५६. प्रतिकूल परिस्थितिमा कर्तव्यमा दृढ रहनु

लि यान, चीन

२०२३ को मार्च २१ को बिहान, मैले एउटी सिस्टरबाट एउटा पत्र पाएँ, जसमा उनीहरूको भेलापछि, झाओ जुन नाम गरेका एक जना अगुवा केही कामको सिलसिलामा बाहिर जाँदा पक्राउ परेको, र उनले हामीलाई तुरुन्तै बाँकी रहेका कामहरू सम्हाल्न भनेकी रहेछिन्। यो खबर सुन्दा मलाई धेरै चिन्ता लाग्यो र मेरो मुटु ढुकढुक भयो, “झाओ जुनले हाम्रो मण्डलीमा एक वर्षभन्दा बढी समयदेखि काम गरिरहेका छन्, र उनी धेरै अतिथि सत्कारक निवासहरूमा गएका छन्, त्यसैले ती घरहरूमा कर्तव्य निर्वाह गरिरहेकाहरू र परमेश्‍वरका वचनका पुस्तकहरूलाई सार्नुपर्ने हुन्छ। यतिखेर हामीले ती कहाँ सार्ने? यदि झाओ जुन यहाँको कामको जिम्मा लिने मुख्य अगुवा हुन् भन्‍ने कुरा प्रहरीले थाहा पायो भने, उनीहरूले मानिसहरूलाई समात्न सायद यो क्षेत्रमा निगरानी गर्नेछन्। केही दिन अघि मात्रै, झाओ जुन म बस्ने अतिथि सत्कारक निवासमा थिए।” म ठूलो खतरामा छु र म जुनसुकै बेला पक्राउ पर्न सक्छु जस्तो मलाई लाग्यो। मैले मेरो हृदयमा निरन्तर परमेश्‍वरलाई पुकारिरहेँ, र मेरो हृदयको रक्षा गरिदिनुहोस् भनी उहाँसँग बिन्ती गरेँ। प्रार्थना गरेपछि, मलाई अलिक शान्ति मिल्यो। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “आस्था भनेको साँघु जस्तै हुन्छ: जीवनलाई पक्रिरहने र मृत्युको डर मान्‍नेहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहनेहरू, नडगमगाई र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले डरपोक र भयका विचारहरू राख्छ भने, यो शैतानले उसलाई मूर्ख बनाएकाले हो, हामी आस्थाको पुल पार गरेर परमेश्‍वरभित्र प्रवेश गरौँला भनी त्यो डराएको हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। परमेश्‍वरका वचनहरूले मलाई के कुरा बुझाए भने, यो परिस्थिति मेरो लागि एउटा परीक्षा हो। यदि म कायर बनेँ र मेरा जिम्मेवारीहरू पूरा गर्न असफल भएँ, र यसले गर्दा परमेश्‍वरका वचनका पुस्तकहरू प्रहरीको हातमा पर्यो भने, के यो मेरो कर्तव्यको बेवास्ता हुनेछैन र? मैले मण्डलीको हितको रक्षा गर्नुपर्थ्यो र विश्‍वासका साथ परमेश्‍वरको कामको अनुभव गर्नुपर्थ्यो। यो महसुस गरेपछि ममा आत्मविश्‍वास बढ्यो, र मैले हतार गर्दै मसँग सहकार्य गर्ने ब्रदर-सिस्टरहरूसँग यसबारे छलफल गरेँ, अनि हामी बाँडिएर परमेश्‍वरका वचनका पुस्तकहरू र कर्तव्य निर्वाह गरिरहेकाहरूलाई सार्ने काममा लाग्यौँ।

हामीले सार्ने काम सिध्याएलगत्तै, माथिल्लो नेतृत्वबाट एउटा पत्र प्राप्त गर्यौँ, जसमा मसँग सहकार्य गरिरहेकी सिस्टर लिउ वे पनि पक्राउ परेकी छिन् भन्‍ने उल्लेख थियो। यी लगातारका पक्राउहरूको सामना गर्दा, मलाई अचानक मेरो शरीर नै कमजोर र शिथिल भएको महसुस भयो, र मैले सोचेँ, “लिउ वे पनि कसरी पक्राउ पर्न सक्छिन्? मैले उनीसँग हाम्रा कर्तव्यहरूमा एक वर्षभन्दा बढी समयदेखि सहकार्य गरिरहेकी छु। के यसको अर्थ म पनि प्रहरीको निगरानीमा छु? यदि म निगरानीमा छु भने, म जुनसुकै बेला वा जहाँसुकै पक्राउ पर्न सक्छु! यदि प्रहरीले मलाई समात्यो भने, उनीहरूले मलाई मरणासन्न हुने गरी कुट्नेछन्। यदि उनीहरूले साँच्चै मलाई कुटेर मारे वा अपाङ्ग बनाइदिए भने के होला?” लिउ वेलाई कर्तव्य निर्वाह गरिरहेका धेरै ब्रदर-सिस्टरहरूको घरको ठेगाना थाहा थियो भन्‍ने पनि मैले विचार गरेँ, त्यसैले मैले जोखिममा रहेका ब्रदर-सिस्टरहरू र परमेश्‍वरका वचनका पुस्तकहरूलाई छिटो सार्नुपर्ने थियो। यो सब सोच्दा मलाई असाध्यै छटपटी भयो, त्यसैले म तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्न घुँडा टेकेँ, “हे परमेश्‍वर! लिउ वे पक्राउ परेको खबरले मलाई एकदमै चिन्तित र भयभीत बनाएको छ; यतिखेर के गर्ने मलाई थाहा छैन। हे परमेश्‍वर! मेरो कद ज्यादै सानो छ, र यो परिस्थितिलाई कसरी पार गर्ने मलाई थाहा छैन। