२९. कसरी मैले खतरा र प्रतिकूलतामाझ छनौट गरेँ
अप्रिल २०२३ को अन्त्यतिर, डोङचेङका केही मण्डलीमा ठूला दमनहरू गरिए, अनि मैले धेरै अगुवा र कामदार अनि ब्रदर-सिस्टरहरू पक्राउ परे भनेर सुनेँ। त्यतिबेला, माथिका अगुवाहरूले मलाई घटनापछिको काम सम्हाल्न अनुरोध गर्दै पत्र पठाए। त्यो पत्र पढेर, मलाई खुसी र घबराहट दुवै भयो। म खुसी थिएँ किनभने यो कर्तव्य परमेश्वरले मलाई उच्च पार्नुभएको थियो। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी भए पनि, आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेकी थिइनँ, अनि हालै मलाई बर्खास्त गरिएको थियो किनभने मैले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याएकी थिएँ, जसले गर्दा मबाट अपराधहरू भएका थिए। तर परमेश्वरले मलाई मेरा अपराधहरूअनुसार व्यवहार गरिरहनुभएको थिएन, र उहाँले मलाई यस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्ने मौका दिइरहनुभएको थियो। म एकदमै आभारी र सहकार्य गर्न इच्छुक थिएँ। तर जब मैले यी मण्डलीहरूका पक्राउ परेका धेरै ब्रदर-सिस्टरबारे सोचेँ, तब मलाई चिसो पसिना नआई छोडन। पछिल्ला केही वर्षका दौरान, सिसिपि प्रहरीले डोङचेङभरि धेरैपटक ब्रदर-सिस्टरहरूलाई पक्राउ गरेको थियो, सहरभरि हाई डेफिनेशन क्यामेराहरू थिए, अनि मलाई अहिले घटनापछिको काम सम्हाल्न जानु भनेको सिधै आगोमा हात हाल्नुजस्तै हो भन्ने लाग्यो। त्यसबाहेक, घटनापछिको काम सम्हाल्नुमा भेटीहरू र परमेश्वरका वचनहरूका पुस्तकहरू सार्नु समावेश थिए, अनि यदि म पक्राउ परेँ भने प्रहरीले मलाई कसरी यातना देला भन्ने मलाई थाहा थिएन! एक जना ब्रदरलाई त परमेश्वरका वचनका पुस्तकहरू ओसारेकै कारण प्रहरीले कुटेर मारेको थियो, अनि मलाई यदि म पक्राउ परेँ भने बाँच्छु कि मर्छु केही थाहा छैन भनेर चिन्ता लाग्यो। मैले सोचेँ, “यदि म मरेँ भने, के अझै मुक्ति पाउन सक्छु र?” तर मैले आफ्नो कर्तव्य पन्छाउनु परमेश्वरको अभिप्रायअनुरूप होइन भनेर सोचेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर! यस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्न पाउनु तपाईँले मलाई उचाल्नुभएको हो, तर मलाई डर लाग्छ र म पक्राउ पर्न डराउँछु, कृपया मलाई आस्था दिनुहोस्।” प्रार्थना गरेपछि, मेरो हृदय अलि शान्त भयो। मैले पक्राउ परेका धेरै ब्रदर-सिस्टर र तुरुन्तै सम्हाल्नुपर्ने घटनापछिको कामबारे सोचेँ। म मण्डलीको अवस्थासँग निकै राम्ररी परिचित थिएँ, अनि म स्वार्थी र घृणित बन्न अनि आफ् सुरक्षाबारे मात्र सोच्न सक्दिनथेँ। मैले आफूले सक्दो गर्नुपर्थ्यो, परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो, र घटनापछिको यो काम राम्ररी सम्हाल्न उहाँमा भर पर्नुपर्थ्यो।
अर्को साँझ, मैले एउटी सिस्टरलाई भेटेँ जसले डोङचेङको यस दमनमा एक सयभन्दा बढी ब्रदर-सिस्टरहरू पक्राउ परेका छन्, र दसभन्दा बढी घरहरूबाट पुस्तकहरू सार्नुपऱ्यो भनेर बताइन्। मैले सोचेँ, “यति धेरै ब्रदर-सिस्टर पक्राउ परेका छन्, घटनापछिको काम तुरुन्तै सकाउन असम्भव हुनेछ। मैले अझै सहकार्य गर्न ब्रदर-सिस्टरहरू खोज्नुपर्छ, तर को पक्राउ परेको छ र कसको निगरानी भइरहेको छ भन्ने मलाई थाहा छैन, अनि हामी खुला ठाउँमा छौँ भने प्रहरी छायाँमा लुकेर बसेको छ। सहरमा चारैतिर इलेक्ट्रोनिक आँखाहरू छन्, र यदि हामी यहाँ धेरै लामो बस्यौँ भने, हामी पनि ढिलो-चाँडो पक्राउ पर्ने नै छौँ!” त्यो रात, म ओछ्यानमा पल्टिएँ र पटक्कै निदाउन सकिनँ। मेरो दिमाग तीव्र गतिमा चलिरहेको थियो, सहकार्य गर्न कुन ब्रदर-सिस्टरहरूलाई भेट्टाउन सक्छु भनेर पत्ता लगाउने प्रयास गरिरहेको थिएँ, र म केवल घटनापछिको काम छिट्टै सकाएर त्यहाँबाट जान चाहन्थेँ। धेरै ब्रदर-सिस्टर जोखिममा भएकाले, हामीले पुस्तकहरू भण्डारण गरिएका घरहरू खोज्दा धेरै कठिनाइ सामना गर्यौँ, र काम एकदमै सुस्त रूपमा अघि बढ्यो। मलाई एकदमै दबिएको महसुस भयो, र यस्तै चलिरह्यो भने, म ढिलो-चाँडो पक्राउ पर्छु भन्ने लाग्यो। शारीरिक कष्टको त कुरै नगरौँ—यदि म यातना सहन नसकेर अन्त्यमा यहूदा बनेकी भए, मैले आफ्नो असल परिणाम र गन्तव्य गुमाउनेथिएँ। यो सबै सोच्दा, मैले साँच्चै कमजोर महसुस गरेँ र यो कर्तव्य धेरै गाह्रो छ भन्ने लाग्यो। त्यसैले मैले आफ्नो स्थितिबारे परमेश्वरलाई बताएँ र समर्पित हुन उहाँलाई मार्गदर्शन मागेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “यदि तँसँग साँचो आस्था छैन भने, समय र परिवेशले लिने परीक्षामा तँ टिक्न सक्दैनस्। यदि परमेश्वरले लिनुभएको तेरो परीक्षामा तँ टिक्न सकिनस् भने, परमेश्वर तँसित बोल्नुहुने वा तेरो लागि देखा पर्नुहुनेछैन। परमेश्वर तैँले