३१. आफैलाई प्रदर्शन गर्नुको निर्लज्जता
एक वर्षअघि, म अर्को मण्डलीमा स्थानान्तर भएँ। सुरुमा त म घुलमिल हुनै सकिनँ, किनभने मेरो पहिलेको मण्डलीमा म एक अगुवा थिएँ, र मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई आदरका साथ हेर्थे। समस्यामा पर्दा, समाधान गर्न तिनीहरू मकहाँ आउँथे। तर यो मण्डलीमा, दाजुभाइ-दिदीबहिनीहरू मप्रति परिचित थिएनन्। मलाई त आफू शून्यमा झरेजस्तो लाग्यो, जुन अत्यन्तै निराशाजनक थियो। मैले सोचेँ: “प्रचार कार्यमा मेरा नतिजाहरू एकदमै राम्रा हुन्थे, त्यसकारण यसपटक, मैले यदि सुसमाचार प्रचार गर्ने मेरो क्षमता प्रयोग गरी सबैलाई मसँग क्षमता छ र मैले अरूले भन्दा प्रभावकारी ढङ्गले मेरो कर्तव्य निर्वाह गर्छु भनी देखाएँ भने, म अरूभन्दा राम्रो देखिनेछु।” त्यस समय, मैले एकदमै सक्रियतापूर्वक सुसमाचार प्रचार गरेँ, र चाँडै नै एक दर्जनभन्दा बढी मानिसहरूलाई विश्वासी बनाएँ। मलाई अत्यन्तै खुशी लाग्यो। जब मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई देख्थेँ, तब सुसमाचार प्रचार गर्ने मेरो अनुभव प्रदर्शन गर्नबाट मैले आफूलाई रोक्न सक्दिनथेँ। तिनीहरूले डाहा गर्दै भन्थे, “तपाईंले सजिलै सुसमाचार प्रचार गर्नुहुन्छ, तर हामी प्रचार गर्न सक्दैनौं। जब हामी सम्भावित सुसमाचार ग्रहणकर्ताहरू भेट्छौँ, र तिनीहरू धारणाहरू बोकेका र सुन्न नचाहने खालका पाउँछौँ, तिनीहरूसित कसरी सङ्गति गर्ने भनेर हामीलाई थाहै हुँदैन।” साँचो कुरा के हो भने, मैले पनि धेरैपटक यस्तो परिस्थितिको सामना गरेकी छु। कैयौँपटक मेरो प्रचार पनि असफल भएको थियो, तर म यस्ता समस्या र असफलताहरूका बारेमा बिरलै कुरा गर्थेँ वा तिनको बारेमा उल्लेख समेत गर्दिनथेँ, किनभने यदि सबैले थाहा पाए भने, तिनीहरूले मलाई योग्य ठान्दैनन् वा आदरका साथ हेर्दैनन् भन्ने मलाई डर लाग्थ्यो। मैले सोचेँ, “मैले सुसमाचार प्रचार गर्दाका मेरा सफल अनुभवहरूको बारेमा कुरा गर्नुपर्छ ताकि मैले मेरा कर्तव्यहरूलाई कति राम्ररी पूरा गर्न सक्छु भन्ने तिमीहरूले देख्न सक।” त्यसकारण मैले भनेँ, “सुसमाचार प्रचार गर्नु कठिन छैन। जब म सम्भावित सुसमाचार ग्रहणकर्ताहरूलाई भेट्छु, म तिनीहरूसँग यसरी सङ्गति गर्छु…।” मेरो कुरा सुनेपछि मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई निकै प्रशंसा गरे। त्यसपछि, जब कसैको साथी वा आफन्तले परमेश्वरको आखिरी दिनहरूको कामको अनुसन्धान गर्न चाहन्थे, तब अरूले भन्थे, “तिनीहरूलाई प्रचार गर्न छिनपिङलाई पठाउनुहोस्। सिस्टर छिनपिङले राम्रो काम गर्नुहुन्छ।” सबैको मनोवृति यस्तो देख्दा मलाई निकै खुशी लाग्यो। चाँडै नै, एक अगुवाले धेरै मण्डलीको मलजलको कामको जिम्मा मैले लिनुपर्ने बन्दोबस्त मिलाए। यसले मलाई झनै घमण्डी बनायो, र मैले आफ्ना प्रतिभाहरू देखाउने अझै ठूलो मञ्च पाएजस्तो लाग्यो। जब मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सुसमाचार प्रचार गर्ने वा नयाँ विश्वासीहरूलाई मलजल गर्ने कार्यमा कठिनाइ हुन्थ्यो र तिनीहरू पछि हट्थे, वा कष्ट भोग्न र मूल्य चुकाउन अनिच्छुक हुन्थे, म तिनीहरूलाई प्रोत्साहन दिन्थेँ र सुसमाचार प्रचार गर्ने क्रममा मैले कसरी कष्ट भोगेँ भनेर बताउथें। म भन्थें: “जब म पहिले प्रचार गर्थेँ, कहिलेकहीँ हिउँदको माइनस दश डिग्री जाडो हुन्थ्यो, र चिसो हावाले मेरो अनुहारमा छुरीले जस्तै घोच्थ्यो, तर यसको बाबजुत पनि, मैले प्रचार गरिरहेँ। ठूलो झरी पर्दा, खोलाको पानी पुलसम्म आइपुग्थ्यो र मेरो जुत्ता भिज्थ्यो, म मेरो जुत्ताको इनसोलबाट पानी निचोरेर फ्याँक्थें र तिनलाई खल्तीमा हालेर बोक्थेँ, र प्रचार गर्न जान्थेँ। एकपटक, माइनस दश डिग्री जाडोमा, म एक जना नयाँ विश्वासीसँग भेला गर्नलाई भेट्न भनेर खोज्दै गएँ, र एक घण्टाभन्दा बढी घरबाहिर पर्खेपछि मात्रै तिनी आइन्…।” जब मेरा दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा सुने, तिनीहरूले मलाई अनुमोदनको दृष्टिले हेरे र कष्ट भोग्न सकेकोमा मेरो सराहना गरे, र यस कुराले मलाई एकदमै खुशी तुल्यायो।
पछि, मलाई अझै धेरै मण्डलीहरूको जिम्मा दिइयो। मैले सोचेँ, “एक-दुई महिनामा नै मलाई फेरि बढुवा गरिएको छ। के अब मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई अझै उच्च नजरले हेर्नेछैनन् र?” त्यो अवधिमा, म प्रायजसो परमेश्वरसँग प्रार्थना गर्थेँ र नयाँ विश्वासीहरूलाई मलजल गर्नेसम्बन्धी सत्यताका विविध पक्षहरूद्वारा आफैलाई सुसज्जित गर्ने प्रयास गर्थेँ। क्रमिक रूपमा, मैले मेरो कर्तव्यमा अघि बढ्ने मार्ग भेट्टाएँ। मेरो सङ्गति सुन्दा दाजुभाइ-दिदीबहिनीहरू सबैलाई उपयोगी लाग्थ्यो। थाहै नपाई, मेरो अहमता फेरि बढ्न थाल्यो र भेलाहरूमा मैले फेरि आफ्नो प्रदर्शन गर्न थालेँ। दाजुभाइ-दिदीबहिनीहरूले मलाई नयाँ विश्वासीहरूले उठाउने धार्मिक धारणाहरूलाई सङ्गति गरी कसरी समाधान गर्ने भनेर सोध्दा, म सोच्थेँ, “म तिनीहरूसँग यसबारेमा उचित तरिकाले कुरा गर्नेछु, ताकि मैले सत्यता बुझेकी छु र म समस्याहरू समाधान गर्न सक्छु भनेर सबैले