३८. अब म आफ्नो अपराधलाई कसरी व्यवहार गर्ने भनी जान्दछु
सन् २०१२ मा, म मण्डली अगुवा हुँदा, एउटा यहुदाको धोकाले गर्दा, मलाई स्थानीय प्रहरीले पक्राउ गर्यो। प्रहरीले पालो फेरी-फेरी मेरो निगरानी गर्दै मलाई लगातार चार दिन र तीन रातसम्म यातना दिए। जब म झुल्न थाल्थेँ, तिनीहरू मेरो टाउकोमा सेरामिकको भाँडोले हिर्काउँथे, र मलाई चिच्याएर गाली गर्थे। तिनीहरूले माथिल्ला अगुवा को हुन् भनेर बताउन दबाब दिए, र मैले मुख नखोलेको देखेपछि, तिनीहरूले मेरो हतकडीलाई जोडले पछाडि तानिदिए, यदि मैले नबताएमा मेरा दुई छोराछोरीलाई विश्वविद्यालयबाट निकालिदिने भन्दै धम्की दिए। म तिनीहरूको चालमा फसिनँ र केही पनि भनिनँ। पछि, म यति थाकेँ कि मैले सहनै सकिनँ। मेरो कान बजिरहेको थियो, र मेरो टाउको पनि झमझमाइरहेको थियो। मैले एक जना प्रहरीले यसो भनेको सुनेँ, “तैँले अझै एक हप्ता खप्न सक्छेस् कि सक्दिनस् हेरौँला। हामीसँग प्रशस्त समय छ। जबसम्म तैँले तेरो दिमागको नियन्त्रण गुमाउँदिनस् र हामीले चाहेको कुरा बताउँदिनस्, तबसम्म हामी तँलाई यस्तै राखिराख्नेछौँ।” म अत्यन्तै अलमल्ल परेकी थिएँ र मैले आफ्नो मन अलिकति स्पष्ट पार्ने कोसिस गरेँ। एउटा प्रहरीले कडाइका साथ भन्यो, “यदि तैँले कबुल गरिनस् भने, हामी तँलाई गोप्य रूपमा अर्को प्रान्तमा पठाउनेछौँ, र तेरो परिवारले तँलाई भेट्टाउन सक्नेछैन।” यो सुनेर मलाई धेरै डर लाग्यो। मैले सोचेँ, यदि तिनीहरूले मलाई अर्को प्रान्तमा पठाए भने, तिनीहरूले पक्कै पनि मलाई यातना दिइरहनेछन्, र यदि यातनाले गर्दा म मरेँ भने, मैले मुक्तिको कुनै मौका पाउनेछैनँ। त्यति बेला, प्रहरीले मलाई कम्तीमा सात जनाको नाम दिन माग गर्यो। मलाई यति धेरै सास्ती दिइएको थियो कि म मुस्किलले उभिन सक्थेँ, र मलाई आफूले आफ्नो दिमागमाथि नियन्त्रण गुमाएर मण्डलीको महत्त्वपूर्ण जानकारी खुलाएको खण्डमा, आफू परमेश्वरलाई धोका दिने यहुदा बन्ने डर थियो, र त्यसको अर्थ अझै कडा दण्ड हुनेथियो। मैले सोचेँ, “केही दिनअघि पक्राउ परेका चार जना ब्रदर-सिस्टरहरूलाई जरिवाना तिराएर छोडिसकिएको छ। यदि मैले तिनीहरूको नाम दिएँ भने, प्रहरी केही समयका लागि तिनीहरूको पछि लाग्नेछैन। विगतमा पक्राउ परेर मलाई धोका दिने अर्को एक व्यक्तिलाई पनि मण्डलीबाट निकालिसकिएको छ। प्रहरीले उसलाई समात्यो भने पनि, उसलाई मण्डलीबारे कुनै जानकारी नभएकाले, मण्डलीलाई कुनै हानि हुनेछैन।” त्यसैले मैले ती पाँच जनाको नाम लिएँ। तर अचम्मको कुरा, एक जना प्रहरी प्रमुखले मेरो अगाडि एउटा नोटबुक जोडले बजार्यो र मतिर औँला ठड्याउँदै करायो, “मसँग बदमासी गर्ने होइन। यी सबैलाई त ‘शिक्षा’ दिइसकिएको छ!” आफ्नो हाकिम रिसाएको देखेर, केही तल्ला अधिकारीले मेरो टाउकोमा बिजुलीको कम्बल बेरिदिए र मेरो घुँडामा कुल्चे, अनि तिनीहरूले मेरो जुत्ता-मोजा च्यातेर फ्याँकिदिए, र छालाको पेटीले मेरो पैतालामा हिर्काए। तिनीहरूमध्ये एकले भन्यो, “अझै पनि बोलिनस् भने, हामी तेरो नङमुनि बाँसको सिन्का घुसाउनेछौँ।” यति भनेर, ऊ गाडीबाट सिन्का लिन गयो। म तर्सिएँ, र मनमनै सोचेँ, “यदि तिनीहरूले साँच्चै मेरो नङमुनि बाँसको सिन्का घुसाए भने, म त्यो कसरी सहन सकूँला र? यस्तो लाग्छ, तिनीहरू मलाई यातना दिएर मार्न कटिबद्ध छन्।” मलाई धेरै कमजोर महसुस भयो। मैले प्रायः मेरो अतिथिसत्कार गर्ने एक जना ब्रदरलाई सम्झेँ। उहाँ वृद्ध हुनुहुन्थ्यो र घरमा भेलाहरू मात्रै सञ्चालन गर्न सक्नुहुन्थ्यो, त्यसैले मलाई लाग्यो, उहाँलाई घात गर्दा मण्डलीलाई कुनै ठूलो हानि हुँदैन। मैले उहाँको वास्तविक नाम र ठेगाना लेखिदिएँ। मैले अझै पनि धेरै मानिसको नाम नदिएको देखेर, तिनीहरूले मलाई सोधपुछ गरिरहे। त्यतिखेर, मेरो होस खुल्यो, र मेरो हृदय अचानक रित्तो भएको महसुस भयो, मानौँ मैले मेरो आत्मा नै गुमाएको थिएँ। मलाई साँच्चै डर लाग्यो। मैले यहुदाले जस्तै आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गरेकी थिएँ र परमेश्वरले मलाई क्षमा गर्नुहुनेथिएन, अनि परमेश्वरमा विश्वास गर्ने मेरो जीवन समाप्त हुन लागेको थियो। म यी पिशाचहरूलाई घृणा गर्थेँ, र ममा तिनीहरूको चालमा परेकोमा आफैप्रति घृणा जाग्यो। त्यसपछि, जब तिनीहरूले मलाई फेरि बोल्न लगाउन खोजे, मैले दृढतापूर्वक अस्वीकार गरेँ, र अन्तमा, तिनीहरूले मलाई जान दिए।
