२८. मैले आफ्नो परिवारद्वारा सताइएर के प्राप्त गरेँ
कुनै समय मेरो सौहार्दपूर्ण र खुसी परिवार थियो, मेरो श्रीमान् मलाई राम्रो व्यवहार गर्नुहुन्थ्यो, र हाम्रा छिमेकी र साथीहरू हाम्रो ईर्ष्या गर्थे। सन् १९९४ मा मैले प्रभु यशूलाई आफ्नो मुक्तिदाताका रूपमा स्विकारेँ, र मैले मेरा आमाबुबा, सासु, दाजु र भाउजूलाई प्रभु येशूको सुसमाचार सुनाएँ, अनि उहाँहरू सबैले त्यो स्विकार्नुभयो। मेरो श्रीमान् आफ्नो व्यवसायमा एकदमै व्यस्त हुनुभएकाले भेलाहरूमा सहभागी हुनुहुन्नथ्यो, तर उहाँ मेरो आस्थालाई समर्थन गर्नुहुन्थ्यो। सन् २००६ को अक्टोबरमा मलाई कसैले सर्वशक्तिमान् परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्यो। भेलामा सहभागी भएर अनि परमेश्वरका वचनहरू पढेर, मैले सर्वशक्तिमान् परमेश्वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँले प्रभु येशूको काममा आधारित भएर न्याय र शुद्धिकरणको कामको एउटा चरण पूरा गर्नुभएको छ, जसले गर्दा मानिसलाई पापबाट पूर्ण रूपमा मुक्त हुन र परमेश्वरको मुक्ति पाउन सजिलो भएको छ भन्ने जानेँ, अनि मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम खुसीसाथ स्विकार गरेँ। त्यसपछि, मैले सुसमाचार प्रचार गर्ने तालिम लिन थालेँ, र निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने र प्रभुको देखापराइको उत्कट चाहना राख्नेहरूलाई परमेश्वरको नयाँ कामको गवाही दिएँ। सुरुमा त, मेरो श्रीमान्ले सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो आस्थाको विरोध गर्नुभएन, र ब्रदर-सिस्टरहरू मेरो घरमा आउँदा मेरो श्रीमान् उनीहरूलाई स्वागत गर्नुहुन्थ्यो, र अलि बढी पैसा कमाएपछि मसँगै परमेश्वरमा गर्ने बताउनुहुन्थ्यो। तर केही महिनापछि, मेरो श्रीमान्ले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको निन्दा र बदनाम गर्ने सीसीपीका आधारहीन अफवाहहरू सुन्नुभयो, अनि धार्मिक अगुवाहरूले उहाँलाई उक्साइरहे, त्यसैले उहाँले मेरो आस्थामा रोकटोक गर्न थाल्नुभयो। जब-जब उहाँ म भेलाका लागि बाहिर निस्किन लागेको देख्नुहुन्थ्यो, उहाँ मलाई सताउनुहुन्थ्यो र मेरो बाटो छेक्नुहुन्थ्यो।
सन् २००७ सम्ममा, मैले मण्डली अगुवाको कर्तव्य जिम्मा लिइसकेकी थिएँ, एक रात, म आफ्ना कर्तव्य निर्वाह गरेर घर फर्किँदा रातको दस बजेभन्दा बढी भइसकेको थियो। म घरभित्र पस्नेबित्तिकै मेरो श्रीमान् ममाथि खनिनुभयो र केरकार गर्दै भन्न थाल्नुभयो, “मलाई साँचो कुरा बता—तँ किन यति ढिला फर्किएकी? सर्वशक्तिमान् परमेश्वरका विश्वासी तिमीहरू राज्यको कडा कारबाहीको निसानामा छौ, र यदि तिमीहरू पक्राउ पऱ्याै भने, तिमीहरूलाई राजनैतिक अपराधीका रूपमा व्यवहार गरिनेछ र बचाउ गर्ने मौका नदिई मारिने पनि छ। तिमीहरू अलि चलाख बन्नुपर्छ!” उहाँले त्यसपछि क्रोधित हुँदै भन्नुभयो, “मैले भनेको सुन्, म हिजो आफ्नो गृहनगर गएँ, अनि मेरो काकाले सरकारको अवज्ञा गर्नुलाई अण्डा ढुङ्गासँग ठोक्किनुसँग तुलना गर्नुभयो। तँ नगरपालिकासँग लड्न सक्दिनस्। विश्वासीका सन्तानलाई कलेज जान दिइँदैन, तैँले यस्तै गरिरहने हो भने हाम्रा छोराछोरीलाई पनि तैँले यसमा मुछ्नेछेस्। मेरो काकाले मलाई तँसँगको यो मामिलाको छिनोफानो गर्न भन्नुभयो। तैँले तेरो यो आस्था कायम राख्ने हो भने हाम्रो सम्बन्धविच्छेद हुनेछ! तैँले तेरो आस्था साँच्चै त्याग्ने हो भने तैँले मलाई अबदेखि सर्वशक्तिमान् परमेश्वरमा विश्वास नगर्ने एउटा प्रतिज्ञापत्र लेखेर दिनुपर्छ, घरमै बसेर उचित व्यवहार गर्ने र कतै नजाने गर्नुपर्छ। यदि मैले तँलाई फेरि यस्तै गरेको फेला पारेँ भने, निर्दयी बनेकोमा मलाई दोष दिन पाउँदिनस्।” मेरो श्रीमान्ले यस्तो भनेको सुनेपछि मैले क्रोधित हुँदै सोचेँ, “मैले परमेश्वरमा विश्वास गर्नु र सुसमाचार प्रचार गर्नु पूर्णत: स्वाभाविक र न्यायोचित कुरा हो त। किन तपाईँमा ठूलो रातो अजिङ्गरबाट आएका आधारहीन अफवाह र दुष्ट शब्दहरूको खुट्ट्याइ छैन? त्यसमाथि तपाईँ म अब परमेश्वरमा विश्वास गर्नेछैनँ भन्दै प्रतिज्ञापत्र लेखूँ भन्ने चाहनुहुन्छ? यो त एकदम नीचता हो!” तर त्यसपछि मैले सोचेँ, “मेरो श्रीमान्लाई अत्यन्तै गहिरो गरी पारिएको छ। आज मैले यो प्रतिज्ञापत्रमा हस्ताक्षर गरिनँ भने उहाँले सम्बन्धविच्छेद गर्ने पक्का छ—म के गरूँ?” यही क्षण मैले परमेश्वरका केही वचन सम्झिएँ: “तैँले जान्नुपर्छ कि तेरो वरिपरिको सारा वातावरणलाई मैले अनुमति दिएको हुँ र मैले नै तिनको प्रबन्ध गरेको हुँ। यसबारे स्पष्ट हो र मैले तँलाई दिएको वातावरणमा मेरो हृदयलाई सन्तुष्ट बना। यो वा त्यो कुराको डर नमान्, सेनाहरूका सर्वशक्तिमान् परमेश्वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तेरो सहायक शक्ति हुनुहुन्छ, र उहाँ तेरो ढाल हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २६)। परमेश्वरका वचनमा अख्तियार र शक्ति छ, र तिनैले मलाई आस्था प्रदान गरे। शैतान मलाई परमेश्वरमाथिको मेरो आस्था त्याग्न बाध्य पार्ने कोसिस गर्न सबै प्रकारका षडयन्त्रहरू प्रयोग गर्दैछ, तर मैले शैतानसँग सम्झौता गर्न मिल्दैन। यस्तो सोचेर मैले मेरो श्रीमान्लाई भनेँ, “म यो कुरा अहिले नै प्रस्ट पार्न चाहन्छु। म तपाईँसँग सम्बन्धविच्छेद गर्न चाहन्छु भन्ने होइन; सबन्धविच्छेद गर्न चाहने त तपाईँ हो किनकि तपाईँ सीसीपीका आधारहीन अफवाह र दुष्ट शब्दहरूमा विश्वास गर्नुहुन्छ। यदि तपाईँ मैले यसमा तपाईँलाई फसाउँछु भनेर साँच्चै डराउनुहुन्छ भने, म सम्बन्धविच्छेदका लागि सहमत छु। मैले परमेश्वरमा विश्वास गरेर कुनै कानुन उलङ्घन गरेकी छैनँ, त्यसैले मैले तपाईँलाई प्रतिज्ञापत्र लेखेर दिनुपर्ने आवश्यकता छैन। म परमेश्वरमाथिको आफ्नो आस्थामा प्रतिबद्ध छु!” मेरो श्रीमान्ले रिसले दाह्रा किट्नुभयो र भन्नुभयो, “अब तँलाई बचाउन सकिँदैन। मैले तँलाई तेरो यो आस्थामा कायमै रहेको फेला पारेँ भने, निर्दयी भएकोमा मलाई दोष नदिनू।”
