहरू बोकेर कामको यात्रामा निस्किएँ। मैले ग्वाङझाउको अपरिचित सहरमा एक्लै काम खोज्दाका कठिनाइहरू अनुभव गरेँ, अनि मसँग पैसा नभएकोले मैले रेल स्टेसन नजिकैको फूलबारीको छेउमा समेत सुत्नु परेको थियो। मेरा आदर्शहरू सुन्दर थिए, तर वास्तविकता कठोर थियो, अनि जतिसुकै कडा परिश्रम गरे पनि, मैले कहिल्यै धेरै पैसा कमाउन सकिनँ। त्यतिबेला, मेरी आमाले मलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो, र म केही समय सङ्गतिमा सहभागी भएँ, तर म पैसा कमाउन र उच्च स्तरको जीवन जिउन चाहन्थेँ, त्यसैले म काम गर्न अन्यत्र गइरहेँ। सन् २०१४ मा, म एउटा प्रख्यात चेन कम्पनीमा बिक्री प्रतिनिधिका रूपमा आबद्ध भएँ, र मैले मनमनै सोचेँ, “धेरै सेलिब्रेटीहरू र धनी मानिसहरूले बिक्रीबाटै सुरु गर्छन्। बिक्रीले मानिसहरूलाई तालिम दिने मात्र नभई व्यक्तिको व्यावसायिक सीप पनि बढाउँछ।” यही कुरालाई मनमा लिएर, म ज्यान दिएर काममा लागेँ। नतिजा हासिल गर्न, म प्रायजसो कामको सिलसिलामा विभिन्न प्रान्त र सहरहरूमा यात्रा गर्थेँ, दिनरात काम गर्थेँ, र लगभग कहिल्यै पनि समयमा खाने वा सुत्ने गर्दिनथेँ। मलाई पहिल्यैदेखि गाडी लाग्ने भएकोले, हरेक दिन यात्रा गर्दा मलाई रिँगटा लाग्थ्यो र म लखतरान हुन्थेँ। गर्मीमा, जब म ट्रकमा सामान खोज्थेँ, म पसिनाले निथ्रुक्क हुन्थेँ, मेरो पाइन्ट भर्खरै धोएको जस्तै गरी खुट्टामा टाँसिन्थ्यो। एकपटक हिउँदमा, मेरो गाडीको अगाडिको सिसा फुट्यो, र मैले कठाङ्ग्रिने चिसो हावा र हिउँको सामना गर्दै सय किलोमिटरभन्दा बढी गाडी चलाएँ। गाडीबाट बाहिर निस्केपछि, म यति जमेको थिएँ कि म स्थिर भएर हिँड्नै सकिनँ। म दृढतापूर्वक विश्वास गर्थेँ कि “जसले कठिनाइहरू सहन्छ उसले नै ल्यान्ड रोभर हाँक्न पाउँछ,” अनि आज मैले भोगिरहेका कठिनाइहरूले भोलिको सफलताको बाटो खोल्नेछन्। मैले आफ्नै मेहनतमार्फत आफ्ना सपनाहरू हासिल गर्ने उद्देश्य राखेको थिएँ। कम्पनीमा, म धेरै ब्रान्ड म्यानेजरहरूसँग अन्तरक्रिया गर्थेँ, र अति राम्रा पहिरन लगाएका ती विशिष्ट व्यक्तिहरू देख्दा मलाई ईर्ष्या लाग्थ्यो, अनि म आशा गर्थेँ कि एक दिन म पनि ब्रान्ड म्यानेजर बन्न सकूँ, र अरूको आदर र प्रशंसा कमाउन सकूँ।
आँखा झिमिक गर्दै दुई वर्ष बित्यो, र अन्ततः म ब्रान्ड म्यानेजरमा बढुवा भएँ। त्यसपछि, म धेरै पटक विभागीय बिक्री च्याम्पियन घोषित भएँ र उत्कृष्ट ब्रान्ड म्यानेजरको रूपमा दरिएँ। सहकर्मीहरूले मलाई ईर्ष्याका साथ हेर्थे र भन्थे, “यो ब्रान्ड तपाईँविना चल्नै सक्दैन।” फ्याक्ट्री म्यानेजरले पनि मलाई अक्सर सामाजिक भेटघाटहरूमा बाहिर लैजान्थे र बारम्बार मलाई उपहारहरू ल्याइदिन्थे। मेरो आडम्बर पूरा भयो, र म अत्यन्तै खुसी थिएँ। मलाई मेरो कार्य सामर्थ्य बलियो छ भन्ने लाग्थ्यो, र म आत्मविश्वासका साथ हिँड्थेँ। मेरो महत्त्वाकाङ्क्षाले डोर्याएकोले, मलाई ब्रान्ड म्यानेजरको पदले मात्र पुगेन, र म अर्को खुड्किलो चढ्न चाहन्थेँ, ताकि मेरा धनी र शक्तिशाली आफन्तहरूले म उनीहरूभन्दा उत्तम भएको देखून्। बारम्बारको व्यापारिक यात्रा र सामाजिक भेटघाटहरूले गर्दा, म हरेक दिन पूर्ण रूपमा थकित र लखतरान हुन्थेँ, र जति सुते पनि मेरो थकान मेटिँदैनथ्यो। मेरो छालाको समस्या बल्झिन थाल्यो, र म अस्थायी राहतका लागि मलममा मात्र भर पर्न बाध्य थिएँ। मैले आफ्नो स्वास्थ्यको ख्याल राख्न घर जाने विचार पनि गरेँ, तर जब मैले आफूले हासिल गरेको कुरामा लगाएको मेहनत सम्झेँ, तब मलाई लाग्यो कि म बिदा लिएर घर फर्केपछि, मेरो जिम्मामा रहेको ब्रान्ड अर्कैले लिनेछ, अनि त्यसपछि मैले आफ्नो व्यवस्थापकीय पद गुमाउनेछु, र सारा महिमा र प्रशंसा हराएर जानेछ। मैले यति सजिलै हार मान्नु हुँदैन, र परिस्थिति जतिसुकै कठिन भए पनि डटिरहनुपर्छ भन्ने निर्णय गरेँ।
