४०. आफ्नो कर्तव्यमा प्रयास नगर्दा के हुन्छ
सन् २०१९ मा, सिस्टर एन्ड्रिया र मलाई मण्डलीमा आर्ट डिजाइनको कामको इन्चार्ज बनाइयो। सुरुमा यो कर्तव्य थाल्दा मैले नबुझेका धेरै सिद्धान्त थिए, त्यसैले एन्ड्रियाले मसित धैर्यसाथ सङ्गति गरिन् र धेरैजसो काम आफैले सम्हालिन्। पछि पो, उनले यो कर्तव्य दुई वर्षदेखि गरेकी, र उनीसित कामको केही अनुभव भएको, र भेलाहरूमा समस्या समाधान गर्नेदेखि लिएर कार्य सारांश गर्नेसम्मका सबै कुरामा उनको सोचाइ मेरोभन्दा धेरै विस्तृत भएको मैले थाहा पाएँ। ब्रदर-सिस्टरहरूले प्रश्नहरू उठाउँदा, उनीसित सधैँ त्यसको राम्रो समाधान हुन्थ्यो। उनीसित तुलना गर्दा, मलाई आफू निकै पछि छु भन्ने लाग्यो। मैले सोचेँ, “एन्ड्रियाजस्ती हुन मैले कत्ति कष्ट भोग्नुपर्नेछ र मूल्य चुकाउनुपर्नेछ? उनीसित धेरै अनुभव रहेको र उनले धेरैजसो बोझ उठाउने भएकीले, म धेरैजसो काम उनैलाई गर्न दिनेछु।”
कार्य सारांशअघि, एन्ड्रियाले मलाई समस्याहरू समाधान गर्नाका लागि कसरी सङ्गति गर्नुपर्छ भनेर अग्रिम विचार गर्न लगाइन्, र मैले सोचेँ, “त्यो त ठूलो समस्या हो। हाम्रो कर्तव्यमा भएका समस्याहरूलाई सारांशमा बताउनुबाहेक, समाधानबारे सङ्गति गर्नका लागि मैले परमेश्वरका सान्दर्भिक वचन र सिद्धान्तहरू भेट्टाउनुपर्छ। विशेष गरी, व्यावसायिक मामिलाबारे मसित त्यति अनुभव छैन। मैले समाधान बताउनका लागि धेरै जानकारी भेट्टाउन निकै प्रयास गर्नुपर्छ, र आफूले नबुझ्ने कुराबारे सङ्गति खोज्नुपर्छ। त्यसका लागि निकै धेरै समय र प्रयास चाहिन्छ। यस क्षेत्रबारे त एन्ड्रियालाई थाहा छ, त्यसैले, सारांश गर्ने काम उनले नै गर्न सक्छिन्। यो काम म उनैको हातमा छोड्नेछु।” त्यसपछि, मैले कार्य सारांशबारे फेरि कहिल्यै सोचिनँ। कार्य सारांशको अवधिमा, एन्ड्रियाले मलाई मेरोमा कस्ता विचार र सोचाइ छन् भनेर सोधिन्, मैले भनेँ, “म यस क्षेत्रमा अनभिज्ञ छु, त्यसैले सारांश गर्ने काम तपाईंले गर्नु नै सबैभन्दा राम्रो हुनेछ।” कहिलेकाहीँ, उनले हाम्रो अध्ययनको दिशाबारे योजना बनाउँदै गर्दा मेरो सुझाव दिन र सम्भाव्य समस्याहरूलाई पन्छाउनमा मदत गर्न म सहभागी हुन चाहन्छु कि भनेर मलाई सोध्थिन्। म सोच्थेँ, “हाम्रो अध्ययनको लागि त सधैँ एन्ड्रिया नै जिम्मेवार व्यक्ति रहेकी छिन्। सहभागी हुनाका लागि मैले यसबारे सोच्नुपर्छ र आफूलाई गहिरोसित थाहा नभएको कुराको अध्ययन गर्नुपर्छ। एकदमै धेरै प्रयास चाहिन्छ! भइहाल्यो, म सहभागी हुँदिनँ।” त्यसैले, मैले एन्ड्रियाको प्रस्ताव नकारेँ।
पछि, हामीले चित्र कोर्ने नयाँ तरिका सिकिरहेका थियौँ। यो सीप सिक्ने क्रममा हामी धेरै कठिनाइ र समस्यासित लडिरह्यौँ, तर एन्ड्रियाले हामीसित छलफल गरेर ती समाधान गरिन्। मलाई त्यस तरकिबबारे राम्ररी थाहा नभएकोले, त्यसबारे दुई पटक बताइएको सुनेपछि पनि म अझै अन्योलमै थिएँ, र मैले सोचेँ, “यस क्षेत्रमा नयाँ सीप सिक्नु साह्रै थकाइलाग्दो हुन्छ। यस पटक म संलग्न हुन्छु जस्तो मलाई लाग्दैन। जे होस्, हामीसित एन्ड्रिया छिन्, उनले हामीलाई सिक्न मदत गर्न सक्छिन्।” पछि, मैले अध्ययन गर्दै गर्दा ध्यानसित सुनिनँ। कोही बेला म पुरै समयभरि एक शब्द पनि बोलिनँ; कुनै बेला चाहिँ अरू नै काम गर्नतिर लागेँ। एन्ड्रियाले मलाई मेरो विचार र धारणाबारे सोध्दा म सधैँ आफ्नो कुनै विचार र धारणा छैन भनेर लापरवाहीसाथ जवाफ दिन्थेँ। मैले बिस्तारै आफ्नो कर्तव्यमा झन्-झन कम बोझ उठाएँ र पुनः हेर्नुपर्ने काममा समस्याहरू देख्न छोडेँ। त्यस अवधिमा, हरेक दिन मेरो हृदयमा खोक्रो अनुभव हुन्थ्यो र म झन् धेरै नकारात्मक भएँ। मलाई मेरो क्षमता कम भएको र म त्यस कर्तव्यको लागि योग्य छैनँ भन्ने लाग्यो।
एक दिन, एन्ड्रियाले मसित कामबारे छलफल गरेपछि भनिन्, “तपाईंले यो कर्तव्य गर्नुभएको केही समय भइसकेको छ, तैपनि तपाई अझै आफूसँग अनुभवको कमी छ वा तपाईं बुझ्नुहुन्न भन्नुहुन्छ। तपाईं केवल बोझ उठाउन वा प्रयास गर्न चाहनुहुन्न। मसँग केही राम्रा विचार हुनुको कारण के हो भने, म अक्सर प्रार्थना गर्छु, परमेश्वरमा भर पर्छु र कामकुरा बुझ्न सिद्धान्तहरू खोजी गर्छु। विशष गरी हामीले व्यावसायिक कुराहरू नबुझेको बेला, अध्ययन गर्न अग्रसर हुनैपर्छ। नत्र, हामीले आफ्नो कर्तव्य कसरी निर्वाह गर्न सक्छौँ र?” त्यसपछि, उनले कठिनाइहरूको सामना गर्दा उनी कसरी परमेश्वरमा भर परिन् र समाधान भेट्टाउन खोजी गरिन् भन्नेबारे बताइन्। तर त्यतिबेला मैले अझै आफ्नो समस्या पटक्कै बुझिनँ। बरु, एन्ड्रियाले मेरा समस्या बुझिनन् भन्ने मलाई लाग्यो, त्यसैले मैले उनको सुझावलाई मनमा लिइनँ, न त मैले आत्मसमीक्षा नै गरेँ।
