३. सुसमाचार प्रचार गर्नु मेरो अटल कर्तव्य हो
म गाउँमा सात दाजुभाइ-दिदीबहिनीसँग हुर्किएँ। मेरी आमाको स्वास्थ्य कमजोर थियो र उहाँ काम गर्न सक्नुहुन्नथ्यो, अनि मेरा बुबा चाहिँ घरको देखभाल गर्नुहुन्नथ्यो वा कुनै पैसा कमाउनुहुन्नथ्यो। हामी खेतीपाती गरेर मात्र जीविकोपार्जन गर्न सक्थ्यौँ। हाम्रा वरपरका सबैले सीप नभएकोमा मेरा आमा-बाबाको खिसी गर्थे, अनि हाम्रा आफन्तहरूसमेत हामीलाई तुच्छ ठान्थे र हामीसँग कुनै सरोकार राख्न मान्दैनथे। समय बित्दै जाँदा, मलाई आफू यस परिवारमा जिइरहेकी हुनाले, आफ्नो सामाजिक हैसियत निम्न छ र आफू तल्लो वर्गकी व्यक्ति हुँ भन्ने लाग्न थाल्यो। म बाहिर जाँदासमेत प्रायजसो अरू मानिसहरूसँग कुराकानी गर्ने आँट गर्दिनथेँ। विवाहपछि, मेरा श्रीमान् साधारण मजदुर हुनुहुन्थ्यो—उहाँका सबै समकक्षी उहाँभन्दा धेरै सम्भावना बोकेका थिए, र उनीहरू हामीलाई देख्दा सधैँ घमण्ड देखाउँथे; कहिलेकाहीँ त उनीहरू घोचपेच गर्थे वा हामीलाई गालीसमेत गर्थे। यसले मलाई धेरै गाह्रो हुन्थ्यो, र म आफैलाई तुच्छ ठान्थेँ। परमेश्वरमा विश्वास गरेर उहाँका वचनहरू पढेपछि मात्र म बिस्तारै आफ्नो हीनताबोधबाट बाहिर निस्किएँ र मलाई हृदयमा रिहाइ मिल्यो।
सन् २०२१ मा, मैले सहरबाहिर सुसमाचार प्रचार गर्न थालेँ। पछि, मैले सुसमाचार स्विकार्ने सम्भावना भएका केहीलाई भेटेँ जो या त हाकिम या त कार्यकर्ता थिए: तिनीहरू सबै केही हैसियत र प्रतिष्ठा भएका व्यक्ति थिए। मलाई बन्धनमा परेको महसुस भयो, र मलाई लाग्यो, मेरो पारिवारिक अवस्था कमजोर छ, मसँग ज्ञान वा हैसियत छैन, अनि उच्च हैसियत र प्रतिष्ठा भएका यी मानिसहरूसँग व्यवहार गर्न म सक्षम छैनँ। तर मैले यो मेरो कर्तव्य हो, र मैले यसलाई पन्छाउन मिल्दैन भन्ने बुझेँ, त्यसैले मैले आफू यो गर्न इच्छुक रहेको भन्दै परमेश्वरलाई प्रार्थना गरेँ। एकपटक, म महिला हाकिमलाई सुसमाचार प्रचार गर्ने तयारी गर्दै थिएँ। जब उनले म मजदुर हुँ भन्ने थाहा पाइन्, तब ठाडै अस्वीकार गर्दै, भनिन्, “उसलाई यहाँ आउन नदेऊ—म हैसियत र प्रतिष्ठा भएका मानिसहरूलाई मात्र भेट्छु।” यो कुरा सुन्दा, मलाई निकै नराम्रो लाग्यो, सोचेँ, “मेरो हैसियत र प्रतिष्ठा निम्न छ; म सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिलाई भेट्न योग्यसमेत छैनँ। म कसरी सुसमाचार प्रचार गर्न सक्छु र? यदि मसँग केही हैसियत र प्रतिष्ठा भएको भए, अनि मेरो पारिवारिक पृष्ठभूमि अलि राम्रो भएको भए, सायद अरू मानिसहरूले मलाई यसरी तुच्छ ठान्ने थिएनन्।” यो सोच्दा, म उनलाई सुसमाचार प्रचार गर्न त्यति इच्छुक भइनँ। मैले आफू पहिले बस्ने गरेकै ठाउँमा फर्कन चाहेँ। त्यहाँ धेरै मानिस आप्रवासी मजदुर थिए, र तिनीहरूको हैसियत र प्रतिष्ठा लगभग मेरै जस्तो थियो—तिनीहरू मलाई तुच्ठ ठान्ने थिएनन्। मैले अगुवालाई यहाँ सुसमाचार प्रचार गर्न गाह्रो छ, यहाँका मानिसहरूसँग पैसा र प्रभाव छ, तर म त एउटी साधारण आप्रवासी मजदुर मात्र हुँ, त्यसैले उनीहरूसँग चिनजान बढाउन मलाई गाह्रो छ, साथै महामारी पनि गम्भीर छ र मैले सहकार्य गर्ने कुनै उपाय छैन भनेर बताएँ। अगुवा सहमत हुनुभयो। फर्केपछि, मैले अलिकति पनि आत्मचिन्तन गरिनँ, त्यसैले त्यो मामिला अनसुल्झा रह्यो।
सन् २०२२ को गर्मी याममा, निकालिएकी एक व्यक्तिले मलाई एउटा धार्मिक सम्प्रदायबाट सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्ति उपलब्ध गराइन्। जब मैले ती निकालिएकी व्यक्तिलाई भेटेँ, उनलाई म अपरिष्कृत र मेरो पहिरन साधारण लाग्यो, त्यसैले उनले मलाई सोधिन्, “के तिमी सुसमाचार प्रचार गर्न सक्छ्यौ? के तिमी बाइबल बुझ्छ्यौ?” त्यतिबेला, मैले उनको भनाइको अर्थ बुझिनँ, त्यसैले मैले उनलाई साँचो कुरा बताएँ, “मैले धार्मिक मानिसहरूलाई सुसमाचार प्रचार गरेकी छु, र म बाइबल अलिअलि बुझ्छु।” उनी भन्दै गइन्, “मैले तिमीलाई तुच्छ ठानेकी होइन; सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिले चाहिँ त्यसो गर्छ—उनको पारिवारिक अवस्था राम्रो छ अनि उनको हैसियत र प्रतिष्ठा उच्च छ!” यो कुरा