सन् २००८ को जुन महिनातिरको एकदिन म सुसमाचार प्रचार गरेर घर फर्किँदै गर्दा, मैले मेरो श्रीमान् र उहाँका काका मोटरसाइकल चढेर मलाई खोज्दै हिँडिरहेका देखेँ। मलाई देख्नेबित्तिकै उहाँहरू सिधै मतिर आउनुभयो। मेरो श्रीमान् आक्रोशित मुद्रामा दौडेर मसम्म आउनुभयो र मलाई दुई चड्कन लगाउनुभयो। मैले प्रतिक्रिया दिनुभन्दा पहिले नै, उहाँले आफ्नो मुठ्ठी घुमाउनुभयो र मेरो अनुहार र टाउकोमा जोडले हिर्काउनुभयो। म भुइँमा पछारिेएँ, र उहाँका काका म कुटिएको हेर्दै मलाई सराप्दै नजिकै उभिइरहनुभयो। म क्रोधित भएँ, मैले सोचेँ, “परमेश्वरमाथिको मेरो विश्वास पूर्णत: स्वाभाविक र न्यायोचित कुरा हो, तर तपाईँ मेरो आस्थाको मार्गमा तेर्सिनका लागि पारिवारिक स्नेहलाई वेवास्ता गर्दै हुनुहुन्छ। यसमा मानवता नै कसरी छ र?” त्यस लगत्तै, मेरो श्रीमान्ले मलाई भुइँबाट उठाउनुभयो, र मलाई गाली गर्दै मुक्का र लात्ती हिर्काइरहनुभयो, “तँ अझैपनि सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छेस्?” मैले व्यग्रतापूर्वक परमेश्वरलाई पुकारेँ, “परमेश्वर, आफ्नो परिवारद्वारा यसरी सताइँदा, म यो सहन नसकूँला कि भनेर चिन्तित छु किनकि मेरो कद साह्रै सानो छ। बिन्ती छ, मलाई मलाई जोगाउनुहोस् ताकि म दृढ रहन सकूँ।” काँप्दै गरेको ओठले मैले उहाँलाई भनेँ, “म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छु!” म पछि नहट्ने देखेर, उहाँले मलाई दाह्रा किट्दै सराप्नुभयो, “आज म तँलाई ठेगान लगाएरै छोड्छु, हेरौँ न तँलाई तेरो परमेश्वरले बँचाउन सक्छ कि सक्दैन।” म लल्याकलुलुक भएर भुइँमा पल्टेकी थिएँ, सास फेर्न गाह्रो भएर निसास्सिएको महसुस गर्दै थिएँ। मेरो हृदय एउटा अवर्णनीय उदासीको भावनाले भरियो, मेरो अनुहारबाट आँसुका धारा बगिरहे। उहाँको रुद्र भाव देख्दा, मलाई लाग्यो, मैले म परमेश्वरमा विश्वास गर्छु भनेर भनिरहेँ भने म त्यहीँ कुटिएर मारिन सक्छु। म दुःखी र त्रसित भएँ। बितेका दुई वर्षलाई फर्केर हेर्दा, हरेक समय म भेलामा सहभागी हुन र आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर निस्कँदा, फर्केपछि म मेरो श्रीमान्द्वारा कुटिन्थेँ र म यी दिनहरू कहिले अन्त्य होलान् भनेर गम खान्थेँ। यस क्षणमा, मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झिएँ: “आस्था भनेको साँघु जस्तै हुन्छ: जीवनलाई पक्रिरहने र मृत्युको डर मान्नेहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफ्नो जीवन दिन तयार रहनेहरू, नडगमगाई र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले डरपोक र भयका विचारहरू राख्छ भने, यो शैतानले उसलाई मूर्ख बनाएकाले हो, हामी आस्थाको पुल पार गरेर परमेश्वरभित्र प्रवेश गरौँला भनी त्यो डराएको हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। परमेश्वरका वचनले मलाई ब्युँझाइदिए। मेरो डर र कायरताको मतलब के थियो भने, म शैतानको षडयन्त्रमा परिसकेकी थिएँ। मेरो श्रीमान् डरलाग्दो देखिनु भएता पनि, उहाँ परमेश्वरकै हातमा हुनुहुन्थ्यो, र परमेश्वरको अनुमतिविना उहाँ मलाई केही गर्नसक्नुहुन्नथ्यो। यदि मैले आफ्नो देहको ख्याल गरेँ र मृत्युको डरका कारण मेरो श्रीमान्सँग सम्झौता गर्दै परमेश्वरको नाम अस्विकार गरेँ भने, मैले परमेश्वरलाई धोका दिइरहेकी हुनेथिएँ। मैले परीक्षाको दौरान छोराछोरी र सम्पत्ति खोसिएका अय्युबका बारेमा सोचेँ। उनकी श्रीमतिले उनको खिल्ली उडाउँदै परमेश्वरलाई त्याग्न झकझकाइन्, अय्युबले आत्मा र देह दुवैमा कष्ट सहे, तैपनि उनले परमेश्वरको नाम इन्कार गरेनन्। उनले अझै पनि यसको महिमा गरे र परमेश्वरका लागि आफ्नो गवाहीमा दृढ रहे। मेरो श्रीमान्द्वारा कुटिनु त केवल शारीरिक पीडा थियो, जसलाई अय्युबको कष्टसँग तुलना गर्न सकिँदैनथ्यो। म आफ्नो जीवन र मृत्यु परमेश्वरमा सुम्पन इच्छुक थिएँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, म जीवित नरहन सक्छु, तर मृत्युमा पनि म शैतानसँग सम्झौता गर्ने छैनँ, तब पनि म तपाईँ लाई पछ्याउन रोज्नेछु। म तपाईँ मलाई आस्था दिनुहुन अनुरोध गर्छु।” त्यस क्षण, बाटो हिँडिरहेकी एउटी महिला आइन् र मेरो श्रीमान्लाई भनिन्, “उहाँलाई हिर्काउन छोड्नुहोस्। तपाईँ ले पिटिरहनुभयो भने उहाँ मर्न सक्नुहुन्छ।” तब मात्र मेरो श्रीमान् रोकिनुभयो। मैले परमेश्वरलाई आफ्नो हृदयमा धन्यवाद दिएँ। परमेश्वरको सुरक्षा नभएको भए, मलाई साँच्चै उहाँले कुटेर मार्नुहुनेथ्यो।
