६३. छोरा बिरामी भएपछि
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरूको समझ यति कमजोर हुन्छ—तिनीहरू परमेश्वरमाथि अत्यन्तै धेरै मापदण्ड थोपर्छन्, र तिनीहरू उहाँबाट अति धेरै माग्छन्, तिनीहरूमा कति पनि समझ हुँदैन। मानिसहरू सधैँ परमेश्वरले यो वा त्यो गर्नुपऱ्यो भन्दै माग गरिरहन्छन्, र उहाँमा पूरै समर्पित हुन वा उहाँको आराधना गर्न सक्दैनन्। बरू, तिनीहरू आफ्नै प्राथमिकताअनुसार परमेश्वरबाट अनुचित मागहरू गर्छन्…। मानव समझ अति कमजोर छ, होइन र? मानिसहरू परमेश्वरद्वारा योजनाबद्ध र बन्दोबस्त गरिएका कार्यहरूमा पूरै समर्पित हुन वा परमेश्वरबाट आउने सबथोक स्विकार्न नसक्ने मात्र होइन, बरु उल्टै परमेश्वरमाथि नै थप मापदण्डहरू थोपर्छन्। यस्ता मापदण्डहरू थोपर्ने मनिसहरू कसरी परमेश्वरप्रति निष्ठावान् हुन सक्छन्? तिनीहरू कसरी परमेश्वरका प्रबन्धहरूप्रति समर्पित हुन सक्छन्? तिनीहरूले कसरी परमेश्वरलाई प्रेम गर्न सक्छन्? सबै मानिसहरूसँग परमेश्वरले तिनीहरूलाई कसरी प्रेम गर्नुपर्छ, सहनुपर्छ, अनि निगरानी, सुरक्षा, र हेरचाह गर्नुपर्छ भन्नेबारे मापदण्डहरू हुन्छन्, तर तिनीहरूमध्ये कसैमा पनि आफूले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ, कसरी उहाँबारे सोच्नुपर्छ, कसरी उहाँको ख्याल गर्नुपर्छ, कसरी उहाँलाई सन्तुष्ट पार्नुपर्छ, कसरी हृदयमा उहाँलाई राख्नुपर्छ, र कसरी उहाँको आराधना गर्नुपर्छ भन्नेबारेचाहिँ कुनै मापदण्ड हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। विगतमा, परमेश्वरका वचनहरूको यो खण्ड पढ्दा, मैले त्यसलाई आफूसँग दाँजेर हेरिनँ। मलाई के लाग्थ्यो भने, परमेश्वरले ती विश्वासीहरूको बारेमा कुरा गरिरहनुभएको हो जसले धित मरुञ्जेल खान मात्र खोज्छन्, र यस्ता मानिसहरूले मात्र लगातार परमेश्वरसँग मागहरू गर्छन् र उहाँसँग अनुग्रह र आशिष् माग्छन्। जहाँसम्म मेरो कुरा छ, मैले परमेश्वरका धेरै वचनहरू खाएको र पिएको छु; म एक सृजित प्राणी हुँ र मैले सृजित प्राणीको स्थान ओगट्नुपर्छ भन्ने मलाई थाहा थियो, अनि परमेश्वरले मलाई आशिष् दिनुभए पनि वा नदिनुभए पनि, र उहाँले अनुकूल परिस्थितिहरू खडा गर्नुभए पनि वा प्रतिकूल परिस्थितिहरू खडा गर्नुभए पनि, म उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ भन्ने मलाई थाहा थियो। यस्तो किसिमको बुझाइ र आकाङ्क्षा पाएपछि, म परमेश्वरमा समर्पित हुन सक्छु र म उहाँसँग केही पनि माग गर्दिनँ भन्ने मलाई लाग्थ्यो। तर यस पटक, मेरो छोराको रोगले नै अन्ततः मलाई मेरो साँचो कद र मेरो भ्रष्टताको वास्तविकता स्पष्ट रूपमा देखायो।
सन् २०१५ को सेप्टेम्बरमा, मेरो छोरा उसको हजुरआमाको घरबाट फर्कियो, र उसकी हजुरआमाले ऊ मोटाएको छ भनेर भनिन्। मैले मेरो छोराको आँखाको परेला अलि सुन्निएको देखेँ; हेर्दा केही गडबड देखिन्थ्यो। मैले मेरो छोरालाई जाँचेर हेर्नका लागि सर्ट र पाइन्ट फुकाल्न लगाएँ, अनि मैले उसका खुट्टाहरू निकै सुन्निएको र टल्किएको देखेँ। जब मैले उसको खुट्टा थिचेँ, तब त्यहाँ खाल्डो पर्यो, र सामान्य मानिसको जस्तो त्यो तुरुन्तै पहिलाकै अवस्थामा आएन। अचानक, मैले बूढापाकाहरूले अक्सर भन्ने गरेको एउटा कुरा सम्झिएँ: “केटाहरूको खुट्टा सुनिनु र केटीहरूको टाउको सुनिनु डरलाग्दो कुरा हो।” यसको अर्थ हो, यदि कुनै केटाको खुट्टा सुन्निएको छ भने, उसलाई पक्कै पनि कुनै गम्भीर रोग लागेको हुनुपर्छ। मलाई मनमा नराम्रो लाग्यो; मेरो छोरालाई पक्कै पनि गम्भीर रोग लागेको छ भन्ने लाग्यो। भोलिपल्ट, हामीले हाम्रो छोरालाई प्रान्तीय मिर्गौला अस्पतालमा लग्यौँ। डाक्टरले उसलाई नेफ्रोटिक सिन्ड्रोम भएको हुन सक्छ भनेर भने। यस्तो प्रकारको रोग लागेपछि, शरीरमा प्रोटिनको मात्रा गम्भीर