सत्यता कसरी पछ्याउने (६)
व्यक्तिको क्षमता मूल्याङ्कन गर्नका लागि ११ वटा मानक
पछिल्लो भेलामा, हामीले सत्यताको पछ्याइसँग सम्बन्धित एउटा मुख्य विषय, अर्थात् “आफू र परमेश्वरबीचका तगाराहरू र परमेश्वरप्रतिको शत्रुता त्याग्ने” भन्ने बारेमा सङ्गति गर्यौँ। यो मुख्य विषयभित्र, हामीले परमेश्वरको कामसँग सम्बन्धित मानव धारणा र कल्पनाहरू त्याग्ने बारेमा कुरा गर्यौँ, जसमा मानिसहरूको जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावसँग सम्बन्धित विषयहरू परेका थिए, र यी विषयहरूभित्र, क्षमतासँग सम्बन्धित समस्याहरूका बारेमा उल्लेख गरिएको थियो। हामीले पछिल्लो पटक क्षमतासँग सम्बन्धित समस्याहरूका बारेमा अलिकति सङ्गति गर्यौँ, र मानिसहरूका केही धारणाहरूलाई समाधान गर्यौँ। यो सुनेपछि, के तिमीहरूले क्षमता भनेको के हो भन्ने कुराको सटीक परिभाषा प्राप्त गरेका छौ? क्षमता वास्तवमा के हो? क्षमतालाई कसरी बुझ्नुपर्छ? व्यक्तिको क्षमता राम्रो छ, औसत छ कि खराब छ भनेर कसरी मूल्याङ्कन गर्न सकिन्छ? यसलाई कुन-कुन पक्षहरूका आधारमा मूल्याङ्कन गर्नुपर्छ? के तिमीहरूले यी प्रश्नहरूका बारेमा खोजी र मनन गरेका छौ? (मैले तिनका बारेमा थोरै मनन गरेको छु। पछिल्लो भेलामा, परमेश्वरले व्यक्तिको क्षमताको मूल्याङ्कन गर्नका लागि हामीले काम गर्ने उसको कार्यकुशलता र प्रभावकारितालाई हेर्नुपर्छ भनेर सङ्गति गर्नुभयो। यसभन्दा पहिले, मसँग यस विषयमा त्यति धेरै बुझाइ थिएन र म क्षमता र सामर्थ्यलाई लिएर झुक्किन्थेँ। उदाहरणका लागि, जब म कसैले विशेष रूपमा राम्रा शैक्षिक नतिजाहरू हासिल गरेको वा ऊ धेरै भाषाहरूमा पोख्त भएको देख्थेँ, तब मलाई यसले उसको क्षमता राम्रो छ भन्ने कुरालाई जनाउँछ भन्ने लाग्थ्यो। परमेश्वरको सङ्गति सुनेपछि मात्रै मैले साँचो रूपमा राम्रो क्षमता के हो र कुन-कुन कुरा चाहिँ केही सामर्थ्य मात्र हुन् भन्ने कुराका बारेमा स्पष्ट बुझाइ प्राप्त गरेँ। यदि कुनै व्यक्ति बाहिरी रूपमा निकै चलाख देखिन्छ तर उसको कर्तव्य पूरा गर्ने कार्यकुशलता अत्यन्तै न्यून छ र उसले सधैँ सत्यता सिद्धान्तहरू बुझ्न सक्दैन भने, उसको क्षमता तुलनात्मक रूपमा कमजोर हुन्छ।) काम गर्ने कार्यकुशलता र प्रभावकारिता अनुसार व्यक्तिको क्षमताको मूल्याङ्कन गर्नु—यस कुरालाई भन्ने सामान्य तरिका यही हो। व्यक्तिको काम गर्ने कार्यकुशलता र प्रभावकारितालाई हेर्ने बाहेक, उसको क्षमतालाई मूल्याङ्कन गर्ने निश्चित मानकहरू पनि छन्: पहिलो, तिनीहरूको सिक्ने सामर्थ्य। दोस्रो, तिनीहरूको कामकुरा बुझ्ने सामर्थ्य। तेस्रो, तिनीहरूको बोध सामर्थ्य। चौथो, तिनीहरूको कामकुराहरू स्विकार्ने सामर्थ्य। पाँचौँ, तिनीहरूको संज्ञानात्मक सामर्थ्य। छैटौँ, तिनीहरूको तजबिज गर्ने सामर्थ्य। सातौँ, तिनीहरूको कुराहरूको परख गर्ने सामर्थ्य। आठौँ, तिनीहरूको परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य। नवौँ, तिनीहरूको निर्णय गर्ने सामर्थ्य, जसलाई तिनीहरूको कार्यान्वयन गर्ने सामर्थ्य पनि भन्न सकिन्छ। दशौँ, तिनीहरूको कुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य। एघारौँ, तिनीहरूको नवप्रवर्तनको सामर्थ्य। के तिमीहरूले तिनलाई मनमा राख्यौ? (राख्यौँ।) जम्मा कति वटा छन्? (एघार वटा।) तिनलाई ठूलो स्वरमा पढ। (एक, सिक्ने सामर्थ्य। दुई, कामकुरा बुझ्ने सामर्थ्य। तीन, बोध सामर्थ्य। चार, कामकुराहरू स्विकार्ने सामर्थ्य। पाँच, संज्ञानात्मक सामर्थ्य। छ, तजबिज गर्ने सामर्थ्य। सात, कामकुराको परख गर्ने सामर्थ्य। आठ, परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य। नौ, निर्णय गर्ने सामर्थ्य। दश, कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य। एघार, नवप्रवर्तनको सामर्थ्य।) सामान्य रूपमा, व्यक्तिको क्षमताको मूल्याङ्कन गर्नका लागि, तैँले यी दुई पक्षहरूलाई हेर्नुपर्छ: उसको काम गर्ने कार्यकुशलता र प्रभावकारिता। विशिष्ट रूपमा भन्दा, तिनीहरूको काम गर्ने कार्यकुशलता र प्रभावकारितालाई मूल्याङ्कन गर्नका लागि, तैँले यी एघार वटा मानकहरूका आधारमा विस्तृत निर्धारण गर्नुपर्छ। यसरी, तैँले व्यक्तिको क्षमता वास्तवमा कस्तो छ भनेर सटीक रूपमा मूल्याङ्कन गर्न सक्नेछस्। अवश्य नै, व्यक्तिको क्षमताको मूल्याङ्कन गर्नका लागि, पहिलो चरण भनेको विभिन्न पक्षमा रहेका उसका समग्र सामर्थ्यहरूलाई हेर्नु हो, त्यसपछि उसको काम गर्ने कार्यकुशलता र प्रभावकारितालाई हेर्नु हो। यदि तिनीहरूसँग विभिन्न पक्षमा क्षमता र सामर्थ्य छ भने, तिनीहरूले अवश्य नै कार्यकुशलता र प्रभावकारिता दुवैको साथ काम गर्नेछन्। यदि व्यक्तिको काम गर्ने कार्यकुशलता उच्च छ र उसको प्रभावकारिता राम्रो छ भने, जब तैँले एघार वटा मानकअनुसार हरेक क्षेत्रमा उसका सामर्थ्यको मूल्याङ्कन गर्छस्, तब ती अवश्य नै राम्रा हुनेछन्। यी एघार वटा सामर्थ्यमध्ये कुनै पनि सामर्थ्यलाई छुट्टाछुट्टै लिँदा, व्यक्तिको क्षमता राम्रो छ कि छैन भनेर पूर्ण रूपमा निर्धारित गर्न सकिँदैन—यसलाई व्यापक रूपमा मूल्याङ्कन गर्नुपर्छ। अवश्य नै, यी एघार वटा सामर्थ्यमध्ये, सबैभन्दा महत्त्वपूर्ण कुन कुन हुन्? सबैभन्दा महत्त्वपूर्ण भनेको तजबिज गर्ने सामर्थ्य, कामकुराको परख गर्ने सामर्थ्य, परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य, र निर्णय गर्ने सामर्थ्य हुन्—यी कुराहरू कुनै निश्चित सिद्धान्त बुझेपछि व्यक्तिले कार्य गर्ने सामर्थ्यसँग सम्बन्धित हुन्छन्। बाँकी सामर्थ्यहरू बोध र सिकाइसँग सम्बन्धित छन्, जुन मानव मस्तिष्कसँग सम्बन्धित हुन्छ। यसपछि, हामी यी एघार वटा सामर्थ्यका बारेमा एक-एक गरी सङ्गति गर्नेछौँ।
नम्बर १: सिक्ने सामर्थ्य
पहिलो सिक्ने सामर्थ्य हो। सिक्ने सामर्थ्यले ज्ञानको एउटा क्षेत्र सिक्नुलाई मात्रै जनाउँदैन; यसमा भाषा सिक्नु, निश्चित प्राविधिक सीप सिक्नु, कुनै नयाँ कुरा सिक्नु र स्वीकार गर्नु, इत्यादि कुराहरू पनि समावेश हुन्छन्—यी सबै सिक्ने सामर्थ्यको दायराभित्र पर्छन्। उदाहरणका लागि, कुनै प्राविधिक सीप सिक्दा, सामान्य परिस्थितिहरूमा, व्यक्ति आधारभूत रूपमा यसमा छ महिनाभित्र पोख्त हुन सक्छ अनि त्यसपछि ऊ स्वतन्त्र रूपमा यसमा संलग्न हुन सक्छ। यदि तँ पनि छ महिना सिकेपछि यसमा पोख्त हुन र स्वतन्त्र रूपमा संलग्न हुन सक्छस् भने, यसलाई सिक्ने सामर्थ्य भएको मानिन्छ। यदि तँलाई यो सिक्न औसत व्यक्तिलाई भन्दा दुई गुणा बढी समय लाग्छ भने—यदि छ महिनापछि पनि तँ यसमा अझै पोख्त भएको छैनस् र तँलाई सिक्न थप छ महिना लाग्छ भने—यसले कमजोर क्षमतालाई जनाउँछ। अर्थात्, सिक्ने सामर्थ्यका हकमा भन्दा, यदि तैँले सामान्य समय सीमाभित्र प्राविधिक सीप वा ज्ञान राम्ररी सिक्न सक्छस् भने, यसको अर्थ तेरो क्षमता औसत छ वा औसतभन्दा माथि छ भन्ने हुन्छ। तर, यदि तैँले यो समय सीमालाई नाघ्छस् र प्राविधिक सीप वा ज्ञान सिक्न अरूको भन्दा दुई गुणा वा तीन गुणासमेत समय लिन्छस् भने, तेरो क्षमता कमजोर छ। यदि तैँले औसत व्यक्तिले भन्दा दुई-तीन गुणा बढी समय बिताउँछस् र पनि तैँले यो कुरा सिक्न सक्दैनस्, र तँमा सिक्ने सामर्थ्यको कमी छ भने, यसले तेरो क्षमताका बारेमा के भन्छ? सिक्ने सामर्थ्यबिना, तैँले सामान्य मानव क्षमता हुनुको सामान्य मानकसमेत पूरा गर्दैनस्। तँ कमजोर क्षमता हुनुभन्दा खराब छस्—तँसँग कुनै क्षमता नै छैन। कुनै क्षमता नहुनु कुन वर्गमा पर्छ? कुनै क्षमता नहुनुको अर्थ व्यक्ति मानसिक रूपमा कमजोर र मूर्ख, र कुनै सिक्ने सामर्थ्य नभएका मानिसहरूको वर्गमा पर्छ भन्ने हुन्छ। सिक्ने सामर्थ्यमा यही कुरा समावेश हुन्छ।
नम्बर २: कामकुरा बुझ्ने सामर्थ्य
दोस्रो, कामकुरा बुझ्ने सामर्थ्य हो। कामकुरा बुझ्ने सामर्थ्यले आफूले देख्ने वा प्रायजसो सामना गर्ने कुराभित्रका सिद्धान्तहरू र कौशल पत्ता लगाउने व्यक्तिको शक्तिलाई जनाउँछ। उदाहरणका लागि, कुनै व्यावसायिक सीप सिक्दा, यदि तैँले सैद्धान्तिक निर्देशन सुन्छस् र व्यावहारिक प्रदर्शनहरू अवलोकन गर्छस्, र सामान्य समय सीमाभित्र तैँले यो सीपसँग सम्बन्धित कौशल र सिद्धान्तहरू पत्ता लगाउन सक्छस् भने, यसलाई राम्रो क्षमता र कामकुरा बुझ्ने निश्चित सामर्थ्य हुनु मानिन्छ। यदि तैँले यसलाई तुरुन्तै बुझ्न सक्दैनस्, र कसैले तँसँग फेरि सङ्गति गरे पनि, तैँले अझै पनि बुझ्न सक्दैनस्; अनि तिनीहरूले तँलाई बारम्बार इसारा गरे पनि, तैँले यो काम गर्ने कौशल के हो र यसमा संलग्न सिद्धान्तहरू के-के हुन् भन्ने कुरा बुझ्न सक्दैनस् भने—तेरो कामकुरा बुझ्ने सामर्थ्य कमजोर छ। सायद केही समयपछि, तैँले वास्तविक अभ्यासमा बिस्तारै छामछामछुमछुम गरेर थोरै कुरा सिक्लास्, तर यो त्यतिमै सीमित हुन्छ। यदि तैँले जति समय बिताए पनि—चाहे त्यो तीन वर्ष होस् वा पाँच वर्ष—तैँले बुझ्न सक्ने कुरा सीमित दायराभित्र नै सीमित हुन्छ, र कामकुरा गर्दा, तैँले सम्बन्धित आधारभूत कुराहरू बुझ्न र तिनलाई वास्तविक अभ्यासमा लागू गर्न नसकी निश्चित प्रावधान र नियमहरू मात्रै पालना गर्छस् भने, यसको अर्थ कामकुरा बुझ्ने तेरो सामर्थ्य कमजोर छ भन्ने हुन्छ; यस्ता मानिसहरूको क्षमता कमजोर हुन्छ। उदाहरणका लागि, कतिपय मानिसहरूले मण्डलीको काम गर्छन् र तैँले तिनीहरूसँग सत्यता सिद्धान्तहरूका बारेमा सङ्गति गरेपछि, तिनीहरूलाई तैँले भनेका सबै कुरा सही छ भन्ने लाग्छ र तैँले सङ्गति गरेको कुरामा कुनै शङ्का हुँदैन। तर, तिनीहरूले किन यसरी काम गर्नुपर्छ भन्ने कुरा बुझ्नै सक्दैनन् र संलग्न सिद्धान्तहरू बुझ्न सक्दैनन्। विशेष गरी वास्तविक जीवनमा विभिन्न समस्या वा विशेष परिस्थितिहरूको सामना गर्दा वा आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूलाई सिद्धान्तहरू कसरी लागू गर्ने वा आफूले सामना गर्ने समस्याहरूलाई सिद्धान्तहरू अनुसार कसरी लिने र सम्हाल्ने भन्ने थाहा हुँदैन। यसले कामकुरा बुझ्ने सामर्थ्यको कमीलाई जनाउँछ। कामकुरा बुझ्ने सामर्थ्य नभएका मानिसहरूले सत्यताका बारेमा सङ्गति सुनेपछि बुझ्दैनन् र सधैँ “के तपाईँ अर्को उदाहरण दिन सक्नुहुन्छ?” वा “के यसलाई अझै विस्तृत रूपमा व्याख्या गर्न सक्नुहुन्छ?” भन्ने जस्ता अनुरोधहरू गर्छन्। तैँले उदाहरण दिएपछि र विस्तृत रूपमा व्याख्या गरेपछि मात्रै तिनीहरूले थोरै कुरा बुझ्न सक्छन्। तर यदि तैँले अझै गहन कुराबारे सङ्गति गरिस् भने, तिनीहरूले फेरि पनि बुझ्न सक्दैनन् र अर्को उदाहरण दिन लगाउनेछन्। तिनीहरूले किन तँलाई उदाहरणहरू दिन बारम्बार अनुरोध गर्छन्? तँलाई वास्तविक जीवनका यस्तै परिस्थितिहरूलाई उदाहरणहरूमार्फत व्याख्या गर्न लगाउनका लागि, ताकि तिनीहरूले निश्चित तौरतरिका वा प्रावधान मात्रै याद गर्न सकून्। तिनीहरूले किन यसो गर्छन्? किनभने तिनीहरूको कामकुरा बुझ्ने सामर्थ्य अत्यन्तै कमजोर हुन्छ—तिनीहरूमा कामकुराहरू बुझ्ने सामर्थ्य नै हुँदैन भनेर पनि भन्न सकिन्छ; तिनीहरूलाई वास्तविक जीवनमा वा आफ्नो कर्तव्य पूरा गर्दा कसरी सिद्धान्तहरू लागू गर्ने भन्ने थाहा हुँदैन। तैँले तिनीहरूसँग जसरी सङ्गति गरे पनि, तैँले जति नै धेरै निश्चित उदाहरणहरू दिए पनि र जति नै धेरै सिद्धान्तहरू स्पष्ट रूपमा व्याख्या गरे पनि, विशेष परिस्थितिहरूलाई सम्हाल्ने सिद्धान्तहरूलाई समेत सम्बोधन गरे पनि, तिनीहरूले दिनभरि सुन्न सक्छन् तैपनि यो कुरा बुझ्दैनन्। तिनीहरूलाई तैँले भनेको कुरा सिद्धान्त मात्रै हो भन्ने लाग्छ र वास्तविक जीवनमा तिनीहरूले सामना गर्ने विभिन्न समस्या कसरी सम्हाल्ने भन्ने तिनीहरूलाई अझै थाहा हुँदैन। यसले कामकुरा बुझ्ने सामर्थ्यको कमीलाई जनाउँछ। अरूले तिनीहरूलाई कुराहरू जसरी व्याख्या गरे पनि, कामकुरा बुझ्ने सामर्थ्य नभएका मानिसहरूले यो कुरा बुझ्न सक्दैनन्—यो कमजोर क्षमता हुनु हो। के कमजोर क्षमता भएका मानिसहरूको काम गर्ने कार्यकुशलता र प्रभावकारिता पनि कमजोर हुन्छ? (हुन्छ।) यदि व्यक्तिको कामकुरा बुझ्ने सामर्थ्य कमजोर छ भने, उसको काम गर्ने कार्यकुशलता र प्रभावकारिता अवश्य नै कमजोर हुनेछ; उसले कुनै कुराको सामना गर्दा कुन-कुन सिद्धान्तहरू समावेश हुन्छन् भन्ने कुरा उसलाई थाहा हुनेछैन, र उसलाई वास्तविक जीवनमा सिद्धान्तहरू कसरी लागू गर्ने भन्ने थाहा हुनेछैन। यसले कमजोर क्षमतालाई जनाउँछ। अर्को प्रकारको व्यक्ति पनि हुन्छ, जो अरूको सङ्गति जति विस्तृत र निश्चित हुन्छ, त्यो कुरा बुझ्न नसकेर त्यति नै भ्रमित हुन्छ। उदाहरणका लागि, जब परमेश्वरको घरले झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने बारेमा सङ्गति गर्छ, तब तिनीहरूले सुनेपछि भन्छन्, “मैले किन यो कुरा बुझ्न सकिरहेको छैनँ? सिद्धान्तहरूका बारेमा सङ्गति गरिन्छ, उदाहरणहरू दिइन्छ, र विशेष परिस्थितिहरू सूचीकृत गरिन्छ, तर यो सबै कुरा मलाई गन्जागोल भए जस्तो लाग्छ। यहाँ वास्तवमा के भनिएको हो? हामीले कस्तो प्रकारका मानिसहरूलाई सम्हाल्नुपर्ने हो? हामीले झूटा अगुवाहरूलाई सम्हाल्नुपर्ने हो, कि ख्रीष्टविरोधीहरूलाई? के हाम्रो मण्डली अगुवा ख्रीष्टविरोधी हो? त्यो व्यक्ति अलिक दुष्ट देखिन्छ—उसको प्रकटीकरण भ्रष्ट स्वभावका कारण भएको हो कि खराब मानवताका कारण भएको हो? ऊ हुन चाहिँ के हो, झूटा अगुवा कि ख्रीष्टविरोधी? मैले अझै पनि बुझेको छैनँ।” तैँले सङ्गति गर्ने सत्यता सिद्धान्तहरू के-के हुन् भन्ने कुरा समेत तिनीहरूले बुझ्दैनन्; तिनीहरूले जति सुन्छन्, तिनीहरू त्यति नै भ्रमित हुन्छन्। तिनीहरूले यी सत्यता सिद्धान्तहरूलाई वास्तविक परिस्थितिहरूसँग जोड्न नसक्ने मात्र होइन, तिनीहरू यति भ्रमित पनि हुन्छन् कि तैँले भनेको विषयवस्तु के हो भन्ने समेत तिनीहरूलाई थाहा हुँदैन। के यसले कामकुरा बुझ्ने सामर्थ्यको कमीलाई देखाउँदैन र? (देखाउँछ।) उदाहरणका लागि, कल्पना गरौँ, सबै जना एउटै विषयवस्तुमा सङ्गति गर्न भेला भएका छन्, र हरेक व्यक्तिले आफ्नो विचार प्रस्तुत गरेको छ। तैँले आफ्नो बुझाइका बारेमा सङ्गति गर्छस्, म यसबारे आफ्नो बुझाइ व्यक्त गर्छु; एउटा व्यक्तिले एउटा प्रश्न गर्छ, अर्को व्यक्तिले फरक प्रश्न उठाउँछ—सबै यस विषयवस्तुमा केन्द्रित हुन्छन्। क्षमता नभएका मानिसहरूले यस्तो छलफल सुन्छन् र यो बुझ्नै सक्दैनन्। तिनीहरूले हृदयमा सोच्छन्, “तिमीहरूले के कुरा गरिरहेका छौ? म किन यो कुरा बुझ्न सक्दिनँ?” तिनीहरू भ्रमित हुन्छन्। तिनीहरूले अरूले उठाएका उचित प्रश्नहरूभित्रको तर्कको वा किन ती प्रश्नहरू उठाइरहेका छन् भन्ने कुराको भेउ पाउन सक्दैनन्—तिनीहरूले यसको पछाडि रहेका कारणहरू पत्ता लगाउन सक्दैनन्; तिनीहरू दर्शक भन्दा पनि खराब हुन्छन्। क्षमता भएका मानिसहरूले, छेउबाट अवलोकन गरेर नै को सही छ र को गलत छ, कसैले निश्चित प्रश्न किन सोध्छ, प्रश्नहरू गहन छन् कि सतही छन्, प्रश्नहरूको उत्तर कसरी दिइँदै छ भनेर बताउन सक्छन्—तर क्षमता नभएका मानिसहरूले यीमध्ये कुनै पनि कुरा बुझ्न सक्दैनन् र यसभित्रको आधारभूत तर्कलाई बुझ्न सक्दैनन्। यसले तिनीहरूसँग कामकुरा बुझ्ने सामर्थ्य छैन भन्ने कुरा देखाउँछ। जब अरूले कुनै कुराका बारेमा सङ्गति गर्छन्, तब तिनीहरूले सुनेपछि यो कुरा खुट्ट्याउन सक्दैनन्। भनिएको कुरा साँचो र वस्तुगत हो कि होइन भन्ने तिनीहरूलाई थाहा हुँदैन, न त तिनीहरूले मामलाको पृष्ठभूमि र सारलाई छर्लङ्ग देख्न नै सक्छन्—तिनीहरू पूर्ण रूपमा अन्योलमा पर्छन्। यो विषयवस्तुबारे किन छलफल भइरहेको छ, यस विषयवस्तुमा संलग्न सिद्धान्तहरूलाई किन बारम्बार जोड दिइनुपर्छ, साथै यी सिद्धान्तहरूसँग कसका प्रश्नहरू सम्बन्धित छन् र कसका सम्बन्धित छैनन् भन्ने कुराको हकमा भन्दा, तिनीहरूले यीमध्ये कुनै पनि कुरा बुझ्न वा जान्न सक्दैनन्। सुन्दै जाँदा, तिनीहरू निन्द्राले झपक्क हुन्छन्; तिनीहरूले आफूलाई यो सङ्गतिको दर्शकका रूपमा मात्रै लिन थाल्छन्, र तिनीहरूको हृदय धमिलो हुन्छ। अरू मानिसहरूका हकमा, सत्यता सिद्धान्तहरूमा जति धेरै सङ्गति गरिन्छ, तिनीहरूको मस्तिष्क त्यति नै स्पष्ट र प्रस्ट हुन्छ। तर क्षमता नभएका मानिसहरूका हकमा भन्दा, तिनीहरूले जति सुन्छन्, तिनीहरू त्यति नै भ्रमित हुन्छन्, र तिनीहरूको विचार त्यति नै धमिलो हुन्छ। यसले कामकुरा बुझ्ने सामर्थ्यको कमीलाई जनाउँछ। के यसले अत्यन्तै कमजोर क्षमतालाई जनाउँदैन र? त्यस्ता मानिसहरूलाई कुनै क्षमता नभएका मानिसहरू पनि भनेर भन्न सकिन्छ। क्षमता नभएका मानिसहरू कस्ता मानिसहरू हुन्? (मानसिक रूपमा कमजोर मानिसहरू।) मानसिक रूपमा कमजोर, बेवकुफ, मूर्खहरू—सबैभन्दा कमजोर क्षमता भएका मानिसहरूको वर्ग यही हो। दोस्रो पक्ष यही हो: कामकुरा बुझ्ने सामर्थ्य।
नम्बर ३: बोध सामर्थ्य
तेस्रो पक्ष बोध सामर्थ्य हो। बोध सामर्थ्य पनि कामकुरा बुझ्ने सामर्थ्य जस्तै हो, तर यो अझै एक कदम अगाडि जान्छ। तीबीचको भिन्नता के हो? बोध सामर्थ्यले सत्यताका सिद्धान्तहरू र अभ्यासका मार्गहरूलाई वास्तविक जीवनका विभिन्न समस्याहरूसँग कसरी मिलाउने र यी सिद्धान्त र मार्गहरूलाई बुझेपछि र तिनमा पोख्त भएपछि तिनलाई वास्तविक काममा कसरी लागू गर्ने भन्ने कुरामा बढी ध्यान दिन्छ। भिन्नता यहीँ हुन्छ। बोध सामर्थ्य भएका मानिसहरूले कुनै कुराका आधारभूत कुरा र सिद्धान्तहरू बुझेपछि, तिनीहरूको हृदयमा अभ्यासको मार्ग, र सटीक दायरा, दिशा, र उद्देश्य हुन्छ। तिनीहरूलाई यी आधारभूत कुरा र सिद्धान्तहरू कसरी लागू गर्ने भन्ने थाहा हुन्छ र तिनीहरूलाई निश्चित विशेष परिस्थितिहरूसँग सम्बन्धित अभ्यासका सिद्धान्तहरू पनि थाहा हुन्छ। मानौँ, कुनै व्यक्तिले केही सत्यता सिद्धान्तहरूमा सङ्गति सुनेपछि, केही समस्याहरूको सारलाई पहिचान गर्न सक्छ र त्यसपछि वास्तविक जीवनमा केही वास्तविक समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्छ। अर्थात्, उसले यी सिद्धान्तहरू सुनेपछि, पहिलेको परिस्थितिमा कसरी अभ्यास गर्नुपर्ने थियो भन्ने कुरा तुरुन्तै बुझ्छ, र जब परिस्थितिहरू फेरि उत्पन्न हुन्छन्, तब तिनीहरूलाई ती कुराहरूलाई लिन कसरी सिद्धान्तहरू लागु गर्ने भन्ने पनि थाहा हुन्छ, र तिनीहरूको हृदयमा तुरुन्तै अभ्यासको मार्ग हुन्छ; सिद्धान्त र आधारभूत कुराहरूबारेको तिनीहरूको बुझाइले मार्गदर्शन गर्ने ज्योतिले जस्तै काम गर्छ, जसले गर्दा तिनीहरूले जीवनका वा कामका विभिन्न समस्याहरूलाई कसरी सम्हाल्ने भनेर तुरुन्तै जान्न सक्छन्, र यसले तिनीहरूलाई अभ्यासको मार्ग, दिशा, र सिद्धान्तहरू प्राप्त गर्न सक्षम तुल्याउँछ। त्यस्तो अवस्थामा, त्यस्तो व्यक्तिमा बोध सामर्थ्य हुन्छ, जुन अवश्य नै राम्रो क्षमताको प्रकटीकरण हो। मानौँ कुनै व्यक्तिले सत्यता सिद्धान्तहरूमा गरिएका केही सङ्गति सुनेपछि, उसले आफ्नो वास्तविक जीवनका आम र विश्वव्यापी कुरा वा आफूले अनुभव गरेका कुराहरूलाई कसरी अभ्यास गर्नुपर्छ र सम्हाल्नुपर्छ भन्ने कुरा जान्दछ। तर, तिनीहरूलाई आफूले अनुभव नगरेका विशेष, जटिल परिस्थितिहरू, अप्रत्याशित परिस्थितिहरू, वा असामान्य समस्या र घटनाहरूमा यी सत्यता सिद्धान्तहरूलाई कसरी लागू गर्ने भन्ने थाहा हुँदैन, र तिनलाई कसरी सम्हाल्ने र समाधान गर्ने भन्ने थाहा पाउनुभन्दा पहिले अझै पनि सटीक उत्तर वा अभ्यासको निश्चित योजना प्राप्त गर्न खोजी र सोधपुछ गर्नुपर्छ। नत्र भने, सत्यता सिद्धान्तहरू सुनेपछि पनि, तिनीहरूलाई त्यस्ता मामला वा समस्याहरूलाई कसरी सम्हाल्ने भन्ने थाहा हुँदैन। यसले तिनीहरूमा औसत बोध सामर्थ्य हुन्छ भन्ने कुरालाई सङ्केत गर्छ; वा, त्यस्तो व्यक्ति औसत क्षमता भएको व्यक्ति हो भनेर पनि भन्न सकिन्छ। कतिपय मानिसहरूले दश-बीस वर्ष काम गरेका हुन्छन्, र परमेश्वरको घरका सत्यता सिद्धान्तहरूमा स्पष्ट सङ्गतिका साथै केही कामको अनुभव प्राप्त गरेपछि, तिनीहरूलाई सामान्य परिस्थितिहरूलाई कसरी सम्हाल्ने भन्ने थाहा हुन्छ, र तिनलाई यसरी सम्हाल्नु सही कुरा हो भन्ने कुराको पुष्टि प्राप्त भएको हुन्छ। तर, जब तिनीहरूले आफ्नो काममा कहिल्यै अनुभव नगरेका निश्चित जटिल, विशेष, र असामान्य समस्याहरूको सामना गर्छन्, तब तिनीहरूलाई तिनलाई कसरी सम्हाल्ने भन्ने थाहा हुँदैन र तिनलाई सम्हाल्न सुरु गर्नुभन्दा पहिले सोधपुछ गरेर स्पष्ट उत्तर प्राप्त गर्नुपर्ने हुन्छ। यदि परिस्थिति परिवर्तन भयो र यो तिनीहरूले कल्पना गरेको भन्दा वा तिनीहरूलाई थाहा भएका परिस्थितिहरूभन्दा जटिल भयो भने, तिनीहरू अन्योलमा पर्छन्, त्यसलाई कसरी सामना गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन, र त्यसलाई सिद्धान्तहरू अनुरूप कसरी अभ्यास गर्ने र सम्हाल्ने भन्ने त झनै थाहा हुँदैन। जब तिनीहरूलाई कसरी अभ्यास गर्ने भन्ने थाहा हुँदैन, जब तिनीहरूले आफ्नो कल्पना, आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू अनुसार काम गर्छन्, वा त्यसलाई पन्छाएर बेवास्ता गर्छन्—तिनीहरूले जसरी काम गरे पनि—यस्तो परिस्थितिको सामना गर्दा तिनीहरू अन्योलमा पर्छन् र त्यसलाई सम्हाल्नका लागि सिद्धान्तहरू लागू गर्न जान्दैनन् भन्ने तथ्यले तिनीहरूको क्षमता अत्यन्तै औसत छ भन्ने कुरालाई प्रमाणित गर्छ। यदि व्यक्तिले सामान्य परिस्थितिहरूलाई सम्हाल्न सक्छ तर विशेष परिस्थितिहरूलाई सम्हाल्न जान्दैन भने, यसले औसत क्षमतालाई जनाउँछ। यदि केही विशेष परिस्थितिहरूको सामना गर्दा तिनीहरू यति अन्योलमा पर्छन् कि तिनीहरूले सामान्य रूपमा सम्हाल्न सक्ने समस्याहरूलाई समेत सम्हाल्न सक्दैनन् भने, यसले कमजोर क्षमतालाई जनाउँछ। कमजोर क्षमता भएको व्यक्तिको बोध सामर्थ्य पनि कमजोर हुन्छ। के कमजोर बोध सामर्थ्य भएको व्यक्ति र पर्याप्त बोध सामर्थ्य भएको व्यक्तिका बीचमा भिन्नता हुन्छ? (हुन्छ।)
कतिपय मानिसले अरूले जसरी सङ्गति गरे पनि, सिद्धान्तहरू बोध गर्न सक्दैनन्। तिनीहरूले धर्मसिद्धान्त र प्रावधानहरू मात्रै बुझ्छन्, र केही नाराहरू मात्रै फलाक्न सक्छन्, तर तिनीहरू वास्तविक काम गर्न र समस्याहरू समाधान गर्न जान्दैनन्। हेर् त, सङ्गति सुनेपछि, तिनीहरूले साँच्चै बुझेका छन् जस्तो गरी अत्यन्तै स्पष्टता र संरचनाको साथ बोल्छन्। तर वास्तवमा, तिनीहरूले भनिएको कुरा पटक्कै बुझेका हुँदैनन्। जब ठोस काम गर्ने कुरा आउँछ, तब तिनीहरू अन्योलमा पर्छन्, र कहाँ सुरु गर्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन। समस्याहरूको सामना गर्दा, तिनीहरू तिनलाई समाधान गर्न जान्दैनन्। तिनीहरूले अझै पनि ठोस काम गर्न सक्दैनन्। विभिन्न मानिस र मामलाहरूलाई व्यवहार गर्ने र सम्हाल्ने क्रममा, तिनीहरूमा अझै पनि सिद्धान्तहरूको कमी हुन्छ। तिनीहरूले हृदयमा सोच्छन्, “प्रवचनहरू सुन्दा मैले सत्यता सिद्धान्तहरू बुझेँ—म किन तिनलाई वास्तविक जीवनका वातावरणहरूमा लागू गर्न सक्दिनँ? मैले बुझ्ने र प्रायजसो कुरा गर्ने गरेको कुराले किन काम गर्दैन?” तिनीहरू फेरि अकमक्क पर्छन्। कमजोर क्षमता भएका मानिसहरूलाई धर्मसिद्धान्तहरूका बारेमा कसरी कुरा गर्ने र प्रावधानहरू कसरी पालना गर्ने भन्ने मात्रै थाहा हुन्छ, तर परिस्थितिहरूको सामना गर्दा, तिनीहरूले ती कुरालाई स्पष्ट रूपमा देख्न सक्दैनन्, तिनीहरूले बोल्न सक्ने धर्मसिद्धान्तहरू पूर्ण रूपमा व्यर्थ हुन्छन्, तिनीहरूले प्रावधानहरू समेत पालना गर्न सक्दैनन्, र तिनीहरूले कुनै पनि समस्याहरू समाधान गर्न सक्दैनन्। तिनीहरू कठिनाइहरू उत्पन्न हुँदा अभ्यास गर्न जान्दैनन्। उदाहरणका लागि, जब कसैले केही उटपटाङ कुराहरू भन्दै मण्डलीको काममा बाधा र अवरोध पुर्याउँछ, तब तिनीहरूले यस मामलाको प्रकृति के हो भनेर खुट्ट्याउन सक्दैनन्। तिनीहरूलाई कुन-कुन कुराहरू बाधा र अवरोधहरू मानिन्छन् वा तिनको प्रकृति के हो भन्ने थाहा हुँदैन; समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा तिनीहरूलाई थाहा हुनु त परको कुरा हो। कसैले तिनीहरूलाई सोध्छ, “के तिमीहरू दुष्ट मानिसहरूलाई खुट्ट्याउन जान्दैनौ र? दुष्ट मानिसहरूलाई सम्हाल्ने विषयमा तिमीहरूमा किन सिद्धान्तहरूको कमी हुन्छ?” तिनीहरूले यस्तो जवाफ दिन्छन्, “म यी धर्मसिद्धान्तहरू बुझ्छु, तर मलाई ती कुन-कुन समस्याहरू समाधान गर्नका लागि उपयुक्त छन् वा कुन-कुन मानिसहरूमा लागू गर्नका लागि उपयुक्त छन् भन्ने कुरा थाहा छैन।” यसले बोध सामर्थ्यको कमीलाई जनाउँछ, होइन र? (हो।) हेर् त, सिद्धान्तहरू सुनेपछि, तिनीहरूले तिनलाई तिनको शाब्दिक अर्थ अनुसार बुँदागत रूपमा राम्ररी सारांशित गर्न सके, तिनलाई निकै सटीक रूपमा याद गरे र एक शब्द पनि नछुटाइ तिनलाई कण्ठ गरेर सुनाए। तर, दुर्भाग्यवश, वास्तविक जीवनमा, मानिस र परिस्थितिहरूलाई हेर्ने र आफूलाई आचरणमा ढाल्ने र व्यवहार गर्ने कार्यका हकमा, तिनीहरूसँग अभ्यासको कुनै मार्ग हुँदै हुँदैन, तर तिनीहरू नाराहरू चिच्याउन, धर्मसिद्धान्तहरूका बारेमा कुरा गर्न, र प्रावधानहरू पालना गर्न मात्रै जान्दछन्। चाहे वास्तविक जीवनमा होस् वा आफ्नो कर्तव्य पूरा गर्दा होस्, तिनीहरूले जेसुकै कुराको सामना गरे पनि, तिनीहरूलाई सत्यताको खोजी कसरी गर्ने वा सिद्धान्तहरू अनुसार अभ्यास कसरी गर्ने भन्ने थाहा हुँदैन। यसले बोध सामर्थ्यको कमीलाई जनाउँछ। बोध सामर्थ्य नभएका मानिसहरूले प्रायजसो परमेश्वरका वचनहरू पढ्न त सक्छन्, तर तिनीहरूले परमेश्वरका वचनहरूमा भएको सत्यता के हो वा तिनका सिद्धान्तहरू के-के हुन् भन्ने कुरा बुझ्न सक्दैनन्। त्यसकारण, जब कुनै कुरा घट्छ, तब तिनीहरूले त्यसलाई खुट्ट्याउन र समाधान गर्नका लागि परमेश्वरका सान्दर्भिक वचनहरू भेट्टाउन सक्दैनन् र तिनीहरूले अरूलाई तिनीहरूका लागि उपयुक्त परमेश्वरका वचनहरू खोज्न लगाउनैपर्छ। तिनीहरूले परमेश्वरका वचनहरू पढ्दा सधैँ के कुरामा