चाँडै नै, एन्ड्रियालाई अन्य कामको जिम्मा दिइयो। उनी जाँदा म निकै दुःखी थिएँ, किनभने यत्तिका धेरै कामको सामना गर्नुपर्दा मेरो दिमाग शून्य भयो। मैले सोचेँ, “मैले यो कामको जिम्मा लिएको अब एक वर्षभन्दा धेरै भइसक्यो, त्यसैले कसरी म यो काम गर्न अझै असक्षम छु?” त्यसबेला, मलाई एन्ड्रियाले भनेको कुरा याद आयो। के मैले साँच्चै आफ्नो कर्तव्यमा बोझ उठाएकी थिइनँ र? मैले आत्मसमीक्षा गर्न र आफूलाई चिन्न परमेश्वरलाई उहाँको मार्गदर्शन माग्दै प्रार्थना गरेँ। पछि, मैले परमेश्वरको वचनको यो खण्ड पढेँ: “धेरैजसो समय, कामका समस्याबारे सोध्दा तिमीहरू जवाफ दिन सक्दैनौँ। तिमीहरूमध्ये केही त काममा संलग्न भएका छौ, तर तिमीहरूले काममा के-कसो भइरहेको छ भनेर कहिल्यै सोध्ने वा यसबारे सावधानीपूर्वक सोच्ने गर्दैनौ। तिमीहरूको क्षमता र ज्ञानलाई विचार गर्दा, तिमीहरूलाई कम्तीमा पनि केही त हुनुपर्ने हो, किनभने तिमीहरू सबै यस काममा सहभागी भएका छौ। त्यसो भए, किन अधिकांश मानिसले केही पनि भन्दैनन्? सम्भवतः के भन्ने भनेर तिमीहरूलाई साँच्चै थाहा नभएको हुन सक्छ—कामकुराहरू राम्रोसित भइरहेका छन् कि छैनन् भनेर तिमीहरूलाई थाहा नभएको हुन सक्छ। यसका दुईवटा कारण छन्: एउटा कारण हो—तिमीहरू पूर्णतया उदासीन छौ, अनि तिमीहरूले यी कुराहरूको कहिल्यै वास्ता गरेनौ र सधैँ तिनलाई पूरा गर्नुपर्ने कामको रूपमा मात्र लियौ। अर्को कारण हो—तिमीहरू गैरजिम्मेवार छौ र यी कुराहरूको ख्याल गर्न तिमीहरू इच्छुक छैनौ। यदि तैँले साँच्चै वास्ता गरेको भए र यदि तँ साँच्चै संलग्न भएको भए, तँसित सबै कुराबारे राय र दृष्टिकोण हुनेथ्यो। भावशुन्य र उदासीन हुँदा र कुनै जिम्मेवारी नलिँदा अक्सर दृष्टिकोण वा राय नहुने गर्छ। तिमीहरू आफूले निर्वाह गर्ने कर्तव्यप्रति लगनशील छैनौ, तिमीहरू कुनै जिम्मेवारी लिँदैनौ, तिमीहरू मूल्य चुकाउन वा संलग्न हुन चाहँदैनौ। तिमीहरू न त कुनै कष्ट भोग्छौ, न त अझ धेरै शक्ति खर्चन नै इच्छुक छौ; तिमीहरू केवल अनुचर हुन चाहन्छौ, यो त एक गैरविश्वासीले आफ्नो हाकिमको लागि काम गरेजस्तोभन्दा कुनै फरक छैन। यसप्रकारको कर्तव्य निर्वाहलाई परमेश्वर मन पराउनुहुन्न र यसले उहाँलाई प्रसन्न तुल्याउँदैन। यसले उहाँको अनुमोदन पाउन सक्दैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्वरको वचनले मेरो अवस्थालाई ठ्याक्कै प्रकट गऱ्यो। मैले एन्ड्रियासँग सहकार्य गर्दा र कामबारे छलफल गर्दा, मसित आफ्ना दृष्टिकोण वा विचार कहिल्यै हुँदैनथ्यो। त्यो क्षेत्र वा कामबारे मलाई राम्ररी थाहा नभएकोले त्यसो भएको हो भन्ने सधैँ मलाई लाग्थ्यो। परमेश्वरको वचन पढेपछि मात्र मैले त्यो त मेरो लापरवाही र गैरजिम्मेवारीको कारणले भएको रहेछ भनेर बुझेँ। मैले एन्ड्रियासँग सहकार्य गर्दाको समयबारे फर्केर सोच्दा, प्रत्येक चोटि मसित व्यावसायिक समस्या हुँदा, म त्यसबारे कहिल्यै चिन्तित भइनँ। मैले कर्तव्यबारे आफूलाई अनुभव नहुनु र आफूले सिद्धान्तहरू राम्ररी नबुझ्नुलाई त्यो कामबाट उम्कने र पन्छिने बहानाको रूपमा प्रयोग गरेँ। कामबारे छलफल हुँदा म केवल श्रोता बन्थेँ। मैले त्यसबारे कहिल्यै होसियारीसाथ सोचिनँ। मैले अक्सर एन्ड्रियाको अगाडि आफूले नबुझेकी, आफू असक्षम भएको र उनीसँग कामको धेरै अनुभव भएको कुरा गरेँ, तर ती वास्तवमा बहाना मात्र थिए। मेरो वास्तविक उद्देश्य उनको सहानुभूति प्राप्त गर्नु र उनले मलाई बुझून् भन्ने थियो, ताकि धेरैजसो काम उनले गरून् र म चाहिँ आफ्नो फुर्सदको मजा लिइरहन सकौँ। म साह्रै धूर्त र छली थिएँ! मलाई यस कर्तव्यको जिम्मेवारी दिइएको एक वर्षभन्दा धेरै भएको थियो र मसँग व्यावसायिक जग थियो, त्यसैले, यदि म जिम्मेवार भएकी भए र मैले लगनशील भई अध्ययन गरेकी भए, कामबारे छलफल हुँदा मसित आफ्नै दृष्टिकोणहरू हुनेथिए। एन्ड्रियाको सरुवा हुँदा मैले त्यो कर्तव्य सम्हाल्न सक्नेथिएँ। मैले आफ्नो कर्तव्यमा गैरजिम्मेवार हुनुबाहेक अरू केही गरेकी थिइनँ, मानौँ सकेसम्म दिनहुँ थोरै प्रयास वा थोरै चिन्ता गरेर बाँच्न म केवल ज्यालाका लागि काम गरिरहेकी छु। कसरी कामकुरा ठीकसँग गर्ने, कसरी आफूले सक्दो गर्ने र कसरी आफ्नो जिम्मेवारी पूरा गर्ने भनेर मैले कहिल्यै सोचिनँ। मैले शारीरिक कष्टलाई कसरी पन्छाउने भनेर मात्र सोच्दै आफ्नो कर्तव्य केवल लटरपटर निर्वाह गरिरहेकी थिएँ। मैले परमेश्वरको इच्छालाई पटक्कै विचार गरिनँ। मेरो हृदयमा परमेश्वरको लागि ठाउँ छ भनेर म कसरी भन्न सक्थेँ र? मैले आफ्नो कर्तव्यप्रति देखाएको मनोवृत्तिको लागि परमेश्वरले मलाई कसरी तिरस्कार गर्न सक्नुहुन्न र?
