५७. म मेरो रोगका कारण हैरानी मान्न छाडेकी छु
सन् २०२२ को डिसेम्बरमा, मलाई अनुहारको नसा चड्किने रोग लाग्यो। शल्यक्रियापछि, मेरो टाउकोको दाहिने भाग अझै पनि संवेदनहीन थियो र मलाई प्रायः चक्कर लाग्थ्यो र असहज हुन्थ्यो। हिँड्दाखेरि कहिलेकाहीँ मातेको जस्तो महसुस हुन्थ्यो, र चक्कर लागेर उभिनै नसक्ने हुन्थेँ। डाक्टरहरूले मस्तिष्कमा पर्याप्त रगत सञ्चार नभएर यस्तो हुन्छ भनेर बताए। उनीहरूले मेरो मस्तिष्कमा रगत जाने नसा साँघुरो भएको पनि बताए, र मैले धेरै काम गर्नु वा राती ढिलोसम्म बस्नु हुँदैन भनी सल्लाह दिए। यो सुनेपछि, मैले मनमनै सोचेँ, “मेरा दुवै छिमेकीको रक्तनली साँघुरो भएर टाउकोको नसा फुटेको थियो, र अन्ततः उनीहरू चेतनहीन स्थितिमा पुगे र केही समयपछि बिते। यदि कुनै दिन म रिङ्गटा लागेर लडेँ र दिमागको रक्तनली फुट्यो, अनि म चेतनहीन स्थितिमा पुगेँ भने के गर्ने?” मैले आफ्नो मुटुको समस्याबारे पनि सोचेँ र भविष्यमा काममा धेरै दलिनुहुँदैन भन्ने लाग्यो। अन्ततः, म अधिक कामले ढलेँ र आफ्नो कर्तव्य पूरा गर्न सकिनँ भने, के त्यसले मेरो जीवन वृद्धिमा बाधा पुर्याउँदैन र? तब मैले कसरी मुक्ति पाउने? त्यसैले मैले सकेसम्म चाँडो निको हुने आशामा हरेक दिन व्यायाम गर्न थालेँ। सन् २०२३ को अप्रिलसम्ममा, म केही हदसम्म निको भएकी थिएँ, त्यसैले मैले स्वेच्छाले मण्डलीको साधारण मामिलाको केही कर्तव्यहरू सम्हालेँ। मेरा सहकर्मी सिस्टरहरूले मेरो ख्याल राख्थे, र मलाई हलुका र सरल कामहरू मात्र दिन्थे। म धेरै खुसी थिएँ। मलाई मेरो कर्तव्य राम्रो नै छ, मैले चिन्ता लिनु वा धेरै काम गर्नु पर्दैन र यो कर्तव्य निर्वाह गर्दा मेरो मुक्तिको पछ्याइ ढिलो हुँदैन भन्ने लाग्यो।
सन् २०२३ को मे महिनामा, साधारण मामिलाका डिकन र मेरा सहकर्मी सिस्टरहरूले सुरक्षासम्बन्धी चिन्ताका कारण आफ्नो कर्तव्यलाई निरन्तरता दिन सकेनन्, र अचानक, सबै जिम्मेवारीहरू मेरै काँधमा आइपरे। मैले अलि प्रतिरोध महसुस गरेँ, र सोचेँ, “म अझै पूर्ण रूपमा निको भएकी छैन, र यति धेरै काम छ। यदि मेरो रोग बल्झियो, मलाई चक्कर आयो, र म बाटोमा लडेँ भने के गर्ने?” त्यसपछि फेरि मण्डलीले साधारण मामिलाको कामका लागि अरू कोही उपयुक्त व्यक्ति भेट्टाउन नसकेको, र यो कामसँग म मात्र परिचित छु भन्ने कुरा सोचेँ, अनि मैले इन्कार गर्न सकिनँ। मलाई लाग्यो, यदि मैले मण्डलीको कामलाई कायम राख्न सक्रिय रूपमा सहकार्य गरेँ भने, परमेश्वरले मलाई सुरक्षा दिनुहुनेछ। त्यसैले म समर्पित भएँ। मामिलाका सम्हाल्नुपर्ने काम धेरै थिए, म हरेक दिन व्यस्त रहन्थेँ। केही समयपछि, मेरो चक्कर लाग्ने समस्या झन् बढ्यो, र कहिलेकाहीँ दिनमा शारीरिक काम गरेपछि, साँझमा मेरा हातखुट्टाले राम्ररी काम गर्दैनथे। त्यसमाथि, मेरो मेरुदण्डको हड्डीको समस्या बल्झियो, र मेरो कम्मर पनि दुख्थ्यो। मैले मनमनै सोचेँ, “यदि म यसरी नै काममा दलिइरहेँ भने, के म पनि मेरा छिमेकीहरूजस्तै थला परेर चेतनहीन स्थितिमा पुग्नेछु? मैले आफ्नो ज्यानसमेत गुमाउन सक्छु। यदि मैले साधारण कर्तव्यहरूसमेत पूरा गर्न सकिनँ भने, मैले कसरी मुक्ति प्राप्त गर्ने? मैले सोचेकी थिएँ, जिम्मेवारीहरू सम्हालेपछि परमेश्वरले मलाई सुरक्षा दिनुहुनेछ, मेरो रेखदेख गर्नुहुनेछ र मलाई छिट्टै निको हुन मदत गर्नुहुनेछ। तर अहिले, सुधार हुनुको साटो, मेरो अवस्था झन् खराब भएको छ। मैले कर्तव्यबारे धेरै चिन्ता लिन नहुने, र मैले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।” त्यस समयमा, मण्डलीले साधारण मामिलाका लागि डिकन छानिसकेको थिएन, र केही सामाग्रीहरू तुरुन्तै व्यवस्थापन गर्नुपर्ने थियो, तर यी सामाग्रीहरू व्यवस्थापन गर्न परिश्रम र प्रयास चाहिन्छ भन्ने सोचेर म अनिच्छुक भएँ। मैले सोचेँ, “मेरो स्वास्थ्य ठीक छैन, र यदि म थकानले ढलेँ भने, त्यसको कुनै अर्थ हुनेछैन। आखिरमा, म साधारण मामिलाको डिकन होइन, त्यसैले मैले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ।” फलस्वरूप, मैले आफ्नो शारीरिक स्वास्थ्यलाई मात्र ख्याल गरेँ र यी सामाग्रीहरू व्यवस्थापन गर्नतिर लागिनँ। पछि, अगुवाले