५०. अगुवा बन्न अस्वीकार गर्नुको पछि के कारण होला
सन् २०२२ जनवरीमा, मलाई मण्डली अगुवा चुनियो र भिडियो निर्माणको सुपरिवेक्षण गर्ने प्रभारी बनाइयो। त्यो बेला मलाई के गरूँ-गरूँ भयो: एकातिर आफूसँग प्राविधिक सीप थिएन, त्यसैले गर्छु भनेर पनि काम राम्रो गर्न सकिनँ भने खुलासा भई बरखास्त भइएला भन्ने चिन्ता भयो। अर्कोतिर यो कर्तव्य गर्न मानिनँ भने आफैलाई दोषी पाउँथे। त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरी उहाँको अभिप्राय बुझ्न मार्गदर्शन मागेँ। त्यो दिन, मेरो भेट एक जना ब्रदरसँग भयो जसले मेरो स्थितिबारे सुनेपछि मसँग यसरी सङ्गति गरे: “तपाईँले अगुवा भएर काम गर्न मन नगर्नुको मुख्य कारण आफ्नो सम्भावना र नियतिलाई विचार गरेर हो। तपाईं वास्तविक काम गर्न सक्दिनँ अनि खुलासा भएर बरखास्त हुनेछ भनेर चिन्तित हुनुहुन्छ तपाईँमा अगुवा हुनु खतरनाक कुरा हो, किनकि अगुवाहरू खुलासा भएर हटाइने सम्भावना हुन्छ भन्ने भ्रामक दृष्टिकोण पनि छ। तपाईं परमेश्वरदेखि सावधान भइरहनुभएको छ, उहाँलाई गलत बुझ्दै हुनुहुन्छ। वास्तवमा, धेरै अगुवा खुलासा भएर हटाइनुको कारण उनीहरू त्यस पदमा रहेकाले होइन, बरु उनीहरू सत्यता पछ्याउन र सही मार्गमा हिँड्न असफल भएकाले, र सधैँ हैसियत खोज्दै जथाभाबी खराब काम गर्नाले हो।” यी ब्रदरको सङ्गतिले मेरो सोच्ने तरिका ठ्याक्कै पहिचान गऱ्यो र मलाई आफ्नो स्थितिबारे केही मात्रामा बुझ्न सहयोग गऱ्यो। त्यसपछि, मैले खान र पिउनका लागि आफ्नो स्थितिसँग मिल्दो परमेश्वरका वचन खोज्न थालेँ।
एक दिन, मैले परमेश्वरका वचनका दुईवटा खण्ड भेटेँ: “आफ्नो कर्तव्यको कार्यभारमा सानोतिनो हेरफेर गरिँदा, मानिसहरूमा आज्ञापालनको मनोवृत्ति हुनुपर्छ, परमेश्वरको घरले भनेबमोजिम गर्नुपर्छ, र आफ्नो क्षमताले भ्याउञ्जेल गर्नुपर्छ, अनि तिनीहरूले जेसुकै गरे पनि, तिनीहरूको शक्तिले भ्याउञ्जेलसम्म आफ्नो सारा हृदय र सामर्थ्यले त्यो काम गर्नुपर्छ। परमेश्वरले जे गर्नुभएको छ त्यो गलत छैन। यस्तो सरल सत्यता थोरै विवेक र समझ भएका मानिसहरूले अभ्यास गर्न सक्छन्, तर यो ख्रीष्टविरोधीहरूको क्षमताभन्दा बाहिरको कुरा हो। जब कर्तव्यका कार्यभारहरूमा हेरफेरको कुरा आउँछ, तब ख्रीष्टविरोधीहरूले तुरुन्तै तर्कवितर्क, वाक्छल, र अवज्ञा प्रस्तुत गर्छन्, र हृदयका गहिराइमा तिनीहरू यसलाई स्विकार्न मान्दैनन्। तिनीहरूका हृदयमा वास्तवमा के हुन्छ? सन्देह र शङ्का, अनि तिनीहरू अनेक तरिका अपनाएर अरूलाई जाँच गर्छन्। … तिनीहरू सामान्य कुरालाई किन यति जटिल बनाउँछन्? त्यसको एउटै कारण छ: ख्रीष्टविरोधीहरू परमेश्वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरू आफ्नो कर्तव्य, ख्याति, प्राप्ति र हैसियतलाई सधैँ आशिष्हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्नेबित्तिकै तिनीहरूले आशिष् र इनामहरू पाउने आशा नै रहनेछैन, र तिनीहरूका लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, ‘म सजग हुनुपर्छ, मैले लापरवाही गर्नै हुँदैन! परमेश्वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र कामदारहरू, र परमेश्वरमा समेत भर पर्न सकिँदैन। म तीमध्ये कसैलाई भरोसा गर्न सक्दिनँ। तँ सबभन्दा बढी भर पर्न सक्ने र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँछस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना र हिसाबकिताब गर्नुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?’ तसर्थ, कसैले तिनीहरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना तुहिनेछ भन्ने डरले तिनीहरू परमेश्वरका घरका अगुवा र कामदारहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष् पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र मानकअनुरूपको सृजित प्राणी बन्नुभन्दा महत्त्वपूर्ण कुराका रूपमा हेर्छ। तिनीहरू मानकअनुरूपको सृजित प्राणी बन्ने, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने र मुक्ति पाउनेजस्ता सबै कुरालाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन्, जबकि आशिष्हरू पाउनु चाहिँ तिनीहरूका जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू यसलाई आशिषित् हुने कुरासित जोड्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरू सधैँ आफ्ना निम्ति उम्कने बाटो छोडिराख्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष् प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। “जब कुनै व्यक्ति सृजित प्राणीको हैसियतले सृष्टिकर्तासामु आउँछ, तब उसले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। यसो गर्नुपर्ने अत्यन्तै उचित कुरा हो, र उसले यो जिम्मेवारी पूरा गर्नुपर्छ। सृजित प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने आधारमा, सृष्टिकर्ताले मानवजातिमाझ योभन्दा अझ महान् काम गर्नुभएको छ, उहाँले मानिसहरूमाझ कामको थप कदम सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँ मानवजातिलाई सत्यता प्रदान गर्नुहुन्छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दैगर्दा परमेश्वरबाट सत्यता हासिल गर्न सक्छन्, अनि यसमार्फत आफ्ना भ्रष्ट स्वभावहरूलाई फाल्न र शुद्ध पारिन, परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्न र जीवनको सही मार्गमा लाग्न सक्छन्, अनि अन्ततः तिनीहरू परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न, पूर्ण मुक्ति हासिल गर्न, र अब उप्रान्त शैतानका कुनै कष्टहरूमा नपरी बस्न सक्षम हुन्छन्। परमेश्वरले मानवजातिलाई कर्तव्यहरू निर्वाह गर्न लगाएर हासिल गर्ने अभिप्राय राख्नुभएको आखिरी प्रभाव यही हो। … यस्तो सुन्दर र यस्तो महान् चीजलाई ख्रीष्टविरोधीहरूको वर्गले लेनदेनमा मोडेको छ, र यसमा तिनीहरू सृष्टिकर्ताको हातबाट मुकुट र इनामहरू माग्ने गर्छन्। यस्तो लेनदेनले सबैभन्दा सुन्दर र न्यायवान् चीजलाई सबैभन्दा कुरूप र दुष्ट चीजमा परिणत गर्छ। के ख्रीष्टविरोधीहरू यस्तै गर्दैनन् र? यसबाट मूल्याङ्कन गर्दा, के ख्रीष्टविरोधीहरू दुष्ट हुँदैनन् र? तिनीहरू वास्तवमा निकै धेरै दुष्ट हुन्छन्! यो तिनीहरूको दुष्टताको एउटा पक्षको प्रकटीकरण हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरका वचनले कसरी ख्रीष्टविरोधीहरू आशिष् पाउनका लागि मात्र परमेश्वरमा विश्वास गर्छन् भन्ने खुलासा गरे। तिनीहरू आफूलाई जे परिस्थिति आए पनि, त्यसलाई आफ्नो गन्तव्य र आशिषलाई ध्यानमा दिँदै विचार गर्छन्। कर्तव्यमा समायोजन गर्नुजस्तो सामान्य कुरा आउँदासमेत, तिनीहरू पूर्ण रूपमा समर्पित हुन सक्दैनन्, बरु यो निर्णयले आफ्ना भावी सम्भावनालाई कसरी प्रभावित गर्नेछ भनेर विचार र लेखाजोखा गर्छन्। समायोजनले आफ्नो हित हुने र आशिष् पाइने भो भने, तिनीहरू त्यो स्विकार्छन्, तर समायोजनले आफ्नो सम्भावना र नियतिलाई खतरामा पार्ने भएमा, तिनीहरू यसबाट उम्कने उपाय खोज्छन्, आफूले गलत कदम चालेमा खुलासा भएर हटाइएला र आशिष् पाउने आशा हुँदैन भनेर डराउँछन्। मैले ख्रीष्टविरोधीहरूको प्रकृति सार साँच्चिकै दुष्ट र छली रहेछ भन्ने देखेँ! मैले आफ्नो कर्तव्य समायोजित गर्नेप्रति आफ्नो मनोवृत्ति कसरी ठ्याक्कै ख्रीष्टविरोधीको जस्तै छ भनेर चिन्तन गरेँ। मैले आफूलाई मण्डली अगुवाका रूपमा चुनिएको