ध्यान दिन्छन्? तिनीहरूले यस कुरालाई व्याख्या गर्नका लागि निश्चित उदाहरणहरू छन् कि छैनन् भनेर खोज्छन्। यदि उदाहरणहरू छैनन् भने, तिनीहरूले परमेश्वरका वचनहरूको अर्थ बुझ्न सक्दैनन्। उदाहरणका लागि, मानिसहरूको प्रकृति सारलाई खुलासा गर्ने परमेश्वरका वचनहरूका हकमा भन्दा, यदि कुनै उदाहरणहरू प्रदान गरिएन भने, तिनीहरूले ती कुरा बुझ्न सक्दैनन्। तिनीहरूले आफ्नै स्थितिलाई परमेश्वरका वचनहरूसँग तुलना गरेर खुट्ट्याइ अभ्यास गर्न सक्दैनन्। कसैले सत्यतामा सङ्गति गर्यो र तिनीहरूको वास्तविक स्थितिअनुसार तिनीहरूलाई खुट्ट्यायो र चिरफार गर्यो भने मात्रै तिनीहरूले बुझ्न सक्छन्। त्यस्तो सङ्गतिविना, तिनीहरूले परमेश्वरका वचनहरू बुझ्न सक्दैनन्। त्यस्ता मानिसहरूले परमेश्वरका वचनहरू पढ्दा सधैँ यसो भन्दै गुनासो गर्छन्, “किन निश्चित उदाहरणहरू छैनन्? मैले यसलाई कसरी आफूसँग जोड्ने? यी वचनहरू बुझ्न अत्यन्तै गाह्रो छ; मैले तिनलाई जसरी पढे पनि, म तिनलाई आफूसँग तुलना गर्न सक्दिनँ!” यसले के देखाउँछ भने, तिनीहरूले परमेश्वरका वचनहरू बुझ्न सक्दैनन्, सत्यता बुझ्न वा परमेश्वरका वचनहरूलाई वास्तविक जीवनमा ल्याउन सक्नु त परको कुरा हो। तिनीहरूले सरल धर्मसिद्धान्त र प्रावधानहरू मात्रै बुझ्छन्, तर यी धर्मसिद्धान्त र प्रावधानहरू वास्तविक जीवनमा व्यर्थ हुन्छन्। जब कामकुराहरू घट्छन्, तब तिनीहरूसँग अझै पनि अभ्यासको कुनै मार्ग हुँदैन। यसले तिनीहरूसँग बोध सामर्थ्य छैन भन्ने कुरालाई जनाउँछ। के बोध सामर्थ्य नभएका मानिसहरू कमजोर क्षमताका हुन्छन्? (हो।) सबैभन्दा कमजोर क्षमता भएका मानिसहरू कुनै क्षमता नभएका मानिसहरू हुन्; त्यस्ता मानिसहरूले आफूले सुनेका विभिन्न सिद्धान्तहरूलाई बुझ्न सक्दैनन्; यस्ता-त्यस्ता उदाहरणहरू किन दिइन्छ, किन निश्चित कुराहरू भनिन्छन्, वा मानिसहरूमा किन निश्चित प्रकटीकरणहरू हुन्छन् भन्ने तिनीहरूलाई थाहा हुँदैन—तिनीहरूले त्यस्ता कुराहरू बुझ्न सक्दैनन्, यी कुराहरू तिनीहरूको समझभन्दा बाहिरका कुराहरू हुन्। तैँले तिनीहरूलाई केही उदाहरण दिए पनि, तिनीहरूलाई तैँले कथा वा चुट्किला मात्रै भनिरहेको छस् भन्ने लाग्छ, मानौँ तिनीहरू कथा सुन्ने र त्यसलाई रोचक र मनोरञ्जक ठान्ने बच्चाहरू हुन्। यदि कसैले तिनीहरूलाई तिनीहरूले सुनेको कुरा बुझ्छन् कि बुझ्दैनन् भनेर सोधे भने, तिनीहरूले बुझ्छौँ भनेर भन्छन्, र तिनीहरूले अरूका शब्दहरूको ठट्टाको समेत नक्कल गर्न वा तिनीहरूले मानिसहरूलाई कसरी हप्काउँथे भन्ने कुराको पनि अनुकरण गर्न सक्छन्। यदि तैँले तिनीहरूलाई “मानिसहरूले पालना गर्नुपर्ने सान्दर्भिक सिद्धान्तहरू तिमीलाई थाहा छ?” भनेर सोधिस् भने, तिनीहरूले यस्तो जवाफ दिन्छन्, “हजुर? सिद्धान्तहरू छन्? मैले त्यो कुरा बुझिनँ।” के त्यस्ता मानिसहरूमा बोध सामर्थ्य हुन्छ? (हुँदैन।) तिनीहरूमा बोध सामर्थ्यको कमी हुन्छ र तिनीहरू परमेश्वरका वचनहरू बुझ्न सक्दैनन्। बोध सामर्थ्य नभएका मानिसहरूले हरेक दिन नियमित रूपमा र कार्यतालिकाअनुसार परमेश्वरका वचनहरूका केही खण्ड वा अध्याय खान्छन्-पिउँछन्, र तिनीहरू निर्धारित समयमा भजनहरू सिक्छन् र भेलाहरूमा पनि सहभागी हुन्छन्। तर तिनीहरूले आफ्नो पुस्तक बन्द गरेपछि वा आफ्ना भजन रेकर्डिङहरू बन्द गरेपछि, तिनीहरूले खाएको र पिएको कुराबाट “परमेश्वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ,” र “सबै कुरामा परमेश्वरमा समर्पित हुनुपर्छ”; वा “मानिसको नियति परमेश्वरले तय गर्नुहुन्छ,” र “परमेश्वरलाई प्रेम गर्ने अभ्यास मात्रै गर्नुपर्छ” जस्ता मानिसहरूले प्रायजसो भन्ने गरेका केही आत्मिक वाक्यांशहरू र केही मृत शब्दहरू मात्रै याद गर्छन्। कष्ट भोगाइका वास्तविक परिस्थितिहरूमा, तिनीहरूले “मैले भावनाहरूका कारण कष्ट भोगिरहेको छु” वा “मैले देहका कारण कष्ट भोगिरहेको छु” भन्ने जस्ता झूटा आत्मिक वाक्यांशहरू मात्रै बोल्न सक्छन्। आत्मआचरण, दैनिक जीवन, काम, र सत्यताका अरू विभिन्न सिद्धान्तहरूसँग सम्बन्धित कुनै पनि सिद्धान्तहरूका हकमा भन्दा, तिनीहरूलाई तीमध्ये कुनै पनि कुरा थाहा हुँदैन र तिनीहरूले तीमध्ये कुनै कुरा बुझ्दैनन्। तिनीहरूको हृदयमा यी कुराहरू हुँदैनन् र तिनलाई तिनीहरूभित्र राख्न सकिँदैन। यी कुराहरूलाई किन राख्न सकिँदैन? किनभने, तिनीहरूको क्षमताका हिसाबमा भन्दा, त्यस्ता मानिसहरूले यी सत्यता सिद्धान्तहरू बुझ्नै सक्दैनन्, र यी सत्यता सिद्धान्तहरू तिनीहरूको समझभन्दा बाहिर हुन्छन्; त्यसकारण, यी कुराहरूले तिनीहरूको हृदयमा जरा गाड्न सक्दैनन्। व्यक्तिभित्र के छ र उसले के स्वीकार गर्न सक्छ भन्ने कुराले उसले के बुझ्न सक्छ र के उसको समझभन्दा बाहिर छैन भन्ने कुरा प्रमाणित गर्छ। यदि कुनै व्यक्तिमा कुनै क्षमता नै छैन, ऊसँग बोध सामर्थ्यको कमी छ, र उसलाई स्वर्गमा वा तेस्रो स्वर्गमा राखिए पनि उसले परमेश्वरका वचनहरूको सटीक अर्थ बुझ्न सक्दैन भने, के उसले परमेश्वरका वचनहरू बुझ्न सक्छ? के उसले सत्यता अभ्यास गर्न सक्छ? के ऊ परमेश्वरमा समर्पित हुन सक्छ? (सक्दैन।) ऊ जस्ताको त्यस्तै रहन्छ। उसको क्षमता सधैँ रहिआएजस्तै रहनेछ। कमजोर क्षमता भएका मानिसहरूले अत्यन्तै सीमित दायराभित्रका कुराहरू मात्रै बोध गर्न सक्छन्। राम्रो क्षमता भएका मानिसहरूले अझै गहिराइमा र अझै उच्च स्तरमा अझै धेरै कुरा बोध गर्न सक्छन्। औसत क्षमता भएका मानिसहरूले राम्रो क्षमता भएका मानिसहरूले भन्दा निकै कम बोध गर्छन्; तिनीहरूले बोध गर्न सक्ने कुरा औसत दायराभित्र सीमित हुन्छ, र तिनीहरूलाई आफ्नो क्षमताले सीमित गर्ने हुनाले त्यो कुरा यो दायराभन्दा बाहिर जान सक्दैन। सबैभन्दा खराब त क्षमता नै नभएका मानिसहरू हुन्। त्यस्ता मानिसहरूको क्षमताको हिसाबमा मात्रै हेर्दा पनि, तिनीहरूसँग कुनै बोध सामर्थ्य हुँदैन। त्यसकारण, तिनीहरूको वास्तविक जीवनको र आफ्नो कर्तव्य पूरा गर्दाको प्रकटीकरण के हो भने, तिनीहरूले केही बुझ्दैनन्; तिनीहरूले परमेश्वरमा विश्वास गरेको दश वर्ष भएको भए पनि, बीस वर्ष भएको भए पनि, वा तिनीहरूले वृद्ध अवस्थामा पुग्दा समेत विश्वास गरेका भए पनि, परमेश्वरमा विश्वास गर्ने सम्बन्धी धर्मसिद्धान्तहरू र तिनीहरूले कुरा गर्ने आत्मिक वाक्यांशहरू अझै पनि तिनीहरूले विश्वास गर्न थाल्दा बुझेका पुराना कुराहरू नै हुन्छन्। तिनीहरूले जति वर्षदेखि विश्वास गरेका भए पनि, कुनै प्रगति गर्दैनन्। तिनीहरूले किन प्रगति गर्दैनन्? किनभने तिनीहरूसँग कुनै बोध सामर्थ्य हुँदैन, र तिनीहरूले जति वर्षदेखि परमेश्वरमा विश्वास गरेका भए पनि, तिनीहरूले बुझ्न सक्ने कुराहरू ती मृत शब्दहरू मात्रै हुन्छन्। धेरै वर्ष विश्वास गरेपछि पनि, तिनीहरूको सिक्ने सामर्थ्य, कामकुरा बुझ्ने सामर्थ्य, बोध सामर्थ्य, र अरू सामर्थ्यहरूमा सुधार हुँदैन। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरू अत्यन्तै कमजोर क्षमता भएका मानिसहरू हुन्। तिनीहरूको क्षमता कमजोर हुने हुनाले र तिनीहरूका विभिन्न सामर्थ्यमा सुधार नहुने हुनाले, त्यस्ता मानिसहरू चालीस, पचास, साठी, वा सत्तरी वर्षसम्म जिए पनि, आफ्नो हेरचाह गर्ने तिनीहरूको क्षमता अझै पनि अत्यन्तै कमजोर हुनेछ। तिनीहरूको बाँच्ने सामर्थ्य र आफ्नो हेरचाह गर्ने तिनीहरूको सामर्थ्यलाई अवलोकन गरेर, तैँले त्यस्ता मानिसहरूको क्षमता कस्तो छ भनेर बताउन सक्छस्। यस्तो व्यक्ति मानसिक रूपमा कमजोर, बेवकुफ, र मूर्ख हुन्छ, र आफ्नो हेरचाह गर्ने उसको क्षमता अत्यन्तै कमजोर हुन्छ। आफ्नो हेरचाह गर्ने उसको क्षमता कमजोर हुन्छ भनेर मैले किन भनेँ? उसको सिक्ने सामर्थ्य, कामकुरा बुझ्ने सामर्थ्य, र बोध सामर्थ्य सबै कमजोर हुने हुनाले, उसले जीवनमा प्राप्त गर्ने कुराहरूसम्बन्धी उसको अनुभव, सामान्य समझ, ढाँचा, र कौशल अत्यन्तै सीमित हुन्छ। साठी-सत्तरी वर्षको उमेरमा पनि, ऊ उस्तै रहन्छ। राम्रो क्षमता भएका मानिसहरूले उमेरमा तीसको दशकमा पुगेपछि जीवनमा र आफ्नो जीवनको मार्गमा सामना गर्ने विभिन्न समस्याहरूका बारेमा केही ज्ञान विकास गरिसकेका हुन्छन्, र यी कुराहरूका बारेमा केही बुझाइ, अन्तर्ज्ञान, र अनुभव प्राप्त गरिसकेका हुन्छन्। यो अनुभवबाट, तिनीहरूले अझै राम्रो जीवन जिउन र आफूलाई अझै प्रभावकारी रूपमा रक्षा गर्नका लागि विभिन्न समस्याहरूको सामना गर्दा के गर्ने भन्ने तिनीहरूलाई थाहा हुन्छ। तर, कमजोर क्षमता भएका मानिसहरूका हकमा, सबै पक्षमा तिनीहरूको सामर्थ्य कमजोर हुने हुनाले, तिनीहरू उमेरमा जति नै भए पनि, तिनीहरूको बाँच्ने सामर्थ्य अत्यन्तै कमजोर नै रहन्छ। यो कति कमजोर हुन्छ? यो यति कमजोर हुन्छ कि तिनीहरूसँग स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुन्छ। कतिपयले यसो भन्न सक्छन्, “हेर त, तिनीहरूले मनग्गे खान्छन्, राम्ररी सुत्छन्, र तिनीहरूको शारीरिक स्वास्थ्य राम्रो छ—तिनीहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी छ भनेर कसरी भन्न सकिन्छ?” हामीले कुरा गरिरहेको बाँच्ने सामर्थ्यले कसैले खान वा सुत्न सक्छ कि सक्दैन भन्ने कुरालाई जनाउँदैन। यदि कुनै व्यक्तिलाई खाने समयमा खान समेत आउँदैन भने, त्यो सामान्य व्यक्ति नभई मानसिक रूपमा अशक्त व्यक्ति हो—यस्ता मानिसहरूको क्षमताका बारेमा विचार गर्नु त झनै आवश्यक छैन। मानिसहरूको क्षमतालाई मूल्याङ्कन गर्ने हाम्रो दायरामा मुख्य रूपमा बाहिरी रूपमा सामान्य मानिने मानिसहरू पर्छन्। यसमा शारीरिक अशक्तता, मानसिक अशक्तता, मानसिक रोग भएका, वा आफ्नो हेरचाह गर्ने सामर्थ्य नभएका मानिसहरू पर्दैनन्। हामीले प्रायजसो कतिपय मानिसहरू देख्छौँ, जसले आफ्नो खाना, लुगा, बास, र यातायात व्यवस्थापनको काम गर्ने कुनै ढाँचा, सिद्धान्त, वा कौशल समेत भेट्टाउन सक्दैनन्। तिनीहरू उमेरमा जति नै भए पनि, तिनीहरूलाई जीवनका यी पक्षहरूलाई सिद्धान्तहरू र मानवता अनुरूप कसरी सम्हाल्ने भन्ने थाहा हुँदैन। उदाहरणका लागि, तिनीहरूलाई फरक-फरक मौसमका लागि कुन-कुन लुगा सबैभन्दा उपयुक्त हुन्छन् भन्ने थाहा हुँदैन र तिनीहरूले अरूले जे गर्छन् त्यसैको सिको गर्छन्। बाहिर चिसो हुँदा, तिनीहरूले अत्यन्तै पातलो लुगा लगाउँछन् र तिनीहरूलाई चिसो लाग्छ, तैपनि तिनीहरूलाई किन यस्तो हुन्छ भन्ने थाहा हुँदैन; वा, तिनीहरूले अस्वस्थकर खाने कुरा खाएर बिरामी पर्छन्, तर तिनीहरूलाई त्यसको कारण थाहा हुँदैन। तिनीहरूले यी अनुभवहरूबाट कुनै निष्कर्ष निकाल्न सक्दैनन्। के तिनीहरू मानसिक रूपमा अशक्त हुँदैनन् र? के तिनीहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुँदैन र? (हो।) तिनीहरू जति नै उमेरका भए पनि, तिनीहरूलाई कसरी जिउने भन्ने थाहा हुँदैन र तिनीहरू अन्योलमा जीवनभरि यताउता अल्झिरहन्छन्। सामान्य व्यक्तिका हकमा भन्दा, जब उसले पहिलो सन्तान जन्माउँछ, तब ऊसँग अनुभवको कमी हुन सक्छ, तर उसले दोस्रो सन्तान जन्माएको समयसम्ममा आफ्नो सन्तानको हेरचाह र पालनपोषण गर्ने बारेमा केही अनुभव प्राप्त गरेको हुनेछ। तर कतिपय मानिसहरूसँग दुई-तीन जना छोराछोरी जन्माएपछि पनि कुनै अनुभव हुँदैन। तिनीहरूले आफ्ना छोराछोरीलाई कसरी हेरचाह गर्छन् भनेर सोधियो भने, तिनीहरूले भन्छन्, “मलाई थाहा छैन, मैले त यसोत्यसो गरेरै हुर्काएँ। जे भए पनि, जब छोराछोरी भोकाउँछन्, तब म तिनीहरूलाई खुवाउँछु, र तिनीहरू अघाएपछि भइहाल्छ।” तिनीहरूको हातमा परेको कुनै पनि बच्चा बाँच्यो भने त्यो सौभाग्यको कुरा हुनेछ। तिनीहरूको बाँच्ने सामर्थ्यको स्तरका आधारमा, तिनीहरूको हेरचाहमा एउटा पनि बच्चा बाँच्ने थिएन। कतिपय मानिसहरूले जीवनमा वा अस्तित्वमा उत्पन्न हुने विभिन्न समस्याहरूलाई कसरी सम्हाल्ने भन्ने कुरा बुझ्दैनन्। त्यस्ता मानिसहरूमा बाँच्ने सामर्थ्यको कमी हुन्छ। उदाहरणका लागि, जब एकै समयमा दुई वटा समस्या उत्पन्न हुन्छन्, तब तिनीहरू अन्योलमा पर्छन् र तिनीहरूलाई के गर्ने वा सुरुमा कुन समस्यालाई सम्हाल्ने भन्ने थाहा हुँदैन। तिनीहरू व्याकुल, नर्भस, र भयभीत हुन्छन्, र यसो भन्दै गुनासो गर्छन्, “यी दुई वटा समस्याहरू किन एकै समयमा आइपरे? अब मैले के गर्ने?” तिनीहरू यति चिन्तित हुन्छन् कि खान वा सुत्न सक्दैनन्। तिनीहरू उमेरमा तीसको दशकमा यस्तो हुन्छन्, र साठीको दशकमा पनि तिनीहरूको कद उस्तै हुन्छ। जब परिस्थितिहरू उत्पन्न हुन्छन् र तिनीहरूले समाधान भेट्टाउन सक्दैनन्, तब तिनीहरू रुन थाल्छन्। अरूले भन्छन्, “तिमी किन रोएको? यो ठूलो कुरा होइन—यी सबैभन्दा आम समस्याहरू हुन्। तिमीले केवल तिनलाई प्राथमिकता दिनुपर्छ र महत्त्वका आधारमा तिनलाई सम्हाल्नुपर्छ।” यदि कसैले यी कुराहरू सम्हाल्न सक्दैन, र यसका लागि भोक-निद्रा त्याग्छ, वा उसले आफ्नो जीवन समाप्त गर्ने बारेमा समेत विचार गर्छ भने, के ऊ अत्यन्तै दुर्बल होइन र? तिनीहरूले यसो भनेर समेत गुनासो गर्छन्, “अरूलाई किन यस्तो आइपरेन? किन मलाई नै यस्तो आइपर्यो?” यो तँलाई आइपरेको छ, त्यसकारण यसलाई सम्हाल्। यदि तँ यसलाई सम्हाल्न सक्दैनस् भने, तेरो वरिपरिको बुझ्ने कुनै व्यक्तिलाई सोध्। तैँले समस्यालाई स्पष्ट पारेपछि, तँलाई यसलाई कसरी सम्हाल्ने भन्ने थाहा हुँदैन र? जब केही भइरहेको हुँदैन, तब त्यस्ता मानिसहरू बोल्न निकै सिपालु हुन्छन्, र एकपछि अर्को गरी धर्मसिद्धान्तहरू प्रस्तुत गर्छन्। तर जब केही हुन्छ, तब तिनीहरू आत्तिन्छन्, अन्योलमा पर्छन्, सुँकसुकाउन थाल्छन्, तिनीहरूको मन रित्तो हुन्छ, र तिनीहरूको विचार सबै गन्जागोल हुन्छ—तिनीहरूलाई के गर्ने थाहा हुँदैन। यदि कुनै व्यक्ति जवान छ, उसले जीवनमा त्यति धेरै कुरा भोगेको छैन र ऊसँग अनुभवको कमी छ भने, परिस्थितिहरू आइपर्दा ऊ नर्भस हुनु र डराउनु सामान्य कुरा हो। तर, तिनीहरू तीस-चालीस वर्षको उमेरमा पुगेपछि, संसारका धेरै कुराहरूबाट गुज्रेपछि अनि अनुभव प्राप्त गरेपछि, तिनीहरू तुलनात्मक रूपमा परिपक्व र अनुभवी बन्छन्, र तिनीहरूले अझै बढी स्थिरता र आत्मविश्वासका साथ मामिलाहरू सम्हाल्छन्। यो कुरा देख्ने जवान मानिसहरू प्रभावित हुन्छन्, र त्यस्ता मानिसहरूमा भर पर्न सकिन्छ भन्ने सोच्छन्। यदि कुनै व्यक्तिमा क्षमता र बाँच्ने सामर्थ्यको कमी छ भने, उसमा आफ्नो हेरचाह गर्ने सामर्थ्यको पनि कमी हुन्छ। तिनीहरूका वरिपरि तिनीहरूलाई सहयोग र सुपरिवेक्षण गर्ने वयस्क वा अनुभवी मानिसहरू छैनन् भने, तिनीहरूले सम्हाल्ने सबै कुरा पूर्ण रूपमा अस्तव्यस्त हुन्छ। त्यस्ता मानिसहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। कतिपय मानिसहरूको क्षमता कतिसम्म कमजोर हुन्छ? उदाहरणका लागि, धेरै जनाको परिवारलाई खाना खानका लागि कति चामल वा कति वटा परिकार चाहिन्छ भन्ने थाहा नहुने कतिपय गृहिणीहरूलाई लिऊँ—कतिपयले खाना पकाएको बीस-तीस वर्ष भएको हुन्छ र अझै पनि हरेक छाकका लागि कति तयार गर्नुपर्छ वा खानामा कति नुन हाल्नुपर्छ भन्ने थाहा हुँदैन, र कहिलेकाहीँ खाना राम्ररी पाकेको छ कि छैन भन्ने कुरा समेत थाहा हुँदैन। तिनीहरूको क्षमता यतिसम्म कमजोर हुन्छ। के त्यस्ता मानिसहरूमा काम गर्ने मस्तिष्कको कमी हुँदैन र? तिनीहरूमा सुँगुरको जस्तो दिमाग हुन्छ! त्यस्ता मानिसहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुन्छ। तिनीहरूसँग कुनै पनि काम गर्नका लागि कुनै बाटो हुँदैन र तिनीहरूले सजिलै गल्तीहरू गर्छन्। जब केही हुन्छ, तब यदि तिनीहरूका लागि कामकुराको रेखदेख गर्ने कोही छैन भने, तिनीहरूले गर्ने सबै कुरा पूर्ण अस्तव्यस्ततामा परिणत हुन्छ, र सबै कुरा पूर्ण रूपमा गन्जागोल हुन्छ। तिनीहरू मूर्ख र मानसिक रूपमा अशक्त हुन्छन्। सबैभन्दा खराब बोध सामर्थ्य भएको यस्तो व्यक्तिका हकमा भन्दा, उसले सत्यता सिद्धान्तहरूका बारेमा जति धेरै सङ्गति सुने पनि, धर्मसिद्धान्तहरू मात्रै बुझ्छ। वास्तविक जीवनमा, उसलाई अझै पनि यी सिद्धान्तहरू कसरी लागू गर्ने भन्ने थाहा हुँदैन। अर्को शब्दमा भन्दा, उसले बुझ्ने धर्मसिद्धान्तहरूले उसलाई वास्तविक जीवनमा कुनै उद्देश्य, दिशा, वा मार्ग प्रदान गर्न सक्दैनन्। सबैभन्दा कमजोर बोध सामर्थ्य भएका मानिसहरू यिनीहरू नै हुन्। बोध सामर्थ्य, अर्थात् तेस्रो सामर्थ्यका बारेमा हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।
नम्बर ४: कामकुरा स्विकार्ने सामर्थ्य
चौथो सामर्थ्य के हो? कामकुरा स्विकार्ने सामर्थ्य। कामकुरा स्विकार्ने सामर्थ्य कामकुरा बुझ्ने सामर्थ्य र बोध सामर्थ्यभन्दा केही भिन्न हुन्छ। कामकुरा स्विकार्ने सामर्थ्यमा, नयाँ कुराहरू देखा पर्दा तैँले ती सकारात्मक छन् कि नकारात्मक छन्, र तेरो जीवन, काम, र अस्तित्वका लागि तिनले के-कस्ता फाइदा वा हानि ल्याउँछन्, साथै तैँले तिनलाई कसरी हेर्छस्, तैँले तिनलाई कसरी लिन्छस्, र तैँले तिनलाई कसरी लागू गर्छस् भन्ने कुरालाई खुट्ट्याउन सक्छस् कि सक्दैनस् भन्ने कुरा समावेश हुन्छ। यदि तँसँग राम्रो क्षमता छ भने, जब नयाँ कुराहरू देखा पर्छन्, तब तँ विशेष रूपमा संवेदनशील र विशेष रूपमा सचेतन हुनेछस्। कुनै नयाँ कुराका बारेमा तुरुन्तै जानकारी प्राप्त गरेपछि, तैँले मानिसहरूका लागि यसले के फाइदा वा हानि ल्याउँछ, वा यसका के-कस्ता कमीकमजोरीहरू छन् भनेर पहिचान गर्न सक्नेछस्। यदि यो तेरो वास्तविक जीवनको निश्चित समस्याका लागि फाइदाजनक छ भने, तैँले तुरुन्तै यसका सबल पक्षहरूलाई लागू गर्न सक्छस्; यदि यो हानिकारक छ भने, तँ यसले मानिसहरूलाई गर्ने हानि वा बेफाइदाहरूबाट पनि जोगिन सक्छस्। अर्थात्, तँसँग नयाँ कुराहरूप्रति केही हदसम्म स्वीकार्यता हुन्छ, र तैँले मानिसहरूका लागि नकारात्मक, हानिकारक कुराहरू, र कमीकमजोरीहरू भएका नयाँ कुराहरूलाई तुरुन्तै छर्लङ्ग देख्न सक्छस्—कामकुरा स्विकार्ने सामर्थ्य हुनु भनेको यही हो। कामकुरा स्विकार्ने सामर्थ्य र कामकुरा बुझ्ने सामर्थ्य र बोध सामर्थ्यबीचको भिन्नता यहीँ लुकेको हुन्छ। कामकुरा स्विकार्ने सामर्थ्यले मुख्य रूपमा नयाँ कुराहरूप्रति व्यक्तिको संवेदनशीलता र तिनलाई खुट्ट्याउने उसको सामर्थ्यलाई जनाउँछ। यदि तैँले तुरुन्तै नयाँ कुराहरू खुट्ट्याउन सक्छस्, तिनका सबल पक्ष र फाइदाहरूलाई तुरुन्तै स्वीकार गर्न र आफ्नो जीवन वा कामका लागि तिनलाई वास्तविक जीवनमा लागू गर्न सक्छस्, त्यसपछि यी नयाँ कुराहरूले प्रतिस्थापन गरेका पुराना कुराहरूलाई त्याग्न वा हटाउन सक्छस् भने, यसको अर्थ तँसँग कामकुरा स्विकार्ने सामर्थ्य छ र तँ राम्रो क्षमता भएको व्यक्ति होस्। यसपछि औसत क्षमताका मानिसहरू हुन्छन्। त्यस्ता मानिसहरूले पुराना कुराहरूलाई प्रतिस्थापन गरिसकेका केही नयाँ कुराहरू, साथै नयाँ विचार र नयाँ प्रविधिहरू स्वीकार गर्नमा निकै ढिलो गर्छन्। यो “ढिलो” ले केलाई जनाउँछ? यसले कुनै नयाँ कुरा व्यापक रूपमा फैलिसकेको छ, यसलाई अत्यन्तै व्यापक रूपमा प्रयोग गरिन्छ, र यसका लागि प्रयोग गरिने शब्द अत्यन्तै आम भएको छ भने मात्रै, तिनीहरूले यसलाई स्वीकार गर्न सक्छन् भन्ने तथ्यलाई जनाउँछ। तिनीहरूसँग नयाँ कुराहरूका बारेमा कुनै सुझबुझ हुँदैन र तिनीहरूले ती सकारात्मक कुराहरू हुन् कि नकारात्मक कुराहरू हुन् भनेर खुट्ट्याउन सक्दैनन्। सकारात्मक नयाँ कुराहरू देखा पर्दा पनि, तिनीहरू ती कुराहरूप्रति प्रतिरोधी हुन्छन् र तिनीहरूले तिनलाई हृदयमा तिरस्कार गर्छन्; तिनीहरूसँग सधैँ आफ्नै धारणा र मनोवृत्ति हुन्छ, र तिनीहरू सधैँ सांसारिक प्रचलनहरू अनुरूप बन्छन्, र तिनीहरूले आफ्नो मन नयाँ कुराहरूप्रति बन्द गर्छन् र तिनलाई स्वीकार गर्दैनन्, इन्कार गर्छन्। कुनै नयाँ कुरा व्यापक रूपमा फैलँदा मात्रै, र धेरै मानिसहरूले यसका फाइदाहरू अनुभव गरेर बुझेपछि, र मानिसहरूले यसबाट फाइदा पाएपछि मात्रै, तिनीहरूले यसलाई स्वीकार गर्न र लागू गर्न थाल्छन्। यो औसत क्षमता हुनु हो। त्यस्ता मानिसहरूले अत्यन्तै निष्क्रिय रूपमा नयाँ कुराहरूलाई स्वीकार गर्छन्; यो सक्रिय स्वीकार हुँदैन। किनभने, एक हिसाबमा, तिनीहरूसँग नयाँ कुराहरूप्रति कुनै संवेदनशीलता हुँदैन; तिनीहरू भावशून्य, पिछडिएका, र कुण्ठित हुन्छन्। अर्कोतर्फ, तिनीहरूसँग नयाँ कुराहरूका बारेमा निश्चित धारणा र दृष्टिकोणहरू भएकाले, र तिनीहरूले ती कुराहरूप्रति घृणा र तिरस्कारको मनोवृत्ति राख्ने हुनाले पनि यस्तो हुन्छ। यसको व्यक्तिपरक कारण के हो भने, तिनीहरूको क्षमता औसत हुन्छ, र कामकुरा स्विकार्ने तिनीहरूको क्षमता औसत हुन्छ, जसले तिनीहरूलाई अत्यन्तै भावशून्य बनाउँछ; जब तिनीहरूको अगाडि नयाँ कुराहरू देखा पर्छन्, तब तिनीहरूसँग कुनै सचेतना हुँदैन, तिनीहरूसँग कुनै भावना हुँदैन, र तिनलाई सक्रिय रूपमा स्वीकार गर्ने मनोवृत्ति हुँदैन। यसको साथै, तिनीहरू अन्तर्निहित रूपमा नै निकै पिछडिएका हुन्छन्, र निकै भावशून्य र मन्दबुद्धिका हुन्छन्। यी दुई कारणले गर्दा तिनीहरूले नयाँ कुराहरू स्वीकार गर्न ढिलो गर्छन्। धेरै मानिसहरूले पहिले नै कुनै कुराको प्रयोग गरिरहेका छन्, यसका फाइदाहरू के-के हुन्, यसको सुविधा के हो, यसले मानिसहरूमा कस्तो असर पार्छ, र यसले मानिसहरूलाई के-कस्ता फाइदाहरू पाउन दिन्छ भन्नेबारे कुरा गरिरहेका हुन्छन्, र तिनीहरूले यो सबै कुरा आफ्नै आँखाले देखेका हुन्छन्—अनि आफ्नो वरिपरिका मानिसहरूले यसलाई व्यक्तिगत रूपमा केही हदसम्म अनुभव गरेको पनि देखेका हुन्छन् भने मात्रै—तिनीहरूले यसलाई बिस्तारै हृदयमा स्वीकार गर्छन् र त्यसपछि यसलाई प्रयोग गर्न थाल्छन्। यसले कस्तो क्षमतालाई जनाउँछ? त्यस्ता मानिसहरूको कामकुरा स्विकार्ने सामर्थ्य औसत हुन्छ। कामकुरा स्विकार्ने औसत सामर्थ्य हुनुको अर्थ व्यक्तिको क्षमता औसत छ भन्ने हुन्छ। उदाहरणका लागि, सुसमाचार प्रचार गर्दा वा केही व्यावसायिक काम गर्दा, कतिपय दाजुभाइ-दिदीबहिनीहरूले कुनै नयाँ विधि वा व्यावसायिक पद्धति प्रयोग र लागू गर्ने कामको नेतृत्व गर्छन्। तिनीहरूलाई तुरुन्तै यो व्यावसायिक पद्धति प्रयोग गर्नु अत्यन्तै राम्रो कुरा हो भन्ने लाग्छ, किनभने यसको प्रयोगले, आफ्नो कर्तव्य पूरा गर्ने तिनीहरूको प्रभावकारिता निकै राम्रो हुन्छ र तिनीहरूको कार्यकुशलता पनि बढ्छ। त्यसपछि तिनीहरूले तुरुन्तै यो नयाँ पद्धति वा विधिलाई प्रवर्धन गर्छन्, र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई यो सिक्न र यसलाई लागू गर्न प्रोत्साहन गर्छन्। राम्रो क्षमता भएका मानिसहरू आफ्नो कर्तव्य पूरा गर्दा नयाँ पद्धति र विधिहरू खोज्न सिपालु हुन्छन्। निकै चाँडै, तिनीहरूले नयाँ कुरालाई स्पष्ट रूपमा जान्न र सटीक रूपमा मूल्याङ्कन गर्न, र यो अवसरको फाइदा उठाउन सक्छन्, र नयाँ पद्धति वा विधिलाई पूर्ण रूपमा स्वीकार गर्न, र यसलाई वास्तविक जीवनको काममा लागू गर्न सक्छन्। यो नयाँ कुराका सबल पक्ष र कमजोरीहरू के-के हुन् र यसले के-कस्ता परिणामहरू हासिल गर्न सक्छ भन्ने कुराको हकमा भन्दा, तिनीहरूले निरन्तर निष्कर्ष निकाल्न र त्यसपछि कामकुरा मिलाउन सक्छन्। केही समयसम्मको खोजीपछि, तिनीहरूले मण्डलीको काममा यो प्राविधिक पेसा वा जानकारीको टुक्राका कुन-कुन पक्षहरूलाई लागू गर्न सकिन्छ र कुन-कुनलाई लागू गर्न सकिँदैन भनेर क्रमिक रूपमा बुझ्छन्। पछि, तिनीहरूले परमेश्वरको घरका सिद्धान्त र मागहरू अनुसार आफ्नो काममा यो नयाँ कुरालाई क्रमिक रूपमा सुधार गर्छन्। तिनीहरूले यो नयाँ कुरालाई जति सुधार गर्छन्, यो त्यति नै राम्रो बन्छ, र यसले अन्तमा फल फलाउँछ। यो राम्रो क्षमताको प्रकटीकरण हो। तर, कतिपय मानिसहरू सुसमाचार प्रचार गर्दा अझै पनि मूल विधिमा दह्रिलो गरी टाँसिइरहन्छन्, या त एक जनाले एक जनालाई वा दुई जनाले एक जनालाई प्रचार गर्ने शैली अपनाउँछन्, वा सङ्ख्यामा मात्रै भर पर्छन्। तिनीहरू भावशून्य र मन्दबुद्धिका हुन्छन्, र तिनीहरूले उन्नत विधिलाई स्वीकार गर्न ढिलो गर्छन्। तिनीहरूले उन्नत विधि निकै राम्रो सुनिन्छ र यो व्यावहारिक छ भनेर मौखिक रूपमा स्वीकार गरे पनि, हृदयमा, तिनीहरूले निरन्तर शङ्का गर्छन्। यदि तिनीहरूलाई आफूले यो विधि लागू गरेमा, यसले खराब परिणामहरू दिनेछ भन्ने डर लाग्छ, त्यसकारण तिनीहरूले प्रयास गर्ने आँट गर्दैनन्। अरूले तिनीहरूलाई यसो भन्दै मनाउँछन्, “तिमीले त्यो सबका बारेमा चिन्ता गर्नु पर्दैन। हामीले यसलाई प्रयोग गरेर हेरिसकेका छौँ; त्यसरी अभ्यास गर्दा निकै राम्रा परिणामहरू प्राप्त हुन्छन्।” तर तिनीहरूले अझै पनि प्रयास गर्ने आँट गर्दैनन्, र मूल विधिलाई पक्रिराख्छन्। धेरै मानिसहरूले सुसमाचार प्रचार गर्न नयाँ विधि प्रयोग गर्दा, हरेक महिना थप मानिसहरू प्राप्त गर्दा र तिनीहरूको कार्यकुशलतामा वृद्धि हुँदा मात्रै, तिनीहरूले मन नलागी-नलागी एक पटक प्रयास गरेर हेर्ने निर्णय गर्छन्, तर तिनीहरूले अझै पनि स-साना कदमहरू मात्रै चाल्छन् र आफ्ना योजना र रणनीतिहरूलाई पूर्ण रूपमा परिवर्तन गर्ने आँट गर्दैनन्। यो नयाँ कुराहरूलाई स्वीकार गर्नमा निकै ढिलो हुनु हो; यो औसत क्षमताको हुनु हो। कमजोर क्षमता भएका मानिसहरूमा कामकुरा स्विकार्ने क्षमता अझै खराब हुन्छ। तिनीहरूले कुनै नयाँ कुरालाई स्पष्ट रूपमा बुझ्न सक्दैनन्, त्यसलाई मूल्याङ्कन गर्न सक्दैनन्, र त्यसलाई व्यवहार गर्न जान्दैनन्। हृदयमा, तिनीहरू प्रतिरोधी हुन्छन्, र तिनीहरूले परमेश्वरमा विश्वास गर्ने मानिसहरूले नयाँ कुराहरू स्वीकार गर्नु हुँदैन, र नयाँ जानकारी र प्रविधिहरूलाई स्वीकार गर्नु हुँदैन भन्ने सोच्छन्। हेर् त, तिनीहरू निकै कुण्ठित हुन्छन्। आजसम्म निश्चित सम्प्रदायका मानिसहरूले बिजुली प्रयोग गर्दैनन्, टेलिभिजन हेर्दैनन्, र कम्प्युटर वा अरू कुनै पनि इलेक्ट्रोनिक सामानहरू प्रयोग गर्दैनन्। जब तिनीहरू बाहिर जान्छन्, तब तिनीहरूले