सत्यता कसरी पछ्याउने (२४)
पछिल्लो पटक, हामीले “सत्यता कसरी पछ्याउने” अन्तर्गत “त्याग्नु” भन्ने बृहत् विषयअन्तर्गत पर्ने आफू र परमेश्वरबीचका तगाराहरू र परमेश्वरप्रतिको शत्रुता त्याग्ने विषयवस्तुका बारेमा सङ्गति गरेका थियौँ। यस विषयवस्तुमा देहधारी परमेश्वरबारेका धारणा र कल्पनाहरू समावेश हुन्छन्। हामीले कुन-कुन पक्षहरूका बारेमा सङ्गति गर्यौँ? (पछिल्लो पटक, परमेश्वरले मुख्य रूपमा देहधारी परमेश्वरबारेका हाम्रा केही धारणा र कल्पनाहरूका बारेमा सङ्गति गर्नुभयो र तिनलाई खुलासा गर्नुभयो, र परमेश्वरले हाम्रा लागि अभ्यासका दुई वटा सिद्धान्तहरूका बारेमा पनि सङ्गति गर्नुभयो: एउटा देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना नगर्नु भन्ने बारेमा थियो, र अर्को देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिसँग एउटै स्तरमा नराख्नु भन्ने बारेमा थियो।) देहधारी परमेश्वरबारेका धारणा र कल्पनाहरूलाई समाधान गर्नका लागि, मानिसहरूले अभ्यास गर्नुपर्ने कुरा भनेका पछिल्लो सङ्गतिमा उल्लेख गरिएका यी दुई वटा सिद्धान्तहरू नै हुन्। पहिलो के थियो? (देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना नगर्नु।) अनि दोस्रो के थियो? (देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिसँग एउटै स्तरमा नराख्नु।) मुख्य रूपमा यी नै दुई वटा थिए। पछिल्लो पटक, मैले पहिलो सिद्धान्त, अर्थात् देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना नगर्नु भन्ने बारेमा सङ्गति गरेँ र मानिसहरूले देख्न सक्ने र तिनीहरूले अझै नबुझेका देहधारी परमेश्वरको जीवनसम्बन्धी विषयहरूका बारेमा सङ्क्षेपमा परिचय दिएँ। आज, म देहधारी परमेश्वरसम्बन्धी विषयमा सङ्गति गर्ने कार्यलाई जारी राख्नेछु। म जति धेरै सङ्गति गर्छु, मानिसहरूले त्यति नै धेरै बुझ्नेछन्, र तिनीहरूको बुझाइ त्यति नै गहन हुनेछ। म देहधारी परमेश्वरको सामान्य मानवता वा नम्रता र गुप्तताको महत्त्वका बारेमा जति धेरै सङ्गति गर्छु, मानिसहरूले देहधारी परमेश्वरलाई त्यति नै धेरै बुझ्नेछन्, र उहाँप्रतिको तिनीहरूको बुझाइ त्यति नै व्यावहारिक हुनेछ। तिनीहरूले देहधारी परमेश्वरको व्यावहारिक पक्षको बारेमा, वा मानिसहरूले देख्न र सम्पर्कमा आउन सक्ने उहाँका पक्षहरूका बारेमा अझ धेरै बुझ्न सक्नेछन्, र तिनीहरूको ज्ञान अझ बढी सही र व्यावहारिक हुनेछ। यसरी, मानिसहरूले वास्तविकतासँग नमिल्ने किसिमका स्वर्गमा हुनुहुने परमेश्वरबारेका आफ्ना केही धारणा र कल्पनाहरूलाई त्याग्नेछन्। मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्वरबारेका आफ्ना धारणा र कल्पनाहरूलाई जति धेरै त्याग्छन्, र तिनीहरूले देहधारी परमेश्वरको व्यावहारिकता र सामान्यतालाई जति धेरै चिन्छन् र बोध गर्छन्, मानिसहरू र परमेश्वरबीचको सम्बन्ध त्यति नै सामान्य बन्नेछ। देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना नगर्ने बारेको एउटा बुँदा के हो भने तँसँग देहधारी परमेश्वरको व्यावहारिकता र सामान्यताको बुझाइ हुनैपर्छ। तैँले देहधारी परमेश्वरको व्यावहारिकता र सामान्यतालाई जति धेरै बुझ्छस्, तैँले स्वर्गमा हुनुहुने परमेश्वरलाई त्यति नै धेरै बुझ्नेछस्, र तैँले स्वर्गमा हुनुहुने परमेश्वरलाई तेरा धारणा र कल्पनाहरूले मापन गर्नेछैनस्। अवश्य नै, वस्तुगत दृष्टिकोणबाट हेर्दा, अर्को कुरा पनि हुनेछ: परमेश्वरप्रति तँसँग सही मनोवृत्ति हुनेछ, देहधारी परमेश्वरले उहाँको मानवतामा स्पष्ट पार्नुभएका विभिन्न प्रकटीकरणहरूप्रति तँसँग वस्तुगत दृष्टिकोण हुनेछ, साथै तैँले स्वर्गमा हुनुहुने परमेश्वरलाई अझ बढी सही र व्यावहारिक रूपमा चिन्नेछस्। यसले तँलाई देहधारी परमेश्वरबारे सधैँ वास्तविकतासँग नमिल्ने धारणा र कल्पनाहरू राख्नबाट रोक्छ, र यसले तँलाई देहधारी परमेश्वरलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग सधैँ तुलना गर्नबाट पनि रोक्छ। परमेश्वरको देहधारी शरीर—अर्थात्, ख्रीष्ट—का बारेमा छलफल गर्दा, प्रायजसो उठाइने एउटा खास विषय हुन्छ: देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता, अनि नम्रता र गुप्तता। मानिसहरूले प्रायजसो उहाँको सामान्यता र व्यावहारिकताका बारेमा कुरा गर्छन्, र तिनीहरूले प्रायजसो उहाँको नम्रता र गुप्तताका बारेमा पनि कुरा गर्छन्; तर, जब यसमा समावेश व्यावहारिक समस्याहरूको कुरा आउँछ, तब सबै मानिसहरूमा स्पष्टताको कमी हुन्छ भनेर भन्न सकिन्छ। परमेश्वरको सामान्यता र व्यावहारिकता भनेको ठ्याक्कै के हो त? उहाँको नम्रता र गुप्तता भनेको के हो? अर्थात्, जब मानिसहरूको हृदयमा देहधारी परमेश्वरको सामान्यता, व्यावहारिकता, नम्रता, र गुप्तता ठ्याक्कै के हुन्, साथै यी कुराहरूलाई कसरी बुझ्ने र चिन्ने भन्ने कुरा आउँछ, तब मानिसहरू यस सन्दर्भमा सत्यता वा सारबारे स्पष्ट हुँदैनन्, र तिनीहरूले यी कुराहरूलाई कुनै प्रकारको सिद्धान्त वा आत्मिक शब्दावली जस्तै गरी प्रचार मात्रै गर्छन्। त्यसकारण, हामीले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता, अनि नम्रता र गुप्तताको यस विषयमा विस्तृत र व्यवस्थित रूपमा सङ्गति गर्नुको ठूलो आवश्यकता छ। यस्तो सङ्गतिद्वारा, विशेष पहिचान भएको यस मानिसको पुत्र, देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताको जियाइ के हो भन्ने कुरामा मानिसहरू स्पष्ट हुनेछन्।
तिमीहरूको शाब्दिक बुझाइको हिसाबमा, वा तिमीहरूका धारणा र कल्पनाहरूले भ्याएसम्म, तिमीहरूले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकतालाई कसरी बोध गर्न सक्छौ? देहधारी परमेश्वरको सम्पर्कमा आएको, उहाँसँग अन्तरक्रिया गरेको, वा कुरा गरेको यतिका वर्षमा, तिमीहरूले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताका सम्बन्धमा ठ्याक्कै के महसुस गरेका छौ र के कुरा थाहा पाएका छौ? यसअघि सङ्गति गरिएका अधिकांश विषयहरू भ्रष्ट मानवजातिका समस्याहरूबारे थिए। अर्थात्, हामीले तिमीहरूमा भएका विभिन्न समस्याहरूका बारेमा सङ्गति गर्यौँ, जसमा भ्रष्ट स्वभावहरू, परमेश्वरको सेवा गर्ने कुरा, र कर्तव्य निर्वाह गर्ने कुरा, साथै मानवता, क्षमता, मानिसहरूका धारणा र कल्पनाहरू, र परमेश्वरप्रतिको मनोवृत्ति र दृष्टिकोणहरू समावेश छन्—हामीले यी सबैका बारेमा कुरा गर्यौँ। मैले यति धेरै वर्षसम्म सत्यता प्रचार गरेको छु र प्रवचनहरू दिएको छु, र ती सबै तिमीहरूका समस्याहरूबारे नै रहेका छन्। यस पटक, हामीले अन्ततः तिमीहरूका समस्याहरूका बारेमा कुरा गरिरहेका छैनौँ, बरु देहधारी परमेश्वरसँग सम्बन्धित केही कुराहरूका बारेमा कुरा गरिरहेका छौँ, र यसले हामीलाई फरक दृष्टिकोणबाट कुराहरूलाई हेर्न अनुमति दिन्छ। के तिमीहरूलाई यो विषय निकै सहज भएको, कुनै पनि बोझबाट निकै मुक्त भएको, र त्यति अप्ठ्यारो नभएको जस्तो लाग्दैन र? (लाग्छ।) त्यसोभए, जब देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता वा नम्रता र गुप्तताको कुरा आउँछ, तब तिमीहरूले देख्न, बोध गर्न, वा बुझ्न सक्ने कुराहरू के-के हुन्? तिमीहरूले सिद्धान्तहरू वा तथ्यहरूका बारेमा बोल्न सक्छौ; जे भए पनि हुन्छ। तिमीहरूले जवाफ दिन सकिरहेका छैनौ—त्यसोभए, के तिमीहरूको मनमा सामान्यतया परमेश्वरको देहधारी शरीरबारे कुनै विचारहरू हुँदैनन्? कुनै ज्ञान नै हुँदैन? अनि कुनै भावना नै हुँदैन? तिमीहरूसँग केही त हुनैपर्छ, होइन र? कहिलेकाहीँ यो क्षणिक विचार हुन सक्छ, कहिलेकाहीँ यो तैँले केही बेर सोच्ने कुरा हुन सक्छ, र कहिलेकाहीँ यो तेरो हृदयमा परेको गहिरो प्रभाव हुन सक्छ। यदि यो क्षणिक विचार हो भने, तैँले यो कुरालाई याद नगर्न सक्छस्; वा कहिलेकाहीँ तेरो अवचेतन मनमा कुनै निश्चित विचार वा दृष्टिकोण आउन सक्छ, र तैँले त्यसलाई पनि याद नगर्न सक्छस्। तर कहिलेकाहीँ तँमा देहधारी परमेश्वरको निश्चित प्रभाव पर्छ, र यो प्रभावले गर्दा तैँले एउटा दृष्टिकोण विकास गर्छस्। यो प्रभाव तेरो मनमा लामो समयसम्म रहिरहनेछ। तैँले यसलाई पक्कै पनि याद गर्न सक्नेछस्। तेरो मन खाली त हुनु हुँदैन, होइन र? त्यसैले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता, वा नम्रता र गुप्तताको बारेमा रहेको तिमीहरूको बुझाइबारे कुरा गर। (परमेश्वर, देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताको बारेमा मेरो बुझाइ के हो भने उहाँमा पनि देहका सामान्य आवश्यकताहरू छन्। उदाहरणका लागि, जब ख्रीष्टले लामो समयसम्म बोल्नुहुन्छ, तब उहाँलाई तिर्खा लाग्छ र उहाँले पानी पिउनुपर्ने हुन्छ। जब उहाँले हामीसँग भेलाहरूमा तीन-चार घण्टासम्म सङ्गति गर्नुहुन्छ, तब उहाँ पनि थाक्नुहुन्छ र उहाँले विश्राम गर्नुपर्ने हुन्छ। जब उहाँ लामो समयसम्म हिँड्नुहुन्छ, तब उहाँले पनि विश्राम लिनुपर्ने हुन्छ। अर्थात्, बाहिरी रूपमा हेर्दा, ख्रीष्ट सामान्य व्यक्ति जस्तै हुनुहुन्छ, र उहाँमा सामान्य मानवताका सम्पूर्ण भावना पनि हुन्छन्: जब उहाँले आनन्ददायी कुराहरू सुन्नुहुन्छ, तब उहाँले खुसी महसुस गर्नुहुन्छ, र जब उहाँले दुःखदायी कुराहरू सुन्नुहुन्छ, तब दुःखी महसुस गर्नुहुन्छ। यी पनि देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताका प्रकटीकरणहरू नै हुन्।) तिमीहरूले केही तथ्यहरू बताएका छौ। यी तिमीहरूले देखेका कुराहरू हुन्, र तिमीहरूले सम्पर्कमा आउन र महसुस गर्न सक्ने कुराहरू पनि हुन्। अरू केही छ? (परमेश्वर, म एउटा कुरा थप्छु: मैले पहिले के सुनेको थिएँ भने जब तपाईंले केही पेशागत कामका लागि निर्देशन दिनुहुन्छ, तब तपाईंले पनि केही विशेष ज्ञान सिक्नुपर्छ र बुझ्नुपर्छ।) के यो तिमीहरू सबैले सुनेको कुरा हो? जब मैले केही पेशागत कामका लागि निर्देशन दिन्छु, तब मैले पनि गएर व्यावहारिक रूपमा यसबारे सिक्नुपर्छ, र केही सान्दर्भिक पेशागत ज्ञान बुझ्नुपर्छ र म त्यसमा निपुण हुनुपर्छ—के धेरैजसो मानिसहरूले प्राप्त गरेको जानकारी यही हो? के तिमीहरू सबैले यही सोच्छौ? (सोच्दैनौँ। उदाहरणका लागि, जब तपाईंले चलचित्र निर्माण समूहको कामलाई निर्देशन दिनुहुन्छ, तब तपाईंले गति पक्रनका लागि कहिलेकाहीँ केही चलचित्र र टिभी कार्यक्रमहरू मात्रै हेर्नुहुन्छ; तपाईंले यसबारे सिक्न वा अनुसन्धान गर्नका लागि विशेष रूपमा समय छुट्याउनुहुन्न।) यो कुरालाई स्पष्ट पार्न आवश्यक छ। मसँग स्रोतहरू खोज्ने वा कुनै पनि प्रकारको पेशागत ज्ञान सिक्ने ऊर्जा साँच्चै नै छैन। कुरा के मात्रै हो भने मैले केही चलचित्रहरू हेरेको छु, त्यसकारण ती सामान्यतया कस्ता हुनुपर्छ भन्नेबारे ममा अलिकति प्रभाव छ; त्यसमाथि, दाजुभाइ-दिदीबहिनीहरूले प्रदान गरेका केही सान्दर्भिक पेशागत ज्ञानका आधारमा, म सान्दर्भिक सिद्धान्तहरू पत्ता लगाउँछु र निकाल्छु, र पेशागत कामका लागि केही निर्देशन प्रदान गर्छु। यहाँको अत्यावश्यक कुरा भनेको सिद्धान्तहरू बोध गर्नु, र सिद्धान्तहरूका आधारमा तिनका बारेमा निर्देशन दिनु हो। काम गर्नेहरूका कठिनाइहरू के हुन् भने, एकातिर, तिनीहरूको पेशागत ज्ञान व्यापक हुँदैन, र अर्कोतिर, तिनीहरूले सत्यता सिद्धान्तहरू बोध गर्दैनन्, साथै तिनीहरूको क्षमता कमजोर हुन्छ। त्यसकारण, मैले तिनीहरूलाई सिद्धान्तहरू बुझेको आधारमा केही हदसम्म मार्गदर्शन दिँदा, तिनीहरू आफैले काम गर्दा भन्दा राम्रा परिणामहरू आउँछन्। म परमेश्वरका वचनहरू प्रसार गर्ने, परमेश्वरको गवाही दिने, परमेश्वरलाई अपमानित गर्ने प्रयास नगर्ने, र मानिसहरूलाई परमेश्वरको कामको बारेमा अझ धेरै सिक्न र सत्यता अझ धेरै बुझ्न सक्षम तुल्याउने सिद्धान्तका आधारमा यसो गर्छु, र यसले निश्चित परिणामहरू ल्याएको छ। खास पेशागत सीपहरूको हिसाबमा भने, मसँग व्यावहारिक रूपमा कुनै पनि सीप छैन। मसँग विशेष ज्ञान नै छैन, न त मैले तिमीहरूले भनेजस्तै विशेष रूपमा यसबारे सिक्ने प्रयास नै गरेको छु। मैले जस्तोसुकै पेशागत कामलाई मार्गदर्शन गरे पनि, मैले कहिल्यै यसबारे सिक्ने प्रयास गरेको छैन, न त मैले शैक्षिक सामग्रीहरू, स्रोतहरू, वा सान्दर्भिक पेशागत ज्ञान नै खोजेको छु। बढीमा, दाजुभाइ-दिदीबहिनीहरूले केही सान्दर्भिक शैक्षिक सामग्रीहरू वा नमुनाहरू खोजेर मलाई देखाउँछन्, र म यिनीहरूबाट केही सान्दर्भिक सिद्धान्तहरू, र त्यस पेसाका लागि काम गर्ने केही तरिकाहरू निकाल्छु, र यिनैका आधारमा तिनीहरूको कामका बारेमा निर्देशन दिन्छु।
यस पक्ष, अर्थात् देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताको सम्बन्धमा, मानिसहरूले उहाँको देहका नैसर्गिक प्रवृत्तिहरूद्वारा प्रदर्शित केही सामान्यता र व्यावहारिकता देखेका छन्। यसमा मानव नैसर्गिक प्रवृत्तिहरू, साथै देहका विभिन्न जन्मजात अवस्थाहरूका केही प्रकटीकरण र सीमितता समावेश छन्; यो यी शब्दहरूको साँचो अर्थमा सामान्यता र व्यावहारिकता हो। चाहे यो उहाँले बाहिरी रूपमा स्पष्ट पार्ने कुरा होस्, वा उहाँका भित्री विचार र दृष्टिकोणहरू होऊन्, वा उहाँको मानवताको आत्मआचरणका भित्री सिद्धान्तहरू होऊन्—छोटकरीमा, देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताको सबैभन्दा सरल र आधारभूत बुझाइ के हो भने उहाँ असाधारण, पारलौकिक वा असामान्य हुनुहुन्न। अर्थात्, देहधारी परमेश्वरको बाहिरी रूपबाट, तँ साधारण मानिसहरूका भन्दा फरक कुनै विशेष प्रकटीकरणहरू देख्न सक्दैनस्। यदि उहाँ केही बोल्नुहुन्न वा गर्नुहुन्न भने, उहाँको अनुहारको बनावट, उहाँको शारीरिक रूप र समग्रमा उहाँको व्यक्तित्वलाई मात्रै हेर्दा, तँ कुनै असामान्य कुरा देख्न सक्दैनस्। उहाँ असाधारण, पारलौकिक वा असामान्य हुनुहुन्न; उहाँ साधारण व्यक्ति मात्र हुनुहुन्छ। सही रूपमा वा वस्तुगत रूपमा भन्दा, यदि यो व्यक्ति भीडमा छ र ऊ बोल्दैन, काम गर्दैन वा सत्यता व्यक्त गर्दैन भने, तँ यो व्यक्ति अरू कोहीभन्दा कसरी फरक छ भनेर भन्न सक्दैनस्। उदाहरणका लागि, यदि म तिमीहरूमाझ बसिरहेको छु र कुनै अपरिचित व्यक्ति भित्र आयो भने, उसले म तिमीहरूजस्तै देखिन्छु भन्ने देख्नेछ। म सम्मानको सिटमा बस्दिनँ, न त म अरूभन्दा फरक नै हुन्छु। मेरो रूप साधारण छ; म असाधारण छैनँ, अग्लो छैनँ र म कुनै प्रकारको महान् व्यक्तित्वजस्तो देखिँदिनँ—म साधारण व्यक्ति मात्रै हुँ। त्यसैले तिनीहरूले देहधारी परमेश्वर को हुनुहुन्छ भनेर बताउन सक्नेछैनन्। यदि म मानिसहरूको समूहसँगै बसेँ भने, तैँले त्यतिखेर पनि ममा कुनै फरक कुरा देख्न सक्नेछैनस्। तँलाई के मात्रै थाहा हुन्छ भने, यी देहधारी परमेश्वर महिला हो, तर तैँले मेरा प्रवचनहरू धेरै नसुनेसम्म, नाङ्गो आँखाले देहधारी परमेश्वर को हुनुहुन्छ भनेर बताउन सक्नेछैनस्, जुन अवस्थामा तैँले मेरो आवाजबाटै बताउन सक्छस्। यदि कसैको आवाज मेरो जस्तै छ भने, कतिपय मानिसले गल्ती गर्न सक्छन् र उनी नै देहधारी परमेश्वर हुन् भन्ने मानिलिन सक्छन्। के यस्ता कुराहरू हुन्छन्? यस्तो पक्कै भएको छ। कतिपय व्यक्ति पारलौकिक र असाधारण देखिन्छन्, तिनीहरूमा विशेष रूपमा आभा र शैली हुन्छ अनि तिनीहरू निकै कुलीन, हैसियत र निश्चित प्रतिष्ठा भएका व्यक्तिजस्तै देखिन्छन्। देहधारी परमेश्वरलाई भेट्न विशेष रूपमा चाहने कतिपय मूर्ख ब्रदर-सिस्टर वा मानिसले गल्तीले त्यस्तो व्यक्तिलाई देहधारी परमेश्वर ठान्नेछन् र उनीसामु निहुरिने र घुँडा टेक्नेसमेत गर्नेछन्। जसको अघि निहुरिएको हो, उनलाई भित्रभित्रै निकै आनन्द लाग्छ र उनी यसलाई मौन रूपमा स्वीकारसमेत गर्छिन्। जब उनी जान लाग्छिन्, तब निहुरिने र घुँडा टेक्ने ती मूर्ख मानिसहरू आँसुसमेत झार्छन् र उनीसँग छुट्टिन अनिच्छुक हुन्छन्; तिनीहरू यसो भन्दै उनको लुगा तान्छन् र उनलाई जान दिँदैनन्, “तपाईँ फेरि कहिले आउनुहुन्छ? हामीलाई तपाईँको याद आउनेछ!” तिनीहरू निकै उत्साहका साथ यसोसमेत भन्छन्, “मैले अन्ततः देहधारी परमेश्वरलाई भेटेँ। मलाई यस जीवनमा कुनै पछुतो छैन। म मरेँ भने पनि, मेरो जीवन सार्थक भएको हुनेछ!” जसको अघि निहुरिएको हो, उनी परिस्थितिलाई पटक्कै स्पष्ट पार्दिनन्। के तिमीहरूले यस्ता कुराहरू सुनेका छौ? (छौँ।) यस प्रकारको कुरा विदेशमा हुने सम्भावना हुँदैन। किन यो मुख्यभूमि चीनमा भयो? किनभने देहधारी परमेश्वरले चीनमा देखा परेर काम गर्नुभयो, उहाँमा निश्चित रूपले चिनियाँ व्यक्तिको रूप छ, त्यसैले मुख्यभूमि चीनमा यस्तो कुरा भयो। हामी यस मामिलामा संलग्न दुई पक्ष सही छन् कि गलत छन् भन्ने कुराबारे चर्चा गर्नेछैनौँ। यस समस्याको हकमा भन्दा, मानिसहरूले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकतालाई जसरी बुझे पनि, उनीहरू आफ्ना धारणाहरूअनुसार देहधारी परमेश्वरसँग उच्च स्वरूप, महान् रूप र त्योभन्दा बढी महान् र आभा भएको, विशेष गरी राजकीय पहिचान भएको व्यक्ति जस्तो देखिनुहुन्छ भन्ने विश्वास गर्छन्—उहाँ हिँड्दा, सिधा ठाडो भएर हिँड्नुपर्छ, उहाँका आँखाहरू तेजिला र तीक्ष्ण हुनुपर्छ अनि उहाँको हेराइ विशेष रूपमा तेज हुनुपर्छ; उहाँले कसैलाई हेरेर मात्रै ऊ के सोचिरहेको छ भनेर तुरुन्तै जान्न सक्नुपर्छ र उहाँले कसले शत्रुता वा खराब विचारहरू पाल्छ भनेर एक झलकमै बताउन सक्नुपर्छ। मानिसहरूमा भएका यी विचारहरूले एउटा निश्चित घटनालाई प्रतिबिम्बित गर्छन्: मानिसहरूमा देहधारी परमेश्वरबारे यति धेरै कल्पना हुन्छन्। तर वास्तवमा, देहधारी परमेश्वर मानिसहरूका धारणा र कल्पनाहरूको परमेश्वरजस्तो हुनुहुन्न; एउटा भिन्नता छ। देहधारी परमेश्वरको बाहिरी रूप निकै साधारण छ। उहाँ पटक्कै अग्लो हुनुहुन्न, पटक्कै पारलौकिक हुनुहुन्न र पटक्कै अलौकिक हुनुहुन्न; उहाँमा कुनै विशेष कुरा छैन भनेर समेत भन्न सकिन्छ। बाहिरी रूपमा, उहाँ सबै सृजित मानवहरूभन्दा लगभग फरक हुनुहुन्न। अर्थात्, उहाँ मानवहरूमा हुने विभिन्न कार्यहरू, साथै मानवहरूका नैसर्गिक प्रवृत्ति, सामान्य सोचाइ र विभिन्न क्षमताका सन्दर्भमा परमेश्वरले सृष्टि गरेका मानवहरूजस्तै हुनुहुन्छ। यी त मानिसहरूले नाङ्गो आँखाले सिधै देख्न सक्ने र तिनीहरू सम्पर्कमा आउन सक्ने अनि मानिसहरूले बोध गर्न र बुझ्न सक्ने बाहिरी कुराहरू हुन्। यी बाहिरी कुराहरू देख्न र बुझ्न मानिसहरूलाई सजिलो हुन्छ, त्यसैले ती हाम्रो सङ्गतिको केन्द्रबिन्दु हुनेछैनन्। देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता अनि उहाँको नम्रता र गुप्तता हाम्रो सङ्गतिको केन्द्रबिन्दु हुन्।
