४३. मैले बल्ल आफू एकदमै स्वार्थी रहेछु भनेर थाहा पाएँ

सु फेङ्शुवाङ, चीन

सन् २०२१ मा, म मण्डलीमा अगुवाको कर्तव्य निर्वाह गर्दै थिएँ। त्यतिबेला, सिस्टर ली ह्वासँग मेरो सहकार्य थियो। म मुख्यतया सुसमाचारको काममा जिम्मेवार थिएँ, जबकि ली ह्वा मण्डलीलाई शुद्ध पार्ने काममा जिम्मेवार थिइन्। अन्य कामहरूमा हामी सँगै मिलेर काम गर्थ्यौँ। एक दिन, मैले एउटी सिस्टरबाट एउटा पत्र पाएँ जसमा फाङ शियाले शुद्धीकरण सम्बन्धी सामग्रीहरू व्यवस्थित गर्ने काममा कुनै प्रगति गरिरहेकी छैनन् र यसले कामको प्रगतिमा बाधा पुऱ्याइरहेको छ भन्ने जानकारी दिइएको थियो। पत्रमा उनलाई अर्को काममा खटाउन आवश्यक छ कि छैन भनी विचार गर्न हामीलाई आग्रह गरिएको थियो। मलाई शियाको क्षमता त्यति राम्रो छैन, र शुद्धीकरण सम्बन्धी सामग्रीहरू व्यवस्थित गर्नु उनका लागि निकै कठिन काम हो, त्यसैले उनलाई अर्को काममा खटाउन आवश्यक छ भन्ने थाहा थियो। तर त्यसपछि मैले शुद्धीकरणको काम त ली ह्वाको जिम्मेवारी हो भन्ने सोचेँ। यदि त्यसमा कुनै समस्या थियो भने, त्यसलाई समाधान गर्न उनले नै सङ्गति गर्नुपर्छ। म जिम्मेवार भएको सुसमाचारको काममा धेरै कुराहरू संलग्न थिए र त्यसमा धेरै समस्याहरू पनि थिए। यसअघि, कतिपय कामहरू कार्यान्वयन नभएकाले माथिल्लो तहका अगुवाहरूले मलाई काटछाँट समेत गरेका थिए। यदि मैले कामलाई अघि बढाएर चाँडै कार्यान्वयन गरिनँ भने, म फेरि काटछाँटमा पर्न सक्छु। मैले आफ्नो समय र शक्ति सुसमाचारको काममा लगाउनु नै बढी महत्त्वपूर्ण छ भनी सोचेँ। ती दुई दिन, ली ह्वा केही कामले गर्दा हाम्रो अतिथि सत्कारक घरमा थिइनन्, त्यसैले मैले अर्की सिस्टरलाई उनी फर्केपछि फाङ शियाको अवस्थाबारे तुरुन्तै बुझेर समयमै उनलाई अर्को काममा खटाउन भनी खबर पुऱ्याउन लगाएँ। त्यसपछि, म आफू जिम्मेवार रहेको काममा व्यस्त भएँ। केही समयपछि, अर्की सिस्टरले फाङ शियाको समस्याबारे रिपोर्ट गर्दै भनिन् कि उनले आफ्नो कर्तव्य निर्वाह गर्दा बोझ बोकेकी छैनन् र सिस्टरहरूले उनका समस्याहरू औँल्याउँदा उनले स्वीकार गर्दिनन्, र उग्रता समेत प्रकट गर्छिन्। सबैले उनीबाट अलि बाँधिएको महसुस गरे। मैले मनमनै सोचेँ, “के ली ह्वाले पछिल्लो पटक के भएको थियो भनेर पत्ता लगाउन गइनन् र? फाङ शियालाई अहिलेसम्म किन बर्खास्त गरिएको? उनी हाम्रा दाजुभाइ-दिदीबहिनीहरूका बीचमा अवरोध र बाधा बनेकी छिन्, र उनलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ।” त्यतिबेला, ली ह्वा सुरक्षा जोखिमका कारण बाहिर आएर आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने अवस्थामा थिइनन्। त्यसको पूर्ति गर्न, हामीले ली ह्वाले जिम्मेवारी लिएको काम सम्हाल्न अर्की अगुवा, डिङ यानलाई छान्‍यौँ। मैले मनमनै सोचेँ, “डिङ यानले पहिले पनि शुद्धीकरणको काम गरेकी छिन्, र मानिसहरूलाई खुट्याउनमा उनी मभन्दा सिपालु छिन्। म डिङ यानलाई नै फाङ शियालाई बर्खास्त गर्न लगाउँछु।” सङ्गति सकेर फर्केपछि डिङ यानले “यदि मैले फाङ शियालाई पहिलो भेटमै बर्खास्त गरेँ भने, उनले मेरो बारेमा नराम्रो धारणा बनाउन सक्छिन् भनेर म चिन्तित थिएँ, त्यसैले मैले उनलाई बर्खास्त गरिनँ” भन्लिन् भनेर मैले अनुमान गर्न सक्दिनथेँ। त्यतिबेला, मैले केवल शुद्धीकरणको काम डिङ यानको जिम्मेवारी हो, र यदि उनले फाङ शियालाई बर्खास्त गरिनन् भने, त्यो उनले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको हो, मेरो समस्या होइन भन्‍ने मात्र सोचिरहेकी थिएँ, त्यसैले म यस मामिलामा संलग्न भइनँ। पछि, माथिल्लो तहका अगुवाहरूले यस मामिलाबारे थाहा पाउनुभयो र कसैलाई फाङ शियालाई तुरुन्तै बर्खास्त गर्न लगाउनुभयो। उहाँहरूले हामीलाई अनुपयुक्त मानिसहरूलाई किन तुरुन्तै बर्खास्त गरेर अर्को काममा खटाएनौ भनी सोध्दै एउटा