घर पुग्दा, मेरो शरीरमा कुनै तागत बचेको थिएन। मैले पहिले पढेको परमेश्वरका वचनको एक खण्ड सम्झेँ: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्वासघात गर्नेहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई बिक्री गर्नेहरूसँग संलग्न हुन झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति निष्ठावान् रहनेहरू सधैँ मेरा हृदयमा रहनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ। मैले यहुदाले जस्तै आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गरेकी थिएँ, र मैले परमेश्वरको स्वभावलाई चिढ्याएँ। मलाई परमेश्वरले मजस्तो व्यक्तिलाई पक्कै पनि चाहनुहुन्न भन्ने लाग्यो। जब-जब म आफूले आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गरेको कुरा सोच्थेँ, मेरो हृदयमा पीडाका लहरहरू बग्थे। ती वृद्ध ब्रदरले मेरो अतिथिसत्कार गर्नुभएको थियो, तर मैले उहाँलाई घात गरेकी थिएँ। मैले भलाइलाई दुष्टताले चुक्ता गरेकोमा, जनावरभन्दा पनि खराब भएकोमा आफैलाई घृणा गरेँ, र अझ बढी, मैले परमेश्वरलाई धोका दिएकोमा पछुतो गरेँ। ती दिनहरूमा, म प्रायः हरेक दिन रुन्थेँ। मैले आफ्ना ब्रदर-सिस्टरहरूसँग भेला हुँदा र कर्तव्यहरू पूरा गर्दा आफू कति खुसी हुन्थेँ भनी सम्झेँ, तर ती दिनहरू सधैँका लागि बितिसकेका थिए। म परमेश्वरद्वारा तिरस्कृत यहुदा बनेकी थिएँ। मैले अक्षम्य पाप गरेकी थिएँ, र मलाई आफूले आफ्नो आस्थालाई निरन्तरता दिए पनि, परमेश्वरले मजस्तो व्यक्तिलाई मुक्ति दिनुहुन्न भन्ने लाग्यो। मलाई परमेश्वरका वचनका पुस्तकहरू पढ्न वा प्रार्थना गर्न पनि मन लागेन, र जब-जब परमेश्वरमा विश्वास गर्ने मेरो जीवन समाप्त हुन लागेको कुरा सोच्थेँ, म धेरै दुःखी र दिक्दार हुन्थेँ। मलाई अन्ततः आफ्नो मृत्युपछि नै राहत मिल्ला भन्ने लाग्यो। यसरी सबैभन्दा तल्लो बिन्दुमा पुगेपछि, मैले एउटा एकदमै कोमल स्वरले मेरो कानमा कानेखुसी गरेको सुनेँ, “जबसम्म तँसँग आशाको झिनो त्यान्द्रो छ, परमेश्वरले मुक्ति दिनुहुनेछ।” मैले तुरुन्तै पढ्नका लागि परमेश्वरका वचनहरू खोजेँ। परमेश्वर भन्नुहुन्छ: “अहिले, जबसम्म तँसित आशाको सानो त्यान्द्रो हुन्छ, तबसम्म परमेश्वरले तेरा विगतका अपराधहरू सम्झनु भए नि नभए नि, तैँले कस्तो मानसिकता कायम राख्नुपर्छ? ‘मैले आफ्नो स्वभावगत परिवर्तन पछ्याउनुपर्छ, परमेश्वरबारेको ज्ञान पछ्याउनुपर्छ, र शैतानद्वारा फेरि कहिल्यै मूर्ख तुल्याइनु हुँदैन, अनि परमेश्वरको नाउँलाई लाजमा पार्ने कुनै कुरा कहिल्यै गर्नु हुँदैन’” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका प्रोत्साहनदायी वचनहरू पढ्दा, म यति धेरै प्रभावित भएँ कि म भक्कानिएर रोएँ। मलाई धेरै लाज लाग्यो। परमेश्वरले मेरो अपराधअनुसार मसित व्यवहार गरिरहनुभएको थिएन बरु मलाई पश्चात्ताप गर्ने मौका दिइरहनुभएको थियो। मैले पछ्याउन जारी राख्नुपर्थ्यो। यदि मैले आफ्नो कर्तव्य पूरा गर्न सकिनँ भने म घरमा परमेश्वरका वचनहरू पढ्न सक्थेँ, र म निराशामा डुबिरहन मिल्दैनथ्यो। पछि, मैले ब्रदर-सिस्टरहरूबाट मैले घात गरेका अरू मानिसहरूको पछि प्रहरी गएको रहेनछ भन्ने कुरा सुनेँ। जहाँसम्म मलाई अतिथिसत्कार गर्ने ब्रदरको कुरा छ, जब प्रहरी उहाँलाई पक्राउ गर्न उहाँको घर गयो, उहाँ उनीहरू आइरहेको आवाज सुनेर लुक्नुभएछ, त्यसैले उहाँ पक्राउ पर्नुभएन। मैले मण्डलीलाई ठूलो हानि नपुर्याएकोले, मलाई निष्कासित गरिएन। मैले यो मप्रति परमेश्वरको कृपा र सहनशीलता थियो भन्ने थाहा पाएँ, र मलाई परमेश्वरप्रति धेरै आभारी र ऋणी भएको महसुस भयो। मैले आफूलाई पछुतो र दोषले भरिएको पाएँ। प्रहरीको सोधपुछको दौरान, यदि मैले तिनीहरूको चाल छर्लङ्ग देख्न र परमेश्वरमा भर परी अझ केही बेर मात्रै सहन सकेकी भए, मेरो अवस्था धेरै राम्रो हुने थियो र म यहुदा बन्ने थिइनँ, अनि मेरो कर्मको फलस्वरूप यस्तो ठूलो दाग लाग्ने थिएन। भविष्यमा, यदि प्रहरीले मलाई फेरि पक्राउ गर्यो भने, म आफ्नो गवाहीमा दृढ रहनेछु, र यदि यसको अर्थ कुटाइ खाएर मर्नु हुन्छ भने पनि, म शैतानसामु झुक्नेछैनँ वा आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गर्नेछैनँ।
सन् २०१३ को शरद ऋतुको अन्ततिर, जिल्ला राष्ट्रिय सुरक्षा ब्रिगेडले स्थानीय प्रहरीलाई मलाई जबरजस्ती सार्वजनिक सुरक्षा ब्युरोमा लैजान निर्देशन दियो। बाटोमा, मैले सोचेँ, “यस पटक प्रहरीले जस्तोसुकै चाल चले पनि, तिनीहरूले मलाई यातना दिएर मारे पनि, म आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गर्ने वा मण्डलीबारे जानकारी चुहाउनेछैनँ।” जब म सार्वजनिक सुरक्षा ब्युरोमा पुगेँ, राष्ट्रिय सुरक्षा ब्रिगेडका कप्तानले मलाई मण्डलीको भेटी राखेको स्थानबारे सोधपुछ गरे, र यदि मैले जवाफ दिइनँ भने, तिनीहरूले मलाई नगर महिला हिरासत केन्द्रमा पठाउनेछन् भने। तिनीहरू मण्डलीको पैसाको पछि लागेका रहेछन् भन्ने मैले देखेँ। तिनीहरू एकदमै नीच र निर्लज्ज थिए, र तिनीहरूले मलाई जतिसुकै धम्की दिए पनि, मैले मुख खोलिनँ। अन्तमा, तिनीहरूले मलाई जान दिए। घर फर्केपछि, तिनीहरूले मलाई निरन्तर निगरानीमा राखे, र मेरो परिवारलाई पनि ममाथि नजर राख्न निर्देशन दिए। झन्डै दुई वर्षसम्म, म सामान्य रूपमा भेलाहरूमा उपस्थित हुन वा आफ्ना कर्तव्य पूरा गर्न सकिनँ। म अलि हताश भएँ, र जब-जब म आफूले एकुनै बेला परमेशवरलाई धोका दिएर यहुदाजस्तै व्यवहार गरेको, उप्रान्त आफूले कुनै पनि कर्तव्य पूरा गर्न नसक्ने, आफूसँग गरेको गल्तीको प्रायश्चित गर्ने कुनै मौका नभएको, र अन्ततः आफू हटाइनेहरूमध्ये हुने कुरा सोच्थेँ, मेरो हृदय छुरी रोपिएझैँ गरी दुख्थ्यो। म प्रार्थना