५५. साँचो बोल्न किन यति गाह्रो हुन्छ?
सन् २०२२ को जनवरी महिनामा, मैले मण्डलीमा सुसमाचार डिकनका रूपमा तालिम लिन थालेँ। सुरुमा, म मण्डलीका सदस्यहरूसँग त्यति परिचित थिइनँ, मैले राम्रोसँग बुझ्न वा समाधान गर्न नसक्ने समस्या धेरै थिए, र मेरो कर्तव्यका नतिजाहरू त्यति राम्रा थिएनन्। मण्डलीको सुसमाचार प्रयासले नतिजाहरू नदिइरहेको देखेर, म साह्रै बेचैन भएँ। मलाई अगुवाले ममा कम क्षमता छ र कार्य सामर्थ्य छैन भनी सोच्नुहोला र त्यसपछि मलाई मेरो कर्तव्यमा हेरफेर गर्नुहोला कि भन्ने डर लाग्यो। त्यसैले, कुनै समस्या उत्पन्न हुँदा, अगुवालाई मेरा कमीकमजोरी थाहा नहोस् भनेर मैले सधैँ त्यसलाई ढाकछोप गर्न चाहेँ।
एक दिन, हाम्रो कामको समीक्षा गर्न बसेको भेलामा अगुवा, ब्रदर थोमसले हामीलाई सोध्नुभयो, “तपाईँहरूको कामका नतिजाहरू किन यति खराब छन्? यसको कारण के हो?” जब जवाफ दिने पालो मेरो आयो, तब म आत्तिएँ र कसरी भन्ने भनी थाहा पाइनँ। मैले आफ्नो काममा भएका विचलनहरूको समीक्षासमेत गर्न भ्याएकी थिइनँ, त्यसैले मैले सोचेँ, “यदि म इमानदारीपूर्वक बोलेँ भने, के अगुवाले मेरो क्षमता कम छ र म वास्तविक काम गर्न सक्दिनँ भनी सोच्नुहोला?” त्यसै क्षण, मैले केही दिनअघि तीन जना सुसमाचारसम्बन्धी कामदारहरूको कर्तव्यमा हेरफेर गरिएको कुरा सम्झेँ, अनि तुरुन्तै भनेँ, “कैयौँ सुसमाचारसम्बन्धी कामदारहरू हेरफेर गरिएको छ, त्यसैले नतिजाहरू खस्केका हुन्।” तर मेरो हृदयमा, मलाई स्पष्ट रूपमा के थाहा थियो भने ती कामदारहरू आफ्ना कर्तव्यमा प्रभावकारी थिएनन्, र उनीहरूलाई फेरबदल गर्दा कामको समग्र नतिजामा कुनै असर पर्ने थिएन। त्यसपछि अगुवाले मलाई सोध्नुभयो, “भेलाहरूमा किन यति थोरै नयाँ सदस्यहरू उपस्थित भइरहेका छन्?” मलाई थाहा थियो, केही ब्रदर-सिस्टरले परमेश्वरको कामको गवाही दिनेबारेको सत्यता स्पष्ट रूपमा सङ्गति गरेका थिएनन्, र यसले गर्दा नयाँ सदस्यहरूका समस्याहरू तुरुन्तै समाधान हुन सकेनन्, र समय बित्दै जाँदा, उनीहरू भेलामा आउनै छाडे। यसबाहेक, ममा सुसमाचार प्रचार गर्ने अनुभव थिएन र म कामको विवरणहरू बुझ्न असफल भएकी थिएँ। मैले यी वास्तविक समस्या वा कठिनाइहरू समाधान नगर्नाले कामका नतिजाहरू एकदमै खराब थियो। यी कुराहरूबारे सोच्दा, मैले कुनै वास्तविक काम गरेकी छैनँ भन्ने महसुस गरेँ। तर म यदि अगुवालाई यसबारे थाहा भयो भने, उहाँले ममा कार्य सामर्थ्यको कमी छ, म यो कर्तव्यका लागि अयोग्य छु भनी सोच्नुहुनेछ र त्यसपछि मलाई बर्खास्त गर्नुहुनेछ भन्ने चिन्ता थियो। त्यसैले, मैले तुरुन्तै भनेँ, “यी सुसमाचार कामदारहरूले भर्खरै तालिम लिन थालेका छन् र उनीहरूमा धेरै क्षेत्रमा कमी छ, र धेरै सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूको धारणाहरू समाधान हुन सकेनन्, त्यसैले नतिजा त्यति राम्रो भएको छैन।” यो सुनेपछि, अगुवाले थप केही भन्नुभएन।
केही समयपछि, हाम्रो मण्डलीमा सुसमाचारको कामका नतिजाहरू अझै पनि खराब थिए। अगुवा फेरि हाम्रो कामको समीक्षा गर्न आउनुभयो र हाम्रो काममा भएका विचलनहरूबारे सोध्नुभयो। अगुवाले मेरो क्षमता साह्रै कमजोर छ र यति समय बितिसक्दा पनि हाम्रो काममा अझै सुधार आएको छैन, र त्यसैले म संवर्धनका लागि उपयुक्त व्यक्ति होइन भन्नुहोला कि भन्ने मलाई चिन्ता लाग्यो, त्यसैले मैले यी विचलनहरूका लागि वस्तुगत औचित्यहरूको लामो सूची दिएँ। यो सुनेपछि, अगुवा रिसाउनुभयो र मलाई यसो भन्दै कडा रूपमा काटछाँट गर्नुभयो, “जब-जब म तपाईँको कामको समीक्षा गर्न आउँछु, तपाईँ देखावटी तर्कहरूको थुप्रो मात्र लगाउहुन्छ, र सधैँ अरूका समस्याहरूबारे मात्र कुरा गर्नुहुन्छ, मानौँ तपाईँको कुनै समस्या नै छैन। सुसमाचार डिकन भएर, जब सुसमाचारको कामका नतिजाहरू खराब हुन्छन्, तब तपाईँ आत्मचिन्तन गर्नुहुन्न बरु सधैँ अरूमाथि दोष थोपर्नुहुन्छ। के तपाईँ आफ्नै समस्याहरू ढाकछोप गर्न मात्र खोजिरहनु