३२. क्याथोलिक पादरीको छनौट

वेइ मो, चीन

मेरा आमाबुबाले मलाई क्याथोलिक मण्डलीमै हुर्काउनुभयो र म ठूलो भएपछि पादरी बनेँ। पछि, मण्डली झन्झन् उजाड हुँदै गयो। बिशप र पादरीहरू निरन्तर आपसी मतभेद र शक्तिसंघर्षमा लागिरहन्थे, र सन्त र कन्या कुमारीहरू सधैँ एकअर्काको डाहा गर्थे र एकअर्कासँग झगडा गरिहन्थे। त्यो बेला, एक सहायक बिशपलाई डायोसिस बिशपले पवित्रकरण गरेका थिएनन्, त्यसैले ती सहायक बिशपले रिसाएर अरू पादरीहरू भेला गरे, अनि डायोसिस बिशपले कार र घरजग्‍गामा पैसा उडाए, र तिनी थ्री-सेल्फ चर्चमा आबद्ध भए भन्दै, तिनलाई पदबाट निकाल्नुपर्छ भनेर भने। डायोसिस बिशपलाई समर्थन गर्ने मण्डली सदस्यहरूसँग त तिनीहरूको हात हालाहाल नै भएको थियो। त्यसपछि डाहा र घृणा झन्झन् गम्‍भीर हुँदै गयो, र मण्डलीमा फुट आउन थाल्यो। तिनीहरूले त्यसरी हैसियतको लागि झगडा गरेको देख्दा मलाई साह्रै दिक्‍क लाग्यो। यो मण्डलीजस्तो पटक्‍कै थिएन—यो बाहिरी संसारजस्तै अन्धकारपूर्ण थियो। म थ्री-सेल्फ चर्चमा आबद्ध हुन नमानेकोमा ती डायोसिस बिशपले मलाई बहिष्कार गर्न थाले। तिनले मेरो सहायकको रूपमा काम गराउन र मेरो पदको लागि लडाउन एक पादरी नियुक्त गरे। ती पादरी आएपछि, तिनले मलाई बहिस्कार गर्न मण्डली सदस्यहरूलाई उक्साए, र चाँडै नै मेरो मण्डली दुई गुटमा विभाजित भयो, र कलह र झगडा हुन थाल्यो। म यी कुरामा बिलकुलै सहभागी हुन चाहन्‍नथेँ, त्यसकारण मैले बिशपलाई मेरो राजीनामा दिएँ। मैले घृणा र विरोधले भरिएको त्यो मण्डली छोडेँ र धेरै सन्तहरू र कन्या कुमारीहरूको साथमा एउटा विकट पहाडको अर्को मण्डलीमा आबद्ध भएँ।

मलाई त्यहाँका सदस्यहरू सरल र नाटक नगर्ने खालका होलान्, त्यसकारण शक्तिको लागि त्यति धेरै संघर्ष नहोला, र त्यहाँको अवस्था अलि राम्रो होला भन्‍ने लागेको थियो। तर अचम्‍मको कुरो, त्यहाँको अवस्था पनि निराशाजनक नै रहेछ। मण्डली सदस्यहरूको विश्‍वास उदासीन खालको थियो—तिनीहरूले आज्ञापालनसमेत गर्दैनथे, र निर्धक्‍क पाप गर्थे। तिनीहरू ढाँट्थे र छल्थे, र निरन्तर विवाद गरिरहन्थे। अविश्‍वासीहरू सधैँ आएर तिनीहरूको बारेमा मलाई गुनासो गरिरहन्थे। यी समस्याहरू मैले समाधान गर्न नसक्‍ने समस्याहरू थिए। म परमेश्‍वरलाई नियमित रूपमा प्रार्थना त गर्थेँ, तर पवित्र आत्‍माको उपस्थिति अनुभव गर्न सक्दिनथेँ, र बाइबलका वचनहरूमा कुनै अन्तर्दृष्टि पाउँदिनथेँ। प्रवचनहरू पढ्दा, मसँग भन्‍ने कुनै नयाँ कुरा हुँदैनथ्यो। मलाई आत्मिक सुक्खापनको अनुभूति भइरहन्थ्यो—पवित्र आत्‍माले त्यागिसक्‍नुभयो जस्तो लाग्थ्यो।

म अन्योल र आशाहीन अवस्थामा पुगेर दुर्गतिमा डुबिरहेको बेला, पादरी लियू र डिकन झाङले मलाई सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिए र प्रभु येशू फर्केर आइसक्‍नुभएको छ भने। यो सुन्दा म छक्‍क परेँ र एकदमै भावविभोर भएँ। मलाई प्रभु येशूको पुनरागमनबारे थप जान्‍न मन लागेर आयो, र मैले ती दुई ब्रदरहरूलाई थप कुरा बताउन अनुरोध गरेँ। तिनीहरूले मलाई धेरै सङ्गति दिए र सर्वशक्तिमान् परमेश्‍वरका केही वचनहरू पढेर सुनाए, जसमध्ये एउटा खण्डले मलाई एकदमै गहिरो प्रभाव पार्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यहोवाको कामपछि, येशू मानिसहरूको माझमा आफ्‍नो काम गर्न देह बन्नुभयो। उहाँको काम एकलै गरिएको थिएन, तर यहोवाको कामको जगमाथि निर्माण गरिएको थियो। यो एउटा नयाँ युगको निम्ति गरिएको काम थियो जुन परमेश्‍वरले व्यवस्थाको युग अन्त्य गर्नुभएपछि गर्नुभयो। त्यसरी नै, येशूको काम समाप्त भएपछि, परमेश्‍वर अर्को युगको लागि आफ्नो काम गर्न अघि बढ्नुभयो, किनकि परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्य सधैँ अगाडि बढिरहेको हुन्छ। जब पुरानो युग बित्छ, त्यसको स्थानमा एउटा नयाँ युग आउँछ, अनि पुरानो काम पूरा भएपछि, परमेश्‍वरको व्यवस्थापनलाई निरन्तरता दिने नयाँ काम हुनेछ। यो देहधारण परमेश्‍वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। प्रत्येक पल्ट जब परमेश्‍वरले कामको नयाँ चरण थाल्नुहुन्छ, तब सधैँ नयाँ सुरुवात हुनु पर्दछ र त्यसले सधैँ एउटा नयाँ युग ल्याउनु पर्दछ। त्यस्तै प्रकारले परमेश्‍वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको काम गर्ने स्थानमा र उहाँको नाउँमा पनि त्यही अनुरूप परिवर्तनहरू हुन्छन्। त्यसैले, नयाँ युगमा मानिसलाई परमेश्‍वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन। तर मानिसले जसरी उहाँको विरोध गरे पनि, परमेश्‍वरले सधैँ आफ्नो काम गरिरहनुभएको छ, र सारा मानवजातिलाई अगाडि बढाइरहनुभएको छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभएको छ, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्‍वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्‍वरको राज्यको युगमा डोऱ्याइनेछ, र यसबाहेक तिनीहरूले व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। परमेश्‍वरका वचनहरू पढेपछि, तिनीहरूले मलाई अझ धेरै सङ्गति दिए। मलाई परमेश्‍वरको काम निरन्तर अघि बढिरहेको छ भन्‍ने थाहा भयो—प्रभु येशूले छुटकाराको काम मात्रै गर्नुभयो र उहाँमा विश्‍वास गरेर पापक्षमा मात्रै प्राप्त हुन्छ। तर त्यसरी हाम्रो पापी प्रकृति समाधान हुँदैन, त्यसकारण हामी दिउँसो पाप गरेर राती पाप-स्वीकार गर्ने चक्रमा जिइरहन्छौँ, र अझै पापको बन्धनमा बाँधिइरहन्छौँ। मानिसहरूलाई पाप र शैतानको प्रभुत्वबाट पूर्ण रूपमा मुक्त गर्नको लागि, परमेश्‍वरले अर्को चरणको काम पूरा गर्नुपर्छ, अनि हामीलाई न्याय गर्न र शुद्ध पार्नको लागि सत्यताहरू व्यक्त गर्नुपर्छ। त्यसरी मात्रै हाम्रो भ्रष्ट स्वभाव र पापी प्रकृतिलाई साँचो रूपमा सुल्झाउन सकिन्छ, अनि हामी पापबाट उम्‍कन, शुद्ध हुन, र परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छौँ। धार्मिक संसारले धेरै पहिले नै पवित्र आत्‍माको काम गुमाइसकेको छ। पवित्र आत्माको अगुवाइ र सत्यताको भरणपोषण प्राप्त गर्नको लागि, हामीले परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्नुपर्छ, र उहाँका पाइलाहरू पछ्याउनुपर्छ। जीवनमा वृद्धि हुने एउटै मात्र तरिका त्यही नै हो। त्यसपछि मैले वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने पुस्तक धेरै पढेँ—मेरो हृदय परमेश्‍वरका वचनहरूप्रति तानियो। जति पढे पनि चित्त बुझ्दैनथ्यो, त्यसकारण हरेक रात बिहान २ बजेसम्‍म पढिरहेको हुन्थेँ। केही समय बितेपछि, म सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा पक्‍का भएँ, र खुसीसाथ परमेश्‍वरको आखिरी दिनहरूको काम ग्रहण गरेँ। त्यसकारण मैले मलाई सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचार सुनाउने ब्रदर-सिस्टरहरूलाई हाम्रो मण्डलीका साँचो विश्‍वासीहरूलाई परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिन लगाउन हाम्रो मण्डलीमा ल्याएँ, र अन्तिममा तिनीहरू सबैले यसलाई ग्रहण गरे। हामी मण्डलीमा भेला भएर सँगै सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्थ्यौँ र हरेक दिन नयाँ प्रकाश र अन्तर्दृष्टि प्राप्त गर्थ्यौँ। साह्रै तृप्त र आनन्दित महसुस हुन्थ्यो। हामी थुमाको विवाहभोजमा सहभागी भइरहेका थियौँ!