उहाँको अस्तित्वमा विश्वास गर्छस् गर्दैनस्, तैँले उहाँको अस्तित्व स्विकार्छस् स्विकार्दैनस्, र तेरो हृदयमा साँचो आस्था छ छैन भन्ने कुरा हेर्न चाहनुहुन्छ। परमेश्वरले यसरी नै मानिसहरूको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ। के स्वर्ग र धर्तीबीच जिउने मानिसहरू परमेश्वरको नियन्त्रणमा हुँदैनन् र? ती सबै परमेश्वरकै नियन्त्रणमा हुन्छन्। वास्तविकता ठ्याक्कै यही हो। तँ उजाड ठाउँ वा चन्द्रमामा छस् भने पनि फरक पर्दैन, तँ परमेश्वरकै नियन्त्रणमा हुन्छस्। यथार्थ यही हो। यदि परमेश्वर तेरो सामु देखा पर्नुभएको छैन भने, तैँले कसरी परमेश्वरको अस्तित्व र सार्वभौमिकता देख्न सक्छस् र? ‘परमेश्वर अस्तित्वमा हुनुहुन्छ र उहाँ सबै कुराहरूमाथि सार्वभौम हुनुहुन्छ’ भन्ने सत्यता तैँले आफ्नो हृदयमा कसरी स्थापित गराउन अनि कहिल्यै नहट्ने बनाउन सक्छस्? यस कथनलाई तैँले कसरी तेरो जीवन, तेरो जीवनको प्रेरणा र तँलाई निरन्तर जिउन दिने भरोसा र शक्ति बनाउन सक्छस्? (प्रार्थना गरेर।) त्यो व्यावहारिक छ। अभ्यासको मार्ग त्यही हो। जब तँ तेरो सबैभन्दा कठिन घडीमा हुन्छस्, जब तैँले परमेश्वरको उपस्थिति सबैभन्दा कम महसुस गर्न सक्छस्, जब तँलाई सबैभन्दा बढी पीडादायी र एक्लो महसुस हुन्छ, जब तँलाई आफू परमेश्वरबाट धेरै टाढा छु जस्तो महसुस हुन्छ, तब तैँले गर्नुपर्ने एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? परमेश्वरलाई पुकार्नु। परमेश्वरलाई पुकार्दा तँलाई शक्ति प्राप्त हुन्छ। परमेश्वरलाई पुकार्दा तँलाई उहाँको अस्तित्व अनुभूत हुन्छ। अनि, परमेश्वरलाई पुकार्दा तँलाई उहाँको सार्वभौमिकता अनुभूत हुन्छ। जब तैँले परमेश्वरलाई पुकार्छस्, परमेश्वरलाई प्रार्थना गर्छस्, र तेरो जीवन उहाँको हातमा राख्छस्, तब तैँले परमेश्वर तेरो साथमा हुनुहुन्छ, र उहाँले तँलाई त्याग्नुभएको छैन भन्ने अनुभूति गर्नेछस्। जब तैँले परमेश्वरले तँलाई त्याग्नुभएको छैन भन्ने अनुभूति गर्छस्, जब तैँले उहाँ तेरो साथमा हुनुहुन्छ भनेर साँच्चै अनुभूति गर्छस्, तब के तेरो भरोसा बढ्नेछ? यदि तँसँग साँचो भरोसा छ भने, के त्यो समयक्रमसँगै मेटिएर र हराएर जानेछ? त्यस्तो कदापि हुनेछैन। के अब भरोसाको समस्या हल भयो? के मानिसहरूले बाइबल बोकिहिँड्दैमा अनि हरेक पदको शब्दशब्द कण्ठ पार्दैमा तिनीहरूमा साँचो भरोसा हुनसक्छ? यो समस्या हल गर्न तैँले अझै पनि परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र परमेश्वरमाथि भरोसा गर्नुपर्छ। मोशाले उजाड ठाउँमा ती चालिस वर्ष कसरी पार गर्यो? त्यो बेला बाइबल थिएन, र उसको वरिपरि थोरै मात्र मानिसहरू थिए। ऊसँग भेडाहरू मात्र थिए। मोशालाई निश्चय नै परमेश्वरद्वारा अगुवाइ गरिएको थियो। बाइबलमा परमेश्वरले उसलाई कसरी अगुवाइ गर्नुभयो, ऊकहाँ परमेश्वर देखा पर्नुभयो कि भएन, परमेश्वर ऊसित बोल्नुभयो कि भएन, वा परमेश्वरले मोशालाई चालिस वर्षसम्म उजाड ठाउँमा किन जिउन लगाउनुभयो भनेर बुझ्न दिनुभयो कि भएन भनी अभिलेख नगरिए पनि, मोशा चालिस वर्षसम्म उजाड ठाउँमा बसेर बाँचेको कुरा एक अकाट्य तथ्य हो। यो तथ्य कसैले नकार्न सक्दैन। आफ्नो हृदयको कुरा साट्नलाई उसको वरिपरि कोही नहुँदा पनि, ऊ कसरी चालिस वर्षसम्म उजाड ठाउँमा बाँच्न सक्यो होला? साँचो आस्थाविना त यो जोकोहीका लागि असम्भव हुनेथ्यो—यो एउटा आश्चर्यकर्म थियो! यस मामलामाथि मानिसहरूले जे-जसरी मनन गरे पनि, तिनीहरूलाई यो कहिल्यै हुन सक्दैन भन्ने लाग्छ। मानव धारणा र कल्पनाहरूसँग यसको तालमेल नै मिल्दैन! तर यो कुनै किंवदन्ती होइन, कुनै काल्पनिक कथा होइन, यो त वास्तविक, अपरिवर्तनीय, र अकाट्य तथ्य हो। अनि, यो तथ्यले मानिसहरूलाई के देखाउँछ? यदि तँसँग परमेश्वरमाथि साँचो आस्था छ भने, तेरो अन्तिम सास रहुञ्जेल परमेश्वरले तँलाई परित्याग गर्नुहुनेछैन। यो परमेश्वरको अस्तित्वको एउटा तथ्य हो। यदि तँसँग त्यस्तो वास्तविक भरोसा र परमेश्वरबारे त्यस्तो साँचो बुझाइ छ भने, तेरो भरोसा पर्याप्त छ। तैँले आफूलाई जस्तोसुकै परिवेशमा पाए पनि, र तँ त्यो परिवेशमा जति नै लामो समय रहे पनि, तेरो भरोसा अटल नै रहिरहनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो समर्पणद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ)। परमेश्वर साँचो आस्थाले समय र वातावरणको जाँचलाई खेप्न सक्छ। डोङचेङ आउनुअघि मैले यो अनुभव गर्न परमेश्वरमा भर पर्नेछु भनेकी थिएँ भनेर मलाई याद आयो, तर जब मैले अवस्था कति भयानक छ र काम अघि बढिरहेको छैन भन्ने देखेँ, तब मैले परमेश्वरमाथिको आस्था गुमाएँ, म यहाँ धेरै लामो समय बसेँ भने पक्राउ पर्छु भनेर डराएँ। मैले सधैँ आफ्नै सुरक्षाबारे