भएको त हैन?” यो सुनेर, मलाई साह्रै चित्त दुख्यो र म रुन थालेँ, अनि मनमनै सोचेँ, “तपाईंले धेरै जना सहकर्मीहरूको अगाडि मलाई यति कठोर रूपमा काटछाँट गर्नुभयो। तपाईंले त्यसो गर्दा मैले आफ्नो इज्जत कसरी जोगाउने? के उनीहरूले पनि म चिप्ले र छली छु भनी सोच्नेछन्?” जति मैले यसबारे सोचेँ, मलाई त्यति नै बढी चित्त दुख्यो। आफ्नो पीडामा, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, अगुवाले अचानक ममाथि गर्नुभएको यो काटछाँटलाई कसरी अनुभव गर्ने मलाई थाहा छैन। कृपया मलाई आफूलाई चिन्न र पाठ सिक्न अन्तर्दृष्टि दिनुहोस्।”
मेरो भक्तिभावको समयमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। परमेश्वर भन्नुहुन्छ: “भ्रष्ट मानवजाति आफ्नो वास्तविकता लुकाउन सिपालु हुन्छन्। तिनीहरूले जे काम गरे पनि वा जस्तो भ्रष्टता प्रकट गरे पनि, तिनीहरू सधैँ आफ्नो भेष बदल्न खोज्छन्। यदि कुनै गलत कुरा हुन्छ वा तिनीहरूले गलत काम गरे भने, तिनीहरू अरूलाई दोष लगाउन चाहन्छन्। तिनीहरू असल कुराहरूको श्रेय आफै लिन चाहन्छन्, र खराब कुराको दोष अरूलाई दिन चाहन्छन्। के वास्तविक जीवनमा यस्ता धेरै देखावटीपन हुँदैनन् र? एकदमै धेरै हुन्छन्। गल्ती गर्नु वा भेष बदल्नु: यीमध्ये कुन चाहिँ भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छ? भेष बदल्नु भनेको भ्रष्ट स्वभावहरूसित सम्बन्धित कुरा हो, यसमा घमण्डी स्वभाव, दुष्टता र छलीपन सामेल छन्; र परमेश्वरले यसलाई विशेष रूपमा तुच्छ ठान्नुहुन्छ। वास्तवमा, जब तैँले आफ्नो वास्तविक रूप लुकाउँछस्, तब के भइरहेको छ भनेर सबैले बुझ्छन्, तर तँ अरूले देख्दैनन् भन्ने सोच्छस्, र इज्जत बचाउन र तैँले केही पनि गलत गरेको छैनस् भनेर सबैलाई सोच्ने बनाउन तैँले सक्दो तर्क गर्छस् र आफूलाई निर्दोष साबित गर्ने प्रयास गर्छस्। के यो मूर्खता होइन र? अरूले यसलाई कसरी मूल्याङ्कन गर्छन्? तिनीहरूले के अनुभूति गर्छन्? घिन र घृणा। यदि गल्ती गरिसकेपछि, तैँले यसलाई सही प्रकारले लिन सक्छस्, र सबैलाई यसबारे कुराकानी र टीकाटिप्पणी गर्न, यसलाई खुट्ट्याउन दिन्छस् र तैँले यसलाई चिरफार गर्न र अरूले देख्नेगरी उदाङ्गो पार्न सक्छस् भने, तेरो बारेमा सबैको राय के हुनेछ? तिनीहरूले पक्कै पनि तँ इमान्दार व्यक्ति होस् भन्नेछन्, किनकि तेरो हृदय परमेश्वरका लागि खुला छ, साथै तेरा कार्य र व्यवहारमार्फत, तिनीहरूले तेरो हृदय छर्लङ्ग देख्न सक्नेछन्। तर यदि तैँले भेष बदल्ने र सबैलाई धोका दिने कोसिस गर्छस् भने, तिनीहरूले तँलाई कम आँक्नेछन्, अनि तँ मूर्ख र निर्बुद्धि व्यक्ति होस् भनेर भन्नेछन्। यदि तैँले नाटकबाजी गर्ने वा आफूलाई सही ठहराउने कोसिस गर्दैनस् भने, यदि तैँले आफ्नो गल्ती स्विकार्न सक्छस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भनी भन्नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा कमीकमजोरी र खोटहरू हुन्छन्। अनि सबैमा उस्तै भ्रष्ट स्वभावहरू हुन्छन्। आफूलाई अरूभन्दा कुलीन, सिद्ध, र दयालु नठान्; त्यसरी सोच्नु अत्यन्तै समझविहीन हुनु हो! जब तैँले मानिसहरूका भ्रष्ट स्वभावहरू र तिनीहरूको भ्रष्ट सारको साँचो मुहार स्पष्ट रूपमा देख्न सक्छस्, र तैँले आफ्नै गल्तीहरू ढाकछोप गर्न खोज्दैनस्, अरू मानिसहरूका गल्तीहरूलाई तिनीहरूको विरुद्धमा प्रयोग गर्दैनस्, र दुवैलाई सही तरिकाले लिन सक्छस्, तब मात्रै तैँले कामकुरालाई गहिराइमा देख्नेछस् र मूर्खतापूर्ण कामहरू गर्नेछैनस्, र तँ एक बुद्धिमान् व्यक्ति बन्नेछस्। जो समझविहीन छन् ती सबै बुद्धिमान् मानिस होइनन्, तिनीहरू मूर्ख मानिस हुन्। जब-जब तिनीहरूले गल्ती गर्छन् वा केही असङ्गत काम गर्छन् र तिनीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू त्यसमा अल्झिन्छन्, र सधैँ आफूलाई सही साबित गर्न र आफ्नो बचाउ गर्न खोज्छन्, र पर्दापछाडि लुकिछिपी हिँड्छन्। यो देख्दा पनि घिन