७१. ज्ञानको कमीलाई बहाना बनाउन मिल्दैन

सन् २०२१ मे महिनामा, म मण्डली अगुवा चुनिएँ र मुख्यगरी भिडियोको कामको प्रभारी बनाइएँ। यो कर्तव्य निर्वाह गर्नेबारे म अलिक चिन्तित भएँ र मनमनै सोचेँ, “मैले विगतमा केही भिडियो निर्माण गरेकी छु, तर यस क्षेत्रसम्बन्धी मेरा सीपहरूमा अझै पनि कमी छ। के म साँच्चै राम्ररी यो कामको सुपरिवेक्षण गर्न सक्नेछु? मैले राम्रो प्रदर्शन गरिनँ र मलाई प्रतिस्थापन गरियो भने, मेरा ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्नेछन्? साथै, मैले सुपरिवेक्षण गरिरहेका सबै मानिससँग मभन्दा राम्रो प्राविधिक ज्ञान छ—मैले तिनीहरूको कर्तव्यमा रहेका समस्या पहिचान गरिनँ र ठोस सुझावहरू दिन सकिनँ भने, तिनीहरूले पक्कै पनि मलाई अप्रभावकारी सुपरिवेक्षक, र अगुवा हुन अयोग्य सिकारु ठान्नेछन्।” तर मलाई आफूले पहिले यो नयाँ कर्तव्य स्विकार्नुपर्छ र मण्डलीका प्रबन्धप्रति समर्पित हुनुपर्छ भन्‍ने थाहा थियो।

जतिसक्दो चाँडो कामलाई तीव्रता दिन, म ब्रदर-सिस्टरहरूले कामका बारेमा गर्ने जुनसुकै छलफलमा बस्थेँ। सुरुमा, म ध्यान दिएर सुन्थेँ, तर, बिस्तारै मैले आफूले त्यहाँ प्रयोग भइरहेका धेरै पेसागत सीप नबुझ्ने र एकदुई शब्द पनि बोल्न नसक्ने कुरा थाहा पाउन थालेँ। मलाई चिन्ता लाग्थ्यो, यदि ब्रदर-सिस्टरहरूले मेरो दृष्टिकोण सोधे र मैले कुनै ठोस सुझाव दिइनँ भने तिनीहरूले म आफ्नो क्षमता ज्यादा आँकिरहेकी छु, र म आफै राम्रोसँग बुझ्दै नबुझ्ने हुनाले तिनीहरूको कामको जाँच गर्न योग्य छैन भन्‍ने सोच्लान्। के तिनीहरूले मलाई तुच्छ ठान्नेछन्? अगुवाको छवि बनाइराख्न परमेश्‍वरका वचनबारे आफ्नो बुझाइ बताउने बाहेक, म हाम्रो छलफलमा र भेलाको बेला कामबारे गरिने समीक्षामा एउटा कुरा पनि बोल्दिनँथेँ। म भिडियो निर्माणको पेसागत पक्षसँग सम्बन्धित छलफलमा भाग लिन वा त्यसमा ध्यान दिन चाहन्नथेँ। मैले थोरै बोझ वहन गर्न पनि छोडेँ, र म सधैँ सोच्थेँ, “म त्यसै पनि कामकुराको प्राविधिक पक्ष बुझ्दिनँ, त्यसैले म मुख्य गरी तिनीहरूको जीवन प्रवेशमा देखिएका समस्या मात्र समाधान गर्नेछु। प्राविधिक समस्याहरूको हकमा, तिनीहरूलाई परमेश्‍वरमा भर पर्न, प्रार्थना गर्न र आफैमाझ छलफल गर्न छोड्दिनेछु।” मलाई याद छ, एक पटक एउटा सिस्टरले सुझाव माग्दै आफूले काम गरिरहेको एउटा भिडियो समूहमा पठाएकी थिइन्। त्यतिबेला मैले सोचेँ, म निर्माणको प्राविधिक पक्ष नबुझ्ने भएकाले, म त्यो भिडियोमा कुनै समस्या पत्ता लगाउन सक्नेछैन, र त्योभन्दा बढी त, मैले सबैसामु केही गलत बोलिहालेँ भने मेरो पूरै बेइज्जत हुनेछ, त्यसैले मैले कुनै सुझाव दिने योजना बनाइनँ, भिडियो पनि ध्यान दिएर हेरिनँ। पछि, एक जना समूह अगुवाले ती सिस्टरको भिडियोमा एउटा समस्या पाए, र मैले त्यो देखे नदेखेको बारेमा सोधे। म लाजले रातोपिरो भएँ, किनभने मैले त्यो भिडियो ध्यान दिएर हेरेकी थिइनँ। पोल नखुलोस् भनेर, म आफ्नो समीक्षा प्रदान गर्न र अरूले भनेका कुराको सारांश निकाल्न हरेक छलफलको अन्तिमसम्म पर्खन्थेँ, वा “यहाँ भनिएका कुरामा म धेरै हदसम्म सहमत छु, मसँग यसमा थप्नुपर्ने कुनै कुरा छैन” भन्ने जस्तो छोटो, झाराटारुवा टिप्पणी गर्थेँ। पूरै भेलाको दौरान मैले मुस्किलले केही भनेकी हुन्थेँ, र मलाई निकै लज्जा र कष्ट महसुस हुन्थ्यो—म त्यहाँ हुनु आवश्यक नै छैन भन्‍ने समेत लाग्थ्यो। त्यहाँपछि, म कामका प्राविधिक पक्षबाट झनै बच्न थालेँ, र समूह अगुवाको कामको जाँच बिरलै गर्थेँ। भेलाहरूको दौरान, म केवल मानिसको वर्तमान स्थितिको