३३. धेरै जना प्रकट गरिएर हटाइएको देखेपछि
सन् २०२३ को फेब्रुअरीमा, एक जना यहुदाको विश्वासघातका कारण, प्रहरी परमेश्वरमाथिको मेरो आस्थाबारे सोधपुछ गर्न मेरो घरमा आयो। तिघ्राको हड्डी खिएकाले म हिँड्न नसक्ने देखेर, तिनीहरूले मलाई लगेनन्। त्यतिबेला, म कुनै पनि कर्तव्य निर्वाह गर्न सक्दिनँथेँ, अनि सुरक्षा जोखिमका कारणले, ब्रदर-सिस्टरहरू मेरो घरमा आउन सक्दैनथे। सुरुमा, यस्तो किसिमको वातावरण परमेश्वरले अनुमति दिनुभएको हो भन्ने मलाई थाहा थियो, तर जब मैले आफ्ना कर्तव्यहरू पूरा गर्न नसक्ने, श्रमसमेत गर्न नसक्ने कुरा सोचेँ, तब परमेश्वरले मलाई यही वातावरणद्वारा प्रकट गरी हटाउँदै हुनुहुन्छ कि भन्ने लाग्यो। मैले विगत दुई वर्षमा मण्डलीका धेरै मानिस एकपछि अर्को गरी प्रकट गरिएको र हटाइएको कुरा पनि सोचेँ। उदाहरणका लागि, लेखन-पठनको काम गर्ने वाङ ताओलाई लिऊँ। तिनले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका थिए, जवानी र विवाह त्यागेका थिए, अनि चालिस-पचास वर्षको उमेरमा पनि विवाह नगरी, सधैँ घरदेखि टाढा बसेर आफ्नो कर्तव्य निर्वाह गरिरहेका थिए, तर पछि तिनी अविश्वासी भएको प्रकट भयो र निकालिए। अनि ली लीको कुरा पनि, जसले परमेश्वरमा विश्वास गरेको केही समयपछि नै आफ्नो आस्थामा केन्द्रित हुन पारिवारिक व्यवसाय छोडिन्। संसारले तिनको जति नै बदख्वाइँ र गिल्ला गरे पनि, वा तिनको छोराले जति नै विरोध गरे पनि, तिनले आफ्नो कर्तव्य निर्वाह गरिरहिन्, अनि तिनले सुसमाचार प्रचार गर्दा धेरै कष्ट भोगिन् र मूल्य चुकाइन्, साथै केही मानिसहरू प्राप्त गरिन्। तर अन्त्यमा, तिनलाई दुष्ट व्यक्ति भनेर प्रकट गरियो र निकालियो। अनि पक्राउ परेपछि यहुदाको भूमिका खेलेकाले निकालिएका मानिसहरू पनि थुप्रै थिए। यी सबै परिचित मानिसहरू एक-एक गर्दै प्रकट गरिएर हटाइएको देख्दा, परमेश्वरको काम साँच्चै नै हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्ने चरणमा पुगेछ भन्ने मैले महसुस गरेँ, अनि मण्डलीले मलाई ननिकालेको भए पनि, मैले आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ, न त मैले मेरा ब्रदर-सिस्टरहरूसँग सम्पर्क नै गर्न सकेँ। के यसको अर्थ परमेश्वरले मलाई हटाउन यो वातावरण प्रयोग गर्दै हुनुहुन्थ्यो र उहाँले अब मलाई चाहनुहुन्न भन्ने थियो? यस्तो सोच्दा, म साह्रै नकारात्मक र दुःखी भएँ, र म अलमल्ल पनि परेँ। के परमेश्वरले मुक्ति दिनका लागि यति धेरै मानिसहरू चुन्नुभएको होइन र? अन्त्यमा किन तिनीहरू एक-एक गर्दै प्रकट गरिएर हटाइए त? यसरी त, परमेश्वरको कामको अन्त्यमा, धेरै जना बाँकी रहनेछैनन्। के यो साँच्चै परमेश्वरको अभिप्राय होला र? विशेष गरी जब मैले परमेश्वरका वचनहरूमा कर्तव्य निर्वाह गर्नेबारे पढेँ, तब मैले सोचेँ, “म त अहिले हिँड्न पनि सक्दिनँ, मैले कसरी आफ्नो कर्तव्य निर्वाह गर्ने? परमेश्वरले मानिसहरूको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ; उहाँलाई पक्कै थाहा हुनुपर्छ कि म अति नै भ्रष्ट छु, त्यसैले उहाँले मलाई बिमारीमार्फत हटाउनुभयो। मैले लगनशील भई सत्यता पछ्याउनुको के काम? भविष्यमा मेरा लागि मुक्ति हुनेछैन, अनि कुनै राम्रो परिणाम वा गन्तव्य पनि हुनेछैन।” म यति नकारात्मक भएँ कि मलाई केही पनि गर्न मन लागेन। म परमेश्वरका वचनहरू पढ्ने मनस्थितिमा थिइनँ, अनि मैले परमेश्वरलाई प्रार्थना गर्दा के भन्ने सो थाहा पाइनँ। म अक्सर नकारात्मकताले गर्दा रुन्थेँ। मलाई आफ्नो स्थिति गलत छ भन्ने थाहा थियो, अनि म यति नकारात्मक भइरहन चाहन्नथेँ। त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गर्दै भनेँ, “हे परमेश्वर, मेरो स्थिति एकदमै खराब छ। मलाई लाग्छ तपाईँ मलाई चाहनुहुन्न र मलाई हटाइसक्नु भएको छ। हे परमेश्वर, कृपया मलाई तपाईँको अभिप्राय बुझ्न डोऱ्याउनुहोस् र मलाई यो नकारात्मक स्थितिबाट बाहिर निकाल्नुहोस्।” मैले परमेश्वरलाई बारम्बार प्रार्थना गरिरहेँ।
पछि, मैले परमेश्वरका वचनहरूको यो खण्ड भेटेँ: “हालका वर्षहरूमा मण्डलीमा कामको अत्यन्तै चटारो भएको छ, त्यसकारण हरेक समूहमा सदस्यहरू स्थानान्तर गर्ने र नयाँ काममा खटाउने, साथै प्रकाश गर्ने, हटाउने, र धुने काम केही हदसम्म बारम्बार भएको छ। यो काम पूरा गर्ने क्रममा, समूह सदस्यहरूलाई स्थानान्तर गर्ने कार्य विशेष गरी बारम्बार र व्यापक तरिकामा भएको छ। तर, जति मात्रामा स्थानान्तर भए पनि वा जति नै परिवर्तन गरिए पनि, परमेश्वरलाई साँचो विश्वास गर्ने र चाहने मानिसहरूले सत्यता पछ्याउन गरेको सङ्कल्प परिवर्तन हुँदैन, मुक्ति प्राप्त गर्ने तिनीहरूको इच्छा परिवर्तन हुँदैन, परमेश्वरप्रतिको तिनीहरूको विश्वास कम हुँदैन, र तिनीहरू सधैँ सही दिशातिर लम्किरहेका हुन्छन्, र आजको दिनसम्म आफ्नो कर्तव्य निर्वाहमा दृढ छन्। योभन्दा अझै असल मानिसहरू छन्, जसले निरन्तर नयाँ काममा खटिएर आफ्नो सही स्थान भेट्टाउँछन्, अनि आफ्नो कर्तव्यमा कसरी सिद्धान्तहरू खोजी गर्ने भनेर सिक्छन्। तर सत्यता नपछ्याउने, सकारात्मक कुरालाई प्रेम नगर्ने र सत्यताप्रति वितृष्ण हुने मानिसहरूले राम्ररी काम गर्दैनन्। हाल कतिपय मानिस जबरजस्ती आफ्नो कर्तव्य निर्वाहमा लागिरहन्छन्, जबकि तिनीहरूको भित्री स्थिति पहिले नै भताभुङ्ग अवस्थामा हुन्छ, र तिनीहरू अत्यन्तै निराश र नकारात्मक हुन्छन्। तैपनि तिनीहरूले अझै मण्डली छोडेका हुँदैनन्, र तिनीहरू परमेश्वरलाई प्रेम गर्छन् र अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्छन् जस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूको