९८. मैले मेरो जीवनमा गरेको सबैभन्दा बुद्धिमानी छनौट
मेरो जन्म एउटा साधारण किसान परिवारमा भएको थियो, र मेरा आमाबुबाले मलाई सानै उमेरदेखि मैले मेहनतका साथ पढ्नुपर्छ ताकि म हुर्केपछि, ठूलो मान्छे बन्न, राम्रो जीवन जिउन सकूँ, र उहाँहरूजस्तो अशिक्षित भएर खेतीपाती गरेर मात्र जीविकोपार्जन गर्नु नपरोस्, किनभने यो कठिन र थकाइलाग्दो मात्र होइन, अरूले हेयको नजरले हेर्ने कुरा पनि हो भनेर सिकाउनुहुन्थ्यो। त्यसैले, मैले मनमनै मेहनतका साथ पढ्ने र उच्च जीवन जिउन धेरै पैसा कमाउने प्रण गरेँ। हुर्केपछि म डाक्टर बनेँ। विवाहपछि, मैले आफ्नो पेसागत सीप सुधार्न कडा मेहनत गरेँ, राम्ररी अध्ययन गरेँ र प्रमाणीकरण परीक्षाहरू दिएँ। म दिनभरि मेसिन जस्तै काम गर्थेँ, कहिलेकाहीँ दिनमा दुई घण्टा मात्र सुत्थेँ। आफ्नो कडा मेहनतमार्फत, म एउटा ठूलो सहरको अस्पतालमा पुगेँ र राम्रो तलब कमाउन थालेँ। मैले धेरै कमाउने हुनाले, मेरा छिमेकीहरू, आफन्तहरू र साथीभाइहरू सबैले मेरो डाह गर्थे। म खुसी थिएँ र ममा श्रेष्ठताको बोध थियो, अनि मनमनै सोच्थेँ, “पैसा हुनु साँच्चै राम्रो कुरा रहेछ!” धेरै काम गर्नुका कारण मलाई गम्भीर अनिद्राको समस्या भएर रातभरि सुत्न नसके पनि, मैले गरेको काम सार्थक थियो जस्तो लाग्थ्यो। सन् २०१३ को मार्चमा, एक सहकर्मी र मैले मिलेर एउटा ठूलो बहीरङ्गी क्लिनिक खोल्यौँ। हामीसँग धेरै विभाग र केही सेवानिवृत्त डाक्टर थिए, र व्यापार एकदम राम्रो थियो। एक साँझ खान खाने क्रममा, मेरा आफन्त, साथीभाइ र सहपाठीहरू सबैले मेरो क्षमताको प्रशंसा गर्दै भने, “तिमी यति जवान छौ र तिमीले नै घर र गाडी किनिसकेकी छौ, अनि अहिले एउटा ठूलो क्लिनिक खोलेकी छौ। तिमीले आफ्नो उमेरको हिसाबले साँच्चै धेरै उपलब्धि हासिल गरेकी छौ!” म असाध्यै खुसी थिएँ, र म आफ्नो व्यवसायलाई अझ ठूलो र राम्रो बनाउन चाहन्थेँ। पछि, म क्लिनिकको कानुनी प्रतिनिधि बनेँ, र क्लिनिकका साना-ठूला सबै कुराको व्यवस्थापन गर्थेँ। त्यस समयमा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेको दुई महिनाभन्दा बढी भएको थियो, र भेलाहरू र परमेश्वरका वचनको पढाइमार्फत, मैले आफूसँग भएका सबै कुरा परमेश्वरबाट आएको हो, र परमेश्वर नै यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ, यावत् थोक प्रदान गर्नुहुन्छ र नियन्त्रण गर्नुहुन्छ भन्ने बुझेँ। परमेश्वरले मलाई उहाँको घरमा ल्याउनुभएको थियो र मलाई मुक्ति पाउने मौका दिनुभएको थियो, र मैले आफूलाई अत्यन्तै भाग्यमानी ठानेँ। भेलाहरूमा, म सक्रिय रूपमा सङ्गतिमा भाग लिन्थेँ, र हरेक भेलाले मलाई ठूलो आनन्द र धेरै लाभ दिन्थ्यो। मलाई त्यस्ता दिनहरू साँच्चै मन पर्थ्यो, र काममा धेरै व्यस्त भए पनि, म भेलाहरूमा उपस्थित हुन आफ्नो समय मिलाउने कोसिस गर्थेँ।
तीन महिनापछि, अगुवाले म समूह भेलाहरू सञ्चालन गर्ने र ब्रदर-सिस्टर हरूको सुसमाचारको कामको अनुगमन गर्ने जिम्मेवारी लिन इच्छुक छु कि भनेर सोध्नुभयो। म साँच्चै आफ्नो कर्तव्य निर्वाह गर्ने अभ्यास गर्न चाहन्थेँ, तर मैले विगतको एउटा भेलाको दौरान भएको घटना सम्झेँ, जब एक सहकर्मीले एक बिरामीलाई क्लिनिकमा पठाएकी थिइन्, तर मेरो फोन नलागेको कारण क्लिनिकले एक हजार युआनभन्दा बढी गुमाएको थियो। त्यतिबेला मेरी सहकर्मीले मलाई रिसाउँदै गाली गरेकी थिइन्, र यस्तो फेरि भएमा नोक्सान मैले क्षतिपूर्ति गर्नुपर्छ भनेकी थिइन्। उनले क्लिनिकको कारोबारका लागि प्रयोग हुने बैंक कार्डहरू पनि आफ्नो नाममा परिवर्तन गरेकी थिइन्। अब, यदि मैले यो कर्तव्य स्वीकार गरेँ भने, यसमा धेरै समय लाग्नेथियो, र मैले क्लिनिकमा झनै कम समय दिन पाउने थिएँ। मलाई व्यवसायमा असर पर्ला भन्ने डर लाग्यो, त्यसैले मैले अस्वीकार गरेँ। केही समयपछि, अगुवाले