चाहे त्यो उहाँको सामान्यता र व्यावहारिकता होस्, वा उहाँको नम्रता र गुप्तता होस्, मानिसहरूले देहधारी परमेश्वरबारे बुझ्नुपर्ने कुराको हकमा भन्दा, यसमा मानिसहरूको हृदयमा पटक्कै नहुने सोच वा चिन्ने तरिकाहरू हुन्छन्; यी सोचहरू तिनीहरूका धारणा र कल्पनाहरूभित्र समेत अस्तित्वमा हुँदैनन्। यसमा देहधारी परमेश्वर कसरी मानिसहरूमाझ जिउनुहुन्छ, उहाँ कसरी मानवजातिको वास्तविक जीवनको वातावरणमा जिउनुहुन्छ, उहाँ कसरी आफ्नो जीवन चलाउनुहुन्छ अनि उहाँ कसरी मानिसहरूमाझ बोल्नुहुन्छ र काम गर्नुहुन्छ भन्ने कुराहरू समावेश हुन्छन्। यसमा देहधारी परमेश्वरको सारसम्बन्धी विषयहरू समावेश हुन्छन् र यी विषयहरू सङ्गति गर्न लायक हुन्छन्। यी पक्षहरू मानिसहरूले देख्न नसक्ने वा मानिसहरूलाई बुझ्न एकदमै गाह्रो हुने कुराहरू पनि हुन् अनि अवश्य नै, ती मानिसहरूको ज्ञानभित्र वा देहधारी परमेश्वरबारेका तिनीहरूका धारणा र कल्पनाहरूभित्र अस्तित्वमा नहुने कुराहरू पनि हुन्। अर्थात्, देहधारी परमेश्वरबारे मानिसहरूको ज्ञान, बुझाइ र कल्पनाहरू आधारभूत रूपमा देहधारी परमेश्वरको जीवन र अस्तित्वको वास्तविकताबाट विच्छेद भएका हुन्छन्। फलस्वरूप, देहधारी परमेश्वरको सारसम्बन्धी मानिसहरूको धेरैजसो ज्ञान अव्यावहारिक र अवस्तुगत हुन्छ अनि यसमा वास्तविकताअनुरूप नहुने केही धारणा र कल्पनासमेत हुन्छन्। देहधारी परमेश्वर मानिसहरूमाझ र यस भौतिक संसारमा जिउनुहुन्छ; उहाँको सामान्यता र व्यावहारिकता उहाँको जीवनमा, साथै उहाँको अस्तित्वको प्रक्रियामा प्रतिबिम्बित हुन्छन्। उहाँको जीवन र उहाँको अस्तित्वको प्रक्रियामा, एकातिर, यस देहको जीवन समावेश हुन्छ र अर्कोतिर, देहधारी परमेश्वरले निर्वाह गर्ने सेवकाइ समावेश हुन्छ। देहधारी परमेश्वरले जिएको तथा उहाँमा भएको सामान्यता र व्यावहारिकता मानिसहरूका धारणा र कल्पनाहरूभन्दा कसरी फरक छन् भन्ने कुरालाई यी दुई पक्षबाट हेरौँ—यस सामान्यता र व्यावहारिकताका कुन भागहरूलाई मानिसहरू बुझ्न सक्दैनन् वा देखेपछि त्यसलाई खारेज गर्छन्, तर वास्तवमा ती परमेश्वरको देहधारी देहमा भएको सामान्यता र व्यावहारिकताका प्रकटीकरणहरू हुन्। यसमा देहधारी परमेश्वरको जीवन र अस्तित्व समावेश हुने हुनाले, यसले धेरै वास्तविक विषय, साथै यी वास्तविक विषयहरूसम्बन्धी धेरै सोच र दृष्टिकोणलाई समेट्छ। यी सोच र दृष्टिकोणहरूलाई वास्तवमा देहधारी परमेश्वरको जीवन र उहाँले निर्वाह गर्ने सेवकाइमा व्यावहारिक र वस्तुगत रूपमा प्रकट गरिन्छ र जिइन्छ। तर, चाहे स्वर्गमा हुनुहुने परमेश्वरबारे होस् वा पृथ्वीमा हुनुहुने परमेश्वरबारे होस्मानिसहरूले धेरै धारणा र कल्पनाहरू राख्ने हुनाले र यी सबै खोक्रा हुने र वास्तविकतासँग मिल्दा नहुने हुनाले, धेरैजसो मानिस देहधारी परमेश्वर—परमेश्वरको यस विशेष पहिचानद्वारा प्रकट गरिएको मानिसहरूले देख्न सक्ने सामान्यता र व्यावहारिकता अनि नम्रता र गुप्ततालाई खारेज गर्छन्। धेरैजसो मानिसले ध्यान केन्द्रित गर्ने कुराहरू भनेका चिह्न र आश्चर्यकर्महरू, रहस्यहरू, अलौकिक क्षमताहरू अनि गहन, भव्य वा तुलनात्मक रूपले उत्कृष्ट र अनौठा कुराहरू इत्यादि हुन्। तैपनि मानिसहरू परमेश्वर स्वयम्ले जिएका र प्रकट गरेका साँच्चै वस्तुगत, व्यावहारिक र वास्तविक कुराहरूलाई खारेज गर्छन्। परमेश्वरको देहधारी देह मानवजातिमाझ जतिसुकै वर्ष जिए पनि, मानिसहरूले यी कुराहरूलाई खारेज गर्ने हुनाले, परमेश्वरबारे तिनीहरूको ज्ञान सधैँ तिनीहरूका खोक्रा र अस्पष्ट कल्पनाहरूमा नै अड्केर बस्छ। फलस्वरूप, परमेश्वरबारे मानिसहरूको ज्ञान सधैँ यति अवस्तुगत र अव्यावहारिक हुन्छ। आज, यस विषयबारे सङ्गति गरेर, देहधारी परमेश्वरको जीवन र उहाँले निर्वाह गर्ने सेवकाइमा प्रतिबिम्बित सामान्यता र व्यावहारिकतालाई चिनौँ। चाहे त्यो देहधारी परमेश्वरको जीवन होस् वा उहाँले निर्वाह गर्ने सेवकाइ होस्, दुवै पक्षमा उहाँको सामान्यता र व्यावहारिकता जिउनु समावेश हुन्छ। यसमा देहधारी परमेश्वर—विशेष पहिचान भएको यस मानिसको पुत्र—का सबै प्रकारका मानिस, घटना र कामकुराहरूप्रतिका दृष्टिकोणहरू अनि सबै प्रकारका मामिलाहरू सम्हाल्ने उहाँका सिद्धान्त र विधिहरू समावेश हुन्छन्। तिमीहरूले देहधारी परमेश्वरले सबै प्रकारका मामिलाहरूलाई लिने र सम्हाल्ने सिद्धान्त र विधिहरूबारे वर्षौँका सङ्गतिहरूमा सुनेका छौ अनि तिमीहरूलाई अब यी कुराहरूका बारेमा थाहा छ। तिमीहरूको मनमा निकै उच्च र भव्य देखिने यी कुराहरू सबैमा सत्यता समावेश भएका हुन्छन्। एकातिर, तिनले स्वर्गमा हुनुहुने परमेश्वरका अभिप्रायहरूलाई प्रतिनिधित्व गर्छन्; तिनले परमेश्वरको पहिचान र सार भएका परमेश्वर मानिसहरूबाट के माग गर्नुहुन्छ र उहाँ तिनीहरूलाई के सिकाउनुहुन्छ भन्ने कुरालाई प्रतिनिधित्व गर्छन्। अर्कोतिर, तिनले देहधारी परमेश्वर, यस मानिसको पुत्रले सबै प्रकारका मामिलाहरूलाई कसरी हेर्नुहुन्छ वा सम्हाल्नुहुन्छ भन्ने कुरामा उहाँका सिद्धान्त, विधि र सोच अनि दृष्टिकोणहरूलाई पनि प्रतिनिधित्व गर्छन् भनेर नकार्न सकिँदैन। मैले तिमीहरूसँग सत्यता सिद्धान्तहरू समावेश हुने यस विशाल विषयवस्तुबारे लामो समयदेखि सङ्गति गर्दै आएको छु; विषयहरू धेरै छन् र ती निकै लामा छन्। यो विषयवस्तु देहधारी परमेश्वर—मानिसको पुत्रका—सोच र दृष्टिकोण, मनोवृत्ति र सबै प्रकारका मामिलाहरूमा कामकुराहरूलाई सम्हाल्ने सिद्धान्तहरूलाई प्रतिनिधित्व गर्न पर्याप्त छ। हामी आज यस पक्षका बारेमा कुरा गर्नेछैनौँ।
हामीले जुन विषयमा सङ्गति गर्नेछौँ, त्यो मुख्य विषय भनेको देहधारी परमेश्वरको जीवन र अस्तित्वमा उहाँको आत्मआचरणका सिद्धान्तहरू, र कामकुराहरू गर्ने उहाँका मार्गहरू हुन्। यी दुई पक्षहरूका विषय सम्बन्धी मेरो सङ्गतिद्वारा, तिमीहरूले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकतालाई अझ राम्ररी बुझ्नेछौ, र देहधारी परमेश्वरलाई अझ धेरै बुझ्नेछौ। एकातिर, मानवजातिमाझ जिउँदा, देहधारी परमेश्वरसँग उहाँले आफूलाई कसरी आचरणमा ढाल्नुहुन्छ भन्ने एउटा सिद्धान्त हुन्छ, र उहाँले कसरी कामकुराहरू गर्नुहुन्छ भन्ने सम्बन्धी पनि एउटा सिद्धान्त हुन्छ। यी सिद्धान्तहरू निकै सरल छन्। मेरो आत्मआचरणको सिद्धान्त भनेको नियमअनुसार आफूलाई आचरणमा ढाल्नु हो, र कामकुराहरू गर्ने मेरो सिद्धान्त भनेको कर्तव्यनिष्ठ भई ती कामहरू गर्नु हो। नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने—मैले आफूलाई कसरी आचरणमा ढाल्छु र मैले कसरी कामकुराहरू गर्छु भन्ने कुराका मेरा सिद्धान्त र मान्यताहरू यिनै हुन्। जम्मा कति वटा शब्दहरू भए? (दश वटा शब्दहरू।) यी दश वटा शब्दहरू निकै सरल छन्, र तिनको शाब्दिक अर्थ बुझ्न निकै सजिलो छ। ती पटक्कै अमूर्त वा खोक्रा छैनन्, पटक्कै गहन छैनन्, र पटक्कै उच्च र भव्य छैनन्। नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने—मैले आफूलाई कसरी आचरणमा ढाल्छु र मैले कसरी कामकुराहरू गर्छु भन्ने कुराका मेरा सिद्धान्त र मान्यताहरू यिनै हुन्। आफूलाई आचरणमा ढाल्दा र कामकुराहरू गर्दा म यी सिद्धान्तहरू पालन गर्छु; म ठ्याक्कै यसरी नै गर्छु। के तिमीहरूले यो एउटा तथ्य हो भनेर देख्न सक्छौ? के तिमीहरूले यसलाई तथ्यहरूसँग दाँज्न सक्छौ? एकातिर, जब म प्रचार गर्छु र सङ्गति गर्छु, जब म मानिसहरूको सम्पर्कमा आउँछु र अन्तरक्रिया गर्छु, र जब म मानिसहरूसँग कुराकानी गर्छु, तब म सधैँ तिनीहरूलाई यसरी नै आफूलाई आचरणमा ढाल्न भन्छु। अर्कोतिर, म आफै पनि आफूलाई यसरी नै आचरणमा ढाल्छु—म नाराहरू लगाउँदिनँ। त्यसोभए म किन मानिसहरूलाई यी सिद्धान्तहरूका बारेमा बताउँछु त? किनभने यसरी नै म आफै कामकुराहरू गर्छु र आफूलाई आचरणमा ढाल्छु; अरू कुनै गहन कुरा भइरहेको हुँदैन। कतिपय मानिसहरूले यसो भन्छन्, “आफूलाई आचरणमा ढाल्ने तेरा यी मान्यताहरू निकै साधारण छन्; ती पटक्कै परिष्कृत छैनन्। तिनले देहधारी परमेश्वरको पहिचानलाई प्रतिनिधित्व गर्न सक्दैनन्!” के यो सही हो? (होइन।) नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने—सिद्धान्त र मान्यताहरू यिनै हुन्। म मेरो दैनिक जीवनमा तिनको अभ्यास गर्छु, र मेरो सेवकाइ निर्वाह गर्दा, अर्थात्, काम गर्दा पनि म तिनको अभ्यास गर्छु। म आफूलाई यसरी नै आचरणमा ढाल्छु, र म यसरी नै कामकुराहरू गर्छु। हामी कुराकानी र गफगाफ गरिरहेका छौँ जस्तै गरी यी कुराहरूका बारेमा कुरा गरौँ, ताकि तिमीहरूले अलिकति सहजता महसुस गर्न सक, र मबाट मेरो जीवनका बारेमा अझ धेरै सिक्न सक। हुन्छ? (हुन्छ।) यदि, हाम्रो कुराकानीको कुनै बिन्दुमा, तिमीहरूमध्ये कसैले “म आपत्ति जनाउँछु! तपाईंले जे भन्नुभयो त्यो तपाईंका प्रकटीकरणहरू अनुरूप छैन” भनेर भन्यौ भने, म यसलाई फेरि दोहोर्याएर भन्ने प्रयास गर्नेछु, र म यसलाई सुधार्नेछु वा भविष्यमा सच्याउनेछु। यदि तिमीहरूमध्ये कसैले हात उठाएर, “म सहमत छु! तपाईंले जे भन्नुभयो त्यो तपाईंले आफ्नो जीवनमा स्पष्ट पारेको हामीले देखेका र सुनेका कुराहरूसँग पूर्ण रूपमा अनुरूप छ; तपाईंले जे भन्नुभयो, त्यो एउटा तथ्य हो” भनेर भन्यो भने म त्यस कुरालाई जारी राख्नेछु। हुन्छ? (हुन्छ।)
जीवनमा होस् वा काममा, नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने—म यी मान्यताहरूलाई दृढतापूर्वक पालन गर्छु। मैले गर्ने काममा तिमीहरूले सायद तिनलाई निकै बोध गर्न सकेका छौ, त्यसैले पहिले ती मेरो जीवनमा कसरी लागू हुन्छन् भन्नेबारे कुरा गरौँ। देहधारी परमेश्वर मानवजातिमाझ विशेष पहिचान भएको व्यक्ति हुनुहुन्छ, तर कामकुराहरू गर्दा उहाँले आफू विशेष भएजस्तो पटक्कै व्यवहार गर्नुहुन्न। उहाँले आफूलाई कहिल्यै विशेष व्यक्तिको रूपमा व्यवहार गर्नुहुन्न; उहाँ एक साधारण व्यक्ति मात्रै हुनुहुन्छ। उहाँ जुनसुकै देशमा भए पनि, उहाँले त्यस देशका कानुन र प्रावधानहरू पालन गर्नुहुन्छ। यदि उहाँले गर्नुपर्ने तर नबुझेको कुनै कुरा छ भने, उहाँले तुरुन्तै परामर्श लिनुहुन्छ र स्थानीय कानुन र नीतिहरूले के व्यवस्था गरेका छन्, के गर्नु गैरकानुनी हो र के होइन भनेर पत्ता लगाउनुहुन्छ, र उहाँले आफूलाई विशेषाधिकार नदिईकन, जसरी उपयुक्त हुन्छ त्यसरी नै काम गर्नुहुन्छ। के यसरी कामकुराहरू गर्नु नियमअनुसार हुनु हो, र के यो कर्तव्यनिष्ठ हुनु हो? (हो।) यो उहाँले नियमअनुसार आफूलाई आचरणमा ढाल्नु र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्नु हो। एउटा स्वतन्त्र र लोकतान्त्रिक देशमा, यदि उहाँले कामकुराहरू गर्नका लागि सान्दर्भिक कानुनहरू बुझ्नुपर्छ भने, उहाँले वकिलसँग परामर्श गर्नुहुन्छ वा कानुन र प्रावधानहरूका बारेमा हेर्नुहुन्छ। उहाँले गैरकानुनी कामहरू गर्नुहुन्न, न त उहाँले कानुनी छिद्रहरूको फाइदा नै उठाउनुहुन्छ; उहाँले कानुन र प्रावधानहरूको कडाइका साथ पालन गर्नुहुन्छ, किनभने धेरैजसो देशका कानुन र प्रावधानहरूले व्यक्तिहरूको वैध अधिकार र हितहरूको रक्षा गर्छन्, र ती मानिसहरूले पालन गर्नुपर्ने कुराहरू हुन्। उदाहरणका लागि, यदि हामीले आँगनमा कुनै कुरा निर्माण गरिरहेका छौँ र त्यहाँ केही राख्नुपर्छ भने, हामीले पहिले यसबारे सरकारका प्रावधानहरू के छन्, यो कुरा आँगनमा राख्न सकिन्छ कि सकिँदैन, र यदि सकिन्छ भने, यसलाई कहाँ राख्नु उपयुक्त हुन्छ भनेर पत्ता लगाउनुपर्छ। विवरणहरूबारे स्पष्टता प्राप्त गरेपछि, हामी सरकारका प्रावधानहरूअनुसार कामकुराहरू गर्छौँ। यदि सरकारले अनुमति दिँदैन भने, हामी त्यो काम गर्दैनौँ। हामी अनुचित रूपमा समस्या खडा गर्ने प्रयास गर्नेछैनौँ, र हामी यो काम गर्नका लागि जानी-जानी कानुनको उल्लङ्घन पक्कै पनि गर्नेछैनौँ। उदाहरणका लागि, यदि हामी कुनै प्रकारको संरचना बनाउन चाहन्छौँ भने, हामीले सरकारी अनुमोदनका लागि आवेदन दिनुपर्छ। सरकारले अनुमोदन गरेपछि, निर्माण सुरु गर्न सकिन्छ। परियोजना सम्पन्न भएपछि, यसले अझै पनि सरकारी निरीक्षण पास गर्नुपर्छ। यदि यसले निरीक्षण पास गर्यो भने, हामी यसलाई ढुक्क भएर प्रयोग गर्न सक्छौँ। निर्माणको प्रक्रिया यही हो। कतिपय मानिसहरूले भन्न सक्छन्, “यस्तो प्रकारको सानो परियोजनाका लागि, हामीले अनुमोदन लिनुपर्छ भनेर के सरकारले व्यवस्था गरेको छ? यदि यो वैकल्पिक कुरा हो भने, यसलाई अघि बढाउनु आवश्यक छैन। हामीले झमेला लिइरहनु पर्दैन।” म भन्छु, “हामीले निश्चित रूपमा पत्ता लगाउनुपर्छ। यदि यसका लागि सरकारी अनुमोदन चाहिन्छ, र हामीले त्यो लिएनौँ भने—के हामीले प्रावधानहरूको उल्लङ्घन गरिरहेका हुनेछैनौँ र? हामीले तिनको उल्लङ्घन गर्नु हुँदैन। हामीले यो संरचना बनाउन लागेका हुनाले, हामीले अनुमोदन लिने प्रयास गर्नुपर्छ। यदि सरकारले अनुमोदन लिनु पर्दैन भन्छ भने, हामीले यसका लागि आवेदन नदिँदा पनि ढुक्क महसुस गर्नेछौँ। यदि सरकारले यसलाई अनुमोदन दिनुपर्छ भन्छ भने, अनुमोदनका लागि हाम्रो आवेदन उचित र कानुनसम्मत हुनेछ।” कानुन वा सरकारी प्रावधानहरू समावेश हुने जुनसुकै कुराका लागि, हामीले परामर्श लिनुपर्छ र निश्चित रूपमा पत्ता लगाउनुपर्छ। अन्यथा, यदि केही गल्ती भयो भने यो अत्यन्तै समस्याजनक हुनेछ। विदेशमा बस्ने सम्बन्धी एउटा आधारभूत नियम भनेको कुनै पनि गैरकानुनी काम वा सरकारी प्रावधानहरू उल्लङ्घन गर्ने कुनै पनि काम नगर्नु हो। उदाहरणका लागि, यदि हामी गाउँमा बसिरहेका छौँ र हामी कुखुरा वा भेडा पाल्न चाहन्छौँ भने, हामीले सरकारी अनुमोदन लिनुपर्छ। सरकारसँग यी कुराहरूका लागि विस्तृत प्रावधानहरू हुन्छन्, र हामीले तिनको उल्लङ्घन गर्नु वा विशेष सुविधाहरू प्राप्त गर्ने प्रयास गर्नु पटक्कै हुँदैन। यदि हामीले सरकारी प्रावधानहरूको उल्लङ्घन गर्यौँ र पक्राउ पर्यौँ भने, त्यो अत्यन्तै समस्याजनक हुनेछ। त्यसैले यसका लागि हामीले कानुनको पालन गर्नुपर्ने हुन्छ, र यसमा हामीले आफूलाई कसरी आचरणमा ढाल्छौँ र हामी कसरी जिउँछौँ भन्ने सिद्धान्तहरू पनि समावेश हुन्छन्। हामी जहाँ बसे पनि, हामीले नियमअनुसार आफूलाई आचरणमा ढाल्नुपर्छ र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्नुपर्छ। मेरो दैनिक जीवनमा, म मेरा छिमेकीहरूसँग पनि नियमअनुसार अन्तरक्रिया गर्छु। म हल्ला गर्दिनँ वा अरूलाई बाधा दिन्नँ। सरकारले जेसुकै व्यवस्था गरे पनि, हामीले त्यसको पालन गर्नुपर्छ। यदि तैँले कुकुर पालिस् भने पनि, तैँले त्यसको उचित हेरचाह गर्नुपर्छ ताकि त्यो निरन्तर नभुकोस् र छिमेकीहरूको विश्राममा बाधा नदेओस्। विशेष गरी सप्ताहन्तमा जब तेरा छिमेकीहरू सबै घरमा हुन्छन्, तब तैँले तिनीहरूलाई बाधा नदिनका लागि अझ बढी होसियार हुनुपर्छ। जाडोमा जब हिउँ पर्छ, तब तैँले हिउँ पन्छाउन सुरु गर्नका लागि बिहानको आठ बजेसम्म पर्खनुपर्छ। धेरै सबेर हिउँ पन्छाउँदा हल्ला हुन्छ जसले तेरा छिमेकीहरूको विश्राममा बाधा दिन्छ र तिनीहरूलाई रिस उठाउँछ। यदि सरकारसँग स्पष्ट प्रावधानहरू छन् भने, तैँले तिनको पालन गर्नुपर्छ। जानी-जानी सरकारी प्रावधानहरूको उल्लङ्घन नगर्; सरकारको विरुद्धमा नजा। यसलाई नियमअनुसार आफूलाई आचरणमा ढाल्नु भनिन्छ। म जहाँ बसे पनि, म लगभग कुनै हल्ला गर्दिनँ। म बाहिर कहिल्यै सङ्गीत बजाउँदिनँ, र म होहल्ला गर्दिनँ वा ठूलो स्वरमा बोल्दिनँ। जब म कुकुरलाई डुलाउँछु, तब म त्यसलाई निरन्तर भुक्न दिन्नँ। म मेरा छिमेकीहरूलाई बाधा नदिन, तिनीहरूको जीवनमा हस्तक्षेप नगर्न, र तिनीहरूलाई रिस नउठाउनका लागि सक्दो प्रयास गर्छु। के यो नियमअनुसार आफूलाई आचरणमा ढाल्नु होइन र? (हो।) त्यसैकारण म धेरै वर्षदेखि मेरा छिमेकीहरूसँग राम्ररी मिलिरहेको छु। हामी एक-अर्कासँग शान्तिमा जिउँछौँ, जब हामी एक-अर्कालाई देख्छौँ, तब अभिवादन गर्छौँ, र मैत्रीपूर्ण, सौहार्दपूर्ण तरिकाले सँगै रहन्छौँ। हामी जहाँ बसे पनि, जब हामी हाम्रा छिमेकीहरूसँग अन्तरक्रिया गर्छौँ, तब हामीले नियमहरूको पालन गर्नुपर्छ। हामीले तिनीहरूका लागि समस्या खडा गर्नु हुँदैन, र हामी चापलुसी गर्ने पनि हुनु पर्दैन—हामीले अरूलाई सही रूपमा व्यवहार गर्नुपर्छ र कामकुराहरू निष्पक्ष र न्यायवान् रूपमा गर्नुपर्छ। यदि हामीले यसो गर्यौँ भने, समय बित्दै जाँदा कुनै द्वन्द्व हुनेछैन।