अन्दाज लगाउँथेँ, तिनीहरूले कर्तव्यमा बोझ उठाइरहेका छन् कि झारा मात्र टारिरहेका छन् भनी हेर्थेँ। जहाँसम्म तिनीहरूको भिडियो निर्माणसँग सम्बन्धित समस्या र कठिनाइहरूको कुरा छ, म तिनीहरूसँग विवरणको गहिराइमा जाने कष्ट गर्दिनँथेँ, सोच्थेँ, समूह अगुवाले यो सम्हाल्न सक्छन् र मैले पनि उचित प्राविधिक सीप भएका मानिसलाई नै यी समस्या हल गर्न दिनुपर्छ। यसले मैले तिनीहरूको समस्या हल गर्न नसकेमा म काम नलाग्ने व्यक्तिका रूपमा खुलासा गरिनबाट पनि रोक्नेथ्यो। म अझै पनि केही वास्तविक काम गर्न सक्ने जस्तो देखियोस् भनेर, जब म कोही खराब स्थितिमा रहेको वा नकारात्मक भएको देख्थेँ वा सुन्थेँ, तब म तुरुन्त परमेश्‍वरका वचन खोजेर तिनीहरूसँग सङ्गति गरेर सहयोग गर्थेँ। तर, तिनीहरूले आफूले काममा झेलिरहेको समस्या लिएर आउनेबित्तिकै म झाराटारुवा तरिकाले भन्थेँ, “जब हामी आफ्नो स्थिति सच्याउँछौँ र परमेश्‍वरमा भर पर्छौँ, तब परमेश्‍वरले यी समस्या हल गर्न हामीलाई अगुवाइ गर्नुहुनेछ।” मैले यसो भन्दा तिनीहरूको स्थितिमा अस्थायी सुधार हुन्थ्यो, तर तिनीहरूको कर्तव्यमा अर्को समस्या आइपर्नेबित्तिकै र तिनीहरूका समस्या नसुल्झिँदा, तिनीहरू फेरि नकारात्मक भइहाल्थे। म वास्तविक समस्या हल गर्न असफल भएकी, र मैले कामको जाँच तथा सुपरिवेक्षण नगरेकीले भिडियो निर्माणको काममा धेरै समस्या उत्पन्न भए, ब्रदर-सिस्टरहरूको प्राविधिक सीपमा पनि उल्लेखनीय सुधार भइरहेको थिएन, तिनीहरूले कर्तव्यमा सान्दर्भिक सिद्धान्त बोध गरेका थिएनन्, एउटै गल्ती बारम्बार गर्थे, र परिणामस्वरूप, कामको गुणस्तर खस्कियो। मेरा माथिल्लो अगुवाले यो समस्या औँल्याएर मलाई सहयोग गर्न खोजेका भए पनि, मसँग आफूबारे वास्तविक ज्ञान थिएन। त्यसको केही समयपछि नै, आफ्नो कर्तव्यमा वास्तविक काम गर्न नसकेकोमा मलाई प्रतिस्थापन गरियो।

अचानक प्रतिस्थापित भएपछि मलाई निकै नराम्रो लाग्यो, र मैले सोचिरहेँ, “हरेक दिन आफ्नो कर्तव्यमा व्यस्त भएर पनि म किन वास्तविक काम नगर्ने झुटो अगुवा हुन पुगेँ? मेरो असफलताको कारण के थियो?” त्यस समयमा, मैले झुटा अगुवाहरूलाई खुट्ट्याउनेबारे धेरै सत्यता पढेँ, र परमेश्‍वरले विश्लेषण गर्नुभएजस्तै वास्तविक काम गर्न असफल हुने झुटा अगुवाहरूका लगभग सबै व्यवहार म आफैले गरेका कुराहरूसँग मिल्थे। मानौँ, परमेश्‍वरले मेरो व्यक्तिगत रूपमै खुलासा गरिरहनुभएको छ। यो कुरा निम्न खण्डहरूको हकमा विशेष गरी साँचो छ: “झूटा अगुवाहरूको एउटा विशेषता भनेको सत्यता सिद्धान्तहरूसँग सम्बन्धित कुनै पनि समस्याहरू राम्रोसँग व्याख्या गर्न वा प्रस्ट पार्न नसक्नु हो। यदि कसैले तिनीहरूबाट खोजी गरेमा, तिनीहरूले उसलाई केही खोक्रा शब्द र धर्मसिद्धान्तहरू मात्र बताउन सक्छन्। समाधान गर्न आवश्यक समस्याहरू सामना गर्नुपर्दा, तिनीहरूले बारम्बार जवाफमा यस्तो वाक्य फर्काउँछन्, ‘तिमीहरू सबै जना यो कर्तव्य निर्वाह गर्नमा निपुण छौ। यदि तिमीहरूलाई समस्याहरू छ भने, तिमीहरू आफैले तिनको समाधान पत्ता लगाउनुपर्छ। मलाई नसोध; म कुनै विज्ञ होइन, र म बुझ्दिनँ। त्यसलाई तिमीहरू आफैले सम्बोधन गर।’ … झूटा अगुवाहरू मानिसहरूलाई टार्न र प्रश्नहरू छल्न प्रायः ‘म बुझ्दिनँ, मैले यो कुरा कहिल्यै सिकिनँ, म कुनै विज्ञ होइन’ भन्‍ने जस्ता कारण र बहानाहरू प्रयोग गर्छन्। तिनीहरू अत्यन्तै विनम्र देखिएलान्; तर, यसले झूटा अगुवाहरूको एउटा गम्भीर समस्या खुलासा गर्छ—तिनीहरूसँग निश्चित कार्यहरूमा पेशागत ज्ञानसम्बन्धी समस्याहरूबारे कुनै बुझाइ हुँदैन, तिनीहरू निरीह महसुस गर्छन् र अत्यन्तै अप्ठ्यारो र लज्जित महसुस गरिरहेको देखिन्छन्। त्यसोभए तिनीहरूले के गर्छन्? तिनीहरूले भेलाहरूका दौरान सबैसँग सङ्गति गर्न परमेश्‍वरका वचनका कैयौँ खण्डहरू जम्मा गर्न, र मानिसहरूलाई अर्ती दिन केही धर्मसिद्धान्तहरूबारे कुरा गर्न मात्र सक्छन्। अलिकति दया भएका अगुवाहरूले मानिसहरूप्रति चासो देखाउन र बेलाबेलामा उनीहरूलाई यस्तो सोध्न सक्छन्, ‘के तिमीहरूले आफ्नो जीवनमा हालसालै कुनै कठिनाइहरू सामना गरेका छौ? के तिमीहरूसँग लगाउनका लागि पर्याप्त कपडाहरू छन्? के तिमीहरूमध्ये कसैले चकचक गर्दै आएका छौ?’ यदि सबैले उनीहरूलाई ती समस्याहरू छैनन् भनेमा, तिनीहरूले ‘त्यसोभए कुनै समस्या छैन। आ-आफ्नो काम जारी राख; मैले अरू मामलाहरूमा सम्हाल्नु छ’ भनेर जवाफ दिन्छन्, र कसैले प्रश्नहरू सोध्ला र तिनलाई समाधान गर्न भन्ला, र तिनीहरूलाई लाजमर्दो परिस्थितिमा पार्ला भन्‍ने डरले हतारहतार त्यहाँबाट जान्छन्। झूटा अगुवाहरूले यसरी नै काम गर्छन्—तिनीहरूले कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। तिनीहरूले कसरी मण्डलीको काम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्छन् त? फलस्वरूप, समाधान नभएका समस्याहरूको थुप्रोले अन्ततः मण्डलीको कामलाई रोकावट पैदा गर्छ। यो झूटा अगुवाहरूले काम गर्ने तरिकाको सुस्पष्ट विशेषता र प्रकटीकरण हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२))। “अवश्य नै, एउटा अगुवा हुनु भनेको, व्यक्तिले हरप्रकारको पेशा बुझ्नैपर्छ भन्‍ने होइन, तर उसले समस्याहरू समाधान गर्न आवश्यक सत्यता सिद्धान्तहरू प्रस्ट रूपमा सङ्गति गर्नुपर्छ, चाहे ती समस्याहरू जस्तोसुकै पेशासँग सम्बन्धित होऊन्। जबसम्म मानिसहरूले सत्यता सिद्धान्तहरू बुझ्छन्, समस्याहरूलाई सोही अनुसार समाधान गर्न सकिन्छ। झूटा अगुवाहरूले ‘म यो कुरामा भुइँमान्छे हुँ; म यो पेशा बुझ्दिनँ’ भन्‍ने कारण प्रयोग गरेर समस्याहरू समाधान गर्नका लागि सत्यता सिद्धान्तहरू सङ्गति गर्नबाट पन्छिन्छन्। यो वास्तविक काम गर्नु होइन। यदि झूटा अगुवाहरूले निरन्तर ‘म यो कुरामा भुइँमान्छे हुँ; म यो पेशा बुझ्दिनँ’ भन्‍ने भनाइलाई समस्याहरू समाधान गर्नबाट पन्छिने कारणका रूपमा प्रयोग गर्छन् भने, तिनीहरू अगुवाइको कामका लागि उपयुक्त छैनन्। तिनीहरूले गर्नुपर्ने सर्वोत्तम काम राजीनामा दिनु र अरू कसैलाई आफ्नो ठाउँ लिन दिनु हो। तर के झूटा अगुवाहरूमा यस्तो समझ हुन्छ? के तिनीहरूले राजीनामा दिन सक्नेछन्? सक्नेछैनन्। तिनीहरूले यस्तो समेत सोच्छन्, ‘उनीहरू किन मैले कुनै काम गरिरहेको छैन भनेर भन्छन्? म हरदिन भेलाहरू राख्छु, र म यति व्यस्त हुन्छु कि समयमा खाना समेत खान पाउँदिनँ, र मेरो निद्रा पुगिरहेको छैन। समस्याहरू समाधान भइरहेका छैनन् भनेर कसले भन्छ? म भेलाहरू राख्छु र उनीहरूसँगै सङ्गति गर्छु, र म उनीहरूका लागि परमेश्‍वरका वचनका खण्डहरू खोज्छु।’ … देखिस् नि, झूटा अगुवाहरू वास्तविक काम गर्न सक्दैनन् तैपनि धेरै बहाना बनाउँछन्। त्यो साँच्चिकै निर्लज्ज र घिनलाग्दो कुरा हो! तेरो क्षमता अत्यन्तै कमजोर छ, तँ कुनै पेशाहरू बुझ्दैनस्, र तँ कुनै पनि पेशागत कामको हरेक पक्षमा संलग्न हुने सत्यता सिद्धान्तहरू बुझ्दैनस्—तँलाई अगुवाका रूपमा पाएर के काम? तँ बस मूर्ख र निकम्मा होस्! तैँले कुनै वास्तविक काम गर्न नसक्ने हुनाले, किन तँ अझै मण्डली अगुवाका रूपमा सेवा गरिरहेको छस् त? तँमा समझ छँदैछैन। तँमा आत्म-सचेतना नभएको हुनाले, तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको प्रतिक्रिया सुन्‍नुपर्छ र आफूले अगुवा हुने मानक पूरा गर्छु कि गर्दिनँ भनेर मूल्याङ्कन गर्नुपर्छ। तैपनि, झूटा अगुवाहरूले यी कुराहरूबारे कहिल्यै ख्याल गर्दैनन्। मण्डलीका काममा जतिसुकै ढिलाइ भएको भए पनि, र तिनीहरूले कैयौँ वर्ष अगुवाका रूपमा सेवा गर्दा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा जतिसुकै क्षति पुगेको भए पनि, तिनीहरूले त्यसबारे वास्ता गर्दैनन्। यो खाँटी झूटा अगुवाहरूको कुरूप मुहार हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२))। परमेश्‍वरका वचनले मेरो मनलाई घोच्यो। परमेश्‍वरले खुलासा गरेका झुटा अगुवाहरूको व्यवहार र विशेषता पूर्ण रूपमा मेरो वास्तविक स्थितिसँग मिल्थ्यो। परमेश्‍वर भन्नुहुन्छ, झुटा अगुवाहरूले आफ्नो प्राविधिक ज्ञानको कमीलाई कामका सबै पक्षको सुपरिवेक्षण र जाँच गर्ने काममा वास्तविक रूपमा संलग्न नहुनका लागि, र ब्रदर-सिस्टरहरूको कर्तव्यमा रहेका वास्तविक समस्या र कठिनाइहरू हल नगर्नुको बहानाका रूपमा प्रयोग गर्छन्। तिनीहरू शब्द र धर्मसिद्धान्त बोलेर सन्तुष्ट हुन्छन्, र खास, वास्तविक समस्या हल गर्नबाट बच्छन् वा भाग्छन्। म पनि ठ्याक्कै यस्तै व्यवहार गर्थेँ। अगुवा चुनिएदेखि नै आफूसँग भिडियो निर्माणको प्राविधिक ज्ञान नभएकाले मलाई यो कामको जाँच गर्दा मेरा कमीहरू खुलासा हुनेछन् भन्ने चिन्ता थियो। म ब्रदर-सिस्टरहरूले मलाई छर्लङ्ग देख्नेछन् र म सबैसामु लज्जित हुनेछु भनेर डराउँथेँ। मेरो आफ्नै हैसियत र प्रतिष्ठा जोगाइराख्न म आफ्नो प्राविधिक ज्ञानको कमीलाई कामका छलफलमा सहभागी नहुने बहानाका रूपमा प्रयोग गर्थेँ। म ब्रदर-सिस्टरहरूलाई तिनीहरूका समस्या र कठिनाइबारे बिरलै सोध्ने कष्ट गर्थेँ, मलाई तिनीहरूका समस्या हल गर्न नसकेर त्यस क्रममा मेरो इज्जत गुम्नेछ भन्‍ने डर थियो। कहिलेकाहीँ तिनीहरूले मलाई प्रश्न सोध्दा म केवल केही शब्द र धर्मसिद्धान्त बोलेर टार्ने गर्थेँ। के म तिनीहरूलाई छल गरिरहेकी थिइनँ र? बाहिरबाट म निकै व्यस्त देखिन्थेँ—भेला, सङ्गति गर्नमा व्यस्त भएजस्तो र मानिसहरूका समस्या हल गरेजस्तो र वास्तविक काम गरिरहेको जस्तो देखिन्थेँ—तर वास्तवमा म केवल आफ्नो प्रतिष्ठा बढाउन काम गरिरहेकी थिएँ र केही शब्द र धर्मसिद्धान्त मात्रै बोल्थेँ। म मानिसहरूसामु देखावटी रूप प्रस्तुत गरिरहेकी थिएँ, वास्तवमा, म सकेसम्म ब्रदर-सिस्टरहरूका सबभन्दा वास्तविक समस्याहरू सम्हाल्नबाट बच्ने गर्थेँ। ब्रदर-सिस्टरहरू समस्यासँग जुझिरहेको र त्यसले उनीहरूको स्थितिलाई प्रभावित पारिरहेको र तिनीहरूको कर्तव्यको नतिजामा असर गरिरहेको देखेर पनि मसँग तिनीहरूको समस्या हल गर्ने बोझको बोध थिएन। यसको साटो, मैले आफ्नो प्राविधिक ज्ञानको कमीलाई समस्या टाल्ने र पन्छाउने वा जिम्मेवारी समूह अगुवालाई सुम्पेर तिनीहरूलाई नै त्यसलाई सम्हाल्न लगाउने बहानाका रूपमा प्रयोग गरेँ। आफ्नो व्यवहारबारे चिन्तन गर्दा मैले आफूले बिलकुलै वास्तविक काम नगरिरहेको देखेँ। म केवल झाराटारुवा तरिकाले कार्य गरिरहेकी थिएँ, काम गरेजस्तो गरिरहेकी र छली भइरहेकी थिएँ। अगुवाका रूपमा, म परमेश्‍वरले भनेजस्तै “स्वाँठ” र “केही-न-कामको” थिइनँ र? मैले अगुवाको पदवी धारण त गरेकी थिएँ, तर ममा अलिकति पनि जिम्मेवारीबोध थिएन, म केवल आफ्नै प्रतिष्ठा र हैसियत जोगाउन काम गर्थेँ, अगुवा भएर गर्नुपर्ने कुनै पनि वास्तविक काम गर्दिनथेँ, मैले पूरा गर्नुपर्ने कुनै पनि जिम्मेवारी पूरा गर्दिनथेँ, यी सबैले भिडियोको कामलाई नराम्ररी प्रभावित गर्‍यो। म पूर्णतः झुटो अगुवा थिएँ र म कुनै पनि तरिकाले भरोसा योग्य थिइनँ। यो सबै महसुसु गरेपछि, मलाई निकै पछुतो भयो र पश्चात्तापमा मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई थाहा छ मेरा कार्यले तपाईँलाई चोट पुर्‍याएको छ, र तपाईँलाई तीदेखि घिन लागेको छ। म पश्चात्ताप गर्न इच्छुक छु र म बस मेरा भ्रष्ट स्वभाव र विद्रोहबारे थाहा पाउन मलाई मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नुहोस् भनी बिन्ती गर्छु।”