केही समयपछि नै, बिशप र पादरीहरूले मलाई बाधा र अवरोध गर्न थाले। सुरुमा बिशप झाओले भने, “तपाईं त पूर्वीय ज्योतिमा लाग्‍नुभयो रे भनेको सुनेँ। तपाईंले यस्तो महत्त्वपूर्ण कुरा मसँग छलफल गर्नुभएन, र धेरै मण्डली सदस्यहरूलाई आफूसँग लैजानुभयो। त्यो त प्रभुलाई धोका भयो! जब उहाँ फर्केर आउनुहुन्छ, उहाँले यो कुरा सुरुमा अवश्यै बिशपहरूलाई प्रकट गर्नुहुनेछ। उहाँ साँच्‍चै फर्केर आउनुभएकै हो भने मैले चाहिँ कसरी थाहा पाइनँ? यसलाई छोडेर फर्किआउनुहोस्! तपाईं विकट ठाउँमा हुनुहुन्छ र जीवन कठिन छ भन्‍ने मलाई थाहा छ। फर्केर आउनुभयो भने, तपाईंलाई जे चाहिन्छ म त्यसमा सहयोग गर्नेछु।” तिनले परमेश्‍वरको निन्दा गर्दै र उहाँलाई दोष दिँदै धेरै कुराहरू भने। तिनले यस्तो भन्छन् भन्‍ने मैले कल्‍पना पनि गरेको थिइनँ। तिनले मलाई धेरैपटक प्रभु चाँडै आउनुहुनेछ, त्यसकारण हामीले विश्‍वासीहरूलाई प्रार्थना गर्न र प्रभुको पुनरागमन स्वागत गर्नका लागि जागा रहन अगुवाइ गर्नुपर्छ भनेर भनेका थिए, तर अहिले प्रभु फर्केर आइसक्‍नुभएपछि, यसबारेमा खोजी गर्ने तिनलाई कुनै चासो थिएन र तिनले ईश्‍वरनिन्दा गर्ने र दोष दिने कामसमेत गरे। तिनी कुनै साँचो विश्‍वासी थिएनन्। तिनको प्रभावमा नपरी मैले सुसमाचार फैलाउने कार्यलाई जारी राखेँ।

त्यसपछि बिशप वाङ एउटा मान्छे लिएर आए र मलाई मुस्कुराउँदै भने, “तपाईंलाई बिशप निवास गएर बिशपलाई भेट्न मनाउनको लागि मलाई बिशप झाओले पठाउनुभएको हो। तपाईंले गलत मार्ग लिनुहुँदै छ भन्‍ने डरले उहाँ तपाईंप्रति साह्रै सुर्ताउनुभएको छ।” तिनले यसो भनेको सुन्दा मलाई साह्रै झर्को लाग्यो। विश्‍वासीहरूले नकारात्मक र कमजोर महसुस गर्दा तिनीहरूले कुनै ध्यान दिँदैनथे, तर अहिले तिनीहरूले मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेको कारण मलाई सताउन छोडेका थिएनन्। यो मलाई परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्नबाट रोक्‍ने प्रयास थियो। मैले तिनलाई भनेँ, “तपाईंहरू सबै मलाई मेरो विश्‍वासमा बाधा दिन पूर्ण रूपमा लागिपर्नुभएको छ। वर्षौँदेखि पवित्र आत्माको कामविना मण्डलीहरू उजाड छन्। ब्रदर-सिस्टरहरूको विश्‍वास सेलाइरहेको छ र तिनीहरू पाप गर्ने र स्विकार्ने चक्रमा जिइरहेका छन्। तिनीहरूले पाप त स्विकारिरहेका छन्, तर पापको बन्धनलाई तोड्न सकेका छैनन्। म पनि साँच्‍चै पीडामा थिएँ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूबाट मलाई थाहा भयो, हाम्रो विश्‍वासले पापक्षमा त ल्याँउदो रहेछ, शुद्धीकरणचाहिँ ल्याउँदो रहेनछ। यदि हाम्रो पापी प्रकृति समाधान भएन भने, हामी कहिल्यै पनि पापको बन्धनबाट मुक्त हुन सक्दैनौँ। आखिरी दिनहरूमा प्रभु फर्केर आउनुभएको छ, र हामी पापबाट मुक्त हुन सकौँ भनेर मानवजातिको पापी प्रकृतिको जड समाधान गर्न सत्यता व्यक्त गर्दै न्यायको काम गरिरहनुभएको छ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले मलाई शुद्ध हुने र पूर्ण मुक्ति पाउने मार्ग देखाएका छन्। अनुसन्धान गरेपछि, सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु हुनुहुन्छ भन्‍नेमा मसँग कुनै शङ्का बाँकी छैन। तपाईंहरूले जेसुकै भने पनि म सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न छोड्दिनँ।” बिशप वाङले भने, “मण्डलीमा पवित्र आत्माको काम र प्रभुको उपस्थितिको कमी छ भन्‍ने कुरा साँचो हो, तर त्यो अवस्था सधैँ रहँदैन—प्रभुले हामीलाई जाँचिरहनुभएको छ। हामी अन्त्यसम्‍मै दह्रिलो भयौँ भने, हामीले मण्डलीमा ठूलो जागृति देख्‍नेछौँ। यदि तपाईंले सबैलाई पूर्वीय ज्योतिमा लगेर जानुभयो भने, मण्डली रित्तो हुनेछ, त्यसपछि त हाम्रो जागृति कसरी हुन्छ र? प्रभुको पुनरागमन हुन लागेको छ, तर आइसक्‍नुभएको छैन। के तपाईंलाई साँच्‍चै लाग्छ कि उहाँको पुनरागमन हुँदा उहाँले यो कुरा पोपलाई प्रकट गर्नुहुन्‍नथ्यो? पोप र बिशपहरूले प्रभुको पुनरागमनबारे केही सुनेका छैनन्, त्यसकारण यो खबर गलत हो भन्‍नेमा कुनै शङ्का छैन। यदि तपाईंले पोप वा बिशपहरूको अनुमतिविना सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नुभयो भने, के त्यो धर्मत्याग हुँदैन र?” वास्तवमा, जब मैले सर्वशक्तिमान् परमेश्‍वरको कामबारे सोधखोज गरिरहेको थिएँ, मैले पनि त्यही कुरा सोधेको थिएँ, तर खोजी र सङ्गतिपछि मैले यो कुरा बुझेँ। प्रभुले आफ्‍नो पुनरागमनबारे सुरुमा पोप र बिशपहरूलाई खुलासा गर्नुहुनेछ भनेर बिशप वाङले भन्दा, त्यो कुराको कुनै आधार थिएन। प्रभु येशूले कहिल्यै पनि त्यसो भन्‍नुभएन, र यो कुरा बाइबलमा लेखिएको छैन। प्रभुको पुनरागमन स्वागत गर्नको लागि, हामीले उहाँका आफ्‍नै वचनहरू पालना गर्नुपर्छ। प्रभुले भन्‍नुभयो: “हेर, म प्रवेशद्वारमा उभिन्छु, र ढकढक्याउँछु। यदि कुनै मानिसले मेरो आवाज सुन्छ, र मरो लागि ढोका खोलिदिन्छ भने, म ऊकहाँ गएर ऊसँगै भोजन गर्नेछु, र उसले मसँग भोजन गर्नेछ(प्रकाश ३:२०)। “मैले तिमीहरूलाई अझै धेरै कुरा भन्‍नु छ: तर तिमीहरूले अहिले सुन्‍न सक्दैनौ। तर जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यता सिकाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। प्रभुका वचनहरू एकदमै स्पष्ट छन्। उहाँ आउनुभएपछि उहाँले धेरै वचनहरू बोल्‍नुहुनेछ र हामीलाई सत्यता बताउनुहुनेछ, र हामीले उहाँको आवाज सुन्यौँ र उहाँले व्यक्त गर्नुभएका सत्यताहरू स्विकार्‍यौँ भने मात्रै प्रभुलाई स्वागत गर्न सक्छौँ। प्रभु येशूले भन्नुभयो: “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। प्रभुलाई पछ्याउने पत्रुस र मत्तीजस्ता प्रेरितहरूले सुरुमा उहाँको प्रचार सुने, त्यसपछि मात्रै उहाँ तिनीहरूले प्रतीक्षा गर्दै आएका मसीह हुनुहुन्छ भन्‍ने थाहा पाए। हामीले प्रभुको आवाज सुन्छौँ कि सुन्दैनौँ भन्‍ने आधारमा नै उहाँले हामी उहाँको बगालको भाग हौँ कि होइनौँ भन्‍ने कुरा निर्धारित गर्नुहुन्छ। त्यसकारण साँचो मार्गको अनुसन्धान गर्ने चाबी भनेकै प्रभुको आवाज सुन्‍नु र त्यसलाई प्रयोग गरी उहाँलाई चिन्‍नु र ग्रहण गर्नु हो। सबैभन्दा भरपर्दो कुरा त्यही हो। प्रकाशको पुस्तकमा धेरैपटक यसो भनिएको छ: “कान हुनेले पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ त्यो सुनोस्(प्रकाश अध्याय २, ३)। आखिरी दिनहरूमा प्रभु आउनुहुँदा उहाँले सुरुमा यो कुरा धर्मका अगुवा र बिशपहरूलाई प्रकट गर्नुहुनेछैन—उहाँले सीधै मण्डलीहरूसँग बोल्‍नुहुनेछ, र उहाँको आवाज सुन्‍ने मौका दिननुहुनेछ। सर्वशक्तिमान् परमेश्‍वरले कैयौँ सत्यता व्यक्त गर्नुभएको छ, बाइबलका कैयौँ रहस्यहरू खुलासा गर्नुभएको छ, मुक्तिसम्‍बन्धी उहाँको व्यवस्थापन योजनाबारे बताउनुभएको छ, र हामीलाई मुक्ति पाउने र राज्यमा प्रवेश गर्ने मार्ग दिनुभएको छ। यसले प्रभु येशूले भन्‍नुभएको यो वचन पूरा गर्छ: “जब उहाँ, अर्थात् सत्यताको आत्मा आउनुहुन्छ, तब उहाँले तिमीहरूलाई सबै सत्यता सिकाउनुहुनेछ। किनभने उहाँले आफ्नो बारेमा बोल्नुहुन्न; तर उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ; र आउनेवाला कुराहरू, उहाँले तिमीहरूलाई देखाउनुहुनेछ(यूहन्‍ना १६:१३)। परमेश्‍वरका वचनहरूबाट उहाँको आवाज चिनेर उहाँलाई पछ्याउनेहरू उहाँका भेडाहरू हुन्, र तिनीहरूले मात्रै प्रभुको स्वागत गर्न सक्छन्। त्यसकारण मैले यसो भन्दै बिशप वाङलाई जबाफ दिएँ, “प्रभुको पुनरागमन हुँदा सुरुमा पोप र बिशपहरूलाई थाहा हुनुपर्छ भनेर तपाईं भन्‍नुहुन्छ, तर के यो प्रभुको वचनमा आधारित छ? प्रभु येशूले कहिल्यै पनि यस्तो कुरा गर्नुभएको छैन, न त परमेश्‍वर पिता वा पवित्र आत्‍माले नै यसो भन्‍नुभएको छ। यस्तो कुरा बाइबलमा लेखिएको छैन। त्यसैले के तपाईंको कुरा मानव धारणा र कल्‍पना मात्रै होइन र? प्रभुलाई स्वागत गर्नको लागि, हामीले प्रभुकै वचनहरू पालना गर्नुपर्छ, हाम्रा धारणा र कल्‍पनाहरू होइन। पुरानो करारमा बालक शमूएलले एलीको मातहतमा रही यहोवाको सेवा गर्थे भनेर लेखिएको छ। मानव कल्‍पनाअनुसार त यहोवाको प्रकटीकरण सुरुमा एलीलाई हुनुपर्थ्यो, तर यहोवाले त्यसो गर्नुभएन। उहाँले शमूएललाई आफ्‍नो इच्छा बताउन चारपटक बोलाउनुभयो। अनि जब प्रभु येशू आउनुभयो, तब पनि यहूदी पूजाहारी र शास्‍त्रीहरूलाई यो कुरा प्रकट गरिनुको सट्टा, गोठालाहरूकहाँ देखा परेर एक स्वर्गदूतले प्रभु येशूको जन्‍मको बारेमा बताए। अवश्य नै प्रभुले मानिसका धारणाअनुसार काम गर्नुहुन्‍न। कसैले विश्‍वास गरेको जति लामो समय भए पनि वा उसको हैसियत जस्तो भए पनि, जबसम्म उसले आफ्‍ना धारणाहरू त्याग्‍न, नम्र रूपमा खोजी गर्न, र परमेश्‍वरको आवाज सुन्‍नमा ध्यान दिन इच्छुक हुन्छ, तबसम्म उसले परमेश्‍वरको देखा पर्नुभएको देख्‍न सक्छ। आखिरी दिनहरूमा प्रभु आइसक्‍नुभएको छ, र उहाँले सत्यताहरू व्यक्त गर्दै न्यायको काम गरिरहनुभएको छ। उहाँले कुनै पनि व्यक्तिको विचार बुझ्‍नु वा कुनै निश्‍चित व्यक्तिसामु प्रकट हुनु पर्दैन। यो परमेश्‍वरको आफ्‍नै काम हो जसलाई कुनै पनि मानिसले हस्तक्षेप गर्न सक्दैन। अवज्ञा वा विद्रोह गर्ने जोकोही व्यक्तिले परमेश्‍वरको स्वभावलाई केवल चिढ्यानेछ, ठीक त्यसरी नै जसरी शास्‍त्री र फरिसीहरूले आफ्नै धारणाहरूमा लागेर प्रभुलाई दोष दिई क्रूसमा टाँगेका थिए। तिनीहरूले जघन्य पाप गरेका थिए र परमेश्‍वरले तिनीहरूलाई श्राप र दण्ड दिनुएको थियो। के त्यो हामीले मनन गर्नुपर्ने नमिठो पाठ होइन र?” निकै रिसाउँदै तिनले भने, “तपाईंले पोपको विरुद्धमा बोल्‍ने दुस्‍साहस गर्नुभयो! तपाईंलाई थाहै छ, पूर्वीय ज्योतिमा लागेपछि पादरी लियूलाई मण्डलीबाट निकालिएको थियो। मण्डली सदस्यहरूले तिनलाई इन्कार गरे र तिनको परिवारसमेत यसको विरुद्धमा थिए। तिनले आफ्‍नो पादरी पद छोडे, अनि कार र पैसा पनि इन्कार गरे। के त्यो अस्वाभाविक कुरा होइन र?” त्यसपछि मलाई लाग्यो कि क्याथोलिक चर्चसित पवित्र आत्माको काम साँच्‍चै हुँदैन रहेछ, र सबै बिशपहरूले अविश्‍वासीहरूजस्तै पैसा, हैसियत, र सुखको मात्रै कुरा गर्दा रहेछन्। त्यो कसरी परमेश्‍वरको सेवा गरेको भयो र? तर तिनीहरूले मलाई जसरी बाधा दिने र रोक्‍ने प्रयास गरे पनि, म सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउन दृढ थिएँ। मैले भनेँ: “बाइबलले भन्छ: ‘हामीले परमेश्‍वरको आज्ञापालन गर्नुपर्छ, मानिसहरूको होइन’ (प्रेरित ५:२९)। म मानिसको होइन, परमेश्‍वरका वचनहरू मात्रै पालना गर्छु। तपाईंले त्यो विचार भुल्नुहोस् र मलाई सल्‍लाह दिन छोड्नुहोस्।” मैले तिनको कुरा नसुनेको देखेर तिनी रिसाउँदै गए।