त्यो साँझ, मेरो श्रीमान्को मलाई छोड्ने योजना अझै पनि थिएन, र उहाँले मलाई झपार्न मेरो माइतमा लैजानुभयो। मेरी आमाले मेरो जिउभरी निलडाम देख्नुभयो र वेदनामा रून थाल्नुभयो, मेरो श्रीमान्लाई अत्यन्तै मानवताहीन भएकोमा सराप्नुभयो। त्यसपछि, मेरो बुबा, दाजु र भाउजु सबै मतिर दौडिए। मेरी भाउजुले ममाथि चिच्याउँदै भन्नुभयो, “यो कष्ट तपाईँ आफैँले निम्त्याउनुभएको हो। मैले सीसीपीले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नेलाई पक्राउ गर्छ भनेर तपाईँलाई धेरै पहिले नै भनेकी थिएँ। हामी मण्डलीमा येशूमाथि विश्वास गर्नु र सरकारले हामीलाई पक्राउ नगर्नु निकै अद्भुत कुरा हो। केवल शान्तिमा जिउनु राम्रो होइन र? हेर्नुहोस त, तपाईँ सर्वशक्तिमान् परमेश्वरमाथिको आस्थामा कायम रहँदै हुनुहुन्छ। सीसीपीको विरुद्ध गएर तपाईँ आफैलाई मराउन खोज्दै हुनुहुन्न र?” मेरो बुबाले पनि ममाथि चिच्याउँदै भन्नुभयो, “तँलाई कुटेर मारे पनि ठुलो नोक्सान हुनेछैन। हाम्रो परिवार ठुलो छ र राम्रो प्रतिष्ठा छ, तर अहिले सर्वशक्तिमान् परमेश्वरमाथिको तेरो आस्थाका कारण मानिसहरूले मलाई घोचपेच गरिरहेका छन्। तैँले हाम्रो परिवारलाई लज्जित पारेकी छेस्। तैँले आफ्नो आस्था कायमै राख्ने हो भने, म अबदेखि तँलाई मेरी छोरी मान्दिनँ।” मेरो श्रीमान्को परिवारका सदस्यहरू पनि आए र मेरो आलोचना गर्दै भने, “सरकारले सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरूलाई सबैतिर गिरफ्तार गरिरहेको छ। यदि तिमी पक्राउ पऱ्याै भने जेल जानेछ्यौ। तिमी फर्किनौ भने यो परिवार टुक्रिनेछ। तिमीले परमेश्वरमाथिको आफ्नो आस्थाका कारण आफ्ना छोराछोरीलाई समेत यसमा मुछ्नेछ्यौ। असल जीवन जिउन सकिन्छ भने किन यो सब कष्ट भोग्नु?” उनीहरूले म अपराधी भएझैँ गरी मलाई हप्काए। मलाई हृदयमा अवर्णनीय पीडा भयो, र म क्रोधित पनि भएँ। मैले मेरो परिवारका सदस्यहरू प्रभुका विश्वासी हुन् र मेरो कुरा बुझ्नेछन् भन्ने सोचेकी थिएँ, तर उनीहरूले सही र गलत छुट्याउन सकेनन् र सीसीपीका आधारहीन अफवाहहरू पत्याए, अनि उनीहरू आफ्नै स्वार्थका खातिर पूर्णत: निर्दयी भए, र म मरूँ या बाचूँ भन्ने कुराको मतलब गरेनन्। मैले उनीहरूलाई भनेँ, “मैले निर्णय गरिसकेकी छु। म सर्वशक्तिमान् परमेश्वरलाई नै रोज्छु, र म आफ्नो आस्थामा निश्चित छु।” मैले सम्झौता गर्न अस्विकार गरेकीले उनीहरूले मलाई आधारातभन्दा पछिसम्म पनि जान दिएनन्। म यति कमजोर थिएँ कि मैले आफूलाई सम्हाल्न सकिनँ, र मेचबाट भुइँमा झरिरहेँ। मेरी आमाले म अब सहन सक्दिनँ भन्ने देख्नुभयो र उनीहरू सबैलाई जनावरहरू भन्दै गाली गर्नुभयो। उहाँले भन्नुभयो, “कसैले फेरि उसलाई केही गर्ने हिम्मत गर्छ भने, पहिले मेरो सामना गर्नुपर्छ।” यस क्षणमा, उनीहरू अन्ततः गए। मैले यो सबै परमेश्वरको सुरक्षा हो भन्ने बुझेँ।
भोलिपल्ट मेरी दिदी, भिनाजु, दाजु र भाउजु सबै जना आए। उनीहरूले मलाई म अबदेखि सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नेछैनँ भनेर ग्यारेन्टी गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न दबाब दिए। मेरो दाजुले भन्नुभयो, “तैँले यसमा हस्ताक्षर गरिस् भने तेरी भाउजु र म तँलाई हाम्रो घर लैजान्छौँ। म तँलाई तैँले चाहेको जुनसुकै कुरा पनि दिन्छु, र जीवनभर म तेरो हेरचाह गर्ने वाचा गर्छु। तर तैँले आज हस्ताक्षर गरिनस् भने, हामी सबै सम्बन्ध तोड्नेछौँ।” मैले बैठक कोठाको वरिपरि हेरेँ; त्यहाँ एक दर्जनभन्दा बढी मानिस मैले प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न कुरिरहेका थिए। मलाई साह्रै दुःख लाग्यो। मैले परमेश्वरमाथि विश्वास गर्न रोजेँ भने, मेरो परिवारले मसँग नाता तोड्ने थियो। बुढेसकालमा म के गरूँला? म कहाँ जाऊँला? मैले आफ्नो परिवारसँग सम्झौता गरेँ भने परमेश्वरलाई धोका दिइरहेकी हुनेथिएँ। म ठुलो मानसिक द्वन्द्वमा थिएँ र मलाई आफू टुट्न लागे झैँ महसुस भयो। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ र परमेश्वरका यी वचनहरू याद गरेँ: “तँभित्र मेरो साहस हुनुपर्छ, र गैरविश्वासी आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि तँ मेरो बुद्धिमा भर पर्नैपर्छ, र शैतानका कुनै पनि षड्यन्त्रलाई सफल हुन दिनु हुँदैन। मेरो अगाडि तेरो हृदय राख्नका लागि आफूले सक्दो गर्, र म तँलाई सान्त्वना दिनेछु, र तेरा हृदयमा शान्ति र आनन्द ल्याइदिनेछु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। मैले प्रभु येशूले भन्नुभएको कुरा पनि सम्झिएँ: “जसले मलाई मानिसहरूका अगाडि इन्कार गर्छ, म पनि त्यसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु” (मत्ती १०:३३)। परमेश्वरका वचनले मलाई शैतान पारिवारिक सम्बन्ध र मेरो देहको भविष्य प्रयोग गर्दै मैले आफैलाई परमेश्वरबाट टाढिन र उहाँलाई धोका दिन लगाउन खोजिरहेको छ भन्ने कुरा बुझाए। मैले उनीहरूका षड्यन्त्र राम्ररी बुझ्नुपर्थ्यो र शैतानका शक्तिहरूसँग सम्झौता गर्नुहुँदैनथ्यो। मानिसहरूद्वारा त्यागिनु त्यति डरलाग्दो कुरा होइन, किनकि मानिसहरू एक्लै पनि जिउन सक्छ, तर परमेश्वरद्वारा त्यागिएँ भने, म जिउन सक्नेथिइनँ। परमेश्वर मात्र मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ। उनीहरू म पक्राउ परेँ भने उनीहरूको भविष्यमा असर पर्ला र उनीहरूको इज्जत जाला भनेर डराए, त्यसैले उनीहरूलाई