४१. एउटा सानो कुराले मेरो छलीपन प्रकटित भयो

झाङ दी, चीन

सन् २०२३ को नोभेम्बरको अन्त्यमा, मैले केही मण्डलीहरूमा मलजल गर्ने कामको निरीक्षण गर्न दुई जना सिस्टरहरूसँग सहकार्य गरें। हरेक पटक हामीले आफ्नो काममा भएका विचलन र समस्याहरूको सारांश निकाल्दा, म धेरै दबाब महसुस गर्थेँ। मेरो कार्य सामर्थ्य त्यति राम्रो थिएन, म ढिलोगरी समस्याहरू देख्थेँ, र म आफूसँग सहकार्य गरिरहेका दुई सिस्टरहरू जस्तो छिटो दिमाग चलाउन सक्ने र राम्रो क्षमता भएको थिइनँ। उदाहरणका लागि, कहिलेकाहीँ नयाँ सदस्यहरू नियमित रूपमा भेलामा उपस्थित हुँदैनथे, मलजल गर्ने व्यक्तिहरूले केही बाहिरी कारण उल्लेख गर्थे, नयाँ सदस्यहरूको समस्या मात्र औंल्याउँथे, तर आफ्ना कर्तव्यमा कुनै विचलन छन् कि भनी चिन्तन गर्दैनथे। ममा खुट्याउने क्षमताको कमी भएकाले, म मलजल गर्ने व्यक्तिहरूले भनेमैले कुरामा सहमत हुन्थेँ र नयाँ सदस्यहरूमा ध्यान केन्द्रित गर्थें। तर, मेरा सहकर्मी सिस्टरहरू भने मलजल गर्ने व्यक्तिहरूले उल्लेख गरेका समस्याहरूको विवरण विश्लेषण गरी तिनका जड पहिचान गर्न सक्थे। यसले गर्दा अझ प्रभावकारी रूपमा समस्या समाधान हुन्थ्यो। जब-जब म आफूलाई ती सिस्टरहरूसँग तुलना गर्थेँ, तब म आफूमा कमी रहेको महसुस गर्थेँ, र सिस्टरहरूले केही नभने तापनि, मलाई लाज लाग्थ्यो। म निरन्तर चिन्ता गर्थेँ, “उनीहरूले मेरा बारेमा के सोच्लान्? उनीहरूले मलाई यतिका समय तालिम लिएर पनि खासै प्रगति गर्न नसकेकी भन्लान् कि? के उनीहरूले ममा क्षमताको कमी छ भनी ठान्नेछन्?” हामीले आफ्नो कामको सारांश निकाल्दा हरेक पटक मलाई धेरै दबिएको महसुस हुन्थ्यो, र म यी परिस्थितिहरूको सामना गर्न एकदमै अनिच्छुक हुन्थेँ।

सन् २०२४ को जनवरी महिनाको एक दिन, हामी आफ्नो कामको सारांश निकाल्न भेला भयौँ। मैले मनमनै सोचेँ, “यस पटकको सङ्गतिमा म पहिले सर्नु हुँदैन। म सिस्टरहरूले आफ्नो सारांश प्रस्तुत गरुन्जेल पर्खनेछु र अन्तिममा बोल्नेछु। उनीहरूले धेरैजसो कुरा सारांशित गरिसकेपछि, यदि केही साझा बाँकी रहे, म अन्त्यमा छोटो सारांश दिनेछु। यसो गर्दा, तिनीहरूले मलाई त्यसरी हेर्ने छैनन्, जस्तो म छु।” त्यसैले सिस्टर आन रानले कसले पहिले आफ्नो सारांश दिने हो भनेर सोध्दा, म चुपचाप रहेँ। त्यसपछि, आन रानले हरेक मण्डली र हरेक समस्याको विस्तृत सारांश दिन थालिन्। उनका सारांश जति विस्तृत हुँदै गए, म त्यति नै बेचैन हुँदै सोच्न थालेँ, “आन रानले यति विस्तृत सारांश दिएपछि, के मेरो साधारण सङ्गतिले मलाई अयोग्य देखाउने छैन र? के उनीहरूले ममा बुझाइको कमी र कमजोर क्षमता छ भन्लान्?” मलाई यति छटपटी भयो कि मैले आन रानले सारांशित गरिरहेका समस्याहरूमा ध्यान दिन सकिनँ। केही समयपछि, आन रानले आफ्नो कुरा सकिन्, र याङ सीले उनीपछि निरन्तरता दिइन्। याङ सीको सारांश आन रानको जस्तो विस्तृत नभए पनि, उनी मलजल गर्ने काममा रहेका केही मुख्य समस्याहरू औँल्याउन सक्षम भइन्। यस क्षण, मलाई एकदमै बेचैनी भयो, र समय छिटो गइरहेको छ जस्तो लाग्यो। केही बेरमै, याङ सीले पनि आफ्नो कुरा सकिन्, र उनले भनिन्, “यी मण्डलीहरूमा भएका समस्याहरू निकै मिल्दाजुल्दा छन्।” आन रानले पनि सही थाप्दै भनिन्, “हो त।” सिस्टरहरूले यसो भनेको सुनेर, मैले मौका छोप्दै सोचेँ, “उनीहरू सबैले समस्याहरू मिल्दाजुल्दा छन् भनेका हुनाले, यसको मतलब मैले सारांश दिनु पर्दैन कि? यसो हुँदा, म साधारण सङ्गति गरेर आफूलाई लज्जित हुनबाट जोगाउन सक्छु।” मैले तुरुन्तै त्यो मौकाको फाइदा उठाउँदै भनेँ, “मेरो सारांश पनि