सत्यता कसरी पछ्याउने (२५)
हाम्रो पछिल्लो सङ्गतिको विषयवस्तु “आफू र परमेश्वरबीचका तगाराहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुता त्याग्नु” भन्ने विषयसँग सम्बन्धित थियो, जसमा परमेश्वरको देहधारी शरीरसँग सम्बन्धित पक्षहरूलाई निश्चित रूपमा सम्बोधन गरिएको थियो। मानिसहरूले परमेश्वरको देहधारी शरीरलाई कसरी चिन्नुपर्छ र व्यवहार गर्नुपर्छ भन्नेबारे हामीले सङ्गति गर्यौँ। पहिलो सिद्धान्त भनेको देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना नगर्नु हो। दोस्रो सिद्धान्त के हो? (दोस्रो सिद्धान्त भनेको देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिको स्तरमा नराख्नु हो।) अहिले हामीले देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना नगर्ने विषयमा सङ्गति गरिसकेका हुनाले, के देहधारी परमेश्वरलाई कसरी व्यवहार गर्ने भन्ने सम्बन्धमा तिमीहरूसँग कुनै नयाँ बुझाइ छ? के तिमीहरूले देहधारी परमेश्वरबारेका आफ्ना पहिलेका केही धारणा र कल्पनाहरूलाई त्यागेका छौ, र पृथ्वीमा हुनुहुने परमेश्वरलाई अझै व्यावहारिक रूपमा चिन्न सकेका छौ? के तिमीहरूले परमेश्वरसम्बन्धी आफ्ना पहिलेका केही विचार, बुझाइ, वा मनोवृत्तिहरू मानव धारणा र कल्पनाहरूका परिणाम थिए भन्ने महसुस गरेका छौ? अब, यसरी सङ्गति गरेर, सबैभन्दा पहिले, ज्ञानको हिसाबमा, तिमीहरूले देहधारणसम्बन्धी आफ्ना धेरै धारणा र कल्पनाहरूलाई सुधारेका छौ, र आगामी दिनमा, तिमीहरूले परमेश्वरलाई व्यवहार गर्ने मनोवृत्ति र दृष्टिकोण पनि अलिक बढी व्यावहारिक र सही बन्न सक्छ। के तिमीहरू सबैसँग यस सम्बन्धमा केही अनुभवात्मक ज्ञान छ? (छ। विगतमा, परमेश्वरको देहधारी शरीरबारे ममा केही मनगडन्ते धारणा र कल्पनाहरू थिए, मलाई के लाग्थ्यो भने परमेश्वरले सबै कुरा बुझ्नुहुन्छ र उहाँ सर्वज्ञानी हुनुहुन्छ। परमेश्वरका गत दुई वटा सङ्गतिहरूमार्फत, मैले देहधारी परमेश्वर निकै सामान्य र व्यावहारिक हुनुहुन्छ भन्ने बुझेँ। उदाहरणका लागि, जब उहाँ कुनै देशमा जानुहुन्छ, तब उहाँले स्थानीय कानुनहरू पनि हेर्नुहुन्छ, र नियमअनुसार आफूलाई आचरणमा ढाल्नु र कर्तव्यनिष्ठापूर्वक कामकुराहरू गर्नुलाई उहाँले विश्वासको सिद्धान्तका रूपमा लिनुहुन्छ। यो कुराले मलाई अलिक छोयो, किनभने म आफूलाई नियमअनुसार आचरणमा ढाल्दिनँ वा कर्तव्यनिष्ठापूर्वक कामकुराहरू गर्दिनँ; कहिलेकाहीँ म अनुशासनहीन हुन्छु, र म कमजोरीहरूको फाइदा उठाउन समेत चाहन्छु। परमेश्वरको सङ्गति सुनेपछि, मैले मेरो हृदयमा रहेको परमेश्वरको स्वरूप अचानक व्यावहारिक र ठोस बनेको महसुस गरेँ।) अहिले, यस विषयवस्तुमा सङ्गति गरेर, मानिसहरूले परमेश्वरबारे अझै बढी वस्तुगत र व्यावहारिक ज्ञान र भावनाहरू प्राप्त गरेका छन्। के यी भावनाहरूले तँलाई परमेश्वरको व्यावहारिक अस्तित्व अझै बढी महसुस गराउँछन्, वा देहधारी परमेश्वरले यति सामान्य र व्यावहारिक रूपमा बोल्नुभएको र काम गर्नुभएको देख्दा तँलाई परमेश्वर अत्यन्तै साधारण हुनुहुन्छ—यहाँसम्म कि अकल्पनीय हुनुहुन्छ—भन्ने महसुस गराउँछ, जसले गर्दा तैँले उल्टै शङ्काहरू विकास गर्छस् र तँ परमेश्वरबाट अझै टाढा हुन्छस्? परमेश्वरको सामान्यता र व्यावहारिकताका यी प्रकटीकरणहरू धेरैजसो मानिसहरूले आफूभित्र बोक्ने परमेश्वरबारेका धारणा र कल्पनाहरूसँग पूर्ण रूपमा अमिल्दा छन्; ती अत्यन्तै फरक छन्, र ती मानिसहरूले कहिल्यै नसोचेका कुराहरू पनि हुन्। त्यसैले, यो विषयवस्तु सुनेपछि, के तँलाई परमेश्वरको देहधारी शरीरप्रति निकै निराशा महसुस हुन्छ? (हुँदैन। सुनेपछि, मलाई मेरो हृदयमा ख्रीष्टको स्वरूप अझै ठोस बनेको छ भन्ने लाग्छ, र उहाँ निकै मिलनसार हुनुहुन्छ जस्तो लाग्छ। सुरुमा, मलाई के लाग्थ्यो भने ख्रीष्ट भनेको पृथ्वीमा आउनुभएका स्वर्गमा हुनुहुने परमेश्वर हुनुहुन्छ, र उहाँ निकै प्रभावशाली र महान् हुनुपर्छ। तर अहिले मैले ख्रीष्ट निकै साधारण र व्यावहारिक हुनुहुन्छ भन्ने देखेँ; त्यसै गरी उहाँले मानव संसारका कानुनहरू पालन गर्नुहुन्छ, यसका साथै हामीलाई आपूर्ति गर्न व्यावहारिक रूपमा सत्यता व्यक्त गर्नुहुन्छ। यसले मलाई उहाँ अत्यन्तै व्यावहारिक र ठोस हुनुहुन्छ भन्ने महसुस गराउँछ। मलाई के महसुस हुन्छ भने परमेश्वरसँगको मेरो सम्बन्ध अब त्यति दूरीमा छैन, र म उल्टै परमेश्वरको अझै नजिक भएको छु।) के तिमीहरू सबैलाई यस्तै महसुस हुन्छ? के तिमीहरू सबैले यस्तै लाभहरू प्राप्त गरेका छौ? (गरेका छौँ।) त्यसो हो भने, यस अझै पनि विषयवस्तुमा सङ्गति गर्न आवश्यक छ। यो मानिसहरूलाई आवश्यक पर्ने र तिनीहरूसँग हुनुपर्ने सत्यताको एउटा पक्ष हो; यो कुरा अपरिहार्य छ। सत्यता पछ्याउने प्रक्रियामा, सत्यताको यो पक्ष मानिसहरूले बुझ्नैपर्ने कुरा हो। मानिसहरूले सत्यताको यो पक्ष बुझेपछि, मानिसहरू र परमेश्वरबीचको सम्बन्ध अझै सामान्य बन्नेछ। होइन र? (हो।) यस विषयवस्तुमा मुख्य रूपमा परमेश्वरको देहधारी शरीरको सामान्यता र व्यावहारिकताका केही प्रकटीकरणहरूका बारेमा सङ्गति गर्ने कार्य समावेश छ, जसले मानिसहरूलाई परमेश्वरको देहधारी शरीरको सार, साथै आफूलाई आचरणमा ढाल्ने र कामकुराहरू गर्ने उहाँका केही आधारभूत मान्यता र सिद्धान्तहरू जान्न सक्षम तुल्याउँछ। यी आधारभूत मान्यताहरू, सिद्धान्तहरू, र कामकुराहरू गर्ने निश्चित दृष्टिकोणहरू जानेर, मानिसहरूले परमेश्वरलाई अझै वस्तुगत र व्यावहारिक रूपमा बुझ्न सक्छन् र उहाँको सामान्यता र व्यावहारिकता बुझ्न सक्छन्।
के देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता बुझेर, तैँले स्वर्गमा हुनुहुने परमेश्वरबारेका तेरा केही धारणा र कल्पनाहरूलाई पहिचान गर्न सक्नुपर्दैन र? जब देहधारी परमेश्वर मानिसहरूका बीचमा आउनुहुन्छ, तब आफूलाई आचरणमा ढाल्दा र कामकुराहरू गर्दा, उहाँले नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठापूर्वक कामकुराहरू गर्ने सिद्धान्त पालन गर्नुहुन्छ। त्यसोभए स्वर्गमा हुनुहुने परमेश्वरले नि? परमेश्वरसँग आत्मआचरणका ठोस व्यवहारहरू नभए पनि, र उहाँ आत्मआचरणका विभिन्न पक्षहरूमा संलग्न नहुनुभए पनि, उहाँले कसरी कामकुराहरू गर्नुहुन्छ भनी हेर्दा—चाहे त्यो बाइबलीय अभिलेखहरूका आधारमा होस्, वा मानिसहरूले परमेश्वरका कार्यहरूका बारेमा के बुझ्छन्, के महसुस गर्छन्, र के अनुभव गर्छन् त्यस कुराको आधारमा होस्—के देहधारी परमेश्वरले आफूलाई आचरणमा ढाल्ने र कामकुराहरू गर्ने सार र सिद्धान्तहरूसँग तिनको कुनै द्वन्द्व छ? (छैन।) सैद्धान्तिक रूपमा, कुनै द्वन्द्व छैन भन्ने कुरामा हामी निश्चित हुन सक्नुपर्छ। स्वर्गमा हुनुहुने परमेश्वरलाई मानिसहरूले देख्न वा छुन नसक्ने भए पनि, उहाँले पनि कर्तव्यनिष्ठापूर्वक र व्यावहारिक रूपमा कामकुराहरू गर्नुहुन्छ। परमेश्वरको देहधारी शरीरको मानिसहरूले देख्न र जान्न सक्ने एउटा सामान्य र व्यावहारिक पक्ष हुन्छ, त्यसै गरी स्वर्गमा हुनुहुने परमेश्वरको पनि एउटा सामान्य र व्यावहारिक पक्ष हुन्छ। हामी परमेश्वरको शक्ति, अख्तियार, बुद्धि, सर्वशक्तिमान्ता, र यस्तै अरू कुराहरूमा जानेछैनौँ—त्यो परमेश्वरलाई चिन्ने, परमेश्वरको सार जान्ने, र परमेश्वरको पहिचान जान्ने कुराको एउटा पक्ष हो, जुन तिमीहरूको पहुँचभन्दा बाहिर हुन सक्छ। तर मानिसहरूले देख्न र अनुभव गर्न सक्ने खालका परमेश्वरले गर्नुहुने केही कुराहरूको हकमा, स्वर्गमा हुनुहुने परमेश्वरले अझै पनि यो सामान्य र व्यावहारिक पक्ष प्रकट गर्नुहुन्छ। उदाहरणका लागि, बाइबलले के अभिलेख गर्छ भने परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो, तिनीहरूमा आफ्नो सास फुकिदिनुभयो ताकि तिनीहरू आत्मा भएका जीवित मानिसहरू बनून्, त्यसपछि तिनीहरूलाई अदनको बगैँचामा राख्नुभयो। परमेश्वरले मानवजातिका पुर्खाहरू, आदम र हव्वालाई सृष्टि गर्नुअघि, शृङ्खलाबद्ध कुराहरू गर्नुभयो, ती सबै परमेश्वरद्वारा सृष्टि गरिएका यी दुई मानिसहरूका लागि नै तयार गरिएका थिए। मानिसका लागि, परमेश्वरले स्वर्ग र पृथ्वी, नदी र तालहरू, पृथ्वीका विभिन्न जीवित प्राणीहरू, चार ऋतुहरू, र मानिसलाई आवश्यक पर्ने अरू सबै कुराहरू सृष्टि गर्नुभयो। यी दुई मानिसहरूलाई सृष्टि गर्नुअघि, परमेश्वरले यो काम चरणबद्ध रूपमा पूरा गरिसक्नुभएको थियो। उहाँले चाल्नुभएको हरेक कदमसँगै, परमेश्वरद्वारा सृष्टि गरिएका यी सबै कुराहरू यस भौतिक संसारमा अलि-अलि गर्दै व्यावहारिक रूपमा देखा परे, र यी सबै मानव आँखाले देख्न सकिने कुराहरू हुन्। जब यी दुई मानिसहरू अस्तित्वमा आए, तब यी सबै कुराहरू तयार भइसकेका थिए। यी दुई मानिसहरूलाई सृष्टि गरेपछि परमेश्वरले तिनीहरूका लागि के गर्नुभयो भन्ने कुराको हकमा भन्दा, यो कुरा पनि बाइबलमा अभिलेख गरिएको छ। सबैभन्दा पहिले, परमेश्वरले तिनीहरूलाई अदनको बगैँचामा राख्नुभयो, त्यसपछि उहाँले तिनीहरूलाई अत्यन्तै व्यावहारिक तरिकाले केही कुरा भन्नुभयो। उहाँले के भन्नुभयो त? (“तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्चय नै मर्नेछस्” (उत्पत्ति २:१६-१७)।) परमेश्वरले मानवजातिलाई यो निर्देशन दिनुभयो, त्यसपछि शृङ्खलाबद्ध कुराहरू भए। त्यसपछि, परमेश्वरले आदम र हव्वाका लागि के गर्नुभयो? (उहाँले तिनीहरूका लागि छालाका लुगाहरू बनाइदिनुभयो।) परमेश्वरले तिनीहरूलाई लगाइदिनका लागि छालाका लुगाहरू बनाइदिनुभयो; तिमीहरूलाई यो कथा राम्ररी नै थाहा हुनुपर्छ। परमेश्वरले भन्नुभएका, गर्नुभएका, र निर्देशन दिनुभएका यी शृङ्खलाबद्ध कुराहरूले के एउटा जीवन्त चित्र प्रस्तुत गर्दैनन् र? (गर्छन्।) यी दृश्यहरूमार्फत, मानिसहरूले के कुरालाई गहिरो वा साँचो रूपमा बुझ्न सक्छन् भने परमेश्वरको हरेक चालमा प्रकट हुने वा समावेश हुने कुराहरू खोक्रा हुँदैनन्, र यसबाहेक, परमेश्वरले गर्नुहुने हरेक कुराले मानिसहरूलाई प्रस्तुत गर्ने दृश्यहरू पनि खोक्रा हुँदैनन्। होइन र? (हो।) परमेश्वरले गर्नुहुने एउटै कुरा पनि खोक्रो हुँदैन, र एउटै कुरा पनि केवल सिद्धान्त वा नारा हुँदैन; उहाँले सबै कुरा व्यावहारिक रूपमा गर्नुहुन्छ। कतिपय मानिसहरूले यसो भन्छन्, “कहिलेकाहीँ परमेश्वरले एउटा विचारद्वारा कामकुराहरू पूरा गर्नुहुन्छ, र कहिलेकाहीँ उहाँले एउटा वचनद्वारा कामकुराहरू पूरा गर्नुहुन्छ।” परमेश्वरले यो मामलालाई जसरी पूरा गर्नुभए पनि, आखिर, उहाँले यसलाई व्यावहारिक रूपमा गरिरहनुभएको हुन्छ; उहाँले कामकुराहरू यथार्थपरक र कर्तव्यनिष्ठापूर्वक गरिरहनुभएको हुन्छ। उहाँले नाराहरू लगाउनुहुन्न वा धर्मसिद्धान्तहरू फलाक्नुहुन्न, न त उहाँले मानिसहरूलाई धोका नै दिनुहुन्छ। व्यावहारिक रूपमा कामकुराहरू गर्ने कार्यमा के समावेश हुन्छ? परमेश्वरले योजना बनाउनुहुन्छ र सोच्नुहुन्छ, र जब उहाँले केही गर्नुहुन्छ, तब उहाँले आफ्ना विचारहरू प्रयोग गर्न सक्नुहुन्छ, वा आफ्ना वचनहरू प्रयोग गर्न सक्नुहुन्छ, वा व्यक्तिगत रूपमा आफ्ना हातहरूले त्यो काम गर्न सक्नुहुन्छ। हामीले मानव भाषामा “व्यक्तिगत रूपमा केही गर्नु” भन्ने कुरालाई कसरी व्यक्त गर्छौँ? यसको अर्थ व्यक्तिगत रूपमा मामलालाई सम्हाल्न जानु, व्यक्तिगत रूपमा त्यसमा व्यस्त हुनु, र व्यक्तिगत रूपमा आफ्नो हातले त्यो काम गर्नु हो। “व्यक्तिगत रूपमा” का यी सबै उदाहरणहरूलाई हेर्दा, के परमेश्वरले कामकुराहरू गर्ने तरिकामा उहाँ निकै यथार्थपरक र कर्तव्यनिष्ठा हुनुहुन्न र? (हुनुहुन्छ।) अवश्य नै, मानिसहरूले कसरी कामकुराहरू गर्छन् भनेर वर्णन गर्ने यी शब्दहरूलाई स्वर्गमा हुनुहुने परमेश्वरले कसरी कामकुराहरू गर्नुहुन्छ भनेर वर्णन गर्न प्रयोग गर्नु त्यति उपयुक्त हुँदैन, तर मानव भाषा सीमित छ। परमेश्वरले यस्तो यथार्थपरक र व्यावहारिक तरिकाले कामकुराहरू गर्नुहुन्छ, उहाँ व्यवस्थित हुनुहुन्छ, उहाँले कहिल्यै झारा टार्नुहुन्न, र कहिल्यै नाराहरू लगाउनुहुन्न भन्ने कुरा मानिसहरूले बुझ्न सके भने, त्यति नै पर्याप्त हुन्छ। मानव हातहरूले अभिलेख गरेका परमेश्वरले गर्नुभएका सबै कुराहरूमध्ये, कुनचाहिँ कुरा परमेश्वर स्वयम्ले व्यक्तिगत रूपमा योजना बनाउनुभएको, चरणबद्ध रूपमा लागू गर्नुभएको, र व्यक्तिगत रूपमा अनुगमन गर्नुभएको, निरीक्षण गर्नुभएको, र प्रमाणित गर्नुभएको थिएन र? यी कुराहरू मानव हातहरूद्वारा अभिलेख गरिएका र लिखित रूपमा प्रस्तुत गरिएका भए पनि, तिनले मानवजातिलाई परमेश्वरलाई चिन्न र बुझ्नका लागि सबैभन्दा राम्रो ठोस प्रमाण छोडेका छन्।
परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभएपछि, उहाँले अर्को एउटा कुरा गर्नुभयो: उहाँले तिनीहरूलाई आफ्नो जीवन कसरी जिउने, पुरुषले के-कस्ता जिम्मेवारीहरू वहन गर्नुपर्छ, र महिलाले कुन-कुन कुराहरू गर्नुपर्छ भनी बताउनुभयो। परमेश्वरका वचनहरू कति विस्तृत र निश्चित छन् हेर त! मानवहरूले आफ्नो काम यसरी गर्नेथिएनन्, होइन र? (हो।) परमेश्वरले गर्नुहुने कामको हरेक चरण यति निश्चित, यथार्थपरक, र व्यावहारिक हुन्छ; उहाँले परिणामहरूको लक्ष्य राख्नुहुन्छ। अनि यसले के देखाउँछ? स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टि जस्तो ठूलो मामलालाई एकातिर राखौँ; परमेश्वरले मानवजातिलाई भन्नुभएका कुराहरू र मानवजातिलाई दिनुभएका अर्तीहरू, साथै उहाँका चिन्ताहरू, जसमा हरेक कुराका लागि उहाँका निश्चित अर्तीहरू, निर्देशनहरू, र चेतावनीहरू समावेश छन्, तिनको मात्रै कुरा गर्दा पनि, यी कुराहरूले के देखाउँछन्? एक हिसाबमा, तिमीहरूले परमेश्वरले कामकुराहरू गर्ने तरिकामा उहाँ अत्यन्तै लगनशील र गम्भीर हुनुहुन्छ भन्ने कुरा देख्छौ। अर्को हिसाबमा—र यो मानवजातिले जान्नुपर्ने कुरा पनि हो—परमेश्वरले मानवजातिलाई सृष्टि गर्नुभयो, र तिनीहरूप्रति उहाँले चिन्ता गर्ने बाहेक, उहाँले सधैँ तिनीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्दै आउनुभएको छ। जिम्मेवारीको यो पूर्ति खोक्रो कुरा होइन; परमेश्वरले सधैँ यसलाई पूरा गर्दै आउनुभएको छ। परमेश्वरले मानवजातिलाई सृष्टि गर्नुभएको समयदेखि अहिलेसम्म, परमेश्वरले सधैँ मानिसहरूको जीवनलाई केन्द्रमा राखेर मानवजातिलाई आपूर्ति गर्दै र अगुवाइ गर्दै आउनुभएको छ। मानवजातिप्रतिका परमेश्वरका कार्यहरू उहाँले आफ्नो जिम्मेवारी पूरा गर्नुभएको कुरा बाहेक अरू केही होइनन्। “आफ्नो जिम्मेवारी पूरा गर्नु” भन्ने वाक्यांश लेख्न सजिलो छ र भन्न सजिलो छ, तर परमेश्वरले गर्नुभएका कुराहरूको सङ्ख्या मानव कल्पनाभन्दा बाहिर छ। वृहत् हिसाबमा भन्दा, यसको अर्थ परमेश्वरले हरेक प्राणको पुनर्जन्मको लागि प्रबन्ध गर्नुहुन्छ भन्ने हुन्छ—तिनीहरू कस्तो परिवारमा जिउनेछन्, तिनीहरू कस्तो देखिनेछन्, तिनीहरूले कहिले परमेश्वरमा विश्वास गर्न थाल्नेछन्, यस जीवनमा तिनीहरूको कस्तो नियति हुनेछ, र यस्तै अरू शृङ्खलाबद्ध कुराहरू। यी कुराहरू परमेश्वरले मानिसहरूका लागि बृहत् स्तरमा गर्नुहुने प्रबन्धहरू हुन्। साना विवरणहरूका हकमा भन्दा, परमेश्वरले तेरा दैनिक आवश्यकताहरू आपूर्ति गर्नुहुन्छ, तँलाई खान-लाउनको चिन्ताबाट मुक्त गर्नुहुन्छ, र तेरो भौतिक जीवन सुरक्षित छ भन्ने सुनिश्चित गर्नुहुन्छ। अझै साना विवरणहरूका हकमा भन्दा, हरेक दिन परमेश्वरले तँ हुर्कंदै गर्दा तँलाई साथ दिन, र तैँले हरेक दिन, हरेक फरक अवधि, र हरेक विशेष अवधि पार गर्दै गर्दा तेरो साथमा रहन विभिन्न मानिस, घटना, र कामकुराहरू प्रबन्ध गर्नुहुन्छ, जसले तँलाई सृष्टिकर्ता, मानवजाति, आफै, र जीवनबारे निरन्तर नयाँ बुझाइ र नयाँ भावनाहरू प्राप्त गर्न सक्षम तुल्याउँछ। परमेश्वरले यति धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ र यति धेरै कुराहरू गर्नुभएको छ—उहाँका कुन-कुन वचनहरू केवल नारा वा धर्मसिद्धान्त हुन् त? उहाँले गर्नुहुने कुन-कुन कुराहरू खोक्रा र अव्यावहारिक छन्? उहाँले गर्नुहुने एउटै कुरा पनि खोक्रो हुँदैन, र उहाँले बोल्नुहुने एउटै वचन पनि केवल नारा वा धर्मसिद्धान्त हुँदैन। यसको विपरीत, मानवजातिलाई