मकहाँ फेरि आएर, एउटा अत्यावश्यक कर्तव्य रहेको, तर त्यसका लागि त्यतिबेला उपयुक्त व्यक्ति भेट्टाउन नसकेको बताउनुभयो, र म सहकार्य गर्न इच्छुक छु कि भनेर सोध्नुभयो। म ठूलो दुविधामा परेँ, किनभने क्लिनिकको व्यवसाय पहिलेभन्दा झनै व्यस्त थियो, र चिकित्सा संस्थाहरूले पनि तालिममा भाग लिनुपर्थ्यो, म कानुनी प्रतिनिधि थिएँ, त्यसैले नगएमा, मैले अभ्यास गर्नका लागि फेरि सिक्नुपर्थ्यो, र यसले व्यापारमा महिनौँसम्म ढिलाइ गराएर ठूलो घाटा पुऱ्याउनेथ्यो। त्यसैले मैले फेरि कर्तव्यबाट पन्छिन बहाना बनाएँ। त्यो साँझ, कर्तव्यबाट पन्छिन बहाना बनाएकोमा मलाई अलिकति दुःख लाग्यो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छु, तर क्लिनिक धेरै व्यस्त छ, र म साँच्चै छोडेर जान सक्दिनँ। मलाई आफ्नो कर्तव्य अस्वीकार गरेकोमा साँच्चै दुःख लाग्छ, कृपया तपाईँको अभिप्राय बुझ्न मलाई मार्गदर्शन गर्नुहोस्।”
पछि, मैले परमेश्वरका वचन पढेँ: “आज, तिमीहरूले पूरा गर्नुपर्ने भनेको थप मागहरू नभई मानिसको कर्तव्य, र सबै मानिसले गर्नुपर्ने कार्य हो। यदि तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्न वा त्यो राम्ररी गर्न समेत असक्षम छौ भने, के तिमीहरूले आफैमाथि समस्या निम्त्याइरहेका छैनौ र? के तिमीहरूले मृत्युलाई बोलाइरहेका छैनौ र? तिमीहरू कसरी अझै पनि भविष्य र प्रत्याशाहरू पाउने अपेक्षा गर्न सक्छौ? परमेश्वरको काम मानवजातिका खातिर गरिन्छ र मानिसको सहकार्य परमेश्वरको व्यवस्थापनका खातिर दिइन्छ। परमेश्वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्नुभएपछि, मानिसले तनमन लगाएर आफ्नो अभ्यास गर्न र परमेश्वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्वरको काममा, मानिसले सक्दो गर्नुपर्छ, बफादारी देखाउनुपर्छ र विभिन्न धारणामा लिप्त हुनु वा निष्क्रिय बसेर मृत्यु पर्खिनुहुँदैन। परमेश्वर मानिसका लागि आफैलाई बलि चढाउन सक्नुहुन्छ भने, मानिस चाहिँ किन परमेश्वरलाई बफादारी देखाउन सक्दैन? मानिसप्रति परमेश्वर एउटै हृदय र मन लगाउनुहुन्छ भने, मानिस चाहिँ किन अलिकति सहकार्य गर्न सक्दैन? परमेश्वरले मानवजातिका लागि काम गर्नुहुन्छ भने, मानिस चाहिँ किन परमेश्वरको व्यवस्थापनका खातिर आफ्ना केही कर्तव्य निर्वाह गर्न सक्दैन? परमेश्वरको काम यहाँसम्म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर कदम चाल्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्वरले आफ्नो सब थोक मानिसलाई अर्पित गरिसक्नुभएको छ, तर आज मानिस किन निष्कपटतासाथ आफ्नो कर्तव्य निर्वाह गर्न असमर्थ छ? परमेश्वरका लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसका लागि, परमेश्वरका वचनहरू अभ्यास गर्नु र परमेश्वरका मागहरू पूरा गर्नु नै उसको पहिलो प्राथमिकता हो। तिमीहरू सबैले यो कुरा बुझ्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास)। परमेश्वर मानवजातिलाई मुक्ति दिन पूर्ण हृदयले समर्पित हुनुहुन्छ, र चुपचाप मूल्य चुकाउँदै हुनुहुन्छ। उहाँ व्यक्तिगत रूपमा देहधारी हुनुभएको छ र यस पृथ्वीमा दशौँ लाख वचन व्यक्त गर्नुभएको छ, मानवजातिलाई चाहिने सबै सत्यता प्रदान गरिरहनुभएको छ, ताकि मानिसहरूले सत्यता प्राप्त गरेर मुक्ति पाउन सकून्। तर म कृतघ्न थिएँ, र क्लिनिकको व्यापारका खातिर, मैले अझ धेरै पैसा कमाउन र उच्च जीवन जिउनका लागि मण्डलीको कामका आवश्यकताको ख्याल नगरी धेरै पटक आफ्नो कर्तव्य अस्वीकार गरेँ। म कुन हिसाबले परमेश्वरमा विश्वास गर्ने व्यक्ति थिएँ र? जबजब म आफूले कर्तव्य अस्वीकार गरेका सबै समयबारे सोच्थेँ, मलाई गहन रूपमा दोषी महसुस हुन्थ्यो। म पहिले जस्तो कुनै विवेकविना जिउन चाहन्नथेँ। त्यति नै बेला, मेरो मनमा एउटा विचार आयो। मैले