५. कहिल्यै नमेटिने पीडा
सन् २००२ को उत्तरार्धको एक दिन, म आफ्नो कर्तव्य निर्वाह गर्दै गर्दा अचानक प्रहरीद्वारा पक्राउ परेँ। तिनीहरूले मलाई एउटा गेस्ट हाउसमा लगे र मेरो बैङ्क कारोबारको भिडियो फुटेज देखाए, अनि मलाई पैसा कहाँबाट आउँछ, म कहाँ बस्छु, मण्डलीको अगुवाइ कसले गर्छ आदि प्रश्नहरू सोधेर मलाई लगातार केरकार गरे। जब मैले जवाफ दिन अस्वीकार गरेँ, तिनीहरूले मलाई विभिन्न तरिकाले यातना दिए—मलाई टुक्रुक्क बस्न बाध्य पारे, छालाको जुत्ताले मेरो अनुहारमा क्रूरतापूर्वक हिर्काए, र दर्जनभन्दा बढी प्रहरीहरूले ममाथि “निद्रा खोस्ने” रणनीति अपनाउँदै केरकार गरे। यसको मतलब तिनीहरूले मलाई सुत्न दिँदैनथे। जब म आँखा चिम्लन्थेँ, प्रहरी मलाई जोडले मुखमा थप्पड हान्थे वा हिंस्रक रूपमा लात्तीले हान्थे, अथवा अचानक मेरो कानमा ठूलो स्वरले कराउँथे। लामो समयसम्म सुत्न नपाएकोले गर्दा, मैले अलमल, उच्च ज्वरो, रिंगटा लागेको र कान बजेको अनुभव गरेँ। मैले कुराहरू दुई ओटा देख्न थालेँ।
प्रहरी यातनाको बीसौँ दिनसम्म आइपुग्दा, मेरो शरीरले सहन सक्ने सीमा नाघिसकेको थियो। म भुइँमा ढलेँ र उठ्ने तागतसमेत जुटाउन सकिनँ। मेरा आँखा खुल्दैनथे, र मेरो चेत धमिलो हुँदै गयो। मलाई सास फेर्न पनि गाह्रो भयो, र मलाई कुनै पनि बेला मर्न सक्छु जस्तो महसुस भयो। म आफ्नी आमा, श्रीमती र छोराछोरीबारे, सोच्नबाट आफूलाई रोक्न नसकी डरले भरिएँ। मलाई यदि म मरेँ भने, तिनीहरूले त्यो सहन नसक्लान् र विक्षिप्त होलान्—त्यसपछि तिनीहरू कसरी जिउँछन् होला? भन्ने चिन्ता लाग्यो। आफ्नो अर्धचेत अवस्थामा, मैले प्रहरीले यसो भनेको सुनेँ, “तँजस्तो जिद्दी मान्छे मरे पनि, तेरो मृत्यु व्यर्थ हुनेछ! हामी तँलाई कतै लगेर गाडिदिनेछौँ र कसैले चाल पाउनेछैन!” तिनीहरूले, “तँ कहाँ बस्छस् मात्र भन्, हामी यो केस बन्द गरिदिनेछौँ! हामी तँसँगै तड्पिँदै रातभर जाग्राम बस्न चाहँदैनौँ।” मैले मनमनै सोचेँ, “यदि मैले आज राति केही भनिनँ भने, सायद म बाँच्नेछैनँ। सायद मैले तिनीहरूलाई केही महत्त्वहीन कुरा बताउन मिल्छ।” मैले मलाई अतिथि सत्कार गर्ने ती वृद्ध सिस्टरबारे सोचेँ—उनलाई मण्डलीका मामिलाबारे कमै थाहा थियो। यदि मैले उनको घरमा बसिरहेको भनेर स्वीकारेँ भने, यसले मण्डलीलाई हानि पुऱ्याउँदैन, होइन त? म पक्राउ परेको बीस दिन भइसकेको थियो, र उनको घरमा भएका परमेश्वरका वचनका पुस्तकहरू धेरै पहिले नै सारिसकिएको हुनुपर्छ। यदि प्रहरीले कुनै प्रमाण फेला पार्न सकेनन् भने, उनीहरूले सम्भवतः ती सिस्टरलाई केही गर्न सक्ने थिएनन्। यो विचारसँगै, मैले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ भन्ने पनि थाहा पाइनँ। र जब प्रहरीले मलाई ती सिस्टरको घर देखाए, मैले त्यो उनकै हो भनेर स्वीकारेँ र उनको परिवारमा कति जना छन् भन्ने पनि बताइदिएँ। मेरो मुखबाट शब्द निस्कनेबित्तिकै, मेरो दिमाग तुरुन्तै स्पष्ट भयो, र मैले आफू यहुदा बनेको महसुस गरेँ। म असाध्यै डराएँ र मेरो सम्पूर्ण शरीर लाटो भयो। मैले आफैलाई दोष दिएँ र गहिरो पछुतो मानेँ, म कसरी यहुदा बनेर ती सिस्टरलाई धोका दिन सकेँ भनेर आफैलाई घृणा गरेँ। म समयलाई पछाडि फर्काउन चाहन्थेँ ताकि मैले बोलेका कुरा फिर्ता लिन सकूँ, तर धेरै ढिलो भइसकेको थियो। मैले ती सिस्टरले कसरी आफ्नो व्यक्तिगत सुरक्षाको पर्वाह नगरी मेरो अतिथि सत्कार गरेकी थिइन्, तर मैले आफूलाई बचाउन उनलाई धोका दिएँ भन्ने सोचेँ—मेरो अन्तरात्मा झन् बढी तड्पियो, र आफू मानवताविहीन भएकोमा मैले आफैलाई घृणा गरेँ, विशेष गरी जब मैले परमेश्वरका वचन सम्झेँ: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि बफादारी नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई कुनै बेला विश्वासघात गरेकाहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई घात गर्नेहरूसँग सङ्गत गर्न झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय पूर्ण रूपमा तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति बफादार रहेकाहरू सधैँ मेरो हृदयमा रहनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। यी वचनले चक्कुले झैँ मेरो मुटु छेडे, र मेरो अन्तरात्माले झन् बढी दोषी र धिक्कार महसुस गऱ्यो। मलाई आफ्नो हृदयमा परमेश्वरको स्वभाव धर्मी र पवित्र, मानिसको उल्लङ्घन सहन नसक्ने छ थाहा थियो। आफूलाई बचाउन परमेश्वरलाई धोका दिने र ब्रदर-सिस्टरहरूलाई घात गर्नेहरूलाई उहाँ घृणा गर्नुहुन्छ। ती सिस्टरलाई घात गरेर म एक लज्जास्पद यहुदा बनेँ, र मैले परमेश्वरको हृदयमा चोट पुऱ्याएँ। अब सायद परमेश्वरले मलाई मुक्ति दिनुहुन्नथ्यो; परमेश्वरमाथिको आफ्नो आस्थाको मार्ग बन्द गर्ने मा नै थिएँ। यो सबै सोच्दा, मेरो मुटु पीडाले च्यातिन लागे झैँ महसुस भयो। म रातौँरात सुत्न सकिनँ, र म वेदना र आत्मग्लानिमा जिएँ। म परमेश्वर र ती सिस्टरप्रति ऋणी थिएँ। मैले आफैलाई क्षमा गर्न सकिनँ। त्यसपछि, जब प्रहरीले मबाट थप केही पनि प्राप्त गर्न सकेनन्, तिनीहरूले मविरुद्ध नक्कली आरोपहरू लगाए र मलाई डेढ वर्षको सजाय सुनाए। त्यतिबेला, मेरो शरीर असाध्यै कमजोर थियो; बाहिर व्यायामको समयमा केही कदम हिँड्दा पनि म स्वाँ-स्वाँ गर्न थाल्थेँ। प्रहरीलाई जीवनै जाला भन्ने डर लागेछ, त्यसैले पचास दिनपछि तिनीहरूले मलाई उपचार जमानतमा रिहा गरे, तर मलाई स्थानीय क्षेत्र छोड्ने अनुमति दिएनन्। मैले हरेक महिना उनीहरूलाई आफ्नो ठेगाना बताउनुपर्थ्यो र हरेक तीन महिनामा प्रहरी चौकीमा गएर विचारधारात्मक रिपोर्ट बुझाउनुपर्थ्यो। पछि, मैले प्रहरी त्यतिबेला ती सिस्टरको घरमा गएका, र उनले त्यसपछि आफ्नो कर्तव्य निर्वाह गर्न सकिनन् भन्ने थाहा पाएँ।