गर्दै गर्दा रोएँ र परमेश्वरलाई मलाई मार्गदर्शन गर्न बिन्ती गरेँ। पछि, मैले “परीक्षाहरूको दौरान आस्था चाहिन्छ” नामक पहिले प्रायः गाउने गरेको परमेश्वरका वचनहरूको भजन सम्झेँ: “परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु, वा परमेश्वरका अभिप्रायहरू वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर समग्रमा, तँमा परमेश्वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्वरलाई इन्कार गर्नु हुँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। मैले परमेश्वरको अभिप्राय बुझेँ। दुःख र शोधनबाट गुज्रिँदा व्यक्तिमा हुनुपर्ने कुरा भनेको परमेश्वरमाथिको साँचो आस्था हो। म समर्पित हुनुपर्थ्यो र मैले परमेश्वरमाथिको आस्था गुमाउनु हुँदैनथ्यो, र यदि म आफ्नो कर्तव्य पूरा गर्न बाहिर जान सकिनँ भने पनि, म घरमा अनुभवात्मक गवाहीका लेखहरू लेख्न सक्थेँ। यो सोचेर, मेरो पीडा अलिकति कम भयो।
सन् २०१५ मा, मण्डलीले मेरो लागि लेखन-पठनको कर्तव्यको बन्दोबस्त गर्यो। एक पटक, मैले ब्रदर झाङ मिङले आफ्नो आस्थाका कारण पक्राउ परेको अनुभवबारे कुरा गरेको सुनेँ। उहाँले भन्नुभयो, “यदि मलाई घात गरियो र म जेल परेँ भने पनि, म अरूलाई घात गर्नेछैनँ। यदि मैले त्यसो गरेँ भने, ममा मानवताको पूर्णतया कमी हुनेछ!” ब्रदरले यसो भनेको सुनेर, मैले आफ्नो टाउको उठाउने आँटसमेत गरिनँ। मैले हृदयमा यस्तो पीडा महसुस गरेँ, मानौँ मलाई छुरीले रोपिएको छ। यी ब्रदर आफ्नो गवाहीमा दृढ नरहनुको सट्टा बरु जेल जान तयार हुनुहुन्थ्यो, तर मैले आफ्नो ज्यानको डरले, आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गरेँ। यो अक्षम्य अपराध थियो। परमेश्वरले मजस्तो व्यक्तिलाई मुक्ति दिनुहुन्न भन्ने सोचले मलाई दिक्दारीमा डुबायो। पछि, मैले ब्रदर-सिस्टरहरूका अनुभवात्मक गवाहीका लेखहरू पढेँ, जसमा तिनीहरूले यहुदा बन्न अस्वीकार गर्दै परमेश्वरका लागि दृढ रहने प्रण गरेका थिए। तिनीहरू चोटपटक र नीलडामले भरिएका भए पनि, शिर ठाडो पारेर परमेश्वरको गवाही दिने र उहाँलाई महिमित पार्ने तिनीहरूको शक्ति साँच्चै प्रेरणादायी थियो। त्यसपछि मैले आफैलाई हेरेँ। म शारीरिक आरामका लागि एक लाजमर्दो यहुदा बनेकी थिएँ, आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गरेकी र परमेश्वरको नामलाई अपमान गरेकी थिएँ। म साँच्चै स्वार्थी र नीच, जनावरभन्दा पनि खराब, र जिउन अयोग्य भएकी थिएँ! म निकै पीडामा थिएँ, र मलाई लाग्यो, एक दिन मरेपछि, म स्वतन्त्र हुनेछु र मैले आत्मामा महसुस गरिरहेको सास्ती सहनुपर्नेछैन। त्यसको केही समयपछि, मेरो पुरानो पेटको समस्या झन् बढ्यो, र मेरो खुट्टाको बाथ पनि बल्झियो। पीडा यति तीव्र थियो कि म राति सुत्न सक्दिनथेँ। यस अवधिमा, मैले सहकार्य गरिरहेकी सिस्टरहरूले मलाई सत्यता खोज्न र आफूमाथि चिन्तन गर्न सम्झाउनुभयो। मैले मनमनै सोचेँ, “चिन्तन गर्नुपर्ने कुरा के छ र? यो पीडा परमेश्वरको दण्ड र मैले पाउनुपर्ने प्रतिफल हो। त्यतिबेला मृत्युसँग डराएर यहुदा बन्न मलाई कसले भनेको थियो र? यो दाग कहिल्यै मेटिनेछैन। मैले जतिसुकै पछ्याए पनि, अरू ब्रदर-सिस्टरहरूजस्तै मुक्ति पाउने मौका पाउनेछैनँ। मण्डलीले जे गर्न भन्छ, म त्यही गर्नेछु। यदि म श्रम गर्न सक्छु भने, म गर्नेछु, र मेरो श्रम समाप्त भएपछि, मेरो मृत्यु त हुने हो।” मैले सत्यता नखोजिरहेकी हुनाले, म रिहाइ महसुस नगरी वर्षौँसम्म आफ्नो अपराधमा डुबिरहेँ। यो कुरा मेरो हृदयमा बिझेको काँडाजस्तै महसुस भयो, र यसको उल्लेख मात्र गर्दा मलाई गहन पीडा हुन्थ्यो।
सन् २०२३ को डिसेम्बरमा, मैले एउटा अनुभवात्मक गवाहीको भिडियो हेरेँ। भिडियोमा मेरो स्थितिसँग सान्दर्भिक परमेश्वरका वचनहरूको एउटा खण्ड थियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरू निराशाको संवेगमा डुब्नुको अर्को कारण पनि छ, र त्यो कारण के हो भने मानिसहरू वयस्क नभई वा वयस्क भएपछि केही खास घटनाहरू घट्छन्, अर्थात्, तिनीहरूले केही अपराध गर्छन् वा केही खराब, मूर्ख, र अज्ञानी कामकुराहरू गर्छन्। तिनीहरू आफूले गरेका यी अपराधहरू, यी खराब र अज्ञानी कामकुराहरूको कारण निराशामा डुब्छन्। यसप्रकारको निराशा आफैलाई दोष दिनु हो, र यसले तिनीहरू कस्तो प्रकारका व्यक्ति हुन् भन्ने कुरा पनि निर्धारित गर्छ। … पहिले यस्ता काम गरेका मानिसहरूले कुनै खास घटना घट्दा वा कुनै निश्चित वातावरण र परिस्थितिहरूमा प्राय अवचेतन रूपमै असहज महसुस गर्ने गर्छन्। यो असहजताको भावनाले तिनीहरू अनजानमै निराशामा डुब्छन्, र तिनीहरूलाई यो निराशाले बाँध्छ र नियन्त्रित पार्छ। अनि जब-जब तिनीहरूले सत्यतासम्बन्धी कुनै प्रवचन वा सङ्गति सुन्छन्, तब-तब यो निराशा बिस्तारै तिनीहरूको मनमा र तिनीहरूको अन्तस्करणमा प्रवेश गर्छ, र तिनीहरूले यसो भन्दै आफैलाई प्रश्नमाथि प्रश्न गर्छन्, ‘के मैले यसो गर्न सक्छु? के म सत्यता पछ्याउन सक्षम छु? के म मुक्ति प्राप्त गर्न सक्षम छु? म कस्तो प्रकारको व्यक्ति हुँ? मैले पहिले पनि त्यो काम गरेको छु, र म पहिले त्यस्तै व्यक्ति थिएँ। म मुक्ति दिन नसकिने व्यक्ति हुँ! के परमेश्वरले अझै पनि मलाई मुक्ति दिनुहुनेछ त?’ कतिपय मानिसहरूले कहिलेकहीँ आफ्नो निराशाको संवेग त्याग्न सक्छन्। तिनीहरूले आफ्नो इमानदारिता र आफूले बटुल्न सक्ने सबै ऊर्जा आफ्नो कर्तव्य, दायित्व, र जिम्मेवारी पूरा गर्नमा लगाउँछन्, तिनीहरू सत्यता खोजी गर्ने र परमेश्वरका वचनहरू मनन गर्ने कार्यमा आफ्नो सारा हृदय र मन लगाउन सक्ने हुन्छन्, र तिनीहरूले परमेश्वरका वचनहरूमा आफ्नो मेहनत लगाउँछन्। तर कुनै विशेष परिस्थिति वा अवस्था आइपर्नेबित्तिकै, तिनीहरूलाई फेरि पनि निराशाको संवेगले गाँज्छ र हृदयको गहिराइमा तिनीहरूलाई दोषी महसुस गराउँछ। तिनीहरूले मनमनै विचार गर्छन्, ‘तैँले पहिले पनि त्यो काम गरेको छस्, र तँ त्यस्तै व्यक्ति थिइस्। के तैँले मुक्ति पाउन सक्छस्? के सत्यता अभ्यास गर्नुको कुनै अर्थ छ? तैँले गरेको कुराप्रति परमेश्वरले के विचार गर्नुहुन्छ? के तैँले गरेको कामको सवालमा परमेश्वरले तँलाई क्षमा दिनुहुनेछ? के यसरी मूल्य चुकाएर तैँले त्यो अपराधको शोधभर्ना गर्न सक्छस्?’ तिनीहरू प्राय आफूलाई गाली गर्छन् र भित्री रूपमा दोषी महसुस गर्छन्, र तिनीहरू सधैँ शङ्का गर्ने र आफैमाथि प्रश्नहरू बर्साउने गर्छन्। तिनीहरू निराशाको यो संवेग त्याग्न वा हटाउन कहिल्यै सक्दैनन्, र तिनीहरू आफूले गरेका लाजमर्दा कुराहरूबारे सधैँ अप्ठ्यारो महसुस गर्छन्। त्यसकारण, परमेश्वरमा विश्वास गरेको वर्षौँ भएर पनि, तिनीहरूको अवस्था यस्तो हुन्छ मानौँ तिनीहरूले परमेश्वरले बोल्नुभएको कुनै कुरा पनि सुनेका वा बुझेका छैनन्। यस्तो लाग्छ मानौँ तिनीहरूलाई मुक्ति पाउने कार्य आफूसँग सम्बन्धित छ कि छैन, आफूलाई दोषमुक्त गर्न र छुटकारा दिन सकिन्छ कि सकिँदैन, वा आफू परमेश्वरको न्याय र सजाय अनि उहाँको मुक्ति पाउन योग्य छु कि छैनँ भन्ने नै थाहा छैन। तिनीहरूलाई यी सब कुराबारे थाहा हुँदा पनि हुँदैन। तिनीहरूले कुनै उत्तर नपाउने हुनाले, र तिनीहरूले कुनै सही फैसला नपाउने हुनाले, तिनीहरूलाई भित्री रूपमा सधैँ निराशा महसुस हुन्छ। तिनीहरू हृदयभित्र अन्तस्करणमा आफूले गरेका कुराहरूबारे बारम्बार विचार गरिरहन्छन्, ती कुराहरूलाई मनमा बारम्बार सम्झिरहन्छन्, यो सब कसरी सुरु भयो र कसरी अन्त्य भयो, सुरुदेखि अन्तिमसम्म याद गरिरहन्छन्। तिनीहरूले यसलाई जसरी याद गरे पनि, तिनीहरूलाई सधैँ पाप महसुस हुन्छ, र त्यसकारण तिनीहरूलाई यो विषयमा वर्षौँसम्म निराशा महसुस भइरहन्छ। तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेको बेलामा पनि, तिनीहरूले निश्चित कामको मुख्य जिम्मा पाएको बेलामा पनि, तिनीहरूलाई आफूले मुक्ति पाउने कुनै आशा छैन भन्ने महसुस हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरू पढेपछि, म केही हदसम्म प्रभावित भएँ। आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गरेदेखि, मेरो हृदयमा दोषको भावना थियो। यहुदा भएको यो दाग मेरो हृदयमा काँडाझैँ गाडियो, र मलाई परमेश्वरले मेरो अपराध क्षमा गर्नुहुन्न वा मजस्तो व्यक्तिलाई मुक्ति दिनुहुन्न भन्ने लाग्यो। म धेरै दुःखी भएँ। मण्डलीले मेरो अपराधका लागि मलाई निष्कासित नगरेको र अझै पनि मलाई कर्तव्य पूरा गर्ने मौका दिएको भए तापनि, जब-जब म आफ्नो अपराधबारे सोच्थेँ, म आफूलाई दिक्दारीमा डुबेको पाउँथेँ र आफूसँग मुक्तिको कुनै आशा नभएको निधो गर्थेँ। मैले पक्राउ परेपछि जीवन र मृत्युको चिन्तालाई पन्छाउन सक्षम भएका धेरै ब्रदर-सिस्टरलाई देखेँ, र मैले उनीहरूले परमेश्वरलाई धोका नदिई सबै प्रकारका यातना सहेको र साँचो गरिमाका साथ जिएको देखेँ, जसले मलाई लज्जित र अप्ठ्यारो महसुस गरायो। मैले आफू जनावरभन्दा पनि खराब भएकोमा आफैलाई घृणा गरेँ, र मैले अडान नलिएको र लाजमर्दो यहुदाजस्तो व्यवहार गरेकोमा आफैलाई घृणा गरेँ। बाहिरबाट हेर्दा मैले आफ्नो कर्तव्य पूरा गरिरहेको जस्तो देखिए पनि, म अक्सर मनमनै सोच्थेँ, “म परमेश्वरलाई धोका दिने यहुदा हुँ। के परमेश्वरले मजस्तो व्यक्तिलाई मुक्ति दिनुहोला? के परमेश्वर मेरा अपराधहरू क्षमा गर्न सक्नुहुन्छ? के मैले लगनशीलताका साथ कर्तव्य पूरा गरेर आफ्नो अपराधको भरपाई गर्न सक्छु?” मलाई परमेश्वरले मजस्तो व्यक्तिलाई पक्कै घृणा गर्नुहुन्छ भन्ने लाग्यो। जब ब्रदर-सिस्टरहरूले जीवन प्रवेश र स्वभावमा परिवर्तन पछ्याउने कुरा गर्थे, म साँच्चै अयोग्य महसुस गर्थेँ। मलाई लामो समयसम्म आफ्नो अपराधले सताएको थियो, र म सत्यता पछ्याउने सङ्कल्पविना दिक्दारीको स्थितिमा जिएकी थिएँ। म आफ्नो अपराधको भरपाई गर्न थोरै श्रम गर्नमै सन्तुष्ट थिएँ। परमेश्वरको अभिप्राय के हो भने, व्यक्तिले जस्तोसुकै परिस्थितिको सामना गरे पनि वा जस्तोसुकै अपराध गरे पनि, उसले आफ्नो स्वभाव परिवर्तन गर्न खोज्न सक्छ। तैपनि मैले परमेश्वरलाई गलत बुझेँ र यसरी उहाँबाट टाढा भएँ। ममा कुन हिसाबले मानवता थियो र?
