के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आज परमेश्‍वरका आखिरी दिनहरूको कार्य र उहाँले तिमीहरूमा गर्ने उहाँको योजनाको सबै कार्य ग्रहण गरेर कसरी साँच्चै चरम उत्थान र मुक्ति प्राप्त गरेको छ भनेर कदर गर्नुपर्छ। परमेश्‍वरले ब्रह्माण्डभरि आफ्नो कामको सम्पूर्ण ध्यान मानिसहरूको यस समूहमा लगाउनुभएको छ। उहाँले आफ्नो हृदयको सबै रगत तिमीहरूको निम्ति अर्पण गर्नुभएको छ; उहाँले ब्रह्माण्डभरिको आत्माका सबै काम पुनः दाबी गरेर तिमीहरूलाई प्रदान गर्नुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि उहाँको चुनिएको जाति, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहद्वारा पूर्णरूपमा प्रकट गर्नुहुनेछ। यसैकारण, परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, अनि त्योभन्दा बढी, परमेश्‍वरको महिमाका हकवाला पनि तिमीहरू नै हौ। सायद, तिमीहरू सबैलाई यी वचनहरू याद छ होला: “किनभने हाम्रो हल्का दुःख, जुन क्षणभरका लागि मात्र हुन्छ, त्यसले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू तिनको वास्तविक महत्त्वका बारेमा गहन रूपमा सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा गुँडुल्किएर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरै वचनहरूतुरुन्तै पूरा हुन सक्दैनन्; यसर्थ, मानिसहरू परमेश्‍वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि यसद्वारा उहाँले महिमा पाउन सक्‍नुभएको होस्, अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्। मानिसहरूको यस समूहका निम्ति परमेश्‍वरले गर्नुभएका सबै बलिदानको पूर्ण महत्त्व यही नै हो। अर्थात्, उहाँलाई विरोध गर्नेहरूद्वारा नै परमेश्‍वरले विजयको कार्य गर्नुहुन्छ, र यसरी मात्रै परमेश्‍वरको महान शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोर देशमा हुनेहरू मात्र परमेश्‍वरको महिमा प्राप्त गर्न योग्यका हुन्छन्, अनि यसले मात्र परमेश्‍वरको महान शक्तिमाथि प्रकाश पार्नसक्छ। यसैकारण यही फोहोर देशबाट नै, अनि यही फोहोर देशमा बस्नेहरूबाट नै, परमेश्‍वरको महिमा प्राप्त गरिन्छ। यस्तै नै छ परमेश्‍वरको अभिप्राय। येशूको कार्यको चरण यस्तै थियो: उहाँलाई सताउने फरिसीहरूको माझमा मात्रै उहाँले महिमा प्राप्त गर्न सक्नुभयो; फरिसीहरूको सतावट अनि यहूदाको विश्‍वासघात नभएको भए, येशूलाई उपहास वा निन्दा गरिने थिएन, क्रूसमा टाँगिने कुरा त परै जाओस्, यसर्थ उहाँले महिमा प्राप्त गर्न सक्नुहुनेथिएन। जहाँ परमेश्‍वरले प्रत्येक युगमा काम गर्नुहुन्छ, अनि जहाँ उहाँले देहमा आफ्नो काम गर्नुहुन्छ, त्यहीँ नै उहाँले महिमा प्राप्त गर्नुहुन्छ अनि त्यहीँ नै उहाँले चाहनुभएकाहरूलाई पनि प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको कार्यको योजना यही नै हो, अनि उहाँको व्यवस्थापन यही नै हो।