त्यसपछि, मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ: “प्रभु येशूले एकपटक भन्नुभयो, ‘किनभने जोसँग छ, उसलाई दिइनेछ, र ऊसँग अझै प्रशस्त हुनेछ: तर जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ’ (मत्ती १३:१२)। यी वचनहरूको अर्थ के हो? यिनीहरूको अर्थ हो—यदि तैँले आफ्नो कर्तव्य वा कार्य गरिनस् वा त्यसमा आफूलाई समर्पित गरिनस् भने, परमेश्वरले तँसित भएका कुरा ‘खोस्नुहुनेछ’। ‘खोस्नुहुनेछ’ भन्नुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो अनुभूति गराउँछ? हुन सक्छ, तैँले आफ्नो क्षमता र गुणद्वारा प्राप्त गर्न सक्ने कुरा प्राप्त गर्न सक्दैनस्, र तँलाई केही महसुस हुँदैन अनि तँ ठ्याक्कै गैरविश्वासीजस्तै छस्। परमेश्वरले सबै कुरा खोस्नु भनेको त्यही हो। यदि तँ आफ्नो कर्तव्यमा लापरवाह छस्, मूल्य चुकाउँदैनस्, र तँ इमानदार छैनस् भने, परमेश्वरले तँसित भएका कुरा खोस्नुहुनेछ, उहाँले तेरो कर्तव्य निर्वाह गर्ने अधिकार फिर्ता लिनुहुनेछ, उहाँले तँलाई यो अधिकार दिनुहुनेछैन। परमेश्वरले तँलाई वरदान र क्षमता दिनुभयो, तर तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिनस्, परमेश्वरको लागि आफैलाई खर्च गरिनस्, वा मूल्य चुकाइनस् र तैँले त्यसमा मन लगाइनस्, त्यसकारण परमेश्वरले तँलाई आशिष् नदिनुहुने मात्र होइन, तँसित भएका कुरा पनि खोस्नुहुनेछ। परमेश्वरले मानिसहरूलाई विशेष सीपका साथै ज्ञान र बुद्धि दिएर आशिष् प्रदान गर्नुहुन्छ। मानिसहरूले यी कुरा कसरी प्रयोग गर्नुपर्छ? तैँले आफ्नो विशेष सीप, वरदान, ज्ञान र बुद्धिलाई आफ्नो कर्तव्यमा समर्पित गर्नैपर्छ। तैँले आफ्नो हृदय प्रयोग गर्नुपर्छ अनि आफूलाई थाहा भएका, आफूले बुझेका, र आफूले प्राप्त गर्न सक्ने सबै कुरा आफ्नो कर्तव्यमा लगाउनैपर्छ। यसो गर्दा तँ आशिषित हुनेछस्। परमेश्वरद्वारा आशिषित् हुनुको अर्थ के हो? यसले मानिसहरूलाई कस्तो महसुस गराउँछ? तिनीहरूले परमेश्वरबाट अन्तर्दृष्टि र मार्गदर्शन पाएका छन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूसित मार्ग हुन्छ। अरू मानिसहरूलाई तेरो क्षमता र तैँले सिकेका कुराहरूले तँलाई काम पूरा गर्न सक्षम पार्न नसकेकोजस्तो लाग्न सक्छ—तर यदि परमेश्वरले काम गर्नुहुन्छ र तँलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ भने, तँ ती कुरा बुझ्न र ती काम गर्न मात्र होइन, ती काम राम्रैसित गर्नसमेत सक्षम हुनेछस्। अनि अन्त्यमा, तैँले अचम्मित हुँदै मनमनै यस्तो सोच्नेछस्, ‘म त यति दक्ष थिइनँ, तर अहिले मभित्र कति धेरै असल कुराहरू छन्—र यी सबै सकारात्मक छन्। मैले यी कुराहरू कहिल्यै अध्ययन गरिनँ, तर म अहिले अचानक यी सबै कुराहरू बुझ्ने भएको छु। म अचानक कसरी यति तीक्ष्ण भएँ? अहिले म कसरी यति धेरै कुराहरू गर्न सक्ने भएँ?’ तैँले यो कुरा बुझ्न सक्नेछैनस्। यी त परमेश्वरबाटको अन्तर्दृष्टि र आशिष् हुन्; यसरी नै परमेश्वरले मानिसहरूलाई आशिष् दिनुहुन्छ। तिमीहरूले आफ्नो कर्तव्य निभाउँदा वा काम गर्दा यदि यस्तो महसुस गर्दैनौ भने, तिमीहरू परमेश्वरद्वारा आशिषित् भएका छैनौ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ)। परमेश्वरको वचन मनन गरेपछि मैले बुझेँ कि, परमेश्वरले इमानदार मानिस र उहाँको लागि आफूलाई इमानदारीपूर्वक समर्पित गर्नुहरूलाई आशिष् दिनुहुन्छ। व्यक्तिले जति धेरै मेहनत गर्छ र आफ्नो कर्तव्यमा सुधार गर्ने प्रयास गर्छ, उति नै धेरै उसलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ, र ऊ आफ्नो कर्तव्यमा अझ धेरै प्रभावकारी हुन्छ। त्यसको विपरीत, यदि तपाईंले आफ्नो कर्तव्य छलका साथ गर्नुभयो, लगनशील हुनुभएन र मूल्य चुकाउनुभएन भने, तपाईंले आफ्नो कर्तव्यमा कहिल्यै प्रगति गर्नुहुनेछैन वा त्यसबाट कुनै लाभ प्राप्त गर्नुहुनेछैन, अनि हासिल गर्न सक्ने कुरा समेत गुमाउन सक्नुहुन्छ। यस क्षणमा, एन्ड्रियाले मलाई बताएको अनुभव याद आयो। साँचो कुरा के थियो भने, सुरुमा उनले नबुझेका धेरै काम थिए, तर उनले आफ्ना कठिनाइ अक्सर परमेश्वरकहाँ ल्याइन्, गहरोसित खोजी र मनन गर्दै प्रार्थना गरिन्, र साथै ती कुराबारे अरूसँग सङ्गति र सारांश गरिन्, अनि उनले थाहै नपाई पवित्र आत्माद्वारा अन्तर्दृष्टि पाइन् र