क्लिनिक भाडामा दिन सक्थेँ, र मैले कम पैसा कमाए पनि, त्यो पर्याप्त हुनेथियो, र मैले शान्त मनले आफ्नो कर्तव्य निर्वाह गर्न सक्थेँ। मैले आफ्ना विचारहरू व्यक्त गर्न मेरी सहकर्मीलाई फोन गरेँ, तर उनले भनिन्, “तिमी मूर्ख हौ? यो क्लिनिकको भविष्य उज्ज्वल छ, यसरी नै चलिरह्यौँ भने, हामी दुई वर्षमा धनी हुनेछौँ, र हामीले चाहेका सबै कुरा पाउनेछौँ। हामी अलिकति यथार्थमा जिउनुपर्छ। यस समाजमा, पैसाविना कसैले तिम्रो सम्मान गर्दैन!” मेरी सहकर्मीका शब्दहरूले गर्दा म हिचकिचाएँ, र मैले सोचेँ, “यदि मैले क्लिनिक भाडामा दिएँ भने, मैले त्यति धेरै पैसा कमाउने छैन, र मैले आफ्नो प्रारम्भिक पुँजी पनि फिर्ता नपाउन सक्छु, मेरा आफन्त र साथीभाइहरूले मेरो बारेमा के सोच्नेछन्?” त्यसैले, मैले मार्गदर्शनका लागि परमेश्वरलाई प्रार्थना गरेँ। मलाई एउटा भेला याद आयो, जब ब्रदर-सिस्टरहरूले कठिनाइ र परीक्षाहरूको समयमा कसरी शैतानका षड्यन्त्रलाई चिन्ने र गवाहीमा दृढ रहने भन्नेबारे बोलेका थिए, र मैले यस विषयमा परमेश्वरका वचनहरू खोज्न थालेँ। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र आइपर्ने सबै कुरा परमेश्वरसामु शैतानले थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरका वचन पढेपछि, मैले बुझेँ, हामीले हरेक दिन सामना गर्ने मानिस, घटना र कामकुराहरू मानिसहरूबीचको अन्तरक्रिया जस्तो देखिए पनि, यसको पछाडि एउटा आत्मिक लडाइँ हुन्छ, र हामी आफ्नो गवाहीमा दृढ रहनु आवश्यक छ। अय्यूबले आफ्ना परीक्षाहरूको सामना गर्दाको समयजस्तै, उनले आफ्ना छोराछोरीहरू गुमाएका र डाँकुहरूले रातारात उनको सम्पत्ति लगेका जस्तो देखिए पनि, वास्तवमा यसको पछाडि शैतानका परीक्षाहरू थिए। जब अय्यूब परमेश्वरप्रतिको आफ्नो गवाहीमा दृढ रहे, शैतान लज्जित भयो र भाग्यो। बाहिरबाट हेर्दा, मेरी सहकर्मीको दयालु सल्लाह मेरो आफ्नै भलाइका लागि जस्तो देखिन्थ्यो, तर यसको पछाडि शैतानको षड्यन्त्र थियो, किनकि शैतानले क्लिनिकको व्यवस्थापन जारी राख्नका लागि मलाई परीक्षामा पार्न पैसा प्रयोग गर्न खोजिरहेको थियो, जसले गर्दा मैले आफ्नो कर्तव्य निर्वाह गर्ने समय नपाऊँ, र यसरी म परमेश्वरबाट टाढा होऊँ। म शैतानको चालमा फस्न सक्दिनथेँ। त्यसैले मैले मेरी सहकर्मीलाई भनेँ, “मलाई क्लिनिक उप-भाडामा दिन मद्दत गर, तिमी ६०% लेऊ, म ४०% लिन्छु, र तिम्रो आफ्नो हिस्साले अझै पनि लाभांश कमाउनेछ।” मेरी सहकर्मीले भनिन्, उनले जिम्मा लिनका लागि आफ्ना एक सहपाठीलाई सम्पर्क गर्नेछिन्, तर अप्रत्याशित रूपमा, अर्को पक्षले मूल्य यति धेरै घटायो कि अन्तमा, उसले भाडामा लिएन। मैले राम्ररी बुझ्नै सकिनँ, उसले यति कम मूल्यमा किन भाडामा लिएन? पछि, मैले मेरी सहकर्मीको सहपाठी वास्तवमा उनको प्रेमी रहेको, र उनीहरूले मलाई कम मूल्यमा क्लिनिक उप-भाडामा दिन दबाब दिन मिलेमतो गरेको थाहा पाएँ। म धेरै दुःखी भएँ, मैले मेरी सहकर्मीलाई इमानदारीपूर्वक व्यवहार गरेकी थिएँ, तर उनले मलाई छल गरिन् भन्ने महसुस गरेँ। मलाई लाग्यो, संसार साँच्चै डरलाग्दो रहेछ, र यहाँ साँच्चै कुनै साँचो साथीहरू छैनन्! मलाई परमेश्वरमा विश्वास गर्नु राम्रो हो जस्तो लाग्यो, किनकि ब्रदर-सिस्टरहरू शुद्ध र खुला हुन्छन्, परमेश्वरका वचन खान्छन् र पिउँछन्, सत्यतामा सङ्गति गर्छन्, र आफ्ना भ्रष्ट स्वभावहरू फाल्न खोज्छन्, त्यसैले म उप्रान्त मेरी सहकर्मीसँग क्लिनिकको व्यवस्थापन गर्न चाहन्नथेँ। तर जब मैले क्लिनिक खोल्नका लागि वर्षौँदेखि लगानी गरेका सबै बचत रकमबारे, र मैले आफ्नो प्रारम्भिक पुँजी पनि फिर्ता कमाउनुअघि नै हार मानेको हुनेछु भन्नेबारे सोचेँ, तब अरूले मलाई कसरी हेर्लान् भनेर विचार गरेँ। सबैले क्लिनिक चलाउनु अत्यन्तै नाफामूलक हुन्छ भन्छन्, तर यदि मैले यसबाट मेरो सबै पैसा गुमाएँ भने, मेरा साथीभाइ र परिवारले मेरो बारेमा के सोच्लान्? मेरा सहकर्मीहरूले मेरो बारेमा के सोच्लान्? जब मैले यी सबै कुराहरूबारे सोचेँ, मैले धेरै दबाब र दुःख महसुस गरेँ, र मलाई लाग्यो, मेरो एक मात्र विकल्प क्लिनिकमा बस्नु नै हो।