हजारौं वर्षको परमेश्‍वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ; अर्को चाहिँ आखिरी दिनहरूमा गरिने विजय र सिद्धताको कार्य हो, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यसैकारण तिमीहरूलाई दिइएको परमेश्‍वरको कार्य वा परमेश्‍वरको आज्ञालाई हल्का विषयको रूपमा नलेऊ। तिमीहरू सबै नै परमेश्‍वरको प्रशस्त र अनन्त महिमाको हकवाला हौ र यो विशेष रूपमा परमेश्‍वरले नै नियुक्त गर्नुभएको थियो। उहाँको महिमाको दुई भागमध्ये, एउटा तिमीहरूमा प्रकट हुन्छ; परमेश्‍वरको महिमाको एउटा भागको पूर्णता, यो तिमीहरूकै निजी धन होस् भनेर तिमीहरूलाई प्रदान गरिएको छ। यो परमेश्‍वरले तिमीहरूमा गर्नुहुने सम्मान हो, अनि यो उहाँले धेरै वर्षअघि पूर्वनिर्धारित गर्नुभएको योजना पनि हो। ठूलो रातो अजिङ्गर बस्ने देशमा परमेश्‍वरले गर्नुभएको कार्यको महानता सम्‍झँदा, यदि यो कार्यलाई अरू कुनै ठाउँतिर सारिएको भए, यसले धेरै अघि ठूलो फल फलिसक्ने थियो र मान्छेले तत्कालै ग्रहण गर्नेथियो। यसबाहेक, यो काम परमेश्‍वरमा विश्‍वास गर्ने पश्चिमका पादरीहरूलाई स्वीकार गर्न अत्यन्तै सजिलो हुनेथियो, किनकि येशूद्वारा गरिएको कार्यको चरणले उदाहरणको काम गर्छ। यसैकारण परमेश्‍वरले महिमा प्राप्त गर्ने कार्यको यो चरण अरू कतै हासिल गर्न सक्‍नुहुन्‍न; जब काममा मानिसहरूको समर्थन हुन्छ र राष्ट्रहरूद्वारा मान्यता प्राप्त गरेको हुन्छ, परमेश्‍वरको महिमा हाबी हुन सक्दैन। यस देशमा कार्यको यस चरणले राख्‍ने असाधारण महत्त्व यही हो। तिमीहरूमध्ये एक जना पनि व्यवस्थाद्वारा संरक्षित छैनौ—बरु, तिमीहरू त व्यवस्थाद्वारा दंसित हुन्छौ। अझ ठूलो कठिनाइ त के हो भने, मानिसहरू तिमीहरूलाई बुझ्दैनन्: चाहे तिमीहरूका आफन्त होऊन्, तिमीहरूको बाबु-आमा होऊन्, तिमीहरूका इष्टमित्र होऊन्, अथवा तिमीहरूका सहकर्मीहरू नै किन नहोऊन्, तिनीहरूमध्ये कोही पनि तिमीहरूलाई बुझ्दैनन्। जब तिमीहरू परमेश्‍वरद्वारा “त्यागिन्छौ”, तब तिमीहरूका निम्ति यस संसारमा जिइरहन असम्भव हुन्छ, तर त्यसो भए तापनि, मानिसहरू अझै पनि परमेश्‍वरदेखि टाढा जाने कुरा सहन सक्दैनन्। यही नै मानिसहरूलाई परमेश्‍वरले विजय गर्नुको महत्त्व, र परमेश्‍वरको महिमा हो। तिमीहरूले आज जे उत्तराधिकार पाएका छौ त्यो युगौँदेखिका प्रेरित र अगमवक्ताहरूको भन्दा बढी छ त्यो मोशा र पत्रुसको भन्दा पनि ठूलो छ। आशिष्‌हरू एक-दुई दिनमा प्राप्त गर्न सकिँदैन; ती ठूलो मूल्य चुकाएर