सुन्दा, मलाई निकै नराम्रो लाग्यो, सोचेँ, “मैले उपयुक्त र राम्रै लुगा लगाएकी छु; यति मात्र हो कि, मैले विलासी लुगा लगाएकी छैनँ, त्यसैले उनी मलाई तुच्छ ठान्छिन्। यदि उनी सुसमाचार स्विकार्ने सम्भावना भएकी व्यक्ति भएकी भए, उनले पक्कै पनि मलाई तुच्छ ठान्नेथिइन्। मेरो हैसियत र प्रतिष्ठा उनीसँग मिल्दैन, र सुसमाचार प्रचार गर्न गाह्रो हुनेछ!” मैले सोचेँ, यदि मेरो पृष्ठभूमि राम्रो भएको भए, मेरो हैसियत र प्रतिष्ठा अलि उच्च भएको भए, अनि मसँग पैसा र प्रभाव भएको भए, सुसमाचार प्रचार गर्न यति गाह्रो हुनेथिएन। मलाई निकै निराश महसुस भइरहेको थियो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र खोजेँ, पाठ सिक्न सकूँ भनेर उहाँलाई मार्गदर्शन मागेँ। खोज्ने क्रममा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “सुसमाचार प्रचार गर्दा, व्यक्तिले प्रायजसो गिल्ला, खिसी, खिसीटिउरी, र अपमान सामना गर्नुपर्छ, वा आफूलाई खतरनाक परिस्थितिहरूमा समेत पाउन सक्छन्। उदाहरणका लागि, सुसमाचार सुनाउँदा कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई दुष्ट मानिसहरूद्वारा सार्वजनिक रूपमै दोष लगाइन्छ वा अपहरण गरिन्छ, र कतिलाई भने प्रहरी बोलाएर सरकारको जिम्मा लगाइन्छ। कतिलाई पक्राउ गरेर जेल हालिन्छ भने, र कतिलाई कुटेर मारिन्छ। यी सबै भइरहेकै कुराहरू हुन्। तर अब हामीलाई यी कुरा थाहा भइसकेपछि, के हामीले सुसमाचार प्रचार गर्ने कामप्रतिको हाम्रो मनोवृत्ति परिवर्तन गर्नुपर्छ? (पर्दैन।) सुसमाचार प्रचार गर्नु सबैको जिम्मेवारी र दायित्व हो। कुनै पनि समयमा, हामीले जे सुने पनि, वा जे देखे पनि, वा हामीले जस्तोसुकै व्यवहारको सामना गर्न परे तापनि, हामीले सुसमाचार प्रचार गर्ने यो जिम्मेवारीलाई सधैँ कायम राख्नैपर्छ। कुनै पनि परिस्थितिमा हामीले नकारात्मकता वा कमजोरीको कारण यो कर्तव्य छोड्न सक्दैनौँ। सुसमाचार प्रचार गर्ने कर्तव्य सजिलै अगाडि बढ्दैन, यो त जोखिमले भरिएको हुन्छ। जब तिमीहरूले सुसमाचार प्रचार गर्छौ, तिमीहरूले स्वर्गदूतहरू, वा एलियन्स, वा रोबोटहरूको सामना गर्दैनौ। तिमीहरूले दुष्ट र भ्रष्ट मानवजाति, जीवित भूतात्माहरू, पशुहरूको मात्रै सामना गर्नेछौ—तिनीहरू सबै यस दुष्ट ठाउँ, यस दुष्ट संसारमा जिइरहेका मानव हुन् जो शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएका छन् र परमेश्वरको प्रतिरोध गर्छन्। त्यसैले सुसमाचार प्रचार गर्ने क्रममा निश्चय नै हरप्रकारका जोखिमहरू हुन्छन्, सानातिना निन्दा, खिसीटिउरी र गलत बुझाइहरूको कुरै छोडौँ, ती त सामान्य घटनाहरू हुन्। यदि तँ सुसमाचार प्रचार गर्नुलाई साँच्चै नै एउटा जिम्मेवारी, एउटा दायित्व, र आफ्नो कर्तव्य मान्छस् भने, तैँले यी कुराहरूलाई सही ढङ्गबाट सम्मान गर्न र तिनलाई सही ढङ्गले सम्हाल्न सक्नेछस्। तैँले कुनै पनि समय आफ्नो जिम्मेवारी र दायित्व छोड्नेछैनस्, न त यी कुराहरूका कारण तँ सुसमाचार प्रचार गर्ने र परमेश्वरलाई गवाही दिने आफ्नो मूल उद्देश्यबाट विचलित हुन्छस्, र तैँले कहिल्यै पनि यस जिम्मेवारीलाई त्याग्नेछैनस्, किनकि यो तेरो कर्तव्य हो। यो कर्तव्यलाई कसरी बुझ्नुपर्छ? यो मानव जीवनको मूल्य-मान्यता र मूल दायित्व हो। आखिरी दिनहरूमा परमेश्वरको कामको शुभ समाचार र परमेश्वरको कामको सुसमाचार प्रसार गर्नु नै मानव जीवनको मूल्य हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरूले हामीलाई सुसमाचार प्रचार गर्ने क्रममा गिज्याइनु, खिल्ली उडाइनु, उपहास गरिनु र अपमानित गरिनु सामान्य कुरा हो भनेर बताउँछन्, किनकि सुसमाचार प्रचार गर्दा हामीले सामना गर्नेहरू सबै शैतानद्वारा भ्रष्ट पारिएका मानिस हुन्। तर हामीले जस्तोसुकै परिस्थिति वा कठिनाइ सामना गरे पनि, सुसमाचार प्रचार गर्ने यो जिम्मेवारी कायम राख्नैपर्छ। त्यतिबेला, सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्ति मलाई भेट्न चाहँदैनन् भन्ने थाहा पाउँदा, मलाई मेरो हैसियत र प्रतिष्ठा उनीसँग नमिल्ने भएकाले, र उनले मलाई तुच्छ ठान्ने र लज्जित पार्ने