लाग्छ। वास्तवमा, तिनीहरूले जे गरिरहेको हुन्छन् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तिनीहरू अझै खुलेआम नाटक देखाउँछन्। अरूलाई, यो जोकरको काम जस्तो लाग्छ। के यो मूर्खता होइन र? यो साँच्चै मूर्खता हो। मूर्ख मानिसहरूको कुनै बुद्धि हुँदैन। तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन् वा कुनै कुराको वास्तविकतालाई देख्दैनन्। तिनीहरू आफ्नो अहम् कहिल्यै छोड्दैनन्, आफू अरू कोहीभन्दा फरक र कुलीन छु भन्ने सोच्छन्; यो अहङ्कार र आत्मधर्मीपन हो, यो मूर्खता हो। मूर्ख मानिसहरूमा आत्मिक बुझाइ हुँदैन, हुन्छ त? तँ जुन मामलाहरूमा मूर्ख र निर्बुद्धि छस् तिनै मामलाहरूमा तँसित कुनै आत्मिक बुझाइ हुँदैन, र तैँले सजिलैसँग सत्यतालाई बुझ्दैनस्। कुराको वास्तविकता यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने कोही पनि सिद्ध छैन, सबैका कमजोरी र अपर्याप्तताहरू हुन्छन्, र उनीहरूले आफ्ना कर्तव्यमा गल्तीहरू गर्छन्, र यो एकदमै सामान्य कुरा हो। परमेश्वरको नजरमा, मानिसहरू मूर्ख भए वा गल्ती गरे पनि फरक पर्दैन, तर यदि उनीहरूले आफ्ना गल्तीहरू स्वीकार गर्दैनन्, सधैँ मकुण्डो लगाउँछन् र जानाजानी सत्य लुकाउँछन् भने, तब त्यसभित्र एउटा अहङ्कारी, छली र दुष्ट शैतानी स्वभाव लुकेको हुन्छ, र यो परमेश्वरका लागि एकदमै घिनलाग्दो र घृणित हुन्छ। मैले आफ्नो बारेमा सोचेँ। जब अगुवाले हामीलाई हाम्रो कामको सारांश बताउन भन्नुभयो, तब यसले मेरा कर्तव्यहरूमा भएका धेरै समस्याहरू खुलासा गर्यो, र म अगुवामाथि खराब छाप पर्ला कि भनेर चिन्तित भएँ। म आफ्नो सुसमाचार डिकनको पद र संवर्धन गरिने मौका गुमाउँछु भनेर झनै डराएकी थिएँ। आफ्नो अभिमान र हैसियत जोगाउनका लागि, मैले जानाजानी आफ्ना समस्याहरूको सामना गर्नबाट पन्छिएँ, र अगुवालाई झुक्याउने प्रयासमा केही वस्तुगत कारणहरू मात्र अघि सारेँ, सुसमाचार कामदारहरूले सत्यता स्पष्ट रूपमा सङ्गति गर्न र नयाँ सदस्यहरूका समस्याहरू समाधान गर्न नसकेको, र केही सुसमाचार कामदारहरू फेरबदल गरिएको जस्ता कुराहरू बताएँ। यी मेरो कर्तव्यमा नतिजाहरू खस्किनुका बहानाहरू बने, जुन बहानाहरू मैले आफ्नो कमजोर कार्य सामर्थ्य र मैले वास्तविक काम नगरेको तथ्यलाई ढाकछोप गर्न प्रयोग गरेँ, यी सबै मैले अगुवामा रहेको मेरो छाप जोगाउनका लागि गरेकी थिएँ। वास्तविकतामा, अगुवाले हाम्रा कर्तव्यहरूको विवरण जाँच्नुको कारण मलाई मेरा समस्याहरूको व्यावहारिक समाधान गर्न मद्दत गर्न चाहनु थियो ताकि मैले यो कर्तव्य अझ राम्ररी पूरा गर्न सकूँ, तर म यो कुरालाई सकारात्मक रूपमा लिन तयार थिइनँ र मैले आफ्ना कमजोरीहरूबारे खुल्न इन्कार गरेँ। बरु, मानिसहरूलाई छल्ने बहानाहरू खोज्न मैले आफ्नो दिमाग खियाउने प्रयास गरेँ, असल क्षमता र कार्य सामर्थ्य भएको व्यक्ति हुँ भनी बहाना बनाएँ, म साँच्चै पाखण्डी र छली थिएँ! परमेश्वरले सबै कुराको छानबीन गर्नुहुन्छ, र अगुवाले मलाई गरेको कडा काटछाँटले मलाई जागृत गराएको थियो। मैले तुरुन्तै आफूलाई जाँच्नुपर्थ्यो।
पछि, एउटी सिस्टरले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड पठाइन्, र मैले आफ्ना समस्याहरू अझ स्पष्ट रूपमा देख्न थालेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “शैतानका शब्दहरूमा केही निश्चित विशेषताहरू हुन्छन्: शैतानले जे बोल्छ त्यसले तँलाई टाउको कन्याउने बनाउँछ, तँ त्यसका शब्दहरूको स्रोत पत्ता लगाउन असक्षम हुन्छस्। कहिलेकाहीँ शैतानसँग मनसायहरू हुन्छन् र त्यसले जानाजानी बोल्छ, र कहिलेकाहीँ त्यसको आफ्नै प्रकृतिद्वारा सञ्चालित भई, यी शब्दहरू स्वतस्फूर्त रूपमा निस्कन्छन् र सीधै शैतानको मुखबाट आउँछन्। शैतानले यी शब्दहरूलाई मनन गर्दै लामो समय बिताउँदैन; यी शब्दहरूलाई विचारै नगरीकन व्यक्त गरिन्छ। जब परमेश्वरले शैतानलाई तँ कहाँबाट आएको होस् भनी सोध्नुभयो, तब त्यसले केही दोहोरो अर्थ लाग्ने शब्दहरूद्वारा जवाफ दियो। तैँले आफू धेरै अलमलिएको महसुस गर्छस्, तँलाई शैतान कहाँबाट आएको हो भनी ठ्याक्कै थाहा हुँदैन। तिमीहरूमाझ यस्तै किसिमले बोल्ने कोही छन्? यो कस्तो खालको बोल्ने तरिका हो त? (यो अस्पष्ट छ र यसले एक निश्चित जवाफ दिँदैन।) यस किसिमको बोल्ने तरिकालाई वर्णन गर्न हामी कस्ता शब्दहरूको प्रयोग गर्नुपर्छ? यो बहकाउने र गलत दिशातर्फ डोर्याउने किसिमको छ। मानौँ, कोही आफूले हिजो के गरेका थियौँ भनी अरूलाई थाहा नहोस् भन्ने चाहन्छन्। तैँले तिनीहरूलाई सोध्छस्: ‘मैले तपाईंलाई हिजो देखेको थिएँ। तपाईं कहाँ जाँदै हुनुहुन्थ्यो?’ तिनीहरू हिजो कहाँ गएका थिए भनी तिनीहरूले तँलाई सीधा कुरा बताउँदैनन्। बरु, तिनीहरू भन्छन्: ‘हिजोको दिन कस्तो व्यस्त दिन थियो। कस्तो थकान लगायो!’ के तिनीहरूले तेरो प्रश्नको जवाफ दिए त? तिनीहरूले जवाफ त दिए, तर तिनीहरूले तैँले चाहेको जवाफ दिएनन्। योचाहिँ मानिसको बोलीभित्रको कुटिलताको ‘विशिष्ट प्रतिभा’ हो। त्यसको अर्थ के हो भनी तैँले कहिल्यै पत्ता लगाउन सक्दैनस्, न त तँलाई तिनीहरूका शब्दहरूको स्रोत र अभिप्राय नै कहिल्यै थाहा हुन्छ। तिनीहरूले के कुरा लुकाउन खोजिरहेका छन् भनी तँलाई थाहा हुँदैन किनकि तिनीहरूको हृदयमा तिनीहरूको आफ्नै कथा हुन्छ—यो कपटीपन हो। के तिमीहरूको माझमा पनि प्रायजसो यसरी नै बोल्ने कोही छ? (हो।) त्यसो भए तिमीहरूको उद्देश्य के हो त? के कहिलेकाहीँ तिमीहरूका आफ्नै चाहनाहरूलाई सुरक्षित राख्न, कहिलेकाहीँ तिमीहरूको आफ्नै अभिमान, पद र छवि कायम राखिराख्न, र तिमीहरूको निजी जीवनका कुराहरू गोप्य राख्न हो? उद्देश्य जेसुकै होस्, यो तिमीहरूका रुचिहरूबाट अलग गर्न नसकिने हुन्छ, यो तिमीहरूका रुचिहरूसँग सम्बन्धित हुन्छ। के यो मानिसको प्रकृति होइन र? यस किसिमको प्रकृति भएको व्यक्ति शैतानसँग नजिकको सम्बन्ध भएको व्यक्ति हुन्छ, होइन भने त्यो त्यसको परिवार हुन्छ। हामी यसलाई यसरी भन्न सक्छौँ, के हामी त्यस्तै हुँदैनौँ र? सामान्यतया भन्नुपर्दा, यस्तो प्रकटीकरण घृणित र तिरस्कारयोग्य हुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ४)। परमेश्वरले के खुलासा गर्नुहुन्छ भने शैतानले साँच्चै चिप्लो र छली तरिकाले कुरा गर्छ, सधैँ घुमाउरो पाराले कुरा गर्छ, जसले मानिसहरूलाई अलमल्लमा पार्छ। यसको सामान्य युक्ति भनेको ध्यान भट्काउनु र भुलाउनु हो, जसले मानिसहरूलाई यस हदसम्म भ्रमित गर्छ कि उनीहरू मामिलाको सत्यता खुट्ट्याउन असमर्थ हुन्छन्। मैले परमेश्वरका वचनहरूको प्रकाशका आधारमा आफूलाई हेरेँ। मैले के सम्झेँ भने जब-जब अगुवाले हाम्रो कामका खराब नतिजाहरूको कारणबारे सोध्नुहुन्थ्यो, म सधैँ उहाँका प्रश्नहरूको सीधै जवाफ दिन अनिच्छुक हुन्थेँ। मैले कुनै वास्तविक काम गरेकी छैनँ भन्ने मलाई राम्ररी थाहा थियो, तर यदि मैले साँचो बोलेँ भने यसले अगुवामा रहेको मेरो छापलाई असर गर्नेछ भन्ने मलाई डर थियो, त्यसैले हरेक प्रश्नका लागि, म अरूमाथि दोष थोपर्ने र अगुवालाई छल गर्न वस्तुगत तर्कहरू प्रयोग गर्ने उपायहरू खोज्न आफ्नो दिमाग खियाइरहन्थेँ। मैले अगुवाको ध्यान भट्काउनका लागि तथ्यलाई बङ्ग्याएँ र सुसमाचार कामदारहरूमाथि दोष थोपर्ने प्रयाससमेत गरेँ। पटक-पटक, मैले उहाँलाई भ्रमित गर्न छल प्रयोग गरेँ, र मेरो मुखबाट झूट सजिलै निस्कन्थ्यो। मेरो प्रकृति शैतानको जस्तै थियो—साँच्चै दुष्ट! मैले के पनि सोचेँ भने, विगतमा मेरो कर्तव्यमा राम्रा नतिजाहरू हासिल गर्दा, म सक्रियतापूर्वक आफ्ना सफल अनुभवहरू बाँड्थेँ, र सबैसामु ममा कार्य सामर्थ्य र मेरो काममा एउटा मार्ग छ भनी देखाउन चाहन्थेँ। तर, खराब नतिजाहरूले मेरा समस्याहरू खुलासा गर्दा भने, मानिसहरूले मेरा समस्या र विचलनहरू देख्लान् कि भन्ने डरले म चुपचाप बस्थेँ। यी क्षणहरूलाई फर्केर हेर्दा, मलाई आफैदेखि साह्रै घिन लाग्यो। मेरो कर्तव्यमा, मैले केवल मेरो आफ्नै