पछि, मैले परमेश्‍वरका वचनको यो खण्ड देखेँ, जसमा भनिएको थियो: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले सुरुमा सोच्ने कुरा यही हो, जुन तिनीहरूसँग ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ र यसैकारण मात्र तिनीहरू कामकुरालाई यसरी विचार गर्छन् भन्ने कुराको पर्याप्त प्रमाण हो। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरले ख्रीष्टविरोधीहरू प्रतिष्ठा र हैसियतलाई धेरै महत्त्व दिन्छन् र यसलाई आफ्नो जीवनरक्तका रूपमा हेर्छन् भनी प्रकाश गर्नुभएको छ। आफूलाई जुनसुकै परिस्थितिमा पाए पनि, वा आफूले जे गरिरहेको भए पनि तिनीहरूको मनसाय र सुरुआती बिन्दु सधैँ प्रतिष्ठा र हैसियतको वरिपरि केन्द्रित हुन्छ। आत्मचिन्तन गरेर मैले आफू पनि फरक नरहेकी पाएँ। म अगुवा चुनिएपछि, मैले कामको महत्त्वबारे, वा मैले परमेश्‍वरका अभिप्रायलाई कसरी ख्याल गर्ने वा काम कसरी राम्रोसँग गर्ने भनेर विचार गरिनँ, बरु आफ्नै प्रतिष्ठा र हैसियतबारे ख्याल गरेँ। म अरू ब्रदर सिस्टरहरूले म कामको प्राविधिक पक्ष बुझ्दिनँ र आफ्नो काम राम्रोसँग गर्न सक्दिनँ भन्ने देख्लान् भनेर चिन्ता गर्थेँ। मलाई आफू प्रकाश भएर प्रतिस्थापित हुनेछु भन्‍ने समेत डर थियो। अगुवाको कार्यकालभरि, मैले आफ्नो प्रतिष्ठा र हैसियत जोगाउनकै लागि काम गरिरहेँ, र आफ्ना कमीहरू लुकाउन म सधैँ प्राविधिक कामबाट बच्थेँ, र त्यसबारे सोधपुछ गर्दिनथेँ। मलाई मानिसले मेरा वास्तविक प्राविधिक क्षमताहरू देख्नेछन्, र म कामको सुपरिवेक्षण गर्न सक्षम छैन र अगुवा हुन लायक छैन भन्‍ने सोच्नेछन् भन्‍ने चिन्ता थियो। यसबाहेक, म वास्तविक काम गरिरहेकी छैन भन्‍ने तथ्यलाई लुकाउन र अुगवाको हैसियत जोगाइराख्न म भेलाहरू आयोजना गर्न, आफ्नो प्रतिष्ठा बलियो बनाउने खालका काम गर्नमा मात्र व्यस्त भएँ, म धर्मसिद्धान्तबारे मात्र बोल्थेँ, नारा लगाउँथेँ, र झाराटारुवा तरिकाले काम गर्थेँ। मैले ब्रदर-सिस्टरहरूलाई बहकाउन, र तिनीहरूलाई चलाखी गरेर म वास्तविक काम गर्दैछु भन्‍ने विश्‍वास दिलाउन म बाहिरबाट हेर्दा व्यस्त भएजस्तो र जिम्मेवारीबोध भएजस्तो देखाउने प्रयास गर्थेँ। म यो कपटपूर्ण, छली व्यवहारमा मात्र लाग्थेँ, र परिणामस्वरूप, भिडियोको काममा ढिलाइ भयो। मलाई आफू शैतानद्वारा गहिरोसँग भ्रष्ट तुल्याइएकी रहेछु भन्‍ने महसुस भयो। “रुखलाई बोक्रा चाहिएझैँ मानिसलाई इज्जत चाहिन्छ” र “हाँस जता-जता उडे पनि त्यसले त्यता-त्यता आफ्नो आवाज छोडिगएझैँ, मानिस जहाँ-जहाँ बस्छ त्यहाँ-त्यहाँ आफ्नो नाम छोडिजान्छ” भन्‍ने जस्ता शैतानी विष मेरो प्रकृति भएका थिए। म यस्ता विषअनुसार जिएकी थिएँ, र परमेश्‍वरमाथिको विश्‍वासमा कर्तव्य निर्वाह गर्दा आफ्नै प्रतिष्ठा र हैसियतलाई मात्र ख्याल गर्थेँ। मलाई मण्डलीको काम वा मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशको अलिकति पनि परवाह थिएन। म आफूलाई आफूले गर्नुपर्छ भनेर थाहा भएका कर्तव्यबाट पनि पछि हट्थेँ—म कत्ति स्वार्थी, घृणित, छली र धूर्त थिएँ!

