सत्यता कसरी पछ्याउने (११)
पूरक: मानिसहरूले हिँड्ने मार्गले तिनीहरूले अन्ततः के-कस्तो फल प्राप्त गर्छन् भन्ने कुरा निर्धारण गर्छ
परमेश्वरमा विश्वास गर्नुको उद्देश्य के हो? के यो अनुग्रह र आशिष्हरू प्राप्त गर्नका लागि हो? के यो खोक्रो जीवन जिउनबाट जोगिन र तल्लो स्तरका रुचिहरूबाट मुक्त हुनका लागि हो? (होइन।) त्यसोभए यो केका लागि हो त? (सत्यता प्राप्त गर्नका लागि।) यो सत्यता प्राप्त गर्न, जीवन प्राप्त गर्नका लागि हो। त्यसोभए, के मानिसहरूले हरेक दिन गर्ने सबै कुरा यही लक्ष्यतर्फ निर्देशित हुन्छन् त? के तैँले हरेक दिन आफ्नो कर्तव्य निर्वाह गर्दा खर्च गर्ने समय र ऊर्जा सबै यही लक्ष्यका खातिर हो त? मानिसहरू सत्यता प्राप्त गर्ने स्पष्ट लक्ष्यविना नै परमेश्वरमा विश्वास गर्छन्। तिनीहरू आफ्नो हृदयमा दर्शनहरूको यस पक्षबारे अस्पष्ट हुन्छन्, र तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नुको उद्देश्य के हो भन्ने थाहा हुँदैन। तिनीहरूलाई हृदयमा यो आशिष्हरू प्राप्त गर्नका लागि हो भन्ने मात्रै थाहा हुन्छ जस्तो देखिन्छ—तर आशिष्हरू प्राप्त गर्न व्यक्तिले के गर्नुपर्छ? तिनीहरूलाई आशिष्हरू प्राप्त गर्नका लागि सत्यता बुझ्नु, सत्यता अभ्यास गर्नु, र सत्यता पछ्याउनु आवश्यक हुन्छ भन्ने थाहा हुँदैन। त्यसोभए, के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् त? तिनीहरू यसबारे पनि निश्चित हुँदैनन्। तिनीहरू सोच्छन्, “यो ठूलो समस्या होइन। म परमेश्वरमा निष्कपट रूपले विश्वास गर्छु; परमेश्वरले मलाई त्याग्नुहुनेछैन। मानिसहरूले म सत्यता पछ्याउने व्यक्ति होइनँ भनेर भने पनि, केही फरक पर्दैन।” कहिलेकाहीँ, अरूले आफ्नो अनुभवात्मक गवाही बाँडेको देख्दा तर आफूले त्यही कुरा बाँड्न नसक्दा, तिनीहरू पनि दुःखी हुन्छन्, र हृदयमा अलिक चिन्तित र व्याकुल हुन्छन्। तर धेरैजसो समय, तिनीहरूलाई यो ठूलो समस्या होइन भन्ने लाग्छ। यसरी नै, हेर्दाहेर्दै पाँच वर्ष बित्छ, हेर्दाहेर्दै दश वर्ष बित्छ—कतिपय मानिसले अहिले तीस वा चालीस काटेका छन्, कतिपयले पचास नाघिसकेका छन्; तिनीहरूले विवाह गरेका छैनन्, र सधैँ आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन्। अहिलेसम्म, तिनीहरूले कति सत्यता प्राप्त गरेका छन्? के तिनीहरूसँग जीवन छ? तिनीहरू आफै पनि निश्चित हुँदैनन्। तिनीहरूलाई यस्तो लाग्छ: “मैले धेरै सत्यता बुझेको छु र म धेरै प्रवचन दिन सक्छु जस्तो लाग्छ; मसँग जीवन हुनुपर्छ, होइन र?” चाहे सङ्गतिहरूको दौरान होस्, वा आफूले आफ्ना कर्तव्यहरूमा समस्याहरू सामना गर्दा होस्, तिनीहरू हरेक सत्यता बुझेझैँ गरी लामो कुरा गर्न सक्छन्, तर तिनीहरू कुनै पनि वास्तविक समस्याहरू समाधान गर्न सक्दैनन्। तिनीहरूले बोल्ने धर्मसिद्धान्तहरू सुन्दा जतिसुकै ठूला-ठूला लागे पनि, तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा अझै पनि सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्दैनन् र धेरै मामिलामा अझै पनि आफ्नै इच्छा पछ्याउनेसमेत गर्छन्, र सत्यता सिद्धान्तहरू अलिकति पनि बुझ्दैनन्। त्यसैले, तिनीहरू हृदयमा अन्योल महसुस गर्छन्: “म वास्तवमा सत्यता बुझ्ने व्यक्ति हुँ कि होइनँ?” तिनीहरूलाई आफू सत्यता बुझ्ने व्यक्ति भए-नभएको थाहा हुँदैन। त्यसोभए, के तिनीहरू सत्यता पछ्याउने र सत्यता अभ्यास गर्ने मानिस हुन् त? तिनीहरू आफै पनि यसबारे अनिश्चित हुन्छन्। त्यसोभए तिनीहरूले वास्तवमा सत्यता प्राप्त गरेका छन् कि छैनन्? तिनीहरूलाई अझै पनि यसमा शङ्का छ। त्यसोभए तिनीहरूसँग वास्तवमा जीवन छ कि छैन त? आखिर जीवन भनेको ठ्याक्कै के हो त? व्यक्तिसँग जीवन हुँदा कस्तो महसुस हुन्छ? व्यक्तिसँग यो हुँदा उसको दैनिक जीवनमा के-कस्ता परिवर्तनहरू आउनेछन्? उसका विचारहरू कसरी परिवर्तन हुनेछन्? उसको मानवतामा के-कस्ता परिवर्तनहरू आउनेछन्? तिनीहरू यीमध्ये कुनै पनि कुराबारे स्पष्ट हुँदैनन्। तिनीहरूले जतिसुकै वर्षदेखि परमेश्वरमा विश्वास गरेका भए पनि, सत्यताको कुनै पक्षबारे बोल्दा, तिनीहरू केही शब्द र धर्मसिद्धान्त प्रचार गर्न सक्छन्; तर जब सत्यता अभ्यास गर्ने सिद्धान्तहरू समावेश हुन्छन्, तब तिनीहरू तिनलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्। विशेष गरी, कतिपय मानिस आफ्ना क्रियाकलापहरूमा सिद्धान्तहरूविरुद्ध गएको कारण काटछाँट गरिएपछि नकारात्मक बन्ने मात्र होइन, अलमल्ल पनि पर्छन् र आफैलाई शङ्का गर्दै यसो भन्छन्: “मैले वास्तवमा जीवन प्राप्त गरेको छु कि छैनँ? के मेरो हृदयमा सत्यताका लागि स्थान छ, के यो मेरो जीवन बनेको छ? के म वास्तवमा अझै पनि मुक्ति प्राप्त गर्न सक्छु त?” तिनीहरू सत्यता समावेश हुने यी सबै मामलाबारे अन्योलमा हुन्छन्, तर सत्यता समावेश नहुने बाहिरी मामलाहरूको कुरा आउँदा, तिनीहरूलाई ती कुरा निकै स्पष्ट रूपमा याद हुन्छ। उदाहरणका लागि, तिनीहरूले कति वर्ष, महिना, र दिनदेखि परमेश्वरमा विश्वास गरेका छन्, तिनीहरूले कुन स्तरको अगुवा वा कामदारका रूपमा सेवा गरेका छन्, तिनीहरूले के-कस्ता कर्तव्यहरू निर्वाह गरेका छन्, तिनीहरूले मण्डलीको कति काम गरेका छन्, तिनीहरूले कति ठाउँहरूको यात्रा गरेका छन्, तिनीहरूले सुसमाचार प्रचार गरेर कति जना मानिस प्राप्त गरेका छन्, तिनीहरूले कति वटा मण्डलीलाई मलजल गरेका छन्, तिनीहरूले परमेश्वरप्रति आफूलाई समर्पित गर्दा कति कष्ट भोगेका छन्, तिनीहरूले कति पैसा चढाएका छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई के-कस्ता कुराहरू दान दिएका छन्, तिनीहरू कति लामो समयसम्म पक्राउ परेका र जेल परेका थिए, तिनीहरूले कति पटक कुटाइ खाएका छन्, तिनीहरूले कति यातना भोगेका छन्, तिनीहरू परमेश्वरका लागि आफ्नो गवाहीमा कति पटक दृढ रहेका छन्, इत्यादि—तिनीहरू यी सबै बाहिरी मामलालाई आफ्नो सम्झनामा अत्यन्तै महत्त्वका साथ कुँदेर राख्छन्, र प्रायजसो तिनलाई आफ्नो मनमा ल्याउँछन्। तिनीहरू आफ्नो मनमा यी सबैको हिसाब राख्छन्, हरेक प्रविष्टिलाई स्पष्ट रूपमा याद गर्छन् र त्यसलाई कहिल्यै बिर्सँदैनन्। तर तिनीहरू कति वटा सत्यता बुझ्छन् र तिनीहरूसँग कति वास्तविकता छ भन्ने कुरा आउँदा, तिनीहरूसँग भएको यसको हिसाब सधैँ अन्योलपूर्ण हुन्छ। तिनीहरू कुन-कुन सत्यता बुझ्छन्, तिनीहरूले कुन-कुन सत्यता अभ्यास गरेका छन्, र तिनीहरू आफूलाई कुनै कुरा आइपर्दा सत्यतामा अडिग रहन र सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छन् कि सक्दैनन् भन्नेबारे तिनीहरू आफ्नो मनमा कहिल्यै स्पष्ट हुँदैनन्; तिनीहरूसँग भएको यी सबैको हिसाब अन्योलपूर्ण हुन्छ। तिनीहरूले आफ्ना कुन-कुन भ्रष्ट स्वभावहरूको साँचो बुझाइ प्राप्त गरेका छन्, तिनीहरूले ती फालेका छन् कि छैनन्, र तिनीहरू प्रायजसो कुन-कुन भ्रष्ट स्वभावहरू प्रकट गर्छन् तर फालेका छैनन् भन्नेबारे पनि तिनीहरू आफ्नो मनमा अस्पष्ट हुन्छन्; तिनीहरूसँग भएको यी सबैको हिसाब अन्योलपूर्ण हुन्छ। यति धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि, तिनीहरू कुन-कुन सत्यता अभ्यास गर्न सक्छन् र कुन-कुन सत्यता अभ्यास गरेका छैनन्, तिनीहरूले सत्यताका कुन-कुन पक्षहरूमा प्रगति गरेका छन्, र तिनीहरूले कति प्रगति गरेका छन्—तिनीहरूसँग भएको यी सबैको हिसाब अन्योलपूर्ण हुन्छ। तिनीहरू आफ्नो मानवताको हिसाबमा ठ्याक्कै के जिउँछन्—तिनीहरूसँग विवेक र समझ छ कि छैन, र तिनीहरूले सामान्य मानवता जिएका छन् कि छैनन्—तिनीहरूसँग भएको यी सबैको हिसाब अन्योलपूर्ण हुन्छ। तिनीहरूले आफ्ना कति वटा कर्तव्यहरू निष्कपटता र बफादारीका साथ निर्वाह गरेका छन्, कति वटा कर्तव्यहरू जानी-जानी झाराटारुवा रूपमा गरिएका थिए, कति वटा मानकअनुरूप गरिएका थिए र कति वटा अझै मानकअनुरूप भएका छैनन्, तिनीहरूले आफ्नो कर्तव्यको निर्वाह गर्दा परमेश्वरलाई सन्तुष्ट पार्ने र परमेश्वरका अभिप्रायहरूसँग मिल्ने गरी कुन-कुन कर्तव्यहरूमा सिद्धान्तहरूअनुसार कार्य गर्न सकेका छन्, र कुन-कुन कर्तव्यहरूमा तिनीहरूले अझै सत्यता सिद्धान्तहरू बुझेका छैनन् र परमेश्वरलाई सन्तुष्ट पार्न सकेका छैनन्—तिनीहरूसँग भएको यी सबैको हिसाब अन्योलपूर्ण हुन्छ। तिनीहरू ठ्याक्कै कुन-कुन पक्षहरूमा परमेश्वरका मागहरू पूरा गर्न र परमेश्वरमा समर्पित हुन सक्छन्, तिनीहरू कुन हदसम्म परमेश्वरमा समर्पित भएका छन्, तिनीहरू कुन-कुन पक्षहरूमा अझै पनि परमेश्वरमा समर्पित हुन सक्दैनन्, तिनीहरू परमेश्वरमा समर्पित हुन नसक्नुको कारण के हो, र अघि बढ्दा तिनीहरू कसरी प्रवेश गर्नुपर्छ—यी सबै कुराका सम्बन्धमा, तिनीहरूसँग कुनै योजना र कुनै विचार हुँदैन, र अवश्य नै, तिनीहरूसँग स्पष्ट मार्ग त झनै हुँदैन। यति धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूलाई परमेश्वरको घरका हितहरूको सुरक्षा गर्न आफूद्वारा कति वटा कुराहरू गरिएको छ, वा कति वटा असल कार्यहरू तयार गरिएको छ भन्ने थाहा हुँदैन; तिनीहरूलाई आफूद्वारा कति दुष्टता गरिएको छ, वा अवरोध र बाधाहरू ल्याउने कति वटा कुराहरू गरिएको छ भन्ने थाहा हुँदैन—तिनीहरूलाई आफ्नो सम्झनामा आफूले यीमध्ये केही कुरा गरे जस्तो लाग्छ, तर दुष्टता गरेपछि आफूले पश्चात्ताप गरे-नगरेको कुरा तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूले कहिलेकाहीँ आफूले दुष्टता गरेको कुरा महसुस गर्न र दुःखी हुन सके पनि, र तिनीहरूले परमेश्वरलाई प्रार्थना गरेर आफ्ना पापहरू स्वीकार गरेका भए पनि, के तिनीहरूले परमेश्वरको क्षमा प्राप्त गरेका छन् त? के तिनीहरूको हृदयमा कुनै दोषी भाव छ त? तिनीहरूलाई यी कुराहरू पनि थाहा हुँदैन। तिनीहरू मनमनै सोच्छन्: “मलाई दोषी भाव महसुस हुन्छ कि हुँदैन भन्ने कुराको कसलाई मतलब छ र? जे होस्, म अहिले निकै आरामसँग जिइरहेको छु; म अझै पनि आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु।” त्यसोभए तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा कति वटा असल कार्यहरू गरेका छन् त? तिनीहरू यो पनि ठ्याक्कै भन्न सक्दैनन्, तैपनि तिनीहरूलाई आफूले केही असल कार्य गरे जस्तो लाग्छ—हालै, तिनीहरूले सुसमाचार प्रचार गरे र दुई जना मानिस प्राप्त गरे। तिनीहरूसँग यति सानो सङ्ख्यामा असल कार्यहरू हुन्छन्, तर तिनीहरू सिद्धान्तहरूविना कामकुरा गर्छन्, र आफ्नै इच्छाअनुसार र स्वेच्छाचारी र लापरवाह तरिकाले कार्य समेत गर्छन्—के यसलाई दुष्ट कार्यहरू मानिन्छ त? तिनीहरू यसबारे पनि अस्पष्ट हुन्छन्। तिनीहरूलाई मण्डलीले आफूलाई कारबाही नगरेको हुनाले, र अगुवाहरूले आफूलाई काटछाँट नगरेको वा यी कुराहरूका लागि आफूलाई जवाफदेही नठहराएको हुनाले, ती दुष्ट कार्य होइनन् भन्ने लाग्छ; यदि तिनीहरूलाई जवाफदेही ठहराइएको भए, सायद यी कुराहरू दुष्ट कार्यहरू हुनेथिए। तिनीहरूलाई आफूद्वारा कति वटा असल कार्यहरू तयार गरिएको छ भन्ने थाहा हुँदैन। तिनीहरूले अहिले गरिरहेका कुराहरू असल कार्य हुन् कि दुष्ट कार्य हुन्, तीमध्ये कति वटा असल कार्य हुन्, तीमध्ये कति वटा दुष्ट कार्य हुन्, कति वटा सत्यता सिद्धान्तहरूसँग मिल्छन्, कति वटा कामका प्रबन्ध र सत्यता सिद्धान्तहरूविरुद्ध जान्छन्—तिनीहरूलाई यीमध्ये कुनै पनि कुरा थाहा हुँदैन। तिनीहरूले यी मामलाहरूको अभिलेख कहिल्यै राखेका हुँदैनन्। जे होस्, तिनीहरू हरेक दिन समयमै खान्छन् र सुत्छन्, आत्मिक भक्ति वा कामका लागि तोकिएको समयमा उठ्छन्, र काम गर्दा अघिल्लो दिनकै स्थिति र अघिल्लो दिनकै कामका चरणहरू कायम राख्छन्, र आफूले सधैँ गर्दै आएका कुराहरू नै गर्छन्। तिनीहरूले सत्यता पछ्याउने र सत्यता वास्तविकतामा प्रवेश गर्ने वा भ्रष्ट स्वभावहरू फाल्ने र जीवन प्राप्त गर्ने मामिलाहरूलाई कहिल्यै विशिष्ट वा व्यवस्थित रूपमा जानेका वा संक्षेप गरेका हुँदैनन्। त्यसकारण, सत्यताको पछ्याइ वा जीवन प्रवेश समावेश हुने कुनै पनि कुरा तिनीहरूका लागि अन्योलपूर्ण हिसाब हुन्छ। मलाई भन, यदि कोही हरेक दिन यसरी नै जिउँछ, यस्तो स्थितिमा जिउँछ भने, के ऊ अन्योलमा परेको हुँदैन र? (हुन्छ।) “अन्योलमा परेको” एउटा साहित्यिक अभिव्यक्ति हो; बोलचालको भाषामा, यसको अर्थ कुनै लक्ष्यविना बहावसँगै बग्नु हो। के जिउने यो स्थिति, अस्तित्वमा रहने यो स्थिति राम्रो हो कि होइन? (यो राम्रो होइन।) बाहिरी रूपमा, तिनीहरू परमेश्वरको प्रतिरोध गर्ने कुनै स्पष्ट व्यवहार वा प्रकटीकरणहरू देखाउँदैनन्, तर सत्यताको पछ्याइ र जीवन प्रवेशका मामिलाहरूको कुरा आउँदा, तिनीहरू अलमल्ल पर्छन् र यसबारे गम्भीर हुँदैनन्। ठ्याक्कै यो स्थिति नै अन्योलमा पर्नुको अर्थ हो। यसले व्यक्तिको समस्यालाई स्पष्ट रूपमा देखाउँछ र परमेश्वरमा विश्वास गर्दा ऊ हिँड्ने मार्ग स्पष्ट रूपमा प्रकट गर्छ।
परमेश्वरमा विश्वास गर्ने क्रममा सत्यताको पछ्याइ र जीवन प्रवेशका मामलाहरूको कुरा आउँदा, व्यक्तिको मनोवृत्ति, व्यक्तिपरक इच्छाहरू, वा प्रकटीकरणहरू जेसुकै भए पनि, परमेश्वरको नजरमा, व्यक्ति जुन स्थितिमा हुन्छ, त्यसले ऊ कुन मार्गमा हिँडिरहेको छ भन्ने कुरा देखाउँछ। कतिपय मानिस परमेश्वरमा विश्वास गर्न सुरु गरेको क्षणदेखि नै सत्यतालाई प्रेम गर्दैनन्, र सत्यताबारे जतिसुकै सङ्गति गरिए पनि, तिनीहरू त्यो स्वीकार गर्दैनन्। तिनीहरू हिँड्ने मार्ग सीधै मृत्यु र नरकतर्फ जाने मार्ग हो। कतिपय मानिस पहिलो पटक परमेश्वरमा विश्वास गर्न थाल्दा परमेश्वरका मागहरू बुझ्दैनन् र आशिष्हरूको प्राप्ति गर्ने र स्वर्गको राज्यमा प्रवेशलाई मात्रै पछ्याउँछन्। तर, परमेश्वरका वचनहरू निरन्तर खाएर र पिएर, तिनीहरू सत्यता बुझ्न पुग्छन् र सत्यता पछ्याउन सक्षम हुन्छन्, र सत्यता प्राप्त गर्नका खातिर कष्ट सहन र मूल्य चुकाउन सक्छन्। अन्त्यमा, तिनीहरू हिँड्ने मार्गले उज्यालो र स्वर्गको राज्यतर्फ डोर्याउँछ भन्ने कुरा देख्न सकिन्छ। जीवन प्रवेशका मामिलाहरूका सम्बन्धमा, धेरैजसो मानिस त्यसरी नै आफ्ना लक्ष्यहरूबारे अस्पष्ट हुन्छन् र अन्योलको स्थितिमा रहन्छन्। तर, यी मानिसहरूका प्रकटीकरणहरूबाट हेर्दा, कतिपयले सत्यतालाई पटक्कै स्वीकार गर्दैनन्, तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा एकनासले झारा टार्छन्, र धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि पनि, अलिकति पनि परिवर्तन भएका हुँदैनन्—तिनीहरू हिँड्ने मार्ग विनाश र नरकतर्फ जाने मार्ग हो। अर्कोतर्फ, कतिपय मानिस सत्यता स्वीकार गर्न सक्षम हुन्छन्, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा काटछाँट स्वीकार गर्न सक्छन्, तिनीहरूमा केही साँचो समर्पणता हुन्छ, र बिस्तारै आफ्ना कर्तव्यहरू मानकअनुरूप गर्न पुग्छन्—तिनीहरू हिँड्ने मार्ग उज्यालो र स्वर्गको राज्यतर्फ जाने मार्ग हो। सत्यता पटक्कै स्वीकार नगर्नेहरू—अर्को शब्दमा भन्दा, विनाशको मार्गमा सिधै अघि बढिरहेकाहरू—आफ्नो कर्तव्यको निर्वाह गर्दा, निरन्तर दुष्टता गर्छन्, र प्रायजसो सत्यताको विरुद्धमा जाने र परमेश्वरले घृणा गर्ने कार्यहरू गर्छन्, जसले गर्दा मण्डलीको जीवन र मण्डलीको काममा बाधा पुग्छ। यी मानिसहरूले केही “विशेष” प्रकटीकरण देखाउँछन्। अर्थात्, तिनीहरूले परमेश्वरमा विश्वास गर्न सुरु गरेको क्षणदेखि अहिलेसम्म कहिल्यै पश्चात्ताप गरेका छैनन्, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तिनीहरू प्रायजसो झारा टार्छन्, छली व्यवहार र ढिलासुस्ती गर्छन्, सजिला कार्यहरू रोज्छन् र कठिन कार्यहरूबाट पन्छिन्छन्, र परमेश्वरको घरका हितहरूको सुरक्षा गर्दैनन्; तिनीहरू अत्यन्तै स्वार्थी र घृणास्पद हुन्छन्, र आफ्नो आनन्दको मात्रै ख्याल गर्छन्। यो पनि यी मानिसहरूको एउटा विशेषता हो। कतिपय मानिस अझै बढी दुष्ट हुन्छन्—आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरू जथाभावी दुष्कर्म गर्छन् र स्वेच्छाचारी र लापरवाह तरिकाले कार्य गर्छन्, कार्य प्रबन्धहरूअनुसार कहिल्यै अभ्यास गर्दैनन् वा काम लागू गर्दैनन्। कतिपय मानिस यस्ता पनि हुन्छन्, जो आफ्नो कर्तव्यमा बारम्बार हैसियतका लागि प्रतिस्पर्धा गर्छन्, आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्, र आफ्नै स्वतन्त्र राज्य स्थापना गर्न मानिसहरूलाई आफूतिर तान्छन्। आफ्नो कर्तव्य निर्वाह गर्दा भेटीहरू चोर्ने, भेटीहरू उडाउने, र परमेश्वरको घरका हितहरूमाथि विश्वासघात गर्नेहरू पनि हुन्छन्। यी प्रकटीकरणहरू सकारात्मक हुन् कि नकारात्मक? (नकारात्मक।) यी मानिसहरूले परमेश्वरमा विश्वास गर्न सुरु गरेको क्षणदेखि नै यस्ता प्रकटीकरणहरू देखाएका छन्। परमेश्वरको घरले तिनीहरूलाई अवसरहरू दिइरहन्छ—अलिकति क्षमता भएका कतिपयलाई सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाइन्छ, तर केही समयको खराब प्रदर्शनपछि, तिनीहरूलाई एकल कर्तव्य निर्वाह गर्ने प्रबन्ध मिलाइन्छ; तर, एकल कर्तव्यमा पनि, तिनीहरू झारा नै टार्छन्, जथाभावी दुष्कर्म नै गर्छन्, स्वेच्छाचारी र लापरवाह तरिकाले नै कार्य गर्छन्, अवरोध र बाधाहरू नै ल्याउँछन्, र कतिपय त परमेश्वरको घरका हितहरूको सुरक्षा नगरी, हैसियत र शक्तिका लागि प्रतिस्पर्धा समेत गर्छन्। मौका पाउँदा, तिनीहरू भेटीहरू चोर्ने र भेटीहरू उडाउने समेत गर्छन्। तिनीहरूले जतिसुकै वर्षदेखि परमेश्वरमा विश्वास गरेका भए पनि, तिनीहरूमा भएका यी प्रकटीकरणहरू अलिकति पनि घटेका छैनन्, न त ती अलिकति पनि परिवर्तन नै भएका छन्। अन्त्यमा, तिनीहरूमा के देखिन्छ त? तिनीहरूमा के देखिन्छ भने, आफ्नो कर्तव्य निर्वाह गर्दा, यी मानिसहरू एकनासले झाराटारुवा व्यवहार गर्छन्, छली हुन्छन् र ढिलासुस्ती गर्छन्, सजिला कार्यहरू रोज्छन् र कठिन कार्यहरूबाट पन्छिन्छन्, र दैहिक सुखसुविधामा लिप्त समेत हुन्छन् र गैरजिम्मेवार रूपमा कार्य गर्छन्। तिनीहरूका प्रकटीकरणहरू अनित्य वा अस्थायी हुँदैनन्, बरु एकनासका हुन्छन्—यो तिनीहरूका लागि समस्याजनक कुरा हो। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू एकनासले झाराटारुवा व्यवहार गर्छन्, जथाभावी दुष्कर्म गर्छन्, र अवरोध र बाधाहरू निम्त्याउँछन्, र तिनीहरूसँग जसले कुरा गरे पनि, तिनीहरू परिवर्तन हुँदैनन्। तिनीहरू जतिसुकै प्रवचनहरू सुने पनि कहिल्यै पश्चात्ताप गर्दैनन् वा तिनीहरूमा पछुतोको हृदय हुँदैन। एकनासले हैसियतका लागि प्रतिस्पर्धा गर्ने, एकनासले परमेश्वरको घरका हितहरूमाथि विश्वासघात गर्ने, र परमेश्वरको घरका हितहरूको कहिल्यै सुरक्षा नगर्नेहरू पनि हुन्छन्। के “एकनासले” भन्ने शब्द बुझ्न सजिलो छ? आफ्नो कर्तव्य निर्वाह गर्दा, जसले झाराटारुवा व्यवहार गरे पनि, स्वेच्छाचारी र लापरवाह भए पनि, वा केही खराब प्रकटीकरण देखाए पनि, परमेश्वरको घरले तिनीहरूलाई सधैँ पश्चात्ताप गर्ने धेरै अवसर दिन्छ। तिनीहरूलाई कहिल्यै तिनीहरूका अस्थायी प्रकटीकरणहरूका कारण धपाइँदैन र कर्तव्य पूरा गर्नबाट वञ्चित गरिँदैन। बरु, तिनीहरूलाई बारम्बार अर्ती दिइन्छ, सत्यताबारे सङ्गति गरिन्छ, र प्रेमपूर्वक मद्दत गरिन्छ र साथ-सहयोग दिइन्छ। यसबाहेक, पवित्र आत्माले तिनीहरूलाई अतिरिक्त रूपमा झकझकाउनुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ, र हप्काउनुहुन्छ। मानिसहरू काम गर्छन्, र पवित्र आत्मा पनि काम गर्नुहुन्छ, तैपनि यस्ता मानिसहरू हृदयदेखि नै हठी र सत्यताप्रति वितृष्ण हुन्छन्। तिनीहरू कहिल्यै सत्यता स्वीकार गर्दैनन्, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको मद्दत, आलोचना, अनुगमन, वा सुपरिवेक्षण कहिल्यै स्वीकार गर्दैनन्, र तिनीहरू पवित्र आत्माको अन्तर्दृष्टि र ताडना त झनै स्वीकार गर्दैनन्। तिनीहरूले तीन वा पाँच वर्ष, वा दश वा बीस वर्षदेखि परमेश्वरमा विश्वास गरेका भए पनि, तिनीहरू यस्तै रहन्छन्। तिनीहरू अहिले पाका भएका भए पनि र अलिक बढी परिपक्व र अनुभवी देखिए पनि, तिनीहरू अझै पनि आफ्ना कर्तव्यहरू त्यसरी नै निर्वाह गर्छन्—तिनीहरू एकनासले झाराटारुवा व्यवहार गर्छन् र जथाभावी खराब कुराहरू गर्छन्। तिनीहरू यी बीस वर्षदेखि यस्तै छन्, र अलिकति पनि परिवर्तन भएका छैनन्। जब तिनीहरू बोल्छन्, तब तिनीहरूको मुखबाट झुट मात्रै निस्कन्छ, र तिनीहरू कहिल्यै सत्य बोल्दैनन्। तिनीहरू अहिले पनि यस्तै छन्; तिनीहरूले जतिसुकै शब्दहरू बोले पनि, कुन साँचो हो र कुन झूटो हो भन्ने कुरा कसैलाई थाहा हुँदैन—तीमध्ये एउटा पनि इमानदार शब्द हुँदैन। यी बीस वर्षमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा तिनीहरूले केही कष्ट भोगेका भए पनि, र सुसमाचार प्रचार गरेर केही मानिस प्राप्त गरेका भए पनि, तिनीहरूको जीवन स्वभाव अलिकति पनि परिवर्तन भएको छैन। तिनीहरू अझै पनि अत्यन्तै धूर्त र छली छन्; तिनीहरू एउटा पनि इमानदार शब्द बोल्न नसक्ने पुराना सर्प मात्रै हुन्। तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन् भन्ने प्रमाणित गर्न यति नै पर्याप्त छ; तिनीहरू सत्यता अलिकति बुझे पनि त्यो अभ्यास गर्न सक्दैनन्। तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? तिनीहरू एकनासले झाराटारुवा व्यवहार गर्ने, एकनासले जथाभावी खराब कुराहरू गर्ने अनि स्वेच्छाचारी र लापरवाह तरिकाले कार्य गर्ने, एकनासले अवरोध र बाधाहरू निम्त्याउने, शक्तिका लागि प्रतिस्पर्धा गर्ने, र एकनासले चालबाजी गर्ने, झुट बोल्ने, र छल गर्ने मानिस हुन्। तिनीहरू धूर्त बूढा स्याल हुन्—तिनीहरू पुराना सर्प, चिप्ले माछा, पुराना दियाबलस, पुराना शैतान मात्रै हुन् भनेर भन्न सकिन्छ। तिनीहरूका सबै कार्यअघि “एकनासले” भन्ने विशेषण थप्नैपर्छ। “एकनासले” थपिएपछि, यो तिनीहरूप्रतिको व्यक्तिगत पूर्वाग्रहको कुरा हुनेछैन बरु तिनीहरूका आफ्नै कार्य र व्यवहारले गर्दा भएको कुरा हुनेछ। सबैको नजरमा, यस व्यक्तिले यी कुराहरू एक वा दुई पटक मात्रै गरेको हुँदैन—ऊ बानी परेको अपराधी हो। विभिन्न देशका प्रहरी विभागहरूले बानी परेका अपराधीहरूलाई कसरी व्यवहार गर्छन्? बानी परेका अपराधीहरूका आपराधिक अभिलेखहरू सङ्ग्रह गरिनैपर्छ। जब-जब कुनै अपराध हुन्छ, तब-तब यी बानी परेका अपराधीहरू नै मुख्य संदिग्ध व्यक्तिहरू हुन्छन्, र प्रहरीले मुद्दाको अनुसन्धान गर्न र आफ्नो छानबिन सुरु गर्दा पक्कै पनि तिनीहरूबाट नै सुरु गर्नेछ। त्यसोभए परमेश्वरको घरमा एकनासले झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नेहरूको हकमा के हुन्छ त? तिनीहरूले झारा टार्ने र जथाभावी दुष्कर्म गर्ने प्रकटीकरणहरू एक वा दुई पटक मात्रै हुने कुराहरू होइनन्, न त ती विशेष परिस्थितिहरूमा मात्रै हुन्छन्। यी स्थिति र प्रकटीकरणहरू तिनीहरूले आफ्नो कर्तव्यलाई व्यवहार गर्ने एकनासे तरिका हुन्। तिनीहरूले आफ्नो कर्तव्यलाई व्यवहार गर्ने यो एकनासे तरिकालाई हेर्दा, सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति के हो भन्ने कुरा देख्न सकिन्छ। त्यसोभए सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति के हो त? (तिनीहरू यसप्रति वितृष्ण हुन्छन् र प्रतिरोधी महसुस गर्छन्।) यस प्रकारका मानिसहरू सत्यताप्रति वितृष्ण हुन्छन् र प्रतिरोधी महसुस गर्छन्। तिनीहरू कहिल्यै सत्यता स्वीकार गर्दैनन्। भित्री गहिराइमा, तिनीहरू यसलाई तुच्छ ठान्छन् र सकारात्मक कुराहरूलाई घृणा गर्छन्। तिनीहरूसँग जोसुकैले सत्यताबारे सङ्गति गरे पनि, तिनीहरू सुन्दैनन्। तिनीहरूलाई पश्चात्ताप गर्ने जतिसुकै अवसरहरू दिइए पनि, तिनीहरू तिनको कदर गर्दैनन् वा तिनलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू आफूले चाहेजसरी, आफूलाई मन लाग्ने तरिकाले कार्य गर्छन्। जब पवित्र आत्माले तिनीहरूलाई झकझकाउनुहुन्छ, तब तिनीहरूलाई केही पनि महसुस हुँदैन र तिनीहरू त्यसको वास्ता गर्दैनन्। तिनीहरू मानिसहरूका अर्ती र मद्दतप्रति वितृष्ण हुन्छन् र तिनलाई बेवास्ता गर्छन्, र यदि ती मानिसहरूले तिनीहरूलाई काटछाँट गरे भने, तिनीहरू रिसाउँछन्, क्रुद्ध हुन्छन्, उनीहरूसँग झोक्किन्छन्, र हृदयमा विकर्षित महसुस गर्छन्। मण्डलीसँग हरेक चरणमा प्रत्येक व्यक्तिका प्रकटीकरणहरूको मूल्याङ्कन हुन्छ, र यो मूल्याङ्कन व्यक्तिको परिणामका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यदि