तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा तँ सत्यताको निम्ति जिउनुपर्छ

सबै मानिसहरूमा हुने साधारण समस्या चाहिँ यो हो कि उनीहरूले सत्यता बुझ्छन् तर यसलाई व्यवहारमा लागू गर्नलाई असफल हुन्छन्। एकातिर उनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, भने अर्कोतिर उनीहरूको विवेक अति नै अपर्याप्‍त हुन्छ; उनीहरू दैनिक जीवनका धेरै अप्ठ्याराहरू के-के हुन् भन्‍ने कुरा देख्‍न असक्षम छन्, अनि कसरी ठीकसँग अभ्यास गर्ने भन्‍ने कुरा थाहा छैन। किनभने मानिसहरूका अनुभवहरू अति सतही हुन्छन्, उनीहरूको क्षमता अति कमजोर हुन्छ, र जुन नापमा उनीहरूले सत्यता बुझ्छन्, त्यो सीमित छ, उनीहरूले आफ्ना दैनिक जीवनमा सामना गर्ने कठिनाइहरूको समाधान गर्न उनीहरूसँग कुनै उपाय छैन। उनीहरूले मुखले मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्, र आफ्नो दैनिक जीवनमा परमेश्‍वरलाई ल्याउन असमर्थ छन्। यसो भन्‍न सकिन्छ, परमेश्‍वर चाहिँ परमेश्‍वर नै हुनुहुन्छ, जीवन चाहिँ जीवन नै हो, र यो चाहिँ मानिसहरूको आफ्नो जीवनमा परमेश्‍वरसँग कुनै सम्बन्ध नभएको जस्तै हो। प्रत्येक व्यक्तिले यस्तै विचार गर्छन्। यसरी, वास्तवमा परमेश्‍वरमा विश्‍वास गरेर पनि मानिसहरूलाई उहाँले आफ्नो बनाउनु भएको वा र सिद्ध तुल्याउनु भएको हुँदैन। वास्तवमा, परमेश्‍वरको वचनले पूर्ण अभिव्यक्ति नपाएको होइन, तर केवल उहाँको वचन ग्रहण गर्ने मानिसको क्षमता अति नै अपर्याप्‍त भएको हो। कसैले भन्‍न सक्छ कि परमेश्‍वरको मौलिक अभिप्रायहरू अनुसार प्रायः कसैले पनि काम गर्दैन; बरु, आफ्नै अभिप्रायहरू, आफूहरूले विगतमा पक्रिराखेका धार्मिक धारणाहरू र काम गर्ने आफ्नै तरिका अनुसार उनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन्। थोरै व्यक्तिहरू परमेश्‍वरको वचनलाई ग्रहण गरेर उनीहरू रूपान्तरण भएका हुन्छन् र उहाँको इच्छा अनुसार काम गर्न थाल्छन्। त्यसको सट्टामा, तिनीहरू आफ्नै गलत विश्‍वासमा लागिरहन्छन्। जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्छ, उनीहरूले धर्मको परम्परागत नियमहरूमा आधारित भएर त्यसो गर्छन्, र उनीहरू पूर्ण रूपले जिउनको लागि बनाइएका आफ्नै दर्शनशास्त्रमा आधारित भएर जिउँछन् र अरूसँग अन्तरक्रिया गर्छन्। कसैले भन्‍न सक्छ कि दश जना मानिसहरू मध्ये नौ जनाको अवस्था यस्तै हुन्छ। थोरै मानिसहरूले मात्र परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि अर्को योजना बनाएर नयाँ पात पलाउन थाल्छन्। मानवजातिले परमेश्‍वरको वचनलाई सत्यताको रूपमा कदर गर्न वा सत्यताको रूपमा लिन, र व्यवहारमा उतार्न असफल भएका छन्।

