९९. मैले मेरो सहकर्मीले पक्राउ परी यातना पाउँदा परमेश्वरलाई धोका दिएको थाहा पाएपछि
सन् २०२४ को मार्च महिनाको मध्यतिर, मैले माथिल्लो तहका अगुवाहरूबाट एउटा पत्र पाएँ। त्यसमा मैले सँगै कर्तव्य निर्वाह गरेको सिआओडी पक्राउ परेको र तिनी परमेश्वरलाई धोका दिएर यहुदा बनेकाे लेखिएको थियो। तिनले मण्डलीको काम, अनि अगुवा र कामदारहरूप्रति घात गरेका थिए। अगुवाहरूले मलाई कसैले नभेट्टाउने गरी लुक्न आग्रह गरे। मेरो मुटु एकछिन रोकिए झैँ भयो। “सिआओडी बाहिरबाट हेर्दा निष्कपट र बफादार देखिन्थ्यो, अनि आफ्नो कर्तव्य निर्वाह गर्दा दुःख भोग्न र मूल्य चुकाउन सक्थ्यो। हामीमाथि धेरै पटक खतरनाक परिस्थितिहरू आइपर्दा पनि ऊ कहिल्यै पछि हटेन। उसले आफ्नो कर्तव्य निर्वाह गरि नै रह्यो। हामीले यहुदा बन्नुभन्दा मर्नु बेस भन्ने प्रतिज्ञा गर्दै सँगै शपथसमेत खायौँ। ऊ पक्राउ परेको एक वर्षभन्दा बढी भइसकेको थियो, र कुनै खबर आएको थिएन। मैले त ऊ दृढ रह्यो होला भन्ने सोचेकी थिएँ। ऊ कसरी यहुदा बन्न सक्यो त?” मैले पत्याउनै सकिनँ। यदि सिआओडीले मलाई घात गरेको भए, के म सिसिपिको सबैभन्दा बढी खोजिइएकी व्यक्ति बन्नेथिइनँ होला र? त्यसपछि मैले केही समयअघि मेरो गृहनगरको मण्डलीबाट पाएको एउटा पत्रबारे सोचेँ। त्यसमा प्रहरी मलाई पक्राउ गर्न मेरो घरमा गएको कुरा लेखिएको थियो। तिनीहरूले मेरो परिवारलाई निगरानी र सोधपुछ पनि गरेछन्, र मेरो घरको सामुन्ने एउटा सीसीटीभी क्यामेरा जडान गरेछन्। यो सिआओडीलाई पक्राउ गरिएको बेलातिरको कुरा थियो। प्रहरीले निश्चय नै मेरो खोजतलास गर्ने आफ्नो प्रयासलाई तीव्र बनाइरहेको थियो। मैले मनमनै सोचेँ, “लामो समयदेखि, सिसिपिले बारम्बार कठोर कुरा गरेको छ। तिनीहरू ‘परमेश्वरमा विश्वास गर्नेहरूलाई कुटेर मारिए पनि, तिनीहरूको मृत्यु व्यर्थ हुनेछ’ भन्छन्। म तिनीहरूको सबैभन्दा धेरै खोजी गरिएको व्यक्तिको सूचिमा छु। यदि म पक्राउ परेँ भने, मलाई कुटेर नमारिए पनि मलाई अपाङ्ग नहुञ्जेल कुटिनेछ।” त्यसपछि मैले विगतमा धेरै ब्रदर-सिस्टरहरूलाई पक्राउ गरेपछि जबरजस्ती कबुलनामा लिन प्रहरीले यातना दिएको कुरा सम्झेँ। मेरो मुटुमा गाँठो पर्यो। “यदि मलाई कुटेर मारियो वा अपाङ्ग बनाइयो भने, के परमेश्वरमा विश्वास गर्ने मेरो जीवनको अन्त्य हुनेछैन र? मेरो उल्लेख गर्न लायक कुनै भविष्य होला र?” यसबारे सोच्दा, मैले पीडित र दमित महसुस गरेँ। सिआओडीलाई पहिले एक जना यहुदाले घात गरेको धेरै वर्ष भइसकेको भए पनि, सीसीपीले उसको खोजतलास गर्न कहिल्यै छोडेको थिएन। म सुपरिवेक्षक थिएँ, र सीसीपीले मलाई खोजिरहेको थियो। प्रहरीले मलाई नछोड्ने निश्चित थियो। यदि मलाई पक्राउ गरेपछि साँच्चै कुटेर मारियो भने, मैले कसरी मुक्ति पाउन सक्थेँ र? त्यसपछि, ममा आफ्नो कर्तव्य निर्वाह गर्ने शक्ति नै हरायो। मण्डलीको काममा समस्याहरू उत्पन्न हुँदा, म ती समाधान गर्ने मनस्थितिमा हुन्नथेँ। दिनभरि, मलाई प्रहरीले पक्राउ गरेर यातना देला र म नबाँचुँला कि भन्ने डर लागिरहन्थ्यो। मेरो हृदय चिन्ताले भरिएको हुन्थ्यो।
मैले आफ्नो स्थिति अति खराब रहेको र त्यसले मेरो कर्तव्यलाई असर गरिसकेको महसुस गरेँ। म प्रार्थना गर्न र खोजी गर्न परमेश्वरसामु आएँ: आफूमाथि यस्तो परिस्थिति आइपर्दा मैले के-कस्ता पाठहरू सिक्नुपर्छ? त्यसपछि मैले परमेश्वरका वचनहरूको एउटा खण्डबारे सोचेँ र पढ्नका लागि त्यसको खोजी गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तिमीहरू आज कस्ता परीक्षाहरू थेग्न सक्षम छौ? के तिमीहरू आफूसँग जग छ भन्ने हिम्मत गर्छौ, र के तिमीहरू परीक्षा सामना गर्दा खरो उत्रन सक्षम छौ? उदाहरणको लागि, शैतानद्वारा खेदो गरिने र सतावटमा पारिने परीक्षाहरू, वा पद र प्रतिष्ठा, विवाह वा धनका परीक्षाहरू, के तिमीहरू यी परीक्षाहरू पार गर्न सक्षम छौ? (हामी लगभग तीमध्ये केही पार गर्न सक्छौँ।) परीक्षाका कतिवटा श्रेणीहरू छन्? अनि तिमीहरू कुन-कुन श्रेणी पार गर्न सक्छौ? उदाहरणको लागि, परमेश्वरमा विश्वास गरेको कारण कोही गिरफ्तार भएको सुन्दा तँ डराउँदैनस् होला, र अरूलाई गिरफ्तार गरिएको र यातना दिइएको देख्दा तँ डराउँदैनस् होला—तर