३६. अब मलाई आफ्नी छोरीसँग कसरी उचित व्यवहार गर्ने भन्ने थाहा छ

सु सिन, चीन

मेरा आमाबुबाको पढाइ धेरै थिएन र उहाँहरू कडा शारीरिक श्रम मात्र गर्न सक्नुहुन्थ्यो, त्यसैले उहाँहरूले मेरो दाइ र मेरो पढाइलाई धेरै महत्त्व दिनुभयो, र हामीलाई स्कुल पठाउन उहाँहरूले अलिअलि गर्दै पैसा बचत गर्नुभयो। मेरी आमा प्रायः भन्नुहुन्थ्यो, उहाँका बुबाले उहाँलाई स्कुल जान दिनुभएको थिएन, त्यसैले उहाँसँग गृहिणी भएर जीवन बिताउनुको विकल्प थिएन, र उहाँ हामीलाई उहाँजस्तै नबन्न भन्नुहुन्थ्यो। उहाँ हामीलाई कलेज पठाउनका लागि सबै कुरा त्याग्न तयार हुनुहुन्थ्यो, ताकि भविष्यमा हामी राम्रो जागिर पाउन सकौँ। मेरो दाइ एउटा उत्कृष्ट हाइस्कुलमा भर्ना हुनुभएपछि, घरमा हाम्रो आर्थिक अवस्था केही कमजोर भए तापनि, मेरा आमाबुबाले अरूलाई भनेर मेरो दाइका लागि सबै प्रकारका अध्ययन सामग्री र थप किताबहरू किनिदिनुभयो। मेरो सवालमा भने, मलाई हाइस्कुलमा भर्ना हुन थोरै अङ्क मात्रै कम भयो, त्यसैले मेरा आमाबुबाले मलाई हाइस्कुल पठाउन ७,००० युआनभन्दा बढी खर्च गर्नुभयो। ग्य्राजुएसनपछि, मैले एउटा सीप सिकेँ र एउटा सानो पसल खोलेँ। आफ्नो वरपर अरू उस्तै पसलहरू देख्दा, म धेरै दबाब महसुस गर्थेँ। मलाई बजारमा आफ्नो स्थान बनाउन वास्तवमै सजिलो छैन भन्ने लाग्यो। मैले मेरा आमाबुबा हाम्रो शिक्षाका लागि किन कडा परिश्रम गर्न तयार हुनुहुन्थ्यो भन्ने कुरा केही हदसम्म बुझेँ। यो त हामीले समाजमा अझ बलियो आधार बनाउन सकौँ भन्ने कारणले थियो। मैले यदि मेरा छोराछोरी भए भने, म एक कर्तव्यनिष्ठ आमा बन्नेछु, पैसा कमाउन कडा परिश्रम गर्नेछु, र मेरा छोराछोरीलाई राम्रोसँग पढ्न संवर्धन गर्नेछु भन्ने सोचेँ।

विवाहपछि, मेरी एउटी छोरी भई, र मैले सोचेँ, “मैले मेरी छोरीलाई सुरुवातमै पछि पर्न दिनु हुँदैन। मैले उसलाई जन्म दिएकी हुनाले, मैले आमाको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, उसलाई उचित रूपमा संवर्धन गर्नुपर्छ, र उसको भविष्यको योजना बनाउन र बाटो खोल्न सक्दो प्रयास गर्नुपर्छ। यसो गर्दा, उसले राम्रो जागिर पाउन सक्नेछे र आधारभूत कुराहरूको चिन्ता नगरी जीवन बिताउन सक्नेछे। यदि मैले अहिले नै उसको भविष्यका निम्ति तयारी गरिनँ भने, यो आमाको रूपमा मेरो गैरजिम्मेवारीपन हुनेछ।” मेरो बच्चा भर्खर बोल्न सिक्दै गर्दा, म उसलाई कथाहरू सुनाउँथेँ, शास्त्रीय कविताहरू पढेर सुनाउँथेँ, र उसलाई अक्षरहरू चिन्न सिकाउँथेँ, र म उसका लागि बालबालिकाका अङ्ग्रेजी सिक्ने कार्यक्रमहरू पनि बजाइदिन्थेँ। मेरी छोरी चाँडै बोल्न थाली, र सानै उमेरदेखि नै, ऊ कथाका किताबहरू आफैँ पढ्न सक्थी। उसलाई यति चलाक देखेर, मलाई उसलाई उचित रूपमा संवर्धन गर्ने कुरामा अझ बढी आत्मविश्वास भयो, र यदि ऊ सफल भई भने, उसले मलाई आमाको रूपमा गर्व महसुस गराउनेछे भन्ने सोचेँ।

मेरी छोरी किन्डरगार्टेन जान थालेपछि, मलाई बच्चाको बौद्धिक विकासका लागि प्रारम्भिक शिक्षा धेरै महत्त्वपूर्ण हुन्छ भन्ने लाग्यो, त्यसैले मैले उसका लागि मानसिक गणितमा ध्यान दिने एउटा किन्डरगार्टेन होसियारीपूर्वक छानेँ, र मेरो बच्चामा सन्तुलन र शारीरिक सुन्दरता होस् भनेर सुनिश्चित गर्न, मैले पाँच वर्षको उमेरमा उसलाई नृत्य कक्षामा भर्ना गरिदिएँ। उसले प्राथमिक विद्यालय सुरु गर्ने बेला, मैले उसका लागि सबैभन्दा राम्रो स्कुल खोज्न कसैलाई आग्रह गरेँ, र मैले उसले राम्रो योग्यता भएका र उच्च गुणस्तरका कक्षाहरू सञ्चालन गर्ने कक्षा शिक्षक पाओस् भन्ने सुनिश्चित गरेँ। छोरीलाई स्कुल पठाउन मैले पैसा कमाउन कडा परिश्रम गरेँ। म बिहानदेखि रातिसम्म काम गर्थेँ, र म प्रायः अनियमित समयमा खाना खान्थेँ। कहिलेकाहीँ त, म दिनमा एक छाक मात्र खान्थेँ। हरेक पटक मेरी छोरी स्कुलबाट घर आउँदा, म उसलाई गृहकार्य सक्न हतार गराउँथेँ र त्यसपछि म त्यो चेक गर्थेँ, र यदि मैले एउटा मात्र गल्ती भेट्टाएँ भने, म उसलाई सजायको रूपमा थप दशवटा प्रश्नहरू हल गर्न लगाउँथेँ। कहिलेकाहीँ म छोरीसँग बाटोमा हिँड्दा, हामी मानिसहरूले फोहोर टिपिरहेको देख्थ्यौँ, र म बिस्तारै छोरीलाई भन्थेँ, “यदि तैँले राम्रोसँग पढिनस् भने, आखिरमा तैँले गर्ने काम यही हो। के तँ यही चाहन्छेस्?” अनि ऊ केवल टाउको हल्लाउँथी। पछि, मैले मेरी छोरीलाई सङ्गीत साह्रै मन पर्छ, र जुनसुकै गीत भए पनि, उसले दुई पटक सुनेपछि नै गाउन सक्छे भन्ने थाहा पाएँ। मैले मनमनै सोचेँ, “उसको स्वर अझैपनि बच्चाकै जस्तो छ, त्यसैले उसका लागि गायन सिक्न अलि हतार हुन सक्छ। बरु म उसलाई पहिले एउटा बाजा सिक्न लगाउँछु ताकि उसले सङ्गीत पढ्न सकोस्। त्यसो भयो भने, यदि पछि उसले सङ्गीतमा निरन्तरता दिन चाहेमा सजिलो हुनेछ।” त्यसैले, ऊ दुई कक्षामा हुँदा, मैले उसलाई गुझङ कक्षामा भर्ना गरिदिएँ। सुरुमा, उत्सुकताका कारण, मेरी छोरी गुझङ सिक्न राजी भई, तर हरेक दिन गुझङको अगाडि बसेर, विभिन्न औँलाका चालहरू अभ्यास गर्दा र एकोहोरो स्वरहरू बजाउँदा, ऊ अनिच्छुक भई। ऊ प्रायः मुख बिगार्थी र आँसुले भरिएका आँखाले मलाई हेर्दै भन्थी, “आमा, मलाई अब अभ्यास गर्न मन छैन। म एकछिन खेल्न चाहन्छु।” तर म उसलाई अभ्यास जारी राख्न फकाउँथेँ, र मेरी छोरीसँग रुँदै अभ्यास गर्नुको विकल्प हुँदैनथ्यो। उसले आफूमाथि अन्याय भएको महसुस गरेको देख्दा मलाई पनि नराम्रो लाग्थ्यो। विशेष गरी जब म मेरी छोरीका कलिला औँलाहरूमा उचेरा गएको देख्थेँ, मेरो मन छियाछिया हुन्थ्यो। म पनि आफ्नी छोरीलाई स्वतन्त्र रूपमा खेल्न दिन चाहन्थेँ, तर समाज व्यावहारिक सफलता-केन्द्रित र यति निष्ठुर छ कि, राम्रो शिक्षा वा सीपविना, उसले समाजमा कसरी गरिखान सक्ली र? सबै बच्चाहरूले कडा परिश्रम गरिरहेका थिए, र म मेरी छोरीलाई अल्छी गर्न दिन सक्दिनथेँ। यदि ऊ पछि गएर सबैभन्दा तल पर्न नचाहने हो भने, उसले अहिले कडा परिश्रम गर्नैपर्थ्यो, र मैले उसको निगरानी कडाइका साथ गर्नुपर्थ्यो र जिम्मेवारी लिनुपर्थ्यो। म केवल मेरी छोरीले आमाको रूपमा मेरो श्रमसाध्य विचारशीलता बुझोस् भन्ने आशा गर्थेँ। पछि, म प्रायः छोरीलाई भन्थेँ, “हेर्, अहिले समाजमा प्रतिस्पर्धा तीव्र छ, र यदि तेरो शिक्षा राम्रो छैन, र तँसँग कुनै विशेष सीप छैन भने, तँलाई सबैभन्दा तल्लो स्तरमा रहेको भनेर हेपिनेछ। आमा तँ गुझेङ सिक् भन्ने चाहन्छे, ताकि भविष्यमा तँसँग रोजगारीका अझ बढी विकल्पहरू हुन सकून्। तैँले मलाई अहिले नबुझ्लिस्, तर ठूली भएपछि बुझ्नेछस्।” हार मान्दै, मेरी छोरी भन्थी, “आमा, के तपाईँ मलाई कचकच गर्न बन्द गर्न सक्नुहुन्छ? म आफूले कुनै कुरा छनौट गर्न पाउँदिनँ। मैले खालि तपाईँले भनेका सबै कुरा गर्नुपर्छ।” आफ्नी छोरीलाई यस्तो देख्थेँ, कहिलेकाहीँ म आफैँलाई सोध्थेँ, “के यो साँच्चै सही कुरा हो त?” त्यतिबेला, मैले परमेश्‍वरलाई पाइसकेकी थिएँ, र एउटी सिस्टरले पनि मसँग सङ्गति गरिन्, र भनिन् हामीले आफ्ना छोराछोरीबाट धेरै अपेक्षा गर्नु हुँदैन, र केवल आमाबुबाको रूपमा आफ्नो भागको जिम्मेवारी पूरा गर्नुपर्छ, र हाम्रा छोराछोरी सफल हुन्छन्-हुन्नन् वा उनीहरूको भविष्य राम्रो हुन्छ-हुँदै भन्ने कुरा आमाबुबाको हातमा हुँदैन, र यो सबै परमेश्‍वरको पूर्वनियोजनको भाग हो, र हामीले सबै कुरा परमेश्‍वरमै सुम्पनुपर्छ। मलाई लाग्थ्यो समाजमा यति तीव्र प्रतिस्पर्धा छ, यदि कुनै व्यक्तिसँग राम्रो शिक्षा वा विशेष प्रतिभा छैन भने, उसलाई आफ्नो स्थान बनाउन एकदमै गाह्रो हुन्छ। मेरी छोरी निकै प्रतिभाशाली थिई, र यदि मैले उसलाई उचित रूपमा संवर्धन गरिनँ भने, के उसले ठूली भएपछि मलाई आमाको रूपमा गैरजिम्मेवार भएको भनेर दोष थिइन र? मैले आफ्नी सिस्टरको सल्लाहलाई गम्भीरतापूर्वक लिइनँ, र मैले आफ्नै योजनाअनुसार छोरीलाई संवर्धन गर्न जारी राखेँ।