अनुगमन गरेर सोध्नुभएपछि मात्र मैले बल्ल केही ब्रदर-सिस्टरहरूसँग मिलेर तिनलाई व्यवस्थापन गरेँ। त्यसपछि, अगुवाले मलाई साधारण मामिलाका केही कर्मचारीको मण्डली जीवनको अस्थायी जिम्मेवारी लिन भन्नुभयो। मैले मनमनै सोचेँ, “म यी मानिसहरूलाई राम्ररी बुझ्दिनँ। यदि कोही खराब स्थितिमा छ भने, मैले उनीहरूसँग सङ्गति गर्न र समाधान दिन सान्दर्भिक सत्यताहरू खोज्नुपर्छ। म पहिले नै आफ्नो कर्तव्यबाट पर्याप्त थाकिसकेकी छु, मेरो चक्कर लाग्ने समस्या हालसालै झन् बढेको छ, र मेरो कम्मर दुख्छ। म बरु आफ्नो फुर्सदको समयमा आराम गर्न चाहन्छु। के उनीहरूका लागि भेलाहरू आयोजना गर्दा मलाई झनै थकाउँदैन र?” त्यसैले मैले आफू सुपरिवेक्षक नभएको भन्दै अस्वीकार गरेँ। पछि, मैले उनीहरूमध्ये एक जना सिस्टर रोग बोकेर बाँचिरहेकी रहेछिन् र उनको आत्मिक स्थिति खराब रहेछ भन्ने थाहा पाएँ। मलाई अलि दोषी महसुस भयो। मसँग केही समय त थियो, तर म आफूलाई धेरै परिश्रम गराउन र आफ्नो अवस्था झन् खराब बनाउन मात्र डराएकी थिएँ। मैले आफ्नो स्थिति कहिल्यै समाधान नगरेकीले, जब-जब मेरो कर्तव्य अलि व्यस्त हुन्थ्यो वा म केही शारीरिक काम गर्थेँ, र मलाई थकित वा असहज महसुस हुन्थ्यो, त्यसबेला म चिन्तित हुन्थेँ, र सोच्थेँ, “के मेरो अवस्था फेरि बिग्रँदै छ? यदि एकदिन म आफ्नो साइकलबाट लडेर बाटोमै मरेँ भने के होला?” मैले त्यसबारे जति बढी सोचेँ, म त्यति नै डराएँ। मलाई मेरो अवस्था झन् खराब हुने र यसले मलाई आफ्नो कर्तव्य पूरा गर्नबाट रोक्ने हो कि, वा अझ भन्नुपर्दा, मैले आफ्नो ज्यान र मुक्ति पाउने मौका गुमाउने हो कि भन्ने डर थियो। त्यसैले मैले अगुवालाई सकेसम्म चाँडो साधारण मामिलाको डिकन छनोट गर्न कर गरिरहेँ। त्यसो भयो भने, मैले चिन्ता लिनु र अधिक काम गर्नु पर्दैनथ्यो। मैले सोच्दै नसोचेको कुरा, २०२३ को अगस्टको एक दिन, मलाई साधारण मामिलाको डिकनका रूपमा चुनिएछ। यो खबर सुनेर, मैले धेरै प्रतिरोध महसुस गरेँ, र सोचेँ, “मैले सोचेकी थिएँ, साधारण मामिलाको डिकन छानिएपछि, म पहिले जस्तै हलुका, सरल कर्तव्यहरूमा फर्कन सक्छु। उनीहरूले मलाई साधारण मामिलाको डिकन बनाउलान् भनेर मैले अपेक्षा गरेकी थिइनँ। साधारण मामिलाको डिकनले मण्डलीका सबै साधारण मामिलाहरूलाई निरन्तर ध्यान दिनुपर्छ, र कहिलेकाहीँ शारीरिक काम पनि गर्नुपर्छ। यदि मैले मेरो स्वास्थ्य बिगारेँ वा ज्यानै गुमाएँ भने, मैले कसरी मुक्ति प्राप्त गर्न सक्छु? यो कर्तव्य त म कुनै हालतमा गर्दिनँ।” त्यसैले मैले एउटा बहाना बनाएँ, र भनेँ, “मेरो क्षमता साधारण मामिलाको डिकनको कर्तव्यका लागि पर्याप्त छैन।” अगुवाले मसँग परमेश्वरको अभिप्रायबारे सङ्गति गर्नुभयो, र मलाई अझै खोजी गर्न भन्नुभयो। मलाई अलि दोषी महसुस भयो, र ब्रदर-सिस्टरहरूले मलाई डिकनका रूपमा छान्नुमा परमेश्वरको अनुमति छ भनेर मैले महसुस गरेँ। मैले अब प्रतिरोध गर्न मिल्दैनथ्यो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र तत्कालका लागि त्यसलाई स्वीकारेँ।
पछि, मैले निरन्तर आफ्नो रोगमा ध्यान दिनुले परमेश्वरको सार्वभौमिकताबारे मेरो बुझाइको कमी देखाउँछ भनेर मैले थाहा पाएँ, त्यसैले मैले यस सम्बन्धमा परमेश्वरका वचनहरू खोजेँ। एक दिन, मैले एउटा अनुभवात्मक गवाही भिडियो देखेँ जसमा परमेश्वरका वचनहरूको एउटा खण्ड थियो जसले मलाई धेरै मदत गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “त्यसपछि, स्वास्थ्य कमजोर भएका, कमजोर शरीर संरचना भएका र ऊर्जा नभएका, साना-ठूला रोग लागेका, दैनिक जीवनका आवश्यक कुराहरू समेत गर्न नसक्ने, सामान्य मानिसहरू जसरी जिउन वा यताउता गर्न नसक्ने मानिसहरू पनि छन्। यस्ता मानिसहरूले कर्तव्य पूरा गर्दा प्रायजसो असहज र बिसन्चो महसुस गर्छन्; कति त शारीरिक रूपमा कमजोर हुन्छन्, कतिलाई साँच्चिकै रोग लागेको हुन्छ, र अवश्य पनि, थाहा भएका र कुनै किसिमको सम्भावित रोग लागेका मानिसहरू पनि हुन्छन्। यस्ता मानिसहरूमा त्यस्तो व्यावहारिक रूपमा शारीरिक कठिनाइ हुने हुनाले, तिनीहरू बारम्बार नकारात्मक संवेगहरूमा डुब्छन् र हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्। अनि, तिनीहरूले के बारेमा हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्? तिनीहरूको चिन्ता के हुन्छ भने, यसरी नै आफ्नो कर्तव्य पूरा गरिरहे, यसरी नै परमेश्वरप्रति आफूलाई समर्पित गरिरहे र दौडधुप गरिरहे, र सधैँ यसरी नै थकित महसुस गरिरहे भने, तिनीहरूको स्वास्थ्य स्थिति झन्झन् बिग्रिँदै जाने पो हो कि? तिनीहरू ४०-५० वर्ष पुगेपछि नै तिनीहरू ओछ्यानमा पो पर्ने हुन् कि? के यी चिन्ता जायज छन्? छन् भने, के कसैले यसलाई हल गर्ने ठोस तरिका प्रदान गर्न सक्छ? यसको जिम्मेवारी कसले लिनेछ? को जवाफदेही हुनेछ? स्वास्थ्य स्थिति कमजोर भएका र शारीरिक रूपमा सबल नभएका मानिसहरूले यस्ता कुराहरूबारे नै हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्। रोग लागेका मानिसहरूले प्रायजसो यस्तो सोच्ने गर्छन्, ‘अहो, ममा आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प छ। मलाई यो रोग लागेको छ, र म परमेश्वरलाई मलाई सुरक्षा दिन बिन्ती गर्छु। परमेश्वरको सुरक्षा छ भने म डराउनु पर्दैन, तर यदि म कर्तव्य पूरा गर्ने क्रममा थकित भएँ भने, मेरो अवस्था झन् खराब हुने त होइन? यदि मेरो अवस्था साँच्चै झन् खराब भयो भने, मैले के गर्ने होला? यदि मलाई शल्यक्रिया गर्नको लागि अस्पताल भर्ना गर्नुपर्यो भने, बिल तिर्न मसँग पैसा छैन, त्यसकारण मैले उपचारको लागि सापटी लिइनँ भने, के मेरो अवस्था अझै खराब हुँदैन र? अनि अवस्था साँच्चै खराब भयो भने, म मरिहाल्ने पो हुँ कि? अनि के त्यस्तो मृत्युलाई सामान्य मृत्यु मानिनेछ? यदि म साँच्चै मरेँ भने, के परमेश्वरले मैले पूरा गरेको कर्तव्य सम्झनुहुनेछ? के मैले असल कर्म गरेको छु भनेर मानिनेछ? के मैले मुक्ति पाउनेछु?’ कतिपय मानिसहरूलाई आफू बिरामी छु भन्ने थाहा हुन्छ, अर्थात् तिनीहरूलाई कुनै वास्तविक रोग वा त्यस्तै प्रकारको कुनै रोग लागेको छ भन्ने थाहा हुन्छ, जस्तै पेटको रोग, कम्मर र खुट्टा दुख्ने, जोर्नी दुख्ने, हातखुट्टा दुख्ने, साथै छाला रोग, स्त्रीरोग, कलेजो रोग, उच्च रक्तचाप, मुटुरोग, आदि इत्यादि। तिनीहरूले सोच्छन्, ‘यदि मैले आफ्नो कर्तव्य पूरा गरिरहेँ भने, के परमेश्वरको घरले मेरो रोगको उपचार खर्च हेरिदिनेछ? यदि मेरो रोग झन् खराब भयो र यसले कर्तव्य पूरा गर्ने मेरो क्षमतामा असर पार्यो भने, के परमेश्वरले मलाई निको पार्नुहुनेछ? अरू मानिसहरू परमेश्वरमा विश्वास गरेपछि निको भएका छन्, त्यसकारण के म पनि निको हुनेछु? के परमेश्वरले अरूमाथि दया देखाउनुभएजस्तै मलाई पनि निको पार्नुहुनेछ? यदि मैले बफादारितासाथ आफ्नो कर्तव्य पूरा गरेँ भने, परमेश्वरले मलाई निको पार्नुपर्छ, तर मैले परमेश्वरले मलाई निको पार्नुहोओस् भनेर कामना गरेँ तर उहाँले निको पार्नुभएन भने, मैले के गर्ने होला?’ जब-जब तिनीहरूले यी कुराहरूबारे सोच्छन्, तिनीहरूलाई हृदयमा गहन बेचैनी पैदा भएको महसुस हुन्छ। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न कहिल्यै नछोडे पनि र आफूले गर्नुपर्ने कुरा सधैँ गरे पनि, तिनीहरू निरन्तर आफ्नो रोग, स्वास्थ्य स्थिति, भविष्य, र आफ्नो जीवन र मृत्युबारे मात्रै सोचिरहन्छन्। अन्त्यमा, तिनीहरूले यस्तो कामनापूर्ण निष्कर्ष निकाल्छन्, ‘परमेश्वरले मलाई निको पार्नुहुनेछ, र मलाई सुरक्षा दिनुहुनेछ। परमेश्वरले मलाई त्याग्नुहुनेछैन, र म बिरामी भएको देख्दा परमेश्वर हात बाँधेर बस्नुहुनेछैन।’ त्यस्ता विचारहरूको कुनै आधार हुँदैन, र ती एक प्रकारका धारणा नै हुन् भनेर पनि भन्न सकिन्छ। यस्ता धारणा र कल्पनाहरूद्वारा मानिसहरूले कहिल्यै पनि आफ्ना व्यावहारिक कठिनाइहरू समाधान गर्न सक्नेछैनन्, र तिनीहरूले हृदयभित्र अन्तस्करणमा आफ्नो स्वास्थ्य स्थिति र रोगबारे हैरानी, बेचैनी र चिन्ताको अस्पष्ट अनुभूति गर्नेछन्; यी कुराहरूको जिम्मेवारी कसले लिनेछ, वा तिनको जिम्मेवारी कसैले लिनेछ कि लिनेछैन भन्नेबारे तिनीहरूलाई केही थाहै हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरूसँग आफूलाई तुलना गर्दा, मैले आफू परमेश्वरले वर्णन गर्नुभएकै किसिमको व्यक्ति भएको देखेँ। शल्यक्रिया