तपाईँहरूका जस्तै समस्याहरूको बारेमा हो।” घडी हेर्दा, मैले मध्यरातभन्दा बढी भइसकेको देखेँ, र सबैजना अलि थकित देखिन्थे। त्यसैले मैले सोचेँ, “अहिले सबैलाई निद्रा लागेको छ, उनीहरूले मेरो सारांश साधारण रहेको देखे भने पनि, उनीहरूले सायद यो मेरो दिमाग सुतिसकेकाले हो भन्ने सोच्नेछन्। यसरी, म झारा टारेर उम्कन सक्छु।” त्यसैले मैले भनेँ, “अहिले धेरै ढिलो भइसक्यो, र मेरो दिमाग अलि सुन्न भएको छ। मेरो सारांश तपाईँहरूको जस्तै छ, त्यसैले म मोटामोटी रूपमा मात्र भन्छु।” तर अचानक, आन रानले भनिन्, “अहिले सारांश निकाल्दा राम्रो नतिजा आउँदैन, यो भोलि बिहान गरौँ।” तर त्यसपछि मैले सोचेँ, “भोलि बिहान, जब सबैजना स्फूर्तिले भरिपूर्ण हुन्छन्, उनीहरूले मेरो साधारण सारांश वास्तवमा जस्तो छ त्यस्तै सुनिहाल्नेछन्। त्यतिबेला उनीहरूले मेरा बारेमा के सोच्लान्? बरु अहिले नै सारांश दिनु राम्रो हो, मेरो सारांश साधारण भए तापनि, उनीहरूले याद नगर्न सक्छन्। यसरी, म थोरै भए पनि आफ्नो इज्जत जोगाउन सक्छु।” मैले तुरुन्तै भनेँ, “सारांश आज राति नै सिध्याऔँ, भोलि बिहान हाम्रो अरू काम छ।” सिस्टरहरूले जवाफमा केही भनेनन्, उनीहरूले लोलाउँदै भए पनि मेरो सारांश सुनिरहे। आफ्नो कुरा सकेपछि, अन्तमा मैले राहतको सास फेरेँ।

पछि, एउटा भेलाको दौरान, आफ्नो स्थितिबारे छलफल गर्दा मैले यो अनुभव बताएँ। बोल्दै गर्दा, सारांश निकाल्ने काममा मात्रै मैले आफूलाई अति अल्झाएकी रहिछु भन्ने मलाई महसुस भयो। मेरा सहकर्मी सिस्टरहरूले पनि यो कुरा औंल्याउँदै मलाई भने, “हेर्नुहोस् त धेरै सोच्नाले तपाईँका विचारहरू कति अल्झिएका रहेछन्! तपाईँले किन समस्याहरू पत्ता लगाउन सक्नुभएन, थाहा छ? यसको कारण केवल यही हो कि तपाईँ आफ्नो इज्जत जोगाउनमा केन्द्रित हुनुभयो, र तपाईँको मन सही काममा थिएन।” सिस्टरहरूले भनेको कुरा वास्तवमै साँचो थियो। हालसालै, हाम्रो कामको प्रभावकारिता कमजोर भएको थियो, र म समस्या र विचलनहरूलाई कसरी स्पष्ट रूपमा सारांशित गर्ने र प्रभावकारी समाधानहरू निकाल्ने भन्नेबारे सोचिरहेकी थिइनँ, न मेरा सहकर्मी सिस्टरहरूले कसरी समस्याहरू पत्ता लगाएर सारांशित गरे भनेर तिनबाट सिक्ने कुरामा ध्यान दिइरहेकी थिएँ। बरु, म मेरा सबै विचारहरू आफ्नो इज्जत र पद कसरी जोगाउने भन्नेमा केन्द्रित गरिरहेकी थिएँ। त्यति नै बेला, मलाई केही दिनअघि आफूले पढेको एउटा अनुभवात्मक गवाही लेख सम्झना आयो, जसमा मेरो जस्तै स्थितिको चिरफार गर्ने परमेश्‍वरका वचनहरूको एउटा खण्ड उद्धृत गरिएको थियो। मैले तुरुन्तै त्यसलाई खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूको मानवता बेइमान हुन्छ, जसको अर्थ तिनीहरू अलिकति पनि सत्यवादी हुँदैनन्। तिनीहरूले भन्‍ने र गर्ने हरेक कुरा अशुद्ध हुन्छन्, ती तिनीहरूका आफ्नै अभिप्राय र लक्ष्यहरूद्वारा दूषित भएका हुन्छन्, त्यो सबैमा तिनीहरूका भन्‍न नमिल्ने तथा अकथनीय चाल र योजनाहरू लुकेका हुन्छन्। त्यसकारण ख्रीष्टविरोधीहरूका बोलीवचन तथा कार्यहरू अत्यन्तै धेरै दूषित र ढोँगले भरिएका हुन्छन्। तिनीहरूले जति धेरै बोले पनि तिनीहरूका शब्दहरूमध्ये कुन साँचो, कुन झूटो, कुन सही र कुन गलत हुन् भनी थाहा पाउन असम्भव हुन्छ। किनभने तिनीहरू बेइमान हुन्छन्, तिनीहरूका मन अत्यन्तै जटिल, षड्यन्त्रपूर्ण युक्तिहरूले भरिएका र चलाकीपनले गाँजिएका हुन्छन्। तिनीहरूले भन्‍ने कुनै कुरा पनि सीधा र स्पष्ट हुँदैन। तिनीहरूले एकलाई एक, दुईलाई दुई, होलाई हो अनि होइनलाई होइन भन्दैनन्। त्यसको साटो तिनीहरू सबै मामलाहरूमा