३. बाइबलमा पावलले भनेका छन्, “हरेक प्राण उच्‍च शक्तिहरूको अधीनमा बसोस्। किनभने परमेश्‍वरबाहेक अरू कुनै शक्ति छैन: जति शक्तिहरू छन् ती सबै परमेश्‍वरले नै नियुक्त गर्नुभएको हो। त्यसकारण जसले शक्तिको विरोध गर्छ, त्यसले परमेश्‍वरको आदेशलाई इन्कार गर्छ: र ज-जसले विरोध गर्छन् तिनीहरूले दण्डाज्ञा पाउँछन्” (रोमी १३:१-२)। पावलको वचनअनुसार अभ्यास गर्दै हामी सबै कुरामा शासन गर्ने शक्तिहरूको अधीनमा बस्नुपर्छ। र अझै पनि नास्तिक चिनियाँ कम्युनिस्ट पार्टी सरकारले त्यसको इतिहासभरि धार्मिक विश्‍वासलाई सताएको छ। यो परमेश्‍वरको शत्रु हो, र यसले हामीलाई प्रभुमा विश्‍वास गर्न नदिने मात्र होइन, तर यसले सुसमाचार फैलाउने र परमेश्‍वरको गवाही दिनेहरूलाई गिरफ्तार गर्छ र सताउँछ। यदि हामी चिनियाँ कम्युनिस्ट सरकारको सामु झुक्यौं, प्रभुमा विश्‍वास गर्न छोड्यौं, र सुसमाचार फैलाउन र परमेश्‍वरको गवाही दिन बन्द गर्‍यौं भने, के हामी प्रभुको विरोध गरेर अनि उहाँतिर पिठिउँ फर्काएर शैतानको पक्षमा उभिएका हुँदैनौं र? मैले साँच्चै यो कुरा बुझ्न सकेको छैन: शासन गर्ने शक्तिहरूको विषयमा प्रभुको इच्छाअनुरूप गर्नका निम्ति मैले के गर्नुपर्छ?

उत्तर:

पावलले भने, “हरेक प्राण उच्‍च शक्तिहरूको अधीनमा बसोस्। किनभने परमेश्‍वरबाहेक अरू कुनै शक्ति छैन: जति शक्तिहरू छन् ती सबै परमेश्‍वरले नै नियुक्त गर्नुभएको हो। त्यसकारण जसले शक्तिको विरोध गर्छ, त्यसले परमेश्‍वरको आदेशलाई इन्कार गर्छ: र ज-जसले विरोध गर्छन् तिनीहरूले दण्डाज्ञा पाउँछन्” (रोमी १३:१-२)। पावलले यी वचनहरू बोलेका हुनाले, प्रभुका धेरै जना विश्‍वासीहरूले प्रशासन गर्ने अधिकारीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन्, र तिनीहरूको आज्ञापालन गर्नु परमेश्‍वरको आज्ञापालन गर्नु हो भनी सोच्छन्। कति जनाले त के समेत विचार गर्छन् भने, अधिकारीहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा बाधा दिन र दमन गर्नका लागि जसरी प्रयास गरे पनि मानिसहरूले तिनीहरूको आज्ञापालन गर्नुपर्छ, र तिनीहरूको अवज्ञा गर्नु परमेश्‍वरको विरोध गर्नु हो। के त्यस्ता विचारहरू सही छन्? के ती परमेश्‍वरको इच्छा अनुरूप छन्? वास्तवमा, परमेश्‍वरले कुनै पनि शक्तिको अधीनमा बस्नुपर्छ भनेर व्यवस्थाको युगदेखि अनुग्रहको युगसम्म कहिल्यै पनि भन्नुभएन। व्यवस्थाको युगमा, इस्राएलीहरूको