गरेर शारीरिक रूपमा कमजोर र अत्यन्तै चक्कर लाग्ने भएपछि, र मेरो मस्तिष्कमा रगतको सञ्चार पर्याप्त नभएको र मलाई मस्तिष्कमा जाने नसा हल्का साँघुरो भएको पत्ता लागेदेखि, म निरन्तर हैरानी र तनावमा जिइरहेकी थिएँ, र मेरो अवस्था झन् बिग्रेला, अनि पक्षाघात भएर थला पर्छु र आफ्नो कर्तव्य पूरा गर्न असक्षम हुन सक्छु, यदि त्यसो भयो भने मैले मुक्ति प्राप्त गर्ने मौका गुमाउँछु भनेर म सधैँ चिन्ता लिन्थेँ। विशेष गरी मण्डलीको मामिलामा आफ्नो कर्तव्य सुरु गरेपछि, मेरो अवस्था सुधार हुनुको सट्टा झन् खराब भयो। मलाई मेरो कर्तव्यमा धेरै परिश्रम गर्दा एक दिन म ढल्न सक्छु र चेतनहीन स्थितिमा पुग्न सक्छु भन्ने फिक्री थियो, त्यसैले म मेहनत गर्नुपर्ने र ध्यान दिनुपर्ने कामहरू गर्न अनिच्छुक थिएँ। म केवल आफ्नो शक्ति बचाउन र धेरै आराम गर्न चाहन्थेँ। मैले मण्डलीका सामाग्रीहरू व्यवस्थापन गर्नसमेत चाहिनँ, र म थकित हुने डरले ब्रदर-सिस्टरहरूका लागि भेलाहरू आयोजना गर्न पनि हिच्किचाएँ। फलस्वरूप, मैले एक जना सिस्टरको स्थितिलाई समयमै समाधान गर्न सकिनँ, र उनको जीवन प्रवेशमा ढिलाइ गराएँ। म आफ्नो कर्तव्यमा सधैँ आफ्नो शरीरको बारेमा सोचिरहेकी हुन्थेँ, र म आफ्नो स्वास्थ्य रक्षाका लागि सकेसम्म कम मेहनत गर्न चाहन्थेँ। म आफ्नो कर्तव्यप्रति कुनै बोझ महसुस गर्दिनथेँ। साधारण मामिलाको डिकनका रूपमा छानिएपछि, कतै म चिन्ताका कारण थकित भएर बिरामी पर्ने, अनि मैले मुक्तिको मौका गुमाउने हो कि भनेर म अझ बढी चिन्तित भएँ, र मैले प्रतिरोध महसुस गरेँ। मैले आफ्नो कमजोर क्षमताका कारण म यो कर्तव्यका लागि योग्य नभएको दाबी गर्दै छलसमेत गरेँ। वास्तवमा, मेरो अवस्था झन् बिग्रने हो वा होइन, र म बाँच्ने हो वा मर्ने हो, सबै परमेश्वरको हातमा छ। तर म तनाव र हैरानीमा जिइरहेकी थिएँ, र आफ्नै तरिकाहरूमा भर परेर आफ्नो शरीरको रक्षा गर्न खोजिरहेकी थिएँ। मैले परमेश्वरको सार्वभौमिकतामा भरोसा गरिरहेकी थिइनँ, र मैले ठ्याक्कै अविश्वासीले जस्तो व्यवहार गरिरहेकी थिएँ। यो महसुस गरेपछि, म आफ्नो अवस्थालाई परमेश्वरको हातमा सुम्पन र आफ्ना समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न इच्छुक भएँ।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “जब परमेश्वरले तँ बिरामी पर्ने प्रबन्ध गर्नुहुन्छ, तब त्यो बिमारी ठूलो भए पनि वा सानो भए पनि, उहाँले त्यसो गर्नुको उद्देश्य तँलाई बिरामी पर्नुका विस्तृत विवरणहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने विभिन्न असहजताहरू र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने विभिन्न भावनाहरू अनुभव गर्ने तुल्याउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी हुने प्रक्रियामा बिमारी अनुभव गर् भन्ने होइन। बरु, उहाँको उद्देश्य त तैँले त्यो बिमारीबाट पाठहरू सिक्, परमेश्वरका अभिप्राय कसरी बोध गर्ने भनी सिक्, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्वरप्रति तँमा हुने गलत मनोवृत्तिहरू जान्, परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन र परमेश्वरप्रति साँचो समर्पणता हासिल गर्न र आफ्नो गवाहीमा दृढ रहन सिक् भन्ने हो—मुख्य कुरा यही हो। परमेश्वरले तँलाई रोगबिमारीमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँ तैँले परमेश्वरमाथि राख्ने तेरा सबै अतिशयपूर्ण चाहना र माग पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि बाँच्न र आफूलाई जीवित राख्नका लागि गर्ने विभिन्न युक्ति, फैसला, र योजनाहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्वर तँलाई योजना बनाउन दिनुहुन्न, उहाँ तँलाई फैसला गर्न दिनुहुन्न, र उहाँ तँलाई उहाँबाट कुनै पनि अतिशयपूर्ण कुराको चाहना राख्न दिनुहुन्न; उहाँ त केवल तँलाई उहाँमा समर्पित हुनुपर्ने, र समर्पणतासम्बन्धी तेरो अभ्यास र अनुभवमा रोगप्रति तेरो आफ्नै मनोवृत्ति, र उहाँले तँलाई दिने यी शारीरिक अवस्थाहरूप्रतिको तेरो मनोवृत्ति, साथै तेरा व्यक्तिगत कामनाहरू जान्नुपर्ने माग गर्नुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्वरले