सन् २०१३ को सेप्टेम्बरमा, लगभग डेढ वर्षको एउटा सानो केटा IV ड्रिपका लागि क्लिनिकमा आयो। पहिलो दिन, मैले औषधिका लागि छालाको परीक्षण गरेँ, र मैले आमाबुबालाई बच्चाको कुनै एलर्जीको इतिहास छैन भनी पुष्टि गर्न भनेँ, तर अप्रत्याशित रूपमा, तेस्रो बिहान, IV ड्रिप सकाएपछि, मैले सुई निकाल्नै लाग्दा, उसका आँखा पल्टिए, उसको शरीर काम्न थाल्यो, र उसको अनुहार नीलो-बैजनी भयो, त्यसपछि उसका आँखा कस्सिएर बन्द भए र ऊ चिच्याउन सकेन। म स्तब्ध भएँ, र मैले हतारिँदै यसलाई औषधिको एलर्जीका रूपमा उपचार गर्न थालेँ। दुई मिनेट बित्यो, र बच्चाको अनुहार कालो-बैजनी रङ्गमा परिणत भयो, मानौँ ऊ मरिसकेको थियो। म भयभीत भएँ, र म पूर्ण रूपमा आत्तिएको स्थतिमा थिएँ, अनि सोच्दै थिएँ, “सकियो! सकियो! यो बच्चा मेरो हातमा मर्न लागेको छ। यदि ऊ मऱ्यो भने मैले के गर्ने?” मैले यसबारे जति सोचेँ, म त्यति नै डराएँ, र मैले आफ्नो हृदयमा परमेश्वरलाई पुकारिरहेँ, “हे परमेश्वर, कृपया यो बच्चाको हेरचाह गर्नुहोस्! हे परमेश्वर, कृपया उसलाई बचाउनुहोस्!” केही क्षणपछि, मभित्र एउटा बलियो भावना जाग्यो, “यो बच्चाले पाएको तरल पदार्थमा पोटासियम थियो। के यो हाइपरकेलेमिया हुन सक्छ?” म तुरुन्तै उपचार कक्षतिर दौडेँ, क्याल्सियमलाई पातलो बनाएँ, र बच्चालाई नसाबाट सुई दिएँ। सुई दिँदै गर्दा मैले हृदयमा परमेश्वरलाई पुकारेँ। आधा सुई दिइसकेपछि, बच्चा ठूलो स्वरले करायो, उसको घाँटीबाट खकार र र्याल निस्कियो, र उसको अनुहार पहिलेको जस्तो कालो-बैजनी रङ्गको रहेन। मैले क्याल्सियमको सुई दिइसकेपछि, बच्चाको हात कडा हुन छोड्यो र सामान्य अवस्थामा फर्कियो। त्यस क्षण, मैले जीवन वास्तवमा कति कमजोर रहेछ भन्ने महसुस गरेँ। मलाई परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो र यो बच्चालाई बचाउनुभयो भन्ने पनि थाहा थियो। मैले आफ्नो हृदयमा परमेश्वरलाई धन्यवाद दिइरहेँ। त्यसपछि हामीले बच्चालाई अस्पताल लैजान एम्बुलेन्स बोलायौँ। त्यसपछिका दिनहरूमा, म चिन्ता र डरले भरिएकी थिएँ, र आफैलाई सोध्थेँ, “यो बच्चालाई के होला? के उसलाई गम्भीर असर पर्ला? मैले क्षतिपूर्तिमा कति तिर्नुपर्ला?” मलाई यस्तै कुनै ज्यान जोखिममा पार्ने घटना फेरि भयो भने, मेरो सबै पैसा, ख्याति र प्राप्ति जानेछ भन्ने डर पनि थियो। मेरो हृदयलाई विशाल ढुङ्गाले थिचे जस्तो महसुस भयो र म रातभर सुत्न सकिनँ। अप्रत्याशित रूपमा, केही दिनपछि, अर्को दुर्घटना भयो। एक अधबैँसे मानिस IV लिन क्लिनिकमा आए। मैले औषधि दिनुअघि छाला परीक्षण गरेँ र उनीसँग कुनै एलर्जीको इतिहास छैन भनी पुष्टि गरेँ। आधाजति IV दिएपछि, त्यो मान्छेलाई अचानक सास फेर्न गाह्रो भयो र ऊ स्वाँस्वाँ गर्न थाल्यो। उसको अनुहारको रङ्ग फिक्काबाट गाढा नीलोमा परिणत भयो। म डराएँ र चिन्तित भएँ, अनि सोचेँ, “बच्चाको समस्या अझै समाधान भएको छैन, र अब यो बिरामीलाई पनि दुर्घटना भयो! अब म सक्किन लागेको हुँ?” मलाई मेरो मन टुटिरहेको जस्तो लाग्यो, र मैले उप्रान्त सोच्ने आँट गरिनँ। मैले सुरक्षाका लागि परमेश्वरलाई प्रार्थना गरेँ, र मेरो मन बिस्तारै शान्त भयो। मैले तुरुन्तै एलर्जी उपचार प्रक्रियाहरू अपनाएँ र उसलाई बचाउन सकेँ। त्यस समयमा, क्लिनिकमा लगातार घटनाहरू भइरहे, र यदि परमेश्वरको हेरचाह र सुरक्षा, र आपत्कालीन उपायहरू सोच्न मलाई अन्तर्दृष्टि दिने उहाँको मार्गदर्शन नभएको भए, ती दुई व्यक्ति मरिसकेका हुनेथिए, र मैले जीवनभर जति पैसा कमाए पनि, म कहिल्यै क्षतिपूर्ति तिर्न सक्ने थिइनँ! तब मात्र मैले महसुस गरेँ, पैसा, ख्याति, प्राप्ति, र भौतिक धन तासको घर जस्तै हुन्, र ती कुनै पनि बेला हराउन सक्छ। परमेश्वरसामु जिएर अनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेर मात्र मैले साँचो शान्ति र सहजता पाउन सक्छु।