शत्रु मिश्रका फारो थिए; तिनी त्यस्ता व्यक्ति थिए जोसँग शक्ति थियो। अनि परमेश्‍वरले तिनलाई के गर्नुभयो? जब तिनले इस्राएलीहरूलाई मिश्रबाट निस्केर जानदेखि रोके, परमेश्‍वरले तिनीमाथि दसवटा विपत्तिहरू बर्साउनुभयो। यदि तिनले इस्राएलीहरूलाई जान नदिएका भए परमेश्‍वरले तिनलाई नाश पार्नुहुनेथियो। जब मिश्री सेना इस्राएलीहरूलाई खेद्दै आयो, तब लाल समुद्र दुई भाग भयो, र खेद्‍ने सेनाहरूलाई डुबाएर नाश पाऱ्यो। व्यवस्थाको युगमा, परमेश्‍वरको विरोध गर्ने दियाबलसका सबै राजाहरू अन्त्यमा परमेश्‍वरद्वारा नाश पारिए। अब अनुग्रहको युगलाई हेरौं: प्रभु येशू किन प्रचार गर्न मन्दिरहरूमा नगएर उजाड स्थानमा र मानिसहरूको बीचमा जानुभयो? धार्मिक संसारका अधिकारीहरू र अगुवाहरू सबैले परमेश्‍वरको विरोध गरे, र सबै जना प्रभुको विरोधी थिए, जसले गर्दा प्रभु येशूका निम्ति उजाड-स्थानमा र मानिसहरूको बीचमा प्रचार गर्नुबाहेक अरू कुनै विकल्प रहेन। यदि प्रभु येशूका चेलाहरूले अधिकारीहरूको आज्ञापालन गरेका भए, के तिनीहरू अझै पनि उहाँको पछि लाग्नेथिए? अनि के अझै पनि उहाँले तिनीहरूको प्रशंसा गर्नुहुनेथियो? प्रभुमा साँचो रूपमा विश्‍वास गर्नेहरूले आफू परमेश्‍वरको हृदय अनुसारको मानिस हुनका निम्ति चिनियाँ कम्युनिस्ट पार्टी अधिकारीहरूप्रति कस्तो दृष्टिकोण राख्‍नुपर्छ भन्‍ने कुरालाई यी सबै कुराले देखाउँछ। यदि मानिसहरूले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छन्, तैपनि परमेश्‍वरका शत्रुहरूको रूपमा रहेका शक्तिहरूलाई चिन्न सक्दैनन् भने, के यी मानिसहरूले साँच्चै धर्मशास्त्र बुझेका हुन्छन् र? र के तिनीहरूले प्रभुलाई साँच्चै चिन्छन्? धेरै मानिसहरूमा यी कुराहरू वास्तवमा के हुन् भनी पत्ता लगाउन र देख्न नसक्‍नुको कारण के हो भने, बाइबलमा उल्‍लेख पावलका यी वचनहरू पढेपछि के गर्नुपर्छ त्यो तिनीहरूलाई थाहा हुँदैन। कतिपय मानिसहरूले प्रशासन गर्ने अधिकारीहरूको आज्ञापालन गर्नु भनेको प्रभुको आज्ञापालन गर्नु नै हो, र ती शक्तिहरूको प्रतिवाद र विरोध गर्नु भनेको परमेश्‍वरका आदेशहरूको विरोध गर्नु हो र आफैमाथि अभिशाप ल्याउनु हो भन्‍ने विश्‍वास गर्छन्। के यस्ता विचारहरू बिलकुलै गलत छैनन् र? के ती गम्भीर किसिमको गलत बुझाइ र परमेश्‍वरको अवज्ञा होइनन् र? यी गलत विचारहरू हुन्, जसले मानिसहरूलाई भ्रमित बनाउँछ र हानि गर्छ!