सोचिरहेको थिएँ। मैले उजाडस्थानमा चालीस वर्ष बिताएका मोशालाई सम्झेँ। त्यो ठाउँ निर्जन थियो र त्यहाँको जीवन अवस्था अत्यन्तै कठोर थियो, तर उनी परमेश्वरमा भर परेर बाँचे। ती चालीस वर्षको दौडान, मोशाले मानिससम्बन्धी सबै कुरा परमेश्वरको हातमा छ भन्ने साँचो अनुभव गर्नुभयो, र उनको आस्था र दृढ्ता सिद्ध पारियो। आज, यस्तो अवस्था सामना गर्न पनि परमेश्वरले अनुमति दिनुभएको थियो, र यो अवस्था मेरो आस्थालाई सिद्ध पार्न आएको थियो, अनि म अब डराउन र भयभीत हुन सक्दिनथेँ। मैले मोशाको अनुकरण गर्नुपर्थ्यो र यो अनुभव गर्न परमेश्वरमा भर पर्नुपर्थ्यो, अनि म पक्राउ परे पनि नपरे पनि, म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनैपर्थ्यो।
पछि, हामीले पुस्तकहरू सुरक्षित राखिएका घरहरूबारे थप पत्ता लगाउन सुरुको मण्डली अगुवा, ली झेनलाई भेट्टाउने जोखिम उठायौँ। ली जेनलाई भेटेपछि, मैले थाहा के पाएँ भने प्रहरी उनको घर गएको रहेछ, नजिकैका केही ब्रदर-सिस्टरहरूका घरमा छापा मारिएको रहेछ, र प्रहरी पुस्तकहरू सुरक्षित राखिएको अर्को घरमा पनि गएको रहेछ, तर परमेश्वरको सुरक्षाको कारण, परमेश्वरका वचनका पुस्तकहरू जफत गरिएका रहेनछन्। तथापि, प्रहरी गएपछि, पुस्तकहरू संरक्षित राख्ने सिस्टरका गैरविश्वासी पतिले उनलाई ती पुस्तकहरू तुरुन्तै सार्न भनेछन्, र उनलाई सताएछन्, यदि फेरि परमेश्वरको कुनै विश्वासी उनीहरूको घरमा आएको देखे भने प्रहरी बोलाउँछु भनेछन्। मैले ती सिस्टरको घरमा राखिएका पुस्तकहरू तुरुन्तै सार्नैपर्छ भन्ने सोचेँ, तर त्यसपछि मैले विचार गरेँ, “प्रहरी त यस घरमा आइसकेको छ, अनि सिस्टरका गैरविश्वासी पतिले प्रहरी बोलाउनेछन् भनेका छन्। म त्यहाँ गएँ भने, के मैले सिधै आगोमा हात हालेकी हुनेछैन र? यदि म साँच्चै पक्राउ परेँ भने, के प्रहरीले मलाई कुटेर मार्नेछैन र? कुटेर नमारे पनि, मलाई कडा सजाय त हुने नै छ। तर परमेश्वरका वचनका पुस्तकहरू तुरुन्तै सार्नैपर्छ, यदि मेरो मृत्युको डरले गर्दा परमेश्वरका वचनका पुस्तकहरू ठूलो रातो अजिङ्गरले जफत गर्यो भने, मैले अपराध गरेकी हुनेछु।” मैले मनमनै चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँलाई आस्था मागेँ। मैले परमेश्वरका वचनहरू सम्झेँ: “तँ यो र त्यो कुरासँग डराउनु हुँदैन; तैँले जतिसुकै कठिनाइ र खतरा सामना गरे पनि, तँ कुनै पनि अड्चनमा नपरी, मेरो अगाडि स्थिर रहन सक्नुपर्छ, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो…। त्यसपछि तैँले अन्त्यहीन मानसिक कष्ट सहनेछस्। तैँले सबै सहनैपर्छ; मेरा लागि, तँ सबै कुरा त्याग्न र आफ्नो सारा शक्तिले मलाई पछ्याउन तयार हुनैपर्छ, अनि कुनै पनि मूल्य चुकाउन तयार हुनैपर्छ। अहिले मैले तँलाई जाँच गर्ने समय हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्नेछस्? के यो बाटोको अन्त्यसम्म तँ मलाई बफादारीपूर्वक पछ्याउन सक्छस्? नडरा; म तेरो आड हुँदा, यो बाटो कसले कहिल्यै छेक्न सक्थ्यो र? यो कुरा याद राख्! याद राख्! सबै थोकमा मेरा असल अभिप्रायहरू हुन्छन्, र सबै थोक मेरो छानबिनमुनि हुन्छ। के तेरा प्रत्येक शब्द र कार्यले मेरो वचन पालन गर्छन्? जब तँमाथि आगोका जाँचहरू आइपर्नेछन्, के तैँले घुँडा टेकेर कराउनेछस्? कि तँ डरले लुरुक्क पर्नेछस्, अगाडि बढ्न सक्नेछैनस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। परमेश्वरका वचनहरूले मलाई आस्था र शक्ति दिए। मैले परमेश्वरको साथ पाएकीले, केको डर मान्नुपर्थ्यो र? मेरो जीवन परमेश्वरको हातमा थियो, र म पक्राउ पर्ने नपर्ने परमेश्वरमा निर्भर थियो। मैले गर्नुपर्ने कुरा भनेको आफ्ना कार्यहरूमा हृदय लगाउनु र गर्नुपर्ने कुरा गर्नु थियो। बाँकी कुरा म परमेश्वरलाई सुम्पनेथिएँ। त्यसपछि हामीले सिस्टरका पति घरमा नभएको बेला पुस्तकहरू सार्नेबारे छलफल गर्यौँ। त्यो दिन, जब सिस्टरका पति बाहिर गए, तब हामी हतार-हतार पुस्तकहरू सुरक्षित राखिएको घरमा गयौँ, तर आश्चर्यको कुरा, हामीले सिस्टरसँग केही शब्द बोल्न नपाउँदै, उनका पति फर्केर आए। मलाई एकदमै डर लाग्यो, र मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेर मार्गदर्शन मागेँ। मैले अघि सरेर सिस्टरका पतिलाई अभिवादन गरेँ, र अचम्मको कुरा, उनले हाम्रो गरेनन् मात्र होइन, तर परमेश्वरका वचनका पुस्तकहरू सार्न मद्दत पनि गरे। यसरी, पुस्तकहरू सुरक्षित राखएको पहिलो घरबाट पुस्तकहरू सुरक्षित रूपमा सारिए। यस अनुभवले मलाई परमेश्वरको मार्गदर्शन महसुस गरायो र परमेश्वरप्रतिको मेरो आस्था अलि बढ्यो।