सधैँ नयाँ विचारहरू प्राप्त गर्न सकिन्। उनले आफ्नो कर्तव्यमा झन-झन् धेरै प्रगति गरिन् र उनी आफ्नो कर्तव्यमा झन्-झन् धेरै प्रभावकारी भइन्। तर, मैले हैसियत कायम राख्ने प्रयास गरेँ, प्रगति गर्न खोजिनँ, फुर्सदको आनन्द लिने प्रयास गरेँ र कष्ट भोग्न वा मूल्य चुकाउन कहिल्यै चाहिनँ। परिणामस्वरूप, मैले आफूले गर्न सक्ने कुरासमेत कहिल्यै गर्न सकिनँ। परमेश्वरका वचनहरूले भनेजस्तै: “जोसँग छैन, ऊसँग भएको पनि ऊबाट खोसिनेछ” (मत्ती १३:१२)। कर्तव्यप्रतिको मेरो लापरवाह र गैरजिम्मेवार मनोवृत्तिलाई परमेश्वरले तिरस्कार गर्नुभयो। यदि मैले पश्चात्ताप गरिनँ भने, परमेश्वरले मलाई काटछाँट गर्नुहुनेछ र अन्ततः मैले मिलेर कर्तव्य गर्ने मौका गुमाउनेछु भन्ने मलाई महसुस भयो। यसबारे सोच्दा मलाई डर लाग्यो, त्यसैले, अभ्यासको मार्ग भेट्टाउनका लागि पश्चात्ताप गर्न र उहाँको मार्गदर्शन खोज्न मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ।
पछि, मैले परमेश्वरको वचन पढेँ: “तैँले कर्तव्यहरूलाई कसरी बुझ्नुपर्छ त? सृष्टिकर्ता परमेश्वरले कसैलाई दिनुभएको कामको रूपमा हेर्नुपर्छ; मानिसहरूले पाउने कर्तव्य यसरी नै आउँछ। परमेश्वरले तँलाई दिनुभएको आज्ञा नै तेरो कर्तव्य हो, र तैँले परमेश्वरले मापदण्ड दिनुभएअनुसार आफ्नो कर्तव्य निभाउनु पूर्ण रूपमा प्राकृतिक र उचित कुरा हो। यदि तँ यो कर्तव्य परमेश्वरको आज्ञा हो, र यो तँमाथि आइरहेको परमेश्वरको प्रेम र आशिष् हो भनी स्पष्टसँग देख्न सक्छस् भने, तैँले परमेश्वरलाई प्रेम गर्ने हृदयले आफ्नो कर्तव्य स्वीकार गर्न र आफ्नो कर्तव्य निभाउँदा तैँले परमेश्वरका अभिप्रायहरूलाई वास्ता गर्न सक्नेछस्, र परमेश्वरलाई सन्तुष्ट पार्न तैँले सबै कठिनाइहरू पार गर्न सक्नेछस्। परमेश्वरको लागि साँचो रूपमा आफैलाई समर्पित गर्नेहरूले कहिल्यै पनि परमेश्वरको आज्ञालाई इन्कार गर्न सक्दैनन्; तिनीहरूले कहिल्यै पनि कुनै कर्तव्य इन्कार गर्न सक्दैनन्। परमेश्वरले तँलाई जे-जस्तो कर्तव्य सुम्पनुभए पनि, यसमा जति नै कठिनाइ आइपर्ने भए पनि, तैँले यसलाई इन्कार गर्नु हुँदैन बरु स्वीकार गर्नुपर्छ। अभ्यासको मार्ग यही हो, र यही नै परमेश्वरलाई सन्तुष्ट पार्न सबै कुरामा सत्यताको अभ्यास गर्नु र आफ्नो पूरै बफादारिताभाव लगाउनु हो। यहाँ मुख्य कुरा के हो? ‘सबै कुरा’ भन्ने शब्द हो। ‘सबै कुरा’ ले तँलाई मन पर्ने वा तँ सिपालु रहेको कुरालाई जनाउँछ भन्ने छैन, तँ परिचित रहेका कुराहरूलाई जनाउनु त परको कुरा हो। कहिलेकहीँ, केही कुराहरू हुन्छन् जसमा तँ सिपालु हुँदैनस्, जुन तैँले सिक्नुपर्ने हुन्छ, जुन कठिन हुन्छन् र जसमा तैँले पीडा भोग्नुपर्ने हुन्छ। तैपनि, चाहे कुरा जेसुकै नै होस्, यदि परमेश्वरले तँलाई त्यो सुम्पनुभएको छ भने, तैँले त्यो उहाँबाट आएको भनी यसलाई स्विकार्नुपर्छ; तैँले यसलाई स्वीकार गर्नुपर्छ र राम्रोसित निर्वाह गर्नुपर्छ, र आफ्नो पूरै बफादारिता दिनुपर्छ र परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्नुपर्छ। अभ्यासको मार्ग भनेको यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका यी वचनहरूबारे चिन्तन गरेपछि, म भित्रैदेखि अभिप्रेरित भएँ। कर्तव्य भनेको परमेश्वरको आज्ञा हो, र चाहे हामी यसमा सिपालु होऔँ या नहोऔँ वा यो सरल होस् वा जटिल, यो परमेश्वरबाट आएको हुन्छ, त्यसैले हामी जिम्मेवार बन्नुपर्छ र हामी सकेसम्म वफादार हुनुपर्छ। हामीले सक्दो प्रयास गरेर आफ्नो जिम्मेवारी पूरा गरेपछि मात्र परमेश्वको मार्गदर्शन प्राप्त गर्न सक्छौँ। मैले परमेश्वरको प्रेमको साटो तिर्न आफ्ना कर्तव्य निष्ठापूर्वक निर्वाह गर्नेछु भनेर उहाँसामु कसम खाएका ती सबै समयबारे सोचेँ। अहिले, कर्तव्य अलि जटिल र चुनौतीपूर्ण थियो, र मैले कष्ट भोग्नुपर्थ्यो र मूल्य चुकाउनुपर्थ्यो, त्यस्तो बेला मैले लटरपटर मात्र गरेर त्यसलाई पन्छाउन खोजेँ। मलाई यो कुरा महसुस हुँदा, आफू परमेश्वरप्रति ऋणी भएकी र उहाँको प्रेम पाउन अयोग्य छु भन्ने लाग्यो। म यसरी अघि बढ्न सक्दिनँथिएँ। मलाई भविष्यमा पछुतो नहुनाका लागि मैले परमेश्वरको वचनअनुसार अभ्यास गर्नुपर्थ्यो, आफ्नो कर्तव्यलाई पूर्ण इमानदारीका साथ सम्हाल्नुपर्थ्यो र आफ्ना जिम्मेवारी पूरा गर्नुपर्थ्यो।