हामी सबैलाई थाहा छ, चिनियाँ कम्युनिस्ट पार्टी एक नास्तिक राजनीतिक पार्टी हो—र जहाँ नास्तिकता सत्तामा हुन्छ, त्यहाँ शैतान सत्तामा हुन्छ। चिनियाँ कम्युनिस्ट पार्टीले सधैँ परमेश्‍वरलाई शत्रुको रूपमा मान्दछ। ख्रीष्टको उपस्थिति र कामको बारेमा यसको दृष्टिकोण, “हटाउने कार्य पूरा नभइञ्‍जेल सेना फिर्ता गरिनेछैन” भन्ने छ। यो ख्रीष्टलाई क्रूसमा चढाउनको निम्ति कुनै पनि कुरामा रोकिनेछैन। चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएदेखि नै, यसले परमेश्‍वरको विरुद्धमा खुलेआम इन्कार, निन्दा, र ईश्‍वर-निन्दा गरेको छ। इसाई धर्मलाई पन्थ घोषित गरेको छ, पन्थको साहित्य भनेर बाइबलहरू जफत गरी जलाइएको छ, र पन्थ संगठनहरू भन्दै धार्मिक समूहहरूलाई सताइएको र दमन गरिएको छ। विशेष गरी, चिनियाँ कम्युनिस्ट पार्टीले साँचो परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरको प्रचार गर्ने र गवाही दिने इसाईहरूलाई उग्र रूपमा दमन, गिरफ्तार, र सतावट गरेको छ, तिनीहरूसित अमानवीय क्रूरताको काम गरेको छ र यातना दिएर धेरैलाई घाइते र अपाङ्ग बनाएको छ। कति जना दुर्व्यवहार भोगेका कारण मरेका पनि छन्। चिनियाँ कम्युनिस्ट पार्टी किन ख्रीष्टप्रति यति धेरै विरोधी छ, र यसले साँचो परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई किन सताउँछ? यसको उद्देश्य के हो? यसलाई सबैभन्दा बढी चिनियाँ मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर उहाँको पछि लाग्न थाल्नेछन् भन्‍ने डर छ। यसलाई मानिसहरू सत्यताको पछि लाग्नेछन् र परमेश्‍वरद्वारा मुक्ति पाउनेछन् भन्‍ने डर छ—यस्तो अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीका लागि दास बन्न कोही पनि बाँकी रहनेछैन, त्यसको सेवा गर्ने कोही हुनेछैन। यसैले, चिनियाँ कम्युनिस्ट पार्टीको राक्षसी शासनले उन्मादी बनेर ख्रीष्टको खेदो गर्दछ, परमेश्‍वरको कामलाई उन्मूलन गर्ने, धार्मिक विश्‍वासलाई उन्मूलन गर्ने र चीनलाई परमेश्‍वरविनाको देशमा परिणत गर्ने व्यर्थ आशामा इसाईहरूलाई क्रूर व्यवहार गर्न र सताउन त्योसित भएको हरेक उपाय प्रयोग गर्छ, यसैले कि राक्षसी चिनियाँ कम्युनिस्ट पार्टीको तानाशाहीले चीनमा सधैँभरि र परिवर्तन नभई शासन गर्न सकोस्। यसले के प्रमाणित गर्दछ भने, संसारमा चिनियाँ कम्युनिस्ट पार्टी, दुष्ट शासनले जत्तिको सत्यतालाई मन नपराउने र परमेश्‍वरलाई धेरै घृणा गर्ने अरू कोही छैन। तिनीहरू दियाबलसहरूको दल हुन्, जसले परमेश्‍वरको अवज्ञा गर्छन्! जहाँ चिनियाँ कम्युनिस्ट पार्टीले शासन गर्छ, त्यहाँ शैतानले शासन गर्छ! त्यसरी नै जब हामी चिनियाँ कम्युनिस्ट पार्टीलाई इन्कार गर्छौं र त्यसप्रति आफ्नो पिठिउँ फर्काउँछौं, के यो पूर्ण रूपमा परमेश्‍वरको इच्छाअनुरूप हुँदैन र?