घुमाउरो कुरा गर्छन् र परिणामहरूको बारेमा परिकल्पना गर्दै हरेक कोणबाट गुण र दोष तौलँदै मनमस्तिष्कमा कामको बारेमा थुप्रैपटक विचारविमर्श गर्छन्। त्यसपछि तिनीहरूले आफूले भन्‍न चाहेका कुराहरूलाई भाषामार्फत यसरी हेरफेर गर्छन् कि तिनीहरूले भन्‍ने हरेक कुरा भद्दा सुनिन्छ। इमान्दार मानिसहरूले तिनीहरूले भन्‍ने कुरा कहिल्यै बुझ्दैनन् अनि सजिलै तिनीहरूको धोका र छलमा पर्छन्, त्यस्ता मानिसहरूसित बोल्ने र कुराकानी गर्ने जोकोहीले पनि आफ्नो अनुभव पट्यारलाग्दो र कठिन पाउँछन्। तिनीहरूले कहिल्यै एकलाई एक, दुईलाई दुई भन्दैनन्, तिनीहरूले कहिल्यै तिनीहरूले के सोचिरहेका छन् भनेर भन्दैनन् अनि तिनीहरूले कहिल्यै कामकुरा जस्तो छ, त्यस्तै बयान गर्दैनन्। तिनीहरूले भन्‍ने हरेक कुरा बुझ्न नसकिने हुन्छ अनि तिनीहरूका कामहरूका लक्ष्य र अभिप्रायहरू धेरै नै जटिल हुन्छन्। यदि सत्यता बाहिरियो भने—यदि अरू मानिसहरूले तिनीहरूको वास्तविक रूप देखे र तिनीहरूलाई छर्लङ्ग देखे भने—कुरो मिलाउनलाई तिनीहरूले तुरुन्तै अर्को झुट सिर्जना गर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्‍वरले ख्रीष्टविरोधी स्वभाव भएका एक निश्चित प्रकारका मानिसहरूको खुलासा गर्नुभएको छ। तिनीहरूका बोली र कार्यहरूमा इमानदारीको अभाव हुन्छ, तिनीहरू सधैँ व्यक्तिगत मनसाय र उद्देश्यले काम गर्छन्, र तिनीहरूका विचारहरू सबै एकैठाउँमा अल्झिएका हुन्छन्। एउटा साधारण कुरा पनि तिनीहरूको हातमा परेपछि जटिल बन्छ। तिनीहरूको स्वभाव एकदमै छली हुन्छ। म ठ्याक्कै परमेश्‍वरले प्रकट गर्नुभएको व्यक्ति जस्तै थिएँ। कामलाई सारांशित गर्ने क्रममा, आफूले धेरै समस्याहरू पहिचान गर्न नसकेकी कारण, मेरो साधारण सङ्गतिलाई लिएर अरू सिस्टरहरूले मलाई कमकी ठान्नेछन् कि भन्ने कुरामा म चिन्तित भएँ, त्यसैले मेरो दिमाग योजना र षड्यन्त्रहरूमै घुम्न थाल्यो, र मैले म सिस्टरहरूले आफ्नो सङ्गति नसिध्याउन्जेल कुर्छु र अन्त्यमा सामान्य सङ्गति दिन्छु भन्ने सोचेँ। जब मैले सिस्टरहरूले काममा रहेका विचलन र मुख्य समस्याहरू पत्ता लगाएको देखेँ, तब उनीहरूले मेरो समस्याप्रतिको बुझाइ साधारण रहेछ भनेर पत्ता नलगाऊन् र मलाई लाजमर्दो नहोस् भनेर, मैले आफूले नदेखेका समस्याहरू भए तापनि, सिस्टरहरूकै कुरामा सही थाप्दै, आफ्नो सारांश उनीहरूकै जस्तो हो भन्ने दाबी गरेँ। यहाँसम्म कि उनीहरूले मेरो सारांश साधारण हुनु मेरो गल्ती होइन बरु रातिको अबेर भइसकेको र मेरो दिमाग सुतिसकेको कारणले हो भनी सोचून् भनेर, मैले सबैजनालाई निद्रा लागेको बेला सारांश दिने निर्णय समेत गरेँ। जब आन रानले राम्रो परिणामका लागि भोलिपल्ट सारांश निकाल्ने सुझाव दिइन्, आफूले यो अवसर गुमाएमा ढाँटेर पार लगाउन नसकिएला कि भनेर म डराएँ, त्यसैले मैले यसलाई स्थगन गर्दा भोलिको काममा ढिलाइ गराउँछ भन्दै त्यही रात सारांश दिने जिद्दी गरेँ। मलाई मेरा सोच, शब्द र कार्यहरूमा इमानदारीको कुनै अंश रहेनछ भन्ने महसुस भयो, र मेरो मन गाँठो परेर अल्झिएको थियो। वास्तवमा, आफूले जति नै थोरै समस्या पहिचान गर्न सकेकी भए पनि, मैले इमानदारीपूर्वक बोल्नुपर्थ्यो, र यदि पहिचान गर्न छुटेका समस्याहरू थिए भने, पछि आफ्ना विचलनहरू खोजेर तिनको पूर्ति गर्न सक्थेँ। तर मैले यो मामिलालाई अति जटिल बनाएँ। मैले आफूले बोल्नुभन्दा धेरै अघिदेखि नै हरेक शब्दलाई तौलनुपर्ने महसुस गरेँ, र मेरा सबै विचारहरू आफ्नो इज्जत कसरी जोगाउने भन्ने वरिपरि घुमिरहेका थिए। मेरो मन विश्वासघाती योजनाहरूले भरिएको थियो, र म कति छली थिएँ!