यी कुराहरू थाहा दिनुभन्दा अघिदेखि नै परमेश्वरले सधैँ यी कुराहरू गर्दै आउनुभएको थियो। मानवजातिले यी तथ्यहरूलाई नजाने पनि, नबुझे पनि, विश्वास नगरे पनि, वा स्वीकार नगरे पनि, परमेश्वरले दृढतापूर्वक ती कुरालाई निरन्तर गरिरहनुभएको छ। परमेश्वरले मानवजातिका लागि कति वटा कुराहरू गर्नुभएको छ, उहाँले मानवजातिमा कति मेहनत लगाउनुभएको छ, र उहाँले मानवजातिलाई कति अनुग्रह प्रदान गर्नुभएको छ भन्ने कुरालाई एकातिर राखौँ। परमेश्वरका कार्यहरूका बारेमा मात्रै कुरा गर्दा, तीमध्ये कुनचाहिँ यथार्थपरक र चरणबद्ध रूपमा गरिएको हुँदैन र? (उहाँले हरेक कुरा यथार्थपरक रूपमा गर्नुहुन्छ।) मानवहरूले आफ्ना छोराछोरीलाई कसरी हुर्काउँछन् हेर त: तिनीहरू बेपरवाह हुन्छन् र झारा टार्ने प्रयास गर्छन्; कहिलेकाहीँ तिनीहरू भावुक हुन्छन्, कहिलेकाहीँ तिनीहरू चरम हुन्छन्, र कहिलेकाहीँ तिनीहरूले आफ्ना व्यक्तिगत प्राथमिकताहरू समेत ल्याउँछन्, आफ्ना छोरीहरूलाई त्यति महत्त्व दिँदैनन्, तर आफ्ना छोराहरूलाई धेरै माया गर्छन्, बिगार्छन्, र पुलपुल्याउँछन्, गैरजिम्मेवार रूपमा काम गर्छन् र परिणामहरूबारे विचार गर्दैनन्। छोराछोरीलाई हुर्काउनु र शिक्षा दिनु भनेको मानिसहरूको जिम्मेवारी हो, तर के मानिसहरूले यो जिम्मेवारी पूरा गरेका छन्? (छैनन्।) परमेश्वरले गर्नुहुने हरेक कुरा कसरी पूर्ण रूपमा कार्यान्वयन हुन्छ, जसले मानवजातिलाई परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूअन्तर्गत सही मार्गमा हिँड्न, र परमेश्वरको मार्गदर्शनअन्तर्गत जिउन सक्षम तुल्याउँछ भन्ने कुरालाई हेर त। परमेश्वरको कामको एउटै चरण पनि वा उहाँले गर्नुहुने एउटै कुरा पनि खोक्रो हुँदैन; यो सबै व्यावहारिक हुन्छ। संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्वरले जतिसुकै काम गर्नुभएको भए पनि, र मानवजाति यी सबै कुराहरूबारे सचेत भए पनि वा मानवजातिले तिनलाई स्वीकार गरे पनि वा नगरे पनि, मानिसहरूप्रतिका परमेश्वरका कार्यहरू र उहाँले तिनीहरूका लागि पूरा गर्नुहुने जिम्मेवारी, जे भए पनि, व्यापक र पूर्ण हुन्छन्, तिनमा अलिकति पनि कमी हुँदैन। उहाँ कहिल्यै झाराटारुवा हुनुहुन्न र उहाँ कहिल्यै पनि लापरवाह हुनुहुन्न। “कहिल्यै लापरवाह नहुनु” को अर्थ के हो? यसको अर्थ उहाँले सबैलाई गम्भीर रूपमा, विशेष लगनशीलता र श्रमसाध्य रूपमा, सधैँ नियमअनुसार र कहिल्यै व्यक्तिगत प्राथमिकताअनुसार होइन, र मानिसको स्वेच्छाचारिता वा झाराटारुवापन पटक्कै नराखी व्यवहार गर्नुहुन्छ भन्ने हुन्छ। अरू सबै कुरालाई एकातिर राखौँ; मानिसहरूको सुरक्षा गर्ने मामलालाई मात्रै लिऊँ—परमेश्वरले यो काम कति राम्ररी गर्नुहुन्छ? सबैको जीवन, मृत्यु, र व्यक्तिगत सुरक्षा परमेश्वरको हातमा हुन्छ। परमेश्वरका लागि, यो सबैभन्दा ठूलो मामला हो। तैँले कहिलेकाहीँ केही खतराको सामना गरे पनि र तँ मृत्युको मुखमा पुगे पनि, यदि त्यो तँ मर्ने दिन होइन भने, परमेश्वरले तँलाई मर्न दिनुहुनेछैन। यदि तँलाई मर्नका लागि परमेश्वरले नियोजन गर्नुभएको छैन भने, परमेश्वरले तेरो सुरक्षाको ग्यारेन्टी गर्नुहुनेछ। यो कुरा कहिल्यै चुक्दैन, र परमेश्वरले यसलाई निकै पूर्ण र सही तरिकाले सम्हाल्नुहुन्छ। छोटकरीमा भन्दा, मैले भनेका कुराहरू सबै सत्य हुन्, र मानिसहरूले तिनलाई देख्न सक्छन्। स्वर्गमा हुनुहुने परमेश्वरले कसरी कामकुराहरू गर्नुहुन्छ भन्ने कुरालाई मानिसहरूले देख्न सक्दैनन्, तर ढिलो वा चाँडो, तिनीहरूले परमेश्वरले गर्नुभएका कुराहरूका तथ्यहरू र उहाँले हासिल गर्नुहुने परिणामहरू देख्न सक्नेछन्। मानवजाति पृथ्वीमा जिएको हजारौँ वर्षको दौडान, परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूविना को जिउन सकेको छ र? परमेश्वरको आपूर्ति र मार्गदर्शनविना को जिउन सकेको छ र? (कोही पनि जिउन सक्दैन।) परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरू, उहाँको आपूर्ति र मार्गदर्शन, यी सबै कार्य परमेश्वर स्वयम्ले व्यक्तिगत रूपमा गर्नुहुन्छ, र व्यावहारिक रूपमा गर्नुहुन्छ। परमेश्वरले यस्तो यथार्थपरक र कर्तव्यनिष्ठापूर्वक कामकुराहरू नगर्नुभएको भए, मानवजाति धेरै अघि नै अस्तव्यस्त हुनेथियो; कम्तीमा पनि, कसैले पनि मानवजातिका लागि सुव्यवस्था कायम राख्न सक्नेथिएन। त्यसैले, साना वा ठूला कुराहरूमा, अहिलेसम्म परमेश्वरलाई पछ्याएका मानिसहरूले के बुझ्न सक्नुपर्छ भने परमेश्वरले आफ्नो देहधारी शरीरमा बोल्ने, कामकुराहरू गर्ने, र काम गर्ने, मानवजातिलाई सत्यता, मार्ग, र जीवन आपूर्ति गर्ने मात्र होइन, परमेश्वरका आत्माले मानवजातिमाथि निरन्तर सार्वभौमिकता राख्ने, अगुवाइ गर्ने, र आपूर्ति गर्ने काम पनि गर्नुहुन्छ, र यी सबै कुराहरू व्यावहारिक रूपमा गरिन्छ। कुरा यत्ति मात्र हो, मानिसहरूले परमेश्वरको देहधारी शरीरले बोलेको र काम गरेको देख्न, सुन्न, र व्यावहारिक रूपमा बुझ्न सक्छन्, जबकि स्वर्गमा हुनुहुने परमेश्वरले गर्नुहुने कुराको दायरा धेरै ठूलो हुन्छ र मानिसहरूको पहुँचबाट अलिक टाढा हुन्छ, त्यसैले देहधारी परमेश्वरले बोल्दा र काम गर्दा मानिसहरूले जसरी नजिकबाट महसुस गर्न र बुझ्न सक्छन्, त्यसरी तिनीहरूले यसलाई महसुस गर्न र बुझ्न सक्दैनन्। त्यसकारण, स्वर्गमा हुनुहुने परमेश्वर वा पृथ्वीमा हुनुहुने परमेश्वरलाई चिन्ने कुराको हकमा, मानिसहरूले मानव धारणा र कल्पनाहरूलाई हटाउनुपर्छ, तिनीहरू खोक्रा धर्मसिद्धान्त र नाराहरूबाट मुक्त हुनुपर्छ, र उहाँले गर्नुहुने काम र उहाँले बोल्नुहुने वचनहरूमार्फत परमेश्वरको सामान्यता र व्यावहारिकता, साथै उहाँको बुद्धि र सर्वशक्तिमान्तालाई व्यावहारिक रूपमा बुझ्नुपर्छ। यसरी, एक हिसाबमा, तैँले परमेश्वरको देहधारी शरीरलाई सही रूपमा लिन सक्छस्; अर्को हिसाबमा, तैँले स्वर्गमा हुनुहुने परमेश्वरबारेका तेरा धारणा र कल्पनाहरूलाई अझै राम्ररी हटाउन सक्छस्; अनि अझै अर्को हिसाबमा, तैँले स्वर्गमा हुनुहुने परमेश्वरबारेका तेरा मनगडन्ते धारणा र कल्पनाहरूलाई परमेश्वरको देहधारी शरीरमाथि जबरजस्ती लाद्नुको सट्टा—जुन ठूलो गल्ती हुनेछ—त्यसको सट्टा, पृथ्वीमा हुनुहुने परमेश्वर र स्वर्गमा हुनुहुने परमेश्वर एउटै हुनुहुन्छ भनेर अझै राम्ररी जान्न सक्छस्। अर्थात्, एक हिसाबमा, तैँले मनगडन्ते धारणा र कल्पनाहरू प्रयोग गरेर स्वर्गमा हुनुहुने परमेश्वरको मूल्याङ्कन गरिरहेको हुनेछस्, जबकि यसै क्रममा, तैँले पृथ्वीमा हुनुहुने परमेश्वरलाई अझै राम्ररी स्वीकार गर्न र ग्रहण गर्न सक्नेछैनस्। यी दुई कुराहरू गर्दा यसले तँलाई परमेश्वरको नजिक ल्याउन असफल हुने मात्र होइन, तर यसले तँलाई उहाँबाट अझै टाढा लैजानेछ, अनि यसले तँलाई आफ्नै खोक्रा धारणा र कल्पनाहरूमा जिउने तुल्याउँछ, र परमेश्वरले गर्नुहुने सबै कुराहरू बुझ्न असमर्थ बनाउँछ।
“देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना नगर्ने” विषयमा सङ्गति गरेर, के मानिसहरूले यस सम्बन्धमा सही रूपमा अभ्यास गर्न सक्छन्? (सक्छन्।) छोटकरीमा भन्दा, देहधारी परमेश्वरसँग व्यवहार गर्दा, यदि तैँले उहाँलाई स्वीकार गर्न सक्छस्, त्यसपछि उहाँको सामान्यता र व्यावहारिकता जान्न सक्छस्, र उहाँका वचनहरू र काम अनि मानिसहरूका लागि उहाँका मागहरूलाई स्वीकार गर्न सक्छस् र तँ तिनको अधीनमा बस्न सक्छस् भने, त्यति नै पर्याप्त हुन्छ। देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताभित्र रहेका देहका नैसर्गिक प्रवृत्ति र अन्तर्निहित अवस्थाहरूका हकमा भन्दा, मानिसहरूले तिनको सही बोध गर्नुपर्छ र तिनलाई सही रूपमा लिन सक्नुपर्छ। देहधारी परमेश्वर एक साधारण मानिसको पुत्र हुनुहुन्छ; उहाँमा निश्चय नै व्यक्तिमा हुनुपर्ने देहका अन्तर्निहित अवस्थाहरू र सामान्य नैसर्गिक प्रवृत्ति र कार्यक्षमताहरू हुन्छन्। उदाहरणका लागि, जब साधारण व्यक्तिले आफ्नो हातले आगो छुन्छ, तब उसले तातो महसुस गर्नेछ, र देहधारी परमेश्वर पनि यसको अपवाद हुनुहुन्न। सामान्य व्यक्तिलाई चिसो लागेपछि हाच्छिउँ आउँछ, र यदि अवस्था गम्भीर हो भने, उसलाई रुघा लाग्नेछ। के देहधारी परमेश्वर पनि यस्तै हुनुहुन्छ? (हुनुहुन्छ।) यदि खाना धेरै नुनिलो भयो भने मानवहरूलाई तिर्खा लाग्छ, र यदि पच्न नसक्ने खाना खाएमा तिनीहरूको पेट गडबड हुन्छ। के परमेश्वरको देहधारी शरीरमा यी भावनाहरू हुन्छन्? (हुन्छन्।) गर्मी मौसममा, मानवहरूलाई गर्मी महसुस हुन्छ र तिनीहरू चिसो ठाउँ खोज्न चाहन्छन्; देहधारी परमेश्वर पनि यस्तै हुनुहुन्छ। तिमीहरूले पहिले के सोचेका थियौ? के तिमीहरूले मनमनै यस्तो सोचेका थियौ, “हामी मानवहरूको यो नश्वर देहले तापक्रम तीस वा चालीस डिग्री सेल्सियस पुग्दा गर्मी सहन सक्दैन, तर परमेश्वरको देहधारी शरीर गर्मीसँग डराउँदैन; उहाँ देहभन्दा माथि हुनुहुन्छ र उहाँमा यी संवेदनाहरू हुँदैनन्”? यहाँ यसको तात्पर्य के हो? के मानिसहरूले देहधारी परमेश्वर नखाने, नसुत्ने, बिरामी नहुने रोबट वा काठको मूर्ति जस्तै हुनुहुन्छ भन्ने सोच्छन्? त्यो गलत हो। देहधारी परमेश्वरको जीवन देहको जीवन हो, जुन सामान्य व्यक्तिको जस्तै हुन्छ। उहाँ असाधारण वा असामान्य हुनुहुन्न। यो देहको एउटा सामान्य र व्यावहारिक पक्ष हुन्छ, त्यो के हो भने उहाँको देहका कार्यहरू र नैसर्गिक प्रवृत्तिहरू मानवजातिको जस्तै हुन्छन्। हामीले यसभन्दा पहिले देहका कार्यहरू र नैसर्गिक प्रवृत्तिहरू परमेश्वरले मानवजातिलाई सृष्टि गर्नुहुँदा उहाँले मानवजातिलाई दिनुभएका कुराहरू हुन् भन्नेबारे सङ्गति गरेका थियौँ; ती मानवजातिमा जन्मजात रूपमा नै हुन्छन्, ती नकारात्मक कुराहरू होइनन्। त्यसोभए तिमीहरू किन सधैँ देहधारी परमेश्वरमा देहका सामान्य कार्यहरू र नैसर्गिक प्रवृत्तिहरू हुन्छन् भन्ने तथ्यबाट पन्छिन्छौ? के मानिसहरू यसबाट पन्छिनुको कारण तिनीहरूले यी कुराहरू असामान्य हुन् भन्ने सोच्छन्, देहका सामान्य कार्यहरूका यी प्रकटीकरणहरूप्रति आफ्नो हृदयमा पूर्वाग्रह राख्छन्, र देहधारी परमेश्वरमा यी प्रकटीकरणहरू हुने कुराको विरोध गर्छन् भन्ने हो? (म साँच्चै नै मेरो हृदयमा यी व्यावहारिक कुराहरूलाई हेला गर्छु।) मानिसहरूले यी कुराहरूलाई हेला गर्न सक्ने भए पनि, वा तिनीहरू चेतनाको स्तरमा ती सही हुन् कि गलत हुन् भन्ने कुरामा अनिश्चित रहे पनि, तिनीहरूले अवचेतन रूपमा तिनलाई निन्दा गर्नेछन्। यसले के प्रमाणित गर्छ भने मानिसहरूमा मानव देहका नैसर्गिक प्रवृत्तिहरू, कार्यहरू, र यसका केही अन्तर्निहित अवस्थाहरूको पूर्ण बुझाइको कमी छ, जुन सबै परमेश्वरद्वारा सृष्टि गरिएका कुरा हुन्, यसैकारण तिनीहरूमा धेरै विकृत विचारहरू हुन सक्छन्, वा धेरै अव्यावहारिक धारणा र कल्पनाहरू हुन सक्छन्। मलाई भन्, के देहधारी परमेश्वर सुत्नुपर्छ? (सुत्नुपर्छ।) जब उहाँ सुत्नुहुन्छ, तब के उहाँले अझै पनि कामको बारेमा सोचिरहनुभएको हुन्छ? (हुँदैन, उहाँ सुतिरहनुभएको हुन्छ।) त्यो इमानदार जवाफ हो; उहाँ साँच्चै सुतिरहनुभएको नै हुन्छ। नत्र भने, उहाँले कसरी आराम पाउन सक्नुहुन्छ र? उहाँको मस्तिष्कलाई पनि आराम चाहिन्छ; यो देहको सामान्य कार्य हो, र देहको नैसर्गिक प्रवृत्ति पनि हो। जब चिसो हुन्छ, तब उहाँले बाक्ला लुगाहरू लगाउनुहुन्छ, र जब गर्मी हुन्छ, तब उहाँले पातला लुगाहरू लगाउनुहुन्छ। उहाँले चिसो, गर्मी, पानी, र हिउँ महसुस गर्न सक्नुहुन्छ। यो सामान्य मानवता हो; यो पटक्कै खोक्रो कुरा होइन। यदि तैँले केही पनि महसुस गर्न सक्दैनस् भने, के तँ अलिक मूर्ख होइनस् र? के तँ मन्दबुद्धिको होइनस् र? (हो।) परमेश्वरको देहधारी शरीरका सबै इन्द्रियहरू र शारीरिक कार्यहरू वास्तविक हुन्, ती साँच्चै अस्तित्वमा छन्, र तिनले सामान्य रूपमा काम गर्छन्; ती पटक्कै खोक्रा छैनन्। तैपनि तिमीहरू तिनलाई खोक्रा र अलौकिक छन् भन्ने कल्पना गर्छौ। मैले एक पटक एक जना चिनियाँ व्यक्तिलाई भेटेको थिएँ जसको विश्वास अलिक अनौठो थियो। उसले के विश्वास गर्थ्यो भने विश्वासमा केही अनौठो र कहालीलाग्दा कुराहरू समावेश हुनुपर्छ, र त्यो मात्रै विश्वास हो। उदाहरणका लागि, जब पानी पर्थ्यो, तब उसले कुनै प्रकारको मन्त्र जप्थ्यो र पानी उसमाथि पर्दैनथ्यो, र जब उसले अर्को मन्त्र जप्थ्यो, तब पानी पर्न रोकिन्थ्यो। उसले आफूसँग वास्तविक क्षमताहरू छन् भन्ने सोचेर यसको प्रदर्शन समेत गर्थ्यो। उसले विश्वास भनेको यही हो, र यो साधारण विश्वासभन्दा उच्च छ भन्ने लाग्थ्यो। के तिमीहरूले यो व्यक्ति निकै बेतुकको रहेछ भनेर भन्नेछौ? (भन्छौँ।) यो दुष्ट आत्मा हो। तर यस प्रकारको व्यक्तिका विचार र दृष्टिकोणहरूले मानिसहरूको एउटा हिस्साको प्रतिनिधित्व गर्छन्। धेरै मानिसहरू सधैँ देहधारी परमेश्वरबारेका धारणा र कल्पनाहरूले भरिएका हुन्छन्, र तिनीहरूले हृदयमा यसो भन्छन्: “परमेश्वरको देहधारी शरीर एक असाधारण व्यक्ति वा ‘मार्ग’ प्राप्त गरेको व्यक्ति हुनुपर्छ। उहाँले साधारण मानिसहरूले गर्न नसक्ने कुराहरू गर्न सक्नुहुन्छ, साधारण मानिसहरूले बोल्न नसक्ने वचनहरू बोल्न सक्नुहुन्छ, साधारण मानिसहरूले देख्न नसक्ने कुराहरू देख्न सक्नुहुन्छ, र साधारण मानिसहरूले सुन्न नसक्ने आवाजहरू सुन्न सक्नुहुन्छ। मानिसहरूले उहाँको पिठ्युँ पछाडि के भन्छन् र के गर्छन् भन्ने उहाँलाई थाहा हुन्छ। उहाँको वरिपरि कुनै अलौकिक घटनाहरू वा अज्ञात तत्त्वहरू छन् कि छैनन् भनेर उहाँले महसुस गर्न र जान्न सक्नुहुन्छ, र स्वर्गमा हुनुहुने परमेश्वरले के गरिरहनुभएको छ भन्ने समेत उहाँलाई थाहा हुन्छ। यस्तो मात्रै देहधारी परमेश्वर हो!” यस प्रकारको सोचाइ गैरविश्वासीहरूले परमेश्वरबारे राख्ने धारणा र कल्पनाहरू जस्तै हो। मानिसहरू सबैले त्यस्तो परमेश्वरलाई भेट्ने आशा गर्छन्, र यदि कुनै दिन तिनीहरूले यो परमेश्वरलाई देख्न पाए र तिनीहरू उहाँको सम्पर्कमा आउन सके भने, यो जीवनभरिको आशिष् हुनेथियो। तर, देहधारी परमेश्वर मानिसहरूका बीचमा आउनुभएको र तिनीहरूसँगै जिउनुभएको कुराले मानिसहरूलाई निकै निराश बनाएको छ। कसैले पनि देहधारी परमेश्वरमा कुनै अलौकिक प्रकटीकरणहरू देख्न सक्दैन, न त कसैले उहाँबाट यी अलौकिक कुराहरू महसुस गर्न नै सक्छ। तैपनि मानिसहरूको कल्पना अझै पनि निकै प्रशस्त छ; मानिसहरूसँग अझै पनि देहधारी परमेश्वरबारे धेरै धारणा र कल्पनाहरू छन्, र तिनीहरू अझै पनि आफ्ना कल्पनाहरूमा जिउँछन्। मानिसहरूसँग देहधारी परमेश्वरबारे यति धेरै धारणा र कल्पनाहरू हुने हुनाले, के तिनीहरूसँग स्वर्गमा हुनुहुने परमेश्वरबारे अझै धेरै धारणा र कल्पनाहरू हुँदैनन् र? (हुन्छन्।) ती धारणा र कल्पनाहरू अझै बढी बेतुकका नै हुन्छन्, तथ्यहरूसँग अझै बढी अमिल्दा हुन्छन्, र अझै कम रूपमा वस्तुगत हुन्छन्, र मानिसहरूसँग अत्यन्तै कहालीलाग्दा, अकल्पनीय विचारहरू समेत धेरै हुन्छन्। जे भए पनि, हामीले सङ्गति गरेको विषयवस्तुमार्फत, मानिसहरूले लगभग देहधारी परमेश्वरको सामान्य मानवता, वा देहको सामान्यता, वस्तुगतता, र व्यावहारिकतालाई सही रूपमा बुझ्न, सही रूपमा जान्न, र सही रूपमा व्यवहार गर्न सक्नेछन्। यसका साथै, मानिसहरूले देख्न र सम्पर्कमा आउन सक्ने देहमार्फत—मानिसहरूसँग व्यावहारिक रूपमा सङ्गति गरेर अनि बोलेर, मानिसहरूसँग अन्तरक्रिया गरेर, अनि मानिसहरूमाथि कामको विभिन्न पक्षहरू गरेर—परमेश्वरले कसरी कामकुराहरू गर्नुहुन्छ र परमेश्वरले कसरी काम गर्नुहुन्छ भन्ने कुरालाई मानिसहरूले अझै राम्रो, अझै व्यावहारिक, र अझै वस्तुगत तरिकाले जान्न सक्छन्। देहधारी परमेश्वरलाई चिनेर, मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्वरलाई पनि अझै राम्ररी बुझ्न सक्छन्।