त्यसपछि, मलाई बाधा दिने र रोक्‍ने प्रयास गर्नका लागि बिशप झाओ र बिशप वाङ आइरहे। तिनीहरू भन्थे, “पादरी वेइ, तपाईं त्यस्तो अबूझ नहुनुहोस्! तपाईंलाई पादरी बन्‍न सहयोग गर्नका लागि, पहिले हामी र अरू पादरीहरूले तपाईंलाई जोगाउन जेल सजायको खतरा मोल्यौँ, र १० वर्ष तपाईंलाई प्रवचन दिने तालिममा सहयोग गर्दै मूल्य चुकायौँ। हामीले तपाईंको खानपानको व्यवस्था पनि गर्दै आएका छौँ। तपाईंलाई चाँडै पादरी बन्‍नुहोस् भनेर तपाईंका आमाबुबाले धेरै परिश्रम गरेका छन्, तर अहिले पूर्वीय ज्योतिमा विश्‍वास गरेर तपाईं तिनीहरूको विरुद्धमा जानुभएको छ। के तपाईं अझै पनि हाम्रो मुख हेर्न सक्‍नुहुन्छ? के तपाईं अझै आफ्‍नो आमाबुबासामु शिर ठाडो पार्न सक्‍नुहुन्छ? यो विश्‍वास छोडेर हामीकहाँ फर्केर आउनुहोस्। हामी तपाईंलाई पर्खिरहेका छौँ।” तिनीहरूले यी कुराहरू भन्दा मेरो दिमाग खलबलियो। यतिका वर्ष बिशपहरूले मेरो हेरचाह गरेको कुरा सोचेँ—तिनीहरूले साँच्‍चै धेरै सहयोग गरेका थिए। ती वर्षहरूमा पुलिसहरू मेरो पिछा गरिरहेका थिए र मेरो सुरक्षा पक्‍का गर्न बिशपहरूले होसियारीसाथ सबै बन्दोबस्त मिलाएका थिए। मेरो परिवार गरिब थियो र बिशपहरूले नै मेरो हेरचाह गरेका थिए। मैले तिनीहरूको कुरा मानिनँ भने म अबुझ हुन्छु भन्‍ने डर लाग्यो। तर सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने मलाई थाहा थियो, र मैले उहाँलाई पिठ्युँ फर्काउनु हुँदैनथ्यो। त्यसकारण मैले प्रार्थना गरेँ: “हे परमेश्‍वर, मलाई कमजोर महसुस भइरहेको छ। बिन्ती छ, मलाई विश्‍वास र सामर्थ्य दिनुहोस् ताकि म यो बाहिरी प्रभावमा नपरूँ।” त्यसपछि मैले वचन देहमा देखा पर्नुहुन्छ खोलेँ र यो खण्ड हेरेँ: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको विधिको लागि तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरुआत गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै होस् र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि स्वर्गको व्यवस्थापन र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि तिनीहरूको गन्तव्य आफ्नै वशमा हुँदैन, किनकि सबै थोकमाथि शासन गर्नुहुने उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ। मानिस अस्तित्वमा आएको दिनदेखि नै ब्रह्‍माण्डलाई व्यवस्थापन गरेर, सबै थोक परिवर्तन हुने नियमहरू र तिनीहरूका चालहरूको मार्गचित्र निर्देशन गर्दै परमेश्‍वरले काम गर्नुभएको छ। सबै थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्‍वरबाट आएको मिठासपन, झरी र शीतले गुपचुप र अञ्‍जान रूपमा पोषण दिन्छ; सबै थोकहरू जस्तै, मानिस अन्जान रूपमा नै परमेश्‍वरको बाहुलीको व्यवस्थापनको मातहतमा जिउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। मलाई प्रभु येशूले भन्‍नुभएको यो वचन पनि याद आयो: “आकाशका चराहरूलाई हेर, तिनीहरूले बीउ छर्दैनन्, कटनी गर्दैनन्, न त अनाजघरमा भण्डारण नै गर्छन्: अनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा धेरै बहुमूल्य छैनौ र?(मत्ती ६:२६)। परमेश्‍वरले आकाशका पक्षीहरूको त हेरचाह गर्नुहुन्छ—मानिसको बारेमा सोचौँ न! मलाई परमेश्‍वरले बनाउनुभयो, र उहाँले नै मलाई जीवन दिनुभयो। मेरो खानेकुरा, मेरो लत्ताकपडा सबै परमेश्‍वरले नै दिनुभएको हो। बिशपहरूले मेरो हेरचाह गर्नु परमेश्‍वरको बन्दोबस्त थियो, र पादरीको रूपमा मैले परमेश्‍वरको सेवा गर्न पाउनु पनि उहाँले नै मिलाउनुभएको र निर्धारित गर्नुभएको कुरा थियो—यो उहाँको प्रेम थियो। मैले त परमेश्‍वरलाई पो धन्यवाद दिनुपर्थ्यो। यदि मैले कुनै व्यक्तिको कथित दया फर्काउन परमेश्‍वरलाई धोका दिन्थेँ भने, त्यो साँच्‍चै अनर्थक हुने थियो! मलाई फेरि पनि ईर्ष्यालु र शक्तिप्रति हुरुक्‍कै हुने अनि हैसियतका लाभहरूको लोभ गर्ने ती सबै बिशप र पादरीहरूको याद आयो। प्रभु फर्केर आइसक्‍नुभएको थियो, तर तिनीहरूले खोजी वा सोधखोज गर्न इन्कार मात्रै गरेनन्, तिनीहरूले त प्रभुलाई स्वागत गर्नबाट अरूलाई रोकिरहे, र झूट र ईशनिन्दासमेत फैलाइरहे। के तिनीहरूले आफूले गरेका सबै कुरामा दुष्कर्म गरिरहेका थिएनन् र? तिनीहरू जति राम्रा देखिए पनि, तिनीहरूले मानिसहरूलाई प्रभुको अघि ल्याउने, अनि प्रभुलाई चिन्‍न र उहाँबाट सत्यता र जीवन पाउन तिनीहरूलाई मदत गर्ने प्रयास गरिरहेका थिएनन्। यो त मानिसहरूलाई आफ्नै अघि ल्याउन, आफ्नै चापलुसी गराउन र आफ्नै पछि लगाउनको लागि थियो, र यो कुराले मानिसहरूलाई प्रभुबाट झन्झन् टाढा लैजानेवाला थियो। यसले मलाई प्रभुले फरिसीहरूलाई खुलासा गर्नुभएको कुरा याद दिलायो: “धिक्‍कार छ, तिमीहरू शास्त्री र फरिसीहरू, ढोङ्गीहरू हो; किनभने तिमीहरूले मानिसहरूका विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ, र तिमीहरू आफै पनि प्रवेश गर्दैनौ; र प्रवेश गरिरहेकाहरूलाई तिमीहरू प्रवेश दिँदैनौ। धिक्‍कार छ, तिमीहरू शास्त्री र फरिसीहरू, ढोङ्गीहरू हो; किनभने तिमीहरूले विधवाहरूको घर लुट्छौ, अनि लामा-लामा प्रार्थना गर्छौ। यसका लागि तिमीहरूलाई ठूलो न्याय हुनेछ(मत्ती २३:१३-१४)। बिशप र पादरीहरूले सबैलाई आफ्‍नो शक्तिको अधीनमा राखेका थिए, र तिनीहरू प्रभुको पुनरागमन स्वागत गर्न मानिसहरूलाई रोक्थे। त्यो कसरी शास्‍त्री र फरिसीहरूको कामभन्दा फरक भयो र? के तिनीहरू परमेश्‍वरको आखिरी दिनहरूको कामले खुलासा गरेका दुष्ट सेवकहरू होइनन् र? तिनीहरूको चित्त बुझाउनु भनेको त प्रभुप्रतिको साँचो धोका हुने थियो।