पत्र पनि पठाउनुभयो, र हामीलाई यस मामिलाबारे चिन्तन र बुझाइहरू लेख्न भन्नुभयो। त्यतिबेला, मैले आफ्नो बारेमा अलिकति पनि बुझेकी थिइनँ। मैले सोचेँ कि यो काम मेरो जिम्मेवारीमा पर्दैन, र यदि कसैलाई जवाफदेही ठहराउनुपरे पनि, त्यसमा म पर्नेछैन। फाङ शियालाई तुरुन्तै बर्खास्त गर्ने नसकेको त ली ह्वा र डिङ यानले हो। माथिल्लो तहका अगुवाहरूले म तर्क गर्दै र आफ्नो जिम्मेवारीबाट पन्छिँदै गरेको, र मसँग आफ्नो बारेमा अलिकति पनि बुझाइ नभएको देख्नुभयो। यसबाहेक, ममा अहङ्कारी स्वभाव थियो र मैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको काटछाँट र मार्गदर्शन स्वीकार गर्दिनथेँ। मैले सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर्दिनथेँ, र परमेश्‍वरको घरको काम र मेरा दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा हानि पुऱ्याउँथेँ। त्यसैले, उहाँहरूले मलाई बर्खास्त गर्नुभयो।

आफ्नो उपासनाको समयमा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जुन मेरो आफ्नै स्थितिसँग एकदमै मिल्दोजुल्दो थियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूको स्वार्थीपन र दुष्टता कसरी प्रकट हुन्छ? आफ्नो हैसियत वा इज्‍जतमा फाइदा पुर्‍याउने कुनै पनि कुरामा तिनीहरूले गर्नुपर्ने वा भन्‍नुपर्ने कुराहरू गर्न वा भन्‍नलाई लागिपर्छन् र तिनीहरूले स्वैच्छिक रूपमा कुनै पनि कष्ट सहन्छन्। तर परमेश्‍वरको घरले बन्दोबस्त गरेको काम वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन वृद्धिमा फाइदा पुर्‍याउने कामको हकमा तिनीहरूले यसलाई पूर्ण रूपमा बेवास्ता गर्छन्। दुष्ट मानिसहरूले बाधा र अवरोधहरू सिर्जना गर्दा, अनेक प्रकारको दुष्टता गर्दा, र त्यसरी मण्डलीको काममा गम्भीर असर पुर्‍याउँदा पनि तिनीहरूले त्यसमा चासो देखाउदैनन् वा त्यसबारे सोधपुछ गर्दैनन्, मानौँ तिनीहरूसँग त्यसको केही सम्बन्ध नै छैन। अनि यदि कसैले थाहा पाएर कुनै दुष्ट व्यक्तिका दुष्ट कार्यहरूबारे उजुरी गऱ्यो भने तिनीहरूले केही देखेको छैन भन्दै अनभिज्ञ भएको बहाना गर्छन्। तर यदि कसैले तिनीहरूको उजुरी गर्छन् र तिनीहरूले वास्तविक काम गर्दैनन्, केवल ख्याति, प्राप्ति र हैसियत मात्र पछ्याउँछन् भनेर खुलासा गरिदिन्छन् भने तिनीहरू रिसले चुर हुन्छन्। कस्तो प्रतिक्रिया दिने भनेर छलफल गर्न हतारमा बैठकहरू बोलाउँछन्, तिनीहरूको पिठिउँपछाडि को गयो, त्यसको मुख्य अगुवा को हो र त्यसमा को संलग्न थियो भनी पत्ता लगाउन अनुसन्धानहरू गरिन्छन्। तिनीहरू त्यसको जडमा नपुगुञ्जेल र त्यो विषयलाई पूर्ण रूपमा समाधान नगरुञ्जेल खाँदैनन् वा निदाउँदैनन्—यहाँसम्म कि तिनीहरूले आफ्नो बारेमा रिपोर्ट गर्नमा संलग्‍न रहेका हरेकलाई गिराएपछि मात्र तिनीहरू खुसी हुनेछन्। यो स्वार्थीपन र दुष्टताको अभिव्यक्ति हो, होइन र? के तिनीहरूले मण्डलीको काम गरिरहेका हुन्छन्? तिनीहरू विशुद्ध रूपमा आफ्नै शक्ति र हैसियतका निम्ति काम गरिरहेका हुन्छन् र आफ्नै उद्यममा संलग्न भइरहेका हुन्छन्। तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै केही पनि सोच्दैनन्। तिनीहरू आफ्ना हितहरू प्रभावित भएका छन् कि छैनन् भन्‍ने कुरालाई मात्र ख्याल गर्छन्, र आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूका लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरूले यसलाई कुनै गम्भीरतासाथ लिँदैनन्। तिनीहरू करकापमा मात्र काम गर्छन्, आफूलाई मनपर्ने काम मात्र गर्छन् र आफ्नो शक्ति र हैसियतलाई कायम राख्नका निम्ति मात्र काम गर्छन्। तिनीहरूको नजरमा परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमाचार फैलाउने काम र परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तोसुकै कठिनाइहरू भए पनि तिनीहरूले जुनै समस्या