परमेश्वरको देहधारी शरीरको सामान्यता र व्यावहारिकतासम्बन्धी यस विषयवस्तुको हकमा भन्दा, हामीले सबैभन्दा पहिले देहधारी परमेश्वरले कसरी आफूलाई आचरणमा ढाल्नुहुन्छ र कामकुराहरू गर्नुहुन्छ, उहाँले के-कस्ता कुराहरू गर्नुहुन्छ, र कामकुराहरू गर्ने उहाँका सिद्धान्तहरू के-के हुन् भन्नेबारे सङ्गति गर्यौँ। हामीले यी पक्षहरूका बारेमा निकै विस्तृत रूपमा सङ्गति गरेका छौँ। के तिमीहरूले अझै पनि नबुझेको कुनै कुरा छ? के मैले अरू केही कुरा थप्नुपर्छ? के तिमीहरूले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताका बारेमा अलिक बढी बुझ्यौ? (बुझ्यौँ।) यी व्यावहारिक प्रकटीकरणहरूबाट तिमीहरूले के देख्न सक्छौ? (म देहधारी परमेश्वर सामान्य र व्यावहारिक परमेश्वर हुनुहुन्छ भन्ने देख्छु।) देहधारी परमेश्वर सामान्य र व्यावहारिक परमेश्वर हुनुहुन्छ; उहाँले पनि बोल्नुअघि सोच्नुपर्छ, र उहाँको बोली र व्यवहार सबै सामान्य हुन्छन्, तिनमा अलिकति पनि अलौकिक प्रकटीकरण हुँदैन। यो तिमीहरूले अपेक्षा नगरेको कुरा हो, होइन र? (हो।) देहधारी परमेश्वरको तेस्रो आँखा हुँदैन, न त उहाँसँग महामानवको जस्तो सुन्ने क्षमता नै हुन्छ, देहका नैसर्गिक प्रवृत्तिहरूभन्दा माथिका कुनै असाधारण अलौकिक क्षमताहरू हुने कुरा त परै जाओस्। यदि कतै बिजुलीको नाङ्गो तार छ भने, म पनि त्यसलाई छुनेछैनँ। म त्यसलाई किन छुनेछैनँ? (तपाईंलाई करेन्ट लाग्नेछ र चोट लाग्नेछ।) तिमीहरूको कल्पनाअनुसार, मैले त्यसलाई सीधै छोए पनि, मलाई करेन्ट लाग्नेछैन र चोट लाग्नेछैन। तर मसँग साँच्चै नै त्यो क्षमता छैन, र म त्यसलाई छुने पनि छैनँ। एक हिसाबमा, मलाई के थाहा छ भने बिजुलीको झट्का लाग्दा चोट लाग्छ; मसँग यस सम्बन्धमा सामान्य ज्ञान छ, र मसँग सामान्य चेतना छ। अर्को हिसाबमा, म यसो भनेर कहिल्यै भन्नेछैनँ, “केही हुँदैन। म विशेष पहिचान र विशेष हैसियत भएको विशेष व्यक्ति हुँ। बिजुलीले मलाई हानि गर्नेछैन। म यसलाई छुन्छु र म मर्छु कि मर्दिनँ हेर्छु।” म यस्तो अविवेकपूर्ण काम गर्नेछैनँ। तिमीहरूका धारणाहरूअनुसार, मानिसहरूले छुन डराउने कुनै पनि खतरनाक कुरालाई, म छुन आँट गर्नेछु; तिमीहरू त्यस्ता कुराहरूसँग डराउनेछौ, तर म डराउनेछैनँ, किनभने मेरो पहिचान विशेष छ, म तिमीहरूभन्दा फरक छु, म स्वर्गबाट आएको हुँ, र म देहधारी परमेश्वर हुँ, त्यसैले म डराउँदिनँ र त्यसरी काम गर्न सक्छु। मलाई भन, के म त्यसरी व्यवहार गर्नेछु? (गर्नुहुनेछैन।) म त्यसरी काम गर्नेछैनँ। यो कुरा केमा आधारित छ? सामान्य मानवताको चेतनामा। देहधारी परमेश्वरको मानवतासँग सम्बन्धित विवेक र चेतना पनि सामान्य हुन्छन्। यदि देहधारी परमेश्वरमा विवेकको सचेतना नभएको भए, र यदि उहाँको चेतना सामान्य नभएको भए, उहाँले कसरी सामान्य मानवतामा काम गर्न सक्नुहुन्थ्यो र? यदि उहाँमा विवेकको सचेतना नभएको भए र उहाँको चेतना सामान्य नभएको भए, यो कस्तो प्रकारको मानव हो त? के यो गैरमानव होइन र? (हो।) त्यसकारण, मानिसहरूसँग देहधारी परमेश्वरको सामान्य मानवताको सोचाइ र जीवनशैलीको बारेमा हुने धारणा र कल्पनाहरू सबै अव्यावहारिक हुन्छन्; ती सबै असाधारण, अनौठा, कहालीलाग्दा, र बेतुकका हुन्छन्, र ती सबै देहधारी परमेश्वरको मानवतासँग सम्बन्धित विवेक र चेतनाबाट अलग भएका हुन्छन्। मलाई भन, यदि हामी सँगै बसिरहेका छौँ र वरिपरि लामखुट्टेहरू छन् भने, के तिनले मलाई टोक्नेछन्? (टोक्नेछन्।) के तिमीहरूले पहिले यस्तो सोचेका थियौ, “लामखुट्टेले अरू जोसुकैलाई टोके पनि, तिनले ख्रीष्टलाई टोक्नेछैनन्। लामखुट्टेहरू परमेश्वरद्वारा सृष्टि गरिएका हुन्; तिनले सृष्टिकर्तालाई टोक्न सक्दैनन्”? के यसरी सोच्नु गलत हो? के यो वास्तविकताबाट अलग हुनु हो? (हो।) लामखुट्टेहरूले मलाई पनि कुनै शिष्टता देखाउँदैनन्। तिनमा कुनै भावना हुँदैन; कुनै व्यक्ति नश्वर देहले बनेको हो र उसको शरीरमा रगत छ भने, तिनले टोक्नेछन्, र तिनले टोकेपछि, त्यहाँ फोका उठ्छ। फोका उठ्दा के गर्नुपर्छ? म हतार-हतार लसुनको एउटा टुक्रा काट्छु र त्यसलाई दल्छु। लसुनले सुन्निएको कम गर्न, ब्याक्टेरिया मार्न, र चिलाएको रोक्न सक्छ। यसलाई केही समय दलेपछि, टोकेको ठाउँमा चिलाउन छोड्छ, र फोका बिस्तारै हराउँछ। यो सामान्य ज्ञान हो। तँलाई यो सामान्य कुरा हो भन्ने लाग्न सक्छ, तर यो अत्यन्तै व्यावहारिक कुरा हो। हेर् त, जब तिमीहरूले जीवनमा समस्याहरूको सामना गर्छौ, तब तिमीहरूले केही घरेलु उपचारहरू र सानातिना चलाख उपायहरू खोज्छौ, र म पनि त्यस्तै गर्छु। यसो भन्नुको पछाडि मेरो तात्पर्य के हो? मेरो तात्पर्य तिमीहरूलाई के बताउनु हो भने देहधारी परमेश्वरको मानवतामा हुने विवेक र समझ, उहाँको सोचाइ र विचारहरू, साथै मानिसहरू र कामकुराहरूलाई हेर्दा र वास्तविक जीवनमा विभिन्न समस्याहरूको सामना गर्दा उहाँले राख्नुहुने विचार, दृष्टिकोण, र मनोवृत्तिहरू र उहाँले निकाल्नुहुने समाधानहरू सबै सामान्य र व्यावहारिक हुन्छन्; ती बेतुकका, अनौठा, अलौकिक, विकृत, वा चरम हुँदैनन्। बुझ्यौ? (बुझ्यौँ।) मैले यी उदाहरणहरू दिएँ ताकि तिमीहरूले देहधारी परमेश्वरको सामान्य मानवताको जीवन र प्रकटीकरणहरूबारे अझै व्यावहारिक बुझाइ प्राप्त गर्न सक। यी प्रकटीकरणहरू पटक्कै खोक्रा हुँदैनन्, न त ती अनौठा नै हुन्छन्, असाधारण हुने कुरा त परै जाओस्; बरु, ती अत्यन्तै सामान्य र व्यावहारिक हुन्छन्। यो सामान्यता र व्यावहारिकता साँचो सामान्यता र व्यावहारिकता हो। आफूलाई आचरणमा ढाल्न र काम गर्नका लागि उहाँले राख्नुहुने दृष्टिकोण र सिद्धान्तहरू लगायत, उहाँको देहका नैसर्गिक प्रवृत्ति र कार्यहरू पनि सामान्य नै हुन्छन्। उदाहरणका लागि, जब तिमीहरूलाई रुघा लाग्छ, तब तिमीहरू हाच्छिउँ गर्छौ र खोक्छौ, र निको हुन एक वा दुई हप्ता लाग्छ। यदि मलाई रुघा लाग्यो भने, मलाई पनि यी लक्षणहरू हुनेछन्, र मलाई पनि निको हुन एक वा दुई हप्ता लाग्नेछ। तिमीहरू यस्तै छौ, र देहधारी परमेश्वर पनि ठ्याक्कै त्यस्तै हुनुहुन्छ। यी पक्षहरू वास्तविकताबाट पटक्कै अलग हुँदैनन्, न त तिनले उहाँलाई निश्चित काम गर्नमा असर गर्छन्, वा मानिसहरूका बीचमा उहाँले गर्न चाहनुभएको काम पूरा गर्नमा नै असर गर्छन्। अर्थात्, देहधारी परमेश्वरको यो सामान्य र व्यावहारिक पक्षले देहधारी परमेश्वरले गर्नुहुने सेवकाइलाई कुनै पनि हिसाबले असर गर्नेछैन, न त यसले कामकुराहरूलाई पछाडि धकेल्नेछ वा परमेश्वरको कामका परिणामहरूलाई असर गर्नेछ, परमेश्वरको कामको प्रगतिलाई असर गर्ने कुरा त परै जाओस्। देहधारी परमेश्वरले गर्नुहुने सेवकाइ भनेको एउटा सामान्य र व्यावहारिक देहमार्फत वचनहरू व्यक्त गर्नु, काम गर्नु, र मानिसहरूका बीचमा हिँड्नु नै हो।
हामीले माथि सङ्गति गरेका सबै कुरा परमेश्वरको देहधारी देहको सामान्यता र व्यावहारिकताबारे हुन्। यस विषयवस्तुबारे सङ्गति गर्नुको उद्देश्य भनेको मानिसहरूले देहधारी परमेश्वरलाई सधैँ स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना गर्ने समस्या समाधान गर्नु हो। हामीले सङ्गति गरेको विषयवस्तुले देहधारी परमेश्वरको सामान्य मानवताका नैसर्गिक प्रवृत्तिहरूको सामान्यता र व्यावहारिकताका प्रकटीकरणहरूको एउटा पक्षलाई लगभग समेट्छ; अर्को पक्षले मुख्य रूपमा परमेश्वरको देहधारी देहले आफूलाई आचरणमा ढाल्ने र कामकुराहरू गर्ने कुरालाई समेट्छ। अवश्य नै, यसको अर्थ मानिसहरूले देहधारी परमेश्वर आफ्नो बोली र कार्यहरूमा कति सामान्य र व्यावहारिक हुनुहुन्छ भन्ने कुरा जानेका कारणले मात्रै तिनीहरू देहधारी परमेश्वरलाई पूर्ण रूपमा सही तरिकाले व्यवहार गर्न सक्षम हुन्छन् भन्ने होइन; यो अझै पनि पर्याप्त हुँदैन। अब हामील् देहधारी परमेश्वर कसरी बोल्नुहुन्छ र काम गर्नुहुन्छ अनि उहाँ कसरी आफूलाई आचरणमा ढाल्नुहुन्छ र कामकुराहरू गर्नुहुन्छ भन्ने कुरा जान्ने हुनाले, देहधारी परमेश्वर के-कस्ता कुराहरू गर्नुहुन्न वा उहाँ कुन-कुन तरिकामा मानवजातिभन्दा फरक हुनुहुन्छ भन्नेबारे सङ्गति गरौँ।
विभिन्न हिसाबमा, परमेश्वरको देहधारी देहको सामान्यता र व्यावहारिकताका केही प्रकटीकरण मानवजातिका नैसर्गिक प्रवृत्तिहरू जस्तै हुन्छन्—अर्थात् मानव देहका नैसर्गिक प्रवृत्तिहरू, कार्यहरू र जन्मजात अवस्थाहरू। नैसर्गिक प्रवृत्तिहरूको हिसाबमा देहधारी परमेश्वर र साधारण मानवजाति एउटै हुन् भनेर भन्न सकिन्छ। तर यो समानताबाहेक, उहाँको जीवन सार, पहिचान, स्वभाव र यस्तै अरू कुराहरू भ्रष्ट मानवजातिका भन्दा पूर्णतया फरक छन्। यसमा उहाँको जियाइ र उहाँको स्वभाव सारका प्रकटीकरणहरू भ्रष्ट मानवजातिका भन्दा कुन-कुन तरिकामा फरक छन् भन्ने कुरा समावेश हुन्छ। यसबारे कुरा गर्दा हामी सङ्गति गर्न गइरहेको अर्को विषयमा पुग्छौँ, जुन देहधारी परमेश्वरबारेका धारणा र कल्पनाहरूलाई त्याग्नेसम्बन्धी दोस्रो विषय हो: देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिको स्तरमा नराख्नु। यो समस्या समाधान गर्न, हामीले अझै पनि देहधारी परमेश्वरद्वारा प्रकट गरिने विभिन्न प्रकटीकरणहरू र जियाइका विभिन्न पक्षहरूमा नै हाम्रो सङ्गतिलाई आधारित गर्नुपर्छ। सैद्धान्तिक रूपमा, के तिमीहरू “देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिको स्तरमा नराख्नु” भन्ने भनाइसँग सहमत छौ? (छौँ।) तिमीहरू पनि यस भनाइअनुसार अभ्यास गर्न चाहन्छौ र यो समस्या समाधान गर्न इच्छुक छौ तर के देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिको स्तरमा राख्नबाट कसरी जोगिने भन्नेबारे तिमीहरूसँग अभ्यासको मार्ग छ? अभ्यासको मार्ग भेट्टाउनु त्यति सजिलो छैन, होइन र? देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिको स्तरमा नराख्नु तिमीहरूलाई दिइएको एउटा माग हो तर यस्तो माग किन गरियो? यो कुरा मनन गर्न योग्य छ। जब मानिसहरू देहधारी परमेश्वरको सम्पर्कमा आउँछन्, तब उहाँको देहधारणको रूप र उहाँको बाहिरी रूपका कारण तिनीहरू उहाँलाई प्रायजसो स्वाभाविक रूपमा भ्रष्ट मानवजातिको सदस्यका रूपमा व्यवहार गर्छन्। यो देहधारी परमेश्वरलाई परमेश्वरको सार, पहिचान र स्वभावसँग बिलकुलै सम्बन्ध नभएको व्यक्तिका रूपमा व्यवहार गर्नु, त्यसपछि उहाँसँग अन्तरक्रिया गर्दा भ्रष्ट मानवजातिको सोचाइको तरिका अपनाउनु, तिनीहरूले अरूसँग अन्तरक्रिया गर्ने तरिकाहरू प्रयोग गरेर देहधारी परमेश्वरलाई व्यवहार गर्नुसरह हो। यसरी, मानिसहरूले परमेश्वरलाई व्यवहार गर्ने तरिकाले एक हिसाबमा उहाँप्रतिको तिनीहरूको गलत मनोवृत्तिलाई स्पष्ट पार्छ र अर्को हिसाबमा तिनीहरूभित्र रहेको एउटा ठूलो समस्यालाई स्पष्ट पार्छ: तिनीहरू देहधारी परमेश्वरलाई चिन्दैनन्। मानिसहरूले मौखिक रूपमा देहधारी परमेश्वरलाई स्वीकार गरे पनि र उहाँलाई बाहिरी रूपमा पछ्याए पनि, तिनीहरूले सारगत रूपमा यी साधारण व्यक्तिलाई चिनेका वा स्वीकार गरेका हुँदैनन्। यी साधारण व्यक्तिलाई स्वीकार नगर्नुको अर्थ यी साधारण व्यक्तिलाई देहधारी परमेश्वरका रूपमा व्यवहार नगर्नु हो; यसको तात्पर्य के हो भने मानिसहरू यो साधारण व्यक्तिलाई भ्रष्ट मानवजातिको सदस्यका रूपमा व्यवहार गर्छन्। यो समस्याबाट जोगिन र यसलाई समाधान गर्न पनि, आज हामी फेरि एकपटक देहधारी परमेश्वरको दैनिक जीवनमा उहाँको सामान्य मानवताका प्रकटीकरणहरूबारे र मानिसहरूसँगको उहाँको अन्तरक्रिया र व्यवहारमा उहाँले स्पष्ट पार्ने विभिन्न प्रकटीकरणहरूलाई मानिसहरूले चिन्नुपर्ने र बुझ्नुपर्ने कुराहरूबारे सङ्गति गर्नेछौँ। हामी सबैभन्दा पहिले देहधारी परमेश्वरसँग सम्बन्धित रहेका मानिसहरूले बुझ्न नसक्ने केही समस्या वा मानिसहरूले सजिलै भ्रष्ट मानवजातिको दृष्टिकोणबाट हेर्ने केही समस्यालाई हेरौँ। पहिलो त, मानिसको यी साधारण पुत्र, देहधारी परमेश्वर के कुराहरू गर्नुहुन्न वा उहाँमा प्रकट भएका मानिसहरूले चिन्न नसक्ने कतिपय कुरा के-के हुन् भनेर निर्धारण गरौँ। यी कुराहरूले ठ्याक्कै केलाई जनाउँछन्? सबैभन्दा पहिले, उहाँ धोका दिनुहुन्न, न त उहाँ प्रतिस्पर्धा गर्ने, लड्ने, दाउपेच गर्ने, आक्रमण गर्ने, बदला लिने, लोभ्याउने र यस्तै अरू कुराहरू नै गर्नुहुन्छ। मानिसहरूले किन यी कुराहरू बुझ्नुपर्छ? यी कुराहरू बुझेपछि, तैँले देहधारी परमेश्वरको स्वभाव र सारको साँचो बुझाइ प्राप्त गर्नेछस्। साँचो बुझाइ भएपछि मात्रै तैँले देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिको स्तरमा नराख्न सक्छस्। देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिको स्तरमा नराख्न सकेपछि मात्रै, तैँले देहधारी परमेश्वरसँग सामान्य सम्बन्ध हासिल गर्न सक्छस्, तँ सृजित प्राणीको उचित स्थानमा खडा हुन सक्छस् र तैँले सृजित प्राणीमा हुनुपर्ने मनोवृत्तिका साथ देहधारी परमेश्वरलाई व्यवहार गर्न सक्छस्।
देहधारी परमेश्वरले नगर्ने कुराहरूका सम्बन्धमा, सबैभन्दा पहिले धोका नदिने पक्षबारे सङ्गति गरौँ। धोकाका निश्चित प्रकटीकरणहरू के-के हुन्? झुट बोल्नु, झुटो कुरामा संलग्न हुनु, बहाना बनाउनु, आफू जे होइन त्यही भएको ढोँग गर्नु, ठूलो कुरा गर्नु, जथाभाबी बोल्नु र यस्तै अरू कुराहरू। के मैले भर्खरै उल्लेख गरेका प्रकटीकरणहरू भ्रष्ट मानवजातिमा सामान्य रूपमा देखिन्छन्? (देखिन्छन्।) धोका दिनु र झुट बोल्नु भ्रष्ट मानवजातिको एउटा प्रमुख र स्पष्ट विशेषता हो; ती सबै भ्रष्ट मानवजातिका साझा गुण हुन् र कुनै छुटविना, कोही पनि यसबाट उम्कन सक्दैन। सबैले झुट बोल्छन्, सबैले नक्कली व्यवहार गर्छन् र सबैले आफू जे होइन त्यही ढोँग गर्छन्, नाटक गर्छन् र बहाना बनाउँछन्। यसबाहेक, यो कुरा तिनीहरूमा स्वाभाविक रूपमा आउँछ; तिनीहरूलाई सिकाउनका लागि आफ्ना आमाबुबा चाहिँदैन, न त तिनीहरूलाई प्रभाव पार्न, उक्साउन वा भड्काउनका लागि नै कोही चाहिन्छ। तिनीहरू जन्मजात झुट बोल्नेहरू हुन्। के यसो भन्नु अत्युक्ति हुन्छ? (हुँदैन।) परमेश्वरको देहधारी देहको हकमा नि? धेरै टाढाका कुराहरू नगरौँ; जहाँसम्म मैले बोल्ने तरिका छ, मानव शब्दमा भन्दा म कुरा जे हो त्यही भन्छु। उदाहरणका लागि, कुनै व्यावसायिक काममा तिमीहरूलाई मार्गदर्शन गर्दा, यदि मलाई कसरी गर्ने भन्ने थाहा नभएको कुनै कुरा छ भने, म यसो भन्नेछु, “म यस मामिलामा त्यति स्पष्ट छैनँ। मलाई यो कसरी गर्ने भन्ने थाहा छैन। तिमीहरूले केही सन्दर्भ सामग्री हेर्नुपर्छ।” यदि मलाई त्यस मामिलाबारे अलिकति थाहा छ भने, मलाई जति थाहा छ म त्यति नै भन्नेछु। मलाई थाहा भएको र मैले बुझेको कुरा भनिसकेपछि, म यसो भन्नेछु, “यदि मैले छुटाएको कुनै कुरा छ र तिमीहरूलाई त्यो थाहा छ भने, तिमीहरू थप्न सक्छौ।” हेर् त, के मैले बोल्ने यी वचनहरू वस्तुगत र इमानदार छन्? (छन्।) तिमीहरूले यतिका वर्षसम्म म बोलेको सुनिरहेका छौ, त्यसोभए के तिमीहरू मेरा वचनहरूमा कुनै धोका देख्छौ? कुनै बहाना? कुनै झुटो कुरा? (देख्दैनौँ।) जब म भेलाहरूमा सङ्गति गर्छु वा सामान्यतया कुनै व्यावसायिक कामका बारेमा मार्गदर्शन गर्छु, तब म प्रायजसो दैनिक जीवनका केही सानातिना, सामान्य कुराहरू उद्धृत गर्दै उदाहरणहरू दिन्छु। निश्चित मामिलाहरूमा प्रक्रियाका केही विवरण छुट्न सक्ने भए पनि, मामिला आफैमा एउटा तथ्य हो। त्यसबाहेक, मैले ती मामिलाहरूलाई सम्हालेको र अघि बढाएको कुराका साक्षीहरू छन्। के मैले कहिल्यै झुट बोलेको छु? (बोल्नुभएको छैन।) म झुट बोल्दिनँ, न त म नाटक गर्छु वा बहाना नै बनाउँछु। हेर् त, म घरमा जस्तो लुगा लगाउँछु बाहिर जाँदा पनि त्यस्तै लुगा लगाउँछु। कहिलेकाहीँ, यदि मेरा लुगाहरू फोहोर छन् भने, म बाहिर जाँदा सफा लुगा लगाउँछु। यो त अलिक बढी सफा लुगा लगाउनु मात्रै हो; म बाहिर जानकै लागि महँगा, नामी ब्रान्डका लुगाहरू लगाउनेछैनँ। घरमा साधारण लुगा लगाउनु र बाहिर जाँदा अलिक बढी सफा लुगा लगाउनु—यो नाटक गर्नु होइन; यो सामान्य मानवता हो।