रूपमा कम हुन्छ, जबकि क्रिएटिनिनको स्तर धेरै उच्च हुन्छ। बिरामी झन्-झन् कमजोर हुँदै जान्छ, र यदि यो बिग्रियो भने, यो युरेमियामा परिणत हुन्छ। मैले के सम्झिएँ भने, चिनियाँ चिकित्सामा भनिन्छ, मिर्गौला मानिसको जन्मजात आधार हो। यदि मिर्गौलामा केही गडबड भयो भने, यसले बच्चाको स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ। यदि यो रोग निको हुन सकेन भने, मेरो छोरा सामान्य बच्चाहरूजस्तै स्कूल जान सक्ने थिएन, र उसको विवाह गर्नु पनि एउटा समस्या हुने थियो। यो सोचेर, म धेरै चिन्तित भएँ, र मैले सोचेँ, “मेरो छोरा त १४ वर्षको मात्रै छ; उसको अगाडि लामो बाटो छ। के ऊ सधैँ रोगले ग्रस्त भएर बस्नुपर्ने हो? ऊ जस्तो सानो उमेरको बच्चाले यो कसरी सहन सक्छ र? मैले मेरो छोरालाई यतिकै बिरामी हुन दिनु हुँदैन; घरजग्गा बेचेर भए पनि, मैले उसको उपचार गराएरै छोड्नुपर्छ।” म अस्पतालमा मेरो छोराको निदानको परिणामका लागि चिन्तित हुँदै पर्खिरहेको थिएँ। मनमनै, मैले लगातार परमेश्वरलाई प्रार्थना गरिरहेको थिएँ। प्रार्थना गर्दा, मैले के सम्झिएँ भने हिजो मैले मेरो घरमा भेला आयोजना गर्नुपर्ने थियो। के मैले मेरो कर्तव्यमा ढिलाइ गरिरहेको थिइनँ र? मैले आफैँलाई धेरै धिक्कारें, र मेरो छोराको उपचारले भेला आयोजना गर्ने काममा बाधा पुर्याउनु हुँदैन भन्ने सोचें। मेरो छोराको हेरचाह गर्नका लागि मेरी श्रीमती अस्पतालमा थिइन्, त्यसैले पहिले म नै घर फर्किएँ र काम गर्दै भेलाहरू पनि आयोजना गरेँ।
पछि, मेरो छोरालाई नेफ्रोटिक सिन्ड्रोम भएको निदान भयो। जब मैले त्यो खबर सुनेँ, तब म छाँगोबाट खसेझैँ भएँ। मलाई सबैभन्दा बढी यही कुराको डर थियो, र अब यो सत्य सावित भएको थियो। अब उप्रान्त, मेरो छोरा सामान्य रूपमा स्कूल जान सक्ने थिएन, र ऊ अस्पतालमा मात्र बस्न सक्थ्यो। ऊ जस्तो सानो बच्चाले यो कसरी सहन सक्थ्यो होला र? यो कुरा सोच्दा, मैले आफ्नो आँसु रोक्न सकिनँ। ती दिनहरूमा, मेरो मन साह्रै भारी थियो, र मैले मनमा यो नसोची बस्न सकिनँ, “परमेश्वरको काम स्वीकार गरेदेखि, मैले शारीरिक मामिलाहरूका सम्बन्धमा परमेश्वरसँग कुनै बिन्ती गरेको छैन। यस पटक, परमेश्वरले मेरो छोरालाई पूर्ण रूपमा निको बनाएर ममाथि कृपा गर्नुभए कत्ति राम्रो हुने थियो।” म साँच्चै परमेश्वरलाई प्रार्थना गर्न र उहाँलाई मेरो छोराको बिमारी हटाइदिनुहोस् भनेर भन्न चाहन्थेँ, तर मलाई आखिरी दिनहरूको परमेश्वरको काम न्याय र सजाय, परीक्षा र शोधनको काम हो भन्ने मलाई थाहा थियो; यो मानवजातिको भ्रष्ट स्वभावलाई शुद्ध पार्नका लागि गरिएको काम थियो। परमेश्वरसँग यस्तो अनुरोध गर्नु उहाँको अभिप्राय अनुरूप थिएन। तर जब म मेरो छोराको रोगको बारेमा सोच्थेँ, तब म मेरो “समर्पणता” को कारणले परमेश्वरले उसमाथि कृपा गर्नुहुनेछ भन्ने आशा अझै पनि गर्थेँ। यसो भयो भने, मेरो छोराले यस्तो प्रकारको पीडा भोग्नुपर्ने थिएन। मैले केही समयसम्म आशा गरिरहेँ, तर मेरो छोराको अवस्थामा कुनै सुधार देखिएन। बाहिरी रूपमा मैले आफ्नो कर्तव्यमा ढिलाइ नगरे पनि, मेरो मन साह्रै भारी भएको थियो। मेरो पीडालाई जित्नका लागि, मैले परमेश्वरलाई प्रार्थना गर्नु, उहाँलाई खोज्नु, र उहाँका वचनहरू खानु र पिउनुबाहेक केही गर्न सक्दिनथिएँ।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँ केवल परमेश्वरमा विश्वास गरेपछि शान्ति प्राप्त गर्न सकूँ—आफ्ना छोराछोरी रोगमुक्त होऊन्, श्रीमान्ले राम्रो जागिर पाऊन्, छोराले असल श्रीमती पाऊन्, छोरीले असल श्रीमान् पाऊन्, आफ्नो गोरु र घोडाले राम्ररी खेत जोतून्, बालीनालीका लागि वर्षभरि राम्रो मौसम होस् भन्ने खोजी गर्छस्। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु—तेरो परिवारमा कुनै दुर्घटना नहोस्, तँलाई समस्याले नछोओस्, तँलाई कष्ट नपरोस्, तेरो परिवारको अन्न-बाली बाढीले नबगाओस्—कुनै पनि विपत्तिले असर नपारोस्, ‘परमेश्वरको अङ्गालोमा’ जिउन पाइयोस्, आरामदायी निवासमा जिउन पाइयोस् भन्ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायर—के तँसँग हृदय छ, के तँसँग आत्मा छ? के तँ पशु होइनस् र? बदलामा केही पनि नमागी म तँलाई साँचो मार्ग प्रदान गर्छु, तैपनि तँ पछ्याउँदैनस्। के तँ अझै पनि परमेश्वरमा विश्वास गर्नेहरूमा पर्छस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरू पढ्दा मेरो हृदयलाई गहन रूपमा घोच्यो। परमेश्वरमाथिको मेरो विश्वासमा आशिष् खोज्ने मेरो दृष्टिकोणलाई परमेश्वरले स्पष्ट रूपमा खुलासा गर्नुभएको थियो। मेरो छोरालाई नेफ्रोसिस सिन्ड्रोम भएको पुष्टि भएपछि, बाहिरी रूपमा मैले प्रार्थना गर्दा परमेश्वरसँग मागहरू नगर्न सक्दो प्रयास गरेँ, तर भित्रभित्रै मेरो “समर्पणता” को कारणले परमेश्वरले ममाथि कृपा गर्नुहुनेछ र मेरो छोराको बिमारी हटाइदिनुहुनेछ भन्ने आशा गरें। जब परमेश्वरले मेरा मागहरू पूरा गर्नुभएन, तब मेरो मनमा पीडा भयो, र ममाथि यस्तो कुरा आइपर्दा मैले सिक्नुपर्ने पाठहरू खोजिनँ। म ती धर्मका मानिसहरूभन्दा कसरी फरक भएँ र? मेरो विश्वासमा मैले खोजेको कुरा अझै पनि धित मरुञ्जेल खान खोज्नु नै थियो, जुन परमेश्वरको अभिप्राय अनुरूप बिलकुलै होइन। यस बारेमा चिन्तन गर्दा, मलाई साह्रै लाज लाग्यो र सत्यता नखोजेर परमेश्वरसँग यस्ता मागहरू राखेकोमा मैले आफैँलाई घृणा गरेँ। ममा साँच्चै कुनै समझ थिएन। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! म मेरो छोराको रोग तपाईंलाई सुम्पन र तपाईंको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक छु। कृपया मलाई बोझ र विश्वास दिनुहोस्, जसले गर्दा मैले मेरो कर्तव्य राम्ररी पूरा गर्न र तपाईंलाई सन्तुष्ट पार्न सकूँ।” प्रार्थना गरेपछि, मलाई मनमा अलि बढी शान्ती र सहजता भयो।
सन् २०१६ को मार्चमा, मैले मण्डलीको अगुवाइको कर्तव्य सम्हालेँ। केही महिनापछि, मेरो छोराको रोग फेरि बल्झियो। उसको केही पिसाब बाहिर निस्कन सकेको थिएन, जसले गर्दा उसको पूरै शरीर सुन्नियो। यो देखेर, म मर्माहत भएँ। पहिले यति स्वस्थ रहेको बच्चा कसरी यस्तो अवस्थामा पुग्यो होला? यो रोग बारम्बार बल्झिरहँदा, ऊ कहिले निको हुन सक्ला? मैले मनमनै सोचें, “कतै मैले मेरो कर्तव्यमा पर्याप्त काम नगरेकोले त होइन? यदि मैले अझै केही प्रयास गरेँ भने, के उसको अवस्थामा अलि सुधार होला?” त्यसैले मैले मेरो कर्तव्य पूरा गर्नमा अझ बढी ऊर्जा लगाएँ। अचम्मको कुरा, मेरो छोरा बिस्तारै-बिस्तारै निको हुन थाल्यो। म परमेश्वरप्रति अत्यन्तै आभारी भएँ र मैले आफ्नो कर्तव्य अझ लगनशीलताका साथ पूरा गरेँ, जसले गर्दा विभिन्न कामहरूमा केही परिणामहरू देखा परे। समय बित्दै गयो, र सन् २०१६ को शरद ऋतुमा, मेरो छोराको अवस्था अप्रत्याशित रूपमा झन् खराब भयो। उसले हरेक दिन झन्-झन् कम पिसाब फेर्न थाल्यो, र लगभग सबै तरल पदार्थ उसको शरीरभित्र जम्मा भइरहेको थियो। उसको शरीर यति धेरै सुन्निएको थियो कि, यसले गर्दा उसको अनुहारको आकार नै फेरिएको थियो र उसका आँखा सुन्निएर चिम्सा भएका थिए; ऊ चिन्नै नसकिने भएको थियो। उसका खुट्टाहरू हात्तीका जस्ता देखिन्थे, उसको छाला टल्किन्थ्यो, र ऊ मुस्किलले ओछ्यानबाट उठ्न सक्थ्यो। जब हामी आफ्नो कर्तव्य पूरा गर्न बाहिर हुन्थ्यौँ, तब उसले आफ्नो फोनमा खेलेर मात्र समय बिताउन सक्थ्यो। जब हामी उसलाई अस्पताल लैजान लाग्थ्यौँ, तब उसले परिपक्व भएर भन्थ्यो, “मेरो रोग निको हुनेछैन; गएर पनि केही काम छैन। तपाईंहरूले जे गर्नुपर्छ, त्यही गर्न जानुहोस्।” त्यो सबै पीडा उसको