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् अनि मलाई विश्‍वास दिनुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “तैँले जान्नुपर्छ कि तेरो वरिपरिको सारा वातावरणलाई मैले अनुमति दिएको हुँ र मैले नै तिनको प्रबन्ध गरेको हुँ। यसबारे स्पष्ट हो र मैले तँलाई दिएको वातावरणमा मेरो हृदयलाई सन्तुष्ट बना। यो वा त्यो कुराको डर नमान्, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तेरो सहायक शक्ति हुनुहुन्छ, र उहाँ तेरो ढाल हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २६)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र साहस दिए। परमेश्‍वर मेरो सहारा हुनुहुन्थ्यो, जबसम्म म उहाँमा भर पर्छु र उहाँतर्फ हेर्छु, तबसम्म उहाँ मसँग हुनुहुनेथियो। अब लिउ वे पक्राउ परिसकेकी हुनाले, मैले परमेश्‍वरका वचनका पुस्तकहरू र कर्तव्य निर्वाह गरिरहेकाहरूलाई सार्ने उपाय खोज्नैपर्थ्यो—यो मेरो कर्तव्य र जिम्मेवारी थियो। यो कुरा मनमा लिँदा, मेरो चिन्ता अलि कम भयो। त्यो रात, १० बजेपछिको कुनै समयमा, एक जना ब्रदर र मैले यी कामहरू आपसमा बाँड्यौँ।

त्यसको लगत्तै, हामीले माथिल्लो नेतृत्वबाट अर्को पत्र प्राप्त गर्यौँ, जसमा झाओ जुनले आफूले गरेका सबै कर्तव्यहरूबारे स्वीकार गरेको कुरा उल्लेख थियो, तर यतिखेर, उनले अरू केही कुरा खुलाएका छन् कि छैनन् भन्‍ने अझै अज्ञात थियो, त्यसैले हामीलाई सावधान रहन चेतावनी दिइएको थियो। मैले सोचेँ, “यदि झाओ जुनले म अगुवा हुँ भनेर खुलाइदिए भने, के प्रहरीले मप्रति कहिल्यै नरम व्यवहार गर्ला र? यदि म पक्राउ परेँ भने, के मैले ती चिनियाँ कम्युस्ट पार्टीका दानवहरूको यातना सहन सक्छु? यदि मलाई कुटेर मारियो भने के होला?” मैले जति यसबारे सोचेँ, मलाई त्यति नै डर लाग्यो, र म साँच्चै यो खतरनाक ठाउँबाट जतिसक्दो चाँडो निस्कन चाहन्थेँ। तर फेरि मैले मेरा सहकार्य गर्ने ब्रदर-सिस्टरहरू पक्राउ परेका र सम्हाल्नुपर्ने बाँकी कामहरू अझै धेरै छन् भन्‍ने बारेमा सोचेँ। यदि म यस्तो महत्त्वपूर्ण समयमा मेरा जिम्मेवारीहरू पूरा गर्न असफल भएँ भने, के म टाउको लुकाउने कछुवाझैँ हुनेछैनँ र? यदि म खतराको सामना गर्दा, परमेश्‍वरका वचनका पुस्तकहरू र ब्रदर-सिस्टरहरूको सुरक्षालाई बेवास्ता गर्दै लुकेँ भने, यो पूर्ण रूपमा गैरजिम्मेवारीपन र परमेश्‍वरप्रतिको गम्भीर धोका हुनेछ! तर मलाई के डर थियो भने, यदि म यहाँबाट गइनँ भने म पक्राउ पर्नेछु। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म मेरो कर्तव्य त्यागेर यो ठाउँ छोड्न चाहन्छु, तर मलाई यो तपाईँको अभिप्रायअनुरूप छैन भन्‍ने थाहा छ। हे परमेश्‍वर, कृपया मलाई विश्‍वास र शक्ति दिनुहोस् ताकि म यो परिस्थितिमा दृढ भएर खडा हुन सकूँ।”

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “शैतान जतिसुकै ‘अत्यन्तै शक्तिशाली’ भए पनि, यो जतिसुकै दुस्साहसी र महत्त्वाकाङ्क्षी भए पनि, क्षति पुऱ्याउने यसको क्षमता जतिसुकै ठूलो भए पनि, मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने यसका सक्षमताहरूको दायरा जतिसुकै फराकिलो भए पनि, यसले मानिसलाई धम्काउने युक्ति र जालझेलहरू जतिसुकै चलाख भए पनि, वा यसको अस्तित्वका रूपहरू जतिसुकै विविध भए पनि, यसले कहिल्यै एउटै जीवित प्राणी सृष्टि गर्न, यावत् थोकको अस्तित्वका लागि व्यवस्था वा नियमहरू स्थापित गर्न, वा कुनै पनि सजीव वा निर्जीव वस्तुमाथि शासन गर्न वा सार्वभौमिकता राख्न सकेको छैन। ब्रह्माण्ड र आकाशभित्र, एउटा पनि व्यक्ति वा थोक छैन जुन यसद्वारा अस्तित्वमा ल्याइएको होस् वा यसको कारणले अस्तित्वमा रहेको होस्; यसको सार्वभौमिकता वा शासनअन्तर्गत एउटा पनि व्यक्ति वा थोक छैन। यसको विपरीत, यो परमेश्‍वरको प्रभुत्वअन्तर्गत अस्तित्वमा रहनुपर्ने मात्रै होइन, यसले परमेश्‍वरका सबै आज्ञा र आदेश पनि पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएको एक थोपा पानी वा बालुवाको एक कणलाई सजिलै छुन समेत सक्दैन; परमेश्‍वरको अनुमतिविना, शैतानले जमिनमा भएका कमिलाहरूलाई समेत छेडछाड गर्न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिको त कुरै छोडौँ। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिलीहरू, हावामा उड्ने चराहरू, समुद्रका माछाहरू, र पृथ्वीका कीराहरूभन्दा तुच्छ छ। यावत् थोकहरूमाझ यसको भूमिका भनेको यावत् थोकहरूको सेवा गर्नु, मानवजातिको सेवा गर्नु, र परमेश्‍वरको काम र उहाँको व्यवस्थापनको योजनाको सेवा गर्नु हो। यसको प्रकृति जतिसुकै दुर्भावपूर्ण भए पनि, र यसको सार जतिसुकै दुष्ट भए पनि, यसले गर्न सक्ने एउटै कुरा भनेको आज्ञाकारी भई आफ्नो कार्य पूरा गर्नु हो: परमेश्‍वरलाई सेवा प्रदान गर्नु—एक प्रतिभारका रूपमा राम्ररी सेवा गर्नु। शैतानको सार र मौलिक स्थान यही हो। जीवन, शक्ति, वा अख्तियारसँग यसको सारको कुनै सम्बन्ध छैन; यो परमेश्‍वरको हातमा भएको एउटा खेलौना मात्रै हो, परमेश्‍वरले सेवाका लागि प्रयोग गर्नुहुने एउटा यन्त्र मात्रै हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्‍वरका वचन मनन गर्दा, मैले विश्‍वास र शक्ति प्राप्त गरेँ, र मैले सबै थोक र घटनाहरू परमेश्‍वरकै हातमा छन् भन्‍ने महसुस गरेँ। ठूलो रातो अजिङ्गर जतिसुकै क्रूर र दुष्ट भए पनि, यो केवल परमेश्‍वरको हातको एउटा गोटी मात्र हो, र आफ्ना चुनिएका मानिसहरूलाई सिद्ध पार्न परमेश्‍वरको सेवा गर्ने एउटा औजार हो। परमेश्‍वरको अनुमतिबिना, शैतान जतिसुकै क्रूर भए पनि यसले हामीलाई केही गर्न सक्दैन। मैले २०१२ को डिसेम्बर महिनाको एउटा रात सम्झेँ, जुन बेला एउटा भेलाको दौरान, जब सात-आठ जना प्रहरी अधिकृतहरू एक्कासी भित्र पसेका थिए। जब उनीहरूको ध्यान अन्यत्र थियो, मौका छोपेर म बाहिर भागेँ। तर जब म समुदायको गेटमा पुगेँ, तब त्यहाँ दुई जना पहरा दिइरहेका प्रहरी अधिकृतहरूले मलाई बाटो छेके, त्यसैले म फन्को मारेँ र पछाडि भागेँ। मलाई समात्नका लागि प्रहरीले समुदायको हरेक घर खानतलासी गर्न एउटा टोली खटायो। उनीहरूले म लुकेको दोस्रो तला खानतलासी गर्नै लाग्दा, म भर्याङ नजिकैको कुनामा लुकेँ, र जब प्रहरी त्यसको छेउमा खानतलासी गर्न घुमेर आए, तब म समुदायको मुख्य प्रवेशद्वारबाट भागेँ। अचम्मको कुरा, ती दुई जना प्रहरीले मलाई चिनेनन्, र म मुस्किलले विपत्तिबाट उम्किएँ। र यसपटक पनि, झाओ जुन र लिउ वे पक्राउ पर्दा, हाम्रा कल्पनाअनुसार त, हाम्रो स्थान धेरै खतरनाक देखिन्थ्यो, र यो समयमा, मैले निरन्तर बाँकी रहेका कामहरू सम्हालिरहेकी थिएँ र जुनसुकै बेला निगरानीमा पर्ने र पक्राउ पर्ने जोखिम मोलिरहेकी थिएँ। तर परमेश्‍वरको अनुमतिबिना, प्रहरी जतिसुकै क्रूर भए पनि उनीहरूले मलाई पक्राउ गर्न सक्दैनथे। यी तथ्यहरूबाट, मैले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकता देखेँ, र सबै कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने थाहा पाएँ। यदि परमेश्‍वरले अनुमति दिनुभएन भने, प्रहरीले जतिसुकै चाहे पनि मलाई समात्न सक्दैनथे, यदि परमेश्‍वरले मलाई पक्राउ पर्न अनुमति दिनुभयो भने, म जहाँसुकै लुके पनि उम्कन सक्ने थिइनँ। यो महसुस गरेपछि, मैले विश्‍वास र शक्ति प्राप्त गरेँ, र मैले बाँकी रहेका कामहरू सम्हाल्न जारी राखेँ।

मे १६ को बिहान, मैले अर्को एक जना सहकार्य गर्ने सिस्टर, सिन यी पनि पक्राउ परेको कुरा थाहा पाएँ, र मेरो हृदय भारी भयो। माथिल्लो नेतृत्वले हामीलाई सिन यीको अतिथि सत्कारक निवासमा रहेका ब्रदर-सिस्टरहरूलाई सर्नका लागि तुरुन्तै खबर गर्न आग्रह गर्दै एउटा पत्र पठायो। मैले सोचेँ, “यदि म उनीहरूलाई खबर गर्न गएँ र त्यहाँ प्रहरी ढुकेर बसेका रहेछन् भने, के म आफै गएर पासोमा पर्नेछैनँ र? यदि प्रहरीलाई म अगुवा हुँ भन्‍ने थाहा भयो भने के होला? उनीहरूले मलाई अझ नराम्ररी यातना दिनेछन्। उनीहरूले मलाई मारेनन् भने पनि, पक्कै अपाङ्ग त बनाउनेछन्! अनि यदि म मरेँ भने के होला? के मैले अझै मुक्ति पाउन सक्छु र?” मैले जति यसबारे सोचेँ, मलाई त्यति नै डर लाग्यो। मलाई म ठूलो खतरामा छु जस्तो लाग्यो। म झ्यालतिर गएँ र मैले लामो सुस्केरा हालेँ, अनि सोचेँ, “म जाऊँ कि नजाऊँ? यदि म गइनँ भने, अरू ब्रदर-सिस्टरहरूले सिन यीको अतिथि सत्कारक निवास फेला पार्न सक्नेछैनन्। के म त्यहाँका ब्रदर-सिस्टरहरू पक्राउ परेको टुलुटुलु हेरेर मात्र बस्ने त?” मैले यसबारे धेरै बेर गहिरिएर सोचेँ, मलाई पीडा भयो र के गर्ने भन्‍ने अन्योल भयो। मैले घुँडा टेकेर परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो विश्‍वास ज्यादै सानो छ; म डर र कायरतामा जिइरहेको छु र म ब्रदर-सिस्टरहरूलाई खबर गर्न बाहिर जान चाहन्नँ। म कति स्वार्थी छु! हे परमेश्‍वर, म तपाईँमा भर पर्न र तपाईँको बाटो हेर्न चाहन्छु। कृपया मलाई विश्‍वासका साथ यो परिस्थितिलाई पार गर्न विश्‍वास र शक्ति दिनुहोस्, र कृपया मलाई मेरो भ्रष्टता बुझ्न डोर्‍याउनुहोस्।”