हृदय परिवर्तन भएको हुन्छ, र तिनीहरू परमेश्वरबाट अलग भएका र तिनीहरूले परमेश्वरलाई त्यागेका हुन्छन्। कतिपय मानिस विवाह गरेर आफ्नो जीवन जिउन घर फर्किन्छन्…। कतिपय मानिस धनी बन्ने आफ्नो सपनालाई पछ्याइरहन्छन्; कतिपय अधिकारी बन्ने पेसाको पछि लागिरहन्छन् र अधिकारी वा नोकरशाह बन्ने सपना साकार पार्छन्, कतिचाहिँ बालबच्चाको धनी बन्न लागिपर्छन्, त्यसकारण तिनीहरू छोराहरू जन्माइदिन सक्ने श्रीमती ल्याउँछन्; कतिपय मानिस परमेश्वरमा विश्वास गरेको कारण खेदोमा पर्छन्, कमजोर र बिरामी नभइञ्जेल सतावट खेप्छन्, त्यसपछि तिनीहरू आफ्नो कर्तव्य त्यागेर बाँकी जीवन जिउन घर फर्किन्छन्। हरेकको परिस्थिति फरक हुन्छ। कतिपय मानिस आफ्नै कारणले छोड्छन् र आफ्नो नाम सूचीबाट काट्न लगाउँछन्, कतिपय अविश्वासी हुन्छन् जसलाई हटाइन्छ, र कतिपय मानिस अनेक किसिमका दुष्ट कार्य गर्छन् र निष्कासित हुन्छन्। यी सबै मानिसभित्र के हुन्छ? तिनीहरूको सार के हो? के तिमीहरूले यसलाई स्पष्टसँग देखेका छौ? … त्यसैले, तिनीहरू परमेश्वरमा विश्वास गर्न थाल्दा, जोसले भरिएका थिए, तिनीहरूले आफ्नो घर, जागिर छोडे, र तिनीहरू बारम्बार भेटी चढाउँथे र परमेश्वरको घरका लागि जोखिमपूर्ण कामहरू गर्थे। तिमीहरूले तिनीहरूलाई जसरी हेरे पनि, तिनीहरू सबै परमेश्वरका लागि इमानदारीसाथ समर्पित भए। तर अहिले तिनीहरू कसरी परिवर्तन हुन पुगे? के यो परमेश्वरले तिनीहरूलाई मन नपराउनुभएकाले र तिनीहरूलाई सुरुदेखि नै प्रयोग गर्नुभएकाले गर्दा हो? (होइन।) परमेश्वर सबैलाई निष्पक्ष र समान व्यवहार गर्नुहुन्छ र सबैलाई अवसर दिनुहुन्छ। तिनीहरू सबैले मण्डली जीवन जिए, परमेश्वरको वचन खाए-पिए, र परमेश्वरको भरणपोषण, मलजल, र हेरचाह पाए, र पनि किन तिनीहरू यति धेरै परिवर्तन भए? तिनीहरूले परमेश्वरमा विश्वास गर्न थाल्दाको तिनीहरूको व्यवहार र तिनीहरू मण्डली छोडेर जाँदाको तिनीहरूको व्यवहार हेर्दा त तिनीहरू पूर्ण रूपमा दुई फरक व्यक्ति जस्ता थिए। के परमेश्वरले गर्दा तिनीहरूको आशा मरेको हो? के परमेश्वरको घर वा परमेश्वरका कार्यहरूले गर्दा तिनीहरू अत्यन्तै निराश भएका हुन्? के परमेश्वर, उहाँद्वारा व्यक्त वचन, वा परमेश्वरले गर्ने कामले तिनीहरूको इज्जतमा चोट पुगेको हो? (होइन।) त्यसोभए कारण के हो त? यसलाई कसले व्याख्या गर्न सक्छ? … (परमेश्वर, मलाई के लाग्छ भने, जब यी मानिसहरूले सुरुमा परमेश्वरमा विश्वास गर्न थाले, तब आफ्नो जोस र असल अभिप्रायमा भरोसा गरे, र केही कुरा गर्न सके, तर अहिले परमेश्वरको घरले आफ्नो सबै कामलाई झन्-झन् गम्भीर रूपमा लिँदै छ। यसले मानिसहरूले सत्यता सिद्धान्तअनुसार काम गरेको माग गर्छ। तर यी मानिसहरू सत्यता स्विकार्दैनन्, आफ्नो कर्तव्य पूरा गर्दा आफूलाई जे मन लाग्यो त्यही अनियन्त्रित ढङ्गमा गर्छन्, र तिनीहरूलाई प्रायजसो काटछाँट गरिन्छ। त्यसकारण, तिनीहरूलाई आफूले यसरी झारा टारिरहन मिल्दैन भन्ने झन्-झन् धेरै लाग्छ, र अन्त्यमा तिनीहरू परमेश्वरको घर छोडेर जान्छन्। मलाई लाग्छ, एउटा कारण यही हो।) तिनीहरूले यसरी झारा टारिरहन मिल्दैन—के यसो भन्नु साँचो हो? (हो।) तिनीहरूले यसरी झारा टारिरहन मिल्दैन—झारा टारिरहने मानिसहरूको विषयमा यसो भनिन्छ। परमेश्वरमा विश्वास गर्ने कतिपय मानिस झारा टार्दैनन्, तिनीहरू अत्यन्तै इमानदार हुन्छन्, तिनीहरू यो कुरालाई गम्भीर रूपमा लिन्छन्, त्यसोभए किन तिनीहरू निरन्तर लागिपरेनन्? (किनभने प्रकृतिले नै यी मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूले आशिष् पाउनका लागि परमेश्वरलाई विश्वास गरेका हुन्। परमेश्वरको घरले सधैँ सत्यताबारे कुरा गरेको तिनीहरू देख्छन्, र तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र तिनीहरूलाई यसको प्रतिरोध गर्न मन लाग्छ, अनि तिनीहरूलाई भेलाहरूमा सहभागी हुन र प्रवचन सुन्न झन्-झन् मन लाग्न छोड्छ, र यसरी तिनीहरू खुलासा हुन्छन्।) यो एक प्रकारको परिस्थिति हो, र यस्ता मानिसहरू धेरै छन्। कतिपय मानिस सधैँ लापरवाही ढङ्गले आफ्नो कर्तव्य पूरा गर्छन्, कहिल्यै आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनन् वा आफूले गर्ने जुनै पनि कर्तव्यका लागि जिम्मेवारी लिँदैनन्। यसो हुनुको कारण तिनीहरू सक्षम नभएर वा तिनीहरूको क्षमताले नभ्याएर होइन, तर तिनीहरू अनाज्ञाकारी भएकाले र तिनीहरूले परमेश्वरको घरको मापदण्डअनुसार काम नगरेकाले हो। तिनीहरू सधैँ आफूले चाहेअनुसार कामकुरा गर्छन्, र अन्त्यमा अवरोध र बाधा खडा गर्छन् किनभने तिनीहरू अनियन्त्रित हुन्छन् र आफूलाई जे मन लाग्यो त्यही गर्छन्। तिनीहरूलाई जसरी काटछाँट गरिए पनि, तिनीहरू पश्चात्ताप गर्दैनन्, त्यसकारण तिनीहरूलाई हटाइन्छ। हटाइने यी मानिसहरूमा अत्यन्तै घृणित स्वभाव र अहङ्कारी मानवता हुन्छ। तिनीहरू जहाँ गए पनि, अन्तिम निर्णय आफै गर्न चाहन्छन्, सबैलाई तुच्छ ठान्छन्, र तानाशाहजस्तो व्यवहार गर्छन्, र अन्त्यमा तिनीहरूलाई हटाइन्छ। कतिपय मानिसलाई प्रतिस्थापित गरेपछि र हटाइएपछि, तिनीहरूलाई जहाँ गए पनि केही कुरा सहज रूपमा हुँदैन, र कसैले तिनीहरूलाई मूल्यवान् ठान्दैन वा ध्यान दिँदैन भन्ने लाग्छ। त्यसउप्रान्त तिनीहरूलाई कसैले आदर गर्दैन, तिनीहरूले अबदेखि अन्तिम निर्णय गर्न पाउँदैनन्, आफूले चाहेको कुरा पाउन सक्दैनन्, र तिनीहरूसँग हैसियत प्राप्त गर्ने आशा हुँदैन, झन् आशिष् प्राप्त गर्नु त परको कुरा हो। तिनीहरूलाई मण्डलीमा अबदेखि झारा टार्ने आशा छैन भन्ने महसुस हुन्छ, तिनीहरूलाई यसमा अब चासो हुँदैन, त्यसकारण तिनीहरू जाने निर्णय गर्छन्—यस्ता मानिसहरू धेरै हुन्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))।