पछि, मैले मनन गरेँ, “म किन यति दिक्दार छु? मेरो समस्याको वास्तविक जड के हो?” खोज्दै जाँदा, मैले परमेश्वरका वचनहरूको एक खण्ड पढेँ: “मानिसहरू सबैले आशिष्, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ। यदि मानिसहरूको हृदयमा लुकेको आशिष् प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्वरमाथि विश्वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष् प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्वरले मानिसहरूले उहाँमा विश्वास गर्नुको अभिप्रायलाई खुलासा गर्नुभएको छ। मानिसहरूले आशिष्को खातिर र आफ्नो भविष्य र नियतिका लागि दुःख भोग्छन् र आफ्नो कर्तव्यमा आफूलाई समर्पित गर्छन्। जब उनीहरूले आशिष् पाउन सक्दैनन् र उनीहरूसँग राम्रो भविष्य वा गन्तव्यको अभाव हुन्छ, उनीहरू दिक्दार बन्छन्, उप्रान्त सत्यता पछ्याउँदैनन् वा सत्यता अभ्यास गर्न लागिपर्दैनन्, र उनीहरूलाई उप्रान्त परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ नरहेको समेत लाग्न थाल्छ। मैले परमेश्वरमा विश्वास गर्न सुरु गर्दाको समयबारे चिन्तन गरेँ, मैले त्याग गरेँ, आफूलाई समर्पित गरेँ, र सक्रिय रूपमा सुसमाचार प्रचार गरेँ, र मेरो परिवारले सताउँदा, धार्मिक संसारका मानिसहरूले हैरान पार्दा, र संसारका मानिसहरूले निन्दा गर्दा पनि, म आफ्नो कर्तव्यमा लागिरहेँ। मैले यसो गर्दा भविष्यमा आशिष् र राम्रो गन्तव्य मिल्छ भन्ने विश्वास गरेकी थिएँ। पक्राउ परेपछि, मैले मृत्युको डरले आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गरेँ र यहुदा बनेँ, र गम्भीर अपराध गरेँ, त्यसैले मलाई परमेश्वरले मलाई अब मुक्ति दिनुहुन्न भन्ने लाग्यो। जब मैले आफूले आशिष् पाउन सक्दिनँ भन्ने देखेँ, मैले माथितिर लागिपर्ने विश्वास गुमाएँ र मेरा दिनहरू जिउँदो लाशझैँ बिताएँ। पछि, मैले फेरि आफ्नो कर्तव्य पूरा गरेँ, तर मैले त्यो परमेश्वरलाई सन्तुष्ट पार्न गरिनँ। म केवल परमेश्वरले मेरो कर्तव्यमा मैले चुकाइरहेको मूल्य देख्नुहोओस् र मेरो अपराध क्षमा गरिदिनुभएर मेरो पापबाट मलाई मुक्त गरिदिनुहोओस् भन्ने चाहन्थेँ, ताकि भविष्यमा मैले आशिष् पाउने आशा गर्न सकूँ। मैले केही पक्राउ परेका ब्रदर-सिस्टरहरूले यातना सहेको र परमेश्वरलाई धोका नदिने कसम खाएको, र उनीहरू आफ्नो गवाहीमा दृढ रहेको देखेँ। यसैबीच, मैले चाहिँ यहुदाका रूपमा परमेश्वरलाई धोका दिएकी थिएँ, र जब मैले मेरो अपराध परमेश्वरका लागि घृणित रहेको र मैले आशिष् पाउन नसक्ने कुराबारे विचार गरेँ, मैले सत्यता पछ्याउन र माथितिर लागिपर्न छोडेँ र निराशा र दिक्दारीको स्थितिमा डुबेँ। मैले परमेश्वरद्वारा ढालिएपछि पावलले आफू परमेश्वरको विरोध गर्ने मुख्य पापी हुँ भनेर स्वीकार गरेको, तैपनि उनमा प्रभु येशूको विरोध गर्नुको आफ्नो प्रकृति सारबारे कुनै बुझाइ नभएको, र उनले आफ्नो दुःख, कैद, दौडधुप, र समर्पणलाई परमेश्वरबाट मुकुट र इनाम माग्ने पुँजीका रूपमा प्रयोग गरेको कुरा विचार गरेँ। पावलको दुःख र समर्पणपछाडिको अभिप्राय आशिष् खोज्नु र परमेश्वरसँग मोलतोल गर्नु थियो। यो साँचो पश्चात्ताप थिएन। मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गरेर यति ठूलो दुष्टता गरेकी थिएँ, तैपनि मैले अझै पनि आफ्ना कर्तव्यमार्फत आफ्ना पापहरूका लागि परमेश्वरको क्षमा पाउने र आशिष् पाउने अवसर प्राप्त गर्ने आशा गरेकी थिएँ। म साँच्चै अविवेकी थिएँ! परमेश्वरले मलाई सहनु र कर्तव्य पूरा गर्ने मौका दिनुभएकाले, ममा विवेक र समझ हुनुपर्थ्यो, र लगनशीलताका साथ आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो, र भविष्यमा आशिष् पाउन सके वा नसके पनि, म समर्पित हुनुपर्थ्यो। त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले सधैँ तपाईँसँग आशिष्का लागि मोलतोल गर्ने प्रयास गरेकी छु, र म साँच्चै विद्रोही र मानवताहीन हुँदै आएकी छु। मैले आफ्नो श्रम पूरा गरेपछि तपाईँले मलाई नष्ट गर्नुभए पनि, मैले तपाईँको धार्मिकताको प्रशंसा गर्नैपर्छ। हे परमेश्वर, म साँच्चै पश्चात्ताप गर्न इच्छुक छु। मेरो परिणाम जे भए पनि, म एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, र उप्रान्त आशिष्हरू नपछ्याउन इच्छुक छु।”
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र परमेश्वरको धर्मी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरू अलिअलि अपराध गरेपछि यस्तो अनुमान लगाउँछन्, ‘के परमेश्वरले मलाई प्रकाश गर्नुभएको र हटाउनुभएको हो? के उहाँले मलाई प्रहार त गर्नुहुनेछैन?’ यसपटक, परमेश्वर काम गर्न आउनुभएको हो, मानिसहरूलाई प्रहार गर्न होइन, बरु तिनीहरूलाई जति सम्भव छ, त्यति हदसम्म मुक्ति दिन आउनुभएको हो। कोही पनि त्रुटिरहित छैन—यदि सबैलाई प्रहार गरियो भने, के त्यो मुक्ति हुन्छ र? केही अपराधहरू नियतवश गरिएका हुन्छन्, जबकि अरू अनजानमा भएका हुन्छन्। यदि तँ अनजानमा गरेका कुराहरू पहिचान गरेर परिवर्तन हुन सक्छस् भने, के परमेश्वरले तँ परिवर्तन हुनअघि नै तँलाई प्रहार गर्नुहुन्छ र? के परमेश्वरले मानिसहरूलाई त्यसरी मुक्ति दिनुहुन्छ र? उहाँले काम गर्ने तरिका त्यस्तो होइन! तँमा विद्रोही स्वभाव भए पनि वा तैँले अनजानमा काम गरेको भए पनि, यो कुरा याद गर्: तैँले मनन गरेर आफूलाई चिन्नुपर्छ। तुरुन्तै आफूलाई परिवर्तन गर्नुपर्छ, र सारा शक्तिले सत्यतामा लागिपर्नुपर्छ—अनि, जस्तोसुकै परिस्थिति आइपरे