१००. अपमान र दुर्व्यवहार सहँदा
सन् २००७ को नोभेम्बर महिनाको एक बिहान, हामी सिस्टर लिउ हुआको घरमा भेला भइरहेका थियौँ, त्यही बेला अचानक एक दर्जनभन्दा बढी पुलिसहरू आँगनमा पसे, र हामीले प्रतिक्रिया जनाउन नपाउँदै, तिनीहरू चिच्याउँदै घरभित्र हुत्तिए, “आफ्नो ठाउँबाट हलचल नगर!” हाहाकारको अवस्था थियो, र म अत्यन्तै डराएकी थिएँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरि नै रहेँ। पुलिसहरूले घरभरि खानतलासी गरे। केही बेरमै, तिनीहरूले घरलाई अस्तव्यस्त पारेर लिउ हुआको घरमा जम्मा गरिएका परमेश्वरका वचनहरूका पुस्तक र डिभिडिहरू फेला पारे। त्यसपछि तिनीहरूले तुरुन्तै हामीलाई जबरजस्ती खानतलासी गरे, र मेरो खल्तीमा भएको मण्डलीका सदस्यहरूको सङ्ख्याको विवरण र मण्डलीको आर्थिक कारोबारसम्बन्धी कागजातहरू फेला पारे। म अति नै चिन्तित थिएँ, अरू ब्रदर-सिस्टरहरू पनि यसमा मुछिनेछन् कि भनेर डराएँ, त्यसैले मैले परमेश्वरलाई तिनीहरूको सुरक्षा गर्न अनुरोध गर्दै उहाँलाई मनमनै प्रार्थना गरेँ। त्यसैबेला, एक जना पुलिसले लिउ हुआलाई कठोररूपले समात्दै सोध्यो, “तिम्रो घरमा अरू पुस्तक वा मण्डलीको पैसा छ?” जब उनले जवाफ दिइनन्, उनको वृद्धावस्थाको बेवास्ता गर्दै, पुलिसले उनलाई हिँस्रक तरिकाले धकेलिदियो, र लिउ हुआ भुइँमा नराम्ररी लडिन् र बेहोस भइन्। मैले लिउ हुआलाई फिका अनुहार भएर भुइँमा अचल लडिरहेको देखेँ, र म दौडेर गएर उनलाई उठाउन चाहन्थेँ, तर अप्रत्याशितरूपमा, दुई जना पुलिसले मेरो पाखुरा समातेर मलाई गाडीतिर घिसार्दै लगे। अरू पुलिसहरू लिउ हुआलाई घिसार्न गए, र उनलाई भुइँमा बेहोस भएको देखेर, तिनीहरू अरूलाई पक्रन गए। मैले सोचेँ, “कम्युनिस्ट पार्टी परमेश्वरलाई घृणा गर्छ, र तिनीहरूले सुसमाचार प्रचार गर्ने व्यक्तिलाई पक्राउ गरेपछि, तिनीहरूलाई यातना दिन्छन्। कतिलाई कुटेर अपाङ्ग बनाइन्छ, कतिलाई जेल सजाय सुनाइन्छ, विशेष गरी मुख्य अगुवा र कामदारहरूलाई त विना कुनै परिणाम कुटेरै मारिन्छ। अहिले म पक्राउ परेकी छु, र तिनीहरूले मबाट मण्डलीका सदस्यहरूको सङ्ख्या र आर्थिक कारोबारसम्बन्धी कागजातहरू फेला पारेका छन्, तिनीहरूले निश्चय नै म मण्डली अगुवा हुँ भनेर सोच्नेछन्, र मलाई सजिलै छोड्नेछैनन्।” पुलिसले मलाई कस्तो प्रकारको यातना देला भनी थाहा नपाउँदा म अलिकति डराएँ, र मैले यो सहन नसकेर यहूदा बनेँ भने, यो त परमेश्वरको स्वभावको उल्लङ्घन हुनेछ भन्ने मलाई थाहा थियो। म यहूदा बन्न सक्दिनथेँ। मैले परमेश्वरलाई प्रार्थना गरि नै रहेँ, “हे परमेश्वर, म अहिले साह्रै डराएकी छु, पुलिसले मसँग कस्तो व्यवहार गर्नेछ भन्ने मलाई थाहा छैन। कृपया मेरो सुरक्षा गर्नुहोस् र मलाई आस्था दिनुहोस्। म आफ्नो गवाहीमा दृढ रहन तयार छु!” प्रार्थना गरेपछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्डबारे सोचेँ: “जब तँ कष्ट सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्छाउन सक्नुपर्छ र परमेश्वरविरुद्ध गुनासो गर्नुहुँदैन। जब परमेश्वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँमा उहाँलाई पछ्याउने आस्था हुन सक्नुपर्छ, तैँले आफ्नो पहिलेको प्रेमलाई डगमगाउन र बिलाउन नदिई कायम राख्न सक्नुपर्छ। परमेश्वरले चाहे जे गर्नुभए पनि, उहाँले इच्छा गरेअनुसार उहाँलाई योजनाबद्ध गर्न दिनुपर्छ, अनि उहाँविरुद्ध गुनासो गर्नुको साटो तेरो आफ्नै देहलाई सराप्न इच्छुक हुनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्वरलाई सन्तुष्ट पार्न, तँ प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन इच्छुक हुनुपर्छ। यो मात्र साँचो प्रेम र आस्था हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। परमेश्वरका वचनहरूले मेरो हृदयमा निकै शान्ति ल्याए। परमेश्वर हाम्रो आस्थालाई सिद्ध पार्न हामीमा दुःखकष्ट र परीक्षाहरू आउन दिनुहुन्छ। पक्राउ पर्दा र सतावट भोग्दा, म काँतर भएँ र यातनादेखि डराएँ, र मैले परमेश्वरमाथिको मेरो आस्था साँचो रहेनछ भन्ने देखेँ। मैले आफ्नो देहको विचार गर्न छोड्नुपर्थ्यो, पुलिसले मलाई जस्तोसुकै यातना दिए पनि, मैले आफ्नो गवाहीमा दृढ रहन परमेश्वरमा भरोसा गर्नुपर्थ्यो, र मर्नु परे पनि, म कहिल्यै यहूदा बन्ने थिइनँ।