कुनै व्यक्तिको चित्रण गरिँदा उसका दुष्ट कार्यहरूका प्रकटीकरणहरूमा “एकनासले” भन्ने शब्द थपियो भने, यो उसका लागि समस्याजनक कुरा हो। त्यस्ता मानिसहरू ठ्याक्कै कस्तो प्रकारको मार्गमा हिँडिरहेका छन् भन्ने कुरा धेरै स्पष्ट हुन्छ। त्यसोभए तिनीहरू ठ्याक्कै कुन मार्गमा हिँडिरहेका छन् त? यो विनाशतर्फ डोर्याउने मार्ग हो कि मुक्तितर्फ डोर्याउने मार्ग हो? (विनाशमा डोर्याउने मार्ग हो।) यस्तो नतिजा किन आउँछ? के यो यी मानिसहरूलाई गलत ठहराउनु हो? के यो वास्तविक परिस्थितिसँग मेल नखाने हो र? (होइन।) के तिनीहरूलाई अझै पनि पश्चात्ताप गर्ने अवसरहरू दिइनुपर्छ? (पर्दैन।) कतिपय मानिस भन्छन्, “हामीले तिनीहरूलाई पूर्ण रूपमा माया मार्नु हुँदैन—सायद कुनै दिन तिनीहरूले पश्चात्ताप गर्नेछन्!” निनवेका मानिसहरूले अनेकौँ दुष्ट कार्य गरे, र तिनीहरूका दुष्ट कार्यहरू परमेश्वरको कानसम्म पुगेका थिए। जब परमेश्वरले तिनीहरूलाई नष्ट गर्न लाग्नुभएको थियो, तब उहाँले निनवे चालीस दिनमा नष्ट हुनेछ भनी बताउन एउटा सन्देश दिनका लागि योनालाई अगाडि पठाउनुभयो। यो सुनेपछि निनवेका मानिसहरूले कस्तो व्यवहार गरे? चालीस दिनभित्र, तिनीहरूले भाङ्ग्रा लगाए र खरानी घसे र परमेश्वरसामु पश्चात्ताप गरे। तर अहिले, आफ्नो कर्तव्यनिर्वाह गर्दा एकनासले खराब प्रदर्शन गर्नेहरूलाई पश्चात्ताप गर्न कति वटा चालीस दिनहरू दिइसकिएको छ? के तिनीहरूले पश्चात्ताप गरेका छन्? के तिनीहरूमा पश्चात्ताप गर्ने इच्छा छ? के तिनीहरू पश्चात्ताप गर्ने कुनै झुकाव देखाउँछन्? (देखाउँदैनन्।) विगत दश वा बीस वर्षमा, तिनीहरूका प्रकटीकरणहरू एकनासले दुष्टता गर्ने खालका रहिआएका छन्, त्यसैले, आगामी दश वा बीस वर्षमा, के तिनीहरू परिवर्तन हुन सक्छन्? के तिनीहरू दुष्टता गर्न छोड्न सक्छन्? त्यो अज्ञात कुरा हुन सक्छ, तर विगत दश वा बीस वर्षमा यी मानिसहरूका विभिन्न प्रकटीकरणले तिनीहरूका सबै व्यवहार र प्रकटीकरण सत्यताको विरुद्धमा जान्छन्, तिनले परमेश्वरको प्रतिरोध गर्छन्, र परमेश्वरको विरोध गर्छन् भनेर देखाउन पर्याप्त छन्। यसले तिनीहरूको हृदय सत्यताप्रति वितृष्ण छ, तिनीहरूको प्रकृति सार दुष्ट छ र यसमा सत्यतालाई प्रेम गर्ने कुनै तत्त्व छैन, र तिनीहरूसँग सत्यतालाई प्रेम गर्ने र सत्यता अभ्यास गर्ने मानवता छैन भन्ने प्रमाणित गर्छ। विगत दश वा बीस वर्षका तिनीहरूका प्रकटीकरणहरू मूल्याङ्कन गर्दा, निष्कर्ष यही हो। अहिलेसम्मको निष्कर्ष यही भएको हुनाले, तिनीहरूको मानवता र तिनीहरूको सारबाट हेर्दा, आगामी दश, बीस, वा तीस वर्षमा, के तिनीहरूमध्ये कोही साँच्चै पश्चात्ताप गर्न र परिवर्तन हुन सक्षम हुनेछ त? तीस जना मानिसमध्ये एक जना हुन सक्छ? पचास जना मानिसमध्ये एक जना हुन सक्छ? सय जना मानिसमध्ये एक जना हुन सक्छ? अर्थात्, आगामी दश वा बीस वर्षमा, के तिनीहरू अचानक विवेकको सचेतना प्राप्त गर्न, सत्यता र सकारात्मक कुराहरूमा रुचि राख्न, सत्यता र सकारात्मक कुराहरू स्वीकार गर्न सक्षम हुन, आफैलाई चिन्न र साँचो पश्चात्ताप गर्न पुग्न, र विगतमा आफूले गरेको दुष्टताका लागि पछुतो र ऋणी महसुस गर्न सक्छन् त? तिमीहरूको अवलोकनका आधारमा, यसको अनुपात कति छ? एक हजार मानिसहरूमध्ये, एक जना हुन सक्छ? (मलाई लाग्छ, एक हजार मानिसमा पनि एक जना छैन।) तँ यो कुरा केका आधारमा भन्छस्? (दश वा बीस वर्षदेखि परमेश्वरमा विश्वास गर्दा, सत्यताप्रतिको त्यस्ता मानिसहरूको मनोवृत्ति एकनासले विकर्षण र प्रतिरोधी महसुस गर्ने खालको रहिआएको छ, र तिनीहरू सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्, र तिनीहरूले पश्चात्तापको अलिकति पनि प्रकटीकरण देखाएका छैनन् भन्ने तथ्यका आधारमा। यसले तिनीहरू भविष्यमा पनि साँचो पश्चात्ताप गर्नेछैनन् भन्ने प्रमाणित गर्छ।) के यो भनाइ सही छ? (छ।) कतिपय मानिस भन्छन्, “हामी अरूप्रति सहनशील र धैर्यवान हुनुपर्छ। यदि तिनीहरूले विगत दश वा बीस वर्षमा पश्चात्ताप गरेनन् भने, त्यो तिनीहरू जवान र अपरिपक्व भएकाले, वा तिनीहरूको पारिवारिक अवस्था राम्रो भएको र तिनीहरूलाई पुलपुल्याइएको र बिगारिएको हुनाले, वा तिनीहरूको उच्च सामाजिक हैसियत र निश्चित सामर्थ्यहरू भएकाले गर्दा थियो। के तिनीहरूलाई यस्तो बनाउने यी विशेष परिस्थितिहरू र वातावरणहरू थिएनन् र? सायद आगामी दश वा बीस वर्षमा, तिनीहरू ती पारिवारिक वातावरण र प्रतिकूल कारकहरूको प्रभावबाट मुक्त हुनेछन्, र तिनीहरू परिवर्तन होलान्।” त्यो भन्न गाह्रो छ। तर, यी मानिसहरूका विगतका प्रकटीकरणहरूका आधारमा, आफ्ना प्रकटीकरणहरूअघि “एकनासले” भन्ने विशेषण थपिएका सबै मानिस ठूलो खतरामा छन्। यी मानिसहरूमध्ये सय वा हजार जनामा पनि, साँच्चै पश्चात्ताप गर्न सक्ने एक जना पनि हुन सक्दैन। यदि तिनीहरूका कुनै पनि दुष्ट कार्यहरूअघि “एकनासले” भन्ने विशेषण थपिएको छैन भने, सायद त्यस्ता मानिसहरूका लागि अझै पनि थोरै आशा बाँकी छ। यो आगामी तीनदेखि पाँच वर्षमा तिनीहरूका प्रकटीकरणहरू कस्ता हुन्छन् भन्ने कुरामा निर्भर हुनेछ। यदि यो तिनीहरू जवान र अपरिपक्व भएकाले, वा परमेश्वरप्रतिको तिनीहरूको विश्वासको कुनै जग नभएकाले, वा तिनीहरूको क्षमता कमजोर भएकाले, वा केही वस्तुगत वातावरणीय कारकले तिनीहरूको सत्यता स्वीकार गराइ र बुझाइमा प्रभाव पारेकाले हो भने—यदि यो यी वस्तुगत कारणहरूले गर्दा भएको हो, र तिनीहरूका दुष्ट कार्यहरूका प्रकटीकरणहरू अस्थायी मात्रै हुन् भने, थप अवलोकन आवश्यक हुन्छ। तर अहिलेसम्म, निरन्तर दुष्ट कार्यहरू गर्नेहरूले—आफ्ना प्रकटीकरणहरूअघि “एकनासले” भन्ने शब्द थपिएकाहरूले—आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गरेका छैनन्। बरु, तिनीहरूले परमेश्वरमा विश्वास गर्ने क्रममा धेरै दुष्ट कार्य थुपारेका छन्। कुरा यत्ति मात्र हो कि, तिनीहरू आफू दुष्ट मानिस भएको स्वीकार गर्न मान्दैनन्, र आफूले भोगेका कष्टहरू, आफूले चुकाएको मूल्य, र लामो समयदेखि परमेश्वरमा विश्वास गर्नेहरूका रूपमा आफ्नो वरिष्ठता प्रयोग गरेर आफैलाई सही ठहराउने प्रयास पनि गर्छन्। यी मानिसहरूले हिँड्ने मार्ग तिनीहरूको अगाडि राखिएको मात्र छैन, सबैको अगाडि प्रकट पनि भएको छ। तिनीहरूका प्रकटीकरण र प्रकाशहरू, तिनीहरूका कार्य र व्यवहार, आफ्नो कर्तव्य निर्वाह गर्नेप्रतिको तिनीहरूको मनोवृत्ति, सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति, र सबै सकारात्मक कुराप्रतिको तिनीहरूको मनोवृत्ति तिनीहरूको सार देखाउन पहिले नै पर्याप्त छन्। अवश्य नै, आफ्नो कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्ति र सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिले तिनीहरू कुन मार्गमा हिँडिरहेका छन् भन्ने कुरा पनि प्रकट गरिसकेका छन्।
मानिसहरू हिँड्ने मार्गले तिनीहरूले अन्ततः के-कस्तो फल प्राप्त गर्छन् भन्ने कुरा निर्धारण गर्छ। यदि मानिसहरू विनाशको मार्गमा हिँड्छन् भने, तिनीहरूले अन्ततः प्राप्त गर्ने कुरा भनेको नरकका ढोकाहरू फोडेर नरकमा ओर्लनु हो। यसको अरूसँग कुनै सम्बन्ध छैन—यो अरू मानिसहरूले गर्दा भएको होइन, बरु यो त तँ हिँड्ने मार्गले अन्ततः ल्याएको नतिजा हो। तैँले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको र धेरै अपराध गरेको, केही गलत मोड लिएको, र सही मार्गबाट विचलित हुने केही कुरा गरेको हुन सक्छस्; परमेश्वरको विरुद्धमा विद्रोह गर्ने र परमेश्वरको प्रतिरोध गर्ने केही कार्य गरेका कतिपय मानिससमेत छन्। यी प्रकटीकरणहरू राम्रा नभए पनि, र परमेश्वरको नजरमा ती दोषी ठहरिने भए पनि, यदि तैँले भ्रष्ट स्वभाव प्रकट गर्ने र परमेश्वरको विरुद्धमा विद्रोह गर्ने र प्रतिरोध गर्ने समयमा नै, तँ आत्मचिन्तन गर्न र साँच्चै आफ्नो हृदय परिवर्तन गर्न सक्षम हुन्छस्, र सक्रिय रूपमा धेरै असल कार्य तयार गर्न तेरो निष्कपटता, तैँले चुकाएको मूल्य, तेरो सत्यताको अभ्यास, र सत्यताप्रतिको तेरो सकारात्मक र सक्रिय मनोवृत्ति प्रयोग गर्छस् भने, तँप्रतिको परमेश्वरको मनोवृत्ति परिवर्तन हुनेछ। उदाहरणका लागि, मानौँ ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले मण्डलीको काममा अवरोध र बाधाहरू ल्याउँदा र दाजुभाइ-दिदीबहिनीहरूलाई भ्रमित पार्दा, तँ ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूका दुष्ट कार्यहरू तुरुन्तै खुलासा गर्न, तिनीहरूका अवरोध र बाधाहरू रोक्न, दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्न, र परमेश्वरको घरका हितहरूको सुरक्षा गर्न सक्षम हुन्छस्। यसका साथै, आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामा, धेरै अप्रत्याशित कठिनाइ र अड्चन आइपरेका छन्, र तैँले आफ्नो समय, ऊर्जा, र शारीरिक बल खर्च गरेको छस्, दैहिक आनन्दका आफ्ना खुसीका पलहरू त्याग गरेको छस् र यी कठिनाइ र समस्याहरू समाधान गर्न आफ्नो पूर्ण प्रयास लगाएको छस्। तेरो झकझकाहट, सुपरिवेक्षण, र अनुगमनमार्फत, तैँले भोगेको कष्ट र चुकाएको मूल्यमार्फत, मण्डलीको सुसमाचारको काम सामान्य र सहज रूपमा विकास हुन र अघि बढ्न सकेको छ। यसबाहेक, सुसमाचार प्रचार गर्ने क्रममा, तैँले राम्रो क्षमता र सत्यता बुझ्ने क्षमता भएका केही मानिसलाई ल्याएको छस्, र तिनीहरूसँग विभिन्न सत्यताहरूबारे स्पष्ट रूपमा सङ्गति गरेको छस्, जसले गर्दा तिनीहरूले साँचो मार्गमा जग बसाल्न, र मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न, र निश्चित कामहरूमा सक्षम सहायक बन्न सकेका छन्। अथवा तैँले परमेश्वरको घरको कुनै विशेष पेसागत काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छस्, कामको प्रगतिलाई अघि बढाउन र यसका नतिजाहरू सुधार गर्न प्रभावकारी कार्यविधिहरू वा कार्य चरणहरू प्रयोग गरेको छस्। अथवा, मण्डली जीवनमा, तैँले नकारात्मक र कमजोर भएका, वा हराएको महसुस गर्ने र मार्ग नभएका केही दाजुभाइ-दिदीबहिनीलाई मद्दत गरेको छस्, तिनीहरूलाई अघि बढ्ने मार्ग खोज्न, परमेश्वरका अभिप्रायहरू बुझ्न र उहाँलाई गलत नबुझ्न, र सत्यता पछ्याउने सङ्कल्प गर्न मद्दत गरेको छस्। अझ राम्रो कुरा त, तैँले यी मानिसहरूलाई प्रोत्साहित गर्न सकेको छस्, जसले गर्दा तिनीहरू कर्तव्य निर्वाह गर्न र परमेश्वरप्रति आफूलाई समर्पित गर्न इच्छुक भएका छन्। अथवा, कुनै विशिष्ट काममा, तैँले अपरिहार्य भूमिका सम्हालेको छस्—तैँले गर्ने काम कठिन र थकाइलाग्दो हुन सक्छ, र यो काम देखिने खालको नहुन सक्छ, तैपनि तँ कुनै इनाम नमागी आफ्नो हड्डी घोट्दै, आफ्नो निष्कपटता र बफादारी अर्पण गर्न मात्रै खोज्दै, पर्दापछाडिको एक गुमनाम कामदार बन्न इच्छुक हुन्छस्। यस्ता सबै सकारात्मक प्रकटीकरण, परमेश्वरको नजरमा, स्मरण गर्न योग्य असल कार्यहरू हुन्। अर्कोतर्फ, तँ यी कुराहरूको सामना गर्दा आफ्नो कर्तव्य निर्वाह गर्न र आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल हुने मात्र होइन, हात नहाल्ने दृष्टिकोण पनि अपनाउँछस् र छेउमा बसेर परिस्थितिलाई हेर्छस् र हाँस्छस्, तिनलाई पूर्ण रूपमा बेवास्ता गर्छस्, र देखेर पनि नदेखेझैँ र सुनेर पनि नसुनेझैँ गर्छस्। तँ आफूले सक्ने कुरा गर्दैनस्, र तँ आफूलाई थकाइ लाग्छ भन्ने डरले एउटा सुझाव दिन समेत कष्ट गर्दैनस्। तँ जति फुर्सदिलो भइयो त्यति नै राम्रो हुन्छ भन्ने सोच्दै, सम्भव भएसम्म कुराहरूबाट पन्छिन्छस्। तँलाई सूक्ष्मग्राही र जिम्मेवार हुनु सार्थकता छैन, र कामका मामिलाहरूबारे चिन्ता लिनु अत्यन्तै झन्झटिलो हुन्छ भन्ने सधैँ लाग्छ। यी प्रकटीकरणहरू मण्डलीको काममा अवरोध र बाधाहरू ल्याउने दुष्ट कार्यहरूभन्दा फरक भए पनि, र परमेश्वरले तँलाई खराब मूल्याङ्कन नदिनुभए पनि, उहाँले तँलाई राम्रो मूल्याङ्कन पनि दिनुहुनेछैन। तँलाई राम्रो मूल्याङ्कन नदिनु भनेर मैले भन्नुको अर्थ के हो? यसको अर्थ के हो भने, तैँले यी कुराहरूमा असल कार्यहरू तयार गरेको छैनस्, न त तैँले परमेश्वरको स्मरण कमाउने कुराहरू नै गरेको छस्। जब तैँले यी कुराहरूको सामना गरिस्, तब तैँले असल कार्यहरू तयार गर्ने अवसर गुमाइस्। तँ असाध्यै मूर्ख छस्; तँ भरोसायोग्य छैनस्, बढुवा हुन योग्य छैनस्, उचालिन योग्य छैनस्, र परमेश्वरद्वारा कामकुराहरू सुम्पिन योग्य छैनस्। तँ अनि नोआ र अब्राहामबीच आकाश-जमिनको फरक छ। मलाई भन्, परमेश्वरले कुनै पनि कुरा सुम्पिन आँट नगर्ने व्यक्ति अन्ततः नरकमा नजान पनि सक्छ, तर के ऊ स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ त? यो अनिश्चित छ भनेर मात्रै भन्न सकिन्छ, र यसको पछाडि धेरै प्रश्नचिह्न आउँछन्; यो धेरै अनिश्चितताले भरिएको हुन्छ। यो अनिश्चितता तिनीहरूका एकनासका प्रकटीकरणहरूमा आधारित हुन्छ। यदि तैँले सबैलाई तिनीहरू किन परमेश्वरमा विश्वास गर्छन्, तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्छन् कि नरकमा जान चाहन्छन् भनेर सोधिस् भने, कतिपय मानिसले यो प्रश्न अत्यन्तै मूर्खतापूर्ण छ भन्दै तँलाई गिल्ला गर्नेछन्: “को नरकमा गएर नष्ट हुन चाहन्छ र? को स्वर्गको राज्यमा प्रवेश गर्न र मुक्ति प्राप्त गर्न चाहँदैन र?” तर यो प्रश्न सोध्नु साँच्चै आवश्यक छ। यो मूर्खतापूर्ण कुरा होइन। कतिपय मानिसले कहिल्यै यसरी आत्मचिन्तन गरेका हुँदैनन्। तिनीहरू परिस्थितिहरूको सामना गर्दा सधैँ समस्यासँग डराउँछन् र विवादहरू निम्त्याउन डराउँछन्। विशेष गरी, जब तिनीहरूले दुष्ट मानिसहरूले मण्डलीको काममा अवरोध र बाधाहरू ल्याएको, परमेश्वरका चुनिएका मानिसहरू भ्रमित र शोषित भएको, र फलस्वरूप मण्डलीको काम अघि बढ्न नसकेको देख्छन्, तब तिनीहरूलाई परमेश्वर मानिसहरूको छानबिन गरिरहनुभएको छ भन्ने कुरा थाहा हुँदैन, न त तिनीहरूलाई यो ठ्याक्कै असल कार्यहरू तयार गर्ने अवसर हो भन्ने नै थाहा हुन्छ। बरु, तिनीहरू मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्न रोज्छन् र सत्यता सिद्धान्तहरू त्याग्छन्, र अलिकति पनि आत्मचिन्तन गर्दैनन्। तेरो जिम्मेवारी के हो? तेरो दायित्व के हो? तेरा लागि परमेश्वरको आज्ञा के हो? परमेश्वरले यति धेरै वचन बोल्नुभएको छ र यति धेरै काम गर्नुभएको छ—तँप्रतिको परमेश्वरको अपेक्षा के हो? के तँ परमेश्वरलाई सन्तोषजनक जवाफ दिन सक्छस्? के तैँले असल कार्यहरू तयार गरेको छस्? यी सबै मामलाहरूमा, तैँले प्रायजसो आत्मचिन्तन गर्नुपर्छ र तेरो हृदयमा स्पष्टता हुनुपर्छ।
सबै जना आशिष् प्राप्त गर्न चाहन्छन्। कोही पनि नष्ट हुन र नरकमा पठाइन चाहँदैन, तर धेरै मानिसहरू आफ्नो इच्छाविपरीत बारम्बार दुष्टता गर्छन्, र नरकतर्फ जाने मार्गमा तीव्र गतिमा हिँड्छन्। कतिपय मानिसहरू परमेश्वरको घरले दिएको आफ्नो कर्तव्य निर्वाह गर्ने अवसरहरूलाई बारम्बार बेवास्ता गर्छन्, पवित्र आत्माले आफूलाई झकझकाउँदा र हप्काउँदा बेवास्ता गर्छन्, र परमेश्वरको घरको सहायता र अपेक्षाहरूलाई बेवास्ता गर्छन्। तिनीहरू झाराटारुवा हुन, जथाभावी कुकर्म गर्दै हिँड्न, मनमानी र बेपरवाह तरिकाले कार्य गर्न, र मण्डलीको काममा अवरोध र बाधा पुर्याउन जिद्दी गर्छन्, र अलिकति पनि आत्मचिन्तन गर्दैनन्। के तिनीहरू सुध्रिन नसक्ने, निर्लज्ज मानिस मात्रै होइनन् र? तँ यसरी निरन्तर दुष्टता गर्छस्। अरूले तँलाई यसो गर्न बाध्य पारेका होइनन्—यो स्पष्ट रूपमा तेरो व्यक्तिगत छनौट हो, तँलाई व्यक्तिगत रूपमा मन पर्ने र तैँले खुसीसाथ गर्ने कुरा हो। यदि कसैले तँ हिँडिरहेको मार्ग परमेश्वरको प्रतिरोध गर्ने र नरकतर्फ लैजाने मार्ग हो भनी भन्यो भने, तँ दुःखी हुन्छस् र नकारात्मक महसुस गर्छस्। तँ के कुराबारे नकारात्मक महसुस गरिरहेको छस्? के तैँले यो आफैमाथि ल्याएको र आफ्नै कर्मको फल पाएको होइनस् र? के तँ यसैको हकदार होइनस् र? कतिपय मानिस भन्छन्, “म अनिच्छित रूपमै दुष्टता गर्छु। हरेक पटक, म कामकुराहरू राम्ररी गर्न चाहन्छु, तर गरिसकेपछि, म मेरा कार्यहरूका परिणामहरू त्यति राम्रा नभएको पाउँछु।” तैँले दुष्टता गरेको छस्, अवरोध र बाधाहरू खडा गरेको छस्, र मण्डलीको काममा नोक्सानी निम्त्याएको छस्। तँलाई तेरा अपराधहरूका लागि जवाफदेही नठहराइए पनि, तिनले लुकेका खतराहरू छोडेका छन्, र तँ भविष्यमा ती अपराध फेरि गर्न सक्छस्। यो अत्यन्तै खतरनाक कुरा हो। यो कुनै व्यक्ति हिँडेको बाटो जस्तै हो—ऊ जहाँ-जहाँ हिँड्छ, उसले त्यहाँ-त्यहाँ अवश्यै डोबहरू छोड्छ। के तैँले आफूले गरेका अपराधहरू चिनेको छस्? के तँलाई तिनका लागि पछुतो लाग्छ? के तँलाई ऋणी र दुःखी महसुस हुन्छ? के तँ तिनको कारणले धुरुधुरु रुन्छस्? के तैँले आफ्नो हृदय परिवर्तन गरेको छस्? के तँ साँच्चै आफ्ना दुष्ट कार्यहरूलाई घृणा गर्छस्? के तैँले आफ्नो हातमा भएको दुष्टता त्यागेको छस् र परमेश्वरसामु साँचो रूपमा पश्चात्ताप गरेको छस्? कतिपय मानिस भन्छन्: “म पनि आफैलाई घृणा गर्छु। मैले एकान्तमा आफैलाई अनगिन्ती पटक थप्पड हानेको छु, र म परमेश्वरसामु घुँडा टेकेर, प्रार्थनामा धुरुधुरु रोएको पनि छु।” तँ यी प्रक्रियाहरूबाट गुज्रेको हुन सक्छस्, तर परमेश्वर यी प्रक्रियाहरूलाई हेर्नुहुन्न। परमेश्वरले हेर्ने कुरा भनेको त तेरा प्रकटीकरणहरू हुन्। जब फेरि उस्तै परिस्थिति उत्पन्न हुन्छ वा तँलाई फेरि उही कर्तव्य आइपर्छ, तब तँ त्यसलाई कसरी लिन्छस्? के तँमा निष्कपटता र बफादारी छ? के तँ मूल्य चुकाउन सक्छस्? के तँ परमेश्वरका वचनहरूअनुसार कार्य गर्न सक्छस्? तैँले आफ्नो हृदय परिवर्तन गर्नुका प्रकटीकरणहरू के-के हुन्? के तैँले आफ्नो हातमा भएको दुष्टता त्यागेको छस्? के तँ अझै पनि आफूले विगतमा गरेका दुष्ट कुराहरू गरिरहेकै छस्? के तँ अझै पनि झूट बोलिरहेको छस्, अझै पनि मनमानी र बेपरवाह तरिकाले कार्य गरिरहेको छस्, अझै पनि कामका प्रबन्ध र सत्यता सिद्धान्तहरूविरुद्ध गइरहेको छस्, अझै पनि आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरूअनुसार कार्य गरिरहेको छस्, र अझै पनि मण्डलीको काममा अवरोध र बाधा पुर्याउन दुष्ट मानिसहरूसँग मिलोमतो गरिरहेको छस्? यदि तँ अझै पनि यसरी नै कार्य गर्छस् भने, तेरो पश्चात्ताप र धुरुधुरु रुवाइ झूटो र झाराटारुवा हो। झाराटारुवा, झूटो पश्चात्तापलाई केका रूपमा चित्रण गरिन्छ? (पाखण्ड।) के यसलाई पाखण्डका रूपमा चित्रण गरिन्छ? यसलाई छलका रूपमा चित्रण गरिन्छ। के यो भनाइ सही छ? (छ।) परमेश्वरको नजरमा, यस्तो धुरुधुरु रुवाइ र यस्तो पश्चात्ताप छल हो। उदाहरणका लागि, परमेश्वर भन्नुहुन्छ, “यस वर्षको उब्जनीबाट मलाई दश किलो चामल चढाऊ।” कतिपय मानिस यो चढाउन अनिच्छुक हुन्छन् र आफै खानका लागि त्यो राख्न चाहन्छन्, त्यसैले तिनीहरू दश किलो धानको भुस लिन्छन् र त्यसलाई वेदीमा राख्छन्। यो के हो भनेर सोधिँदा, तिनीहरू यो धान हो भन्छन्। परमेश्वर भन्नुहुन्छ, “के मैले तँसँग चामल मागेको थिइनँ र?” तिनीहरू भन्छन्, “धान नै चामल हो।” के यो छल हो? (हो।) यो खुल्लमखुल्ला छल हो। दुष्टता गरेपछि, तँ आफ्नो पाप स्वीकार गर्छस्, आफू परमेश्वरप्रति ऋणी रहेको भनी बारम्बार भन्छस्, र धुरुधुरु रुने समेत गर्छस्, तर त्यसपछि, तँ केही नभएजस्तो व्यवहार गर्छस् र पहिलेकै जस्तो तरिकाले कामकुराहरू गर्न जारी राख्छस्। परमेश्वरले यस प्रकारको व्यवहारलाई छलका रूपमा चित्रण गर्नुहुन्छ। परमेश्वरको नजरमा, यस प्रकारको छली व्यवहार दुष्ट कार्यहरू बराबर हुन्छ। यदि तैँले साँच्चै आफूलाई बदल्ने र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्ने अठोट गरेको छस् भने, तैँले सङ्कल्पहरू गर्नु वा धुरुधुरु रुनु आवश्यक छैन। पहिले यो गर्—आफूले गर्न सकेको बेला परमेश्वरसामु प्रतिज्ञा गर्। यदि तँ त्यसो गर्न सक्दैनस् भने, तैँले प्रतिज्ञा गर्नै हुँदैन। यदि तैँले प्रतिज्ञा गरिस् भने, परमेश्वरले यसलाई गम्भीरतापूर्वक लिनुहुनेछ र तैँले प्रतिज्ञा गरेको कुराको नतिजा माग्नुहुनेछ। यदि तँ यो पूरा गर्न सक्दैनस् भने, परमेश्वरको नजरमा त्यो छल हो—परमेश्वरलाई छल गर्नु तेरो विरुद्धमा दर्ता हुने अर्को दुष्ट कार्य बन्छ। त्यसैले, यदि तँ साँचो रूपमा पश्चात्ताप गर्न सक्दैनस् र त्यसको सट्टा आफ्ना प्रतिज्ञाहरूद्वारा परमेश्वरलाई छल गर्छस् भने, तँ हिँडिरहेको मार्ग विनाशतर्फ लैजाने मार्ग हो। तेरो प्रत्येक दुष्ट कार्य नरकको ढोकामाथिको प्रहार हो; सायद यी प्रहारहरूमध्ये एउटाले अन्ततः त्यो खोल्नेछ, र त्यसपछि तेरो मृत्युको समय आइसकेको हुनेछ। कतिपय मानिसका हकमा, तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेदेखि अहिलेसम्म, तिनीहरूका सबै कार्य र व्यवहार निरन्तर दुष्ट कार्यहरू थुपार्ने र नरकको ढोकामा प्रहार गर्ने खालका, र साथसाथै, परमेश्वरको रिस थुपार्ने खालका रहँदै आएका छन् भनेर भन्न सकिन्छ; तिनीहरू आफूमाथि परमेश्वरको दण्ड आइपर्ने प्रतीक्षा गरिरहेका छन्। तर, अरू मानिसहरू परमेश्वरमा विश्वास गर्ने क्रममा सकारात्मक र सही दिशामा अघि बढिरहेका छन्। तिनीहरू हिँड्ने मार्ग स्वर्गको राज्यतर्फ जाने मार्ग हो। यस अवधिमा, तिनीहरू विद्रोही भए पनि र तिनीहरूले भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, र तिनीहरूमा अवश्य नै परमेश्वरबारे धारणाहरू र कल्पनाहरू भए पनि, र आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नै इच्छा भए पनि, यी प्रकटीकरणहरू प्रकाश गर्दा वा यी व्यवहारहरूमा संलग्न हुँदा, तिनीहरू निरन्तर सत्यता स्वीकार पनि गरिरहेका हुन्छन्, र निरन्तर आफ्ना भ्रष्ट स्वभावहरू फालिरहेका र तिनलाई रूपान्तरित गरिरहेका हुन्छन्; तिनीहरूले साँचो रूपमा आफ्नो हृदय परिवर्तन गरेका हुन्छन्, र तिनीहरूसँग सत्यता स्वीकार गर्ने र त्यसमा समर्पित हुने प्रकटीकरण र वास्तविकता हुन्छ। त्यस्ता मानिसहरूले कुनै समय धेरै अपराध गरेका र परमेश्वरले घृणा गर्ने र दोषी ठहराउने केही कुरा गरेका भए पनि, सत्यता बुझेपछि र आफ्नो हृदय परिवर्तन गरेपछि, तिनीहरू बिस्तारै आफ्ना भ्रष्ट स्वभावहरू फाल्छन् र उप्रान्त दुष्टता गर्दैनन्। तिनीहरूमा भएको हृदय परिवर्तन, र सत्यताका लागि कष्ट सहन र मूल्य चुकाउन तिनीहरूले गरेको अठोट र सङ्कल्पले परमेश्वरलाई प्रभावित गर्छन्। साथसाथै, तिनीहरूका प्रयास र कार्यहरू, र तिनीहरूले तयार गर्ने असल कार्यहरूले बिस्तारै परमेश्वरको स्वीकृति र अनुमोदन प्राप्त गर्छन्, र यी कुराहरूलाई परमेश्वरद्वारा स्मरण पनि गरिन्छ। त्यस्ता मानिसहरूका समग्र प्रकटीकरणहरूबाट हेर्दा, तिनीहरू तिमीहरूले प्रायजसो भनेजस्तै आधारभूत रूपमा सच्चा मानिस हुन्। यी सच्चा मानिसहरू हिँड्ने मार्ग स्वर्गको राज्यतर्फ लैजाने मार्ग हो, मुक्तितर्फ लैजाने मार्ग हो। त्यस्ता मानिसहरू मुक्तिको मार्गमा हिँडिरहेका छन्। अवश्य नै, यी मानिसहरूका प्रकटीकरणहरू आधारभूत रूपमा अरूको दबाब, सुपरिवेक्षण, व्यवस्थापन, वा काटछाँटको नतिजा होइनन्, न त मण्डलीका प्रशासनिक आदेशहरूको नियमनको परिणाम नै हुन्। बरु, तिनीहरू सक्रिय रूपमा आफ्नो हृदय परिवर्तन गर्छन् र तिनीहरूसँग आफ्नो जीवन प्रवेशमा आफ्नै व्यक्तिगत योजना र रूपरेखाहरू, साथै आफ्नै सक्रिय सङ्कल्प हुन्छ। यी मानिसहरू हिँड्ने मार्ग सही मार्ग हो। तिनीहरू यी सकारात्मक, सक्रिय प्रकटीकरणहरूद्वारा आफ्नै गन्तव्यका लागि असल कार्यहरू तयार गरिरहेका छन्। तिनीहरूको व्यक्तिगत, व्यक्तिपरक पछ्याइले नै तिनीहरूले लिने मार्ग निर्धारण गर्छ र तिनीहरूप्रतिको परमेश्वरको मनोवृत्ति निर्धारण गर्छ। अन्ततः, तिनीहरूको व्यक्तिगत, व्यक्तिपरक पछ्याइका कारण, तिनीहरू परमेश्वरबाट उपयुक्त फैसला र उपयुक्त गन्तव्य प्राप्त गर्न सक्षम हुन्छन्।