आधुनिक यातायात प्रयोग गर्दैनन्; तिनीहरूले साइकल समेत चलाउँदैनन्। तिनीहरू के चढ्छन्? तिनीहरू गोरु र घोडाले तान्ने गाडाहरू चढ्छन्, र यताउता जाँदै गर्दा धुलोको मुस्लो उडाउँछन्। कतिपय मानिसहरूले सोध्छन्, “तिमी किन साइकल चलाउँदैनौ वा कार चढ्दैनौ?” तिनीहरूले भन्छन्, “यी कुराहरू मानिसले बनाएका कुराहरू हुन्। हामीले ती कुराहरू प्रयोग गर्यौँ भने परमेश्वरलाई मन पर्दैन भन्ने हामीलाई डर लाग्छ।” यो कामकुरा स्विकार्ने कमजोर सामर्थ्य हुनु हो। कामकुरा स्विकार्ने कमजोर सामर्थ्य भएका मानिसहरूले धेरै कुरालाई गलत तरिकाले हेर्छन्। तिनीहरू आफ्नो पुरानो तौरतरिकामा अल्झिएका हुन्छन्, आफ्नै दृष्टिकोणलाई पक्रिरहन्छन्, सबै नयाँ कुराप्रति प्रतिरोधी बन्छन्। तिनीहरू प्रतिरोधी हुनु आफैमा तिनीहरूको सोचाइ र मनको समस्या हो। त्यस्तो समस्या हुनुले के कुरालाई जनाउँछ? कम्तीमा पनि, यसले त्यस्ता मानिसहरूको क्षमता अत्यन्तै औसत छ भन्ने देखाउँछ। यदि तिनीहरूले निरन्तर नयाँ कुराहरू स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूको क्षमता कमजोर हुन्छ, र तिनीहरू कठोर मनका हुन्छन्। तिनीहरूले के विश्वास गर्छन् भने, परमेश्वरको काम अपरिवर्तनीय छ, र परमेश्वरले जे-जस्ता वचनहरू बोल्नुभएको भए पनि, परमेश्वरले सधैँ ती नै वचनहरू बोल्नुहुनेछ, र परमेश्वरले जे-जस्ता काम गर्नुभएको भए पनि, परमेश्वरले सधैँ त्यही काम मात्रै गर्नुहुनेछ। यो मानवजाति र यो युगको हकमा भन्दा, तिनीहरू आफूले सुरुमा देखेको र अनुभव गरेको कुरा सधैँ अपरिवर्तित नै रहनेछ र सधैँ त्यस्तै रहनेछ भन्ने विश्वास गर्छन्। उदाहरणका लागि, २०-३० वर्ष पहिले, मानिसहरूले लुगासम्बन्धी आफ्नो बुझाइका बारेमा निश्चित धारणा राख्थे। तिनीहरूले के विश्वास गर्थे भने, कपासका सामग्रीहरू पूर्ण रूपमा प्राकृतिक हुन्छन् र सबै प्रकारका कपासका वस्त्रहरू राम्रा हुन्छन्; चाहे त्यो भित्री रुवा भएको ज्याकेट होस्, टि-शर्ट होस्, वा भित्री लुगा होस्, यदि त्यो कपासबाट बनेको हो भने, यो सिन्थेटिक फाइबरभन्दा राम्रो हुन्छ। तिनीहरूले यो विश्वासलाई दह्रिलो गरी पक्रिरहे। तर, २०-३० वर्षपछि, कपडा उद्योग विकास भएको छ, र कपास जस्ता धेरै कपडाहरू, साथै विभिन्न सिन्थेटिक फाइबरका लुगाहरू देखा परेका छन्। कपासका कपडाहरूभन्दा राम्रा धेरै कपडाहरू छन्; ती हावा राम्ररी छिर्ने, तापलाई छिटो भगाउने, आर्द्रता छिटो सोस्ने किसिमका हुन्छन्, र तिनलाई जसरी धोए पनि ती बाङ्गिने, खुम्चिने, वा रङ जाने हुँदैनन्। यसको साथै, तिनलाई लगाउन निकै सहज र हल्का हुन्छ, र तिनले छालामा कुनै हानि गर्दैनन्। तर कतिपय मानिसहरूले अझै पनि सिन्थेटिक फाइबरलाई स्वीकार गर्न सक्दैनन्। तिनीहरूले अझै पनि कपासको लुगा मात्रै राम्रो हुन्छ किनभने कपास माटोमा उब्जाइन्छ, यो परमेश्वरद्वारा सृजित हुन्छ, र प्राकृतिक हुन्छ, जबकि कृत्रिम फाइबरहरू मानव-निर्मित हुन्छन् भन्ने विश्वास गर्छन्। तिनीहरूले कपास परमेश्वरद्वारा तयार गरिएको भए पनि र यो सबैभन्दा राम्रो भए पनि, भूमि प्रदूषित भएको छ, र कपासलाई आक्रमण गर्ने कपास कीराहरू हरेक पुस्तासँगै दह्रिलो हुँदै गएका छन् भन्ने कुरा बुझ्न सक्दैनन्। साधारण कीटनाशकहरूले समस्या समाधान गर्न सक्दैनन्। अन्ततः, कपास विशेष कीटाणुशोधनको प्रक्रियाबाट गुज्रनुपर्छ ताकि यसलाई लगाउँदा जिउ नचिलाओस्। राम्रो तरिकाले प्रशोधन गरियो भने, लुगाको मूल्य बढी हुन्छ, जसले गर्दा अत्यन्तै महँगो बिक्री मूल्य तोक्नुपर्छ। यदि राम्ररी प्रशोधन गरिएन भने, यो सिन्थेटिक फाइबरको लुगा लगाउनु जत्तिको राम्रो हुँदैन। हेर् त, आजभोलि सिन्थेटिक फाइबरको लुगाको गुणस्तर निकै राम्रो हुन्छ; धेरै व्यावसायिक खेलाडीहरूले यो लगाउँछन्, र प्रतिक्रियाहरू सबै निकै सकारात्मक छन्। तर कतिपय मानिसहरूले यो सुनेपछि पनि यसलाई स्वीकार गर्दैनन् र कपासका वस्त्रहरू अझै राम्रा हुन्छन् भन्ने कुरामा विश्वस्त रहन्छन्। के त्यस्ता मानिसहरू अज्ञानी र जिद्दी हुँदैनन् र? (हुन्छन्।) यो अज्ञानता र जिद्दीपन तिनीहरूको मानवताको समस्या हो। त्यसोभए, तिनीहरूको क्षमता कस्तो हुन्छ? (तिनीहरूको क्षमता राम्रो हुँदैन।) जब कुनै नयाँ कुरा कसैको अघि देखा पर्छ, तब त्यो सही छ कि गलत छ भनेर मूल्याङ्कन गर्ने उसको मनोवृत्ति—यसलाई स्वीकार गर्ने कि नगर्ने भनेर निर्णय गर्ने उसको मनोवृत्ति—उसको क्षमतामा निर्भर हुन्छ। यदि धेरैजसो मानिसहरूलाई नयाँ कुरा सही छ भन्ने लाग्छ, र कुनै व्यक्तिले भीडलाई पछ्याउँछ र निष्क्रिय रूपमा त्यसलाई स्वीकार गर्छ भने, त्यस्तो व्यक्ति धेरैमा औसत क्षमताको हुन्छ। यदि उसले आफूले पहिले दृढ रूपमा विश्वास गरेका पुराना कुराहरूसँगको तुलनामा नयाँ कुरा सही छ कि गलत छ, यो मानिसहरूका लागि फाइदाजनक छ कि छैन, र यसका सबल पक्ष र कमजोरीहरू के-के हुन् भन्ने कुरालाई खुट्ट्याउन सक्दैन, नयाँ र पुराना कुराहरूका बीचमा भिन्नताहरू खुट्ट्याउन वा छुट्याउन सक्दैन भने—यदि उसले यीमध्ये कुनै कुराको मूल्याङ्कन गर्न सक्दैन भने, यसले ऊसँग नयाँ कुराहरू स्वीकार गर्ने कुनै सामर्थ्य छैन भन्ने कुरा प्रमाणित गर्छ; अर्थात्, ऊसँग कुनै बोध सामर्थ्य हुँदैन। यस्ता मानिसहरू कमजोर क्षमताका हुन्छन्। सुरुमा, जब कुनै नयाँ कुरा देखा पर्छ, तब तिनीहरूमा निश्चित स्तरको अन्तर्बोधको कमी हुन्छ। जब तिनीहरूले यस कुराका बारेमा सुन्छन्, तब तिनीहरूसँग त्यो स्वीकार गर्ने सामर्थ्य हुँदै हुँदैन। अन्त्यमा, तिनीहरूले मन नलागीनलागी नयाँ कुरालाई स्वीकार गरे पनि, अरूको सहयोग र मनाइका साथ मात्रै त्यसो गर्छन्, र अरूले नयाँ कुराका फाइदा र सबल पक्षहरूलाई पुरानो कुरासँग तुलना गरेर यी मानिसहरूले यसलाई स्वीकार गर्नुभन्दा पहिले नयाँ कुरा र पुरानो कुराका बीचमा स्पष्ट भिन्नताहरू छन् र नयाँ कुरा पुरानो कुराभन्दा स्पष्ट रूपमा श्रेष्ठ छ भन्ने कुरा आफ्नै आँखाले देख्न दिनुपर्ने समेत हुन्छ। तर, यी मानिसहरूले अझै पनि हृदयमा अरू धेरै नयाँ कुराहरूमा के राम्रो छ भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्दैनन् र अझै पनि पुराना कुराहरू असल छन् र ती कुरालाई पक्रिराख्नुपर्छ भन्ने महसुस गर्छन्। तिनीहरूसँग कुनै विकल्प नभएका परिस्थितिहरूमा मात्रै तिनीहरूले मन नलागी-नलागी र निष्क्रिय रूपमा नयाँ कुराहरू स्वीकार गर्छन्। यी मानिसहरू कमजोर क्षमताका हुन्छन्। औसत क्षमता भएको व्यक्ति भनेको केही सुझावहरू पाएपछि तुरुन्तै कुरा बुझ्ने, र विकृत र पुरानो तरिकाले आफूले कामकुराहरूलाई हेरिरहेको छु भनेर बुझ्ने व्यक्ति हो। यो औसत क्षमता हुनु हो। अर्कोतर्फ, कमजोर क्षमता भएको व्यक्तिलाई बारम्बार सुझाव दिनुपर्छ र सम्झाउनुपर्छ, र सबैले उसलाई सामूहिक रूपमा मनाउनुपर्छ—यसका साथै, यस नयाँ कुरालाई व्यापक रूपमा अपनाइएपछि यसले कसरी मानिसहरूलाई फाइदा गर्छ भनेर देखाउने केही तथ्य र ठोस उदाहरणहरू समेत दिनुपर्छ—अनि मात्रै तिनीहरूले मन नलागी-नलागी यसलाई स्वीकार र प्रयोग गर्छन्। तर, भित्रभित्रै, तिनीहरूले अझै पनि पुरानो कुरालाई नै छनौट गर्छन्। यो अत्यन्तै कमजोर क्षमता भएको व्यक्ति हो। कमजोर क्षमता हुनुको अर्थ तिनीहरूले नयाँ कुराहरूको देखापराइले मानिसहरूमा पार्ने सकारात्मक प्रभावहरूलाई निरन्तर पहिचान गर्न सक्दैनन्, र नयाँ र पुरानो कुराहरूका बीचमा भिन्नताहरू पत्ता लगाउन सक्दैनन्, र नयाँ कुराहरूका फाइदा र प्रगतिहरू र पुराना कुराहरूका कमजोरी र पछौटेपनलाई निरन्तर पत्ता लगाउन वा उजागर गर्न सक्दैनन्, साथै तिनीहरूले सधैँ आफ्ना पुराना विचार र दृष्टिकोणहरूलाई पक्रिराख्छन् भन्ने हुन्छ; त्यसकारण, कामकुरा स्विकार्ने तिनीहरूको सामर्थ्य अत्यन्तै कमजोर हुन्छ। कामकुरा स्विकार्ने सामर्थ्य कमजोर भएका मानिसहरू कमजोर क्षमता भएका हुन्छन्। कमजोर क्षमता भएका मानिसहरूलाई तैँले जसरी कुराहरू बुझाए पनि तिनीहरूले समस्याहरूको सार वा जडलाई छर्लङ्ग देख्न सक्दैनन्। सबैभन्दा कमजोर क्षमता भएका मानिसहरूको त्यो भागसँग कामकुरा स्विकार्ने कुनै सामर्थ्यसमेत हुँदैन—नयाँ कुराहरूको सामना गर्दा, यो कुरा तिनीहरू ती कुराहरू सिक्न र स्वीकार गर्न व्यक्तिपरक रूपमा इच्छुक हुन्छन् कि हुँदैनन् भन्ने कुरासँग सम्बन्धित हुँदैन; बरु, समस्या के हो भने, तिनीहरूमा ती कुराहरूप्रति कुनै पनि सुझबुझको कमी हुन्छ। चाहे वास्तविक जीवनमा होस् वा कर्तव्य पूरा गर्दा होस्, जुनसुकै नयाँ कुराहरू देखा परे पनि, जुनसुकै कुरामा प्रगति भए पनि, वा जुनसुकै कुरा सुधार भए पनि, तिनीहरूसँग कुनै सुझबुझ र सचेतना हुँदैन। के यी कुराहरूप्रति तिनीहरूको अज्ञानताको कारण समाचार वा अखबार नपढ्नु हो? अहँ, त्यसको कारण के मात्र हो भने, तिनीहरूमा कामकुरा स्विकार्ने सामर्थ्यको कमी हुन्छ। यो त यस्तो हुन्छ मानौँ तिनीहरूमा कुनै ग्रहण गर्ने सामर्थ्य नै छैन। कुनै पनि नयाँ कुरा देखा पर्नुको हकमा, तिनीहरू भावशून्य, मन्दबुद्धिका हुन्छन्, र तिनीहरूमा सुझबुझको कमी हुन्छ। तिनीहरू व्यस्त सहरमा बसे पनि, तिनीहरू दुर्गम पहाडी गाउँमा बसिरहे जस्तै प्रतीत हुन्छ। मानव जीवनमा घटिरहेका कुनै पनि ठूला वा साना घटनाहरूबारे तिनीहरूलाई पटक्कै थाहा हुँदैन। त्यसकारण, तिनीहरूको जीवनको दायराभित्र, तिनीहरूको गाँस, बास, कपास र यातायातमा असर गर्न सक्ने कुनै पनि नयाँ कुराहरू हुँदैनन्। तिनीहरू पशुहरू जस्तै हुन्छन्। तिनीहरूको सोचाइको दायराभित्रका कुराहरू तिनीहरूको जीवनको क्षेत्रभित्र रहेका थोरै कुराहरू, तिनीहरूले संसारका विभिन्न कुराहरूलाई हेर्न सिक्ने उमेरदेखि जानेका कुराहरूमा मात्रै सीमित हुन्छन्। त्यस बाहेक, बाहिरी संसारका कुनै पनि कुराले तिनीहरूमा कुनै प्रभाव पार्दैन, र तिनीहरूलाई त्यसमा कुनै चासो हुँदैन। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? के तिनीहरू मानसिक रूपमा कमजोर हुन्छन्? (हो।) अवश्य नै, हामीले यहाँ कुरा गरिरहेका कुराहरू दैनिक जीवनका अत्यन्तै झिना र सानातिना पक्षहरू हुन्; हामीले राष्ट्रिय मामलाहरू वा प्रमुख विश्वव्यापी समाचारहरूलाई जनाइरहेका छैनौँ। अत्यन्तै सानो नयाँ कुरा देखा पर्दा पनि तिनीहरूलाई त्यसबारे थाहा हुँदैन, र तिनीहरूले कुनै पनि हदसम्म त्यसलाई स्वीकार गर्दैनन्। यो “स्वीकार” ले नयाँ कुराको देखापराइले तिनीहरूको विचार र दृष्टिकोण कसरी परिवर्तन गर्छ, तिनीहरूको जीवनमा केही सुधारहरू कसरी ल्याउँछ—जसमा जीवनशैली, आधारभूत जीवन ज्ञान, इत्यादि कुराहरू समावेश हुन्छन्—र यसले जीवनमा समस्याहरू सम्हाल्ने तिनीहरूको सामर्थ्यमा केही सुधार र प्रगति ल्याउँछ भन्ने कुरालाई जनाउँछ। कामकुरा स्विकार्ने सामर्थ्य नभएका मानिसहरूले सधैँ आफ्नो दिनचर्या र मूल जीवनशैलीलाई कायम राख्छन्। उदाहरणका लागि, विगतका मानिसहरूले प्रायजसो के भन्थे भने, पालुङ्गोसँग पकाएको टोफू राम्रो हुन्छ, यसले आइरन र क्याल्सियम दुवै प्रदान गर्छ, र कोही व्यक्ति त्यसलाई त्यसरी खाएर हुर्केको हुन्छ। पछि, कतिपय मानिसहरूले के बताए भने, खाद्य अनुसन्धानकर्ताहरूले पत्ता लगाए अनुसार, पालुङ्गोमा ओक्सालिक एसिड हुन्छ, र लामो समयसम्म त्यसलाई टोफूसँग खाँदा सजिलै शरीरमा पत्थर पैदा हुन सक्छ। यो सुनेपछि, यो व्यक्तिले सोच्छ, “ओक्सालिक एसिड भनेको के हो? पालुङ्गोमा ओक्सालिक एसिड कसले कहिल्यै देखेको छ? मैले यो धेरै वर्षदेखि खाइरहेको छु तैपनि केही भएको छैन। म यो खाइरहनेछु!” तिनीहरूले यसलाई स्वीकार गर्दैनन्। यो त्यस्तो व्यक्ति हो जसले नयाँ कुराहरू वा नयाँ दृष्टिकोणहरूलाई अलिकति पनि स्वीकार गर्दैन। यसको विपरीत, कामकुरा स्विकार्ने सामर्थ्य भएका मानिसहरूले पालुङ्गोमा ओक्सालिक एसिड हुन्छ भनेर पुष्टि गरेपछि, ओक्सालिक एसिडलाई कसरी हटाउने भन्नेबारे विचार गर्नेछन्, र यसबारे थप सोधखोज गरेपछि, तिनीहरूले पालुङ्गो सागलाई पानीमा उमाल्दा ओक्सालिक एसिड हट्छ भन्ने कुरा पत्ता लगाउँछन्। कामकुरा स्विकार्ने सामर्थ्य भएका मानिसहरूले नयाँ जानकारी सुनेपछि, सोधपुछद्वारा जानकारीको सत्यता र यो मानिसहरूका लागि फाइदाजनक छ कि छैन भन्ने कुरा खुट्ट्याउनेछन्, अनि त्यसपछि तिनीहरूले यसलाई स्वीकार गर्ने कि नगर्ने भनेर निर्णय गर्नेछन्। तिनीहरूले प्रश्नहरू गर्नेछन्, सम्बन्धित विवरणहरूका बारेमा जान्नेछन्, अनि त्यसपछि यो जानकारीलाई वास्तविक जीवनमा लागू गर्नेछन्, र सम्बन्धित नयाँ कुराले मानिसहरूलाई ल्याउने असुविधा वा हानिहरूबाट जोगिनेछन्। अर्कोतर्फ, कामकुरा स्विकार्ने सामर्थ्य पटक्कै नभएका ती भ्रमित मानिसहरूले जुनसुकै नयाँ जानकारी सुने पनि, त्यसबारे वास्ता गर्दैनन् वा सोधपुछ गर्दैनन् बरु त्यसलाई सिधै इन्कार गर्छन्, र पुराना र अप्रचलित कुराहरूलाई मात्रै पक्रिराख्छन्। यो अन्ततः तिनीहरूको क्षमताको समस्यासँग नै सम्बन्धित हुन्छ। नयाँ कुराहरूका हकमा, तिनीहरूलाई ती कुराहरूलाई कसरी लिने वा तिनीहरूले कुन-कुन सिद्धान्तहरू बुझ्नुपर्छ भन्ने थाहा हुँदैन, न त तिनीहरूले नयाँ कुराहरूलाई इन्कार गर्दा यसले तिनीहरूको जीवन वा काममा के-कस्ता परिणामहरू ल्याउन सक्छ भन्ने कुराका बारेमा नै विचार गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूले नयाँ कुरा र नयाँ जानकारीप्रति सधैँ शङ्कालु मनोवृत्ति राख्छन्, र तिनलाई स्वीकार गर्ने आँट गर्दैनन्। त्यस्ता मानिसहरू कमजोर क्षमताका हुन्छन्।
कमजोर क्षमता भएका मानिसहरूले जीवनमा आफूले सामना गर्ने समस्याहरू जति नै धेरै उत्पन्न भए पनि तिनलाई स्वतन्त्र रूपमा समाधान गर्न सक्दैनन्। त्यस्ता व्यक्तिहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुन्छ। कुरा जेसुकै भए पनि, तिनीहरूले त्यो बेला आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका काम गर्ने तरिकाहरू नै कायम राख्छन्; तिनीहरूले केही पनि परिवर्तन गर्दैनन् र अन्त्यसम्मै यसलाई कडाइका साथ पालना गर्छन्। यदि तैँले तिनीहरूलाई त्यस्ता कुराहरू गर्नु गलत हो भनेर आलोचना गरिस् भने, तिनीहरूले कुरा सुन्दैनन् र तिनीहरू जिद्दी बनेर तँसँग तर्क समेत गर्छन्: “हाम्रा पुर्खाहरूबाट यो कुरा यसरी नै हस्तान्तरण गरिएको छ। मेरो हजुरबुबाको पुस्ता र मेरा आमाबुबाको पुस्ता सबैले यसरी नै काम गरेका थिए, र यो कुरा यसरी नै हस्तान्तरण गरिएको छ!” के हस्तान्तरण गरिएका कुराहरू सही नै हुन्छन् भन्ने हुन्छ? तिनीहरूले यो प्रश्नबारे विचार गर्दैनन्, जसले तिनीहरूको क्षमता कमजोर छ भन्ने प्रमाणित गर्छ। यदि तिनीहरूमा सामान्य व्यक्तिको क्षमता हुन्थ्यो भने, तिनीहरूले यो प्रश्नका बारेमा विचार गर्ने थिए। नयाँ कुराहरूका बारेमा जानकारी सुन्दा, तिनीहरूले निश्चित हदसम्म स्वीकारोक्ति देखाउने थिए। यदि तिनीहरूले यी प्रकटीकरणहरू प्रदर्शन गर्दैनन् भने, यसको अर्थ तिनीहरूमा अलिकति पनि स्वीकारोक्ति छैन भन्ने हुन्छ। त्यस्ता मानिसहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुन्छ। तिनीहरू जति नै उमेरसम्म बाँचे पनि, तिनीहरूले सधैँ यसो भन्छन्, “मेरो बुबाको पालामा, यस्तै हुन्थ्यो। मेरो हजुरबुबा र जिजुबुबाको समयमा, यस्तै हुन्थ्यो। त्यसकारण, मेरो पुस्तामा पनि यो कुरा यस्तै हुनुपर्छ।” यी मानिसहरू स्पष्ट रूपमा नै जीवाश्महरू हुन्। तिनीहरू मकेका काठका मुढाहरू जस्तै हुन्छन्—परम्परावादी हुन्छन्! तिनीहरूसँग कुनै नयाँ कुरा स्वीकार गर्ने सामर्थ्य नै हुँदैन, जसले तिनीहरू अत्यन्तै कमजोर क्षमताका हुन्छन् भन्ने देखाउँछ। तैँले नयाँ कुराहरूका उन्नतिका बारेमा जसरी व्याख्या गरे पनि, तिनीहरू ती कुराहरू स्वीकार गर्दैनन्। त्यस्ता मानिसहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुन्छ। झट्ट हेर्दा, तिनीहरूले आफ्नो गाँस, बास, कपास र यातायात आफै सम्हाले जस्तो देखिन्छ, तर तिनीहरूले प्रयोग गर्ने तरिका र विधिहरू कमसल हुन्छन्। तिनीहरूले आफ्नो जीवनशैलीलाई समय वा मानवजातिले प्राप्त गरेको सामान्य समझ र ज्ञानका विभिन्न क्षेत्रहरूको वृद्धिसँग मिलाउँदैनन्। त्यस्ता मानिसहरू कमजोर क्षमता भएका मानिसहरू हुन्। तिनीहरू भोकले नमर्ने, नकठ्याङ्ग्रिने भए पनि, र तिनीहरूलाई कुनै ठूलो रोग नलागेको भए पनि, अस्तित्व र तिनीहरूको जीवनशैलीबारेको तिनीहरूको दृष्टिकोणबाट मूल्याङ्कन गर्दा, त्यस्ता मानिसहरू भ्रमित तरिकाले मात्रै जिउँछन्, र तिनीहरूलाई मानसिक रूपमा अशक्त, बेवकुफ, वा मूर्खका रूपमा पनि वर्गीकरण गर्न सकिन्छ। कतिपय मानिसहरूलाई मानसिक रूपमा अशक्त वा बेवकुफ भनिँदा तिनीहरूलाई असहज लाग्छ, तर तिनीहरूलाई असहज महसुस भए पनि, यो कुरा साँचो हो। तिनीहरूको क्षमता साँच्चै नै त्यति कमजोर हुन्छ। म तँलाई सहज बनाउने कुनै कुरा साँच्चै नै भन्न चाहन्छु, तर तँसँग त्यसका लागि क्षमता नै छैन। तँमा हरेक पक्षमा सामर्थ्यको कमी छ र तँसँग कुनै पनि मामलाप्रतिको सामान्य मानवताको सोचाइ अनुरूपका सही र सटीक विचार वा दृष्टिकोणहरू छैनन्। के यो क्षमताको कमी हुनु होइन र? तँलाई काम नलाग्ने व्यक्ति नभन्नु आफैमा दयालु कार्य हो। कुनै क्षमता नभएको यस्तो व्यक्ति मानसिक रूपमा अशक्त हुने अवस्थाबाट एक कदम मात्रै टाढा हुन्छ। मानसिक रूपमा अशक्त व्यक्तिहरूमा आफ्नो हेरचाह गर्ने सामर्थ्यसमेत हुँदैन, र तिनीहरू पूर्ण रूपमा अरूको सहयोगमा भर पर्छन्। खाना खाने बेला, तिनीहरूका आमाबुबाले अझै पनि तिनीहरूलाई एक-एक गाँस खुवाउनुपर्छ, र तिनीहरू आफैलाई समेत अघाएको छु कि छैन भन्ने थाहा हुँदैन। कमजोर क्षमता भएका मानिसहरू मानसिक रूपमा कमजोर हुन्छन्; तिनीहरू मूर्ख हुन्छन्, र तिनीहरू मानसिक रूपमा अशक्त हुने अवस्थाबाट एक कदम मात्रै टाढा हुन्छन्। तिनीहरूको क्षमता यति कमजोर हुन्छ। मलाई भन्, के त्यस्ता मानिसहरू दयनीय हुँदैनन् र? के तिनीहरू निकै रिसउठ्दा हुँदैनन् र? कमजोर क्षमता भएका मानिसहरूमा कुनै सिक्ने सामर्थ्य हुँदैन, कुनै कामकुरा बुझ्ने सामर्थ्य हुँदैन, र कुनै बोध सामर्थ्य हुँदैन; तिनीहरूमा कामकुरा स्विकार्ने सामर्थ्य हुनु त परको कुरा हो—तिनीहरूमा कुनै पनि पक्षमा कुनै सामर्थ्य हुँदैन। तैँले तिनीहरूलाई कामकुराहरूबारे जसरी व्याख्या गरिदिए पनि वा उदाहरणहरू दिए पनि, तिनीहरूले अझै पनि त्यो कुरा मगजमा छिराउन वा भनिएको कुरा बुझ्न सक्दैनन्। के यो मानसिक अशक्तता होइन र? तैँले जसरी व्याख्या गरे पनि, तिनीहरूले बुझ्न सक्दैनन्। तैँले अत्यन्तै स्पष्ट रूपमा बोले पनि र राम्ररी व्याख्या गरे पनि, तिनीहरूले अझै पनि कुरा बुझ्दैनन्, र तिनीहरूलाई तैँले भनेको कुरा अत्यन्तै अप्ठ्यारो समेत लाग्छ। तिनीहरूमा सामान्य मानवताको सोचाइको कमी हुन्छ र तिनीहरूले तँलाई खण्डन गर्नका लागि केही भ्रमहरू समेत सिर्जना गर्छन्। त्यस्ता मानिसहरूसँग तर्क गर्ने कुनै उपाय हुँदैन; तिनीहरूलाई तीन वटा शब्द मात्रै भन्: “तिमीमा समझै छैन!” तिनीहरूको क्षमता यति कमजोर हुन्छ। के तँलाई तिनीहरूको चिन्ता र तिनीहरूदेखि रिस उठ्दैन र? तैँले त्यस्ता मानिसहरूलाई जे भने पनि, त्यो व्यर्थ हुन्छ। तैँले तिनीहरूलाई जसरी अन्तर्दृष्टि दिने प्रयास गरे पनि, तिनीहरूले बुझ्दैनन्। सानो कुराको हकमा समेत, तिनीहरूलाई अन्तर्दृष्टि दिन दिनभरि लाग्छ, र यदि तैँले अलिक गहन तरिकाले बोलिस् भने, तिनीहरूले बुझ्नेछैनन्; तैँले सबैभन्दा सतही शब्दहरू प्रयोग गरिस् र धेरै कुरा भनिस् भने मात्रै तिनीहरूले बुझ्न सक्छन्। तिनीहरूले एउटा कुरा बुझेपछि पनि, जब यस्तै समस्या पैदा हुन्छ, तब पनि तिनीहरूले कुरा बुझ्दैनन्। के यो मानसिक अशक्तता होइन र? तर, यस्तो मानसिक रूपमा अशक्त व्यक्तिले आफूलाई मूर्ख ठान्दैन। उसले भन्छ, “म मूर्ख छु भनेर नसोच। यदि तिमीले मलाई दश युआन वा दश अमेरिकी डलर दिने प्रस्ताव गर्यौ भने, म कुन रोज्छु हेर—म अवश्य नै अमेरिकी डलर लिनेछु किनभने ती बढी बहुमूल्य छन् भन्ने मलाई थाहा छ।” अरूले भन्छन्, “तिमी अझै पनि मूर्ख छौ।” अरूले किन त्यस्ता मानिसहरूलाई मूर्ख भन्छन्? किनभने साधारण व्यक्तिले आफू मूर्ख छैन भन्ने कुरालाई प्रमाणित गर्न यस्तो उदाहरण प्रयोग गर्दैन, न त उसले यो कुरा प्रदर्शन गर्न यस्तो निम्न विधि नै प्रयोग गर्छ। त्यस्ता मानिसहरूको क्षमता अत्यन्तै कमजोर हुने भएकाले, कुनै पनि मानिस, घटना, वा कामकुराहरूलाई मूल्याङ्कन गर्ने कुनै मानक नहुने भएकाले, र तिनलाई कसरी मूल्याङ्कन गर्ने भन्ने थाहा नभएकाले नै, तिनीहरूले आफूलाई कहिल्यै पनि मूर्ख ठान्दैनन्। साँचो रूपमा चलाख मानिसहरूले तीनदेखि पाँच वर्षसम्म मानिसहरूको एउटा समूहमा निरन्तर लागिपरेपछि र सङ्घर्ष गरेपछि, कुनै पनि समूहमा तिनीहरूभन्दा असल, तिनीहरूलाई जित्ने मानिसहरू हुन्छन् भन्ने कुरा बुझ्नेछन्। तिनीहरूलाई सधैँ तिनीहरूको आफ्नै क्षमता पर्याप्त रूपमा राम्रो छैन, तिनीहरूको सामर्थ्य र बुद्धिमत्ता पर्याप्त रूपमा राम्रो छैन भन्ने लाग्छ। तिनीहरू सधैँ आफ्ना अपर्याप्तताहरू पत्ता लगाउन, अरूको तुलनामा तिनीहरूमा कुन कुराको कमी छ भनेर पहिचान गर्न, र आफ्नै समस्याहरू पहिचान गर्न सक्षम हुन्छन्; तिनीहरूले सधैँ अरूका सबल पक्षहरू देख्न सक्छन्। यस्तो व्यक्ति चलाख हुन्छ र उसमा क्षमता हुन्छ। यसबीच, क्षमताविनाका मानिसहरूले मानिसहरूको एउटा समूहमा जिउँदा सधैँ अरू आफूभन्दा निम्न स्तरका छन् भन्ने महसुस गर्छन्। तिनीहरूले कतिपय मानिसहरूले निश्चित शब्दहरू लेख्न वा टाइप गर्न समेत सक्दैनन् भन्ने देख्छन्, र तिनीहरूले उनीहरूलाई कमजोर क्षमता भएका मानिसहरू भनेर तिरस्कार गर्छन्। तिनीहरूले आफ्नो क्षमता राम्रो छ भनेर पुष्टि गर्न आफूले गर्न सक्ने यी नगण्य र सानातिना कुराहरू प्रयोग गर्छन्। आफ्नो सरसफाइका बारेमा त्यति स्पष्ट रूपमा नसोच्ने वा राम्ररी लुगा लगाउन नजान्ने मानिसहरूलाई देखेर, उनीहरूको क्षमता कमजोर छ भनेर भन्ने मानिसहरू पनि हुन्छन्। तिनीहरू आफै अलिक सफा हुन्छन्, तिनीहरूले परिष्कृत भएको ढोँग गर्न सक्छन्, वा तिनीहरूसँग केही ज्ञान र सबल पक्षहरू हुन्छन्, त्यसकारण तिनीहरूले आफ्नो क्षमतालाई राम्रो ठान्छन्। त्यस्ता मानिसहरू चलाख हुन्छन् कि मूर्ख? तिनीहरू मूर्ख हुन्छन्। चलाख मानिसहरू कसरी बोल्छन्, याद गर त: “मैले किन फेरि कामकुरा बिगारेँ? म त मूर्ख पो रहेछु!” जो अक्सर आफू मूर्ख भएको र आफूमा अपर्याप्तताहरू भएको भनेर भन्छन् तिनीहरू साँच्चै नै चलाख हुन्छन्। आफू मूर्ख भएको भनी कहिल्यै स्वीकार नगर्ने र सधैँ, “के तिमी मलाई मूर्ख ठान्छौ? पैसा मागेर हेर त, दिन्छु कि दिँदिन रहेछु!” भनेर भन्ने मानिसहरू साँच्चै नै मूर्ख हुन्छन्। बोलचालको भाषामा भन्दा, मूर्खता भनेको “अक्कल नभएको मान्छे” हो। तिनीहरूले यस्ता मूर्ख कुराहरू बोल्न सक्नु नै मूर्खता होइन र? के त्यो “अक्कल नभएको मान्छे” हुनु होइन र? (हो।) जब तिनीहरूले केही कमीकमजोरी वा त्रुटि भएको, वा आफूले गर्ने काममा गल्ती गर्ने व्यक्तिलाई देख्छन्, तब तिनीहरू उसको पिठ्यूँपछाडि हाँस्छन्, र भन्छन्, “ऊ कसरी यति मूर्ख हुन सक्यो?” जब तिनीहरूले फाइदा लिन चालबाजी र धूर्त युक्तिहरूले भरिएको व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई चलाख र राम्रो क्षमता भएको व्यक्ति ठान्छन्। साँचो रूपमा चलाख मानिसहरूले व्यक्तिको क्षमताको गुणस्तर र ऊ चलाख छ कि मूर्ख छ भन्ने कुरालाई उसका विभिन्न सामर्थ्यका आधारमा मूल्याङ्कन गर्छन्। तर मूर्ख मानिसहरूले कसले चालबाजी गरिरहेको छ, कसले फाइदा लिन्छ र को सधैँ घाटाबाट जोगिन्छ, र चलाकीद्वारा आफ्नो हित गर्न सिपालु छ भन्ने कुरालाई मात्रै हेर्छन्, र त्यस्ता सबै मानिसहरू चलाख हुन्छन् र तिनीहरूमा राम्रो क्षमता हुन्छ भन्ने विश्वास गर्छन्। वास्तवमा, यस्ता मानिसहरू सबै मूर्ख हुन्छन्। व्यक्तिले कत्तिको चालबाजी गरिरहेको छ भन्ने आधारमा उसको क्षमताको गुणस्तर मूल्याङ्कन गर्ने यस्ता मानिसहरू आफै पनि मूर्ख हुन्छन्। यसभन्दा पहिले, हामीले सबैभन्दा मूर्ख प्रकटीकरणहरूमध्ये एउटा उल्लेख गरेका थियौँ: तिनीहरूले भन्छन्, “यदि तिमीले मलाई दश अमेरिकी डलर वा दश युआन दिने प्रस्ताव गर्यौ भने, मैले कुन रोज्छु, हेर। म अवश्य नै चिनियाँ पैसा छनौट गर्दिनँ—अमेरिकी डलर बढी बहुमूल्य छ भन्ने मलाई थाहा छैन भन्ने नसोच! यदि तिमीले मलाई मासु वा टोफू दिने प्रस्ताव गर्यौ भने, म कुन खान्छु, हेर। के तिमीलाई म मासु नभई टोफू खाने मूर्ख हुँ भन्ने लाग्छ? मासु नै मीठो हुन्छ भन्ने मलाई थाहा छ!” वास्तवमा त्यस्ता मानिसहरू मूर्ख हुन्छन्। यदि तँ साँच्चै अरूले तेरो मूर्खता देखून् भन्ने चाहँदैनस् भने, तैँले त्यस्ता उदाहरणहरू पटक्कै प्रयोग गर्नु हुँदैन। बुझिस्? (बुझेँ।) के मूर्ख मानिसहरूले प्रायजसो यो गल्ती गर्छन्? (गर्छन्।) तिनीहरूले यस्तो समेत सोच्छन्, “हेर त, म उदाहरणहरू दिन कति सिपालु छु! म कति चलाख छु, देख्यौ त? के तिमीलाई म मूर्ख जस्तो लाग्छ? तिमी पो मूर्ख हौ!” सबैभन्दा मूर्ख व्यक्तिले निरन्तर मूर्खता देखाउँछ। यो सामर्थ्य: कामकुरा स्विकार्ने सामर्थ्यबारेको सङ्गति यहीँ समाप्त हुन्छ।
नम्बर ५: संज्ञानात्मक सामर्थ्य
