५९. आफ्नो कर्तव्यमा सही मनोवृत्ति हुनुको महत्त्व
अक्टोबर २०२० मा, मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेँ। मैले सक्रिय रूपमा भेलाहरूमा सहभागिता जनाएँ र परमेश्वरका वचनहरूको आफ्नो बुझाइबारे सङ्गति गरेँ, अनि दुई महिनापछि, म एउटा भेला समूहको अगुवा बनेँ। मलाई आफूले पहिलोपटक भेला सञ्चालन गरेको याद छ, म उत्साहित र घबराएकी दुवै थिएँ। म आफ्नो कर्तव्य निर्वाह गर्न उत्साहित थिएँ, तर म यदि आफूले राम्रोसँग सञ्चालन गर्न सकिनँ भने, मेरा ब्रदर-सिस्टरहरूले मलाई तुच्छ ठान्लान भन्ने डरले घबराएकी थिएँ। मैले हाम्रो मण्डली अगुवाले भेला सञ्चालन गर्ने तरिका एकदमै राम्रो छ भन्ने सोचेँ, त्यसैले मैले उनकै तरिकामा सञ्चालन गरेँ भने, भेला राम्रोसँग सञ्चालन गर्न सक्छु भन्नेमा म पक्का थिएँ। त्यसपछि, मण्डली अगुवाले मेरो प्रशंसा गर्नेथिए, र मेरा ब्रदर-सिस्टरहरूले मलाई मान गर्नेथिए। त्यसैले, मैले हाम्रो मण्डली अगुवाको नक्कल गरेर भेला सञ्चालन गरेँ। मैले मेरा ब्रदर-सिस्टरहरूलाई प्रश्नहरू सोध्दा, उनीहरूले मसँग अन्तरक्रिया गरे, अनि मैले सङ्गति गर्दा, उहाँहरूले सहमतिमा “आमेन” भने। भेलापछि, मण्डली अगुवाले मैले राम्रोसँग सञ्चालन गरेँ भनेर भने। अगुवाले प्रशंसा गरेको सुन्दा मलाई एकदमै खुसी र गर्व महसुस भयो। त्यसको केही समयपछि नै, मलाई मलजल डिकनका रूपमा छानियो। म एकदमै उत्साहित थिएँ, र आफ्नो क्षमता राम्रो भएकाले मलाई त्यस पदका लागि छानिएको हो भन्ने मैले सोचेँ। सुरुमा, मलाई काम कसरी गर्ने भन्ने थाहा थिएन, तर म मेरा ब्रदर-सिस्टरहरू मदेखि निराश होऊन् भन्ने चाहन्नथेँ। त्यसैले, हरेक भेलामा, मैले परमेश्वरका वचनहरूमा छलफल गरिएका महत्त्वपूर्ण तत्वहरू खोज्नमा ध्यान केन्द्रित गरेँ। त्यसरी, मेरो सङ्गति स्पष्ट हुनेथ्यो र मुख्य बुँदाहरूलाई समेटिनेथ्यो, र मेरा ब्रदर-सिस्टरहरूले ममा राम्रो बुझाइ छ भनी सोच्नेथिए र मेरो आदर गर्नेथिए। तर, मैले सङ्गति गरिसकेपछि, जब अरूको सङ्गति सुनेँ, तब आफूले बताएको कुरा त्यति स्पष्ट भएको छैन भन्ने याद गरेँ। म अत्यन्तै चिन्तित भएँ र सोचेँ, “म राम्रो सङ्गति गर्छु भनेर कसैले सोच्नेछैन, र सबैको ध्यान मैले भन्दा राम्रो सङ्गति गर्नेहरूमाथि हुनेछ।” मेरा ब्रदर-सिस्टरहरूले मलाई तुच्छ ठान्लान् भनेर म डराएँ, त्यसैले मैले सधैँ अझ राम्रो सङ्गति गर्ने प्रयास गरेँ। तर मैले परमेश्वरका वचनहरू मनन गर्न आफूलाई शान्त पार्न सकिनँ। मैले जति धेरै राम्ररी सङ्गति गर्न चाहेँ, उति नै मेरो सङ्गति खराब बन्यो। मैले सोचेँ, “मेरा ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्? के मण्डली अगुवा मदेखि निराश हुनेछन्? मेरो सङ्गति अरूको जस्तो स्पष्ट किन छैन? किन उनीहरू यति राम्रो सङ्गति गर्छन् तर म गर्न सक्दिनँ?” म हार स्वीकार गर्न अनिच्छुक थिएँ र अरूलाई उछिन्न मैले अझ कडा परिश्रम गर्नुपर्छ भन्ने सोचेँ।