सट्टामा मैले भोग्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो, तर मैले केही गर्न सक्दिनथेँ। थाहै नपाई, मैले परमेश्वरसँग गुनासो गरिरहेको थिएँ, र यस्तो सोचिरहेको थिएँ, “हे परमेश्वर! म अय्यूब होइन, न त पत्रुस नै हुँ; मेरो कद त्यति ठूलो छैन। अझ, यति समयभरि, मैले आफ्नो कर्तव्य पूरा गर्न कहिल्यै छोडेको छैन। मेरो छोरा किन निको भइरहेको छैन? उसको रोग तुरुन्तै निको हुन नसके पनि, यो झन्-झन् खराब नभइदिए मात्रै पनि म मान्थेँ।” यो कुरा सोच्दा, मैले परमेश्वर अधर्मी हुनुहुन्छ भनेर गुनासो गरिरहेको छु भन्ने महसुस गरें। मलाई साह्रै असहज महसुस भयो, र मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! तपाईंसँग यसरी गुनासो गर्नुहुँदैन भन्ने मलाई थाहा छ, तर मैले साँच्चै यो सहन सकिरहेको छैन, र मैले कुन पाठ सिक्नुपर्छ भन्ने मलाई थाहा छैन। कृपया यस मामिलामा मलाई निर्देशन दिनुहोस्।”
प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा तर्कसङ्गतता होइन; यो समानतावाद, वा तँलाई तैँले गरेको कामका लागि पाउनुपर्ने कुरा दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र तर्कसङ्गत हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्वरको धर्मी स्वभावलाई बुझ्न सक्ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्वरको गवाही दिएपछि उहाँले तिनलाई नष्ट पार्नुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्वर धर्मी हुनुहुन्छ भनेर भन्न तिनीहरूलाई निकै सहज हुन्छ; तर, यदि तिनीहरूले केही कुरा आफ्ना धारणाहरूसँग मिल्ने देखेनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्वर धर्मी हुनुहुन्छ भन्न गाह्रो पर्छ। यदि परमेश्वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्नेथिएनन्। खासमा, मानिसहरू भ्रष्ट तुल्याइएका भए पनि वा नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्वरले मानिसहरूलाई आफूले नियोजन गरेका व्यवस्थाहरू बताउनैपर्छ र? त्यो आवश्यक छैन। परमेश्वरको नजरमा, भ्रष्ट र परमेश्वरको प्रतिरोध गर्न सक्ने व्यक्तिको कुनै मूल्य हुँदैन; परमेश्वरले तिनीहरूलाई जसरी सम्हाल्नुभए पनि त्यो उचितै हुनेछ, र यो सबै परमेश्वरका बन्दोबस्तहरू अनुसार हुन्छन्। यदि तँ परमेश्वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो उहाँको धार्मिकता हुनेथियो त? त्यो पनि हुनेथियो। तँ अहिले तथ्यहरूको दृष्टिकोणबाट यो बुझ्न सक्दैनस् होला, तर तैँले यसलाई धर्मसिद्धान्तको हिसाबले बुझ्नैपर्छ। तिमीहरू के भन्छौ—के परमेश्वरले शैतानको विनाश गर्नु उहाँको धार्मिकताको प्रकटीकरण हो? (हो।) उहाँले शैतानलाई रहन दिनुभयो भने के हुन्छ? तिमीहरू भन्ने आँट गर्दैनौ, गर्छौ त? परमेश्वरको सार धार्मिकता हो। उहाँले गर्ने कुरा बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया दिए? ‘मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईँले गर्ने सबै कुरामा तपाईँका असल अभिप्रायहरू छन्; ती सबैमा धार्मिकता छ। तपाईँको बुद्धि र कार्यहरूका लागि म तपाईँको प्रशंसा नगरी बस्न कसरी सक्छु र?’ अब त तिमीहरूले देख्नुपर्ने हो, परमेश्वरले मानिसलाई मुक्ति दिनुहुने समयमा शैतानलाई नष्ट नगर्नुको कारण भनेकै शैतानले मानिसहरूलाई कसरी भ्रष्ट तुल्याएको छ र यसले तिनीहरूलाई कति हदसम्म भ्रष्ट तुल्याएको छ भनेर स्पष्ट रूपमा देख्न सकून्, अनि परमेश्वरले कसरी तिनीहरूलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ भनेर देख्न सकून् भन्ने हो। अन्तिममा, जब मानिसहरूले सत्यता बुझेका र शैतानको घिनलाग्दो अनुहार स्पष्टसित देखेका हुन्छन्, अनि शैतानले तिनीहरूलाई भ्रष्ट पारेको राक्षसी पाप देखेका हुन्छन्, तब परमेश्वरले