देख्न सकून्।” त्यसपछि मैले विस्तृत रूपमा मेरा विचार र अनुभवहरू बताएँ, अनि क्रमिक रूपमा, हरेकले मलाई फरक नजरले हेर्न थाले। मैले भनेको जेसुकै कुरा तिनीहरूले ध्यान दिएर सुन्थे। म जहाँ गए पनि मलाई दाजुभाइ-दिदीबहिनीहरूले उच्च नजरले हेर्थे, र मैले नचिनेका दाजुभाइ-दिदीबहिनीहरूले समेत मेरो सङ्गति सुन्न चाहन्थे। पछि, मैले सुसमाचार प्रचार र मलजल कार्यमा सामना गरेका आम समस्याहरू लिएँ र सत्र वटा नियमहरू लेखेँ, अनि यसलाई भेलाहरूमा लगेर दाजुभाइ-दिदीबहिनीहरूसँग ठूलो सङ्गति गरेँ। एक जना सिस्टर थिइन्, जसको श्रीमान गाउँका कार्यकर्ता थिए र परमेश्वरमाथिको तिनको विश्वासको विरोध गर्थे। तिनले धेरै वटा प्रखर प्रश्नहरू उठाएर हाम्रो लागि जानीजानी अवस्था कठिन बनाउँथे, र तिनले तोकेर नै मेरो सङ्गति मागे। मलाई त्यति बेला अत्यन्तै बेचैन महसुस भयो, तर परमेश्वरसँग प्रार्थना गरेर, मैले तिनका हरेक प्रश्नको खण्डन गरेँ, र अन्त्यमा, तिनीसँग भन्नुपर्ने कुरा केही बाँकी रहेन। त्यसपछि, मैले ती सिस्टरको श्रीमानले सोधेका प्रश्नहरूलाई सुसमाचार सुनाउनेसम्बन्धी मेरा बारम्बार सोधिने प्रश्नहरूको सङ्कलनमा समावेश गरेँ। भेलाहरूमा हरेकपटक, मैले जानीजानी यसबारेमा कुरा उठाएर स्पष्ट रूपमा कुरा गर्थेँ, म सक्षम र बुद्धिमानी छु र समस्याहरू समाधान गर्न सक्छु भनी दाजुभाइ-दिदीबहिनीहरूलाई बताउन मेरा सफल अनुभवहरूको प्रयोग गर्थेँ। कैयौँपटक, भेलाहरूपछि, केही दाजुभाइ-दिदीबहिनीहरूले भन्थे, “सिस्टर जिनपिङ, के तपाईं हामीसँग थप एक दिन बसेर हामीलाई थप सङ्गति दिन सक्नुहुन्छ?” मलाई सबैले कसरी आदर गरेका छन् भन्ने देखेर, म अत्यन्तै प्रफुल्लित हुन्थे। मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म महत्त्वपूर्ण व्यक्ति हुँ र मेरा कर्तव्यहरूमा मैले कष्ट भोग्न र मूल्य चुकाउन सक्छु भन्ने थाहा दिन, मैले यत्तिकै बहाना बनाउँदै यसो पनि भन्ने गर्थेँ, “म धेरै वटा मण्डलीहरूको इन्चार्ज हुँ, र मैले अर्को मण्डलीमा भेटघाटको लागि समय पहिले नै मिलाइसकेकी छु। धेरै जना दाजुभाइ-दिदीबहिनीहरूले मलाई पर्खिरहेका छन्। म अत्यन्तै व्यस्त छु, मसँग आराम गर्ने समय पनि छैन।” मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग बोल्दा, म जानीजानी यसो पनि भन्ने गर्थेँ, “हरेकपटक भेलामा जाँदा, पूरै दिन बित्छ। यसभन्दा पहिले मेरो कम्मरको हड्डी फुटेको थियो, म यसरी त्यति धेरै बस्न सक्दिनँ।” एक जना सिस्टरले यो कुरा सुनेर आदरको साथ भनिन्, “तपाईंले साँच्चै कठिन परिश्रम गरिरहनुभएको छ, त्यसकारण तपाईंले आफ्नो स्वास्थ्यलाई ध्यान दिनुपर्छ!” मैले दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रायजसो यसरी नै आफ्नो प्रदर्शन गर्ने गरेको हुनाले, म कष्ट भोग्न एकदमै सक्षम छु र मैले मेरा कर्तव्यहरू निर्वाह गर्ने क्रममा बोझ ग्रहण गर्छु भनी तिनीहरू सोच्थे।
त्यो अवधिमा, म आफूलाई भेला र सङ्गतिमा व्यस्त राख्थेँ, तर कहिलेकाहीँ मेरो हृदय खोक्रो हुन्थ्यो, र केको बारेमा सङ्गति गर्ने मलाई थाहा हुँदैनथ्यो। तर जब मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूको आँखामा अपेक्षा देख्थेँ, तब सोच्थेँ, “अहिले दाजुभाइ-दिदीबहिनीहरूले सत्यताको सङ्गति मैले स्पष्ट रूपमा गरेको अनुभव गर्छन्, र सबैले मेरै अपेक्षा गर्छन्। यदि मैले तिनीहरूलाई सङ्गति कसरी गर्ने मलाई थाहा छैन भनेँ भने, के तिनीहरूको हृदयमा स्थापित मेरो राम्रो छवि हराउँदैन र?” त्यसकारण मैले शान्त भएको बहाना गर्थेँ र तिनीहरूलाई नै सुरुमा सङ्गति गर्न लगाउथें। म सोच्थेँ, “सुरुमा, म सबैले के विषयमा कुरा गर्दा रहेछन् त्यो सुन्छु, त्यसपछि तिनीहरूले भनेका कुरालाई सारांशमा बताएर मेरो आफ्नो बुझाइ बाँड्नेछु। त्यसले बृहत र स्पष्ट रूपमा मैले सत्यता प्राप्त गरेकी छु भन्ने देखाउनेछ।” यसरी, दाजुभाइ-दिदीबहिनीहरूलाई विस्तृत सङ्गति दिन सक्ने म नै हुँ भन्ने लाग्थ्यो। म विचारपूर्वक यसो पनि भन्थेँ, “मैले यो कर्तव्य पाएकी हुनाले, परमेश्वरले मलाई फरक तरिकाले अन्तर्दृष्टि दिनुभएको छ।” मैले यो कुरा आफैलाई उचाल्न र आफ्नो प्रदर्शन गर्नको लागि गर्थेँ। मैले यो कुरा भन्दा, दाजुभाइ-दिदीबहिनीहरू मलाई अझै बढी उच्च नजरका साथ हेर्थे र मप्रति अझ बढी आश्रित हुन्थे। त्यो बेला, सुसमाचार प्रचार गर्दा वा नवविश्वासीहरूलाई मलजल गर्दा, दाजुभाइ-दिदीबहिनीहरूले जे-जस्तो समस्याहरूको सामना गरे पनि, तिनीहरूले प्रार्थना वा खोजी गर्न छोडेका थिए, बरु मैले तिनीहरूसँग सङ्गति गरेर तिनीहरूका समस्या समाधान गरिदिएको चाहन्थे। त्यो बेला, मैले प्रशंसा गर्नेहरू र प्रशंसा पाउनेहरू दुवैलाई हुने हानिहरूका बारेमा पनि सोचेँ, र मलाई अलिक असहज लाग्यो, त्यसपछि मैले सोचेँ, “मेरो सङ्गति मैले परमेश्वरको वचन बुझ्नु र मेरा दाजुभाइ-दिदीबहिनीहरूका लागि अभ्यासको केही मार्ग देखाउनुसँग सम्बन्धित छ। यो सबै हाम्रो कामले परिणामहरू हासिल गर्न सकोस् भनेर हो। यसमा कुनै गल्ती छैन।” त्यसकारण ती चिन्ता र तनाव मेरो मनमा झलक्क मात्रै आउँथे, र म ती कुराहरूको बारेमा विस्तारमा सोच्दिनथेँ। तर म मेरो कर्तव्य पूरा गर्न जोस र उत्साहले भरिएको मात्रै के थिएँ, धेरै वर्षसम्म देखा नपरेको मेरो छालाको रोग अचानक बल्झियो। मेरो हात, नाडी, र अनुहारमा समेत डाब्राहरू देखा परेका थिए। यो अत्यन्तै चिलाउथ्यो, यसले मलाई यति असहज तुल्यायो कि यसबाट मेरा भेलाहरूमा समेत असर पुग्यो। यसपटक पहिलेभन्दा बढी चिलाउँथ्यो। मैले धेरै किसिमका औषधि प्रयोग गरेँ, तर केहीले पनि काम गरेन। मेरो यो अवस्था संयोगवश भएको होइन, र यसबाट पाठ सिक्नुपर्ने छ भन्ने कुरा मलाई महसुस भयो। तर त्यो बेला, मेरो समस्या के हो भन्ने मलाई थाहा थिएन।