मेरी छोरीले गुझङ सिक्दै गर्दा, मैले उसलाई अङ्ग्रेजी र लेखनजस्ता अन्य कक्षाहरूमा पनि भर्ना गरिदिएँ। सप्ताहन्त र बिदाहरू मेरी छोरीका लागि सबैभन्दा व्यस्त समय हुन्थे, र हरेक दिन एउटा कक्षा सकेर अर्कोमा हतारिँदै जाँदा ऊ एउटा ठाउँबाट अर्को ठाउँमा दौडिरहेकी छे जस्तो लाग्थ्यो। हरेक पटक मेरी छोरी तल बच्चाहरू खेलिरहेका देख्दा, ऊ उनीहरूलाई चाहना र ईर्ष्याले हेर्थी, र भन्थी, “आमा, म पनि अरू बच्चाहरूजस्तै बाहिर गएर खेल्न चाहन्छु। के हामीले आइतबार बिदा पाउनुपर्ने होइन र? तर म स्कुलको दिनभन्दा अहिले बढी व्यस्त छु। म कहिले आफूलाई थकाउन छोडेर आफूले चाहेको कुरा गर्न पाउँछु?” म दिक्दार मान्दै भन्थेँ, “मलाई थाहा छ तँ थाकेकी छेस् र तँ आराम गर्न र रमाइलो गर्न चाहन्छेस्, तर यदि तँ खेल्न थालिस् भने, अरू बच्चाहरू कडा परिश्रम गरिरहेका हुनेछन्, र तँ पछि पर्न सक्छेस्। यदि तँ राम्रो भविष्य चाहन्छेस् भने, तैँले अहिले कडा परिश्रम गर्नुपर्छ। तँ अझै सानी छेस् र त्यसैले समाजमा प्रतिस्पर्धा कति तीव्र छ भन्ने बुझ्दिनस्। तँ ठूली भएपछि बुझ्नेछस्।” मैले उसलाई पढ्नका लागि प्रोत्साहित गर्न सबै प्रकारका विधिहरू अपनाएँ। मेरी छोरीले मेरा अपेक्षाहरू पूरा गर्न कडा परिश्रम गरी, र उसको लेखन स्थानीय पत्रिकामा प्रकाशित भयो। उसले गुझङ राम्ररी सिकी र प्रायः प्रस्तुति दिने र प्रतियोगिताहरूमा भाग लिने गर्थी, र ऊ प्रायः नृत्य कार्यक्रमहरूमा पनि प्रस्तुति दिन्थी। छोरीको सफलता देखेर मलाई सन्तुष्टि मिल्थ्यो र मेरा प्रयासहरू सही छन् भन्ने लाग्थ्यो। मलाई लाग्थ्यो यदि मेरी छोरीको भविष्य राम्रो भयो भने, मैले आमाको रूपमा मेरा जिम्मेवारीहरू पूरा गरेकी हुनेछु।

पछि, मेरी छोरी निम्न माध्यामिक स्कुलमा पुगी, र मैले उसका लागि उच्च शैक्षिक सफलता दर भएका कक्षा शिक्षक खोजेँ। उसको पढाइमा ढिलाइ नहोस् भनेर सुनिश्चित गर्न, मैले मेरी छोरीले स्कुलमा अन्तरक्रिया गर्ने सबै सहपाठीहरूको छानबिन गरेँ, किनकि कम पढ्ने साथीहरूको सङ्गतले उसको सिकाइमा असर गर्छ कि भन्ने मलाई डर थियो। मेरी छोरी प्रायः मसँग गुनासो गर्थी, “म पिँजडाको चरा जस्तै भएकी छु। मलाई कुनै स्वतन्त्रता छैन। हरेक दिन म स्कुलबाट घर, र घरबाट ट्युसन कक्षा मात्र गरिरहन्छु। मैले गर्ने भनेको पढ्ने, पढ्ने र पढ्ने मात्र हो। आमा, के तपाईँलाई त्यो कुराले कस्तो महसुस हुन्छ भन्ने थाहा छ? म स्वतन्त्र हुन चाहन्छु। हाम्रो एकुरियमका माछाहरूलाई पनि मलाई भन्दा बढी स्वतन्त्रता छ। कम्तीमा तिनीहरू त्यो ठूलो ट्याङ्कीमा यताउता पौडिन त सक्छन्। मसँग त त्यति ठाउँ पनि छैन।” हरेक पटक मेरी छोरीले यसरी गुनासो गर्दा, मलाई भित्रभित्रै पीडा हुन्थ्यो। मलाई ऊ दुःखी छे भन्ने थाहा थियो, तर समाजमा यति तीव्र प्रतिस्पर्धा रहेको हुँदा, म अरू के नै गर्न सक्थेँ र? म केवल धैर्यपूर्वक उसलाई सम्झाउने प्रयास गर्थेँ, “मैले तँलाई स्वतन्त्रता दिन नचाहेकी होइन; कुरा कति मात्र हो भने यदि तैँले अहिले कडा परिश्रम गरिनस् भने, तँ जीवनमा कसरी अघि बढ्लिस्? तँ अझै समाजमा प्रवेश गरेकी छैनस्, त्यसैले प्रतिस्पर्धा कति कठोर छ भन्ने तँ बुझ्दिनस्। मैले त्यो अनुभव गरेकी छु, र म यो तेरै भलाइका लागि गर्दै छु।” हरेक पटक मेरी छोरी यो कुरा सुन्दा चुपचाप बस्थी। बिस्तारै, मैले मेरी छोरी कम बोल्दै छे भन्ने देखेँ, र जब ऊ स्कुलबाट घर आउँथी, ऊ आफूलाई कोठामा थुन्थी। मैले सोचेँ सायद ऊ किशोरावस्थाको विद्रोही चरणबाट गुज्रिँदै छे, र यो समयसँगै ठिक हुँदै जानेछ।

