७२. स्वर्गको राज्य प्रवेश गर्ने मार्ग

मार्सेलिटा, फिलिपिन्स्

स्वर्गको राज्य प्रवेश गर्ने विषयमा, धेरै मानिसहरूले यस्तो सोच्छन्, “हामी प्रभुमा विश्‍वास गर्छौँ र हाम्रो पाप क्षमा भएको छ, त्यसकारण जब प्रभु आउनुहुन्छ, उहाँले हामीलाई सीधै आफ्‍नो राज्यमा उठाइलैजानुहुनेछ।” त्यसै गरी, पवित्र मानिसहरूले मात्रै प्रभुलाई देख्‍न सक्छन् भन्‍ने विश्‍वास गर्नेहरू पनि छन्, र तिनीहरू सोच्छन्, “हामी अझै पनि निरन्तर पाप नगरी बस्‍न सक्दैनौँ—हामीले पापका बन्धनहरू त्यागेका छैनौँ, त्यसकारण के हामी साँच्‍चै स्वर्गको राज्य प्रवेश गर्न सक्छौँ त?” यो प्रश्‍न सुन्दा, धेरैले यसो भन्‍न सक्छन्, “हाम्रो पापीपनको बाबजुद पनि, प्रभु येशू नै हाम्रो अनन्त पापबलि हुनुहुन्छ, त्यसकारण जबसम्‍म हामीले उहाँसँग हाम्रो पाप स्वीकार गर्छौँ, तबसम्‍म उहाँले हामीलाई क्षमा दिनुहुनेछ। त्यसपछि उहाँले हामीलाई पापीको रूपमा हेर्नुहुनेछैन, र हामी उहाँको राज्य प्रवेश गर्न सक्‍नेछौँ।” तर म यस्तो सोच्दिनँ, किनभने बाइबलले यसो भन्छ, “किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानीजानी पाप गर्छौं भने, त्यसउप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन” (हिब्रू १०:२६)। यसले पापबलि सीमित छ भन्‍ने कुरा प्रमाणित गर्छ। साँचो मार्ग चिनेका तर अझै पनि पाप गर्नेहरूले परमेश्‍वरको मुक्ति पाउनेछैनन्। त्यसोभए, हामीले कसरी स्वर्गको राज्य प्रवेश गर्ने? मैले यो कुरा कहिल्यै पत्ता लगाउन सकिनँ—सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेपछि मात्रै मैले शुद्धीकरण पाउने र परमेश्‍वरको राज्य प्रवेश गर्ने मार्ग भेट्टाएँ।

मेरो जन्‍म इसाई परिवारमा भएको हो र सानै छँदादेखि म मेरा आमाबुबासँग मण्डली सेवाहरूमा जान्थेँ। म सक्रिय भई मण्डली क्रियाकलापहरूमा पनि सहभागी हुन्थेँ। ठूलो भएपछि, मैले प्रभुको निम्ति अझै उत्साहसाथ आफूलाई अर्पित गरेँ। कहिलेकहीँ म पाष्टरसँग सहरबाहिरका प्रार्थना सेवाहरूमा जान्थेँ। तर मेरो सारा जोसको बाबजुद पनि, मैले सेवाहरूबाट कुनै पनि सन्तुष्टि पाइरहेकी थिइनँ। पाष्टरका प्रवचनहरू सधैँ उही पुरानै कुराहरूका विषयमा हुन्थे। कुनै नयाँ अन्तर्दृष्टि हुँदैनथ्यो। अनि व्यक्तिगत रूपमा, म प्रभुका शिक्षाहरूअनुसार जिउन सकेकी थिइनँ। म सधैँ पाप गर्ने अनि स्विकार्ने अटुट चक्रमा फसिरहन्थेँ। उदाहरणको लागि, जब मेरी आमाले मेरा दाजुभाइ वा दिदीबहिनीलाई उपहार वा पैसा दिएको तर मलाई केही नदिएको देख्थेँ, तब मलाई डाहा हुन्थ्यो र रिस उठ्थ्यो अनि म उहाँको बारेमा गुनासो गर्थेँ। मैले मण्डलीमा सेवा गर्दा, जबजब पाष्टरले मलाई काम दिन्थे, तबतब म तिनले ममाथि निगाह गरिरहेका र दया देखाइरहेका छन् भन्‍ने सोच्थेँ। म घमण्डले