सत्यता कसरी पछ्याउने (१२)

सत्यता पछ्याउने पहिलो अभ्यास: त्याग्‍नु

आफू र परमेश्‍वरबीचका तगारोहरू र परमेश्‍वरप्रतिको आफ्नो शत्रुता त्याग्‍नु

१. परमेश्‍वरबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्‍नु: परमेश्‍वरको कामबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्‍नु

(६) परमेश्‍वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन; यसले तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्ने अभिप्राय राख्छ

पछिल्लो पटक हामीले कुन विषयमा सङ्‍गति गर्‍यौँ? हामीले तीन वटा पक्षहरू—जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका केही खास प्रकटीकरणहरूका बारेमा सङ्‍गति गर्‍यौँ। हामीले यी खास प्रकटीकरणहरूका बारेमा छलफल गर्‍यौँ, र यसरी ती तीन पक्षहरूमध्ये कुनमा पर्छन् भनी खुट्ट्यायौँ। यदि तिमीहरूले हामीले सङ्‍गति गरेका यी प्रकटीकरणहरूलाई दैनिक जीवनमा देख्यौ भने, तिमीहरूले ती जन्मजात अवस्थाहरूमा पर्छन् कि, मानवतामा पर्छन् कि, भ्रष्ट स्वभावहरूमा पर्छन् भनेर आधारभूत रूपमा तिनलाई ठहर गर्न र वर्गीकरण गर्न सक्छौ। सङ्‍गति नगरिएका प्रकटीकरणहरूका हकमा, के तिमीहरूलाई अब यी सिद्धान्तहरूअनुसार वा तिनले प्रकट गर्ने सारअनुसार तिनलाई कसरी वर्गीकरण गर्ने भन्‍ने थाहा भयो? (हामीलाई पहिलेभन्दा यो कुरा केही हदसम्म अलिक राम्ररी थाहा भएको महसुस हुन्छ—हामीले यस दिशामा सोच्न सक्छौँ, तर हामी अझै पनि खुट्ट्याउन सक्‍ने अवस्थामा पूर्ण रूपमा पुगेका छैनौँ।) हामीले सङ्‍गति गरेका प्रकटीकरणहरूलाई तिमीहरूले सामान्यतया खुट्ट्याउन सक्छौ, तर सङ्‍गति नगरिएका र पहिले सङ्‍गति गरिएका प्रकटीकरणहरूसँग कुनै पनि सम्बन्ध नभएका प्रकटीकरणहरूलाई तिमीहरूले खुट्ट्याउन सक्छौ कि सक्दैनौ भन्‍ने तिमीहरूलाई थाहा छैन। (हो।) विगतका केही प्रवचनहरूमा, हामीले जन्मजात अवस्थाहरूभित्रका रुचि, सोख, र सबल पक्षहरूका केही प्रकटीकरणहरूका बारेमा, साथै मानिसहरूमा प्रकट हुने यी पक्षहरूसम्बन्धी समस्याहरूका बारेमा सङ्‍गति गर्‍यौँ। हामीले यी समस्याहरूका बारेमा मानिसहरूमा हुनुपर्ने मनोवृत्ति र अभ्यासको मार्ग, साथै रुचि, सोख, र सबल पक्षहरू भएका मानिसहरूसँग परमेश्‍वरले गर्नुभएका मागहरूका बारेमा पनि सङ्‍गति गर्‍यौँ। यसबारे सङ्‍गति गर्नुको मुख्य उद्देश्य भनेको मानिसहरूलाई रुचि, सोख, र सबल पक्षहरूका बारेमा तिनीहरूमा हुनुपर्ने विचार र दृष्टिकोणहरू—साथै तिनीहरूले बुझ्नुपर्ने अभ्यासको मार्ग—र यी पक्षहरू संलग्न हुने परमेश्‍वरका अभिप्राय र मागहरूका बारेमा बताउनु हो, जुन कुरा तिनीहरूले बुझ्नुपर्छ। रुचि, सोख, र सबल पक्षहरूका समस्याहरूका हकमा, हामीले मोटामोटी रूपमा मात्रै सङ्‍गति गर्‍यौँ र यी सन्दर्भहरूमा मानिसहरूमा के-कस्ता त्रुटिपूर्ण विचार र दृष्टिकोणहरू हुन्छन्, तिनीहरूले अभ्यासका के-कस्ता त्रुटिपूर्ण मार्गहरू लिन सक्छन्, वा यस सन्दर्भमा परमेश्‍वरका मागहरूका बारेमा तिनीहरूमा के-कस्ता त्रुटिपूर्ण बुझाइहरू हुन्छन् भन्‍नेबारे निश्‍चित रूपमा सङ्‍गति गरेनौँ। त्यसैले, मानिसहरूमा भएका यी समस्याहरूका आधारमा, अब हामी मानिसहरूले रुचि, सोख, र सबल पक्षहरूका बारेमा बुझ्नुपर्ने निश्चित मामिलाहरूका बारेमा विस्तृत रूपमा सङ्‍गति गरौँ।

७. रुचि र सोख, अनि सबल पक्षबीचको भिन्नता

के तिमीहरूले आफूमा रुचि, सोख, र सबल पक्षहरूका बारेमा के-कस्ता त्रुटिपूर्ण र बेतुके बुझाइ वा विकृत बोध छन् भनी याद गरेका छौ? धेरैजसो समस्याहरूका लागि, के तिमीहरूले मैले सङ्‍गति गरेजति मात्रै बुझ्ने गर्छौ, र त्यसपछि, तिमीहरूले भनिएको कुरालाई न त सोच्ने गर्छौ न त आफ्नो जीवनका कुराहरूसँग तुलना गर्ने गर्छौ, तैपनि तिमीहरूले सबै कुरा बुझेको महसुस गर्ने र समस्याहरूलाई धेरै सरल ठान्ने गर्छौ हो? पहिले, यो प्रश्नबारे सोच: के रुचि र सोख, र सबल पक्षहरूका बीचमा कुनै भिन्‍नता छ? (छ।) के भिन्‍नता छ? यदि तैँले भिन्‍नता छ भनी देख्न सक्छस् भने, ती कुन हिसाबमा फरक छन्? (रुचि र सोख हुनुको अर्थ कुनै व्यक्तिलाई कुनै निश्‍चित कुरा साँच्चै मन पर्छ भन्‍ने मात्रै हो, यसको अर्थ त्यो क्षेत्रमा ऊसँग सबल पक्ष छ नै भन्‍ने चाहिँ होइन।) भिन्‍नताका मुख्य बुँदाहरू आधारभूत रूपमा भनिसकिएको छ—कुरा लगभग त्यस्तै हो। मानवताको दृष्टिकोणबाट हेर्दा, रुचि र सोखहरूले कुनै व्यक्ति खास प्रकारको विशेष गतिविधि वा कुनै प्रकारको कुरामा रुचि राख्नु, त्यसमा ध्यान दिन वा त्यसमा संलग्न हुन इच्छुक हुनुलाई जनाउँछ। अर्थात्, तिनीहरूको व्यक्तिगत प्राथमिकता तिनीहरूले रुचि र अनुराग राख्ने कुराहरूतर्फ तुलनात्मक रूपमा झुकेको हुन्छ। तिनीहरूलाई यससम्बन्धी व्यावसायिक सीपहरू थोरै मन पर्ने मात्र नभई तिनीहरू त्यसमा धेरै रुचि राख्छन्, जसले साधारण कुराहरूप्रति तिनीहरूमा हुन सक्ने अभिरुचि वा प्रेमको स्तरलाई उछिन्छ। रुचि र सोखहरू भनेका यही हुन्। तर, तिनीहरूले रुचि र अनुराग राख्ने विशेष गतिविधि वा कुराको प्रकारका हकमा, तिनीहरूको क्षमताको हिसाबमा, तिनीहरू त्यसमा निपुण छन् कि छैनन्, तिनीहरूले त्यो राम्ररी गर्न सक्छन् कि सक्दैनन्, र तिनीहरूले त्यो कुन स्तरसम्म गर्न सक्छन्—यीमध्ये कुनै पनि कुरा निश्‍चित भने हुँदैन। त्यसकारण, रुचि र सोखहरूले मानिसहरूले रुचि राख्ने र मन पराउने कुराहरू, तिनीहरू दैनिक जीवनमा बारम्बार संलग्न हुन इच्छुक हुने र ध्यान दिन र गर्नका लागि समय र ऊर्जा खर्च गर्न इच्छुक हुने कुराहरूलाई जनाउँछन्। तिनीहरूले यी कुराहरू कत्तिको राम्ररी गर्न सक्छन् भन्‍ने कुराचाहिँ तिनीहरूको क्षमता र तिनीहरू त्यसमा निपुण छन् कि छैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। मानौँ यो कुरा त्यस्तो हो जसमा तिनीहरू विशेष रूपमा रुचि र अनुराग राख्छन्, र साथ साथै, तिनीहरू त्यसमा निपुण पनि छन्—अर्थात्, यो कुरामा रुचि र अनुराग राख्नुको साथसाथै, तिनीहरूले यसलाई धेरै राम्ररी गर्न, महत्त्वपूर्ण परिणामहरू हासिल गर्न, र ठूला उपलब्धिहरू प्राप्त गर्न पनि सक्छन्। अर्को शब्दमा भन्दा, यो रुचि र सोखमा तिनीहरूको निपुणता औसत व्यक्तिभन्दा बढी हुन्छ, र यस क्षेत्रमा तिनीहरूको बोधगम्यता, सिक्ने गति, र सिद्धान्तहरू बुझ्ने गति औसत व्यक्तिको भन्दा बढी हुन्छ। जब यस्ता प्रकटीकरणहरू हुन्छन्, तब यसलाई सबल पक्ष हुनु भनेर भनिन्छ। अरू मानिसहरूले कुनै कुरा आत्मनिर्भर रूपमा राम्ररी गर्न सक्नुभन्दा पहिले तिनीहरू औपचारिक, दीर्घकालीन व्यावसायिक तालिम, शिक्षा, ज्ञान प्राप्ति, र अभ्यासबाट गुज्रनुपर्ने, र सान्दर्भिक पेशेवरहरूबाट मार्गदर्शन, अगुवाइ, जाँच, मानकीकरण, र सल्लाह, साथै अन्य यस्तै कुराहरू प्राप्त गर्नुपर्ने हुन सक्छ। तर, सबल पक्ष भएका मानिसहरूमा सामान्यतया व्यावसायिक तालिम वा व्यवस्थित सिकाइविना नै आफू निपुण भएका व्यावसायिक सीपहरूमा निश्‍चित स्तरको बोधगम्यता हुन्छ। तिनीहरूसँग यस क्षेत्रमा केही व्यावहारिक बुझाइ, व्यावहारिक अनुभव, वा व्यक्तिगत उपलब्धिहरू हुन्छन्। अनि व्यावसायिक तालिम पाएपछि, यस क्षेत्रमा तिनीहरूको सबल पक्ष अझै उच्च स्तरमा पुग्न सक्छ। छोटकरीमा, सबल पक्ष हुनु भनेको व्यक्तिले रुचि र अनुराग राख्ने कुराहरूमा अत्यधिक निपुण हुनु, र तिनमा औसत व्यक्तिलाई उछिन्नु हो। “निपुण” हुनुको अर्थ के हो? (कुनै निश्‍चित क्षेत्रमा सबल पक्ष हुनु, यी कुराहरूका बारेमा तुलनात्मक रूपमा जानकार हुनु, र तिनलाई सहज दक्षताका साथ सम्हाल्नु।) कुनै कुरामा निपुण हुनु भनेको त्यसबारे जानकार हुनु मात्रै होइन; बरु, यसको अर्थ यस क्षेत्रमा उत्कृष्ट प्राकृतिक सहज योग्यता र तुलनात्मक रूपमा बलियो जन्मजात प्रतिभा हुनु हो। अरूबाट सङ्केत नपाए पनि, तिनीहरूले अरूले बुझ्न नसक्ने कुराहरू बुझ्न सक्छन्। अनि औपचारिक तालिम वा प्रख्यात गुरुबाट निर्देशन पाएपछि, तिनीहरूले यस क्षेत्रमा अझै राम्रो गर्न सक्छन्। सबल पक्ष हुनुको कुरा गर्दा, यसको अर्थ व्यक्ति कुनै निश्‍चित रुचि वा सोखमा विशेष रूपमा बलियो छ, र यस क्षेत्रमा ऊसँग असाधारण प्राकृतिक योग्यता छ भन्‍ने हुन्छ। यस क्षेत्रमा तिनीहरूको बोध सामर्थ्य, तिनीहरूको बोधगम्यता, र तिनीहरूको सिक्ने क्षमता सबै असाधारण रूपमा बलियो हुन्छ, र तिनीहरूले यसलाई निकै चाँडै बुझ्छन्। तिनीहरू औसत व्यक्तिको तुलनामा यस क्षेत्रमा उल्लेखनीय रूपमा निपुण हुन्छन्। सबल पक्ष हुनुको अर्थ यही हो।

अब तिमीहरूले सबल पक्षहरू के हुन् भनी बुझिसकेका हुनाले, हामी रुचि र सोखहरूका बारेमा कुरा गरौँ। रुचि र सोख, र सबल पक्षहरूका बीचमा के भिन्‍नता छ? के रुचि र सोखहरू सबल पक्षहरू जस्तै हुन्? (होइनन्।) रुचि र सोखहरू किन सबल पक्षहरू जस्तै होइनन्? (किनभने कुनै कुरामा रुचि हुनुको अर्थ त्यसलाई राम्ररी गर्न सक्नु हो नै भन्‍ने हुँदैन, न त यसको अर्थ ऊ त्यसमा निपुण छ नै भन्‍ने नै हुन्छ; यसबाहेक, त्यस कुरालाई त्यति चाँडै बुझ्न सकिन्छ नै भन्‍ने पनि हुँदैन।) रुचि र सोखहरू हुनुको अर्थ तँलाई कुनै निश्‍चित श्रेणीका कुराहरू मन पर्छ भन्‍ने हो, तर त्यो तेरो सबल पक्ष हो कि होइन भन्‍ने कुरा यस क्षेत्रसँग सम्बन्धित तेरो बोध सामर्थ्य, तेरो सिक्ने क्षमता, र तेरो बोधगम्यता, साथै यस क्षेत्रमा रहेको तेरो प्राकृतिक योग्यता, र तँ प्राकृतिक रूपमा त्यसमा निपुण छस् कि छैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तँ त्यसमा निपुण छस् भने, त्यो तेरो सबल पक्ष हो। यदि तँ त्यसमा सिपालु छैनस् र यो केवल व्यक्तिगत चासो हो—तैँले रुचि राख्ने क्षेत्र हो—तर तेरो क्षमता कमजोर छ, र तँमा प्राकृतिक योग्यताको कमी छ, अर्थात् तेरो यो रुचि र सोखको सम्बन्धमा तेरो बोध सामर्थ्य थोरै छ, तँ त्यसमा पटक्कै निपुण छैनस्, त्यसलाई भद्दा तरिकाले गर्छस्, तँमा कार्यक्षमताको कमी छ र तैँले यस क्षेत्रमा कुनै परिणाम प्राप्त गर्दैनस् भने, यो क्षेत्र तेरो सबल पक्ष होइन—यो तेरा लागि रुचि र सोखको स्तरमा मात्र रहन्छ। यो किन तेरो रुचि र सोख मात्र हुन्छ र तेरो सबल पक्ष हुँदैन? किनभने तँ त्यसमा निपुण छैनस्। उदाहरणका लागि, कतिपय मानिसहरूले यसो भन्छन्, “मलाई साँच्चै गाउन मन पर्छ।” तिनीहरूलाई त्यो कति मन पर्छ? बिहान आँखा खोल्नेबित्तिकै, तिनीहरू पप गीतहरू बजाउँछन्; तिनीहरू विदेशी गीतहरू र पश्चिमी र चिनियाँ ओपेराहरू लगायत सबै प्रकारका गीतहरू सुन्छन्—सङ्गीत मानिने कुनै पनि कुरा, तिनीहरूलाई सुन्न मन पर्छ। तिनीहरू गाउन पनि चाहन्छन्, तर एउटा ठूलो समस्या हुन्छ—तिनीहरू प्राकृतिक रूपमै बेसुरा हुन्छन् वा तिनीहरूसँग यस क्षेत्रमा सबल पक्ष नै हुँदैन। कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जसले केही वर्षसम्म गायन अध्ययन गरेपछि पनि सही तौरतरिकाहरू पत्ता लगाउन सक्दैनन्। तिनीहरूलाई सबैभन्दा मीठो आवाजमा कसरी गाउने, आफ्नो गायनलाई कसरी मार्मिक बनाउने, वा आफ्नो गायनमार्फत कसरी राम्रा परिणामहरू हासिल गर्ने भन्‍ने थाहा हुँदैन। तिनीहरूलाई बाल्यकालदेखि नै गाउन मन पर्ने भए पनि, र यो तिनीहरूको रुचि र सोखहरूमध्येको एक भए पनि, तिनीहरूको जन्मजात अवस्थाहरूको सीमितताका कारण, तिनीहरूका रुचि र सोख रुचि र सोखको स्तरमा मात्र सीमित रहन सक्छ—यो सबल पक्ष होइन। उदाहरणका लागि, जब गाउन निपुण व्यक्तिले भजन सिक्छ, तब उसले त्यो लगभग तीन पटक गाएपछि मुख्य धुन गाउन सक्छ। अनि चार-पाँच पटकपछि, उसले आधारभूत रूपमा पूरै गीत गाउन सक्छ। तर, गीत सुन्न मन पराउने तर गाउन निपुण नभएकाहरूले तीन पटक सुनेपछि पनि सामान्य धुन याद गर्न नसक्ने हुन सक्छ। पाँच पटकपछि पनि, तिनीहरूले अझै गाउन नसक्ने हुन सक्छ र तिनीहरूले निरन्तर गीतका शब्दहरू वा सङ्गीतको स्वरलिपि हेर्नुपर्ने हुन सक्छ। जब वास्तवमा गाउने काम आउँछ, तब तिनीहरूले गीतको भाव महसुस गर्न वा सही गुञ्जन पत्ता लगाउन सक्दैनन्। तिनीहरूले गीतका शब्दहरू पनि याद गर्न सक्दैनन्, र कहिलेकाहीँ, तिनीहरू धुनबाट बाहिर पनि जान्छन्। यसका साथै, तुलनात्मक रूपमा भावनात्मक गीतहरू गाउँदा, तिनीहरूले भावनाहरूको अभिव्यक्तिलाई कहिल्यै राम्ररी नियन्त्रण गर्न सक्दैनन्। अरूले तिनीहरूको गायन सुन्न अप्रिय छ र आनन्ददायी छैन भन्छन्, तर तिनीहरू निरुत्साहित हुँदैनन् वा हरेस खाँदैनन्—तिनीहरू अझै पनि सिक्न र गाउन लागिरहन्छन्। अवश्य पनि, गाउनु व्यक्तिगत स्वतन्त्रता र व्यक्तिगत अधिकारको कुरा हो; कसैले तिनीहरूलाई रोकिरहेको हुँदैन। तर, आज हामीले सङ्‍गति गरिरहेको कुरा रुचि र सोख, र सबल पक्षहरूका बीचको भिन्‍नता हो। यी प्रकटीकरणहरूबाट हेर्दा, तिनीहरूको रुचि र सोख तिनीहरू निपुण भएको कुरा होइन। त्यसोभए हामीले यस विषयमा स्पष्ट रूपमा किन सङ्‍गति गर्नुपर्छ? मानिसहरूलाई तिनीहरूका रुचि र सोखहरू तिनीहरूका सबल पक्षहरू सरह होइनन् भनी बुझ्न मद्दत गर्न। यदि तेरो जन्मजात अवस्थाहरूका सबै पक्षहरूका आधारमा, तँ कुनै निश्‍चित क्षेत्रमा निपुण छैनस् भने, त्यो तेरो रुचि र सोख भए पनि, तेरा जन्मजात अवस्थाहरूका सीमितताले तेरो रुचि र सोख तेरो सबल पक्ष होइन भनी निर्धारण गर्छ। तँलाई यो साँच्चै मन परे पनि, यहाँसम्म कि तैँले यसलाई आफ्नै जीवनजत्तिकै प्यारो मानेर प्रेम गरे पनि, दुर्भाग्यवश, तँ यो कुरामा निपुण छँदै छैनस्। उदाहरणका लागि, कतिपय मानिसहरूलाई नाच्न निकै मन पर्छ। जब-जब तिनीहरूले सङ्गीत सुन्छन्, तिनीहरूको शरीर ताल र धुनसँगै चल्न थाल्छ, र ती चल्दा तिनीहरूले निकै खुसी महसुस गर्छन्। तर, तिनीहरूको प्राकृतिक रूप राम्रो हुँदैन, तिनीहरू धेरै अग्ला हुँदैनन्, तिनीहरूका हातखुट्टा खासै लामा हुँदैनन्, र तिनीहरूको शरीरको बनावट त्यति सुन्दर हुँदैन। समग्रमा, तिनीहरूको नृत्य हेर्नमा त्यति आकर्षक हुँदैन। तर तिनीहरूलाई नाच्न मात्रै मन पर्छ, र कहिलेकाहीँ, सार्वजनिक स्थानहरूमा वा सडकको छेउमा, तिनीहरू पूर्ण रूपमा मग्न भएर नाच्छन्। छेउछाउका बटुवाहरूलाई यो मूर्खतापूर्ण लाग्छ, तैपनि तिनीहरू वरपर कोही पनि नभए जसरी नाच्छन्, अरूले तिनीहरूलाई कसरी हेर्छन् भन्‍ने कुरालाई पटक्‍कै वास्ता गर्दैनन्, मानौँ तिनीहरूमा कुनै सचेतना नै छैन। तिनीहरू यसमा यो हदसम्म मोहित हुन्छन्। तिनीहरूलाई आफू निकै राम्रो नाच्ने महसुस भए पनि, वास्तवमा, तिनीहरू त्यसमा निपुण हुँदैनन्। तिनीहरूले नृत्यको सार बुझ्न सक्दैनन्, न त तिनीहरूलाई कुन चालहरू उपयुक्त छन्, कुन चालहरू सुन्दर छन्, र कुन चालहरूले विभिन्न प्रकारका मानव भावनाहरूलाई राम्ररी व्यक्त गर्न सक्छन् भन्‍ने नै थाहा हुन्छ। अर्थात्, तिनीहरूले नृत्यसँग सम्बन्धित धेरै पक्षहरू खासै बुझ्दैनन्। व्यावसायिक गुरुको मार्गदर्शन र व्यावसायिक विद्यालयबाट तालिम पाए पनि, तिनीहरूको आफ्नै जन्मजात क्षमताको हिसाबमा, तिनीहरू त्यसमा निपुण हुँदैनन् र तिनीहरूले त्यसको सार बुझ्न सक्दैनन्। त्यसकारण, तिनीहरूका जन्मजात अवस्थाहरूका सबै पक्षहरूलाई विचार गर्दा, तिनीहरूले मन पराउने नृत्य तिनीहरू निपुण भएको कुरा हुँदैन। तिनीहरूलाई यो साँच्चै मन परे पनि र तिनीहरू त्यसमा मग्न भए पनि, तिनीहरूले प्रायजसो क्यामेरा वा ऐनाको अगाडि नाच्दा आफ्नो चाल र उपस्थितिको तारिफ गरे पनि, यदि हामीले वास्तविक अवस्थालाई हेर्‍यौँ भने, तिनीहरू नृत्यमा निपुण हुँदैनन्। अर्को शब्दमा भन्दा, नृत्य तिनीहरूको रुचि र सोख मात्र हुन्छ, तिनीहरूको सबल पक्ष हुँदैन।

कतिपय मानिसहरूलाई साहित्य निकै मन पर्छ। तिनीहरूलाई लेख लेख्न र कविता वाचन गर्न र रचना गर्न मन पर्छ, तिनीहरूलाई साहित्यिक मञ्चहरू मन पर्छ, र तिनीहरूलाई विदेशी र स्वदेशी, आधुनिक र शास्त्रीय दुवै खालका उपन्यासहरू र विभिन्न साहित्यिक कृतिहरू पढ्न पनि मन पर्छ—तिनीहरूलाई यी सबै कृतिहरू मन पर्छ। तिनीहरूलाई लेखकहरूले आफ्ना साहित्यिक कृतिहरूमा प्रयोग गर्ने विभिन्न शब्दावली र भाषिक शैलीहरू मन पर्छ, र तिनीहरूलाई लेखकहरूले आफ्ना कृतिहरूमा व्यक्त गर्ने विभिन्न विचारहरू पनि मन पर्छ। के यो तिनीहरूको रुचि र सोख हो? (हो।) यो तिनीहरूको रुचि र सोख हो भन्‍ने कुरा अत्यन्तै स्पष्ट छ। कुनै व्यक्तिलाई के मन पर्छ, उसको हृदय र दिमागले केमा रुचि राख्छ भन्ने कुरा जन्मजात हुन्छ—यो उसले जीवनमा पछि प्राप्त गर्ने कुरा होइन, र यो उसका आमाबुबा वा परिवारले संवर्धन गर्ने कुरा त झनै होइन। कतिपय मानिसहरूले साहित्य मन पराउँछन् र धेरै साहित्यिक कृतिहरू पढेका हुन्छन्। कतिले विश्‍वविद्यालयमा व्यवस्थित रूपमा साहित्य अध्ययन गरेका हुन्छन्। कतिले त व्यावसायिक साहित्य प्राध्यापकका रूपमा काम पनि गरेका हुन्छन्, वा साहित्यसँग सम्बन्धित काम र करियरमा संलग्न भएका हुन्छन्, यहाँसम्म कि यी करियरहरूमा लामो समयसम्म संलग्न भएका हुन्छन्; तिनीहरूले आफ्नो जीवनको अधिकांश समय आफ्नो रुचि र सोखसँग सम्बन्धित मामलाहरूसँग उठबस गरेर बिताएका हुन्छन्; तिनीहरूको जीवनको लगभग हरेक दिनमा साहित्य समावेश भएको हुन्छ, जसमा तिनीहरू रुचि र अनुराग राख्छन्। तर के यसको अर्थ तिनीहरूको रुचि र सोख साँच्चै तिनीहरूको सबल पक्ष हो भन्‍ने हुन्छ? यस्तो नै हुन्छ भन्‍ने हुँदैन—तैँले तिनीहरूसँग साहित्यमा साधारण मानिसहरूको भन्दा बढी वा फरक ज्ञान वा विचार र दृष्टिकोणहरू छन् कि छैनन् भनी हेर्नुपर्छ। यदि तिनीहरूले साहित्यमा बुझेका र बोध गरेका कुराहरू केवल तिनीहरूले पुस्तकहरूबाट सिकेका कुराहरू हुन् वा जोकोहीले सिक्न र बुझ्न सक्ने परम्परागत सामान्य ज्ञान मात्रै हुन् भने, यसलाई सबल पक्ष मानिँदैन। उदाहरणका लागि, यदि तैँले तिनीहरूलाई एउटा लेख लेख्न भनिस् भने, त्यसमा कुनै व्याकरणीय त्रुटिहरू हुँदैनन्, विराम चिह्न सही तरिकाले प्रयोग गरिएको हुन्छ, अनुच्छेदहरू राम्ररी संरचित हुन्छन्, र लेखको समग्र संरचना निकै राम्रो हुन्छ। लेखभरि धेरै आलङ्कारिक भाषा पनि प्रयोग गरिएको हुन्छ। तर, एउटा समस्या हुन्छ—कुनै निश्‍चित कुरा, निश्‍चित दृष्टिकोण, वा निश्‍चित कथावस्तु व्यक्त गर्ने कुराको हकमा, तिनीहरूसँग अभिव्यक्तिको अद्वितीय तरिका हुँदैन, न त तिनीहरूसँग खासै अभिव्यक्तिका कलात्मक वा चलाख विधिहरू नै हुन्छन्। यी गुणहरू तिनीहरूका सबै साहित्यिक कृतिहरूमा हुँदैनन्। अर्थात्, तिनीहरूका लेखहरू निकै राम्ररी संरचित र अत्याधिक पेशेवर देखिन्छन्, जसमा होसियारीसाथ छानिएका शब्दहरू हुन्छन्, तर तिनमा एक निपुण साहित्यिक अभ्यासकर्तामा हुनुपर्ने विचार र दृष्टिकोण, घटनाक्रम, वा कथावस्तुहरू व्यक्त गर्ने अद्वितीय विधिको कमी हुन्छ। तिनीहरूका अधिकांश लेखहरू निकै औसत दर्जाका हुन्छन्। तिनीहरूको संरचना र विचार व्यक्त गर्ने तरिका निकै कठोर, कडा, र कट्टर हुन्छ; ती न त नवीन हुन्छन् न त अद्वितीय नै, तिनमा बुद्धि र चलाखीको कमी हुन्छ, र तिनलाई शिष्ट मान्‍न त अवश्यै सकिँदैन। यो कुराले के सङ्केत गर्छ? (तिनीहरू लेख्नमा निपुण छैनन् र तिनीहरूसँग यसका लागि प्राकृतिक योग्यता छैन।) तिनीहरू लेख्नमा निपुण छैनन् र तिनीहरूले घटनाहरूको पृष्ठभूमि वा त्यस्ता कथाहरूको नमुनाका आधारमा लचिलो रूपमा कथाहरू बनाउन सक्दैनन्। अन्त्यमा, जब मानिसहरूले तिनीहरूका लेख र साहित्यिक कृतिहरू पढ्छन्, तब तिनीहरूलाई ती सबै एकैनासे र दोहोरिने, एउटै सूत्र पछ्याउने खालका छन् भन्‍ने महसुस हुन्छ। हामी किन ती एकैनासे र दोहोरिने खालका छन् भन्‍ने महसुस हुन्छ भनी भन्छौँ? समग्रमा, तिनीहरूका लेखहरू निकै राम्ररी संरचित, मानकीकृत, र पेशेवर देखिन्छन्; प्राविधिक पक्षहरूको हिसाबमा, औसत व्यक्तिले आलोचना गर्ने ठाउँ थोरै भेट्टाउँछ—संरचना समेत आधारभूत रूपमा सधैँ उस्तै हुन्छ। तिनीहरूले विदेशी कविता, गद्य, र वर्णनात्मक लेखन लगायत साहित्यिक कृतिहरूका विभिन्न रूपहरू सिक्न सक्ने भए पनि, तिनीहरू कहिल्यै तिनलाई आफ्नो साहित्यिक सिर्जनामा अनुकूलन गर्न वा लागू गर्न सक्षम हुँदैनन्। किनभने तिनीहरूको साहित्यिक सीप र प्राप्तिको स्तर सधैँ रुचि र सोखको स्तरमा रहनेछ, र कहिल्यै सबल पक्षको स्तरमा पुग्नेछैन। तिनीहरूसँग साहित्यको ठूलो ज्ञान हुन सक्छ, तर तिनीहरूसँग कुनै साहित्यिक प्राप्ति भने खासै हुँदैन। अर्को शब्दमा भन्दा, तिनीहरूसँग साहित्यको क्षेत्रमा साँच्चै कुनै नवीनता हुँदैन, तिनीहरूले आफ्नै कुनै प्रतिनिधिमूलक कृतिहरू उत्पादन गर्नु असम्भव नै हुन्छ, र तिनीहरूमा अद्वितीय विचार र दृष्टिकोण र अभिव्यक्तिको अद्वितीय तरिकाको कमी हुन्छ। यसले साहित्य तिनीहरूको सबल पक्ष होइन भन्‍ने प्रमाणित गर्छ। यस क्षेत्रमा तिनीहरूको रुचि र सोख भएकाले मात्रै तिनीहरूसँग साहित्यबारे शिक्षा र सामान्य ज्ञान हुन्छ, तर तिनीहरूसँग साहित्यमा सबल पक्ष हुँदैन। हेर् त, धेरै मानिसहरूले विभिन्न साहित्यिक कृतिहरू लगायतका पुस्तकहरू पढ्छन्; धेरैले आफूलाई साहित्यमा धेरै चासो राख्‍ने वा साहित्यिक सर्जक भएको दाबी गर्छन्, तर साहित्यिक सिर्जनामा संलग्नहरूमध्ये, कति जनाका साँच्चै आफ्नै कृतिहरू छन्? कति जनाले समयको परीक्षामा खरो उत्रन सक्ने र उत्कृष्ट कृति बन्न सक्ने साहित्यिक कृतिहरू लेखेका हुन्छन्? अत्यन्तै थोरैले, होइन र? यीमध्ये अधिकांश मानिसहरूमा साहित्यप्रति अलिकति जन्मजात रुचि र अनुराग हुन्छ, र पछि, तिनीहरूले पेशेवर विद्यालयहरूमा सिक्छन्, तालिम लिन्छन्, र अभ्यास गर्छन्, र संयोगले साहित्यसँग सम्बन्धित काम गर्न पुग्छन्। तिनीहरू साहित्यसँग सम्बन्धित काममा संलग्न भए पनि, र यसले यो रुचि र सोखले तिनीहरूलाई जीवनभर साथ दिन सक्छ भनी सङ्केत गरेजस्तो देखिए पनि, तिनीहरूले यस क्षेत्रमा काम गर्दा कति वटा सम्पन्न कृतिहरू उत्पादन गर्छन्, कति योगदान दिन्छन्, र कति मौलिक सिर्जनाहरू गर्छन् भन्‍ने कुरा तिनीहरूसँग साहित्यमा सबल पक्ष छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। धेरै मानिसहरू आफूलाई मन पर्ने र अनुराग राख्ने पेसामा संलग्न हुन्छन्, र तिनीहरूले यसबाट जीविकोपार्जनको माध्यम वा निश्चित फाइदाहरू प्राप्त गर्छन्, तर तिनीहरूले यस पेसामा राम्रा परिणामहरू हासिल गर्दैनन्। तिनीहरूले मन पराउने र अनुराग राख्ने पेसा तिनीहरूको सबल पक्ष होइन भनी प्रमाणित गर्न यो पर्याप्त छ। अर्कोतर्फ, कतिपय मानिसहरू आफ्नो रुचि र सोखसँग सम्बन्धित पेसामा संलग्न नभए पनि, वास्तविक उपलब्धिहरू हासिल गर्न सक्षम हुन्छन् किनभने त्यो तिनीहरूको सबल पक्ष हो। उदाहरणका लागि, आविष्कारकहरू, विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएकाहरू, विभिन्न क्षेत्रमा आफ्नै अद्वितीय शैलीहरूको सूत्रपात गरेकाहरू, र विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरू, साथै अरूहरू पनि छन्। त्यसैले, यी परिस्थितिहरूलाई विचार गर्दा, रुचि र सोखहरू हुनुको अर्थ ती क्षेत्रहरूमा सबल पक्ष हुनु हो नै भन्‍ने हुँदैन। तर, कतिपय मानिसहरूले रुचि र सोख, र सबल पक्षहरूका बीचको सम्बन्धलाई खुट्ट्याउन सक्दैनन्। तिनीहरूले आफ्ना रुचि र सोखहरू नै आफ्ना सबल पक्ष हुन् भन्‍ने सोच्छन्, तर आफूले रुचि र अनुराग राख्ने क्षेत्रमा धेरै वर्षसम्म संलग्न भएपछि पनि, तिनीहरूले खासै कुनै परिणाम हासिल गर्दैनन्। यी कुराहरूमा स्पष्टता प्राप्त गरेपछि, मानिसहरूले आफ्नो रुचि र सोख, अनि सबल पक्षहरूलाई कसरी लिनुपर्छ? यो धेरै सरल छ—तिनीहरूले तिनलाई सही तरिकाले लिनुपर्छ। यदि परमेश्‍वरको घरलाई तैँले कुनै निश्‍चित क्षेत्रमा कर्तव्य निर्वाह गर्नुपर्ने आवश्यकता छ जसमा तेरा रुचि र सोखसँग सम्बन्धित पेशेवर ज्ञान, सीप, वा प्रतिभाहरू समावेश छन् भने, तैँले त्यसलाई कर्तव्य पूरा गर्ने सिद्धान्तहरूअनुसार लिनुपर्छ—त्यसलाई इन्कार गर्नु, ठूला-ठूला गफ हाँक्नु वा हडबड गर्नु हुँदैन। यदि यो तँ निपुण नभएको कुरा हो, तैँले गर्न नसक्ने तेरो क्षमताभन्दा बाहिरको कुरा हो भने, नकारात्मक नबन् वा परमेश्‍वरबारे गुनासो नगर्; तैँले त्यसलाई सही तरिकाले लिन सक्नुपर्छ। यसलाई सही तरिकाले लिनुको अर्थ के हो? यसको अर्थ, यदि तँलाई यस क्षेत्रमा तेरो रुचि र त्यसप्रति तेरो अनुराग अद्वितीय छ भन्‍ने लाग्छ, तर त्यससँग सम्बन्धित काम गर्दा, तँ कहिल्यै परमेश्‍वरको घरका मागहरू पूरा गर्न सक्षम हुँदैनस्, अनि तँ कहिल्यै परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूमा पुग्न पनि सक्दैनस् भने, तैँले जे हासिल गर्न सक्छस् त्यही हासिल गर्नुपर्छ। परमेश्‍वरले कहिल्यै माछालाई जमिनमा जिउन वा सुँगुरहरूलाई उड्न बाध्य पार्नुहुन्न। तैँले कति हासिल गर्न सक्छस् र तैँले कति भारी बोक्न सक्छस् भन्‍ने कुरा परमेश्‍वरलाई थाहा हुन्छ। धेरै अनुभव पाएपछि, तँलाई पनि थाहा हुनेछ। वास्तविक परिस्थिति र तेरा जन्मजात अवस्थाहरूका आधारमा, तँ जति हासिल गर्न सक्षम छस् त्यति नै हासिल गर्—आफ्‍नो लागि परिस्थितिहरू कठिन नबना। यदि तँ सक्षम छस् भने, पछि नहट्; यदि तँ सक्षम छैनस् भने, नकारात्मक नबन् वा आफ्नो क्षमताभन्दा बाहिर जान आफूलाई जबरजस्ती नगर्—यसलाई सही तरिकाले लि।

तिमीहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका छौ, र तिमीहरूमध्ये धेरैजसोले तीन वर्षभन्दा बढी समयदेखि आफ्नो कर्तव्य निर्वाह गरेका छौ—तिमीहरूले परमेश्‍वरको घरमा कुनै निश्‍चित कर्तव्य निर्वाह गर्दै आएको एक वा दुई वर्ष मात्रै भएको छैन। त्यसोभए, तैँले पूरा गर्ने कर्तव्य वा तैँले गर्ने कुनै निश्‍चित पेसागत कामको हकमा, तैँले कति हासिल गर्न सक्छस् र तँ कुन स्तरमा पुग्न सक्छस्, अनि तैँले आफ्नो क्षमता कति उपयोग गर्न सक्छस् र कुन हदसम्म गर्न सक्छस् भन्‍नेबारे के तँ आफ्नो हृदयमा स्पष्ट छस्? (छु।) तिमीहरू आधारभूत रूपमा यी सबैबारे स्पष्ट छौ। कतिपय मानिसहरूले थोरै अभ्यास गरेका हुनाले तिनीहरू कुनै निश्‍चित कर्तव्यमा अझै प्रवीणताको स्तरमा पुगेका छैनन्। तर, अरूले यो काम धेरै वर्षदेखि गर्दै आएका छन् र धेरै अभ्यास गरेका छन् तर तिनीहरू अझै पनि परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूमा पुग्न सक्दैनन्। तिनीहरू यस क्षेत्रमा त्यति सिपालु छैनन्। तिनीहरूलाई यो कर्तव्य निर्वाह गर्न साँच्चै मन परे पनि र तिनीहरूले यसप्रति अनुराग राख्ने भए पनि, साथै यो गर्दा तिनीहरूले सम्मानित र खुसी महसुस गरे पनि, तिनीहरू यसमा सिपालु नै हुँदैनन्। परमेश्‍वरको घरका मागहरू जेसुकै भए पनि, तिनीहरूले ती पूरा गर्न सक्दैनन्। तिनीहरू विद्रोही र अनाज्ञाकारी छन् भन्‍ने होइन, न त तिनीहरूले आफ्नो भूमिका निर्वाह गर्दैनन् भन्‍ने हो; बरु, तिनीहरूका जन्मजात अवस्थाहरूले त्यो हासिल गर्न सक्दैनन् र तिनका सीमितताहरू हुन्छन्। त्यसोभए के गर्नुपर्छ? परिस्थितिअनुसार चल्न दे—नकारात्मक नबन्, कमजोर नबन्, र आफ्नो हृदयमा गुनासो नगर् वा यो अन्यायपूर्ण छ भनी महसुस नगर्। कतिपय मानिसहरूले यसो भन्छन्, “मलाई नाच्न मन पर्छ, तर म जन्मदादेखि नै नाच्न सिपालु छैन र म आकर्षक पनि छैन। म नाच्ने कर्तव्य निर्वाह गर्न चाहन्छु तर सक्दिनँ। त्यसोभए मैले के गर्नुपर्छ? म साँच्चै नाच्न चाहन्छु।” तेरो नाच्ने चाहना तेरो व्यक्तिगत चाहना र तेरो रुचि हो, तर के परमेश्‍वरले तेरा रुचिहरू पूरा गर्नैपर्छ र? उहाँले त्यसो गर्नु पर्दैन। परमेश्‍वरको घरका आफ्नै माग गरिएका सिद्धान्त र प्रावधानहरू हुन्छन्। कसले कुन काम गर्ने भन्‍ने छनौट सिद्धान्तहरूमा आधारित हुन्छ। तैँले आफ्नो व्यक्तिगत चाहना, व्यक्तिगत रुचि, वा व्यक्तिगत मुडको आधारमा परमेश्‍वरको घरले तँलाई सन्तुष्ट पार्नुपर्छ भनी जबरजस्ती माग गर्न सक्दैनस्—यो अनुपयुक्त कुरा हो। यदि तँ यस क्षेत्रमा कर्तव्य निर्वाह गर्नका लागि उपयुक्त छैनस् भने, यस क्षेत्रमा कर्तव्य निर्वाह गर्न सक्नेहरूलाई चुपचाप आफ्नो हृदयमा आशिष्‌को कामना गर्। तैँले जे गर्न सक्छस् त्यही गर्, वा तँ पर्दा पछाडिको गुमनाम कामदार बन्न सक्छस्—मार्गदर्शन र जाँचमा मद्दत गर्ने, नृत्य भिडियोहरूको पूर्वाभ्यास वा पोष्ट-प्रोडक्सन सम्पादनमा मद्दत गर्ने, विभिन्न सामग्रीहरू खोज्न मद्दत गर्ने, वा सत्यता खोज्न मद्दत गर्ने। विभिन्न क्षेत्रमा गर्न सकिने धेरै कामहरू छन्, र तेरा रुचि र सोखहरूसँग सम्बन्धित कामको दायरा फराकिलो छ। तँ पर्दामा देखिने व्यक्ति नै हुनुपर्छ भन्‍ने छैन—तैँले पर्दा पछाडिको काम पनि आंशिक रूपमा लिन सक्छस्। यो पनि आफ्नो कर्तव्य निर्वाह गर्नु हो। यसरी, तैँले आफ्नो व्यक्तिगत चाहना पनि पूरा गर्छस् र तँ आफ्नो कर्तव्य निर्वाह गरेर परमेश्‍वरलाई सन्तुष्ट पार्ने सिद्धान्त र स्तरअनुसार जिउँछस्—यो कति राम्रो कुरा हो! के यो एउटै कामले दुई वटा फाइदा हासिल गर्नु होइन र? (हो।) परमेश्‍वरले तँलाई तेरा जन्मजात अवस्थाहरूको भागको रूपमा यस क्षेत्रमा सबल पक्षहरू दिनुभएको छैन, त्यसकारण तँसँग कुनै विकल्प छैन। तैँले तँमा यस क्षेत्रमा जन्मजात रूपमा सामर्थ्य कमी भएको र परमेश्‍वरको घरद्वारा यस क्षेत्रमा तोकेको प्रतिभा छनौटको मानक पूरा गर्न नसकेको कारणले मात्रै गुनासो गर्न, गनगन गर्न, वा मनमा रिस पाल्न मिल्दैन, र त्यसपछि यस क्षेत्रमा कर्तव्य गर्न अनिच्छुक बन्न मिल्दैन, परमेश्‍वरको घरले तँलाई गर्न माग गरे पनि गर्न इन्कार गर्न मिल्दैन—यो अनुपयुक्त हुन्छ। यो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने सही मनोवृत्ति होइन। तैँले जे गर्न सक्छस्, त्यही गर्। तँ त्यसको लागि उपयुक्त छैनस् वा त्यसमा सिपालु छैनस् भन्दैमा तैँले त्यो कुरा गर्न इन्कार गर्न, परमेश्‍वरको घरले तँलाई गर्न माग गरे पनि त्यसलाई गर्न इन्कार गर्न सक्दैनस्। यसो गरेर, तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुँदैनस्—तैँले व्यक्तिगत चाहनाहरू पूरा गरिरहेको हुन्छस् र आफ्नै उद्यम सञ्चालन गरिरहेको हुन्छस्। तैँले परमेश्‍वरप्रति समर्पणको मनोवृत्तिले निर्वाह गरिरहेको हुँदैनस्, न त परमेश्‍वरप्रति इमानदारी र बफादारीको मनोवृत्तिले नै कर्तव्य निर्वाह गरिरहेको हुन्छस्। यसो गर्नु अनुपयुक्त हुन्छ। यो मानिसहरूले बुझ्नुपर्ने कुरा हो। एकातिर, रुचि, सोख, र सबल पक्षहरूलाई सही तरिकाले बुझ्नुपर्छ; अर्कोतिर, रुचि, सोख, र सबल पक्षहरूलाई सही तरिकाले लिनुपर्छ।

कतिपय मानिसहरूलाई लेख लेख्न र साहित्यसँग सम्बन्धित काममा संलग्न हुन मन पर्छ। तिनीहरू सधैँ लेखहरूलाई परिमार्जन गर्न र शुद्धाशुद्धि जाँच गर्न, हरेक दिन लेखहरूमा काम गर्न चाहन्छन्। तर, विभिन्न कारणहरूले—व्यक्तिपरक र वस्तुगत दुवै कारणहरूले—तिनीहरू यो कामको लागि उपयुक्त हुँदैनन्। एकातिर, तिनीहरूमा साहित्यको क्षेत्रमा आधारभूत ज्ञानको कमी हुन्छ; अर्कोतिर, तिनीहरूको क्षमता तुलनात्मक रूपमा कमजोर हुन्छ, र तिनीहरूमा बोध सामर्थ्य हुँदैन। त्यसकारण, तिनीहरूले साहित्यप्रति अनुराग राख्ने भए पनि र केही वर्षसम्म अभ्यास गरे पनि, तिनीहरू अझै पनि लेखन क्षमता भएको स्तरमा पुग्न सक्दैनन्। तर, परमेश्‍वरको घरले मानिसहरूलाई लेखन-पठनको काममा संलग्न हुन कम्तीमा आधारभूत क्षमता हुनुपर्छ भनी माग गर्छ। यदि तिनीहरूको क्षमता लेखन-पठनको काम गर्नका लागि उपयुक्त छैन भने, र तिनीहरूले लेखहरूलाई परिमार्जन र शुद्धाशुद्धि जाँच गर्दा पनि मानक पूरा गर्दैनन् भने, तिनीहरूले अर्को कर्तव्य मात्रै रोज्न सक्छन्। तिनीहरू केही सामान्य मामिलाका काम गर्न वा केही सामग्रीहरू सङ्कलन गर्नका लागि मात्रै उपयुक्त हुन सक्छन्। छोटकरीमा, तिनीहरूले आफ्नो हृदयमा मन पराएको लेखन-पठनको काम तिनीहरूले गर्न नसक्ने कुरा हो—तिनीहरूलाई लेखन-पठनको कामबाट बर्खास्त नगरिए पनि, तिनीहरू ठाउँ ओगट्ने मात्रै हुन्छन् र कुनै खास परिणाम प्राप्त गर्दैनन्। मानिसहरूले यस्तो कुरालाई शुद्ध तरिकाले कसरी बुझ्नुपर्छ? (तिनीहरूले परमेश्‍वरको घरका प्रबन्धहरूमा समर्पित हुन र विवेकी हुन सिक्नुपर्छ।) यो सामान्य निर्देशन हो—मानिसहरूले विशेष रूपमा कसरी अभ्यास गर्नुपर्छ? यदि ऊ विकृतिमा फस्ने झुकाउ भएको व्यक्ति हो भने, उसले यसो भन्छ, “सबैले रुचि र सोखहरू परमेश्‍वरले दिनुभएको हो, ती जन्मजात अवस्थाहरू हुन् भनी भन्छन्। परमेश्‍वरले मलाई यो रुचि र सोख दिनुभएको हुनाले, परमेश्‍वरले मलाई पक्कै पनि यससँग सम्बन्धित काममा संलग्न हुन नियोजन गर्नुभएको हो। यो परमेश्‍वरले नियोजन गर्नुभएको हुनाले, परमेश्‍वरको घरमा, यो रुचि र सोखसँग सम्बन्धित काम मलाई दिइनुपर्छ—यसमा मेरो पनि भाग हुनुपर्छ। यदि मलाई यो काम गर्न दिइएन भने, यो मानिसहरूको समस्या हो—यसको अर्थ मानिसहरूले मलाई हेला गर्छन्, यसको अर्थ अगुवा र कामदारहरूलाई मानिसहरूको मूल्याङ्कन गर्न आउँदैन। म एक प्रतिभाशाली व्यक्ति यहाँ छु, तर मलाई चिन्न सक्ने कुनै समझदार प्रतिभा पारखी छैन! मलाई साहित्य यति धेरै मन पर्छ, र म यसमा साँच्चै सिपालु छु—मलाई लेखहरू परिमार्जन गर्न अत्यन्तै सजिलो लाग्छ। मलाई सुसमाचार प्रचार गर्न वा शारीरिक श्रम गर्न पठाउनु—के यो सानो कामको लागि ठूलो क्षमताको प्रयोग गर्नु होइन र? के यो एक प्रतिभाशाली व्यक्तिलाई खेर फाल्नु होइन र? के यो सुनलाई माटोमा गाड्नु जस्तै होइन र? मैले गर्न सक्ने केही छैन—होचो छानामुनि, व्यक्तिसँग टाउको निहुर्‍याउने बाहेक अरू कुनै विकल्प हुँदैन! तर एउटा भनाइ छ: सक्‍कली सुन अन्तमा चम्किन्छ। पर्खँदै गर—सायद यो परमेश्‍वरले मलाई शोधन गरिरहनुभएको हो, मलाई जाँचिरहनुभएको हो। एक दिन, म पक्कै पनि परमेश्‍वरले मेरा लागि नियोजन गर्नुभएको काममा, मेरो रुचिसँग सम्बन्धित काममा संलग्न हुनेछु। राम्रा कुराहरूका लागि पर्खनु उचित नै हुन्छ। जब तिमीहरू सबै हटाइन्छौ, त्यो मेरो चम्कने समय हुनेछ—त्यतिबेला मैले आफ्नो सीप प्रयोग गर्ने मौका पाउनेछु! भनाइ नै छ, ‘बदला लिन भलाद्‍मीलाई कहिल्यै ढिला हुँदैन,’ र ‘सास भइन्जेल आस हुन्छ।’” तिमीहरूलाई यी दृष्टिकोणहरू कस्तो लाग्छ? ती गलत छन्, होइन र? त्यस्ता मानिसहरूले पक्कै पनि मीठो कल्पना गरिरहेका हुन्छन् र दीर्घकालीन योजनाहरू समेत बनाइरहेका हुन्छन्, तर तिनीहरूसँग साँच्चै वास्तविक क्षमता हुन्छ कि हुँदैन भन्‍ने कुरा अज्ञात हुन्छ। कतिपय मानिसहरूले त अन्यायमा परेको महसुस गर्दै यसो भन्छन्, “म एक स्वाभाविक रूपमा प्रतिभाशाली साहित्यिक प्रतिभा हुँ, तैपनि मलाई दिनभरि हिलोमा लतपतिने शारीरिक श्रम गर्न पठाइएको छ। अनि यसबारे म कसलाई गुहारूँ? मैले गर्न सक्ने केही छैन—परमेश्‍वरले यसलाई यसरी नै योजनाबद्ध गर्नुभएको छ। मसँग के विकल्प छ र?” वास्तवमा, शुद्धाशुद्धि जाँच टोलीले तिनीहरूलाई पहिले नै जाँचिसकेको हुन्छ, र तिनीहरूको लेखन कौशल अपर्याप्त हुन्छ। तिनीहरूसँग कुनै साहित्यिक आधार हुँदैन, यहाँसम्म कि तिनीहरूले सही विराम चिह्न पनि प्रयोग गर्दैनन्। जहाँ-जहाँ वाक्य टुक्र्याउनुपर्ने वा रोकिनुपर्ने हो, तिनीहरूले अल्पविराम प्रयोग गर्छन्। तैपनि, तिनीहरू अझै पनि आफूलाई साहित्यिक प्रतिभा ठान्छन्, र शारीरिक श्रम गर्नु प्रतिभाको बर्बादी हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूको हृदय गुनासोले भरिएको हुन्छ: “म साहित्यप्रतिको प्रेम लिएर जन्मेको हुँ। बाल्यकालमा, मलाई कथाका पुस्तकहरू पढ्न मन पर्थ्यो। म ठूलो भएपछि, मलाई प्रसिद्ध व्यक्तिहरूले लेखेका कृतिहरू पढ्न मन पर्थ्यो। मैले स्वदेशी र विदेशी दुवै खालका धेरै साहित्यिक उत्कृष्ट कृतिहरू पढेको छु; मैले नाटक, गद्य, कविता लगायत सबै विधाहरूका धेरै कृतिहरू पढेको छु। लेखन-पठनको काम गर्नु मेरा लागि सहज छ; लेख लेख्नु मेरा लागि अत्यन्तै सजिलो काम हो। तर अहिले मलाई हेर—मलाई फोहोर, थकाइलाग्दो श्रम गर्ने स्तरमा झारिएको छ। आधा जीवनदेखिको मेरो साहित्यप्रतिको प्रेमलाई परमेश्‍वरको घरमा अस्वीकार गरिएको छ। मैले मेरो जीवनभरि सङ्कलन गरेको सबै ज्ञानले परमेश्‍वरको घरमा कुनै उपयोग पाएन—मेरो साहित्यिक करियर समाप्त भएको छ! म त परमेश्‍वरको घर यस्तो ठाउँ हो जहाँ सत्यताले शक्ति हातमा लिन्छ, जहाँ निष्पक्षता र धार्मिकताले शक्ति हातमा लिन्छ भन्‍ने सोच्थेँ। म जस्तो एक महान् प्रतिभा, एक साहित्य उत्साहीलाई संसारमा बेवास्ता गरियो र हेला गरियो, र आफ्नो सीप प्रयोग गर्ने कुनै मौका दिइएन। मैले त परमेश्‍वरको घरमा, मैले मेरा बाँकी प्रयासहरूलाई प्रयोगमा ल्याउन सक्छु भन्‍ने सोचेको थिएँ। उत्साहले भरिएर, मैले शुद्धाशुद्धि जाँच टोलीको लागि नाम लेखाएँ, तर म छनौटमा परिनँ। मलाई हेर त—अहिले यहाँ उभिँदा, कसले भन्न सक्छ कि म एक साहित्य उत्साही, एक साहित्यिक प्रतिभा हुँ भनेर? मेरो सबै साहित्यिक प्रतिभा यो फोहोर, थकाइलाग्दो श्रमले खियाइसकेको छ। अब, मेरो मुखबाट निस्कने कुराहरू केवल अशिष्ट र गाउँले शब्दहरू हुन्।” तिनीहरूले आफ्नो हृदयमा धेरै अन्यायमा परेको महसुस गर्छन्। तिनीहरूले मुखले त आफू परमेश्‍वरको योजनाबद्ध कार्यको अधीनमा रहनेछु र परमेश्‍वरको घरले जे गर्न भन्छ त्यही गर्नेछु भने पनि, तिनीहरूको हृदयमा, तिनीहरूसँग गलत आत्म-मूल्याङ्कन हुन्छ, तिनीहरूले गल्तीले आफ्नो रुचि र सोखलाई सबल पक्षको रूपमा, परमेश्‍वरको निम्ति प्रयोगयोग्य कुराको रूपमा लिएका हुन्छन्, तिनीहरूले आफ्नो स्थान भेट्टाएका हुँदैनन्, तिनीहरूले आफ्नो खास अवस्थालाई चिनेका हुँदैनन्, आफ्नो वजन कति छ भनेर थाहा पाएका हुँदैनन्, र तिनीहरूलाई आफ्नो रुचि र सोखहरू साँच्चै आफू सिपालु भएको कुरा हो कि होइन भन्‍ने थाहा हुँदैन—तिनीहरू यी सबैबारे अस्पष्ट र अनभिज्ञ हुन्छन्, तैपनि आफूलाई साहित्यिक प्रतिभा भएको दाबी गर्छन्, केवल आफूलाई साहित्यिक महारथी भन्न मात्रै बाँकी हुन्छ। यसको अन्तिम परिणाम के हुन्छ? (तिनीहरू मण्डलीका प्रबन्धहरूप्रति गुनासोले भरिएका हुन्छन्, र तिनीहरूको हृदयमा, तिनीहरू अधीनमा बस्‍न अनिच्छुक हुन्छन्।) तिनीहरूले आफ्नो हृदयमा निरन्तर अन्यायमा परेको महसुस गर्छन्। आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूले अल्छी नगरे पनि र पूरा प्रयास गर्न सके पनि—तिनीहरू केवल मुस्किलले अधीनमा बसे पनि—तिनीहरूको गलत आत्म-मूल्याङ्कनको कारण, तिनीहरूले अन्यायमा परेको महसुस गर्छन्। एउटा विचार बारम्बार तिनीहरूको मनमा आउँछ: “संसारमा धेरै द्रुत घोडाहरू छन्, तर घोडाहरूका असल पारखी थोरै छन्।” कस्ता द्रुत घोडाहरू? कस्ता असल पारखीहरू? तिनीहरूलाई कुनै निश्‍चित क्षेत्रमा अलिकति रुचि र अनुराग भएकोले, र तिनीहरूले पछि त्यसलाई व्यवस्थित रूपमा अध्ययन गरेकोले, तिनीहरू आफूलाई अतुलनीय ठान्छन्, आफूलाई “द्रुत घोडाहरू” ठान्छन्, र आफू प्रतिभाशाली भएको विश्‍वास गर्छन्। के यो पूर्ण रूपमा आत्म-सचेतनाको कमी हुनु होइन र? तिनीहरू रुचि र सोखहरू परमेश्‍वरले दिनुभएको हो भनेर मात्रै विश्‍वास गर्छन्, तर परमेश्‍वरले तिनीहरूलाई कस्तो क्षमता दिनुभएको छ भनेर तिनीहरूले चिन्न सक्दैनन्। तिनीहरू आफूले रुचि र अनुराग राख्ने कुराहरूमा साँच्चै सिपालु छन् कि छैनन्, र तिनीहरूले आफ्नो रुचि र सोखसँग सम्बन्धित काम र कर्तव्य साँच्चै राम्ररी पूरा गर्न सक्छन् कि सक्दैनन्, तिनीहरू त्यसमा सक्षम छन् कि छैनन्, र तिनीहरूले त्यसको बोझ लिन सक्छन् कि सक्दैनन् भन्‍नेबारे तिनीहरू अस्पष्ट हुन्छन्। तिनीहरू यसबारे अस्पष्ट हुन्छन् र तिनीहरूले यसबारे जान्दैनन्। के यो धेरै झन्झटिलो कुरा होइन र? (हो।) तिनीहरूले आफ्नो स्थान चिन्न वा भेट्टाउन नसक्ने हुनाले, तिनीहरूले धेरै अन्यायमा परेको महसुस गर्छन्। तिनीहरूले बाहिरी रूपमा के प्रदर्शन गर्छन्? तिनीहरूले प्रायः गहिरो सास फेर्छन् र बारम्बार परमेश्‍वरको सामु आफ्नो सङ्कल्प व्यक्त गर्छन्, एक दिन परमेश्‍वरले तिनीहरूका लागि अवसर सिर्जना गर्नुहुनेछ, तिनीहरूका गुनासाहरूलाई सम्बोधन गर्नुहुनेछ, तिनीहरूका लागि इन्साफ कायम गर्नुहुनेछ, र तिनीहरूलाई आफ्नो रुचि र सोखसँग सम्बन्धित कर्तव्य पूरा गर्ने तिनीहरूको इच्छा पूरा गर्न दिनुहुनेछ भनी आशा गर्छन्। तिनीहरूले प्रायः गाउने गीत हेर: “म अगाडिको बाटोबारे सोच्दिनँ।” अर्को लाइन के हो? (“मेरो एकमात्र बाध्यकारी कर्तव्य परमेश्‍वरको इच्छा पछ्याउनु हो।”) साँच्चै यो कद भएका, साँच्चै यो वास्तविकता भएका, र साँच्चै परमेश्‍वरको इच्छा पछ्याउन सक्षम भएकाहरूका लागि, यो गीत गाउनु पूर्ण रूपमा उपयुक्त हुन्छ—यो ठ्याक्कै उचित हुन्छ। तर जब यस्तो व्यक्तिले यो गीत गाउँछ, उसको भावनात्मक अवस्था कस्तो हुन्छ? उसले कुन अवस्थामा यो गीत गाइरहेको हुन्छ? (जब तिनीहरूले गुनासो गरिरहेका र अन्यायमा परेको महसुस गरिरहेका हुन्छन्।) त्यसैले जब तिनीहरूले यो गीत गाउँछन्, के तिनीहरूले गाएको कुरा रिसले भरिएको हुँदैन र? (हुन्छ।) तिनीहरूले गाएको कुरा गुनासा, अवज्ञा, र असंतोषले भरिएको हुन्छ—यो शोक र गुनासोबाहेक केही होइन। जब तैँले तिनीहरूलाई यो गीत गाएको सुन्छस्, त्यो बेला तिनीहरू सबैभन्दा उदास हुन्छन्। चीनमा एउटा भनाइ छ—त्यो कस्तो छ? “पुरुषहरूले गाएर शोक व्यक्त गर्छन्, महिलाहरूले रोएर शोक व्यक्त गर्छन्, र बूढी हजुरआमाहरूले गनगनिएर शोक व्यक्त गर्छन्।” हेर् त, फरक-फरक प्रकारका मानिसहरूले आफ्नो शोक फरक-फरक तरिकाले व्यक्त गर्छन्। कतिपय महिलाहरूले, जब यस्तो अवस्थाको सामना गर्छन्, तब तिनीहरू रुन्छन् मात्र, गोप्य रूपमा निरन्तर आफ्नो आँसु पुछिरहन्छन्। तिनीहरूले त्यसलाई त्याग्न सक्दैनन्, र हरेक पटक जब तिनीहरू यसबारे सोच्छन्, तिनीहरूका आँखा आँसुले राता हुन्छन्, र तिनीहरूको हृदयले अन्यायमा परेको र पीडित भएको महसुस गर्छ। तिनीहरूले यो कुरालाई सही तरिकाले लिनै सक्दैनन्। वास्तवमा, यो धेरै सरल कुरा हो—रुचि र सोख, र सबल पक्षहरू, स्वाभाविक रूपमा दुई अलग-अलग कुराहरू हुन्। यदि तँसँग कुनै निश्‍चित सबल पक्ष छ भने, चाहे त्यो तेरो रुचि र सोख होस् वा नहोस्, तँ त्यो सबल पक्षसँग सम्बन्धित कामको लागि राम्ररी उपयुक्त हुन्छस्—अर्थात्, तेरो जन्मजात क्षमता, प्रतिभा, वा योग्यताले तँलाई त्यो विशेष कुरा गर्नमा सिपालु बनाउँछ, र तैँले त्यो राम्ररी गर्न सक्छस्—त्यस्तो अवस्थामा, जब तँ त्यो काममा संलग्न हुन्छस्, तब तैँले निश्‍चित परिणामहरू हासिल गर्न सक्छस्, र त्यो गर्नु तेरा लागि तुलनात्मक रूपमा उपयुक्त हुन्छ। तर, यदि तँसँग यस क्षेत्रमा रुचि र सोख मात्रै छ तर यसमा सबल पक्ष छैन भने, तैँले त्यो राम्ररी गर्न सक्छस् नै भन्‍ने हुँदैन। यो धेरै सरल कुरा हो। मानिसहरूको ढिपी र विकृत बोध, साथै तिनीहरूको मूर्खता र अज्ञानताको कारणले, जब तिनीहरू आफूले रुचि राख्ने काममा संलग्न हुन सक्दैनन्, तब तिनीहरू हतोत्साहित, दिक्दार, र नकारात्मक बन्छन्, र तिनीहरूले गुनासो गर्छन्, र सबै प्रकारका नकारात्मक भावनाले भरिन्छन्। त्यसकारण, मानिसहरूले आफ्नो रुचि, सोख, र सबल पक्षहरूको खास अवस्था बुझ्‍नु धेरै आवश्यक छ। एक पटक तिनीहरूले बुझेपछि, तिनीहरूले तिनलाई सही तरिकाले लिनुपर्छ—यो एउटा पक्ष हो। अर्को पक्ष यो हो कि तिनीहरू परमेश्‍वरको घरका प्रबन्धहरूमा समर्पित हुनुपर्छ र तिनीहरूले परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यदि परमेश्‍वरको घरले तँलाई कुनै निश्‍चित क्षेत्रमा आफ्नो कर्तव्य निर्वाह गर्न माग गर्छ तर तँ यस क्षेत्रको काममा सिपालु छैनस्, केवल यसमा रुचि राख्छस् र अनुराग राख्छस्, र यो काम गर्न मन पराउँछस्, तैपनि परमेश्‍वरको घरले माग गरेको सबैभन्दा न्यून मानकअनुसार, तँ त्यसमा मुस्किलले सक्षम हुन सक्छस् भने, तँ समर्पित हुनुपर्छ र तैँले आफ्नो भूमिका निर्वाह गर्न प्रयास गर्नुपर्छ—इन्कार गर्न वा अस्वीकार गर्न सबै प्रकारका वस्तुगत बहानाहरू नखोज्। अवश्य पनि, यदि विभिन्न क्षेत्रमा तेरा जन्मजात अवस्थाहरू सीमित छन् वा तँसँग केही वास्तविक समस्याहरू छन्, र परमेश्‍वरको घरले तँलाई यस क्षेत्रमा कर्तव्य निर्वाह गर्न दिन सक्दैन भने, तैँले गुनासो गर्नु हुँदैन, न त तँ नकारात्मक वा कमजोर नै बन्नुपर्छ। तैँले जे गर्न सक्छस्, त्यही गर्। तेरा रुचि र सोखहरूका हकमा, तिनलाई आफ्नै लागि राख्—मण्डलीका मानिसहरूले हस्तक्षेप गर्दैनन्, न त तिनीहरूले निश्‍चित कुराहरूमा रुचि राख्ने वा अनुराग राख्ने तेरो अधिकार खोस्नेछन्। त्यो तेरो व्यक्तिगत कुरा हो। तर, जब कर्तव्य निर्वाह गर्ने कुरा आउँछ, तब तैँले रुचि, सोख, र सबल पक्षहरूसम्बन्धी सबै विभिन्न मामिलाहरूलाई स्पष्ट रूपमा खुट्ट्याउनुपर्छ, र तैँले ती सबैलाई सही तरिकाले लिन सक्नुपर्छ—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। के तिमीहरूले बुझ्यौ? (बुझ्यौं।)