ख्याति, प्राप्ति र हैसियतका बारेमा मात्र सोचेकी थिएँ, र जब-जब म आफूलाई राम्रो देखाउन सक्थेँ, म निरन्तर देखावटी गर्थें। तर अब, मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरेकी थिइनँ र कामलाई हानि पुऱ्याएकी थिएँ, त्यसैले म कछुवाले आफ्नो टाउको खबटाभित्र लुकाएजस्तै भएँ। थोरै मात्र विवेक र समझ भएको कुनै पनि व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा नगरेको खण्डमा परमेश्वरप्रति ऋणी महसुस गर्नेथियो, र उनीहरूले आफ्नो कर्तव्यमा भएका समस्याहरू समाधान गर्ने उपाय खोज्ने प्रयास गर्नेथिए। तर मैले वास्तविक काम नगरेकी मात्र होइन, मैले आफ्नो हैसियत जोगाउन आफ्ना समस्याहरू ढाकछोप गरेँ र जिम्मेवारीबाट पन्छिएँ, जसले गर्दा अगुवालाई कामको वास्तविक अवस्थाबारे थाहा भएन र उहाँले समयमै समस्याहरू समाधान गर्न सक्नुभएन। के मैले सुसमाचारको काममा बाधा दिइरहेकी थिइनँ र? जब मैले यसबारे सोचेँ, मलाई अलि डर लाग्यो, त्यसैले मैले पश्चात्ताप गर्न तयार भएर परमेश्वरलाई प्रार्थना गरेँ।
त्यसपछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “यदि तिमीहरू अगुवा वा कामदार हौ भने, के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामबारे सोधपुछ र सुपरिवेक्षण गर्छ भन्ने डर लाग्छ? के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामका त्रुटि र विचलनहरू पत्ता लगाएर तिमीहरूलाई काटछाँट गर्नेछ भन्ने डर लाग्छ? के तिमीहरूलाई तिमीहरूको वास्तविक क्षमता र कदबारे माथिलाई थाहा भएपछि, उसले तिमीहरूलाई फरक नजरले हेर्नेछ र तिमीहरूलाई बढुवा गर्नेबारे विचार गर्नेछैन भन्ने डर लाग्छ? यदि तँसित यी डर छन् भने, यसले तँ मण्डलीको कामका निम्ति होइन, ख्याति र हैसियतका लागि काम गर्न प्रेरित भइरहेको छस् भन्ने साबित गर्छ, जसबाट तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने प्रमाणित हुन्छ। यदि तँमा ख्रीष्टविरोधीको स्वभाव छ भने, तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, र तैँले ख्रीष्टविरोधीहरूले गरेको सबै दुष्टता गर्ने ठूलो सम्भावना हुन्छ। यदि तेरो हृदयमा परमेश्वरको घरले तेरो कामको सुपरिवेक्षण गर्छ भन्ने डर छैन, र तँ माथिले सोधेका प्रश्न र सोधपुछको साँचो जवाफ केही नलुकाई, र आफूलाई थाहा भएजति दिन सक्छस् भने, तेरो कुरा सही वा गलत जे भए पनि, तैँले जस्तो भ्रष्टता प्रकट गरे पनि—तैँले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरे पनि—तँलाई कदापि ख्रीष्टविरोधीका रूपमा चित्रण गरिनेछैन। मुख्य कुरा भनेको तैँले आफ्नो ख्रीष्टविरोधी स्वभाव चिन्न सक्छस् कि सक्दैनस्, र यो समस्या हल गर्न सत्यता खोज्न सक्छस् कि सक्दैनस् भन्ने हो। यदि तँ सत्यता स्विकार्ने व्यक्ति होस् भने, तेरो ख्रीष्टविरोधी स्वभाव समाधान गर्न सकिन्छ। यदि तँलाई आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने कुरा राम्ररी थाहा भएर पनि त्यो समाधान गर्न सत्यता खोज्दैनस्, यदि तँ आइपर्ने समस्याहरू लुकाउने वा समस्याबारे झूट बोल्ने र जिम्मेवारी पन्छाउने कोसिससमेत गर्छस्, अनि काटछाँटमा पर्दा सत्यता स्विकार्दैनस् भने, यो गम्भीर समस्या हो, र तँ ख्रीष्टविरोधीभन्दा फरक होइनस्। तँ आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने जानेर पनि किन यसलाई सामना गर्ने आँट गर्दैनस्? किन तँ यसलाई खुलस्त रूपमा लिएर यसो भन्न सक्दैनस्, ‘यदि माथिबाट मेरो कामबारे सोधपुछ गरिन्छ भने, म आफूलाई थाहा भएको सबै कुरा भन्नेछु, र यदि मैले गरेका खराब कुराहरू खुलासा भए पनि, र माथिलाई थाहा भएपछि उसले मलाई प्रयोग गर्न छोडे पनि, र मैले आफ्नो हैसियत गुमाए पनि, म आफूले भन्नुपर्ने कुरा स्पष्ट रूपमा भन्नेछु’? परमेश्वरको घरले तेरो कामको सुपरिवेक्षण र सोधपुछ गर्नेछ भन्ने डरले तँ सत्यताभन्दा बढी हैसियतलाई बहुमूल्य ठान्छस् भन्ने प्रमाणित