पछि, अरू प्रदेशका पादरीवर्गले पनि मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम ग्रहण गरेँ भन्‍ने थाहा पाएछन्। अनि, विभिन्‍न मण्डलीका बिशप र पादरीहरूले मलाई घेराबन्दी गर्न थाले। तिनीहरूले मलाई दोषारोपण, आक्रमण, र निन्दा गर्थे, अनि मैले पूर्वीय ज्योतिमा विश्‍वास गर्नु प्रभुलाई धोका दिनु हो, र म धोकेबाज हुँ र मलाई दण्ड दिइनुपर्छ भनेर भन्थे। अझै खराब कुरा त के थियो भने, तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई बदनाम र कलङ्कित गर्न अनि सर्वशक्तिमान्‌ परमेश्‍वरको निन्दा गर्न कुरा बनाउँथे र तथ्यहरू बङ्ग्याउँथे। कसैले पनि मेरो कुरा शान्त भएर सुन्दैनथे। मलाई साह्रै रिस उठथ्यो—यी मानिसहरू, भन्नलाई चाहिँ परमेश्‍वरको लागि काम गरेको भन्‍ने, अनि कसरी यस्तो व्यवहार गर्न सकेको? तिनीहरूको मुखबाट निस्‍कने हरेक कुरा दोषारोपण र ईश्‍वरनिन्दा मात्रै हुन्थ्यो, परमेश्‍वरप्रति घृणैघृणाले भरिएको हुन्थ्यो! अनि, केही समयसम्‍म, मेरो हृदय थिचिएजस्तो अनुभव भयो, र मलाई शान्ति भएन। तिनीहरूले मलाई त्यसरी दोष दिँदा र इन्कार गर्दा, तिनीहरूका मण्डली सदस्यहरूले पनि मलाई त्यस्तै व्यवहार गर्छन् भन्‍ने मलाई पक्‍का थियो। सोच्थेँ, म जहाँ गए पनि, मैले पक्‍कै तिनीहरूको निन्दा र अफवाह सुन्‍नुपर्नेछ। यो मेरो लागि साह्रै पीडादायी र खिन्‍नलाग्दो कुरा थियो। त्यसपछि मलाई प्रभुले भन्‍नुभएको वचन याद आयो: “जब मानिसहरूले मेरो खातिर तिमीहरूलाई निन्दा गर्छन्, सताउँछन्, र तिमीहरूविरुद्ध हरकिसिमका दुष्ट कुराहरू बोल्छन्, तब तिमीहरू धन्यका हुनेछौ(मत्ती ५:११)। परमेश्‍वर मानवजातिलाई मुक्ति दिन देह बनेर पृथ्वीमा आउनुभयो, र धार्मिक संसारको दोषारोपण र तिरस्कार सहनुभयो, तर उहाँले अझै पनि हामीलाई मुक्ति दिन सत्यताहरू व्यक्त गर्नुहुन्छ। त्यसको तुलनामा त मेरो यो दुःख के नै थियो र? परमेश्‍वरलाई पछ्याउन र सत्यता र जीवन प्राप्त गर्नको लागि केही कष्ट भोग्‍नु सार्थक नै हुन्छ। यस कुरालाई यसरी सोच्दा, मलाई अरूको आलोचना वा दोषारोपणको चिन्ता लाग्‍न छोड्यो। तिनीहरूले मलाई तिरस्कार गर्न र दोष लगाउन सक्थे, तर मैले प्रभुलाई स्वागत गरेको थिएँ, उहाँका वचनहरू पढेर, उहाँको मलजल र भरणपोषण पाएको थिएँ। यो नै सबैभन्दा ठूलो आशिष्‌ थियो। यो सोच्दा मलाई निकै सान्त्वना र शान्ति मिल्यो। मेरो पुरानो मण्डलीमा, मलाई आत्मिक भरणपोषण मिल्दैनथ्यो, र म अन्धकारमा जिइरहेको थिएँ। तर सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउन थालेपछि, मैले सत्यताको भरणपोषण प्राप्त गरिरहेको थिएँ र मुक्ति पाउने आशा पाएको थिएँ। यो त मरेर बौरी उठेको जस्तै थियो। मैले अनन्त जीवनको बाटो पाएको थिएँ, र क्याथोलिक पादरीवर्गले मलाई जसरी दोष र बाधा दिए पनि, म सर्वशक्तिमान्‌ परमेश्‍वरलाई नै पछ्याउनेवाला थिएँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दापछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दापछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, बाहिरी रूपमा मलाई बिशप र पादरीहरूले आक्रमण र दमन गरेका थिए। तर त्यसको पछाडि शैतानले मलाई बाधा दिइरहेको र जाँच गरिरहेको थियो। बिशप र पादरीहरूमार्फत, शैतानले मलाई परीक्षामा पारेर परमेश्‍वरलाई धोका दिन लगाउन पैसा, शक्ति, र प्रतिष्ठा प्रयोग गरिरहेको थियो। जब तिनीहरूले आफूले चाहेको कुरा पाएनन्, तिनीहरू ममाथि आइलागे—तिनीहरूले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्‍वास त्याग्‍न र उहाँको मुक्ति गुमाउन लगाउन चाहन्थे। म शैतानका छलहरूमा पर्नु हुँदैनथ्यो। पादरीवर्गले मलाई जति आलोचना र आक्रमण गरे, त्यति नै मैले तिनीहरूले परमेश्‍वरलाई विरोध र सत्यतालाई घृणा गर्दा रहेछन् भन्‍ने सत्यता देखेँ। तिनीहरूमध्ये एक जनाले पनि प्रभुको देखापराइको खोजी वा तृष्णा गर्दैनथे। तिनीहरू अहङ्कारी थिए र तिनीहरूले सत्यता स्विकार्न सक्दैनथे। तिनीहरू सबै परमेश्‍वरविरुद्ध काम गर्ने आधुनिक फरिसीहरू थिए।