जब तँ पक्राउ पर्छस्, जब तैँले आफैलाई यो अवस्थामा पाउँछस्, के तँ दृढ भई खडा रहन सक्षम हुन्छस्? यो ठूलो परीक्षा हो, हैन र? उदाहरणको लागि, मानौँ तँ असल मानवत्व भएको कसैलाई चिन्छस् रे, जो परमेश्वरमाथिको आफ्नो विश्वासमा उत्कट छ, जसले आफ्नो कर्तव्य पूरा गर्न परिवार र करियर त्यागेको छ र धेरै कठिनाइ भोगेको छ: एक दिन अचानक उसलाई परमेश्वरमाथिको उसको विश्वासको लागि गिरफ्तार गरिन्छ र उसले जेल सजाय पाउँछ, र तैँले सुन्छस् कि पछि उसलाई कुटपिट गरेर मारियो रे। के यो तेरो परीक्षा होइन र? यदि तँलाई यस्तो हुन्थ्यो भने, तैँले कस्तो प्रतिक्रिया जनाउनेथिस्? तैँले यसलाई कसरी अनुभव गर्नेथिस्? के तैँले सत्यता खोज्नेथिस्? तैँले सत्यता कसरी खोज्नेथिस्? यस्तो परीक्षाको दौरान, के तैँले आफैलाई दृढ भई खडा हुने र परमेश्वरको अभिप्राय बुझ्ने बनाउन सक्थिस्, र के यसबाट सत्यता प्राप्त गर्थिस्? के तैँले कहिल्यै यस्ता कुराहरू विचार गरेको छस्? के यस्ता परीक्षाहरू पार गर्न सजिला छन्? के ती असाधारण छन्? असाधारण अनि मानव धारणा र कल्पनाविपरीत हुने कुराहरूलाई कसरी अनुभव गरिनुपर्छ? यदि तँसँग कुनै मार्ग छैन भने, के तैँले गुनासो गर्ने सम्भावना हुन्छ? के तँ परमेश्वरका वचनहरूमा सत्यता खोज्न र समस्याहरूको सार देख्न सक्षम छस्? के तँ अभ्यासका सही सिद्धान्तहरू निर्धारण गर्नको लागि सत्यता प्रयोग गर्न सक्षम छस्? सत्यता पछ्याउनेहरूमा यही कुरा पाइनुपर्दैन र? तैँले परमेश्वरको काम कसरी जान्न सक्छस्? तैँले यसलाई परमेश्वरको न्याय, शुद्धीकरण, मुक्ति र सिद्धताका फलहरू हासिल गर्न कसरी अनुभव गर्नुपर्छ? मानिसहरूका परमेश्वरविरुद्धका असंख्य धारणा र गुनासोहरू समाधान गर्न के-के सत्यताहरू बुझ्नुपर्छ? तैँले आफूलाई सुसज्जित पार्नुपर्ने सबैभन्दा उपयोगी सत्यताहरू, अर्थात् तँलाई विभिन्न परीक्षाहरूमाझ दृढ खडा रहन मदत गर्ने सत्यताहरू के-के हुन्? अहिले तेरो कद कति ठूलो छ? तँ कुन हदका परीक्षाहरू पार गर्न सक्षम छस्? तँलाई केही अनुमान छ? छैन भने, यो सन्देहयुक्त छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्वरका हरेक प्रश्नले मलाई लज्जित तुल्याए। विगतमा, मैले आफूले परमेश्वरमा विश्वास गर्न थालेदेखि नै जोशका साथ पछ्याएकी, कामकुराहरू त्यागेकी, र आफूलाई समर्पित गरेकी छु भन्ने विश्वास गरेकी थिएँ। मण्डली धेरै पटक ठूला गिरफ्तारीहरूको शिकार भएको थियो, तर म त्यति डराएकी थिइनँ। मैले चिनेका धेरै ब्रदर-सिस्टर पक्राउ परेका थिए, तर यसले मेरो कर्तव्य निर्वाह गर्ने क्षमतामा असर परेको थिएन। तर, जब मैले सिआओडी यहुदा बनेको, ठूलो रातो अजिङ्गरको सहयोगी बनेको, र मलाई घात गरेको सुनेँ, तब मलाई आफू प्रहरीको निगरानीमा परिसकेकी छु कि भन्ने चिन्ता लाग्यो। मलाई आफू कुनै पनि ठाउँ वा समयमा पक्राउ पर्न सक्छु जस्तो लाग्यो, त्यसैले म आफ्नो हृदयमा डरपोक र भयभीत भएँ, र परमेश्वरमाथिको आस्था गुमाएँ। मैले आफूले पहिले बुझेका कुराहरू अलिकति पनि सत्यता वास्तविकता नभएका धर्मसिद्धान्तहरू रहेछन् भन्ने बुझेँ। जब ममाथि सङ्कष्ट र परीक्षाहरू आइपरे, म परमेश्वरका अभिप्राय खोज्न परमेश्वरसामु आइनँ, र परमेश्वरको गवाही कसरी दिने भन्नेबारे सोचिनँ। बरु, म नकारात्मक भएँ र आफ्नो काममा ढिलासुस्ती गरें। म साँचो रूपमा अत्यन्तै विद्रोही थिएँ! यस समयमा, मैले आफ्नो हृदयमा आत्म-धिक्कार महसुस गरेँ। मैले परमेश्वरका वचनहरूबारे सोचेँ: “तैँले आफ्नो कद र अभ्यासलाई गम्भीरतासाथ लिनुपर्छ। परमेश्वरमाथिको तेरो विश्वासमा तैँले कसैको निम्ति झारा टार्ने प्रयास मात्र गर्नु हुँदैन—तैँले अन्त्यमा सत्य र जीवन प्राप्त गर्छस् कि गर्दैनस् भन्ने कुरा तँ आफैले गरेको सत्यको खोजीमा निर्भर गर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (३))। जब मैले परमेश्वरका मागहरू देखेँ र आफ्नै कदलाई हेरेँ, मलाई सङ्कटबोध भयो। मेरो वर्तमान कद सानो थियो, र ममा कुनै सत्यता वास्तविकता थिएन। यदि म लगनशीलताका साथ खोजी नगरी अनि आफूलाई सत्यताले सुसज्जित नगरी अघि बढिरहेँ भने, एक दिन साँच्चै पक्राउ पर्दा मलाई दृढ रहन धेरै गाह्रो हुनेथियो। म परमेश्वरलाई पछ्याउने मेरो यात्रा घोर अपमानको विन्दुमा टुङ्गियोस् भन्ने चाहन्नथेँ।