तर मैले नसोचेको कुरा, एक दिन ऊ मिडिल स्कुलको तेस्रो वर्षमा हुँदा, केही शब्द बोल्नेबित्तिकै हाम्रो कुराकानी पूर्ण रूपमा बिग्रियो। म छोरीलाई कहिलेकाहीँ फोन चलाएको देख्थेँ, त्यसैले मैले उसलाई भनेँ, “अहिले तेरो पढाइ धेरै कडा छ र हाइस्कुलको प्रवेश परीक्षा नजिकिँदै छ। तैँले फोन कम चलाउनुपर्छ!” मेरी छोरीले भनी, “म त ब्रेकको बेला एकछिन मात्र हेर्दै छु।” मैले थपेँ, “फोन हेरेर तँलाई के फाइदा हुन्छ! यसले तेरो पढाइमा बाधा मात्र पुऱ्याउँछ!” ऊ एकछिन चुप लागी, र अचानक रुँदै मसँग चिच्याई, “मैले किन तपाईँले भनेका सबै कुरा मान्नुपर्ने? के तपाईँले कहिल्यै यसबारे सोच्नुभएको छ? के तपाईँले म सानो छँदादेखि अहिलेसम्म मलाई कहिल्यै स्वतन्त्रता दिनुभएको छ? तपाईँले मेरो सम्पूर्ण जीवनमा सबै कुरा नियन्त्रण गर्दै मलाई आफ्नो इशारामा नचाउनुभएको छ। तपाईँले मेरो स्कुल छान्नुभयो, तपाईँले मेरा प्राथमिक र निम्न माध्यामिक स्कुलका कक्षा शिक्षकहरू छान्नुभयो, तपाईँले मलाई नृत्य, गुझङ, लेखन, अङ्ग्रेजी सिक्न र अन्य सबै प्रकारका अतिरिक्त कक्षाहरू पढ्न लगाउनुभयो, र मैले तपाईँले भनेका सबै कुरा मान्नुपर्छ! के तपाईँले कहिल्यै मेरा भावनाहरूको ख्याल गर्नुभएको छ? तपाईँ मलाई साँच्चै माया त गर्नुहुन्छ? म तपाईँलाई देख्न पनि चाहन्नँ!” त्यो रात, मेरी छोरी घरबाट भागी। त्यो क्षणमा, म झन्डै टुटिसकेकी थिएँ। मैले बुझ्न सकिनँ; के मैले उसका लागि गरेको हरेक कुरा उसकै भलाइका लागि थिएन र? मेरी छोरीले मेरो हृदयको कुरा किन बुझिन? उसलाई केही होला कि भनेर म चिन्ताले पागल जस्तै भएँ, त्यसैले मैले हतारहतार उसका नजिकका साथीहरूलाई ऊ कहाँ छे भनेर सोध्न फोन गरेँ। उनीहरू सबैले थाहा छैन भने। मेरो मुटु घाँटीमै आएको जस्तो भयो। ऊ कहाँ गएकी होली? कतै उसले आवेशमा आएर केही गरिहाली कि? यदि उसलाई केही भयो भने, म आफैँले आफैँलाई कसरी माफ गर्न सकूँला र? म असहाय भएर रोएँ र परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, मेरी छोरी रिसाएर भागेकी छे, र उसलाई केही होला कि भनेर म डराएकी छु। परमेश्‍वर, कृपया मेरो हृदयलाई शान्त राख्न मद्दत गर्नुहोस्। मलाई यो परिस्थिति तपाईँद्वारा अनुमति दिइएको हो भन्ने थाहा छ, तर मैले यसबाट के पाठ सिक्नुपर्छ भन्ने म बुझ्दिनँ। कृपया मलाई तपाईँको अभिप्राय बुझ्न मार्गदर्शन गर्नुहोस्।”

तीन वा चार दिनपछि, मेरी छोरीले घर आउन नचाहेको र उनले सबैभन्दा भेट्न नचाहेको व्यक्ति म नै हुँ भन्ने खबर पठाई। यो सुन्दा, मलाई मुटुमा छुरा रोपेको जस्तो भयो, र मेरा आँखाबाट आँसुका धारा बगे। मैले सधैँ आफूलाई एक जिम्मेवार र कर्तव्यनिष्ठ आमा ठानेकी थिएँ, र मेरी छोरी जन्मिएपछि, मैले उसका लागि सबै कुराको योजना बनाएकी थिएँ, ताकि ऊ कुनै समस्याविना हुर्कोस् र भविष्यमा राम्रो जागिर पाओस्। तर मैले उसका लागि गरेका, सबै कुराको बदलामा मैले उसको तिरस्कार र घृणा मात्र पाएँ। मलाई आमाको रूपमा म पूर्णतः असफल भएँ जस्तो लाग्यो। म प्रायः लुकेर एक्लै रुन्थेँ, र मेरा सबैभन्दा असहाय क्षणहरूमा, म आफ्नो भित्री पीडा र अन्योल परमेश्‍वरमाथि पोख्थेँ। त्यस क्षण, मैले परमेश्‍वरका नवीनतम वचनहरू पढेँ, जसमा उहाँ मानव जीवनका छ वटा मोडहरूको विषयमा सङ्गति गर्नुहुन्छ, र तुरुन्तै, तिनले मेरो हृदयको गाँठो फुकाइदिए। मैले परमेश्‍वरका वचनहरू पढेँ: “जन्म दिने र हुर्काउनेबाहेक, व्यक्तिको जीवनमा आमाबुबाले बोक्ने जिम्मेवारी भनेको उसलाई हुर्कनका लागि बाहिरी रूपमा वातावरण प्रदान गर्नु मात्रै हो, र त्यो त्यहीँ सकिन्छ, किनभने कुनै पनि व्यक्तिको भाग्यमा सृष्टिकर्ताको पूर्वनियोजनले मात्रै प्रभाव पार्छ। कसैको भविष्य कस्तो हुनेछ भन्‍ने कुरा कुनै पनि व्यक्तिले नियन्त्रण गर्न सक्ने कुरा होइन; यो धेरै अघि नै पूर्वनियोजित हुन्छ, र व्यक्तिका आमाबुबाले समेत उसको भाग्य परिवर्तन गर्न सक्दैनन्। भाग्यको हकमा, सबै जना स्वतन्त्र हुन्छन्; सबैको आफ्नै भाग्य हुन्छ। त्यसैले, कसैका आमाबुबाले उसको जीवनको भाग्यलाई पटक्कै विफल पार्न सक्दैनन्, न त उसले जीवनमा खेल्ने भूमिकाको हकमा तिनीहरूले उसलाई कुनै मद्दत नै गर्न सक्छन्। व्यक्ति जुनसुकै परिवारमा जन्मन पूर्वनियोजित भए पनि, र ऊ जुनसुकै वातावरणमा हुर्के पनि, यी कुराहरू उसको जीवनको मिसन पूरा गर्नुका पूर्वसर्तहरू भन्दा बढी केही होइनन् भन्न सकिन्छ। तिनले कुनै पनि हिसाबमा व्यक्तिको जीवनको भाग्य वा उसले आफ्नो मिसन पूरा गर्ने नियतिको प्रकारलाई निर्धारण गर्दैनन्। यसर्थ, कसैका पनि आमाबुबाले उसलाई उसको जीवनको मिसन पूरा गर्न सहयोग गर्न सक्दैनन्, न त कुनै नातेदारले उसलाई जीवनमा आफ्नो भूमिका पूरा गर्न मद्दत गर्न सक्छ। व्यक्तिले आफ्नो मिसन कसरी पूरा गर्छ र उसले कस्तो प्रकारको जियाइ वातावरणमा आफ्नो भूमिका लिन्छ भन्‍ने कुरा पूर्ण रूपमा उसको जीवनको भाग्यमा निर्भर हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, कुनै पनि वस्तुगत परिस्थितिहरूले सृष्टिकर्ताद्वारा पूर्वनियोजित कसैको मिसनलाई प्रभाव पार्न सक्दैनन्। सबै जना आफू हुर्केको विशेष वातावरणमा परिपक्वतामा पुग्छन्; त्यसपछि, एक-एक कदम गर्दै, तिनीहरू जीवनमा आफ्नै मार्गमा हिँड्न थाल्छन् र तिनीहरूका लागि सृष्टिकर्ताद्वारा प्रबन्ध गरिएको नियति पूरा गर्छन्। स्वाभाविक र स्वचालित रूपमा, तिनीहरू मानवजातिको विशाल सागरमा प्रवेश गर्छन् र जीवनमा आफ्नो स्थान ग्रहण गर्छन्, र, सृष्टिकर्ताको पूर्वनियोजनको खातिर र उहाँको सार्वभौमिकताको खातिर, तिनीहरूले सृजित प्राणीका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “जब व्यक्तिले आफ्‍ना आमाबाबुलाई छोडेर स्वतन्त्र बन्छ, तब उसले सामना गर्ने सामाजिक अवस्थाहरू, र उसको निम्ति उपलब्‍ध हुने कामको प्रकार र जीविका दुवैलाई उसको नियतिले तय गर्छ र उसको आमाबाबुसँग यसको कुनै सम्‍बन्ध हुँदैन। कतिपय मानिसहरूले कलेजमा राम्रो मुख्य विषय छान्छन् र स्नातक गरेपछि उत्कृष्ट जागिर पाउँछन्; तिनीहरूले जीवनको मार्गमा उत्कृष्ट सुरुवात गर्छन् भन्न सकिन्छ। अरू कतिले धेरै फरक-फरक सीपहरू सिक्छन् र तिनमा पोख्त हुन्छन्, तैपनि तिनीहरूले आफूलाई सुहाउने जागिर वा पद कहिल्यै भेट्टाउँदैनन्, तिनीहरूले आफ्नै करियर त झनै बनाउँदैनन्; यो भन्न सकिन्छ कि यस्ता मानिसहरूको जीवनको पहिलो कदम नै बाधा-अड्चन र कठिनाइहरूले भरिएको हुन्छ, तिनीहरूको भविष्य निराशाजनक र जीवन अनिश्चित हुन्छ। अरू कतिपय लगनशीलताका साथ अध्ययनमा लागिपर्छन्, तैपनि उच्च शिक्षा प्राप्त गर्ने हरेक अवसरलाई झिनो अन्तरले गुमाउँछन्; तिनीहरूको नियति नै कहिल्यै सफलता हासिल गर्न नसक्ने देखिन्छ—यो भन्न सकिन्छ कि तिनीहरूको जीवनको मार्गका सबैभन्दा पहिलो आशाहरू धुवाँझैँ उडेर जान्छन्। अगाडिको बाटो सहज छ कि चट्टानी छ भन्ने थाहा नपाएर, तिनीहरूले पहिलो पटक मानव नियति कति अप्रत्याशित छ भनी महसुस गर्छन्, र यसरी डर र अपेक्षाको मिश्रित भावले जीवनको सामना गर्छन्। अरू कतिपय त्यति धेरै शिक्षित हुँदैनन्, तैपनि तिनीहरूले पुस्तकहरू लेख्न सक्छन्, र केही हदसम्म ख्याति कमाउँछन्। अनि अरू कतिपय त लगभग पूर्ण रूपमा निरक्षर हुन्छन्, तैपनि तिनीहरूले व्यापारमा पैसा कमाउन सक्छन् र त्यसरी तिनीहरू आफूलाई पाल्न सक्षम हुन्छन्। … तिनीहरूको क्षमता र बौद्धिकतामा भिन्‍नताहरू भए पनि, र तिनीहरूमा सङ्कल्प भए पनि वा नभए पनि, सबै मानिसहरू भाग्यको अगाडि समान हुन्छन्, जहाँ तिनीहरूलाई ठूलो र सानो, उच्च र नीच, सम्मानित र तुच्छ भनेर छुट्याइँदैन। व्यक्ति कुन पेसामा संलग्न हुन्छ, उसले जीविकाका लागि के गर्छ, र जीवनमा ऊसँग कति धन छ भन्‍ने कुरा उसका आमाबुबा, उसको प्रतिभा, वा उसको प्रयास र महत्त्वाकाङ्क्षाहरूमा निर्भर हुँदैन—यो सृष्टिकर्ताको पूर्वनियोजनमा निर्भर हुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले बुझेँ, आमाबुबाका जिम्मेवारीअन्तर्गत आफ्ना छोराछोरीलाई जन्म दिने र हुर्काउने कार्य पर्छन्। तर उनीहरूको भाग्य, करियर, वा उनीहरू गरिब हुन्छन् कि धनी, यी कुराहरू आमाबुबाले बदल्न सक्ने कुरा होइनन्। परमेश्‍वरले कुनै व्यक्तिका लागि जस्तो भाग्य नियोजन गर्नुभएको छ, त्यो त्यही नै हुन्छ, र कसैले यसलाई बदल्न सक्दैन। मैले परमेश्‍वरको सार्वभौमिकता बुझिनँ, र मलाई लाग्थ्यो समाजको प्रतिस्पर्धा यति तीव्र भएकोले, समाजमा आफ्नो स्थान बनाउन, व्यक्तिसँग शिक्षा वा सीप हुनैपर्छ, नत्र उनीहरूले कष्टकर जीवन बिताउनुपर्नेछ, र यदि मैले मेरी छोरीलाई उचित रूपमा संवर्धन गरिनँ भने, मैले आमाको रूपमा आफ्नो जिम्मेवारी पूरा गरेकी हुनेछैनँ। मैले यो गलत दृष्टिकोण पक्रेर बसेकी हुनाले, मैले ऊ धेरै सानी छँदादेखि नै उसको भविष्यको योजना बनाउन थालेँ। मैले उसका लागि सबैभन्दा राम्रो किन्डरगार्टेन छानेँ र उसलाई विभिन्न सीपहरूका कक्षाहरूमा भर्ना गरिदिएँ, र जब अरू बच्चाहरू बाहिर खेलिरहेका हुन्थे, मेरी छोरी एउटा कक्षाबाट अर्को कक्षातिर दौडिरहेकी हुन्थी। सानो उमेरमै, ऊ बन्धनमा परी, र उसले रोबोटले जस्तै गरी दिनहरू बिताई। ऊ मैले बनाएको योजनाअनुसार एक-एक कदम गर्दै धकेलिँदै गई, र यसले गर्दा ऊ आफूले पाउनुपर्ने बाल्यकालको खुसी गुमाउन बाध्य भई। पैसा कमाउन म बिहानदेखि बेलुकासम्म काम गर्थेँ, त्यसैले लामो समयसम्म, मैले अनियमित समयमा खाना खाएँ, र यसले पेटको समस्या निम्त्यायो। मैले चुपचाप पीडा सहने मात्र गरिनँ, मैले मेरी छोरीलाई घरबाट भाग्न बाध्यसमेत पारेँ। यो सबै मैले परमेश्‍वरको सार्वभौमिकता बुझ्न असफल भएका कारण भएको थियो। मैले परमेश्‍वरमा विश्वास गरे तापनि, म शब्दमा मात्र उहाँको सार्वभौमिकतामा विश्वास गर्थेँ, र वास्तवमा, म परमेश्‍वरका वचनहरूमा साँचो रूपले विश्वास गर्दिनथेँ, र म परमेश्‍वरका मागहरूअनुसार मानिसहरू र कामकुरालाई हेर्ने, वा आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्दिनथेँ, जसले गर्दा मेरी छोरी र म दुवै थकित भयौँ र तन-मन दुवैमा कष्ट भोग्यौँ। मैले आफ्नी छोरीलाई शिक्षित गर्ने मेरो तरिका साँच्चै सही थियो कि थिएन भनेर कहिल्यै चिन्तन गरिनँ। के यसले साँच्चै मेरो बच्चाको भविष्य बदल्न सक्थ्यो र? जब मैले फर्केर सोचेँ, स्कुलमा मेरा अङ्कहरू नराम्रा थिएनन्, र मलाई लाग्थ्यो म शिक्षक तालिम दिने विश्वविद्यालयमा जान पाउँछु र भविष्यमा स्थिर जागिर पाउन सक्छु, तर अप्रत्यासीतरूपमा, म कलेजको प्रवेश परीक्षामा असफल भएँ र कतै पनि भर्ना हुन पाइनँ। ग्य्राजुएसनपछि, मैले एउटा सीप सिकेँ, र मैले सुरुमा कपडा उद्योग खोल्ने योजना बनाएँ, तर कपडा उद्योग राम्रो चलिरहेको थिएन, त्यसैले मैले करियर बदल्नुपर्‍यो र कपाल काट्ने सैलुन खोलेँ। म त्यसलाई विस्तार गर्ने सोचिरहेकी थिएँ, तर विभिन्न कारणहरूले गर्दा, मैले त्यो छोडिदिएँ। पाइला-पाइला गर्दै, म अहिलेको अवस्थामा आइपुगेकी थिएँ, र यी कुनै पनि कुरा मेरा योजनाअनुसार भएका थिएनन्। मैले आफ्नै भाग्य त बदल्न सकिनँ, अनि म कसरी आफ्नी छोरीको भाग्य बदल्न सक्थेँ र? मेरी छोरीको भाग्य ऊ जन्मिँदा नै परमेश्‍वरद्वारा नियोजन गरिसकिएको थियो, र भविष्यमा उसले कस्तो जागिर पाउनेछे र उसले राम्रो जीवन बिताउनेछे कि छैन, यी सबै परमेश्‍वरद्वारा नियोजन गरिसकिएको थियो। मैले जतिसुकै राम्ररी योजना बनाए पनि वा उसलाई जतिसुकै विस्तृत रूपमा संवर्धन र शिक्षित गरे पनि, म उसको भाग्य बदल्न सक्दिनथेँ। मैले परमेश्‍वरको सार्वभौमिकता वा नियोजन थाहा पाइनँ, र मलाई म उसको भाग्य बदल्न सक्छु भन्ने लाग्थ्यो। म साँच्चै दयनीय र अज्ञानी थिएँ। मैले मेरी छोरीका लागि गरेका सबै कुरा बाहिरबाट हेर्दा सही देखिन्थे, र म उसको भविष्यका योजना बनाउँदै थिएँ, तर वास्तवमा, म जे गर्दै थिएँ त्यसले आमाबुबाको जिम्मेवारीको सीमा नाघेको थियो। म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तविपरीत चलिरहेकी थिएँ!