शैतानलाई नष्ट गर्नुहुनेछ, र तिनीहरूलाई उहाँको धार्मिकता देखाउनुहुनेछ। शैतानलाई नष्ट पार्ने समय निर्धारणमा परमेश्वरको स्वभाव र बुद्धि निहित हुन्छ। परमेश्वरले गर्नुहुने सबै कुरा धर्मी हुन्छन्। मानिसहरूले यो बुझ्न नसक्लान्, तर तिनीहरूले आफ्नै इच्छाले फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तिनीहरूलाई बेमनासिब लाग्छ भने, वा यदि तिनीहरूसित त्यसको बारेमा कुनै धारणाहरू छन्, र त्यसपछि तिनीहरू उहाँ धर्मी हुनुहुन्न भनेर भन्छन् भने, तिनीहरू सबैभन्दा समझहीन भइरहेका हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्वरको धर्मी स्वभाव मैले सोचेजस्तो निष्पक्ष, उचित र समतावादी थिएन। मलाई के लाग्थ्यो भने, जबसम्म मानिसहरूले केही कर्तव्यहरू पूरा गर्न सक्छन्, तबसम्म परमेश्वरले तिनीहरूलाई कृपा गर्नुपर्छ, र मानिसहरूले आफ्नो कर्तव्यमा जति धेरै मूल्य चुकाउन सक्छन्, परमेश्वरले तिनीहरूलाई त्यति नै धेरै आशिष् दिनुपर्छ। यी त संसारका लेनदेनका दृष्टिकोणहरू हुन् र ती मौलिक रूपमा सत्यताअनुसारका छैनन्। परमेश्वरको सार धर्मी छ। उहाँले गर्नुहुने सबै कुरा उहाँको धर्मी स्वभावको स्वभाविक प्रकाश हो। मैले अय्यूबले कसरी परमेश्वरको डर मान्थे र तिनी दुष्टताबाट अलग बस्थे, र परमेश्वरको नजरमा एक सिद्ध व्यक्ति थिए भन्ने कुरा सोचेँ। मानिसको धारणाअनुसार, उनले शैतानका परीक्षाहरूको सामना गर्नुपर्ने थिएन, तर परमेश्वरले उनमा त्यस्तो कुरा हुन दिनुभयो। यो मानिसका धारणाहरू अनुसारको नभए पनि, यसले अय्यूबको विश्वासलाई सिद्ध पार्यो। मैले के देखेँ भने परमेश्वरले मानिसहरूलाई आशिष् दिनुभए पनि वा त्यसबाट वञ्चित गर्नुभए पनि, उहाँले तिनीहरूलाई प्रकाश गर्नुभए पनि वा सिद्ध पार्नुभए पनि, यी सबै परमेश्वरको धर्मी सारका प्रकाशहरू हुन्, र सबैले समर्पित भएर तिनलाई स्वीकार गर्नुपर्छ। परमेश्वरप्रति आफूलाई समर्पित गर्ने कामलाई मानिसहरूले परमेश्वरलाई के गर्नुपर्छ भनी बताउने पुँजीको रूपमा प्रयोग गर्नु हुँदैन। तर मैले परमेश्वरको धार्मिकतालाई बुझिनँ। जब मैले आफ्नो कर्तव्यमा आफूलाई अलिकति समर्पित गरेँ र मेरो छोराको अवस्था सुधार हुँदै गएको देखेँ, तब मैले परमेश्वर धर्मी हुनुहुन्छ भन्ने विश्वास गरेँ र म आफ्नो कर्तव्यमा ऊर्जावान् भएँ। जब मेरो छोराको रोग फेरि बल्झियो र उसको अवस्था झन्-झन् गम्भीर हुँदै गयो, तब मैले परमेश्वरसँग गुनासो गरेँ र उहाँले मलाई दिनुभएका परीक्षाहरू धेरै कठिन छन् भन्ने सोचें। मैले परमेश्वरसँग तर्क गर्न र उहाँको विरोध गर्न थालेँ। यसले के देखायो भने, मेरो परिश्रम र मेरो समर्पणले मलाई अनुग्रह र आशिष् दिलाउन सक्छ कि सक्दैन भन्ने आधारमा परमेश्वरको धार्मिकताको मेरो परिभाषा टिकेको रहेछ; यो लेनदेन र विनिमयले भरिएको थियो। के मैले आफ्नै धारणाहरूअनुसार परमेश्वरसँग मागहरू गरिरहेको थिइनँ र? मैले सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेको थिइनँ, र मसँग सृजित प्राणीमा हुनुपर्ने विवेक र समझ बिलकुलै थिएन। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! म विवेक र समझ भएको व्यक्ति बन्न चाहन्छु र तपाईंलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छु। जब-जब म आफूलाई मन नपर्ने कुराहरूको सामना गर्छु, तब म किन तपाईंलाई गलत बुझ्छु र तपाईंसँग गुनासो गर्छु? परमेश्वर, कृपया मलाई यस मामिलामा आफैँलाई बुझ्न निर्देशन दिनुहोस्।”