पछि, म सुसमाचार प्रचार गर्ने एकदुई जना दाजुभाइ-दिदीबहिनीहरूसँग भेट्न र सङ्गति गरेर तिनीहरूको समस्या समाधान गर्न गएँ। मलाई लाग्यो, “मैले काम गर्ने मेरो क्षमता देखाउनको लागि तिनीहरूसँग राम्रो सङ्गति गर्नुपर्छ।” मैले मिटिङमा रिपोर्ट प्रस्तुत गर्ने कम्पनी प्रबन्धकजस्तै व्यवहार गरिरहेकी थिएँ। मैले तिनीहरूसँग सुसमाचार प्रचार गर्दा सङ्गति गर्नुपर्ने मुख्य बुँदाहरूलाई कसरी बुझ्ने, र सुसमाचार प्रचार गर्दा आउने आम समस्याहरू कसरी समाधान गर्ने भनी सङ्गति गरेँ। दाजुभाइ-दिदीबहिनीहरूले ध्यान दिएर सुने। कतिले त मैले भनेको कुरा छुटाउने डरले निरन्तर नोट पनि लेखिरहेका थिए, हामीलाई बास दिने सिस्टरले पनि ढोकामा बसेर ध्यान दिएर सुनिन्, अनि मलाई बेलाबेलामा पानी ल्याएर दिइन्। सबैले मेरो सङ्गतिलाई धेरै महत्त्व दिएको देख्दा मलाई निकै रमाइलो लाग्यो। तर त्यो बेला, मलाई अलिक वेचैनी भयो, “यो सबै मेरो व्यक्तिगत बुझाइ मात्र हो, र गल्तीहरू हुनु अपरिहार्य छ, त्यसकारण के मैले भनेको कुरा सबैले लेख्नु उचित हुन्छ त?” तर त्यसपछि मैले सोचेँ, “दाजुभाइ-दिदीबहिनीहरूले अभ्यासका केही राम्रा मार्गहरूको बारेमा लेख्न मात्रै चाहेका हुन सक्छन्, जसले तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्दा सहयोग गर्छ। त्यसो गर्नु कुनै गलत कार्य हुन सक्दैन।” यसबारेमा यसरी विचार गरेपछि, मैले मानिसहरूलाई भेलाहरूमा नोट लिन दिने निर्णय गरेँ। भोलिपल्टको भेलामा, एक जना सिस्टरले फेरि आएर भनिन्, “हिजो मैले सिस्टर छिनपिङको सङ्गतिमा नोट लेखिनँ, त्यसकारण म आज फेरि सुन्नेछु।” भेला सकिएपछि, मैले दुई जना सिस्टरहरूले एकअर्कासँग कुरा गरिरहेको सुनेँ। एक जनाले भनिन्, “तपाईंले नोट लेख्नुभयो त?” अर्की सिस्टरले गुनासो गर्दै भनिन्, “तपाईंले किन नोट लेख्नुभएन?” यो कुरा सुन्दा, मलाई डर लाग्यो: “यदि सबैले मेरा वचनहरूलाई यति महत्त्वपूर्ण ठान्छन् भने, के मैले मानिसहरूलाई मेरै अघि ल्याइरहेकी छैनँ र?” मैले यसबारेमा जति विचार गरेँ, मलाई त्यति नै डर लाग्यो, त्यसकारण म घर गएँ र परमेश्वरलाई प्रार्थना गर्दै मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले आफूलाई चिन्न सकूँ भनेर बिन्ती गरेँ।
मैले परमेश्वरका वचनहरूको दुई वटा खण्ड पढेँ: “आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने, आफ्नो सान देखाउने, मानिसहरूले आफूलाई उच्च ठानून् र आराधना गरून् भन्ने प्रयास गर्ने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्? तिनीहरूले अरूलाई आफूलाई उच्च ठान्न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी हासिल गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू अरूका हृदयमा अझ उच्च, स्थिर र अझ सुरक्षित स्थान प्राप्त गर्न, र त्यसरी अझ धेरै मानिसहरूलाई तिनीहरूको कदर गर्ने, उच्च ठान्ने, ईर्ष्या गर्ने, र आराधना गर्ने, आदरभावले हेर्ने र पछि लाग्ने तुल्याउनका लागि आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्वरको गवाही दिएजस्तो देखिने, तर आधारभूत रूपमा आफैँलाई उच्च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्दा तिनीहरूसँग समझ हुन्छ त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन। तिनीहरू तिनीहरूले परमेश्वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तिनीहरूको तरिकाहरूमध्ये एक भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। तिनीहरूले मानिसहरूबाट आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष पनि बदल्छन् र नाटकीय स्वरूप देखाउँछन्, र मानिसहरूलाई आफ्नो चमक मात्र देखाउँछन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्, र तिनीहरूसँग खुल्ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ। तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति वरिष्ठ छन् भन्ने कुरा सारा संसारलाई थाहा दिन व्याकुल हुन्छन्। के यी तिनीहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तरिकाहरू होइनन् र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। “ख्रीष्टविरोधीको मार्गमा हिँड्ने सबैले आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्, आफूलाई बढावा दिन्छन्, हरेक मोडमा आफूलाई प्रदर्शन गर्छन् र परमेश्वरलाई बिलकुलै वास्ता गर्दैनन्। के तिमीहरूले मैले भनिरहेका यी कुरा अनुभव