पछि, परमेश्‍वरका वचनहरू खाँदै-पिउँदै, मैले म किन छली भइरहेकी थिएँ र छली हुनुको प्रकृति र परिणामहरू के हुन् भन्नेबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तिमीहरूलाई के भन्छौ—के छली मानिसहरूका लागि जीवन थकाइलाग्दो हुँदैन र? तिनीहरूले आफ्नो सबै समय झूटहरू बोलेर अनि ती झूटहरू ढाकछोप गर्न थप झूटहरू बोलेर, र छलकपटमा संलग्‍न भएर बिताउँछन्। तिनीहरूले आफैले यस्तो थकान आफूमाथि ल्याउँछन्। तिनीहरूलाई यसरी जिउनु थकाइलाग्दो छ भन्‍ने थाहा हुन्छ—तैपनि किन तिनीहरू छली बन्‍न चाहन्छन्, र इमानदार व्यक्ति बन्‍न चाहँदैनन् त? के तिमीहरूले यस प्रश्‍नबारे कहिल्यै विचार गरेका छौ? यो मानिसहरू आफ्नै शैतानी प्रकृतिहरूद्वारा मूर्ख बनाइनुको परिणाम हो; यसले तिनीहरूलाई यस्तो प्रकारको जीवन, यस्तो प्रकारको स्वभावबाट आफूलाई उम्काउनबाट रोक्छ। मानिसहरू यसरी नै मूर्ख बन्‍न मान्न, र यसमा नै जिउन इच्छुक छन्; तिनीहरू सत्यता अभ्यास गर्न र ज्योतिका मार्गमा हिँड्न चाहँदैनन्। तँलाई यसरी जिउनु थकाइलाग्दो र यसरी व्यवहार गर्न अनावश्यक लाग्छ—तर छली मानिसहरूलाई यो बिलकुलै आवश्यक छ भन्‍ने लाग्छ। तिनीहरू यसो नगर्दा अपमान आइलाग्छ, र यसले तिनीहरूको छवि, तिनीहरूको प्रतिष्ठा र तिनीहरूको हितमा समेत हानि पुग्छ, र तिनीहरूले एकदमै धेरै गुमाउनेछन् भन्‍ने सोच्छन्। तिनीहरूले यी कुराहरूलाई नै प्यारो ठान्छन्, तिनीहरू आफ्‍नै छवि, आफ्नै प्रतिष्ठा र आफ्नै हैसियत नै प्यारो ठान्छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरूको साँचो स्वरूप यही हो। सङ्क्षेपमा, जब मानिसहरू इमानदार व्यक्ति बन्‍न वा सत्यता अभ्यास गर्न अनिच्छुक हुन्छन्, यो तिनीहरूले सत्यतालाई प्रेम नगरेका कारण हुन्छ। तिनीहरूले हृदयमा, प्रतिष्ठा र हैसियतजस्ता कुराहरूलाई प्यारो ठान्छन्, तिनीहरू बाहिरी संसारका प्रचलनहरू पछ्याउन, र शैतानको शक्ति अन्तर्गत जिउन मन पराउँछन्। यो तिनीहरूको प्रकृतिको समस्या हो। अहिले त परमेश्‍वरलाई वर्षौँदेखि विश्‍वास गरेका, धेरै प्रवचन सुनेका, र परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भनेर बुझेका मानिसहरू छन्। तर तिनीहरू अझै पनि सत्यता अभ्यास गर्दैनन्, र फिटिक्कै परिवर्तित भएका छैनन्—यस्तो किन भएको हो? यस्तो किन हो भने, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूले थोरै सत्यता बुझे पनि, तिनीहरू त्यसलाई अभ्यास गर्न सक्षम छैनन्। यस्ता मानिसहरूले, जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, त्यो हात लाग्यो शून्य हुनेछ। के सत्यतालाई प्रेम नगर्नेहरूलाई मुक्ति दिन सकिन्छ? यो बिलकुलै असम्‍भव छ। सत्यतालाई प्रेम नगर्नु व्यक्तिको हृदय र प्रकृतिको समस्या हो। यसलाई समाधान गर्न सकिँदैन। व्यक्तिलाई उसको आस्थामा मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्‍ने कुरा मुख्यतः उसले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। सत्यतालाई प्रेम गर्नेहरूले मात्रै सत्यता स्विकार्न सक्छन्; तिनीहरूले मात्रै सत्यताका खातिर कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छन्, र तिनीहरूले मात्रै परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँमा भर पर्न सक्छन्। तिनीहरूले मात्रै सत्यता खोजी गर्न र आफ्‍ना अनुभवहरूमार्फत आत्म-चिन्तन गर्न र आफूलाई चिन्‍न, देहविरुद्ध विद्रोह गर्ने साहस पाउन, र सत्यताको अभ्यास र परमेश्‍वरप्रतिको समर्पणता हासिल गर्न सक्छन्। सत्यतालाई प्रेम गर्नेहरूले मात्रै यसरी सत्यता पछ्याउन, मुक्तिको मार्ग हिँड्न, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। योभन्दा अर्को कुनै मार्ग छैन। सत्यतालाई प्रेम नगर्नेहरूलाई यो स्विकार्न निकै गाह्रो हुन्छ। यस्तो किन हुन्छ भने प्रकृतिले नै तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र यसलाई घृणा गर्ने हुन्छन्। यदि तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्न वा दुष्टता गर्न छोड्न चाहे भने, त्यसो गर्न तिनीहरूलाई साह्रै गाह्रो हुनेथियो, किनभने तिनीहरू शैतानका हुन् र तिनीहरू दियाबलस र परमेश्‍वरका शत्रु बनिसकेका हुन्छन्। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ, दियाबलसहरू वा शैतानलाई मुक्ति दिनुहुन्‍न। कतिपय मानिसहरू यस्ता प्रश्‍नहरू सोध्छन्: ‘म साँच्‍चै सत्यता बुझ्छु। म बस यसलाई अभ्यास गर्न सक्दिनँ। म के गरूँ?’ यो व्यक्ति सत्यतालाई प्रेम नगर्ने व्यक्ति हो। यदि कसैले सत्यतालाई प्रेम गर्दैन भने, उसले सत्यता बुझे पनि सत्यता अभ्यास गर्न सक्दैन, किनभने हृदयमा ऊ त्यसो गर्न इच्छुक नै हुँदैन र उसलाई सत्यता मनै पर्दैन। त्यस्तो व्यक्तिलाई मुक्ति दिनै सकिँदैन। कतिपय मानिसहरू यसो भन्छन्: ‘मलाई त इमानदार व्यक्ति बन्दा धेरै कुरा गुमाइन्छ जस्तो लाग्छ, त्यसकारण म त्यस्तो व्यक्ति बन्‍न चाहन्‍नँ। छली मानिसहरूले कहिल्यै केही गुमाउँदैनन्—तिनीहरूले त अरूको फाइदा उठाएर समेत लाभ लिन्छन्। त्यसकारण, म त बरु छली व्यक्ति नै बन्छु। म अरूलाई मेरो व्यक्तिगत मामला जान्‍न, मलाई राम्ररी बोध गर्न वा मलाई बुझ्‍न दिन चाहन्‍नँ। मेरो भाग्य मेरै हातमा हुनुपर्छ।’ त्यसो भए, सक्दो लागिपर्—र प्रयास गरेर हेर्। तेरो परिणाम कस्तो हुन्छ, त्यो हेर्; अन्तिममा को नर्क जान्छ र कसले दण्ड पाउँछ, त्यो हेर्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्‍वरका वचनहरू पढेपछि मलाई के महसुस भयो भने, छली मानिसहरू स्वाभाविक रूपमा सत्यतालाई प्रेम गर्दैनन् र इमानदार हुने अभ्यास गर्न अनिच्छुक हुन्छन्। तिनीहरू आफ्नो छवि र हैसियत जोगाउन हिसाबकिताब र छल गरेरै दिन बिताउँछन्, र यसरी तिनीहरू थकित र पीडादायी जीवन जिउँछन्। यो सबै तिनीहरूको शैतानी प्रकृतिले निम्त्याएको सास्ती र छलकपटका कारणले गर्दा हुन्छ। समस्या र विचलनहरू पत्ता लगाउन कामको सारांश निकाल्नुको उद्देश्य भविष्यमा मलजल गर्ने कामलाई सुधार्नु थियो, तर म मेरो सारांश साधारण हुँदा सिस्टरहरूले मलाई कमकी ठान्नेछन् कि भनेर म सधैँ चिन्तित थिएँ, त्यसैले मैले निरन्तर हिसाबकिताब र षड्यन्त्र गरेँ। खासमा मैले कुनै समस्या पत्ता लगाएकी नै थिइनँ, तैपनि मैले खुलेर सत्यता बताउने आँट गरिनँ। मसँग सहकार्य गर्ने सिस्टरहरूले सारांशबाट परिणाम हासिल गर्नका लागि, हामीसँग पर्याप्त ऊर्जा हुँदा सारांश निकाल्नुपर्छ भनी सुझाव दिए। सिस्टरको सुझावले कामलाई फाइदा पुर्‍याउँछ भन्ने मलाई थाहा थियो, तैपनि मैले आफ्नो इज्जत जोगाउन छलकपटको सहारा लिएँ। म कति छली रहेछु! बाहिरी रूपमा, म अरू मानिसहरूविरुद्ध षड्यन्त्र गरिरहेकी जस्ती देखिन्थेँ, तर सारमा, म परमेश्‍वरलाई धोका दिने प्रयास गरिरहेकी थिएँ। मेरा सहकर्मी सिस्टरहरूले भनेझैँ, कामको सारांशको दौरान, मैले सही काममा ध्यान दिएकी थिइनँ, न त भविष्यमा काम सुधार्न समस्या र विचलनहरू पहिचानका लागि सारांशको प्रयोग नै गरिरहेकी थिएँ। बरु, म केवल आफ्नै छवि र हैसियतबारे सोचिरहेकी थिएँ, र आफ्ना कमजोरीहरू लुकाउन सावधानीपूर्वक षड्यन्त्र गरिरहेकी थिएँ। मैले जिइरहेको तरिका थकाउने खालको त थियो नै, मैले परमेश्‍वरको अन्तर्दृष्टि वा अगुवाइ समेत प्राप्त गर्न सकिनँ। वास्तवमा, म यो एउटा सारांश सत्रको दौरान मात्र छली र धोकेबाज भइरहेकी थिइनँ। हाम्रा नियमित छलफलहरूमा पनि, म आफ्ना कमजोरीहरूको खुलासा हुनबाट जोगिन अक्सर छलपूर्ण व्यवहार गर्थेँ। आफूले पहिचान नगरेका समस्याहरूमा, म सिस्टरहरूले भनेकै कुरामा सही थाप्थेँ वा आफूलाई बचाउन केही सम्मानजनक देखिने कारणहरू खोज्थेँ। मैले कसरी परमेश्‍वरले हामीलाई सत्यको खोजी गर्न, इमानदार हुन, र मानिसको साँचो स्वरूपमा जिउन मार्गदर्शन गर्दै यति धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, तर म निरन्तर परमेश्‍वरले माग गर्नुभएका कुराहरूविरुद्ध जाँदै छु र मेरो शैतानी स्वभावअनुसार जिइरहेकी छु भन्नेबारे सोचेँ। बाहिरी रूपमा, मैले आफूलाई कडा आवरणले लुकाएँ ताकि मेरा सहकर्मी सिस्टरहरूले मेरा कमजोरीहरू नदेखून्, र मैले क्षणिक छवि र हैसियत कायम राख्न सकेँ। तर परमेश्‍वर सबै कुराको छानबिन गर्नुहुन्छ। मैले प्रकट गरिरहेको छली स्वभाव, साथै आफ्ना हितहरू जोगाउने मेरो घृणित मनसायले, परमेश्‍वरलाई म प्रति घृणा र र तिरस्कार गर्ने बनायो। मलाई प्रभु येशूले भन्नुभएको कुरा याद आयो: “साँच्‍चै, म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ(मत्ती १८:३)। परमेश्‍वरको स्वभाव धर्मी र पवित्र छ, र उहाँ सरल र इमानदार मानिसहरूलाई अनुमोदन गर्नुहुन्छ। यदि म आफ्नो छली स्वभाव अनुसार जिइरहेँ, र इमानदार हुने अभ्यास नगरी मानिस र परमेश्‍वरलाई धोका दिइरहेँ भने, अन्तमा म परमेश्‍वरद्वारा त्यागिने र हटाइनेछु।

