१. तपाईंले प्रभु येशू आखिरी दिनहरूमा फर्केर आउनुभएको छ र उहाँको नयाँ नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो भनेर गवाही दिनुहुन्छ। यो कसरी सम्भव छ? बाइबलले स्पष्ट भन्छ, “न त अरू कुनैमा मुक्ति छ: किनभने मानिसहरूका बीचमा हामीले मुक्ति पाउनका लागि स्वर्गमुनि अरू कुनै नाउँ दिइएको छैन” (प्रेरित ४:१२)। “येशू ख्रीष्ट हिजो, र आज, अनि सधैँ उस्तै हुनुहुन्छ” (हिब्रू १३:८)। हामी विश्‍वास गर्छौं, प्रभु येशूको नाउँ कहिल्यै पनि परिवर्तन हुन सक्दैन, र उहाँ फर्केर आउनुहुँदा उहाँलाई अरू कुनै नाउँले बोलाउन सकिँदैन।

सन्दर्भका लागि बाइबलका पदहरू:

“जो विजयी हुन्छ उसलाई मैले मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्‍वरको नाउँ, र मेरो परमेश्‍वरको सहरको नाउँ लेख्‍नेछु, जुन स्वर्गबाट मेरो परमेश्‍वरबाट तल ओर्लने नयाँ यरूशलेम हो: र म उसमा मेरो नयाँ नाउँ लेख्‍नेछु” (प्रकाश ३:१२)।

“सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, म अल्फा र ओमेगा, सुरु र अन्त हुँ, जो छ, जो थियो र जो हुन आउनेछ, सर्वशक्तिमान् हुँ” (प्रकाश १:८)।

“अनि मैले ठूलो भीडको जस्तो आवाज र धेरै पानीको जस्तो आवाज र शक्तिशाली गर्जनको जस्तो आवाज सुनेँ, जसले भनिरहेको थियो, हल्लेलूयाह: किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले शासन गर्नुहुन्छ” (प्रकाश १९:६)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

केहीले भन्छन्, परमेश्‍वरको नाउँ परिवर्तन हुँदैन। त्यसो भए यहोवाको नाउँ किन येशू भयो त? मसीह आउनुहुनेछ भनी भविष्यवाणी गरिएको थियो, त्यसो भए किन येशू नाउँ गरिएको मानिस आउनुभयो त? परमेश्‍वरको नाउँ किन परिवर्तन भयो? के यस्तो काम धेरै पहिले गरिएको थिएन र? के परमेश्‍वरले आज अझ नयाँ काम गर्न सक्‍नुहुन्‍न? हिजो गरिएको कामलाई बदल्न सकिन्छ, र येशूको काम यहोवाको कामको निरन्तरता हुन सक्छ। त्यसो भए, के येशूको कामपछि अरू कामले उत्तराधिकार लिन सक्दैन र? यदि यहोवाको नाउँ येशूमा परिणत हुन्छ भने, येशूको नाउँ पनि परिवर्तन हुन सक्दैन र? यी कुनै पनि अनौठो कुरा होइनन्; यो के मात्रै हो भने मानिसहरू अत्यन्तै सरल विचार-धाराका छन्। परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ। उहाँको काम चाहे जसरी परिवर्तन भए पनि, र उहाँको नाउँ चाहे जसरी परिवर्तन भए तापनि, उहाँको स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुँदैन। यदि तँ परमेश्‍वरलाई येशूको नाउँद्वारा मात्र पुकार्न सकिन्छ भनी विश्‍वास गर्छस् भने, तेरो ज्ञान अत्यन्त सीमित छ। के तँ परमेश्‍वरको नाउँ सदासर्वदा येशू नै रहनेछ र परमेश्‍वरलाई सदासर्वदा र सदैव येशूको नाउँले नै पुकारिन्छ, र यो कुरा कहिल्यै परिवर्तन हुनेछैन भनी दाबी गर्ने हिम्मत गर्छस्? येशूको नाउँले नै व्यवस्थाको युगको अन्त्य गर्‍यो र अन्तिम युगलाई पनि यही नाउँले नै अन्त गर्नेछ भनी के तँ निश्‍चयताका साथ पक्का गर्ने हिम्मत गर्छस्? येशूको अनुग्रहले नै युगलाई अन्ततिर ल्याउन सक्छ भनी कसले भन्न सक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गरेकाहरूले उहाँको प्रकाश कसरी प्राप्‍त गर्न सक्छन्?