गरेका छौ? धेरै मानिस निरन्तर आफ्नो गवाही दिँदै, आफूले यो र त्यो कष्ट कसरी भोग्छु, कसरी काम गर्छु, परमेश्वरले आफूलाई कसरी मूल्यवान् ठान्नुहुन्छ, यस्ता केही काम सुम्पनुहुन्छ र आफू कस्तो छु भन्दै कुरा गर्छन्, बोल्दा जानाजानी खास लबजहरू प्रयोग गर्छन्, र अन्त्यमा तिनीहरूलाई केही मानिसले परमेश्वर ठान्न नथालेसम्म केही निश्चित आनीबानीमा प्रभाव पार्छन्। यो हदमा पुग्नेहरूलाई पवित्र आत्माले धेरै पहिले नै त्यागिसक्नुभएको छ, अनि तिनीहरूलाई हटाउने र निष्कासन गर्ने नगरिए पनि, बरु सेवा गर्न दिइए पनि, तिनीहरूको भाग्य सुनिश्चित गरिएको हुन्छ, र तिनीहरूले आफ्नो दण्ड कुरिरहेका हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्)। परमेश्वरको वचनले मेरो स्थितिलाई सटीक रूपमा प्रकट गर्यो। मैले बारम्बार यसरी नै आफैलाई उचाल्ने र आफ्नो प्रदर्शन गर्ने गर्थेँ। जब मैले सुरुमा यो मण्डलीमा काम सुरु गरेँ, मलाई आफू अपरिचित र नगण्य हुँ जस्तो लाग्यो, त्यसकारण दाजुभाइ-दिदीबहिनीहरूले मलाई उच्च नजरले हेरून् र मेरो प्रशंसा गरून् भनी मैले सुसमाचार प्रचार गर्नेबारेमा सोचेँ। सबैलाई काम गर्ने मेरो क्षमता देखाउन र मलाई नयाँ नजरले हेरून् भनेर देखाउन, मैले असफलतासम्बन्धी मेरा आफ्नै अनुभवहरूका बारेमा बताउँदिनथेँ। बरु, मानिसहरूलाई भ्रममा पार्न र मैले सत्यता बुझेकी छु र म तिनीहरूको समस्या समाधान गर्न सक्छु भन्ने सोच्न लगाउन मैले कसरी सुसमाचार प्रचार गर्थेँ, मैले कति जना मानिसहरूलाई विश्वासमा ल्याएँ, र मैले कठिन समस्याहरू कसरी समाधान गरेँ भन्नेबारेमा धेरै कुरा गर्थेँ। मलाई बढुवा गरिएपछि, मलाई झन् धेरै मानिसहरूले आदरका साथ हेरून् र आफ्नो हृदयमा मलाई ठाउँ दिऊन् भन्ने चाहना गरेँ, त्यसकारण मैले सधैँ मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म कति व्यस्त छु र मैले कस्तो कष्ट भोगेकी छु भन्नेबारेमा बताउथें। तर मैले वास्तवमै सत्यताको खोजी गर्छु, मूल्य चुकाउँछु, र मेरा कर्तव्यहरूमा बोझ उठाउँछु भनी मानिसहरूले सोचून् भनेर म आफ्नै कमजोरी र भ्रष्टताको बारेमा मुख बन्द गरेरै बस्थेँ। के यो कार्य मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिनु थिएन र? ठूलो रातो अजिङ्गरले अरूले यसलाई आदर गरून् र पछ्याऊन् भनेर निरन्तर “महान्, वैभवपूर्ण, र सही” छविको प्रचार गर्छ, तर, यसले संसारका मानिसहरूलाई छल गर्ने माध्यमका रूपमा गुप्त रूपमा गर्ने दुष्ट कुराहरूलाई हरप्रकारले ढाकछोप गर्छ। मैले जे गरिरहेकी थिएँ त्यो र ठूलो रातो अजिङ्गरले गरेको कुरामा के नै भिन्नता थियो र? परमेश्वरले मलाइ सुसमाचार प्रचार गर्ने वरदान र प्रतिभाहरू दिनुभएको थियो, ताकि मैले सुसमाचारको पहुँच विस्तारित गर्न आफ्नो भागको काम गर्न सकूँ र धेरैभन्दा धेरै मानिसहरूलाई परमेश्वरको अघि ल्याउन सकूँ, र तिनीहरूले उहाँको मुक्ति पाउन सकून्। तर मैले हरठाउँमा आफ्नो प्रदर्शन गर्न र आफैलाई देखाउन यी वरदान र प्रतिभाहरूलाई पूँजीको रूपमा प्रयोग गरेँ र दाजुभाइ-दिदीबहिनीहरूले मलाई गर्ने सम्मान र आराधनामा आनन्द लिएँ। म कति लाज पचेकी थिएँ! मैले निरन्तर आफैलाई उचाल्ने र आफ्नो प्रदर्शन गर्ने गरेकोले, समस्याहरू आइपर्दा तिनीहरूले मलाई आदर गर्थे तर परमेश्वरसित प्रर्थना गर्ने वा सत्यता खोजी गर्ने गर्दैनथे, बरु मसँग सङ्गति गर्न खोज्थे र मलाई घेर्थे। मैले त परमेश्वरको विरोध गरिरहेकी थिएँ! यसबारेमा विचार गर्दा मलाई निकै डर लाग्यो। म परमेश्वरको अघि घुँडा टेकेर प्रार्थना गर्दै रोएँ, “हे परमेश्वर, मैले अरूलाई मेरो आराधना गर्न लगाउन आफैलाई उचालेँ र आफ्नो प्रदर्शन गरेँ। म तपाईंलाई विरोध गर्ने मार्गमा हिँडेँ। म पश्चात्ताप गर्न चाहन्छु।”
त्यसपछि मैले आफ्नै बारेमा मनन गरेँ। मेरो सङ्गतिमा प्राप्त ज्योति पवित्र आत्माको अन्तर्दृष्टि हो भन्ने कुरा मलाई राम्ररी थाहा हुँदा पनि मैले किन अनजानमा आफ्नो प्रदर्शन गरेँ र आफ्नो धाक लडाएँ? मैले परमेश्वरको यो वचन पढेँ: “केही मानिसहरूले विशेष गरी पावलकै मूर्तिपूजा गर्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरू आयोजना गर्न र प्रचार गर्न मन पराउँछन्, अनि तिनीहरू मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको मूर्तिपूजा गरेको, र तिनीहरूको वरिपरि घुमेको मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् र तिनीहरू आफूले प्रस्तुत गर्ने छविलाई अरूले ध्यान दिएको मन पराउँछन्। अब यी प्रकटीकरणहरूबाट तिनीहरूको प्रकृति चिरफार गरौँ। तिनीहरूको प्रकृति के हो? यदि तिनीहरू साँच्चै यी प्रकटीकरणहरू देखाउँछन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन्, तिनीहरू परमेश्वरको आराधना पटक्कै गर्दैनन्, र तिनीहरूले उच्च हैसियत पछ्याउँछन् र अरूमाथि अख्तियार जमाउन, तिनीहरूलाई स्वामित्वमा लिन र तिनीहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् भन्ने कुरा देखाउन यो नै पर्याप्त छ। यो शैतानको प्रतिनिधिमूलक प्रतिरूप हो। तिनीहरूको प्रकृतिका विशेष गरी उत्कृष्ट पक्षहरू