केही महिनापछि, मण्डलीको कार्य आवश्यकताले गर्दा, मलाई सुसमाचार प्रचार गर्न पठाइयो। त्यहाँ पुगेपछि, मैले समूह अगुवाहरू को हुन् र मण्डली अगुवा को हुन् भनेर सोधेँ। मैले सोचेँ, जबसम्म म सक्दो गर्छु, तबसम्म म मण्डली अगुवाको अनुमोदन पाउन सक्छु र सम्भवतः समूह अगुवा बनाइन सक्छु। त्यसरी, मेरा ब्रदर-सिस्टरहरूले मलाई मान गर्नेथिए। सुसमाचार सुनाउँदा, आफूले नबुझेका वा गर्न नसकेका कुराहरूमा म अक्सर परमेश्वरलाई प्रार्थना गर्थेँ र उहाँमा भर पर्थेँ। केही समयपछि, मैले आफ्नो कर्तव्य निर्वाहमा केही राम्रा परिणाम पाएँ, र यसले मलाई एकदमै खुसी बनायो। तर मलाई दोषी पनि महसुस भयो किनभने मलाई आफूमा गलत मानसिकता छ भन्ने थाहा थियो। मैले आफूले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न चाहेकाले गर्दा नभई अरूले मलाई मान गरून् भन्ने चाहेकीले गर्दा कडा परिश्रम गरिरहेकी थिएँ। परमेश्वरले मेरो मन छानबिन गरिरहनुभएको थियो, र उहाँले मेरो पछ्याइलाई निश्चय नै घृणा गर्नुभयो। मैले परमेश्वरसामु आएर प्रार्थना गरेँ; म आफ्नो गलत अभिप्रायविरुद्ध विद्रोह गर्न इच्छुक थिएँ। प्रार्थना गरेपछि, मलाई अलि राम्रो महसुस भयो। तर, म अझै अक्सर अरूलाई मेरो मान गर्न लगाउने प्रयास नगरी सक्दै सक्दिनथेँ। अरूले आफ्नो कर्तव्य निर्वाहबाट राम्रा परिणामहरू प्राप्त गरेको देख्दा, म उनीहरूलाई उछिन्न चाहन्थेँ। यसरी सोच्नु गलत हो भन्ने मलाई थाहा थियो, तर मैले आफूलाई नियन्त्रण गर्न सकिनँ। म आफ्नो कर्तव्य पूरा गर्न आफूलाई शान्त पार्न सकिनँ। मेरो स्थिति झन्-झन् खराब हुँदै गयो, र म आफ्नो कर्तव्य पूरा गर्नमा प्रभावहीन बनेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, आफूलाई चिन्न उहाँलाई सहायता मार्गदर्शन मागेँ।
एक दिन, मैले एउटा अनुभवात्मक गवाही भिडियोमा परमेश्वरका वचनहरूको एउटा खण्ड देखेँ जसले मलाई आफ्ना बारेमा थोरै ज्ञान दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरू आशिष्हरू प्राप्त गर्नका लागि मन नलागी-नलागी आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू कर्तव्य निर्वाह गरेर आफूलाई प्रख्यात बनाउन र मानिसहरूको श्रद्धा पाउन सकिन्छ कि सकिन्न, र आफूले कर्तव्य निर्वाह गरेको कुरा माथिलाई वा परमेश्वरलाई थाहा हुन्छ कि हुँदैन भनेर समेत जिज्ञासु भई सोध्छन्। कर्तव्य पूरा गर्ने क्रममा तिनीहरूले विचार गर्ने कुराहरू यी मात्र हुन्। तिनीहरू सर्वप्रथम कर्तव्य निर्वाह गरेर के-कस्ता लाभहरू पाइन्छन् र आफूलाई आशिष् प्राप्त हुन्छ कि हुँदैन भन्ने कुरा निर्धारित गर्न चाहन्छन्। तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। तिनीहरू कसरी परमेश्वरका अभिप्रायहरू ख्याल गर्ने र परमेश्वरको प्रेमको ऋण तिर्ने, र मानिसहरूले परमेश्वरको मुक्ति र खुसी प्राप्त गर्न सकून् भनेर कसरी सुसमाचार प्रचार गर्ने र परमेश्वरको गवाही दिनेबारे कहिल्यै विचार गर्दैनन्, तिनीहरूले सत्यता बुझ्ने, वा आफ्नो भ्रष्ट स्वभाव समाधान गरेर मानव रूपमा कसरी जिउने भनेर खोजी गर्नु त झन् परको कुरा हो। तिनीहरू यी कुराहरूबारे कहिल्यै सोच्दैनन्। तिनीहरू आशिष् पाउन र लाभहरू प्राप्त गर्न सकिन्छ कि सकिँदैन, कसरी स्थिर पकड प्राप्त गर्ने, कसरी हैसियत पाउने, कसरी मानिसहरूबाट आदर पाउने, अनि मण्डली र भीडमा कसरी पृथक बन्ने र उत्कृष्ट बन्ने भनेर मात्रै विचार गर्छन्। तिनीहरू साधारण अनुयायी बन्न पटक्कै इच्छुक हुँदैनन्। तिनीहरू मण्डलीमा सधैँ प्रथम बन्न, अन्तिम निर्णय आफै गर्न, अगुवाहरू बन्न, र सबैलाई आफ्नो कुरा सुन्ने बनाउन चाहन्छन्। त्यसपछि मात्रै तिनीहरू सन्तुष्ट हुन्छन्। तिमीहरू ख्रीष्टविरोधीहरूको हृदय यस्ता