४. मेरो मामाको निष्कासनपछि

ये चिउ, चीन

मेरो मामा परम्परागत चिनियाँ चिकित्साका डाक्टर हुनुहुन्छ। म दश वर्षको हुँदा, मेरो एउटा दुर्घटना भयो र मेरो रगत बान्ता रोकिँदै रोकिएन, अनि त्यो सङ्कटको क्षणमा मलाई बचाउने मेरो मामा नै हुनुहुन्थ्यो। जीवन बचाउनुभएको यो गुनलाई मैले सधैँ सम्झेकी थिएँ, र मलाई लाग्थ्यो, ठूलो भएपछि मैले मामाको यो गुन राम्ररी तिर्नुपर्छ। सन् २००८ मा, बिमारीको कारण मेरो बुबा बित्नुभयो। जब हाम्रो पूरै परिवार गहिरो शोकमा थियो, तब मामाले हामीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो। यसले हामीलाई सहारा मात्र दिएन, तर सत्यताको खोजी गर्ने र मुक्ति पाउने मौका पनि दियो, जसले मलाई मामाप्रति झन् धेरै कृतज्ञ बनायो। मेरो बुबाको मृत्युको कारण, मेरी आमालाई हामी तीन जना छोराछोरीको पढाइको खर्च जुटाउन गाह्रो भएको थियो। त्यसपछि मामाले मलाई उहाँको घरमा लग्नुभयो, जहाँ म उहाँसँगै बसेर औषधीसम्बन्धी अध्ययन गर्दै परमेश्‍वरमा विश्‍वास पनि गर्न सक्थेँ। म उहाँकै घरमा बस्थेँ र खान्थेँ। मेरो स्वास्थ्य स्थिति त्यति राम्रो थिएन, र मामाले मेरा लागि अक्सर पोषिलो खानेकुराहरू तयार गरिदिनुहुन्थ्यो। उहाँले मलाई आफ्नै छोरीलाई जस्तै व्यवहार गर्नुहुन्थ्यो, त्यसैले म उहाँप्रति एकदमै कृतज्ञ थिएँ र म सोच्थेँ, भविष्यमा उहाँलाई कुनै कठिनाइ पर्यो भने, म आफूले सकेको सहयोग गर्नेछु र उहाँका लागि जे पनि गर्नेछु।

सन् २०११ मा, मण्डलीले मेरो मामालाई दुष्ट व्यक्ति भनेर निर्धारण गर्यो। उहाँ अहङ्कारी र अभिमानी हुनुहुन्थ्यो, उहाँले अनुचित समस्याहरू खडा गर्नुहुन्थ्यो, र सत्यतालाई पटक्कै स्वीकार गर्नुहुन्‍नथियो। उहाँलाई सुझाव दिनेहरूलाई उहाँले सास्ती दिनुहुन्थ्यो र अक्सर अगुवा र कामदारहरूलाई दोष दिने, आक्रमण र निन्दा गर्ने गर्नुहुन्थ्यो। उहाँले ब्रदर-सिस्टरहरू र अगुवाहरूका बीचमा विवादहरू पैदा गर्नुहुन्थ्यो, जसले मण्डली जीवन र काममा गम्भीर बाधाहरू पुर्‍यायो। ब्रदर-सिस्टरहरू उहाँद्वारा यति धेरै थिचोमिचोमा परेका थिए कि, उनीहरू उहाँसँग अन्तरक्रिया गर्ने आँट समेत गर्दैनथे, र पटक-पटक सङ्गति गर्दा पनि उहाँले पश्‍चात्ताप गर्न मान्नुभएन। मण्डलीले उहाँलाई निष्कासित गर्ने निर्णय गर्यो। त्यो बेला, म हस्ताक्षर गर्न राजी छु कि छैन भनेर अगुवाले सोध्नुभयो, र म साँच्चै नै द्विविधामा परेँ। मेरो मामाको व्यवहार एकदमै स्पष्ट थियो; उहाँको तिरस्कार र आक्रमणले मलाई समेत रुवाएको थियो। तर मैले सोचेँ, “यदि मैले हस्ताक्षर गरेँ र उहाँले यो कुरा थाहा पाउनुभयो भने, उहाँले मेरो बारेमा के सोच्नुहोला? म सानो छँदा मामाले मेरो ज्यान बचाउनुभयो, हामीलाई सुसमाचार प्रचार गर्नुभयो, र मलाई चिकित्सा सिकाउनुभयो। उहाँले मलाई धेरै तरिकाले राम्रो गर्नुभएको छ, र यदि मैले हस्ताक्षर गरेँ भने, के उहाँले मलाई निर्दयी र बैगुनी भन्नुहुन्न र?” तर, त्यही बेला अगुवाले परमेश्‍वरका वचनको एउटा खण्ड पढ्नुभयो जुन वचनले मलाई साँच्चै छोयो। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न माग गर्छन्? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू। मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। परमेश्‍वरले सत्यता पछ्याउने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; हामीले पनि प्रेम गर्नुपर्ने मानिसहरू यिनै हुन्। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्‍वर मानिसबाट यही माग गर्नुहुन्छ। … अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ ‘जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छन्, उनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्‍वरका वचनहरू अझ स्पष्ट भएका छन्: ‘परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।’ यी वचनहरूले मुख्य बुँदालाई सिधै छुन्छन्, तर मानिसहरूले प्रायजसो तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचन पढ्दा, मलाई केही दोषी महसुस भयो। मेरो मामाले स्पष्ट रूपमा दुष्ट व्यक्तिले जस्तै व्यवहार गर्नुभएको थियो, तर पनि म हस्ताक्षर गर्न चाहन्नथेँ। के मैले मण्डलीमा उहाँले गरिरहनुभएका निरन्तरका अवरोध र बाधाहरूलाई सहिरहेकी थिइनँ र? मैले स्नेहको आधारमा होइन, तर “परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू” भन्‍ने परमेश्‍वरका वचनअनुसार अभ्यास गर्नुपर्छ। त्यसपछि, मैले हस्ताक्षर गरेँ।