म एक महिनाभन्दा बढी घरमै बसेँ, तर त्यसपछि प्रहरी फेरि मलाई पक्रन आए, त्यसैले म काम गर्नका लागि हतारहतार अर्को सहरतिर भागेँ। त्यसको लगत्तै, प्रहरीले मलाई पक्रनको लागि निर्माण क्षेत्रसम्मै पिछा गरे, र म रातारात त्यहाँबाट भागेँ। त्यो अवधि नै मेरा लागि सबैभन्दा कठिन समय थियो। मेरो मण्डलीसँगको सम्पर्क टुट्यो, र मेरा आफन्त तथा साथीभाइले मलाई तिरस्कार गरे। म लुक्ने कुनै ठाउँ थिएन र जताततै भौँतारिँदै प्रायजसो पुलमुनि सुतेँ। त्यतिबेला म असाध्यै असहाय महसुस गर्थेँ, लाग्थ्यो परमेश्वर मलाई अब चाहनुहुन्न। मलाई मैले परमेश्वरको स्वभावलाई चिढ्याएको हुनाले यस्तै दण्डको योग्य छु भन्ने थाहा थियो। वास्तवमा, म शारीरिक कष्ट सहन सक्थेँ, तर परमेश्वर, मण्डली जीवन, र परमेश्वरका वचन पढ्ने अवसर गुमाउँदा मलाई बाँच्नुभन्दा मर्नु निको लाग्न थाल्यो। मैले परमेश्वरलाई प्रार्थना गर्ने आँट गरिनँ, न त म आफू उहाँलाई प्रार्थना गर्न योग्य नै ठान्थेँ। मलाई लाग्यो म यहुदा बनेको छु, जसलाई परमेश्वरले घृणा गर्नुहुन्छ। के परमेश्वरले अझै मेरा प्रार्थना सुन्नुहुन्थ्यो होला त? म रातौँ रात सुत्न सकिनँ, र म यति धेरै पछुतोले भरिएको थिएँ कि मैले आफैलाई कति पटक थप्पड हानेँ पत्तै भएन, र धेरै पटक मरेर आफ्नो पीडा अन्त्य गर्न चाहेँ। पछि, मैले परमेश्वरका वचन सम्झेँ र उहाँको अभिप्राय अलि बढी बुझ्न थालेँ। परमेश्वरका वचनहरूले भन्छन्: “आज, धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू कष्टको कुनै मूल्य हुँदैन, र संसारले तिनीहरूलाई इन्कार गर्छ, तिनीहरूको घरेलु जीवन समस्याग्रस्त छ, परमेश्वरलाई तिनीहरू मनोहर लाग्दैनन्, र तिनीहरूको भविष्य धूमिल छ भन्ने विश्वास गर्छन्। कतिपय मानिसहरू केही हदसम्म कष्ट भोग्नुपर्दा, तिनीहरू मर्नसमेत चाहन्छन्। यो परमेश्वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायर हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र अयोग्य छन्! परमेश्वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्कण्ठित हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसको कष्ट उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसको परीक्षा उति नै ठुला हुन्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्वरका वचन मनन गर्दा, मैले आफूले भोगिरहेका परिस्थिति परमेश्वरको धार्मिकताका कारणले गर्दा हो—मेरो यहुदाजस्तो कार्यको उचित प्रतिफल हो भन्ने महसुस गरेँ। यद्यपि, म परमेश्वरद्वारा सिर्जित प्राणी थिएँ, र मैले आफ्ना लागि मृत्यु रोज्नु हुँदैनथ्यो; मैले परमेश्वरको सजाय स्वीकार गर्नुपर्थ्यो। भविष्यमा, यदि मैले मौका पाएँ भने, म परमेश्वरलाई पछ्याइरहनेछु। यदि यसको अर्थ परमेश्वरको निम्ति सेवा प्रदान गर्नु मात्रै भए पनि, म राजीखुसीले त्यो गर्नेछु। त्यसैले, मैले मृत्युका विचारहरू त्यागेँ र रुँदै घुँडा टेकेर प्रार्थना गरेँ, “हे परमेश्वर! म मर्न योग्य छु; म श्रापित हुन योग्य छु …” लामो समयसम्म, गला अवरुद्ध भएर केही बोल्नै नसक्ने हुनुअघि मैले प्रार्थनामा परमेश्वरलाई भन्न सकेको कुरा यही मात्र थियो।
सन् २००८ मा, ब्रदर-सिस्टरहरूले मलाई भेट्टाए र मैले ती सिस्टरलाई धोका दिनु मेरो देहको क्षणिक कमजोरी थियो, जसले मण्डलीलाई ठूलो क्षति पुऱ्याएन भनेँ। उनीहरूले मेरो निरन्तरको कर्तव्य निर्वाह राम्रो थियो भनेर भने, अनि मण्डलीले मलाई फेरि एउटा कर्तव्य सुम्प्यो। त्यो क्षण, मेरा आँखा रसाए। मलाई लागेको थियो, परमेश्वरलाई धोका दिएको र यहुदा बनेका कारण म दण्ड पाउन र नरकमा जान योग्य छु। तर परमेश्वरले मलाई मेरो अपराधअनुसार व्यवहार गर्नुभएन; उहाँले मलाई पश्चात्ताप गर्ने मौका दिनुभयो। मलाई अझ बढी पछुतो र आत्मग्लानि महसुस भयो, र म परमेश्वरप्रति कति ऋणी छु भन्ने महसुस गरेँ। मैले हृदयदेखि नै सङ्कल्प गरेँ भविष्यमा मण्डलीले मलाई जस्तोसुकै कर्तव्य दिए पनि, परमेश्वरको ऋण तिर्न म त्यसको कदर गर्दै त्यसलाई पूरा गर्नेछु। पछि, कम्युनिस्ट पार्टीले विभिन्न ठाउँमा विश्वासीहरूलाई पक्राउ गर्न थाल्यो, र हाम्रो मण्डलीका दुई जना अगुवाहरू पनि पक्राउ परे। लगत्तै, मैले तिनीहरू यहुदा बनेका र मण्डलीबाट निष्कासित भएका भन्ने सुनेँ। त्यतिबेला, मैले मनमनै सोचेँ, “यदि तिनीहरू यहुदा बनेकाले निष्कासित भए भने, र मैले पनि त्यस्तै गरेको हुँदा, के मेरो निष्कासन पनि समयको मात्र कुरा होइन र?” यी कुराहरू सोच्दा, मेरो मुटु चसक्क दुख्थ्यो। मलाई मेरो अपराध धेरै ठूलो छ भन्ने लाग्थ्यो, र मैले जतिसुकै पछ्याए पनि, मेरो मुक्तिको आशा क्षीण देखिन्थ्यो। सायद कुनै दिन, यदि मैले आफ्नो कर्तव्य निर्वाह गर्दा गल्ती गरेँ भने, मण्डलीले मलाई निष्कासित गर्न सक्छ। मलाई त्यतिबेला झन् बढी पछुतो लाग्यो, र आफ्नो गवाहीमा दृढ नरहेकोमा मैले आफैलाई घृणा गरेँ। यदि म त्यतिबेला आफ्नो गवाहीमा दृढ रहेको भए, अहिले यसरी तड्पिनुपर्ने थिएन। यो सब म मृत्युसँग असाध्यै डराएको र ज्यान जोगाउन तुच्छ जीवन जिउन रुचाएको कारणले भएको थियो। मैले जे गरेँ, त्यसको फल म आफैले भोग्नुपर्थ्यो; म अरू कसैलाई दोष दिन सक्दिनथेँ। त्यसैले, धेरैभन्दा धेरै असल कामहरू गरेर आफ्नो अपराधको भरपाइ गर्ने आशामा, मैले आफ्नो कर्तव्य निर्वाहमा अझ बढी कोसिस गरेँ। मानिसहरूप्रति परमेश्वरका आशिष, प्रतिज्ञा, र सान्त्वना तथा प्रोत्साहनका वचनहरूको सवालमा भने, मलाई ती कुराहरू अब उप्रान्त मसँग सम्बन्धित छैनन् वा मेरा लागि होइनन् जस्तो लाग्थ्यो। पछि, मानिसहरूलाई निकाल्ने सम्बन्धी सामग्रीहरू सङ्कलन र व्यवस्थित गर्न मैले सहकार्य गर्दा, जब-जब म ती