म जिऊँ वा मरूँ भन्ने कुराको मतलब थिएन र उनीहरूले मलाई परमेश्वरलाई धोका दिन बाध्य पार्न नरम र कडा दुवै रणनीति अपनाए। मैले उनीहरूको सार परमेश्वरको विरुद्धमा भएको देखेँ। हामी आधारभूत रूपमा एकै प्रकारका मानिस रहेनछौँ। यस्तो सोचेपछि, मैले उनीहरूलाई भनेँ, “बुबा, दाजु, किन तपाईँहरू मलाई यसमा हस्ताक्षर गर्न बाध्य पार्दै हुनुहुन्छ? हामीले तिर्सना गरेका प्रभु येशू देह बनेर फर्कनुभएको छ। उहाँले न्याय र शुद्धिकरणको काम गर्नुभएको छ। तपाईँहरू यो कुरा अस्वीकार मात्र गर्दै हुनुहुन्न, झन् यसको विरोध र निन्दा गर्दै हुनुहुन्छ, अनि तपाईँहरू म पनि तपाईँहरूले जस्तै परमेश्वरलाई नकार्दै उहाँको विरोध गरूँ भन्ने चाहनुहुन्छ। पहिलेका फरिसीहरूभन्दा यो कसरी फरक भयो त? म यसमा हस्ताक्षर गर्न पूर्ण रूपमा अस्वीकार गर्छु। मैले यसमा हस्ताक्षर गरेँ भने मैले परमेश्वरलाई धोका दिइरहेकी हुनेछु।” जब मेरो दाजुले मैले यसो भनेको सुन्नुभयो, उहाँले मलाई कुर्सीबाट जुरुक्क उचाल्दै धम्क्याउनुभयो, “अबदेखि हामी सम्बन्ध तोड्दैछौँ। तँ हाम्रो परिवारकी हिस्सा रहिनस्!” यो सुनेर मलाई दुःख लाग्न छोड्यो, किनकि यी तथ्यहरूले मलाई परमेश्वरको विरोध गर्ने उनीहरूको साँचो प्रकृति चिन्न मद्दत गरे। मैले मेरो श्रीमान् र परिवारले मलाई जति नै सताए पनि, म अन्त्यसम्म परमेश्वरलाई नै पछ्याउनेछु भन्ने सङ्कल्प गरेँ।
दिउँसोको खानापछि, मेरा दाजु-भाउजुले मलाई पुऱ्याउन उहाँहरू मेरो घर हुँदै जाने कुरा बताउनुभयो। हामी मेरो घरको अगाडिको ढोकानिर पुग्नै लाग्दा मेरा दाजु-भाउजुले मलाई जबरजस्ती कारबाट बाहिर निकाल्नुभयो। मैले ऐनामा हेर्दा आफ्नो अनुहारभरि निलडाम भएको, र मेरा आँखा सुन्निएर चिम्सा भएको देखेँ। म उहाँहरूको पछिपछि खोच्याउँदै हिँडेँ, र मेरो श्रीमान्ले मलाई छिटो हिँड् भन्दै अपराधीलाई समातेर लगेझैँ गरी पछाडिबाट धकेलिरहनुभयो। बजारको सडकका दुवैतिरका पसलेहरूले मलाई देखे र आपसमा कुरा गर्न थाले। कतिपयले मलाई सोधे, “तपाईँलाई कसले यस्तो गर्यो?” मेरो श्रीमान्ले मेरो बारेमा थुप्रै निन्दात्मक कुरा भन्नुभयो, र मेरो दाजुले समेत विशेष गरी भन्नुभयो, “मैले तँ अझै पनि सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छेस् भन्ने थाहा पाएँ भने, म तँलाई लगेर सीसीपीलाई बुझाइदिनेछु र थुन्न लगाउनेछु, ताकि हाम्रो इज्जत नजाओस्।” एक छेउमा उभिएकी मेरी भाउजुले पनि मेरो बेइज्जत गर्नुभयो। तब मात्र मैले बुझेँ, यो सबै उनीहरूको पूर्वनियोजित कुरा रहेछ, र मलाई शीघ्र रूपमा कारबाट ओर्लिन बाध्य पारेको त मलाई सबैले देख्ने गरी सडकमा हिँडाउन, सबैलाई मलाई इन्कार र गाली गर्न लगाउन, र मलाई परमेश्वरमाथिको आफ्नो आस्था त्याग्न बाध्य पार्नका लागि पो रहेछ। घर फर्केपछि, मैले आफ्नो हृदयमा अति धेरै पीडा महसुस गरेँ, र मलाई परमेश्वरलाई विश्वास गर्ने मार्गमा हिँड्नु निकै गाह्रो रहेछ भन्ने लाग्यो। मैले आफ्नो परिवारसँग सम्झौता गर्ने बारेमा समेत सोचेँ। म ओछ्यानमा ढलेँ र रुँदै परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, मलाई यो मार्गमा हिँड्नु धेरै पीडादायी छ भन्ने लाग्छ। कसैले पनि मेरो कुरा बुझ्दैन, र म अब सहन सक्दिनँ जस्तो लाग्छ …” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनको भजन याद गरेँ “परमेश्वरले चोटहरू सहँदै मानिसलाई प्रेम गर्नुहुन्छ”: “परमेश्वरले देहधारण गरी पृथ्वीमा बिताउनुभएको साढे तेत्तीस वर्ष आफैमा सबैभन्दा पीडादायी कुरा थियो, त्यसमाथि उहाँलाई कसैले बुझ्न सकेन। … उहाँले सहने मुख्य कष्ट भनेको चरम रूपमा भ्रष्ट मानवतासँग सँगै जिउनु, सबै किसिमका मानिसहरूबाट उपहास, अपमान, न्याय, र निन्दा सहनु, साथै दुष्ट दियाबलसद्वारा खेदो गरिनु र धार्मिक संसारबाट अस्वीकार र शत्रुता भोग्नु हो। उहाँको हृदयका घाउहरूलाई कसैले पनि निको पार्न सक्दैन। यो एउटा पीडादायी कुरा हो। उहाँले अपार धैर्यका साथ भ्रष्ट मानवजातिलाई मुक्ति दिनुहुन्छ, र उहाँले आफ्ना घाउहरूका बाबजुद मानिसहरूलाई प्रेम गर्नुहुन्छ—यो सबैभन्दा पीडादायी काम हो। मानवताको क्रूरता र प्रतिरोध, निन्दा र बदनाम, झूटा आरोप, सतावट, र तिनीहरूको खेदो र हत्याले परमेश्वरलाई नै ठूलो जोखिम हुनेगरी उहाँको देहलाई यो काम गर्न लगाउँछ। उहाँले सहनुभएको कष्टलाई कसले बुझ्न सक्थ्यो, र उहाँलाई कसले सान्त्वना दिन सक्थ्यो र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। ख्रीष्टको सार प्रेम हो)। मानवप्रतिको परमेश्वरको प्रेमबारे सोच्दा म गहिरो गरी प्रभावित भएँ। परमेश्वर मानवजातिलाई मुक्ति दिन दुई पटक देहधारी बन्नुभएको छ र अतुलनीय कष्ट र अपमान सहनुभएको छ। प्रभु येशू सम्पूर्ण मानवजातिलाई छुटकारा दिने काम पूरा गर्नका लागि, संसारद्वारा अस्विकृत, अपमानित र निन्दित हुनुभयो। उहाँले सैनिकहरूको कुटाइ र उपहास सहनुभयो, र उहाँले काँडाको मुकुट लगाउनुभयो, अनि अन्त्यमा जीवनको बलिदान दिँदै क्रूसमा टाँगिनुभयो। आखिरी दिनहरूमा, परमेश्वर ठुलो रातो अजिङ्गर गुँडुल्किएर बसेको भूमिमा काम गर्न र मानिसलाई मुक्ति दिन पुनः देहधारी हुनुभएको छ, सीसीपीको पछ्याइ र दोषारोपण अनि धार्मिक जगतको अस्विकार र निन्दा सहनुभएको छ। परमेश्वर मानवजातिलाई मुक्ति