हामी पुलिस चौकीमा पुगेपछि, दुई जना पुरुष पुलिसले मलाई आक्रामक रूपमा केरकार गरे, “मण्डलीको अगुवा को हो? मण्डलीको पैसा कहाँ छ?” तिनीहरूले मलाई राती ८ बजेसम्म सोधपुछ गरे, र मैले केही पनि नभनेको देखेर, तिनीहरूले मलाई हिरासत केन्द्रमा लगे। त्यो वर्षको निकै जाडो समय थियो, र दुई जना महिला पुलिसले जबरजस्ती मेरो कपडा फुकालेर नाङ्गै बनाए र खानतलासी गरे, त्यसपछि मलाई र अरू दुई जना सिस्टरहरूलाई खान नदिई एउटा कोठामा थुनेर राखे, हामीलाई एउटा पातलो कम्बल मात्र दिए, र कठोरतासाथ भने, “तिमीहरू सबै कठाङ्ग्रिएर मर! तिमीहरूले सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउन पाउँछौ भनेर कसले भन्यो? तिमीहरूमा त्यो आस्था रहुन्जेल, खानेकुराको त आशै नगर!” त्यो रात, हामी तीन जनाले एक-अर्कालाई चुपचाप सान्त्वना र प्रोत्साहन दियौँ। हामीले यो पक्राउ र सतावट परमेश्वरको परीक्षा हो, र हामीले परमेश्वरको गवाही दिन आवश्यक छ भन्ने बुझ्यौँ। पुलिसले हामीलाई जति नै यातना दिए पनि, हामीलाई कुटेरै मारे पनि, हामी शैतानसँग कहिल्यै सम्झौता गर्नेछैनौँ! हामीले आस्था र शक्ति पायौँ, र हामीलाई जाडो भएको र भोक लागेको भए तापनि, त्यो त्यति असह्य लागेन।
अर्को दिन, पुलिसले मलाई केरकार गर्यो। एक जना पुलिसले मेरो टाउकोमा जोडले घोच्दै भन्यो, “ए बुढी, तेरो मण्डलीको अगुवा को हो? मण्डलीको आर्थिक कारोबारको कागजात तँलाई कसले दियो? भनिस् भने हामी तँलाई आजै छोडिदिन्छौँ, तर तैँले केही पनि भनिनस् भने, तेरो हालत खराब हुनेछ!” तिनीहरूको निरन्तरको सोधपुछको सामना गर्दा, मैले परमेश्वरलाई मनमनै प्रार्थना गरि नै रहेँ, र मेरो हृदयको रक्षा गरिदिनुहोस् भनेर बिन्ति गरेँ। म केही नबोलेको देखेर, एक जना पुलिसले रिसाउँदै भन्यो, “तँ बोलिनस् भने, हामीसँग तँलाई यातना दिने थुप्रै उपायहरू छन्! हामी तँलाई दश वर्षको सजाय सुनाउँछौँ!” अर्कोले भन्यो, “म तँलाई चीनको साइबेरियाको कष्ट कस्तो हुँदोरहेछ भनेर स्वाद चखाउन त्यहाँ पठाइदिन्छु। त्यसपछि हेरौँला तँ कति जिद्दी रहन्छेस्!” तिनीहरूले मलाई जवाफ दिन लगाउन र परीक्षा गर्न निरन्तर कोसिस गरे। मैले केवल आफ्नो हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ र उहाँमा भरोसा गरेँ, र तिनीहरूको जालमा परिनँ। तेस्रो दिन बिहान ८ बजे, चार जना पुलिसले मेरो फोटो खिच्न मलाई बाहिर बोलाए। एक जना पुलिसले बनावटी मुस्कानसहित भन्यो, “हामी तेरो फोटो किन खिच्दैछौँ थाहा छ? तँ कम्युनिस्ट पार्टीको नुन खान्छेस् तर कम्युनिस्ट पार्टीमा विश्वास गर्दिनस्, बरु परमेश्वरमा विश्वास गरेर सुसमाचार प्रचार गर्छेस्। यदि सबैले परमेश्वरमा विश्वास गर्न थाले भने, कम्युनिस्ट पार्टीमा कसले विश्वास गर्छ? तँ कम्युनिस्ट पार्टीको विरोध गर्दैछेस्! सुसमाचार प्रचार गर्ने तेरो जोसको लागि, तँलाई दश वर्षको जेल सजाय हुनुपर्छ। हामी सबैलाई देखाउन तेरो फोटो टिभीमा राख्नेछौँ, र तँलाई मानिसहरूका अगाडि मुख देखाउनै लाज लाग्ने बनाइदिन्छौँ!” यति भनेपछि, ऊ कुटिल हाँसो हाँस्यो र जबरजस्ती मेरो फोटो खिच्न मेरो पाखुरामा तान्यो। म क्रोधित तर निकै चिन्तित पनि थिएँ, र मैले सोचेँ, “यदि