त्यसपछि, म अवस्थाबारे जानकारी लिन पुस्तकहरू सुरक्षित राखिएको दोस्रो घरमा गएँ। प्रहरीले यो ठाउँमा पनि छापा मारेको थियो, तर भाग्यवश, तिनीहरूले परमेश्वरका वचनका कुनै पनि पुस्तकहरू भेट्टाएका थिएनन्। प्रहरी फेरि खोज्न आउँछ कि भनेर हामी चिन्तित थियौँ, त्यसैले हामी सकेसम्म चाँडो पुस्तकहरू सार्न चाहन्थ्यौँ। तर, यस ठाउँको छेउमा कैयौँ क्यामेराहरू थिए, र तीमध्ये एउटा त सिस्टरको ढोकाकै अगाडि थियो। त्यसबाहेक, सिस्टरको घर एउटा गल्लीको ठिक अन्त्यमा थियो, र जुनै गल्लीबाट आए पनि, क्यामेराहरूले सबै कुरा स्पष्ट रूपमा देख्न सक्थे। म एकदमै घबराएँ, र सोचेँ, “चारैतिर क्यामेराहरू छन्, यदि हामी यी सिस्टरको घरतिरको गल्लीमा गयौँ भने बन्द गल्लीमा पस्नेछौँ। यदि कोही मान्छे भित्र गयो भने, उम्कन गाह्रो हुन्छ, त्यसोभए पुस्तकहरू सार्दा बाहिर निस्कन झन् कति गाह्रो होला? यदि ठूलो रातो अजिङ्गरले पत्ता लगायो भने, उम्कने बाटो हुनेछैन!” यस क्षणमा, मैले आफूलाई पछुतो भएको पाएँ र सोचेँ, “म किन यो ठाउँ जाँच्न आएँ? अब यस्तो लाग्छ, पुस्तकहरू सार्ने काम ममाथि नै छ।” म चिन्तित भएँ र डराएँ, अनि मलाई वरपरको वातावरणलाई थप हेर्ने मन नै लागेन। मैले एकछिन पनि बस्ने आँट गरिनँ र हतार-हतार त्यहाँबाट निस्केँ। घर पुगेपछि, मैले जे देखेकी थिएँ, त्यो साँचो-साँचो अगुवालाई बताएँ, वर्तमान अवस्थामा पुस्तकहरू सार्न असम्भव छ भनेर जानकारी दिएँ। तर आश्चर्यको कुरा, अगुवा पुस्तकहरू सुरक्षित राएको त्यस घरमा गइसकेका रहेछिन्, र उनले भनिन्, “सिस्टरको घरछेउको गल्ली बन्द छैन। त्यहाँ एउटा सानो छेउको बाटो छ जहाँबाट क्यामेराले देख्न नसक्ने गरी भित्र जान सकिन्छ।” यो सुनेर, मलाई अलि लाज लाग्यो। सिस्टरको घर वास्तवमा बन्द गल्लीमा रहेनछ। मैले सोचेँ, “मैले त त्यो ठाउँ आफै गएरै जाँच गरेकी थिएँ, कसरी त्यस गल्लीबाट निस्कने पैदल बाटो देखिनँ?” फर्केर हेर्दा, मलाई के थाहा भयो भने म ती क्यामेराहरू देखेर डराएकी थिएँ, र म डराएकी र भयभीत भएकीले, मलाई गल्लीभित्र गएर राम्ररी जाँच्ने मन नै भएन। यस्तो स्थिति भएकाले मैले यो काम राम्ररी गर्न असम्भव छ भन्ने बुझेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, जब मैले सबैतिर क्यामेराहरू देखेँ, तब म डराएँ र भयभीत भएँ, सधैँ पक्राउ पर्छु कि र कष्ट भोग्छु कि भनेर डराएँ। हे परमेश्वर, कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मार्गदर्शन गर्नुहोस् ताकि म आफूलाई चिन्न र पाठ सिक्न सकूँ।”
त्यसपछि, मैले आफ्ना समस्याहरू समाधान गर्न परमेश्वरका वचनहरू खोजेँ। मैले परमेश्वरका यी वचनहरू पढेँ: “आफ्नै सुरक्षाबारे विचार गर्नेबाहेक, कतिपय ख्रीष्टविरोधीहरू केबारे पनि विचार गर्छन्? तिनीहरू भन्छन्, ‘अहिले, हाम्रो वातावरण प्रतिकूल छ, त्यसैले हामी हाम्रो अनुहार कम देखाऔँ र सुसमाचार प्रचार कम गरौँ। त्यसरी, हामी पक्राउ पर्ने सम्भावना कम हुन्छ, र मण्डलीको काम पनि नष्ट हुँदैन। यदि हामी पक्राउ पर्नबाट जोगियौं भने, हामी यहूदामा परिणत हुनेछैनौं, र भविष्यमा पनि हामी अस्तित्वमै रहिरहन सक्नेछौं, होइन र?’ के यस्ता बहानाहरू प्रयोग गरेर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउने ख्रीष्टविरोधीहरू छैनन् र? कतिपय ख्रीष्टविरोधीहरूलाई मृत्युको निकै डर लाग्छ र तिनीहरू नीच अस्तित्वमा जिउँछन्…। परमेश्वरले मानिसहरूको सुरक्षा गर्न सक्नुहुन्छ भन्ने कुरा तिनीहरू विश्वास गर्दैनन्, र परमेश्वरको लागि मेहनत गर्न आफूलाई समर्पित गर्नु भनेको आफूलाई सत्यतामा समर्पित गर्नु हो, र यो परमेश्वरले अनुमोदन गर्नुहुने कुरा हो भन्ने कुरा पनि तिनीहरू बिलकुलै विश्वास गर्दैनन्। तिनीहरू हृदयमा परमेश्वरको डर मान्दैनन्; तिनीहरू शैतान र दुष्ट राजनीतिक दलहरूको मात्रै डर मान्छन्। तिनीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, तिनीहरू सबै कुरा परमेश्वरकै हातमा छ भन्ने विश्वास गर्दैनन्, अनि अवश्य नै तिनीहरू परमेश्वरले उहाँको खातिर, र उहाँको मार्ग पछ्याउन, र उहाँको आज्ञा पूरा गर्न सबै कुरा अर्पित गर्ने व्यक्तिलाई अनुमोदन गर्नुहुन्छ भन्ने कुरामा पनि विश्वास गर्दैनन्। तिनीहरू यीमध्ये कुनै कुरा पनि देख्न सक्दैनन्। अनि, तिनीहरू केमा चाहिँ विश्वास गर्छन् त? तिनीहरू आफू ठूलो रातो अजिङ्गरको हातमा परे, आफ्नो अन्त्य नराम्रो हुनेछ, आफूलाई जेल सजाय हुनेछ वा आफ्नो ज्यानसमेत जाने खतरा हुनेछ भन्ने कुरामा विश्वास गर्छन्। तिनीहरू हृदयमा आफ्नै सुरक्षाबारे मात्रै विचार गर्छन्, मण्डलीको कामबारे विचार गर्दैनन्। के तिनीहरू अविश्वासी होइनन् र? (हजुर, हुन्।) बाइबल के भन्छ? ‘मेरो खातिर आफ्नो जीवन गुमाउनेले त्यो भेट्टाउनेछ’ (मत्ती १०:३९)। के तिनीहरूले यी वचनहरूमा विश्वास गर्छन् त? (अहँ, गर्दैनन्।) यदि तिनीहरूलाई