आफ्नो भक्ति-उपासनाको समयमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, अनि शोधन र सङ्कष्ट अनुभव गर्नुको अर्थ बुझेँ। मैले सिआओडीबारे केही परख पनि प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसलाई राज्यको युगमा पूरा रूपमा पूर्ण पारिनेछ। विजयको कामपछि, मानिसले शोधन र सङ्कष्ट भोग्नेछ। यो सङ्कष्ट दौरान विजय गर्न सक्ने र आफ्नो गवाहीमा दृढ रहन सक्नेहरू नै अन्ततः पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो सङ्कष्ट दौरान, मानिसबाट यो शोधन स्वीकार गर्ने माग गरिन्छ, र यो शोधन परमेश्वरको कामको अन्तिम घटना हो। परमेश्वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो र परमेश्वरलाई पछ्याउने सबैले यो अन्तिम जाँच स्वीकार गर्नैपर्छ र तिनीहरूले यो अन्तिम शोधन स्वीकार गर्नैपर्छ। सङ्कष्टहरूको माझमा हुनेहरू पवित्र आत्माको काम र परमेश्वरको मार्गदर्शनविहीन हुन्छन्, तर साँच्चै विजय गरिएकाहरू र परमेश्वरलाई साँच्चै पछ्याउनेहरू अन्ततः दृढ रहनेछन्; तिनीहरू मानवता भएकाहरू, र परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरू हुन्। परमेश्वरले चाहे जे गर्नुभए पनि, यी विजेताहरूले दर्शनहरू गुमाउनेछैनन् र आफ्नो गवाही नगुमाई अझै सत्यता अभ्यास गर्नेछन्। आखिरमा महा-सङ्कष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। केवल अल्याङटल्याङ गर्नेहरूले आज सित्तैमा खान पाए पनि, कोही पनि अन्तिम सङ्कष्टबाट उम्कन सक्दैन, र कोही पनि अन्तिम परीक्षाबाट उम्कन सक्दैन। … परमेश्वरलाई साँच्चै पछ्याउनेहरू आफ्नो कामको जाँच खप्न सक्नेहरू हुन्, जबकि परमेश्वरलाई साँच्चै नपछ्याउनेहरू परमेश्वरको कुनै पनि परीक्षाहरू खप्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरू निष्कासित हुनेछन्, जबकि विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्वरलाई साँच्चै खोजी गर्छ कि गर्दैन भन्ने कुरा उसको काम जाँचेर, अर्थात्, परमेश्वरका परीक्षाहरूद्वारा मात्रै निर्धारित हुन सक्छ, र मानिस स्वयमले निकाल्ने निष्कर्षसँग यसको कुनै सम्बन्ध हुँदैन। परमेश्वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सक्छ। उहाँ मानिसलाई अदृश्य हुने कुनै पनि कुरा, वा मानिसलाई विश्वस्त तुल्याउन नसक्ने कुनै पनि काम गर्नुहुन्न। मानिसको आस्था साँचो हो कि होइन भन्ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र यो मानिसद्वारा निर्धारण गर्न सकिँदैन। ‘गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन’ भन्ने कुरामा कुनै शङ्का छैन। परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरू सबै अन्ततः राज्यमा नै रहनेछन् र उहाँलाई साँच्चै प्रेम गर्ने कसैलाई पनि परमेश्वरले नराम्रो व्यवहार गर्नुहुनेछैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास)। परमेश्वरका वचनहरू पढेपछि मैले के बुझेँ भने, अब परमेश्वरको कामको अन्त्य हुँदैछ। यो परमेश्वरले सबै कोटीका मानिसलाई खुलासा गर्ने समय हो। परमेश्वर साँचो विश्वासीहरूलाई झूटा विश्वासीहरूबाट, र गहुँलाई सामाबाट छुट्याउनका लागि ठूलो रातो अजिङ्गरको पक्राउ र सतावट, अनि सबै प्रकारका परीक्षा र सङ्कष्टहरूको प्रयोग गर्नुहुन्छ। परीक्षाहरू हरेक व्यक्तिका लागि ठूलाे जाँच हुन्। जस्तोसुकै परीक्षा र सङ्कष्टहरू आइपरे पनि, परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने र उहाँलाई पछ्याउनेहरू, मण्डलीको हितलाई घात गर्नुभन्दा बरु दैहिक दुःख भोग्न वा आफ्नो ज्यान समेत गुमाउन तयार हुन्छन्। तिनीहरू परमेश्वरमाथि भर परेर दृढ रहन सक्षम हुन्छन्। यो पक्राउ परेका तर प्रहरीले दिएको घोर अपमान र यातनालाई जित्न सक्षम भएका ती थुप्रै ब्रदर-सिस्टरहरूले गरे जस्तै हो। प्रहरीले जति नै घृणित वा क्रूर तरिकाहरू प्रयोग गरे पनि, तिनीहरूले कहिल्यै परमेश्वरलाई इन्कार गरेनन् वा परमेश्वरलाई धोका दिएनन्। साँचो विश्वास नभएकाहरूको सन्दर्भमा, तिनीहरू बाहिरी रूपमा जतिसुकै उत्साही देखिए पनि वा तिनीहरूले जतिसुकै कुराहरू त्याग्न, आफूलाई