छ भनेर सुन्दा सबभन्दा पहिले आफ्नो भावी सम्भावना, परिणाम र गन्तव्यबारे सोचेँ। मैले त्यो कर्तव्य आफ्ना लागि फाइदाजनक छ कि छैन भनी हेर्न विश्लेषण गरेँ, र अगुवाका रूपमा सेवा थाल्नुअघि नै, आफ्नो कर्तव्य राम्ररी निभाउन नसक्दाका सबै सम्भावित परिणामबारे पहिल्यै विचार गरिसकेकी थिएँ। म परमेश्वरप्रतिको सावधानी र सन्देहले भरिएकी थिएँ, म अलिकति पनि समर्पित भइनँ, मैले यो कर्तव्यबाट उम्कन केही प्रभावकारी लाग्ने बहानाहरूसमेत सोचेँ—आफूमा अगुवा बन्ने क्षमता छैन र आफूले काममा ढिलाइ गर्नेछु भनेर भनेँ। यसो हेर्दा, मैले हैसियत नपछ्याएको र आफू निकै समझदार रहेको देखिन सक्थ्यो, तर यो सबैको पछि व्यक्त गर्न नसकिने मनसाय थियोः म अगुवाको जिम्मेवारी लिएर त्यो राम्ररी ननिभएमा खुलासा भएर हटाइनेछु भनी डराएकी थिएँ। यसरी, म आफ्ना भावी सम्भावना सुनिश्चित गर्न कर्तव्यबाट उम्कन चाहन्थेँ। परमेश्वरको अभिप्राय हामीलाई कर्तव्य निर्वाह अभ्यास गर्ने अवसर दिई सत्यता बुझ्न, वास्तविकतामा प्रवेश गर्न, आफ्नो भ्रष्ट स्वभाव हटाउन र मुक्ति पाउन मद्दत दिनु हो। म भने यस्तो राम्रो अवसर दिइँदा पनि, परमेश्वरको अनुग्रहका लागि आभारी हुन नसकेकी मात्र होइन, मैले वास्तवमा परमेश्वरलाई गलत बुझेँ र उहाँदेखि सावधान भएँ र आफूलाई दिइएको कर्तव्यबाट उम्कन र त्यो अस्वीकार गर्न चाहेँ। म साँच्चै स्वार्थी र छली थिएँ!
त्यसपछि, मैले आफ्नो भ्रामक दृष्टिकोणसँग सम्बन्धित परमेश्वरका वचनका अरू खण्डहरू खोजेँ। मैले यी खण्डहरू भेट्टाएँ: “मलाई बताओ त, भ्रष्ट मानिसहरू जोसुकै भए पनि, के हैसियत प्राप्त गरेपछि तिनीहरू ख्रीष्टविरोधी बन्दैनन् र? के यो निरपेक्ष कुरा हो? (यदि तिनीहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्नेछन्, तर तिनीहरूले सत्यताको खोजी गर्छन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्नेछैनन्।) यो पूर्ण रूपमा सही छ: यदि मानिसहरू सत्यताको पछि लाग्दैनन् भने, तिनीहरू निश्चित रूपमा ख्रीष्टविरोधीहरू हुनेछन्। के ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्ने सबैले हैसियतका निम्ति यसै गर्छन्? होइन, यो मुख्य रूपले तिनीहरूमा सत्यताप्रति प्रेम नभएकोले, तिनीहरू सही मानिसहरू नभएकोले गर्दा हो। चाहे तिनीहरूको हैसियत होस् वा नहोस्, सत्यको पछि नलाग्नेहरू सबै ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्छन्। जतिसुकै प्रवचनहरू सुने पनि त्यस्ता मानिसहरूले सत्य स्वीकार गर्दैनन्, तिनीहरू सही मार्गमा हिँड्दैनन् र बरु बाङ्गो मार्ग हिँड्न दृढ हुन्छन्। यो त मानिसहरूको खाने बानी जस्तै हो: कतिपयले आफ्नो शरीरलाई पोषण दिने र सामान्य जीवन जिउन सहयोग गर्ने खाने कुराहरू खाँदैनन्, बरु आफूलाई हानि गर्ने कुराहरू खान्छन्, र यसरी तिनीहरूले आफ्नै खुट्टामा बन्चरो हान्छन्। के यो तिनीहरूको आफ्नै निर्णय होइन र? हटाइएपछि, कतिपय अगुवाहरू र सेवकहरूले यसो भन्दै गलत धारणाहरू फैलाउँछन्, ‘अगुवा नबन, र हैसियत प्राप्त नगर। कुनै हैसियत प्राप्त गर्नेबित्तिकै मानिसहरू खतरामा हुन्छन्, र परमेश्वरले तिनीहरूलाई प्रकट गर्नुहुनेछ! तिनीहरू प्रकट भएपछि, तिनीहरू साधारण विश्वासी हुनसमेत योग्य हुँदैनन्, र तिनीहरूले कदापि आशिष् पाउनेछैनन्।’ त्यो कस्तो प्रकारको भनाइ हो? सबैभन्दा राम्रा अवस्थामा पनि यसले परमेश्वरको गलत बुझाइलाई प्रतिनिधित्व गर्छ; सबैभन्दा नराम्रो अवस्थामा त यो उहाँविरुद्धको ईश्वर निन्दा नै हो। यदि तँ सही मार्गमा हिँड्दैनस्, सत्यताको खोजी गर्दैनस्, र परमेश्वरको मार्गलाई पछ्याउँदैनस्, बरु ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्न जिद्दी गर्दै पावलको मार्गमा हिँड्न पुग्छस्, अनि अन्तिममा पावलको जस्तै परिणाम, तिनको जस्तै अन्त्य प्राप्त गरेर परमेश्वरको बारेमा गनगन गर्ने र परमेश्वरलाई अधर्मी भनेर आलोचना गर्ने गर्छस् भने, के तँ ख्रीष्टविरोधीको सच्चा उदाहरण होइनस् र? त्यस्तो बानीबेहोरा श्रापित हुन्छ!