दिनका लागि यो सबै चुपचाप सहनुहुन्छ। मानवप्रतिको परमेश्वरको प्रेम निकै महान् छ! म परमेश्वरको आखिरी दिनहरूको काम पछ्याउन पाउनमा भाग्यमानी छु। सुसमाचार प्रचार र आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको सत्यता पाउन र परमेश्वरको मुक्ति प्राप्त गर्नका खातिर हो; यसका लागि मैले केही सतावट सहनु परे पनि के नै फरक पर्छ र? विगतमा, म प्रायः मेरा ब्रदर-सिस्टरहरूसँग, हामीले जस्तोसुकै सतावट र पीडा सामना गर्नु परे पनि, परमेश्वरलाई अन्त्यसम्मै पछ्याउनैपर्छ भन्दै सङ्गति गर्थेँ, तर अहिले आफूले यो परिस्थिति सामना गर्दा, ममा त्यसलाई पार गर्न सक्ने आस्था किन भएन? मेरो कद वास्तवमै निकै सानो रहेछ। मैले भविष्यमा जस्तोसुकै प्रकारको सतावट, निन्दा र उपहास सामना गर्नु परे पनि, म परमेश्वरप्रतिको आफ्नो गवाहीमा दृढ रहनेछु, अबदेखि कोहीद्वारा पनि बाँधिनेछैनँ, र म सधैँ परमेश्वरलाई पछ्याउनेछु भन्ने प्रण गर्दै, मनमनै परमेश्वरसामु सङ्कल्प गरेँ।
थाहै नपाई, २००८ को सेप्टेम्बर भइसकेको थियो। मेरो श्रीमान्ले मैले अझै पनि परमेश्वरमा विश्वास र सुसमाचार प्रचार गरिरहेको देख्नुभयो, र उहाँ केही सामान डेलिभर गर्न ग्वान्झाउ जानलाग्नुभएकाले, उहाँले मलाई जबरजस्ती तानेर ट्रकमा हाल्नुभयो र मसँग भएको सबै पैसा खोसेर लिनुभयो। म एकदमै बेचैन भएँ, र मैले उहाँले ध्यान नदिएको बेला हतारहतार परमेश्वरका वचनको एउटा पुस्तक आफूसँग च्यापेर लुकाएँ। पछि उहाँले मलाई एउटा होटलमा नजरबन्दमा राख्नुभयो, र होटल साहुनीलाई मेरो निगरानी गर्न लगाउनुभयो। म पाँच दिनसम्म थुनिएँ, र मलाई एकदमै पीडा र सास्ती महसुस भयो, र मैले मनमनै सोचेँ, “आफ्ना ब्रदर-सिस्टरहरूलाई भेट्न वा आफ्नो कर्तव्य पूरा गर्न नपाई यहाँ थुनिएर बस्नुपर्दा, हरेक दिन एक वर्ष जस्तो लाग्छ।” मैले मेरो श्रीमान्को सतावट वर्षौँदेखि गम्भीर बन्दै गइरहेकोबारे सोचेँ, र मैले यी दिनहरूको अन्त्य कहिले होला भनेर गम खाएँ। भविष्यमा आफूले भोग्नुपर्ने सबै पीडा र कष्टबारे सोच्दा मात्रै पनि मलाई झन्झन् उराठ लाग्थ्यो, र म बरु मर्न पाए जाति हुन्थ्यो भन्ने सोच्थेँ। यस्तो सोचेर, मैले परमेश्वरका वचनको पुस्तक आफ्नो छातीमा च्यापेर लुकाउँदै, मेरो श्रीमान् निदाउनुभएको मौका छोपेर चुपचाप सुटुक्क होटलबाट निस्किएँ, र नदीमा हाम फालेर आत्महत्या गर्ने तयारी गर्दै नजिकैको पेभिलिएनतिर गएँ। तर मैले परमेश्वरलाई छोड्ने कुरा सहन सकिनँ। मैले कसरी परमेश्वरमाथि दस वर्षभन्दा बढी समय विश्वास गरेपछि आखिरमा उहाँको पुनरागमनलाई स्वागत गरेकी थिएँ भन्नेबारे चिन्तन गरेँ—के मैले साँच्चै परमेश्वरलाई यसरी नै छोड्न लागेको हुन सक्छ? तर मैले आफ्नो परिस्थितिको वास्तविकतालाई पराजित गर्न सकिनँ। परमेश्वरलाई बिदाइको प्रार्थना गर्दै गर्दा म रोएँ, “परमेश्वर, अहिले म एकदमै कमजोर छु, म यो पीडा अब सहन चाहन्नँ। म यो संसार छोड्नुभन्दा पहिले तपाईँका वचनको एउटा खण्ड पढ्न चाहन्छु, ताकि मरेपछि मैले शान्ति पाउन सकूँ।” प्रार्थनापछि, मैले मधुरो प्रकाशमुनि परमेश्वरका वचनको पुस्तक खोलेँ, र परमेश्वरका वचनको यो खण्ड पढेँ: “आज, धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू कष्टको कुनै मूल्य हुँदैन, र संसारले तिनीहरूलाई इन्कार गर्छ, तिनीहरूको घरेलु जीवन समस्याग्रस्त छ, परमेश्वरलाई तिनीहरू मनोहर लाग्दैनन्, र तिनीहरूको भविष्य धूमिल छ भन्ने विश्वास गर्छन्। कतिपय मानिसहरू केही हदसम्म कष्ट भोग्नुपर्दा, तिनीहरू मर्नसमेत चाहन्छन्। यो परमेश्वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायर हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र अयोग्य छन्! परमेश्वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्कण्ठित हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसको कष्ट उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसको परीक्षा उति नै ठुला हुन्छन्। यदि तँ उहाँलाई प्रेम गर्छस् भने, सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ उहाँलाई प्रेम गर्दैनस् भने, सायद तेरा निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि सबथोक शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्वरलाई प्रेम गर्छस्, तब तैँले आफ्नो वरिपरि विजय गर्न नसकिने धेरै कुराहरू छन् भन्ने सधैँ महसुस गर्नेछस्। अनि तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ, र तँ परमेश्वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्—तैँले सधैँ परमेश्वरका अभिप्रायहरू अति उच्च र मानिसको पहुँचभन्दा बाहिर छन् भन्ने महसुस गर्नेछस्। यी सबैका कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकाले, र धेरै हिसाबले तँ परमेश्वरका अभिप्रायहरू पूरा गर्न असक्षम भएकाले, तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण हासिल गरिन्छ भन्ने कुरालाई तैँले स्पष्ट रूपमा देख्नैपर्छ। यसैले, यी आखिरी दिनहरूका अवधिमा तिमीहरूले परमेश्वरको निम्ति गवाही दिनैपर्छ। तिमीहरूका कष्टहरू जतिसुकै ठूला भए पनि, तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि, तिमीहरू परमेश्वरप्रति बफादार रहनैपर्छ र तिमीहरूले आफूलाई परमेश्वरको योजनाबद्ध