पहिचान गरे पनि वा तिनीहरूलाई जुनै समस्याको रिपोर्ट गरे पनि, तिनीहरूका कुराहरू जति नै इमानदार भए पनि, ख्रीष्टविरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। मण्डलीको काममा जति ठूला समस्याहरू उत्पन्‍न भइरहेका भए पनि तिनीहरू बिलकुलै उदासीन हुन्छन्। तिनीहरूकै अगाडि कुनै समस्या प्रस्तुत हुँदा पनि तिनीहरूले झाराटारुवा तरिकाले मात्र त्यसलाई सम्बोधन गर्छन्। जब तिनीहरूलाई सीधै माथिबाट काटछाँट गरिन्छ र समस्या समाधान गर्ने आदेश दिइन्छ तब मात्र तिनीहरूले मन नलागी-नलागी थोरै वास्तविक काम गर्नेछन् र माथिलाई केही गरेर देखाउनेछन्; त्यसलगत्तै तिनीहरू आफ्नै काममा लागिरहन्छन्। मण्डलीको काम, अझ विस्तृत सन्दर्भका महत्त्वपूर्ण कामकुराका सम्बन्धमा, तिनीहरू यी कुराहरूमा रुचि देखाउँदैनन् र तिनलाई बेवास्ता गर्छन्। तिनीहरू आफूले थाहा पाएका समस्याहरूलाई पनि बेवास्ता गर्छन्, त्यस्ता समस्याहरूको बारेमा सोध्दा तिनीहरूले झारा टार्ने जबाफ दिन्छन् वा तिनीहरू हिचकिचाउँछन् र मन नलागी-नलागी त्यसलाई सम्बोधन गर्छन्। यो स्वार्थीपन र दुष्टताको अभिव्यक्ति हो, होइन र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्‍वरले ख्रीष्टविरोधीहरू अत्यन्तै स्वार्थी र दुष्ट हुन्छन् भनी खुलासा गर्नुहुन्छ। तिनीहरू आफूलाई राम्रो देखाउने र अरूको सम्मान पाउने कामकुराका लागि परिश्रम गर्न, कष्ट सहन, र मूल्य तिर्न मात्र इच्छुक हुन्छन्। तिनीहरू मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको कठिनाइबारे अलिकति पनि चिन्तित हुँदैनन्, र यी सबैलाई झाराटारुवा तरिकाले व्यवहार गर्छन्। कसैले अवरोध र बाधाहरू खडा गरिरहेको छ भनी थाहा पाउँदा पनि तिनीहरू पूर्ण रूपमा उदासीन हुन्छन्। मैले प्रकट गरेको स्वभाव ख्रीष्टविरोधीको जस्तै थियो। फाङ शियाले आफ्नो कर्तव्यमा नतिजाहरू दिइरहेकी छैनन् र उनलाई तुरुन्तै अर्को काममा खटाउन आवश्यक छ भनेर मलाई राम्ररी थाहा थियो, तर मलाई शुद्धीकरणको काम ली ह्वाको जिम्मेवारी हो र कुनै पनि समस्या उनैले समाधान गर्नुपर्छ भन्ने लाग्यो। मलाई यदि मैले यी समस्याहरू समाधान गर्न समय खर्च गरेकी भए पनि, यसले मलाई राम्रो देखाउने थिएन र त्यो मेरो समयको बर्बादी मात्र हुनेथियो भन्ने लाग्यो। त्यसैले, मैले गैरजिम्मेवार व्यवहार गरेँ र त्यस मामिलालाई बेवास्ता गरेँ। पछि, ली ह्वा आफ्नो कर्तव्य निर्वाह गर्न नसक्ने भइन्। डिङ यान भर्खरै अगुवाका रूपमा छानिएकी थिइन्, र मैले उनीसँग गएर फाङ शियालाई बर्खास्त गर्नुपर्थ्यो। तर मैले उनीसँग त्यसबारे सङ्क्षिप्त छलफल मात्र गरेँ। पछि उनले संशयका कारण फाङ शियालाई बर्खास्त नगरेको भनेको मैले सुनेँ, तर मैले अझै पनि समयमै त्यस मामलालाई समाधान गरेकी थिइनँ। म मण्डलीको कामप्रति झाराटारुवा थिएँ र मैले यसलाई विवेकपूर्ण तरिकाले लिएकी थिइनँ। जब माथिल्लो तहका अगुवाहरू मलाई काटछाँट गर्न आउनुभयो, मैले आत्मचिन्तन गर्नुको सट्टा मसँग काम गर्ने सिस्टरहरूले फाङ शियालाई समयमै बर्खास्त गरेका थिएनन् भन्दै अरूलाई दोष लगाउने कोसिस गरेँ। त्यसो गरेर, मैले उक्त मामलाबाट हात झिक्ने कोसिस गरेँ। यदि माथिल्लो तहका अगुवाहरूले फाङ शियालाई तुरुन्तै बर्खास्त नगर्नुभएको भए, उनले समूहलाई कति लामो समयसम्म बाधा पुऱ्याइरहने थिइन्, र उनले शुद्धीकरणको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवनमा कति हानि पुऱ्याउने थिइन् भन्ने अनिश्चित थियो। म दुई वर्षभन्दा बढी समयदेखि अगुवा थिएँ, र मैले केही सिद्धान्तहरू बुझेकी थिएँ। मण्डलीका विभिन्न कामहरूको सुरक्षा गर्न मैले अझ बढी चिन्ता लिनुपर्थ्यो र आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो। जब मैले कसैलाई मण्डलीको काममा बाधा र अवरोध पुऱ्याइरहेको देखेँ, मैले उसलाई तुरुन्तै रोकेर