२. चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारले पागलले झैँ सर्वशक्तिमान् परमेश्वरको निन्दा र विरोध गरेको छ, यस क्रममा धेरै अफवाह र भ्रामक कुराहरू फैलाएको छ। ती अफवाहहरू र भ्रामक कुराहरूलाई अन्धाधुन्ध स्वीकार गर्नेहरू, साँचो बाटोको खोजी र अनुसन्धान गर्न कुनै कोसिस नगर्नेहरूलाई परमेश्वरले कस्तो व्यवहार गर्नुहुनेछ? तिनीहरूको अन्त्य कस्तो हुनेछ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“ज्ञानको कमीका कारण मेरा मानिसहरू नष्ट पारिन्छन्” (होशे ४:६)।
“मूर्खहरू बुद्धिको अभावमा मर्छन्” (हितोपदेश १०:२१)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
सत्यता सुन्दा टाउको हल्लाउनेहरू, मृत्युका शब्दहरू सुन्दा मुस्कुराउनेहरू शैतानको सन्तान हुन् र तिनीहरू नै हटाइने व्यक्ति हुन्। मण्डलीमा धेरै जनासँग खुट्ट्याउने क्षमता हुँदैन। जब कसैले अरूलाई भ्रमित पार्ने प्रयास गर्छ, तब तिनीहरू उल्टै शैतानको पक्षमा उभिन्छन्; तिनीहरू आफूलाई शैतानका नोकरहरू भनिँदा अत्यन्तै अन्याय भएको समेत महसुस गर्छन्। मानिसहरूले आफूसँग खुट्ट्याउने क्षमता छैन भनेर भन्न सक्ने भए पनि, तिनीहरू सधैँ असत्यको पक्षमा उभिन्छन्, तिनीहरू सङ्कटको समयमा कहिल्यै सत्यताको पक्षमा उभिँदैनन्, तिनीहरू कहिल्यै खडा हुँदैनन् र सत्यताका लागि तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै खुट्ट्याउने क्षमताको कमी हुन्छ? तिनीहरू किन उल्टै शैतानको पक्ष लिन्छन्? तिनीहरू किन सत्यताका खातिर निष्पक्ष र उचित हुने एउटा शब्द कहिल्यै बोल्दैनन्? के यो परिस्थिति साँच्चै तिनीहरूको क्षणिक अन्योलको परिणाम स्वरूप उत्पन्न भएको हो? मानिसहरूसँग जति कम खुट्ट्याउने क्षमता हुन्छ, तिनीहरू सत्यताको पक्षमा उभिन त्यति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले खुट्ट्याउने क्षमता नभएका मानिसहरू पापलाई प्रेम गर्छन् भन्ने देखाउँदैन र? के यसले तिनीहरू शैतानको बफादार सन्तान हुन् भन्ने देखाउँदैन र? तिनीहरू किन सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूको हरेक बोली र कार्य, तिनीहरूको अनुहारका हाउभाउहरू सबै तिनीहरू कुनै पनि प्रकारले सत्यतालाई प्रेम गर्नेहरू होइनन् भनी प्रमाणित गर्न पर्याप्त छन्; बरु, तिनीहरू सत्यतालाई घृणा गर्ने मानिस हुन्। तिनीहरू शैतानको पक्षमा उभिन सक्नुले शैतानको खातिर लड्न आफ्नो जीवन बिताउने यी साना दियाबलसहरूलाई शैतान साँच्चै प्रेम गर्छ भनी पर्याप्त रूपमा प्रमाणित गर्छ। के यी सबै तथ्य अत्यन्तै स्पष्ट छैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
जब केही मानिसहरूले परमेश्वरको बारेमा अफवाह वा निन्दात्मक कुराहरू सुन्छन्, तब तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ त? तिनीहरूको पहिलो प्रतिक्रिया भनेको यी अफवाहहरू साँचो हुन् कि होइनन् र यी अफवाहहरू विद्यमान छन् कि छैनन् भनी सोच्नु र त्यसपछि पर्ख-र-हेरको मनोवृत्ति अपनाउनु हो। त्यसपछि तिनीहरू सोच्न थाल्छन्, “यो कुरालाई पुष्टि गर्ने उपाय नै छैन। के त्यो साँच्चै नै भएकै थियो त? यो अफवाह साँचो हो कि होइन?” यस्ता मानिसहरूले सतही रूपमा यस्तो कुरा नदेखाए तापनि, तिनीहरूले