सत्यता कसरी पछ्याउने (३१)

पछिल्लो पटक, हामीले देहधारी परमेश्‍वरबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने विषयमा सङ्गति गर्‍यौँ, जुन “सत्यता कसरी पछ्याउने” भन्‍ने विषयमा समावेश छ, होइन र? (हो।) यस सम्बन्धमा, हामीले “देहधारी परमेश्‍वरलाई भ्रष्ट मानवजातिको बराबरीमा राखेर उल्लेख नगर्नु भन्‍ने बारेमा” विषयमा सङ्गति गर्‍यौँ, र यस विषयभित्र हामीले देहधारी परमेश्‍वरले कष्टलाई कसरी हेर्नुहुन्छ भन्‍ने बारेमा सङ्गति गर्‍यौँ, जसमा कष्टसम्बन्धी केही विचार, दृष्टिकोण, र रायहरू समावेश छन्। व्यक्तिले कष्टलाई कसरी हेर्नुपर्छ भन्‍ने बारेमा सङ्गति गर्दा यसले मानिसहरूलाई कष्टबारे सही विचार र दृष्टिकोणहरू प्राप्त गर्न मद्दत गर्छ, जसले तिनीहरूलाई कष्टलाई सही रूपमा बुझ्न र कष्टलाई सही रूपमा लिन सक्षम तुल्याउँछ। अर्थात्, तैँले आफूले भोग्नुपर्ने कष्ट भोग्नैपर्छ; यदि तैँले भोग्नु नपर्ने, वा अर्थहीन कष्ट भोगिस् भने, परमेश्‍वरले त्यसलाई स्मरण गर्नुहुनेछैन। यदि यो तैँले भोग्नुपर्ने कष्ट हो, र यसलाई भोग्नु भनेको तैँले गर्नुपर्ने कुरा हो भने, तैँले यसलाई सही रूपमा लिनुपर्छ, यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ, र तँसँग अधीनताको मानसिकता हुनुपर्छ; तैँले गुनासो गर्नु हुँदैन, र तैँले यसलाई इन्कार गर्नु हुँदैन वा तँ यसबाट पन्छिनु हुँदैन, बरु यसलाई सही रूपमा बुझ्नुपर्छ। यसलाई सही रूपमा बुझ्नुको अर्थ कष्टको महत्त्व, कष्टको मूल्य, साथै कष्ट भोगेपछि व्यक्तिले के हासिल गर्नुपर्छ र के प्राप्त गर्नुपर्छ भन्‍ने कुरालाई सही रूपमा हेर्नु हो। छोटकरीमा भन्दा, कष्ट भनेको सबैले अनुभव गर्नुपर्ने कुरा हो; देहमा जिउने सबै मानिसहरूले कष्ट भोग्नैपर्छ। तैँले राम्रो जीवन पछ्याइरहेको भए पनि, आकाङ्क्षाहरू पछ्याइरहेको भए पनि, वा परमेश्‍वरमाथिको तेरो विश्‍वासमा मुक्ति प्राप्त गर्न सत्यता पछ्याइरहेको भए पनि, कष्ट भनेको मानिसहरूले अनुभव गर्नुपर्ने र मानिसहरूले सही रूपमा लिनुपर्ने कुरा हो। मानिसहरूले कष्टको विषयलाई सही रूपमा हेर्नुपर्छ र सही रूपमा बुझ्नुपर्छ। यदि यो व्यक्तिले भोग्नुपर्ने कष्ट हो भने, उसले यसलाई स्विकार्नुपर्छ र आफूलाई अधीनमा राख्‍नुपर्छ, र गुनासो गर्नु हुँदैन, यसलाई इन्कार गर्नु हुँदैन, र यसबाट पन्छिनु हुँदैन। साथसाथै, उसले कष्टको बीचमा सत्यता खोज्नुपर्छ र परमेश्‍वरका अभिप्रायहरू खोज्नुपर्छ। अवश्य नै, यदि कष्टको प्रक्रियामा, तैँले आफ्नै भ्रष्टता र विद्रोहीपनलाई चिन्‍न सक्छस्, र आफ्नै कमीकमजोरी र अपर्याप्तताहरूलाई चिन्‍न सक्छस्, र यस वातावरण वा कठिनाइको घटनामा परमेश्‍वरले तँलाई कुन-कुन सत्यता र आत्मआचरणका सिद्धान्तहरू अनुभव गर्न, बोध गर्न, र प्राप्त गर्न अनुमति दिनुहुन्छ भन्‍ने कुरा जान्‍न सक्छस् भने, यो अझै राम्रो कुरा हो। छोटकरीमा भन्दा, कष्ट भनेको सबैले अनुभव गर्नुपर्ने र स्विकार्नुपर्ने कुरा हो। अवश्य नै, हामीले के कुरामा पनि सङ्गति गर्‍यौँ भने, यदि व्यक्तिले भोग्ने कष्ट अत्यावश्यक र मूल्यवान् छ, परमेश्‍वरद्वारा अनुमोदन गरिएको छ, र मानिसहरूले भोग्नुपर्ने कष्ट हो भने, यो सत्यताको अभ्यास समावेश हुने कष्ट हो। यदि सत्यताको अभ्याससँग व्यक्तिले भोग्ने कष्टको कुनै सरोकार छैन भने, यदि यो मानव-निर्मित कष्ट हो वा मानव इच्छाबाट पछ्याइएको कष्ट हो भने, यो हामीले वकालत गर्ने कष्ट होइन। केही कठिनाइ र समस्याहरू खडा गर्नु, केही समस्याहरू खडा गर्नु, र त्यसपछि तिनलाई अनुभव गर्न धेरै प्रयास गर्नु—यी सबै अनावश्यक कुरा हुन्, र यो व्यर्थ कुरा हो। यसबाहेक, मानिसहरूले आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू सन्तुष्ट पार्न, हैसियतप्रतिको तिनीहरूको लालसा सन्तुष्ट पार्न, वा तिनीहरूका स्वार्थी चाहनाहरू सन्तुष्ट पार्न भोग्ने कष्ट पनि अनावश्यक नै हुन्छ। यस्तो प्रकारको कष्ट भोग्नुको प्रकृति साँचो कष्ट, अर्थात् सत्यता प्राप्त गर्न र वास्तविक प्राप्ति हासिल गर्न भोगिने कष्टको प्रकृतिभन्दा फरक हुन्छ। हामीले यस पक्षमा सङ्गति गर्‍यौँ, होइन र? (हो।) तिमीहरू अहिले कष्टको विषयलाई कसरी हेर्छौ? (पहिले, मेरो हृदयमा कष्टको बारेमा धेरै विकृत दृष्टिकोण र बुझाइहरू थिए, अनि मैले के विश्‍वास गर्थेँ भने, आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, मैले जतिसुकै कष्ट भोगे पनि र जस्तोसुकै प्रकारको कष्ट भोगे पनि, परमेश्‍वरले त्यसलाई स्विकार्नुहुनेछ र अनुमोदन गर्नुहुनेछ। परमेश्‍वरले कस्तो प्रकारको कष्टलाई अनुमोदन गर्नुहुन्छ र कस्तो प्रकारको कष्ट सत्यता अभ्यास गर्नको खातिर हो भन्‍ने बारेमा सङ्गति गर्नुभएपछि मात्रै मैले कुराहरूप्रतिका आफ्नै भ्रामक दृष्टिकोणहरूलाई खुट्ट्याउन थालेँ। अनि त्यसपछि मात्रै मैले कष्टलाई कसरी लिन्छु, र अहिले मैले भोग्ने कुन कष्ट बनावटी र व्यर्थको कष्ट हो, कुन कष्ट मैले मेरा स्वार्थी चाहनाहरू, व्यक्तिगत ख्याति, प्राप्ति, र हैसियत, वा महत्त्वाकाङ्क्षा र चाहनाहरूका खातिर भोग्छु, र कुन कष्ट मैले भोग्नुपर्छ र इन्कार गर्नु हुँदैन भन्‍ने बारेमा चिन्तन गर्न थालेँ। उदाहरणका लागि, सत्यता बुझ्‍न र सत्यता अभ्यास गर्नका खातिर भोगिएको कष्ट, परमेश्‍वरको लागि साक्षी दिन भोगिएको कष्ट, आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न भोगिएको कष्ट, र स्वभाव रूपान्तरणका खातिर भोगिएको कष्ट—यस्तो प्रकारको कष्ट भोग्नैपर्छ, र यो कष्ट भोगेपछि प्राप्त हुने कुरा सत्यता नै हुन्छ। परमेश्‍वरले यसबारे सङ्गति गर्नुभएपछि मात्रै मैले के थाहा पाएँ भने, मैले कष्टको विषयलाई सही रूपमा बुझ्नुपर्छ, र मैले भोग्नुपर्ने कष्टप्रति मैले प्रतिरोधी महसुस गर्नु हुँदैन, बरु यसलाई स्विकार्नुपर्छ र आफूलाई अधीनमा राख्‍नुपर्छ, र अलि-अलि गर्दै अगाडि बढ्ने प्रयास गर्नुपर्छ। मलाई के आशा छ भने, कुनै दिन म पत्रुसले जस्तै परमेश्‍वरलाई प्रार्थना गर्ने बिन्दुमा पुग्न सक्छु, म परमेश्‍वरको सजाय र न्यायले मलाई नछोडोस् भन्‍ने कामना गर्न सक्छु, र न्याय र सजाय, अनि परीक्षा र शोधनको कष्टलाई स्विकार्न सक्षम हुन सक्छु, ताकि ममा साँचो जीवन प्रवेश हुन सकोस्।) तैँले कष्टको मामलालाई सही रूपमा लिनुपर्छ, र तँसँग यसको बारेमा चोखो बुझाइ हुनुपर्छ। छोटकरीमा भन्दा, तैँले भोग्नु नपर्ने कष्टको कुरामा, कठिनाइहरू खडा नगर् वा आफ्नै लागि कुराहरू कठिन बनाउन विभिन्न प्रकारका बाधाहरू खडा नगर्। आफ्नै लागि कुराहरू कठिन बनाउनु अमानवीय कुरा हो, र यो समझविहीन कुरा पनि हो। सबैभन्दा महत्त्वपूर्ण कुरा, तैँले आफ्नै लागि कुराहरू जतिसुकै कठिन बनाए पनि—चाहे त्यो आफ्नै केही समस्याहरूलाई जित्‍ने कार्य होस् वा आफ्नै लागि कुराहरू कठिन बनाउन केही समस्याहरू खडा गर्ने कार्य होस्—अन्ततः तैँले प्राप्त गर्ने कुरा भनेको बढीमा तेरो व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरूको सन्तुष्टि, वा तेरो आफ्नै भावनात्मक सन्तुष्टि हुनेछ, तर तैँले साँचो रूपमा सत्यता वास्तविकता प्राप्त गरेको हुनेछैनस्। यदि तैँले भोग्ने कष्ट सकारात्मक कुराहरूको अस्तित्वको रक्षा गर्न, इन्साफको अस्तित्वको रक्षा गर्न, र परमेश्‍वरको घरको हितहरूको रक्षा गर्नका लागि हो, र यो तैँले अर्पित हुन, आफ्ना जिम्मेवारीहरू पूरा गर्न, र परमेश्‍वरको अधीनमा बस्‍ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने बिन्दुमा पुग्नका लागि भोग्ने कष्ट हो भने, त्यस्तो कष्ट भोग्नु मूल्यवान् र अर्थपूर्ण हुन्छ; यो व्यक्तिले भोग्नुपर्ने कष्ट हो। यदि तैँले भोग्ने कष्ट तेरो आफ्नै अभिमान, हैसियत, र प्रतिष्ठाको रक्षा गर्न, तेरा स्वार्थी चाहनाहरू सन्तुष्ट पार्न र आफ्नै महत्त्वाकाङ्क्षाहरू सन्तुष्ट पार्न, र हैसियत प्राप्त गर्न र मानिसहरूमाझ ठूलो प्रतिष्ठा प्राप्त गर्नका लागि हो, तैपनि यसलाई भोग्दा तँ परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न असफल हुन्छस् र सकारात्मक कुराहरूको रक्षा गर्न असफल हुन्छस्, र यो तेरा जिम्मेवारीहरू पूरा गर्नका लागि भोगिएको होइन, अर्पण हुने बिन्दुमा पुग्न र परमेश्‍वरलाई सन्तुष्ट पार्ने बिन्दुमा पुग्नका लागि त झनै होइन भने, त्यस्ता सबै कष्टहरू अनावश्यक कष्ट र मूल्यहीन कष्ट हुन्। तैँले यसलाई भोगे पनि, तैँले व्यर्थमा भोगेको हुन्छस्। तँ त्यस्ता कष्टहरूबाट सकेसम्म जोगिनुपर्छ। तँ कसरी यसबाट जोगिन सक्छस्? के यो गर्न सजिलो छ? (हामीले पहिले कष्टबारे परमेश्‍वरबाट आउने सही दृष्टिकोणहरूलाई स्विकार्नुपर्छ, त्यसपछि हाम्रा अनुभवहरूमा तिनलाई अलि-अलि गर्दै आफैसँग तुलना गर्नुपर्छ। जब हामीले त्यस्तो कष्ट मूल्यहीन छ भन्‍ने महसुस गर्छौँ, तब हामीले उप्रान्त त्यस्तो अर्थहीन कष्ट भोग्नेछैनौँ।)

कतिपय मण्डलीहरू जिउने अवस्थाहरू कठोर भएका क्षेत्रहरूमा छन्। खाने र बस्ने वातावरणहरू खराब हुन्छन्, र एक गिलास सफा पानी पाउनु पनि मुस्किल हुन्छ, तर तँलाई त्यहाँ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ—यस्तो अवस्थामा के गर्नुपर्छ? मानौँ तैँले मनमनै यस्तो सोच्छस्, “यी बाह्य अवस्थाहरूका साथ आउने कष्ट मैले भोग्नुपर्ने कष्ट होइन। म मण्डलीको काम गर्न जन्मेको हुँ; म अगुवा हुँ, र मैले पाउने सुविधाहरू साधारण मानिसहरूले प्राप्त गर्नेभन्दा राम्रो हुनुपर्छ। यहाँका जिउने अवस्थाहरू अत्यन्तै कठोर छन्, जसले मेरो मुडलाई असर गर्छ र मलाई मेरो काम राम्ररी गर्नबाट रोक्छ। यसरी त हुँदैन। यो कठोर वातावरण मेरो कर्तव्य निर्वाह गर्नका लागि उपयुक्त छैन। म मेरो कर्तव्य निर्वाह गर्नका लागि सुन्दर दृश्य र रमाइलो वातावरण भएको ठाउँमा सर्नुपर्छ। मसँग एउटा राम्रो अतिथि सत्कारक निवास पनि हुनुपर्छ, जहाँ खाना स्वादिष्ट होस् र म आरामसँग सुत्न सकूँ, जहाँ घरभित्र एयर कन्डिसनिङ होस् र बाहिर घुम्नका लागि राम्रा परिदृश्य र ठाउँहरू होऊन्। मेरो कर्तव्य निर्वाह गर्नका लागि उपयुक्त ठाउँ त्यस्तै हो।” अनि फलस्वरूप, तैँले गाह्रो ठाउँ छोड्ने र आफ्नो कर्तव्य निर्वाह गर्न राम्रो वातावरण भएको ठाउँ खोज्ने छनौट गर्छस्। यसरी अभ्यास गर्नु कस्तो हो? (यो राम्रो होइन।) कतिपय मानिसहरूले यसो भन्छन्, “के तपाईंले हाम्रा लागि समस्याहरू खडा नगर्नु भन्नुभएको थिएन र? गाँस-बास खराब भएको यो गरिब, कठोर वातावरणमा आउनु—के यो आफैमाथि समस्या ल्याउनु, र आफैमाथि कष्ट ल्याउनु होइन र? यो त कष्ट निम्त्याउनु र समस्या निम्त्याउनु, र कामको लागि बाधाहरू खडा गर्नु हो, त्यसैले मैले समस्याहरू नभएको ठाउँ खोज्नुपर्छ।” के यसरी काम गर्नु स्वीकार्य हुन्छ? (हुँदैन।) मलाई भन्, के कुराहरूलाई यसरी बुझ्ने कोही छ? (छ।) के कुराहरूलाई यसरी बुझ्नु सही हो? (होइन, यस्तो प्रकारको बुझाइ अलिक विकृत छ।) त्यसैले जब तैँले यस्तो कठिन वातावरणको सामना गर्छस्, जहाँ खाने र बस्ने वातावरण खराब हुन्छ, खानपान अस्वच्छ हुन्छ, सधैँ झिँगा, लाम्खुट्टे, र सबै प्रकारका कीराहरू उडिरहेका हुन्छन्, तँ कडा काठको ओछ्यानमा सुत्छस्, सिरक ओसिलो र फोहोरी हुन्छ, तँ राती राम्ररी निदाउन सक्दैनस्, भेलाहरू गर्नका लागि कुनै शान्त ठाउँ हुँदैन, वातावरण असुरक्षित हुन्छ, र यसबाहेक, शैतानको शासनले त्यहाँ सतावट र खोजी अभियान चलाउँछ—तब, के तिमीहरू यस्तो वातावरणमा धेरै कष्ट भोग्न बाध्य छौँ भनेर भन्दैनौ र? (भन्छौँ।) तर यस ठाउँमा एउटा मण्डली छ, र त्यहाँ गर्नुपर्ने काम छ, त्यसैले तैँले के गर्नुपर्छ? तैँले यो कष्ट भोग्छस् कि भोग्दैनस्? (हामीले यसलाई भोग्नैपर्छ।) धर्मसिद्धान्तको हिसाबमा, मानिसहरूले यसलाई स्विकार्न सक्छन् र तिनीहरूले यो कष्ट भोग्नैपर्छ भनेर जानेका हुन्छन्, तर तिनीहरूले यसलाई किन भोग्नैपर्छ? (मण्डलीको कामले यसको माग गर्छ, र हाम्रो कर्तव्यले पनि त्यस्तै माग गर्छ, त्यसैले यो कष्ट भोग्नैपर्छ।) यो तैँले गर्नुपर्ने काम हो, र यो तैँले पूरा गर्नुपर्ने जिम्मेवारी हो। जब यस्तो हुन्छ, तब यसमा तँ आफ्नो कर्तव्य निर्वाह गर्दा अर्पित छस् कि छैनस् भन्‍ने कुरा समावेश हुन्छ। तैँले वातावरण सहज छ कि छैन भनेर विचार गर्नु हुँदैन, न त तेरो देह सहजतामा छ कि पीडामा छ भन्‍ने आधारमा काम गर्नु नै हुन्छ; तँ यी भावनाहरूअनुसार जानु हुँदैन। तैँले आफ्ना जिम्मेवारी र कर्तव्य पूरा गर्नका लागि विभिन्न कठिनाइहरूलाई जित्न हरसम्भव प्रयास गर्नुपर्छ। कतिपय मानिसहरूले यसो भन्छन्, “म आफैचाहिँ जानेछैनँ। म यो काम गर्न र यो कष्ट भोग्नका लागि उपयुक्त व्यक्ति खोज्नेछु। म मेरो ऊर्जा अन्य केही महत्त्वपूर्ण काम गर्नका लागि बचाउनेछु, र मैले त्यो अर्थहीन कष्ट भोग्नुपर्नेछैन।” के यसलाई यसरी बुझ्नु सही हो? (होइन। यदि मैले जानुपर्ने ठाउँ यही हो, र त्यहाँ मैले गर्नुपर्ने काम छ भन्‍ने निश्चित छ, तर म कष्टको डरले अरू कसैलाई यो गर्न लगाउँछु भने, यो छली व्यवहार गर्नु र ढिलासुस्ती गर्नु हो।) यदि तैँले जानुपर्ने ठाउँ यही हो, र त्यहाँ तैँले गर्नुपर्ने काम छ, तैँले निर्वाह गर्नुपर्ने कर्तव्य छ, र तैँले सम्हाल्नुपर्ने समस्याहरू छन् भन्‍ने निश्चित छ, तैपनि तँ जाँदैनस्, त्यसको साटो अरू कसैलाई पठाउन सबै प्रकारका बहाना र कारणहरू बनाउँछस् भने, यो अर्पित हुनु होइन, र यो कठिनाइबाट पन्छिनु र त्यसलाई इन्कार गर्नु हो। तैँले अरू कसैलाई पठाउनुको सबैभन्दा आधारभूत कारण तँलाई जान असुविधाजनक हुने भएर होइन, न त तँ त्यहाँ जानु एउटा विकल्पको कुरा भएर नै हो, तर त्यहाँको वातावरण खराब छ र जिउने अवस्थाहरू खराब छन्, र तँ कष्ट भोग्न डराउँछस्—त्यसैकारण तँ जान इच्छुक हुँदैनस्। यदि तँसँग यस्तो मानसिकता र यस्तो प्रकारको अभिप्राय छ भने, यो अर्पणविहीन हुनु हो, र यो कष्टबाट पन्छिनु र कष्ट भोग्न इन्कार गर्नु हो। तैँले भोग्नुपर्ने कष्टलाई तैँले स्विकार्नैपर्छ—जतिसुकै कठिनाइहरू भए पनि, तँ यसबाट पन्छिनु हुँदैन; जतिसुकै खतरा भए पनि, तैँले यसको सामना गर्नैपर्छ; र त्यहाँ कुनै प्रकारको प्रकोप नै भइरहेको भए पनि, तँ जानैपर्छ, तँ यसबाट पन्छिनु हुँदैन, र तैँले डटेर कठिनाइहरूको सामना गर्नैपर्छ। अर्पित हुनु भनेको यही हो। मानौँ, त्यहाँ जाँदा तेरो देहले कष्ट भोग्नेछ र त्यहाँ खतरा हुनेछ भन्‍ने तँलाई थाहा भए पनि, तैँले यसलाई इन्कार गर्दैनस् वा तँ यसबाट पन्छिँदैनस्, र मण्डलीको कामको खातिर र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका खातिर खतरा मोल्न र कठिनाइहरूलाई जितेर अग्रपङ्क्तिमा रहन समेत सक्छस्। अर्पित हुनु भनेको यही हो, आफ्‍ना जिम्मेवारीहरू पूरा गर्नु भनेको यही, र परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नु भनेको यही हो। कठिनाइको वातावरणमा आफ्नो गवाहीमा दृढ रहन सक्नु भनेको मानिसहरूले हासिल गर्नुपर्ने कुरा हो, र यो मानिसहरूमा हुनुपर्ने अभ्यास पनि हो, होइन र? (हो।) यस्तो प्रकारको परिस्थितिको सामना गर्दा, तैँले यसलाई यसरी नै बुझ्नुपर्छ र यसरी नै अभ्यास गर्नुपर्छ।

यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्न कतै जान्छस्, र त्यहाँका जिउने अवस्थाहरू राम्रा छन्, वातावरण राम्रो छ, खाना निकै राम्रो छ—तैँले लगभग हरेक खानामा मासु खान पाउँछस्—र तेरो बास पनि निकै आरामदायी छ, जाडोमा हिटर र गर्मीमा एयर कन्डिसनिङ छ, र सबै अवस्थाहरू निकै राम्रा छन् भने, यस्तो प्रकारको काम गर्ने वातावरणको सामना गर्दा तैँले यसलाई कसरी लिनुपर्छ? कतिपय मानिसहरूले यसो भन्छन्, “यस्तो वातावरणमा काम गर्नु साँच्चै रमाइलो हुन्छ। यदि मैले यस ठाउँमा मेरो काम गरेँ भने, के म आराममा लिप्त भइरहेको हुन्छु? के म मेरो कर्तव्यप्रति अर्पित भइरहेको हुँदिनँ? के यो गलत होइन र?” यदि तैँले यस्तो राम्रा जिउने अवस्थाहरू भएको वातावरणको सामना गरिस् भने, तैँले यसलाई कसरी बुझ्छस्? (पहिले, मैले यो मण्डलीको कामको लागि आवश्यक छ कि छैन भनेर निर्धारण गर्नुपर्छ। यदि कामले मलाई यस ठाउँमा मेरो कर्तव्य निर्वाह गर्नुपर्ने माग गर्छ भने, मैले यस वातावरणलाई सही रूपमा लिनुपर्छ, म आराममा लिप्त हुनु हुँदैन, र राम्रो खाने वा राम्रो लगाउने कुरामा ध्यान केन्द्रित गर्नु हुँदैन, बरु मेरो कर्तव्य राम्ररी निर्वाह गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ; यसो गर्नु मात्रै विवेक र समझ भएको व्यक्ति हुनु हो। तर यदि कामले मलाई त्यहाँ मेरो कर्तव्य निर्वाह गर्न माग गर्दैन, र म अझै बढी दैहिक आनन्दको खातिर जानी-जानी राम्रा जिउने अवस्थाहरू भएको ठाउँ छान्छु भने, त्यो आराममा लिप्त हुनु हो।) तँ राम्रा जिउने अवस्थाहरू भएको वातावरणमा भए पनि, तैँले यसलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नबाट तँलाई रोक्न दिनु हुँदैन। तँ यस्तो जिउने वातावरणमा लिप्त हुनु हुँदैन; तैँले जे गर्नुपर्ने हो त्यही गर्, र आफ्‍नो कर्तव्य जसरी निर्वाह गरिनुपर्ने हो त्यसरी नै निर्वाह गर्। यदि तँ अगुवा वा कामदार भएको कारणले अतिथि सत्कारक परिवारले तेरो विशेष ख्याल राख्छ, तँलाई खानका लागि राम्रो खाना र प्रयोग गर्नका लागि राम्रा कुराहरू दिन्छ, र तँलाई केही विशेष हेरचाह र विशेष व्यवहार गर्छ, र तैँले “मैले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नैपर्छ। यो परमेश्‍वर मप्रति अनुग्रही हुनुभएको हो, र यो मैले आनन्द लिनुपर्ने कुरा हो, त्यसैले म यसको आनन्द लिनेछु। मैले इन्कार गर्नु हुँदैन” भन्‍ने सोच्छस् भने, तैँले यसरी सोच्नु गलत हुन्छ। वास्तवमा, अतिथि सत्कारक परिवारले तँलाई गर्ने व्यवहार र हेरचाह तिनीहरूले साधारण दाजुभाइ-दिदीबहिनीहरूलाई सत्कार गर्दा गर्ने व्यवहारभन्दा निकै राम्रो हुन्छ; यसले अतिथि सत्कारका मानक र सिद्धान्तहरूलाई पहिले नै धेरै नाघिसकेको हुन्छ। त्यसोभए तैँले यो परिस्थितिलाई कसरी लिनुपर्छ? (मैले इन्कार गर्न सिक्नैपर्छ।) तैँले कसरी इन्कार गर्नुपर्छ? (पहिले, मैले अतिथि सत्कारक परिवारसँग अतिथि सत्कारका सिद्धान्तहरूबारे स्पष्ट रूपमा सङ्गति गर्नुपर्छ, र तिनीहरूलाई के बताउनुपर्छ भने, अगुवा र कामदारहरूसँग हैसियत भएकै कारणले तिनीहरूलाई विशेष हेरचाह दिनु हुँदैन, किनभने यसले अगुवा र कामदारहरूलाई आराममा लिप्त हुन सजिलो बनाउँछ। साथै, मैले आफैले पनि तिनीहरूलाई इन्कार गर्न सिक्नैपर्छ, र यो विशेष व्यवहारको आनन्द लिनु हुँदैन। मैले मेरो खास आचरण र मेरा कार्यहरूमार्फत मेरो इन्कार देखाउनुपर्छ।) त्यसोभए के तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नु आवश्यक हुन्छ त? (हुँदैन।) तैँले आफैले परिस्थितिहरूलाई कसरी खुट्ट्याउने भन्‍ने जान्नैपर्छ, र तिनलाई सोहीअनुरूप कसरी व्यवहार गर्ने भन्‍ने जान्नैपर्छ। कतिपय मानिसहरूले यसो भन्छन्, “अतिथि सत्कारक परिवार यसरी नै जिउँछ। यदि मैले इन्कार गरेँ भने, के त्यो परमेश्‍वरको अनुग्रहलाई इन्कार गर्नु होइन र? के त्यो आफैमाथि समस्या ल्याउनु होइन र? अगुवा र कामदारहरूले आफ्नो काम गर्दा अतिथि सत्कारका राम्रा अवस्थाहरूको आनन्द लिनुपर्छ।” के यो बुझाइ सही हो? (होइन।) यो बुझाइ पक्कै पनि गलत हो। यदि तँ त्यस्तो ठाउँमा पुग्छस् जहाँ त्यस क्षेत्रका जिउने अवस्थाहरू निकै राम्रा छन्, र अतिथि सत्कारक परिवारले तँलाई जे प्रदान गर्छ त्यो तिनीहरूको दैनिक जीवनको सामान्य खर्च र आवश्यकताहरूको भाग पनि हो, र यो तिनीहरूको जीवनको सामान्य कुरा मात्रै हो भने, तैँले तिनीहरूको जिउने बानीहरूको सम्मान गर्नुपर्छ। त्यहाँका स्थानीय जिउने अवस्थाहरू त्यस्तै हुन्छन्। यदि तैँले इन्कार गरिस् भने, यो अलिक बनावटी देखिनेछ; तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ र यसलाई सही रूपमा लिनुपर्छ, तँप्रति अनुग्रही हुनुभएकोमा तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ, र तैँले आफ्नै लागि कष्ट खडा गर्ने प्रयास गर्नु हुँदैन। तर यदि अतिथि सत्कारक परिवारले तँलाई दिने सुविधाहरूले तिनीहरूको दैनिक जियाइका मानकहरूलाई नाघ्छ, जसको अर्थ तिनीहरूले तँलाई केही विशेष तरिकाहरूले हेरचाह गर्छन् भने, यो सिद्धान्तहरूअनुरूप हुँदैन। तैँले इन्कार गर्नुपर्छ, र तैँले तिनीहरूसँग सिद्धान्तहरूका बारेमा सङ्गति गर्नुपर्छ; तैँले तिनीहरूलाई असुविधा दिनु हुँदैन। के तैँले यसरी नै अभ्यास गर्नुपर्ने होइन र? (हो।) यदि तैँले “यो तिनीहरूको जियाइको सामान्य मानक मात्रै हो; तिनीहरू हरेक दिन भव्य रूपमा खान्छन् र सधैँ सबै प्रकारका ताजा फलफूलहरू उपलब्ध हुन्छन्, त्यसैले मैले पनि यी कुराहरूको आनन्द लिनुपर्छ” भन्दै बहाना बनाउँछस् भने, के तैँले त्यस्ता बहानाहरू बनाउनु सही हुन्छ त? (हुँदैन।) यो आराममा लिप्त हुनु हो। कतिपय मानिसहरू राम्रा जिउने अवस्थाहरू भएको ठाउँमा पुगेपछि, तिनीहरू त्यहाँबाट जान चाहँदैनन्, र तिनीहरू त्यस्तो ठाउँमा निकै लामो समयसम्म बस्छन्। तिनीहरू अन्य कतै जानु पर्यो भने कष्ट भोग्नुपर्छ कि भनेर डराउँछन्, त्यसैले तिनीहरूले नजानका लागि सबै प्रकारका बहानाहरू बनाउँछन्। अन्य ठाउँमा काम भए पनि, र तिनीहरूले सम्हाल्नुपर्ने समस्याहरू भए पनि, तिनीहरू दुई-चार दिनमा नै काम सिध्याउनका लागि मात्रै जान्छन्, त्यसपछि हतार-हतार यस राम्रो ठाउँमा फर्किन्छन्। के यो कष्ट भोग्न डराउनु होइन र? (हो।) यो कष्ट भोग्न डराउनु हो, र यो आराममा लिप्त हुनु हो। तिनीहरू पुष्ट र गोरो नहोउन्जेल आफ्नो देहलाई पुल्पुल्याउँछन्, र तिनीहरूले अझै पनि यसो भन्दै कारण र बहानाहरू बनाउँछन्, “यदि मैले राम्ररी खाइनँ वा म राम्रो ठाउँमा बसिनँ, र म बिरामी भएँ भने, के यसले मलाई अगुवाको रूपमा रहेको मेरो कर्तव्य निर्वाह गर्नमा असर गर्दैन र? काम राम्ररी गर्नका लागि, मैले मेरो देहलाई पुल्पुल्याउनैपर्छ, मेरो देहलाई स्वस्थ राख्नैपर्छ, र म ऊर्जाले भरिपूर्ण हुनैपर्छ; त्यसपछि मात्रै म मेरो कर्तव्य निर्वाह गर्नमा प्रभावकारी हुनेछु।” के यी बहानाहरू होइनन् र? (हुन्।) यो आराममा लिप्त हुनका लागि बहानाहरू बनाउनु हो। छोटकरीमा भन्दा, यो कठिनाइको वातावरण भए पनि वा आरामको वातावरण भए पनि, तँ यसबाट प्रभावित वा नियन्त्रित हुनबाट जोगिन सक्षम हुनुपर्छ। यदि कुनै कठिनाइ छैन भने, आफ्नै लागि यो खडा नगर्; यदि कठिनाइ छ भने, यसलाई इन्कार नगर्। यदि तैँले सामना गर्ने वातावरणले कष्टको माग गर्छ भने, तैँले यसलाई भोग्नैपर्छ; कठिनाइ जतिसुकै ठूलो भए पनि, तैँले यसलाई जित्नैपर्छ। यसलाई जित्नुको उद्देश्य तेरो कर्तव्य अझ राम्ररी निर्वाह गर्नु हो, जानी-जानी आफ्नै देहलाई सास्ती दिनु होइन। कठिनाइहरू जतिसुकै ठूला भए पनि, तैँले तिनलाई इन्कार गर्नु हुँदैन वा तँ तीबाट पन्छिनु हुँदैन; बरु, तैँले काम राम्ररी गर्न, आफूले निर्वाह गर्नुपर्ने कर्तव्य राम्ररी निर्वाह गर्न, र भन्नुपर्ने कुरा भन्न र समस्याहरूलाई सम्हाल्न र समाधान गर्न सबै प्रकारका उपायहरू सोच्नुपर्छ, त्यसपछि तँ जान सक्छस्। त्यो उचित हुनेछ। जब तँ राम्रा जिउने अवस्थाहरू भएको ठाउँमा जान्छस्, तब तँ दैहिक आराम र आनन्दमा आशक्त नभई, बरु काम राम्ररी गर्ने कुरामा आफ्नो हृदय केन्द्रित गर्दै, आफ्नो कर्तव्य निर्वाह गर्न र आफ्नो काम सामान्य रूपमा गर्न पनि सक्षम हुनुपर्छ। अवश्य नै, यस्तो वातावरणमा, तैँले आफ्नै लागि कुराहरू कठिन बनाउन वा परमेश्‍वरलाई बफादारी अर्पण गर्न वा आफ्नो सङ्कल्प व्यक्त गर्न थप कठिनाइहरू खडा गर्नु आवश्यक हुँदैन। बरु, तँ यस वातावरणबाट प्रभावित हुनु हुँदैन, तँ दैहिक आराममा लिप्त हुनु हुँदैन, र तँ पतित हुनु हुँदैन। तैँले राम्रा जिउने अवस्थाहरू र आरामदायी वातावरणलाई कामको प्रगतिमा असर गर्न, वा कष्ट भोग्ने तेरो सङ्कल्प र आफ्‍नो कर्तव्यप्रतिको तेरो अर्पणमा असर गर्न दिनु हुँदैन। आरामको वातावरणमा पनि, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्नैपर्छ र आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ। यदि अन्य ठाउँमा काम छ र तँ जानुपर्छ भने, तँ जानैपर्छ। तँ आफ्नो आनन्दमा यति धेरै फस्नु हुँदैन कि जसले गर्दा तैँले आफ्ना कर्तव्यहरू बिर्सन्छस्, र तेरो देह यहाँ सहज र आराममा भएकोले र तेरो जीवन यहाँ रमाइलो भएकोले मात्रै तँ अन्य कतै जाने इच्छा नगर्ने गर्नु हुँदैन। यो गलत हो। यो कष्ट भोग्न इन्कार गर्नु हो, यो आराममा लिप्त हुनु हो, र यो आफ्‍नो कर्तव्यप्रति अर्पित नहुनु हो। के कुरा यही होइन र? (हो।)

तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने वातावरण, कामको वातावरण, वा जिउने वातावरणमा कठिनाइ भए पनि वा नभए पनि, छोटकरीमा भन्दा, तैँले कष्टको समस्यालाई सही रूपमा बुझ्नुपर्छ, र तैँले यसलाई सही मनोवृत्तिका साथ विवेकी रूपमा लिनुपर्छ। यदि तैँले भोग्ने कष्ट आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नका खातिर, सत्यता सिद्धान्तहरूअनुरूप अभ्यास गर्न सक्षम हुनका खातिर, तेरो अर्पण चढाउनका खातिर, र परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूको अधीनमा बस्न सक्षम हुनका खातिर हो भने, तैँले यसलाई स्वीकार गर्नुपर्छ। कठिनाइहरू जतिसुकै ठूला भए पनि, तैँले तिनलाई जित्नैपर्छ, र तैँले तिनलाई भोग्नैपर्छ; तैँले तिनलाई इन्कार गर्नु हुँदैन वा तँ तीबाट पन्छिनु हुँदैन। तर, यदि कुनै कठिनाइ वा समस्या छैन, तैँले राम्ररी खान्छस् र तँ आरामसँग जिउँछस्, र लामो समयसम्म तैँले कुनै प्रतिकूल अवस्थाहरूको सामना गर्दैनस्—यदि सबै पक्षमा सबै कुरा राम्रो छ भने—तँलाई भित्र असहज महसुस हुनु हुँदैन। यस्तो आरामको वातावरणमा, तैँले अझ बढी परमेश्‍वरको अगाडि तेरो हृदयलाई शान्त पार्नुपर्छ, तेरो आत्मिक भक्ति उचित रूपमा गर्नुपर्छ, आफूलाई सत्यताले सुसज्जित गर्नुपर्छ, र तेरो बुझाइलाई समृद्ध बनाउनुपर्छ। यस अवधिमा तेरा कमीकमजोरीहरू के-के भएका छन्, वा तैँले प्रकट गरेका कुन-कुन भ्रष्ट स्वभावहरूलाई तैँले सत्यताको खोजी गरेर जान्‍नुपर्छ र समाधान गर्नुपर्छ भन्‍ने कुरामा तैँले चिन्तन गर्नुपर्छ। त्यसपछि तँमा अझै के-कस्ता समस्याहरू छन्, कुन-कुन समस्याहरू कसरी समाधान गर्ने भन्‍ने तँलाई थाहा छैन, तँमा अझै सत्यताका कुन-कुन पक्षहरूको कमी छ, र तैँले कुन-कुन पक्षहरूमा प्रवेश गर्नुपर्छ र सुधार गर्नुपर्छ भनेर हेर्। कष्टको समस्यालाई सही रूपमा लिने, र परमेश्‍वरले तेरो लागि खडा गर्नुहुने वातावरणहरूलाई सही रूपमा लिने अभ्यासको मार्ग यही हो। यदि तैँले यसरी अभ्यास गरिस् भने, तँ बाह्य वातावरणबाट लगभग कहिल्यै प्रभावित हुनेछैनस्। बाह्य वातावरणमा जतिसुकै ठूलो कठिनाइ भए पनि, जबसम्म व्यक्तिको हृदयमा सही लक्ष्य र पछ्याइको सही दिशा हुन्छ, ऊ परमेश्‍वरको अगाडि शान्त रहन सक्छ, उसले मामलाहरूको सामना गर्दा सत्यता सिद्धान्तहरू के हुन् र कसरी अभ्यास गर्ने भनेर सोच्न सक्छ, त्यसपछि सही निर्णयहरू गर्न र सही रूपमा अभ्यास गर्न सक्छ, तब कष्टको समस्यालाई यसरी लिँदा, उसले अन्ततः आफूले प्राप्त गर्नुपर्ने केही सकारात्मक कुराहरू प्राप्त गर्नेछ। उदाहरणका लागि, कहिलेकाहीँ तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्दा तत्काल सम्हाल्नुपर्ने ठूला समस्याहरूको सामना गर्न सक्छस्, जसको कारण तैँले बिहान सबेरै उठ्नुपर्ने र राती ढिलो सुत्नुपर्ने हुन्छ, वा खाना छोड्नुपर्ने हुन्छ, वा लामो दूरीको यात्रा गर्नुपर्ने र डाँडाकाँडा पार गर्नुपर्ने हुन्छ। विशेष गरी, कतिपय दुर्गम ठाउँहरूमा गाडीबाट पुग्न सकिँदैन र त्यहाँ साइकल कुदाउने बाटो समेत हुँदैन, त्यसैले तँ त्यहाँ हिँडेर मात्रै पुग्न सक्छस्। त्यसोभए, जब तैँले यस्तो कठिनाइको वातावरण सामना गर्छस् तब तैँले कसरी व्यवहार गर्नुपर्छ? यी केही विशेष प्रकारका कठिनाइहरू हुन्। जब तैँले यी वातावरणहरूको सामना गर्छस्, तब तैँले तिनलाई इन्कार गर्नु हुँदैन वा तँ तीबाट पन्छिनु हुँदैन। यो तैँले भोग्नुपर्ने कष्ट हो; आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्न, तैँले यस्तो कष्ट भोग्नैपर्छ। तर, कतिपय विशेष परिस्थितिहरूलाई फरक तरिकाले लिनुपर्छ। उदाहरणका लागि, मण्डलीहरू भएका कतिपय क्षेत्रहरूमा, अवस्थाहरू निकै प्रतिकूल हुन्छन्, जहाँ चिनियाँ कम्युनिस्ट पार्टीले उन्मत्त रूपमा गिरफ्तारीहरू गरिरहेको हुन्छ। कतिपय अगुवा र कामदारहरू पक्राउ परेका हुन्छन्, र कतिपय दाजुभाइ-दिदीबहिनीहरू चिनियाँ कम्युनिस्ट पार्टीको कडा निगरानीमा हुन्छन्। मण्डलीको काम गम्भीर रूपमा प्रभावित भएको हुन्छ र यसलाई सम्हाल्नुपर्ने आवश्यकता हुन्छ। यदि तँ त्यहाँ गइस् भने, तँ पक्राउ पर्ने जोखिममा हुनेछस्, र तेरो ज्यान समेत खतरामा पर्न सक्छ। यस्ता परिस्थितिहरूमा, तैँले केही बुद्धि प्रयोग गर्नुपर्छ। तैँले कि त पत्रमार्फत कुराकानी गर्न सक्छस्, वा स्थानीय सुपरिवेक्षकहरूलाई सङ्‍गति गर्न अर्को क्षेत्रमा भेला गराउन सक्छस्, र तिनीहरूलाई पछिल्ला कामहरू सम्हाल्न मद्दत गर्न सक्छस् ताकि मण्डलीको काम जतिसक्दो चाँडो सही मार्गमा आउन सकोस्। छोटकरीमा भन्दा, यस्ता खतरनाक वातावरणहरूमा, तँ निकै सतर्क हुनुपर्छ र तैँले जोखिम मोल्नु हुँदैन। कतिपय परिस्थितिहरूमा, तैँले जोखिम मोल्ने प्रयास गर्न सक्छस्, तर अन्य परिस्थितिहरूमा, यसो गर्नु उचित हुँदैन। जे होस्, तैँले कष्टको समस्यालाई सही रूपमा बुझेपछि, तैँले यी सही विचार र दृष्टिकोणहरूका आधारमा आफैमाथि चिन्तन गर्नुपर्छ। तेरो जीवनमा र आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा तैँले सामना गर्ने कष्टलाई हेर्। कस्तो प्रकारको कष्ट तैँले भोग्नुपर्ने कष्ट हो, र कस्तो प्रकारको कष्ट सत्यता सिद्धान्तहरू अनुरूप हुने कष्ट हो भनी हेर्—यो तैँले भोग्नैपर्ने प्रकारको कष्ट हो; तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नैपर्छ। कस्तो प्रकारको कष्ट अनावश्यक छ, र तैँले आफ्नै लागि खडा गरेको समस्या मात्रै हो भनेर हेर्—तैँले यस्तो प्रकारको कष्ट जतिसुकै भोगे पनि, परमेश्‍वरले यसलाई स्मरण गर्नुहुनेछैन। यदि अरू कसैले मण्डलीको कामलाई असर गर्ने समस्या खडा गर्छ, र तैँले यो भद्रगोललाई ठीक पार्नुपर्छ, र तैँले तेरा जिम्मेवारीहरू पूरा गर्नुपर्छ भने, तैँले गुनासो गर्नु हुँदैन; तैँले सम्हाल्नुपर्ने कुरा जेसुकै भए पनि तैँले त्यसलाई सम्हाल्नैपर्छ। उदाहरणका लागि, कतिपय मानिसहरूले मण्डलीका उपकरण, साधन, र अन्य सामग्रीहरूलाई क्षति पुर्‍याउँछन्, वा लापरवाह रूपमा दुष्कर्महरू गर्छन् जसले प्रतिकूल परिस्थिति खडा गर्छ, वा अन्योलमा परेका मानिसहरू वा कमजोर क्षमता भएका मानिसहरूले कुनै कुरा बिगार्छन्—यसलाई तैँले निराकरण गर्नुपर्ने हुन्छ। यस्तो बेला, तैँले यसो भन्नु हुँदैन, “तिनीहरूले जे बिगारे त्यसको परिणाम तिनीहरूले नै भोग्नुपर्छ। मसँग यसको कुनै सरोकार छैन। यो मैले भोग्नुपर्ने कष्ट होइन; म यो कर्तव्य स्वीकार गर्न इन्कार गर्छु!” के यसरी बोल्नु सही हुन्छ? (हुँदैन, यो अर्पित नहुनु र जिम्मेवारीको बोध नहुनु हो।) यसमा फेरि व्यक्तिको अर्पण समावेश हुन्छ। यदि यो तैँले गर्नुपर्ने कुरा हो भने, तैँले गएर यसलाई हेर्नुपर्छ र सम्हाल्नैपर्छ। यसलाई सम्हाल्नुको अर्थ कुनै भद्रगोललाई सुधार्नु हो भने पनि, तँ जानैपर्छ। तैँले विवाद गर्नु हुँदैन, र तैँले यसो भन्दै गुनासो गर्नु हुँदैन, “यी अन्योलमा परेका मानिसहरू, कमजोर क्षमता भएका यी मूर्ख मानिसहरूले यो भद्रगोल छोडेर गए, त्यसैले यसलाई मिलाउने व्यक्ति म नै किन हुनुपर्छ? के मैले आवश्यकभन्दा बढी कष्ट भोगिरहेको हुनेछैन र? यो परिस्थिति त मानिसहरूले गर्दा भएको हो; यो परमेश्‍वरबाट आएको होइन।” तैँले यसरी बोल्नु गलत हो। भद्रगोललाई ठीक पार्नु र बिग्रिएको कुरालाई सुधार्नु तेरो आफ्‍नो कर्तव्य नहुन सक्छ र यो तेरो आफ्नै कामको दायराभित्र नपर्न सक्छ, तर यो मामला परमेश्‍वरको घरका हितहरूसँग सम्बन्धित हुन्छ, त्यसैले तैँले यसलाई कसरी लिनुपर्छ? यदि तैँले गएर यो भद्रगोललाई ठीक पारिनस् भने, मण्डलीको काममा ढिलाइ हुनेछ, र परमेश्‍वरको घरका हितहरूले घाटा भोग्नेछ। तर यो भद्रगोललाई ठीक पार्न, तैँले सत्यताको बारेमा सङ्‍गति गर्न र समस्याहरू समाधान गर्न धेरै शब्दहरू बोल्नुपर्छ। यस्तो परिस्थितिमा, के तँ सबै समस्याहरू समाधान गर्न र कामलाई पूर्ण रूपमा राम्ररी गर्न लागिरहन सक्छस्? अरू मानिसहरू समस्याहरू समाधान गर्न असफल भए र तिनीहरूले काम राम्ररी गरेनन्, त्यसैले समस्याहरू समाधान गर्न र कामलाई पूर्ण रूपमा राम्ररी गर्न तैँले अझ बढी प्रयास गर्नुपर्छ; यसले मात्रै तँलाई परमेश्‍वरको निम्ति प्रयोगयोग्य बनाउँछ। जब तैँले कष्ट भोग्नुपर्ने हुन्छ, तब तैँले यसलाई भोग्नैपर्छ; जतिसुकै समस्याहरू भए पनि, तैँले तिनलाई समाधान गर्नैपर्छ। जब काममा यी कठिनाइहरू देखा पर्छन्, तब तैँले अझै पनि काम गर्छस् कि गर्दैनस्? (हामीले अझै पनि गर्नैपर्छ।) तेरो जिउने वातावरण राम्रो भए पनि वा खराब भए पनि, र तेरो मुड जस्तोसुकै भए पनि, परमेश्‍वरले तँलाई सुम्पनुभएको काम तैँले राम्ररी गर्नैपर्छ, र तैँले यो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ। यदि तँ यो कर्तव्य स्वीकार गर्न चाहँदैनस् भने, तँ यसबाट पन्छिन सक्छस्; परमेश्‍वरको घरले तँलाई जबरजस्ती गर्नेछैन। तर तैँले यसलाई स्वीकार गरिसकेको हुनाले, तैँले यो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। विशेष गरी जब यसमा सुसमाचार फैलाउने काम समावेश हुन्छ, तब परमेश्‍वरका चुनिएका सबै मानिसको जिम्मेवारी हुन्छ। तैँले कठिनाइहरूको सामना गर्नुपरे पनि वा ठूलो कष्ट भोग्नुपरे पनि, तँ यो गर्नमा लागिरहनुपर्छ। म किन यसो भन्छु? (किनभने यसमा हाम्रो कर्तव्य समावेश हुन्छ, र मानिसहरूले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नुपर्छ।) व्यक्तिको कर्तव्य समावेश हुने मामलाहरू कुनै साधारण कुरा होइनन्। एक हिसाबमा, तिनमा मानिसहरूको जीवन प्रवेश समावेश हुन्छ, र साथसाथै, तिनमा परमेश्‍वरको इच्‍छालाई अघि बढाउने कुरा समावेश हुन्छ। त्यसकारण, यी समस्याहरूलाई पहुँच गर्दा, मानिसहरूले तिनलाई समाधान गर्न सत्यता खोज्नुपर्छ, र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न आफ्नो कर्तव्य पूरा गर्नुपर्छ—यो पन्छिन नसकिने जिम्मेवारी हो! पन्छिन नसकिने जिम्मेवारी हुनुको अर्थ अर्पित हुनु र आफ्ना जिम्मेवारीहरू पूरा गर्नु हो। तैँले जस्तोसुकै समस्या वा कठिनाइहरूको सामना गरे पनि, गुनासो नगर्, र जब तँ रिसाएको हुन्छस्, तब मण्डलीको काममा रिस नपोख्। काम जसरी गरिनुपर्ने हो त्यसरी नै गर्; भेलाहरू आयोजना गर् र मानिसहरूसँग सिद्धान्तहरूका बारेमा सङ्‍गति गर्, त्यसपछि यो भद्रगोललाई ठीक पार्, ताकि मण्डलीको काम सही मार्गमा आओस् र ढिलाइ भएको काम सामान्य अवस्थामा फर्कियोस्। उदाहरणका लागि, विगतमा, कतिपय अन्योलमा परेका मानिसहरू र दुष्ट मानिसहरूले शक्ति हातमा लिए र अगुवाका रूपमा सेवा गरे। तिनीहरूले मण्डलीको कामको प्रभावकारितालाई सुस्त बनाए वा यसलाई ठप्प पारे, जसले गर्दा परमेश्‍वरको घरको कामले घाटा भोग्यो। अब तैँले यसलाई सुधार्न हतार गर्नुपर्छ, कर्मचारीहरूमा उपयुक्त समायोजनहरू गर्दै, कामको योजना र विधिहरूमा उपयुक्त समायोजनहरू गर्दै, र कामकुराहरूलाई गति दिन सबै प्रकारका उपायहरू सोच्दै यसो गर्नुपर्छ। पहिले, तैँले दिनको आठ घण्टा काम गर्थिस् होला; अब, कामलाई फेरि गति दिन र काममा भएका अघिल्ला घाटाहरूको भर्पाई गर्न तैँले हरेक दिन थप दुई घण्टा काम गर्छस्। यसलाई अर्पित हुनु भनिन्छ। यो कष्ट भोग्नैपर्छ। यो कष्ट भोग्नु अर्थपूर्ण र मूल्यवान् हुन्छ; यो असल कार्य हो, र परमेश्‍वरले यसलाई स्मरण गर्नुहुनेछ। यसो गर्दा, तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस्। यहाँ सत्यता अभ्यास गर्नुले केलाई जनाउँछ? यसको अर्थ आफ्‍नो अर्पण चढाउनु, परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नु, र काममा भोगेका घाटाहरूको भर्पाई गर्नु हो। सत्यता अभ्यास गर्नु भनेको यही हो, र असल कार्य गर्नु भनेको यही हो। यो काम गरिरहेको समयमा, तँ निकै व्यस्त हुन सक्छस्; तैँले राती बाह्र बजेपछि मात्रै आराम गर्न पाउँछस्, र तँ उज्यालो हुनुअघि नै उठ्छस्। तँ हतार-हतार खाना खान्छस् त्यसपछि काममा व्यस्त हुन हतार गर्दै फर्किन्छस्। किनभने काम तेरो अगाडि नै हुन्छ—धेरै जना कर्मचारीहरूको समायोजन गर्नुपर्ने हुन्छ, र धेरै मामलाहरू सम्हाल्नुपर्ने हुन्छ। चाँडै सुतेर त हुँदैन, किनभने कतिपय काम अझै सकिएको हुँदैन। ढिलो उठेर पनि हुँदैन, किनभने सबै जना तैँले कामको प्रबन्ध गरोस् भनेर पर्खिरहेका हुन्छन्; तैँले सबै जना उठ्नुअघि नै आज गर्नुपर्ने कामको योजना बनाउनुपर्छ, त्यसपछि यसलाई मिलाउने र सुम्पने काम गर्नुपर्छ। यस महिनाको दौडान तैँले निकै कष्ट भोग्छस्। तेरो देह अलिक थकित र अलिक क्लान्त हुन्छ, तँसँग आराम गर्ने समय पहिलेको भन्दा कम हुन्छ, र तेरो तौल निकै घट्छ, तर एक महिनासम्म लागिरहेपछि, मण्डलीको कामको प्रगति सबै पक्षमा सामान्य बन्छ, र अन्ततः सबै कुरा सुल्झिन्छ। सबै कुरा सुल्झिनुको अर्थ के हो? यसको अर्थ प्रत्येक पदमा खटाइएका मानिसहरू सबै उपयुक्त छन् भन्‍ने हुन्छ; कसैले पनि अवरोध र बाधा गरिरहेको वा समस्या खडा गरिरहेको हुँदैन, कसैले पनि नारा लगाइरहेको वा ठूला-ठूला विचारहरू निकालिरहेको हुँदैन, र कोही पनि सधैँ नकारात्मक भइरहेको हुँदैन। सबै जना सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुन्छन्, र हरेक पदका मानिसहरू आफ्नो काममा सक्षम हुन्छन्। कामचोरहरू कोही हुँदैनन् र सित्तैँमा खानेहरू कोही हुँदैनन्। कामको प्रबन्धका मागहरूअनुसार कामका सबै कुराहरू सामान्य रूपमा सञ्चालन भइरहेका हुन्छन्, तिनले परिणामहरू दिइरहेका हुन्छन्, र ती सही मार्गमा आएका हुन्छन्। त्यसपछि मात्रै तँ परमेश्‍वरको अगाडि जिउने व्यक्ति बन्छस्। यदि तैँले सामना गर्ने कुनै पनि कठिनाइहरू समाधान गर्न सत्यता खोज्न सक्छस्, र तेरो आफ्नै कामको दायराभित्र पर्ने कुरा राम्ररी गर्छस् भने, के तैँले भोगेको यो सबै कष्ट सार्थक हुन्छ त? (हुन्छ।) यो अत्यन्तै सार्थक हुन्छ! कतिपय मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्नका लागि केही कष्ट भोग्छन्, र तिनीहरू चालीस वा पचासको दशकमा पुग्दासम्म, तिनीहरूमा केही सानातिना रोगहरू देखा पर्छन्। कतिपयलाई टाउको दुख्ने वा कान बज्ने समस्या हुन्छ, भने कतिपयलाई गर्धनको हड्डी खिइने, वा कम्मर र खुट्टा दुख्ने समस्या हुन्छ। तिनीहरूले केही कष्ट भोगेका भए पनि, तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेका हुन्छन् र मण्डलीको कामको रक्षा गरेका हुन्छन्। यी रोग र पीडाहरूको बदलामा, तिनीहरूले परमेश्‍वरप्रतिको अर्पण प्राप्त गरेका हुन्छन्, र तिनीहरूले परमेश्‍वरको स्वीकार र अनुमोदन, र परमेश्‍वरको स्मरण प्राप्त गरेका हुन्छन्। के तिमीहरू यो सार्थक हुन्छ भनेर भन्छौ? (भन्छौँ।) कष्टको प्रत्येक अनुभव, परमेश्‍वरको घरको कामको रक्षा गर्ने प्रत्येक अनुभव, र तेरो अर्पण चढाउने प्रत्येक अनुभव तेरा लागि एउटा सुन्दर सम्झना हो; ती सबै सृजित प्राणीको कर्तव्य निर्वाह गर्दा बनेका सबैभन्दा सुन्दर सम्झनाहरू हुन्। कहिलेकाहीँ, जब तैँले आफ्नो शरीरमा यी दुखाइ र पीडाहरू महसुस गर्छस्, त्यसपछि आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा यी वर्षहरूमा तैँले भोगेको कष्ट, साथै तैँले जीवनको हिसाबमा प्राप्त गरेका परिणामहरू र कामको हिसाबमा पाएका परिणामहरूबारे मनन गर्छस्, तब तँलाई यो सार्थक छ भन्‍ने महसुस हुनेछ, तँलाई कुनै पछुतो हुनेछैन, र तँलाई आफ्नो हृदयमा सान्त्वनाको बोध हुनेछ। मलाई भन्, के यो कष्ट भोग्नु सार्थक हुन्छ? (हुन्छ।) यो अत्यन्तै सार्थक हुन्छ! तेरो हृदयमा यो सान्त्वनाको बोध कसरी आउँछ? (परमेश्‍वरको घरको कामको रक्षा गर्न कष्ट भोगेर अनि मूल्य चुकाएर।) तैँले कष्टबाट सान्त्वनाको बोध प्राप्त गर्छस् किनभने तैँले गर्ने यी कुराहरू र तैँले गर्ने यो काम सबै सकारात्मक कुराहरू हुन्, ती सबैले इन्साफको अभियानको अस्तित्वको रक्षा गरिरहेका हुन्छन्, ती सबैले परमेश्‍वरका हितहरूको रक्षा र परमेश्‍वरको घरका हितहरूको रक्षा गरिरहेका हुन्छन्, र ती सबै नै सत्यता अभ्यास गर्ने र परमेश्‍वरको मार्ग पछ्याउने कार्य हुन्। तेरो विवेकले तँलाई दोष दिँदैन, त्यसैले तैँले आफ्नो हृदयमा सान्त्वनाको बोध प्राप्त गर्छस्। तैँले भोग्ने यो सबै कष्ट सकारात्मक कुराहरूको अस्तित्वको रक्षा गर्नका खातिर हो। कस्ता सकारात्मक कुराहरू? (उदाहरणका लागि, मण्डलीको कामको सामान्य प्रगति, सुसमाचारको कामको सामान्य प्रगति, परमेश्‍वरको घरका हितहरू, र यस्तै अन्य कुराहरू—यी सबै सकारात्मक कुराहरू हुन्।) सही हो। तैँले सकारात्मक कुराहरूको अस्तित्वको रक्षा गर्छस्, मण्डलीको कामको हरेक कुरा सामान्य र प्रभावकारी रूपमा अघि बढिरहेको छ, सबैले आफूलाई सुहाउँदो कर्तव्य निर्वाह गरिरहेका छन्, र सबै जना परमेश्‍वरको घरका प्रबन्धहरूको अधीनमा बस्न सक्छन् भन्‍ने कुरा सुनिश्चित गर्छस्। कसैले पनि अवरोध र बाधा गरिरहेको हुँदैन, र कसैले पनि उचित कामहरूलाई बेवास्ता गरिरहेको हुँदैन र सित्तैँमा खाइरहेको हुँदैन। कर्मचारी र कामको प्रबन्धहरू सबै उपयुक्त हुन्छन् र सबै उचित हुन्छन्। यदि कसैले अवरोध र बाधा गर्छ भने, तैँले तुरुन्तै पत्ता लगाउन र रोक्न सक्छस्, र यो समस्या समाधान गर्न सत्यताको बारेमा सङ्‍गति गर्न सक्छस्। यदि अवरोध र बाधा गर्ने व्यक्तिले सत्यता स्वीकार गर्न सक्छ, र तैँले बारम्बार सङ्‍गति गरेर र मद्दत गरेर उसलाई पश्चात्ताप गर्ने अवसर दिएपछि, ऊ अन्ततः परिवर्तन हुन्छ भने, यो तेरो कामको परिणाम हो, र यो सकारात्मक कुरा हो। यदि उसले सत्यता स्वीकार गर्दैन, र धेरै पटकको सङ्‍गति, मद्दत, र काटछाँटपछि पनि, ऊ अझै सुधार गर्न नसकिने अवस्थामा नै रहन्छ, उसले अवरोध र बाधा गर्न जारी राख्छ, र सधैँ नकारात्मकता पोखिरहन्छ भने, उसलाई तुरुन्तै निकाल्नुपर्छ र सम्हाल्नुपर्छ। के यो सबै सकारात्मक कुराहरूको अस्तित्वको रक्षा गर्नु होइन र? (हो।) यसबाहेक, यदि कामको कुन-कुन भागमा त्रुटिहरू देखा परेका छन्, वा कमजोरीहरू देखा परेका छन्, जसले गर्दा कामले घाटा भोगेको छ भन्‍ने कुरा तैँले पत्ता लगाउन सक्छस्, त्यसपछि तुरुन्तै तिनलाई रोक्न, सम्हाल्न, र समाधान गर्न सक्छस् भने, के यो मण्डलीको कामको रक्षा गर्नु होइन र? के यो सकारात्मक कुराहरूको रक्षा गर्नु होइन र? (हो।) यी सबै सकारात्मक कुराहरूको अस्तित्वको रक्षा गर्नु हो। यदि तैँले भोग्ने कष्ट यी निश्‍चित सकारात्मक कुराहरूको अस्तित्वको रक्षा गर्नका खातिर हो भने, जब तैँले अन्ततः आफूले गरेका यी कुराहरू सम्झन्छस्, तब के तँलाई आफ्नो हृदयमा केही सान्त्वनाको बोध महसुस हुनेछैन र? तँलाई पक्कै पनि भित्र सान्त्वनाले भरिएको महसुस हुनेछ। तर, मानौँ तैँले कुराहरूलाई अलि-अलि गर्दै सम्झन्छस् र तैँले भोगेको प्रत्येक कष्टको पछाडि तेरो दैहिक आनन्दलाई सन्तुष्ट पार्ने चाहना थियो, वा तैँले आफ्नै अभिमानको रक्षा गर्न, आफ्नै हैसियत जोगाउन र आफ्नै शक्ति सुदृढ गर्न, वा कुनै प्रकारको व्यक्तिगत लाभ—भौतिक लाभ, आर्थिक लाभ, वा मनोवैज्ञानिक लाभ—प्राप्त गर्न प्रयास गर्नका खातिर कष्ट भोगेको थिइस्, र तैँले एउटा पनि सकारात्मक कुरा गरेको छैनस् भन्‍ने कुरा तैँले पत्ता लगाउँछस्। अनि तैँले धेरै कष्ट भोगेको भए पनि, तैँले बोलेको हरेक शब्द, तैँले चालेको हरेक कदम, र तैँले गरेको हरेक काम, चाहे त्यो सार्वजनिक रूपमा होस् वा गोप्य रूपमा, त्यो काम पूर्ण रूपमा तेरो आफ्नै लागि, तेरो आफ्नै अभिमान र हैसियतका लागि, र तेरो आफ्नै प्रतिष्ठाका लागि थियो, र तैँले रक्षा गरेका कुराहरू सबै नकारात्मक कुराहरू थिए। त्यस्तो अवस्थामा, जब तैँले आफैलाई परमेश्‍वरका वचनहरू र सत्यतासँग तुलना गर्छस्, तब तँलाई भित्री रूपमा कस्तो महसुस हुनेछ? के तँलाई राम्रो महसुस हुनेछ? (हुनेछैन।) अब तेरो कामको परिणामहरूबारे विचार गर्: कामको कुनै पनि भागमा उत्पन्न हुने समस्याहरूलाई तैँले तुरुन्तै सम्हालेको हुँदैनस्, समाधान गर्ने कुरा त परै जाओस्। जसले अवरोध र बाधा गरे पनि, जबसम्म यसमा तेरो हैसियत र हितहरू समावेश हुँदैनन्, तबसम्म परमेश्‍वरको घरका हितहरूलाई जतिसुकै हानि पुगे पनि, तैँले तिनीहरूलाई रोक्दैनस् वा प्रतिबन्ध लगाउँदैनस्, बरु कुराहरूलाई त्यत्तिकै छोडिदिन्छस्, आँखा चिम्लिन्छस्, उदासीन रहन्छस्, र तिनीहरूलाई कुनै ध्यान दिँदैनस्। पछि, जब माथिले छानबिन गर्छ र जिम्मेवार पक्षहरूलाई सम्हाल्न र घाटाहरूको भर्पाई गर्न माग गर्छ, तब तैँले केवल यसलाई लागू गर्छस् र कार्यान्वयन गर्छस्, झारा टार्छस् र यसलाई त्यत्तिकैमा छोडिदिन्छस्। तैँले आफ्नो काममा उत्पन्न हुने समस्याहरूलाई कहिल्यै सक्रिय रूपमा समाधान गरेको हुँदैनस्; तँ पूर्ण रूपमा निष्क्रिय हुन्छस्। तँ गर्न इच्छुक भएको, र तैँले पहल गरेर गर्ने काम के हुन्छ? यो सबै तेरो आफ्नै ख्याति, प्राप्ति, र हैसियतको रक्षा गर्न, र तेरा आफ्नै हितहरूको रक्षा गर्न तैँले गर्ने कुराहरू हुन्छन्; तैँले रक्षा गर्ने कुराहरू सबै नकारात्मक कुराहरू हुन्। तँ अथक उत्साहका साथ यी कुराहरू गर्छस्, तैपनि तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्ने वा सकारात्मक कुराहरूको रक्षा गर्ने जस्ता कुराहरू गर्न कहिल्यै पहल गरेको छैनस्। जब कुनै दिन तैँले यो कुरा सम्झन्छस् र आफ्नै व्यवहार र कामकुराहरूलाई जाँच्छस्, तब के तँलाई भित्री रूपमा ग्लानि महसुस हुनेछैन र? जब तैँले आफैलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्छस्, तब तँ भित्री रूपमा ग्लानिले भरिनेछस्! यदि तँलाई ग्लानि महसुस भयो भने, के तेरो हृदयमा शान्ति हुन सक्छ? के तँलाई सहजता महसुस हुन सक्छ? तँलाई कुनै सहजता महसुस हुनेछैन र कुनै शान्ति हुनेछैन। यो कष्ट भोगेकोमा तँलाई कुनै सहजताको बोध महसुस हुनेछैन—त्यसोभए के यसलाई भोग्नु अर्थहीन थिएन र? (थियो।) तैँले यति धेरै कष्ट भोगेको छस्, तैपनि तैँले गरेको कुरा वास्तवमा असल कार्य हो कि होइन, तैँले तेरो अर्पण चढाएको छस् कि छैनस्, तैँले गरेको कुरा परमेश्‍वरले स्वीकार गर्नुहुन्छ कि गर्नुहुन्न, वा परमेश्‍वरका नजरमा तँ साँच्चै मुक्ति प्राप्त गर्ने व्यक्ति होस् कि होइनस् भन्‍ने तँलाई थाहा छैन। तँलाई यीमध्ये कुनै पनि कुराको बारेमा थाहा हुँदैन, र तँ भित्री रूपमा विशेष गरी त्रसित हुन्छस्—के तँलाई अझै पनि सहजताको बोध महसुस हुन सक्छ? (सक्दैन।) अन्त्यसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि तेरो हृदयमा सहजताको बोध हुनु भनेको तैँले सही मार्गमा हिँडेर, परमेश्‍वरले मन पराउने व्यक्ति बनेर, र आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा धेरै असल कार्यहरू तयार गरेर मात्रै प्राप्त गर्न सक्ने कुरा हो; यो तैँले केही मात्रामा कष्ट भोगेको भरमा प्राप्त गर्ने कुरा होइन। यदि तेरो कष्टको प्रकृति परमेश्‍वरको घरका हितहरूको रक्षा गर्ने र सकारात्मक कुराहरूको रक्षा गर्ने खालको छ भने, अन्ततः तैँले यसबाट सहजताको बोध प्राप्त गर्नेछस्। तर, यदि तेरो कष्टको प्रकृति तेरा व्यक्तिगत हितहरूको रक्षा गर्ने र नकारात्मक कुराहरूको रक्षा गर्ने खालको छ भने, अन्ततः, तँ यसबाट सहजताको बोध प्राप्त गर्न असफल हुने मात्र होइन, तर तैँले आफ्नो हृदयमा आत्म-निन्दा र असहजताको बोध पनि महसुस गर्नेछस्। आफ्नो हृदयमा असहजताको बोध महसुस गर्नेहरूले सधैँ यस्तो मनन गर्छन्, “मैले परमेश्‍वरमा विश्‍वास गरेर के प्राप्त गरेको छु? ख्रीष्टविरोधीहरूले कति धेरै भेटीहरू चोरेका छन्, र तिनीहरूले आफ्ना लागि कति धेरै राम्रा लुगाहरू, राम्रा उपकरणहरू, र अन्य राम्रा सामग्रीहरू लिएका छन् हेर त। तिनीहरूले के-के कुराको आनन्द लिन पाउँछन् हेर त, र म के कुराको आनन्द लिन्छु हेर त! मैले यति धेरै कष्ट भोगेको बदलामा के प्राप्त गरेको छु?” हेर् त, तिनीहरू यस्ता कुराहरू भन्न सक्षम हुन्छन्। तिनीहरूले “मैले परमेश्‍वरमा विश्‍वास गरेर के प्राप्त गरेको छु?” भनेर सोध्न सक्नुले तिनीहरूको हृदयमा सहजताको बोध छैन भन्‍ने कुरा प्रमाणित गर्छ; तिनीहरूलाई भित्री सन्तुष्टि महसुस हुँदैन, तर तिनीहरू रित्ता हुन्छन्। सहजताको बोध नहुनेहरूलाई भित्री रूपमा अशान्त महसुस हुन्छ। सान्त्वनाको बोध हुनेहरूका हकमा भन्दा, तिनीहरूलाई यो भावना किन हुन्छ? यो तिनीहरूले कष्ट भोगेको कारणले मात्र होइन, तर मुख्य रूपमा तिनीहरूले केही सत्यताहरू बुझेका हुनाले र कष्टको प्रक्रियामा सकारात्मक लाभहरू प्राप्त गरेका हुनाले हो। यसैबीच, कष्टको प्रक्रियाबाट केही पनि कटनी नगर्नेहरूले अन्तमा आफूले केही पनि प्राप्त गरेको छैन, आफूले अन्यायपूर्ण रूपमा कष्ट भोगेको र यो सार्थक थिएन भन्‍ने सोच्छन्, र तिनीहरूलाई आफूले घाटा भोगेको महसुस हुन्छ। यस्तो परिस्थितिमा, तिनीहरूलाई परमेश्‍वर धर्मी हुनुहुन्न र परमेश्‍वर तिनीहरूप्रति पक्षपाती हुनुहुन्छ, अरू मानिसहरूलाई परमेश्‍वरको घरले अगुवा र कामदार बन्न बढुवा दियो र उनीहरूको हैसियत आफूभन्दा उच्च छ, जबकि तिनीहरू अहिले तल्लो स्तरका छन् र तिनीहरूले कुनै कुराको आनन्द लिन पाएका छैनन् भन्‍ने महसुस हुन्छ। यति धेरै वर्षसम्म कष्ट भोगेको र आफूलाई समर्पित गरेपछि, तिनीहरूले केही पनि प्राप्त गर्दैनन्, त्यसैले तिनीहरूलाई भित्र विद्रोही महसुस हुन्छ। यदि तिनीहरूलाई विद्रोही र अन्यायमा परेको महसुस हुन सक्छ भने, मलाई भन्, के तिनीहरूले सत्यता प्राप्त गरेका हुन्छन् त? (हुँदैनन्।) तिनीहरूले पक्कै पनि सत्यता प्राप्त गरेका हुँदैनन्। यदि मानिसहरूले प्राप्त गर्ने कुरा सत्यता हो भने, तिनीहरूले सबै प्रकारका भौतिक कुराहरूलाई कसरी लिन्छन्, तिनीहरूले हैसियत र प्रतिष्ठालाई कसरी लिन्छन्, तिनीहरूले कष्टलाई कसरी लिन्छन्, तिनीहरूले आफ्ना कर्तव्यहरूलाई कसरी लिन्छन्, र यस्तै अन्य कुराहरूको हकमा, तिनीहरूसँग सही बुझाइ र सही विचार र दृष्टिकोणहरू हुनेछन्। जीवनप्रतिको तिनीहरूको दृष्टिकोण र तिनीहरूले छनौट गर्ने जीवन मार्ग परिवर्तन हुनेछ; अर्थात्, तिनीहरूभित्रको जीवन परिवर्तन हुनेछ, र तिनीहरूको पछ्याइपछाडिका विभिन्न दृष्टिकोणहरू पनि परिवर्तन हुनेछन्। जब मानिसहरूले यी परिवर्तनहरू अनुभव गर्छन्, र जब तिनीहरूले यी कुराहरू प्राप्त गर्छन्, तब तिनीहरूलाई सन्तुष्टि महसुस हुन्छ। तिनीहरूलाई यस्तो महसुस हुन्छ, “परमेश्‍वरलाई पछ्याएका यी वर्षहरूमा, मैले धेरै सत्यताहरू बुझेको छु र धेरै कुरा प्राप्त गरेको छु। मेरा लाभहरू प्रशस्त छन्, र मेरो कचौरा भरिएर पोखिन्छ।” तिनीहरूको देह अलिक थकित भए पनि, तिनीहरूलाई आफ्नो हृदयमा निकै शान्ति, सजिलोपन, खुसी, र सहजताको महसुस हुन्छ। यसको विपरीत, हैसियत र प्रतिष्ठा पछ्याउनका खातिर कष्ट भोग्नेहरू अन्ततः प्रशस्त लाभहरू प्राप्त गर्न असफल मात्रै हुँदैनन्—तिनीहरू खुलासा पनि हुन्छन् र हटाइन्छन्। आफूले आशिष्‌ प्राप्त गर्ने कुनै आशा छैन भन्‍ने देखेर, तिनीहरूलाई आफूले घाटा भोगेको महसुस हुन्छ, तिनीहरूलाई आफ्नो हृदयमा सत्यताप्रति अझ बढी वितृष्णा हुन्छ, र तिनीहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वास गुमाउँछन्—कतिपयलाई त परमेश्‍वरमा विश्‍वास गर्नमा रुचि समेत हुँदैन। यो त जीवनभर प्रभुमा विश्‍वास गरेका कतिपय धर्मका मानिसहरू जस्तै हो; जब तिनीहरूलाई अन्तमा आफूले केही पनि प्राप्त गरेको छैन भन्‍ने महसुस हुन्छ, तब तिनीहरूले के भन्छन्? तिनीहरूले यसो भन्छन्, “प्रभु येशू मेरो बाटो छेक्ने पर्खाल जस्तै हुनुहुन्छ, उहाँले मलाई अगाडि बढ्नबाट रोक्नुहुन्छ र मैले कुनै ज्योति देख्न नसक्ने बनाउनुहुन्छ।” जीवनभर विश्‍वास गर्ने विश्‍वासीहरूले अन्ततः प्राप्त गर्ने कुरा यही हो। तिनीहरूले यस्तो घोर विद्रोही कुरा भन्नु—के तँलाई यस्तो कुरा सुन्नु भयानक कुरा हो जस्तो लाग्दैन र? (लाग्छ।)