भरिन्थेँ र अरू सहकर्मीहरूलाई हेलासमेत गर्थेँ। धर्मशास्‍त्रले भन्छ: “सबै मानिसहरूसँग शान्ति र पवित्रता कायम राख, त्यो विना कुनै पनि मानिसले प्रभुलाई देख्‍नेछैन” (हिब्रू १२:१४)। तर म अझै पनि डाहा, घृणा, र अहम्‌ले भरिएकी थिएँ। म मेरो परिवारसँग मिलेर बस्‍न सक्दिनथेँ, अरूलाई आफूलाई जस्तै प्रेम गर्नु र सबै मानिसहरूसँग सद्भाव कायम राख्‍नु त परको कुरा हो। प्रभु पवित्र हुनुहुन्छ; के मजस्तो व्यक्तिले साँच्‍चै उहाँको तारिफ पाउन र उहाँको राज्य प्रवेश गर्न सक्छ? म साह्रै दोधारमा परेँ, त्यसकारण मैले पाष्टर र अरू मण्डली सदस्यहरूबाट सहयोग मागेँ। तर पाष्टरले यसो मात्रै भने, “विश्‍वासीहरूका रूपमा, हाम्रो पाप क्षमा भएको छ। प्रभु येशूको पापबलि सदासर्वदा प्रभावकारी हुन्छ। त्यसकारण, हामीले विगतमा गरेका र भविष्यमा गर्ने सबै पापहरूको सन्दर्भमा, जबसम्म हामीले प्रार्थना गर्छौँ र प्रभुको अघि पाप स्विकार्छौँ, तबसम्म उहाँले निसर्त क्षमा गर्नुहुनेछ। त्यसपछि प्रभुले हामीलाई पापरहित रूपमा हेर्नुहुनेछ र हामीलाई उहाँको राज्य प्रवेश गर्न दिनुहुनेछ। हामीले प्रभुमा विश्‍वास गर्नुपर्छ।” तर पाष्टरका शब्दहरू सुनेर पनि मेरो अन्योल हटेन। प्रभुले हाम्रो पाप क्षमा गर्नुहुन्छ, तर किन बाइबलले यसो पनि भनेको छ, “किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानीजानी पाप गर्छौं भने, त्यसउप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन” (हिब्रू १०:२६)? यसले के प्रमाणित गर्छ भने प्रभुले हाम्रो पाप सदासर्वदाको लागि सर्तरहित रूपमा क्षमा गर्नुहुन्‍न। मैले कुनै स्पष्टता प्राप्त गरिनँ, र यो सोच्दै मैले आफूलाई सान्त्वना मात्रै दिन सकेँ: प्रभुको प्रेम असीमित र अनन्त छ, त्यसकारण सायद पाष्टरको कुरा सही हो। यदि मैले निरन्तर प्रार्थना र पाप स्वीकार गरिरहेँ भने, प्रभुले ती पापहरूका आधारमा मलाई हेर्नुहुनेछैन, र उहाँ आउनुहुँदा उहाँले मलाई स्वर्गको राज्यमा उठाई लैजानुहुनेछ। त्यसपछि, उहाँको आगमन हुँदा, प्रभुको राज्यमा लगिने आशा गर्दै मैले बाइबल पढ्ने र सेवाहरूमा सहभागी हुने कार्यलाई जारी राखेँ।

पछि, मैले अनलाइनमा दुई सिस्टर भेटेँ। हामी एकअर्कालाई विश्‍वासबारे प्रोत्साहन र उत्प्रेरणा दिँदै र विचारहरू आदानप्रदान गर्दै प्राय कुरा गरिरहन्थ्यौँ। एकदिन, तिनीहरूमध्ये एकजनाले मलाई सोधे, “विश्‍वासीको रूपमा तपाईंको सबैभन्दा ठूलो आशा के हो?” अलिकति पनि नहिचकिचाई, मैले भनेँ, “अवश्य नै, परमेश्‍वरको राज्यमा प्रवेश गर्नु!” त्यसपछि उनले सोधिन्, “त्यसोभए, परमेश्‍वरको राज्यमा कस्ता मानिसहरू प्रवेश गर्छन्, तपाईंलाई थाहा छ?” उनले त्यसो भन्दा मैले मनमनै सोचेँ, “म वास्तवमा यही विषयमा अन्योलमा छु। पाष्टर र