मलाई भन, मानिसहरूले कसरी न्यायोचित कार्यहरू गर्नुपर्छ, र त्यो असल कार्यहरू तयार गर्नु भनेर मानिनका लागि तिनीहरूले यो कस्तो स्थिति र अवस्थामा गर्नुपर्छ? कम्तीमा पनि, तिनीहरूमा सकारात्मक र सक्रिय मनोवृत्ति हुनैपर्छ, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा बफादार हुनैपर्छ, सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्नैपर्छ, र परमेश्वरको घरका हितहरूको रक्षा गर्नैपर्छ। सकारात्मक र सक्रिय हुनु नै मुख्य कुरा हो। यदि तँ सधैँ निष्क्रिय हुन्छस् भने, यो समस्याजनक कुरा हो। यो त तँ परमेश्वरको घरको सदस्य नभएजस्तो हो; तँ आफ्नो कर्तव्य निर्वाह गरिरहेको छैनस्, बरु तलब पाउनका लागि रोजगारदाताको आदेशमा त्यसो गर्नुबाहेक तँसँग कुनै विकल्प छैन—तँ यो स्वेच्छाले गर्दैनस्। तँ अलिकति गर्छस् भने पनि, तँ आफूले गर्नैपर्ने भएकाले यो गरिरहेको छस्, र तँ यो निष्क्रिय रूपमा गरिरहेको छस्। यदि यसमा तेरा हितहरू समावेश नभएका भए, तँ यो पटक्कै गर्नेथिइनस्, वा यदि कसैले तेरो सुपरिवेक्षण नगरेको भए, तँ यो पक्कै पनि गर्नेथिइनस्। यस्ता नकारात्मक र निष्क्रिय कार्यहरू असल कार्य होइनन्। त्यसकारण, यस प्रकारको व्यक्ति अत्यन्तै मूर्ख हुन्छ। ऊ सकारात्मक कुराहरू गर्न र आफूले गर्नुपर्ने कुराहरू गर्नमा अत्यन्तै निष्क्रिय हुन्छ—ऊ आफूले सोच्न सक्ने कुराहरू गर्दैन, न त ऊ समय र ऊर्जा आवश्यक पर्ने आफू सक्षम रहेका कुराहरू नै गर्छ, ऊ केवल पर्खन्छ र छेउमा बसेर हेर्छ, र अरूले नै ती कुराहरू गरिदिए सबैभन्दा राम्रो हुन्छ भनी सोच्छ। यो झन्झटिलो कुरा हो, र उसका लागि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न अत्यन्तै गाह्रो हुन्छ। पहिलो, तेरो क्षमता अपर्याप्त भएर होइन; दोस्रो, तेरो अनुभव अपर्याप्त भएर होइन; तेस्रो, तँसँग यो गर्नका लागि सही अवस्थाहरू नभएर होइन। तँसँग यो काम गर्ने क्षमता छ, र यदि तैँले समय र ऊर्जा खर्च गरिस् भने, तँ यो गर्न सक्षम हुनेछस्, तर तँ गर्दैनस्, तँ असल कार्यहरू तयार गर्न असफल हुन्छस्। यो अत्यन्तै खेदजनक छ। म यो खेदजनक छ भनेर किन भन्छु? किनभने यदि तैँले धेरै वर्षपछि यसलाई फर्केर हेरिस् भने, तँलाई पछुतो लाग्नेछ, र यदि तँ त्यो काम गर्नका लागि त्यो वर्ष, त्यो महिना, र त्यो दिनमा फर्केर जान चाहन्छस् भने, परिस्थितिहरू परिवर्तन भइसकेका हुनेछन् र त्यो समय बितिसकेको हुनेछ। तैँले त्यस्तो अर्को मौका पाउनेछैनस्; जब त्यो अवसर बित्छ, त्यो बित्छ, जब त्यो गुम्छ, त्यो गुम्छ। यदि तैँले राम्रो खाना खाने वा राम्रो लुगा लगाउने जस्ता दैहिक सुखहरू गुमाइस् भने, यसले खासै फरक पार्दैन, किनभने यी कुराहरू खोक्रा हुन्छन्, र तिनले तेरो जीवन प्रवेश वा तेरो असल कार्यहरूको तयारी, वा तेरो गन्तव्यमा कुनै प्रभाव पार्दैनन्। तर, यदि कुनै कुरा परमेश्वरको तँप्रतिको मनोवृत्ति र मूल्याङ्कनसँग, वा तँ हिँड्ने मार्ग र तेरो गन्तव्यसँग समेत सम्बन्धित छ भने, त्यो गर्ने अवसर गुमाउनु अत्यन्तै खेदजनक हुन्छ। यस्तो किन हुन्छ भने, यसले तेरो अस्तित्वको भविष्यको मार्गमा एउटा दाग छोड्नेछ र पछुतो उत्पन्न गराउनेछ, र तैँले तेरो पूरै जीवनमा त्यसलाई परिपूर्ति गर्ने अर्को मौका कहिल्यै पाउनेछैनस्। के यो खेदजनक होइन र? यदि तेरो क्षमता असाध्यै कमजोर छ र तैँले यो काम गर्न सक्दैनस् भने, त्यो खेदजनक छैन—परमेश्वरको घरले यो गर्नका लागि अरू कसैलाई प्रबन्ध गर्न सक्छ। यदि तँ यो राम्ररी गर्न सक्षम छस्, तर तँ त्यो गर्दैनस् भने, त्यो अत्यन्तै खेदजनक हुन्छ। यो परमेश्वरद्वारा तँलाई दिइएको अवसर हो, तर तँ यसलाई गम्भीरतापूर्वक लिँदैनस्, तँ यो अवसरलाई च्याप्प समात्दैनस्, र तँ यसलाई आफ्नो औँलाहरूबाट फुत्कन दिन्छस्—यो अत्यन्तै खेदजनक छ! तेरा लागि, यो खेदजनक छ; परमेश्वरका लागि, यो निराशाजनक छ। परमेश्वरले तँलाई पर्याप्त क्षमता र श्रेष्ठतर अवस्थाहरू दिनुभएको छ, जसले तँलाई केही कुरा स्पष्ट रूपमा देख्न र यस कामका लागि सक्षम बनाउँछ। तर, तँमा आफ्नो कर्तव्यप्रति सही मनोवृत्ति छैन, तँमा निष्कपटता छैन, अर्पण त झनै छैन, र तँ यो राम्ररी गर्नका लागि आफ्नो सक्दो प्रयास गर्न चाहँदैनस्। यसले परमेश्वरलाई निकै निराश तुल्याउँछ। त्यसैले, यदि तँ अल्छी छस् र तँलाई दिइएको काम सधैँ झन्झटिलो लाग्छ र तँ त्यो गर्न चाहँदैनस्, र तँ भित्रभित्रै “अरू कसैलाई नभई मलाई नै किन यो गर्न लगाइँदै छ?” भन्दै गनगन गर्छस् भने, यो एक मूर्ख विचार हो। तँलाई कुनै कर्तव्य आइपर्दा, त्यो दुर्भाग्यपूर्ण घटना होइन, त्यो एक सम्मान हो, र परमेश्वरद्वारा गरिएको उन्नयन हो। तैँले यो खुसीसाथ स्वीकार गर्नुपर्छ र आफूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्छ; यसले तँलाई लखतरान पार्नेछैन। यसको विपरीत, यदि तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छस्, सत्यता बुझ्छस् र समस्याहरू समाधान गर्छस् भने, तैँले आफ्नो हृदयमा शान्ति र स्थिरता महसुस गर्नेछस्, र तैँले परमेश्वरलाई निराश तुल्याएको हुनेछैनस्। तँसँग परमेश्वरसामु आस्था हुनेछ र तँ शिर ठाडो पारेर आफूलाई आचरणमा ढाल्न सक्षम हुनेछस्। यदि तैँले आफ्नो कर्तव्य पूरा गरेको छैनस् र तँ सधैँ झाराटारुवा हुन्छस् भने, यो एउटा अपराध हो, र तैँले कुनै क्षति नगरेको भए पनि, यो अपराधले तेरो हृदयमा आजीवन पछुतो छोड्नेछ। यो अपराध अतल कालो खाडलजस्तो हुनेछ; जब-जब तँ यसबारे सोच्छस्, तब-तब तैँले पीडा र असहजता, हृदय छेड्ने पीडा महसुस गर्नेछस्। तँसँग शान्ति वा आनन्द नहुने मात्रै होइन, बरु, पछुतो र सास्तीको पीडा तेरो पूरै जीवनभरि तँभित्रै रहनेछ र त्यो कहिल्यै मेटिनेछैन। के यो अनन्त पछुतो होइन र? अनि परमेश्वरको दृष्टिकोणबाट नि? परमेश्वर यो मामिला निर्धारण गर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्नुहुन्छ, त्यसैले यसको प्रकृति तैँले महसुस गर्नेभन्दा अत्यन्तै गम्भीर हुन्छ। के तैँले बुझिस्? (बुझेँ।) त्यसैले, परमेश्वरले तँ हिँडिरहेको मार्ग हेर्नका लागि तेरो सामान्य कार्यसम्पादनलाई, र सत्यता र आफ्नो कर्तव्यप्रतिको तेरो मनोवृत्तिलाई वृहत् रूपमा विचार गर्नुहुनेछ। मानौँ सत्यता र आफ्नो कर्तव्यप्रतिको तेरो मनोवृत्ति सधैँ झाराटारुवा छ, र तैँले बाहिरी रूपमा प्रतिज्ञाहरू गर्छस् तर पर्दापछाडि तिनलाई व्यवहारमा लागू गर्दैनस्, र तँ ढिलासुस्ती र आलटाल गर्छस्, र तँमा परमेश्वरको अभिप्रायलाई ख्याल गर्ने सकारात्मक मनोवृत्ति छैन। बाहिरी रूपमा तैँले अवरोध र बाधाहरू नगर्ने, दुष्टता नगर्ने, मनमानी र बेपरवाह तरिकाले कार्य नगर्ने वा कुकर्म गर्दै जथाभाबी नदौडने, र तँ नियम-पालन गर्ने र निकै शिष्ट भएको व्यक्ति देखिने भए पनि, तँ परमेश्वरले तँलाई गर्न लगाउनुभएका कुराहरू सकारात्मक र सक्रिय रूपमा गर्दैनस्, बरु तँ धूर्त हुन्छस् र ढिलासुस्ती गर्छस्, र वास्तविक काम गर्नबाट पन्छिन्छस्। त्यस्तो अवस्थामा, तँ कुनचाहिँ मार्गमा हिँडिरहेको छस् त? यो ख्रीष्टविरोधीको मार्ग नभए पनि, कम्तीमा पनि यो झूटा अगुवाको मार्ग हो।
कतिपय मानिसमा आफ्नो कर्तव्य पूरा गर्दा समर्पणता भएजस्तो देखिन्छ, र माथिले जे प्रबन्ध गर्नुहुन्छ त्यही गर्छन्। तर “के तिमी आफ्नो कर्तव्य झाराटारुवा तरिकाले निर्वाह गर्छौ? के तिमी यो सिद्धान्तहरूअनुसार गर्छौ?” भनेर सोधिँदा, तिनीहरू कुनै निश्चित जवाफ दिन सक्दैनन्, र यति मात्रै भन्छन्, “म माथिले निर्देशन दिएअनुसार गर्छु र कुकर्म गर्दै जथाभाबी हिँड्ने आँट गर्दिनँ।” जब तिनीहरूलाई आफ्नो जिम्मेवारी पूरा गरेको कि नगरेको भनी सोधिन्छ, तब तिनीहरू भन्छन्, “अँ, म आफूले गर्नुपर्ने काम गरिरहेको छु।” तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ यस्तै प्रकारको मनोवृत्ति राख्छन्, हतार नगर्ने र उदासीन। कुनै स्पष्ट समस्या उत्पन्न नभए पनि, यदि सत्यता सिद्धान्तहरूअनुसार मापन गर्ने हो भने, तिनीहरूको कर्तव्य निर्वाह अदक्ष हुन्छ र मानकअनुरूप हुँदैन। तर तिनीहरू मतलब गर्दैनन्। तिनीहरू अझै पनि विगतमा जस्तै झाराटारुवा तरिकाले कार्य गर्छन्, र आफूले गर्न पहल गर्नुपर्ने कुराहरूको हकमा तिनीहरू अझै पनि त्यत्तिकै निष्क्रिय हुन्छन्—तिनीहरू पटक्कै परिवर्तन भएका हुँदैनन्। के तिनीहरू निर्लज्ज रूपमा हठी छैनन् र? तिनीहरू सधैँ यो मनोवृत्ति कायम राख्छन्: “तेरा हजारौँ उत्कृष्ट योजनाहरू हुन सक्छन्, तर मेरा आफ्नै नियमहरू छन्। म यस्तै छु। हेरौँ, तँ मलाई के गर्न सक्छस्। मेरो मनोवृत्ति यही हो!” तिनीहरूले कुनै अत्यन्तै विश्वासघाती वा दुष्ट काम गरेका हुँदैनन्, तर साथै तिनीहरूले थोरै मात्र असल कार्य गरेका हुन्छन्। तँ तिनीहरू कुन मार्गमा हिँडिरहेका छन् भनी भन्छस्? के परमेश्वरमा विश्वास र आफ्नो कर्तव्यप्रतिको यस्तो मनोवृत्ति असल हो? (होइन।) बाइबलको प्रकाशको पुस्तकमा, परमेश्वर यसो भन्नुहुन्छ: “त्यसैले तँ, न त चिसो न त तातो, बरु मनतातो भएको हुनाले, म तँलाई मेरो मुखबाट ओकलिदिनेछु” (प्रकाश ३:१६)। न चिसो न तातो, मनतातो हुनु—के यो मनोवृत्ति असल हो? (होइन।) यस प्रकारको व्यक्तिको मनमा आफ्नै हिसाबकिताब पनि हुन्छ: “मैले आफ्नो कर्तव्य निर्वाह गर्दा दुष्टता नगरेसम्म वा मण्डलीको काममा अवरोध नपुर्याएसम्म, मलाई दोषी ठहराइनेछैन। यदि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु अत्यन्तै थकाइलाग्दो कुरा हो र यसमा धेरै कष्ट भोग्न आवश्यक हुन्छ भने, म त्यो गर्नेछैनँ। म आफूलाई लखतरान पार्नेछैनँ, तर म ठूला गल्तीहरू पनि गर्नेछैनँ। यसरी, मलाई निकालिने वा हटाइनेछैन, र म अझै पनि कर्तव्य निर्वाह नगर्नेहरूभन्दा धेरै राम्रो छु। त्यसैले म मनतातो रहन्छु, न चिसो न तातो। तिमी मलाई जे गर्न भन्छौ, म त्यही गर्नेछु। तर यदि तिमी मलाई केही गर्न भन्दैनौ भने, म हस्तक्षेप गर्नेछैनँ। यसरी, म थाक्नेछैनँ, र त्यसमाथि मानिसहरूले ममा गल्ती भेट्टाउन सक्नेछैनन्। यो तरिका उत्कृष्ट छ!” के आफूलाई आचरणमा ढाल्ने यो तरिका असल हो? (होइन।) तँलाई यो असल होइन भन्ने थाहा छ, त्यसोभए तेरो अभ्यास कसरी परिवर्तन हुनुपर्छ? यदि तँ कहिल्यै सत्यता पछ्याउने मार्गमा हिँड्न खोज्दैनस् र अझै पनि शैतानका दर्शनहरूअनुसार जिउन लागिरहन्छस् भने, तैँले मुक्ति प्राप्त गर्ने कुनै आशा नहुने कुरा निश्चित छ। यदि तँ संसारमा आफूलाई यसरी आचरणमा ढाल्छस् भने, तँलाई साँच्चै नै फाइदा हुनेछ। संसारसँग व्यवहार गर्ने तेरो दर्शन र मनोवृत्तिले तँलाई सुरक्षा दिनेछ, र तैँले मानिसहरूलाई चिढ्याउने पनि छैनस्। यसमाथि, प्रतिष्ठा र ख्याति भएका ती उच्च वर्गका मानिसहरूले तँ तिनीहरूका लागि खतरा होस् भन्ने महसुस गर्नेछैनन् र तिनीहरू सबैले तेरो धेरै कदर गर्नेछन्। हैसियत नभएका ती तल्लो वर्गका मानिसहरूले पनि तँलाई चिढ्याउने आँट गर्नेछैनन्। त्यसैले, तँ निकै लोकप्रिय हुनेछस्—तल्लो वर्गका मानिसहरू र उच्च वर्गका मानिसहरू दुवैका लागि, तँ तिनीहरूले आफ्नो पक्षमा पार्न खोज्ने व्यक्ति हुनेछस्, तँ अत्यधिक माग भएको माल हुनेछस्, र तँ उँचो र निचो, असल र खराब सबै वृत्तमा सहजै घुलमिल हुन सक्नेछस्। तर, यदि तँ अझै पनि परमेश्वरको घरमा र परमेश्वरसामु संसारसँग व्यवहार गर्ने यस प्रकारको मनोवृत्ति प्रयोग गर्छस् भने, यसले काम गर्नेछैन। सत्यता समावेश हुने सबै विभिन्न सिद्धान्तले तँबाट एउटा मनोवृत्तिको माग गर्छन्, र यो मनोवृत्ति कि त सही कि गलत, कि कालो कि सेतो, कि साँचो कि झूटो हुन्छ—यो एकदमै स्पष्ट, र एकदमै सिद्धान्तनिष्ठ हुन्छ। तिनले तेरो मध्यमार्गी दृष्टिकोणको सट्टा, तेरो अडान र तेरो सही दृष्टिकोणको माग गर्छन्। मध्यमार्गी दृष्टिकोण अपनाउनेहरू सत्यतासामु दृढ रहन सक्दैनन्। यस्तो नसोच्, “मेरो जिउने तरिका कति चलाख छ, हेर त। मैले बाल्यकालदेखि नै यो विधि प्रयोग गरेर आफूलाई सुरक्षित राख्न सिकेँ, र अहिलेसम्मको मेरो जीवनलाई फर्केर हेर्दा, मलाई यो विधि अत्यन्तै व्यावहारिक लाग्छ। परमेश्वरमा विश्वास गर्न पुगेपछि पनि, म अझै यही विधिअनुसार जिउँछु। मैले परमेश्वरमा विश्वास गरेका यी वर्षहरूमा, मलाई काटछाँट गरिएको छैन, म आफ्नो कर्तव्य निर्वाह गर्नमा उल्लेखनीय रूपमा असफल भएको छैनँ, मलाई कुनै ठूलो शोधन वा परीक्षा भोगाइएको छैन, र परमेश्वरले मलाई कहिल्यै दोषी ठहराउनुभएको वा तिरस्कार गर्नुभएको छैन। म आफूलाई आचरणमा ढाल्नमा कति सफल छु, म यसमा कति सिपालु छु, हेर त!” तँ गलत छस्! तँ आफूलाई आचरणमा ढाल्न जान्दैनस्—तँ हरेक मामिला र सत्यतालाई सम्हाल्न एउटा धूर्त तरिका प्रयोग गर्छस्। यो तरिका पूर्ण रूपमा गलत छ, र तँ यसो गरेर दृढ रहन सक्दैनस्। यस्तो सोच्दै भाग्यमा भर पर्ने मानसिकता नराख्, “म पहिले यसो गर्थेँ र सधैँ सफल हुन्थेँ। म कहिल्यै असफल भइनँ, र मैले कहिल्यै इज्जत गुमाइनँ वा आफ्नो अज्ञानता देखाइनँ। अब म परमेश्वरमा विश्वास गर्ने हुनाले, म अझै पनि संसारसँग व्यवहार गर्ने यो सबैभन्दा परिष्कृत रणनीति अपनाइरहनेछु।” म भन्छु, यो तेरो मूर्खता हो! परमेश्वर मानिसहरूलाई मुक्ति दिन किन यति धेरै वचन बोल्नुहुन्छ? यो ठ्याक्कै मानिसहरूलाई, यी वचनहरूको मार्गदर्शनमा, जीवनको सही मार्ग के हो र मानिसहरू कस्तो मार्गमा हिँड्नुपर्छ भन्ने बुझ्न सक्षम तुल्याउनका लागि हो; यो तँलाई छनौट गर्न दिनका लागि हो—यो तँलाई यहाँ अवसरवादी भएर धमिलो पानीमा माछा मार्न दिनका लागि होइन। यदि यो तँलाई अवसरवादी भएर धमिलो पानीमा माछा मार्न दिनका लागि हुन्थ्यो भने, परमेश्वरले यी वचनहरू बोल्नुहुने वा यो काम गर्नुहुने थिएन। हामीले विभिन्न मामिलाबारे गर्ने सङ्गतिमा, सत्यताको विरुद्धमा जाने सबै कुरालाई किन छर्लङ्ग पारिन्छ? यो ठ्याक्कै तँलाई सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनी बताउनका लागि हो, ताकि तैँले तिनलाई स्पष्ट रूपमा छुट्याउन र तिनलाई छर्लङ्गै देख्न सकेस्। सकारात्मक कुराहरू र नकारात्मक कुराहरू परमेश्वरसामु पूर्ण रूपमा खुला, प्रकटित, र पारदर्शी हुन्छन्—ती धमिलो हुँदैनन्। त्यसकारण, परमेश्वर तँलाई कुनै पनि कुरा गर्दा र तेरो मार्ग छनौट गर्दा स्पष्ट हुन माग गर्नुहुन्छ—तेरो मनोवृत्ति स्पष्ट हुनैपर्छ, र तेरा विचार र दृष्टिकोणहरू स्पष्ट हुनैपर्छ; कुनै पनि कुरा अस्पष्ट हुनु हुँदैन। सत्यता र सत्यता सिद्धान्तहरू समावेश हुने कुरामा केही पनि अस्पष्ट हुँदैन—कालो कालो नै हो, सेतो सेतो नै हो, हो भनेको हो नै हो, होइन भनेको होइन नै हो। एउटा झूट, हजार पटक भनिए पनि, झूट नै रहन्छ र कहिल्यै सत्यता बन्न सक्दैन। सत्यतालाई संसारमा थोरैले मात्रै स्वीकार गरे पनि, वा धेरै राष्ट्रले यसलाई इन्कार गरे पनि र दोषी ठहराए पनि, यो सत्यता नै रहन्छ। सत्यता सधैँ सत्यता नै हो र यो भ्रम वा विधर्म बिलकुलै बन्नेछैन। जतिसुकै धेरै मानिसले शैतानका नकारात्मक कुराहरूलाई पछ्याए पनि वा ती जतिसुकै वर्षदेखि सांसारिक प्रचलन बनेका भए पनि, ती अझै पनि नकारात्मक कुराहरू नै हुन् र अझै पनि शैतानकै हुन्—ती कहिल्यै सकारात्मक कुराहरूमा परिणत हुनेछैनन्। यसको विपरीत, सकारात्मक कुराहरूलाई यस संसारमा आक्रमण, दमन गरिए पनि, र दोषी ठहराइए पनि, ती सकारात्मक कुराहरू नै रहन्छन् र कहिल्यै नकारात्मक कुराहरू बन्नेछैनन्। परमेश्वर सदासर्वदा परमेश्वर हुनुहुन्छ, सदासर्वदा इन्साफको मूर्तरूप हुनुहुन्छ, र सदासर्वदा सबै सकारात्मक कुराको प्रतिनिधि हुनुहुन्छ। परमेश्वरको हैसियत अपरिवर्तनीय छ, र उहाँको सार अपरिवर्तनीय छ। यसैबीच, शैतान सदासर्वदा शैतान हो, सदासर्वदा दुष्टताको मूर्तरूप हो, सदासर्वदा दुष्टताको धुरीको प्रतिनिधि हो, सदासर्वदा नकारात्मक हो, र यो कहिल्यै सकारात्मक कुरा बन्नेछैन।
कतिपय मानिस यसो भन्छन्, “मण्डलीमा जिउँदा लचिलो हुनुपर्छ। कुनै पनि दिशामा धेरै नढल्क। सत्यता स्वीकार पनि नगर, तर यसप्रति वितृष्ण पनि नहोऊ; सकारात्मक वा नकारात्मक व्यक्तिहरूलाई नचिढ्याऊ। तटस्थ बस्नु नै सबैभन्दा राम्रो हो। म सकारात्मक कुराहरूको विरोध गर्दिनँ, र म नकारात्मक कुराहरूको आलोचना गर्दिनँ। म सत्यता पछ्याउने मानिसहरूको चापलुसी गर्दिनँ वा उनीहरूको चाकडी खोज्दिनँ, न त म उनीहरूको नजिक नै हुन्छु। म ख्रीष्टविरोधीहरूबाट पनि टाढा बस्दिनँ। तँ मलाई के गर्न सक्छस् र? मैले जीवनलाई कति स्पष्ट रूपमा बुझेको छु, हेर् त!” के यो स्पष्ट रूपमा बुझ्नु हो? यो स्पष्ट रूपमा बुझ्नु होइन; यो त मूर्खता हो। यो अन्योलमा पर्नु र सही र गलत छुट्याउन नसक्नु हो। त्यस्तो व्यक्ति अन्योलमा परेको व्यक्ति हो। म तँलाई भन्छु, यस प्रकारको दहीचिउरे व्यक्ति पटक्कै असल हुँदैन। यसरी जिउनुको अन्तिम नतिजा के हुनेछ? (ऊसँग कुनै परिणाम र कुनै गन्तव्य हुनेछैन।) उसले आफ्नै गन्तव्य बरबाद गरेको हुनेछ। उसले सकारात्मक कुराहरूको विरोध नगरे पनि, सारमा, सकारात्मक कुराहरू स्वीकार पनि गरेको हुँदैन। विरोध नगर्नु भनेको स्वीकार गर्नु होइन, र नकारात्मक कुराहरूको आलोचना नगर्नु भनेको तिनलाई त्याग्नु होइन। के तँलाई सकारात्मक कुराहरू स्वीकार नगरेर र नकारात्मक कुराहरूको आलोचना नगरेर आफूले नकारात्मक कुराहरू र नकारात्मक दृष्टिकोणहरू त्यागेको भन्ने लाग्छ? तँ ती त्याग्न सक्दैनस्। सकारात्मक कुराहरू स्वीकार गरेर र सत्यता स्वीकार गरेर मात्रै मानिसहरूका नकारात्मक विचार र दृष्टिकोणहरू, साथै शैतानका दुष्ट विचार र दृष्टिकोणहरू बिस्तारै त्याग्न र तोड्न सकिन्छ; तब मात्रै मानिसहरूले सकारात्मक विचार र दृष्टिकोणहरू, साथै सत्यता सिद्धान्तहरूसँग मिल्ने अभ्यास, अन्तर्बोध, बुझाइ, र मापदण्डहरू स्वीकार गर्न सक्छन्। अर्को शब्दमा भन्दा, यदि तँ सकारात्मक विचार र दृष्टिकोणहरू स्वीकार गर्न चाहन्छस्, यदि तँ सत्यता स्वीकार गर्न चाहन्छस्, यदि तँ सत्यता आफूभित्र प्रवेश गरोस् र आफ्नो जीवन बनोस् भन्ने चाहन्छस् भने, तैँले पहिले आफूभित्र भएको कुरालाई निकाल्नुपर्छ, र त्यसपछि सत्यता स्वीकार गर्नुपर्छ र सत्यतालाई आफूभित्र प्रवेश गर्न र आफ्नो हृदयमा शासन गर्न दिनुपर्छ। सत्यता जीवनका रूपमा हुनु भनेको यही हो। सत्यताको पछ्याइ यसरी नै अभ्यास गरिन्छ। परमेश्वरमा विश्वास गर्नुको मुख्य उद्देश्य सत्यता प्राप्त गर्नु हो। तैँले सत्यताको विरुद्धमा जाने विभिन्न विचार र दृष्टिकोण खुट्ट्याउन सक्नुपर्छ। विशेष गरी, यदि तँ शैतानको दर्शन पछ्याउने प्रकारको व्यक्ति होस् भने, तैँले मध्यमार्गी बाटोका चिप्ले विचार र दृष्टिकोणहरू त्याग्नैपर्छ, र सचेत रूपमा तिनको विरुद्धमा विद्रोह गर्नैपर्छ। जब तैँले सामना गर्ने परिस्थितिहरूमा त्यस्ता विचार र दृष्टिकोणहरू उत्पन्न हुन्छन्, तब तैँले ती गलत हुन् भन्ने महसुस गर्नैपर्छ र तैँले यस्तो सोच्नैपर्छ: “परमेश्वरका वचनहरूले के भन्छन्? परमेश्वर के माग गर्नुहुन्छ? कार्य गर्ने जुन तरिका सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ, म सोहीअनुसार पहलकदमी लिनेछु र कार्य गर्ने प्रयास गर्नेछु, मध्यमार्गी बाटोका विचार र दृष्टिकोणहरूलाई ममाथि शासन गर्न वा मलाई सत्यता अभ्यास गर्नबाट रोक्न दिनेछैनँ। बरु, मैले परमेश्वरका वचनहरू, सत्यतालाई मेरो आचरण र कार्यहरूका लागि, र मेरो कर्तव्य निर्वाहका मापदण्ड बन्न दिनैपर्छ।” यसरी अभ्यास गर्दा फरक नतिजा आउनेछ। यो अत्यन्तै सानो मामिला भए पनि र परमेश्वरले स्मरण गर्न लायक नभए पनि, कम्तीमा पनि, परमेश्वरले यसलाई दोषी ठहराउनुहुनेछैन। यसरी तेरा कार्यहरू अलि-अलि गर्दै थुप्रिँदै जाँदा, तेरा असल कार्यहरू बिस्तारै अलि-अलि गर्दै तयार हुनेछन्। यदि तेरा कार्यहरूलाई परमेश्वरको नजरमा असल कार्य मान्न सकिन्छ भने, तँसँग आशा हुनेछ। तँसँग सही र सकारात्मक दिशा र लक्ष्य हुन थाल्नेछ, र तँ सकारात्मक व्यक्ति, सच्चा व्यक्ति बन्न थाल्नेछस्। यसरी, तैँले आफूलाई नरकतर्फ लैजाने विनाशको मार्गबाट टाढा राखेको हुनेछस् र बिस्तारै स्वर्गको राज्यतर्फ लैजाने मार्गतिर फर्केको हुनेछस्। यो व्यक्तिले आफ्नो हृदय परिवर्तन गर्न सक्नुको एउटा राम्रो नतिजा हो। के यो हासिल गर्न सजिलो छ? त्यो कुरा व्यक्तिले सत्यतालाई कुन हदसम्म प्रेम गर्छ भन्ने कुरामा निर्भर हुन्छ। यदि तँ गल्ती गर्छस् र “म साँच्चै आफूलाई घृणा गर्छु! मैले कसरी यस्तो नीच र घृणित काम गर्न सकेँ? मलाई त आफैलाई दुई-चार थप्पड हान्न मन लागिरहेको छ!” भनेर मात्र भन्दै आफैलाई घृणा मात्रै गर्छस् भने, त्यो कुनै काम लाग्नेछैन। मुख्य कुरा के हो भने, जब तँ गल्ती गर्छस्, तब तैँले त्यसमा के गलत छ, तँलाई त्यसो गर्न केले प्रेरित गरेको छ, तँ किन सत्यता अभ्यास गर्न असक्षम छस्, मूल कारण के हो, र तेरा कार्यहरूका आधार र सिद्धान्तहरू के हुन् भनी खुट्ट्याउन सक्नैपर्छ। मुख्य कुरा त, कुनै मामिला सामना गर्दा, तँ सचेत रूपमा परमेश्वरका वचनहरूअनुसार कार्य गरिरहेको छस् र सचेत रूपमा आफ्ना शैतानी विचार र दृष्टिकोणहरू, आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू, र आफ्ना अभिप्राय र योजनाहरूविरुद्ध विद्रोह गरिरहेको छस् कि छैनस् भन्ने पनि हो। यदि तैँले सचेत रूपमा यी सबै कुरा गरेको छस् भने, तैँले असल कार्यहरू तयार गरेको छस्, र यो एउटा ठूलो कुरा हो, र तैँले केही प्राप्त गरेको छस्। के यस्तो नतिजा राम्रो हो? के तिमीहरूले देख्न चाहेको नतिजा यही हो? के तिमीहरूले पछ्याउन चाहेको कुरा यही हो? (हो।) अहिले धेरैजसो मानिस कस्तो दृष्टिकोण राख्छन्? त्यो यो हो: “म दुष्टता गर्दिनँ वा अवरोध र बाधाहरू खडा गर्दिनँ। यदि मलाई पूर्णकालीन कर्तव्य मण्डलीबाट निकालिँदैन भने, सबै कुरा ठीकै हुन्छ। मैले धेरै असल कार्य तयार नगरेको भए पनि, म आफ्नो कर्तव्यमा त्यति बफादार नभए पनि, ममा त्यति धेरै निष्कपटता नभए पनि, र म सत्यता सिद्धान्तहरूअनुसार गम्भीरतापूर्वक अभ्यास नगर्ने भए पनि, यदि म दुष्टता गर्दिनँ वा अवरोध र बाधाहरू खडा गर्दिनँ भने, त्यो नै पर्याप्त हुँदैन र?” यो दृष्टिकोण कस्तो छ? यो एउटा पतित विचार र दृष्टिकोण हो—यो प्रगति नखोज्ने विचार र दृष्टिकोण हो। तैँले आफूले दुष्टता नगरेमा वा अवरोध र बाधाहरू खडा नगरेमा, असल व्यक्ति भइन्छ, कुलीन व्यक्ति भइन्छ, दृढ रहन सकिन्छ, र आफूले गर्ने कुरा सत्यतासँग मिल्छ भनेर पटक्कै सोच्नु हुँदैन। म तँलाई भन्छु, त्यो गलत हो—यो मूर्ख तरिकाको सोचाइ हो! दुष्टता नगर्नु भनेको असल कार्यहरू तयार गर्नु बराबर होइन। दुष्टता नगर्नु र असल कार्यहरू तयार गर्नु दुई फरक अवधारणा हुन्। दुष्टता नगरी कर्तव्य निर्वाह गर्नु भनेको सृजित प्राणीले गर्नुपर्ने कुरा हो; यो सामान्य मानवताको विवेक र समझ भएकाहरूमा हुनुपर्ने एउटा प्रकटीकरण हो। उदाहरणका लागि, कतिपय मानिस यसो भन्छन्: “हत्या गर्ने मानिसहरू पनि छन्, तर मैले त्यसो गरेको छैनँ; त्यस व्यक्तिले अरू मानिसहरूका कुराहरू चोर्यो, तर मैले त्यसो गरेको छैनँ। यसको अर्थ म असल व्यक्ति हुँ।” के यो धाक लगाउन लायक कुरा हो र? के तिनीहरूको दाबी सही छ? (छैन।) यसलाई अवधारणाहरूबारे भ्रमित हुनु भनिन्छ। चोर नहुनु, हत्या वा आगजनी नगर्नु, र अवैध यौन सम्बन्धमा संलग्न नहुनु भनेको असल व्यक्ति हुनु सरह होइन। दुष्टता नगर्नु वा कानुन नतोड्नु असल व्यक्ति हुनुभन्दा फरक अवधारणा हो। असल व्यक्ति हुनुका आफ्नै मानकहरू छन्। दुष्टता नगर्नु र असल कार्यहरू तयार गर्नु पनि दुई छुट्टै अवधारणा हुन्। दुष्टता नगरी आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको तैँले सामान्य व्यक्तिका रूपमा हासिल गर्नुपर्ने कुरा हो। तर असल कार्यहरू तयार गर्नुको अर्थ तैँले परमेश्वरका मागहरू र सत्यता सिद्धान्तहरूअनुसार सक्रिय र सकारात्मक रूपमा सत्यता अभ्यास गर्नैपर्छ र आफ्नो कर्तव्य पूरा गर्नैपर्छ भन्ने हो। तँमा बफादारी हुनैपर्छ, तँ कष्ट सहन र मूल्य चुकाउन इच्छुक हुनैपर्छ, जिम्मेवारी लिन इच्छुक हुनैपर्छ, र सकारात्मक र सक्रिय रूपमा काम गर्न सक्षम हुनैपर्छ। यी सिद्धान्तहरूअनुसार गरिएका कार्यहरू आधारभूत रूपमा सबै असल कार्य हुन्। ती साना मामिला होऊन् वा ठूला, ती मानिसहरूद्वारा याद गर्न लायक होऊन् वा नहोऊन्, मानिसहरूले तिनलाई उच्च ठाने पनि वा नगण्य माने पनि, अथवा मानिसहरूले ती ध्यान दिन लायक छन् भनी सोचे पनि वा नसोचे पनि, परमेश्वरको नजरमा, ती सबै असल कार्य हुन्। यदि तैँले असल कार्यहरू तयार गरेको छस् भने, यसले अन्ततः तँकहाँ विपत्हरू नभई आशिष्हरू ल्याउनेछ। कतिपय मानिस कुनै पनि असल कार्यहरू तयार गर्दैनन् र निम्न कुराहरूमै सन्तुष्ट हुन्छन्: “म आफूलाई जे गर्न भनिन्छ त्यही गर्छु र जहाँ जान भनिन्छ त्यहीँ जान्छु। म कहिल्यै मनमानी तरिकाले बोल्दिनँ वा कार्य गर्दिनँ, र म कहिल्यै बदमासी गर्दै समस्या वा अवरोध र बाधाहरू खडा गर्दिनँ। म साँच्चै नै आज्ञाकारी र ज्ञानी छु।” तिनीहरू सधैँ यस प्रकारकै मनोवृत्ति राख्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सक्रिय रूपमा सत्यता खोज्दैनन् वा सिद्धान्तहरू पालन गर्दैनन्। तिनीहरू आफ्नै विचलन र गल्तीहरू पत्ता लगाउँदा तिनलाई तुरुन्तै सच्याउँदैनन् वा परिवर्तन गर्दैनन्। तिनीहरू आफू विद्रोही भएको र भ्रष्ट स्वभावहरू प्रकट गरेको पत्ता लगाउँदा कहिल्यै आत्मचिन्तन गर्दैनन्, न त तिनीहरू समस्या समाधान गर्न सक्रिय रूपमा सत्यता नै खोज्छन्; बरु, तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्छन्। तिनीहरूले परमेश्वरको घरका हितहरूमा घाटा पुर्याउने कुनै ठूलो दुष्टता नगरेका भए पनि, तिनीहरूले मण्डलीको कामको प्रगतिलाई अझै पनि असर गरेका हुन्छन्। बढीमा, तिनीहरूको कर्तव्य निर्वाह भनेको श्रम गर्नु मात्रै हो, र श्रम गर्नु, प्रकृतिले नै, असल कार्य हुने स्तरसम्म पुग्न सक्दैन। त्यसोभए अन्ततः असल कार्यहरूलाई कसरी परिभाषित गरिन्छ? यो भनेको, तैँले गर्ने कुरा कम्तीमा पनि तेरो आफ्नै र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशका लागि सहयोगी हुनु, र परमेश्वरको घरको कामका लागि लाभदायक हुनु हो। यदि यो तेरा लागि, अरूका लागि, र परमेश्वरको घरका लागि लाभदायक छ भने, तेरो प्रदर्शन परमेश्वरसामु प्रभावकारी हुन्छ र परमेश्वरद्वारा अनुमोदन गरिन्छ। परमेश्वरले तँलाई अङ्क दिनुहुनेछ। त्यसैले, यी कुराहरूको मूल्याङ्कन गर्: तैँले यतिका वर्षमा कतिवटा असल कार्यहरू तयार गरेको छस्? के यी असल कार्यहरूले तेरा अपराधहरूको भर्पाई गर्न सक्छन्? तिनको भर्पाई गरेपछि, कतिवटा असल कार्यहरू बाँकी रहन्छन्? तैँले आफैलाई अङ्क दिनुपर्छ र यसबारे स्पष्ट बुझाइ राख्नुपर्छ; तँ यस मामिलामा अन्योलमा पर्नु हुँदैन।