सन् २०१२ मा, मण्डलीले मेरो मामाको निष्कासनबारे सूचना जारी गर्यो, र म उहाँको सामना गर्न सधैँ डराउँथेँ। पछि, जब मामाले मैले हस्ताक्षर गरेको कुरा थाहा पाउनुभयो, तब उहाँले मलाई खुट्ट्याउने क्षमता नभएको भनेर गाली गर्नुभयो र मलाई मूर्ख भन्नुभयो! उहाँले त्यसो भनेको सुन्दा, उहाँले आफ्ना दुष्ट कार्यहरूबारे अलिकति पनि चिन्तन गर्नुभएको वा बुझ्नुभएको रहेनछ भन्‍ने मलाई थाहा भयो, तर मलाई अझै के लागिरह्यो भने हस्ताक्षर गरेर म उहाँप्रति धेरै निष्ठुर र बैगुनी पो भएँ कि भन्‍ने। पछि, मेरो कर्तव्यको आवश्यकताले गर्दा, म मामाको घरबाट निस्केँ। मैले उप्रान्त मामाको सामना गर्नु नपरे पनि, उहाँका गालीका शब्दहरू अझै मेरो दिमागमा गुञ्जिरहेका थिए। विशेष गरी, पछि एउटा यस्तो घटना भयो जसले मलाई मामाप्रति अझ बढी ऋणी महसुस गरायो, र अन्तमा मैले परमेश्‍वरको प्रतिरोध गर्ने काम गरेँ।

सन् २०१६ को अन्त्यतिर, मैले घरबाट टाढा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ र गम्भीर निमोनिया र फोक्सोमा पानी जमेको कारण ब्रदर-सिस्टरहरूले मलाई अस्पताल पठाउनुभयो। मेरो मामा हतारिँदै अस्पताल आउनुभयो र पैसा र मेहनत दुवै लगाएर मेरो अथक हेरचाह गर्नुभयो। मेरो रक्तचाप खतरनाक रूपमा कम थियो, र उहाँले अक्युप्रेशरद्वारा मेरो उपचार गर्नुभयो। म अस्पतालबाट डिस्चार्ज भएपछि पनि, मेरो स्वास्थ्यलाभका लागि उहाँले परम्परागत चिनियाँ औषधी समेत तयार गरिदिनुभयो। उहाँको निष्कासनका लागि मैले हस्ताक्षर गरेकी भए तापनि उहाँ अझै मप्रति राम्रो हुनुभएको देख्दा, उहाँप्रति मलाई झन् बढी दोषी महसुस भयो। यो समयमा, मामाले मलाई उहाँ निष्कासनमा पर्नुभए पनि विगतका केही वर्षहरूमा कसरी सुसमाचार प्रचार गर्न जारी राख्नुभयो, र धेरै मानिसहरूलाई परमेश्‍वरकहाँ ल्याउनुभयो भन्‍ने कुरा बताउनुभयो। सुसमाचार प्रचार गरेको कारण उहाँलाई चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ समेत गरेको थियो, उहाँको घरमा खानतलासी गरिएको थियो, सम्पत्ति जफत गरिएको थियो, र उहाँको फार्मेसी बन्द गरिएको थियो। उहाँको १ लाख युआनभन्दा बढी नोक्सान भयो। ठूलो रातो अजिङ्गरको सतावटका बाबजुद पनि, उहाँले परमेश्‍वरका वचनका पुस्तकहरू कहाँ राखिएका छन् भनेर खुलासा गर्नुभएन। तैपनि, जब चिनियाँ कम्युनिस्ट पार्टीले उहाँलाई फोटोहरू देखाएर ब्रदर-सिस्टरहरूलाई चिनाउन भन्यो, तब उहाँले तीमध्ये एउटी सिस्टर अगुवा हुनुहुन्छ भनेर स्वीकार गर्नुभयो। ती तिनै अगुवा हुनुहुन्थ्यो जसले उहाँलाई केही वर्षअघि निष्कासन गराउनुभएको थियो। मलाई यो सबै बताएपछि, उहाँले मसँग कुनै विवेक नभएको भनेर मलाई हप्काउनुभयो, र उहाँले मलाई छोरीजस्तै ठान्नुभएको र बुबाले जस्तै हेरचाह गर्नुभएको बताउनुभयो, तर यसको बदलामा मैले कुनै मानवीय भावना नदेखाई निष्ठुर जनावरले जस्तो व्यवहार गरेँ भनेर बताउनुभयो। उहाँले यी कुराहरू गरेको सुन्दा, मैले उहाँप्रति ऋणी महसुस गरेँ र मलाई उहाँप्रति सहानुभूति पनि लाग्यो। त्यति नै बेलातिर, माथिल्लो तहका अगुवाहरूले यसो भनेको मैले सुनेँ, यदि निष्कासनमा परेकाहरूले पश्‍चात्ताप देखाए र परमेश्‍वरमा विश्‍वास गर्न र सुसमाचार फैलाउन जारी राखे भने, तिनीहरूलाई मण्डलीमा पुनः स्वीकार गर्न सकिन्छ। यसले मलाई मेरो मामाको बारेमा सोच्न बाध्य बनायो। मैले सोचेँ, उहाँ निष्कासनमा पर्नुभए पनि, विगतका यी केही वर्षहरूमा उहाँले सुसमाचार फैलाइरहनुभएको थियो। चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पक्राउ पर्दा र सोधपुछ गरिँदा पनि, उहाँले अझै परमेश्‍वरलाई इन्कार गर्नुभएको थिएन। त्यसो भए के मेरो मामालाई मण्डलीमा पुनः स्वीकार गर्न सम्भव थिएन र? यदि उहाँले केवल सुसमाचार प्रचार गर्नुभयो र विगतका गल्तीहरूको पूर्ति गर्न श्रम गर्नुभयो भने पनि, त्यो ठीकै हुनेथियो। त्यसपछि, यदि अरूले उहाँसँग परमेश्‍वरका वचनहरूमा अझै बढी सङ्गति गरे भने, के उहाँले बिस्तारै आफूले गरेको दुष्टताबारे चिन्तन गर्न र पश्‍चात्ताप तथा परिवर्तन हासिल गर्न सक्नुहुन्न र? यदि मैले उहाँलाई मण्डलीमा पुनः स्वीकार गराउन सकेँ भने, के उहाँले मसँग थोरै भए पनि विवेक छ, र म त्यस्तो बैगुनी व्यक्ति होइन रहेछु भन्‍ने देख्नुहुन्न र? जब यो विचार मेरो दिमागमा आयो, तब मलाई लाग्यो, मानौँ मैले