“परमेश्वरमा विश्वास गर्ने बाटो ढुङ्गेनी र असमतल छ। यो परमेश्वरले नै निर्धारित गर्नुभएको हो। जे आइपरे पनि, यो कुरा मानिसहरूले कामना गरेजस्तो, वा तिनीहरूको धारणा र कल्पनाअनुसार भए पनि, वा तिनीहरूले पूर्वानुमान गर्न सक्ने भए पनि, यस्तो हुनुलाई परमेश्वरको सार्वभौमिकता र उहाँको योजनाबद्ध कार्यबाट अलग गर्न सकिँदैन। मानिसहरूलाई पाठ सिक्न र परमेश्वरको सार्वभौमिकता जान्न सहयोग गर्ने अर्थमा परमेश्वरले जे गर्नुहुन्छ ती सबै कार्य गराइको विशेष महत्त्व हुन्छ। परमेश्वरको सार्वभौमिकता चिन्नुको उद्देश्य मानिसहरूले परमेश्वरलाई विरोध गरून् भन्ने होइन, न त मानिसहरूले परमेश्वरलाई बुझेपछि उहाँसँग प्रतिस्पर्धा गर्न तिनीहरूसँग अझै धेरै शक्ति र पूँजी होओस् भन्ने नै हो। बरु, यसको उद्देश्य त मानिसहरूको जीवनमा कुनै परिस्थिति आइपर्दा, तिनीहरूले ती कुरालाई परमेश्वरबाट स्विकार्नुपर्छ र यसलाई बुझ्न सत्यता खोज्नुपर्छ, अनि त्यसपछि साँचो समर्पण हासिल गर्न सत्यता अभ्यास गर्नुपर्छ र उहाँमा साँचो विश्वास विकास गर्नुपर्छन्ने। के तिमीहरूले यो कुरा बुझ्यौ? (बुझ्यौँ।) त्यसो भए, तिमीहरू यसलाई कसरी अभ्यास गर्छौ? के यस्ता कुराहरूप्रतिको तिमीहरूको अभ्यासको मार्ग सही छ? के तिमीहरूको जीवनमा आइपर्ने हरेक कुरालाई तिमीहरूले समर्पणको हृदय र सत्यता खोजी गर्ने मनोवृत्तिसाथ लिन्छौ? यदि तँ सत्यता खोजी गर्ने व्यक्ति होस् भने, तँमा त्यस्तो मानसिकता हुनेछ। तेरो जीवनमा जेसुकै आइपरे पनि, तैँले यसलाई परमेश्वरबाट स्वीकार गर्नेछस्, त्यसपछि तैँले सत्यता खोजी गर्नेछस्, उहाँको इच्छा बुझेर उहाँका वचनहरूअनुसार मानिसहरू र परिस्थितिलाई हेर्नेछस्। तेरो जीवनमा आइपर्ने सबै कुरामा, तैँले परमेश्वरको काम अनुभव गर्न र जान्न सक्नेछस्, र तँ उहाँमा समर्पित हुन सक्षम बन्नेछस्। यदि तँ सत्यता पछ्याउने व्यक्ति होइनस् भने, तैँले आफूलाई जे आइपरे पनि, त्यसलाई परमश्वरको वचनअनुसार सम्हाल्नेछैनस्, न त तैँले सत्यता नै खोज्नेछस्। तैँले केवल अल्याङ्टल्याङ् गर्नेछस्, र परिणाम जेसुकै भए पनि, तैँले कुनै सत्यता प्राप्त गर्नेछैनस्। परमेश्वरले मानिसहरूलाई सत्यता खोज्न, उहाँको कार्यको बुझाइ प्राप्त गर्न अनि उहाँको सर्वशक्तिमान्ता र बुद्धि देख्न तालिम दिनको लागि तिनीहरूको धारणासँग मेल नखाने थुप्रै कुराहरू बन्दोबस्त गर्नुहुन्छ र त्यसरी तिनीहरूलाई सिद्ध तुल्याउनुहुन्छ, ताकि तिनीहरूको जीवन क्रमिक रूपमा वृद्धि होस्। सत्यता पछ्याउनेहरू किन परमेश्वरको काम अनुभव गर्दै र सत्यता प्राप्त गर्दै परमेश्वरद्वारा सिद्ध पारिन्छन्, जबकि सत्यता नपछ्याउनेहरू हटाइन्छन्? किनभने सत्यता पछ्याउनेहरू आफूलाई जे आइपरे पनि सत्यता खोज्न सक्छन्, त्यसैले तिनीहरूले पवित्र आत्माको काम र अन्तर्दृष्टि पाउँछन्, र तिनीहरू सत्यता अभ्यास गर्न, परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्न र परमेश्वरद्वारा सिद्ध पारिन सक्छन्, जबकि सत्यतालाई प्रेम नगर्नेहरूले तिनीहरूको धारणा परमेश्वरको वचनसँग मेल नखाने देख्छन्, तैपनि सत्यता खोजेर त्यो सच्याउँदैनन्, अनि नकारात्मक बनेर तिनीहरूले गुनासोसमेत गर्न सक्छन्। समय बित्दै जाँदा, परमेश्वरबारे तिनीहरूको धारणा बढ्दै जान्छ, अनि तिनीहरू उहाँलाई शङ्का र इन्कार गर्न थाल्छन्। फलस्वरूप, तिनीहरू परमेश्वरको कामद्वारा त्यागिन्छन् र हटाइन्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (११))।
परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वरको अभिप्राय बुझेँ। परमेश्वरले जस्तोसुकै वातावरण योजनाबद्ध गर्नुभए पनि, उहाँको आशा भनेको मानिसहरूले त्यसबाट पाठ सिक्न, सत्यता खोज्न, अनि विभिन्न मानिस, घटना र कामकुरालाई खुट्ट्याउन सकून् भन्ने हो, जसद्वारा परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने र सत्यता पछ्याउनेहरूलाई सिद्ध पारिन्छ। तर, जो सत्यता पछ्याउँदैनन्, तिनीहरू सत्यता खोज्न वा परमेश्वरले योजनाबद्ध गर्नुभएका वातावरणहरूबाट पाठहरू सिक्न इच्छुक हुँदैनन्, बरु नकारात्मक हुन्छन् र परमेश्वरबारे गुनासो गर्छन्, त्यसैले तिनीहरू अन्ततः उहाँद्वारा हटाइनेछन्। अहिले, जब मैले मण्डलीका मानिसहरू एक-एक गर्दै प्रकट गरिएर हटाइएको देखेँ, बिमारीका कारण आफ्नो कर्तव्य पूरा गर्न नसकेको कुरालाई विचार गरेँ, तब मैले परमेश्वरले मलाई प्रकट गरी हटाउँदै हुनुहुन्छ भन्ने सोचेँ, जसले मलाई नकारात्मक महसुस गरायो। यी सबै कुरा सत्यता खोजेर समाधान गरिनु आवश्यक थियो; म नकारात्मकतामा जिइरहन हुँदैन्थ्यो। मैले आफूले प्रकट गरिरहेको कुरामाथि चिन्तन गरेँ। मलाई लाग्थ्यो परमेश्वरले मानिसहरूलाई प्रकट गरी हटाउन यी वातावरणहरू योजनाबद्ध गर्नुहुन्छ, परमेश्वरले एकतर्फी रूपमा मानिसहरूलाई चाहनुहुन्न। के यो दृष्टिकोण सही थियो? परमेश्वरका वचनहरूमाथि मनन गरेर, मैले एउटा कुरा बुझेँ: परमेश्वर सबै मानिससँगको व्यवहारमा धर्मी हुनुहुन्छ। उहाँले हामीलाई आपूर्ति गर्न यति धेरै सत्यता व्यक्त गर्नुभएको छ, सबै पक्षका सिद्धान्त र मार्गहरू स्पष्ट व्याख्या गर्नुभएको छ, अनि आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँदा र गलत मार्गमा हिँड्दाका परिणामहरू पनि हामीलाई बताउनुभएको छ। त्यसपछि परमेश्वरले मानिसहरूलाई