त्यसैले, यसपछि म अग्रसर भएँ र मलाई पहिला थाहा नभएका कामलाई जाँच्न र त्यससित परिचित हुन थालेँ, अनि जटिल समस्याहरू आइपर्दा, उप्रान्त तिनलाई पन्छाउने प्रयास गरिनँ। त्यसको सट्टा, म तीबारे आफ्ना ब्रदर-सिस्टरहरूसँग छलफल गरेर समाधान गर्न अग्रसर भएँ, अनि आफूले नबुझेको बेला उनीहरूलाई सिकाइ मागेँ। बिस्तारै, म कामकुरामा पारङ्गत हुन थालेँ, र अरूलाई समस्याहरू आइपर्दा उचित समाधान प्रदान गर्न सक्षम भएँ। मैले हाम्रो कामको सारांश बताउँदा, सुरुमा मसँग कुनै विचार थिएन र अझै पनि त्यसलाई पन्छाउन चाहेँ, तर मैले परमेश्वरको वचनमा पढेको कुरा सम्झेँ, त्यसैले, होसहवासमा आफ्नो देहसुख त्यागेँ, हाम्रो कर्तव्यमा भएका समस्याहरूबारे सोचेँ, र सिद्धान्तहरू र जानकारी खोज्न काम गरेँ। केही समय त्यसरी अभ्यास गरेपछि, मैले स्पष्ट रूपमा परमेश्वरको मार्गदर्शन महसुस गरेँ। यादै नभई, मैले आफूले नबुझेको वा आफूलाई अन्योलमा पारेका थुप्रै कुरा बुझ्न थालेँ र हामीले हरेक पल्ट कार्य सारांश गर्दा केही नतिजा प्राप्त गऱ्यौँ। ब्रदर-सिस्टरहरूले हामीले सारांश गरेको कुरा अभ्यास गरे र प्रगति पनि गरे।
आफ्नो कर्तव्यप्रति मेरो दृष्टिकोण केही हदसम्म परिवर्तन भएको छ भनेर मैले सोचेँ, तर फेरिे त्यस्तै परिस्थिति सामना गर्दा, ममा फेरि मेरा पुरानै तरिकाहरू हाबी भए।
सेप्टेम्बर २०२१ मा, काममा आवश्यकता परेकोले गर्दा, मैले नवप्रवेशीहरूलाई मलजल हाल्न सिस्टर रोजीसँग साझेदारी गर्न थालेँ। यो कर्तव्यमा प्राविधिक समस्याहरू हुनेछैनन् र टाउको दुखाइ कम हुनेछ भनेर सोचेँ, तर वास्तवमा यो कर्तव्य गर्न थालेपछि नवप्रवेशीहरूलाई मलजल हाल्नु सजिलो छैन रहेछ भनेर मैले थाहा पाएँ। मैले विदेशी भाषामा कुराकानी गर्नुपर्ने मात्र नभई, तिनीहरूको धारणा र भ्रमलाई तुरुन्तै समाधान गर्न सत्यताबारे सङ्गति पनि गर्नुपर्यो। मैले रोजी कामका सबै पक्षमा एकदमै निपुण रहेछिन् भन्ने देखेँ। उनले नवप्रवेशीहरूका समस्या समाधान गर्न सान्दर्भिक सत्यता तुरुन्तै भेट्टाउन सक्थिन्, तर म त्यसमा राम्रो नभएको मैले देखेँ। म सत्यताबारे स्पष्टसित सङ्गति गर्न वा तिनीहरूका समस्या समाधान गर्न सक्दिनँथेँ। रोजीको स्तरमा पुग्न मैले लामो समयसम्म अध्ययन गर्नु र आफूलाई सुसज्जित पार्नु अनि ठूलो मूल्य चुकाउनु आवश्यक थियो। मैले सोचेँ, “भइहाल्यो, जे भए पनि रोजी अब मेरी साझेदार हुन्, त्यसैले, यसबारे मैले चिन्ता लिनुपर्दैन।” यस्तो सोचाइ गर्दै मैले त्यति उत्सुकतापूर्वक मलजल गर्नेसम्बन्धी सत्यताद्वारा आफूलाई सुससज्जित पारिनँ, र भेलापछि मैले सक्रियतापूर्वक नवप्रवेशीहरूलाई उनीहरूका समस्या र कठिनाइबारे सोधिनँ। एक दिन, मैले दुई महिना अघिदेखि नै यो कर्तव्य निभाइरहेकी छु, तर अझै पनि एक जना नवप्रवेशीलाई मलजल हाल्न सकिनँ भनेर चिन्तन गरेँ। मैले सधैँ आफूले नबुझेको बहाना बनाएँ, तर वास्त्वमा मूल्य चुकाउने प्रयास गरिनँ। मैले आफैलाई यसरी नसोधी सक्दै सकिनँ, “म सिपालु नभएको कुनै कर्तव्य गर्नुपर्ने हुनासाथ मेरो ‘बुझाइको कमी’ र ‘असक्षमता’ लाई कर्तव्य लटरपटर गर्ने र मूल्य चुकाउन नचाहने बहानाको रूपमा म किन प्रयोग गर्छु?” मैले आफ्नो अवस्था र अन्योलपनलाई परमेश्वरसामु ल्याएँ र प्रार्थना गरेँ।
एक दिन, मैले मेरो भक्तिको क्रममा परमेश्वरको यी वचनहरू पढेँ: “कर्तव्य पूरा गर्दा मानिसहरू सधैँ थकित नहुने, घरबाहिर गई दौडधूप गर्नु नपर्ने हल्का काम छान्छन्। यसलाई सजिलो काम छान्नु र गाह्रो कामदेखि भाग्नु भनिन्छ, र यो देहसुखप्रतिको लालचको प्रकटीकरण हो। अरू के-के छन्? (कर्तव्य अलिक गाह्रो, अलिक थकाइलाग्दो, र मूल्य चुकाउनुपर्ने हुँदा सधैँ गुनासो गर्नु।) (खानेकुरा र लुगाफाटाप्रति मरिमेट्नु र देहको सुखमा लिप्त हुनु।) यी सबै देहसुखप्रतिको लालचका प्रकटीकरण हुन्। यस्तो व्यक्तिले एकदमै गाह्रो वा जोखिमपूर्ण काम देखेमा, त्यो अरू कसैलाई भिराउँछ; आफूले चाहिँ फुर्सदिलो काम मात्र गर्छ, र आफ्नो क्षमता कमजोर छ, काम गर्ने क्षमता छैन, र यस्तो काम गर्न सक्दिनँ भन्दै बहाना बनाउँछन्—जबकि वास्वतमा देहसुखको लालचले गर्दा त्यस्तो भएको हुन्छ। … साथै, मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ गुनासो गर्छन्, उनीहरू कुनै प्रयास गर्न