समर्पित गर्न, दुःख भोग्न, र मूल्य चुकाउन सके पनि, तिनीहरूको दैहिक स्वार्थमाथि खतरा आइपर्नेबित्तिकै, तिनीहरूले परमेश्वरलाई इन्कार गरे र उहाँलाई धोका दिए। यी मानिसहरू परमेश्वरको घरमा लुसुक्क छिरेका अवसरवादीहरू थिए, र तिनीहरू सतावट र सङ्कष्टमार्फत प्रकाश गरिए। परमेश्वरले ठूलो रातो अजिङ्गरलाई सेवा गर्न लगाउन प्रयोग गर्नुको अर्थ यही हो। यसरी नै, साँचो विश्वासी र झूटो विश्वासी, गहुँ र सामा छुट्याइन्छन्। यसमै परमेश्वरको कामको बुद्धि निहित छ। परमेश्वरका वचनहरू मनन गर्दा, मैले हृदयमा उज्यालो महसुस गरेँ। सिआओडी बाहिरबाट हेर्दा निष्कपट र बफादार देखिन्थ्यो, र उसले परमेश्वरमा विश्वास गरेको धेरै वर्षसम्म कुनै स्पष्ट दुष्ट काम गरेको थिएन—उसले केही राम्रा कामहरू समेत गरेको थियो—तैपनि, ऊ सत्यतामा रुचि राख्दैनथ्यो। सामान्यतया, ऊ परमेश्वरका वचनहरूबारे सङ्गति गर्न इच्छुक हुँदैनथ्यो, र परमेश्वरमा धेरै वर्ष विश्वास गरे तापनि, उसमा अलिकति पनि सत्यता वास्तविकता थिएन। जब उसले ठूलो रातो अजिङ्गरको यातना, धम्की, र परीक्षाहरूको सामना गर्यो, उसले सीसीसीको पाल्तु कुकुर र मतियार बन्दै परमेश्वरलाई इन्कार गर्यो, परमेश्वरलाई धोका दियो, र मण्डलीको कामलाई पूर्ण रूपमा घात गर्यो। उसले विगतमा कामकुराहरू त्यागेर आफूलाई समर्पित गर्दा, सत्यता अभ्यास भने गरिरहेको थिएन भन्ने कुरा तथ्यहरूले देखाउँछन्। ऊ हावाले उडाएको सामा थियो। ऊ पूर्ण रूपमा एक अविश्वासी थियो, जसलाई परमेश्वरको काममा प्रकाश गरिएको थियो। मैले के पनि बुझेँ भने, कसैमा वास्तविकता छ कि छैन भनेर निर्णय गर्नका लागि उसले बाहिरी रूपमा कति ओटा राम्रा कामहरू गरेको छ भन्ने कुरा मात्र हेर्न मिल्दैन। बरु, ऊ सङ्कष्ट र परीक्षाहरूको बीचमा सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन र गवाही दिन सक्छ कि सक्दैन भनेर हेर्नु आवश्यक हुन्छ। मैले सिआओडीले जस्तै, आफूले पनि बाहिरी रूपमा दुःख भोग्ने र आफूलाई समर्पित गर्ने कुरामा मात्र ध्यान दिएछु, तर सत्यतामा प्रयास लगाउनमा ध्यान दिइनँछु, र ममा अलिकति पनि सत्यता वास्तविकता रहेनछ भन्ने महसुस गरेँ। मैले सिआओडीले जस्तै परमेश्वरलाई धोका दिने कुनै काम नगरेकी भए पनि, खतरनाक परिस्थितिहरू आइपर्दा म कातर र भयभीत भएँ, र आफ्नो काममा नकारात्मक र सुस्त हुँदै आफ्नो गवाही गुमाएँ। यसबारे चिन्तन गर्दा मैले के महसुस गरेँ भने, परमेश्वरले मेरो लागि खडा गर्नुभएको परिस्थिति एक परीक्षा मात्र थिएन, यो मेरो मुक्ति पनि थियो। यसले गर्दा मलाई आफ्नो साँचो कद, र आफू सङ्कटको मुखैमा रहेको कुरा स्पष्ट रूपमा देख्न सजिलो भयो। यदि म सत्यता नपछ्याई अघि बढिरहेँ भने, पक्राउ परेमा म पनि सिआओडीजस्तै प्रकाश गरिने र हटाइनेथिएँ। म परमेश्वरसामु आएँ र आफू सिआओडीको असफलतालाई एक चेतावनी र पाठका रूपमा लिन, अनि राम्ररी आत्मचिन्तन गर्न र आफूलाई चिन्न इच्छुक रहेको भन्दै प्रार्थना गरेँ।
त्यसपछि, मैले मनन गरेँ: एक जना यहुदाद्वारा घात गरिएपछि म नकारात्मक स्थितिमा जिउनुको मूल कारण के थियो? मैले परमेश्वरका वचनहरू पढेँ: “परमेश्वरलाई पछ्याउने धेरै जना कसरी आशिष् पाउने वा प्रकोपलाई कसरी टार्ने भन्ने कुराबारे मात्रै चासो राख्छन्। परमेश्वरको काम र व्यवस्थापन उल्लेख हुनेबित्तिकै, तिनीहरू चुप लाग्छन् र सबै रुचि गुमाउँछन्। तिनीहरू यस्ता दिक्कलाग्दा कुराहरू बुझ्नुले तिनीहरूको जीवनको वृद्धिविकास गर्न मद्दत गर्दैन वा कुनै फाइदा प्रदान गर्दैन भन्ने सोच्छन्। फलस्वरूप, तिनीहरूले परमेश्वरको व्यवस्थापनबारे जानकारी सुनेका भए तापनि, तिनीहरू यसलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू यसलाई स्वीकार गर्नुपर्ने बहुमूल्य कुराका रूपमा हेर्दैनन्, र तिनीहरू यसलाई आफ्नो जीवनको एक हिस्साका रूपमा लिएर त झन् बुझ्दैनन्। यी मानिसहरूले परमेश्वरलाई पछ्याउनुको उद्देश्य धेरै सरल छ, र यो एउटै लक्ष्यका लागि हो: आशिषित हुनु। यी मानिसहरू यो लक्ष्यसँग कुनै सरोकार नभएको अरू कुनै पनि कुरामा ध्यान दिने कष्ट गर्दैनन्। तिनीहरूका लागि, आशिष् पाउनुभन्दा परमेश्वरमा विश्वास गर्नुको कुनै पनि लक्ष्य बढी