भनेका के हुन् भने, तिनीहरू अहङ्कारी र अभिमानी हुन्छन्, तिनीहरूले परमेश्वरको आराधना गर्दैनन्, र तिनीहरू अरूलाई आफ्नो आराधना गराउने प्रयास गर्छन्। त्यस्ता प्रकटीकरणहरूले तिनीहरूको प्रकृतिका बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। “मानिसहरू प्रकृति र सारमा अहङ्कारी बनेपछि, तिनीहरूले बारम्बार परमेश्वरको विरुद्धमा विद्रोह र प्रतिरोध गर्न, उहाँका वचनहरूमा ध्यान नदिन, उहाँबारे धारणाहरू सिर्जना गर्न, उहाँलाई धोका दिने, र तिनीहरूका आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कुराहरू गर्न सक्छन्। तैँले तँ अहङ्कारी छैनस् भनी भन्छस्, तर मानौँ तँलाई एउटा मण्डली दिइयो र त्यसको अगुवाइ गर्न दिइयो; मानौँ मैले तँलाई काटछाँट गरिनँ, र परमेश्वरको परिवारका कसैले पनि तँलाई आलोचना वा सहयोग गरेनन्: केही समय त्यसको अगुवाइ गरिसकेपछि तैँले मानिसहरूलाई तेरो पाउमा ल्याउनेथिइस् र तँलाई आदर र श्रद्धा गर्ने हदमा पुग्ने गरी तिनीहरूलाई आज्ञापालन गर्न लगाउनेथिइस्। तैँले किन त्यसो गर्नेथिइस्? यो तेरो प्रकृतिद्वारा निर्धारित हुनेथियो; यो प्राकृतिक प्रकटीकरणबाहेक अरू केही हुनेथिएन। तैँले यो कुरा अरूबाट सिक्नुपर्ने कुनै आवश्यकता हुँदैन, न त तिनीहरूले नै तँलाई यो सिकाउनुपर्ने आवश्यकता हुन्छ। तँलाई अरूले यसो गर्न निर्देशन दिनु वा बाध्य पार्नु आवश्यक हुँदैन; यस्तो अवस्था प्राकृतिक रूपमा नै आउँछ। तैँले गर्ने सबै कुराको उद्देश्य मानिसहरूलाई तेरो बढाइ गर्ने, तेरो प्रशंसा गर्ने, तेरो आराधना गर्ने, तेरो आज्ञापालन गर्ने, र सबै कुरामा तेरो कुरा सुन्ने बनाउनु हो। तँलाई अगुवा बन्न दिइएमा त्यसले स्वाभाविक रूपमा यस्तो अवस्था ल्याउँछ, र यसलाई परिवर्तन गर्न सकिँदैन। यस्तो अवस्था कसरी आउँछ? यो कुरा मानिसको अहङ्कारी प्रकृतिद्वारा निर्धारित हुन्छ। अहङ्कार प्रकट हुनु भनेको परमेश्वरविरुद्धको विद्रोह र प्रतिरोध हो। जब मानिसहरू अहङ्कारी, अभिमानी, र आत्म-धर्मी हुन्छन्, तब तिनीहरूले आफ्नै स्वतन्त्र राज्य खडा गर्नेछन् र जसरी मन लाग्यो त्यसरी काम गर्नेछन्। तिनीहरूले अरूलाई पनि आफ्नै हातमा लिनेछन् र आफ्नो अङ्गालोमा तान्नेछन्। मानिसहरूले यस्ता अहङ्कारी कार्यहरू गर्न सक्नुले तिनीहरूको अहङ्कारी प्रकृति शैतानसरह छ; यो प्रधान स्वर्गदूतसरह छ भन्ने प्रमाणित गर्छ। जब तिनीहरूको अहङ्कार र अभिमान एक निश्चित तहमा पुग्छ, तब तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै स्थान हुनेछैन, र तिनीहरूले परमेश्वरलाई पाखा लगाउनेछन्। त्यसपछि, तिनीहरूले परमेश्वर बन्ने, र मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न लगाउने इच्छा राख्नेछन्, र तिनीहरू प्रधान स्वर्गदूत जस्तै बन्नेछन्। यदि तँमा त्यस्तो शैतानी अहङ्कारी प्रकृति छ भने, तेरो हृदयमा परमेश्वरका निम्ति कुनै ठाउँ हुनेछैन। तैँले परमेश्वरमा विश्वास गरे पनि, परमेश्वरले तँलाई चिन्नुहुनेछैन, तँलाई दुष्ट व्यक्तिका रूपमा हेर्नुहुनेछ, र तँलाई हटाउनुहुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको अहङ्कारी प्रकृति नै परमेश्वरप्रतिको उसको प्रतिरोधको जड हो)। परमेश्वरका वचनहरूबाट मैले मेरो प्रकृति अत्यन्तै अहङ्कारी र अभिमानी छ भन्ने थाहा पाएँ। पावललाई जस्तै, मलाई पनि आराधना र आदर गरिएको मन पर्थ्यो। सुरुमा, मैले आफ्नो कर्तव्य राम्ररी गर्न मात्रै चाहन्थेँ, तर म मेरो अहङ्कारी र अभिमानी प्रकृतिद्वारा नियन्त्रित थिएँ, त्यसकारण, मैले थाहै नपाई आफ्नो प्रदर्शन गरेँ र धाक लगाएँ। मेरा वचनहरूमा मेरा अभिप्राय र उद्देश्यहरू समावेश छन् भन्ने मलाई थाहा भए पनि, मैले आफ्ना महत्वाकांक्षा र इच्छाहरूलाई कहिल्यै नियन्त्रण गर्न सकिनँ। म सधैँ आदर र प्रशंसा पाउन चाहन्थेँ। सानो हुँदा, मलाई मेरो परिवारको ध्यान पाउने बानी परेको थियो, र म ठूलो भएपछि, म व्यापारमा लागेँ र स्थानीय क्षेत्रकै प्रसिद्ध महिला उद्यमी बनेँ। घरमा र काममा, मैले नै सधैँ अन्तिम निर्णय गर्थेँ। जहाँ गए पनि, म अरूको प्रशंसा र सराहना सुन्थें, र म चम्किलो ताराजस्तो हुनु र सबैको आदर जित्नुको अनुभवमा रमाउथें। परमेश्वरमा विश्वास गरेपछि, मलाई मण्डलीमा साधारण र अज्ञात रहेर बस्दा कहिल्यै सन्तुष्टि मिल्दैनथ्यो। म सधैँ अरूलाई मेरो आदर गर्न र उच्च नजरले हेर्न लगाउन अवसरहरू खोज्थें। पावलको प्रकृति विशेष गरी अहङ्कारी थियो, र तिनी अरूले तिनको सधैँ आराधना र आदर गरेको चाहन्थे, त्यसकारण तिनी जहाँ गए पनि तिनले कति धेरै काम गरे र कति धेरै कष्ट भोगे भन्नेबारेमा धाक लगाउँथे। तिनले आफ्ना पत्रहरूमा कहिल्यै ख्रीष्टको गवाही दिएनन्। बरु, मण्डलीलाई साथ दिने नाममा तिनले आफैलाई उचाले, र पछि, तिनले कुनै लाज नमानी आफू ख्रीष्टको रूपमा जिएको भनी गवाही दिए। यसले गर्दा विश्वासीहरूले तिनको आराधना गरे, तिनलाई उचाले, र तिनलाई मापदण्डको रूपमा प्रयोग गरे, अनि तिनका वचनहरूलाई परमेश्वरका वचनहरूका रूपमा समेत लिए, यहाँसम्म कि आज २,००० वर्षपछि पनि, धेरै जना धार्मिक विश्वासीहरू पावलका