भएकीले, मैले उनलाई सुसमाचार प्रचार नगर्नु नै बेस हुन्छ, ताकि म अपमानबाट बच्न सकूँ भन्ने लाग्यो। आज पनि त्यस्तै भयो। मेरा लुगाहरू साधारण थिए, र मसँग हैसियत वा प्रतिष्ठा थिएन; अरू मानिसहरू मलाई तुच्छ ठान्थे, र मलाई आफूले ती सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिलाई सुसमाचार प्रचार गरेमा, उनले मलाई तुच्छ ठान्नेछिन् र लज्जित पार्नेछिन् भन्ने लाग्यो। त्यसैले म आफ्नो इज्जत र अभिमानमा नकारात्मक असर पर्ला भन्ने डरले पछि हट्न थालेँ—मैले यसको दोष मेरो गरिब पृष्ठभूमिलाई दिएँ। मैले आफूले आफ्नो अभिमान र आडम्बरको अति नै पर्वाह गरेकीले यस्तो भएको हो, अनि प्रतिष्ठा र हैसियतप्रतिको मेरो चाहनाले समस्या निम्त्याइरहेको छ भनेर बुझिनँ। मैले सुसमाचार प्रचार गरेको कारण शैतानी सत्ताद्वारा गिरफ्तार गरिएका र यातना दिइका ती ब्रदर-सिस्टरहरूबारे सोचेँ। उनीहरूले धेरै कष्ट सहे, र कतिपयले त झन्डै आफ्नो ज्यान गुमाए, तर उनीहरू परमेश्वरमा भर पर्न र आफ्नो गवाहीमा दृढ रहन सके। जेलबाट छुटेपछि पनि, उनीहरूले सुसमाचार प्रचार गरे र परमेश्वरको गवाही दिए। उनीहरूको तुलनामा, मेरो कष्ट त केही पनि थिएन। अलिकति मात्रै बेइज्जती हुँदा मैले सुसमाचार प्रचार गर्ने इच्छा नै गुमाएँ। मैले मेरो कर्तव्य निष्कपट भई निर्वाह गरिरहेकी थिइनँ भन्ने थाहा पाएँ—ममा कुनै गवाही नै थिएन। परमेश्वरले निष्कपट रूपमा उहाँमा विश्वास गर्नेहरूलाई र उहाँको देखापराइ खोज्नेहरूलाई मुक्ति दिन उहाँको आखिरी दिनहरूको कामका दौरान लाखौँ वचन व्यक्त गर्नुभएको छ। सृजित प्राणीका रूपमा, मैले परमेश्वरको अभिप्रायलाई ख्याल गर्नुपर्छ, सुसमाचार प्रचार गर्नुपर्छ र परमेश्वरको गवाही दिनुपर्छ, मानिसहरूलाई परमेश्वरको आवाज सुन्न र उहाँको देखापराइ देख्न सक्षम पार्नुपर्छ। यो नै सबैभन्दा न्यायवान् कुरा हो, र यो मेरो मिसन र जिम्मेवारी हो। यस दौरान हामीले केही कष्ट भोगे पनि र हामी लज्जित पारिए पनि, यो सब मूल्यवान् र अर्थपूर्ण छ। अब मैले परमेश्वरको अभिप्राय बुझेकीले, म भाग्न वा पछि हट्न इच्छुक भइनँ। सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिले मलाई जति नै तुच्छ ठाने पनि वा लज्जित पारे पनि, मैले मेरो आफ्नै इज्जत त्याग्नुपर्छ र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। साथसाथै, मैले के पनि बुझेँ भने, मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएपछि, उनीहरू व्यक्तिको बाहिरी रूप, र उनीहरूसँग हैसियत र प्रतिष्ठा छ कि छैन भनेर मात्र हेर्छन्: यदि छ भने, मानिसहरू उनीहरूलाई मान र सम्मान गर्छन्, तर यदि उनीहरूसँग हैसियत, प्रतिष्ठा, पैसा र प्रभाव छैन भने, उनीहरूलाई तुच्छ ठानिन्छ। यो सबै मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको कारणले भएको हो। ती निकालिएकी व्यक्ति र सुसमाचार स्विकार्ने सम्भावना भएकी व्यक्तिले मेरो हैसियत र प्रतिष्ठाका कारण मलाई तुच्छ ठानेकी थिइन्—यो सामान्य कुरा थियो। जब मैले यो कुरा बुझेँ, तब मेरो स्थितिमा केही परिवर्तन आयो। अनि पछि मैले ती निकालिएकी व्यक्तिसँग फेरि सम्पर्क गरेँ र उनी सहकार्य गर्न इच्छुक भइन्। मैले सुसमाचार स्विकार्ने सम्भावना भएको त्यस व्यक्तिलाई सम्पर्क गरेँ र उनमा एकदमै बेतुके बुझाइ छ अनि उनी विशेष गरी आफ्नै धारणा र कल्पनाहरूमा टाँसिरहन्छिन् भनेर पत्ता लगाएँ। हामीले हार मान्नुपऱ्यो। तर मैले यी परिस्थितिहरूमार्फत आफूबारे केही ज्ञान प्राप्त गरेँ—यो परमेश्वरको प्रेम थियो।