गल्ती सुधार्ने र उहाँको गुन तिर्ने मौका पाएकी छु। त्यसैले मैले अगुवालाई पत्र लेखेँ, र मेरो मामाका असल व्यवहारहरूबारे रिपोर्ट गरेँ। तर उहाँले प्रहरीलाई फोटोमा अगुवालाई चिनाइदिएको कुरा, र उहाँले मेरो अगाडि गुनासो गर्नुभएको र मलाई उपदेश दिनुभएको कुराचाहिँ मैले लुकाएँ। पछि, अगुवाहरूले उहाँ मण्डलीमा पुनः स्वीकार गरिनका लागि मापदण्ड पूरा गर्नुहुन्छ कि हुन्न भनेर हेर्न कसैलाई उहाँलाई भेट्न पठाउने बन्दोबस्त मिलाउनुभयो। केही दिनपछि, एउटी सिस्टरले मलाई भन्नुभयो, “जब हामी तिम्रो मामाकहाँ गयौं र उहाँले कसरी आत्म-चिन्तन गर्नुभयो र आफैलाई चिन्न प्रयास गर्नुभयो भनेर सोध्यौं, तब उहाँ रिसाउनुभयो र उहाँले भन्नुभयो, ‘तिमीहरू यहाँ तथ्यहरू छानबिन गर्न आएकै होइनौ। तिमीहरू र अगुवाहरूले एक-अर्काको बचाउ मात्र गरिरहेका छौ; तिमीहरू सबै यसमा मिलेका छौ।’ उहाँले हामीलाई हिर्काउलाझैँ गर्नुभयो, र तिम्रो माइजूले नै उहाँलाई रोक्नुभयो र समात्नुभयो। त्यसपछि, उहाँले हात हल्लाउँदै विगतका कुराहरूबारे ठूलो स्वरमा कराउन थाल्नुभयो, गल्ती खोतल्‍नुभयो र ती कुरालाई छोड्न मान्नुभएन, अनि अगुवाहरूलाई आक्रमण गर्नुभयो र दोष दिनुभयो। उहाँमा आत्म-चिन्तन अलिकति पनि छैन र उहाँ मण्डलीमा पुनः स्वीकार गरिन योग्य हुनुहुन्न भन्‍ने हामीले देख्यौँ।” त्यसपछि ती सिस्टरले मसँग मेरो मामाको सार खुट्ट्याउन र बुझ्नका लागि सङ्गति गर्नुभयो, र मैले यो कुरालाई कसरी बुझेकी छु भनेर मलाई सोध्नुभयो। मेरो मामाको व्यवहारको सामुन्ने, मैले केही भन्न सकिनँ; उहाँ वास्तवमै स्वीकार गरिन योग्य हुनुहुन्नथियो।

पछि, मैले मेरा समस्याहरूसँग सम्बन्धित परमेश्‍वरका वचनहरू खोजेँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभावहरू मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरूको व्यवहारले परमेश्‍वरको काममा अवरोध र बाधा पुऱ्याउँछ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्‍याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई सफाइ गर्नैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर मनोवृत्ति, इन्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्‍वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। “यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतानहरू को हुन्, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित वास्तवमै सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्‍वरका वचनहरूले मलाई गहिरो रूपमा न्याय गरिएको महसुस गरायो। मेरो मामा निष्कासनमा पर्नुभएको धेरै वर्ष भइसकेको थियो। यदि उहाँसँग थोरै पनि विवेक वा समझ भएको भए, मानिसहरूलाई हानि गर्ने, मण्डली जीवनमा अवरोध र बाधा दिने, र परमेश्‍वरको प्रतिरोध गर्ने धेरै कामहरू गरेपछि, उहाँलाई दोषी विवेकको महसुस हुनेथियो। उहाँले आत्म-चिन्तन गर्नुहुनेथियो, पछुतो मान्नुहुनेथियो, र पश्‍चात्ताप गर्नुहुनेथियो। विशेष गरी, ब्रदर-सिस्टरहरू र मैले यो समयमा उहाँसँग सङ्गति गरेका थियौं र उहाँका समस्याहरू औंल्याएका थियौं, तर उहाँमा अझै पनि कुनै आत्म-चेतना थिएन, उल्टै उहाँले विगतका केही वर्षदेखि मलाई घृणा गरिरहनुभएको थियो र अगुवालाई झन् बढी घृणा गरिरहनुभएको थियो। उहाँले आफ्नो निष्कासन केवल अरूको कारणले भएको हो भन्‍ने ठान्नुभयो, उहाँलाई निष्कासन गर्ने अगुवाप्रति रिस राख्नुभयो र प्रहरीलाई उहाँको फोटो समेत चिनाइदिनुभयो। त्यसपछि, उहाँले अगुवालाई झूटो अगुवा र ख्रीष्ट विरोधी भनेर निन्दा गर्दै, उहाँप्रतिको आफ्नो पूर्वाग्रह फैलाउन जारी राख्नुभयो। उहाँमा दुष्ट व्यक्तिको सार थियो, उहाँको प्रकृति सत्यताप्रति वितृष्णा गर्ने थियो र उहाँले सत्यतालाई घृणा गर्नुहुन्थ्यो, र उहाँले कहिल्यै पश्‍चात्ताप र परिवर्तन हासिल गर्नुहुनेछैन भन्‍ने कुरा स्पष्ट थियो। यस्तो साँच्चैको दुष्ट व्यक्तिको सामना गर्दा पनि, मैले विवेक हुनुपर्छ र उहाँको गुन तिर्नुपर्छ भन्‍ने कुरामा जोड दिइरहेकी थिएँ, उहाँको बचाउ गर्दै उहाँको पक्षमा राम्रो कुरा गरिरहेकी थिएँ, र उहाँलाई मण्डलीमा पुनः स्वीकार गरियोस् भन्‍ने आशा गरिरहेकी थिएँ। म साँच्चै अन्धो र मूर्ख थिएँ, असल र खराब छुट्याउन नसक्ने व्यक्ति। के मैले शैतानको चाकरी गर्दै, दुष्ट मानिसहरूको पक्षमा उभिएर परमेश्‍वरको प्रतिरोध गरिरहेकी थिइनँ र?

पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ र परमेश्‍वरको धर्मी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। त्यसपछि मैले मेरो मामालाई मण्डलीमा पुनः स्वीकार गरिनु हुँदैन भनेर झन् दह्रिलो रूपमा महसुस गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “तेरो कडा मेहनत कति सराहनीय छ, तेरा योग्यताहरू कति प्रभावशाली छन्, कति नजिकबाट तैँले मलाई पछ्याउँदैछस्, तँ कति प्रख्यात छस्, वा तैँले आफ्नो मनोवृत्तिमा कति सुधार गरिस् भन्‍ने कुरामा म ध्यान दिँदिन; जबसम्म तैँले मेरा मागहरू पूरा गरेको हुँदैनस्, तबसम्म तैँले कहिल्यै पनि मेरो प्रशंसा प्राप्त गर्न सक्नेछैनस्। जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचारहरू र आकलनहरूलाई महत्त्व दिन छोडिदेऊ र मेरा आवश्यकताहरूलाई गम्भीरताका साथ लिन थाल; होइन भने, म मेरो कामको अन्त्य गर्न सबैलाई खरानी पारिदिनेछु र अझै खराब कुरा त, मेरो वर्षौंको काम र कष्टलाई शून्यमा बदलिदिन्छु, किनभने म मेरा शत्रुहरूलाई अनि ती व्यक्तिहरू जसबाट दुष्टताको गन्ध आउँछ र जसमा अझै शैतानको पुरानो रूप छ तिनीहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को चरणमा लैजान सक्दिनँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले परमेश्‍वरको पवित्र, धर्मी र चिढ्याउन नसकिने स्वभाव महसुस गर्न सकेँ, र परमेश्‍वरले मानिसहरूसँग व्यवहार गर्ने सिद्धान्तहरू पनि बुझेँ। जब मैले माथिल्लो तहका अगुवाहरूले, यदि निष्कासनमा परेकाहरूले परमेश्‍वरमा विश्‍वास गर्न जारी राखे, सुसमाचार प्रचार गरिरहे र पश्‍चात्ताप देखाए भने, तिनीहरूलाई मण्डलीमा पुनः स्वीकार गर्न सकिन्छ भनेको सुनेँ, तब मैले यसलाई मेरो मामाको बाहिरी व्यवहारसँग तुलना गरेँ। मैले सोचेँ, निष्कासनमा पर्नुभएपछि पनि उहाँले सुसमाचार प्रचार गर्न जारी राख्नुभएको थियो र ठूलो रातो अजिङ्गरको पक्राउ र सतावटमा पनि परमेश्‍वरलाई इन्कार गर्नुभएको थिएन, र त्यसैले मैले उहाँमा आत्म-चिन्तन र बुझाइको कमी भए तापनि उहाँलाई अझै स्वीकार गर्न सकिन्छ भन्‍ने सोचेँ। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने मानिसहरूलाई मापन गर्ने परमेश्‍वरका मापदण्डहरू छन्, र मानिसहरूलाई स्वीकार गर्नका लागि मण्डलीका पनि सिद्धान्तहरू छन्। विशेष गरी विगतमा दुष्ट काम गरेर निष्कासनमा परेकाहरूका हकमा, तिनीहरूले आफ्ना दुष्ट कार्यहरू साँच्चै बुझेका छन् कि छैनन् र पश्‍चात्ताप गरेका तथा तिनीहरू परिवर्तन भएका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्नु महत्त्वपूर्ण हुन्छ। यदि तिनीहरूले त्यसो गरेका छैनन् भने, तिनीहरूलाई मण्डलीमा कहिल्यै पुनः स्वीकार गर्न सकिँदैन। मेरो मामा निष्कासनमा पर्नुभएपछि, उहाँले सुसमाचार प्रचार गर्न जारी राख्नुभएको र केही असल व्यवहारहरू देखाउनुभएको भए पनि, उहाँले आफ्ना विगतका दुष्ट कार्यहरू वा भ्रष्ट प्रकृतिबारे रत्तीभर पनि चिन्तन गर्नुभएको वा बुझ्नुभएको थिएन। अरूले उहाँसँग जति नै सङ्गति गरे पनि र उहाँका समस्याहरू औंल्याए पनि वा उहाँलाई काटछाँट र खुलासा गरे पनि, उहाँले त्यस कुरालाई कुनै पनि हिसाबले महसुस गर्नुभएन, उल्टै उहाँलाई आत्मचिन्तन गर्न आग्रह गर्ने जो कोहीप्रति उहाँ शत्रुवत् हुनुभयो, उहाँले अगुवाहरूप्रति पूर्वाग्रह फैलाउनुभयो, मानिसहरूलाई भ्रममा पार्नुभयो, र मण्डली जीवनमा अवरोध र बाधा दिनुभयो। यस्तो स्पष्ट दुष्ट व्यक्ति र दियाबलसलाई पूर्ण रूपमा परमेश्‍वरको धार्मिकताको कारण निष्कासन गरिएको थियो। यो परमेश्‍वरले भन्नुभएजस्तै हो: “किनभने म मेरा शत्रुहरूलाई अनि ती व्यक्तिहरू जसबाट दुष्टताको गन्ध आउँछ र जसमा अझै शैतानको पुरानो रूप छ तिनीहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को चरणमा लैजान सक्दिनँ।” तर म अझै उहाँको पक्षमा बोलिरहेको थिएँ, उहाँलाई मण्डलीमा पुनः स्वीकार गरियोस् भन्‍ने चाहन्थेँ। के मैले परमेश्‍वरको विरोध गरिरहेकी थिइनँ र? यो महसुस गरेपछि, मलाई, मैले सत्यता बुझेकी रहेनछु र म अत्यन्तै अज्ञानी र मूर्ख रहेछु भन्‍ने अझ बढी महसुस भयो!