पछि, मैले परमेश्‍वरका वचनहरूमार्फत अभ्यास र प्रवेशको मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले मानिसहरूलाई इमानदार हुन माग गर्नुले के प्रमाणित गर्छ भने उहाँले वास्तवमै छली मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ, र तिनीहरूलाई पराउनुहुन्‍न। छली मानिसहरूप्रतिको परमेश्‍वरको घृणा तिनीहरूको काम गर्ने तरिका, तिनीहरूका स्वभाव, साथै तिनीहरूका अभिप्राय, र तिनीहरूले छल गर्ने माध्यमहरूप्रतिको घृणा हो; परमेश्‍वर यी सबै कुरालाई मन पराउनुहुन्न। यदि छली मानिसहरू सत्यतालाई स्वीकार गर्न, आफूमा छली स्वभाव छ भनेर मान्‍न सक्छन्, र तिनीहरू इमानदार मानिस बन्नका लागि परमेश्‍वरको मुक्ति स्विकार्न र सत्यता अभ्यास गर्न इच्‍छुक हुन्छन् भने, तिनीहरूसँग पनि मुक्ति पाउने आशा हुन्छ, किनभने परमेश्‍वरले कसैलाई पूर्वाग्रह देखाउनुहुन्न, न त सत्यताले नै त्यसो गर्छ। र त्यसकारण, यदि हामी परमेश्‍वरलाई प्रसन्न बनाउने मानिस बन्‍न चाहन्छौँ भने, हामीले सुरुमा आत्म-आचरणका सिद्धान्तहरूलाई परिवर्तन गर्नैपर्छ, शैतानी दर्शनहरूअनुसार जिउन छोड्नैपर्छ, आफ्नो जीवन जिउनका लागि झूट र छलमा भर पर्न छोड्नैपर्छ, र आफ्ना सबै झूटलाई फालेर इमानदार व्यक्ति बन्न खोज्नुपर्छ। अनि, हामीप्रतिको परमेश्‍वरको दृष्टिकोण परिवर्तन हुनेछ। यसभन्दा पहिले, मानिसहरू अरूमाझ जिउँदा सधैँ झूट, छल, र ढोँगमा भर पर्थे, र तिनीहरू शैतानी दर्शनहरूलाई आफ्नो अस्तित्वको आधार, आफ्नो जीवन, र आफ्‍नो जगका रूपमा लिएर आफूलाई आचरणमा ढाल्थे। यो परमेश्‍वरले घृणा गर्नुहुने कुरा थियो। गैरविश्‍वासीहरूमाझ, यदि तैँले इमानदार व्यक्ति बनेर सत्य कुरा बताउने कोसिस गरिस् भने, तँलाई बदनाम, आलोचना, र अस्वीकार गरिनेछ। त्यसकारण, तँ सांसारिक प्रचलनहरू पछ्याउँछस्, र शैतानी दर्शनहरूअनुसार जिउँछस्; तँ झूट बोल्‍न झन्झन्‌ सिपालु, र झन्झन्‌ छली बन्दै जान्छस्। तैँले आफ्‍ना उद्देश्यहरू हासिल गर्न धूर्त माध्यमहरू प्रयोग पनि गर्छस् र यसरी आफ्नो सुरक्षा गर्छस्। तँ शैतानको संसारमा झन्झन्‌ सम्‍पन्‍न हुँदै जान्छस्, र फलस्वरूप, तँ पापको दलदलमा झन्झन्‌ फस्दै जान्छस् र तैँले आफूलाई उम्काउन नै सक्दैनस्। परमेश्‍वरको घरमा, कामकुराहरू ठीक विपरीत हुन्छन्। तँ झूट बोल्न र छल गर्न जति सिपालु हुन्छस्, परमेश्‍वरका चुनिएका मानिसहरू तँप्रति त्यति नै वितृष्ण हुनेछन् र तिनीहरूले तँलाई अस्वीकार गर्नेछन्। यदि तैँले पश्‍चात्ताप गर्न इन्कार गरिस् र अझै पनि शैतानी दर्शनहरू र तर्कहरूलाई पक्रिरहिस्, र तैँले भेष बदल्न र ढोँग गर्न षड्यन्त्र र जालझेल साथै परिष्कृत रणनीतिहरू पनि प्रयोग गरिरहिस् भने, तँलाई प्रकाश गरिने र हटाइने सम्‍भावना धेरै हुन्छ। यस्तो किन हुन्छ भने परमेश्‍वरले छली मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। इमानदार मानिसहरू मात्रै परमेश्‍वरको घरमा फस्टाउन सक्छन्, र छली मानिसहरू सबैलाई अन्त्यमा अस्वीकार गरिनेछ र हटाइनेछ। यो कुरा परमेश्‍वरले धेरै पहिले पूर्वनियोजन गर्नुभएको छ। इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन्। यदि तँ इमानदार व्यक्ति बन्‍ने प्रयास गर्दैनस् भने, यदि तँ सत्यता पछ्याउने दिशामा अनुभव र अभ्यास गर्दैनस् भने, र यदि तँ आफ्नो कुरूपता खुलासा गर्दैनस् भने, र यदि तँ आफूलाई उदाङ्गो पार्दैनस् भने, तैँले कहिल्यै पवित्र आत्माको काम वा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्नेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने परमेश्‍वरको माग भनेको हामी सत्यता अभ्यास गर्दै इमानदार मानिस बनौँ भन्ने हो। परिस्थितिहरू आउँदा हामीले परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्नुपर्छ, बोल्दा र आचरण गर्दा हामीले हाम्रा मनसाय जरैदेखि परिवर्तन गर्नु आवश्यक छ, र हामीले आफ्ना दैहिक हित, छवि, वा हैसियत जोगाउन अरूलाई वा परमेश्‍वरलाई धोका दिनु हुँदैन। बरु, हामीले सत्यता अभ्यास गर्नुपर्छ र इमानदार मानिस बन्ने तालिम लिनुपर्छ। आफूले बोल्दा र आचरण गर्दा, हामी कुनै पनि लुकाछिपी वा पाखण्डविना, सोझो र इमानदार बन्नुपर्छ। यस्ता मानिसहरूले मात्र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। अगाडि बढ्दै, मैले