कर्तव्य निर्वाह गर्ने क्रममा जोखिम लिन लगाइयो भने, तिनीहरू लुकेर कसैको अघि देखा नपरी बस्न चाहन्छन्—तिनीहरू पूरै अदृश्य हुन चाहन्छन्। तिनीहरू यति हदसम्म डराउँछन्। तिनीहरू परमेश्वर मानिसहरूको आड हुनुहुन्छ, सबथोक परमेश्वरकै हातमा छ, र कुनै कुरा साँच्चै गलत भयो वा तिनीहरू पक्राउ परे भने, त्यो परमेश्वरले अनुमति दिनुभएको कुरा हो, र त्यसैले मानिसहरूमा समर्पित हृदय हुनुपर्छ भन्ने कुरामा विश्वास गर्दैनन्। ती मानिसहरूमा यस्तो हृदय, यस्तो बुझाइ, वा यस्तो तयारी हुँदैन। के तिनीहरू साँच्चै नै परमेश्वरमा विश्वास गर्छन् त? (अहँ, गर्दैनन्।) के यस प्रकटीकरणको सार अविश्वासीको सार होइन र? (हजुर, हो।) हो, यस्तै हुन्छ। त्यस्ता मानिसहरू असाधारण रूपमा डरपोक हुन्छन्, अत्यन्तै त्रसित रहन्छन्, र शारीरिक कष्ट भोग्ने र आफूलाई कुनै नराम्रो कुरा आइपर्नेछ भन्नेबारे डर मानिरहन्छन्। तिनीहरू फिस्टे चराजस्तै डराइरहन्छन् र त्यसउप्रान्त आफ्नो काम गर्न सक्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। “ख्रीष्टविरोधीहरू अत्यन्तै स्वार्थी र घृणित हुन्छन्। परमेश्वरमाथि तिनीहरूसँग साँचो विश्वास हुँदैन, परमेश्वरप्रतिको बफादारी हुने कुरा त परै जाओस्; जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले केवल आफूलाई बचाउँछन् र आफ्नो सुरक्षा गर्छन्। तिनीहरूका लागि, आफ्नो सुरक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तिनीहरू जीवित रहेसम्म र पक्राउ नपरेसम्म पुग्यो, तिनीहरूले मण्डलीको काममा कति हानि पुगेको छ भन्ने कुराको वास्ता गर्दैनन्। यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीको कामबारे बिल्कुलै सोच्दैनन्, तिनीहरूले आफ्नै सुरक्षाबारे मात्र सोच्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वर के खुलासा गर्नुहुन्छ भने ख्रीष्ट विरोधीहरू स्वार्थी र घृणित हुन्छन्, र तिनीहरूमा परमेश्वरप्रति बफादारीको कमी हुन्छ, तिनीहरू सबै कुरा परमेश्वरको हातमा छ भनेर विश्वास गर्दैनन्, र खतरा सामना गर्दा, तिनीहरू आफ्नै हितलाई मात्र वास्ता गर्छन् र परमेश्वरको घरका हितहरूलाई पटक्कै वास्त गर्दैनन्। मेरो स्थिति यस्तै थियो। मलाई पुस्तकहरू भण्डारण गरिएका घरहरूमा प्रहरीले छापा मारिसकेको छ, र मैले सकेसम्म चाँडो पुस्तकहरू सार्नुपर्छ भन्ने थाहा थियो, तर जब मैले यस घरको वरपर सबै कुरा निगरानी गरिरहेका कैयौँ क्यामेराहरू देखेँ, तब म पक्राउ पर्छु कि भनेर डराएँ अनि डर र त्रासमा जिएँ, र मलाई वरपरको वातावरण जाँच्ने मनसमेत लागेन। मैले त अवस्था जाँच्न आएकामा पछुतोसमेत मानेँ। तथ्यहरू सामना गर्दा, मैले म आफ्नै सुरक्षाबारे मात्र चिन्तित छु, र मैले पुस्तकहरू कसरी सुरक्षित रूपमा सार्ने भन्नेबारे पटक्कै सोचिरहेकी छैनँ, मानौँ मेरा लागि महत्त्वपूर्ण कुरा भनेकै आफू पक्राउ नपर्नु मात्र हो भनेर बुझेँ। म पूरै स्वार्थी र घृणास्पद भएकी थिएँ, र मैले ख्रीष्टविरोधी स्वभाव प्रकट गरेकी थिएँ! मैले परमेश्वरले यतिका वर्ष चीनमा कसरी काम गर्नुभएको छ भनी सोचेँ। सिसिपिले ख्रीष्टलाई सिकार गर्दै आएको छ, इसाईहरूलाई सताइरहेको छ, र परमेश्वरका भेटीहरू लुटिरहेको छ, तर धेरै ब्रदर-सिस्टरले यस्तो नाजुक परिस्थितिमा आफ्नै सुरक्षाको ख्यालसमेत गरेनन्। तिनीहरूले आफ्नो जीवन र मृत्युलाई ध्यान दिएनन्, र तिनीहरूले मण्डलीको कामको सुरक्षा गर्नका लागि आफ्ना कर्तव्यहरू कायम राख्न, परमेश्वरलाई सन्तुष्ट पार्न आफ्ना कर्तव्यहरू पूरा गर्न, र परमेश्वरका लागि सानदार गवाही दिन सके। मैले फेरि आफैलाई हेरेँ, र के देखेँ भने म त धनुको टङ्कारले नै तर्सिने चराजस्तै डरपोक थिएँ, ममा कद थिएन। मलाई एकदमै लाज लाग्यो, र मैले आफूलाई भित्रै हृदयदेखि घृणा गरेँ, अनि अबउसो यस्तो स्वार्थी र घृणास्पद तरिकाले जिउन चाहिनँ। म सकेसम्म चाँडो परमेश्वरका वचनका पुस्तकहरू सार्न इच्छुक थिएँ।
भोलिपल्ट, हामी पुस्तकहरू कसरी सार्ने भनेर पुस्तकहरू संरक्षित राख्ने सिस्टरसँग छलफल गर्न गयौँ, तर आश्चर्यको कुरा, सिस्टरको गैरविश्वासी छोरा मद्दत गर्न इच्छुक भए, र उनले पुस्तकहरू सार्न माथिल्लो तलाबाट आफ्नो गाडीमा समेत ती ओसारेर राखे। यसरी, त्यस घरबाट पुस्तकहरू सुरक्षित रूपमा सारिए। परमेश्वर स्वयम् आफ्नो कामलाई कायम राख्नुहुन्छ भनेर मैले गहन रूपमा अनुभव गरेँ, र मलाई परमेश्वरले मेरो भ्रष्ट स्वभाव पखाल्न र परिवर्तन गर्न यस्तो किसिमको परिस्थिति मिलाउनुभएको हो भन्ने महसुस भयो, जसले मलाई परमेश्वरको काम व्यावहारिक रूपमा अनुभव गर्न र उहाँका कार्यहरू बुझ्न सक्षम बनायो। मैले मेरो भित्र हृदयदेखि नै परमेश्वरलाई धन्यवाद दिएँ र प्रशंसा गरेँ!