जाँच्न वातावरणहरू योजनाबद्ध गरी तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार काम गर्न र आफ्नो गवाहीमा दृढ रहन सक्छन् कि सक्दैनन् भनी हेर्नुहुन्छ। यस अवधिमा, परमेश्वरले मानिसहरूलाई कुनै निश्चित तरिका रोज्न बाध्य वा विवश पार्नुहुन्न; उहाँले मानिसहरूलाई स्वतन्त्रता दिनुहुन्छ। यदि मानिसहरूले परमेश्वरद्वारा योजनाबद्ध गरिएको वातावरणमा सत्यता खोज्न र समर्पित हुन, आत्मचिन्तन गरी आफूलाई चिन्न, अनि परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्न सक्छन् भने, तिनीहरूले सामना गर्ने वातावरण तिनीहरूलाई सिद्ध पारिने माध्यम हो। तर, यदि तिनीहरूले कहिल्यै सत्यता खोज्दैनन्, परमेश्वरले योजनाबद्ध गर्नुभएको वातावरणप्रति प्रतिरोध र गुनासो गर्छन्, र आफैलाई नै निराशामा छोडिदिन्छन् भने, तब यो वातावरणले तिनीहरूलाई प्रकट गर्ने र हटाउने काम गर्छ। एक व्यक्तिको अन्तिम परिणाम उसको आफ्नै छनौटसँग र उसले हिँडेको मार्गसँग सम्बन्धित हुन्छ। जसरी परमेश्वरका वचनहरूले भन्छन्: “सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम)। मण्डलीमा प्रकट गरिएर हटाइएका ती दुष्ट मानिस, ख्रीष्टविरोधी, र अविश्वासीहरूका बारेमा सोच्दा, यो सबै तिनीहरूको व्यक्तिगत छनौटसँग र सत्यता पछ्याउन असफल हुनुसँग सम्बन्धित थियो। वाङ ताओ जस्तै, सुरुमा आफ्नो कर्तव्य निर्वाह गर्न सबै कुरा त्यागे तापनि, तिनले निरन्तर सत्यता स्वीकार गर्न इन्कार गरे, सधैँ मानिस र कामकुरालाई अति विश्लेषण गरिरहे। तिनले अगुवाको सङ्गति सुनेनन्, न त आफ्नो कर्तव्य गर्न नै इच्छुक थिए। तिनले झर्किँदै यसो समेत भने, “परमेश्वरको काम कहिले अन्त्य हुन्छ कसलाई थाहा छ र! म अब मेरो कर्तव्य गर्न चाहन्न, म काम गरेर केही पैसा कमाउन चाहन्छु।” अगुवाले तिनलाई परमेश्वरमा विश्वास गर्नु र कर्तव्य निर्वाह गर्नुको महत्त्वबारे सङ्गति दिए, तर वाङले घमण्ड देखाउँदै, भने, “त्यसोभए मलाई बर्खास्त गर्नुहोस्। म यो कर्तव्य गर्न सक्दिनँ।” तिनले यसो पनि भने, “तपाईँले मसँग जति नै सङ्गति गरे पनि, म मेरो कर्तव्य पूरा गर्नेछैनँ—तपाईँ चाहनुहुन्छ भने अगाडि बढ्नुस् र मलाई निष्कासित गर्नुस्।” ली लीको हकमा, तिनले कामकुरा त्याग्न, आफूलाई खर्चन, र आफ्नो कर्तव्य पूरा गर्न सके तापनि, तिनले परमेश्वरबाट आएका कुराहरूलाई स्वीकार गरिनन्, र ठाडै सत्यता स्वीकार गर्न इन्कार गरिन्, मानिस र कामकुराको अति विश्लेषण गरिन्, यहाँसम्म कि ब्रदर-सिस्टरहरूको आलोचना गर्दै मण्डली जीवनमा बाधा पुऱ्याइन्। ब्रदर-सिस्टरहरूले तिनलाई धेरै पटक सङ्गति दिने प्रयास गरे तापनि, तिनले परिवर्तन हुन इन्कार गरिन्। पछि, तिनको सुसमाचार प्रचारले कुनै फल फलाएन, र तिनले नकारात्मकता समेत फैलाइन्, जसले सुसमाचारको काममा बाधा उत्पन्न गरायो। अगुवाले काटछाँट गर्दा, तिनले यो स्वीकार गरेको जस्तो देखिइन्, तर पछि अगुवाप्रतिको आफ्नो असन्तुष्टि फैलाइन्, अरूलाई आफ्नो पक्षमा तानिन् र अगुवाप्रति पूर्वाग्रह राख्न लगाइन्, र अलिकति पनि पछुतो देखाइनन्। मैले के देखेँ भने तिनीहरू निरन्तर सत्यता स्वीकार गर्न इन्कार गरेकाले, आफूले सामना गरेका परिस्थितिहरूमार्फत आत्मचिन्तन गरी आफूलाई चिन्न असफल भएकाले, र आफ्नो भ्रष्ट स्वभावअनुसार काम गर्ने, अनि मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउने झुकावका कारणले प्रकट गरिएर हटाइएका रहेछन्। तर मैले गल्तीले के विश्वास गरेँ भने परमेश्वरले एकतर्फी रूपमा मानिसहरूलाई हटाउन चाहनुहुन्छ, उहाँले अब मानिसहरूलाई चाहनुहुन्न। यो परमेश्वरलाई गलत बुझ्नु थियो, र यसलाई परमेश्वर विरुद्धको ईशनिन्दा समेत मान्न सकिन्छ। मैले कसरी मलाई आफ्नो कर्तव्य गर्न बाहिर जानबाट रोक्ने बिमारी लागेको थियो, र मेरो वातावरणमा खतराहरू भएकाले, ब्रदर-सिस्टरहरूले मसँग सम्पर्क गर्न सकेनन् भन्ने पनि सम्झेँ। मैले ठानेँ परमेश्वरले मलाई प्रकट गरी हटाउनुभएको हो, तर यो पनि परमेश्वरलाई गलत बुझ्नु थियो। वास्तवमा, परमेश्वरले मलाई जाँच्न र म कुनचाहिँ मार्ग रोज्छु भनी हेर्न यस्तो वातावरण योजनाबद्ध गर्नुभयो। यदि मैले गुनासो र गलत बुझाइलाई निरन्तरता दिएकी भए, नकारात्मकतामा जिएकी भए, परमेश्वरका वचनहरू नपढेकी भए, परमेश्वरलाई प्रार्थना नगरेकी वा उहाँको नजिक नगएकी भए, वा परमेश्वरलाई त्याग्ने विचारसमेत गरेकी भए, तब यो वातावरणले साँच्चै नै मलाई प्रकट गरी हटाएको हुने थियो। तर यदि म यो वातावरणमा समर्पित हुन सकेकी भए, मैले प्रकट गरिरहेका भ्रष्टताहरूलाई चिन्तन गरी चिन्न सकेकी भए, र तिनलाई समाधान गर्न सत्यता खोजेकी भए, तब यस्तो किसिमको वातावरणले मलाई सिद्ध पार्ने थियो। यी कुराहरू बुझेपछि मेरो हृदय धेरै उज्यालो भयो। अब, यो वातावरणमा मैले आफ्नो कर्तव्य पूरा गर्न नसके तापनि, मैले समर्पित हुनु, सत्यता खोज्नु, र मेरो भ्रष्ट स्वभावलाई समाधान गर्नु आवश्यक थियो।