वैध हुँदैन—यो नै तिनीहरूको आस्थाको मूल्य हो। यदि कुनै कुराले यो लक्ष्यमा योगदान गर्दैन भने, त्यो जेसुकै भए पनि तिनीहरू त्यसबाट अविचलित रहन्छन्। आज परमेश्वरमा विश्वास गर्ने धेरैजसो मानिसको अवस्था यही हो। तिनीहरूको लक्ष्य र अभिप्राय वैध देखिन्छ, किनभने तिनीहरूले परमेश्वरमा विश्वास गर्दा, परमेश्वरका लागि आफूलाई समर्पित पनि गर्छन्, परमेश्वरप्रति आफूलाई अर्पित गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू आफ्नो यौवन त्याग्छन्, परिवार र करियर त्याग्छन्, र वर्षौँसम्म घरबाट टाढा दौडधुप समेत गर्छन्। आफ्नो अन्तिम लक्ष्यका खातिर, तिनीहरू आफ्ना रुचिहरू, जीवनप्रतिको आफ्नो दृष्टिकोण, र आफूले पछ्याउने दिशा समेत परिवर्तन गर्छन्; तैपनि तिनीहरू परमेश्वरमाथिको आफ्नो विश्वासको लक्ष्य परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्नै आकाङ्क्षाहरूको व्यवस्थापनका लागि दौडधुप गर्छन्; बाटो जतिसुकै लामो भए पनि, र बाटोमा जतिसुकै कष्ट, खतरा, र बाधाहरू भए पनि, तिनीहरू निरन्तर लागिरहन्छन् र मृत्युदेखि डराउँदैनन्। कुन शक्तिले तिनीहरूलाई यसरी आफूलाई अर्पण गरिरहन बाध्य पार्छ? के यो तिनीहरूको विवेक हो? के यो तिनीहरूको महान् र उदात्त निष्ठा हो? के यो अन्तसम्मै दुष्टका शक्तिहरूसँग लड्ने तिनीहरूको दृढ सङ्कल्प हो? के यो इनाम नखोजी परमेश्वरको गवाही दिने तिनीहरूको आस्था हो? के यो परमेश्वरको इच्छा पूरा गर्नका लागि सबै कुरा त्याग्न इच्छुक हुने तिनीहरूको अर्पण हो? कि के यो सधैँ अत्यधिक व्यक्तिगत मागहरू त्याग्ने तिनीहरूको समर्पित आत्मा हो? साँच्चै भन्नुपर्दा, परमेश्वरको व्यवस्थापनको काम कहिल्यै नबुझेको व्यक्तिले अझै पनि यति धेरै रगत-पसिना बगाउनु एक चमत्कार हो! अहिलेका लागि, हामी यी मानिसहरूले कति दिएका छन् भन्नेबारे छलफल नगरौँ। तर, तिनीहरूको व्यवहार हाम्रो चिरफारका लागि अत्यन्तै योग्य छ। तिनीहरूसँग यति निकट रूपमा सम्बन्धित फाइदाहरूबाहेक, के परमेश्वरलाई कहिल्यै नबुझ्ने मानिसहरूले उहाँका लागि यति ठूलो मूल्य चुकाउनुका अरू कुनै कारणहरू हुन सक्छन्? यहाँ, हामी मानिसले पहिले पहिचान नगरेको एउटा समस्या पत्ता लगाउँछौँ: परमेश्वरसँगको मानिसको सम्बन्ध नाङ्गो स्वार्थको सम्बन्ध मात्रै हो। यो आशिष् पाउने र दिनेबीचको सम्बन्ध हो। स्पष्ट रूपमा भन्नुपर्दा, यो एक कर्मचारी र एक रोजगारदाताबीचको सम्बन्ध हो। कर्मचारीले केवल रोजगारदाताले प्रदान गर्ने पुरस्कारहरू पाउनका लागि कडा परिश्रम गर्छ। स्वार्थमा आधारित यस प्रकारको सम्बन्धमा कुनै आत्मीय स्नेह हुँदैन, केवल लेनदेन हुन्छ। त्यहाँ प्रेम गर्नु वा प्रेम गरिनु हुँदैन, केवल दान र कृपा हुन्छ। त्यहाँ कुनै समझदारी हुँदैन, केवल विवश दमित आक्रोश र छल हुन्छ। त्यहाँ कुनै घनिष्ठता हुँदैन, केवल पार गर्न नसकिने खाडल हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। परमेश्वरका वचनहरूले मानिसले परमेश्वरमा विश्वास गर्नुको पछाडि रहेका अभिप्राय र दृष्टिकोणहरू खुलासा गर्छन्। मानिसहरू सत्यता र जीवन पाउनका लागि परमेश्वरमा विश्वास गर्दैनन्। बरु, तिनीहरू अनन्त आशिषहरू प्राप्त गर्नका लागि त्यसो गर्छन्। परमेश्वरका वचनहरूले खुलासा गरेको कुरा ठ्याक्कै मेरो व्यवहार थियो। मैले आफ्नो विगतको उत्साहपूर्ण समर्पणबारे चिन्तन गरेँ। ममाथि जस्तोसुकै खतराहरू आइपरे पनि, मैले आफ्नो कर्तव्य निर्वाह गर्न कहिल्यै छोडिनँ। मलाई यसरी नै निरन्तर आफूलाई समर्पित गरेर म परमेश्वरको सुरक्षा पाउनेछु, र अन्तमा राम्रो गन्तव्य र परिणाम पाउनेछु भन्ने दृढ विश्वास भएकै कारण यसो भएको थियो। जब म एक जना यहुदाद्वारा घात गरिएपछि खोजीको सूचिमा रहेको व्यक्ति बनेँ, र कुनै पनि समयमा पक्राउ पर्ने खतराको सामना गरेँ, मलाई आफू पक्राउ परेको र यातना सहन नसकेर परमेश्वरलाई धोका दिएको खण्डमा, आफूले मुक्तिको मौका गुमाउने चिन्ता लाग्यो। मैले आशिष्हरू पाउने आफ्नो आशा समाप्त भएको महसुस गरेँ, जसका कारण मैले परमेश्वरमाथिको आस्था गुमाएँ र मण्डलीको काममा ध्यान दिन चाहिनँ। मैले मेरा सबै त्याग र समर्पणहरू पूर्ण रूपमा आशिष्हरू पाउने चाहनाद्वारा प्रेरित