५८. के “अरूप्रति सहनशील हुनु” साँच्चै असल मानवता हो?
सन् २०२२ मा, म मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गरिरहेकी थिएँ, र मैले मण्डली अगुवा लिउ जिङले आफ्ना मुख्य जिम्मेवारीहरूलाई मात्र ध्यान दिएकी, उनले अन्य कामहरूलाई बिरलै अनुगमन गरेकी, र अर्की अगुवा, सिस्टर आन सिनसँग सद्भावपूर्ण सहकार्य नगरेकी देखेँ, जसले गर्दा अक्सर मण्डलीको काममा ढिलाइ हुन्थ्यो। पछि, लिउ जिङलाई बर्खास्त गरियो, र मलाई मण्डली अगुवाका रूपमा चुनियो, अनि मैले मनमनै सोचेँ, “मैले आन सिनसँग सद्भावपूर्ण सहकार्य गर्नैपर्छ, ताकि ब्रदर-सिस्टरहरूले म लिउ जिङजस्तो अन्य कामहरूलाई वास्तै नगरी आफ्नै मुख्य जिम्मेवारीहरूलाई मात्र ध्यान दिने सानो मनको र सङ्कीर्ण मनको हुनेछैनँ भनेर देखून्।” कार्यदक्षता बढाउन, हामीले काम बाँडफाँट गर्यौँ। म मुख्य रूपमा सुसमाचार काम र लेखन-पठनको कामका लागि जिम्मेवार थिएँ, जबकि आन सिन मुख्य रूपमा मलजल गर्ने काम र पखाल्ने कामका लागि जिम्मेवार थिइन्। ब्रदर-सिस्टरहरूलाई ममा असल मानवता छ र म समझदार व्यक्ति हुँ भनेर देखाउनका लागि, म केही सामान्य मामिलाको काम सम्हाल्न अग्रसर पनि भएँ। त्यसपछि, म कि त सबैसँग भेला भएर कि त सुसमाचार काम र लेखन-पठनको काम अनुगमन गरेर आफ्नो समय बिताउँथेँ। बिस्तारै, मैले आन सिनलाई आफ्नो कर्तव्यमा पहिलेभन्दा कम बोझको बोध भएको, र केही काम राम्रोसँग अनुगमन नगरी झाराटारुवा तरिकाले मात्र सम्हालिएको, देखेँ। म उनलाई यो कुरा औँल्याइदिन चाहन्थेँ, तर फेरि सोचेँ, “कोही पनि सिद्ध छैन, सबैले आफ्नो कर्तव्य झाराटारुवा तरिकाले गर्ने समय आउँछ। मैले उनीप्रति अति उच्च मानक राख्नु हुँदैन। आखिर, यदि मैले त्यो कुरा औँल्याएँ भने, म कठोर भएको जस्तो देखिन्छु। तैबरु म राति अबेरसम्म बसेर उनले छुटाएका कामहरू अनुगमन गर्छु।” त्यसैले, मैले उनले पूरा नगरेका सबै काम सम्हालेँ। त्यस दौरान, म सुसमाचार प्रचार गर्ने सिद्धान्तहरूबारे अझ बढी सिक्न चाहन्थेँ, तर मसँग पर्याप्त समय थिएन। मलाई अलि इच्छा लागेन, तर म आन सिनले म आफ्नै कामहरूलाई मात्र ख्याल गर्छु भनेर नसोचून् भन्ने चाहन्थेँ त्यसैले मैले आफूलाई काममा लागिरहन बाध्य पारेँ।
केही समयपछि, मैले आन सिनलाई आफ्नो कर्तव्यमा बोझको बोध झन्-झन् कम भएको, र उनले निकाल्नुपर्ने निश्चित मानिसहरूका बारेमा जानकारी सङ्कलन गर्न हतार नगरिरहेकी देखेँ। त्यो सुसमाचार कामका लागि व्यस्त समय थियो, र त्यसैले यदि मैले पखाल्ने काम अनुगमन गरेकी भए, सुसमाचार काम राम्ररी सम्हाल्न सक्नेथिइनँ, त्यसैले मैले आन सिनलाई जतिसक्दो चाँडो सूचना सङ्कलन गर्न सम्झाएँ। तर त्यसपछि पनि, उनी हतारमा देखिइनन्, र मैले यसबारे उनीसँग सङ्गति गर्ने विचार गरेँ, तर मैले धेरै भनेँ भने उनी मसँग रिसाउनेछिन् भनेर म डराएँ, मैले कुरा मुखमै दबाएँ। साथै, म आन सिनले मण्डलीको सामान्य मामिलाको काममा हिस्सा लिऊन् भन्ने चाहन्थेँ, ताकि म सुसमाचार काम अनुगमन गर्न केही समय निकाल्न सकूँ, तर फेरि मैले सोचेँ, “आन सिन मभन्दा जेठी छिन् र उनको स्वास्थ्य राम्रो छैन, त्यसैले