पछि, एउटा थुक्पा फ्याक्ट्रीका प्रान्तीय म्यानेजरले मलाई फोन गर्यो, र दुईवटा सहरमा थुक्पा बिक्रीको व्यापार मलाई सुम्पन चाहेको बतायो। मैले मनमनै सोचेँ, “यदि मैले राम्रो गरेँ भने, भविष्यमा म प्रान्तीय म्यानेजर बन्न सकिएला। केही बनेर देखाउन, मैले अझ उच्च पदको चुनौती स्वीकार गर्ने आँट गर्नैपर्छ।” त्यसैले मैले आफ्नो धेरै वर्षदेखिको जागिरबाट राजीनामा दिएँ, र म थुक्पा फ्याक्ट्रीको नगर प्रबन्धक बनेँ। जब गाउँका मानिसहरूले म नगर प्रबन्धक भएको कुरा सुने, उनीहरूले मलाई ईर्ष्याका साथ भने, “तपाईँले आफूलाई स्थापित गरेपछि, कृपया मेरो बच्चालाई पनि तपाईँसँगै काम गर्न दिनुहोला।” यो सुन्दा मलाई धेरै खुसी लाग्यो, र मेरो आडम्बर पूरा भयो। मैले यति मात्र आशा गरेँ कि एक दिन म प्रान्तीय प्रबन्धक बन्न सकूँ, जुन अवस्थामा म जहाँ गए पनि, अरूले मलाई कुलीन भन्नेछन्, र मेरा आफन्तहरूले मलाई पक्कै पनि नयाँ दृष्टिकोणले हेर्नेछन्। यी विचारहरूले मलाई साँच्चै उत्साहित बनाए। तर नसोचेको कुरा, एउटा अप्रत्याशित घटना घट्यो। सन् २०२१ को सुरुमा, फ्याक्ट्रीको समग्र बिक्रीमा भारी गिरावट आयो, र म ब्याचका ब्याच म्याद सकिन लागेका थुक्पालाई व्यग्र भएर हेरिरहन्थेँ। साथै, सबै व्यापारिक यात्राहरू, राति अबेरसम्म जाग्राम बस्ने बानी, र अनियमित खानपानले मलाई ग्यास्टिकको समस्या भयो र हरेक दिन पखाला लाग्थ्यो। अझ खराब कुरा त, मेरो सोरायसिस निकै बिग्रियो, र मेरो छाला असह्य रूपमा चिलाउँथ्यो। मेरो टाउको बाक्लो पाप्राहरूले ढाकियो र आगोले पोलेजस्तै भतभती पोल्थ्यो। ती पाप्राहरू यति कडा भए कि आँखा झिम्क्याउनसमेत गाह्रो हुन्थ्यो। म उपचारका लागि धेरै ठाउँमा गएँ, तर कुनै पनि औषधि र सुईले काम गरेन। मेरो अवस्थाले मलाई यति यातना दियो कि म पूर्ण रूपमा लखतरान भएँ। तर यो सबै हृदयको पीडा, दुखाइ र कमजोरी म अरूलाई बताउन सक्दिनथेँ, किनकि मलाई उनीहरूले खिसी गर्लान् वा होच्याउलान् भन्ने डर थियो। जब मैले त्यो सहनै सक्दिनथेँ, म मेरी आमालाई फोन गरेर आफ्ना कुण्ठाहरू पोख्थेँ, र हरेक पटक मेरी आमाले भन्नुहुन्थ्यो, “काम गर्न छोडेर घर आइहाल्!” तर यो पदसम्म पुग्न मैले जति कडा परिश्रम गरेको थिएँ, म कसरी त्यो सबै त्यसै छोड्न सक्थेँ र? त्यसो गर्न मेरो मनले नै मान्दैनथ्यो। मेरो हृदयमा अझै पनि अठोट थियो, र मैले यो उखान सम्झेँ: “जीवन कमिलाजस्तै सानो भए पनि, मानिससँग महत्त्वाकाङ्क्षाचाहिँ राजहाँसको जस्तै ठूलो हुनुपर्छ; र जीवन कागजजस्तै पातलो भए पनि, मानिससँग अदम्य साहस हुनुपर्छ।” मैले सोचेँ, “म केही बनेर देखाउन र ठूला कुराहरू हासिल गर्न चाहन्छु भने, पक्कै पनि कष्ट त भोग्नैपर्छ।” यसरी, मैले जुन महिनासम्म सहेँ, तर फ्याक्ट्रीको कार्यसम्पादनमा अझै सुधार आएन। केही समयपछि, मेरो सोरायसिस बिग्रिँदै गयो, र यो मेरो अनुहारभरि फैलियो। पसलहरूमा जाँदा र कार्यक्रमहरू आयोजना गर्दा म मास्क लगाउँथेँ, र मलाई देख्दा कर्मचारीहरू तर्किएर हिँड्थे। म धेरै व्यथित हुन्थेँ, र सोच्थेँ, “म हरेक दिन कडा सङ्घर्ष गरिरहेको छु र यति ठूलो दबाब सहिरहेको छु, तैपनि नतिजा यस्तो छ। के मेरो सङ्घर्षले साँच्चै सार्थकता पाइरहेको छ त?” केही दिनपछि, एक जना सहकर्मीले मलाई फोन गरेर हाम्रो अगुवालाई क्यान्सरको निदान भएको र उहाँको अस्पतालमा उपचार भइरहेको कुरा सुनाए। फोन राखेपछि, म धेरै बेरसम्म शान्त हुन सकिनँ। म रातो डाबरले ढाकिएको आफ्नो अनुहार हेर्दै ऐनाअगाडि उभिएँ, र गहिरो सोचमा डुबेँ, “ती प्रान्तीय प्रबन्धक चालिसका दशकमा मात्र थिइन्; यस्तो प्राणघातक रोग यति अचानक कसरी लाग्न सक्छ? उनले धेरै पैसा कमाएकी थिइन् र प्रशस्तै गौरव हासिल गरेकी थिइन्, तर