इमानदार व्यक्ति बन्ने अभ्यास गर्नुपर्थ्यो, मैले अब आफ्ना कमजोरीहरू लुकाउन वा ढाकछोप गर्न बन्द गर्नुपर्थ्यो, आफूले जति जानेको छु त्यत्ति भन्नुपर्थ्यो, र आफ्ना कमीकमजोरी खुलासा हुँदा, मैले आफ्ना विचलनहरूको सारांश निकाल्नुपर्थ्यो र अरूका सबल पक्षबाट सिक्नुपर्थ्यो। पछि, सिस्टरहरूसँग कामको सारांश निकाल्दै आफ्ना रायहरू व्यक्त गर्ने समय आउँदा, मैले कम बाँधिएको महसुस गरेँ। आफूले कुराहरू नबुझ्दा, म बुझिनँ भन्थेँ र खुलस्त भई सिस्टरहरूबाट मद्दत माग्थेँ। सिस्टरहरूले मलाई हेयले हेरेनन्, बरु, उनीहरूले मलाई मार्गदर्शन दिँदै मद्दत गरे। उनीहरूको मद्दतले, मैले केही समस्याको जडबारे स्पष्ट बुझाइ प्राप्त गरेँ, र मैले कामको सारांश निकाल्न र समस्याहरू समाधान गर्न केही मार्गहरू पनि भेट्टाउन थालेँ।

पछि, मैले यो समस्याका सम्बन्धमा कसरी अभ्यास र प्रवेश गर्नुपर्ला भनेर खोजी गरेँ: म सधैँ मेरो क्षमता मेरा सहकर्मी सिस्टरहरूको भन्दा कम छ भन्ने सोच्थेँ, र विशेष गरी, समस्याहरूको सारांश निकाल्दा, म सिस्टरहरूले जस्तो समस्याहरू पत्ता लगाउन सक्दिनथेँ, जसले गर्दा उनीहरूसँग सहकार्य गर्दा मलाई सधैँ बाँधिएको महसुस हुन्थ्यो। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “यस गीतको अर्को हरफले यसो भन्छ, ‘मेरो क्षमता कमजोर भए पनि, मसँग इमानदार हृदय छ।’ यी वचनहरू निकै सच्चा सुनिन्छन्, र तिनमा परमेश्‍वरले मानिसबाट गर्ने एउटा माग छ। के माग? के हो भने, कमजोर क्षमता हुनु ठूलो कुरा होइन, तर उनीहरूमा इमानदार हृदय हुनैपर्छ र उनीहरूमा त्यो छ भने, उनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। तेरो परिस्थिति वा पृष्ठभूमि जस्तोसुकै भए पनि, तँ इमानदार व्यक्ति हुनुपर्छ, इमानदारीसाथ बोल्नुपर्छ, इमानदारीसाथ व्यवहार गर्नुपर्छ, तेरो सम्पूर्ण मनमस्तिष्कले आफ्नो कर्तव्य पूरा गर्न सक्‍नुपर्छ, तँ आफ्नो कर्तव्यप्रति अर्पित हुनुपर्छ, तैँले छट्टु व्यवहार गर्नु हुँदैन, तँ धूर्त वा छली व्यक्ति हुनु हुँदैन, झुट बोल्नु वा धोका दिनु हुँदैन, र घुमाएर कुरा गर्नुहुँदैन। तँ त्यस्तो व्यक्ति बन्‍नुपर्छ, जसले सत्यताअनुसार कार्य गर्छ, र जो सत्यतालाई पछ्याउँछ। धेरै मानिस आफ्नो क्षमता कमजोर भएको र आफूले कहिल्यै आफ्नो कर्तव्य राम्ररी वा मानकअनुरूप निर्वाह नगरेको सोच्छन्। तिनीहरू आफ्नो हृदय र शक्ति आफूले गर्ने कुरामा लगाउँछन्, तर कहिल्यै सिद्धान्त बुझ्न सक्दैनन् र अझै पनि त्यत्ति राम्रा परिणामहरू प्राप्त गर्न सक्दैनन्। अन्ततः तिनीहरूले केवल आफ्नो क्षमता एकदमै कमजोर भएको गुनासो गर्न सक्छन् अनि तिनीहरू नकारात्मक हुन्छन्। त्यसोभए, के कमजोर क्षमता भएको व्यक्तिका लागि अघि बढ्ने मार्ग नै छैन त? कमजोर क्षमता हुनु कुनै घातक रोग होइन र परमेश्‍वरले कमजोर क्षमता भएका मानिसहरूलाई म मुक्ति नै दिन्नँ भनेर कहिल्यै भन्नुभएन। परमेश्‍वरले पहिले उहाँलाई इमानदार तर अज्ञानी व्यक्तिहरूका लागि दुःख लाग्छ भनेर भन्नुभयो। अज्ञानी हुनुको अर्थ के हो? अज्ञानता धेरै अवस्थामा कमजोर क्षमताका कारण हुन्छ। यस्ता मानिसहरू कमजोर क्षमताका हुन्छन्, र तिनीहरूमा सत्यताबारे सतही बुझाइ हुन्छ; यो विशिष्ट वा पर्याप्त व्यावहारिक हुँदैन, र प्रायः सतही स्तर वा शाब्दिक बुझाइ, धर्मसिद्धान्त र प्रावधानहरूको बुझाइमा रहन्छ। त्यसैले तिनीहरूले धेरै समस्या प्रस्ट रूपमा देख्न सक्दैनन् र आफ्नो कर्तव्य निर्वाह गर्दा कहिल्यै सिद्धान्तहरू बोध गर्न, वा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्दैनन्। त्यसोभए, के परमेश्‍वरले कमजोर क्षमता भएका मानिसहरू चाहनुहुन्न? (चाहनुहुन्छ।) परमेश्‍वरले मानिसलाई कुन मार्ग वा दिशा देखाउनुहुन्छ? (इमानदार व्यक्ति बन्ने।) के त्यति भनेर मात्र तिमीहरू इमानदार व्यक्ति बन्न सक्छौ? (सक्दैनौँ, हामीमा इमानदार व्यक्तिका प्रकटीकरणहरू हुनैपर्छ।) इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्‍वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैँ परमेश्‍वरका वचनहरूलाई आफ्नो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यही गर्छस्। के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? स्पष्ट रूपमा, त्यो होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा अर्पित