धेरै मानिसहरूका कुनै निश्‍चित क्षेत्रमा रुचि र सोखहरू हुन्छन्। यस्ता केही मानिसहरू पनि हुन्छन् जसका कुनै पनि रुचि वा सोखहरू हुँदैनन्। अर्थात्, संसारमा मानिसहरू बारम्बार सम्पर्कमा आउने कुनै पनि पेसा वा विशेष गतिविधि, वा विभिन्न मानिस, घटना, र कामकुराहरूका सम्बन्धमा तिनीहरूसँग कुनै विशेष रुचि वा अनुराग हुँदैन—तिनीहरू साधारण मानिसहरू मात्रै हुन्छन्। उदाहरणका लागि, यदि कसैले तिनीहरूलाई साहित्यप्रति अनुराग छ कि छैन, तिनीहरूले सामान्यतया डायरी लेख्छन् कि लेख्दैनन् वा लेखहरू लेख्छन् कि लेख्दैनन् भनेर सोध्यो भने, तिनीहरूले यसो भन्छन्, “मलाई यसप्रति अनुराग छैन र म यसमा सिपालु पनि छैन। मैले पढ्न वा लेख्न सुरु गर्नेबित्तिकै, मेरो टाउको दुख्छ।” यदि तिनीहरूलाई पढ्नका लागि केही साहित्यिक उत्कृष्ट कृतिहरू दिइयो भने, तिनीहरूलाई त्यो बोझिलो लाग्छ, र तिनीहरू आफ्नो हृदयमा पूर्ण रूपमा अनिच्छुक हुन्छन्। कतिले त यसो पनि भन्छन्, “सधैँ पाठ्य सामग्रीमा हेरिरहँदा मेरो आँखालाई तनाव हुन्छ र मलाई बूढो बनाउँछ, त्यसैले मलाई साहित्य मन पर्दैन।” यदि तैँले तिनीहरूलाई नाच्न मन पर्छ कि पर्दैन भनेर सोधिस् भने, तिनीहरूले यसो भन्छन्, “नाच्नु उचित काम होइन, यो त काम नपाएर गर्ने बित्थाको काम हो। मलाई नाच्न मन पर्दैन।” हेर् त, तिनीहरूलाई यो कुरा मन पर्दैन र तिनीहरूले यसको लागि कारण पनि भेट्टाउँछन्, र यो उचित काम होइन भन्छन्। अरूले त परमेश्‍वरको प्रशंसा गर्न नाच्छन्—यो कति सकारात्मक कुरा हो! परमेश्‍वरको प्रशंसा गर्न गाउनु, नाच्नु, वीणा र सारङ्गी बजाउनु—यो प्राचीन कालदेखि नै गरिँदै आएको कुरा हो; यो परमेश्‍वरले अनुमोदन गर्नुहुने कुरा हो, त्यसोभए यो कसरी उचित काम नहुन सक्छ र? तर तिनीहरूका लागि, तिनीहरूले मन नपराउने सबै कुरालाई तिनीहरूले तुच्छ पार्छन् र नकारात्मक कुराको रूपमा बोल्छन्। जब “तिमीलाई नाच्न मन पर्दैन—त्यसोभए के तिमीलाई गाउन मन पर्छ?” भनेर सोधिन्छ, “के ‘गाउनु’? मैले गाउन सुरु गर्नेबित्तिकै, म बेसुरा हुन्छु। मलाई आफैलाई सुन्न पनि असह्य लाग्छ। मलाई गाउन मन पर्दैन। अहिले परमेश्‍वरमा विश्‍वासी भएपछि मात्रै मैले परमेश्‍वरका वचनहरूका केही भजनहरू र अनुभवात्मक भजनहरू सिक्न थालेको छु। मैले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, मैले कहिल्यै गीत गाइनँ; जब अरूले गाउँथे, तब म सुन्न पनि इच्छुक हुन्थिनँ।” “त्यसोभए तिमी खुसीको मुडमा हुँदा आफूलाई कसरी व्यक्त गर्छौ?” “जब म खुसीको मुडमा हुन्छु, म एकछिन सुत्छु।” “त्यसोभए जब तिमी पीडादायी कुराहरूको सामना गर्छौ र दुःखी मुडमा हुन्छौ तब के गर्छौ?” “त्यसोभए म केही खाजा खान्छु, वा एकछिन सुत्छु।” “तिमीलाई गाउन मन पर्दैन—त्यसोभए के तिमीलाई सङ्गीत सुन्न मन पर्छ?” “मलाई त्यस्तो रुचि छैन, र सङ्गीतमा के व्यक्त भइरहेको छ भनी म बुझ्दिनँ। तिमीहरू सबै सङ्गीतले मानिसहरूका विभिन्न भावनाहरू व्यक्त गर्छ, त्यसले मानिसहरूका विचार र भावनाहरू व्यक्त गर्छ भन्छौ, तर म यी कुराहरू बुझ्दिनँ र तिनलाई महसुस गर्न सक्दिनँ। सङ्गीत उच्च कला हो—म जस्तो तुच्छ व्यक्तिले सङ्गीतलाई महसुस गर्न सक्दैन, र मलाई यो मन पर्दैन।” “के तिमीलाई मीठो खाना मन पर्छ?” “मलाई मीठो खाना पनि मन पर्दैन। म जे पनि खान सक्छु। म ज्याद्रो व्यक्तिको रूपमा जन्मेको हुँ। म मकैको पिठो खान सक्छु, म केक खान सक्छु, म चिनियाँ खाना वा पश्चिमी खाना खान सक्छु—जे पनि। अनि यदि म भोकले मर्न लागेको छु र खानलाई केही छैन भने, म कुकुरको खाना पनि खान सक्छु।” त्यस्ता मानिसहरू यस्तै ज्याद्रो हुन्छन्। केही महिलाहरूलाई सोध्, “के तिमीलाई सौन्दर्य प्रसाधन मन पर्छ?” तिनीहरूले यसो भन्छन्, “मलाई तिनमा कुनै रुचि छैन। म जस्तो जन्मेको हुँ त्यस्तै देखिन्छु—जसले मलाई हेर्न चाहन्छ उसले हेर्न सक्छ, र जसले मलाई हेर्न चाहँदैन उसले नहेरे हुन्छ!” केही पुरुषहरूलाई सोध्, “के तिमीलाई इलेक्ट्रोनिक्स वा कार जस्ता यान्त्रिक कुराहरू मन पर्छ?” तिनीहरूले यसो भन्छन्, “ती कुराहरू मन पराउनुको के फाइदा? यसले मन र मस्तिष्क दुवैलाई थकाउँछ। यदि मसँग समय छ भने, एकछिन सुत्नु वा अनौपचारिक कुराकानी गर्नु राम्रो हुन्छ!” तिनीहरूलाई केही पनि मन पर्दैन र तिनीहरूका कुनै पनि रुचि वा सोखहरू हुँदैनन्। चाहे त्यो जैविक होस्, प्राविधिक होस्, उच्च-स्तरीय होस्, वा निम्न-स्तरीय होस्, तिनीहरूलाई कुनै पनि कुरा मन पर्दैन। जब यसो भनेर सोधिन्छ, “मानवतासँग सम्बन्धित यी कुराहरू, चाहे ती शिष्ट होऊन् वा सामान्य मानिसहरूको रुचिका होऊन्—तँलाई कुनै पनि मन पर्दैन। त्यसोभए के तँलाई बिराला, कुकुर, र चराहरू जस्ता साना जनावरहरू मन पर्छ?” तब तिनीहरूले यसो भन्छन्, “मलाई ती झनै मन पर्दैन। जनावरहरूले मानिसहरूसँग कुरा गर्न सक्दैनन्—तिनलाई मन पराउनुको के फाइदा?” कतिपय मानिसहरूलाई कुकुरमा रुचि हुन्छ। तिनीहरू प्रायः कुकुरहरूसँग कुरा गर्छन्, र कुकुरहरूले त मानिसको बोली पनि बुझ्‍न सक्छन्। कतिपय मानिसहरूका कुनै पनि सोखहरू हुँदैनन् र तिनीहरूलाई कुनै पनि कुरामा रुचि हुँदैन—यस्ता धेरै मानिसहरू छन्। कतिपय मानिसहरूले यसो भन्छन्, “हामी केही रुचि र सोखहरू लिएर जन्मेका हुन्छौँ—ती परमेश्‍वरले दिनुभएको हो। विशेष गरी हामीमध्ये जोसँग कुनै निश्‍चित क्षेत्रमा सबल पक्ष छ, जो यस क्षेत्रमा असाधारण र उत्कृष्ट प्रतिभा लिएर जन्मेका छन्—यो सबै परमेश्‍वरको अनुग्रह हो, परमेश्‍वरले उच्च पार्नुभएको हो, परमेश्‍वरले हामीलाई निगाहको दृष्टिले हेर्नुभएको हो। विशेष गरी आजकल, परमेश्‍वरको घरमा हाम्रो रुचि, सोख, वा सबल पक्षहरूसँग सम्बन्धित कर्तव्य निर्वाह गर्दा त हाम्रो पहिचान र मूल्य झनै अतुलनीय रूपमा सम्माननीय र असाधारण बन्छ। जसका कुनै सोख वा सबल पक्षहरू छैनन् तिनीहरूले केवल केही आधारभूत श्रम र प्राविधिक सीप नचाहिने काम मात्रै गर्न सक्छन्, जस्तै अतिथिसत्कार गर्ने कर्तव्य, खाना पकाउने, सफा गर्ने, वा तरकारी उमार्ने, सुँगुर पाल्ने, र कुखुरालाई खुवाउने। त्यसोभए मानिसहरूको रुचि, सोख, र सबल पक्षहरूको हिसाबमा, के मानिसहरूलाई उच्च र निच, कुलीन र तुच्छ भनेर छुट्याइँदैन र? के तिनीहरूबीच पदानुक्रमिक भिन्नता हुँदैन र?” के यो दृष्टिकोण सही छ? (छैन।) हेर् त, परमेश्‍वरले कतिपय मानिसहरूलाई सबल पक्षहरू दिनुभएको छ, कतिपय मानिसहरूका निम्ति निश्‍चित रुचि र सोखहरू नियोजन गर्नुभएको छ, जबकि अरू कतिपय मानिसहरूका लागि, परमेश्‍वरले केही पनि नियोजन गर्नुभएको छैन—तिनीहरूसँग कुनै पनि सबल पक्षहरू हुँदैनन्, तिनीहरूले गाउन वा नाच्न सक्दैनन्, साहित्य बुझ्दैनन्, र तिनीहरू सबै प्रकारका पेसागत सीपहरूबाट पूर्ण रूपमा अनभिज्ञ हुन्छन्। संयोगवश, कुनै अतिथि सत्कारक परिवारले दुई वटा कुकुर पालेको हुन सक्छ, त्यसैले त्यस्तो कुनै सबल पक्ष नभएको व्यक्तिलाई कुकुरहरूलाई खुवाउन लगाउनु उपयुक्त हुनुपर्छ—यो सबैभन्दा सरल काम हो। तर कुकुरहरूलाई खुवाउनुबाहेक, तिनीहरूले तिनलाई हिँडाउन लैजाँदैनन्, र तिनको हेरचाह कसरी गर्ने भनी जान्दैनन्। एक वा दुई वर्षसम्म तिनलाई खुवाएपछि, कुकुरहरूले समेत तिनीहरूलाई आफ्नो मालिकको रूपमा चिन्दैनन् र तिनीहरूसँग नजिक हुँदैनन्। मलाई भन्, यो कस्तो प्रकारको व्यक्ति हो? कुनै निश्‍चित क्षेत्रमा रुचि र सोख वा सबल पक्षहरू भएकाहरूसँग तुलना गर्दा, के त्यहाँ भिन्नता छैन र? स्पष्ट रूपमा, यी दुई प्रकारका मानिसहरू हुन् जसका जन्मजात अवस्थाहरूमा भिन्नताहरू छन्: एक प्रकारका मानिसहरू श्रेष्ठताको बलियो भावनाका साथ जिउँछन्, र समृद्ध र पूर्ण जीवन जिउँछन्, जबकि अर्को प्रकारका मानिसहरू खाली जीवन जिउँछन्, र कुनै श्रेष्ठताको भावनाविना जिउँछन्। त्यसोभए यदि मानिसहरूलाई यस सिद्धान्तको आधारमा हैसियत र मूल्यमा भएको भिन्नताद्वारा छुट्याइयो भने, के त्यो उपयुक्त हुन्छ? (हुँदैन।) त्यसोभए कुन सिद्धान्तअनुसार तिनीहरूलाई छुट्याउनु उपयुक्त हुन्छ त? मलाई भन्, के मानिसहरूबीच भिन्नताहरू छन्? (छन्।) भिन्नताहरू कहाँ छन्? मानिसहरूलाई कसरी छुट्याउनुपर्छ? कम्तीमा पनि, व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भनी हेर्नुपर्छ—तिनीहरूको सार, तिनीहरूको उच्चता र निचता, तिनीहरूको कुलीनता र तुच्छता, र तिनीहरूको वर्गलाई सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको आधारमा छुट्याउनुपर्छ। सैद्धान्तिक रूपमा, के मानिसहरूलाई यसरी अत्यन्तै सजिलो गरी छुट्याउन सकिँदैन र? (सकिन्छ।) के मानिसहरूलाई यसरी छुट्याउनु राम्रो हो? (हो।) तर के तिनीहरूलाई यसरी छुट्याउनु अलि धेरै सरल भएन र? कतिपय मानिसहरूसँग कुनै पनि जन्मजात सबल पक्षहरू हुँदैनन्, न त तिनीहरूसँग कुनै रुचि वा सोखहरू नै हुन्छन्—तिनीहरू धेरै मामूली मानिसहरू, धेरै सरल मानिसहरू हुन्। तर, तिनीहरूले सत्यतालाई प्रेम गर्छन्, सत्यता बुझ्छन्, सत्यताको अनुभव र बुझाइ राख्छन्, र जब तिनीहरूले सत्यताको बारेमा सङ्गति गर्छन्, तब तिनीहरूले परमेश्‍वरका वचनहरूको आफ्नो बुझाइ बाँड्न सक्छन्; जीवन प्रवेशमा, तिनीहरू औसत व्यक्तिभन्दा राम्रा हुन्छन्। तिनीहरूले धेरै मानिसहरूलाई मद्दत गर्न सक्छन्। त्यसोभए के तैँले त्यस्ता मानिसहरू तुच्छ र मूल्यहीन छन् भनेर भन्न सक्छस्? (सक्दिनँ।) सैद्धान्तिक रूपमा, मानिसहरूको सार, तिनीहरूको उच्चता र निचता, तिनीहरूको कुलीनता र तुच्छता, र तिनीहरूको वर्गलाई सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको आधारमा छुट्याउनुपर्छ, तर तिनीहरूलाई ठ्याक्कै कसरी छुट्याउनुपर्छ? आज हामी यसबारे नै सङ्गति गर्नेछौँ।

आफ्नो उत्पत्तिका आधारमा मानिसहरूका तीन वर्ग

कुनै व्यक्तिमा स्वाभाविक रूपमा कुनै रुचि, सोख र सबल पक्षहरू छन् कि छैनन् भन्‍ने कुरा परमेश्‍वरद्वारा पूर्वनियोजन गरिएको हुन्छ। यदि परमेश्‍वरले ती तँलाई दिनुभयो भने, तँसँग ती हुन्छन्; यदि परमेश्‍वरले ती तँलाई दिनुभएन भने, तँसँग ती हुँदैनन्—तैँले ती सिक्न सक्दैनस्, न त तैँले नक्कल गरेर ती प्राप्त गर्न सक्छस्। तर, यदि तँसँग कुनै निश्‍चित क्षेत्रमा सबल पक्ष छ, र तैँले यसो भनिस्, “यो सबल पक्षसँग सम्बन्धित कर्तव्य निर्वाह गर्नु धेरै थकाइलाग्दो छ; मलाई यो सबल पक्ष चाहिँदैन,” तैँले यो नचाहे पनि, तैँले यसलाई हटाउन सक्दैनस्, न त अरूले यसलाई खोसेर लान सक्छन्। तँसँग जे छ, त्यो अरूले खोसेर लान सक्दैनन्; तँसँग जे छैन, त्यो तैँले खोसेर वा प्रतिस्पर्धा गरेर प्राप्त गर्न सक्दैनस्। यी सबै परमेश्‍वरको पूर्वनियोजनसँग सम्बन्धित छन्। त्यसो भन्दैमा, परमेश्‍वरले तँलाई कुनै निश्‍चित रुचि, सोख, वा सबल पक्ष दिनुको अर्थ परमेश्‍वरले तँलाई तेरो रुचि, सोख, वा सबल पक्षसँग सम्बन्धित कुनै कर्तव्य वा काम गराउनैपर्छ भन्‍ने हुँदैन। कतिपय मानिसहरूले यसो भन्छन्, “मलाई यस क्षेत्रमा कर्तव्य निर्वाह गर्न वा यससँग सम्बन्धित काममा संलग्न हुन भनिँदैन भने, मलाई किन यस्तो रुचि, सोख, वा सबल पक्ष दिइयो त?” परमेश्‍वरले अधिकांश मानिसहरूलाई हरेक व्यक्तिको विभिन्न अवस्थाहरूको आधारमा निश्‍चित रुचि र सोखहरू दिनुभएको हुन्छ। अवश्य पनि, धेरै कुराहरूलाई विचारमा लिइन्छ: एकातिर, यो मानिसहरूको जीविका र अस्तित्वका लागि हो; अर्कोतिर, यो मानिसहरूको जीवनलाई समृद्ध बनाउनका लागि हो। कहिलेकाहीँ, कुनै व्यक्तिको जीवनलाई निश्‍चित रुचि र सोखहरूको आवश्यकता पर्छ, चाहे त्यो मनोरञ्जन र आनन्दका लागि होस् वा ऊ केही उचित कार्यहरूमा संलग्न हुन सकोस् भनेर होस्, ताकि उसको मानव जीवन परिपूर्ण बनोस्। अवश्य पनि, जुनसुकै पक्षबाट हेरिए पनि, परमेश्‍वरले दिनुको पछाडि कारण हुन्छ, र परमेश्‍वरसँग नदिनुका पनि कारण र आधारहरू हुन्छन्। यस्तो हुन सक्छ, कि तेरो मानव जीवन वा तेरो अस्तित्वलाई परमेश्‍वरले तँलाई रुचि, सोख, र सबल पक्षहरू दिनु आवश्यक छैन, र तैँले आफ्नो जीविका कायम राख्न वा आफ्नो मानव जीवनलाई समृद्ध र परिपूर्ण बनाउन अन्य माध्यमहरू प्रयोग गर्न सक्छस्। छोटकरीमा, परमेश्‍वरले मानिसहरूलाई रुचि, सोख, र सबल पक्षहरू दिनुभएको होस् वा नहोस्, यो मानिसहरूको आफ्नै समस्या होइन। कसैसँग कुनै सबल पक्षहरू नभए पनि, यो तिनीहरूको मानवतामा भएको कमी होइन। मानिसहरूले यसलाई सही तरिकाले बोध गर्नुपर्छ र यसलाई सही तरिकाले लिनुपर्छ। यदि कसैसँग निश्‍चित रुचि, सोख, र सबल पक्षहरू छन् भने, तिनीहरूले तिनलाई कदर गर्नुपर्छ र तिनलाई सही तरिकाले प्रयोग गर्नुपर्छ; यदि तिनीहरूसँग छैनन् भने, तिनीहरूले गुनासो गर्नु हुँदैन। रुचि, सोख, र सबल पक्षहरूको दृष्टिकोणबाट हेर्दा, खास अवस्था यही हो। तर, कसैसँग यी कुराहरू छन् कि छैनन् भन्‍ने कुराले कुनै व्यक्तिको मूल्य, हैसियत, वा पहिचानलाई प्रतिबिम्बित गर्दैन। त्यसोभए यसले मानिसहरूलाई के बताउँछ? परमेश्‍वरले तँलाई शिष्ट रुचि, सोख, र सबल पक्षहरू दिनुभए पनि—यी तेरा निजी सम्पत्ति हुन्, ती तेरा अनुकूल अवस्थाहरू हुन्—तँसँग ती हुनुको अर्थ तँ अरू कसैभन्दा कुलीन छस्, वा तँ कुनै पनि कुरा गर्न अरू कसैभन्दा बढी अनुकूल स्थितिमा वा विशेषाधिकार प्राप्त छस् भन्‍ने होइन। किनभने परमेश्‍वरको नजरमा, कुनै व्यक्तिसँग जस्तोसुकै जन्मजात अवस्थाहरू भए पनि, तिनीहरू भ्रष्ट मानवजातिको एक सदस्य हुन्। जन्मजात अवस्थाहरूमा भ्रष्टताका तत्वहरू नभए पनि, जन्मजात अवस्थाहरू भएका सबै मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएको हुन्छ र तिनीहरू शैतानी स्वभावद्वारा जिउँछन्। तिनीहरूको जीवन सार तिनीहरूको शैतानी भ्रष्ट स्वभाव नै हो। त्यसकारण, तेरा जन्मजात अवस्थाहरू जस्तोसुकै भए पनि र तँसँग रुचि, सोख, र सबल पक्षहरू भए पनि नभए पनि, परमेश्‍वरको नजरमा, सबै मानिसहरूको जीवन सार एउटै भएकोले, तेरो मूल्य अरूको बराबर छ। मानिसहरूले स्पष्ट रूपमा के देख्नुपर्छ भने, तिनीहरूसँग केही फाइदाजनक अवस्थाहरू वा केही फाइदाहरू भए पनि, मानव सार र भ्रष्ट स्वभावको हिसाबमा, सबै मानिसहरूको सार एउटै हो र सबै मानिसहरू एउटै हुन्। तिनीहरूले परमेश्‍वरको सजाय र न्यायबाट गुज्रनुपर्छ, र तिनीहरू सबै परमेश्‍वरले मुक्ति दिन चाहनुभएकाहरू हुन्। मानिसहरूको देहको जीवन सारको हिसाबमा, मानिसहरू एउटै हुन्। तर, अर्को दृष्टिकोणबाट हेर्दा, मानिसहरूबीच केही भिन्नताहरू छन्, र हामीले यी भिन्नताहरूका बारेमा विस्तृत रूपमा सङ्गति गर्नुपर्छ। यी भिन्नताहरूलाई कसरी पहिचान गर्नुपर्छ? तिनलाई मानिसहरूको उत्पत्तिबाट जाँच्नुपर्छ। “उत्पत्ति” ले केलाई जनाउँछ? यसले कुनै व्यक्ति केबाट पुनर्जन्म भएको हो भन्‍ने कुरालाई जनाउँछ—भिन्नताहरू तिनीहरू कसरी अस्तित्वमा आए र तिनीहरू केबाट आए भन्‍ने आधारमा गरिन्छ। मोटामोटी रूपमा भन्दा, यो मानवजातिलाई तीन श्रेणीमा विभाजन गरिएको छ। पहिलो श्रेणी जनावरहरूबाट पुनर्जन्म भएकाहरू हुन्, दोस्रो विभिन्न दियाबलसहरूबाट पुनर्जन्म भएकाहरू हुन्, र तेस्रो मानिसहरूबाट पुनर्जन्म भएकाहरू हुन्। यी तीन श्रेणीहरूले मानिसहरूलाई जडबाटै छुट्याउँछन्। तिनीहरूले मानिसहरूलाई छुट्याउन सक्नुको कारण विभिन्न श्रेणीका मानिसहरूको उत्पत्ति एउटै छैन भन्‍ने हो। त्यसोभए को जनावरहरूबाट पुनर्जन्म भएको हो, को दियाबलसहरूबाट पुनर्जन्म भएको हो, र को मानिसहरूबाट पुनर्जन्म भएको हो भनी कसरी जान्न सकिन्छ? यो तिनीहरूले के जिउँछन् र तिनीहरूले प्रदर्शन गर्ने विशेषताहरू के हुन्, त्यसको आधारमा निर्धारण गरिनुपर्छ। के तिमीहरूले यसभन्दा पहिले यस्तो जानकारी, चाहे लोककथामा होस् वा अन्य माध्यमहरूबाट होस्, त्यो कहिल्यै सुनेका छौ? (छौँ।) त्यसोभए यो विषय तिमीहरूका लागि पूर्ण रूपमा अपरिचित छैन, होइन र? (हो।) जनावरहरूबाट पुनर्जन्म भएकाहरू, दियाबलसहरूबाट पुनर्जन्म भएकाहरू, मानिसहरूबाट पुनर्जन्म भएकाहरू—तिमीहरू कुनचाहिँबारे पहिले सुन्न चाहन्छौ? (पहिलो श्रेणी।) पहिलो श्रेणी जनावरहरूबाट पुनर्जन्म भएकाहरू हुन्। यदि तिमीहरूले यस विषयको साँचो कुरा साँच्चै जान्यौ भने, के यसले तिमीहरूको जीवनमा प्रभाव पार्नेछ? के यसले कुनै समस्या वा बाधाहरू ल्याउनेछ? (म आफू केबाट पुनर्जन्म भएको हुँ भनी सोच्न थाल्न सक्छु।) कतिपय मानिसहरूका लागि, एक पटक तिनीहरूले आफू कुन श्रेणीमा पर्छन् भनी साँच्चै थाहा पाएपछि र आफूलाई कुनै विशेष श्रेणीसँग मिलाएपछि, यदि तिनीहरू साँच्चै मानिसहरूबाट पुनर्जन्म भएका हुन् भने, तिनीहरूले आफूलाई भाग्यमानी ठान्छन् र यसबारे निकै राम्रो महसुस गर्छन्। तर यदि तिनीहरू मानिसहरूबाट पुनर्जन्म भएका होइनन् भने, के तिनीहरूलाई त्यो दुःखलाग्दो लाग्दैन र? (लाग्छ।) यसले केही कठिनाइहरू र केही असहजता पनि ल्याउनेछ, होइन र? (हो।) यसले असहजता र केही कठिनाइहरू ल्याउन सक्ने हुनाले, मानिसहरूले जान्नु राम्रो हो कि नजान्नु राम्रो हो? (मलाई जान्नु राम्रो हो जस्तो लाग्छ।) कुन हिसाबमा यो राम्रो हुन्छ? (जानेर, व्यक्तिले यस सन्दर्भमा सत्यता बुझ्‍न सक्छ, र साथै, उसले आफ्नो वरपरका केही मानिस, घटना, र कामकुराहरूलाई खुट्ट्याउन सक्नेछ।) त्यसोभए यसबारे सङ्गति गरौँ।

जनावरबाट पुनर्जन्म लिएका मानिसहरूका विशेषताहरू

हामी पहिले जनावरहरूबाट पुनर्जन्म भएकाहरूका बारेमा सङ्गति गरौँ। जनावरहरूबाट पुनर्जन्म हुनुको अर्थ, नामले नै सङ्केत गरेझैँ, यस्तो व्यक्ति जनावरबाट पुनर्जन्म भएको थियो भन्‍ने हुन्छ। जनावरहरूको दायरा निकै फराकिलो छ—ठ्याक्कै कति प्रकारका जनावरहरू मानिसको रूपमा पुनर्जन्म लिन सक्छन् भन्‍ने कुरा हाम्रो सङ्गतिको दायराभित्र पर्दैन। छोटकरीमा भन्दा, मानिसहरूको एउटा यस्तो वर्ग छ जसको विगतको अस्तित्व जनावरको रूपमा थियो, जसको अर्थ तिनीहरूको मौलिक पहिचान वा सृष्टि गरिएको वर्ग सृजित मानवजातिमाझ थिएन। तिनीहरूको प्रारम्भिक, पहिलो जैविक वर्ग जनावरको थियो। त्यसैले परमेश्‍वरको नजरमा, जैविक क्षेत्रभित्र तिनीहरूको पहिचान जनावरको पहिचान हो। यो पुनर्जन्ममा, तिनीहरू मानिस बनेका छन्, जसको अर्थ यो जनावर अब जनावरहरूमाझ पुनर्जन्म लिँदैन तर यसको सट्टा मानिसको रूपमा पुनर्जन्म लिएको छ, र कुनै निश्चित समयमा, कुनै निश्चित परिवार, वंश र देशमा जन्मेको छ। जनावर मानिसको रूपमा पुनर्जन्म लिनुको अर्थ तिनीहरू मानिसको रूपमा जन्मेका छन्, तर तिनीहरूको अघिल्लो अस्तित्व मानिसको रूपमा थिएन—त्यो जनावरको रूपमा थियो। पहिले, तिनीहरू जनावरहरूको क्षेत्रभित्र अस्तित्वमा थिए, र जनावरहरूमाझ पुनर्जन्म लिन्थे; अब, यो पुनर्जन्ममा, तिनीहरू अब जनावरहरूको क्षेत्रभित्र छैनन्। तिनीहरूको पहिचान परिवर्तन भएको छ, र तिनीहरू मानवजातिको सदस्य बनेका छन्। यसलाई नै जनावरहरू मानिसको रूपमा पुनर्जन्म हुनु भनिन्छ। जब कुनै जनावरले मानिसको रूपमा पुनर्जन्म लिन्छ, तब उसका रूप र जन्मजात प्रवृत्तिहरू आधारभूत रूपमा मानवजातिभित्रको कुनै पनि व्यक्तिका जस्तै हुन्छन्। अर्थात्, तिनीहरूमा पूर्ण रूपमा मानिसका विशेषताहरू हुन्छन्—तिनीहरू ठाडो भएर हिँड्न सक्छन्, तिनीहरूमा मानिसको अनुहारको बनौट र रूप हुन्छ, र तिनीहरूमा मानिसको सोच, मानिसका जन्मजात प्रवृत्तिहरू, र सामान्य मानव जीवन हुन्छ, साथै तिनीहरूमा भाषाको लागि अद्वितीय मानव खुबी पनि हुन्छ। यसलाई नै जनावर मानिसको रूपमा पुनर्जन्म हुनु भनेर चिनिन्छ। अर्थात्, तिनीहरूको शारीरिक रूप, बाहिरी रूप, र शारीरिक जीवनका विशेषताहरूबाट, तैँले केवल मानव लक्षणहरू मात्र देख्न सक्छस्; कुनै पनि जनावरका लक्षणहरू देखिँदैनन्। त्यसोभए तिनीहरू जनावरबाट पुनर्जन्म भएका हुन् भनी तैँले कसरी थाहा पाउन सक्छस्? मानिसहरू सबैभन्दा बढी यही कुरामा चिन्तित हुन्छन्। अवश्य पनि, तिनीहरू जनावरबाट पुनर्जन्म भएका हुन् भनी देख्न सम्भव छ। यदि जनावरहरूबाट पुनर्जन्म भएकाहरू र मानिसहरूबाट पुनर्जन्म भएकाहरूका बीचमा कुनै भिन्‍नता नभएको भए, मानिसहरूको यो वर्गमा कुनै पनि स्पष्ट विशेषताहरू हुने थिएनन्। जनावरहरूबाट पुनर्जन्म भएकाहरू र साँचो मानिसहरूबाट पुनर्जन्म भएकाहरूका बीचमा स्पष्ट भिन्‍नताहरू हुने भएकाले नै, यी दुई वर्गका मानिसहरूलाई तिनीहरूका विशेषताहरूका आधारमा सजिलै छुट्याउन सकिन्छ। त्यसोभए जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूका विशेषताहरू के-के हुन् त? पहिलो विशेषता हो, तिनीहरूमा विकृत बोध हुन्छ। दोस्रो विशेषता हो, तिनीहरू विशेष गरी बोधा हुन्छन्। तेस्रो विशेषता हो, तिनीहरू विशेष गरी अलमल्ल हुन्छन्। चौथो विशेषता हो, तिनीहरू मूर्ख हुन्छन्। जनावरबाट पुनर्जन्म भएको व्यक्ति र साँचो मानिसबीचको भिन्‍नता स्पष्ट पार्न यी चार विशेषताहरू मात्रै पर्याप्त छन्।