पनि, हताश बन्नु हुँदैन। परमेश्वरले गरिरहनुभएको काम मान्छेको मुक्तिको काम हो, र उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई मनपरी प्रहार गर्नुहुन्न। यो कुरा निश्चित छ। यदि वास्तवमै परमेश्वरले उहाँको कुनै विश्वासीलाई अन्त्यमा प्रहार गर्नुभयो भने पनि, परमेश्वरले गर्नुभएको त्यो काम अवश्य नै धर्मी हुन्छ। समय बित्दै जाँदा, उहाँले तँलाई त्यस व्यक्तिलाई प्रहार गर्नुको कारण बताउनुहुनेछ, अनि तँ पूर्ण रूपमा विश्वस्त हुनेछस्। अहिले तँ बस सत्यताप्रति लागिपर्, जीवन प्रवेशमा ध्यान केन्द्रित गर्, र आफ्नो कर्तव्यमा राम्रो कार्यसम्पादन गर्न खोज्। यसमा कुनै गलत छैन! परमेश्वरले अन्त्यमा तँलाई जे-जसरी सम्हाल्नुभए पनि, त्यो धर्मी नै हुने कुरा निश्चित छ; तैँले यो कुरामा शङ्का गर्नु हुँदैन, र तैँले यसबारे चिन्ता गर्नु पर्दैन। तैँले परमेश्वरको धार्मिकता बुझ्न नसके पनि, एक दिन तँ विश्वस्त हुनेछस्। परमेश्वरले आफ्नो काम न्यायोचित र सम्मानजनक ढङ्गले गर्नुहुन्छ; उहाँले सबै कुरा खुल्लमखुल्ला प्रकाश गर्नुहुन्छ। यदि तिमीहरूले ध्यानपूर्वक यसबारे चिन्तन गर्छौ भने, परमेश्वरको कामले मानिसहरूलाई मुक्ति दिने र तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन गर्ने काम गर्छ भन्ने मार्मिक निष्कर्षमा तिमीहरू पुग्नेछौ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरका वचनहरूबाट के बुझेँ भने, मानिसहरूले अपराध गर्ने बित्तिकै परमेश्वरले उनीहरूलाई दण्ड दिनुहुन्न। परमेश्वर मानिसहरूसँग सन्दर्भ, तिनीहरूका अभिप्राय, र तिनीहरूको सारका आधारमा व्यवहार गर्नुहुन्छ। मानवजातिलाई मुक्ति दिने अवधिमा, यदि मानिसहरूले अपराध गर्छन् र छिट्टै पश्चात्ताप गरेर परिवर्तन हुन सक्छन्, र यदि उनीहरू आफ्ना अपराधहरू समाधान गर्न सत्यता खोज्न र परमेश्वरका मागहरू पूरा गर्न सक्रिय रूपमा लागिपर्न सक्छन् भने, परमेश्वरले अझै पनि मानिसहरूलाई अर्को मौका दिनुहुन्छ। मानिसहरूसँग व्यवहार गर्ने परमेश्वरको सिद्धान्त यही हो। मलाई प्रहरीले अर्ध-चेत हुने गरी यातना दिएको थियो, र यस सन्दर्भमा, मैले एक क्षणिक कमजोरीका कारण आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गरेँ। यसले मण्डली वा मेरा ब्रदर-सिस्टरहरूलाई ठूलो हानि पुर्याएन, र पछि, म पछुतो र आफैप्रतिको घृणाले भरिएँ। मण्डलीले मलाई निष्कासित गरेन र अझै पनि मेरा लागि कर्तव्यको बन्दोबस्त गर्यो। यो ममाथि परमेश्वरको कृपा र सहनशीलता थियो। तर, हाम्रो मण्डलीमा धेरै वर्षदेखि अगुवा रहिआएका दुई व्यक्ति थिए, जो पक्राउ परेपछि यहुदा बने र आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गरे। उनीहरूले कुनै पछुतो महसुस त गरेनन् नै, “तीन बयानको पत्र” मा पनि हस्ताक्षर गरे, र ब्रदर-सिस्टरहरूलाई पहिचान गर्न र पक्राउ गर्न प्रहरीलाई सहयोग गरे, अनि ठूलो रातो अजिङ्गरको सहयोगी र मतियारका रूपमा काम गरे। तिनीहरू सारमा दियाबलस थिए र अन्ततः मण्डलीबाट निष्कासित भए। यी तथ्यहरूबाट, परमेश्वरसँग मानिसहरूसँग व्यवहार गर्नेसम्बन्धी सिद्धान्तहरू छन् भन्ने कुरा स्पष्ट हुन्छ। यदि एक व्यक्तिले कमजोरीको क्षणमा केही महत्त्वहीन जानकारी खोलिदिन्छ र पछि पछुतो महसुस गर्न र इमानदारीपूर्वक पश्चात्ताप गर्न सक्छ भने, परमेश्वरले अझै पनि त्यस्ता मानिसहरूलाई मौका दिनुहुन्छ। तर, परमेश्वरलाई धोका दिने र यहुदाको सार हुनेहरू भित्र छिरेका सामा हुन्, र तिनीहरूलाई निष्कासित गरिनैपर्छ र तिनीहरूले अन्ततः परमेश्वरको दण्डको सामना गर्नैपर्छ। मैले परमेश्वरको अभिप्राय बुझेकी थिइनँ र म आफ्नै धारणा र कल्पनाहरूमा जिउँथेँ, र म परमेश्वरलाई गलत बुझ्ने र आफ्ना सबै आशा त्याग्ने समेत गर्थेँ। म साँच्चै अलमल्ल परेकी थिएँ र सहीलाई गलतबाट वा राम्रोलाई नराम्रोबाट छुट्याउन असमर्थ थिएँ।
एक पटक, मैले एउटा अनुभवात्मक गवाहीको भिडियो हेरेँ जसले मलाई साँच्चै प्रभावित गर्यो। भिडियोमा, एउटा ब्रदर पक्राउ परेपछि उनले एक अतिथिसत्कारक सिस्टरलाई घात गरेका थिए, र उनले आफ्नो हृदयमा महसुस गरिरहेको पीडालाई शब्दमा व्यक्त गर्न सङ्घर्ष गरिरहेका थिए, त्यसैले उनले आफूले परमेश्वरलाई धोका दिएर यहुदा बन्नुको कारणबारे मनन गरे। उनले आफूले यी कुराहरू मृत्युको डरले गरेको पत्ता लगाए। मनन गरेपछि, मैले मेरो असफलताको जड पनि मृत्युको डर, परमेश्वरमा साँचो आस्थाको कमी, र परमेश्वरको सार्वभौमिकताप्रतिको मेरो विश्वासको कमी रहेछ भन्ने देखेँ। मैले परमेश्वरका वचनहरूको एक खण्ड पढेँ: “सर्वशक्तिमान्को नजरमा, पूरै मानवजातिको कसलाई चाहिँ वास्ता गरिएको छैन र? सर्वशक्तिमान्को पूर्वनिर्धारित प्रबन्धमाझ कोचाहिँ जिउँदैन र? के मानिसको जीवन र मृत्यु उसको आफ्नै रोजाइमा हुन्छ र? के मानिसले आफ्नो भवितव्य आफैले नियन्त्रण गर्न सक्छ र? धेरै मानिसहरूले चिच्याएर मृत्युलाई बोलाउँछन्, तर यो तिनीहरूबाट धेरै टाढा हुन्छ; धेरै मानिसहरू जीवनमा बलिया रहेका व्यक्तिहरूजस्तो बन्न चाहन्छन् र मृत्युदेखि डराउँछन्, तर तिनीहरूलाई थाहै नभई तिनीहरूको मृत्युको दिन नजिक आउँछ र तिनीहरूलाई मृत्य-कुण्डमा धकेल्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय ११)। मैले जीवन र मृत्यु परमेश्वरको हातमा छ भन्ने बुझेँ। मलाई प्रहरीले कुटेर मार्ने हो कि होइन भन्ने कुरा परमेश्वरमा निर्भर थियो। यदि मलाई यातना दिएर मारियो भने पनि, यदि म आफ्नो गवाहीमा दृढ रहेँ र परमेश्वरलाई