धोका दिनु, नाटक गर्नु र बहाना बनाउनु—यी भ्रष्ट मानवजातिले प्रायजसो गर्ने कुराहरू हुन्। हेर् त, मानवहरूले बोल्ने धेरैजसो कुरामा मिलावट हुन्छ; विशेष गरी जब यसमा तिनीहरूका आफ्नै हितहरू, गोपनीयता, अभिमान, हैसियत वा प्रतिष्ठा समावेश हुन्छ, तब मानिसहरूले झुट बोल्नेछन्। उदाहरणका लागि, कतिपय मानिस विशेष रूपमा दुराचारी हुन्छन्, प्रायजसो हाँस्ने र ठट्टा गर्ने गर्छन्, आफ्ना कर्तव्यहरू पूरा गर्नमा निकै ढिलासुस्ती गर्छन् र आफूले गर्ने कुनै पनि कुरामा गम्भीर हुँदैनन्। अगुवा वरपर नहुँदा, तिनीहरू व्यर्थका कुरा गर्छन्, चिया पिउँछन्, एकछिन शौचालय जान्छन् र अर्को क्षण आँगनमा टहल्छन्, विशेष रूपमा फुर्सदिलो जीवन जिउँछन्। जब अगुवा आउँछन्, तब तिनीहरू हतार-हतार काममा व्यस्त हुन थाल्छन्, निकै जिम्मेवार भएको बहाना गर्छन्। के यो झुटो कुरामा संलग्न हुनु होइन र? के यो बहाना बनाउनु होइन र? (हो।) भ्रष्ट मानवजातिको अर्को एउटा कमजोरी हुन्छ: तिनीहरू आफूलाई विशेष रूपमा कुलिन र उच्च, निकै अन्तर्दृष्टिपूर्ण र सम्पन्न अनि विशेष हैसियत र पृष्ठभूमि भएका मानिसका रूपमा वर्णन गर्न मन पराउँछन्। तिनीहरूले गोप्य रूपमा गरेका घिनलाग्दा वा मूर्खतापूर्ण कुराहरू, तिनीहरूले गरेका गल्तीहरू वा तिनीहरूमा भएका कमजोरी र अवगुणहरूका बारेमा कहिल्यै उल्लेख गर्दैनन्—अरूले सत्यता छर्लङ्गै देख्नेछन् र तिनीहरूलाई तुच्छ ठान्नेछन् भन्ने अत्यन्तै डरले, तिनीहरू यी कुराहरू कहिल्यै रत्तिभर उठाउँदैनन् वा यी कुराहरू अलिकति पनि स्पष्ट पार्दैनन्। के यो झुटो कुरामा संलग्न हुनु होइन र? के यो झुट बोल्नु र धोका दिनु होइन र? (हो।) तिनीहरू आफूले गर्न नसक्ने कुराहरू गर्न सक्छु भनी दाबीसमेत गर्छन्। यदि तिनीहरूले पहिले कुनै निश्चित स्तरमा अगुवाका रूपमा सेवा गरेका थिए, कुनै महत्त्वपूर्ण काम गरेका थिए वा कुनै योगदान दिएका थिए भने, अरूले तिनीहरूलाई तुच्छ गर्नेछन् भन्ने अत्यन्तै डरले, तिनीहरूले यसको व्यापक रूपमा प्रचार गर्नुपर्छ। जथाभाबी बोल्ने र ठूला कुरा गर्ने सन्दर्भमा भन्नुपर्दा, तिनीहरू “जे पनि गर्न सक्षम” हुन्छन् तर तिनीहरूले आफ्ना कमजोरीहरू वा आफ्नो मानवताका अवगुणहरूबारे कहिल्यै उल्लेख गर्दैनन्। मानिसहरू सबैले आफूलाई यसरी नै आचरणमा ढाल्छन् र कामकुराहरू गर्छन्। मानिसहरू यी प्रकटीकरणहरूलाई मानवजातिको साझा गुणका रूपमा हेर्छन् र आफूलाई यसरी आचरणमा ढाल्नु अत्यन्तै सामान्य र आम कुरा हो अनि यो सामान्य मानवताअन्तर्गत पर्छ भन्ने सोच्छन्, त्यसैले, धेरै मानिस यस्तो सोच्दै स्वाभाविक रूपमा यो दृष्टिकोण देहधारी परमेश्वरमाथि थोपर्छन्, “के देहधारी परमेश्वर पनि झुट बोल्नुहुन्छ र धोका दिनुहुन्छ?” उदाहरणका लागि, जब म मलाई मोमो बनाउन आउँछ भनेर भन्छु, तब कतिपय मानिस यो कुरा पत्याउँदैनन् र यसो भन्छन्, “हँ, सत्यता व्यक्त गर्नुका साथै, तपाईँलाई खाना पकाउन पनि आउँछ? त्यो त असम्भव छ।” तिनीहरू यस्तो सोच्छन्, “कसले कहिल्यै झूट बोलेको छैन र? कसले कहिल्यै ठूलो कुरा गरेको छैन र?” देहधारी परमेश्वर त्यो “कसले” मा समावेश हुनुहुन्छ। के तिनीहरूले यसो भन्नु सही हो? (होइन।) तिनीहरूले कहाँ गल्ती गरे? (तिनीहरूले देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिको स्तरमा राखे।) सम्पूर्ण मानवजाति झुट बोल्न सक्षम हुने हुनाले, तँ देहधारी परमेश्वर पनि झुट बोल्न सक्नुहुन्छ भन्ने सोच्छस्, देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिजस्तै भएको कल्पना गर्छस् र आफ्नो हृदयमा यसोसमेत भन्छस्, “देहधारी परमेश्वरले सत्यता व्यक्त गर्न सक्नुभयो भने, त्यति नै पर्याप्त छ। तपाईँले कहिलेकाहीँ झुट बोल्नुभए पनि, हामीलाई केही फरक पर्दैन; यसले देहधारी परमेश्वरका रूपमा तपाईँको पहिचानलाई असर गर्दैन।” यो फरक पर्छ कि पर्दैन भन्ने कुरा होइन; देहधारी परमेश्वरबारे तँसँग भएका यी सोचहरू सही छन् कि छैनन् भनेर चाहिँ तैँले मनन गर्नुपर्छ। सैद्धान्तिक रूपमा तँलाई यो गलत हो र यसरी सोच्नु हुँदैन भन्ने थाहा भए पनि, तँ किन यसरी सोच्न सक्छस् भनेर तैँले मनन गर्नुपर्छ। किनभने तँ अत्यन्तै छली छस् र तँ इमानदार छैनस्, त्यसैकारण तँ सबैले झुट बोल्न र नाटक गर्न सक्छन् र देहधारी परमेश्वर पनि यसको अपवाद हुनुहुन्न भन्ने सोच्छस्। के तैँले यसरी सोचेर गल्ती गरिरहेको हुँदैनस् र? यो गल्ती गर्नु ठूलो कुरा नभए पनि र यसले तेरो सत्यता प्राप्तिलाई असर नगर्ने भए पनि, हामी यस मामिलाबारे साँच्चै सावधान हुनैपर्छ र हामीले यसलाई स्पष्ट रूपमा व्याख्या गर्नुपर्छ। यदि तँ देहधारी परमेश्वरले बोलेका साधारण वचनहरूलाई यस्तो शङ्का गर्ने र विश्वास नगर्ने मनोवृत्तिका साथ लिन्छस् भने, जब उहाँ सत्यताबारे सङ्गति गर्नुहुन्छ, सत्यता व्यक्त गर्नुहुन्छ र परमेश्वरका अभिप्रायहरू व्यक्त गर्नुहुन्छ अनि जब उहाँ तँलाई न्याय गर्नुहुन्छ, खुलासा गर्नुहुन्छ, दोषी ठहराउनुहुन्छ र काँटछाँट गर्नुहुन्छ, तब तैँले त्यसलाई कसरी लिनेछस्? के तैँले आफ्नो मनोवृत्ति परिवर्तन गर्नेछस्? गर्नेछैनस्; तैँले यसलाई उही मनोवृत्तिका साथ लिनेछस् र देहधारी परमेश्वरले बोलेका वचनहरू सबै सही नहुन सक्छन् भन्ने सोच्नेछस्। सैद्धान्तिक रूपमा, उहाँले भनेको कुरा सही छ र ती सबै सत्यता हुन् भनेर तँ स्वीकार त गर्छस्, तर जब तँ सिद्धान्तहरू उल्लङ्घन गर्ने कामकुराहरू गर्छस् अनि उहाँ तँलाई काँटछाँट गर्नुहुन्छ र खुलासा गर्नुहुन्छ, तब तँ मनमनै यस्तो सोच्छस्, “यस मामिलामा, परमेश्वरका वचनहरू सत्यता होइनन्, किनभने म यसबारे त्यसरी सोच्दिनँ। मसँग यसका लागि निकै राम्रो बहाना र कारण छ, त्यसैले म यसलाई स्वीकार नगर्ने निर्णय गर्न सक्छु। म यसलाई बेवास्ता गर्ने, विषयबाट पन्छिने र यसलाई स्वीकार नगर्ने मनोवृत्तिका साथ उहाँलाई इन्कार गर्न र उहाँको विरोध गर्न सक्छु अनि मैले कुनै व्यक्तिसँग तर्क गर्दा प्रयोग गर्ने जस्तै मनोवृत्तिका साथ देहधारी परमेश्वरलाई व्यवहार गर्न सक्छु।” यदि तँ देहधारी परमेश्वरलाई यस्तो मनोवृत्तिका साथ व्यवहार गर्छस् भने, समस्याको सार के हुन्छ? देहधारी परमेश्वरप्रतिको तेरो मनोवृत्ति विद्रोही हुन्छ कि उचित हुन्छ? (यो विद्रोही हुन्छ, उचित हुँदैन।) यदि देहधारी परमेश्वर धोका दिन, झुट बोल्न, ठूलो कुरा गर्न, उच्च सुनिने विचारहरू बक्न र नाराहरू लगाउन सक्नुहुन्छ भन्ने तँलाई लाग्छ भने, जब उहाँ तँलाई काँटछाँट गर्नुहुन्छ र खुलासा गर्नुहुन्छ, तब तँलाई त्यो कुरा स्वीकार नगर्ने र यसलाई इन्कार गर्ने कारण आफूसँग छ भन्ने लाग्नेछ: “म यसलाई स्वीकार गर्नेछैनँ र म उहाँको विरोध गर्नेछु। के उहाँ साधारण व्यक्ति मात्रै हुनुहुन्न र? उहाँले भनेको कुरा मैले किन स्वीकार गर्नुपर्छ र? यदि उहाँले भनेको कुरा सही छ भने म स्वीकार गर्नेछु र म आफूलाई गलत लागेको कुरा स्वीकार गर्नेछैनँ; म आफू खुसी छु भने यो स्वीकार गर्नेछु र म आफू खुसी छैनँ भने यो स्वीकार गर्नेछैनँ; यदि उहाँले भनेको कुरा मेरा हित, रुचि र मनस्थितिसँग मिल्छ भने म यो स्वीकार गर्नेछु र यदि यो मेरा हित र मनस्थितिसँग मिल्दैन भने म यो स्वीकार गर्नेछैनँ। के यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा होइन र? यो एकदमै उचित, यो मेरो अधिकार हो अनि मलाई आफ्नो हृदयमा अलिकति पनि ग्लानि महसुस हुँदैन।” यदि परमेश्वरप्रतिको तेरो मनोवृत्ति यस्तो छ भने, के परमेश्वरसँगको तेरो सम्बन्ध साँच्चै नै सृजित प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध हो त? के यो मानिस र परमेश्वरबीचको सम्बन्ध हो? (होइन।) तेरो मनोवृत्ति वा प्रकटीकरणहरूका आधारमा हेर्दा त, देहधारी परमेश्वर र तँबीचको सम्बन्ध केवल साधारण व्यक्ति र साधारण भ्रष्ट मानवबीचको सम्बन्ध मात्रै हो; यो मानिसहरूबीचको सम्बन्धको स्तरमा मात्रै रहन्छ। के यहाँ कुनै समस्या छैन र? (छ।) त्यसकारण, देहधारी परमेश्वरले मानवजातिलाई इमानदार मानिसहरू हुन माग गर्नुहुने हुनाले, उहाँ स्वयम् नै सबैभन्दा पहिले इमानदार हुनुहुन्छ भन्ने कुरामा तँ सबैभन्दा पहिले निश्चित हुनुपर्छ। उहाँको मानवतामा इमानदारीको सार हुन्छ; यसमा कुनै शङ्का छैन। तैँले यो कुरा पहिचान गर्नुपर्छ र तैँले यसलाई आफ्नो हृदयबाट स्वीकार पनि गर्नुपर्छ। तैँले यसलाई आफ्नो हृदयमा पहिचान गर्ने मात्र होइन, तर वास्तविक जीवनमा पनि तँसँग स्वीकार्यको यस्तो मनोवृत्ति हुनुपर्छ। भ्रष्ट मानवजातिले जुनसुकै परिस्थितिमा पनि झुट बोल्न सक्छ र ऊ झुटो कुरामा संलग्न हुन सक्छ र जोकोहीले पनि बहाना बनाउन, जथाभाबी बोल्न र ठूलो कुरा गर्न सक्छ। भ्रष्ट मानवजातिले यसो गर्न सक्नुको कारण के हो भने शैतानको भ्रष्ट स्वभाव मानिसको जीवन र प्रकृति बनेको छ, त्यसैकारण ऊसँग यी स्वाभाविक प्रकटीकरणहरू हुन्छ। तर देहधारी परमेश्वरको मानवतामा इमानदारीको पक्ष हुन्छ। उहाँको जीवन ईश्वरीय भएकाले नै, इमानदारीको तत्त्व अझ ठ्याक्कै उहाँको सारको एउटा पक्ष हो। यसमा कुनै सन्देह छैन र मानिसहरू शङ्कालु हुनु हुँदैन।
एक पटक म कसैसँग कुराकानी गरिरहेको थिएँ, र उसले आफ्नो पेट खराब भएको, अस्पतालबाट धेरै औषधि ल्याएको, र धेरै वर्षदेखि औषधि खाइरहेको कुरा बतायो। पछि उसको पेटको समस्या अलिकति निको भयो। मैले उसलाई सोधेँ, “तँलाई कस्तो प्रकारको पेटको समस्या छ? के यो पेटमा चिसो पसेर हो, पेटको अल्सर हो, कि पेटमा धेरै एसिड भएर हो?” जब उसले मैले विवरणहरू सोधेको सुन्यो, तब उसले मलाई सीधै जवाफ दिएन, तर अझै पनि यसो भनिरह्यो, “मेरो पेट खराब छ, र मैले धेरै औषधि खाएको छु।” मैले उसलाई यो कुरा किन सोधेँ? यो त उसलाई कस्तो प्रकारको पेटको समस्या छ भनेर जान्नका लागि गरिएको एउटा सामान्य कुराकानी मात्रै थियो। कहिलेकाहीँ मेरो पेट पनि गडबड हुन्छ, त्यसैले यदि उसलाई यस्तो प्रकारको समस्या थियो भने, सायद उसले केही मद्दत गर्न सक्थ्यो। कुराकानी गर्नु भनेको सत्यताको बारेमा सङ्गति गर्नु वा औपचारिक रूपमा काम गर्नु जस्तो होइन, जहाँ स्पष्ट लक्ष्यहरू, लगनशील प्रक्रियाहरू, र गम्भीर मनोवृत्ति हुन्छन्। कुराकानी गर्दा यो अझै बढी अनौपचारिक हुन्छ, जसमा कुनै विशेष उद्देश्य वा दाउपेचको कुरा समावेश हुँदैन। तर जब मैले उसलाई ठ्याक्कै कस्तो प्रकारको पेटको समस्या छ भनेर सोधेँ, तब उसले मलाई सीधै जवाफ दिएन। के उसले झूट बोलिरहेको थियो? के उसले सत्य बोलिरहेको थियो त? (थिएन।) त्यसोभए उसले किन सत्य बोलेन? किनभने उसले समस्या लुकाउन चाहन्थ्यो, र उसले लुकाउनुको कारण के थियो भने उसको रोगको बारेमा थाहा पाएपछि मैले उसलाई कस्तो व्यवहार गर्छु त्यसको बारेमा ऊ चिन्तित थियो। मैले उसलाई हेला गर्नेछु, वा मैले उसलाई बर्खास्त गर्नेछु वा उसको कर्तव्यको प्रबन्धमा हेरफेर गर्नेछु, जसले उसको मुक्तिलाई असर गर्नेछ भन्ने कुरामा ऊ चिन्तित भए पनि, छोटकरीमा भन्दा, ऊ चिन्तित थियो, त्यसैले उसले यो कुरा लुकाउन चाहन्थ्यो। मलाई भन्, के यसो गर्नुपर्ने कुनै आवश्यकता थियो? के उसले यसो गर्नु अत्यन्तै मूर्खतापूर्ण थिएन र? (थियो।) त्यसोभए त्यस्ता मानिसहरूले कस्तो प्रकारको स्वभाव प्रकट गर्छन्? (दुष्ट स्वभाव।) दुष्टता केमा छ? (तिनीहरू परमेश्वरको बारेमा अनुमान गर्छन्, आफ्नो हृदयमा निरन्तर कुराहरू कल्पना गर्छन्, आफ्ना कल्पनाहरूलाई तथ्यका रूपमा व्यवहार लिन्छन्, परमेश्वरका वचनहरू पछाडिको अभिप्रायको बारेमा अनुमान गर्छन्, र तिनीहरू मानिसहरूबाट जोगिएजस्तै हरेक पक्षमा परमेश्वरबाट जोगिन्छन्।) यदि तेरो अनुमान र सतर्कताको पात्र भ्रष्ट मानवजातिको सदस्य भएको भए, यो केही हदसम्म आवश्यक नै हुनेथियो, किनभने आजको समाज अत्यन्तै जटिल छ, मानिसहरू जटिल छन्, र मानव हृदय कुटिल छन्। तेरो वास्तविक अवस्था थाहा पाएपछि कसले तेरो पिठ्युँ पछाडि दुर्भावपूर्ण काम गर्न सक्छ भन्ने तँलाई थाहा हुँदैन, त्यसैले बाहिरी मानिसहरूले तेरो खास अवस्थाको बारेमा धेरै कुरा थाहा पाऊन् भन्ने तँ चाहँदैनस्; यो ठिकै हो। मानिसहरूसँग अन्तरक्रिया गर्दा तँ हरेक पक्षमा सतर्क र सावधान हुनुपर्छ, र तैँले बाहिरी मानिसहरूलाई आफ्नो खास अवस्थाको बारेमा केही पनि भन्नु हुँदैन। यो मानिसहरूसँग अन्तरक्रिया गर्दा प्रयोग गरिने दार्शनिक युक्ति वा संसारसँग व्यवहार गर्ने सिद्धान्त हो। तर उसले यो सिद्धान्त र युक्ति कहाँ लागू गर्यो? उसले यसलाई मसँग अन्तरक्रिया गर्दा लागू गर्यो। मैले उससँग पहिले कहिल्यै अन्तरक्रिया गरेको थिइनँ, तर त्यो एउटै कुराकानीबाट, मैले यो व्यक्तिलाई पूर्ण रूपमा बुझेँ: उसले धेरै झूट बोल्छ भन्ने कुरा। मलाई भन्, के म तँलाई खडा गर्ने वा तँलाई हानि गर्ने व्यक्ति हुँ? के म तँ जोगिनुपर्ने व्यक्ति हुँ? (होइन।) यदि म समेत तँ जोगिनुपर्ने व्यक्ति हुँ भने, परमेश्वरप्रतिको तेरो विश्वासको अर्थ वा मूल्य के छ र? यस्तो सानो मामलाको बारेमा समेत सत्य बोल्ने आँट नगर्नु, सत्य बोल्ने साहस समेत नहुनु—तैँले त्यस्तो व्यक्तिलाई कस्तो प्रकारको व्यक्ति भन्नेछस्? के त्यस्तो व्यक्ति अत्यन्तै छली हुँदैन र? (हुन्छ।) के संसारसँग व्यवहार गर्ने विधिहरू र गैरविश्वासीहरूलाई व्यवहार गर्ने सिद्धान्तहरू ममाथि लागू गर्नु पूर्ण रूपमा अनावश्यक कुरा होइन र? के म साँच्चै तेरो बारेमा जान्न चाहन्छु र? के यो केवल कुराकानी मात्रै हुँदैन र? मैले तेरो बारेमा जान्न चाहेको भए पनि, म तँलाई पासोमा पर्नेथिइनँ वा तँलाई हानि गर्नेथिइनँ, न त म तेरो पिठ्युँ पछाडि यसलाई कुनै मुद्दा नै बनाउनेथिएँ। त्यसैले, तिमीहरू प्रत्येकको हकमा, म कहिलेकाहीँ तिमीहरूसँग कुराकानी गर्छु, तिमीहरू भएको ठाउँमा जीवन कस्तो छ, हावापानी कस्तो छ, तिमीहरूको कर्तव्य पूरा गर्ने वातावरण अहिले उपयुक्त छ कि छैन, तिमीहरूलाई हालै आफ्नो कर्तव्य पूरा गर्न कुनै कठिनाइहरू भएका छन् कि छैनन् भनेर सोध्छु। वा, मुख्य भूमि चीनबाट भर्खरै आएका कतिपय मानिसहरूलाई, म त्यहाँको वातावरण कस्तो छ र धेरैजसो मानिसहरूले आफ्ना कर्तव्यहरू कसरी पूरा गरिरहेका छन् भनेर सोध्छु। यो केवल सामान्य कुराकानी हो। एक हिसाबमा, यो सामान्य मानवताका आवश्यकताहरूबाट उत्पन्न भएको हुन्छ; अर्को हिसाबमा, तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, हामीले कुराकानी गर्ने कुराहरू सबै परमेश्वरमाथिको विश्वाससँग सम्बन्धित मामलाहरू हुन्, र हामी गैरविश्वासी संसारका विषयहरू जस्तै चलचित्रका स्टारहरू, प्रख्यात व्यक्तिहरू, सामाजिक प्रचलनहरू, वा राजनीतिबारे कुराकानी गर्दैनौँ। यदि सामान्य कुराकानीको दौडान समेत तिमीहरू सतर्क हुनुपर्छ भने, म तिमीहरूसँग अब उप्रान्त कुराकानी गर्नेछैनँ। कतिपय मानिसहरूले सधैँ यस्तो सोच्छन्, “के हामीसँग कुराकानी गर्नुमा तपाईंको कुनै विशेष उद्देश्य हुन्छ? तपाईंले हामीसँग अन्तरक्रिया गर्दा सधैँ हामीलाई केही प्रश्नहरू सोध्नुहुन्छ; के तपाईं केही कुरा पत्ता लगाउन चाहनुहुन्छ? म तपाईंलाई वास्तविक अवस्था पटक्कै भन्न सक्दिनँ।” यदि तैँले यसरी सोच्छस् भने, तैँले पहिल्यै यसो भन्नुपर्छ, “हामीसँग कुराकानी नगर्नुहोस्। तपाईंले केही जानकारी पत्ता लगाउनुहुनेछ भन्ने मलाई डर लाग्छ। म तपाईंलाई भन्न चाहन्नँ, त्यसैले अब नसोध्नुहोस्!” जब म तँ कुराकानी गर्न इच्छुक छैनस् भन्ने सुन्छु, तब म यसलाई छोडिदिनेछु। के मैले तँसँग कुराकानी गर्नैपर्छ भन्ने तँलाई लाग्छ? धेरैजसो मानिसहरूमा सामान्य मानवता हुँदैन, र म त्यस्ता मानिसहरूसँग कुराकानी गर्न इच्छुक हुँदिनँ।