यदि मैले उनलाई थप काम सम्हाल्न भनेँ भने, मैले उनको कठिनाइ नबुझेकी र ममा प्रेम नभएको जस्तो देखिन्छ। मैले अलि बढी काम गरे हुन्छ। म त थकाइ सहन सक्छु।” मलाई मनमा एकदमै इच्छा थिएन तर यदि मैले यी भावनाहरू व्यक्त गरेँ भने, ब्रदर-सिस्टरहरूले मलाई सानो मनको ठान्नेछन् भनेर म डराएँ, र मैले सोचेँ, “त्यसपछि उनीहरूले मलाई के भन्लान्? म त्यतिकै छोडिदिनेछु, र म आफूले अनुगमन गर्न सक्ने काममा नै सक्दो राम्रो गर्छु!” त्यसपछिका दिनहरूमा, म अक्सर राति अबेरसम्म बस्थेँ, र समय बित्दै जाँदा, मेरो दबेको असन्तुष्टि उम्लेर पोखिन थाल्यो, तर त्यसपछि मैले आफूले सबै काम सम्हालिरहेकीले, आन सिनले पक्कै पनि मेरो मानवता असल छ भन्ने सोच्नेछिन् भनेर सोचेँ, त्यसैले मैले त्यसलाई भित्रै दबाएँ। म अरू ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्दा पनि यस्तै थिएँ। केही ब्रदर-सिस्टरहरूले कम्प्युटर सुरक्षा सेटिङ र सफ्टवेयर अपडेटसम्बन्धी समस्याहरू बुझ्दैनथे, तर उनीहरूले ट्युटोरियल हेरेर नै सिक्न सक्थे, तैपनि उनीहरू त्यो सेट अप गर्न मेरो मद्दत पर्खन्थे। म मनमनै गुनासो गर्थेँ, “मैले यति धेरै अगुवाइको काम गर्नुपर्ने छ, तिमीहरू मेरो मद्दत पर्खिनुको सट्टा यी कामहरू कन आफै गर्दैनौ?” तर मैले उनीहरूका समस्याहरू औँल्याउने आँट गरिनँ, किनभने यसो गर्दा म सानो मनको र खोट कोट्याउने देखिन्छु, र उनीहरूमा मेरा बारेमा नराम्रो छाप पर्छ भनेर म डराएँ, त्यसैले यदि मैले सकेमा उनीहरूलाई अझै अलि बढी मद्दत गर्ने निर्णय गरेँ। यसरी, म सधैँ अरूसँग झुक्थेँ र सम्झौता गर्थेँ, आफूलाई कडा माग गर्थेँ भने अरूप्रति सहनशील बन्थेँ। ब्रदर-सिस्टरहरू ममाथि एकदमै निर्भर बने, त्यसैले मैले आफूलाई असल मानवता भएको, सानो मनको नभएको, र जोसँग पनि सहकार्य गर्न सक्ने व्यक्ति ठानेँ। विशेष गरी जब म ब्रदर-सिस्टरहरूले म एकदमै थकित र व्यस्त देखिन्छु भनेको सुन्थेँ, तब मलाई भित्रभित्रै निकै सान्त्वना महसुस हुन्थ्यो, र आफूले भोगेको कष्ट सार्थक भयो भन्ने लाग्थ्यो। अर्को केही महिना, मैले मण्डलीमा विभिन्न किसिमका कामहरू सम्हालेँ, जसले गर्दा मलाई आत्मिक भक्तिका लागि समय भएन, र मैले सुसमाचार काम अनुगमन गर्न सकिनँ। परिणामस्वरूप, कोही पनि सुसमाचार प्रचार गर्ने सिद्धान्तहरूमा प्रवेश गरिरहेका थिएनन्, काममा कुनै विचलन पहिचान गर्न सकिएन, र सुसमाचारको कामले कुनै नतिजा दिएन। पखाल्ने काममा आन सिनको प्रगति पनि सुस्त थियो, र मलजल गर्ने व्यक्तिहरूका समस्याहरू अनुगमन वा समाधान गरिएका थिएनन्। यो देखेर, मलाई भित्रैदेखि एकदमै चिन्ता लाग्यो र असहाय महसुस भयो। यसबेला, मैले परमेश्वरसामु आएर प्रार्थना गरेँ, “हे परमेश्वर, मैले अगुवाका रूपमा आफ्नो कर्तव्यमा ठूलो मूल्य चुकाएकी छु, तर कामले कुनै परिणाम दिएको छैन। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस् ताकि म आफ्ना समस्याहरू चिन्न सकूँ।”
एकदिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड भेटेँ: “अब हामी नैतिक आचरणसम्बन्धी अर्को भनाइबारे सङ्गति गरौँ—‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’—यो भनाइको अर्थ के हो? यसको अर्थ हो, तैँले आफूलाई कडा मागहरू गर्नुपर्छ र अरू मानिसप्रति नरम हुनुपर्छ, ताकि तँ कति उदार र दिलदार छस् भन्ने कुरा तिनीहरूले देख्न सकून्। त्यसोभए मानिसहरूले किन यसो गर्नुपर्छ? यसलाई किन हासिल गर्ने? के यसो गर्नु सम्भव छ? के यो मानिसहरूको साँच्चै प्राकृतिक अभिव्यक्ति हो? यसो गर्न तैँले धेरै सम्झौता गर्नुपर्छ! तँ इच्छा र मागहरूबाट मुक्त हुनैपर्छ, यसो गर्दा तँलाई कम आनन्द हुनेछ, अझै बढी कष्ट हुनेछ, अझै धेरै मूल्य चुकाउनु र काम गर्नुपर्छ, ताकि अरू मानिसहरू लखतरान हुन नपरून्। अनि अरूले दुखेसो पोखाए, गुनासो गरे, वा राम्ररी काम गरेनन् भने, तैँले तिनीहरूबाट धेरै माग गर्नुहुन्न—केही हदसम्म राम्रै हुन्छ। मानिसहरूले यो आदर्श नैतिकताहरू सङ्केत हो भन्ने ठान्छन्—तर मलाई किन यो झूटो लाग्छ? के यो झूटो होइन र? (हो नि।) सामान्य परिस्थितिहरूमा, सामान्य व्यक्तिको मानवताको प्राकृतिक अभिव्यक्ति आफूप्रति सहनशील हुने र अरूलाई कडाइ गर्ने हुन्छ। यही तथ्य हो। … यदि मानिसहरू ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनु’ भन्ने सोचअनुसार जिउँछन् भन्ने अपेक्षा गरियो भने, तिनीहरू कस्तो कस्तो वेदनाबाट गुज्रनैपर्छ? के तिनीहरू साँच्चै यो सहन सक्छन्? कति जनाले यसो गर्न सक्नेछन्? (कसैले पनि सक्दैनन्।) अनि किन त्यस्तो हुन्छ? (मानिसहरू प्राकृतिक रूपमा नै स्वार्थी हुन्छन्। तिनीहरू ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्ने सिद्धान्तअनुसार काम गर्छन्।) वास्तवमा, मानिस जन्मँदै स्वार्थी हुन्छ, मानिस स्वार्थी प्राणी हो, र यो शैतानी दर्शनप्रति गहिरोसित प्रतिबद्ध हुन्छ: ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ परिस्थिति आइपर्दा स्वार्थी नहुनु र आफ्नो वास्ता नगर्नु घातक, र अस्वाभाविक हो भन्ने मानिसहरू सोच्छन्। मानिसहरूले यही विश्वास गर्छन् र यस्तै व्यवहार गर्छन्। यदि मानिसहरू स्वार्थी नहून्, र आफूबाट कठोर माग नगरून्, र अरूबाट फाइदा लिनुको सट्टा घाटा बेहोर्न इच्छुक होऊन् भन्ने अपेक्षा गरियो भने, र यदि कसैले मानिसहरूको फाइदा उठाउँदा तिनीहरूले खुसीसाथ ‘तिमीले फाइदा लिइरहेको छौ तर म यसलाई ठूलो कुरा बनाउँदिनँ। म सहनशील व्यक्ति हुँ, म तिम्रो बारेमा नराम्रो कुरा भन्दिनँ वा तिमीबाट फाइदा लिने प्रयास गर्दिनँ, र यदि तिमीले अझै पर्याप्त फाइदा लिएका छैनौ भने, नहिचकिचाई फाइदा लेऊ’ भनेर भनून् भन्ने अपेक्षा गरियो भने—के त्यो वास्तविक अपेक्षा हुन्छ? कति जनाले यसो गर्न सक्छन्? के भ्रष्ट मानवजातिले सामान्यतया यस्तै व्यवहार गर्छ? स्पष्टतः, यस्तो हुनु असामान्य कुरा हो। किन? किनभने भ्रष्ट स्वभावका मानिसहरू, विशेष गरी स्वार्थी र छुद्रहरू आफ्नै हितको निम्ति सङ्घर्ष गर्छन्, र अरूको हितको बारेमा सोच्दा यसले तिनीहरूलाई कदापि सन्तुष्ट अनुभव गराउँदैन। त्यसकारण, यस्तो घटना हुनु असामान्य हो। ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनु’ भन्ने नैतिक आचरणसम्बन्धी यो दाबी, जुन न तथ्यसँग मिल्छ न मानवतासँग मिल्छ, यो त मानवता नबुझ्ने सामाजिक नैतिकतावादीहरूले मानवमा लादेको कुरा मात्रै होयो त मुसोलाई दुलो नपार्नू वा बिरालोलाई मुसो नपक्रिनू भनेजस्तै हो। के त्यस्तो माग गर्नु ठिक हो? (होइन। यसले मानवताका नियमहरू उल्लङ्घन गर्छ।) यो माग वास्तविकतासँग पटक्कै मिल्दैन, र यो खोक्रो छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (६))। परमेश्वर भन्नुहुन्छ, मानिसको प्रकृति अन्तर्निहित रूपमै स्वार्थी हुन्छ, मानिसहरू निरन्तर आफ्नै हितहरूका लागि योजना बनाउँछन् र तीबारे सोच्छन्, र अरूसँग अन्तरक्रिया गर्दा, मानिसहरू केवल लाभ प्राप्त गर्न र हानिबाट बच्न खोज्छन्। भ्रष्ट तुल्याइएका मानिसहरू मूलतः “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” स्तरमा पुग्न सक्दैनन् भनेर देखाउन यो नै पर्याप्त छ। हाम्रो कर्तव्यमा आन सिनसँगको मेरो सहकार्यलाई चिन्तन गर्दा, जब मैले निकालिनुपर्ने व्यक्तिहरूबारे उनले सामग्रीहरू जम्मा वा व्यवस्थित गर्न हतार नगरेकी देखेँ, तब मैले साँच्चै उनलाई यो कुरा औँल्याउन चाहेँ, तर उनले म धेरै माग गर्ने र असमझदार भएँ भनेर भन्नेछिन् भन्ने मलाई डर भयो। सबैलाई म साँच्चै उदार छु र सानो मनको छैनँ भनेर देखाउन, मैले उनको व्यवहारलाई बढावा दिइरहेँ, र म सकेसम्म अझ धेरै काम गर्न आफूलाई कडा माग गर्थेँ, हरेक दिन व्यस्त रहन्थेँ। यसले गर्दा मलाई आत्मिक भक्तिका लागि समय रहेन, र म मुख्य रूपले जिम्मेवार रहेको सुसमाचार कामले पनि नतिजाहरू दिएन। बाहिरी रूपमा, म “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्ने विचारलाई पालन गरिरहेको जस्तो देखिन्थेँ, तर मेरा दैहिक हितहरू समझौता गरिँदा, मलाई असन्तुष्ट र अनिच्छुक महसुस भयो, र म गुनासाहरूले समेत भरिएँ। मैले उदारताको खोल पनि ओढेँ। त्यसपछि मात्र मैले “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्ने भनाइ साँच्चै पाखण्ड रहेछ, र यो सत्यता पटक्कै होइन रहेछ भनेर बुझेँ। नैतिक आचरण बारेको यस दाबीअनुसार जिउँदा म शारीरिक र मानसिक दुवै रूपमा थकित भएँ।
त्यसपछि, म आत्मचिन्तन गर्न जारी राख्दै परमेश्वरसामु आएँ। मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “निश्चित गरेर के भन्न सकिन्छ भने, ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’ भन्ने नैतिकता पूरा गर्न आफूलाई बाध्य गर्ने धेरैजसो मानिसहरू हैसियतप्रति मरिहत्ते गर्छन्। आफ्ना भ्रष्ट स्वभावद्वारा उत्प्रेरित भएर, तिनीहरू मानिसहरूका बीचमा प्रतिष्ठा, सामाजिक प्रसिद्धि, र अरूको नजरमा हैसियत पाउने कुराको पछि नलागी सक्दै सक्दैनन्। यी सबै कुरा हैसियतप्रतिको तिनीहरूको इच्छासँग सम्बन्धित हुन्छन्, अनि तिनीहरूको असल नैतिक आचरण व्यवहारको नाममा तिनीहरू यसको पछि लाग्ने गर्छन्। अनि तिनीहरूको यी खोजीहरू कसरी आउँछन्? ती पूर्णतया तिनीहरूको भ्रष्ट स्वभावहरूबाट आउँछन् र तिनैद्वारा प्रेरित हुन्छन्। त्यसकारण, जेसुकै भए पनि, कुनै व्यक्तिले ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’ भन्ने नैतिकतालाई पुरा गरे पनि नगरे पनि र उसले सिद्ध रूपमा त्यसो