मण्डली सदस्यहरू सबैले प्रभुमा विश्‍वास गरेर अनि उहाँको नाउँमा बप्तिस्मा लिएर हाम्रो पाप क्षमा हुन्छ र हामी स्वर्गको राज्य प्रवेश गर्न पाउँछौँ भनेर भन्छन्। के उनले प्रश्‍न सोध्‍नुको अर्थ उनको विचार फरक भएर हो?” त्यसपछि उनले भनिन्, “म के सोच्थेँ भने, हाम्रो विश्‍वासमा हामीले प्रभुको नाउँ स्वीकार गर्‍यौँ, र उहाँको नाउँमा प्रार्थना र पाप स्वीकार गर्‍यौँ भने, प्रभुले हाम्रो पाप क्षमा गर्नुहुनेछ। त्यसपछि, जब उहाँ आउनुहुनेछ, तब उहाँले हामीलाई स्वर्गको राज्यमा उठाई लैजानुहुनेछ। तर पछि मलाई के थाहा भयो भने, प्रभुमा विश्‍वास गरेर हाम्रो पाप क्षमा हुने भए पनि, हामी अझै पनि पाप गर्दै उहाँको विरोध गर्ने खतरामा हुन्छौँ। उदाहरणको लागि: प्रभुले हामीलाई अरूलाई आफूलाई जस्तै प्रेम गर्न, सहनशीलता अभ्यास गर्न, र उहाँको महिमा बढाउनको लागि नुन र ज्योति हुन आज्ञा दिनुभएको छ, तर हामी प्रायजसो सानातिना कुरामै विवाद गरिरहेका हुन्छौँ। विपत्ति र परीक्षाहरूमा पर्दा हामी प्रभुलाई दोष दिँदै धोका दिन्छौँ। हामी आशिष्‌हरू पाउन र उहाँको राज्य प्रवेश गर्नका लागि मात्रै काम गर्दै आफैलाई खर्चन्छौँ। यो त प्रभुसँग लेनदेन गर्ने प्रयास गर्नु हो। यसरी जिउँदा त प्रभुको इच्‍छासँग अलिकति पनि मिल्दैन। धर्मशास्‍त्रले स्पष्ट रूपमा भन्छ: ‘त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु’ (लेवी ११:४५)। ‘साँचो-साँचो म तिमीलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ’ (यूहन्‍ना ८:३४-३५)। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ, र स्वर्गको राज्य उहाँको शासनमा छ। यो पवित्र स्थान हो। परमेश्‍वरले फोहोरी मानिसलाई उहाँको पवित्र स्थान अपवित्र पार्न दिनुहुनेछैन। प्रभुको विरुद्धमा सधैँ पाप गर्ने, विरोध गर्ने, र विद्रोह गर्नेहरू सबै अझै पनि पापका दास हुन्छन्, र तिनीहरू परमेश्‍वरको राज्य प्रवेश गर्न किमार्थ सक्दैनन्।” सिस्टरको सङ्गति सुनेपछि मैले भनेँ, “तपाईंले ठीक भन्‍नुभयो। हामीले हाम्रो विश्‍वासमा प्राय झूट बोल्‍ने र पाप गर्ने गर्छौँ र आफूलाई पापबाट मुक्त गर्न सक्दैनौँ। मैले यो कुरा निकै गहन रूपमा अनुभव गरेकी छु। यो कुराले मलाई सधैँ नै अन्योलमा पार्दै आएको छ। के हामी यसरी परमेश्‍वरको राज्यमा साँच्‍चै प्रवेश गर्न सक्छौँ त? मैले मेरो पाष्टर र अरू मण्डली सदस्यहरूबाट सल्‍लाह लिएँ, तर मैले कहिल्यै चित्तबुझ्दो उत्तर पाइनँ। तपाईंको सङ्गतिबाट, मैले बल्‍ल केही कुरा बुझिरहेकी छु। सधैँ पाप गरिरहने र शुद्धीकरण नपाएकाहरू परमेश्‍वरको राज्य प्रवेश गर्न सक्दैनन्। तर मैले अझै एउटा कुरा बुझेकी छैनँ, विश्‍वासी भएपछि हामीलाई प्रभुले क्षमा गरिसक्‍नुभएको भए पनि किन हामी अझै पाप गरिरहेका हुन्छौँ?”