उनले जतिसुकै पैसा कमाए पनि वा उनी जतिसुकै चर्चित भए पनि, त्यसले फेरि उनको स्वास्थ्य किन्न सकेन। म तीसको दशकमा मात्र छु, र मेरो शरीर अहिले नै यति धेरै समस्याहरूले ग्रसित छ। यदि म यस्तै रहिरहेँ भने, के मेरो हालत पनि उनको जस्तै हुनेछ? यदि मैले यस्ता नतिजाहरू हासिल गर्नका लागि आफ्नो स्वास्थ्यलाई जोखिममा पार्छु भने, पैसा र उच्च सम्मानको के अर्थ छ र?” त्यसपछिका केही दिनहरूमा, म पूर्ण रूपमा अन्योल र विवश भएँ, मानौँ म जीवनमा अघि बढ्नै सक्दिनथेँ। शारीरिक पीडा र मानसिक तनावको दोहोरो दबाबमा परेर, मैले जागिरबाट राजीनामा दिएँ, र भारी मन लिएर आफ्नो रोगको उपचार गर्न घर जाने निर्णय गरेँ।
घर फर्किएपछि, मैले निधार खुम्च्याउँदै र व्यथित हुँदै दिनहरू बिताएँ, र सोचेँ, “यतिका वर्षको सङ्घर्षपछि, मैले जहाँबाट सुरु गरेको थिएँ, म त्यहीँ आइपुगेँ जस्तो लाग्छ। मैले आफ्नो सबै ख्याति र प्राप्ति गुमाएको छु, र अन्त्यमा मसँग रोगले भरिएको शरीर मात्र छ। अब म कसरी अघि बढ्न सक्छु?” मेरी आमाले म दुःखी भएको देख्नुभयो र मलाई केही मार्गदर्शन दिनुभयो, अनि हामीले आफ्नो नियतिलाई नियन्त्रण गर्न सक्दैनौँ र सबै कुरा परमेश्वरद्वारा नियोजित हुन्छ भनी सङ्गति गर्नुभयो। त्यसपछि उहाँले मलाई परमेश्वरका केही वचनहरू पढेर सुनाउनुभयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “व्यक्तिले कुन पेसा रोज्छ, कसरी जीविका चलाउँछ, उसले गर्ने छनौटहरू राम्रा छन् कि नराम्रा छन्—के मानिसहरूले यी कुराहरूमा कुनै छनौट गर्न पाउँछन्? के ती मानिसहरूका चाहना र निर्णयहरूमा आधारित हुन्छन्? धेरैजसो मानिसहरू थोरै काम गर्ने र धेरै कमाउने, घामपानीमा परिश्रम नगर्ने, सम्मानजनक पहिरन लगाउने, जहाँ गए पनि चम्किलो देखिने, सबैभन्दा माथि पुग्ने, र आफ्ना पुर्खाहरूलाई सम्मान दिलाउने इच्छा राख्छन्। मानिसहरूका यस्ता ‘सिद्ध’ इच्छाहरू हुन्छन्, तर जब तिनीहरूले जीवनको मार्गमा आफ्नो पहिलो कदम चाल्छन्, तब तिनीहरूले मानव नियति कति असिद्ध छ भनी बिस्तारै देख्न थाल्छन्, र पहिलो पटक साँच्चै के महसुस गर्छन् भने, व्यक्तिले आफ्नो भविष्यका लागि साहसी योजनाहरू बनाउन र मनोमानी रूपमा सबै प्रकारका सपनाहरू पाल्न सक्ने भए पनि, आफ्ना सपनाहरू साकार पार्ने क्षमता वा शक्ति कसैसँग हुँदैन, न त आफ्नै भविष्यलाई नियन्त्रण गर्ने क्षमता नै हुन्छ। व्यक्तिका सपना र उसले सामना गर्ने वास्तविकताहरूका बीचमा सधैँ एउटा अन्तर हुन्छ; परिस्थितिहरू कहिल्यै पनि व्यक्तिले कल्पना गरेजस्तो हुन सक्दैनन्, र यस्ता वास्तविकताहरूको सामना गर्दा, मानिसहरूले कहिल्यै सन्तुष्टि वा तृप्ति पाउन सक्दैनन्। कतिपय मानिसहरू त आफ्नो जीविका र भविष्यको खातिर, र आफ्नो भाग्य परिवर्तन गर्ने खातिर, बारम्बार सबै प्रकारका उपायहरू सोच्ने प्रयास गर्छन् र हरेक सम्भावित माध्यमको खोजी गर्छन्, साथै सबै प्रकारका प्रयास र त्यागहरू गर्छन्। तर अन्त्यमा, तिनीहरूले आफ्नै कडा परिश्रमद्वारा आफ्ना सपना र चाहनाहरू साकार पार्न सके पनि, तिनीहरूले आफ्नो भाग्य कहिल्यै परिवर्तन गर्न सक्दैनन्, र तिनीहरूले जतिसुकै सङ्घर्ष गरे पनि, तिनीहरू आफ्नो नियतिभन्दा बाहिर कहिल्यै जान सक्दैनन्। तिनीहरूको क्षमता र बौद्धिकतामा भिन्नताहरू भए पनि, र तिनीहरूमा सङ्कल्प भए पनि वा नभए पनि, सबै मानिसहरू भाग्यको अगाडि समान हुन्छन्, जहाँ तिनीहरूलाई ठूलो र सानो, उच्च र निच, सम्मानित र तुच्छ भनेर छुट्याइँदैन। व्यक्ति कुन पेसामा संलग्न हुन्छ, उसले जीविकाका लागि के गर्छ, र जीवनमा ऊसँग कति धन छ भन्ने कुरा उसका आमाबुबा, उसको प्रतिभा, वा उसको प्रयास र महत्त्वाकाङ्क्षाहरूमा निर्भर हुँदैन—यो सृष्टिकर्ताको पूर्वनियोजनमा निर्भर हुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरू एकदमै साँचो छन्। हरेकले राम्रो जीवन जिउन चाहन्छ र यो कुरा हासिल गर्न कडा परिश्रम गरिरहेको हुन्छ, तर अन्त्यमा, व्यक्तिको भाग्य ऊ आफैले तय गर्न सक्ने कुरा होइन। मैले मेरा काकाका छोराहरूबारे सम्झेँ। उनीहरूले त्यति कडा परिश्रम गरेका थिएनन्, तैपनि उनीहरू आफूले काम गरेको जुनसुकै क्षेत्रमा अगुवा बन्न सके र उनीहरूले राम्रा लाभहरू प्राप्त गरे। उनीहरूजस्तै सफलता हासिल गर्न मैले दश वर्षभन्दा बढी सङ्घर्ष गरेँ, तर मैले त रोगले भरिएको शरीर मात्र प्राप्त गरेँ, र मैले कमाएको सबै पैसा अस्पतालको शुल्क तिर्नमै सकियो। त्यसपछि मैले एक जना पुरानो कर्मचारीलाई सम्झेँ। उसको बिक्रीको काम त्यति प्रभावशाली थिएन, तर उसले घरजग्गाको मुआब्जास्वरूप दशवटा भन्दा बढी घरहरू पायो। यसले मलाई महसुस गरायो कि जे हुनु छ, त्यो भएरै छाड्छ, र हामीले जतिसुकै कडा परिश्रम गरे पनि, यदि कुनै कुरा हाम्रो भाग्यमा छैन भने, त्यो सबै व्यर्थ हुन्छ। व्यक्तिको भाग्य उसको हातमा हुँदैन, र जतिसुकै मेहनत गरे पनि यसलाई बदल्न सकिँदैन। पछि, ब्रदर-सिस्टरहरूले मेरो अवस्थाबारे सुन्नुभयो र मसँग सङ्गति गर्नुभयो, र भन्नुभयो कि यो रोग पनि परमेश्वरको अनुमतिले नै भएको हो, र यो कष्ट नभएको भए, म सायद परमेश्वरकहाँ फर्केको हुने थिइनँ। म धेरै भावुक भएँ। मलाई मैले पहिले पनि परमेश्वरमा विश्वास गरेको तर धन, ख्याति र प्राप्तिको पछ्याइमा लागेर बीचमै छोडेको याद आयो। यदि म बिरामी नभएको भए, म अझै पनि यो संसारमा भड्किरहेको र हराइरहेको हुन सक्थेँ। यतिका वर्षपछि पनि, परमेश्वरले मलाई त्याग्नुभएको थिएन, र यस रोगमार्फत, उहाँले मलाई उहाँमा विश्वास गरिरहन आफ्नो घरमा फिर्ता ल्याउनुभएको थियो। यो रोग मेरो लागि साँच्चिकै परमेश्वरको मुक्ति थियो, र म परमेश्वरप्रति साँच्चै कृतज्ञ थिएँ। त्यसपछि, मैले सक्रिय रूपमा सङ्गतिहरूमा सहभागिता जनाएँ र परमेश्वरका वचनहरू खान र पिउन थालेँ।
एउटा सङ्गतिको दौरान, एक जना सिस्टरले परमेश्वरका वचनहरूबाट दुईवटा खण्ड पढेर सुनाइन्। परमेश्वर भन्नुहुन्छ: “मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका कपटी मनसायहरू अत्यन्तै घृणापूर्ण छैनन् र? सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन, र मानिसहरूले अबउसो अगाडिको बाटो देख्न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्ने लाग्छ। तर, बिस्तारै, एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब तँ शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट आफूलाई मुक्त गर्न चाहन्छस्, तब तैँले शैतानसँगको तेरो सम्बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरूले मलाई गहिरो रूपमा छोयो। यस्तो लाग्यो मानौँ म भर्खरै सपनाबाट ब्युँझिएको छु। मलाई महसुस भयो कि मैले बाल्यकालदेखि नै पछ्याएका ख्याति र प्राप्ति त शैतानले थापेका पासो रहेछन्। म पहिले सोच्थेँ कि ख्याति र प्राप्ति पछ्याउनु न्यायोचित हो, कि जिउनु भनेको पेट भर्नुमा मात्र सन्तुष्ट हुनु होइन, बरु ख्याति र प्राप्ति पछ्याउनु हो, र यसरी जिएर मात्र मानिसले इज्जत र मूल्यका साथ जिउन सक्छ। अब मैले बुझेँ कि सम्पत्ति, ख्याति र प्राप्ति पछ्याउनु भनेको पुतली उडेर बलिरहेको आगोमा जानु जस्तै हो; हेर्दा सबै कुरा चम्किलो भएझैँ देखिन्छ, तर जब तिमी वास्तवमै त्यसमा हाम फाल्छौ, तिम्रो ज्यान नै जान सक्छ। फर्केर हेर्दा, मैले महसुस गरेँ कि मैले सानैदेखि विभिन्न शैतानी विचारधाराहरू आत्मसात गरेको रहेछु, जस्तै “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” र “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” “असल पुरुषको लक्ष्य संसारभरि हुन्छ,” इत्यादि। यस्तै