पुलिसले मेरो आस्थाका कारण म पक्राउ परेको कुरा टिभीमा प्रसारण गर्यो र यसबारे जनतालाई उचाल्यो भने, मेरा आफन्त र साथीभाइले मेरोबारेमा के सोच्लान्? मेरा छिमेकीहरूले मलाई गिज्याउन सक्छन्। म कसरी समाजमा आफ्नो मुख देखाउन सकूँला र? के मेरा छोराछोरीले मदेखि लज्जित भएर मलाई नत्याग्लान्?” यी विचारहरूले मलाई पूर्ण रूपमा शिथिल बनाए। मैले आफ्नो हृदय परमेश्वरबाट टाढा उड्दै गएको महसुस गरेँ, त्यसैले मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गर्दै उहाँलाई मेरो हृदयको रक्षा गर्न बिन्ती गरेँ। त्यसबेला, मैले परमेश्वरका यी वचनहरू सम्झिएँ: “तिमीहरूमध्ये एक जना पनि कानुनद्वारा संरक्षित छैन—बरु, तिमीहरू त कानुनद्वारा दण्डित छौ। अझ ठूलो कठिनाइ त के हो भने, मानिसहरू तिमीहरूलाई बुझ्दैनन्: चाहे तिमीहरूका आफन्त होऊन्, तिमीहरूका बाबु-आमा होऊन्, तिमीहरूका इष्टमित्र होऊन्, अथवा तिमीहरूका सहकर्मीहरू नै किन नहोऊन्, तिनीहरूमध्ये कोही पनि तिमीहरूलाई बुझ्दैनन्। जब तिमीहरू परमेश्वरद्वारा ‘त्यागिन्छौ’, तब तिमीहरूका निम्ति यस संसारमा जिइरहन असम्भव हुन्छ, तर त्यसो भए तापनि, मानिसहरू अझै पनि परमेश्वरदेखि टाढा जाने कुरा सहन सक्दैनन्। यही नै मानिसहरूलाई परमेश्वरले विजय गर्नुको महत्त्व, र परमेश्वरको महिमा हो। तिमीहरूले आज जे उत्तराधिकार पाएका छौ त्यो युगौँदेखिका प्रेरित र अगमवक्ताहरूको भन्दा बढी छ त्यो मोशा र पत्रुसको भन्दा पनि ठूलो छ। आशिष्हरू एक-दुई दिनमा प्राप्त गर्न सकिँदैन; ती ठूलो मूल्य चुकाएर कमाइनुपर्छ। भन्नुको अर्थ, तिमीहरूसित शोधन भोगेको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो आस्था हुनैपर्छ, अनि तिमीहरूले हासिल गर्नुपर्छ भनी परमेश्वरले माग गर्ने धेरै सत्यता तिमीहरूमा हुनैपर्छ; अझ भन्नुपर्दा, तिमीहरू नतर्सी वा पछाडि नहटी इन्साफतर्फ फर्कन सक्नुपर्छ, अनि तिमीहरूमा मृत्युसम्मै स्थिर रूपमा परमेश्वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तिमीहरूसँग सङ्कल्प हुनैपर्छ, तिमीहरूको जीवन स्वभाव परिवर्तन हुनैपर्छ, तिमीहरूको भ्रष्टता निको हुनैपर्छ, तिमीहरूले कुनै पनि गुनासोविना परमेश्वरका सबै योजनाबद्धता स्वीकार गर्नैपर्छ, अनि तिमीहरू मृत्युसम्मै समर्पित हुन पनि सक्नैपर्छ। तिमीहरूले हासिल गर्नुपर्ने कुरा यही नै हो, परमेश्वरको कामको अन्तिम उद्देश्य यही नै हो, र परमेश्वरले मानिसहरूको यस समूहबाट माग गर्ने कुरा यही नै हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्वरका वचनहरूले मलाई के बुझाए भने कम्युनिस्ट पार्टीले इसाईहरूलाई पक्राउ र अत्याचार गर्नु, अनि हामीलाई बदनाम गर्न र आक्रमण गर्न जनमत तयार पार्नुको उद्देश्य हामीलाई परमेश्वरलाई धोका दिन लगाउनु हो। म आफूलाई गिज्याइन्छ कि भन्ने कुरादेखि डराएर नकारात्मक र पीडित बन्दै शैतानको षड्यन्त्रमा फसिरहेकी थिइनँ र? परमेश्वरमा विश्वास गरेकोले पक्राउ पर्नु र अपमानित हुनु भनेको धार्मिकताको निम्ति सताइनु हो, र त्यो त महिमित कुरा हो, तर मलाई उपहास गरिएला भन्ने डर थियो। के यसले मैले असल र खराब छुट्याउन नसकेको भन्ने देखाएन र? मैले परमेश्वरका वचनहरूको यति धेरै मलजल र आपूर्तिको आनन्द लिएकी थिएँ, र अहिले जब मैले परमेश्वरको गवाही दिनुपर्ने भयो, म आफ्नो देह अनि आफ्नो अभिमान र प्रतिष्ठाको चिन्ता गरिरहेकी थिएँ। म वास्तवमै विवेकहीन रहेछु! यति सोचेपछि, मैले गहिरो पछुतो महसुस गरेँ र सोचेँ, “आज तिनीहरूले मलाई जे गरे पनि, मेरो बदनाम गर्न र मानिसहरूलाई मलाई गिज्याउने र त्याग्ने बनाउन टिभीमा मेरो फोटो प्रसारण गरे पनि, म आफ्नो गवाहीमा दृढ रहनेछु र कहिल्यै परमेश्वरलाई धोका दिनेछैनँ!”