पाँचौँ सामर्थ्य भनेको संज्ञानात्मक सामर्थ्य हो। संज्ञानात्मक सामर्थ्यले केलाई जनाउँछ? यसको मुख्य जोड कामकुराहरूप्रतिको व्यक्तिको आफ्नै बुझाइको स्तरमा हुन्छ। व्यक्तिको संज्ञानात्मक सामर्थ्यलाई मूल्याङ्कन गर्नका लागि, कुनै कुराबारेको उसको बुझाइको स्तर र कुराको सारको बुझाइ हासिल गर्नका लागि उसलाई चाहिने समयसीमालाई हेर्नुपर्छ। यदि उसलाई चाहिने समयसीमा अत्यन्तै छोटो छ र उसको बुझाइको स्तर पर्याप्त रूपमा गहन छ, र कुराको सारलाई बुझ्ने स्तरमा पुगेको छ भने, ऊसँग संज्ञानात्मक सामर्थ्य हुन्छ। यदि कुनै व्यक्तिले कुनै कुरा बुझ्न आवश्यक पर्ने समयसीमा सामान्य दायराभित्र पर्छ, र उसले यस कुराको सारलाई बुझ्न सक्छ, भित्रका समस्याहरूका कारण र परिणामहरू, र जड र सारलाई स्पष्ट रूपमा देख्न सक्छ, अनि त्यसपछि उसले आफ्नो हृदयमा यो कुराको बुझाइ प्राप्त गर्छ भने—अनि अझै राम्रो कुरा, उसले यस कुराको परिभाषा दिन र निष्कर्ष निकाल्न सक्छ भने—यसैलाई नै असल क्षमता हुनु भनिन्छ। अर्थात्, तँ पुरुष भए पनि वा महिला भए पनि, तँ भर्खरै वयस्कतामा पुगेको भए पनि वा तँ अधबैँसे भइसकेको वा वृद्ध अवस्थामा पुगिसकेको भए पनि, सामान्य मानवताको सोचाइ भएको सामान्य व्यक्तिका रूपमा, यदि यो कुराको सारबारे तेरो बुझाइ सामान्य समयको दायराभित्र हासिल हुन्छ भने, तेरो क्षमतालाई राम्रो मानिन्छ। यदि तैँले यो कुरा बुझ्न आवश्यक पर्ने समयसीमा सामान्य व्यक्तिको भन्दा तीन-चार गुणा बढी हुन्छ भने—अर्थात्, यदि राम्रो क्षमता भएको व्यक्तिलाई तीन दिन लाग्छ, तर तँलाई दश दिन वा एक महिना समेत लाग्छ भने—अनि, तैँले यस मामलाको सम्पूर्ण घटनाक्रमलाई स्पष्ट रूपमा पत्ता लगाइसकेपछि, र यस मामलाले ल्याउने हानि र नकारात्मक परिणामहरू देखा परिसकेपछि मात्रै, तैँले यस मामलाको गम्भीरता र यसको जड र सार के हो भन्ने कुरा बुझ्छस् भने, बढीमा तेरो क्षमता औसत हुन्छ। अर्को शब्दमा भन्दा, यदि यो मामलाले गम्भीर परिणामहरू ल्याइसकेको छैन तर केही नकारात्मक परिणामहरू निरन्तर देखा पर्न थालिसकेका छन्, र यो प्रक्रियाको अवधिमा मात्रै तँलाई यस मामलाको जड र सारका बारेमा क्रमिक रूपमा थाहा हुन्छ, तैँले परिभाषा दिन्छस् र निष्कर्ष निकाल्छस् भने, तेरो क्षमतालाई औसत मानिन्छ। तर यदि यो मामलाले नकारात्मक वा गम्भीर परिणामहरू ल्याएपछि मात्रै तैँले अचानक यो मामलाको प्रकृति के हो भन्ने महसुस गर्छस् र बुझ्छस् भने, तेरो क्षमता अत्यन्तै कमजोर छ। यदि यो मामलाले नकारात्मक परिणामहरू ल्याइसकेको छ र तँलाई अझै पनि यस मामलाको समस्या के हो वा समस्याको जड के हो भन्ने थाहा छैन, र तैँले अझै पनि यसबारे निष्कर्ष निकाल्न सक्दैनस् भने, तँसँग कुनै क्षमता छैन। संज्ञानात्मक सामर्थ्यलाई यी चार स्तरमा विभाजित गरिएको छ। पहिलो राम्रो क्षमता भएका मानिसहरू हुन्। अर्थात्, जब कुनै कुरा भर्खरै देखा परेको हुन्छ र यसका लागि तैँले तुरुन्तै केही घण्टाभित्र निष्कर्ष निकाल्नुपर्ने हुन्छ—अनि यो अत्यावश्यक परिस्थिति हुन्छ, जहाँ, यदि तैँले तुरुन्तै मूल्याङ्कन गरिनस्, मामलालाई सम्हाल्ने र समाधान गर्ने योजना बनाइनस्, वा यसको थप वृद्धिलाई रोक्न घाटा नियन्त्रण गर्ने योजना समेत बनाइनस् भने, नकारात्मक परिणामहरू हुनेछन्—यदि, यस समयावधिभित्र तँलाई यस मामलाको जड थाहा भयो, र तैँले तुरुन्तै र निर्णायक रूपमा सही मूल्याङ्कन गर्न, सटीक रूपमा निर्णय गर्न र निष्कर्ष निकाल्न, अनि त्यसपछि यसलाई सम्हाल्ने उचित योजना बनाउन सक्छस् भने, यसको अर्थ तँसँग राम्रो क्षमता छ भन्ने हुन्छ। तर, मानौँ तँलाई यस मामलामा केही समस्या छ भन्ने मात्रै लाग्छ, तर तँलाई समस्या कहाँ छ वा यसको जड के हो भन्ने थाहा छैन, र यस मामलालाई सम्हाल्ने सामान्य समयावधिभित्र, तँसँग यसलाई सम्हाल्ने कुनै निष्कर्ष, फैसला, वा योजनाहरू छैनन्। बरु, तँ निष्क्रिय रूपमा प्रतीक्षा गर्छस् र यसको थप विकासलाई अवलोकन गर्छस्, र यसको थप वृद्धिद्वारा मात्रै तैँले यस मामलाको सार वास्तवमा के हो भनेर पहिचान गर्ने र त्यति सटीक नहुने मूल्याङ्कन गर्ने प्रयास गर्छस्, त्यसपछि तैँले प्रतीक्षा र अवलोकन गरिरहन्छस्, र मामला पूर्ण रूपमा विकास हुनुभन्दा पहिले नै, तैँले समस्याको सारलाई बल्ल-बल्ल छर्लङ्ग देख्न वा समाधान खोज्न सक्छस्, तर तैँले यसलाई अझै पनि तुरुन्तै सम्हाल्दैनस्। यदि त्यसो हो भने, तेरो क्षमता अत्यन्तै औसत छ। यदि यो मामला पूर्ण रूपमा विकसित भएको छ र परिणामहरू देखा परिसकेका छन्, समस्याको सार पूर्ण रूपमा देखा परिसकेको छ, अनि त्यसपछि मात्रै तैँले यो मामला खराब छ भन्ने बुझ्छस्, र यसको भित्री जड के हो भन्ने देख्छस्—वा सायद तैँले जडलाई पटक्कै देख्न सक्दैनस् तर यस मामलाको अन्तिम परिणामलाई निष्क्रिय रूपमा भोग्छस् वा सामना गर्छस् भने—यसको अर्थ तेरो क्षमता कमजोर छ भन्ने हुन्छ। कमजोर क्षमता भएका मानिसहरूको अर्को प्रकटीकरण के हो भने, यदि त्यस्ता कुराहरू फेरि भए भने, तिनीहरूको मनोवृत्ति अझै पनि उस्तै हुन्छ, त्यसलाई सम्हाल्ने उस्तै विधि हुन्छ, र तिनीहरूले त्यसलाई उही गतिमा सम्हाल्छन्। अर्थात्, जब-जब त्यस्ता कुराहरू घट्छन्, तब-तब तिनीहरूले सधैँ तिनलाई यसरी नै, उही गति र कार्यकुशलताको साथ सम्हाल्छन्। जति धेरै कुराहरू घटे पनि, तिनीहरूले तिनको सारलाई खुट्ट्याउन सक्दैनन्, न त तिनीहरूले सांसारिक मामलाहरूका बारेको आफ्नो कुनै पनि विचार वा दृष्टिकोणलाई सोहीअनुसार परिवर्तन नै गर्छन्। तिनीहरू कमजोर क्षमता भएका मानिसहरू हुन्। तिनीहरू कमजोर क्षमता भएका मानिसहरू भएकाले नै, तिनीहरूमा स्वतन्त्र रूपमा जिउने सामर्थ्यको कमी हुन्छ; अर्थात्, तिनीहरूमा अस्तित्व वा जीवनका बारेमा कुनै दृष्टिकोण हुँदैन। यो कमजोर क्षमता हुनुको सङ्केत हो। क्षमता नभएका मानिसहरूको प्रकटीकरण यस्तो हुन्छ: जब कुनै मामला देखा परिसकेको हुन्छ, र परिणामहरू समेत देखा परेका हुन सक्छन्, तब पनि तिनीहरूलाई के भएको हो भन्ने थाहा हुँदैन, मानौँ तिनीहरूले सपना देखिरहेका छन्। यो कुनै क्षमता र कुनै संज्ञानात्मक सामर्थ्य नहुनु हो। बुझ्यौ? (बुझ्यौँ।) संज्ञानात्मक सामर्थ्यले मुख्य रूपमा विभिन्न मानिस र घटनाको सार र तिनका समस्याहरूको जडलाई बुझ्नुलाई जनाउँछ; संज्ञानात्मक सामर्थ्य भनेको यही हो। यसको अर्थ जब तैँले निश्चित प्रकारका मानिसहरूको प्रकटीकरण, प्रकाश, र मानवता देख्छस्, तब तैँले तिनीहरूले सामना गरिरहेका समस्याहरू, तिनीहरू जिउने वातावरणमा रहेका तिनीहरूको समस्याहरूको जड के हो, साथै तैँले अहिले अवलोकन गरिरहेका घटनाहरूको सार के हो र तीभित्र रहेका समस्याहरूको जड कहाँ छ भन्ने कुरा जान्न सक्छस्। संज्ञानात्मक सामर्थ्यले मुख्य रूपमा दुई वटा पक्षलाई जनाउँछ: मानिस, घटना, र कामकुराहरूको सारलाई छर्लङ्ग देख्नु, र तिनीहरूको समस्याहरूको जडलाई छर्लङ्ग देख्नु। संज्ञानात्मक सामर्थ्यका बारेमा तिमीहरूले अरू के बुझ्न सक्छौ? के कसैले यसलाई ज्ञान बुझ्ने र सिक्ने सामर्थ्यका रूपमा बुझ्छ? (अहँ।) हामीले कुरा गरिरहेको संज्ञानात्मक सामर्थ्यमा मुख्य रूपमा मानिस र घटनाहरूलाई हेर्ने सामर्थ्य समावेश हुन्छ। यदि तैँले मानिसहरू र घटनाहरूलाई हेर्ने मानक अत्यन्तै न्यून छ, तेरो बुझाइ अत्यन्तै सतही छ, वा तैँले कुनै पनि मानिस, घटना, वा कामकुराहरूको सारलाई बुझ्न सक्दैनस् भने, तेरो संज्ञानात्मक सामर्थ्य अत्यन्तै कमजोर छ, वा अस्तित्वमा समेत छैन। यदि तेरो वरिपरिका मानिसहरूले जति नै स्पष्टतः गलत शब्दहरू वा गलत दृष्टिकोणहरू व्यक्त गरे पनि, तिनीहरूले जति नै धेरै गलत कदम चाले पनि, वा तिनीहरूले जति नै स्पष्ट भ्रष्टता प्रकट गरे पनि, तैँले समस्याको सार पत्ता लगाउन सक्दैनस्, तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्, तिनीहरू सही मानिसहरू हुन् कि होइनन्, तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन्, तिनीहरूको चरित्र कस्तो छ, वा त्यस्ता मानिसहरूको सार के हो भन्ने तँलाई थाहा हुँदैन भने—यदि तँलाई यीमध्ये कुनै पनि कुरा थाहा हुँदैन भने—तँसँग कुनै संज्ञानात्मक सामर्थ्य छैन। कुनै पनि व्यक्ति वा मामलाको सामना गर्दा, तँसँग मूल्याङ्कनको कुनै मानक हुँदैन। मामला बितेर गएपछि, तँसँग त्यस्ता समस्याहरूको सारका बारेमा कुनै निष्कर्ष हुँदैन, र योभन्दा पनि बढी तँसँग यसबारे बुझाइ हुँदै हुँदैन; अनि, अवश्य नै, तँसँग त्यस्ता मामलाहरूलाई सम्हाल्ने कुनै सिद्धान्त वा तिनका लागि अभ्यासका मार्गहरू हुँदैनन्—संज्ञानात्मक सामर्थ्य नहुनु भनेको यही हो। संज्ञानात्मक सामर्थ्यले मुख्य रूपमा मानिस, घटना, र कामकुराहरूलाई बुझ्ने व्यक्तिको सामर्थ्यलाई जनाउँछ। यो सामर्थ्यबारे हाम्रो छलफल यहीँ समाप्त हुन्छ।
नम्बर ६: तजबिज गर्ने सामर्थ्य
छैटौँ सामर्थ्य भनेको तजबिज गर्ने सामर्थ्य हो। तजबिज गर्ने सामर्थ्य भनेको कुनै मामलाको सामना गरेपछि, तैँले यो सही छ कि गलत छ, ठीक छ कि बेठीक छ, र सकारात्मक छ कि नकारात्मक छ भनेर तजबिज गर्न सक्नु, त्यसपछि त्यसलाई लिन र सम्हाल्नका लागि उचित तरिका निर्धारित गर्न आफ्नो तजबिज प्रयोग गर्नु हो। जब व्यक्तिले सामान्यतया कुनै मामलाको सामना गर्छ, चाहे त्यो उसले पहिले देखेको कुरा होस् वा नदेखेको कुरा होस्, पहिले अनुभव गरेको कुरा होस् वा नगरेको कुरा होस्, र मामला तुलनात्मक रूपमा सकारात्मक होस् वा नकारात्मक होस्, उसले त्यसप्रति कस्तो मनोवृत्ति अपनाउनुपर्छ? उसले त्यसलाई इन्कार गर्नुपर्छ कि अँगाल्नुपर्छ र स्वीकार गर्नुपर्छ? यदि तैँले यसलाई स्पष्ट रूपमा देखेपछि, तँसँग आफ्नै अडान हुन्छ र सत्यता सिद्धान्तहरू अनुरूपका सटीक दृष्टिकोणहरू हुन्छन् भने, यसले तँसँग तजबिज गर्ने सामर्थ्य छ भन्ने प्रमाणित गर्छ। उदाहरणका लागि, जब तैँले कुनै व्यक्तिले कुनै कुरा भनेको सुन्छस्, तब त्यसबारे विचार गरेपछि, तैँले त्यसको अर्थ के हो, बोल्ने व्यक्तिले कुन उद्देश्य हासिल गर्न चाहन्छ, उसले किन यी शब्दहरू बोल्छ, उसले किन त्यस्तो शब्द र लवज प्रयोग गर्छ, र त्यो कुरा भन्ने क्रममा उसको आँखामा किन निश्चित भाव हुन्छ भनेर निर्धारित गर्न सक्छस्। तैँले उसले भन्ने कुराको पछाडि रहेका अन्तर्निहित अभिप्राय, उद्देश्य, र मनसायहरू देख्न सक्छस्। तैँले पछि यी अन्तर्निहित अभिप्राय र मनसायहरूलाई जसरी सम्हाले पनि, तैँले घटना घट्नुको पछाडि रहेका केही अन्तर्निहित समस्या तुरुन्तै बुझ्न सक्छस्। ऊ के गर्न चाहन्छ, ऊ किन यसरी गर्न चाहन्छ, ऊ के उद्देश्य हासिल गर्न चाहन्छ, ऊ आफ्ना शब्दहरूद्वारा कस्तो प्रभाव पार्ने अभिप्राय राख्छ भन्ने कुरा, र यसमा संलग्न गुप्त माध्यम, युक्ति, र षड्यन्त्रहरू तँलाई थाहा हुन्छ। तैँले केही सङ्केतहरू देख्न सक्छस्, यहाँको समस्या साधारण होइन भन्ने कुरा थाहा पाउन सक्छस्, र तेरो हृदयमा सतर्कताको बोध समेत हुन सक्छ। यसले तँसँग तजबिज गर्ने सामर्थ्य छ भन्ने कुरालाई प्रमाणित गर्छ। यदि तँसँग तजबिज गर्ने सामर्थ्य छ भने, यसको अर्थ तँ राम्रो क्षमता भएको व्यक्ति होस् भन्ने हुन्छ। कसैका शब्दहरू जति नै कर्णप्रिय सुनिए पनि, धर्मसिद्धान्तका हिसाबमा ती सत्यतासँग जति नै मिल्ने भए पनि, उसको मनोवृत्ति अरूको नजरमा जति नै सिधा देखिए पनि, वा उसको उद्देश्य जति नै गहन रूपमा लुकेको भए पनि, तँ अझै पनि उसको बाहिरी प्रकटीकरण, घटना, वा उसले भन्ने कुराबाट समस्याको तजबिज गर्न सक्छस्—यसले तँसँग राम्रो क्षमता छ र तँसँग तजबिज गर्ने सामर्थ्य छ भन्ने कुरालाई प्रमाणित गर्छ। उदाहरणका लागि, कुनै मामलाको सामना गर्दा, यो मामला जति नै हदसम्म विकसित भएको भए पनि, तैँले यस मामलाको प्रक्रियालाई बुझेर यस मामलाको सार र समस्याको जडलाई छर्लङ्ग देख्न सक्छस्। यो तजबिज गर्ने सामर्थ्य हुनु हो। उदाहरणका लागि, जब ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले मण्डलीमा बाधा र अवरोध ल्याइरहेका हुन्छन्, तब यी मानिसहरूमध्ये नाइके को हो, अनुयायीहरू को हुन्, यस मामलामा कसले मुख्य भूमिका खेल्छ, र को निष्क्रिय छ, साथै यो मामलाले मानिसहरूमा कस्तो प्रभाव पार्नेछ, र यो मामला अझै विकसित भयो भने के-कस्ता प्रतिकूल परिणामहरू देखा पर्नेछन् भन्ने कुराका बारेमा भन्दा, तैँले यस मामलाका आधारभूत परिस्थितिहरू बुझेर समग्र परिस्थितिबारे तजबिज गर्न सक्छस्। त्यो बेलाको तेरो तजबिज मामलाको परिणाम अन्ततः कस्तो हुन्छ भन्ने कुराभन्दा केही हदसम्म फरक भए पनि, कम्तीमा पनि, तँसँग यस मामलालाई सम्हाल्ने दृष्टिकोण, मनोवृत्ति, र सटीक सिद्धान्तहरू हुन्छन्। तँसँग यस विषयमा तजबिज गर्ने सामर्थ्य छ भन्ने कुरा प्रमाणित गर्न यो नै पर्याप्त हुन्छ। अर्थात्, तँसँग कुनै मामलाको नाइके वा उक्साउने व्यक्ति को हो, वा भविष्यमा यो मामला कति हदसम्म विकसित हुनेछ, र यसलाई सम्हाल्न र यसलाई प्रतिकूल परिणामहरू ल्याउनबाट रोक्नका लागि तैँले कस्तो मनोवृत्ति र सिद्धान्तहरू प्रयोग गर्नुपर्छ भनेर तजबिज गर्ने सामर्थ्य हुन्छ। तँसँग तजबिज गर्ने सामर्थ्य छ, तेरो तजबिजको तर्क र विधि सही छ, र तेरो तजबिजको आधार कम्तीमा पनि मानवताअनुरूप छ, वा अझै राम्रो त, सत्यता सिद्धान्तहरूअनुरूप छ भने, यसले तँसँग तजबिज गर्ने सामर्थ्य छ भन्ने कुरा प्रमाणित गर्छ। तेरो तजबिज र मामलाका बीचमा केही हदसम्म भिन्नता भए पनि, तेरो तजबिजको एउटा आधार छ भने, तेरो तजबिज मामला आफै कसरी विकसित हुन्छ भन्ने ढाँचाहरूअनुरूप हुन्छ, र उस्तै वा समान समस्याहरूको जड र सार अनुरूप हुन्छ—अनि, यसबाहेक, यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ—तँसँग तजबिज गर्ने सामर्थ्य छ भनेर पनि भन्न सकिन्छ। तजबिज गर्ने सामर्थ्य हुनुले तैँले समस्याहरूका बारेमा सोच्न सक्छस् भन्ने कुरा प्रमाणित गर्छ। यदि तेरा तजबिजहरू मामलाको जड, सार, र अरू सबै पक्षसँग मिल्छन् भने, यसले तँ राम्रो क्षमता भएको व्यक्ति होस् भन्ने कुरालाई प्रमाणित गर्छ।
व्यक्तिले जुनसुकै मानिस वा मामलाहरूको सामना गरे पनि, व्यक्तिमा सही सोचाइ छ भने मात्रै, र कुनै मामला सही छ कि गलत छ, ठीक छ कि बेठीक छ, वा यो सकारात्मक छ कि नकारात्मक छ भनेर तजबिज गर्ने आधारमा मात्रै, उसले यसलाई सम्हाल्ने र समाधान गर्ने पछिको योजना बनाउन सक्छ। यदि व्यक्तिलाई समस्याहरूका बारेमा कसरी सोच्ने भन्ने थाहा छैन भने—विशेष गरी भन्दा, यदि उसले समस्याहरूको तजबिज गर्न सक्दैन भने—उसले समस्याहरू सम्हाल्न पनि सक्दैन, अर्थात्, उसमा समस्याहरू सम्हाल्ने सामर्थ्यको कमी हुन्छ। समस्याहरू सम्हाल्ने जोकोहीले कुनै मामला सही छ कि गलत छ भनेर तजबिज गर्ने आधारमा त्यसो गर्छ; नत्र, समस्या समाधान गर्ने उसको योजना र उसको अभ्यासको मार्गमा आधारको कमी हुनेछ। उदाहरणका लागि, कसैले तँलाई निश्चित मण्डलीमा मण्डली जीवन राम्रो छैन भनेर रिपोर्ट गर्छ; धेरैजसो मानिस नकारात्मक र उदासीन हुन्छन्, र तिनीहरू भेला हुन वा आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक हुन्छन्। तँ यस्तो परिघटनाको तजबिज गर्छस्? के यो वास्तविक जीवनको समस्या हो? (हो।) यो वास्तविक जीवनको समस्या भएको हुनाले, तैँले यसलाई सम्हाल्न र समाधान गर्न अभ्यासको निश्चित योजना बनाउनुपर्छ। समस्या समाधान गर्नुभन्दा पहिले, के तैँले यो समस्याको जड र सार के हुन्, र कुन-कुन मानिसहरूले यसलाई पैदा गरिरहेका छन् भनेर तजबिज गर्नु पर्दैन र? के तैँले यी कुराहरूको तजबिज गर्नु पर्दैन र? (पर्छ।) सोचेर मात्रै तँ तजबिज गर्न सक्छस्, र तजबिज गरेपछि मात्रै तँ समस्याको जड पहिचान गर्न सक्छस्, अनि समस्याको जड र सारका आधारमा, तैँले त्यसपछि समस्यालाई सम्हाल्ने उचित र उपयुक्त विधिहरू र समाधान गर्ने योजनाहरू निर्धारित गर्न सक्छस्। यदि तँलाई निश्चित मण्डलीको मण्डली जीवन राम्रो छैन भन्ने थाहा पाएको तर तँलाई त्यसको कारण थाहा नभएको भए, तैँले समस्याको जड कहाँ छ भनेर कसरी तजबिज गर्नेथिइस्? (म सुरुमा यो समस्या सीधै मण्डली अगुवासँग सम्बन्धित छ भन्ने सोच्ने थिएँ। यदि मण्डली अगुवासँग आत्मिक बुझाइ छैन, उसले परमेश्वरमा विश्वास गरेको वर्षौँ भएको छ तर उसले सत्यता बुझ्दैन, उसले सामना गर्ने कुनै पनि समस्यालाई सम्हाल्न सक्दैन, र परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरका वचनहरू खान-पिउन वा सत्यताबारे सङ्गति गर्न अगुवाइ गर्न जान्दैन भने, त्यस्तो झुटो अगुवा भएको मण्डलीमा अवश्य नै राम्रो मण्डली जीवनको कमी हुन्छ।) यो एउटा तजबिज हो। सामान्यतया, सरल समस्याहरूका हकमा भन्दा, यदि एउटा तजबिज सही छ भने, यसले तँलाई समस्याको जड बोध गर्न सहयोग गर्न सक्छ। तर, कतिपय समस्या जटिल हुन्छन्, र यदि तैँले बुझेको जानकारी पूर्ण छैन भने, तेरो एकल तजबिजले तँलाई समस्याको जड बोध गर्न नदिने सम्भावना हुन्छ। त्यसोभए, के दोस्रो र तेस्रो तजबिज पनि हुन्छ? (हुन्छ।) तीन वटा तजबिज गरेपछि, यीमध्ये एउटा सबैभन्दा सटीक हुन सम्भव छ। त्यसोभए तिमीहरू अरू के-कस्ता तजबिजहरूबारे सोच्न सक्छौ? (म के सोच्न सक्छु भने, यस मण्डलीका मानिसहरूको क्षमता सामान्यतया कमजोर छ र सत्यता बोध गर्ने तिनीहरूको सामर्थ्य कमजोर छ, र तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। त्यसकारण त्यहाँको मण्डली जीवनका नतिजाहरू कमजोर छन्।) के यो परिस्थितिको वास्तविकताअनुरूप छ? यो दोस्रो तजबिज हो। के अरू कुनै तजबिजहरू छन्? (म यस मण्डलीमा दुष्ट मानिसहरूले बाधा दिइरहेका छन् कि छैनन् भन्ने बारेमा पनि विचार गर्छु।) यो तेस्रो तजबिज हो। यी तीन वटा तजबिजमध्ये कुन वास्तविक परिस्थितिसँग बढी मिल्छ र बढी यथार्थपरक छ, र कुन खोक्रो छ? (मलाई दोस्रो तजबिज अलिक खोक्रो लाग्छ। वास्तवमा, यदि मण्डलीमा कामका लागि जिम्मेवार अगुवाका रूपमा उपयुक्त व्यक्ति छ भने, मण्डली जीवनका नतिजाहरू राम्रा हुनेछन्। परमेश्वरका वचनहरू खाएर-पिएर र सत्यता बुझेर, दाजुभाइ-दिदीबहिनीहरूले अवश्य नै आफ्नो कर्तव्य निर्वाह गर्ने उत्प्रेरणा प्राप्त गर्नेछन्। मलाई पहिलो र तेस्रो तजबिजहरू बढी यथार्थपरक छन् जस्तो लाग्छ।) दोस्रो तजबिज खोक्रो धर्मसिद्धान्त हो। पहिलो र तेस्रो तजबिजहरू वास्तविक परिस्थितिसँग मिल्छन् र ती सटीक छन्। एक हिसाबमा, यी दुई वटा तजबिजले तार्किक सोचाइ लागू गर्छन्; अर्को हिसाबमा, ती वास्तविक जीवनमा सामान्य रूपमा पाइने केही घटनामा आधारित छन्। यदि तँ आम घटनाहरू बोध गर्न सक्छस् भने, यसले तेरो सोचाइ सही छ र यो तर्कअनुरूप छ भन्ने प्रमाणित गर्छ। यदि तँ वास्तविक परिस्थिति बोध गर्न सक्दैनस्, र तेरो तजबिज वास्तविक जीवनबाट अलग छ भने, यसले तेरो सोचाइमा तर्कको कमी छ र यसमा समस्याहरू छन्, र तँ समस्याहरूलाई अवास्तविक र गैर-वस्तुगत तरिकाले हेर्छस् भन्ने प्रमाणित गर्छ। पहिलो र तेस्रो तजबिज वस्तुगत छन्। एउटा परिस्थिति के हुन सक्छ भने, मण्डली अगुवालाई काम कसरी गर्ने भन्ने थाहा हुँदैन। ऊ आफैसँग जीवन प्रवेशको कुनै मार्ग हुँदैन, त्यसकारण मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवाइ गर्नका लागि ऊसँग झनै कम मार्ग हुन्छ। परिणामस्वरूप, त्यहाँको मण्डली जीवनमा सुधार आउँदैन। वास्तवमा, मण्डलीका धेरैजसो मानिसहरूले परमेश्वरमा इमानदारी साथ विश्वास गर्छन् र तिनीहरूमा उत्प्रेरणा हुन्छ, तर मण्डली जीवनले वास्तवमा कुनै फल दिँदैन। हरेक भेलामा एउटै दिनचर्या पछ्याइन्छ: गाउने, प्रार्थना गर्ने, परमेश्वरका वचनहरू पढ्ने, अनि त्यसपछि अगुवा वा डिकनले केही सतही बुझाइ वा धर्मसिद्धान्तहरू बाँड्छन्। त्यहाँका कमै मानिसहरूले वास्तविक अनुभवात्मक बुझाइका बारेमा कुरा गर्न सक्छन्। यसमाथि, मण्डली अगुवाको क्षमता कमजोर हुन्छ र उसको अनुभव सतही हुन्छ, र उसले समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्न सक्दैन। त्यसकारण मण्डली जीवन नीरस देखिन्छ र आनन्ददायी देखिँदैन। धेरै भेलाहरू भएका हुन्छन् तर तीबाट कसैले पनि केही प्राप्त गरेका हुँदैनन्, त्यसकारण धेरैजसो मानिसहरूलाई त्यस्ता भेलाहरूमा सहभागी हुनु घरमा परमेश्वरका वचनहरू पढ्नुभन्दा कम फाइदाजनक हुन्छ भन्ने लाग्छ, र तिनीहरू सहभागी हुन अनिच्छुक हुन्छन्। कतिपय मानिसहरूले परमेश्वरमा विश्वास गरेको एक-दुई वर्ष भएपछि र केही सत्यता बुझेपछि, कर्तव्य पूरा गर्न चाहन्छन्। तर, कतिपय मण्डली अगुवाहरूलाई कुन मानिसहरू कुन कर्तव्यका लागि उपयुक्त छन् वा तिनीहरू कस्तो कामका लागि उपयुक्त छन् भन्ने थाहा हुँदैन। तिनीहरूले मानिसहरूलाई उचित रूपमा बन्दोबस्त गर्न वा मानिसहरूलाई प्रयोग गर्न सक्दैनन्, न त तिनीहरूले मानिसहरूलाई साथ दिन र तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न मद्दत गर्नका लागि आफ्ना अनुभवहरू प्रयोग गर्न नै सक्छन्। यसले गर्दा कतिपय मानिसहरू नकारात्मक बन्न सक्छन् र आफ्नो कर्तव्य पूरा गर्न अनिच्छुक हुन सक्छन्। वास्तवमा, आफ्नो कर्तव्य पूरा गर्न इच्छुक हुने धेरैजसो मानिसहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्; तिनीहरूलाई साथ र सहयोगको कमी मात्रै हुन्छ। यदि मण्डली अगुवा र डिकनहरूले परमेश्वरका वचनहरू अनुसार मानिसहरूलाई साथ दिन र सहयोग गर्न सक्छन् भने, मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न इच्छुक मानिसहरूको सङ्ख्या बढ्नेछ, र तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्नेछन्। मण्डली अगुवा र डिकनहरूलाई काम कसरी गर्ने भन्ने थाहा नभएकाले नै मण्डली जीवनले खराब परिणामहरू दिन्छ र कतिपय समस्याहरू लामो समयसम्म समाधान हुँदैनन्, र केही समयपछि, धेरै मानिसहरू नकारात्मक बन्छन् र तिनीहरूमा कुनै जोस हुँदैन; यसले परमेश्वरका चुनिएका मानिसहरूलाई तिनीहरूको कर्तव्य निर्वाह गर्ने कार्यमा असर गर्छ। यदि मण्डली जीवनका परिणामहरू कमजोर छन् भने, मुख्य रूपमा मण्डली अगुवा र डिकनहरूलाई मण्डलीको काम कसरी गर्ने भन्ने थाहा नभएर यस्तो हुन्छ। यो एउटा परिस्थिति हो। अर्को परिस्थिति के हो भने, ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले शक्ति हातमा लिँदा र मण्डलीमा बाधाहरू पैदा गर्दा यस्तो हुने गर्छ, र यस्तो बेला-बेला भइरहने गर्छ। जब मण्डली अगुवाहरूलाई काम कसरी गर्ने भन्ने थाहा हुँदैन, र शक्ति हातमा लिएका, निरन्तर गुटबन्दी गर्ने, स्वतन्त्र राज्यहरू स्थापना गर्ने, र अरूलाई कष्ट दिने र दमन गर्ने ख्रीष्टविरोधी र दुष्ट मानिसहरू पनि हुन्छन्, तब यसले गर्दा परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्न इच्छुक कतिपय दाजुभाइ-दिदीबहिनीहरू दमन, कष्ट, र निष्कासनमा पर्छन्। तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न त चाहन्छन् तर तिनीहरूसँग कुनै अवसर हुँदैन, जसले गर्दा तिनीहरू नकारात्मक र कमजोर हुन्छन्। परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने यी मानिसहरूलाई ख्रीष्टविरोधीहरू र तिनीहरूको समूहसँग भेला हुँदा कुनै आनन्द हुँदैन। ख्रीष्टविरोधीहरूले सधैँ शक्ति हातमा लिन र आफूलाई स्थापित गर्न चाहन्छन्। जब परमेश्वरमा साँचो रूपमा विश्वास गर्नेहरू भेलाहरूमा सहभागी हुन्छन्, तब तिनीहरूले अझै धेरै सत्यता बुझ्न र आफ्ना अनुभवहरू बाँड्न चाहन्छन्, तर ख्रीष्टविरोधीहरूले तिनीहरूलाई दमन गर्छन् र तिनीहरूलाई मौका दिँदैनन्। परिणामस्वरूप, मण्डली जीवन अव्यवस्थित बन्छ; मानिसहरू अस्तव्यस्त भएर टुक्रिन्छन् र भेलाहरू त्यसउप्रान्त रमाइला हुँदैनन्। मानिसहरूमा भएको थोरै उत्साह र प्रेम हराउँछ, र तिनीहरू त्यसउप्रान्त आफ्नो कर्तव्य पूरा गर्न इच्छुक हुँदैनन्। मण्डली जीवनका खराब नतिजाहरू यीमध्ये कुनै पनि कारणले आएका हुन सक्छन्। तिमीहरूले सोच्न र तजबिज गर्न सक्ने कुरा यही हो। यदि तैँले तजबिज गरेर निकालेको निष्कर्ष वास्तविक परिस्थितिसँग सम्बन्धित छ भने, यो आंशिक रूपमा मात्रै सम्बन्धित भए पनि वा यसले कुनै सम्भावित समस्या पहिचान मात्रै गरे पनि, यो अझै पनि तजबिज गर्ने सामर्थ्य हुनुको प्रकटीकरण हो। कम्तीमा पनि, तैँले तजबिज गरेर निकाल्ने निष्कर्ष र विचार धर्मसिद्धान्त, खोक्रो वा कहिल्यै अस्तित्वमा नहुने कुरासँग नभई वास्तविक परिस्थितिसँग सम्बन्धित हुन्छन्। यसले तँसँग तजबिज गर्ने सामर्थ्य छ भन्ने कुरा प्रमाणित गर्छ। यदि तैँले हरेक मामलाबारे निकाल्ने निष्कर्षहरू कामकुराहरू कसरी विकसित हुन्छन् वा वास्तविक जीवनमा कुनै पनि मामला कस्तो भएर निस्कन्छ भन्ने सामान्य ढाँचाहरूसँग मिल्दैनन्, र ती पूर्ण रूपमा कल्पना गरिएको, खोक्रा, अवास्तविक, र झुटा हुन्छन्, र वास्तविक परिस्थितिहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन भने, यसको अर्थ तँसँग तजबिज गर्ने सामर्थ्य छैन वा तँ तजबिज गर्दा बारम्बार गल्ती गर्छस् भन्ने हुन्छ। त्यसोभए तिमीहरूले अघि उल्लेख गरेको दोस्रो तजबिज, अर्थात् मण्डली जीवनका कमजोर नतिजाहरू यस मण्डलीका मानिसहरूको क्षमता कमजोर भएकाले र तिनीहरूले सत्यतालाई प्रेम नगरेकाले आएका हुन् भन्ने कुराका बारेमा के भन्ने—यो कस्तो तजबिज हो? (यो तजबिजमा गरिएको गल्ती हो।) यसलाई तजबिज गर्दा गल्ती गर्नु भनिन्छ। यदि तँ त्यस्ता मामलाहरूमा प्रायजसो देखा पर्ने परिस्थितिहरू—अर्थात्, देखा पर्ने सबैभन्दा बढी सम्भावना भएका केही परिस्थिति—पूर्ण रूपमा बुझ्न सक्दैनस् र तँ तजबिजमार्फत एउटा परिस्थिति मात्रै अघि सार्छस्, वा तँ सम्भावित परिस्थितिहरूका बारेमा सोच्न त सक्छस् तर असम्भव परिस्थितिहरूका बारेमा पनि सोच्छस् भने, यसले के प्रमाणित गर्छ? यसले तेरो तजबिज गर्ने सामर्थ्य औसत छ भन्ने कुरा प्रमाणित गर्छ। तजबिज गर्ने औसत सामर्थ्य भएको व्यक्तिले कुनै मामलाबारे केही विचार त गर्छ तर ऊ निश्चित हुन सक्दैन। त्यस्ता परिस्थितिहरूमा, उसले गर्ने तजबिज सटीक हुँदैन। यदि कुनै व्यक्तिका तजबिजहरू कहिलेकाहीँ सही हुन्छन् र कहिलेकाहीँ गलत हुन्छन्, र कतिपय तजबिज वास्तविक परिस्थितिसँग मिल्छन् अनि अरू मिल्दैनन्, तर असटीक तजबिजहरू तुलनात्मक रूपमा बढी हुन्छन् भने, यसले उसको तजबिज गर्ने सामर्थ्य कमजोर छ भन्ने कुरालाई जनाउँछ। मानौँ उसले तजबिजमार्फत निकाल्ने निष्कर्षहरू पूर्ण रूपमा खोक्रा हुन्छन्, कामकुराहरू विकसित हुने ढाँचाहरूसँग पटक्कै मिल्दैनन्, र ती सामान्यतया वा बारम्बार हुने घटनाहरूसँग मिल्दैनन्, र तथ्यहरूसँग पूर्ण रूपमा असम्बन्धित हुन्छन्। उसका तजबिजहरू कल्पनाहरू बाहेक केही पनि हुँदैनन्, कामकुराहरू कसरी विकसित हुन्छन् भन्ने कुराका ढाँचाहरू वा मानवताको सारसँग तिनको कुनै सम्बन्ध हुँदैन, र ती वास्तविक जीवनको प्रसङ्ग र वरपरको वातावरणसँग पूर्ण रूपमा अमिल्दा हुन्छन्। अर्थात्, मानौँ उसको तजबिज वास्तविकतासँग जोडिएको छैन—उसले तजबिजमार्फत निकाल्ने कुरा वास्तविक जीवनमा कहिल्यै हुन सक्दैन, र उसले बताउने कुरा समस्याको सार पटक्कै हुँदैन। यदि त्यसो हो भने, यस व्यक्तिसँग तजबिज गर्ने कुनै सामर्थ्य हुँदैन।