मलाई भन, के यी मामिलाहरूबारे मेरो सङ्गति आवश्यक छ? (छ।) मैले तिमीहरूलाई यी वचनहरू भन्नैपर्छ, र तिमीहरूलाई केही सुझाव दिनैपर्छ। तिमीहरूलाई सुझावहरू दिनुको उद्देश्य तिमीहरूको उत्साह हटाउनु होइन, न त तिमीहरूलाई गिल्ला गर्नु हो, तिमीहरूलाई दोषी ठहराउनु त झनै होइन, बरु तिमीहरूलाई स्मरण गराउनु, चेतावनीको घण्टी बजाउनु हो, ताकि तिमीहरूलाई, अहिले, वर्तमानमा, हाल तिमीहरू कस्तो परिस्थितिमा छौ, तिमीहरूको स्थिति कस्तो छ, र सम्भावित खतराहरू के-के हुन् भन्ने थाहा होस्। तिमीहरू यी कुराहरूबारे आफ्नो हृदयमा स्पष्ट हुनैपर्छ। मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा परमेश्वरसामु आफ्नो स्थिति कस्तो छ भनी निरन्तर र बारम्बार जाँच्नैपर्छ। तिनीहरूले परमेश्वरसँगको आफ्नो सम्बन्ध कस्तो छ, आफू र परमेश्वरबीच द्वन्द्व र तगाराहरू छन् कि छैनन्, आफूमा परमेश्वरबारे धारणाहरू र गलत बुझाइहरू छन् कि छैनन्, आफूले परमेश्वरसँग अनुचित मागहरू गर्छन् कि गर्दैनन्, र परमेश्वरले आफ्ना समग्र प्रकटीकरणहरूलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा निरन्तर र स्पष्ट रूपमा जान्नैपर्छ। मानिसहरूले यी कुराहरू बुझ्नैपर्छ र जान्नैपर्छ; यो तिनीहरूको जीवन प्रवेशका लागि अत्यन्तै लाभदायक छ। यसरी अभ्यास गर्नुको उद्देश्य मानिसहरू परमेश्वरका अभिप्रायहरूअनुसार सटीक रूपमा कार्य गर्न सकून् भन्ने कुरा सुनिश्चित गर्नु हो। कुनै पनि गलत मोडहरू नलेऊ, आत्मसन्तुष्ट महसुस नगर, र आफैलाई र अरूलाई धोका नदेऊ। कुनै पनि गलत मोडहरू नलिनुको अर्थ आफ्नै विचलित मार्ग नपछ्याउनु हो। तँलाई परमेश्वरमाथिको विश्वासमा आफ्नो यो कार्यसम्पादन निकै राम्रो छ भन्ने लाग्छ, त्यसैले तँ यसरी नै हिँडिरहन्छस्। तर, के पत्ता लाग्छ भने, तँ सही मार्गबाट विचलित भएको छस्; परमेश्वरले तँलाई धेरै अघि नै त्यागिसक्नुभएको छ, र पवित्र आत्माले तँमा काम गर्न छोड्नुभएको छ। परमेश्वर तँलाई घृणा गर्नुहुन्छ, तैपनि तँलाई अझै पनि आफ्नो विश्वासमा राम्रो गरिरहेजस्तो लाग्छ: “मैले परमेश्वरमा विश्वास गरेर कुराहरू प्राप्त गरेको छु। म अब कष्ट सहन सक्छु, म अब दुष्टता गर्दिनँ, मलाई अवरोधहरू खडा गर्नबाट कसरी जोगिने भन्ने थाहा छ, र मलाई अब अवरोध र बाधाहरू खडा गर्नेहरूलाई किन निकालिन्छ वा अलग गरिन्छ, र तिनीहरूलाई किन कर्तव्य निर्वाह गर्न दिइँदैन भन्ने कुरा थाहा छ।” यी कुराहरू जान्नु मात्रै पर्याप्त हुँदैन। तैँले परमेश्वरको मार्ग पछ्याउनका लागि कसरी कार्य गर्ने, सही मार्गमा हिँड्नका लागि कसरी अभ्यास गर्ने, र मुक्ति प्राप्त गर्न सक्षम हुनका लागि कसरी कार्य गर्ने भन्ने कुरा जान्नैपर्छ। यी सबै अत्यन्तै महत्त्वपूर्ण छन्; तैँले नियमित अन्तरालहरूमा समीक्षाहरू गर्नैपर्छ र निष्कर्षहरू निकाल्नैपर्छ। यस विषयमा यति नै। हामीले यस अवधिमा सङ्गति गरिरहेको विषयमा सङ्गति गर्न जारी राखौँ।
सत्यता पछ्याउने पहिलो अभ्यास: त्याग्नु
आफू र परमेश्वरबीचका तगाराहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुता त्याग्नु
१. परमेश्वरबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्नु: परमेश्वरको कामबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्नु
(६) परमेश्वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन; यसले तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्ने अभिप्राय राख्छ
६. जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावका विभिन्न प्रकटीकरण
यस अवधिमा हाम्रो सङ्गति सत्यता कसरी पछ्याउने भन्ने कुराभित्र रहेको “त्याग्ने” अभ्यासको सिद्धान्तमा समावेश एउटा विशिष्ट विषय—जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका बारेमा रहेको छ। यसबारे धेरै पटक सङ्गति गरेपछि, के तिमीहरूले अहिले यी तीन वटा पक्षहरू—जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूसँग सम्बन्धित केही विशिष्ट प्रकटीकरण र अभिव्यक्तिहरू अलिकति खुट्ट्याएका छौ? (म यी कुराहरूलाई पहिलेभन्दा अलिकति राम्ररी खुट्ट्याउन सक्छु। पहिले, म प्रायजसो चरित्र र भ्रष्ट स्वभावहरूलाई एकै ठाउँमा मिसाउँथेँ, तर परमेश्वरका विगतका केही सङ्गतिमार्फत, म अहिले तिनलाई केही हदसम्म छुट्याउन सक्छु।) यी कुराहरूलाई छुट्याउन किन आवश्यक छ? (हामीले आफूभित्रका कुन-कुन समस्याहरू समाधान गर्नुपर्छ र कुन-कुनलाई हामीले सही तरिकाले लिनु मात्रै पर्छ भन्ने कुरा जान्न सकौँ भनेर यसो गर्न आवश्यक छ।) राम्ररी भन्यौ। यति विस्तृत रूपमा सङ्गति गर्दा जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूबीचका भिन्नताहरू झनै स्पष्ट हुन्छन्, र मानिसहरूले भ्रष्ट स्वभावहरूबारे र अत्यन्तै खराब चरित्रका प्रकटीकरणहरूबारे झनै स्पष्ट बुझाइ प्राप्त गर्छन्, जुन दुई फरक-फरक कुरा हुन्। विशेष गरी, मानिसहरू खराब चरित्र, भ्रष्ट स्वभावहरू, र जन्मजात अवस्थाहरूका बीचमा भिन्नता छुट्याउन सक्षम हुन्छन्। तिनीहरूले मानवताका निश्चित त्रुटिहरूलाई भ्रष्ट स्वभावहरूका रूपमा लिनेछैनन्, र अवश्य नै, तिनीहरूले जन्मजात अवस्थाहरूभित्रका निश्चित अपर्याप्तता र त्रुटिहरूलाई पनि भ्रष्ट स्वभावहरूका रूपमा लिनेछैनन्। जब मानिसहरूसँग यो खुट्ट्याउने क्षमता हुन्छ, तब तिनीहरू भ्रष्ट स्वभावका विभिन्न प्रकटीकरणका बारेमा झन्-झन् स्पष्ट हुँदै जान्छन्, र भ्रष्ट स्वभावहरूसँग असम्बन्धित समस्याहरूका बारेमा उप्रान्त तिललाई पहाड बनाउँदैनन्। साथ साथै, तिनीहरूसँग भ्रष्ट स्वभावहरू वास्तवमा के हुन् भन्ने कुराको अझै स्पष्ट बुझाइ पनि हुन्छ। त्यसोभए के तिमीहरू भ्रष्ट स्वभावहरू वास्तवमा के हुन् भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्छौ? के जन्मजात अवस्थाहरूसँग भ्रष्ट स्वभावहरूको कुनै सम्बन्ध हुन्छ? के ती जन्मजात अवस्थाहरूबाट प्रभावित हुन्छन्? (हुँदैनन्।) मानौँ कुनै व्यक्ति हेर्नमा राम्रो छ, गोरो छाला भएको छ, र उसको अनुहारको बनावट मिलेको छ—के उसको रूप राम्रो भएकाले, उसमा कुनै भ्रष्ट स्वभाव हुँदैन, उसको मानवता उसको रूपजस्तै सिद्ध र शुद्ध हुन्छ, ऊ पटक्कै अहङ्कारी वा दुष्ट हुँदैन बरु अत्यन्तै पवित्र हुन्छ भनेर भन्न सकिन्छ? के यसो भन्न सकिन्छ? (सकिँदैन।) यसरी सङ्गति गरेपछि, यी तीन पक्ष—भ्रष्ट स्वभावहरू, जन्मजात अवस्थाहरू, र मानवता—बीचका भिन्नताहरू अब मूलतः स्पष्ट भएका छन्, होइन र? (छन्।) तिनलाई खुट्ट्याउन सजिलो छ।
व्यापार गर्नमा सिपालु हुनु
पछिल्लो पटक, हामीले व्यापार गर्न मन पराउने बारेमा सङ्गति गरेका थियौँ। व्यापार गर्न मन पराउने र रुचाउने यस प्रकटीकरणलाई कुन पक्षअन्तर्गत वर्गीकरण गरिनुपर्छ? (जन्मजात अवस्थाहरू।) यसलाई किन जन्मजात अवस्था मानिन्छ? (यो एउटा रुचि र सोख हो, त्यसैले यसलाई जन्मजात अवस्था मानिन्छ।) एकातिर, यो एउटा रुचि र सोख हो; अर्कोतिर, यदि कुनै व्यक्ति व्यापार गर्न मन पराउँछ र ऊसँग व्यापारको समझ छ—ऊ व्यावसायिक अध्ययन नगरीकनै प्राकृतिक रूपमा त्यसमा सिपालु हुन्छ, र ऊ अरूको मार्गदर्शनविनै यो बुझ्न र कसरी पैसा कमाउन, नाफा निकाल्न, व्यापारका अवसरहरू हात पार्न, आदि जान्दछ भने—त्यस व्यक्तिसँग आफ्नो जन्मजात अवस्थाहरूभित्रै व्यापार गर्ने सबल पक्ष हुन्छ। यदि कुनै व्यक्तिसँग जन्मजात रूपमै यो सबल पक्ष हुन्छ भने, यो निश्चय नै एउटा जन्मजात अवस्था हो, र जन्मपछि प्राप्त हुने प्रभावहरूसँग जन्मजात अवस्थाहरूको खासै सम्बन्ध हुँदैन। हेर् त, कतिपय मानिस १५ वा १६ वर्षको उमेरमा स्कुलमै हुँदा व्यापार गर्न सिक्न थाल्छन्। तिनीहरू आफूसँग कुनै राम्रो कुरा भएपिच्छे त्यो कुरा बेच्ने उपायहरू सोच्छन्। तिनीहरू आफ्ना आमाबुबाले दिएका जन्मदिनका उपहारहरू समेत बेच्छन्। तिनीहरू आफ्नो पकेट खर्चले केही किन्दैनन्, बरु व्यापार गर्नका लागि त्यो सबै बचत गरेर राख्छन्। १८ वा १९ वर्षको उमेरसम्ममा, तिनीहरू साना व्यापारिक उद्यमहरू सञ्चालन गर्न सक्षम भइसकेका हुन्छन्। विद्यालयमा तिनीहरूको अङ्क औसत मात्रै हुन्छ, तर तिनीहरूसँग व्यापार गर्नका लागि दिमाग हुन्छ, तिनीहरू हिसाबकिताब गर्नमा छिटोछरितो हुन्छन्, र तिनीहरूसँग व्यापार गर्ने विशेष खुबी हुन्छ—यो एउटा सबल पक्ष हो। व्यापार गर्न मन पराउनु जन्मजात अवस्थाहरूभित्रका सबल पक्षहरू वा रुचि र सोखहरूको वर्गमा पर्छ। जे होस्, यो जन्मजात अवस्थाहरूको एउटा पक्ष हो, र व्यापार गर्न मन पराउने प्रकटीकरणलाई यहीँ वर्गीकरण गरिन्छ। कतिपय मानिससँग व्यापारसँग सम्बन्धित सोख वा सबल पक्ष नहुन पनि सक्छ। तिनीहरू व्यापार गर्दा मुख्यतया मानिसहरूलाई ठग्ने र छल गर्ने कुरामा भर पर्छन्। तिनीहरू आफ्नै कडा परिश्रम र प्रयासद्वारा वा वैध व्यापारिक माध्यम र विधिहरू प्रयोग गरेर पैसा कमाउँदैनन्, बरु नाफा निकाल्ने र पैसा कमाउने आफ्नो लक्ष्य हासिल गर्नका लागि सबै प्रकारका धोकाधडी र छल, र कानुनी छिद्रहरूको फाइदा प्रयोग गर्छन्। यो कस्तो प्रकारको समस्या हो? त्यस्ता मानिसहरू निरन्तर यसरी नै व्यापार सञ्चालन गर्छन्—के यसमा तिनीहरूको मानवताको सार समावेश हुन्छ? (हुन्छ।) यस्तो मानवता असल हुन्छ कि खराब? (यो खराब हुन्छ।) यो कसरी खराब हुन्छ? त्यस्ता मानिसहरूको मानवताको कुरा गर्दा, सामान्य रूपमा भन्दा, तिनीहरूको चरित्र खराब हुन्छ। मानिसहरूले व्यापार गर्नुको उद्देश्य सधैँ पैसा कमाउनु नै हुन्छ। यदि तँ व्यापार सञ्चालन गर्ने वैध माध्यमद्वारा पैसा कमाउँछस् भने, यो तँसँग भएको सक्षमता हो, र यो परमेश्वरले तँलाई दिनुभएको सबल पक्षले ल्याएको फाइदा हो। तर यदि कसैले व्यापार सञ्चालन गर्ने वैध माध्यममार्फत नभई सबै प्रकारका धोकाधडी र छलमार्फत पैसा र नाफा प्राप्त गर्छ भने, त्यस्ता मानिसहरूमा निष्ठा हुँदैन र तिनीहरूको चरित्र नीच हुन्छ। के त्यस्ता मानिसहरूमा विवेक हुन्छ? (हुँदैन।) बोलिचालीको भाषामा भन्दा, तिनीहरूको विवेक पूर्ण रूपमा कुहिएको हुन्छ—तिनीहरूमा अलिकति पनि विवेक हुँदैन। हामी किन तिनीहरूमा कुनै विवेक हुँदैन भनेर भन्छौँ? (सामान्यतया, विवेक भएका मानिसहरू अरू मानिसहरूलाई ठगेपछि र छल गरेपछि त्यसबाट दोषारोपण महसुस गर्छन्, र तिनीहरूले उप्रान्त ती कुराहरू गर्दैनन्। तर, विवेक नभएका मानिसहरू नाफा प्राप्त गर्नेबारे मात्रै वास्ता गर्छन्। तिनीहरूको विवेकमा कुनै सचेतना हुँदैन, त्यसैले तिनीहरू ती कुराहरू गरिरहन्छन्।) तिनीहरूको विवेकले काम गर्दैन; तिनीहरूमा अलिकति पनि विवेक हुँदैन भनेर पनि भन्न सकिन्छ। यदि तिनीहरूमा विवेक हुन्थ्यो भने, तिनीहरूको विवेकले काम गर्नेथ्यो, र त्यसपछि कसैलाई एक पटक ठगी गरेपछि, तिनीहरूले आफ्नो विवेकबाट आत्म-ग्लानि महसुस गर्नेथिए। तिनीहरूलाई नाफा कमाए पनि भित्रभित्रै नराम्रो महसुस हुनेथ्यो। तिनीहरूले त्यो पैसा खर्च गर्दा तिनीहरूको अनुहार रातो हुनेथ्यो, र तिनीहरूलाई भित्र असहज महसुस हुनेथ्यो, अनि आफूले गरेको कुरा फोहोरी र नीच थियो भन्ने महसुस हुनेथ्यो। यसरी, त्यस बेलादेखि, तिनीहरूले फेरि कहिल्यै कसैलाई ठगी गर्नेथिएनन्; सम्भावित नाफा जतिसुकै ठूलो भए पनि, तिनीहरू त्यसो कहिल्यै गर्नेथिएनन्—यो विवेकको काम हो। तर अरूलाई छल गर्न, मूर्ख बनाउन, र ठगी गर्न सिपालुहरूले आफूले चाहेको बेला हरेक पटक यसो गर्नेछन्। तिनीहरू सफल भएपछि, त्यो पैसा खर्च गर्दा तिनीहरूलाई हृदयमा नराम्रो महसुस हुँदैन। पैसा हात पारेपछि, तिनीहरू आफूलाई चलाख र बुद्धिमान् ठान्छन्, र आफ्ना ठगी गर्ने रणनीतिहरूको सफलतामा प्रसन्न हुन्छन् र विशेष रूपमा गर्व गर्छन्। तिनीहरू तौल कम भएका सामानहरू बेच्छन्, तिनीहरू नक्कली औषधि, नक्कली जिन्सेङ, पानी हालिएको मासु बेच्छन्—तिनीहरूले बेच्ने हरेक कुरा मिसावटयुक्त र भ्रामक हुन्छ। तिनीहरू संलग्न हुने हरेक व्यापारिक उद्यममा ठगी गर्ने रणनीति र पासोहरू समावेश हुन्छन्, र तिनीहरूले कमाउने सबै पैसा धोखाधडीका माध्यमबाट प्राप्त गरिएको हुन्छ। तिनीहरू जुनसुकै व्यापारमा संलग्न भए पनि उचित मूल्य लिएर नियम-पालन गर्ने तरिकाले कहिल्यै व्यापार सञ्चालन गर्दैनन्। हेर् त, कतिपय मानिस व्यापार गर्दा विशेष गरी नियमित ग्राहकहरूलाई ठगी गर्छन्। उदाहरणका लागि, यदि तँ तिनीहरूबाट बारम्बार सामान किन्छस् र तिनीहरूलाई तँसँग पैसा छ भन्ने थाहा छ भने, तिनीहरूले अरूलाई १० युआनमा बेच्ने सामानका लागि तँसँग १०० युआन लिनेछन्। तिनीहरूले यसो समेत भन्नेछन्, “म यो अरू कसैलाई बेच्दिनँ—म यो तिम्रो लागि मात्रै राख्छु। हाम्रो सम्बन्ध कति बलियो छ, हेर त? तिमी राम्रो मूल्य पाइरहेका छौ, होइन र?” तिनीहरू मानिसहरूलाई ठगी गर्छन् र उनीहरूलाई कृतज्ञ महसुस समेत गराउँछन्—तिनीहरू कति सिपालु ठग हुन्! आफ्नो विवेकमा आत्म-ग्लानिको बोध नभएका मानिसहरूले जे गरे पनि आफ्नो विवेकमा कुनै हप्की वा सचेतना महसुस गर्दैनन्, त्यसैले त्यस्ता मानिसहरूमा विवेक हुँदैन भनेर भन्न सकिन्छ। तिनीहरूको समझ जस्तोसुकै भए पनि, तिनीहरूको विवेकलाई मात्रै हेर्दा, यी मानिसहरूमा मानवता हुँदैन र तिनीहरूको चरित्र नीच हुन्छ। यो कुन हदसम्म नीच हुन्छ? तिनीहरूमा विवेक र मानवता हुँदैन। अर्थात्, तिनीहरूमा सामान्य मानिसहरूमा हुने विवेकको सचेतना, कार्य, र सीमाहरूको कमी हुन्छ। यी सीमाहरूविना, तिनीहरू जे पनि गर्न सक्षम हुन्छन्। व्यापार गर्दा, तिनीहरू ठगी र छलमा संलग्न हुन सक्छन्; कुनै पनि व्यापारिक सञ्चालनमा, तिनीहरू धाँधली गर्न र नियमहरू तोड्न सक्छन्। तिनीहरू कुनै पनि अनैतिक कार्य गर्न सक्छन्। घर बनाउँदा समेत, तिनीहरू कमसल सामग्रीहरू प्रयोग गर्छन्। हेर् त—मुख्य भूमि चीनमा भवनहरू ढल्कनु र भत्किनुको कारण के हो? यसको कारण के हो भने, अत्यधिक नाफा कमाउनका लागि, निर्माणकर्ताहरूले कमसल कङ्क्रिट मिश्रण अनुपात र स्टिलको डन्डी प्रयोग गर्ने विधिहरू अपनाए, जसले भवनहरूको अवस्थालाई असर गरिसकेको थियो। फलस्वरूप, मानिसहरू सरेको धेरै समय नबित्दै, कतिपय भवन भत्किन्छन्। यदि पाँच वा छ म्याग्निच्युडको भूकम्प गयो भने, धेरैजसो भवन भत्किनेछन्, र परिणामहरू अकल्पनीय हुनेछन्। ती कालो हृदय भएका ठेकेदारहरूमा अलिकति पनि विवेक हुँदैन—मानिसहरू मरेको देखेपछि, तिनीहरू परिस्थिति सम्हाल्नका लागि जवाफी उपायहरू अपनाउन तुरुन्तै आफ्ना पृष्ठपोषकहरू खोज्छन्। यदि तिनीहरूका पृष्ठपोषकहरू पर्याप्त रूपमा बलिया छन् र तिनीहरूसँग जवाफी उपायहरू छन् भने, मामिलालाई सफलतापूर्वक ढाकछोप गर्न सकिन्छ। ती केही मृत्युलाई अलिकति काज-किरियाकोखर्च दिएर टारिन्छ, र तिनीहरूलाई कसैले पनि जवाफदेही ठहराउन पटक्कै सक्नेछैन। तिनीहरूको विवेकमा कुनै सचेतना हुँदैन; केही मृत्युहरूको त कुरै छोडौँ—दर्जनौँ, सयौँ, वा दसौँ हजार मानिसहरू मरे पनि, तिनीहरूका लागि यसको कुनै अर्थ हुँदैन। तिनीहरूको नजरमा, मानव जीवन कमिलाहरूको भन्दा फरक हुँदैन—तिनको कुनै अर्थ हुँदैन। मलाई भन्, के त्यस्ता मानिसहरूमा विवेक हुन्छ? विवेक नभएका मानिसहरूमा कुनै मानवता हुँदैन भनेर भन्न सकिन्छ। त्यसोभए, व्यापार गर्दा अरूलाई छल गर्ने र ठग्ने तिनीहरूका कार्यहरू भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन् त? (हुन्।) यसभित्र विशिष्ट भ्रष्ट स्वभावहरू हुन्छन्। कुन-कुन भ्रष्ट स्वभावहरू? (क्रूरता र छलीपन।) तिनीहरूका विशिष्ट र प्रतिनिधिमूलक भ्रष्ट स्वभावहरू छलीपन र दुष्टता हुन्। सबै प्रकारका ठगी र छलमा संलग्न हुन सक्नेहरू अत्यन्तै छली हुन्छन्। कहिलेकाहीँ, मानिसहरूलाई ठग्न र छल गर्न तिनीहरूले प्रयोग गर्ने माध्यमहरू तैँले कहिल्यै अपेक्षा नगरेकाहरू हुन्छन्, र तिनीहरूले तँलाई ठगिरहँदा तँ तिनीहरूले आफूसँग निकै राम्रो व्यवहार गरिरहेजस्तो लागेर निकै खुसी समेत हुन सक्छस्। धेरै समयपछि मात्रै तँ बिउँझन्छस् र आफूलाई त मूर्ख पो बनाइएको रहेछ भन्ने अचानक महसुस गर्छस्। अनि तँ तिनीहरूलाई खोज्न जाँदा तिनीहरू कुनै नाम-निसान नछोडी बेपत्ता भइसकेका हुन्छन्। मानिसहरूलाई ठग्ने तिनीहरूका उपायहरू कति परिष्कृत हुन्छन्! सन् १९८० र १९९० को दशकमा, चीनको ग्वाङडोङमा उद्योग र व्यापार तुलनात्मक रूपमा विकसित थिए। केही तुलनात्मक रूपमा उन्नत घरायसी उपकरणहरू भित्री क्षेत्रहरूमा पुगिसकेका थिएनन्, त्यसैले केही भित्री क्षेत्रका मानिस नयाँ प्रचलनहरूको साथमा चल्नका लागि ती किन्न ग्वाङडोङ जान्थे। व्यापारीहरूले यी ग्राहकहरू भित्री क्षेत्रहरूबाट आएका हुन् भन्ने थाहा पाएपछि, तिनीहरूले यो ठग्ने मौका हो भनेर सोच्न थाले। भित्री क्षेत्रका मानिसहरूले टेप रेकर्डर, टेलिभिजन, र अन्य उपकरणहरू किने। भुक्तानी गरिसकेपछि, बिक्रेताहरूले तिनीहरूलाई वारेन्टी अवधि कहिलेसम्म छ भनेर समेत बताए र यदि उपकरणहरूमा कुनै समस्या भएमा, तिनीहरू साट्नका लागि आउन सक्छन् भनेर भने, जसले गर्दा ग्राहकहरूलाई बिक्रीपछिको सेवा निकै राम्रो छ भन्ने महसुस भयो। तिनीहरू जानै लाग्दा, बिक्रेताहरूले उपकरणहरू प्याक गर्नुपर्छ भने, र त्यसपछि तिनीहरूले तिनलाई प्याक गर्न पछाडि लगे। तर, जब ग्राहकहरू घर पुगे र प्याकिङ खोले, तब तिनीहरूले भित्र उपकरणहरूको सट्टा इँटा र ढुङ्गाहरू मात्रै भेट्टाए—त्यसपछि मात्रै तिनीहरूले व्यापारीहरूले सामान साटेका रहेछन्, र आफूहरूलाई ठगिएको रहेछ भन्ने थाहा पाए। उनीहरूलाई खोज्न फर्केर जाने यात्रा धेरै लामो हुनेथ्यो, र यसले तिनीहरूलाई यात्रा खर्चमा पनि धेरै पैसा लाग्नेथ्यो, त्यसैले तिनीहरूले घाटा सहने र अनुभवबाट पाठ सिक्ने बाहेक केही गर्न सकेनन्—जब तँ कुनै कुरा किन्छस्, तब तैँले एक हातबाट भुक्तानी गर्नुपर्छ र अर्कोबाट सामान लिनुपर्छ, र आफूले पैसा तिरेको कुरा नै पाइयो भनी निश्चित हुनका लागि सबै कुरा आफैले निरीक्षण गर्नैपर्छ। प्रायजसो व्यापारिक यात्रामा गइरहने मानिसहरूलाई यस्तो कुरा अक्सर हुन्छ। अहिले, यस्ता घटनाहरू एउटै सहरमा कहिलेकाहीँ हुने घटनाहरूमा मात्रै सीमित छैनन् बरु आम भइसकेका छन्। सबै प्रकारका धोकाधडी र छलका घटनाहरू बढिरहेका छन्, र व्यापार गर्ने झन्-झन् धेरै मानिस ठगीमा संलग्न भइरहेका छन्। पहिले यस्तो कुरा किन यति धेरै हुँदैनथ्यो? यो केवल यसकारण थियो कि, त्यस बेला, कतिपय मानिसले यी छल गर्ने रणनीतिहरू पत्ता लगाइसकेका थिएनन्। यी छल गर्ने रणनीतिहरू समाजमा चल्तीमा आएपछि, व्यापारीहरूले एकपछि अर्को गर्दै नक्कल गर्न र पछ्याउन थाले, र तिनीहरू सबैले त्यसो गर्न थाले। तिनीहरू सबैले त्यसो गर्न थाले—के त्यसको अर्थ तिनीहरूको विवेक पछि गएर भ्रष्ट भएको थियो भन्ने हुन सक्छ? होइन, यी मानिसहरूमा जन्मजात रूपमै खासै विवेक हुँदैन। कुरा के मात्रै हो भने, पहिले, तिनीहरूको अनुभव वा ज्ञानको स्तरका कारण, तिनीहरूले अरूलाई यसरी कसरी ठग्ने र छल गर्ने भनेर पत्ता लगाइसकेका थिएनन्। पछि, सामाजिक वातावरणको भ्रष्टतासँगै, तिनीहरू यस्ता कुराहरू गर्नमा झन्-झन् निर्दयी र निर्मम भएका छन्, र तिनीहरूका कार्यहरूको प्रकृति झन्-झन् नीच भएको छ।