परमेश्‍वरमा विश्‍वास गर्ने तर सत्यता स्वीकार नगर्ने मानिसहरूले सधैँ आफ्नै दैहिक हितहरूका खातिर दाउपेच गर्छन्, र तिनीहरू सबै आफ्नै ख्याति, प्राप्ति, र हैसियतका खातिर कष्ट भोग्न इच्छुक हुन्छन्; जबसम्म तिनीहरूले हैसियतका फाइदाहरूको आनन्द लिन सक्छन्, तबसम्म तिनीहरूलाई आफ्नो हृदयमा सन्तुष्टि महसुस हुन्छ। तिनीहरूको हरेक व्यवहार र काम तिनीहरूको आफ्नै दैहिक आनन्दको खातिर हुन्छ; तिनीहरूले कहिल्यै सत्यता स्वीकार गर्दैनन्, तिनीहरूले मण्डलीको कामको रक्षा गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनन्। तिनीहरूले गर्ने काम इन्साफको अभियानको अस्तित्वलाई रक्षा गर्न होइन, बरु तिनीहरूको आफ्नै ख्याति, प्राप्ति, र हैसियतको रक्षा गर्न, र तिनीहरूका आफ्नै हितहरूको रक्षा गर्नका लागि हुन्छ। आफ्नै हितहरूका लागि मात्रै कष्ट भोगेको बदलामा तिनीहरूले के प्राप्त गर्न सक्छन्? तिनीहरूले केही पनि प्राप्त गर्दैनन्; यो केवल खेर गएको प्रयास हुन्छ र पूर्ण रूपमा व्यर्थ हुन्छ। कतिपय मानिसहरू सन्यासीहरू जस्तै न त राम्ररी खाने न त कुनै असल कुराहरूको आनन्द लिने नै गर्छन्, अझ बढी दौडधूप गर्न र आफूलाई अझ बढी समर्पित गर्नमा मात्रै ध्यान केन्द्रित गर्छन्, र यसरी आफ्ना दिनहरू अत्यन्तै कष्टपूर्ण रूपमा जिउँछन्। तिनीहरूले आफ्नै लागि धेरै नियम र प्रावधानहरू खडा गर्छन्, र आफैलाई निकै कष्ट दिन्छन्। कतिपयले त बिरामी नहोउन्जेल काम गर्छन्। तैपनि अन्ततः, तिनीहरूले सत्यता प्राप्त गर्दैनन् वा धेरै असल कार्यहरू तयार गर्दैनन्। यो एउटा दुःखद कुरा हो। यसलाई केले दुःखद बनाउँछ? समस्याको जड कहाँ छ त? तिनीहरूले आफ्नै ख्याति, प्राप्ति, र हैसियतका खातिर मात्रै कष्ट भोग्छन्, र तिनीहरूले आफ्नै व्यक्तिगत हितहरू मात्रै पछ्याउँछन्। तिनीहरूले “प्राप्ति” लाई सबै कुराभन्दा माथि राख्छन्, र आफ्नै हितहरूलाई कुनै पनि कुराभन्दा बढी प्राथमिकता दिन्छन्। तिनीहरूले आफ्नो हृदयमा सत्यतालाई कहिल्यै प्रेम गर्दैनन्। त्यसकारण, तिनीहरू आफ्नै दैहिक हितहरूका खातिर मात्रै आफूलाई व्यस्त राख्छन् र कष्ट भोग्छन्, सकारात्मक कुराहरूको अस्तित्वको रक्षा गर्न अलिकति पनि कष्ट भोग्दैनन्। जब दुष्ट मानिसहरूले मण्डलीको काममा अवरोध र बाधा दिन्छन्, तब तिनीहरू कहाँ हुन्छन्? जब ठूलो रातो अजिङ्गरले परमेश्‍वरका चुनिएका मानिसहरूलाई पक्राउ गर्छ, वा जब कुनै यहूदाले मण्डलीलाई घात गर्छ, तब तिनीहरू कहाँ हुन्छन्? तिनीहरूले यी कुराहरू देख्छन् तर नदेखेझैँ गर्छन्। तिनीहरूलाई यसबारे थाहा हुन्छ तर थाहा नभएझैँ गर्छन्। मामला सम्हालिसकेपछि मात्रै तिनीहरू देखा पर्छन्, र तिनीहरूले यसो भन्छन्, “मलाई यसबारे थाहा थिएन। यदि मलाई थाहा भएको भए, मैले यसलाई सम्हाल्नेथिएँ। मैले मेरो जिम्मेवारी पूरा गरिनँ; मैले परमेश्‍वरसामु पश्चात्ताप गर्नुपर्छ, र मैले दाजुभाइ-दिदीबहिनीहरूसँग माफी माग्नुपर्छ।” मामला सम्हालिसकेपछि, तिनीहरू जोकर जस्तै उफ्रिँदै बाहिर आउँछन्। तैपनि समस्या उत्पन्न हुनेबित्तिकै, तिनीहरू मुसा जस्तै दुलोमा पस्छन् र बेपत्ता हुन्छन्। जब इन्साफको रक्षा गर्न, परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न, र सकारात्मक कुराहरूको रक्षा गर्न तिनीहरूले साँच्चै नै कदम चाल्नुपर्ने आवश्यकता हुन्छ, तब तिनीहरू कहिल्यै अघि सर्दैनन्। तिनीहरूले कसैलाई चिढ्याउँदैनन्—तिनीहरू केवल मान्छे खुसी पारिहिँड्ने मानिसहरू बन्‍ने छनौट गर्छन्, बहिरो र लाटो भएको नाटक गर्छन्, र केही पनि नदेखेको वा नसुनेको नाटक गर्छन्। जब दुष्ट मानिसहरूले मण्डलीको काममा अवरोध र बाधा दिन्छन्, तब कसले बाधा दिइरहेको छ भन्‍ने कुरा तिनीहरूलाई राम्ररी थाहा हुन्छ, तर तिनीहरूले उनीहरूलाई खुलासा गर्दैनन्, र ठ्याक्कै कसले त्यसो गर्‍यो भनेर भन्न इन्कार गर्छन्। कसैले तिनीहरूलाई सल्लाह दिँदै यसो भन्छ, “मान्छे खुसी पारिहिँड्ने व्यक्ति नबन। यदि तिमीले दुष्ट मानिसहरूलाई खुलासा गर्यौ र तिनीहरूलाई मण्डलीबाट सफा गर्यौ भने, तिमीले मानिसहरूलाई चिढ्याए पनि र मानिसहरूले तिमीलाई रूखो नजरले हेरे पनि, तिमीले अन्ततः परमेश्‍वरको घरका हितहरूको रक्षा गरेका हुनेछौ र तिमीले आफ्‍नो अर्पण चढाएको हुनेछौ।” तिनीहरूले अझै पनि बहानाहरू बनाउँछन् र पन्छिने व्यवहार गर्छन्, र यसो भन्छन्, “मलाई विस्तृत कुराहरू थाहा छैन; मैले यसबारे बुझ्नुपर्छ,” त्यसपछि तिनीहरू तुरुन्तै त्यहाँबाट भाग्छन्। तर यदि कसैलाई तिनीहरूप्रति कुनै पूर्वाग्रह छ वा तिनीहरूप्रति नकारात्मक राय छ भने, वा यदि तिनीहरूको काममा, मानिसहरूको हृदयमा रहेको तिनीहरूको हैसियत र प्रतिष्ठालाई असर गर्ने समस्याहरू उत्पन्न भए भने, तिनीहरूले यसलाई प्रकोपको रूपमा हेर्छन्। तिनीहरू न त खान सक्छन् न त सुत्न नै सक्छन्; बिहानको एक बजे पनि, तिनीहरूले आफ्नो छवि कसरी सुधार्ने भनेर मनन गरिरहेका हुन्छन्। बिहान, खाजा समेत नखाई, तिनीहरूले आफूलाई सही साबित गर्न र आफ्नो रक्षा गर्न सबैलाई भेला गराउन थाल्छन्, र तिनीहरूले किन त्यसरी काम गरे र त्यसो गर्दा कहाँ गल्ती भयो भनेर व्याख्या गर्छन्। तिनीहरूले सबैसँग माफी पनि माग्छन्, र कसैले पनि तिनीहरूलाई गलत नबुझोस् भन्‍ने आशा गर्छन्; तिनीहरूले आफू काम राम्ररी गर्न अनिच्छुक भएको होइन, बरु आफू अन्य कुराहरूमा व्यस्त भएको र यसमा ध्यान दिने समय नभएको—साथै खास अवस्था नबुझेको—कारणले गर्दा काममा गल्ती भएको हो भनेर दाबी गर्छन्। तिनीहरूले सबैको समर्थन जितेपछि र सबैलाई छल गरेर तिनीहरूको सहानुभूति र मान्यता प्राप्त गरेपछि, तिनीहरूलाई भित्री रूपमा सुरक्षित महसुस हुन्छ: “ल, काम राम्ररी सम्पन्न भयो। अब म शान्तिपूर्ण, आरामदायी निद्रा लिन सक्छु र खानाको आनन्द लिन सक्छु। आजभोलि, कर्मचारी समायोजनमा सधैँ समस्याहरू हुन्छन्, गर्नुपर्ने कामहरू सधैँ अनगिन्ती हुन्छन्, र काममा समाधान गर्नुपर्ने समस्याहरू सधैँ अनगिन्ती हुन्छन्—हेर त म कति थकित छु!” जब मण्डलीको काममा समस्याहरू उत्पन्न हुन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले ती कसरी सम्हाल्ने भनेर तिनीहरूलाई सोध्छन्, तब तिनीहरूले यसो भन्छन्, “हतार गर्नु पर्दैन। जबसम्म कसैले त्यो काम गरिरहेको हुन्छ, र जबसम्म हरेक पदमा कोही न कोही हुन्छ र सबै जना व्यस्त हुन्छन्, तबसम्म यो ठीकै हुन्छ। परमेश्‍वरको घरको काम एक-दुई दिनमा सकिने कुरा होइन। काम गर्नका लागि, तिमीहरूले यसलाई दीर्घकालीन मानसिकताका साथ लिनुपर्छ, घाम उदाएपछि काम गर्नुपर्छ र घाम अस्ताएपछि आराम गर्नुपर्छ, हतार नगरी वा कुनै आतुरी महसुस नगरी यसो गर्नुपर्छ। अलिकति कम गर्दैमा कुराहरू त्यति धेरै बिग्रिँदैनन्, र अलिकति बढी गर्दैमा कुराहरू त्यति धेरै राम्रा हुँदैनन्; हामीले आफैलाई यति धेरै थकाउनु आवश्यक छैन। यदि हामी थकाइले बिरामी पर्‍यौँ भने, भविष्यमा परमेश्‍वरको घरको काम कसले गर्नेछ? के यो अझै पनि हाम्रै जिम्मामा हुनेछैन र? यदि हामी थकाइले ढल्यौँ भने, के परमेश्‍वरको घरले अझै पनि हाम्रो उपचारको खर्च व्यहोर्नुपर्नेछैन र? हामीले आफैलाई त्यति धेरै थकाउनु हुँदैन; हामीले अलिकति आफूलाई जोगाउनुपर्छ।” तिनीहरूको दृष्टिकोणबारे तिमीहरूलाई के लाग्छ? (यो गलत छ।) जब मण्डलीको काममा समस्याहरू उत्पन्न हुन्छन् र कसैले अवरोध र बाधा ल्याउँछ, तब यस्तो अवस्थामा तँ समस्याहरू समाधान गर्न र जिम्मेवारहरूलाई सम्हाल्न अघि सर्नुपर्छ। यीमध्ये कतिपय मानिसहरूलाई बर्खास्त गर्नुपर्ने हुन्छ, र कतिपयलाई साधारण मण्डलीहरू वा ख समूहहरूमा समेत पठाउनुपर्ने हुन्छ। तैँले मानिसहरूलाई नचिढ्याउनु असम्भव हुनेछ, र तँलाई अरूले घृणा गर्नेछन्, अरूले हप्काउनेछन्, र अरूले गलत ठहराउनेछन् र बहिष्कार गर्नेछन्, र संकीण मानिसहरूले तेरो विरुद्धमा दाउपेच समेत गर्नेछन्। तर ती मानिसहरूले आफ्नो हृदयमा यस्तो मनन गर्छन्, “तिमीहरू मलाई दुष्ट मानिसहरूलाई सम्हाल्न लगाउन चाहन्छौ? त्यसको अर्थ अरूलाई चिढ्याउनु हुनेछ। म त्यति मूर्ख छैनँ! म तिनीहरूलाई सम्हाल्नेछैनँ! परमेश्‍वरको घरको काममा बाधा पुगे पनि वा परमेश्‍वरको घरका हितहरूमा हानि पुगे पनि—मसँग त्यसको के सरोकार हुन्छ र? केही व्यक्तिहरूले समस्या खडा गरे पनि र अवरोध र बाधा ल्याए पनि, यसले समग्र अवस्थालाई असर गर्दैन, र काम अझै पनि भइरहेको छ, त्यसैले तिनीहरूलाई किन सम्हाल्नुपर्‍यो र? यसबाहेक, यदि मैले तिनीहरूलाई सम्हालेँ भने, के तिनीहरूले मलाई घृणा गर्नेछैनन् र? मैले यो काम राम्ररी गरे पनि, कसैले मेरो बारेमा राम्रो कुरा गर्नेछैन, र माथिलाई पनि यसबारे थाहा हुनेछैन। मैले मानिसहरूलाई चिढ्याउनेछु त्यसपछि तिनीहरूको बहिष्कार र रूखो नजर सहनुपर्नेछ। म त्यो कष्ट कुनै हालतमा भोग्नेछैनँ!” जब तिनीहरूले दुष्ट मानिसहरूले अवरोध र बाधा ल्याउने समस्याको सामना गर्छन्, तब तिनीहरू कहिल्यै अघि सर्दैनन्, तिनीहरूले परमेश्‍वरको घरका हितहरूको कहिल्यै रक्षा गर्दैनन्, र तिनीहरूले इन्साफको रक्षा गर्ने काम गर्दैनन्। मानिसहरूलाई चिढ्याउने र गलत ठहराइने वा प्रतिकारको सामना गर्नुपर्ने कुरासँग अत्यन्तै डराएर, तिनीहरूले उनीहरूलाई खुलासा गर्न वा रोक्न एउटा शब्द पनि बोल्दैनन्। मानिसहरूले तिनीहरूलाई गलत नबुझून् भन्‍नका लागि, र मानिसहरूमाझ आफ्नो हैसियत र छविको रक्षा गर्नका लागि, तिनीहरूले निरन्तर भेलाहरू आयोजना गर्छन्, आफैलाई सही साबित गर्न र आफ्नो रक्षा गर्न धेरै मेहनत गर्छन्, र नरोकिईकन बोलिरहन्छन्। तैपनि जब मण्डलीको कामको रक्षा गर्ने मामलाहरू आउँछन्, तब तिनीहरूसँग भन्नका लागि केही पनि हुँदैन र तिनीहरूले अलिकति पनि प्रयास गर्दैनन्। के त्यस्ता मानिसहरूसँग कुनै असल कार्यहरू हुन्छन्? तिनीहरूका असल कार्यहरू कहाँ हुन्छन्? अन्ततः, जब तिनीहरू परमेश्‍वरको उपस्थितिमा हुन्छन्, तब के तिनीहरूले उहाँलाई लेखाजोखा दिन सक्नेछन्? (सक्नेछैनन्।) तिनीहरूलाई अझै पनि आफूले मण्डलीको काम गर्दा धेरै कष्ट भोगेको छु भन्‍ने लाग्छ, तर तिनीहरूले वास्तवमा केका लागि कष्ट भोगिरहेका हुन्छन्? के तिनीहरूले इन्साफको अभियान र परमेश्‍वरको घरको कामका लागि कष्ट भोगिरहेका हुन्छन्? (होइन, तिनीहरूले आफ्नै हितहरूका लागि कष्ट भोगिरहेका हुन्छन्।) तिनीहरूले आफ्‍ना हितहरूको रक्षा गर्न जस्तोसुकै कष्ट भोग्न सक्छन्, तर परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न अलिकति पनि कष्ट भोग्दैनन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, र तिनीहरू सही मार्गमा हिँड्दैनन्, होइन र? (हो।) तिनीहरूले मण्डलीको कामका लागि लाभदायक हुने कुनै पनि कुरा गर्दैनन्, तर तिनीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई फाइदा पुर्‍याउने सबै कुरा गर्छन्, एउटा कुरा पनि छोड्दैनन्; तिनीहरूले आफ्नै हितहरूको रक्षा गर्ने कुरामा मात्रै वास्ता गर्छन्। यस्ता मानिसहरू अत्यन्तै लाजमर्दा हुन्छन्! तिनीहरूले आफ्नै हितहरूको रक्षा गर्नका लागि मात्रै कष्ट भोग्छन्, तैपनि तिनीहरूले परमेश्‍वरबाट श्रेय दाबी गर्छन् र उहाँसँग इनामको माग गर्छन्। के यो घृणास्पद कुरा होइन र? (हो।) त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी र घृणास्पद हुन्छन्; तिनीहरूमा कुनै विवेक हुँदैन र तिनीहरूमा कुनै समझ हुँदैन—एक शब्दमा भन्दा, तिनीहरूमा कुनै मानवता हुँदैन। यस्तो प्रकारको व्यक्ति सही मार्गमा हिँड्दैन। यदि कुनै व्यक्ति तिनीहरूसँग असन्तुष्ट छ र उसले तिनीहरूको पिठ्यूँ पछाडि तिनीहरूलाई खुट्ट्याउँछ, वा माथिलाई तिनीहरूको बारेमा रिपोर्ट समेत गर्छ र तिनीहरूले खास काम गर्दैनन् तर यसको साटो अवरोध र बाधा ल्याउने केही कुराहरू गरेका छन् भनी खुलासा गर्छ भने, यो सुनेपछि, तिनीहरूले आफूलाई खुलासा गर्ने व्यक्तिप्रति घृणा पाल्छन् र उसको खेदो खन्छन्। तिनीहरूले आफैलाई जाँच्दैनन्, न त तिनीहरूले मानिसहरूलाई सही रूपमा व्यवहार नै गर्छन्। बरु, तिनीहरूले मानिसहरूलाई जस्तालाई त्यस्तै गरेर विरोध गर्छन्, उनीहरूको विरुद्धमा प्रयोग गर्न सकिने कुराहरू समात्छन् र उनीहरूको गल्ती खोज्छन्। तिनीहरूले मानिसहरूलाई आक्रमण गर्न परमेश्‍वरका वचनहरू समेत प्रयोग गर्छन्। के यो परमेश्‍वरका वचनहरूको निन्दा गर्नु र सत्यताको निन्दा गर्नु होइन र? यो आफ्नै हैसियतको रक्षा गर्न अरूलाई आक्रमण गर्न र प्रतिकार गर्न सत्यताको प्रयोग गर्नु हो। गोप्य रूपमा, कतिपय दुष्ट मानिसहरूले परमेश्‍वरलाई गलत ठहराउँछन् र परमेश्‍वरको निन्दा गर्छन्, परमेश्‍वरको घरको कामका प्रबन्धहरूलाई गलत ठहराउँछन्, र परमेश्‍वरको घरको कामका प्रबन्धहरूको कुनै निश्चित पक्षप्रति असन्तुष्टि वा परमेश्‍वरको घरको कुनै निश्चित स्तरका अगुवा र कामदारहरूप्रति असन्तुष्टि व्यक्त गर्छन्। यो सुनेपछि, यी मानिसहरूले यसलाई बेवास्ता गर्छन् र नसुनेझैँ गर्छन्; तिनीहरू परमेश्‍वरको नामको रक्षा गर्न वा परमेश्‍वरको घरको कामको रक्षा गर्न कहिल्यै अघि सर्दैनन्, न त तिनीहरूले दुष्ट मानिसहरूलाई खुलासा नै गर्छन्। यदि तँ मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्न चाहन्छस् र तैँले दुष्ट मानिसहरूलाई खुलासा गर्ने आँट गर्दैनस् भने, तैँले अझै पनि तिनीहरूको बारेमा माथिलाई रिपोर्ट गर्न सक्छस्; यसलाई तेरा केही जिम्मेवारीहरू पूरा गरेको मानिनेछ। तर, यस्ता मानिसहरूले यति सानो जिम्मेवारी समेत पूरा गर्न सक्दैनन्। आफ्ना दैहिक हितहरू र आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्न, तिनीहरू जस्तोसुकै मूल्य चुकाउन, जस्तोसुकै कठिन परिस्थिति पार गर्न, र जस्तोसुकै कष्ट भोग्न तयार हुन्छन्। तैपनि सकारात्मक कुराहरूको अस्तित्वको रक्षा गर्न वा सत्यता निर्बाध रूपमा अघि बढ्न सकोस् भन्‍ने सुनिश्चित गर्न तिनीहरूले कहिल्यै कुनै मूल्य चुकाउँदैनन् वा कुनै कष्ट भोग्दैनन्। जब-जब मण्डलीको काममा अवरोध र बाधा गर्ने यी मामलाहरू उत्पन्न हुन्छन् र सकारात्मक कुराहरूको अस्तित्वको रक्षा गर्न कोही अघि सर्नुपर्ने हुन्छ, तब तैँले यी मानिसहरूलाई कतै पनि देख्दैनस्, वा तिनीहरूका कुनै राय वा दृष्टिकोणहरू सुन्दैनस्। तिनीहरूसँग कुनै दृष्टिकोण हुँदैन; तिनीहरू केवल बहिरो र लाटो भएको नाटक गर्दै त्यहाँ उभिन्छन्, न त बोल्छन् न त आफ्नो अडान नै राख्छन्, र तिनीहरूले कसैलाई पनि चिढ्याउँदैनन्। तिनीहरू मानिसहरूलाई चिढ्याउन अत्यन्तै डराउँछन्, तर परमेश्‍वरलाई चिढ्याउन डराउँदैनन्। तिनीहरूले सत्यतालाई, परमेश्‍वरले तिनीहरूलाई सुम्पनुभएको कार्यभारलाई, आफ्नो कर्तव्यलाई, र सकारात्मक कुराहरूलाई यसरी नै लिन्छन्। यस्तो प्रकारको व्यक्तिका लागि, सकारात्मक कुराहरूको अस्तित्वको रक्षा गर्नु र इन्साफको अभियानको अस्तित्वको रक्षा गर्नुसँग तिनीहरूको कुनै सरोकार हुँदैन—जसले यसो गर्छ ऊ मूर्ख हो, र जे भए पनि, तिनीहरूले यो गर्नेछैनन्। तिनीहरूले सकारात्मक कुराहरूको रक्षा गर्न कहिल्यै एउटा शब्द पनि बोल्दैनन्, न त तिनीहरूले परमेश्‍वरको कामको रक्षा गर्न एउटा काम नै गर्छन्। समस्याहरू उत्पन्न हुनेबित्तिकै, तिनीहरू कछुवा जस्तै आफ्नो खोलभित्र लुक्छन्, तैपनि अन्ततः, तिनीहरूले अझै पनि परमेश्‍वरसँग इनामको माग गर्छन्। परमेश्‍वर भन्नुहुन्छ, “तैँले सत्यताका लागि अलिकति पनि कष्ट भोगेको छैनस्।” तिनीहरूले यसो भन्दै गुनासो समेत गर्छन्, “मैले यति धेरै कष्ट भोगेको छु, मैले यति धेरै दौडधूप गरेको छु, र मैले यति धेरै त्याग गरेको छु र आफूलाई समर्पित गरेको छु। मैले के कुराको आनन्द लिन पाएको छु? मैले के प्राप्त गरेको छु?” यो एउटा भनाइले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासका अभिप्रायहरूलाई खुलासा गर्छ, र तिनीहरूले सत्यता प्राप्त गर्न होइन, तर आशिष्‌ प्राप्त गर्न मात्रै कष्ट भोगेका र आफूलाई समर्पित गरेका हुन् भन्‍ने कुरा प्रमाणित गर्छ। तिनीहरूले सत्यता स्वीकार गरेका हुँदैनन् र तिनीहरू सही मार्गमा हिँडेका हुँदैनन्, त्यसैले अन्ततः, तिनीहरूले कुनै सत्यता प्राप्त गर्दैनन्। यो अपरिहार्य छ; जे रोपिन्छ त्यही कटनी गरिन्छ। त्यसकारण, कष्टको समस्यालाई हेर्दा, एक हिसाबमा, तँसँग सही विचार र दृष्टिकोणहरू हुनुपर्छ; अर्को हिसाबमा, र सबैभन्दा महत्त्वपूर्ण कुरा, तैँले भोग्ने कष्टको प्रकृति कस्तो छ, तैँले भोग्ने कष्टको मूल्य छ कि छैन र यसको महत्त्व छ कि छैन, र यो कष्ट तैँले भोग्नुपर्ने कष्ट हो कि होइन भनेर तैँले जाँच्नुपर्छ। यदि यो तैँले भोग्नुपर्ने कष्ट हो, सकारात्मक कुराहरूको रक्षा गर्नका लागि भोगिएको कष्ट हो, र परमेश्‍वरको गवाही दिन भोगिएको कष्ट हो भने, यो कष्ट भोग्नु आफ्‍नो कर्तव्य हो; तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ र तँ यसबाट पन्छिनु हुँदैन।