कुराहरूले भरिएको हुन्छ भन्ने कुरा देख्न सक्छौ। के तिनीहरू साँचो रूपमा परमेश्वरमा समर्पित हुन्छन्? के तिनीहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य सच्चा तरिकाले निर्वाह गर्छन्? (गर्दैनन्।) त्यसोभए, तिनीहरू के गर्न चाहन्छन्? (शक्ति हात पार्न।) ठिक भन्यौ। तिनीहरू भन्छन्, ‘म त बाहिरी संसारमा सबैलाई जित्न चाहन्छु। कुनै पनि समूहमा म नै पहिलो हुनुपर्छ। म दोस्रोमा आउन इन्कार गर्छु, र म कहिले पनि कसैलाई पछ्याउने व्यक्ति बन्न चाहन्नँ। म अगुवा बन्न चाहन्छु र म रहेको मानिसहरूको समूहमा अन्तिम निर्णय आफै गर्न चाहन्छु। यदि मैले अन्तिम निर्णय गर्न पाउँदिनँ भने, म तिमीहरू सबैलाई मनाउने, तिमीहरू सबैलाई मेरो सम्मान गर्ने, र मलाई अगुवाका रूपमा छनौट गर्ने बनाउन सम्भव भएका सबै उपाय प्रयोग गरी हेर्नेछु। हैसियत पाएपछि, मैले नै अन्तिम निर्णय गर्न पाउँछु, र सबै जनाले मेरो कुरा सुन्नुपर्छ। तिमीहरूले मैले भनेबमोजिम काम गर्नुपर्छ, र तिमीहरू मेरो नियन्त्रणमा बस्नुपर्छ।’ ख्रीष्टविरोधीहरूले जे-जस्तो कर्तव्य निर्वाह गरे पनि, तिनीहरू आफूलाई उच्च पदमा, वरिष्ठताको पदमा राख्ने प्रयास गर्छन्। तिनीहरू साधारण अनुयायीका रूपमा रहेको आफ्नो स्थानप्रति सन्तुष्ट बन्न सक्दैनन्। अनि, तिनीहरू के कुरामा सबैभन्दा बढी उत्साहित हुन्छन्? मानिसहरूको अगाडि बसेर आदेश दिँदै र तिनीहरूलाई घुर्की लगाउँदै, उनीहरूलाई आफूले भनेअनुसार काम गर्न लगाउँदा। आफ्नो कर्तव्य कसरी उचित रूपमा निर्वाह गर्ने भनेर तिनीहरू कहिल्यै विचार गर्दैनन्—आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, सत्यता अभ्यास गर्न र परमेश्वरलाई सन्तुष्ट तुल्याउन सत्यता सिद्धान्तहरू खोजी गर्नु त झन् परको कुरा हो। बरु, तिनीहरू आफूलाई पृथक देखाउन, अगुवाहरूको नजरमा उच्च बन्न र बढुवा पाउनका लागि उपायहरू खोज्दै दिमाग खियाउँछन्, ताकि तिनीहरू आफै अगुवा वा सेवक बन्न सकून्, र अरूलाई नेतृत्व गर्न सकून्। तिनीहरूले सारा दिन यस्तै कुरा सोचिरहेका र आशा गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरू अरूको नेतृत्वमा हिँड्न इच्छुक हुँदैनन्, न त तिनीहरू साधारण अनुयायी हुन नै इच्छुक हुन्छन्, झन् तिनीहरूले प्रसिद्धिविना आफ्नो कर्तव्य चुपचाप निर्वाह गर्न चाहनु त परको कुरा हो। तिनीहरूको कर्तव्य जे भए पनि, यदि तिनीहरू अगाडि र केन्द्रमा पर्न सक्दैनन् भने, यदि तिनीहरूले अरूभन्दा माथि पुगेर अरूलाई अगुवाइ गर्न सक्दैनन् भने, तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्नु न्यास्रो लाग्छ, र तिनीहरू नकारात्मक बनेर सुस्त बन्न थाल्छन्। अरूको प्रशंसा वा आराधनाविना, तिनीहरूलाई काम त्यति रोचक लाग्दैन, र कर्तव्य निर्वाह गर्ने तिनीहरूको इच्छा घटेर जान्छ। यदि कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूले अगाडि र केन्द्रमा रहन र अन्तिम निर्णय गर्न पाउँछन् भने, तिनीहरू सशक्त महसुस गर्छन्, र कुनै पनि कष्ट भोग्नेछन्। कर्तव्यपालनको दौरान तिनीहरूले सधैँ व्यक्तिगत अभिप्रायहरू बोकेका हुन्छन्, र अरूलाई जित्ने आफ्नो जरुरत पूरा गर्न तिनीहरू सधैँ आफूलाई पृथक देखाउन, र आफ्नो इच्छा र महत्त्वाकाङ्क्षा पूरा गर्न चाहन्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरका वचनहरू