कुनै व्यक्तिमा तजबिज गर्ने सामर्थ्य छ कि छैन भनेर जाँच्नका लागि, मुख्य कुरा भनेको विभिन्न प्रकारका मानिसहरू र विभिन्न प्रकारका कुराहरूबारे उसका तजबिजहरू सटीक छन् कि छैनन् भनेर हेर्नु हो। उदाहरणका लागि, मानौँ तैँले कुनै व्यक्ति रोइरहेको देख्छस् र तँलाई ऊ किन रोएको हो भन्ने थाहा छैन। ऊ अत्यन्तै पीडाको साथ र अत्यन्तै दुःखको साथ रोइरहेको छ, र उसले बेला-बेलामा प्रार्थना गरिरहेको र परमेश्वरका वचनहरू पढिरहेको पनि छ, र ऊसँग बोल्ने कसैलाई उसले जवाफ दिँदैन भन्ने कुरा तैँले देख्न सक्छस्। तँलाई यस व्यक्तिलाई के भइरहेको हो भनेर तजबिज गर्न लगाइन्छ, र तँ भन्छस्, “उसलाई घरको याद आएको होला। उसकी आमा केही समय पहिले बिरामी परिन्, त्यसकारण ऊ घर जान चाहन्छ।” के यो तजबिज सही छ? कतिपय मानिसहरूले भन्छन्, “उसलाई नकारात्मक महसुस भइरहेको हुन सक्छ। प्रायजसो जब मानिसहरू रुन्छन्, तब तिनीहरूको भावनामा चोट पुगेको हुन्छ। उदाहरणका लागि, हेपाइमा पर्दा वा ठगिएपछि मानिसहरू रुन्छन्। जब उसले कुनै समस्याको सामना गर्छ र उसलाई अन्यायपूर्ण व्यवहार गरिएको हुन्छ, तब ऊ सधैँ रुन्छ, र ऊ अरूसँग बोल्न वा अन्तरक्रिया गर्न अनिच्छुक हुन्छ। यो नकारात्मक महसुस हुनुको प्रकटीकरण हो।” अरूले यस्तो तजबिज गर्छन्: “ऊ प्रायजसो बाहिर गएर सुसमाचार प्रचार र आफ्नो कर्तव्य निर्वाह गर्ने गर्थ्यो, तर अहिले उसले लामो समयदेखि घरभित्र आफ्नो कर्तव्य निर्वाह गर्दै आइरहेको छ, र ऊ यसमा अभ्यस्त नभएको हुन सक्छ र उसलाई दबिएको महसुस भएको हुन सक्छ।” के अरू कुनै सम्भावनाहरू छन्? कतिपय मानिसहरूले भन्छन्, “सायद उसले हिजो मासु खान पाएको थिएन, जसले गर्दा ऊ दुःखी भयो, त्यसैले ऊ रोइरहेको छ।” अरूले भन्छन्, “हिजो ऊ मसँग कुरा गर्न आएको थियो। मलाई ऊ कतै गइरहेको मात्रै होला भन्ने लाग्यो, त्यसकारण मैले ऊतिर नजर लगाएँ तर केही पनि भनिनँ। के त्यसले उसलाई रिस उठाएको हुन सक्छ? के ऊ यसको कारण रोइरहेको हुन सक्छ?” यस मामलालाई वास्तविक परिस्थितिअनुरूप हुने गरी कसरी तजबिज गर्नुपर्छ? के यो कुरालाई तजबिज गर्न सजिलो छ? (म केही तजबिज गर्न सक्छु। भर्खरै उल्लेख गरिएका केही कारण—घरको याद आउनु, भावनामा चोट पुग्नु, वा उदास र दबाबमा परेको मुड—यी सबै स्थितिले व्यक्तिलाई रुवाउन सक्छन्। तर, मासु खान नपाउनु वा कसैसँग बोल्दा बेवास्ता गरिनु जस्ता सानातिना कुराहरू व्यक्तिलाई रुवाउनका लागि पर्याप्त हुँदैनन्।) व्यक्तिलाई साह्रै रुवाउने कारणहरू के-के हुन्छन्? गुनासो, दुःख, कसैको वा कुनै कुराको याद आउनु, ऋणीपनको बोध। त्यसकारण, तैँले उसलाई सोध्नुपर्छ, “तिमी किन रोइरहेको? तिमीलाई अन्यायपूर्ण व्यवहार गरिएकाले र तिमीलाई दुःख लागेकाले तिमी रोइरहेका हौ कि तिमीले आत्मचिन्तन गरिरहेको र तिमीले परमेश्वरप्रति धेरै ऋणी भएको छु भन्ने महसुस गरेकाले तिमी रोइरहेका हौ?” ऊसँग यसरी हार्दिक कुराकानी गरेर, ऊ किन रोइरहेको छ भन्ने कुरा तँलाई थाहा हुनेछ। छोटकरीमा भन्दा, उसले अघाउञ्जेल खान नपाएकाले वा मासु खान नपाएकाले ऊ रोइरहेको हुन सक्छ भन्ने कुरा असम्भव छ, न त अरूले उसलाई बेवास्ता गरेकाले वा उसलाई देखेर आँखा फर्काएकाले नै ऊ रोएको हुन सक्छ। अवश्य नै, सामान्य परिस्थितिहरूमा, थोरै कठिनाइ भोग्दा व्यक्ति रुँदैन, र कहिलेकाहीँ खराब मुडमा हुँदा पनि उसलाई रुन आउँदैन। व्यक्तिलाई रुवाउने कुराहरू प्रायजसो माथि उल्लेख गरिएका केही परिस्थितिहरू मात्रै हुन्। ऊ किन रोइरहेको छ भनेर तैँले ती सधैँका परिस्थितिहरूका आधारमा तजबिज गर्न सक्छस्, अनि त्यसपछि तैँले सधैँजसो र निरन्तर देखिने उसका प्रकटीकरणहरूका आधारमा तजबिज गर्न सक्छस्—जस्तै उसले दुःखको कुरा वा पीडा बल्झाउने कुराको सामना नगरेसम्म ऊ रुँदैन, उसले सजिलै आँसु झार्दैन, र ऊ विशेष रूपमा दुःखी बनाउने कुराहरू र उसको प्राणलाई विशेष रूपमा छुने कुराहरूका बारेमा कुरा गर्दा मात्रै रुन्छ, वा उसले कुनै गलत काम गरेको हुन्छ वा गम्भीर गल्ती गरेको हुन्छ र उसले आफू परमेश्वरप्रति ऋणी भएको भन्ने महसुस गर्छ भने मात्रै ऊ रुन्छ—यस प्रसङ्गका आधारमा तजबिज गर्दा, तैँले ऊ किन रोइरहेको छ भन्ने कुरा लगभग पत्ता लगाउन सक्छस्। एउटा परिस्थिति के हो भने, यदि परिवारको कुनै सदस्य गम्भीर रूपमा बिरामी भयो वा बित्यो भने ऊ रुन्छ, अर्को अवस्था के हो भने, उसलाई नै गम्भीर रोग लागेको छ र ऊ सन्तप्त भएको छ भने ऊ रुन्छ। अर्कोतिर, उसले कुनै गलत काम गरेको र तसर्थ अपराध गरेको हुनाले, र उसले परमेश्वरप्रति ऋणी छु भन्ने महसुस गरेर उसले आफ्नो मार्ग परिवर्तन गर्न सक्दो गर्न चाहेको तर अझै पनि उसमा कमजोरीहरू रहेको र उसले तिनलाई जित्न नसकेको भएर पनि ऊ रोएको हुन सक्छ; यी मिश्रित जटिल भावनाहरूले गर्दा ऊ रुन्छ। यी तजबिजहरू वास्तविक परिस्थितिसँग तुलनात्मक रूपमा मिल्छन्। उसका निरन्तरका प्रकटीकरणहरू र उसको व्यक्तित्वका विशेषताहरूका आधारमा तजबिज गरेर, तैँले अहिले ऊ किन रोएको हो भन्ने कुराको जड पत्ता लगाउन सक्छस्। यसरी, तजबिज तुलनात्मक रूपमा बढी सटीक हुनेछ। एक हिसाबमा, त्यस्ता मानिसहरूको कद र तिनीहरूले अहिले अनुभव गरिरहेका केही समस्याहरू, र अर्को हिसाबमा, तिनीहरूको मानवताका त्रुटिहरू, साथै तिनीहरूले प्रायजसो प्रकट गर्ने केही भ्रष्टता र कमजोरीहरूलाई बुझेर, तैँले आधारभूत रूपमा दायरालाई सीमित गर्न, र यही दायराभित्र यस व्यक्तिको समस्याको जड के हो भनेर तजबिज गर्न सक्छस्। यसरी तजबिज गर्नु तुलनात्मक रूपमा सटीक हुनेछ।
हामीले अब राम्रो क्षमता भएका, औसत क्षमता भएका, र कमजोर क्षमता भएका मानिसहरूको तजबिज गर्ने सामर्थ्यका प्रकटीकरणहरूका बारेमा सङ्गति समाप्त गरिसकेका छौँ, होइन र? (हो।) सबैभन्दा खराब क्षमता भएका मानिसहरूको वर्ग पनि छ। जेसुकै भए पनि वा कसैले जे गरेको तिनीहरूले देखे पनि, त्यस्ता मानिसहरूलाई कसरी तजबिज गर्ने भन्ने थाहा हुँदैन। किन थाहा हुँदैन? किनभने तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ, तिनीहरूमा तजबिज गर्ने कुनै सामर्थ्य हुँदैन, र तिनीहरूलाई कामकुराहरूको तजबिज कसरी गर्ने भन्ने थाहा हुँदैन। उदाहरणका लागि, मानौँ तिनीहरूले कसैले नकारात्मक कुरा भनेको सुन्छन्। यो नकारात्मक अभिव्यक्तिको सार र प्रकृति के हुन् भन्ने कुराको हकमा भन्दा, तिनीहरूलाई आफ्नो तजबिज केमा आधारित गर्ने भन्ने थाहा हुँदैन, र तिनीहरूलाई यसको अत्तोपत्तो हुँदैन। समस्याहरूका बारेमा कसरी सोच्ने र कामकुराहरूको तजबिज कसरी गर्ने भनेर थाहा नहुनु भनेको यही हो। जब तिनीहरूले कसैले कुनै काम गरेको देख्छन्, तब तिनीहरूले यस मामलाको प्रकृति के हो, वा यो व्यक्तिको चरित्र कस्तो छ भनेर मामलाको सारका आधारमा तजबिज गर्न सक्दैनन्; तिनीहरूलाई आफूलाई आचरणमा ढाल्नुको अनुभवका आधारमा यी कुराहरूलाई कसरी तजबिज गर्ने भन्ने थाहा हुँदैन, अनि परमेश्वरका वचनहरूका आधारमा कसरी तजबिज गर्ने भन्ने थाहा हुनु त परको कुरा हो। त्यसकारण, तिनीहरूसँग तजबिज गर्ने सामर्थ्य हुँदैन। कामकुराहरूको तजबिज गर्न नसक्नुको जड के हो? त्यसको जड के हो भने, यस्तो व्यक्तिलाई समस्याहरूका बारेमा कसरी सोच्ने भन्ने थाहा हुँदैन, र मानिसहरू र कामकुराहरूलाई हेर्ने मामिलामा, तिनको कुन पक्षलाई हेर्ने, तिनलाई कसरी हेर्ने, वा तिनलाई कुन आधारमा हेर्ने भन्ने उसलाई थाहा हुँदैन। अनि, तिनीहरूलाई पछि के-कस्तो निष्कर्ष निकाल्ने, कसरी निष्कर्ष निकाल्ने, वा निष्कर्षमा पुगेपछि यस्तो व्यक्ति वा मामलालाई कसरी लिने र सम्हाल्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन। उसको मन या त खोक्रो हुन्छ या त धमिलो हुन्छ। यो तजबिज गर्ने सामर्थ्यको कमी हुनु हो। तजबिज गर्ने सामर्थ्य नभएका मानिसहरूको मुख्य समस्या के हो भने, तिनीहरू कुनै पनि सिद्धान्त बुझ्दैनन् वा जान्दैनन्, र तिनीहरूमा आफूलाई आचरणमा ढाल्ने अनुभव समेत हुँदैन। त्यसकारण, जब तिनीहरूले विभिन्न प्रकारका मानिसहरूसँग अन्तरक्रिया गर्छन्, तब तिनीहरूलाई कुन-कुन प्रकारका मानिसहरू सङ्गत गर्न लायक हुन्छन् र कुन-कुन प्रकारका मानिसहरू लायक हुँदैनन् भन्ने थाहा हुँदैन; तिनीहरूलाई कुन-कुन मानिसहरू तुलनात्मक रूपमा दयालु छन् र आफ्ना कमीकमजोरीहरूलाई पूर्ति गर्नका लागि आफूले सिक्न सक्ने केही सबल पक्षहरू पनि भएका मानिसहरू को-को हुन् र आफूलाई कसले सहयोग र फाइदा दिन सक्छ भन्ने थाहा हुँदैन; कुन-कुन प्रकारका मानिसहरूलाई सहन सकिन्छ र मन नलागी-नलागी मिल्न सकिन्छ; र कुन-कुन प्रकारका मानिसहरूमा यति दुष्ट मानवता हुन्छ कि तिनीहरूसँग सङ्गत गर्दा सजिलै समस्या वा विवाद पैदा हुन सक्छ, त्यसकारण तिनीहरूलाई टाढा राख्नुपर्छ भन्ने तिनीहरूलाई थाहा हुँदैन—तिनीहरू यी सबै कुराबारे अनजान हुन्छन्। छोटकरीमा भन्दा, तजबिज गर्ने सामर्थ्य नभएका यी मानिसहरूलाई केही थाहा हुँदैन र तिनीहरू कुनै पनि व्यक्ति वा मामलाको तजबिज गर्न सक्दैनन्। तर तिनीहरूसँग आफ्नै तौरतरिका पनि हुन्छ, र तिनीहरूले पालना गर्ने निश्चित नियम हुन्छ। तिनीहरूले भन्छन्, “मैले जोसुकैसँग कामकुरा सम्हालिरहेको वा बोलिरहेको भए पनि, म ठट्टा गरेर उसलाई टार्छु। म कसैप्रति शत्रुता राख्दिनँ। तिनीहरू असल व्यक्ति भए पनि वा खराब व्यक्ति भए पनि, तिनीहरूले परमेश्वरमा साँचो रूपमा विश्वास गरे पनि वा नगरे पनि, तिनीहरूले सत्यतालाई प्रेम गरे पनि वा नगरे पनि—म तिनीहरूसँग मिलेर बस्छु, र म कसैलाई चिढ्याउँदिनँ। जब म दुष्ट मानिसहरूलाई देख्छु, तब म तिनीहरूबाट टाढा बस्छु; जब म नम्र मानिसहरूलाई देख्छु, तब म तिनीहरूलाई हेप्छु।” तिनीहरूको दुष्ट तर्क यही हो। तिनीहरूलाई कुन प्रकारका मानिसहरूसँग सङ्गत गर्नुपर्छ, कुन प्रकारका मानिसहरूबाट टाढा बस्नुपर्छ, र कुन प्रकारका मानिसहरूसँग कहिल्यै सङ्गत गर्नु हुँदैन वा कहिल्यै व्यवहार गर्नु हुँदैन भन्ने थाहा हुँदैन। तिनीहरूले अलिकति पनि खुट्ट्याइ प्रयोग गर्दैनन् र तिनीहरूले सबैलाई उस्तै ठान्छन्, र सबैसँग समान व्यवहार गर्छन्। व्यक्ति जोसुकै भए पनि, तिनीहरूसँग त्यो व्यक्तिका बारेमा अनुकूल राय छैन भने, तिनीहरूले उसलाई बाहिरी व्यक्ति वा शत्रुका रूपमा लिनेछन्। कुनै व्यक्ति जति नै असल भए पनि, त्यस व्यक्तिले तिनीहरूलाई कुनै फाइदा दिँदैन भने, तिनीहरूले त्यो व्यक्तिसँग सतर्कताका साथ व्यवहार गर्नेछ। तिनीहरूले कसैको अघि आफ्नो हृदय खोल्दैनन् र तिनीहरूले सबैसँग सतर्कताका साथ व्यवहार गर्छन्। त्यस्ता मानिसहरू असल क्षमता भएका मानिसहरू हुन् कि कमजोर क्षमता भएका मानिसहरू? (कमजोर क्षमता भएका।) तिनीहरूको क्षमता कमजोर भएको हुनाले, तिनीहरूमा कसरी त्यस्ता विचारहरू हुन सक्छन्? त्यस्ता मानिसहरू सानो मनका मानिसहरू मात्रै हुन्। क्षमता नभएका मानिसहरू र मानसिक रूपमा अशक्त मानिसहरूको बीचमा के भिन्नता हुन्छ? क्षमताविनाका मानिसहरू मानसिक रूपमा कमजोर र मूर्ख हुन्छन्। आफ्नो गाँस-बासको जोहो गर्ने, इज्जत कायम राख्ने, र फाइदा लिन र कुनै घाटा नभोग्न केही युक्ति राख्ने बाहेक, तिनीहरूसँग कुनै क्षमता हुँदैन। अर्कोतर्फ, मानसिक रूपमा अशक्त मानिसहरूमा आफ्नै हितहरूको रक्षा गर्ने वा फाइदा लिने बारेमा समेत कुनै युक्ति हुँदैन—तिनीहरूसँग कुनै विचार नै हुँदैन। मानसिक रूपमा कमजोर र मूर्ख मानिसहरूसँग केही युक्ति गर्ने कार्य बाहेक, बाँच्ने कुनै सामर्थ्य, क्षमता, र तजबिज गर्ने कुनै सामर्थ्य हुँदैन। त्यसकारण, तिनीहरूले कुनै पनि व्यक्तिलाई कसरी व्यवहार गर्छन् भन्ने कुराका कुनै सिद्धान्त हुँदैनन्; तिनीहरूले आफ्ना भावनाहरू अनुसार मात्रै चल्छन्। तिनीहरूलाई तैँले तिनीहरूसँग राम्रो व्यवहार गर्दैनस् भन्ने लाग्छ भने, तिनीहरू तँबाट टाढा बस्नेछन्, तँप्रति प्रतिरोधी महसुस गर्नेछन् र हृदयमा तँलाई घृणा गर्नेछन्, र इन्कार गर्नेछन्। तिनीहरूप्रति तँसँग जति नै शुभेच्छा भए पनि वा तैँले तिनीहरूलाई जसरी सहयोग गरे पनि, तिनीहरूले यसलाई स्पष्ट रूपमा बुझ्न सक्दैनन् भने, तिनीहरूले तँ तिनीहरूप्रति मैत्रीपूर्ण छस् वा तँ तिनीहरूका लागि पटक्कै हानिकारक छैनस् भन्ने महसुस गर्नेछैनन्। तिनीहरूले मानिस, घटना, र कामकुराहरू सही छन् कि गलत छन्, ठीक छन् कि बेठीक छन्, सकारात्मक छन् कि नकारात्मक छन् भनेर परख गर्न सक्दैनन्—तिनीहरू यी कुराहरूको तजबिज गर्न सक्दैनन्। तिनीहरूसँग केही युक्ति मात्रै हुन्छ। जब तिनीहरूले फाइदा लिएका हुन्छन्, तब तिनीहरूलाई खुसी लाग्छ; जब तिनीहरूले फाइदा लिएका हुँदैनन्, तब तिनीहरूलाई घाटा भोगेको, अरूले तिनीहरूलाई अन्यायपूर्ण व्यवहार गरेको, र गिल्ला गरेको महसुस हुन्छ, र तिनीहरूले अर्को पटक अरूलाई फाइदा लिन नदिने, वा अरूलाई आफ्नो अगाडि धाक लगाउन वा आफूमाथि हाबी हुन नदिने—तिनीहरूले अरूलाई कुनै अवसर नदिने सङ्कल्प गर्छन्। मलाई भन, के तिनीहरूले मनमा यी युक्तिहरू राखेको आधारमा नै तिनीहरूलाई क्षमता भएको व्यक्ति मानिन्छ? यो मानसिक रूपमा अशक्त हुनुभन्दा अलिक राम्रो मात्रै हो, तर सामर्थ्यको हकमा भन्दा, तिनीहरूसँग कुनै सामर्थ्य हुँदैन—तिनीहरूसँग विभिन्न प्रकारका मामलाहरू सम्हाल्ने कुनै पनि फरक-फरक सामर्थ्य हुँदैन। तिनीहरू केवल मूर्ख र मानसिक रूपमा अशक्त हुन्छन्। त्यस्ता मानिसहरूमा कुनै क्षमता हुँदैन। बुझ्यौ? (बुझ्यौँ।) मानसिक रूपमा अशक्त मानिसहरूमा नभएको तर ती मानिसहरूमा भएको एउटै मात्र कुरा भनेको यी युक्तिहरू हुन्; मानसिक अशक्त मानिसहरूमा तीसमेत हुँदैनन्। जब त्यस्ता मानिसहरूले यो सुन्छन्, तब तिनीहरू विश्वस्त हुँदैनन्; तिनीहरू भन्छन्, “के तिमी मसँग तजबिज गर्ने सामर्थ्य छैन भनेर दाबी गर्छौ? केही अमेरिकी डलर र सुन एकसाथ राख, र मैले तिनलाई पहिचान गर्न सक्छु कि सक्दिनँ हेर। म तिनलाई छुट्याउन सक्छु! सुन पहेँलो हुन्छ, र अमेरिकी डलर कागजको पैसा हो! प्लेटिनम र चाँदीलाई एकसाथ राख, अनि म तजबिज गर्न सक्छु कि सक्दिनँ हेर! प्लेटिनम र चाँदी सेतो रङ्गका फरक-फरक प्रकार हुन्—मलाई थाहा छ!” के यो मूर्खता होइन र? यो निकै मूर्खतापूर्ण कुरा हो। तिनीहरूले यी कुराहरूका बीचमा मात्रै भिन्नता छुट्याउन सक्छन्, तैपनि तिनीहरूले यसबारे धाक लगाउन र तिनीहरू मूर्ख होइनन् भन्ने कुरा प्रमाणित गर्न चाहन्छन्। तिनीहरूले यति धेरै मूर्ख कुराहरू गरेका हुन्छन्, क्षमताको कमी देखाउने धेरै कुराहरू गरेका हुन्छन्—तिनीहरूले किन ती कुराहरूका बारेमा कुरा गर्दैनन् र तिनलाई बुझ्ने प्रयास गर्दैनन्? तिनीहरूमा क्षमताको कमी भएकाले, तिनीहरूको क्षमता अत्यन्तै कमजोर भएकाले, र तिनीहरूले यी कुराहरूको परख गर्न वा तिनलाई छुट्याउन नसक्ने हुनाले नै, तिनीहरूले आफू मानसिक रूपमा अशक्त नभएको, आफूमा केही बुद्धि र क्षमता भएको कुरालाई प्रमाणित गर्नका लागि मानसिक रूपमा अशक्त मानिसहरूले गर्न नसक्ने एक-दुई वटा कुराहरू उठाउँछन्। के यो मूर्खता होइन र? यसले तिनीहरूको मूर्खतालाई थप प्रमाणित गर्छ। कुनै क्षमता नभएका मानिसहरूका प्रकटीकरणहरूका बारेको हाम्रो सङ्गति पनि अब पूरा भएको छ। कुनै व्यक्तिमा तजबिज गर्ने सामर्थ्य छ कि छैन भन्ने कुराको प्राथमिक मापदण्ड के हो? उसमा सामान्य मानवताको सोचाइ छ कि छैन भन्ने कुरा हो। यदि तँमा सामान्य मानवताको सोचाइ छैन भने, तैँले कुनै कुराको तजबिज गर्न सक्नेछैनस्। यदि तँमा सामान्य मानवताको सोचाइ छ भने, तेरो तजबिज अझै पनि असटीक हुन सक्छ, तर कम्तीमा पनि, यसले तँमा तजबिज गर्ने सामर्थ्य छ र तँमा सामान्य मानवताको सोच्ने सामर्थ्य छ भन्ने देखाउँछ। तैँले गर्ने तजबिजहरू अनुमान, मान्यता, परिकल्पना होइनन्, न त ती निगमन नै हुन्। बरु, ती कुनै पनि मामलाका सबै पक्षलाई विचार गरेर निकालिएका फरक-फरक निष्कर्ष र दृष्टिकोणहरू हुन्। तजबिज गर्ने सामर्थ्य भनेको यही हो।
नम्बर ७: कामकुराको परख गर्ने सामर्थ्य
अहिले हामीले तजबिज गर्ने सामर्थ्यका बारेमा छलफल गरिसकेका हुनाले, हामी यसपछि कामकुराको परख गर्ने सामर्थ्यबारे कुरा गरौँ। कामकुराको परख गर्ने सामर्थ्यले केलाई जनाउँछ? यसले मुख्य रूपमा मानिस, घटना, र कामकुराहरू सकारात्मक छन् कि नकारात्मक छन्, सही छन् कि गलत छन्, र ठीक छन् कि बेठीक छन् भन्ने कुराको परख गर्नुलाई जनाउँछ; यसले मानिस, घटना, र कामकुराहरूलाई चित्रण गर्ने वा वर्गीकरण गर्ने कार्य—तैँले सामना गर्ने मानिस, घटना, र कामकुराहरूलाई विभिन्न वर्गहरूमा वर्गीकरण गर्ने कार्यलाई जनाउँछ। परख गर्नुको अभिप्राय र उद्देश्य भनेको मानिसहरूलाई तिनीहरूको प्रकार अनुसार वर्गीकरण गर्नु र सकारात्मक र नकारात्मक कुराहरूलाई तिनको प्रकार अनुसार वर्गीकरण गर्नु हो। अवश्य नै, वर्गीकरण गर्नुको अर्थ चरालाई चराको वर्गमा, पशुलाई पशुको वर्गमा, वा बोटबिरुवालाई बोटबिरुवाको वर्गमा वर्गीकरण गर्नु होइन। कामकुराको परख गर्ने सामर्थ्यले यी कुराहरूको परख गर्ने सामर्थ्यलाई जनाउँदैन बरु विभिन्न मानिस, घटना, र कामकुराका विशेषताहरूको परख गर्ने सामर्थ्यलाई जनाउँछ। उदाहरणका लागि, के तँ विभिन्न मानिसहरूका प्रकटीकरण, प्रकाश, र सारलाई वर्गीकृत गर्न सक्छस्? के तँ आफूले सामना गर्ने विभिन्न मानिस, घटना, र कामकुराहरूका विशेषताहरूलाई परिभाषित गर्न सक्छस्? उदाहरणका लागि, अविश्वासीहरूलाई परख गर्दा, के तँ अविश्वासीहरूका प्रकटीकरणहरूको परख गरेर तिनीहरू अविश्वासी हुन् भनेर स्पष्ट रूपमा परख गर्न सक्छस्? यदि तँलाई अविश्वासीहरूसँग कुन-कुन लक्षण र गुणहरू हुन्छन्, तिनीहरू मानवताका कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छन्, तिनीहरू के-कस्ता शब्दहरू बोल्छन्, तिनीहरू के-कस्ता कदम चाल्छन्, र तिनीहरूमा के-कस्ता विचार र दृष्टिकोणहरू हुन्छन् भन्ने थाहा छ भने, तैँले अविश्वासीहरूलाई परख गर्न सक्नुपर्छ। जब विभिन्न मानिस, घटना, र कामकुरा देखा पर्छन्, तब राम्रो क्षमता भएको व्यक्तिले ती सकारात्मक कुराहरू हुन् कि नकारात्मक कुराहरू हुन्, तिनीहरू सकारात्मक मानिसहरू हुन् कि नकारात्मक मानिसहरू हुन्, तिनीहरू न्यायवान् छन् कि दुष्ट छन्, र तिनीहरू सही छन् कि गलत छन् भनेर परख गर्न सक्छ। उसले विभिन्न मानिस, घटना, र कामकुराका विशेषताहरूलाई परिभाषित गर्न र ती मानवता र सत्यताअनुरूप छन् कि छैनन् भनेर परख गर्न सक्छ। यो राम्रो क्षमता भएको व्यक्ति हो। त्यसोभए औसत क्षमता भएका मानिसहरूका बारेमा के भन्ने? तिनीहरू स्पष्ट विशेषता भएका विभिन्न मानिस, घटना, र कामकुराको परख गर्न सक्छन्। उदाहरणका लागि, कतिपय मानिसहरूले भन्छन्, “परमेश्वर कसरी अस्तित्वमा हुन सक्नुहुन्छ? उहाँ कहाँ हुनुहुन्छ? म किन उहाँ अस्तित्वमा हुनुहुन्छ भनेर पुष्टि गर्न सक्दिनँ?” परमेश्वरलाई स्पष्ट रूपमा इन्कार गर्ने यस्ता शब्दहरूका हकमा, तिनीहरूसँग अलिकति खुट्ट्याउने क्षमता हुन्छ र तिनीहरूले त्यस्ता मानिसहरू अविश्वासी र नकारात्मक पात्रहरू हुन् भनेर परख गर्न सक्छन्। तिनीहरू स्पष्टतः दुष्ट, र स्पष्टतः नकारात्मक, अन्यायपूर्ण, खराब कुराहरूको परख गर्न सक्छन्, तर कतिपय भ्रामक, र बिरलै सुनिने र बीचमा वा अस्पष्ट क्षेत्रमा पर्ने कुराहरूका हकमा, तिनीहरू तिनलाई छुट्याउन सक्दैनन्, न त तिनीहरू तिनलाई फरक रूपमा व्यवहार गर्न नै सक्छन्। तिनीहरूसँग स्पष्ट दुष्कर्म गर्ने दुष्ट मानिसहरूलाई खुट्ट्याउने सामर्थ्य हुन्छ। तिनीहरूलाई यस्तो व्यक्ति दुष्ट हुन्छ, र यदि ऊजस्तो दुष्ट व्यक्ति अगुवा बन्यो र उसले हैसियत प्राप्त गर्यो भने, ऊ ख्रीष्टविरोधी हुनेछ भन्ने थाहा हुन्छ। तर यदि यो व्यक्तिको चरित्र खराब छ र उसले अझसम्म दुष्ट कार्यहरू गरेको छैन भने, तिनीहरूले उसलाई दुष्ट व्यक्तिका रूपमा वर्गीकृत गर्न सकिन्छ कि सकिँदैन र उसले के-कस्ता दुष्ट कार्यहरू गर्न सक्छ भनेर परख गर्न सक्दैनन्, न त तिनीहरूले यो व्यक्तिका विशेषताहरूलाई परिभाषित गर्न नै सक्छन्। यो औसत क्षमता हुनु हो। कतिपय मानिसहरूको व्यवहार निकै स्पष्ट हुन्छ, जस्तै अनैतिकतामा संलग्न हुनु, मूर्तिहरूको पूजा गर्नु, सांसारिक कुराहरू पछ्याउनु, गफ गर्न मन पराउनु, अरूलाई बारम्बार दमन गर्नु र हेप्नु, वा हत्या र आगजनी गर्नु जस्ता व्यवहारहरू, र तिनीहरूले यी मानिसहरू असल मानिसहरू होइनन् र उनीहरू परमेश्वरले घृणा गर्नुहुने मानिसहरू हुन् भनेर भन्छन्; तिनीहरूले यो भिन्नता छुट्याउन सक्छन्। तर बाहिरी व्यवहार निकै राम्रो देखिने—प्रायः दान दिने र अरूलाई सहयोग गर्ने, मानिसहरूप्रति धैर्य देखाउने, अरूसँग ठीकठाक मात्रामा राम्ररी मिलेर बस्ने कतिपय मानिसहरूका हकमा भन्दा—बाहिरी रूपमा उनीहरूको मानवता निकै राम्रो देखिन्छ, तैपनि तिनीहरूको बोलीवचन र व्यवहार प्रायजसो सत्यताअनुरूप हुँदैन, र तिनीहरूका कार्यहरूले प्रायजसो सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्छन्, तर तिनीहरूले त्यस्ता मानिसहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन्, वा उनीहरू ठ्याक्कै कुन वर्गमा पर्छन् भनेर पत्ता लगाउन सक्दैनन्। स्पष्ट र सजिलै नामाकरण गर्न सकिने ती मानिस, घटना, र कामकुराहरूका हकमा भन्दा, तिनीहरूले ती सही छन् कि गलत छन्, ठीक छन् कि बेठीक छन्, ती न्यायवान् छन् कि दुष्ट छन्, र ती सकारात्मक कुराहरू हुन् कि नकारात्मक कुराहरू हुन् भनेर खुट्ट्याउन सक्छन्। तिनीहरूले त्यस्ता बाहिरी मामलाहरूलाई छुट्याउन सक्छन्, तर साँचो रूपमा सिद्धान्तहरू संलग्न रहेका र सत्यतासँग सम्बन्धित ती मानिस, घटना, र कामकुराहरूका हकमा भिन्नता छुट्याउन सक्दैनन्। कुन-कुन कुराहरू स्पष्ट रूपमा सत्यता अनुरूप छन् र कुन-कुन कुराले सत्यतालाई उल्लङ्घन गर्छन् भनेर तिनीहरूले खुट्ट्याउन सक्दैनन्। यो औसत क्षमता हुनु हो। उदाहरणका लागि, कतिपय मानिसहरूले तुलनात्मक रूपमा राम्रो कपडाले बनेको लुगा लगाउँछन्, जुन सुन्दर र उच्च गुणस्तरीय देखिन्छ, र यसले तिनीहरूलाई संसारका उच्च स्तरका व्यक्तित्वहरू वा अधिकारी स्तरका कुलीनहरू जस्तै बनाउँछ। यो देख्दा, औसत क्षमता भएका मानिसहरूले भन्छन्, “गैरविश्वासीहरूलाई यी लुगा मन पर्छ। परमेश्वरमा विश्वास गर्ने मानिसहरूका रूपमा, हामीले तिनलाई मन पराउनु हुँदैन; यी सकारात्मक कुराहरू होइनन्।” यसो भन्नु गलत हो। यी लुगाहरू कामुक वा आकर्षक देखिँदैनन्, बरु ती सुन्दर, इज्जतदार, र सभ्य देखिन्छन्, जसले गर्दा लगाउने व्यक्ति भद्र देखिन्छ। तर यी मानिसहरूले लगाउनेलाई भद्र र सुन्दर देखाउने र अहिले फेसनमा रहेका त्यस्ता लुगाहरूलाई नकारात्मक कुराहरूका रूपमा लिन्छन् र ती दुष्ट हुन् भनेर भन्छन्। यो यी कुराहरूको परख गर्न नसक्नु हो, होइन र? (हो।) त्यसोभए त्यस्ता मानिसहरूको कामकुराको परख गर्ने सामर्थ्य कस्तो हुन्छ? बढीमा, यो औसत हुन्छ। यो औसत क्षमता हुनु हो। त्यस्ता मानिसहरूले गैरविश्वासीहरूले छुट्याउन सक्ने केही कुराहरूलाई समेत छुट्याउन सक्दैनन्—असल क्षमता भएका गैरविश्वासीहरूले असल र खराब मानवतालाई खुट्ट्याउन सक्छन्, तर यी मानिसहरूले सक्दैनन्। त्यस्ता मानिसहरूले परमेश्वरमा विश्वास गरेपछि केही धर्मसिद्धान्तहरू बुझे पनि, तिनीहरूले सकारात्मक र नकारात्मक कुराहरूबीचको भिन्नता छुट्याउन सक्दैनन्। तिनीहरूले स्पष्ट कुराहरूलाई खुट्ट्याउन सक्छन्, तर स्पष्ट नरहेका कुराहरूलाई खुट्ट्याउन सक्दैनन्। तिनीहरू स्पष्ट रूपमा दुष्ट मानिसहरूलाई, बाधा र अवरोधहरू पैदा गरिएका स्पष्ट घटनाहरूलाई, र सिद्धान्तहरू उल्लङ्घन गरिएका स्पष्ट घटनाहरूलाई खुट्ट्याउन सक्छन्, तर तुलनात्मक रूपमा विशेष, भयानक र विचित्र, र छायाँमा लुकेका निश्चित मानिस, घटना, र कामकुराहरूका हकमा, तिनीहरू तिनलाई परख गर्न सक्दैनन्। तिनीहरू अरूको सङ्गति र सङ्केतमार्फत मात्रै, वा मानिसहरूले आफै कुनै स्पष्ट कुरा गरेपछि मात्रै तिनलाई परख गर्न सक्छन्। नत्र भने, सक्दैनन्। यसले कामकुराको परख गर्ने तिनीहरूको सामर्थ्य औसत छ भन्ने कुरालाई सङ्केत गर्छ। कतिपय मानिस यस्ता पनि हुन्छन्, जसले परिस्थिति जस्तोसुकै भए पनि, कुनै पनि मानिस, घटना, वा कामकुराको परख गर्न सक्दैनन्, न त तिनीहरूका विशेषतालाई परिभाषित गर्न नै सक्छन्। उदाहरणका लागि, निश्चित वर्गका मानिसहरूका विशेषताहरू ठ्याक्कै के-के हुन् भनेर मूल्याङ्कन गर्ने हकमा—तिनीहरू साँचो विश्वासी हुन् कि अविश्वासीहरू हुन्, तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन्, वा तिनीहरू संवर्धन गर्नका लागि उपयुक्त छन् कि छैनन् भन्ने कुराको मूल्याङ्कन गर्ने क्रममा—तिनीहरूलाई यी कुराहरू थाहा हुँदैन र तिनीहरूले ती कुराहरू देख्न सक्दैनन्। त्यस्ता मानिसहरूले धेरै प्रकटीकरण प्रदर्शन गर्दा र तिनीहरूसँग अत्यन्तै स्पष्ट समस्याहरू हुँदा पनि, तिनीहरू यी मानिसहरूलाई परख गर्न वा उनीहरूका विशेषताहरूलाई परिभाषित गर्न सक्दैनन्। यो कामकुराको परख गर्ने सामर्थ्यको कमी हुनु हो। केही आम र सहजै खुट्ट्याउन सकिने मानिस, घटना, र कामकुराहरू देखा परे पनि, तिनीहरूले यी मानिसहरू असल मानिसहरू हुन् कि दुष्ट मानिसहरू हुन्, वा यी न्यायसङ्गत मामलाहरू हुन् कि दुष्ट मामलाहरू हुन् भनेर स्पष्ट रूपमा भन्न सक्दैनन्। तिनीहरूलाई तिनका बीचमा कसरी भिन्नता छुट्याउने वा तिनलाई कसरी वर्गीकरण गर्ने भन्ने थाहा