देहधारी परमेश्वरले नियमअनुसार आफूलाई आचरणमा ढाल्नुहुने विषयको सम्बन्धमा, कतिपय मानिसहरूले यसो भन्छन्, “के यो अत्यन्तै सामान्य कुरा होइन र?” जसका लागि म भन्छु, “तँ पूर्ण रूपमा सही छस्; यो कुरा यति सामान्य छ।” यो सामान्यता कहाँबाट आउँछ? यो मानवताको विवेक र समझबाट आउँछ। देहधारी परमेश्वरसँग सामान्य मानवताको उत्तम विवेक र समझ हुने हुनाले नै, जब आत्मआचरणको कुरा आउँछ—जसलाई मानिसहरूले अत्यन्तै साधारण विषय मान्छन्—तब उहाँले पालन गर्नुहुने सिद्धान्त पनि अत्यन्तै साधारण हुन्छ: नियमअनुसार चल्ने। यो सुनेपछि, कतिपय मानिसहरूले भन्न सक्छन्, “यसमा त्यस्तो महत्त्वपूर्ण कुरा के छ र? के यो उल्लेख गर्न लायक पनि छ र? के यो सामान्य र व्यावहारिक हुनु हो? यी सानातिना कुराहरू हुन्।” जे भए पनि, देहधारी परमेश्वरले नियमअनुसार आफूलाई आचरणमा ढाल्नु उहाँको सामान्यता र व्यावहारिकताको प्रकटीकरण हो, त्यसैले यसबारे कुरा गर्नु सार्थक छ, र मानिसहरूलाई यसबारे ज्ञान हुनु सार्थक छ। मानिसहरूले मैले नियमअनुसार आफूलाई आचरणमा ढाल्नु साधारण कुरा हो भन्ने सोच्छन्। तर यदि मैले मेरो जीवनमा जताततै आफूलाई विशेषाधिकार दिएँ, र हरेक अवसरमा आफूलाई प्रदर्शन गर्दै यसो भनेँ भने के होला, “म ख्रीष्ट हुँ। म स्वर्गबाट आएको हुँ। म अरू कोही जस्तो छैनँ। मानवजातिमाझ, म अद्वितीय छु। सम्पूर्ण मानवजाति, सबै जीवित कुराहरू, र सबै प्राणीहरूलाई मेरो खुट्टामुनि कुल्चिनुपर्छ। यावत् थोक मेरो पाउदान हुन्। व्यक्ति परमेश्वरमा विश्वास गर्ने होस् वा गैरविश्वासी होस्, सबैले निहुरिएर मेरो आराधना गर्नुपर्छ। जब तिनीहरू मेरो अगाडि आउँछन्, तब तिनीहरू सबै आदरपूर्ण र सम्मानजनक हुनुपर्छ”? के यो कुरा सामान्य हुनेथियो? (हुनेथिएन।) त्यो असामान्य हुनेथियो। के म त्यसरी व्यवहार गर्छु भन्ने तँलाई लाग्छ? (लाग्दैन।) म त्यसरी व्यवहार गर्दिनँ। म सम्पर्कमा आउन सक्ने सबैसँग, विशेष गरी गैरविश्वासीहरूसँग सौहार्दपूर्ण रूपमा मिल्छु। म तिनीहरूलाई नियम र शिष्टाचारअनुसार व्यवहार गर्छु र अन्तरक्रिया गर्छु। जब म मानिसहरूसँग कुनै पनि कुराको बारेमा छलफल वा परामर्श गर्छु, तब म तिनीहरूप्रति निकै सम्मानजनक व्यवहार गर्छु। जब मैले नबुझेको कुनै कुरा हुन्छ, तब म अझ धेरै सोध्छु र सोधपुछ गर्छु, र कतिपय मानिसहरूले निकै धैर्यताका साथ मेरा प्रश्नहरूको जवाफ दिँदै मद्दत गर्छन्। अवश्य नै, म तिनीहरूलाई यो व्यवहारको फिर्ता दिनका लागि मात्रै नियमअनुसार आफूलाई आचरणमा ढाल्छु भन्ने होइन; बरु, यसको कारण के हो भने, यस वास्तविक वातावरणमा जिउँदा, देहधारी परमेश्वरले जब मानिसहरूसँग अन्तरक्रिया गर्नुहुन्छ र कामकुराहरू गर्नुहुन्छ, तब अन्तर्निहित रूपमा नै यस्तो सिद्धान्तको पालन गर्नुहुन्छ। उदाहरणका लागि, पुस्तकालय भनेको पढ्ने र अध्ययन गर्ने ठाउँ हो। जब तँ त्यहाँ जान्छस्, तब तैँले त्यहाँका नियमहरूको पालन गर्नुपर्छ। तैँले होहल्ला गर्नु हुँदैन, र तैँले सकेसम्म बोल्नबाट जोगिने प्रयास गर्नुपर्छ। यदि तँ बोल्न चाहन्छस् भने, तैँले आफ्नो आवाज सानो बनाउनुपर्छ वा तँ बाहिर जानुपर्छ, र विशेष गरी यदि तेरो फोन बज्यो भने, अरूको पढाइमा बाधा नदिन वा असर नगर्नका लागि तँ फोन उठाउन तुरुन्तै बाहिर जानुपर्छ। नियमहरूको पालन गर्नु भनेको यही हो। यस्तो प्रकारको वातावरणमा, यदि मलाई फोन आयो भने, म बाहिर गएर फोन उठाउँछु। कतिपय मानिसहरूले यसो भन्छन्, “यो कुरा कसलाई थाहा छैन र?” यो कुरा थाहा नहुने मानिसहरू साँच्चै नै छन्। पश्चिमका कतिपय रेस्टुरेन्ट, सुपरमार्केट, र मानिसहरू कामकुराहरू गर्न जाने ठाउँहरूमा, तैँले प्रायजसो कतिपय मानिसहरूले धेरै ठूलो स्वरमा बोलिरहेको सुन्न सक्छस्, र त्यहाँका परिचारक र कर्मचारीहरूले निकै घृणाको महसुस गर्छन्। विशेष गरी कतिपय एसियालीहरूले नियमहरू पटक्कै बुझ्दैनन् र तिनीहरू अत्यन्तै तल्लो स्तरका देखिन्छन्। कतिपय ठाउँहरूमा, स्पष्ट रूपमा लेखिएका नियमहरू हुन्छन्, तर तिनीहरूले ती पटक्कै नदेखेजस्तो व्यवहार गर्छन्। तिनीहरूले आफ्नै मातृभाषामा लेखिएका नियमहरू देखे पनि, तिनीहरूले तिनको पालन गर्दैनन्, र तिनको उल्लङ्घन समेत गर्छन्। जब कर्मचारीहरूले तिनीहरूलाई सम्झाउँछन्, तब तिनीहरू उनीहरूसँग बहस समेत गर्छन्। के यो आफैलाई मूर्ख बनाउनु होइन र? कतिपय मानिसहरू आफ्नो गृह देशमा आफ्नो शक्ति प्रदर्शन गर्न अभ्यस्त हुन्छन्। जब तिनीहरू पश्चिममा आउँछन्, तब तिनीहरू अझै पनि यो आफ्नै क्षेत्र हो भन्ने सोच्छन्, आक्रामक रूपमा व्यवहार गर्छन् र गोरिल्ला जस्तै फुर्ती देखाउँदै हिँड्छन्, नियमहरूको पटक्कै पालन गर्दैनन्। फलस्वरूप, तिनीहरू जहाँ गए पनि मानिसहरूले तिनीहरूलाई घृणा गर्छन् र घिनाउँछन्। कतिपय मानिसहरूले यातायात विभागमा परीक्षा दिँदा समस्या समेत खडा गर्छन्। पछि, जब तिनीहरूले आफ्ना देशवासीहरूलाई देख्छन्, तब तिनीहरूले यस्तो घोषणा समेत गर्छन्, “हामी चिनियाँहरू जहाँ गए पनि स्वतन्त्र छौँ। हामी कहिल्यै नियमहरूको पालन गर्न इच्छुक हुँदैनौँ। हामी जति धेरै अनौपचारिक हुन सक्छौँ, त्यति नै राम्रो हुन्छ। यदि कसैले मलाई अनुशासनमा राख्ने प्रयास गर्यो भने, म ठूलो रमिता देखाउनेछु!” के यस्तो व्यक्ति जीवित दियाबलस होइन र? के तँलाई तँ आफूसँग शक्ति र प्रभाव छ भने आफ्नो शक्ति प्रदर्शन गर्न सकिने आफ्नै गृह देशमा छस् भन्ने लाग्छ? तँ त विदेशमा पो छस् त, कानुनको शासन भएको देशमा छस्। यदि तैँले कानुन र प्रावधानहरूको उल्लङ्घन गरिस् भने, तैँले कानुनी जिम्मेवारी वहन गर्नुपर्छ। कानुन र प्रावधानहरूको पालन गर्नु भनेको व्यक्तिले गर्नुपर्ने सबैभन्दा न्यूनतम कुरा हो। यदि कसैले यी आधारभूत नियमहरू समेत बुझ्दैन भने, ऊ पटक्कै मानव जस्तो हुँदैन।
म सामान्यतया सार्वजनिक स्थानहरूमा निकै सतर्क हुन्छु। विशेष गरी जब कामकुराहरू गर्न सरकारी निकायहरूमा जान्छु, तब म सतर्कताका साथ काम गर्छु र तिनीहरूका नियमहरू उल्लङ्घन गर्नबाट जोगिन्छु। मैले जुनसुकै फारम भरे पनि वा जुनसुकै प्रश्नहरूको जवाफ दिए पनि, म सधैँ नियमअनुसार काम गर्छु। केही पटक कामकुराहरू सम्हालेपछि, मैले अनुभव प्राप्त गरेको छु। नियमहरूको पालन गर्नु सजिलो छ; चिन्ताको कुरा भनेको नियमहरू नबुझ्नु चाहिँ हो। आफैलाई मूर्ख बनाउने कुरा त परै जाओस्—के यसले कामकुराहरू गर्ने कुरामा असर गर्न सक्छ? सक्छ, त्यसैले व्यक्तिले नियमअनुसार आफूलाई आचरणमा ढाल्नुपर्छ। पश्चिमीहरू यी कुराहरू हासिल गर्न लगभग सक्षम हुन्छन्। देहधारी परमेश्वरसँग सामान्य चेतना र विवेक हुन्छ, त्यसैले अवश्य नै उहाँले पनि ती हासिल गर्न सक्नुहुन्छ, र उहाँले सक्रिय रूपमा त्यसो गर्नुहुन्छ। उहाँले आफूलाई सृजित मानवजातिमाझ अद्वितीय व्यक्तिको रूपमा वर्गीकरण गर्नुहुन्न, न त उहाँले आफ्ना लागि विशेषाधिकार खोज्न यी कानुन र प्रावधानहरूलाई कहिल्यै बेवास्ता नै गर्नुहुन्छ। मैले सरकारी निकायमा जुनसुकै काम सम्हाले पनि, म सधैँ प्रक्रियाहरू पालन गर्छु। म कहिल्यै यसो भन्दै माग गर्दिनँ, “मेरो विशेष हैसियत र विशेष पहिचान छ। के तपाईं मलाई केही विशेष व्यवहार गर्न सक्नुहुन्छ?” एकातिर, म यस्तो प्रकारको तरिका खोज्न कसैसँग परामर्श गर्दिनँ। अर्कोतिर, म स्वर्गमा हुनुहुने परमेश्वरलाई कहिल्यै यस्तो प्रार्थना गर्दिनँ, “परमेश्वर, के तपाईं मेरो लागि चिन्ह र चमत्कारका कामहरू गर्न सक्नुहुन्छ, यो काम तुरुन्तै पूरा गर्न सक्नुहुन्छ, ताकि मैले मानवहरूले जस्तै यी प्रक्रियाहरू पालन गर्नु नपरोस्?” म कहिल्यै यसरी प्रार्थना गर्दिनँ; बरु, म नियमअनुसार प्रक्रियाहरू पालन गर्दै कामकुराहरू सम्हाल्छु। अवश्य नै, जब म यी कामकुराहरू सम्हाल्छु, तब मैले केही विशेष परिस्थितिहरूको पनि सामना गर्नेछु। विशेष परिस्थितिहरूलाई विशेष रूपमा सम्हाल्न आवश्यक हुन्छ। यदि शुल्क तिर्नुपर्छ भने, म तिर्छु। यदि मैले पर्खनुपर्छ भने, म पर्खन्छु। यदि मैले कुनै कुराका लागि आवेदन दिनुपर्छ वा सरकारबाट फेरि पुष्टि प्राप्त गर्नुपर्छ भने, म आवेदन दिन्छु र फेरि पुष्टि प्राप्त गर्छु। म पक्कै पनि कानुन र प्रावधानहरूअनुसार कडाइका साथ प्रक्रियाहरू पालन गर्नेछु, र कसैलाई पनि उछिन्नेछैनँ। म सुपरमार्केटमा किनमेल गरिरहँदा होस् वा सरकारी निकायमा कामकुराहरू सम्हालिरहँदा होस्, यदि मानिसहरू लाइनमा बसिरहेका छन् भने, म तिनीहरूसँगै लाइनमा बस्छु। जब मेरो पालो आउँछ, तब म तुरुन्तै अगाडि बढ्छु। तिनीहरूले मलाई जे गर्न भन्छन्, म तिनीहरूका मागहरूअनुसार नियम पालना गर्दै काम गर्छु। म आफूलाई यसरी नै आचरणमा ढाल्छु। जब म जीवनमा कुराहरूको सामना गर्छु, तब म यसरी नै काम गर्छु र तिनको अनुभव गर्छु। कतिपय विशेष समयमा मैले केही अन्यायहरू भोगे पनि, यसले मेरो “नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने” मान्यताहरूलाई कहिल्यै असर गर्दैन। म अझै पनि मैले गर्नुपर्ने कुरा गर्छु। विशेष गरी म एसियाली जस्तो देखिन्छु, मेरो शरीरको कद सानो छ र मेरो रूप साधारण छ, म ठूलो स्वरमा बोल्दिनँ, र मानिसहरूको नजरमा म सामान्य र साधारण देखिन्छु, म भीडमा फरक देखिँदिनँ, र म कसैको ध्यान पटक्कै खिच्दिनँ। त्यसकारण, जब म कतिपय विशेष वातावरणहरूमा कामकुराहरू सम्हाल्छु, तब मैले विभिन्न स्तरको भेदभाव सामना गर्छु, वा विभिन्न स्तरको “विशेष व्यवहार” प्राप्त गर्छु। यदि तिमीहरूले यी कुराहरू सामना गर्यौ भने, तिमीहरूले के गर्नेथियौ? के तिमीहरूले ती मानिसहरूसँग बहस गर्नेथियौ, तिनीहरूविरुद्ध उजुरी दर्ता गर्नेथियौ, वा तिनीहरूलाई सराप्न परमेश्वरलाई प्रार्थना गर्नेथियौ? तिमीहरूले कुन तरिका अपनाउनेथियौ? (यदि परिस्थितिहरू सही छन् भने, मैले तिनीहरूसँग बहस गर्थेँ होला।) अनि के तैँले तिनीहरूलाई सराप्न आफ्नो हृदयमा प्रार्थना गर्नेथिइस्? (म त्यति हदसम्म त जानेथिइनँ, तर म भित्रभित्रै निकै रिसाउनेथिएँ।) जब तँलाई फरक व्यवहार गरिन्छ वा भेदभाव गरिन्छ, तब तैँले कुराहरूलाई शान्त हुन दिनुपर्छ। मेरो हकमा भन्दा, म तिनीहरूलाई सराप्न प्रार्थना गर्दिनँ, न त म तिनीहरूसँग बहस वा विवाद नै गर्छु। बरु, म कुराहरूलाई शान्त हुन दिन्छु र तिनलाई सही रूपमा लिन्छु। मलाई मेरो हृदयमा केही असहज महसुस हुनेछ, तर केही दिनपछि, म ঠিক हुनेछु; मैले यसलाई स्वीकार गरिसकेको हुनेछु। तैँले तेरो मर्यादा र निष्ठामाथिको अपमान सहे पनि, तैँले उग्रता प्रदर्शन गर्नु हुँदैन; तैँले कामकुराहरूलाई उग्र तरिकाले सम्हाल्नु हुँदैन। त्यसोभए तैँले तिनलाई कसरी सम्हाल्नुपर्छ त? यदि कसैले तँलाई भेदभाव गर्छ वा तँलाई अपमान गर्छ भने, तैँले तिनीहरूसँग धैर्यताका साथ व्यवहार गर्नुपर्छ, तँ तिनीहरूबाट टाढा बस्नुपर्छ, र तैँले उग्रता प्रदर्शन गर्नु हुँदैन; त्यसपछि तिनीहरूले तँलाई केही गर्न सक्दैनन्। यस पटक अलिकति घाटा भोग्नुलाई एउटा पाठको रूपमा मात्रै लिनू। यदि मैले यस्तो प्रकारको कुराको सामना गरेँ भने, मेरो सामान्य मानवताको चेतना र विवेकको कारण, मलाई चोट पुगेको महसुस हुनेछ, र मलाई मेरो निष्ठा र मर्यादामा धक्का पुगेको पनि महसुस हुनेछ। मलाई भित्र असहज र पीडा महसुस हुनेछ। तर मेरो विशेष पहिचान र विशेष हैसियत भएको कारणले मलाई अन्याय भएको महसुस पक्कै पनि हुनेछैन, र मलाई भेदभाव गर्नेहरूलाई म घृणा गर्ने वा सराप्ने त झनै गर्दिनँ। म जति पाको हुँदै जान्छु, मलाई यी कुराहरू पूर्ण रूपमा सामान्य हुन् भन्ने त्यति नै धेरै महसुस हुन्छ। यस मानव संसारमा, यस्तो भ्रष्ट मानवजातिमाझ जिउँदा, यी कुराहरू पूर्ण रूपमा सामान्य हुन्। मलाई यस्तो महसुस हुनुको कारण मलाई यस्ता कुराहरूको बानी परेको छ र म तिनको बारेमा संवेदनहीन भएको छु भन्ने होइन, तर मानिसहरू सबै भ्रष्ट मानवहरू हुन् भन्ने चाहिँ हो। तिनीहरूको भेदभाव व्यक्तिगत रूपमा तँप्रति लक्षित हुँदैन; बरु, सम्पूर्ण मानवजाति नै यस्तै छ। हेर् त, अमेरिकामा, आप्रवासीहरूको बहु-जातीय देशमा, हरेक जातिका मानिसहरूले आफूलाई भेदभाव गरिएको छ भनेर भन्नेछन्; गोरा मानिसहरूले समेत यस्तो दाबी गर्नेछन्। मानिसहरूले विभिन्न अवसरहरूमा, विभिन्न वातावरणहरूमा, र मानिसहरूका विभिन्न समूहहरूमाझ भेदभावको सामना गर्नेछन्। कहिलेकाहीँ यो अन्य जातिहरूबाट हुने भेदभाव हुन्छ, र कहिलेकाहीँ व्यक्तिले आफ्नै जातिबाट पनि केही भेदभाव वा अनुचित व्यवहारको सामना गर्छ। तैँले भेदभाव मान्ने कुरा त भ्रष्ट मानवहरूले एक-अर्कालाई कसरी व्यवहार गर्छन् त्यस क्रममा कामकुराहरू सम्हाल्ने सबैभन्दा सामान्य मार्ग मात्रै हुन सक्छ। यो मानवजाति ठ्याक्कै यस्तै छ, त्यसैले यस्ता कुराहरूलाई धेरै गम्भीरतापूर्वक नलिनू। रिसाउनु सामान्य कुरा हो, तर तैँले यी मामिलाहरूलाई छिट्टै छर्लङ्गै बुझ्नुपर्छ, त्यसपछि तिनलाई त्याग्नुपर्छ। तिनलाई उग्र तरिकाले नलिनू। कसैसँग बदला लिने बारेमा नसोच् वा कसैलाई सराप्न प्रार्थना नगर्। तँ सामान्य छैनस् भन्ने महसुस नगर्। तँ एक सामान्य व्यक्ति होस्, र अरूले तँलाई त्यसरी नै व्यवहार गर्छन्। यदि तिनीहरूले तँ सजिलै हेप्न सकिने व्यक्ति होस् भन्ने देखे भने, तिनीहरूले तँलाई हेप्नेछन्। के यो पूर्ण रूपमा सामान्य कुरा होइन र? यस्तो सोच्न धारणा र कल्पनाहरूमा भर नपर्, “म सामान्य व्यक्ति होइनँ। मेरो यति उच्च मूल्य र यति उच्च हैसियत छ। मलाई जसले हेप्छ म त्यसलाई सराप्न प्रार्थना गर्नेछु। यदि मैले तँलाई मलाई पछाडिबाट साथ दिने को छ भनेर बताएँ भने, त्यस कुराले तँलाई तर्साएर सातो लिनेछ। जब मैले भविष्यमा शक्ति हातमा लिन्छु, तब म तँलाई घुँडा टेक्न र कृपाका लागि बिन्ती गर्न लगाउनेछु, र म तँलाई चामल टिपिरहेको कुखुराले जस्तै ढोग्न लगाउनेछु।” ममा कहिल्यै यस्ता विचारहरू आएका छैनन्। संसारमा जताततै भेदभाव छ। मानिसहरूको भेदभाव तँप्रति मात्रै लक्षित हुँदैन। यो संसार आफैमा अन्याय, भेदभाव, सबै प्रकारका दुष्टता, र सबै प्रकारका दुष्कर्महरूले भरिएको छ। जब म यस्ता कुराहरूको सामना गर्छु, तब म आफूलाई कुनै प्रकारको विशेष व्यक्तिको रूपमा व्यवहार नगर्ने हुनाले, मलाई यी कुराहरू त्याग्न निकै सजिलो हुन्छ। के यो पनि नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने मान्यताहरूको पालन गर्नु होइन र? (हो।)
आफ्नो जीवनमा, देहधारी परमेश्वरले अपरिहार्य रूपमा नै मानिसहरूसँग अन्तरक्रिया र सङ्गत गर्नुहुन्छ, जसमा परमेश्वरमा विश्वास गर्ने केही दाजुभाइ-दिदीबहिनीहरू, साथै केही गैरविश्वासीहरू समावेश हुन्छन्। परमेश्वरमा विश्वास गर्ने दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा, मानवताको हिसाबमा आफूलाई आचरणमा ढाल्ने र कामकुराहरूलाई सम्हाल्ने उहाँका केही सिद्धान्तहरू पक्कै पनि हुन्छन्। उहाँले शिष्टाचार र पारस्परिकताका नियमहरू र संसारका तरिकाहरूलाई कडाइका साथ पालन नगर्नुभए पनि, निगाह आदानप्रदान गर्ने कुरामा, उहाँले अरूको फाइदा नउठाउने वा आफ्ना लागि विशेषाधिकार नखोज्ने प्रयास गर्नुहुन्छ। जब केही दाजुभाइ-दिदीबहिनीहरूले मेरा लागि व्यक्तिगत मामलाहरू सम्हाल्न आफ्नो केही ऊर्जा र समय खर्च गर्छन्, तब म तिनीहरूलाई सानो उपहार दिने, तिनीहरूलाई भेट्न जाने, तिनीहरूलाई खाना खुवाउने, वा अरू केही गर्ने अवसर खोज्छु। यो घूसखोरी होइन; यो शिष्टाचार र पारस्परिकता हो, र अरूको फाइदा नउठाउनु हो। मसँग कुनै व्यक्तिगत कुराकानी नभएका दाजुभाइ-दिदीबहिनीहरूका हकमा भन्दा, तिनीहरूसँग हैसियत भएकोले वा तिनीहरूले परमेश्वरको घरमा योगदान दिएकाले मैले तिनीहरूमध्ये कसैलाई पनि कहिल्यै उपहार दिएको छैन, न त मैले तिनीहरूलाई महत्त्व दिएकोले वा तिनीहरूसँग मेरो राम्रो सम्बन्ध भएकोले मैले तिनीहरूमध्ये कसैलाई कुनै कुरा दिएको छु वा विशेष व्यवहार नै गरेको छु। यस्ता कुराहरू कहिल्यै भएका छैनन्। छोटकरीमा भन्दा, मानिसहरूसँग सङ्गत र अन्तरक्रिया गर्दा, म तिनीहरूको फाइदा नउठाउने वा आफ्ना लागि विशेषाधिकार नखोज्ने नै प्रयास गर्छु। मेरो विशेष पहिचान भएकोले म यस्तो सोच्दिनँ, “मैले तँलाई जसरी प्रयोग गरे पनि त्यो उचित नै हुन्छ, र तैँले त्यसलाई स्वीकार गर्नुपर्छ; त्यो त तँलाई उत्थान गर्नु हो।” म यसरी सोच्दिनँ। यदि तैँले मेरा लागि केही व्यक्तिगत मामलाहरू, मण्डलीको कामभन्दा बाहिरका मामलाहरू सम्हाल्छस् भने, म यो गुनलाई याद गर्नेछु र तँलाई यसको बदला चुकाउनेछु। यस आधारमा, म तँसँग निगाहको आदानप्रदानमा संलग्न हुनेछु। गैरविश्वासीहरूका हकमा त झन् भन्नै पर्दैन—यदि कुनै गैरविश्वासीले मेरा लागि केही सम्हालेको छ र निश्चित रकम खर्च गरेको छ भने, एउटा कुरा म के सुनिश्चित गर्नेछु भने, म आर्थिक रूपमा तिनीहरूको ऋणी हुनेछैनँ। म तिनीहरूलाई आफ्नै खल्तीबाट तिर्न दिनेछैनँ; जति पैसा चाहिन्छ म तिनीहरूलाई त्यति नै दिनेछु। यसका साथै, मेरा लागि यो मामला सम्हाल्दा तिनीहरूले ठूलो कष्ट भोगे, धेरै प्रयास गरे, र धेरै दौडधूप गरे, त्यसैले मैले शिष्टाचारको रूपमा तिनीहरूलाई उपहार दिनुपर्छ, गरेको सहयोगका लागि केही भरपाई दिनुपर्छ, र तिनीहरूबाट फाइदा उठाउनु हुँदैन। तिनीहरूले यो काम गर्छन् र यसैबाट जीविकोपार्जन गर्छन्; तिनीहरूले मेरा लागि केही सम्हालेको कारणले म तिनीहरूलाई घाटा भोग्न वा आफ्नै खल्तीबाट पैसा तिर्न दिन सक्दिनँ। त्यसो गर्नु अनुचित हुनेछ। त्यसैले, म यस्ता मामलाहरूमा आफ्ना लागि विशेषाधिकार खोज्दिनँ। अवश्य नै, यो कुनै स्वार्थको नियम पालना गर्नु होइन; कुरा के मात्रै हो भने व्यक्ति संसारका सबैभन्दा आधारभूत तरिकाहरूमा र शिष्टाचार र पारस्परिकतामा अडिग रहनुपर्छ; यस सन्दर्भमा कुनै अपवाद गर्न सकिँदैन। यदि कसैलाई कुनै मामला सम्हाल्न लगाइन्छ र उसलाई पैसा तिरिँदैन, र सधैँ उसको फाइदा उठाउने प्रयास गरिन्छ भने, यो कुनै निष्ठा नहुनुको प्रकटीकरण हो। यी मामलाहरूमा मेरा सिद्धान्तहरू के-के हुन् त? यदि तँ कुनै काम गराउन चाहन्छस्, र तिनीहरूले प्रदान गर्ने योजना उपयुक्त छ र तैँले तिनीहरूले लिने मूल्य तिर्न सक्छस् भने, त्यो काम गर्। यदि तैँले तिर्न सक्दैनस् भने, नगर्; त्यो काम गर्नका लागि सस्तो व्यक्ति खोज्। तैँले जति तिर्न सक्छस् त्यति मात्रै गर्। आफ्नो क्षमताभन्दा बढी काम गर्ने प्रयास नगर्, र तैँले अरूको फाइदा कसरी उठाउन सक्छस् भनेर नसोच्। यदि तँसँग यसलाई सम्हाल्ने आर्थिक साधन छैन भने, कि त पैसा सापटी लिई, ऋण लिई, वा त्यो काम गर्नका लागि पर्याप्त पैसा नकमाउञ्जेल पर्खी। छोटकरीमा भन्दा, आफैले केही उपाय निकाल्; तैँले अरूको फाइदा उठाउनु हुँदैन। यदि यो तिनीहरूको पेसा हो भने, जब तिनीहरूले तेरा लागि केही सम्हाल्छन्, तब तैँले आफ्नो वाचा पूरा गर्नुपर्छ र तिनीहरूलाई पैसा तिर्नुपर्छ। यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। अरूको फाइदा नउठाउनु, अरूलाई धोका नदिनु, अरूको ऋण नराख्नु, निर्लज्ज भई काम नगर्नु, र ऋण नबोक्नु—नियमअनुसार आफूलाई आचरणमा ढाल्नु भनेको यही हो। जब तँ समस्यामा पर्छस्, तब अरूलाई आफ्ना समस्याहरू नसुनाउनू; जब तँ गरिब हुन्छस्, तब अरूको फाइदा नउठाउनू; जब तँ धनी हुन्छस्, तब आफ्नो सम्पत्तिको धाक नदेखाउनू; र आफ्नो पहिचान र हैसियतको कारणले घमण्ड नगर्नू। मानिसहरूसँग अन्तरक्रिया गर्ने र मामलाहरू सम्हाल्ने मेरो मान्यता यही हो। उदाहरणका लागि, कहिलेकाहीँ म मेरा लागि कुनै काम सम्हाल्न कसैलाई खोज्छु। मानौँ, सामान्यतया यसको लागत एक हजार डलर मात्रै पर्छ, तर तिनीहरूले पाँच हजार चाहन्छन्। मैले यो तिर्न सके पनि, म यसरी ठगिन मान्दिनँ। यो काम गर्न सामान्यतया जति चाहिन्छ म त्यति नै खर्च गर्छु, र म मानिसहरूसँग मोलतोल गर्दिनँ। यदि मैले तिर्न सकिनँ भने, म सस्तो व्यक्ति खोज्नेछु। म पटक्कै निर्लज्ज भई काम गर्नेछैनँ, न त म तिनीहरूलाई मूल्य घटाउन लगाउन गरिब भएको नाटक नै गर्नेछु; म यस्ता कुराहरू कहिल्यै भन्दिनँ। यसलाई सम्हाल्न जति पैसा चाहिन्छ म त्यति नै दिन्छु, बजार भाउ तिर्छु र नियमअनुसार काम गर्छु। म यति नै नियमनिष्ठा छु। कतिपय धनी मानिसहरू निकै तडकभडक गर्ने र अहङ्कारी हुन्छन्। तिनीहरू डिजाइनर ब्रान्डहरू, हीराका औँठीहरू, र सिक्रीहरू लगाउँछन्, र टाउकोदेखि खुट्टासम्म चम्किला गहनाहरूले आफूलाई सजाउँछन्। यसबाहेक, तिनीहरू जहाँ गए पनि हाई हिल लगाउँछन्, र सामान्यतया कार्पेटमा हिँड्नबाट जोगिन्छन्, किनभने यसरी आवाज नआउँदा कसैले थाहा पाउँदैन भन्ने सोच्छन्—मानिसहरूले तिनीहरूको आगमनलाई याद गरून् भनेर तिनीहरू निश्चित रूपमा मार्बल वा काठको भुइँमा हिँड्छन्। कोठामा पस्दा तिनीहरूले आफ्ना डिजाइनर चस्मा समेत फुकाल्दैनन्, र को-को छन् भनेर हेर्न ढोकाबाटै कोठा चियाउँछन्, मानौँ तिनीहरूले यसो भनिरहेका छन्, “के तिमीहरूले रानी आएको देख्यौ?” तिनीहरू जहाँ गए पनि, तिनीहरूले पहिले घमण्ड देखाउनैपर्छ। यदि मैले गर्मीमा बाहिर जाँदा चस्मा लगाएँ भने, म मेरो गन्तव्यमा पुग्दा त्यसलाई हतार-हतार मेरो झोलामा राख्छु, नत्र मानिसहरूले मलाई चस्मा लगाएको देख्लान् र मैले घमण्ड देखाइरहेको छु भन्ने सोच्लान्, जसले गर्दा गलत बुझाइहरू पैदा हुन सक्छ। मैले लगाउने धेरैजसो जुत्ताहरूमा रबर वा फोमको सोल हुन्छ, र म हिँड्दा कुनै आवाज ननिकाल्ने प्रयास गर्छु। जब म मामलाहरू सम्हाल्न कतै जान्छु, तब यदि मैले डोरबेल बजाउनुपर्छ भने, तब म त्यसो गर्छु। यदि मैले डोरबेल बजाउनु पर्दैन भने, म भित्र पसेपछि, पहिले