कमाइनुपर्छ। भन्नुको अर्थ, तिमीहरूसित शोधन भोगेको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो आस्था हुनैपर्छ, अनि तिमीहरूले हासिल गर्नुपर्छ भनी परमेश्‍वरले माग गर्ने धेरै सत्यता तिमीहरूमा हुनैपर्छ; अझ भन्नुपर्दा, तिमीहरू नतर्सी वा पछाडि नहटी इन्साफतर्फ फर्कन सक्नुपर्छ, अनि तिमीहरूमा मृत्युसम्‍मै स्थिर रूपमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तिमीहरूसँग सङ्कल्प हुनैपर्छ, तिमीहरूको जीवन स्वभाव परिवर्तन हुनैपर्छ, तिमीहरूको भ्रष्टता निको हुनैपर्छ, तिमीहरूले कुनै पनि गुनासोविना परमेश्‍वरका सबै योजनाबद्धता स्वीकार गर्नैपर्छ, अनि तिमीहरू मृत्युसम्‍मै समर्पित हुन पनि सक्नैपर्छ। तिमीहरूले हासिल गर्नुपर्ने कुरा यही नै हो, परमेश्‍वरको कामको अन्तिम उद्देश्य यही नै हो, र परमेश्‍वरले मानिसहरूको यस समूहबाट माग गर्ने कुरा यही नै हो। उहाँले तिमीहरूलाई दिनुहुने भएकाले, उहाँले तिमीहरूबाट अवश्यै फिर्ता माग्नुहुनेछ, र अवश्यै तिमीहरूका लागि उचित मागहरू अगाडि सार्नुहुनेछ। त्यसकारण परमेश्वरले गर्नुहुने सबै कामको कारण हुन्छ। यसबाट परमेश्वरले किन बारम्बार उच्च मानक र कठोर मागहरू तोक्ने काम गर्नुहुन्छ भन्ने कुरा देख्न सकिन्छ। यसैकारण, तिमीहरू परमेश्‍वरमाथिको आस्थाले भरिएको हुनुपर्छ। संक्षिप्तमा, परमेश्‍वरको सबै काम तिमीहरूकै खातिर गरिन्छ, ताकि तिमीहरू उहाँको उत्तराधिकार प्राप्त गर्न योग्य बन्न सक। यो परमेश्‍वरको आफ्नै महिमाको खातिर हो भन्नुको सट्टा, यो तिमीहरूको मुक्ति अनि अशुद्ध भूमिमा गहिरो रूपमा पीडित भएका मानिसहरूको यस समूहलाई सिद्ध पार्नका खातिर हो भन्नु राम्रो हुन्छ। तिमीहरूले परमेश्‍वरको अभिप्राय बुझ्नुपर्छ। त्यसैले, म अन्तर्ज्ञान वा समझ नभएका त्यस्ता धेरै अज्ञानी मानिसहरूलाई अर्ती दिन्छु: परमेश्‍वरको परीक्षा नलेओ, र अब उप्रान्त प्रतिरोध नगर। मानिसले कहिल्यै नसहेको हरेक प्रकारको दुःख परमेश्‍वरले भोगिसक्नुभएको छ, र उहाँले धेरै अघि मानिसको सट्टा अझ बढी अपमान पनि सहनुभएको छ। त्यसोभए, तिमीहरूले त्याग्न नसक्ने कुरा के छ? परमेश्‍वरका अभिप्रायहरूभन्दा बढी महत्त्वपूर्ण के हुन सक्छ? परमेश्‍वरको प्रेमभन्दा उच्च के हुन सक्छ? यस अशुद्ध भूमिमा आफ्नो काम गर्नु नै परमेश्‍वरको निम्ति पहिल्यै पर्याप्त रूपमा कठिन छ; यदि, यसमाथि, मानिसले थाहा हुँदाहुँदै र जानी-जानी अपराध गर्छ भने, परमेश्‍वरको काम लम्ब्याउनै पर्नेछ। छोटकरीमा, यो कसैको हितमा हुँदैन, यसले कसैलाई लाभ दिँदैन। परमेश्‍वर समयद्वारा बाँधिनुहुन्न; सबैभन्दा पहिले उहाँको काम र महिमा आउँछन्। त्यसकारण, यदि कुनै कुरा उहाँको कामको पाटो हो