पछि, मैले परमेश्वरका वचनहरूका दुई खण्ड पढेँ: “मानिसले पहिलोपटक परमेश्वरमा विश्वास गर्न थालेको समयदेखि नै उसले परमेश्वरलाई प्रशस्तताको स्रोत र बहु-उपयोगी औजार ठानेको छ, र उसले आफूलाई परमेश्वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौँ परमेश्वरबाट आशिष् र प्रतिज्ञाहरू माग्नु उसको अन्तर्निहित अधिकार र दायित्व हो, जबकि परमेश्वरले पूरा गर्नुपर्ने जिम्मेवारीहरू चाहिँ मानिसको सुरक्षा गर्नु, ख्याल गर्नु, अनि उसका निम्ति आपूर्ति गरिदिनु हुन्। ‘परमेश्वरमाथिको विश्वास’ भन्ने दुइटा शब्दबारे परमेश्वरमा विश्वास गर्ने सबैको आधारभूत बुझाइ यस्तै छ, र परमेश्वरमाथिको विश्वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि यस्तै छ। मानिसको प्रकृति सारदेखि उसको व्यक्तिपरक पछ्याइसम्म, कुनै कुरा पनि परमेश्वरको डरसँग सम्बन्धित छैन। परमेश्वरमा विश्वास गर्ने मानिसको उद्देश्य कुनै पनि हालतमा परमेश्वरको आराधनासँग सम्बन्धित हुन सक्दैन। भन्नुको अर्थ, मानिसले परमेश्वरमा विश्वास गर्दा कहिल्यै उहाँको डर मान्ने र आराधना गर्ने अभिप्राय राखेको हुँदैन, र परमेश्वरमा विश्वास गर्दा यस्ता कुराहरू आवश्यक पर्छन् भनेर कहिल्यै बुझेको हुँदैन” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। “मानिसहरूले परमेश्वरसँग सधैँ माग गर्नु कस्तो समस्या हो? अनि तिनीहरूले परमेश्वरबारे सधैँ धारणा राख्नु कस्तो समस्या हो? मानिसको प्रकृतिमा के छ? मैले के पत्ता लगाएको छु भने, चाहे मानिसहरूलाई जेसुकै आइपरोस्, वा तिनीहरू जे कुरासँग जुधिरहेका होऊन्, तिनीहरू सधैँ आफ्नो हितको रक्षा गर्छन् र आफ्नै देहको चिन्ता गर्छन्, अनि सधैँ आफूलाई फाइदा हुने कारण वा बहानाहरू खोज्छन्। तिनीहरू अलिकति पनि सत्यता खोज्दैनन् वा सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले गर्ने सबै कुरा आफ्नै देहलाई सही साबित गर्नु र आफ्नै भविष्यका खातिर योजना बनाउनु मात्रै हुन्छ। तिनीहरू सधैँ परमेश्वरबाट अनुग्रह माग्छन्, आफूले पाउन सक्ने जति फाइदाहरू पाउन चाहन्छन्। किन मानिसहरू परमेश्वरसँग यति धेरै माग गर्छन्? यसले मानिसहरूको प्रकृति नै लोभी हुन्छ, र परमेश्वरको सामु, तिनीहरूको बिलकुलै समझ हुँदैन भनी प्रमाणित गर्छ। मानिसहरूले जे-जति गर्छन्—चाहे प्रार्थना गर्दा होस् वा सङ्गति गर्दा होस् वा प्रवचन दिँदा होस्—तिनीहरूले सोच्ने कुरा, र तिनीहरूले पछ्याउने र चाहना गर्ने कुरा, सधैँ परमेश्वरबाट केही प्राप्त गर्न सकिन्छ कि भन्ने आशामा उहाँबाट कुराहरू माग्नु र याचना गर्नुमै सीमित हुन्छ। कतिपय मानिसहरूले ‘यो मानव प्रकृतिमा निर्भर हुन्छ’ भन्छन्, जुन सही हो। यसका साथै, मानिसहरूले परमेश्वरसँग धेरै मागहरू राख्नु र धेरै अत्यधिक चाहनाहरू राख्नुले मानिसहरू पूर्ण रूपमा विवेक र समझविहीन छन् भनी प्रमाणित गर्छ। तिनीहरू सबै आफ्नै लागि चीजहरूको माग र अनुरोध गरिरहेका हुन्छन्, वा आफूलाई सत्य साबित गर्ने र बहानाहरू बनाउने प्रयास गरिरहेका हुन्छन्—तिनीहरू यो सबै आफ्नै लागि गर्छन्। धेरै कुरामा के देख्न सकिन्छ भने मानिसहरूले गर्ने कुरा पूर्णतया समझहीन हुन्छ, जसले ‘अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ’ भन्ने शैतानी तर्क मानिसको प्रकृति बनिसकेको छ भन्ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छ। मानिसहरूले परमेश्वरसँग अति धेरै माग गर्नुले कुन समस्यालाई चित्रण गर्दछ? यसले के चित्रण गर्दछ भने, शैतानले मानिसहरूलाई एक निश्चित हदसम्म भ्रष्ट बनाएको छ, र तिनीहरूले परमेश्वरमा विश्वास गर्दा उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्)। यी वचनहरूले मेरो हृदयलाई गहिरो गरी छेडे। म त्यही प्रकारको व्यक्ति थिएँ जसलाई परमेश्वरले खुलासा गर्नुभएको थियो; मैले आफूलाई परमेश्वरको साहुको रूपमा हेरेको थिएँ र उहाँलाई सृष्टिकर्ताको रूपमा मानेको थिइनँ। प्रभुमा विश्वास गर्दाको मेरो समयलाई फर्केर हेर्दा, परमेश्वरको अनुग्रह र आशिष्को आनन्द उठाएपछि, म के विश्वास गर्थेँ भने, जबसम्म मानिसहरूले कठिनाइहरूको सामना गर्दा परमेश्वरलाई प्रार्थना र बिन्ती गर्छन्, तबसम्म उहाँले तिनीहरूको इच्छा पूरा गर्नुहुनेछ, किनभने मानिसप्रति परमेश्वरको प्रेमभन्दा ठूलो केही छैन। सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेपछि, मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र मानिसहरूले उहाँसँग अनुग्रह र आशिष्को लागि अव्यावहारिक मागहरू गर्नु हुँदैन। यद्यपि, मभित्रको आशिष् प्राप्त गर्ने दृष्टिकोण अझै परिवर्तन भएको थिएन। जस्तै, मेरो छोराको रोगको कुरा लिऊँ: सुरुमा मैले यो परमेश्वरलाई सुम्पन सकें, र मेरो छोराको अवस्था केही सुधार भएको देखेपछि, मलाई के लाग्यो भने परमेश्वरले साँच्चै हाम्रो ख्याल राख्नुहुन्छ। यदि म आफ्नो कर्तव्यमा लागिरहेँ र परमेश्वरले मेरो समर्पणता देख्नुभयो भने, सायद मेरो छोरा निको हुनेछ भन्ने सोचेँ। यी अभिप्रायहरूको नियन्त्रणमा रहेर, म आफ्नो कर्तव्य पूरा गर्दा विशेष गरी ऊर्जावान् भएँ। तर जब मेरो समर्पणले चाहेको परिणाम ल्याएन र मेरो छोराको रोग झन्-झन् गम्भीर हुँदै गयो, तब म परमेश्वरको विरुद्धमा गुनासो नगरी रहन सकिनँ। मलाई के लाग्यो भने मैले केही कर्तव्यहरू पूरा गरेको र अलिकति मूल्य चुकाएकोमा श्रेय पाउनुपर्छ, र यसले मलाई परमेश्वरसँग मोलतोल गर्न योग्य बनाउँछ। मैले परमेश्वरलाई सन्तुष्ट पार्नका लागि मात्र नभई आशिष् र लाभ प्राप्त गर्नका लागि पनि परमेश्वरमा विश्वास गरिरहेको र आफ्नो कर्तव्य पूरा गरिरहेको छु भन्ने मैले देखेँ। मेरो प्रकृति साँच्चै स्वार्थी थियो! सृजित प्राणीको रूपमा, परमेश्वरमा विश्वास गर्नु र उहाँको आराधना गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, तर मैले सधैँ मभित्र आफ्नै अभिप्राय र मागहरू पालेको थिएँ, र मैले गरेका सबै कुरामा परमेश्वरलाई धोका दिइरहेको थिएँ। यस्तो विश्वासले कहिल्यै परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्दैन। मलाई साह्रै लज्जित र दोषी महसुस भयो। म केवल परमेश्वरमा फर्कन चाहन्थेँ, सृजित प्राणीको स्थान ग्रहण गर्न चाहन्थेँ, र आफ्नो मनलाई सोझो बनाउन चाहन्थेँ, अब उप्रान्त परमेश्वरसँग मागहरू गर्ने वा उहाँसँग गुनासो गर्ने काम छोडेर मेरो छोरालाई उहाँमा सुम्पन चाहन्थेँ।
सन् २०१८ को अन्त्यतिर, सुरक्षा जोखिमका कारण मैले घर छोड्नुपर्यो। ठीक यही समयमा, लामो समयसम्म हर्मोनयुक्त औषधि सेवन गरेका कारण, मेरो छोरालाई फेमोरल हेडको ओस्टियोनेक्रोसिस (ONFH) भएको निदान भयो। हिँड्दा उसले आफ्नो कम्मर सोझो पार्न सक्दैनथ्यो र दुवै हात घुँडामा टेकेर मात्र हिँड्न सक्थ्यो। उसको हेरचाह गर्ने मेरी श्रीमती छिन् र घरमा मैले गर्न सक्ने केही छैन भन्ने मलाई थाहा भए पनि, मेरो छोराको अवस्थाले मलाई ठूलो पीडा दियो, र मैले सोचें, “मेरो छोराको पुरानो रोग निको भएको छैन, र अब उसलाई नयाँ रोग लागेको छ; मैले के गर्ने? के म घर छोडेर जाने?” मैले जति धेरै यसबारे सोचें, म त्यति नै दुःखी भएँ, र परमेश्वरले एउटा चमत्कार गर्नुहुनेछ जसले मेरो छोराको अवस्थालाई सकेसम्म चाँडो नियन्त्रणमा ल्याउनेछ भन्ने आशा गरेँ। मैले फेरि पनि परमेश्वरसँग मागहरू गरिरहेको छु भन्ने मैले कताकता बोध गरेँ, त्यसैले मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, र सृजित प्राणीको रूपमा मेरो स्थानमा दृढ रहन र यी परिस्थितिहरूमा समर्पित हुन सकूँ भनेर मलाई सुरक्षा दिन उहाँलाई अनुरोध गरेँ। प्रार्थना गरेपछि, मैले केही कपडाहरू मिलाएँ र म घर छोडेर गएँ।