गर्छ। के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? हैसियतलाई सबैभन्दा माथि राख्नु ख्रीष्टविरोधीको स्वभाव हो। तँ किन हैसियतलाई यति बहुमूल्य ठान्छस्? तैँले हैसियतबाट कस्ता-कस्ता फाइदाहरू प्राप्त गर्न सक्छस्? यदि हैसियतले तँमाथि विपत्ति, कठिनाइ, बेइज्जती, र पीडा ल्याउँछ भने, के तँ अझै पनि यसलाई बहुमूल्य ठान्थिस्? (ठान्नेथिइनँ।) हैसियत हुँदा प्राप्त हुने कैयौँ लाभहरू छन्, जस्तै अरू मानिसको डाहा, सम्मान, आदर, र चापलुसी, साथै तिनीहरूको आदर र श्रद्धा। तेरो हैसियतले तँलाई श्रेष्ठता र सौभाग्यको पनि अनुभूति गराउँछ जसले तँलाई गर्व र आत्मसम्मानको अनुभव गराउँछ। यसका साथै, तैँले अरूले उपभोग गर्न नपाउने कुराहरू पनि उपभोग गर्न सक्छस्, जस्तै हैसियतका लाभहरू र विशेष व्यवहार। यी कुराहरूबारे तँ सोच्नसमेत आँट गर्दैनस्, र यी तैँले सपना देखेका र तृष्णा गरेका कुराहरू हुन्। के तँ यी कुराहरूलाई बहुमूल्य ठान्छस्? यदि हैसियत कुनै वास्तविक महत्त्वविनाको खोक्रो कुरा हो भने, र यसको प्रतिरक्षा गरेर कुनै वास्तविक उद्देश्य पूरा हुँदैन भने, के यसलाई बहुमूल्य ठान्नु मूर्खता होइन र? यदि तँ देहका हित र आनन्दजस्ता कुराहरू त्याग्न सक्छस् भने ख्याति, प्राप्ति, र हैसियतले अबउप्रान्त तँलाई बन्धनमा पार्नेछैन। त्यसकारण, हैसियतलाई बहुमूल्य ठान्ने र पछ्याउने समस्या समाधान गर्नुभन्दा पहिले कुन कुरा समाधान गर्नुपर्छ? सबभन्दा पहिले, हैसियतका लाभहरूमा रमाउनका लागि दुष्कर्म र चलाकी गर्ने, कुरा लुकाउने, र ढाकछोप गर्ने, साथै परमेश्वरको घरको सुपरिवेक्षण, सोधपुछ, र अनुसन्धान इन्कार गर्ने समस्याको प्रकृतिलाई छर्लङ्ग देख्न सक्नुपर्छ। के यो परमेश्वरविरुद्धको ठाडो प्रतिरोध र विरोध होइन र? यदि तँ हैसियतका लाभहरू लोभ गर्नुका प्रकृति र परिणामहरू छर्लङ्ग देख्न सक्छस् भने, हैसियतको पछि लाग्ने समस्या समाधान हुनेछ। यदि तँ हैसियतका लाभहरू लालसा गर्नुको सार छर्लङ्गै चिन्न सक्दैनस् भने, यो समस्या कहिल्यै समाधान हुनेछैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई))। परमेश्वरले मेरो अवस्था ठ्याक्कै खुलासा गर्नुभयो। अगुवाले, कामको जाँच गर्ने क्रममा, मेरा कर्तव्यहरूमा भएका मेरा कमी र कमजोरीहरू फेला पार्नुहोला कि भन्ने मलाई डर थियो, र उहाँले मेरो कमजोर क्षमता र कार्य सामर्थ्यको कमी देखेर मलाई बर्खास्त गर्नुहोला कि भनेर म झनै डराएकी थिएँ। आफ्नो हैसियत जोगाउन, मैले जालसाजी गर्दै, तथ्यहरूलाई बङ्ग्याउँदै, र जिम्मेवारीबाट पन्छिने उपायहरू खोज्न आफ्नो दिमाग खियाउँदै, आफूलाई लुकाउन र भेष बदल्न हरसम्भव प्रयास गरेँ। मेरा युक्ति र छलले केही समयका लागि मेरो हैसियत जोगाए तापनि, तिनले मण्डलीको कामलाई हानि पुऱ्याए। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ! मैले मेरा वरपरका धेरै ख्रीष्टविरोधी र दुष्ट मानिसका बारेमा सोचेँ जसलाई हटाइएको थियो। उनीहरूले एकताका पदहरू सम्हालेका थिए र अरूद्वारा प्रशंसित थिए, तर उनीहरूको प्रकृतिमा, उनीहरूले सत्यलाई प्रेम गर्दैनथे। उनीहरूले पदहरू ओगटे तर कुनै वास्तविक काम गरेनन्, र आफ्नो हैसियत जोगाउन मण्डलीको काममा अवरोध र बाधासमेत दिए, र अन्ततः, उनीहरूले गरेका धेरै दुष्टताका कारण उनीहरूलाई निष्कासित गरियो। विगतका यी उदाहरणहरू मेरो लागि चेतावनी र सम्झाउनीहरू थिए, र यदि मैले पश्चात्ताप गरिनँ भने, म पनि उनीहरूजस्तै परमेश्वरद्वारा हटाइने थिएँ। मैले ले पनि बुझेँ भने अगुवा र कामदारहरूले समस्याहरू पत्ता लगाउन र समाधान गर्न, र कामको प्रगति र नतिजाहरू सुधार गर्नका लागि कामबारे सोधपुछ र निरीक्षण गर्छन्। तर म साँच्चै छली थिएँ र अगुवा र कामदारहरूप्रति निरन्तर शङ्कालु थिएँ। मैले सोच्थेँ, उनीहरूले कामको सुपरिवेक्षण र निरीक्षण गर्दा, यदि सानोतिनो समस्या वा विचलन फेला पारे भने, उनीहरूले मानिसहरूलाई बर्खास्त गर्नेछन्। मेरो यो दृष्टिकोण एकदमै बेतुकको थियो!