कतिपय मानिसहरूले सधैँ यसो भन्छन्, “परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिका रूपमा मैले सतावट र सङ्कष्टहरू भोगेको छु, र मैले के प्राप्त गरेको छु र?” के यसो भन्‍नु सही हो? (होइन।) यो कसरी गलत हो? (तिनीहरूले यसो भन्‍न सक्छन् भन्‍ने तथ्यले तिनीहरूले कुनै सत्यता प्राप्त गरेका छैनन्, र तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँडिरहेका छैनन् भन्‍ने कुरा प्रमाणित गर्छ।) मानिसहरूले भोग्नुपर्ने कष्टहरू धेरै हुन्छन्, त्यसोभए के तिनीहरूले कष्टबाट केही प्राप्त गर्नैपर्छ त? यसमा कष्टसम्बन्धी मानिसहरूको बुझाइ र दृष्टिकोणहरू समावेश हुन्छ। यदि यो कष्ट तैँले भोग्नुपर्ने कुरा हो, तैँले भोग्‍नु नै पर्ने हुन्छ, र परमेश्‍वरले पूर्वनियोजन गर्नुभएको कुरा हो भने, तैँले यो कष्ट भोगेर ठ्याक्कै के प्राप्त गर्न सक्छस् त? उदाहरणका लागि, मानिसहरूले छोराछोरी हुर्काउने कष्ट वा परमेश्‍वरमा विश्‍वास गरेको कारण सतावट भोग्ने कष्टबाट केही प्राप्त गर्छन् नै भन्‍ने हुँदैन। त्यसोभए, तैँले यो कष्ट भोग्छस् कि भोग्दैनस्? यो कुरा व्यक्ति हिँड्ने मार्ग सही छ कि छैन र ऊ सत्यता पछ्याउने व्यक्ति हो कि होइन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि व्यक्तिले परमेश्‍वरको काम अनुभव गर्दा सबै कुरामा सत्यता खोज्छ, र ऊसँग परमेश्‍वरप्रति साँचो अधीनता छ भने, उसले यो कष्ट भोगेर कुराहरू प्राप्त गर्नेछ। यसका लागि मानिसहरूसँग अधीनमा बस्ने, र परमेश्‍वरका योजनाबद्ध कार्यहरूको अधीनमा बस्‍ने सङ्कल्प हुनुपर्छ; तिनीहरूले कष्टलाई लेनदेनको मानसिकताले लिनु हुँदैन। कतिपय मानिसहरूले यसो भन्छन्, “यदि मैले केही प्रयास गरेँ भने, मैले बदलामा केही पाउनुपर्छ; यदि मैले अलिकति कष्ट भोगेँ भने, मैले अलिकति मिठास कटनी गर्नुपर्छ। त्यसपछि मात्रै यो कष्ट सार्थक हुन्छ, र मेरो कष्टको मूल्य यसैमा मात्रै निहित हुन्छ।” के यो दृष्टिकोण सही हो? (होइन।) त्यसोभए, कष्टको मामलाको कुरामा, कस्तो प्रकारको बुझाइ र कस्तो प्रकारको बोध सही हुन्छ? (यदि हामीले भोग्ने कष्ट परमेश्‍वरद्वारा पूर्वनियोजन गरिएको हो र यो हामीले भोग्नुपर्ने कुरा हो भने, हामी यसलाई स्वीकार गर्न कर्तव्यबद्ध हुन्छौँ। अन्त्यमा हामीले केही पनि प्राप्त गरेनौँ भने पनि, हामीले गुनासो गर्नु हुँदैन। हामीसँग अधीनताको मनोवृत्ति हुनुपर्छ, र हामी सृष्टिकर्ताका योजनाबद्ध कार्य र प्रबन्धहरूको अधीनमा बस्नुपर्छ। साथै, हामीले कष्ट भोग्दा, हामीले सत्यता खोज्ने र सत्यता प्राप्त गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ। यसरी, हामीले भोग्ने कष्ट मूल्यवान् र अर्थपूर्ण हुन्छ।) प्रायजसो, कष्टको सकारात्मक उद्देश्य भनेको सकारात्मक कुराहरूको अस्तित्वको रक्षा गर्नु, र अन्ततः केही प्राप्त गर्न सक्षम हुनु, र सत्यता प्राप्त गर्न र सत्यतालाई चिन्‍न सक्षम हुनु हो। यो एउटा उत्कृष्ट लक्ष्य हो। तर, वास्तवमा, कष्ट प्रायजसो घटनाविहीन प्रक्रियाको दौडान अनुभव गरिन्छ र भोगिन्छ। जब तैँले यसलाई अल्पकालीन रूपमा सङ्क्षेप गर्छस्, तब तैँले के पत्ता लगाउँछस् भने, तैँले केही पनि प्राप्त गरेको छैनस्, तँ शारीरिक रूपमा निकै थकित छस्, तैँले केही रोगसमेत भोग्नुपर्ने हुन सक्छ, र तैँले सत्यतामा कुनै प्रगति गरेको छैनस्, जीवनको हिसाबमा तँसँग कुनै गहिरो प्रवेश छैन, र तैँले परमेश्‍वरका अभिप्रायहरूबारे थप बुझाइ प्राप्त गरेको छैनस्। त्यसोभए, के यो कष्ट भोग्नु व्यर्थ हो त? कतिपय मानिसहरूले यस्तो सोच्छन्, “यस्तो परिस्थितिमा, के मैले परमेश्‍वरलाई यस्तो कठिनाइको वातावरणबाट मलाई निकाल्नुहोस् भनी प्रार्थना गर्न सक्छु? के त्यसपछि मसँग यस्तो कठिनाइको वातावरणबाट पन्छिने र यसलाई इन्कार गर्ने आधारहरू हुन्छन् त?” के यसरी सोच्नु सही हो? (होइन।) तैँले यस मामलालाई यसरी बुझ्नुपर्छ: कष्टबाट केही सकारात्मक, असल कुराहरू प्राप्त गर्न सक्षम हुनु भनेको व्यक्तिले अत्यन्तै बढी आशा गर्ने कुरा हो, र यो कष्टले अन्ततः ल्याउन सक्ने सबैभन्दा राम्रो परिणाम हो। तर, यदि तैँले आफ्नो दैनिक जीवनमा भोग्ने कष्ट परमेश्‍वरले प्रबन्ध गर्नुभएको हो र परमेश्‍वरले पूर्वनियोजन गर्नुभएको हो, र यो तैँले मुक्ति हासिल गर्न अनुभव गर्नैपर्ने कुरा हो भने, तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नैपर्छ र यसलाई सही रूपमा लिनैपर्छ। तैँले यसलाई कसरी सही रूपमा लिन सक्छस्? तँसँग सही विचार र दृष्टिकोण हुनुपर्छ: तैँले के बुझ्नुपर्छ भने कष्ट मानव जीवनको एउटा भाग हो, र यो मानिसहरूले जिउँदा अनुभव गर्नैपर्ने चरण हो, जसबाट कोही पनि उम्कन सक्दैन। अवश्य नै, यो सबैले मुक्ति हासिल गर्न अनुभव गर्नैपर्ने चरण पनि हो। अन्त्यमा तैँले कुनै सान्त्वनाको बोध प्राप्त गर्दैनस् होला, तर पनि कष्ट भोग्दा हरेक पटक तँ इच्छुक हुन्छस्, यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्छस् र तँसँग अधीनताको मनोवृत्ति हुन्छ, र परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास कहिल्यै गर्दैनस्। यस्तो मार्गमा हिँड्नु र यो छनौट गर्नु भनेको एउटा सृजित प्राणीले पूरा गर्नुपर्ने जिम्मेवारी हो, र सृष्टिकर्ताले प्रबन्ध गर्नुभएको जीवनको यात्राप्रति तँसँग हुनुपर्ने मनोवृत्ति यही हो; जीवनका कठिनाइहरूप्रति व्यक्तिसँग हुनुपर्ने मनोवृत्ति यही हो। कठिनाइहरू स्वीकार गर्नु र कष्ट भोग्न सक्षम हुनु भनेको तेरा जिम्मेवारीहरू पूरा गर्ने कुराको एउटा भाग हो, त्यसैले तँ तीबाट पन्छिनु हुँदैन, न त तैँले तिनलाई भोग्ने कि नभोग्ने भनेर छनौट नै गर्नु मिल्छ। मुक्ति हासिल गर्नका लागि सबैले जीवनमा र परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रियामा केही कष्ट भोग्नैपर्छ। अवश्य नै, हामीले कुरा गरिरहेको कष्ट मानिसहरूले ख्याति, प्राप्ति, र हैसियत पछ्याउन, वा आफ्नै दैहिक हितहरू पछ्याउन भोग्ने प्रकारको कष्ट होइन, बरु मानव जीवनमा उचित मार्गमा हिँड्ने र मुक्ति पछ्याउने प्रक्रियामा सबैले भोग्नैपर्ने केही कष्ट हो। यस्तो प्रकारको कष्ट जीवनको एउटा भाग हो, अस्तित्वको प्रक्रियाको एउटा भाग हो, र अझै बढी, मानिसहरूले अन्ततः मुक्ति हासिल गर्न अनुभव गर्नैपर्ने चरण हो। तैँले यसलाई सही रूपमा लिनुपर्छ। कठिनाइको वातावरणप्रति तँसँग हुनुपर्ने मनोवृत्ति यही हो, र यो तैँले पूरा गर्नुपर्ने जिम्मेवारी पनि हो। अर्थात्, कष्ट भनेको तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने र सृजित प्राणीको रूपमा आफ्‍ना जिम्मेवारीहरू पूरा गर्ने कुराको एउटा भाग पनि हो; यो कुनै अतिरिक्त कुरा होइन। यो सृष्टिकर्ताले हरेक सृजित प्राणीका लागि प्रबन्ध गर्नुहुने कुरा हो। सबैका लागि कष्टको हद, समय, र अवधि फरक हुन्छ, तर सबैले यसलाई अनुभव गर्नैपर्छ; सबैले यो बाधा पार गर्नैपर्छ। यो मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो। यदि तँ सृजित प्राणीको रूपमा राम्रो गर्न चाहन्छस् भने, तैँले कष्टलाई सही रूपमा लिनुपर्छ; तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ, तैँले यसलाई इन्कार गर्नु हुँदैन, र तैँले यसप्रति प्रतिरोधी महसुस गर्नु हुँदैन। अवश्य नै, अझै बढी, तैँले कष्टलाई श्रेय दाबी गर्न वा परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्नका लागि प्रयोग गर्नु हुँदैन, बरु कष्टलाई तैँले पूरा गर्नुपर्ने जिम्मेवारीको रूपमा स्वीकार गर्नुपर्छ। के तिमीहरू यसरी बुझ्नु चोखो तरिका हो भनेर भन्छौ? के यो सत्यता अनुरूप छ? (छ।) यसरी बुझ्दा, के तँलाई कष्टको बारेमा अझै गहिरो र अझै व्यावहारिक बुझाइ, साथै सही मानसिकता प्राप्त हुनेछैन र? (हो, यसरी मैले कष्टप्रति प्रतिरोधी महसुस गर्नेछैनँ, र निश्चित वातावरणहरूमा पर्दा मलाई अधीनमा बस्न सजिलो हुनेछ।) अधीनमा बस्न सक्नु र प्रतिरोधी महसुस नगर्नु—एउटा सृजित प्राणीसँग कष्टप्रति हुनुपर्ने मनोवृत्ति यही हो। सत्यता पछ्याउने र सृजित प्राणीको कर्तव्य निर्वाह गर्ने प्रक्रियामा तैँले धेरै कष्ट भोगे पनि र धेरै मूल्य चुकाए पनि, र परमेश्‍वरमाथिको तेरो विश्‍वासको कारणले तैँले केही सतावट र सङ्कष्टहरू भोगे पनि, तँसँग यो कष्ट भोग्ने र यो मूल्य चुकाउने कुराको सही बुझाइ भएपछि, तैँले यो कष्ट भोग्नु आफ्नै लागि एक प्रकारको पूँजी हो भन्‍ने महसुस गर्नेछैनस्। तेरो कष्टको कारणले तैँले आफूलाई योग्यता भएको व्यक्तिको रूपमा हेर्नेछैनस्, न त तैँले अरूले तँलाई उच्च दृष्टिले हेरून् भनेर आफ्नै कडा परिश्रम र योगदानहरूको साक्षी दिन तैँले कति कष्ट भोगेको छस् भनेर प्रदर्शन नै गर्नेछस्। तैँले आफ्नो वरिष्ठताको धाक देखाउनेछैनस्, तँ आफ्ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुनेछैनस्, वा तैँले परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्नेछैनस्, तैँले धेरै कष्ट भोगेको कारणले परमेश्‍वरको घरमा विशेष व्यवहारको माग गर्ने वा कसैबाट श्रेय दाबी गर्नु त झनै परको कुरा हो। यदि तैँले कष्ट भनेको एउटा सृजित प्राणीको रूपमा तैँले सृष्टिकर्ताको अघि निर्वाह गर्नुपर्ने र पूरा गर्नुपर्ने जिम्मेवारी हो भन्‍ने विश्‍वास गर्छस् भने, तैँले परमेश्‍वरबाट इनामहरूको माग गर्न वा तँलाई मुक्ति दिन परमेश्‍वरलाई लगाउनका लागि कष्टलाई पूँजीको रूपमा प्रयोग गर्नु हुँदैन, होइन र? (हो।) यदि तँ यसरी काम गर्छस् भने, के यसले सत्यता पछ्याउने तेरो सङ्कल्पलाई प्रेरित गर्न सक्छ? (सक्दैन।) यसरी काम गर्नु भनेको स्पष्ट रूपमा परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गर्नु हो, जुन कुरालाई उहाँ घृणा गर्नुहुन्छ।

विगतमा, धेरै अगुवा र कामदारले केही कष्ट भोगेका थिए, र अवश्य नै ती दिनहरू पार गर्न निकै कठिन थियो। ठूलो रातो अजिङ्गरले गरेको गिरफ्तारी र सतावटका कारण, वातावरण अत्यन्तै प्रतिकूल थियो। मण्डलीको काम गरेको कारणले अगुवा र कामदारहरू सबै पक्राउ पर्ने र जेलमा पर्ने जोखिममा थिए; कतिपय मानिस खोजीको सूचीमा थिए र तिनीहरू भागेर निर्वासित जीवन जिउन मात्र सक्थे, र घर फर्कन असमर्थ थिए, र—साथमा कोही नहुँदा एक्लोपन र असहाय महसुस गर्दै—तिनीहरू प्रायजसो भक्कानिएर रुन्थे र परमेश्‍वरको अघि प्रार्थना गर्थे। तिनीहरूका जिउने अवस्थाहरूको हिसाबमा होस् वा तिनीहरूलाई खेदो गरिएको वातावरणको हिसाबमा होस्, तिनीहरूले केही कष्ट भोगे। त्यसपछि, यी मानिसहरूले सधैँ आफूले परमेश्‍वरको घर र परमेश्‍वरको घरको काममा ठूलो योगदान दिएको, आफूले परमेश्‍वरको घरलाई प्रशंसनीय सेवा प्रदान गरेको, र परमेश्‍वरले ठूलो महिमा प्राप्त गर्नुहुँदा, उहाँको महिमामा आफ्नो पनि हिस्सा हुनुपर्छ भन्‍ने महसुस गर्थे। यस प्रकारको राय र मनोवृत्तिको साथ, तिनीहरू प्रायजसो विभिन्न अवसरमा आफूले कति कष्ट भोगेको, कुन वर्ष र महिना आफ्ना लागि सबैभन्दा पीडादायी रहेको, र त्यस बेला आफूले यति धेरै सास्ती भोगेको कि आफूले दिनमा खान नसकेको र राती प्रायजसो डरलाग्दा सपनाहरू देखेर बिउँझने गरेको, र यति धेरै सास्ती भोगेको कि आफ्नो अनुहार नै पहेँलो भएको र आफ्नो तौल धेरै घटेको भनेर गवाही दिन्थे। तिनीहरूको कुरा सुन्‍ने सबैले प्रशंसा र ईर्ष्या महसुस गर्थे; अवश्य नै, केही व्यक्तिले डाहा पनि महसुस गर्थे। ती मानिसहरूले बताएका कठिनाइहरूका अनुभवहरू सुनेर भावुक भई आँसु झार्नेहरू पनि केही थिए, जो यसो भन्थे, “तिमीले यति धेरै कष्ट भोग्नु साँच्चै प्रशंसनीय कुरा हो! तिमीले हामीलाई यसरी भावुक भई आँसु झार्ने बनाएका छौ—परमेश्‍वर पनि पक्कै धेरै भावुक हुनुभएको छ। तिम्रो कष्ट निकै सार्थक भयो। तिमी गजबका छौ!” तिनीहरू एउटा अवसरमा मात्रै आफ्नै कष्टबारे गवाही दिँदैनथे; बरु, विभिन्‍न फरक-फरक अवसरमा, तिनीहरू प्रायजसो आफूले कति कष्ट भोगेको, र यस कष्टमार्फत आफूले कति हासिल गरेको र परमेश्‍वरको घरलाई कति योगदान दिएको भनेर गवाही दिन्थे। तैपनि तिनीहरू आफ्नो कष्टमार्फत आफूले कति सत्यता बुझेको, कस्ता भ्रष्ट स्वभावहरू फालेको, आफू जीवनमा कति वृद्धि भएको, आफूले परमेश्‍वरका लागि कस्ता गवाहीहरू दिएको, मण्डलीको काम गर्दा के-कस्ता नतिजाहरू हासिल गरेको, वा के-कस्ता न्यायोचित कुराहरूको रक्षा गरेको भन्‍ने बारेमा चाहिँ कुरा गर्दै गर्दैनथे। तिनीहरूसँग दिनका लागि त्यस्तो कुनै गवाही हुँदैनथ्यो। तिनीहरू केवल आफूले कसरी कष्ट भोगेको र कति कष्ट भोगेको भन्‍नेबारे कुरा गर्थे। तिनीहरूको अन्तिम लक्ष्य भनेको मानिसहरूलाई आफूले कडा परिश्रम गरेको र ठूलो योगदान दिएको, यी योगदानहरू अमेट रहेका, आफू परमेश्‍वरको घरका खम्बा र मुख्य आधारस्तम्भ रहेको, र आफूले विशेष व्यवहारको आनन्द लिनुपर्ने, र मानिसहरूको सम्मानको आनन्द लिनुपर्ने भन्‍ने कुरा थाहा दिनु—मानिसहरूले तिनीहरूको ईर्ष्या र प्रशंसा मात्रै गर्ने होइन, तिनीहरूलाई उचाल्ने र तिनीहरूको कष्टको गवाही दिने पनि गर्नुपर्छ भन्‍ने नै हुन्थ्यो। हेर् त, तिनीहरूको कष्ट कति “गजब” र कति “सार्थक” थियो! तिनीहरू सबैको प्रशंसा प्राप्त गर्थे, प्रशंसाका आवाजहरू एकपछि अर्को गर्दै उठ्थे र तिनीहरूको कानमा निरन्तर गुञ्जिरहन्थे। मलाई भन्, के तिनीहरूको कष्ट सार्थक थियो? के यी मानिसहरू गजब थिए? के तिनीहरू परमेश्‍वरसँग उहाँको महिमामा हिस्सेदार हुन सक्थे? (सक्दैननथे।) त्यसोभए यसरी आफ्नै गवाही दिनुको पछाडि तिनीहरूको उद्देश्य के थियो? (मानिसहरूले तिनीहरूमाथि आशा राखून् र तिनीहरूलाई आदरको दृष्टिले हेरून् भनेर आफूले धेरै कष्ट भोगेको कुरा मानिसहरूलाई देखाउनु।) तिनीहरू महिमा प्राप्त गर्न चाहन्थे, होइन र? (हो।) तिनीहरूले आफ्नो कष्टलाई महिमासँग साट्ने प्रयास गरे; तिनीहरूले पूर्ण रूपमा मुकुट र इनामहरूको बदलामा मात्रै त्यसो गरिरहेको हुन सक्दैन। सबैभन्दा महत्त्वपूर्ण रूपमा, तिनीहरू मानिसहरूमाझ महिमा प्राप्त गर्न चाहन्थे, तिनीहरू मानिसहरूले आफूलाई पुजून् भन्‍ने चाहन्थे, र तिनीहरू मानिसहरूले आफूमाथि आशा राखून् र आफूलाई स्मरण गरून् भन्‍ने चाहन्थे। के तिनीहरू धेरै मागिरहेका थिए? के तिनीहरूका महत्त्वाकाङ्क्षाहरू भव्य थिए? (हो, ती भव्य थिए।) मैले समेत तिमीहरूका बीचमा महिमा प्राप्त गर्नेबारे कुरा गर्ने आँट कहिल्यै गरेको छैनँ। म सधैँ केका बारेमा कुरा गर्छु? तिमीहरूलाई परमेश्‍वरको अघि ल्याउने, तिमीहरूलाई सत्यता वास्तविकतामा ल्याउने, तिमीहरूलाई सत्यता बुझ्न, पछ्याउने मार्ग प्राप्त गर्न, र सिद्धान्तहरूअनुसार कसरी अभ्यास गर्ने भनेर जान्‍न मद्दत गर्ने, र तिमीहरूलाई मुक्तिको मार्गमा ल्याउने, ताकि तिमीहरू सबैले मुक्ति पाउन सक—तर म महिमा प्राप्त गर्नेबारे कहिल्यै कुरा गर्दिनँ। तर, त्यस्ता मानिसहरू विशेष गरी आफूले कसरी कष्ट भोग्ने गरेको र कसरी मूल्य चुकाउने गरेको भन्‍ने बारेमा नै गवाही दिन्छन्, अनि परमेश्‍वरमा विश्‍वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्नका खातिर आफूलाई सरकारले कसरी पक्राउ गरेको र सताएको र सांसारिक मानिसहरूले कसरी बदनाम गरेको र गलत ठहराएको, आफूले कति बहिष्कार भोगेको, तिनीहरूले कति बिलौना भोगेको, आफूले कति शारीरिक पीडा सहेको, र आफूले त्यसलाई कसरी जितेको भन्‍ने बारेमा कुरा गर्छन्। तिनीहरू आफ्नो कष्टबारे गवाही दिन मात्र चाहँदैनन्, तिनीहरू त कष्ट भोग्दा आफू कति महान् रहेको, आफू कति उच्च स्थानमा रहेको, र आफू कति अद्वितीय रहेको, साथै यस क्रममा आफू देहभन्दा कति माथि रहेको भन्‍ने बारेमा पनि गवाही दिन चाहन्छन्। तिनीहरू महिमा प्राप्त गर्न चाहन्छन्, होइन र? (हो।) यदि कसैले सधैँ आफूले कसरी कष्ट भोगेको भन्‍ने बारेमा गवाही दिइरहेको हुन्छ भने, तिमीहरूलाई उसले कष्टलाई हेर्ने सही तरिका फैलाउने लक्ष्य राखिरहेको हुन्छ भन्ने लाग्छ कि आफ्नै कष्टको कथाको गवाही दिने र त्यसलाई फैलाउने लक्ष्य राखिरहेको हुन्छ भन्‍ने लाग्छ? (ऊ आफ्नै कष्टको कथाबारे गवाही दिन र त्यसलाई फैलाउन चाहन्छ।) तिनीहरू परमेश्‍वरसँग मोलतोल गर्न र उहाँसँग उहाँको महिमाको हिस्सेदार हुन कष्ट प्रयोग गर्ने वकालत गर्छन्—तिनीहरूले वकालत गर्ने कुरा यही हो। तिनीहरू जहाँ गए पनि, सुसमाचार प्रचार गर्दा धर्मका मानिसहरूले आफूलाई कति पटक कुटेको, सरापेको, धपाएको, र सताएको, र आफूले कति कष्ट भोगेको; आफन्त साथी, र सांसारिक मानिसहरूले इन्कार गर्दा, बदनाम गर्दा, र गालीगलौज गर्दा आफूले कति कष्ट भोगेको; र सरकारले खेदो गर्दा, जताततै लुक्नुपर्दा, फर्कनका लागि घर नहुँदा, र मानिसको पुत्रजस्तै टाउको ढल्काउने ठाउँ समेत नहुँदा आफूले कति कष्ट भोगेको भन्‍ने बारेमा गवाही दिन्छन्। कतिपय मानिस यस्ता पनि हुन्छन्, जो आफ्नो कर्तव्य निर्वाह गर्दा देहको रोगलाई जित्ने क्रममा आफूले कति कठिनाइहरू पार गरेको र कति कष्ट भोगेको भन्‍ने बारेमा गवाही दिन्छन्। तिनीहरू अरूको अगाडि यी कुराहरू बारम्बार घोषणा गर्छन्, तर तिनीहरू आफ्ना जीवनका अनुभवहरूबारे कहिल्यै केही बाँड्दैनन्; तिनीहरू आफ्नै कष्टको कथा मात्रै प्रचार गर्छन् र त्यसैको मात्र गवाही दिन्छन्। तिनीहरूको लक्ष्य भनेको आफूलाई मानिसहरूले उच्च दृष्टिले हेरून् भन्‍ने मात्रै हो। मलाई भन्, तिनीहरू आफूलाई मानिसहरूले उच्च दृष्टिले हेरून् भन्‍ने चाहन्छन्—तर तिनीहरू परमेश्‍वरबाट के चाहन्छन् त? के तिनीहरू आफूलाई परमेश्‍वरले पनि उच्च दृष्टिले हेर्नुहोस् भन्‍ने मात्रै चाहन्छन् त? तिनीहरू चाहने कुरा त्यति मात्रै हुँदैन, होइन र? त्यसोभए तिनीहरू पावलको जस्तै दृष्टिकोण राख्छन्: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। तिनीहरू अन्ततः परमेश्‍वरसँग मोलतोल समेत गर्छन्, र यसो भन्छन्, “परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको छ, त्यसैले मैले पनि उहाँसँगै महिमा प्राप्त गर्नुपर्छ! मैले परमेश्‍वरसँगै कष्ट भोगेको हुनाले, परमेश्‍वरको महिमामा मेरो पनि हिस्सा छ! परमेश्‍वरले सुनको मुकुट लगाउनुभएको छ—उहाँले मलाई पनि एउटा रत्न दिनुपर्छ। के मैले पनि परमेश्‍वरले जस्तै मानवजातिको आराधना र श्रद्धाको आनन्द लिनुपर्दैन र?” तिनीहरूले भन्न खोजेको कुरा यही होइन र? (हो।) त्यसोभए के तिनीहरूले यसरी आफ्नो कष्टबारे गवाही दिनु राम्रो हो त? (होइन।) यो किन राम्रो होइन? (तिनीहरू आफूलाई परमेश्‍वरको बराबरीमा राख्न चाहन्छन्, जुन उहाँले घृणा गर्ने कुरा हो। तिनीहरू मानिसहरूका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा पनि गरिरहेका हुन्छन्।) तिनीहरूका व्यक्तिगत दृष्टिकोण र अभिप्रायहरू के हुन् भन्‍ने कुरालाई एकातिर पन्छाऔँ—तिनीहरू केका बारेमा सङ्गति गर्छन् भन्‍ने कुराको हिसाबमा मात्रै हेर्दा पनि, तिनीहरूले सत्यता नबुझ्ने कति जना मानिसहरूलाई भ्रमित पार्नेछन्? मानिसहरूमा पहिले नै कष्टको शुद्ध बुझाइको कमी छ र तिनीहरू सत्यताको यो पक्ष बुझ्दैनन्। यसबाहेक, मानिसहरूका दैहिक भ्रष्ट स्वभावहरूको सारलाई हेर्दा, सबैलाई आशिष्‌हरू प्राप्त गर्न र इनामहरू प्राप्त गर्न मन पर्छ। तैपनि यस्ता मानिसहरू सधैँ आफ्नै कष्टबारे गवाही दिइरहेका हुन्छन्; तिनीहरूका अभिप्रायहरू, र तिनीहरूका भनाइ र गराइहरू आफैमा भ्रष्ट मानवजातिको चाहना र मागहरूलाई प्रश्रय दिन्छन्। यसरी बोलेर अनि यसरी काम गरेर, तिनीहरू मानिसहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरूलाई बढावा दिन्छन्, तिनीहरू आशिष्‌हरूसँग कष्ट साट्ने मानिसहरूको चाहनालाई बढावा दिन्छन्, र तिनीहरू परमेश्‍वरबाट पाइने इनामहरूसँग कष्ट साट्ने र उहाँसँग मोलतोल गर्ने विचार र अभ्यासलाई पनि बढावा दिन्छन्। यसको नतिजास्वरूप, मानिसहरूमा परमेश्‍वरप्रति बढी अधीनता हुन्छ कि कम अधीनता? (कम अधीनता।) तिनीहरूमा किन कम अधीनता हुन्छ? (किनभने मानिसहरूमा पहिले नै भ्रष्ट स्वभावहरू हुन्छन्—तिनीहरू अलिकति कष्ट भोग्दा यसलाई परमेश्‍वरसँग सौदा गर्न सक्ने पूँजीका रूपमा लिने झुकाव राख्छन्, र त्यस्ता मानिसहरूका भनाइ र अभ्यासहरूद्वारा भ्रमित पारिँदा, तिनीहरूलाई आशिष्‌हरूसँग कष्ट साट्नु उचित हो भन्‍ने अझै बढी महसुस हुन्छ, र तिनीहरू परमेश्‍वरसँग सौदा गर्ने आफ्नै घृणास्पद अभिप्राय पहिचान गर्न झनै कम सक्षम हुन्छन्। अनि त्यसैले, तिनीहरू परमेश्‍वरको अधीनमा रहन झनै कम सक्षम हुन्छन्।) तिनीहरूलाई आफूसँग यसो गर्ने आधार छ भन्‍ने महसुस हुन्छ, र आफूसँग साथ छ भन्‍ने महसुस हुन्छ। अनि जब तिनीहरू एकजुट हुन्छन्, तब तिनीहरूलाई अझै बढी शक्तिशाली महसुस हुन्छ: “एकतामा बल हुन्छ। सबै अपराधी हुँदा कानुन लागु गर्न सकिन्न। सबैले यसरी नै सोच्छन्, यसरी नै बोध गर्छन्, र यसरी नै पछ्याउँछन्। यदि हामी सबैले परमेश्‍वरसँग मोलतोल गर्‍यौँ र उहाँमाथि करकाप गर्‍यौँ भने, उहाँ हाम्रा लागि केही पनि गर्न सक्नुहुन्न।” तिनीहरू स्पष्ट रूपमा समस्या खडा गर्न मानिसहरूको भीड जम्मा गरिरहेका हुन्छन्, र परमेश्‍वरको विरोध गर्नका लागि विधर्म र भ्रमहरू प्रयोग गर्न एकजुट भइरहेका हुन्छन्। निरन्तर आफ्नै कष्टबारे गवाही दिएर, के ती मानिसहरूले अरूलाई भ्रमित पारिरहेका हुँदैनन् र? के तिनीहरूले मानिसहरूलाई अझै भ्रष्ट तुल्याइरहेका हुँदैनन् र? (हुन्छन्।) त्यसकारण, तिनीहरूले निरन्तर आफ्नै कष्टबारे गवाही दिनुले मानिसहरूको आत्मिक उन्नति गर्न वा सकारात्मक नतिजाहरू ल्याउन नसक्ने मात्रै होइन—यसको विपरीत, यसले वास्तवमा मानिसहरूलाई भ्रमित पार्छ र भ्रष्ट तुल्याउँछ। त्यसोभए, त्यस्ता मानिसहरू कस्तो भूमिका खेलिरहेका हुन्छन्? (शैतानको भूमिका।) तिनीहरू शैतानको भूमिका खेलिरहेका हुन्छन्। यो त ठ्याक्कै शैतानले मानिसहरूलाई भ्रमित पार्नु जस्तै हो। शैतान भन्छ, “मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको होइन। संसारमा परमेश्‍वर हुँदै हुनुहुन्न। मानिस बाँदरबाट विकसित भएको हो। चरणबद्ध रूपमा, बाँदरहरू सिधा हिँड्न थाले र बिस्तारै आधुनिक मानवहरूमा विकसित भए!” यो सुनेपछि, मानिसहरू यस कुरालाई स्वीकार गर्छन्: “मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको होइन। संसारमा परमेश्‍वर हुनुहुन्न। हामी परमेश्‍वर कहाँ हुनुहुन्छ भनेर देख्न सक्दैनौँ, तर हामी बाँदरहरू केही हदसम्म मानिसजस्तै हुन्छन् भन्‍ने देख्न सक्छौँ, त्यसैले मानिस बाँदरबाट विकसित भएको हो भन्‍ने कुरामा हामी निश्चित छौँ।” जब मानिसहरूले शैतानका विधर्म र भ्रमहरू स्वीकार गर्छन्, तब के यो सामान्य स्वीकार मात्रै हुन्छ? यो पेटमा पुगेर कुनै प्रतिक्रिया नदेखाउने खानेकुरा खाएजस्तो होइन—बरु, के हुन्छ भने शैतानको निश्चित विचार र दृष्टिकोण मानिसहरूको हृदयमा प्रवेश गर्छ, र त्यो तिनीहरूको रगत र मासीमा छिर्छ। त्यसपछि मानिसहरूका विचार र दृष्टिकोणहरू परिवर्तन हुन्छन्, र तिनीहरूको शैतानी प्रकृति अस्तित्वमा आउँछ। यसपछि, मानिसहरू परमेश्‍वरले बोल्ने वचनहरूप्रति शङ्का विकास गर्छन् र प्रतिरोधी महसुस गर्छन्, र तिनलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरू परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो र उहाँ यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने कुरालाई इन्कार गर्छन्, र यस्तो सोच्छन्, “मानिस बाँदरबाट विकसित भएको हो। उसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको होइन।” जहाँसम्म परमेश्‍वर यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुने र यावत् थोकलाई योजनाबद्ध गर्नुहुने, र मानिसको नियति परमेश्‍वरको हातमा हुने कुरा छ, मानिसहरू अब यी तथ्यहरूलाई विश्‍वास गर्दैनन्। त्यसपछि, शैतानले तँलाई अझै भ्रष्ट तुल्याउँछ, र तँलाई यसो भन्छ, “मानिसले प्रकृतिलाई जित्न सक्छ,” र “स्वर्गसँग लड्नुको मजा बेग्लै छ! धर्तीसँग लड्नुको मजा बेग्लै छ! मान्छेहरूसँग लड्नुको मजा बेग्लै छ!” यो सुनेपछि, तँ शैतानका दाबीहरू स्वीकार गर्छस् र प्रकृतिका नियमहरूविरुद्ध गएर यो र त्यो गर्छस्। शैतानका यी विचार र दृष्टिकोणहरूले तँलाई थाहै नपाई प्रभाव पार्छन्, र तँलाई अलि-अलि गर्दै आफ्नै स्वरूपमा ढाल्छन्। जब तँ फेरि एकपटक “परमेश्‍वर यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ र तेरो नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ” भन्‍ने वचनहरू सुन्छस्, तब तँलाई यस्तो महसुस हुन्छ, “परमेश्‍वर कसरी यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने म देख्न सक्दिनँ। कुनै परमेश्‍वर हुनुहुन्न!” अनि? के मानिसहरूलाई शैतानले पूर्ण रूपमा कब्जामा पारेको छैन र? (छ।) शैतानद्वारा कब्जामा पारिने कुरा एउटा भ्रमपूर्ण विचार र दृष्टिकोणलाई स्वीकार गर्ने कार्यबाट सुरु हुन्छ।