उदाहरणको लागि, येशूमा विश्‍वासलाई लिऔं। चाहे कसैले भर्खरै विश्‍वास गर्न सुरु गरेको होस् वा धेरै समय पहिले देखि विश्‍वास गरेको होस्, उनीहरूसँग भएको प्रतिभालाई प्रयोग गरे र उनीहरूसँग भएका सीपहरू प्रदर्शन गरे। मानिसहरूले “परमेश्‍वरमा विश्‍वास” भन्‍ने यी दुई शब्दहरू आफ्नो सामान्य जीवनमा यत्तिकै थपिदिए, तैपनि उनीहरूको स्वभावमा केही परिवर्तन आएन, र परमेश्‍वरमा उनीहरूको विश्‍वास कत्ति पनि वृद्धि भएन। उनीहरूको खोज न तातो थियो न त चिसो नै थियो। उनीहरूले आफ्नो विश्‍वासलाई त्याग्‍ने कुरा गरेनन्, न त उनीहरूले परमेश्‍वरलाई सबै कुरा समर्पण गरे। उनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई साँचो प्रेम गरेनन् अथवा उहाँको आज्ञापालन गरेनन्। परमेश्‍वरमा उनीहरूको विश्‍वास साँचो र झूटो मिश्रित थियो, उनीहरूले यसलाई एउटा आँखा खुल्ला र एउटा आँखा बन्द गरेर नियाले, र आफ्नो विश्‍वास अभ्यास गर्नलाई इमान्दार थिएनन्। उनीहरूले यस्तो भ्रमपूर्ण अवस्थालाई निरन्तरता दिए, र आखिरमा अस्त व्यस्ततामै मरे। ती सबैको के अर्थ भयो त? आज, तैँले व्यावहारिक परमेश्‍वरमा विश्‍वास गर्नलाई सही मार्गमा पाइला राख्‍नुपर्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले आशिषहरू मात्रै खोज्नु हुँदैन, तर परमेश्‍वरलाई प्रेम गर्न र उहाँलाई चिन्‍न खोज्नुपर्छ। उहाँको प्रकाशद्वारा, तेरो आफ्नै व्यक्तिगत खोजीद्वारा, तैँले उहाँको वचन खान र पिउन सक्छस्, परमेश्‍वरको वास्तविक बुझाइको विकास गर्न, र परमेश्‍वरको साँचो प्रेम पाउन सक्छस्, जुन तेरो भित्री हृदयबाट आउँछ। अर्को शब्दमा, जब परमेश्‍वरको लागि तेरो प्रेम धेरै निष्कपट हुन्छ, र उहाँको लागि तेरो प्रेमलाई कसैले नाश पार्न सक्दैन अथवा कोही तेरो मार्गमा खडा हुन सक्दैन, यस समयमा तँ परमेश्‍वरको विश्‍वासको सही मार्गमा छस्। यसले प्रमाणित गर्दछ कि तँ परमेश्‍वरको होस्, किनभने तेरो हृदय अघिबाटै परमेश्‍वरको नियन्त्रणमा छ र अरू केही कुराले पनि तँलाई नियन्त्रण गर्न सक्दैन। तेरो अनुभवद्वारा, तैँले चुकाउनुभएको मूल्यद्वारा, र परमेश्‍वरको कार्यद्वारा उहाँको लागि अचुक प्रेम विकास गर्न तँ सक्षम भएको छ—र जब तैँले यसो गर्छस्, तँ शैतानको प्रभावबाट स्वतन्त्र हुनेछस् र परमेश्‍वरको वचनको प्रकाशमा जिउनेछस्। जब तँ अन्धकारको प्रभावबाट स्वतन्त्र बन्छस् तब मात्र परमेश्‍वरले तँलाई आफ्नो बनाउनुभएको छ भनी भन्‍न सकिन्छ। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा यो लक्ष्य खोज्न कोसिस गर्नुपर्छ। यो तिमीहरू प्रत्येकको कर्तव्य हो। तिमीहरू कोही पनि अहिलेको अवस्थामा सन्‍तुष्‍ट हुनु हुँदैन। तिमीहरू परमेश्‍वरको कामप्रति दोमनमा पर्नु हुँदैन, न त यसलाई तिमीहरूले हल्का रूपमा लिन सक्छौ। तिमीहरूले परमेश्‍वरको बारेमा पूर्ण श्रद्धाका साथ हरसमय विचार गर्नुपर्छ, र सबै कुराहरू उहाँको खातिर गर्नुपर्छ। र जब तिमीहरू बोल्छौ अथवा काम गर्छौ, तिमीहरूले परमेश्‍वरको घरको हितलाई पहिलो स्थानमा राख्‍नुपर्छ। यसरी मात्रै तिमीहरू परमेश्‍वरको हृदय अनुसारको व्यक्ति बन्‍न सक्छौ।