विचारहरूबाट प्रभावित भएर, मैले सानै उमेरदेखि ठूला आदर्श र आकाङ्क्षाहरू राखेँ, र किशोरावस्थादेखि नै मेरा सपनाहरू पूरा गर्ने अवसरको खोजीमा यताउति यात्रा गर्न थालेँ। धेरै असफलताहरूको बाबजुद पनि, मैले कहिल्यै हार मानिनँ। विशेषगरी जब मैले “जीवन कमिलाजस्तै सानो भए पनि, मानिससँग महत्त्वाकाङ्क्षाचाहिँ राजहाँसको जस्तै ठूलो हुनुपर्छ; र जीवन कागजजस्तै पातलो भए पनि, मानिससँग अदम्य साहस हुनुपर्छ” भन्ने चर्चित भनाइ सुनेँ, तब मैले आफ्नो नाम बनाउने, प्रख्यात व्यक्ति बन्ने र मानिसहरूको प्रशंसा कमाउने सङ्कल्प गरेँ। विगतलाई सम्झँदा, मलाई रोगले गहिरो सास्ती दिएको थियो र म औषधीको भरमा मात्र बाँचेको थिएँ, तर मैले खोजेको प्रशंसा पाउनका लागि, मैले धेरै कठिनाइहरूलाई जितेँ, र धेरै वर्षको मेहनतपछि, मैले अन्ततः ब्रान्ड प्रबन्धक बनेर अरूको प्रशंसा कमाएँ। तैपनि, म अझै सन्तुष्ट थिइनँ। प्रान्तीय प्रबन्धक बन्न र मेरा आफन्तहरूलाई मलाई नयाँ दृष्टिकोणले हेर्ने बनाउन, म धेरै वर्षदेखिको जागिर छोडेर नगर प्रबन्धक बनेँ। जब बिक्री घट्यो, मैले सम्भावित सबै प्रकारका समाधानहरूबारे सोचेँ, र मार्केटिङ रणनीतिहरू अनुसन्धान गर्दा हरेक दिन दबाब र आफ्नो रोगको पीडाको सामना गरेँ। म थकित र लखतरान भएँ, तर मेरो शरीरले काम गर्नै छोडेपछि मात्र मैले अस्थायी रूपमा जागिर छोडेँ। मैले दिलोज्यानले ख्याति र प्राप्ति पछ्याउनका लागि आफूलाई पूरै समर्पित गरेँ र आफ्नो स्वास्थ्यलाई बर्बाद पारेँ, तर मैले कष्टबाहेक केही पाइनँ। पैसा, ख्याति र प्राप्ति पछ्याउँदा मलाई साँच्चै हानि भयो! परमेश्वरले आखिरी दिनहरूमा मानिसहरूलाई मुक्ति दिने काम गर्न सत्यता व्यक्त गर्नुहुन्छ भनेर मलाई थाहा भए पनि, कुकुरलाई सिक्रीले बाँधेर डोर्याएजस्तै ख्याति र प्राप्तिले मलाई डोर्याइरहेको थियो, र मलाई परमेश्वरसामु आउने कुनै चाहना थिएन। मैले ख्याति र प्राप्ति पछ्याउँदै एक दशकभन्दा बढी समय बिताएँ, र म परमेश्वरबाट झन्-झन् टाढा हुँदै गएँ। यदि यो रोग नलागेको भए, म यही पछ्याइमा लागिरहेको हुनेथिएँ, र अन्ततः, यसले मलाई विनाशतर्फ डोर्याएको हुनेथियो। परमेश्वरका वचनहरूले नै मलाई ख्याति र प्राप्तिको पछ्याइले ल्याएको कष्टलाई स्पष्ट रूपमा देख्न मद्दत गर्यो, र म हृदयदेखि नै यी कुराहरू त्याग्न र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन तयार भएँ।
पछि, मैले परमेश्वरका वचनहरूबाट थप दुईवटा खण्ड पढेँ, र मेरो हृदय अझ उज्यालो भयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “बिलकुलै शून्यबाट सुरु गरेको एउटा एकलो आत्माले सृष्टिकर्ताको सार्वभौमिकता र पूर्वानिर्धारणका कारण अभिभावक र परिवार पाउँछ, मानवजातिको सदस्य बन्ने, र मानव जीवन अनुभव गर्ने र मानव संसारमा यात्रा गर्ने मौका प्राप्त गर्छ; उसले सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्ने, सृष्टिकर्ताको सृष्टिका अद्भुतता जान्न पुग्ने, अनि, त्योभन्दा पनि बढी, सृष्टिकर्ताको अख्तियारलाई जान्ने र त्यसप्रति आफूलाई समर्पण गर्न पुग्ने मौका पनि प्राप्त गर्छ। तैपनि धेरैजसो मानिसहरूले यो दुर्लभ र क्षणिक मौका साँच्चै छोप्दैनन्। मानिसहरूले आफ्नो जीवनभरिको ऊर्जा नियतिविरुद्ध लड्दै सक्काउँछन्, र आफ्नो सम्पूर्ण जीवन परिवारको आपूर्ति गर्न खोज्दै अनि प्रतिष्ठा र नाफाका खातिर यता र उता दौडधुप गर्दै बिताउँछन्। मानिसहरूले कदर गर्ने कुराहरू परिवारको प्रेम, पैसा, र ख्याति र प्राप्ति हुन्, अनि तिनीहरूले यी कुराहरूलाई जीवनको सबैभन्दा बहुमूल्य कुराहरूका रूपमा हेर्छन्। सबै मानिसहरूले आफ्नो भाग्य खोटो भएकोबारे गुनासो गर्छन्, तैपनि मानिसहरूले सबैभन्दा बढी बुझ्नुपर्ने र खोजीनिती गर्नुपर्ने मामलाहरू: मानिस किन