हामीले भर्खरै देहधारी परमेश्वरले कसरी धोका दिनुहुन्न भन्नेबारे सङ्गति गर्यौँ। यो भनाइ सिद्धान्तको स्तरमा रहँदैन, न त यो यान्त्रिक भनाइ नै हो। सबैभन्दा पहिले, धोका नदिनु भनेको परमेश्वरको पहिचान हुनुहुने देहधारी परमेश्वरमा भएको सारको जियाई र प्रकटीकरणको एउटा पक्ष हो। यो कुनै सिद्धान्त होइन, नारा हुने कुरा त परै जाओस्, तर यो साँचो जियाई हो, व्यावहारिक जियाई हो। चाहे दैनिक जीवनमा होस् वा सत्यताको बारेमा सङ्गति गर्दा र कामको बारेमा छलफल गर्दा होस्, मैले बोल्ने वचनहरूमा पटक्कै कुनै धोका हुँदैन, पटक्कै कुनै झूट हुँदैन; मैले कुरा बनाउनु त परै जाओस्। उदाहरणका लागि, जब म कुनै विषयमा सङ्गति गरिरहेको हुन्छु र मलाई कुनै शब्द याद हुँदैन, तब म तिमीहरूलाई यो शब्द याद छ कि छैन भनेर सोध्नेछु। कहिलेकाहीँ तिमीहरूलाई यो याद हुन्छ, र कहिलेकाहीँ तिमीहरूलाई यो याद हुँदैन, त्यसैले म यसलाई व्यक्त गर्न अर्को शब्द प्रयोग गर्नेछु, वा मलाई पनि यो याद छैन भनेर भन्नेछु। एक हिसाबमा, मेरो इमानदार मनोवृत्ति छ र म कुराहरू बनाउँदिनँ; यदि मैले बिर्सेको छु भने, म बिर्सेको छु भनेर भन्छु, र यदि मलाई याद छैन भने, मलाई याद छैन भनेर भन्छु। अर्को हिसाबमा, कहिलेकाहीँ म सही शब्द भेट्टाउन सक्दिनँ वा मैले भन्न खोजेको कुरा भुल्छु, यस्तो अवस्थामा म खोकेको नाटक गर्नेछैनँ, वा यसो भन्नेछैनँ, “ढोकाको घण्टी बजिरहेको छ; म गएर ढोका खोल्छु,” वा “फोन बजिरहेको छ; म फोन उठाउँछु।” म झूटो कुरामा संलग्न हुनेछैनँ। म तिमीहरूसँग अन्तरक्रिया गर्दा र कामको बारेमा आमनेसामने सङ्गति गर्दा जस्तो हुन्छु, तिमीहरूको नजरबाट टाढा मेरो दैनिक जीवनमा पनि म त्यस्तै हुन्छु। म यस्तै प्रकारको व्यक्ति हुँ; म तिमीहरूको अगाडि जस्तो हुन्छु तिमीहरूको पिठ्युँ पछाडि पनि त्यस्तै हुन्छु। यदि मलाई कुनै कुरा खान मन पर्छ भने, मलाई यो खान मन पर्छ भनेर भन्छु; म झूट बोल्दिनँ। उदाहरणका लागि, म भन्छु, “मलाई हरियो प्याज मिसाएको तोफु, र भिनेगर हालेको आलुको चाना खान मन पर्छ।” कतिपय मानिसहरूले यसो भन्छन्, “मलाई त विश्वासै लागेन। अहिले तपाईंलाई के कुराको कमी हुन सक्छ र? तपाईंले सायद हरेक दिन भुटेको सुँगुरको मासु र मःमः खानुहुन्छ होला!” म भन्छु, “भुटेको सुँगुरको मासु स्वादिष्ट भए पनि, मलाई धेरै चिल्लो कुराहरू खान साँच्चै मन पर्दैन। बिहानको खाजामा, म एक कचौरा जाउलो र केही तरकारी मात्रै खान्छु; यो कुरा यति नै सरल छ।” यी सबै वास्तविक तथ्यहरू हुन्; एउटै वाक्य पनि झूट होइन। मैले तिमीहरूलाई बोल्ने वचनहरू, मैले दिने उदाहरणहरू, वा मैले उल्लेख गर्ने वास्तविक जीवनका यी कुराहरू—चाहे तिमीहरूले तिनलाई निकै मानवीय, साधारण र सामान्य रूपमा हेर, वा अलिक अपरिष्कृत रूपमा हेर—जे भए पनि, मैले भन्ने कुराहरू सबै निष्कपट सत्यता हुन्, सबै तथ्यहरूमा आधारित छन्। यो तिमीहरूलाई “हेर म कति साधारण छु, म मानव जीवनमा कति घुलमेल हुन्छु, म कति सरल र सादा छु” भनेर देखाउनका लागि होइन। ममा साँच्चै नै यी विचारहरू छैनन्। कहिलेकाहीँ, सत्यताको एउटा पक्षबारे सङ्गति गर्न, म जीवनका केही सानातिना कुराहरू उल्लेख गर्छु, र कतिपय मानिसहरूले यो परमेश्वरको नम्रता र गुप्तता हो भन्ने सोच्छन्। वास्तवमा, मेरो तात्पर्य साँच्चै नै त्यो होइन। जब म ती कुराहरू उल्लेख गर्छु, तब म कुरा जे हो त्यही मात्रै बताइरहेको हुन्छु; म कुनै उच्च र ठूलो कुरा भन्दिनँ। यसको उद्देश्य मानिसहरूलाई सत्यता अझै राम्ररी बुझ्न सक्षम तुल्याउनु हो, र मेरा अरू कुनै अभिप्रायहरू छैनन्। मेरो बोली र कार्यहरूमा, म सत्यलाई बङ्ग्याउने, अरूलाई तर्साउन कसैलाई उदाहरण बनाउने, वा अरूलाई चेतावनी दिन मानिसहरूलाई कडा दण्ड दिने जस्ता कुराहरू पटक्कै गर्नेछैनँ। विगतमा, जब हामी दाजुभाइ-दिदीबहिनीहरू बस्ने ठाउँहरूमा जान्थ्यौँ, तब तिनीहरू मःमः बनाउन, मासु भुट्न, र परिकारहरू पकाउन व्यस्त हुन्थे। वास्तवमा, हामीलाई यसरी अतिथि सत्कार गर्नुपर्ने कुनै आवश्यकता छैन। म सामान्यतया मेरो खानाको बारेमा यति धेरै छनौट गर्ने खालको छैनँ भनेर भन्छु; मेरो खाना निकै सरल हुन्छ, र मलाई तडकभडक मन पर्दैन। कतिपय मानिसहरूले मैले भनेको कुरा कहिल्यै विश्वास गर्दैनन्; तिनीहरूले सधैँ म झूट बोलिरहेको छु भन्ने सोच्छन्। मैले जे भने पनि, तिनीहरूले विश्वास गर्दैनन्। त्यस्ता मानिसहरू अत्यन्तै झन्झटिला हुन्छन्; तिनीहरू पूर्ण रूपमा अविवेकी हुन्छन्। म अविश्वसनीय भएको, वा मैले बोल्ने वचनहरूमा असत्यता समावेश हुने होइन, तर तँ अत्यन्तै दुष्ट भएकोले हो। मैले जे भने पनि, तैँले यसलाई सही तरिकाले लिन सक्दैनस्; मैले जे भने पनि तँ शङ्कालु मनोवृत्ति राख्छस्, र यसबारे विकृत तरिकाले सोच्ने समेत गर्छस्, यो सबै धोका हो भन्ने ठान्छस्, र तँ सतर्क समेत हुन्छस्। मैले बोल्ने वचनहरू सबै इमानदार सत्यता हुन् भन्ने तैँले कहिल्यै विश्वास गर्दैनस्। यो कस्तो प्रकारको समस्या हो? तैँले दियाबलसहरू र शैतानहरूका वचनहरूमा विश्वास गर्न सक्छस्, त्यसोभए तैँले मेरा वचनहरूमा किन विश्वास गर्न सक्दैनस्? त्यसोभए के तैँले यसरी परमेश्वरमा विश्वास गरेर अझै पनि सत्यता प्राप्त गर्न सक्छस् त? सत्यता निश्चय नै खोक्रा वचनहरू होइन, तर मानिसहरूले जिएको जीवन वास्तविकता हो। मैले तिमीहरूसँग बोल्ने वचनहरू सबै व्यावहारिक वचनहरू हुन्। यदि तिमीहरूले तिनलाई विश्वास गर्दैनौ भने, तिमीहरूले कसरी परमेश्वरमा विश्वास गर्न सक्छौ? परमेश्वरका वचनहरू सबै इमानदार र साँचो हुन्छन्; उहाँले कहिल्यै झूट बोल्नुहुन्न, उहाँ झूटो कुरामा संलग्न बन्नुहुन्न, बहाना बनाउनुहुन्न, वा आफू जे होइन त्यही भएको भान पार्नुहुन्न। यदि तिमीहरूले आचरणका यी रूपहरूलाई बुझ्न सक्छौ भने, तिमीहरूले परमेश्वरको बुझाइ प्राप्त गर्नेछौ, र यसरी मात्रै तिमीहरूले, देहधारी परमेश्वरमार्फत, परमेश्वर आफ्ना कार्य र बोलीमा व्यावहारिक हुनुहुन्छ भनेर बिस्तारै बुझ्न र जान्न सक्छौ अनि उहाँले बोल्नुहुने वचनहरू र उहाँले सङ्गति गर्नुहुने सत्यताहरूलाई साँच्चै बुझ्न सक्छौ। धोका नदिने पक्षबारे हामीले सङ्गति गरिसकेका छौँ।
हामी प्रतिस्पर्धा नगर्ने पक्षबारे सङ्गति गर्न जारी राखौँ। प्रतिस्पर्धा नगर्नुको अर्थ के हो? यसको अर्थ विवाद नगर्नु, हैसियतका लागि प्रतिस्पर्धा नगर्नु, होडबाजी नगर्नु, र कुनै भनाइ वा अन्य कुरामा तँसँग विवाद नगर्नु हो। यदि मैले तँलाई भनेको कुरालाई तैँले पहिचान गर्छस् भने, तैँले यसलाई स्वीकार गर्छस्; यदि तैँले यसलाई पहिचान दिँदैनस् भने, म तँलाई जबरजस्ती गर्नेछैनँ। यदि तेरो बोध विकृत छ भने, म तँलाई खुलासा गर्नेछु र तँलाई सुधार्नेछु। यदि तैँले यसलाई विशुद्ध रूपमा बोध गर्न सक्छस् भने, त्यो सबैभन्दा राम्रो हो; यदि तैँले यसलाई विशुद्ध रूपमा बोध गर्न सक्दैनस् भने, म तँलाई जबरजस्ती स्वीकार गर्न लगाउनेछैनँ। तैँले कुराहरूलाई स्वाभाविक रूपमा अघि बढ्न दिन सक्छस् र यसलाई बिस्तारै जान्न सक्छस्। यसका साथै, मानिसहरूबीचको अन्तरक्रिया वा कुराकानीमा, बोल्ने क्रममा, मानिसहरूले सधैँ प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्छन्, श्रेष्ठताका लागि प्रतिस्पर्धा गर्छन्, प्रदर्शन गर्न प्रतिस्पर्धा गर्छन्, र अरूबाट उच्च सम्मान पाउनका लागि प्रतिस्पर्धा गर्छन्। देहधारी परमेश्वरको सम्पर्कमा आउँदा पनि मानिसहरूले प्रायजसो यसरी नै व्यवहार गर्छन्। तिमीहरूले मानवजातिलाई व्यवहार गर्ने दृष्टिकोणले देहधारी परमेश्वरलाई व्यवहार गर्नु हुँदैन, र देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिसँग समान ठान्नु हुँदैन। हेर् त, जब म तिमीहरूसँग बोलिरहेको हुन्छु, तब म तिमीहरू सबैलाई आफ्नो हृदयमा भएका कुराहरू स्वतन्त्र रूपमा बोल्न दिन, र तिमीहरूले जानेका र बुझेका कुराहरूबारे कुराकानी गर्नका लागि कुराहरूलाई कुराकानीमै सीमित राख्ने प्रयास गर्छु। तैँले भनेको कुरा तथ्यहरूसँग नमिल्न सक्छ वा त्यति वस्तुगत नहुन सक्छ, तर म अझै पनि तँलाई बोल्ने अवसर दिन्छु। हाम्रो सामान्य कुराकानी कुनै औपचारिक भेला होइन; सबैसँग बोल्ने अधिकार हुन्छ। म तिमीहरू सबैलाई मेरो कुरा मात्र सुन्न लगाउनेछैनँ, बरु सबैलाई बोल्न दिने प्रयास गर्नेछु। कहिलेकाहीँ, अनौपचारिक कुराकानीमार्फत, कामका केही समस्याहरू पत्ता लाग्छन्, त्यसैले हामी अघि बढेर ती समस्याहरू समाधान गर्छौं। यदि कुनै समस्याहरू छैनन् भने, सबैले आफ्नो हृदय खोल्न र कुराकानी गर्न सक्छन्, सहज महसुस गर्न सक्छन्, र यसलाई मनोरञ्जनको रूपमा मात्र लिन सक्छन्। म जुनसुकै अवसरमा भए पनि वा मानिसहरूको जुनसुकै समूहसँग भए पनि, म यसो भन्नेछैनँ, “कसैको आवाज पनि मेरोभन्दा ठूलो हुन अनुमति छैन। म तिमीहरू सबैभन्दा श्रेष्ठ हुनैपर्छ। विशेष गरी कुनै समस्याबारे छलफल गर्दा, मैले नै सबैभन्दा बढी बोल्नुपर्छ, र मेरा अन्तर्दृष्टिहरू सबैभन्दा गहन हुनैपर्छ। अरू कसैले मलाई उछिन्न सक्दैन। यदि तैँले मलाई उछिनिस् भने, म श्रेष्ठताका लागि तँसँग प्रतिस्पर्धा गर्नेछु।” म यसो गर्नेछैनँ। जुनसुकै अवसरमा मैले बोल्नैपर्ने भए तापनि, म धेरै बोल्न त्यति इच्छुक हुँदिनँ; म सबैलाई बोल्न दिन मन पराउँछु। कहिलेकाहीँ म सबैलाई सोध्छु, “के तिमीहरूले हालै कुनै नृत्य सिकिरहेका छौ? तिमीहरूले कुन-कुन नृत्य सिकेका छौ?” यदि कसैले केही गलत कुरा भन्यो, वा उसले भनेको कुरा वस्तुगत वा सही छैन भने, विवाद गर्नुपर्ने कुनै आवश्यकता छैन। कतिपय मानिसहरूले यसो भन्छन्, “यदि कसैले तपाईंलाई अनादर गर्यो भने नि?” मलाई अनादर गर्नुको अर्थ के हो? मैले सार्वजनिक रूपमा मलाई गलत ठहराउने, मलाई सराप्ने, वा मेरो खण्डन गर्ने साँच्चै कोही पनि भेटेको छैनँ। यदि साँच्चै त्यस्तो व्यक्ति भएको भए, मैले उसलाई यस्तो सोध्नुपर्नेथियो, “तैँले यसो किन गरिरहेको छस्? के तैँले भनेको कुरा तथ्यहरूसँग मिल्छ?” यदि उसले भनेको कुरा सही थियो भने, म उसँग माफी माग्नेथिएँ। यदि ऊ गलत थियो भने, मैले उसँग सत्यताको बारेमा सङ्गति गर्नुपर्नेथियो, ताकि उसले आफ्नो समस्यालाई पहिचान गर्न सकोस्, र त्यति नै पर्याप्त हुनेथियो। उसले मेरो सामु हार स्वीकार गरोस् र म नै मालिक हुँ भनी स्वीकार गरोस् भनेर जिद्दी गर्दै, म श्रेष्ठताका लागि उसँग प्रतिस्पर्धा गर्नेथिइनँ। त्यसैले, कहिलेकाहीँ जब सबै जनाले सँगै कुराकानी गरिरहेका हुन्छन्, तब कतिपय मानिसहरूको आवाज झन्-झन् ठूलो हुँदै जान्छ, र छलफल निकै चर्किन्छ; म धैर्यपूर्वक तिनीहरूले बोलेको मात्र सुन्छु। भ्रष्ट मानवजाति फरक छ। हेर् त, जब कतिपय मानिसहरू सँगै कुरा गर्छन्, तब तिनीहरू अन्ततः विवाद गर्छन्। भित्री रूपमा, तिनीहरूले एक-अर्कालाई हेला गर्छन्, र को सही र को गलत हो भनेर प्रतिस्पर्धा गर्ने जिद्दी गर्दै, सबैलाई दोष लगाउन जोड गर्दै, र कसैलाई पनि आफ्नो अनादर गर्न अनुमति नदिई, तिनीहरू अनवरत रूपमा विवाद गर्छन्। कहिलेकाहीँ जब कतिपय मानिसहरूले मसँग कुराकानी गर्छन्, तब तिनीहरू बीचमा बोल्छन्, हतारिएर बोल्छन्, वा केही अपरिपक्व टिप्पणीहरू गर्छन्, र मेरो अनादर समेत गर्छन्। मलाई यो कुनै ठूलो कुरा होइन भन्ने लाग्छ; तिनीहरूले जानाजानी यसो गरिरहेका हुँदैनन्। मानिसहरू सबैसँग भ्रष्ट स्वभावहरू हुन्छन्, त्यसैले यस्तो प्रकारको आत्मआचरण हुनु अत्यन्तै सामान्य कुरा हो। कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जसले मसँग मामलाहरू सम्हाल्दा, मैले बोलेको पर्खनुको सट्टा सीधै निर्णयहरू गर्छन्। म मनमनै सोच्छु, “तैँले सबैसँग यस मामलाको बारेमा छलफल नगरी सीधै निर्णय गरिस्, तर यसलाई सम्हाल्ने तेरो तरिका समझपूर्ण छ, त्यसैले यो ठीकै छ।” त्यसपछि म केही पनि भन्दिनँ। म तँसँग विवाद गर्दिनँ; म यसो गर्न सक्षम छु, र मैले साँच्चै नै यसो गरिरहेको छु। यदि अगुवा र कामदारहरूले मलाई मण्डलीका विभिन्न व्यावसायिक कामहरूका बारेमा सोधे भने, म त्यो बेला जे मनमा आउँछ त्यसैको आधारमा सङ्गति गर्छु र मार्गदर्शन दिन्छु, त्यसपछि अगुवा र कामदारहरू यो कुरा अरूलाई बताउन र लागू गर्न मण्डलीमा जान्छन्। पछि, जब म मण्डलीमा जान्छु र केही मानिसहरूलाई देख्छु, तब तिनीहरूले कामको बारेमा सङ्गति गर्दा म छेउमा बसेर मात्र सुन्छु। वास्तवमा, मलाई यी सबै कुराहरू थाहा छ, तर कतिपय मानिसहरू मलाई थाहा छैन भन्ने सोच्छन्। तिनीहरूले यस्तो सोच्छन्, “यो हामी मानवहरूको काम हो; तपाईंसँग यस कुराको कुनै सरोकार छैन। तपाईं एक दर्शक हुनुहुन्छ, त्यसैले तपाईंले हामीले बोलेको मात्र सुन्नुपर्छ।” त्यो परिस्थितिमा, म धेरै बोल्दिनँ; म मानिसहरूसँग विवाद गर्दिनँ। तर भ्रष्ट मानवजाति यसो गर्न असक्षम हुन्छ। अलिकति हैसियत भएको वा केही जिम्मेवारी बोकेको जोकोहीले पनि मानिसहरूका बीचमा अन्तिम निर्णय गर्न, आफ्नो हैसियतको रक्षा गर्न, र आफ्नो आधिकारिक पदको रक्षा गर्न चाहन्छ। यदि कसैले तिनीहरूलाई गम्भीरतापूर्वक लिएन भने, तिनीहरूलाई निकै रिस उठ्छ, र तिनीहरूको इज्जत, अभिमान, र चरित्रलाई ठूलो चुनौती दिइएको छ भन्ने महसुस हुन्छ। मलाई यस्तो किसिमको कुराको बारेमा केही पनि महसुस हुँदैन; मेरो हृदय र दिमागमा, मलाई मानिसहरूका बीचमा हैसियत, प्रतिष्ठा, र इज्जत जस्ता कुराहरूमा कुनै रुचि छैन। यदि म जहाँ गए पनि, मेरो पछाडि सधैँ मानिसहरूले पछ्याइरहेका हुन्छन्, सधैँ मलाई ध्यानको केन्द्र बनाएर घेरेर र भीड जम्मा गरेर बस्छन्, वा यदि मानिसहरूले मलाई सधैँ आदरार्थी शब्दहरू प्रयोग गरेर सम्बोधन गर्छन्, तिनीहरू मप्रति अत्यन्तै विनम्र हुन्छन्, मेरो चापलुसी गर्छन्, र मलाई कुनै असाधारण व्यक्ति वा हैसियत भएको एल्डरलाई जस्तो व्यवहार गर्छन् भने, मलाई साँच्चै असहज महसुस हुन्छ। यदि तँ मसँग समान स्तरमा उभिन्छस् र शान्तपूर्वक कुराकानी गर्छस् भने, मलाई निकै सहज महसुस हुन्छ; यदि तँ मेरो अगाडि दास जस्तो र निकै कृत्रिम व्यवहार गर्छस् भने, मलाई साँच्चै निकै असहज महसुस हुन्छ। तर लगभग शतप्रतिशत भ्रष्ट मानवजातिले हैसियत, प्रतिष्ठा, र अभिमानको बाधालाई पार गर्न सक्दैनन्; तिनीहरू सबैले यी कुराहरू पछ्याउँछन् र तिनको आनन्द लिन्छन्।
जब म कसैसँग कुराकानी गरिरहेको थिएँ, तब उसले एउटा कुरा उठायो, र उसको विषयलाई पछ्याउँदै, मैले पनि एउटा कुरा उठाएँ। उसले मनमनै मैले उसँग श्रेष्ठताका लागि प्रतिस्पर्धा गर्न चाहेको छु भन्ने सोच्यो, त्यसैले मैले अरू दुई वटा कुरा उठाउन सक्छु कि सक्दिनँ भनेर हेर्न उसले तुरुन्तै अरू दुई वटा कुरा उठायो। मैले कुराकानी गर्नु भनेको काम गर्नु जस्तो गम्भीर र लगनशील कुरा हो भनेर भनेको छु; यो केवल अनौपचारिक नै हुन्छ। सबै जना खुसी छन् भने, यो ठीकै हुन्छ; यसमा त्यति धेरै छलछाम समावेश हुँदैनन्। म एक सरल व्यक्ति हुँ। कसैले जेसुकै कुरा गरे पनि, म त्यसमा सामेल हुन्छु र त्यसै अनुरूप अलिकति कुराकानी गर्छु, तर यसले अन्ततः समस्या खडा गर्यो। उसको भनाइको अर्थ के थियो? उसले जुनसुकै विषयमा कुराकानी गरे पनि, मैले यसबारे थप कुरा गर्न सकिनँ। यदि मैले बोलिरहेको भए, ऊ श्रेष्ठ देखिनेथिएन र उसले आफ्नो हृदयमा यसो भन्दै गुनासो गर्नेथियो, “तपाईं किन यति सुझबुझहीन हुनुहुन्छ? तपाईंले मेरो भनाइको अर्थ किन बुझ्नुहुन्न? तपाईंले आफूलाई को हुँ भन्ने ठान्नुहुन्छ? तपाईं मसँग समान स्तरमा अन्तरक्रिया गर्न समेत चाहनुहुन्छ!” उसलाई यसरी कुराकानी गर्न मन पर्दैन भन्ने देखेर, मैले कुरा बुझेँ। म सामान्य मानवताका तरिकाहरू प्रयोग गरेर मानिसहरूसँग अन्तरक्रिया गर्छु। यदि यसरी हुँदैन भने, म तर्कसङ्गत रूपमा पछि हट्नेछु; म मानिसहरूसँग विवाद गर्नेछैनँ। गैरविश्वासीहरूसँग मिलजुल हुन असम्भव छ, र मण्डलीका कतिपय मानिसहरू पनि अविवेकी हुन्छन्। जब तँ तिनीहरूसँग सङ्गति गर्छस्, तब तिनीहरूको अभिमानको बोधले तिनीहरूलाई सीधै केही भन्नबाट रोक्छ, तर तिनीहरूभित्र भ्रष्ट स्वभावहरू हुन्छन्, र तिनीहरूले अझै पनि तँसँग प्रतिस्पर्धा गर्नेछन्। तिनीहरू प्रतिस्पर्धा गर्नबाट रोकिन असक्षम हुन्छन्। किन? तिनीहरूको जीवन त्यही हो। सत्यता सिद्धान्तहरू समावेश नहुने मामलाहरूका लागि, विवाद सुरु गर्नुपर्ने कुनै आवश्यकता छैन। उदाहरणका लागि, पूर्वीयहरूले चिया पिउनु स्वास्थ्यवर्द्धक हो भनेर भन्छन्, जबकि पश्चिमीहरूले कफी पिउनु स्वास्थ्यवर्द्धक हो भन्छन्। खासमा कुनचाहिँ स्वास्थ्यवर्द्धक हो त? यस्ता कुराहरूमा विवाद गर्नुपर्ने कुनै आवश्यकता छैन। यस मामलामा सत्यता सिद्धान्तहरू समावेश हुँदैनन्; केवल आफ्नै प्राथमिकताहरू, जिउने अवस्थाहरू, र जीवनशैलीका बानीबेहोराहरूका आधारमा छनौट गर्। यदि तँसँग चिया पिउने स्रोतसाधन छ भने, चिया पिइ; यदि छैन भने, सादा उमालेको पानी पिइ। तैँले जेसुकै पिए पनि, यसले तेरो आफ्नो आचरणलाई पटक्कै असर गर्दैन। कहिलेकाहीँ, हाम्रा विचार र दृष्टिकोणहरू फरक हुन्छन्, तैपनि म तँसँग सानातिना कुराहरूमा विवाद गर्दिनँ; म अझै पनि आफ्ना सिद्धान्तहरू पालन गर्छु। म सिद्धान्तहरू समावेश नहुने कुराहरूमा तँसँग विवाद गर्नेछैनँ। म आफूलाई सिद्धान्तहरू कडाइका साथ पालन गर्ने व्यक्तिको रूपमा देखाउनकै लागि, सिद्धान्तहरू पटक्कै समावेश नहुने कुनै भनाइ, वा धर्मसिद्धान्त वा सिद्धान्तको बारेमा तँसँग कडा रूपमा कहिल्यै पनि विवाद गर्नेछैनँ। म यसो पटक्कै गर्नेछैनँ! कहिलेकाहीँ जब कतिपय मानिसहरूले मलाई प्रश्नहरू सोध्छन्, तब म तिनीहरूसँग सिद्धान्तहरूको बारेमा सङ्गति गर्छु, र विशेष परिस्थितिहरूमा, म तिनीहरूलाई के गर्ने भनेर सीधै बताउँछु। पछि, तिनीहरूले त्यो काम गर्ने अर्को तरिका प्रस्ताव गर्छन् र मलाई त्यो ठीक हुन्छ कि हुँदैन भनेर सोध्छन्। तिनीहरूले प्रस्ताव गरेको तरिकाको प्रभाव मेरो प्रस्तावको जस्तै हुन्छ भन्ने सुनेर, म भन्छु, “यदि तँलाई यसरी गर्न सहज लाग्छ र स्थानीय अवस्थाहरू उपयुक्त छन् भने, तैँले आफ्नो विचारअनुसार काम गर्न सक्छस्; मैले भनेअनुसार नै गर्नुपर्छ भन्ने छैन।” म यसो पटक्कै भन्नेछैनँ, “मेरो वचन नै कानुन हो; मैले जे भन्छु त्यही हुन्छ, र तिमीहरूले सुन्नैपर्छ।” यदि तैँले सुनिनस् भने पनि ठीकै छ। यदि तैँले भनेको कुरा समझपूर्ण छ, मैले सुझाव दिएको तरिकाभन्दा धेरै फरक छैन, लक्ष्य एउटै छ, र प्रभाव लगभग उस्तै छ भने, तैँले मेरो सुझाव नसुन्ने निर्णय गर्न सक्छस्। म तँलाई पटक्कै जबरजस्ती गर्नेछैनँ।