पढेपछि, मैले आफूले गरेका सबै कुराबारे तुरुन्तै सोचेँ, मलाई मेरा सबै विचार र कार्य उज्यालोमा खुलासा गरिएका छन् जस्तो महसुस भयो। परमेश्वरका वचनहरूले के प्रकट गरे भने ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सत्यता कसरी पछ्याउने भनेर कहिल्यै सोच्दैनन्। बरु, तिनीहरू उच्च हैसियत पछ्याउँछन् र अरूलाई अगुवाइ गर्न चाहन्छन्। तिनीहरू अरूलाई आफूभन्दा माथि उठ्न दिँदैनन्, र तिनीहरू परमेश्वरको प्रतिरोध गर्ने मार्गमा हिँड्छन्। मैले मेरा विभिन्न व्यवहार कसरी ख्रीष्टविरोधीहरूका जस्तै थिए भनेर फर्केर सोचेँ: मैले आफ्नो कर्तव्य सुरु गर्नासाथ, अरू सबैले मलाई मान गरून् भन्ने चाहेँ। मैले भेलाहरू सञ्चालन गर्दा मण्डली अगुवाको नक्कल गरेँ। मैले भेलाको समयमा परमेश्वरका वचनहरू मनन गर्न धेरै परिश्रम गरेँ, स्पष्टसित र व्यवस्थित तरिकाले सङ्गति गर्ने आशा गरेँ। मेरो अभिप्राय भेलाहरूबाट राम्रा परिणामहरू हासिल गर्नु थिएन, बरु म राम्रो र स्पष्ट तरिकाले सङ्गति गर्छु भनेर सबैलाई देखाउनु थियो। त्यो मेरा ब्रदर-सिस्टरहरूको प्रशंसा पाउनका लागि थियो। सुसमाचार फैलाउन गएपछि, मैले परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर सोचिनँ। बरु, मैले पहिले समूह अगुवाहरू र मण्डली अगुवा को हुन् भनेर सोधेँ, म आफ्नो परिश्रमद्वारा समूह अगुवाका रूपमा छानिनेछु भन्ने आशा गरेँ। मैले मेरा ब्रदर-सिस्टरहरूको अगाडि देखावटी गर्न सक्दो प्रयास गरेँ र आफूलाई उनीहरूसँग तुलना गरेँ। अरूले आफ्नो कर्तव्य निर्वाहबाट राम्रा परिणामहरू प्राप्त गरेको देख्दा, म ईर्ष्यालु भएँ, र म सधैँ उनीहरूलाई उछिनेर सर्वश्रेष्ठ बन्न चाहन्थेँ। मैले गरेको हरेक कुरा आफ्नो प्रतिष्ठा र हैसियतका लागि थियो, र यो सब मेरो प्रतिस्पर्धात्मक चाहना पूरा गर्ने प्रयासमा थियो। परमेश्वरले मेरो पछ्याइलाई कसरी पो घृणा नगर्नुहुन्थ्यो र? कर्तव्य परमेश्वरबाटको आज्ञा हो, र यो हामीले पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारी हो, तर मैले यसलाई आफ्नै करियरजस्तो ठानेँ। मैले हैसियत पछ्याउन र मानिसहरूलाई मेरो मान गर्न लगाउने आफ्नो उद्देश्य हासिल गर्न आफ्नो कर्तव्य प्रयोग गरेँ। आफ्नो कर्तव्य निर्वाहमा यस्तो अनुचित अभिप्राय राख्नु कसरी परमेश्वरको अभिप्रायअनुरूप हुन सक्थ्यो र? मैले आफूलाई यति भ्रष्ट भएकामा घृणा गरेँ। मैले अब उप्रान्त यसरी जिउन चाहिनँ। मैले सकेसम्म चाँडो परिवर्तन हुन चाहेँ।
केही दिनपछि, मलाई सुसमाचार फैलाउन अर्को समूहमा सारियो। जब मैले पहिलो पटक सुरु गरेँ, तब म केवल सुसमाचार काममा ध्यान केन्द्रित गर्न र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न चाहन्थेँ। मैले त्यहाँका ब्रदर-सिस्टरहरूले आफ्ना कर्तव्य एकदमै राम्रोसँग पूरा गरेका देखेँ। सुसमाचार प्रचार गर्दा, उहाँहरू परमेश्वरको कामको सत्यताबारे एकदमै स्पष्ट रूपमा सङ्गति गर्थे, र सुसमाचार सुन्नेहरूमध्ये धेरै जना त्यो खोज्न र अनुसन्धान गर्न इच्छुक थिए। जब मैले कसरी मेरो आफ्नै प्रचार अप्रभावकारी छ र सत्यताबारे मेरो सङ्गति अस्पष्ट छ भन्नेबारे सोचेँ, तब मलाई आफू एकदमै निराशाजनक छु भन्ने लाग्यो। त्यो बेला, मेरो अहङ्कार बिस्तारै हराएर गयो। मैले अब उप्रान्त आफूलाई त्यस्तो उच्च ठान्ने आँट गरिनँ, र मैले