घरबाट टाढा रहेको समयमा, म कहिलेकाहीँ मेरो छोराको बारेमा सोच्थेँ, जसले गर्दा मलाई कर्तव्य पूरा गर्दा केही बाधाहरू हुन्थ्यो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र उहाँका वचनहरू खाएँ र पिएँ। मैले परमेश्वरका वचनहरू पढेँ जसमा यसो भनिएको थियो: “जन्म दिने र हुर्काउनेबाहेक, व्यक्तिको जीवनमा आमाबुबाले बोक्ने जिम्मेवारी भनेको उसलाई हुर्कनका लागि बाहिरी रूपमा वातावरण प्रदान गर्नु मात्रै हो, र त्यो त्यहीँ सकिन्छ, किनभने कुनै पनि व्यक्तिको भाग्यमा सृष्टिकर्ताको पूर्वनियोजनले मात्रै प्रभाव पार्छ। कसैको भविष्य कस्तो हुनेछ भन्ने कुरा कुनै पनि व्यक्तिले नियन्त्रण गर्न सक्ने कुरा होइन; यो धेरै अघि नै पूर्वनियोजित हुन्छ, र व्यक्तिका आमाबुबाले समेत उसको भाग्य परिवर्तन गर्न सक्दैनन्। भाग्यको हकमा, सबै जना स्वतन्त्र हुन्छन्; सबैको आफ्नै भाग्य हुन्छ। त्यसैले, कसैका आमाबुबाले उसको जीवनको भाग्यलाई पटक्कै विफल पार्न सक्दैनन्, न त उसले जीवनमा खेल्ने भूमिकाको हकमा तिनीहरूले उसलाई कुनै मद्दत नै गर्न सक्छन्। व्यक्ति जुनसुकै परिवारमा जन्मन पूर्वनियोजित भए पनि, र ऊ जुनसुकै वातावरणमा हुर्के पनि, यी कुराहरू उसको जीवनको मिसन पूरा गर्नुका पूर्वसर्तहरू भन्दा बढी केही होइनन् भन्न सकिन्छ। तिनले कुनै पनि हिसाबमा व्यक्तिको जीवनको भाग्य वा उसले आफ्नो मिसन पूरा गर्ने नियतिको प्रकारलाई निर्धारण गर्दैनन्। यसर्थ, कसैका पनि आमाबुबाले उसलाई उसको जीवनको मिसन पूरा गर्न सहयोग गर्न सक्दैनन्, न त कुनै नातेदारले उसलाई जीवनमा आफ्नो भूमिका पूरा गर्न मद्दत गर्न सक्छ। व्यक्तिले आफ्नो मिसन कसरी पूरा गर्छ र उसले कस्तो प्रकारको जियाइ वातावरणमा आफ्नो भूमिका लिन्छ भन्ने कुरा पूर्ण रूपमा उसको जीवनको भाग्यमा निर्भर हुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने परमेश्वरले हरेक व्यक्तिको भाग्यमाथि सार्वभौमिकता राख्नुहुन्छ र त्यसको बन्दोबस्त गर्नुहुन्छ। सबैको जीवनकालमा, उनीहरूले भोग्नुपर्ने दुःख हुन्छ, र अरू कसैले पनि उनीहरूको सट्टामा त्यो भोग्न सक्दैन। जहाँसम्म मेरो छोराको कुरा छ, मैले गर्न सक्ने भनेको उसलाई वयस्क नहुञ्जेल हुर्काउनु र मेरो जिम्मेवारी पूरा गर्नु मात्र थियो। उसको जीवनकालमा उसले कुन कठिनाइहरू भोग्नुपर्छ र उसको जीवन कस्तो हुनेछ भन्ने कुरामा, यो सबै परमेश्वरको हातमा थियो। मैले त्यसबारे निर्णय गर्न वा त्यसलाई परिवर्तन गर्न सक्दिनथेँ। विगतमा, जब म घरमा थिएँ, तब म मेरो छोराको अलिअलि हेरचाह गर्थेँ र उसलाई समयमा औषधि लिन सम्झाउँथेँ, तर उसलाई अझै पनि ONFH भएको निदान भयो। मेरो हेरचाह र साथले मेरो छोराले भोग्नुपर्ने दुःखको प्रकारलाई परिवर्तन गर्न सकेन। यदि म मेरो छोराको छेउमा बसेको भए पनि, मैले गर्न सक्ने भनेको उसलाई साथ दिनु र अलिकति सान्त्वना दिनु मात्र थियो; उसको रोग बिग्रिन्छ कि सुधार हुन्छ भन्ने कुरामा मैले बिलकुलै निर्णय गर्न सक्दिनथेँ। मैले मेरो छोरालाई परमेश्वरमा सुम्पनुपर्थ्यो; गर्नुपर्ने एउटै उपयुक्त कुरा भनेको परमेश्वरलाई यसमाथि सार्वभौमिकता राख्न र बन्दोबस्त गर्न दिनु थियो। यो सोचेर, मैले अलि बढी स्वतन्त्र महसुस गर्न सकें र मेरो कर्तव्य पूरा गर्ने क्रममा मनको शान्ति पाउन सकें।
पछि, मेरी श्रीमतीले मलाई मेरो छोरा फेरि अस्पतालमा भर्ना भएको छ भन्दै एउटा पत्र पठाइन्। जब मैले मेरो छोराको रोग फेरि बल्झिएको देखेँ, तब म निकै दुःखी भएँ, र मैले परमेश्वरलाई प्रार्थना गरेँ, र मेरो छोरालाई उहाँमा सुम्पन र उहाँलाई सबै कुरामा सार्वभौमिकता राख्न र बन्दोबस्त गर्न दिन इच्छुक छु भनेर भनेँ। मैले गर्नुपर्ने भनेको परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनु र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु मात्र हो। जब मैले यसरी परमेश्वरलाई प्रार्थना गरेँ, अब उप्रान्त उहाँसँग मागहरू गरिनँ, तब मैले अत्यन्तै शान्त र सहज महसुस गरेँ, र मैले मेरो हृदयलाई मेरो कर्तव्यमा लगाउन सकें।