अ. पहिलो विशेषता: विकृत बोध

जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूको पहिलो विशेषता हो, तिनीहरूमा विकृत बोध हुन्छ। पहिलो कुरा, विकृतिमा के समावेश हुन्छ? यसमा तिनीहरूका विचार र दृष्टिकोणका समस्याहरू समावेश हुन्छन्; यसमा कामकुराहरूलाई हेर्ने, बोध गर्ने, र बुझ्ने तिनीहरूका संज्ञानात्मक क्षमताहरू पनि समावेश हुन्छन्। यस वर्गका मानिसहरूले कुनै पनि कुरालाई सही तरिकाले बोध गर्न सक्दैनन्, न त तिनीहरूले कुनै पनि कुरालाई सही तरिकाले हेर्न नै सक्छन्। मानिसहरू र कामकुराहरूलाई हेर्ने तिनीहरूको तरिका, साथै तिनीहरूको आत्मआचरण र कार्यहरू, विशेष गरी बेतुकका, ढिपीपूर्ण, र हास्यास्पद हुन्छन्—ती सामान्य मानवताको सोच, र कामकुराहरू सम्बन्धी सामान्य मानवताका विचार र दृष्टिकोणहरूसँग पटक्कै मिल्दैनन्। अवश्य पनि, विकृत बोध भएका मानिसहरू सत्यतालाई बुझ्ने वा चिन्ने अवस्थाको नजिक पनि पुग्दैनन्। सत्यता पूर्ण रूपमा तिनीहरूको पहुँचभन्दा बाहिर हुन्छ, तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्ने कुरा त परै जाओस्। कुनै पनि कुरा वा व्यक्तिलाई व्यवहार गर्ने कुरामा तिनीहरूका दृष्टिकोणहरू पूर्ण रूपमा विकृत हुन्छन्। तैँले तिनीहरूसँग सङ्गति गरेपछि, तिनीहरूले यसलाई धर्मसिद्धान्तको हिसाबमा बुझ्छन्, तर त्यसपछि पनि तिनीहरूको ज्ञान त्यति नै विकृत रहन्छ। जब तैँले उदाहरणहरू दिँदै, कुराहरूलाई अझ स्पष्ट र विशेष रूपमा व्याख्या गर्छस्, तब त्यस बेला, तिनीहरूले बुझ्न त सक्छन्, तर पछि, जब तिनीहरूले उही प्रकारको कुराको सामना गर्छन्, तब तिनीहरूको दृष्टिकोण त्यति नै विकृत रहन्छ, र तिनीहरूसँग जसरी सङ्गति गरिए पनि, त्यसले तिनीहरूको दृष्टिकोणलाई सुधार्दैन। यसबाहेक, तिनीहरूको यो स्थिति—कामकुराहरूलाई बोध गर्ने यो तरिका—अनिश्चित कालसम्म अपरिवर्तनीय रहिरहन्छ। सत्यतामा गरिएको कसैको सङ्गतिले पनि तिनीहरूलाई परिवर्तन गर्न सक्दैन; मैले सङ्गति गरेँ र प्रवचन दिएँ भने पनि, त्यसले अझै पनि तिनीहरूका विकृत विचार र दृष्टिकोणहरू र कामकुराहरूलाई बोध गर्ने विकृत तरिकालाई परिवर्तन गर्न सक्दैन। यस्ता मानिसहरू धेरै झन्झटिला हुन्छन्। उदाहरणका लागि, जब तिनीहरूले केही गलत गर्छन्, र तैँले तिनीहरूलाई “तिमीले जे गर्यौ त्यो गलत थियो, यो सिद्धान्तहरूअनुसारको थिएन; यसमा व्यक्तिगत कुराको मिसावट थियो” भनेर भन्छस्, तब तिनीहरूले यसो भन्‍नेछन्, “मैले यो जानाजानी गरेको होइनँ। मैले यो त्यसरी होस् भन्‍ने चाहेको थिइनँ। तिमीहरू सबै यति राम्रा छौ, तिमीहरूसँग सत्यता छ, र तिमीहरूलाई कामहरू कसरी गर्ने भन्‍ने थाहा छ, त्यसकारण मलाई यो काम लगाउनुको सट्टा तिमीहरू आफै यो किन गर्दैनौ? तिमीहरू मैले यो काम गलत गरेँ भन्छौ—के तिमीहरूले मलाई मन नपराउने हुनाले मात्रै यस्तो भनेका होइनौ र? तिमीहरू सबैसँग मानवता छ, र म मात्रै मानवताविनाको छु, म नरकमा जानेछु र तिमीहरू सबै स्वर्ग जाओ!” तिनीहरूले तर्क दिएर आफ्नो बचाउ र सफाइ दिने प्रयास पनि गर्न सक्छन्, र जिम्मेवारीबाट पन्छिनका लागि बहानाहरू बनाउन सक्छन्। तिनीहरूले आफूले गलत गरेको छु भनेर स्वीकार गर्न मान्दैनन्, तिनीहरूमा सही मनोवृत्ति हुँदैन, र तिनीहरूले भविष्यमा आफूलाई सुधार्ने प्रतिबद्धता गर्दैनन् र अर्को पटक आफूले कसरी व्यवहार गर्नुपर्छ भनी बुझेँ भन्दैनन्। तिनीहरूले यसरी कहिल्यै बुझ्नेछैनन् र यस विषयलाई मानवताको दृष्टिकोणबाट शुद्ध तरिकाले कहिल्यै बोध गर्नेछैनन्। कतिपय मानिसहरू त यस्ता पनि हुन्छन्, जब तैँले तिनीहरूको कामका समस्याहरू औँल्याइदिन्छस् र तिनीहरूसँग सत्यतामा सङ्गति गर्छस्, तब तिनीहरूले यसो भन्छन्, “के तिमीले मलाई हेपिरहेका छैनौ र? के यो म अशिक्षित र गाउँबाट आएकोले मात्रै होइन र? के यो मेरो हैसियत नीच भएकोले मात्रै होइन र? परमेश्‍वरले समेत मलाई घृणा गर्नुहुन्न, र पनि तिमीसँग यसो गर्ने के अधिकार छ?” तिनीहरूले आफूले गलत गरेको कहिल्यै स्वीकार गर्नेछैनन् र त्यसपछि सत्यताको खोजी गर्ने, आफूले कहाँ गल्ती गरेँ भनी हेर्न आत्म-चिन्तन गर्ने, र यसलाई समाधान गर्न अभ्यासको सही मार्ग खोज्ने काम गर्नेछैनन्। तिनीहरूले किन कहिल्यै यसो गर्दैनन्? किनभने तिनीहरू मानिस होइनन्। तिनीहरूमा सामान्य मानव सोच हुँदैन, र तिनीहरूले उत्पन्न हुने गल्तीहरूलाई सामान्य मानिसले हेर्ने तरिकामा हेर्न सक्दैनन्। तिनीहरूमा गल्तीहरूप्रति सामान्य मानिसमा हुनुपर्ने मनोवृत्ति हुँदैन। के तिमीहरूले कहिल्यै यस्ता मानिसहरूको सामना गरेका छौ? तेरो विवेक सामान्य छ कि छैन भनी हेर्न, तैँले पनि आफ्‍नो बारेमा चिन्तन गर्नु सबैभन्दा राम्रो हुन्छ। उदाहरणका लागि, कसैले भुइँ पुछेपछि, सतह निकै भिजेको हुन्छ। यो थाहा नभएको अर्को कोही व्यक्ति त्यहाँ हिँडेर जान्छ र चिप्लिन्छ। त्यो व्यक्ति उठ्छ र अर्कोलाई भन्छ, “तिमीले भुइँ पुछेपछि राम्ररी सुकाएनौ। तिमीले मानिसहरूलाई सम्झाउन केही शब्दहरू लेखेर एउटा सङ्केत राख्नुपर्थ्यो! धन्‍न, म जवान छु—म लडेँ भने, फेरि उठ्न सक्छु। तर यदि यो कुनै वृद्ध व्यक्ति भएको भए, के उसको हड्डी भाँचिने थिएन र? तिमीले साँच्चै पर्याप्त विचार गरिनौ।” के यी शब्दहरू उचित र सामान्य छन्? (छन्, ती सामान्य छन्।) भुइँ पुछ्ने व्यक्तिले यो काम गर्दा पर्याप्त विचार पुऱ्याएको थिएन, त्यसैले अर्को पटक ऊ अझ विचारशील हुनुपर्छ। उसको कारणले कोही लडेको हुनाले, यो स्पष्ट छ कि उसले यस मामिलामा गल्ती गरेको छ। यो एउटा भूल थियो, र कसैले पनि उसलाई दोषी ठहराएको छैन—उसले यसलाई सुधार्न मात्रै आवश्यक छ। तर ऊ यस मामिलालाई मानिसको दृष्टिकोणबाट वा मानिसको सोचाइले सही र तर्कसङ्गत रूपमा विचार गर्न वा लिन असमर्थ हुन्छ। बरु, ऊ फनक्क फर्केर यसो भन्छ, “के तिमीले भुइँ भिजेको देखेनौ? के तिमी अन्धो हौ? तिमी चिप्लिएर लड्यौ—ठीकै भयो! तिमीले आफ्नै आँखा प्रयोग गर्दैनौ, र त्यो मेरो गल्ती हो त? भुइँ पुछिसकेपछि, यो अवश्य नै भिजेको हुन्छ—तिमी त्यसमा किन हिँड्यौ? मैले तिमीलाई त्यहाँ हिँड्नू भनेको त होइन नि। तिमी लड्यौ, र यो तिम्रो आफ्नै दुर्भाग्य हो भनी स्वीकार गर। यसको मसँग कुनै सरोकार छैन!” के यी शब्दहरू तर्कसङ्गत छन्? (छैनन्।) ती तर्कसङ्गत छैनन्—यसलाई सामान्य बोलीचालीको भाषामा के भनिन्छ? तिनीहरू कुरा नबुझ्ने खालका छन्। तैँले भुइँ पुछिस् तर त्यसलाई सुकाइनस्, जसले गर्दा कोही चिप्लियो—तैँले दोष र क्षमायाचना व्यक्त गर्नु पूर्ण रूपमा आवश्यक नभए पनि, तैँले कम्तीमा अरूले तेरो गल्तीबारे सम्झाएका कुरा र सुझावहरूलाई स्वीकार गर्नुपर्छ। तैँले सोध्नुपर्छ, “के तिमीलाई चोट लाग्यो? के तिमीलाई जाँच वा उपचारको लागि अस्पताल जानु आवश्यक छ? म पूर्ण जिम्मेवारी लिन्छु।” यो सही मनोवृत्ति हो। कुनै व्यक्तिले आफूले गरेको गल्तीलाई मानवताको दृष्टिकोणबाट यसरी नै तर्कसङ्गत रूपमा लिनुपर्छ र चिन्तन गर्नुपर्छ। तर, जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूमा मानवता हुँदैन र तिनीहरूमा विकृत बोध हुन्छ। तिनीहरू कहिल्यै यसरी बोल्दैनन्, न त तिनीहरू कुनै पनि विषयलाई कहिल्यै यसरी विचार गर्छन्। बरु, तिनीहरू जानाजान तर्कहीन हुन्छन्। तिनीहरूले भुइँ पुछेपछि सुकाएनन्, जसले गर्दा कोही चिप्लियो; त्यसोभए अर्को पटक, तिनीहरूले यसलाई फरक तरिकाले गर्न, बढी ध्यान दिन, र गल्ती सुधार्न मात्रै आवश्यक छ—कुरा यत्ति हो। समस्या समाधान हुनेथियो। यो धेरै सरल मामिला हो: यसबारे कसैले केही पनि भनेको छैन, र तिनीहरूलाई यसका लागि कसैले पनि दोषी ठहराएको छैन। तिनीहरूलाई कुनै पनि कानुनी जिम्मेवारी वहन गर्नुपर्ने माग पनि गरिएको छैन। तर तिनीहरूले तथ्यहरूलाई स्वीकार गर्न मान्दैनन्, बरु यसो भन्छन्, “ए, त्यसोभए तिमीहरू सबै असल मानिस हौ, तिमीहरू मात्रै मानवता भएका हौ! म त दुष्ट व्यक्ति पो हुँ! म जानाजानी अरूलाई हानि गर्छु! मेरो मनसाय खराब छ! तिमीहरू सबै स्वर्ग जानेछौ, र म नरकमा जानेछु!” मलाई भन् त, के कुनै सामान्य व्यक्तिले यस्ता वाहियात कुरा बोल्न सक्छ? (सक्दैन।) जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूको प्रकारले मात्रै हरेक कुरालाई विशेष गरी चरम, ढिपीपूर्ण, र हास्यास्पद दृष्टिकोणबाट बोध गर्छ र हेर्छ। सबैभन्दा सानो मामिलामा—पूर्ण रूपमा जायज कुरामा—तिनीहरूले तर्कहीन, त्रुटिपूर्ण र बेतुके तर्कहरूको एक थुप्रो निकाल्न सक्छन्, जसले अरूलाई हाँस्नु कि रुनु भन्‍ने दुविधामा पार्छ। यदि तिनीहरूलाई काटछाँट गरियो भने, तिनीहरूले कस्तो व्यवहार गर्छन्? तिनीहरूले आफूलाई सही ठहराउन र आफ्नो बचाउ गर्न निकै प्रयास गर्छन्, तिनीहरूले किन त्यसरी व्यवहार गरे र त्यसका लागि कति कष्ट भोगे भनी व्याख्या गर्छन्, र सबै प्रकारका कारणहरू दिएर जवाफ फर्काउँछन्। जब तैँले तिनीहरूलाई किन काटछाँट गरियो, गल्ती गर्दा, तिनीहरूले कसरी सुधार्नुपर्छ र कसरी सत्यता सिद्धान्तहरू खोज्नुपर्छ, र त्यस मामिलालाई सम्हाल्ने सिद्धान्तहरू के हुन् भनी सङ्गति गर्छस्, तब तिनीहरूले एउटै शब्द पनि सुन्न मान्दैनन्। बरु, तिनीहरूले आफ्नो रिस र क्रोधलाई दबाएर राख्छन्, र आफूमाथि अन्याय भएको र आफू अपमानित भएको महसुस गर्छन्। पर्दा पछाडि, तिनीहरूले अरूसँग गुनासो पनि गर्छन्, र यसो भन्छन्, “हँ! मैले ती विषयहरूमा विचार गरेको थिइनँ, र मैले जानाजानी त्यसरी गर्न खोजेको थिइनँ। तैपनि तिनीहरूले मलाई दोषी ठहराउँछन् र मैले अवरोध र बाधा पुर्‍याएँ भन्छन्—के म साँच्चै त्यति दुष्ट छु र? के म दुष्ट व्यक्ति हुँ?” जब सत्यता सिद्धान्तहरूको कुरा आउँछ, तब तिनीहरू सधैँ त्यसमा चुक्छन् र त्यसलाई कहिल्यै बुझ्दैनन्; तिनीहरूको बोध सधैँ विशेष गरी विकृत र विशेष गरी हास्यास्पद हुन्छ। जुनसुकै सत्यता सिद्धान्तहरूको सङ्गति गरिए पनि, जब त्यो तिनीहरूसम्म पुग्छ, तब त्यो एउटै वाक्यांश, एउटै कार्य गर्ने तरिकामा परिणत हुन्छ—त्यो एउटा औपचारिकता, एउटा विधि, एउटा प्रावधान बन्छ। यो सत्यता सिद्धान्तहरूलाई एकतर्फी रूपमा बोध गर्ने कार्य मात्रै होइन; बरु, तिनीहरूको बोध विशेष गरी हास्यास्पद र बेतुकको हुन्छ। यस प्रकारको व्यक्तिले सत्यतालाई बोध गर्ने तरिका विशेष गरी भद्दा र मूर्ख देखिन्छ। यो कुन हदसम्म मूर्ख हुन्छ? यो यस्तो हदसम्म हुन्छ कि मानिसहरूलाई तिनीहरूप्रति दया पनि लाग्दैन बरु सीधै घिन लाग्छ, तिनीहरू हाँस्नु कि रुनु भन्‍ने दुविधामा पर्छन्, र पूर्ण रूपमा निशब्द हुन्छन्। कुराहरूलाई यस्तो हदसम्म व्याख्या गरिसकिएको हुन्छ कि थप केही भन्‍नु अनावश्यक हुन्छ—कुनै पनि थप शब्दहरू मूर्खतापूर्ण मात्रै हुनेछन्। यी मानिसहरूसँग सत्यता सिद्धान्तहरूका बारेमा कुरा गरिरहनुको कुनै अर्थ हुँदैन। तिनीहरूले जेसुकै सम्हाले पनि, दैनिक जीवनको सबैभन्दा सानो मामिलालाई समेत, तिनीहरूले यस्तो अस्वाभाविक, हास्यास्पद, र विकृत तरिकाले सम्हाल्छन्। तिनीहरू मानव समझको सीमाभित्र रहेर मामिलाहरूलाई हेर्न र सम्हाल्न असक्षम हुन्छन्। हरेक कुराप्रतिको तिनीहरूको दृष्टिकोण यति ढिपीपूर्ण र यति हास्यास्पद हुन्छ—तिनीहरूले कुनै पनि मामिलाको बारेमा व्यक्त गर्न सक्ने विचारहरूले तँलाई त्यो सुनेपछि जीवनभर घिन महसुस गराउँछ। यदि तँ त्यो सुन्दा खाइरहेको थिइस् भने, तैँले त्यही ठाउँमा बान्ता गर्न सक्छस्। मलाई भन् त, तिनीहरू कतिसम्म विकृत भएको हुनुपर्छ? यो जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूको प्राथमिक विशेषताहरूमध्ये एक हो—तिनीहरू ढिपीवाल र हास्यास्पद हुन्छन्। मानवताको दृष्टिकोणबाट, यो ढिपी र हास्यास्पदपन मुख्यतया मानवताको सामान्य सोचको कमी हुनु हो। तिनीहरू कुनै पनि विषयलाई मानवताको सामान्य सोचअनुसार विचार गर्न असमर्थ हुन्छन्—तिनीहरू चरम, विकृतिहरूतिर ढल्किने खालका, र हठी हुन्छन्। तैँले सत्यता, वस्तुगत तथ्यहरू, वा विशेष परिस्थितिहरूका बारेमा जस्तोसुकै तरिकाले सङ्गति गरे पनि, तिनीहरू आफ्नो तर्कमा दह्रोसँग टाँसिन्छन् र त्यसलाई छोड्न मान्दैनन्। तिनीहरूले सोच्छन्, “मसँग मेरो पक्षमा तर्क छ, र मैले तिमीलाई मेरो विरुद्धमा प्रयोग गर्न सक्ने केही पनि दिएको छैन। म यही तर्कमा टाँसिइरहन्छु, र यो सत्यता बन्नेछ। तिमीले भनेको कुनै पनि कुरा काम लाग्नेछैन!” यो जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूको विशेषताहरूमध्ये एक हो—तिनीहरूको बोध विकृत हुन्छ।

आ. दोस्रो विशेषता: बोधोपन

जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूको अर्को प्रकटीकरण हो, तिनीहरू धेरै मानिस, घटना, र कामकुराहरूको सामना गर्दा विशेष गरी बोधा हुन्छन्। तिनीहरूले मामलाहरूलाई ढिपीपूर्ण र विकृत तरिकाले हेर्ने मात्र होइन, तर तिनीहरूले उत्पन्न हुने कुनै पनि कुराको प्रकृति, सार, वा मूल कारण के हो, त्यसले कस्तो प्रभाव पार्न सक्छ, वा त्यसले कस्ता परिणामहरू निम्त्याउन सक्छ भन्ने कुरा पनि पटक्कै ठम्याउन सक्दैनन्। कतिपय मानिसहरूले पहिले नै केही कुराहरू भनिसकेका वा गरिसकेका, वा केही सङ्केत र इसाराहरू प्रकट गरिसकेका भए पनि, तिनीहरूले अझै पनि यी कुराहरू ठम्याउन सक्दैनन् र तिनीहरू तीप्रति अनभिज्ञ रहन्छन्—तिनीहरू मूर्खहरूजस्तै हुन्छन्। तिनीहरूले ती कुराहरू ठम्याउँदासम्म मामला पहिले नै समाप्त भइसकेको हुन्छ, र परिणामहरू पहिले नै उत्पन्न भइसकेका हुन्छन्। यति धेरै सत्यताहरू सुनेपछि पनि, तिनीहरूलाई आफ्नो वरपरका मानिसहरू कस्ता प्रकारका छन्, तिनीहरूको सार के हो, वा तिनीहरूले के गर्न सक्छन् भन्‍ने थाहा हुँदैन र तिनीहरूले त्यो महसुस गर्न सक्दैनन्। कतिपय मानिसहरूले स्पष्ट रूपमा समस्याग्रस्त कुराहरू भन्छन्, तैपनि तिनीहरूले त्यो महसुस गर्न सक्दैनन्। उदाहरणका लागि, जब कतिपय मानिसहरूले घमण्ड गर्छन्, ठूला कुरा गर्छन्, धाक लगाउँछन्, र आफूलाई प्रदर्शन गर्छन्, तब यो स्पष्ट रूपमा अहङ्कारी स्वभावको प्रकटीकरण हो, तैपनि जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरूले समस्या ठम्याउन सक्दैनन्। बरु, तिनीहरूले यी मानिसहरू सक्षम छन् भनी सोच्छन्, तिनीहरूले तिनीहरूको प्रशंसा गर्छन् र तिनीहरूलाई सम्मान गर्छन्, र पछि त्यस्ता मानिसहरूलाई पछ्याउन पनि चाहन्छन्। यसले तिनीहरू बोधा छन् भन्‍ने देखाउँछ। स्पष्ट दुष्ट मानिसहरू र दुष्ट कार्यहरू, भ्रष्ट स्वभावका स्पष्ट प्रकटीकरणहरू, कामकुराहरू स्पष्ट रूपमा गइरहेको दिशा—यस्ता मानिसहरूले यीमध्ये कुनै पनि कुरा ठम्याउन सक्दैनन्। तिनीहरूलाई मामलाको सार के हो, वा समस्याको जड के हो भन्‍ने थाहा हुँदैन; तिनीहरूले यो पटक्कै महसुस गर्न सक्दैनन्, तिनीहरूमा चेतना समेत हुँदैन। तिनीहरू त्यही हुन् जसलाई हामी प्रायः आत्माविनाका लाशहरू भनेर भन्छौँ। यस प्रकारको व्यक्ति सत्यता सिद्धान्तहरू समावेश भएका मामलाहरूमा त झनै पछि पर्छ। तैँले तिनीहरूलाई कुन सिद्धान्तअनुसार अभ्यास गर्ने भनेर बताउँछस्, तर तिनीहरूले बुझ्दैनन्; तिनीहरूले पालन गर्नुपर्ने प्रावधानहरूलाई मात्रै याद गर्छन्। तैँले सङ्गति गर्ने सिद्धान्तहरूलाई तिनीहरूले बुझ्न सक्दैनन्, ती तिनीहरूको पहुँचभन्दा बाहिर हुन्छन्। तैँले तिनीहरूमा भएको एउटा निश्चित अवस्था औँल्याइदिन्छस्, जुन तिनीहरूको भ्रष्ट स्वभावको प्रकटीकरणको एउटा स्वरूप हो, तर तिनीहरूले तैँले अरू कसैको बारेमा कुरा गरिरहेको छस् भन्‍ने सोच्छन्। तिनीहरूले मौखिक रूपमा आफूमा पनि यस प्रकारको भ्रष्ट स्वभाव छ भनेर स्वीकार गरे पनि, तिनीहरूले आफूले बोलेका कुन शब्दहरू वा गरेका कुन कार्यहरू यो अवस्था वा यो प्रकटीकरणसँग मेल खान्छन् भनी चिन्दैनन्। तैँले के कुरा गरिरहेको छस् भन्‍ने तिनीहरूले बुझ्दैनन् र थाहा पाउँदैनन्। भेलाहरूमा सत्यताको बारेमा सङ्गति गर्दा, जब अरू पहिले नै अर्को विषयमा अघि बढिसकेका हुन्छन्, तब तिनीहरूले अझै पनि छलफललाई पहिलेको विषयमा कुरा गर्नका लागि फर्काउँछन्। के यो सुस्त र बोधो हुनु होइन र? जब अरूले बोल्छन्, तब तिनीहरूले सँगसँगै पछ्याउन सक्दैनन्—तिनीहरूको सोचाइले सँगसँगै पछ्याउन नसक्ने भएकोले होइन, तर तिनीहरूको क्षमता अपर्याप्त भएकोले र त्यो पछि परेकोले हो। जब केही दुष्ट मानिसहरूले तिनीहरूलाई धोका दिन, तिनीहरूसँग खेल्न, वा तिनीहरूलाई सास्ती दिन खोज्छन्, तब तिनीहरूले त्यो महसुस गर्न सक्दैनन्, बरु दुष्ट मानिसहरूलाई दाजुभाइ र दिदीबहिनीको रूपमा व्यवहार गर्छन् र तिनीहरू उनीहरूसँग घनिष्ठ रूपमा घुलमिल हुन्छन्, र उनीहरूबाट हानि भोगेपछि मात्रै तिनीहरूले आफू ठगिएको रहेछु भनी महसुस गर्छन्। त्यसपछि तिनीहरूले सोच्छन्, “म कति मूर्ख रहेछु! मलाई मानिसहरूलाई कसरी जाँच्ने भन्‍ने थाहा छैन, मलाई मानिसहरूलाई कसरी खुट्ट्याउने भन्‍ने थाहा छैन! यस पटक, मैले साँच्चै पाठ सिकेँ—अबदेखि, म कसैलाई भरोसा गर्नेछैन, म आफैलाई मात्र भरोसा गर्नेछु। त्यो नै सर्वोच्च बुद्धि हो!” एक पटक धोका खाएपछि, तिनीहरूले आफूले अन्तर्दृष्टि प्राप्त गरेको छु भन्‍ने विश्‍वास गर्छन् र आफू अहिले अझ चलाख भएको छु भन्‍ने समेत सोच्छन्, र एउटा चरमबाट अर्को चरममा सर्छन्। जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरू हरेक मामलाप्रति बोधा हुन्छन्। उदाहरणका लागि, यस्तै एक व्यक्ति पशुपालन र रोपणको जिम्मेवारीमा थियो। एक दिन तापक्रम घट्यो, र मैले उसलाई भनेँ, “आज राति माइनस पाँच डिग्री हुनेछ। चिसो सहन नसक्ने ती बोटबिरुवा र जनावरहरूको हेरचाह गरिनुपर्दैन र?” यो सुनेपछि, उसले जवाफ दियो, “मसँग बाक्लो जाकेट छ, र म राति सिरक र कम्बल ओढेर सुत्छु, त्यसैले मलाई चिसो हुनेछैन।” के उसले मैले भनेको कुरा बुझ्यो त? यो जवाफको आधारमा, उसले स्पष्ट रूपमा बुझेन। के यो बोधो हुनु होइन र? (हो।) यदि मैले, “आज राति माइनस पाँच डिग्री हुनेछ। यदि फूलहरू आँगनमा छन् भने, ती कठ्याङ्ग्रिएर मर्नेछन्। चिसोप्रति संवेदनशील र कमजोर जनावरहरूलाई खोरमा राखिनुपर्छ। तैँले ढोकामा एउटा थप पर्दा लगाउनुपर्छ र खोरमा हावा छिर्ने ठाउँहरू टाल्नुपर्छ” भनेको भए, यो सुनेपछि, उसले एकछिन सोच्नेथियो र यस्तो विचार गर्नेथियो, “ए, तपाईंले त जनावर र बोटबिरुवाको कुरा पो गर्नुभएको रहेछ। त्यसोभए फूलहरूलाई भित्र सार्दा मात्रै ठीक हुँदैन र? यति धेरै जनावरहरू छन्, र तपाईंले कुनचाहिँ चिसोप्रति संवेदनशील छन् र कुनचाहिँ छैनन्, कुनचाहिँलाई भित्र ल्याउनुपर्छ र कुनचाहिँलाई पर्दैन भनी भन्‍नुभएन।” साँच्चै, मैले तोकेर भनिनँ—तर के तैँले सिद्धान्तअनुसार काम गर्न सक्दैनस्? जाडोमा बाहिर छोडिएका फूलहरू कठ्याङ्ग्रिएर मर्न सक्छन् भन्‍ने कुरासमेत तैँले महसुस गर्दैनस्, र यदि मैले तँलाई यी कामहरू गर्न लगाइनँ भने, तैँले ती गर्दैनस्—यो कस्तो प्रकारको समस्या हो? के यो बोधो हुनु होइन र? (हो।) यसले ऊ बोधो छ भन्‍ने देखाउँछ। उदाहरणका लागि, बाहिर घाम लागेको छ र कपडाहरू सुकाउन आँगनमा बाहिर झुन्ड्याइएको छ, र कसैले भन्छ, “दिउँसो पानी पर्न सक्छ जस्तो छ। के बाहिर सुकिरहेका कपडाहरू भिज्‍नेछन्?”—यी शब्दहरूले सम्झाउनुलाई जनाउँछन्। सामान्य मानव सोच भएको व्यक्तिले यो सुन्छ र सोच्छ, “मैले ध्यान दिनुपर्छ—जब आकाशमा बादल लाग्छ, तब म तुरुन्तै कपडाहरू भित्र ल्याउनेछु।” तर सामान्य मानवताको सोच नभएकाहरूले यो कुरा थाहा पाउनेछैनन्। जब तैँले दिउँसो पानी पर्छ भन्छस्, तब तिनीहरूले यो सुन्छन् र सोच्छन्, “त्यसो भन्‍नुको के अर्थ हो? यसको मसँग कुनै सरोकार छैन। म भित्र हुनेछु, त्यसैले पानी पर्‍यो भने म भिज्नेछैन। यसबाहेक, पानी पर्नुको बारेमा मैले के गर्न सक्छु र? मलाई यो कुरा भन्‍नुको कुनै फाइदा छैन!” तिनीहरूलाई यो कुरा किन भनियो वा यो मामला किन उठाइयो भन्‍ने कुरा तिनीहरूले महसुस नै गर्दैनन्। त्यसोभए तिनीहरूले वास्तवमा बुझ्नका लागि तिमीहरूले तिनीहरूसँग कसरी कुरा गर्नुपर्छ? तिमीहरूले तिनीहरूलाई भन्‍नुपर्छ, “दिउँसो यति-यति बजे पानी पर्नेछ। पानी पर्नुअघि, जब तिमीले आकाशमा बादल लागेको देख्छौ, तुरुन्तै कपडाहरू भित्र ल्याउनू। यदि तिमीले त्यसो गरेनौ भने, ती भिज्नेछन् र फेरि धुनुपर्नेछ। साथै, कपडाहरू जम्मा गर्दा, आँगनमा भिजाउन नहुने वा पानीमा पार्न नहुने अरू केही छ कि भनी जाँच गर्नू, र तिनलाई पनि भित्र ल्याउनू।” तिमीहरूले तिनीहरूलाई यसरी निर्देशन दिनुपर्छ। यदि तिमीहरूले तिनीहरूलाई यसरी निर्देशन दिएनौ भने, तिनीहरूले कपडा भित्र ल्याउनुपर्छ भन्‍ने महसुस गर्नेछैनन्, न त तिनीहरूले पानीमा भिजाउन नहुने अन्य कुनै पनि वस्तुहरू भित्र ल्याउनुपर्छ भन्‍ने नै महसुस गर्नेछन्। तिनीहरूले यी कामहरू गर्नेछैनन्। किन? किनभने तिनीहरू धेरै बोधा छन्, तिनीहरूमा सामान्य मानवताको सोच हुँदैन, र तिनीहरूले सामान्य मानवताको मानक पूरा गर्दैनन्। अर्थात्, तिनीहरूको बौद्धिकता र क्षमता सामान्य मानवताको मानकमा पुग्दैन। जनावरहरूबाट पुनर्जन्म भएका मानिसहरू यस्तै हुन्छन्। यस्तो व्यक्तिलाई केही गर्न लगाउँदा, मैले तिनीहरूलाई पहिले नै धेरै पटक निर्देशन दिइसकेको भए पनि, र तिनीहरूले यो धेरै पटक गरिसकेका भए पनि, मैले अझै पनि तिनीहरूलाई फेरि निर्देशन दिनुपर्छ। यदि मैले तिनीहरूलाई निर्देशन दिइनँ भने, तिनीहरूले के गर्नुपर्छ भनी महसुस गर्नेछैनन्, न त तिनीहरूले यो कुरा गर्न सक्नेछन्। त्यसैले हरेक पटक जब तिनीहरूले यस प्रकारको कामको सामना गर्छन्, तब तैँले तिनीहरूलाई ठ्याक्कै के गर्नुपर्छ र कसरी गर्नुपर्छ भनी बताउनुपर्छ, र प्रक्रियाको हरेक चरणमा तिनीहरूलाई निर्देशन दिनुपर्छ। यदि तैँले एउटै कुरा पनि छोडिस् भने, तिनीहरूले त्यो कुरा गर्नेछैनन्, वा सम्भवतः पूरै कुरा बिगार्न पनि सक्छन्। अनि यदि तैँले त्यसपछि तिनीहरूका समस्याहरू औँल्याइस् भने, तिनीहरूले थुप्रै विकृत तर्कहरूले जवाफ दिनेछन् र फेरि तिनीहरू जानाजान तर्कहीन हुन थाल्नेछन्। यो बोधो हुनुको प्रकटीकरण हो।

पशुबाट पुनर्जन्म भएका मानिसहरूको यो विशेषता, अर्थात् तिनीहरूको बोधोपन, एकदमै स्पष्ट हुन्छ। उदाहरणका लागि, सत्यतासम्बन्धी सङ्‍गतिबाट, तिनीहरूले मण्डली अगुवाले खास काम गर्छ कि गर्दैन, ऊ मानकअनुरूपको अगुवा हो कि होइन, वा ऊ झूटो अगुवा वा ख्रीष्टविरोधी हो कि होइन भनी कसरी खुट्ट्याउने भन्‍ने कुरा धर्मसिद्धान्तको हिसाबमा बुझ्छन्। तर, जब आफ्नै मण्डली अगुवा कुन श्रेणीमा पर्छ भनी खुट्ट्याउने कुरा आउँछ, तब मण्डली अगुवाले प्रस्तुत गरेका निश्चित प्रकटीकरणहरू देख्दा पनि, तिनीहरूले उसलाई कसरी खुट्ट्याउने भन्‍ने जान्दैनन्। यदि तैँले तिनीहरूलाई “के तिमीहरूको मण्डली अगुवाले खास काम गर्छ?” भनेर सोधिस् भने, तिनीहरूले भन्छन्, “म उसलाई हरेक दिन भेलाहरूमा व्यस्त रहेको र विभिन्‍न कुराहरू मिलाउन दौडधूप गरिरहेको देख्छु, उसले दाजुभाइ-दिदीबहिनीहरूलाई पुस्तकहरू वितरण गर्‍यो, र उसले सुसमाचारको कामलाई निगरानी गर्यो।” त्यसपछि तैँले सोध्छस्, “त्यसोभए, उसले आफ्नो काम कत्तिको राम्ररी गर्छ? के ऊ सत्यता पछ्याउने व्यक्ति हो?” तिनीहरूले जवाफ दिन्छन्, “उसले आफ्नो पेसा र परिवार त्यागेको छ। उसका आमाबुबा भेट्न आउँदा समेत, ऊ आफ्नो कर्तव्य निर्वाह गर्नमा यति व्यस्त थियो कि उसले तिनीहरूलाई भेट्न पाएन। ऊ सत्यता पछ्याउने व्यक्ति हुनुपर्छ, होइन र?” तिनीहरूले मण्डली अगुवाका यी बाहिरी प्रकटीकरणहरूलाई मात्रै हेर्छन्; तर अगुवाले गोप्य रूपमा जति नै दुष्ट कामहरू गरे पनि, तिनीहरूले यो देखे पनि, यसलाई समस्याको रूपमा चिन्दैनन्, तिनीहरूलाई यो समस्या हो भन्‍ने थाहा हुँदैन। तिनीहरूको अगाडि यीमध्ये जति नै कुराहरू भए पनि, यो तिनीहरूले केही पनि नदेखे जस्तै हुन्छ, मानौँ तिनीहरू मानिसहरूका बीचमा नभई पूरै अर्कै संसारमा बाँचिरहेका छन्। के यस्ता मानिसहरू अत्यन्तै बोधा हुँदैनन् र? (हुन्छन्।) बोधो हुनु भनेको यही हो। जब संवेदनहीन मानिसहरूले सधैँ अलौकिक मामलाहरूमा ध्यान दिने र सधैँ आफूले अनुभूति गरेका कुराहरूका बारेमा बोल्‍ने, र सधैँ, “मैले एउटा आवाज सुनेँ, परमेश्‍वरले मलाई प्रबोधित गर्नुभयो, परमेश्‍वरले मलाई ज्योति दिनुभयो, परमेश्‍वरले मलाई मार्गदर्शन गर्नुभयो, परमेश्‍वरले फेरि मभित्र केही कुरा प्रकाश गर्नुभयो” भनी भन्‍ने दुष्ट आत्माहरूको काम भएको कसैलाई भेट्छन्, तब तिनीहरूले यस्तो सोच्छन्, “तिनीहरूले साँच्चै परमेश्‍वरलाई प्रेम गर्छन्। तिनीहरूले प्रकाशहरू पाएका छन्—मैले किन पाएको छैन?” तिनीहरूले यो दुष्ट आत्माहरूको काम हो भन्‍ने महसुस नै गर्दैनन्। एक दिन त्यो व्यक्ति अचानक पागल भएर, सबैको अगाडि ठूलो तमासा गरेर, भुईँमा लडीबुडी गरेर, अनि सडकहरूमा नाङ्गै दौडिएपछि मात्रै तिनीहरूले यो दुष्ट आत्मा रहेछ भनी अन्तमा देख्छन्। वास्तवमा, त्यो व्यक्ति पागल हुनुभन्दा पहिले, धेरै सङ्केतहरू देखिएका थिए, र यी प्रकटीकरणहरू उसलाई दुष्ट आत्माहरूको काम भएको व्यक्तिको रूपमा ठहर गर्न र उसलाई पहिले नै निकाल्नका लागि पर्याप्त हुनेथिए। तर तिनीहरू बोधा हुन्छन्, तिनीहरूले यी कुराहरू ठम्याउन सक्दैनन्, र यस्तो व्यक्तिलाई मण्डलीमा छोड्दा के परिणामहरू हुन सक्छन् भनी महसुस गर्दैनन्—के यसले विपत्तिहरू निम्त्याउने सम्भावना हुँदैन र? कतिपय दुष्ट आत्मा र दुष्ट पिशाचहरू मानिसहरूलाई हानि गर्ने हदसम्म समेत पुग्छन्, तैपनि बोधा मानिसहरूले तिनीहरूलाई चिन्न सक्दैनन्। तिनीहरू त यस्ता व्यक्तिहरूले साँच्चै परमेश्‍वरलाई प्रेम गर्छन् र तिनीहरू जोसले भरिएका हुन्छन्, प्रायजसो राति ढिलोसम्म बसेर परमेश्‍वरका वचनहरू पढ्छन् र भजनहरू सिक्छन्, अनि धेरै दिनसम्म नखाईकन वा नसुतीकन पनि थकित महसुस गर्दैनन् भन्‍ने ठान्छन्। यो स्पष्ट रूपमा अस्वाभाविक भए पनि, तिनीहरूले यो परमेश्‍वरप्रतिको प्रेम हो भनी दाबी गर्छन्। के तिनीहरू ज्यादै बोधा हुँदैनन् र? बोधा मानिसहरूले, एकातिर, मामिलाहरूलाई छर्लङ्गै देख्न सक्दैनन्; तिनीहरू सतही घटनाहरूभन्दा पर हेरेर समस्याहरूको सारलाई छर्लङ्गै देख्न असमर्थ हुन्छन्। यसरी, कुनै पनि समस्यालाई सही रूपमा ठहर गर्न तिनीहरूलाई धेरै गाह्रो हुन्छ। यसका साथै, बोधा मानिसहरूमा सोच्ने सामान्य तरिकाहरू वा कुराहरू परख गर्ने सामर्थ्य हुँदैन, त्यसैले तिनीहरू आफ्नो वरपर भइरहेका धेरै कुराहरूबारे पूर्ण रूपमा अनजान रहन्छन्। यस्ता मानिसहरू कुनै ठाउँमा धेरै वर्षसम्म बस्न सक्छन्, तैपनि जब तिनीहरूलाई, “त्यहाँको मौसम कस्तो छ? ऋतुहरूको ढाँचा कस्तो छ? के त्यो बस्नका लागि सहज ठाउँ हो?” भनेर सोधिन्छ, तब तिनीहरू जवाफ दिन असमर्थ हुन्छन्। तिनीहरूले यसो भन्छन्, “मौसमबारे त के भन्‍नु? मलाई थाहा छैन। जे होस्, अप्रिलमा फूलहरू फुल्छन्, सेप्टेम्बर वा अक्टोबरतिर पातहरू पहेँलो भएर झर्न थाल्छन्, र हिउँद आएपछि, हिउँ पर्ने समय हुन्छ।” यदि “त्यहाँका स्थानीय चलनहरू कस्ता छन्? सामाजिक प्रणाली कस्तो छ? के त्यहाँ जातीय भेदभाव छ? सरकारका नीतिहरू कस्ता छन्? तिनीहरूले अन्य ठाउँका मानिसहरूलाई कस्तो व्यवहार गर्छन्?” भनेर सोधियो भने, तिनीहरू पूर्ण रूपमा अनभिज्ञ हुन्छन्, र अवाक् भएर हेर्छन्, अनि केही पनि भन्न सक्दैनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा—धार्मिक विश्‍वासप्रतिको सरकारको मनोवृत्ति—को हकमा समेत, तिनीहरूले केही पनि भन्न सक्दैनन्, र यति मात्रै जवाफ दिन्छन्, “अँ, हामी त्यहाँ बस्छौँ र सरकारले हामीलाई कहिल्यै कुनै समस्या दिँदैन।” तिनीहरू काठका पुतलीहरू जस्तै, कुनै पनि कुराप्रति पूर्ण रूपमा अनजान हुन्छन्—यो चरम बोधोपन हो। कतिपय मानिस यस्ता पनि छन्, जो आफू आफ्नो कर्तव्य निर्वाह गर्नमा ज्यादै व्यस्त रहेको र आफूसँग यी कुराहरू व्यवस्थित गर्ने समय नभएको भनेर भन्छन्—के यो एउटा बहाना मात्र होइन र? (हो।) यो बहाना हो भन्‍ने स्पष्ट छ। के यस्ता सरल कुराहरूका लागि जानाजान ध्यान दिन र अभिलेख राख्न आवश्यक पर्छ र? पर्दैन। यदि तँसँग सामान्य मानवताको सोचाइ छ भने, कुनै ठाउँमा तीन वर्षभन्दा बढी बसेपछि, तैँले आधारभूत रूपमा त्यहाँको स्थानीय मौसम, चलन, जीवनशैलीका बानीबेहोरा, धार्मिक विश्वाससम्बन्धी अवस्था, र सरकारका नीतिहरू र अन्य ठाउँका मानिसहरूप्रतिको यसको मनोवृत्तिलाई बोध गरिसकेको हुनुपर्छ। तैँले विशेष रूपमा यसबारे सिक्नु, पत्ता लगाउनु, वा यो जानकारी सङ्कलन गर्नु आवश्यक पर्दैन—तँलाई थाहा भइहाल्छ। सामान्य मानवताको सोचाइ भएको जोकोहीले पनि यी कुराहरूलाई निकै स्वाभाविक रूपमा बोध गर्न सक्छ। यदि सामान्य मानिसहरूले बोध गर्न र स्पष्ट रूपमा देख्न सक्ने समस्याहरूलाई समेत तैँले बोध गर्न सक्दैनस् भने, यसले के सङ्केत गर्छ? यसले तँसँग सामान्य मानवताको सोचाइ वा विवेकशीलता छैन र तैँले सामान्य मानवताको मानक पूरा गर्दैनस् भन्‍ने सङ्केत गर्छ। यस प्रकारको व्यक्तिले सामान्य मानवताको मानक पूरा गर्न नसक्नुको आधारभूत कारण के हो भने ऊ मानिसबाट नभई पशुबाट पुनर्जन्म भएको व्यक्ति हो। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) यदि कसैको बोधोपनको विशेषता धेरै स्पष्ट छ भने, यसले समस्यालाई छर्लङ्ग पार्छ।