त्यसपछि, मैले मनन गरेँ, “म निरन्तर पक्राउ पर्ने र कुटेर मारिनेछु भनेर चिन्तित हुन्छु, यो समस्या कसरी समाधान गर्नुपर्ने हो?” मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “प्रभु येशूका ती चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, घोडामा बाँधेर घिस्स्याइएका, उँधोमुन्टो क्रूसमा टाँगिएका, पाँचवटा घोडाले तानेर शरीर चुँडाइएकाहरू पर्थे—तिनीहरूमाथि विभिन्न किसिमको मृत्यु आइपऱ्यो। तिनीहरूको मृत्युको कारण के थियो? के त्यसको कारण तिनीहरू कुनै गलत कार्यमा संलग्न भएपछि कानुनअनुसार तिनीहरूलाई मृत्युदण्ड दिइनु थियो? होइन। तिनीहरूले प्रभुको सुसमाचार प्रसार गरे, तर संसारका मानिसहरूले त्यो स्विकारेनन्, बरु तिनीहरूको निन्दा गरे, तिनीहरूलाई कुटे, र झपारे, अनि तिनीहरूको ज्यान समेत लिए—तिनीहरू त्यसरी नै शहीद भए। ती शहीदहरूको अन्तिम परिणाम, वा तिनीहरूका कार्यहरूबारे परमेश्वरले गर्नुभएको फैसलाबारे कुरा नगरौँ, बरु यो सोधौँ: जब अन्त्यमा तिनीहरूको जीवनको जसरी अन्त्य भयो के त्यो मानव धारणासँग मिल्दो थियो? (अहँ, थिएन।) मानव धारणाहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले परमेश्वरको काम प्रसार गर्नका लागि त्यति ठूलो मूल्य चुकाए, तर तिनीहरू अन्त्यमा सैतानद्वारा मारिए। यो मानिसका धारणाहरूसँग मेल खाँदैन, तर तिनीहरूलाई ठ्याक्कै त्यस्तै नै भयो। परमेश्वरले त्यस्तै हुन दिनुभयो। यसमा कुन सत्यता खोज्न सकिन्छ? के परमेश्वरले तिनीहरूलाई यसरी मर्न दिनु उहाँको सराप र दण्ड थियो, कि यो उहाँको योजना र आशिष् थियो? यीमध्ये कुनै पनि थिएन। यो के थियो? मानिसहरू अहिले हृदयमा पीडा लिएर तिनीहरूको मृत्युबारे विचार गर्छन्, तर अवस्था त्यस्तै थियो। परमेश्वरमा विश्वास गर्नेहरू त्यसरी नै मरे, र यसलाई कसरी व्याख्या गर्नुपर्ने हो? जब हामी यो विषय उल्लेख गर्छौँ, तिमीहरूले आफैलाई तिनीहरूका अवस्थामा राख्छौ, त्यसैले के तिमीहरूको हृदय दुःखी हुन्छ, अनि के तिमीहरू गोप्य पीडा महसुस गर्छौ? तिमीहरू विचार गर्छौ, ‘यी मानिसहरूले परमेश्वरको सुसमाचार प्रसार गर्ने आफ्नो कर्तव्य निर्वाह गरे, र तिनीहरूलाई असल मानिस मान्नुपर्छ, त्यसोभए तिनीहरूलाई कसरी त्यस्तो अन्त्य र त्यस्तो परिणाम आइलाग्न सक्यो?’ वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; मानव संसारबाट बिदा हुने तिनीहरूको तरिका यही थियो, तैपनि यसको अर्थ तिनीहरूको परिणाम उस्तै थियो भन्ने होइन। तिनीहरूको मृत्यु र बिदा हुने तरिका चाहे जे नै भए पनि, वा त्यो चाहे जसरी भए पनि, परमेश्वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यस्तो होस् भनी निर्धारित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले ठ्याक्कै यही तरिकाले नै यस संसारलाई निन्दा गरे र परमेश्वरका कार्यहरूको गवाही दिए। यी सृजित प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान् जीवन—आफ्ना जीवनको अन्तिम क्षण परमेश्वरका कार्यहरूको गवाही दिन, परमेश्वरको महान् शक्तिको गवाही दिन, र शैतान र संसारलाई परमेश्वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्न प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि, तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले नै मानवजातिलाई जिइरहन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिसामु प्रमाणित गर्न आफ्नो जीवन प्रयोग गरे—यो तथ्य सदैव अपरिवर्तनीय हुन्छ। प्रभु येशूको सुसमाचार प्रसार गरेका कारण शहीद भएकाहरूले कुन हदसम्म आफ्नो कर्तव्य निर्वाह गरे? के त्यो अन्तिम हद थियो?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। प्रभु येशूका चेलाहरूलाई सुसमाचार प्रचारप्रसार गर्दा रोमी सरकार र धार्मिक समुदायले सताए, तर शैतानका शक्तिहरूले जतिसुकै सताए तापनि, तिनीहरूले परमेश्वरको कामको प्रसार र गवाही दिइरहे। तिनीहरूले शैतानसामु झुक्नुभन्दा बरु आफ्नो जीवन बलिदान दिन रुचाए। कतिपयलाई ढुङ्गाले हानेर मारियो, अरूलाई घोडाले घिसारेर मारियो, र अरूलाई क्रूसमा टाँगियो। तिनीहरूले आफ्नो जीवनद्वारा परमेश्वरका लागि सानदार गवाही दिए। तिनीहरू शारीरिक रूपमा मरे तापनि, तिनीहरूका आत्माहरू परमेश्वरका हातमा थिए। तिनीहरूको गवाहीबारे सोच्दा, मलाई धेरै लाज लाग्यो र म गहन रूपमा प्रभावित भएँ। परमेश्वर आखिरी दिनहरूमा काम गर्न आउनुभएको छ र उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ, हामीलाई