मेरो प्रश्‍नको उत्तरमा, सिस्टरले सर्वशक्तिमान् परमेश्‍वरको वचनका केही खण्डहरू पढेर सुनाइन्: “मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्‍वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्‍न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा पाप स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट मुक्ति दिन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। … आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्‍ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। “येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसका स्वभावहरू पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। परमेश्‍वरको वचन पढेपछि, उनले मसित यस्तो सङ्गति गरिन्: “अनुग्रहको युगमा, प्रभु येशूले छुटकाराको काम मात्रै गर्नुभयो, मानवजातिको शुद्धीकरण र रूपान्तरणको काम गर्नुभएन। हामी सबैलाई थाहा छ, पुरानो करारको व्यवस्थाको युगको अन्त्यतिर, व्यवस्था पालना नगर्दा, मानिसहरूले व्यवस्थाद्वारा मृत्युदण्ड पाउने खतरा हुन्थ्यो। त्यसपछि परमेश्‍वर व्यक्तिगत रूपमै देह बन्‍नुभयो र उहाँले मानवजातिको पापबलिको रूपमा क्रूसमा टाँगिएर मानिसलाई पापबाट छुटकारा दिनुभयो। त्यसकारण मानिसहरूले प्रभुसित पाप स्विकारे र पश्‍चात्ताप गरे भने, तिनीहरूको पाप क्षमा हुन्छ, र तिनीहरूले प्रभुबाट प्रशस्‍त अनुग्रह, शान्ति र खुसी पाउन सक्छन्। यो पापक्षमाले अबउप्रान्त व्यवस्थाअन्तर्गत मृत्युदण्ड नदिइने कुरालाई जनाउँछ। यसको अर्थ मानिस पापमुक्त भएको छ भन्‍ने हुँदैन, न त यसको अर्थ मानिसले फेरि कहिल्यै पाप गर्नेछैन भन्‍ने नै हुन्छ। हाम्रो विश्‍वासमार्फत हाम्रो पाप क्षमा गरिएको हुन्छ, तर हाम्रो पापी प्रकृति अझै पनि हामीभित्र जरा गाडेर बसेको हुन्छ। हामी घमण्ड, छल, र दुष्टताजस्ता शैतानी स्वभावले भरिएका हुन्छौँ। उदाहरणको लागि, हामी आफ्‍ना हितहरू रक्षा गर्न झूट बोल्दै र धोका दिँदै आफ्‍नो विवेकविरुद्ध पनि जान्छौँ। यदि मानिसहरूले हामीले चाहेअनुसार गरेनन् भने, हामी रिसाउँछौँ र तिनीहरूलाई धिक्‍कार्छौँ। हामी हैसियतको लागि प्रतिस्पर्धा गर्छौँ र नाफा खोज्छौँ, हामी डाहा र झगडा गर्छौँ। हामी दुष्ट सांसारिक प्रचलनहरू पनि पछ्याउँछौँ र देहका आनन्दहरू लिन्छौँ, र आदि इत्यादि कुरा गर्छौँ। पाप गर्नु प्रभुको इच्‍छाअनुरूप छैन भन्‍ने हामीलाई थाहा छ र हामी पश्‍चात्ताप गर्न र पाप स्विकार्न प्रायजसो प्रभुको अघि आइरहन्छौँ, तर त्यसपछि फेरि पनि पाप गरिरहन्छौँ। यो सब हाम्रो शैतानी प्रकृतिको परिणाम हो। यदि हामीले हाम्रो पापी प्रकृतिको जड समाधान गरेनौँ भने, हाम्रो पाप पनि डाँट काटिएको झारजस्तै हुनेछ, जुन तलबाट तुरुन्तै बढेर आइहाल्छ। त्यसकारण, परमेश्‍वरले आखिरी दिनहरूमा हाम्रो पापी प्रकृतिको पूर्ण समाधान गर्दै, हाम्रो भ्रष्ट स्वभाव धुँदै र रूपान्तरित गर्दै न्यायको काम गरिरहनुभएको छ, ताकि हामीले पाप गर्न वा परमेश्‍वरको विरोध गर्न छोड्न सकौँ। स्वर्गको राज्य प्रवेश गर्न लायक हुने एउटै उपाय यही हो।”