परमेश्‍वर हरेक पल्ट पृथ्वीमा आउनुहुँदा उहाँले आफ्नो नाउँ, आफ्नो लिङ्ग, आफ्नो स्वरूप, र आफ्नो काम परिवर्तन गर्नैपर्छ; उहाँले आफ्नो काम दोहोऱ्याउनुहुन्न। उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। जब उहाँ पहिले आउनुभयो, उहाँलाई येशू भनियो; उहाँ यस पटक फेरि आउनुहुँदा के उहाँलाई अझै येशू नै भन्न सकिन्छ? पहिले जब उहाँ आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो; के उहाँ यस पटक फेरि पुरुष हुन सक्नुहुन्छ? अनुग्रहको युगमा उहाँको काम क्रूसमा टाँगिनु थियो; जब उहाँ फेरि आउनुहुनेछ, के उहाँ अझै पनि मानव जातिलाई पापबाट छुटकारा दिन सक्नुहुन्छ? के उहाँलाई फेरि क्रूसमा टाँग्न सकिन्छ? के त्यो उहाँको कामलाई दोहोऱ्याउनुजस्तो हुँदैन र? के तँलाई थाहा छैन, परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न? कतिपय मानिस यस्ता छन्, जो परमेश्‍वर सधैँभरि अपरिवर्तनीय हुनुहुन्छ भनेर भन्छन्। त्यो सही हो, तर त्यसको अर्थ परमेश्‍वरको स्वभाव र उहाँको सार अपरिवर्तनीय छन् भन्ने हुन्छ। उहाँको नाउँ र काममा आएका परिवर्तनहरूले उहाँको सार परिवर्तन भएको प्रमाणित गर्दैनन्; अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वर सधैँ नै परमेश्‍वर नै हुनुहुनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्‍वरको काम अपरिवर्तनीय छ भनी भन्छस् भने, के उहाँको छ हजार वर्षे व्यवस्थापनको योजना समाप्त हुन सम्भव हुनेथियो त? तँ परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ भन्‍ने मात्र जान्दछस्, तर के तँ परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न भनी जान्दछस्? यदि परमेश्‍वरको काम कहिल्यै परिवर्तन नभएको भए, के उहाँ मानवजातिलाई डोऱ्याएर आजको दिनसम्म ल्याउन सक्नुहुनेथ्यो? यदि परमेश्‍वर सधैभरि अपरिवर्तनीय हुनुहुन्थ्यो भने, उहाँले किन दुइटा युगको काम गरिसक्नुभयो त? उहाँको काम अगाडि बढ्न कहिल्यै रोकिँदैन, भन्नुको अर्थ के हो भने उहाँको स्वभाव बिस्तारै मानिसलाई प्रकट गरिन्छ, र जे प्रकट गरिन्छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो। सुरुमा, परमेश्‍वरको स्वभाव मानिसबाट लुकेको थियो, उहाँले कहिल्यै उहाँको स्वभाव मानिससामु खुल्लमखुल्ला प्रकट गर्नुभएन, र मानिसलाई उहाँबारे कुनै ज्ञान नै थिएन। यसकारण, परमेश्‍वर मानिसलाई उहाँको स्वभाव बिस्तारै प्रकट गर्न उहाँको काम प्रयोग गर्नुहुन्छ, तर यसरी काम गर्नुको अर्थ हरेक युगमा उहाँको स्वभाव परिवर्तन हुन्छ भन्‍ने होइन। परमेश्‍वरका अभिप्रायहरू सधैँ परिवर्तन भइरहने हुनाले उहाँको स्वभाव सधैँ परिवर्तन भइरहन्छ भन्‍ने होइन। बरु, के हो भने, परमेश्‍वरको कामका युगहरू भिन्नाभिन्नै भएकाले, उहाँ आफ्नो अन्तर्निहित स्वभावलाई त्यसको सम्पूर्णतामा, एक-एक कदम गर्दै मानिसलाई प्रकट गर्नुहुन्छ, ताकि मानिसले उहाँलाई चिन्न सकोस्। तर सुरुमा परमेश्‍वरको कुनै खास स्वभाव हुँदैन र युगहरू बित्दै जाँदा उहाँको स्वभाव बिस्तारै परिवर्तन हुँदै आएको छ भन्‍ने कुराको प्रमाण यो हुँदै होइन—त्यस्तो बुझाइ भ्रामक हुनेथियो। परमेश्‍वर मानिसलाई उहाँको अन्तर्निहित र विशेष स्वभाव—उहाँ जे हुनुहुन्छ—त्यो प्रकट गर्नुहुन्छ, र उहाँ युगहरूको बिताइअनुसार त्यसो गर्नुहुन्छ; एउटै युगको