गरे पनि नगरे पनि, यसले पटक्कै उसको मानवता सार परिवर्तन गर्न सक्दै सक्दैन। यथार्थमा, यसको अर्थ यसले कुनै पनि हालतमा जीवन सम्बन्धी तिनीहरूको दृष्टिकोण वा मूल्य-मान्यताहरू परिवर्तन गर्न, वा सबै किसिमका मानिस, घटना, र कामकुराहरूप्रति तिनीहरूको मनोवृत्ति र दृष्टिकोणलाई डोऱ्याउन सक्दैन। के कुरा त्यही होइन र? (हो।) कुनै व्यक्ति आफूलाई कडाइ गर्न र अरूलाई सहन जति सक्षम हुन्छ, ऊ नाटक गर्न, आफ्नो वास्तविक रूप लुकाउन, र अरूलाई असल व्यवहार र मीठो बोलीवचनद्वारा बहकाउन उति नै सिपालु हुन्छ, र ऊ प्रकृतिले उती नै छली र दुष्ट हुन्छ। तिनीहरू जति हदसम्म यस्तो व्यक्ति बन्छन्, हैसियत र शक्तिप्रति तिनीहरूको प्रेम र खोजी त्यति नै गहिरो बन्छ। तिनीहरूको बाहिरी नैतिक आचरण जति महान्, महिमित र सही देखिए पनि, र मानिसहरूको लागि यो जति नै मनमोहक देखिए पनि, तिनीहरूको हृदयभित्र बसेको अकथित खोजी, साथै तिनीहरूको प्रकृति सार, अनि तिनीहरूका महत्त्वाकाङ्क्षाहरूसमेत कुनै पनि बेला तिनीहरूबाट विस्फोट भएर निस्कन सक्छन्। त्यसकारण, तिनीहरूको नैतिक आचरण जति नै असल भए पनि, यसले तिनीहरूको अन्तर्निहित मानवता सारलाई, वा तिनीहरूका महत्त्वाकाङ्क्षा र इच्छाहरूलाई लुकाउन सक्दैन। यसले सकारात्मक कुराहरूलाई प्रेम नगर्ने र सत्यताविरुद्ध जाने र यसलाई घृणा गर्ने तिनीहरूको घृणित प्रकृति सारलाई लुकाउन सक्दैन। यी तथ्यहरूले देखाए जस्तै, ‘आफूलाई कडाइ गर्नू र अरूलाई सहनू’ भन्ने भनाइ निरर्थक मात्रै छैन—यसले त्यस्ता महत्त्वाकाङ्क्षीहरूलाई खुलासा गर्छ, जसले आफ्ना गोप्य महत्त्वाकाङ्क्षा र इच्छाहरू ढाकछोप गर्न प्रयास गर्न यस्ता भनाइ र व्यवहारहरू प्रयोग गर्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (६))। परमेश्वरका वचनहरूले म वास्तवमा को हुँ भनेर खुलासा गरिदिए। मैले कसरी महत्त्वाकाङ्क्षा र चाहनाका साथ अगुवाको भूमिका सम्हालेँ, र ब्रदर-सिस्टरहरूको हृदयमा राम्रो छवि स्थापित गर्न चाहेँ भन्नेबारे चिन्तन गरेँ। मैले आन सिनमा उनको कर्तव्यमा बोझको बोध कम भएको देख्दा, न त उनलाई खुलासा गरेँ न त मद्दत नै गरेँ, बरु म उनलाई छुट दिएँ, उनले अनुगमन नगरेको काम आफै सम्हालेँ, र देखावटी राम्रो व्यवहारलाई प्रयोग गरेर उदारतको नाटक गरेँ। जब मैले ब्रदर-सिस्टरहरू कम्प्युटर सीप सिक्नमा सक्रिय नभइरहेका, त्यो सम्हाल्न निष्क्रिय भई मलाई पर्खिरहेका देखेँ, तब मैले उनीहरूका समस्याहरू औँल्याउन चाहेँ, तर मलाई उनीहरूले म उनीहरूको ख्याल गरिरहेकी छैनँ भनेर भन्लान् भन्ने डर लाग्यो, त्यसैले म पछि हटिरहेँ। जब मेरो ऊर्जा सकियो र मैले मानसिक रूपमा त्यो सहनै सकिनँ, तब म कटु र थकित भएँ, र मलाई असन्तुष्ट र अनिच्छुक महसुस भयो। तर सबैलाई म सानो मनको छैनँ, म ख्याल गर्ने, सहनशील छु, र सधैँ अरूप्रति विचारशील छु भनेर देखाउनका लागि, मैले त्यो सब सहेँ र उनीहरूका समस्याहरू औँल्याइनँ, जसको परिणामस्वरूप मेरा मुख्य जिम्मेवारीहरू राम्रोसँग पूरा गरिएनन्। मैले यो सब मानिसहरूका हृदयमा आफ्नो छवि र हैसियत जोगाउनका लागि गरेँ। म साँच्चै पाखण्डी थिएँ!