वास्तवमा, यो कुरालाई प्रभु येशूले धेरै पहिले नै प्रकट गर्नुभएको थियो: “यो दुष्ट पुस्ता हो(लूका ११:२९)। “अनि दण्ड यही हो, कि ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कार्यहरू दुष्ट थिए(यूहन्‍ना ३:१९)। बाइबल भन्छ, “सारा संसार दुष्टतामा छ(१ यूहन्‍ना ५:१९)। प्रभु येशूले समय खेर नफाली संसारको अन्धकार र दुष्टताको वास्तविक अनुहार र स्रोत उजागर गर्नुभयो। सारा मानवजाति परमेश्‍वर र सत्यताको अस्तित्वप्रति असहिष्णु बन्दै शैतानको प्रभावमा परेर जिउँछ। धार्मिक समुदायमा, कसैले पनि मण्डलीहरूमा परमेश्‍वरको देहधारणको खुलेर गवाही दिने हिम्मत गर्दैन, तिनीहरूले मण्डलीमा वा मानिसहरूको बीचमा ख्रीष्टद्वारा व्यक्त गरिएको सत्यताको गवाही दिने हिम्मत गर्नु त परको कुरा हो। कुनै पनि सम्प्रदायमा, देहमा आउनुभएका ख्रीष्टको गवाही दिएको भेट्टाइने मानिसहरूलाई पक्राउ गरिन्छ र दोषी ठहरिन्छ—तिनीहरूलाई मण्डलीबाट बाहिर धपाइन्छ, र अधिकारीहरूको हातमा पनि दिइन्छ। के यो मानवजाति दुष्टताको शिखरमा पुगेको छैन र? संसारमा जताततै परमेश्‍वरको इन्कार, सत्यताको इन्कार,र ख्रीष्टको निन्दा गुञ्जिन्छ, के यो परमेश्‍वरको विरोध गर्ने ती शैतानी, दुष्ट शक्तिहरूको कारणले होइन, जसले संसारमा प्रभुत्व गर्दछ? दुई हजार वर्ष पछाडि फर्केर हेर्नुहोस्: प्रभु येशू जन्मनुभएको लगत्तै रोमी सरकारले उहाँको खेदो गरेको थियो; उहाँले काम गरिरहनुभएको र मार्गको प्रचार गरिरहनुभएको बेला, रोमी अधिकारीहरूसँग मिलेर यहूदी अगुवाहरूले उहाँलाई क्रूसमा झुण्ड्याए; र जब उहाँको सुसमाचार चीनमा प्रचार गरियो, तब यसलाई चीन सरकारले उन्मादी निन्दा र प्रतिरोध गर्‍यो—चीनमा कति जना मिसनरीहरूलाई यातना दिइयो र मारियो, कसलाई के थाहा। चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएपछि, चिनियाँ कम्युनिस्ट पार्टीले थप अनगन्ती इसाईहरूलाई गिरफ्तार गरी यातना दियो। यो सूची बढ्दैजान्छ। यी तथ्यहरूले के देखाउँछन्? चिनियाँ कम्युनिस्ट पार्टीले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई किन यति धेरै घृणा गर्दछ? इसाईहरूका पुस्ताहरूले किन यस्तो अमानवीय सतावट भोग्नु परेको छ? सत्यताले मानिसहरूको बीचमा किन सधैँ इन्कार र निन्दाको सामना गर्दछ? पृथ्वीमा र संसारको हरेक राष्ट्रमा परमेश्‍वरको इच्छा किन पूरा हुन सक्दैन? किनकि सारा संसार दुष्ट, शैतानको अधीनमा परेको छ, किनकि शैतानका दुष्ट शक्तिहरूले पृथ्वीमा अधिकार जमाएको छ, र तिनीहरू सबै परमेश्‍वरको विरोध गर्ने नास्तिक राजनैतिक शासनहरू हुन्; विशेष गरी, चिनियाँ कम्युनिस्ट पार्टीको शासन, शैतानको दुष्ट शक्तिहरूको प्रमुख नमुना हो। यसैले नै मानवजातिलाई अत्याधिक दुष्टता र अन्धकारतिर डोऱ्याएको छ। यो एउटा प्रमाणित तथ्य हो! तर पावलको—“हरेक प्राण उच्‍च शक्तिहरूको अधीनमा बसोस्”—भन्ने वचनको कारण कतिपय मानिसहरू अधिकारीहरूको आज्ञापालन गर्नु परमेश्‍वरको आज्ञापालन गर्नु हो भन्‍ने विश्‍वास गर्छन्। हामी तपाईंलाई यो कुरा सोध्छौं: जब राक्षसी चिनियाँ कम्युनिस्ट पार्टी शासनले परमेश्‍वरमाथिको हाम्रो विश्‍वास र आराधनामा