हुँदैन, न त तिनलाई कसरी श्रेणीबद्ध गर्ने भन्ने नै थाहा हुन्छ। परमेश्वरका वचनहरू पढेपछि र अरूसँग सङ्गति गरेपछि पनि, तिनीहरू तिनलाई परख गर्न सक्दैनन्। अन्त्यमा, तिनीहरू अरूलाई यसो भन्दै तिनीहरूका लागि निर्णय गर्न लगाउँछन्, “तिमीले तिनीहरूलाई जे भनेर चित्रण गर्छौ, ती त्यही हुन्। यदि तिमीले तिनीहरूलाई न्यायवान् भनेर चित्रण गर्यौ भने, तिनीहरू न्यायवान् हुन्; यदि तिमीले तिनीहरूलाई दुष्ट भनेर चित्रण गर्यौ भने, तिनीहरू दुष्ट हुन्।” छोटकरीमा भन्दा, तिनीहरूले आफै परिभाषाहरू बनाउन वा निष्कर्षहरू निकाल्न सक्दैनन्। परिस्थिति जस्तोसुकै भए पनि, निष्कर्ष निकाल्ने मामिलामा, तिनीहरू अन्योलमा पर्छन् र तिनीहरूसँग भन्नलाई केही हुँदैन। के यो कामकुराको परख गर्ने सामर्थ्यको कमी हुनु होइन र? (हो।) सबैभन्दा सरल बाहिरी घटनाका हकमा समेत, यदि तैँले तिनीहरूलाई त्यसको प्रकृति के हो र त्यसका विशेषताहरू के-के हुन् भनेर परख गर्न लगाइस् भने, तिनीहरूलाई थाहा हुँदैन। तर, तिनीहरूसँग एउटा चाल हुन्छ: तिनीहरू व्यक्तिले भनेको र गरेको कुरा दोहोर्याएर बरबराइरहन सक्छन्। तर यदि तैँले तिनीहरूलाई “यो व्यक्ति वास्तवमा साँचो विश्वासी हो कि होइन? के ऊ परमेश्वरप्रति ठूलो आकाङ्क्षा राख्ने व्यक्ति हो?” भनेर सोधिस् भने, तिनीहरूले यस्तो जवाफ दिन्छन्, “अँ, उसले परमेश्वरमा विश्वास गरेको दश वर्षभन्दा बढी भएको छ र उसले आफ्नो परिवार र करियर त्यागेको छ। उसको बच्चा तीन-चार वर्षको हुँदा, ऊ तिनलाई दाजुभाइ-दिदीबहिनीहरूको जिम्मामा लगाएर आफ्नो कर्तव्य पूरा गर्न घरबाट निस्केको थियो।” तिनीहरूसँग आफ्नो युक्ति हुन्छ; तिनीहरू आफै निष्कर्ष निकाल्नबाट जोगिन्छन्, बरु तँलाई निर्णय गर्न दिन्छन्। यदि तैँले तिनीहरूलाई “त्यसोभए यो व्यक्ति सत्यतालाई स्वीकार गर्ने व्यक्ति हो?” भनेर सोधिस् भने, तिनीहरूले यस्तो जवाफ दिन्छन्, “अँ, मण्डली अगुवा बनेदेखि नै, ऊ बिहान सबेरै उठ्ने र राति अबेरसम्म बस्ने गर्छ। ऊ सत्यतालाई स्वीकार गर्ने व्यक्ति हो कि होइन भन्ने कुराको हकमा भन्दा, जब दाजुभाइ-दिदीबहिनीहरूले उसलाई एक पटक उसका केही समस्याहरू औँल्याए, तब ऊ परमेश्वरप्रति ऋणी भएको र आफूले राम्रो काम नगरेको भनेर भन्दै तुरुन्तै रुन थाल्यो।” “अनि के उसले पछि पश्चात्ताप गर्यो त?” “अँ, त्यो बेला, उसको मनोवृत्ति निकै राम्रो थियो।” तिनीहरूलाई तेरो थाप्लोमा जानकारी थुपार्न मन पर्छ, तँलाई तिनीहरूमा केही कुरा छ, तिनीहरूलाई सबै कुरा थाहा छ र मानिसहरूलाई कसरी हेर्ने भन्ने थाहा छ भनेर देखाउँछन्, र तिनीहरूलाई कम आँक्नबाट तँलाई रोक्छन्। वास्तवमा, तिनीहरूले मानिसहरूलाई खुट्ट्याउन सक्दैनन्, न त तिनीहरूले निष्कर्ष निकाल्न नै सक्छन्। तिनीहरूले बस तँलाई धेरै घटना र जानकारी बताउँछन्, र यो कस्तो व्यक्ति हो भनेर परख गर्ने, र यस व्यक्तिका बारेमा निष्कर्ष निकाल्ने र उसका विशेषताहरू परिभाषित गर्ने कार्य तेरै हातमा छोडिदिन्छन्। तँ भन्छस्, “यो व्यक्तिलाई आधारभूत रूपमा सत्यतालाई स्वीकार गर्ने व्यक्ति मान्न सकिन्छ। परमेश्वरमाथिको उसको विश्वासमा ऊसँग उत्प्रेरणा छ र ऊ साँचो विश्वासी हो। यति मात्र हो कि, उसको क्षमता कमजोर भएकाले र उसमा बोध सामर्थ्यको कमी भएकाले, ऊ सत्यता स्वीकार गर्न इच्छुक भए पनि, उसले अभ्यासका सिद्धान्तहरू कहिल्यै भेट्टाउन सक्दैन, र सत्यता अभ्यास गर्न सक्दैन।” उसले यस्तो प्रतिक्रिया दिन्छ, “मलाई ऊ बोध सामर्थ्य भएको व्यक्ति जस्तो लाग्दैन। जब-जब उसले कुनै अप्रिय कुराबारे कुरा गर्छ, ऊ रुन्छ—उसको मनोवृत्ति सधैँ यस्तै हुन्छ।” देखिस्? तिनीहरू आफैसँग कामकुराको परख गर्ने सामर्थ्य हुँदैन, तैपनि तिनीहरू अरूका टिप्पणीहरू प्रयोग गर्न निकै सिपालु हुन्छन्। के त्यो समस्याग्रस्त कुरा होइन र? कामकुराको परख गर्ने सामर्थ्य नभएका मानिसहरूको सबैभन्दा आम प्रकटीकरण के हो भने, तिनीहरू तँलाई धेरै घटना, जानकारी, कठिन समस्या, घटनाक्रम, वा कुनै परिस्थितिबारे आफूले अवलोकन गरेका सबै कुराका बारेमा बताउन मन पराउँछन्, त्यसपछि तैँले त्यसलाई परिभाषित गर्ने प्रतीक्षा गर्छन्, र तैँले त्यसलाई परिभाषित गरेपछि, तिनीहरूले तेरो परिभाषा राम्रो छ र यसलाई स्वीकार गर्न सकिन्छ भन्ने सोच्छन्। त्यसलाई स्वीकार गरेपछि पनि, तिनीहरूलाई तैँले किन त्यसलाई यसरी परिभाषित गरिस् भन्ने अझै थाहा हुँदैन। तिनीहरूलाई तेरो निष्कर्षको पछाडि रहेका आधार वा सिद्धान्तहरू थाहा हुँदैन, न त तिनीहरूलाई सम्बन्धित प्रकारको व्यक्तिलाई कसरी व्यवहार गर्ने वा सम्हाल्ने भन्ने नै थाहा हुन्छ। तिनीहरूलाई यीमध्ये कुनै कुराबारे केही थाहा हुँदैन। सङ्गति र अध्ययन गरेपछि पनि, तिनीहरूले अझै पनि बुझ्दैनन्। यसले तिनीहरूसँग कामकुराको परख गर्ने कुनै सामर्थ्य हुँदैन भन्ने देखाउँछ; यो कुनै क्षमता नहुनुको प्रकटीकरण हो। तिनीहरूले प्रायजसो तथ्यहरूलाई बङ्ग्याउने र दुइटा कुराबीच झुक्किने गल्ती पनि गर्छन्। तिनीहरूले जुनसुकै समस्याबारे टिप्पणी गरे पनि, त्यस मामिलाको जड वा सार बोध गर्न सक्दैनन्, बरु बाहिरी घटनाहरूका आधारमा मात्रै निष्कर्ष निकाल्छन्। उदाहरणका लागि, तिनीहरूले ख्रीष्टविरोधीले गरेको दुष्कर्मलाई अपराधका रूपमा व्याख्या गर्छन्, र ख्रीष्टविरोधीले त्यसलाई पहिचान गरे भने, उसले आफूलाई परिवर्तन गर्न सक्छ भन्ने विश्वास गर्छन्। यदि तिनीहरूले इमानदार व्यक्तिले झूट बोलेको देखे भने, उसलाई छली व्यक्तिका रूपमा चित्रण गर्छन्। यदि तिनीहरूले कुनै व्यक्ति अहङ्कारी र आत्म-धर्मी भएको देखे भने, तिनीहरूले उसलाई दुष्ट व्यक्तिका रूपमा चित्रण गर्छन्। कामकुराको परख गर्ने सामर्थ्य नभएका मानिसहरूले प्रायजसो गर्ने गल्तीहरू यिनै हुन्। हरेक व्यक्तिका लागि, कामकुराको परख गर्ने सामर्थ्य जीवनमा आइपर्ने विभिन्न मानिस, घटना, र कामकुराको सामना गर्दा उसमा हुनुपर्ने क्षमता हो। कामकुराको परख गर्ने सामर्थ्यमा विभिन्न मानिस, घटना, र कामकुराको सारको परख गर्ने कार्य मात्रै समावेश नभई तिनका विशेषताहरू निर्धारित गर्ने कार्य पनि समावेश हुन्छ। तँ यी विशेषताहरूलाई जति सटीक रूपमा निर्धारित गर्न सक्छस्, कामकुराको परख गर्ने तेरो सामर्थ्य त्यति नै उच्च भएको प्रमाणित हुन्छ। यदि तैँले गरेका निर्धारणहरू त्यति सटीक छैनन् र तेरा निर्धारणहरू र मामलाको सार र जडका बीचमा अन्तर छ भने, यसले कामकुराको परख गर्ने तेरो सामर्थ्य औसत छ भन्ने प्रमाणित गर्छ। यदि तँ मानिस, घटना, र कामकुराहरूका विशेषताहरू निर्धारित गर्न सक्दैनस्, र यी विशेषताहरूलाई छर्लङ्गै देख्न पनि सक्दैनस् भने, यसले तँसँग कामकुराको परख गर्ने कुनै सामर्थ्य छैन भन्ने प्रमाणित गर्छ। उदाहरणका लागि, मानौँ, तैँले कुनै व्यक्तिका धेरै प्रकटीकरण र प्रकाशलाई मात्रै व्याख्या गर्न सक्छस् तर उसको सारलाई छर्लङ्गै देख्न सक्दैनस्। अर्थात्, तैँले यो व्यक्तिमा कसरी नकारात्मक हुने प्रवृत्ति हुन्छ वा ऊसँग के-कस्ता सबल पक्षहरू छन् भन्ने बारेमा मात्रै कुरा गर्न सक्छस्, तैँले यो व्यक्तिलाई भएका धेरै कुराका बारेमा मात्रै कुरा गर्न सक्छस्, तैपनि तँलाई उसको चरित्र, क्षमता, वा सत्यताप्रतिको उसको मनोवृत्ति थाहा छैन, तँ यी सारभूत समस्याहरू छर्लङ्ग देख्न सक्दैनस्, र तिनको वरिपरि देखा पर्ने वा हुने मानिस, घटना, र कामकुराहरूका बारेमा तँसँग कुनै परिभाषा हुँदैन। त्यस्ता कुराहरू सही भए पनि वा गलत भए पनि, न्यायसङ्गत भए पनि वा दुष्ट भए पनि, सकारात्मक कुराहरू भए पनि वा नकारात्मक कुराहरू भए पनि, असल मानवताको प्रकटीकरण भए पनि वा दुष्ट मानवताको प्रकटीकरण भए पनि, तैँले यीमध्ये कुनै पनि कुरालाई छर्लङ्ग देख्न वा खुट्ट्याउन सक्दैनस्। तैँले जति धेरै सत्यता सुनेको भए पनि वा जति धेरै अनुभवात्मक गवाही सुनेको भए पनि, तैँले अझै पनि विभिन्न मानिस, घटना, र कामकुराको परख गर्न वा छुट्याउन सक्दैनस्; तेरो हृदयमा, तँसँग मानिस, घटना, वा कामकुराको कुनै पनि वर्गको कुनै परिभाषा हुँदैन। यो कामकुराको परख गर्ने सामर्थ्यको कमी हुनु हो, र यो क्षमता नहुनुको प्रकटीकरण पनि हो।
यदि कामकुराको परख गर्ने सामर्थ्य नभएका मानिसहरूमा आत्म-सचेतना छैन र तिनीहरू अहङ्कारी र आत्मधर्मी पनि हुन् भने, तिनीहरूले सबैभन्दा बढी के-कस्तो गल्ती गर्ने सम्भावना हुन्छ? अरूले प्रदर्शन गरेका केही प्रकटीकरणहरूलाई समातेर स्वेच्छाचारी ढङ्गले तिनीहरूलाई नाम दिने र परिभाषित गर्ने। उदाहरणका लागि, तिनीहरूले कतिपय मानिस अलिक स्वेच्छाचारी छन् भन्ने देख्छन् र त्यसपछि उनीहरू दुष्ट मानिसहरू जस्तै छन्, उनीहरू दियाबलसहरू हुन् भनेर भन्छन्—के यो ठूलो गल्ती होइन र? ती मानिसहरू अलिक मात्र स्वेच्छाचारी हुन्छन्, र पारिवारिक अवस्था वा तिनीहरू हुर्केको वातावरणका कारण, तिनीहरूले केही जीवनका खराब बानी बनाएका हुन्छन् वा केही खराब बानी र कमीकमजोरीहरू विकसित गरेका हुन्छन्। समग्रमा, यी मानिसहरूको चरित्र दयालु हुँदैन, तर यो दुष्ट पनि हुँदैन, त्यसकारण तिनीहरूलाई दुष्ट मानिसहरू भनेर भन्न सकिँदैन। तैपनि कामकुराको परख गर्ने सामर्थ्य नभएका मानिसहरूले यीमध्ये एक जनाले भन्ने एकाध कुरा वा उसले गर्ने एक-दुई वटा कुरालाई पक्रिन्छन्, त्यसपछि अन्धाधुन्ध उसलाई परिभाषित गर्दै भन्छन्, “यो व्यक्तिमा अनौठो, असामाजिक, र स्वेच्छाचारी व्यक्तित्व छ। ऊ दुष्ट व्यक्ति हो।” यो परिभाषा गलत छ। साँच्चै दुष्ट मानिसहरूले मधुर शब्दहरू बोल्छन् र मानिसहरूलाई बहकाउँछन्; तिनीहरूसँग रणनीति हुन्छ, तिनीहरूले कुरा लुकाउँछन् र ठग्छन्, र मानिसहरूलाई खेलौनाजस्तो व्यवहार गर्छन्। कतिपय दुष्ट मानिसले दान दिन, अरूलाई सहयोग गर्न, र धैर्य देखाउन पनि सक्छन्। कामकुराको परख गर्ने सामर्थ्य नभएका मानिसहरूले यस्तो व्यक्तिका बारेमा यस्तो भन्छन्, “यो व्यक्ति कति असल छ, ऊ साँचो विश्वासी हो,” तर वास्तवमा, त्यो व्यक्ति ढोँगी फरिसी हुन्छ। कामकुराको परख गर्ने सामर्थ्य नभएकाहरूले मानिसहरूको सारलाई छर्लङ्ग देख्न सक्दैनन्—चुनावको बेला, तिनीहरूले दुष्ट मानिसहरूलाई अगुवा बन्नका लागि भोट समेत दिन्छन्। यो के सरह हो? यो दुष्टतालाई सहयोग र प्रोत्साहित गर्नु सरह हो। कतिपय दुष्ट मानिसहरूले आफ्नो व्यवहारमा आफ्नो दुष्टता प्रदर्शन गर्दैनन्, र त्यसलाई प्रकाश गर्दैनन्। तिनीहरूको दुष्टता तिनीहरूको हृदयमा हुन्छ। तिनीहरूले गर्ने सबै कुरा उद्देश्यपूर्ण हुन्छन्, र तिनीहरूका अभिप्रायहरू सबैमा गुप्त गुण हुन्छ। तैँले देख्न सक्ने तिनीहरूले गर्ने कुराहरूले वास्तवमा तिनीहरूका वास्तविक अभिप्रायलाई प्रतिबिम्बित गर्दैनन्। तिनीहरूको साँचो अभिप्राय, उद्देश्य, र दुष्टता सबै तिनीहरूको हृदयमा लुकेका हुन्छन्। यदि कुनै व्यक्तिमा कामकुराको परख गर्ने सामर्थ्य छैन र ऊ त्यस्ता मानिसहरूलाई खुट्ट्याउन सक्दैन भने, उसले तिनीहरूलाई असल मानिस, सत्यता पछ्याउने मानिस भन्ठान्ने सम्भावना हुन्छ। कतिपय मानिसहरूको व्यक्तित्व सीधा हुन्छ र अरूसँग सङ्गत गर्दा तिनीहरूले कुनै रणनीति प्रयोग गर्दैनन्। तिनीहरूले सीधै बोल्छन्, र तिनीहरू व्यक्तित्व र मिजासका हिसाबमा अलिक चिढिने किसिमका हुन्छन्। तिनीहरूको मानवतामा वास्तवमा कुनै ठूला समस्याहरू हुँदैनन्, यति मात्र हो कि, कहिलेकाहीँ तिनीहरूको बोली ठाडो हुन्छ। तर, तिनीहरू भित्री रूपमा जे सोच्छन्, त्यही कुरा प्रकट गर्छन्—तिनीहरू भित्री रूपमा जे सोच्छन्, बाहिरी रूपमा त्यही प्रकट गर्छन्। अरूले प्रायजसो यी मानिसहरू सबैसँग कसरी अन्तरक्रिया गर्न वा सामाजिक रूपमा घुलमिल हुन जान्दैनन् भन्ने सोच्छन्, र यी मानिसहरूले प्रयोग गर्ने बोलीवचनको शैलीप्रति उनीहरू अभ्यस्त भएका हुँदैनन्। त्यस्ता मानिसहरूले निकै ठाडो र सीधा तरिकाले बोल्छन्, र तिनीहरूले सधैँ अनजानमा अरूलाई चोट पुर्याइरहेका हुन्छन्। समय बित्दै जाँदा, तिनीहरूले सबैलाई चोट पुर्याउँछन्, र मानिसहरूले तिनीहरूप्रति राम्रो भावना राख्दैनन्। खुट्ट्याउने क्षमताको कमी भएका कतिपय मानिसहरूले यस्तो व्यक्ति दुष्ट छ भनेर भन्छन्, तर वास्तवमा, ऊ दुष्ट हुँदैन। तँ तिनीहरू दुष्ट छन् भनेर भन्छस्—त्यसोभए तिनीहरूले अरूलाई कसरी कष्ट दिएका छन् भन्ने तथ्यहरू उजागर गर्: तिनीहरूले कसलाई कष्ट दिएका वा दमन गरेका छन्? तिनीहरूले कसलाई हानि वा छल गरेका छन्? यदि यो व्यक्ति दुष्ट व्यक्ति हो, उसले आफ्नो शब्दले अरूलाई हानि गर्ने मात्र होइन, उसको हृदयको गहिराइमा दुष्टता पनि छ, र ऊ अरूका लागि साँच्चै नै हानिकारक छ भन्ने कुरालाई प्रमाणित गर्ने तथ्यगत आधार छ भने, उसलाई दुष्ट व्यक्ति भनेर चित्रण गर्न सकिन्छ। यदि ऊसँग अरूलाई हानि गर्ने कुनै अभिप्राय छैन भने, ऊ दुष्ट व्यक्ति होइन। ऊसँग वास्तवमा सिधा व्यक्तित्व हुन्छ र ऊ ठाडो बोल्छ—यो जन्मजात कुरा हो। ठाडै बोल्नु, बढीमा, उसको मानवताको खराबी र त्रुटि हो। उसलाई कसरी विवेकी बन्ने र बोल्दा कसरी आफूलाई अरूकै बराबर राख्ने भन्ने थाहा हुँदैन, उसलाई अरूप्रति सहनशीलता कसरी देखाउने, अरूप्रति कसरी उदार र सहिष्णु बन्ने, र अरूका भावनाहरूलाई कसरी ध्यान दिने भन्ने थाहा हुँदैन। उसलाई यीमध्ये कुनै कुरा थाहा हुँदैन। उसको मानवतामा केही कुराहरूको कमी हुन्छ। तैपनि खुट्ट्याउने क्षमता नभएका कतिपय मानिसहरूले त्यस्ता व्यक्तिहरूलाई दुष्ट मानिसहरू ठान्छन्। वास्तवमा, जब यी व्यक्तिहरूले काम गर्छन्, तब तिनीहरूले प्रायजसो परमेश्वरको घरका हितहरूको रक्षा गर्छन्। अरूसँग कुरा गर्दा तिनीहरूको बोली अलिक ठाडो भए पनि, तिनीहरूले कसैलाई हानि गरेका हुँदैनन्, न त तिनीहरूको मनसाय मानिसहरूलाई हानि गर्ने नै हुन्छ। यति मात्र हो कि, तिनीहरूको बोलीवचनमा चातुर्यको कमी हुन्छ र तिनीहरूले बोल्दा परिस्थितिलाई ध्यान दिँदैनन्। त्यस्ता व्यक्तिको मानवतामा रहेका निश्चित खराबी र त्रुटिहरूका कारण, अरू धेरै मानिसहरूले भूलवश तिनीहरू दुष्ट मानिस हुन् भन्ने सोच्छन्, तैपनि तिनीहरूले दुष्कर्म गरेका छन् भन्ने कुनै प्रमाण प्रस्तुत गर्न सक्दैनन्। यो त्यस्ता व्यक्तिहरूलाई गलत रूपमा मूल्याङ्कन गर्नु, र तिनीहरूलाई गलत रूपमा चित्रण गर्नु हो। साँचो रूपमा दुष्ट व्यक्तिहरूले बाहिरी रूपमा अरूलाई हानि त नगर्लान्, तिनीहरूले दान देलान् र अरूलाई सहयोग गर्लान्, र तिनीहरूका बोलीवचनले बुझाइ, चिन्ता, वास्ता, र उदारता देखाउलान्, र यी व्यक्तिहरूले अरूप्रति सहनशीलता र प्रेम समेत देखाउलान्—तिनीहरूका बोलीवचन र व्यवहार निकै राम्रा देखिएलान्—तर निश्चित विशेष परिस्थिति वा विशेष मामलाहरूमा, र आफ्नै हितहरूसँग सम्बन्धित मामलाहरूमा, तिनीहरूले अरूलाई दमन गर्न, हानि गर्न, र गुप्तमा अरूका विरुद्धमा षड्यन्त्र गर्न सक्छन्, र तिनीहरूले परमेश्वरको घरका हितहरूको रक्षा समेत फिटिक्कै गर्दैनन्। यदि कुनै कुरा तिनीहरूका आफ्नै हितहरूसँग सम्बन्धित छैन भने पनि, तिनीहरूले औँलो मात्रै उठाउनु परे पनि, परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनन्। त्यस्ता व्यक्तिहरूले बाहिरी रूपमा जिउने कुरा असाधारण रूपमा राम्रो देखिन्छ, र बाहिरबाट हेर्दा, तिनीहरूको मानवतामा कुनै खराबी वा त्रुटिहरू देख्न सकिँदैन, तर तिनीहरू साँच्चै नै पूर्ण रूपमा दुष्ट मानिसहरू हुन्छन्। धेरै मानिसहरूले त्यस्ता व्यक्तिहरूलाई खुट्ट्याउन सक्दैनन् र तिनीहरू उनीहरूको रणनीति, संसारसँग व्यवहार गर्ने उनीहरूका दर्शन, र उनीहरूका षड्यन्त्र र युक्तिहरूद्वारा अन्धो बनाइएका हुन्छन्। यदि यस्तो व्यक्तिको प्रकृति सार र उसको दुष्कर्मका तथ्यहरू खुलासा भए भने, यी मानिसहरूले यसलाई स्वीकार नगर्ने मात्र होइन, तिनीहरूले त्यो व्यक्तिलाई असल, परमेश्वरको घरले संवर्धन गर्नुपर्ने र महत्त्वपूर्ण भूमिका दिनुपर्ने व्यक्ति पनि ठान्छन्। तिनीहरूले त्यस्ता व्यक्तिहरूलाई खुट्ट्याउन सक्दैनन्। यी मानिसहरूले कुनै व्यक्तिलाई परमेश्वरको वचन वा सत्यता सिद्धान्तहरू अनुसार मूल्याङ्कन गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराका बारेमा कुरा नगरौँ, र तिनीहरूको क्षमतालाई मात्रै हेरौँ—तिनीहरूले यी स्पष्टतः दुष्ट व्यक्तिहरूलाई पनि असल मानिस ठान्छन्, र यी व्यक्तिहरूको दुष्कर्मका तथ्यहरू देखिँदा पनि, उनीहरूलाई अझै पनि असल मानिस नै ठान्छन्—यसको अर्थ तिनीहरू पूर्ण रूपमा भ्रमित छन् भन्ने हुन्छ। कामकुराको परख गर्ने सामर्थ्य नभएका मानिसहरू मानसिक रूपमा कमजोर र मूर्ख मात्र हुँदैनन्, तिनीहरू अन्योलमा परेका पनि हुन्छन्। यी दुष्ट व्यक्तिहरूले अरूलाई दमन गरेका र कष्ट दिएका हुन्छन्, र मानिसहरूलाई छलछाम गर्न विभिन्न रणनीतिहरू प्रयोग गरेका हुन्छन्, तैपनि यी मानिसहरूले यसलाई दुष्टता ठान्दैनन् र यो दुष्टता हो भनेर देख्न सक्दैनन्। यसको साथै, दुष्ट मानिसहरूको एउटा स्पष्ट प्रकटीकरण पनि हुन्छ, जुन के हो भने, तिनीहरूले कहिल्यै परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनन्—एक पटक पनि गर्दैनन्। तिनीहरूले एउटा शब्द मात्रै बोल्नुपर्ने वा औँला मात्रै उठाउनुपर्ने भए पनि, तिनीहरूले तिनको रक्षा गर्दैनन्, तिनीहरूको व्यक्तिगत सुरक्षा, वा तिनीहरूको हैसियत र प्रतिष्ठासँग सम्बन्धित मामलाहरूको कुरा आउँदा त झन् परको कुरा हो—यस्ता परिस्थितिहरूमा, तिनीहरूले परमेश्वरको घरका हितहरूको रक्षा त झनै गर्दैनन्। कतिपय मानिसहरूले यी स्पष्टतः दुष्ट व्यक्तिहरूलाई छर्लङ्ग देख्न सक्दैनन्। मलाई भन, के त्यस्ता मानिसहरूमा क्षमता हुन्छ? दुष्ट मानिसहरूको सार दुष्ट हुन्छ; तिनीहरूले जोसुकैलाई दमन गर्छन्। व्यक्ति जोसुकै भए पनि, कुनै व्यक्तिले तिनीहरूका हैसियत वा हितहरूमा असर गर्छ भने, त्यो व्यक्ति तिनीहरूको दमनको निसाना बन्छ। खुट्ट्याउने क्षमता नभएका मानिसहरूले यी कुराहरूलाई छर्लङ्ग देख्न सक्दैनन्। के खुट्ट्याउने क्षमता नभएका मानिसहरू अन्योलमा परेका हुँदैनन् र? (हो।) दुष्ट मानिसहरूले तिनीहरूलाई दमन गर्नेछन् कि गर्नेछैनन् भन्ने समेत तिनीहरूलाई थाहा हुँदैन—मलाई भन, त्यस्ता मानिसहरू कुन हदसम्म अन्योलमा परेका हुन्छन्? के तिनीहरू पूर्ण रूपमा अन्योलमा परेका हुँदैनन् र? (हुन्छन्।) कतिपय दुष्ट व्यक्तिलाई बर्खास्त गरिएपछि, कामकुराको परख गर्ने सामर्थ्य हुँदै नभएका कतिपय मानिस तिनीहरूको पक्षमा बोल्न, तिनीहरूको बचाउ गर्न र तिनीहरूले भोगेको अन्यायबारे चिच्याउन अघि सर्ने समेत गर्छन्, यो कारणले मात्र कि, ती दुष्ट व्यक्तिहरूले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको हुन्छ, तिनीहरूसँग केही वरदान हुन्छ, तिनीहरू बोल्न सिपालु हुन्छन्, तिनीहरूसँग रणनीतिहरू हुन्छन्, र तिनीहरूले बाहिरी रूपमा कुराहरू त्याग्ने, आफूलाई समर्पित गर्ने, र कष्ट भोग्ने गरेका हुन्छन्। यी दुष्ट व्यक्तिहरूले कति दुष्कर्म गरेका छन् भन्ने बारेमा यी मानिसहरूले कुरा गर्दैनन्। बरु, तिनीहरूले यसो भन्छन्, “उनीहरूले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको छ, उनीहरूले परमेश्वरलाई एकोहोरो निष्ठासाथ पछ्याएका छन्, र धेरै कष्ट भोगेका छन्। उनीहरूलाई ठूलो रातो अजिङ्गरले पक्राउ समेत गर्यो र उनीहरूले यातना भोगे र जेल समेत परे, र उनीहरूले फलानो ब्रदर वा सिस्टरलाई सहयोग पनि गरेका छन्।” तिनीहरूले यी कुराहरूलाई मात्रै हेर्छन् र ती व्यक्तिहरूले कति धेरै दुष्कर्म गरेका छन् भन्ने कुरालाई उल्लेख नगरी उनीहरूको दुष्ट कार्यहरूलाई बेवास्ता गर्छन्। के तिनीहरू अत्यन्तै अन्योलमा परेका हुँदैनन् र? (हुन्छन्।) पूर्ण रूपमा अन्योलमा परेकाहरूलाई छुटकारा दिन सकिँदैन, र तिनीहरूको उपचार गर्न सकिँदैन। कामकुराको परख गर्ने सामर्थ्य नभएका मानिसहरू कुनै क्षमता नभएका मानिसहरू हुन्—तिनीहरूमा बिलकुलै कुनै सामर्थ्य हुँदैन। त्यस्ता मानिसहरूलाई कुनै कुरा सही छ कि गलत छ, वा कुनै व्यक्ति सकारात्मक व्यक्तित्व हो कि नकारात्मक व्यक्तित्व हो भन्ने कुरा थाहा हुँदैन र तिनीहरू यस कुराको परख गर्न सक्दैनन्। तिनीहरूले व्यक्तिको सार र प्रकृतिलाई स्पष्ट रूपमा देख्न, वा उसका व्यवहार, प्रकटीकरण, भ्रष्टताका प्रकटीकरणहरू, र उसको दुष्कर्मका धेरै तथ्यहरूबाट त्यस व्यक्तिका विशेषताहरूलाई सारांशित गर्न सक्दैनन्। जबसम्म त्यो व्यक्ति मण्डलीमा हुन्छ, यी मानिसहरूले उसलाई दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्छन्, र हृदयदेखि प्रेमले व्यवहार गर्छन्। तिनीहरू कसैलाई खुट्याउँदैनन् र सिद्धान्तहरूअनुसार कसैलाई व्यवहार गर्न सक्दैनन्। त्यस्ता मानिसहरूमा कामकुराको परख गर्ने कुनै सामर्थ्य हुँदैन। विभिन्न मामलाहरू न्यायसङ्गत छन् कि दुष्ट छन्, तिनले मानिसहरूमा सकारात्मक प्रभाव पार्छन् कि नकारात्मक प्रभाव पार्छन्, र तिनलाई सही र स्वीकार्य ठान्नुपर्छ कि, वा गलत ठान्नुपर्छ र खुट्ट्याउनुपर्छ, इन्कार गर्नुपर्छ, र प्रतिरोध गर्नुपर्छ भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन र तिनीहरूले त्यो कुराको परख गर्न सक्दैनन्। जब तैँले तिनीहरूलाई कुनै मामला व्याख्या गर्नका लागि उदाहरण दिन्छस्, तब तिनीहरूलाई त्यस्ता मामलाहरू असल छैनन्, ती सत्यता सिद्धान्तहरू अनुरूप छैनन्, र ती परमेश्वरको घरमा लागू हुँदैनन् भन्ने थाहा हुन्छ। तर अर्को पटक यस्तै मामला देखा पर्दा, तिनीहरूलाई अझै पनि त्यसलाई कसरी लिने भन्ने थाहा हुँदैन र तिनीहरूले सिद्धान्तहरू लागू गर्न सक्दैनन्—तैँले तिनीहरूलाई अर्को उदाहरण दिइस् भने मात्रै तिनीहरूले बुझ्छन्। तिनीहरूले बुझ्नका लागि तैँले बच्चालाई सिकाउने विधि प्रयोग गरी तिनीहरूलाई एक-एक गरी कुराहरू व्याख्या गरिदिनुपर्छ। यो कामकुराको परख गर्ने सामर्थ्यको कमी हुनु हो। चाहे त्यो व्यक्ति होस् वा कुनै थोक होस्, तिनीहरूलाई त्यो न्यायसङ्गत छ कि दुष्ट छ, सही छ कि गलत छ, सकारात्मक छ कि नकारात्मक छ, त्यो सत्यता र मानवजातिका आवश्यकताहरूअनुरूप छ कि छैन भन्ने थाहा हुँदैन, न त परमेश्वरका विश्वासीहरूले यसलाई कसरी हेर्नुपर्छ भन्ने नै थाहा हुन्छ—तिनीहरूलाई यीमध्ये कुनै कुरा थाहा हुँदैन। यो कामकुराको परख गर्ने सामर्थ्यको कमी हुनु हो। त्यसोभए, कामकुराको परख गर्ने व्यक्तिको सामर्थ्यको स्तरलाई मूल्याङ्कन गर्ने आधार के हो? यो विभिन्न कुराका विशेषताहरूबारेका तेरा परिभाषाहरू सटीक छन् कि छैनन् भन्ने कुरामा आधारित हुन्छ। यदि तेरा परिभाषाहरू सटीक छन् भने, तँसँग कामकुराको परख गर्ने सामर्थ्य हुन्छ। यदि विभिन्न कुराका विशेषताहरूबारेका तेरा परिभाषाहरूको सटीकता पचास प्रतिशतभन्दा माथि छ भने, कामकुराको परख गर्ने तेरो सामर्थ्य औसत वा औसतभन्दा माथि हुन्छ। यदि त्यो पचास प्रतिशतसम्म पुग्दैन भने, कामकुराको परख गर्ने तेरो सामर्थ्य कमजोर हुन्छ। यदि सटीकता एक प्रतिशत समेत छैन भने, तँसँग कामकुराको परख गर्ने कुनै सामर्थ्य हुँदैन र तँ कुनै क्षमता नभएको व्यक्ति होस्। कुनै व्यक्तिमा कामकुराको परख गर्ने सामर्थ्य छ कि छैन भन्ने कुरालाई यसरी खुट्ट्याउन सकिन्छ। म यस सामर्थ्यका बारेमा थप कुनै उदाहरण दिनेछैनँ। तिमीहरूले आफै यसबारे सङ्गति गर्न सक्छौ, म यो विषय तिमीहरूलाई नै सुम्पन्छु।
नम्बर ८: परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य