कतिपय मानिसहरूले सधैँ आफ्नै कष्टको बारेमा गवाही दिन्छन् र कष्टको बारेमा भ्रमपूर्ण दृष्टिकोणहरू फैलाउँछन्। मानिसहरूले यी विचार र दृष्टिकोणहरूलाई स्वीकार गरेपछि—तिनीहरूसँग महत्त्वाकाङ्क्षा र चाहनाहरू हुन्छन्, र भ्रष्ट स्वभावहरू हुन्छन् भन्‍ने तथ्यलाई पनि यससँग जोड्दा—तिनीहरूले आफ्नो कष्टलाई आशिष्‌हरूसँग साट्न सक्छन् र परमेश्‍वरसँग उहाँको महिमामा हिस्सा लिन आफ्नो कष्टलाई माध्यमको रूपमा प्रयोग गर्न सक्छन् भन्‍ने कुरालाई पक्‍का कुराको रूपमा लिन्छन्। त्यसपछि, तिनीहरू सबै गएर कष्ट भोग्छन्, र तिनीहरू सबैले कष्ट भोग्ने कुरामा ध्यान केन्द्रित गर्छन्। तिनीहरूमध्ये कसैले पनि सत्यता अभ्यास गर्दैनन्, तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरका वचनहरू सुन्‍ने कुरामा ध्यान केन्द्रित गर्दैनन्, र तिनीहरूमध्ये कसैले पनि सत्यतामा प्रयास लगाउँदैनन्। यसको साटो, तिनीहरूले त कसले बढी कष्ट भोग्न सक्छ भनेर प्रतिस्पर्धा गर्छन्, कसले बढी कष्ट भोग्छ भनेर प्रतिस्पर्धा गर्छन्, कसले खराब खाना खान्छ र झुत्रा लुगा लगाउँछ भनेर प्रतिस्पर्धा गर्छन्, र को चाँडो उठ्छ र ढिलो सुत्छ भनेर प्रतिस्पर्धा गर्छन्—तिनीहरूले प्रतिस्पर्धा गर्ने कुरा यही हो। कतिपय मानिसहरू खाना खाने समय हुँदा खाना खान जाँदैनन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न अत्यन्तै व्यस्त भएकोले खान भ्याउँदैनौँ भन्छन्, त्यसैले तिनीहरू एक छाक छोड्छन्। यो सुनेपछि, कतिपय अरू मानिसहरूले यसो भन्छन्, “कहिलेकाहीँ एक छाक छोड्नु कुन ठूलो कुरा हो र? मलाई पेटको रोग छ, तर यसले मेरो कर्तव्य निर्वाह गर्ने कुरामा ढिलाइ गरेको छैन।” अनि त्यसपछि अरू कसैले थप्छ, “तिमीलाई पेटको रोग रहेछ—मलाई त पेटको अल्सर नै छ।” यी मानिसहरूले के भन्छन् सुन त—के तिनीहरूसँग सत्यता वास्तविकता हुन्छ? तिनीहरूले कसले सबैभन्दा बढी कष्ट भोग्छ र कसको रोग बढी गम्भीर छ भन्‍ने कुरामा मात्रै प्रतिस्पर्धा गर्छन्, र जसले सबैभन्दा बढी कष्ट भोग्छ परमेश्‍वर उसैसँग सबैभन्दा बढी प्रसन्न हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। यस्ता कुराहरू भन्दा के तिनीहरूसँग कुनै समझ हुन्छ? के तिनीहरू मानसिक रूपमा विक्षिप्त हुँदैनन् र? मानसिक रूपमा विक्षिप्त हुनुका यी प्रकटीकरणहरू कहाँबाट आउँछन्? मानिसहरूले सबै प्रकारका पाखण्ड र भ्रमहरूलाई स्वीकार गरेको कारणले गर्दा यस्तो हुन्छ। तिनीहरूले सत्यता बुझ्दैनन्। परमेश्‍वरका वचनहरूभित्र, सत्यताका सबै पक्षहरूलाई स्पष्ट रूपमा सङ्गति गरिएको छ, तैपनि तिनीहरूले न त परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन् न त सत्यता नै खोज्छन्। जब तिनीहरूलाई कुनै कुरा आइपर्छ, तब तिनीहरूले आफ्ना धारणा र कल्पनाहरूका आधारमा काम गर्छन्, र शैतानले तिनीहरूमा हालिदिएका विभिन्न भ्रमपूर्ण विचार र दृष्टिकोणहरूका आधारमा काम गर्छन्। तिनीहरू परमेश्‍वरबाट झन्-झन् टाढा भड्किन्छन्, र अन्ततः मानसिक रूपमा असामान्य बन्छन्। त्यसैले, मेरो विचारमा, निरन्तर आफ्नै कष्टको बारेमा गवाही दिनु, अनुचित हो। तिमीहरूलाई के लाग्छ? (यो अनुचित हो। यसको प्रकृति विशेष गरी गम्भीर छ।) यसको प्रकृति गम्भीर छ, र यसले गम्भीर परिणामहरू ल्याउँछ। यदि तँ कष्टलाई इनाम र आशिष्‌हरूसँग साट्न सकिन्छ भन्‍ने विश्‍वास गर्छस् भने, तैँले यस मामलाको सम्बन्धमा सत्यता खोज्नुपर्छ। यदि तँ निरन्तर परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्छस् र, “परमेश्‍वर, हेर्नुहोस् त, तपाईंमा विश्‍वास गरेका मेरा वर्षौँको दौडान, मैले मेरो कर्तव्य निर्वाह गर्न मेरो परिवार र करियर कसरी त्यागेको छु। मैले चिनियाँ कम्युनिस्ट पार्टीको सतावट पनि भोगेको छु र यति धेरै कष्ट सहेको छु। म थकाइले गर्दा बिरामी परेको छु, र अहिले म अधबैँसे भएको छु र मेरो स्वास्थ्य खराब छ। मैले भोगेका सबै कष्टको खातिर, के तपाईंले मलाई अन्त्यमा केही इनाम वा मुकुट दिन सक्नुहुन्छ? भविष्यमा राज्यको सय जनाको कप्तान मात्रै हुन पाए पनि मलाई पुग्छ” भन्दै प्रार्थना गर्छस् भने, यसरी प्रार्थना गरेपछि तँलाई भित्र कस्तो महसुस हुन्छ भनेर हेर्। यदि तैँले तेरो प्रार्थनामा दूषणहरू समावेश छन् र अभिप्रायहरू समावेश छन् भन्‍ने कुरा महसुस गर्न सक्दैनस् भने, त्यसले गर्दा तेरो लागि समस्या आउँछ; मलाई के डर छ भने तेरा भ्रष्ट स्वभावहरू समाधान गर्न नसकिने खालका छन्। त्यसकारण, यदि तँसँग समझ छ भने, तैँले प्रार्थनामा तेरा दृष्टिकोणहरू र तेरा अभिप्रायहरू परमेश्‍वरसामु प्रस्तुत गर्नुपर्छ, पवित्र आत्माको प्रबोधन र ज्योतिका लागि माग्नुपर्छ, र परमेश्‍वरलाई तेरा लागि कुराहरू जाँच्न दिनुपर्छ। तेरा दृष्टिकोणहरू सही छन् कि छैनन् भन्‍ने कुरामा तैँले निश्चितता प्राप्त गर्नुअघि, तैँले दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तेरा विचार र दृष्टिकोणहरूलाई पटक्कै फैलाउनु वा तिनको बारेमा गवाही दिनु हुँदैन, तैँले कसरी कष्ट भोगेको छस् र तैँले कसरी मूल्य चुकाएको छस् भन्‍ने बारेमा गवाही दिनु त झनै परको कुरा हो। यदि तैँले यसो गर्छस् भने, तँसँग कुनै समझ छैन। यो पावलको पछ्याइ जस्तै हो। एक हिसाबमा, यसरी आफ्नै कष्टको बारेमा कुरा फैलाउँदा र गवाही दिँदा अरू मानिसहरूलाई असर गर्नेछ। यसका साथै, तैँले मानिसहरूलाई भ्रमित पारेपछि, र सबैले तँलाई पुजेपछि र तँलाई पछ्याएपछि, यसको प्रकृति गम्भीर बन्छ। तैँले भोगेको कष्ट व्यर्थ हुने मात्रै होइन, तर तँलाई परमेश्‍वरले दण्ड पनि दिनुहुनेछ। त्यसोभए, तँ कसरी कष्ट भोगिस् र मूल्य चुकाइस् भन्‍ने बारेमा गवाही दिनुको प्रकृति के हो? यसरी आफ्नै कष्टको बारेमा गवाही दिनु भनेको मानिसहरूलाई भ्रमित पार्नु हो; पावलले यसरी नै काम गरेका थिए। तैँले आफ्नै साक्षी दिन पाखण्ड र भ्रमहरू फैलाइरहेको हुन्छस्। तैँले जतिसुकै कष्ट भोगे पनि, त्यसको धाक देखाउनु आवश्यक छैन। यदि तँ कष्ट भोग्न इच्छुक छस् भने, अघि मात्र बढिराख्। यदि तँलाई तैँले पर्याप्त कष्ट भोगेको छस् र तँ परमेश्‍वरसँग मोलतोल गर्न योग्य छस् भन्‍ने लाग्छ भने, परमेश्‍वरको अघि जा र उहाँलाई प्रार्थना गर्। यदि परमेश्‍वरले तँलाई अनुमोदन गर्नुभएन भने, तैँले इनामहरूसँग कष्ट साट्ने यो तरिका सम्भव छ कि छैन भनेर चिन्तन गर्नुपर्छ। यदि यो सम्भव छैन भने, परमेश्‍वरको अनुमोदन प्राप्त गर्नका लागि तैँले सही मार्ग छनौट गर्नैपर्छ। मानौँ तँ आफ्नै मार्गमा हठी रूपमा टाँसिन्छस्, र तैँले यस्तो सोच्छस्, “मेरो कष्ट सकारात्मक छ। मैले यति धेरै कष्ट भोगेकोमा इनाम पाउनु उचित कुरा हो। मैले अरूले नभोग्ने कष्ट भोग्नैपर्छ, र अरूले सहन नसक्ने कठिनाइहरू सहन गर्नैपर्छ, किनभने भनाइ नै छ, ‘अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ।’ के यो दृष्टिकोण निकै राम्रो छैन र? यो कुरा कति महान् छ, र कति सही छ! म यसमा टाँसिनैपर्छ, र मैले यसलाई कहिल्यै त्याग्नु हुँदैन। यो इनामहरू प्राप्त गर्ने र आशिष्‌हरू प्राप्त गर्ने गोप्य हतियार हो!” के यो गोप्य हतियार हो? के यो त परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गर्नु होइन र? सायद परमेश्‍वरले, तैँले धेरै वर्षसम्म कष्ट भोगेको, कडा परिश्रम गरेको, र ठूलो योगदान दिएको देखेर, तँलाई केही अनुग्रह दिनुहुनेछ, तँलाई बलियो बनाउनुहुनेछ र तँलाई हरेक रोगबाट निको पार्नुहुनेछ; वा उहाँले तँलाई केही बुद्धि र समझ दिनुहुनेछ, ताकि तँ उप्रान्त त्यति मूर्ख नबन्। यी सबै सजिलै गर्न सकिने कुराहरू हुन्। के तैँले खोजेको कुरा यही होइन र? मानिसहरूलाई यी कुराहरू दिनु परमेश्‍वरका लागि अत्यन्तै सजिलो हुनेछ। तर के यी कुराहरूसँग आफ्‍नो कष्ट साट्नुका पछाडि कुनै मूल्य छ र? (छैन।)

परमेश्‍वरमा विश्‍वास गरेर तिमीहरूले के प्राप्त गर्ने आशा गर्छौ? के तिमीहरूसँग लक्ष्यहरू छन्? (छन्।) के परमेश्‍वरमा विश्‍वास गर्ने कुराप्रतिका तिमीहरूका लक्ष्यहरू अहिले स्पष्ट छन्? (अहिले स्पष्ट छन्।) परमेश्‍वरमा विश्‍वास गर्दा, तिमीहरूले के गर्नुपर्छ र के गर्नु हुँदैन; तिमीहरू कुन मार्गमा हिँड्नुपर्छ र तिमीहरूले कुन मार्गलाई इन्कार गर्नुपर्छ; तिमीहरूले केही समस्याहरू र कुराहरूका केही पक्षहरूलाई कसरी बुझ्नुपर्छ र बोध गर्नुपर्छ; कुन विचार र दृष्टिकोणहरू सही, सकारात्मक छन्, र ती मानिसहरूसँग हुनुपर्छ, र कुन विचार र दृष्टिकोणहरू विकृत छन्, सही मार्गबाट भड्किएका छन्, ती नकारात्मक कुराहरू हुन्, र मानिसहरूले तिनलाई खुट्ट्याउनुपर्छ र इन्कार गर्नुपर्छ—के तिमीहरूलाई यी कुराहरू थाहा छ? (अलिकति थाहा छ।) व्यक्तिले जस्तोसुकै कष्ट भोग्न सके पनि त्यो उसको विचार र दृष्टिकोणहरूद्वारा नियन्त्रित हुन्छ। अवश्य नै, यसलाई एक कदम अगाडि बढाएर भन्दा, यसमा मानिसहरूका विचार र दृष्टिकोणहरू समावेश हुने हुनाले, यसमा तिनीहरूका छनौटहरू समावेश हुन्छन्। अझै सटीक रूपमा भन्दा, यसमा मानिसहरूका छनौटहरू समावेश हुने हुनाले, यसमा तिनीहरू हिँड्ने मार्ग समावेश हुन्छ। अनि यसमा मानिसहरू हिँड्ने मार्ग समावेश हुने हुनाले, यसमा तिनीहरूको मुक्ति समावेश हुन्छ। त्यसकारण, कष्ट एउटा सामान्य समस्या जस्तो देखिए पनि, यदि तँ यसबारे गलत विचार र दृष्टिकोणहरू, र यसका गलत खोजीहरू राख्छस् भने, यसले तँलाई परमेश्‍वरले तेरो लागि औँल्याउनुभएको मार्गको विपरीत दिशामा डोऱ्याउने सम्भावना धेरै हुन्छ। अन्तिम परिणाम के हुनेछ भने, जब परमेश्‍वरको काम समाप्त हुन्छ, तब तँ इनामहरू प्राप्त गर्न असफल हुने मात्रै होइन, र मुक्ति पाउन असफल हुने मात्रै होइन, तर तँलाई हटाइने समेत छ—यो निकै भयानक कुरा हो। यो भयानक परिणाम अन्ततः आउनबाट रोक्नका लागि, तँसँग कष्टको मामिलाको बारेमा सही विचार र दृष्टिकोणहरू, र सही बुझाइ हुनुपर्छ, त्यसपछि तैँले अभ्यासका सही सिद्धान्तहरू निर्धारण गर्नुपर्छ। यदि तेरा विचार, दृष्टिकोण, र अभ्यासका सिद्धान्तहरूले तँलाई मुक्तिको मार्गमा डोऱ्याउँछन् भने, तँसँग भएका विचार र दृष्टिकोणहरू र तैँले छनौट गरेको अभ्यासको मार्ग सही छन्, सकारात्मक छन्, र सत्यताअनुरूप छन्। यदि तँसँग भएका विचार र दृष्टिकोणहरू, र तैँले छनौट गरेका अभ्यासका सिद्धान्तहरूले तँलाई मुक्तिको मार्गमा डोऱ्याउँदैनन् र तँलाई मुक्ति हासिल गर्न सक्षम तुल्याउन सक्दैनन् भने, तँसँग भएका विचार र दृष्टिकोणहरू, र तैँले छनौट गरेका अभ्यासका सिद्धान्तहरू गलत छन्। यति कुरा निश्चित छ। अर्थात्, यदि तैँले छनौट गरेका विचार र दृष्टिकोणहरू, र तैँले निर्धारण गरेको अभ्यासको मार्गले तँलाई भड्काउँछन्, र त कुराहरू परमेश्‍वरले तँलाई सिकाउनुभएको मुक्तिको मार्गको विपरीत जान्छन् भने, तैँले छनौट गरेको मार्ग गलत छ। तैँले यसलाई इन्कार गर्नुपर्छ; तैँले तेरा विचार र दृष्टिकोणहरू परिवर्तन गर्नुपर्छ, र तेरा अभ्यासका सिद्धान्तहरू र अभ्यासका विधिहरू परिवर्तन गर्नुपर्छ। तैँले मुक्ति हासिल गर्ने कुराका लागि यो लाभदायक हुनेछ। बुझिस्? (बुझेँ।) मुक्ति हासिल गर्ने कुरामा समावेश भएका कुनै पनि मामिलाहरू महत्त्वहीन हुँदैनन्। अत्यन्तै अस्पष्ट देखिने र सजिलै बेवास्ता गरिने समस्याहरूलाई समेत, तैँले सावधानीपूर्वक लिनुपर्छ र तिनको बारेमा गम्भीरतापूर्वक मनन गर्नुपर्छ, र त्यसपछि सही विचार, दृष्टिकोण, र अभ्यासका मार्गहरू स्थापित गर्नुपर्छ—मुक्ति हासिल गर्नका लागि मानिसहरूसँग हुनुपर्ने अभ्यास यही मात्रै हो। तँ यसबारे अन्योलमा पर्नु हुँदैन।

भर्खरैको हाम्रो सङ्गतिले कष्टको बारेमा मानिसहरूमा हुने केही गलत दृष्टिकोण र विकृत प्रकटीकरणहरू, साथै मानिसहरूमा हुनुपर्ने सही विचार र दृष्टिकोणहरू र तिनीहरूले अभ्यास गर्नुपर्ने सिद्धान्तहरूलाई समेटेको छ। हामीले देहधारी परमेश्‍वरले कष्टलाई कसरी हेर्नुहुन्छ भन्‍ने बारेमा कुरा गरिरहेका हुनाले, हामीले भर्खरै सङ्गति गरेको कुराले, एकातिर, कष्टको बारेमा मेरा केही राय र मूल्याङ्कनहरूलाई प्रतिनिधित्व गर्छ, र अर्कोतिर, कष्टको बारेमा रहेका मेरा केही विचार, दृष्टिकोण, र अभ्यासका सिद्धान्तहरूलाई प्रतिनिधित्व गर्छ। विचार र दृष्टिकोणहरू होऊन् वा अभ्यासका सिद्धान्तहरू होऊन्, हामीले भर्खरै सङ्गति गरेको कुरा तिमीहरूको दैनिक जीवनमा वा आफ्ना कर्तव्यहरू निर्वाह गर्ने प्रक्रियामा हुने तिमीहरूका प्रकाश र प्रकटीकरणहरूसँग सम्बन्धित छ। त्यसैले देहधारी परमेश्‍वरले कष्टको समस्यालाई कसरी लिनुहुन्छ भन्‍ने कुरा हेरौँ। मैले भर्खरै कष्टको मामलालाई कसरी लिने भन्‍ने बारेमा तिमीहरूसँग सङ्गति गरेँ। कष्ट मानिसको जीवन र अस्तित्वको एउटा भाग हो। सामान्य मानवताको दृष्टिकोणबाट हेर्दा, कष्ट भनेको हुनैपर्ने कुरा हो। यस मानव संसारमा जिउँदा, यस भौतिक संसारमा जिउँदा, सबैले जन्मेदेखि मरुन्जेलसम्म दैहिक असुविधा, अप्रियता, र दुःख लगायत धेरै कष्ट भोग्नैपर्छ। त्यसै गरी, वास्तविक संसारको वातावरणमा जिउँदा मैले पनि यस्तो कष्ट भोगेको छु। मैले धेरै पीडा अनुभव गरेको छु र भोगेको छु, र मैले अहिले पनि केही कष्ट अनुभव गरिरहेको छु। यो एउटा अपरिहार्य प्रक्रिया हो, त्यसैले, सामान्य मानवताको दृष्टिकोणबाट हेर्दा, म स्वाभाविक रूपमा यस्तो कष्टलाई स्वीकार गर्छु, वा स्वाभाविक रूपमा यसलाई अनुभव गर्छु। मेरो देहले कष्ट महसुस गर्छ, तर मेरो हृदयमा कुनै प्रतिरोध र कुनै इन्कार हुँदैन। मलाई यो कष्टको उपस्थिति मानिसहरूले फेर्ने सास वा तिनीहरूले महसुस गर्ने सूर्यको प्रकाश जत्तिकै स्वाभाविक लाग्छ। मलाई यो कुनै अतिरिक्त कुरा हो भन्‍ने लाग्दैन, र मलाई यो व्यर्थ हो भन्‍ने लाग्दैन, झन् यो मैले आफैले निम्त्याएको कुरा हो भन्‍ने त मलाई पटक्कै लाग्दैन। मलाई यस्तै महसुस हुन्छ। अर्थात्, कष्ट जेसुकै कारणले भएको भए पनि, वा मैले जुनसुकै चरणमा कष्ट भोगे पनि, वा यो मैले मेरो दैनिक जीवनमा सामना गर्ने प्रकारको कष्ट भए पनि वा मैले मेरो काम गर्दा भोग्नुपर्ने प्रकारको कष्ट भए पनि, मलाई एउटा घटना घटिरहेको छ भन्‍ने मात्रै महसुस हुन्छ। व्यक्तिले कुनै निश्‍चित सिद्धान्तको प्रयोग गर्नुपर्छ र यस घटनालाई सम्हाल्ने र समाधान गर्ने उपाय सोच्नुपर्छ। यी कुराहरूलाई सम्हाल्न र समाधान गर्नका लागि कहिलेकाहीँ केही कष्ट भोग्नुपर्ने हुन्छ, तर मैले धेरै कष्ट भोगे पनि वा हल्का किसिमको कष्ट अलिकति मात्रै भोगे पनि, मलाई यो सबै एउटा प्रक्रिया हो जस्तो मात्रै लाग्छ। मलाई यो थप बोझ हो जस्तो लाग्दैन; यो यति नै सरल अनुभूति हो। कष्टको कुरामा, यो सरल अनुभूतिबाहेक, मैले कस्तो कष्ट भोगेको छु भनेर मैले कहिल्यै घोषणा गरेको छैन। उदाहरणका लागि, जब म मानिसहरूसँग सम्पर्क गर्न र मानिसहरूसँग सङ्गति गर्नका लागि अवस्थाहरू तुलनात्मक रूपमा खराब भएका केही ठाउँहरूमा जान्छु, तब मलाई मैले त्यति धेरै कष्ट भोगिरहेको छु भन्‍ने लाग्दैन, र मेरो कष्ट मैले मानिसहरूका लागि गर्ने कुनै प्रकारको योगदान हो भन्‍ने मलाई कहिल्यै लागेको छैन। बरु, मलाई यो अत्यन्तै सामान्य र उल्लेख गर्न लायक नभएको कुरा हो भन्‍ने लाग्छ। मानिसहरूले मलाई उच्च आदर गरून् भन्नका लागि मैले कष्टलाई धाक लगाउने, प्रचार गर्ने, वा ठूलो कुरा बनाउने कुनै प्रमुख घटनाको रूपमा कहिल्यै लिएको छैन; मैले त्यस्ता कुराहरू कहिल्यै गरेको छैन। मैले कस्तो कष्ट भोगेको छु भनेर घोषणा गर्नेहरू तिमीहरू नै हौ—तिमीहरूले यस्तो कुरा धेरै गरेका छौ, तर मैले कहिल्यै गरेको छैन।

म एक पटक त्यहाँका मानिसहरूसँग कुराकानी गर्न र बोल्न, र तिनीहरूसँग केही कुराहरूका बारेमा सङ्गति गर्न कतै गएको थिएँ। मैले सङ्गति सिध्याउँदासम्म, खाना खाने समय बितिसकेको थियो, र म नखाईकनै गएँ। पछि, कतिपय मानिसहरूले यस्तो खबर फैलाए: “परमेश्‍वरले हामीसँग बिहानभरि सङ्गति गर्नुभयो। उहाँले एक घुट्की पानी पनि पिउनुभएन, र उहाँ खाना नखाईकनै जानुभयो।” एक जनाले यसो भनेपछि, यो खबर एकबाट दश जनामा, र दश जनाबाट सय जनामा फैलियो, र धेरै मानिसहरूले यसबारे थाहा पाए। तिनीहरूले थाहा पाउनुको नतिजा के भयो? यी मानिसहरूले यस सानो कुरालाई भेलाहरूमा औपचारिक सङ्गतिको विषयको रूपमा लिए, र यो सत्यता नै हो जसरी यसबारे सङ्गति गरे। म छक्क परेँ: यस मामलाको बारेमा कुरा गर्नुपर्ने त्यस्तो के छ र? यसबारे कुरा गर्नुको मूल्य के छ? यस मामलाको बारेमा सङ्गति गर्नुको के काम छ? कहिलेकाहीँ म तिमीहरूसँग कुराकानी गर्छु, दैनिक जीवनका कुराहरूबारे वा कामका मामलाहरूबारे कुरा गर्छु। यो अत्यन्तै सामान्य कुरा हो, तिमीहरूले एक-अर्कासँग गर्ने कुराकानी जत्तिकै सामान्य। यो घमण्ड गर्ने कुरा होइन र प्रचार गर्ने कुरा पनि होइन। तिनीहरूले मेरो पिठ्यूँ पछाडि किन यसको प्रचार गरे? म निकै छक्क परेँ। पछि, जब तिनीहरूले यसको खबर धेरै फैलाए, तब मैले के कुरा बुझेँ भने, तिनीहरूले यो देहधारी परमेश्‍वरको कष्टका अनुभवहरूको गवाही दिनु हो, र तिनीहरूले कुनै घटनाको खबर मात्रै फैलाइरहेका होइनन् तर सत्यता फैलाइरहेका हुन् भन्‍ने विश्‍वास गरेका रहेछन्। म के भन्छु भने, यदि तैँले देहधारी परमेश्‍वरको कष्टका अनुभवहरूको गवाही दिन चाहन्छस् भने, त्यो पूर्ण रूपमा अनावश्यक कुरा हो। तिमीहरूसँग भेट्नु, कुराकानी गर्नु, र बोल्नु भनेको मैले खुसीसाथ गर्ने कुरा हो। म यो कसैले देखोस् भनेर गर्दिनँ, म यो तिमीहरूको हृदय जित्न गर्दिनँ, र म नाटक गरिरहेको हुँदिनँ। कहिलेकाहीँ लामो समयसम्म सङ्गति गर्दा म केही पनि खाँदिनँ वा पिउँदिनँ भन्‍ने तथ्यको कुरा गर्दा, त्यो जानाजानी गरिएको होइन—त्यो त मलाई तिर्खा नलागेको कारणले, र धेरै भोक नलागेको कारणले पो हो। यदि मलाई सहनै नसक्‍ने भोक लागेको भए, म तँलाई मेरो लागि केही खानेकुरा ल्याउन वा तँलाई मेरो लागि साधारण खाना बनाउन भन्‍नेथिएँ। म पक्कै पनि भोक सहेर बस्नेथिइनँ; म तँसँग सङ्कोच मान्नेथिइनँ। के खाना खाने समय हुँदा नखाईकनै जानुलाई कष्ट मानिन्छ र? तिमीहरूले प्रचार गरिरहेको कुराबाट हेर्दा, मैले देखाउनका लागि कामकुरा गरिरहेको छु जस्तो देखिन्छ। यो सुन्दा मलाई किन यति असहज महसुस हुन्छ? यो त मैले तिमीहरूलाई म कति कष्ट भोग्छु, म कति सहन सक्छु, म तिमीहरूलाई कति प्रेम गर्छु, र मैले तिमीहरूका लागि कति योगदान दिएको छु भनेर देखाउनका लागि यसो गरिरहेको हो जस्तो भयो, ताकि म गएपछि, तिमीहरूले मेरो लागि यो कुरा प्रसारण गर, मैले कति कष्ट भोगेको छु र मैले तिमीहरूका लागि कति कुराहरू गरेको छु भनेर प्रचार गर, मानौँ मैले तिमीहरूलाई जित्नका लागि यो विधि प्रयोग गरिरहेको छु। के मेरो लक्ष्य यही हो त? (होइन।) मेरो लक्ष्य यो होइन। म तिमीहरूसँग कुराकानी गर्न र बोल्न तिमीहरूकहाँ आउँछु, र कहिलेकाहीँ खाना खाने समय हुँदा म नखाईकनै फर्किन्छु। यो अत्यन्तै सामान्य कुरा हो। तर तिमीहरूले यसलाई कुनै प्रमुख घटनाको रूपमा लिन्छौ, मैले कष्ट भोगेको छु, यसमा खोज्नुपर्ने सत्यता छ, तिमीहरूले यसको अनुकरण गर्नुपर्छ र यसलाई पछ्याउनुपर्छ भन्‍ने सोच्छौ, र तिमीहरूले यस मामलालाई सत्यता नै हो जसरी फैलाउने समेत गर्छौ। यस मामलालाई फैलाउनु भनेको व्यर्थका कुराहरू फैलाउनु सरह हो। तिमीहरूले व्यर्थका कुराहरू फैलाएको मलाई मन पर्दैन। यसबारे सुन्दा मलाई घिन र वितृष्णा लाग्छ। व्यर्थका कुराहरू फैलाउने जोकोहीलाई म घृणा गर्छु। यदि मैले तिमीहरूसँग सत्यता समावेश भएको वा मण्डलीको काम समावेश भएको कुनै विषयवस्तुमा सङ्गति गरेँ भने, यो विषयवस्तु तिमीहरूलाई आवश्यक पर्ने कुरा हो—तिमीहरूले यसलाई लेख्न सक्छौ र सबैसँग यसबारे बाँड्न र सङ्गति गर्न सक्छौ। तर जब तिमीहरूले मैले कतै भोक वा जाडोबाट कसरी कष्ट भोगेँ भन्‍ने खबर फैलाउँछौ—जब तिमीहरूले यी कुराहरू फैलाउँछौ, तब मलाई घिन लाग्छ। व्यर्थका कुराहरू फैलाउने कार्यप्रति मलाई अत्यन्तै वितृष्णा लाग्छ। तिमीहरू किन यस्तो प्रकारको काम गर्न यति सक्रिय छौ? के यसले मलाई खुसी बनाउँछ भन्‍ने तिमीहरूलाई लाग्छ? म तिमीहरू जस्तो छैनँ; यसले मलाई पटक्कै खुसी बनाउँदैन। अनि मैले यतिका वर्षसम्म यो कुरा सहेको छु। यदि यी कुराहरू फैलाउने पहिलो व्यक्ति को थियो भन्‍ने मलाई थाहा भएको भए, मैले उसलाई सोध्नुपर्नेथियो, “तैँले यी कुराहरू किन फैलाइस्? तेरो लक्ष्य के हो? तेरो अभिप्राय के हो? तँ खराब अभिप्रायहरू बोक्छस्! यो बाधा पुर्‍याउनु सरह हो! के तैँले मेरो मुडलाई असर गरेको छस् भन्‍ने तँलाई थाहा छ? यसरी व्यर्थका कुराहरू फैलाउनु भनेको मेरो स्वतन्त्रतालाई सीमित गर्ने गुप्त तरिका हो; यसको प्रकृति यही हो।” म व्यर्थका कुराहरू फैलाउने मानिसहरूलाई घृणा गर्छु, विशेष गरी त्यस्ता कतिपय मानिसहरूलाई जसले सत्यताको बारेमा कहिल्यै सङ्गति गर्दैनन् र सत्यता अभ्यास गर्ने वा मण्डलीको काम समावेश हुने कुनै पनि कुराको बारेमा कहिल्यै सङ्गति गर्दैनन्, बरु यस्ता प्रकारका अर्थहीन कुराको बारेमा मात्रै कुरा गर्छन् र यस्ता प्रकारका व्यर्थका कुराहरू फैलाउँछन्, यहाँसम्म कि यसलाई अत्यन्तै विस्तृत रूपमा फैलाउने गर्छन्। उदाहरणका लागि, म तिमीहरूसँग कुराकानी गरिरहेको हुन्छु र म केही पटक खोक्छु, अनि कतिपय मानिसहरूले मेरो पिठ्यूँ पछाडि यो कुरा फैलाउँछन्। के तैँले फैलाउनुपर्ने कुरा यही हो त? के तेरो कर्तव्य यही हो? यतिका वर्षदेखि व्यर्थका कुराहरू फैलाउने कार्यले गर्दा मलाई घिन लागिरहेको छ। कतिपय मानिसहरूले ठ्याक्कै यसरी नै व्यर्थका कुराहरू फैलाउँछन्। यी कुराहरू फैलिँदै जाँदा, धेरै मानिसहरूले यसबारे सुन्छन्, र कतिपय अन्योलमा परेका मानिसहरूले मेरो खोकाइको नक्कल समेत गर्छन्। यसको नक्कल गर्नुको के काम छ र? यदि तैँले समस्याहरू समाधान गर्न मैले कसरी सत्यता सङ्गति गर्छु भन्‍ने कुराको नक्कल गरिस् भने, त्यसले परमेश्‍वरको घरको कामलाई केही फाइदा हुनेथियो। यदि तैँले म कसरी परमेश्‍वरको घरका हितहरूको रक्षा गर्छु र तिमीहरूलाई फाइदा पुऱ्याउन सम्भव भएसम्मका सबै उपायहरू सोच्छु भन्‍ने कुराको नक्कल गरिस्, र सत्यता सङ्गति गर्दा, तिमीहरू सबैले केही प्राप्त गर्न सक र सबैले प्रगति गर्न सक भनेर मैले कसरी अथक रूपमा उदाहरणहरू दिन र तथ्यहरू बताउन सक्छु भन्‍ने कुराको नक्कल गरिस् भने—यदि तैँले यी सकारात्मक कुराहरू गरिस् भने, म यो देखेर खुसी हुनेथिएँ। तँ किन यी सकारात्मक कुराहरूको नक्कल गर्दैनस्? तैँले किन ती अर्थहीन कुराहरूको नक्कल गर्नैपर्छ? यसले तेरो मानसिकतामा समस्या छ भन्‍ने प्रमाणित गर्छ। यदि तँसँग साँच्चै नै गर्नका लागि योभन्दा राम्रो केही छैन भने, तैँले गर्नका लागि केही उचित काम खोज्नुपर्छ; यो सबैका लागि लाभदायक हुनेछ। केही उचित काम किन नगर्ने? त्यस्ता मानिसहरूले आफ्ना उचित कामलाई बेवास्ता गर्छन्; तिनीहरू अत्यन्तै घृणित हुन्छन्!