नियन्त्रणमा लिनुपर्थ्यो। जो अनुपयुक्त थिए, तिनीहरूलाई समयमै अर्को काममा खटाउनुपर्थ्यो वा बर्खास्त गर्नुपर्थ्यो। यदि मैले कुराहरू स्पष्ट रूपमा देख्न सकिनँ भने, मैले खोजी गर्नुपर्छ र आफ्ना सहकर्मीहरूसँग परामर्श लिनुपर्छ। आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही हो। तर ख्याति र हैसियतको पछ्याइमा र माथिल्लो तहका अगुवाहरूको सम्मान पाउनका लागि, मैले आफ्नै मुख्य जिम्मेवारीमा पर्ने काममा मात्र ध्यान दिएँ, र जब मैले कामका अरू क्षेत्रहरूमा समस्याहरू उत्पन्न भएको देखेँ, मैले तिनलाई कुनै वास्ता गरिनँ। मसँग साँच्चै कुनै मानवता नै थिएन! म एकदमै स्वार्थी थिएँ! यदि माथिल्लो तहका अगुवाहरूले मलाई खुलासा, काटछाँट, र बर्खास्त नगर्नुभएको भए, मैले अझै पनि आत्मचिन्तन गर्न जानेकी हुनेथिइनँ। म शैतानद्वारा कति गहिरो रूपमा भ्रष्ट पारिएकी छु, वा म कति दुष्ट र तुच्छ तरिकाले जिइरहेकी छु भन्‍ने कुरा मैले बुझेकी हुनेथिइनँ। जब मैले यो बुझेँ, मलाई गहिरो पछुतो र आत्म-धिक्कार महसुस भयो। त्यो सँगसँगै, मैले हृदयमा धन्यवादका साथ परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, मेरो बर्खासी तपाईँको धार्मिकता हो। तपाईँले मलाई मेरा अपराधहरूअनुसार व्यवहार गर्नुभएन, बरु मलाई पश्चात्ताप गर्ने मौका समेत दिनुभयो, ताकि मैले आत्मचिन्तन गर्न र आफूलाई बुझ्न सकूँ। यो तपाईँको प्रेम र मुक्ति हो। प्रिय परमेश्‍वर, मलाई यस मामिलामा आफूलाई बुझ्न र साँचो पश्चात्ताप गर्न डोऱ्याउनुहोस्।”

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरको घरमा सत्यता पछ्याउने मानिसहरू परमेश्‍वरसामु एकतामा हुन्छन्, विभाजित हुँदैनन्, र उनीहरूको एउटै साझा लक्ष्य हुन्छ, र त्यो हो: आफ्नो कर्तव्य पूरा गर्नु, आफूलाई आइपरेको काम गर्नु, सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु, परमेश्‍वरले माग गर्नुभएअनुसार काम गर्नु, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्नु। यदि तेरा उद्देश्यहरू यसका खातिर होइनन्, बरु तेरा आफ्नै खातिर हुन्, तेरा आफ्नै स्वार्थी कामनाहरू पूरा गर्नका खातिर हुन् भने, यो भ्रष्ट शैतानी स्वभावको प्रकटीकरण हो। परमेश्‍वरको घरमा, व्यक्तिको कर्तव्य सत्यता सिद्धान्तअनुसार गरिन्छ। गैरविश्‍वासीहरूका कार्यहरू उनीहरूका शैतानी स्वभावहरूद्वारा नियन्त्रित हुन्छन्। यी दुई अति फरक मार्गहरू हुन्। गैरविश्‍वासीहरूले आफ्नै षड्यन्त्र पालेका हुन्छन्, प्रत्येकसँग आफ्नै उद्देश्य र योजनाहरू हुन्छन्, अनि प्रत्येक व्यक्ति आफ्नै स्वार्थका लागि जिउँछ। यसरी उनीहरू आफ्नै फाइदाको लागि सङ्घर्ष गर्छन्, र आफूले पाएको एक इन्च छोड्न पनि इच्छुक हुँदैनन्। उनीहरू विभाजित, र तितरबितर अवस्थामा हुन्छन्, किनकि उनीहरूको साझा लक्ष्य हुँदैन। उनीहरूले जे गर्छन् त्यसपछाडि रहेको अभिप्राय र प्रकृति एउटै हुन्छ—उनीहरू सबै आफ्नै लागि कार्य गर्छन्। यसमा, सत्यले शासन गर्दैन, शैतानको भ्रष्ट स्वभावसँग पूर्ण शक्ति र प्रभुत्व हुन्छ। उनीहरू आफ्नो भ्रष्ट शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छन्, र यसमा उनीहरूको केही जोर चल्दैन र यसकारण उनीहरू पापमा झन्झन् गहिरो गरी डुब्छन्। परमेश्‍वरको घरमा, यदि तिमीहरूका कार्यहरूको सिद्धान्त, तरिका, प्रेरणा, र सुरुवाती बिन्दु गैरविश्‍वासीहरूका भन्दा फरक हुँदैनन् भने, यदि तिमीहरूलाई भ्रष्ट शैतानी स्वभावले खेलाउँछ, नियन्त्रण गर्छ र गोटीझैँ चलाउँछ भने र यदि तिमीहरूका कार्यहरूका सुरुवाती बिन्दु तिमीहरूका आफ्नै स्वार्थहरू, प्रतिष्ठा, घमन्ड र हैसियत हुन्छन् भने, तिमीहरूले गरेका कर्तव्य गैरविश्‍वासीहरूका कार्यहरूभन्दा फरक हुँदैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू मनन गरेपछि, मैले महसुस गरेँ कि मैले