पछि, मैले एउटा भेलामा पढेको परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरू पैसा त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्छौ, जबकि दोधारेहरूले एउटा हातले पैसा पक्रन्छन् र अर्को हातले सत्यता समात्छन्। के तिमीहरूको साँचो रूप त्यसपछि आफै प्रस्ट हुनेथिएन र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरी हल्लेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्वर, छोराछोरी र परमेश्वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्यौ, यहाँसम्म कि किनारामा फर्किने दृढता समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मबीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले अनपेक्षित रूपमा मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरू अझै पनि बदलामा मलाई निराशा र पीडादायी शोक दिनेछौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेछ? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेछौ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। मैले परमेश्वरका वचनहरूमा उहाँको जरुरी अभिप्राय र श्रमसाध्य प्रयासहरू देखेँ। परमेश्वर हामी प्रत्येकले मुक्ति प्राप्त गर्नका निम्ति सत्यता पछ्याउन सकौँ भन्ने आशा गर्नुहुन्छ। मैले आफूले क्लिनिक खोलेदेखि, आफू सधैँ कसरी अझ धेरै पैसा कमाउने र उच्च जीवन जिउने अनि अरूको प्रशंसा र ईर्ष्या कसरी प्राप्त गर्ने भन्ने बारेमा सोचिरहेकी हुन्थेँ भन्ने कुरा सोचेँ। मैले कसरी आफूले धेरै पटक आफ्ना कर्तव्यहरू अस्वीकार गर्थेँ र सत्यता पछ्याउन र आफ्ना कर्तव्यहरू निर्वाह गर्न समय र ऊर्जा खर्च गर्न अनिच्छुक हुन्थेँ भन्नेबारे पनि सोचेँ। म परमेश्वरमा विश्वास गर्न र मुक्ति पाउन चाहन्थेँ, तर म अझ धेरै पैसा कमाउन पनि चाहन्थेँ। म धन र सत्यता दुवैलाई समात्ने प्रयास गरिरहेकी थिएँ, र यदि मैले सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउँथेँ भने, विपत्तिहरूको बीचमा पछुताएर रुन र दाह्रा किट्न धेरै ढिलो भइसकेको हुनेथ्यो। मैले प्रभु येशूले भन्नुभएको थियो भनी सम्झेँ: “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?” (मत्ती १६:२६)। त्यस क्षण, मैले महसुस गरेँ, म कति मूर्ख रहेछु, र मैले कामकुराहरू स्पष्ट रूपमा देख्न सकेकी रहेनछु। मैले जीवनमा पछ्याउनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भन्ने थाहा पाएकी रहेनछु। यदि यी दुई दुर्घटनाहरू नभएका भए, मेरो भावशून्य र हठी हृदय परिवर्तन हुने थिएन। यदि परमेश्वरको कृपा र सुरक्षा नभएको भए, ती दुई व्यक्ति मर्न सक्थे, र मैले मेरो जीवन बलिदान गरे पनि, त्यसको कुनै काम लाग्नेथिएन। मैले सायद ज्यान र पैसा दुवैको ऋणमा डुबेर दुःखमा आफ्नो जीवन बिताउनुपर्नेथ्यो, र मैले कहिल्यै शान्ति पाउने थिइनँ। आफूले कसरी बारम्बार आफ्ना कर्तव्यहरू इन्कार गरेको थिएँ भन्नेबारे सोच्दा, मैले आफू साँच्चै परमेश्वरको प्रेम र मुक्तिको योग्य नभएको महसुस गरेँ। म उप्रान्त पैसा पछ्याउनकै लागि सत्यता प्राप्त गर्ने मौका त्याग्न चाहन्नथेँ। पछि, मैले मेरी सहकर्मीलाई फोन गरेँ र उनलाई क्लिनिक हस्तान्तरण गर्नेबारे बताएँ। मेरी सहकर्मीले म कति दृढ छु भन्ने देखिन् र थप केही भनिनन्। केही समयपछि, उनका शर्तहरू धेरै कठोर भएकाले, क्लिनिक सफलतापूर्वक हस्तान्तरण भएन। परमेश्वरले मेरो लागि एउटा मार्ग खोलिदिनुहुनेछ भन्ने आशामा, मैले उहाँतर्फ हेरेँ र सबै कुरा उहाँलाई सुम्पेँ। पछि, एउटा सहरको अस्पतालमा काम गर्ने डाक्टरहरूको समूहले भाडामा क्लिनिक लियो र दुई वर्षको सम्झौतामा हस्ताक्षर गऱ्यो। त्यसपछि, मैले मण्डलीमा आफ्ना कर्तव्यहरू निर्वाह गर्न थालेँ, र म प्रायः भेलाहरूमा उपस्थित हुन्थेँ, परमेश्वरका वचन खान्थेँ र पिउँथेँ, र सत्यतामा सङ्गति गर्थेँ, र मैले मेरो हृदयमा शान्ति र सहजता पाएँ।