मैले यतिका वर्षसम्म सत्यता सङ्गति गरेको छु, तर मैले तिमीहरूले सत्यतामा धेरै लागिपरेको कहिल्यै देखेको छैनँ, न त तिमीहरूले व्यर्थका कुराहरू फैलाउनमा जति प्रयास गर्छौ त्यति नै मेहनत सत्यतामा गरेको मैले देखेको छु। यी मानिसहरूलाई व्यर्थका कुराहरू फैलाउन किन यति धेरै मन पर्छ? ती कुराहरू फैलाउनुको के काम छ र? आत्मिक बुझाइ नभएका यी मानिसहरूले साँच्चै नै आफ्ना उचित कामलाई बेवास्ता गर्छन्! यदि तैँले साँच्चै नै सत्यताको एउटा पक्षमा स्पष्ट रूपमा सङ्गति गर्न सक्छस्, र यसले दाजुभाइ-दिदीबहिनीहरूलाई अलिकति फाइदा गर्छ र तिनीहरूको आत्मिक वृद्धि गर्छ भने, यो राम्रो कुरा हो, र मैले तँलाई धन्यवाद समेत दिनुपर्छ। तर तैँले सधैँ मैले कुनै निश्‍चित दिनमा के गरेँ, म कतै कति लामो समयसम्म बसेँ, म कति टाढासम्म हिँडेँ, र म कति ढिलो फर्किएँ भन्‍ने खबर फैलाउँछस्; जब तिमीहरूले सधैँ यस्ता कुराहरू फैलाउँछौ, तब मलाई निकै घिन लाग्छ। कतिपय मानिसहरूले यसो भन्छन्, “तपाईंलाई किन घिन लाग्छ? हाम्रो अभिप्राय राम्रो हो। के हामीले देहधारी परमेश्‍वरको कष्टको गवाही दिइरहेका हुँदैनौँ र?” के यो दृष्टिकोण सही छ? (छैन।) यो कुन हिसाबमा गलत छ? (परमेश्‍वरले यति धेरै वचनहरू बोल्नुभएको छ र यति धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, तैपनि तिनीहरूले तिनको बारेमा सङ्गति गर्दैनन्। तिनीहरूले सत्यता अभ्यास गर्दा आफूले कस्ता अनुभवहरू पाएका छन् भन्‍ने बारेमा पनि कुरा गर्दैनन्। परमेश्‍वरको गवाही दिँदा, तिनीहरूले यी कुराहरूको बारेमा कुरा गर्दैनन्, तर यसको साटो ख्रीष्टको जीवनका केही कुराहरूलाई लिएर ठूलो बखेडा झिक्छन्। मलाई तिनीहरूको हृदय सही छैन भन्‍ने लाग्छ।) मैले यी कुराहरू गर्दा कष्ट भोगेँ भन्‍ने तिमीहरूलाई लाग्छ, तर के मैले साँच्चै भोग्ने कष्ट तिमीहरूले बुझ्छौ? के तिमीहरूलाई यसबारे थाहा छ? (छैन।) तिमीहरूलाई थाहा छैन, न त तिमीहरूले यसलाई बोध गर्छौ वा बुझ्छौ। तिमीहरू मेरो दैनिक जीवनका यी सानातिना मामलाहरूलाई लिएर ठूलो बखेडा मात्रै झिक्छौ र तिनलाई जताततै प्रसारण गर्छौ। उदाहरणका लागि, मैले एक पटक कसैलाई भेटेँ र मैले त्यत्तिकै भनेँ, “आज मेरो पाखुराले मलाई अलिकति दुःख दिइरहेको छ।” मेरो भनाइको कुनै खास अर्थ थिएन, तर त्यो व्यक्तिले यसको अर्कै अर्थ लगायो। यो कुरा सुनेपछि, मैले धेरै लेखेको कारणले मेरो पाखुराले मलाई दुःख दिइरहेको छ भन्‍ने उसले सोच्यो। तीन दिनपछि, मैले कष्ट भोगिरहेको छु भन्दै मानिसहरूले यो कथा फैलाए। के मेरो पाखुराले मलाई अलिकति दुःख दिनुलाई कष्ट मानिन्छ र? के तिमीहरूले आफ्‍नो नजरमा यसलाई कष्ट मान्छौ? के मैले कष्ट भोगिरहेको छु भनेर धाक लगाउनका लागि तिमीहरूको अगाडि यो कुरा भनेको थिएँ? मेरो मनमा यस्तो कुरा पटक्कै थिएन। यसबाहेक, मेरो कष्टसँग तेरो के सरोकार छ र? के मैले तँलाई यो कुरा फैलाउन भनेको थिएँ? यदि मैले तँलाई कुनै कुरा गर्न लगाउनु छ भने, म तँलाई सीधै भन्‍नेछु। मैले मेरा सबै प्रवचन र सङ्गतिहरूमा तैँले के काम गर्नुपर्छ र तैँले कस्ता शब्दहरू बोल्नुपर्छ भन्‍ने बारेमा तिमीहरूलाई निर्देशन दिएको छु—मैले तिमीहरूलाई यी सबै कुरा स्पष्ट पारेको छु। मैले सत्यता सिद्धान्तहरू र अभ्यासका मार्गहरूबारे स्पष्ट रूपमा सङ्गति गरेको छु। तिमीहरूले ध्यान केन्द्रित गर्नुपर्ने र गर्नुपर्ने कुराहरू यिनै हुन्। म तँलाई जे भन्छु त्यसमा तैँले ध्यान केन्द्रित गर्दैनस्, तैपनि मैले तँलाई नभनेका कुराहरूमा तैँले निकै ध्यान दिन्छस्, र त्यस्ता धेरै कुराहरू गरेको छस्। यो देख्दा मलाई वितृष्णा लाग्छ। तैँले यो काम राम्ररी गरेको छस् भनेर म तँलाई पक्कै पनि प्रशंसा गर्नेछैनँ, र यसका लागि तँलाई श्रेय दिनेछैनँ। म त्यस्ता कुराहरू कहिल्यै गर्दिनँ, र मैले त्यस्ता शब्दहरू कहिल्यै बोलेको छैनँ। मैले तिमीहरूबाट जे माग गरे पनि, म तिमीहरूलाई स्पष्ट रूपमा भन्‍नेछु। मैले तिमीहरूलाई यो कुरा गर्न माग गरेको थिइनँ, तैपनि तिमीहरूले यसो गर्‍यौ। मलाई भित्री रूपमा अत्यन्तै वितृष्णा र अत्यन्तै घिन लाग्छ, र अलिकति मात्रै वितृष्णा लाग्ने होइन। तैपनि तिमीहरूलाई आफूप्रति निकै राम्रो महसुस हुन्छ, तिमीहरूसँग मप्रति धेरै सहानुभूति र धेरै प्रेम छ, तिमीहरू निकै समझदार, विचारशील, र ख्याल राख्ने छौ भन्‍ने सोच्छौ। म के भन्छु भने, तँमा धेरै कुराको कमी छ। तैँले केही कुराहरू उचित रूपमा गरे पनि, हाम्रो बीचमा अझै पनि दूरी छ; अझ भन्नुपर्दा, व्यर्थका कुराहरू फैलाउनु उचित होइन, र मलाई यो मन पर्दैन। मैले तिमीहरूलाई यसअघि यसबारे कहिल्यै उल्लेख नगर्नुको अर्थ मैले यसलाई मौन रूपमा सहमति दिएको थिएँ भन्‍ने होइन। अब म तिमीहरूलाई ठ्याक्कै यी शब्दहरू भन्दै छु: म व्यर्थका कुराहरू फैलाउने मानिसहरूलाई निकै घृणा गर्छु। खास गरी, कतिपय मानिसहरूले मलाई अलिकति कष्ट भोगेको देख्छन् र त्यसपछि देहधारी परमेश्‍वरको कष्टको गवाही दिने बहानामा जानी-जानी व्यर्थका कुराहरू फैलाउँछन्—तिमीहरूलाई, म स्पष्ट रूपमा भन्छु: म यस्तो प्रकारको कुराको विरोध गर्छु, मलाई मेरो हृदयमा यसप्रति निकै वितृष्णा लाग्छ, र मलाई यो कुरा पटक्कै मन पर्दैन। यो परमेश्‍वरको गवाही दिनु होइन; यो त व्यर्थका कुराहरू फैलाउनु हो। त्यसैले, के तिमीहरूले यसो गर्नु उचित हो त? (होइन।) यो उचित नभएको हुनाले, तिमीहरूले के गर्नुपर्छ? (हामीले व्यर्थका कुराहरू फैलाउनु हुँदैन। हामीले यस्तो प्रकारको काम गर्नु हुँदैन।)

के कष्टको मामलालाई हामीले कसरी लिन्छौँ भन्‍ने सन्दर्भमा हाम्रो बीचमा कुनै असहमति छ? के हाम्रा दृष्टिकोणहरू फरक छन्? (छन्।) त्यसोभए कष्टको बारेमा तिमीहरूका दृष्टिकोणहरू कहाँबाट आएका हुन्? (हामीलाई शैतानले भ्रष्ट तुल्याएपछि कष्टको बारेमा हाम्रा दृष्टिकोणहरू हाम्रा भ्रष्ट स्वभावहरूबाट आएका हुन्।) एकातिर, जसरी मानव धारणा र कल्पनाहरू शैतानबाट आएका हुन्छन्, त्यसरी नै सबै प्रकारका कुराहरूबारे मानिसहरूका दृष्टिकोणहरू शैतानबाट नै आएका हुन्छन्। अर्कोतिर, अझै व्यावहारिक रूपमा भन्दा, ती सामाजिक प्रचलनहरू र सामाजिक वातावरणबाट प्रभावित हुन्छन्। मानिसहरूले यी गलत विचारहरूलाई स्वीकार गर्नुको सबैभन्दा प्रत्यक्ष प्रभाव के हो भने तिनीहरूले केही भ्रमपूर्ण विचार र दृष्टिकोणहरू निर्माण गर्छन्। जब मानिसहरू यी विचार र दृष्टिकोणहरू लिएर परमेश्‍वरको घरमा आउँछन्, तब तिनीहरूले सबै प्रकारका गलत शैलीहरू विकास गर्छन्। त्यसकारण, देहधारी परमेश्‍वरको कष्टलाई कसरी लिने भन्‍ने कुरामा मानिसहरूले अपनाउने कतिपय तरिकाहरू पनि त्यसै गरी केही भ्रमपूर्ण विचार र दृष्टिकोणहरूले उक्साएको नतिजा नै हुन्। गैरविश्‍वासी संसारमा, जब हैसियत र प्रतिष्ठा भएका मानिसहरू सार्वजनिक रूपमा देखा पर्छन्, तब तिनीहरूले प्रायजसो देखाउनका लागि कामकुराहरू गर्छन्, जसलाई सरल रूपमा नाटक गर्नु भनेर भनिन्छ। नाटक गरेपछि, तिनीहरूले आफ्नो छवि कायम राख्‍ने र मानिसहरूमाझ आफ्नो हैसियत सुदृढ गर्ने लक्ष्य हासिल गर्नका लागि यसलाई प्रचार गर्न सञ्चारमाध्यमको प्रयोग गर्छन्, ताकि जनताको नजरमा तिनीहरूको छवि राम्रो होस्, तिनीहरूले मानिसहरूबाट अझै बढी आराधना प्राप्त गर्न सकून्, र मानिसहरूको हृदयमा आफूलाई अझै दृढताका साथ स्थापित गर्न सकून्। अनि देहधारी परमेश्‍वरको कष्टको बारेमा जानकारी फैलाउने मानिसहरूले अपनाउने तरिका, धेरै हदसम्म, गैरविश्‍वासी संसारको यस प्रचलनबाट प्रभावित भएको हुन्छ। देहधारी परमेश्‍वरका आधारभूत आवश्यकताहरू, वा उहाँका दैनिक गतिविधि र कार्यहरूका बारेमा मानिसहरूका विचार र दृष्टिकोणहरू पनि यस्तै हुन्छन्। यो खास काम गर्नुको पछाडि देहधारी परमेश्‍वरको उद्देश्य के हो भनेर मानिसहरूले सीधै नभने पनि, यसलाई फैलाउने विधिले निम्न परिणामहरू निम्त्याउँछ: यसले मानिसहरूलाई सत्यता पछ्याउने कुरामा ध्यान केन्द्रित गर्न दिँदैन, तर यी बाहिरी औपचारिकताहरूमा मात्रै ध्यान केन्द्रित गर्न लगाउँछ; यसले तिनीहरूलाई सत्यतामा प्रवेश गर्ने कुरामा ध्यान केन्द्रित गर्न दिँदैन, तर कष्ट भोग्ने कुरामा मात्रै ध्यान केन्द्रित गर्न लगाउँछ, मानिसहरूलाई हासिल गर्न सजिलो हुने र तिनीहरूलाई अनुकरण गर्न सजिलो हुने कुराहरू गर्न लगाउँछ। मानिसहरूले यसो गर्नु भनेको परमेश्‍वरको गवाही दिनु हो, र यसो गर्नु भनेको सत्यता अभ्यास गर्नु र परमेश्‍वरको छविलाई कायम राख्‍नु पनि हो भन्‍ने सोच्छन्। वास्तवमा, के परमेश्‍वरको छविलाई तैँले कायम राख्‍नुपर्ने आवश्यकता हुन्छ र? तँलाई उहाँको गवाही दिन लगाएर, के परमेश्‍वरले तँलाई यी कुराहरूको बारेमा गवाही दे भन्‍न खोज्नुभएको हो र? (होइन।) देहधारी परमेश्‍वरको छविलाई तैँले कायम राख्‍नु आवश्यक छैन, झन् तैँले त्यसलाई त्यसरी कायम राख्‍न त पटक्कै आवश्यक छैन। तँसँग असल अभिप्रायहरू छन् होला, तर तेरा कार्यहरूले प्रतिकूल परिणामहरू निम्त्याएका छन्, र गम्भीर अवस्थाहरूमा, ती अवरोध र बाधा समेत बन्छन्। मानिसहरूले सधैँ यसो गर्नु उचित र तर्कसङ्गत हो, यो सुकर्म हो, र यो एउटा सृजित प्राणीले गर्नुपर्ने कुरा हो भन्‍ने विश्‍वास गरेका छन्। म भन्छु, “गलत! यो तैँले गर्नुपर्ने कुरा होइन। तैँले यसो गर्नु हुँदैन।” तँ एउटा सृजित प्राणी भएको हुनाले, तैँले एउटा सृजित प्राणीको रूपमा आफ्नो उचित स्थान ग्रहण गर्नुपर्छ र आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ; तैँले परमेश्‍वरको घरभित्र समाजको सञ्चारमाध्यमको भूमिकामा काम गर्नु हुँदैन र सञ्चारमाध्यमले गर्ने कुराहरू गर्नु हुँदैन। म कस्ता शब्दहरू बोल्छु, मैले कस्तो कष्ट भोग्छु, म कुनै कुरा गर्न कहाँ जान्छु, मेरो दैनिक कार्यतालिका के हो—तैँले यी कुराहरू प्रचार गर्नु आवश्यक छैन, तैँले ती प्रचार गरेको मलाई मन पर्दैन, र तैँले ती प्रचार गरेकोमा मलाई वितृष्णा लाग्छ। त्यसैले, कृपया यस्तो प्रकारको प्रचार गर्न बन्द गर्, किनभने यस्तो प्रकारको प्रचार गर्नु भनेको व्यर्थका कुराहरू फैलाउनु हो, र यो सत्यता अनुरूप हुँदैन। बुझिस्? (बुझेँ।) तैँले यी कुराहरू प्रचार नगर्नु नै सबैभन्दा राम्रो हो; यी व्यर्थका कुराहरू फैलाउनुको कुनै काम छैन। यदि तँ साँच्चै परमेश्‍वरको गवाही दिन चाहन्छस् भने, तैँले परमेश्‍वरका वचनहरू अझ बढी प्रसार गर्नुपर्छ, र सत्यताको तेरो अनुभवात्मक बुझाइ र सत्यताको तेरो अनुभव बाँड्नुपर्छ। यदि तँसँग साँच्चै असल अभिप्रायहरू छन् र तँ केही असल कुराहरू गर्न र केही असल कार्यहरू तयार गर्न चाहन्छस् भने, परमेश्‍वरको घरको कामको कुन क्षेत्र वा कुन भागमा सुधार आवश्यक छ भनेर हेर्, र यसलाई राम्ररी गर्नका लागि केही प्रयास गर् र मूल्य चुका, र यसरी कामको प्रभावकारिता बढा, कामको प्रगतिलाई गति दे, र जनशक्ति र आर्थिक स्रोतहरू पनि बचा। यदि तैँले यस्तो प्रकारको केही काम गरिस् भने, यो एउटा सुकर्म हुन्छ, र एउटा सृजित प्राणीले गर्नुपर्ने कुरा यही हो। मैले के खान्छु वा के लगाउँछु, वा मैले कस्तो कष्ट भोग्छु भन्‍ने कुराको हकमा, तैँले त्यसको खबर फैलाउनु आवश्यक छैन। मप्रति तँसँग कस्तो मनोवृत्ति हुनुपर्छ भनेर मैले तँलाई धेरै अघि नै बताइसकेको छु, जसमा केवल तीन वटा सिद्धान्तहरू समावेश छन्: खुला र इमानदार, आदरपूर्ण, र आज्ञाकारी हुनु। यो कुरा त्यति नै सरल छ; तैँले कुनै अतिरिक्त कुरा गर्नु आवश्यक छैन। यदि तैँले उचित तरिकाले कुनै अतिरिक्त कुरा गरिस् भने, म तँलाई दाजुभाइ वा दिदीबहिनीको रूपमा व्यवहार गर्नेछु, र म तैँले गरेको यो निगाहलाई स्मरण गर्नेछु। तर हाम्रो बीचको सम्बन्धको हकमा, तैँले मलाई कसरी व्यवहार गर्नुपर्छ त्यसका सिद्धान्तहरू मैले तँलाई धेरै अघि नै बताइसकेको छु। ती तीन वटा सिद्धान्तहरू के-के हुन्? (खुला र इमानदार, आदरपूर्ण, र आज्ञाकारी हुनु।) ती ठ्याक्कै यिनै तीन वटा सिद्धान्तहरू हुन्। यदि तैँले यी तीन वटा सिद्धान्तहरू पूरा गरिस् भने, यो उचित हुन्छ, र तैँले एउटा सृजित प्राणीले ओगट्नुपर्ने उचित स्थानलाई दृढतापूर्वक पक्रिएको हुनेछस्, र तेरो जिम्मेवारी पूरा गरेको हुनेछस्। तैँले व्यर्थका कुराहरू फैलाउने कार्यको मूल्य एक पैसाको जति पनि हुँदैन, र अन्त्यमा मलाई तँप्रति वितृष्णा लाग्नेछ। तर यदि मैले तँलाई कुनै सिद्धान्तमा निर्देशन दिएँ, तँलाई कुनै काम सुम्पिएँ, वा सत्यताको कुनै पक्षमा सङ्गति गरेँ, र मैले तँलाई भनेबमोजिम तैँले गरिस् र अभ्यास गरिस् भने, त्यो व्यर्थका कुराहरू फैलाउनुभन्दा धेरै राम्रो हो। सत्यता अभ्यास गर्नुको मात्रै मूल्य हुन्छ र त्यसलाई मात्रै स्मरण गरिन्छ। तैँले मेरो बारेमा व्यर्थका कुराहरू फैलाउँछस्, म कतै भेलामा उपस्थित हुन हिँडेर जाँदा धेरै थाकेँ भनेर तैँले भन्छस्। यो व्यर्थको कुरा फैलाएर, तैँले मप्रति मानिसहरूको सहानुभूति र दया खिच्छस्। म यसमा पटक्कै खुसी हुँदिनँ, र तैँले यसो गरेको मलाई मन पर्दैन। मैले तँलाई सोध्नुपर्नेछ, “यस मामलालाई फैलाउनुको के काम छ र? तैँले यी कुराहरू किन फैलाइस्? परमेश्‍वरको साक्षी दिनुको अर्थ के हो भन्‍ने के तैँले साँच्चै बुझेको छस्?” यदि तैँले सत्यता अनुरूप हुने कारण दिन सक्दैनस्, र तैँले भन्‍ने र गर्ने कुराको अन्तर्निहित लक्ष्य सत्यतासँग अलिकति पनि मिल्दैन, तर त्यो तेरो व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरू सन्तुष्ट पार्न र मसँग चापलुसी गर्ने प्रयास गर्नका लागि मात्रै हो भने, म तँलाई के भन्छु भने, तैँले यसो गरेको मलाई मन पर्दैन। तैँले यसो पटक्कै गर्नु हुँदैन। यो पहिलो र अन्तिम पटक होस्; यस्तो फेरि कहिल्यै नगर्! मसँगको तेरो सङ्गत र अन्तरक्रियामा, मैले तँलाई भनेका सिद्धान्तहरूलाई तैँले बारम्बार मनन गर्नुपर्छ। तैँले ओगट्नुपर्ने स्थानलाई तैँले दृढतापूर्वक पक्रनुपर्छ, तैँले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्नुपर्छ, र तैँले पालन गर्नुपर्ने सिद्धान्तहरू पालन गर्नुपर्छ—तैँले हासिल गर्नुपर्ने कुराहरू यिनै हुन्। मसँग कसरी चापलुसी गर्ने वा मेरो चाकरी कसरी गर्ने भनेर सधैँ पत्ता लगाउने प्रयास नगर्; सधैँ मप्रति सहानुभूति देखाउने वा मलाई दया गर्ने, वा मलाई खुसी बनाउने चाहना नराख्। यी कुराहरू नगर्। तैँले ती कुराहरू गरे पनि, त्यो व्यर्थ हुनेछ। तैँले यी कुराहरू गरेको मलाई मन पर्दैन, र तैँले ती कुराहरू गर्दा मलाई वितृष्णा लाग्छ। यदि तैँले यी कुराहरू गरिनस् भने, म तँलाई नियमअनुसार व्यवहार गर्नेछु, र म तँसँग सामान्य रूपमा अन्तरक्रिया गर्न सक्षम हुनेछु। यदि तैँले यी कुराहरू गर्छस्, मसँग चापलुसी गर्न र मलाई तँप्रति राम्रो महसुस गराउनका लागि मैले गरेका कुराहरूलाई बढाइचढाइ गर्ने र मेरो पिठ्यूँ पछाडि यी कुराहरूलाई लिएर ठूलो बखेडा झिक्ने बारेमा सधैँ सोच्छस् भने, म त भन्छु, तँ गलत छस्। यसो गर्नाले मलाई तँप्रति वितृष्णा मात्रै लाग्नेछ। तैँले जेसुकै गरे पनि, म तँलाई सत्यता सिद्धान्तहरूका आधारमा व्यवहार गर्नेछु र मूल्याङ्कन गर्नेछु; म तँलाई यसरी नै हेर्नेछु। यदि तैँले मसँग उचित र उपयुक्त रूपमा सङ्गत र अन्तरक्रिया गरिस् भने, हामीले सामान्य रूपमा अन्तरक्रिया गर्न सक्छौँ। यदि तँ सधैँ मेरो पिठ्यूँ पछाडि व्यर्थका कुराहरू फैलाइरहन्छस् भने, मेरो नजरमा तेरो मानवता असल छैन। कम्तीमा पनि, म के भन्छु भने, तँसँग निष्ठा वा इज्जत छैन, र तँ अत्यन्तै नीच छस्। कतिपय मानिसहरूले यसो भन्छन्, “मैले तपाईंको पक्षमा राम्रो कुरा बोलिरहेको थिएँ—के त्यो ठीक होइन र?” म भन्छु, “त्यसको कुनै आवश्यकता छैन।” मैले सङ्गति गर्ने वचनहरू र मैले तिनीहरूलाई सिकाउने सत्यताहरूमार्फत मानिसहरूले म कस्तो प्रकारको व्यक्ति हुँ भन्‍ने कुरा देख्न र जान्न पुग्छन्; तैँले फैलाउने व्यर्थका कुराहरूमार्फत तिनीहरूले यो कुरा देख्न र जान्न पुग्दैनन्। त्यसकारण, तैँले व्यर्थका कुराहरू फैलाउनु पूर्ण रूपमा अनावश्यक र व्यर्थ हुन्छ। सायद अरू कसैलाई पनि यसप्रति वितृष्णा लाग्दैन होला, वा सायद अरू सबैलाई यो मन पर्छ होला, तर कम्तीमा पनि, मलाई यो मन पर्दैन, र मलाई यसप्रति वितृष्णा लाग्छ। जब तैँले मेरो बारेमा व्यर्थका कुराहरू फैलाउँछस्, तब त्यो साँच्चै नै सबैको रुचिअनुसार भए पनि र सबैको दृष्टिकोणसँग साँच्चै मिले पनि, अनि त्यसले सबैलाई राम्रो महसुस गराए पनि, तैँले कम्तीमा पनि मलाई सोध्नुपर्छ। यसमा संलग्न व्यक्ति म नै हुन्छु; म यसमा सहमत छु कि छैनँ र मलाई यो मन पर्छ कि पर्दैन भनेर तैँले सोध्नैपर्छ। के मैले तँलाई त्यस्ता कुराहरू फैलाउने अधिकार दिएको छु? यदि मैले तँलाई अधिकार दिएको छैनँ, तैपनि तैँले मेरो बारेमा व्यर्थका कुराहरू फैलाउँछस्, यति स्वेच्छाचारी रूपमा बोल्छस् र यसलाई सत्यता नै हो जसरी फैलाउने समेत गर्छस् भने, के यसको अर्थ तँसँग भित्री उद्देश्यहरू छन् भन्‍ने हुँदैन र? त्यसोभए म तँलाई कसरी ठहर गर्नेछु त? म तँलाई के भन्‍नेछु भने, तैँले अवरोध र बाधा ल्याइरहेको छस्। म जहाँ गए पनि, मैले जे शब्दहरू बोले पनि, वा मैले जे कामकुराहरू गरे पनि, कतिपय मानिसहरूले निश्‍चित रूपमा यिनै कुराहरू फैलाउनमा ध्यान केन्द्रित गर्छन्, मानौँ यसो गरेपछि सबैले मलाई उच्च आदर गर्नेछन् र मलाई उच्च मूल्याङ्कन गर्नेछन्। के यो परमेश्‍वरलाई उचाल्नु र परमेश्‍वरको साक्षी दिनु हो त? (होइन।) त्यसोभए, जब म केही कामकुराहरू गर्न कतै जान्छु, चाहे ती मेरो दैनिक जीवनका कुराहरू होऊन् वा कामसँग सम्बन्धित कुराहरू होऊन्—विशेष गरी मानिसहरूको नजरमा कष्ट जस्तो देखिने कुराहरू होऊन्—तब के मैले यी कुराहरू गरेर नाटक गरिरहेको हुन्छु त? (हुनुहुन्‍न।) मैले नाटक गरिरहेको छैनँ भन्‍ने तँलाई थाहा भएको हुनाले, यी कुराहरू प्रचार नगर्। लाउडस्पिकरको रूपमा काम नगर्, र सञ्चारमाध्यमको रूपमा काम नगर्; परमेश्‍वरको घरमा त्यस्तो कुनै संस्था छैन। आफैले सञ्चारमाध्यम खडा नगर् र यी कुराहरू प्रचार गर्न लाउडस्पिकरको रूपमा काम नगर्, किनभने तैँले ती प्रचार गरेकोमा मलाई अत्यन्तै घिन लाग्छ; यसले नकारात्मक प्रभाव पार्छ। त्यसैले, तैँले व्यर्थका कुराहरू पटक्कै फैलाउनु हुँदैन र यस्ता प्रकारका कुराहरूको खबर फैलाउनु हुँदैन। मैले तिमीहरूसँग गर्ने मागहरूमध्ये एउटा यही हो।

परमेश्‍वर आफ्नो काम गर्न देह बन्‍नु भनेको परमेश्‍वरको व्यवस्थापनको योजनाको एउटा चरण हो, यो त्यसभित्रको एउटा भाग हो, र यो स्वरूपको हिसाबमा केही हदसम्‍म विशेष छ—यसले परमेश्‍वर मानिसहरूका बीचमा आएर बोल्नुपर्छ र काम गर्नुपर्छ भन्‍ने माग गर्छ। अर्थात्, परमेश्‍वरले दैहिक शरीरको स्वरूप धारण गर्नुहुन्छ, उहाँ एक साधारण व्यक्ति बन्‍नुहुन्छ, र मानिसहरूका बीचमा काम गर्न आउनुहुन्छ। उहाँको बोल्ने कामबाहेक, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उहाँको देहले भोग्ने कष्ट हो। यो पनि कामको एउटा भाग हो, र यो उहाँले अनुभव गर्नैपर्ने र सहन गर्नैपर्ने कुरा हो। परमेश्‍वरले बोल्‍नुहुने र आफ्नो काम गर्नुहुने अवधिको दौडान, बोल्ने र काम गर्ने बाहेक, उहाँको देहले केही कष्ट पनि भोग्नैपर्छ। मानिसहरूका बीचमा जिउँदा परमेश्‍वरले कष्ट भोग्नु अपरिहार्य छ। परमेश्‍वर देहमा आउनुहुन्छ र मानिसहरूलाई मुक्ति दिन, मानिसहरूलाई सत्यता प्रदान गर्न, मानिसहरूलाई मार्ग देखाउन, र मानिसहरूलाई जीवन दिन मानिसहरूका बीचमा जिउनुहुन्छ। तर उहाँले सामना गर्ने कुरा भनेको शैतानद्वारा गहिरो रूपमा भ्रष्ट तुल्याइएको मानवजाति हो। त्यसोभए परमेश्‍वरले के सहन गर्नुपर्छ? उहाँले मानिसहरूको न्याय, निन्दा, विद्रोहीपन, र विश्‍वासघात, साथै मानिसहरूका गलत बुझाइहरू, शङ्का, र गुनासाहरू, र तिनीहरूले परमेश्‍वरप्रति झाराटारुवा तरिकाले काम गर्ने विभिन्न तरिकाहरू सहन गर्नुपर्छ। उहाँले यी कुराहरू सहन गर्नुपर्छ। कतिपय मानिसहरूले यसो भन्छन्, “हामीले तपाईंले यी कुराहरू सहन गर्नुभएको देखेका छैनौँ।” जब परमेश्‍वर देहमा आउनुहुन्छ, तब उहाँ गैरविश्‍वासीहरूका बीचमा जिउनुहुन्न; बरु उहाँ परमेश्‍वरका चुनिएका मानिसहरूका बीचमा जिउनुहुन्छ र उहाँले मुक्ति दिन चाहनुभएका मानवहरूका बीचमा जिउनुहुन्छ। यी मानवहरूसँगै जिउँदा, उहाँको देहले यी मानिसहरूसँग सम्पर्क गर्ने, सङ्गत गर्ने, र कुराकानी गर्ने, तिनीहरूसँग अन्तरक्रिया गर्ने गर्नैपर्छ, र धेरै मामलाहरू सम्हाल्नैपर्छ, यो अपरिहार्य छ। जब उहाँले यी मामलाहरू सम्हाल्नुहुन्छ, तब मानिसहरूले अत्यन्तै स्वाभाविक रूपमा शैतानी भ्रष्ट स्वभावहरू प्रकट गर्नेछन्। मानिसहरूले भ्रष्ट स्वभावहरू प्रकट गरेको देख्दा देहधारी परमेश्‍वरलाई आनन्द महसुस हुन्छ कि असुविधा महसुस हुन्छ भन्‍ने तँलाई लाग्छ? (असुविधा।) के असुविधा महसुस हुनुलाई कष्ट मानिन्छ? (मानिन्छ।) त्यसोभए के उहाँलाई असुविधा महसुस भएको कारणले उहाँले मानिसहरूलाई मुक्ति दिन छोड्नुहुन्छ त? के उहाँलाई असुविधा महसुस भएको कारणले उहाँले आफ्नो काम गर्न छोड्नुहुन्छ त? वा के उहाँले सीधै मानिसहरूलाई नष्ट गर्नुहुन्छ त? उहाँले त्यसो गर्न सक्नुहुन्न। उहाँले मुक्ति दिनुहुने मानिसहरू ठ्याक्कै गहिरो रूपमा भ्रष्ट भएका मानवहरू नै हुन्। उहाँको असुविधा एउटा वास्तविक समस्या हो। जहाँसम्‍म देहधारी परमेश्‍वरको सवाल छ, मानवजातिलाई मुक्ति दिनका लागि उहाँले यी सबैको सामना गर्नुपर्छ र यी सबै भोग्नैपर्छ। यी सबैको सामना गर्दा र यी सबै भोग्दा, उहाँले आफ्नो काम गर्न पनि जारी राख्‍नुपर्छ, सत्यता प्रदान गर्न वचनहरू व्यक्त गर्न जारी राख्‍नुपर्छ, धैर्यपूर्वक र इमानदारीपूर्वक मानिसहरूसँग बोल्नुपर्छ, र मानिसहरूका बीचमा काम गर्नुपर्छ। मानिसहरू धेरै गहन रूपमा भ्रष्ट भएका छन्, तिनीहरूको विद्रोहीपन धेरै ठूलो छ, वा तिनीहरूले गर्ने कुराहरू हास्यास्पद र घिनलाग्दा छन् भन्‍ने देखेको कारणले मात्रै उहाँले मानिसहरूलाई मुक्ति दिन छोड्न सक्नुहुन्न, किनभने यो उहाँको काम हो, त्यसैले सहनु र धैर्यता अभ्यास गर्नु उहाँको कामको एउटा भाग हो, र यो देहधारी परमेश्‍वरले आफ्नो सेवकाइ पूरा गर्ने र आफ्ना जिम्मेवारीहरू पूरा गर्ने कुराको एउटा भाग पनि हो। अर्थात्, मानवजातिको हकमा, परमेश्‍वरका जिम्मेवारीहरू छन्, उहाँको वास्ता छ, उहाँको काम छ, र उहाँका अपेक्षाहरू पनि छन्। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन, मानिसहरूको एउटा समूहलाई पूर्ण पार्न चाहनुहुन्छ ताकि तिनीहरू अर्को युगमा प्रवेश गर्न सकून्, र मानिसहरूको एउटा समूहलाई पूर्ण पार्न चाहनुहुन्छ ताकि तिनीहरूले मुक्ति प्राप्त गर्न सकून् र तिनीहरू नयाँ मानवजाति बन्न सकून्, यसरी उहाँले परमेश्‍वरको महान् कामलाई पूर्णतामा ल्याउन सक्‍नुहुन्छ, र मानिसहरूको एउटा भाग प्राप्त गर्न सक्‍नुहुन्छ। यो परमेश्‍वरको काम हो, र देहधारी परमेश्‍वर ठ्याक्कै यही सेवकाइ पूरा गर्न आउनुभएको हो। त्यसैले, परमेश्‍वरले आफ्नो काम गर्न देह बन्‍नुअघि, उहाँले गहिरो रूपमा भ्रष्ट भएका मानवहरूको एउटा समूहको सामना गर्दै हुनुहुन्छ भन्‍ने उहाँलाई थाहा थिएन भन्‍ने होइन; बरु, उहाँले शैतानद्वारा गहिरो रूपमा भ्रष्ट तुल्याइएका मानवहरूको एउटा समूहलाई मुक्ति दिँदै हुनुहुन्छ भन्‍ने कुरा उहाँलाई राम्ररी थाहा थियो। त्यसकारण, परमेश्‍वरको स्वभाव सारको कारणले, उहाँले सामना गर्ने र भोग्ने सबै कुराहरू कठिनाइहरू नै हुनेथिए। यी कठिनाइहरूमा बाह्य वातावरणले ल्याएका केही कठिनाइहरू समावेश हुन्छन्, तर परिस्थितिहरूले निम्त्याएका कठिनाइहरू केही पनि होइनन्। साँचो कठिनाइहरू के हुन् त? मैले भर्खरै तिमीहरूलाई सोधेँ, र तिमीहरूले थाहा छैन भन्यौ, त्यसैले मैले तिमीहरूलाई बताउनैपर्छ, र त्यसपछि तिमीहरूले थाहा पाउनेछौ। तिमीहरूले थाहा पाएपछि, तिमीहरूले बुझ्न सक्नेछौ।