रिसेप्सनिस्टलाई मेरो फलानोसँग निश्चित समयमा भेट्ने समय तय भएको छ भनेर बताउँछु, त्यसपछि त्यहाँ बसेर पर्खन्छु। कतिपय मानिसहरू केही काम नहुँदा बसेर आफ्नो फोन हेरिरहेका देख्छु। तिनीहरूले उपरखुट्टी लगाएका हुन्छन्, तिनीहरू आफ्नो घुमाउरो कपाल हल्लाइरहेका हुन्छन्, र तिनीहरूको छेउमा एउटा डिजाइनर झोला हुन्छ—तिनीहरू कति आडम्बरी हुन्छन्। म जहाँ गए पनि, म खास गरी सादा रहन्छु। म बस्नका लागि एउटा कुना खोज्छु, खराब मानिसहरूले तानेर नलइजाऊन् भनेर मेरो झोलालाई मेरो छातीमा टाँसेर राख्छु। म सतर्क हुन्छु र सादा रूपमा रहन्छु। जब मेरो पालो आउँछ, तब म ढिलासुस्ती नगरीकन हतार-हतार मामला सम्हाल्न जान्छु, र सकेसम्म कम ध्यान खिच्ने प्रयास गर्छु। म कामकुराहरू सम्हाल्दा नियमहरू पालना गर्छु र मानिसहरूको ऋण राख्दिनँ। म जहाँ गए पनि, म आफ्ना चालहरूलाई नियन्त्रित राख्छु; म कसैको ध्यान खिच्न चाहन्नँ। अर्थात्, म जहाँ कुनै काम सम्हाल्न गए पनि, म शान्त रूपमा हिँड्छु, र म यहाँ छु भनेर घोषणा गर्ने गरी कहिल्यै ठूलो आवाज निकाल्दिनँ। जब गैरविश्वासीहरूसँग अन्तरक्रिया हुन्छ, तब यदि तिनीहरूसँग सामान्यतया कामकुराहरू सम्हाल्ने निश्चित नियमहरू छन् भने, तब म ती नियमहरू पालना गर्छु। उदाहरणका लागि, फलानो उद्योगको नियम के हो भने कसैले तेरो लागि कुनै मामला सम्हालेपछि, तैँले उसलाई खाना खुवाउनुपर्छ। हाम्रो कारोबारको मूल्यको आधारमा, खानाको मूल्य सामान्यतया पन्ध्र डलर जति पर्नुपर्छ, त्यसैले म तिनीहरूलाई त्यति नै मूल्य पर्ने खाना खुवाउँछु। कतिपय मानिसहरूले यसो भन्छन्, “तपाईंले तिनीहरूलाई खाना खुवाइरहनुभएको हुनाले, धाक देखाउन अलिकति बढी पैसा खर्च गर्नुहोस्।” त्यसो गर्नुपर्ने कुनै आवश्यकता छैन। तिनीहरूका नियमहरू जेसुकै भए पनि, हामी तिनलाई पालना गर्छौं। आफ्नो क्षमताभन्दा बढी काम गर्ने प्रयास नगर, र धाक देखाउनकै लागि पैसा खेर नफाल। पश्चिममा, जब कसैलाई आफ्नो लागि केही गर्न भनिन्छ, वा घण्टाको हिसाबमा काम गर्ने कामदार वा मजदुरहरू र यस्तै अरूलाई काममा लगाइन्छ, तब बक्सिस दिने चलन छ। कतिपय उद्योगहरूमा बक्सिसको मात्रासम्बन्धी नियमहरू हुन्छन्, जबकि अरूमा हुँदैनन्। त्यस्ता नियमहरू नभएका उद्योगहरूका हकमा, धेरैजसो समय म शिष्टाचार र कामदारप्रतिको सम्मानको कारणले, तिनीहरूको दर, तिनीहरूको कामको गुणस्तर, र तिनीहरूको मनोवृत्तिको आधारमा उचित बक्सिस दिन्छु। यदि तिनीहरूले राम्रो काम गरे भने, म तिनीहरूलाई थप पाँच डलर दिनेछु; यदि तिनीहरूले औसत काम गरे र म भविष्यमा तिनीहरूलाई फेरि प्रयोग गर्न चाहन्नँ भने, म तिनीहरूलाई थप पैसा दिनेछैनँ, तर म तिनीहरूलाई तिनीहरूले कमाएको भन्दा कम दिनेछैनँ। बक्सिस दिने कुराको हकमा भन्दा, म आफूलाई कुनै धनाढ्य जस्तो व्यवहार गर्दिनँ र जानी-जानी मेरो सम्पत्तिको धाक देखाउँदिनँ, र एक मुठी नगद निकालेर नगनीकन कसैलाई दिन्नँ। म यस्ता कुराहरू कहिल्यै गर्दिनँ। बरु, तिनीहरूले काम सुरु गर्नुअघि, म तिनीहरूको दरको आधारमा अग्रिम रूपमा पैसा तयार गर्छु र तिनीहरू जाँदा त्यो तिनीहरूलाई दिन्छु। धेरैजसो मानिसहरू यसमा निकै सन्तुष्ट हुन्छन्। यसलाई पश्चिममा मामलाहरू सम्हाल्ने नियम पनि मान्न सकिन्छ। यो एउटा नियम भएकोले, हामीले यसलाई पालना गर्नुपर्छ र यसलाई तोड्नु हुँदैन। यदि तँ कुनै ठाउँको लागि नयाँ छस् र तैँले त्यहाँका नियमहरू बुझेको छैनस् भने, तैँले ती सिक्नु नै तेरा लागि सबैभन्दा राम्रो हुनेछ। तैँले तिनलाई बुझेपछि, नबुझेको नाटक नगर्; नियमअनुसार मामलाहरू सम्हाल्न सक्दो प्रयास गर्। अवश्य नै, म मानिसहरूले मेरो पिठ्युँ पछाडि मेरो आलोचना गर्लान् वा मैले नियमअनुसार आफूलाई आचरणमा ढाल्दिनँ भन्लान् भनेर डराएको होइन—म यी कुराहरूको डरले यसो गर्दिनँ। बरु, मलाई के लाग्छ भने यो कुरा यसरी नै गरिनुपर्छ; मैले गर्नुपर्ने कुरा यही हो। कतिपय मानिसहरूले यसो भन्छन्, “यदि तपाईंले तिनीहरूलाई दश डलर कम दिनुभयो भने, के तपाईंसँग थप एक छाक खानाका लागि पर्याप्त पैसा नहुने हुँदैन र?” तैँले यस कुरालाई त्यसरी हेर्नु हुँदैन। त्यो तिनीहरूले कमाएको रकम हो। यदि तैँले तिनीहरूलाई दश डलर कम दिइस् भने, त्यो तिनीहरूबाट दश डलर लिनु बराबर हो। तैँले अरूबाट लिएको पैसा आफ्नै खर्चका लागि प्रयोग गर्नु विवेकहीन कुरा हो। तेरो विवेकविरुद्ध काम गर्नु मानवता अनुरूप हुँदैन; यो मानवता रहित हुनु हो। यदि तैँले तिनीहरूलाई त्यसरी कम पैसा दिने प्रयास गरिस् भने, तैँले नियमअनुसार आफूलाई आचरणमा ढालिरहेको हुँदैनस्। नियमअनुसार आफूलाई आचरणमा ढाल्नुको अर्थ, कम्तीमा पनि, निष्पक्ष रूपमा काम गर्नु र कुरा जे हो त्यही भन्नु हो। मानौँ तँ सेवा उद्योगमा छस् र तैँले जीविकोपार्जन गर्न बक्सिसमा भर पर्नुपर्छ। यदि कसैले तँलाई बक्सिस दिएन, र तेरो फाइदा उठायो भने, तँलाई कस्तो महसुस होला? यो उही तर्क हो। कुनै निश्चित उद्योगभित्र बक्सिस नदिँदा त्यो कानुनविरुद्ध नहुन सक्छ, र यसका लागि कसैले तँलाई पक्रन आउनेछैन, तर के तैँले बक्सिस नदिने कुरालाई तेरो विवेकको आधारमा सही ठहराउन सक्छस्? यदि तैँले यसलाई तेरो विवेकको आधारमा सही ठहराउन सक्दैनस् भने, तँ तेरो विवेकको ऋणी हुन्छस्। यदि तैँले यो जीवनमा यस्ता धेरै ऋणहरू बोकिस् भने, तैँले तिनलाई कहिले तिर्न सक्नेछस्? तैँले आफूलाई यसरी आचरणमा ढाल्नु हुँदैन। सायद तैँले कसैलाई बक्सिस नदिएर ऊबाट अलिकति फाइदा उठाउँछस् होला, तर के तँलाई तेरो विवेकले दोष दिएको महसुस हुँदैन र? यदि तँलाई साँच्चै त्यस्तो महसुस हुँदैन भने, तँमा साँच्चै नै समस्या छ। यदि तैँले यस्तो सानो कुरामा कसैको फाइदा उठाउने प्रयास गर्छस् भने, के तँ अझ खराब कुराहरू गर्न सक्षम हुन सक्दैनस् र? यस्तो मानसिकता लिएर, के तैँले अझै पनि सत्यता अभ्यास गर्न सक्छस्?
सबैले आफ्नो जीवन र अस्तित्वको क्रममा, हामीले नियमअनुसार आफूलाई आचरणमा ढाल्ने बारेमा सङ्गति गरेका यी उदाहरणहरूको सामना गर्न सक्छन्। यस मानवजातिमाझ जिउनुहुने देहधारी परमेश्वरका हकमा पनि, उहाँ यी कुराहरूबाट जोगिन असम्भव छ र यी कुराहरू उहाँले सामना गर्नुपर्ने कुराहरू हुन्। जब यी कुराहरू गरिन्छ, तब समग्रमा देहधारी परमेश्वरले नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठा भई कामकुराहरू गर्ने सिद्धान्तहरूलाई कडाइका साथ पालना गर्नुहुन्छ। म आफै ठ्याक्कै यही गर्छु। अवश्य नै, जब तिमीहरूसँगको मेरो अन्तरक्रियामा मण्डलीको काम वा तिमीहरूको व्यक्तिगत जीवन समावेश हुन्छ, तब यदि तिमीहरूले म कुनै निश्चित समस्या कसरी सम्हाल्ने भनेर मलाई तिमीहरूसँग सङ्गति गर्न भन्यौ वा मसँग परामर्श लियौ भने, म कडाइका साथ मेरो आत्म-आचरणका मान्यता र सिद्धान्तहरूअनुसार तिमीहरूसँग सङ्गति गर्नेछु। तिमीहरूले तिनलाई स्वीकार गरे पनि वा नगरे पनि, मेरा दृष्टिकोणहरू र मैले आफूलाई आचरणमा ढाल्ने तरिका र सिद्धान्तहरू अपरिवर्तित रहन्छन्। म तिमीहरूलाई थप फाइदा लिनका लागि कानुनी छिद्रहरूको शोषण गर्न पटक्कै सिकाउनेछैनँ; त्यसो गर्नु पूर्ण रूपमा अनुचित कुरा हो। जेसुकै भए पनि, म पहिले तिमीहरूलाई यस मामलामा कानुन, नीतिहरू, वा कुनै निश्चित उद्योगका नियमहरू समावेश छन् कि छैनन् भनेर स्पष्ट रूपमा पत्ता लगाउन लगाउनेछु। यदि यसमा यी कुराहरू समावेश छन् भने, म तिमीहरूलाई सरकारी अधिकारीहरूसँग परामर्श गर्न, वकिलसँग परामर्श गर्न, वा अनलाइनमा सान्दर्भिक नियमहरू खोज्न भन्नेछु। यदि यसमा आर्थिक समस्याहरू समावेश छन् भने, तिमीहरूले लेखापालसँग परामर्श लिनुपर्छ। तिमीहरू जुनसुकै देशमा भए पनि तिमीहरूले यसरी नै अभ्यास गर्नुपर्छ। म यसरी नै काम गर्छु, र म तँलाई यी मुख्य नियमहरू उल्लङ्घन गर्न पटक्कै प्रोत्साहित गर्नेछैनँ। बरु, म तँलाई प्रत्येक देशका कानुन र नियमहरू, साथै कुनै पनि सार्वजनिक स्थान वा कुनै पनि उद्योगका नियम र प्रावधानहरूलाई कडाइका साथ पालना गर्न माग गर्छु। यदि तँलाई तिनको बारेमा थाहा छैन भने, तैँले तिनको बारेमा सिक्न र मानिसहरूसँग परामर्श लिनका लागि पहल गर्नुपर्छ। यदि तँलाई तिनको बारेमा थाहा छ भने, तैँले तिनलाई पालना गर्न सक्दो प्रयास गर्नुपर्छ। नियमहरूले जे भन्छन्, हामीले त्यसरी नै कामकुराहरू गर्नुपर्छ। कहिलेकाहीँ देशका नियम वा कानुनहरूले तैँले आफ्नो कर्तव्य पूरा गर्न बिताउने समयलाई असर गरे पनि, वा तेरो कर्तव्यसँग सम्बन्धित केही मामलाहरूलाई असर गरे पनि, तैँले तिनलाई पालना गर्नैपर्छ। देशका कानुन र नियमहरूसँग बाझिनबाट जोगिन, र देशका कानुन र नियमहरू उल्लङ्घन गर्ने व्यवहारहरूमा संलग्न हुनबाट वा घटनाहरू निम्त्याउनबाट जोगिनका लागि तैँले आफ्नो कर्तव्य पूरा गर्ने समय वा तैँले यो गर्ने वातावरणलाई समायोजन गर्ने तरिकाहरू पत्ता लगाउन सक्छस्। के यसरी कामकुराहरू गर्नु उचित हो? (हो।) यो एउटा कुरा हो। अर्को कुरा, ती जुनसुकै देशका कानुन र नियमहरू भए पनि, र ती उचित वा अनुचित जे भए पनि, सरकारले तिनलाई स्पष्ट रूपमा तोकेको छ, र ती मेरो जीवन र अस्तित्वको दायराभित्र देखा पर्छन् भने, म तिनलाई सकेसम्म पालना गर्छु र मान्छु। म सरकारका कानुन र नियमहरूका त्यस्ता कुनै पनि पक्षहरूका बारेमा टिप्पणी गर्ने वा आलोचना गर्ने पटक्कै गर्दिनँ, जुन पक्षहरू अनुचित हुन्छन् वा मानिसहरूको हितमा हुँदैनन्; बरु, सरकारले जे नियमहरू बनाउँछ म तिनलाई पालना गर्छु। अवश्य नै, जब म सरकारका कानुन र नियमहरू पालना गर्ने कुरा गर्छु, तब यसमा धार्मिक विश्वासको विरोध गर्ने कानुनहरू वा परमेश्वरलाई इन्कार गर्ने र प्रतिरोध गर्ने कानुनहरू समावेश हुँदैनन्। बरु, यसले नागरिकहरूको अधिकारको रक्षा गर्ने, सामाजिक व्यवस्था कायम राख्ने, र निष्पक्षतालाई बढुवा दिने कानुन र नियमहरूलाई जनाउँछ; मानिसहरूले पालना गर्नुपर्ने कुराहरू यिनै हुन्। मानिसहरूको मनमा जस्तोसुकै विचारहरू भए पनि, कानुन र नियमहरू पालना गर्ने कुरा पहिलो स्थानमा आउँछ। व्यक्तिले देशको कानुनको सम्मान गर्नुपर्छ, र कुनै पनि उद्योगका नियम र प्रावधानहरूको सम्मान गर्नुपर्छ। यदि तैँले तिनलाई अपनाउन सक्दैनस् वा तँलाई ती मन पर्दैन भने, तँ यो उद्योगबाट जोगिन सक्छस्, वा तँ देश छोडेर जान सक्छस्। तर समझदारीपूर्वक भन्दा, यदि तँ कुनै निश्चित देशमा बस्छस्, वा तँ कुनै निश्चित उद्योगका मानिसहरूसँग कारोबार गर्छस् भने, तैँले देशको कानुन, उद्योगका वा निश्चित विशेष अवसर र वातावरणका प्रावधान र निर्देशनहरू, र केही नैतिक मापदण्डहरू समेत पालना गर्नुपर्छ। म मानवजातिका कानुन, नियम, र प्रावधानहरू, सार्वजनिक स्थानहरूमा हुने केही विशेष नियम र निर्देशनहरू, र मानवताका आधारभूत नैतिक र व्यवहारसम्बन्धी मापदण्डहरूलाई कडाइका साथ पालना गर्ने प्रयास गर्छु। म मेरो विशेष पहिचान र हैसियतलाई कहिल्यै विशेष रूपमा जोड दिन्नँ, न त म कुनै कानुन, नियम, निर्देशन, प्रावधान, र यस्तै कुराहरूको विरुद्धमा नै जान्छु। म यी कुराहरूलाई कहिल्यै चुनौती दिन्नँ वा जानी-जानी तिनलाई तोड्दिनँ र म मेरो आफ्नै तालमा हिँड्दिनँ; बरु, म तिनलाई कडाइका साथ पालना गर्छु। मेरो यो कडा अनुपालनको पछाडि तिनीहरूका कानुन, नियम, प्रावधान, र नियमहरूप्रतिको सम्मान छ। नियमअनुसार आफूलाई आचरणमा ढाल्दा र कर्तव्यनिष्ठा भई कामकुराहरू गर्दा व्यक्तिले वास्तवमा अभ्यास गर्ने र पालना गर्ने सिद्धान्त पनि यही हो। सायद कतिपय मानिसहरूले यी कुराहरूप्रति मेरो मनोवृत्ति के हो भनेर बुझ्दैनन्; तिनीहरूको मनमा वास्तविकतासँग मेल नखाने केही विचारहरू हुन सक्छ, वा यस्ता कुराहरू गर्नका लागि मेरा सिद्धान्तहरू र आत्म-आचरणका मान्यताहरूबारे केही खोक्रा धारणा र कल्पनाहरू हुन सक्छ। यसरी सङ्गति गर्दा, के तिमीहरूले यहाँ कुनै खोक्रो कुरा पायौ? (पाएनौँ।) कुनै खोक्रो कुरा छैन भन्नुको अर्थ यी कुराहरूप्रतिको मेरो मनोवृत्ति भनेको मानवताको दृष्टिकोणबाट तिनलाई समझदारीपूर्वक व्यवहार गर्नु हो। म श्रेष्ठताको स्थान लिन्नँ, म तेस्रो स्वर्गको दृष्टिकोणबाट खडा हुन्नँ, र म परमेश्वरको पहिचान भएको विशेष हैसियतबाट यी कुराहरूलाई लिँदिनँ। बरु, म तिनलाई समझदारीपूर्ण दृष्टिकोणबाट अत्यन्तै मानवीय तरिकाले लिन्छु। म यी कुराहरूलाई लिने तरिकामा देहधारी परमेश्वरको रूपमा रहेको मेरो पहिचानको कहिल्यै धाक देखाउँदिनँ, न त म तिनलाई हेलाको दृष्टिले हेर्न यो पहिचानको फाइदा नै उठाउँछु। म यी कुराहरूलाई कहिल्यै चुनौती दिन्नँ, र म देशका कानुन र नियमहरू वा कुनै पनि उद्योगका नियमहरूलाई अवरोध गर्दिनँ। बरु, म यी कानुन, नियम, प्रावधान, र यस्तै अन्य कुराहरूलाई आज्ञाकारी र कर्तव्यनिष्ठा भई कडाइका साथ पालना गर्छु। अझै व्यावहारिक रूपमा भन्दा, मानिसहरूसँग अन्तरक्रिया गर्दा, म अत्यन्तै मानवीय सिद्धान्त पनि पालना गर्छु।
हामीले देहधारी परमेश्वरले नियमअनुसार आफूलाई आचरणमा ढाल्नुहुने सम्बन्धी केही प्रकटीकरणहरूका बारेमा सङ्गति गरेका छौँ। यी तिमीहरूले कहिल्यै नसोचेका कुराहरू हुन सक्छन्, वा तिमीहरूले कहिल्यै गम्भीरतापूर्वक नलिएका कुराहरू हुन सक्छन्; तिमीहरूसँग यी कुराहरूबारे अत्यन्तै खोक्रो विचार हुन सक्छ; वा, जब तिमीहरूले यी कुराहरू देख्छौ, तिमीहरू तिनको सम्पर्कमा आउँछौ, वा ती कुरा सुन्छौ, तब तिमीहरूले तिनलाई सीधै अस्वीकार गर्न सक्छौ। तर, यी कुराहरू परमेश्वरको देहधारी शरीरद्वारा प्रकट भएको सामान्यता र व्यावहारिकता, र नम्रता र गुप्तताको प्रतिविम्ब हुन्। यसका साथै, जब परमेश्वरको आत्माले देह धारण गर्नुहुन्छ र उहाँ मानिसहरूका बीचमा आउनुहुन्छ, तब ती उहाँको आत्म-आचरणका सबैभन्दा सामान्य र व्यावहारिक प्रकटीकरणहरू पनि हुन्। यी प्रकटीकरणहरूद्वारा, मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्वरले आफूलाई आचरणमा ढाल्ने र मानवजातिको सदस्य बन्ने विषयलाई कसरी हेर्नुहुन्छ, कसरी लिनुहुन्छ, र सम्हाल्नुहुन्छ भन्ने कुरा अझ राम्ररी बुझ्न सक्छन्। यी आत्म-आचरणका मान्यता र सिद्धान्तहरूले मानिसहरूलाई के देख्न र जान्न अनुमति दिन्छन् भने परमेश्वरले कुनै पनि कुरा खोक्रो तरिकाले गर्नुहुन्न, उहाँले सबै कुरा व्यावहारिक रूपमा गर्नुहुन्छ, र उहाँले मानवजातिका कानुन र नियमहरू, र मानव समाजका विभिन्न क्षेत्रका नियमहरू पालना गर्दै, व्यावहारिक रूपमा सिद्धान्तहरूअनुसार अभ्यास गर्नुहुन्छ। यी कानुन र नियमहरू पालना गर्दा, देहधारी परमेश्वरले आफ्नो सेवकाइ पनि निर्वाह गर्नुपर्छ र उहाँले गर्न चाहनुभएको काम पनि गर्नुपर्छ। चाहे त्यो उहाँको सामान्य मानवताको जियाइ होस्, वा उहाँको ईश्वरत्वको काम होस्, यीमध्ये कुनै पनि एक-अर्कासँग बाझिँदैन वा विपरीत हुँदैन। परमेश्वरले उहाँको सामान्य मानव जीवनमा प्रदर्शन गर्नुभएका आत्म-आचरणका सिद्धान्तहरूले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता देखाउँछन्—यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने उहाँले सामान्य मानवता—जसमा विवेक र समझ हुन्छ—त्यसलाई जिएर देखाउनुहुन्छ जुन कुरा परमेश्वरको आत्मा मानिसहरूका बीचमा व्यक्ति बन्दा वा उहाँले देह धारण गर्दा उहाँमा हुनुपर्ने कुरा हो। यो जियाइ प्रायजसो देहधारी परमेश्वरले उहाँको ईश्वरत्वमा निर्वाह गर्नुहुने सेवकाइसँग असम्बन्धित देखिए पनि, परमेश्वरको मानवताको जियाइले पालना गर्ने मान्यता र सिद्धान्तहरू सत्यताको सारसँग, परमेश्वरको स्वभावसँग, र उहाँको ईश्वरीय काममा व्यक्त गरिएका मानवजातिप्रतिका उहाँका मागहरूसँग एकसमान छन्। देहधारी परमेश्वरले उहाँको मानव जीवनमा पालना गर्नुहुने आत्म-आचरणका सिद्धान्तहरू भनेका नियमअनुसार आफूलाई आचरणमा ढाल्नु र कर्तव्यनिष्ठा भई कामकुराहरू गर्नु हो। त्यसैगरी, उहाँले ईश्वरत्वमा काम गर्दा पालना गर्नुहुने कामका सिद्धान्तहरू पनि आधारभूत रूपमा उस्तै हुन्छन्—उहाँले नियमअनुसार आफूलाई आचरणमा ढाल्नुहुन्छ र कर्तव्यनिष्ठा भई कामकुराहरू गर्नुहुन्छ; सिद्धान्तहरू परिवर्तन हुँदैनन्। त्यसकारण, देहधारी परमेश्वरको हकमा भन्दा, उहाँको मानवता र ईश्वरत्व कहिल्यै छुट्टिँदैनन्; ती पूर्ण रूपमा एकताबद्ध हुन्छन्। उहाँको ईश्वरत्व उहाँको मानवताद्वारा व्यक्त गर्न सकिन्छ, र उहाँको मानवता उहाँको ईश्वरत्वको एक भागको प्रकटीकरण हो। त्यसकारण, जब देहधारी परमेश्वर मानवजातिमाझ जिउनुहुन्छ, तब यस अवधिमा मानिसहरूले देख्न सक्ने उहाँको मानवता र ईश्वरत्व विच्छेद भएका वा छुट्टिएका हुँदैनन्; ती एकताबद्ध हुन्छन्। उहाँको मानवताको जियाइ र उहाँको आत्म-आचरणका मान्यता र सिद्धान्तहरूलाई, निश्चित हदसम्म, परमेश्वरको आत्माद्वारा निरीक्षण हुन्छ, प्रभावित हुन्छ, र निर्देशित हुन्छ। अर्को हिसाबमा, उहाँले विवेक र समझ भएको उहाँको सामान्य मानवता जिएर देखाउनुहुन्छ भनेर पनि भन्न सकिन्छ। यस्तो मानवताद्वारा मात्रै परमेश्वरको देहधारी शरीरले उहाँको ईश्वरीय कामको सम्पूर्णता, अर्थात् उहाँले आफ्नो ईश्वरत्वमा गर्नुपर्ने कामको जिम्मेवारी लिन सक्नुहुन्छ; यस्तो मानवताद्वारा मात्रै परमेश्वरको देहधारी शरीरले उहाँले निर्वाह गर्नुपर्ने सेवकाइ पूरा गर्न सक्नुहुन्छ, र यसलाई राम्ररी निर्वाह गर्न सक्नुहुन्छ। यो एउटा बुझाइ हो। अर्को बुझाइ के हो भने देहधारी परमेश्वरले निर्वाह गर्नुहुने सेवकाइ सामान्यता र व्यावहारिकता भएको यस्तो मानवताद्वारा हासिल गरिन्छ। जेसुकै भए पनि, देहधारी परमेश्वरको मानवता सार र ईश्वरत्व दुवै मिलेर देहधारी परमेश्वर बन्नुभएको हुन्छ, जोसँग ख्रीष्टको विशेष पहिचान छ। त्यसकारण, तैँले देख्ने देहधारी परमेश्वरको मानवताको आत्म-आचरणका मान्यता र सिद्धान्तहरूदेखि, उहाँले गर्नुहुने हरेक कुरामा उहाँका निश्चित प्रकटीकरणहरू, मनोवृत्तिहरू, र दृष्टिकोणहरूसम्म, सबै उहाँको मानवताको एक भाग हुन् र, अवश्य नै, तिनलाई उहाँको ईश्वरत्वको एक भाग भनेर पनि भन्न सकिन्छ। यी दुईलाई छुट्ट्याउन सकिँदैन। अर्थात्, जब तैँले देहधारी परमेश्वरमा यस्तो मानवता देख्छस्, तब उहाँ परमेश्वरले धारण गर्नुभएको देह हुनुहुन्छ भन्ने कुरामा तँ निश्चित हुनुपर्छ। अवश्य नै, जब तँ परमेश्वरले व्यक्त गर्नुभएको सत्यताको सम्पर्कमा आउँछस्, तब देहधारी परमेश्वरमा ईश्वरत्व छ भनी स्वीकार गर्दा, तैँले उहाँको मानवता विशेष पहिचान भएको देहधारी परमेश्वरको एक भाग हो भनेर पनि स्वीकार गर्नुपर्छ। जेसुकै भए पनि, अन्ततः मानिसहरूलाई देहधारी परमेश्वरको यो सामान्य र व्यावहारिक पक्ष र उहाँले जिएर देखाउनुहुने आत्म-आचरणका मान्यता र सिद्धान्तहरू देख्न अनुमति दिइन्छ, किनभने यिनमा परमेश्वरको देहले उहाँको अस्तित्व र जीवनमा सामना गर्ने धेरै समस्याहरू समावेश हुन्छन्। देहधारी