तर एक वर्ष दुई महिनापछि, अर्को पक्षले सम्झौता रद्द गऱ्यो। मेरी सहकर्मीले मलाई देख्दा भनिन्, “यदि तिमी क्लिनिक चलाउन फर्कियौ भने, म ग्यारेन्टी दिन्छु तिमी धनी हुनेछौ। यदि फर्किन्नौ भने, क्लिनिकको तिम्रो हिस्सा म कम मूल्यमा किन्नेछु।” अर्को सहकर्मीले भने, “हामी दुईजनाले यो चलाउन सक्छौँ, तिमी आफ्नो काम सम्हाल्न जान सक्छौ, यसले तिम्रो आस्थामा रोकावट ल्याउनेछैन। धेरै बिरामीहरूले अझै पनि तिमीलाई विश्वास गर्छन्। म अस्पतालबाट बिरामीहरू ल्याउन मद्दत गर्नेछु, र एक वर्षभित्र, हामीले टन्नै पैसा कमाइसकेका हुनेछौँ, र त्यसबेलासम्ममा, हामीसँग हाम्रो करियरमा धन र सफलता दुवै हुनेछ। सबैले हाम्रो ईर्ष्या गर्नेछन्!” मैले मनमनै सोचेँ, “यदि मैले क्लिनिकको जिम्मा लिएँ भने, मैले मेरो लगानी फिर्ता कमाउने मात्र छैन, मेरो जीवन पनि उच्च हुनेछ।” तर फेरि मैले सोचेँ, “यदि मैले जिम्मा लिएँ भने, मेरा कर्तव्यहरूमा पक्कै असर पर्नेछ।” यसबारे सोचेपछि, मैले सहमत नहुने निर्णय गरेँ। पछि, मैले परमेश्वरका वचन पढेँ: “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका कपटी मनसायहरू अत्यन्तै घृणापूर्ण छैनन् र? सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन, र मानिसहरूले अबउसो अगाडिको बाटो देख्न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्ने लाग्छ। तर, बिस्तारै, एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब तँ शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट आफूलाई मुक्त गर्न चाहन्छस्, तब तैँले शैतानसँगको तेरो सम्बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। “शैतानले मानिसहरूलाई लोभ्याउन पैसा प्रयोग गर्छ, र ती सबैलाई पैसा र भौतिक कुराहरूको आराधना गर्न भ्रष्ट तुल्याउँछ। अनि मानिसहरूमा पैसाको यो आराधना कसरी प्रकट हुन्छ? के तिमीहरूलाई यो संसारमा पैसाविना बाँच्न सकिँदैन, र पैसाविना एक दिन पनि बिताउन सकिँदैन भन्ने लाग्दैन र? मानिसहरूसँग कति पैसा छ भन्ने कुराले तिनीहरूको हैसियत कति उच्च छ, र तिनीहरू कति प्रतिष्ठित छन् भन्ने कुरा निर्धारण गर्छ। गरिबहरूले आफू शिर ठाडो पारेर गर्वका साथ उभिन सक्छु भन्ने महसुस गर्दैनन्, जबकि धनीहरूको उच्च हैसियत हुन्छ, तिनीहरू शिर ठाडो पारेर गर्वका साथ उभिन्छन्, र ठूलो स्वरले बोल्न र अहङ्कारी र बेलगाम तरिकाले जिउन सक्छन्। यो भनाइ र प्रचलनले मानिसहरूलाई के दिन्छ? धेरै मानिस पैसा कमाउनका लागि कुनै पनि त्याग गर्न इच्छुक हुन्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसले धेरै पैसाको खोजीमा आफ्नो इज्जत र निष्ठा गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र? केवल यो विधि र यो भनाइ प्रयोग गरेर, शैतानले मानिसलाई यस्तो हदसम्म भ्रष्ट तुल्याउँछ। के शैतानको अभिप्राय दुष्ट छैन र? के यो दुर्भावपूर्ण चाल होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५)। परमेश्वरका वचनहरूको खुलासा धेरै स्पष्ट छ। शैतानले मानिसहरूको विचारलाई नियन्त्रण गर्न, र हामीलाई भ्रमित पार्न र भ्रष्ट तुल्याउन ख्याति र प्राप्ति प्रयोग गर्छ। वर्षौँदेखि, म ख्याति र प्राप्ति दुवै पछ्याउँदै आएकी थिएँ, र अरूभन्दा उत्कृष्ट हुन प्रयास गर्दै आएकी थिएँ। म “मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” “पैसा