यहुदाहरूबारेका सामग्रीहरू सङ्कलन र सङ्गठित गर्थेँ, मलाई आफूले यहुदा बनेर ती सिस्टरलाई पुऱ्याएको हानिको याद आउँथ्यो। यो कुरा मेरो मुटुमा पोलेको घाउको खाटो बसेझैँ भएको थियो। जब-जब म यो कुरा सम्झन्थेँ, म दोषी महसुस गर्थेँ, र चक्कुले रोपिरहे झैँ पीडा हुन्थ्यो। यो कुरा मेरो मुटुमा एउटा अनन्त धब्बा र पीडा बनेको थियो। पछि, मलाई मुटु रोग र उच्च रक्तचापजस्ता विभिन्न रोगहरू लागे, र मेरो स्वास्थ्य बिग्रँदै गयो। म सोच्न थालेँ: के म दण्ड भोगिरहेको छु? वा परमेश्वरले मलाई त्याग्नुभएको हो? यसले मेरो हृदयमा झन् ठूलो पीडा र कमजोरी ल्यायो। कहिल्यैकाहीँ, जब म कर्तव्य निर्वाहको क्रममा भ्रष्टता प्रकट गर्थेँ, मलाई मेरो भ्रष्ट स्वभाव हल गर्न सत्यता खोज्नुपर्छ भन्ने थाहा हुन्थ्यो। तर फेरि म मेरो अपराध कति ठूलो थियो र त्यसको प्रकृति कति गम्भीर थियो भन्ने सोच्थेँ, र मनमनै गुन्थेँ: के परमेश्वरले अझैपनि मलाई मुक्ति दिन सक्नुहोला र? के उहाँले मलाई सत्यता बुझ्न अझै अन्तर्दृष्टि दिनुहोला र? यसरी, म दिक्दारीको स्थितिमा जिइरहेको थिएँ।
एक दिन, एउटी सिस्टरले मेरो स्थितिबारे थाहा पाइन् र मलाई मद्दत गर्न आफ्ना अनुभवबारे सङ्गति गरिन्। उनले मलाई परमेश्वरका वचनको एउटा खण्ड पनि पढेर सुनाइन्। परमेश्वर भन्नुहुन्छ: “के परमेश्वरले कुनै व्यक्तिलाई मुक्ति दिइनेछ कि दिइनेछैन भन्ने कुरा उसको भ्रष्टताको तहका आधारमा निर्धारित गर्नुहुन्छ? के उहाँले तिनीहरूलाई न्याय वा सजाय गर्ने कि नगर्ने भन्ने कुरा तिनीहरूका अपराधहरूको आकार वा तिनीहरूको भ्रष्टताको परिमाणका आधारमा निर्धारित गर्नुहुन्छ? के उहाँले तिनीहरूको गन्तव्य र परिणाम तिनीहरूको रूप, तिनीहरूको पारिवारिक पृष्ठभूमि, तिनीहरूको क्षमताको स्तर वा तिनीहरूले कति कष्ट भोगेका छन् भन्ने आधारमा निर्धारित गर्नुहुन्छ? परमेश्वरले यी कुराहरूलाई आफ्नो निर्णयका आधारका रूपमा प्रयोग गर्नुहुन्न; उहाँले यी कुराहरूलाई हेर्नु पनि हुन्न। यसैले तैँले के बुझ्नैपर्छ भने परमेश्वरले मानिसहरूलाई यी कुराहरूका आधारमा मापन नगर्नुहुने भएकाले, तैँले पनि मानिसहरूलाई यी कुराहरूका आधारमा मापन गर्नु हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ)। परमेश्वरका वचनबाट, मैले परमेश्वर व्यक्तिको परिणाम र गन्तव्य उनीहरूको अपराधको आकार वा भ्रष्टताको हदका आधारमा निर्धारण गर्नुहुन्न भन्ने महसुस गरेँ। बरु, परमेश्वर व्यक्तिले अपराध गरेपछि साँचो रूपमा पश्चात्ताप गर्छ कि गर्दैन भनेर हेर्नुहुन्छ, र अन्ततः उनीहरूसँग सत्यता छ कि छैन र उनीहरूको स्वभाव परिवर्तन भएको छ कि छैन भन्ने आधारमा व्यक्तिको परिणाम र गन्तव्य निर्धारण गर्नुहुन्छ। मैले आफ्नै धारणाहरू त्याग्नुपर्छ, सत्यता खोज्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ र आफ्नै समस्याहरू हल गर्नुपर्छ। यो नै परमेश्वरको अभिप्रायअनुरूप हुन्छ। यी कुराहरू महसुस गर्दा मैले धेरै वर्षदेखि बोकेका दबिएका भावनाहरू धेरै हदसम्म शान्त भए। अनुहारबाट आँसुका भेल बगाउँदै, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! वर्षौँदेखि, म आफ्ना सम्भावना र गन्तव्यबारे चिन्ता गर्दै नकारात्मक स्थितिमा जिइरहेको छु, र ममा सत्यता पछ्याउने कुनै जाँगर थिएन। ती सिस्टरमार्फत मलाई मद्दत गर्नुभएकोमा धन्यवाद। म तपाईँसामु पश्चात्ताप गर्न इच्छुक छु। हे परमेश्वर! कृपया मलाई आफ्नै समस्याहरू हल गर्न अगुवाइ गर्नुहोस्।”
प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “मानिसहरू दिक्दारीमा डुब्नुको अर्को जड कारण पनि छ, र त्यो कारण के हो भने मानिसहरू वयस्क नभई वा वयस्क भएपछि केही खास घटनाहरू घट्छन्, अर्थात्, तिनीहरूले केही अपराध गर्छन् वा केही बेबकुफ, मूर्ख, र अज्ञानी कामकुराहरू गर्छन्। तिनीहरू आफूले गरेका यी अपराधहरू, यी बेबकुफ र अज्ञानी कामकुराहरूको कारण दिक्दारीमा डुब्छन्। यसप्रकारको दिक्दारी आफैलाई दोष दिनु हो, र यो तिनीहरू कस्ता व्यक्ति हुन् भन्ने एक प्रकारको चित्रण पनि हो। … अनि जब-जब तिनीहरूले सत्यतासम्बन्धी कुनै प्रवचन वा सङ्गति सुन्छन्, तब-तब यो निराशा बिस्तारै तिनीहरूको मनमा र तिनीहरूको अन्तस्करणमा प्रवेश गर्छ, र तिनीहरूले यसो भन्दै आफैलाई प्रश्नमाथि प्रश्न गर्छन्, ‘के मैले यसो गर्न सक्छु? के म सत्यता पछ्याउन सक्षम छु? के म मुक्ति प्राप्त गर्न सक्षम छु? म कस्तो प्रकारको व्यक्ति हुँ? मैले पहिले पनि त्यो काम गरेको छु, र म पहिले त्यस्तै व्यक्ति थिएँ। म मुक्ति दिन नसकिने व्यक्ति हुँ! के परमेश्वरले अझै पनि मलाई मुक्ति दिनुहुनेछ त?’ कतिपय मानिस कहिलेकाहीँ आफ्नो दिक्दारी त्याग्न सक्छन् र त्यसलाई पछि छोड्छन्। तिनीहरू आफ्नो इमानदारी र आफूले बटुल्न सक्ने सबै ऊर्जा आफ्ना कर्तव्य, दायित्व, र जिम्मेवारीहरू पूरा गर्नमा लागू गर्छन्, अनि सत्यता पछ्याउन र परमेश्वरका वचनहरू मनन गर्नमा, अनि परमेश्वरका वचनहरू बुझ्नका लागि परिश्रम गर्नमा आफ्नो सारा हृदय र मनसमेत लगाउँछन्। तर विशेष अवस्था वा परिस्थिति आइपर्नेबित्तिकै, दिक्दारीले तिनीहरूलाई फेरि एकपटक गाँज्छ र तिनीहरूलाई हृदयभित्र दोषी महसुस गराउँछ। तिनीहरूले मनमनै विचार गर्छन्, ‘तैँले पहिले पनि त्यो काम गरेको छस्, र तँ त्यस्तै व्यक्ति थिइस्। के तैँले मुक्ति पाउन सक्छस्? के सत्यता अभ्यास गर्नुको कुनै अर्थ छ? तैँले गरेको कुराप्रति परमेश्वरले के विचार गर्नुहुन्छ? के तैँले गरेको कामको सवालमा परमेश्वरले तँलाई क्षमा दिनुहुनेछ? के यसरी मूल्य चुकाएर तैँले त्यो अपराधको शोधभर्ना गर्न सक्छस्?’ तिनीहरू प्रायः आफूलाई दोष दिन्छन् र भित्रभित्रै दोषी महसुस गर्छन्, र तिनीहरू अक्सर आफूलाई शङ्का गर्छन् र आफूमाथि प्रश्नहरू बर्साउँछन्। तिनीहरू यस दिक्दारीलाई कहिल्यै फाल्न सक्दैनन्, र तिनीहरू हृदयमा आफूले गरेका लाजमर्दा कुराहरूबारे सधैँ अप्ठ्यारो महसुस गर्छन्। त्यसकारण, तिनीहरूले यतिका धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका छन्, र तिनीहरूले परमेश्वरले भनेको कुनै कुरा सुनेका छन् भन्ने देखिँदैन, न त तीमध्ये कुनै बुझेका छन् भन्ने नै देखिन्छ। यस्तो लाग्छ मानौँ तिनीहरूलाई मुक्ति पाउने कार्य आफूसँग सम्बन्धित छ कि छैन, आफूलाई दोषमुक्त गर्न र छुटकारा दिन सकिन्छ कि सकिँदैन, वा आफू परमेश्वरको न्याय र सजाय अनि उहाँको मुक्ति पाउन योग्य छु कि छैनँ भन्ने नै थाहा छैन। तिनीहरूलाई यी सब कुराबारे थाहा हुँदा पनि हुँदैन। तिनीहरूले कुनै उत्तर नपाउने हुनाले, र तिनीहरूले कुनै सही फैसला नपाउने हुनाले, तिनीहरूलाई भित्री रूपमा सधैँ दिक्दारी महसुस हुन्छ। तिनीहरू आफ्नो भित्री हृदयमा आफूले गरेका कुराहरू बारम्बार विचार गरिरहन्छन्, त्यसलाई मनमा खेलाइरहन्छन्, यो सब कसरी सुरु भयो र कसरी अन्त्य भयो भनेर याद गरिरहन्छन्, पहिले के आयो र पछि के आयो भनेर याद गरिरहन्छन्। तिनीहरूले यसलाई जसरी याद गरे पनि, तिनीहरूलाई सधैँ पाप महसुस हुन्छ, र त्यसकारण तिनीहरूलाई यो विषयमा वर्षौँसम्म दिक्दारी महसुस भइरहन्छ। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका बेलामा समेत, तिनीहरूले कामको निश्चित पक्षमा सुपरिवेक्षकका रूपमा सेवा गर्दासमेत, तिनीहरूलाई आफूले मुक्ति पाउने कुनै आशा छैन भन्ने महसुस हुन्छ। त्यसकारण, तिनीहरू सत्यता पछ्याउने कुरालाई सबैभन्दा सही र महत्त्वपूर्ण कुराका रूपमा कहिल्यै सोझै सामना गर्दैनन्। तिनीहरू केवल आफूले विगतमा गरेको गल्ती वा गरेको कुरालाई धेरैजसो मानिसले एकदमै खराब ठान्छन्, वा मानिसहरूले दोषी ठहर्याउँछन् र तिरस्कार गर्छन्, वा परमेश्वरले समेत दोषी ठहर्याउनुहुन्छ, अनि तिनीहरूले भविष्यमा सत्यता पछ्याए पनि मुक्ति पाउन सक्दैनन् भनेर विश्वास गर्छन्। परमेश्वरको काम जुनै चरणमा भए पनि वा उहाँले जति धेरै वाणी बोल्नुभएको भए पनि, तिनीहरू सत्यता पछ्याउने कुरालाई कहिल्यै सही रूपमा सामना गर्दैनन्। यो किन हुन्छ? किनभने तिनीहरूले यस प्रकारको कुरा अनुभव गरेर निकाल्ने अन्तिम निष्कर्ष गलत हुन्छ, र त्यसैले तिनीहरू आफ्नो दिक्दारीलाई पछि छोड्न असक्षम हुन्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनले मेरो हृदयमा छेडे, र तिनले खुलासा गरेको कुरा मेरो साँचो स्थिति थियो। म पक्राउ परेको थिएँ र परमेश्वरलाई धोका दिँदै र ती सिस्टरलाई घात गर्दै यहुदा बनेको थिएँ। यो कुरा मेरो हृदयमा डामजस्तै बसेको थियो। मण्डलीले मलाई स्विकारेको र कर्तव्य निर्वाह गर्न दिएको भए पनि, मैले यो बाधा कहिल्यै पार गर्न सकेको थिइनँ। जब-जब म यहुदा बनेर ती सिस्टरलाई पुऱ्याएको हानिबारे सोच्थेँ, म आफू मुक्तिको कुनै मौका नभएको व्यक्ति हुँ भन्ने निश्चय गर्थेँ। हरेक पटक जब म ब्रदर-सिस्टरहरू पक्राउ परेर यातना भोग्दा पनि आफ्नो गवाहीमा दृढ रहेका अनुभवात्मक भिडियोहरू हेर्थेँ, मलाई लाज र दोषी महसुस हुन्थ्यो, र मेरो विवेकले मलाई धिक्कार्थ्यो। हरेक पटक जब म यहुदाहरूलाई निकाल्ने सम्बन्धी सामग्रीहरू सङ्कलन र सङ्गठित गर्थेँ, मेरो मुटुमा चक्कुले रोपिरहेजस्तो पीडा हुन्थ्यो, र त्यतिबेला आफ्नो गवाहीमा दृढ नरहेकोमा म आफैलाई घृणा गर्थेँ। यदि म दृढ रहेको भए, मेरो हृदय यसरी तड्पिने थिएन। बाहिरी रूपमा मैले आफ्नो कर्तव्य निर्वाह गरे पनि, भित्रभित्रै म सधैँ दिक्दार रहन्थेँ, र आफू अरूभन्दा फरक छु जस्तो लाग्थ्यो। मैले परमेश्वरलाई धोका दिँदै—परमेश्वरले घृणा गर्नुहुने व्यक्ति—एक यहुदा बनेको थिएँ। के परमेश्वरले मलाई अझै चाहनुहुन्छ? के उहाँले मलाई अझै मुक्ति दिनुहुन्छ? यी कुराहरू सोच्दा म पीडा र बेचैनीले भरिन्थेँ। मैले परमेश्वरलाई प्रार्थना गर्ने आँटसमेत गरिनँ, मलाई लाग्थ्यो परमेश्वरले मलाई घृणा गर्नुहुन्छ र मेरा प्रार्थना सुन्नुहुन्न। परमेश्वरका वचन पढ्दा पनि उस्तै हुन्थ्यो; जब-जब म अर्ती, सान्त्वना, प्रतिज्ञा वा आशिषका वचनहरू पढ्थेँ, मलाई ती वचनहरू मजस्तो व्यक्तिका लागि होइनन् जस्तो लाग्थ्यो। म परमेश्वरका प्रतिज्ञा वा आशिषका लायक थिइनँ; म त केवल श्राप र दण्डको लायक थिएँ! म लामो समयदेखि परमेश्वरलाई गलत बुझ्ने स्थितिमा जिइरहेको थिएँ, ममा सत्यता पछ्याउने दृढताको अभाव थियो, र आफ्नो अपराधको प्रायश्चित गर्न काम राम्ररी गर्नमा मात्र सन्तुष्ट थिएँ। वास्तवमा, परमेश्वरले मलाई उहाँका वचन खाने र पिउने अधिकारबाट वञ्चित गर्नुभएको थिएन, र उहाँले मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने र सत्यता पछ्याउने अवसर दिनुभएको थियो। यो सबै परमेश्वरको अनुग्रह थियो। तर, म दिक्दारीको स्थितिमा जिएँ। जब कर्तव्य निर्वाहमा मेरो भ्रष्टता प्रकट हुन्थ्यो, मलाई त्यो हल गर्न सत्यता खोज्नुपर्छ भन्ने थाहा हुन्थ्यो। तर जब-जब म यहुदा बनेको कुरा सम्झन्थेँ, मलाई मैले जतिसुकै कोसिस गरे पनि वा जतिसुकै पछ्याए पनि, त्यो सबै व्यर्थ छ भन्ने लाग्थ्यो। के परमेश्वरले अझै उहाँलाई धोका दिनेहरूलाई मुक्ति दिन सक्नुहुन्छ? मैले सोचेँ, मैले अझ बढी श्रम गरिरहनुपर्छ र गल्तीको भरपाइ गर्न आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्छ, अनि सायद एक दिन परमेश्वरले मेरो बफादार श्रम देख्नुहुन्छ र मेरो दण्ड कम गर्नुहुन्छ। म निरन्तर आफ्नो अपराधको बोझले थिचिएर दिक्दारीको स्थितिमा जिइरहेको थिएँ। वर्षौँसम्म, धेरै कुराहरू भए पनि, म आफ्नो जीवन प्रवेशमा केन्द्रित नभई केवल प्रयास गर्न र काम फत्ते गर्नमै सन्तुष्ट थिएँ, जसले गर्दा मैले सत्यता प्राप्त गर्ने धेरै अवसरहरू गुमाएँ।