तेरा लागि बिमारीका परिस्थितिहरू खडा गर्नु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्ने कुरा बुझ्न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्ने कुरा बुझ्न सक्छस्। त्यसकारण, जब तँमाथि रोगबिमारी आइपर्छ, तब तैँले सधैँ यसबाट कसरी छुटकारा पाउने वा यसबाट कसरी उम्कने वा यसलाई कसरी इन्कार गर्ने भनेर सोचिरहनु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वर भन्नुहुन्छ, हामीलाई रोग लाग्नु भनेको हामीलाई तनाव र हैरानीमा जिउने बनाइरहन होइन, न त हामीलाई त्यसबाट बच्न प्रयास गराउनका लागि हो, बरु त्यसबाट हामीलाई पाठ सिक्न लगाउन, रोगले सताउँदा हामीले प्रकट गर्ने भ्रष्टता र अशुद्धताहरू र गलत अभिप्रायहरू चिन्न लगाउनका लागि हो, ताकि हामी परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन सकौँ। आत्मचिन्तन गरेर मैले के देखेँ भने, रोग लागेपछि, म आफ्नो कर्तव्य पूरा गर्ने क्रममा अधिक परिश्रम गरेमा म पक्षाघात भएर थला पर्नेछु, र तब मैले साधारण कर्तव्यहरू समेत गर्न सक्नेछैन र अतः मुक्तिको मौका गुमाउँछु भन्नेमा निरन्तर चिन्तित थिएँ। त्यसपछि, आफ्नो कर्तव्य पूरा गर्दा, मैले सधैँ सकेसम्म कम मेहनत लगाउने कोसिस गरेँ, र साधारण मामिलाको डिकनका रूपमा छानिएपछि पनि, मैले छली हुने र त्यसलाई पन्छाउने कोसिस गरेँ। म सधैँ आफ्नो स्वास्थ्यबारे सोच्थेँ, आफ्नो भविष्यका सम्भाव्यता र मार्गहरूबारे चिन्ता गर्थेँ, र मण्डलीको कामका लागि एक रति पनि सोच्दिनथेँ। म अत्यन्तै स्वार्थी र घृणास्पद रहेछु! यो रोग नभएको भए, मेरा भित्री विद्रोहीपन र भ्रष्टता प्रकट हुने थिएनन्, शुद्ध र रूपान्तरित त झनै हुने थिएनन्। मैले परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुपर्थ्यो र पाठ सिक्न सत्यता खोज्नुपर्थ्यो।
पछि, मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “व्यक्तिको जीवनको मूल्य के हो? के यो खाने, पिउने, र रमाइलो गर्ने जस्ता देहसुखका लागि मात्रै हो? (अहँ, होइन।) त्यसोभए केको लागि हो? आफ्ना विचारहरू सुनाऊ। (सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नको लागि हो, व्यक्तिले कम्तीमा पनि हासिल गर्नुपर्ने कुरा यही हो।) त्यो सही हो। मलाई भन त, यदि सारा जीवनभर व्यक्तिका दैनिक विचार र गतिविधिहरू रोग र मृत्युबाट बच्नमा, आफ्नो शरीर स्वस्थ र रोगबाट मुक्त राख्नमा, र लामो आयु कायम राख्नमा केन्द्रित हुन्छ भने, के यसरी जिउनुको कुनै मूल्य, कुनै अर्थ हुन्छ? (हुँदैन।) यसरी जिउनुको कुनै मूल्य हुँदैन। … जब व्यक्ति यो संसारमा आउँछ, ऊ देहको आनन्द लिनका लागि आएको हुँदैन, न त ऊ खान, पिउन र रमाइलो गर्नका लागि नै आएको हुन्छ। व्यक्ति ती कुराहरूका लागि जिउनु हुँदैन; मानव जीवनको मूल्य त्यो होइन, न त त्यो सही मार्ग नै हो। मानव जीवनको मूल्य र पछ्याउनुपर्ने सही मार्ग केही मूल्यवान् कुरा सम्पन्न गर्नु र केही मूल्यवान् कामहरू पूरा गर्नुमा निहित हुन्छ। यसलाई करियर भन्न मिल्दैन; यसलाई सही मार्ग भनिन्छ, र यसलाई उचित काम पनि भनिन्छ। मलाई भन् त, के व्यक्तिले केही मूल्यवान् काम पूरा गर्न, अर्थपूर्ण र मूल्यवान् जीवन जिउन, अनि सत्यता पछ्याउन र प्राप्त गर्नका लागि मूल्य चुकाउनु सार्थक हुन्छ? (हुन्छ।) यदि तँ साँच्चै सत्यता खोज्न र बुझ्न चाहन्छस् भने, र जीवनको सही मार्ग हिँड्न, कर्तव्य राम्ररी पूरा गर्न, र बहुमूल्य र अर्थपूर्ण जीवन जिउन चाहन्छस् भने, तैँले तेरो सारा ऊर्जा लगाउन, मूल्य चुकाउन, र तेरा सबै समय र दिनहरू अर्पन हिचकिचाउनु हुँदैन। यदि यो अवधिमा तैँले थोरै रोगबिमार सहनुपर्यो भने पनि केही हुँदैन, यसले तँलाई चकनाचुर पार्दैन। के यो कुरा सहजता र फुर्सतको जीवन बिताउनु, पोषण पुग्ने र स्वस्थ रहने गरी शरीरको हेरचाह गर्नु, अनि अन्त्यमा लामो आयु प्राप्त गर्नुभन्दा निकै उत्कृष्ट कुरो होइन र? (हो।) यी दुईमध्ये कुन विकल्पचाहिँ मूल्यवान् जीवनको लागि हितकर हुन्छ? मानिसहरूले अन्त्यमा मृत्यु सामना गर्दा, यीमध्ये कुन विकल्पले तिनीहरूलाई सान्त्वना दिन्छ र कुनै पछुतो गराउँदैन? (अर्थपूर्ण जीवन जिउँदा।) अर्थपूर्ण