रहेछन् भन्ने बुझेँ। जब म आफूसँग आशिष्हरू पाउने आशा भएको महसुस गर्थेँ, म आफ्नो कर्तव्य निर्वाह गर्न सक्रिय र ऊर्जावान् हुन्थेँ, तर जब मैले आशिष्हरू पाउने मेरो आशा समाप्त भएको देखेँ, म निराश भएँ। विगतमा ममा भएको पछ्याइको ऊर्जा र कर्तव्य निर्वाह गर्ने प्रेरणा बिहानको कुहिरोजस्तै हराएर गयो। तथ्यहरूले के देखाए भने, मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ, तर परमेश्वरसँगको मेरो सम्बन्ध एक कर्मचारीको आफ्नो रोजगारदातासँगको सम्बन्ध जस्तै थियो: मैले बदलामा परमेश्वरबाट लाभ र राम्रो गन्तव्य प्राप्त गर्नका लागि बाहिरी रूपमा त्याग र समर्पण गरेँ। मेरो समर्पण परमेश्वरप्रतिको कुनै इमानदारीविनाको अशुद्धता र छलले भरिएको थियो। म साँच्चै स्वार्थी र नीच थिएँ, जसले गर्दा परमेश्वरले मलाई घृणा र तिरस्कार गर्नुभयो। यदि परमेश्वरले मलाई प्रकट गर्न यो परिस्थिति प्रयोग नगर्नुभएको भए, म आफ्नो पछ्याइको गलत दृष्टिकोणमा नै अडिग रहने थिएँ। मैले अन्त्यसम्म विश्वास गर्ने थिएँ, तर अन्तमा परमेश्वरद्वारा त्यागिने र हटाइने मात्र थिएँ। जब मैले यो कुरा बुझेँ, मैले परमेश्वरले यी परिस्थितिहरू योजनाबद्ध गर्नुपछाडि उहाँको श्रमसाध्य अभिप्राय लुकेको रहेछ भन्ने महसुस गरेँ। यो सबै परमेश्वरमाथिको मेरो विश्वासमा भएका अशुद्धतालाई पखाल्न, के पछ्याउने भन्नेसम्बन्धी मेरो गलत दृष्टिकोणलाई बदल्न, र मलाई सही मार्गमा डोऱ्याउनका लागि थियो। यो परमेश्वरको प्रेम थियो। यो मलाई परमेश्वरले दिनुभएको मुक्ति थियो। तर, मैले परमेश्वरलाई गलत बुझेँ र उहाँबारे गुनासो गरेँ। म वास्तवमै समझहीन थिएँ! मैले परमेश्वरको हृदयलाई असह्य रूपमा चोट पुर्याएकी थिएँ!
पछि, मैले आफू मृत्युसँग डराएका कारण कायरता र भयको स्थितिमा जिइरहेकी रहेछु भन्ने महसुस गरेँ। यस समस्यामा केन्द्रित भएर, मैले परमेश्वरका वचनहरू पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “प्रभु येशूका ती चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, घोडामा बाँधेर घिस्स्याइएका, उँधोमुन्टो क्रूसमा टाँगिएका, पाँचवटा घोडाले तानेर शरीर चुँडाइएकाहरू पर्थे—तिनीहरूमाथि विभिन्न किसिमको मृत्यु आइपऱ्यो। तिनीहरूको मृत्युको कारण के थियो? के त्यसको कारण तिनीहरू कुनै गलत कार्यमा संलग्न भएपछि कानुनअनुसार तिनीहरूलाई मृत्युदण्ड दिइनु थियो? होइन। तिनीहरूले प्रभुको सुसमाचार प्रसार गरे, तर संसारका मानिसहरूले त्यो स्विकारेनन्, बरु तिनीहरूको निन्दा गरे, तिनीहरूलाई कुटे, र झपारे, अनि तिनीहरूको ज्यान समेत लिए—तिनीहरू त्यसरी नै शहीद भए। … तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; मानव संसारबाट बिदा हुने तिनीहरूको तरिका यही थियो, तैपनि यसको अर्थ तिनीहरूको परिणाम उस्तै थियो भन्ने होइन। तिनीहरूको मृत्यु र बिदा हुने तरिका चाहे जे नै भए पनि, वा त्यो चाहे जसरी भए पनि, परमेश्वरले ती जीवनका, ती सृजित प्राणीहरूका अन्तिम परिणाम त्यस्तो होस् भनी निर्धारित गर्नुभएको थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले ठ्याक्कै यही तरिकाले नै यस संसारलाई निन्दा गरे र परमेश्वरका कार्यहरूको गवाही दिए। यी सृजित प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान् जीवन—आफ्ना जीवनको अन्तिम क्षण परमेश्वरका कार्यहरूको गवाही दिन, परमेश्वरको महान् शक्तिको गवाही दिन, र शैतान र संसारलाई परमेश्वरका कार्यहरू सही छन्, प्रभु येशू परमेश्वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्न प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि, तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले गर्नुभएको सारा मानवजातिलाई छुटकारा दिने कामले नै मानवजातिलाई जिइरहन दिन्छ भनी संसारलाई घोषणा गर्न, मानवजातिसामु प्रमाणित गर्न आफ्नो जीवन प्रयोग गरे—यो तथ्य सदैव अपरिवर्तनीय हुन्छ। प्रभु येशूको सुसमाचार प्रसार गरेका कारण शहीद भएकाहरूले कुन हदसम्म आफ्नो कर्तव्य निर्वाह गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि, सबैभन्दा कदर गरिनलायक, सबैभन्दा बहुमूल्य कुरा जीवन हो, अनि, यस्तो हुँदा