फोटो खिचिसकेपछि, पुलिसले मलाई फेरि सोधपूछ कक्षमा लग्यो। एक जना पुलिसले मेरो झोलाबाट मण्डलीका सदस्यहरूको सङ्ख्या र आर्थिक कारोबारसम्बन्धी कागजातहरू निकालेर टेबुलमा फालिदियो, र मलाई हेर्दै करायो, “आज तैँले यी कुराहरू कहाँबाट आए भनेर स्पष्टसँग बताउनुपर्छ! बोलिनस् भने, तँलाई दश वर्षको सजाय हुनेछ!” मैले जवाफ नदिएको देखेर, उसले आफ्नो औँलाले मेरो टाउकोमा जोडले घोच्दै भन्यो, “ए बुढी आइमाई, मैले तँजस्ता धेरै देखेको छु। आज तैँले कबुल नगर्नु भनेको, तेरो बाँकी भएको अलिकति जीवन पनि जोखिममा पार्नु हो! हामीले तँलाई केरकार गर्न पाँचवटा टोली पालैपालो खटाएका छौँ। हेरौँला कसले कसलाई जित्दो रहेछ!” यो सुनेर म डराएँ, र मैले पक्राउ परेपछि कसरी कतिपय ब्रदर-सिस्टरहरूको नङमुनि बाँसका सिन्काहरूले घोपेर यातना दिइएको थियो र कतिलाई मरिचपानी जबरजस्ती खुवाइएको थियो भन्नेबारे सोचेँ। मलाई म चुप लागेँ भने के तिनीहरूले मलाई पनि त्यस्तै गर्लान् त भन्ने लाग्यो। यदि तिनीहरूले मलाई यातना दिएर धेरै वर्ष जेलमा राखे भने, के मैले त्यो सहन सक्छु होला र? म ५० वर्षभन्दा बढीकी थिएँ, र मेरो स्वास्थ्य पनि राम्रो थिएन, यदि तिनीहरूले मलाई यातना दिएर मारे भने के होला? मैले आफ्नो हृदयमा परमेश्वरलाई प्रार्थना गरि नै रहेँ, र उहाँसँग मलाई शक्ति दिनुहोस् भन्दै बिन्ति गरेँ। त्यसैबेला, मलाई परमेश्वरका केही वचनहरूबारे सोचेँ: “कामको यस चरणमा, हामीबाट सबैभन्दा ठूलो आस्था र प्रेम आवश्यक हुन्छ, र थोरै लापरवाहीका कारण हामीले ठेस खान सक्छौँ, किनकि कामको यो चरण पहिलेका सबै चरणहरू भन्दा फरक छ: जुन कुरा परमेश्वरले सिद्ध पार्दै हुनुहुन्छ त्यो मानिसहरूको आस्था हो, जुन अदृश्य पनि छ र अमूर्त पनि छ। परमेश्वरले वचनहरूलाई आस्थामा, प्रेममा र जीवनमा परिवर्तन गर्ने गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मार्ग … (८))। परमेश्वरका वचनहरूले मलाई आस्था र शक्ति दिए। मैले जस्तोसुकै दुःखकष्ट वा परीक्षाको सामना गरे पनि, मैले आफ्नो विश्वासमा भरोसा गरेर आफ्नो गवाहीमा दृढ रहनुपर्थ्यो। यसरी मात्र म परमेश्वरद्वारा सिद्ध पारिन सक्थेँ। मैले शैतानको परीक्षामा अय्यूबले भोगेको दुःखबारे सोचेँ। जब उनले आफ्ना गाईवस्तु र भेडाका विशाल बथान, अपार सम्पत्ति, र आफ्ना छोराछोरीहरू गुमाए, र उनको पूरै शरीर पीडादायी खटिराले ढाकियो, तब पनि अय्यूबले परमेश्वरमाथि विश्वास कायमै राखे। उनले परमेश्वरबारे गुनासो गर्नुभन्दा आफ्नो देहलाई सराप्न रूचाए, र उनले परमेश्वरको नामको महिमा गाइरहे, यसरी आफ्नो गवाहीमा दृढ रहे, शैतानलाई लज्जित पारे, र परमेश्वरको अनुमोदन र आशिषहरू प्राप्त गरे। मेरो पक्राउ र सतावट शैतानले मलाई लिइरहेको परीक्षा थियो, र यो परमेश्वरले मलाई जाँचिरहनुभएको र परीक्षण गरिरहनुभएको पनि थियो। मैले अय्यूबको उदाहरण पछ्याउनुपर्थ्यो र मर्नु परे पनि परमेश्वरलाई गुनासो गर्नुहुँदैनथ्यो, र मैले आफ्नो गवाहीमा दृढ रहन र शैतानलाई लज्जित पार्न परमेश्वरमा भरोसा गर्नुपर्थ्यो। त्यसपछि, पुलिसले मलाई जति नै केरकार गरे पनि, मैले केही पनि बताइनँ। तिनीहरूले मबाट केही पनि पाउन