यस्ता मानिसहरू व्यापार गर्दा छल गर्ने र ठग्ने उपायहरू प्रयोग गर्छन्, त्यसोभए के तिनीहरूले अरू कुराहरू गर्दा पनि मानिसहरूलाई छल र ठगी गर्नेछन्? (गर्नेछन्।) व्यापार गर्ने तिनीहरूका माध्यम र विधिहरू अनि छल र ठगी जस्ता कुराहरूप्रतिको तिनीहरूको मनोवृत्तिले तिनीहरूको मानवतालाई प्रतिनिधित्व गर्छ। तिनीहरूसँग यस प्रकारको मानवता हुन्छ, त्यसैले तिनीहरूले जे गरे पनि—त्यो अरूलाई छल र ठगी नभए पनि—त्यो त्यसभन्दा राम्रो हुनेछैन। तिनीहरूले यी कुराहरू गर्ने आधार नै यस्तो प्रकारको मानवता भएको हुनाले, तिनीहरूले जे गरे पनि, त्यसको प्रकृति आधारभूत रूपमा उस्तै हुन्छ—तिनीहरूमा विवेकको सचेतना हुँदै हुँदैन। जब यी मानिसहरू अधिकारी बन्छन्, तब तिनीहरूका बोल्ने र कार्य गर्ने माध्यमहरू तिनीहरूले व्यापार गर्दाका जस्तै हुन्छन्—तिनीहरूमा विवेकको कार्य हुँदैन, तिनीहरूले छल र ठगी गर्छन्, मानिसहरूलाई हानि गर्छन् र मार्छन्, र कानुन तोड्छन्; तिनीहरू मानवता, नैतिकता, र नैतिक न्यायको विरुद्धमा जाने जुनसुकै कुरा गर्न सक्षम हुन्छन्। तिनीहरू व्यापारका साथै राजनीतिमा पनि यसरी नै व्यवहार गर्छन्। यदि तिनीहरू वैज्ञानिक अनुसन्धानमा संलग्न भए भने, के तिनीहरू संलग्न भएको क्षेत्र फरक भएकाले तिनीहरूको मानवता परिवर्तन हुन सक्छ? सक्दैन। मलाई भन्, मण्डलीमा सामान्य मामिलाहरूसम्बन्धी काम गर्ने कुरा आउँदा, के त्यस्ता मानिसहरूसँग कुनै फाइदा हुन्छ? कतिपय मानिस यसो भन्छन्, “फलाना व्यक्ति कुनै बेला लौकिक संसारमा ठूलो हाकिम वा प्रमुख कार्यकारी अधिकृत थियो। उसको व्यापार गर्ने माध्यम अत्यन्तै चलाख छ, तर अलिकति अनुचित छ—कहिलेकाहीँ ऊ मानिसहरूलाई छल गर्छ र ठग्छ। मण्डलीमा सामान्य मामिलाहरूसम्बन्धी काम गर्न यस प्रकारको व्यक्तिलाई बढुवा गर्नु उचित हुन्छ कि हुँदैन, मलाई थाहा छैन।” मलाई भन्, के यस प्रकारको व्यक्ति असल व्यक्ति हो? के ऊ साँच्चै प्रतिभाशाली व्यक्ति हो? (होइन।) कतिपय मानिस सधैँ यी व्यक्तिहरूलाई प्रतिभाशाली मानिसका रूपमा लिन्छन्, र समाजमा अलिकति प्रतिष्ठा भएका यी सबै मानिसलाई सिफारिस गर्छन्, र फलानो व्यक्ति प्रमुख कार्यकारी अधिकृत वा वरिष्ठ कार्यकारी थियो, अर्को व्यक्ति समाजका शीर्ष दस उत्कृष्ट युवाहरूमध्ये एक वा उदाहरणीय कामदार थियो, र अरूसँग स्नातकोत्तर वा विद्यावारिधिको डिग्री छ, वा उनीहरूले वकिल वा पत्रकार, वा निजामती कर्मचारी वा अधिकारीका रूपमा काम गरेका छन् भनेर भन्छन्। यी व्यक्तिहरूलाई सिफारिस गर्ने मानिसहरूमा वास्तवमा आत्मिक बुझाइको कमी हुन्छ र तिनीहरू सत्यता बुझ्दैनन्। तिनीहरूलाई परमेश्वरको घरका विभिन्न काम समाजका सबै क्षेत्रका यी प्रतिभाशाली मानिस र सम्भ्रान्तहरूले सम्हाल्नुपर्छ भन्ने मात्रै लाग्छ, त्यसैले तिनीहरू यी मानिसहरूलाई यी कामहरूका लागि सुपरिवेक्षकको भूमिका वहन गर्न सिफारिस गर्छन्। यी मानिसहरू सुपरिवेक्षक बनेपछि, तिनीहरू काम राम्ररी सम्हाल्न असफल मात्रै भएनन्, तिनीहरूले यसलाई पूर्ण रूपमा भद्रगोल पनि बनाए, जसको परिणामस्वरूप मण्डलीको काममा जताततै अस्तव्यस्तता मच्चियो—यो सरासर बकवास थियो! यी मानिसहरूले गर्न सक्ने भनेकै अनुचित हडबडीका साथ कार्य गर्ने आँट गर्नु, जथाभावी दुष्कर्महरू गर्दै कुद्नु, बेपरवाह र दुस्साहसी हुनु, र सङ्कोच नै नमानी निश्चित काम गर्नु मात्रै थियो—त्यसबाहेक, तिनीहरूले साँच्चै सत्यता सिद्धान्तहरूअनुसार गर्न सक्ने एउटै पनि काम थिएन। यी मानिसहरूको सबैभन्दा ठूलो विशेषता के हो भने, तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा कहिल्यै सत्यता खोज्दैनन् र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदयको कमी हुन्छ। तिनीहरू किन सुपरिवेक्षक बन्न सक्षम हुन्छन्? एउटा कारण के हो भने, तिनीहरू आफूलाई समाजका सबै क्षेत्रका सम्भ्रान्तहरू, प्रतिभाशाली व्यक्तिहरू, र स्तम्भहरू मान्छन्, त्यसैले तिनीहरू परमेश्वरको घरमा आएपछि आफूले मुख्य पदहरू सम्हाल्नुपर्छ, प्रमुख जिम्मेवारीहरू लिनुपर्छ, र महत्त्वपूर्ण भूमिकाहरू खेल्नुपर्छ, आफ्नो प्रतिष्ठा हुनुपर्छ र आफूलाई सम्मान दिइनुपर्छ, र परमेश्वरको घर आफूविना चल्न सक्दैन भन्ने सोच्छन्। त्यसैले, तिनीहरू सुपरिवेक्षकहरू बन्ने र काम सम्हाल्ने प्रयास गर्दै, आफूलाई चर्चाको केन्द्रमा धकेल्छन्। अर्को कारण के हो भने, परमेश्वरको घरले तिनीहरूलाई अवसरहरू पनि दिन्छ। तिनीहरू काम गर्न इच्छुक भएकाले, तिनीहरूलाई प्रयास गर्न दिइन्छ—तिनीहरू सक्षम भए पनि वा नभए पनि, तिनीहरूको परीक्षा लिइनुपर्छ। तर यी मानिसहरूसँग साँचो प्रतिभा वा वास्तविक ज्ञान हुँदैन। तिनीहरू सत्यता बुझ्छन् कि बुझ्दैनन् र तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा त छोडौँ—तिनीहरूको आफ्नै क्षमता, प्रतिभा, अन्तर्दृष्टि, विभिन्न मामिला बुझ्ने तिनीहरूको सामर्थ्य, कामकुराहरूलाई हेर्ने तिनीहरूको सामर्थ्य, र मामिलाहरू सम्हाल्ने तिनीहरूको सामर्थ्यको हिसाबमा मात्रै हेर्दा पनि, तिनीहरूमध्ये धेरैजसोसँग साँचो प्रतिभा वा वास्तविक ज्ञान हुँदैन। तिनीहरूसँग साँचो प्रतिभा वा वास्तविक ज्ञान हुँदैन, त्यसोभए तिनीहरू किन अझै पनि प्रमुख जिम्मेवारीहरू लिन र काम वहन गर्न यति धेरै उत्सुक र सक्रिय हुन्छन्? किनभने तिनीहरूको महत्त्वाकाङ्क्षा र आडम्बरले काम गरिरहेको हुन्छ, र त्यसमाथि, तिनीहरू निर्लज्ज हुन्छन्—तिनीहरूलाई आफ्नो वास्तविक क्षमता थाहा हुँदैन तर तिनीहरू सधैँ आडम्बर देखाउन चाहन्छन्। फलस्वरूप, तिनीहरू काम राम्ररी गर्न असफल हुन्छन् र आफूलाई मूर्ख मात्रै बनाउँछन्। म किन यसो भन्छु? किनभने यी मानिसहरूले यी भूमिकाहरू सम्हालेपछि, तिनीहरूले गरेको हरेक काम जताततै छरपस्ट र पूर्ण रूपमा भद्रगोल थियो। यसलाई एउटै शब्दमा वर्णन गर्दा, यो “अस्तव्यस्त” थियो। मानिसहरूलाई प्रयोग गर्नेबारे तिनीहरूका कुनै सिद्धान्त थिएनन्, मामिलाहरू सम्हाल्नेबारे कुनै सिद्धान्त थिएनन्, तिनीहरूले अनुचित रूपमा भेटीहरू खर्च गरे, र विभिन्न कामको तात्कालै अनुगमन गरेनन् वा तिनलाई सम्हालेनन्। सबैभन्दा आधारभूत सामान्य मामिलाहरूसम्बन्धी काम समेत तिनीहरूमध्ये धेरैजसोले वहन गर्न सक्नेभन्दा बाहिरको कुरा थियो; तिनीहरूले सबै कुरा पूर्ण रूपमा अस्तव्यस्त छोडे। तिनीहरूमध्ये कोही पनि खेतीपाती गर्ने, कुखुरा पाल्ने, भेडा पाल्ने जस्ता कामहरूका लागि सक्षम थिएनन्। तिनीहरू कुन मौसममा के रोप्ने, कहिले जोत्ने, मल हाल्ने, र गोडमेल गर्ने, वा कहिले फसल काट्ने भन्ने कुराबारे स्पष्ट थिएनन्। तिनीहरूले आफ्ना सबै काम अस्तव्यस्त बनाए। यदि सुरुमा परमेश्वरको घरले यी मानिसहरूलाई प्रयोग नगरेको भए, तिनीहरूलाई परमेश्वरको घरले आफूलाई अवसरहरू दिइरहेको छैन र आफूलाई तुच्छ ठानिरहेको छ भन्ने लाग्नेथ्यो। त्यसैले तिनीहरूलाई अवसरहरू दिइयो—अनि तिनीहरूलाई प्रयोग गर्नुको नतिजा के भयो? तिनीहरूले आफ्नो काम पूर्णतः अस्तव्यस्त अवस्थामा छोडे, र अन्ततः परमेश्वरको घरले अझै पनि तिनीहरूकै भद्रगोल सफा गर्नुपर्यो। तिनीहरूले गरेको हरेक काममा माथिले निर्देशन र जाँच प्रदान गर्नुपर्यो—भित्र र बाहिरको सरसफाइ कायम राख्ने जस्ता साना मामिलाहरूका लागि समेत, माथिले निर्देशन प्रदान गर्नुपर्यो। अन्ततः माथिले कडा सुपरिवेक्षण गरेर, योजना बनाएर, अनि समन्वय गरेर, शून्यबाट अलि-अलि गर्दै सबै कुरा सिकाएर र निर्देशन दिएर मात्रै अहिले काम आधारभूत रूपमा सही मार्गमा आएको मान्न सकिन्छ। अरू कुनै कुरा उल्लेख नगरी—खेतबारीहरूका समस्याहरूबारे मात्रै कुरा गर्दा, त्यहाँ कम्तीमा सरसफाइ व्यवस्थापन गर्न उपयुक्त मानिसहरू हुनुपर्थ्यो। धेरैजसो मानिस जङ्गली जनावर जस्तै थिए, तिनीहरू जताततै फोहोर फाल्ने, वातावरणमा पर्ने प्रभावलाई विचार नगरी बोल्ने, कराउने र चिच्याउने गर्थे—तिनीहरू गैरविश्वासीहरू जस्तै थिए। यी तथाकथित प्रतिभाशाली मानिसहरूमध्ये एउटैले पनि, यी विशिष्ट सामान्य मामिलाहरूको सामना गर्दा, व्यवस्थित रूपमा कामकुराहरू राम्ररी सम्हाल्न सकेनन्। तिनीहरूले सरसफाइ र वातावरण व्यवस्थापन गर्ने जस्ता सानातिना मामिलाहरू समेत राम्ररी सम्हाल्न सकेनन्। यी बाहिरी मामिलाहरूमा सत्यता समावेश हुँदैन, र अलिकति क्षमता र अलिकति विवेक भएको जोकोहीले पनि ती मामिला राम्ररी सम्हाल्न सक्नुपर्छ—यदि कसैले यी बाहिरी मामिलाहरू समेत राम्ररी सम्हाल्न सक्दैन भने, ऊ पूर्ण रूपमा काम नलाग्ने हुन्छ। ती मानिसहरू विवेक र समझ, वा क्षमता र प्रतिभा नभए पनि अधिकारी बन्न र आफ्नै हुकुम चलाउन चाहन्थे। जब तिनीहरूलाई अधिकारी बन्न दिइएन, तब तिनीहरू विद्रोही बने र विवाद गरे, र कसैको अगाडि झुकेनन्। के तिनीहरू दियाबलस होइनन् र? परमेश्वरको घरले यी दियाबलसहरूलाई खुलासा गरेर हटाएपछि, खेतबारी व्यवस्थापन गर्न उपयुक्त मानिसहरू छनौट गरियो। माथिको मार्गदर्शन र योजनाका कारण, खेतबारी अहिले एकदमै राम्रोसँग निर्माण भएको छ, र सबैलाई यो मन पर्छ। स्थानीयहरूले पनि यसको साँच्चै प्रशंसा गर्छन् र यसलाई धेरै अनुमोदन गर्छन्। तिनीहरूमध्ये कतिपयले भने, “मैले यति सफा र सुन्दर रूपमा व्यवस्थापन गरिएको खेतबारी कहिल्यै देखेको छैनँ। हामीले दस वर्षमा पनि यसलाई यो हदसम्म रूपान्तरण गर्न सक्नेथिएनौँ। तिमीहरूले यसलाई यति राम्ररी अनि यति छिटो कसरी व्यवस्थापन गर्न सक्यौ? यसलाई यसमा रूपान्तरण गर्न तिमीहरूलाई कति वर्ष लाग्यो?” वास्तवमा, यति ठूलो परिवर्तनका लागि एक वर्ष मात्रै लाग्यो, जसले एउटा बाँझो जमिनलाई दाजुभाइ-दिदीबहिनीहरूलाई लाग्ने पार्क, एउटा बगैँचामा परिणत गर्यो। कतिपयले त यो ठाउँ परीहरूको देश जस्तो, एउटा चित्र जस्तो देखिन्छ समेत भने। उचित योजना र निर्माणले साँच्चै फरक पार्छ। यो ठाउँ सुरुमा धुलो र हिलोले ढाकिएको थियो, र जताततै फोहोर र भद्रगोल थियो। पछि, सरसफाइ र नियमनमार्फत, यसमा बिस्तारै सुधार आयो। समय बित्दै जाँदा, सबै जनालाई यस प्रकारको जीवनयापनको वातावरणको बानी परेको छ, यहाँसम्म कि यदि यो अलिकति फोहोर वा भद्रगोल भयो भने, कतिपय मानिसलाई त बानी नै पर्दैन। हेर् त, यस्तो प्रकारको व्यवस्थापनमार्फत, धेरैजसो मानिसले लाभ प्राप्त गर्छन् र जीवनयापनका असल बानीहरू विकास गर्छन्। माथिको व्यक्तिगत निर्देशनमा मात्रै यस प्रकारको निर्माण हासिल गर्न सकिन्थ्यो। यसको विपरीत, वास्तवमा यी तथाकथित प्रतिभाशाली मानिसहरूमध्ये कसैले पनि कुनै वास्तविक काम गर्न सक्दैन। तिनीहरू आधारभूत सरसफाइको काम समेत राम्ररी व्यवस्थापन गर्न सक्दैनन्। तिनीहरूलाई कोठा कसरी उचित देखिने गरी सजाउने भन्ने थाहा हुँदैन, र तिनीहरू कुन कर्तव्य निर्वाह गर्न कस्तो प्रकारको व्यक्ति उपयुक्त हुन्छ भन्ने कुरा छर्लङ्गै देख्न सक्दैनन्। यी मानिसहरूले कस्तो प्रकारको काम वहन गर्न सक्छन्? तिनीहरू कुनै पनि काम गर्नै सक्दैनन्। तिनीहरू आफ्नै जीवनयापनको वातावरण समेत व्यवस्थापन गर्न सक्दैनन्—तिनीहरूलाई कसरी प्रतिभाशाली मानिस मान्न सकिन्छ? यी मानिसहरूसँग त्यति बुद्धिमत्ता समेत हुँदैन, तिनीहरू स्पष्ट रूपमा बोल्न सक्दैनन्, तिनीहरू कामकुराहरूलाई सटीक रूपमा हेर्दैनन्, र तिनीहरूसँग कुनै स्वतन्त्र निर्णय क्षमता हुँदैन। यसले तिनीहरू साँचो प्रतिभा र वास्तविक ज्ञान भएका मानिसहरू नभई उद्धरण चिह्नभित्रका “प्रतिभाशाली मानिस” हुन् भन्ने देखाउँछ। प्रतिभाशाली मानिसहरूको मानवतामा पहिले केही गुण हुनुपर्छ, जस्तै कामकुराहरूको कदर गर्ने सामर्थ्य, कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य, र अन्तर्बोध। यदि तिनीहरूमा यी गुणहरू हुँदैनन् भने, तिनीहरू विशिष्ट मामिलाहरू सम्हाल्दा आफूलाई लज्जित मात्रै पार्छन्, र तिनीहरू एउटा बगैँचा वा एक-दुई टुक्रा जमिन समेत व्यवस्थापन गर्न र योजना बनाउन सक्दैनन्—न त यसको प्रभावकारी उपयोग नै गर्न सक्छन्—त्यसोभए त्यस्ता मानिसहरूमा कुनै प्रतिभाशाली कुरा हुँदैन। तँलाई सम्पूर्ण पृथ्वी व्यवस्थापन गर्न माग गरिएको छैन, तँलाई राम्ररी व्यवस्थापन गर्न, अर्थात् चिटिक्क पार्नका लागि एक-दुई टुक्रा जमिन मात्रै दिइएको छ, ताकि त्यो सुन्दर र सफा बनोस्, र एउटा सुन्दर वातावरणमा परिणत होस्—मानिसहरूलाई त्यहाँ बस्न कति रमाइलो हुन्थ्यो होला, चराहरू समेत त्यहाँ आएपछि छोडेर जान मान्नेथिएनन्। यी तथाकथित प्रतिभाशाली मानिसहरू केही पनि होइनन्। तिनीहरू कुनै पनि ठोस काम गर्न सक्दैनन्। तिनीहरूमा प्रतिभाशाली भन्ने कुनै कुरा नै हुँदैन—तिनीहरूको मानवतामा कुराहरूको कमी हुन्छ। तिनीहरू कुनै पनि कुरा राम्ररी गर्न सक्दैनन्, तैपनि अझै पनि आडम्बर देखाउन र अगुवा र कामदार बन्न चाहन्छन्, र अझै पनि मुख्य पदहरू सम्हाल्न र सुपरिवेक्षक बन्न चाहन्छन्। यो कस्तो प्रकारको स्वभाव हो? यो अहङ्कारी स्वभाव हो।
व्यापार गर्दा मानिसहरूलाई छल गर्न र ठग्न मन पराउने विषयमा फर्कौँ। मानिसहरूलाई छल गर्ने र ठग्ने कुरा कस्तो प्रकारको समस्या हो? यस समस्याको एउटा पक्ष के हो भने, त्यस्ता मानिसहरूको मानवता खराब हुन्छ; तिनीहरूमा विवेक वा समझ हुँदैन। त्यसोभए, तिनीहरूको व्यवहारबाट हेर्दा, तिनीहरू कुन-कुन भ्रष्ट स्वभावहरू प्रकट गर्छन्? सर्वप्रथम, त्यस्ता मानिसहरूको स्वभाव छली र दुष्ट हुन्छ; दोस्रो कुरा, तिनीहरू सत्यताप्रति वितृष्ण र हठी हुन्छन्। तिनीहरूले अरूलाई ठग्दा देखाउने निर्दयता क्रूरता हो—तिनीहरूको निसाना धनी होस् वा गरिब, निसानासँग पैसा होस् वा नहोस्, तिनीहरू अलिकति पनि दया नदेखाई सबैलाई उसै गरी ठग्छन्। त्यस्ता मानिसहरूका भ्रष्ट स्वभावहरू हरेक पक्षमा निकै गम्भीर हुन्छन्। मलाई भन्, के त्यस्ता मानिसहरूलाई मुक्ति प्राप्त गर्न सजिलो हुन्छ? (हुँदैन।) तिनीहरूका भ्रष्ट स्वभावहरूबाट हेर्दा, तिनीहरूलाई मुक्ति प्राप्त गर्न सजिलो हुँदैन। त्यसोभए, तिनीहरूको मानवताको हिसाबमा, कुन पक्षले तिनीहरूलाई मुक्ति प्राप्त गर्न गाह्रो बनाउँछ? के यसको कुनै मूल कारण छ? (तिनीहरूमा विवेक हुँदैन।) ठीक भन्यौ, विवेक नभएका मानिसहरूलाई मुक्ति प्राप्त गर्न सजिलो हुँदैन। तिनीहरूको विवेकको सामर्थ्य हराइसकेको हुन्छ, यो अब अस्तित्वमा हुँदैन। विवेकको कार्यविना, व्यक्तिसँग सत्यता स्वीकार गर्ने र सत्यता अभ्यास गर्ने आधारभूत सर्त हुँदैन। त्यसैले, तिनीहरूलाई मुक्ति प्राप्त गर्न निकै गाह्रो हुन्छ; तिनीहरू मुक्ति प्राप्त गर्न सक्दैनन् भनेर पनि भन्न सकिन्छ। यस प्रकारको व्यक्ति श्रम गर्न इच्छुक हुने र केही हदसम्म त्यसो गर्न सक्ने सम्भावना पनि हुन्छ, र अन्ततः उसको श्रम मानकअनुरूप हुने र यसले परमेश्वरका मागहरू पूरा गर्ने भएकाले, ऊ बफादार श्रमिक बन्नेछ र जीवित रहनेछ। यो पनि परमेश्वरको अनुग्रह हो। बफादार श्रमिकहरू जीवित रहन सके पनि, त्यसको अर्थ तिनीहरूले मुक्ति प्राप्त गरेका छन् भन्ने हुँदैन। जीवित रहनु र मुक्ति प्राप्त गर्नु दुई फरक अवधारणा हुन्। यी दुईबीच अन्तर र भिन्नता छ। व्यक्तिका कार्यहरूका सिद्धान्त, सीमा, दिशा, र लक्ष्यहरू, धेरै हदसम्म, उसको मानवता असल छ कि खराब छ भन्ने कुरासँग सम्बन्धित हुन्छन्। यदि कुनै व्यक्ति सकारात्मक कुराहरूलाई प्रेम गर्छ वा उसमा केही इन्साफको बोध छ भने, यसले उसको विवेकमा सचेतना छ भन्ने देखाउँछ—यसले यस व्यक्तिमा अलिकति विवेक छ भन्ने देखाउँछ। कतिपय मानिसको आत्मआचरणमा इन्साफको बोध हुँदैन, न त तिनीहरू कुनै सकारात्मक छनौट नै गर्छन्। तिनीहरू दुष्ट कुराहरू गर्न मात्रै मन पराउँछन् र सकारात्मक कुराहरूदेखि विकर्षित हुन्छन्। विशेष गरी, जब कसैले कार्य गर्ने सकारात्मक तरिकाहरूका बारेमा, व्यक्तिको आत्म-आचरणमा कसरी मानवता, विवेक, र नैतिक सीमाहरू हुनुपर्छ र उसले नियमहरू पालन गर्नुपर्छ भन्ने बारेमा अलिकति कुरा गर्छ, तब तिनीहरू यसलाई उपदेश दिएको रूपमा लिन्छन्। यसलाई “उपदेश दिएको” भन्नु त मीठो बोलीमा भन्नु हो; वास्तवमा, तिनीहरू तँलाई तुच्छ ठान्छन् र गिल्ला गर्छन्। तिनीहरू यसरी आफूलाई आचरणमा ढाल्नु एउटा असफलता हो भन्ने विश्वास गर्छन्: “तेरो जीवन कति दयनीय छ, हेर् त। तँलाई सबै प्रकारका धोकाधडी र छलमा कसरी संलग्न हुने भन्ने थाहा छैन, न त तँलाई चलाखीद्वारा कसरी फाइदा लिने भन्ने नै थाहा छ। तँ आफ्नो आचरणमा सधैँ यति धेरै नियम-पालन गर्छस्, यति डरछेरुवा हुन्छस्। यो जमानामा, निडर मान्छेले धेरै घिच्छ जबकि डरछेरुवा भोकै मर्छ। यदि तँ डरछेरुवा छस् भने, तँ बाँच्नेछैनस्!” तिनीहरू विवेक र सिद्धान्तहरूका साथ आफूलाई आचरणमा ढालेर डरछेरुवा मात्रै भइन्छ, र सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुने आँट गरेर निडर भइन्छ भन्ने विश्वास गर्छन्। तर के यो साँच्चै तिनीहरू निडर भएकाले हो त? ठूलो रातो अजिङ्गरको देशमा परमेश्वरमा विश्वास गर्ने कतिपय मानिस सतावट भोग्न र पक्राउ पर्न डराउँदैनन् र अझै पनि परमेश्वरमा विश्वास गरिरहन्छन्। के निडर वा डरछेरुवा हुनुसँग यसको कुनै सम्बन्ध छ? (छैन।) यो तिनीहरूको पछ्याइसँग सम्बन्धित छ—तिनीहरूलाई आफ्नो मानवतामा परमेश्वरमाथिको विश्वासको आवश्यकता र तृष्णा हुन्छ। यो निडर वा डरछेरुवा हुने कुरा होइन। कतिपय मानिस व्यापार गर्दा सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुन्छन्। धेरै पटक, तिनीहरूले लखेटिने र पक्राउ पर्ने, आफ्नो सम्पत्ति जफत गरिने, वा टाट पल्टिने र बन्द हुने जोखिमको सामना गर्छन्, तर तिनीहरू मानिसहरूलाई उसै गरी ठगिरहन्छन्। तिनीहरू आफ्नो ठगीले गर्दा कसैको ज्यान जानेवाला छ भने पनि वास्ता गर्दैनन्। कतिपय मानिस व्यापार गर्दा नक्कली कम्पनी खडा गरेर अरूलाई ठग्छन्—वास्तवमा, यो कम्पनी अस्तित्वमै हुँदैन र यसको कुनै वास्तविक व्यापार हुँदैन, न त यसले कुनै उत्पादन नै गर्छ। तिनीहरू मानिसहरूलाई छल गरेर जताततै अर्डरहरू गर्न लगाउनका लागि आफ्नो मीठो बोलीमा मात्रै भर पर्छन्। अरू मानिसहरूले तिनीहरूलाई निक्षेप राख्नेबित्तिकै, तिनीहरू कुनै नाम-निसान नछोडी तुरुन्तै भाग्छन्। तिनीहरू एकपछि अर्को कारोबार गर्दै मानिसहरूलाई यसरी नै ठग्छन्, र पैसा ठगेपछि, तिनीहरूको सम्पूर्ण परिवार विलासितामा जिउँछ, र सबैभन्दा राम्रो खानेकुरा र पेय पदार्थको भोज खान्छ। कतिपय मानिस कुन हदसम्म ठगीमा संलग्न हुन्छन्? तिनीहरू उच्च-स्तरीय संस्था र एजेन्सीहरूलाई समेत ठग्छन्। कहिलेकाहीँ, तिनीहरू अत्यन्तै खतरनाक अवस्थामा हुन्छन्, र कसैले तिनीहरूका चालहरू छर्लङ्गै देखेर तिनीहरूलाई खुलासा गर्न सक्ने सम्भावना हुन्छ। तिनीहरूलाई आफ्ना कार्यहरूले आफूलाई जोखिममा पार्नेछन् भन्ने कुरा वास्तवमा हृदयमै थाहा हुन्छ, तर तिनीहरू वास्ता गर्दैनन्। यदि संयोगले तिनीहरू उम्किए भने, तिनीहरूले अर्को अवसरमा मानिसहरूलाई ठग्न जारी राख्नेछन्। यदि तिनीहरू आफ्ना ठगीहरूमार्फत पैसा कमाउँछन् भने, आफूले जितेको, आफूले “ख्याति र सफलता हासिल गरेको” भन्ने सोच्छन्। तर यदि तैँले तिनीहरूलाई परमेश्वरमा विश्वास गर्न भनिस् भने, तिनीहरू आँट गर्दैनन्। तिनीहरू भन्छन्, “मैले परमेश्वरमा विश्वास गरेँ भने सरकारले मलाई दोषी ठहराउनेछ र पक्राउ गर्नेछ। म विश्वास गर्ने आँट गर्दिनँ!” तैपनि सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुने कुरा आउँदा, तिनीहरूलाई पक्राउ पर्ने कुनै डर हुँदैन। यदि तँ भेलाहरूमा गइस् भने, तिनीहरू यसो समेत भन्छन्, “तँ साँच्चै निडर छस्। राज्यले अहिले विश्वासीहरूलाई उन्मत्त रूपमा पक्राउ गरिरहेको र सताइरहेको छ; तँ कसरी अझै पनि भेलाहरूमा जाने आँट गर्न सक्छस्?” तँ भन्छस्, “परमेश्वरमा विश्वास गर्ने र सही मार्गमा हिँड्ने हामीहरू पक्राउ पर्न डराउँदैनौँ। तिमीहरूले नक्कली कम्पनीहरू चलाउनु र ठगी गर्नु अत्यन्तै खतरनाक कुरा हो—तँ किन डराउँदैनस्?” तिनीहरू भन्छन्, “हामी व्यापारीहरू जोखिम लिन डराउँदैनौँ। तर सरकारले विश्वासीहरूलाई पक्राउ गर्न यति धेरै प्रयास गरिरहेको बेला अझै पनि भेलाहरूमा उपस्थित हुने आँट गर्ने तिमीहरू निकै निडर छौ!” परमेश्वरमा विश्वास गर्नेहरू पक्राउ परिरहेका छन् भन्ने देख्दा तिनीहरू विश्वास गर्ने आँट गर्दैनन्, तर तिनीहरू व्यापार गर्दा ठगी गरेकोमा पक्राउ पर्न डराउँदैनन्। तिनीहरू कस्ता तुच्छ चीज हुन्? के यसले मानिसहरूको मानवतामा भएको भिन्नता देखाउँदैन? मानिसहरूबीच ठ्याक्कै यही भिन्नता हुन्छ। मानिसहरूका भ्रष्ट स्वभावहरू उस्तै हुन्छन्—तिनीहरू सबैमा तिनै भ्रष्ट स्वभावहरू हुन्छन्—तर तिनीहरूको मानवतामा भएका भिन्नताहरूबाट हेर्दा, कतिपय मानिसले कहिल्यै परमेश्वरमा विश्वास गर्न सक्नेछैनन्; तिनीहरू कहिल्यै परमेश्वरको घरका सदस्य हुन सक्दैनन्। त्यस्ता मानिसहरूले परमेश्वरमा विश्वास गरे पनि, तिनीहरू कहिल्यै मुक्ति प्राप्त गर्न सक्दैनन्। यो कुन पक्षबाट देख्न सकिन्छ? यो तिनीहरूको मानवताबाट देख्न सकिन्छ। कतिपय मानिसले आफ्नी पत्नीले परमेश्वरमा विश्वास गरेको कुरालाई समर्थन गर्छन्, तर आफ्नी पत्नीले आफूलाई विश्वास गर्न आग्रह गर्दा तिनीहरू यो अत्यन्तै खतरनाक रहेको र आफूले आँट नगर्ने भनेर भन्छन्। तैपनि, व्यापार गर्दा, तिनीहरू सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुन्छन्, र आफूले जतिसुकै खतरा सामना गरे पनि वास्ता गर्दैनन्। तिनीहरू कुनै पनि कानुन तोड्न सक्षम हुन्छन् र कुनै पनि रणनीति प्रयोग गर्ने आँट गर्छन्। सरकारले जतिसुकै नजिकबाट अनुगमन गरे पनि वा कानुनअन्तर्गत जस्तोसुकै सजाय र फैसलाहरू सुनाइए पनि, तिनीहरू वास्ता गर्दैनन्। आफूलाई आचरणमा ढाल्ने कुरामा तिनीहरूका कुनै सीमाहरू हुँदैनन्, तिनीहरू कार्य गर्दा परिणामहरूको वास्ता गर्दैनन्, र नाफा कमाउन सकिन्छ भने सबै कुरा ठीक छ भन्ने सोच्छन्। यदि यस्तो व्यक्तिले परमेश्वरमा विश्वास गर्छ भने, उसले सत्यता प्राप्त गर्न सक्दैन, र उसले मुक्ति प्राप्त गर्न सक्दैन—यसको कारण के हो भने, ऊ सत्यतालाई होइन, पैसालाई मात्रै प्रेम गर्छ। उसले व्यापार गरुञ्जेल अरूलाई छल गर्नेछ र ठग्नेछ, र धाँधली गर्नेछ—उसको कालो हृदयले आफूलाई प्रकट गर्छ। यस प्रकारको चरित्र भएको व्यक्ति पूर्ण रूपमा खत्तम हुन्छ; परमेश्वर यस प्रकारको व्यक्तिलाई मुक्ति दिनुहुन्न। कतिपय मानिस यसो भन्छन्, “यदि यस्तो व्यक्तिले धेरै पैसा कमाएर परमेश्वरको घरमा चढायो भने के गर्ने?” परमेश्वरको घरले त्यस्तो पैसा स्वीकार गर्दैन; परमेश्वरको घरले वैध माध्यमबाट नकमाइएको पैसा स्वीकार गर्दैन। त्यस्तो व्यक्ति व्यापार गर्नेबित्तिकै सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुनेछ—उसको मानवता अत्यन्तै खराब हुन्छ। यो कति खराब हुन्छ? यदि तैँले उसलाई आफ्नो विवेक खोज्न भनिस् भने, ऊ भन्छ, “मलाई केही महसुस हुँदैन। मलाई मेरो विवेक कहाँ छ भन्ने थाहा छैन। विवेक भनेको के हो, वा यो प्रति पाउन्ड कति पर्छ भन्ने पनि मलाई थाहा छैन।” त्यस क्षण, तँ बुझ्छस्: “एउटै व्यापार गर्ने अरू मानिसहरूभन्दा उसले छिटो पैसा कमाउनु कुनै अचम्मको कुरा होइन। ग्राहकहरू सबै ऊबाटै किन्न जानु कुनै अचम्मको कुरा होइन। यो व्यक्ति धूर्त रणनीतिहरू प्रयोग गर्छ—ऊ व्यापार गर्दा शङ्कास्पद क्रियाकलापमा संलग्न हुन्छ, र उसको धोखाधडीपूर्ण व्यवहार साँच्चै गम्भीर छ!” तर उसले यसलाई लाजमर्दो कुराका रूपमा नदेख्ने मात्रै होइन, ऊ यसो भन्दै धाक समेत लगाउँछ र फुर्ती समेत गर्छ, “तिमीहरूलाई हेर त, सबै गम्भीर र उचित रूपमा व्यापार गरिरहेका छौ। तिमीहरू कसैलाई एक पटक ठग्छौ र तिमीहरू यति डराउँछौ कि तिमीहरूको मुटु ढुकढुक गर्छ। मलाई हेर त—म डराउँदिनँ! उद्योग तथा वाणिज्य विभाग र प्रहरीले कुनै प्रमाण फेला नपारुञ्जेलसम्म सबै ठीक हुन्छ। मलाई मुद्दा हाल्न चाहन्छौ? तिमीहरूसँग कुनै प्रमाण छैन! म मानिसहरूलाई कति चलाखीपूर्ण रूपमा ठग्छु, हेर त! के तँ यसो गर्न सक्छस्? तँ सक्दैनस्! तँ कसैलाई ठग्नेबित्तिकै आफ्नो पोल खोल्छस्। तँसँग मसँग भए जस्ता रणनीतिहरू छैनन्। तेरो क्षमता कमजोर छ!” यो कस्तो प्रकारको व्यक्ति हो? ऊ दुष्ट व्यक्ति हो। के उसले छुटकारा पाउने कुनै आशा छ? उसलाई छुटकारा दिन सकिँदैन। त्यस्ता मानिसहरूमा भ्रष्ट स्वभावहरू भएकाले तिनीहरूले मुक्ति प्राप्त गर्न नसक्ने होइन, बरु तिनीहरूको मानवता अत्यन्तै खराब भएकाले हो। कुन हिसाबमा खराब? तिनीहरूमा मानवता र विवेक नहुने हिसाबमा खराब; तिनीहरूले आफ्नो विवेक गुमाइसकेका हुन्छन्। आफ्नो विवेक गुमाउनुको अर्थ के हो? यसको अर्थ विवेकका सीमाहरूविना कामकुरा गर्नु हो। यी सीमाहरू विवेकमाथि निर्माण गरिएका हुन्छन्—विवेकले नै सीमाहरू खडा गर्छ। व्यापार गर्दा सबै प्रकारका धोकाधडी र छलमा संलग्न भएर तैँले जोसुकैलाई छल गरे पनि, चाहे त्यो खराब व्यक्ति होस् वा असल, जे होस्, यो कार्य आफैमा नैतिकता, विवेक, र मानवताको विरुद्धमा जान्छ। एक पटक यस्तो कुरा गरेपछि, तैँले आफ्नो विवेकमा सधैँभरि आत्म-दोषारोपण महसुस गर्नेछस्। यो जीवनभरिको दाग बन्नेछ। यदि तँ साँच्चै मानव होस् भने, तैँले कहिल्यै यस्तो कुरा गर्नु हुँदैन। तेरा ठगीहरूको निसाना जोसुकै भए पनि, र तैँले जतिसुकै पैसा ठगे पनि—तैँले दुष्ट मानिस र खराब मानिसहरूलाई नै ठगे पनि—यो अझै पनि ठगी नै हो। त्यसकारण, परिस्थितिहरू जस्तोसुकै भए पनि वा तैँले जोसुकैसँग व्यवहार गरिरहेको भए पनि, तैँले मानिसहरूलाई कहिल्यै ठग्नु हुँदैन। यो आफ्नो आत्म-आचरणमा विवेकका सीमाहरू हुनु हो, र यो विवेकको कार्यबाट आउने नियन्त्रणकारी शक्ति हो। यदि तँमा विवेकको कार्य छ भने, तैँले गर्ने कामकुरामा तेरा सीमाहरू हुनेछन्। यदि तँमा विवेकको कार्य छैन भने, तैँले ती सीमाहरू पार गर्नेछस् र तँ जे पनि गर्न सक्षम हुनेछस्। यस्ता व्यक्तिहरूमा अलिकति पनि विवेक र समझ हुँदैन र तिनीहरू पशुभन्दा पनि खराब हुन्छन् भनेर भन्न सकिन्छ। यदि कतिपय मानिसलाई यो भनाइ अत्यन्तै चरम लाग्छ भने, यसलाई अर्को तरिकाले भनौँ: अलिकति पनि समझ नभएको व्यक्ति पशु जस्तै हो। के मानवता नभएका मानिसहरू पशु होइनन् र? यदि कोही मानव हो तैपनि उसमा मानवता छैन भने, उसको सार के हो? के यो पशुको सार होइन र? तिनीहरू र पशुबीचको भिन्नता के हो भने, तिनीहरू सिधा हिँड्न सक्छन्, र तिनीहरूसँग भाषा हुन्छ, जबकि पशुहरूसँग मानव भाषाको सामर्थ्य हुँदैन। नाफा कमाउनका लागि, तँ सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुन सबै प्रकारका माध्यम र विधिहरू प्रयोग गर्न सक्षम हुन्छस्, जबकि पशुहरूसँग त्यस्ता कुनै माध्यमहरू हुँदैनन्। त्यसैले, यस प्रकारका मानिसहरू पशु बराबर हुन् भनेर भन्नु वास्तवमा तिनीहरूप्रति नरम हुनु हो—वास्तवमा, त्यस्ता मानिसहरू साँच्चै पशुहरूभन्दा पनि खत्तम हुन्छन्। के पशुहरूभन्दा पनि खत्तमहरूले मुक्ति प्राप्त गर्न सक्छन्? तिनीहरू सत्यता अलिकति पनि स्वीकार गर्दैनन्—तिनीहरू पैसालाई मात्रै प्रेम गर्छन्। यो तिनीहरूको प्रकृतिको समस्या हो, र कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। त्यस्ता मानिसहरूले सत्यता स्वीकार गर्छन् भन्ने अपेक्षा गर्नु भनेको भालेले अण्डा पार्छ भन्ने अपेक्षा गर्नु जस्तै हो—यो कहिल्यै हुनेछैन। त्यसकारण, भ्रष्ट मानवजातिमध्ये, नाफाका लागि हत्या गर्ने वा आपराधिक कार्यहरूमा संलग्न हुने र कानुन तोड्नेहरूबाहेक, सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुने यी मानिसहरूको मानवता सबैभन्दा खराब हुन्छ भनेर मान्न सकिन्छ—तिनीहरू मानवजातिका निकृष्ट हुन्, मानवजातिका पतित हुन्। ठूलो आर्थिक समृद्धिको यस वर्तमान युगमा, व्यापार गर्दा सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुने यस्ता मानिसहरूको सङ्ख्या अत्यन्तै ठूलो छ। तर यी मानिसहरू जतिसुकै धेरै भए पनि, जे होस्, यस्ता प्रकटीकरणहरू मानवताको समस्या चित्रण गर्न पर्याप्त छन्। व्यक्तिको विवेक कस्तो छ, साथै ऊसँग विवेकका सीमाहरू छन् कि छैनन् भन्ने कुरा—यो उसको मानवता मापन गर्ने एउटा सूचक हो। मानवता समेत नभएको व्यक्तिले कसरी मुक्ति प्राप्त गर्न सक्छ र? कम्तीमा पनि, व्यक्तिको मानवतामा सत्यता स्वीकार गर्ने सर्तहरू हुनैपर्छ। सबै प्रकारका धोकाधडी र छलमा संलग्न हुनेहरूको मानवताभित्र आधारभूत रूपमै सत्यता स्वीकार गर्ने सर्तहरू हुँदैनन्। त्यसैले, यदि तैँले तिनीहरूलाई आफ्ना भ्रष्ट स्वभावहरू फाल्नका लागि सत्यता स्वीकार गर्न भनिस् भने, तिनीहरूका लागि यो हासिल गर्न असम्भव हुनेछ। विवेक र समझ भएकाहरूले मात्रै सत्यता स्वीकार गर्न र आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र यसरी मुक्ति प्राप्त गर्न सक्छन्, किनभने तिनीहरूको विवेकमा निश्चित स्तरको सचेतना हुन्छ, र तिनीहरूले आफूलाई आचरणमा ढाल्दा र कार्य गर्दा, तिनीहरूको विवेकले निश्चित कार्य गर्न सक्छ। जब तँ त्यस्ता मानिसहरूसँग सत्यताबारे सङ्गति गर्छस्, र सत्यतामा कसरी प्रवेश गर्ने, भ्रष्ट स्वभावहरू कसरी फाल्ने, कुन कुराहरू परमेश्वरका अभिप्रायहरूसँग मिल्छन् र कुन मिल्दैनन्, र मानिसहरूले कसरी कार्य गर्नुपर्छ भन्ने बारेमा कुरा गर्छस्, तब तिनीहरू स्वीकार गर्न र समर्पित हुन सक्छन्। त्यस्ता मानिसहरूसँग सत्यताबारे सङ्गति गर्नु उचित हुन्छ—तिनीहरू सही ग्रहणकर्ताहरू हुन्। यदि तँ व्यापार गर्ने मुख्य माध्यम नै अरूलाई छल र ठगी गर्ने भएकाहरूसँग सत्यताबारे सङ्गति गर्छस् भने, तैँले बरु भित्तासँग कुरा गरे हुन्छ। त्यसैले व्यापार गरिरहेका त्यस्ता मानिसहरूको कुरा आउँदा, तिनीहरू व्यापार गर्दा र मानिसहरूसँगको आफ्नो कारोबार र लेनदेनमा वैध माध्यमहरू प्रयोग गर्छन् कि गर्दैनन्, तिनीहरूसँग विवेकका नियन्त्रण र सीमाहरू छन् कि छैनन्, र मानिसहरूसँगको तिनीहरूको कारोबार र लेनदेनमा तिनीहरूको विवेकले काम गर्न सक्छ कि सक्दैन भनेर मात्रै नियालेर हेर्। यदि व्यक्तिको विवेकले काम गर्न सक्छ र ऊमाथि नियन्त्रणात्मक शक्ति प्रयोग गर्न सक्छ भने, ऊ स्वीकार्य हुन्छ र सङ्गत गर्न लायक हुन्छ। त्यस्ता मानिसहरूलाई सुसमाचार प्रचार गर्न र सत्यताबारे सङ्गति गर्न सकिन्छ। यदि तिनीहरू सत्यता स्वीकार गर्न सक्षम छन् भने, तिनीहरूले मुक्ति प्राप्त गर्ने आशा हुन्छ। व्यापार गर्न मन पराउने विषयमा हाम्रो छलफल यहीँ नै टुङ्गिन्छ।