कामले परमेश्‍वरको सम्पूर्ण स्वभाव व्यक्त गर्न सक्दैन। अनि त्यसकारण, “परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न” भन्‍ने शब्दहरूले उहाँको काम जनाउँछन्, अनि “परमेश्‍वर सधैँभरि अपरिवर्तनीय हुनुहुन्छ” भन्‍ने शब्दहरूले अन्तर्निहित रूपमा परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई जनाउँछन्। जे भए पनि, तैँले छ हजार वर्षको कामलाई एउटा बिन्दुमा सीमित गर्न सक्दैनस्, वा त्यसलाई मृत शब्दहरूले घेरेर राख्न सक्दैनस्। मानिसको मूर्खता त्यस्तो हुन्छ। परमेश्‍वर मानिसले कल्पना गरेजस्तो सरल हुनुहुन्न, र उहाँको काम कुनै एक युगमा रहिरहन सक्दैन। उदाहरणका लागि, यहोवाले सधैँ परमेश्‍वरको नाउँ प्रतिनिधित्व गर्न सक्दैन; परमेश्‍वरले येशूको नाउँमा पनि आफ्नो काम गर्न सक्नुहुन्छ। यो परमेश्‍वरको काम सधैँ अगाडि दिशामा बढिरहेको छ भन्‍ने सङ्केत हो।

परमेश्‍वर सधैँ परमेश्‍वर हुनुहुन्छ र उहाँ कहिल्यै शैतान बन्नुहुनेछैन; शैतान सधैँ शैतान हो र यो कहिल्यै परमेश्‍वर बन्नेछैन। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको विलक्षणता, परमेश्‍वरको धार्मिकता र परमेश्‍वरको प्रताप कहिल्यै परिवर्तन हुनेछैन। उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुनेछैन। तर, उहाँको कामको हकमा भन्दा, यो सधैँ अगाडिको दिशामा बढिरहेको हुन्छ, सधैँ अझ गहिरिँदै जान्छ, किनभने उहाँ सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न। हरेक युगमा परमेश्‍वर नयाँ नाम धारण गर्नुहुन्छ, हरेक युगमा उहाँ नयाँ काम गर्नुहुन्छ र हरेक युगमा उहाँ आफ्ना सृजित प्राणीहरूलाई आफ्ना नयाँ अभिप्रायहरू र नयाँ स्वभाव देख्न दिनुहुन्छ। नयाँ युगमा, यदि मानिसहरूले परमेश्‍वरको नयाँ स्वभावको अभिव्यक्ति देख्न नसकेका भए, के तिनीहरूले उहाँलाई सधैँका लागि क्रूसमा टाँग्नेथिएनन् र? अनि त्यसो गरेर, के तिनीहरूले परमेश्‍वरलाई सीमित गर्नेथिएनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

अनुग्रहको युग येशूको नाउँबाट सुरु भयो। जब येशूले आफ्नो सेवकाइ गर्न थाल्नुभयो, पवित्र आत्माले येशूको नाउँको गवाही दिन थाल्नुभयो, र उप्रान्त यहोवाको नाउँको चर्चा हुन छाड्यो; बरु, पवित्र आत्माले मुख्य रूपमा येशूको नाउँमा नयाँ काम सुरु गर्नुभयो। उहाँमा विश्‍वास गर्नेहरूको गवाही येशू ख्रीष्टको लागि थियो र तिनीहरूले गरेका काम पनि येशू ख्रीष्टको लागि नै थियो। पुरानो करारको व्यवस्थाको युग अन्त्य हुनुको अर्थ मुख्य रूपमा यहोवाको नाउँमा सञ्चालन गरिएको काम समाप्त भयो भन्‍ने थियो। त्यहाँदेखि उता, परमेश्‍वरको नाउँ यहोवा थिएन; यसको साटो उहाँलाई येशू भनियो, र यहाँबाट उसो पवित्र आत्माले विशेष गरी येशूको नाउँमा काम सुरु गर्नुभयो। त्यसैले, आज तिमीहरू अझै पनि यहोवाका वचनहरू खाने र पिउने गर्छौ, र अझै पनि कामकुरामा व्यवस्थाको युगको काम लागु गर्छौ—के तिमीहरू प्रावधानहरू लागु गरिरहेका छैनौ र? के तिमीहरू विगतमा अड्किएका छैनौ र? अहिले तिमीहरूलाई थाहा छ, आखिरी दिनहरू आइसकेका छन्। के यो हुन सक्छ, कि जब येशू आउनुहुन्छ, उहाँलाई अझै पनि येशू नै भनिनेछ? यहोवाले इस्राएलका मानिसहरूलाई मसीह आउनुहुनेछ भनेर बताउनुभयो, तैपनि जब उहाँ आउनुभयो, उहाँलाई मसीह नभनेर येशू भनियो। येशूले