आफ्नो आत्मचिन्तनको क्रममा, मैले परमेश्वरका वचनको एउटा खण्ड भेट्टाएँ: “मानिसहरू सबैले आशिष्, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको सबैभन्दा गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ? यदि मानिसहरूको हृदयमा लुकेको आशिष् प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्वरमाथि विश्वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष् प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो। सायद, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वा मण्डलीको जीवन जिउँदा, तिनीहरूलाई आफूले केही सत्यताहरू बुझेको छु र आफ्नो परिवार त्याग्न र खुसीसाथ आफूलाई परमेश्वरप्रति समर्पित गर्न सक्षम छु, र अब आफूलाई आशिष् प्राप्त गर्ने आफ्नो अभिप्रायको ज्ञान छ, र यो अभिप्राय त्यागेको छु, र अब यसद्वारा शासित वा बाँधिएको छैन भन्ने महसुस हुन्छ। त्यसपछि, तिनीहरूले अब आफूसँग आशिष् प्राप्त गर्ने अभिप्राय छैन भनी सोच्छन्, तर परमेश्वरले अर्कै सोच्नुहुन्छ। मानिसहरूले विभिन्न कुराहरूलाई सतही रूपमा मात्रै हेर्छन्। परीक्षाहरूविना, तिनीहरूले आफ्नो बारेमा राम्रै अनुभव गर्छन्। जबसम्म तिनीहरूले मण्डली छोडेका वा परमेश्वरको नामलाई इन्कार गरेका हुँदैनन्, र तिनीहरू आफूलाई परमेश्वरप्रति समर्पित गर्न लागिरहन्छन्, तबसम्म तिनीहरूले आफू परिवर्तन भएको छु भन्ने विश्वास गर्छन्। तिनीहरू अब आफ्नो कर्तव्य निर्वाहमा आफ्नो जोस वा क्षणिक आवेगद्वारा उत्प्रेरित भएको महसुस गर्दैनन्। यसको साटो, तिनीहरू आफूले सत्यता पछ्याउन सक्ने, र आफ्नो कर्तव्य निर्वाह गर्दा आफूले निरन्तर सत्यताको खोजी र अभ्यास गर्न सक्ने, जसले गर्दा तिनीहरूका भ्रष्ट स्वभावहरू शुद्ध हुने र तिनीहरूले केही साँचो परिवर्तन हासिल गर्न सक्ने विश्वास गर्छन्। तर, जब तिनीहरूको गन्तव्य र परिणामसँग प्रत्यक्ष रूपमा सम्बन्धित घटनाहरू घट्छन्, तब तिनीहरूका प्रकटीकरणहरू के-के हुन्छन्? तिनीहरूको साँचो अवस्था पूर्ण रूपमा प्रकाश हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्वरले मानिसहरू उहाँप्रतिको विश्वासमा आफ्नो भाग्य र सम्भावना, साथै व्यक्तिगत आशिष् जस्ता सबै कुराका लागि अन्तर्निहित मनसायहरू राख्छन् भनी खुलासा गर्नुभयो। यदि एक दिन उनीहरूले आशिष् पाउन सकेनन् वा उनीहरूले कुनै भाग्य वा सम्भावना देखेनन् भने, उनीहरूलाई परमेश्वरमा विश्वास गर्नु अर्थहीन लाग्छ, र फलस्वरूप उनीहरू दिक्दारीको स्थितिमा जिउँछन्। मैले पावललाई सम्झेँ: सुरुमा उनले प्रभु येशूको विरोध गरे, प्रभुका चेलाहरूलाई पक्रने र सताउने काम गरे। त्यसपछि, दमास्कस जाने बाटोमा, परमेश्वरले पावललाई महान् ज्योतिले ढाल्नुभयो र एक अपोसल बन्नका लागि बोलाउनुभयो। पावलले सुरुमा आफ्ना पापको प्रायश्चित गर्न र अपराधको भरपाइ गर्नका लागि धेरै वर्षसम्म सुसमाचार प्रचार गरे। तर उनले आफ्नो भ्रष्ट स्वभाव बदल्नका लागि सत्यता पटक्कै पछ्याएनन्। फलस्वरूप, धेरै वर्षको कामपछि पनि, परमेश्वरको प्रतिरोध गर्ने उनको शैतानी प्रकृति पूर्ण रूपमा अपरिवर्तित रहेको थियो। उनले आफ्नो धेरै वर्षको परिश्रम र कामले आफ्ना पापहरूको प्रायश्चित भइसकेको, र आफ्ना दोषहरूभन्दा गुणहरू बढी रहेका भन्ने महसुस गरे, र परमेश्वरसँग खुल्लमखुल्ला मुकुट मागे अनि अन्त्यमा उहाँद्वारा हटाइए। आफैलाई फर्केर हेर्दा, मैले म पनि पावलकै बाटोमा हिँडेको रहेछु भन्ने महसुस गरेँ। मैले ती सिस्टरलाई धोका दिएर यहुदा बनेको हुँदा, मलाई आशिषको आशा क्षीण छ जस्तो लाग्थ्यो। विशेष गरी जब मैले मण्डलीका दुई जना अगुवाहरू यहुदा बनेकाले निष्कासित भएको देखेँ, म आफू पनि एक दिन मण्डलीबाट निष्कासित हुनेछु भनेर चिन्तित भएँ। म नकारात्मक भएँ र काममा ढिलासुस्ती गरेँ, ममा सत्यता पछ्याउने कुनै दृढता थिएन, र मैले परमेश्वरले मलाई अब मुक्ति दिनुहुन्न भन्ने महसुस गरेँ। मैले जतिसुकै कोसिस गरे पनि वा पछ्याए पनि, मेरो लागि कुनै राम्रो परिणाम वा गन्तव्य हुनेथिएन। मैले परमेश्वरमा विश्वास गर्ने र कर्तव्य निर्वाह गर्ने मेरो उद्देश्य आशिषका लागि रहेछ, सत्यता प्राप्त गर्न र परमेश्वरमा समर्पित हुन, वा सृजित प्राणीको कर्तव्य पूरा गरेर उहाँलाई सन्तुष्ट पार्न होइन रहेछ भन्ने थाहा पाएँ। विगतका केही वर्षदेखि, म निरन्तर आफ्नो अपराधले सताइएको थिएँ, र आफ्ना सम्भावना तथा गन्तव्यबारे चिन्तित थिएँ। मैले आफ्नो अपराधप्रति केही पछुतो र घृणा महसुस गरे पनि, गहिरोसँग गडेको आशिष पछ्याउने मेरो दृष्टिकोण हटेको थिएन। यसले मलाई मैले परमेश्वरसामु साँचो रूपमा पश्चात्ताप गरेको रहेनछु, बरु आफ्नो अन्तरात्माले आफूलाई धिक्कार्न छोडोस् भनेर परमेश्वरसामु मूल्य चुकाएर र आफूलाई समर्पित गरेर आफ्नो अपराधको प्रायश्चित गर्न खोजिरहेको रहेछु भन्ने महसुस गरायो। मैले यस्तो ठूलो दुष्टता गरेपछि पनि म परमेश्वरसँग लेनदेन गर्न खोजिरहेको थिएँ—यो साँच्चै कुरूप, स्वार्थी र नीच कुरा हो भन्ने बुझेँ। यसले मलाई अझ ठूलो पछुतो र आत्मग्लानि महसुस गरायो।