परमेश्‍वरमा विश्वास गरेकी र उहाँलाई पछ्याएकी भए पनि, र मण्डलीमा कर्तव्यहरू निर्वाह गरिरहेकी भए पनि, मेरा विचार र दृष्टिकोणहरू परिवर्तन भएका थिएनन्। म अझै पनि “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” जस्ता शैतानी विषहरूमा भर परेर बाँचिरहेकी थिएँ। म एउटा स्वार्थी र घृणित भ्रष्ट स्वभावमा जिइरहेकी थिएँ, र आफ्नै ख्याति र हैसियतको मात्र ख्याल गर्थेँ। जब मैले फाङ शियाले आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै परिणाम हासिल गरिरहेकी छैनन्, र उनले अरू दाजुभाइ-दिदीबहिनीहरूलाई पनि बाधा दिइरहेकी र शुद्धीकरणको काममा अवरोध गरिरहेकी छिन् भनी थाहा पाएँ, मलाई राम्ररी थाहा थियो कि उनलाई तुरुन्तै बर्खास्त गरेर उनको ठाउँमा उचित व्यक्तिलाई राख्नुपर्छ। तर, मैले आफू जिम्मेवार रहेको कामबारे मात्र सोचेँ, र आफ्नै ख्याति र हैसियत मात्र पछ्याएँ। मलाई लाग्यो कि यदि यो समस्या समाधान भयो भने, अरू मानिसहरूले त्यसको श्रेय लिनेछन् र मैले चर्चामा आउने मौका पाउनेछैन। त्यसैले, मैले त्यसलाई कुनै वास्ता गरिनँ। यदि यो समस्या समाधान भएन भने मण्डलीको काम र मेरा दाजुभाइ-दिदीबहिनीहरूको जीवनमा कति ठूलो हानि हुनेछ भन्ने कुरालाई मैले ख्याल गरिनँ। शुद्धीकरणको काम मुख्यतया मेरो सहकर्मीको जिम्मेवारी भए तापनि, यसको मतलब मैले यस काममा चासो लिनु पर्दैन भन्ने होइन। अगुवा भएको नाताले, यदि कुनै पनि काममा समस्या उत्पन्न हुन्छ भने, मैले त्यसमा संलग्न हुनुपर्छ र आफ्ना सहकर्मीहरूसँग मिलेर छलफल गर्नुपर्छ, सिद्धान्तहरू खोज्नुपर्छ, र त्यसलाई समाधान गर्नुपर्छ। यो मेरो जिम्मेवारी हो, र मेरो पदको कर्तव्य हो। तर, म आफ्नै ख्याति र हैसियतका लागि मात्र जिएँ। म स्वार्थी र दुष्ट थिएँ, र मैले मण्डलीको हितको रक्षा गरिनँ वा समग्र कामलाई ख्याल गरिनँ। मैले मण्डलीको कामलाई समूहको एउटा पाटोका रूपमा हेरिनँ। गैरविश्वासीहरूले आफ्नो काममा आफ्नै दाउपेच राखेका हुन्छन्, र तिनीहरूले जे गर्छन् त्यो सबै आफ्नै लागि गर्छन्। अहिले म जसरी काम गरिरहेकी थिएँ, त्यो गैरविश्वासीहरूले काम गर्ने तरिकाभन्दा बिलकुलै फरक थिएन।

एक दिन, मैले एउटा अनुभवात्मक गवाहीको भिडियोमा परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्‍वरले सत्यता व्यक्त गर्ने र मानिसहरूलाई मुक्ति दिने यति महान काम गर्नुभएको छ, र यसमा आफ्नो सारा रगत-पसिना लगाउनुभएको छ। परमेश्‍वरले यो सबैभन्दा न्यायवान् अभियानलाई अत्यन्तै गम्भीर रूपमा लिनुहुन्छ; उहाँले मुक्ति दिन चाहनुहुने यी मानिसहरूका लागि नै उहाँको सारा रगत-पसिना खर्च गरिएको छ, उहाँका सबै अपेक्षाहरू पनि यी मानिसहरूमै छन्, र उहाँले आफ्नो ६,००० वर्षे व्यवस्थापन योजनाबाट प्राप्त गर्न चाहनुहुने अन्तिम परिणाम र महिमा पनि यी मानिसहरूमै पूरा हुनेछन्। यदि कसैले आफूलाई परमेश्‍वरविरुद्ध उभ्याउँछ, यो अभियानको विरोध गर्छ, यसमा बाधा दिन्छ, वा यसको परिणाम नष्ट गर्छ भने, के परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ त? (गर्नुहुनेछैन।) के यसले परमेश्‍वरको स्वभाव चिढ्याउँदैन र? यदि तैँले परमेश्‍वरलाई पछ्याउँछु, मुक्ति पछ्याउँछु, परमेश्‍वरको छानबिन र अगुवाइ स्विकार्छु, र परमेश्‍वरको न्याय र सजाय स्विकार्छु र तिनमा समर्पित हुन्छु भनेर भनिरहन्छस्, तर तैँले यी कुराहरू बोल्दै गर्दा पनि मण्डलीको विभिन्‍न कामलाई अवरोध, बाधा र विनाश गरिरहेको हुन्छस्, र तेरो बाधा, अवरोध, र विनाशको कारण, वा तैँले कर्तव्यमा लापरवाही वा बेवास्ता गरेको कारण, वा तेरा स्वार्थी चाहनाहरू र आफ्नै हितहरू पछ्याउने तेरो लक्ष्यका कारण, तैँले परमेश्‍वरको घरका हितहरू, मण्डलीका हितहरू, र अरू धेरै पक्षहरूमा हानि गर्छस्, यहाँसम्म कि परमेश्‍वरको घरको कामलाई गम्भीर रूपमा बाधा