पछि, मलाई मेरो बिमारीबाट निको हुन अझै समय लाग्ने भएकोले, म मेरो मामासँग बारम्बार अन्तरक्रिया गरिरहन्थेँ। उहाँको व्यवहार झन् खराब हुँदै गयो; उहाँले अगुवाहरूलाई दोष मात्र लगाउनुभएन, तर उहाँ अहङ्कारी रूपमा बोल्नुहुन्थ्यो र पवित्र आत्माले प्रयोग गर्नुभएको मानिसलाई पनि दोष लगाउनुभयो। यसले मलाई उहाँको सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको शत्रु हुने सारलाई अझ स्पष्ट रूपमा देखायो। मलाई एकपटक उहाँको पक्षमा बोलेकोमा दोषी र पछुतो पनि लाग्यो। मैले आफैलाई यो नसोधी बस्‍न सकिनँ, “म किन सधैँ यस्तो पक्का दुष्ट व्यक्तिलाई गुनको बदला तिर्न चाहिरहेकी छु?” मैले यसको कारण कहिल्यै पत्ता लगाउन सकेकी थिइनँ, तर पछि जब मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ, तब समस्याको मूल कारण भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ जस्ता नैतिक आचरणका अभिव्यक्तिहरूले मानिसहरूलाई समाजमा र मानवजातिमाझ आफ्ना जिम्‍मेवारीहरू ठ्याक्‍कै के-के हुन् त भनेर भन्दैनन्। बरु ती त मानिसहरूले चाहे पनि नचाहे पनि, र तिनीहरूले दयाका यी कार्यहरू गर्नुपर्ने परिस्‍थिति वा प्रसङ्ग जस्तोसुकै भए पनि, तिनीहरूलाई निश्‍चित तरिकामा काम गर्न र सोच्‍न जोड दिने वा बाध्य पार्ने तरिका हुन्। प्राचीन चीनबाट आएका यस्ता प्रशस्‍त उदाहरण छन्। जस्तै, एक जना भोको भिखारी केटालाई एउटा परिवारले लगेर खानेकुरा दिन्छ, लुगा दिन्छ, मार्सल आर्ट सिकाउँछ, र हरकिसिमका ज्ञान दिन्छ। तिनीहरूले ऊ ठूलो हुइन्जेल पर्खन्छन्, त्यसपछि उसलाई आम्दानीको स्रोतको रूपमा प्रयोग गर्छन्, उसलाई दुष्ट काम गर्न, मानिसहरूलाई मार्न, र सबै कुरा गर्न पठाउँछन्, जुन काम गर्ने उसलाई चाहना हुँदैन। यदि तिमीहरूले यो कथालाई उसले पाएका सबै दयाको आधारमा हेर्छौ भने, उसलाई बचाउनु राम्रो कुरा थियो। तर पछि उसलाई जुन काम जबरजस्ती गर्न लगाइयो त्यसबारे विचार गर्दा, यो असल थियो कि खराब? (खराब थियो।) तर ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने परम्‍परागत संस्कृतिको शिक्षाले गर्दा, मानिसहरूले यस कुराको भिन्‍नता छुट्याउन सक्दैनन्। झट्ट हेर्दा, त्यस केटासँग दुष्कर्म गर्ने, मानिसहरूलाई हानि गर्ने, र हत्यारा बन्‍नेबाहेक कुनै विकल्‍प नभएको देखिन्छ—जुन धेरैजसो मानिसले गर्न चाहँदैनन्। तर के उसले मालिकको दयाको ऋण तिर्ने भित्री इच्‍छाबाट तिनको आदेशमा यी खराब काम र हत्या गरेको हुँदैन र? विशेष गरी ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍नेजस्ता चिनियाँ परम्‍परागत संस्कृतिको शिक्षाले गर्दा, मानिसहरू यी विचारहरूको प्रभाव र नियन्त्रणमा नपरी बस्‍न सक्दैनन्। तिनीहरूले गर्ने कार्य, र तिनीहरूका कार्यपछाडि रहेका तिनीहरूका अभिप्राय र मनसायहरू पनि यी विचारहरूद्वारा अवश्य नै नियन्त्रित हुन्छन्। जब त्यस केटालाई त्यो परिस्थितिमा पारियो, उसमा पहिलो सोच के आएको थियो होला? ‘मलाई यो परिवारले बचाएको हो, र उनीहरूले मसँग राम्रो व्यवहार गरेका छन्। म अकृतज्ञ हुनु हुँदैन, उनीहरूको दयाको ऋण तिर्नुपर्छ। मलाई जीवन दिने उनीहरू नै हुन्, त्यसैले मैले यो जीवन उनीहरूमै समर्पित गर्नुपर्छ। उनीहरूले मलाई जे भन्छन् मैले त्यही गर्नुपर्छ, चाहे त्यसको लागि दुष्ट काम गर्नु र मानिसहरूलाई मार्नु नै किन नपरोस्। यो सही हो कि गलत हो भनेर मैले विचार गर्नु हुँदैन, मैले चुपचाप उनीहरूको दयाको ऋण तिर्नुपर्छ। मैले त्यसो गरिनँ भने के म अझै पनि मानव कहलिन लायक हुन्छु?’ फलस्वरूप, जबजब त्यो परिवारले उसलाई कसैको हत्या गर्न वा खराब काम गर्न लगाउँथ्यो, उसले नहिचकिचाई वा कुनै कसर नराखी त्यो गर्थ्यो। त्यसकारण के उसको आचरण, कार्य, र पूर्ण आज्ञापालन ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने सोचबाट सञ्चालित होइन र? के उसले नैतिक आचरणको त्यो मापदण्ड पालन गरिरहेको थिएन र? (हो।) यो उदाहरणबाट तिमीहरूले के बुझ्यौ? ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने भनाइ राम्रो हो कि होइन? (होइन, यसमा कुनै सिद्धान्त छैन।) वास्तवमा, दयाको ऋण तिर्ने व्यक्तिमा सिद्धान्त हुन्छ, र त्यो हो दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ। कसैले तँलाई दया गर्छ भने, तैँले पनि दया फर्काउनुपर्छ। यदि तैँले त्यसो गर्न सकिनस् भने, तँ मानव होइनस् र तँलाई यसको दोषी ठहराइयो भने तैँले भन्‍न सक्‍ने केही हुँदैन। भनिन्छ: ‘सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ,’ तर यो घटनमा त, त्यो केटाले सानोतिनो दया होइन तर जीवन बचाउने दया पायो, त्यसैले उसले ज्यान दिएर नै ऋण तिर्नु स्वभाविकै थियो। दयाको ऋण तिर्ने सीमा वा सिद्धान्तहरू केके हुन् भन्‍ने उसलाई थाहा थिएन। उसले आफ्नो जीवन त्यो परिवारले दिएको हो भन्‍ने विश्‍वास गर्थ्यो, त्यसैले यसको सट्टा आफ्‍नो जीवन तिनीहरूमा समर्पित गर्‍यो र तिनीहरूले जे अह्राए पनि, हत्या वा अन्य दुष्कर्म सबै गर्‍यो। दयाको ऋण तिर्ने यस्तो तरिकामा कुनै सिद्धान्त वा सीमा हुँदैन। उसले दुष्कर्मीहरूको मतियारको रूपमा काम गऱ्यो र यस क्रममा आफूलाई बरबाद पार्‍यो। के उसले यसरी दयाको ऋण तिर्नु सही थियो? अवश्यै थिएन। यो काम गर्ने मूर्ख तरिका थियो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के पहिचान गरेँ भने, मैले सधैँ मेरो मामाप्रति ऋणी र दोषी महसुस गरिरहेकी थिएँ र गल्ती सुधार्न र उहाँको गुन तिर्न चाहिरहेकी थिएँ। यो मुख्यतया म “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ,” र “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ” भन्‍ने नैतिक सोचाइहरूद्वारा बाँधिएकी र नियन्त्रित भएकीले भएको थियो, मलाई लाग्थ्यो, यदि मलाई सबैभन्दा बढी खाँचो परेको बेला कसैले सहयोगको हात बढाएको छ वा सङ्कटको समयमा मेरो ज्यान बचाएको छ भने, मैले यो गुन सधैँ सम्झनुपर्थ्यो र भविष्यमा यसलाई राम्ररी तिर्नुपर्थ्यो। यसो गरेर मात्र ममा विवेक र मानवता हुनेथियो। यदि मलाई गुन तिर्न आउँदैन भने, म एक बैगुनी र मानवता नभएको व्यक्ति बन्छु, र मलाई तिरस्कार गरिनेछ र बैगुनी र नीच मान्छे भनिनेछ। उदाहरणका लागि मेरी आमालाई नै लिऊँ। उहाँका चार जना दाजुभाइ वा दिदीबहिनीहरू हुनुहुन्छ, र विगतमा उहाँको परिवारले आर्थिक रूपमा सङ्घर्ष गरेको थियो। मेरो जेठो मामाको पढाइमा सहयोग गर्न, मेरो कान्छो मामा र मेरी आमाले थप शिक्षाको आफ्नो मौका त्याग्नुभयो। अन्ततः, मेरो जेठो मामाले एउटा स्थिर जागिर पाउनुभयो, र परिवारले सुरुमा उहाँले आफ्ना भाइबहिनीहरूलाई सहयोग गर्नुहुनेछ भन्‍ने अपेक्षा गरेको थियो। तैपनि, उहाँ आफ्ना भाइबहिनीहरूलाई सहयोग गर्न असफल मात्र हुनुभएन, उहाँले आफ्नी आमालाई समेत सहयोग गर्नुभएन। हाम्रा सबै आफन्त र साथीभाइहरूले उहाँलाई बैगुनी भने, र उहाँ सबैले तिरस्कार गर्ने व्यक्ति बन्नुभयो। यस्तो वातावरणमा हुर्किएकी हुनाले, मलाई भविष्यमा विवेक भएको र गुन तिर्न जान्ने व्यक्ति बन्नुपर्छ भन्‍ने लाग्थ्यो। यही सोचाइको प्रभावले गर्दा, जब ममाथि केही आइपर्थ्यो, तब म सही र गलत खुट्ट्याउन सक्दिनथिएँ वा मैले कस्तो व्यक्तिलाई गुन तिरिरहेकी छु भन्‍ने खुट्ट्याउन सक्दिनथिएँ, र म मेरो कार्य सत्यताका सिद्धान्तहरू अनुरूप छ कि छैन भन्‍ने कुराको वास्ता गर्दिनथिएँ। जबसम्म कसैले मप्रति दया देखाएको हुन्थ्यो, तबसम्‍म मैले त्यो सम्झनुपर्छ र तिर्नुपर्छ भन्‍ने इच्छा मलाई हुन्थ्यो। मेरो मामाकै कुरा गर्दा पनि त्यस्तै भयो, जब उहाँलाई निष्कासन गर्नका लागि हस्ताक्षर गर्ने समय आयो, तब उहाँले मेरो ज्यान बचाउनुभएको, हामीलाई परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभएको, र मलाई आफ्नै छोरीजस्तै व्यवहार गर्नुभएको कारणले गर्दा, यो गुनले मलाई हस्ताक्षर गर्न गाह्रो बनायो। मलाई, त्यसो गर्दा म विवेक नभएको बैगुनी व्यक्ति बन्नेछु भन्‍ने डर थियो। मैले अन्ततः हस्ताक्षर गरेको भए पनि, मेरो विवेक शान्त हुन सकेन, र मैले उहाँप्रति ऋणी महसुस गरिरहेँ। साथै, घरबाट टाढा कर्तव्य निर्वाह गरिरहेको बेला म बिरामी पर्दा, मेरो मामा हतारिँदै आउनुभयो र मेरो हेरचाहमा धेरै पैसा खर्च गर्नुभयो र मेहनत लगाउनुभयो, जसले मलाई अझ बढी दोषी महसुस गरायो। त्यसैले, जब मैले माथिल्लो तहका अगुवाहरूले मानिसहरूलाई स्वीकार गर्ने सिद्धान्तहरूबारे सङ्गति गरेको सुनेँ, तब मैले यो मौकाको फाइदा उठाएर मामाको गुन