पशुबाट पुनर्जन्म भएका मानिसहरूका विशेषताहरूका बारेमा भर्खरैको हाम्रो सङ्‍गतिबाट तिमीहरूले के बुझ्यौ? के तिमीहरूले एउटा तथ्य याद गर्‍यौ—विकृत बोध र बोधोपन, यी दुवै विशेषताहरू, यस श्रेणीका मानिसहरूमा निकै स्पष्ट रूपमा देखिन्छन् भन्‍ने तथ्य? (देख्यौँ।) यी मानिसहरूमा यी दुई प्रकटीकरणहरू किन हुन्छन्? तिनीहरूको मानवतामा के कुराको कमी हुन्छ? (सामान्य सोचाइ।) यो केही हदसम्म मिल्यो—तिनीहरूमा मानवीय बुद्धि हुँदैन। झट्ट हेर्दा, कस्तो देखिन्छ भने, यी मानिसहरूको क्षमता कमजोर छ—त्यो कति कमजोर हुन्छ त? तिनीहरू विकृत हुने प्रवृत्तिका र बोधा दुवै हुन्छन्; जब सामान्य मानवता भएकाहरूले बारम्बार सामना गर्ने र आत्मनिर्भर रूपमा सम्हाल्न र समाधान गर्न सक्ने केही समस्याहरूको कुरा आउँछ, तब तिनीहरू कमजोर साबित हुन्छन् र तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्, र तिनीहरू एकदमै केटाकेटी जस्ता, हास्यास्पद, र अपरिपक्व देखिन्छन्। अझ गम्भीर कुरा के हो भने, यीमध्ये कतिपय मानिसहरूमा स्वाधीनताका साथ बाँच्ने क्षमता हुँदैन—तिनीहरूले आफूलाई पाल्न सक्दैनन्, र तिनीहरू काम गर्न बाहिर गए पनि वा कुनै पनि प्रकारको काममा संलग्न भए पनि, तिनीहरू असक्षम हुन्छन्। तिनीहरू जहाँ गए पनि, रोजगारदाताहरूले कि त तिनीहरूलाई चाहँदैनन् कि त बर्खास्त गर्छन्। यसका साथै, मुख्य कुरा के हो भने जब तिनीहरूले आफ्नै जीवनको दायराभित्रका विभिन्न समस्याहरू जस्तै जीवनका सामान्य समस्याहरू र केही सानातिना कुराहरूको सामना गर्छन्, तब तिनीहरूले तिनलाई राम्ररी सम्हाल्न सक्दैनन्। तिनीहरूले एकदमै सरल समस्यालाई समेत बिगार्न सक्छन्; तिनीहरूले सधैँ अन्धाधुन्ध रूपमा प्रावधानहरू लागू गर्छन्। तिनीहरूले कुराहरू सम्हाल्न प्रयोग गर्ने विधि र तरिकाहरू अत्यन्तै मूर्खतापूर्ण र भद्दा हुन्छन्; तिनीहरूमा एक वयस्कले संसारका कुराहरूसँग व्यवहार गर्न प्रयोग गर्ने विधि र माध्यमहरू हुँदैनन्। यसले तिनीहरूमा मानवीय बुद्धि छैन भन्‍ने कुरा एकदमै स्पष्ट पार्छ। उदाहरणका लागि, यस्तै एक व्यक्तिलाई कुनै रोग लाग्छ र उसले सधैँ अस्वस्थ महसुस गर्छ। उसले केही जानकारी खोज्छ, र त्यसमा यो गम्भीर रोग वा ठूलो बिमार हुन सक्छ भनिएको हुन्छ; ऊ डराउँछ, र जाँचका लागि हतार-हतार अस्पताल जान्छ। डाक्टरले भन्छ, “यो रोग धेरै गम्भीर छ। यसको मृत्युदर अत्यन्तै उच्च छ। उपचार नगर्ने हो भने, यो बढ्दै जान्छ र मृत्यु हुन्छ। यसको उपचार गर्ने एउटै मात्र तरिका शल्यक्रिया हो। यदि तिमीले शल्यक्रिया गरेनौ भने, तिमी बढीमा तीन महिना बाँच्छौ।” यो सुनेर, ऊ अत्यन्तै डराउँछ र के गर्ने भन्‍ने थाहा पाउँदैन। निदान पुष्टि गर्न थप जाँचहरू नगरीकनै, उसले डाक्टरको कुरा सुन्छ र शल्यक्रिया गर्ने निर्णय गर्छ। शल्यक्रिया गर्नुअघि, उसले के-कस्ता सावधानीहरू अपनाउनुपर्छ, शल्यक्रिया सकिएपछि केही दुष्प्रभावहरू हुन्छन् कि हुँदैनन् भनेर सोध्दा पनि सोध्दैन—उसलाई यी प्रश्‍नहरू सोध्नुपर्छ भन्‍ने समेत थाहा हुँदैन, र डाक्टरले तर्साएपछि आज्ञाकारी भई ऊ शल्यक्रिया गर्ने टेबुलमा चढ्छ। अन्त्यमा, शल्यक्रियापछि, उसलाई यता पनि असहज र उता पनि असहज महसुस हुन्छ, र औषधि खाँदा पनि काम हुँदैन। पछि, उसले अरूबाट के सुन्छ भने यो रोगलाई शल्यक्रिया आवश्यक पर्दैन, यो वास्तवमा गम्भीर रोग होइन, र व्यायाम गरेर र केही सामान्य औषधिहरू खाएर, यो बिस्तारै निको हुँदै जान्छ र बढ्दैन वा खराब हुँदैन। डाक्टरहरूले, पैसा कमाउनका लागि, कहिलेकाहीँ मानिसहरूलाई डराउनका लागि डरलाग्दा कुराहरू भन्छन्, र संवेदनहीन व्यक्तिसँग आफ्नै विचार हुँदैन र उसले निर्णय गर्न सक्दैन; डाक्टरले भनेको कुरा सुनेर, डरले उसको सातोपुत्लो उड्छ, र जब डाक्टरले उसलाई शल्यक्रिया गर्न भन्छ, तब ऊ अघि बढ्छ। जब यस्ता कुराहरू आइपर्छन्, यदि उसको वरिपरि आफ्नै विचार भएको र दृढ मनको, र सही निर्णय लिनका लागि जाँच्न मद्दत गर्ने बुद्धि भएको कोही छ भने, ऊ घुमाउरो बाटो लिनबाट जोगिन सक्छ र उसले अलि कम दुःख भोग्छ। तर यदि उसलाई यस्ता कुराहरू, विशेष गरी ठूला कुराहरू, आफै सम्हाल्न दिइयो भने, ऊ कि त यता कि त उता विचलित हुन्छ, ऊ कि त ठगिन्छ कि त हानिमा पर्छ; उसले सधैँ चरम उपायहरू अपनाउँछ। ऊ सिद्धान्तहरू वा यस्ता कुराहरू सम्हाल्नका लागि सामान्यतया प्रयोग गरिने तरिका र विधिहरूका आधारमा कुराहरूलाई समग्र रूपमा मापन गर्न र त्यसपछि तिनलाई लिने सबैभन्दा उचित र तर्कसङ्गत तरिका पत्ता लगाउन असमर्थ हुन्छ। जोकोहीले उसलाई छक्याउन, खेलाउन, प्रभावित पार्न, र भ्रमित पार्न सक्छ। कतिपय मानिसहरूले सोध्छन्, “के यी मानिसहरूसँग आफ्नै विचार वा राय हुँदैन?” वास्तवमा तिनीहरूसँग आफ्नै विचार वा राय हुँदैन भन्‍ने होइन—हेर् त, जब तिनीहरूले दुष्कर्म गर्छन् र त्रुटिपूर्ण र बेतुके तर्कहरू निकाल्छन्, तब तिनीहरू पक्कै पनि हठी हुन्छन्। जसले सही कुरा भने पनि, तिनीहरूले सुन्दैनन्, र कसैले सही कुरा भने पनि, तिनीहरू अटेरी हुन्छन् र आफ्नै त्रुटिपूर्ण र बेतुके, विकृत तर्कहरूमा लागिरहन्छन्। तैपनि जब वास्तवमा सामान्य समझ र सामान्य सोचाइ प्रयोग गरेर दैनिक जीवनमा उत्पन्न हुने कुराहरूको सामना गर्ने र सही तरिकाले लिने र सम्हाल्ने आवश्यकता पर्छ, तब तिनलाई सम्हाल्न कुन विधि वा प्रक्रिया प्रयोग गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, तिनलाई कसरी लिने भन्‍ने थाहा हुँदैन, तिनीहरूसँग कुनै तरिका वा विधि हुँदैन, र तिनीहरूसँग आफ्नै विचार वा राय हुँदैन। अन्त्यमा, तिनीहरू अरूको चालबाजीमा पर्न मात्रै सक्छन्—अरूले जे गर्न भन्छन् तिनीहरूले त्यही गर्छन्। सामान्य मानवताको बुद्धि नहुनु पशुबाट पुनर्जन्म भएका मानिसहरूको एउटा विशेषता हो। त्यसोभए, तिनीहरू किन आफ्ना त्रुटिपूर्ण र बेतुके, विकृत तर्कहरूमा लागिरहन, यहाँसम्म कि तिनलाई ठूलो स्वरमा बोल्न र जताततै फैलाउन सक्षम हुन्छन्? यसले के प्रमाणित गर्छ भने तिनीहरूको बुद्धिको हिसाबमा, तिनीहरू सत्यता के हो र त्रुटिपूर्ण र बेतुके तर्क के हो, सामान्य तर्कसङ्गतताअनुरूप के हुन्छ र के हुँदैन भनी खुट्ट्याउन असक्षम हुन्छन्—तिनीहरूले यी कुराहरूका बीचमा भिन्‍नता छुट्याउन सक्दैनन्; त्यसकारण, जब तैँले सही तर्क बाँड्छस्, तब तिनीहरूले त्यसलाई स्वीकार गर्न सक्दैनन् र बुझ्दैनन्। तिनीहरू आफ्नै विकृत, कुतर्कमा लागिरहन्छन्, र त्यसलाई सही हो भनी विश्‍वास गर्छन्। अरू कसैले तिनीहरूसँग बोल्न जुनसुकै विधि प्रयोग गरे पनि, तिनीहरूको बोल्ने तरिका जतिसुकै राम्रो वा बुद्धिले भरिएको भए पनि, पशुबाट पुनर्जन्म भएकाहरूले त्यसलाई ग्रहण गर्न सक्दैनन् र बुझ्दैनन्—तिनीहरूको उपाय लाग्दैन। यसले तिनीहरूमा सामान्य मानवताको बुद्धि छैन भन्‍ने देखाउँछ। दैनिक जीवनको सबैभन्दा सामान्य कुराको लागि समेत, जब तँ तिनीहरूसँग तर्क गर्छस्, तब त्यो कुरा तिनीहरूको दिमागमा पस्दैन—तिनीहरू अझै पनि आफ्नो कुतर्कमा लागिरहन्छन्। जब मानिसहरूले यो देख्छन्, तब तिनीहरूले सोच्छन्, “यो व्यक्ति किन यति अनौठो छ? उसलाई किन केही भनेर पनि सम्झाउनै सकिँदैन? ऊ मानसिक रोग लागेको व्यक्ति र उमेर नपुगेको व्यक्ति दुवै जस्तो छ—उसले किन सधैँ बच्चाले जस्तो कुरा गर्छ?” तर तिनीहरू जवान हुँदैनन्—जब तिनीहरू पचास वा साठी वर्षका हुन्छन्, तब पनि तिनीहरू यस्तै हुन्छन्, र जब तिनीहरू असी वर्ष पुग्छन्, तिनीहरू अझै पनि यस्तै हुन्छन्। तिनीहरूको पूरै जीवन, तिनीहरू अपूर्ण बुद्धि भएका मानिसहरू हुन्छन्; तिनीहरूको पूरै जीवन, तिनीहरूमा सामान्य मानवीय सोचाइ वा सामान्य मानवीय बुद्धि हुँदैन। यो पशुबाट पुनर्जन्म भएका मानिसहरूको एउटा विशेषता हो। के यो विशेषता स्पष्ट छ? (छ।) उदाहरणका लागि, मानौँ एउटी मूर्ख स्त्री छे जो अलि राम्री छे, र कुनै दुष्ट बदमासले उनलाई फसाएपछि, तिनीहरू सँगै बस्न थाल्छन्। त्यो दुष्ट बदमास बाहिर जतिबेला पनि केटी खेलाउँदै हिँड्छ, तर जब उनले थाहा पाउँछे, ऊ रिसाउँदिन—जे भए पनि, जबसम्म उसले राम्रो व्यवहार गर्छ तबसम्म उनका लागि ठीकै हुन्छ। पछि, त्यो दुष्ट बदमास अरू कसैसँग लाग्छ, तर जब उनले थाहा पाउँछे, तब उनले वास्ता गर्दिन र अझै पनि अटल भक्तिसाथ त्यो दुष्ट बदमाससँगै बस्छे। उनले यसो समेत भन्छे, “जबसम्म उसले मलाई त्याग्दैन, तबसम्म मलाई ठीक छ।” कसैले उनलाई यसो भनेर सल्लाह दिन्छ, “ऊ यति तल झरिसक्यो—तिमी ऊसँग बस्न छोड्नुपर्छ।” उनले भन्छे, “हुँदैन, म ऊविना बस्न सक्दिनँ। उसले मलाई प्रेम गर्छ र म उसलाई मन पराउँछु!” यस्तो व्यक्ति यही दुष्ट बदमाससँग बसेर जीवनभर दुःख भोग्न लायक हुन्छ—उनले असल व्यक्ति को हो वा सभ्य व्यक्ति को हो भनी खुट्ट्याउनै सक्दिन। उनी एउटा दुष्ट बदमाससँग लाग्छिन् र उसले आफूलाई साँच्चै प्रेम गर्छ भनेर समेत सोच्छिन्। त्यो दुष्ट बदमासले उनलाई केही मिठा कुराहरू भन्छ र केही राम्रा खानेकुराहरू किनिदिन्छ, र त्यसै गरी, उसले मिठा-मिठा कुरा गरेर उनलाई आफ्नो बनाउँछ। उसले माटोको खेलौनासँग खेले जस्तै गरी उनलाई खेलाउँछ। जब उसले पिठ्युँ पछाडि केटी खेलाउँछ र उनले थाहा पाउँछिन्, तब केही शब्दहरू बोलेरै, उसले कुरा मिलाउँछ, उनलाई धोका दिन्छ, र उनले वास्तविकता छर्लङ्गै देख्न सक्दिन। अन्त्यमा, त्यो दुष्ट बदमासले उनको सबै सम्पत्ति र घर कब्जा गर्छ र त्यसपछि उनलाई त्यागिदिन्छ। उनले ऊसँग विवेक छैन भनेर सराप्छिन्, तर मानिसहरूलाई छर्लङ्गै देख्न नसकेकाले आफू ठगिएँ भनेर चाहिँ भन्दिनन्। त्यो दुष्ट बदमासले अरूलाई धोका नदिई उनलाई किन धोका दियो? के उनी मूर्ख भएर होइन र? यस प्रकारको व्यक्तिका मुख्य विशेषताहरू के-के हुन् भने ऊ हरेक कुरालाई बोध गर्ने र व्यवहार गर्ने तरिकामा ढिपीवाल र हास्यास्पद हुन्छ, र उसमा सामान्य मानवताको बौद्धिकता हुँदैन। त्यसैले हामी तिनीहरू पशुबाट पुनर्जन्म भएका हुन् भनी भन्छौँ। तिनीहरू पशु भएकाले, तिनीहरूमा मानवीय बौद्धिकता हुँदैन। तिनीहरूमा मानवीय बौद्धिकता छैन भन्‍ने तथ्य नै तिनीहरूको भित्री सार मानिसहरूको सार होइन भनी प्रमाणित गर्न पर्याप्त छ। त्यसकारण, तिनीहरूले मानवीय मामलाहरूको सामना गर्न वा सामान्य मानिसहरूले सम्हाल्न र समाधान गर्न सक्नुपर्ने समस्याहरूलाई सम्हाल्न र समाधान गर्न सक्दैनन्। जब तिनीहरूको आफ्नै दैनिक जीवनका कुराहरू—तिनीहरूका दैनिक भोजन, आधारभूत आवश्यकताहरू, साथै पारस्परिक सम्बन्धहरू र वरपरको वातावरण—लाई लिने तरिकाको कुरा आउँछ, तब पनि तिनीहरू निकै बोधा हुन्छन्। यसबाहेक, जब तिनीहरूले आफूले सामना गर्नुपर्ने र सम्हाल्नुपर्ने निश्चित कुराहरू सामना गर्छन्, तब तिनीहरूमा सामान्य मानिसहरूको बौद्धिकता हुँदैन, र अवश्य पनि, बुद्धिको त कुरै नगरौँ। जब तिनीहरूले यी समस्याहरूको सामना गर्छन्, तब तिनीहरूले तिनलाई ठूलो कठिनाइ, ठूलो थकाइ, र चरम भद्दापनका साथ सम्हाल्छन्। तिनीहरू यति बूढा भइसकेका र तिनीहरूले यति लामो समय बाँचिसकेका हुन्छन्: तिनीहरूले कुराहरूलाई यसरी कसरी सम्हाल्न सक्छन्? तिनीहरूले भन्ने कुराहरू किन यति घिनलाग्दो र अप्ठ्यारो सुनिन्छन्? तिनीहरूले किन सामान्य मानिसहरू जस्तो कुरा गर्दैनन्? तिनीहरूले धेरै वर्ष बाँचिसके र धेरै अनुभव बटुलिसके, तैपनि यस्तो सरल कुरा सम्हाल्दा, तिनीहरूले कसरी यस्तो व्यवहार गर्न सक्छन्? तिनीहरूमा मानवताको सबैभन्दा आधारभूत सीमा वा मानिसहरूमा हुनुपर्ने सबैभन्दा आधारभूत सिद्धान्तहरू समेत हुँदैनन्।

इ. तेस्रो विशेषता: अलमल्लपना

विकृत बोध हुनु र बोधो हुनुजस्ता दुई वटा विशेषताहरूका साथै, पशुहरूबाट पुनर्जन्म भएका मानिसहरूमा अर्को एउटा विशेषता पनि हुन्छ, त्यो के हो भने तिनीहरू विशेष गरी अलमल्‍ल परेका हुन्छन्। विगतमा, जब हामीले सत्यताको बारेमा सङ्गति गर्यौँ, तब हामीले व्यापक रूपरेखा र दिशाको बारेमा मात्रै कुरा गर्यौँ—उक्त सङ्गति तुलनात्मक रूपमा सामान्य थियो। सत्यताका विभिन्‍न विवरणहरूका हकमा, हामीले तिनका बारेमा तोकेर सङ्गति गरेनौँ, तर केही अवधारणात्मक अभिव्यक्तिहरू र विषयवस्तुबारे मात्रै छलफल गर्‍यौँ। यी वर्षहरूका सङ्गतिमा, सत्यताका विभिन्‍न पक्षहरूका बारेमा निश्‍चित रूपमा र विस्तृत रूपमा सङ्गति गरिएको छ। तर, पशुहरूबाट पुनर्जन्म भएका मानिसहरूका लागि, जब तिनीहरूले अहिले सङ्गतिमा बोलिँदै गरेका वचनहरू सुन्छन्, तब तिनीहरू ती पहिले सङ्गतिमा बोलिएका वचनहरूजस्तै हुन्, र कुराहरूलाई प्रस्तुत गर्ने तरिका केही परिवर्तन भएको छ, विषयवस्तु केही हदसम्म अझ प्रशस्त भएको छ, र सङ्गतिको मात्रा पहिलेको तुलनामा निकै बढेको छ भन्‍ने सोच्छन्। अनि यति लामो समयसम्म सुनेपछि, तिनीहरू किन झन्-झन् अन्योलमा पर्दै गइरहेका छन् भनी तिनीहरू अचम्म मान्छन्। तिनीहरूले यति धेरै वर्षसम्म प्रवचनहरू सुनेका छन्, तर तिनीहरूले यसबाट केही पनि प्राप्त गरेका छैनन्। आफूलाई कसरी आचरणमा ढाल्ने, अरूलाई कसरी व्यवहार गर्ने, आफूलाई कसरी चिन्ने, परमेश्‍वरको ज्ञान प्राप्त गर्न परमेश्‍वरको कामको कसरी अनुभव गर्ने, र विशेष गरी परमेश्‍वर र उहाँका वचनहरूलाई कसरी लिने भन्‍ने कुराको हकमा, तिनीहरूले सुरुदेखि नै यी कुराहरू बुझ्न सकेका हुँदैनन्, र अहिले पनि, तिनीहरूले ती अझै बुझ्न सक्दैनन्। यो सामान्य स्तरको अलमल्‍लपना होइन तर गम्भीर स्तरको अलमल्लपना हो। सत्यताका विभिन्‍न पक्षहरूलाई जतिसुकै निश्‍चित रूपमा व्याख्या गरिए पनि, तिनीहरूले ती सबैलाई एकै ठाउँमा मिसाउँछन्। तिनीहरूले बुझ्ने कुरा भनेको केही नारा र धर्मसिद्धान्तहरू मात्रै हुन्, जस्तै, “हामीले परमेश्‍वरका लागि आफूलाई समर्पित गर्नुपर्छ, हामी परमेश्‍वरप्रति बफादार हुनुपर्छ, र हामीले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्नुपर्छ!” तिनीहरू केही प्रावधान, नारा र सिद्धान्तहरूमा टाँसिन्छन्, र तिनीहरूले सत्यताको अभ्यास गरिरहेका छौँ भन्‍ने सोच्छन्। तैँले जति निश्‍चित रूपमा सङ्गति गर्छस्, तिनीहरू त्यति नै अन्योलमा पर्छन्, र तिनीहरूलाई यो आफ्नो क्षमताभन्दा बाहिरको कुरा हो, पहिले सङ्गति सरल हुँदा नै राम्रो थियो भन्‍ने त्यति नै बढी महसुस हुन्छ। यसबाहेक, व्याख्या जति विस्तृत हुन्छ, तिनीहरूलाई त्यति नै धेरै कठिनाइहरू हुन्छन्: “यति विस्तृत कुरा म कसरी याद गर्न सक्छु? पहिले अभ्यास गर्नु निकै सरल थियो। अहिले जति धेरै सङ्गति गरिन्छ, त्यति नै धेरै अभिव्यक्ति हुनुको कारण के हो? जति धेरै कुरा भनिन्छ, मलाई अभ्यास कसरी गर्ने भन्‍ने त्यति नै कम थाहा किन हुन्छ? कर्तव्य पूरा गर्नु निकै सरल थियो—यो केवल त्याग्नु, समर्पित हुनु, दौडधूप गर्नु, धेरै सुसमाचार प्रचार गर्नु, र परमेश्‍वरको धेरै गवाही दिनु मात्रै हुन्थ्यो। अहिले कर्तव्य पूरा गर्नेबारेका सत्यताहरूलाई विस्तृत रूपमा व्याख्या गरिएको छ, त्यसरी नै सत्यताका अन्य सबै पक्षहरूलाई व्याख्या गरिएको छ, तर यी कुराहरू जति धेरै व्याख्या गरिन्छन्, म यी कुराहरू त्यति नै कम बुझ्छु र ती मेरो समझभन्दा त्यति नै बाहिरका हुन्छन्।” व्याख्या जति विस्तृत हुन्छ, यी सत्यताहरू तिनीहरूको समझभन्दा त्यति नै बाहिरका हुन्छन्—के यो अलमल्‍ल पर्नु होइन र? तिनीहरू गम्भीर रूपमा अलमल्‍ल परेका हुन्छन्, होइन र? सत्यताका विभिन्‍न पक्षहरूलाई विस्तृत रूपमा व्याख्या गरिएको भए पनि, तिनीहरू अझै पनि केही अवधारणात्मक र परिभाषासम्बन्धी शब्दहरूका बारेमा भ्रमित र सधैँ अलमल्‍ल भएका हुन्छन्। उदाहरणका लागि, दुष्ट मानिसहरू के हुन् वा झूटा अगुवाहरू के हुन् भनी तिनीहरूले जान्दैनन् र छर्लङ्गै देख्न सक्दैनन्; असल मानवता के हो र खराब मानवता के हो भनेर पनि तिनीहरूले जान्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरूको अभ्यास गर्नु र प्रावधानहरू पालन गर्नुबीचको भिन्‍नता नै जान्दछन्। यी निश्‍चित समस्याहरू तिनीहरूका लागि सबै अलमलको विषय हो। तिनीहरूले यी अवधारणात्मक कुराहरू समेत बुझ्दैनन्—तिनीहरूको सोचाइ अव्यवस्थित हुन्छ। यसबाहेक, तिनीहरूले जे गरे पनि, तिनीहरूले सिद्धान्तहरू भेट्टाउन सक्दैनन्, तिनीहरूसँग पछ्याउने कुनै चरणहरू हुँदैनन्, कुनै ठोस योजनाहरू हुँदैनन्, र तिनीहरूले कुन विधिहरू प्रयोग गर्नुपर्छ वा कुन परिणामहरू हासिल गर्नुपर्छ भनी जान्दैनन्; तिनीहरूले कुनै निश्चित तरिकाले काम गर्दा के परिणामहरू आउँछन् भनी स्पष्ट रूपमा देख्न पनि सक्दैनन्। तिनीहरूले आफ्नो मनमा यसो सोच्छन्, “मैले यी कुराहरूमा किन आफूलाई चिन्तित तुल्याउनुपर्‍यो र? यदि मलाई केही कुरा कसरी गर्ने भन्‍ने थाहा छैन भने, म त्यसलाई अन्धाधुन्ध रूपमा गर्नेछु—जे होस्, जबसम्म मेरो हृदय परमेश्‍वरप्रति इमानदार छ, त्यति नै पर्याप्त छ।” हेर् त, यस्ता मानिसहरू असाध्यै अलमल्‍ल परेका हुन्छन्, होइन र? तिनीहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्, तैपनि तिनीहरूले सत्यताका कुन-कुन पक्षहरू बुझेका छन् भनी जान्दैनन्, न त तिनीहरूले सत्यताको अभ्यास गरेका छन् कि छैनन् भन्‍ने नै जान्दछन्। तिनीहरूसँग जीवन प्रवेश छ कि छैन भनी सोध्दा, तिनीहरूले भन्छन्, “अँ, मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु र आफ्नो परिवार त्यागेको छु।” तिनीहरू यी सबै कुराहरूबारे अस्पष्ट हुन्छन्—यो गम्भीर रूपमा अलमल्‍ल पर्नु हो। भेलाहरूमा गाउँदा र नाच्दा, तिनीहरू ऊर्जाले भरिपूर्ण हुन्छन्, तर जब प्रवचन र सत्यतासम्बन्धी सङ्गतिको समय आउँछ, तब तिनीहरू झुल्न थाल्छन्, तिनीहरूलाई निद्रा लाग्‍न थाल्छ, र तिनीहरू निदाउन पनि सक्छन्। काम गर्ने कुरा आउँदा, तिनीहरू प्रयास गर्न इच्छुक हुन्छन्, र तिनीहरूले भन्छन्, “हामी हाम्रा कर्तव्यहरू राम्ररी पूरा गरौँ, र परमेश्‍वरप्रति हाम्रो बफादारी अर्पण गरौँ!” तर सत्यताको बारेमा सङ्गति गर्ने कुरा आउँदा, यदि तिनीहरूलाई “के तिमीले हालै कुनै लाभ कटनी गरेका छौ? तिमीले कुन-कुन भ्रष्ट स्वभावहरू प्रकट गरेका छौ भनी पहिचान गरेका छौ? तिनलाई पहिचान गरेपछि, के तिमीले तिनलाई समाधान गर्ने मार्ग भेट्टाएका छौ?” भनेर सोधिस् भने, तिनीहरूले जवाफ दिन्छन्, “खै। मैले थोरै पहिचान गरेको छु, तर मैले पहिचान गरेको कुरा सही छ कि छैन भन्‍ने मलाई थाहा छैन। जे होस्, म अघि बढेँ र त्यसरी नै अभ्यास गरेँ, तर यो सही छ कि छैन भन्‍ने मलाई थाहा छैन।” तिनीहरूले कुनै पनि कुरा छर्लङ्गै देख्न सक्दैनन्, र तिनीहरूको मन अलमल्‍ल र अस्पष्ट हुन्छ। तिनीहरू आफू केमा निपुण छन् भन्‍ने जान्दैनन्, न त तिनीहरूमा के कुराको कमी छ भन्‍ने नै जान्दछन्। भ्रष्ट स्वभावहरू चिन्ने बारेको सङ्गतिको दौडान, तिनीहरू आफूमा भ्रष्ट स्वभावहरू छन्, आफूले झूट पनि बोल्ने, र कहिलेकाहीँ छली व्यवहार गर्ने र ढिलासुस्ती गर्ने कुरा स्वीकार त गर्छन्। तर वास्तविक परिस्थितिहरूको सामना गर्दा, यदि तैँले तिनीहरूलाई “तिमीले किन छली व्यवहार गर्यौ र ढिलासुस्ती गर्यौ? तिमी किन छलमा संलग्न भयौ?” भनेर सोधिस् भने, तिनीहरूले यसो भन्छन्, “मैले त्यसो गरिनँ! मैले जानाजानी गरेको होइनँ—मैले त यो काम गर्ने उपयुक्त तरिका यही हो भनेर पो सोचेँ, त्यसैले मैले त्यसरी नै गरेँ।” मानौँ कसैले तिनीहरूलाई यसरी खुलासा गर्छ, “तिमीले त्यसरी काम गर्नु उपयुक्त थियो भनी सोच्यौ, तर के तिमीभित्र कुनै व्यक्तिगत अभिप्राय वा छलछाम थिए? के तिमीलाई आत्म-चिन्तन कसरी गर्ने भन्‍ने थाहा छ? के त्यसरी काम गर्दा के-कस्ता परिणामहरू आउँछन् भन्‍ने तिमीलाई थाहा छ?” तिनीहरूले जवाफ दिन्छन्, “जबसम्म मेरो खराब अभिप्राय थिएन भने, ठीकै छ।” “खराब अभिप्राय नहुनु र सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु एउटै हो र?” “थाहा छैन।” तिनीहरूलाई केही पनि थाहा हुँदैन। तिनीहरूले यति धेरै सत्यता र यति धेरै सङ्गति सुनेका हुन्छन्, र तिनीहरूको दैनिक जीवनमा तिनीहरूले सत्यतासँग सम्बन्धित सबै प्रकारका समस्याहरूको सामना गरेका हुन्छन्, तर तिनीहरू हरेक सत्यतामा अझै पनि अस्पष्ट र धमिलो नै हुन्छन्। कुन कुराहरू सत्यता हुन् र कुन होइनन् भनेर तिनीहरूले भन्न सक्दैनन्, न त तिनीहरूले परिस्थितिहरूको सामना गर्दा सत्यताको अभ्यास कसरी गर्ने भन्‍ने नै जान्दछन्। तिनीहरूका कार्य र व्यवहारहरू सत्यता सिद्धान्तहरूअनुसार छन् कि छैनन् भन्‍नेमा तिनीहरू अस्पष्ट हुन्छन्, र तिनीहरूले आफूलाई जे राम्रो लाग्छ त्यही तरिकाले काम गर्छन्। के यो अलमल्‍लमा पर्नु होइन र? (हो।) तिनीहरूले गर्ने कुनै पनि कुरामा तिनीहरूका कुनै सिद्धान्त हुँदैनन्, न त तिनीहरूले कुनै व्यक्तिलाई कसरी व्यवहार गर्ने भन्‍नेमा नै सिद्धान्तहरू हुन्छन्। उदाहरणका लागि, दुष्ट मानिसहरूलाई गरिने व्यवहारको कुरा गर्दा, कतिपय दुष्ट मानिसहरूमा निश्चित सामर्थ्य वा पेसागत सीपहरू हुन्छन्, र तिनीहरूले अहिलेका लागि अझै पनि सेवा गर्न सक्छन्—त्यस्ता मानिसहरूलाई सेवा गर्न अनुमति दिन सकिन्छ। तर कतिपय मानिसहरूले यो कुरा बुझ्न सक्दैनन्: “परमेश्‍वरले दुष्ट मानिसहरूलाई मन पराउनुहुन्न भन्‍ने होइन र? त्यसोभए तिनीहरूलाई किन अझै पनि प्रयोग गरिँदै छ?” जब तैँले तिनीहरूसँग यो बुद्धि हो र एउटा सिद्धान्त पनि हो भनेर सङ्गति गर्छस्, तब तिनीहरूले यसबारे चिन्तन गर्छन् र सोच्छन्, “के सिद्धान्त? के यो मानिसहरूलाई धोका दिनु मात्रै होइन र? के यो मानिसहरूको शोषण गर्नु होइन र?” तिनीहरूले यसलाई यसरी नै बुझ्छन्। मलाई भन्, के तिनीहरूमा सामान्य मानवताको सोचाइ हुन्छ? तिनीहरूले वास्तविक परिस्थितिअनुसार काम गर्ने सिद्धान्तहरू कसरी पहिचान गर्ने भन्‍ने जान्दैनन्—के तिनीहरू सामान्य मानवीय बुद्धिको स्तरमा पुग्न सक्छन्? (सक्दैनन्।) सामान्य मानवताको सोचाइ र सामान्य बुद्धि भएकाहरूले यो कुरा बुझ्न र बोध गर्न सक्छन्, तर पशुहरूबाट पुनर्जन्म भएका मानिसहरूले यो सरल कुरा समेत बोध गर्न सक्दैनन्। त्यसोभए, तिनीहरूले सत्यता कसरी बुझ्न सक्लान् र? तिनीहरूले प्रायः भन्ने एउटा कुरा हो, “पछिल्लो पटक, तिमीले त्यस मामिलाबारे त्यसो भन्यौ। आज तिमीले किन फरक कुरा भनिरहेका छौ? तिम्रा शब्दहरू अविश्वसनीय छन्—तिमीले तिनलाई कुनै पनि बेला कसरी परिवर्तन गर्न सक्छौ?” तिनीहरूलाई के थाहा हुँदैन भने, त्यस मामिलाको स्थिति अहिले फरक छ, त्यसैले त्यसलाई सम्हाल्ने तरिका पनि परिवर्तन हुनुपर्छ। तर, सिद्धान्त र लक्ष्यहरू उस्तै रहन्छन्। मामिलालाई सम्हाल्ने विधि मात्रै परिवर्तन भएको हो—यसलाई विशेष परिस्थितिअनुसार समायोजन गरिन्छ, त्यस मामिलाको स्थितिअनुसार आवश्यक पर्दा अनुकूलन हुने र प्रतिक्रिया दिने गरिन्छ, ताकि अझ राम्रो परिणामहरू हासिल गर्न सकियोस्। जब पशुहरूबाट पुनर्जन्म भएका मानिसहरूले यस्ता मामिलाहरूको सामना गर्छन्, तब तिनीहरूले तिनलाई छर्लङ्गै देख्न सक्दैनन्। तिनीहरूले सत्यता सिद्धान्तहरू प्रावधानहरू हुन्, र तिनलाई हर समय कुनै परिवर्तनविना पालन गरिनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। त्यसैले जब तैँले, सत्यता सिद्धान्तहरूका आधारमा, केही गर्ने तरिका समायोजन गर्छस्, तब तिनीहरूले यो कुरा बुझ्दैनन् वा बोध गर्दैनन्, र तिनीहरूले यसलाई स्वीकार गर्न सक्दैनन्। तिनीहरूमध्ये कतिपयले तँलाई दोषी समेत ठहर्याउन सक्छन् र तेरो कमजोरी समात्न खोज्छन्। भित्रबाट, तिनीहरूले कुनै पनि कुराको सार वा प्रकृति स्पष्ट रूपमा देख्न सक्दैनन्। तिनीहरूका विचारहरू अलमल्‍ल हुन्छन्। जब तिनीहरूले कुनै पनि कुरा हेर्छन्, तब तिनीहरूले त्यसमा प्रावधानहरू मात्रै लागू गर्छन्; तिनीहरूले त्यसलाई सत्यता सिद्धान्तहरूका आधारमा कसरी मापन गर्ने भनेर कहिल्यै जान्दैनन्, न त तिनीहरूले त्यसको विकासको नियमका आधारमा त्यसलाई समाधान गर्न र प्रतिक्रिया दिन विभिन्न विधिहरू कसरी अपनाउने भनी नै जान्दछन्। पशुहरूबाट पुनर्जन्म भएका मानिसहरूमा यो अलमल्‍ल पर्ने विशेषता धेरै स्पष्ट हुन्छ, होइन र? (हो।)