चाहँदैनन्, अलिकति फुर्सतको समय पाउनासाथ आराम गर्छन्, गफ लडाउँछन्, वा बसिबियाँलो र मनोरञ्जनात्मक क्रियाकलापमा भाग लिन्छन्। अनि काममा व्यस्तता सुरु भएपछि, जीवनको तालमेल र तालिका बिग्रँदा, तिनीहरू दुःखी र असन्तुष्ट हुन्छन्। तिनीहरू गनगन र गुनासो गर्छन्, अनि तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा लापरवाह र झाराटारुवा बन्छन्। यो त देहसुखको लालच गर्नु हो, होइन र? … के देहसुखको लालच गर्ने मानिसहरू कर्तव्य निर्वाह गर्न योग्य हुन्छन्? कसैले कर्तव्य पूरा गर्ने बारेमा कुरा उठाउने बित्तिकै, वा मूल्य चुकाउनेबारे र कठिनाइ भोग्नेबारे कुरा गर्दा, तिनीहरूले टाउको हल्लाउँछन्। तिनीहरूसित समस्यैसमस्या हुन्छन्, तिनीहरू गुनासोका पोका हुन्, र नकारात्मकताले भरिएका हुन्छन्। यस्ता मानिसहरू बेकारका हुन्, तिनीहरू आफ्नो कर्तव्य निर्वाह योग्यका हुँदैनन् र तिनीहरूलाई हटाइनुपर्छ” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (२))। “कतिपय झूटा अगुवासँग थोरै क्षमता हुन्छ, तर तिनीहरू व्यावहारिक काम गर्दैनन्, र तिनीहरू देहसुखप्रति लालायित हुन्छन्। देहसुखप्रति लालायित हुने मानिसहरू सुँगुरभन्दा खासै फरक होइनन्। सँगुरको दिन सुत्दै र खाँदैमा बित्छ। त्यसले केही गर्दैन। तर, त्यसलाई मेहनतका साथ एक वर्षसम्म पालेपछि, वर्षको अन्त्यमा पूरै परिवारले त्यसको मासु खाँदा, त्यसलाई पालेको खेर गएन भन्न सकिन्छ। यदि कुनै झूटा अगुवालाई सुँगुरझैँ पालियो, र ऊ हरेक दिन तीनपटक खाने र पिउने गर्छ, मोटाउँछ र बलियो हुन्छ, तर कुनै व्यावहारिक काम गर्दैन र निकम्मा भयो भने, के उसलाई पाल्नु व्यर्थ भएको हुँदैन र? के उसलाई पालेर केही काम लागेको छ? ऊ परमेश्वरवको कामविपरीत हुनमा मात्र राम्रो हुन्छ र उसलाई हटाइनुपर्छ। वास्तवमा, झूटो अगुवा पाल्नुभन्दा सुँगुर पाल्नु बेस हुन्छ। झूटा अगुवाहरूसँग ‘अगुवा’ को उपाधि होलान्, उनीहरूले यो पद ओगट्लान् र दिनको तीनपल्ट मज्जाले खालान् र परमेश्वरका धेरै अनुग्रह पाउलान्, र वर्षको अन्त्यमा उनीहरू खाएर मोटाएका हुन्छन्—तर काम कस्तो भएको हुन्छ? यस वर्ष तेरो काममा हासिल भएका सबै कुरालाई हेर्: के तैँले यस वर्ष कामको केही क्षेत्रमा नतिजाहरू देखेको छस्? तैँले के-कस्ता व्यावहारिक काम गरिस्? परमेश्वरको घरले तँलाई सबै काम सिद्ध रूपमा गर्नुपर्छ भन्दैन, तर तैँले मुख्य कामचाहिँ राम्ररी गर्नैपर्छ—उदाहरणका लागि, सुसमाचारको काम वा श्रव्यदृश्यको काम, किताब सम्बन्धी काम, आदि इत्यादि। यी सबै काम फलदायी हुनैपर्छ। सामान्य परिस्थितिमा, तीनदेखि पाँच महिनापछि कुनै प्रभाव—कुनै नतिजा—देख्न सकिन्छ; यदि एक वर्षपछि पनि कुनै नतिजा आएन भने, यो गम्भीर समस्या हो। एकवर्षपछि, तेरो जिम्मेवारीको दायराभित्र रहेको कुनचाहिँ काम सबैभन्दा सफल भएको छ, कुनचाहिँ काममा तैँले सबैभन्दा धेरै मूल्य चुकाइस् र सबैभन्दा बढी कष्ट भोगिस् भनेर हेर्। आफ्ना उपलब्धिहरूलाई हेर्: एक वर्षसम्म परमेश्वरको अनुग्रह प्राप्त गरेपछि तैँले कुनै मूल्यवान् उपलब्धि हासिल गरेको छस् कि छैनस् भन्नेबारेमा तेरो हृदयमा केही विचार हुनुपर्छ। तैँले यी सबै समयमा परमेश्वरको घरको खानेकुरा खाँदा र उहाँको अनुग्रह प्राप्त गर्दा, केचाहिँ गर्दैथिइस्? के तैँले कुनै कुरा हासिल गरेको छस्? यदि तैँले केही पनि हासिल गरेको छैनस् भने, तँ अरूको फाइदा उठाउने, वास्तविक झूटो अगुवा होस्” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (४))। मैले परमेश्वरका यी वचनहरूबारे मनन गर्दा, त्यसले मेरो हृदय वारपार छेडेको महसुस गरेँ। त्यसपछि मात्र मैले म आफ्नो कर्तव्यमा आइपर्ने कठिनाइदेखि जहिले पनि पछि हटेको अनि आफ्नो “बुझाइको कमी” र “असक्षमता” लाई बहानाको रूपमा प्रयोग गर्ने गरेको कुरा बुझेँ, किनभने म साह्रै अल्छे र शारीरिक सुखको असाध्यै लालची थिएँ। विगतमा, म एन्ड्रियासित कर्तव्यको इन्चार्ज हुँदा, म आफ्नो लागि सधैँ सरल र सजिलो काम लिन्थेँ र म सिपालु नभएको वा धेरै ध्यान दिनुपर्ने कुनै पनि काम उनलाई दिन्थेँ। अहिले, रोजीसित नवप्रवेशीहरूलाई मलजल हाल्ने काममा पनि म चिन्ता गर्न वा मूल्य चुकाउन चाहँदिनँ थिएँ। मैले आफ्नो व्यवहारबारे चिन्तन गरेँ र त्यसको मुख्य कारण म शैतानी दर्शनहरूद्वारा नियन्त्रित भएकोले रहेछु भन्ने बुझेँ। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “समय निकाल, मोजमस्ती गर, किनकि जीवन छोटो छ,” र “जीउँदो हुँदा नै आफ्नो उपचार गर्” जस्ता कुराहरूले मेरो हृदयमा गहिरो जरा गाडेका थिए। मलाई त सधैँ के लाग्थ्यो भने, मानिसहरू आफ्नो लागि जिउनुपर्छ, अनि हामीलाई दुःखकष्ट छैन र हामीसँग शारीरिक सुख छ भने, हामी जसरी जिउनुपर्ने हो त्यसरी नै जिइरहेका हुन्छौँ। म आफ्नो कर्तव्य पूरा गर्न मण्डलीमा आउँदा पनि मसँग यो दृष्टिकोण कायमै थियो। मैले राम्रो गर्न नसक्ने कर्तव्यहरू गर्नुपर्दा, कठिनाइ आएको बेला मूल्य चुकाउनुपर्दा, म कछुवाले टाउको लुकाएझैँ पछि हटेँ र आफ्नो शारीरिक सुखलाई पहिलो स्थान दिएँ। त्यसरी जिउँदा म सुँगुरभन्दा फरक थिइनँ! सुँगुरसँग कुनै विचार हुँदैन वा त्यसले केही गर्दैन। त्यसले खान, पिउन र सुत्न मात्र जान्दछ। म पनि त्यस्तै थिएँ, आफ्नै सुखबारे मात्र चिन्तित थिएँ। मैले त्यस्तो अभद्र जीवन जिइरहेकी थिएँ! विगतमा सुपरभाइजरको रूपमा र अहिले मलजल गर्ने व्यक्तिको रूपमा मलाई परमेश्वरले अनुग्रह देखाउनुभएको थियो, तर मैले प्रगति गर्ने वा आफ्ना जिम्मेवारी र कर्तव्यलाई विचार गर्ने कसरी पटक्कै कोसिस गरिनँ भनेर मलाई याद आयो। म मण्डलीको काम र आफ्ना ब्रदर-सिस्टरहरूको जीवनप्रति गैरजिम्मेवार भएँ। मसँग अलिकति पनि विवेक थिएन! मैले कष्ट भोग्न वा मूल्य चुकाउन चाहिनँ, तर मैले आफ्नो “बुझाइको कमी” वा “असक्षम” हुनुलाई सहानुभूति पाउन र म आफ्नो कमजोरीहरू स्विकार्न सक्छु भनी अरूलाई सोच्न लगाउन बहानाको रूपमा चलाएँ, ताकि उनीहरूले मलाई व्यावहारिक र इमानदार ठानून्। सत्य कुरा के हो भने, मैले यी कुरालाई आफ्नो अल्छीपन र गैरजिम्मेवारीलाई ढाकछोप गर्न प्रयोग गरेँ। म साह्रो धूर्त र छली थिएँ र मैले सबै ब्रदर-सिस्टरहरूलाई छल गरेँ! मैले उनीहरूलाई केही समयको लागि छल गरे तापनि परमेश्वरले सबै कुरा देख्नुहुन्छ र उहाँ धर्मी हुनुहुन्छ। मैले परमेश्वरलाई मूर्ख बनाउन र छल गर्न खोजिरहेकी थिएँ, त्यसैले उहाँले मलाई कसरी तिरस्कार गर्न सक्नुहुन्न र? यही कारण, त्यस समय मैले आफ्नो कर्तव्यमा परमेश्वरको मार्गदर्शन कहिल्यै देखिनँ। म अनिश्चित हुनु र मेरो प्रगति स्पष्टरूपले नहुनु खतराका सङ्केत थिए।
मैले परमेश्वरको वचन पढेँ: “परमेश्वरले सुम्पनुभएको कुरा स्वीकार गरेपछि, नोआले अलिकति पनि लापरवाही नगरी परमेश्वरले कुरा गर्नुभएको ठूलो जहाज निर्माण गर्न थाले, मानौँ यो उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। दिनहरू बिते, वर्षहरू बिते, आज भोलि बन्यो, यो वर्ष अर्को वर्ष भयो। परमेश्वरले नोआलाई कुनै दबाब दिनुभएन, तर यो सम्पूर्ण समयभरि नोआ परमेश्वरले सुम्पनुभएको महत्त्वपूर्ण काममा लागिरहे। परमेश्वरले भन्नुभएको एकएक शब्द र वाक्यांश ढुङ्गाको पाटीमा कुँदिएका शब्दजस्तै नोआको हृदयमा अङ्कित भएका थिए। बाहिरी संसारमा जे-जस्ता परिवर्तनहरू भए पनि, उनका वरपरका मानिसहरूले खिसीटिउरी गरे पनि, जस्तोसुकै दुःखकष्ट आइपरे पनि वा जस्तोसुकै समस्याको सामना गर्नुपरे पनि, उनी यो सम्पूर्ण समयभरि परमेश्वरद्वारा सुम्पिइएको काममा कहिल्यै निराश नभई वा लत्तो छोड्ने सोच नराखी लागिरहे। परमेश्वरका वचनहरू नोआको हृदयमा अङ्कित भएका थिए, र ती उनको जीवनका वास्तविकता बनेका थिए। नोआले ठूलो जहाज निर्माणको लागि चाहिने सबै सामग्री तयार गरे अनि परमेश्वरले निर्माण गर्न आज्ञा दिनुभएको त्यो ठूलो जहाजका स्वरूप र विशेषताहरू नोआले सावधानीसाथ चलाएको हथौडा र छिनोको प्रहारमार्फत बिस्तारै आकारमा आउन थाले। हुरीबतास र वर्षाभरि, अनि मानिसहरूको खिल्ली वा निन्दाको बाबजुद पनि, नोआको जीवन वर्षौंवर्ष यही तरिकामा अघि बढ्यो। नोआसित कहिल्यै अर्को एक शब्द पनि नबोली, परमेश्वरले गोप्य रूपमा उनको हरेक कार्य हेर्नुभयो, र नोआको व्यवहारले उहाँको हृदय छोयो। तर नोआले यो कुरा न त थाहा पाए, न त महसुस नै गरे; उनले सुरुदेखि अन्त्यसम्म केवल त्यो ठूलो जहाज निर्माण गरे, र परमेश्वरका वचनप्रति अटल विश्वासका साथ सबै प्रकारका जीवित प्राणीलाई एकट्ठा गरे। नोआले पालन गर्नुपर्ने र पूरा गर्नुपर्ने त्योभन्दा उच्च निर्देशन उनको हृदयमा अरू थिएन: परमेश्वरका