कार्यको कृपामा राख्नुपर्छ; यो मात्रै परमेश्वरलाई साँच्चै प्रेम गर्नु हो, र यो मात्र बलियो र गुन्जायमान गवाही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। यो खण्ड कति राम्रो छ! मलाई परमेश्वर मेरो आमनेसामने भएर मसँग कुरा गर्दै हुनुहुन्छ जस्तो लाग्यो, र मेरो हृदयबाट एउटा न्यानो प्रवाह तरङ्गित भयो, चुँडिएको नेकलेसबाट मोतीका दाना झरे जस्तै गरी मेरो मुहारबाट आँसुका धारा बहे। परमेश्वरका वचनहरूले नै मलाई समयमै उहाँको अभिप्राय बुझ्न मार्गदर्शन गरे, र साथसाथै, मैले आफ्नो श्रीमान्को सतावट सहन नसकेर आत्महत्या गर्न नदीमा हाम फाल्न चाहेकोमा पश्चात्ताप गरेँ। म असाध्यै कमजोर र दृढताविहीन थिएँ। परमेश्वरले मेरो आस्था सिद्ध पार्न यस्तो परिस्थिति प्रबन्ध गर्नुभयो, मलाई सङ्कष्ट र पीडाका बिच आफ्नो गवाहीमा दृढ रहने अनुमति दिनुहुँदै, शैतानलाई लज्जित पार्नुभयो। म मरेँ भने, के म शैतानको हाँसोको पात्र मात्र बन्नेथिइनँ र? यस्तो सोचेर, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर! भविष्यमा मैले जस्तोसुकै प्रकारको कष्ट वा परीक्षा सामना गरे पनि, अगाडि बढ्नका लागि म तपाईँमै भर पर्नेछु। तपाईँले नै मलाई यो सास दिनुभयो, तसर्थ म उचित तवरले जिउनेछु र तपाईँको गवाही दिनेछु, म अबदेखि तपाईँलाई दुःखी तुल्याउने वा निराश बनाउनेछैनँ।” परमेश्वरको अभिप्राय बुझेपछि, म होटल फर्किएँ। मैले परमेश्वरलाई प्रार्थना गर्दै मेरा लागि एउटा मार्ग खोलिदिन बिन्ती गरेँ। भोलिपल्ट मध्याह्नमा, मेरो श्रीमान् होटल फर्किनुभयो र घर जानका लागि छिटै मेरा सामान प्याक गर्न भन्नुभयो। मेरो श्रीमान्का शब्दहरू सुनेपछि म एकदम उत्साहित भएँ, र सबै कुरा परमेश्वरकै हातमा रहेछन् भन्ने बुझेँ।
२०११ को अक्टोबरमा, मण्डलीलाई तत्कालै सुसमाचारको कामदारहरूको आवश्यकता पर्यो, र अगुवाहरूले मलाई अर्को क्षेत्रमा सुसमाचार प्रचार गर्न पठाउने प्रबन्ध मिलाउन चाहे। म परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक थिएँ। तर मैले कसरी आफूले एकपटक घर छोडेपछि, म आफ्ना छोराछोरीलाई एउटा पूर्ण र खुसी परिवार दिन सक्दिनँ भन्नेबारे सोचेँ, त्यसैले मैले छोराछोरीको हेरचाह गर्ने कोही नभएको बहानामा अस्वीकार गरेँ। एकदिन मेरी छोरी र म कोठामा परमेश्वरका वचनहरू पढ्दै थियौँ, र जब मेरो श्रीमान्ले त्यो देख्नुभयो, उहाँले मेरा हातबाट परमेश्वरका वचनको पुस्तक खोस्नुभयो र मलाई कठोरतापूर्वक भन्नुभयो, “तैँले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न थालेदेखि नै हाम्रो वैवाहिक सम्बन्ध सकिएको मलाई थाहा छ! तँ परमेश्वरमा विश्वास गर्न र मुक्ति पाउन चाहन्छेस्? आश गरिराख्! म मरेँ भने पनि तँलाई साथै लिएर जान्छु। तेरै कारण मैले आफ्नो सम्पूर्ण यातायात व्यवसाय रोकिसकेको छु, र यस पटक, म घरमै बस्नेछु र तेरो निगरानी गर्नेछु। हेरौँ न तँ कहाँ भाग्दी रहिछस्। अब म तँलाई फेरि सोध्छु, तँ अझै पनि परमेश्वरमा विश्वास गर्न चाहन्छेस्?” मैले जवाफ दिएँ, “परमेश्वरमा विश्वास गर्न पाउने मेरो अधिकार कसैले खोस्न सक्दैन। म सधैँभरि परमेश्वरमा विश्वास गरिरहने छु।” यसो भनेको सुनिसकेपछि, मेरो श्रीमान्ले मेरो अनुहारमा पुस्तकले हिर्काउनुभयो, त्यसपछि त्यसलाई यत्तिकै झ्यालबाट बाहिर फालिदिनुभयो। जब मैले मेरो श्रीमान्ले परमेश्वरका वचनको पुस्तक बाहिर फालेको देखेँ, मलाई आफ्नो मुटु च्यातिरहे जस्तो महसुस भयो, र मैले हत्तपत्त गएर उक्त पुस्तक समाउन चाहेँ। त्यसपछि उहाँ नजिकै आएर मलाई भूइँमा लड्ने गरी लात्तिले यति बेस्सरी हिर्काउनुभयो कि म उठ्न समेत सकिनँ। मेरी छोरीले अगाडि सरेर उहाँलाई प्रश्न गरी, “बुबा, आमाले परमेश्वरमा विश्वास गरेर कुन चाहिँ कानुनको उलङ्घन गर्नुभएको छ र तपाईँ उहाँलाई यसरी सताइरहनुहुन्छ?” त्यसपछि त मेरो श्रीमान् पागल हुनुभयो, मेरी छोरीलाई कपालमा च्याप्प समाउनुभयो र उसको अनुहारमा हिर्काइरहनुभयो। कुटाइका कारण मेरी छोरीको अनुहारमा निलडाम भयो र सुन्नियो। भुइँमा लडिरहेको अवस्थामै, मैले उहाँलाई रिसाउँदै गाली गरेँ, “तँ जनावर, तँ दियाबलस!” मेरो श्रीमान्ले आफ्नै छोरीलाई समेत नछोडेको देखेर, मैले उहाँलाई झनै घृणा गरेँ। म परमेश्वरका वचनको पुस्तक कुनै पनि क्षण नष्ट हुन सक्छ भनेर चिन्तित थिएँ, त्यसैले मैले हृदयमा परमेश्वरलाई पुकारिरहेँ। त्यति नै बेला मेरो श्रीमान् अचानक बाथरूम जानुभयो। मैले तत्कालै मेरी छोरीलाई तल गएर पुस्तक खोज्न, र त्यसलाई सुरक्षित राख्नका लागि एउटी सिस्टरको घरमा पठाउन अह्राएँ।