जीवित छ, मानिस कसरी जिउनुपर्छ, र मानव जीवनको मूल्य र अर्थ के हो भन्नेजस्ता मामलाहरूलाई आफ्नो मनको पछाडितिर धकेल्छन्। तिनीहरू चाहे जति धेरै बाँचे पनि, तिनीहरूको जवानी गइञ्जेल अनि तिनीहरूको कपाल फुलेर अनुहार चाउरी परुञ्जेल, जबसम्म तिनीहरूले ख्याति र प्राप्तिले तिनीहरूलाई बुढो हुनबाट रोक्न सक्दैन, पैसाले तिनीहरूको हृदयको रित्तोपनलाई भर्न सक्दैन भनी महसुस गर्दैनन्, र कोही पनि जन्म, बुढेसकाल, रोग, र मृत्युका नियमबाट उम्कन सक्दैन, र कसैले पनि नियतिका प्रबन्धहरूबाट उम्किन सक्दैन भनी बुझ्दैनन्, तबसम्म तिनीहरू आफ्नो सारा जीवन ख्याति र प्राप्ति खोज्न केवल दौडधुप गरेर बिताउँछन्। जीवनको अन्तिम विन्दुको सामना गर्नु परेपछि मात्रै तिनीहरूले साँचो रूपमा बुझ्छन्: व्यक्तिसँग धेरै धन र व्यापक सम्पत्ति भए पनि, व्यक्ति सौभाग्यशाली र उच्च ओहोदाको भए पनि ऊ मृत्युबाट उम्कन सक्दैन, बरु उसले त उसको पहिलेकै स्थिति अर्थात् आफ्नो नाममा केही पनि नभएको एकलो आत्माको स्थितिमा फर्कनुपर्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। “मानिसहरू पैसा र ख्याति अनि प्राप्तिको पछि दौडेरै आफ्नो पूरै जीवन बिताउँछन्; तिनीहरू यी कुराहरूलाई जीवन रेखा, आफ्नो एक मात्र सहाराका रूपमा लिन्छन्—मानौँ ती हुनुको मतलब तिनीहरूले बाँचिरहन र मृत्युबाट उम्कन सक्छन्। तर तिनीहरूले आफू मर्न लागेपछि मात्रै पैसा, ख्याति, र प्राप्ति आफूबाट कति टाढा छन्, र मृत्युको मुखमा तिनीहरू कति कमजोर र शक्तिहीन छन्, तिनीहरू कति नाजुक छन्, र तिनीहरू कति एक्लो र विवश छन्, र जाने कुनै ठाउँ छैन भन्ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्याति र प्राप्ति जीवनसँग साट्न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको हैसियत जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्न सक्दैन, ख्याति र प्राप्तिले कुनै व्यक्तिलाई मृत्युबाट उम्कन सक्षम बनाउन सक्दैन, न त पैसाले न त ख्याति र प्राप्तिले व्यक्तिको आयु एक मिनेट वा एक सेकेन्ड मात्रै पनि बढाउन सक्छ भन्ने महसुस गर्छन्। मानिसहरूले जति धेरै यस्तो महसुस गर्छन्, तिनीहरू त्यति नै जिइरहने तृष्णा गर्छन्; मानिसहरूले जति धेरै यस्तो महसुस गर्छन्, तिनीहरू मृत्युको आगमनदेखि त्यति नै भयभीत हुन्छन्। यस विन्दुमा मात्रै तिनीहरूले आफ्नो जीवन आफ्नो स्वामित्वमा, आफ्नो नियन्त्रणमा छैन, र व्यक्ति जिउँछ कि मर्छ भन्ने बारेमा कुनै निर्णय गर्न सकिँदैन भनी साँचो रूपमा महसुस गर्छन्—यो कुनै पनि व्यक्तिको नियन्त्रणभन्दा बाहिर हुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। सङ्गतिसम्बनधी परमेश्वरका वचनहरू अत्यन्तै प्रस्ट छन्। पैसा, ख्याति र प्राप्तिले मानिसको जीवन किन्न सक्दैन, न त मानिसलाई मृत्युबाट बचाउन नै सक्छ, र अन्तमा, यी कुराहरूको पछ्याइ खोक्रो हुन्छ। म पहिले सोच्थेँ कि ख्याति र प्राप्ति हुँदा मेरो जीवनको मूल्य बढ्छ, कि यी कुराहरू अर्थपूर्ण छन्, त्यसैले मैले अगाडि पुग्नुलाई नै सधैँ आफ्नो आदर्श मानेँ। वर्षौँभरि, मैले ख्याति र प्राप्ति पाउनका लागि धेरै दुःख भोगेँ। हेर्दा मैले पैसा कमाइरहेको, राम्रा सुटहरू लगाएको, र अरूको प्रशंसा बटुलेको देखिन्थ्यो, तर जब म बिरामी परेँ, तब मात्र मैले महसुस गरेँ कि पैसा, ख्याति र प्राप्ति, साथै अरूको प्रशंसाले मेरो पीडा कम गर्न केही पनि गर्न सक्दैन, न त तिनले मेरो स्वास्थ्यलाई पहिलेको अवस्थामा फर्काउन नै सक्छ। मैले क्यान्सर लागेकी ती चालिसको दशकमा रहेकी प्रान्तीय प्रबन्धक, र रोगका कारण बितेका ती अध्यक्षलाई सम्झेँ। उनीहरूसँग ख्याति र प्राप्ति दुवै थियो, तर मर्ने बेलामा, उनीहरूले तीमध्ये केही पनि साथमा लैजान सकेनन्। उन्मादपूर्वक अथाह