त्यसपछि मैले परमेश्‍वरका वचनहरू पढेँ: “एउटा व्यक्ति कहाँ जानेछ, उसले के गर्नेछ, उसले कस्ता मानिस वा अवस्थाहरू सामना गर्नेछ, उसले के-कस्ता कुराहरू भन्‍नेछ, र हरेक दिन के हुनेछ—के यी उसले पूर्वानुमान गर्न सक्ने कुरा हुन्? यो भन्न सकिन्छ कि मानिसहरूले यी सबै घटनाहरूको भविष्यवाणी गर्न नसक्‍ने मात्र होइन, योभन्दा पनि बढी, तिनीहरूले परिस्थितिहरू कसरी विकसित हुनेछन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्दैनन्। मानिसहरूको दैनिक जीवनमा, यस्ता पूर्वानुमान गर्न नसकिने घटनाहरू नौलो हुँदै होइनन्, ती त आम रूपमा घट्ने घटना हुन्। यस्ता ‘दैनिक जीवनका सानातिना मामलाहरू’ सम्बन्धी घटनाहरू र ती विकसित हुने तरिका र नियमहरू मानिसहरूका लागि निरन्तर सम्झौटा हुन्: कुनै पनि घटना संयोग होइन; हरेक घटनाको विकासक्रम र अपरिहार्यतालाई मानव इच्‍छाद्वारा परिवर्तन गर्न सकिँदैन। आइपर्ने हरेक घटनाले मानवजातिलाई सृष्टिकर्ताको चेतावनी सुनाउँछ र यसले मानवले आफ्नै भाग्यलाई नियन्त्रण गर्न सक्दैन भन्‍ने सन्देश दिन्छ। यसका साथै, यो भाग्यलाई आफ्‍नै हातमा लिने मानिसहरूको निरर्थक महत्त्वाकाङ्क्षा र चाहनाविरुद्धको प्रतिप्रहार हो। यो प्रहार मानवजातिको अनुहारमा बारम्बार हानिएको शक्तिशाली झापड जस्तै हो, जसले मानिसहरूलाई तिनीहरूको भाग्यमाथि ठ्याक्कै कसले सार्वभौमिकता राख्छ र त्यसलाई कसले नियन्त्रण गर्छ भनी आत्मचिन्तन गर्न बाध्य पार्छ। अनि जब मानिसहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू बारम्‍बार धराशायी र चकनाचुर हुन्छन्, तब तिनीहरूसँग अचेतन रूपमै भाग्यका प्रबन्धहरूअनुसार चल्नु, साथै वास्तविकता, स्वर्गको इच्छा, र सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकार्नुको विकल्प नै हुँदैन(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “मानिसको दुःखान्त भनेको उसले खुसीयालीपूर्ण जीवन पछ्याउँछ भन्ने होइन, उसले ख्याति र लाभ पछ्याउँछ वा कुहिरोभित्र आफ्‍नै नियतिसँग सङ्घर्ष गर्छ भन्ने होइन, बरु उसले सृष्टिकर्ताको अस्तित्व देखिसकेपछि, मानव नियतिमाथि सृष्टिकर्ताले नै सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्य जानिसकेपछि, अझै पनि गलत मार्गबाट फर्किन सक्दैन, आफ्‍ना खुट्टाहरूलाई दलदलबाट तान्‍न सक्दैन, बरु आफ्‍नो हृदयलाई कठोर बनाउँछ र आफ्‍ना त्रुटिहरूमै दृढ रहन्छ भन्ने हो। ऊ त बरु हिलोमै लुटपुटिरहन्छ, सृष्टिकर्ताको सार्वभौमिकताविरुद्ध हठी भएर प्रतिस्पर्धा गर्छ, तीतो अन्त्य नआउन्जेल प्रतिरोध गर्छ, अलिकति पछुतोसमेत मान्दैन। जब ऊ टुट्छ र रक्ताम्मे हुन्छ, तब मात्र उसले अन्त्यमा हरेस खाने र पछि फर्कने निर्णय गर्छ। मानिसको साँचो दुःखान्त यही हो। त्यसैले, म भन्छु, समर्पित हुन रोज्नेहरू बुद्धिमान् हुन्, जबकि सङ्घर्ष गर्न र भाग्‍न रोज्नेहरू मूर्ख र जिद्दी हुन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले आफैँमा चिन्तन गर्न थालेँ। मैले मेरी छोरीलाई कसरी संवर्धन गरेकी थिएँ भनेर फर्केर हेर्दा, म सधैँ यदि मैले मेरी छोरीको भविष्यको योजना बनाएँ र त्यो योजना कार्यान्वयन गरेँ भने, ऊ आफ्नो करियरमा पक्कै सफल हुनेछे भन्ने विश्वास गर्थेँ। परमेश्‍वरलाई पाइसकेपछि, ब्रदर-सिस्टरहरूले मसँग के सङ्गति गर्नुभयो भने बच्चाको भविष्य परमेश्‍वरद्वारा नियोजन गरिएको हुन्छ, र आमाबुबाले यसलाई नियन्त्रण गर्न सक्दैनन्, र हामी परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुपर्छ। तर म मेरी छोरी उसको करियरमा सफल हुन्छे वा हुन्न भन्ने कुरा उसको कडा परिश्रममा निर्भर हुन्छ भन्ने विश्वास गर्दै अझै पनि आफ्नै दृष्टिकोणहरूमा अडिग रहेँ। संसारका मानिसहरू परमेश्‍वरको सार्वभौमिकतामा विश्वास गर्दैनन्, र उनीहरू व्यक्तिको नियति उसकै हातमा हुन्छ भन्ने सोच्छन्। उनीहरू अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ भन्ने विश्वास गर्छन्, र अन्धाधुन्ध सृष्टिकर्ताका नियोजन र सार्वभौमिकताको प्रतिरोध गर्छन्। मैले परमेश्‍वरमा विश्वास गरे तापनि, म मानव भाग्यमाथिको उहाँको सार्वभौमिकतामा विश्वास गर्दिनथेँ, र ममा गैरविश्वासीहरूको जस्तै दृष्टिकोण थियो, र म मानव प्रयासद्वारा मेरी छोरीको भाग्य बदल्न चाहन्थेँ। म कुन अर्थमा पो विश्वासी थिएँ र? मेरा दृष्टिकोणहरू ठ्याक्कै अविश्वासीहरूकै जस्ता थिए। म वास्तवमै परमेश्‍वरसामु जिउन अयोग्य थिएँ! मलाई राम्रोसँग थाहा थियो, परमेश्‍वर सम्पूर्ण सृष्टिका प्रभु साथै सबै थोकमाथि सार्वभौम हुनुहुन्छ र सबै कुरा नियन्त्रण गर्नुहुन्छ, तर मेरा आफ्नै स्वार्थी इच्छाहरूका खातिर, म जिद्दी गर्दै परमेश्‍वरको सार्वभौमिकताबाट उम्कन र मेरी छोरीको भविष्य बदल्न चाहन्थेँ। यसले मेरी छोरी र म दुवैलाई धेरै पीडा र हानि पुर्‍यायो, र अझ भन्नुपर्दा, यो परमेश्‍वरका नियोजनहरूको प्रतिरोध गर्नु थियो। यो महसुस गरेपछि, मैले अब परमेश्‍वरको सार्वभौमिकताको प्रतिरोध गर्न चाहिनँ, र म मेरी छोरीलाई परमेश्‍वरको हातमा सुम्पन तयार भएँ; चाहे उसले पढाइमा राम्रो गरोस् वा नराम्रो, म समर्पित हुन तयार थिएँ। प्रार्थना गरेपछि, मैले हृदयमा धेरै शान्ति महसुस गरेँ।

त्यसको केही समयपछि नै, मेरी छोरी फर्किई। उसले आफू एउटा रेस्टुरेन्टमा काम गर्दै गरेको बताई। मेरी छोरी दुब्लाएकी देखेर, मैले दुःखी हुँदै सोधेँ, “के तँ फेरि जान लागेकी छेस्?” मेरी छोरीले आँसु रोक्दै हो भनेर टाउको हल्लाई। मैले आफ्ना आँसु रोक्न आफैँलाई नियन्त्रण गरेँ, र भनेँ, “बाहिर धेरै गाह्रो छ। तँ किन घर फर्किन्नस्?” मेरी छोरी रोई र भनी, “यहाँ मलाई कुनै स्वतन्त्रता छैन।” मेरी छोरीको जवाफ देहमा काटिरहेको छुरा जस्तो थियो, र मलाई मेरो मुटु फुट्न लागे जस्तो भयो। के यो सबै मैले उसलाई दबाब दिएका कारण भएको थिएन र? मैले मेरी छोरीको स्वतन्त्रता र खुसी, यो हदसम्म खोसेँ कि ऊ घर फर्कनुभन्दा बरु बाहिर गएर दुःख सहन ठिक मान्थी। म कुन अर्थमा पो एक कर्तव्यनिष्ठ आमा थिएँ र? मैले मेरा आँसु थाम्न सकिनँ र मैले छोरीलाई अँगालो हालेँ, र भक्कानिएर रोएँ। मेरी छोरी पनि धेरै रोई, र मैले भनेँ, “म गलत थिएँ। म असल आमा भइनँ; मैले तँलाई यति धेरै दबाब दिनु हुँदैनथ्यो। घरमा मैले तेरो सबै स्वतन्त्रता खोसेँ, र मैले तँलाई धेरै पीडा दिएँ…. कृपया घर फर्की। म अबदेखि तँलाई तैँले पढिरहेका ती सबै कुरा पढ् भनेर दबाब दिनेछैनँ।” मेरी छोरी फर्किएपछि, मैले पहिले जस्तो उसलाई पढ्न दबाब दिइनँ। मैले उसलाई स्वाभाविक रूपमा हुर्कन दिएँ, र मैले उसका दैनिक आवश्यकताहरू र दैनिक जीवनको हेरचाहमा बढी ध्यान दिएँ र मैले उसँग आस्थाको बारेमा कुरा गरेँ। बिस्तारै, मेरी छोरी थप बोल्न थाली र धेरै हँसिली भई, र घर हाँसोले भरियो। एक दिन, मेरी छोरीले भनी, “आमा, तपाईँ परिवर्तन हुनुभएको छ; तपाईँले मलाई पहिले जस्तो पढ्न दबाब दिनुहुन्न।” मैले भनेँ, “ममा आएको यो सानो परिवर्तन परमेश्‍वरका वचनको मार्गदर्शनले गर्दा हो। परमेश्‍वरका वचनबाट, मैले मेरो जिम्मेवारी तँलाई स्वस्थ रूपमा हुर्काउनु र तँलाई विचारमा उचित शिक्षा प्रदान गर्नु हो भन्ने बुझ्न पुगेकी छु। तँ पढाइमा सफल हुन्छेस्-हुन्नस् वा भविष्यमा समाजमा आफ्नो स्थान बनाउँछेस्-बनाउँदिनस् भन्ने कुरा सबै परमेश्‍वरद्वारा बन्दोबस्त र नियोजन गरिएको हुन्छ। पहिले तँलाई दबाब दिनु मेरो गल्ती थियो। यसले हामी दुवैलाई धेरै पीडा दियो, तर चिन्ता नगर्, म अब फेरि तँलाई दबाब दिनेछैनँ।” मेरी छोरी र म दुवै रोयौँ। पछि, मेरी छोरी एउटा व्यवसायिक् सीप सिकाउने विद्यालयमा भर्ना भई र ऊ सधैँ परीक्षाहरूमा उत्कृष्ट विद्यार्थीहरूमध्ये पर्ने गर्थी। ऊ मलाई लगभग हरेक रात फोन गर्दै, त्यो दिन स्कुलमा भएका सबै कुरा सुनाउँथी। र हामीहरूबिच साथी जस्तो सम्बन्ध भयो। मैले परमेश्‍वरका वचनअनुसार अभ्यास गर्नु कति राम्रो हुन्छ भन्ने कुरा आफ्नो हृदयमा साँचो रूपमा महसुस गरेँ।