खोज्दै जाँदा, मैले परमेश्वरका वचनका थप दुई खण्डहरू भेट्टाएँ जसले मलाई उहाँको धर्मी स्वभाव झन् बढी बुझ्नमा मद्दत गरे। परमेश्वरका वचनहरूले भन्छन्: “धेरैजसो मानिसहरूले केही अपराधहरू गरेका र आफूमाथि केही दागहरू ल्याएका छन्। उदाहरणका लागि, कतिपय मानिसहरूले परमेश्वरको प्रतिरोध गरेका छन् र ईशनिन्दात्मक कुराहरू भनेका छन्; कतिपय मानिसहरूले परमेश्वरको आज्ञालाई अस्वीकार गरेका छन् र आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गरेका छन्, र तिनीहरू परमेश्वरद्वारा तिरस्कृत भएका छन्; कतिपय मानिसहरूले परीक्षाहरूको सामना गर्दा परमेश्वरलाई धोका दिएका छन्; कतिपयले आफू पक्राउ पर्दा ‘तीन बयानको पत्र’ मा हस्ताक्षर गरेर परमेश्वरलाई धोका दिएका छन्; कतिपयले भेटीहरू चोरेका छन्; कतिपयले भेटीहरू फजुलमा उडाएका छन्; कतिपयले बारम्बार मण्डली जीवनमा बाधा दिएका छन् र परमेश्वरका चुनिएका मानिसहरूलाई हानि पुऱ्याएका छन्; कतिपयले गुटहरू निर्माण गरेर अरूलाई सास्ती दिएका छन्, र मण्डलीलाई अस्तव्यस्त बनाएका छन्; कतिपयले बारम्बार धारणाहरू र मृत्यु फैलाएका छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याएका छन्; र कतिपय चाहिँ विपरीत लिङ्गीसँग अनुचित सम्बन्ध र व्यभिचारमा संलग्न भएका छन्, र तिनीहरूले भयानक प्रभाव पारेका छन्। यति भन्न सकिन्छ कि सबैका आफ्ना अपराध र दागहरू हुन्छन्। तैपनि कतिपय मानिसहरू सत्यता स्वीकार गर्न र पश्चात्ताप गर्न सक्षम हुन्छन्, जबकि अरूले सत्यता स्वीकार गर्न सक्दैनन् र पश्चात्ताप गर्नुभन्दा बरु मर्न तयार हुन्छन्। त्यसैले तिनीहरूलाई तिनीहरूको प्रकृति सार र तिनीहरूको निरन्तरको प्रकटीकरणअनुसार व्यवहार गरिनुपर्छ। जो पश्चात्ताप गर्न सक्छन् तिनीहरू परमेश्वरमा साँचो रूपमा विश्वास गर्नेहरू हुन्; तर जो साँच्चिकै अपश्चात्तापी छन्, तिनीहरूलाई आवश्यकताअनुसार निकालिनुपर्छ वा निष्कासित गरिनुपर्छ। कतिपय मानिसहरू दुष्ट हुन्छन्, कतिपय अज्ञानी र मूर्ख हुन्छन्, र कतिपय पशु हुन्छन्। सबैजना फरक हुन्छन्। कतिपय दुष्ट मानिसहरूलाई दुष्ट आत्माहरूले कब्जा गरेका हुन्छन्, जबकि अरू चाहिँ दियाबलस शैतानका नोकर हुन्। तिनीहरूमध्ये कतिपयको अत्यन्तै निर्दयी प्रकृति हुन्छ, जबकि कतिपयको अत्यन्तै छली प्रकृति हुन्छ, कतिपय प्रकृतिले नै पैसाको अत्यन्तै लोभी हुन्छन्, र अरू चाहिँ प्रकृतिले नै यौन व्यभिचारमा रमाउँछन्। हरेक प्रकारको व्यक्तिको प्रकटीकरण फरक-फरक हुन्छ, त्यसैले सबै मानिसहरूलाई तिनीहरूको प्रकृति र निरन्तरको प्रकटीकरणअनुसार विस्तृत रूपमा मूल्याङ्कन गरिनुपर्छ। … परमेश्वरले व्यक्तिलाई सम्हाल्ने तरिका मानिसहरूले कल्पना गरे जस्तो सरल छैन। चाहे परमेश्वरले कुनै व्यक्तिलाई मन पराउनुहोस्, उहाँ ऊप्रति वितृष्ण हुनुहोस्, वा उहाँले उसलाई घृणा गर्नुहोस्, ऊप्रति उहाँको मनोवृत्ति मुख्यतया त्यस व्यक्तिको सत्यताप्रतिको मनोवृत्तिमा आधारित हुन्छ। कसैले कुन सन्दर्भमा के भन्छ भन्ने कुरालाई वास्ता नगरी, परमेश्वरले यसलाई छानबिन गर्नुहुन्छ र बुझ्नुहुन्छ, किनभने परमेश्वरले मानिसको हृदय र सारलाई छानबिन गर्नुहुन्छ। मानिसहरू सधैँ विश्वास गर्छन्: ‘परमेश्वरसँग केवल ईश्वरत्व छ। उहाँ धर्मी हुनुहुन्छ र मानिसबाट कुनै उल्लङ्घन सहनुहुन्न। उहाँले मानिसका कठिनाइहरूलाई ख्याल गर्नुहुन्न वा आफूलाई तिनीहरूका ठाउँमा राख्नुहुन्न। यदि कुनै व्यक्तिले परमेश्वरको प्रतिरोध गर्छ भने, उहाँले उसलाई दण्ड दिनुहुनेछ।’ कुरा त्यस्तो हुँदै होइन। यदि मानिसहरूले परमेश्वरको काम, मानिसहरूलाई व्यवहार गर्ने उहाँका सिद्धान्तहरू, र उहाँको धार्मिकतालाई त्यसरी बुझ्छन् भने, यो एउटा गम्भीर गल्ती हो। परमेश्वरले हरेक व्यक्तिको परिणाम मानिसका धारणा र कल्पनाहरूमा आधारित भएर होइन, परमेश्वरको धर्मी स्वभावमा आधारित भएर निर्धारण गर्नुहुन्छ। उहाँले हरेक व्यक्तिलाई उसले गरेको कामअनुसार प्रतिदान गर्नुहुन्छ। परमेश्वर धर्मी हुनुहुन्छ, र ढिलोचाँडो, उहाँले सबै मानिसहरूलाई पूर्ण रूपमा विश्वस्त पार्नुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “परमेश्वरका वचनहरूद्वारा विजय गरिने कार्यलाई स्वीकार गर्ने प्रत्येक व्यक्तिले मुक्ति पाउने केही अवसरहरू पाउनेछ; परमेश्वरले यी प्रत्येक व्यक्तिलाई मुक्ति प्रदान गर्नुहुँदा उहाँले सम्भव भएको सबैभन्दा धेरै हदसम्म सहन गर्नुहुनेछ। अर्को शब्दमा भन्दा, तिनीहरूलाई अत्यधिक उदारता देखाइनेछ। जबसम्म मानिसहरू गलत मार्गबाट फर्कन्छन्, र जबसम्म तिनीहरूले पश्चात्ताप गर्न सक्छन्, तबसम्म परमेश्वरले तिनीहरूलाई उहाँको मुक्ति प्राप्त गर्ने मौका दिनुहुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्हरूलाई पन्छ्याउनुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ)। परमेश्वरका वचनबाट, मैले बुझेँ कि परमेश्वरको स्वभाव साँच्चै धर्मी छ। उहाँको धार्मिकतामा न्याय र क्रोध मात्र होइन, कृपा र सहनशीलता पनि छ। मानिसहरूप्रति परमेश्वरको व्यवहार विशेष गरी सिद्धान्तहरूमा आधारित छ। उहाँले मानिसहरूको क्षणिक अपराधका आधारमा उनीहरूमाथि फैसला गर्नुहुन्न, बरु उनीहरूका कार्यको प्रकृति र पृष्ठभूमि, साथै उनीहरूको कद र उनीहरूले निम्त्याउने परिणामहरूको समग्र मूल्याङ्कन गर्नुहुन्छ। यदि कुनै व्यक्तिले मण्डलीलाई ठूलो क्षति नपुऱ्याई, र पूर्ण हृदयले परमेश्वरलाई इन्कार नगरी वा धोका नदिई, क्षणिक कमजोरीका कारण कसैलाई घात गर्छ, र पछि साँचो रूपमा पश्चात्ताप गर्छ भने, परमेश्वरले अझै पनि कृपा देखाउनुहुन्छ र उसलाई पश्चात्ताप गर्ने मौका दिनुहुन्छ। कतिपय मानिसहरू, पक्राउ परेपछि, पूर्ण रूपमा ठूलो रातो अजिङ्गरको पक्षमा उभिन्छन्; उनीहरू ब्रदर-सिस्टरहरू र मण्डलीका हितलाई घात गर्छन्, र ठूलो रातो अजिङ्गरका मतियारसमेत बन्छन्। यी सबै छुटकारा पाउनै नसकिने दुष्ट मानिस भनेर प्रकटित हुन्छन्। यस्ता व्यक्तिहरूका लागि, परमेश्वरले कृपा देखाउनुहुन्न। मलाई आफू पक्राउ परेर यातना भोगेको, लामो समयसम्म निद्राबाट वञ्चित हुँदा मेरो शारीरिक क्षमता अन्तिम सीमासम्म पुगेको, र त्यसपछि मण्डलीलाई ठूलो क्षति नपुऱ्याई ती वृद्ध सिस्टरलाई धोका दिएको आफ्नै