त्यसपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र आफ्नै स्थितिबारे केही ज्ञान प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तेरो पहिचान वा हैसियत जे-जस्तो भए पनि, यो सबै परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। तेरो लागि परमेश्वरले जस्तोसुकै परिवार वा पारिवारिक पृष्ठभूमि पूर्वनिर्धारित गर्नुभएको भए पनि, तैँले यसबाट प्राप्त गर्ने पहिचान न त लाजमर्दो हुन्छ न त सम्मानजनक नै हुन्छ। तैँले आफ्नो पहिचानलाई कसरी लिने भन्ने कुराको सिद्धान्त सम्मान र लाजको सिद्धान्तमा आधारित हुनु हुँदैन। परमेश्वरले तँलाई जस्तोसुकै परिवारमा राखे पनि, उहाँले तँलाई जुनसुकै परिवारबाट जन्मन दिए पनि, परमेश्वरसामु तेरो एउटै मात्र पहिचान हुन्छ, र त्यो पहिचान सृष्टि गरिएको प्राणीको पहिचान हो। परमेश्वरको अघि, तँ सृष्टि गरिएको प्राणी होस्, त्यसकारण परमेश्वरको नजरमा, तँ फरक पहिचान र सामाजिक हैसियत भएको समाजको जोकोही व्यक्तिसमान छस्। तिमीहरू सबै भ्रष्ट मानवजातिका सदस्य हौ, र तिमीहरू सबै परमेश्वरले मुक्ति दिन चाहनुभएका मानिसहरू हौ। अनि अवश्य नै, परमेश्वरसामु, तिमीहरू सबैले सृष्टि गरिएका प्राणीहरूको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने समान अवसर पाएका हुन्छौ, र तिमीहरू सबैसँग सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने समान अवसर हुन्छ। यस स्तरमा, परमेश्वरले तँलाई दिनुभएको सृष्टि गरिएको प्राणीको पहिचानको आधारमा, तैँले आफ्नो पहिचानलाई उच्च ठान्नु हुँदैन, न त तैँले यसलाई तुच्छ नै ठान्नु हुन्छ। बरु, तैँले परमेश्वरबाट आउने तेरो पहिचान, अर्थात् सृष्टि गरिएको प्राणीको पहिचानलाई सही रूपमा लिनुपर्छ, र सबैसँग समान धरातलमा रहेर, अनि परमेश्वरले मानिसहरूलाई सिकाउनुहुने र अर्ती दिनुहुने सिद्धान्तहरूअनुसार सद्भावपूर्ण ढङ्गले घुलमिल हुनुपर्छ। अरू मानिसहरूको सामाजिक हैसियत वा सामाजिक पहिचान जस्तोसुकै भए पनि, र तेरो आफ्नै सामाजिक हैसियत वा सामाजिक पहिचान जस्तोसुकै भए पनि, परमेश्वरको घरमा र परमेश्वरसामु आउने हरकसैको एउटै मात्र पहिचान हुन्छ, जुन सृष्टि गरिएको प्राणीको पहिचान हो। तसर्थ, निम्न सामाजिक हैसियत र पहिचान भएकाहरूले हीन महसुस गर्नु हुँदैन। तँसँग प्रतिभा भए पनि नभए पनि, तेरो क्षमता जतिसुकै उच्च भए पनि, र तँसँग सामर्थ्य भए पनि नभए पनि, तैँले आफ्नो सामाजिक हैसियत त्याग्नुपर्छ। तैँले मानिसहरूलाई तिनीहरूको पारिवारिक पृष्ठभूमि र पारिवारिक इतिहासको आधारमा विशिष्ट वा दयनीय भनेर श्रेणीकरण गर्ने र ठूलो-सानो स्थानमा राख्ने वा वर्गीकरण गर्ने विचार वा दृष्टिकोणहरू पनि त्याग्नुपर्छ। तैँले आफ्नो कमजोर सामाजिक पहिचान र हैसियतको कारण हीन महसुस गर्नु हुँदैन। तेरो पारिवारिक पृष्ठभूमि त्यति शक्तिशाली र शानदार नभए पनि, र तैँले पाएको हैसियत तुच्छ भए पनि, परमेश्वरले तँलाई त्याग्नुभएको छैन भन्ने कुरामा तँ खुसी हुनुपर्छ। परमेश्वरले दयनीय मानिसहरूलाई फोहोरको डङ्गुर र धूलोबाट माथि उठाउनुहुन्छ, र अरू मानिसहरूलाई जस्तै तँलाई पनि सृष्टि गरिएको प्राणीको रूपमा समान पहिचान दिनुहुन्छ। परमेश्वरको घरमा र परमेश्वरसामु, तेरो पहिचान र हैसियत परमेश्वरद्वारा चुनिएका अरू सबै मानिसहरूको जस्तै समान छ। यो कुरा महसुस गरेपछि, तैँले आफ्नो हीनताबोध त्याग्नुपर्छ र तँ यसैमा टाँस्सिरहनु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१३))। परमेश्वरका वचनहरू पढेपछि, म निकै प्रभावित भएँ। विगतमा, म सामाजिक हैसियत र राम्रो पारिवारिक अवस्था भएका मानिसहरूको प्रतिष्ठा उच्च हुन्छ, तिनीहरू उच्च वर्गका मानिस हुन्, अनि हैसियत र प्रतिष्ठा नभएकाहरू चाहिँ नीच र तल्लो वर्गका हुन् भन्ने सोच्थेँ। यो दृष्टिकोण सत्यताअनुरूप थिएन। म सानै छँदादेखि मेरो पारिवारिक अवस्था कमजोर थियो। मैले राम्रो शिक्षा पाइनँ वा कुनै सीप सिकिनँ, र बाल्यकालदेखि वयस्क हुँदासम्म अरूहरू मलाई तुच्छ ठान्थे। मेरो विवाहपछि, मेरा श्रीमान् पनि गरिब हुनुभएकाले र उहाँको कुनै सामाजिक हैसियत नभएकाले, मलाई मेरो हैसियत र प्रतिष्ठा अत्यन्तै निम्न छ भन्ने लाग्थ्यो, र मलाई निकै हीनताबोध महसुस हुन्थ्यो। अनि म हैसियत र प्रतिष्ठा भएका मानिसहरूको विशेष रूपमा ईर्ष्या र श्रद्धा गर्थेँ। परमेश्वरमा विश्वास गरेपछि, मेरो निम्न हैसियत र प्रतिष्ठाका निम्ति सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिले मलाई तुच्छ ठानेकी हुनाले, मैले अझ बढी बन्धनमा परेको महसुस गरेँ। म मेरो पारिवारिक पृष्ठभूमि गरिब छ, मेरो हैसियत निम्न छ, र अरूले मलाई लज्जित मात्र पार्नेछन्, र