अरूलाई मेरो मान गर्न लगाउने प्रयास गर्न चाहिनँ। सुरुमा, मैले केही परिवर्तन हासिल गरेकी छु भन्ने सोचेँ, तर मेरा ब्रदर-सिस्टरहरूले आफ्ना कर्तव्य राम्रोसँग पूरा गरेकामा प्रशंसा पाएको देख्दा, आफू ओझेलमा पर्न चाहिनँ। सुसमाचार फैलाउँदा, म उत्तेजित हुँदै मानिसहरूलाई प्रवचन सुन्न आमन्त्रित गर्थेँ, तर मैले उनीहरू साँच्चै परमेश्वरमा विश्वास गर्छन् कि गर्दैनन् वा उनीहरूले सुसमाचार प्रचारका लागि मागहरू पूरा गर्छन् कि गर्दैनन् भनेर पत्ता लगाउने प्रयास गरिनँ। परिणामस्वरूप, मैले केही अविश्वासीहरूलाई प्रवचनमा निम्त्याएँ, र केही समयपछि नै, उनीहरूले भेला समूह छोडे। म धेरै दुःखी भएँ र सोचेँ, “किन यस्तो भएको? मैले आफ्नो कर्तव्य प्रभावहीन ढङ्गमा निर्वाह गरेँ। मेरा ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्? के उनीहरूले मलाई आफूभन्दा खराब ठान्नेछन्?” ती दिनहरूमा, मलाई एकदमै नकारात्मक महसुस हुन्थ्यो, र मलाई भेलाको समयमा रुन मन लाग्थ्यो, तर म सधैँ परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झन्थेँ: “के मलाई मनमा राखेर तेरा उद्देश्यहरू र अभिप्रायहरू बनाएका छस्? के तेरा हरेक वचन र कार्यहरू मेरो उपस्थितिमा भनिन्छन् र गरिन्छन्? म तेरा सारा सोचाइ र विचारहरूलाई जाँच्छु। के तँ दोषी अनुभूति गर्दैनस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १३)। परमेश्वरका वचनहरूले मलाई मैले आफ्नो कर्तव्य निर्वाहमा आफूमा गलत अभिप्राय छ कि छैन भनेर थप चिन्तन र जाँच गर्नुपर्छ भनेर सम्झाए। चिन्तनद्वारा, मैले मेरो पुरानो समस्या फर्किएको छ भन्ने बुझेँ: म आफ्नो कर्तव्य राम्रोसँग पूरा गरेर मानिसहरूको ध्यान र उच्च सम्मान प्राप्त गर्न चाहन्थेँ। जब मैले यो बुझेँ, तब म एकदमै व्याकुल भएँ। हैसियतका लागि मेरो चाहना यति बलियो र मेरो भ्रष्टता यति गहिरो किन थियो? अझ खराब त, म यसप्रति भावशून्य थिएँ। मलाई आफ्नो अनुचित स्थिति थाहासमेत भएन।
एकपटक, मैले एउटी सिस्टरसँग आफ्नो स्थितिबारे छलफल गर्दै गर्दा, उनले मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड पठाइन्। त्यो पढेपछि मैले बल्ल आफूबारे केही ज्ञान पाएँ। परमेश्वरका वचनहरूले भन्छन्: “केही मानिसहरूले विशेष गरी पावलकै मूर्तिपूजा गर्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरू आयोजना गर्न र प्रचार गर्न मन पराउँछन्, अनि तिनीहरू मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको मूर्तिपूजा गरेको, र तिनीहरूको वरिपरि घुमेको मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् र तिनीहरू आफूले प्रस्तुत गर्ने छविलाई अरूले ध्यान दिएको मन पराउँछन्। अब यी प्रकटीकरणहरूबाट तिनीहरूको प्रकृति चिरफार गरौँ। तिनीहरूको प्रकृति के हो? यदि तिनीहरू साँच्चै यी प्रकटीकरणहरू देखाउँछन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन्, तिनीहरू परमेश्वरको आराधना पटक्कै गर्दैनन्, र तिनीहरूले उच्च हैसियत पछ्याउँछन् र अरूमाथि अख्तियार जमाउन, तिनीहरूलाई स्वामित्वमा लिन र तिनीहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् भन्ने कुरा देखाउन यो नै पर्याप्त छ। यो शैतानको प्रतिनिधिमूलक प्रतिरूप हो। तिनीहरूको प्रकृतिका सहजै देख्न सकिने पक्षहरू भनेका के हुन् भने, तिनीहरू