पैसा कमाए पनि, उनीहरू खाली हात मरे। त्यसोभए ख्याति र प्राप्ति पछ्याउनुको के अर्थ भयो त? प्रभु येशूले भन्नुभए जस्तै: “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?” (मत्ती १६:२६)। म पहिले ख्याति र प्राप्तिको पछ्याइमा यताउति दौडिन्थेँ, र ख्याति र प्राप्तिको परीक्षामा परेर परमेश्वरबाट झन्-झन् टाढा हुँदै गएँ। ख्याति र प्राप्ति प्राप्त गर्न मैले धेरै दुःख र कष्ट सहेँ, र मेरो यात्रा हृदयको पीडा र दुखाइले भरिएको थियो। तर परमेश्वरको प्रेम मकहाँ फेरि एकपटक आइपुग्यो, र यतिका वर्षसम्म परमेश्वरप्रति मेरो विद्रोहको बाबजुद पनि, उहाँले ममाथि हार मान्नुभएको थिएन, र मलाई उहाँको घरमा फर्कने अनुमति दिनुभयो। यसबारे सोच्दा मात्रै पनि मेरा आँखामा आँसु आयो, र मेरो हृदय परमेश्वरप्रतिको आभारीपनको भावनाले भरियो। मैले सोचेँ कि अबदेखि मैले उचित रूपमा परमेश्वरमा विश्वास गर्नुपर्छ र उहाँको प्रेमको प्रतिदान गर्नुपर्छ।
पछि, मैले मण्डलीमा आफ्ना कर्तव्यहरू निर्वाह गरेँ। एकपटक, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “सृजित प्राणीहरू सृष्टिकर्ताको प्रभुत्वमा जिउँछन्, र तिनीहरू परमेश्वरद्वारा प्रदान गरिने सबै थोक, र परमेश्वरबाट आउने हरेक थोक स्वीकार गर्छन्, त्यसकारण तिनीहरूले आ-आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ। यो पूर्ण रूपमा स्वाभाविक र न्यायसङ्गत कुरा हो, र यसलाई परमेश्वरले तोक्नुभएको हो। यसबाट के देखिन्छ भने, मानिसहरूले सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने कार्य यो मानव संसारमा जिउने क्रममा गरिने अन्य कुनै पनि कुराभन्दा न्यायसङ्गत, सुन्दर, र सद्गुणी हुन्छ; मानवजातिमाझ सृजित प्राणीको कर्तव्य पूरा गर्नुभन्दा बढी अर्थपूर्ण वा योग्य अरू कुनै कुरा छैन, र सृजित व्यक्तिको जीवनमा यसले जत्तिको ठूलो अर्थ र सार्थकता अरू कुनै कुराले ल्याउँदैन। … सृजित प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने आधारमा, सृष्टिकर्ताले मानवजातिमाझ योभन्दा अझ महान् काम गर्नुभएको छ, उहाँले मानिसहरूमाझ कामको थप कदम सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँ मानवजातिलाई सत्यता प्रदान गर्नुहुन्छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दैगर्दा परमेश्वरबाट सत्यता हासिल गर्न सक्छन्, अनि यसमार्फत आफ्ना भ्रष्ट स्वभावहरूलाई फाल्न र शुद्ध पारिन, परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्न र जीवनको सही मार्गमा लाग्न सक्छन्, अनि अन्ततः तिनीहरू परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न, पूर्ण मुक्ति हासिल गर्न, र अब उप्रान्त शैतानका कुनै कष्टहरूमा नपरी बस्न सक्षम हुन्छन्। परमेश्वरले मानवजातिलाई कर्तव्यहरू निर्वाह गर्न लगाएर हासिल गर्ने अभिप्राय राख्नुभएको आखिरी प्रभाव यही हो। त्यसैकारण, तैँले तेरो कर्तव्य निर्वाह गर्ने सिलसिलामा, परमेश्वर तँलाई केवल एउटा कुरा स्पष्टसित देख्न वा अलिकति सत्यता बुझ्न मात्र लगाउनुहुन्न, न त उहाँ तँलाई तैँले सृजित प्राणीको हैसियतले आफ्नो कर्तव्य निर्वाह गरेर प्राप्त गर्ने अनुग्रह र आशिष्हरू उपभोग गर्न सक्षम मात्र नै तुल्याउनुहुन्छ। बरु यसको साटो, उहाँ त तँलाई शुद्ध पारिन र मुक्ति पाउन दिनुहुन्छ, अनि अन्ततः सृष्टिकर्ताको मुहारको ज्योतिमा जिउन ल्याउनुहुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरका वचनहरू पढेपछि, मैले बुझेँ कि एउटा सृजित प्राणीका रूपमा, मैले आफ्ना कर्तव्यहरू निर्वाह गर्नुपर्छ, र यो नै एउटा मानवको जिम्मेवारी र दायित्व हो। आफ्ना कर्तव्यहरू निर्वाह गरेर मात्र मैले सत्यता र जीवन प्राप्त गर्ने, आफ्नो भ्रष्ट स्वभावलाई फाल्ने, शुद्ध र रूपान्तरित