नै पहिलो कुरा हो,” “दुनियाँ पैसाको इसारामा चल्छ” र “पैसा सबथोक होइन, तर योविना काम चल्दैन” जस्ता भनाइहरूमा भर पर्दै आएकी थिएँ। यी शैतानी दर्शनहरूले मेरो जीवनलाई मार्गदर्शन गरेका थिए, र मलाई पैसा भएपछि, मसँग सबथोक हुन्छ भन्ने लाग्थ्यो। मैले जहिले पनि केवल धेरै पैसा कमाउन, आफूलाई धेरै धनी बनाउन, अरूको प्रशंसा र ईर्ष्या प्राप्त गर्न, र उच्च जीवन जिउन चाहेकी थिएँ। मलाई लाग्थ्यो, पैसा, ख्याति र प्राप्तिका लागि मैले जतिसुकै कष्ट भोगे पनि, ती सबै सार्थक थिए, र मलाई परमेश्वर देहधारी हुनुभएको छ र मानिसहरूलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ भन्ने थाहा भए पनि, मैले राम्ररी सत्यता पछ्याइनँ वा आफ्ना कर्तव्यहरू निर्वाह गरिनँ। पैसाको पछि लागेर, मैले बारम्बार आफ्ना कर्तव्यहरूलाई इन्कार गरेँ र परमेश्वरबाट झन् टाढा भएँ। सत्यता के थियो भने, मेरो परिवार पहिले नै सम्पन्न थियो, र खाना-लाउनको कुनै चिन्ता थिएन, तर म सन्तुष्ट थिइनँ, र अझै धेरै पैसा कमाउन चाहन्थेँ। म पैसा, ख्याति, र प्राप्तिलाई सबैभन्दा माथि राख्थेँ, जसले गर्दा मैले आफ्ना कर्तव्यहरू निर्वाह गर्ने र सत्यता प्राप्त गर्ने मौका गुमाएँ। तब मात्र मैले महसुस गरेँ, मलाई त पैसा, ख्याति, र प्राप्तिले अन्धो पारेका रहेछन्, म पैसाको दास बनेकी रहेछु, र यदि मैले आफूलाई बदलिनँ भने, म ख्याति र प्राप्तिको सिकार बन्नेछु।
त्यसपछि मैले परमेश्वरका थप वचनहरू पढेँ: “मानिसहरू आफ्नो जीवनभरिको ऊर्जा नियतिविरुद्ध लड्दै सकाउँछन्, अनि आफ्नो सम्पूर्ण जीवन परिवारको पालनपोषण गर्न खोज्दै अनि प्रतिष्ठा र नाफाका खातिर यताउता दौडधुप गर्दै बिताउँछन्। मानिसहरूले बहुमूल्य ठान्ने कुराहरू पारिवारिक प्रेम, पैसा, र ख्याति र प्राप्ति हुन्, अनि तिनीहरू यी कुराहरूलाई जीवनको सबैभन्दा बहुमूल्य कुराका रूपमा हेर्छन्। सबै मानिस आफू अभागी भएको गुनासो गर्छन्, तैपनि तिनीहरू मानिसहरूले सबैभन्दा बढी बुझ्नुपर्ने र खोजबिन गर्नुपर्ने मामलाहरू: मानिस किन जीवित छ, मानिस कसरी जिउनुपर्छ, र मानव जीवनको मूल्य र अर्थ के हो, भन्ने कुरालाई अझै बेवास्ता गर्छन्। तिनीहरू आफ्नो सम्पूर्ण जीवन जति लामो भए पनि, आफ्नो युवावस्था नगइन्जेल अनि तिनीहरूको कपाल नफुलिन्जेल र अनुहार चाउरी नपरून्जेल, ख्याति र प्राप्तिले तिनीहरूलाई बुढो हुनबाट रोक्न सक्दैन, पैसाले तिनीहरूको हृदयको रित्तोपन भर्न सक्दैन भनी नबुझिन्जेल, अनि कोही पनि जन्म, बुढेसकाल, रोग, र मृत्युका नियमहरूबाट उम्कन सक्दैन, र कोही पनि नियतिका प्रबन्धहरूबाट उम्कन सक्दैन भनी नबुझिन्जेल त्यो जीवन ख्याति र प्राप्ति पछ्याउन केवल दौडधुप गरेर बिताउँछन्। जीवनको अन्तिम विन्दुको सामना गर्नु परेपछि मात्रै तिनीहरूले व्यक्तिसँग धेरै धन भए पनि, व्यक्ति कुलीन हैसियत र उच्च दर्जाको भए पनि ऊ मृत्युबाट उम्कन सक्दैन, बरु उसले त उसको पहिलेकै स्थिति अर्थात् आफ्नो नाममा केही पनि नभएको एकलो आत्माको स्थितिमा फर्कनुपर्छ भन्ने कुरा साँचो रूपमा बुझ्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। “मानिसहरू पैसा र ख्याति अनि प्राप्तिको पछि दौडेरै आफ्नो पूरै जीवन बिताउँछन्; तिनीहरू यी कुराहरूलाई जीवन रेखा, आफ्नो एक मात्र सहाराका रूपमा लिन्छन्—मानौँ ती हुनुको मतलब तिनीहरूले बाँचिरहन र मृत्युबाट उम्कन सक्छन्। तर तिनीहरूले आफू मर्न लागेपछि मात्रै पैसा, ख्याति, र प्राप्ति आफूबाट कति टाढा छन्, र मृत्युको मुखमा तिनीहरू कति कमजोर र शक्तिहीन छन्, तिनीहरू कति नाजुक छन्, र तिनीहरू कति एक्लो र विवश छन्, र जाने कुनै ठाउँ छैन भन्ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्याति र प्राप्ति जीवनसँग