केही वर्षअघि, कतिपय मानिसहरूले एउटा कार्यक्रमका लागि नृत्य प्रस्तुत गरे। तिनीहरूका कतिपय चालहरूमा केही समस्याहरू छन् भन्ने देखेर, मैले तिनीहरूलाई ती औँल्याइदिएँ। तिनीहरूमध्ये कतिपय यो सुन्दा अप्रसन्न भए र यसलाई स्वीकार गर्न अनिच्छुक भए। मैले तिनीहरूसँग विवाद गरिनँ; मैले तिनीहरूलाई ती चालहरूमा समस्याहरू छन् कि छैनन् भनेर हेर्नका लागि यसलाई केही पटक ध्यानपूर्वक हेर्न मात्र भनेँ। मैले भनेँ, “यदि तिमीहरूले अझै पनि मैले उल्लेख गरेका समस्याहरू अनुभूति गर्न सकेनौ भने, म तिमीहरूलाई अर्को विकल्प दिनेछु। यो विकल्प प्रयोग गर अनि कुनचाहिँ राम्रो छ भनेर हेर्न यसलाई पहिलेको तरिकासँग तुलना गर।” पछि के भयो भने, तिनीहरूले मैले सुझाव दिएको विकल्पअनुसार गर्ने प्रयास गरे र मेरो विकल्प साँच्चै नै राम्रो छ भन्ने महसुस गरे, त्यसपछि मात्रै तिनीहरूले अघिल्ला नृत्यका चालहरूमा केही समस्याहरू थिएछन् भनी स्वीकार गरे। तिनीहरूले त्यो बेला यो कुरा बोध गर्न सकेनन्। कुरा के मात्रै हुन सक्छ भने संलग्न हुनेहरूभन्दा हेर्नेहरूले अझ स्पष्ट रूपमा देख्छन्। तिनीहरूले ती चालहरू निरन्तर प्रस्तुत गर्ने हुनाले तिनीहरू त्यसमा निपुण भएका थिए, त्यसैले मैले अचानक कतिपय चालहरू राम्रा छैनन् भन्ने सुन्दा, तिनीहरूलाई आफ्नो अभिमानमा चोट पुगेको महसुस भएको हुन सक्छ र तिनीहरूले क्षणिक रूपमा यसलाई स्वीकार गर्न नसकेका हुन सक्छन्। म भन्छु, युवाहरू यस्तो हुनु सामान्य कुरा हो। तिमीहरूलाई यो कुरा भन्नुको उद्देश्य के हो? म तिमीहरूलाई के मात्र भन्न चाहन्छु भने, सामान्य परिस्थितिहरूमा, म सिद्धान्तहरू समावेश नहुने मामलाहरूमा तिमीहरूसँग पटक्कै कहिल्यै पनि विवाद गर्नेछैनँ। यदि यसमा सिद्धान्तको मामला समावेश छ भने, म तिमीहरूका लागि एउटा समाधान मात्र औँल्याइदिनेछु। म तिमीहरूलाई दबाउन र तिमीहरूलाई मेरो कुरा सुन्न लगाउन जबरजस्ती हैसियतको प्रयोग गर्नेछैनँ। धेरैजसो मामलाहरूमा, म बिस्तारै कुराहरू मिलाउँछु, तिनको बारेमा कुरा गर्छु, र तिनलाई समाधान गर्छु। यदि यी सबै विधिहरू सफल भएनन् भने, सायद कतिपय मानिसहरूलाई काटछाँट गर्नुपर्ने हुन सक्छ। अवश्य नै, कतिपय मानिसहरूलाई तिनीहरूले मेरो अनादर गरेका कारणले होइन, तर तिनीहरूले प्रशासनिक आदेशहरू उल्लङ्घन गरेका, सिद्धान्तहरू उल्लङ्घन गरेका, र मण्डलीको काममा बाधाहरू ल्याएका कारणले काटछाँट गरिन्छ। त्यसकारण, जब कुनै व्यक्तिले गल्ती गर्छ वा विद्रोह गर्छ र उसलाई ताडना दिइन्छ वा दण्ड दिइन्छ, तब यो उसले परमेश्वरको पहिचान वा परमेश्वरको हैसियतको अनादर गरेको कारणले होइन, उसले परमेश्वरको अनादर गरेको कारणले होइन, तर उसले सिद्धान्तहरू उल्लङ्घन गरेको र प्रशासनिक आदेशहरू उल्लङ्घन गरेको कारणले यसो गरिएको हुन्छ। सम्पूर्ण संसारलाई हेर: के परमेश्वरको अनादर गरेको कारण कसैले कहिल्यै दण्ड पाएको छ वा प्रतिफल भोगेको छ? कसैले छैन। यस संसारमा परमेश्वरमा विश्वास नगर्ने, परमेश्वरलाई सराप्ने, बेतुकका कुराहरू बोल्ने, र दुस्साहसी कुराहरू बोल्ने मानिसहरू अत्यन्तै धेरै छन्। जब तिनीहरू अन्ततः दण्डित हुन्छन्, तब तिनीहरूमध्ये कसलाई परमेश्वरको अनादर गरेको कारण दण्ड दिइन्छ? तिनीहरूमध्ये कसैलाई पनि दिइँदैन; यो सबै तिनीहरूले धेरै दुष्टता गरेका कारणले हो, र तिनीहरूलाई यी दुष्ट कार्यहरूका आधारमा दण्ड दिइनुपर्छ। विवाद खडा गर्न सक्ने मामलाहरूको सामना गर्दा, म तँसँग कुराहरू स्पष्ट पार्ने प्रयास गर्छु, र यस मामलालाई सम्हाल्ने सिद्धान्तहरू के-के हुन् भन्ने कुरा तँलाई बुझ्न दिन्छु। यदि तँसँग अझ राम्रो योजना छ भने, अवश्य नै तँ त्यसमा अडिग रहन पनि सक्छस्। म श्रेष्ठताका लागि तँसँग प्रतिस्पर्धा गर्नेछैनँ, न त म यसो भन्नेछु, “मैले बोलिसकेपछि, यो मेरो योजनाअनुसार नै लागू हुनुपर्छ। तेरो योजना राम्रो भए पनि, त्यसलाई लागू गर्न सकिँदैन। यस मामलामा मैले नै अन्तिम निर्णय गर्नुपर्छ!” म यसो गर्नेछैनँ। म तिमीहरूको राय लिने र सबैका सामर्थ्यहरूलाई प्रयोगमा ल्याउने प्रयास गर्नेछु। यदि तिमीहरू कसैसँग पनि कुनै राय वा विचारहरू छैनन् भने, मैले नै अन्तिम निर्णय गर्नेछु—यो त भनिरहनु पर्दैन। तर म अभिमान, हैसियत, वा कसले अन्तिम निर्णय गर्छ भन्ने कुरामा तिमीहरूमध्ये कसैसँग पनि पटक्कै कहिल्यै प्रतिस्पर्धा गर्नेछैनँ। यी वर्षहरूमा तिमीहरूसँग अन्तरक्रिया र व्यवहार गरेपछि, सायद तिमीहरूले पनि यो कुरा बुझेका छौ: मैले तिमीहरूलाई धेरै पटक कुराहरू भनेको छु, र मैले बोलिसकेपछि, तिमीहरूसँग आफ्नै विचारहरू हुन्थे र तिमीहरूले मैले भनेको कुरालाई अभ्यास गरेनौ वा लागू गरेनौ। त्यसपछि म यसलाई अझ स्पष्ट रूपमा व्याख्या गर्ने तरिका खोज्ने प्रयास गर्नेथिएँ। यदि तिमीहरूले यसलाई स्वीकार गर्न सक्यौ भने, त्यो अझ राम्रो हुन्छ। यदि तैँले यसलाई स्वीकार गर्दैनस् र यसले मण्डलीको कामलाई असर गर्छ भने, मण्डलीसँग प्रशासनिक आदेशहरू छन्: यदि तँलाई बर्खास्त गरिनुपर्ने हो भने, तँलाई बर्खास्त गरिनेछ; यदि तँलाई काटछाँट गरिनुपर्ने हो भने, तँलाई काटछाँट गरिनेछ; मण्डलीले तँलाई जसरी सम्हाल्नुपर्छ त्यसरी नै सम्हाल्नेछ। जहाँसम्म मामलाको कुरा छ, म मेरो अभिमान जोगाउन, वा मेरो हैसियत र प्रतिष्ठाको रक्षा गर्न कुनै पनि कुरामा तँसँग पटक्कै कहिल्यै पनि विवाद गर्नेछैनँ। म यस मामलाको सम्पूर्ण कुरा र मानिसहरूले बुझ्नुपर्ने सिद्धान्तहरू स्पष्ट रूपमा व्याख्या गर्नमा मात्र ध्यान केन्द्रित गर्छु। म धैर्यपूर्वक कुराहरू बारम्बार व्याख्या गर्छु ताकि तैँले सत्यतालाई अझ राम्ररी बुझ्न सक् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्। यस विषयवस्तुमा सङ्गति गर्नुको उद्देश्य तिमीहरूलाई देहधारी परमेश्वरलाई अझ राम्ररी बुझ्न दिनु हो। तिमीहरूसँग बाहिरी रूपमा देहधारी परमेश्वरको सामान्य र व्यावहारिक जियाइको बुझाइ हुनुका साथै, तिमीहरूसँग देहधारी परमेश्वरको सार, स्वभाव, विचार, र दृष्टिकोणहरूको थप बुझाइ पनि हुन सक्छ। हामीले भर्खरै प्रतिस्पर्धा नगर्ने विषयमा सङ्गति गर्यौँ। जब हैसियत र अभिमानको कुरा समावेश हुन्छन्, तब देहधारी परमेश्वरले पालन गर्नुहुने सिद्धान्त भनेको मानिसहरूसँग विवाद नगर्नु, र हैसियत, अभिमान, वा प्रतिष्ठाका लागि मानिसहरूसँग प्रतिस्पर्धा नगर्नु हो। यी कुराहरूमा अरूसँग प्रतिस्पर्धा गर्ने प्रवृत्ति नै भ्रष्ट मानवजातिले भ्रष्ट स्वभावहरू प्रकट गर्ने एउटा प्रमुख प्रकटीकरण हो। त्यसकारण, प्रतिस्पर्धा नगर्नु पनि देहधारी परमेश्वरको मानवताको सार मानवजातिको भन्दा फरक हुने एउटा ठाउँ हो, र यो मानिसहरूले बुझ्नुपर्ने विषयवस्तुको एउटा पक्ष हो।
हामीले प्रतिस्पर्धा नगर्ने पक्षबारे सङ्गति गरिसकेका हुनाले, अब हामी नलड्ने पक्षबारे सङ्गति गरौँ। नलड्नु भनेको केही हदसम्म प्रतिस्पर्धा नगर्नु जस्तै हो, तर यसमा केही भिन्नताहरू पनि छन्। प्रतिस्पर्धा नगर्नुका ती प्रकटीकरणहरू हुनुका साथै, देहधारी परमेश्वरमा नलड्ने पक्षमा केही व्यावहारिक जियाइ र प्रकटीकरणहरू पनि हुन्छन्। यो जियाइ र यी प्रकटीकरणहरूमार्फत, मानिसहरूले देहधारी परमेश्वरको मानवता सारको एउटा पक्षलाई अझै राम्ररी बुझ्न पनि सक्छन्। नलड्ने यो पक्षमा सामान्यतया के समावेश हुन्छ? यसमा अझै पनि मानिसहरूसँग अन्तरक्रिया गर्ने र सङ्गत गर्ने कुरा समावेश हुन्छ। मानिसहरूसँग अन्तरक्रिया गर्ने र सङ्गत गर्ने देहधारी परमेश्वरको सिद्धान्त भनेको मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्नु, सिद्धान्तहरूअनुसार कामकुराहरू गर्नु, र आफ्नो हृदयमा वा गोप्य रूपमा मानिसहरूसँग मानसिक खेल नखेल्नु वा युक्तिहरू प्रयोग नगर्नु हो। मानिसहरूसँग अन्तरक्रिया गर्दा र विभिन्न विषयहरूमा छलफल गर्दा, उहाँले आफ्नो हृदयमा पटक्कै कहिले पनि यस्तो चिन्तन गर्नुहुन्न, “त्यसो भन्नुको तेरो अर्थ के हो? के तैँले जानी-जानी मलाई निसाना बनाइरहेको छस्? के तेरा शब्दहरूमा कुनै लुकेको अर्थ छ? के गोप्य रूपमा अरू केही भइरहेको छ? मैले त तँसँग कसरी बोल्ने, म के हुँ भनेर तँलाई कसरी देखाउने, वा तँसँग कसरी लड्ने भनेर सोच्नुपर्छ।” जब म तिमीहरूसँग अन्तरक्रिया गर्छु र कुरा गर्छु, तब ममा यी विचारहरू हुँदैनन्। अर्को पक्षले जानी-जानी लड्न चाहे पनि, म तिनीहरूसँग पटक्कै लड्नेछैनँ। अर्को पक्ष वास्तविक अवस्था पत्ता लगाउन चाहने वा मेरो विरुद्धमा प्रयोग गर्न कुनै कुरा समात्न चाहने गैरविश्वासी भए पनि, म अझै पनि सिद्धान्तहरूअनुसार कामकुराहरू गर्छु। म तिनीहरूसँग लड्दिनँ; मैले जे गर्नुपर्छ म त्यही गर्छु र मैले जे भन्नुपर्छ म त्यही भन्छु। म आफूलाई आचरणमा ढाल्ने मेरा सिद्धान्तहरू र मेरा सीमाहरूअनुसार काम गर्छु र बोल्छु। छोटकरीमा भन्दा, जोसुकै भए पनि, म तिनीहरूसँग लड्दिनँ। उदाहरणका लागि, म कसैलाई सोध्छु, “यस महिना सुसमाचार प्रचारको परिणाम कस्तो छ?” तिनीहरूले मनमनै सोच्छन्, “उहाँले किन अचानक यस महिनाको सुसमाचार प्रचारको अवस्थाबारे सोधिरहनुभएको छ? यसको अर्थ के हो? के कसैले मेरो पिठ्युँ पछाडि मेरो बारेमा कुनै समस्या रिपोर्ट गरेको छ? के उहाँले मेरो अवस्थाको बारेमा सत्यता पत्ता लगाउन र मलाई बर्खास्त गर्न खोजिरहनुभएको छ?” तिनीहरूले किन यसरी सोच्छन्? के यो कुरा सोध्नुमा मेरो कुनै भित्री उद्देश्य हुन्छ? के यसमा कुनै लुकेको अर्थ हुन्छ? (हुँदैन।) तिनीहरू लड्न चाहन्छन्, त्यसैले तिनीहरूलाई मेरा वचनहरूमा लुकेको अर्थ छ भन्ने लाग्छ; वा, तिनीहरूले पर्दा पछाडि केही खराब कामहरू गरेका हुनाले र तिनीहरूलाई ग्लानि महसुस हुने हुनाले, तिनीहरूलाई मैले बोल्नुको पछाडि मेरो कुनै भित्री उद्देश्य हुनैपर्छ भन्ने लाग्छ। वास्तवमा, जब म यस महिना सुसमाचार प्रचार कस्तो भइरहेको छ भनेर सोध्छु, तब त्यो वाक्यको अर्थ बाहिरी रूपमा जे भनिएको छ त्यही नै हुन्छ; यसको अरू कुनै अर्थ हुँदैन। लड्ने मेरो कुनै अभिप्राय हुँदैन, न त म तँलाई रहस्य खोल्न लगाउने, यस महिनाको परिणाम राम्रो छैन भनेर तँलाई स्वीकार गर्न लगाउने, वा हालै सुसमाचार प्रचार कस्तो भइरहेको छ भन्नेबारे तँलाई सत्य बोल्न लगाउने प्रयास नै गरिरहेको हुन्छु, ताकि मैले तँलाई काटछाँट गर्न र बर्खास्त गर्नका लागि निहुँ समात्ने बहानाको रूपमा यस कुरालाई प्रयोग गर्न सकूँ। बरु, मैले त व्यावहारिक रूपमा, मण्डलीको कामको अवस्थाबारे पत्ता लगाउने र तँलाई आफ्नो कर्तव्य निर्वाह गर्दा आउने समस्याहरू समाधान गर्न मद्दत गर्ने प्रयास गरिरहेको हुन्छु। तर यदि तँ सधैँ मेरा वचनहरूमा लुकेको अर्थ खोज्न चाहन्छस्, र सधैँ मसँग लड्न चाहन्छस् भने, म तँलाई सोध्नेछैनँ। म अरू मानिसहरूलाई सोध्न सक्छु। म जसबाट खास अवस्था पत्ता लगाउन सक्छु, जसले सामान्य रूपमा कुराकानी गर्न सक्छ, सामान्य मानवले जस्तै बोल्न सक्छ, र सत्य बोल्न सक्छ, म उसैकहाँ जानेछु। तैँले हरेक कुरालाई मुद्दा बनाउँछस् र तँ अत्यन्तै झन्झटिलो छस्। तँ अत्यन्तै शङ्कालु छस् र तेरो मन अत्यन्तै जटिल छ, त्यसैले म तँसँग कुराकानी गर्नेछैनँ। मानिसहरूसँग अन्तरक्रिया गर्ने र कुरा गर्ने सम्बन्धी मेरो सिद्धान्त यही हो। के तिमीहरू यो कुरा सरल छ भनेर भन्छौ? (हो, यो सरल छ।) उदाहरणका लागि, कसैले मसँग विलासी पानीजहाजमा चढेको बारेमा धाक लगायो। मैले भनेँ, “म साँच्चै विलासी पानीजहाजमा चढेको छैनँ। तिमीहरू धनी मानिसहरू हौ; तिमीहरूले संसार देखेका छौ।” यी रिसमा बोलिएका वचनहरू होइनन्, न त यी उग्रतामा बोलिएका वचनहरू नै हुन्। म त्यसमा चढेको छैनँ, त्यसैले म इमानदार सत्य कुरा भन्छु; म बहाना बनाउँदिनँ। त्यस्तो व्यक्तिको सामना गर्दा, म पछि हट्छु र तिनीहरूसँग पटक्कै लड्दिनँ। कतिपय चिनियाँ मानिसहरूले सधैँ मसँग अङ्ग्रेजी बोल्छन्, र मैले पहिले नसुनेका केही शब्दहरू प्रयोग गर्छन्। मैले ती सुनेको छैनँ भन्ने देखेर, तिनीहरू अझै जोडतोडका साथ धाक लगाउँछन्: “म विशेष गरी तपाईंलाई थाहा नभएका कुराहरू भन्नेछु। म तपाईंले मेरो कुरा बुझ्न सक्नुहुन्न भन्ने कुरालाई सुनिश्चित गर्नेछु, तपाईंलाई डाहा र ईर्ष्या गर्ने तुल्याउनेछु, र तपाईंलाई रिस उठाउनेछु!” के यो लड्नु होइन र? (हो।) म भन्छु, “मैले तैँले प्रयोग गरेका शब्दहरू सुनेको छैनँ। तेरो अङ्ग्रेजी निकै राम्रो छ।” कतिपय मानिसहरू धाक लगाउन र मानिसहरूलाई हेला गर्न मन पराउँछन्, सधैँ आफूलाई श्रेष्ठ देखाउँछन्, आफूलाई केही विशेष ठान्छन्, र आफू सक्षम र अरूभन्दा उत्कृष्ट छु भन्ने महसुस गर्छन्। त्यस्ता मानिसहरूको सामना गर्दा, म तिनीहरूलाई पनि सही तरिकाले व्यवहार गर्न सक्छु। यदि तँलाई धाक लगाउन मन पर्छ भने, म तँलाई पूर्ण रूपमा धाक लगाउन दिनेछु। म तँलाई बाधा दिनेछैनँ, तँसँग लड्ने कुरा त परै जाओस्।