प्रार्थना गरेपछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। परमेश्‍वरमाथि तिनीहरूसँग साँचो विश्‍वास हुँदैन, परमेश्‍वरप्रतिको बफादारी हुने कुरा त परै जाओस्; जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले केवल आफूलाई बचाउँछन् र आफ्नो सुरक्षा गर्छन्। तिनीहरूका लागि, आफ्नो सुरक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तिनीहरू जीवित रहेसम्म र पक्राउ नपरेसम्म पुग्यो, तिनीहरूले मण्डलीको काममा कति हानि पुगेको छ भन्ने कुराको वास्ता गर्दैनन्। यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीको कामबारे बिल्कुलै सोच्दैनन्, तिनीहरूले आफ्नै सुरक्षाबारे मात्र सोच्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। जब परमेश्‍वरप्रति बफादार र परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरूलाई यस्ता कुराहरू आइपर्छन्, उनीहरूले ती कुराको सामना कसरी गर्छन्? तिनीहरूले गर्ने कार्य ख्रीष्टविरोधीहरूले गर्ने कार्यभन्दा कसरी फरक हुन्छ? (परमेश्‍वरप्रति बफादार मानिसहरूको जीवनमा यस्ता कुराहरू आइपर्दा, तिनीहरूले परमेश्‍वरको घरको हित रक्षा गर्न, परमेश्‍वरको घरको भेटीमा घाटा हुनबाट जोगाउने उपायहरू सोच्छन् अनि तिनीहरूले घाटा कम गराउन अगुवा र सेवकहरू, दाजुभाइ-दिदीबहिनीहरूको लागि आवश्यक व्यवस्था गर्छन्। ठीक यसै बेला, ख्रीष्टविरोधीहरूले चाहिँ सुरुमा आफूलाई रक्षा गर्ने कुरा सुनिश्‍चित गर्छन्। तिनीहरूलाई मण्डलीको काम वा परमेश्‍वरका चुनिएका मानिसहरूको सुरक्षाको चिन्ता हुँदैन, र जब मण्डलीले पक्राउहरू सामना गर्छ, तब यसले मण्डलीको काममा घाटा निम्त्याउँछ।) ख्रीष्टविरोधीहरू मण्डलीको काम र परमेश्‍वरको भेटी छोडेर हिँड्छन्, र तिनीहरू घटनाका असरहरू समाधान गर्न मानिसहरू खटाउँदैनन्। यो त ठूलो रातो अजिङ्गरलाई परमेश्‍वरको भेटी र उहाँका चुनिएका मानिसहरू खोस्न अनुमति दिनुजस्तै हो। के यो परमेश्‍वरका भेटीहरू र उहाँका चुनिएका मानिसहरूप्रति गुप्त रूपमा धोका दिनु होइन र? परमेश्‍वरप्रति बफादार मानिसहरूलाई वातावरण खतरनाक छ भन्‍ने स्पष्टसित थाहा हुँदा पनि तिनीहरू घटनाको घटना सम्‍हाल्‍ने खतरा मोल्‍छन्, अनि आफू पछि हट्नुअघि परमेश्‍वरको घरमा हुने घाटा कम बनाइराख्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दैनन्। मलाई भन्, ठूलो रातो अजिङ्गरको यो दुष्ट देशमा, परमेश्‍वरमा विश्‍वास गर्दा र आफ्‍नो कर्तव्य निभाउँदा पटक्कै खतरा छैन भनेर कसले सुनिश्चित गर्न सक्छ? व्यक्तिले जुनसुकै कर्तव्य लिए पनि, यसमा केही खतरा हुन्छ नै—तैपनि कर्तव्य निभाउनु परमेश्‍वरको आज्ञा हो, र परमेश्‍वरलाई पछ्याउने क्रममा, व्यक्तिले आफ्‍नो कर्तव्य निभाउने खतरा मोल्‍नैपर्छ। व्यक्तिले बुद्धि चलाउनुपर्छ, र आफ्‍नो सुरक्षा सुनिश्‍चित गर्न उपायहरू अपनाउनुपर्छ, तर व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिनु हुँदैन। उसले पहिले परमेश्‍वरका अभिप्रायहरूलाई विचार गर्नुपर्छ, उहाँको घरको कामलाई पहिलो स्थानमा राख्‍नुपर्छ र सुसमाचार सुनाउने कार्यलाई पहिलो स्थानमा राख्‍नुपर्छ। परमेश्‍वरले तिनीहरूलाई दिनुभएको आज्ञा पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र यो नै पहिले आउँछ। ख्रीष्टविरोधीहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई उच्च प्राथमिकता दिन्छन्; तिनीहरू अरू कुनै कुरासित तिनीहरूको सम्बन्ध छैन भनी विश्‍वास गर्छन्। अरू कसैलाई केही भयो भने तिनीहरू वास्ता गर्दैनन्, चाहे त्यो व्यक्ति जोसुकै होस्। जबसम्म ख्रीष्टविरोधीहरू आफैलाई केही नराम्रो हुँदैन, तबसम्‍म तिनीहरू ढुक्‍क नै हुन्छन्। तिनीहरूमा कुनै बफादारीता हुँदैन, जुन कुरा ख्रीष्टविरोधीको प्रकृति सारद्वारा निर्धारित हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वरले ख्रीष्ट विरोधीहरू साँच्चै स्वार्थी र घृणास्पद हुन्छन् भन्‍ने कुरा खुलासा गर्नुहुन्छ। जब कुनै कुरा आइपर्छ, तब उनीहरूले आफ्नो सुरक्षा मात्र विचार गर्छन् र आफ्नै हितलाई प्राथमिकता दिन्छन्, अनि ब्रदर-सिस्टरहरूको जीवन र परमेश्‍वरको घरको हितलाई बेवास्ता गर्छन्। उनीहरूसँग परमेश्‍वरप्रति कुनै किसिमको बफादारी हुँदैन। के मेरो व्यवहार ठ्याक्कै ख्रीष्ट विरोधीको जस्तो थिएन र? खतराको सामना गर्दा, मैले मेरो सुरक्षालाई पहिलो प्राथमिकता दिएँ। जब सिन यी पक्राउ परिन्, तब मैले उनीसँग बस्ने ब्रदर-सिस्टरहरूलाई सर्नका लागि खबर गर्न जानुपर्छ, नत्र उनीहरू प्रहरीद्वारा पक्राउ पर्न सक्छन् भन्‍ने कुरा मलाई थाहा थियो। तर म पक्राउ पर्ने, अपाङ्ग हुने वा कुटाइ खाएर मर्ने डरले, आफ्नो ज्यान बचाउनका लागि म जान चाहिनँ। जब घटनाहरू घटे, तब मैले आफ्नै बारेमा मात्र सोचेँ, र मेरा ब्रदर-सिस्टरहरूको सुरक्षालाई बेवास्ता गरेँ। म साँच्चै स्वार्थी र घृणास्पद थिएँ, र ममा मानवताको कमी थियो! जोभित्र साँच्चै मानवता हुन्छ र जो परमेश्‍वरप्रति बफादार हुन्छ, उसले खतराको सामना गर्दा मण्डलीको कामको रक्षा गर्न आफ्ना हितहरू पन्छाउन सक्छ। तर जब मैले खतराको सामना गरेँ, तब म आफ्नो दयनीय अस्तित्वलाई लम्ब्याउने प्रयास गर्दै, टाउको लुकाउने कछुवाझैँ पछि हटेँ। मैले परमेश्‍वरको घरको हित वा मेरा ब्रदर-सिस्टरहरूको सुरक्षामा कुनै ध्यान दिइनँ। म कसरी त्यो लज्जास्पद यहुदाभन्दा फरक थिएँ र? मैले इतिहासभरिका सन्तहरूले सुसमाचार प्रचार गर्नका लागि कसरी आफ्नो जवानी र जीवन बलिदान दिए भन्‍ने बारेमा सोचेँ। सतावट र सङ्कष्टको बीचमा पनि उनीहरूले परमेश्‍वरका लागि सुन्दर गवाही दिए। मैले परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेकी छु र उहाँले व्यक्त गर्नुभएका सत्यताहरूको आनन्द लिँदै आएकी छु। विगतका प्रेरितहरू र अगमवक्ताहरूले पाएका भन्दा परमेश्‍वरले हामीलाई अझ धेरै दिनुभएको छ। सतावट र सङ्कष्टको आगमनसँगै, मेरा वरपरका अगुवाहरू र मलाई सहकार्य गर्ने ब्रदर-सिस्टरहरू एकपछि अर्को गर्दै पक्राउ परिरहेका थिए, जबकि परमेश्‍वरले मलाई पक्राउ पर्नबाट जोगाउनुभएको थियो। यदि ममा अलिकति पनि विवेक भएको भए, म मण्डलीको हितको रक्षा गर्न, र मेरा ब्रदर-सिस्टरहरूको सुरक्षा गर्न खडा हुनुपर्थ्यो। तर मैले सधैँ आफ्नै हितलाई मात्र ख्याल गरेँ र परमेश्‍वरको अभिप्रायलाई पटक्कै ख्याल गरिनँ। म आफ्नो मालिकप्रति बफादार हुने घरको कुकुरभन्दा पनि कम बफादार थिएँ। म साँच्चै मानिस भनिन लायकको थिइनँ! यो महसुस गरेपछि, यति धेरै स्वार्थी र घृणास्पद भएकोमा मलाई आफैदेखि घृणा लाग्यो।

पछि, मैले फेरि सोचेँ, र आफैलाई सोधेँ, “म मेरो जीवनलाई साँच्चै माया गर्छु, र म सधैँ पक्राउ पर्ने वा यातना पाएर मर्ने कुराले डराउँछु। यो समस्या कसरी समाधान हुन सक्छ?” मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “प्रभु येशूका ती चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, घोडामा बाँधेर घिस्स्याइएका, उँधोमुन्टो क्रूसमा टाँगिएका, पाँचवटा घोडाले तानेर शरीर चुँडाइएकाहरू पर्थे—तिनीहरूमाथि विभिन्न किसिमको मृत्यु आइपऱ्यो। तिनीहरूको मृत्युको कारण के थियो? के त्यसको कारण तिनीहरू कुनै गलत कार्यमा संलग्न भएपछि कानुनअनुसार तिनीहरूलाई मृत्युदण्ड दिइनु थियो? होइन। तिनीहरूले प्रभुको सुसमाचार प्रसार गरे, तर संसारका मानिसहरूले त्यो स्विकारेनन्, बरु तिनीहरूको निन्दा गरे, तिनीहरूलाई कुटे, र झपारे, अनि तिनीहरूको ज्यान समेत लिए—तिनीहरू त्यसरी नै शहीद भए। ती शहीदहरूको अन्तिम परिणाम, वा तिनीहरूका कार्यहरूबारे परमेश्‍वरले गर्नुभएको फैसलाबारे कुरा नगरौँ, बरु यो सोधौँ: जब अन्त्यमा तिनीहरूको जीवनको जसरी अन्त्य भयो के त्यो मानव धारणासँग मिल्दो थियो? (अहँ, थिएन।) मानव धारणाहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले परमेश्‍वरको काम प्रसार गर्नका लागि त्यति ठूलो मूल्य चुकाए, तर तिनीहरू अन्त्यमा सैतानद्वारा मारिए। यो मानिसका धारणाहरूसँग मेल खाँदैन, तर