उहाँ फेरि आउनुहुनेछ, र उहाँ जसरी जानुभयो त्यसरी आउनुहुनेछ भनी भन्नुभयो। यी येशूका वचनहरू थिए, तर येशू कसरी जानुभयो के तैँले देखिस्? येशू सेतो बादलमा सवार भएर जानुभयो, तर के यो हुन सक्छ कि उहाँ व्यक्तिगत रूपमा सेतो बादलमा सवार भएर मानिसमाझ आउनुहुनेछ? यदि त्यस्तो हो भने, के उहाँलाई अझै येशू भनिनेछैन? जब येशू फेरि आउनुहुन्छ, युगमा परिवर्तन भइसकेको हुनेछ, त्यसोभए के उहाँलाई अझै येशू भन्न सकिन्छ? के परमेश्‍वरलाई येशूको नाउँबाट मात्र चिन्न सकिन्छ? के उहाँलाई नयाँ युगमा नयाँ नाउँले बोलाउन सकिँदैन? के सारा अनन्तताभरि परमेश्‍वरलाई एक व्यक्तिको स्वरूप र एउटा विशेष नाउँले प्रतिनिधित्व गर्न सक्दछ? प्रत्येक युगमा, परमेश्‍वरले नयाँ काम गर्नुहुन्छ र उहाँलाई नयाँ नाउँले बोलाइनुहुन्छ; उहाँले कसरी विभिन्न युगहरूमा उही काम गर्न सक्नुहुन्छ? उहाँ कसरी पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? येशूको नाउँलाई छुटकाराको कामका लागि लिइएको थियो, तब के आखिरी दिनहरूमा उहाँ फर्कनुहुँदा पनि उहाँलाई अझै त्यही नाउँले बोलाइन्छ? के उहाँले अझै पनि छुटकाराको काम गरिरहनुभएको हुनेछ? यहोवा र येशू एक हुनुभए पनि किन विभिन्न युगमा उहाँहरूलाई विभिन्न नाउँले बोलाइन्छ? के यो उहाँहरूका कामको युग फरक-फरक भएकोले होइन र? के एउटै नाउँले परमेश्‍वरको सम्पूर्णता प्रतिनिधित्व गर्न सक्छ? यस्तो भएकोले, परमेश्‍वरलाई विभिन्न युगमा भिन्नाभिन्नै नाउँले बोलाउनुपर्छ, र उहाँले युगलाई परिवर्तन गर्न र युगको प्रतिनिधित्व गर्न नाउँ प्रयोग गर्नुपर्दछ। किनकि कुनै पनि नाउँले पूर्ण रूपमा परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्न सक्दैन, र प्रत्येक नाउँले एउटा निश्‍चित युगमा परमेश्‍वरको स्वभावको विशेषताको मात्र प्रतिनिधित्व गर्न सक्छ; त्यसले केवल उहाँको कामको प्रतिनिधित्व गर्नुपर्छ। त्यसकारण, त्यो सम्पूर्ण युगमा प्रतिनिधित्व गर्न परमेश्‍वरले उहाँको स्वभाव सुहाउँदो नाउँ चुन्न सक्नुहुन्छ। चाहे त्यो यहोवाको युग होस् वा येशूको युग होस्, उहाँकै नाउँले प्रत्येक युगको प्रतिनिधित्व गर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

प्रत्येक युगमा परमेश्‍वरको काम सधैँ एक समान हुन्छ, उहाँ सधैँ एउटै नाउँद्वारा बोलाइनुहुन्छ भन्‍ने मानिलिँदा, मानिसहरूले उहाँलाई कसरी चिन्दछन्? परमेश्‍वरलाई यहोवा भन्नुपर्दछ, र परमेश्‍वरलाई यहोवा भन्नुबाहेक अरू अर्कै नाउँद्वारा बोलाइन्छ भने ऊ परमेश्‍वर होइन। वा अन्यथा परमेश्‍वर मात्र येशू हुन सक्नुहुन्छ, र येशूको नाउँबाहेक उहाँ अरू कुनै नाउँले बोलाइनु हुँदैन; येशूबाहेक, यहोवा परमेश्‍वर हुनुहुन्न, र सर्वशक्तिमान् परमेश्‍वर पनि परमेश्‍वर हुनुहुन्न। मानिस यस्तो विश्‍वास गर्छ: “परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छभन्ने कुरा साँचो हो, तर परमेश्‍वर यस्तो परमेश्‍वर हुनुहुन्छ जो मानिससँग हुनुहुन्छ। उहाँलाई येशू नै भनिनैपर्छ, किनकि परमेश्‍वर मानिससँग हुनुहुन्छ।” यस्तो विश्‍वास गर्नु भनेको प्रावधानहरू पालन गर्नु, र परमेश्‍वरलाई एउटा निश्चित क्षेत्रमा सीमित गर्नु हो। त्यसैले, प्रत्येक युगमा परमेश्‍वरले गर्नुहुने काम, उहाँलाई बोलाइने नाम, र उहाँले धारण गर्नुहुने स्वरूप—उहाँले आजको