लड्न मन पराउने मानिसहरू जताततै देख्न सकिन्छ; जहाँ मानिसहरूको समूह हुन्छ, त्यहाँ लड्न मन पराउने मानिसहरू हुनेछन्। तिनीहरू प्रायजसो अरूसँग प्रतिस्पर्धा गर्छन् र लड्छन्, र एउटै शब्द, एउटै वस्तु, वा एउटै मामलाका लागि लड्छन्। मैले यस्ता धेरै मानिसहरू देखेको छु। तर, म मानिसहरूसँग लड्दिनँ। म किन लड्दिनँ? किनभने लड्ने कुरा ममा स्वाभाविक रूपमा कहिल्यै आएको छैन। मण्डलीमा, मसँग अन्तरक्रिया गर्दा र बोल्दा सधैँ मानसिक खेल खेल्ने मानिसहरू पनि धेरै हुन्छन्। तिनीहरूले सधैँ यस्तो अनुमान गर्छन्, “तपाईंले के भन्न खोज्नुभएको? के तपाईंले मेरो पिठ्युँ पछाडि मेरो कुनै खराब व्यवहारको बारेमा थाहा पाउनुभएको छ? के तपाईं मलाई बर्खास्त गर्न लाग्नुभएको छ?” “तपाईंले किन यसो भनिरहनुभएको छ? के तपाईंले कुनै सङ्केत दिइरहनुभएको छ? के तपाईंले भनिरहनुभएको कुरामा कुनै लुकेको अर्थ छ? के तपाईंले मलाई केही गर्न लगाउने प्रयास गरिरहनुभएको छ?” उदाहरणका लागि, कसैले टी-सर्ट लगाएको थियो, र मैले भनेँ, “तेरो टी-सर्टको रङ निकै राम्रो रहेछ। के यसले तँलाई शीतल राख्छ? के यो सुतीको कपडा हो?” के यसो भन्नु अत्यन्तै सामान्य र साधारण कुरा होइन र? (हो।) त्यसपछि त्यो व्यक्तिले मनमनै यस्तो सोच्यो, “के तपाईंलाई पनि चाहिएकोले तपाईंले यसो भनेर सोधिरहनुभएको हो? के अधिकारीहरूले साधारण मानिसहरूसँग प्रायजसो यसरी नै कुराहरू माग्दैनन् र? तिनीहरूले खुलस्त रूपमा माग्दैनन्, तर मानिसहरूलाई सङ्केत बुझ्न र स्वेच्छाले सामानहरू तिनीहरूको ढोकामा पुर्याउन लगाउँदै, घुमाउरो तरिकाले बोल्छन्। यसरी, यदि पछि यो कुरा उठ्यो भने, तिनीहरूले आफूले त्यो नमागेको र त्यो जबरजस्ती असुली गरिएको थिएन भनेर भन्न सक्छन्। के परमेश्वरले भन्न खोज्नुभएको कुरा यही थियो त? यदि उहाँको अर्थ त्यही थियो भने, मैले तुरुन्तै केही टी-सर्टहरू किनेर पठाउनुपर्छ।” यस्तो सोचेपछि, उसले केही टी-सर्टहरू किन्यो र मलाई पठायो। मैले सर्ट राम्रो छ भनेको हुनाले, मलाई एउटा चाहिएको छ भन्ने उसले सोच्यो। वास्तवमा, मलाई साँच्चै नै त्यो चाहिएको थिएन; मैले त कुरा मात्रै गरिरहेको थिएँ। यदि मलाई साँच्चै नै चाहिएको भए, म सीधै त्यही भन्नेथिएँ; म मानिसहरूलाई पटक्कै कहिल्यै लुकेको अर्थ बुझ्न लगाउनेछैनँ। त्यसैले मैले ती सर्टहरू स्वीकार गर्न सकिनँ, र हतार-हतार तिनलाई फिर्ता पठाइदिएँ। मसँग लगाउने लुगाको कमी छैन। म के लगाउँछु भन्ने कुरामा मेरा आफ्नै प्राथमिकताहरू छन्, र अरू कसैले पनि यो कुरा पत्ता लगाउन सक्दैन। के यो कुरा स्पष्ट छ? (छ।) जब म मानिसहरूसँग बोल्छु, तब अनौपचारिक कुराकानीमा समेत, म अत्यन्तै स्पष्ट र गम्भीर रूपमा बोल्छु। प्रायजसो, जटिल मन भएका कतिपय मानिसहरूले मैले भनेको कुरालाई विकृत तरिकाले बुझ्छन्, र मेरा वचनहरूमा कुनै लुकेको अर्थ छ कि भनेर अनुमान गर्छन्, र तिनीहरू लड्न खोज्ने बन्छन्। म तिमीहरूलाई एउटा कुरा स्पष्ट पार्न चाहन्छु: मेरो कसैसँग लड्ने पटक्कै कुनै अभिप्राय हुँदैन। मैले बोल्दा जे कुरा व्यक्त गर्छु त्यो ठ्याक्कै मेरा वचनहरूको शाब्दिक अर्थ जे हो त्यही नै हुन्छ; मैले भन्ने कुरामा पटक्कै कुनै लुकेको अर्थ हुँदैन। त्यसैले जब तैँले मसँग कुराकानी गर्छस्, तब तैँले मबाट जे सुन्छस् त्यसको अर्थ ठ्याक्कै त्यही नै हुन्छ। यसलाई बढाइचढाइ गरेर नबुझ्, यसबारे धेरै नसोच्, र मानसिक खेल नखेल्, मेरो परीक्षा गर्न वा मेरो बारेमा अनुमान गर्न कुनै युक्तिहरू प्रयोग गर्ने कुरा त परै जाओस्। मैले बोल्ने वचनहरू सबैभन्दा सरल र स्पष्ट हुन्छन्; अलिकति सामान्य सोचाइ भएको जोकोहीले पनि मैले भनेको कुरा बुझ्न सक्छ। यदि तँ लड्दैनस् भने, हामीलाई मिलजुल हुन र मामलाहरू सम्हाल्न सजिलो हुनेछ। जब म तँलाई कुनै कुरा गर्न निर्देशन दिन्छु, तब म कुराहरूलाई अस्पष्ट पार्दिनँ; तैँले मैले भनेजस्तै ठ्याक्कै गर्नुपर्छ। यदि तँ लड्छस् भने, यसले उल्टै कुराहरूमा ढिलाइ गर्नेछ, र म तँप्रति वितृष्णाको भाव महसुस गर्नेछु। म भन्नेछु, “तँलाई लड्न मन पर्छ, तेरो मन अत्यन्तै जटिल छ, र तँ सीधा छैनस्। म तँजस्ता मानिसहरूसँग अन्तरक्रिया गर्न वा कुराकानी गर्न रुचाउँदिनँ। म तँसँग कुराकानी गर्न वा अन्तरक्रिया गर्नुभन्दा मेरो घरपालुवा कुकुरसँग खेल्न रुचाउँछु। तँ दिनभरि यो व्यक्ति र त्यो व्यक्तिसँग लड्छस्; त्यो मलाई गर्न मन पर्ने कुरा होइन। प्रकृतिको हिसाबमा, म बोल्दा र कामकुराहरू गर्दा जे हो त्यही भन्छु; म मानिसहरूसँग लड्दिनँ।” तँ पटक्कै लड्नु हुँदैन। यदि तँ सधैँ लडिरहन्छस् भने, तैँले आफ्नो निष्ठा गुमाउनेछस्, र मेरो हृदयमा तेरो कुनै महत्त्व हुनेछैन। कुनै कुराको बारेमा सोधिँदा, सत्य कुरा मात्रै भन्। त्यो बेला मनमा जे आउँछ त्यही भन्, र तँलाई जति याद छ त्यति नै भन्। म किन कुनै कुराको बारेमा पत्ता लगाउन चाहन्छु, यदि तैँले यसबारे सत्य बोलिस् भने यसका बेफाइदाहरू के-के हुनेछन्, वा यसले तेरो हैसियतलाई वा तँलाई माथिबाट हेर्ने दृष्टिकोणलाई असर गर्छ कि गर्दैन भनेर सधैँ मनन नगर। यदि तैँले सधैँ यी कुराहरू मनन गर्छस् भने, तँ समस्यामा पर्नेछस्। म तँलाई भन्दैछु, इमानदारीपूर्वक बोल्, र मानसिक खेल नखेल् वा युक्तिहरू प्रयोग नगर्। तैँले कुनै गलत काम गरेको भए पनि, तैँले सत्य बोल्नुपर्छ र यसलाई लुकाउनु हुँदैन। तँ आफ्ना कर्तव्यहरूका लागि योग्य नभए पनि, परमेश्वरको घरले तँलाई सिद्धान्तहरूअनुसार मात्रै बर्खास्त गर्नेछ, र तँप्रति घृणा राख्नेछैन। तर यदि तैँले सधैँ वास्तविक अवस्था लुकाउँछस् र मसँग बोल्दा सधैँ मानसिक खेल खेल्छस् भने, तँ बर्खास्त नभए पनि, म भित्रभित्रै तँप्रति विकर्षित हुनेछु। जब-जब म तँलाई सम्झन्छु, तब-तब मलाई घिन लाग्नेछ, र यदि मैले तँलाई प्रयोग गर्नुपर्यो भने यसले मलाई कुनै आनन्द दिनेछैन। त्यसोभए तिमीहरू कुन मार्ग छनौट गर्छौ? (हामी सत्य बोल्नेछौँ।) ठीक भन्यौ। कहिल्यै मानसिक खेल नखेल। जहिले भए पनि, इमानदार वचनहरू बोल्नु, इमानदार कामहरू गर्नु, र सत्य बोल्नु नै तेरो आत्मआचरणको सीमा हुनुपर्छ, र तैँले आफूलाई आचरणमा ढाल्दा पालना गर्नुपर्ने सबैभन्दा आधारभूत सिद्धान्त पनि यही हुनुपर्छ। सधैँ मानसिक खेल खेल्ने नगर्। विशेष गरी मसँग बोल्दा वा मामलाहरू सम्हाल्दा, तैँले पटक्कै मानसिक खेल खेल्नु हुँदैन। बोल्दा घुमाउरो कुरा नगर् वा मानिसहरूलाई दुबिधामा नराख्, र मामलाहरू सम्हाल्दा मानसिक खेल नखेल्। यदि तँ चलाख बन्ने प्रयास गर्दै, मनमनै यस्तो सोच्छस्, “म कति व्यस्त छु, र मेरो काम कति लगनशील र कसिलो रूपमा प्रबन्ध गरिएको छ भनेर तपाईंलाई देखाउन म तपाईंको अगाडि यो मामला सम्हाल्नेछु, तर तपाईंको पिठ्युँ पछाडि म केही पनि गर्नेछैनँ”—यदि तैँले यसरी मनन गर्छस् भने, तँ समस्यातर्फ अघि बढिरहेको छस्। म तँलाई नियमअनुसार व्यवहार गर्छु र सिद्धान्तहरूअनुसार कामकुराहरू सम्हाल्छु। म तँसँग लड्नेछैनँ; म तेरा विधिहरू वा तैँले लड्नका लागि प्रयोग गर्ने युक्तिहरू प्रयोग गरेर तँसँग लड्नेछैनँ। मण्डलीसँग प्रशासनिक आदेशहरू छन्, र परमेश्वरको घरसँग मानिसहरूलाई सम्हाल्ने सिद्धान्तहरू छन्। ढिलो वा चाँडो, तँ जवाफदेही हुनुपर्नेछ र तैँले तेरा यी अनुचित व्यवहारहरू र दुष्ट कार्यहरूका लागि समेत मूल्य चुकाउनुपर्नेछ। के यो कुरा स्पष्ट छ? (छ।)
कहिलेकाहीँ हामी अमेरिकाका केही चिनियाँ मण्डलीहरू भ्रमण गर्न जान्छौँ। हामीले पुगेर दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्नेबित्तिकै, कतिपय मानिसहरूले अरूलाई सुटुक्क खबर गर्छन्, र यसो भन्दै कराउँछन्, “परमेश्वर यहाँ हुनुहुन्छ! ब्रदर यहाँ हुनुहुन्छ!” तिनीहरूले ढिलासुस्ती गरिरहेका हुन्छन्, तर यो सुन्नेबित्तिकै, वातावरण अचानक परिवर्तन हुन्छ। कतिपयले आँगनको झार काट्नका लागि मेसिनहरू सुरु गर्छन्, कतिपयले सरसफाइ गर्छन्, र तिनीहरू व्यस्त हुन्छन्। म भन्छु, “म आएको देख्दा तैँले किन सरसफाइ गर्न थालिस्? के तैँले मलाई देखाउनका लागि मात्रै यसो गरिरहेको छस्? के तैँले यसो गरेर समझको साथ काम गरिरहेको हुन्छस्?” मानिसहरूले अरू मानिसहरूसँग मानसिक खेल खेल्न र तिनीहरूलाई धोका दिने प्रयास गर्न सक्छन्, र तिनीहरूले परमेश्वरसँग पनि त्यस्तै गर्छन्; यो मानव प्रकृति हो। यसले मानव प्रकृतिको कुन पक्षलाई स्पष्ट पार्छ? के यस्ता मानिसहरूको चरित्र नीच हुँदैन र? (हुन्छ।) मानिसहरू अत्यन्तै छली र गम्भीर रूपमा घटिया हुन्छन्। तिनीहरूलाई मानिसहरूसँग लड्ने बानी परेको हुन्छ, र तिनीहरू परमेश्वरसँग पनि लड्न चाहन्छन्। तँ सधैँ मबाट जोगिन्छस् र तेरो हृदयमा सधैँ प्रतिरोधी हुन्छस्; तैँले मलाई कस्तो प्रकारको व्यक्ति ठान्छस्? वास्तवमा, म नभएको बेला तैँले के गर्छस् भनेर हेर्ने मेरो कुनै चाहना छैन। म तँलाई जीवनको सही मार्गमा डोर्याउन र तँलाई सबै कुरामा सिद्धान्तहरूअनुसार काम गर्न लगाउनका लागि मात्रै सत्यताको बारेमा सङ्गति गर्छु। यदि तँ सचेत रूपमा सही मार्गमा हिँड्न सक्छस् भने, तँ मानव होस्। यदि तँ सही मार्गमा हिँड्दैनस्, तर मेरो पिठ्युँ पछाडि सानातिना युक्तिहरूमा संलग्न हुन्छस् र मसँग लड्छस् भने, तँ मानव होइनस्; तँ एउटा दियाबलस होस्, एउटा पशु होस्। त्यस्तो अवस्थामा, मैले जति नै भने पनि, त्यो व्यर्थ हुन्छ; परमेश्वरले तँजस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। तँ लड्न चाहन्छस्, तर म तँसँग साँच्चै नै लड्नेछैनँ; म तँबाट धेरै टाढा बस्नेछु। म तँ बस्ने र काम गर्ने ठाउँहरूमा नजाने प्रयास गर्ने मात्र होइन, तर तैँले पनि म व्यक्तिगत रूपमा बस्ने र मैले काम गर्ने ठाउँहरूमा प्रवेश नगर्न प्रयास गर्नुपर्छ। किन? किनभने मलाई तँसँग लड्न मन पर्दैन। तँलाई लड्न यति धेरै मन पर्छ; यदि तँ सधैँ मेरो नजिक भइस् भने, के मलाई थकाइ लाग्दैन र? कतिपय मानिसहरूले भन्छन्, “यदि तपाईं लड्नुहुन्न भने, तपाईंलाई किन थकाइ लाग्छ त?” यदि तँ सधैँ मसँग लड्छस् भने, मैले तँसँग निरन्तर सत्यताको बारेमा सङ्गति गर्नुपर्नेछ। एउटा सानो मामलाका लागि समेत, मैले तँसँग लामो समयसम्म यसबारे सङ्गति गर्नुपर्ने हुन्छ। के मलाई थकाइ लाग्छ जस्तो तँलाई लाग्दैन र? यदि मैले तँसँग कुराहरू स्पष्ट पारिनँ र तँलाई बुझाइनँ भने, तेरो हृदयमा सधैँ आक्रोशको भाव हुनेछ, तँ सधैँ नकारात्मक हुनेछस्, तँमा गलत बुझाइहरू हुनेछन्, र तैँले गुनासो गर्नेछस्, र तेरो मन नकारात्मक कुराहरूले भरिनेछ। मानिसको प्रकृति सार शैतानको हो, र शैतानको स्वभाव उसको जीवन बनेको छ। भ्रष्ट मानवजाति लड्न प्रवृत्त हुन्छ, र लड्नबाट जोगिन मानिसलाई निकै गाह्रो हुन्छ। त्यसैले, जब तिमीहरूले मसँग अन्तरक्रिया गर्दा र बोल्दा उप्रान्त मानसिक खेल खेल्दैनौ, जब तिमीहरूले मैले भनेको जुनसुकै कुरालाई गम्भीरतापूर्वक लिन र यसलाई चोखो रूपमा बुझ्न सक्छौ, र जब हामी एक-अर्कासँग खुलस्त र इमानदार हुन सक्छौ र जुनसुकै कुराको बारेमा कुरा गर्न सक्छौ, तब हाम्रो बीचमा सुमधुर सम्बन्ध हुनेछ। नबोले पनि, हामी आत्मामा मिल्नेछौँ, हाम्रो बीचमा कुनै बाधा वा गलत बुझाइहरू हुनेछैनन्, र हामी हाम्रो हृदयबाट पूर्ण रूपमा कुराकानी गर्न सक्षम हुनेछौँ। त्यसपछि हामी सँगै बस्न र मिलजुल हुन सक्षम हुनेछौँ। अहिले, म एकतर्फी रूपमा तिमीहरूसँग लड्दिनँ, तर तिमीहरूले आफूलाई लड्नबाट रोक्न सक्दैनौ। त्यसकारण, तिमीहरूले मेरा वचनहरूको विरोध गर्न, तिनलाई इन्कार गर्न, गलत ठहराउन, र दोषी ठहराउन खुलस्त रूपमा नउठे पनि, तिमीहरू अझै पनि आफ्नो हृदयमा प्रतिरोधी हुनेछौ र अझै पनि मसँग सुटुक्क लड्नेछौ। यसले के प्रमाणित गर्छ भने मानिसले आफ्ना भ्रष्ट स्वभावहरू समाधान नगरी साँचो समर्पण प्राप्त गर्न सक्दैन। धेरैजसो मामलाहरूमा, तिमीहरूले मसँग एकता हासिल गर्न नसक्ने मात्र होइन, तर तिमीहरूसँग मसँगको सबैभन्दा आधारभूत सुमधुर सम्बन्ध वा मप्रतिको बुझाइ समेत हुँदैन; तिमीहरूले यो पटक्कै हासिल गर्न सक्दैनौ। यसरी, हामीलाई सबै जना खुसी हुने र सबैले आनन्दित महसुस गर्ने तरिकाले सँगै बस्न निकै गाह्रो हुनेछ। यदि म तिमीहरूसँग भएको भए, म सधैँ तिमीहरूलाई सही मार्गमा डोर्याउन चाहनेथिएँ, ताकि तिमीहरूले चोखो बुझाइ प्राप्त गर्न सक र सबै मामलाहरूमा सही छनौटहरू गर्न सक, ताकि तिमीहरू जीवनमा, आफूलाई आचरणमा ढाल्ने कुरामा, वा परमेश्वरमा विश्वास गर्ने मार्गमा सही मार्गमा हिँड्न सक, र ताकि मैले बोले पनि वा नबोले पनि, तिमीहरूको हृदयमा मप्रति सबैभन्दा आधारभूत भरोसा, साथै मप्रतिको आज्ञाकारिता र अधीनता होस्। तर अहिले, मानिसहरूले यो सबैभन्दा आधारभूत भरोसा, आज्ञाकारिता, र अधीनता समेत हासिल गर्न सक्दैनन्; मानिसहरूको मन अत्यन्तै जटिल छ। यदि म तँप्रति अलिकति राम्रो भएँ भने, तैँले कोही पनि तेरो तुलनामा आउन सक्दैन र तँ अरू सबैभन्दा धेरै माथि छस् भन्ने सोच्नेछस्, र मसँगको तेरो सङ्गतिको कारणले तँ हाकिम जस्तो बन्नेछस् र तैँले आफ्नो प्रभाव जमाउन मेरो नाम प्रयोग गर्नेछस्। यदि मैले तँलाई सामान्य रूपमा वा अलिकति चिसो रूपमा व्यवहार गरेँ भने, तँलाई ममा कुनै प्रेम छैन भन्ने महसुस हुनेछ। यदि म तँप्रति अलिकति कडा भएँ वा सधैँ तँलाई काटछाँट गरेँ र उपदेश दिएँ भने, तँलाई अन्याय भएको र अनुचित व्यवहार गरिएको महसुस हुनेछ, र तैँले ममा तँप्रति कुनै प्रेम वा सहनशीलता छैन भन्ने सोच्नेछस्। मैले जे गरे पनि, यसबारे तिमीहरूको आफ्नै राय हुनेछ, किनभने तिमीहरूका समस्याहरू अत्यन्तै गम्भीर छन् र तिमीहरूको मन अत्यन्तै जटिल छ। त्यसकारण, म तिमीहरूसँग सँगै बसे पनि, हामीले कुराकानी र अन्तरक्रिया गर्दा निरन्तर समस्याहरू उत्पन्न हुनेछन्। अन्त्यमा, यी समस्याहरूले निरन्तर द्वन्द्व निम्त्याउनेछन्, र एकपटक द्वन्द्व चर्किएपछि, तिमीहरूले परमेश्वरमा विश्वास गर्ने यो मार्गमा हिँड्न जारी राख्न सक्नेछौ कि सक्नेछैनौ भन्ने कुरा भन्न गाह्रो हुनेछ। तिमीहरूलाई आफूसँग ठूलो विश्वास छ भन्ने लाग्यो? तिमीहरूको कद अत्यन्तै सानो छ! अहिले म एक अत्यन्तै साधारण व्यक्तिको रूपमा देहधारी भएको भए पनि, र मैले यति लामो समयसम्म तिमीहरूसँग बोलेको र तिमीहरूमा काम गरेको भए पनि, तिमीहरूसँग अन्तरक्रिया गर्दा ठूला कठिनाइहरू प्रस्तुत हुन्छन्। यी कठिनाइहरूको मूल कारण के हो? (हामी अत्यन्तै छली छौँ र लड्न प्रवृत्त छौँ।) मानिसहरूको मन चोखो हुँदैन, र मानिसहरू इमानदार हुँदैनन्; तिनीहरू भ्रष्ट स्वभावहरूले भरिएका छन्। यदि, मैले तैँले भ्रष्ट स्वभावहरू प्रकट वा तेरो मानवतामा केही अवगुणहरू छन् भन्ने कुरा पत्ता लगाउँदा, मैले तँलाई ती कुराहरू औँल्याइनँ भने, त्यो मेरो तर्फबाट गैरजिम्मेवारपूर्ण देखिनेछ। यदि मैले तँलाई त्यस्ता कुराहरू औँल्याएँ र तैँले तिनलाई स्वीकार गर्न सकिस् भने, त्यो अवश्य नै राम्रो हुनेछ। तर यदि तैँले यसलाई स्वीकार गर्दैनस् भने, के मैले तँलाई छुट दिनुपर्छ, वा मैले तँलाई काटछाँट गर्नुपर्छ र तँलाई कडा ताडना दिनुपर्छ? यदि मैले तँलाई छुट दिएँ भने, म मेरो विवेकलाई शान्त पार्न सक्दिनँ। यदि मैले तँलाई काटछाँट गरेँ भने, तैँले यसलाई स्वीकार गर्न सक्दैनस् र तँलाई अन्याय भएको महसुस हुनेछ। यदि मैले सधैँ तँसँग सत्यताको बारेमा सङ्गति गरेँ र तैँले अझै पनि यसलाई आफ्नो हृदयमा स्वीकार गरिनस् भने, मलाई भन्, के मैले यसो गर्नु मेरो लागि सार्थक हुनेछ? के मलाई थकाइ लाग्दैन र? (लाग्छ।) यदि मैले हरेक दिन तिमीहरू प्रत्येकलाई उपदेश दिएँ भने, के म रोबोट बन्नेछैनँ र? के म एउटा साधन बन्नेछैनँ र? मैले गर्नुपर्ने काम त्यो होइन। म सम्पूर्ण मानवजातिसँग बोल्छु; मेरो सेवकाइ यही हो। मेरा वचनहरू कुनै निश्चित व्यक्तिप्रति लक्षित हुँदैनन्। म सम्पूर्ण मानवजातिसँग बोल्छु, र तँ मानवजातिको सदस्य होस्, त्यसैले यी वचनहरू तँमा लागू हुन्छन्। तिनलाई आफै बिस्तारै खा र पिइ, बिस्तारै आफैलाई तीसँग तुलना गर्, र बिस्तारै अनुभव गर् र परिवर्तन हो। तर यो सुस्त परिवर्तन हुनका लागि कति समय लाग्नेछ? के यो तीनदेखि पाँच वर्ष हो, वा दशदेखि बीस वर्ष हो? अनि तँ कुन हदसम्म परिवर्तन हुनेछस्? त्यो तेरो व्यक्तिगत सङ्कल्प र बोध सामर्थ्यमा निर्भर हुन्छ। यस अवधिमा, जब हामी सँगै अन्तरक्रिया गर्छौँ, तब तिमीहरू झूट बोल्छौ र धोका दिन्छौ, प्रतिस्पर्धा गर्छौ र लड्छौ, र छलछाम गर्छौ। त्यसैले हामीलाई सुमधुर सम्बन्ध, एकता, र मेलमिलाप हासिल गर्न, वा हाम्रो अन्तरक्रियामा खुसी र आनन्दको महसुस गर्न साँच्चै नै सजिलो हुँदैन। जे होस्, मैले नजिकबाट सम्पर्क गरेका मानिसहरू होऊन् वा टाढाबाट, अहिलेसम्म मैले कसैबाट पनि इमानदारी वा परिवर्तनको महसुस गरेको छैनँ, न त कसैबाट खुसी वा सान्त्वनाको भाव नै महसुस गरेको छु। यसबाहेक, मैले यति लामो समयसम्म जिएपछि, अहिले मेरो सबैभन्दा गहिरो बोध के हो? मलाई सबैभन्दा गर्न मन नलाग्ने एउटा कुरा भनेको मानिसहरूसँग नजिकको सम्पर्क राख्नु र तिनीहरूसँग नजिकबाट अन्तरक्रिया गर्नु हो भनेर भन्दा, त्यो सटीक हुन्छ। म कसैलाई धोका दिन्नँ, कसैसँग प्रतिस्पर्धा गर्दिनँ, वा लड्दिनँ, तर मानिसहरू सधैँ प्रतिस्पर्धा गर्न, लड्न, र धोका दिन चाहन्छन्। मैले के गर्नुपर्छ? मैले मानिसहरूको धोका, प्रतिस्पर्धा, र लडाइँको इच्छा पूरा गरिदिनुपर्छ, कि मैले मानिसहरूको धोका, प्रतिस्पर्धा, र लडाइँलाई परिवर्तन गर्नुपर्छ? म मानिसहरूको इच्छा पूरा गर्न सक्दिनँ। मानिसहरूलाई परिवर्तन गर्नका लागि मसँग साँच्चै नै केही क्षमता र केही मार्गहरू छन्, तर परिवर्तनको यो प्रक्रिया अत्यन्तै लामो र अत्यन्तै गाह्रो छ। अन्त्यमा, म दोस्रो उत्तम कुरामा सन्तुष्ट हुन्छु: मानिसहरूको सम्पर्कमा आउँदा, म मद्दत गर्न सकिनेहरूलाई मद्दत गर्न सक्दो प्रयास गर्छु। जस्तोसुकै कुरा भए पनि मद्दत स्वीकार नगर्नेहरूका हकमा, म तिनीहरूसँग सम्पर्क र अन्तरक्रिया गर्नबाट पन्छिने प्रयास गर्छु, र पर्खेर समय बिताउँछु!