पशुहरूबाट पुनर्जन्म भएका मानिसहरूले अरूलाई खुट्ट्याउन सक्दैनन्। जब तिनीहरूले कुनै व्यक्ति निकै इमानदारीपूर्वक बोल्छ तर केही हदसम्म कुटिल तरिकाले काम गर्छ भन्‍ने देख्छन्, तब तिनीहरूले ऊ वास्तवमा कस्तो प्रकारको व्यक्ति हो, ऊ वास्तवमा सत्यता पछ्याउने व्यक्ति हो कि होइन भन्‍ने छर्लङ्गै देख्न सक्दैनन्। विश्लेषणात्मक सोचाइ आवश्यक पर्ने जटिल परिस्थितिहरूको सामना गर्दा, तिनीहरू अन्योलमा हुन्छन् र तिनीहरूले तिनलाई बुझ्न सक्दैनन्, र तिनलाई कसरी जाँच्ने भन्‍ने जान्दैनन्। तिनीहरूको सोचाइ अलमल्‍ल हुन्छ; तिनीहरूको सोचाइ एक आपसमा गाँठो परेको धागोको डल्लो जस्तो हुन्छ, र तिनीहरूले आफ्ना विचारहरूलाई कहिल्यै मिलाउन सक्दैनन्। तैँले तिनीहरूलाई जति पटक सिद्धान्तहरू बताए पनि, तिनीहरूले विभिन्न मानिस, घटना र कामकुराहरूलाई खुट्ट्याउन सत्यता सिद्धान्तहरू कसरी लागू गर्ने भन्‍ने जान्दैनन्। उदाहरणका लागि, समस्याहरू रिपोर्ट गर्ने कुरा आउँदा, तिनीहरूले वास्तविक स्थितिअनुसार सही रूपमा कुराहरू रिपोर्ट गर्न सक्दैनन्। कतिपय अगुवाहरू केही वास्तविक काम गर्न सक्षम हुन्छन्, तर निश्चित अवस्थाहरूमा, तिनीहरूको कामको प्रदर्शनमा केही विचलनहरू हुन सक्छन्, र तिनीहरूले भ्रष्ट स्वभावका केही प्रकाशहरू देखाउन सक्छन्; तर, तिनीहरूको मानवता र कार्य सक्षमताको हिसाबमा, तिनीहरू आधारभूत रूपमा मानकअनुरूप नै हुन्छन्। तैपनि अलमल्‍ल परेका कतिपय मानिसहरूले यी अगुवाहरूले वास्तविक काम गर्न सक्छन् भन्‍ने तथ्यलाई हेर्दैनन्, न त तिनीहरूले तिनीहरूको मानवताका गुणहरूलाई नै हेर्छन्—बरु, तिनीहरूले रिपोर्ट गर्नका लागि विशेष गरी तिनीहरूका अवगुण, त्रुटि र केही तुच्छ, सानातिना समस्याहरू मात्रै छान्छन्। यसको विपरीत, ती साँचो ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरू, ती ठूला दुष्टता गर्ने मानिसहरू, कुनै पनि वास्तविक काम गर्न असक्षम हुन्छन् र अरूलाई भ्रमित पार्न शब्द र धर्मसिद्धान्तहरू मात्रै बोल्छन्, तिनीहरूले बाहिरी रूपमा ठूलो तामझामका साथ काम गर्छन् तर वास्तविकतामा तिनीहरूको मानवता मानकअनुरूप हुँदैन, तिनीहरूले रोजेको मार्ग गलत हुन्छ, तिनीहरूको मानवता दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको जस्तो हुन्छ, र तिनीहरूले हिँड्ने मार्ग ख्रीष्टविरोधीहरूको, सत्यता नपछ्याउनेहरूको मार्ग हो, तैपनि यी अलमल्‍ल परेका व्यक्तिहरूले यी कुराहरू छर्लङ्गै देख्न सक्दैनन्। तिनीहरूले यी मानिसहरूले आफ्नो काम गर्दा ठूलो प्रदर्शन गर्छन् भन्‍ने देख्छन् र तिनीहरूमा अगुवाइको प्रतिभा र साङ्गठनिक सीपहरू छन्, तिनीहरूले काम राम्ररी गर्न सक्छन् भन्‍ने मानिलिन्छन्। तिनीहरूको कामले वास्तवमा के परिणामहरू उत्पादन गर्छ, तिनीहरूले पश्‍चात्ताप गरेका छन् कि छैनन् र तिनीहरू परिवर्तन भएका छन् कि छैनन्, वा तिनीहरूको मानवता मानकअनुरूप छ कि छैन भन्‍नेबारेमा त, तिनीहरूले यीमध्ये कुनै पनि कुरा जान्दैनन्। तिनीहरू ख्रीष्टविरोधीहरूद्वारा भ्रमित र नियन्त्रित भए पनि, तिनीहरूलाई यसको कुनै चेतना हुँदैन; तिनीहरूले ख्रीष्टविरोधीहरूलाई पछ्याउनेछन् र उनीहरूको आज्ञापालन गर्नेछन्, तर अझै पनि तिनीहरूले आफूले परमेश्‍वरलाई पछ्याइरहेको, सुसमाचार प्रचार गरिरहेको र परमेश्‍वरको गवाही दिइरहेको छु भन्‍ने विश्‍वास गर्नेछन्। वास्तविकतामा, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई धेरै अघिदेखि नै आफ्नो नियन्त्रणमा लिएका हुन्छन्; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरिरहेका हुँदैनन् तर मानिसहरूलाई, दियाबलसहरू र शैतानहरूलाई पछ्याइरहेका हुन्छन्—तैपनि तिनीहरूले यो कुरा जान्नेछैनन्। भित्रबाट, तिनीहरू धेरै अघिदेखि नै अन्धकारले भरिएका हुन्छन्, तिनीहरूले धेरै अघिदेखि नै परमेश्‍वरको उपस्थिति गुमाइसकेका हुन्छन्, र तिनीहरूले धेरै अघिदेखि नै पवित्र आत्माको काम गुमाइसकेका हुन्छन्। तिनीहरू निकै बोधा हुने हुनाले, तिनीहरूको बोध विकृत हुने हुनाले, र तिनीहरूले कुनै पनि सत्यता सिद्धान्तहरू नबुझ्‍ने हुनाले, तिनीहरूले कुराहरू छर्लङ्गै देख्न सक्दैनन् र तिनीहरू मानिसहरूलाई खुट्ट्याउन असक्षम हुन्छन्। तिनीहरूले समस्याहरू रिपोर्ट नगर्ने वा ख्रीष्टविरोधीहरूलाई नहटाउने मात्रै होइन, तर तिनीहरूले उनीहरूको रक्षा समेत गर्छन्। यसको विपरीत, जब साँच्चै कुनै वास्तविक काम गर्न सक्षम अगुवा र कामदारहरूको कुरा आउँछ, यदि तिनीहरूले सानातिना कमजोरी वा साना समस्याहरू देखे भने, तिनीहरूले ती सिद्धान्तका कुराहरू नभए पनि, तिनलाई रिपोर्ट गर्न र यी समस्याहरू उठाउन जिद्दी गर्छन्। तिनीहरू गम्भीर रूपमा अलमल्‍लमा परेका हुन्छन्! तिनीहरूले कुनै पनि सिद्धान्तका कुराहरू छर्लङ्गै देख्न सक्दैनन्—दैनिक जीवनमा तिनीहरूले कोसँग अन्तरक्रिया गर्नुपर्छ, कसबाट तिनीहरूले सहायता र लाभहरू प्राप्त गर्न सक्छन्, वा तिनीहरू कोबाट टाढा बस्नुपर्छ भन्‍ने कुराको हकमा समेत, तिनीहरूले यी कुराहरू खुट्ट्याउन वा छर्लङ्गै देख्न सक्दैनन्। तिनीहरूमध्ये कतिपय त अविश्‍वासीहरू र गैरविश्‍वासीहरूसँग एकदमै घुलमिल हुन्छन्, र यी मानिसहरू ज्ञानी छन्, उनीहरूमा क्षमता छ, र यसरी उनीहरूले तिनीहरूलाई मद्दत गर्न सक्छन्, र उनीहरू सङ्गत गर्न लायकका छन् भन्‍ने सोच्छन्। तिनीहरूले आफूले आदर्श मान्नेहरूको बारम्बार प्रशंसा समेत गर्छन्, र उनीहरू कति सक्षम छन् र उनीहरूको कति प्रतिष्ठा छ भन्‍ने कुरा समेत भन्छन्। तिनीहरूले दियाबलसहरूलाई मूर्तिको रूपमा पूजा गर्छन्—के यो अलमल्‍ल पर्नु होइन र? (हो।)

अलमल्‍ल पर्नुले विशेष रूपमा केलाई जनाउँछ? (खराब क्षमता हुनु।) त्यो सामान्य शब्दमा भयो—तोकेर भन्दा, अन्योलमा पर्नुको अर्थ कुनै पनि कुरालाई खुट्ट्याउनका लागि व्यक्तिसँग कुनै सही विचार र दृष्टिकोण हुँदैन, र कुनै पनि कुरालाई हेर्दा ऊसँग कुनै सिद्धान्त वा आधार हुँदैन, र त्यसमाथिको उसको दृष्टिकोण अलमल्‍ल परेको हुन्छ भन्‍ने हो। यो एउटा पक्ष हो। यसका साथै, यस प्रकारका मानिसहरूले सही र गलत अनि असल र खराब छुट्याउन सक्दैनन्—तिनीहरूले अक्सर नकारात्मक कुराहरूलाई सकारात्मक कुरा भनी गल्ती गर्छन् र सकारात्मक कुराहरूलाई नकारात्मक भन्छन्। तिनीहरूले सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनी खुट्ट्याउन सक्दैनन्। उदाहरणका लागि, कतिपय मानिसहरूले यसो भन्छन्, “तिमीहरूले विश्वास गर्ने परमेश्‍वर एक व्यक्ति मात्रै हुनुहुन्छ।” तिनीहरूले यसबारे सोच्छन् र भन्छन्, “होइन, त्यो सही होइन। मैले विश्वास गर्ने व्यक्ति परमेश्‍वर हुनुहुन्छ। यदि उहाँ एक व्यक्ति मात्रै हुनुभएको भए, उहाँले कसरी सत्यता व्यक्त गर्न सक्नुहुन्थ्यो र? मैले विश्वास गर्ने व्यक्ति परमेश्‍वर हुनुहुन्छ—म यसबारे निश्चित छु।” यस कुरामा, तिनीहरू अलमल्‍ल परेका हुँदैनन्। तर जब कसैले “तिमीहरूले विश्वास गर्ने परमेश्‍वर ठूलो रकम लिएर भागे, र मोजमस्ती गर्न अमेरिकामा भागेर गए” भनेर भन्छ, तब तिनीहरू अन्योलमा पर्छन् र भ्रमित हुन्छन्। यदि बुद्धि भएको व्यक्तिले यी शब्दहरू सुनेको भए, उसले यो मनगढन्ते अफवाह हो भनेर खुट्ट्याउनेथियो। यसलाई कसरी “ठूलो रकम लिएर भाग्नु” भन्न सकिन्छ? भन्सार पार गर्दा, सबैको कडा निरीक्षण हुन्छ, र प्रत्येक व्यक्तिले बोक्न सक्ने नगदको मात्रा तोकिएको हुन्छ। के त्यति थोरै पैसा ल्याउनुलाई “ठूलो रकम लिएर भाग्नु” भनेर भन्न मिल्छ? यसबाहेक, त्यो पैसा कसको हो? यदि कसैले अरू मानिसहरूको पैसा हिनामिना गर्‍यो वा कब्जा गर्‍यो भने, त्यो “ठूलो रकम लिएर भाग्नु” हुनेछ—तर यदि यो आफ्नै पैसा हो भने, के त्यसलाई “ठूलो रकम लिएर भाग्नु” भनेर भन्न सकिन्छ र? त्यो “पैसा लिएर भाग्नु” होइन, तर सामान्य रूपमा पैसा बोक्नु हो। यो एउटा पक्ष हो। यसबाहेक, “भाग्नु” को अर्थ के हो? अपराध गरेपछि भाग्ने भगौडालाई “भाग्ने” भनिन्छ। के देहधारी ख्रीष्टले अपराध गर्नुभयो? उहाँले केवल मुख्य भूमि चीनमा धेरै सत्यताहरू व्यक्त गर्नुभयो र आफ्नो न्यायको काम गर्नुभयो, उहाँलाई पछ्याउने मानिसहरूको एउटा समूह प्राप्त गर्नुभयो, र यसका लागि उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको क्रूर दमन र उन्मत्त गिरफ्तारी भोग्नुभयो। अन्त्यमा, उहाँसँग केही मानिसहरूलाई आफ्‍नो साथमा देश बाहिर लगेर विदेशमा परमेश्‍वरको काम जारी राख्नुबाहेक अरू कुनै विकल्प थिएन। त्यसलाई कसरी “ठूलो रकम लिएर भाग्नु” भन्न सकिन्छ? यो एक सामान्य यात्रा थियो, भन्सार पार गरेर पूर्ण रूपमा सामान्य तरिकाले विमान चढेर संयुक्त राज्य अमेरिका जानुभएको थियो। उहाँले देश छोड्नुभयो किनभने उहाँलाई चिनियाँ कम्युनिस्ट पार्टीले लखेटिरहेको थियो, र उहाँसँग आराम गर्ने ठाउँ र बस्ने ठाउँ थिएन। चिनियाँ कम्युनिस्ट पार्टीको तानाशाही शासनअन्तर्गत, धार्मिक स्वतन्त्रता नहुने मात्रै होइन, तर परमेश्‍वरमा विश्वास गर्दा गिरफ्तारी र सतावट पनि भोग्नुपर्छ; मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुने ख्रीष्टको हकमा भन्दा, यदि उहाँ पक्राउ पर्नुभएको भए, उहाँले मृत्युदण्ड र क्रुसीकरणको सामना गर्नुपर्नेथियो। कामको आवश्यकताले गर्दा मात्रै ख्रीष्टले प्रजातान्त्रिक र स्वतन्त्र देशमा जाने छनौट गर्नुभयो, र उहाँले संयुक्त राज्य अमेरिकामा आउनुअघि सामान्य माध्यमबाट राहदानी र भिसा प्राप्त गर्नुभयो। अमेरिकामा, उहाँका कुनै मित्र वा आफन्त छैनन्, उहाँ त्यस ठाउँसँग अपरिचित हुनुहुन्छ, र उहाँ साधारण जीवन बिताउनुहुन्छ, साधारण घरमा पकाइएको खाना खानुहुन्छ—त्यहाँ कुनै पनि “मोजमस्ती” छैन। के “मोजमस्ती” गर्नु भन्‍ने कुरा भित्री उद्देश्य भएकाहरूको शब्दावली मात्रै होइन र? के यो झूट होइन र? ख्रीष्टले अमेरिकामा एक साधारण व्यक्तिको जीवन बिताउनुहुन्छ: घरको खाना खानुहुन्छ, उहाँले भव्य भोजनको आनन्द लिन कहिल्यै कुनै उच्च-स्तरीय रेस्टुरेन्टमा भोजन गर्नुभएको छैन, कुनै उच्च-स्तरीय होटेलमा त झन् कहिल्यै बस्नुभएको छैन, र यात्रा गर्न विरलै बाहिर जानुहुन्छ—नजिकैका क्षेत्रहरूमा घुम्नु नै पर्याप्त हुन्छ। यीमध्ये कुनै पनि कुराप्रति उहाँलाई कुनै विशेष आकर्षण छैन। कतिपय मानिसहरूलाई खान मन पर्छ र तिनीहरूले पहिले नखाएका सबै कुरा चाख्न चाहन्छन्, यहाँसम्म कि तिनीहरूले चाख्नकै लागि हवाईजहाजबाट खाना मगाउँछन्। के मैले कहिल्यै त्यसो गरेको छु? कहिल्यै छैन। तैपनि, भित्री उद्देश्य भएका कतिपय मानिसहरूले यस सन्दर्भमा तिललाई पहाड बनाएका छन्! यी मानिसहरू दियाबलसहरू हुन्। तिनीहरू परमेश्‍वरका शत्रुको रूपमा जन्मेका थिए, र तिनीहरूले यसरी काम गर्नु तिनीहरूको अन्तर्निहित प्रकृति हो; तिनीहरू मुख्यतया मानिसहरूलाई धोका दिन र परमेश्‍वरलाई बदनाम गर्न झूटमा भर पर्छन्। तिनीहरू दियाबलसहरू हुन् भन्‍ने कुरामा शङ्का गर्नु पर्दैन। त्यसोभए यी दियाबलसहरूका झूटमा विश्वास गर्न सक्ने व्यक्ति कस्तो प्रकारको व्यक्ति हो? अवश्य पनि, तिनीहरू पनि दियाबलसहरू नै हुनुपर्छ—दियाबलसहरूले मात्रै दियाबलसहरूका कुरामा विश्वास गर्छन्। कतिपय मानिसहरूले “तिमीहरूले विश्वास गर्ने ख्रीष्ट ठूलो रकम लिएर भागे” भनेर भन्छन्, अनि तिनीहरूले तुरुन्तै विश्वास गर्छन् र यसलाई पूर्ण रूपमा स्वीकार गर्छन्। कतिपय मानिसहरूले यसो भन्छन्, “तिमीहरूले विश्वास गर्ने ख्रीष्ट अमेरिका भागे र तिनी त्यहाँ मोजमस्ती गरिरहेका छन्, यति धेरै स्वादिष्ट परिकारहरू खाइरहेका छन् कि तिनलाई वाक्क लागिसक्यो, विलासी होटेलहरूमा बस्दै, विलासी कारहरूमा घुम्दै, व्यक्तिगत भान्छे र परिचारकहरूसँग, र प्रसिद्ध रमणीय स्थलहरूको भ्रमण गर्न विदेश जाँदै यसो गर्छन्—तिनले आफ्नो सबै समय मोजमस्ती गरेर बिताइरहेका छन्।” शैतानले एक पटक दिमाग भुटिदिएपछि, यी अलमल्‍ल परेका मानिसहरूले तुरुन्तै विश्वास गर्छन्। म त भन्छु, यस्ता मानिसहरूलाई शैतानको हातमा सुम्पिनुपर्छ—तिनीहरू परमेश्‍वरमा विश्वास गर्न लायक हुँदैनन्। तिनीहरूले जतिसुकै प्रवचनहरू सुने पनि, तिनीहरूले बुझ्दैनन्, र तिनीहरूले अझै पनि यी अफवाहहरूमा विश्वास गर्न सक्छन्। यस्ता मानिसहरू मानव होइनन्। यदि तिनीहरू मानव होइनन् भने, तिनीहरू के हुन् त? तिनीहरू पशुहरू हुन्। तिनीहरू दुष्ट मानिसहरू नभए पनि, तिनीहरू गम्भीर रूपमा अलमल्‍ल परेका हुन्छन्, असल र खराब, सकारात्मक र नकारात्मक, सही र गलत, सत्यता र दुष्टता अनि कुतर्क छुट्याउन असमर्थ हुन्छन्। यस्ता मानिसहरूलाई सफा गरिनुपर्छ—यदि तिनीहरू आफै जाँदैनन् भने, तिनीहरूलाई मण्डलीबाट सफा गरिनुपर्छ। तिनीहरूलाई तुरुन्तै निकालिनुपर्छ, र हामी तिनीहरूलाई खुसीसाथ बिदा गर्नेछौँ। मण्डलीले मानिसहरूलाई निकाल्‍ने कार्यको वर्णन गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको आफ्नै तरिका छ, र यसले मानिसहरूलाई निकाल्‍नु र निष्कासन गर्नु शक्तिको प्रदर्शन हो भनेर भन्छ। हेर् त, दियाबलसहरू र शैतानहरूले हरेक मामिलालाई यस्तो हास्यास्पद तरिकाले बुझ्छन्। यसले चिनियाँ कम्युनिस्ट पार्टीका धेरै कार्यहरू शक्ति प्रदर्शनको लागि गरिन्छन् भन्‍ने खुलासा गर्छ; यसरी, यसले मण्डलीले मानिसहरूलाई सफा गर्ने कार्यलाई शक्तिको प्रदर्शनको रूपमा व्याख्या गर्छ। यसले अरूले पनि आफूले जस्तै सोच्छन् भन्‍ने मानिलिन्छ। मण्डलीले यो पूर्ण रूपमा सत्यता र परमेश्‍वरका वचनहरूमा आधारित भएर गर्छ—मण्डलीलाई सफा गर्नु मण्डलीका प्रशासनिक आदेशहरूको भाग हो भनेर यसले कहिल्यै बुझ्नेछैन। के दियाबलसहरू दुष्ट हुँदैनन् र? (हुन्छन्।) तिनीहरू साँच्चै दुष्ट हुन्छन्! अनि धेरै अलमल्‍ल परेका मानिसहरू छन्—दियाबलसहरू जतिसुकै दुष्ट भए पनि, अलमल्‍लमा परेका मानिसहरूले तिनीहरू दुष्ट छन् भन्‍ने देख्न सक्दैनन्। जब दियाबलसहरूले परमेश्‍वरको बारेमा अफवाहहरू बनाउँछन्, परमेश्‍वरको अपमान गर्छन्, र परमेश्‍वरको निन्दा गर्छन्, तब तिनीहरूले हरेक शब्दमा विश्वास गर्छन्। तर परमेश्‍वरका वचनहरू जतिसुकै वास्तविक र सकारात्मक भए पनि, तिनीहरूले तिनमा विश्वास गर्दैनन्। परमेश्‍वरका वचनहरूले मानिसहरूलाई जतिसुकै लाभ दिए पनि, तिनीहरूले त्यो देख्न सक्दैनन्। तैपनि शैतानले एकै शब्द बोल्नेबित्तिकै, तिनीहरू भ्रमित हुन्छन् र विनाप्रश्न विश्वास गर्छन्। तिनीहरू शैतानको जमात हुन् भनेर भन्न सकिन्छ, तर शैतानले तिनीहरूलाई साँच्चै चाहँदैन। किन? किनभने तिनीहरूजस्ता मूर्खहरू, यस्ता महामूर्खहरू, शैतानको लागि समेत धेरै मूर्ख हुन्छन्। तँ केही पनि गर्न असक्षम छस्, त्यसैले शैतानले गर्ने भनेको तँलाई परमेश्‍वरमा विश्वास नगर्न र परमेश्‍वरलाई धोका दिन लगाउन भ्रमित पार्नु मात्रै हो—शैतानले तँजस्तो कसैलाई चाहँदैन। तैँले के गर्न सक्छस् र? के तँसँग जासुसी गर्ने सीपहरू छन्? तँसँग मानवीय बुद्धि समेत छैन। तैँले तीन वाक्य पूरा गर्नुअघि नै आफ्नो पहिचान खुलासा गर्छस्। यदि तैँले चिनियाँ कम्युनिस्ट पार्टीका लागि जासुस बन्न चाहे पनि, चिनियाँ कम्युनिस्ट पार्टीले तँलाई चाहनेछैन। किनभने तँ मूर्ख, अलमल्‍ल परेको होस्, तँलाई सजिलै धोका दिन सकिन्छ, र तँसँग मानवीय बुद्धि छैन, शैतानले समेत तँलाई हेला गर्छ र तँलाई चाहँदैन। त्यसैले, जब परमेश्‍वरको घरले तँलाई आफ्नो कर्तव्य पूरा गर्न भन्छ, तब त्यो परमेश्‍वरले तँलाई उचाल्नुभएको हो—अन्यायमा परेको महसुस नगर्। तैँले शैतानले भनेका सबै कुरामा विश्वास गर्छस्, तैपनि परमेश्‍वरले जतिसुकै काम गर्नुभएको भए पनि वा परमेश्‍वरले जतिसुकै वचनहरू बोल्नुभएको भए पनि, तैँले तिनमा विश्वास गर्दैनस्। तँसँग परमेश्‍वरप्रतिको साँचो विश्वास छैन र तँ शङ्काले भरिएको छस्। शैतानले एकै शब्द बोल्छ, र तँ त्यसद्वारा बन्दी हुन्छस्। तँ कस्तो तुच्छ चीज होस्? तँसँग के इज्जत छ? तेरो के मूल्य छ? तँ एक अलमल्‍ल परेको व्यक्तिबाहेक केही होइनस्, तैपनि तँ आफूलाई निकै राम्रो ठान्छस् र आफूलाई कुलीन ठान्छस्। तैँले शैतानका यस्ता स्पष्ट झूटहरू समेत खुट्ट्याउन सक्दैनस्, र तैँले तिनको पछाडि रहेको शैतानको उद्देश्य चिन्न सक्दैनस्—के यो चरम अलमल्‍लपना होइन र? चिनियाँ कम्युनिस्ट पार्टीले भन्छ, “तिमीहरूले विश्वास गर्ने ख्रीष्ट त ठूलो रकम लिएर भागे र तिनी अमेरिकामा मोजमस्ती गरिरहेका छन्।” जब यी अलमल्‍ल परेका मानिसहरूले यो सुन्छन्, तब तिनीहरूको मुटुमा एक धड्कन छुट्छ: “के त्यसो हो? मलाई यसबारे कसरी थाहा भएन? के उहाँले मैले चढाएको सबै पैसा लिएर भाग्नुभयो? के त्यो मण्डलीको कामको लागि प्रयोग भएन? के त्यो उहाँको व्यक्तिगत आनन्दको लागि खर्च भयो, होइन र? के त्यो उहाँको लागि राम्रो खाना, राम्रा लुगाहरू, र बहुमूल्य गहनाहरू किन्न प्रयोग भयो, होइन र? मैले त यसको आनन्द लिन समेत पाइनँ—उहाँले त्यो आफ्नै आनन्दका लागि प्रयोग गर्नुभयो। म यो कुरा पटक्कै स्वीकार गर्न मान्दिनँ। म अब विश्वास गर्दिनँ! मैले मेरो पैसा फिर्ता पाउनुपर्छ!” यदि तैँले पैसा चढाएकोमा पछुतो मानिस् भने, परमेश्‍वरको घरले त्यो तँलाई फिर्ता दिन सक्छ, तर त्यस क्षणदेखि, तँ परमेश्‍वरको घरबाट पूर्ण रूपमा काटिनेछस्। तैँले यति धेरै वर्षसम्म प्रवचनहरू सुनेको छस्—तैँले सित्तैमा कति सत्यता पाएको छस्? तैँले यति धेरै वर्षसम्म परमेश्‍वरको अनुग्रह, आशिष्‌, सुरक्षा, र हेरचाहको आनन्द उठाएको छस्—के तैँले एक पैसा खर्च गरेको छस्? के परमेश्‍वरले कहिल्यै तँसँग पैसा माग्नुभएको छ? परमेश्‍वरको अनुग्रह, आशिष्‌, हेरचाह, र सुरक्षा—तेरो जीवन समेत—सबै तँलाई परमेश्‍वरले दिनुभएको थियो। के तैँले परमेश्‍वरले दिनुहुने कुरा पैसाले किन्न सक्छस्? तैँले त्यसको बदलामा के साट्न सक्थिस्? के तैँले तेरा केही फोहोरी सिक्काहरू त्यसको लागि साट्न सक्छस्? यी कुराहरू अमूल्य खजाना हुन्—तैँले तिनको बदलामा केही पनि दिन सक्दैनस्; कसैले सक्दैन! ती तँलाई दिइएका हुन् किनभने परमेश्‍वर त्यसो गर्न इच्छुक हुनुहुन्छ, किनभने परमेश्‍वरले तँलाई अनुग्रह देखाउनुहुन्छ र परमेश्‍वरले तँलाई एक सृजित प्राणीको रूपमा व्यवहार गर्नुहुन्छ। ती तैँले पैसाले किनेका कुराहरू होइनन्, न त तैँले मूल्य चुकाएर साटेका कुराहरू नै हुन्। अलमल्‍ल परेका मानिसहरूले यी कुराहरू छर्लङ्गै देख्न सक्दैनन्। तिनीहरूको हृदयमा, तिनीहरू सधैँ भ्रमित हुन्छन्; तिनीहरूले सधैँ यस्तो सोच्छन्, “के परमेश्‍वरको कुनै कालो रहस्य छ? प्रवचन दिनुबाहेक, के अरू धेरै कुराहरू छैनन् जुन हामीलाई स्पष्ट पारिनुपर्छ र व्याख्या गरिनुपर्छ? के केही स्पष्टीकरण, केही विवरण हुनुपर्दैन र? के उहाँको निजी जीवन र पर्दा पछाडिका उहाँका वचन र कार्यहरू सबैलाई खुलासा गरिनुपर्दैन र?” धेरै अलमल्‍ल परेका मानिसहरूको यस्तो मानसिकता हुन्छ—तिनीहरूले यस्ता कुराहरू ठूलो स्वरमा नभने पनि, तिनीहरूको हृदयमा तिनीहरूले यही सोच्छन्। के परमेश्‍वरले भ्रष्ट मानवजातिलाई आफूले गर्नुहुने सबै कुरा खुलासा गर्न आवश्यक छ? परमेश्‍वरले पहिले नै यति धेरै सत्यताहरू व्यक्त गरिसक्नुभएको छ, र त्यो सबैभन्दा ठूलो प्रकारको खुलासा हो—यसले सबै मानिसहरूलाई प्रकट गर्छ। यदि तैँले परमेश्‍वरले गर्नुहुने सबै कुरा सत्यता हो भन्‍ने विश्वास गर्दैनस् भने, तँसँग परमेश्‍वरको कुनै ज्ञान नै छैन। यदि तैँले परमेश्‍वरको बारेमा मनमानी टिप्पणी गर्छस् भने, तैँले परमेश्‍वरलाई आक्रमण गरिरहेको र परमेश्‍वरको प्रतिरोध गरिरहेको हुन्छस्। परमेश्‍वरले पहिले नै सबै सत्यता सार्वजनिक गरिसक्नुभएको छ ताकि मानिसहरूले कुराहरू हेर्न सत्यता प्रयोग गर्न सकून्। व्यक्तिले मानिसहरूलाई कसरी हेर्नुपर्छ, उसले कुराहरूलाई कसरी हेर्नुपर्छ, र आफूलाई आचरणमा ढाल्न र काम गर्न ऊसँग कस्ता दृष्टिकोण र सिद्धान्तहरू हुनुपर्छ—यी सबै परमेश्‍वरका वचनहरूमा छन्। यदि तँलाई अझै पनि यसबारे थाहा छैन र स्पष्ट छैन भने, तँ अलमल्‍ल परेको भएर यस्तो भएको हो—तँ एक अलमल्‍ल परेको व्यक्ति होस्। अलमल्‍ल परेका मानिसहरू परमेश्‍वर र परमेश्‍वरको घरका मामिलाहरूको बारेमा जान्न अयोग्य हुन्छन्—दियाबलसहरू त झन् अयोग्य हुन्छन्—किनभने अलमल्‍ल परेका मानिसहरू र दियाबलसहरूलाई सत्यताको कुनै पनि बुझाइ हुँदैन; तिनीहरूले यी मामिलाहरूप्रति अन्धाधुन्ध रूपमा प्रावधानहरू लागू गर्ने, अन्धाधुन्ध गलत ठहराउने, र अन्धाधुन्ध दोषी ठहराउने गर्छन्। तिनीहरूसँग कुनै खुट्ट्याउने क्षमता र कुनै सिद्धान्त हुँदैन। यो निश्चितताका साथ भन्न सकिन्छ: अलमल्ल मानिसहरू र दियाबलसहरू परमेश्‍वरको घरमा बस्न अयोग्य हुन्छन्—तिनीहरू निस्किहाल्नुपर्छ! अलमल्‍ल परेका मानिसहरू र बेतुकका मानिसहरूसँग सत्यता बुझ्नका लागि आधारभूत सर्तहरू हुँदैनन्, न त तिनीहरूसँग मुक्ति प्राप्त गर्नका लागि चाहिने आधारभूत सर्तहरू नै हुन्छन्—तिनीहरूलाई शैतानले कुनै पनि समय र कुनै पनि ठाउँमा बन्दी बनाउन सक्छ। मलाई भन्, परमेश्‍वरले कहिले पशुहरूलाई प्रवचन दिनुभएको वा सत्यता व्याख्या गर्नुभएको छ? यसरी, मानिसहरूले यति धेरै प्रवचनहरू सुन्न सक्नु, चाहे तिनीहरूले सत्यता बुझ्न सकून् वा नसकून्, यो पूर्ण रूपमा परमेश्‍वरको अनुग्रह र परमेश्‍वरले उचाल्नुभएको कारणले हो। यदि तँ सधैँ परमेश्‍वरलाई शङ्का गरिरहन्छस्, र “के मैले विश्वास गर्ने व्यक्ति साँच्चै साँचो परमेश्‍वर हुनुहुन्छ? के परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ? के परमेश्‍वर साँच्चै सबै कुरामाथि सार्वभौम हुनुहुन्छ? परमेश्‍वर वास्तवमा मानिसहरूप्रति असल हुनुहुन्छ, कि उहाँले केवल बहाना गरिरहनुभएको छ? के परमेश्‍वर साँच्चै सत्यता हुनुहुन्छ, र के उहाँले साँच्चै मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ?” भन्‍ने सोच्छस् भने—यदि तैँले यसरी सोच्छस् र यस्तो मनोवृत्तिले परमेश्‍वरलाई व्यवहार गर्छस् भने, तँ मृत्युको योग्य छस्। चाँडो वा ढिलो, परमेश्‍वरले तँलाई शैतानको हातमा सुम्पिदिन एउटा निश्चित वातावरण खडा गर्नुहुनेछ, र परमेश्‍वरसँगको तेरो सम्बन्ध पूर्ण रूपमा काटिनेछ। तँ र परमेश्‍वरबीचको सम्बन्ध अब एक सृजित प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध रहनेछैन, र त्यस क्षणदेखि, परमेश्‍वरसँग तेरो कुनै सरोकार हुनेछैन।