बाधा दिन्छ र सीमित बनाउँछ तब के त्यस बेला पनि हामीले अझै आज्ञापालन गर्नुपर्छ? जब चिनियाँ कम्युनिस्ट पार्टीले इसाईहरूलाई गिरफ्तार गर्छ र यातना दिन्छ, तिनीहरूलाई पश्चात्तापका बयानहरू लेख्न बाध्य बनाउँछ, परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन कर लगाउँछ, र परमेश्‍वरलाई सराप्न र निन्दा गर्न तिनीहरूलाई बाध्य पार्छ, के हामीले अझै आज्ञापालन गर्न सक्छौं? जब चिनियाँ कम्युनिस्ट पार्टीले हामीलाई सुसमाचार प्रचार गर्ने र परमेश्‍वरको साक्षी दिने अनुमति दिँदैन, जब यसले हामीलाई प्रभु र हाम्रा सङ्गी विश्‍वासीहरूलाई विश्‍वासघात गर्न बाध्य बनाउँछ, त्यसको मतियार र दगुर्ने कुकुर बनाउँछ, के हामीले अझै आज्ञापालन गर्न सक्छौं? यदि हामीले चिनियाँ कम्युनिस्ट पार्टीको राक्षसी शासनको पालन गऱ्यौं भने के हामी परमेश्‍वरको विरोध र विश्‍वासघात गर्दै शैतानको पक्षमा उभिएका हुँदैन र? हामी फेरि पावलका वचनहरू हेरौं: “हरेक प्राण उच्‍च शक्तिहरूको अधीनमा बसोस्,” “जसले शक्तिको विरोध गर्छ, त्यसले परमेश्‍वरको आदेशलाई इन्कार गर्छ: र ज-जसले विरोध गर्छन् तिनीहरूले दण्डाज्ञा पाउँछन्।” के त्यस्ता वचनहरू व्यावहारिक छन्? के ती सत्यताअनुसार छन्? के पावलले यो अन्धकार र दुष्ट युग वास्तवमा के हो भन्‍ने कुरालाई साँच्चै बुझ्न सकेनन्? पावल पनि सुसमाचार प्रचार गरेको कारण पक्राउमा परी झ्यालखानमा परेका थिए। तर्कसंगत रूपमा भन्नुपर्दा, तिनले शैतानका दुष्ट शक्तिहरूको सारलाई हामीले भन्दा अझ स्पष्ट देख्न सक्नु पर्थ्यो, तापनि तिनले ती वचनहरू बोले—विश्‍वासै नलाग्‍ने कुरा!

परमेश्‍वरले शैतानलाई मानवजातिलाई भ्रष्ट पार्ने अनुमति दिनु र उहाँले दुष्ट शैतानलाई पृथ्वीमा अधिकार दिनुमा परमेश्‍वरको बुद्धि र प्रबन्ध निहित छ भन्‍ने कुरा हामी सबैलाई थाहा हुनुपर्छ। परमेश्‍वरले मानवजातिलाई दिनुभएको मुक्ति विशेष रूपले शैतानलाई पराजित गर्न, र शैतानद्वारा भ्रष्ट पारिएकाहरूलाई परमेश्‍वरको आज्ञापालन र आराधना गराउनका निम्ति हो। तब मात्र शैतान पूर्ण रूपले पराजित र अपमानित हुनेछ, र अन्त्यमा त्यसको भाग्य निश्चित गरिन्छ। त्यसैले, जब परमेश्‍वरले शैतानलाई शक्ति प्रयोग गर्ने र मानवजातिलाई भ्रष्ट पार्ने अनुमति दिनुहुन्छ, तब उहाँको इच्छा मानवजातिले शैतानलाई चिनोस्, शैतानको सार देख्न सकोस्, र मानिसहरूले शैतानलाई घृणा गरून्, र तिनीहरूले शैतानतर्फ आफ्नो पिठिउँ फर्काऊन् भन्ने हुन्छ; तैपनि परमेश्‍वरले मानिसहरूलाई कहिल्यै पनि शैतानको आज्ञा मान्नु भनी भन्नुभएको छैन, कुनै पनि शैतानी शासनको अवज्ञा गर्दा आफैमाथि दण्ड आउनेछ भनेर त झनै भन्नुभएको छैन। त्यसैले पावलको दृष्टिकोणअनुसार, के शैतानी सरकारहरूद्वारा खेदो र सतावट गरिएका सन्तहरूका पुस्ताहरू, र प्रभुका निम्ति शहीद हुनेहरूले शासन गर्ने शक्तिहरूको अवज्ञा गरेकाले आफैमाथि नरकको दण्ड ल्याएका थिए? के सन्तहरूका पुस्ताहरू झ्यालखानमा पर्नु परमेश्‍वरका लागि एउटा सुन्दर र जोडदार गवाही होइन र? पावलको दृष्टिकोणअनुसार, यी सन्तहरूको यी पुस्ताहरूको गिरफ्तारी र हत्या सुन्दर गवाही समेत थिएन—यो