परमेश्वरको मानव जीवनका यी व्यावहारिक प्रकटीकरणहरू उहाँले निर्वाह गर्नुहुने सेवकाइ वा मानिसहरूका लागि उहाँले बन्दोबस्त गर्नुहुने सत्यता, मार्ग, र जीवनको स्तरसम्म नपुगे पनि, आत्म-आचरणका यी सिद्धान्त र मान्यताहरू देहधारी परमेश्वरभित्रको ईश्वरत्वबाट विच्छेद भएका हुँदैनन्। यो देह परमेश्वरको देहधारी शरीर र परमेश्वरको आत्माले धारण गर्नुभएको देह भएकोले नै, यस देहधारी परमेश्वरको सामान्य मानवतामा आत्म-आचरणका यस्ता मान्यता र सिद्धान्तहरू हुन सक्छन्। यसले के सङ्केत गर्छ भने भ्रष्ट मानवजातिको कुनै पनि सदस्य, वा भ्रष्ट मानवजातिमाझ सौभाग्यशाली पृष्ठभूमि, पहिचान, सामाजिक मूल्य, र कुलीन हैसियत भएको जोकोहीलाई पनि नियमअनुसार आफूलाई आचरणमा ढाल्न र कर्तव्यनिष्ठा भई कामकुराहरू गर्न निकै गाह्रो हुन्छ; कोही पनि अपवाद हुँदैन। त्यसकारण, सामान्यता र व्यावहारिकताको यो पक्ष देहधारी परमेश्वरको मानवतासँग जे छ र उहाँ जे हुनुहुन्छ त्यही हो, र अवश्य नै, यो देहधारी परमेश्वरको ईश्वरत्वसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको एक भाग पनि हो; कुरा के मात्रै हो भने उहाँले यसलाई उहाँको मानवताद्वारा व्यक्त गर्नुहुन्छ र प्रकट गर्नुहुन्छ। यदि देहधारी परमेश्वरले जहाँ गए पनि धाक देखाउनुभएको भए, सधैँ उहाँको हैसियत दाबी गर्नुभएको भए, भव्य रूपमा बोल्नुभएको भए, उहाँ प्रभावशाली हुनुहुन्छ भन्ने महसुस गर्नुभएको भए, सबैलाई हेला गर्नुभएको भए र अहङ्कारी व्यवहार गर्नुभएको भए, र सधैँ सबैलाई खुट्टाले कुल्चन चाहनुभएको भए; यदि उहाँले आराधना गर्न ननिहुरिने जोकोहीलाई सराप्नुभएको भए, तिनीहरूलाई खरानीमा परिणत गर्नुभएको भए, तिनीहरूलाई तुरुन्तै मार्नुभएको भए, वा उहाँको तीक्ष्ण हेराइले तिनीहरूलाई ढाल्नुभएको भए, उहाँभित्र वास्तवमा ईश्वरत्वको सार छ कि छैन भनेर भन्न गाह्रो हुनेथियो। एकातिर, देहधारी परमेश्वरसँग उहाँको देहको सम्पूर्ण जीवन, वचन, र कार्यहरू कायम राख्न सामान्य मानवताको विवेक र समझ हुन्छ। अर्कोतिर, उहाँको ईश्वरत्वले पनि उहाँभित्र काम गरिरहेको हुन्छ, किनभने ईश्वरत्व नै, आखिर, उहाँको साँचो जीवन हो। यदि उहाँको मानवता भ्रष्ट मानवजातिको जस्तै अहङ्कारी र आत्म-धर्मी भएको भए, के तैँले यो व्यक्ति देहधारी परमेश्वर हो भनेर भन्थिस्? (भन्दिनथेँ।) मानौँ कुनै व्यक्तिमा सधैँ अलौकिक प्रकटीकरणहरू हुन्छन्, उसले सधैँ आफू पृथ्वीमा ओर्लेको स्वर्गीय प्राणी हुँ भन्ने सोच्छ, उसमा सधैँ यस्तो भावना हुन्छ, र उसले सधैँ मानिसहरूसँग उच्च स्थानमा बसेर बोल्छ, जसले गर्दा मानिसहरूले उसका वचन र कार्यहरूलाई मान गर्छन्। मानौँ उसको हृदयमा सधैँ अलौकिक र पारलौकिक विचारहरू हुन्छन्, र उसले कसैको विगतको जीवनमा के भयो, त्यस व्यक्तिले के-कस्ता दुष्टताहरू गर्यो, के-कस्ता कामहरू गर्यो, वा कति पटक मानव वा पशुको रूपमा पुनर्जन्म लियो भनेर एक झलकमै भन्न सक्छ। यसबाहेक, मानौँ यो व्यक्तिले सधैँ आफू विशेष रूपमा प्रभावशाली छु भन्ने महसुस गर्छ, बोल्दा सधैँ अलौकिक प्रकटीकरणहरू देखा पर्छन्, र चिन्ह र चमत्कारहरू पनि साथमा देखा पर्छन्, जसले गर्दा मानिसहरूलाई ऊ विशेष छ भन्ने महसुस हुन्छ। यस्तो व्यक्ति असामान्य हुनेछ। एकातिर, ऊभित्रको जीवन स्वभाव असामान्य हुनेछ; अर्कोतिर, ऊभित्रको जीवन पनि ईश्वरत्वको जीवन हुनेछैन। यस कुरालाई भन्ने एउटै मात्र तरिका यही हो।
चाहे त्यो उहाँको आत्म-आचरणका मान्यताहरू हुन् वा मामलाहरू सम्हाल्ने उहाँका सिद्धान्तहरू हुन्, देहधारी परमेश्वरले प्रकट गर्नुहुने र जिएर देखाउनुहुने सबै कुरा निकै सामान्य र व्यावहारिक हुन्छन्। मैले भनेका कुराहरू र मैले मेरो जीवनमा गर्ने कुराहरूलाई हेर्—के तीमध्ये कुनै कुरा असामान्य छन्? के तीमध्ये कुनै कुरा अलौकिक वा अपारम्परिक छन्? (छैनन्।) मैले जेसुकै सम्हालिरहेको भए पनि, तैँले ममा कुनै असामान्य कुरा पाउनेछैनस्। म कुनै असामान्य व्यक्ति होइनँ; म एक सामान्य व्यक्ति मात्रै हुँ। यसबाहेक, हरेक मामलालाई सम्हाल्ने मेरा विचार, दृष्टिकोण, सोचाइ, र तर्क विकृत, चरम, वा अलौकिक छैनन्। जब म मानिसहरूसँग अन्तरक्रिया र सङ्गत गर्छु, तब म शान्त र स्थिर स्वभावको हुन्छु। यदि मानिसहरू मसँग अन्तरक्रिया गर्न इच्छुक छन् भने, म तिनीहरूसँग अन्तरक्रिया गर्छु; यदि तिनीहरू इच्छुक छैनन् भने, म तिनीहरूसँग नजिकिने प्रयास गर्दिनँ। मानिसहरूसँग अन्तरक्रिया गर्ने, मामलाहरू सम्हाल्ने, सबै प्रकारका कामकुराहरू गर्ने, र आफूलाई आचरणमा ढाल्ने कुरामा के तँलाई मेरो सोचाइ सामान्य लाग्छ? (लाग्छ।) यो सबै सामान्य छ। मैले तिमीहरूलाई कुनै पनि देशको सरकारको विरोध गर्न कहिल्यै आह्वान गरेको वा उक्साएको छैनँ, न त मैले तिमीहरूलाई यस्तो कुरा नै भनेको छु: “परमेश्वरमा विश्वास गर्नेहरू सबै परमेश्वरबाट आएका हुन्; तिमीहरू सबै तेस्रो स्वर्गबाट आएका हौ। यस संसारसँग नडराओ; यस संसारलाई आफ्ना खुट्टाले कुल्च! तिमीहरू सबै विजयी पुरुष सन्तानहरू हौ; यस संसारमाथि शासन गर्न र यस मानवजातिमाथि शासन गर्न फलामको डन्डा उठाओ। सबै कुरा तिमीहरूका खुट्टामुनि छन्!” के मैले कहिल्यै यसो भनेको छु? (भन्नुभएको छैन।) मैले के भनेको छु? तिमीहरूले गर्ने हरेक कुरामा तिमीहरू नियमअनुसार चल्नुपर्छ। तिमीहरूले जुनसुकै देशमा बसेर परमेश्वरमा विश्वास गरे पनि र आफ्नो कर्तव्य पूरा गरे पनि, तिमीहरूले कानुनको पालना गर्नुपर्छ र सरकारका नियमहरूअनुसार कामकुराहरू गर्नुपर्छ। तिमीहरूले पटक्कै लापरवाह र स्वेच्छाचारी रूपमा काम गर्नु हुँदैन; तिमीहरू सतर्क हुनुपर्छ र छाडा हुनु हुँदैन। यदि तिमीहरूले सरकारका कानुन र नियमहरू उल्लङ्घन गर्यौ भने, तिमीहरूको विरुद्धमा उजुरी परेपछि, यसले तिमीहरूको कर्तव्य पूरा गर्ने कार्यमा असर गर्नेछ। म यस विषयमा निरन्तर सम्झाइरहन्छु। यो कुरा सुन्दा निकै साधारण लागे पनि, यो अत्यन्तै व्यावहारिक छ, किनभने तिमीहरूसँग जीवनको अनुभव अत्यन्तै कम छ र अन्तर्दृष्टिको कमी छ, र तिमीहरूले गल्ती गर्ने सम्भावना धेरै हुन्छ। तिमीहरू परमेश्वरमा विश्वास गर्नेहरू हौ। आफ्नो कर्तव्य पूरा गर्न विभिन्न देशहरूमा जानुको पछाडि तिमीहरूको उद्देश्य परमेश्वरको इच्छा पछ्याउनु र परमेश्वरको गवाही दिनु हो, कुनै पनि देश वा कुनै पनि सत्तारूढ दलको विरुद्धमा आफूलाई खडा गर्नु होइन। तिमीहरू आफ्ना कर्तव्यहरू पूरा गर्ने सृजित प्राणीहरू मात्रै हौ; तिमीहरू सृष्टिकर्ताको प्रभुत्वमा पूर्ण रूपमा समर्पित हुनुपर्छ, र परमेश्वरले कामकुराहरूलाई जसरी योजनाबद्ध गर्नुहुन्छ र प्रबन्ध गर्नुहुन्छ, तिमीहरू त्यसमा समर्पित हुनुपर्छ। तिमीहरू जुनसुकै देशमा गए पनि, तिमीहरू जस्तोसुकै वातावरणमा बसे पनि, वा तिमीहरू जुन दाजुभाइ-दिदीबहिनीहरूको घरमा बसे पनि, तिमीहरू नियमअनुसार चल्नुपर्छ, र आफूले सकेसम्म सहयोग गर्नुपर्छ। यसका साथै, देशका जे-जस्ता कानुन र नियमहरू छन् तिमीहरूले तिनलाई पालना गर्नुपर्छ। म तिमीहरूलाई नियमहरू नतोड्न र आफ्नो विरुद्धमा उजुरी पर्न नदिन बारम्बार अर्ती दिन्छु। यदि तिमीहरूको विरुद्धमा उजुरी पर्यो भने, तिमीहरूले के गल्ती गर्यौ, कुन नियम उल्लङ्घन गर्यौ, र उजुरी किन पर्यो भनेर पत्ता लगाउनुपर्छ। आफ्नो पाठ सिक ताकि यो कुरा फेरि नदोहोरियोस्। यदि तैँले आफ्नो पाठ सिकिनस् भने, तेरो विरुद्धमा उजुरीहरू परिरहनेछन्। यस सन्दर्भमा मेरा वचनहरू सबै वास्तविक परिस्थितिहरूमा आधारित समस्याहरूका समाधान हुन्—म तँलाई कसरी जिउने, कसरी बाँच्ने, र कसरी नियमहरू पालना गर्ने भनेर बताइरहेको छु, ताकि तेरो आफ्नै जीवन र अस्तित्वमा अनावश्यक समस्या नआओस्। तँ जुनसुकै देशमा गए पनि, तँ त्यहाँ आफ्नो कर्तव्य पूरा गर्न गएको हुन्छस्। पहिले, तँ त्यस देशमा घुलमेल हुनुपर्छ र तैँले त्यसका कानुन र नियमहरू पालना गर्नुपर्छ। तैँले तिनीहरूको विद्यमान व्यवस्थालाई अवरोध गर्नु हुँदैन वा तिनीहरूलाई कुनै समस्या दिनु हुँदैन। त्यसपछि मात्रै तिनीहरूले तँलाई स्वीकार गर्नेछन् र तँलाई देशको सदस्यको रूपमा व्यवहार गर्नेछन्, र यसरी मात्रै तैँले आफ्नो कर्तव्य पूरा गर्नका लागि त्यहाँ बस्न पाउँछस्। यदि तैँले स्थानीय नियमहरू समेत पालना गर्दैनस्, र नियमहरू उल्लङ्घन गर्ने कामकुराहरू गर्छस्, जसले गर्दा मानिसहरूले निरन्तर उजुरी गर्छन् र तेरा लागि समस्या खडा गर्छन्, र तँलाई घृणा गर्दै तँ त्यहाँ बसेको समेत चाहँदैनन् भने, तैँले आफ्नो कर्तव्य पूरा गर्ने सपना कसरी देख्न सक्छस् र? तँ जहाँ बसे पनि, तैँले स्थानीय कानुन र नियमहरू पालना गर्नुपर्छ। मलाई भन, के यसरी अभ्यास गर्नु सही हो? के यो कुरा तिमीहरूका लागि आफ्नो कर्तव्य पूरा गर्नमा लाभदायक हुन्छ? (हुन्छ।) यसरी अभ्यास गर्नु अत्यन्तै व्यावहारिक कुरा हो। कानुन र नियमहरू पालना गर्नु वास्तविक जीवनको आधारभूत सामान्य ज्ञान हो। यो तिललाई पहाड बनाउनु होइन, यो अति संवेदनशील हुनु त झनै होइन; यो एउटा सिद्धान्त हो जसलाई तिमीहरूले वास्तविक जीवनमा पालना गर्नैपर्छ। यदि केही भयो वा कुनै समस्या उत्पन्न भयो भने, हामी यसलाई समाधान गर्ने सबैभन्दा राम्रो तरिका के हो भनेर अनि यसबाट कसरी पाठ सिक्ने भनेर छलफल गर्छौं ताकि तिमीहरूले भविष्यमा कम गल्ती गर्न वा गल्ती गर्नबाट पूर्ण रूपमा जोगिन प्रयास गर्न सक, र तिमीहरू नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठा भई कामकुराहरू गर्ने व्यक्ति बन्न सक। कतिपय मानिसहरूले जहाँ गए पनि नियमहरू पालना नै गर्दैनन्। तिनीहरूले जताततै फोहोर फाल्छन्, र बेलाबेलामा होहल्ला गर्छन् र आफ्ना छिमेकीहरूको विश्राममा बाधा दिन्छन्। गाउँमा पसेका जङ्गली जनावरहरू जस्तै, तिनीहरूले सामुदायिक वातावरणलाई असर गर्छन् र बाधा दिन्छन्, र जहाँ गए पनि मानिसहरूबाट तिरस्कार र द्वेष पाउँछन्। म यी मानिसहरूलाई के बताउँछु भने, तिनीहरूले स्थानीय कानुन र नियमहरूलाई कडाइका साथ पालना गर्नुपर्छ, र तिनीहरूले नियमहरू पालना गर्नैपर्छ, र यसरी आफूलाई आचरणमा ढालेर मात्रै व्यक्तिमा सामान्य मानवता हुन्छ। मलाई भन, के यी मामलाहरू सम्हाल्ने सम्बन्धी मेरो सोचाइको तरिका र मेरो सुरुवाती बिन्दु सही छ? (छ।) म उच्च र भव्य, वा अमूर्त, वा पारलौकिक, वा अपारम्परिक कामकुराहरू गर्दिनँ। म मानिसहरूलाई तिनीहरूको जीवनका यी सानातिना मामलाहरू, र तिनीहरूको जीवनमा देखा पर्ने गल्ती र खराबीहरूका बारेमा मात्रै सुधार गर्छु र निर्देशन दिन्छु, तिनीहरूका समस्याहरू औँल्याउँछु र सच्याउँछु र तिनीहरूलाई सुझावहरू दिन्छु। देहधारी परमेश्वरका हकमा, के आफूलाई यसरी आचरणमा ढाल्नु व्यावहारिक कुरा हो? (हो।) यो अत्यन्तै व्यावहारिक छ! यी मामलाहरू सम्हाल्नु पटक्कै खोक्रो कुरा होइन, र यो वास्तविक जीवनबाट पटक्कै विच्छेद भएको छैन। त्यसैले, देहधारी परमेश्वरको दैनिक जीवनमा प्रतिबिम्बित हुने आत्म-आचरणका र कामकुराहरू गर्ने सम्बन्धी मान्यता र सिद्धान्तहरूलाई हेर्दा होस्, वा उहाँले निर्वाह गर्नुहुने सेवकाइमा उहाँले सङ्गति गर्नुहुने सत्यताहरूलाई हेर्दा होस्, दुवै पक्षहरू अत्यन्तै सामान्य र व्यावहारिक छन्। दुवै पक्षहरू सामान्य सोचाइ भएका, सकारात्मक कुराहरूलाई प्रेम गर्ने, र विवेक र समझ भएका मानिसहरूले बुझ्न, बोध गर्न, स्वीकार गर्न, र हासिल गर्न सक्ने कुराहरू हुन्। कुनै पनि पक्ष वास्तविक जीवनबाट पटक्कै विच्छेद भएको छैन; सामान्य र व्यावहारिक हुनु भनेको यही हो।
मैले भर्खरै उल्लेख गरेका जीवनका यी सानातिना मामिलाहरूमा आत्मआचरण र कामकुराहरू गर्ने सिद्धान्तहरू समावेश हुन्छन् कि हुँदैनन्? के ती तिमीहरूका लागि उपयोगी छन्? (छन्।) त्यसोभए हामी अघि बढौँ। एक पटक, हाम्रो आँगनको लन स्प्रिंकलर प्रणालीको पानीको पाइप कुनै बिन्दुमा फुट्यो, र चुहिएको पानी छिमेकीको आँगनमा बग्यो। मैले कसैलाई तुरुन्तै गएर छिमेकीलाई भन्न र हामीले उनका लागि त्यो सफा गरिदिनुपर्छ कि भनेर हेर्न लगाएँ। त्यति धेरै पानी बगेको देखेर छिमेकी अलिक बेखुसी थिए, तर हामीले आफै पहल गरेर उनलाई भनेका हुनाले, उनले शिष्टताका कारण यसलाई ठूलो कुरा बनाएनन्। पछि, ख्रीष्टमसको बेला, हामीले उनीहरूलाई क्षमायाचनास्वरूप एक बट्टा चकलेट दियौँ। उनीहरू निकै छक्क परे र खुसी भए, र हामीलाई केही मद्दत चाहिएमा भन्न वा निसङ्कोच उनीहरूको ढोकामा आएर माग्न भने। साँझसम्ममा, उनीहरूले आफ्नो बच्चालाई समेत लिएर हामीलाई एक टोकरी फलफूल दिन आए, र यसो भने, “ह्याप्पी होलिडेज! तपाईँहरूको उपहारका लागि धन्यवाद, र हाम्रो समुदायमा स्वागत छ!” हामीले केही शिष्टाचारका कुराहरू साटासाट गर्यौँ र त्यसपछि उनीहरू गए। मलाई यो मामिला यसरी सम्हाल्नु निकै राम्रो कुरा हो जस्तो लाग्यो; यदि हामी हाम्रा छिमेकीहरूसँग यसरी मिलजुल गर्छौँ भने, सम्बन्ध त्यति खराब हुँदैन। यो भनेको सम्बन्धलाई सहज बनाउन वा कुनै समस्या आउँदा कुराहरू मिलाउनका लागि क्षमायाचनास्वरूप अर्को पक्षलाई उपहार दिनु, र सामान्य रूपमा उपकार साटासाट गर्नु हो। अवश्य नै, तिनीहरू तेरो उपहार सित्तैमा लिँदैनन्, र तेरो फाइदा उठाउँदैनन्; तिनीहरू बदलामा केही न केही दिन्छन्। हेर् त, पश्चिमीहरू निकै विचार पुर्याउँछन्। तिनीहरू उपहार दिँदा अत्यन्तै इमानदार हुन्छन्। उपहारहरू महँगा छन् कि छैनन् भन्ने कुराले फरक पार्दैन; मुख्य कुरा भनेको तिनीहरूको हृदय अत्यन्तै इमानदार हुन्छ। यो उपकार साटासाट गर्नु हो, र यसरी मामिला सम्हाल्नु निकै उचित हुन्छ। अवश्य नै, यस्तो प्रकारको मामिला सम्हाल्ने एउटा सन्दर्भ हुन्छ। जब केही भइरहेको हुँदैन, तब बिनाकारण कसैलाई चिल्लो घस्नु, आफै पहल गरेर उसका लागि चिनियाँ खाना बनाउनु वा उसलाई उपहार दिनु, र ऊसँग सम्बन्ध कायम राख्न विशेष प्रयास गर्नु आवश्यक हुँदैन। यसो गर्नु पर्दैन। सामान्य अन्तरक्रियाहरूमा, उसलाई देख्दा अभिवादन गर्नु र सौहार्दपूर्ण रूपमा सहस्तित्वमा रहनु नै पर्याप्त हुन्छ। तर जब कुनै समस्या आउँछ—उदाहरणका लागि, यदि तँ कुनै गल्ती गर्छस् र तैँले माफी माग्नुपर्ने हुन्छ भने—तब गएर माफी माग्। तँ सामान्य मानवताको चेतनाका आधारमा यसो गर्छस्; यो पटक्कै बढाइचढाइ गरिएको वा देखावटी कुरा होइन। मलाई भन, के यस कुरालाई यसरी सम्हाल्नु उचित हो? के यो कुरा सिद्धान्तहरूअनुरूप छ? (छ।) यो चाकरी गर्नु होइन, न त यो अहङ्कारी र हुकुमी हुनु नै हो। तँ आफूलाई श्रेष्ठ देखाउँदैनस्, तर तँ आफ्नो इज्जत पनि कायम राख्छस्। कतिपय मानिस यस्तो सोच्छन्, “पश्चिमीहरूलाई चिनियाँ खाना खान मन पर्छ। यदि हामीले भविष्यमा कुनै नियमहरू उल्लङ्घन गर्यौँ भने तिनीहरूले हाम्रो विरुद्धमा उजुरी नगरून् भन्नका लागि, हामी तिनीहरूलाई केही मःमः बनाइदिऊँ र केही खाजा दिऊँ।” बिनाकारण चापलुसी गर्नु—मलाई भन, के यो उचित हो? (होइन।) एकातिर, तैँले बनाएको खानाको स्वाद विशुद्ध रेस्टुरेन्टको जस्तो हुन्छ कि हुँदैन र अर्को पक्ष त्यो खान इच्छुक हुन्छ कि हुँदैन भन्ने कुरा भन्न सकिँदैन। यसबाहेक, तिनीहरूले तँलाई राम्ररी चिनेका पनि हुँदैनन्। यदि तैँले तिनीहरूलाई आफैले बनाएको खाना दिइस् भने, के तिनीहरूले तँलाई विश्वास गर्लान् र? अर्कोतिर, कुनै खास कुरा भएकै छैन भने, तँ तिनीहरूलाई किन उपहार दिइरहेको छस्? के तिनीहरू तँलाई राम्ररी चिन्छन्? के तिनीहरूसँग तेरो कुनै लेनदेन, वा मित्रता छ? छैन, त्यसोभए सधैँ तिनीहरूलाई चिनियाँ खाना दिने प्रयास गर्नु भनेको त कुनै पागल व्यक्तिले गर्ने काम होइन र? (हो।) के मानिसहरूलाई यो कुरा झर्कोलाग्दो लाग्दैन र? (लाग्छ।) छिमेकीहरूसँग अन्तरक्रिया गर्ने मेरा सिद्धान्तहरूलाई हेर। के मेरो सोचाइ सामान्य छ? के म सिद्धान्तहरू सही र उचित रूपमा लागू गर्छु? (गर्नुहुन्छ।) के ममा अव्यवस्थित सोचाइको तर्कका कुनै प्रकटीकरणहरू छन्? (छैनन्।) मानिसहरूसँगका मेरा अन्तरक्रियाहरू सबै सामान्य हुन्छन्। सामान्य परिस्थितिहरूमा, म कहिल्यै मानिसहरूलाई उपहार दिन्नँ। यदि कसैले मलाई साँच्चै मद्दत गर्यो भने, म मेरो कृतज्ञता व्यक्त गर्न उसलाई केही दिन्छु। मानिसहरूसँग यसरी अन्तरक्रिया गर्नु उचित हुन्छ। यो सामान्य र व्यावहारिक हुनु हो, र यो नियमअनुसार आफूलाई आचरणमा ढाल्नु र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्नु पनि हो। धेरैजसो मानिस यी सिद्धान्तहरू बुझ्दैनन्; मूर्ख र अज्ञानी हुनु भनेको यही हो। के तिमीहरू सहमत छैनौ र? (छौँ।) कतिपय मानिस कामकुराहरू गर्ने तरिकामा आफ्नो मूर्खता देखाउँछन्। तिनीहरू सधैँ मानिसहरूलाई उपहार दिइरहेका हुन्छन् र बिनाकारण चापलुसी गरिरहेका हुन्छन्, र जब मानिसहरूले यो देख्छन्, तब उनीहरूलाई तिनीहरूमा केही खराबी छ भन्ने लाग्छ। म यसो गर्दिनँ। म मानिसहरूलाई चिल्लो घस्दिनँ। मेरो इज्जत छ, र मसँग कामकुराहरू गर्ने मेरा सिद्धान्तहरू छन्। जब साँच्चै कुनै समस्या आउँछ, तब म सिद्धान्तहरूअनुसार काम गर्छु। म नियमहरू पालन गर्छु, मेरो एउटा सीमा छ, र मेरो सोच्ने तरिका तार्किक छ, सामान्य सोचाइसँग मिल्दो छ, र चेतनासँग मिल्दो छ। यस पक्ष, अर्थात् देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताको सम्बन्धमा धेरै विवरण छन्, तर धेरै कुराको विवरणमा जानु आवश्यक छैन। छोटकरीमा भन्दा, यस सन्दर्भमा उहाँको सोचाइ निश्चित रूपमा सामान्य छ।