महिमित पारेँ भने, मेरो मृत्यु मूल्यवान र अर्थपूर्ण हुनेछ। प्रभु येशूले भन्नुभयो: “अनि शरीर मार्ने तर आत्मा मार्न नसक्नेहरूसँग नडराओ, तर उहाँसँग डराओ जसले आत्मा र शरीर दुवै नरकमा नष्ट पार्न सक्नुहुन्छ” (मत्ती १०:२८)। कुनै व्यक्तिको भौतिक शरीर सतावटबाट मर्न सक्ने भए पनि, यदि कुनै व्यक्तिले आफ्नो गवाहीमा दृढ रहन आफ्नो जीवन बलिदान गर्न सक्छ भने, यसले परमेश्वरको अनुमोदन पाउँछ। ठीक प्रभु येशूलाई पछ्याउने चेलाहरूजस्तै। उनीहरू सबैले प्रभुको सुसमाचार प्रसार गर्नका लागि सतावट भोगे। तिनीहरूमध्ये केहीलाई घोडाहरूद्वारा टुक्रा-टुक्रा पारियो, केहीको शिर काटियो, केहीलाई ढुङ्गाले हानेर मारियो, र पत्रुसलाई परमेश्वरका लागि क्रूसमा उल्टो टाँगियो। उनीहरूले आफ्नो बहुमूल्य जीवन प्रयोग गरेर परमेश्वरको जोडदार गवाही दिए, र तिनीहरूको शरीर मरेको जस्तो देखिए पनि, तिनीहरूको आत्मा परमेश्वरकहाँ फर्कियो, र फरक तरिकाले बाँचिरह्यो। उनीहरूले आफ्नो जीवनको मूल्यमा शैतानलाई लज्जित पारे। यदि म प्रहरीको यातना भोगेर मारिनदेखि डराएकी, मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गरेकी र मण्डलीको जानकारी खुलाएकी, र परमेश्वरलाई धोका दिएर यहुदा बनेकी भए, मैले आफ्नो जीवन त जोगाउनेथिएँ तर ममा सत्यता अभ्यास गर्ने र परमेश्वरमा समर्पित हुने कुनै गवाही हुने थिएन। म शैतानको हाँसोको पात्र पनि बन्ने थिएँ। मेरो शरीर बाँचिरहनेथ्यो, तर परमेश्वरको नजरमा म मरेकाहरूमध्येकी हुने थिएँ, र अन्तमा, म अझै पनि नरकमा दण्डित हुने थिएँ। मैले मृत्युको अर्थ छर्लङ्गै देखिनँ र आफ्नो दयनीय अस्तित्व लम्ब्याउन शैतानसँग सम्झौता गरेँ। अनन्त दण्डबाट मेरो आत्माले भोगेको सास्ती शारीरिक कष्टभन्दा अझ धेरै पीडादायी छ। यदि म आफ्नो गवाहीमा दृढ रहन र परमेश्वरलाई महिमित पार्नका लागि आफ्नो जीवन बलिदान गर्न सक्थेँ भने, म साँच्चै मानवका रूपमा जिइरहेको हुने थिएँ। आफ्नो मननमा, मैले मेरो असफलताको अर्को कारण पनि रहेको पत्ता लगाएँ। मलाई लाग्थ्यो, केही महत्त्वहीन कर्तव्य पूरा गर्ने केही ब्रदर-सिस्टर वा भर्खरै पक्राउ परेर छुटेका ती ब्रदर-सिस्टरहरूलाई घात गर्दा मण्डलीको हितमा ठूलो हानि हुनेछैन, तर यो दृष्टिकोण भ्रामक थियो। यदि मेरो धोकाले गर्दा ब्रदर-सिस्टरहरू पक्राउ परे र त्यसपछि उनीहरूले यातना सहन सकेनन् भने, उनीहरूले अरूलाई घात गर्न सक्थे, र त्यसपछि थप ब्रदर-सिस्टरहरू पक्राउ पर्न सक्थे। यो ठ्याक्कै शैतानले चाहेको कुरा हो। शैतानको उद्देश्य धम्की र परीक्षा प्रयोग गरेर अझ धेरै ब्रदर-सिस्टरलाई एक-अर्कालाई घात गर्न लगाउनु हो, जसले गर्दा अझ धेरै मानिसले परमेश्वरलाई इन्कार र अस्वीकार गरून्, र फलस्वरूप अन्ततः मानिसहरूले परमेश्वरको प्रतिरोध गरेको कारण उहाँद्वारा गरिने विनाशको सामना गरून्, र मुक्तिको मौका पूर्ण रूपमा गुमाऊन्। वास्तवमा, जुनसुकै ब्रदर वा सिस्टरलाई घात गरिए पनि, यो कार्य प्रकृतिमा नै यहुदा बन्नु हो, जसले परमेश्वरको स्वभावलाई चिढ्याउँछ, र यो परमेश्वरको नजरमा कहिल्यै नमेटिने दाग हो। यो महसुस गरेपछि, मैले सीसीपीलाई अझ बढी घृणा गरेँ, र आफूले सत्यता नबुझेको र यति दयनीय भएकोमा आफैलाई पनि घृणा गरेँ।
पछि, मैले आफ्ना अपराधलाई कसरी व्यवहार गर्ने र परमेश्वरको सहनशीलता प्राप्त गर्न सक्ने तरिकाले कसरी अभ्यास गर्ने भनेर खोजेँ। मैले परमेश्वरका वचनहरूको एक खण्ड पढेँ: “परमेश्वरमार्फत तैँले कसरी माफी र क्षमादान पाउन सक्छस्? यो कुरा तेरो हृदयमा निर्भर हुन्छ। यदि तैँले इमानदारीपूर्वक पश्चात्ताप गर्छस्, साँच्चिकै आफ्नो गल्ती र समस्या पहिचान गर्छस्, आफूले गरेको कुरा—चाहे त्यो अपराध होस् वा पाप—पहिचान गर्छस्, साँचो स्वीकारको मनोवृत्ति अपनाउँछस्, आफूले गरेको कुराप्रति साँच्चै घिन मान्छस्, र साँच्चिकै आफूलाई परिवर्तन गर्छस्, र तैँले फेरि त्यस्तो गलत काम गर्दैनस् भने, अन्ततः त्यस्तो दिन आउनेछ, जब तैँले परमेश्वरको माफी र क्षमादान प्राप्त गर्नेछस्, अर्थात् त्यसउप्रान्त परमेश्वरले तैँले पहिले गरेका अज्ञानी, मूर्ख, र फोहोरी कुराहरूको आधारमा तेरो परिणाम निर्धारण गर्नुहुनेछैन। तँ यो स्तरमा पुगेपछि, परमेश्वरले त्यो मामिला पूर्ण रूपमा बिर्सिदिनुहुनेछ; अनि तँ अरू सामान्य मानिसहरूजस्तै हुनेछस्, र तिनीहरूसँग तेरो कुनै भिन्नता हुनेछैन। तर यसको आधार के हो भने, तँ दाऊदजस्तै इमानदार हुनुपर्छ र तँमा पश्चात्तापको साँचो मनोवृत्ति हुनुपर्छ। दाऊदले आफूले गरेका अपराधहरूप्रति कति धेरै आँसु झार्यो? अनगिन्ती आँसु। ऊ कति पटक रोयो? अनगिन्ती पटक। उसले झारेको आँसुलाई यी शब्दहरूद्वारा व्याख्या गर्न सकिन्छ: ‘हरेक रात म आँसुको सागरमा सुत्छु।’ तेरो अपराध कति गम्भीर छ, मलाई थाहा छैन। यदि यो साँच्चिकै गम्भीर छ भने, सायद तँ तेरो ओछ्यान आँसुको आहाल बनुञ्जेल रुनुपर्छ होला—तैँले परमेश्वरको पापक्षमा प्राप्त गर्न सक्नुभन्दा पहिले तैँले त्यो स्तरसम्मको पापस्वीकार र पश्चात्ताप गर्नुपर्छ होला। यदि तैँले यसो गरिनस् भने, सायद परमेश्वरको नजरमा तेरो अपराध पापको रूपमै रहनेछ, र तँ त्यो पापबाट मुक्त हुनेछैनस्। त्यसपछि तँ समस्यामा हुनेछस् र यसबारेमा थप कुरा गर्नुको कुनै औचित्य हुनेछैन। … यदि तँ परमेश्वरको माफी प्राप्त गर्न चाहन्छस् भने, सबभन्दा पहिले तँ इमानदार हुनुपर्छ: एकतर्फ तँमा उत्कट पापस्वीकारको मनोवृत्ति हुनुपर्छ भने, अर्कोतर्फ तैँले आफ्नो इमानदारिता अघि सारेर आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ, नत्रभने कुरा गर्नुको कुनै अर्थ हुँदैन। यदि तँ यी दुई कुरा गर्न सक्छस् भने, यदि तैँले परमेश्वरले तेरो पाप माफ गर्नुहोस् भनेर परमेश्वरलाई आफ्नो इमानदारिता र असल विश्वासले मनाउन सक्छस्, र परमेश्वरलाई तेरो पाप माफ गराउन सक्छस् भने, तँ अरू मानिसहरूजस्तै हुनेछस्। परमेश्वरले तँलाई अरू मानिसहरूलाई जस्तै हेर्नुहुनेछ, अरू मानिसहरूलाई जस्तै व्यवहार गर्नुहुनेछ, र अरू मानिसहरूलाई जस्तै न्याय र सजाय, अनि जाँच र शोधन गर्नुहुनेछ—तँलाई फरक व्यवहार गरिनेछैन। यस तरिकाले तँसँग सत्यता पछ्याउने सङ्कल्प र इच्छा मात्रै हुनेछैन, तेरो सत्यता पछ्याउने कार्यमा परमेश्वरले पनि तँलाई त्यसरी नै अन्तर्दृष्टि, अगुवाइ, र भरणपोषण प्रदान गर्नुहुनेछ। अब तँसँग इमानदार र सच्चा इच्छा, अनि उत्कट मनोवृत्ति हुने हुनाले, परमेश्वरले अवश्यै तँलाई अरूलाई भन्दा फरक व्यवहार गर्नुहुनेछैन, र अरूले जस्तै, तैँले पनि मुक्ति पाउने मौका पाउनेछस्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वरले मानिसहरूका अपराधलाई कसरी व्यवहार गर्नुहुन्छ भनी बुझेँ। परमेश्वर मानिसहरूले आफूले गरेका पापहरूलाई साँच्चै घृणा गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूले आफ्नो हृदयबाट साँच्चै परमेश्वरसामु पश्चात्ताप गर्न, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका निम्ति सत्यता सिद्धान्तहरू खोज्न सक्छन् कि सक्दैनन् भन्ने कुरा हेर्नुहुन्छ। परमेश्वर मानिसहरूका दुष्ट कार्यहरूलाई घृणा गर्नुहुन्छ, तर उहाँ तिनीहरूको पश्चात्तापी हृदयलाई पनि कदर गर्नुहुन्छ। प्रभु येशूको कष्टको समयमा उहाँलाई तीन पटक इन्कार गरेका पत्रुसजस्तै; पछि, उनले प्रभु येशूका वचनहरू सम्झिए र आफ्नो कार्यप्रति पछुतो गरे, र प्रभु येशूसँग कबुल र पश्चात्ताप गर्दा भक्कानिएर रोए। त्यसपछि, उनले मण्डलीको गोठालो गर्ने बोझ उठाउन प्रभु येशूको महान् आज्ञा स्वीकार गरे, र अन्तमा, परमेश्वरका लागि क्रूसमा उल्टो टाँगिएर, उनले उहाँप्रतिको आफ्नो प्रेमको गवाही दिए। पत्रुसले परमेश्वरसामु साँचो पश्चात्ताप गरे र उनी उहाँद्वारा सिद्ध पारिए। दाऊदले व्यभिचार गरेको घटना पनि थियो। परमेश्वरको धर्मी स्वभाव उनीमाथि आइपर्यो, जसले गर्दा उनको परिवारमा निरन्तर प्रकोपहरू आइरहे। उनले परमेश्वरसामु गुनासो गरेनन् बरु परमेश्वरलाई चिढ्याउन गरेका कामको पछुतो माने, र उनी यति धेरै रोए कि उनको ओछ्यान आँसुले भिज्यो। उनको वृद्धावस्थामा, एक युवतीले उनको ओछ्यान न्यानो पार्न सेवा गरिन्, तर उनले उसलाई छुँदा पनि छोएनन्। दाऊदले परमेश्वरसामु साँचो पश्चात्ताप गरे। म पत्रुस र दाऊदको उदाहरण पछ्याउन र इमानदारीपूर्वक परमेश्वरसामु स्वीकार र पश्चात्ताप गर्न इच्छुक थिएँ। मैले पश्चात्ताप गर्न परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो दिक्दारीको भावनाले मलाई धेरै वर्षदेखि बाँधेको छ, र यो मैले सत्यता पछ्याउन नसकेको र तपाईँप्रतिको मेरो गहन गलत बुझाइको कारणले भएको हो, र साथै सत्यता नखोज्ने कुरामा मेरो आफ्नै भावशून्यताको कारणले पनि भएको हो। तपाईँका वचनहरू पढेपछि, मैले तपाईँको अभिप्राय बुझेकी छु। म तपाईँका मागअनुसार काम गर्न चाहन्छु, तपाईँलाई अबदेखि गलत बुझ्न चाहन्न, र तपाईँसामु साँच्चै पश्चात्ताप गर्न चाहन्छु।” त्यसपछि, मैले आफ्ना ब्रदर-सिस्टरहरूसँग सङ्गतिमा आफ्नो अपराधबारे खुलेर कुरा गरेँ, र आफ्नो असफलताको जडको चिरफार गरेँ। मण्डलीले मेरो लागि नयाँ विश्वासीहरूलाई मलजल गर्ने बन्दोबस्त गर्यो, र मैले लगनशीलताका साथ आफूलाई सत्यताले सुसज्जित गरेँ। नयाँ विश्वासीहरूलाई मलजल गर्दा कठिनाइहरूको सामना गर्दा, मैले परमेश्वरलाई प्रार्थना गरेँ, उहाँमा भर परेँ, र सत्यता सिद्धान्तहरू खोजेँ। मैले पटक-पटक परमेश्वरको मार्गदर्शन देखेँ। म धेरै प्रभावित भएँ। मैले गम्भीर अपराध गरेकी भए पनि, जब म कठिनाइहरू आइपर्दा परमेश्वरमा भर परेँ, उहाँले अझै पनि मलाई मार्गदर्शन र अन्तर्दृष्टि दिनुभयो, जसले गर्दा मैले पवित्र आत्माको काम र मार्गदर्शन अनुभव गर्न पाएँ। मैले साँच्चै पश्चात्ताप गरेसम्म, परमेश्वरले मलाई वास्तविक मद्दत प्रदान गर्नुहुनेछ भन्ने देखेँ। मेरो हृदय परमेश्वरप्रति निरन्तर कृतज्ञताले भरियो। सत्यता खोजेर र परमेश्वरका वचनहरू पढेर, म बिस्तारै आफ्नो दिक्दारीको भावनाबाट बाहिर निस्केँ, र आफ्नो अपराधलाई सही तरिकाले व्यवहार गर्न सक्षम भएँ।
यो सबैबाट गुज्रिएपछि, मैले के महसुस गरेँ भने, परमेश्वरले मानिसहरूसँग गर्ने व्यवहार आमाबुबाले आफ्ना छोराछोरीहरूसँग गर्ने व्यवहार जस्तै हो। छोराछोरीहरू विद्रोही हुँदा वा उनीहरूले गल्ती गर्दा, आमाबुबाले उनीहरूलाई निरन्तर आलोचना र गाली मात्र गर्दैनन् बरु उनीहरू सही मार्गमा हिँड्न सकून् भन्ने आशामा उनीहरूलाई धैर्यताका साथ मार्गदर्शन गर्छन्। जब परमेश्वरले मानिसहरूमा अपराध देख्नुहुन्छ, तब उहाँका कठोर वचनहरूमा न्याय, खुलासा, दोषारोपण र सजाय भए पनि, उहाँले मानिसहरूले सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न सकून् भन्ने आशामा साँचो पश्चात्ताप हासिल गर्न अपराधहरू कसरी समाधान गर्ने भनेर पनि देखाउनुहुन्छ। मानवजातिप्रतिको परमेश्वरको प्रेम कति महान् छ! परमेश्वरलाई धन्यवाद! मैले पूर्णतया परमेश्वरको मार्गदर्शनले गर्दा नै यी बुझाइहरू प्राप्त गर्न सकेकी हुँ।