भ्रष्ट स्वभावहरू फाल्न र शुद्धीकरण हासिल गर्नका लागि सत्यता स्वीकार गर्नु र आफूलाई सत्यताको अधीनमा राख्नु भनेको एउटा प्रक्रिया हो; यो सजिलो कुरा होइन। मानिसहरूसँग अन्तरक्रिया गरेका यी वर्षहरूमा, म मानिसहरूको जुनसुकै समूहमा भए पनि, र उमेर, रूप, छालाको रङ, व्यक्तित्व, र जियाइ पृष्ठभूमिको हिसाबमा मानिसहरू जति नै फरक भए पनि, मलाई सधैँ तिनीहरूको प्रकृति सार अत्यन्तै परिचित लाग्छ, मानौँ मैले यो सबै पहिले नै देखेको छु। मलाई सबै प्रकारका मानिसहरूको स्वभाव सार एउटै हो भन्ने लाग्छ, र मैले तिनीहरूसँग अन्तरक्रिया गरेपछि, तिनीहरू सबै मैले अपेक्षा गरेजस्तै निस्कन्छन्। यी परिस्थितिहरूमा, मेरो मुड कस्तो हुन्छ? के यो राम्रो मुड हुन्छ? (हुँदैन।) मेरो मुड किन खराब छ भन्ने कसैलाई थाहा हुँदैन। के मानिसहरूले मसँग अन्तरक्रिया गर्दा यो कुराको सचेतना राख्छन्? (राख्दैनन्।) भ्रष्टतामा जिउँदा, मानवजाति जिउनका लागि धोका, प्रतिस्पर्धा, र लडाइँ जस्ता अस्तित्वका साधनहरूमा भर पर्छ। तिनीहरू यसरी यसमै रमाउँछन्, चिन्तामुक्त र सहज रूपमा जिउँछन्। तिनीहरू पापमा जिउँछन्, कुनै चिन्ताविना पापका सुखहरूको आनन्द लिन्छन्, र यो पीडादायी कुरा हो भन्ने महसुस गर्दैनन्। सबै मानिसहरूमा पापी प्रकृति हुने हुनाले, पाप मानिसहरूको जीवन हो, र मानिसहरूको जीवनको सार पाप हो, तिनीहरूले पापमा जिउने कार्य पीडादायी छ भन्ने महसुस गर्दैनन्। यो अवस्था त सुँगुरको जस्तै हो; सुँगुर एउटा फोहोर कुरा हो, एउटा अशुद्ध कुरा हो। यसले फोहोर वा अशुद्धता महसुस नगरी हिलोको खाडल र फोहोरको डङ्गुरमा खान्छ र सुत्छ। औँसाहरू पनि त्यस्तै हुन्छन्; तिनीहरू अलिकति पनि फोहोर महसुस नगरी गोबरको थुप्रो र दुर्गन्धित ढलहरूमा जिउँछन्—तिनीहरूलाई त्यहाँ घरमै भएजस्तो र सहज समेत महसुस हुन्छ। मानिसहरू आफ्ना भ्रष्ट स्वभावहरूभित्र र प्रतिस्पर्धा र लडाइँको बीचमा जिउँछन्, र तिनीहरूलाई पनि यो पीडादायी वा कष्टकर लाग्दैन। कतिपय मानिसहरूलाई त प्रतिस्पर्धा नगरी, नलडी, वा छलछाम नगरी एक दिन मात्रै बिताउनुपर्यो भने पनि, तिनीहरूको जीवन अत्यन्तै नीरस भएको र चाखलाग्दो नभएको जस्तो लाग्छ, त्यसैले तिनीहरूले लड्नका लागि केही कुरा वा छलछाम गर्नका लागि कुनै व्यक्ति भेट्टाउनैपर्छ। तिनीहरूको नजरमा, देहमा जिउँदा र मानव छाला लगाउँदा, मानिसहरूले प्रतिस्पर्धा गर्नुपर्छ र लड्नुपर्छ; यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूको अस्तित्वले आफ्नो मूल्य गुमाउँछ। मेरो लागि, यो अनुभूति पूर्ण रूपमा फरक छ। मलाई मानिसहरूसँग प्रतिस्पर्धा गर्नु र लड्नु अत्यन्तै थकाउने कुरा हो, र यो दिक्कलाग्दो कुरा पनि हो भन्ने लाग्छ; यो यस जीवनमा म सबैभन्दा बढी उम्कन चाहने एउटा प्रमुख कुरा हो। मलाई कसरी प्रतिस्पर्धा गर्ने वा लड्ने भन्ने थाहा छैन, न त म प्रतिस्पर्धा गर्न वा लड्न नै इच्छुक छु। जब म साँच्चै नै प्रतिस्पर्धा गर्ने र लड्ने कुरा समावेश भएका मामलाहरूको सामना गर्छु, तब म पछि हट्न, तिनलाई छल्न र तीबाट पन्छिन मात्र चाहन्छु, त्यसैले मलाई यी कुराहरू निकै दिक्कलाग्दो लाग्छ। म धेरै वर्ष दिक्क भएपछि, यी भावनाहरू जम्मा भएका छन् र आफ्नो सीमामा पुगेका छन्, र अन्ततः मलाई मानवहरूसँग अन्तरक्रिया गर्नु संसारको सबैभन्दा पीडादायी कुरा हो भन्ने लाग्न थालेको छ। जब-जब म आफूसँग प्रतिस्पर्धा गर्ने र लड्ने व्यक्तिको सामना गर्छु, तब मलाई मासु पिस्ने मेसिनमा धकेलिएको जस्तो, खेलौना बनाइएको जस्तो महसुस हुन्छ; भावना त्यस्तै हुन्छ। यी भावनाहरू आएपछि, म यस्तो मनन गर्छु, “तिनीहरूको भ्रष्ट स्वभावको यो पक्ष कसरी प्रकट हुन्छ? यस्तो प्रकारको व्यक्तिको सार के हो? यदि अवसर मिल्यो भने, म तिनीहरूसँग यसबारे सङ्गति गर्नेछु। यदि तिनीहरूले सत्यता स्वीकार गर्न सके भने, त्यो सबैभन्दा राम्रो हुनेछ, र तिनीहरू साँच्चै नै मद्दत गर्न लायकका हुन्छन्। यदि तिनीहरूले सत्यता स्वीकार गर्दैनन् भने, म कुराहरूलाई तिनीहरूको स्वाभाविक मार्ग लिन दिनेछु, र नियतिले तिनीहरूलाई जे गर्छ त्यही गर्न दिनेछु।” सत्यता स्वीकार नगर्ने मानिसहरू मानवताविनाका मानिसहरू हुन्, र तिनीहरू आशिष्विनाका मानिसहरू पनि हुन्; तिनीहरू सबैभन्दा मूर्ख मानिसहरू, सबैभन्दा मूल्यहीन मानिसहरू हुन्। धेरै मानिसहरूसँग अन्तरक्रिया गरेपछि, मैले मानिसहरू र सांसारिक मामलाहरूबारे यो विचार र दृष्टिकोण विकास गरेको छु: मानिसहरूसँग अन्तरक्रिया गर्ने कार्य एउटा थकाउने कुरा बनेको छ। यो शारीरिक थकावट होइन, तर आत्मिक थकावट हो। यस थकावटभित्र, नीरसता, कुण्ठा, र पीडाको भाव पनि हुन्छ। यदि मैले मानिसहरूसँग अन्तरक्रिया गरिनँ भने, म मानिसहरूले मसँग प्रतिस्पर्धा गर्ने र लड्ने घटनाहरूको सामना कम मात्रामा गर्छु, र मेरो आत्मालाई निकै स्वतन्त्र र सहज महसुस हुन्छ।
हालैका वर्षहरूमा, कतिपय दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा, म प्रायजसो कतिपय मानिसहरूले यसो भनेको सुन्छु, “मैले भर्खरै गलत बोलेँ; मलाई सच्याउन दिनुहोस्,” वा “मैले अघि थाहा पाएको अवस्थाको कुरा अलिकति फरक छ; मलाई यो कुरा सुधार्न दिनुहोस्।” साथै, कतिपय मानिसहरूमा मामलाहरू सम्हाल्ने कुरामा पहिलेभन्दा अझै उचित मनोवृत्ति हुन्छ, र तिनीहरू अलिक बढी निष्ठावान् र जिम्मेवार हुन्छन्। यसबाहेक, तिनीहरूले कठिनाइ सहन र मूल्य चुकाउन सक्छन्, र तिनीहरूले कम गुनासो गर्छन्। धेरैजसो मानिसहरूले सँगै आफ्ना कर्तव्यहरू पूरा गर्दा एक-अर्कासँग कुराहरू छलफल गर्न र सुमधुर रूपमा सहकार्य गर्न सक्छन्। केही वर्षअघिको तुलनामा, तिनीहरूमा धेरै सुधार भएको छ र तिनीहरू अलिकति परिवर्तन भएका छन्। जब-जब म यस्तो भइरहेको देख्छु, तब मलाई निकै राम्रो महसुस हुन्छ। मलाई यी कुराहरू बारम्बार दोहोर्याएका यतिका वर्ष व्यर्थ गएका छैनन् भन्ने लाग्छ—अन्ततः, मानिसहरूको एउटा हिस्साले यी वचनहरूलाई गम्भीरतापूर्वक लिएका छन्। यी वचनहरू सुनेपछि, तिनीहरूले सत्यता बुझ्न सक्छन् र परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्न जान्दछन्। तिनीहरूले जतिसुकै अभ्यास गर्न सके पनि, कम्तीमा पनि, तिनीहरूसँग जीवन प्रवेश छ र तिनीहरू केही हदसम्म परिवर्तन भएका छन्। छोटकरीमा भन्दा, सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति र दृष्टिकोण तुलनात्मक रूपमा उचित र सही भएको छ। कतिपय मानिसहरू अलिकति परिवर्तन भएका भए पनि, तिनीहरू पर्याप्त रूपमा परिवर्तन भएका छैनन्। कहिलेकाहीँ, विभिन्न मामलाहरूको सामना गर्दा, अझै पनि मानिसहरूले प्रतिस्पर्धा गर्ने र लड्ने घटनाहरू हुन्छन्; समस्या यसको जडबाट समाधान भएको छैन। तिमीहरू अलिकति मात्रै परिवर्तन भएका छौ, र अझै पूर्ण रूपमा आफूलाई अधीनमा राख्न सक्ने अवस्थामा पुगेका छैनौ। तिमीहरूले अझै पनि सत्यता पछ्याउन जारी राख्नुपर्छ, र काटछाँट, परीक्षा, र शोधनको अनुभव गर्न जारी राख्नुपर्छ। परिवर्तन बाहिरी परिवर्तन होइन—त्यसोभए ठ्याक्कै के परिवर्तन हुन्छ त? मैले यति धेरै वर्षसम्म बोलेको छु, र तिमीहरूले आफूमा धेरै भ्रष्ट स्वभावहरू छन्, र वास्तवमा तिमीहरूको मानवतामा पनि धेरै अवगुणहरू छन् भनेर पहिचान गर्न पुगेका छौ। आफ्ना भ्रष्ट स्वभावहरू कसरी फाल्ने र आफ्ना कर्तव्यहरू कसरी उचित रूपमा निर्वाह गर्ने, र आफ्ना कर्तव्यहरू मानकअनुरूप निर्वाह गर्न सत्यता कसरी अभ्यास गर्ने भन्ने कुरामा तिमीहरू स्पष्ट हुनुपर्छ, होइन र? कम्तीमा पनि, तिमीहरू सबै इमानदार मानिसहरू कसरी बन्ने भन्ने कुरामा स्पष्ट हुनुपर्छ, र यसलाई कसरी अभ्यास गर्ने भन्ने पनि जान्नुपर्छ। यदि, तिमीहरूले बुझेका र तिमीहरूको क्षमताभित्र रहेका समस्याहरूका सम्बन्धमा, तिमीहरूले तिनलाई एक-एक गरेर समाधान गर्न सत्यता खोजी गर्नमा मेहनत गर्न सक्छौ, आफ्ना विभिन्न कठिनाइहरूलाई जित्न अलिकति कष्ट सहन सक्छौ, र सत्यता अभ्यास गर्न सक्छौ भने, म तिमीहरू लगभग अलिकति मानव रूपमा नै छौ भनेर विचार गर्न सक्छु। मैले तँसँग अन्तरक्रिया गर्दा तैँले कहिलेकाहीँ अझै पनि लड्ने अलिक झुकाव देखाए पनि, यदि मलाई यो कुरा त्यति देखिँदैन भन्ने लाग्यो भने, तँप्रतिको मेरो दृष्टिकोण पहिलेभन्दा निकै फरक हुनेछ, र हामीलाई मिलजुल हुन गाह्रो हुन निकै कम हुनेछ। परिवर्तन हासिल गर्न कसरी पछ्याउने भन्नेबारे तिमीहरूले सङ्गति गर्नुपर्छ र योजनाहरू बनाउनुपर्छ। तिमीहरूले आफ्नो कर्तव्यको निर्वाहमा अलिकति प्रयास गरेर, अलिकति श्रम गरेर, झारा टारेर, गलत कामहरू नगरेर, अवरोधहरू र बाधाहरू नल्याएर, वा बर्खास्त नभएर वा ननिकालिएर मात्रै तिमीहरू सन्तुष्ट हुनु हुँदैन। बरु, तिमीहरूले सत्यतामा, सत्यता अभ्यास गर्नमा, र सत्यता स्वीकार गर्न र सत्यताको अधीनमा बस्न प्रयास गर्नुपर्छ। यस सन्दर्भमा, मैले धेरैजसो दिदीबहिनीहरूको प्रशंसा गर्नुपर्छ; धेरैजसो दिदीबहिनीहरूले राम्रो गरिरहेका छन्, जबकि धेरैजसो दाजुभाइहरूले खराब गरिरहेका छन्। अनुभवात्मक गवाहीका भिडियोहरूबाट, म के देख्छु भने मण्डलीको कामको विभिन्न कार्यहरूमा, प्रमुख भूमिकाहरू खेल्ने र सुपरिवेक्षकहरूको रूपमा सेवा प्रदान गर्नेहरूमध्ये धेरैजसो दिदीबहिनीहरू छन्; दाजुभाइहरू अत्यन्तै थोरै छन्। धेरैजसो दाजुभाइहरूले विभिन्न व्यावसायिक कामहरूको हकमा कुराहरूलाई गम्भीरतापूर्वक लिँदैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरू र जीवन प्रवेश, वा परमेश्वरको अधीनमा बस्ने र मुक्ति हासिल गर्ने बारेका विभिन्न सत्यताहरूका हकमा नै कुराहरूलाई गम्भीरतापूर्वक लिन्छन्। अझै बढी, धेरै दाजुभाइहरूसँग कुनै आत्मिक जीवन नै हुँदैन; तिनीहरू परमेश्वरका वचनहरू पढ्दैनन्, प्रवचनहरू र सङ्गतिहरू सुन्दैनन्, परमेश्वरको घरका चलचित्र र भिडियोहरू हेर्दैनन्, र जब तिनीहरूले समस्याहरूको सामना गर्छन्, तब तिनीहरू सत्यता खोज्दैनन् वा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्दैनन्। यस सन्दर्भमा दिदीबहिनीहरूले दाजुभाइहरूभन्दा राम्रो गर्छन्। विशेष गरी, हाल परमेश्वरको घरमा महत्त्वपूर्ण कामको लागि सुपरिवेक्षकहरूको रूपमा सेवा प्रदान गर्ने कतिपय दिदीबहिनीहरू पहिलेभन्दा बढी आज्ञाकारी र समर्पित छन्। तिनीहरूले कठिनाइ सहन सक्छन्, तिनीहरू मूल्य चुकाउन इच्छुक हुन्छन्, तिनीहरूले कामकुराहरू ध्यान दिएर गर्छन्, र तिनीहरू अत्यन्तै गम्भीर, लगनशील, र निष्ठावान छन्। काटछाँट गरिँदा, तिनीहरू आफ्ना कर्तव्यहरू त्याग्दैनन् वा गुनासो गर्दैनन्; तिनीहरूले अझै पनि प्रार्थना गर्न र आफूलाई अधीनमा राख्न सक्छन्, र आफ्ना भ्रष्ट स्वभावहरू जान्न र समाधान गर्न सत्यता खोज्न सक्छन्। दाजुभाइहरू हो, तिमीहरूले आफ्नो वरिपरिका दिदीबहिनीहरूले कसरी कामकुराहरू गर्छन् भनेर हेर्न सक्छौ। तिनीहरू तिमीहरूभन्दा बढी ध्यान दिने छन्, र तिमीहरूभन्दा आफ्ना कार्यहरूमा बढी गम्भीर, जिम्मेवार, र निष्ठावान छन्; यसबाहेक, तिनीहरू आज्ञाकारी र समर्पित छन्, र तिनीहरूले कामकुराहरू गर्दा सत्यता सिद्धान्तहरू खोज्नमा ध्यान केन्द्रित गर्छन्। अवश्य नै, दाजुभाइहरूको एउटा हिस्सा पनि छ जो तुलनात्मक रूपमा आज्ञाकारी छन् र आफूले गर्ने कुराहरूमा ध्यान दिने खालका र निष्ठावान हुन सक्छन्, तर धेरैजसो दाजुभाइहरू सधैँ अलिक लापरवाह हुन्छन्। गैरविश्वासीहरूले यसलाई अपरिष्कृत र बेलगाम हुनु भनेर भन्छन्। परमेश्वरको घरले “अपरिष्कृत” हुने कुरालाई स्वीकार गर्दैन; परमेश्वरको घरले सत्यताको बारेमा सङ्गति गर्ने र सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्ने, र निष्ठापूर्वक र लगनशील रूपमा कामकुराहरू गर्ने कुरामा जोड दिन्छ। असावधान र लापरवाह हुनु पूर्ण रूपमा अस्वीकार्य छ। धेरैजसो दाजुभाइहरू मामलाहरू सम्हाल्नमा लापरवाह हुन्छन् र कहिल्यै निष्ठावान हुँदैनन्, सधैँ यस्तो सोच्छन्, “‘मोटामोटी’ वा ‘लगभग’ भए हुन्छ; यति भए पुग्छ।” जब तिनीहरूले कतिपय दिदीबहिनीहरूले सत्यतामा मेहनत गरिरहेका र यसलाई निष्ठापूर्वक लिइरहेका, र आफ्ना कर्तव्यहरूप्रति गम्भीर र लगनशील भएका देख्छन्, तब तिनीहरूले उनीहरूलाई हेला समेत गर्छन्, र यसो भन्छन्, “हामी असली मर्द हौँ। के ती कुराहरूलाई यति सूक्ष्म, सानातिना विवरणमा गर्नुपर्छ र? सत्यताको बारेमा यी सबै सङ्गति, यी सबै प्रार्थना र खोजी—हामी लगभग सही दिशामा नै अघि बढिरहेका छौँ भने, त्यति भए पुग्छ। यति धेरै किचकिचे हुनुको के फाइदा छ र? यदि हामी हरेक कुरामा यति धेरै किचकिचे भयौँ भने के हामीले अझै पनि आफूलाई मर्द भन्न सक्छौँ र? मानिसहरू हामीलाई देखेर हाँस्नेछन्!” तेरो यो मनोवृत्ति गलत छ। कामकुराहरू गम्भीरतापूर्वक गरेकोमा तँलाई देखेर को हाँस्नेछ र? यदि तिनीहरू हाँस्न चाहन्छन् भने तिनीहरूलाई हाँस्न दे। साँचो मर्दले कामकुराहरू गम्भीरतापूर्वक गर्नुपर्छ; यसमा लाज मान्नुपर्ने कुनै कुरा छैन। कामकुराहरू गम्भीरतापूर्वक गर्नु भनेको सत्यताप्रतिको, जिम्मेवारीहरूप्रतिको, र कर्तव्यहरूप्रतिको मनोवृत्ति हो जुन सबै मानवहरू—सृजित प्राणीहरू—मा हुनुपर्छ, चाहे तिनीहरूको लिङ्ग जेसुकै होस्। कडा शारीरिक श्रम गर्ने वा मेसिनरी जस्ता कुराहरू सञ्चालन गर्ने कुरामा, पुरुष र महिलाबीच भिन्नता हुन्छ, तर सत्यता पछ्याउने कुरामा त्यस्तो कुनै भिन्नता हुँदैन। सत्यता पुरुष वा महिलाप्रति मात्रै लक्षित हुँदैन, तर मानवजातिप्रति लक्षित हुन्छ, जसमा पुरुष र महिला दुवै समावेश हुन्छन्। हामीले सङ्गति गरेका सबै सत्यताहरूमध्ये, विवाहसँग सम्बन्धित मामलाहरूमा मात्रै पुरुष र महिलाबीच भिन्नता हुन्छ, जसमा पुरुषहरूले पुरुषका जिम्मेवारीहरू पूरा गर्नुपर्ने र महिलाहरूले महिलाका जिम्मेवारीहरू पूरा गर्नुपर्ने माग गरिन्छ। सत्यताका अन्य पक्षहरूमा पुरुष र महिलाबीच कुनै भिन्नता हुँदैन; ती सबै मानिसहरूले अभ्यास गर्नुपर्ने कुराहरू हुन्। विशेष गरी सत्यता सिद्धान्तहरू समावेश हुने मामलाहरूमा, गलत हुनु हुँदैन, र आफ्नो निर्देशन र लक्ष्य पनि गलत हुनु हुँदैन। सत्यता पछ्याउँदा, जब व्यक्तिका भ्रष्ट स्वभावहरू, उसले प्रकट गर्ने स्थितिहरू, र उसका विचार र धारणाहरू समावेश हुन्छन्, तब तिनलाई विस्तृत रूपमा जाँच्नुपर्छ र खुट्ट्याउनुपर्छ। यदि तिनलाई जाँचिएन भने, मूल समस्या कहिल्यै पत्ता लाग्नेछैन। यदि तैँले यस कुरालाई पत्ता लगाउन सकेनस् भने, तैँले यसलाई समाधान गर्न सक्दैनस्, र तँ सधैँ आफ्ना भ्रष्ट स्वभावहरूभित्र जिउनेछस्, तीद्वारा हैरान हुनेछस् र चालबाजीमा पर्नेछस्—तँ परिवर्तन हासिल गर्न असमर्थ हुनेछस्, र आफ्ना भ्रष्ट स्वभावहरू फाल्न असमर्थ हुनेछस्।
आज हामीले “देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिको स्तरमा नराख्नु” भन्ने विषयमा समावेश भएका धेरै पक्षहरूबारे सङ्गति गर्यौँ। यो मुख्य रूपमा तिमीहरूलाई मैले आफूलाई आचरणमा ढाल्ने र मानिसहरूसँग अन्तरक्रिया गर्ने सिद्धान्तहरू, साथै मैले मानिसहरूसँग अन्तरक्रिया गर्दाको मेरो भित्री स्वभाव र सारको बारेमा बताउनका लागि थियो। तिमीहरूले यी कुराहरूलाई बाहिरबाट देख्न, बुझ्न, वा बोध गर्न सक्दैनौ, त्यसैले मैले मेरा भावनाहरू र कामकुराहरू गर्ने मेरा सिद्धान्तहरू तिमीहरूसँग बाँडेँ। मैले आफ्नै गवाही दिइरहेको छैनँ; तिमीहरूले मैले आफूलाई आचरणमा ढाल्ने र कामकुराहरू गर्ने सिद्धान्तहरू, र मैले जिउने जीवन, स्वभाव, र सारलाई जान्न र बुझ्न सक भनेर मात्रै मैले यी कुराहरू तिमीहरूसँग बाँडिरहेको छु। यी कुनै रहस्यहरू होइनन्, न त यी कुनै भेदका कुराहरू नै हुन्। तिमीहरूले तिनलाई बुझेपछि र तँ तीबारे स्पष्ट भएपछि, तिमीहरू परमेश्वरलाई जान्न र परमेश्वरको देहधारी शरीरलाई अझै सही रूपमा जान्न सक्षम हुनेछौ। अन्यथा, “परमेश्वरको देहधारी शरीरले स्वर्गमा हुनुहुने परमेश्वरको प्रतिनिधित्व गर्न सक्नुहुन्छ, र उहाँसँग परमेश्वरको पहिचान र सार हुन्छ” भन्ने भनाइ तिमीहरूका लागि सधैँ एउटा खोक्रो भनाइ हुन सक्छ, वा यो सधैँ तिमीहरूका धारणा र कल्पनाहरूभित्र रहन सक्छ, वा यो सधैँ तिमीहरूका लागि एउटा रहस्य हुन सक्छ। वास्तवमा, यो समाधान गर्न सकिने समस्या हो; यो कुनै सिद्धान्त होइन, न त यो कुनै सूत्रबद्ध भनाइ नै हो। देहधारी परमेश्वरको जीवन अस्तित्वमा रहने रूप स्वर्गमा हुनुहुने परमेश्वर अस्तित्वमा रहने रूपभन्दा केही फरक भए पनि—यो देहमा अस्तित्वमा रहने परमेश्वरका आत्मा हुनुहुन्छ—उहाँहरूको जीवनमा कुनै भिन्नता छैन, र उहाँहरूको जीवन सारमा कुनै भिन्नता छैन। त्यसोभए, हामीले छलफल गरेका यी कुराहरू—परमेश्वरको देहधारी शरीरले मानिसहरूलाई धोका नदिने, मानिसहरूसँग प्रतिस्पर्धा नगर्ने, वा लड्नेलडाइ नगर्ने कुराहरू—कहाँबाट आएका हुन्छन् त? ती परमेश्वरको आफ्नै जीवनबाट आएका हुन्छन्; ठ्याक्कै भन्नुपर्दा, ती परमेश्वरको आफ्नै स्वभावको अभिव्यक्तिबाट आएका हुन्छन्। त्यसकारण, तिमीहरूलाई “म कसैलाई धोका दिन्नँ, कसैसँग प्रतिस्पर्धा गर्दिनँ, वा लड्दिनँ” भनेर भन्नु कुनै देखावटी कुरा होइन, न त यो कुनै रहस्य नै हो। उहाँ त्यस्तै प्रकारको व्यक्ति हुनुहुन्छ, उहाँ त्यस्तै जीवनभित्र जिउनुहुन्छ, र उहाँले आफूलाई आचरणमा ढाल्ने उहाँका सिद्धान्तहरू, साथै उहाँले जिउने जीवन, स्वभाव, र सार, यी सबैमा मानिसहरूलाई धोका नदिने, मानिसहरूसँग प्रतिस्पर्धा नगर्ने, र लड्नेलडाइ नगर्ने तत्त्वहरू समावेश हुन्छन्। के यो कुरा स्पष्ट छ? (छ।) हामी आजका लागि हाम्रो सङ्गति यहीँ अन्त्य गर्नेछौँ। बिदा!
अगष्ट १७, २०२४