मैले परमेश्वरमाथि विश्वास गरेका आफ्ना सबै वर्षबारे फर्केर सोचेँ। मेरो श्रीमान्ले हरसम्भव उपायबाट मलाई रोकटोक गर्नुभएको थियो, र उहाँबाट कुटिनु र अपमानित हुनुपर्दा मलाई साह्रै पीडित र दमित महसुस हुन्थ्यो। म आफ्नो कर्तव्य निर्वाह गर्न वास्तवमै घर छोड्न चाहन्थेँ, तर जब छोड्ने बेला आउँथ्यो, म आफ्ना छोराछोरीबाट छुट्टिने कुरा सहन सक्दिनथेँ र सधैँ उनीहरूप्रति ऋणी महसुस गर्थेँ। ती रातहरूमा म यति दुःखी हुन्थेँ कि सुत्नै सक्दिनथेँ, त्यसैले म परमेश्वरलाई प्रार्थना गर्थेँ। पछि मैले परमेश्वरका केही वचन पढेँ: “हजारौँ वर्षदेखिको ‘राष्ट्रवादको उच्च भावना’ मार्फत मानव हृदयको गहिराइमा बसेका घातक प्रभावहरू र सामन्ती सोचले मानिसहरूलाई बाँधेका र साङ्लाले जकडेका छन्, तिनीहरूलाई रत्तिभर पनि स्वतन्त्रता दिएका छैनन्, तिनले तिनीहरूमा कुनै महत्त्वाकाङ्क्षा वा दृढता, अनि प्रगति गर्ने चाहना छाडेका छैनन्, बरु तिनीहरूलाई नकारात्मक र प्रतिगामी, दास मानसिकतामा जकडिएको, आदि अवस्थामा राखेको छन्। यी वस्तुगत कारकहरूले मानवताको वैचारिक दृष्टिकोण, आकाङ्क्षाहरू, नैतिकता, र स्वभावमा एक नमेटिने फोहोरी र कुरूप छाप पारेका छन्। मानिसहरू आतङ्कको अन्धकारमय संसारमा बाँचिरहेको, र तिनीहरूमध्ये कसैले पनि त्यसलाई पार गर्नेबारे सोच्ने नगरेको, वा एक आदर्श संसारमा जानेबारे सोच्ने नगरेको जस्तो देखिन्छ; बरु, तिनीहरू सन्तान जन्माउँदै र हुर्काउँदै, लागिपर्दै, पसिना बगाउँदै, आफ्नो श्रम गर्दै, अनि आरामदायी र सुखी परिवार, दाम्पत्य स्नेह, कर्तव्यनिष्ठ सन्तान, बुढेसकालमा आनन्दको, र शान्तिपूर्वक आफ्नो जीवन बिताउने सपनादेख्दै आफ्नो जीवनको नियतिप्रति सन्तुष्टिको भावनाका साथ आफ्ना दिनहरू बिताउँछन्…। दशौँ, हजारौँ, दशौँ हजार वर्षदेखि अहिलेसम्म, मानिसहरूले यसरी आफ्नो समय खेर फाल्दै आइरहेका छन्, कसैले पनि सबैभन्दा शानदार मानव जीवन सिर्जना गरेको छैन, तिनीहरू यस अन्धकार संसारमा आपसी कत्लेआम, ख्याति र प्राप्तिका लागि दौड, र एक-अर्काविरुद्ध षड्यन्त्र रच्नमा मात्रै लागिपरेका छन्। कसले पो कहिल्यै परमेश्वरका अभिप्रायहरू खोजेको छ? के कसैले कहिल्यै परमेश्वरको काममा ध्यान दिएको छ? मानिसहरूका ती सबै भाग, जसलाई अन्धकारको प्रभावले ओगटेको छ, धेरै पहिले नै मानव प्रकृति बनिसकेका छन्, त्यसैले परमेश्वरको काम गर्न निकै गाह्रो छ, र मानिसहरूसँग आज परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको कुरामा ध्यान दिने हृदय त झन् कम छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (३))। परमेश्वरका वचनमाथि चिन्तन गरेर मैले के बुझेँ भने, मैले परिवार छोड्न नसक्नु त म शैतानद्वारा भरिएका त्रुटिपूर्ण विचारहरूले प्रभावित भएको, र तिनले मलाई म “असल श्रीमती र मायालु आमा” हुनुपर्छ अनि “खुसी परिवार” बनाउनुपर्छ, आदि भनेको कारणले पो रहेछ। म एक असल श्रीमती र मायालु आमा बन्न खोजेकी थिएँ, र जब घरबाट टाढा आफ्नो कर्तव्य निर्वाह गर्ने समय आउँथ्यो, म सधैँ हिचकिचाउँथेँ, किनकि म आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्नुको मतलब मैले आफ्ना छोराछोरीलाई पूर्ण र खुसी परिवार दिन नसक्नु हुनेछ भनेर डराउँथेँ। मैले अन्तत: बुझेँ, शैतान मानिसलाई बाँध्न र नियन्त्रण गर्न यी भ्रामक विचार र दृष्टिकोणहरू प्रयोग गर्छ, जसले गर्दा उनीहरू परमेश्वरबाट टाढा हुँदै जान्छन् र उहाँलाई धोका दिन्छन्, यसको मतलब उनीहरूले देहको ख्याल गर्नेहुनाले मुक्तिको मौका गुमाउँछन्। यस्तो सोचेर, मैले आत्मचिन्तन गरिरहेँ, “एक सृजित प्राणीका रूपमा मेरो जिम्मेवारी छोराछोरीको राम्रो हेरचाह गर्नु मात्र हो त? मेरो जीवन परमेश्वरद्वारा दिइएको हो, त्यसैले म परमेश्वरलाई सन्तुष्ट पार्नका लागि सत्यता पछ्याउन र आफ्नो कर्तव्य निर्वाह गर्न जिउनुपर्छ।” मैले खुसी परिवार कायम राख्न आफ्नो कर्तव्य निर्वाह अस्वीकार गरेँ भने, म परमेश्वरलाई गम्भीर रूपमा धोका दिइरहेकी हुनेछु! मैले परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित हुँदै आफ्नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो। यसले परमेश्वरको अनुमोदन पाउनेथ्यो। मैले त्यसपछि मेरो श्रीमान्ले सधैँ सीसीपीद्वारा फैलाइएका आधारहीन अफवाहहरू पत्याउनुभएकोबारे सोचेँ। उहाँले मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्नका लागि घरिघरि पिट्नुभएको र अपमान गर्नुभएको थियो, र मलाई बाहिर जान समेत दिनुभएको थिएन। विवाह भएपछिका सुरुका केही वर्षसम्म मेरो श्रीमान्ले मलाई राम्रो व्यवहार गर्नुभयो किनकि मेरो परिवारको प्रभाव थियो, र म व्यवसाय गर्न, पैसा कमाउन, उहाँका लागि छोराछोरी जन्माउन अनि घरव्यवहारका सम्पूर्ण मामिलाहरू मिलाउन सक्थेँ। तर जब मैले परमेश्वरमा विश्वास गर्ने र आफ्नो कर्तव्य निरवाह गर्ने कुरा रोजेँ, मेरो श्रीमान् म पक्राउ परूँला र यसले उहाँलाई पनि मुछ्ला अनि यसले हाम्रा छोराछोरीको भविष्यमा असर पार्ला भनेर डराउनुभयो, त्यसैले उहाँले मलाई सताउन र मेरो मार्गमा खडा हुन थाल्नुभयो, मलाई शत्रु जस्तो व्यवहार गर्नुभयो। उहाँमा अलिकति पनि वैवाहिक प्रेम कसरी थियो र? ठ्याक्कै परमेश्वरका वचनहरूले भने जस्तै: “पतिले आफ्नी पत्नीलाई किन प्रेम गर्छ? पत्नीले उनको पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठ हुन्छन्? बुबाआमा किन आफ्ना छोराछोरीहरूको यति धेरै ख्याल राख्छन्? मानिसहरूको सबै मनसाय केप्रति लक्षित हुन्छन्? के यो सबै उनीहरूका आफ्नै योजना र स्वार्थी चाहनाहरू सन्तुष्ट पार्नप्रति लक्षित हुँदैनन् र? के उनीहरूको आशय साँच्चै परमेश्वरको व्यवस्थापन योजनाको खातिर काम गर्नु नै हो त? के उनीहरूले साँच्चै परमेश्वरको कामको खातिर नै काम गरिरहेका हुन्छन् त? के उनीहरूको आशय सृजित प्राणीका कर्तव्यहरू पूरा गर्नु हो त?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। परमेश्वरका वचनहरूबाट मैले मानिसहरूबिच साँचो प्रेम हुँदैन, र श्रीमान्-श्रीमतीबिचको प्रेम पनि स्वार्थमा आधारित हुन्छ भन्ने कुरा बुझेँ। मेरो श्रीमान्ले मलाई गर्नुभएको सतावटमार्फत, मैले अन्ततः सत्यता र परमेश्वरलाई घृणा गर्ने उहाँको पैशाचिक सार देखेँ। यो पहिचान गरेपछि, मेरो हृदय सफा भयो, र मैले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि घर छोड्ने सङ्कल्प पाएँ।