जीवन जिउनु भनेको आफ्नो हृदयमा परिणामहरू पाएको र सान्त्वना मिलेको अनुभव गर्नु हो। मृत्यु हुनुअघिसम्मै राम्रो खाइरहने, र सुन्दरता कायम राखिराख्ने मानिसहरूको बारेचाहिँ के भन्न सकिन्छ? तिनीहरूले अर्थपूर्ण जीवनको खोजी गर्दैनन्, त्यसकारण मर्ने बेलामा तिनीहरूलाई कस्तो महसुस हुन्छ? (तिनीहरूले व्यर्थमा जिएछु जस्तो महसुस गर्छन्।) व्यर्थमा जिउनु—यी दुई शब्दहरू तीखा छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने यस जीवनमा परमेश्वरमा विश्वास गर्न, उहाँलाई पछ्याउन, र एक सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्षम हुनु, आफ्नो कर्तव्य राम्रोसँग गर्नु, र सृष्टिकर्ताको अनुमोदन कमाउनु अर्थपूर्ण र मूल्यवान छ, चाहे यसमा कष्ट र थकान नै किन नहोस्। यदि मैले लगनशीलतापूर्वक आफ्नो कर्तव्य पूरा गरिनँ र भौतिक आराम मात्र खोजेँ भने, मैले आफ्नो स्वास्थ्य स्याहारेँ र म बुढेसकालसम्म बाँचेँ भने पनि, मैले कुनै पनि मूल्य वा अर्थ नभएको व्यर्थ जीवन जिएकी हुनेथिएँ। मैले साधारण मामिलाको डिकनको कर्तव्य पूरा गर्न सक्नु भनेको परमेश्वरले मलाई उचालेको हुनु हो। यसमा कहिलेकाहीँ तनाव र थकान हुन सक्ने भए पनि, यदि मैले सिद्धान्तअनुसार आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सकेँ, सिद्धान्तअनुसार मण्डलीका सामाग्रीहरूको राम्रोसँग सुरक्षा गर्न सकेँ, र भेटीहरू र परमेश्वरका वचनका पुस्तकहरूलाई क्षति नपुर्याई ती सुरक्षित हुने सुनिश्चित गर्न सकेँ भने, मेरो हृदय शान्त र ढुक्क हुनेथियो। तर, यदि म आफ्नो स्वास्थ्य जोगाउनमा मात्र केन्द्रित भएँ, सोच र मेहनत चाहिने कुनै पनि काम गर्न अनिच्छुक भएँ भने, म आफ्नो स्वास्थ्य जोगाउन सफल भए पनि, यदि मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सकिनँ र मण्डलीको हितमा हानि पुर्याएँ, र परमेश्वरसामु एकपछि अर्को अपराध र दागहरू छोडेँ भने, अन्त्यमा, म परमेश्वरद्वारा तिरस्कृत हुनेथिएँ र मैले मुक्तिको मौका गुमाउनेथिएँ। परमेश्वरको अभिप्राय बुझेपछि, मैले अब पहिले जसरी जिउन चाहिनँ। म परमेश्वरलाई सन्तुष्ट पार्नका लागि आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न चाहन्थेँ। कहिलेकाहीँ कामहरू थुप्रिँदा, मलाई अझै पनि धेरै चिन्ता लिनुपर्ने र आफूले अधिक काम गर्नुपर्ने डर लाग्थ्यो, तर म परमेश्वरले योजनाबद्ध गर्नुभएका परिस्थितिहरूमा समर्पित हुन इच्छुक भएर उहाँलाई प्रार्थना गर्थेँ। मैले अब मेरो रोग झन् बिग्रेला वा म थकानले ढल्छु कि भनेर तनाव लिन छोडेँ, र म कसरी आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्ने भन्नेमा मात्र केन्द्रित भएँ।
एउटा भेलाको क्रममा, मैले अर्की सिस्टर पनि बिरामी भएको थाहा पाएँ, त्यसैले मैले उनीसँग आफ्नो अनुभव बाँडेँ। त्यसपछि हामीले परमेश्वरका वचनहरूको एउटा भजन सुन्यौँ:
मानिसको आयु परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ
…………
२ जब मानिसहरू बिमारीका कारण कष्ट भोगिरहेका हुन्छन्, तिनीहरू प्राय परमेश्वरअघि आउन सक्छन्, र आफूले गर्नुपर्ने काम सावधानी र सतर्कतासाथ गर्ने सुनिश्चित गर्न सक्छन्, र आफ्नो कर्तव्यलाई अरूले भन्दा अझै बढी होसियारी र लगनसाथ लिन सक्छन्। जहाँसम्म मानिसहरूको कुरा छ, यो सुरक्षा हो, जन्जिर होइन। यो नकारात्मक पक्षको तौरतरिका हो। यसका साथै, सबैको आयु परमेश्वरद्वारा पूर्वनियोजित गरिएको छ। कुनै रोग चिकित्साको दृष्टिकोणबाट ज्यानै जाने हुन सक्छ, तर परमेश्वरको दृष्टिकोणबाट, यदि तेरो आयु अझै सकिएको छैन र तेरो समय आउन बाँकी नै छ भने, तँ चाहेर पनि मर्न सक्दैनस्।
३ यदि तँलाई परमेश्वरले आज्ञा दिनुभएको छ, र तेरो मिसन पूरा भएको छैन भने, तँलाई प्राणघातक रोग लागे पनि, तँ मर्नेछैनस्—परमेश्वरले तँलाई अझै लानुहुनेछैन। यदि तँ प्रार्थना गर्दैनस् र सत्यता खोज्दैनस्, र आफ्नो रोगको उपचारमा ध्यान दिँदैनस्, वा तेरो उपचारमा ढिलाइ भयो भने पनि, तँ मर्नेछैनस्। यो कुरा विशेष गरी परमेश्वरले महत्त्वपूर्ण आज्ञा दिनुभएकाहरूका हकमा सत्य हो। जब तिनीहरूको मिसन पूरा हुन बाँकी हुन्छ, तब तिनीहरूलाई जुनसुकै रोग लागे पनि, तिनीहरू तुरुन्तै मर्नेछैनन्; तिनीहरू मिसन पूरा हुने अन्तिम क्षणसम्म जिउनेछन्।