वचनहरूमा टाँसिइरहन्छन् र यसरी परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्न मान्दैनन्। पावलले मानिसहरूलाई आफ्नै अघि ल्याए, जसले परमेश्वरको स्वभावलाई चिढ्यायो, र तिनलाई परमेश्वरले दण्ड दिनुभयो। म पनि अहङ्कारी र अभिमानी भएकी थिएँ र “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” र “अरूभन्दा असल बन” भन्नेजस्ता शैतानी विचार र दृष्टिकोणहरूद्वारा जिएकी थिएँ। म सधैँ अरूभन्दा माथि उठ्न, आफ्नो धाक लगाउन, र मेरो प्रतिभा प्रदर्शन गर्न चाहन्थेँ। यसले गर्दा मेरा दाजुभाइ-दिदीबहिनीहरूले समस्या पर्दा मेरो कुरा मात्रै सुन्थे, मैले जे भने पनि मान्थे, मेरो सङ्गतिमा पूरा नोट नलिँदा त्यसलाई कसरी पूर्ति गर्ने भनेर उपाय सोच्थे, र मैले बोलेको रेकर्ड समेत गर्थे; तिनीहरू मेरो कुरालाई परमेश्वरका वचनहरूभन्दा महत्त्वपूर्ण ठान्थे। त्यस्तो अवस्था पनि, मैले आफ्नो बारेमा मनन गरिनँ। बरु, मैले आफूलाई आदर प्राप्त गर्नुको सुखभोगमा डुबाइरहेँ। म अत्यन्तै अहङ्कारी र लाज पचेकी थिएँ! मसँग मेरो आफ्नै पहिचानको कुनै ज्ञान थिएन। म एक सृष्टि गरिएको प्राणी हुँ, शैतानद्वारा भ्रष्ट तुल्याइएको मानव हुँ भन्ने मैले बुझेकी थिइनँ। मैले कुनै लाज नमानी आफैलाई उच्च स्थानमा राखेँ। अरूको हृदयमा मेरो निम्ति स्थान होस्, तिनीहरूले मेरै कुरा सुनून् र मलाई समर्थन गरून् भन्ने म चाहन्थेँ। र मैले आफ्नो प्रदर्शन गरिरहेकी हुनाले, मेरा दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो हृदयमा मलाई ठाउँ दिएका थिए। तिनीहरूले मलाई जति धेरै आदर गरे, म परमेश्वरबाट त्यति नै टाढा गएँ। मैले राज्यको युगको पहिलो प्रशासनिक आदेशको बारेमा सोचेँ: “मानिसले आफैलाई ठूलो ठान्नु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले चुन्नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। मानिसहरूलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, त्यसैले हामीले परमेश्वरको आराधना गर्नुपर्छ र उहाँलाई सबैभन्दा उच्च आदर गर्नुपर्छ, तर मैले मानिसहरूलाई मलाई आदर गर्न, कदर गर्न, र सबैभन्दा उच्च ठान्न लगाएकी थिएँ। के मैले यो प्रशासनिक आदेशलाई उल्लङ्घन गरिरहेकी थिइनँ र? त्यो बेला, मलाई अत्यन्तै डर लाग्यो। अरूले मलाई आराधना र आदर गरून् भनेर आफ्नो प्रदर्शन गर्नुको गम्भीर प्रकृतिलाई मैले थाहा पाएँ। यदि मैले यो कार्यलाई जारी राखेकी भए, म पनि पावलजस्तै अवश्य नै नर्क जानेथेँ र दण्डित हुनेथेँ! मैले रोगको कष्ट सहनु परमेश्वरको अनुशासन कारबाही थियो। म बरालिएकी छु भनेर उहाँले मलाई रोगद्वारा चेतावनी दिइरहनुभएको थियो। यो मेरो लागि परमेश्वरको मुक्ति थियो!
पछि, मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “परमेश्वरले उहाँ सृष्टिकर्ता हुनुहुन्छ र मानिस उहाँको सिर्जित प्राणी हो भनेर भन्नुभए पनि, यसले दर्जामा केही भिन्नता देखाए पनि, परमेश्वरले मानवजातिको निम्ति गर्नुभएका सबै कुराहरू वास्तवमा यस प्रकारको सम्बन्धभन्दा धेरै माथि छन्। परमेश्वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ र मानवजातिको हेरचाह गर्नुहुन्छ, र मानवजातिको निम्ति चासो देखाउनुहुन्छ, साथै उहाँले निरन्तर र अटुट रूपमा मानवजातिको भरणपोषण गर्नुहुन्छ। उहाँले आफ्नो हृदयमा यसलाई थप काम वा धेरै श्रेय लिनुपर्ने कुरा हो भन्ने महसुस गर्नुहुन्न। न त उहाँले कहिल्यै मानवजातिलाई मुक्ति दिने, तिनीहरूको निम्ति आपूर्ति गर्ने र तिनीहरूलाई सबै कुरा प्रदान गर्ने कुराले मानवजातिको निम्ति ठूलो योगदान गरिरहेको छ भन्ने नै ठान्नुहुन्छ। उहाँले चुपचाप शान्तिसाथ उहाँको आफ्नै तरिकाले र उहाँको आफ्नै सार र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ त्यस मार्फत मानवजातिको भरणपोषण गर्नुहुन्छ। मानवजातिले उहाँबाट जति भरणपोषण र जति सहायता पाए पनि परमेश्वरले कहिल्यै त्यसको श्रेय लिने बारेमा सोच्नुहुन्न वा त्यसो गर्ने कोसिस गर्नुहुन्न। यसको निर्धारण परमेश्वरको सारले गर्छ र ठ्याक्कै यही नै परमेश्वरको स्वभावको साँचो अभिव्यक्ति हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १)। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र मानिसहरूलाई शैतानको बन्धनबाट मुक्त गर्नको लागि, परमेश्वर मानिसहरूको बीचमा काम गर्न देहधारी हुनुभयो, र मानिसहरूको दोषारोपण र निन्दा सहनुभयो। परमेश्वरले मानवजातिको लागि सबै कुरा बलिदान गर्नुभयो, तैपनि उहाँले कहिल्यै धाक लगाउनुभएन। मानिसहरूसँग अन्तरक्रिया गर्ने क्रममा, उहाँले परमेश्वरको पहिचानको रवाफ देखाउनुभएन। उहाँले चुपचाप हामीलाई सत्यता र जीवन दिनुभयो। मैले परमेश्वरको सार सुन्दर र असल छ, र उहाँ नम्र र गुप्त हुनुहुन्छ, र उहाँमा कुनै अहङ्कार वा घमण्ड छैन भन्ने देखेँ। तर, म त शैतानद्वारा भ्रष्ट तुल्याइएको, अलिकति पनि सत्यता नभएको व्यक्ति थिएँ। तैपनि म अचाक्ली अहङकारी थिएँ। मैले आफ्नो कर्तव्यमा अलिकति उपलब्धि हासिल गर्दा, मैले त्यसलाई जता जाँदा पनि प्रदर्शन गरेँ, धाकरवाफ देखाएँ, ताकि मैले मानिसहरूको आदर र सम्मान जित्न सकूँ। म अत्यन्तै लाजविहीन थिएँ, र परमेश्वरको नजरमा अत्यन्तै घृणित र खराब थिएँ। म परमेश्वरको अघि गएँ र उहाँलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म अबदेखि आफ्नो प्रदर्शन गर्न चाहन्नँ। म पश्चात्ताप गर्न चाहन्छु। म बिन्ती गर्छु, मलाई अगुवाइ गर्नुहोस् र मेरो भ्रष्ट स्वभावलाई समाधान गर्न मार्ग देखाउनुहोस्।”