भने, उहाँले त्यसका निम्ति कुनै पनि मूल्य तिर्नुहुनेछ, चाहे त्यसका लागि जति नै समय किन नलागोस्। परमेश्‍वरको स्वभाव यही हो: आफ्नो काम नसिध्याएसम्म उहाँले विश्राम लिनुहुनेछैन। उहाँले आफ्नो महिमाको दोस्रो भाग प्राप्त गर्नुभएपछि मात्र उहाँको कार्य अन्त गर्नुहुनेछ। यदि, सारा ब्रह्माण्डमा, परमेश्‍वरले उहाँको महिमा प्राप्त गर्ने कार्यको दोस्रो खण्ड पूरा गर्नुहुन्न भने, उहाँको दिन कहिल्यै आउनेछैन, उहाँको हातले उहाँको चुनिएको जातिलाई कहिल्यै छोड्नेछैन, उहाँको महिमा कहिल्यै पनि इस्राएलमाथि आउनेछैन, अनि उहाँको योजना कदापि पूरा हुनेछैन। तिमीहरूले परमेश्‍वरका अभिप्रायहरू देख्न सक्‍नुपर्छ, अनि परमेश्‍वरको कार्य स्वर्ग र पृथ्वी अनि सारा थोकहरूको सृष्टि जस्तो सरल छैन भन्‍ने देख्नुपर्छ। किनभने, आजको कार्य भ्रष्ट भएका, चरम रूपमा लट्टिएकाहरूको रूपान्तरण हो, यो तिनीहरूलाई शुद्ध गर्नका लागि हो जो सृजित त गरिए तर शैतानद्वारा प्रशोधित भए। यो आदम अनि हव्वाको सृष्टि होइन, न त ज्योतिको सृष्टि, अथवा हरेक वनस्पति अनि पशुको सृष्टि नै हो। परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका कुराहरूलाई शुद्ध गर्नुहुन्छ अनि तिनीहरूलाई नयाँ गरी प्राप्त गर्नुहुन्छ; तिनीहरू उहाँको आफ्नै स्वामित्वका कुराहरू बन्छन्, अनि तिनीहरू उहाँको महिमा बन्छन्। यो मानिसले कल्पना गरे जस्तो स्वर्ग र पृथ्वी अनि त्यसमा भएका यावत् थोकहरूको सृष्टि जस्तो सरल हुँदैन, र यो मानिसले कल्पना गरे जस्तो शैतानलाई अतल कुण्डमा सराप्ने काम जस्तो सरल पनि हुँदैन; बरु, यो मानिसलाई रूपान्तरण गर्ने, नकारात्मक कुराहरूलाई, उहाँसँग नभएका कुराहरूलाई सकारात्मक र उहाँसँग हुने कुराहरू बनाउने काम हो। परमेश्‍वरको कामको यस चरण पछाडिको सत्यता यही नै हो। तिमीहरूले यस कुरालाई बुझ्नैपर्छ अनि कुराहरूलाई ज्यादै सरल बनाउन छाड्नैपर्छ। परमेश्‍वरको काम अन्य साधारण कामहरू जस्तो हुँदैन। यसको अद्भुतता अनि बुद्धि मान्छेको समझदेखि बाहिरको कुरा हो। परमेश्‍वरले यावत् थोकहरूलाई कामको यस चरणको समयमा सृष्टि गर्नुहुन्न, न त उहाँले तिनीहरूलाई नष्ट नै गर्नुहुन्छ। बरु, उहाँले आफैले सृष्टि गर्नुभएका यावत् थोकहरूलाई रूपान्तरण गर्नुहुन्छ, अनि शैतानले दूषित पारेको सबै कुराहरूलाई शुद्ध गर्नुहुन्छ। अनि यस किसिमले परमेश्‍वर एउटा महान् उद्यममा लाग्नुहुन्छ। परमेश्‍वरको कामको सम्पूर्ण महत्त्व यही हो। के यी वचनहरूमा तिमीहरूले परमेश्‍वरको काम साँच्चै नै सरल छ भन्‍ने देख्छौ?

अघिल्लो: परमेश्‍वरको वर्तमान कामसम्बन्धी ज्ञान

अर्को: तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्