अख्तियारवालाहरूको अवज्ञा गरेर तिनीहरूले आफैमाथि ल्याएको दण्ड थियो। अनि त्यसो हो भने, पावलले सुसमाचार प्रचार गरेका कारण झ्यालखानमा भोगेको पीडा पनि व्यर्थ थिएन त? त्यसो भए पावलले किन आफूले भोगेका कष्टहरूको बारेमा अरूलाई गवाही दिए? के यो विरोधाभास थिएन र? प्रभुमाथिको हाम्रो विश्‍वास र हामीले गर्ने प्रभुको सुसमाचारको प्रचार र दिने गवाही स्वर्गद्वारा आदेश दिइएको र पृथ्वीद्वारा स्वीकार गरिएको कुरा हो; यसैबीच शैतानका सरकारहरूले इसाईहरूलाई क्रूरतासाथ सताउन, परमेश्‍वरको सुसमाचार फैलिने कामलाई बाधा दिन र परमेश्‍वरको इच्छालाई पूरा हुन नदिनका निम्ति कुनै कसर बाँकी राख्दैनन्—जसले तिनीहरूको शैतानी सार उदाङ्गो पार्छ, त्यो सार जसले सत्यतालाई घृणा गर्दछ र परमेश्‍वरको विरोध गर्छ। जब सत्य बाटोलाई समर्थन गरेकोमा र प्रभुको सुसमाचार प्रचार र त्यसको गवाही दिएको कारण मानिसहरूलाई शैतानका सरकारहरूद्वारा क्रूरतापूर्वक सताइन्छ, तिनीहरू धार्मिकताको खातिर सताइएका हुन्छन्, र प्रभुको प्रशंसाको योग्य त्यो जत्तिको अरू केही हुँदैन। त्यसो भए तिनीहरूले आफैमाथि दण्ड ल्याउँछन् भनेर कसरी भन्न सकिन्छ? प्रभु येशूले एक पटक स्पष्ट रूपमा भन्नुभयो, “धार्मिकताको खातिर सताइनेहरू आशिषित्‌ हुन्: किनकि स्वर्गको राज्य तिनीहरूकै हो(मत्ती ५:१०)। के पावललाई प्रभु येशूका यी वचनहरू थाहा थिएन भन्‍ने हुनसक्छ? पावलले बोलेका वचनहरू प्रभुका वचनहरूसँग स्पष्ट रूपमा विरोधमा छन्। ती मूल रूपमा सत्यतासँग अमिल्दा छन्, र ती हाम्रा कार्यहरूको आधार बन्न सक्दैनन्। हामी परमेश्‍वरद्वारा सृष्टि गरिएका हौं, र हामी परमेश्‍वरका हौं, हामीले सबै कुरामा परमेश्‍वरलाई सुन्नुपर्छ र परमेश्‍वरको अधिकार मान्नुपर्छ भन्‍ने कुरालाई स्वर्गद्वारा आदेश दिइएको छ र पृथ्वीद्वारा स्वीकार गरिएको छ!

अघिल्लो: २. चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएदेखि यता यसले धार्मिक विश्‍वासको सतावटलाई निरन्तर अघि बढाइरहेको छ। विशेष गरी यसले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई गरेको दमन, अति नै कठोर भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा गर्न, दोष लाउन र बदनाम गर्न टेलिभिजन, रेडियो, समाचार-पत्रहरू, इन्टरनेट र अन्य मिडिया मात्र प्रयोग गरेको छैन, तर यसका सदस्यहरूलाई व्यापक मात्रामा गिरफ्तार गरेको र क्रूर यातना पनि दिएको छ, र यातना दिएर नै मारेको पनि छ। चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई गरेको सतावट किन यति कठोर छ?

अर्को: १. तपाईंले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको सुरुआत आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वर देखा पर्नुभएको घटना र कामबाट भएको हो भनी गवाही दिनुहुन्छ, तर नास्तिक चिनियाँ कम्युनिस्ट पार्टी सरकार र धार्मिक संसारका अगुवाहरूले तपाईंहरूलाई झूटो शिक्षा र पन्थको रूपमा निन्दा गर्छन्। यसैले चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारले भनेको कुरालाई हामीले कसरी बुझ्न सक्छौं?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्