अनुभवको सम्झना आयो। त्यसपछि, मैले गहिरो पछुतो र आत्मग्लानि महसुस गरेँ। मेरा कार्यहरूले गम्भीर अपराध निर्माण गरे, तैपनि परमेश्वरको घरले मलाई पश्चात्ताप गर्ने मौका दियो। जहाँसम्म ती दुई मण्डली अगुवाहरूको कुरा छ, पक्राउ परेपछि र कुनै यातना नभोग्दै, उनीहरूले शारीरिक पीडाको डरले यहुदा बन्ने बाटो रोजे। उनीहरूले “तीन बयानको पत्र” मा हस्ताक्षर मात्र गरेनन्, दर्जनभन्दा बढी मण्डलीका अगुवा र कामदारहरूलाई पनि घात गरे, जसले गर्दा धेरै मण्डलीका काम ठप्प भए र ठूलो नोक्सानी भयो। उनीहरूका कार्यहरू क्षणिक कमजोरीका परिणाम थिएनन्; उनीहरूको सार यहुदाको थियो, र उनीहरू छुटकारा पाउनै नसक्ने दुष्ट मानिसहरू थिए। मण्डलीले उनीहरूलाई निष्कासित गर्ने निर्णय पूर्ण रूपमा सिद्धान्तअनुरूप थियो—यो परमेश्वरको धार्मिकता थियो। मैले आफूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको थिएँ, तर मैले उहाँलाई चिनेनछु भन्ने महसुस गरेँ। म परमेश्वरप्रति गलत बुझाइ र सतर्कताको स्थितिमा जिइरहेको थिएँ, र म मानिसहरूले अपराध गर्नेबित्तिकै परमेश्वर उनीहरूलाई मुक्तिको मौका नदिई दोषी ठहराउनुहुन्छ भन्ने विश्वास गर्थेँ। मैले म कति छली र दुष्ट भएको रहेछु भन्ने देखेँ।
पछि, मैले परमेश्वरका वचनमार्फत अभ्यासको मार्ग फेला पारेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि मानिसहरू परमेश्वरबारे आफ्ना गलतफहमीहरू समाधान गर्न चाहन्छन् भने, एक हिसाबले, तिनीहरूले आफ्ना भ्रष्ट स्वभाव चिन्नैपर्छ, अनि तिनीहरूले गरेका गल्ती, तिनीहरूले लिएका घुमाउरा बाटाहरू, तिनीहरूका अपराध र लापरवाहीलाई चिरफार गरेर जान्नैपर्छ। यसरी मात्र तिनीहरूले आफ्नो प्रकृतिलाई स्पष्टसँग देख्न र त्यसबारे ज्ञान पाउन सक्नेछन्। यसका साथै, तिनीहरूले किन गलत मार्ग लिन्छन् र सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने यति धेरै काम किन गर्छन् र यी कार्यहरूको प्रकृति के हो भनी स्पष्टसँग देख्नैपर्छ। त्यसका साथै, तिनीहरूले तिनीहरूका लागि परमेश्वरका अभिप्राय र मागहरू ठ्याक्कै के हुन्, तिनीहरू परमेश्वरका मागअनुसार काम गर्न किन सधैँ असमर्थ हुन्छन् र किन सधैँ उहाँका अभिप्रायविरुद्ध गएर आफूखुसी गर्छन् भन्ने कुरा पनि बुझ्नैपर्छ। यी कुराहरूलाई परमेश्वरसामु ल्याएर प्रार्थना गर्, र ती स्पष्टसँग बुझ्—तब मात्र तैँले आफ्नो स्थिति र मनस्थिति बदल्न र परमेश्वरबारेका आफ्ना गलतफहमीहरू समाधान गर्न सक्छस्। कतिपय मानिस आफूले गर्ने हरेक कुरामा सधैँ अनुचित अभिप्राय राख्ने गर्दछन्, तिनीहरूमा सधैँ दुष्ट विचार हुन्छ र तिनीहरू आफ्नो भित्री स्थिति सही छ कि छैन भनेर जाँच गर्न सक्दैनन्, न त त्यसलाई परमेश्वरका वचनहरूअनुसार खुट्ट्याउन नै सक्छन्। यी मानिसहरू अन्योलमा हुन्छन्। अन्योलमा हुने व्यक्तिको सबैभन्दा स्पष्ट विशेषता भनेको उसले खराब काम गरेपछि काटछाँटमा पर्दा ऊ नकारात्मक रहन्छ, निराश भएर आफू सकिएको र मुक्ति पाउन सक्दिनँ भन्ने निर्णय समेत गर्छ। के अन्योलमा हुने व्यक्तिको सबभन्दा दयनीय व्यवहार यही होइन र? ऊ परमेश्वरको वचनअनुसार आत्मचिन्तन गर्न सक्दैन र कठिनाइहरू सामना गर्दा समस्या समाधान गर्नका लागि सत्यता खोज्न सक्दैन। के यो अत्यन्तै अन्योलमा हुनु होइन र? के आफैसँग हार मानेर समस्या समाधान हुन सक्छ र? सधैँ नकारात्मकतामा रुमलिएर समस्या समाधान हुन सक्छ र? मानिसहरूले के बुझ्नुपर्छ भने, आफूले गल्ती गर्दा वा समस्या आइपर्दा, त्यसको समाधान गर्न सत्यता खोज्नुपर्छ। तिनीहरूले सुरुमा आफूले दुष्कर्म गर्नुको कारण, त्यसको अभिप्राय र सुरुवाती बिन्दु, आफूले यसो गर्नुको अभिप्राय र लक्ष्य के थियो, अनि आफूलाई कसैले प्रोत्साहित गरेर, उक्साएर वा बहकाएर यसो गर्न लगाएको हो कि आफूले जानाजानी यसो गरेको हो भन्नेबारे चिन्तन गरी बुझ्नुपर्छ। यी प्रश्नहरूलाई चिन्तन गरी स्पष्टसँग बुझ्नैपर्छ अनि त्यसपछि तिनीहरूले आफूबाट के-कस्ता गल्तीहरू भए र आफू के हुँ भनेर बुझ्न सक्नेछन्। यदि तँ आफ्ना दुष्कर्महरूको सार पहिचान गर्न वा त्यसबाट पाठ सिक्न सक्दैनस् भने, समस्या समाधान गर्न सकिँदैन। धेरै मानिस खराब काम गरेर कहिल्यै आत्मचिन्तन गर्दैनन्, त्यसैले, के यस्ता मानिसहरूले कहिल्यै साँच्चै पश्चात्ताप गर्न सक्छन्? के तिनीहरूको मुक्ति पाउने कुनै आशा हुन्छ? मानवजाति शैतानका सन्तति हुन्, अनि तिनीहरूले परमेश्वरको स्वभावलाई चिढ्याएको भए पनि वा नचिढ्याएको भए पनि, तिनीहरूको प्रकृति सार उस्तै छ। तिनीहरूले आत्मचिन्तन गरी आफूलाई अझ बढी चिन्नुपर्छ, आफूले कुन हदसम्म परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गरेको छु, अनि अझै पनि सत्यता स्विकार्न र अभ्यास गर्न सक्छु कि सक्दिनँ भनी स्पष्टसँग हेर्नुपर्छ। यदि तिनीहरूले यो स्पष्टसँग देख्न सक्छन् भने, आफू कति खतरामा छु भन्ने थाहा पाउनेछन्। वास्तवमा, सबै भ्रष्ट मानिस तिनीहरूको प्रकृति सारका आधारमा हेर्दा खतरामा हुन्छन्; तिनीहरूले सत्यता स्विकार्न निकै प्रयास गर्नुपर्छ र तिनीहरूलाई यो सजिलो हुँदैन। कतिपय मानिसले दुष्कर्म गरेर आफ्नो प्रकृति सार प्रकट गरेका छन्, जबकि कतिपयले अहिलेसम्म दुष्कर्म गरेका छैनन् तर तिनीहरू अरूभन्दा निकै राम्रा छन् भन्ने पनि होइन—तिनीहरूलाई त्यसो गर्ने मौका वा परिस्थिति नमिलेको मात्र हो। तैँले यी अपराधहरू गरेकाले, तँसँग अहिले कस्तो मनोवृत्ति हुनुपर्छ, परमेश्वरसामु के कुराको हिसाब दिनुपर्छ र उहाँ के हेर्न चाहनुहुन्छ भन्ने कुराबारे तँ आफ्नो हृदयमा स्पष्ट हुनैपर्छ। तैँले प्रार्थना र खोजीमार्फत यी कुरा पत्ता लगाउनैपर्छ; तब तैँले भविष्यमा कसरी पछ्याउनुपर्छ भनेर थाहा पाउनेछस् र