मैले परमेश्वरका वचनहरूको दुई वटा खण्ड पढेँ: “कसरी कार्य गर्नुचाहिँ आफूलाई उच्च नपार्नु र आफूबारे गवाही नदिनु हो? यदि तैँले कुनै मामलाको सम्बन्धमा रवाफ देखाउँछस् र आफूबारे गवाही दिन्छस् भने, तैँले केही मानिसहरूलाई तँलाई राम्रो ठान्न र तेरो आराधना गर्न लगाउने परिणाम प्राप्त गर्नेछस्। तर यदि तैँले त्यही मामलाका सम्बन्धमा आफूलाई उदाङ्गो पार्छस् र आफ्नो आत्मज्ञान बाँड्छस् भने, यसको प्रकृति फरक हुन्छ। के यो साँचो होइन र? आफूलाई उदाङ्गो पार्नु र आफ्नो आत्मज्ञान साझा गर्नु भनेको सामान्य मानवतामा हुनुपर्ने कुरा हो। यो एउटा सकारात्मक कुरा हो। यदि तँ आफूलाई साँच्चिकै जान्दछस् र आफ्नो स्थितिबारे ठिक किसिमले, साँचो रूपमा र प्रस्टताका साथ बोल्छस् भने; यदि तैँले पूर्णतया परमेश्वरका वचनहरूमा आधारित ज्ञान साझा गर्छस् भने; यदि तेरो कुरा सुन्नेहरूलाई त्यसबाट शिक्षा र लाभ मिल्छ भने; अनि यदि तँ परमेश्वरको कामको गवाही दिन्छस् र उहाँलाई महिमित तुल्याउँछस् भने, त्यो नै परमेश्वरबारे गवाही दिनु हो। यदि, आफूलाई उदाङ्गो पारेर, तैँले आफ्ना सबल पक्षहरू, र तैँले कति कष्ट भोगेको छस् र मूल्य तिरेको छस्, अनि आफ्नो गवाहीमा दृढ रहेको छस् भन्नेबारे धेरै कुरा गर्छस्, र फलस्वरूप, मानिसहरूले तँलाई राम्रो ठान्छन् र तेरो आराधना गर्छन् भने, यो आफूबारे गवाही दिनु हो। तैँले यी दुई प्रकटीकरणहरूबीचको भिन्नता बताउन सक्नुपर्छ। उदाहरणका लागि, परीक्षाहरू सामना गर्दा तँ कति कमजोर र नकारात्मक थिइस्, र प्रार्थना गर्नुका साथै सत्यता खोजेपछि कसरी तैँले अन्ततः परमेश्वरको अभिप्राय बुझिस्, आस्था प्राप्त गरिस्, र आफ्नो गवाहीमा दृढ रहिस् भनी सुनाउनु भनेको परमेश्वरलाई उच्च पार्नु र उहाँबारे गवाही दिनु हो। यो रवाफ देखाउनु र आफूबारे गवाही दिनु कदापि होइन। त्यसकारण, तँ रवाफ देखाइरहेको र आफूबारे गवाही दिइरहेको छस् कि छैनस् भन्ने कुरा प्रमुख रूपमा तँ आफ्ना वास्तविक अनुभवहरूबारे कुरा गरिरहेको छस् कि छैनस्, र तैँले परमेश्वरबारे गवाही दिने परिणाम हासिल गर्छस् कि गर्दैनस् भन्नेमा भर पर्छ; तैँले आफ्नो अनुभवात्मक गवाहीबारे बोल्दा तेरा अभिप्राय र उद्देश्यहरू के हुन् भन्ने कुरा हेर्न पनि जरुरी छ। त्यसो गर्दा यी दुई प्रकटीकरणहरू खुट्ट्याउन सजिलो हुनेछ। तैँले गवाही दिँदा तेरो अभिप्राय सही छ भने, मानिसहरूले तँलाई राम्रो ठानेर तेरो आराधना गरे पनि, त्यो खासै समस्या होइन। यदि तेरो अभिप्राय गलत छ भने, कसैले पनि तँलाई राम्रो नठाने पनि र तेरो आराधना नगरे पनि, त्यो समस्या नै हो—अनि यदि मानिसहरूले तँलाई राम्रो ठान्छन् र तेरो आराधना गर्छन् भने, त्यो झनै समस्या हो। त्यसकारण, कुनै व्यक्तिले आफूलाई उच्च पारिरहेको र आफूबारे गवाही दिइरहेको छ कि छैन भनी निर्धारण गर्न तैँले नतिजाहरू मात्र हेर्न मिल्दैन। तैँले मूल रूपमा उसको अभिप्राय हेर्नैपर्छ; अभिप्रायहरूका आधारमा यी दुई प्रकटीकरणहरूबीच भिन्नता छुट्ट्याउँदा ठ्याक्कै मिल्छ। यदि तैँले यसलाई नतिजाहरूका आधारमा मात्र खुट्ट्याउने कोसिस गर्छस् भने, तैँले असल मानिसहरूलाई झूटो आरोप लगाउने सम्भावना हुनेछ। कतिपय मानिसहरूले अत्यन्तै साँचो गवाही दिन्छन्, र अरू केही मानिसहरूले फलस्वरूप उनीहरूलाई राम्रो मान्छन् र उनीहरूको आराधना गर्छन्—के तैँले ती मानिसहरू आफूबारे गवाही दिइरहेका छन् भन्न मिल्छ? अहँ, मिल्दैन। ती मानिसहरूमा समस्या छैन, तिनीहरूले दिने गवाही र गर्ने कर्तव्यले अरूलाई फाइदा गर्छ, र विकृत बुझाइ भएका मूर्ख र अज्ञानी मानिसहरूले मात्र तिनीहरूको आराधना गर्छन्। मानिसहरूले आफूलाई उच्च पारिरहेका र आफूबारे गवाही दिइरहेका छन् कि छैनन् भनी खुट्ट्याउने कडी नै वक्ताको अभिप्रायलाई हेर्नु हो। यदि तेरो अभिप्राय भनेको तैँले प्रकट गरेको भ्रष्टता, र तँ कसरी बदलिएको छस् भनी सबैलाई देखाउनु, र तिनीहरूलाई यसबाट लाभ लिन मदत गर्नु हो भने, तेरा शब्दहरू गम्भीर र साँचो हुन्, र ती तथ्यहरूसँग मिल्दो छन्। यस्तो अभिप्राय सही हो, र तैँले रवाफ देखाइरहेको वा आफूबारे गवाही दिइरहेको छैनस्। यदि तेरो अभिप्राय नै तिनीहरूले तँलाई राम्रो मानून् र तेरो आराधना गरून् भन्नका लागि तँसित वास्तविक अनुभवहरू छन्, तँ बदलिएको छस् र तँसित सत्यता वास्तविकता छ भनेर सबैलाई देखाउनु हो भने, यो अभिप्राय गलत छ। त्यो रवाफ देखाउनु र आफूबारे गवाही दिनु हो। यदि तैँले भन्ने गरेको अनुभवात्मक गवाही झूटो, दूषित छ, र त्यसको उद्देश्य मानिसहरूलाई छल्ने, तिनीहरूलाई तेरो साँचो स्थिति हेर्नबाट रोक्ने, र तेरा अभिप्रायहरू, भ्रष्टता, कमजोरी, वा नकारात्मकता अरूसामु खुलासा