परमेश्‍वरमा आफ्नो विश्‍वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती उनीहरूले मुखले मात्र विश्‍वास गर्नु, र परमेश्‍वरलाई आफ्नो दैनिक जीवनबाट पूर्ण रूपले टाढा राख्‍नु हो। वास्तवमा, सबै मानिसहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छन्, तर परमेश्‍वर उनीहरूको दैनिक जीवनको हिस्सा भने हुनुहुन्‍न। मानिसहरूका मुखहरूले परमेश्‍वरलाई धेरै प्रार्थनाहरू चढाउँछन्, तर उनीहरूको हृदयमा परमेश्‍वरको स्थान थोरै छ, र त्यसैले परमेश्‍वरले तिनीहरूको बारम्बार जाँच गर्नुहुन्छ। किनभने मानिसहरू अशुद्ध छन्, जसले गर्दा उनीहरूको जाँच गर्नु बाहेक परमेश्‍वरसँग अरू कुनै विकल्प हुँदैन, ताकि उनीहरू लाजमा परून् र यी परीक्षाहरूका बीचमा आफैलाई चिन्‍न सकून्। यदि होइन भने, मानवजाति प्रधान दूतको सन्तानहरूको रूपमा परिणत हुन्थे, र अझ धेरै भ्रष्‍ट हुन्थे। परमेश्‍वरमा उनीहरूको विश्‍वासको प्रक्रियामा, परमेश्‍वरको अनन्त शुद्धीकरणको दायरामा हरेक व्यक्तिले आफ्नो व्यक्तिगत अभिप्रायहरू र उद्देश्यहरू ल्याउँछन्। यदि यसो भएन भने, परमेश्‍वरसँग कसैलाई पनि प्रयोग गर्ने कुनै उपाय हुँदैनथ्यो, र उहाँले जे काम मानिसमा गर्नुपर्थ्यो, त्यो कुनै पनि हालतमा हुँदैनथ्यो। परमेश्‍वरले पहिला मानिसहरूलाई शुद्ध पार्नुहुन्छ, र यो प्रक्रियामार्फत उनीहरूले आफैलाई चिन्‍न सक्छन् र परमेश्‍वरले उनीहरूलाई परिवर्तन गर्नुहुन्छ। त्यसपछि मात्रै परमेश्‍वरले आफ्नो जीवनद्वारा उनीहरूमा काम गर्नुहुन्छ, र त्यसरी मात्रै तिनीहरूको हृदयहरू परमेश्‍वरतिर पूर्ण रूपले फर्किन सक्छ। त्यसैले म भन्छु, परमेश्‍वरमा विश्‍वास गर्नु चाहिँ मानिसहरूले भने जस्तो सजिलो छैन। जसरी परमेश्‍वरले त्यसलाई हेर्नुहुन्छ, यदि तँसँग ज्ञान मात्रै छ तर उहाँको जीवनरूपी वचन छैन भने, र यदि तँ आफ्नो ज्ञानमा मात्र सीमित छस् तर सत्यतालाई अभ्यास गर्न र परमेश्‍वरको वचन अनुसार जिउन सक्दैनस् भने, तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छैन भन्‍ने कुराको प्रमाण यही हो, तेरो हृदय परमेश्‍वरको होइन भनी यसले देखाउँछ। एक व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई चिन्दछ: यो नै अन्तिम लक्ष्य हो, र मानिसको खोजको लक्ष्य हो। तैँले परमेश्‍वरको वचन अनुसार जिउनलाई प्रयत्‍न गर्नैपर्छ, ताकि तेरो अभ्यासमा ती फलदायी हुन सकून्। यदि तँसँग सैद्धान्तिक ज्ञान मात्र छ भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास शून्य हुनेछ। यदि तैँले उहाँको वचन अभ्यास गरिस् र त्यसमा