म मानिसहरूसँग अन्तरक्रिया गर्दा कहिल्यै आफ्नो परिचय दिन्नँ; ब्रदर-सिस्टरहरूलाई भेट्दा समेत, म कहिल्यै आफ्नो परिचय दिन्नँ। मानिसहरूसँगको मेरो अन्तरक्रियामा, म कहिल्यै देहधारी परमेश्वर भएको धाक लगाउँदिनँ। के तँलाई यी कुराहरू नियमअनुसार आफूलाई आचरणमा ढाल्नु र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्नुका सामान्य र व्यावहारिक प्रकटीकरणहरू हुन् जस्तो लाग्छ? (लाग्छ।) उदाहरणका लागि, कतिपय ब्रदर-सिस्टरहरू यसो भन्छन्, “तपाईँ परमेश्वर हुनुहुन्छ, तपाईँ सृष्टिकर्ता हुनुहुन्छ। तपाईँका लागि कामकुराहरू गर्न पाउनु जोकोहीका लागि पनि सम्मानको कुरा हो। यदि तिनीहरू ती कुराहरू राम्ररी गर्दैनन् भने, तिनीहरू मृत्युलाई निम्त्याइरहेका हुन्छन्!” जब म त्यस्ता मानिसहरूलाई भेट्छु, तब म यसो भन्छु, “मबाट टाढा बस! यस्ता कुराहरू भन्नुको के फाइदा छ र? ब्रदर-सिस्टरहरूले मेरो लागि कामकुराहरू गरे पनि, म तिनीहरूसँग त्यस्ता मागहरू गर्दिनँ।” मैले जोसुकैसँग अन्तरक्रिया गरे पनि, म तिनीहरूलाई कहिल्यै मेरो पहिचान बताउँदिनँ। मलाई भन, के यो सामान्य सोचाइ र सामान्य मानवताको प्रकटीकरण हो? (हो।) हेर् त, पागल व्यक्तिले सधैँ यसो भन्दै आफ्नो परिचय दिइरहेको हुन्छ, “म जेड सम्राट हुँ! म पृथ्वीमा ओर्लिएकी पश्चिमकी रानी माता हुँ! म स्वर्गबाट आएको हुँ। यदि तिमीहरू जस्ता साना नोकरहरूले मेरो कुरा सुनेनौ भने, म तिमीहरूलाई सखाप पार्नेछु!” यस्तो व्यक्ति के हुनेछ? (शैतान र दियाबलस।) ऊ शैतान र दियाबलस हुनेछ। मानव शब्दमा भन्दा, उसलाई मानसिक रूपमा बिरामी व्यक्ति, सामान्य चेतना नभएको व्यक्ति भनिन्छ। के सामान्य चेतना नभएको व्यक्तिले नियमअनुसार आफूलाई आचरणमा ढाल्नेछ र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्नेछ? (गर्नेछैन।) यदि तँसँग कम्तीमा पनि परिष्कृत विवेक र मानक चेतना छ भने मात्रै तँ नियमअनुसार आफूलाई आचरणमा ढाल्न र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्न सक्छस्। देहधारी परमेश्वरसँग सामान्य मानवता हुने हुनाले, उहाँको आचरण र उहाँका कार्यहरू सामान्य मानवताको विवेक र समझद्वारा नियन्त्रित हुन्छन्, र उहाँ स्वाभाविक रूपमा विवेक र चेतना भएको त्यस्तो सामान्य मानवताभित्र जिउनुहुन्छ; त्यसकारण, आफूलाई आचरणमा ढाल्दा र कामकुराहरू गर्दा, उहाँ नियमअनुसार आफूलाई आचरणमा ढाल्नु र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्नुका सिद्धान्तहरू कडाइका साथ पालन गर्नुहुन्छ। यदि केही गैरविश्वासीले मेरो कुनै व्यक्तिगत मामिला बिगार्छन्, वा जानाजानी मलाई छल गर्छन्, वा जानाजानी कामकुरामा क्षति पुर्याउँछन् भने, म यसबाट पाठ सिक्छु र तिनीहरूलाई फेरि कहिल्यै प्रयोग गर्दिनँ। गैरविश्वासीहरूका हकमा भन्दा, तिनीहरूका शब्दहरू जतिसुकै राम्रा सुनिए पनि, म सतर्क हुनैपर्छ; यदि म होसियार भइनँ भने, म तिनीहरूको चालमा फस्नेछु। यस संसारमा धेरै छली मानिस छन्। तिनीहरूलाई तँ को होस् भन्ने कुराको वास्ता हुँदैन; तिनीहरू तँलाई धोका दिन सक्षम भएमा, तिनीहरूले त्यसै गर्नेछन्। आत्मिक क्षेत्रमा, शैतान र दियाबलसहरूले परमेश्वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुभएको कुरा स्पष्ट रूपमा देख्छन्, र परमेश्वरको सर्वशक्तिमान्ता र परमेश्वरको सार देख्छन्, तर तिनीहरू कहिल्यै परमेश्वरलाई आदर गर्दैनन्, परमेश्वरको डर मान्दैनन्, वा परमेश्वरको पहिचान र सार स्वीकार गर्दैनन्। अहिले परमेश्वर देह बन्नुभएको हुनाले, मलाई भन, शैतानद्वारा भ्रष्ट तुल्याइएको मानवजातिमध्ये कसले परमेश्वरलाई स्वीकार गर्न र आफूलाईउहाँको अधीनमा राख्न सक्छ? परमेश्वरमा विश्वास गर्ने मानिसहरू समेत उहाँलाई पूर्ण रूपमा स्वीकार गर्दैनन्, उहाँको अधीनमा रहनु त परै जाओस्। कतिपय मानिस भन्छन्, तिनीहरू परमेश्वरसामु निहुरनेछन् र आराधना गर्नेछन्—तिनीहरू स्वर्गसामु घुँडा टेक्न, क्रूसको अघि घुँडा टेक्न, यहोवाको नामको सामु घुँडा टेक्न, वा प्रभु येशूको चित्रको अघि घुँडा टेक्न तयार हुन्छन्, तर तिनीहरू आफ्नो हृदयमा म, यस व्यक्तिसामु घुँडा टेक्ने कुरा स्वीकार गर्न सक्दैनन्: “के मैले विश्वास गर्ने व्यक्ति तिमी नै हौ? तिमी त परमेश्वर जस्तो देखिँदैनौ! यदि मैले तिम्रो सामु घुँडा टेकेँ भने, के मैले आफूलाई होच्याएको हुनेछैन र? म स्वर्ग, पृथ्वी, र मेरा आमाबुबासामु घुँडा टेक्न सक्छु—मैले तिमीजस्तो सामान्य व्यक्तिसामु कसरी घुँडा टेक्न सक्छु र? विशेष गरी तिमी महिला भएकी हुनाले, तिम्रो रूप साधारण छ, तिमी प्रसिद्ध छैनौ, र संसारमा तिम्रो कुनै हैसियत वा प्रतिष्ठा छैन—मैले तिमीसामु किन घुँडा टेक्नुपर्छ र?” तिनीहरूलाई भित्र असहज महसुस हुन्छ। तिनीहरू घुँडा टेक्न चाहँदा हिचकिचाउँछन्, र तिनीहरू घुँडा टेक्नुअघि नै अनिच्छुक र असन्तुष्ट हुँदै फेरि उभिन्छन्। म भन्छु, “मेरो सामु घुँडा नटेक्। यदि तँ घुँडा टेक्न चाहन्छस् भने, स्वर्गमा हुनुहुने परमेश्वरसामु घुँडा टेक्। तैँले मेरो सामु घुँडा टेकिरहनु आवश्यक छैन; म यो स्वीकार गर्न सक्दिनँ। मसँग तँलाई हावामा उचालेर तेस्रो स्वर्गमा लैजान सक्ने त्यति ठूलो शक्ति छैन। म एक साधारण व्यक्ति मात्रै हुँ। म त तँजस्तो, एक भ्रष्ट मानवलाई परमेश्वरसामु ल्याउँछु। त्यसपछि म तँलाई अभ्यास गर्नका लागि मैले जानेका र बुझेका सत्यताहरू बताउँछु, ताकि तैँले मुक्ति प्राप्त गर्न सकेस्, अनि तँलाई पूर्ण रूपमा एक मानक सृजित प्राणीमा रूपान्तरण गर्न र त्यसपछि तँलाई सृष्टिकर्ताकहाँ फर्काउन सकियोस्—मेरो जिम्मेवारी र मेरो सेवकाइ यही हो। तिमीहरू सबैको हकमा भन्दा, मेरो उपयोगिता त्यति मात्रै हो। मैले तेरो सम्बन्धमा श्रेय पाउन लायक कुनै कुरा हासिल गरेको छैन, न त मैले स्वर्गमा हुनुहुने परमेश्वरको सम्बन्धमा नै त्यसो गरेको छु। म आफूले गर्नुपर्ने कामकुराहरू गरेको, आफूले बोल्नुपर्ने वचनहरू बोलेको, र आफूले गर्नुपर्ने काम गरेको एक साधारण व्यक्ति मात्रै हुँ। तँ आफ्नो हृदयमा इच्छुक भए पनि वा नभए पनि, मेरो मानवताको दृष्टिकोणबाट हेर्दा, म तेरो घुँडा टेकाइ र आराधना स्वीकार गर्न पटक्कै इच्छुक छैनँ। त्यसमाथि, तँ तेरो हृदयमा अनिच्छुक र प्रतिरोधी छस्, त्यसैले म यो झनै स्वीकार गर्न सक्दिनँ।” हेर् त, के मेरो सोचाइ सामान्य छ? यो मानवताको जुनसुकै पक्षबाट आउने भए पनि, यो सामान्य सोचाइको प्रकटीकरण नै हो। देहधारी परमेश्वर सामान्य मानवताभित्र जिउनुहुने हुनाले, र वास्तविक जीवनमा एक साधारण व्यक्ति जस्तै जिउनुहुने हुनाले, र उहाँ असाधारण नहुनुहुने हुनाले, उहाँ विभिन्न मामिलालाई कसरी लिनुहुन्छ र सम्हाल्नुहुन्छ भन्ने कुरा धेरै हदसम्म उहाँको मानवताको विवेक र समझद्वारा नियन्त्रित हुन्छ। यसले गर्दा धेरै मानिसमा धारणाहरू उत्पन्न हुन्छन्; तिनीहरू यस्तो सोच्छन्, “के उहाँ एक साधारण, सामान्य व्यक्ति मात्रै हुनुहुन्न र?” मानिसहरूले देहधारण स्वीकार गरे पनि र परमेश्वरको काम स्वीकार गरे पनि, तिनीहरू आफ्नो हृदयमा यस व्यक्तिसामु घुँडा टेक्न र आराधना गर्न वा उहाँको अधीनमा रहन चाहँदैनन्। वास्तवमा, मेरो हृदयदेखि भन्दा, म तेरो घुँडा टेकाइ र आराधना स्वीकार गर्न चाहन्नँ, किनभने मसँग इज्जत र चेतना छ। तँ अनिच्छुक हुँदाको कुरा त छोडिदिऊँ, यदि तँ मेरो सामु घुँडा टेक्न र आराधना गर्न इच्छुक भइस् भने पनि, म यो स्वीकार गर्न इच्छुक हुनेछैनँ। यसको अर्थ के हो? यसको अर्थ के हो भने, यस देहधारी परमेश्वरको मानवताको विवेक र समझभित्र लाजको बोध पनि छ। लाजको बोध हुनुको अर्थ के हो? यसको अर्थ के हो भने, यदि कसैले “म यस व्यक्तिसामु घुँडा टेक्न र आराधना गर्न अनिच्छुक छु; म भित्री रूपमा अलिक अनिच्छुक छु” भनेर भन्यो; वा यदि कोही अन्योलको स्थितिमा जिइरहेको छ भने; वा यदि कसैले परमेश्वरबारेका कल्पनाहरूले भरिएर घुँडा टेकिरहेको र आराधना गरिरहेको छ भने, म यस्ता प्रकारका घुँडा टेकाइ र आराधनाहरू सबै अवैध हुन् भनेर भन्छु। मलाई यस्ता कर्मकाण्डहरू चाहिँदैन; तिमीहरू यस्तो कर्मकाण्डमा पटक्कै संलग्न हुनु हुँदैन। यदि तैँले मेरो सामु घुँडा टेकिस् भने पनि, मलाई यो कुरा स्वीकार गर्न लाज लाग्नेछ। यदि तैँले मेरो सामु घुँडा टेक्न जिद्दी गरिस् भने, के मैले “तँलाई आशिष् मिलोस्” वा “तँलाई धन्यवाद” भन्नुपर्छ? मलाई साँच्चै के भन्ने भनेर थाहा हुनेछैन। किन? तँ अहिले विभिन्न पक्षमा तेरो आफ्नै अवस्थाबारे समेत स्पष्ट छैनस्, तैपनि तँ मेरो सामु घुँडा टेक्ने र आराधना गर्ने प्रयास गर्छस्; म यो साँच्चै स्वीकार गर्न सक्दिनँ। तँ साँच्चै परमेश्वरको आराधना गरिरहेको छस् कि छैनस् भन्ने मलाई थाहा छैन। यदि मैले तँलाई परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्तिका रूपमा स्वीकार गर्ने प्रयास गरेँ भने, तैँले साँच्चै त्यो मापदण्ड पूरा गर्नेछैनस्। त्यसैले यस मामिलामा कुराहरू यहीँ अड्किन्छन्—यो निकै लाजमर्दो कुरा हो। मैले तँलाई केका रूपमा स्वीकार गर्नुपर्छ वा तँलाई के भन्नु उचित हुन्छ भन्ने कुरामा म अझै स्पष्ट छैनँ, त्यसैले म भित्रभित्रै यस मामिलाप्रति निकै प्रतिरोधी छु। तिमीहरू सबैले मेरो सामु पटक्कै घुँडा टेक्नु हुँदैन र मेरो आराधना गर्नु हुँदैन। मलाई यसको आवश्यकता छैन, र मलाई यो कुरा मन पर्दैन। यदि तिमीहरूले सत्यताको कुनै पक्ष बुझ्न आवश्यक छ वा तिमीहरूलाई आत्मआचरण र कामकुराहरू गर्ने सिद्धान्तहरूको कुनै पक्ष चाहिएको छ भने, म तिनका बारेमा सङ्गति गर्न सक्छु। तर यदि तिमीहरू यस औपचारिकतामा संलग्न हुन चाहन्छौ भने, म तिमीहरूलाई यसो नगर्न सल्लाह दिन्छु, कम्तीमा अहिलेका लागि त नगर्न नै सल्लाह दिन्छु। तिमीहरूको हृदयमा परमेश्वरप्रति साँचो अधीनता हुनुअघि र तिमीहरू परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा लाग्नुअघि, यसो नगर; यस औपचारिकतामा संलग्न नहोऊ। यसो गर्नु राम्रो होइन; यसले हामी दुवैका लागि परिस्थिति असहज बनाउनेछ। यो कुरा गर्नबाट जोगिनु नै उत्तम हुन्छ; यस्तो कर्मकाण्डदमा संलग्न हुनु व्यर्थ छ।
देहधारी परमेश्वरबारे मानिसहरूका धारणा र कल्पनाहरूको समस्याबारे सङ्गति गर्दा, मैले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता समावेश हुने धेरै उदाहरणहरू दिएँ। यी उदाहरणहरूमा, तिमीहरूले देहधारी परमेश्वर असाधारण, पारलौकिक, अलौकिक, वा अपारम्परिक हुनुहुन्न भन्ने कुरा देख्न सक्छौ। यी र यस्तै अन्य कुराहरू मानिसहरूले देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता, र विनम्रता र गुप्तताका बारेमा बुझ्नुपर्ने कुराहरू हुन्। उहाँले जिएर देखाउनुहुने कुरा, र उहाँका विश्वास र आत्म-आचरणका सिद्धान्तहरू, सबै निकै व्यावहारिक र निकै सामान्य छन्, र जब उहाँले कामकुराहरूको सामना गर्नुहुन्छ, तब उहाँ धैर्यवान् र सहनशील पनि हुन सक्नुहुन्छ। उहाँले जेसुकै गर्नुभए पनि, देहधारी परमेश्वरले आफ्नो जीवनमा जिएर देखाउनुहुने र प्रकट गर्नुहुने सबै कुराले परमेश्वरको देहधारी शरीरले आफूलाई कसरी आचरणमा ढाल्नुहुन्छ भन्ने कुराको व्यावहारिक पक्ष छ भन्ने कुरालाई प्रतिबिम्बित गर्छ। अर्थात्, उहाँले विभिन्न कुराहरूको सामना कसरी गर्नुहुन्छ र विभिन्न समस्याहरूलाई कसरी सम्हाल्नुहुन्छ भन्ने कुरा पूर्ण रूपमा उहाँका विश्वास र आत्म-आचरणका सिद्धान्तहरूमा आधारित हुन्छ, जुन नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठा भई कामकुराहरू गर्ने कुरा हुन्। केही वर्षअघि, हाम्रो छिमेकीको बच्चा कलेज जाँदै थियो, र तिनीहरू उत्सव मनाउन आँगनमा पार्टी राखेर, नाचगान गरिरहेका थिए। तिनीहरू बिहानको एक वा दुई बजेसम्म पनि माइक्रोफोनमा गाइरहेका थिए, र नजिकैका धेरै छिमेकीहरूले यो स्पष्ट रूपमा सुन्न सक्थे। पश्चिमीहरूलाई उजुरी गर्न मन पर्छ, तर यस परिस्थितिमा, कसैले पनि उजुरी गरेनन्, किनभने हामी सबै त्यतिखेर धेरै वर्षदेखि छिमेकी थियौँ। सबैलाई यस्तो लाग्यो, “बच्चाहरू यति धेरै वर्षदेखि स्कुलमा थिए, र तिनीहरूले यसरी रमाइलो गर्ने मौका विरलै पाउँछन्, त्यसैले तिनीहरूलाई रमाइलो गर्न दिऊँ। कहिलेकाहीँ यसरी बाधा हुनु र एक रात राम्ररी सुत्न नपाउनु ठूलो समस्या होइन; हामी यसलाई ढिलासम्म बसेको रूपमा लिनेछौँ।” के यसरी सोच्नु सामान्य हो? के व्यक्तिमा अरूका लागि यस्तो प्रकारको धैर्यता र सहनशीलता हुनुपर्छ? (हुनुपर्छ।) कतिपय मानिसहरूले यसो भन्छन्, “तपाईं परमेश्वर हुनुहुन्छ, तपाईंले हल्ला गर्ने भ्रष्ट मानिसहरूप्रति कसरी धैर्यता अभ्यास गर्न सक्नुहुन्छ? तपाईं धैर्यवान् हुनु हुँदैन; तपाईंको विश्राम निकै महत्त्वपूर्ण छ!” म भन्छु, “कसको विश्राम महत्त्वपूर्ण हुँदैन र? सबैको विश्राम महत्त्वपूर्ण हुन्छ।” तर वयस्कहरूले कहिलेकाहीँ केही सहनशीलता राख्नुपर्छ र केही समझदारी देखाउनुपर्छ; विशेष गरी बच्चाहरूप्रति, हामीले तिनीहरूलाई केही सहनशीलता देखाउनुपर्छ। यसबाहेक, जब तँ यस संसारमा जिउँछस्, तब धेरै कुराहरू तेरो इच्छाअनुसार हुँदैनन्, र धेरैजसो समय, तँ धैर्यवान् हुनैपर्छ। यी कुराहरू त केही पनि होइनन्; तैँले यसभन्दा गम्भीर र तँलाई साँच्चै हानि पुऱ्याउने कुराहरू पनि सहनुपर्छ। यस संसारमा जिउँदा, बाँच्ने क्रममा, सबैले धेरै परिस्थितिहरूको सामना गर्छन् जहाँ तिनीहरूसँग कुनै विकल्प नै हुँदैन। के तैँले त्यस्ता परिस्थितिहरूको सामना गर्दा तँ साँच्चै नै अड्किनेछस्? के तँ बाँचिराख्न असमर्थ हुनेछस्? भोलिपल्ट पनि घाम उदाउनेछ। जीवन अघि बढ्नैपर्छ। कुनै सानातिना कुरामा सङ्कीर्ण हुनु, त्यसमै अल्झिनु र संसारको अन्त्य भएजस्तो व्यवहार गर्नुपर्ने आवश्यक हुँदैन। होहल्ला गर्नु वा तिललाई पहाड बनाउनु आवश्यक छैन। यस्ता कुराहरूका लागि, तिमीहरू सहिष्णु र धैर्यवान् हुनैपर्छ। जब कुनै दिन तिमीहरूले अझ धेरै कुरा अनुभव गर्नेछौ, तब तिमीहरूले अन्तर्ज्ञान प्राप्त गर्नेछौ र तिनलाई कसरी लिने भन्ने कुरा जान्नेछौ। मलाई भन, के यस्तो प्रकारको सोचाइ सामान्य हो? (हो।) असामान्य सोचाइ भएको व्यक्तिले के सोच्नेछ? “तँ बदमास, अब ठूलो भएर पार्टी गर्न पो थालिस्। यी गैरविश्वासीहरू त साँच्चै दियाबलसहरू नै हुन्! म को हुँ भन्ने तँलाई थाहा छ? तैँले मेरो विश्राममा बाधा पुऱ्याइस्, त्यसैले म तँलाई पछुताउने बनाउनेछु। म तँलाई सराप्छु!” के यस्ता विचारहरू सामान्य हुन्? (होइनन्।) यी विचारहरू असामान्य हुन्, त्यसैले तिमीहरूले त्यसरी सोच्नु हुँदैन। म आफै त्यसरी सोच्नेछैनँ। जब यी कुराहरू हुन्छन्, तब म धैर्यवान् हुन सक्छु र तिनलाई सही रूपमा लिन सक्छु; म यी कुराहरूलाई एक वयस्कको विचार र दृष्टिकोणले लिन सक्छु र सम्हाल्न सक्छु। अवश्य नै, यी कुराहरू नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठा भई कामकुराहरू गर्ने कुराका निश्चित प्रकटीकरणहरू पनि हुन्। कतिपय मानिसहरूले यसो भन्छन्, “परमेश्वरको उदारता समुद्र र आकाश जत्तिकै विशाल छ, त्यसैले यस्ता तुच्छ मानिसहरू परमेश्वरका लागि केही पनि होइनन्। जतिसुकै हल्ला भए पनि, उहाँले त्यो सुन्नुहुन्न; उहाँले केही महसुस गर्नुहुन्न। उच्च स्तरमा हुनु भनेको यही हो, फरक धरातलमा हुनु भनेको यही हो, फराकिलो मन हुनु भनेको यही हो।” के कुरा यस्तै हो त? (होइन।) म साँच्चै “फराकिलो मन हुनु” मा ध्यान केन्द्रित गर्दिनँ। मलाई “फराकिलो मन हुनु” को अर्थ के हो भन्ने निश्चित छैन, न त म “फरक धरातलमा हुनु” भनेको के हो भन्ने कुरा नै बुझ्छु, र म त्यति “उच्च” स्तरमा छैन। मलाई सामान्य सोचाइ र सामान्य चेतना भनेको के हो, मानवता र चेतनासँग मिल्ने गरी कसरी काम गर्ने, कुन कुराहरूलाई धैर्यतापूर्वक सहनुपर्छ र कुन कुराहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ, र मानिसहरूसँग अन्तरक्रिया गर्दा कुन सिद्धान्त र मान्यताहरूलाई कडाइका साथ पालन गर्नुपर्छ, साथै निश्चित परिस्थितिहरूमा विकृत, कट्टर, अलौकिक, वा चरम नहुने गरी कसरी सोच्ने, र एकातिर वा अर्कोतिर नढल्किने गरी कसरी सामान्य रूपमा सोच्ने भन्ने मात्रै थाहा छ। मलाई यी कुराहरू थाहा छ, तर मलाई “फरक धरातलमा हुनु,” “फराकिलो मन हुनु,” र “आफूलाई आचरणमा ढाल्दा आफूलाई नदेखाउनु” को अर्थ के हो भन्ने कहिल्यै थाहा छैन। म नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठा भई कामकुराहरू गर्ने सिद्धान्तहरू मात्रै पालन गर्छु। के यो सरल छैन र? (हो।) मैले जुनसुकै मामिला सम्हाले पनि, मेरो दृष्टिकोण र अडानबाट म हरेक मामिला र हरेक व्यक्तिलाई एक साधारण, सामान्य व्यक्तिको रूपमा सही, न्यायपूर्ण, उचित, र तार्किक रूपमा हेर्छु, र कट्टर, खोक्रो, वा अपारम्परिक नभई मैले गर्ने हरेक कुरामा न्याय, निष्पक्षता, उचितपन, र चेतना हासिल गर्ने प्रयास गर्छु। यसका साथै, म आफूलाई श्रेष्ठ देखाउँदिनँ, र म कहिल्यै पनि तेस्रो स्वर्ग जस्तो खोक्रो स्थानबाट कुनै कुरालाई हेर्दिनँ। वास्तविक जीवनमा मैले यसरी धेरै कुराहरू सम्हाल्ने तरिका मानिसहरूलाई निकै साधारण लागे पनि, यी कुराहरू त केही विचार र दृष्टिकोणहरू, र आफूलाई आचरणमा ढाल्ने तरिकाहरू हुन्, जुन कुराहरू मानवजातिको सदस्यको रूपमा जिउन र बाँच्नका लागि व्यक्तिमा हुनैपर्छ। यसरी जिउँदा यो निकै स्थिर र शान्त हुन्छ र थकाउने खालको हुँदैन, त्यसैले धेरै मानिसहरूका लागि म सबै प्रकारका अनावश्यक जटिलताहरूविनाको, मिलजुल हुन सजिलो छु भन्ने लाग्छ। मैले तिमीहरूलाई यी कुराहरू भन्नुको उद्देश्य तिमीहरूलाई केही कुराहरू मात्रै थाहा दिनु होइन, तर जोकोहीसँग अन्तरक्रिया गर्दा वा मामिलाहरू सम्हाल्दा मेरा सिद्धान्तहरू हुन्छन् भनी तिमीहरूलाई बताउनु हो—म कहिल्यै पनि बल वा छलले कुराहरू हडप्दिनँ, म कहिल्यै चिल्ला कुरा गर्दिनँ, म मानिसहरूसँग व्यवहार गर्दा कहिल्यै कसैको फाइदा उठाउन चाहन्नँ, र म पक्कै पनि कुनै मामिला सम्हाल्न कानुन तोड्नेछैनँ। छोटकरीमा भन्दा, मेरो आत्म-आचरणका सिद्धान्तहरू भनेका मेरो विवेकमा शान्ति पाउन र कामकुराहरू गर्दा निष्पक्ष हुन, कसैलाई हानि वा छल नगर्न, र अरू मानिसहरूका हितहरूमा हानि नगर्नका लागि नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठा भई कामकुराहरू गर्ने मान्यताहरू पालन गर्नु हो। यदि मैले कुनै तरिकाले फाइदा पाएँ भने पनि, यो अरू मानिसहरूका हितहरूमा हानि गर्ने आधारमा हुनेछैन; बरु, म निष्पक्ष र न्यायपूर्ण हुने प्रयास गर्छु। मैले तिमीहरूलाई यी कुराहरू भनेको छु र यी उदाहरणहरू दिएको छु, र मैले तिमीहरूसँग यस पक्षका सिद्धान्तहरू, आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने बारेमा सैद्धान्तिक रूपमा पनि कुरा गरेको छु। म यस्तै प्रकारको व्यक्ति हुँ। यदि तिमीहरूले मैले बोलेको सामान्यता र व्यावहारिकता, र विनम्रता र गुप्ततालाई प्रमाणित गर्न, र म साँच्चै नै “नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठा भई कामकुराहरू गर्ने” यी सिद्धान्तहरूअनुसार काम गर्छु भन्ने प्रमाणित गर्न अझ धेरै जान्न चाहन्छौ भने, म तिमीहरूलाई मैले भनेको कुरा तथ्यपरक छ कि छैन भनेर हेर्न जताततै अनुसन्धान गर अनि प्रमाणहरू सङ्कलन गर भनेर स्वागत गर्छु। छोटकरीमा भन्दा, तिमीहरू सबै यी कुराहरूमा स्पष्ट हुनुपर्छ। देहधारी परमेश्वरको जीवन र अस्तित्वसम्बन्धी मामिलाहरू लगभग यिनै हुन्। तिमीहरूले बुझ्नुपर्ने कुराहरू यिनै हुन्, र तिमीहरूले अनिवार्य रूपमा बुझ्नु पर्ने कुराहरू पनि यिनै हुन्।