हुने, र अन्ततः परमेश्वरको मुक्ति पाउने अवसर प्राप्त गर्न सक्छु। आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नु नै जीवनको सबैभन्दा महत्त्वपूर्ण र मूल्यवान् कुरा हो। त्यसबेलादेखि, मैले हरेक दिन परमेश्वरका वचनहरू खाएँ र पिएँ, र मेरो हृदय शान्ति र आनन्दले भरियो। आफ्ना कर्तव्यहरूको सिलसिलामा, जब-जब मैले आफ्नो भ्रष्टता प्रकट गर्थेँ, म आत्मचिन्तन गर्न र आफूलाई चिन्न परमेश्वरका वचनहरू पढ्थेँ, र यसरी आफ्नो भ्रष्ट स्वभाव समाधान गर्थेँ। यी सबै कुराहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दाका फलहरू थिए। केही समयपछि, मेरो स्वास्थ्यमा पनि सुधार आयो।
सन् २०२२ मा, चिनियाँ नयाँ वर्षपछि, मेरो काकाको छोराले मलाई फोन गरे र भने कि मेरो पहिलेको कम्पनीको प्रबन्धकको सरुवा भएको छ, र उपाध्यक्षले म प्रबन्धकका रूपमा फिर्ता आओस् भन्ने चाहेका छन्। काकाको छोराको कुरा सुनेर, मैले सोचेँ, “मैले यस कम्पनीमा धेरै वर्ष कडा परिश्रम गरेको छु। यदि म फर्केर गइनँ भने, मेरा सबै सम्बन्धहरू टुट्नेछन्। साथै, यो ब्रान्ड कम्पनीको विकासका लागि ठूलो सम्भावना बोकेको क्षेत्रमा छ, र यो व्यवस्थापकीय पद हो। यसले मलाई प्रतिष्ठा दिने मात्र नभई मैले मध्यम र उच्च व्यवस्थापनसँग सङ्गत गर्ने मौका पनि पाउनेछु, जसले मलाई ख्याति र प्राप्ति दिलाउनेछ। यो धेरै मानिसहरूले ईर्ष्या गर्ने पद हो, र यदि मैले यसलाई स्वीकार गरिनँ भने, मैले यस्तो मौका फेरि नपाउन पनि सक्छु। तर यो काममा धेरै व्यस्त भइन्छ, र मैले परमेश्वरका वचनहरू पढ्न वा आफ्ना कर्तव्यहरू निर्वाह गर्न कुनै समय पाउनेछैन।” त्यसपछि मैले ख्याति र प्राप्ति पछ्याउँदा यसअघि भोगेको पीडा स्मरण गरेँ, र मैले सांसारिक संसारमा फर्कन र शैतानबाट हानि भोगिरहन चाहिनँ। त्यसैले मैले त्यो पद अस्वीकार गरेँ। मेरो काकाको छोरा छक्क परे र उनले यस्तो मौका दुर्लभ हो भनेर मलाई बारम्बार सम्झाइरहे, र उनले मलाई विचार गर्न र भोलि जवाफ दिन भने। त्यो क्षण, मैले सोचेँ, “म कम्पनीबाट टाढा भएको एक वर्षभन्दा बढी भइसक्यो, तर मैले आफ्ना कर्तव्यहरू निर्वाह गर्न थालेलगत्तै किन उनीहरूले अचानक मलाई फेरि प्रबन्धक बनाउन चाहन्छन्?” यो शैतानको परीक्षा हो भन्ने कुरामा म प्रस्ट भएँ, र मैले परमेश्वरले भन्नुभएको कुरा सम्झेँ: “परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र घट्ने सबै कुरा शैतानले परमेश्वरसँग थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। बाहिरबाट हेर्दा, यो मेरो काकाको छोराले मलाई प्रबन्धकका रूपमा फर्कन भनेको जस्तो देखिन्थ्यो, तर वास्तवमा, यो शैतानको चालबाजी थियो। शैतानले यसलाई प्रयोग गरेर मलाई फेरि ख्याति र प्राप्ति पछ्याउने बाटोमा तान्न खोजिरहेको थियो। त्यतिबेला, म अरूलाई मलजल गर्ने कर्तव्य निर्वाह गरिरहेको थिएँ, र त्यहाँ केही नयाँ विश्वासीहरू थिए जसलाई मलजल र सहायताको खाँचो थियो। म कामकै कारणले आफ्नो कर्तव्य छोड्न सक्दिनथेँ। अहिले, परमेश्वरको काम सकिनै लागेको छ, र परमेश्वरमा विश्वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न पाउनु मेरो लागि जीवनमा एकपटक आउने मौका हो। मैले आफ्नो समय आफ्नो कर्तव्य निर्वाह गर्न र सत्यता पछ्याउनमै खर्च गर्नुपर्छ। यो प्रबन्धक बन्नुभन्दा मूल्यवान् कुरा हो। भोलिपल्ट, मैले मेरो काकाको छोराको प्रस्ताव अस्वीकार गरेँ र हृदयमा ठूलो सहजता महसुस गरेँ। यद्यपि म अहिले प्रबन्धक होइन र मेरो जीवन त्यति शानदार छैन, तर मेरो जीवन स्थिर छ। मैले खान र लाउन पाएको छु, र म गुजारा चलाउन सक्छु। म परमेश्वरलाई सन्तुष्ट पार्नका लागि मेरा सबै दिनहरू आफ्नो कर्तव्य निर्वाह गर्दै र गम्भीरतापूर्वक सत्यता पछ्याउँदै बिताउन इच्छुक छु।