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। “कतिपय मानिस सोच्छन्, ‘अगुवाका रूपमा सेवा गर्ने जोकोही मूर्ख र अज्ञानी हुन्छ अनि उसले आफ्नै विनाश निम्त्याइरहेको हुन्छ, किनभने जब कुनै व्यक्तिले अगुवाका रूपमा सेवा गर्छ, तब उसले अनिवार्य रूपमा परमेश्वरसामु भ्रष्टता प्रकट गर्छ। यदि तिनीहरूले यो काम नगरेका भए के यति धेरै भ्रष्टता प्रकट हुनेथियो?’ कस्तो हास्यास्पद विचार! के तँ तैँले अगुवाका रूपमा काम गरिनस् भने भ्रष्टता प्रकट गर्नेछैनस् भन्ने सोच्छस्? अगुवा नहुनुले, तैँले कम भ्रष्टता प्रकट गरे पनि, मुक्ति पाउनेछस् भनेर जनाउँछ? यो तर्कअनुसार, के अगुवाका रूपमा सेवा नगर्नेहरू सबै बाँच्न र मुक्ति पाउन सक्नेहरू हुन्? के यो कथन धेरै हास्यास्पद छैन र? अगुवाका रूपमा सेवा गर्ने मानिसहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अनि परमेश्वरको काम अनुभव गर्न मार्गदर्शन गर्छन्। यो माग गरिएको मानक उचालिएको छ, त्यसैले अगुवाहरूले पहिलोपटक तालिम लिन थाल्दा केही भ्रष्ट स्थिति प्रकट गर्नु अवश्यम्भावी छ। यो सामान्य हो, र परमेश्वर यसलाई निन्दा गर्नुहुन्न। परमेश्वर यसलाई निन्दा गर्नुहुन्न मात्रै होइन, तर उहाँ यी मानिसहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ, ज्योति दिनुहुन्छ र मार्गदर्शन गर्नुहुन्छ, र तिनीहरूलाई बोझहरू प्रदान गर्नुहुन्छ। जबसम्म तिनीहरू परमेश्वरको मार्गदर्शन र काममा समर्पित हुन सक्छन्, तबसम्म तिनीहरूले साधारण मानिसहरूले भन्दा छिटो जीवनमा प्रगति गर्नेछन्। यदि तिनीहरूले सत्यता पछ्याए भने, तिनीहरू परमेश्वरद्वारा सिद्ध पारिने मार्गमा लाग्न सक्छन्। यो नै परमेश्वरद्वारा सबैभन्दा बढी आशिष् दिइएको कुरा हो। कतिपय मानिसले परमेश्वरको धार्मिकता देख्न सक्दैनन्, न त तिनीहरूले परमेश्वर हरेक व्यक्तिप्रति निष्पक्ष र धर्मी हुनुहुन्छ भनेर नै देख्न सक्छन्, र यहाँसम्म कि तिनीहरू तथ्यहरूलाई बङ्ग्याउँछन्। तिनीहरूको बुझाइअनुसार, अगुवाको भूमिकामा रहेका मानिसहरू जतिसुकै परिवर्तन भए पनि, परमेश्वरले यो हेर्नुहुनेछैन, र उहाँले अगुवा र कामदारहरूले कति भ्रष्टता प्रकट गर्छन् भनेर मात्र हेर्नुहुनेछ, र केवल यसैका आधारमा तिनीहरूलाई निन्दा गर्नुहुनेछ; र जो अगुवा र कामदारहरू होइनन्, तिनीहरूका सन्दर्भमा भन्नुपर्दा, तिनीहरूले कम भ्रष्टता प्रकट गर्ने हुनाले, तिनीहरू परिवर्तन नभए पनि, परमेश्वरले तिनीहरूलाई निन्दा गर्नुहुनेछैन। के यो हास्यास्पद कुरा होइन र? के यो परमेश्वरविरुद्ध निन्दा होइन र? यदि तँ आफ्नो हृदयमा परमेश्वरको यति गम्भीर रूपमा प्रतिरोध गर्छस् भने, के तँ मुक्ति पाउन सक्छस्? सक्दैनस्। परमेश्वर मानिसहरूका परिणामहरू मुख्यतया तिनीहरूसँग सत्यता र साँचो गवाही छ कि छैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ, र यो मुख्यतया तिनीहरू सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्ने कुरामा निर्भर हुन्छ। यदि कसैले सत्यता पछ्याउँछ भने, उसले अपराध गर्दा अनि न्याय र सजाय सामना गर्दासमेत, साँचो रूपमा पश्चात्ताप गर्न सक्छ। जबसम्म उसले परमेश्वरको निन्दा हुने तरिकामा बोल्दैन वा कार्य गर्दैन, तबसम्म उसले निश्चित रूपमा मुक्ति प्राप्त गर्न सक्छ। तिमीहरूको कल्पनाअनुसार, अन्त्यसम्म