सुसमाचार प्रचार गर्न गाह्रो हुनेछ भन्ने विश्वास गर्थेँ, त्यसैले म उम्कन र पछि हट्न चाहन्थेँ। वास्तवमा, परमेश्वरको नजरमा सबै जना सृजित प्राणी हुन्, हामी सबैको हैसियत र प्रतिष्ठा एउटै छ, र उच्च र निम्नबीच कुनै भिन्नता छैन। मानिसहरू पारिवारिक पृष्ठभूमि र सामाजिक हैसियतका आधारमा आफूलाई विभिन्न वर्गमा राख्छन्, तर परमेश्वर सबैलाई निष्पक्ष रूपमा व्यवहार गर्नुहुन्छ। हामीले परमेश्वरबाट मुक्ति पाउन सत्यता स्विकार्न मात्रै आवश्यक छ। म एक सृजित प्राणी हुँ, त्यसैले मैले मेरो कर्तव्य पूरा गर्नुपर्छ, म हैसियत र प्रतिष्ठाको बन्धनमा पर्नु हुँदैन।
त्यसपछि, एक जना ब्रदरले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड देखाए, र म त्यसद्वारा निकै प्रभावित भएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यसबारे सोच त—तिमीहरूले मानिसको मूल्य, सामाजिक हैसियत र पारिवारिक पृष्ठभूमिलाई कसरी लिनुपर्छ? तिमीहरूमा हुनुपर्ने सही मनोवृत्ति के हो? सबैभन्दा पहिले, तिमीहरूले परमेश्वर यो मामिलालाई कसरी लिनुहुन्छ भनेर उहाँका वचनहरूबाट हेर्नुपर्छ; यसरी मात्र तिमीहरूले सत्यता बुझ्नेछौ र सत्यताविरुद्धका कुनै पनि कुरा गर्नेछैनौ। त्यसोभए, परमेश्वर कुनै व्यक्तिको पारिवारिक पृष्ठभूमि, सामाजिक हैसियत, उसले प्राप्त गरेको शिक्षा र समाजमा ऊसँग हुने सम्पत्तिलाई कसरी लिनुहुन्छ? यदि तँ यी कुराहरूलाई परमेश्वरका वचनहरूको आधारमा हेर्दैनस् र परमेश्वरको पक्षमा खडा हुन अनि परमेश्वरबाट आउने कुराहरू स्विकार्न सक्दैनस् भने, विभिन्न कुराहरू हेर्ने तेरो तरिका निश्चित रूपले परमेश्वरले जे अभिप्राय राख्नुहुन्छ त्योभन्दा केही मात्रामा फरक हुनेछ। यदि त्यति टाढा छैन, थोरै मात्र भिन्नता छ भने, त्यो समस्या होइन; यदि विभिन्न कुराहरू हेर्ने तेरो तरिका परमेश्वरले राख्नुभएको अभिप्रायभन्दा पूर्णतया भिन्न छ भने, त्यो सत्यताविपरित छ। जहाँसम्म परमेश्वरको कुरा छ, उहाँ मानिसहरूलाई के दिनुहुन्छ र कति दिनुहुन्छ, त्यो उहाँमै निर्भर हुन्छ, र समाजमा मानिसहरूसँग हुने हैसियत पनि परमेश्वरद्वारा नै निर्धारित हुन्छ, त्यो कुनै व्यक्तिले बनाउने कुरा हुँदै होइन। यदि परमेश्वरले कसैलाई पीडा र गरिबी भोग्न लगाउनुभयो भने, के यसको मतलब ऊसँग मुक्ति पाउने कुनै आशा छैन भन्ने हो? यदि ऊ कम मूल्यको र कम सामाजिक पदको हो भने, के परमेश्वरले उसलाई मुक्ति दिनुहुनेछैन र? यदि समाजमा उसको हैसियत कम छ भने, के ऊ परमेश्वरका नजरमा पनि कम हैसियतको हुन्छ त? त्यस्तो हुन्छ भन्ने जरुरी छैन। त्यो केमा निर्भर गर्छ त? त्यो कुरा यो व्यक्ति हिँड्ने मार्ग, उसको पछ्याइ, अनि सत्यता र परमेश्वरप्रतिको उसको मनोवृत्तिमा निर्भर गर्छ। यदि कसैको सामाजिक हैसियत एकदमै कम छ, उसको परिवार निकै गरिब छ, र उसको शैक्षिक स्तर कम छ, तैपनि ऊ व्यावहारिक रूपमा परमेश्वरमा विश्वास गर्छ, अनि सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ भने, परमेश्वरका नजरमा उसको मूल्य उच्च हुन्छ कि न्यून, के त्यो कुलीन हुन्छ कि नीच? ऊ मूल्यवान् हुन्छ। त्यसलाई यस दृष्टिकोणबाट हेर्दा, कुनै व्यक्तिको मूल्य—उच्च वा न्यून, कुलीन वा नीच—केमा निर्भर हुन्छ? यो कुरा परमेश्वरले तँलाई कसरी हेर्नुहुन्छ, त्यसमा निर्भर हुन्छ। यदि परमेश्वर तँलाई सत्यता पछ्याउने व्यक्तिका रूपमा हेर्नुहुन्छ भने, तेरो मूल्य छ र तँ मूल्यवान् होस्—तँ मूल्यवान् पात्र होस्। यदि परमेश्वरले तँ सत्यता पछ्याउँदैनस् र निष्कपट रूपमा उहाँप्रति आफूलाई समर्पित गर्दैनस् भन्ने देख्नुहुन्छ भने, तँ बेकार होस् र मूल्यवान् होइनस्—तँ नीच पात्र होस्। तँ चाहे जति नै उच्च शिक्षित भए पनि वा समाजमा तेरो हैसियत चाहे जति नै उच्च भए पनि, यदि तँ सत्यता पछ्याउँदैनस् वा सत्यता बुझ्दैनस् भने, तेरो मूल्य कहिल्यै उच्च हुन सक्दैन; धेरै मानिसहरूले तँलाई साथ दिए पनि, उच्च पारे पनि, र पुजे पनि, तँ काम नलाग्ने वस्तु नै होस्। त्यसोभए, किन परमेश्वर मानिसहरूलाई यसरी हेर्नुहुन्छ? यस्तो ‘कुलीन’ व्यक्ति, समाजमा यति उच्च ओहोदा