पछि, मैले परमेश्वरका वचनहरू पढेँ र आफ्ना बारेमा केही नयाँ बुझाइ प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरू परमेश्वरमाथिको विश्वासमा निकै उत्साहित देखिन्छन्। तिनीहरू मण्डलीका मामलाहरूमा ध्यान दिन र चासो लिन मन पराउँछन्, र तिनीहरू सधैँ अघि-अघि दौडिरहेका हुन्छन्। तैपनि, तिनीहरू अगुवा बनेपछि, अप्रत्याशित रूपमा, सबैलाई निराश तुल्याउँछन्। तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूका व्यावहारिक समस्याहरू समाधान गर्नमा ध्यान दिँदैनन्, बरु आफ्नै प्रतिष्ठा र हैसियतका खातिर कार्य गर्न सक्दो प्रयास गर्छन्। तिनीहरू अरूले तिनीहरूलाई सम्मान गरून् भनेर धाक देखाउन मन पराउँछन्, र परमेश्वरका लागि आफू समर्पित भएको र आफूले कष्ट भोगेको बारे सधैँ कुरा गरिरहन्छन्, तैपनि तिनीहरू सत्यताको पछ्याइमा र आफ्नो जीवन प्रवेशमा मेहनत लगाउँदैनन्। कसैले पनि तिनीहरूबाट यो अपेक्षा गरेको हुँदैन। तिनीहरूले आफूलाई आफ्नो काममा व्यस्त राख्ने, हरेक अवसरमा धाक देखाउने, केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने, कतिपय मानिसहरूबाट सम्मान र आराधना प्राप्त गर्ने, मानिसहरूको मन बहकाउने, र आफ्नो हैसियतलाई दह्रिलो बनाउने भए पनि, अन्त्यमा यसको परिणाम के हुन्छ? चाहे यी मानिसहरूले अरूलाई घुस दिन साना-साना निगाहहरू प्रयोग गरून्, वा आफ्नो वरदान र क्षमताहरूको धाक देखाऊन्, वा विभिन्न विधिहरू प्रयोग गरी मानिसहरूलाई बहकाऊन् र यसरी तिनीहरूमा आफूबारे असल राय बनाऊन्, तिनीहरूले मानिसहरूको हृदय जित्न र यसमा स्थान ओगट्न जुनसुकै विधि प्रयोग गरे पनि, तिनीहरूले के गुमाएका हुन्छन्? तिनीहरूले अगुवाको कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता प्राप्त गर्ने अवसर गुमाएका हुन्छन्। साथै, आफ्ना विभिन्न प्रकटीकरणहरूका कारण, तिनीहरूले त्यस्ता दुष्ट कार्यहरू गरेका हुन्छन् जसले तिनीहरूको अन्तिम परिणाम ल्याउनेछन्। चाहे तिनीहरूले मानिसहरूलाई घुस दिन र फन्दामा पार्न साना-साना निगाहहरू प्रयोग गरिरहेका होऊन्, वा धाक देखाइरहेका होऊन्, वा देखावटी रूप प्रयोग गरेर मानिसहरूलाई बहकाइरहेका होऊन्, र तिनीहरूले यसो गरेर बाहिरी रूपमा जतिसुकै फाइदा र सन्तुष्टि प्राप्त गर्ने देखिए पनि, अहिले यसलाई हेर्दा, के यो मार्ग सही हो? के यो सत्यता पछ्याउने मार्ग हो? के यो व्यक्तिलाई मुक्ति दिलाउन सक्ने मार्ग हो? प्रस्ट छ, होइन। यी विधि र चलाकीहरू जति नै चलाख भए पनि, तिनले परमेश्वरलाई छल गर्न सक्दैनन्, र ती सबैलाई अन्तिममा परमेश्वरले निन्दा र तिरस्कार गर्नुहुन्छ, किनभने त्यस्ता व्यवहारहरूका पछाडि मानिसको उन्मत्त महत्त्वाकाङ्क्षा र परमेश्वरविरुद्ध शत्रुताको मनोवृत्ति र सार लुकेको हुन्छ। परमेश्वरका हृदयमा, उहाँले यी मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गरिरहेका मानिसहरू भनेर बिलकुलै चिन्नुहुन्न, बरु तिनीहरूलाई दुष्कर्मीका रूपमा चित्रण गर्नुहुन्छ। दुष्कर्मीहरूसँग व्यवहार गर्दा परमेश्वरले के फैसला सुनाउनुहुन्छ? ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्वरले ‘मबाट दूर होओ’ भनेर भन्नुहुँदा, उहाँ त्यस्ता मानिसहरू कहाँ जाऊन् भन्ने चाहनुहुन्छ? उहाँले तिनीहरूलाई शैतानका हातमा, शैतानहरूको भीडले बास गर्ने स्थानमा सुम्पिरहनुभएको हुन्छ। तिनीहरूका लागि अन्तिम परिणाम के हुन्छ? तिनीहरूलाई दुष्ट आत्माहरूले नमरुञ्जेल सताउँछन्, अर्थात् शैतानले तिनीहरूलाई निल्छ। परमेश्वरले यी मानिसहरूलाई चाहनुहुन्न, जसको अर्थ उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन, तिनीहरू परमेश्वरका भेडा होइनन्, उहाँका अनुयायी हुनु त परको कुरा हो, त्यसकारण तिनीहरू उहाँले मुक्ति