परमेश्वरलाई पछ्याउने सबै साधारण विश्वासीहरूले मुक्ति प्राप्त गर्न सक्छन्, जबकि अगुवाका रूपमा सेवा गर्नेहरू सबै हटाइनेछन्। यदि तिमीहरूलाई अगुवा बन्न भनिएको भए, तिमीहरूले यो नगर्नु ठिक हुँदैन भनी सोच्नेथ्यौ, तर यदि तिमीहरूले अगुवाका रूपमा सेवा गरेका भए, तिमीहरूले आफूले नचाहेर पनि निरन्तर भ्रष्टता प्रकट गर्नेथ्यौ, र अन्त्यमा परमेश्वरले तिमीहरूलाई निन्दा नगरिन्जेल र नहटाइन्जेल जति लामो समय सेवा गर्थ्यौ, त्यति नै बढी भ्रष्टता प्रकट गर्नेथ्यौ। तिमीहरूलाई यस्तो लाग्नेथ्यो मानौँ तिमीहरू फाँसीको तख्तामा पर्खिरहेका छौ। के यो पूर्ण रूपमा परमेश्वरप्रतिको तिमीहरूको गलतफहमीको कारणले भएको होइन र? यदि मानिसहरूका परिणामहरू तिनीहरूले प्रकट गर्ने भ्रष्टताद्वारा निर्धारण गरिएका भए, कसैले पनि मुक्ति पाउन सक्थेन। त्यस्तो अवस्थामा, परमेश्वरले मुक्तिको काम गर्नुको अर्थ के हुनेथियो र? यदि साँच्चै यस्तो अवस्था हुन्थ्यो त, परमेश्वरको धार्मिकता कहाँ हुन्थ्यो र? मानिसहरूले परमेश्वरको धर्मी स्वभाव देख्न सक्नेथिएनन्। तसर्थ, तिमीहरू सबैले परमेश्वरको अभिप्रायलाई गलत बुझेका छौ र यसले तिमीहरूसँग परमेश्वरको साँचो ज्ञान छैन भन्ने देखाउँछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरका वचनबाट के सिकेँ भने झुटा अगुवा र ख्रीष्टविरोधीहरूलाई अगुवा भएकै कारण खुलासा गरी हटाइएको थिएन, बरु तिनीहरूलाई पद पाएपछि सत्यता पछ्याउन र सही मार्गमा हिँड्न नसकेका कारण हटाइएको थिए। त्यसबाहेक, तिनीहरूले मण्डलीका काममा अवरोध र बाधा पुऱ्याएका थिए, तिनीहरू अरूले जसरी काटछाँट गरे पनि पश्चात्ताप गर्दैनथे—तिनीहरूलाई खुलासा गरी हटाउनुको वास्तविक कारण यही थियो। परमेश्वर एउटा भ्रष्टता प्रकट भएका वा एउटा गल्तीका आधारमा मानिसहरूलाई दोषी ठहराउनुहुन्न, उहाँ तिनीहरूको प्रकृति सार र तिनीहरू हिँड्ने मार्गलाई ध्यानमा राख्नुहुन्छ। हामीले कर्तव्य निभाउने क्रममा आफ्ना भ्रष्ट स्वभावहरू धेरैपटक प्रकट गर्ने, र निश्चित अपराध गर्ने भए पनि, सत्यता खोज्यौँ र साँचो पश्चाताप गऱ्यौँ भने परमेश्वरले हामीलाई अर्को मौका दिनुहुनेछ। परमेश्वरले सत्यताप्रति अरूचि राख्ने, सत्यतालाई घृणा गर्ने र जति नै अपराध गरे पनि पश्चात्ताप नगर्ने ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई मात्र हटाउनुहुन्छ। मैले विगतमा परमेश्वरद्वारा खुलासा भई हटाइएका झुटा अगुवा र ख्रीष्टविरोधीहरूलाई सम्झेँ। कतिपयले केवल वचन र धर्मसिद्धान्त बोल्थे अनि आदेश दिन्थे तर वास्तविक समस्या हल गर्न सकेनन् र आफ्नो हैसियतबाट लाभ उठाउन मात्र खोजे। अन्ततः तिनीहरूलाई झुटा अगुवा करार गरी बरखास्त गरियो। अरूले कामका दौरान केवल हैसियत र प्रतिष्ठा खोजे, अरूसँग ख्याति र प्राप्तिका लागि होड गरे, मनोमानी ढङ्गले मानिसहरूलाई दमन गरे र यातना दिए, कार्य बन्दोबस्तविरुद्ध गएर आफ्नै योजना पछ्याए, “स्वतन्त्र राज्य” स्थापना गरे, मानिसहरूलाई जालमा पारे, पश्चात्ताप गर्न बिलकुलै मानेनन्, र अन्ततः ख्रीष्टविरोधी पिशाचका रूपमा खुलासा भई हटाइए। खुलासा भई हटाइने यस्तै खालका मानिस हुन्। यो अनुभूतिबाट मैले के बुझेँ भने मानिसहरू तिनीहरूले निभाउने कर्तव्यका आधारमा नभई तिनीहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, र तिनीहरूको मानवताको सार असल छ कि खराब छ भन्ने आधारमा खुलासा भई हटाइन्छन्। यदि कसैले सत्यता पछ्याउँदैन, र ऊसँग खराब मानवता छ भने, उसले आफू अगुवा नभए पनि आफ्नो कर्तव्य राम्ररी निभाउँदैन; ऊ सधैँ सुस्त ढङ्गमा काम गर्छ, लापरवाही तरिकाले कार्य गर्छ र स्वीकार्य श्रमसमेत गर्दैन भने, उसलाई अन्ततः अवश्यै हटाइनेछ। मैले मण्डलीले मानिसहरूलाई एकदमै सैद्धान्तिक ढङ्गमा सम्हाल्छ र मिलाउँछ, परमेश्वरको स्वभाव धर्मी छ, अनि मण्डलीलाई सत्यता र धार्मिकताले शासन गर्छ भन्ने बुझेँ। तर, मैले यो तथ्य स्पष्ट रूपमा देखेकी थिइनँ र आफू अगुवा भएमा समाप्त होइन्छ भन्ने भ्रामक सोच बोकेकी थिएँ। मेरो दृष्टिकोण एकदमै हास्यास्पद थियो!