परमेश्‍वर देह बन्‍नुभएपछि, उहाँको स्वभाव र सार परिवर्तन हुँदैनन्। उहाँसँग ईश्वरीय जीवन छ, र उहाँसँग परमेश्‍वरको आफ्नै स्वभाव पनि छ, त्यसकारण उहाँको सार र जीवनको हिसाबमा, भ्रष्ट मानवजाति उहाँसँग मिल्‍न असमर्थ हुन्छ। परमेश्‍वरसँग मिल्‍न नसक्नुको अर्थ मानिसहरू जिउने बानीहरूको हिसाबमा वा व्यक्तित्वको हिसाबमा परमेश्‍वरसँग सहमत हुन असमर्थ हुन्छन् भन्‍ने होइन; बरु, यसको अर्थ विभिन्न विचार र दृष्टिकोणहरू, साथै विभिन्न मानिस, घटना, र कामकुराहरूलाई कसरी व्यवहार गर्ने भन्‍ने सिद्धान्त र विधिहरूको कुरामा मानिसहरू परमेश्‍वरसँग मिल्‍न असमर्थ हुन्छन् भन्‍ने हो। के यो तथ्य होइन र? (हो।) परमेश्‍वरसँग मिल्‍न नसक्नुको कारण के हो भने भ्रष्ट मानवजाति शैतानद्वारा गहिरो रूपमा प्रभावित र दीक्षित भएको छ, यसले शैतानका प्रलोभनहरूलाई स्वीकार गरेको छ, र शैतानका विचार र दृष्टिकोणहरूका आधारमा सबै कुरा गर्छ। शैतानका यी विचार र दृष्टिकोणहरू सबै भ्रामक छन्, र ती सबै नकारात्मक कुराहरू हुन्—त्यसकारण सबैले परमेश्‍वरको कामलाई र परमेश्‍वर स्वयम्‌लाई यिनै भ्रामक दृष्टिकोण र विधिहरूद्वारा हेर्छन्। मानवजातिको हकमा भन्दा, परमेश्‍वरको सार, परमेश्‍वरको स्वभाव, र मानवजातिलाई मुक्ति दिने परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरूलाई समेत कुनै पनि व्यक्तिले बुझ्न सक्दैन, र कुनै पनि व्यक्तिले बोध गर्न सक्दैन। अवश्य नै, तिनलाई सही रूपमा लिन र स्वीकार गर्न सक्ने कोही पनि हुँदैन, उहाँलाई साँचो रूपमा ख्याल गर्न सक्ने कोही हुनु त झनै परको कुरा हो। तर, देहधारी परमेश्‍वरले अझै पनि मानवजातिलाई मुक्ति दिने यो काम पूरा गर्नैपर्छ, र उहाँले मानिसलाई सत्यता, मार्ग, र जीवन प्रदान गर्नैपर्छ। मानिसलाई सत्यता, मार्ग, र जीवन प्रदान गर्ने प्रक्रियामा, उहाँले मानिसका गलत बुझाइहरू, गुनासाहरू, र गलत ठहराउने कार्यहरू, र उसको इन्कार र पन्छिने कार्यलाई समेत सहनुपर्छ—अर्थात्, उहाँले मानिसका विभिन्न प्रकारका विद्रोहीपनको सामना गर्नैपर्छ। मानिसलाई सही मार्गमा ल्याउन र मानिसलाई मुक्तिको मार्गमा ल्याउनका लागि, परमेश्‍वरले जतिसुकै धैर्यता र गम्भीरताका साथ सत्यतामा सङ्गति गर्नुभए पनि, वा उहाँले जतिसुकै श्रमसाध्य अभिप्रायहरूका साथ मानवजातिलाई मुक्ति दिनुभए पनि, मानिसलाई पूर्ण रूपमा उहाँलाई बुझ्न लगाउन निकै गाह्रो हुन्छ। यस सम्बन्धमा, देहधारी परमेश्‍वरले निरन्तर धैर्यता अभ्यास गर्नुपर्छ र निरन्तर सहिष्णुता अभ्यास गर्नुपर्छ, बोल्न र काम गर्न कहिल्यै थाक्नु हुँदैन, र—विभिन्न विधिहरूमार्फत, र फरक-फरक दृष्टिकोणहरूबाट—मानिसहरूलाई आफ्ना भ्रामक दृष्टिकोणहरू त्याग्न लगाउनुपर्छ, ताकि तिनीहरूले परमेश्‍वरले मानिसहरूलाई सिकाउनुहुने सकारात्मक कुराहरू र सत्यता सिद्धान्तहरूमा रुचि राख्न सकून्, र तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्न सकून्। यो सहनु अत्यन्तै पीडादायी हुन्छ। देहधारी परमेश्‍वरले सत्यतामा जतिसुकै सङ्गति गर्नुभए पनि, उहाँले अझै पनि मानिसहरूका गलत बुझाइहरू, गुनासाहरू, र तिनीहरूले आफूलाई सही साबित गर्ने र आफ्नो प्रतिरक्षा गर्ने कुराहरूसमेत सामना गर्नुपर्छ। उहाँले मानिसहरूका लागि जतिसुकै श्रमसाध्य विचार गर्नुभए पनि र उहाँले जतिसुकै निस्वार्थ रूपमा आफूलाई अर्पण गर्नुभए पनि, उहाँले अझै पनि मानिसहरूको विद्रोहीपन र तिनीहरूका कठोर नजरहरूसमेत सहनुपर्छ, र उहाँले निश्चित व्यक्तिहरूद्वारा असुली गरिने कुराको पनि सामना गर्नुपर्छ। तर, यस सम्पूर्ण प्रक्रियामा, परमेश्‍वरको काम कहिल्यै रोकिएको छैन, र उहाँको कामको प्रगति कहिल्यै सुस्त भएको छैन, न त उहाँले मानवजातिलाई अगाडि डोऱ्याउने गति नै सुस्त भएको छ। उहाँले सधैँझैँ आफ्नो काम गर्नुहुन्छ, र सधैँझैँ आफ्ना वचनहरू र आफ्ना वाणीहरू व्यक्त गर्नुहुन्छ। यस प्रक्रियामा, एकातिर, उहाँ देहधारी परमेश्‍वर हुनुभएकोले, उहाँसँग मानव विवेक र भावनाहरूको सचेतना हुन्छ। अर्थात्, मानवताको दृष्टिकोणबाट हेर्दा, उहाँमा संवेदनशीलता पनि हुन्छ; उहाँमा संवेगहरू हुन्छन्, उहाँमा भावनाहरू हुन्छन्, र उहाँमा सचेतना हुन्छ—उहाँ सचेतनाविहीन हुनुहुन्न। मानवताको हिसाबमा, उहाँको मानवताले परमेश्‍वरका आत्माले जस्तै दैहिक भावनाहरूलाई नाघ्दैन वा देहको विवेकलाई नाघ्दैन। त्यसकारण देहधारी परमेश्‍वरका लागि, मानवजातिको विद्रोहीपन सहँदा, उहाँले अझ ठूलो कष्ट भोग्नुहुन्छ, र अझ बढी पीडा सहनुपर्छ। यो परमेश्‍वरले भोग्नुहुने सबैभन्दा ठूला कष्टहरूमध्ये एक हो। दीर्घकालीन रूपमा मानिसहरूका विभिन्न प्रकारका विद्रोहीपनलाई भोग्नु र सहनुका साथै, देहधारी परमेश्‍वरले आफ्नो काम गर्दा र आफ्नो सेवकाइ निर्वाह गर्दा भोग्नुपर्ने अर्को प्रकारको कष्ट पनि छ—अर्थात्, उहाँ मानवजातिको सदस्य नभई नै मानवजातिको बीचमा जिउनुहुन्छ। यसको तात्पर्य के हो? परमेश्‍वरसँग मानवजातिको भन्दा फरक जीवन सार हुन्छ, र यावत् थोक र घटनाहरूलाई कसरी लिने भन्‍ने बारेमा मानवजातिको भन्दा फरक विचार र दृष्टिकोणहरू हुन्छन्। अवश्य नै, यी दुई भिन्नताहरूको प्रकाशमा, परमेश्‍वरको कामले मुक्ति प्राप्त गर्ने मानिसहरूको एउटा समूह प्राप्त गर्नुभन्दा पहिले, मानिसहरूको बीचमा जिउँदा देहधारी परमेश्‍वरले सामना गर्नुहुने वस्तुगत तथ्य के हो? त्यो के हो भने उहाँसँग भएको सत्यताको जीवन साँचो रूपमा कसैसँग पनि हुँदैन, न त उहाँसँग भएको परमेश्‍वरको व्यवस्थापनको योजनाको बुझाइ नै साँचो रूपमा कसैसँग हुन्छ। त्यसकारण, भ्रष्ट मानवहरूको सामना गर्दा वा तिनीहरूको बीचमा जिउँदा, मण्डलीमा परमेश्‍वरलाई पछ्याउने मानिसहरू निकै धेरै भए पनि, देहधारी परमेश्‍वर स्वयम्‌ एकलो हुनुहुन्छ। के यो एउटा तथ्य होइन र? (हो।) मैले सङ्गति गरेका यी सबै सत्यताहरू सबै जनाको समझभन्दा बाहिर छन् भनेर म भन्न त सक्दिनँ, तर कम्तीमा पनि, अहिलेसम्म, एक जना व्यक्तिले पनि सत्यताका सबै पक्षहरूलाई पूर्ण रूपमा बुझ्न सकेको छैन। सायद कुराहरू अनुभव गरेको अर्को दस वा बीस वर्षपछि, र आफ्नो कर्तव्य निर्वाह गरेको अर्को दस वा बीस वर्षपछि, तिमीहरूले केही सत्यता सिद्धान्तहरूको बुझाइ र अनुभव प्राप्त गर्नेछौ, र तिमीहरूले केही कुराहरू प्राप्त गरेका हुनेछौ। काम कसरी गर्ने भन्‍ने तिमीहरूलाई थाहा हुनेछ, र तिमीहरूले सामना गर्ने विभिन्न मामलाहरूलाई कस्ता सही विचार र दृष्टिकोणहरूका साथ लिनुपर्छ भन्‍ने तिमीहरूलाई थाहा हुनेछ। तैपनि तिमीहरूले बुझ्ने सत्यता वास्तवमा अझै पनि निकै सीमित हुनेछ। त्यसकारण, केही समस्याहरूलाई सम्हाल्दा वा विभिन्न कुराहरूलाई पहुँच गर्दा, हामी हाम्रा दृष्टिकोणहरूमा कहिल्यै पूर्ण सहमतिमा पुग्न सक्दैनौँ। यसको मूल कारण सत्यताको बुझाइका फरक-फरक स्तरहरू हुन्। एकातिर, देहधारी परमेश्‍वरले मानवजातिको विभिन्न प्रकारका अनुचित व्यवहार सहनुपर्छ, र उहाँले सत्यतासँग नमिल्ने तिनीहरूका विभिन्न धारणा, कल्पनाहरू, र अनुचित मागहरू पनि सहनुपर्छ। अर्कोतिर, देहधारी परमेश्‍वरले सबैभन्दा पीडादायी कुरा पनि सहनुपर्छ, जुन उहाँले अपरिहार्य रूपमा भोग्नैपर्ने एक प्रकारको कष्ट पनि हो: मानिसको सार र देहधारी परमेश्‍वरको सारबीच भिन्नता हुने हुनाले, देहधारी परमेश्‍वरले मानिसहरूको बीचमा जतिसुकै वर्ष काम गर्नुभए पनि, उहाँ एकलो नै रहनुहुन्छ। मलाई भन, के एकलो महसुस गर्नु एक प्रकारको कष्ट हो? (हो।) एकलो महसुस गर्नु एक प्रकारको कष्ट हो। सत्यतामा जतिसुकै स्पष्ट र जतिसुकै विस्तृत रूपमा सङ्गति गरिए पनि, मानवजातिको प्रवेश सुस्त नै रहन्छ। उही गल्तीहरू र उही भ्रष्टता निरन्तर दोहोरिन्छन् र बारम्बार देखा परिरहन्छन्। धैर्यता र गम्भीरताका साथ, देहधारी परमेश्‍वरले मानिसहरूलाई आपूर्ति गर्न निरन्तर सत्यतामा सङ्गति गर्नुहुन्छ, र तिनीहरूप्रति निरन्तर धैर्यता र सहिष्णुता देखाउनुहुन्छ—परमेश्‍वरको काम समाप्त हुने दिन आएपछि मात्रै उहाँले यो कष्ट सहनुपर्नेछैन। यो पूर्ण रूपमा कामको कारणले गर्दा हो। यसका साथै, म, देहधारी परमेश्‍वरको, मेरो व्यक्तिगत दैनिक जीवनमा धेरै क्षेत्रहरू वास्तवमा अत्यन्तै उचित छन्, तर ती मानिसहरूको आलोचना र गलत ठहराउने कार्यहरूको सिकार पनि हुन्छन्, र मानिसहरूका गलत बुझाइहरूको सिकार हुन्छन्, र केही व्यक्तिहरूले तिनको बारेमा बखेडा समेत झिक्छन्। मानिस परमेश्‍वरसँग मिल्न असमर्थ छ। एकातिर, यसको कारण के हो भने मानिसमा भ्रष्ट स्वभावहरूको सार हुन्छ। अर्कोतिर, मानिसको कदको हिसाबमा, उसले सत्यतालाई कति प्रेम गर्छ भन्‍ने हिसाबमा, र सकारात्मक कुराहरूप्रतिको उसको मनोवृत्तिको हिसाबमा, उसको वर्तमान स्तरमा त, मानिस परमेश्‍वरसँग मिल्न असम्भव छ। मानिसले अधिकतम हदसम्म सत्यता पछ्याउन सके पनि, वा म तिमीहरूप्रति अधिकतम हदसम्म सहिष्णु हुन सके पनि, मानिस र परमेश्‍वर मिल्न अझै पनि असम्भव नै हुनेछ। यस सन्दर्भमा, यदि तिमीहरूप्रतिका मेरा मागहरू गतिको हिसाबमा अत्यन्तै कडा वा अत्यन्तै माग गर्ने खालका भए भने, तिमीहरू त्यसको स्तरमा पुग्न वा तिनलाई हासिल गर्न सक्षम हुनेछैनौ, र सानो कद भएका कतिपय मानिसहरू सजिलै नकारात्मक र कमजोर बन्नेछन्। यस कारणले गर्दा, यस सन्दर्भमा, म लचिलो मात्रै हुन सक्छु, र म धैर्यता अभ्यास गर्न र प्रतीक्षा गर्न मात्रै सक्छु। मैले प्रतीक्षा गर्नुको अर्थ के हो? यसको अर्थ असल अपेक्षाहरू राख्नु, र तिमीहरूलाई अपेक्षाका साथ र सुन्दर आशाहरूका साथ हेर्नु हो—तिमीहरूलाई यसरी र यस्तो प्रकारको मानसिकताका साथ हेर्नु हो। कुनै दिन तिमीहरूमध्ये एक भाग सत्यता पछ्याउने मार्गमा हिँड्न सक्नेछौ, वा तिमीहरूमध्ये एक भाग, पत्रुस जस्तै, अय्यूब जस्तै, र अब्राहाम जस्तै, परमेश्‍वरको अधीनमा बस्‍ने र परमेश्‍वरको आराधना गर्ने मानिसहरू बन्न सक्नेछौ भन्‍ने म आशा गर्छु। म यस दिनको प्रतीक्षा गर्छु। वर्षौँको दौडान, तिमीहरूका निम्ति बोल्दा र प्रचार गर्दा, तिमीहरूसँग कामको बारेमा सङ्गति गर्दा, र दैनिक मामलाहरूको बारेमा कुरा गर्दा, मसँग सधैँ यस्तै प्रकारको मानसिकता रहेको छ। म एकलै हुँदा होस् वा तिमीहरूको बीचमा जिउँदा होस्, मेरो मनको यो अवस्था परिवर्तन भएको छैन, र मेरो यो मानसिकता परिवर्तन भएको छैन; यो भावना सधैँ रहिरहेको छ। यसर्थ, म के भन्छु भने देहधारी परमेश्‍वरले आफ्नो कामको कारणले भोग्नुहुने वातावरण वा दैनिक आवश्यकताहरूसँग सम्बन्धित कष्ट कुनै ठूलो कुरा होइन, र यो उल्लेख गर्न लायक छैन—मैले भोग्ने साँचो कष्ट तिमीहरूले देख्न नसक्ने र बोध गर्न नसक्ने कुरा हो। मैले यी सबै वर्षहरू यसरी नै पार गरेको छु। कसैले पनि यी कुराहरूको वास्ता गर्दैन, र मैले मेरो हृदयमा भोग्ने कष्ट मानिसहरूलाई बताउन सकिँदैन। मानिसहरूले यसलाई बाहिरबाट देख्न पनि सक्दैनन्। मेरो मुड परिवर्तन हुँदैन, मेरो व्यक्तित्व परिवर्तन हुँदैन, मेरा दैनिक दिनचर्याहरू प्रभावित हुँदैनन्, र काम प्रभावित हुँदैन, तर मेरो हृदयको गहिराइमा, मैले एकलोपन सहनैपर्छ, र यो एकलोपन रहिरहने कुरा हो। मलाई भन, के यो कष्ट ठूलो छ? के यो साँचो कष्ट हो? (हो।) त्यसैले म तिमीहरूलाई ती व्यर्थका कुराहरू नफैलाउन भन्छु; मैले भोग्ने साँचो कष्ट तिमीहरूलाई थाहा छैन र तिमीहरूले बोध गर्न सक्दैनौ। मैले भोग्ने यस कष्टको बारेमा म तिमीहरूसँग किन कहिल्यै कुरा गर्दिनँ? तिमीहरूले बुझ्नेथिएनौ, र मैले तिमीहरूसँग यसबारे कुरा गरे पनि, यसले के फाइदा ल्याउनेथियो र? यसले काम गर्ने कुरालाई प्रतिस्थापन गर्न सक्दैन, यसले सत्यतामा सङ्गति गर्ने कुरालाई प्रतिस्थापन गर्न सक्दैन, र यसले परमेश्‍वरका वचनहरूको सजाय र न्यायलाई प्रतिस्थापन गर्न सक्दैन।

हामीले भर्खरै कुरा गरेका दुई प्रकारका कष्टहरू—मानवजातिका विभिन्न प्रकारका भ्रष्टता र विद्रोहीपन सहनु, र एकलोपन सहनु—बाहेक, देहधारी परमेश्‍वरले भोग्नुहुने अर्को प्रकारको कष्ट पनि छ। तिमीहरूले यस प्रकारको कष्टलाई कहिल्यै बोध गर्न सक्दैनौ होला, तर हामीले कष्टको विषयमा कुरा गरिरहेका हुनाले, हामी यसबारे सङ्गति गरौँ। परमेश्‍वरले छ हजार वर्षदेखि मानवजातिलाई मुक्ति दिने काम गरिरहनुभएको छ; परमेश्‍वरले मानिसहरूको एउटा समूह प्राप्त गर्ने योजना बनाउनुभएको समयदेखि नै, चाहे बोलेर होस् वा कुनै अन्य रूप अपनाएर होस्, परमेश्‍वरले यो काम अघि बढाउन सुरु गर्नुभयो। त्यसोभए, यस कामलाई अघि बढाउनुको अर्थ परमेश्‍वरका लागि के हो? मानवजातिका लागि यसको अर्थ के हो? यसको अर्थ परमेश्‍वरले मानिसहरूको एउटा समूह प्राप्त गर्न लाग्नुभएको छ भन्‍ने हो; परमेश्‍वरका अभिप्रायहरू र योजना तय भइसकेका छन्, र उहाँले मानिसहरूको एउटा समूह प्राप्त गर्न चाहनुहुन्छ, र अन्ततः मानिसहरूको यो समूह परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापन योजनाको कामको फल हुनेछ। परमेश्‍वरले यसको योजना बनाउनुभएको र यसलाई नियोजन गर्नुभएको हुनाले, परमेश्‍वरसँग यस परिणामका लागि अपेक्षाहरू छन्। यी अपेक्षाहरूले उहाँको कामलाई सधैँ साथ दिएका छन्। व्यवस्थाको युगदेखि अनुग्रहको युगसम्म, परमेश्‍वरसँग यस परिणामका लागि सधैँ अपेक्षाहरू रहेका छन्, र यी अपेक्षाहरू कामको तेस्रो चरणमा देहधारी परमेश्‍वरसम्म अटुट रूपमा सरेका छन्। परमेश्‍वर फेरि देह बन्नुभएको हुनाले, उहाँको लिङ्ग जेसुकै भए पनि, उहाँका अवस्थाहरू जस्तोसुकै भए पनि, वा उहाँ जस्तोसुकै सामाजिक वातावरणमा जिउनुभए पनि, यी अपेक्षाहरूले उहाँको कामलाई साथ दिइरहेका छन्। त्यसकारण, यी देहधारी परमेश्‍वरको हकमा भन्दा, उहाँले पनि यी अपेक्षाहरू बोक्नुपर्छ। उहाँले परमेश्‍वरबाट एउटा जिम्मेवारी र बोझ स्वीकार गर्नुहुन्छ, र यी अपेक्षाहरूका साथ आफ्नो काम गर्नुहुन्छ भनेर पनि भन्न सकिन्छ। दुवैका अपेक्षाहरू उस्तै भए पनि, यी देहधारी परमेश्‍वरले पहिलो देहधारी परमेश्‍वरले भन्दा धेरै लामो समयसम्म काम गर्नुहुन्छ। किनभने उहाँले मानिसहरूलाई तिनीहरूले बुझ्नुपर्ने सबै सत्यताहरू आपूर्ति गर्नुपर्छ, यस कामको प्रकृतिले उहाँ लामो समयसम्म मानिसहरूको बीचमा जिउनुपर्ने माग गर्छ। उहाँले केवल काम सिध्याउनुहुन्छ र लेखाजोखा दिनुहुन्छ, र यसरी उहाँको सेवकाइ पूरा हुन्छ भन्‍ने होइन—बरु, उहाँले यो काम गर्नुहुने अवधिको दौडान, उहाँले परिणाम देख्न चाहँदै, अपेक्षाहरू राख्नुहुन्छ। यो परिणाम रातारात आउँदैन, न त एक वा दुई वर्षमा नै आउँछ। बरु, यस परिणामलाई दीर्घकालीन रूपमा निगरानी गर्नुपर्छ, ख्याल गर्नुपर्छ, र प्रतीक्षा गर्नुपर्छ। यसरी, उहाँले यस परिणामको निगरानी गर्न र प्रतीक्षा गर्न, र यस्तो परिणाम देख्ने आशा गर्न धेरै लामो समय बिताउनुपर्छ। यो निगरानी र प्रतीक्षा एउटा जिम्मेवारी हो, एउटा बोझ हो, र अवश्य नै, देहधारी परमेश्‍वरका लागि एक प्रकारको पीडा हो। यी सबै उहाँको सेवकाइका जिम्मेवारीहरूको दायराभित्रका मामलाहरू हुन्, ती यस चरणको कामको कार्यक्षेत्रभित्र समावेश छन्, र ती यस चरणको कामको एउटा भाग हुन्। पहिले, उहाँ धैर्यवान् हुनुपर्छ, र उहाँले एकलोपन पनि सहनुपर्छ, त्यसपछि उहाँले निगरानी गर्नुपर्छ र प्रतीक्षा गर्नुपर्छ। यीमध्ये कुनै पनि पक्षलाई हटाउन सकिँदैन। यी तीन वटै पक्षहरू देहधारी परमेश्‍वरका लागि अत्यन्तै पीडादायी छन्; उहाँले आफूलाई यीमध्ये कुनैबाट पनि मुक्त गर्न सक्नुहुन्न, कसैले पनि उहाँको लागि यो पीडा अनुभव गर्न सक्दैन, र तिनलाई समाधान गर्ने वा तीबाट मुक्त हुने कुनै राम्रो विधि छैन। परमेश्‍वरका लागि यो सबैभन्दा पीडादायी कुरा हो। त्यसकारण, देहधारी परमेश्‍वरले आफ्नो दैनिक जीवनमा जस्तोसुकै कष्ट भोग्नुभए पनि, उहाँले आफूलाई जतिसुकै अर्पण गर्नुभए पनि, र उहाँले जतिसुकै मूल्य चुकाउनुभए पनि यो कुनै ठूलो कुरा होइन, किनभने उहाँले यो बाहिरी कष्ट जतिसुकै भोग्नुभए पनि, यसले मानवजातिका विभिन्न प्रकारका भ्रष्टता र विद्रोहीपन सहँदा देहधारी परमेश्‍वरले महसुस गर्नुहुने पीडालाई समाधान गर्न सक्दैन, न त यसले देहधारी शरीरलाई एकलोपनबाट मुक्त गर्न नै सक्छ, अवश्य नै, देहधारी परमेश्‍वर वा परमेश्‍वर स्वयम्‌ले अपेक्षा गर्नुभएको परिणामलाई प्रतिस्थापन गर्न सक्‍नु त झनै परको कुरा हो। यी तीन वटा कुराहरू देहधारी परमेश्‍वरले अन्तिम चरणको काम गर्न मानिसहरूका बीचमा आउँदा पूरा गर्नुहुने जिम्मेवारीहरूको एउटा भाग हुन्, र ती उहाँले सामना गर्नैपर्ने वस्तुगत तथ्य हुन्। मैले आधिकारिक रूपमा मेरो सेवकाइ निर्वाह गर्न सुरु गरेको समयदेखि अहिलेसम्म, तीस वर्षभन्दा बढी समयदेखि, म निरन्तर यस्तो अवस्थामा जिएको छु। यदि मैले तिमीहरूलाई दस वर्षअघि यो देहधारी परमेश्‍वरले भोग्नुहुने कष्टको एउटा भाग हो भनेर भनेको भए, तिमीहरूले बुझ्नेथिएनौ, र तिमीहरूले केही पनि महसुस गर्नेथिएनौ, र यसो भन्नेथियौ होला, “त्यसलाई कसरी कष्ट मान्न सकिन्छ र? तपाईंको हैसियत यति उच्च छ; तपाईंले पक्कै पनि राम्रो खानुहुन्छ, राम्रा कुराहरूको आनन्द लिनुहुन्छ, र तपाईंलाई कुनै कुराको कमी छैन। साथै, तपाईंलाई पछ्याउने, र तपाईंको लागि कडा परिश्रम गर्ने यति धेरै मानिसहरू छन्। तपाईंले के कष्ट भोग्नुहुन्छ र? के त्यसलाई कष्ट मान्न सकिन्छ र?” तर अहिले तिमीहरूले अलिकति बुझ्न सक्छौ होला। यदि मैले त्यतिबेला यसो भनेको भए, मैले काम गरेको अवधिको दौडान, म फर्कने कुनै घर थिएन र मेरो शिर ढल्काउने कुनै ठाउँ थिएन, मैले राम्ररी खाइनँ, राम्रो लुगा लगाइनँ, र खराब अवस्थाहरू भएका वातावरणहरूमा जिएँ, र चिनियाँ कम्युनिस्ट पार्टीको खोजी अभियानबाट बच्न गुफाहरूमा समेत बसेँ—यदि मैले यी कुराहरू भनेको भए, तिमीहरू सुन्न इच्छुक हुनेथियौ र तिनलाई बुझ्न सक्नेथियौ। तर मैले ती कुराहरू कहिल्यै भनेको छैन; ती मेरा लागि कुनै प्रकारको कष्ट होइनन्। साँचो कष्ट भनेको मेरो हृदयको कष्ट हो। मैले आज तिमीहरूलाई बताएको कुरा देहधारी परमेश्‍वरले भोग्नुहुने साँचो कष्ट हो। तिमीहरूले एउटा तथ्य जान्नेछौ भन्‍ने आशामा म यी कुराहरू भन्छु: देहधारी परमेश्‍वर काम गर्न मानिसहरूको बीचमा आउँदा उहाँले मूल्य चुकाउनु पनि आवश्यक हुन्छ, उहाँ धैर्यवान् हुनु पनि आवश्यक हुन्छ, र उहाँले वास्तवमा यी सबै पीडाहरू अनुभव गर्नु पनि आवश्यक हुन्छ। उहाँले आफ्नो सेवकाइ निर्वाह गर्नुपर्ने हुनाले, उहाँले आफूले भोग्नुपर्ने कष्टको सामना आफैले गर्नुपर्छ र त्यसलाई आफैले सहनुपर्छ। काम गर्न, परमेश्‍वरको व्यवस्थापनको योजना पूरा गर्न, र परमेश्‍वरको कार्यभार पूरा गर्नका लागि यो कष्ट उहाँले व्यक्तिगत रूपमा सहनैपर्छ। मैले यी कुराहरूको गवाही कहिल्यै नदिनु, र तिमीहरूले तिनको गवाही दिनु आवश्यक नठान्नु, तिमीहरूले तिनलाई फैलाउनु आवश्यक छ भनेर त झन् पटक्‍कै नठान्‍नु, र, अवश्य नै, तिमीहरूसँग श्रेय दाबी नगर्नु र तिमीहरू मप्रति गहिरो रूपमा कृतज्ञ हुनु आवश्यक छ भन्‍ने नठान्नुको कारण के हो भने, देहधारी परमेश्‍वर काम गर्न मानिसहरूको बीचमा आउनु पहिले नै पर्याप्त रूपमा कठिन काम हो। यो उहाँको काम हो, र यो उहाँको जिम्मेवारी पनि हो; उहाँले सहनैपर्छ, र निगरानी गर्नैपर्छ र प्रतीक्षा गर्नैपर्छ। म तिमीहरूलाई यो कुरा देहधारी परमेश्‍वरले यी कठिनाइहरूलाई कसरी लिनुहुन्छ भन्‍ने बारेमा रहेको उहाँको मनोवृत्ति तिमीहरूलाई थाहा दिन, र तिमीहरूलाई सही विचार र दृष्टिकोणहरू बताउनका लागि मात्रै भन्छु; यो तिमीहरूले कष्ट भनेको के हो र देहधारी परमेश्‍वरले कस्तो कष्ट भोग्नुभएको छ भन्‍ने कुरा अझ गहिरो रूपमा बोध गर्न सक भनेर होइन। कष्ट भोगेकोमा मलाई अन्यायमा परेको महसुस हुँदैन, न त यो कष्ट भोग्नुको अर्थ मैले यति धेरै कडा परिश्रम गरेको छु र यति ठूलो योगदान दिएको छु भन्‍ने नै मलाई लाग्छ। मैले तिमीहरूका अघि आफूलाई सही साबित गर्ने प्रयास गरिरहेको छैनँ, मैले पूँजीका रूपमा प्रयोग गर्न सक्ने कुनै कुरा तिमीहरूबाट निकाल्ने प्रयास गर्नु त झनै परको कुरा हो। मैले भोग्नुपर्ने कष्ट म भोग्छु नै, किनभने तिमीहरूप्रति मेरो जिम्मेवारी छ। अवश्य नै, मैले निर्वाह गर्ने सेवकाइको हिसाबमा, म परमेश्‍वरप्रति जवाफदेही हुनैपर्छ। मैले तिमीहरूबाट श्रेय वा सद्भाव खोज्नुपर्ने कुनै आवश्यकता छैन। त्यसैले, स्पष्ट रूपमा भन्दा, यो साँचो कष्ट भोग्ने कुरामा तिमीहरूले मेरो ठाउँ लिन सक्दैनौ, न त तिमीहरूमध्ये कसैले मलाई यसबाट मुक्त गर्न नै सक्छ। तिमीहरूले गर्न सक्ने एउटै मात्र कुरा, तिमीहरूले सहकार्य गर्न सक्ने एउटै मात्र तरिका, र मैले भोग्ने कष्टलाई केही हदसम्म कम गर्न सक्ने एउटै मात्र कुरा भनेको, तिमीहरूले सत्यतामा प्रवेश प्राप्त गर्नु, आज्ञाकारी हुन सिक्नु, तिमीहरूमा अय्यूबको जस्तै गवाही हुनु, र पत्रुसको जस्तै अनुभवहरू हुनु हो; तिमीहरूसँग असल कार्यहरू हुनु, तिमीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा अर्पित हुनु, परमेश्‍वरको अधीनमा बस्‍नु, र सत्यतालाई प्रेम गर्नु र पछ्याउनु हो; र तिमीहरूले लेख्ने हरेक अनुभवात्मक गवाहीको लेखमा सत्यताका केही साँचो अनुभव र बुझाइ समावेश हुनु, र परमेश्‍वरमा समर्पित हुने बारेमा केही परिणामहरू हासिल गर्नु हो। तिमीहरूका यी प्राप्तिहरू नै व्यक्तिगत रूपमा मेरो लागि सबैभन्दा ठूलो भर्पाइ र सबैभन्दा ठूलो सान्त्वना हुन्; तिमीहरूसँग मेरा अरू कुनै अतिरिक्त मागहरू छैनन्।