आफ्नो हृदयमा अघि नै शङ्का गर्न थालिसकेका हुन्छन्, र अघि नै परमेश्वरलाई इन्कार गर्न थालिसकेका हुन्छन्। यस प्रकारको मनोवृत्ति र त्यस्तो दृष्टिकोणको सार के हो त? के यो धोका होइन र? तिनीहरूले यो मामलाको सामना नगरुञ्जेलसम्म, तैँले यी मानिसहरूको दृष्टिकोण कस्तो रहेछ भनी देख्न सक्दैनस्; तिनीहरू परमेश्वरको विपरीत छन् भन्ने देखिँदैनन् र तिनीहरूले परमेश्वरलाई दुस्मनको रूपमा लिन्छन् जस्तो लाग्दैन। तथापि, तिनीहरूले कुनै समस्या सामना गर्नेबित्तिकै, तिनीहरू तुरुन्तै शैतानको साथमा उभिन्छन् र परमेश्वरको विरोध गर्छन्। यसले के कुरा सङ्केत गर्छ त? यसले मानिसहरू र परमेश्वर परस्पर विरोधी छन् भन्ने सङ्केत गर्छ। परमेश्वरले मानवजातिलाई दुस्मनको रूपमा लिनुहुन्छ भन्ने होइन, बरु यो त मानवताको सार आफै परमेश्वरको विरुद्धमा छ भन्ने हो। कुनै व्यक्तिले उहाँलाई जति नै लामो समयसम्म पछ्याएको नै किन नहोस् वा तिनीहरूले जति ठूलो मूल्य तिरेको नै किन नहोस् र तिनीहरूले जस्तोसुकै प्रकारले परमेश्वरको प्रशंसा गरेका भए पनि, तिनीहरूले उहाँको प्रतिरोध गर्नबाट आफूलाई जे-जसरी रोकेको भए पनि र तिनीहरूले परमेश्वरलाई प्रेम गर्न भनी जति नै जोडसँग आफूले आफैलाई आग्रह गरेको भए पनि, तिनीहरूले कहिल्यै पनि परमेश्वरलाई परमेश्वरको रूपमा व्यवहार गर्न सक्दैनन्। के यो कुरा मानिसहरूको सारद्वारा निर्धारण हुँदैन र? यदि तैँले परमेश्वरलाई परमेश्वरको रूपमा व्यवहार गर्छस् र उहाँ नै परमेश्वर हुनुहुन्छ भनी साँचो रूपमा विश्वास गर्छस् भने, के तैँले उहाँप्रति अझै कुनै शङ्का गर्न सक्छस्? के तेरो हृदयले अझै उहाँको बारेमा प्रश्न चिन्ह खडा गर्न सक्छ? त्यस्तो कहिल्यै हुन सक्दैन, होइन र? यो संसारका प्रवृत्तिहरू एकदमै दुष्ट छन्, र यो मानवजाति पनि दुष्ट नै छ; त्यसैले, तँमा कसरी तिनीहरूको बारेमा कुनै धारणाहरू नहुन सक्छ त? तँ आफै नै त्यति दुष्ट छस्, त्यसैले तँमा कसरी त्यसको बारेमा कुनै धारणा छैन त? तर पनि, केही अफवाहहरू र केही निन्दाले परमेश्वरको बारेमा त्यस्ता विशाल धारणाहरू पैदा गर्न सक्छ र तँलाई यति धेरै कुराहरू कल्पना गर्ने तुल्याउँछ, जसले कदमा तँ कति अपरिपक्व छस् भन्ने देखाउँछ! केवल केही लामखुट्टेहरू र केही घिनलाग्दा झिँगोहरूको “भुनभुन” नै तँलाई भ्रममा पार्नका लागि काफी हुन्छ त? यो कस्तो प्रकारको व्यक्ति हो? यस्ता मानिसहरूको बारेमा परमेश्वरले के सोच्नुहुन्छ, तँलाई थाहा छ? परमेश्वरले तिनीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने बारेमा उहाँको मनोवृत्ति वास्तवमा एकदमै स्पष्ट छ। यस्ता मानिसहरूलाई परमेश्वरले गर्नुहुने व्यवहार भनेको तिनीहरूलाई जानाजान बेवास्ता गर्नु हो—उहाँको मनोवृत्ति तिनीहरूलाई ध्यान दिनु होइन तर यी अज्ञानी मानिसहरूलाई गम्भीर रूपमा नलिनु हो। किन त्यस्तो हुन्छ त? किनभने उहाँको हृदयमा, परमेश्वरले उहाँसँग अन्त्यसम्म नै शत्रुवत रूपमा रहने कसम खाएका र उहाँसँग सामञ्जस्य हुने मार्गको खोजी गर्ने कहिल्यै योजना नगरेका यी व्यक्तिहरूलाई प्राप्त गर्ने योजना कहिल्यै पनि बनाउनुभएन।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने
शैतानकाहरूलाई शैतानकहाँ नै फर्काइनेछ, जबकि परमेश्वरद्वारा चुनिएकाहरूले निश्चय नै सत्यता खोज्नेछन्; यो तिनीहरूको प्रकृतिद्वारा निर्णय गरिन्छ। शैतानलाई पछ्याउनेहरू सबै नाश होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यता खोज्नेहरूलाई भरणपोषण गरियोस् र तिनीहरूले परमेश्वरको वचनमा आफ्नो हृदय सन्तुष्ट हुनेगरी आनन्द लिऊन्। परमेश्वर धर्मी हुनुहुन्छ; उहाँ कसैप्रति पक्षपात देखाउनुहुन्न। यदि तँ दियाबलस होस् भने, तँ सत्यता अभ्यास गर्न असक्षम हुन्छस्; यदि तँ सत्यता खोज्ने व्यक्ति होस् भने, तँलाई शैतानले कैदी बनाउनेछैन भन्ने कुरा निश्चित छ। यसमा कुनै शङ्का छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
खुट्ट्याउने क्षमता नभएकाहरूका सानातिना चालहरूले तिनीहरूलाई दुष्टहरूको हातबाट विनाश हुन डोऱ्याउनेछन्, तिनीहरूलाई उनीहरूले लोभ्याउनेछन् र तिनीहरू कहिल्यै फर्कनेछैनन्। अनि तिनीहरू यस्तो व्यवहारका योग्य हुन्छन्, किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, किनभने तिनीहरू सत्यताको पक्षमा उभिन असक्षम हुन्छन् र किनभने तिनीहरू दुष्ट मानिसहरूलाई पछ्याउँछन्, दुष्ट मानिसहरूको पक्षमा उभिन्छन् अनि परमेश्वरको प्रतिरोध गर्न दुष्ट मानिसहरूसँग मिलेमतो गर्छन्। तिनीहरूलाई ती दुष्ट मानिसहरूले प्रकट गर्ने कुरा दुष्टता हो भन्ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू दुस्साहस गर्छन् र तिनीहरूलाई पछ्याउन सत्यतालाई पिठ्युँ फर्काउँछन्। के सत्यता अभ्यास नगर्ने तर विनाशकारी र घृणित कुराहरू गर्ने यी मानिसहरू सबैले दुष्टता गरिरहेका छैनन् र? तिनीहरूमध्ये “राजाहरू” का रूपमा कार्य गर्नेहरू र तिनीहरूलाई पछ्याउने अरूहरू भए पनि, के परमेश्वरको प्रतिरोध गर्ने तिनीहरूको प्रकृति उस्तै छैन र? परमेश्वर तिनीहरूलाई मुक्ति दिनुहुन्न भनी दाबी गर्न तिनीहरूसँग के बहाना हुन सक्छ? परमेश्वर धर्मी हुनुहुन्न भनी दाबी गर्न तिनीहरूसँग के बहाना हुन सक्छ? के तिनीहरूलाई तिनीहरूकै दुष्टताले नष्ट गरिहेको छैन र? के तिनीहरूलाई तिनीहरूको आफ्नै विद्रोहीपनले नरकमा तानिरहेको छैन र? सत्यता अभ्यास गर्ने मानिसहरूले अन्त्यमा सत्यताको कारण मुक्ति पाउनेछन् र तिनीहरू सिद्ध पारिनेछन्। सत्यता अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यताको कारण आफूमाथि विनाश ल्याउनेछन्। सत्यता अभ्यास गर्ने र अभ्यास नगर्नेहरूको पर्खाइमा हुने परिणामहरू यिनै हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
ख्रीष्टले बोल्नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्ने कोही पनि छैन। ख्रीष्टमार्फत बाहेक परमेश्वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्वरमा विश्वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्म जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नका लागि परमेश्वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्वरको अनुमोदन प्राप्त गर्ने मौका फेरि कहिल्यै पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी टिप्पणीहरू नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्म पाउन र फेरि परमेश्वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