दिनसम्म प्रत्येक चरणमा गर्नुहुने काम—ले कुनै पनि प्रावधान पालन गर्दैनन्, र तिनको कुनै पनि प्रकारको सीमितता छैन। उहाँ यहोवा हुनुहुन्छ, तर उहाँ येशू, साथसाथै मसीह र सर्वशक्तिमान् परमेश्‍वर पनि हुनुहुन्छ। उहाँको नाउँ क्रमशः परिवर्तन हुँदै जाँदा उहाँको काम पनि बिस्तारै परिवर्तन हुन्छन्। कुनै एउटा नाउँले पूर्ण रूपले उहाँको प्रतिनिधित्व गर्न सक्दैन, तर उहाँलाई बोलाइने सबै नाउँले उहाँको प्रतिनिधित्व गर्न सक्छन्, र प्रत्येक युगमा उहाँले गर्नुहुने कामले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

यदि मानिसहरू मलाई सधैँ येशू ख्रीष्ट भनेर बोलाउँछन्, तर आखिरी दिनहरूमा मैले नयाँ युग सुरु गरेको छु र म नयाँ काममा लागेको छु भन्‍ने कुरा जान्दैनन् भने, र यदि मानिस व्यग्रतापूर्वक मुक्तिदाता येशूको आगमनको नै प्रतीक्षा गरिरहन्छ भने, म यस्ता मानिसहरूलाई ममा विश्‍वास नगर्ने मानिस भन्‍नेछु; तिनीहरू मलाई नचिन्ने तर विश्वासी भएको नाटक गर्ने मानिस हुन्। के त्यस्ता मानिसहरूले स्वर्गबाट आउनुभएको मुक्तिदाता येशूको आगमन देख्न सक्छन्? तिनीहरू त मेरो आगमनको होइन, यहूदीहरूको राजाको आगमनको प्रतीक्षा गर्छन्। तिनीहरू मैले यो फोहोरी पुरानो संसारलाई सर्वनाश गरेको तृष्णा गर्दैनन्, बरु येशूको दोस्रो आगमनको तृष्णा गर्छन् जसपश्चात् तिनीहरूले छुटकारा पाउनेछन्—तिनीहरू येशूले फेरि एक पटक यो अशुद्ध र अधर्मी भूमिबाट सारा मानवजातिलाई छुटकारा दिने दिनको प्रतीक्षा गर्छन्। त्यस्ता मानिसहरू कसरी आखिरी दिनहरूमा मेरो काम पूरा गर्ने मानिस बन्‍न सक्छन्? मानिसका चाहनाहरूले मेरा इच्छाहरू पूरा गर्न वा मेरो काम सम्पन्न गर्न सक्दैनन्, किनभने मानिस मैले पहिले गरेका कामको मात्र सराहना वा कदर गर्छ, उसलाई म सधैँ नयाँ रहने र कहिल्यै पुरानो नहुने परमेश्‍वर स्वयम् हुँ भन्‍ने थाहा छैन, र म यहोवा र येशू हुँ भन्‍ने मात्र थाहा छ, तर मानवजातिको अन्त्य गराउने आखिरी दिनहरूको एक म नै हुँ भन्‍ने कुराको अलिकति पनि आभास छैन। मानिसले तृष्णा गर्ने र जान्ने कुरा उसका आफ्नै धारणाहरूबाट आउँछ, र यो उसको आफ्नै आँखाले देख्न सक्ने कुरा मात्र हो। यो मैले गर्ने कामसँग मिल्दैन, बरु त्योसँग असमाञ्जस्यपूर्ण छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

के येशूको “परमेश्‍वर हामीसँग” भन्‍ने नाउँले परमेश्‍वरको स्वभावलाई पूर्णरूपमा प्रतिनिधित्व गर्नसक्छ? के त्यसले पूर्ण रूपमा परमेश्‍वरलाई व्यक्त गर्न सक्छ? यदि मानिसले परमेश्‍वरलाई येशू मात्र भनी बोलाउन सकिन्छ र परमेश्‍वरको अर्को नाउँ हुन सक्दैन, किनकि परमेश्‍वरले आफ्नो स्वभाव परिवर्तन गर्न सक्नुहुन्न भनी भन्छ भने, यी शब्दहरू साँच्चै ईश्‍वरनिन्दा हुन्छ! के तँ येशू नाउँ, परमेश्‍वर हामीसँग हुनुहुन्छ भन्‍ने नाउँले मात्र पूर्ण रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ भनी विश्‍वास गर्छस्? परमेश्‍वरलाई धेरै वटा नाउँले सम्बोधन गर्न सकिन्छ, परमेश्‍वरलाई समेट्ने नाउँ एउटै मात्र छैन, परमेश्‍वरलाई प्रतिनिधित्व गर्न एउटा मात्र नाउँ पनि छैन। यसैले, परमेश्‍वरका धेरै वटा नाउँहरू छन्, तर यी धेरै वटा नाउँले परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्, किनकि परमेश्‍वरको स्वभाव यति समृद्ध छ कि त्यो मानिसको क्षमताले बुझ्न सक्नेभन्दा बढी छ। मानिसले मानव जातिको कुनै पनि भाषा प्रयोग गरेर परमेश्‍वरलाई पूर्णरूपमा समेट्ने कुनै तरिका छैन। मानव जातिले परमेश्‍वरको स्वभावको बारेमा जे जान्दछ ती सबैलाई समेट्न तिनीहरूसित सीमित शब्दावली मात्र छ: महान्, आदर्शमयी, अद्भुत, बुझ्न नसकिने, सर्वोच्च, पवित्र, धर्मी, बुद्धिमान, आदि। यो सीमित शब्दावलीले मानिसले परमेश्‍वरको स्वभावमा देखेको थोरै कुराको समेत वर्णन गर्न सक्दैन। समय बित्दै जाँदा, अरू धेरैले त्यस्ता शब्दहरू थपे जसले उनीहरूका हृदयको जोशको राम्ररी वर्णन गर्न सक्छ भन्‍ने तिनीहरूले ठानेका थिए: परमेश्‍वर अति महान् हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै पवित्र हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ! आज, यस्ता मानव भनाइहरू चरम सीमामा पुगेका छन्, तापनि मानिस अझै पनि आफैलाई व्यक्त गर्न असक्षम छ। त्यसैले, मानिसका नजरमा परमेश्‍वरका धेरै वटा नाउँ छन्, तापनि उहाँको नाउँ एउटै मात्र छैन, अनि परमेश्‍वरको सत्त्व प्रशस्त भएको तर मानिसको भाषा अति कमजोर भएको हुनाले यसो भएको हो। कुनै एउटा विशेष शब्द वा नाउँले परमेश्‍वरलाई उहाँको सम्पूर्णतामा प्रतिनिधित्व गर्नै सक्दैन, त्यसो भए के तँ उहाँको नाउँ निश्चित गर्न सकिन्छ भन्‍ने सोच्छस्? परमेश्‍वर अति महान् र अति पवित्र हुनुहुन्छ—के तँ उहाँलाई प्रत्येक युगमा उहाँको नाउँ परिवर्तन गर्ने अनुमति दिँदैनस्? त्यसकारण, परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुने प्रत्येक युगमा, उहाँले युग सुहाउँदो एउटा नाउँ प्रयोग गर्नुहुन्छ, जसले उहाँले गर्न चाहनुभएको कामलाई समेट्छ। उहाँ त्यस युगमा उहाँको स्वभावको प्रतिनिधित्व गर्न उक्त युगको महत्त्व बोकेको यो विशेष नाउँ प्रयोग गर्नुहुन्छ। यो आफ्नो स्वभाव व्यक्त गर्न परमेश्‍वरले मानव जातिको भाषा प्रयोग गर्नुभएको हो। त्यसरी नै, आत्मिक अनुभवहरू प्राप्त गर्ने र परमेश्‍वरलाई व्यक्तिगत रूपमा देख्ने धेरै मानिसहरूले यो एउटा विशेष नाउँ पूर्ण रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्न असमर्थ छ भन्‍ने महसुस गर्छन्—अहो, यसमा कुनै सहायता गर्न सकिँदैन—त्यसैले मानिसले अब परमेश्‍वरलाई कुनै नाउँबाट सम्बोधन गर्दैन, तर उहाँलाई “परमेश्‍वर” मात्र भन्छ। यस्तो लाग्छ, कि मानिसको हृदय प्रेमले भरिपूर्ण छ र अन्तर्विरोधहरूमा पनि परेको छ, किनकि मानिसले परमेश्‍वरको व्याख्या गर्न जान्दैन। परमेश्‍वर जे हुनुहुन्छ त्यो अति प्रशस्त छ, यसैले त्यसको वर्णन गर्ने कुनै तरिका नै छैन। परमेश्‍वरको स्वभावको सार बताउने कुनै एउटा शब्द छैन, अनि परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै वर्णन गर्ने शब्द एउटा पनि छैन। यदि कसैले मलाई, “वास्तवमा तपाईं कुन नाउँ प्रयोग गर्नुहुन्छ?” भनी सोध्छ भने, म तिनीहरूलाई भन्‍नेछु, “परमेश्‍वर, परमेश्‍वर हुनुहुन्छ!” के यो परमेश्‍वरका निम्ति सर्वोत्तम नाम होइन र? के यसमा परमेश्‍वरको स्वभावलाई सबैभन्दा राम्रोसँगले समेटिएको छैन र? त्यसो हो भने, परमेश्‍वरको नाउँ जाँचपड्ताल गर्न तिमीहरू किन त्यत्ति धेरै प्रयास गर्छौ? तिमीहरूलाई किन खाना र निन्द्रा नै त्यागेर एउटा नाउँका खातिर सधैँ टाउको दुखाउनु परेको? त्यो दिन आउनेछ, जब