ती सिस्टरको सङ्गति सुनेर, मैले के बुझेँ भने, पापक्षमा भनेको प्रभुले हाम्रो पाप क्षमा गर्नुभएको मात्र हो, तर यसको अर्थ हामी पापी हुँदैनौँ भन्‍ने होइन। न त यसको अर्थ पाष्टरले दाबी गरेजस्तो, प्रभुले असीमित रूपमा हाम्रो पाप क्षमा गर्नुहुन्छ भन्‍ने नै हुन्छत। ती सिस्टरको सङ्गति अत्यन्तै व्यावहारिक र पूर्ण रूपमा बाइबलअनुरूप थियो: “किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानी-जानी पाप गर्छौं भने, त्यसउप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन” (हिब्रू १०:२६)। पाष्टरको कुराले मलाई अन्योलमा पार्ने गर्थ्यो। प्रभु पवित्र हुनुहुन्छ। हामीले सधैँ पाप गरे पनि के उहाँले हामीलाई साँच्‍चै आफ्‍नो राज्यमा लैजानुहुन्छ त? मैले यो कुरा पत्ता लगाउन सकेकी थिइनँ, त्यसकारण मैले पाष्टरको कुरा पत्याएर बाइबल पढिरहेँ, प्रार्थना गरिरहेँ र पाप स्विकारिरहेँ, अनि प्रभु आउनुभएपछि उहाँले हाम्रो पापलाई हेर्नुहुन्‍न बरु सीधै हामीलाई उहाँको राज्यमा लैजानुहुनेछ भन्‍ने आशा गरिरहेँ। यसबारेमा अहिले सोच्दा, त्यो त अत्यन्तै आधारहीन धारणा रहेछ भन्‍ने थाहा हुन्छ। प्रभु फर्कनुभएपछि उहाँले मानिसलाई शुद्ध पार्न न्यायको काम गर्नुहुनेछ भनेर ती सिस्टरले भनेकी थिइन्, त्यसकारण परमेश्‍वरले यो काम कसरी गर्नुहुनेछ भनेर मैले उनलाई हतारहतार सोधेँ। उनले धैर्यसाथ उत्तर दिइन्, “बाइबलमा यसबारेमा धेरै अगमवाणीहरू दिइएका छन्। उदाहरणको लागि: ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ’ (यूहन्‍ना १६:१२-१३)। ‘मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ’ (यूहन्‍ना १२:४८)। यी पदहरूले के देखाउँछन् भने आखिरी दिनहरूमा परमेश्‍वरले मानवजातिलाई न्याय गर्न र शुद्ध पार्न सत्यता व्यक्त गर्नुहुनेछ। अहिले प्रभु येशू आखिरी दिनहरूका सर्वशक्तिमान्‌ परमेश्‍वरका रूपमा देहधारी भएर आउनुभएको छ। उहाँले मानिसको पापी प्रकृति र शैतानी स्वभाव समाधान गर्न, र अन्तिममा मानवजातिलाई शैतानको प्रभावबाट मुक्त गर्नको लागि सत्यता व्यक्त गर्नुहुन्छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ।” त्यसपछि उनले मलाई परमेश्‍वरका वचनहरू पाठ गरिएका भिडियोहरू देखाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्‍नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्‍वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्‍दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्‍न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्‍वस्त हुन सक्छ, र त्यसमाथि परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्‍वरद्वारा गरिएको न्यायको काम हो” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। “यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))।