मण्डली अगुवा भएको नाताले आफूसँग भिडियो निर्माणको प्राविधिक ज्ञान नभए पनि, मैले ब्रदर-सिस्टरसँग मिलेर काम गरी हामीले हाम्रो काममा सामना गरेका वास्तविक समस्याहरू हल गर्नुपर्थ्यो। त्यो मेरो जिम्मेवारी थियो र मेरो कर्तव्यअन्तर्गत कम्तीमा पनि गर्नुपर्ने काम थियो। तैपनि, मैले परमेश्‍वरका अभिप्रायलाई अलिकति पनि ख्याल गरिनँ, मैले केवल आफ्नो प्रतिष्ठा र हैसियत कायम राख्नेबारे ख्याल गरेँ। म सधैँ आफ्नो ज्ञानको कमीलाई वास्तविक काम टाल्ने, छल्ने र कार्यान्वयन नगर्ने बहानाका रूपमा प्रयोग गर्थेँ, जसले ब्रदर-सिस्टरहरूका समस्याको समाधानमा ढिलाइ गरायो, तिनीहरूलाई अभ्यासको मार्ग भेट्टाउनबाट रोक्यो र भिडियोको कामलाई नकारात्मक असर गऱ्यो। यी सबै मेरा अपराध थिए। मैले परमेश्‍वरको धर्मी स्वभावलाई रिस उठाउन सकिँदो रहेनछ भन्‍ने बुझेँ—मलाई प्रतिस्थापित गरिनु पूर्ण रूपमा मैले प्रतिष्ठा र हैसियत खोज्नु र ख्रीष्टविरोधीको मार्गमा हिँड्नुको परिणाम थियो। यदि म पश्चात्ताप गरेर रूपान्तरित भइनँ भने म पक्कै पनि प्रकाश गरिएर हटाइनेथिएँ।

पछि, मैले परमेश्‍वरका वचनको यो खण्ड देखेँ: “वास्तवमा, अगुवाको नाताले, कामको बन्दोबस्त गरेपछि, तैँले कामको प्रगतिबारे अनुगमन गर्नैपर्छ। तँ त्यस क्षेत्रको कामसित परिचित नभए पनि—तँसँग यसबारे कुनै ज्ञान नभए पनि—तैँले कुनै उपाय खोजेर आफ्नो काम गर्न सक्छस्। तैँले छानबिन गर्न र सुझावहरू दिनका लागि त्यसलाई साँच्चिकै बोध गरेको, सम्बन्धित पेसा बुझेको व्यक्ति भेटाउन सक्छस्। तिनीहरूका सुझावहरूबाट तैँले उचित सिद्धान्तहरू पहिचान गर्न सक्छस्, र त्यसरी तैँले कामको अनुगमन गर्न सक्‍नेछस्। सम्‍बन्धित पेसासित तँ परिचित भए पनि नभए पनि वा तैँले त्यसलाई बुझे पनि नबुझे पनि, तैँले कम्तीमा पनि उक्त कामको नेतृत्व लिनुपर्छ, यसको अनुगमन गर्नुपर्छ, र निरन्तर रूपमा यसको प्रगतिबारे सोधपुछ गर्नुपर्छ र प्रश्‍नहरू सोध्नुपर्छ। तैँले यस्ता मामलाहरूको बोध कायम राख्‍नुपर्छ; यो तेरो जिम्‍मेवारी हो, यो तेरो कामकै पाटो हो। कामको अनुगमन नगर्नु, काम अह्राइसकेपछि थप केही नगर्नु, यसबाट हात झिक्नु—यो झूटा अगुवाहरूको कामकुरा गर्ने तरिका हो। कामको अनुगमन नगर्नु वा त्यस सम्बन्धमा निर्देशन प्रदान नगर्नु, उत्पन्न भएका समस्याहरूबारे सोधपुछ नगर्नु वा तिनलाई समाधान नगर्नु, र कामको प्रगति वा प्रभावकारिता बोध नगर्नु—यी पनि झूटा अगुवाहरूका प्रकटीकरण नै हुन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४))। परमेश्‍वरका वचनले मलाई मण्डली अगुवा हुनका लागि कसैले सबै कुरा बुझ्नु र सब थोक गर्न सक्षम हुनु पर्दैन भन्‍ने बुझ्न मद्दत गर्‍यो। अगुवा र सेवकहरूसँग प्राविधिक ज्ञान भए पनि वा नभए पनि, तिनीहरूले अझै पनि काममा सक्रिय सहभागिता जनाउनुपर्छ, प्रगतिको लेखाजोखा राख्नुपर्छ र सुपरिवेक्षण गर्नुपर्छ, र समस्यालाई समयमै पत्ता लगाएर हल गर्नुपर्छ। कर्तव्यप्रति उनीहरूको मनोवृत्ति यस्तो हुनुपर्छ र परमेश्‍वरले अगुवा र कामदारहरूबाट यही माग गर्नुहुन्छ। मैले मण्डलीमा रहेका निश्चित अगुवा र कामदारबारे सोचेँ, जो प्राविधिक सीपहरू चाहिने निश्चित क्षेत्रका प्रभारी थिए—तिनीहरूमा केही कमीकमजोरी भए पनि, तिनीहरूले आफ्नो काममा बोझ उठाए समयबद्ध तरिकाले कामको प्रगतिको सुपरिवेक्षण गरी त्यसको अनुगमन गर्न सके, तिनीहरू सिद्धान्तअनुसार ब्रदर-सिस्टरहरूलाई आफ्नो कर्तव्य पूरा गर्न मार्गदर्शन गर्थे, र ब्रदर-सिस्टरहरूसँग मिलेर काम गरी एकअर्काका सबल पक्ष र कमजोरीको परिपूर्ति गर्थे। बिस्तारै, तिनीहरू निश्चित प्राविधिक सीपका साथै सत्यता सिद्धान्तहरू सिक्न थाल्थे, र तिनीहरूले आफ्नो कर्तव्यमा हासिल गर्ने नतिजामा क्रमिक सुधार हुन थाल्थ्यो। यसबाट मलाई नोआको कथा याद आयो। जब नोआले जहाज बनाउन थाले, उनले वास्तवमा पहिले कहिल्यै जहाज बनाएका थिएनन्, र उनलाई जहाज कस्तो देखिन्छ भन्‍ने पनि थाहा