त्यसउप्रान्त तँ आफूले विगतमा गरेका गल्तीबाट प्रभावित हुने र बाँधिनेछैनस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्वरबारे आफ्ना धारणा र गलतफहमीहरू समाधान गर्न सक्छ)। परमेश्वरका वचन मनन गर्दा, मेरो हृदय गहिरो रूपले प्रभावित भयो। परमेश्वर मानिसहरूका विगतका अपराधहरूलाई मात्र हेर्नुहुन्न। जबसम्म कोही व्यक्ति परमेश्वरसामु आउँछ, सत्यता स्वीकार गर्छ, निष्ठा र जिम्मेवारीका साथ आफ्ना कर्तव्य निर्वाह गर्छ, र वास्तविक कार्यहरूमार्फत पश्चात्ताप देखाउँछ, यदि परमेश्वरले यस व्यक्तिको रूपान्तरण देख्नुभयो भने, उहाँले उसलाई मुक्तिको मौका दिनुहुनेछ। उदाहरणका लागि पत्रुसलाई लिनुहोस्। जब प्रभु येशू पक्राउ पर्नुभयो, पत्रुसले उहाँलाई तीन पटक इन्कार गरे। उनले यसमा गहिरो पछुतो माने र त्यसपछि परमेश्वरलाई प्रेम गर्न र उहाँमा समर्पित हुन खोज्दै सत्यता पछ्याउनमा ध्यान केन्द्रित गरे। अन्त्यमा, पत्रुस परमेश्वरका लागि सुन्दर गवाही दिँदै उँधोमुन्टो क्रूसमा टाँगिए। दाऊद पनि त हुनुहुन्छ। उनले उरैयाकी पत्नी राखे र परमेश्वरबाट गम्भीर ताडना पाए। दाऊद गहिरो रूपमा पछुताए र उनले बुढेसकालमा एक युवतीले उनको ओछ्यान न्यानो बनाउँदा समेत कहिल्यै त्यो अपराध दोहोऱ्याएनन्। उनले मन्दिर निर्माणको तयारी गर्दै आफ्नो जीवन बिताए र परमेश्वरको आराधना गर्नमा इस्राएलका मानिसहरूलाई अगुवाइ गरे, र वास्तविक कार्यमार्फत परमेश्वरसामु पश्चात्ताप देखाए। पत्रुस र दाऊदका अनुभवहरूमाथिको चिन्तनले मलाई अघि बढ्ने बाटो देखायो। मैले आफ्नो अपराधको सही ढङ्गले सामना गर्नु, गहिरो आत्मचिन्तन गर्नु, आफ्नो अपराध हल गर्न सत्यता खोज्नु, र परमेश्वरसामु साँचो रूपमा पश्चात्ताप गर्नु आवश्यक थियो। पछि, मैले ती सिस्टरलाई घात गरेर आफूले दुई ओटा कारणले आफ्नो गवाही गुमाएको रहेछु भन्ने थाहा पाएँ। पहिलो, म माया-ममताको वशमा परेको थिएँ। जब प्रहरीले मलाई यातना दियो र मार्ने धम्की दियो, मैले आफ्नी आमा, छोराछोरी र श्रीमतीलाई त्याग्न सकिनँ। म यदि म मरेँ भने, तिनीहरूले त्यो चोट सहन सक्नेछैनन् भनेर डराएँ, त्यसैले मैले परमेश्वरलाई धोका दिएँ र ती सिस्टरलाई घात गरेँ, अनि लज्जास्पद यहुदा बनेँ। वास्तवमा, मेरो परिवारको भाग्य परमेश्वरका हातमा थियो। उनीहरूले जीवनमा जस्तोसुकै कष्ट वा पीडा भोग्नुपर्छ भन्ने कुरा परमेश्वरद्वारा पूर्व-निर्धारित थियो। म उनीहरूको साथमै बसेको भए पनि, उनीहरूले आफ्नो भागमा परेको कष्ट भोग्नैपर्थ्यो—यो मैले बिलकुलै बदल्न नसक्ने कुरा थियो। तर मैले यी कुराहरू छर्लङ्ग देख्न सकिनँ, म अझै पनि आफ्ना माया-ममताको बन्धनमा थिएँ—यो मेरो साँच्चैको मूर्खता थियो। अर्को कारण थियो, मैले मृत्युका मामिलाहरूलाई स्पष्ट देख्न नसक्नु—ममा परमेश्वरमाथि साँचो आस्था थिएन। जब मलाई प्रहरीले बीस दिनसम्म यातना दियो, मेरो शारीरिक सहनशक्ति सीमामा पुग्यो। त्यो क्षण, म मृत्युसँग असाध्यै डराएँ र शैतानसँग सम्झौता गरेँ। मैले प्रभु येशूका चेलाहरूबारे सोचेँ, जो प्रभुको सुसमाचार प्रसार गर्न, धुङ्गाले हानेर मारिए, घोडाले घिसारेर मारिए, वा क्रूसमा टाँगिए। उनीहरूले धार्मिकताका खातिर सतावट सहे। उनीहरूको मृत्यु शैतानमाथि विजय प्राप्त गर्ने र त्यसलाई लज्जित पार्ने गवाही थियो, र उनीहरूलाई परमेश्वरले स्मरण गर्नुभयो। प्रभु येशूले भन्नुभयो: “जसले आफ्नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरा खातिर आफ्नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ” (मत्ती १६:२५)। तर म जीवनको भोको थिएँ र मृत्युसँग डराउँथेँ, अनि मैले ती सिस्टरलाई धोका दिएँ र तुच्छ जीवन रोजेँ। म शारीरिक रूपमा जीवित भए पनि, हरेक दिन जिउँदो लासको जीवन जिउँदै मानसिक पीडा सहन्थेँ। अब मैले यदि म आफ्नो आस्थाका लागि प्रहरीद्वारा अङ्गभङ्ग पारिएको वा मारिएको भए पनि, त्यो परमेश्वरद्वारा प्रशंसित कुरा हुने रहेछ भन्ने महसुस गरेँ। यो कुरा बुझेपछि, मैले हृदयमा सङ्कल्प गरेँ यदि म फेरि ठूलो रातो अजिङ्गरद्वारा पक्राउ परेँ भने, मेरो ज्यानै बलिदान दिनुपरे पनि, म परमेश्वरका लागि आफ्नो गवाहीमा दृढ रहनेछु र मेरो विगतको अपराधको भरपाइ गर्नेछु।
त्यस लगत्तै, मण्डलीले फेरि ठूलो मात्रामा गिरफ्तारीको सामना गऱ्यो, र मण्डलीले मलाई घटना पछिको काम सम्हाल्ने प्रबन्ध मिलायो। विभिन्न कामहरूबारे छलफल हुँदा, म सिद्धान्तअनुसार काम गर्न र आफ्नो क्षमताले भ्याएसम्म जिम्मेवारी पूरा गर्न केन्द्रित हुँदै सक्रिय रूपमा सहभागी भएँ। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, जब-जब मेरो भ्रष्ट स्वभाव प्रकट हुन्थ्यो, म त्यसलाई हल गर्न सक्रिय रूपमा सत्यता खोज्थेँ। मैले अनुभवात्मक गवाही लेखहरू लेख्ने अभ्यास पनि गरेँ। मैले हृदयमा सङ्कल्प गरेँ मेरो भविष्यमा कुनै राम्रो परिणाम वा गन्तव्य नभए पनि, म आफ्ना कर्तव्यहरू पूरा गर्न र गम्भीरतापूर्वक सत्यता पछ्याउन सङ्घर्ष गर्नेछु, र परमेश्वरको हृदयलाई थोरै सान्त्वना दिनेछु।
ती वर्षहरूमा म दिक्दारीको स्थितिमा जिइरहेको थिएँ। मैले पछुतो र आत्मग्लानि महसुस गरे पनि, मैले आफ्ना समस्याहरू सम्बोधन गर्न कहिल्यै सत्यता खोजिनँ। यसको परिणामस्वरूप विगतका केही वर्षहरूमा मेरो जीवनमा प्रगति हुन सकेन, र मैले सत्यता प्राप्त गर्ने धेरै अवसरहरू गुमाएँ। परमेश्वरका वचनको मार्गदर्शनमार्फत्, मैले परमेश्वरप्रतिका आफ्ना गलत बुझाइ र अवरोधहरूलाई सम्बोधन गरेँ, र आफूलाई आफ्नो अपराधको बन्धन र कब्जाबाट मुक्त गरेँ, जसले मलाई सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न र सत्यता पछ्याउन सक्षम बनायो। म आफ्नो हृदयको गहिराइदेखि परमेश्वरप्रति आभारी छु।