भिडियोहरू हेरिसकेपछि ती सिस्टरले मलाई सङ्गति दिइन्: “आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले मुख्य रूपमा भ्रष्ट मानवजातिको शैतानी प्रकृतिलाई अनि उहाँको प्रतिरोध गर्ने र उहाँविरुद्ध पाप गर्ने विभिन्‍न शैतानी स्वभावहरूलाई न्याय र खुलासा गर्न सत्यता प्रयोग गर्नुहुन्छ। यसको साथै, उहाँले हामीले हाम्रो विश्‍वासमा अभ्यास गर्नुपर्ने सबै सत्यताहरू पनि स्पष्ट पार्नुहुन्छ—उदाहरणको लागि, परमेश्‍वरसँग कसरी सामान्य सम्‍बन्ध निर्माण गर्ने, सामान्य मानवतामा कसरी जिउने, परमेश्‍वरलाई कसरी प्रेम गर्ने र कसरी उहाँमा समर्पित हुने, परमेश्‍वरलाई उहाँको इच्‍छाअनुसार कसरी विश्‍वास र सेवा गर्ने, र यस्तै अन्य कुराहरू। हामीले परमेश्‍वरका वचनहरूको न्याय र सजायमार्फत हामीलाई शैतानले कति गहन रूपमा भ्रष्ट तुल्याएको छ, र हामी कसरी अहङ्कार, छल, र दुष्टताजस्ता शैतानी स्वभावले भरिएका छौँ भन्‍ने कुरा देख्‍न सक्छौँ। हामी थोरै पनि मानव स्वरूपमा जिउँदैनौँ, र हामी शैतानका मूर्त रूप हौँ र हामी परमेश्‍वरसामु जिउन लायक छैनौँ। हामीले कुनै पनि उल्‍लङ्घन नसहने परमेश्‍वरको धर्मी स्वभाव पनि चिन्‍न सक्छौँ, अनि आफूलाई घृणा र तिरस्कार गर्न र परमेश्‍वरसँग पश्‍चात्ताप गर्न थाल्छौँ। त्यसपछि हाम्रो भ्रष्ट स्वभाव क्रमिक रूपमा बदलिँदै जान सक्छ, र हामीमा परमेश्‍वरप्रति केही डर, र केही समर्पण हुन्छ।” त्यसपछि, उनले आफ्‍ना केही अनुभव सुनाइन्। उनले भनेअनुसार, उनले पहिले प्रभुमा विश्‍वास गर्दा, प्रभुको लागि आफूलाई अर्पित गरेकी, धेरै त्याग गरेकी, कठिनाइहरू अनुभव गरेकी र मूल्य चुकाएकी हुनाले, उनले प्रभुलाई सबैभन्दा बढी प्रेम गर्छिन् र उनी अरूभन्दा असल छिन् भन्‍ने सोच्थिन्। उनले यसलाई पूँजीको रूपमा प्रयोग गरेर अरूलाई नीच नजरले हेर्थिन्, र मुकुट र इनाम पाउन उनी नै सबैभन्दा उपयुक्त व्यक्ति हुन् भन्‍ने सोच्थिन्। सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम ग्रहण गरेपछि, उनले मानवजातिलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढिन्। उनले यो खण्ड हेरिन्: “आफैलाई चिन्नुको सत्यतामा केही प्रयास लगाउनु नै तिमीहरूका लागि उत्तम हुनेथ्यो। परमेश्‍वर किन तिमीहरूको सराहना गर्नुहुन्न? किन तिमीहरूको स्वभाव उहाँका लागि घृणास्पद छ? किन तिमीहरूको बोलीले उहाँको घृणा जगाउँछ? तिमीहरू अलिकति बफादारी प्रदर्शन गरेपछि आफ्नै प्रशंसा गाउँछौ; तिमीहरू एउटा सानो योगदान दिएपछि इनामको माग गर्छौ; तिमीहरू थोरै समर्पणता देखाएपछि अरूलाई हेयको नजरले हेर्छौ, र केही मामुली कार्य पूरा गरेपछि परमेश्‍वरप्रति तिरस्कारपूर्ण बन्छौ। … परमेश्‍वरमा विश्‍वास गरेको पूर्ण रूपमा राम्ररी जान्दा जान्दै पनि तिमीहरू परमेश्‍वरसँग मिल्ने हुन सक्दैनौ। तिमीहरू पूर्ण रूपमा योग्यता बिनाका छौ भन्‍ने राम्रोसँग जान्दा जान्दै पनि तिमीहरू घमण्ड गरिरहन्छौ। के तिमीहरूलाई तिमीहरूको समझ नियन्त्रणभन्दा बाहिर हुने बिन्दुसम्म पुगिसक्यो भन्‍ने लाग्दैन?” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टसँग नमिल्नेहरू निश्‍चय नै परमेश्‍वरका विरोधी हुन्)। यो पढेपछि उनलाई पीडा र लाज भयो। त्यसपछि उनलाई के महसुस भयो भने उनले आफूलाई उचाल्‍ने र अरूलाई नीच नजरले हेर्ने उनको मनोवृत्ति र उनी मुकुट पाउन लायक छिन् भन्‍ने उनको विश्‍वास उनको अहङ्कारी शैतानी प्रकृतिबाट आएको हो। उनले परमेश्‍वरमा समर्पित हुन आफूलाई खर्चेकी थिइनन्, यो त आशिष्‌हरू पाउन र परमेश्‍वरसँग लेनदेन गर्नको लागि थियो भन्‍ने उनलाई महसुस भयो। उनले आफ्‍नो अहङ्कारी, शैतानी स्वभाव, साथै उनको विश्‍वासको अशुद्धतालाई बुझिन्। उनले आफू शैतानी स्वभावले भरिएको भए पनि लाज नमानी र अनुचित रूपमा अझै आशिष्‌ पाउने र स्वर्गको राज्यमा प्रवेश पाउने अपेक्षा गरेको कुरा देखिन्। उनले आफैलाई घृणा र तिरस्कार गर्न थालिन्, र उनले आफूलाई अरूभन्दा असल ठान्‍न छोडिन्। उनले परमेश्‍वरप्रतिको आफ्‍नो प्रेमबारे धाक लगाउने वा उहाँबाट आफ्‍नो इनाम र मुकुट माग गर्ने आँट गर्न छोडिन्। बरु, उनले असल विश्‍वास लिएर परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नुपर्छ, आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍ने प्रयास गर्नुपर्छ, र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न सक्दो गर्नुपर्छ भन्‍ने थाहा पाइन्। उनको सङ्गति सुनेपछि, परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम कसरी गर्नुहुन्छ भन्‍ने कुरा मैले अझै राम्ररी बुझेँ। मलाई उनको अनुभव गवाही अत्यन्तै व्यावहारिक र उपयोगी लाग्यो। मैले सोचेँ, म पनि त्यस्तै छु—पाष्टरले मलाई निगाह गर्थे र कामहरू दिन्थे, त्यसकारण म आफूलाई मेरा ब्रदर-सिस्टरहरूभन्दा असल छु भन्‍ने ठान्थेँ र तिनीहरूलाई नीच नजरले हेर्थेँ। घरमा, म सबैको जीवन ममा केन्द्रित हुनुपर्छ भन्‍ने सोच्थेँ। त्यो मेरो आफ्‍नै अहङ्कारी स्वभाव थियो। परमेश्‍वरको आखिरी दिनहरूको न्याय र सजायमार्फत म पनि शुद्ध र रूपान्तरित हुन सक्छु भन्‍ने थाहा भयो। हामीले राती अबेरसम्‍म कुरा गर्‍यौँ र मलाई धेरै आत्मिक भरणपोषण र सन्तुष्टि प्राप्त भयो।

पछि, मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू धेरै पढेँ र मलाई थाहा भयो, परमेश्‍वरका वचनहरूले मानवजातिको भ्रष्टतापछाडि रहेको सत्यता र परमेश्‍वरको कामका रहस्यहरू मात्रै खुलासा नगरी, भ्रष्ट स्वभाव कसरी हटाउने, अर्थपूर्ण जीवन कसरी जिउने र सत्यताका अरू धेरै पक्षहरूबारे पनि विस्तृतमा बताउँदा रहेछन्। मलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सत्यता र परमेश्‍वरको आवाज हुन् भन्‍ने महसुस भयो। म सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुराप्रति पूर्ण विश्‍वस्त भएँ र औपचारिक रूपमै सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम ग्रहण गरेँ। म पापमा जिएर यसको बन्धनबाट आफूलाई मुक्त गर्न नसक्‍ने अवस्थामा प्रभुलाई विश्‍वास गरेर बिताएका ती वर्षहरूलाई फर्केर हेर्छु—स्वर्गको राज्यमा कसरी प्रवेश गर्ने भन्‍नेबारे म अत्यन्तै अन्योलमा थिएँ। अहिले मैले बल्‍ल शुद्धीकरण पाउने र स्वर्गको राज्य प्रवेश गर्ने मार्ग भेट्टाएकी छु! सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: ७१. ज्ञानको कमीलाई बहाना बनाउन मिल्दैन

अर्को: ७३. झूटो प्रतिवेदनको सामना

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्