देहधारी परमेश्वरले आफ्नो मानव जीवनमा नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने मान्यता र सिद्धान्तहरूलाई कडाइका साथ पालना गर्नुहुने मात्रै होइन, तर उहाँले निर्वाह गर्नुहुने सेवकाइमा पनि यी मान्यता र सिद्धान्तहरूलाई कडाइका साथ पालना गर्नुहुन्छ। मैले धेरै वर्षदेखि काम गरेको छु र प्रचार गरेको छु, र तिमीहरूले सधैँ मैले सङ्गति गरेका वचनहरू पढिरहेका छौ। विभिन्न विषयहरूमार्फत, तिमीहरूले विभिन्न मामिलाहरूका बारेमा रहेका मेरा दृष्टिकोण, अडान, र मनोवृत्तिहरू बुझिसकेको हुनुपर्छ। तिमीहरूलाई यो कुरा सिद्धान्तमा त थाहा छ, तर के मैले निर्वाह गर्ने सेवकाइमा म आफूलाई कसरी आचरणमा ढाल्छु र कसरी कामकुराहरू गर्छु भन्ने तिमीहरूलाई थाहा छ? सायद तिमीहरूमध्ये कतिपयलाई मैले कामकुराहरू गरेको छु भन्ने कुरा र मैले प्रदर्शन गरेका प्रकटीकरणहरू के-के हुन् भन्ने कुरा मात्रै थाहा होला, तर जब निश्चित मामिलाहरूको कुरा आउँछ, तब म मेरो हृदयमा के सोच्छु वा मेरा योजना र प्रबन्धहरू के-के हुन् भन्ने तिमीहरूलाई अझै थाहा नहुन सक्छ। त्यसैले, म सङ्क्षेपमा परिचय दिनेछु। जब मेरो सेवकाइ निर्वाह गर्ने मामिलाको कुरा आउँछ, तब मैले गर्न सक्ने र गर्नुपर्ने काममा—जसमा मेरो सेवकाइ समावेश हुन्छ—म लगभग कुनै कसर बाँकी राख्दिनँ, र म कुनै पनि बन्देजको अधीनमा हुँदिनँ। म तिमीहरूबाट कुनै कुराको माग गर्दिनँ, न त म श्रेय नै लिन्छु। म के गर्न सक्छु, म के बुझ्छु, र मलाई के थाहा छ भन्ने कुरा स्पष्ट रूपमा व्याख्या गर्नका लागि म केवल सम्भव भएसम्मका सबै उपायहरूद्वारा प्रयास गर्छु। कुराहरूलाई स्पष्ट रूपमा व्याख्या गर्नका लागि, लामो वा झन्झटिलो भए पनि, म कुराहरूलाई स्पष्ट पार्न सक्दो प्रयास गर्छु। म यस्तो बिन्दुमा पुग्ने प्रयास गर्छु जहाँ तिमीहरूले बुझेका छौ र मैले कुराहरूलाई स्पष्ट रूपमा व्याख्या गरेको छु भन्ने कुरा म हृदयमा महसुस गर्छु, अनि त्यस समयमा म बोल्न छोड्छु, र विषय त्यहीँ समाप्त हुन्छ। यदि मलाई मैले निकै थोरै कुरा बोलेको छु र तिमीहरूले बुझेका छैनौ होला जस्तो लाग्यो भने, म विस्तृत रूपमा जानेछु, अझ धेरै बोल्नेछु, र विषयलाई स्पष्ट रूपमा व्याख्या गर्न सम्भव भएसम्मका सबै उपायहरू प्रयोग गर्दै, यसलाई बारम्बार भन्ने समेत गर्नेछु। तिमीहरूले मलाई गिल्ला गर्छौ कि भनेर म डराउँदिनँ—कतिपय बुद्धिजीवीहरूले गिल्ला गर्दै, “तपाईं बोल्दा साँच्चै नै लामो कुरा गर्नुहुन्छ!” भनी भन्छन् कि भनेर म डराउँदिनँ। मैले भन्न चाहेका वचनहरूलाई स्पष्ट र सरल रूपमा व्याख्या गर्दै, म केवल नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने सिद्धान्तहरूका आधारमा मेरो जिम्मेवारी पूरा गर्छु। यदि मानिसहरूले सत्यताको बारेमा मैले गरेका सङ्गतिका कतिपय वचनहरू बोध गर्न सक्दैनन्, र ती सुनेपछि पनि अझै अस्पष्ट महसुस गर्छन् भने, म एउटा उदाहरण दिनेछु र अझ बढी निश्चित रूपमा बोल्नेछु। यसरी मैले धेरै वचनहरू बोल्नुपरे पनि, थकित, मानसिक रूपमा लखतरान महसुस गरे पनि, र मेरो मुख सुक्खा भए पनि, मैले अझै पनि कुराहरूलाई स्पष्ट रूपमा व्याख्या गर्न सम्भव भएसम्मका सबै उपायहरू प्रयोग गर्नुपर्छ। यदि मैले त्यस समयमा बोलिसकेपछि पनि तिमीहरूले बुझ्दैनौ भने, म अर्को भेला गर्नेछु। अनि यसमा के समावेश हुन्छ? अर्को भेला गर्ने र मेरो मुख सुक्खा नहोउन्जेल बोल्ने कार्यमा म अत्यन्तै थकित हुने कुरा समावेश हुन्छ; यसमा फेरि एकपटक थकान भोग्ने कुरा समावेश हुन्छ। तर म ढिलासुस्ती गर्न सक्दिनँ। तिमीहरूले यो बुझेका भए पनि वा नभए पनि, मैले पछिल्लो पटक यस विषयमा कुरा गर्दैमा, थकित हुने डरले म अर्को पटक यसबारे कुरा गर्नबाट पछि हट्न सक्दिनँ। मैले यस विषयलाई स्पष्ट रूपमा व्याख्या गर्न सम्भव भएसम्मका सबै उपायहरूद्वारा प्रयास गर्नैपर्छ। यी वचनहरू सुनेपछि तिमीहरूले सत्यता बुझ्न, स्वीकार गर्न, र अभ्यास गर्न सक्छौ कि सक्दैनौ भन्ने कुराको हकमा, त्यो तिमीहरूले व्यक्तिगत रूपमा पछ्याउने कुरामा निर्भर हुन्छ; म त्यस कुरामा चासो राख्दिनँ। तर, मैले बोल्न चाहने र मैले अझै नबोलेका विषयहरू, र मैले अझै पूरा नगरेका जिम्मेवारीहरू वा मैले अझै नबिसाएका बोझहरूका हकमा भन्दा, मैले अवश्य नै तिनलाई पूरा गर्नुपर्छ र तिनलाई राम्ररी सम्हाल्नुपर्छ, अनि भित्री रूपमा “अब यो कुरालाई स्पष्ट रूपमा व्याख्या गरिएको छ। मैले यस विषयमा समावेश हुने सबै कुरा समेटेको छु। कम्तीमा पनि, तिमीहरूलाई यसबारे थाहा छ र तिमीहरूले यो बुझेका छौ” भन्ने महसुस नगरुन्जेलसम्म मैले यो कुरा गर्नुपर्छ। त्यसपछि म भित्री रूपमा सहज महसुस गर्छु। तिमीहरूका लागि थप केही भेलाहरू गर्दा म यति थकित हुन सक्छु कि, यसले गर्दा म धेरै दिनसम्म सुत्न सक्नेछैनँ, तर अर्को पटक यस्तो हुँदा, म अझै पनि यही तरिका अपनाउनेछु। म यसो भन्दै ढिलासुस्ती गर्नेछैनँ, “थकित हुनबाट जोगिन, म त्यति धेरै बोल्नेछैनँ, र म एउटा कम भेला गर्नेछु। यस विषयलाई यहीँ समाप्त गरौँ; जे भए पनि धेरैजसो मानिसहरूले सत्यता पछ्याउँदैनन्।” म तिमीहरूप्रति झाराटारुवा हुनेछैनँ, न त म मैले निर्वाह गर्ने सेवकाइप्रति नै झाराटारुवा हुनेछु। जब म यसो गर्छु, तब मैले मेरो विवेक अनुसार सही गर्नुपर्छ, वा यहाँ बसेर धेरै घण्टासम्म मेरो प्रवचन सुनेका दाजुभाइ-दिदीबहिनीहरूप्रति सही गर्नुपर्छ भनेर म कहिल्यै भन्दिनँ। बरु, म स्वाभाविक रूपमा र मेरो सक्दो क्षमताअनुसार मैले गर्नुपर्ने, गर्न चाहेको, र भन्न चाहेको सबै कुरा तिमीहरूलाई खन्याइदिन्छु, र तिमीहरूलाई यो सुन्न र प्राप्त गर्न दिन्छु। म ढिलासुस्ती गर्दिनँ, र म झाराटारुवा काम गर्दिनँ। यदि मैले पहिलो पटक कुनै कुरा स्पष्ट रूपमा व्याख्या गरिनँ भने, म यसलाई विभिन्न तरिकाले दुई वा तीन पटक दोहोर्याउनेछु। तिमीहरूको हृदयमा मेरो बारेमा निश्चित रायहरू भए पनि वा तिमीहरूले म कुरा लम्ब्याउँछु भनेर भने पनि, म वास्ता गर्दिनँ। मैले कुराहरूलाई स्पष्ट रूपमा व्याख्या गर्न र परिणाम हासिल गर्न सकेँ भने, त्यो नै पर्याप्त छ। जब म बोल्छु, तब म “कामकुराहरू राम्ररी र पूर्ण रूपमा गर्ने, मेरो जिम्मेवारी पूरा गर्ने, र मभित्र भएका सबै कुरा तिमीहरूलाई खन्याइदिने” सिद्धान्तका आधारमा काम गर्छु। म ढिलासुस्ती गर्दिनँ, वा झाराटारुवा काम गर्दिनँ। आफ्नो सेवकाइ निर्वाह गर्दा देहधारी परमेश्वरले राख्नुहुने मनोवृत्ति यही हो।
मेरो सेवकाइसँग सम्बन्धित नहुने कुराहरूका हकमा भन्दा, जस्तै कहिलेकाहीँ तिमीहरूका कर्तव्यहरूको दायराभित्रका मामिलाहरूमा तिमीहरूलाई मार्गदर्शन गर्ने कुरा मेरो सेवकाइभन्दा बाहिर पर्छ। तिमीहरूलाई यसबारे थाहा नहुन सक्छ। वास्तवमा, सत्यता सङ्गति गर्ने र तिमीहरूलाई सत्यता सिद्धान्तहरू बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न मार्गदर्शन गर्नेबाहेक, अरू कुनै कुरासँग मेरो सरोकार छैन; त्यो मैले गर्नुपर्ने कुरा होइन। म तिमीहरूलाई यो कुरा स्पष्ट पारिदिन्छु। तिमीहरूको कामलाई मार्गदर्शन गर्ने कार्य मेरो सेवकाइको दायराभित्र पर्दैन, र मसँग यसको कुनै सरोकार छैन। मैले यो काम गरे पनि वा नगरे पनि ठीकै हुन्छ; त्यो तिमी मानवहरूको काम हो। मैले यो कुरा उल्लेख गरेको यो पहिलो पटक हो—तिमी मानवहरूको काम। अर्थात्, तिमीहरूको काम, मानवहरूको कामसँग मेरो कुनै सरोकार छैन। मैले किन यसो भनेँ? तिमीहरूले निर्वाह गर्ने कुरा तिमीहरूको कर्तव्य हो, र मैले निर्वाह गर्ने कुरा मेरो सेवकाइ हो। म काम गर्छु, जबकि तिमीहरू कर्तव्य निर्वाह गर्छौ; एउटा भिन्नता छ। तिमीहरूका कर्तव्यहरूको दायराभित्रका मामिलाहरूमा तिमीहरूलाई मार्गदर्शन गर्ने कुराको हकमा भन्दा, सत्यता सिद्धान्तहरू सङ्गति गर्नेबाहेक, यदि तिमीहरूले मलाई पेसागत सीपहरूका बारेमा वा सांसारिक कार्यहरूका बारेमा सोध्यौ भने, म मैले बुझेको कुरा, मसँग अन्तर्दृष्टि भएको कुरा, र मैले बोध गरेका सिद्धान्तहरू स्पष्ट रूपमा व्यक्त गर्न म सक्दो प्रयास गर्नेछु, ताकि तिमीहरूले ती जान्न र बुझ्न सक। म तिमीहरूलाई सिकाउन र तिमीहरूलाई सिक्न मद्दत गर्न सक्दो प्रयास गर्नेछु। मलाई थाहा नभएको कुराका लागि, म तिमीहरूलाई स्रोतहरू खोज्न लगाउनेछु, वा यदि तिमीहरूमध्ये यसबारे जान्ने कोही छ भने, म ऊसँग परामर्श लिनेछु, “तैँले यो पेसा अध्ययन गरेको छस्, त्यसैले यस उद्योगका शैक्षिक सामग्रीहरूले यस मामिलाबारे के भन्छन्? ज्ञानको यस क्षेत्रमा के-कस्ता नियमहरू छन्? हामी यहाँ सिद्धान्तहरू पत्ता लगाऔँ, ताकि हाम्रो काम पेशेवरहरूको रुचि र खुट्ट्याउने नजरका लागि अझ उपयुक्त हुन सकोस्, ताकि हामी गिल्लाको पात्र नबनौँ वा हाँसोको पात्र नबनौँ, ताकि हामीले आफैलाई मूर्ख नबनाऔँ, र ताकि हामीले परमेश्वरको घरलाई खराब नदेखाऔँ।” हेर् त, मैले मार्गदर्शन गर्ने साङ्गीतिक भजनहरू, सङ्गीत-नाटकहरू, चलचित्र निर्माण, पटकथा लेखन, कला, साथै नृत्य, पहिरन, र यस्तै अन्य कुराहरू—चाहे त्यो पेसागत पक्षको काम होस् वा गैर-पेसागत कामको जुनसुकै पक्ष होस्, त्यो मैले निर्वाह गर्ने सेवकाइको दायराभित्र पर्ने काम होइन। यो तिमीहरूको कर्तव्य हो। यसलाई “तिमीहरूको कर्तव्य” भन्नुको अर्थ यो तिमीहरूको काम हो, र तिमीहरूले यसलाई आफै सम्हाल्नुपर्छ भन्ने हो, किनभने यी मामिलाहरूमा ज्ञानका निश्चित क्षेत्रहरू, र निश्चित उद्योगहरूका प्राविधिक र पेसागत समस्याहरू समावेश हुन्छन्, र यी कुराहरू तिमीहरूले सिक्नुपर्ने कुराहरू हुन्। तिमीहरूले अध्ययन गर्नुपर्ने कुरा तिमीहरूले अध्ययन गर्ने कुरा हो, तिमीहरूले सोधपुछ गर्नुपर्ने कुरा तिमीहरूले सोधपुछ गर्ने कुरा हो, र तिमीहरूले अभ्यास गर्नुपर्ने कुरा तिमीहरूले अभ्यास गर्ने कुरा हो। वास्तवमा, मसँग यसको कुनै सरोकार हुँदैन। मैले गर्ने काम भनेको वचनहरू व्यक्त गर्ने कार्यमा परमेश्वरको देहधारी शरीरलाई प्रतिनिधित्व गर्नु, र तिमीहरूसँग बोल्न र तिमीहरूमाथि काम गर्ने कार्यमा परमेश्वरलाई प्रतिनिधित्व गर्नु हो। मेरो सेवकाइसँग कुनै सरोकार नभएको कामको हकमा, त्यो तिमी मानवहरूको काम हो। यस कामका लागि, परमेश्वरले तिमीहरूलाई अगुवाइ गर्न एक जना अगुवा र गोठालोको प्रबन्ध गर्नुभएको छ, र उहाँले विभिन्न कामको प्रबन्ध र विभिन्न प्रशासनिक आदेश र प्रावधानहरू पनि स्थापित गर्नुभएको छ। परमेश्वरले तिमीहरूका लागि स्थापित गर्नुभएको अगुवा, अर्थात् पवित्र आत्माद्वारा प्रयोग गरिने मानिसका प्रबन्धहरूलाई तिमीहरूले कडाइका साथ पालना गर्नुपर्छ र तिमीहरू उसको अगुवाइको अधीनमा बस्नुपर्छ। अनि मेरो सेवकाइभन्दा बाहिर मैले गर्ने कुनै पनि कामको हकमा भन्दा, त्यसलाई के मानिन्छ? त्यो सबैलाई अतिरिक्त काम मानिन्छ। मैले कर्तव्य निर्वाह गर्नु आवश्यक छैन। म काम गर्छु र मेरो सेवकाइ निर्वाह गर्छु, र तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्छौ। त्यसकारण, म तिमीहरूको कामलाई मार्गदर्शन गर्न सक्छु, तर यो मैले गर्नुपर्ने कुराचाहिँ होइन। यदि तिमीहरूले “तपाईंले यो काम गर्नैपर्छ; यो तपाईंकै काम हो। तपाईंले यो काम नगर्दा त्यो कसरी ठीक हुन सक्छ र? यदि तपाईंले यो काम गर्नुभएन भने, म यसको जिम्मेवारी तपाईंमाथि थोपर्नेछु र तपाईंलाई उम्कन दिनेछैनँ” भनेर भन्यौ भने, म तिमीहरू गलत छौ भनेर भन्छु। तिमीहरूले यो कुरा ममाथि थोपर्न मिल्दैन। त्यो तिमी मानवहरूको कर्तव्य हो। जब तिमीहरूले आफ्नो कर्तव्यसम्बन्धी कुनै कुरा बुझ्दैनौ, तब तिमीहरूले आपसमा सङ्गति गर्नुपर्छ, छलफल गर्नुपर्छ, र खोजी गर्नुपर्छ। यदि तैँले मलाई सोधिस्, र त्यस समयमा मेरो परिस्थितिहरूले अनुमति दिए भने, म तँलाई मद्दत गर्न सक्छु। यदि मसँग समय छैन र म तँलाई मद्दत गर्न सक्दिनँ भने, त्यो मेरो जिम्मेवारी होइन। यदि तिमीहरूमध्ये कसैले यो मैले गर्नुपर्ने कुरा हो भन्दै विकृत तर्क प्रयोग गर्छौ भने, तिमीहरू गलत हुन्छौ। यो तिमीहरूले गर्नुपर्ने कर्तव्य हो, र मसँग यसको कुनै सरोकार हुँदैन। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दैनस् भने, त्यो तँ गैरजिम्मेवार र बफादार नभएको हो। यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दैनस् र जिम्मेवारी ममाथि पन्छाउने प्रयास गर्छस् भने, यो समझ नहुनुको प्रकटीकरण हो, र परमेश्वरलाई यो अत्यन्तै घृणास्पद लाग्छ। तर, यदि मैले तिमीहरूले साँच्चै कुनै कुरा गर्न सक्दैनौ, यो तिमीहरूको पहुँचभन्दा बाहिर छ, र तिमीहरूलाई यो काम गर्ने सिद्धान्तहरू थाहा छैन भन्ने देखेँ भने, मैले मद्दत गर्नुपर्छ, तिमीहरूलाई एक वा दुई वटा उदाहरणहरू प्रदान गर्नुपर्छ, र तिमीहरूलाई सही मार्गमा ल्याउनुपर्छ। यदि तिमीहरू अझै पनि यो कुरा गर्न असमर्थ भयौ, र मेरा परिस्थितिहरूले मलाई यो कुरा गर्न अनुमति दिँदैनन्, वा म पनि यो कुरा गर्न असमर्थ भएँ भने, हामीले गर्न सक्ने भनेको कामको यस भागलाई रोक्नु मात्रै हो। हामीले गर्न सक्ने यति मात्रै हो—तिमीहरूको सामर्थ्य यति सीमित भएको र तिमीहरूको क्षमता यति कमजोर भएकोमा कसलाई दोष दिने? तर यदि मैले कामको कुनै भाग गरेँ भने, म यसलाई सकेसम्म राम्ररी गर्छु। यदि मलाई कुनै कुरा कसरी गर्ने भन्ने थाहा छ भने, म तँलाई त्यति नै बताउनेछु, र मलाई के गर्न आउँदैन भन्ने कुरा पनि म तँलाई बताउनेछु। मलाई थाहा नभएका भागहरूका लागि, म तिमीहरूबाट परामर्श लिनेछु। यदि तिमीहरूलाई पनि थाहा छैन भने, म आफै मनन गर्नेछु, सोच्नेछु, र खोजी गर्नेछु। मैले पछ्याउनका लागि कुनै मार्ग, केही विचारहरू, र केही सूत्रहरू फेला पारेपछि, म यस कामलाई राम्ररी र पूर्ण रूपमा गर्न सक्दो प्रयास गर्दै, तिमीहरूसँग सङ्गति गर्नेछु। एकातिर, यो कामप्रति जवाफदेही हुनु हो। अर्कोतिर, मैले तिमीहरूलाई मार्गदर्शन गर्ने क्रममा यसले तिमीहरूलाई केही कुरा सिक्न दिन्छ। तिमीहरूले पेसागत कामको यस पक्षका लागि बोध गर्नुपर्ने सिद्धान्तहरू र बुझ्नुपर्ने सत्यताहरू सिक्न पाउँछौ। कतिपय मानिसहरू यस्ता हुन्छन् जसले अलिकति पेसागत ज्ञान बुझे पनि, पूर्ण उत्पादन तयार गर्न सक्दैनन्, त्यसैले म तिनीहरूलाई मार्गदर्शन गर्छु। यो सकिएपछि, मलाई अझै पनि यसबारे अनिश्चित महसुस हुन्छ, त्यसैले म तिनीहरूलाई उद्योग विशेषज्ञसँग परामर्श गर्न लगाउँछु, र विशेषज्ञलाई यो जाँच गर्न लगाउँछु। यदि विशेषज्ञले काम यसरी गर्दा उद्योगको मानकअनुरूप हुन्छ र यसले हामीलाई हाँसोको पात्र बनाउँदैन भन्यो भने, हामी यही कार्यदिशामा अडिग रहनेछौँ। यदि विशेषज्ञले यो सिकारुले गरेको जस्तो देखिन्छ, यो लाजमर्दो देखिन्छ, सही छैन, र मानकअनुरूप छैन भनेर भन्यो भने, हामी विशेषज्ञलाई तुरुन्तै यसमा केही परिवर्तनहरू गर्न लगाउनेछौँ। हामी आत्म-धर्मी हुनु हुँदैन, हामीले कुनै कुरा नबुझेको बेला बुझेको जस्तो नाटक गर्नु हुँदैन, र हामीमा सचेतना हुनैपर्छ। हामीले आफैलाई भ्रममा पार्नु हुँदैन; हामीले कामको एउटा भाग पूरा गरेपछि पेसागत सीपहरूको हिसाबमा केही सिक्ने प्रयास गर्दै, कुराहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। त्यसकारण, यस्तो प्रकारको काम गर्दा, म पेसागत सीपहरूको हिसाबमा सिकारु भए पनि र मैले धेरै नबुझे भए पनि, म अझै पनि सक्दो प्रयास गर्नेछु। कतिपय मानिसहरूले यसो भन्छन्, “तपाईंले नबुझे पनि तपाईं किन अझै तिनीहरूलाई मार्गदर्शन गर्नुहुन्छ?” किनभने यी मानिसहरूसँग सीमित पेसागत सीपहरू हुन्छन्; पेसागत सीपहरू समावेश हुने कलात्मक उत्पादनहरूको विषयमा तिनीहरूसँग साँच्चै कुनै रचनात्मकता वा राम्रा विचारहरू हुँदैनन्। यस क्षेत्रप्रति ममा अलिकति सामर्थ्य छ र मसँग केही विचारहरू छन्, त्यसैले म कुनै निश्चित पेसामा केही आधारभूत ज्ञान वा केही सामान्य ज्ञान भएका यी मानिसहरूलाई ती प्रदान गर्छु, र यी मानिसहरू सबैलाई मेरा यी विचारहरू निकै राम्रो लाग्छ। तिनीहरूले मेरा विचारहरू निकै राम्रा छन् भन्ने सोचेको देखेर, म अघि बढ्छु र “दुस्साहसी” भएर तिनीहरूलाई मार्गदर्शन गर्छु, र मैले यसरी मार्गदर्शन गरेका कतिपय कामहरू कामचलाउ किसिमका हुन्छन्। मैले यो कुरा निर्लज्ज भएर भनिरहेको छैनँ; यो “कामचलाउ” को एउटा आधार छ—म यो कुरा किन मात्रै भन्छु भने उद्योग विशेषज्ञहरूले ती देखेका छन् र ती कामचलाउ छन् भनेर भनेका छन्। यो “कामचलाउ” को अर्थ ती धेरै राम्रा छन् वा पेसागत मानकमा पुगेका छन् भन्ने होइन, तर कम्तीमा पनि, विशेषज्ञहरूले ती ठीकै छन् भनेर प्रमाणित गरेका छन्, र त्यसैले मलाई भित्री रूपमा सहज महसुस हुन्छ। अहिलेसम्म, धेरैजसो मानिसहरूले मैले मार्गदर्शन गरेका केही कामहरू कामचलाउ छन् भन्ने सोच्छन्, र तीमध्ये कतिपय कामले त निश्चित प्रतियोगिताहरूमा पुरस्कार समेत जितेका रहेछन्, होइन र? (हो।) मैले कामको जुनसुकै पक्ष वा जस्तोसुकै कुरा गरिरहेको भए पनि, मसँग केही विचार र सोचहरू छन् भने, वा मसँग राम्रो रचनात्मक अवधारणा छ भन्ने मलाई लागेको छ भने, म पक्कै पनि बोल्नेछु। म दाजुभाइ-दिदीबहिनीहरूलाई यी विचारहरू उत्पादनको काममा लागू गर्न मद्दत गर्नका लागि सम्भव भएसम्मका सबै उपायहरू प्रयोग गर्नेछु, ताकि अझ धेरै मानिसहरूले यसलाई हेर्न चाहून्। यसको परिणाम के हुन्छ भने परमेश्वरको काम र परमेश्वरका वचनहरू अझ धेरै, अझ राम्ररी, र अझ व्यापक रूपमा प्रसार हुन्छन्—यसरी हाम्रो लक्ष्य हासिल हुन्छ। मैले कामकुराहरू गर्ने तरिका र विधिहरूको हकमा, ती अझै पनि नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने सिद्धान्तहरूमा नै आधारित हुन्छन्। जब म कामकुराहरू गरिरहेको हुन्छु, तब म चुपचाप काम गर्छु, र काम पूरा गर्न र राम्ररी गर्नका लागि हरसम्भव प्रयास गर्छु। काम पूरा भएर अपलोड गरिएपछि, त्यो चरण समाप्त हुन्छ।