ई. चौथो विशेषता: मूर्खता

हामीले भर्खरै सङ्गति गरेको कुरा पशुबाट पुनर्जन्म लिएका मानिसहरूको तेस्रो प्रकटीकरण—अर्थात् तिनीहरू अलमल्‍ल परेका हुन्छन् भन्ने थियो। अर्को एउटा प्रकटीकरण पनि छ, जुन के हो भने, तिनीहरू मूर्ख हुन्छन्। मूर्खता बुद्धिमत्तासँग पनि सम्बन्धित छ—त्यसोभए यी मानिसहरू कतिसम्म मूर्ख हुन्छन् त? कुन-कुन प्रकटीकरणहरूले मूर्खतालाई प्रदर्शित गर्छन्? कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्दा यसो भन्छन्, “परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नुहोस्! परमेश्‍वरको त आफ्नो शिर अडाउने ठाउँसमेत छैन। परमेश्‍वरका अभिप्रायहरू श्रमसाध्य छन्! परमेश्‍वरको काम सजिलो छैन—यो कठिन छ!” जब गैरविश्‍वासीहरूले यो सुन्छन्, तब तिनीहरूले यसो भन्छन्, “तिमीले यो के बकवास गरिरहेका छौ?” यी वचनहरू गैरविश्‍वासीहरूको समझभन्दा बाहिर हुन्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, त्यसैले तिनीहरूलाई यी वचनहरूले केलाई जनाउँछन् वा तिनको पृष्ठभूमि के हो भन्‍ने थाहा हुँदैन। त्यसोभए तैँले यी कुराहरू भन्नु मूर्खता होइन र? (हो।) यो कुन हिसाबमा मूर्खता हो? ती गलत श्रोतालाई सम्बोधन गरिएका छन्, होइन र? (हो।) कतिपय अलमल्‍ल परेका मानिसहरू पक्राउ परेपछि, तिनीहरूलाई दुष्ट प्रहरीले सोधपुछ गर्छ: “तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ—परमेश्‍वरले तिमीहरूलाई के गर्न भन्नुहुन्छ? के तँलाई परमेश्‍वरमा विश्‍वास गर्नु गैरकानुनी हो भन्‍ने थाहा छैन? तिमीहरूले कानुन उल्लङ्घन गरेका छौ। राज्यले यस्तो विश्‍वासको अनुमति दिँदैन!” वास्तवमा, यी दुष्ट प्रहरी अधिकारीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई दोषी ठहराउनका लागि प्रयोग गर्न सकिने केही बहाना खोजिरहेका हुन्छन्, तर यस्तो मूर्ख व्यक्तिले यो कुरा छर्लङ्गै देख्न सक्दैन। तिनीहरूले भन्छन्, “परमेश्‍वरमाथिको हाम्रो विश्‍वास गैरकानुनी होइन। परमेश्‍वरले हामीलाई इमानदार मानिसहरू बन्नू, सही मार्गमा हिँड्नू, र असल मानिसहरू बन्नू भनेर भन्नुहुन्छ।” जब दियाबलसहरूले यो सुन्छन्, तब तिनीहरूले भन्छन्, “परमेश्‍वरले तिमीहरूलाई इमानदार मानिसहरू बन्नू भनेर भन्नुहुन्छ भने, हामीलाई भन—तिमीहरूको मण्डलीका अगुवाहरू को-को हुन्? तिमीहरूको मण्डलीको पैसा कहाँ राखिएको छ? इमानदारीसाथ बोल! यदि तैँले इमानदारीसाथ बोलिनस् भने, तेरो परमेश्‍वरले तँलाई दोषी ठहराउनेछ!” यो सुनेर, यस्तो मूर्ख व्यक्ति अचम्भित हुन्छ। के यो मूर्ख हुनु होइन र? दियाबलसहरूसँग कसरी इमानदारीसाथ बोल्न सकिन्छ र? दियाबलसहरूलाई कसरी परमेश्‍वरको सत्यता बताउन सकिन्छ र? जेसुकै भए पनि, तिनीहरूलाई कहिल्यै बताउनु हुँदैन। यस्ता मूर्ख मानिसहरू पनि छन् जसले प्रहरीलाई यस्तो सोध्छन्, “तपाईँहरू हामीलाई सधैँ किन पक्रनुहुन्छ? तपाईँहरूले हामी परमेश्‍वरमा विश्‍वास गर्नेहरूका लागि सधैँ किन कामकुराहरू कठिन बनाउनुहुन्छ? तपाईँहरू सधैँ हाम्रा बारेमा किन अफवाहहरू फैलाउनुहुन्छ?” के तिनीहरूलाई साँच्चै किन भन्‍ने थाहा हुँदैन र? के तिनीहरूले उनीहरूबाट जवाफ पाउने आशा गर्छन्? के तिनीहरूले जवाफ पाउँछन्? तिनीहरूलाई किन भनेर सोध्नु—के यो बेतुके कुरा होइन र, के यो मूर्ख हुनु होइन र? तर यी मूर्ख मानिसहरूले साँच्चै यस्ता मूर्ख कुराहरू सोध्न सक्छन्। तिनीहरूले बुझ्दै बुझ्दैनन् र सोधिरहन्छन्, “चिनियाँ कम्युनिस्ट पार्टीले किन हामीलाई सधैँ सताउँछ? तिनीहरूले हामी परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई सधैँ किन पक्रन्छन् र हाम्रा बारेमा अफवाहहरूसमेत फैलाउँछन्? स्पष्ट रूपमा नै हामी सताइएका छौँ र घर फर्कन सक्दैनौँ, तैपनि तिनीहरूले हामीले पो आफ्ना परिवारहरूलाई चाहिँ त्यागेका छौँ भनेर भन्छन्। यी दियाबलसहरूले आफ्ना शब्दहरूलाई तथ्यहरूमा आधारित गर्दैनन्! के यो पूर्ण रूपमा बनावटी कुरा होइन र? हामी त केवल परमेश्‍वरको गवाही दिन र परमेश्‍वरका वचनहरू प्रसार गर्न केही कलात्मक प्रस्तुति भिडियोहरू बनाउँछौँ—दियाबलसहरू र शैतानहरूले यसलाई किन यति धेरै घृणा गर्छन्? तिनीहरू सधैँ मेरो परिवार र आफन्तहरूलाई धम्काउन र तर्साउन मेरो घरमा जान्छन्, यहाँसम्म कि निगरानी क्यामेराहरूसमेत जडान गर्छन्—किन?” के यो कुरा सोध्नुपर्ने आवश्यकता समेत छ र? के यसो भन्नु मूर्ख कुरा होइन र? यदि तैँले भर्खरै परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको थिइस् भने, के भइरहेको छ भनी नबुझ्नु सामान्य नै हुन्थ्यो। तर तैँले यति धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस्—तँलाई अझै पनि कसरी थाहा भएन? अनि यदि तँलाई थाहा छ भने, तँ किन सोध्छस्? कतिपय मानिसहरूले अझै पनि यो कुरा बुझ्न सक्दैनन्: “हामीले कहिल्यै पार्टी वा राज्यको विरोध गरेका छैनौँ, हामी कहिल्यै राजनीतिक गतिविधिहरूमा संलग्न भएका छैनौँ, हामीले कहिल्यै सरकार वा त्यसको शासनलाई पल्टाउने प्रयास गरेका छैनौँ, हामीले कहिल्यै त्यसको शासनलाई कुनै खतरा उत्पन्न गरेका छैनौँ—तैपनि किन चिनियाँ कम्युनिस्ट पार्टीले हामीलाई सधैँ पक्रन्छ र सताउँछ? हामी सधैँ लुकिरहेका हुन्छौँ, चाहेर पनि घर जान वा आफ्‍नो परिवारलाई फोन गर्न सक्दैनौँ। मैले त बुझ्दै बुझ्दिनँ—चिनियाँ कम्युनिस्ट पार्टीले सधैँ हाम्रा लागि किन परिस्थिति कठिन बनाउँछ?” यदि तैँले साँच्चै यो कुरा छर्लङ्गै देख्न सक्दैनस् भने, तँ अत्यन्तै अज्ञानी छस्—तँ साँच्चै मूर्ख छस्। मानौँ एउटी स्त्रीले गैरविश्‍वासी पतिसँग विवाह गर्छे। जब तिनीहरू प्रेम सम्बन्धमा थिए, तब उसले भनेको थियो, “म पनि तिमीसँगै विश्‍वास गर्नेछु—हामी सँगै स्वर्गको राज्यमा प्रवेश गर्नेछौँ।” उसले कति राम्ररी बोलेको थियो, तर वास्तवमा, ऊ एक अविश्‍वासी, एक दियाबलस हो—उसले उनलाई झुक्याइरहेको मात्रै थियो। तर जब उनले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न सबै कुरा त्याग्छिन्, तब ऊ रिसले आगो हुन्छ। उसले उनलाई भेलाहरूमा सहभागी हुन दिँदैन, उनलाई आफ्नो कर्तव्य निर्वाह गर्न दिँदैन, र उनलाई परमेश्‍वरका वचनहरू पढ्न दिँदैन। यो मूर्ख स्त्रीले अझै पनि सोच्छे, “ऊ पहिले यस्तो थिएन। उसले मलाई यति धेरै माया गर्थ्यो, मेरो यति धेरै ख्याल गर्थ्यो, मलाई यति राम्ररी बुझ्थ्यो, र परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई पूर्ण रूपमा समर्थन गर्थ्यो। ऊ अहिले किन पूरै फरक व्यक्तिजस्तो देखिन्छ? उसले पनि पहिले विश्‍वास गर्थ्यो—ऊ किन यस्तो भएको छ?” आफ्नो कर्तव्य निर्वाह गर्न घरबाट टाढा बसेका धेरै वर्षहरूमा, उसले यस विषयमा निरन्तर सोच्छे: “मेरो पतिले अर्को स्त्री खोज्नै सक्दैन। उसले मलाई सबैभन्दा धेरै माया गर्छ। म उसको एकमात्र हुँ, म उसको पहिलो प्रेम हुँ। उसले कहिल्यै अर्को स्त्रीलाई माया गर्नेछैन। यसबाहेक, मेरो पति एक निष्कपट पुरुष हो, र ऊसँग कुनै ठूलो योग्यता वा सीप छैन—को ऊसँग बस्न चाहन्छ र?” वास्तवमा, उसले यस्तो सोच्दा पनि, उसलाई आफ्नो हृदयमा असहज महसुस हुन्छ। उसले आफ्नो पतिले अझै पनि उसलाई पर्खिरहेको छ भनी आशा गरिरहेकी हुन्छे। तर वास्तवमा, ऊ घरमा छँदा नै, ऊ हरेक दिन परमेश्‍वरमा विश्‍वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न व्यस्त भएकाले, उसले अर्कै स्त्री खोजिसकेको थियो। तैपनि उसले त्यो असम्भव छ भन्‍ने सोच्छे: “अरू कसैले अर्को स्त्री खोज्ला, तर उसले खोज्दैन। ऊ त्यस्तो प्रकारको व्यक्ति होइन! म घरमै छँदा, उसले परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छु समेत भनेको थियो!” मलाई भन्, के ऊ अत्यन्तै मूर्ख भइरहेकी छैन र? (हो।) यतिका वर्षसम्म ऊ घरमा बसेकी छैन—उसको पतिले अर्कै स्त्री खोजेको मात्र होइन, उसका छोराछोरी र आमाबुबाले समेत उसलाई अस्वीकार गरिसकेका छन्। उसलाई त्यो परिवारको सदस्य मान्‍न छोडिएको धेरै भइसक्यो। तिनीहरूले उसको पिठ्युँपछाडि उसलाई कति अपमान गर्छन् वा तिनीहरूले उसलाई कति गहन रूपमा घृणा गर्छन्, कसलाई के थाहा। तैपनि उसले यो कुरा छर्लङ्गै देख्न सक्दिन—मलाई भन्, के यो मूर्खता होइन र? (हो।) ऊ कुन हदसम्म मूर्ख छे? ऊसँग सामान्य मानव बुद्धिमत्ताको पूर्ण रूपमा कमी हुने हदसम्म; यसरी, उसले मानिसहरू र कामकुराहरूलाई हेर्न सामान्य मानव सोच प्रयोग गर्न सक्दिन। उसले सधैँ आफ्ना केटाकेटीजस्ता, विकृत, मूर्ख विचार र दृष्टिकोणहरू प्रयोग गरेर कामकुराहरूलाई हेर्छे र मापन गर्छे। अन्त्यमा, उसले प्रायः आफूलाई कठिन परिस्थितिहरूमा फसाउँछे, ऊ धेरै निष्क्रिय बन्छे, र धेरै अज्ञानी तरिकाले कार्य गर्छे। के यो मूर्खता होइन र? (हो।) यस्ता केही मूर्ख मानिसहरू छन्। मूर्ख हुनुको अर्थ तिनीहरूमा सामान्य मानवताको बुद्धिमत्ता हुँदैन, त्यसैले मानिसहरू र कामकुराहरूलाई हेर्दा वा मामलाहरूलाई सम्हाल्दा, तिनीहरूसँग राम्रा परिणामहरू हासिल गर्न तिनीहरूलाई सक्षम तुल्याउने सहाराका रूपमा आधारभूत सिद्धान्तहरू हुँदैनन्, होइन र? (हो।)

संक्षेपमा, यदि पशुबाट पुनर्जन्म लिएका मानिसहरूलाई सत्यतालाई मानकका रूपमा लिएर मापन गरियो भने, तिनीहरूको मुख्य विशेषता के हुन्छ भने, तिनीहरूले मूलतः त्यो मानकलाई पूरा गर्न सक्दैनन्—यो एक उच्च मानक हो। यदि तिनीहरूलाई सामान्य मानवताको बुद्धिमत्ताद्वारा मापन गरियो भने, तिनीहरू आफ्नो दैनिक जीवनमा उत्पन्न हुने मानिसहरू, घटनाहरू, कामकुराहरू, वा परिस्थितिहरूलाई सामान्य मानवताको सोचाइले हेर्न समेत असमर्थ हुन्छन्। कडाइका साथ भन्नुपर्दा, दैनिक जीवनमा, यस्ता मानिसहरूले आत्मनिर्भर रूपमा आफ्नो खाना, कपडा, आवास, वा यातायातको समेत व्यवस्थापन गर्न सक्दैनन्, न त तिनीहरूले आत्मनिर्भर रूपमा यी विषयहरूको सामना गर्न र तिनलाई सम्हाल्न नै सक्छन्। तिनीहरू भोकले नमरीकन जेनतेन बाँच्न सफल भए भने पनि, विभिन्न मामलाहरू सम्हाल्ने तिनीहरूका प्रकटीकरणहरूबाट हेर्दा, यस्ता मानिसहरू अत्यन्तै मूर्ख र भद्दा देखिन्छन्, र तिनीहरूमा साँचो सामान्य मानवता हुनु त धेरै टाढाको कुरा हो। उदाहरणका रूपमा केही पशुहरूलाई लिऔँ—तिनीहरू आफैलाई कति खाना खानु उपयुक्त हुन्छ भन्‍ने कुरा थाहा हुँदैन। मानिसहरूले तिनीहरूलाई निश्‍चित समयमा र मापन गरिएको मात्रामा खुवाएमा मात्र तिनीहरूले स्वस्थ तरिकाले खान सक्छन्। उदाहरणका रूपमा कुकुरहरूलाई लिऔँ, यदि तिनीहरूलाई कति खाने भन्‍नेमा कुनै रोकटोक नगरीई स्वतन्त्र रूपमा खान दिइयो भने, तिनीहरूले धेरै खानेछन्। तिनीहरू पूर्ण रूपमा अघाएर शारीरिक रूपमा थप खान नसक्ने नभएसम्म खाइरहनेछन्। त्यसैले, पशुबाट पुनर्जन्म लिएका मानिसहरूको एउटा अत्यन्तै स्पष्ट विशेषता भनेको तिनीहरूले आफ्नो जीवनका धेरै पक्षहरूलाई आत्मनिर्भर रूपमा व्यवस्थापन गर्न सक्दैनन्। तिनीहरूले किन आत्मनिर्भर रूपमा त्यसो गर्न सक्दैनन्? किनभने तिनीहरूलाई त्यस्ता कामहरू गर्ने सिद्धान्तहरू के हुन्, आधारभूत सर्तहरू के हुन्, वा तिनीहरूले उल्लङ्घन गर्नु नहुने सीमाहरू के हुन् भन्‍ने कुरा कहिल्यै थाहा हुँदैन। यो त केही पशुहरूले खाँदाको अवस्था जस्तै हो—तिनीहरूलाई कति खाना उपयुक्त हुन्छ भन्‍ने थाहा हुँदैन। यदि मानिसहरूले तिनीहरूलाई व्यवस्थापन गरेनन् भने, तिनीहरूले मरुञ्जेल खानेछन्। यदि तिनीहरूलाई व्यवस्थापन गर्ने र खुवाउने कोही छ भने, तिनीहरूले राम्रो स्वास्थ्य कायम राख्न सक्छन्। यो विशेषता पशुबाट पुनर्जन्म लिएका मानिसहरूमा पनि निकै स्पष्ट हुन्छ। यो त कतिपय मानिसहरूले यसो भने जस्तै हो: “तिनीहरू भोक लागेको छ कि अघाइएको छ भन्‍ने थाहै नपाई खान्छन्, र दिन हो कि रात हो भन्‍ने थाहै नपाई सुत्छन्।” त्यसोभए, के यस्ता मानिसहरूमा मानवताको बुद्धिमत्ता हुन्छ? तिनीहरूमा हुँदैन भन्‍ने कुरा अत्यन्तै स्पष्ट छ। वर्षका चार ऋतुहरूभर तिनीहरूको शरीरले विभिन्न अवस्था अनुभव गरिरहँदा आफ्नो स्वास्थ्यलाई नियमन गर्न कसरी खानुपर्छ, कुन मौसममा कुन खानेकुरा स्वस्थकर र कुन अस्वस्थकर हुन्छ, कुन जीवनशैली स्वस्थकर र अस्वस्थकर हुन्छ जस्ता विचारहरू—एक सामान्य व्यक्तिले बीस वर्षको उमेरमा यी कुराहरू नजान्न सक्छ, तर तीसको उमेरमा, उसले तीमध्ये केही त जानेको हुन्छ, र चालीसको उमेरमा उसले अझै धेरै जानेको हुन्छ। पचासको उमेरमा, आफ्नो वास्तविक शारीरिक अवस्थाका आधारमा, तिनीहरूले आफूलाई सुहाउँदो जीवनयापनका नियमहरू सारमा उतारेका हुनेछन्, र यो मूलतः स्थापित र पक्का भइसकेको हुन्छ, र यसमा थप ठूला परिवर्तनहरू हुनेछैनन्। तर पशुबाट पुनर्जन्म लिएका मानिसहरू असी वर्षसम्म बाँचे पनि, जीवनयापनका नियमहरू सारमा उतार्न सक्दैनन्। तिनीहरूले कि त धेरै खान्छन् कि त अत्यन्तै थोरै खान्छन्, र कि त तिनीहरूको पेट गडबड हुन्छ कि त तिनीहरूलाई अपच हुन्छ। तिनीहरूलाई कुन जीवनशैलीका बानीबेहोरा वा कुन खानेकुराले कुन स्वास्थ्य समस्याहरू निम्त्याउँछ भन्‍ने कुराको कुनै पत्तो हुँदैन—तिनीहरू जथाभाबी खान्छन्। यदि तैँले उनीहरूलाई उनीहरूको शारीरिक प्रकृतिलाई कुन खानेकुरा उपयुक्त वा अनुपयुक्त छ भन्‍ने आधारमा, र विभिन्न जानकारीहरूका आधारमा उनीहरूलाई सुहाउँदो आहार तालिका वा आहारको तरिकालाई सारमा उतार्नू भनेर भनिस् भने, तिनीहरूले त्यो गर्न सक्दैनन्। उदाहरणका लागि, अनलाइनमा कसैले अण्डाको बोक्रामा धेरै क्याल्सियम हुन्छ र अण्डाको बोक्रा खाँदा उनीहरूमा क्याल्सियमको मात्रा बढ्न सक्छ भनेर भन्छ, त्यसैले तिनीहरूले यस्तो सोच्छन्: “ममा क्याल्सियमको कमी भएकाले म त्यति अग्लो छैनँ—म आफ्नो क्याल्सियमको मात्रा बढाउन अण्डाको बोक्रा खानेछु।” तर परिणाम के हुन्छ भने, केही समयसम्म खाएपछि, तिनीहरूको क्याल्सियमको स्तरमा कुनै सुधार भएको देखिँदैन। मलाई भन्, के यो विकृत कुरा होइन र? जब तैँले अनलाइनमा अण्डाको बोक्रामा क्याल्सियम धेरै हुन्छ र यसलाई क्याल्सियम पूरकका रूपमा प्रयोग गर्न सकिन्छ भन्‍ने जानकारी भेट्टाउँछस्, तब तैँले यसलाई कसरी बोध गर्नुपर्छ? अण्डाको बोक्रा खाने मानिसहरू विकृतिप्रति प्रवृत्त हुन्छन् भन्‍ने कुरा स्पष्टै छ। तिनीहरूको बोध गलत हुन्छ, त्यसैले तिनीहरूको अभ्यास विकृत, चरम, र मूर्खतापूर्ण हुन्छ। त्यसोभए यसलाई बोध गर्ने सही तरिका के हो त? अण्डाको बोक्रामा क्याल्सियम धेरै हुन सक्छ, तर यो हामीले खान सक्ने कुरा होइन। यसले वास्तवमा क्याल्सियम पूरकका रूपमा प्रभाव पार्न सक्छ कि सक्दैन भन्‍ने कुरा अझै अज्ञात छ, र तिनले तेरो क्याल्सियमको स्तरलाई बढाउन सके पनि, तैँले यसलाई सोस्न सक्छस् कि सक्दैनस् भन्‍ने पनि अनिश्‍चित छ। यसबाहेक, के अण्डाको बोक्रा क्याल्सियम पूरक हुन सक्छ भन्‍ने कुनै प्रमाण छ? के यो दाबी प्रमाणित भएको छ? वास्तवमा, क्याल्सियमको मात्रा बढाउन सक्ने धेरै कुराहरू छन्, र ती सबै चिकित्सकीय रूपमा प्रमाणित भएका छन्। यदि तैँले यी प्रमाणित विधिहरूलाई स्वीकार गर्न मानिनस् भने, तँ एक बेतुका व्यक्ति होस्। तैँले आफ्नो क्याल्सियमको मात्रा बढाउन क्याल्सियम चक्कीहरू खाए हुँदैन र? त्यो सबैभन्दा सरल विधि हो। तिनले पेटलाई हानि गर्दैनन् वा दाँतलाई क्षति पुर्‍याउँदैनन्, तिनको स्वाद मिठै हुन्छ, र तैँले तिनको प्रभाव महसुस गर्न सक्छस्। के यो सही बोध होइन र? (हो।) तर विकृत बोध भएकाहरूले यसलाई यसरी बोध गर्दैनन्—तिनीहरूले कुराहरूलाई चरम सीमामा लान्छन्। तिनीहरूलाई लाग्छ, “यदि कसैले अण्डाको बोक्राले क्याल्सियमको मात्रा बढाउन सक्छ भनेर भन्छ भने, अण्डाको बोक्रा खानु पक्‍कै पनि ठिक हो। यदि आफ्नो क्याल्सियमको मात्रा बढाउनु आवश्यक छ भने, ती खानैपर्छ।” तिनीहरूले खाएपछि शरीरले ती सोस्न सक्छ कि सक्दैन भन्‍ने कुरालाई विचारसमेत गर्दैनन्। यसले विकृत बोधलाई प्रतिबिम्बित गर्छ, यो चरम हुनु हो। यदि कसैले, “केराको बोक्रामा भिटामिन धेरै हुन्छ, र यसलाई खाँदा यसले सौन्दर्य बढाउन सक्छ” भनेर भन्यो भने, के तिमीहरू खान्छौ? (खाँदैनौँ।) किन खाँदैनौ? (किनभने प्राकृतिक नियमअनुसार त परमेश्‍वरले सृष्टि गर्नुभएका केही खानेकुराहरूलाई बोक्रा ताछेपछि खानुपर्छ। बोक्रा खाने जिद्दी गर्नु भनेको कुराहरूलाई चरम सीमामा लानु हो। यदि कसैले आफ्नो सौन्दर्य बढाउन आफ्नो भिटामिनको मात्रा बढाउन चाहन्छ भने, उसले सामान्य रूपमा खान मिल्ने र सौन्दर्य बढाउने गुण भएका खानेकुराहरू खानुपर्छ।) यो सही बोध हो। तर त्यो अतिवादी मूर्खलाई हेर्—उसले यसलाई यसरी बुझ्दैन। उसले आफूलाई बोक्रा खान जबरजस्ती गर्ने अड्डी कस्छ र यसो समेत भन्छ, “मैले मेरो देहविरुद्ध विद्रोह गर्नैपर्छ। मैले एक निश्‍चित पोषक तत्त्वको मेरो स्तर बढाउन केराको बोक्रा खानैपर्छ।” तर उसले यस्तो सोच्दैन, “केराको बोक्राको स्वाद मिठो हुँदैन। यो खानेकुरा होइन। म यो खानेछैनँ। मैले यसको सट्टा यो पोषक तत्त्व भएको अरू कुनै चीज किन नखाने?” के यो सही बोध होइन र? (हो।) यदि तँ यसरी खुट्ट्याउन सक्छस् भने, यदि तैँले कुराहरूलाई यसरी बुझ्न सक्छस् भने, यसले तँसँग मानव बुद्धिमत्ता छ भन्‍ने प्रमाणित गर्छ। तर यदि तैँले यसरी खुट्ट्याउन सक्दैनस्, र केराको बोक्रामा एक निश्‍चित पोषक तत्त्व हुन्छ भनी सुन्‍ने बित्तिकै, त्यसको स्वाद खराब भए पनि तँ त्यो खान जिद्दी गर्छस् भने—त्यसोभए, तँ एक मूर्ख होस्, तँ पशुबाट पुनर्जन्म लिएको व्यक्ति होस्, र तँसँग सामान्य मानवताको सोचाइ छैन। कुनै पनि विधर्म वा भ्रमले यस्ता मानिसहरूलाई बहकाउन सक्छ, र तिनीहरू विभिन्न जानकारीहरूको शुद्धता वा सत्यतालाई खुट्ट्याउन पूर्ण रूपमा असमर्थ हुन्छन्—तिनीहरूले सधैँ धोका खान्छन्। यी सबै कुराहरू पशुबाट पुनर्जन्म लिएका मानिसहरूले विभिन्न निश्‍चित मामलाहरूलाई कसरी लिन्छन् भन्‍ने कुराको एउटा प्रकटीकरण हो—तिनीहरू अत्यन्तै मूर्ख हुन्छन्, तिनीहरूको बोध विकृत र बेतुका हुन्छ, र तिनीहरूले सबै कुरालाई चरम सीमामा लान्छन्। जब अनुसन्धानले कुनै कुरा खान योग्य छ भनेर देखाउँछ भनी मानिसहरूले भन्छन्, तब त्यसको अर्थ तैँले त्यो खानैपर्छ भन्‍ने हुँदैन, न त त्यस कुरालाई अरू कुनै कुराले प्रतिस्थापन गर्न सक्दैन भन्‍ने नै हुन्छ। यदि तैँले सत्यतालाई कुनै पनि सिद्धान्तले प्रतिस्थापन गर्न सक्दैन भनिस् भने, त्यो वस्तुगत र सटीक हुन्छ। तर यी पोषक तत्त्वहरू भौतिक पदार्थहरू हुन्—कुनै विकल्प नै नहुनु त असम्भव हुन्छ। परमेश्‍वरले विभिन्‍न प्रकारका खानेकुराहरू सृष्टि गर्नुभयो, र विभिन्न पोषक तत्त्वहरू भएका धेरै खानेकुराहरू छन्। मानिसहरूले आफ्नो व्यक्तिगत शारीरिक प्रकृति, उमेर समूह, र वर्तमान स्वास्थ्य अवस्थाका आधारमा सटीक छनौट गर्न सक्छन्—प्रावधानहरूमा टाँसिनुपर्ने कुनै आवश्यकता छैन। कुनै एउटा जानकारी सुनेपछि, चरमसीमामा पुग्ने मानिसहरूले त्यसलाई सही तरिकाले लिन सक्दैनन्, न त तिनीहरूले त्यसलाई खुट्ट्याउन नै सक्छन्। तिनीहरू सधैँ ती कुराहरूद्वारा भ्रमित पारिन्छन्, र अन्त्यमा, तिनीहरूले भन्छन्, “अनलाइनमा भएका सबै कुरा झूट हुन्—एक शब्द पनि साँचो छैन!” हेर् तँ, तिनीहरू अब अर्को चरम सीमामा जान्छन्। तैँले अनलाइनमा जानकारी खोज्न सक्छस्, तर तैँले के प्रयोग गर्ने र के छोड्ने भन्‍नेबारे सही छनौट गर्नका निम्ति, त्यसलाई खुट्ट्याउन मानव बुद्धिमत्ता र मानव सोचाइको सही तरिका कसरी प्रयोग गर्ने भनेर जान्नैपर्छ। यदि कुनै कुरा तेरा लागि लाभदायक छ भने, तैँले त्यसलाई प्रयोग गर्न सक्छस्; यदि यो लाभदायक छैन वा तेरा लागि उपयुक्त छैन भने, तैँले त्यसलाई एउटा सन्दर्भ वा एक प्रकारको सामान्य ज्ञानका रूपमा लिन सक्छस्। मानव सोचाइ भएका मानिसहरूले यसरी अभ्यास गर्छन्। मानव सोचाइ नभएकाहरूले कि त बायाँतिर कि त दायाँतिर विचलित हुनेगरी अभ्यास गर्छन्—तिनीहरूले कि त धोका खान्छन् कि त सबै कुरालाई पूर्ण रूपमा अविश्‍वास गर्छन्। तिनीहरू यस्ता मामलाहरूलाई होसियारीसाथ खुट्ट्याउन असमर्थ हुन्छन्। यस्ता मानिसहरू विभिन्न प्रकारका जानकारीहरूलाई व्यवहार गर्ने वा वास्तविक जीवनका मामलाहरूलाई सम्हाल्ने तरिकामा विशेष गरी हठी, हास्यास्पद, अलमल्ल परेका, र मूर्खतापूर्ण देखिन्छन्। जो मानिसहरू यति मूर्ख छन्, जसले सहीलाई गलतबाट वा ठीकलाई बेठीकबाट खुट्ट्याउन सक्दैनन्—तिनीहरूले आफ्नो जीवनको हरेक दिन कसरी बिताउँछन्? तिनीहरूले व्यवहार गर्ने तरिकालाई हेर्दा मात्रै तँलाई चिन्ता लाग्छ—के तैँले अझै पनि तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछन् भनेर कुनै आशा राख्न सक्छस् र?