जिइस् भने मात्रै तेरो विश्‍वास पूर्ण भएको र उहाँको इच्छा अनुसार भएको मान्‍न सकिन्छ। यस मार्गमा, धेरै मानिसहरूले थुप्रै ज्ञानको कुरा गर्न सक्छन्, तर तिनीहरूको मृत्युको समयमा, उनीहरूका आँखाहरू आँसुले भरिन्छन्, र आफ्नो जीवनकाल व्यर्थमा खेर फालेकोमा र परिपक्‍व वृद्धावस्था शून्यतामा जिएकोमा आफैलाई घृणा गर्छन्। उनीहरूले सिद्धान्तहरू मात्र बुझ्छन्, तर सत्यतालाई व्यवहारमा लागू गर्न सक्दैनन् अथवा परमेश्‍वरको साक्षी हुन सक्दैनन्; बरु, उनीहरू यत्तिकै यता उता दौडिरहन्छन्, मौरी झैँ व्यस्त हुन्छन्, र अन्त्यमा मृत्युको छेउमा पुगेपछि मात्र उनीहरूले आफूमा साँचो गवाहीको अभाव भएको र उनीहरूले परमेश्‍वरलाई बिलकुल नचिनेको थाहा गर्छन्। के यो धेरै ढिलो भएन र? किन तँ समयको उपयोग गर्दैनस् र तैँले प्रेम गरेको सत्यताको खोजी गर्दैनस्? किन भोलिलाई कुर्छस्? यदि जीवनमा तँ सत्यताको लागि दुःख भोग्दैनस् अथवा यसलाई प्राप्‍त गर्न खोज्दैनस् भने तँ मृत्युको घडीमा पछुताउन चाहन्छस् भन्‍ने अर्थ लाग्दैन र? यदि त्यसो हो भने किन परमेश्‍वरमा विश्‍वास गर्छस्? वास्तवमा, मानिसहरूले यदि अलिकति परिश्रम गर्‍यो भने पनि सत्यतालाई अभ्यास गर्न सक्‍ने थुप्रै विषयहरू छन् र यसरी परमेश्‍वरलाई सन्‍तुष्‍ट पार्न सक्छन्। किनकी उनीहरूले परमेश्‍वरको खातिर काम गर्न नसकोस् भनेर मानिसहरूका हृदयहरू दुष्‍टद्वारा नियन्त्रित छन्, र निरन्तर रूपमा उनीहरूको शरीरको खातिर दौडधूप गर्छन्, अन्त्यमा केही पनि प्राप्‍त गर्दैनन्। यस कारणले, मानिसहरू निरन्तर रूपमा समस्याहरू र कठिनाइहरूद्वारा पीडित हुन्छन्। के यिनीहरू शैतानका यातनाहरू होइनन्? के यो शरीरको भ्रष्‍टता होइन? तैँले आफ्नो ओठ चलाएर परमेश्‍वरलाई मूर्ख बनाउने कोसिस गर्नु हुँदैन। बरु, तैँले स्पष्‍ट कार्य गर्नुपर्छ। आफैलाई धोका नदे—त्यसको अर्थ के हुन सक्छ? आफ्नो शरीरको खातिर जिएर फाइदा र प्रसिद्धिको लागि सङ्घर्ष गरेर तैँले के प्राप्‍त गर्न सक्छस्?

अघिल्लो: के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

अर्को: सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वर देह बन्‍नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा, वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले...

परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

प्रारम्भमा, परमेश्‍वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्‍वरले अझै कुनै काम गर्नुभएको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्