कला मन पराउनु
अब हामी कला मन पराउने विषयलाई हेरौँ। कला मन पराउनेहरू जन्मजात रूपमै गाउन, नाच्न, र साङ्गीतिक बाजाहरू बजाउन मन पराउँछन्, र तिनीहरूलाई प्रस्तुति दिन पनि मन पर्छ। जति धेरै मानिस हुन्छन्, तिनीहरू त्यति नै उत्साहित बन्छन्; र तिनीहरू सबैलाई खुसी बनाउन र आराम गर्न मद्दत गर्नका लागि हास्य-संवाद, प्रहसन, गायन, नृत्य, वा साङ्गीतिक बाजाहरू वादन गरेर केही प्रस्तुति दिन चाहन्छन्। कला मन पराउनु कस्तो प्रकारको प्रकटीकरण हो? पहिले, हामीले कलामा सकारात्मक कुराहरू समावेश छन् कि नकारात्मक कुराहरू समावेश छन् भनेर हेर्नुपर्छ। यदि तिमीहरू यसबारे स्पष्ट छैनौ भने, म तिमीहरूलाई सोध्छु: के तिमीहरूलाई गाउनु र नाच्नु मानवताका उचित आवश्यकताहरू हुन् जस्तो लाग्छ? (लाग्छ।) ती मानवताका उचित आवश्यकताहरू हुन्। अर्थात्, मानिसहरू जीवनलाई रमाइलो बनाउन, जीवनको आनन्द बढाउन, वा आफ्ना मनस्थितिहरूमध्ये एउटा व्यक्त गर्न आफ्नो गायनको आवाज, शारीरिक हाउभाउ, वा एक प्रकारको कलात्मक विधि प्रयोग गर्छन्। के यसलाई उचित मान्न सकिन्छ? (सकिन्छ।) अब, हामी मूल विषयमा फर्कौँ—कला मन पराउनु, गाउन र नाच्न, बाजाहरू बजाउन र प्रस्तुति दिन मन पराउनु—यस प्रकारका प्रकटीकरणहरू कुन वर्गमा पर्छन्? (रुचि र सोखहरू।) ती रुचि र सोखहरू भएका हुनाले, ती के अन्तर्गत पर्छन्? (जन्मजात अवस्थाहरू।) कतिपय केटाकेटीलाई पाँच-छ वर्षको उमेरदेखि नै सङ्गीत सुन्न र नृत्य हेर्न मन पर्छ, र तिनीहरूले सङ्गीतको ताल सुन्दा, तिनीहरूका हातखुट्टा चल्न थाल्छन्, र तिनीहरूलाई नाच्न मन लाग्छ। यो जन्मजात कुरा हो। कतिपय मानिस गीत र नृत्य सङ्गीत सुन्छन् र सिक्न चाहन्छन्, तर तिनीहरू किशोरावस्था वा बीस-बाइस वर्षको उमेरमा पनि त्यसो गर्न असक्षम हुन्छन्। तिनीहरूका लागि नाच्न सिक्ने प्रयास गर्नु निकै कष्टकर हुन्छ, र तिनीहरू अत्यन्तै भद्दा हुन्छन्। यो पनि जन्मजात कुरा हो। यसको विपरीत, जन्मजात रूपमै गाउन र नाच्न मन पराउनेहरू सङ्गीत बजेको सुन्दा खुसीसाथ नाच्न थाल्न सक्छन्। तिनीहरू कसैले गीत गाएको सुन्दा सँगसँगै गाउन र ऊबाट सिक्न सक्छन्, र केही पटक मात्रै अभ्यास गरेपछि, तिनीहरू आफै गाउन सक्छन्। यसले यस प्रकारको व्यक्तिका लागि, यी कुराहरू जन्मजात हुन् र तिनीहरूको नसा-नसामा हुन्छन् भन्ने प्रमाणित गर्छ; तिनीहरूलाई यी कुराहरू हृदयदेखि नै मन पर्छन्, र तिनीहरू यसमा निपुण पनि हुन्छन्। तिनीहरूलाई कसैले पनि सिकाउनु नपरी ती कुराहरू कसरी गर्ने भन्ने थाहा हुन्छ। केही अत्यन्तै उत्कृष्ट व्यक्तिहरू समेत हुन्छन्, जो सात-आठ वर्षको उमेरमै क्षेत्रीय ओपेराका केही पङ्क्ति गाउन सक्छन्, र तिनीहरूको गायनमा त्यो मौलिक भाव हुन्छ, र यो सही धुनमा हुन्छ र सही तालमा चल्छ—त्यो साँच्चै नै दुर्लभ कुरा हो! कतिपय केटाकेटीले केही पप गीत समेत गाउन सक्छन्, र कतिपयले भारतीय नृत्य, सिन्जियाङ नृत्य, वा आधुनिक नृत्य जस्ता शैलीहरूमा नाच्न सक्छन्। नृत्यका गीत वा सङ्गीत सुन्दा, तिनीहरूलाई ती जन्मजात प्रवृत्तिले मन पर्छन्, र तिनीहरू चाँडै नै सङ्गीतको तालमा आफ्नो शरीर हल्लाउन थाल्छन्। यदि तैँले तिनीहरूलाई गाउन दिइनस् भने, तिनीहरू हृदयमा सुटुक्क गाउनेछन् वा ठूलो स्वरमा गाउनका लागि उपयुक्त ठाउँ खोज्नेछन्। तिनीहरू गाउन मात्रै चाहन्छन् र गाउन मन पराउँछन्, र कसैले पनि तिनीहरूलाई रोक्न सक्दैन। तिनीहरू आफ्ना आमाबुबाबाट प्रभावित भएका थिएनन्, न त तिनीहरूलाई कसैले सिकाएको नै थियो। सानैदेखि, तिनीहरूमा यी सबल पक्ष वा सोखहरू थिए। यो एउटा जन्मजात अवस्था हो भन्ने कुरा स्पष्ट छ—तिनीहरूमा कलाप्रति जन्मजात रुचि हुन्छ। यदि ती केटाकेटीहरूलाई कलामा रुचि छ भने, के तिनीहरू यस काममा संलग्न हुनैपर्छ—के तिनीहरूले आफ्नो जीवनभर यही उद्योगमा काम गर्नैपर्छ? गर्नैपर्छ भन्ने छैन। यो परमेश्वरको नियोजनमा, परमेश्वरले कसरी आफ्नो सार्वभौमिकता प्रयोग गर्नुहुन्छ र कामकुराको प्रबन्ध गर्नुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ। यदि परमेश्वरले तिनीहरूलाई कलाको क्षेत्रमा काम गर्नका लागि प्रबन्ध गर्नुभयो भने, तिनीहरू जीवनभर यस उद्योगमा बाँधिनेछन्। तर यदि परमेश्वरले तिनीहरूलाई यस उद्योगमा काम गर्नका लागि प्रबन्ध वा नियोजन गर्नुभएको छैन भने, तिनीहरूमा यो रुचि र सोख मात्रै हुनेछ, र तिनीहरू यसमा रमाए पनि, तिनीहरू त्यस काममा संलग्न हुन सम्भव हुनेछैन। कतिपय मानिसहरूलाई बाल्यकालदेखि नै कला मन परेको हुन्छ। तिनीहरूका आमाबुबाले, आफ्नो बच्चामा यो रुचि र सोख छ भनी देखेर, यस्तो सोच्छन्, “त्यसोभए हामीले यसलाई संवर्धन गरौँ। सायद हाम्रो परिवारले एक जना कलात्मक प्रतिभा उत्पादन गर्न सक्छ। सायद हाम्रो बच्चा प्रसिद्ध र स्टार समेत बन्नेछ!” त्यसैले तिनीहरूले आफ्नो बच्चालाई उसको नृत्य र गायन अध्ययनमा संवर्धन गर्न थाल्छन्, र अन्ततः, त्यो बच्चा एउटा कला प्रतिष्ठानमा भर्ना हुन्छ। स्नातक गरेपछि कलामा बच्चाको रुचि र सोख बलियो नै रहे पनि, उसले यस उद्योगमा काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा अनिश्चित हुन्छ। सम्भवतः ऊ यस काममा संलग्न हुनै लाग्दा, उसको मुड परिवर्तन हुन्छ, र त्यसपछि यस कामप्रति उसका मनोवृत्ति र दृष्टिकोणहरू पनि परिवर्तन हुन्छन्, र सम्भवतः वस्तुगत परिस्थितिहरूभित्रका विभिन्न कारणहरूले गर्दा, उसले यस उद्योगको एक हिस्सा बन्ने मौका गुमाउन पनि सक्छ। यी सबै कुराहरू सम्भव छन्; यो परमेश्वरको पूर्वनियोजनमा भर पर्छ। तर यसलाई मूल कारणबाट हेर्दा, बच्चाको रुचि र सोख उसको जन्मजात अवस्था हो—ऊ जन्मनुभन्दा अघि नै, परमेश्वरले उसका लागि यो सबल पक्षको नियोजन गरिसक्नुभएको थियो, र उसको मानवतामा निश्चित विशेष गुणहरू थपिदिनुभएको थियो, जसले उसलाई जन्मजात रूपमै सङ्गीत, नृत्य, र कलाका अन्य पक्षहरूप्रति विशेष रूपमा संवेदनशील र निपुण बनाएको थियो। यसरी, उसले आफ्नो दैनिक जीवनमा प्रकट गर्ने कुरा भनेको गायन र नृत्यप्रतिको विशेष अनुराग हो। उसको व्यक्तित्व जीवन्त होस् वा लजालु, उसलाई बोल्न मन परोस् वा मन नपरोस्, जेसुकै भए पनि, उसको नसा-नसामा हटाउन नसकिने एउटा कुरा हुन्छ—उसलाई गाउन मन पर्छ, नाच्न मन पर्छ, र प्रस्तुति दिन मन पर्छ। कतिपय मानिस गाउँदा अत्यन्तै ऊर्जावान् हुने र तिनीहरूलाई आफ्नो आत्मामा राहतको अनुभूति हुने भए पनि, तैँले तिनीहरूसँग कुरा गर्दा तिनीहरू अझै पनि निकै लजालु हुन्छन्, र तिनीहरू आफूलाई व्यक्त गर्न वा मानिसहरूसँग अन्तरक्रिया गर्न सिपालु हुँदैनन्। अरूसँग सङ्गत गर्दा, तिनीहरू अत्यन्तै असहज र तनावग्रस्त हुन्छन्, र घबराउने र त्रसित हुने समेत गर्छन्, र तिनीहरूलाई यी परिस्थितिहरू कसरी सम्हाल्ने भन्ने थाहा हुँदैन। तर तिनीहरू प्रस्तुति दिन मञ्चमा उक्लँदा सहजै त्यसो गर्छन्; मानौँ तिनीहरू अर्कै व्यक्ति बनेका छन्। गैरविश्वासीहरू तिनीहरूको क्षेत्रको “संरक्षक देवता” ले तिनीहरूलाई जीविकोपार्जन गर्न यो सामर्थ्य प्रदान गर्नुभएको हो भनेर भन्छन्—के यो सही हो? वास्तवमा, यो परमेश्वरको नियोजन हो। व्यक्तिमा जन्मजात रूपमै के-कस्ता सबल पक्ष, रुचि, र सोखहरू हुन्छन् भन्ने कुरा परमेश्वरको पूर्वनियोजनसँग सम्बन्धित हुन्छ। व्यक्तिमा जेसुकै सबल पक्ष र सोखहरू भए पनि, ती सबै परमेश्वरद्वारा पूर्वनियोजित हुन्छन्। यदि परमेश्वरले तँलाई कुनै रुचि र सोख दिनुहुन्छ भने, तँलाई त्यो मन पर्छ र तँ हृदयको गहिराइबाटै त्यसको कदर गर्छस्, र त्यसबारे विशेष रूपमा उत्साहित महसुस गर्छस्। जब तँ यस काममा संलग्न हुन्छस् वा यस कामसँग सम्बन्धित केही गर्छस्, तब तँलाई भित्रभित्रै विशेष रूपमा शान्त र सहज महसुस हुन्छ, र तँलाई यसमा विशेष रुचि पनि हुन्छ। त्यसकारण, यदि तँसँग कुनै प्रकारको सबल पक्ष छ भने, परमेश्वरको घरको कामलाई यसको आवश्यकता पर्दा, तैँले सोही अनुरूपको कर्तव्य निर्वाह गर्नुपर्छ। तेरा लागि, आफ्नो सबल पक्षलाई प्रयोगमा ल्याउने यो सबैभन्दा उत्तम अवसर हो। त्यसै गरी, तँलाई यो सबल पक्ष परमेश्वरले दिनुभएको हुनाले, यो तेरो निजी सम्पत्ति होइन; तैँले यसलाई जथाभावी दुरुपयोग गर्न मिल्दैन। परमेश्वरको घरको कामलाई यसको आवश्यकता पर्दा, तैँले यसलाई प्रयोगमा ल्याउनुपर्छ र परमेश्वरलाई अर्पण गर्नुपर्छ, र यसलाई आफ्नो कर्तव्यमा प्रयोग गर्नुपर्छ। यो तैँले मुक्ति प्राप्त गर्नका लागि एउटा अनुकूल अवस्था हो, र यो परमेश्वरले तँलाई दिनुभएको एउटा श्रेष्ठ अवस्था पनि हो—तैँले कुनै कसर बाँकी नराखी यसलाई राम्ररी प्रयोगमा ल्याउनुपर्छ र यसलाई राम्ररी लागू गर्नुपर्छ। त्यसरी, एक हिसाबमा, तँ आफ्नो सबल पक्षलाई प्रयोगमा ल्याउन सक्छस्, र अर्को हिसाबमा, तँ परमेश्वरको प्रेम चुक्ता गर्न आफ्नो कर्तव्य पूरा गर्न पनि सक्छस्। के यो एकदमै राम्रो कुरा होइन र? (हो।)
परमेश्वरले मानिसहरूलाई निश्चित प्रकारका सबल पक्षहरू दिनुभएको छ, र प्राचीन कालमा होस् वा आधुनिक कालमा, यीमध्ये एउटा, कलालाई, कहिल्यै गम्भीरतापूर्वक लिइएको छैन, र यसलाई सधैँ तल्लो वर्गका कुराहरूमाझ सूचीकृत गरिएको छ। विशेष गरी, केही तुलनात्मक रूपमा परम्परागत र सामन्ती सामाजिक वातावरणमा, सबै मानिसले कलालाई पूर्वाग्रही नजरले हेर्छन्, र कतिपयले कलालाई सधैँ भेदभाव गर्छन्। मानिसहरूका बीचमा, कलालाई यसरी चित्रण गरिन्छ, र मानिसहरूका धारणाहरू, मानिसहरूका सामन्ती विचारहरू, वा शैतानले मानिसहरूमा रोपिदिने ती विकृत, भ्रामक विचार र दृष्टिकोणहरूले गर्दा तिनीहरूको यस प्रकारको दर्जा, हैसियत, वा परिभाषा हुन्छ। यसको अर्को कारक पनि छ, त्यो के हो भने, दुष्ट समाज र दुष्ट प्रचलनहरूको प्रभावका कारण यस उद्योगमा खराब वातावरणको विकास भएको छ, र त्यसैले, मानिसहरू कला उद्योगलाई खराब मूल्याङ्कन गर्छन्। यस उद्योगमा संलग्न कतिपय मानिसले कलामा भएका आफ्ना रुचि र सबल पक्षहरूलाई धेरै नकारात्मक र दुष्ट कुराहरू गर्न प्रयोग गरेका छन्, जसले कलालाई कलङ्कित गरेको छ र कलाको प्रकृतिलाई विकृत बनाएको छ। फलस्वरूप, मानिसहरूले कला जगत्का बारेमा धेरै नकारात्मक राय विकास गरेका छन्, र कलाको क्षेत्रमा काम गर्ने वा यस क्षेत्रमा रुचि र सोख भएकाहरूलाई नकारात्मक पात्रका रूपमा हेर्छन्। तर, यस समाज र मानवजातिले यस प्रकारको सबल पक्षलाई जसरी हेरे पनि, छोटकरीमा भन्दा, यदि कुनै व्यक्तिसँग—चाहे ऊ परमेश्वरको घरको सदस्य होस् वा परमेश्वरको घरबाहिरको व्यक्ति होस्—यस क्षेत्रमा सामर्थ्य वा रुचि र सोख छ भने, यो सबल पक्ष र सोख जन्मजात अवस्थाहरू हुन् भन्ने कुरालाई नकार्न सकिँदैन। ती जन्मजात अवस्थाहरू भएकाले नै, ती न त नकारात्मक हुन्छन् न त दुष्ट नै हुन्छन्। विशेष युगहरूमा केही त्रुटिपूर्ण विचार र सिद्धान्तहरूको निर्देशनका कारणले मात्रै कला र यसमा संलग्न हुनेहरूलाई दुष्ट र नकारात्मक कुराहरूका रूपमा चित्रण गरिएको हो। यो इतिहासभरि बारम्बार घटेको कुरा हो। यो भटमासलाई मानिसहरूले खान मन पराउने बास्नादार तोफु बनाउन सकिनु, तर तोफुलाई ढुसीजस्ता सूक्ष्मजीवहरूद्वारा कुहाएर गन्हाउने तोफु बनाउन सकिनु जस्तै हो। तँलाई गन्हाउने तोफु खान मन पर्दैन भन्दैमा तैँले भटमास खराब हो भनेर भन्न मिल्दैन। के यो तर्क सही छ? (छैन।) यो स्पष्ट रूपमा गलत छ; यो विकृत छ। त्यसकारण, समाजका कला समूहहरूभित्र केही फोहोरी र कुरूप कुरा भए पनि, तैँले कला आफैमा फोहोरी, कुरूप, र नकारात्मक छ भनेर भन्न मिल्दैन, र कला मन पराउने र यसमा दक्ष यी मानिसहरू सबै दुष्ट र कुरूप नकारात्मक पात्रहरू हुन् भनेर त झन् भन्न मिल्दैन। यो त्रुटिपूर्ण तर्क हो; यो सही बोध होइन। यदि तँ तीमध्ये कतिपय मानिस दुष्ट भएका कारण तिनीहरू सिपालु रहेको कला पनि दुष्ट छ भनेर भन्छस् भने, यो गम्भीर गल्ती हो। परमेश्वरले मानिसहरूलाई दिने विभिन्न सबल पक्ष मानव संसारको सेवा गर्नका लागि हुन्। यदि मानवजातिको कुनै सांस्कृतिक जीवन नभएको भए, त्यो अत्यन्तै नीरस हुनेथ्यो। परमेश्वरले मानिसहरूका लागि सांस्कृतिक जीवनको प्रबन्ध गर्नु गलत होइन। ती दुष्ट कुराहरू सबै नै दियाबलसहरू र शैतानले बाधाहरू सिर्जना गर्ने अवसरहरूको फाइदा उठाएका कारणले भएका हुन्। सिद्ध मानवजाति, अर्थात् अन्ततः पूर्ण पारिने मानवजातिको तुलनामा, परमेश्वरले सृष्टि गर्नुभएको यो मानवजाति सिद्ध नभए पनि र यसमा अहिले खराबीहरू भए पनि, यसको अर्थ परमेश्वरले सृष्टि गर्नुभएको मानवजाति दुष्ट वा नकारात्मक छ भन्ने होइन—यी दुई फरक-फरक अवधारणा हुन्। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) यस दुष्ट युग र दुष्ट संसारले कलालाई, र गाउने र नाच्ने रुचि, सोख, वा सबल पक्षहरूलाई जस्तो स्थान दिए पनि, जेसुकै भए पनि, ती मानवताका आवश्यकताहरू हुन्, र ती कतिपय विशेष मानिसमा हुने रुचि र सोखहरू पनि हुन् भन्ने कुरालाई नकार्न सकिँदैन। ती रुचि र सोखहरू हुन्, त्यसैले मानिसहरूमा ती कुरा जन्मजात रूपमै हुन्छन् र ती मानिसहरूले जन्मँदै लिएर आएका कुराहरू हुन्, जसको अर्थ ती परमेश्वरबाट आउँछन् र परमेश्वरले दिनुभएका हुन्। मानिसहरू जन्मनुभन्दा अघि नै, परमेश्वरले तिनीहरूमध्ये प्रत्येकले अँगाल्ने पेसा पूर्वनिर्धारित गरिसक्नुभएको हुन्छ: कतिपय मानिसलाई व्यापार गर्न वाणिज्य क्षेत्रमा राखिन्छ, कतिपयलाई कामदार बन्न कारखानाहरूमा राखिन्छ, कतिपयलाई खेतीपाती गर्न कृषि क्षेत्रमा राखिन्छ, कतिपयलाई शिक्षक बन्न शिक्षा क्षेत्रमा राखिन्छ, र कतिपयलाई कलाकार बन्न कला क्षेत्रमा राखिन्छ। परमेश्वरले मानिसहरू जन्मिने बेलासम्ममा विभिन्न मानिसभित्र विभिन्न प्रकारका सबल पक्षहरू राखिसक्नुभएको हुन्छ। अर्थात्, आफ्नो दैहिक जीवनभित्र, प्रत्येक व्यक्तिका रुचि, सोख, र सबल पक्षहरू फरक-फरक हुन्छन्। तँ जन्मनुभन्दा अघि नै, परमेश्वरले तँमा केही विशेष र फरक कुरा थपिसक्नुभएको थियो। यदि तँमा रुचि र सोखहरू वा सबल पक्षहरू छैनन् भने, परमेश्वरले तँलाई ती कुराहरू थपिदिनुभएन भनेर तैँले गुनासो गर्नु हुँदैन। यी कुराहरूबिना, तँ अझै पनि जिउन सक्छस्, र तँ अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्। अरूको तुलनामा तँमा कुनै कुराको कमी छैन, किनभने तँसँग पनि अरूको जस्तै कर्तव्य निर्वाह गर्ने अवसर छ। तेरा भ्रष्ट स्वभावहरू अरूका जस्तै छन्; कुरा यति मात्र हो कि, मानिसहरूका जन्मजात अवस्थाहरू फरक हुन्छन्—प्रत्येक व्यक्तिका आफ्नै सबल र दुर्बल पक्षहरू हुन्छन्। त्यसोभए मुख्य कुरा के हो त? मुख्य कुरा मानवतामा हुने भिन्नताहरू हुन्। आफ्ना जन्मजात अवस्थाहरूभित्र केही विशेष रुचि, सोख, र सबल पक्षहरू भएको व्यक्ति कुनै विशेष प्रतिभा होइन, र आफ्ना जन्मजात अवस्थाहरूभित्र कुनै रुचि, सोख, वा सबल पक्षहरू नभएको व्यक्ति कुनै मामुली व्यक्ति होइन। सबै जना लगभग उस्तै हुन्छन्। कुरा यति मात्र हो कि, परमेश्वर तँलाई जे दिनुहुन्छ, तँबाट त्यही माग गर्नुहुन्छ, र तैँले त्यसलाई आफ्नो कर्तव्यमा प्रयोग गर्नुपर्छ, र उहाँ तँलाई जे दिनुहुन्न, तँबाट अतिरिक्त रूपमा माग गर्नुहुन्न। परमेश्वरले तँलाई रुचि र सोखहरू, वा सबल पक्षहरू नदिनुभएको हुन सक्ने भए पनि, तेरो मानवताभित्र भएका विभिन्न कुरा वा अवस्था तैँले एउटा काम वा कर्तव्य सम्हाल्नका लागि अझै पनि पर्याप्त हुन्छन्। यदि तँ यो कुरा सम्हाल्न असक्षम छस् भने, तँ सम्भवतः कर्तव्य निर्वाह गर्नेहरूको पङ्क्तिभन्दा बाहिरको व्यक्ति हुन सक्छस्, र त्यो पूर्ण रूपमा अर्कै कुरा हुनेछ।
कला मन पराउने विषयबारे हाम्रो छलफल हामी यहीँ टुङ्ग्याउनेछौँ। यस प्रकारको सबल पक्षको चित्रण अब तिमीहरूलाई स्पष्ट भएको हुनुपर्छ। कला मन पराउनेहरू अनौठा वा दुष्ट हुन्छन् भन्ने नसोच। यदि तिमीहरू यस्तो सोच्छौ भने, तिमीहरूको बोध अत्यन्तै विकृत छ। तिमीहरूले त्यस्ता मानिसहरूलाई सही तरिकाले व्यवहार गर्नुपर्छ, त्यस्ता मानिसहरूसँग सही तरिकाले अन्तरक्रिया गर्नुपर्छ, र तिनीहरू सिपालु रहेका र तिनीहरूले बुझेका पेसागत सीपहरूलाई आफ्ना कर्तव्यहरूमा लागू गर्न तिनीहरूलाई प्रोत्साहित गर्नुपर्छ। यदि तँ अगुवा वा कामदार होस् भने, तैँले त्यस्ता मानिसहरूलाई आफ्ना सबल पक्षहरू प्रयोगमा ल्याउन मद्दत गर्न, मार्गदर्शन गर्न, र निर्देशन दिन सही तरिका प्रयोग गर्न सिक्नैपर्छ, ताकि तिनीहरू सही मार्गमा लाग्न सकून् र आफ्ना रुचि र सोखहरूसँग सम्बन्धित कर्तव्य सम्हाल्न सकून्, र यसरी मानकअनुरूपका सृजित प्राणी बन्न सकून्, र परमेश्वरले तिनीहरूलाई दिएका विभिन्न रुचि, सोख, र सबल पक्षहरूको योग्य बन्न सकून्। यदि तिनीहरू आफ्ना रुचि र सोखहरूसँग सम्बन्धित कर्तव्य सम्हाल्न असक्षम छन् भने, तिनीहरूले अर्को कर्तव्य पूरा गर्नु पनि ठीकै हुन्छ। तर, तिनीहरूलाई आफ्नै रुचि र सोखहरू राख्नबाट रोक्नु हुँदैन, किनभने यो मानवताको एउटा हिस्सा हो।
यसै प्रसङ्गमा, मलाई एउटा कुरा याद आयो—अहिले, परमेश्वरको घरमा, केही नयाँ गायकले गीतहरू रेकर्ड गरेका छन्। यी नयाँ गायकहरूले लगनशीलताका साथ पेसागत ज्ञान हासिल गरेर अनि गायन अभ्यास गरेर अन्ततः पर्दा पछाडि काम गर्ने अवस्थाबाट मुख्य मञ्चमा प्रस्तुति दिने अवस्थामा पुग्दै, पूरा भएका गीतहरू रेकर्ड गर्न सक्षम भएका छन्। तिनीहरूको गायन पेसागत मानकभन्दा कम भए पनि, र पेसागत गायकहरूको स्तरमा पुगिनसकेको भए पनि, र सुधारका लागि ठाउँ भए पनि—तिनीहरूमध्ये कतिपयले धेरै परिपक्व कौशलबिनै गाउँछन्, कतिपय गायकको आवाज त्यति सुमधुर हुँदैन र तिनीहरूको प्रस्तुति हेर्नमा त्यति आकर्षक हुँदैन—आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूले अपनाउने मनोवृत्ति प्रोत्साहनयोग्य छ। एउटा अव्यावसायिकबाट पर्दामा नयाँ गायक, अनुभवहीन गायकका रूपमा देखा पर्नु प्रोत्साहनयोग्य कुरा हो। त्यसोभए यस मामिलाको सम्बन्धमा म तिमीहरूलाई के भन्न चाहन्छु त? त्यो के हो भने, जब यी नयाँ गायकहरूले रेकर्ड गरेका भजनका भिडियोहरू इन्टरनेटमा अपलोड गरिन्छन्, तब तिमीहरूले तिनीहरूलाई केही प्रोत्साहन दिनुपर्छ। तिमीहरू तिनीहरूलाई लाभ मिल्न सक्ने केही राम्रा सुझाव पनि दिन सक्छौ, तर स-साना गल्तीहरू नखोज, तिनीहरूलाई तिरस्कारपूर्ण तरिकाले नहोच्याऊ, र अति आलोचना नगर। यो मनोवृत्ति राम्रो होइन; कम्तीमा पनि, यसमा कुनै प्रेम र सहनशीलता हुँदैन, र यो आफ्ना ब्रदर-सिस्टरहरूप्रति हुनुपर्ने मनोवृत्ति होइन। त्यसोभए तिनीहरूलाई व्यवहार गर्ने उचित तरिका के हो त? तिमीहरूले तिनीहरूलाई प्रोत्साहित गर्नुपर्छ र तिनीहरूको अलिकति प्रशंसा गर्नुपर्छ, र त्यसपछि केही उपयुक्त सुझाव दिनुपर्छ; यो मात्रै तिनीहरूका लागि लाभदायक हुन्छ। कम्तीमा पनि, तिनीहरूसँग मञ्चमा उभिएर परमेश्वरको प्रशंसा गर्न भजनहरू गाउने साहस हुन्छ, जुन परमेश्वरका चुनिएका मानिसहरूका लागि लाभदायक छ। त्यसकारण, सबैले तिनीहरूलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न मद्दत गर्नुपर्छ, र सबैले गैरजिम्मेवारपूर्ण टिप्पणीहरू बिलकुलै गर्नु हुँदैन, र तिनीहरूको डाहा गर्नु हुँदैन। परमेश्वरको घरमा गाउनमा प्रतिभाशाली मानिसहरूको सङ्ख्या बढेको छ भन्ने कुरामा हामी खुसी र प्रसन्न हुनुपर्छ—यो राम्रो कुरा हो। यस क्षेत्रमा सबल पक्ष हुनेहरू सबैलाई ती प्रयोग गर्न अनुमति दिइनुपर्छ; तिनीहरू सबैलाई अवसरहरू दिइनुपर्छ। तिनीहरू आफैमा खासै आत्मविश्वासी हुँदैनन्, र तिनीहरूसँग आफ्ना थोरै रुचि र सोखहरूका लागि कुनै निकास हुँदैन। यदि तिनीहरूमा यो कर्तव्य राम्ररी निर्वाह गर्ने इच्छा छ र तिनीहरूले भजनका भिडियोहरू रेकर्ड गरेका छन् भने, तैँले त्यो हेर्दा कम्तीमा पनि दुई-तीन पटक सुन्नुपर्छ—ध्यान दिएर र होसियारीसाथ सुन्—र तिनीहरूलाई केही प्रोत्साहन दे। पिठ्यूँपछाडि तिनीहरूलाई कमजोर नबना। तैँले अरू ब्रदर-सिस्टरहरूलाई तिनीहरूले गाएका गीतहरू अझ बढी सुन्न र तिनीहरूलाई अझ बढी लाइक दिन भन्नुपर्छ। तिनीहरूमध्ये कतिपयले सच्चा भावनाका साथ, हरेक पङ्क्ति एकदमै स्पष्ट रूपमा उच्चारण गर्दै निकै राम्ररी गाउँछन्; तिनीहरूको पहिरन र हाउभाउ मर्यादित र उचित हुन्छ, जसले गर्दा तिनीहरू अरूसामु उपयुक्त देखिन्छन्। तर, अरू भने आफ्नो आवाज र प्राविधिक परिपक्वताको हिसाबमा अलिक कमजोर हुन सक्छन्। यदि तँलाई सङ्गीतबारे अलिकति थाहा छ र तँ गल्तीहरू औँल्याउन सक्छस् भने, तिनीहरूलाई गिल्ला नगर्; तिनीहरूलाई उचित रूपमा व्यवहार गर्, र तिनीहरूलाई उसै गरी प्रोत्साहित र समर्थन गर्। परिवारको सदस्यका रूपमा, दाजुभाइ वा दिदीबहिनीका रूपमा तँसँग हुनुपर्ने मनोवृत्ति यही हो। अरूलाई होच्याउने वा अरूलाई तल खसाल्ने कुराहरू गरेर खराब मानिसहरूको सिको नगर्। यदि तँ आफै मञ्चमा उक्लिन सक्दैनस्, तैपनि अरू कोही उक्लिँदा, तँ डाहा गर्छस्, उसलाई कमजोर पार्छस्, र पिठ्यूँपछाडि तुच्छ टिप्पणीहरू गर्छस् भने, यो मानवताको कमी हुनु हो। यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो होइन—यो घृणास्पद कुरा हो। तैँले उनीहरूका गल्तीहरू औँल्याउन सके पनि, अझै पनि उनीहरूलाई प्रोत्साहित गर्नुपर्छ। तैँले यसो गर्नुपर्छ किनभने उनीहरू ब्रदर-सिस्टरहरू हुन्—उनीहरू पेसाकर्मी होइनन्, न त उनीहरूले पेसागत तालिम नै लिएका छन्—र उनीहरू अहिले जसरी गाउन सक्षम हुनु विशुद्ध रूपमा उनीहरूको आफ्नै अन्वेषण, अभ्यास, र कडा परिश्रमको नतिजा हो। त्यसोभए उनीहरूलाई किन प्रोत्साहित नगर्ने त? यदि तँ प्रोत्साहित गर्न र सहनशील हुन सिक्छस्, र उनीहरूको गायनमा केही कमीकमजोरी देख्दा पनि प्रेम र सहनशीलताका साथ उनीहरूलाई सही तरिकाले व्यवहार गर्न सक्छस् भने, यसले तँमा मानवता छ भन्ने देखाउँछ। कतिपय मानिस सधैँ परमेश्वरको घरका गायकहरूलाई गैरविश्वासी संसारका पेसागत गायकहरूसँग तुलना गर्छन्, र त्यसैले परमेश्वरको घरका गायकहरूलाई तुच्छ ठान्छन् र यो वा त्यो कुरामा स-साना गल्तीहरू खोज्छन्। यो