भएको, यति धेरै मानिसले उच्च पार्ने र मान गर्ने, प्रतिष्ठासमेत यति उच्च भएको व्यक्तिलाई परमेश्वरले किन नीच देख्नुहुन्छ? किन परमेश्वरले मानिसहरूलाई हेर्ने तरिका मानिसहरूले अरूलाई हेर्ने दृष्टिकोणभन्दा पूर्णतया भिन्न छ? के परमेश्वर आफूलाई जानाजान मानिसहरूविरुद्ध राख्दै हुनुहुन्छ? बिलकुलै होइन। किनभने, परमेश्वर सत्यता हुनुहुन्छ, परमेश्वर धार्मिकता हुनुहुन्छ, जबकि मानिस भ्रष्ट छ र उसमा सत्यता वा धार्मिकता छैन, र परमेश्वर मानिसलाई आफ्नो मानकअनुसार मापन गर्नुहुन्छ, अनि मापन गर्ने उहाँको मानक सत्यता हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। मैले परमेश्वरका वचनहरूबाट मानिसहरू जन्मने ठाउँ र परिवारहरू सबै परमेश्वरद्वारा नियोजित हुन्छन्, ती मानिसहरूले छान्न सक्ने कुरा होइनन्, त्यसैले मानिसहरू परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ भनेर बुझेँ। परमेश्वर मानिसहरूको सामाजिक हैसियत वा शिक्षा उच्च छ कि निम्न छ भनेर हेर्नुहुन्न; बरु उहाँ मानिसहरू सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन्, उहाँका वचनहरू अभ्यास गर्न अनि सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्नुहुन्छ। यदि कुनै व्यक्तिको सामाजिक हैसियत उच्च छ र उसको पारिवारिक पृष्ठभूमि राम्रो छ, तर ऊ सत्यता पछ्याउँदैन वा स्विकार्दैन भने, परमेश्वरले उसलाई मुक्ति दिनुहुनेछैन। यदि कुनै व्यक्तिसँग ज्ञान वा हैसियत छैन, तर ऊ सकारात्मक कुराहरूलाई प्रेम गर्छ, सत्यता स्विकार्न सक्छ, र परमेश्वरका वचनहरूअनुसार काम गर्छ भने, परमेश्वरले उसलाई महत्त्व दिनुहुनेछ। परमेश्वर मानिसहरूको हृदय र सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति हेर्नुहुन्छ। कुनै व्यक्तिको सामाजिक हैसियत जतिसुकै उच्च किन नहोस्, यदि ऊ परमेश्वरसामु आउन, उहाँका वचनहरू पढ्न र उहाँलाई चिन्न खोज्न सक्छ भने, ऊ परमेश्वरको नजरमा उत्कृष्ट हुन्छ। परमेश्वरसामु नआउने र सृजित प्राणीको कर्तव्य पूरा गर्न नसक्ने सबै नै नीच र बेकम्मा हुन्। मलाई परमेश्वरद्वारा उच्च पारिन सकिएकाले र मैले सृजित प्राणीको कर्तव्य पूरा गर्न उहाँको अनुग्रह प्राप्त गर्न सकेकीले, मैले आफ्नो कर्तव्य पूरा गर्न परमेश्वरले दिएको अवसरको कदर गर्नुपर्छ।
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “चाहे तेरो परिवारले तँलाई वैभव वा सरम जे दिए पनि, वा परिवारबाट तैँले प्राप्त गर्ने पहिचान र सामाजिक हैसियत कुलीन वा नीचो जे भए पनि, जहाँसम्म तेरो सरोकारको कुरा छ, तेरो लागि परिवार त्योभन्दा बढी अरू केही होइन। यसले तँ सत्यता बुझ्न सक्छस् कि सक्दैनस्, सत्यता पछ्याउन सक्छस् कि सक्दैनस्, वा सत्यता पछ्याउने मार्ग हिँड्न सक्छस् कि सक्दैनस् भन्ने कुरा निर्धारित गर्दैन। त्यसकारण, मानिसहरूले यसलाई अत्यन्तै महत्त्वपूर्ण मामिलाको रूपमा लिनु हुँदैन, किनभने यसले व्यक्तिको नियति निर्धारित गर्दैन, न त व्यक्तिको भविष्य नै निर्धारित गर्छ, यसले व्यक्ति हिँड्ने मार्ग निर्धारित गर्नु त परको कुरा हो। तैँले आफ्नो परिवारबाट प्राप्त गर्ने पहिचानले अरूहरूमाझ तेरा आफ्नै भावना र अनुभूतिहरू मात्रै निर्धारित गर्न सक्छ। परिवारबाट प्राप्त तेरो पहिचान तैँले घृणा गर्ने वा धाक लगाउने जे-जस्तो कुरा भए पनि, त्यसले तँ सत्यता पछ्याउने मार्ग हिँड्न सक्नेछस् कि छैनस् भन्ने कुरा निर्धारित गर्न सक्दैन। त्यसकारण, जब सत्यता पछ्याउने कुरा आउँछ, तैँले आफ्नो परिवारबाट कस्तो पहिचान वा सामाजिक हैसियत प्राप्त गर्छस् भन्ने कुराले केही फरक पार्दैन। तैँले प्राप्त गर्ने पहिचानले तँलाई उच्च र सम्मानित भएको महसुस गराए पनि, यो उल्लेख गर्नसमेत लायक हुँदैन। अथवा, यदि यसले तँलाई सरम, हीनताबोध, र कमजोर आत्मसम्मान महसुस गराउँछ भने पनि, यसले सत्यता पछ्याउने तेरो कार्यमा असर पार्नेछैन। के यस्तै होइन र? (हो।) यसले सत्यता पछ्याउने तेरो कार्यमा अलिकति पनि असर पार्नेछैन, न त यसले परमेश्वरअघि सृष्टि गरिएको प्राणीको रूपमा रहेको तेरो पहिचानमै असर पार्नेछ। बरु यसविपरीत, परिवारबाट