अहङ्कारी र अभिमानी हुन्छन्, तिनीहरूले परमेश्वरको आराधना गर्दैनन्, र तिनीहरू अरूलाई आफ्नो आराधना गराउने प्रयास गर्छन्। त्यस्ता प्रकटीकरणहरूले तिनीहरूको प्रकृतिका बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरका वचनहरू पढेपछि, मैले आत्मचिन्तन गर्न थालेँ। परमेश्वर भन्नुहुन्छ, पावल मानिसहरूले तिनको आराधना गरेको र तिनको वरिपरि घुमेको मन पराउँथे, तिनलाई अरूको मनमा आफ्नो हैसियत बसाल्न मन पर्थ्यो, र तिनी आफूले प्रस्तुत गरेको छविलाई अरूले महत्त्व दिँदा त्यसको कदर गर्थे। म पनि मेरा ब्रदर-सिस्टरहरूले मलाई मान गरून् भन्ने चाहन्थेँ। भेलाहरूमा, म अरूले भन्दा राम्रो सङ्गति दिन चाहन्थेँ। आफ्नो कर्तव्य पूरा गर्दा, जब म अरूले आफ्नो कामबाट मैले भन्दा राम्रा परिणामहरू हासिल गरेको देख्थेँ, तब मेरो प्रतिस्पर्धात्मक प्रकृति देखा पर्थ्यो। म उनीहरूभन्दा राम्रो गर्न र उनीहरूलाई उछिन्न चाहन्थेँ। मैले भनेका र गरेका सबै कुरा महत्त्वाकाङ्क्षा र चाहनाले भरिएका थिए, र मेरो स्वभाव अत्यन्तै अहङ्कारी थियो। मेरो अभिप्राय र व्यवहार पावलको जस्तै थियो। पावलको प्रकृति घमण्डी र अहङ्कारी थियो। तिनले परमेश्वरको आराधना गरेनन्, तिनले चारैतिर देखावटी गरे र आफ्ना बारेमा गवाही दिए, तिनले अरूलाई तिनको मान र आराधना गर्न लगाउने प्रयास गरे, र तिनले अरू मानिसहरूको मनमा स्थान पाउन चाहे। म त्यस्तै थिएँ। मैले जुनै कर्तव्य निर्वाह गरे पनि, सबै कुरा परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्नका लागि नभई ख्याति र हैसियतका लागि गरेकी थिएँ, मेरो पछ्याइमा, म परमेश्वरको प्रतिरोध गर्दै थिएँ र उहाँद्वारा दोषी ठहरिने थिएँ। किनभने हैसियतको पछ्याइ भनेको ओहोदा वा उपाधि पाउनु मात्र होइन; त्यसको अर्थ मानिसहरूका मनमा स्थान पाउनु र अरूलाई तपाईँको आराधना गर्न लगाउनु हो। ठिक परमेश्वरले भन्नुभए जस्तै: “यो शैतानको प्रतिनिधिमूलक प्रतिरूप हो।” यो साँच्चै एकदमै डरलाग्दो कुरा हो! अरूको सममान जित्न, मैले आफ्नो कर्तव्य निर्वाहमा छिटो सफलतालाई पछ्याएँ, र सिद्धान्तविना सुसमाचार प्रचार गरेँ, जसले गर्दा केही अविश्वासी भेला समूहमा आए र सुसमाचार कामदारहरूको समय र शक्ति खेर गयो। यदि यी मानिसहरू त्यसपछि मण्डलीमा प्रवेश गरेका भए, अवस्था अझ बढी खराब हुनेथ्यो, र उनीहरूले मण्डलीको काममा बाधा पुऱ्याउन सक्थे। यस समस्याको प्रकृति अत्यन्तै गम्भीर थियो! यदि मैले पश्चात्ताप नगरेकी र म परिवर्तन नभएकी भए, परमेश्वरले मलाई निश्चय नै घृणा गर्नुहुनेथ्यो, त्यसैले मैले तबउसो हैसियत र अरूको सम्मान पछ्याउन चाहिनँ।
त्यसपछिका भेलाहरूमा, मैले मेरा ब्रदर-सिस्टरहरूको सङ्गति ध्यान दिएर सुनेँ र सबैले लगनशील भई आफ्नो कर्तव्य पूरा गरिरहेका देखेँ। एउटी सिस्टरको अनुभव मेरा लागि विशेष गरी मन छुने थियो। उनले आफ्नो कर्तव्य निर्वाहमा आउने कठिनाइहरूलाई जित्न उनी कसरी परमेश्वरमा भर परिन् र उनले कसरी सुसमाचार फैलाइन् भनेर सङ्गति दिइन्। यो सुनेपछि, मैले मनमनै सोधेँ, “के मैले आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक लिएकी छु? के म परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्दै छु? अरू सबैसँग विभिन्न वातावरणमा सत्यता अभ्यास गरेको वास्तविक अनुभव र गवाही