सबै सत्यता र रहस्य खोलिदिनुभएको छ। मैले धेरै वर्षदेखि परमेश्वरलाई पछ्याएकी थिएँ, परमेश्वरका वचनहरूको मलजल र भरणपोषण पाएकी थिएँ, तर म परमेश्वरका लागि गवाही दिन असमर्थ भएकी थिएँ। ठूलो रातो अजिङ्गरको उन्मत्त सतावटबीच, म पक्राउ पर्नेछु र कुटेर मारिनेछु भनेर चिन्तित भएँ, मैले सधैँ आफ्नै शारीरिक हितका लागि हिसाब गरिरहेकी थिएँ, र ममा परमेश्वरप्रति पटक्कै बफादारी थिएन। म विगत युगहरूका सन्तहरूको तुलनामा आउन सक्दिनथेँ र परमेश्वरको अनुयायी हुन अयोग्य थिएँ। व्यक्तिको जीवन र मृत्यु परमेश्वरको हातमा छ, र परमेश्वर उहाँको आज्ञा पूरा गर्न आफ्नो जीवन दिनेहरूलाई अनुमोदन गर्नुहुन्छ। परमेश्वरका वचनहरूको मार्गदर्शनमा, म अबउसो पक्राउ पर्ने डरले बाँधिनँ, र मैले ठूलो छुटकाराको महसुस गरेँ। यसपछि, मैले मेरा ब्रदर-सिस्टरहरूसँग सहकार्य गरेँ, र पुस्तकहरू सुरक्षित राखिएका दसभन्दा बढी घरबाट सबै पुस्तकहरू सुरक्षित रूपमा सारिए।
नोभेम्बरको सुरुतिर, मैले मेरो जिल्लाका अगुवाहरूबाट एउटा पत्र पाएँ, जसमा दुईवटा मण्डलीका तीसभन्दा बढी मानिसहरू प्रहरीद्वारा पक्राउ गरिएका छन्, र तीन जना मण्डली अगुवा बेपत्ता भइसकेका छन् भनेर बताइएको थियो। उनीहरूले मलाई गएर घटनापछिको काम सम्हाल्न आग्रह गरे। मलाई अलि इच्छा लागेन, र सोचेँ, “तिमीहरू किन मलाई फेरि जान लगाउँदै छौ? के जान सक्ने अरू कोही छैन र?” तर त्यसपछि म शान्त भएँ र त्यसबारे सोचेँ। यति धेरै अगुवा र कामदार अनि ब्रदर-सिस्टरहरू पक्राउ परेकाले, उपयुक्त मानिसहरू भेट्टाउन वास्तवमै गाह्रो थियो, र म त्यहाँका मण्डलीहरूबारे राम्ररी परिचित भएकाले, जानका लागि सबैभन्दा उपयुक्त व्यक्ति म नै थिएँ। म अब यो कर्तव्य पन्छाउन सक्दिनथेँ। तर म वास्तवमा सहकार्य गर्ने प्रक्रियामा हुँदा, मलाई अझै पनि एकदमै डर लाग्थ्यो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँलाई मार्गदर्शन मागेँ। मैले परमेश्वरका वचनहरू सम्झेँ: “शैतान जतिसुकै ‘अत्यन्तै शक्तिशाली’ भए पनि, यो जतिसुकै दुस्साहसी र महत्त्वाकाङ्क्षी भए पनि, क्षति पुऱ्याउने यसको क्षमता जतिसुकै ठूलो भए पनि, मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने यसका सक्षमताहरूको दायरा जतिसुकै फराकिलो भए पनि, यसले मानिसलाई धम्काउने युक्ति र जालझेलहरू जतिसुकै चलाख भए पनि, वा यसको अस्तित्वका रूपहरू जतिसुकै विविध भए पनि, यसले कहिल्यै एउटै जीवित प्राणी सृष्टि गर्न, यावत् थोकको अस्तित्वका लागि व्यवस्था वा नियमहरू स्थापित गर्न, वा कुनै पनि सजीव वा निर्जीव वस्तुमाथि शासन गर्न वा सार्वभौमिकता राख्न सकेको छैन। ब्रह्माण्ड र आकाशभित्र, एउटा पनि व्यक्ति वा थोक छैन जुन यसद्वारा अस्तित्वमा ल्याइएको होस् वा यसको कारणले अस्तित्वमा रहेको होस्; यसको सार्वभौमिकता वा शासनअन्तर्गत एउटा पनि व्यक्ति वा थोक छैन। यसको विपरीत, यो परमेश्वरको प्रभुत्वअन्तर्गत अस्तित्वमा रहनुपर्ने मात्रै होइन, यसले परमेश्वरका सबै आज्ञा र आदेश पनि पालन गर्नैपर्छ। परमेश्वरको अनुमतिविना, शैतानले जमिनमा भएको एक थोपा पानी वा बालुवाको एक कणलाई सजिलै छुन समेत सक्दैन; परमेश्वरको अनुमतिविना, शैतानले जमिनमा भएका कमिलाहरूलाई समेत छेडछाड गर्न सक्दैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिको त कुरै छोडौँ। परमेश्वरको नजरमा, शैतान पहाडका लिलीहरू, हावामा उड्ने चराहरू, समुद्रका माछाहरू, र पृथ्वीका कीराहरूभन्दा तुच्छ छ। यावत् थोकहरूमाझ यसको भूमिका भनेको यावत् थोकहरूको सेवा गर्नु, मानवजातिको सेवा गर्नु, र परमेश्वरको काम र उहाँको व्यवस्थापनको योजनाको सेवा गर्नु हो। यसको प्रकृति जतिसुकै दुर्भावपूर्ण भए पनि, र यसको सार जतिसुकै दुष्ट भए पनि, यसले गर्न सक्ने एउटै कुरा भनेको आज्ञाकारी भई आफ्नो कार्य पूरा गर्नु हो: परमेश्वरलाई सेवा प्रदान गर्नु—एक प्रतिभारका रूपमा राम्ररी सेवा गर्नु। शैतानको सार र मौलिक स्थान यही हो। जीवन, शक्ति, वा अख्तियारसँग यसको सारको कुनै सम्बन्ध छैन; यो परमेश्वरको हातमा भएको एउटा खेलौना मात्रै हो, परमेश्वरले सेवाका लागि प्रयोग गर्नुहुने एउटा यन्त्र मात्रै हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १)। परमेश्वरले के भन्नुभयो भने शैतान परमेश्वरको कामका लागि सेवा प्रदान गर्न प्रयोग गरिने औजार हो, र शैतान जतिसुकै आक्रामक भए पनि र त्यसको प्रकृति जतिसुकै दुष्ट भए पनि, परमेश्वरको अनुमतिविना, शैतानले