पछि, मैले परमेश्‍वरका अरू वचनहरू पढेँ, र मैले मेरी छोरीप्रतिका मेरा अपेक्षाहरू उचित थिए कि थिएनन् भन्ने बारेमा केही खुट्याइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सबै आमाबुबाले आफ्ना छोराछोरीमाथि निश्‍चित अपेक्षाहरू राख्ने गर्छन्। चाहे ती ठूला-साना वा नजिक-टाढा जे भए पनि, यी अपेक्षाहरू छोराछोरीका व्यवहार, कार्य, जीवन, वा छोराछोरीले तिनीहरूलाई कसरी हेर्छन् भन्‍ने कुराप्रति आमाबुबामा हुने मनोवृत्ति हो। ती एक प्रकारका विशिष्ट मापदण्ड पनि हुन्। छोराछोरीको नजरबाट हेर्दा, यी विशिष्ट मापदण्डहरू उनीहरूले गर्नुपर्ने कामकुरा हुन्, किनकि परम्परागत धारणाअनुसार छोराछोरीले आमाबुबाका आदेशविपरीत काम गर्न मिल्दैन—यदि गर्छन् भने, उनीहरू कृतघ्‍न सन्तान हुन्। यस कारणले गर्दा, थुप्रै मानिसहरूले यस मामलामा ठूलो र गह्रौँ बोझ बोक्छन्। त्यसैले, के मानिसहरूले आमाबुबाले आफ्ना सन्तानप्रति राख्ने विशेष अपेक्षाहरू उचित छन् कि छैनन्, र आमाबुबाले यी अपेक्षाहरू राख्नुपर्छ कि पर्दैन, साथै यीमध्ये कुन अपेक्षाहरू उचित छन्, कुन अनुचित छन्, कुन मान्य छन्, र कुन जबरजस्ती लादिएका र अमान्य छन् भनी बुझ्नुपर्दैन र? यसअलावा, मानिसहरूले आमाबुबाका अपेक्षाहरूलाई कसरी हेर्ने, तिनलाई कसरी स्विकार्ने वा नकार्ने, र यी अपेक्षाहरूलाई हेर्ने र सामना गर्ने कस्तो मनोवृत्ति र दृष्टिकोण राख्‍ने भन्‍नेबारेमा तिनीहरूले बुझ्नुपर्ने र पालन गर्नुपर्ने सत्यता सिद्धान्तहरू छन्। यी कुराहरू हल नभएको अवस्थामा, आमाबुबाहरूले अक्सर यस्ता बोझहरू बोक्ने गर्छन्, र तिनीहरूले सोच्छन् कि छोराछोरी र सन्तानप्रति अपेक्षाहरू राख्नु त तिनीहरूको जिम्मेवारी र दायित्व हो, र ती अपेक्षाहरू त स्वाभाविक रूपमै तिनीहरूमा झनै बढी हुनुपर्ने कुराहरू हुन्। तिनीहरूले यो पनि सोच्छन् कि, यदि तिनीहरूसँग आफ्ना सन्तानप्रति कुनै अपेक्षाहरू नहुने हो भने, त्यो सन्तानप्रतिका आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा नगर्नु र आमाबुबाले गर्नुपर्ने कामहरू नगर्नुसरह हुनेछ। यसो गर्दा, तिनीहरूलाई लाग्छ कि, तिनीहरू खराब आमाबुबा अर्थात् गैरजिम्मेवार आमाबुबा हुनेछन्। त्यसकारण, आफ्ना सन्तानप्रति आफूले राख्ने अपेक्षाहरूको सम्बन्धमा, मानिसहरूले अनजानमै आफ्ना छोराछोरीका लागि विविध मापदण्डहरू सिर्जना गर्ने गर्छन्। तिनीहरूमा आफ्ना फरक-फरक छोराछोरीका लागि फरक-फरक समय र फरक-फरक परिस्थितिमा फरक-फरक मापदण्डहरू हुने गर्छन्। आफ्ना छोराछोरीको सम्बन्धमा तिनीहरूमा यस्ता विचार र बोझहरू हुने भएकाले, आमाबुबाहरू आफूले गर्नुपर्ने कामहरू यी अलिखित नियमअनुसार गर्ने गर्छन्, चाहे ती सही होऊन् वा गलत। आमाबुबाहरूले यी तौरतरिकालाई एक प्रकारको दायित्व र एकप्र-कारको जिम्मेवारीको रूपमा लिँदा, तिनीहरूले आफ्ना छोराछोरीप्रति मागहरू राख्ने गर्छन्, र त्यो सँगसँगै, तिनीहरूले ती कुराहरू आफ्ना छोराछोरीमाथि थोपर्ने र उनीहरूलाई ती कुराहरू पूरा गर्न लगाउने पनि गर्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। “आफ्ना छोराछोरीहरूप्रति आमाबुबाका अपेक्षाहरू जति नै ठूला भए पनि, र आमाबुबालाई आफ्ना छोराछोरीहरूप्रतिका आफ्ना अपेक्षाहरू जति नै ठिक र उचित लागे पनि, यदि यी अपेक्षाहरू परमेश्‍वर मानव नियतिमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने सत्यताविपरीत छन् भने, ती मानिसले त्याग्नुपर्ने कुरा नै हुन्। यो नकारात्मक कुरा पनि हो भन्न सकिन्छ; यो न त उचित हो, न त सकारात्मक नै। यो आमाबुबाका जिम्मेवारीविपरीत र ती जिम्मेवारीको दायराभन्दा बाहिर हुन्छ, र यो मानवत्वविपरीतका अवास्तविक अपेक्षा र मागहरूले बनेको हुन्छ। … वयस्क भइनसकेका आफ्ना छोराछोरीहरूप्रति आमाबुबाले देखाउने केही असाधारण कार्य र प्रकटीकरणका साथै केही चरम व्यवहारले तिनीहरूका छोराछोरीहरूमाथि विभिन्न प्रकारका नकारात्मक प्रभाव र दबाब पार्छन्, र कलिला छोराछोरीहरूको आत्मिक, शारीरिक र मानसिक कल्याणलाई बरबाद पार्छन्। यी कुराहरूले आमाबुबाले गरिरहेका कामकुरा अनुचित र असुहाउँदो छन् भन्‍ने जनाउँछन्। यी सोच र व्यवहारहरू सत्यता पछ्याउने मानिसले त्याग्नुपर्ने कुराहरू हुन्, किनभने, मानवत्वको दृष्टिकोणबाट, ती बच्चाको शारीरिक र मानसिक कल्याण बरबाद गर्ने क्रूर र अमानवीय तरिका हुन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्‍वर के खुलासा गर्नुहुन्छ भने जब आमाबुबाले आफ्ना छोराछोरीप्रतिका अनुचित अपेक्षा र मागहरूलाई छोराछोरीका लागि पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वका रूपमा लिन्छन्, र त्यसपछि उनीहरूलाई ती पूरा गर्न बाध्य पार्छन्, यसले छोराछोरीलाई हानि पुर्‍याउँछ र बर्बाद गर्छ। मैले आफैँमा चिन्तन गरेँ। बाल्यकालदेखि नै, मैले भविष्यमा हामीले राम्रो जागिर पाऔँ भन्ने सुनिश्चित गर्न मेरा आमाबुबाले कति धेरै त्याग गर्नुभयो भन्ने देखेकी थिएँ, र म मेरा आमाबुबाको साँच्चै सराहना गर्थेँ र उहाँहरू कर्तव्यनिष्ठ हुनुहुन्छ भन्ने ठान्थेँ, र मलाई लाग्थ्यो, मेरा छोराछोरी हुँदा, म पनि मेरा आमाबुबाले जस्तै गर्नेछु, र म एक जिम्मेवार र असल आमा बन्नेछु। मेरी छोरी जन्मिएपछि, मैले सोचेँ, मेरी छोरी धेरै सानी भएकीले, उसलाई सामाजिक प्रतिस्पर्धाको कठोर यथार्थ र क्रूरताबारे थाहा छैन, र मैले त्यो भोगिसकेकी हुनाले, मैले उसको भविष्यको योजना बनाउनुपर्छ र उसका लागि अगाडिको बाटो खोल्नुपर्छ, र यसमा केही कष्ट वा थकान भए पनि, मैले कठिनाइपूर्वक पैसा बचाउनुपर्छ र उसलाई शिक्षित र संवर्धन गर्न सक्दो प्रयास गर्नुपर्छ ताकि ऊ बहुप्रतिभाशाली बन्न सकोस् र उसको भविष्य उज्ज्वल होस्। मलाई यो एउटी आमाको रूपमा मेरो जिम्मेवारी र दायित्व हो भन्ने लाग्थ्यो। मैले मेरी छोरीलाई शिक्षित र संवर्धन गर्न आफ्नै योजना पछ्याएँ, उसलाई विभिन्न अतिरिक्त कक्षाहरूमा भर्ना गरिदिएँ, र उसको पढाइमा ढिलाइ नहोस् भनेर सहपाठीहरूसँगको उसका अन्तरक्रियासमेत जाँचबुझ गरेँ। म प्रायः उसलाई आफ्नै अनुभवबाट सल्लाह दिन्थेँ, र मेरी छोरीले थकाइ लागेको र स्वतन्त्रता नभएको गुनासो गर्दा पनि, म उसलाई यो अस्थायी कठिनाइमा सङ्घर्ष गर्न फकाउने र मनाउने प्रयास गर्थेँ। मलाई यसमा केही गलत छ जस्तो कहिल्यै लागेन। मलाई म यो उसकै भलाइका लागि गर्दै छु र उसका लागि जिम्मेवार बन्दै छु भन्ने विश्वास थियो। मेरा ब्रदर-सिस्टरहरूले मसँग सङ्गति गर्दा पनि, म पुनर्विचार गर्दिनथेँ, र म मेरी छोरीका भावनाहरूबारे पटक्कै सोच्दिनथेँ। मैले ऊ बच्ची हो वा उसको उमेरमा उसलाई के चाहिन्छ भन्नेबारे सोचिनँ, र मैले मेरा आफ्नै अपेक्षाहरू उसमाथि लादेँ, जसले उसको कलिलो हृदय र दिमागमा ठूलो दबाब, बन्धन र पीडा थोपऱ्यो। यसमा मैले एउटी आमाको रूपमा आफ्ना जिम्मेवारी वा दायित्वहरू पूरा गरिरहेकी थिइनँ, र मेरा कार्यहरू पूर्णरूपमा मानिसका अनुचित अपेक्षाहरूमा आधारित थिए। मैले मेरा सबै अपेक्षाहरूलाई आमाको जिम्मेवारीका रूपमा लिएँ, र आफ्नी छोरीलाई घरबाट भाग्ने स्थितिसम्म पुग्ने गरी बाध्य पारेँ। मेरो तथाकथित “जिम्मेवारी” ले म र मेरी छोरी दुवैलाई पीडा ल्यायो।