नसकेको देखेर, पुलिसले अर्को टोलीलाई भन्यो, “यसको मुख खोल्ने कुनै उपाय निकाल, यी कागजातहरूमा धेरै पैसा देखिन्छ। यसलाई मण्डलीको पैसा र अगुवाहरूबारेका विवरणहरू स्विकार्ने बनाओ, यो नबोलेसम्म यसलाई सुत्न नदिनू!” दोस्रो पुलिस टोलीमा दुई जना जवान पुरुषहरू थिए। तिनीहरू मेरो दुवैपट्टि उभिए र मण्डलीका अगुवाहरू को हुन् भनी सोध्दै, आफ्नो मुट्ठीले मेरो काँधमा जोड-जोडले हिर्काए। मलाई अलि-अलि रिँगटा लाग्यो, म स्टुलमा बसेकी थिएँ, पूरै काँपिरहेकी थिएँ, र बोल्न सकिनँ। तिनीहरूले मलाई छोडेनन् र मुट्ठीले हिर्काइरहे। केही बेरपछि, सार्वजनिक सुरक्षा ब्युरोका प्रमुख भित्र आए, र दाह्रा किट्दै भने, “तैँले यति लामो समयसम्म पनि स्वीकार गरिनस्? तँलाई मण्डलीको आर्थिक कारोबारको कागजात कसले दियो? आज तैँले भनिनस् भने, तेरो हालत खराब हुनेछ!” यो सुनेर मेरो मुटु ढुक-ढुक गर्न थाल्यो, र मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, तिनीहरूले मलाई छोड्नेछैनन् जस्तो छ। म आफ्नै बलले यसलाई जित्न सक्दिनँ, म तपाईंमा भरोसा गर्न तयार छु। तिनीहरूले मलाई जस्तोसुकै यातना दिए पनि, म कहिल्यै यहूदा बन्नेछैनँ!” त्यसैबेला, अचानक मेरो पेट हुँडलियो र म बान्ता गर्न थालेँ। मैले जताततै बान्ता गरिरहेको देखेर पुलिसहरू पर सरे। मैले मौका छोपेर टेबुलबाट मण्डलीका सदस्यहरूको सङ्ख्या र आर्थिक कारोबारसम्बन्धी कागजातहरू समातेँ र तिनलाई आफ्नो शरीर पुछ्न प्रयोग गरेँ। त्यसपछि मैले ती कागजातहरू भुइँमा फालिदिएँ र त्यसलाई बिगार्नका लागि खुट्टाले कुल्चिएँ, जसले गर्दा पुलिसहरू रिसले चूर भए र तिनीहरूको अनुहार नीलो-कालो भयो। त्यसैबेला, सार्वजनिक सुरक्षा ब्युरोका प्रमुखलाई एउटा फोन आयो, जसमा उनको सासु बितेको र तुरुन्तै घर जानुपर्ने खबर थियो, त्यसैले तिनीहरूले केरकार रोक्नुपर्यो। मलाई यो परमेश्वरको सुरक्षा हो भन्ने थाहा भयो र म उहाँप्रति अत्यन्तै आभारी भएँ। पुलिसले मलाई कुल आठ पटक केरकार गर्यो, तर तिनीहरूले मबाट कुनै जानकारी पाएनन्, र अन्तमा, तिनीहरूले मलाई हिरासत गृहमा पठाए।
हिरासत गृहमा, दुई जना महिला पुलिसले मलाई एउटा सानो कोठामा लगेर गाली गरे, “ए बुढी, हामी तेरो छाला नै काढिदिन्छौँ!” त्यसपछि तिनीहरूले कैँची लिए र मेरो लुगाको प्रत्येक टाँक काटिदिए। त्यसपछि, तिनीहरूले मेरो कपडा फुकालेर नाङ्गै बनाए र मेरो जुत्ता फालिदिए। निरीक्षणपछि, तिनीहरूले मलाई खाली खुट्टा आँगन पार गरेर अर्को कोठासम्म हिँड्न लगाए। मैले अत्यन्तै अपमानित महसुस गरेँ, र म धेरै क्रोधित र दुःखी थिएँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरि नै रहेँ। मैले परमेश्वरका वचनहरूको एउटा खण्डबारे सोचेँ: “त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्वरले उहाँको बुद्धि र उहाँका अचम्मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि यसद्वारा उहाँले महिमा पाउन सक्नुभएको होस्, अनि उहाँले आफ्ना कार्यहरूको साक्षी बन्नेहरूलाई प्राप्त गर्न सक्नुभएको होस्। मानिसहरूको यस समूहका निम्ति परमेश्वरले गर्नुभएका सबै बलिदानको पूर्ण महत्त्व यही नै हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्वरका वचनहरूको अन्तर्दृष्टिले मलाई के कुरा बुझायो भने पक्राउ पर्दा र अपमानित हुँदा, मेरो देहले केही कष्ट भोग्नु परेपनि र मेरो स्वाभिमानमा चोट पुगे पनि, यो धार्मिकता र सत्यता प्राप्तिको निम्ति सहिएको कष्ट हो, र यो कष्ट मूल्यवान् र अर्थपूर्ण छ। सतावटमा पर्दा मलाई खुट्याइ प्राप्त गर्न र ठूलो रातो अजिङ्गरको दुष्टता र निर्लज्जतालाई अझ स्पष्ट रूपमा देख्न पनि मदत मिल्यो, र मैले आफ्नो हृदयबाट यसलाई घृणा र तिरस्कार गर्न थालेँ। यसबारे सोचेपछि, मलाई लाज लाग्न छोड्यो, र मैले शैतानलाई लज्जित पार्न आफ्नो गवाहीमा दृढ रहने संकल्प गरेँ।
हिरासत गृहमा तीस दिनसम्म थुनिएपछि, पुलिसले ममाथि “सार्वजनिक सुव्यवस्थामा बाधा पुर्याएको” आरोप लगायो र मलाई एक वर्षको श्रम पुनर्शिक्षाको सजाय सुनायो। श्रम शिविरमा मलाई करिब १० वर्ग मिटरको एउटा कोठामा २० जना मानिससँग कोचाकोच गरेर राखियो। र हरेक बिहान ६ बजेदेखि काम सुरु हुन्थ्यो। पुलिसले हामीलाई निरन्तर काम दिइरहन्थ्यो, र यदि हामीले त्यो पूरा गरेनौँ भने, हामीलाई खान वा सुत्न दिइँदैनथ्यो, र राती ओभरटाइम काम गर्नुपर्थ्यो। दिन होस् वा रात, जब हामीलाई केही सामान सार्न बोलाइन्थ्यो, हामी तुरुन्तै जानुपर्थ्यो, एक्लैले ६० देखि ७० पाउन्डको सामान तेस्रो तल्लासम्म बोक्नुपर्थ्यो, र यदि हामी बिस्तारै हिँड्यौँ भने, पुलिसले हामीलाई चिच्याउँदै गाली गर्थ्यो। दोस्रो तल्लामा पुग्दासम्म, म हिँड्नै नसक्ने हुन्थेँ र हरेक पाइलामा लड्थेँ, र मैले एक-एक पाइला घिस्रिँदै तेस्रो तल्लासम्म पुग्नुपर्थ्यो। हरेक पटक म थकित हुन्थेँ, पसिनाले निथ्रुक्क भिज्थेँ, र मेरा खुट्टाहरू कमजोर हुन्थे, र काम सकिएपछि, सास फेर्ने समय नपाई म तुरुन्तै अर्को काम गर्न जानुपर्थ्यो। म काम पूरा नगरे सजाय थपिने वा अवधि लम्बिने हो कि भन्ने डरले हरेक दिन ज्यान फालेर काम गर्थेँ। जसले गर्दा म प्राय: टाउको दुख्ने र रिँगटा लाग्ने समस्याले ग्रस्त हुन्थेँ, र कैयौँ पटक झन्डै बेहोस भएकी थिएँ। दिनभरि काम गरेपछि, राती दुई घण्टा पहरा दिनुपर्थ्यो, जसमा झुल्न, भित्तामा अडेस लाग्न, वा स्वतन्त्र रूपमा घुमफिर गर्न पाइँदैनथ्यो, र कुनै पनि नियम उल्लङ्घन गरेमा दण्ड र गाली खानुपर्थ्यो। जब अन्ततः सुत्ने समय हुन्थ्यो, सुत्नु पनि एक यातना नै थियो, किनकि हामी चार जना एक मिटर चौडा ओछ्यानमा कोचिएर सुत्नुपर्थ्यो, र म मुस्किलले पल्टिनका लागि एउटा सानो ठाउँमा घुस्रिनुपर्थ्यो, पल्टिन वा चल्न पनि मिल्दैनथ्यो, किनकि कुनै पनि हलचलमा अरू कैदीहरूले चिच्याएर गाली गर्थे। मेरा खुट्टाहरू ओछ्यानबाट बाहिर झुन्डिन्थे, र कठाङ्ग्रिने चिसोले गर्दा बाउँडिन्थे। म प्राय: पक्राउ परेको वा केरकार गरिएको डरलाग्दा सपनाहरू पनि देख्थेँ र चिसो पसिनाले भिजेर ब्युँझिन्थेँ। हामी सधैँ भोका हुन्थ्यौँ, र खाना खाने बेला, हामी परमेश्वरमा विश्वास गर्नेहरूले पातलो पानीजस्तो खाना मात्र पाउँथ्यौँ, जसमा तेलको नामोनिसान हुँदैनथ्यो। श्रम शिविरमा, हरेक दिन एक वर्षजस्तो लाग्थ्यो। म हरेक दिन सोच्थेँ, “यी अन्धकार र कष्टकर दिनहरू कहिले अन्त्य