पनि, यी मानिसहरूले मानवजातिप्रति परमेश्वरको प्रेम पुष्टि गर्न र त्यसको गवाही दिन, आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति अर्पण गर्न सके। आफ्नो मृत्युसम्मै, तिनीहरूले परमेश्वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनका अन्तिम क्षणहरू यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य निर्वाह गर्ने सर्वोत्तम तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका वचनहरू मनन गरेपछि, मैले आफूले आफ्नो जीवनलाई धेरै माया गर्ने र आफूमा पक्राउ परेर कुटेर मारिने डर भएको हुनाले नै, आफू निरन्तर डर र भयमा जिइरहेकी रहेछु भन्ने बुझेँ। मृत्युको डर मेरो घातक कमजोरी थियो। अहिले, म पक्राउ परेकी त थिइनँ तर म यति धेरै डराएकी थिएँ कि मैले आफ्नो कर्तव्यसमेत पूरा गर्न सकिनँ। यदि म पक्राउ परेकी भए अझ कम दृढ रहन सक्ने थिएँ, र म कुनै पनि समय परमेश्वरलाई धोका दिन सक्थेँ। यदि म निरन्तर पक्राउ पर्ने डरमा रहेँ, र सधैँ यसरी नै आफ्नो ज्यान जोगाउन मात्र खोज्दै जिइरहेँ भने, परमेश्वरको नजरमा, म र मरेकाहरूबीच के फरक थियो र? मैले यहुदा बनेका ती मानिसहरूका बारेमा सोचेँ। तिनीहरू जीवनको लोभ गर्थे र मृत्युसँग डराउँथे। जिउँदो रहनका लागि, तिनीहरूले आफ्ना ब्रदर-सिस्टरहरूलाई घात गर्न र परमेश्वरलाई धोका दिन हिचकिचाएनन्। तिनीहरू घोर अपमानको चिह्न बने। यसरी जिउनुको के अर्थ थियो र? प्रभु येशूले भन्नुभयो: “जसले आफ्नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरा खातिर आफ्नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ” (मत्ती १६:२५)। प्रभु येशूलाई पछ्याउने चेलाहरू परमेश्वरको सुसमाचार प्रचार गरेको कारण सताइए। कसैलाई पाँचवटा घोडाद्वारा टुक्रा-टुक्रा पारियो, कसैलाई ढुङ्गाले हानेर मारियो, र पत्रुसलाई परमेश्वरकै खातिर क्रूसमा उल्टो झुण्ड्याइयो। तिनीहरूले परमेश्वरको गुञ्जायमान गवाही दिन आफ्नो जीवन प्रयोग गरे। बाहिरबाट हेर्दा, तिनीहरूको शरीर मरेको थियो, तर तिनीहरूका आत्माहरू परमेश्वरकहाँ फर्केर गए। आखिरी दिनहरूमा, परमेश्वरको राज्यको सुसमाचार प्रचार गरेका कारण धेरै ब्रदर-सिस्टर सीसीपीद्वारा पक्राउ गरिएका छन्, र विभिन्न यातनाहरूको शिकार भएका छन्। तिनीहरूलाई कुटेर मारिए वा अपाङ्ग बनाइए तापनि, तिनीहरू परमेश्वरलाई इन्कार गर्दैनन्। यो धार्मिकताका लागि सतावट भोग्नु हो। यो सबैभन्दा मूल्यवान र अर्थपूर्ण कुरा हो। तिनीहरूसँग तुलना गर्दा, मलाई एकदम लाज लाग्यो। मैले सतावट र सङ्कष्टको बीचमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो। यदि म सीसीपीद्वारा पक्राउ गरिएँ र कुटेर मारिएँ वा अपाङ्ग बनाइएँ भने पनि, त्यो धार्मिकताका लागि दुःख भोग्नु हुनेथियो, र यदि म मरेँ भने, त्यो महिमायुक्त मृत्यु हुनेथियो।
सन् २०२४ को जुन महिनामा, मैले एउटा पत्र पाएँ: पक्राउ परेर पछि रिहा भएकी एउटी सिस्टरले प्रहरीले उनलाई सोधपुछ गरेको बेलाको विषयवस्तु गत वर्ष हामीले आफ्नो कर्तव्य निर्वाह गरेको विवरणहरूका बारेमा भएको बताइन्। मैले मनमनै सोचेँ, “यदि सीसीपीले यति विस्तृत रूपमा सोधपुछ गरिरहेको छ भने, तिनीहरू जुनसुकै हदसम्म गएर हामीलाई खोज्ने निश्चित छ। तिनीहरू हामीमध्ये हरेकलाई पक्राउ गर्न चाहन्छन्!” मैले आफूलाई अलिकति अत्तालिनबाट रोक्न सकिनँ। “अहिले, सीसीपी अझै पनि हामीलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ। म त एउटी सुपरिवेक्षक हुँ—म तिनीहरूको प्रमुख खोजीको सूचीमा परेका मानिसहरूमध्ये एक हुँ। प्रहरीले मलाई पक्राउ गरेपछि, तिनीहरूले मलाई मरणासन्न हुने गरी कुट्नेछन्। यदि मलाई कुटेर मारियो भने, मसँग आफ्नो कर्तव्य निर्वाह गर्ने अरू कुनै मौका हुनेछैन। तब म कसरी सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न सकूँला र?” मैले आफू फेरि आफ्नो स्वार्थबारे सोचिरहेको महसुस गरेँ। मैले एउटा खतरनाक सुसमाचार यात्रा भन्ने चलचित्रको अन्त्यको दृश्य सम्झेँ। मुख्य पात्रलाई अन्त्यसम्मै सीसीपीले पछ्याइरहेको थियो। तैपनि, उनले सुसमाचार प्रचार गरे र परमेश्वरको गवाही दिए। जब मैले यो दृश्य र अन्त्यको श्रेय गीत