एकपटक, मैले भक्तिको दौरान परमेश्वरका वचनको यो खण्ड भेट्टाएँ: “मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि सन्ताप भोग्छ भन्ने बीच कुनै सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा बहानाहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्हरूलाई जनाउँछ। सन्ताप आइपर्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, ऊ सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे उसले आशिष्हरू पाओस् वा ऊमाथि सन्ताप आइपरोस्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; व्यक्तिले, परमेश्वरको पछि लाग्ने व्यक्तिले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले सन्ताप आइपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले निर्वाह गर्ने आफ्नो कर्तव्य भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, यो उसको विद्रोह हो। आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामार्फत नै मानिस बिस्तारै परिवर्तन हुन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो बफादारी प्रदर्शन गर्छ। यसरी, तँ आफ्नो कर्तव्य जति निर्वाह गर्छस्, तैँले त्यति नै धेरै सत्यता प्राप्त गर्न सक्नेछस्, र तेरो अभिव्यक्ति त्यति नै व्यावहारिक हुनेछ। आफ्नो कर्तव्य निर्वाह गर्दा झारा टार्ने र सत्यता नखोज्नेहरू अन्त्यमा हटाइनेछन्, किनकि त्यस्ता मानिसहरूले सत्यता अभ्यास गर्दा आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता अभ्यास गर्दैनन्। तिनीहरू ती हुन् जो अपरिवर्तित रहन्छन् र सन्ताप भोग्छन्। तिनीहरूका अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्वरका वचन पढेर म झन् प्रस्ट भएँ। व्यक्तिले निभाउने कर्तव्य र उसले आशिष् पाउँछ कि सराप पाउँछ भन्ने कुराबीच परस्पर सम्बन्ध हुँदैन। हामी सृजित प्राणी भएकाले हामीले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यदि कसैले आफ्नो कर्तव्य पूरा गर्न सक्दैन भने उसलाई सृजित प्राणी भन्न मिल्दैन। यो छोराछोरीले आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनु जस्तै सही र उचित हो; आमाबुबाले छोराछोरीलाई आफ्नो सम्पत्तिको अधिकार दिए पनि वा नदिए पनि, छोराछोरीले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नुपर्छ। जहाँसम्म मेरो कुरा छ, कर्तव्यप्रति मेरो मनोवृत्ति कस्तो प्रकारको थियो? जब मैले अगुवा भएपछि आफूले धेरै जिम्मेवारी निभाउनुपर्छ र त्यो राम्रोसँग निभाइनँ भने मेरो सम्भावना र नियति खतरामा पर्नेछ भनेर सोचेँ, तब मैले कर्तव्यबाट उम्कन र त्यो अस्वीकार गर्न बहाना खोज्न चाहेँ। मैले कर्तव्यलाई अलिकति पनि आफूले पूरा गर्नुपर्ने जिम्मेवारी वा दायित्व मानिनँ। बरु, मैले कर्तव्यलाई एक प्रकारको लेनदेनका रूपमा हेरेँ, र त्यसबाट आफूले आशिष् वा सराप के पाइन्छ भन्ने आधारमा ती छनोट गरेँ। ममा सृष्टि गरिएका प्राणीमा आफ्नो कर्तव्यका सम्बन्धमा हुनुपर्ने समझ अलिकति पनि थिएन। त्यसबाहेक, मैले भ्रमित भएर के विश्वास गरेँ भने, आफू भिडियो निर्माणमा पेसेवार नभएकी र आफूमा प्राविधिक सिप नभएकाले, मैले आफ्नो काम राम्ररी गर्न सक्नेछैनँ। तर, परमेश्वर प्रस्टसँग भन्नुहुन्छ: “वास्तवमा, अगुवाको नाताले, कामको बन्दोबस्त गरेपछि, तैँले कामको प्रगतिबारे अनुगमन गर्नैपर्छ। तँ त्यस क्षेत्रको कामसित परिचित नभए पनि—तँसँग यसबारे कुनै ज्ञान नभए पनि—तैँले कुनै उपाय खोजेर आफ्नो काम गर्न सक्छस्। तैँले छानबिन गर्न र सुझावहरू दिनका लागि त्यसलाई साँच्चिकै बोध गरेको, सम्बन्धित पेसा बुझेको व्यक्ति भेटाउन सक्छस्। उसका सुझावहरूबाट तैँले उचित सिद्धान्तहरू पहिचान गर्न सक्छस्, र त्यसरी तैँले कामको अनुगमन गर्न सक्नेछस्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (४))। परमेश्वरका वचनले सिधै मेरा धारणाहरूलाई खण्डन गरे—परमेश्वरले हामी अगुवा हुन कुनै क्षेत्रका सबै प्राविधिक सिपमा दक्ष हुनुपर्छ भन्ने माग कहिल्यै गर्नुभएको छैन। कुनै क्षेत्रमा हामीसँग पेसेवार सिप नभए पनि, हामी सधैँ प्राविधिक ज्ञान भएका ब्रदर-सिस्टरहरूलाई खोजेर सहकार्य गर्न, र यस तरिकाले सिद्धान्त खोज्न सक्छौँ। त्यसरी हामी त्यो काम अझै गर्न सक्छौँ, र यदि हामीले साँच्चै कुनै कुरा पत्ता लगाउन सकेनौँ भने माथिल्लो नेतृत्वलाई सहयोग माग्न सक्छौँ। यदि मैले साँच्चै आफ्नो सारा हृदय यसमा लगाएकी र सक्दो प्रयास गरेकी भए, तर मेरो कद एकदमै सानो भएको, ममा क्षमता नभएको वा म यो कामको योग्य नभएको भए, मैले राजीनामा दिएर अर्को कर्तव्य लिन सक्थेँ। परमेश्वरको अभिप्राय बुझेर मलाई त्यस विषयमा अझ धेरै प्रस्ट भयो अनि मैले आफ्नो चिन्ता र सुर्तालाई पन्छाएँ।
पछि, मैले परमेश्वरका वचनका अर्का दुइटा खण्ड भेटेँ, जसले भन्छन्: “जब नूहले परमेश्वरले निर्देशन दिनुभएबमोजिम गरे, तब उनलाई परमेश्वरका अभिप्रायहरू के हुन् भन्ने थाहा थिएन। उनलाई परमेश्वरले के पूरा गर्न चाहनुहुन्छ भन्ने थाहा थिएन। परमेश्वरले उनलाई एउटा आज्ञा मात्रै दिनुभएको थियो र उनले के गर्नुपर्छ भनी निर्देशन दिनुभएको थियो, तर धेरै व्याख्या भने गर्नुभएको थिएन, अनि नूह अघि बढे र त्यो गरे। उनले परमेश्वरका चाहनाहरू के हुन् भनी गोप्य रूपमा अनुमान गर्ने प्रयास गरेनन्, उनले परमेश्वरको प्रतिरोध गरेनन्, र उनको भक्ति पूर्ण हृदयको भन्दा कम थिएन। उनी बस अघि बढे अनि शुद्ध र सरल हृदयले त्यो गरे। परमेश्वरले उनलाई जे गर्न लगाउनुभयो, उनले त्यही गरे, र परमेश्वरको वचनमा समर्पित हुनु र त्यो सुन्नु नै उनका कार्यहरूको आधारभूत विश्वास थियो। उनले परमेश्वरको आज्ञालाई त्यसरी नै सोझो र सरल रूपमा लिए। उनको सार—उनका कार्यहरूको सार समर्पणता, कुनै शङ्का नगर्नु, प्रतिरोध नगर्नु, र यसबाहेक, आफ्नै हित वा आफ्नो लाभ र हानिबारे नसोच्नु थियो। अझ, जब परमेश्वरले उहाँले जलप्रलयद्वारा संसारलाई नष्ट गर्नुहुनेछ भनेर भन्नुभयो, तब नूहले कहिले भनेर सोधेनन् वा थप खोतल्ने प्रयास गरेनन्, अनि उनले परमेश्वरलाई उहाँले संसारलाई ठ्याक्कै कसरी नष्ट गर्नुहुनेछ भनेर त झन् सोध्दै सोधेनन्। उनले परमेश्वरले निर्देशन दिनुभएबमोजिम मात्रै गरे। परमेश्वरले उनलाई जहाज कसरी बनाउने—र कुन सामग्रीले बनाउने—भनी जसरी निर्देशन दिनुभयो, उनले त्यसरी नै गरे, र परमेश्वरले आज्ञा दिनेबित्तिकै उनले कदम चाले। उनले परमेश्वरलाई सन्तुष्ट पार्ने चाहनाको मनोवृत्ति लिएर परमेश्वरका निर्देशनहरूअनुसार कार्य गरे। के उनी आफूलाई प्रकोपबाट बच्न मद्दत गर्नका लागि यो गरिरहेका थिए? थिएनन्। के उनले परमेश्वरलाई संसार नष्ट हुन अब कति समय बाँकी छ भनेर सोधे? सोधेनन्। के उनले परमेश्वरलाई जहाज बनाउन कति समय लाग्छ भनेर सोधे वा के उनलाई यो कुरा थाहा थियो? उनलाई त्यो पनि थाहा थिएन। उनले केवल समर्पण गरे, सुने, र सोहीअनुसार काम