तिर्न चाहेँ। परिणाम स्वरूप, मेरो मामाले विगतका केही वर्षहरूमा गर्नुभएको दुष्टताबारे चिन्तन गर्नुभएको वा बुझ्नुभएको थिएन भन्‍ने कुरा स्पष्ट भए पनि, र उहाँले आफ्नो निष्कासनप्रति रिस समेत राख्नुभएको भए पनि र उहाँलाई निष्कासन गर्ने मण्डली अगुवालाई ठूलो रातो अजिङ्गरसामु चिनाइदिनुभएको भए पनि, म “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने सोचाइद्वारा नियन्त्रित भएकी हुनाले, मैले अगुवाहरूको अगाडि उहाँको बारेमा राम्रो कुरा गरेँ, उहाँका नराम्रा व्यवहारहरूलाई ढाकछोप गरेँ र लुकाएँ उहाँलाई मण्डलीमा पुनः स्वीकार गरियोस् भन्‍ने आशामा यसो गरेँ, ताकि मैले उहाँको ऋण तिर्न सकूँ। “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने परम्परागत सोचाइले मलाई बाँधिरहेको थियो भन्‍ने मैले महसुस गरेँ, जसले मलाई असल र खराब, सही र गलत छुट्याउन असमर्थ बनाएको थियो। यसले मलाई कुनै पनि सिद्धान्त वा नैतिक मापदण्डविना काम गर्ने बनाएको थियो। अहिले मण्डलीलाई शुद्ध पार्ने र दुष्ट मानिसहरू, ख्रीष्ट विरोधीहरू र अविश्‍वासीहरूलाई सफा गर्ने समय थियो। यदि मैले अझै पनि विवेक हुनुपर्छ र दुष्ट मानिसहरूको गुन तिर्नुपर्छ भन्‍ने कुरामा ध्यान दिएँ र तिनीहरूलाई मण्डलीमा पुनः स्वीकार गर्न चाहेँ भने, के मैले दुष्ट मानिसहरूको मतियार भइरहेकी र अवरोध तथा बाधाहरू खडा गरिरहेकी हुँदिन र? मेरो व्यवहार त प्रकृतिको हिसाबमा त गुन तिर्नका लागि हत्या गर्ने भनी परमेश्‍वरले वर्णन गर्नुभएको त्यस भिखारीको भन्दा कसरी फरक थियो र? यो कुरा बुझेपछि, मैले “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने परम्परागत नैतिक सोचाइको भ्रम र विषलाई स्पष्ट रूपमा देखेँ। यो पूर्णतया भ्रममा पार्ने र भ्रष्ट बनाउने भ्रम हो।

त्यसपछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने परम्परागत सांस्कृतिक अवधारणाको भित्री कुरा बुझ्‍नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण शब्द ‘दया’ हो—यो दयालाई कसरी हेर्नुपर्छ? यसले दयाको कुन पक्ष र प्रकृतिलाई जनाइरहेको छ? ‘दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ’ भन्‍ने भनाइको अर्थ के हो? मानिसहरूले यी प्रश्‍नहरूको उत्तर पत्ता लगाउनैपर्छ र तिनीहरू कुनै पनि परिस्थितिमा दयाको ऋण तिर्ने यो विचारद्वारा नियन्त्रित हुनु हुँदैन—सत्यता पछ्याउने जोकोहीको लागि यो नितान्त आवश्यक छ। मानव धारणाअनुसार ‘दया’ भनेको के हो? सामान्य तहमा, दया भनेको तँ समस्यामा हुँदा कसैले तँलाई सहयोग गर्नु हो। उदाहरणको लागि, तँलाई साह्रै भोक लागेको बेला कसैले तँलाई एक थाल भात दिनु, वा तँ तिर्खाले मर्न लागेको बेला एक बोतल पानी दिनु, वा तँ लडेर उठ्न नसक्दा तँलाई उठ्न सहयोग गर्नु हो। यी सबै दयाका काम हुन्। दयाको ठूलो काम भनेको तँ कठिन परिस्थितिमा हुँदा कसैले तँलाई उद्धार गर्नु हो—त्यो जीवन बचाउने दया हो। तेरो ज्यान खतरामा हुँदा र कसैले तँलाई मर्नबाट जोगिन मद्दत गर्दा, उसले वास्तवमा तेरो जीवन बचाइरहेको हुन्छ। मानिसहरूले ‘दया’ को रूपमा लिने केही कुरा यिनै हुन्। यस प्रकारको दया सानातिना, भौतिक निगाहभन्दा निकै ठूलो हुन्छ—यो ठूलो दया हो जसलाई पैसा वा भौतिक कुराहरूको आधारमा मापन गर्न सकिँदैन। यो प्राप्त गर्ने मानिसहरूले यति कृतज्ञ महसुस गर्छन् जसलाई धन्यवादका केही शब्‍दहरूमा व्यक्त गर्न सकिँदैन। तैपनि, के मानिसहरूले यसरी दयालाई मापन गर्नु सही हो त? (होइन।) किन तँ सही होइन भनेर भन्छस्? (किनभने यो मापन परम्‍परागत संस्कृतिका मापदण्डहरूका आधारमा गरिएको हुन्छ।) यो सिद्धान्त र धार्मिक वादमा आधारित उत्तर हो, र यो सही देखिए पनि, यसले मामलाको सार प्रस्तुत गर्दैन। त्यसकारण, यसलाई कसरी व्यावहारिक रूपमा व्याख्या गर्न सकिन्छ? यसबारे ध्यान दिएर सोच। केही समयअगाडि, मैले एउटा भिडियोबारे सुनेको थिएँ, जसमा एउटा मान्छेले थाहै नपाई आफ्‍नो वालेट खसाउँछ। त्यो वालेट एउटा सानो कुकुरले भेट्छ र त्यो कुकुर उसको पछि लाग्छ, र त्यो मान्छेले त्यसलाई देखेपछि त्यो कुकुरले वालेट चोरेछ भनेर कुटेर त्यसलाई मार्छ। कस्तो मूर्खता, होइन? त्यो मान्छेमा कुकुरमा जत्ति पनि नैतिकता छैन! कुकुरको त्यो काम नैतिकतासम्‍बन्धी मानव मापदण्डअनुरूप नै थियो। मान्छे भए ‘तपाईंको वालेट खस्यो!’ भनेर भन्‍नेथियो, तर कुकुरको बोली नभएको कारण, यसले चुपचाप वालेट उठायो र त्यो मान्छेको पछि दगुर्‍यो। त्यसकारण, यदि एउटा कुकुरले परम्‍परागत संस्कृतिले प्रवर्धन गरेका केही असल व्यवहारहरू लागू गर्न सक्छ भने, त्यसले मान्छेबारे के भन्छ? मानिस विवेक र समझसहित जन्‍मेको हुन्छ, त्यसकारण यी कुराहरू गर्नका लागि तिनीहरू झन् सक्षम हुन्छन्। जबसम्‍म कुनै व्यक्तिमा आफ्‍नो विवेकको बोध हुन्छ, तबसम्म उसले यस्ता जिम्‍मेवारी र दायित्वहरू पूरा गर्न सक्छ। कठिन परिश्रम गर्नु वा मूल्य चुकाउनु आवश्यक हुँदैन, थोरै प्रयास गरे पुग्छ, आखिर यो कुरा अरूलाई मदत मिल्‍ने र फाइदा पुग्‍ने केही काम गर्नु मात्र हो। तर यस्तो प्रकृतिको कामलाई ‘दया’ भन्‍न सुहाउँछ? के यो काम दयाको स्तरमा पुग्छ? (पुग्दैन।) यदि पुग्दैन भने, के मानिसहरूले यसको ऋण तिर्नेबारे कुरा गरिरहनु आवश्यक छ? त्यो आवश्‍यक छैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। “यदि परमेश्‍वर तँलाई मुक्ति दिन चाहनुहुन्छ भने, यो पूरा गर्न उहाँले जसका सेवाहरू प्रयोग गर्नुभए पनि, तैँले पहिला परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ र परमेश्‍वरबाट यो स्विकार्नुपर्छ। तैँले मानिसहरूप्रति मात्र कृतज्ञता जाहेर गर्नु हुँदैन, कसैमाथि कृतज्ञ बन्दै आफ्नो जीवन अर्पण गर्न मिल्ने कुरै नगरौँ। यो ठूलो गल्ती हो। महत्त्वपूर्ण कुरा भनेको तेरो हृदय परमेश्‍वरप्रति कृतज्ञ हुनु र तैँले यो उहाँबाट स्वीकार गर्नु हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (७))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने वाक्यांशमा उल्लेख गरिएको “दया” को बारेमा नयाँ बुझाइ र परिभाषा प्राप्त गरेँ। मलाई लाग्थ्यो, यदि मलाई कठिनाइ वा खतराहरू आइपर्दा वा मेरो ज्यान जोखिममा हुँदा कसैले सहयोगको हात बढायो वा मेरो ज्यान बचायो भने, त्यो ठूलो दया हो जसलाई मैले सम्झनुपर्छ र भविष्यमा त्यो गुन तिर्नुपर्छ। अहिले, परमेश्‍वरका वचनहरूमार्फत, मैले के महसुस गरेँ भने, यो सबैलाई दया भन्न सकिँदैन; यो त केवल मानिसहरूको स्वभाविक नैसर्गिक गुण हो, जुन विवेक भएको जो कोहीले पनि गर्न सक्छ। मेरो मामाको हकमा, एक डाक्टरको रूपमा, मलाई खतरामा देख्दा मेरो ज्यान बचाउनु एकदम सामान्य कुरा थियो र त्यो उहाँको जिम्मेवारी थियो। अझ भन्नुपर्दा, मेरो यो सास परमेश्‍वरबाट आउँछ, र मेरो जीवन र मृत्यु परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत छ। मामाले बचाउनुभएको कारणले मात्र म जीवित भएकी होइन। जब मेरो बुबाको मृत्युपछि, मेरी आमालाई धेरै सन्तानहरूको उच्च खर्च धान्न गाह्रो भयो, तब मामाले मलाई उहाँसँगै औषधी सिक्न लगाउनुभयो र मलाई उहाँकै घरमा खान र बस्न दिनुभयो, र मेरो स्वास्थ्य कमजोर देख्दा मलाई पोषिलो खानेकुराहरू दिनुभयो। उहाँले धेरै वर्षपछि म अस्पतालमा भर्ना हुँदा पनि मेरो हेरचाह गर्नुभयो। यो सबै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू थियो, र मैले यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ। साथै, मेरो मामाले हामीलाई परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो, जुन काम पनि परमेश्‍वरकै सार्वभौमिकता र बन्दोबस्त थियो। मैले धन्यवाद दिनुपर्ने त परमेश्‍वरलाई हो! यो कुरा बुझेपछि, अन्ततः म मामाप्रतिको दोषीपनबाट मुक्त भएँ।

यो अनुभवद्वारा, मैले “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने परम्परागत नैतिक सोचाइको भ्रम र यसले मानिसहरूलाई कसरी बाँध्छ र हानि गर्छ भन्‍ने कुरा स्पष्ट रूपमा देख्न सकेकी छु। यो नभएको भए, मैले निरन्तर सिद्धान्त वा नैतिक मापदण्डविना अन्धाधुन्ध गुन तिरिरहने थिएँ, र थाहा नपाइकनै परमेश्‍वरको प्रतिरोध समेत गरिरहने थिएँ। परमेश्‍वरका वचनहरूले नै मलाई यो महसुस गरायो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: २. एउटी २१ वर्षीया केटीको कठिन निर्णय

अर्को: ६. एउटी थ्री-सेल्फ मण्डलीकी शिक्षिकाको निर्णय

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्