परमेश्‍वरलाई यहोवा, येशू वा मसीह भनिनेछैन—उहाँलाई सृष्टिकर्ता मात्र भनिनेछ। त्यस बेला उहाँले पृथ्वीमा धारण गर्नुभएका सबै नाउँहरू समाप्त हुनेछ, किनकि पृथ्वीमा उहाँको काम समाप्त भएको हुनेछ, त्यसपछि उहाँको कुनै नाउँ हुनेछैन। जब सबै थोक सृष्टिकर्ताको अधीनमा आउँदछन्, उहाँलाई अत्याधिक उपयुक्त तर अपूर्ण नाउँ किन चाहिन्छ र? के तँ अझै परमेश्‍वरको नाउँ जाँचपड्ताल गरिरहेको छस्? के तँ अझै पनि परमेश्‍वरलाई यहोवा मात्र भनिन्छ भन्‍ने हिम्मत गर्छस्? के तँ अझै पनि परमेश्‍वरलाई येशू मात्र भनिन्छ भन्‍ने हिम्मत गर्छस्? के तँ परमेश्‍वरको विरुद्धमा गरिने ईश्‍वर निन्दाको पाप सहन सक्छस्? सुरुमा परमेश्‍वरको कुनै नाउँ थिएन भन्‍ने तँलाई थाहा हुनुपर्छ। उहाँले केवल एउटा वा दुईवटा वा धेरै नाउँ लिनुभयो, किनकि उहाँले गर्नुपर्ने काम थियो र मानव जातिलाई व्यवस्थापन गर्नुपर्थ्यो। उहाँलाई जुनसुकै नाउँले बोलाए पनि—के उहाँले त्यो स्वतन्त्र रूपमा चुन्नुभएन र? के उहाँलाई त्यो निर्धारण गर्न तेरो—एक सृजित प्राणीको—आवश्यकता पर्छ? परमेश्‍वरलाई जुन नाउँले सम्बोधन गरिन्छ त्यो नाउँ मानिसले मानव जातिको भाषामा उहाँलाई बुझ्न सक्‍ने अनुसार छ, तर यो नाउँ मानिसले सोच्न सक्ने कुरै होइन! तैँले केवल स्वर्गमा परमेश्‍वर हुनुहुन्छ, उहाँलाई परमेश्‍वर भनिन्छ, उहाँ महान् शक्ति भएका महान् परमेश्‍वर हुनुहुन्छ, जो अति बुद्धिमान् हुनुहुन्छ, अति उच्च, अति अद्भुत, अति रहस्यमय र अति सर्वशक्तिमान् हुनुहुन्छ भनेर मात्र भन्न सक्छस्, अरू केही भन्न सक्दैनस्; तैँले जान्‍न सक्‍ने भनेकै यति थोरै मात्र हो। यस्तो भएकोले के येशूको नाउँले मात्र परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्न सक्छ? जब आखिरी दिनहरू आउँछन्, काम गर्न परमेश्‍वर उहाँ नै हुनुभए पनि उहाँको नाउँ परिवर्तन हुनुपर्दछ, किनकि यो एउटा फरक युग हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

यदि मानिस अझै आखिरी दिनहरूमा मुक्तिदाता येशूको आगमनको तृष्णा गर्छ, र अझै उहाँले यहूदियामा वहन गर्नुभएको स्वरूपमा उहाँ आइपुग्ने अपेक्षा गर्छ भने, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापनको योजना छुटकाराको युगमा रोकिनेथ्यो, र अलिकता पनि अघि बढ्न सक्नेथिएन। यसको अलावा, आखिरी दिनहरू कहिल्यै आउने थिएनन्, र युगको अन्त्य कहिल्यै हुने थिएन। किनभने मुक्तिदाता येशू मानवजातिको छुटकारा र मुक्तिका निम्ति मात्र हुनुहुन्छ। मैले येशूको नाउँ केवल अनुग्रहको युगका सबै पापीका खातिर लिएँ, तर त्यो त्यस्तो नाउँ होइन जसद्वारा म समग्र मानवजातिलाई अन्त्य गर्नेछु। यहोवा, येशू, र मसीह सबैले मेरो आत्माको प्रतिनिधित्व गर्ने भए पनि, यी नाउँले मेरो व्यवस्थापनको योजनाका विभिन्न युगलाई मात्र जनाउँछन्, र समग्र रूपमा मेरो प्रतिनिधित्व गर्दैनन्। पृथ्वीका मानिसहरूले मलाई बोलाउने नाउँले मेरो सम्पूर्ण स्वभाव र म जे हुँ त्यो सबैलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्। ती केवल विभिन्न युगमा मलाई बोलाइने फरक-फरक नाउँ हुन्। त्यसैले जब अन्तिम युग—आखिरी युग—आउँछ, तब मेरो नाउँ फेरि बदलिनेछ। मलाई यहोवा वा येशू पनि भनिनेछैन, मसीह त झनै भनिनेछैन—मलाई शक्तिशाली र सर्वशक्तिमान् परमेश्‍वर स्वयम्‌ भनिनेछ, र