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मेरा लागि अभ्यासको मार्ग स्पष्ट पारिदिए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तँ सत्यताका हकमा चाँडो प्रगति गर्न चाहन्छस् भने, तैँले अरूसँग सौहार्दपूर्ण सहकार्य गर्न, अनि अझ बढी प्रश्नहरू सोध्न, र अझ बढी खोजी गर्न सिक्नुपर्छ। त्यसपछि मात्रै तेरो जीवन शीघ्र रूपमा वृद्धि हुनेछ, र तैँले समस्याहरू तुरुन्तै समाधान गर्न सक्नेछस्, दुवै कुरामा कुनै ढिलाइ हुनेछैन। तँलाई भर्खरै प्रवर्द्धन गरिएको र तँ अझै पनि परीक्षण अवधिमा रहेको, अनि तैँले साँचो रूपमा सत्यतालाई बुझिनसकेको वा तँमा सत्यता वास्तविकता नभएको हुनाले—तँमा अझै पनि यो कदको कमी भएको हुनाले—तँलाई प्रवर्द्धन गर्नुको अर्थ तँमा सत्यता वास्तविकता छ भन्ने नसोच्; यस्तो हुँदैन। तँमा कामप्रति बोझको बोध भएको र तँसित अगुवाको क्षमता भएको हुनाले मात्रै प्रवर्द्धन र संवर्धन गर्नको लागि तँलाई छनौट गरिएको हो। तँमा यो समझ हुनुपर्छ। यदि प्रवर्द्धन भएर तँ अगुवा वा कामदार बनेपछि, तैँले आफ्नो हैकम जमाउन थाल्छस्, र आफू सत्यता पछ्याउने व्यक्ति भएको र आफूमा सत्यता वास्तविकता भएको विश्वास गर्छस् भने—र दाजुभाइ-दिदीबहिनीहरूको समस्या जे-जस्तो भए पनि, यदि तैँले ती समस्या बुझेको, र आफू आत्मिक व्यक्ति भएको ढोँग गर्छस् भने—यो मूर्खतापूर्ण तरिका हो, र यो पाखण्डी फरिसीहरूकै तरिका हो। तैँले सत्यतामा आधारित भएर बोल्ने र काम गर्ने गर्नुपर्छ। नबुझेको बेला, तैँले अरूलाई सोध्न वा माथिबाट सङ्गति खोज्न सक्छस्—यसो गर्नु कुनै लाजमर्दो कुरा होइन। तैँले सोधिनस् भने पनि, माथिलाई तेरो साँचो कद थाहा हुन्छ, र तँमा सत्यता वास्तविकता छैन भन्ने थाहा हुन्छ। तैँले गर्नुपर्ने काम भनेको खोजी र सङ्गति गर्नु हो; यो सामान्य मानवतामा पाइनुपर्ने समझ हो, र अगुवा र कामदारहरूले पालना गर्नुपर्ने सिद्धान्त हो। यो लाज मान्नुपर्ने कुरा होइन। यदि तँलाई अगुवा भएपछि सिद्धान्तहरू नबुझ्नु, वा निरन्तर रूपमा अरू मानिसहरू वा माथिलाई प्रश्नहरू सोध्नु लाजमर्दो कुरा हो भन्ने लाग्छ, र तँलाई अरूले हेप्लान् भन्ने डर लाग्छ, त्यसपछि यसको फलस्वरूप, तैँले नाटक गर्छस्, आफूले सबथोक बुझेको, आफूलाई सबथोक थाहा भएको, आफूमा कार्य सामर्थ्य भएको, आफूले मण्डलीको कुनै पनि काम गर्न सक्ने, र आफूलाई कसैले सम्झाउनु वा सङ्गति गर्नु नपर्ने, वा तँलाई कसैले भरणपोषण वा साथ दिनु नपर्ने भनी ढोँग गर्छस् भने, यो खतरनाक कुरा हो, र तँ अत्यन्तै अहङ्कारी र आत्मधर्मी छस्, तँमा समझको एकदमै कमी छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने मानिसहरूलाई पदोन्नति र संवर्धन गर्ने कार्य उनीहरूले हरेक काम राम्ररी गर्न सक्ने वा उत्कृष्ट कार्य सामर्थ्य भएका कारणले होइन, बरु उनीहरूको बलियो पक्षको आधारमा उनीहरूलाई तालिम लिने अवसर दिइन्छ। वास्तवमा, कसैले कुनै कर्तव्यमा तालिम लिन थाल्दा, त्योबेला उनीहरूमा धेरै कमी र कमजोरीहरू हुनु सामान्य कुरा हो। साँच्चै मानवता र समझ भएका मानिसहरूले इमानदार र विनम्र हृदयले अरूबाट सिक्नेछन् र मार्गदर्शन खोज्नेछन्, र आफ्नो काममा भएका कठिनाइ वा विचलनहरूबारे खुल्नेछन् ताकि उनीहरूले अरूबाट मार्गदर्शन र मद्दत पाउन, सिद्धान्तहरू बुझ्न र आफ्ना कर्तव्यहरूमा उत्पन्न हुने समस्याहरू सकेसम्म चाँडो समाधान गर्न सकून्। यसको विपरीत, अहङ्कारी स्वभाव भएका मानिसहरूले आफूले नबुझेका कुराहरूको सामना गर्दा आफूलाई लुकाउने र भेष बदल्ने प्रयास