गरे” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १)। “इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर परमेश्वरका वचनहरूबारे कहिल्यै सोच्दैनस् र जे मन लाग्यो त्यही गर्छस्। के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? स्पष्ट रूपमा, त्यो होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा अर्पित हुनुपर्छ, र परमेश्वरका अभिप्रायहरू पूरा गर्न लागिपर्नुपर्छ। यसले आफूलाई केही तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नमा आफ्नो सारा हृदय र बल लगाउनु, परमेश्वरको घरले सुम्पेका कामहरू उचित रूपमा गर्नु, र परमेश्वरलाई सन्तुष्ट पार्नको लागि आफ्नो कर्तव्यमा आफ्नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरका वचनबाट के सिकेँ भने नोआले परमेश्वरका धेरै वचन सुनेका थिएनन्, र पहिले कहिल्यै कुनै जहाज बनाएका थिएनन्, तर परमेश्वरको आज्ञा आउँदा, उनले यसको विश्लेषण वा जाँच गरेनन्, र परमेश्वरको अभिप्राय अनुमान गर्ने कोसिस गरेनन्। बरु, केवल आज्ञापालन गरे, समर्पण गरे अनि त्यसले आफ्ना हितमा कसरी असर गर्छ भन्ने विचार नगरी परमेश्वरले गर्नू भनेको कुरा गरे। नोआको सरलता र इमानदारीले ममा गहिरो प्रभाव पाऱ्यो, र मलाई निकै सरम र लाज लाग्यो। मैले ब्रदर-सिस्टरहरूले मलाई आफ्ना अगुवा चुनेका थिए भनेर सम्झेँ, तर यस्तो महत्त्वपूर्ण कर्तव्य आइपर्दा, केवल आफ्नो हितबारे मात्र सोच्न सकेँ र मैले ती सम्भावित परिणामलाई समेत विचार गरेँ जुन मैले यो कर्तव्य लिएकी भए ममाथि आउन सक्थे। मैले आफू निकै छली रहेछु भन्ने देखेँ—नोआजस्तो व्यक्तिसँग मेरो मानवताको कुनै तुलना हुँदैनथ्यो। यस्तो मनोवृत्तिले म कसरी आफ्नो कर्तव्य राम्ररी निभाउन सक्थेँ र? मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ, जसले भन्छ: “कस्तो व्यक्तिले जिम्मेवारी लिने आँट गर्छ? कस्तो प्रकारको व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्ति जो परमेश्वरको घरको कामको सबभन्दा निर्णायक क्षणमा अग्रसर हुँदै बहादुरीका साथ अघि बढ्छ, जसले सबैभन्दा महत्त्वपूर्ण र निर्णायक काम देख्दा बहादुरीका साथ गह्रौँ बोझ लिन्छ र कठिनाइ र खतरा सहन डर मान्दैन। त्यो परमेश्वरप्रति बफादार व्यक्ति हो, ख्रीष्टको असल सिपाही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरको वचनले मलाई गहन रूपमा उत्प्रेरित गऱ्यो—मलाई आफूले भावी सम्भावनाबारे विचार गर्न छोड्नुपर्छ भन्ने महससु भयो। म अगुवा चुनिएकी थिएँ, त्यसैले मैले परमेश्वरको अभिप्रायलाई विचार गर्नुपर्थ्यो, यो ठूलो जिम्मेवारी लिन आँट गर्नुपर्थ्यो, अनि इमानदारी र शुद्ध हृदयले आफ्नो कर्तव्य सम्हाल्न नोआको अनुकरण गर्नुपर्थ्यो। सुरुमा, मलाई कर्तव्यमा कहाँबाट सुरु गर्ने भनेर थाहा भएन, त्यसैले म प्रायः परमेश्वरलाई प्रार्थना गर्थेँ र मैले आफ्नी सहकर्मी सिस्टरबाट धैर्यपूर्ण सहयोग र अन्य ब्रदर-सिस्टरबाट प्रोत्साहन पनि पाउँथेँ। कहिलेकाहीँ, मलाई कठिनाइ आइपर्दा आफ्ना काममा राम्रो नतिजा हासिल गरेका ब्रदर सिस्टरको सहयोग खोज्थेँ, र तिनीहरूले आफूले बुझेका सिद्धान्त र आफूले प्रयोग गरेका प्रभावकारी विधि मलाई उदार भई बताउँथे। यसले मेरो हृदय गहन रूपमा छोयो। बिस्तारै, मैले निश्चित सिद्धान्त र अभ्यासका मार्ग बुझ्न थालेँ, र कर्तव्यमाअझ प्रभावकारी भएँ। मैले साँच्चै परमेश्वरको मार्गदर्शन महसुस गरेँ र म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ भएँ। ममा अझै धेरै कमीकमजोरी भए पनि र मलाई म ठूलो जिम्मेवारी वहन गर्छु भन्ने थाहा भए पनि, अब म पछि हट्न चाहन्नँ—म सुधार गर्ने प्रयास गर्न परमेश्वरमा भर पर्नेछु!