मानवताको कमी हुनु हो। यदि तँ सधैँ अरूका कमी-कमजोरीहरू औँल्याउँछस् र सधैँ आफूलाई अरूभन्दा राम्रो र श्रेष्ठ ठान्छस् भने, तँ मानिसहरूलाई प्रभावित गर्ने गीत किन गाउन सक्दैनस् त? अरूका स-साना गल्तीहरू नखोज्। मण्डलीका गायकहरू पेसागत पृष्ठभूमिबाट आएका होइनन्, तर तिनीहरूका बारेमा एउटा विशेष कुरा छ: यो काम गर्दा, तिनीहरू कुनै करियरमा संलग्न भइरहेका हुँदैनन्—तिनीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन्। तिनीहरूको कर्तव्य भनेको परमेश्वरका वचनहरू गाउन र परमेश्वरका वचनहरूको गवाही दिन र तिनलाई प्रसार गर्न आफ्नो आवाज प्रयोग गर्नु हो। त्यसकारण तैँले तिनीहरूलाई प्रोत्साहित गर्नुपर्छ। के यसो गर्नु राम्रो होइन र? (हो।) यो मानवता हुनु हो। नयाँ गायकले गाएको सुन्दा यसो भन्दै स-साना गल्तीहरू नखोज्, “यस व्यक्तिको आवाज राम्रो छैन। यो परिष्कृत छैन। ऊ तालमा छैन, र उसको सुर पनि मिलेको छैन—म त सुन्दिनँ! कसैले पनि उसलाई सुन्नु हुँदैन, र कसैले पनि उसलाई लाइक दिनु हुँदैन!” यस मामिलामा तँ किन यति धेरै नाटीकुटी गरिरहेको छस्? अलिकति बेतालमा गाउनु, धेरै परिपक्व कौशलबिनै गाउनु, वा गैर-पेसेवर तरिकाले गाउनु—के यो सत्यता सिद्धान्तहरू विपरीत जान्छ? जाँदैन। ऊ आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ, त्यसकारण तैँले उसको गायनलाई तेरा आफ्नै रुचि र दृष्टिकोणहरूका आधारमा नभई कर्तव्य निर्वाह गर्ने सिद्धान्तहरूअनुसार मापन गर्नुपर्छ। ठाडै भन्दा—तँलाई के थाहा छ र? यदि तँलाई गायनबारे यति धेरै थाहा छ भने, तैँले किन एउटा पनि गीत उदाहरणीय मानकअनुसार गाएको छैनस् त? तैँले उदाहरणीय मानकअनुसार नगाएको हुनाले, तँलाई अरूको आलोचना गर्ने कुनै अधिकार छैन। अवश्य नै, तैँले उदाहरणीय मानकअनुसार गाउन सके पनि, तैँले अझै पनि अरूको आलोचना गर्नु हुँदैन। उनीहरूले यो काम गर्नु आफैमा कला उद्योगमा संलग्न हुनु वा कला क्षेत्रमा काम गर्नु होइन—यो कर्तव्य निर्वाह गर्नु र परमेश्वरका वचनहरू प्रसार गर्नु हो, जसको प्रकृति फरक हुन्छ। उनीहरूले राम्ररी गाए पनि वा नगाए पनि, उनीहरू आफूले गर्ने कुरामा आफ्नो हृदय लगाइरहेका हुन्छन्—उनीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन्। जहाँसम्म उनीहरूको पेसागत स्तरको कुरा छ, त्यो अर्कै मामिला हो। पेसेवर मानक सिकाइ र दीर्घकालीन अभ्यासमार्फत मात्रै बिस्तारै हासिल गर्न सकिन्छ। परमेश्वरको घरका नयाँ गायकहरू अहिले जुन स्तरमा छन् त्यही स्तरमा छन्। मानिसहरूले तिनीहरूलाई सही तरिकाले व्यवहार गर्नुपर्छ—सबैले प्रोत्साहन दिनुपर्छ र समर्थन गर्नुपर्छ। स-साना गल्तीहरू नखोज्, र आडम्बर नदेखा। यदि तँ आडम्बर देखाउँछस् भने, मानिसहरूले तँलाई विकर्षणीय ठान्नेछन्। यदि तँ आडम्बर देखाउँदैनस् र बरु अझै दुई-चार पटक सुन्छस् भने, मानिसहरूले तँलाई निकै असल व्यक्ति, परमेश्वरको डर मान्ने हृदय भएको, परमेश्वरको घरमा हृदय भएको, र सहनशीलता भएको व्यक्ति सोच्नेछन्, र यो तेरो मानवताको एउटा सबल पक्ष, एउटा असल गुण हो। यदि तँ यसो गर्छस् भने, मानिसहरूले तँलाई मन पराउनेछन्, र परमेश्वरले पनि तँलाई मन पराउनुहुनेछ। यदि तँ आफू उत्कृष्ट र विशेषज्ञ रहेको देखाउन सधैँ गल्तीहरू खोज्दै आडम्बर देखाउँछस् भने, तँ परमेश्वरको घरको कामलाई कमजोर पार्दै र त्यसमा बाधा दिँदै छस्। यदि तँ कामलाई कमजोर पार्छस् भने, के परमेश्वर तँलाई मन पराउन सक्नुहुन्छ र? (सक्नुहुन्न।) परमेश्वर तँलाई मन पराउनुहुनेछैन, र दाजुभाइ-दिदीबहिनीहरूले पनि तँलाई मन पराउनेछैनन्। गायकहरूले तँलाई कसरी चिढ्याएका छन् र? तैँले किन यसरी आडम्बर देखाउनुपर्छ र तिनीहरूलाई कमजोर पार्नुपर्छ? के तँ एक जनालाई मात्रै कमजोर पारिरहेको छस् र? होइन, तँ परमेश्वरको घरको कामलाई कमजोर पारिरहेको छस्, परमेश्वरलाई नै कमजोर पारिरहेको छस्। यदि तँ यसो गर्छस् भने, के परमेश्वर तँलाई मन पराउन सक्नुहुन्छ र? तैँले तिनीहरूले गाएका गीतहरूमा गल्तीहरू सुने पनि, तैँले तिनीहरूलाई गलत ठहराउनु हुँदैन, किनभने कुनै पनि विशेषीकृत काममा पेसागत मानकमा पुग्नु भनेको रातारात हुने कुरा होइन। यो सजिलो छैन—यसका लागि निखार्ने काम र अभ्यास, र पेसाकर्मीहरूबाट मार्गदर्शन चाहिन्छ; र यसका साथै, सबैका फरक-फरक योग्यताहरू हुन्छन्। परमेश्वर समेत तिनीहरूसँग पेसागत मानकका आधारमा मागहरू गर्नुहुन्न भने, तिनीहरूसँग यस्तो माग गर्ने तँसँग के योग्यता छ र? अरू मानिसहरू कुनै निश्चित स्तरमा पुग्नुपर्छ भनी सधैँ माग गर्नु तर्कसङ्गत कुरा होइन; यो अहङ्कार हो, र यो आडम्बर देखाउनु हो। अरू उत्कृष्ट देखिँदा र प्रशंसा पाउँदा, तँलाई हृदयमा खिन्न महसुस हुन्छ र तँ लगातार डाहा गर्छस्, आफ्नो आडम्बर सन्तुष्ट पार्न सधैँ केही व्यङ्ग्यात्मक र घोच्ने शब्दहरू भन्न चाहन्छस्। यसो गर्नु कति नीच कुरा हो! यो घृणास्पद र दुष्ट कुरा हो, र यस्तो व्यक्तिमा विवेक र समझ हुँदैन। तैँले अरूका लागि लाभदायक कुराहरू, अरूको प्रशंसाको योग्य र परमेश्वरले पनि स्मरण गर्ने कुराहरू गर्नुपर्छ। अरूलाई कमजोर पार्ने कुराहरू नगर्। के तँ यो कुरा याद राख्नेछस्? (राख्नेछु।) यदि तँ सहनशील, सहयोगी, र प्रोत्साहनदायी बन्ने कुरा हासिल गर्न सक्दैनस्, र मण्डलीको कामको रक्षा र सुरक्षा गर्न पुग्न सक्दैनस्, यदि तँमा यो मानवताको कमी छ भने, कम्तीमा पनि अरूलाई कमजोर पार्ने कुराहरू गर्ने वा भन्ने नगर्। यो गरिनुपर्ने सबैभन्दा न्यूनतम कुरा हो—यो सीमा हो।
स्टारहरूको अन्धभक्ति गर्न मन पराउनु
हामीले कला मन पराउने विषयको छलफल टुङ्ग्याइसकेका छौँ। अब, सेलिब्रेटीहरूका निजी मामिलाहरूमा चासो राख्न मन पराउने विषयमा कुरा गरौँ। कतिपय मानिस विशेष गरी सेलिब्रेटीहरू, स्टारहरूका निजी मामिलाहरूमा चासो राख्न मन पराउँछन्—जस्तै, सेलिब्रेटीहरू के खान्छन्, के लगाउँछन्, रमाइलो गर्न कहाँ जान्छन्, तिनीहरूले कस्मेटिक सर्जरी गरेका छन् कि छैनन्, तिनीहरू कोसँग प्रेम सम्बन्धमा छन्, तिनीहरूका विपरीत लिङ्गी साथीहरू को-को छन्, तिनीहरूका यौन साथीहरू को-को छन्, यहाँसम्म कि तिनीहरूका कति जना अवैध सन्तानहरू छन् र तिनीहरू कुन-कुन उच्च-पदस्थ अधिकारीहरू र धनी मानिसहरूसँग घनिष्ठ रूपमा संलग्न भएका छन्। त्यस्ता मानिसहरू सेलिब्रेटीहरूका यी निजी मामिलाहरूमा विशेष रूपमा चासो राख्छन्। तिनीहरू सेलिब्रेटीहरूका निजी मामिलाहरूमा चासो मात्रै राख्दैनन्, विशेष गरी सेलिब्रेटीहरूका दैनिक जीवनशैलीका छनौटहरू, तिनीहरूका बोली र व्यवहार, र जीवनप्रतिको तिनीहरूको मनोवृत्तिको नक्कल गर्न पनि मन पराउँछन्। साथसाथै, तिनीहरू विशेष गरी तिनीहरूको अत्तोपत्तो र तिनीहरूका विभिन्न विचार र दृष्टिकोण पछ्याउन पनि मन पराउँछन्। उदाहरणका लागि, यदि कुनै सेलिब्रेटीलाई निश्चित प्रकारको घरपालुवा कुकुर पाल्न मन पर्छ भने, तिनीहरू पनि त्यस्तै कुकुर पाल्छन्। यदि कुनै सेलिब्रेटीले बजारमा विशेष रूपमा लोकप्रिय रहेको निश्चित ब्रान्डको लुगा लगाउँछ भने, तिनीहरू पनि त्यही लुगा किन्छन्। यदि तिनीहरूसँग त्यो किन्न सक्ने आर्थिक क्षमता छैन भने, तिनीहरू त्यसको सट्टा नक्कली लुगा किन्छन्। यदि कुनै सेलिब्रेटीले कुनै निश्चित कस्मेटिक प्रसाधन प्रयोग गर्छ भने, तिनीहरू कङ्गाल नै भए पनि र तिनीहरूले त्यो किन्नका लागि मिर्गौला वा रगत नै बेच्नुपरे पनि, तिनीहरू आफूलाई सुन्दर बनाउन त्यो किन्छन्। तिनीहरू सेलिब्रेटीहरूलाई उनीहरूले प्रस्तुति दिने, पत्रकार सम्मेलन गर्ने, वा चलचित्र र टेलिभिजन रिलिज कार्यक्रमहरूमा उपस्थित हुने जुनसुकै ठाउँमा पनि पछ्याउँछन्। तिनीहरू आफूले पछ्याउने सेलिब्रेटीको हरेक शब्द र कार्य, हरेक गतिविधि, र सबै अत्तोपत्तोमा ध्यान दिन्छन् र तिनलाई पछ्याउँछन्, र आसक्तिको यस्तो हदसम्म पुग्छन् जहाँ तिनीहरूको आफ्नै जीवन, वा आफ्नै सही विचार, दृष्टिकोण, र जीवनशैली हुँदैन, जहाँ तिनीहरू सेलिब्रेटीका विचार, दृष्टिकोण, र जीवनशैलीद्वारा पूर्ण रूपमा भ्रमित र नियन्त्रित हुन्छन्। यो कस्तो समस्या हो? के यो जन्मजात अवस्था हो? (होइन।) के मानिसहरू आज जिउने सामाजिक वातावरणसँग यसको कुनै सम्बन्ध छ? (छ।) यसको अलिकति सम्बन्ध छ। त्यसोभए, सबै मानिस एउटै हालको वातावरणमा जिउने तथ्यको बाबजुद, किन सधैँ सबै जना नभई मानिसहरूको एउटा निश्चित समूहले मात्रै स्टारहरूको अन्धभक्ति गर्छन् त? यो के कुरासँग सम्बन्धित छ? के तँ स्टारहरूको अन्धभक्ति गर्ने यी मानिसहरू कलालाई प्रेम गर्छन् भनेर भन्छस्? जरुरी छैन। के तिनीहरू कलामा सिपालु छन्? त्यो पनि जरुरी छैन। तर तिनीहरूले गर्ने कुराहरू कला क्षेत्रका मानिसहरूसँग र कलात्मक प्रचलनहरूसँग सम्बन्धित हुन्छन्। यो कस्तो समस्या हो? के यो भ्रष्ट स्वभावहरूको समस्या हो? यो ठ्याक्कै भ्रष्ट स्वभावहरूको प्रकटीकरण नै हो। त्यस्ता मानिसहरू दुष्टतालाई श्रद्धा गर्छन् र दुष्ट प्रचलनहरू पछ्याउँछन्। त्यसोभए, के त्यस्ता मानिसहरूको मानवतामा कुनै समस्या छ? (छ।) जीवनमा चुन्नका लागि यति धेरै मार्ग हुँदाहुँदै, तिनीहरू किन यस्तो मार्ग छनौट गर्छन्? के यसमा चरित्रको समस्या समावेश हुन्छ? (हुन्छ।) कतिपय मानिस भन्छन्: “यो मानवताको खराबी हो। यो जन्मजात रूपमै सिधा र मूर्ख हुनु, र अरूद्वारा सजिलै भ्रमित पारिनु हो।” के कारण यही हो त? (होइन।) अरू मानिसहरू भन्छन्: “के स्टारहरूको अन्धभक्ति गर्ने धेरैजसो मानिस जवान, अपरिपक्व, र सतही हुने हुनाले, र यी सामाजिक प्रचलनहरूको प्रलोभन सहन नसक्ने हुनाले यस्तो भएको हो?” के तिनीहरू जवान भएकाले यस्तो भएको हो? (होइन।) स्टारहरूको अन्धभक्ति गर्ने कतिपय मानिस अधबैँसे वा वृद्ध हुन्छन्—यस समूहमा सबै उमेरका मानिसहरू समावेश हुन्छन्। यसलाई मध्यनजर गर्दा, स्टारहरूको अन्धभक्ति गर्ने यी मानिसहरू जवान, अपरिपक्व भएकाले, र तिनीहरूले जीवनका मामिलाहरू बुझिनसकेकाले यी सामाजिक प्रचलनहरूद्वारा भ्रमित पारिएका होइनन्। त्यसकारण, “स्टारहरूको अन्धभक्ति गर्ने मानिसहरू सबै जवान र अपरिपक्व हुन्छन्” भन्ने दाबी सत्य ठहरिँदैन। यो जवान र अपरिपक्व भएको कारणले नभएको हुनाले, यो मानवताको समस्या हो। त्यसोभए, यो मानवताको कस्तो समस्या हो? के यो उचित कार्यहरूमा संलग्न नहुनु हो? (हो।) एक हिसाबमा, यो उचित कार्यहरूमा संलग्न नहुनु हो; अर्को हिसाबमा, यो केही हदसम्म चञ्चल हुनु र उचित सीमाभित्र नबस्नु हो। अरू के हो? (सही मार्गमा नहिँड्नु।) त्यो सही हो—यो सही मार्गमा नहिँड्नु हो। यसमा व्यक्तिले लिने मार्गको समस्या समावेश हुन्छ। वयस्क भएपछि, व्यक्ति कुन पेसामा संलग्न हुन्छ, र उसले यस समाजमा र मानिसहरूको बीचमा कस्तो प्रकारको मार्ग पछ्याउने छनौट गर्छ भन्ने कुरा हरेक व्यक्तिको अगाडि रहेको एउटा अनिवार्य पाठ हो। ऊ आफ्नो मर्यादामा बस्छ र उचित तरिकाले आफ्ना दिनहरू बिताउँछ कि बिताउँदैन, ऊ उचित पेसामा संलग्न हुन्छ कि हुँदैन, र ऊ उचित कामहरूमा संलग्न हुन्छ र सही मार्गमा हिँड्छ कि हिँड्दैन—यी सबै कुरा ऊ आफ्नो मानवताभित्र के मन पराउँछ र के पछ्याउँछ भन्ने कुरामा निर्भर हुन्छन्। जीवनका सबै क्षेत्रका मानिसहरूलाई हेर्—कतिपयले मार्सल आर्ट अभ्यास गर्छन्, कतिपयले स्वस्थ जीवनशैलीबारे सिक्छन्, कतिपय प्रविधि उद्योगमा संलग्न हुन्छन्, कतिपय फेसन उद्योगमा संलग्न हुन्छन्, कतिपय चलचित्र र टेलिभिजन उद्योगमा संलग्न हुन्छन्, कतिपयले व्यापार गर्छन्, र कतिपय राजनीतिमा प्रवेश गर्छन्, जबकि कतिपयले बौद्ध धर्ममा विश्वास गर्छन्, कतिपय दाओ आस्थामा सामेल हुन्छन्, र कतिपयले परमेश्वरमा विश्वास गर्ने छनौट गर्छन्। कतिपय मानिसको कुनै उचित पेसा हुँदैन, न त तिनीहरू जीवनमा आफ्नै लक्ष्यहरू नै खोज्छन्—हरेक दिन, तिनीहरू स्टारहरूको अन्धभक्ति गर्नमा मात्रै ध्यान केन्द्रित गर्छन्। तिनीहरू यो कुन हदसम्म गर्छन्? तिनीहरूको भोक-प्यास नै हराउने हदसम्म। यदि तिनीहरूले अन्धभक्ति गर्ने स्टार तिनीहरूको सपनाको प्रेमी हो भने, तिनीहरू कुनै पनि समयमा आफ्नै जीवनसाथीलाई समेत त्याग्न सक्छन्। यदि यी मानिसहरू आसक्तिको हदसम्म, यसले तिनीहरूको जीवन र तिनीहरूको मार्गको छनौटलाई निर्देशित गर्न सक्ने हदसम्म स्टारहरूको अन्धभक्ति गर्छन्, र यो तिनीहरूको जीवनको एक अपरिहार्य भाग बन्छ भने, तिनीहरूको जीवन हाल कस्तो स्थितिमा छ त? तिनीहरूले आफ्ना दिनहरू बिताउँदा आफ्नो मर्यादामा बसिरहेका हुँदैनन्। यदि स्टारहरूको अन्धभक्ति गर्ने व्यक्ति महिला हो भने, के उनी आफ्नो श्रीमान्लाई साथ दिने र आफ्ना छोराछोरी हुर्काउने एउटी कर्तव्यपरायण गृहिणी, एउटी सद्गुणी पत्नी र मायालु आमा बन्न सक्छिन्? (सक्दिनन्।) आसक्तिको हदसम्म स्टारहरूको अन्धभक्ति गर्ने व्यक्ति बिलकुलै पागल हुन्छ। उसलाई आफ्नो सपनाको प्रेमीले जहाँ कन्सर्ट वा पत्रकार सम्मेलन गरे पनि अटोग्राफ लिन आफू जानैपर्छ भन्ने लाग्छ। ऊ उसलाई पछ्याउनकै लागि हवाइजहाजबाट लामो दूरीको यात्रा गर्छ र सिमानाहरूसमेत पार गर्छ, र उसको परिवारले उसलाई रोक्न सक्दैन। ऊ निरन्तर अनलाइनमा सेलिब्रेटीको यात्रा-तालिकाको निगरानी गर्छ र सेलिब्रेटी देखा पर्ने ठाउँहरूमा कुरेर बस्छ। यदि उसले त्यस सेलिब्रेटीलाई छुटायो भने, ऊ केही दिन र रात नखाई र नसुती बस्छ, र निरन्तर रोइरहन्छ। सामान्यतया, इन्टरनेट र टिभीमा उसले चासो राख्ने सबै कुरा सेलिब्रेटीहरूकै बारेमा हुन्छ। अवश्य नै, कतिपय मानिस एउटा मात्र सेलिब्रेटीमा नभई धेरैमा ध्यान केन्द्रित गर्छन्—पुरुष र महिला सेलिब्रेटीहरू, जवान, अधबैँसे, र वृद्ध सेलिब्रेटीहरू। तिनीहरू यी सेलिब्रेटीहरूको रूप, तिनीहरूको वैवाहिक स्थिति, तिनीहरूको प्रेम सम्बन्धको अवस्था, र तिनीहरूको निजी जीवनमा चासो राख्छन्, र तिनीहरूबारे जानकारी खोज्न धेरै मानसिक ऊर्जा खर्च गर्छन्। तिनीहरू स्टारहरूको अन्धभक्ति गर्ने कुरालाई जीवनमा आनन्द र रुचिको स्रोत मान्छन्, र यो कुनै गम्भीर मामला भए झैँ गरी यसमा संलग्न हुन्छन्। यस प्रकारको व्यक्तिको जीवन कस्तो स्थितिमा हुन्छ? ऊ जिउँदो लास जस्तै हुन्छ—उसका विचार, उसको जीवनको स्थितिका साथै उसको दैनिक व्यवहार र उसको मनस्थिति राम्रो वा खराब हुनु पूर्ण रूपमा ऊ पछि लाग्ने र उसले नक्कल गर्ने सेलिब्रेटीबाट प्रभावित हुन्छ। यदि ऊ पछि लाग्ने सेलिब्रेटी प्रेम सम्बन्धमा पर्यो भने, उसलाई यति धेरै दुःख लाग्छ कि केही दिन र रातसम्म उसको भोक-प्यास नै हराउँछ। यदि सेलिब्रेटीको आफ्नो पार्टनरसँगको सम्बन्ध टुट्यो भने, उसको खुसीको सीमा नै हुँदैन, ऊ भोज खान्छ, श्याम्पेन फोड्छ, र उत्सव मनाउन वेइबोमा पोस्ट गर्छ। हरेक रात, ऊ आफू पछि लागेको सेलिब्रेटीको साथमा भएको सपना देख्छ, र मीठा सपनाहरू मात्र देख्छ! ऊ पछि लाग्ने सेलिब्रेटी उसको सपनाको प्रेमी हो, र उसलाई यो व्यक्तिजति राम्रो अरू कोही पनि लाग्दैन। के उसको जीवनको स्थिति असामान्य छैन र? (छ।) ऊ आसक्तिको यस हदसम्म पुगेको छ—के उसलाई दुष्ट आत्माले नियन्त्रण गरेको छ? (छ।) त्यसोभए, के यस प्रकारका मानिसहरूको मानवतामा कुनै खराबी छ, कुनै त्रुटि छ, कि कुनै समस्या छ? (कुनै समस्या छ।) तिनीहरूको मानसिक स्थिति अलिक असामान्य हुन्छ। सामान्य मानिसहरूले कहिलेकाहीँ कला क्षेत्रका मानिसहरूका बारेमा केही समाचार सुन्छन्, र फुर्सदमा गफगाफ गर्दा, तिनीहरूले यसबारे यत्तिकै दुई-चार शब्द बोल्न पनि सक्छन्, तर तिनीहरू वास्तविक जीवनमा फर्केपछि सामान्य रूपमै आफ्नो जीवन जिइरहन्छन्। यदि तिनीहरू आमा हुन् भने, तिनीहरू आमाका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्छन्; यदि तिनीहरू बुबा हुन् भने, तिनीहरू बुबाका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्छन्। तिनीहरू संलग्न हुने काम अलिकति पनि प्रभावित वा अवरुद्ध हुँदैन। यदि तिनीहरूलाई मन पर्ने स्टारले कतै कन्सर्ट गर्छ भने, तिनीहरूलाई आफूसँग यसको कुनै सम्बन्ध नरहेको महसुस हुन्छ र तिनीहरू प्रभावित नभई सामान्य रूपमै आफ्नो जीवन जिइरहन्छन्। तिनीहरूमा त्यस स्टारप्रति केही प्रशंसा र ईर्ष्या, र अलिकति लगाव भए पनि, तिनीहरू वास्तविक जीवनमा फर्कँदा, तिनीहरूसँग स्वतन्त्र विचारहरू हुन्छन्, र तिनीहरूको आफ्नै जीवन र करियर, तिनीहरूको आफ्नै आस्था, र तिनीहरूले पछ्याउनुपर्ने कुराहरू र तिनीहरू हिँड्नुपर्ने मार्गमा पटक्कै असर पर्दैन। यो मानवताको सामान्य सोचाइ र सामान्य मानसिक स्थिति हुनु हो। तर, स्टारहरूको अन्धभक्ति गर्न मन पराउने मानिसहरूले यस क्रममा आफूलाई र आफूलाई नियन्त्रण गर्ने सामर्थ्य गुमाइसकेका हुन्छन्; तिनीहरू यी तथाकथित स्टारहरूद्वारा पूर्ण रूपमा निर्देशित हुन्छन्—तिनीहरूकै इसारामा चल्छन्। तिनीहरूका विचार र तिनीहरूको जीवनको स्थिति पूर्ण रूपमा स्टारहरूका शब्द, कार्य, र संवेगहरूद्वारा नियन्त्रित र निर्देशित हुन्छन्। यो अब मानवताको समस्या मात्रै होइन—तिनीहरूको मानसिक स्थिति केही हदसम्म समस्याग्रस्त हुन्छ। तिनीहरूका संवेगहरू असामान्य बनेका हुन्छन्, तिनीहरूको दैनिक जीवनको स्थिति अस्तव्यस्त बनेको हुन्छ, र तिनीहरूले पूर्ण रूपमा आफ्नो दिशा गुमाएका हुन्छन्। तिनीहरूको सम्पूर्ण जीवन स्टारहरूको अन्धभक्ति गर्नुमा मात्रै सीमित हुन्छ; स्टारहरूको अन्धभक्ति गर्नु नै तिनीहरूको अस्तित्वको मार्गको एक मात्र अपरिहार्य कुरा हुन्छ। तिनीहरू जिउन्जेल र सास फेरून्जेल, स्टारहरूको अन्धभक्ति गर्नमा रमाउँछन्, र तिनीहरू हरेक दिन समय बिताउन यसैमा भर पर्छन्। यदि तिनीहरूले स्टारहरूको अन्धभक्ति गरेनन् भने, तिनीहरूलाई जीवन रित्तो र अर्थहीन रहेको, र आफू कुनै लक्ष्य वा दिशाविना जिइरहेको भन्ने लाग्छ, र हृदयमा हराएको महसुस हुन्छ। त्यसैले, समय-समयमा, तिनीहरूलाई आफूलाई मन पर्ने सेलिब्रेटीबारे नयाँ जानकारी खोज्न अनलाइन जानुपर्छ भन्ने लाग्छ—तिनीहरू के खाँदै र पिउँदै छन्, तिनीहरूको जीवन हाल कस्तो स्थितिमा छ, उसले कहिले कन्सर्ट गर्नेछ, उसको पछिल्लो चलचित्रको प्रस्तुति कस्तो थियो, उसको वैवाहिक स्थिति कस्तो छ, उसको पारिवारिक अवस्था कस्तो छ—तिनीहरू समय बिताउन र आफ्नो खाली, दिशाहीन, र अन्योलपूर्ण जीवन भर्न बेलाबेलामा यस्ता जानकारीहरू खोज्छन्। के तिनीहरू यी सेलिब्रेटीहरूद्वारा पूर्ण रूपमा नियन्त्रित भएका छैनन् र? के तिनीहरू स्टारहरूको अन्धभक्ति गर्ने यो मानसिकता वा प्रचलनद्वारा नियन्त्रित भएका छैनन् र? (छन्।) त्यसोभए, के यस प्रकारका मानिसहरूमा अझै पनि विवेक र समझ हुन्छ त? तिनीहरूको दिमाग खुस्किएको हुन्छ, तिनीहरूको मानसिक स्थिति असामान्य बनेको हुन्छ। यस प्रकारको बाह्य प्रचलन वा घटनाद्वारा भ्रमित र विचलित पारिएपछि, तिनीहरूले आफ्नो दिशा गुमाएका हुन्छन् र तिनीहरूलाई उप्रान्त आफूले गरिरहेको कुरा सही छ कि गलत छ भन्ने थाहा हुँदैन—तिनीहरूलाई आफ्ना लागि के राम्रो वा नराम्रो हो भन्ने थाहा हुँदैन। यदि मानिसहरूले तिनीहरूलाई रोक्ने प्रयास गरे भने, तिनीहरू त्यो कुरा ग्रहण गर्न वा बुझ्न पटक्कै सक्दैनन्। आफूले पुज्ने स्टारको कन्सर्टमा उपस्थित हुनका लागि, तिनीहरू तीनदेखि पाँच महिनासम्मको तलब खर्च गर्न इच्छुक हुन्छन्, र तिनीहरू केही मूल्यवान् वस्तु धितो राख्ने, वा पैसा सापट लिने समेत गर्छन्, र फर्केपछि, तिनीहरूले आफ्नो ऋण तिर्नुपर्छ। स्टारहरूको अन्धभक्ति गर्ने आफ्नो लक्ष्य हासिल गर्नकै लागि तिनीहरू यस्तो मूल्य चुकाउँछन्। के यस प्रकारका मानिसहरू सामान्य हुन्? (होइनन्।) तिनीहरू पुगेको आसक्तिको स्तर र आत्म-नियन्त्रणको कमीलाई हेर्दा, त्यस्ता मानिसहरूले सबै विवेक र समझ गुमाइसकेका हुन्छन्, र उप्रान्त आफूलाई नियन्त्रण गर्न सक्दैनन्; तिनीहरू स्टारहरूको अन्धभक्ति गर्नकै लागि आफूले खर्च गर्ने पैसाको मात्रा र आफूले गर्ने यात्राको दूरीको पटक्कै वास्ता गर्दैनन्। तसर्थ, यी प्रकटीकरणहरूलाई हेर्दा, तिनीहरूलाई सामान्य मानिसहरूका रूपमा वर्गीकरण गर्न निकै गाह्रो हुन्छ। तिनीहरूको मानवतामा समस्या छ भनेर भन्नैपर्छ—तिनीहरूले आफ्नो चेतना गुमाएका छन्। त्यसोभए, तिनीहरूको विवेकले अझै काम गर्छ त? के तिनीहरूसँग अझै पनि विवेक छ? (अहँ, छैन।) त्यसोभए तिनीहरू कस्ता मानिस हुन्? तिनीहरूसँग न त विवेक हुन्छ न समझ नै; तिनीहरूको मानवता एउटा रित्तो खोलमै सीमित भएको हुन्छ। सामान्य मानवताको वास्तविक जीवन तिनीहरूबाट झन्-झन् टाढा भएको हुन्छ। तिनीहरूलाई वास्तविक जीवनमा घुलमिल हुन निकै गाह्रो हुन्छ र तिनीहरूलाई आफ्नो मन शान्त पार्न र वास्तविक जीवनका सामान्य मामिलाहरूमा संलग्न हुन निकै गाह्रो हुन्छ। तिनीहरूको जीवनमा, स्टारहरूको अन्धभक्ति गर्ने एउटा मात्र मामिला हुन्छ। त्यसोभए के तिनीहरूको आत्मिक संसार स्टारहरूको अन्धभक्ति गर्ने मामिलाद्वारा नियन्त्रित भएको छैन र? (छ।) त्यस्तो व्यक्ति बाहिरबाट हेर्दा मानिस जस्तो देखिन्छ, तर सारमा, के ऊ फगत रित्तो खोल बनिसकेको छैन र? (छ।) रित्तो खोलका रूपमा बाँकी रहेकाहरू कस्ता मानिसहरू हुन्? (जिउँदा लासहरू।) ठीक भन्यौ—जिउँदा लासहरू। के तिनीहरूसँग आस्था हुन्छ? (हुँदैन।) के तिनीहरूका कुनै सकारात्मक पछ्याइहरू हुन्छन्? (हुँदैनन्।) के तिनीहरू सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन्, न्यायवान् कुरा के हो र दुष्ट कुरा के हो भन्ने कुरा बुझ्छन्? (बुझ्दैनन्।) तिनीहरू बुझ्दैनन् भन्ने कुरा कसरी देख्न सकिन्छ? हाल, मञ्चमा प्रख्यात गायकहरू झन्-झन् खुल्ला र उत्तेजक लुगाहरू लगाइरहेका छन्, र झन्-झन् दुष्ट चालहरू प्रदर्शन गरिरहेका छन्। यी स्टारहरूको अन्धभक्ति गर्ने दर्शकहरूलाई यो हेर्दै गर्दा झन्-झन् बढी उत्साहित, सन्तुष्ट, र मग्न भएको महसुस हुन्छ। विशेष गरी, जब कुनै पप स्टार अलिकति उत्तेजित हुन्छ र आफ्ना लुगा फुकालेर दर्शकहरूतर्फ फ्याँक्छ, तब भीडमा भएका मानिसहरू पूर्ण रूपमा पागल हुन्छन्। कतिपय त यति धेरै उत्साहित हुन्छन् कि तिनीहरूलाई हृदयघात हुन्छ र त्यसपछि तिनीहरू बेहोस हुन्छन्। स्टारहरूको अन्धभक्ति गर्ने दृश्यहरू वास्तवमा यति चरम हुन्छन्! कहिलेकाहीँ त भागदौड समेत मच्चिन्छ, र कतिपय मानिस घाइते हुन्छन् र उद्धारका प्रयासहरू असफल हुँदा तिनीहरूले आफ्नो ज्यान गुमाउँछन्। यी सबै स्टारहरूको अन्धभक्ति गर्नाले निम्तिने त्रासदीहरू हुन्। स्टारको अन्धभक्ति गरेको परिणामस्वरूप घाइते हुनु र आफ्नो ज्यान गुमाउनु—मलाई भन्, के यस्तो जीवन व्यर्थको छैन र? के यसको कुनै मूल्य छ? तिनीहरूका संवेगहरू, तिनीहरूले मन पराउने कुराहरू, र तिनीहरूलाई चिच्याउने हदसम्म उत्साहित बनाउने दृश्यहरूलाई हेर्दा, के यी मानिसहरूलाई लाज भनेको के हो भन्ने थाहा हुन्छ? के तिनीहरूलाई सकारात्मक र न्यायवान् कुराहरू के हुन्, र दुष्ट कुराहरू के हुन् भन्ने कुरा थाहा हुन्छ? (हुँदैन।) तिनीहरूलाई थाहा हुँदैन। सामान्य मानिसहरूले यी दृश्यहरू देख्छन् र विकर्षित महसुस गर्छन्: “संसार कसरी यति दुष्ट बन्यो? यो अत्यन्तै दुष्ट छ!” तर स्टारहरूको अन्धभक्ति गर्ने यी मानिसहरूले यी दृश्यहरू देख्छन् र खुसी, गर्व, सन्तुष्ट, र तृप्त महसुस गर्छन्, अब यस जीवनमा कुनै पछुतो छैन भन्ने विश्वास गर्छन् र तिनीहरू यी दृश्यहरूका लागि चिच्याउँछन् र कराउँछन्। यसले तिनीहरूलाई आफ्नो प्राणको गहिराइमा दुष्ट कुराहरू के हुन्, न्यायवान् कुराहरू के हुन्, सकारात्मक कुराहरू के हुन्, वा नकारात्मक कुराहरू के हुन् भन्ने कुरा थाहा हुँदैन भन्ने देखाउँछ। गायक वा अभिनेताहरूका कतिपय महिला प्रशंसक आफूलाई मन पर्ने पुरुष स्टारलाई उसको निवाससम्मै पछ्याउने समेत गर्छन्, र आफूलाई उसलाई सुम्पन तयार हुन्छन्। जब स्टारले अस्वीकार गर्छ, तब तिनीहरू रिसाउने समेत गर्छन् र स्टारलाई काँतर भन्छन्। के त्यस्ता मानिसहरूमा अलिकति पनि लाज हुन्छ र? के तिनीहरू “लाजको बोध” भन्ने शब्दहरूको अर्थ बुझ्छन्? के तिनीहरू सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भन्ने कुरा बुझ्छन्? (बुझ्दैनन्।) तिनीहरू “लाजको बोध” भन्ने शब्दहरू समेत बुझ्दैनन्। जब स्टारले अस्वीकार गर्छ, तब तिनीहरू उसको अपमान समेत गर्छन्। के तिनीहरू मानव त हुन्? तिनीहरूको मानवतामा कुनै कुराको कमी भएको होइन—तिनीहरू मानसिक रूपमा विक्षिप्त छन्; तिनीहरू अशुद्ध आत्मा र दुष्ट आत्मा हुन्!