देहधारी परमेश्‍वरले यो कष्ट भोग्नु कुनै संयोग होइन। व्यावहारिक रूपमा भन्दा, परमेश्‍वरले मुक्ति दिनुहुने भनेको भ्रष्ट मानवजातिलाई हो, र भ्रष्ट मानवजातिको भ्रष्टता परमेश्‍वरका लागि एक प्रकारको पीडा नै हो। भ्रष्ट मानवहरूसँग सँगै जिउँदा, उनीहरूसँग व्यवहार गर्दा, र उनीहरूसँग अन्तरक्रिया गर्दा, साथै भ्रष्ट मानवहरूलाई मुक्ति दिँदा र उनीहरूसँग अपेक्षाहरू राख्दा, उहाँले कष्ट भोग्नु अपरिहार्य हुन्छ, र उहाँले मूल्य चुकाउनु अपरिहार्य हुन्छ। यो मूल्य केही थप वचनहरू बोल्नु जत्तिकै सरल हुँदैन। मानवजातिलाई मुक्ति दिन परमेश्‍वरले के खर्च गर्नुहुन्छ? यो उहाँको ऊर्जा, उहाँको रगत-पसिना, र उहाँको जीवन हो। परमेश्‍वरका आत्माले काम गर्न आफ्नो रगत-पसिना खर्च गर्नुहुन्छ; त्यसैगरी, देहधारी परमेश्‍वरले मानिसको मुक्तिको बदलामा आफ्नो रगत-पसिना र आफ्नो ऊर्जा खर्च गर्नुहुन्छ—उहाँको हकमा पनि यस्तै हो। परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभएको र मानवहरू अस्तित्वमा आएको समयदेखि नै, परमेश्‍वर तिनीहरूको सम्पर्कमा आउँदै र तिनीहरूसँग सङ्गत गर्दै, र मानिसमाथि काम गर्दै आउनुभएको छ। यस सम्पूर्ण समयमा, परमेश्‍वरले वास्तवमा मानिसमाथि आफ्नो अनगिन्ती रगत-पसिना खर्च गर्नुभएको छ, र मानिसमाथि अनगिन्ती काम गर्नुभएको छ। तर परमेश्‍वरले मानवजातिलाई उहाँले कति कष्ट भोग्नुभएको छ वा कति मूल्य चुकाउनुभएको छ भनेर कहिल्यै उल्लेख गर्नुभएको छैन। उहाँले केवल सामान्य शब्दहरूमा के भन्नुहुन्छ भने उहाँले आफ्नो रगत-पसिना खर्च गर्नुभएको छ, मानिसलाई आपूर्ति गर्न आफ्नो जीवनको मूल्य चुकाउनुभएको छ, र मानिसलाई उसको जीवनको रूपमा काम गर्न सत्यता प्रदान गर्नुभएको छ। तर परमेश्‍वरले उहाँले कस्तो कष्ट भोग्नुभएको छ, कस्तो निन्दा र अपमान सहनुभएको छ, कति थकान सहनुभएको छ, कति मूल्य चुकाउनुभएको छ, वा कति परिश्रम खर्च गर्नुभएको छ भनेर कहिल्यै भन्नुभएको छैन—उहाँले यी कुराहरू कहिल्यै उल्लेख गर्नुभएको छैन। उहाँले यी कुराहरू उल्लेख नगर्नुको पछाडि एउटा कारण छ। यदि मैले तिमीहरूलाई भनिनँ भने, तिमीहरूले कहिल्यै थाहा पाउनेछैनौ। कारण के हो भने, मानिसमाथि काम गर्दा, परमेश्‍वरले उसबाट केही प्राप्त गर्ने योजना कहिल्यै बनाउनुभएको छैन; उहाँ केवल मानिसलाई यति निस्वार्थ रूपमा आपूर्ति गर्न, र मानिसप्रति आफूलाई यति निस्वार्थ रूपमा अर्पण गर्न इच्छुक हुनुहुन्छ। यदि हामीले मानव भाषा प्रयोग गरेर उहाँले यसरी काम गरेर के प्राप्त गर्न खोज्नुहुन्छ भनेर भन्‍ने हो भने, उहाँले खोज्नुहुने कुरा भनेको मानवहरू सही मार्गमा हिँडून्, र मानवहरू राम्ररी जिउन सकून्—उचित रूपमा जिउन र मानव रूपमा जिउन सकून्, र परमेश्‍वरले मानिसलाई सिकाउनुहुने मार्गअनुसार जिउन सकून्; शैतानद्वारा उप्रान्त विनाश, भ्रष्ट, र भ्रमित नहोऊन्; र परमेश्‍वरको अधीनमा साँचो रूपमा बस्‍न सकून् भन्‍ने हो। यसले परमेश्‍वरलाई मनको शान्ति दिनेछ। यदि परमेश्‍वरले केही खोज्नुहुन्छ भने, त्यो मनको शान्ति हो—त्यो मानिस परमेश्‍वरका वचनहरूद्वारा उचित रूपमा जिउन र आफूलाई उचित रूपमा आचरणमा ढाल्न सकोस्, परमेश्‍वरले चुकाउनुभएको मूल्य र उहाँले गर्नुभएको काम व्यर्थ नहोस्, र मानिसमा परिणामहरू देख्न सकियोस् भन्‍ने हो। परमेश्‍वरले जतिसुकै कष्ट भोग्नुभएको भए पनि, उहाँले जतिसुकै मूल्य चुकाउनुभएको भए पनि, उहाँले जतिसुकै वर्ष प्रतीक्षा गर्नुभएको भए पनि, र उहाँले मानिसलाई जतिसुकै वर्ष धैर्यता देखाउनुभएको भए पनि—परमेश्‍वर यी सबै गर्न पूर्ण रूपमा इच्छुक हुनुहुन्छ। यो मनको शान्ति प्राप्त गर्नका लागि, परमेश्‍वर मानिसका लागि यस्तो मूल्य चुकाउन इच्छुक हुनुहुन्छ। परमेश्‍वर स्वयम्‌ले जतिसुकै कष्ट भोग्नुभए पनि कहिल्यै पछुतो गर्नुभएको छैन; मानव भाषा प्रयोग गरेर भन्दा, उहाँले यसबारे कहिल्यै खेद मान्‍नुभएको छैन। सबैभन्दा सरल शब्दहरूमा भन्दा, तिमीहरूले सबैभन्दा राम्ररी बुझ्न सक्ने शब्दहरूमा भन्दा, परमेश्‍वरले आफ्नो यो चिन्तालाई अन्त्य गर्न यसो गर्नुहुन्छ; यो परमेश्‍वरको एउटा इच्छा हो। परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो, र परमेश्‍वरसँग एउटा यस्तो सृजित मानवजाति प्राप्त गर्ने इच्छा छ जसले उहाँले सिकाउनुहुने मार्गअनुसार जिउन, बाँच्न, र यावत् थोकको व्यवस्थापन गर्न सकोस्, जो उप्रान्त शैतानको भ्रष्टताको सिकार नहोस् र जसले उप्रान्त आफैलाई विनाश नगरोस्। परमेश्‍वरले प्राप्त गर्न चाहनुहुने मानिसहरूको समूह यस्तै हो। त्यसैले परमेश्‍वरले आफ्नो काम सुरु गर्नुभयो र गर्न थाल्नुभयो, र यसलाई अहिलेसम्म निरन्तरता दिँदै आउनुभएको छ; मानिसहरूप्रति उहाँको यो चिन्ता परिवर्तन भएको छैन, र यो लक्ष्य परिवर्तन भएको छैन। उहाँले जतिसुकै कष्ट भोग्नुभए पनि वा जतिसुकै मूल्य चुकाउनुभए पनि, परमेश्‍वरले सधैँ यसरी नै काम गर्दै आउनुभएको छ। यसरी काम गर्दा, परमेश्‍वरले वास्तवमा धेरै कष्ट भोग्नुभएको छ र धेरै मूल्य चुकाउनुभएको छ, तर उहाँले मानिसहरूका अघि आफूलाई सही साबित गर्ने प्रयास कहिल्यै गर्नुभएको छैन, मानवजातिलाई यी कुराहरू कहिल्यै व्याख्या गर्नुभएको छैन, र यी कुराहरू कहिल्यै उल्लेख गर्नुभएको छैन; यो सीधै परमेश्‍वरको सारसँग सम्बन्धित छ। परमेश्‍वरले गर्नुहुने कुराहरू जतिसुकै महान् भए पनि, उहाँले मानवजातिमाथि जतिसुकै काम गर्नुभए पनि, उहाँले जतिसुकै मूल्य चुकाउनुभए पनि, वा उहाँले मानिसहरूलाई जतिसुकै आपूर्ति गर्नुभए पनि—अर्थात्, परमेश्‍वरले मानिसहरूलाई जतिसुकै प्रदान गर्नुभए पनि वा परमेश्‍वरले तिनीहरूलाई जतिसुकै दिनुभए पनि—उहाँले यसलाई कुनै प्रकारको योग्यता हो भनेर कहिल्यै महसुस गर्नुभएको छैन, न त मानवजाति उहाँप्रति गहिरो रूपमा कृतज्ञ हुनुपर्छ भन्‍ने नै उहाँलाई लाग्छ। जबकि, कुनै पनि युगमा जिउने मानवहरूका विचार र दृष्टिकोणहरूअनुसार हेर्दा, कसैले जतिसुकै ठूलो मूल्य चुकाए पनि र उसले जेसुकै गरे पनि, उसले सधैँ त्यसबाट केही प्राप्त गर्न खोजिरहेको हुनुपर्छ, र उसको मनमा सधैँ आफ्नै लागि केही हुनुपर्छ। तर परमेश्‍वरमा त्यस्ता विचारहरू कहिल्यै आएका छैनन्; परमेश्‍वर मात्रै साँचो रूपमा निस्वार्थ हुनुहुन्छ। निस्वार्थ हुनुको अर्थ के हो? सबैभन्दा सरल व्याख्या के हो भने यसको अर्थ कहिल्यै आफ्नो बारेमा नसोच्नु हो। मानवहरूले कसरी छोराछोरी हुर्काउँछन् र तिनीहरूलाई वयस्क बनाउँछन् भन्‍ने बारेमा सोच—आमाबुबाले आफ्ना छोराछोरीमा यति धेरै पैसा खर्च गर्छन् र तिनीहरूका लागि यति धेरै मूल्य चुकाउँछन्, जसको उद्देश्य आफ्ना छोराछोरीलाई ठूलो सफलता हासिल गर्न र परिवारको नाम राख्न सक्षम तुल्याउनु हो, जसले गर्दा भविष्यमा आमाबुबा आफ्ना छोराछोरीको वैभवमा रमाउन पाउनेछन्। परमेश्‍वरले त्यस्ता विचारहरू राख्नुहुन्न। उहाँको हरेक चाल र कार्य, उहाँको हरेक सोच र विचार, उहाँले मानवहरूका लागि चुकाउनुहुने मूल्य, र उहाँले तिनीहरूलाई प्रदान गर्नुहुने सबै कुराहरू सबैभन्दा बहुमूल्य मात्रै होइनन्, तर ती तिनीहरूबाट केही प्राप्त गर्ने कुनै पनि मनसायबाट पूर्ण रूपमा मुक्त पनि हुन्छन्। यो केवल निस्वार्थ अर्पण र निस्वार्थ आपूर्ति हो, यसरी निरन्तर आपूर्ति गरिरहनु हो। साँचो निस्वार्थपन यही हो। परमेश्‍वरले यी सबै कुरा गर्नुहुन्छ। परमेश्‍वरले मानवहरूबाट कहिल्यै कुनै श्रेय माग्नुहुन्न। मानवजातिको बीचमा, उहाँले मानिसहरूका जतिसुकै गलत बुझाइहरू र गुनासाहरूको सिकार हुनुपरे पनि, वा उहाँले जतिसुकै दुःखहरू सहनुभए पनि, उहाँले कहिल्यै आफूलाई सही साबित गर्ने वा आफ्नो प्रतिरक्षा गर्ने प्रयास गर्नुहुन्न। उहाँले मानवजातिका लागि गर्नुहुने हरेक कुरामा उहाँ पूर्ण रूपमा इच्छुक हुनुहुन्छ, यसबारे न त गुनासो गर्नुहुन्छ न त कुनै पछुतो नै महसुस गर्नुहुन्छ, र उहाँलाई यो कुनै अतिरिक्त कुरा हो भनेर कहिल्यै लागेको छैन। अर्थात्, परमेश्‍वरको निस्वार्थपनमा मानवहरूमा हुने ती लेनदेनका दृष्टिकोणहरूमध्ये कुनै पनि हुँदैन, र मोलतोल गर्ने मानव चाहना पनि पटक्कै हुँदैन। यदि तैँले सत्यता अभ्यास गर्न सक्छस् भने, तँ अन्ततः बाँच्न सक्षम हुनेछस्। परमेश्‍वरले तँलाई सित्तैँमा अलिकति अनुग्रह दिनु उहाँका लागि केही पनि होइन। उहाँले तँलाई बाँच्न, निरन्तर जिइरहन, र खुसीमा जिउन, यावत् थोकको बीचमा जिउन दिनुहुन्छ, जुन परमेश्‍वरले मानवजातिलाई प्रदान गर्नुभएको कुरा हो। तैँले जतिसुकै आशिषहरूको आनन्द लिए पनि, परमेश्‍वरलाई डाहा लाग्दैन, र उहाँले तिनका लागि तँसँग प्रतिस्पर्धा गर्ने प्रयास गर्नुहुन्न। तँ सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूलाई जान्न सक्षम हुन्छस्, सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूमा समर्पित हुन सक्छस्, र सृष्टिकर्ताले माग गर्नुभएको मार्गअनुसार जिउन सक्छस् भने, यति नै पर्याप्त हुन्छ। परमेश्‍वरले तँलाई उहाँप्रति निरन्तर गहिरो रूपमा कृतज्ञ महसुस गर्नुपर्छ भनेर भन्नुहुन्न, र उहाँलाई तेरो पुजाआजाको आवश्यकता पर्दैन। परमेश्‍वरले कहिल्यै कसैलाई उहाँको लागि मन्दिर खडा गर्न र हरेक दिन तीन वटा अगरबत्ती बाल्न भन्नुभएको छैन। परमेश्‍वरले यी कुराहरूमा आनन्द लिनुहुन्न। हेर् त, जब अय्यूबले परमेश्‍वरको पिठ्यूँ देखे, तब के परमेश्‍वरले उनीसँग कुनै मागहरू गर्नुभएको थियो? (थिएन।) परमेश्‍वरले उनलाई सबैभन्दा ठूलो इनाम मात्रै दिनुभयो—उनलाई परमेश्‍वरको पिठ्यूँ हेर्न अनुमति दिनुभयो—जसले परमेश्‍वरप्रतिको उनको विश्वास बढायो। यो उनका लागि परमेश्‍वरको इनाम थियो। त्यसपछि तिनी खुसीमा जिउन सकून्, सृष्टिकर्ताले सृष्टि गर्नुभएका यावत् थोकको बीचमा जिउन सकून्, र सृष्टिकर्ताको सार्वभौमिकताअन्तर्गत जिउन सकून् भन्‍ने आशा गर्दै परमेश्‍वर जानुभयो। परमेश्‍वरका लागि, यो सबैभन्दा ठूलो भर्पाइ थियो। अय्यूबले परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्नु नै सृष्टिकर्ताप्रतिको साँचो आराधना थियो, र यो सबैभन्दा ठूलो भर्पाइ पनि थियो। हेर् त, परमेश्‍वरले मानवजातिबाट माग गर्नुहुने कुराले मानिसहरूलाई नै फाइदा पुर्‍याउने काम गर्छ। वास्तवमा, अन्ततः, सबैभन्दा बढी आनन्द प्राप्त गर्ने र खुसीमा जिउन पाउने त मानिसहरू नै हुन्। के परमेश्‍वरले मानिसहरूमाथि भारी मागहरू राख्नुहुन्छ? मानिसहरूप्रतिका परमेश्‍वरका मागहरू उच्च छैनन्। तर उहाँका मागहरूलाई हेर्दा, हामी परमेश्‍वर साँचो रूपमा निस्वार्थ हुनुहुन्छ भन्‍ने देख्न सक्छौँ; उहाँले निरन्तर आफूलाई अर्पण गरिरहनुभएको छ, र सित्तैँमा त्यसो गर्नुहुन्छ। उहाँले जतिसुकै मूल्य चुकाउनुभए पनि वा उहाँले जतिसुकै कष्ट भोग्नुभए पनि, परमेश्‍वरले यो सबै एकलै सहनुहुन्छ र भ्रष्ट मानवजातिका अघि आफूलाई सही साबित गर्ने प्रयास गर्नुहुन्न। मलाई भन्, के शैतानमा यी गुणहरू छन्? (छैनन्।) परमेश्‍वरसँग भएको एउटै कुरा पनि शैतानसँग छैन—परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको सबैभन्दा सानो पक्ष, जसलाई ध्यान दिन मानिसहरूले सबैभन्दा कम योग्य मान्छन्, त्यो समेत छैन—न त मानवहरूसँग नै यीमध्ये कुनै कुरा हुन्छ। परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबै सकारात्मक छ, सबै सुन्दर छ, र सबै उच्च छ; यो सबैभन्दा शुद्ध र सबैभन्दा पवित्र छ। परमेश्‍वरको सार, परमेश्‍वरको स्वभाव, र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई त्रुटिहीन र निष्कलङ्क भन्न सकिन्छ। ती निष्कलङ्क भएकाले, तिनलाई पवित्र भनिन्छ, होइन र? (हो।) परमेश्‍वरले मानवजातिलाई कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा लगायत उहाँले यावत् थोकलाई गर्नुहुने व्यवहारका विभिन्न सिद्धान्तहरू, पूर्ण रूपमा सत्यतामा आधारित छन्; यो नै सबैभन्दा धर्मी कुरा हो। हेर् त, तैँले परमेश्‍वरको स्वभाव सारलाई जुनसुकै पक्षबाट हेरे पनि, यो मानवजातिको प्रशंसाको योग्य छ। तर परमेश्‍वरले यति धेरै कष्ट भोग्नुभएको भए पनि, उहाँले मानवजातिबाट केही पनि माग गर्नुभएको छैन। उहाँले मानिसहरूलाई कहिल्यै यस्तो भन्नुभएको छैन: “तिमीहरूले हरेक दिन मेरो प्रशंसामा रमाउँदै गाउनुपर्छ र नाच्नुपर्छ। हरेक दिन मेरो नामको प्रशंसा गर। हरेक पटक तिमीहरू भेला हुँदा वा कार्यक्रमहरू उत्पादन गर्दा, तिमीहरूले सँगै मेरो नामको प्रशंसा गर्नुपर्छ।” के परमेश्‍वरले मानिसहरूलाई यसो गर्न माग गर्नुभएको छ? (कहिल्यै गर्नुभएको छैन।) परमेश्‍वरले जतिसुकै कष्ट भोग्नुभए पनि, उहाँले जतिसुकै काम गर्नुभए पनि, वा उहाँले मानवजातिलाई जतिसुकै प्रदान गर्नुभए पनि, उहाँले मानिसहरूलाई उहाँप्रति गहिरो रूपमा कृतज्ञ हुन, वा गैरविश्‍वासीहरूले मूर्तिहरूलाई गरेजस्तै उहाँको पूजाआजा गर्न कहिल्यै माग गर्नुभएको छैन। परमेश्‍वरले त्यस्ता कुराहरू कहिल्यै गर्नुभएको छैन। उहाँले मानवजातिको हृदयमा आफ्नो हैसियत र आफ्नो प्रतिष्ठाको खातिर कहिल्यै एउटै शब्द बोल्नुभएको छैन वा एउटै काम गर्नुभएको छैन। उहाँले यी कुराहरू कहिल्यै गर्नुभएको छैन। परमेश्‍वरका आत्माले त्यस्ता कुराहरू गर्नुहुन्न। उहाँले मानवजातिका लागि त्यस्ता कुराहरू कहिल्यै बोल्नुभएको छैन वा त्यस्ता सन्देशहरू छोड्नुभएको छैन। त्यसोभए, के देहधारी परमेश्‍वरले कहिल्यै त्यस्ता कुराहरू गर्नुभएको छ वा त्यस्ता वचनहरू बोल्नुभएको छ? (छैन।) मानिसहरूको बीचमा काम गरेको र कष्ट भोगेको यी सबै वर्षहरूको दौडान, उहाँले मानिसहरूलाई निरन्तर सत्यता र जीवन आपूर्ति गर्दै आउनुभएको छ, र मानिसहरूलाई सही मार्गमा हिँड्न सहयोग र मार्गदर्शन गर्दै आउनुभएको छ। उहाँ केवल मानिसहरूले सत्यता पछ्याउन सकून् र तिनीहरू बाँच्न सकून् भन्‍ने आशा गर्नुहुन्छ। यसबाहेक, के तिमीहरूप्रति उहाँका कुनै अतिरिक्त मागहरू छन्? (छैनन्।) तिमीहरूप्रति उहाँका कुनै अतिरिक्त मागहरू छैनन्।

प्रकृतिको हिसाबमा, देहधारी परमेश्‍वरले भोग्नुहुने कष्ट वास्तवमा मानवहरूले बताउने कष्टभन्दा फरक हुन्छ। सकारात्मक अर्थमा भन्दा, मानवहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र मुक्ति प्राप्त गर्नका लागि मात्रै पूर्ण रूपमा आफ्नो कष्ट भोग्छन्। नकारात्मक अर्थमा भन्दा, तिनीहरूमा भ्रष्ट स्वभावहरू हुने हुनाले, र दुष्टता गरेको र परमेश्‍वरको प्रतिरोध गरेको कारण तिनीहरूलाई न्याय र सजाय दिइने हुनाले नै तिनीहरूले पूर्ण रूपमा यो भोग्छन्। यसको आधारमा हेर्दा, मानवहरूको कष्ट आवश्यक छ, र यो अपरिहार्य छ। तर, देहधारी परमेश्‍वरले आफ्नो काम गर्नका लागि, मानवहरूलाई सत्यता आपूर्ति गर्नका लागि, र तिनीहरू शैतानको भ्रष्टता र सास्तीबाट मुक्त हुन सकून् र मुक्तिको मार्गमा हिँड्न सकून् भनेर आफ्नो कष्ट भोग्नुहुन्छ। परमेश्‍वरले यी कठिनाइहरू दीर्घकालीन रूपमा सहनैपर्छ—यो पनि उहाँको कामको एउटा भाग हो। यी कठिनाइहरू उहाँले आफै सहनुपर्ने र आफैले बोक्नुपर्ने कुराहरू हुन्। देहधारी परमेश्‍वरले आफ्नो काम गरिरहनुभएको र आफ्नो सेवकाइ निर्वाह गरिरहनुभएको हुनाले, र कष्ट यस कामको एउटा भाग भएको हुनाले, यो कष्ट भोग्नुभएकोमा मानिसहरू उहाँप्रति गहिरो रूपमा कृतज्ञ होऊन् भन्‍ने परमेश्‍वरले आवश्यक छ भनेर भन्‍नुहुन्‍न, न त मानिसहरूले उहाँको कष्टको बारेमा जानकारी फैलाउनु आवश्यक छ भनेर नै उहाँले भन्‍नुहुन्छ, मानिसहरूले यसबारे जानून् भन्‍नु त झनै परको कुरा हो। यदि तँ परमेश्‍वरलाई चिन्न चाहन्छस् भने, तैँले परमेश्‍वरको सारलाई चिनेर, उहाँले यावत् थोक र घटनाहरूलाई कसरी लिनुहुन्छ भन्‍ने बारेमा परमेश्‍वरका विचार र दृष्टिकोणहरूलाई चिनेर, र विभिन्न मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्ने परमेश्‍वरका सिद्धान्तहरूलाई चिनेर उहाँलाई चिन्नुपर्छ। उहाँलाई यसरी चिन्नु नै सबैभन्दा राम्रो र सबैभन्दा उपयुक्त तरिका हो। परमेश्‍वरको कष्टलाई चिन्ने कुराको हकमा भन्दा, तैँले त्यसलाई छुटाउन सक्छस्; तैँले यो पक्ष जान्नु आवश्यक छैन। तैँले यो जाने पनि, तँ परमेश्‍वरप्रति सहानुभूति देखाउन सक्षम हुनेथिइनस्, तँ उहाँलाई ख्याल गर्न सक्षम हुनेथिइनस्, र तँ उहाँको ठाउँमा यो कष्ट भोग्न सक्षम हुनेथिइनस्। त्यसैले यसबारे सङ्गति गर्न आवश्यक छैन। यदि तिमीहरूले कष्ट भोग्नु देहधारी परमेश्‍वरको कामको एउटा भाग हो, र यो उहाँ मानिसहरूको बीचमा आउँदा अनिवार्य रूपमा अनुभव गर्नुहुने प्रक्रिया हो भन्‍ने जानेका छौ भने, यति बुझ्नु नै पर्याप्त हुन्छ। यसबारे ठूलो बखेडा झिक्न आवश्यक छैन, न त तिमीहरूले कुनै कुराको भर्पाइ गर्नु नै आवश्यक छ। यदि तिमीहरूले सत्यता पछ्यायौ भने, तिमीहरूले कुनै दिन बुझ्न सक्नेछौ, तर यदि तँ सत्यता पछ्याउने व्यक्ति होइनस् भने, तँ अन्त्यसम्म पुगेर पनि बुझ्न असमर्थ नै हुन्छस् होला।

हामीले कष्टको विषयमा लगभग सङ्गति गरिसकेका छौँ। यदि तिमीहरूले कष्टप्रतिको देहधारी परमेश्‍वरको मनोवृत्ति बुझ्छौ, वा यदि तिमीहरूले उहाँले कस्तो कष्ट भोग्नुहुन्छ भन्‍ने बुझ्छौ भने, तिमीहरू के गर्न चाहन्छौ? सबैभन्दा राम्रो कुरा भनेको तिमीहरू सत्यता अभ्यास गर्न, अर्पित हुन, मानकअनुरूपको सृजित प्राणी बन्न, र परमेश्‍वरको इच्छालाई सन्तुष्ट हुन दिन सक्षम हुनु हो। यो परमेश्‍वरप्रतिको सबैभन्दा ठूलो भर्पाइ हो। यदि तैँले यसो गरिस् भने, परमेश्‍वरले यसलाई स्मरण गर्नुहुनेछ। परमेश्‍वरप्रतिको सबैभन्दा ठूलो भर्पाइ भनेको तिमीहरू सत्यता अभ्यास गर्ने कार्यलाई पछ्याउन सक्षम हुनु, र अन्ततः मुक्ति प्राप्त गर्न सक्षम हुनु, परमेश्‍वरको योजनालाई विफल हुन नदिनु, परमेश्‍वरका वचनहरूलाई व्यर्थ हुन नदिनु, परमेश्‍वरका वचनहरूलाई तिमीहरूमा पूरा हुन दिनु, र परमेश्‍वरका वचनहरूलाई तिमीहरूको जीवन बन्न दिनु हो। कुनै दिन, जब तिमीहरू बाँचेका हुनेछौ र नयाँ मानवजातिको सदस्य बनेका हुनेछौ, यावत् थोकको मालिक बन्न र खुसीमा जिउन सक्षम हुनेछौ, र मानवजातिलाई सृष्टि गर्दाको परमेश्‍वरको प्रारम्भिक चाहनालाई सन्तुष्ट पारेका हुनेछौ, तब त्यो परमेश्‍वरप्रतिको सबैभन्दा ठूलो भर्पाइ हुनेछ। जुन दिन तिमीहरूले मुक्ति प्राप्त गर्नेछौ र बाँच्नेहरू बन्नेछौ, त्यो दिन तिमीहरूले नयाँ मानवजाति सृष्टि गर्ने परमेश्‍वरको इच्छा पूरा गरेका हुनेछौ। परमेश्‍वरले पृथ्वीमा परमेश्‍वरको आराधना गर्न सक्ने र परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्ने मानिसहरूको एउटा समूह प्राप्त गर्नुभएको हुनेछ—परमेश्‍वरको यो इच्छा पूरा हुनेछ। जब परमेश्‍वरको इच्छा पूरा हुन्छ, तब सायद त्यो दिन परमेश्‍वरले तैँले उहाँलाई उहाँको इच्छा पूरा गर्न मद्दत गरेको छस्, र तैँले उहाँलाई उहाँको कष्टको अवधिलाई अन्त्य गर्न मद्दत गरेको छस् भनेर भन्नुहुनेछ। यो परमेश्‍वरप्रतिको सबैभन्दा ठूलो भर्पाइ हो। जब परमेश्‍वरको इच्छा पूरा हुन्छ, तब परमेश्‍वरले मानवजातिका लागि उप्रान्त केही पनि खर्च गर्नुहुनेछैन; उहाँका अपेक्षाहरू साकार भएका हुनेछन्। परमेश्‍वरले उप्रान्त काम गर्न आवश्यक हुनेछैन। उहाँले परिणामहरू देख्नुभएको हुनेछ र परिणामहरू प्राप्त गर्नुभएको हुनेछ, उहाँको काम समाप्त भएको हुनेछ, उहाँले विश्राम गर्न सक्नुहुनेछ, र उहाँलाई मानवजातिको बारेमा उप्रान्त कुनै चिन्ता हुनेछैन। यसको अर्थ तैँले—सत्यता पछ्याएर मुक्ति प्राप्त गरेको कारण—परमेश्‍वरलाई उहाँले महसुस गर्नुहुने कठिनाइको भावनाबाट, र उहाँको छ हजार वर्षको कठिनाइको मार्गबाट मुक्त हुन मद्दत गरेको छस् भन्‍ने हुनेछ। परमेश्‍वरले तँलाई धन्यवाद दिनुहुनेछ। किनभने यो यति लामो प्रतीक्षा भएको हुनेछ, तर भाग्यवश, परमेश्‍वरले अन्ततः परिणामहरू देख्नुभएको हुनेछ, उहाँको इच्छा पूरा भएको हुनेछ, र उहाँले नयाँ मानवजाति प्राप्त गर्नुभएको हुनेछ—तैँले परमेश्‍वरको लागि रमाहट गर्नुपर्छ। यदि तँसँग साँच्चै परमेश्‍वरलाई ख्याल गर्ने हृदय छ भने, यदि तँ साँच्चै परमेश्‍वरको हृदयलाई बुझ्न र ख्याल गर्न चाहन्छस्, र तँ परमेश्‍वरलाई भर्पाइ गर्न चाहन्छस् भने, तँ आज्ञाकारी र समर्पित हुनुपर्छ, मुक्तिको मार्गमा हिँड्नुपर्छ, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्नुपर्छ, र परमेश्‍वरको आराधना गर्न सक्ने व्यक्ति बन्नुपर्छ। यो परमेश्‍वरप्रतिको सबैभन्दा ठूलो भर्पाइ हो। अवश्य नै, परमेश्‍वरलाई सान्त्वना दिन र परमेश्‍वरको इच्छा पूरा गर्न, उहाँलाई मानिसहरूप्रति उहाँमा भएका कुनै पनि चिन्ता र अपेक्षाहरू त्याग्न दिने एउटै मात्र तरिका पनि यही हो। अवश्य नै, परमेश्‍वरलाई उहाँको छ हजार वर्षको प्रतीक्षाको कठिनाइको मार्गबाट मुक्त हुन मद्दत गर्ने सबैभन्दा राम्रो तरिका पनि यही हो। परमेश्‍वरको नजरमा, यो उहाँप्रतिको सबैभन्दा ठूलो भर्पाइ हो; यो तैँले परमेश्‍वरलाई चढाउन सक्ने सबैभन्दा राम्रो उपहार हो। परमेश्‍वरले यो उपहार स्वीकार गर्नुहुनेछ र परमेश्‍वरले यसलाई ग्रहण गर्नुहुनेछ, र यो तैँले चढाउन सक्ने जतिसुकै दशांशभन्दा पनि बढी बहुमूल्य हुन्छ।

के हामीले यस विषयको सङ्गतिलाई यहीँ अन्त्य गर्दा हुन्छ? (हुन्छ।) त्यसोभए आजका लागि हाम्रो सङ्गति यहीँ समाप्त गरौँ। बिदा!

नोभेम्बर २३, २०२४

अघिल्लो: सत्यता कसरी पछ्याउने (३०)

अर्को: सत्यता कसरी पछ्याउने (३३)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्