एउटी स्त्रीले एउटा घटिया बदमाससँग विवाह गर्छे र सोच्छे, “मेरो पतिले मलाई धेरै माया गर्छ। मैले साँचो प्रेम भेट्टाएकी छु, म प्रेममा परेकी छु,” र उसले धेरै आनन्दित महसुस गर्छे। तर अरूले उसको पतिलाई हेर्छन् र ऊ मानिससमेत होइन—ऊ एक दियाबलस हो भन्‍ने देख्छन्—र ऊ कसरी अझै पनि यति मग्न र यति धेरै रमाइरहन सकेकी छे भनी आश्‍चर्य मान्छन्। तिनीहरू समेत उसको बारेमा चिन्तित हुन्छन् र उसको तर्फबाट सुर्ता गर्छन्। अन्त्यमा, त्यो व्यक्तिसँग छोराछोरी भएपछि, उसलाई लात हानेर पन्छाइन्छ र उसको कुनै सहारा हुँदैन—उसको जीवन असह्य रूपमा कठिन हुन्छ! पशुबाट पुनर्जन्म लिएका मानिसहरूले गर्ने मूर्ख कुराहरूबाट के स्पष्ट हुन्छ भने, तिनीहरूले जीवन धान्न र बाँच्न सक्नु नै धेरै हदसम्म परमेश्‍वरको अनुग्रहको कारणले हो। परमेश्‍वरले तिनीहरूलाई सास दिनुहुन्छ ताकि तिनीहरू जीवित रहन सकून्, र तिनीहरूलाई खाना दिनुहुन्छ ताकि तिनीहरू बाँच्न सकून्। आकाशका चराहरू, जमिनका साना जनावरहरू र कमिलाहरूसँग पनि खानका लागि खानेकुरा हुन्छ भने—मानिसहरूका हकमा यो अझ कति बढी सत्य हो? तैँले मानिसका रूपमा पुनर्जन्म लिएको हुनाले, परमेश्‍वरले तँलाई बाँच्ने साधन दिनुहुन्छ। कि त कसैले तँलाई पालनपोषण गर्छ, कि त तँसँग एउटा निश्‍चित सबल पक्ष हुन्छ जसले गर्दा तैँले आफ्नो जीविका धान्न सक्छस्। यो परमेश्‍वरको अनुग्रह हो। परमेश्‍वरले तँलाई भोकले मर्न दिनुहुन्न बरु तँलाई बाँच्ने एउटा बाटो दिनुहुन्छ, त्यसैले तँ वृद्धावस्थासम्म बाँच्न, अन्त्यसम्म बाँच्न सक्षम हुन्छस्। परमेश्‍वरको अनुग्रहविना, पशुबाट पुनर्जन्म लिएकाहरूको जन्मजात क्षमता, तिनीहरूमा सामान्य सोचाइको अभाव, र समस्याहरू सम्हाल्ने अलिकति क्षमताको पनि अभावका कारण, तिनीहरूले आफ्नो जीविकोपार्जन गर्न समेत सक्दैनन्। अर्को दृष्टिकोणबाट हेर्दा, पशुबाट पुनर्जन्म लिएका मानिसहरू वास्तवमा निकै आशिषित् हुन्छन्। सबै पक्षमा तिनीहरूको सामर्थ्य र तिनीहरूको बुद्धिमत्तालाई विचार गर्दा, तिनीहरूका लागि यो जटिल र दुष्ट संसारमा जीविकोपार्जन गर्नु लगभग असम्भव हुनेथियो। तर परमेश्‍वरले सबै सृजित प्राणीहरूलाई अनुग्रह देखाउनुहुने र कृपा गर्नुहुने भएकाले, चाहे तैँले पशुबाट पुनर्जन्म लिएको होस् वा मानिसबाट लिएको होस्, परमेश्‍वरको नजरमा, यदि तँ एक सृजित प्राणी होस् र उहाँले तँलाई सास दिनुभएको छ भने, उहाँले सामान्यतया तँलाई जिउन र बाँच्नका लागि चाहिने कुराहरू प्रदान गर्नुहुन्छ, जसले तेरो जीवनलाई निरन्तरता दिन र तँलाई बाँचिरहन सक्षम बनाउँछ। त्यसैले यदि तैँले “म पैसा कमाउन बाहिर गएको छु र सङ्घर्ष गरेको छु, आफूलाई राम्रोसँग पोषित र स्वस्थ राख्नका लागि आफ्नो भरणपोषण गरेको छु—के मेरो जीवन राम्रैसँग चलिरहेको छैन र? तपाईँले मलाई मूर्ख भनेर मेरो अपमान गरिरहनुभएको छैन र?” भनेर भन्छस् भने, तँ गलत छस्। तैँले पैसा कमाउन र आफ्नो पालनपोषण गर्न सक्नु तेरो आफ्नै सामर्थ्यको कारणले नै हुन जरुरी छैन—यसको उनान्सय प्रतिशत परमेश्‍वरको अनुग्रह हो। परमेश्‍वरले तँलाई केही स्फूर्ति दिनुहुन्छ, र यसरी तँलाई खानेकुराका लागि पैसा कमाउन परिश्रम गर्न सक्षम बनाउनुहुन्छ; उहाँले तँलाई एक निश्‍चित सबल पक्ष, साथै एक स्वस्थ शरीर दिनुहुन्छ, र यसरी तँलाई कुनै काम गर्न, पैसा कमाउन, परिवार पाल्न, र बाँच्न सक्षम बनाउनुहुन्छ। तैँले यी कुराहरू गर्न सक्नुको आधार के हो? यो सबै परमेश्‍वरले तँलाई सामान्य मानव श्रममा संलग्न भएर अन्ततः तँलाई आफ्नो पालनपोषण गर्न र आफ्नो जीविका धान्न सक्षम बनाउने गरी सबैभन्दा आधारभूत जन्मजात अवस्था दिनुहुने कुरामा आधारित हुन्छ। छोटकरीमा भन्दा, जेसुकै भए पनि, चाहे तँ मूर्ख होस् वा अलमल्‍ल परेको होस्, अहिले, एक मानिसको बाहिरी रूप भएको सृजित प्राणीका रूपमा, तैँले आफ्नो पहिचान र आफ्नो मोल जान्नुपर्छ। यसबाहेक, तैँले परमेश्‍वरले तँलाई प्रदान गर्नुभएको कुरा, परमेश्‍वरले तेरा लागि उपलब्ध गराउनुभएको कुरा, र परमेश्‍वरको अनुग्रह र कृपालाई सही तरिकाले बोध गर्नुपर्छ। यदि तँमा पशुबाट पुनर्जन्म लिएका मानिसहरूका धेरै विशेषताहरू छन् र तँलाई निश्‍चय नै यस श्रेणीका मानिसहरूमा पर्छु भन्‍ने लाग्छ भने, तैँले के गर्नुपर्छ? यो कुरा सम्हाल्न सजिलो छ: तेरो मूल जेसुकै भए पनि, तँसँग स्वाभाविक रूपमै मानव बुद्धिमत्ता र मानव सोचाइ भए पनि वा नभए पनि, तथ्य के हो भने तँसँग अहिले मानव पहिचान छ। तँसँग मानव पहिचान भएकाले, तैँले मानिसको कर्तव्य निर्वाह गर्नुपर्छ—आफूले सक्दो गर्, आफ्नो क्षमताले भ्याएसम्म गर्, र अधिकतम सम्भव हदसम्म, मानिसले जे गर्नुपर्छ त्यो पूरा गर् र राम्ररी गर्। कतिपय मानिसहरूले भन्छन्, “तपाईँले भन्नुभयो, पशुबाट पुनर्जन्म लिएका मानिसहरूमा विकृत बोध, बोधोपन, अलमल्‍लता, र मूर्खता हुने विशेषताहरू हुन्छन्—यसको अर्थ तिनीहरूसँग मानव बुद्धिमत्ता हुँदैन। यीमध्ये अधिकांश मानिसहरूले सत्यता पटक्कै बुझ्दैनन्—तिनीहरूले आफ्नो कर्तव्य कसरी राम्ररी र उपयुक्त तरिकाले पूरा गर्न सक्छन् र?” यदि तँलाई कडा मानकहरूद्वारा बाँधिएन भने, तैँले यसलाई राम्ररी र उपयुक्त तरिकाले गर्न सक्छस्, किनभने आखिरमा, तँसँग अहिले मानव पहिचान छ; जबसम्म तँ आज्ञाकारी हुन्छस् र तैँले कुतर्कहरू गर्दैनस्, तबसम्म तैँले यो हासिल गर्न सक्छस्। यदि तैँले यी दुई बुँदाहरू पनि पूरा गर्न सक्दैनस् भने, म भन्छु, तँ साँच्चै खतरामा छस्, र तँलाई मण्डलीबाट सफा गरेर निकाल्नुपर्नेछ। यदि तैँले, “म यी दुई बुँदाहरू पूरा गर्न सक्छु। म कुतर्कहरू गर्नेछैनँ, र म सही अभिव्यक्तिहरू स्वीकार गर्छु। मलाई जे गर्न भनिन्छ, म त्यही गर्नेछु; र मलाई जसरी गर्न भनिन्छ, म त्यसरी नै गर्नेछु” भनेर भन्छस् भने—यदि तैँले साँच्चै यसरी अभ्यास गर्न सक्छस् भने, तँ आफ्नो कर्तव्य राम्ररी र उपयुक्त तरिकाले गर्न सक्षम हुनेछस्। कतिपय मानिसहरूले यसो भन्छन्, “मैले आफ्नो कर्तव्य राम्ररी र उपयुक्त तरिकाले पूरा गरेको छु, र म यसलाई सत्यता सिद्धान्तहरूअनुसार पनि गर्न चाहन्छु।” यदि तँसँग आफ्नो कर्तव्य राम्ररी र उपयुक्त तरिकाले पूरा गर्न सक्ने जगमा रहेर सत्यता सिद्धान्तहरूतर्फ लागिपर्ने साँचो अभिप्राय छ भने, तँ जुनसुकै स्तरमा पुग्न सके पनि ठीकै हुन्छ—कुनै मागहरू छैनन्। जबसम्म तँ जब्बर हुँदैनस्, तैँले कुतर्कहरू गर्दैनस्, आफ्नै तर्कहरूमा जोड दिइरहँदैनस्, अलमल्‍ल परेको तरिकाले काम गर्दैनस्, र तैँले कुनै मूर्खतापूर्ण काम गरेपछि त्यसलाई स्वीकार गर्न नमान्‍ने गर्दैनस्, तबसम्म त्यो नै पर्याप्त हुन्छ। जहाँसम्म सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्ने कुरा छ, तँ जति गर्न सक्षम छस् त्यति गर्; तैँले जे गर्न सक्छु भन्‍ने सोच्छस्, त्यही गर्। यस प्रकारको व्यक्तिका लागि मागहरू उच्च छैनन् किनभने उसलाई सत्यता सिद्धान्तहरू प्राप्त गर्न केही हदसम्म गाह्रो हुन्छ। त्यसैले, उसको जन्मजात अवस्थाका आधारमा, उसँग कडाइका साथ सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्ने माग गरिँदैन। तिनीहरूसँग किन त्यो माग गरिँदैन? किनभने तिनीहरू त्यसका लागि असक्षम हुन्छन्। यदि तैँले तिनीहरूसँग सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्ने माग गर्न जिद्दी गरिस् भने, त्यो माछालाई जमिनमा बाँच्न बाध्य गरेजस्तै हुनेछ। केही पशुहरूलाई उदाहरणका रूपमा लिऔँ—यदि तैँले तिनीहरूसँग हरेक छाकमा सही मात्रामा खानुपर्ने र धेरै नखानुपर्ने र आफ्नो पेट फुल्ने गरी नखानुपर्ने माग गरिस् भने, के तिनीहरूले त्यो गर्न सक्छन्? सक्दैनन्। तिनीहरूले शारीरिक रूपमा थप खान नसक्ने नभएसम्म एकै पटकमा जति सक्दो धेरै खान्छन्। पशुबाट पुनर्जन्म लिएका मानिसहरू पनि उस्तै हुन्। यदि तैँले तिनीहरूसँग सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्ने माग गरिस् भने, तिनीहरूले त्यसो गर्न सक्दैनन्। त्यसोभए के यसको अर्थ यस्ता मानिसहरूलाई त्यागिन्छ भन्‍ने हो? होइन, तिनीहरूलाई त्यागिँदैन। तर तिनीहरूलाई नत्याग्‍नुको अर्थ तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्नुपर्ने र आत्मसात् गर्नुपर्ने माग गर्नु होइन। यसको सरल अर्थ तिनीहरूलाई सही तरिकाले व्यवहार गर्न, तिनीहरू जे गर्न सक्षम छन् त्यही गर्न दिनु हो। यो भनेको कर्तव्य निर्वाह गर्ने तिनीहरूका योग्यताहरू रद्द गर्नु होइन, न त यो सत्यता पछ्याउने तिनीहरूका योग्यताहरू रद्द गर्नु नै हो, र झन् यो कुरा मुक्ति प्राप्त गर्ने तिनीहरूका योग्यताहरू रद्द गर्नु त हुँदै होइन। यसको अर्थ के मात्रै हो भने, तिनीहरूसँग कडाइका साथ सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्ने माग गरिँदैन, न त तिनीहरूसँग कडाइका साथ सबै कुरामा सत्यता सिद्धान्तहरूमा पुग्नुपर्ने माग गरिन्छ भन्‍ने नै हो। अर्थात्, तिनीहरू जति गर्न सक्षम छन् तिनीहरूले त्यति नै गर्नुपर्छ। जबसम्म तिनीहरूले जानाजानी बाधा उत्पन्न गर्ने प्रयास गर्दैनन्, सिद्धान्तका महत्त्वपूर्ण मामलाहरूमा कुतर्कहरू गर्दैनन् वा जथाभाबी दुष्कर्महरू गर्दैनन्, तबसम्म त्यो नै पर्याप्त हुन्छ। यस्ता मानिसहरूबाट गरिने मागहरू उच्च छैनन्। बुझिस्? (बुझेँ।)

पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूका हकमा भन्दा, हामीले तिनीहरूका सारका केही प्रकटीकरणहरूका बारेमा सङ्गति गरेका छौँ। अवश्य पनि, केही प्रकटीकरणहरू छन् जसका बारेमा हामीले त्यति विस्तृत रूपमा कुरा गरेका छैनौँ। यदि हामीले तिनका बारेमा अझै विशिष्ट रूपमा कुरा गर्ने हो भने, कतिपय मानिसहरूले त्यो सहन नसक्लान्, त्यसैले हामीले अलिक सामान्य रूपमा कुरा गरेका छौँ, र केही कुराहरू नभनीकन छोडेका छौँ। तैँले जेसुकैबाट पुनर्जन्म लिएको भए पनि, अन्त्यमा अहिले तँसँग मानव पहिचान छ। तँसँग मानव पहिचान भएकाले, तँ आफ्नो छवि र आफ्नो प्रतिष्ठाको वास्ता गर्छस्, त्यसैले हामी तेरो प्रतिष्ठा अलिकति बाँकी राखिदिनेछौँ—हामी यस पक्षमा त्यति धेरै विस्तृत रूपमा कुरा गर्नेछैनौँ। हामीले छलफल गरिसकेका कुराहरू आधारभूत रूपमा यस्तै नै हुन्—आफैलाई त्योसँग तुलना गर्। मानौँ, तेरा प्रकटीकरणहरू पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूका प्रकटीकरणहरूसँग मेल खान्छन्, र तैँले आफ्नो हृदयमा निकै विचलित महसुस गर्छस्—तैँले यस्तो प्रकारको पहिचान भएकाले, एकातिर तेरो मूल्य घटेको छ, र अर्कोतिर तेरो निष्ठा अपमानित भएको छ र तेरो प्रतिष्ठामाथि चुनौती खडा भएको छ भन्‍ने महसुस गर्छस्। तँलाई परमेश्‍वरसँगको आफ्नो सम्बन्धलाई कसरी सम्हाल्ने भन्‍ने थाहा हुँदैन, र तँ अचानक तेरो हैसियत ह्वात्तै घटेको छ, तँ अरूभन्दा नीच भएको छस् भन्‍ने महसुस गर्छस्, उप्रान्त आफूमा कुनै सम्मानजनक कुरा छ भन्‍ने महसुस गर्दैनस्, उप्रान्त आफ्नो चरित्र कुलीन छ वा तँ सम्मानजनक मूल्यको छस् भन्‍ने महसुस गर्दैनस्, र अचानक तैँले आफ्नो हृदयमा आफूसँग कुनै आशा वा आड छैन, र तेरो भविष्यको गन्तव्य अनिश्‍चित छ भन्‍ने महसुस गर्छस्। के यी असल प्रकटीकरणहरू हुन् त? (होइनन्।) त्यसोभए के तैँले आफूलाई बदल्नु पर्दैन र? (पर्छ।) यी प्रकटीकरणहरू र यस्तो प्रकारको बोध असल नभएका हुनाले, के गर्नुपर्छ त? हामीले यस्ता मानिसहरूका लागि निस्कने एउटा बाटो खोज्नुपर्छ, ताकि तिनीहरूलाई अलिकति राम्रो महसुस होस्। यो तिनीहरूलाई शान्त पार्ने कुरा होइन, न त तिनीहरूलाई धोका दिने कुरा नै हो—यो त तिनीहरूलाई यो मामलालाई सही तरिकाले लिन र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न लागिपर्न सक्षम बनाउने कुरा हो। त्यसोभए तिनीहरूले के गर्नुपर्छ? पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूले यो मामलालाई कसरी बोध गर्नुपर्छ? सर्वप्रथम त, परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, कुनै व्यक्तिले जेसुकैबाट पुनर्जन्म लिएको भए पनि, यो परमेश्‍वरद्वारा नियोजन गरिएको कुरा हो—यसमा मानिसहरूको केही लाग्दैन। मानौँ, तँ यी मानिसहरूमध्ये एक होस्। यदि तँलाई छनौट गर्न लगाइयो भने, तैँले पशुका रूपमा पुनर्जन्म लिने छनौट गर्छस् कि मानिसका रूपमा? (मानिसका रूपमा पुनर्जन्म लिने।) तैँले किन त्यो छनौट गर्छस्? (किनभने यदि हामीले मानिसका रूपमा पुनर्जन्म लियौँ भने मात्रै हामीले परमेश्‍वरले के भन्नुहुन्छ सो सुन्‍ने र उहाँका वचनहरू बुझ्ने मौका पाउन सक्छौँ।) अनि यदि तैँले पशुका रूपमा पुनर्जन्म लिइस् भने नि? (हामीले परमेश्‍वरका वचनहरू सुन्‍ने मौका पाउनेथिएनौँ।) यसको अर्थ तैँले परमेश्‍वरको आवाज सुन्‍ने मौका कहिल्यै पाउनेथिइनस् भन्‍ने हुन्छ। त्यसैले, तँलाई पशुका रूपमा, मानिस भएर पुनर्जन्म लिनु असल कुरा हो भन्‍ने कुरा थाहा भएको हुनाले, तैँले परमेश्‍वरलाई अझै धेरै धन्यवाद दिनुपर्छ—तैँले उहाँका बारेमा गुनासो गर्नु हुँदैन। तँलाई मानिस बन्‍ने मौका दिनुभएकोमा तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ—यसबाहेक, यो त हजार वर्षमा एक पटक आउने मौका पो हो। आखिर, परमेश्‍वर मानिसहरूलाई मुक्ति दिनलाई नै देह बन्नुभयो, र धेरैजसो मानिसहरूले मुक्तिको यो अनुग्रह प्राप्त नगरेका भए पनि, तैँले त प्राप्त गरेको छस्—तैँले परमेश्‍वरको आवाज सुन्‍ने र परमेश्‍वरले सत्यता व्यक्त गर्नुभएको सुन्‍ने सौभाग्य पाएको छस्। यो तेरो आशिष् हो। यो यस्तो कुरा हो जुन, एक सृजित जीवका रूपमा, तैँले धेरै जीवनकाल वा धेरै युगहरूसम्म भीक मागे पनि प्राप्त गर्न सक्नेथिइनस्। परमेश्‍वरले ठीक यही युगमा तँलाई छान्नुभयो, र तँलाई मानिसका रूपमा पुनर्जन्म लिन, परमेश्‍वरको घरमा बस्‍न र मानवजातिसँगै, एक सृजित प्राणीको कर्तव्य पूरा गर्न, तेरो पहिचानलाई पशुको पहिचानबाट मानवजातिको सदस्यको पहिचानमा रूपान्तरण गर्न र तँलाई मानिसको कर्तव्य पूरा गर्न दिनुभयो। यो कति ठूलो सम्मान र सौभाग्यको कुरा हो! यो धेरै सृजित जीवहरूले कामना मात्र गर्न सक्ने तर कहिल्यै प्राप्त गर्न नसक्ने कुरा हो—तैपनि तैँले आज यो प्राप्त गरेको छस् र यसको आनन्द लिइरहेको छस्। यो मौका अत्यन्तै दुर्लभ छ; कुनै पनि सृजित जीवका लागि, यो हजार वर्षमा एक पटक आउने मौका हो। त्यसैले, तैँले दिक्दारीमा डुब्‍ने र गुनासो गर्ने, र दुःखी हुने वा तेरो हैसियत अरूको भन्दा कम छ भन्‍ने सोच्ने गर्नु त हुँदै हुँदैन, बरु, यसको विपरीत, तैँले वास्तवमा आफूलाई भाग्यमानी महसुस गर्नुपर्छ। तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ—उहाँले तँलाई दिनुभएको मौकाका लागि उहाँलाई धन्यवाद दे, उहाँले तँलाई उच्‍च पार्नुभएकोमा उहाँलाई धन्यवाद दे, किनभने उहाँले गर्नुभएको काम महान् छ: उहाँले गर्नुभएको काम साँच्चै नै सृजित प्राणीहरूप्रतिको अनुग्रह र कृपा नै हो। परमेश्‍वरबाट यो अनुग्रह स्वीकार गरेपछि, उहाँले तेरो पहिचान र तेरो गुण परिवर्तन गर्नुभएकोमा तँ कृतज्ञ हुनुपर्छ। तर तैँले उहाँलाई धन्यवाद मात्र दिएर यो कुरा सकिँदैन—उहाँलाई धन्यवाद दिनुबाहेक, तैँले यो मौकाको कसरी फाइदा उठाउने भनेर पनि सोच्नु आवश्यक छ। तेरो मौलिक पहिचान जेसुकै भए पनि, अब तैँले मानिसका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्ने भएको हुनाले, यो तेरो पहिचान परिवर्तन गर्ने र एक सृजित प्राणीका रूपमा तेरो गुण परिवर्तन गर्ने राम्रो मौका हो। त्यसोभए तैँले यो परिवर्तन कसरी गर्न सक्छस्? पहिलो मुख्य बुँदा भनेको आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु हो। यदि, तेरा जन्मजात अवस्थाहरूका विभिन्न सीमितताहरूका कारण, तँ केवल परिश्रम गर्न र शारीरिक श्रम गर्न, फोहोरी र थकाइलाग्दो काम गर्न मात्रै सक्षम हुन्छस्, र, तेरो पहिचान र मूल्यका आधारमा, तैँले पूरा गर्ने कर्तव्य सधैँ यही दायराभित्र मात्र रहन सक्छ, र कुनै राहत वा सुधारको सम्भावना हुँदैन भने, तैँले के गर्नुपर्छ? तैँले कुन सिद्धान्त पालन गर्नुपर्छ? यदि, चाहे तेरो बुद्धिमत्ता होस्, तेरो चरित्र होस्, वा तेरा जन्मजात अवस्थाहरू हुन्, हामीले जुनसुकै प्रकटीकरणहरूलाई हेरे पनि, मानिसहरूका बीचमा तेरो मूल्य सधैँ यस्तै रहनेछ भने—तँ सधैँ एउटा काम नलाग्ने, मूर्ख, अलमल्ल परेको, बोधो, मन्दबुद्धि सहितको विकृत बोध भएको व्यक्ति हुनेछस्, र तेरो मूल्य कहिल्यै बढ्नेछैन भने—तैँले आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ? यो अत्यन्तै महत्त्वपूर्ण छ। मानौँ तेरो मूल्य कहिल्यै बढ्नेछैन, र मानिसहरूका बीचमा तेरो कहिल्यै कुनै प्रतिष्ठा हुनेछैन। परमेश्‍वरको नजरमा, तँ सदासर्वदाका लागि जहाँको त्यहीँ रहन्छस्—तँ यस्तै होस्। तेरो गुणमा सतही रूपमा देखिने स्पष्ट विशेषताहरू हुन सक्छन्, र तँ कहिल्यै पशुबाट साँचो मानिसमा परिवर्तन हुनेछैनस्। तँसँग मुक्ति प्राप्त गर्ने कुनै आशा हुँदैन, किनभने तैँले सत्यता बुझ्न सक्दैनस्, र तँसँग मानवीय बुद्धिमत्ता समेत हुँदैन। तैँले दर्शनका सत्यताहरू बुझ्दैनस्, र परमेश्‍वरको घरमा, तँलाई सुसमाचार कसरी प्रचार गर्ने भन्‍ने थाहा हुँदैन, तँ व्यावसायिक सीपहरूसँग सम्बन्धित कुनै पनि प्रकारको कर्तव्यका लागि अयोग्य हुन्छस् र त्यसमा खरो उत्रन सक्दैनस्—तँ सधैँ फोहोरी र थकाइलाग्दा कामहरू गर्नमा नै अल्झिरहनेछस्, र तँसँग तेरो अवस्थालाई बदल्ने कुनै उपाय हुँदैन। मानौँ तँ यस्तै छस् भने, तैँले के गर्छस्? के तैँले परमेश्‍वरमा विश्‍वास गर्न छोड्छस्? के तैँले आफैप्रति हरेस खान्छस्? के कतिपय मानिसहरूले आफ्नो ज्यानसमेत लिन्छन्? के तिनीहरूले यसो भन्छन्, “म अब उप्रान्त बाँच्‍न चाहन्नँ। यसै पनि मसँग बाहिर निस्कने कुनै बाटो नै छैन—यसरी बाँच्‍नुको के अर्थ छ र?” यदि तैँले जति नै प्रयास गरे पनि, तँ जति नै लगनशील भए पनि, जति नै लागिपरे पनि, वा जति नै ठूलो मोल चुकाए पनि, तेरो मूल्य कहिल्यै परिवर्तन हुनेछैन, र परमेश्‍वरको घरमा तँ सधैँ परिश्रम गर्ने र पसिना बगाउने व्यक्ति, सबैले हेला गर्ने एक प्रतिष्ठाविहीन तुच्छ व्यक्ति मात्रै हुन्छस् भने, जब तँ तेरो कर्तव्य, परमेश्‍वरको कार्यभार, र सृष्टिकर्ताका विभिन्न मागहरूलाई कसरी लिन्छस् भन्ने कुरा आउँछ, तब तैँले अभ्यासको कुन तरिका छनौट गर्नुपर्छ? यही नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सिद्धान्त र अवधारणाअनुसार त, तेरो मूल्य र पहिचान निर्धारित छ, तर वास्तवमा, अहिले मानिसहरूका बीचमा र परमेश्‍वरका नजरमा, तेरो साँचो पहिचान मानिसको हो। म किन यो मानिसको हो भनेर भन्छु? किनभने तैँले पूरा गर्न सक्‍ने कर्तव्य, तेरा दैनिक प्रकटीकरणहरू, र तेरा जन्मजात अवस्थाहरूका विभिन्न अन्तर्निहित क्षमताहरू मानिसका लागि सामान्य हुने आधारभूत दायराभित्र पर्छन्—तँसँग मानिस हुनुका यी आधारभूत अवस्थाहरू छन्। यही बुँदाको हिसाबमा मात्रै, तैँले आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ? पशुहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन्, तिनीहरूलाई आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने, आफ्नो कर्तव्यमा कसरी दृढ रहने, वा आफ्नो कर्तव्य कसरी अर्पित भई पूरा गर्ने र अन्त्यसम्म सेवा प्रदान गरिरहने भन्‍ने थाहा हुँदैन—पशुहरूले यी कुराहरू बुझ्दैनन्। तर अब, एक मानिसका रूपमा, तैँले बुझ्छस्, तँलाई थाहा छ, त्यसैले तैँले यी कुराहरू हासिल गर्नुपर्छ। तँ यी कुराहरू हासिल गर्न सक्षम भएकाले, परमेश्‍वरले यही सिद्धान्तका आधारमा तँसँग मागहरू गर्नुहुनेछ। तर, यदि तँ आफ्नो पहिचानसँग असन्तुष्ट भएकाले र तैँले परमेश्‍वर अन्यायपूर्ण हुनुहुन्छ भन्‍ने महसुस गरेकाले निरुत्साहित हुन्छस्, र उहाँका बारेमा गुनासो गर्छस्, तेरो जीवन अपमानजनक र प्रतिष्ठाविहीन छ भन्‍ने महसुस गर्छस्, र त्यसपछि तैँले गर्न सक्‍ने कामसमेत गर्न इन्कार गर्दै आफ्नो कर्तव्य पूरा गर्न छोड्छस् भने, तँ पूर्णतया विद्रोही होस्। परमेश्‍वरका नजरमा, तँ एक सृजित प्राणीका रूपमा मानकअनुरूपको छैनस्; तँ एक विकृति होस्। त्यसोभए तैँले के गर्नुपर्छ? तेरो मूल्य सम्मानजनक होस् वा तुच्छ होस्, तँ जहाँसुकैबाट आएको भए पनि, वा तेरा जन्मजात अवस्थाहरूमा जे-जस्ता समस्याहरू भए पनि, छोटकरीमा, तँ जे गर्न सक्षम छस्, त्यही गर्न सक्दो प्रयास गर्, र त्यसलाई राम्ररी गर्न सक्दो प्रयास गर्। यदि सक्दो प्रयास गरेपछि पनि, तैँले अझै सत्यता सिद्धान्तहरूमा खरो उत्रन सक्दैनस् भने, परमेश्‍वरसँग सबै प्रकारका मानिसहरूसँग माग गरिने एउटा न्यूनतम मानक छ: जबसम्म तैँले आफ्नो सबथोक लगाउँछस्, आफ्नो इमानदारी देखाउँछस्, र आफ्नो बफादारी चढाउँछस्, तबसम्म तँ मानकअनुरूपको हुनेछस्। परमेश्‍वरले हरेक व्यक्तिले शत प्रतिशत हासिल गर्नुपर्ने माग गर्नुहुन्न—साठी प्रतिशत पनि पर्याप्त हुन्छ। परमेश्‍वरले के चाहनुहुन्छ? परमेश्‍वरले चाहनुभएको कुरा एउटा मनोवृत्ति हो—यदि तेरो मनोवृत्ति एक सृजित प्राणीको कर्तव्य पूरा गर्ने, तैँले गर्नुपर्ने र हासिल गर्नुपर्ने कुराहरूलाई कुनै पछुतो गर्ने ठाउँ नराखी राम्ररी गर्ने चाहना राख्नु हो भने, यो मनोवृत्तिलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ। परमेश्‍वरले यो मनोवृत्तिलाई अनुमोदन गर्नुहुनेछ, र यसले तँलाई सुरक्षा दिनेछ जसले गर्दा तँ मार्गको अन्त्यसम्म पुग्न सक्छस्। कतिपय मानिसहरूले भन्छन्, “जब म मार्गको अन्त्यमा पुग्छु, तब के हुनेछ?” म तँलाई अहिले बताउनेछैनँ—पछि बताउनेछु। जब तँ मार्गको अन्त्यमा पुग्छस्, तब तँलाई थाहा हुनेछ। छोटकरीमा, अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, तैँले यो मामलालाई कसरी लिन्छस्, तैँले परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्यलाई कसरी लिन्छस्, र तैँले परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्य कसरी पूरा गर्छस् भन्‍ने नै हो। यो कर्तव्य जेसुकै भए पनि, जबसम्म यो परमेश्‍वरको घरले तँलाई सुम्पेको कुरा हो, तबसम्‍म तैँले यसलाई पूरा गर्न आफ्नो सबथोक लगाउनुपर्छ। जब तैँले आफ्नै समस्याहरू चिन्छस्, तब तैँले कुतर्कहरू नगर्न, परमेश्‍वरलाई चिढ्याउने कामहरू नगर्न, र परमेश्‍वरलाई चिढ्याउने कुराहरू नभन्न सक्दो प्रयास गर्नुपर्छ; बरु, तैँले मानिसहरू र परमेश्‍वरको घरलाई फाइदा हुने कामहरू गर्नुपर्छ, र मानिसहरू र परमेश्‍वरको घरलाई फाइदा हुने कुराहरू भन्‍नुपर्छ। तिमीहरूमध्ये कतिले यसो भन्छौ, “म अहिले यसो गर्न अझै सक्षम छैनँ।” त्यसोभए आफ्नो समय लि—अधीर नहो। यदि तैँले आज गर्न सक्दैनस् भने, भोलि गर्। यदि तैँले यो वर्ष गर्न सक्दैनस् भने, अर्को वर्ष गर्ने प्रयास गर्। आफ्नो समय लि। तर यदि मानिसहरूका परिणामहरू घोषणा गरिने समयसम्ममा तैँले अझै यो हासिल गरेको छैनस् भने, तैँले आफैले परिणामहरू भोग्नुपर्नेछ। तेरो व्यवहारको मूल्य कसैले पनि चुकाउनेछैन। बुझिस्? (बुझेँ।) यो मामला समाधान गर्न सजिलो हुनुपर्ने हो—यो सबै व्यक्तिको चेतनामा र उसले यी वचनहरू बुझ्न सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तँ तिनलाई बुझ्न सक्छस् भने, यी कुराहरू समाधान गर्न निकै सजिलो हुनेछ। केही व्यक्तिहरूले यो अलि गाह्रो छ भनेर भने पनि, जबसम्म तिनीहरू यस दिशामा लागिपर्छन्, तबसम्‍म तिनीहरूले अन्ततः केही परिणामहरू प्राप्त गर्ने नै छन्। यदि तँ यो मार्गमा हिँड्दैनस् भने, सायद तँ अझै पनि बाँच्‍न सक्‍नेछस्, तर जहाँसम्म अन्त्यमा तँलाई कस्तो परिणामले पर्खिरहेको हुनेछ भन्‍ने कुरा छ—त्यो भन्न गाह्रो छ; कसैले पनि यसको प्रत्याभूति दिन सक्दैन, र कसैले पनि तँलाई यसबारे कुनै आश्‍वासन दिनेछैन।

आजको विषय सुनेपछि तिमीहरूलाई कस्तो महसुस भइरहेको छ? तिमीहरूलाई सायद भावनात्मक रूपमा निकै दुःख लागिरहेको होला, होइन र? परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि मानिसहरूले सामना गर्न सबैभन्दा कम इच्छा गर्ने विषयहरूमध्ये यो एउटा विषय हो, होइन र? के यो सेवाकर्ता हुनुको विषयभन्दा पनि धेरै दुःखदायी र स्वीकार गर्न गाह्रो कुरा होइन र? के यो स्वीकार गर्न गाह्रो छ? वास्तवमा तिमीहरू स्वीकार गर्न सक्षम छौ, होइन र? (हो।) यदि मानिसहरू परमेश्‍वरको पहिचानबारे निश्‍चित छन् र तिनीहरूले आफ्नै स्थान भेट्टाएका छन् भने, यी वचनहरू र यस्तो प्रकारको समस्या मानिसहरूका लागि त्यति धेरै गाह्रो नहुनुपर्ने हो—केही व्यक्तिहरूलाई मात्रै यसमा केही कठिनाइ हुन सक्छ। तर यो सुनेपछि, धेरैजसो मानिसहरूले आफ्नो मूल्य र पहिचान वास्तवमा के हो भनेर खोतल्न लागिरहने सम्भावना छैन। यदि तिनीहरू साँच्चै पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूका केही प्रकटीकरणहरूसँग मेल खाए पनि, तिनीहरूले यसलाई सही तरिकाले लिन सक्‍नेछन्, र केही समयपछि, तिनीहरूलाई ठीकै महसुस हुनेछ, होइन र? (हो।) त्यसोभए, आजका लागि हामी यहाँसम्म सङ्गति गर्नेछौँ। अलबिदा।

जनवरी २०, २०२४

अघिल्लो: सत्यता कसरी पछ्याउने (११)

अर्को: सत्यता कसरी पछ्याउने (१३)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्