दिनुहुने मानिसहरूमा पर्दैनन्। परमेश्वरले यी मानिसहरूलाई यसरी नै परिभाषित गर्नुहुन्छ। त्यसोभए, अरूको हृदय जित्ने प्रयास गर्नुको प्रकृति ठ्याक्कै के हो त? यो ख्रीष्टविरोधीको मार्गमा हिँड्नु हो; यो ख्रीष्टविरोधीको व्यवहार र सार हो। परमेश्वरका चुनिएका मानिसहरूका लागि उहाँका विरुद्धमा होड गर्नुको सार त झनै गम्भीर हुन्छ; त्यस्ता मानिसहरू परमेश्वरका शत्रु हुन्। ख्रीष्टविरोधीहरूलाई यसरी नै चित्रण र वर्गीकरण गरिन्छ, र यो पूर्ण रूपमा सही छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्वरले मानिसहरू सत्यता पछ्याउँदैनन्, र अगुवाको भूमिका सम्हालेपछि, उनीहरू मानिसहरूको हृदय जित्न र उनीहरूलाई भ्रमित पार्न विभिन्न विधि र युक्तिहरू प्रयोग गर्छन् भनेर खुलासा गर्नुहुन्छ। उनीहरू अरूको कठिनाइ बुझ्ने र समानुभूति देखाउने जस्ता देखिन्छन्, तर उनीहरूको लक्ष्य आफ्नो प्रतिष्ठा र हैसियत जोगाउने, र अरूलाई उनीहरूको मान गर्न लगाउने हुन्छ। यो ख्रीष्टविरोधीहरूको मार्ग हो। परमेश्वरले जे खुलासा गर्नुहुन्छ, त्यो ठ्याक्कै मेरो स्थिति थियो। बाल्यकालदेखि नै, म “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्ने भनाइबाट प्रभावित भएकी थिएँ। म के विश्वास गर्थेँ भने अरूसँग अन्तरक्रिया गर्दा, व्यक्ति बुझकी र सहनशील हुनुपर्छ, अरूको अझ बढी ख्याल गर्नुपर्छ, त्यसैले आफूले केही कष्ट वा थकान सहनु भनेको केही होइन, र यसो गर्नु कुलीन चरित्रको सङ्केत हो। म शैतानको परम्परागत संस्कृतिअनुसार जिएँ। मैले आन सिनले आफ्नो कर्तव्य झाराटारुवा तरिकाले गरिरहेकी देख्दा, यो कुरा खुलासा गरिनँ, र उनले अनुगमन नगरेको कामसमेत सम्हालेँ। परिणामस्वरूप, आफ्नो कर्तव्यप्रतिको उनको बोझको बोध झन्-झन् कम हुँदै गयो। जब मैले ब्रदर-सिस्टरहरू अल्छी भएका, र केही आधारभूत कम्प्युटर सेटिङहरू आफै सिक्नका लागि मेहनत गर्न अनिच्छुक भएका देखेँ, तब मैले उनीहरूका समस्याहरू औँल्याइनँ मात्र होइन तर उनीहरूका लागि त्यो गरी नै दिएँ, जसले गर्दा उनीहरू हरेक कुराका लागि केही नसोची ममाथि निर्भर भए। ब्रदर-सिस्टरहरूको प्रशंसा पाउनका लागि, मैले भित्री रूपमा पूर्णतया अनिच्छुक भए पनि समझदार भएको नाटक गरेँ, र अरूलाई भ्रमित पारेँ। मैले मानिसहरूको हृदय जित्नका लागि उनीहरूको दैहिक हितहरू पूरा गर्न कामकुराहरू गरेँ, र म झन्-झन् दुष्ट, छली, र पाखण्डी बन्दै गएँ। मैले मानिसहरूको प्रशंसा पाए पनि, मण्डलीको काममा क्षति पुऱ्याएँ र ब्रदर-सिस्टरहरूलाई हानि गरेँ; सुसमाचारको कामले कमजोर नतिजा दियो र पखाल्ने काममा ढिलाइ भयो। म आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइनँ, म त दुष्टता गरिरहेकी थिएँ। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ। यो बुझेर, मैले रुँदै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! म सधैँ मानिसहरूको हृदयमा आफ्नो हैसियत जोगाउने प्रयास गर्छु, मण्डलीको काममा ढिलाइ गर्छु। म तपाईँको मुक्तिको अयोग्य छु। म तपाईँसामु पश्चात्ताप गर्न र व्यावहारिक तरिकाले आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु।” पछि, मैले आन सिनलाई मेरो हालको स्थितिबारे खुलेर बताएँ, र मैले उनमा देखेका समस्याहरू औँल्याइदिएँ। यो सुनेपछि, उनी आत्मचिन्तन गर्न र पाठ सिक्न इच्छुक भइन्। आन सिनले यसो भनेको सुन्दा, मलाई दोषी र अलि सान्त्वना दुवै महसुस भयो। मलाई दोषी महसुस भयो किनभने म शैतानको परम्परागत संस्कृतिअनुसार जिएँ, मैले आन सिनका समस्याहरू स्पष्ट रूपमा देखेँ तर ती औँल्याउन सकिनँ, बरु म खुसी भएँ किनकि परमेश्वरका वचनहरूको मार्गदर्शनमा, मैले अन्ततः आफूविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न सकेँ।