पछि मेरो श्रीमान्ले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्नुभयो, र त्यस मुद्दाअनुसार मैले केही पनि पाउने थिइनँ। म क्रोधित भएँ र सोचेँ, “सबै सम्पत्ति उसले नै पाउनेछ, र छोराछोरीसँग मेरो कुनै सम्बन्ध हुनेछैन। बुढी भएपछि, मसँग बसोबास गर्ने ठाउँ समेत हुनेछैन। तर मैले सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गरिनँ भने, परमेश्वरमा विश्वास गरेका कारण उसले मलाई सताइरहने र नियन्त्रित गरिरहनेछ।” म कुन कुरा रोज्ने भन्ने थाहा नभएर दोधारमा परेँ। पछि मैले परमेश्वरका केही वचन पढेँ: “तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरूमाथि मनन गरिरहँदा मैले के बुझेँ भने, परमेश्वरमा विश्वास गरेका कारण सहिएको यो सतावट र सास्तीले यस कष्टलाई झन् मूल्यवान् र अर्थपूर्ण बनाउँदो रहेछ। म सधैँ आफूले श्रीमान्सँग सम्बन्धविच्छेद गरेमा आफ्नो जीवन असुरक्षित हुनेछ भन्ने चिन्ता गर्थेँ, त्यसैले म हिचकिचाउँथेँ। अब मैले दैहिक सुख-सुविधाहरू जति नै राम्रा भए पनि, ती अर्थहीन हुनेरहेछन् भन्ने जानेँ। परमेश्वर मात्र मेरा सहारा हुनुहुन्छ, र परमेश्वरको हेरचाह र सुरक्षा पाउनु नै पर्याप्त हुन्छ। भविष्यमा के होला भन्ने कुराको सवालमा भने म चिन्तित वा बेचैन हुनु आवश्यक छैन, र आफू जीवित रहेसम्म मैले राम्रोसँग सत्यता पछ्याउनुपर्छ र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यो नै मेरो जीवन जिउने सबैभन्दा अर्थपूर्ण र मूल्यवान तरिका हुनेथियो। मैले पत्रुसबारे सोचेँ। उनका बुबाआमाले परमेश्वरमा विश्वास गरेका कारण उनलाई सताए र रोकटोक गरे, त्यसैले उनले घर छोडे र सुसमाचार प्रचार गर्न चारैतिर घुम्दै हिँडे। जब उनले परमेश्वरको बोलावट सुने, उनले परमेश्वरलाई पछ्याउन विना हिचकिचाहट सबै कुरा छोडे, र अन्त्यमा उनी परमेश्वरद्वारा सिद्ध पारिए। यसबारे सोचेपछि, मेरो हृदय स्वतन्त्रताको भावनाले भरियो, र मैले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्ने निर्णय गरेँ।
पछि मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ, र आफ्नी छोरीबारेका मेरा चिन्ताहरू कम भए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तेरो पृष्ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसुकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ। सुरुमा मानिस अस्तित्वमा आएदेखि नै, ब्रह्माण्डलाई व्यवस्थापन गर्दै, अनि यावत् थोक परिवर्तन हुने व्यवस्थाहरू र तिनीहरूका चालहरूको मार्गचित्रलाई निर्देशन गर्दै परमेश्वरले यसरी नै आफ्नो काम गर्दै आउनुभएको छ। यावत् थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्वरबाट आएको मिठास, झरी र शीतले गुपचुप र अनजानमै पोषण दिइरहन्छन्; यावत् थोकहरू जस्तै, मानिस अन्जानमै परमेश्वरको बाहुलीको योजनाबद्ध कार्यअन्तर्गत जिउँछ। मानिसको हृदय र आत्मा परमेश्वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्वरले नजर राख्नुहुन्छ। तैँले यो सब कुरामा विश्वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्वरका विचारअनुसार सर्नेछ, परिवर्तन हुनेछ, नवीकरण हुनेछ र लोप हुनेछ। परमेश्वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्वरका वचनहरू पढेपछि मैले भविष्यमा मेरी छोरीले के कुरा सामना गर्छे र उसले कस्तो कष्ट भोग्छे भन्ने कुरा परमेश्वरद्वारा पूर्वनिर्धारित गरिएको छ, उसको भविष्यको दिशा धेरै पहिले परमेश्वरद्वारा पूर्वनिर्धारित गरिएको छ, र मैले गर्न सक्ने एउटै कुरा भनेको सबै कुरा परमेश्वरको जिम्मामा छोडिदिने र परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुने हो भन्ने बुझेँ। ममा हुनुपर्ने समझ यही हो। मनमा यस्तो सोचेर, मैले घर छोडेँ अनि आफ्नो श्रीमान्सँगको वैवाहिक सम्बन्ध अन्त्य गरेँ। तीन वर्षपछि, मैले मेरी छोरीबाट एउटा पत्र पाएँ, जसमा उनले परमेश्वरको मार्गदर्शनमा आफ्नो कर्तव्य निर्वाह गर्न घर छोडिसकेको कुरा लेखेकी थिइन्। पत्र पाएकै क्षण, म गहिरो गरी प्रभावित भएँ, र मैले सबै कुरा परमेश्वरकै सार्वभौमिकताअन्तर्गत हुन्छ भन्ने बुझेँ। परमेश्वरको असीम प्रेम र मुक्तिको सामुन्ने पर्दा, मैले आफ्नो हृदयको गहिराइबाट परमेश्वरलाई धन्यवाद दिएँ।
यस मार्गमा मैले केही कष्ट सहनुपरे पनि, यो कष्टभोगाइ मूल्यवान र अर्थपूर्ण थियो। आफ्नो श्रीमान् र परिवारको सतावटमार्फत्, मैले उनीहरूको दुष्ट परमेश्वर-विरोधी सारको खुट्याइ प्राप्त गरेँ, र मैले के बुझेँ भने, एकपछि अर्को कठिनाइबीच गोप्य रूपमा मेरो हेरचाह र सुरक्षा गर्ने, र मलाई मेरो परिवारको बन्धनबाट स्वतन्त्र हुनका लागि आवश्यक आस्था र शक्ति प्रदान गर्ने परमेश्वर नै हुनुहुँदोरहेछ। मलाई जीवनको सही मार्गमा अगुवाइ गर्ने परमेश्वर नै हुनुहुन्थ्यो, र म परमेश्वरलाई आफ्नो हृदयको गहिराइबाट धन्यवाद दिन्छु।