…………
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरका वचनहरूबाट मैले ले बुझेँ भने मानिसको आयु परमेश्वरको हातमा हुन्छ, र जीवन र मृत्यु परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ। कुनै रोग गम्भीर भए पनि, यदि कुनै व्यक्तिको आयु सकिएको छैन भने, ऊ स्याहार नपाएर पनि मर्दैन, तर यदि उसको समय सकिएको छ भने, उत्कृष्ट स्याहार पाए पनि, ऊ बित्नेछ। मैले दस वर्षअघि मधुमेहका कारण सुरु भएको मेरा दाइको मुटु रोग स्मरण गरेँ। अस्पतालले धेरै पटक गम्भीर अवस्थाको सूचना जारी गर्यो, र उहाँलाई बचाउन सकिँदैन भन्यो। तर, केही समय घरमा आराम गरेपछि, उहाँको स्वास्थ्य बिस्तारै निको भयो, र उहाँ आजसम्म जीवित हुनुहुन्छ। तर उहाँको छोरा, बीस हाराहारीको एक बलियो युवक, बिरामी भएपछि सेनाबाट छुट्टी लिएर घर आयो, र अस्पतालले उसलाई रगतको क्यान्सर भएको बतायो। उनीहरूले सबैभन्दा राम्रो औषधि र उपकरण प्रयोग गरे, र उत्कृष्ट विशेषज्ञ डाक्टरहरूलाई देखाए, तर एक हप्ताभित्रै, ऊ बित्यो। यी घटनाहरूले मलाई मानव जीवन र मृत्यु साँच्चै नै परमेश्वरद्वारा नियोजित हुन्छन् भन्ने देखाए। तर कडा परिश्रमले मेरो अवस्था झन् बिगार्न सक्छ भनेर म सधैँ चिन्ता गर्थेँ, त्यसैले म आफ्नो कर्तव्य निर्वाह गर्दा हलुका र सजिलो कामहरू छान्थेँ, र यसले मेरो रोग झन् खराब हुन दिँदैन भन्ने सोच्थेँ। मैले जीवन र मृत्यु परमेश्वरको हातमा हुन्छ भनेर साँच्चिकै विश्वास गरेकी थिइनँ। वास्तवमा, परमेश्वरले मेरो आयु पहिले नै पूर्वनिर्धारित गर्नुभएको छ, र यस बारेमा चिन्ता गर्नु आवश्यक छैन, किनभने यसले मलाई बाँध्ने र चोट पुऱ्याउने मात्र गर्छ, र मलाई मेरो कर्तव्यप्रति बफादार हुनबाट र मैले राम्रोसँग गर्न सक्ने कर्तव्यलाई राम्रोसँग गर्नबाट रोक्छ। यो कुराको बुझाइले मलाई विश्वास दियो। त्यसपछि मैले सामान्य ढङ्गले औषधि खाएँ र सकेको बेला व्यायाम गरेँ, र अब म मृत्युको डरले बाँधिन छोडेँ। अझै पनि म हरेक दिन आफ्नो कर्तव्यमा व्यस्त थिएँ, तर मलाई आफ्नो अवस्था बिग्रँदै गएजस्तो लागेन। वास्तवमा, मैले दिन प्रतिदिन झन् ऊर्जावान् महसुस गरेँ।
पछि, एक जना सिस्टरसँग मेरो हालको स्थितिबारे कुरा गर्ने क्रममा, उहाँको सम्झौटाहरू मार्फत, मैले निरन्तर चिन्ता गर्नु र तनाव लिनुको पछाडि आशिष् पाउने मेरो अभिप्राय रहेछ भनेर थाहा पाएँ। मैले परमेश्वरका यी वचनहरू पढेँ: “धेरै मानिसहरू ममा केवल यस कारणले विश्वास गर्छन् कि म उनीहरूलाई निको पारिदिऊँ। धेरैले ममा मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मेरो आफ्नो शक्ति प्रयोग गरूँ भनेर मात्र विश्वास गर्छन्, अनि धेरैले ममा तिनीहरूले मबाट शान्ति र आनन्द प्राप्त गर्न सकून् भनेर मात्र विश्वास गर्छन्। मबाट अझ धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्हरू प्राप्त गर्नलाई धेरैले ममा विश्वास गर्छन्। धेरैले अस्थायी सहजताका निम्ति मात्र ममा विश्वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्त गर्न खोज्दैनन्। जब म मेरो क्रोध मानिसहरूलाई प्रदान गर्छु र कुनै समय तिनीहरूसँग भएका सबै आनन्द र शान्ति खोस्छु, तब तिनीहरू सशङ्कित हुन्छन्। जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष् फिर्ता लिन्छु, तब तिनीहरू क्रोधित हुन्छन्। जब मानिसहरू आफूलाई निको पारिदिन भनी मलाई बिन्ती गर्छन् र म तिनीहरूलाई ध्यान दिन्नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्वास गर्ने गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। “भ्रष्ट मानव सबै आफ्नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सारांश यही हो। मानिसहरू सबैले आफ्नै खातिर परमेश्वरमा विश्वास गर्छन्; तिनीहरू आशिषित् हुनकै लागि कामकुरा त्याग्छन् र आफूलाई समर्पित गर्छन्, साथै तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सहने कष्ट र चुकाउने मूल्य पनि इनाम प्राप्त गर्नका लागि हो। छोटकरीमा भन्दा, यो सबै आशिषित् हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्यले