यसपछि, म प्रार्थना र चिन्तन गर्न परमेश्वरसामु आएँ। मैले सामान्य मामिलाका डिकन, सिस्टर लि युनसँगको मेरो व्यवहारमा पनि ममा यस्तै समस्याहरू थिए भनेर बुझेँ। उनको क्षमताका आधारमा, उनी केही काम राम्ररी गर्न सक्थिन्, तर उनले आफ्नो देह सन्तुष्ट पारिन् र उनी मेहनत गर्न अनिच्छुक भइनँ। मैले उनका समस्याहरू देखेँ तर ती औँल्याइनँ, बरु उनको देह सन्तुष्ट पारेँ, म अलि बढी मूल्य चुकाउँछु र अलि बढी काम गर्छु, ताकि उनले म उनको ख्याल गर्दिनँ भनेर नभनून् भन्ने सोचेँ। मैले म पनि “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्ने परम्परागत सांस्कृतिक विचारअनुसार जिइरहेको छु भनेर बुझेँ। म उनले मेरो मानवता असल छ भएकामा मेरो प्रशंसा गरून् भन्ने चाहन्थेँ। त्यसैले मैले परमेश्वरसामु आएर प्रार्थना गरेँ, र परमेश्वरलाई मेरा गलत अभिप्रायहरूविरुद्ध विद्रोह गर्न अनि उहाँका वचनहरूअनुसार आफूलाई आचरणमा ढाल्न र काम गर्न अगुवाइ मागेँ। मैले परमेश्वरका वचनहरू सम्झेँ: “सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूले मलाई कसरी आफूलाई आचरणमा ढाल्ने र कामकुरा गर्ने भनेर सिद्धान्तहरू प्रदान गरे। आफ्नो कर्तव्य देखाउनका लागि निर्वाह गर्नु हुँदैन, र मैले परमेश्वरको छानबिन स्वीकार गर्नैपर्छ र आफ्नो अभिप्राय सही राख्नैपर्छ, मण्डलीको कामलाई प्राथमिकता दिनैपर्छ। यसरी अभ्यास गरेर मात्र म परमेश्वरको अभिप्रायअनुरूप हुन सक्छु। परमेश्वर हामीले आफ्नो कर्तव्यमा आ-आफ्नो भूमिका पूरा गरेको र सद्भावपूर्ण सहकार्य गरेको चाहनुहुन्छ, ताकि हामीले समयको दौरान आफ्नो कर्तव्य अझ राम्रोसँग निर्वाह गर्न सकौँ। मैले आफ्ना गलत अभिप्रायहरूविरुद्ध विद्रोह गर्नुपर्थ्यो र मेरा ब्रदर-सिस्टरहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्थ्यो। राम्रो क्षमता भएकाहरूका हकमा भन्दा, यदि उनीहरू राम्रो काम गर्न सक्छन् तर गर्दैनन्, सुस्त वा झारा टारूवा छन् भने, उनीहरूका समस्याहरू औँल्याइदिनुपर्छ र खुलासा गरिदिनुपर्छ ताकि उनीहरूले आफ्नो भ्रष्टता चिन्न, आफ्नो जिम्मेवारी पूरा गर्न, र थप तालिम पाउन सकून्। कमजोर क्षमता भएका ब्रदर-सिस्टरहरूका हकमा भन्दा, यदि उनीहरूलाई साँच्चै कठिनाइ छ भने, उनीहरूलाई धीरजी मद्दत र साथको आवश्यकता छ, जसले उनीहरूलाई आफ्नो क्षमताको दायराभित्र आफ्नो भूमिका पूरा गर्न सक्षम पार्छ। यसरी अभ्यास गरेर, मैले सुसमाचार काममा ढिलाइ नगरी आफ्नो ऊर्जालाई आफ्नो मुख्य कर्तव्यहरूमा केन्द्रित गर्न सकेँ। एकदिन भेलापछि, म लि युनसँग कुरा गर्न गएँ, र उनका खास कठिनाइहरू बुझेपछि, मैले उनको जिम्मेवारीभित्र उनले गर्नुपर्ने कामहरू स्पष्ट पारेँ, र उनका समस्याहरू औँल्याइदिएँ। लि युनले भनिन्, “साँच्चै हालै ममा आफ्नो कर्तव्यमा बोझको बोध थिएन। तपाईँले मलाई यो सङ्गति दिनुभएपछि, कसरी अभ्यास गर्ने भनेर मलाई अब थाहा भयो, र म आफ्ना जिम्मेवारीहरू उठाउन इच्छुक छु।” लि युनको कुरा सुनेर, मलाई अत्यन्तै लाज लाग्यो। मैले मेरा ब्रदर-सिस्टरहरूलाई उनीहरूको कर्तव्यमा आफ्नो जिम्मेवारी पूरा गर्न र आफ्नो भूमिका निर्वाह गर्न मद्दत गर्नु मण्डलीको कामका लागि अझ बढी लाभदायक हुन्छ भन्ने देखेँ।
अब, म मेरा ब्रदर-सिस्टरहरूसँग “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्ने परम्परागत सांस्कृतिक विचारका आधारमा अन्तरक्रिया गर्दिनँ र म हाम्रा दैहिक सम्बन्धहरूको सुरक्षा गर्ने प्रयास नगरी उनीहरूका समस्याहरू औँल्याउँछु र ती कुरामा मद्दत गर्छु। आफूलाई यसरी आचरणमा ढाल्दा म आफूलाई आश्वस्त र मुक्त महसुस भएको पाउँछु। यी सबै परिवर्तनहरू परमेश्वरको वचनको नतिजा हुन्। सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद होस्!