थिएन। तैपनि, उनी शुद्ध हृदयका थिए, उनी बोझ उठाउँथे र परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्थे। जब परमेश्‍वरले उनलाई केही गर्न भन्नुहुन्थ्यो, उनी उहाँका मागअनुसार काम गर्थे। अन्तमा, अलिअलि गर्दै जहाज निर्माण भयो र नोआले सफलतापूर्वक परमेश्‍वरको आज्ञा पूरा गरे। जहाँसम्म मेरो कुरा छ, मैले आफ्नो कर्तव्यलाई कसरी लिएँ? मण्डली अगुवाका रूपमा मैले परमेश्‍वरका अभिप्रायलाई कसरी ख्याल गर्ने, कसरी मण्डलीको काम राम्ररी पूरा गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने भन्‍ने विचार गरिनँ, बरु अगुवाको पदमा बसिरहेँ, र सधैँ आफूलाई अरूभन्दा राम्रो र सक्षम देखाउने तरिकाहरू खोजिरहेँ। मलाई आफूले प्राविधिक काममा भाग लिएँ भने आफ्ना कमीकमजोरी प्रकट हुनेछन्, र ब्रदर-सिस्टरहरूले मलाई हेयको नजरले हेर्नेछन् भन्‍ने डरले गर्दा, मैले सधैँ भिडियो निर्माणका प्राविधिक पक्षमा रहेको आफ्नो ज्ञानको कमीलाई सहभागी नहुने बहानाका रूपमा प्रयोग गरेँ—म कति अहङ्कारी पाखण्डी रहेछु! तबमात्र मलाई महसुस भयो, अगुवाका रूपमा उपाधि वा हैसियत नभई, बरु जिम्मेवारी र बोझ धारण गरिँदो रहेछ। मैले आफ्नो कमी कमजोरीलाई उचित रूपमा सामना गर्नुपर्थ्यो, र अगुवाको उपाधि र हैसियतप्रतिको मेरो लगावलाई हटाउनुपर्थ्यो। मैले परमेश्‍वरका अभिप्रायलाई ख्याल गरी मण्डलीको कामको बोझ लिनुपर्थ्यो, ब्रदर-सिस्टरसँग सौहार्दपूर्ण ढङ्गले सहकार्य गरी एकअर्काका सबल पक्ष र कमजोरीको परिपूर्ति गर्नुपर्थ्यो र मण्डलीको काम राम्ररी पूरा गर्नुपर्थ्यो। म कामका केही प्राविधिक पक्षसँग परिचित थिइनँ, तर तीसँग परिचित ब्रदर-सिस्टर खोजेर उनीहरूसँगै मिलेर खोजी र छलफल गर्न सक्थेँ। म उनीहरूलाई अझ धेरै सुझाव र विचार प्रदान गरिदिन भन्न सक्थेँ, र अभ्यासको मार्ग खोज्न र हाम्रा समस्याहरू समाधान गर्न सबैलाई मिलेर काम गर्न लगाउन सक्थेँ। यसरी काम गर्दा कामका सबै पक्ष सामान्य ढङ्गले अघि बढ्न सक्थ्यो। यदि खोजी र छलफल गरेर हामीले अझै पनि समस्या समाधान गर्न नसकेमा माथिल्ला अगुवाबाट मद्दत माग्न सक्थ्यौँ—यसले हाम्रो कामका कुनै पनि समस्या समयमै पहिचान हुने र समाधान हुने सुनिश्चित गर्थ्यो र मण्डलीको काममा ढिलाइ हुने थिएन। मैले यही गर्नुपर्थ्यो र म यही गर्न पूर्ण रूपमा सक्षम थिएँ। ममा मण्डलीको कामबारे जिम्मेवार मनोवृत्ति हुनुपर्छ, र आफू सक्षम रहेको काम हासिल गर्न आफूले सक्ने हरकुरा गर्नुपर्छ। यसो गरेर मात्रै मैले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरिरहेको हुनेथिएँ। मलाई विगतमा आफूले प्रतिष्ठा र हैसियतमा अति धेरै जोड दिने गरेकी रहेछु भन्ने महसुस भयो। मैले सधैँ आफ्नो प्राविधिक ज्ञानको कमीलाई एउटा बहानाका रूपमा प्रयोग गरेँ, आफ्नो प्रतिष्ठा र हैसियत जोगाउन सक्रिय भई काम गरेँ, र अन्ततः मण्डलीको भिडियोको काममा ढिलाइ गराएँ।

पछि, मैले परमेश्‍वरका वचनको यो खण्ड भेटेँ: “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्‍वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्‍ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्‍वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले उद्देश्यहीन, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्‍ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्‍ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनलाई मनन गरेर मैले बुझेँ, हामीले जुन कर्तव्य निर्वाह गरिहेका भए पनि, सधैँ सही अभिप्राय राख्नुपर्छ, व्यक्तिगत चाहना वा प्रतिष्ठा र हैसियतको आकाङ्क्षा पन्छाउनुपर्छ र मण्डलीको काम कायम राख्ने प्रयास गर्नुपर्छ। हामीले अरूले हाम्रोबारे के सोच्छन् भन्‍ने कुराको चिन्ता गर्नुहुँदैन, बरु परमेश्‍वरको छानबिन स्विकार्न र आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्षम हुनुपर्छ—यसो गरेर मात्र हामी सीधा र