छ। मसँग किन छैन? किन मेरो अभिप्राय आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नु होइन?” मलाई एकदमै दोषी महसुस भयो। मैले आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गरिनँ। मैले उचित रूपामा काम गर्नुको सट्टा, पूरै हृदयले मानिसहरूको सम्मान पछ्याएँ। म साँच्चै कुनै पनि कर्तव्य पाउन योग्य थिइनँ। त्यस समयमा, मैले गम्भीरतापूर्वक आत्मचिन्तन गरेँ, र पत्रुसको अनुभव सम्झेँ। पत्रुसले कहिल्यै देखावटी गरेनन् वा अरूको सम्मान खोजेनन्। तिनले हरेक कुरामा सत्यता खोज्न, आफ्नो भ्रष्टताबारे चिन्तन गर्न र त्यसलाई बुझ्न, अनि आफ्नो जीवन स्वभाव परिवर्तन गर्ने प्रयासमा ध्यान केन्द्रित गरे। तिनी परमेश्वरमाथिको विश्वासको सफल मार्गमा हिँडे। म आफ्नो स्वभाव परिवर्तन गर्न पनि चाहन्थेँ, त्यसैले म अक्सर परमेश्वरलाई प्रार्थना गर्थेँ, आफूलाई चिन्न उहाँलाई मार्गदर्शन माग्थेँ। जब-जब म आफ्नो कर्तव्य निर्वाहमा मानिसहरूको सम्मान पछ्याउन चाहन्थेँ, तब-तब म जानाजानी आफ्नो गलत अभिप्रायविरुद्ध विद्रोह गर्थेँ। म सकेसम्म चाँडो आफ्नो भ्रष्ट स्वभाव फाल्न र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न चाहन्थेँ।
एकदिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। परमेश्वरका वचनहरूले भन्छन्: “यदि परमेश्वरले तँलाई मूर्ख बनाउनुभयो भने, तेरो मूर्खतामा अर्थ हुन्छ; यदि उहाँले तँलाई बुद्धिमानी बनाउनुभयो भने, तेरो बुद्धिमत्तामा अर्थ हुन्छ। परमेश्वरले तँलाई जस्तोसुकै दक्षता दिनुभए पनि, तँ जेमा सिपालु भए पनि, तेरो आइक्यू जतिसुकै उच्च भए पनि, परमेश्वरले त्यसो बनाउनुमा उहाँको उद्देश्य थियो। यी सबै कुरा परमेश्वरद्वारा पूर्वनियोजित थिए। तैँले आफ्नो जीवनमा खेल्ने भूमिका र तैँले निर्वाह गर्न सक्ने कर्तव्य पनि परमेश्वरद्वारा धेरै अघिदेखि नै पूर्वनियोजित गरिएका थिए। कतिपय मानिसले अरूसँग आफूसँग नभएका सबल पक्षहरू छन् भन्ने देख्छन् र आक्रोशित महसुस गर्छन्। तिनीहरू अझ धेरै सिकेर, अझ धेरै देखेर, र अझ धेरै लगनशील भएर कामहरू परिवर्तन गर्न चाहन्छन्। तर तिनीहरू जतिसुकै लगनशील भए पनि, तिनीहरूले हासिल गर्न सक्ने कुराको एउटा सीमा हुन्छ, र तिनीहरू वरदान र दक्षता भएकाहरूलाई उछिन्न सक्दैनन्। तैँले जतिसुकै मेहनत लगाए पनि, त्यो व्यर्थ हुन्छ। परमेश्वरले तँ जे हुन पूर्वनियोजित गर्नुभयो, तँ त्यही होस्। उहाँ सबैलाई फरक-फरक वरदान र दक्षताहरू दिनुहुन्छ, र यसलाई परिवर्तन गर्न कसैले केही गर्न सक्दैन। तँ जेमा सिपालु छस्, तैँले त्यहीँ नै अझ धेरै मेहनत लगाउनुपर्छ। तँ जुन कर्तव्यका लागि उपयुक्त छस्, तैँले त्यही कर्तव्य निर्वाह गर्नुपर्छ। आफू सिपालु नभएका कुराहरूमा आफूलाई जबरजस्ती लगाउने प्रयास नगर् र अरूको डाहा नगर्। सबैको आ-आफ्नै कार्य हुन्छ। तँ सबै कुरा राम्ररी गर्न सक्छस्, वा तँ सिद्ध र अरूभन्दा असल छस् भन्ने नसोच्। सधैँ अरूलाई प्रतिस्थापन गर्ने र आफूलाई प्रदर्शनमा राख्ने चाहना नराख्। यो एक भ्रष्ट स्वभाव हो। यस्ता मानिस हुन्छन्, जो आफूले केही पनि राम्रोसँग गर्न नसक्ने, र आफूसँग कुनै दक्षता नै नभएको सोच्छन्। यदि त्यसो हो भने, तँ केवल व्यावहारिक तरिकाले सुन्ने र समर्पित हुने व्यक्ति हुनुपर्छ। आफूले गर्न सक्ने कुराहरू राम्ररी कार्यान्वयन गर्, र