म यही नाउँमा समग्र युगको अन्त्य गर्नेछु। मलाई कुनै समय यहोवा भनेर बोलाइन्थ्यो, कुनै समय मानिसहरूले मलाई मसीह भनेर पनि चिन्थे, र कुनै समय मानिसहरूले मलाई प्रेम र आदरसाथ मुक्तिदाता येशू भनी बोलाउँथे। आज, म अब उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइनँ। बरु म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युग अन्त्य गर्ने परमेश्‍वर हुँ; म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो सम्पूर्ण स्वभावले भरिएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिस कहिल्यै मेरो सम्पर्कमा आएको छैन, उसले मलाई कहिल्यै चिनेको छैन, र ऊ सदैव मेरो स्वभावबारे अनभिज्ञ रहेको छ। संसारको सृष्टिदेखि अहिलेसम्म, एउटा व्यक्तिले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसकहाँ देखा पर्नुहुने तर ऊमाझ गुप्त रहनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिसमाझ, साक्षात् र जीवित रूपमा, जलिरहेको सूर्य र दन्किरहेको ज्वालाजस्तै, शक्तिले भरिपूर्ण र अख्तियारले भरिएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एउटा पनि व्यक्ति वा वस्तु छैन, र आगोको प्रज्वलनद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा वस्तु छैन। अन्ततः, मेरा वचनहरूका कारण असङ्ख्य राष्ट्र आशिषित हुनेछन्, र मेरा वचनहरूका कारण टुक्रा-टुक्रा पनि पारिनेछन्। यसरी, आखिरी दिनहरूमा सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ, र म सर्वशक्तिमान् परमेश्‍वर हुँ, जसले सारा मानवजातिलाई विजय गर्नुहुन्छ भनी देख्नेछन्। अनि म एक पटक मानिसका निम्ति पापबलि थिएँ, तर आखिरी दिनहरूमा म यावत् थोकलाई जलाउने दन्किँदो सूर्यका ज्वालाहरू, साथै सबै थोकलाई प्रकाश गर्ने धार्मिकताको सूर्य पनि बनेको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूमा मेरो काम यही हो। म यो नाउँ धारण गर्छु र यो स्वभाव वहन गर्छु, ताकि सबै मानिसले म धर्मी परमेश्‍वर, जलिरहेको सूर्य, दन्किरहेको ज्वाला हुँ भन्‍ने देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो मुहार देख्न सकून्: म इस्राएलीहरूको परमेश्‍वर मात्र होइन, र म उद्धारकर्ता मात्र होइन; बरु म स्वर्गहरू, र पृथ्वी र समुद्रभरिका सबै सृजित प्राणीहरूको परमेश्‍वर हुँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

अघिल्लो: ९. इस्राएलीहरूले पुस्तौं-पुस्ताबाट यहोवामा विश्‍वास गरेका छन्, र प्रभु येशूमा विश्‍वास गर्ने मानिसहरूलाई संसारभरि भेट्टाउन सकिन्छ। यहोवा, प्रभु येशू, र सर्वशक्तिमान् परमेश्‍वर एउटै परमेश्‍वर हुनुभएकोले, तपाईं किन मानिसहरूले चाहे यहोवामा विश्‍वास गरून् वा येशूमा, यदि तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्दैनन् भने तिनीहरूलाई नाश पारिनेछ भनेर भन्‍नुहुन्छ?

अर्को: २. तपाईं आखिरी दिनहरूमा फर्केका परमेश्‍वरलाई सर्वशक्तिमान् परमेश्‍वर भनिन्छ भनी गवाही दिनुहुन्छ। हामी विश्‍वास गर्छौं, “सर्वशक्तिमान् परमेश्‍वर” भन्‍ने नाउँले परमेश्‍वरको सर्वशक्तिसम्पन्नतालाई बुझाउँछ र यो परमेश्‍वरको नयाँ नाउँ होइन। तपाईं किन “सर्वशक्तिमान् परमेश्‍वर” परमेश्‍वरको नयाँ नाउँ हो भनी भन्नुहुन्छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्