तिनीहरूलाई ठ्याक्कै त्यस्तै नै भयो। परमेश्‍वरले त्यस्तै हुन दिनुभयो। यसमा कुन सत्यता खोज्न सकिन्छ? के परमेश्‍वरले तिनीहरूलाई यसरी मर्न दिनु उहाँको सराप र दण्ड थियो, कि यो उहाँको योजना र आशिष् थियो? यीमध्ये कुनै पनि थिएन। यो के थियो? मानिसहरू अहिले हृदयमा पीडा लिएर तिनीहरूको मृत्युबारे विचार गर्छन्, तर अवस्था त्यस्तै थियो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू त्यसरी नै मरे, र यसलाई कसरी व्याख्या गर्नुपर्ने हो? जब हामी यो विषय उल्लेख गर्छौँ, तिमीहरूले आफैलाई तिनीहरूका अवस्थामा राख्छौ, त्यसैले के तिमीहरूको हृदय दुःखी हुन्छ, अनि के तिमीहरू गोप्य पीडा महसुस गर्छौ? तिमीहरू विचार गर्छौ, ‘यी मानिसहरूले परमेश्‍वरको सुसमाचार प्रसार गर्ने आफ्नो कर्तव्य निर्वाह गरे, र तिनीहरूलाई असल मानिस मान्नुपर्छ, त्यसोभए तिनीहरूलाई कसरी त्यस्तो अन्त्य र त्यस्तो परिणाम आइलाग्‍न सक्यो?’ वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; मानव संसारबाट बिदा हुने तिनीहरूको तरिका यही थियो, तैपनि यसको अर्थ तिनीहरूको परिणाम उस्तै थियो भन्‍ने होइन। तिनीहरूको मृत्यु र बिदा हुने तरिका चाहे जे नै भए पनि, वा त्यो चाहे जसरी भए पनि, परमेश्‍वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यस्तो होस् भनी निर्धारित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले ठ्याक्कै यही तरिकाले नै यस संसारलाई निन्दा गरे र परमेश्‍वरका कार्यहरूको गवाही दिए। यी सृजित प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान्‌ जीवन—आफ्ना जीवनको अन्तिम क्षण परमेश्‍वरका कार्यहरूको गवाही दिन, परमेश्‍वरको महान् शक्तिको गवाही दिन, र शैतान र संसारलाई परमेश्‍वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्‍वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्न प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि, तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले नै मानवजातिलाई जिइरहन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिसामु प्रमाणित गर्न आफ्नो जीवन प्रयोग गरे—यो तथ्य सदैव अपरिवर्तनीय हुन्छ। प्रभु येशूको सुसमाचार प्रसार गरेका कारण शहीद भएकाहरूले कुन हदसम्म आफ्नो कर्तव्य निर्वाह गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्‍नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि, सबैभन्दा कदर गरिनलायक, सबैभन्दा बहुमूल्य कुरा जीवन हो, अनि, यस्तो हुँदा पनि, यी मानिसहरूले मानवजातिप्रति परमेश्‍वरको प्रेम पुष्टि गर्न र त्यसको गवाही दिन, आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्पण गर्न सके। आफ्नो मृत्युसम्मै, तिनीहरूले परमेश्‍वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्‍वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनका अन्तिम क्षणहरू यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्‍च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य निर्वाह गर्ने सर्वोत्तम तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा, त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउने तुल्याउँदा समेत, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्‍नुको अर्थ के हो? के मेरो उद्देश्य तिमीहरूलाई पनि परमेश्‍वरलाई गवाही दिन र उहाँको सुसमाचार प्रसार गर्न त्यही विधि प्रयोग गराउनु हो? तैँले त्यसै गर्नुपर्छ भन्‍ने जरुरी छैन, तर तैँले बुझ्नैपर्छ कि यो तेरो जिम्मेवारी हो, र यदि परमेश्‍वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यो गर्न आफू कर्तव्यबद्ध भएका रूपमा त्यसलाई स्वीकार गर्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्‍वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्‍वरका वचन पढेपछि, मैले कुरा बुझेँ। यदि मैले जीवन र मृत्युको मूल्य साँच्चै देख्न सक्छु, र जीवनको अर्थ बुझ्न सक्छु भने, म सतावट र सङ्कष्टको सामना गर्दा मृत्युको बन्धनमा पर्नबाट जोगिन सक्छु, र मैले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु अनि आफ्नो म गवाहीमा दृढ रहनका लागि आफ्नो जीवन बलिदान दिन तयार हुन सक्छु। मैले युगौँदेखिका ती सन्तहरूलाई सम्झेँ जसले प्रभु येशूको सुसमाचार प्रचार गर्नका लागि आफ्नो जीवन बलिदान दिए र रगत बगाए। अनगिन्ती मानिसहरू परमेश्‍वरका लागि शहीद भएका छन्। कोही ढुङ्गाले हानेर मारिए, र कोही घोडाहरूले घिसारेर मारिए। उनीहरूले परमेश्‍वरको लागि बलियो र जोरदार गवाही दिन आफ्नो जीवनको मूल्य चुकाए। उनीहरूको मृत्यु अर्थपूर्ण थियो, किनकि उनीहरूले धार्मिकताका लागि सतावट भोगे र परमेश्‍वरको अनुमोदन पाए। उनीहरूको शरीर मरे तापनि, उनीहरूको आत्मा नाश भएन। कतिपय मानिसहरूले, पक्राउ परेपछि, यातनाको डरले परमेश्‍वरलाई धोका दिन्छन् र आफ्ना ब्रदर-सिस्टरहरूको सुराकी गर्छन्, र उनीहरू लज्जास्पद यहुदा बन्छन्। उनीहरूले परमेश्‍वरको स्वभावलाई गम्भीर रूपमा चिढ्याउँछन् र परमेश्‍वरको मुक्ति गुमाउँछन्। उनीहरूको शरीर बाँचे पनि, उनीहरू जिउँदा लाशहरू जस्तै हुन्छन्, र अन्तमा, उनीहरू दण्ड पाउनका लागि नरकमा जानेछन्, र त्यहाँ, उनीहरूले सदासर्वदा कष्ट भोग्नेछन्! प्रभु येशूले भन्नुभए जस्तै: “किनभने जसले आफ्‍नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरा खातिर आफ्‍नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ(मत्ती १६:२५)। यस क्षणमा, मैले अन्ततः परमेश्‍वरका वचनहरूको यो पदको अर्थ बुझेँ। पहिले, म मृत्युको कुरालाई स्पष्ट रूपमा देख्न सक्दिनथेँ। मलाई प्रहरीद्वारा पक्राउ पर्ने र मारिने डर लाग्थ्यो, र यदि म मरेँ भने, मैले मुक्ति पाउन सक्दिनँ भन्‍ने मलाई डर लागेको थियो। अब मैले के महसुस गरेँ भने शरीरको मृत्यु वास्तविक मृत्यु होइन, र शरीर मरे पनि, आत्मा परमेश्‍वरसँग हुन्छ। सतावटको सामना गर्दा धार्मिकताका लागि मर्न सक्ने व्यक्तिलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ र याद गर्नुहुन्छ। अहिले ब्रदर-सिस्टरहरू खतरामा परेको हुनाले, यो नाजुक घडीमा, मैले उप्रान्त मेरो सुरक्षालाई ख्याल गर्नु हुँदैनथियो। ब्रदर-सिस्टरहरूलाई सर्नका लागि खबर गर्ने उपायबारे मैले तुरुन्तै सोच्नुपर्थ्यो। यदि अन्ततः प्रहरीले मलाई पक्राउ गर्‍यो र मलाई यातना दिएर मार्यो भने पनि, त्यस्तो मृत्यु अर्थपूर्ण हुनेछ। यो महसुस गरेपछि, मलाई शान्त र हलुका महसुस भयो। त्यो रात, म सिन यी बसेको अतिथि सत्कारक निवासमा गएँ, र बाटोभरि, मैले निरन्तर परमेश्‍वरलाई प्रार्थना गरिरहेँ। जब म हाई-डेफिनिसन निगरानी क्यामरामुनि हिँडेँ, तब मलाई फेरि अलिक डर लाग्यो, तसर्थ मैले एकान्त गल्लीको बाटो समातेँ। जब म भवनको तल्लो तलामा पुगेँ, तब म फेरि आत्तिएँ, र त्यहाँ प्रहरी लुकेर निगरानी गरिरहेको हुन सक्छ भन्‍ने कुराले मलाई धेरै चिन्तित बनायो। मैले मेरो हृदयमा निरन्तर परमेश्‍वरलाई पुकारिरहेँ। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “ब्रह्माण्डका सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १)। परमेश्‍वरका वचनले मलाई विश्‍वास दिए, र मलाई अब त्यति डर लागेन। अन्तमा, सबै ब्रदर-सिस्टरहरूलाई सफलतापूर्वक सारियो, र मेरो चिन्तित हृदय अन्ततः शान्त भयो।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई परमेश्‍वरले ठूलो रातो अजिङ्गरलाई उहाँको सेवामा प्रयोग गर्नुको महत्त्व बुझ्न मदत गर्यो। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरलाई साँच्चै पछ्याउनेहरू आफ्‍नो कामको जाँच खप्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँच्चै नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरू खप्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरू निष्कासित हुनेछन्, जबकि विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँच्चै खोजी गर्छ कि गर्दैन भन्‍ने कुरा उसको काम जाँचेर, अर्थात्, परमेश्‍वरका परीक्षाहरूद्वारा मात्रै निर्धारित हुन सक्छ, र मानिस स्वयमले निकाल्ने निष्कर्षसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। उहाँ मानिसलाई अदृश्य हुने कुनै पनि कुरा, वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र यो मानिसद्वारा