होलान्?” मलाई निकै कमजोर महसुस हुन्थ्यो, त्यसैले म परमेश्वरलाई प्रार्थना गर्थेँ। म परमेश्वरका यी वचनहरू सम्झिन्थेँ: “परमेश्वरले जसरी काम गर्नुभए पनि, र तेरो वातावरण जस्तोसुकै भए पनि, यदि तँ जीवन पछ्याउन र सत्यता खोजी गर्न, परमेश्वरको कामसम्बन्धी ज्ञान पछ्याउन, र उहाँका कार्यहरू जान्न खोज्न सक्छस्, साथै तँ सत्यताअनुसार कार्य गर्न सक्षम छस् भने, यो नै साँचो आस्था हुनु हो, अनि यसले तैँले परमेश्वरमाथिको आस्था गुमाएको छैनस् भन्ने कुरा प्रमाणित गर्छ। यदि, तँ शोधनका अवधिमा, सत्यता पछ्याउनमा अडिग रहन, साँच्चै परमेश्वरलाई प्रेम गर्न सक्छस्, र उहाँबारे शङ्काहरू विकास गर्दैनस्, अनि यदि, उहाँले चाहे जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न अझै पनि सत्यता अभ्यास गर्छस्, र भित्री गहिराइमा उहाँका अभिप्रायहरू खोज्न र उहाँका अभिप्रायहरूलाई ख्याल गर्न सक्छस् भने, परमेश्वरमाथि साँचो आस्था हुनु भनेको यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। “के तिमीहरूले तिमीहरूका लागि तयार पारिएका आशिष्हरू कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूले तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरू कहिल्यै पछ्याएका छौ? मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अन्धकारका शक्तिहरूको जकडलाई अवश्यै तोड्नेछौ। तिमीहरूले अन्धकारबीच ज्योतिको मार्गदर्शन अवश्यै गुमाउनेछैनौ। तिमीहरू अवश्यै यावत् थोकका मालिक बन्नेछौ। तिमीहरू अवश्यै शैतानको अघि विजेता बन्नेछौ। ठूलो रातो अजिङ्गरको देशको पतन हुँदा, तिमीहरू मेरो विजयको प्रमाणका रूपमा दश हजारौँ मानिसमाझ अवश्यै उभिनेछौ। सिनिमको भूमिमा तिमीहरू अवश्यै दृढ र अटल हुनेछौ। तिमीहरूले सहने कष्टहरूका कारण, तिमीहरू मेरा आशिष्हरूका उत्तराधिकारी हुनेछौ, र सम्पूर्ण ब्रह्माण्डभित्र मेरो महिमाको ज्योतिलाई अवश्यै चम्काउनेछौ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय १९)। परमेश्वरका वचनहरूले मलाई निकै सान्त्वना र प्रोत्साहन दिन्थे। विजेता त्यो हो, जसले सतावट र सङ्कष्टको बीचमा पनि सत्यता अभ्यास गर्न, शैतानलाई जित्न, र परमेश्वरको गवाही दिन सक्छ। तर म थोरै दुःखमै नकारात्मक र कमजोर भएँ। यसरी मैले शैतानलाई कसरी जित्न सक्थेँ र? यी कठिनाइहरू भोग्न पाउनु र परमेश्वरको गवाही दिने अवसर पाउनु त परमेश्वरले मलाई उचाल्नुभएको र आशिष् दिनुभएको थियो। यो कुरा मनमा आएपछि, मैले यो कष्ट मूल्यवान् र अर्थपूर्ण छ भन्ने महसुस गरेँ, र म यसलाई अनुभव गर्न समर्पित हुँदै परमेश्वरमा भरोसा गर्न तयार भएँ। यसरी, प्रार्थना र परमेश्वरका वचनहरूको मार्गदर्शनमा भरोसा गरेर, मैले जेलमा एक वर्ष पूरा गरेँ। म श्रम शिविरबाट निस्किँदासम्म, मेरो तौल तीस पाउन्डभन्दा बढी घटेको थियो र मेरा हातहरूमा पनि त्यसका असर बाँकी रहे।