एक दिन, मेरी एक जना सहकर्मी सिस्टरले मलाई सोधिन्, “तपाईँले सधैँ छोरीलाई संवर्धन गर्नु भनेको आमाको जिम्मेवारी पूरा गर्नु हो भन्ने ठान्नुभयो, तर तपाईँले उसलाई कहिल्यै उसले रमाइलो मान्ने कुरा गर्न दिनुभएन, र बरू, तपाईँले उसले तपाईँका अपेक्षाहरू पूरा गरोस् भन्ने माग गर्नुभयो। के यसको पछाडि कुनै प्रकारको भ्रष्ट स्वभाव छैन र?” मैले यो प्रश्न प्रार्थनामा परमेश्‍वरसामु राखेँ, र मैले उहाँका वचनहरू पढेँ: “आमाबुबाका यी अपेक्षाहरू के कुरामा आधारित हुन्छन्? ती कहाँबाट आउँछन्? ती समाज र संसारबाट आउँछन्। यी सबै अभिभावकीय अपेक्षाको उद्देश्य भनेको छोराछोरीलाई यस संसार र समाजमा अनुकूल हुन, संसार र समाजबाट निकालिनबाट जोगिन, र समाजमा आफूलाई स्थापित गर्न, सुरक्षित जागिर, स्थिर परिवार, र स्थिर भविष्य प्राप्त गर्न सक्षम बनाउनु हो, त्यसैले आमाबुबाहरूले आफ्ना सन्तानबाट विभिन्‍न व्यक्तिपरक अपेक्षा राख्छन्। उदाहरणका लागि, अहिले कम्प्युटर इन्जिनियर हुनु निकै लोकप्रिय छ। कतिपय मानिस भन्छन्: ‘मेरो छोरो भविष्यमा कम्प्युटर इन्जिनियर बन्नैपर्छ। यस क्षेत्रमा काम गर्ने मानिसहरूले धेरै पैसा कमाउन सक्छन्, र यसले तिनीहरूका आमाबुबालाई पनि राम्रो देखाउँछ!’ जब छोराछोरीमा समाज वा कामका बारेमा राम्रो बुझाइ हुँदैन, तब आमाबुबाहरू अघि बढ्छन् र तिनीहरूका लागि करियर छनौट गर्छन् वा तिनीहरूको भविष्यको योजना बनाउँछन्। के यो गलत होइन? (हो।) यी आमाबुबाहरूले पूर्ण रूपमा आफ्नै प्राथमिकता र चाहनाहरूअनुसार आफ्ना छोराछोरीमाथि अपेक्षाहरू राखिरहेका हुन्छन्। के यो व्यक्तिपरक होइन र? (हो।) यो व्यक्तिपरक हो भन्नु त यसलाई राम्रोसँग प्रस्तुत गर्नु हो—वास्तवमा यो के हो? यो व्यक्तिपरकताको अर्को व्याख्या के हो? के यो स्वार्थीपन होइन र? के यो करकाप होइन र? (हो।) तँलाई कुनै निश्चित पेसा मन पर्छ, तँ अधिकारी बन्न, धनी बन्न, समाजमा आकर्षक र सफल बन्न चाहन्छस्, त्यसैले तँ आफ्ना छोराछोरीलाई पनि त्यस्तै व्यक्ति हुन र त्यस्तै मार्गमा हिँड्न लगाउँछस्। तर तिनीहरूले भविष्यमा त्यो काम गर्न सक्नेछन् कि छैनन्, वा त्यो काम साँच्चै तिनीहरूका लागि सुहाउँदो छ कि छैन भनी भन्न गाह्रो छ। अनि त्यसोभए तिनीहरूको नियति वास्तवमा के हो त? परमेश्‍वरले तिनीहरूमाथि कसरी सार्वभौमिकता राख्नुहुनेछ र तिनीहरूका लागि कसरी प्रबन्धहरू गर्नुहुनेछ? के तँलाई यी कुराहरू थाहा छ? कतिपय मानिस भन्छन्: ‘मलाई ती कुराहरूको मतलब छैन। यो मैले, एक अभिभावकका रूपमा मन पराउने कुरा हुञ्जेल ठीक छ। मलाई यो मन पर्ने हुनाले, म तिनीहरूमाथि यस प्रकारका अपेक्षाहरू राख्छु।’ के त्यो ज्यादै स्वार्थी कुरा होइन र? (हो।) यसलाई राम्रोसँग प्रस्तुत गर्दा, यो धेरै व्यक्तिपरक छ, यो केवल आफ्नै कुरा सुन्नु हो, तर वास्तवमा, यो के हो? यो एकदमै स्वार्थी कुरा हो! यी आमाबुबाहरू आफ्ना छोराछोरीको क्षमता वा प्रतिभालाई ख्याल गर्दैनन्, र तिनीहरू हरेक व्यक्तिको नियति र जीवनका लागि परमेश्‍वरले गर्नुभएका प्रबन्धहरूको वास्ता गर्दैनन्। तिनीहरू यी कुराहरूलाई ख्याल गर्दैनन्, तिनीहरू केवल इच्छाजनक सोचाइमा आधारित भएर आफ्नै प्राथमिकता र योजनाहरूलाई आफ्ना छोराछोरीमाथि जबरजस्ती लाद्छन्। कतिपय मानिस भन्छन्: ‘यदि मैले यी प्रबन्धहरू गरिनँ भने, तिनीहरूको भविष्य प्रभावित हुनेछ। तिनीहरू जवान र भोला छन्, र तिनीहरूले बुझ्ने बेलासम्म, सबै कुरा धेरै ढिलो भइसकेको हुनेछ। मैले एक अभिभावकका रूपमा मेरा छोराछोरीको चिन्ता गर्नुपर्छ र तिनीहरूका लागि सबै कुराको प्रबन्ध गर्नुपर्छ। यो एक अभिभावकको जिम्मेवारी हो!’ यो भनाइमा केही गलत छैन, तर यदि तेरा योजना र प्रबन्धहरू तेरा छोराछोरीलाई चाहिने कुरा होइनन्, बरु तैँले तिनीहरूमाथि लाद्ने कुराहरू हुन् भने, त्यो उचित हुँदैन। आफ्ना छोराछोरीका लागि धेरै आमाबुबाका योजना र प्रबन्धहरू सबै खेर जान्छन्। यसको कारण के हो? यसको कारण के हो भने, आमाबुबाहरू आफ्ना छोराछोरीलाई साँचो रूपमा बुझ्दैनन्; तिनीहरूलाई आफ्ना छोराछोरी आफ्नो जीवनमा कुन मार्गमा हिँड्नेछन् वा तिनीहरू कस्तो प्रकारको व्यक्ति बन्नेछन् भन्‍ने थाहा हुँदैन। त्यस अवस्थामा, के त्यस्ता प्रबन्धहरू अन्धाधुन्ध प्रबन्धहरू होइनन् र? धेरै मानिसले अध्ययन गर्दा राम्रा विषयहरू छनौट गर्छन्, तर स्नातक गरेपछि तिनीहरू सम्बन्धित क्षेत्रमा किन काम गर्न सक्दैनन्? यो पूर्ण रूपमा व्यक्तिको नियतिद्वारा निर्धारित हुन्छ; यसमा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू छन्। जहाँसम्म व्यक्तिले कस्तो प्रकारको करियर छनौट गर्नुपर्छ, उसले कस्तो प्रकारको जीवन मार्ग छनौट गर्नुपर्छ भन्‍ने कुरा छ, कसैले पनि यी कुराहरू छर्लङ्गै देख्न सक्दैन—हरेक व्यक्तिको नियतिको आफ्नै गति र आफ्नै नियमहरू हुन्छन्—र उसका आमाबुबासँग तिनको कुनै सम्बन्ध हुँदैन। … तँ आफ्ना छोराछोरीले भविष्यमा त्यो कष्ट कम भोगून् भनेर तिनीहरूलाई सानै उमेरदेखि यो दबाब सहन लगाइरहेको छस्, र तिनीहरूले केही पनि नबुझ्ने उमेरदेखि नै यो दबाब बोक्न लगाइरहेको छस्। के तिनीहरूले यो दबाब सहेको कारणले तिनीहरू साँच्चै केही बन्नेछन् भन्ने कुरा साँच्चै हो त? यदि तिनीहरू कुनै उचित सीप वा ज्ञान प्राप्त गर्न असफल भए भने, के त्यो सबै बेकार हुनेछैन र? तिनीहरूलाई सानै उमेरदेखि दबाब सहन लगाउनु तिनीहरूको शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक हुँदैन। यदि त्यसले केही रोग र परिणाम ल्यायो भने, के त्यो तिनीहरूलाई हानि पुऱ्याउनु होइन र? के तँ यो साँच्चै तिनीहरूको आफ्नै भलाइका लागि गरिरहेको छस्? तिनीहरूले नबुझ्नु अनिवार्य रूपमै खराब कुरा होइन। कम्तीमा तिनीहरू केही वर्ष आरामदायी, सरल, र खुसी तरिकाले जिउन सक्छन्। यदि तिनीहरूले सानै उमेरदेखि यी कुराहरू छर्लङ्गै देख्न सके र यी दबाबहरू सहन थाले भने, यो तिनीहरूका लागि अनिवार्य रूपमै राम्रो कुरा हुनेछैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्‍वरका वचनबाट, मैले देखेँ, आमाबुबाले आफ्ना छोराछोरीप्रति राख्ने अनुचित अपेक्षाहरू दुष्ट प्रवृत्तिहरू र समाजबाट प्रभावित हुन्छन्, र यी सबै कुराहरू शैतानबाट आउँछन्। जस्तै मेरो सन्दर्भमा, मेरो पढाइ थोरै थियो र कुनै विशेष सीप थिएन, र म समाजमा आफ्नै प्रयासद्वारा मुस्किलले गुजारा चलाउन सक्थेँ, जबकि उच्च शिक्षा वा विशेष सीप भएकाहरूले कम दुःख पाउँछन्, र आफ्नो दिमाग र बोली प्रयोग गरेर आधारभूत कुराहरूको चिन्ता नगरी जीवन बिताउन सक्छन्। म “किताबको अघि सबै कुरा फिका हुन्छ,” “ज्ञान नै शक्ति हो; ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ,” र “दिमाग खियाउनेहरू अरूमाथि शासन गर्छन्, हात खियाउनेहरू अरूद्वारा शासित हुन्छन्” जस्ता भ्रामक र छली शैतानी जीवनदर्शनहरूबाट प्रभावित भएकी थिएँ। मलाई लाग्थ्यो, ज्ञान र विशेष सीपले मात्र व्यक्तिको भाग्य बदल्न र राम्रो जीवनतर्फ डोऱ्याउन सक्छ, त्यसैले आफ्नो अनुभवका कारण, मैले मेरी सानी छोरीका लागि योजना बनाउने जिम्मा आफैँले लिएँ, र मेरी छोरीलाई ती कुराहरू मन पर्छन् कि पर्दैनन् भन्ने अलिकति पनि विचार नगरी, उसलाई ज्ञान र सीप सिक्न बाध्य पारेँ। म पूर्ण रूपमा आफ्नी छोरीलाई प्रतिभाशाली र उत्कृष्ट व्यक्ति बनाउन संवर्धन गर्ने कुरामा मात्र केन्द्रित थिएँ। शैतान मानिसहरूलाई भ्रमित पार्न यी दर्शनहरूको प्रयोग गर्छ, जसले मलाई ज्ञानले मात्र व्यक्तिको भाग्य बदल्न सक्छ भनी गलत रूपमा विश्वास गर्ने बनायो, र मैले केवल मेरी छोरीको भाग्य बदल्न उसलाई कसरी संवर्धन गर्ने भन्ने बारेमा मात्र सोच्न सकेँ। फर्केर हेर्दा, मैले के महसुस गरेँ भने मैले जे गरेँ त्यसको कुनै वास्तविक अर्थ थिएन, परमेश्‍वरले पहिले नै मेरो छोरी के बन्नेछे भन्ने कुरा नियोजन गरिसक्नुभएको छ, र कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। ममा शैतानका भ्रष्ट तरिकाहरू वा दुर्भावपूर्ण मनसायहरूबारे कुनै खुट्याइ थिएन, र मैले जिद्दी गर्दै मेरी छोरीलाई मैले चाहेजस्तै आचरण गर्न बाध्य पारेँ। नतिजास्वरूप, मेरी छोरीले, त्यति सानो उमेरमा, धेरै दबाब र पीडा सहनुपर्‍यो, र उसको कुनै बेलाको निर्दोष र चिन्तारहित बाल्यकाल मेरो स्वार्थले बर्बाद भयो। के म आफ्नी छोरीलाई हानि पुर्‍याइरहेकी थिइनँ र? बाहिरबाट हेर्दा, मैले छोरीको भविष्यको ख्याल गरिरहे जस्तो देखिन्थ्यो, तर वास्तवमा, म मेरा आफ्नै प्राथमिकता र इच्छाहरू उसमाथि लादिरहेकी थिएँ, जुन सबै मेरा आफ्नै स्वार्थी इच्छाहरू र आफैँलाई गौरव दिलाउनका लागि थिए। म साँच्चै स्वार्थी थिएँ! म त सोच्नसमेत मुश्किलले सक्छु—यदि परमेश्‍वरका वचनले मलाई मार्गदर्शन नगरेका भए, मैले मेरी छोरीलाई यसरी नै बाँधिरहँदा र दबाइरहँदा उसको हालत के हुन्थ्यो होला? यो महसुस गरेपछि, मैले मलाई मेरो भ्रष्ट प्रकृति अलि बढी बुझ्ने बनाउन, अन्तर्दृष्टि र मार्गदर्शन दिनुभएकोमा परमेश्‍वरलाई इमानदारीपूर्वक धन्यवाद दिएँ।