गर्छन्, र अरूलाई आफ्ना समस्या र कमीकमजोरीहरू देख्न दिन मान्दैनन्। यसले उनीहरूलाई व्यावहारिक तालिम प्राप्त गर्न र कुनै पनि क्षेत्रमा प्रगति गर्नबाट रोक्ने मात्र होइन, अझ गम्भीर रूपमा, यसले मण्डलीको काममा ढिलाइ गर्छ। यस क्षणमा, मैले आफू साँच्चै मूर्ख भएको महसुस गरेँ। सधैँ आफ्ना समस्याहरू ढाकछोप गरेर, म पीडामा बाँचेकी मात्र थिइनँ, मण्डलीको कामलाई हानि पनि पुऱ्याएकी थिएँ। यो महसुस गरेर, मैले पश्चात्तापमा चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, सत्यताको अभ्यास गर्ने, इमानदार व्यक्ति बन्ने प्रयास गर्ने, अगुवा र कामदारहरूको सुपरिवेक्षण, निरीक्षण, सङ्गति, र मार्गदर्शन स्वीकार गर्ने, र आफ्नो कर्तव्य राम्ररी गर्ने सङ्कल्प गरेँ।
पछि, जब अगुवाले फेरि हाम्रो कामबारे अनुगमन गर्नुभयो, तब मैले इमानदार व्यक्ति बन्ने अभ्यास गरेँ, र मेरा कर्तव्यमा समस्याहरू उत्पन्न हुँदा, मैले खुलेर ती कुराहरू अगुवालाई बताएँ। एक पटक, थोमसले हालै सुसमाचारको काममा किन उल्लेखनीय प्रगति नदेखिएको भनेर सोध्नुभयो। यो सुनेर, म फेरि तनावमा परेँ, अनि सोचेँ, “यति लामो समय भइसक्यो र मैले अझै कुनै वास्तविक प्रगति गरेकी छैनँ। के सबैले मेरो क्षमता कमजोर भएकाले म यो कर्तव्यका लागि योग्य छैनँ भनी सोच्नेछन्?” त्यसै क्षण, मैले पढेको परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्वरले देख्ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मलाई सत्यताको अभ्यास गर्ने प्रेरणा दिए। परमेश्वरले इमानदार मानिस र व्यावहारिक रूपमा आफ्नो कर्तव्य गर्नेहरूलाई प्रेम गर्नुहुन्छ। त्यस्ता मानिसहरूले आफूलाई लुकाउँदैनन् वा मकुण्डो पहिरिँदैनन्; उनीहरूमा जस्तोसुकै भ्रष्टता वा कमीकमजोरी भए पनि, उनीहरू सरल र खुला तरिकाले सबैसँग सङ्गति गर्न, र यी समस्याहरू समाधान गर्न सत्यता खोज्न सक्षम हुन्छन्। यो सही मार्ग हो, र यसरी मात्र एक व्यक्ति स्वतन्त्र रूपमा जिउन र छुटकारा महसुस गर्न सक्छ। म अब आफूलाई भेषमा लुकाउन सक्दिनथेँ। म इमानदार व्यक्ति बन्नुपर्थ्यो। मैले आफ्नो साँचो रूप सबैसामु प्रकट गर्नुपर्थ्यो, अरूले मलाई जसरी हेरे तापनि, मैले मण्डलीको कामलाई प्राथमिकता दिएर परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्थ्यो। यस्तो सोचेर, मैले मेरा वास्तविक कठिनाइहरूबारे खुलेर बताएँ। सबैले मेरा समस्याहरूको आधारमा अगाडिका कामका लागि केही सुझावहरू दिए, र अगुवाले पनि मसँग कार्यदक्षता कसरी सुधार गर्ने र सुसमाचारको कामको सुपरिवेक्षण गर्ने सिद्धान्तहरूबारे सङ्गति गर्नुभयो। पछि, मैले केही समयसम्म सबैले सुझाएको मार्गअनुसार अभ्यास गरेँ, र सुसमाचारको कामका नतिजाहरू बिस्तारै सुधारियो, र ब्रदर-सिस्टरहरू पनि आफ्नो कर्तव्यमा थप उत्प्रेरित भए। म परमेश्वरप्रति साँच्चै कृतज्ञ भएँ! तर सोही समयमा, मलाई लज्जा र पश्चात्ताप महसुस भयो, किनभने मैले आफ्ना कर्तव्यहरूमा आफ्नो भ्रष्ट स्वभावमा भर परेकी थिएँ र निरन्तर आफ्नो अभिमान र हैसियत जोगाउने प्रयास गरेकी थिएँ, जसले मण्डलीको काममा ढिलाइ गरेको थियो। अब, म बहाना खोज्न र आफूलाई भेषमा लुकाउन आफ्नो दिमाग खियाउँदिनँ, र म धेरै हल्का र सहज महसुस गर्छु। मलाई थाहा छ, म अझै पनि साँचो इमानदार व्यक्ति बन्नबाट धेरै टाढा छु, तर म अगाडि बढ्दै जाँदा आफ्नो कर्तव्यमा मेरो हृदय परमेश्वरलाई सुम्पन, र परमेश्वरको छानबिन र अरूको सुपरिवेक्षण स्वीकार गर्ने इमानदार व्यक्ति बन्ने कुरा पछ्याउन तयार छु।