मैले मनन गरेँ: यो वातावरणको सामना गर्दा म किन यति नकारात्मक भएँ? त्यसपछि मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “मानिसहरू सबैले आशिष्, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ। यदि मानिसहरूको हृदयमा लुकेको आशिष् प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्वरमाथि विश्वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष् प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो। सायद, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वा मण्डलीको जीवन जिउँदा, तिनीहरूलाई आफूले केही सत्यताहरू बुझेको छु र आफ्नो परिवार त्याग्न र खुसीसाथ आफूलाई परमेश्वरप्रति समर्पित गर्न सक्षम छु, र अब आफूलाई आशिष् प्राप्त गर्ने आफ्नो अभिप्रायको ज्ञान छ, र यो अभिप्राय त्यागेको छु, र अब यसद्वारा शासित वा बाँधिएको छैन भन्ने महसुस हुन्छ। त्यसपछि, तिनीहरूले अब आफूसँग आशिष् प्राप्त गर्ने अभिप्राय छैन भनी सोच्छन्, तर परमेश्वरले फरक विश्वास गर्नुहुन्छ। मानिसहरूले विभिन्न कुराहरूलाई सतही रूपमा मात्रै हेर्छन्। परीक्षाहरूविना, तिनीहरूले आफ्नो बारेमा राम्रै अनुभव गर्छन्। जबसम्म तिनीहरूले मण्डली छोडेका वा परमेश्वरको नामलाई इन्कार गरेका हुँदैनन्, र तिनीहरू आफूलाई परमेश्वरप्रति समर्पित गर्न लागिरहन्छन्, तबसम्म तिनीहरूले आफू परिवर्तन भएको छु भन्ने विश्वास गर्छन्। तिनीहरू अब आफ्नो कर्तव्य निर्वाहमा आफ्नो जोस वा क्षणिक आवेगद्वारा उत्प्रेरित भएको महसुस गर्दैनन्। यसको साटो, तिनीहरू आफूले सत्यताको पछ्याउन सक्ने, र आफ्नो भ्रष्ट स्वभाव शुद्ध होस् र आफूले केही साँचो परिवर्तन हासिल गर्न सकूँ भनेर आफ्नो कर्तव्य निर्वाह गर्दा आफूले निरन्तर सत्यताको खोजी र अभ्यास गर्न सक्ने विश्वास गर्छन्। तर, जब तिनीहरूको गन्तव्य र परिणामसँग प्रत्यक्ष रूपमा सम्बन्धित घटनाहरू घट्छन्, तब तिनीहरूका प्रकटीकरणहरू के-के हुन्छन्? तिनीहरूको साँचो अवस्था पूर्ण रूपमा प्रकाश हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने म त केवल आशिष् पाउनका लागि परमेश्वरमा विश्वास गरिरहेकी रहेछु। विगतमा, जब मैले कुनै अवस्थाको सामना गरेकी थिइनँ, तब म सक्रिय रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्न सक्थेँ। मण्डलीले जे-जस्तो काम सुम्पे पनि म गर्थेँ; बिमारीले ग्रस्त हुँदा पनि, म आफ्ना कर्तव्यहरू गर्न लागिरहन्थेँ। तर अब, गम्भीर बिमारीले गर्दा, मैले कुनै पनि कर्तव्य निर्वाह गर्न सकिनँ, र ब्रदर-सिस्टरहरूले मसँग सम्पर्क गर्न सकेनन्। मलाई लाग्यो परमेश्वरले मलाई हटाइनुभएको छ, र मेरो कुनै राम्रो परिणाम वा गन्तव्य छैन। म यति नकारात्मक भएँ कि मलाई कुनै पनि कुरा गर्न, सत्यता पछ्याउन, वा माथितिर जाने प्रयास गर्न मन लागेन। म परमेश्वरका वचनहरू पढ्ने मनस्थितिमा समेत थिइनँ, र म नकारात्मकताको स्थितिमा जिएँ। वास्तवमा मैले सक्रिय रूपमा आफ्ना कर्तव्यहरू आशिष् पाउन, परमेश्वरबाट राम्रो परिणाम र गन्तव्य साट्नका लागि गरिरहेकी रहेछु भन्ने देखियो। जब मैले आशिष् पाउने कुनै आशा बाँकी नरहेको देखेँ, तब मैले परमेश्वरमा विश्वास गर्ने प्रेरणा नै गुमाएँ—परमेश्वरमाथिको मेरो विश्वास र कर्तव्यको निर्वाहमा कुनै इमानदारी थिएन। म के सोच्ने गर्थेँ भने परमेश्वरमाथिको मेरो विश्वास इमानदार छ, म सत्यता पछ्याउने व्यक्ति हुँ, र केही कुरा हुँदा, म त्यसलाई समाधान गर्न तुरुन्तै सत्यता खोज्नेछु। यो अनुभवले मलाई पूर्ण रूपमा प्रकटीकरण गर्यो। जब मैले आशिष्का लागि कुनै आशा नरहेको देखेँ, तब म नकारात्मक भएँ र सत्यता खोज्न छोडेँ। म कसरी सत्यता पछ्याउने व्यक्ति हुन सक्थेँ र? मैले यस्तो वातावरणको सामना नगरेकी भए र आफ्ना कर्तव्यहरूलाई निरन्तरता दिन सकेकी भए पनि, यदि मेरो भ्रष्ट स्वभाव परिवर्तन नभएको भए, र परमेश्वरमा विश्वास गर्ने र आफ्ना कर्तव्यहरू पूरा गर्नेबारे मेरा प्रेरणा र दृष्टिकोणहरू सही थिएनन् भने, अन्त्यमा, सत्यता प्राप्त नगरेका कारण म परमेश्वरद्वारा हटाइने तारो नै बन्ने थिएँ। मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, त्यसैले हामीले परमेश्वरमा विश्वास गर्नुपर्छ र आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्छ। यो एक सृजित प्राणीका रूपमा हाम्रो कर्तव्य हो। तर म आशिष् पाउने अभिप्रायले परमेश्वरसँग लेनदेन गर्न खोजिरहेकी थिएँ। के ममा अलिकति पनि समझ वा विवेक थियो? मैले आफ्नो हृदयमा खेद र ऋणी महसुस गरेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गर्दै भनेँ, “हे परमेश्वर, ममा साँच्चै विवेकको कमी छ। म तपाईँमा इमानदारीपूर्वक विश्वास गर्दिनँ; यो सबै आशिष्का लागि हो। हे परमेश्वर, म पश्चात्ताप गर्न र परिवर्तन हुन इच्छुक छु। मेरो भविष्यको परिणाम जेसुकै भए पनि, म इमानदारीपूर्वक तपाईँमा विश्वास गर्नेछु र तपाईँको पछि लाग्नेछु, अनि लगनशीलताका साथ सत्यता पछ्याउनेछु।”
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र आफ्ना दृष्टिकोणहरूबारे केही ज्ञान प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यस्तो प्रश्न गर्ने मानिसहरू पनि छन्, ‘के परमेश्वरले हरेक व्यक्तिलाई मुक्ति दिऊँ र कसैले अनन्त विनाश नभोगोस् भन्ने चाहनुहुन्न र? यदि परमेश्वरले काम गर्न यस्तो विधि प्रयोग गर्नुभयो भने, कतिजना मानिसहरूले मुक्ति पाउन सक्थे होला?’ यसको जवाफमा, परमेश्वरले सोध्नुहुनेथियो, ‘कतिजना मानिसहरूले मेरा वचनहरूप्रति ध्यान दिन्छन् र मेरो मार्ग पछ्याउँछन्?’ जति छन् ती सबैले पछ्याउँछन्—यो परमेश्वरको दृष्टिकोण र उहाँको कामको विधि हो। परमेश्वरले योभन्दा बढी गर्नुहुन्न। यो विषयमा मान्छेको धारणा के छ? ‘परमेश्वरले यो मानवजातिमाथि दया गर्नुहुन्छ, उहाँ यो मानवजातिको लागि चिन्तित हुनुहुन्छ, त्यसैले उहाँले अन्त्यसम्मै जिम्मेवारी लिनुपर्छ। यदि मान्छेले उहाँलाई अन्त्यसम्मै पछ्यायो भने, उसले अपरिहार्य रूपमै मुक्ति पाउनेछ।’ यो धारणा सही छ कि गलत छ? के यो परमेश्वरका अभिप्रायहरूसँग मिल्छ? अनुग्रहको युगमा, मानिसहरूले यी धारणाहरू राख्नु सामान्य थियो, किनभने तिनीहरूले परमेश्वर चिन्दैनथे। आखिरी दिनहरूमा, परमेश्वरले मानिसहरूलाई यी सबै सत्यताहरू बताउनुभएको छ, र परमेश्वरले मानिसहरूलाई मुक्ति दिने उहाँको कामका सिद्धान्तहरू पनि प्रस्ट पार्नुभएको छ, त्यसैले यदि मानिसहरूका हृदयमा अझै पनि यी विचारहरू छन् भने यो धेरै समझहीन कुरा हो। परमेश्वरले तँलाई यी सबै सत्यताहरू बताउनुभएको छ, त्यसैले, यदि अन्त्यमा तैँले अझै पनि परमेश्वरका अभिप्रायहरू बुझेको छैनँ र अभ्यास गर्न आउँदैन भन्छस्, र तैँले अझै पनि त्यस्ता विद्रोही र विश्वासघाती शब्दहरू बोल्छस् भने, के त्यस्तो व्यक्तिलाई परमेश्वरले मुक्ति दिन सक्नुहुन्छ? केही यस्ता मानिसहरू पनि छन् जो सधैँ यस्तो सोच्छन्, ‘परमेश्वरले यस्तो महान् काम गर्नुहुन्छ, उहाँले संसारका आधाभन्दा बढी मानिसहरू प्राप्त गर्नुपर्छ, र परमेश्वरको महिमाको गवाही दिन मानिसहरूको ठूलो सङ्ख्या, शक्तिशाली बल, र उच्च-पदस्थ मानिसहरूको ठूलो सङ्ख्या प्रयोग गर्नुपर्छ। त्यो कति गज्जब हुन्थ्यो होला!’ यो मान्छेको धारणा हो। बाइबलमा, पुरानो र नयाँ करार दुवैमा, मुक्ति दिइएका र सिद्ध पारिएका मानिसहरू जम्मा कतिजना थिए? अन्त्यमा परमेश्वरको डर मान्न र दुष्टताबाट टाढा बस्न सक्ने को थिए? (अय्यूब र पत्रुस।) ती दुईजना मात्र थिए। परमेश्वरको नजरमा, उहाँको डर मान्नु र दुष्टताबाट अलग बस्नु नै वास्तवमा उहाँलाई चिन्ने, अर्थात् सृष्टिकर्तालाई चिन्ने मानक पूरा गर्नु हो। अब्राहाम र नोआजस्ता मानिसहरू परमेश्वरको नजरमा धर्मी थिए, तर तिनीहरू अझै पनि अय्यूब र पत्रुसभन्दा एक स्तर तल थिए। अवश्य नै, त्यसबेला परमेश्वरले त्यति धेरै काम गर्नुभएन। उहाँले अहिलेजसरी मानिसहरूको भरणपोषण गर्नुभएन, न त उहाँले यति धेरै स्पष्ट वचनहरू नै बोल्नुभयो, न त उहाँले यति बृहत् मात्रामा मुक्तिको काम नै गर्नुभयो। उहाँले धेरै मानिसहरू प्राप्त गर्नुभएको नहोला, तर यो पनि उहाँको पूर्वनिर्धारणभित्रै पर्छ। यसमा सृष्टिकर्ताको स्वभावको कुन पक्ष देख्न सकिन्छ? परमेश्वरले धेरै मानिसहरू प्राप्त गर्ने आशा गर्नुहुन्छ, तर यदि धेरै मानिसहरू वास्तवमा प्राप्त गर्न सकिँदैन भने—यदि परमेश्वरले मुक्तिको काम गर्नुहुँदा यो मानवजातिलाई प्राप्त गर्न सकिँदैन भने—परमेश्वरले तिनीहरूलाई त्याग्नु र फाल्नुहुनेछ। सृष्टिकर्ताको भित्री आवाज र दृष्टिकोण यही हो। यस सन्दर्भमा, मान्छेसँग परमेश्वरप्रति के-कस्ता माग वा धारणाहरू छन्? ‘तपाईँ मलाई मुक्ति दिन चाहनुहुन्छ, त्यसकारण तपाईँ अन्त्यसम्मै जिम्मेवार हुनैपर्छ, र तपाईँले मलाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो, त्यसैले तपाईँले मलाई ती आशिष् दिनैपर्छ र मैले ती प्राप्त गर्नैपर्छ।’ मान्छेभित्र, ‘पर्छ’ भन्ने शब्द धेरै छन्—धेरै मागहरू छन्—र यो उसका धारणाहरूमध्येको एउटा हो। अरूले भन्छन्, ‘परमेश्वरले यस्तो महान् काम—छ हजार वर्षे व्यवस्थापन योजना—गर्नुहुन्छ, यदि अन्त्यमा उहाँले दुईजना मानिसहरू मात्र प्राप्त गर्नुभयो भने, त्यो अत्यन्तै लाजमर्दो कुरा हुनेछ। तब के उहाँका कार्यहरू व्यर्थ भएका हुनेछैनन् र?’ मान्छेले त्यस्तो हुनु हुँदैन भन्ने सोच्छ, तर परमेश्वर दुई जना मानिस प्राप्त हुँदा पनि खुसी हुनुहुन्छ। परमेश्वरको वास्तविक उद्देश्य ती दुईलाई प्राप्त गर्नु मात्र होइन, त्योभन्दा बढी नै प्राप्त गर्नु हो, तर यदि मानिसहरू जाग्दैनन् र कुरा बुझ्दैनन्, र तिनीहरू सबैले परमेश्वरलाई गलत बुझ्छन् र उहाँको प्रतिरोध गर्छन्, र सबै आशाहीन र बेकार छन् भने, परमेश्वरले बरु तिनीहरू प्राप्त नहोऊन् भन्ने चाहनुहुन्छ। त्यो परमेश्वरको स्वभाव हो। कति मानिसहरू भन्छन्, ‘त्यसरी हुँदैन। त्यसपछि शैतान हाँस्दैन र?’ शैतान हाँसिरहेको हुन सक्छ, तर के त्यो परमेश्वरको पराजित शत्रु नै होइन र? परमेश्वरले मानवजातिलाई प्राप्त गर्नुभएकै हुन्छ—तिनीहरूमध्ये धेरैले शैतानविरुद्ध विद्रोह गर्न र यसको नियन्त्रणमा नपर्न सक्छन्। परमेश्वरले साँचो सृजित प्राणीहरू प्राप्त गर्नुभएको छ। त्यसोभए, के ती परमेश्वरद्वारा प्राप्त नगरिएकाहरू शैतानका बन्दी हुन्छन् र? तिमीहरू सिद्ध पारिएका छैनौ—के तिमीहरूले शैतानलाई पछ्याउन सक्छौ? (सक्दैनौँ।) कतिपय मानिसले यसो भन्छन्: ‘यदि परमेश्वरले मलाई चाहनुभएन भने पनि, म शैतानलाई पछ्याउनेछैनँ। यसले मलाई आशिष्हरू दियो भने पनि, म त्यो लिनेछैनँ।’ जसलाई परमेश्वरले प्राप्त गर्नुभएको छैन तिनीहरूले पनि शैतानलाई पछ्याउँदैनन्—के यसरी परमेश्वरले महिमा प्राप्त गर्नुहुन्न र? परमेश्वरले प्राप्त गर्नुहुने मानिसहरूको सङ्ख्या वा उहाँले तिनीहरूलाई प्राप्त गर्नुहुने मात्राबारे मानिसहरूमा एउटा धारणा हुन्छ; तिनीहरू परमेश्वरले ती थोरैलाई मात्र प्राप्त गर्नु हुँदैन भन्ने विश्वास गर्छन्। मान्छेले यस्तो धारणा पैदा गर्न सक्नुको कारण के हो भने, एकातिर, मान्छेले परमेश्वरको मन पढ्न सक्दैन र उहाँ कस्तो व्यक्ति प्राप्त गर्न चाहनुहुन्छ भनेर बुझ्न सक्दैन—मान्छे र परमेश्वरबीच सधैँ एउटा दूरी हुन्छ; अर्कोतिर, यस्तो धारणा राख्नु भनेको मान्छेको लागि आफूलाई सान्त्वना दिने र आफ्नो नियति र भविष्यबारे आफूलाई स्वतन्त्र राख्ने एउटा तरिका हो। मान्छेले यस्तो विश्वास गर्छ, ‘परमेश्वरले अति थोरै मानिसहरू प्राप्त गर्नुभएको छ—उहाँले हामी सबैलाई प्राप्त गर्नुभयो भने यो कति गौरवशाली कुरा हुनेथ्यो! यदि परमेश्वरले कुनै एउटा व्यक्तिलाई पनि नत्यागी सबैलाई जित्नुभयो, र अन्त्यमा सबैलाई सिद्ध पारियो, र परमेश्वरले मानिसहरूलाई छान्नुहुने र मुक्ति दिनुहुने कुरा अनि उहाँको व्यवस्थापनको काम व्यर्थ भएन भने, के शैतान अझ बढी अपमानित हुनेथिएन र? के परमेश्वरले अझ ठूलो महिमा प्राप्त गर्नुहुनेथिएन र?’ उसले यसो भन्नुको आंशिक कारण उसले सृष्टिकर्तालाई नचिनेको भएर हो र अर्को आंशिक कारण उसका आफ्नै स्वार्थी अभिप्राय भएर हो: ऊ आफ्नो भविष्यबारे चिन्तित हुन्छ, त्यसैले उसले यसलाई सृष्टिकर्ताको महिमासँग जोड्छ, र यसरी ऊ सर्प पनि मर्छ र लट्ठी पनि भाँचिदैन भन्ने सोचेर हृदयमा ढुक्क हुन्छ। साथै, उसले यो पनि महसुस गर्छ कि ‘परमेश्वरले मानिसहरूलाई प्राप्त गर्नु र शैतानलाई लज्जित पार्नु शैतानको पराजयको दह्रिलो प्रमाण हो। यो त एक तिर तीन सिकार भनेजस्तै हो!’ मानिसहरू आफैलाई कसरी फाइदा गर्ने भनेर उपाय लाउन साह्रै सिपालु हुन्छन्। यो धारणा निकै चलाकीपूर्ण छ, होइन र? मानिसहरूका स्वार्थी अभिप्रायहरू हुन्छन्, र के यी अभिप्रायहरूमा विद्रोहीपनको कुनै तत्त्व हुँदैन र? के त्यसमा परमेश्वरप्रति माग गरिएको हुँदैन र? यसमा परमेश्वरविरुद्ध एउटा अव्यक्त प्रतिरोध हुन्छ जसले भन्छ, ‘तपाईँले हामीलाई चुन्नुभयो, हामीलाई अगुवाइ गर्नुभयो, हामीमाथि धेरै परिश्रम गर्नुभो, तपाईँको जीवन र तपाईँको सम्पूर्णता हामीलाई सुम्पनुभयो, हामीलाई तपाईँको वचन र सत्यता सुम्पनुभयो, र हामीलाई यतिका वर्ष तपाईँको पछि लगाउनुभयो। यदि अन्त्यमा तपाईँले हामीलाई प्राप्त गर्न सक्नुभएन भने, यो कति घाटा हुने होला।’ यस्तो बहाना परमेश्वरलाई ब्ल्याकमेल गर्ने र उहाँलाई तिनीहरू प्राप्त गर्न बाध्य पार्ने प्रयास हो। यो त यदि परमेश्वरले तिनीहरूलाई प्राप्त गर्नुभएन भने, तिनीहरूलाई घाटा हुनेछैन, घाटा त परमेश्वरलाई हुनेछ भनेर भन्नु हो—के यो अभिव्यक्ति सही छ? यसभित्र, मान्छेका मागहरू, साथै उसका कल्पना र धारणाहरू दुवै छन्: परमेश्वरले यस्तो महान् काम गर्नुहुन्छ, त्यसैले उहाँले जतिसक्दो धेरै मानिसहरू प्राप्त गर्नैपर्छ। यो ‘पर्छ’ भन्ने शब्द कहाँबाट आउँछ? यो मान्छेका धारणा र कल्पनाहरू, उसका अनुचित मागहरू, र उसको आडम्बर, साथै उसको हठी र क्रूर स्वभावको मिश्रणबाट आउँछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (२))।
परमेश्वरका वचनहरूबाट मैले आफ्नै धारणाहरूबारे केही खुट्ट्याइ प्राप्त गरेँ। विगतमा, म सोच्थेँ परमेश्वरले मानिसहरूलाई प्रकट गरी हटाउनु हुँदैन; उहाँले धेरै मानिसरूलाई प्राप्त गर्नुपर्छ ताकि उहाँले धेरै महिमा पाउन सक्नुहोस्। त्यसैले, जब मैले मण्डलीका मानिसहरू एक-एक गर्दै प्रकट गरिएर हटाइएको देखेँ, तब म अलमल्ल परेँ: यति धेरै मानिसहरू प्रकट गरिएर हटाइँदै छन्, आखिरमा कति जनाले मुक्ति पाउलान् र? विशेष गरी जब मैले बिमारीका कारणले आफ्ना कर्तव्यहरू पूरा गर्न सकिनँ, तब परमेश्वरले मलाई प्रकट गरी हटाउँदै हुनुहुन्छ भन्ने पनि लाग्यो। मैले परमेश्वरलाई गलत बुझेँ र मेरो हृदयमा उहाँसँग तर्कसमेत गरेँ, “के परमेश्वरको काम मानिसहरूलाई मुक्ति दिनेबारे होइन र? अन्त्यमा हामी सबै किन हटाइँदै छौँ?” यसले परमेश्वरको कामबारे मेरो ज्ञानको कमी देखायो। वास्तवमा, मानिसहरूलाई मुक्ति दिने परमेश्वरको अभिप्राय अपरिवर्तित रहन्छ, र उहाँ धेरै मानिसहरूलाई प्राप्त गर्ने आशा गर्नुहुन्छ। जबसम्म मानिसहरू परमेश्वरका लागि बफादारीसाथ श्रम गर्न इच्छुक हुन्छन्, उहाँले तिनीहरूलाई सजिलै हटाउनुहुने छैन। तर, यदि मानिसहरूले परमेश्वरको मुक्तिको कदर गर्दैनन्, परिस्थितिहरूको सामना गर्दा सत्यता खोज्दैनन्, परमेश्वरको आवश्यकताअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्दैनन्, र त्यसको सट्टा अवरोध र बाधा उत्पन्न गर्छन् र आफ्नो श्रमले फाइदाभन्दा बढी हानि पुऱ्याउन पुग्छन् भने, तिनीहरूलाई हटाइनुबाहेक अरू विकल्प हुँदैन। परमेश्वरको स्वभाव धर्मी र पवित्र छ। उहाँले मानिसहरूको सङ्ख्या होइन, गुणस्तर खोज्नुहुन्छ। उहाँले प्राप्त गर्न चाहेको कुरा भनेको इमानदारीपूर्वक उहाँको आराधना गर्न सक्ने र उहाँसँग मिल्ने साँचो सृजित प्राणीहरू हुन्, चाहे तिनीहरू थोरै नै किन नहोऊन्। साथै, परमेश्वरले मानिसहरूलाई प्रकट गरी हटाउनुको सट्टा धेरैलाई मुक्ति दिनुहुनेछ भन्ने मेरो आशाले मेरो आफ्नै स्वार्थ बोकेको थियो। किनभने त्यसो भएको भए, म हटाइने थिइनँ, र मेरा सम्भावनाहरू र गन्तव्य सुरक्षित हुने थियो। त्यसैले, जब मैले आफूलाई परमेश्वरद्वारा प्रकट गरिएर हटाइएको हुँ कि भन्ने महसुस गरेँ, तब म नकारात्मक भएँ र उप्रान्त सत्यता पछ्याउन चाहिनँ। मैले आफ्नो हृदयमा परमेश्वरसँग तर्क गरेँ: के परमेश्वरले हामीलाई मुक्ति दिन चुन्नुभएको होइन र? किन हामीमध्ये यति धेरै जना एक-एक गर्दै प्रकट गरिएर हटाइँदै छौँ? मेरो आशय के थियो भने परमेश्वरले हामीलाई हटाउनु हुँदैन; उहाँले हामीलाई अन्त्यसम्मै मुक्ति दिनुपर्छ। के यसले पावलका शब्दहरूले जस्तै प्रकृति बोकेको थिएन र: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)? यो त परमेश्वरको विरुद्धमा कोलाहल गर्नु हो! यो कस्तो क्रूर स्वभाव हो। वास्तवमा, परमेश्वरले जस्तोसुकै वातावरण योजनाबद्ध गर्नुभए पनि, त्यो हामीले त्यहाँभित्र सत्यता खोज्न र सत्यता प्राप्त गर्न सकौँ भनेर हो, ताकि हामीले आफ्नो भ्रष्ट स्वभाव फाल्न र मुक्ति पाउन सकौँ। ठ्याक्कै यो वातावरण जस्तै: यद्यपि यो मेरो धारणासँग मेल खाँदैनथ्यो र मलाई केही पीडा दियो, तर यसले मभित्रको आशिष् पाउने प्रेरणालाई प्रकटीकरण गर्यो, जसले मलाई परमेश्वरमाथिको मेरो विश्वास र कर्तव्यको निर्वाह पछाडिका मिसावटहरूलाई चिन्न, र मलाई फर्केर परिवर्तन हुन सक्षम बनायो। यो वातावरण मेरा लागि मुक्ति थियो भन्ने मैले देखेँ। परमेश्वरले हामीलाई मुक्ति दिन श्रमसाध्य प्रयास गर्नुभएको छ। उहाँले हामीलाई आपूर्ति गर्न सत्यता मात्र व्यक्त गर्नुहुन्न, हामीलाई अनुभवमार्फत धुन र सिद्ध पार्न विभिन्न वातावरण पनि योजनाबद्ध गर्नुहुन्छ। तैपनि, मैले परमेश्वरले योजनाबद्ध गरेका वातावरणहरूको प्रतिरोध र गुनासो गरेँ। मलाई आफ्ना लागि के राम्रो भन्ने थाहै थिएन! परमेश्वरले मलाई उहाँका आखिरी दिनहरूको काम स्वीकार गर्न चुन्नु नै उहाँको अनुग्रह हो। मैले उहाँलाई धन्यवाद दिनुपर्छ। मैले अन्त्यमा आशिष् वा राम्रो परिणाम नपाए पनि, मैले परमेश्वरमा समर्पित भइरहनुपर्छ र उहाँसँग तर्क गर्नु हुँदैन।