हाम्रो शिरको एउटा केश छुने आँट पनि गर्नेछैन। यदि परमेश्वरले मलाई पक्राउ पर्ने अनुमति दिनुभएको भए, मैले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो र आफ्नो जीवन दिएर प्रभुका चेलाहरूको अनुकरण गर्नुपर्थ्यो, तर म पक्राउ नपरेकी हुनाले, मैले घटनापछिको काम राम्ररी सम्हाल्नुपर्थ्यो। हामीले यहाँ लामो समयदेखि सहकार्य गरेका थियौँ, र अवस्था साँच्चै नाजुक भए तापनि, हामीले केही पुस्तक सुरक्षित रूपमा सार्न सकेका थियौँ भनेर मैले सोचेँ। यो सब परमेश्वरले हामीलाई चरणबद्ध रूपमा अगुवाइ गर्नुभएको थियो, र यो परमेश्वरको सार्वभौमिकता र सुरक्षा थियो। त्यो सोचेर, म यो अवस्था अनुभव गर्न परमेश्वरमा भर पर्न इच्छुक भएँ।
पछि, मैले के थाहा पाएँ भने दुई अगुवा पक्राउ परेपछि यहूदा बनेका रहेछन्, तिनीहरूले मण्डलीका सबै ब्रदर-सिस्टर र पुस्तकहरू सुरक्षित राखिएका सबै घरहरूको पोल खोलिदिएछन्। पुस्तकहरू सुरक्षित राखिएका तीनवटा घरबाट परमेश्वरका वचनका पुस्तकहरू प्रहरीले जफत गरेछ, जबकि अर्को घरमा प्रहरी आउँदा कुनै पुस्तक भेट्टाएनछ, र ब्रदर-सिस्टरहरूले राति पुस्तकहरू सारेछन्। तर, त्यसबेलादेखि नै पुस्तकहरू सुरक्षित राखिएको यो घर प्रहरीको निगरानीमा थियो। प्रहरीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई दमन गर्न उम्कनै नसक्ने जाल बिछ्याएका छौँ भनेर धम्कीसमेत दियो। पुस्तकहरू सुरक्षित राखिएको अर्को एउटा घरमा पनि प्रहरीले परमेश्वरका वचनका पुस्तकहरू भेट्टाएन, र ती पनि तुरुन्तै सार्नुपर्ने भयो। यस्तो नाजुक अवस्था सामना गर्दा, मलाई डर लाग्यो, र सोचेँ, “म अक्सर पक्राउ परेकाहरूसँग सम्पर्कमा आउँथेँ, र मलाई कुनै पनि बेला प्रहरीले निशाना बनाउन सक्छ; परमेश्वरका वचनका पुस्तकहरू सार्न जाँदा के म प्रहरीद्वारा पक्राउ पर्नेछु?” मलाई पछि हटूँ कि जस्तो लाग्न थाल्यो। तर, मलाई मेरो स्थिति गलत छ भन्ने थाहा थियो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरिरहेँ। मैले परमेश्वरका वचनहरू सम्झेँ: “आस्था भनेको साँघु जस्तै हुन्छ: जीवनलाई पक्रिरहने र मृत्युको डर मान्नेहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहनेहरू, नडगमगाई र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले डरपोक र भयका विचारहरू राख्छ भने, यो शैतानले उसलाई मूर्ख बनाएकाले हो, हामी आस्थाको पुल पार गरेर परमेश्वरभित्र प्रवेश गरौँला भनी त्यो डराएको हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। “परमेश्वरले तँसँग जेसुकै माग गर्नुभए पनि, तैँले त्यसमा आफ्नो सारा शक्ति लगाउनु मात्र पर्छ, र म यी आखिरी दिनहरूमा तैँले परमेश्वरसामु उहाँलाई आफ्नो निष्ठा देखाउनेछस् भन्ने आशा गर्छु। यदि यो क्षण तेरो मृत्यु तोकिएको समय नै भए पनि, तैँले परमेश्वर आफ्नो सिंहासनमा विराजमान भई सन्तोषको मुस्कान मुस्कुराउनुभएको तैँले देख्न सकेसम्म, आफ्ना आँखा चिम्लँदै गर्दा तँ हाँस्नु र मुस्कुराउनुपर्छ। तँ जीवित रहँदै, तैँले परमेश्वरप्रतिको आफ्नो अन्तिम कर्तव्य निर्वाह गर्नैपर्छ। विगतमा, परमेश्वरका खातिर पत्रुसलाई क्रूसमा उल्टो टाँगियो; तर यी अन्तिम दिनहरूमा तैँले परमेश्वरलाई सन्तुष्ट पार्नुपर्छ, र तेरा सबै ऊर्जा उहाँका लागि खर्चनुपर्छ। एक सृजित प्राणीले परमेश्वरका लागि के गर्न सक्छ? त्यसैले परमेश्वरले चाहेअनुसार तँलाई योजनाबद्ध गर्नका लागि तैँले अग्रिम रूपमा आफूलाई परमेश्वरप्रति अर्पण गर्नुपर्छ। त्यसले परमेश्वरलाई खुसी र प्रसन्न तुल्याएसम्म उहाँले आफ्नो अभिप्रायअनुसार तँसँग जे गर्न चाहनुहुन्छ उहाँलाई त्यही गर्न दे। मानिससँग गुनासोका शब्दहरू बोल्ने के अधिकार छ र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, अध्याय ४१)। परमेश्वरका वचनहरूले मलाई प्रेरित गरे। पत्रुससँग मेरो तुलना हुन नसके पनि, मैले उनको उदाहरण पछ्याउनुपर्थ्यो र परमेश्वरलाई उहाँले चाहनुभएझैँ सबै कुरा योजनाबद्ध गर्न दिनुपर्थ्यो। मैले आफ्नो ज्यान दाउमा राख्नुपर्थ्यो र पुस्तकहरू सार्नुपर्थ्यो। त्यसपछि, ब्रदर-सिस्टरहरू र मैले सुरक्षित रूपमा पुस्तकहरू साऱ्यौँ।
यस अनुभवमार्फत, मैले परमेश्वरको अख्तियार अनि उहाँको सर्वशक्तिमान्ता र बुद्धिबारे साँचो बुझाइ प्राप्त गरेँ, र परमेश्वरप्रतिको मेरो आस्था पनि बढ्यो। त्यससँगसँगै, मैले आफ्नो स्वार्थी र घृणास्पद प्रकृति चिनेँ। यी बुझाइ र प्राप्तिहरू मैले आरामदायी वातावरणमा प्राप्त गर्न नसक्ने कुरा हुन्।