हुनुपर्छ, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न लागिपर्नुपर्छ। यसले आफूलाई केही तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नमा आफ्‍नो सारा हृदय र बल लगाउनु, परमेश्‍वरको घरले सुम्पेका कामहरू उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू एउटा न्यानो प्रवाह जस्तै थिए जसले मेरो हृदयलाई सान्त्वना दिए र मलाई अभ्यासको मार्ग देखाए। परमेश्‍वर भन्नुहुन्छ, कमजोर क्षमता हुनु मुख्य समस्या होइन, र परमेश्‍वरले मुख्य रूपमा व्यक्तिले आफ्नो कर्तव्यप्रति इमानदार हृदय राखेको छ कि छैन, र उसले आफ्नो कर्तव्य बफादारीपूर्वक निर्वाह गर्न र आफ्नो क्षमताले भ्याएसम्म सहकार्य गर्न सक्छ कि सक्दैन भन्ने कुरा हेर्नुहुन्छ। हामीले आफूले नबुझेको वा कसरी गर्ने भनेर थाहा नभएको कुराको सामना गर्‍यौँ भने पनि, हामीले परमेश्‍वरलाई धेरै प्रार्थना गर्नुपर्छ र उहाँको मार्गदर्शन खोज्नुपर्छ, सबै कुरामा सत्यता सिद्धान्तहरू खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, र आफ्ना सहकर्मी ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्नुपर्छ। जब हामी बुझाइ प्राप्त गर्छौँ, हामीले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ र आफ्नो व्यक्तिगत हित, छवि, वा हैसियतको रक्षा गर्नु हुँदैन, र बरु, हामीले जहाँ सक्छौँ त्यहाँ सहकार्य गर्न सक्दो प्रयास गर्नुपर्छ। यही नै त्यो इमानदार मानवीय रूप हो, जुन हामी जिउन सकौँ भन्ने परमेश्‍वर आशा गर्नुहुन्छ। र यो हामीलाई हाम्रा कर्तव्य राम्ररी पूरा गर्न परमेश्‍वरले देखाउनुभएको अभ्यासको मार्ग पनि हो। वास्तवमा, मेरा सहकर्मी सिस्टरहरूले समस्या र विचलनहरूलाई विस्तृत रूपमा पत्ता लगाउन सक्नु उनीहरूमा राम्रो क्षमता भएका कारणले मात्र थिएन, उनीहरूले प्रयास गरेर कामकुराबारे एकदमै गहिरिएर सोचेका कारणले पनि थियो। मेरो क्षमता औसत थियो, र कामको सारांश निकाल्दा, मेरो हृदय स्थिर थिएन, र म सधैँ काममा केन्द्रित हुनुको सट्टा आफ्नो प्रतिष्ठा र हैसियत कसरी जोगाउने भनेर सोचिरहेकी हुन्थेँ। यसबाहेक, ममा आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति पनि गलत थियो, र म समस्याहरूमा गहिरिएर सोच्नु थकाउने कुरा हो भन्ने ठान्थेँ, त्यसैले म प्रयास गर्न चाहन्नथेँ। परिणामस्वरूप, मैले थोरै मात्र समस्याहरू पत्ता लगाउन सकेँ, र आफूमा भएका सामर्थ्यहरूको अधिकतम प्रयोग गर्न समेत सकिनँ। वास्तवमा, मेरा सहकर्मी सिस्टरहरूलाई मेरो क्षमता राम्ररी थाहा थियो, तर उनीहरूले मेरो कमजोर क्षमतालाई लिएर मलाई कहिल्यै हेयले हेरेका थिएनन्। बरु, उनीहरू प्राय: मलाई मेरा कमजोरीहरूलाई सही रूपमा हेर्न र मेरा सबल पक्षहरू बढी प्रस्तुत गर्न प्रोत्साहन दिन्थे। जब उनीहरू ममा भएका समस्याहरू देख्थे, तब मलाई धैर्यपूर्वक मार्गदर्शन र मद्दत गर्थे, र उनीहरू मलाई परमेश्‍वरका वचनहरू र सत्यताको आधारमा कसरी कामकुरालाई हेर्ने भनेर सिकाउँथे। उनीहरूको धैर्यपूर्ण मद्दतद्वारा, मैले आफ्नो काममा केही मार्गहरू भेट्टाएँ। परमेश्‍वरले मलाई मेरो कर्तव्यमा यी सिस्टरहरूसँग सहकार्य गर्ने प्रबन्ध मिलाउनुभयो, त्यसैले मैले हाम्रो कर्तव्य सँगै पूरा गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न कृतज्ञ हृदयले सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्नुपर्थ्यो। मैले अब आफ्नो कमजोर क्षमताले बाँधिन छोड्नुपर्थ्यो र मैले आफ्नो मनसायलाई सही बनाउनुपर्थ्यो र मेरा सबल पक्षहरूको प्रयोग गर्नुपर्थ्यो।

जब म परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्दै प्रवेश गरेँ, तब म कामको सारांश निकाल्दा वा समस्याहरू छलफल गर्दा आफ्नो मनलाई शान्त पार्न र ध्यान दिएर सोच्न सक्ने भएँ। कहिलेकाहीँ म आफूले जानेको कुरा भन्दै, आफ्ना विचारहरू व्यक्त गर्न अग्रसर हुन्थेँ। यसो गर्दा मेरा धेरै कमीकमजोरी प्रकटित हुन्थे, र मलाई अलि लाज लाग्थ्यो, तर अब म यो मामिलालाई सही रूपमा सामना गर्न सक्ने भएकी थिएँ। इमानदार व्यक्ति बन्ने अभ्यासले मलाई खुसी बनायो र छुटकारा र स्वतन्त्रताको अनुभूति गरायो। परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: ४०. अचानक आँखाको रोगले आक्रमण गर्दा

अर्को: ४२. बिजुलीको झड्काले यातना दिइएका दिनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्