दिन्छस् वा नष्ट पार्छस् भने, तेरो जीवन पुस्तकमा परमेश्‍वरले तेरो परिणामलाई कसरी मूल्याङ्कन गर्नुपर्छ? तँलाई कसरी चित्रण गर्नुपर्छ? निष्पक्ष रूपमा भन्‍नुपर्दा, तँलाई दण्ड दिइनुपर्छ। यो त तँ जेको लायक छस् त्यही पाउनु हो। अब तिमीहरू के बुझ्छौ? मानिसहरूका हितहरू के हुन्? (ती दुष्ट कुराहरू हुन्।) मानिसहरूका हितहरू वास्तवमा तिनीहरूका सबै अत्यधिक चाहनाहरू हुन्। सिधै भन्दा, ती सबै परीक्षा हुन्, ती सबै भ्रम हुन्, र ती सबै मानिसहरूलाई परीक्षा गर्न शैतानले प्रयोग गर्ने चारो हुन्। ख्याति, प्राप्ति र हैसियत पछ्याउनु, र आफ्नै हितहरू पछ्याउनु—यो त दुष्टता गर्न शैतानसँग सहकार्य गर्नु, र परमेश्‍वरको विरोध गर्नु हो। परमेश्‍वरको काममा अवरोध गर्ने हेतुले, शैतानले मानिसहरूलाई परीक्षा गर्न, बाधा दिन, बहकाउन, परमेश्‍वरलाई पछ्याउनबाट रोक्न विभिन्‍न वातावरणहरू पैदा गर्छ, ताकि तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन असक्षम होऊन् र यसको साटो, तिनीहरूले शैतानसँग सहकार्य गरून् र त्यसैलाई पछ्याऊन्, र जानीजानी परमेश्‍वरको काममा बाधा दिन र त्यसलाई नष्ट गर्न खडा होऊन्। परमेश्‍वरले सत्यताबारे जति नै सङ्गति गर्नुभए पनि, त्यस्ता मानिसहरू अझै पनि होसमा आउँदैनन्। परमेश्‍वरको घरले तिनीहरूलाई जति नै काटछाँट गरे पनि, तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरू परमेश्‍वरमा पटक्‍कै समर्पित हुँदैनन्, बरु आफ्नै तरिकाले काम गर्न र जे मन लाग्यो त्यही गर्न जोड दिन्छन्। फलस्वरूप, तिनीहरूले मण्डलीको काममा बाधा दिन्छन् र त्यसलाई नष्ट गर्छन्, मण्डलीको विविध कामको प्रगतिमा गम्भीर असर पार्छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा ठूलो हानि गर्छन्। यो पाप अत्यन्तै ठूलो हुन्छ, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अवश्यै दण्ड दिनुहुनेछ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्‍वरका वचनहरूमा मनन गर्दा, मैले बुझेँ कि परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन आफ्नो सबै रगत-पसिना बगाउनुभएको छ। परमेश्‍वर आफ्नो काममा कुनै पनि बाधा वा क्षति भएको हेर्न चाहनुहुन्न। परमेश्‍वरले उहाँको काममा बाधा र क्षति पुऱ्याउने, र उहाँको विरोध गर्ने सबै मानिसहरूलाई तिरस्कार र घृणा गर्नुहुन्छ। यस्तो प्रकारको व्यक्तिलाई दण्ड दिनुपर्छ। परमेश्‍वरले सत्यता पछ्याउने, परमेश्‍वरमा समर्पित हुने, र परमेश्‍वरप्रति बफादारी देखाउनेहरूलाई प्रेम गर्नुहुन्छ। परमेश्‍वर हामीले मण्डलीको कामको रक्षा गर्न आफ्नो जिम्मेवारी पूरा गर्न सकौँ भन्ने आशा गर्नुहुन्छ। मैले म अगुवा हुँदा फाङ शियालाई तुरुन्तै बर्खास्त गर्ने आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको, जसले गर्दा शुद्धीकरणको काममा ढिलाइ भएको बारेमा चिन्तन गरेँ। म मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउने व्यक्ति बनेकी थिएँ, जसलाई परमेश्‍वरले तिरस्कार र घृणा गर्नुहुन्थ्यो। जब मैले यो बुझेँ, मलाई डर लाग्यो र म परमेश्‍वरलाई प्रार्थना गर्न उहाँसामु आएँ, “प्रिय परमेश्‍वर, म एकदमै स्वार्थी छु। मसँग मानवता छैन। म ख्याति र हैसियत मात्र पछ्याउँछु र परमेश्‍वरको घरको हितको रक्षा गर्दिनँ। मैले तपाईँविरुद्ध विद्रोह गरेकी छु र तपाईँको प्रतिरोध गरेकी छु। म तपाईँको मुक्ति पाउन अयोग्य छु। प्रिय परमेश्‍वर, म पश्चात्ताप गर्न इच्छुक छु। मलाई अभ्यासको मार्ग खोज्न डोऱ्याउनुहोस्।”

मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “यदि तँ अगुवा होस् भने, तँ जति धेरै कार्यहरूका लागि जिम्मेवार भए तापनि, निरन्तर तिनका बारेमा प्रश्‍नहरू सोध्‍नु र सोधपुछ गर्नु, अनि साथसाथै तिनको निरीक्षण गर्नु र समस्याहरू देखा पर्नेबित्तिकै तुरुन्तै समाधान गर्नु तेरो जिम्मेवारी हो। यो तेरो काम हो। अनि त्यसैले, तँ क्षेत्रीय अगुवा, जिल्ला अगुवा, मण्डली अगुवा, वा कुनै टोली अगुवा वा सुपरिवेक्षक जेसुकै भए पनि, तैँले तेरा जिम्मेवारीहरूको दायरा थाहा पाएपछि, तैँले वास्तविक काम गरिरहेको छस् कि छैनस्, अगुवा वा कामदारले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस्, साथै तैँले आफूलाई सुम्पिएका कैयौँ कार्यहरूमध्ये कुन कार्यहरू गरेको छैनस्, तँ कुन कार्य गर्न चाहँदैनस्, कुन कार्यहरूले खराब नतिजाहरू निकालेका छन्, र तँ कुन कार्यहरूका सिद्धान्तहरू बोध गर्न असफल भएको छस् भनेर बारम्बार जाँच गर्नैपर्छ। यी सबै थोकहरू तैँले बारम्बार जाँच्नुपर्छ। साथसाथै, तैँले अरू मानिसहरूसँग सङ्‍गति गर्न र प्रश्‍नहरू सोध्‍न सिक्‍नैपर्छ, अनि परमेश्‍वरका वचनहरू र कामका प्रबन्धहरूमा अभ्यासका निम्ति योजना, सिद्धान्तहरू र मार्ग पहिचान गर्न सिक्‍नैपर्छ। जुनसुकै कामको प्रबन्ध होस्, चाहे त्यो प्रशासन, कर्मचारी वा मण्डली जीवनसँग सम्बन्धित होस्, वा कुनै पनि पेसागत कामसँग सम्बन्धित होस्, यदि त्यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूसँग सम्‍बन्धित छ भने, त्यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो र अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्र पर्ने कुरा हो—तैँले ध्यान दिनुपर्ने कार्यहरू यिनै हुन्। स्वाभाविक रूपमा, प्राथमिकताहरू परिस्थितिका आधारमा निर्धारण गरिनुपर्छ; कुनै पनि काम पछि पर्नु हुँदैन। कतिपय अगुवा र कामदारहरूले भन्छन्, ‘मसँग तीन वटा टाउका र छ वटा पाखुराहरू छैनन्। कामको प्रबन्धभित्र धेरै कामहरू छन्; यदि मलाई ती सबैको जिम्मेवारी दिइएमा म कदापि व्यवस्थापन गर्न सक्दिनँ।’ यदि तँ केही कार्यहरूमा व्यक्तिगत रूपमा सामेल हुन सक्दैनस् भने, के तैँले ती काम गर्न अरू कसैको प्रबन्ध गरेको छस्? यो प्रबन्ध गरेपछि, के तैँले अनुगमन र सोधपुछहरू गरिस्? के तैँले उनीहरूको कामको सूक्ष्म जाँचपड्ताल गरिस्? तँसित अवश्यै पनि सोधपुछ र सूक्ष्म जाँचपड्ताल गर्ने समय त थियो होला? तैँले पक्कै पनि गरिस्!(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०))। “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्‍वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्‍ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्‍वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले उद्देश्यहीन, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्‍ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्‍ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले देखेँ कि परमेश्‍वरको घरका सबै कामहरू धेरै महत्त्वपूर्ण छन्, र हरेक कामको सुपरिवेक्षण गर्नु र त्यसलाई अघि बढाउनु अगुवा र कामदारहरूको जिम्मेवारीभित्रै पर्छ। काम विभाजन गर्नु कामको एउटा जरुरी पाटो मात्र हो, जसको उद्देश्य कामले अझ राम्रो नतिजा देओस् भन्ने हो। तर, मैले काम विभाजन गर्नुको अर्थ अन्य काममा मेरो जिम्मेवारी छैन भन्ने हो भनी विश्वास गरेकी थिएँ। मैले सोचेकी थिएँ कि यदि कुनै व्यक्तिको जिम्मेवारीमा रहेको काममा समस्याहरू उत्पन्न भएमा, त्यो व्यक्तिले नै गएर त्यसलाई समाधान गर्नुपर्छ र त्यसको जिम्मेवारी लिनुपर्छ। यो दृष्टिकोण गलत छ र अगुवा र कामदारहरूप्रति परमेश्‍वरका मागहरूसँग मेल खाँदैन। अगुवाहरू समग्र कामका लागि जिम्मेवार हुन्छन्, र शुद्धीकरणको काम पनि मेरो कामको दायराभित्र पर्थ्यो। यदि त्यसमा कुनै समस्या थियो भने, मैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्थ्यो: मैले आफ्ना सहकर्मीहरूसँग मिलेर समस्याहरूबारे छलफल गर्नुपर्थ्यो र ती समाधान गर्नुपर्थ्यो। त्यो सँगसँगै, मैले बुझेँ कि आफ्नो कर्तव्य