तैँले जस्तोसुकै पहिचान र सामाजिक हैसियत प्राप्त गरेको भए पनि, परमेश्वरको दृष्टिकोणबाट हरेक व्यक्तिले मुक्ति पाउने उस्तै अवसर पाएको हुन्छ र उसले उस्तै हैसियत र पहिचानसहित कर्तव्य निभाउने र सत्यता पछ्याउने काम गरिरहेको हुन्छ। परिवारबाट तैँले प्राप्त गर्ने पहिचान आदरणीय भए पनि वा लाजमर्दो भए पनि, यसले तेरो मानवता निर्धारित गर्दैन, न त यसले तैँले लिने मार्ग नै निर्धारित गर्छ। तैपनि, यदि तैँले यसलाई धेरै महत्त्व दिन्छस्, र यसलाई आफ्नो जीवन र अस्तित्वको महत्त्वपूर्ण भागको रूपमा लिन्छस् भने, तैँले यसलाई दह्रिलो गरी पक्रिराख्नेछस्, कहिल्यै छोड्नेछैनस्, र यस कुरामा गर्व गरिरहनेछस्। यदि तैँले आफ्नो परिवारबाट प्राप्त गर्ने पहिचान कुलीन खालको छ भने, तैँले यसलाई एक किसिमको पूँजीको रूपमा लिनेछस्, जबकि यदि तैँले आफ्नो परिवारबाट प्राप्त गर्ने पहिचान निम्नस्तरको किसिमको छ भने, तैँले यसलाई लाजमर्दो कुरा मान्नेछस्। चाहे तैँले आफ्नो परिवारबाट प्राप्त गर्ने पहिचान कुलीन, वैभवपूर्ण, वा लाजमर्दो जे-जस्तो भए पनि, यो तेरो व्यक्तिगत बुझाइ हो, र यो तेरो भ्रष्ट मानवताको दृष्टिकोणबाट तैँले हेरेको कारण आउने नतिजा मात्रै हो। यो केवल तेरो आफ्नै भावना, अनुभूति र बुझाइ हो, जुन सत्यतासँग मिल्दैन र सत्यतासँग त्यसको कुनै सम्बन्ध हुँदैन। तेरो सत्यता पछ्याउने कार्यको लागि यो पूँजी होइन, र अवश्य नै, तेरो सत्यता पछ्याउने कार्यमा यो बाधा पनि होइन। यदि तेरो सामाजिक हैसियत कुलीन र उच्च छ भने, त्यसको अर्थ यो तेरो मुक्तिको लागि पूँजी हुन्छ नै भन्ने हुँदैन। यदि तेरो सामाजिक हैसियत निम्न र मामुली स्तरको छ भने, यो सत्यता पछ्याउने तेरो कार्यमा बाधा हुन्छ नै भन्ने हुँदैन, झन् यो तेरो मुक्तिप्रतिको खोजमा बाधा हुने त कुरै नगरौँ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्वरका वचनहरू पढेपछि, मैले मानिसहरूले परमेश्वरमा विश्वास गर्नु, सत्यता पछ्याउनु र मुक्ति प्राप्त गर्नुसँग पारिवारिक र सामाजिक हैसियतको कुनै सम्बन्ध छैन भनेर बुझेँ। यसबाहेक, सुसमाचार प्रचार गर्नुको व्यक्तिको हैसियत र प्रतिष्ठासँग कुनै सम्बन्ध छैन; बरु त्यसको सम्बन्ध आफ्नो कर्तव्यप्रतिको उसको मनोवृत्ति, साथै सुसमाचार प्रचार गर्दा ऊ परमेश्वरको कामबारे स्पष्ट रूपमा सङ्गति गर्न र त्यसको गवाही दिन सक्छ कि सक्दैन, अनि सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू परमेश्वरमा सच्चा रूपले विश्वास गर्छन् कि गर्दैनन् भन्ने कुराहरूसँग छ। किनकि परमेश्वरमा निष्कपट रूपमा विश्वास गर्नेहरू मात्र परमेश्वरका भेडा हुन्, र तिनीहरू मात्र परमेश्वरको आवाज सुन्न र बुझ्न सक्छन्। मैले एउटा सुसमाचार चलचित्रका एक जना ब्रदरलाई सम्झेँ जो निकै उच्च हैसियत र प्रतिष्ठा भएका क्याथोलिक पादरी थिए। जब ब्रदर-सिस्टरहरूले उनलाई सुसमाचार प्रचार गरे, तब उनले उनीहरूको हैसियत र प्रतिष्ठा कस्तो छ भनेर हेरेनन्, बरु परमेश्वरका वचनहरू सुने र खोज्न अनि अनुसन्धान गर्न इच्छुक भए। उनले त्यो परमेश्वरको आवाज हो भनेर निर्धारण गरे र त्यसलाई स्विकारे। मैले ती निष्कपट विश्वासीहरूले सुन्न चाहेको कुरा त परमेश्वरका वचनहरू र सत्यता पो रहेछन् भनेर थाहा पाएँ। म प्रायजसो आफ्नो निम्न हैसियत र प्रतिष्ठाको बन्धनमा पर्नुको कारण मेरो हृदयमा परमेश्वरका लागि कुनै ठाउँ नहुनु, र मैले कामकुराहरूलाई परमेश्वरका वचनहरूका आधारमा नहेर्नु रहेछ। यस क्षणमा, मैले के बुझेँ भने म एक सृजित प्राणी हुँ, अनि सुसमाचार प्रचार गर्नु मेरो जिम्मेवारी र दायित्व हो। सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिको हैसियत र प्रतिष्ठा उच्च होस् वा निम्न, तिनीहरू सबै परमेश्वरको मुक्ति आवश्यक भएका भ्रष्ट पारिएका मानिस थिए। मेरो जिम्मेवारी परमेश्वर जे भन्नुहुन्छ र गर्नुहुन्छ त्यसको गवाही दिनु थियो; तिनीहरू त्यो स्विकार्न सक्थे कि सक्थेनन् भन्ने कुरा चाहिँ, तिनीहरू परमेश्वरका भेडाहरू हुन् कि होइनन् भन्ने कुरामा निर्भर हुन्थ्यो। यदि तिनीहरू भेडा हुन्थे भने, तिनीहरूले स्वाभाविक रूपमै परमेश्वरको आवाज सुन्न र बुझ्न सक्नेथिए।