विभिन्न समूहका मानिसहरूमध्ये, स्टारहरूको अन्धभक्ति गर्नमा आसक्त हुने मानिसहरूको एउटा हिस्सा सधैँ हुन्छ। त्यस्ता मानिसहरू, ठ्याक्कै भन्नुपर्दा, जिउँदा लास हुन्, र तोकेरै भन्दा, तिनीहरू गैर-मानव हुन्। तिनीहरू मञ्चमा र पर्दाहरूमा देखा परिरहने स्टारहरूलाई पछि लाग्नुपर्ने कुराका रूपमा लिन्छन्, र त्यसो गर्नुलाई एउटा वैध पेसा समेत मान्छन्। तिनीहरू यसरी नै आफ्नो जीवन खेर फाल्छन्। के भन्नैपर्छ भने, सम्पूर्ण समाजमा, यस प्रकारका मानिसहरू एउटा विशेष समूह हुन्, लगभग समाजको पिँधमा रहेका र उचित कामहरूमा संलग्न नहुने मानिसहरू जस्तै हुन्—तिनीहरू सबै नीच र मूल्यहीन हुन्! तिनीहरूसँग कुनै आस्था हुँदैन, कुनै सकारात्मक पछ्याइहरू हुँदैनन्, र तिनीहरूको मानवतामा कुनै सकारात्मक आवश्यकता, सकारात्मक आकाङ्क्षा, वा सकारात्मक कुराहरू हुँदैनन्। कलाको संसार जतिसुकै दुष्ट वा जतिसुकै अन्धकारमय भए पनि, तिनीहरू वास्ता गर्दैनन् वा यसलाई घिनलाग्दो मान्दैनन्, र तिनीहरू यसलाई स्वीकार र अनुमोदन गर्छन्, र अझ त्यसमाथि, जोसका साथ यसलाई पछ्याउँछन्। यी व्यक्तिहरू कस्ता मानिस हुन्? तिनीहरू नीच हुन् भनेर भन्न सकिन्छ। आत्मिक क्षेत्रको दृष्टिकोणबाट हेर्दा, यस प्रकारका मानिसहरू अशुद्ध आत्मा र दुष्ट आत्मा हुन्। जब अशुद्ध आत्मा र दुष्ट आत्माहरूले मानवका रूपमा पुनर्जन्म लिन्छन्, तब तिनीहरूले पनि सामान्य मानिसहरूले जस्तै खानुपर्छ र व्यवहार गर्नुपर्छ, तर तिनीहरू उचित कार्यहरूमा संलग्न हुँदैनन्, वा सत्यता अलिकति पनि स्वीकार गर्दैनन्, र केवल रमाइलो खोज्न आफ्नै प्रकारका मानिसहरूलाई खोज्न मन पराउँछन्, र मृत्यु पर्खँदै यत्तिकै भौँतारिन्छन्। यदि तिनीहरू कला उद्योगमा संलग्न हुन सक्दैनन् भने, तिनीहरू यसमा भएका मानिसहरूलाई पछ्याउँछन्, र आफ्ना आवश्यकताहरू पूरा गर्न यसभित्रका सबै प्रकारका दुष्ट प्रचलनहरूलाई पछ्याउँछन्। त्यसकारण, यी मानिसहरू जे कुरामा सिपालु भए पनि, तिनीहरूका यस्ता पछ्याइहरू हुन्छन् र तिनीहरू समाजमा यस्तो मार्ग र यस्तो जीवनशैली छनौट गर्छन् भन्ने तथ्यले नै तिनीहरू असल मानिस होइनन् वा मुक्ति प्राप्त गर्न सक्ने मानिस होइनन् भन्ने देखाउँछ। मैले त्यस्ता मानिसहरूले मुक्ति प्राप्त गर्न सक्दैनन् भनेर ठ्याक्कै भन्नुको कारण के हो भने, तिनीहरूको मानवताभित्र “शून्यता” हुन्छ। यो “शून्यता” लाई उद्धरण चिह्नभित्र राख्नुपर्छ। किन? किनभने तिनीहरूको मानवतामा सकारात्मक कुराहरू हुँदैनन् बरु यसको सट्टा अशुद्ध आत्मा र दुष्ट आत्माहरूसँग हुने सबै कुरा हुन्छन्: दुष्टतालाई पछ्याउने, दुष्टतालाई श्रद्धा गर्ने, अन्धकारलाई पछ्याउने, र अन्धकारलाई श्रद्धा गर्ने। तिनीहरू यस सम्पूर्ण दुष्ट समाजमा दुष्ट प्रचलनहरूको अग्रपङ्क्तिमा रहेका अनुयायी हुन्, साथै यी प्रचलनहरूका प्रसारक हुन्। कलाको संसारका विभिन्न दुष्ट भ्रम र विभिन्न विकृत विचार र दृष्टिकोण कम्प्युटर, टिभी, पत्रपत्रिका, समाचारपत्र, चलचित्र र टेलिभिजनका कृतिहरू, र अन्य रूपहरूमार्फत जनतामाझ प्रसारित भएपछि, ती बिस्तारै मानिसहरूको बीचमा फैलिन्छन्, र त्यसपछि व्यापक रूपमा फैलिन्छन्। यी मानिसहरूमध्ये, विभिन्न चलचित्र र टेलिभिजनका कृतिहरू र कलात्मक कृतिहरूमा पाइने दुष्ट विचारहरू वा दुष्ट प्रचलनहरू र काम गर्ने तरिकाहरू फैलाउने अग्रदस्ता ठ्याक्कै यिनै स्टारहरूको अन्धभक्ति गर्नेहरू नै हुन्। तिनीहरू विभिन्न दुष्ट विचार र विभिन्न विकृत विचार र दृष्टिकोण प्रसारण गर्ने पहिलो पङ्क्तिका प्रसारकहरू हुन्। तिनीहरूको मुखामुखको प्रचारमार्फत, तिनीहरूका ठोस कार्य र प्रकटीकरणहरूमार्फत, जनमानसले बिस्तारै विभिन्न दुष्ट विचार र दुष्ट प्रचलनहरूलाई अनुमोदन गर्छन् र स्वीकार गर्छन्। त्यसपछि, तिनीहरू अलि-अलि गर्दै ती कुराहरूको सिकाइको प्रभावमा पर्छन् र ती कुराहरूद्वारा भिजिन्छन्। अन्त्यमा, यसले गर्दा दुष्ट प्रचलनहरू, दुष्ट विचारहरू, र विकृत विचार र दृष्टिकोणहरूले विभिन्न सामाजिक व्यवस्थाअन्तर्गत र मानिसहरूका विभिन्न समूहमाझ बिस्तारै जरा गाड्छन् र आकार लिन्छन्। विवाहको सन्दर्भमा विगतलाई फर्केर हेर्दा, जब मानिसहरू विवाहयोग्य उमेरमा पुग्थे, तब लमीद्वारा तिनीहरूको चिनजान गराइन्थ्यो र कुरा मिलाइन्थ्यो। विवाहका लागि दुवै पक्षका आमाबुबाको सहमति पनि आवश्यक पर्थ्यो, त्यसपछि मिति तय गरिन्थ्यो, र जोडी वैवाहिक बन्धनमा बाँधिन्थे। विगतको सामाजिक परिवेशमा, पुरुष र महिलाबीचको विवाहको कुरा आउँदा धेरैजसो मानिस आदर र सावधानी देखाउँथे। तिनीहरू विवाहलाई एउटा ठूलो घटना मान्थे र यसलाई गम्भीरता र इमानदारीका साथ लिन सक्थे। तिनीहरू विशेष गरी आफ्ना छोराछोरीहरू छाडा नहोऊन्, हाडनाता करणी नगरून्, र अवैध यौन सम्बन्धमा संलग्न नहोऊन् भन्ने माग गर्थे—यी मागहरू पालना गर्नैपर्थ्यो। कम्तीमा पनि, धेरैजसो मानिसको हृदयमा यो अवधारणा हुन्थ्यो। यसरी, आफ्नो मानवताको विवेकको बन्धनमा रहेर, धेरै मानिस अवैध यौन सम्बन्ध र व्यभिचारमा संलग्न हुने दुष्ट कार्यहरूबाट जोगिन्थे, जसले निश्चित हदसम्म पुरुष र महिला दुवैलाई सुरक्षा दिन्थ्यो। अवश्य नै, यसले सामाजिक वातावरणमा पनि निश्चित सकारात्मक असर र प्रभाव पारेको थियो। तर, समयको विकास र विभिन्न कलात्मक कृतिको उदयसँगै, यौन स्वतन्त्रता, विवाहको स्वतन्त्रता, इत्यादिको वकालत गर्ने सबै प्रकारका विचार र दृष्टिकोण निरन्तर देखा परेका छन्। एकातिर, केही निश्चित व्यक्तिले तिनको वकालत गर्छन्; यस अतिरिक्त, समाजले विभिन्न कलात्मक रूपमा प्रस्तुति र प्रदर्शनहरूमार्फत तिनलाई प्रवर्धन गर्छ अनि एक कदम अगाडि बढाउँछ र व्यापक रूपमा फैलाउँछ। यी विचारहरूलाई सुरुमा स्टारहरूको अन्धभक्ति गर्ने मानिसहरूको एउटा हिस्साले स्वीकार र अनुमोदन गर्छन्—अर्थात्, तिनका लागि पहिलो दर्शक यिनै स्टारहरूको अन्धभक्ति गर्नेहरू हुन्। यी मानिसहरूले स्टारहरूको अन्धभक्ति गर्ने हुनाले, तिनीहरूले मञ्चमा, पर्दामा, वा निश्चित कलात्मक रूपहरूमा स्टारहरूले वकालत गरेका यी विचारहरूलाई चाँडै स्वीकार र अनुमोदन गर्छन्। तिनलाई दृढतापूर्वक अनुमोदन गरेपछि, तिनीहरू त्यसपछि दैनिक जीवनमा आफ्ना छोराछोरीका साथै आफ्नो वरिपरिका मानिसहरूलाई प्रभाव पार्छन्। यसरी, एक जना व्यक्तिले यी विचारहरू दश जनालाई दिन्छ, दश जनाले सय जनालाई दिन्छन्, सय जनाले हजार जनालाई दिन्छन्, हजार जनाले दश हजार जनालाई दिन्छन्—यी विचारहरूलाई साँघुरो दायराबाट धेरै फराकिलो दायरामा फैलाउँछन्। आगामी एक वा दुई वर्षसम्म, मानिसहरू यी विचारहरू व्यक्त गर्छन्, र पाँच वा दश वर्षपछि पनि, तिनीहरू अझै ती विचारहरू व्यक्त गर्छन्। बीस वा तीस वर्षपछि, त्यस्ता दुष्ट विचारहरूले मानिसहरूका बीचमा झन्-झन् आकार लिँदै जान्छन्, ती समाजको हरेक कुनामा झन्-झन् व्यापक रूपमा फैलिन्छन्, र हरेक व्यक्तिको हृदयमा झन्-झन् गहिरो रूपमा रोपिन्छन्। त्यसपछि यी दुष्ट विचारहरू र दुष्ट प्रचलनहरूलाई मानिसहरूले बिस्तारै अनुमोदन गर्छन् र जनमानसले बिस्तारै स्वीकार गर्छन्, र मानिसहरू विवाह अनि पुरुष र महिलाबीचका मामिलाहरूमा झन्-झन् आत्म-लिप्त, व्यभिचारी, र अनियन्त्रित बन्छन्। मानिसहरू यो खुला मनको हुनु र फराकिलो दृष्टिकोण राख्नु हो, र यो परिपक्व मानवताको सङ्केत हो भन्ने विश्वास गर्छन्, र नकारात्मक कुराहरू सकारात्मक र वैध भएझैँ गरी तीबारे बोल्छन्। यस बिन्दुसम्म आइपुग्दा, सम्पूर्ण समाजका दुष्ट प्रचलनहरूमा उछाल आएको हुन्छ, ती हावी भएका हुन्छन्, र मूलधार बनेका हुन्छन्। त्यस उप्रान्त धेरैजसो मानिससँग पुरुष र महिलाबीचको विवाह र पुरुष-महिला सम्बन्धबारे सही विचार र दृष्टिकोणहरू हुँदैनन्; तिनीहरूलाई यी कुराहरू ठूलो कुरा होइनन् भन्ने लाग्छ। विशेष गरी, समलैङ्गिकता झन्-झन् आम बन्दै गएको छ; यसबाहेक, विवाहोत्तर सम्बन्धहरू झन्-झन् आम बन्दै गएका छन्, र यसरी सम्बन्धविच्छेदको दर झन्-झन् बढ्दै गएको छ। बढ्दो सङ्ख्याका बालबालिकाले बुबा र आमाको माया पनि गुमाएका छन्, अनि तिनीहरू कि त एकल अभिभावक भएको परिवारमा कि त सौतेनी बुबा वा सौतेनी आमा भएको परिवारमा जिइरहेका छन्। धेरै मानिसको विवाहअघि नै विपरीत लिङ्गी सङ्गी हुन्छ र तिनीहरू यसलाई लाजमर्दो कुराका रूपमा हेर्दैनन्, र यो सामान्य हो, समाज यस्तै छ, र यो कुनै ठूलो कुरा होइन भन्ने समेत सोच्छन्। हर समय, दुष्टता सधैँ दुष्टता नै हुन्छ, र सकारात्मक कुराहरू सधैँ सकारात्मक नै हुन्छन्। तँलाई यो ठूलो कुरा होइन भन्ने लागे पनि, त्यो त यो दुष्ट प्रचलन र यस समाजको पतनले गर्दा हो—यो मानवहरू शैतानद्वारा भ्रष्ट पारिएको र तिनीहरूमा दुष्ट विचार र दुष्ट प्रचलनहरू रोपिएको र भरिएको कारणले भएको हो। सकारात्मक कुराहरूलाई नकारात्मक भन्न सकिन्छ, वा नकारात्मक कुराहरूलाई आजकाल सकारात्मक कुराहरूमा परिणत गर्न सकिन्छ भन्ने होइन। यदि तँ यसरी सोच्छस् भने, यसको कारण तैँले सत्यता वा सकारात्मक कुराहरू के हुन् भन्ने नबुझ्नु हो। तँ यी परिस्थितिहरूमा दुष्ट प्रचलन र दुष्ट विचारहरूलाई आफूलाई आचरणमा ढाल्ने सिद्धान्त र जगका रूपमा स्वीकार गर्न बाध्य भएकाले यस्तो भएको हो। यो समाज र यो मानवजाति यसरी नै, अलि-अलि गर्दै गहिरो रूपमा भ्रष्ट पारिएका छन्। त्यसकारण, दुष्ट प्रचलनहरू व्यापक रूपमा फैलिने र मानिसहरूको हृदयमा गहिरो रूपमा रोपिने मामिलामा, यी स्टारहरूको अन्धभक्ति गर्नेहरूले दुष्ट प्रचलनहरू र दुष्ट विचार र दृष्टिकोणहरू फैलाउनमा अग्रदस्ताको भूमिका खेल्छन्। तिनीहरू यी कुराहरूका अग्रपङ्क्तिका प्रसारकहरू हुन्। यदि हामीले यो शैतानले मानिसहरूलाई भ्रष्ट पार्नु हो भनेर भन्यौँ भने, यो अलिक अस्पष्ट वा अमूर्त हुन्छ। तर यदि हामीले यी स्टारहरूको अन्धभक्ति गर्नेहरू नै शैतानका विचार र शैतानका दुष्ट प्रचलनहरू फैलाउने वास्तविक वकालतकर्ताहरू हुन् भनेर भन्यौँ भने, यो सबैभन्दा सटीक हुन्छ। किनभने तिनीहरू कलाको संसार वा विभिन्न दुष्ट विचार र दुष्ट प्रचलनको सबैभन्दा नजिक रहेको मानिसहरूको समूह हुन्, र तिनीहरू यी चलचित्रका स्टारहरू र प्रख्यात गायकहरूसँग निकट सम्पर्कमा आउने मानिसहरूको हिस्सा हुन्। यी मानिसहरू तिनीहरूको पछि नलाग्ने हो भने, तिनीहरूको आसक्तिपूर्ण समर्थन नहुने हो भने, यी तथाकथित प्रख्यात गायक र चलचित्रका स्टारहरूसँग यति धेरै आकर्षण, यति धेरै ख्याति, यति धेरै प्रभाव, र भ्रमित पार्ने यति धेरै शक्ति हुनेछैन। यी स्टारहरूको अन्धभक्ति गर्नेहरूको अन्धप्रशंसा र तीव्र नक्कलको कारणले नै विभिन्न दुष्ट प्रचलन र दुष्ट विचार मानिसहरूका बीचमा असाधारण गतिमा फैलिएका छन्। आफ्ना ठोस कार्यहरूमार्फत, तिनीहरूले जनमानसलाई कलाको संसारमा देखा पर्ने विभिन्न दुष्ट कुरा र विभिन्न विकृत, दुष्ट विचार र दृष्टिकोण मानिसहरूले स्वीकार गर्नुपर्ने कुराहरू हुन्, यी कुराहरू अत्यन्तै सामान्य र वैध हुन् भनेर बताउँछन्। अन्त्यमा, धेरैजसो मानिस बिस्तारै कामकुराहरू गर्ने यी दुष्ट तरिकाहरू र दुष्ट विचार र दृष्टिकोणहरू स्वीकार गर्छन्। नतिजास्वरूप, यी तथाकथित प्रख्यात व्यक्तित्वहरू, प्रख्यात गायकहरू, र चलचित्रका स्टारहरूका विवाहोत्तर सम्बन्धहरू, व्यभिचारिता, वा कुनै पनि दुष्ट विचार, दृष्टिकोण, र कामकुरा गर्ने तरिकाहरूलाई हल्का रूपमा लिइन्छ, र कसैले पनि यी कुराहरूका बारेमा सही राय वा मूल्याङ्कन व्यक्त गर्दैन। यसर्थ, यी प्रख्यात व्यक्ति, प्रख्यात गायक, र चलचित्रका स्टारहरू जतिसुकै व्यभिचारी भए पनि, तिनीहरूलाई हटाइँदैन वा दोषी ठहराइँदैन बरु तिनीहरू मञ्चमा तडकभडक देखाइरहन्छन्। यो समाजमा प्रचलित एउटा भनाइसँग पूर्ण रूपमा मेल खान्छ: “वेश्याहरूको होइन, गरिबको गिल्ला गर।” यो मानवजातिको नैतिक पतनको साँचो चित्रण हो, र यसको प्रमाण पनि हो। हेर् त, जब तँ परमेश्वरमा विश्वास गर्छस् र तँ गिरफ्तार हुन्छस् र जेलमा पर्छस्, तब मानिसहरूले तँलाई गिल्ला गर्छन् र तुच्छ ठान्छन्। वास्तवमा, तिनीहरूलाई तैँले कुनै गल्ती गरेको छैनस् भन्ने कुरा पनि थाहा हुन्छ—परमेश्वरमा विश्वास गर्नु भनेको आस्था राख्नु हो, असल व्यक्ति बन्न चाहनु हो, र स्वर्ग जान चाहनु हो; महिला विश्वासीहरू आफ्नो शरीर बेच्दैनन् र वेश्याका रूपमा काम गर्दैनन्, अनि पुरुष विश्वासीहरू डकैती गर्दैनन् बरु नियम-पालन गर्ने तरिकाले आफूलाई आचरणमा ढाल्छन्। तैपनि मानिसहरू तँलाई मन पराउँदैनन्। यदि कुनै महिला आकर्षक सुन्दरी छे, र उसको उच्च-पदस्थ अधिकारीहरू र धनी मानिसहरूसँग अनुचित सम्बन्ध छ, र ऊ हरेक दिन विलासी गाडीहरूमा घुम्न निस्कन्छे भने, अरूले उसको ईर्ष्या र प्रशंसा गर्छन्, र यसो भन्छन्: “तिमीमा साँच्चै नै केही छ, तिम्रो अन्दाज नै बेग्लै छ। तिमीले आफ्ना आमाबुबाका लागि पैसा कमाउन सकेकी छौ ताकि उहाँहरूले मीठो खाना खान र राम्रा लुगा लगाउन सक्नुहोस्। तिम्रो रूप साँच्चै नै मूल्यवान् छ!” तर यदि तेरो रूप राम्रो छ र तैँले परमेश्वरमा विश्वास गर्ने व्यक्तिसँग विवाह गरिस् भने, तिनीहरूले तँलाई गिल्ला गर्नेछन्। तिनीहरूले तँलाई गिल्ला गर्ने मात्र होइन, तँलाई सताइएको देख्दा तँलाई हेप्ने पनि छन्। कुरा त्यस्तै होइन र? (हो।)
यस समूहले, यी स्टारहरूको अन्धभक्ति गर्नेहरूले गर्ने कुनै पनि कुराको कुनै अर्थ हुँदैन। यस विपरीत, यी कार्यहरूले शैतानले दुष्ट विचार र दुष्ट प्रचलनहरू फैलाउने कामलाई बढावा दिएका छन्। वर्तमान समयका स्टारहरूको अन्धभक्ति गर्नेहरूलाई हेर्—कतिपय महिला मञ्चमा जान्छन् र सजिलैसँग गाउँछन् र नाच्छन्, र कुनै प्रख्यात गायकलाई देख्दा, तिनीहरू उसलाई अचाक्ली पुज्छन्। यो ४० र ५० को दशकका महिलाहरूभन्दा निकै फरक कुरा हो। गैरविश्वासीहरूको शब्दमा भन्दा, तिनीहरू खुला भएका छन्—विचारमा खुला, र यौनिकतामा खुला, तिनीहरू यी दुवै क्षेत्रमा स्वतन्त्र भएका छन्। कतिपय मानिस भन्छन्: “यो कुन युग हो? कसले आफ्नो सम्पूर्ण जीवन एउटै श्रीमान्सँग बिताउँछ र? कसले सधैँ आफ्नो जीवन आफ्ना छोराछोरीको वरिपरि मात्रै केन्द्रित गर्छ र? मौका पाउँदा नयाँ व्यक्ति खोज्नुपर्छ, र अवसर पाउँदा रमाइलो गर्नुपर्छ!” यी मानिसहरूका विचारहरू कस्ता छन्, हेर् त—ती कति डरलाग्दा छन्! यदि परमेश्वरमा विश्वास गर्ने व्यक्ति पनि यसरी नै सोच्छ भने, के त्यो राम्रो सङ्केत हो? यदि कुनै विश्वासीमा यी विचार र दृष्टिकोणहरू छन्, ऊ त्यस्ता मानिसहरूको ईर्ष्या र पूजा गर्छ, र त्यस्तै व्यक्ति बन्न चाहन्छ भने, के त्यो उसका लागि अत्यन्तै डरलाग्दो र अत्यन्तै खतरनाक कुरा होइन र? (हो।) यो कति डरलाग्दो वा खतरनाक छ भन्ने बारेमा अहिले कुरा नगरौँ। यी मानिसहरूको सारको हिसाबमा मात्रै कुरा गर्दा, तिनीहरू आफ्नो प्राणको गहिराइमा, विशेष गरी यी स्टारहरूको ईर्ष्या, प्रशंसा गर्छन्, र यिनलाई प्रेम गर्छन्। तिनीहरू स्टारहरूका सबै प्रकारका व्यवहार र सबै प्रकारका विचार र दृष्टिकोण स्वीकार गर्न सक्छन्। विचारहरू जतिसुकै दुष्ट भए पनि, तिनीहरू ती स्वीकार गर्न सक्छन्। तिनीहरू यस्तो विश्वास गर्छन्, “मानिसहरूले आफूलाई यसरी नै आचरणमा ढाल्नुपर्छ—यो मात्रै स्वतन्त्र हुनु हो। सबै विचार र दृष्टिकोणलाई अस्तित्वमा रहन दिनुपर्छ। आखिरकार, संसार बन्न सबै प्रकारका मानिसहरू चाहिन्छन्।” तिनीहरूका विचारहरूमा सकारात्मक र नकारात्मकबीच कुनै भिन्नता हुँदैन, सही र गलतबीच कुनै भिन्नता हुँदैन। के यो मानसिक रूपमा असामान्य हुनु होइन र? यदि कम क्षमताका कारण कसैसँग सही र गलत खुट्ट्याउने सामर्थ्य छैन, तर ऊसँग अझै पनि लाजको बोध छ, र यदि उसलाई कुनै कुरा सही छ भन्ने थाहा भएमा ऊ त्यसमा अडिग रहन सक्छ, र यदि उसलाई कुनै कुरा गलत छ भन्ने थाहा भएमा ऊ त्यो कुरा पटक्कै गर्दैन, र यदि उसलाई कुनै कुरा दुष्ट छ भन्ने थाहा भएमा ऊ आफ्नो हृदयमा त्यसलाई घृणा गर्न सक्छ भने, यो अझै पनि सामान्य व्यक्ति नै हो। तर यदि उसलाई कुनै कुरा गलत छ, त्यो दुष्ट छ भन्ने स्पष्ट रूपमा थाहा छ, तैपनि ऊ त्यसको प्रतिरोध नगर्ने मात्र होइन, बरु त्यसलाई बिनाहिचकिचाहट स्वीकार पनि गर्न सक्छ, र त्यसको ईर्ष्या र अनुसरण समेत गर्ने गर्छ, र झन्-झन् गहिराइमा फस्दै जान्छ भने, ऊ मानिस नभई जिउँदो लास हो। ऊ बर्बाद भएको छ र मुक्ति प्राप्त गर्न सक्दैन। त्यसकारण, यस प्रकारका मानिसहरूमा खराब मानवता, कम निष्ठा, दुष्ट चरित्र, वा विवेक र समझको अभाव छ भनेर भन्न सकिँदैन—समस्या त्यो होइन। सबैभन्दा ठूलो समस्या त के हो भने, तिनीहरूमा मानवता नै हुँदैन। त्यसोभए यी मानिसहरू के हुन् त? अशुद्ध आत्माहरू, दुष्ट आत्माहरू, र जिउँदा लासहरू। तिनीहरू विभिन्न दुष्ट प्रचलन र विभिन्न दुष्ट, विकृत विचार र दृष्टिकोणका वकालतकर्ता, हस्तान्तरणकर्ता, र विस्तारकहरू हुन्। यो ठ्याक्कै महामारी जस्तै हो—भाइरस बोकेको एक व्यक्तिले आफू जाने हरेक ठाउँमा यो फैलाउँछ, र ऊ जति धेरै ठाउँमा जान्छ, भाइरस त्यति नै व्यापक रूपमा फैलिन्छ। यी स्टारहरूको अन्धभक्ति गर्नेहरू भाइरस बोक्ने र फैलाउनेहरू सरह हुन्, त्यसैले तिनीहरू मानवजातिको हिस्सा हुँदै होइनन्—तिनीहरू गैर-मानव हुन्। तथाकथित गैर-मानवको परिभाषा के हो? त्यो के हो भने, यी मानिसहरू दुष्ट प्रचलनहरू र दुष्ट विचार र दृष्टिकोणहरूका वकालतकर्ता र प्रसारक हुन्। अब बुझ्यौ त? यदि तँ अझै पनि आफ्नो हृदयमा यी स्टारहरूको ईर्ष्या गर्छस् वा कुनै समय यस प्रकारको व्यक्ति बन्न चाहन्थिस् भने, म तँलाई भन्दै छु, यो फर्किन नमिल्ने बाटो हो। यस प्रकारको व्यक्ति बन्ने प्रयास कहिल्यै नगर्! यदि तैँले कहिल्यै कुनै चलचित्र वा टेलिभिजनको काममा कुनै भूमिका खेलेको छस्, यदि तँ कहिल्यै फिल्म स्टार वा प्रख्यात व्यक्ति बन्न चाहेको छस् र यो मार्ग लिने योजना बनाएको छस् भने, म तँलाई भन्दै छु—तुरुन्तै ब्रेक लगा र रोकिइहाल्। यो दण्डित हुने वा इनाम पाउने मामिला होइन। यो त अनन्त श्रापतिर लैजाने मार्ग हो—यसमा कहिल्यै नहिँड्! यदि तँ अस्थायी रूपमा भ्रमित वा कमजोर भएको कारणले, वा केही अस्थायी ईर्ष्या र तृष्णाको कारणले यस प्रकारको व्यक्तिलाई पछ्याउन चाहन्छस् भने, मेरो चेतावनी सुन्, मेरो अर्ती सुन्—तुरुन्तै ब्रेक लगा। त्यो उद्योगमा कहिल्यै कदम नराख्, ती पङ्क्तिहरूमा कहिल्यै कदम नराख्; तिनीहरूमध्येको एक कहिल्यै नबन्। यदि तँ सही मार्गमा हिँड्न वा अर्थपूर्ण कुराहरू गर्नमा लागिरहन सक्दैनस् भने, तँ अझै पनि दुष्ट प्रचलन र दुष्ट विचार र दृष्टिकोणहरू फैलाउने व्यक्ति बन्नु हुँदैन—त्यो परमेश्वरद्वारा श्रापित मार्ग हो। त्यसैले, तैँले कुनै समय चलचित्र वा टेलिभिजनको कृतिमा जस्तोसुकै भूमिका खेलेको भए पनि, तैँले आफूलाई महत्त्वपूर्ण व्यक्ति, प्रख्यात व्यक्ति, वा कुनै उच्च-स्तरीय व्यक्ति मानेको भए पनि—तैँले आफूलाई जसरी खडा गरेको भए पनि—ती सबै विगत बनिसकेका छन्, ती सबै गलत थिए। यदि तैँले अहिले ब्रेक लगाइसकेको छस् भने, त्यतिबेला तेरो कद अपरिपक्व थियो र तैँले सत्यता बुझेको थिइनस् भनेर मात्र भन्न सकिन्छ। भविष्यमा त्यसरी कहिल्यै नसोच्, र त्यस मार्गमा पनि कहिल्यै नहिँड्। यदि तँ महत्त्वपूर्ण व्यक्तित्व वा प्रख्यात व्यक्तित्व बन्न चाहन्छस्, यदि तँ अरूद्वारा पुजिन र पछ्याइन चाहन्छस् भने, मैले आज बोलेका वचनहरूबारे तुरुन्तै सोच्। कुनै पनि व्यक्तिका लागि, अनन्त श्रापको समाचार प्राप्त गर्नु दुर्भाग्यपूर्ण कुरा हो—यो सम्भव भएअनुसार सबैभन्दा खराब समाचार हो। त्यो परमेश्वरद्वारा श्रापित मार्ग हो। यस मार्गमा कहिल्यै नहिँड्, यस फोहोरबाट कहिल्यै कलङ्कित नबन्। यस मार्गमा कदम राख्नु भनेको अनन्त श्राप हो! तैँले नियम-पालन गर्ने तरिकाले आफूलाई आचरणमा ढाल्नुपर्छ किनभने तँ एउटा सृजित प्राणी होस्, सृजित मानवजातिको एक सदस्य होस्। तैँले परमेश्वरको घरमा जस्तोसुकै भूमिका निर्वाह गरेको भए पनि, जस्तोसुकै काम गरेको भए पनि, वा जस्तोसुकै योगदान दिएको भए पनि, अन्त्यमा, तैँले आफ्नो उचित स्थान निर्धारण गर्नैपर्छ। कुन स्थान? तँ एक सृजित प्राणी होस्, सृजित मानवजातिको एक सदस्य होस्। तैँले एउटा सृजित प्राणीको कर्तव्य पूरा गर्नैपर्छ। तेरो कर्तव्य निर्वाह मानकअनुरूपको हुनैपर्छ, यो परमेश्वर सन्तुष्ट हुनेगरी गर्नैपर्छ। तैँले परमेश्वरका लागि गवाही दिनैपर्छ, परमेश्वरका वचनहरू प्रसार गर्नैपर्छ, परमेश्वरका लागि गवाही बन्नैपर्छ, र मुक्ति प्राप्त गर्नैपर्छ। यो तँ पूरा गर्न कर्तव्यबद्ध भएको जीवनभरको जिम्मेवारी र दायित्व हो, साथै तैँले छनौट गर्नुपर्ने मार्ग पनि हो। तैँले शैतानका दुष्ट प्रचलनहरू पछ्याउनु हुँदैन र तँ दुष्ट विचार र दृष्टिकोणहरू फैलाउने, र हस्तान्तरण गर्ने व्यक्ति बन्नु हुँदैन। ती मानिसहरू मानवजातिका पतितहरू हुन्, तिनीहरू दुष्ट आत्मा र अशुद्ध आत्मा हुन्। तिनीहरू श्रापित छन् र अनन्त श्रापमा पारिएका छन्! यदि कुनै व्यक्ति त्यस बाटोमा हिँड्छ र दश वटा जङ्गली घोडाले समेत उसलाई पछाडि तान्न सक्दैनन् भने, उसले आफ्नो उचित सजाय पाउनेछ—उसको राम्रो अन्त्य हुनेछैन। त्यसकारण, तैँले हर समय आफू एक सृजित मानव भएको कुरा जान्नैपर्छ, तैँले आफ्नो स्थान के हो, आफूले के गर्नुपर्छ, र आफूले कस्तो प्रकारको मार्ग लिनुपर्छ भन्ने कुरा जान्नैपर्छ। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। के यी कुराहरूबारे सङ्गति गर्नु आवश्यक छ? (छ।) मानिसहरूको जीवनको मार्गसँग सम्बन्धित विषयहरू अत्यन्तै महत्त्वपूर्ण हुन्छन्। समय-समयमा, तिमीहरूले ती सुन्नुपर्छ र तीबारे मनन गर्नुपर्छ। त्यसो गर्नु तिमीहरूको जीवन प्रवेशका लागि र जीवनमा सही मार्गमा हिँड्नका लागि लाभदायक र उपयोगी हुन्छ—यसले यी कुराहरूमाथि राम्रो, सकारात्मक, र रचनात्मक प्रभाव पार्छ। यी वचनहरू नबिर्स।
आजको सङ्गतिका लागि यति नै। फेरि भेटौँला!
डिसेम्बर ३०, २०२३