मैले परमेश्‍वरका अरू वचनहरू पढेँ: “छोराछोरीप्रतिका आमाबुबाका अपेक्षाहरूको सार विश्‍लेषण गरेर, हामीले यी अपेक्षाहरू स्वार्थी खालका हुन्छन्, यी अपेक्षाहरू मानवताविरुद्ध जान्छन्, र अपेक्षाहरूको आमाबुबाका जिम्मेवारीहरूसँग कुनै सम्बन्ध हुँदैन भनेर बुझ्न सक्छौँ। आमाबुबाहरूले आफ्ना छोराछोरीमाथि सबै किसिमका अपेक्षा र मागहरू लाद्दा, तिनीहरूले उनीहरूमाथि ठूलो थप दबाब दिन्छन्—यो तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु होइन। त्यसोभए, आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन्? कम्तीमा पनि, तिनीहरूले आफ्ना छोराछोरीलाई सत्य बोल्ने र इमानदार ढङ्गले काम गर्ने इमानदार मानिस बन्‍न सिकाउनुपर्छ, र तिनीहरूलाई दयालु हुन र खराब कामहरू नगर्न सिकाउनुपर्छ, र तिनीहरूलाई सकारात्मक दिशामा डोऱ्याउनुपर्छ। यी तिनीहरूका सबैभन्दा आधारभूत जिम्मेवारीहरू हुन्। यसका साथै, तिनीहरूले आफ्ना छोराछोरीलाई तिनीहरूको क्षमता र अवस्थाहरूका आधारमा व्यावहारिक ज्ञान र सीपहरू आदि अध्ययन गर्न मार्गदर्शन गर्नुपर्छ। यदि आमाबुबाहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र सत्यता बुझ्छन् भने, आफ्ना छोराछोरीलाई परमेश्‍वरका वचनहरू पढ्न र सत्यता स्वीकार गर्न लगाउनुपर्छ, ताकि तिनीहरूले सृष्टिकर्तालाई चिनून्, र मानिसहरू परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् र यस ब्रह्माण्डमा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरा बुझून्। तिनीहरूले आफ्ना छोराछोरीलाई परमेश्‍वरलाई प्रार्थना गर्न र परमेश्‍वरका वचनहरू खान र पिउन अगुवाइ गर्नुपर्छ ताकि तिनीहरूले केही सत्यता बुझ्न सकून्, र तिनीहरू हुर्किएपछि सांसारिक प्रवृत्तिहरूलाई पछ्याउने, विभिन्‍न जटिल पारस्परिक सम्बन्धहरूमा फस्‍ने, र यस संसारका विभिन्‍न दुष्ट प्रवृत्तिहरूद्वारा लोभ्याइने, भ्रष्ट तुल्याइने, र विनाश हुनुको सट्टा परमेश्‍वरमा विश्‍वास गर्न, परमेश्‍वरलाई पछ्याउन, र सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्षम होऊन्। आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू वास्तवमा यिनै हुन्। तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू भनेका, आमाबुबाको भूमिकामा रहेर, आफ्ना छोराछोरी वयस्क नहुञ्जेलसम्म तिनीहरूलाई सकारात्मक मार्गदर्शन र उपयुक्त सहयोग प्रदान गर्नु, साथै तिनीहरूको भौतिक जीवनमा दैनिक आवश्यकताहरूका सन्दर्भमा तुरुन्तै हेरचाह गर्नु हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्‍वरका वचनले मलाई अभ्यासको मार्ग देखाए, र अब मैले आफ्ना छोराछोरीसँग कसरी सही व्यवहार गर्ने भन्ने जानेँ। आमाबुबाले बच्चाको उमेरअनुसारका आवश्यकताहरूका आधारमा उचित पालनपोषण र शिक्षा प्रदान गर्नुपर्छ। छोराछोरी साना हुँदा, उनीहरूलाई आमाबुबाले आफूलाई कसरी व्यवहारमा ढाल्ने, कसरी सामान्य मानवीय विचारहरू राख्ने, कसरी दयालु व्यक्ति बन्ने भन्ने सिकाउनुपर्छ, र आमाबुबाले उनीहरूको स्वास्थ्यको राम्रो हेरचाह गर्नुपर्छ, ताकि उनीहरू स्वस्थ रूपमा हुर्केर वयस्क हुन सकून्। आमाबुबाले उनीहरूमाथि गलत विचार, दबाब र बोझहरू लाद्नु हुँदैन, र सम्भव भएसम्म, उनीहरू तिनलाई परमेश्‍वरले कसरी स्वर्ग र पृथ्वी र यावत् थोक सृष्टि गर्नुभयो, उहाँ कसरी मानिसहरूलाई डोऱ्याउन र मुक्ति दिन काम गर्नुहुन्छ भनेर बताउन सक्छन्, र उनीहरू तिनलाई परमेश्‍वरमा विश्वास गर्न मार्गदर्शन गर्न, र तिनलाई सकारात्मक दिशानिर्देश र मद्दत प्रदान गर्न सक्छन्। यो पनि आमाबुबाको जिम्मेवारी र दायित्व हो। अहिले मेरी छोरी आफ्नो विशेषज्ञतासँग सम्बन्धित क्षेत्रमा काम गरिरहेकी छैन, र मेरी दिदीले मलाई छोरीलाई उसको विशेषज्ञतामा आधारित जागिर खोज्न मनाउन भन्नुभयो, तर मलाई थाहा छ मेरी छोरीले के जागिर गर्छे, सो परमेश्‍वरले पहिल्यै नियोजन गरिसक्नुभएको छ। म छोरीलाई सल्लाह दिन सक्छु, तर ऊ आफ्नो इच्छाअनुसार छनौट गर्न स्वतन्त्र छे। त्यसपछि मैले आफ्ना विचारहरू उसलाई सुनाएँ। मेरी छोरीले भनी, “मलाई मेरो अहिलेको जागिर मन पर्छ।” मैले भनेँ, “तँ त्यसो भन्छेस् भने, म तेरो छनौटको सम्मान गर्छु।” यो उसँग गरिएको सजिलो कुराकानी थियो र त्यहाँ कुनै करकाप वा दबाब थिएन। मैले परमेश्‍वरका वचनअनुसार अभ्यास गर्दा साँच्चै स्वतन्त्रता मिल्छ भन्ने कुरा अनुभव गर्न पाएँ। परमेश्‍वरको मार्गदर्शनका लागि उहाँलाई धन्यवाद!

अघिल्लो: ३५. चलाखी र धुर्त्याइँले कर्तव्य ठिकसित पूरा गर्नबाट रोक्छ

अर्को: ३७. एक जना असी वर्षीया महिलाको कान नसुन्ने भएपछिको अनुभव

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्