त्यसको बीस दिनपछि, एकाबिहानै म भर्खरै सर्वशक्तिमान्‌ परमेश्‍वरलाई ग्रहण गरेका केही सन्तहरू, कन्या कुमारीहरू, र विश्‍वासीहरूसँग मण्डलीमा प्रार्थना गरिरहेको थिएँ। ठीक त्यही बेला, डिकनहरू र विश्‍वासमा त्यति राम्रा नरहेका केही मण्डली सदस्यहरूको साथमा पादरी वाङ र ली आइपुगे—सायद ७० जना जति मानिसहरू थिए होला, र तिनीहरू अचानक हाम्रो मण्डलीको आँगनभित्र छिरे। तिनीहरूको अनुहार खतरनाक देखिन्थ्यो, र तिनिहरूले ब्रदर-सिस्टरहरूलाई साँचो मार्ग खोजी गर्नबाट रोक्‍न हिंसाको सहारा लिइरहेका छन् भन्‍ने थाहा भयो। मलाई अलिक डर लाग्यो र मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर! मेरो कद सानो छ, बिन्ती छ मलाई विश्‍वास र शक्ति दिनुहोस् ताकि ख्रीष्टविरोधी र धर्मका यी शक्तिहरूको अघि म झुक्‍नु नपरोस्।” प्रार्थना गरेपछि मन शान्त भयो र त्यति डर लागेन। मैले शान्तिसित तिनीहरूको अघि गएर भनेँ, “पादरी वाङ, पादरी ली, तपाईंहरूले किन यति धेरै मानिसहरू ल्याउनुभएको हो?” पादरी वाङले मलाई औँल्याउँदै भने, “तपाईंले पूर्वीय ज्योति ग्रहण गर्नुभएको छ, र त्योभन्दा पनि खराब कुरो, तपाईंले विश्‍वासीहरूलाई पनि आबद्ध गर्नुभएको छ! प्रभुको पुनरागमनको स्वागत गर्नु महत्त्वपूर्ण कुरा हो, तर तपाईंले हामीसँग छलफलै नगरी गुप्त रूपमा पूर्वीय ज्योति ग्रहण गर्नुभयो। तपाईंले विद्रोह गरिरहनुभएको छ! तपाईंले प्रभुको वचन नै बिर्सनुभयो? बाइबलले भन्छ: ‘त्यसपछि यदि कुनै मानिसले तँलाई: हेर, ख्रीष्ट त यहाँ हुनुहुन्छ, वा त्यहाँ हुनुहुन्छ भनेर भन्यो भने, त्यसको कुरा नपत्याओ। किनभने त्यहाँ झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्, र ठूला-ठूला चिन्ह र चमत्कारहरू देखाउनेछन्, यहाँसम्‍म कि तिनीहरूले (सम्भव भए) चुनिएकाहरूलाई समेत छल गर्नेछन्(मत्ती २४:२३-२४)। प्रभुको दोस्रो देहधारणसम्‍बन्धी कुनै पनि खबर झूटो हो। तपाईं बहकाउमा पर्नुभएको छ र प्रभुलाई धोका दिनुभएको छ, त्यसकारण तपाईंलाई अन्तिम मौका दिँदै छौँ। पूर्वीय ज्योतिलाई छोड्नुहोस्, र अरूलाई पनि फर्काउनुहोस्, अनि तपाईं पादरीको रूपमा रहन पाउनुहुनेछ।” मैले निकै दृढतासाथ भनेँ, “पादरी वाङ, तपाईंलाई जे मन लाग्छ त्यही गर्नुहोस्, तर हामीलाई साँचो मार्ग अनुसन्धान गर्न, परमेश्‍वरको आवाज सुन्‍न र प्रभुको पुनरागमनको स्वागत गर्नबाट रोक्‍ने कार्य बिलकुलै स्वीकार्य छैन। आखिरी दिनहरूमा मानिसहरू बहकाउने झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू हुन्छन् भन्‍ने कुरा साँचो हो, तर प्रभुले म अवश्यै फर्केर आउनेछु भनेर भन्‍नुभएको छ। हामीले झूटा ख्रीष्टहरूको छलमा पर्छौँ भन्‍ने डर मानेर प्रभुको पुनरागमनलाई स्वागत गर्नमा असफल हुनु हुँदैन। के त्यो खानेकुरा अड्किन्छ भनेर खानै छोड्नुजस्तो होइन र? प्रभुले हामीलाई झूटा ख्रीष्टहरूप्रति सचेत रहनू भनेर भन्‍नुभयो किनभने तिनीहरूले सत्यता व्यक्त गर्न सक्दैनन्, तर चिन्‍ह र अचम्‍मका कामहरूद्वारा मानिसहरूलाई बहकाउँछन्। देहमा आउनुभएका ख्रीष्‍टले मात्रै सत्यता व्यक्त गर्न र मानव जातिलाई जीवन दिन अनि परमेश्‍वरको राज्यतर्फ लैजाने मुक्तिको बाटो देखाउन सक्‍नुहुन्छ। ख्रीष्‍ट देहको रूपमा प्रकट हुनुभएका परमेश्‍वरका आत्मा हुनुहुन्छ र उहाँमा ईश्‍वरीय सार छ, त्यसकारण मानिसहरूलाई भरणपोषण र गोठालो गर्नको लागि उहाँले मात्रै सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ, र उहाँले मात्रै परमेश्‍वरको स्वभाव व्यक्त गर्न र मानिसलाई छुटकारा र मुक्ति दिने काम पूरा गर्न सक्‍नुहुन्छ। कुनै पनि मानवले त्यो काम गर्न सक्दैन, कुनै पनि व्यक्तिले त्यो नक्‍कल गर्न सक्दैन। आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको छ र उहाँले परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजना र देहधारणका रहस्यहरू प्रकट गर्नुभएको छ, र मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन चाहिने सबै सत्यताहरू व्यक्त गर्नुभएको छ। परमेश्‍वर स्‍वयम्‌ले मात्रै यो सब काम गर्न सक्‍नुहुन्छ। परमेश्‍वरबाहेक अरू कसले सत्यता व्यक्त गर्न सक्छ? अरू कसले आखिरी दिनहरूको काम गर्न सक्छ? अरू कसले मानवजातिलाई शुद्ध पार्न र पूर्ण मुक्ति दिन सक्छ? कसैले सक्दैन। सर्वशक्तिमान् परमेश्‍वरले यति धेरै सत्यताहरू व्यक्त गर्नुभएको तथ्यले उहाँ नै फर्कनुभएका प्रभु येशू, आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ भन्‍ने कुरा प्रमाणित गर्छ।” पादरी वाङले आँखा फुलाउँदै, र मतिर औँला ठड्याउँदै भने, “तपाईं कति सही हुनुहुन्छ हामीलाई मतलब छैन! तपाईं फर्केर आउन चाहनुहुन्‍न, र पूर्वीय ज्योतिलाई पछ्याउन एकोहोरो लागिपर्नुभएको छ, त्यसैले बिशपहरूले हामीलाई तपाईंलाई चेतावनी दिन पठाएका हुन्—तपाईंले तुरुन्तै पूर्वीय ज्योतिको प्रचार गर्न छोड्नुपर्छ, र तिनीहरूको पुस्तकहरू हामीलाई दिनुपर्छ।” त्यसपछि पादरी लीले भने, “मण्डलीका चाबीहरू दिनुहोस्, र पूर्वीय ज्योतिको प्रचार गर्न पनि छोड्नुहोस्!” ठीक त्यही बेला, पादरी वाङले मण्डली सदस्यहरूलाई आदेश दिए, “सबतिर हेर्नुहोस्, र पूर्वीय ज्योतिको सबै पुस्तक खोज्‍नुहोस्! ती पुस्तकविना तिनीहरूले विश्‍वास अभ्यास गर्न पाउँदैनन्।” त्यसपछि तिनले मलाई त्यहीँ रोकेर राख्‍न केहीलाई अह्राए। एक डिकन मेरो अघि घुँडा टेक्दै चिच्याए, “तपाईंले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन! तपाईं अबदेखि हाम्रो पादरी रहनुभएन भने हामीले के गर्ने? तपाईंले हामीलाई स्वर्गसम्‍म डोर्‍याउनुपर्छ…।” म तिनीहरूबाट उम्‍कनै सकिनँ। अरूहरू भने आँगनबाट बेल्चा र कोदालो लिएर भित्र दौडिए, र मैले हेरेर बस्‍नेबाहेक केही गर्न सकिनँ, र त्यसपछि मैले झ्यालढोका फुटाइएको आवाज सुनेँ। मलाई साह्रै रिस उठ्यो र चिन्ता लाग्यो—सुसमाचार सुनाउने ब्रदर चेन गुवाङ भित्रै थिए। तिनीहरूले तिनलाई हात लगाए भने समस्या हुने थियो। यसअलावा, त्यहाँका विश्‍वासीहरू सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको विषयमा नयाँ थिए र तिनीहरूले राम्ररी जग बसालेका थिएनन्। तिनीहरू त्यस्तो वाधा सामना गर्दा दह्रिलो गरी खडा हुन सक्दैनन् होला भन्‍ने मलाई डर लाग्यो। केही समयपछि नै, तिनीहरूले लगभग सबै कोठा भताभुङ्ग पारे। तिनीहरूले वेदीसमेत पल्टाइसकेका थिए। परमेश्‍वरको वचनका पुस्तकहरू नभेटेकोले तिनीहरू त्यतिकै छोड्न तयार थिएनन्। त्यसैले तिनीहरू मण्डली सदस्यहरूको घरघरमा गए, र तिनीहरूलाई डर-धम्की दिए र अफवाहहरू फैलाउँदै तिनीहरूमध्ये धेरैजसोबाट परमेश्‍वरको वचनका पुस्तकहरू खोसेर लगे। चेन गुवाङलाई यति साह्रै कुटिएको थियो कि तिनी भुँइबाट उठ्नै सकेनन्; पादरीहरूले तिनलाई पुलिसकहाँ लान्छौँ समेत भने। मलाई साह्रै रिस उठ्यो, र भनेँ, “चेन गुवाङ साँचो विश्‍वासी हुनुहुन्छ। उहाँलाई यति नराम्ररी कुटेर फेरि पुलिसकहाँ लैजाने धम्कीसमेत दिनुहुन्छ, के तपाईंहरूसँग विवेक त छ? के तपाईंहरू परमेश्‍वरका विश्‍वासी हुनुहुन्छ? परमेश्‍वर धर्मी हुनुहुन्छ, र दुष्कर्म गर्ने र उहाँको विरोध गर्नेहरूले अवश्य नै दण्ड पाउनेछन्।” मैले यसो भनेपछि पादरी र डिकनहरूले तिनलाई पुलिसको हातमा सुम्पेनन्। त्यसपछि पादरी वाङले मलाई भने, “बिशप र पादरीहरूले भलो नै सोच्‍नुहुन्छ, आशा छ तपाईंले यो कुरा बुझ्‍नुहुन्छ। हामीसँगै बिशप निवास फर्की आउनुहोस्।” मैले तिनलाई भनेँ, “म तपाईंहरूसँग आउँदिनँ। मैले परमेश्‍वरको आवाज सुनेको छु र थुमाका पाइलाहरू पछ्याउँदै छु। मैले यो मार्ग लिने सङ्कल्‍प गरिसकेको छु!” त्यसपछि तिनीहरू हताश हुँदै फर्किए।

त्यो रात म सुत्‍न नसकेर ओछ्यानमा पल्टिरहेँ। दिउँसो घटेका घटनाहरू मनमा चलचित्रजस्तै खेलिरहे। मेरो मन अशान्त थियो। प्रभुलाई जीवनभरि सेवा गर्ने बिशप र पादरीहरूले कसरी हामीले साँचो मार्ग अनुसन्धान गरेको कुरालाई यति घृणा गर्न सके भनेर मैले विचार गरिरहेँ। मण्डली आराधना गर्ने स्थान हो, तर वास्तवमै तिनीहरूले यसलाई तहसनहस पार्ने दुस्साहस गरे, सुसमाचार सुनाउने एक ब्रदरलाई कुटपिट गरे, र परमेश्‍वरको वचनका पुस्तकहरू विश्‍वासीहरूबाट खोसेर लगे। तिनीहरूले जुनसुकै दुष्कर्म गर्न सक्थे! ती पादरीहरूले सरकारका मान्छेहरू चिनेका थिए, त्यसकारण तिनीहरूले मेरो बारेमा कुन बेला पुलिसलाई रिपोर्ट गर्छन् थाहै हुन्‍नथ्यो। मैले सधैँ आधिकारिक मण्डलीमा संलग्‍न हुन इन्कार गरेको थिएँ, र राजनीतिक सुरक्षा विभागका प्रमुखले मलाई सधैँ आँखाको तारो ठान्थे। तिनले मलाई पहिले पनि म थ्री-सेल्फ चर्चमा आबद्ध नभएको कारण तिनलाई प्रदेश सार्वजनिक सुरक्षा विभाग र नगर सार्वजनिक सुरक्षा ब्यूरोले आलोचना गरेको थियो भनेर भनेका थिए, र तिनले मलाई मौका मिल्यो भने यसको परिणाम देखाउँछु भन्दै धम्की दिएका थिए। अब, सर्वशक्तिमान्‌ परमेश्‍वरको विश्‍वासीको रूपमा, मलाई पुलिसले समात्थे भने, यातना दिएर मार्न सक्थे। धार्मिक संसारद्वारा त्यागिनु र दोष लगाइनु अनि पार्टीको खेदो सहनु साह्रै पीडादायी कुरा थियो। मैले त केवल प्रभुका पाइलाहरू अर्थात् आखिरी दिनहरूका ख्रीष्‍टलाई पछ्याइरहेको थिएँ। किन यति गाह्रो भएको? म त्यो रात सुत्‍नै सकिनँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, बिन्ती छ मलाई सहयोग गर्नुहोस् र मलाई विश्‍वास र शक्ति दिनुहोस्, ताकि मेरो देहको कमजोरीलाई जितेर म यो परिस्थितिमा दह्रिलो गरी खडा हुन सकूँ।” त्यसपछि मलाई आफूले सिकेको परमेश्‍वरको वचनको एउटा भजन याद आयो:

१  सर्वशक्तिमान्‌ परमेश्‍वर, सबै थोकका मुखिया हुनुहुन्छ, उहाँले आफ्नो सिंहासनबाट आफ्नो शाही शक्ति चलाउनुहुन्छ। उहाँले ब्रह्माण्ड र सबै थोकमाथि शासन गर्नुहुन्छ, र सारा पृथ्वीमा हामीलाई डोऱ्याउने काममा हुनुहुन्छ। हामी हरेक क्षण उहाँसँग नजिक हुनेछौं, र चुपचाप उहाँको सामु आउनेछौं, एक पल पनि कहिल्यै गुमाउनेछैनौं, र सबै समय हामीसँग सिक्नका लागि पाठहरू हुनेछन्। वरपरको वातावरणदेखि मानिसहरू, घटनाहरू, र विभिन्न वस्तुहरूसम्म सबै थोक, सबै नै उहाँको सिंहासनको अनुमतिद्वारा अस्तित्वमा छन्। तिमीहरूको हृदयमा कहिल्यै गुनासो पैदा नहोस्, नत्र परमेश्‍वरले आफ्‍नो अनुग्रह रोक्‍नुहुनेछ।