श्रम शिविर छोडेपछि पनि, कम्युनिस्ट पार्टीले ममाथिको निगरानी खुकुलो पारेन, र म अझै पनि परमेश्वरमा विश्वास गरिरहेकी वा भेलाहरूमा गैरहेकी छु कि छैन भनेर हेर्न, तिनीहरूले मेरो निगरानी गर्नकै लागि गाउँमा एउटा सुराकी राखे। मेरो जीवन एउटा चित्रराख्ने फ्रेमभित्र बन्द भएजस्तै थियो, म भेलाहरूमा जान वा सुसमाचार प्रचार गर्न सक्दिनथेँ, त्यसैले मैले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्नुबाहेक अरू कुनै विकल्प थिएन। ती वर्षहरूमा, पुलिस चौकीका मानिसहरू मेरो सुरागबारे सोधपुछ गर्न प्राय: मेरो घरमा मेरा श्रीमान्लाई भेट्न आउँथे, र तिनीहरू मेरो छोरा र बुहारीलाई पनि प्राय: मलाई खोज्न आउन दबाब दिँदै फोन गर्थे। एक दिन, मेरी बुहारीले मलाई बाटोमा भेटिन् र मलाई उनीसँग घर आउन जिद्दी गरिन्। हामी घर पुगेपछि, मेरो छोराले आँखाभरि आँसु पार्दै भन्यो, “तपाईं घरमा नहुँदा पुलिस चौकीबाट फोन आइरहन्छ, हामीलाई कत्तिपनि शान्ति छैन! तपाईंले परमेश्वरमा विश्वास गर्नु राम्रो कुरा हो भन्ने हामीलाई थाहा छ, तर कम्युनिस्ट पार्टी यसको विरोध गर्छ, र यदि तपाईंले परमेश्वरमा विश्वास गरिरहनुभयो भने, तिनीहरूले हाम्रा छोराछोरीलाई स्कुल जान दिनेछैनन्, र हाम्रो जीवन असह्य हुनेछ। तपाईंले आफ्नो परमेश्वर वा, यो परिवार मध्ये एउटा छान्नै पर्छ।” यो सुनेर, मैले सोचेँ, “यदि मैले परमेश्वरमा विश्वास गर्न र सुसमाचार प्रचार गर्न जारी राखेँ भने, मेरो छोरा र बुहारीसँगको सम्बन्ध टुट्नेछ, र तिनीहरूले भविष्यमा मेरो वास्ता गर्नेछैनन्। म बुढेसकालमा के गरुँला?” मैले आफ्नो हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ। त्यसैबेला, मैले परमेश्वरका यी वचनहरू सम्झिएँ: “आत्मिक क्षेत्रमा परमेश्वर र शैतानबीच लडाइँ हुँदा, तैँले परमेश्वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ, र उहाँप्रतिको गवाहीमा तँ कसरी दृढ रहनुपर्छ? तैँले यो थाहा पाउनुपर्छ कि तँलाई आइपर्ने हरेक कुरा एउटा ठूलो परीक्षा हो र त्यो परमेश्वरलाई तेरो गवाही चाहिने समय हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरका वचनहरूद्वारा, मैले उहाँको अभिप्राय बुझेँ। मैले सामना गरिरहेका परिस्थितिहरू एउटा परीक्षा थिए, र मैले परमेश्वरको पक्षमा उभिएर उहाँलाई सन्तुष्ट पार्नुपर्थ्यो। मेरो छोरा र बुहारीले मलाई सताइरहेका थिए र बाधा दिइरहेका थिए, तर वास्तविक अपराधी त कम्युनिस्ट पार्टी थियो, जसले मलाई परमेश्वरलाई धोका दिन बाध्य पार्न यस्ता युक्तिहरू प्रयोग गरिरहेको थियो। मैले शैतानका षड्यन्त्रहरूलाई सफल हुन दिन मिल्दैनथ्यो, र मैले आफ्नो गवाहीमा दृढ रहन र शैतानलाई लज्जित पार्न परमेश्वरमा भरोसा गर्नुपर्थ्यो। मेरो जीवन भविष्यमा जस्तो भए पनि वा मेरो छोराले मेरो हेरविचार गरोस्-नगरोस्, त्यो सबै परमेश्वरको हातमा छ, र म यसलाई अनुभव गर्न उहाँमा भरोसा गर्न तयार छु। मलाई मैले घरमा आफ्नो आस्था अभ्यास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनँ भन्ने थाहा थियो, त्यसैले मैले घर छोड्ने र आफ्नो कर्तव्य जारी राख्ने उपाय खोजेँ।
ठूलो रातो अजिङ्गरले मलाई धेरै वर्षदेखि खोजिरहेको छ, र यसले मलाई जति धेरै सताउँछ, म त्यति नै धेरै आफ्नो हृदयको गहिराइबाट यसलाई घृणा र तिरस्कार गर्छु, र त्यति नै धेरै म आफ्नो आस्थामा दृढ रहन्छु, परमेश्वरलाई पछ्याउँछु, र आफ्नो कर्तव्य निर्वाह गर्छु। परमेश्वरलाई धन्यवाद होस्!