हुनबाट रोक्ने हो भने, यसरी बोल्नु भनेको मानिसहरूलाई छल गर्नु र भ्रममा पार्नु हो। यो झूटो गवाही दिनु हो, यो परमेश्वरलाई छल गर्ने प्रयास हो, यो परमेश्वरको बेइज्जत गर्नु हो, र परमेश्वरले सबैभन्दा बढी घृणा गर्ने कुरा यही हो। यी स्थितिहरूबीच प्रस्ट भिन्नताहरू छन्, र ती सबैलाई अभिप्रायहरूका आधारमा खुट्ट्याउन सकिन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। “परमेश्वरको गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले के-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति भ्रष्टता प्रकट गरेका छौ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ, अन्त्यमा तिमीहरू परमेश्वरद्वारा कसरी विजय गरियौ, तिमीहरूले परमेश्वरको कामको कति वास्तविक ज्ञान प्राप्त गरेका छौ, र तिमीहरूले परमेश्वरको प्रेम चुकाउन कसरी उहाँको गवाही दिनुपर्दछ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यी शब्दहरूमा ठोसता प्रदान गर्नुपर्छ, जबकि सरल तरिकाले बोल्नुपर्छ। रित्ता सिद्धान्तहरूका बारेमा कुरा नगर। व्यावहारिक तरिकाले बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउने प्रयासमा गहन लाग्ने, रित्ता सिद्धान्तहरू तयार नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र समझहीन देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूका बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि सबैभन्दा उपयुक्त देखिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, यदि म आफूलाई उचाल्न र आफ्नो गवाही दिन छोड्न चाहन्छु भने, मैले बारम्बार परमेश्वरको उपस्थितिमा जिउनुपर्छ, मसँग परमेश्वरको डर मान्ने भक्त हृदय हुनुपर्छ, मेरा दाजुभाइ-दिदीबहिनीहरूका अघि मेरो हृदय खोल्नुपर्छ, सचेत रूपमा मेरो भ्रष्टतालाई खुलासा र चिरफार गर्नुपर्छ, र मेरा वास्तविक अनुभवहरूका बारेमा कुरा गर्नुपर्छ। आफूलाई उचाल्न र आफ्नो गवाही दिन मन लाग्दा, मैले आफूलाई त्याग्नुपर्छ र मेरा अभिप्रायहरूलाई ठीक गर्नुपर्छ। मैले आफूमा भएको भ्रष्टता र विद्रोहलाई अझै बारम्बार खुलासा र चिरफार गर्ने गर्नुपर्छ, र उहाँको न्याय, सजाय, परीक्षा, र शोधनको अनुभव गरिसकेपछि परमेश्वरसम्बन्धी मेरो ज्ञानको बारेमा र मेरो आफ्नै भ्रष्ट स्वभाव र भ्रष्ट सारसम्बन्धी मेरो ज्ञानको बारेमा सङ्गति गर्नुपर्छ। म अझै धेरै हृदयबाट बोल्नुपर्छ, ताकि मेरा दाजुभाइ-दिदीबहिनीहरूले मेरो सच्चा पक्षलाई देख्न सकून्। मैले अभ्यासको मार्ग पाइसकेपछि, दाजुभाइ-दिदीबहिनीहरूसँगको भेलामा, मैले यो अवधिमा प्रकट भएको मेरो सम्पूर्ण भ्रष्टता र म आफैबारेको मेरो बुझाइलाई खुलस्त भएर बताएँ, र मेरो सङ्गतिमा आउने थोरै ज्योति पूर्ण रूपमा पवित्र आत्माको अन्तर्दृष्टिबाट आएको हो, मेरो वास्तविक कदबाट आएको होइन भनेर बताएँ। परमेश्वरको अगुवाइविना, मैले केही पनि गर्न सक्दिनथेँ। दाजुभाइ-दिदीबहिनीहरूले पनि मलाई आराधना र आदर गर्नु गलत हो भन्ने थाहा पाए, र भविष्यमा मानिसहरूलाई कहिल्यै पनि महान् ठान्नेछैनौं भनी भने। समस्या पर्दा पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्न परमेश्वरसँग प्रार्थना गर्छौं र सत्यता सिद्धान्तहरूको खोजी गर्छौँ भनेर पनि तिनीहरूले भने। पछि, म भेलाहरूमा हुँदा, र मैले राम्ररी नबुझेका समस्याहरूको सामना गर्दा, मैले मेरो अहम्लाई त्यागेर मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गतिमा खुलस्त भई खोजी गर्न सक्थेँ। सबैजनाले आफूले प्राप्त गरेका र बुझेका कुराको बारेमा सङ्गति गरे, तीमध्ये कतिचाहिँ मैले प्राप्त नगरेका कुराहरू हुन्थे, र यसरी सङ्गति मेरो लागि अत्यन्तै उपयोगी हुन्थ्यो। मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई पहिलेजस्तो आराधना गर्न छोडे, र ममा भएका समस्याहरू देख्दा, तिनीहरूले सीधै औंल्याउन सक्थे। जब मलाई फेरि आफूलाई उचाल्न र धाक लगाउन मन लाग्यो, तब मैले परमेश्वरलाई प्रार्थना गरेँ, उहाँको निरीक्षणलाई स्वीकार गरेँ, यसको साथै, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग मन खोलेँ, अनि तिनीहरूलाई मेरो भ्रष्टता र कमीकमजोरीको बारेमा बताएँ, र तिनीहरूको रेखदेखलाई स्वीकार गरेँ। यसरी अभ्यास गर्दा मलाई सुरक्षित र सहज महसुस भयो, र मैले सत्यता अभ्यास गर्नुको मिठासलाई पनि चाखेँ। मैले मेरो अहङ्कारी प्रकृति र मैले लिएको गलत मार्गलाई चिनेपछि, र मैले परमेश्वरसँग पश्चात्ताप गरिसकेपछि, मेरो छालाको रोग बिस्तारै हटेर गयो, र म अलिअलि गर्दै निको भएँ।
परमेश्वरको अनुशासन र ताडना अनुभव गरिसकेपछि, मैले परमेश्वरको धर्मी स्वभाव अत्यन्तै स्पष्ट र वास्तविक भएको देखेँ, र मैले परमेश्वरको साँचो प्रेम देखेँ। परमेश्वरले जे गर्नुहुन्छ त्यो सबै मेरो शैतानी स्वभावको बन्धनबाट मलाई मुक्ति दिनको लागि हो, र यसले मलाई परमेश्वरको प्रेम अत्यन्तै वास्तविक छ भन्ने देखायो। मेरा दुष्कर्महरू बीचबाटोमै रोक्ने र मलाई खतराको मुखबाट पछाडि तानी ल्याउने परमेश्वरको अनुशासन र ताडना थियो। परमेश्वर धन्यवाद!