…………

४  विश्‍वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अल्झिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफूलाई बलिदान दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले आफ्नो मनमा डरपोक र भयका विचारहरू राख्छ भने शैतानले उनीहरूलाई मूर्ख बनाएको हुन्छ, हामी विश्‍वासको पुल पार गरी परमेश्‍वरमा प्रवेश गरौंला भनी त्यो डराएको हुन्छ। …

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६

यो भजन बारम्‍बार गुनगुनाउँदा मलाई भित्री शक्ति प्राप्त भयो। यो साँचो हो—मेरो नियतिलगायत ब्रह्माण्डका सबै थोक परमेश्‍वरकै हातमा छन्, त्यसकारण म पक्राउ पर्छु कि पर्दिनँ भन्‍ने कुरा पनि परमेश्‍वरकै हातमा थियो। शैतानलाई मेरा कमजोरीहरू थाहा थियो, त्यसकारण त्यसले मलाई आक्रमण गर्न र सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धोका दिन लगाउन ख्याति, हैसियत, र पक्राउको धम्की प्रयोग गरिरहेको थियो। यो परिस्थितिलाई परमेश्‍वरले मेरो विश्‍वास सिद्ध पार्न, र उहाँलाई पछ्याइरहन ममा सबै कुरा त्याग्‍ने सङ्कल्प छ कि छैन भनेर हेर्न प्रयोग गरिरहनुभएको थियो। म तिनीहरूको दबाबमा परेको थिएँ, तर मैले परमेश्‍वरको अगुवाइ अनुभव गर्न सकेँ, र उहाँमाथिको मेरो विश्‍वास बढ्यो। मैले प्रभुको यो वचन याद गरेँ: “किनभने आफ्नो ज्यान बचाउनेले, त्यसलाई गुमाउनेछ; र मेरो खातिर आफ्नो ज्यान गुमाउनेले त्यसलाई प्राप्त गर्नेछ(मत्ती १६:२५)। मानवजातिलाई छुटकारा दिलाउन, प्रभु धार्मिक संसार र सरकारको हातबाट क्रूसमा टाँगिनुभयो। उहाँलाई पछ्याउने सबै चेलाहरूलाई सताइयो। तिनीहरूलाई ढुङ्गाले हानेर मारियो, घोडामा बाँधी घिस्याएर मारियो वा झुण्ड्याइयो। सुसमाचार सुनाएकोमा तिनीहरू शहीद बने अनि तिनीहरूले सुन्दर गवाही दिए र परमेश्‍वरको अनुमोदन पाए। परमेश्‍वरलाई पछ्याउनु भनेको क्रूसको बाटो हिँड्नु हो। प्रभु येशूले हाम्रो लागि आदर्श नमुना प्रदान गरिसक्‍नुभएको छ—हामीले उहाँले पिउनुभएको तीतो कचौराबाट पिउनुपर्छ, र उहाँले हिँड्नुभएको मार्ग हिँड्नुपर्छ। अहिले मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याइरहेको थिएँ, त्यसलै यो निहुँमा मलाई कम्युनिस्ट पार्टीले पक्राउ गरेर यातना नै दिन्थ्यो भने पनि, मैले धार्मिकताको खातिर नै सतावट भोगिरहेको हुन्थेँ। यसमा परमेश्‍वरको अनुमोदन मिल्थ्यो, र यो महिमावान् कुरा हुन्थ्यो। त्यसपछि मैले जुनसुकै कुराको सामना गर्नु परे पनि, म यसको लागि आफ्‍नो ज्यान दिन र अन्तिमसम्‍मै परमेश्‍वरलाई पछ्याउन तयार भएँ।

पछि मैले किन बिशप र पादरीहरूले परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचारको खोजी वा सोधखोज गरेनन्, बरु यसको यति विरोध गरे भन्‍नेबारेमा विचार गरेँ। मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसअतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। यस्ता मूर्ख, हठी र निर्बुद्धि मानिसहरूले परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भनी कसरी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कार्यको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग जान्दैनथे; यसका अतिरिक्त, तिनीहरू मसीहलाई पनि बुझ्दैनथे। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा कहिल्यै नरहेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव साधनहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यताको पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास वाहियात र हास्यास्पद छैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई फेरि बनाइसक्‍नुभएको हुनेछ)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मलाई के थाहा भयो भने फरिसीहरू जिद्दी, अहङ्कारी, र सत्यतालाई घृणा गर्ने भएकाले तिनीहरूले प्रभु येशूलाई विरोध गरेका थिए। तिनीहरूले प्रभुका वचनहरू सुनेका थिए, तर उहाँले सत्यता बोल्‍नुभएको हो भनेर स्वीकार गरेनन्। प्रभु येशूले अन्धोलाई दृष्टि दिनुभएको, कुष्ठरोगीलाई निको पार्नुभएको, र मरेकालाई जीवित पार्नुभएको, अनि धेरै चिन्‍ह र अचम्‍मका कामहरू देखाउनुभएको तिनीहरूले देखेका थिए, तर उहाँ अगमवाणी गरिएका मसीह अर्थात् परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ भनेर स्वीकार गरेनन्। तिनीहरू प्रभु येशू मानिस मात्रै हुनुहुन्छ भन्‍नेमा विश्‍वस्त भए, र उहाँले भूतहरूका राजामार्फत भूतहरू धपाउनुहुन्छ भनेरसमेत ईश्‍वरनिन्दा गरे। तिनीहरूले पवित्र आत्माको काम पहिचान गरेनन्, र सत्यता स्विकार्ने वा परमेश्‍वरका वचनहरू पालना गर्ने गरेनन्। तिनीहरू “मसीह” भन्‍ने नाममै अल्झिए र आफ्‍नै धारणा र कल्‍पनाहरूमा जिद्दी गरे, र अन्तिममा प्रभु येशूलाई क्रूसमा टाँगे। अहिले सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा प्रभु फर्केर आइसक्‍नुभएको छ, र उहाँले मानवजातिलाई न्याय गर्न र शुद्ध पार्न सत्यताहरू व्यक्त गरिरहनुभएको छ, अनि कुनै पनि उल्‍लङ्घन नसहने परमेश्‍वरको धर्मी र प्रतापी स्वभावलाई खुलस्त रूपमा प्रकट गरिरहनुभएको छ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू अत्यन्तै शक्तिशाली र अख्तियारपूर्ण छन्, र ती वचनले हरेक सम्प्रदायका परमेश्‍वरका साँचो विश्‍वासीहरूको हृदय हल्‍लाएका छन्। तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सत्यता हुन्, र ती पवित्र आत्माले मण्डलीहरूका लागि बोल्नुभएका वचनहरू हुन् भन्‍ने कुरा स्वीकार गर्छन्। तर बिशप र पादरीहरू तिनिहरूको शाब्दिक धर्मशास्‍त्र र आफ्‍नै धारणा र कल्‍पनामा जिउँछन्, अनि प्रभु फर्केर आउनुहुनेछ र तिनीहरूलाई नै सुरुमा प्रकाश दिनुहुनेछ भनेर अहङ्कार गर्दै प्रतीक्षा गरिरहेका छन्। तिनीहरूले सत्यता खोजी गर्ने वा परमेश्‍वरको आवाज सुन्‍ने प्रयास गर्दै गर्दैनन्, बरु परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्नबाट मानिसहरूलाई पागलले झैँ रोक्छन्। तिनीहरूले गर्ने यी सबै कुराले सत्यता र परमेश्‍वरलाई घृणा गर्ने तिनीहरूको साँचो अनुहार प्रकट गर्छन्। तिनीहरू पूर्ण रूपमा आधुनिक फरिसीहरू हुन्।

तिनीहरूले मण्डली तोडफोड गरेपछि, म सुसमाचार सुनाउन चाहने सन्तहरू र कन्या कुमारीहरूसँग गएँ। केही दिनपछि, एक ब्रदरले मलाई कुनै पनि हालतमा फर्केर नआउनुहोला भनेर मेसेज पठाए—म त्यहाँबाट गएको भोलिपल्ट, मलाई पक्रिन पुलिस मण्डलीमा गएछन्। तिनीहरूले मलाई नभेट्टाएपछि, मलाई पर्खेर तिनीहरू मण्डलीमै बसेछन्। तिनीहरूले भर्खरै सुसमाचार ग्रहण गरेका धेरै मानिसहरूलाई पक्राउ गरेर म कहाँ छु भनेर सोधेछन्। ती ब्रदरले राष्ट्रिय सुरक्षा ब्रिगेड प्रमुखसित विभिन्‍न मण्डलीका डिकनहरूले बुझाएको संयुक्त उजुरी पनि रहेछ भनेर भनेका थिए, जसमा मैले थ्री-सेल्फ चर्चमा सहभागिता नजनाएकोले र अरू डिकन र पादरीहरूलाई पनि यसमा सहभागी नहुनू भनी भनेकोले, मैले सीधै सरकारको विरोध गरिरहेको थिएँ भन्‍ने व्यहोरा उल्लेख गरिएको थियो। ती ब्रिगेड प्रमुखले पूर्वीय ज्योतिको प्रचार गर्नु भनेको मृत्यु दण्ड हुने अपराध हो, र तिनीहरूले गोली हानेरसमेत मार्न सक्छन् भनेर भनेका थिए। पुलिसले ब्रदर-सिस्टरहरूलाई तिनीहरूले म कहाँ छु भनेर नबताए तिनीहरू अपराधी ठहरिनेछन् भन्दै धम्की दिएछन्। यो खबर सुनेपछि मलाई साह्रै रिस उठ्यो। पार्टीले मलाई वर्षौँदेखि थ्री-सेल्फ चर्चमा आबद्ध हुन दबाब दिँदै दुर्व्यवहार गर्दै आइरहेको थियो। अहिले मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याइरहेको र आखिरी दिनहरूको सुसमाचार सुनाइरहेको कारण, म वास्तवमै तिनीहरूको आँखाको तारो बनेको थिएँ। तिनीहरूले मलाई तुरुन्तै पक्राउ गरेर मार्न चाहन्थे। ती कम्युनिस्ट पार्टीका मानिसहरू दुष्टहरू हुन्! बिशप र पादरीहरूको अनुमतिविना, डिकनहरूले कहिल्यै पनि आफै मेरो बारेमा रिपोर्ट गर्ने थिएनन् भन्‍ने मलाई थाहा थियो। यो घटनाले तिनीहरूको दुष्ट र आक्रमक प्रकृति झन् स्पष्ट भयो। मलाई फरिसीहरूको याद आयो—यहूदी विश्‍वासीहरूलाई प्रभु येशूको मुक्ति स्विकार्न नदिन, तिनीहरूले प्रभुलाई निर्दयीपूर्वक क्रूसमा टाँग्‍न रोमी सरकारसँग साँठगाँठ गरे, अनि उहाँका चेलाहरूलाई खेदो गर्दै सताए। अब पादरीवर्गले मलाई खेदो गरेर सर्वशक्तिमान्‌ परमेश्‍वरको विरुद्धमा उठ्न लगाउन शैतानी कम्युनिस्ट पार्टीको शासनसँग मिलेर काम गरिरहेका थिए। तिनीहरू विगतका फरिसीहरूभन्दा फरक थिएनन्।

डिकनहरूले रिपोर्ट गरेको केही समयपछि नै, मलाई बास दिने घरधनीहरूलाई प्रहरीले निगरानी गर्न थाले, त्यसकारण मेरा ब्रदर-सिस्टरहरूले मलाई तुरुन्तै अर्को ठाउँमा सारिहाले। भोलिपल्‍ट, मलाई बास दिने घरका दम्पती पक्राउ परे भन्‍ने खबर आयो। पुलिसले तिनीहरूलाई मेरो फोटो देखाएर म कहाँ छु भनेर सोधेछन्। यो घटनापछि पक्राउ पर्नबाट बच्‍न मैले सधैँ ठाउँ सरिरहनुपर्‍यो। कम्युनिस्ट पार्टीबाट उम्‍कने प्रयास गर्दै म सधैँ लुकिरहेको हुन्थेँ, र कहिले यी दिनहरूको अन्त्य होला भनेर सोचिरहन्थेँ। सांस्कृतिक क्रान्तिको बेला, मेरो काकालाई क्याथोलिक भएको निहुँमा कुटेर मारिएको थियो, र उहाँको जीउभरि साङ्लाको डाम र तिनीहरूले छाप हानेको घाउहरू थियो। यो कुरा अझै मेरो मनमा ताजै थियो। मलाई डर लाग्यो—यदि म पार्टीको हातमा परेँ भने, तिनीहरूले मलाई कसरी यातना दिने होलान्?