त्यसमा आफ्नो सक्दो प्रयास लगा। त्यही नै पर्याप्त छ। परमेश्वर सन्तुष्ट हुनुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरू पढेपछि, म एकदमै प्रभावित भएँ। मैले आफ्नो शक्ति आफ्नो कर्तव्य निर्वाहमा नलगाएकीले गर्दा म एकदमै थकित छु र यत्तिका धेरै सास्तीबाट गुज्रेकी छु भनेर बुझेँ। बरु, मैले आफ्नो शक्ति प्रतिष्ठा र हैसियत पछ्याउनमा प्रयोग गरेँ। परमेश्वर व्यक्तिको क्षमता उच्च छ कि निम्न, उसमा कस्तो प्रकारको प्रतिभा र वरदानहरू छन्, र उसले कस्तो कार्य पूरा गर्न सक्छ भनेर पूर्वनियोजन गर्नुहुन्छ। परमेश्वर हामीले आफ्नो क्षमताको सीमाभित्र सक्दो गरेको चाहनुहुन्छ। उहाँ हामीले भिडमा उत्कृष्ट देखिने र अरूभन्दा श्रेष्ठ हुने प्रयास गरौँ भन्ने माग गर्नुहुन्न। म जन्मनुभन्दा पनि पहिले नै, परमेश्वरले मेरा लागि सबै कुरा बन्दोबस्त गर्नुभएको थियो। परमेश्वरले ममा कस्तो क्षमता, प्रतिभा, र वरदानहरू हुनेछन्; म कस्ता कर्तव्यहरू निर्वाह गर्न उपयुक्त हुनेछु; र अरू सबै कुरा पूर्वनियोजित गर्नुभएको थियो। म परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनु थियो, आफ्नो स्थानमा रहनु थियो, मैले व्यवहारिक तरिकामा आफ्ना क्षमता प्रयोग गर्नु थियो, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नु थियो। ध्यानपूर्वक सोचेपछि, मैले आफूमा कुनै विशेष सीपहरू छैनन् भन्ने बुझेँ, त्यसैले मैले केवल परमेश्वरका वचनहरू सुन्न आवश्यक थियो: “यदि त्यसो हो भने, तँ केवल व्यावहारिक तरिकाले सुन्ने र समर्पित हुने व्यक्ति हुनुपर्छ। आफूले गर्न सक्ने कुराहरू राम्ररी कार्यान्वयन गर्, र त्यसमा आफ्नो सक्दो प्रयास लगा। त्यही नै पर्याप्त छ। परमेश्वर सन्तुष्ट हुनुहुनेछ।” म परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्न र इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न इच्छुक थिएँ।
मैले एउटी सिस्टरले आफ्नो कर्तव्य एकदमै प्रभावकारी रूपमा गरेकी देखेँ। म एकदमै ईर्ष्यालु र अलि डाही भएँ। मैले सोचेँ, “उनी यो कसरी गर्छिन्?” मलाई फेरि उनलाई उछिन्ने मन भयो, तर म आफ्नो भ्रष्टता खुलासा गरिरहेको छु भन्ने मैले बुझेँ, त्यसैले मैले आफूविरुद्ध विद्रोह गर्न परमेश्वरलाई प्रार्थना गरेँ। प्रार्थना गरेपछि, मैले सोचेँ, “हामी सबैसँग फरक-फरक कार्यहरू छन्, ठिक त्यस्तै जस्तै कुनै मेसिनमा विभिन्न पुर्जाहरू हुन्छन् र हरेक पुर्जाको फरक-फरक कार्य हुन्छ। मेरी सिस्टरसँग सबल पक्षहरू छन् र उनी आफ्नो कर्तव्य निर्वाहमा राम्रा परिणामहरू हासिल गर्छिन्। यो राम्रो कुरा हो। मैले आफूलाई उनीसँग तुलना गर्नु हुँदैन; मैले उनीबाट सिक्नुपर्छ।” त्यसपछि, जब-जब मेरी सिस्टरले आफ्नो कर्तव्य निर्वाहमा आफ्नो मार्ग र प्राप्तिहरूबारे सङ्गति गर्थिन्, तब-तब म ध्यान दिएर सुन्थेँ र टिपोट लिन्थेँ। म अरू ब्रदर-सिस्टरहरूबाट पनि सुसमाचार काममा उनीहरूको अनुभव खोज्थेँ। भेलाहरूको दौरान, मैले आफूलाई शान्त पारेँ र परमेश्वरका वचनहरू मनन गरेँ, उहाँका वचनहरूको मैले बुझेको कुराबारे सङ्गति गरेँ, र अरूको सम्मान पछ्याउन छोडेँ। जब मैले यसरी अभ्यास गरेँ, तब हैसियत र प्रतिष्ठाका लागि मेरो चाहना बिस्तारै कम हुँदै गयो। मलाई पहिले जस्तो ईर्ष्या लागेन, र मैले अझ धेरै तनावमुक्त र स्वतन्त्र महसुस गरेँ।