इमानदारीसँग जिउन सक्छौँ। मैले सोचेँ, अगुवाका रूपमा चुनिनु मेरो लागि अभ्यास गर्ने एउटा अवसर मात्र थियो, र यसको अर्थ म यस पदका लागि पूर्ण रूपमा योग्य छु भन्‍ने थिएन। मैले अझै पनि कर्तव्य निर्वाह गर्ने क्रममा निरन्तर सत्यताको खोजी गर्नुथियो, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न ब्रदर-सिस्टरहरूसँग मिलेर काम गर्नुथियो। तैपनि, म निकै विद्रोही थिएँ, मैले आफ्नो हैसियत र प्रतिष्ठालाई मात्र ख्याल गरेँ, वास्तविक काम गर्न असफल भएँ, यी सबै कुराले गर्दा मण्डलीको काममा हानि भयो र मलाई प्रतिस्थापन गरियो। परमेश्‍वरका अभिप्राय बुझेपछि मैले अबदेखि कर्तव्य निर्वाह गर्दा परमेश्‍वरका वचनअनुसार कार्य गर्ने, आफ्नो प्रतिष्ठा र हैसियतलाई ख्याल गर्न छोड्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्ने सङ्कल्प गरेँ।

त्यसको केही समय लगत्तै, मण्डलीले मलाई नयाँ विश्‍वासीलाई मलजल गर्ने काम तोक्यो, र केही महिनापछि मलाई समूह अगुवामा बढुवा गरियो। एक पटक फेरि, मलाई चिन्ता हुन थाल्योः “मैले लामो समयदेखि नयाँ विश्‍वासीलाई मलजल गरेकी छैनँ, मसँग अनुभवको कमी छ र नयाँ विश्‍वासीलाई मलजल गर्ने मेरो क्षमता अरू ब्रदर-सिस्टरहरूको भन्दा राम्रो छैन। के म साँच्चिकै प्रभावकारी समूह अगुवाका रूपमा सेवा गर्न सक्नेछु? मैले आफ्नो काम राम्ररी गरिनँ भने र मेराब्रदर-सिस्टरहरूका लागि अभ्यासक वास्तविक मार्गहरू सुझाउन सकिनँ भने के तिनीहरूले म समूह अगुवाका रूपमा सेवा गर्न अयोग्य छु भनी सोच्नेछन्? के मेरा अगुवाले ममा क्षमता र कार्य सामर्थ्यको कमी छ भनी सोच्नेछन्?” मलाई म फेरि आफ्नो प्रतिष्ठा र हैसियत कायम राख्न खोज्दैछु भन्ने आभास भयो। मैले विगतको असफलताबाट सिकेको पाठ सम्झेँ र हतार गरी प्रार्थनामा परमेश्‍वरसामु आएँ। प्रार्थना सकेपछि, मैले परमेश्‍वरका वचनको यो खण्ड देखेँ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्‍वरले देख्‍ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्‍वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्‍वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्‍वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचन पढेर म प्रष्ट भएँ र यसले मलाई अभ्यासको मार्ग दियो। मैले प्रतिष्ठा र हैसियतका निम्ति आफ्नो कमी कमजोरी छोप्नु र लुकाउनु हुँदैन। बरु आफ्नो कमजोरीप्रति उचित मनोवृत्ति राखी इमानदार व्यक्ति बन्ने अभ्यास गर्नुपर्छ, आफूले बुझेजति कार्यान्वयन गर्नुपर्छ र आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नुपर्छ। त्यसपछि मैले सक्रियतासाथ कामको प्रगति विवरण राख्न थालेँ, र जब म त्यस्ता समस्या सामना गर्थेँ, जसबारे ममा ज्ञानको कमी हुन्थ्यो वा जसलाई म आफैले सम्हाल्न सक्दिनथेँ, तब म समस्या समाधान गर्न मेरा ब्रदर-सिस्टरहरूसँगै खोजी गर्थेँ। प्रत्येक पटक छलफलका लागि ब्रदर-सिस्टरहरूले भेला आयोजना गर्दा म लगनशील भएर तिनीहरूबाट सिक्थेँ र तिनीहरूले बताएका अभ्यासका उपयोगी मार्गहरू आत्मसात गर्थेँ। म आफूलाई अक्सर दर्शनको सत्यताले सुसज्जित पनि गर्थेँ। केही समयसम्म यसरी अभ्यास गरेपछि मैले क्रमिक रूपमा केही सिद्धान्त बुझ्दै गएँ, कर्तव्यमा मेरो कार्यसम्पादन सुधार हुँदै गयो, र मलाई शान्ति र सहज महसुस हुन थाल्यो।

बर्खास्त गरिएको यस अनुभवमाथिको मेरो चिन्तनमा परमेश्‍वरका वचनले मलाई अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गरेका छन्, प्रतिष्ठा र हैसियतका लागि मैले गरेका प्रयास र त्यस्ता कार्यहरूका परिणामबारे सत्यताको ज्ञान मभित्र हालेका छन्। उहाँका वचनले मेरो गलत दृष्टिकोण सच्याउन पनि मद्दत गरेका छन्। यो सब परमेश्‍वरको प्रेम र मुक्ति हो!

अघिल्लो: ७०. म किन सिद्धान्तहरूमा अडिग रहन सक्दिनँ?

अर्को: ७२. स्वर्गको राज्य प्रवेश गर्ने मार्ग

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्