निर्धारण गर्न सकिँदैन। ‘गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन’ भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू सबै अन्ततः राज्यमा नै रहनेछन् र उहाँलाई साँच्चै प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले नराम्रो व्यवहार गर्नुहुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। इसाईहरूलाई सताउन र पक्राउ गर्न परमेश्‍वरले ठूलो रातो अजिङ्गरलाई अनुमति दिनुहुन्छ, ताकि ठूलो रातो अजिङ्गरको सेवा प्रयोग गरेर हाम्रो कामको जाँच गर्न सकियोस्, र हामीसँग उहाँप्रति साँचो विश्‍वास र बफादारी छ कि छैन भन्‍ने हेर्न सकियोस्। यो परमेश्‍वरमा विश्‍वास गर्ने हरेक विश्‍वासीका लागि एउटा परीक्षा हो। कतिपय मानिसहरूले, कायरताका कारण, परमेश्‍वरमाथिको आफ्नो विश्‍वासलाई निरन्तरता दिने साहस गर्दैनन्, कोही पक्राउ पर्ने डरले लुक्छन् र उनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने साहस गर्दैनन्, अनि अरूले, पक्राउ परेपछि यातना सहन नसकेर, परमेश्‍वरलाई धोका दिन्छन् र उनीहरू यहुदा बन्छन्। यी मानिसहरू परमेश्‍वरको कामद्वारा प्रकट गरिएका सामा र अविश्‍वासीहरू हुन्, र तिनीहरू अन्ततः हटाइनेछन्। तैपनि, जस्तोसुकै भयावह परिस्थिति भए पनि, कतिपय मानिसहरू आफ्ना कर्तव्यहरूमा डटिरहन र मण्डलीको कामको रक्षा गर्न सक्षम हुन्छन्, र पक्राउ परेर यातना पाए पनि, उनीहरू यहुदा बन्‍नुभन्दा जेल जान रुचाउँछन्। उनीहरूले परमेश्‍वरका लागि जोरदार गवाही दिन्छन्। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र उहाँप्रति बफादार हुने मानिसहरू यिनीहरू नै हुन्। ठूलो रातो अजिङ्गरको सेवामार्फत, साँचो र झूटा विश्‍वासीहरू, साथै मण्डलीमा रहेका गहुँ र सामाहरू, सबै प्रकट हुन्छन्। अन्जानमै, मानिसहरू आफ्नो प्रकारअनुसार वर्गीकरण गरिन्छन्। परमेश्‍वरको काम कति बुद्धिमानी छ! साथै, चिनियाँ कम्युनिस्ट पार्टीको पक्राउ र सतावटमार्फत, मैले मेरो विश्‍वास कति सानो रहेछ भन्‍ने देखेँ। सामान्यतया, जब म खतरनाक परिस्थितिमा हुँदिनथेँ, तब म परमेश्‍वरका लागि आफूलाई त्याग्न र समर्पित गर्न अनि उहाँको प्रेमको मूल्य चुकाउन चाहन्छु भनेर उहाँको अगाडि प्रार्थना गर्थेँ। तर खतराको सामना गर्दा, मैले आफ्नै बारेमा मात्र सोचेँ, र नाजुक घडीहरूमा, मैले मेरा ब्रदर-सिस्टरहरू र परमेश्‍वरका वचनका पुस्तकहरूको सुरक्षालाई बेवास्ता गरेँ। के मैले परमेश्‍वरलाई धोका दिइरहेको थिइनँ र? यदि यी तथ्यहरूको खुलासा र परमेश्‍वरका वचनको न्याय र सजाय नभएको भए, मैले मेरो स्वार्थी र घृणास्पद शैतानी स्वभावको बारेमा कुनै ज्ञान पाउने थिएन, म अझै आफूलाई परिवार र करियर त्याग्न सक्ने व्यक्ति हुँ र परमेश्‍वरप्रति बफादार हुँ भन्‍ने ठान्थेँ, र मैले पक्कै पनि उहाँको अनुमोदन कमाउनेछु भन्‍ने सोच्थेँ, अनि परमेश्‍वरको काम पूरा भएपछि, मैले मुक्ति पाउनेछु र म स्वर्गको राज्यमा प्रवेश गर्नेछु भन्‍ने मलाई लाग्थ्यो। आफैलाई नचिन्नु साँच्चै दयनीय कुरा थियो!

यो अवधिमा, ठूलो रातो अजिङ्गरले गरेको सतावट र पक्राउहरूले मेरो भ्रष्टतालाई प्रकट गरिदियो। मैले ममा सत्यता-वास्तविकताहरूको कमी रहेछ, र यो धेरै खतरनाक कुरा हो भन्‍ने देखेँ, र यसले मलाई सत्यताको पछि लाग्न र माथितिर बढ्न पनि अभिप्रेरित गर्यो, ताकि भविष्यमा अझ प्रतिकूल परिस्थितिहरूको सामना गर्दा म परीक्षाहरूमा खडा हुन सकूँ, र मैले अन्ततः शैतानलाई जित्न र परमेश्‍वरको लागि गवाही दिन सकूँ। यी परिस्थितिहरूको अनुभव गर्दा यो मेरो जीवनका लागि धेरै लाभदायक भएको छ। यो मेरा लागि परमेश्‍वरको मुक्ति भयो! यो सब पार गरिसकेपछि, मेरो हृदय परमेश्‍वरप्रति कृतज्ञताले भरियो। परमेश्‍वरका वचनहरूको मार्गदर्शनमार्फत नै मैले परमेश्‍वरको अख्तियार, र सर्वशक्तिमान्‌ता अनि सार्वभौमिकताका बारेमा केही बुझाइ प्राप्त गरेँ, जसले मेरो विश्‍वासलाई बलियो बनायो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ५५. साँचो बोल्न किन यति गाह्रो हुन्छ?

अर्को: ५७. म मेरो रोगका कारण हैरानी मान्न छाडेकी छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्