निर्वाह गर्दा मैले परमेश्‍वरको घरको हितलाई प्राथमिकता दिनुपर्छ र समग्र कामलाई ख्याल गर्नुपर्छ। मैले मेरा व्यक्तिगत हितहरूसँग सम्बन्धित लाभ र हानिहरूलाई परमेश्‍वरको घरको काममा प्रभाव पार्न र मेरा दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा ढिलाइ गराउन दिनु हुँदैनथ्यो। भविष्यमा, मैले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ। मैले जुनसुकै काम गरे पनि, मैले सधैँ आफ्नै जिम्मेवारीहरू पूरा गर्नैपर्छ। अबदेखि मैले मेरा व्यक्तिगत हितहरूलाई ख्याल गर्न मिल्दैन।

पछि, म नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा जिम्मेवार भएँ। मेरा सहकर्मी, सिस्टर याङ ली, केही समयका लागि केही कामले गर्दा अन्तै जानुपर्ने भयो। जानुअघि, उनले आफूले मलजल गरिरहेका सबै नयाँ विश्वासीहरू मलाई सुम्पेर राखिन्। मैले मनमनै सोचेँ, “मैले मलजल गरिरहेका केही नयाँ विश्वासीहरू राम्रो स्थितिमा छैनन्। मैले तिनीहरूका समस्याहरू समाधान गर्नैपर्छ। तिमी जिम्मेवार रहेका नयाँ विश्वासीहरूलाई मलजल गर्न मैले कहाँबाट समय पाउनु? यदि यसले मेरो कर्तव्यमा बाधा पुऱ्यायो भने, अगुवाहरूले मेरो बारेमा के सोच्नुहुन्छ होला? के उहाँहरूले मैले बोझ बोकिरहेकी छैन र वास्तविक काम गरिरहेकी छैन भन्नुहोला?” जब मैले यसरी सोचेँ, मलाई मेरो स्थिति गलत छ भन्ने महसुस भयो। म फेरि आफ्नै हितहरूलाई ख्याल गरिरहेकी र आफ्नै ख्याति र हैसियतका लागि काम गरिरहेकी थिएँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। मैले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नुपर्थ्यो। मैले आफ्नै ख्याति र हैसियतलाई ख्याल गर्न छोड्नुपर्थ्यो। याङ लीले मलाई सुम्पेका नयाँ विश्वासीहरूले साँचो मार्गमा अझै बलियो गरी जरो गाडेका थिएनन्। चिनियाँ कम्युनिस्ट पार्टीले जताततै इसाईहरूलाई पक्राउ गरिरहेको र सताइरहेको थियो, र सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई बदनाम गर्न आधारहीन अफवाहहरू फैलाइरहेको थियो। यदि नयाँ विश्वासीहरूले सत्यता बुझेनन् भने, तिनीहरूलाई कुनै पनि बेला शैतानले भ्रमित पारेर कब्जा गर्न सक्थ्यो। अब याङ लीले यी नयाँ विश्वासीहरू मलाई सुम्पेकाले, तिनीहरूलाई मलजल र मदत गर्नु मैले पूरा गर्नुपर्ने जिम्मेवारी थियो। यदि म स्वार्थी, तुच्छ र गैरजिम्मेवार भएको कारण यी नयाँ विश्वासीहरूले पछि हटेर विश्वास गर्न छोडे भने, मेरो विवेकमाथि दोष लाग्नेथियो। म अब उप्रान्त मेरो स्वार्थी र तुच्छ भ्रष्ट स्वभावमा भर परेर जिउन सक्दिनथेँ। यी नयाँ विश्वासीहरू जसको जिम्मेवारी भए पनि, मैले तिनीहरूलाई राम्रोसँग मलजल गर्नुपर्थ्यो ताकि तिनीहरूले सकेसम्म चाँडो बलियो रूपमा जरो गाड्न सकून्। त्यसैले, मैले आफूलाई सत्यताले सुसज्जित पारेँ, र सबै नयाँ विश्वासीहरूलाई तिनीहरूका धारणा र समस्याहरूअनुसार मलजल र मदत गरेँ। मैले यसरी अभ्यास गर्दा, मेरो हृदयलाई शान्त र ढुक्क महसुस भयो।

यी अनुभवहरू पछि, मैले गहिरो रूपमा यो महसुस गरेँ कि जब मानिसहरू स्वार्थी र घृणित भ्रष्ट स्वभावमा जिउँछन् र ख्याति र हैसियतको पछ्याइलाई मात्र वास्ता गर्छन्, त्यस समयमा तिनीहरूले प्रतिष्ठा पाए पनि, तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा नगर्दा अपराध गरेका हुन्छन् र तिनीहरूको हृदय पीडाले जल्छ। तर जब तपाईँ व्यक्तिगत हितहरूलाई त्याग्नुहुन्छ र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास र प्रवेश गर्नुहुन्छ, त्यसबेला तपाईँको हृदय शान्त र ढुक्क हुन्छ। हे परमेश्‍वर, मलाई यी बुझाइ र प्राप्तिहरूसम्म डोऱ्याउनुभएकोमा तपाईँलाई धन्यवाद!

अघिल्लो: ४०. अचानक आँखाको रोगले आक्रमण गर्दा

अर्को: ४५. मैले जिम्मेवारी लिन डराउनेबारे चिन्तन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्