सम्झेँ, मलाई आफ्नो हृदयमा ठूलो प्रेरणा मिल्यो। परमेश्वरले मलाई ठूलो रातो अजिङ्गरको देशमा परमेश्वरमाथि विश्वास गर्न आदेश दिनुभएकाले, मसँग दुःख भोग्ने इच्छाशक्ति हुनैपर्छ। म आफ्नो ज्यान दिन तयार हुनैपर्छ, नत्र म यो मार्गमा हिँडिरहन सक्नेछैनँ। यसपछि मैले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि, मैले हर समयमा आफ्नो कर्तव्य पूरा गर्नैपर्छ। पछि, मसँग काम गर्ने सिस्टर र मैले छुट्टाछुट्टै कार्य गऱ्याैँ। हामीले हाम्रा ब्रदर-सिस्टरहरूसँग प्रतिकारात्मक उपायहरू कसरी अपनाउने भन्नेबारे सङ्गति गर्यौँ, र, सुरक्षामा ध्यान दिँदै, हामीले आफ्नो कर्तव्य निर्वाह जारी नै राख्यौँ। विगत एक वर्ष वा सोभन्दा बढी समयलाई फर्केर हेर्दा, जब मलाई सीसीपीले खोजिरहेको थियो र जताततै भाग्नुपरेको थियो, तब मैले केही दुःख र शोधन अनुभव गरे पनि, मैले जे प्राप्त गरेको थिएँ, त्यो मैले आरामदायी वातावरणमा प्राप्त गर्न नसक्ने कुरा थियो। यो ठ्याक्कै परमेश्वरले भन्नुभए जस्तै हो: “मलाई भन, सारा संसारभरिका अरबौँ मानिसमध्ये कसले यति धेरै परमेश्वरका वचन सुन्ने, जीवनका यति धेरै सत्यता बुझ्ने, र यति धेरै रहस्य बुझ्ने आशिष् पाएको छ? कसले परमेश्वरको व्यक्तिगत मार्गदर्शन, भरणपोषण, हेरचाह, र सुरक्षा प्राप्त गर्न सक्छ? कसले यी आशिष्हरू पाएको छ? अत्यन्तै थोरै मानिसहरूले मात्रै पाएका छन्। त्यसैले, तिमीहरू सबैका लागि—तिमीहरू जो हाल परमेश्वरको घरमा बस्न र उहाँको मुक्ति र भरणपोषण प्राप्त गर्न सक्षम छौ, र यति धेरै आशिष्को आनन्द उठाएका छौ—यदि तिमीहरू अहिले नै मरिहाल्यौ भने पनि, त्यो सार्थक हुनेथियो। (हो।) केवल यही बुँदाकै आधारमा, तिमीहरू मृत्युदेखि भयभीत हुनुहुँदैन, न त मृत्युको मामिलाद्वारा बाँधिनु नै पर्छ। तिमीहरूले संसारको वैभव र सम्पत्तिको आनन्द नलिएका भए पनि, सृष्टिकर्ताको दया पाएका र परमेश्वरका धेरै वचनहरू सुनेका छौ—के यो आनन्दको कुरा होइन र? (हो।) यो जीवनमा तँ जति वर्ष बाँचे पनि, यो सबै सार्थक हुन्छ र तँसँग कुनै पछुतो हुँदैन, किनभने तँ परमेश्वरको काममा निरन्तर आफ्नो कर्तव्य पूरा गर्दै आइरहेको छस्, तैँले सत्यता बुझेको छस्, जीवनका रहस्यहरू बुझेको छस्, र जीवनमा तैँले पछ्याउनुपर्ने मार्ग र उद्देश्यहरू बुझेको छस्—तैँले धेरै कुरा प्राप्त गरेको छस्! तैँले सार्थक जीवन जिएको छस्! तैँले यो कुरा स्पष्ट रूपमा व्याख्या गर्न नसके पनि, तैँले केही सत्यता अभ्यास गर्न सक्छस् र तँमा केही वास्तविकता छ, र यसले तैँले परमेश्वरको कामबाट केही जीवन प्रबन्ध प्राप्त गरेको छस् र केही सत्यता बुझेको छस् भन्ने कुरा प्रमाणित गर्छ। तैँले धेरै प्राप्त गरेको छस्—साँचो प्रशस्तता प्राप्त गरेको छस्—र त्यो ठूलो आशिष् हो! मानव इतिहासको सुरुवातदेखि नै, सारा युगभरि कसैले पनि यो आशिष् प्राप्त गरेको छैन, तैपनि तिमीहरूले यो प्राप्त गरिरहेका छौ। के तिमीहरू अहिले मर्न तयार छौ? त्यस्तो इच्छा भएको भए, मृत्युप्रति तिमीहरूको मनोवृत्ति साँच्चै नै समर्पित हुनेथियो, होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। मैले म कति भ्रष्ट छु, तर आज, मलाई अझै पनि परमेश्वरलाई पछ्याउने सौभाग्य प्राप्त छ, र ठूलो रातो अजिङ्गरको देशमा सतावट र सङ्कष्ट अनुभव गर्ने र परमेश्वरको राज्यको तालिम स्वीकार गर्ने सौभाग्य पाएकी छु भन्ने कुरा सोचेँ। यो मेरो सबैभन्दा ठूलो आशिष् हो। यस परिस्थितिको प्रकटीकरणमा, मैले आफ्नो साँचो कद स्पष्ट रूपमा देखेँ, र आशिष्हरू पछ्याउने मेरो दृष्टिकोण र परमेश्वरमाथि विश्वास गर्ने क्रममा मैले हिँडेको गलत मार्ग केही हदसम्म बदलियो। यो मेरो लागि परमेश्वरको आशिष् थियो। जब मैले यसरी सोचेँ, मैले कृतज्ञताका आँसु झारेँ। त्यस क्षणमा मैले आफ्ना भावना व्यक्त गर्न कुन शब्दहरू प्रयोग गर्ने भन्ने थाहा पाइनँ। मैले आफ्नो हृदयमा निरन्तर परमेश्वरलाई धन्यवाद दिइ मात्र रहेँ। अब, परिस्थिति जतिसुकै खतरनाक भए पनि वा भविष्यमा मेरो राम्रो परिणाम र गन्तव्य भए पनि वा नभए पनि, म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन, र आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छु।