पछि, मैले परमेश्वरका थप वचनहरू भेट्टाएँ: “अबदेखि यसलाई गम्भीरतापूर्वक पछ्याउन सुरु गर्—तर तैँले यसलाई कसरी पछ्याउनुपर्छ? तैँले परमेश्वरविरुद्ध आफूले प्रायः विद्रोह गर्ने गरेको मामिलाबारे मनन गर्नुपर्छ। परमेश्वरले तँलाई पाठ सिकाउन, यी मामिलाहरूमार्फत तँलाई बदल्न, तँमा आफ्ना वचनहरू घुसाउन, तँलाई सत्यता वास्तविकताको एउटा पक्षमा प्रवेश गराउन अनि तँलाई ती मामिलाहरूमा शैतानको भ्रष्ट स्वभावअनुसार जिउनदेखि रोक्न, अनि त्यसको सट्टा तँलाई परमेश्वरको वचनअनुसार जिउन लगाउन अनि उहाँको वचनलाई तँभित्र गढ्न दिन र तेरो जीवन बनाउन बारम्बार परिस्थितिहरू खडा गर्नुभएको छ। तर तँ यी मामिलाहरूमा प्रायः परमेश्वरविरुद्ध विद्रोह गर्छस्, न त परमेश्वरप्रति समर्पित हुन्छस् न त सत्यता नै स्विकार्छस्, उहाँको वचनलाई आफूले पालन गर्नुपर्ने सिद्धान्तका रूपमा लिँदैनस् र उहाँको वचनअनुसार जिउँदैनस्। यसले परमेश्वरलाई चोट पुऱ्याउँछ अनि तैँले बारम्बार मुक्तिको मौका गुमाउँछस्। त्यसोभए, तैँले कसरी आफूलाई बदल्नुपर्छ? तैँले आजबाट सुरु गरी चिन्तन गरेर आफूले चिन्न सक्ने र स्पष्टसँग अनुभूत गर्ने मामिलाहरूमा परमेश्वरको योजनाबद्ध कार्यमा समर्पित हुनुपर्छ, उहाँको वचनलाई सत्यता वास्तविकताका रूपमा स्विकार्नुपर्छ, उहाँको वचनलाई जीवनका रूपमा स्विकार्नुपर्छ अनि आफू जिउने तरिका परिवर्तन गर्नुपर्छ। जब तँलाई यस्ता परिस्थितिहरू आइपर्छन्, तब तैँले आफ्नो देह र रुचिहरूविरुद्ध विद्रोह गर्नुपर्छ अनि सत्यता सिद्धान्तअनुसार कार्य गर्नुपर्छ। के अभ्यासको मार्ग यही होइन र? (हो।) … तर, यदि तँ मुक्ति पाउने इच्छा गर्छस्, यदि तँ परमेश्वरको वचन अभ्यास र अनुभव गर्न अनि सत्यता र जीवन प्राप्त गर्न चाहन्छस् भने, तैँले परमेश्वरको वचन अझ धेरै पढ्नैपर्छ, सत्यता बुझ्नैपर्छ, उहाँको वचन अभ्यास गर्न र त्यसमा समर्पित हुन सक्नैपर्छ, अनि सत्यता अभ्यास र सत्यता सिद्धान्तहरू पालन गरेर सुरुवात गर्नैपर्छ। यी केही सरल वाक्यहरू मात्र हुन्, तैपनि मानिसहरू ती अभ्यास वा अनुभव गर्न जान्दैनन्। तेरो क्षमता वा शिक्षाका बाबजुद, अनि तेरो उमेर वा विश्वासको अवधिका बाबजुद, जे भए पनि यदि तँ सही उद्देश्यले र सही दिशा पक्रेर सत्यता अभ्यासको सही मार्गमा छस्, अनि यदि तैँले पछ्याउने र प्रयास लगाउने सबै कुरा सत्यता अभ्यासकै लागि हो भने, अन्ततः सत्यता वास्तविकता र परमेश्वरको वचन निस्सन्देह तेरो जीवन बन्नेछ। पहिले आफ्नो लक्ष्य निर्धारण गर्, त्यसपछि यो मार्गअनुसार क्रमिक रूपमा अभ्यास गर् अनि अन्त्यमा तैँले पक्कै पनि केही कुरा प्राप्त गर्नेछस्। के तिमीहरूलाई यो विश्वास लाग्छ? (लाग्छ।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२०))। परमेश्वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखाए। यदि मैले सत्यता पछ्याउन र मुक्ति पाउन चाहने हो भने, मैले परमेश्वरले योजनाबद्ध गरेका वातावरणहरूमा समर्पित हुनुपर्छ, सत्यता खोज्नुपर्छ, र परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ। मैले अहिले कुनै कर्तव्य गर्न वा ब्रदर-सिस्टरहरूसँग सम्पर्क गर्न नसके पनि, मैले यो अवस्थामा परमेश्वरको सुरक्षा देखेकी थिएँ। मेरो गम्भीर बिमारीको बावजुद, परमेश्वरले मलाई हरेक सास प्रदान गर्नुभयो, र म अझै जीवित थिएँ। म अझ पनि घरमा परमेश्वरका वचनहरू पढ्न सक्थेँ; परमेश्वरले मलाई उहाँका वचनहरू पढ्ने अधिकारबाट वञ्चित गर्नुभएन। तर मलाई धन्यवाद दिन आएन। परमेश्वरको सुरक्षाको कदर गर्नुको सट्टा, म नकारात्मक भएँ र उहाँलाई गलत बुझेँ। म साँच्चै असमझदार थिएँ। मैले आत्मचिन्तन गरी आफूलाई अझ बढी चिन्न, अनि मेरो आफ्नै भ्रष्टतालाई सम्बोधन गर्न परमेश्वरका सान्दर्भिक वचनहरू खोज्नु आवश्यक थियो—त्यो नै सत्यता पछ्याउनुको अभिव्यक्ति हुने थियो।
केही समयपछि, म फेरि आफ्नो कर्तव्य पूरा गर्न सक्षम भएँ, र सुसमाचार प्रवचनहरू छान्ने काम गरेँ। मलाई आफ्नो कर्तव्य पूरा गर्ने अर्को मौका दिनुभएकोमा मैले परमेश्वरलाई गहिरोसँग धन्यवाद महसुस गरेँ। कर्तव्य निर्वाहको क्रममा, मैले आफूले प्रकट गरेको भ्रष्ट स्वभावलाई जाँच्नमा ध्यान दिएँ। कहिलेकाहीँ, आफ्नो कर्तव्यमा केही नतिजा हासिल गर्दा, म राम्रै रहेछु भनी सोच्दै आफैसँग खुसी नभई रहन सक्दिनथेँ। तर मेरो कर्तव्यको निर्वाहले खासै केही उत्पादन नगर्दा वा यो मार्गबाट भड्किँदा, म नकारात्मक हुन्थेँ, अरूले मलाई कसरी हेर्छन् भनेर चिन्तित हुन्थेँ। आफ्ना यी प्रकट भएका कुराहरूको जवाफमा, मैले समाधानका लागि परमेश्वरका वचनहरू खोजेँ। केही समय यसरी अभ्यास गरेपछि, मैले आफ्नो हृदयमा धेरै सन्तुष्ट महसुस गरेँ। परमेश्वरलाई उहाँको मार्गदर्शनका लागि धन्यवाद!