यसपछि, हामी आठौँ सामर्थ्य, अर्थात् परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्यका बारेमा छलफल गर्नेछौँ। परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य भनेको व्यक्तिले कुनै मामलालाई कसरी सम्हाल्छ भन्ने कुरा हो—यो मामला आइपरिसकेको भए पनि, वा यो मामला अचानक आइपर्ने भए पनि, वा यस मामलाका विभिन्न कारक परिवर्तन भएका भए पनि, व्यक्तिले यस मामलालाई कसरी सम्हाल्छ भन्ने कुरा परिस्थितिहरूलाई सम्बोधन गर्ने उसको सामर्थ्य हो। त्यसोभए परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्यले मुख्य रूपमा केलाई जनाउँछ? यसले कुनै मामलाको परख गर्ने, तजबिज गर्ने, लिने र सम्हाल्ने तेरो सामर्थ्यलाई जनाउँछ। जब तैँले कुनै व्यक्ति, घटना, वा कामकुराको सामना गर्छस्, तब त्यसको प्रकृति के हुन्छ? त्यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? यस्तो कुरालाई कसरी सामना गर्नुपर्छ र सम्हाल्नुपर्छ? जब अचानक यस्तो हुन्छ, तब के-कस्ता पाठहरू सिक्नुपर्छ? परमेश्वरका असल अभिप्रायहरू के-के हुन्? यदि यस्तो कुराले मण्डलीको काममा हानि गर्न सक्छ भने, यसलाई सिद्धान्तहरू अनुरूप, र भएको क्षतिका परिणामहरूलाई निवारण गर्ने, उपरान्त मण्डलीको काममा हानि गर्न नदिने, साथै नकारात्मक प्रभावलाई निरन्तर विकास हुनबाट रोक्ने गरी कसरी सम्हाल्नुपर्छ? कुनै व्यक्ति, घटना, वा कामकुराको सामना गर्दा, यदि तैँले आफूले बुझेका खुट्ट्याउने क्षमताका सिद्धान्तहरू र आफूले जानेका सत्यता सिद्धान्तहरूका आधारमा त्यस्ता मामलाहरूको सार र जड, र तिनलाई सम्हाल्ने सिद्धान्त र योजनाको सटीक रूपमा तजबिज गर्न सक्छस् भने, तँ परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य भएको व्यक्ति होस्, जसको अर्थ तँ राम्रो क्षमता भएको व्यक्ति होस् भन्ने पनि हुन्छ। उदाहरणका लागि, जब तेरो अगाडि अचानक कुनै मामला आइपर्छ, तब तैँले यसलाई कसरी सामना गर्नुपर्छ? पहिलो, तैँले यो कुन दिशामा विकसित हुन सक्छ, यो विकसित भइरह्यो भने यसले के-कस्ता परिणामहरू ल्याउनेछ, यो उत्पन्न हुनुको जड कहाँ छ, यसको सार के हो भन्ने कुरा स्पष्ट रूपमा देख्नुपर्छ—तैँले यी सबै कुराहरूलाई खुट्ट्याउन र स्पष्ट रूपमा देख्न सक्नुपर्छ। खुट्ट्याउने क्षमताद्वारा मामलालाई चित्रण गर्, त्यसपछि त्यसलाई सम्हाल्ने योजना तुरुन्तै खोज्। यस मामलालाई कसरी सम्हाल्नुपर्छ, नाइके को हो, अनुयायीहरू को हुन्, प्राथमिक रूपमा जिम्मेवार पक्ष को हो, प्राथमिक जिम्मेवारी कसले लिनुपर्छ, जिम्मेवार पक्षहरूलाई कसरी सम्हाल्नुपर्छ—तँमा यी सबै समस्याबारे स्पष्टता हुनैपर्छ। यसको साथै, समस्याहरू सम्हाल्दा, तैँले घाटाहरूलाई न्यूनीकरण गर्नैपर्छ र कर्मचारीहरूलाई पुनः व्यवस्थित र समायोजन पनि गर्नैपर्छ। यसरी मात्रै गल्तीहरूलाई तुरुन्तै सच्याउन, समस्याहरूलाई पूर्ण रूपमा समाधान गर्न, र परिस्थितिलाई निवारण गर्न सकिन्छ, जसले गर्दा कामकुरा सही र फाइदाजनक दिशामा विकसित हुन सक्छ। छोटकरीमा भन्दा, यदि तैँले यस मामलामा संलग्न सबै विभिन्न कारकहरूलाई ख्याल गर्न सक्छस्, त्यसपछि त्यसलाई सम्बोधन गर्ने सही तरिका, यसलाई सम्हाल्ने सही र सटीक सिद्धान्तहरू पाउन सक्छस् भने, परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य हुनु भनेको यही हो, र यसको अर्थ तँ राम्रो क्षमता भएको व्यक्ति होस् भन्ने हुन्छ। अवश्य नै, यस मामलालाई सम्बोधन गर्ने यो विधि र यसलाई सम्हाल्ने सिद्धान्तहरू परिस्थितिका बारेमा थाहा भएका मानिसहरूसँग सम्पर्क र सङ्गति गरेर वा सबैसँग सहकार्य र छलफल गरेर तैँले निकाल्ने निष्कर्ष र परिभाषाहरू हुन सक्छन्। यदि तैँले वास्तविक परिस्थितिको घटनाक्रमलाई हेरेर यस्तो मामला बुझेका दाजुभाइ-दिदीबहिनीहरूको सुझाव मागेपछि, बल्ल परिभाषा बनाउन, निष्कर्ष निकाल्न, समाधान निर्धारित गर्न, र समस्यालाई उचित रूपमा सम्हाल्न, कर्मचारीको हेरफेर पूरा गर्न, यस मामलाले ल्याएका घाटाहरूको पूर्ति गर्न, अनि त्यसपछि मण्डलीको कामलाई हानिकारक दिशामा विकसित हुन नदिनका लागि त्यसलाई समायोजन गर्न सक्छस् भने, परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य हुनु भनेको यही हो। यदि तैँले मामलाहरूलाई यो स्तरमा सम्हाल्न सक्छस् भने, तँसँग राम्रो क्षमता छ भनेर मान्न सकिन्छ। अवश्य नै, राम्रो क्षमता हुनुको अर्थ व्यक्तिले कुनै मामलाको सामना गर्दा, तुरुन्तै त्यसलाई छर्लङ्गै देख्न, तत्कालै निर्णयहरू गर्न, र त्यसलाई विस्तृत र उचित तरिकाले सम्हाल्न सक्छ भन्ने हुँदैन—यस्तै नै हुन्छ भन्ने हुँदैन। मानिसहरूले समस्याहरू सम्हाल्नका लागि एउटा प्रक्रिया चाहिन्छ; तिनीहरूले कामकुराको सारलाई देख्नका लागि यस मामलाका विभिन्न पक्षहरू बुझ्नु जरूरी हुन्छ। मानिसहरू देह र रगतले बनेका हुन्छन्, तिनीहरूले मानवताको दायराभित्र रहेर कामकुरा गर्छन्, र एउटा प्रक्रिया चाहिन्छ नै। यो परमेश्वरको आत्माले काम गर्नुभन्दा फरक हो—परमेश्वरको आत्माले सारा पृथ्वीलाई गर्नुहुने छानबिन सर्वव्यापी हुन्छ; परमेश्वरले सधैँ सबै कुरा र समस्याहरूको सार र जडलाई देख्न सक्नुहुन्छ। जब मानिसहरूले मामलाहरूको पछाडि लुकेका कुराहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, तब तिनीहरू सजिलै छलमा पर्छन् र अन्धा हुन्छन्। यही कारणले गर्दा नै, मानिसहरूले मामलाहरूको पछाडि रहेका कुराहरूको साँचो स्थितिलाई गहन रूपमा हेर्नु आवश्यक छ। कुनै मामलाको पछाडि लुकेका वास्तविक परिस्थितिहरू बुझेपछि, यदि तैँले तुरुन्तै समस्याहरू सम्हाल्न, विचलनहरूलाई समाधान गर्न, प्रत्यक्ष रूपमा इन्चार्ज रहेका मानिसहरू र काम गर्ने कर्मचारीहरूलाई उचित रूपमा समायोजन गर्न, र कामको सामान्य सञ्चालनको प्रत्याभूति दिन सक्छस् भने, यसले तँसँग परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य छ भन्ने कुरालाई प्रमाणित गर्छ। विशेष गरी अचानक आइपर्ने घटनाहरूको सामना गर्दा, यदि तैँले सिद्धान्तहरू अनुसार विभिन्न मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्न सक्छस् भने, यसले तँ राम्रो क्षमता भएको व्यक्ति होस् भन्ने कुरालाई प्रमाणित गर्छ। परिस्थितिहरूलाई सम्बोधन गर्ने औसत सामर्थ्य भएका मानिसहरूले नियमित र आम परिस्थितिहरूको सामना गर्दा, प्रक्रियाहरूअनुसार, र नियमित रूपमा केही कामकुरा पूरा गर्न सक्छन्, तर तिनीहरूले प्राप्त गर्ने परिणामहरू औसत हुन्छन्—तिनीहरूले कुनै फड्को मार्दैनन्, न महत्त्वपूर्ण प्रगति नै गर्छन्। विशेष परिस्थिति वा अचानक आइपर्ने घटनाहरूको सामना गर्ने बित्तिकै, तिनीहरू अन्योलमा पर्छन् र तिनलाई सम्हाल्न सक्दैनन्। उदाहरणका लागि, जब कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्छन्, तब तिनीहरूले सामान्य परिस्थितिहरूमा हरेक महिना केही मानिसहरूलाई विश्वासमा ल्याउन सक्छन्। यसले औसत क्षमतालाई प्रतिबिम्बित गर्छ, र तिनीहरूले गर्ने सुसमाचार प्रचारका परिणामहरू पनि औसत हुन्छन्, खासै राम्रा हुँदैनन्। यदि मण्डलीमा ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउने घटना अचानक उत्पन्न भयो भने, यी सुसमाचार प्रचारकहरू अन्योलमा पर्छन् र तिनीहरूलाई के गर्ने भन्ने थाहा हुँदैन। सुसमाचारको काम रोकिन्छ, र तिनीहरूलाई प्रचारलाई जारी राख्नुपर्छ कि कामका बन्दोबस्तहरू पर्खनुपर्छ भन्ने थाहा हुँदैन। तिनीहरू सुसमाचार प्रचारको कामका सिद्धान्तहरू खोज्न जान्दैनन्। परमेश्वरको घरका कामका बन्दोबस्तहरूमा, प्रायजसो, “सुसमाचारको काम कुनै पनि बेला वा कुनै पनि परिस्थितिमा रोकिनु हुँदैन” भन्ने गरिन्छ। तैपनि, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउने घटनाको सामना गरेकै कारण तिनीहरूले सुसमाचारको काम रोक्छन्। के तिनीहरूले बफादारी साथ आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन्? तिनीहरू यो कुरामा चुक्छन्। के तिनीहरू परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित भइरहेका हुन्छन्? तिनीहरू यो कुरामा पनि चुक्छन्। जब तिनीहरूले लापरवाहीपूर्वक कुकर्म गरिरहेका र बाधा र अवरोधहरू ल्याइरहेका ख्रीष्टविरोधीहरू वा झूटा अगुवाहरूलाई भेट्छन्, तब तिनीहरू अन्योलमा पर्छन्। तिनीहरू आफूले सामना गरेको यो मामलालाई कसरी सम्हाल्नुपर्छ भनेर सत्यता बुझेका मानिसहरूलाई सोध्न जान्दैनन्, र परमेश्वरका वचनहरूमा अभ्यासका सिद्धान्तहरू र अभ्यासको मार्गको खोजी गर्नु त परको कुरा हो। तिनीहरूमा परिस्थितिहरूलाई सम्बोधन गर्ने यो सामर्थ्यको कमी हुन्छ। जब कतिपय मण्डली अगुवाले ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाउनका लागि भ्रमहरू फैलाएको देख्छन्, तब तिनीहरूलाई भ्रमहरूको खण्डन गर्न कसरी सत्यतामा सङ्गति गर्ने भन्ने थाहा हुँदैन। तिनीहरूलाई के गर्ने भन्ने थाहा हुँदैन तर तिनीहरू यसो भनेर प्रार्थना गरिरहन्छन्, “हे परमेश्वर, कृपया शैतानलाई बाँधेर राख्नुहोस्, कृपया शैतानको मुख बन्द गर्नुहोस्, र मानिसहरूलाई बहकाउन भ्रमहरू फैलाउनबाट त्यसलाई रोक्नुहोस्। बिन्ती छ, ती अज्ञानी र मूर्ख मानिसहरूलाई बचाउनुहोस्, र तिनीहरूलाई ख्रीष्टविरोधीको बहकाउमा पर्नबाट रोक्नुहोस्। हे परमेश्वर, कृपया तिनीहरूलाई फर्काउनुहोस्!” केवल प्रार्थना गर्ने र सत्यताको खोजी नगर्ने—के यसले समस्या समाधान गर्न सक्छ? यदि मानिसहरू सहकार्य गर्दैनन् र आफ्नो कर्तव्य पूरा गर्दैनन् भने, त्यो व्यर्थ हुन्छ। मानिसहरूले गर्नुपर्ने धेरै कुरा छन्। पहिलो, तिनीहरूले यो ख्रीष्टविरोधीको पृष्ठभूमि कस्तो छ, उसले के-कस्ता विशेषताहरू प्रदर्शन गर्छ, र मानिसहरूलाई बहकाउन ऊ के कुरामा भर पर्छ भनेर हेर्नुपर्छ; तिनीहरूले बहकाउमा परेका मानिसहरूका बीचमा सत्यतालाई स्वीकार गर्न सक्ने असल क्षमता भएका मानिसहरू छन् कि छैनन् भनेर पनि हेर्नुपर्छ, र तिनीहरूलाई तुरुन्तै फर्काउनुपर्छ। सुरुमा गर्नुपर्ने काम यही हो। तर यी मण्डली अगुवाहरूलाई यो कुरा थाहा हुँदैन, र तिनीहरू यसरी काम गर्न जान्दैनन्। तिनीहरू खाली अन्योलमा पर्छन्, र चिन्ताले खुट्टा ठटाउँछन्। कतिपय व्यर्थका व्यक्तिहरू त चिन्ताले रुने पनि गर्छन्। रुनुको के फाइदा? के रुवाइले बहकाउमा परेकाहरूलाई फिर्ता ल्याउन सक्छ? रुनु भनेको काम गर्नु होइन, न त यसले तैँले बोझ उठाउँछस् भन्ने कुराको प्रतिनिधित्व नै गर्छ। यो अयोग्यताको प्रकटीकरण हो। क्षमता भएका मानिसहरू यस्ता कुराहरूको सामना गर्दा सुरुमा शान्त हुन्छन्। प्रार्थना गरेपछि, खोजी गरेपछि, विश्लेषण गरेपछि, र तजबिज गरेपछि, अनि त्यसपछि सङ्गति गरेपछि, तिनीहरूले अन्ततः निर्णय गर्छन्। कमजोर क्षमता भएका मानिसहरू मामलाहरूको सामना गर्दा अन्योलमा पर्छन्: तिनीहरूलाई प्रार्थना र खोजी गर्नुपर्छ भन्ने थाहा हुँदैन, न त तिनीहरूलाई सङ्गति गर्नका लागि सत्यता बुझ्ने केही मानिस खोज्न नै आउँछ; तिनीहरू निष्क्रिय रूपमा प्रतीक्षा मात्रै गर्छन्। यसले मामलामा सबैभन्दा बढी ढिलाइ गर्छ। तँसँग कुनै समाधान छैन, तर सायद अरूसँग हुन सक्छ—किन अरूबाट सहयोग नखोज्ने? चलाख मानिसहरूले प्रतीक्षा गर्ने क्रममा पनि आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न बिर्सँदैनन्। कर्तव्य र जिम्मेवारी पूरा गर्नु निष्क्रिय कार्य नभई सक्रिय कार्य हो। यो परमेश्वरले आदेश जारी गर्न वा परिस्थितिलाई परिवर्तन गर्नका निम्ति परमेश्वरले व्यक्तिगत रूपमा काम गर्न पर्खनु होइन। बरु, यो त त्यो प्रतीक्षाको अवधिमा फर्काउन सकिनेहरूलाई फर्काउन सक्दो प्रयास गर्नु हो। जहाँसम्म फर्काउन नसकिने मानिसहरू—जस्तै भ्रमित मूर्खहरू, दुष्ट आत्मा लागेका मानिसहरू, र लहै-लहैमा लागेर र सित्तैमा खानका लागि मात्रै परमेश्वरमा विश्वास गर्ने अविश्वासीहरूको कुरा छ—तिनीहरूको मतलब गर्नु हुँदैन। अन्धो नभएकाहरूका हकमा भन्दा, तिनीहरूसँग सत्यतामा सङ्गति गर्न र ख्रीष्टविरोधीलाई खुट्ट्याउने बारेमा कुरा गर्न लगाउनका लागि तुरुन्तै कसैको बन्दोबस्त गर्नुपर्छ। के यो परिस्थितिलाई सम्हाल्ने योजना होइन र? यो प्रतिक्रियाको उपाय हो। कमजोर क्षमता भएका मानिसहरूमा त्यस्तो प्रतिक्रियाका उपायहरू हुँदैनन्; तिनीहरूलाई रुन र गुनासो गर्न मात्रै आउँछ। यो परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्यको कमी हुनु हो। यदि साधारण परिस्थितिहरूमा, व्यक्तिले सामान्य रूपमा काम गर्न सक्छ, तर उसले विशेष परिस्थितिहरूको सामना गरेपछि, ऊ चकित हुन्छ र अन्योलमा पर्छ भने, परिस्थितिहरूलाई सम्बोधन गर्ने यस्तो व्यक्तिको सामर्थ्य बढीमा औसत हुन्छ। यदि कसैले साधारण परिस्थितिहरूलाई समेत सम्हाल्न सक्दैन भने, यस्तो व्यक्तिसँग परिस्थितिहरूलाई सम्बोधन गर्ने कुनै सामर्थ्य हुँदैन। उदाहरणका लागि, यदि तिनीहरूलाई मण्डली अगुवाको निर्वाचन आयोजना गर्न मण्डलीमा पठाइयो भने, तिनीहरूलाई कस्तो व्यक्ति छनौट गर्ने वा मानिसहरूलाई कसरी भेला गरेर निर्वाचन आयोजना गर्ने भन्ने थाहा हुँदैन। तिनीहरूले निर्वाचनका आधारभूत प्रक्रियाहरू समेत बुझ्दैनन्। यसमाथि, मण्डलीमा गम्भीर भ्रष्ट स्वभाव भएका केही मानिसहरू हुन्छन्—हेपाहा, बदमास, र नीचहरूको वर्गमा पर्ने मानिसहरू—र यी मानिसहरूले मौकाको फाइदा उठाएर निर्वाचनलाई बिथोल्छन्। यस्तो परिस्थितिमा, परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य नभएका मानिसहरू त्यसलाई सम्हाल्न झनै असमर्थ हुन्छन्, तिनीहरू त्यतिकै बन्दी बनाइन्छन् र आत्मसमर्पण गर्छन्। अन्त्यमा, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई यसो मात्रै भन्न सक्छन्, “तपाईँहरू आफै छनौट गर्नुहोस्। तपाईँहरूले जोसुकैलाई निर्वाचित गर्नुभए पनि हामी मान्छौँ।” तिनीहरू कस्ता प्राणी हुन्? के तिनीहरू बेकामे होइनन् र? यो परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य नहुनु हो। परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य नभएका मानिसहरूमा कार्य सक्षमताको कमी पनि हुन्छ। चाहे सामान्य परिस्थितिमा होस् वा विशेष परिस्थितिहरूमा होस्, जब केही हुन्छ, तिनीहरू ढल्छन् र पछि हट्छन्; जब केही हुन्छ, तिनीहरू अन्योलमा पर्छन् र रुन थाल्छन्। जब केही हुँदैन, तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन्, तर जब केही हुन्छ र तिनीहरूलाई समस्या सम्हाल्न लगाइन्छ, तब तिनीहरूले त्यसो गर्न सक्दैनन्। उदाहरणका लागि, जब कतिपय व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा व्यवहार गर्छन्, तब परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य नभएका मानिसहरूलाई यस विषयमा तिनीहरूसँग छलफल गर्न मात्रै आउँछ, र तिनीहरूले यसो भन्छन्: “कृपया झाराटारुवा नहुनुहोस्—कृपया आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुहोस्!” के यसले ती व्यक्तिहरूको समस्या समाधान गर्न सक्छ? तिनीहरूले ती व्यक्तिहरूसँग झाराटारुवा हुनुको समस्याका बारेमा सङ्गति गर्नुपर्छ। यदि ती व्यक्तिहरूले सत्यता बुझ्दैनन् र आफ्नो समस्यालाई पहिचान गर्न सक्दैनन् भने, तिनीहरूले उनीहरूसँग सत्यतामा सङ्गति गर्नुपर्छ। यदि ती व्यक्तिहरूले यो गलत छ भन्ने थाहा पाएर पनि यसरी व्यवहार गर्छन् भने, तिनीहरूले उनीहरूलाई चिरफार र काटछाँट गर्नुपर्छ। यदि यो अरू कुनै समस्याका कारणले आएको हो भने, तिनीहरूले त्यस समस्याका आधारमा सङ्गति गर्नुपर्छ। तिनीहरूले पैदा भएको समस्याका आधारमा उचित कार्यविधि निर्धारित गर्नुपर्छ, अनि त्यसपछि सोहीअनुसार कार्य गर्नुपर्छ। यदि तँ यसो गर्न सक्दैनस् भने, तँसँग परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्यको कमी छ। बुझिस्? (बुझेँ।) यदि तैँले कुनै मामलाको सामना गर्दा तँसँग यसको कुनै समाधान, यसलाई सम्बोधन गर्ने कुनै तरिका, र यसलाई सम्हाल्ने कुनै सिद्धान्त हुँदैन भने, तँसँग परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्यको कमी हुन्छ। के त्यस्ता मानिसहरूमा परिस्थितिहरूलाई सम्बोधन गर्ने सबैभन्दा कमजोर सामर्थ्य हुँदैन र? (हो।)
परिस्थितिहरूलाई सम्बोधन गर्ने सबैभन्दा राम्रो सामर्थ्य भएका मानिसहरू विशेष मामला वा अचानक आइपर्ने परिस्थितिहरूको सामना गर्दा, तिनलाई तुरुन्तै तजबिज गर्न र परख गर्न, अनि त्यसपछि तिनलाई सम्हाल्ने तुलनात्मक रूपमा उचित योजनाहरू बनाउन सक्ने मानिसहरू हुन्। परिस्थितिहरूलाई सम्बोधन गर्ने औसत सामर्थ्य भएका मानिसहरूले साधारण र नियमित मामलाहरूको सामना गर्दा तिनलाई सम्हाल्न सक्छन्। तिनीहरूले परिस्थितिलाई कायम राख्न र व्यवस्थापन गर्नका लागि प्रक्रियाहरू अनुसार काम गर्न सक्छन्, वा कर्मचारीलाई समायोजन र प्रतिस्थापन गर्न सक्छन्—तिनीहरू यस्तो काम गर्न सक्छन्। तर जब तिनीहरूले अचानक आइपर्ने परिस्थितिहरूको सामना गर्छन्, तब तिनीहरूले तिनलाई सम्हाल्न सक्दैनन्। तिनीहरूलाई सिद्धान्तहरू बताइए पनि, तिनीहरूले तिनलाई लागू गर्न सक्दैनन्; तिनीहरूलाई अख्तियार दिएर मामलालाई सम्हाल्न लगाइयो भने पनि, तिनीहरूले त्यसो गर्न सक्दैनन्। यो परिस्थितिहरूलाई सम्बोधन गर्ने औसत सामर्थ्य हुनु हो। परिस्थितिहरूलाई सम्बोधन गर्ने कमजोर सामर्थ्य भएका मानिसहरूले नियमित मामलाहरूलाई समेत राम्ररी सम्हाल्दैनन्। तिनीहरू धर्मसिद्धान्तहरू बोल्न र प्रावधानहरू पालना गर्न मात्रै जान्दछन्, र अन्त्यमा, समस्याको मूल कारण पटक्कै समाधान हुँदैन। मानिसहरूलाई बाधा दिने र बहकाउने ख्रीष्टविरोधीको कार्य नै तिनीहरूलाई सुसमाचार प्रचार गर्न छोड्न लगाउनका लागि पर्याप्त हुन्छ; झूटा अगुवाले बकवास कुराहरू बोल्ने कार्य पनि तिनीहरूलाई सुसमाचारको काम रोक्न लगाउनका लागि पर्याप्त हुन्छ। के यी मानिसहरू परमेश्वरको इच्छा पछ्याउनेहरू हुन्? तिनीहरू यसमा चुक्छन्। परिस्थितिहरूलाई सम्बोधन गर्ने त्यस्ता मानिसहरूको सामर्थ्य अत्यन्तै कमजोर हुन्छ। जस्तोसुकै परिस्थिति पैदा भए पनि, परिस्थितिहरूलाई सम्बोधन गर्ने कमजोर सामर्थ्य भएका मानिसहरूले त्यसलाई सम्हाल्न सक्दैनन्। उदाहरणका लागि, यदि कुनै कोठामा आगो लाग्यो भने, तिनीहरू आत्तिन्छन् र तुरुन्तै अग्नि-नियन्त्रक यन्त्र खोज्छन्। अग्नि-नियन्त्रक यन्त्र भेट्टाएपछि, तिनीहरू त्यसलाई प्रयोग गर्न जान्दैनन् र तिनीहरूले निर्देशनहरू खोज्नुपर्छ। परिणामस्वरूप, आगो बढ्दै जान्छ। तिनीहरूलाई अग्नि-नियन्त्रक यन्त्र कसरी प्रयोग गर्ने भन्ने थाहा नभएकाले यस्तो हुन्छ र यसरी तिनीहरूले कामकुरामा ढिलाइ गर्छन्, र परिस्थितिहरूलाई सम्बोधन गर्ने तिनीहरूको सामर्थ्यको कमीको कारणले पनि यस्तो हुन्छ। तिनीहरूले आगलागी जस्तो आपतकालीन परिस्थितिलाई समेत समाधान गर्न सक्दैनन्; यो परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्यको कमी हुनु हो। अर्को उदाहरण दिनुपर्दा, यदि खाना खाँदा कुनै बच्चाको घाँटीमा खाना अड्क्यो, र उसले सास फेर्न सकेन र आँखा पल्टायो भने, यी मानिसहरू आत्तिन्छन्। उसलाई अस्पताल लैजाने कि नलैजाने भन्ने तिनीहरूलाई थाहा हुँदैन, र उसलाई पानी पिउन दिने कि नदिने भन्ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू यति आत्तिन्छन् कि तिनीहरू पसिनाले भिज्छन् र तिनीहरूको अनुहार रातो हुन्छ, तर तिनीहरूलाई के गर्ने भन्ने थाहै हुँदैन। केही समयपछि, बच्चाले एक-दुई पटक खोक्छ र उसले बल्ल फेरि सास फेर्न सक्छ। तिनीहरू यति लामो समयसम्म आत्तिए तर तिनीहरूसँग समस्यालाई सम्बोधन गर्ने कुनै समाधान थिएन। भाग्यवश, त्यो बच्चा भाग्यमानी थियो; नत्र भने, त्यो बच्चा तिनीहरूकै हेरचाहमा हुँदै गर्दा मर्ने थियो। कमजोर क्षमता भएका मानिसहरूसँग कुनै सामर्थ्य हुँदैन र तिनीहरूले केही पनि राम्ररी गर्न सक्दैनन्। तिनीहरूले बुझेका केही धर्मसिद्धान्तहरू प्रावधान र नाराहरू बाहेक केही पनि हुँदैनन्। सामान्य परिस्थिति र विशेष परिस्थितिहरू दुवैका हकमा भन्दा, तिनीहरू तिनलाई सम्हाल्न वा सम्बोधन गर्न उत्तिकै असमर्थ हुन्छन्। त्यसकारण, परिस्थितिहरूलाई सम्बोधन गर्ने तिनीहरूको सामर्थ्यका हिसाबमा भन्दा, त्यस्ता मानिसहरूमा यो कुराको झनै कमी हुन्छ—तिनीहरूमा यो कुरा हुँदै हुँदैन। तिनीहरूले जुनसुकै परिस्थितिको सामना गरे पनि, त्यसलाई सम्बोधन गर्न वा सम्हाल्न सक्दैनन्—तिनीहरूले यी कुराहरू बुझ्न सक्दैनन्। तिनीहरू केही शब्द र धर्मसिद्धान्तहरू बोल्न र केही नाराहरू चिच्याउन सक्नु नै पर्याप्त हुन्छ, यसको अर्थ तिनीहरूसँग पूँजी छ र तिनीहरू आफ्नो जीवनमा सन्तुष्ट छन् भन्ने सोच्छन्। वास्तवमा, जब केही हुन्छ, तब तिनीहरूले जानेका धर्मसिद्धान्तहरू कुनै काम लाग्दैनन्। तैपनि, यसले कमजोर क्षमतालाई प्रतिबिम्बित गर्छ भन्ने कुरा तिनीहरूले बुझ्न सक्दैनन्—तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ, तर तिनीहरू आफैलाई यसबारे थाहा हुँदैन। के यो अत्यन्तै कमजोर क्षमता होइन र? (हो।) के त्यस्ता मानिसहरू मूर्ख हुँदैनन् र? (हुन्छन्।) मूर्ख मानिसहरू अक्कल नभएका मान्छे हुन्। “अक्कल नभएको मान्छे” ले केलाई जनाउँछ? यसको अर्थ के हुन्छ भने, तिनीहरूले जति धेरै धर्मसिद्धान्त बुझे पनि वा जति धेरै प्रावधानहरू पालना गर्न सके पनि, जब केही हुन्छ, तब यीमध्ये कुनै पनि प्रावधान वा धर्मसिद्धान्तले वास्तविक समस्या समाधान गर्न सक्दैन। तैपनि तिनीहरूले अझै पनि यो कुरा बुझ्न सक्दैनन्, र सोच्छन्, “यी धर्मसिद्धान्त र प्रावधानहरू किन प्रभावकारी छैनन्?” तिनीहरूले आफ्नो दिमाग खियाए पनि, त्यो कुनै काम लाग्दैन—तिनीहरूले जसरी विचार गरे पनि, समस्यालाई कसरी सम्हाल्ने वा समाधान गर्ने भनेर पत्ता लगाउन सक्दैनन्। कतिपय मानिसहरूले ख्रीष्टविरोधी घटनाहरू सम्हाल्दा, सुरुमा ख्रीष्टविरोधीहरूले बहकाएका मानिसहरूको उद्धार गर्दैनन्, न त तिनीहरूले ख्रीष्टविरोधीहरूको बहकाउका कारण नकारात्मक र भेला हुन अनिच्छुक बनेकाहरूलाई सहयोग नै गर्छन्। तिनीहरूले सुरुमा के गर्छन्? तिनीहरूले ख्रीष्टविरोधीहरूमा कुन-कुन प्रकटीकरणहरू हुन्छन्, ख्रीष्टविरोधीहरू कस्ता मानिसहरू हुन्, ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूका बीचमा के-कस्ता भिन्नताहरू छन्, ख्रीष्टविरोधीहरूलाई ठ्याक्कै कसरी खुट्ट्याउने, ख्रीष्टविरोधीहरूको स्वभाव भएकाहरूलाई कसरी खुट्ट्याउने भन्ने बारेमा कुरा गर्न ठूल्ठूला भेलाहरू आयोजना गर्छन्—तिनीहरूले यो सबै कुरामा सङ्गति गरिसक्दासम्म, ख्रीष्टविरोधीहरूले बहकाएका कतिपय मानिसहरूले धेरै पहिले नै मण्डली छोडिसकेका हुन्छन्, र कतिपय नकारात्मक र कमजोर मानिसहरू भेलाहरूमा सहभागी हुन छोड्छन्। तिनीहरूले यी मानिसहरूको उद्धार गर्ने सबैभन्दा राम्रो समय गुमाएका हुन्छन्, जसले गर्दा उनीहरूलाई साँच्चै नै ठूलो हानि हुन पुग्छ! सारांशमा भन्दा, कमजोर क्षमता भएका मानिसहरूमा पनि परिस्थितिहरूलाई सम्बोधन गर्ने तिनीहरूको सामर्थ्यका हकमा ठूलो कमीकमजोरी हुन्छ—तिनीहरूमा पूर्णतः यो कुराको कमी हुन्छ। कुनै व्यक्ति बोल्न कति सिपालु छ वा उसले सामान्य परिस्थितिहरूमा कति राम्ररी शब्द र धर्मसिद्धान्तहरू बोल्न र धर्मशास्त्रका बारेमा कुरा गर्न सक्छ भन्ने कुरालाई नहेर—ऊसँग वास्तविक परिस्थितिहरूको सामना गर्दा समस्याहरू सम्हाल्ने सामर्थ्य छ कि छैन भनेर मात्रै हेर; विशेष गरी अचानक आइपर्ने घटनाहरू उत्पन्न हुँदा, ऊसँग तजबिज गर्ने सामर्थ्य र कामकुराको परख गर्ने सामर्थ्य छ कि छैन, ऊसँग समस्याहरू सम्हाल्ने र समाधान गर्ने योजनाहरू छन् कि छैनन् भनेर हेर। यदि ऊसँग ती कुरा छन् भने, यसले ऊ आफ्नै राय भएको र कुराहरूका बारेमा कसरी सोच्ने भनेर थाहा भएको व्यक्ति हो भन्ने कुरा प्रमाणित गर्छ। तर यदि ऊसँग कामकुराको परख गर्ने र तजबिज गर्ने सामर्थ्यको कमी छ, र केही हुँदा ऊ आत्तिन्छ र चिन्तित हुन्छ, र उसले भव्य धर्मसिद्धान्तहरू बोल्न र नाराहरू लगाउन मात्रै सक्छ भने, यो व्यक्तिले समस्याहरू समाधान गर्न सक्दैन र ऊ काम नलाग्ने व्यक्ति हो। अरू कसैसँग जति नै धेरै कठिनाइ, समस्या, वा त्रुटिहरू भए पनि, यो व्यक्तिले तिनलाई व्याख्या गर्न र सम्बोधन गर्न एकै थरीका सिद्धान्तहरू प्रयोग गर्छ, र यसरी नै ऊसँग सङ्गति गरिरहन्छ, तर समस्याहरू कहिल्यै समाधान गर्न सक्दैन—यो कामकुराहरूलाई सम्बोधन गर्ने सामर्थ्यको पूर्णतः कमी हुनु हो। समस्याहरू सम्हाल्ने सामर्थ्यको कमी हुनु भनेको कामकुराहरूलाई सम्बोधन गर्न नसक्नु नै हो। कामकुराहरूलाई सम्बोधन गर्ने सामर्थ्य नभएका मानिसहरूसँग क्षमताको कमी हुन्छ। सामान्य शब्दमा भन्दा, तिनीहरू मूर्ख, बेवकुफ, र मानसिक रूपमा अशक्त हुन्। तिनीहरूले जति धेरै धर्मसिद्धान्तहरू बोल्न सके पनि, त्यो कुनै काम लाग्दैन—तिनलाई प्रयोगमा ल्याउनै सकिँदैन। आठौँ सामर्थ्य, अर्थात् कामकुराहरूलाई सम्बोधन गर्ने सामर्थ्यबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।
नम्बर ९: निर्णय गर्ने सामर्थ्य