गरिन्छ। संसारमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्, र परमेश्वरको घरमा, तिनीहरू आशिष्हरू प्राप्त गर्नका लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्हरू प्राप्त गर्नका खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्छन् र धेरै कष्ट सहन सक्छन्। यो सबै मानिसहरूमा शैतानी प्रकृति हुन्छ भन्ने कुराको सबैभन्दा प्रस्ट प्रमाण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरले खुलासा गर्नुहुन्छ, हामी उहाँबाट विभिन्न लाभहरू माग गर्ने अभिप्रायले उहाँमा विश्वास गर्छौँ। यसका पछाडि, अशुद्धता र मनसायहरू छन्। परमेश्वरका वचनहरूबारे चिन्तन गर्दा, मैले आफू ठ्याक्कै परमेश्वरले खुलासा गर्ने किसिमको व्यक्ति भएको देखेँ। मैले आशिष् र अनुग्रह पाउनका लागि परमेश्वरमा विश्वास गरेकी थिएँ। म परमेश्वरसँग सौदाबाजी गर्न खोजिरहेकी थिएँ। जब मैले पहिलो पटक परमेश्वरलाई पाएँ, मेरो वर्षौँदेखि नाकको भित्री भाग पोल्ने एलर्जी निको भयो, त्यसैले मैले परमेश्वरलाई सर्वशक्तिमान् वैद्य मानेँ, जसले रोगहरू निको पार्न सक्ने मात्र नभई हामीलाई प्रकोपबाट बच्न, मुक्ति पाउन, र बाँच्न पनि दिनुहुन्छ, त्यसैले म लगनशीलतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न इच्छुक थिएँ। यो मस्तिष्कको शल्यक्रियापछि, मलाई मैले आफ्नो कर्तव्य पूरा गर्न सक्नेछैनँ र मुक्ति पाउनेछैनँ भन्ने डर थियो, त्यसैले मैले आफ्नो कमजोरीको बाबजुद स्वयंसेवी भएर कर्तव्यहरू सम्हालेँ। मैले सोचेकी थिएँ, जबसम्म आफ्नो कर्तव्य पूरा गर्न सक्छु, तबसम्म मुक्तिको आशा हुनेछ। जब साधारण मामिलाको डिकन र मेरा सहकर्मी सिस्टरहरूले सुरक्षा जोखिमको सामना गरे र उनीहरू लुक्नुपर्यो, मैले मण्डलीको हितलाई प्राथमिकता दिनुपर्थ्यो, र आफूले व्यवस्थापन गर्न सक्ने साधारण मामिलाका कर्तव्यहरू सम्हाल्नुपर्थ्यो, तर मलाई धेरै काम गर्दा म आफ्ना कर्तव्यलाई निन्तरता दिन असमर्थ हुनेछु, र त्यसरी मुक्तिको मौका गुमाउनेछु भन्ने डर थियो, त्यसैले मैले सहकार्य गर्न चाहिनँ। मैले साधारण मामिलाको काम पनि परमेश्वरले मेरो सुरक्षा गर्नुहुनेछ र मलाई चाँडै निको पार्नुहुनेछ भन्ने आशामा नै मन नलागी-नलागी सम्हालेकी थिएँ। पछि, मेरो रोग सुधार हुनुको सट्टा झन् खराब भयो, त्यसैले मैले अब मूल्य चुकाउन चाहिनँ, र म आफ्नो कर्तव्यमा निष्क्रिय भएँ, र प्रायः अगुवालाई छिट्टै साधारण मामिलाको डिकन खोज्न कर गर्थेँ ताकि म सजिलो कर्तव्यमा फर्कन सकूँ। मैले परमेश्वरमाथिको मेरो विश्वास उहाँको अनुग्रह र आशिष्हरू खोज्नमै केन्द्रित भएको देखेँ। म सधैँ आफूले दिएको भन्दा बढी पाउन चाहन्थेँ, र मैले कसरी आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्ने र परमेश्वरको अभिप्रायलाई ख्याल गर्ने भनेर सोचिरहेकी थिइनँ। मेरो प्रकृति अत्यन्तै स्वार्थी र घृणित रहेछ। म त आशिष् र शान्ति प्राप्त गर्नका लागि मात्र परमेश्वरमा विश्वास गरिरहेकी थिएँ। कर्तव्य पूरा गर्नु एक सृजित प्राणीको जिम्मेवारी हो, तर म आफ्ना कर्तव्य प्रयोग गरेर मुक्ति पाउन र बाँच्न मात्र परमेश्वरमा विश्वास गरिरहेकी थिएँ। यस प्रकारको विश्वास परमेश्वरलाई धोका दिने र चलाकी गर्ने प्रयास हो। मसँग परमेश्वरको डर मान्ने हृदय पटक्कै थिएन। यस्तो व्यवहारलाई परमेश्वरले घृणा र तिरस्कार गर्नुहुन्छ! परमेश्वरले मलाई आफ्नो कर्तव्य पूरा गर्ने अवसर दिनुभएको छ, त्यसैले मैले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नुपर्छ, र सकेसम्म आफ्नो जिम्मेवारीहरू वहन गर्नुपर्छ। परमेश्वरले मेरा लागि जस्तोसुकै परिणाम वा गन्तव्य तय गर्नु भए पनि वा मेरो शारीरिक अवस्था जस्तोसुकै भए पनि, म अब परमेश्वरसँग सौदाबाजी गर्न चाहन्नँ। म केवल सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न मात्र चाहन्छु।
यो रोग मार्फत, मैले मेरा लागि परमेश्वरको मुक्ति देखेकी छु। परमेश्वरले यो रोगलाई प्रयोग गरेर मलाई सत्यता खोज्न अगुवाइ गर्नुभयो, जसले मलाई मेरो भ्रष्ट स्वभावबारे केही बुझाइ प्राप्त गर्न मद्दत गर्यो। यो त साँच्चै छुपेको वरदान थियो!