अगस्ट २०२३ मा, एउटी सिस्टरले मलाई एक धार्मिक सम्प्रदायबाट सुसमाचार स्विकार्ने सम्भावना भएको एक व्यक्तिलाई सुसमाचार प्रचार गर्न भनिन्। जब मैले यी सुसमाचार स्विकार्ने सम्भावना भएकी व्यक्तिको परिवार धनी र प्रभावशाली छ, र उनको परिवारको एक सदस्य सैन्य अधिकारी हुन् भन्ने थाहा पाएँ, तब मैले सुरुमा के सोचेँ भने, मेरो आफ्नै हैसियत र प्रतिष्ठा निम्न छ, हामीबीच अत्यन्तै ठूलो दूरी छ, र म यो गर्न सक्दिनँ। यदि उनले मलाई तुच्छ ठानिन् र मैले गवाही दिएको सुन्न उनी इच्छुक भइनन् भने के गर्ने? मैले आफूलाई गिज्याइँदा र तुच्छ ठानिँदाको भावनाबारे सोचेँ, त्यसैले मलाई उच्च हैसियत भएकाहरूसँग सम्पर्कमा रहने चाहना साँच्चै भएन। त्यसपछि मैले परमेश्वरका यी वचनहरू सम्झेँ: “त्यसोभए, परमेश्वर कुनै व्यक्तिको पारिवारिक पृष्ठभूमि, सामाजिक हैसियत, उसले प्राप्त गरेको शिक्षा र समाजमा ऊसँग हुने सम्पत्तिलाई कसरी लिनुहुन्छ? यदि तँ यी कुराहरूलाई परमेश्वरका वचनहरूको आधारमा हेर्दैनस् र परमेश्वरको पक्षमा खडा हुन अनि परमेश्वरबाट आउने कुराहरू स्विकार्न सक्दैनस् भने, विभिन्न कुराहरू हेर्ने तेरो तरिका निश्चित रूपले परमेश्वरले जे अभिप्राय राख्नुहुन्छ त्योभन्दा केही मात्रामा फरक हुनेछ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। मैले के बुझेँ भने, मलाई अझै पनि हैसियत र प्रतिष्ठाको बन्धनमा परेको महसुस हुन्छ, र मैले मामिलाहरूलाई परमेश्वरका वचनहरूका आधारमा हेर्नुपर्छ। सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिको हैसियत र प्रतिष्ठा जतिसुकै उच्च हुन सक्ने किन नहोस्, परमेश्वरको नजरमा हामी सबै सृजित प्राणी हौँ, हामी सबैको भ्रष्ट स्वभाव उस्तै छ, र हामी सबैलाई परमेश्वरको मुक्ति आवश्यक छ। मैले केवल परमेश्वरमा भर पर्नु र सहकार्य गर्नका लागि आफूले सक्दो प्रयास गर्नु आवश्यक थियो। सुसमाचार स्विकार्ने सम्भावना भएको व्यक्तिले सुसमाचार स्विकार्न सक्थिन् कि सक्थिनन् भन्ने कुरा चाहिँ परमेश्वरको हातमा थियो। यसबारे सोच्दा, मलाई बन्धनमा परेको महसुस हुन छोड्यो। पछि, ती सुसमाचार स्विकार्ने व्यक्तिलाई सुसमाचार प्रचार गर्न जाँदा, मैले निकै नै शान्ति महसुस गरेँ, उनलाई परमेश्वरको आखिरी दिनहरूको कामको गवाही कसरी स्पष्ट रूपमा दिने भनेर मात्र सोचेँ। उनले हामीलाई एकदमै आतिथ्यका साथ स्वागत गर्छिन् भन्ने कसले पो सोच्न सक्थ्यो र। मैले उनलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर सुनाएँ, अनि उहाँको आखिरी दिनहरूको कामबारे सङ्गति गरेँ र त्यसको गवाही दिएँ। उनले सुनिन् र बुझ्न सकिन्। मैले चौथो पटक सङ्गति गर्दा उनले भनिन्, “सिस्टर, मलाई तपाईँको प्रचार सुन्न रमाइलो लाग्छ; तपाईँलाई मेरो घरमा हरेक दिन स्वागत छ।” उनले मलाई बेवास्ता नगरेकी मात्र नभई उनी परमेश्वरको कामबारे अनुसन्धान गर्नसमेत तयार भएको देख्दा, म निकै प्रभावित भएँ। मैले परमेश्वरमा निष्कपट रूपमा विश्वास गर्नेहरू परमेश्वरका वचनहरू र सत्यता सुन्छन्, र हामीले नतिजाहरू प्राप्त गर्न परमेश्वरको कामबारे स्पष्ट रूपमा सङ्गति गर्न र गवाही दिन मात्र आवश्यक छ भन्ने देखेँ। यदि तिनीहरू परमेश्वरका भेडा हुन् भने, तिनीहरू परमेश्वरको आवाज सुन्न र बुझ्न सक्छन्, र तिनीहरू परमेश्वरसामु आउन सक्छन्। समाजमा तिनीहरूको हैसियत र प्रतिष्ठा जस्तोसुकै हुन सक्ने भए पनि केही फरक पर्दैन। पछि, मैले सुसमाचार प्रचार गर्ने क्रममा उच्च हैसियत र प्रतिष्ठा भएका सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई भेट्दा, म तिनीहरूलाई प्रचार गर्न सकिन्छ कि सकिँदैन भनेर परमेश्वरका वचन र सिद्धान्तहरूका आधारमा मूल्याङ्कन गर्थेँ। यदि तिनीहरू परमेश्वरमा निष्कपट रूपमा विश्वास गर्ने व्यक्ति भएका भए, म पूर्ण हृदयले सहकार्य गर्थेँ, परमेश्वरको कामबारे सङ्गति गर्थेँ र त्यसको गवाही दिन्थेँ। मलाई अब हैसियत र प्रतिष्ठाको बन्धनमा परेको महसुस भएन, र मेरो हृदयले रिहाइ पायो। परमेश्वरलाई धन्यवाद!