वचनहरू उनको जीवनभरिका निर्देशन र लक्ष्य थिए। त्यसैले, परमेश्वरले उनलाई जेसुकै भन्नुभए पनि, जेसुकै गर्न अह्राउनुभए पनि, जेसुकै गर्न आज्ञा दिनुभए पनि, नोआले त्यस कुरालाई पूर्ण रूपमा स्वीकार गरे, र त्यसलाई कण्ठ पारे; उनले यसलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठाने, र त्यहीअनुसार सम्हाले। उनले त्यो कुरा नबिर्सने र त्यसलाई दिमागमा छापेर राख्ने मात्र गरेनन्, उनले त त्यसलाई आफ्नो दैनिक जीवनमा समेत कार्यान्वयन गरे, आफ्नो जीवन प्रयोग गरेर परमेश्वरको आज्ञा सिविकारे र कार्यान्वयन गरे। यसरी, फलेकमाथि फलेक जोड्दै त्यो ठूलो जहाजको निर्माण भयो। नोआको हरेक चाल, उनको हरेक दिन परमेश्वरका वचनहरू र आज्ञाप्रति समर्पित थियो। नोआले महत्त्वपूर्ण कार्य गरिरहेको जस्तो देखिँदैनथ्यो, तर परमेश्वरको नजरमा, नोआले गरेका सबै काम, उनले केही हासिल गर्न चालेको हरेक कदम, उनको हातले गरेको हरेक परिश्रमसमेत—ती सबै नै अनमोल र स्मरणयोग्य थिए, र यस मानिसजातिद्वारा अनुकरण गरिन लायक थिए। नोआ परमेश्वरले सुम्पनुभएको काममै लागिरहे। परमेश्वरले बोल्नुभएको हरेक वचन साँचो हो भन्ने कुरामा नोआको अटल विश्वास थियो; यसमा उनलाई कुनै शङ्का थिएन। परिणामस्वरूप, त्यो ठूलो जहाजको निर्माणकार्य पूरा भयो र हरप्रकारका जीवित प्राणी त्यसभित्र जिउन सक्षम भए” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू सुने र उहाँको आज्ञापालन गरे (भाग एक))। परमेश्वरका वचनहरू मनन गर्दा, म एकदमै उत्प्रेरित भएँ। नूह परमेश्वरप्रति आज्ञाकारी र विचारशील थिए। परमेश्वरले नूहलाई जहाज बनाउन अह्राउनुहुँदा, उनले परमेश्वरको आज्ञाको कदर गरे र उहाँका मापदण्डहरू पालन गरे। सुरुमा, उनलाई जहाज कसरी बनाउने भनेर थाहा थिएन, र यसको निर्माणकार्य साँच्चै अत्यन्तै कठिन थियो। प्रत्येक चरणमा उनले कष्ट उठाउनुपऱ्यो र मूल्य चुकाउनुपऱ्यो, तर नूह परमेश्वरको आज्ञाप्रति वफादार थिए। परमेश्वरको आज्ञा पूरा गर्न उनले स्वेच्छाले कष्ट भोगे, मूल्य चुकाए र जहाज बनाए। नूह १२० वर्षसम्म काममा लागिरहे र अन्ततः परमेश्वरको आज्ञा पूरा गरे। नूहले जहाज बनाउन निकै कष्ट उठाए पनि र शारीरिक सुख उपभोग नगरे पनि, परमेश्वरको आज्ञा पूरा गरेका थिए, उहाँलाई सन्तुष्ट पारेका थिए र उहाँको अनुमोदन पाएका थिए। परमेश्वरको आज्ञाप्रति नूहको मनोवृत्तिसित आफूलाई तुलना गर्दा, ममा पटक्कै मानवता नभएको मैले देखेँ। कर्तव्य निभाउँदा, म वफादार थिइनँ, म अल्छे र धूर्त थिएँ, म केवल शारीरिक सुखको चाहना राख्थेँ र कष्ट भोग्न पटक्कै इच्छुक थिइनँ। मैले साँच्चै घृणित जीवन जिइरहेकी थिएँ! यदि मैले यसै गरिरहेँ र परिवर्तन भइनँ भने, अन्त्यमा मैले आफ्नो कर्तव्य गुमाउनेथिएँ, जसको लागि मैले बाँकी जीवनभर पछुतो गर्नेथिएँ।
त्यसपछिका दिनहरूमा, मैले आफ्नो समय राम्रोसित मिलाएँ, र नवप्रवेशीहरूलाई मलजल हाल्नेसम्बन्धी आवश्यक सत्यताद्वारा हरेक दिन आफूलाई सुसज्जित पारिरहेँ। एक दिन भेलामा ब्रदर-सिस्टरहरूले मलजल हाल्ने काममा समस्या खडा गरे, र मैले आफूले नबुझेको कुरा सुन्दा त्यसलाई पन्छाउन चाहेँ। मैले उनीहरूमाझ त्यसबारे छलफल गर्न दिने विचार गरेँ। तर यस पटक, मैले लटरपटर गर्न र जिम्मेवारी नलिन खोज्दैछु भनेर एकाएक थाहा पाइहालेँ। आफूले पाएको आज्ञाप्रति नूहको गम्भीर र जिम्मेवार मनोवृत्तिबारे मैले सोचेँ, अनि मैले सचेत भई आफ्नो गलत अवस्थालाई तुरुन्तातुरुन्ती सच्याएँ। समस्या समाधान गर्न उनीहरूले कसरी सत्यतामा सङ्गति गरे, त्यो मैले ध्यानपूर्वक सुनेँ। अन्तिम सारांशमा, मैले आफ्नो सुझाव अघि राखेँ। मेरो सुझाव राम्रो छ भनेर उनीहरूले भन्दा म छक्क परेँ। मैले रोजीसँग नवप्रवेशीहरूलाई मलजल हाल्दा, उनीहरूका व्यावहारिक समस्यारू समाधान गर्ने अभ्यास गर्न म अग्रसर भएँ, अनि मैले समाधान गर्न नसक्ने समस्याहरू छन् भने, म उनलाई तुरुन्तै मदत माग्थेँ। केही समयपछि, मैले पनि नवप्रवेशीहरूलाई एकलै मलजल हाल्न सकेँ। मसँग अझै धेरै कमीकमजोरी र त्रुटिहरू भए तापनि, म आफू बढ्दै गएको र आफूले लाभ प्राप्त गरिरहेको महसुस गर्न सक्छु, र अझ धेरै सहज महसुस गर्छु। मैले बुझाइ र लाभ प्राप्त गर्न सकेको पूर्ण रूपले परमेश्वरको कामका प्रभाव हो। परमेश्वरलाई धन्यवाद!