त्यसपछि मैले परमेश्‍वरको वचनको एउटा भजन सुनेँ:

सत्यताको लागि सबै त्याग्‍नुपर्छ

१  तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका लागि तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन।

२  तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। …

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

यो भजन गाउने क्रममा, मैले यसको अर्थबारे सोचेँ। त्यसो गरेपछि मैले परमेश्‍वरको इच्‍छा अझै राम्ररी बुझेँ, र मेरो विश्‍वास बढ्यो। परमेश्‍वरको विरोध गर्ने यो देश, अर्थात् चीनमा परमेश्‍वरलाई पछ्याउन र सत्यता प्राप्त गर्नको लागि केही कष्ट भोग्‍नैपर्ने रहेछ। कठिनाइ र परीक्षाद्वारा मात्रै हाम्रो विश्‍वास सिद्ध हुन्छ, र हामीले धेरै कुराको बारेमा समझशक्ति प्राप्त गर्छौँ। मैले आखिरी दिनहरूका ख्रीष्‍ट, अर्थात् सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याएको हुनाले मलाई धार्मिक संसारले इन्कार गर्‍यो र धोका दियो, र अहिले मलाई ठूलो रातो अजिङ्गरले सधैँ खेदो गरिरहेको थियो, त्यसकारण म सधैँ भागिरहेको हुन्थेँ। हरेक दिन म डरमा बस्‍नुपर्थ्यो, र मैले साँच्‍चै कष्ट भोगिरहेको थिएँ। तर ती अनुभवहरूले मलाई साँच्‍चै नै पादरीवर्गले सत्यता र परमेश्‍वरलाई घृणा गर्छन् भन्‍ने वास्तविकता स्पष्ट देखाए। मैले साँचो रूपमा परमेश्‍वरको अगुवाइ पनि अनुभव गरेँ। जब म दयनीय र कमजोर हुन्थेँ, तब परमेश्‍वरले मलाई उहाँको इच्‍छा बुझ्‍न अगुवाइ गर्नुहुन्थ्यो, मलाई शक्ति र विश्‍वास दिनुहुन्थ्यो, त्यसकारण म कमजोर हुन र डराउन छोड्थेँ। परमेश्‍वरले मलाई अगुवाइ गरिरहनुभएको र हेरिरहनुभएको छ भन्‍ने मैले अनुभव गर्न सक्थेँ। यसमा निकै हैरानी भए पनि, यसको अर्थ र मूल्य थियो। यदि म पक्राउ नै परेँ भने पनि, यो परमेश्‍वरको अनुमतिमा हुनेछ भन्‍ने मलाई थाहा थियो, र म उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तयार भएँ। परिस्थिति जति नै कठिन भए पनि म परमेश्‍वरलाई पछ्याउन तयार थिएँ!

मैले मण्डली छोडेर गएको भए पनि, मलाई सुसमाचार सुनाउन नदिनका लागि पादरीवर्गले सक्दो प्रयास गरिरहेका थिए। एक दिन म बस स्टेसनमा कसैलाई भेट्न गएँ, र बाहिरिन लागेको बेला अचानक धेरै मानिसहरूले मलाई घेरे र पक्रे। म चकित भएँ र के भइरहेको हो मलाई थाहै भएन। त्यसपछि, मेरो परिवार र केही आफन्तहरू कारबाट बाहिर निस्केर केही नबोली मलाई कारमा हाले। पछि थाहा भयो कि बिशपहरूले एउटा डिकनलाई अह्राएर मेरो परिवार र केही विश्‍वासीहरूलाई कल गरी म पूर्वीय ज्योतिमा लागेको छु, दिमाग खलबल्याउने सुई र औषधी लिएर मेरो दिमाग बिग्रेको छ, र मलाई पादरी हुने मन छैन र पैसाको पनि मतलब छैन भनेर बताउन लगाएका रहेछन्। तिनीहरूले म कसैको नियन्त्रणमा छु र प्रभुलाई गरेको प्रतिज्ञाविरुद्ध गएको छु—मैले एक विधवा विवाह गरेको छु र मेरा बालबच्‍चा यतिउति वर्षका छन् भनेर पनि भनेछन्। मलाई फर्काएर ल्याउन, अनि सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउन र सुसमाचार सुनाउन नदिन तिनीहरूले मेरो परिवार र आफन्तहरूलाई बिशपसँग मिलेर काम गर्न अनुरोध गरेका रहेछन्। मेरो परिवारले पादरीवर्गलाई साह्रै प्रिय ठान्थे र तिनीहरूले भनेका कुराहरू पूर्ण रूपमा पत्याउँथे, त्यसकारण तिनीहरू बिशपहरूका कुरा सुनेर मलाई लिन आएका रहेछन्। ती अफवाहहरू सुन्दा मलाई साह्रै रिस उठ्यो, र मैले पादरीवर्ग देहमा प्रकट भएका पिशाचहरू हुन् भन्‍ने कुरा अझै स्पष्ट रूपमा देखेँ। यो कुरा बाइबलमै भनिएको छ: “तिमीहरू तिमीहरूका बुबा दियाबलसका हौ, र तिमीहरूले तिमीहरूका बुबाको इच्छाअनुसार गर्नेछौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र त्यो सत्यतामा खडा भएको थिएन; किनभने त्योसँग सत्यता छैन। जब त्यसले झूट बोल्छ, तब त्यसले आफ्नो कुरा बोल्छ: किनभने त्यो झूटो हो र झूटको पिता हो(यूहन्‍ना ८:४४)। पिशाचहरूले मात्रै निर्धक्‍क रूपमा झूट बोल्छन् र अफवाह फैलाउँछन्, अनि मानिसहरूलाई छल गर्न झूटो गवाही दिन्छन्।