साट्न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको हैसियत जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्न सक्दैन, ख्याति र प्राप्तिले कुनै व्यक्तिलाई मृत्युबाट उम्कन सक्षम बनाउन सक्दैन, न त पैसाले न त ख्याति र प्राप्तिले व्यक्तिको आयु एक मिनेट वा एक सेकेन्ड मात्रै पनि बढाउन सक्छ भन्ने महसुस गर्छन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरू पढेपछि, मैले यदि एक व्यक्तिले आफ्नो सम्पूर्ण जीवन पैसा, ख्याति, र प्राप्ति पछ्याउँदै बिताउँछ भने, अन्तमा, ती सबै व्यर्थ हुन्छन् भन्ने बुझेँ। क्लिनिकमा भएका दुईवटा मृत्युको मुखमा पुऱ्याउने घटनाहरूले मलाई खतरा आउँदा, पैसा र धनले व्यक्तिको सुरक्षा गर्न वा उसको जीवन बचाउन सक्दो रहेनछ, र परमेश्वर मात्र एक हुनुहुँदो रहेछ, जसको आवश्यकता व्यक्तिलाई साँच्चै हुन्छ र जसमाथि ऊ भर पर्न सक्छ, र केवल परमेश्वरले नै व्यक्तिको भाग्यमाथि शासन र नियन्त्रण गर्नुहुँदो रहेछ भन्ने महसुस गरायो। मैले मेरी एक छिमेकीलाई पनि सम्झेँ। उनी बैंक अफ चाइनाको एउटा विभागकी महाप्रबन्धक थिइन्, उनका पति यातायात ब्युरोका निर्देशक थिए, र उनका बुबा पिपल्स बैंक अफ चाइनाका एक शाखा प्रमुख थिए। उनको परिवार धनी र प्रभावशाली थियो, र त्यतिबेला, हाम्रो गल्लीका सबैले उनको प्रशंसा र ईर्ष्या गर्थे, तर बत्तीस वर्षको उमेरमा, उनलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो र केही समयपछि नै उनको मृत्यु भयो। मेरो एक आफन्त पनि थिए जो धनी र प्रख्यात थिए, तर पछि, उनी यात्रा गर्ने क्रममा मरे। मलाई जतिसुकै पैसा, ख्याति, वा प्रशंसा प्राप्त गरे पनि, मृत्यु आएपछि, पैसा, ख्याति, र प्राप्तिले मान्छेको जीवन बचाउन सक्दैन भन्ने स्पष्ट भयो। पैसा, ख्याति, र प्राप्तिले शरीरलाई केवल अस्थायी सन्तुष्टि र आनन्द प्रदान गर्न सक्छ, र यदि तपाईँसँग परमेश्वरको हेरचाह र सुरक्षा छैन भने, तपाईँ मर्नुहुनेछ। त्यस्तो अवस्थामा, धेरै पैसा हुनुको के अर्थ रहन्छ र? मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, तपाईँले मलाई सत्यता पछ्याउने र मुक्ति पाउने मौका दिनुभयो, तर मैले त्यसको कदर गरिनँ। मैले आफ्नो सम्पूर्ण समय र ऊर्जा पैसा, ख्याति, र प्राप्ति पछ्याउन प्रयोग गरेँ। म साँच्चै अन्धो र मूर्ख थिएँ! अब मलाई सत्यता प्राप्त गर्न खोज्नु र आफ्ना कर्तव्यहरू निर्वाह गर्नु नै मैले गर्न सक्ने सबैभन्दा अर्थपूर्ण र महत्त्वपूर्ण कुराहरू हुन् भनी थाहा भयो।” त्यसपछि, मैले मेरी सहकर्मीलाई फोन गरेँ र क्लिनिकको हिस्सा र मेरो प्रारम्भिक पुँजीमा जतिसुकै घाटा भए पनि, आफू ती हस्तान्तरण गर्न इच्छुक रहेको भनेँ। धेरै समय नबित्दै, मैले क्लिनिकको आफ्नो हिस्सा हस्तान्तरण गरेँ। मैले दशौँ हजार गुमाए पनि, तर त्यसो गरेको क्षणमा, मैले स्वतन्त्र र खुसी महसुस गरेँ।
पछि, मैले आफ्ना कर्तव्यहरूमा धेरै समय र ऊर्जा अर्पण गरेँ, र जबजब मसँग समय हुन्थ्यो, म परमेश्वरका वचनहरू पढ्थेँ र मैले थप सत्यताहरू बुझेँ। म शैतानका भ्रष्ट तुल्याउने विधिहरू छर्लङ्ग देख्न झनै सक्षम भएँ। परमेश्वरमा विश्वास गरेर र आफ्ना कर्तव्यहरू निर्वाह गरेर, म सत्यता बुझ्न सक्छु भन्ने थाहा पाउँदा निकै राम्रो लाग्यो! हालै, मेरा केही साथीले क्लिनिक खोल्नका लागि मसँग सहकार्य गर्न पैसा दिने बताए, मलाई त्यो चलाइरहन प्रोत्साहन दिए, र कसै-कसैले त मलाई अस्पतालमा काम गर्न सल्लाह पनि दिए, तर म यी कुराहरूबाट प्रभावित हुन छोडेकी थिएँ। मैले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न, सुसमाचार प्रचार गर्न र परमेश्वरको गवाही दिन रोजेँ। यो मैले संसारमा गर्न सक्ने कुनै पनि अन्य कुराभन्दा बढी अर्थपूर्ण र मूल्यवान छ, र यो मैले मेरो जीवनमा गरेको सबैभन्दा बुद्धिमानी छनौट हो।