देहधारी परमेश्वरले गर्नुहुने निर्वाह गर्नुहुने सेवकाइको दायराभित्र गर्नुहुने कुराहरू नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने उहाँका सिद्धान्तहरूमा नै आधारित हुन्छन्। त्यसै गरी, यस दायराभन्दा बाहिर कामकुराहरू गर्दा, उहाँ यी सिद्धान्तहरूबाट बाहिर जानुहुन्न; उहाँले नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने पनि गर्नुहुन्छ। मैले देख्न र पत्ता लगाउन सक्ने समस्याहरूका हकमा, म कि त कसैलाई ती बताउन लगाउँछु, वा मार्गदर्शन र सुधार प्रदान गर्न, र तिनलाई समाधान गर्न मद्दत गर्नका लागि म आफै संलग्न हुन्छु। छोटकरीमा भन्दा, तिमीहरूको वास्तविक जीवनमा तिमीहरू सम्पर्कमा आउन सक्ने वा तिमीहरूले सुनेका कुराहरूको हकमा, त्यो जेसुकै कुरा भए पनि, म लगभग सबै कुरा यस्तै सिद्धान्तको आधारमा सम्हाल्छु। यसबाहेक, म साना र ठूला मामिलाहरूबीच भेदभाव गर्दिनँ। चाहे त्यो बिरालो पाल्ने काम होस्, कुकुर पाल्ने काम होस्, सुँगुरको खोर बनाउने काम होस्, भेडाको खोर बनाउने काम होस्, वा खाना पकाउने काम होस्, लुगा सिलाउने काम होस्, वा सरसफाइ गर्ने काम नै किन नहोस्, म जे देख्छु त्यसमा संलग्न हुन्छु। जब मैले तिमीहरूले कामकुराहरू गलत गरिरहेको देख्छु, तब म तिमीहरूलाई निर्देशन दिन्छु र सुधार गर्छु। हृदय भएकाहरूले यसलाई सुन्नेछन् र ग्रहण गर्नेछन्, जबकि नभएकाहरूले त्यसो गर्नेछैनन्। त्यसपछि, म कसले सुन्छ र मेरा निर्देशनहरू पालना गर्न सक्छ भनेर हेर्छु, र तिनीहरूलाई प्रयोग गर्छु। तिमीहरूसँग अन्तरक्रिया गरेका यी वर्षहरूमा, मैले यसरी नै कामकुराहरू गरेको छु। तिमीहरूलाई के गर्ने भनेर बताएपछि, मामिला समाप्त नभएसम्म र राम्ररी काम नगरिएसम्म म अनुगमन गरिरहन्छु। मैले आफ्नै हातले नगर्ने धेरै कुराहरू भए पनि, मेरो हृदय सधैँ मैले अनुगमन गरिरहेको कुरामा केन्द्रित हुन्छ; मेरो हृदयले यी कुराहरूलाई कहिल्यै छोड्दैन। यदि कुनै कुरालाई तत्काल र छिटो सम्हाल्नुपर्ने छ भने, म यसलाई पूरा गर्न बिहानदेखि बेलुकासम्म र राती अबेरसम्म काम गर्छु, निरन्तर फलोअप गर्छु, सुपरिवेक्षण गर्छु, र निर्देशन दिन्छु। तर तिमीहरूले कल्पना पनि गर्न सक्छौ, मेरो शारीरिक अवस्थालाई हेर्दा त यो काम गर्दा यो निकै थकाउने किसिमको हुन्छ। अन्ततः यो पूरा भएपछि, म त्यहाँ जान छोड्छु। अन्ततः, कसैले यो कुरालाई याद गर्छ र भन्छ, “परमेश्वरले हाम्रा लागि यहाँ कुराहरू यति राम्ररी प्रबन्ध गर्नुभएको छ, तर उहाँले यसको आनन्द लिन पाउनुहुन्न; यी सबैको आनन्द लिन पाउने हामी नै हौँ।” म त भन्छु, तिमीहरूले यसको आनन्द लिन पाउँछौ भने, त्यो नै पर्याप्त छ। तिमीहरूका लागि कुराहरू व्यवस्थित भएपछि, र तिमीहरूको जीवन र तिमीहरूका कर्तव्यहरू निर्वाह गर्ने कार्यका लागि तिमीहरूका लागि सबै कुरा उपयुक्त भएपछि, मैले यी कुराहरूमा आफूलाई व्यस्त राख्नु पर्दैन। वास्तवमा, देहधारी परमेश्वरको काम भनेको सत्यतामा सङ्गति गर्नु र सत्यता प्रदान गर्नु हो; अरू कामसँग मेरो कुनै सरोकार छैन। तर यी वर्षहरूमा, मैले आफ्नो काम गर्ने बाहेक, म तिमीहरूलाई आफ्ना कर्तव्यहरू निर्वाह गर्दा आउने समस्याहरू समाधान गर्न मद्दत गर्नमा पनि व्यस्त रहेको छु, जसले गर्दा मैले निकै मेहनत पनि गर्नुपरेको छ। धेरै काम मैले गर्नुपर्ने कुरामा नपर्ने भए पनि, र मैले पहिले कहिल्यै नगरेका कुराहरू धेरै हुने भए पनि—मैले निश्चित प्रकारका ज्ञान वा सीपहरू कहिल्यै व्यवस्थित रूपमा नसिकेको, वा जीवनमा यी कुराहरू नसम्हालेको भए पनि—मण्डली र परमेश्वरको घरले विभिन्न कुराहरूको सामना गर्दा म चुपचाप बसेको छैनँ। बरु, म तिमीहरू सबैलाई मार्गदर्शन गर्न र मद्दत गर्न सक्दो प्रयास गर्छु, र जब दैनिक जीवनका मामिलाहरूको कुरा आउँछ, तब म तिमीहरूका लागि कुराहरू व्यवस्थित गर्न पनि मेरो सक्दो प्रयास गर्छु। मानवताको दृष्टिकोणबाट काम गर्ने क्रममा, म जे सक्छु त्यही गर्छु। यदि मैले गर्नुपर्ने कुनै कुरा देखेँ र मैले त्यो गरिनँ भने, मलाई भित्र असहज महसुस हुनेछ। यदि मैले कुनै समस्या पत्ता लगाएँ र त्यसलाई सुधार गरिनँ भने, मलाई भित्र असहज महसुस हुनेछ। यदि कसैलाई गर्न नआउने काम छ, र मसँग यो काम गर्ने बारेमा विचारहरू छन् र म त्यो काम गर्न सक्छु, तर पनि मैले त्यो काम गरिनँ भने, मलाई भित्री रूपमा असहज महसुस हुनेछ। त्यसैले, मैले काम गर्नैपर्छ। त्यसकारण, बाहिरी रूपमा, बोल्ने र प्रवचन दिनेबाहेक, मैले अरू केही गरेको छैनँ जस्तो देखिन्छ। तर मैले तिमीहरूका दैनिक जीवन र तिमीहरूलाई आफ्ना कर्तव्यहरू निर्वाह गर्नका लागि आवश्यक पर्ने आधारभूत आवश्यकताहरूका खातिर धेरै मेहनत गरेको छु। धेरैजसो मानिसहरूको क्षमता यति कमजोर हुन्छ कि, तिनीहरूले यी कुराहरू राम्ररी गर्न समेत सक्दैनन्, त्यसैले मैले तिमीहरूलाई मार्गदर्शन गर्नका लागि विचारविमर्श गर्नुपर्छ। म साधारण देखिए पनि र म कुनै महत्त्वपूर्ण व्यक्ति नभए पनि, र मैले समाजमा कुनै प्रकारको तालिम नपाएको भए पनि, जब परमेश्वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्ने कर्मचारीहरूको आधारभूत आवश्यकताहरूको कुरा आउँछ, तब मैले पहिलो पटक तिमीहरूसँग सम्पर्क गरेदेखि अहिलेसम्म, तिमीहरूको जिउने आधारभूत वातावरण, जिउने अवस्थाहरू, र दैनिक आवश्यकताहरूको एउटा पनि पक्ष मैले मेहनत नगरेको पक्ष छैन। उदाहरणका लागि, खेतमा तरकारी रोप्ने कुरालाई नै लिऊँ। सुरुमा, मैले खेतमा काम गर्ने धेरैजसो मानिसहरू गाउँमा बसेका थिए र तिनीहरूले केही वर्षसम्म खेतीपातीको काम गरेका थिए भन्ने देखेँ, त्यसैले मैले यो काम गर्नका लागि खेतीपाती गर्न जान्ने केही मानिसहरूलाई छानेँ। मैले तिनीहरूलाई कुन मौसममा कुन तरकारी रोप्ने र कसरी रोप्ने भनेर बताएँ, त्यसपछि मैले यसबारे चिन्ता लिनु पर्दैन भन्ने सोचेँ। तर केही समयपछि, म खेतमा गएँ र सबै कुरा पूर्ण रूपमा लथालिङ्ग भएको देखेँ। सुपरिवेक्षकले जिम्मेवारी सम्हाल्न सकेनन्, र कामदारहरूले पनि राम्रो काम गर्न सकेनन्। अन्त्यमा, म आफै संलग्न हुने, निगरानी गर्ने, र तिनीहरूलाई अलि-अलि गर्दै निर्देशन दिनेबाहेक मसँग अरू कुनै विकल्प थिएन। बीउ छान्ने र किन्नेदेखि लिएर कति रोप्ने र जग्गा कसरी छान्ने, साथै हरेक मौसममा के रोप्ने, कति रोप्ने, कसरी रोप्ने, रोप्ने जिम्मेवारी कसले लिने, मल कसरी हाल्ने, र के-कस्ता कुराहरूमा ध्यान दिने भन्ने कुरा पत्ता लगाउनेसम्म, मैले तिनीहरूलाई सबै कुरा स्पष्ट रूपमा व्याख्या गरिदिएँ। मैले व्यक्तिगत रूपमा तिनीहरूलाई यसरी निर्देशन दिएँ; तिनीहरूका लागि खाना पकाउने र तिनीहरूलाई खुवाउने बाहेक, मैले अरू सबै कुरा गरेँ। कतिपय मानिसहरूले यसो भन्छन्, “के तपाईंले तिनीहरूलाई तीन वर्षको बच्चालाई जस्तो व्यवहार गरिरहनुभएको थिएन र?” वास्तवमा, यो कुरा साँच्चै त्यस्तै थियो। यी मानिसहरू बाहिरी रूपमा सबै वयस्क थिए, तर तिनीहरूले साँच्चै यी जिम्मेवारीहरू वहन गर्न सकेनन्। कुराहरू मिलेर अघि बढ्नुभन्दा पहिले मैले तिनीहरूलाई हात समातेर व्यक्तिगत रूपमा यसरी निर्देशन दिनुपर्यो र सिकाउनुपर्यो। पछि, आफ्ना कर्तव्यहरू निर्वाह गर्ने मानिसहरू सबैले तिनीहरूले फलाएको अन्न र तरकारी खान पाए। गर्मीमा, तिनीहरूले केही फलफूल पनि खान पाउँथे, र जाडोमा, तिनीहरूले भण्डारण गरेर राखेका तरकारीहरू खान पाउँथे। यदि माथिले हस्तक्षेप नगरेको भए र यस कामलाई नहेरेको भए, र तलका मानिसहरूलाई मात्रै गर्न दिएको भए, यो सबै लथालिङ्ग हुनेथियो। जे भए पनि, मैले तिमीहरूलाई बताइरहेको तथ्य के हो? मैले नबोलीकन धेरै कुराहरू गरेको छु, तर मैले बोल्ने कुराहरू मैले जे गरेको छु त्यही मात्रै हुन्।
मैले तिमीहरूका खातिर कति कुराहरू गरेको छु, कति थकान भोगेको छु, वा मैले कति मेहनत गरेको छु भनेर तिमीहरूलाई बताउनका लागि म यी कुराहरूका बारेमा सङ्गति गर्दिनँ। यी कुराहरूका बारेमा कुरा गर्नु आवश्यक छैन। त्यसोभए मैले तिमीहरूलाई के बताइरहेको छु त? देहधारी परमेश्वर काम गर्ने कार्यमा परमेश्वरलाई प्रतिनिधित्व गर्नका लागि यस मानव संसारमा आउनुभएको हो। उहाँको काम भनेको उहाँले निर्वाह गर्नुहुने सेवकाइ नै हो। आखिरी दिनहरूको यस चरणमा, उहाँको काम भनेको मानिसहरूलाई मुक्ति प्राप्त गर्न आवश्यक पर्ने सबै सत्यताहरू प्रदान गर्नु हो। उहाँले निर्वाह गर्नुहुने सेवकाइमा, नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने मान्यता र सिद्धान्तहरूलाई कडाइका साथ पालना गर्नुहुन्छ। यसबाहेक, उहाँको मानव जीवनमा र उहाँको मानवताका प्रकटीकरणहरूका सम्बन्धमा पनि यसरी नै, उहाँ यी सिद्धान्त र मान्यताहरूबाट बाहिर जानुभएको छैन। चाहे त्यो तिमीहरूलाई आफ्ना कर्तव्यहरू निर्वाह गर्न मार्गदर्शन गर्ने कुरा होस् वा तिमीहरूलाई जीवनका आधारभूत आवश्यकताहरूसम्बन्धी विभिन्न मामिलाहरू सम्हाल्न मद्दत गर्ने कुरा होस्, म नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने सिद्धान्तहरूमा रहेर काम गर्छु। म कहिल्यै नारा लगाउँदिनँ वा ठूला-ठूला कुरा गर्दिनँ, र म कहिल्यै अन्धाधुन्ध रूपमा आदेश दिँदिनँ; म व्यावहारिक रूपमा मात्र कामकुराहरू गर्छु। म यो कुन हदसम्म गर्छु? उदाहरणका लागि, खेतमा खेतीपातीको निर्देशन दिँदा, मैले तिनीहरूलाई आफूले जानेका सबै तरकारीका प्रजातिहरू, ती तरकारीहरूको नाम के हुन्, ती कस्ता देखिन्छन्, तिनको हुर्कने अवधि कति लामो हुन्छ, र कुन प्रजाति सबैभन्दा राम्रो हुन्छ र स्थानीय रूपमा रोप्नका लागि सबैभन्दा उपयुक्त हुन्छ भनेर सूचीकृत गर्न लगाएँ। मैले जानेको कुराका आधारमा, मैले प्रत्येक तरकारीको एक वा दुई प्रजाति छानेँ, रोप्ने जिम्मेवारी कसको हुनेछ भनेर तिनीहरूका निम्ति निर्णय गरेँ, र अन्ततः सबैले हरेक मौसममा ताजा तरकारीहरू खान पाउने अवस्था बनाएँ। म कहिल्यै यसो भन्दै नारा लगाउँदिनँ, “यो तरकारी धेरै पौष्टिक छ। यो खाँदा मानिसहरूलाई धेरै फाइदा हुन्छ। यसलाई रोप्ने वैज्ञानिक तरिका यस्तो-यस्तो हो।” मैले कहिल्यै पोषणशास्त्र अध्ययन गरेको छैनँ, न त मैले खेतीपातीको बारेमा नै बुझेको छु। मलाई के थाहा छ त? मलाई कुनै निश्चित स्थानमा रोप्नका लागि उपयुक्त तरकारीको प्रजाति कसरी छान्ने भन्ने थाहा छ, ताकि यो हुर्किएपछि, यसको स्वाद राम्रो होस्, सबैलाई यो खान मान लाग्ने होस्, र यो व्यर्थमा रोपिएको नहोस्—मेरो तरिका यति व्यावहारिक छ। यी सबै नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने कार्य हुन्। मैले पालना गर्ने सिद्धान्त र मान्यताहरू यिनै हुन्; मैले यतिका वर्ष आफूलाई यसरी नै आचरणमा ढालेको छु। म कहिल्यै नारा लगाउँदिनँ, र मलाई तिमीहरूको धन्यवाद चाहिँदैन। तिमीहरूको गाँस-बास उपयुक्त छ, र अवस्था पूर्ण रूपमा लथालिङ्ग छैनन् भने मात्र मलाई भित्री रूपमा सहज महसुस हुन्छ। जब बाधा दिने वा समस्या खडा गर्ने कोही हुँदैन, र जताततै निकै सफा देखिन्छ, अन्न र तरकारीहरू राम्ररी रोपिएका हुन्छन्, सुँगुर, भेडा, र अन्य गाईवस्तुहरू राम्ररी पालिएका हुन्छन्, र अन्य सबै क्षेत्रहरू निकै राम्रा हुन्छन्, आफ्ना कर्तव्यहरू निर्वाह गर्ने धेरैजसो मानिसहरूका लागि आधारभूत आवश्यकताहरूमा अब समस्या हुँदैन, तब म चिन्ता गर्न छोड्न सक्छु। यस विषयमा मेरा मागहरू कडा छैनन्। हेर त, तिमीहरूलाई कुनै काममा वा तिमीहरूका आधारभूत आवश्यकताहरू समावेश हुने समस्याहरूमा मार्गदर्शन गर्दा के मैले कहिल्यै नारा लगाएको छु? मैले कहिल्यै नारा लगाएको छैनँ। मैले तिमीहरूका लागि कुराहरू व्यवस्थित गरेपछि, म काम कार्यान्वयन गर्न उपयुक्त मानिसहरू खोज्छु। यदि भेटिएका मानिसहरू उपयुक्त छैनन् र काम कार्यान्वयन गर्न सकिँदैन भने, तिनीहरूलाई प्रतिस्थापन गरिन्छ। जब अन्ततः काम कार्यान्वयन हुन्छ, र धेरैजसो कुराहरू उपयुक्त रूपमा सम्हालिन्छ, र आफ्ना कर्तव्यहरू निर्वाह गर्ने कर्मचारीहरूको आधारभूत आवश्यकताहरूको प्रबन्ध राम्ररी गरिन्छ, तब मात्रै म मेरो मानव काम रोक्न सक्छु, र यस सन्दर्भमा मैले उप्रान्त मेहनत गर्नु पर्दैन। कतिपय मानिसहरूले अझै पनि मलाई सधैँ सानातिना कुराहरूका बारेमा सोध्छन्। एक जनाले भन्छ, “भर्खरै जन्मेको पाठाले दूध पाउन सकेन भने हामीले के गर्नुपर्छ?” अर्कोले भन्छ, “हामीले सिलाएका लुगाहरू सधैँ खुम्चिए भने हामीले के गर्नुपर्छ?” तिमीहरूले यी कुराहरू कसरी समाधान गर्ने भनेर आफै पत्ता लगाउनुपर्छ; त्यो तिमीहरूको मामिला हो, र मसँग यसको कुनै सरोकार छैन। सत्यता सङ्गति गर्दा समेत, म यो कुरा एक पटक मात्रै भन्छु। प्रवचन र सङ्गतिहरूका अडियो रेकर्डिङहरू छन्। यदि तिमीहरूले बुझेनौ भने, तिमीहरूले तिनलाई अझै केही पटक सुन्न सक्छौ, र बिस्तारै मनन गर्न, खोजी गर्न, र सङ्गति गर्न सक्छौ। यदि, यस आधारमा, तिमीहरूलाई अझै पनि केही समस्याहरूका बारेमा अलिकति अन्योलमा छौ र तिनलाई कसरी सम्हाल्ने भन्ने थाहा भएन भने, हामी भेट्दा तिनका बारेमा सङ्गति गर्न सक्छौँ। तर मानिसहरूले के हासिल गर्न सक्छन् भन्ने कुरामा, तिमीहरूले त्यस्ता कुराहरू आफै सम्हाल्नु नै राम्रो हुन्छ। परमेश्वरले मानिसहरूका लागि स्वर्ग र पृथ्वी अनि यावत् थोक, अर्थात् सूर्य, चन्द्रमा, ताराहरू, पानी, हावा, घाम, खाना, साथै मानिसहरूलाई आवश्यक पर्ने विभिन्न वातावरण र जीवित प्राणीहरू सृष्टि गर्नुभयो, त्यसपछि उहाँले मानिसहरूलाई पृथ्वीमा राख्नुभयो। परमेश्वरले मानिसहरूका लागि यावत् थोकको वृद्धि र सञ्चालनका नियमहरू कायम राख्नुहुन्छ, र मानिसहरूको जिउने वातावरण कायम राख्नुहुन्छ—वास्तवमा जिउने काम मानिसहरू आफैले गर्नुपर्छ। कुन मौसममा कुन कुराहरू रोप्ने, तिनको फसल कहिले काट्ने, फसल काटेपछि तिनलाई कसरी भण्डारण गर्ने, तीबाट खाना बनाउँदा कुन विधिहरू प्रयोग गर्ने, के बढी खाने, के कम खाने, कुन मौसममा के खाने, हरेक दिन कति खाने भन्ने कुराको हकमा—त्यो तिमीहरूको आफ्नै मामिला हो। अब यति स्पष्ट रूपमा सत्यता सङ्गति गरिएको हुनाले, र जीवनसम्बन्धी मामिलाहरू तिमीहरूका लागि उचित रूपमा व्यवस्थित भइसकेको हुनाले, यदि तिमीहरू अझै पनि मलाई यो र त्यो गर्न मद्दत गर्नुहोस् भनेर भन्छौ, र अझै पनि मलाई यो र त्यो कुराको बारेमा तिमीहरूसँग सङ्गति गरिदिनुहोस् भनेर खोज्दै आउँछौ भने, तिमीहरूमा समझको अत्यन्तै कमी छ। मैले पहिले नै सङ्गति गरिसकेका कुराहरूको हकमा भन्दा, म तिमीहरूलाई यी कुराहरू आफै सम्हाल र समाधान गर भनेर भन्छु। मण्डलीको सबै तहमा अगुवाहरू छन्, साथै तिमीहरूलाई अगुवाइ गर्न पवित्र आत्माद्वारा प्रयोग गरिने मानिस पनि छन्। तिमीहरूले आफै खोजी गर्नुपर्छ र कुराहरू समाधान गर्नुपर्छ; सबै कुराका लागि मकहाँ नआओ। यसको कारण के हो भने मैले भन्नुपर्ने सबै कुराहरू पहिले नै भनिसकेको छु, मैले तिमीहरूका लागि तिमीहरूका आधारभूत आवश्यकताहरू पनि प्रबन्ध गरिसकेको छु, र ती सानातिना मामिलाहरूका कुराहरू मैले समाधान गर्नुपर्ने कुराहरू होइनन्, तर तिमीहरूको आफ्नै मामिला हो, र तिमीहरूले तिनलाई आफै सम्हाल्नुपर्छ।
देहधारी परमेश्वरले जतिसुकै वचनहरू बोल्नुभए पनि वा उहाँले जतिसुकै कुराहरू गर्नुभए पनि, मानिसहरूले के जान्नुपर्छ भने देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता, र उहाँको नम्रता र गुप्तताको बारेमा सबैभन्दा महत्त्वपूर्ण बुँदा यही हो: देहधारी परमेश्वर मानिसहरूका बीचमा जिउनुभए पनि वा उहाँले आफ्नो सेवकाइ निर्वाह गर्नुभए पनि, उहाँको देहले जिएर देखाउने उहाँको मानवताका सबैभन्दा आधारभूत मान्यता र सिद्धान्तहरू भनेका नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने कार्यहरू हुन्। यो परमेश्वरको देहधारी शरीरमा प्रतिबिम्बित हुन्छ, र स्वाभाविक रूपमा, यो परमेश्वरको पहिचान र सार भएको परमेश्वर, उहाँको अन्तर्निहित पहिचानमा हुनुहुने परमेश्वरमा पनि प्रतिबिम्बित हुन्छ। अवश्य नै, परमेश्वरको हकमा, यसलाई “नियमअनुसार आफूलाई आचरणमा ढाल्ने” भनेर भनिँदैन, तर कम्तीमा पनि, परमेश्वरले कामकुराहरू गर्नुहुने तरिकामा, र उहाँले मानिसहरू र कामकुराहरूलाई लिने तरिकामा, उहाँले पक्कै पनि यी सिद्धान्तहरूलाई कडाइका साथ पालना गर्नुहुन्छ। यो देहधारी परमेश्वरको मानवतासँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो हो, र उहाँको अन्तर्निहित पहिचानमा हुनुहुने परमेश्वरको ईश्वरत्वसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो पनि हो। उहाँको मानवतासँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसमा नियमअनुसार आफूलाई आचरणमा ढाल्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने कुरा समावेश हुन्छ, जबकि उहाँको अन्तर्निहित पहिचानमा हुनुहुने परमेश्वरको सारमा परमेश्वरले मानिसहरूलाई नियमअनुसार व्यवहार गर्ने र कर्तव्यनिष्ठ भई कामकुराहरू गर्ने कुरा समावेश हुन्छ। हामी यसबारे धेरै कुरा गर्नेछैनौँ। तैँले जुनसुकै दृष्टिकोण अपनाए पनि—परमेश्वरले सृष्टि गर्नुभएका यावत् थोक, मानवजातिमाथिको परमेश्वरको सार्वभौमिकता र मार्गदर्शन, ठूला मामिलाहरूदेखि साना मामिलाहरूसम्म, र वृहत्देखि सूक्ष्मसम्मको हिसाबमा—परमेश्वरले सबै कुरा नियमअनुसार र कर्तव्यनिष्ठ भई गर्नुहुन्छ। जब परमेश्वर देहधारी हुनुभएको थिएन, तब उहाँ यावत् थोकका बीचमा गुप्त हुनुहुन्थ्यो। मानवजातिले परमेश्वरको आकृति वा परमेश्वरको साँचो मुहार नदेखेको भए पनि, परमेश्वरले सधैँ सम्पूर्ण मानवजातिलाई अगुवाइ गरिरहनुभएको छ। उहाँले सधैँ हरेक कुरा गरिरहनुभएको छ, हरेक कुराको व्यवस्थापन गरिरहनुभएको छ, र ब्रह्माण्डका हरेक कुरामाथि व्यावहारिक रूपमा सार्वभौमिकता राखिरहनुभएको छ; उहाँले गर्नुहुने कुनै पनि कुरा खोक्रो हुँदैन। अवश्य नै, परमेश्वरको हातद्वारा गरिएको एउटै पनि कुरा सिद्धान्त वा नाराहरूको स्तरमा रहँदैन। बरु, तैँले यसको कदर गर्न सके पनि वा नसके पनि, तैँले यसलाई देख्न सके पनि वा नसके पनि, परमेश्वरले गर्नुहुने हरेक कुरामा उहाँले यसलाई नियमअनुसार गरिरहनुभएको हुन्छ र यसलाई कर्तव्यनिष्ठ भई गरिरहनुभएको हुन्छ। उहाँले गर्न चाहनुभएको काम व्यावहारिक रूपमा गर्नुहुन्छ। उहाँले कहिल्यै घोषणाहरू गर्नुहुन्न वा मानिसहरूका अगाडि आफूलाई सही साबित गर्नुहुन्न, न त उहाँले कुनै नारा नै लगाउनुहुन्छ। बरु, उहाँले सधैँ वाणीहरू दिइरहनुभएको छ र बोलिरहनुभएको छ, सम्पूर्ण मानवजातिलाई व्यावहारिक रूपमा अगुवाइ गरिरहनुभएको छ र आपूर्ति गरिरहनुभएको छ। परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो पनि यही हो। देहधारी परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो पक्कै पनि परमेश्वर स्वयम्सँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसबाट विच्छेद हुनेछैन वा त्यससँग बाझिनेछैन। त्यसकारण, मानिसहरूले देहधारी परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्ने कुरा जानेपछि, वा देहधारी परमेश्वरले पालना गर्नुहुने आत्मआचरणका मान्यता र सिद्धान्तहरू जानेपछि, तिनीहरूले परमेश्वरको अन्तर्निहित पहिचानमा हुनुहुने उहाँको सार, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कुरालाई धेरै हदसम्म जान्नेछन्। फलस्वरूप, स्वर्गमा हुनुहुने परमेश्वरबारे मानिसहरूका धारणा र कल्पनाहरू निश्चित हदसम्म कम हुनेछन्, र परमेश्वरप्रतिको तिनीहरूको ज्ञान, बुझाइ, वा दृष्टिकोणहरू अझ बढी व्यावहारिक हुनेछन्। तुलनात्मक रूपमा भन्दा, उहाँको मानवतासँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई निन्दा गर्ने, वा उहाँको मानवतासँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई घृणा गर्ने वा इन्कार गर्ने गर्नुको सट्टा, तिनीहरूले देहधारी परमेश्वरसँग अझ बढी सही, वस्तुगत, र विवेकी रूपमा व्यवहार गर्न सक्नेछन्। बरु, एकातिर, तिनीहरूले यसलाई सही रूपमा लिन सक्नेछन्, र अर्कोतिर, उहाँको मानवतासँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको माध्यमबाट तिनीहरू अझ बढी सक्षम हुनेछन्, अर्थात् उहाँको ईश्वरत्वसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई देख्न सक्षम हुनेछन्, यसरी स्वर्गमा हुनुहुने परमेश्वर र पृथ्वीमा हुनुहुने परमेश्वर दुवैलाई अझ बढी सही रूपमा चिन्न सक्नेछन्।
ठीक छ, हामी आजका लागि यस विषयको हाम्रो सङ्गति यहीँ समाप्त गर्नेछौँ। बिदा!
अगष्ट १०, २०२४