त्यसपछि मेरो परिवारले मलाई जबरजस्ती बिशप निवास लगे। बिशप झाओले मुस्कुराउँदै मलाई अङ्गालो हालेको नाटक गरे: “फर्केर आउनुभयो—हराएको भेडा घर आयो।” त्यसपछि तिनले मसँग एकलै कुरा गर्नका लागि सबैलाई बाहिर पठाए। तिनले भने, “पहिले, तपाईं थप अध्ययनको लागि विश्‍वविद्यालय जान चाहनुहुन्थ्यो, तर हामीले मानेनौँ। यसपटक हामी तपाईंको सबै अनुरोध स्विकार्नेछौँ र तपाईं जुन विश्‍वविद्यालय जान चाहनुहुन्छ त्यहीँ जान सक्‍नुहुन्छ। ईश्‍वरशास्‍त्रका कैयौँ स्कूलहरूमा प्रशिक्षकको कमी छ र कैयौँ मण्डली परिवारहरूमा पादरीको कमी छ। यदि तपाईं विश्‍वविद्यालय जान चाहनुहुन्‍न भने, ईश्‍वरशास्‍त्र स्कूलमा प्रशिक्षक बन्‍न सक्‍नुहुन्छ, वा तपाईं कुन मण्डलीमा पादरीको सेवा गर्न चाहनुहुन्छ छनौट गर्नुहोस्। तपाईं अब जवान बन्‍नुहुन्‍न, र केही वर्षयता तपाईंले धेरै दुःख पाउनुभयो। हामीसँग तपाईंको लागि पैसा, कार र घर तयार छन्। तपाईंले पेन्‍सनको बारेमा समेत चिन्ता लिनु पर्दैन। पूर्वीय ज्योतिलाई छोडेर पादरी बन्‍नुहोस्, त्यसपछि तपाईंलाई कुनै कुराको चिन्ता हुँदैन।” तिनले यसो भनेको सुन्दा मलाई साह्रै घिन लाग्यो। ती सब बिशपहरूले हैसियत, पैसा, र ख्यातिको मात्रै विचार गर्थे। तिनीहरूले प्रभुमा विश्‍वास त गर्थे तर उहाँका वचनहरू पालना गर्दैनथे। तिनीहरूले प्रभुको पुनरागमनको खबरबारे पटक्‍कै खोजी वा सोधखोज गर्दैनथे—आफ्‍नो हैसियत र ख्याति जोगाउनको लागि, तिनीहरू अरूलाई परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार ग्रहण गर्नबाट रोक्‍न उन्माद रूपमा लागिपर्थे। के तिनीहरूको हैसियत र ख्यातिले तिनीहरूलाई साँच्‍चै पापबाट बचाउन सक्थ्यो? त्यसकारण मैले बिशप झाओलाई भनेँ, “बिशपज्यू, मलाई त्यस्तो कुरा केही चाहिँदैन। जब शैतानले प्रभु येशूलाई परीक्षा गर्‍यो, त्यसले उहाँलाई आफ्‍नो अघि झुकाउन पैसा र ख्याति प्रयोग गर्‍यो। त्यसकारण तपाईंले भनिरहनुभएका यी कुराहरू साँच्‍चै कहाँबाट आएका हुन्? जब तपाईंले मलाई पादरीको रूपमा पवित्रीकरण गर्नुभयो, हामीले क्रूस बोकेर जीवनभरि उहाँलाई पछ्याउँछौँ भनी प्रभुसँग शपथ खाएका थियौँ। अहिले प्रभु फर्केर आइसक्‍नुभएको छ र म उहाँलाई पछ्याउन दृढ छु। पोपले सबैलाई मेरो विरुद्धमा उठाएर मलाई इन्कार गर्न लगाए पनि, यो कुराले मलाई रोक्‍नेछैन।” जब बिशप झाओले मलाई प्रलोभनमा पार्न नसक्‍ने देखे, तब तिनले मलाई “तपाईंले मण्डली सदस्यहरूलाई पूर्वीय ज्योतिको बारेमा बताउन छोड्नु बेस हुन्छ” भन्दै चेतावनी दिए। मैले तिनलाई कुनै जबाफ दिइनँ। त्यसपछि तिनले मलाई बाहिर खाना खान लगे, र त्यहाँ मेरा केही आफन्तहरू पनि आएका रहेछन्। उनीहरूमध्ये एक जनाले यसो भने, “हाम्रो परिवारको धेरै पुस्तामा तपाईं मात्रै पादरी हुनुहुन्छ, र तपाईं हाम्रो परिवारको सान हुनुहुन्छ। तपाईं पूर्वीय ज्योतिमा लाग्‍नुहुन्छ भनेर हामीले कहिल्यै कल्‍पना गरेका थिएनौँ। तपाईंको बुबाले अहिले ८० काटिसक्‍नुभयो तर तपाईंले आफ्‍ना आमाबुबाको हेरचाह गर्नुको सट्टा पूर्वीय ज्योतिको प्रचार गरिरहनुभएको छ। तपाईंले त आफ्‍नो पादरी पदसमेत त्याग्‍नुभएको छ। यो प्रभुलाई धोका दिनु हो र तपाईं यसको कारण नरक जानुहुनेछ!” त्यसपछि मेरो दाजुले सही थप्दै भने, “तँ पादरी बन्‍न सक्लास् भनेर मैले धेरै दुःख गरेँ! तँ बाइबल कलेज जाँदा, हामीसँग खानेकुरा पनि हुँदैनथ्यो, र तँलाई खानेकुरा र पैसा ल्याइदिनँ कति दुःख गर्थेँ। तँलाई पादरी बनाउन सजिलो थिएन। तर अहिले तँ पूर्वीय ज्योतिमा लागिस्—प्रभुलाई धोका दिइस्। तँ पादरी रहिनस् र तँलाई पैसाको मतलब छैन। के तँ पागल भएको हो?” मैले भनेँ, “पादरी बन्‍न मलाई तपाईंहरूको सहयोग चाहिएको कुरा साँचो हो, तर म हाम्रा आमाबुबाको हेरचाह गर्न घर जाँदिनँ भनेर किन भन्‍नुभएको? पादरी बन्दा, मैले जीवनभरि प्रभुको सेवा गर्नको लागि घर, परिवार, र विवाह गर्ने अवसर त्याग्छु भनेर प्रभुसँग शपथ खाएको थिएँ। यो कुरा त बाइबलमै भनिएको छ: ‘मलाई भन्दा बुबा वा आमालाई बढी प्रेम गर्ने व्यक्ति, मेरो योग्यको हुँदैन; र मलाई भन्दा छोरा वा छोरीलाई प्रेम गर्ने व्यक्ति, मेरो योग्यको हुँदैन। अनि आफ्नो क्रूस उठाएर मलाई नपछ्याउने व्यक्ति, मेरो योग्यको हुँदैन(मत्ती १०:३७-३८)। म सुसमाचार सुनाउन छोडेर आमाबुबाको हेरचाह गर्न घर जानुपर्छ भनेर तपाईं भन्‍नुहुन्छ, तर के यो प्रभुको वचनअनुरूप छ? हामीले विश्‍वास गर्नु भनेको क्रूस बोक्‍नु र सुसमाचार सुनाउनु, अर्थात् यसलाई हरेक परिवार र घरमा पुर्‍याउनु हो। अहिले प्रभु फर्केर आइसक्‍नुभएको छ र उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ, त्यसकारण यो सुसमाचार सुनाउनु अत्यन्तै धर्मी कुरा हो। मैले प्रभुलाई धोका दिइरहेको छैन, बरु उहाँका पाइलाहरू पछ्याइरहेको छु…।” मैले आफ्‍नो कुरा सक्‍न नपाउँदै, मेरो दाजुले मलाई हिर्काउँला झैँ गरे र मैले हाम्रो खानदानको इज्‍जत फालेँ र मैले सुसमाचार सुनाएँ भने मेरो खुट्टा भाँच्दिन्छु भने। तिनले ईश्‍वरनिन्दा गर्ने केही कुराहरू पनि बोले। त्यसपछि, बिशप झाओले मलाई उपचार गर्नुपर्छ भन्दै आफूसँगै त्यहीँ राखे र मलाई जान दिएनन्। म कतै हिँड्दा मलाई पछ्याइन्थ्यो—मलाई कुनै स्वतन्त्रता नभएको अपराधी हुँ जस्तै लाग्यो। भाग्यवश, चौथो दिनमा मैले परमेश्‍वरमा भरोसा गर्दै तिनीहरूले ध्यान नदिएको बेला त्यहाँबाट भागेँ र ब्रदर-सिस्टरहरूकहाँ फर्केर सुसमाचार सुनाउने काम जारी राखेँ।

मैले पादरीवर्गले मानिसहरूलाई परमेश्‍वरको आवाज सुन्‍न र प्रभुलाई स्वागत गर्नबाट रोकेको मात्र होइन, विश्‍वासीहरूलाई धोका दिन र तिनीहरूलाई बलिको वस्तु बनाएर परमेश्‍वरविरुद्ध उक्साउन अनेक किसिमका युक्तिहरू प्रयोग गरेको पनि देखेँ। मेरो परिवारले परमेश्‍वरको विरुद्धमा काम गर्नु र उहाँको निन्दा गर्नु पूर्ण रूपमा बिशपहरूको झूट, दोषारोपण, र परमेश्‍वरमाथिको आक्रमणका परिणामहरू थिए। फरिसीहरूलाई श्राप दिने क्रममा प्रभुले भन्‍नुभएको कुरा मलाई याद आयो: “धिक्‍कार छ, तिमीहरू शास्त्री र फरिसीहरू, ढोङ्गीहरू हो; किनभने तिमीहरूले मानिसहरूका विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ, र तिमीहरू आफै पनि प्रवेश गर्दैनौ; र प्रवेश गरिरहेकाहरूलाई तिमीहरू प्रवेश दिँदैनौ। … धिक्‍कार छ, तिमीहरू शास्त्री र फरिसीहरू, ढोङ्गीहरू हो; किनभने तिमीहरू एक जनालाई यहूदी मतमा ल्याउन समुद्र र भूमि चहार्छौ; र जब त्यो यहूदी मतमा आउँछ, तब तिमीहरूले त्यसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको छोरा बनाउँछौ(मत्ती २३:१३-१५)। बिशप र पादरीहरूले पनि मानिसहरूलाई धर्ममा लगाउँथे, त्यसपछि तिनीहरूलाई आफ्नो कुरा सुन्‍न र परमेश्‍वरको विरोध गर्न लगाउँथे र तिनीहरूलाई नरकका सन्तान बनाउँथे। तिनीहरू मानिसहरूको प्राण निल्‍ने पिशाचहरू थिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरका अभिप्रायअनुसारको हुने बारेमा त कुरै नगरौँ। उनीहरू सबैजना परमेश्‍वरलाई भाषण दिन उचाइमा उभिएका व्यर्थका नीच मानिसहरू हुन्। उनीहरूले परमेश्‍वरको ध्वजा बोक्दा पनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास गरेको दाबी गरेर पनि उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा निल्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई बाधा दिने पिशाचका प्रमुख हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ विधान’ भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्‍ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा निल्न समर्पित जीवित शैतान हुन् भन्‍ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)। परमेश्‍वरका वचनहरूले मलाई धर्मका अगुवाहरू वास्तवमा कस्ता मानिसहरू हुन् भन्‍ने कुरा देखाए। तिनीहरूले सधैँ पापक्षमा गर्ने आफ्‍नो अख्‍तियारको धाक लगाइरहेका हुन्छन्। विश्‍वासीहरूले पाप गर्दा, औपचारिक पापक्षमा प्राप्त गर्नको लागि तिनीहरूले पादरीहरूको अघि घुँडा टेक्‍नुपर्छ। पादरीवर्गले यसरी परमेश्‍वरको स्थान लिन्छन् र मानिसहरूलाई छल गर्ने काम गर्छन्, र मानिसहरूलाई तिनीहरूको भक्ति गर्ने, तिनीहरूलाई पछ्याउने, र तिनीहरूलाई ईश्‍वर मान्‍ने बनाउँछन्। यति हदसम्‍म छलमा परेपछि, मानिसहरू परमेश्‍वरको आवाज सुन्‍न र उहाँलाई पछ्याउन अनिच्‍छुक हुन्छन्। मण्डली सदस्यहरूको नजरमा पादरीवर्ग परमेश्‍वरजस्तै बनेका छन्। अहिले प्रभु फर्केर आइसक्‍नुभएको छ र उहाँले मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गरिरहनुभएको छ, तैपनि तिनीहरूले खोजी वा अनुसन्धान गर्दैनन्, न त विश्‍वासीहरूलाई यो स्विकार्ने अनुमति नै दिन्छन्। बरु, तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई आलोचना, निन्दा र बदनाम गर्दै झूटहरू फैलाउँछन्। तिनीहरूले परमेश्‍वर वा सत्यतालाई प्रेम गर्दैनन्, केवल हैसियत र पैसालाई प्रेम गर्छन्, र तिनीहरू हैसियतका लाभहरूप्रति हुरुक्‍कै हुन्छन्। आफ्‍नो पद र जीविकोपार्जन जोगाउन, तिनीहरूले विश्‍वासीहरूलाई पूर्ण रूपमा आफ्‍नो पकडमा राख्छन्, र यसरी परमेश्‍वरको सेवा गर्ने नाममा मानिसहरूको प्राण निल्छन्। तिनीहरू मण्डलीमा लुकेका कट्टर पिशाचहरू र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरू हुन्, अनि परमेश्‍वरका शत्रुहरू हुन्। एकपछि अर्को गर्दै धार्मिक अगुवाहरूको परीक्षा र बाधाहरू सामना गरेपछि, मैले स्पष्ट रूपमै तिनीहरूमा परमेश्‍वरविरोधी, अनि ख्रीष्टविरोधी सार रहेको देखेँ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले मभित्र समझशक्ति विकास गरेर मलाई विश्‍वास र शक्ति दिएका थिए, जसले गर्दा मैले तिनीहरूका परीक्षा र आक्रमणहरू पार गर्न, धार्मिक संसारका यी ख्रीष्टविरोधीहरूको सार देख्‍न, र तिनीहरूको बन्धनबाट मुक्त भई परमेश्‍वरलाई पछ्याउन सकेँ। मैले व्यक्तिगत रूपमै सर्वशक्तिमान परमेश्‍वरका वचनहरू सत्यता र जीवन हुन् भन्‍ने अनुभव गरेँ। परमेश्‍वरको मुक्तिप्रति म अत्यन्तै कृतज्ञ छु!

अघिल्लो: ३१. आफैलाई प्रदर्शन गर्नुको निर्लज्‍जता

अर्को: ३३. झूटो अगुवाबारे रिपोर्ट गरेको कथा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्