अब हामी नवौँ सामर्थ्य, अर्थात् निर्णय गर्ने सामर्थ्यलाई हेरौँ। निर्णय गर्ने सामर्थ्यले व्यक्तिको क्षमतालाई निकै परीक्षण गर्छ; औसत व्यक्तिमा यो सामर्थ्य हुँदैन। निर्णय गर्ने क्षमता र सामर्थ्य साँच्चै भएका मानिसहरू नै निर्णय गर्ने तहमा रहेका मानिसहरू हुन्। त्यसोभए, निर्णय गर्ने सामर्थ्यले मुख्य रूपमा केलाई जनाउँछ? यसले विभिन्न मानिस, घटना, र कामकुराहरू उत्पन्न हुँदा र धेरैजसो मानिसहरूले ती कुराहरूलाई छर्लङ्ग देख्न नसक्दा कसरी कतिपय मानिसहरूले परमेश्वरका वचनहरू र सत्यताका आधारमा विभिन्न प्रकारका समस्याहरू खुट्ट्याउन र तिनलाई सम्हाल्न र विभिन्न प्रकारका मानिसहरूलाई सम्हाल्न सक्छन् भन्ने कुरालाई जनाउँछ। समस्याहरू सम्हाल्ने यस सामर्थ्यलाई निर्णय गर्ने सामर्थ्य भनिन्छ। कामकुराहरूलाई सम्हाल्ने यो सामर्थ्य भएका मानिसहरूमा निर्णय गर्ने सामर्थ्य हुन्छ; कामकुराहरूलाई सम्हाल्ने यो सामर्थ्य नभएका मानिसहरूमा निर्णय गर्ने सामर्थ्य हुँदैन। निर्णय गर्ने सामर्थ्यमा के-के पर्छन्? यसमा मानिसहरूको बोध सामर्थ्य, तजबिज गर्ने सामर्थ्य, कामकुराको परख गर्ने सामर्थ्य, र परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य पर्छन्। यी कुराहरूलाई समग्रमा निर्णय गर्ने सामर्थ्य भनिन्छ। निर्णय गर्ने सामर्थ्य भएका मानिसहरूले समस्याहरूको सारबारे तजबिज गर्न र समस्याहरूका गुणहरूको परख गर्न सक्छन्। अवश्य नै, अझै महत्त्वपूर्ण कुरा त, तिनीहरूले विभिन्न समस्याहरूलाई सम्हाल्ने सिद्धान्त र दिशालाई बुझ्न सक्छन्। यी कुराहरू गर्न सक्ने मानिसहरू मात्रै निर्णय गर्ने सामर्थ्य भएका मानिसहरू हुन्। उदाहरणका लागि, मानौँ सबैले एकपछि अर्को गर्दै धेरै घटना, तथ्य, साथै अस्तित्वमा रहिआएका कारक, परिस्थिति, सर्तहरू, इत्यादिबारे कुरा गरिरहेका छन्। माथि उल्लेख गरिएका विभिन्न कारक र सर्तका आधारमा, निर्णय गर्ने सामर्थ्य भएका मानिसहरूले अन्ततः कसरी कार्य गर्ने, कार्यको माध्यम र दिशा के हुनुपर्छ, हासिल गर्न सकिने सबैभन्दा राम्रो स्तर के हो, र स्वीकार्य न्यूनतम स्तर के हो भनेर निर्णय गर्छन्—तिनीहरूसँग आधार स्तर हुन्छ। त्यसपछि, आफूले बुझ्ने सत्यता सिद्धान्तहरूका आधारमा, तिनीहरूले समस्याहरू सम्हाल्छन्। यो सामर्थ्य भएकाहरू निर्णय गर्ने सामर्थ्य भएका मानिसहरू हुन्, र त्यस्ता मानिसहरू सबैभन्दा राम्रो क्षमता भएका मानिसहरू हुन्। तिनीहरूले जस्तोसुकै व्यावसायिक सीपको सामना गरे पनि, वा तिनीहरूले जस्तोसुकै समस्यालाई सम्हालिरहेका भए पनि, र पत्ता लागेको समस्या एकपक्षीय भए पनि वा बहुपक्षीय भए पनि, सरल भए पनि वा जटिल भए पनि, निर्णय गर्ने सामर्थ्य भएका मानिसहरूले समस्याहरूको सारबारे तजबिज गर्न र समस्याहरूका गुणहरूको परख गर्न सक्छन्। र समस्या र विद्यमान अवस्थाहरूका आधारमा कसरी कार्य गर्ने भनेर अन्तिममा निर्णय गर्नका लागि सबै पक्षबाट आउने विभिन्न जानकारीहरू प्रयोग गर्न सक्छन्। यो निर्णय मुख्य रूपमा विद्यमान अवस्थाहरूमा के हासिल गर्न सकिन्छ भन्ने कुराका आधारमा गरिन्छ, र तिनीहरूले तय गर्ने कार्ययोजना नै सबैभन्दा राम्रो समाधान हुन्छ। यसरी समस्याहरू सम्हाल्न सक्नेहरू निर्णय गर्ने सामर्थ्य भएका मानिसहरू हुन्। यस्तो निर्णय गर्ने सामर्थ्य भएका मानिसहरू अत्यन्तै राम्रो क्षमता भएका मानिसहरू हुन्। त्यस्ता मानिसहरू मात्रै अगुवा बन्न र निर्णयकर्ताको समूहमा कर्तव्य निर्वाह गर्नका लागि उपयुक्त हुन्छन्। कमजोर क्षमता वा औसत क्षमता भएका मानिसहरूले कुनै पनि प्रकारको समस्याको सामना गर्दा, आफूलाई त्यस मामलामा सीमित गरेर केही सतही शब्दहरू बोल्न मात्रै सक्छन्, र तिनीहरू समस्यालाई समाधान गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्। तिनीहरूले अरूसँग परामर्श गरे पनि र समस्याका बारेमा खोजीनिधी गरे पनि, अन्तिममा अझै पनि परिभाषा निकाल्न सक्दैनन् र तिनीहरूलाई कसरी कार्य गर्ने भन्ने थाहा हुँदैन। यो निर्णय गर्ने सामर्थ्यको कमी हुनु हो। वर्तमान परिस्थिति जति नै जटिल भए पनि वा अहिले सम्हाल्नुपर्ने समस्या जति नै गाह्रो भए पनि र त्यसो गर्दा जति नै ठूलो बाधाको सामना गर्नुपर्ने भयो भने पनि, निर्णय गर्ने सामर्थ्य भएका मानिसहरूले त्यसलाई सिद्धान्तहरूअनुसार उचित रूपमा सम्हाल्न सक्छन्, र तिनीहरूले त्यसलाई तुलनात्मक रूपमा उचित र भरपर्दो तरिकाले सम्हाल्छन्। त्यस्ता मानिसहरू निर्णय गर्ने सामर्थ्य भएका मानिसहरू हुन्। औसत निर्णय गर्ने सामर्थ्य भएका मानिसहरूले मण्डलीमा साधारण परिस्थितिहरू र केही आम घटनाहरूको सामना गर्दा, ती कुरालाई सम्हाल्न सक्छन्। तर यदि तिनीहरूले निश्चित विशेष मानिस, घटना, र कामकुराहरूको सामना गरे भने, तिनीहरू अन्योलमा पर्छन्, र तिनलाई कसरी सामना गर्ने वा सम्हाल्ने भन्ने तिनीहरूलाई थाहा हुँदैन। धेरै विचार गरेपछि, तिनीहरूले अझै पनि स्पष्ट मूल्याङ्कन वा निर्णय गर्न सक्दैनन्। निर्णय गर्ने सामर्थ्य भएका मानिसहरूलाई समस्याको जडलाई लक्षित गर्दै सत्यता सिद्धान्तहरूको खोजी गर्न आउँछ। निर्णय गर्ने सामर्थ्य नभएका मानिसहरूलाई समस्याको जड कहाँ छ, कसरी खोजी गर्ने, वा केको खोजी गर्ने भन्ने थाहा हुँदैन। तिनीहरूबीचको भिन्नता यही हो। यदि व्यक्तिले खोजी गरेर के गर्ने भन्ने कुरा थाहा पाउँछ भने, यसले ऊसँग औसत क्षमता छ भन्ने सङ्केत गर्छ। कमजोर क्षमता भएका मानिसहरूका हकमा भन्दा, तिनीहरूले खोजी गरेर केही सत्यता सिद्धान्तहरू बुझे भने पनि र त्यस बेला तिनीहरूलाई आफूले मामला सम्हाल्न जानेको भन्ने महसुस भए पनि, त्यसलाई सम्हाल्ने बेला तिनीहरूले त्यसो गर्न सक्दैनन्। तिनीहरू जिल्ल पर्छन्: “म किन मैले भर्खरै बुझेका सत्यता सिद्धान्तहरू लागू गर्न सक्दिनँ? मैले के कुरा छुटाइरहेको छु?” फेरि पनि, तिनीहरू अन्योलग्रस्त हुन्छन्, र अन्त्यमा, तिनीहरूले अझै पनि समस्या समाधान गर्न सक्दैनन्। यो निर्णय गर्ने सामर्थ्यको कमी हुनु हो; यो कमजोर क्षमता हुनु हो। सबैभन्दा कमजोर क्षमता भएका मानिसहरूले तैँले जे भन्छस् त्यही गर्छन्। यदि तैँले तिनीहरूलाई के गर्ने भनेर बताइनस् भने, तिनीहरूलाई कसरी कार्य गर्ने भन्ने थाहा हुँदैन। जब निर्णय गर्ने तहका मानिसहरूले तिनीहरूलाई कुनै काम गर्न अधिकार, आज्ञा वा निर्देशन दिन्छन्, तब तिनीहरूले आफूलाई भनिए अनुसार मात्रै त्यो गर्न सक्छन्। तर, काम किन त्यसरी पूरा गर्ने, कामले के-कस्ता परिणामहरू हासिल गर्नुपर्ने हो, वा मूल परिदृश्यभन्दा फरक अनपेक्षित परिस्थितिहरू उत्पन्न भए भने के गर्ने र त्यसलाई कसरी सम्हाल्ने भन्ने कुराको हकमा भन्दा, तिनीहरूलाई यीमध्ये कुनै कुरा थाहा हुँदैन, र तिनीहरूले सोध्नुपर्छ, र समस्या समाधान गर्न अरूको सहयोग पर्खेर बस्नुपर्छ। यो निर्णय गर्ने सामर्थ्यको कमी हुनु हो। त्यस्ता मानिसहरू रोबट जस्तै हुन्छन्—तिनीहरू अरूद्वारा चलाइन र नियन्त्रण गरिन मात्रै सक्छन्, र तिनीहरूसँग कुनै स्वायत्तता हुँदैन। कुनै क्षमता नभएको यस्तो व्यक्तिमा निर्णय गर्ने सामर्थ्य हुँदैन भन्ने कुरामा त कुनै प्रश्नै उठ्दैन—ऊ निर्णय गर्ने सामर्थ्यबाट यति टाढा हुन्छ कि उसमा यो सामर्थ्य हुँदै हुँदैन। निर्णय गर्ने सामर्थ्यलाई तीन तहमा मात्रै विभाजित गर्नुपर्छ: उच्च, मध्यम, र न्यून। उच्च, मध्यम, र न्यूनले क्रमशः असल, औसत, र कमजोरलाई जनाउँछन्। क्षमता नभएका मानिसहरूका हकमा निर्णय गर्ने सामर्थ्यका बारेमा कुरा गर्नु पनि बेकार हुन्छ; तिनीहरूले जे गरिरहेका भए पनि, निर्णय गर्न सक्दैनन्। उदाहरणका लागि, तिनीहरूलाई शरद ऋतु आएर मौसम चिसो हुँदा ठ्याक्कै के लगाउनु उचित हुन्छ, र हिउँद आएर मौसम जाडो भएपछि के लगाउनु उचित हुन्छ भन्ने थाहा हुँदैन—तिनीहरूमा यो सबैभन्दा आधारभूत सामान्य ज्ञान समेत हुँदैन, त्यसकारण तिनीहरूलाई मण्डलीको कामसँग सम्बन्धित प्रमुख मामलाहरूमा निर्णय गर्न लगाउनु त मजाक हुँदैन र? क्षमता नभएका मानिसहरूमा निर्णय गर्ने सामर्थ्य हुँदैन भन्ने कुरामा कुनै प्रश्नै उठ्दैन। निर्णय गर्ने सामर्थ्य मुख्य रूपमा अगुवा, कामदार, र सुपरिवेक्षकहरूको तहका मानिसहरूमा लागू हुन्छ। उच्च निर्णय गर्ने सामर्थ्य भएका मानिसहरू निकै थोरै हुन्छन्। निर्णय गर्ने सामर्थ्यमा अरू के-के समावेश हुन्छन्? यसमा तैँले निर्णय गरेको मामलाका परिणामहरू समावेश हुन्छन्—यी परिणामहरू मानिसहरूका लागि फाइदाजनक हुनेछन् कि तिनले नकारात्मक असर पार्नेछन्, र तिनले मानिसहरूले सत्यता बुझ्ने वा सिद्धान्तहरू अनुसार कार्य गर्ने कुरामा सकारात्मक असर पार्नेछन् कि पार्नेछैनन्—तैँले यो कुरा पत्ता लगाउनैपर्छ। निर्णय गर्न, निर्णायक हुन, र तुरुन्तै निर्णय गर्न सक्नु भनेकै निर्णय गर्ने सामर्थ्य हुनुसरह हो भन्ने हुँदैन। यो कुरा तैँले निर्णय गरेको समाधान, उद्देश्य र दिशा सही छन् कि छैनन् भन्ने कुरामा पनि निर्भर हुन्छ। यदि हासिल गरिएका नतिजाहरू सकारात्मक छन् भने, तँसँग साँच्चै नै निर्णय गर्ने सामर्थ्य हुन्छ। यदि हासिल गरिएका नतिजाहरू नकारात्मक छन्—जसले मानिसहरूलाई बहकाउँछन्, तिनीहरूलाई ठूलो हानि गर्छन्, वा बरबाद गर्छन् भने—त्यो कुनै पनि प्रकारको निर्णय गर्ने सामर्थ्य होइन। त्यसकारण, सबै नेतृत्वकारी र चर्चित व्यक्तित्वहरूमा निर्णय गर्ने सामर्थ्य हुन्छ, र सबै नेतृत्वकारी व्यक्तित्वहरूमा तुलनात्मक रूपमा उच्च क्षमता र तुलनात्मक रूपमा उच्च निर्णय गर्ने सामर्थ्य हुन्छ भन्ने मानिसहरूको विश्वास सटीक दृष्टिकोण होइन; यो पूर्ण रूपमा गलत राय हो। तैँले गर्ने निर्णयहरू सही छन् कि छैनन् भन्ने कुरा तिनका पछाडि रहेका सिद्धान्त, उद्देश्य, र दिशाहरू के-के हुन् भन्ने कुरामा पनि निर्भर हुन्छ। यदि उद्देश्य र दिशाहरू मानवजातिका लागि फाइदाजनक छन्, र यदि तिनले मानिसहरूको आत्म-आचरण, सत्यताको अभ्यास, मुक्तिको प्राप्ति, स्वभावगत परिवर्तन, र परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कार्यमा सकारात्मक मद्दत प्रदान गर्छन् र फाइदा गर्छन् भने, तेरो निर्णय गर्ने सामर्थ्य साँच्चै नै उच्च हुन्छ। तर यदि तैँले अन्धाधुन्ध निर्णय गर्छस्, जसले गर्दा मानिसहरूलाई गम्भीर रूपमा चोट पुग्छ, तिनीहरूलाई ठूलो हानि हुन्छ, तिनीहरू बहकिन्छन्, तिनीहरूलाई परमेश्वरबाट टाढा जाने र आफ्नो दिशा गुमाउने तुल्याउँछ भने, यो मानिसहरूलाई हानि गर्नु हो र तँसँग निर्णय गर्ने सामर्थ्य छ भनेर भन्न सकिँदैन। निर्णय गर्ने सामर्थ्यबारे हाम्रो छलफल यहीँ समाप्त हुन्छ।
नम्बर १०: कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य
अर्को सामर्थ्य भनेको कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हो। के तिमीहरूलाई यसको अर्थ के हो भन्ने थाहा छ? यो दुर्लभ विषय हो। कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको अर्थ कुनै मानिस, घटना, वा कामकुरालाई सम्हाल्दा, तैँले नियाल्न र बुझ्न सक्ने जानकारीबाट यसका सबल पक्ष, गुण, र बहुमूल्य पक्षहरूको मूल्याङ्कन र कदर गर्न सक्छस् कि सक्दैनस्, अनि त्यसपछि यी कुराहरूलाई आफ्नो जीवनमा र आफ्नो आचरण र व्यवहारमा लागू गर्न सक्छस् कि सक्दैनस् भन्ने हुन्छ। यदि तैँले कुनै कुराको मूल्याङ्कन र कदर गर्न सक्दैनस् भने, तैँले यसका गुण र कमीकमजोरीहरू के-के हुन् भनेर भन्न सक्नेछैनस्, तैँले यसको मुख्य कुरा बुझ्नेछैनस्, र तैँले यसबाट कुनै फाइदा प्राप्त गर्न सक्नेछैनस्। यसको अर्थ तँसँग कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छैन भन्ने हुन्छ। तर, यदि तैँले कामकुराहरूको मूल्याङ्कन र कदर गर्न सक्छस्, र निश्चित मामलाहरूबाट केही उपयोगी कुरा सिक्न र यसलाई आफ्नो वास्तविक जीवनमा लागू गर्न सक्छस्, र यदि तैँले आफूले सिकेको कुराले तँलाई आफ्नो मानव जीवनमा र तैँले जीवनको मार्ग छनौट गर्ने कार्यमा निश्चित मात्रामा सहयोग प्रदान गर्न सक्छ भने, यसले तँसँग कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने निश्चित सामर्थ्य छ भन्ने प्रमाणित गर्छ। यस विषयमा तेरो सामर्थ्य जति उच्च हुन्छ, यसले तँसँग राम्रो क्षमता छ भन्ने कुरा त्यति नै प्रमाणित गर्छ। एउटा सरल उदाहरण लिऊँ: चित्र अवलोकन। तैँले कलाको अध्ययन नगरेको भए पनि, यदि तैँले चित्रको संरचना अवलोकन गर्न र यसमा समावेश भएको अर्थलाई मानवताको दृष्टिकोणबाट बुझ्न सक्छस्—अनि तेरो दृष्टिकोण अत्यन्तै सटीक छ र यो मानव हुनुसँग सम्बन्धित छ—अनि तैँले यसमा मानव हुनुसँग सम्बन्धित केही ठोस कुराहरू देख्न र त्यसपछि यी कुराहरूलाई आफ्नो जीवन वा काममा लागू गर्न सक्छस् भने, यो प्रकटीकरणले तँसँग कामकुराहरूको मूल्याङ्कन र कदर गर्न सक्ने सामर्थ्य छ भन्ने कुरालाई प्रमाणित गर्छ। कामकुराहरूको मूल्याङ्कन र कदर गर्न सक्ने सामर्थ्यको दायराले अमूर्त कुराहरूलाई नभई केही तुलनात्मक रूपमा ठोस कुराहरूलाई जनाउँछ। अमूर्त कुराहरूमा रङ, कलाका कामहरू, इत्यादि कुराहरू समावेश हुन्छन्। यी कुराहरू मानव हुनुसँग सम्बन्धित नहुने हुनाले, ती पर्याप्त रूपमा ठोस नहुने हुनाले, र ती मानव जीवनमा हुने सामान्य मानव सोचाइ र निश्चित कुराहरूबाट निकै टाढा हुने हुनाले, र जीवनसँग नजिकबाट सम्बन्धित नहुने हुनाले, हामी तिनलाई कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको दायराभित्र वर्गीकृत गर्दैनौँ। तुलनात्मक रूपमा जीवनसँग नजिक रहेका, केही गुप्त अर्थ समावेश भएका वा मानव हुनुसँग सम्बन्धित रहेका निश्चित कुराहरूका हकमा भन्दा, यदि तैँले तिनलाई मूल्याङ्कन गर्न, खुट्ट्याउन, र लागू गर्न सक्छस् भने; यदि तैँले तिनका गुणहरूका साथै तिनका कमीकमजोरीहरू देख्न सक्छस्, र तीबारे तँसँग आफ्नै विचार र दृष्टिकोणहरू छन्, र तैँले मानिसहरूको मानवताका लागि फाइदाजनक पक्षहरू बुझ्न सक्छस् भने; अनि यदि तैँले ती मौजुद हुँदा सत्यताको विरुद्धमा जाने कुनै पनि विकृत र कठोर तत्त्वहरूलाई खुट्ट्याउन सक्छस् भने; कामकुराहरूको मूल्याङ्कन र कदर गर्न सक्ने सामर्थ्य हुनु भनेको यही हो। यदि तैँले यी कुराहरूको मूल्याङ्कन गर्न सक्दैनस्, र तैँले ठोस कुरालाई हेर्दा धर्मसिद्धान्तका हिसाबमा यसका सबल पक्ष र कमीकमजोरीहरूलाई मात्रै खुट्ट्याउन सक्छस् तर दैनिक जीवनमा यो मानवताको कुन-कुन पक्षहरूसँग सम्बन्धित छ भन्ने कुरालाई ठ्याक्कै देख्न सक्दैनस् भने, कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने तेरो सामर्थ्य औसत हुन्छ। यदि तैँले कुनै कलाको कामलाई हेरिस् र बारम्बार जाँच गरेपछि पनि, त्यसले के कुरा व्यक्त गर्ने प्रयास गरिरहेको छ, वा रचनाकारले किन यसलाई यसरी बनाए भन्ने तँलाई अझै थाहा हुँदैन, र कलाको काम मानवतासँग सम्बन्धित भए पनि वा नभए पनि, यसमा के-कस्ता सारभूत कुराहरू समावेश छन् भन्ने कुरा देख्न सक्दैनस्, र तँ यसको मुख्य कुरा देख्न सक्दैनस्, यसको अर्थ तँमा कामकुराहरूको मूल्याङ्कन र कदर गर्न सक्ने सामर्थ्यको कमी छ भन्ने हुन्छ। कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य नहुनुको अर्थ तँसँग कुनै कुराबारे कुनै दृष्टिकोण छैन र तँ सजिलै सामाजिक प्रचलनहरू वा मानिसहरूले वकालत गर्ने निश्चित नकारात्मक कुराहरूको बहकाउमा पर्न सक्छस् भन्ने हुन्छ—अर्थात्, तैँले अन्तर्निहित रूपमै नकारात्मक कुरालाई सकारात्मक कुरा भएझैँ मान्न र स्वीकार गर्न सक्छस्। यसको परिणाम के हुन्छ भने, तँ यसद्वारा विषाक्त हुनेछस्, र यदि यो कुरा तँमा लामो समयसम्म रह्यो र यसले तँमा गहन रूपमा जरा गाड्यो भने, यसले तैँले सत्यता स्वीकार गर्ने कार्यमा तगारो हाल्नेछ र हस्तक्षेप गर्नेछ। कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यसँग सम्बन्धित अर्को उदाहरण प्रस्तुत गरौँ। उदाहरणका लागि, मानौँ चलचित्रको कच्चा फुटेज तीन घण्टाको छ, र सम्पादन गरेपछि, चलचित्रको अवधि दुई घण्टा र चालीस मिनेट हुन्छ। के यो चलचित्रको परम्परागत लम्बाइ हो? (होइन।) यसले के कुरालाई जनाउँछ? (यसले चलचित्रकर्मीहरूमा कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको कमी हुन्छ भन्ने कुरालाई जनाउँछ।) विशेष गरी चलचित्रका लागि कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको कमी हुनुको अर्थ के हो? (यसको अर्थ तिनीहरूले अझै राम्रो फुटेज छनौट गर्न सक्दैनन्, र कुन फुटेज राख्नुपर्छ र कुनलाई काट्नुपर्छ भनेर सटीक रूपमा तजबिज गर्न सक्दैनन् भन्ने हुन्छ।) तिनीहरूलाई चलचित्रले कुन विषयवस्तुलाई प्रस्तुत गर्ने उद्देश्य राख्छ वा कुन-कुन दृश्यहरू विषयवस्तुसँग नजिकबाट सम्बन्धित छन् भन्ने थाहा हुँदैन। परिणाम स्वरूप, तिनीहरूले के राख्ने र के काट्ने भनेर निर्णय गर्न सक्दैनन्। अर्थात्, तिनीहरूलाई कुन-कुन दृश्य वा कथावस्तुहरू छोड्नलायक हुन्छन्, र विषयवस्तुसँग हल्का रूपमा मात्रै सम्बन्धित हुन्छन् र हटाउन सकिने हुन्छन्, र कुन-कुन दृश्य वा कथावस्तुहरू विषयवस्तुसँग सबैभन्दा बढी सम्बन्धित छन् र कायम राखिनुपर्छ भन्ने थाहा हुँदैन। तिनीहरूमा कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य नहुने हुनाले, सम्पादन गर्ने क्रममा तिनीहरूले यो दृश्य काट्न सकिँदैन र त्यो दृश्य काट्न सकिँदैन भन्ने महसुस गर्दै “दया देखाउँछन्”। अन्त्यमा, धेरै मेहनत गरेपछि, तिनीहरूले स्पष्ट समस्या भएका दृश्यहरू वा नराम्ररी छायाङ्कन गरिएको फुटेज मात्रै हटाउँछन्। विषयवस्तुसँग नजिकबाट सम्बन्धित नभएको सामग्रीका हकमा भन्दा, तिनीहरूले ती सबैलाई चलचित्रमै राखिदिन्छन्। यो कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको कमी हुनु हो। तिनीहरूसँग चलचित्रको परिभाषाबारे स्पष्ट बुझाइ हुँदैन; चलचित्रका निश्चित रूप र अभिव्यक्तिजन्य विधिहरू र हरेक दृश्यबीचको सम्बन्ध, साथै कुन-कुन दृश्यहरू साँच्चै नै चलचित्रका दृश्यहरू हुन् भन्ने कुराका हकमा भन्दा, तिनीहरूले यीमध्ये कुनै कुरा बुझ्दैनन्। यो कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको कमी हुनु हो। त्यसकारण, छायाङ्कनको बेला, तिनीहरू आत्मविश्वासले भरिएका हुन्छन्; सम्पादनको बेला, तिनीहरूको अनुहार हैरानीले पोतिएको हुन्छ; अनि पुनरावलोकनको बेला, तिनीहरू चिन्ताले मरेतुल्य हुन्छन्। पुनरावलोकनपछि, तिनीहरू कसरी अघि बढ्ने भन्ने बारेमा निकै निश्चित हुन्छन्, किनभने माथिको मार्गदर्शनमार्फत, तिनीहरूले कुन-कुन दृश्यहरू काट्ने भनेर सिकेका हुन्छन्, अनि त्यसपछि साहसका साथ तिनलाई काट्छन्। अन्त्यमा तिनीहरूले चलचित्रलाई काटेर कति लामो बनाउँछन्? तिनीहरूले त्यसलाई काटेर एक घण्टा चालीस मिनेटको बनाउँछन्। क्यामेराकर्मीहरू निकै दुःखी हुन्छन्: “के यो हाम्रो श्रमका फलहरूको बरबादी होइन र? हामीले छ महिनासम्म कठिन परिश्रम गरेर यति धेरै फुटेजहरू छायाङ्कन गरेका थियौँ, तर तिमी यो र त्यो काट-कुट गरेर निर्दयी बनेको छौ—अब त यो चलचित्र समेत हो र?” मेरो प्रतिक्रिया के हो भने, यति धेरै कुरा काट्नु ठीक हो—चलचित्र यस्तै हुनुपर्छ। तँसँग जे थियो, त्यो चलचित्र थिएन; बढीमा, त्यो एक टिभी नाटक थियो। कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने कमजोर सामर्थ्य भएका मानिसहरूले सत्यता प्राप्त गर्नै सक्दैनन्—तिनीहरूसँग सत्यतामा सङ्गति गर्दा कुनै नतिजा हासिल हुँदैन। कुनै पनि कुरा वा कुनै पनि विचार र दृष्टिकोणहरूका हकमा भन्दा, तिनीहरूले कुन-कुन कुराहरू सामान्य मानवताको आवश्यकता र मानकहरू अनुरूप छन्, कुन-कुन कुराहरू सामान्य मानवताको विरुद्धमा जान्छन्, कुन-कुन कुराहरू वास्तविक र व्यावहारिक छन्, कुन-कुन कुराहरू खोक्रा र काल्पनिक छन्, कुन-कुन कुराहरू परमेश्वरका मागहरू अनुरूप छन्, र कुन-कुन कुरा परमेश्वरका अभिप्रायहरू विपरीत छन् भनेर मूल्याङ्कन गर्न सक्दैनन्। चलचित्रका हकमा भन्दा, कुन-कुन दृश्यहरूले विषयवस्तुलाई साथ दिने भूमिका खेल्छन्, सिधै मुख्य विषयमा प्रवेश गर्छन् र विषयवस्तुलाई सिधै व्यक्त गर्छन्, र विषयवस्तुको मूल कुरा व्यक्त गर्नका लागि अत्यावश्यक हुन्छन्, र कुन-कुन दृश्यहरू असान्दर्भिक वा अनावश्यक छन्—तिनीहरूले यी कुराहरूको छेउटुप्पो थाहा पाउन सक्दैनन्, र तीमध्ये कुनै पनि कुरालाई बुझ्दैनन्। सम्पादन गर्ने क्रममा, तिनीहरूले सधैँ “दया देखाउँछन्” र तिनीहरू फुटेज काट्न अनिच्छुक हुन्छन्। यो कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको कमी हुनु हो। यदि, सामग्री छायाङ्कन गरेपछि, चलचित्रले व्यक्त गर्ने अभिप्राय राखेका विचारहरू र त्यसले बताउने अभिप्राय राखेको दिशालाई विचार गरेर, कुन-कुन दृश्यहरूलाई समावेश गर्नु हुँदैन, कुन-कुन दृश्यहरूमा पर्याप्त प्रभाव छैन, र कुन-कुन दृश्यहरू कहिल्यै प्रयोग गर्ने अभिप्राय नराखिएका तर विशेष परिस्थितिहरू उत्पन्न भएको खण्डमा विकल्पका रूपमा तयार गरिएका सहायक दृश्यहरू हुन् भन्ने कुरा तँलाई थाहा हुन्छ—यदि तैँले हृदयमा यी कुराहरूलाई विचार गरेको छस्, र तिनलाई सम्हाल्ने र समाधान गर्ने योजना बनाएको छस् भने, कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुनु भनेको यही हो। यदि तैँले यीमध्ये कुनै पनि कुरा गर्न सक्दैनस्, र समस्याहरूलाई विचार गर्न र हेर्नका लागि तैँले प्रयोग गर्ने दृष्टिकोण र विधिहरूमा आधारको कमी छ, र तैँले अन्त्यमा सही निष्कर्ष निकाल्न सक्दैनस् भने, यसको अर्थ तँमा कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको कमी छ। अवश्य नै, मण्डलीका धेरैजसो मानिसमा कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको कमी हुन्छ। कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य भनेको तैँले कुनै रचनात्मक काम, कलात्मक सिर्जना, वा मानिसहरूको मानवताबारे आत्मिक भरणपोषण वा दार्शनिक सिद्धान्तका रूपमा काम गर्ने कुरालाई कति छर्लङ्ग देख्न सक्छस् भन्ने कुरासँग मात्रै सम्बन्धित हुँदैन—मुख्य कुरा के हो भने, तँसँग यी कुराहरूका बारेमा सटीक दृष्टिकोण हुनुपर्छ। एक हिसाबमा, तेरो दृष्टिकोण तथ्यहरू र मानवताका आवश्यकताहरू अनुरूप हुनैपर्छ। अर्को हिसाबमा, तैँले बुझेको वा बोध गरेको कुरा सकारात्मक कुराहरू र सबै थोकका नियमहरू अनुरूप हुनैपर्छ; यो खोक्रो वा विकृत हुनु हुँदैन, र अन्ततः, यो सत्यता सिद्धान्तहरू अनुरूप हुनुसँग सम्बन्धित हुन जान्छ। यदि तैँले के-कस्ता विचार र दृष्टिकोणहरू व्यक्त भइरहेका छन् भन्ने कुरा देख्न सक्ने मात्रै होइन, तँ त्यो तहमै अड्किँदैनस्, बरु यी विचार र दृष्टिकोणहरू वास्तवमा सही छन् कि छैनन्, ती वास्तवमा मानवताका आवश्यकताहरू अनुरूप छन् कि छैनन्, ती वास्तवमा शुद्ध छन् कि छैनन्, र ती वास्तवमा सत्यता अनुरूप छन् कि छैनन् भन्ने कुरा पनि देख्न सक्छस् भने—यदि तँ यी सबै कुरा गर्न सक्छस् भने—तँ कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने राम्रो सामर्थ्य भएको व्यक्ति होस्। कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने राम्रो सामर्थ्य भएकाहरू असल क्षमता भएका मानिसहरू हुन्। यदि तँ यी सबै कुराहरू हासिल गर्न सक्दैनस् वा तिनलाई औसत हदसम्म मात्रै हासिल गर्न सक्छस् भने, कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने तेरो सामर्थ्य औसत मात्रै छ। यदि तैँले आधारभूत रूपमै यी कुराहरूलाई बुझ्न सक्दैनस् भने—उदाहरणका लागि, यदि तैँले कुनै पनि श्रव्य-दृश्यसम्बन्धी काम, साहित्यिक र कलात्मक काम, कलाकृति, इत्यादि कुराहरू अमूर्त भए पनि वा ठोस भए पनि तिनलाई बुझ्न सक्दैनस्, र तँलाई ती विदेशी भाषा जस्तै पूर्ण रूपमा बुझ्न नसकिने कुराहरू हुन् जस्तो लाग्छ, र तँसँग त्यस्ता कुराहरूको मूल्याङ्कन र कदर गर्नका लागि तेरो मानवताभित्र क्षमताको कमी छ भने, तँसँग कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुँदैन; तँ कुनै क्षमता नभएको व्यक्ति होस्। यदि, निश्चित रङ, निश्चित प्रकाश, र निश्चित वातावरण भएको दृश्यभित्रको पात्रको हाउभाउ वा मनोवैज्ञानिक स्थिति र मानसिक स्थितिको समग्र अभिव्यक्तिलाई नियालेर, तैँले यो दृश्यले दर्शकको मनमा पार्ने प्रभाव थाहा पाउन सक्छस् भने, तँसँग कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुन्छ। तर, कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य नभएका मानिसहरूले यो कुरा देख्न सक्दैनन्। तिनीहरूले भन्छन्, “बत्ती मधुरो छ कि छैन, वा रङ्गहरू सुन्दर छन् कि छैनन् भन्ने कुराले के फरक पार्छ? के पात्र उही हुँदैन र? तिनीहरूको मानसिक स्थिति कस्तो छ भनेर तिमीले कसरी बताउन सक्छौ? म किन यो कुरा देख्न सक्दिनँ?” यो कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको कमी हुनु हो। तैँले तिनीहरूलाई यसबारे जसरी व्याख्या गरे पनि, तिनीहरूले बुझेको छु भनेर दाबी गर्न सक्छन्, तर वास्तवमा, तिनीहरूले हृदयमा अझै पनि यो कुरा बुझेका हुँदैनन्। यो क्षेत्र तिनीहरूका लागि सधैँ अपरिचित नै रहनेछ। कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य नभएका मानिसहरूले जस्तोसुकै काम गरे पनि वा जस्तोसुकै साहित्यिक वा कलात्मक कार्यहरू हेरे पनि, आफ्ना विचार र दृष्टिकोणहरू व्यक्त गर्न सक्दैनन्। विशेष गरी गहन अर्थ व्यक्त गर्न, विषयवस्तु बताउन, वा आत्मिक मार्गदर्शन प्रदान गर्न आवश्यक काम वा रचनाहरूका हकमा भन्दा, तिनीहरूले त्यो राम्ररी गर्न सक्दैनन् र त्यस्ता कामहरूका लागि तिनीहरू योग्य हुन सक्दैनन्। यदि तँसँग कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छ, यसका साथै, तँ सत्यता पनि बुझ्छस् भने, कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य संलग्न रहेको चलचित्र, साहित्य, र कलासँग सम्बन्धित परमेश्वरको घरको कामको हकमा, तैँले त्यो राम्ररी गर्न सक्छस्, तँ त्यसका लागि योग्य हुन सक्छस्, र तैँले यस्तो कर्तव्य पूरा गर्न सक्छस्। यदि तँमा कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको कमी छ भने, तेरो क्षमता कमजोर छ र तँ यस्तो कामका लागि योग्य हुन सक्दैनस्। कतिपय मानिसहरूले भन्छन्, “मैले सत्यता सुनेको धेरै वर्ष भएको छ र सत्यता सिद्धान्तहरू बुझेको छु। के यसको अर्थ म यस्तो कामका लागि योग्य हुन सक्छु भन्ने हुन्छ?” त्यो अझै पनि पर्याप्त हुँदैन। तैँले केही सत्यता बुझे पनि, पूरकका रूपमा कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यबिना, तैँले सुसमाचार प्रचार गर्ने वा मण्डली मलजल गर्ने जस्ता कामहरू मात्रै गर्न सक्छस्। तर, कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यसँग सम्बन्धित कामका हकमा, तँ यसका लागि योग्य हुनेछैनस्। त्यसकारण, यदि कतिपय मानिसलाई गल्तीले यस्तो कामका लागि छनौट गरिएको छ र तिनीहरूले अहिले यस क्षेत्रमा आफ्नो कुनै सम्भावना छैन र आफूमा अन्तर्निहित रूपमा नै कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छैन भन्ने बुझ्छन् भने, तिनीहरूले तुरुन्तै यसो भन्दै राजीनामा दिनुपर्छ, “म यो काम गर्न सक्दिनँ। मेरो मानवतामा कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छैन।” अवश्य नै, तँसँग कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य भए पनि वा नभए पनि, यो व्यक्तिको क्षमताको मूल्याङ्कन गर्ने एउटा मानक हो। यो प्राथमिक मानक नभए पनि, निश्चित विशेष कामका लागि, कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य पनि जरूरी हुन्छ। कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यबारेको हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। अर्को सामर्थ्य, अर्थात् नवप्रवर्तनको सामर्थ्य छ, जसबारे हामी अर्को पटक सङ्गति गर्नेछौँ।
के यसरी सङ्गति गर्दा तिमीहरूका लागि कुराहरू स्पष्ट हुन्छन्? (हुन्छन्।) यदि मैले “व्यक्तिको क्षमतालाई काम गर्ने उसको कार्यक्षमता र प्रभावकारिताद्वारा मूल्याङ्कन गरिन्छ” भनेर सामान्य रूपमा मात्रै बताएको भए, तिमीहरूले यो धर्मसिद्धान्त पाठ गर्न मात्रै सक्नेथियौ, तर क्षमताले के-कस्ता निश्चित पक्षहरूलाई जनाउँछ भन्ने कुरा तिमीहरूलाई अझै स्पष्ट हुनेथिएन। पछि, मलाई अझै विशिष्ट रूपमा सङ्गति गर्नु राम्रो हुन्छ भन्ने लाग्यो; जब तिमीहरूले यस विषयमा स्पष्टता प्राप्त गर्छौ, तब तिमीहरूले आफ्नो क्षमतालाई सटीक रूपमा मूल्याङ्कन गर्न र स्पष्ट रूपमा बुझ्न सक्नेछौ। यसले तिमीहरूलाई आफ्नो उचित स्थान जान्न र आफ्ना सामर्थ्यहरूलाई बढी नठान्न सहयोग गर्नेछ। आफ्नो सामर्थ्यलाई स्पष्ट रूपमा हेर्दा र बुझ्दा, आफ्नो क्षमता राम्रो, औसत, कमजोर छ कि यो अस्तित्वमै छैन भनेर निर्धारित गर्दा, र तिमीहरू कुन समूहमा पर्छौ भनेर पहिचान गर्दा—यसरी आफ्नो उचित स्थान खोज्दा, तिमीहरूले शिष्ट रूपमा व्यवहार गर्न र आफूलाई आचरणमा ढाल्न सक्छौ। एक हिसाबमा, यसले तँलाई आफूबारे सटीक बुझाइ राख्न सक्षम बनाउँछ। अर्कोतर्फ, आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्ने हिसाबमा भन्दा, यसले तेरो अहङ्कारी स्वभावलाई रूपान्तरण गर्नका लागि पनि निश्चित मात्रामा सहयोग प्रदान गर्छ। होइन र? (हो।) आजका लागि हामी सङ्गतिलाई यहाँ समाप्त गरौँ। अलबिदा!
नोभेम्बर ४, २०२३