२. चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएदेखि यता यसले धार्मिक विश्वासको सतावटलाई निरन्तर अघि बढाइरहेको छ। विशेष गरी यसले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई गरेको दमन, अति नै कठोर भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको निन्दा गर्न, दोष लाउन र बदनाम गर्न टेलिभिजन, रेडियो, समाचार-पत्रहरू, इन्टरनेट र अन्य मिडिया मात्र प्रयोग गरेको छैन, तर यसका सदस्यहरूलाई व्यापक मात्रामा गिरफ्तार गरेको र क्रूर यातना पनि दिएको छ, र यातना दिएर नै मारेको पनि छ। चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई गरेको सतावट किन यति कठोर छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“सारा संसार दुष्टतामा छ” (१ यूहन्ना ५:१९)।
“यो दुष्ट पुस्ता हो” (लूका ११:२९)।
“ठूलो अजिङ्गरलाई बाहिर फालियो, त्यस दियाबलस र शैतान भनिने त्यो प्राचीन सर्पलाई, जसले सारा संसारलाई छल्छ” (प्रकाश १२:९)।
“अनि दण्ड यही हो, कि ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई मन पराए किनकि तिनीहरूका कार्यहरू दुष्ट थिए। किनभने दुष्ट कार्य गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, न त त्यो ज्योतिमा आउँछ, नत्रता त्यसका कार्यहरूको निन्दा गरिन्छ” (यूहन्ना ३:१९-२०)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
माथिदेखि तलसम्म र सुरुदेखि अन्त्यसम्म, शैतानले परमेश्वरको काममा बाधा पुर्याउँदै आएको छ र उहाँको विरोधमा काम गर्दै आएको छ। यी सबै “प्राचीन सांस्कृतिक सम्पदा,” मूल्यवान् “प्राचीन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादका शिक्षाहरू,” र “कन्फ्युसियन शास्त्रीय ग्रन्थहरू र सामन्ती संस्कारहरू” ले मानिसलाई नरकमा लगेका छन्। उन्नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्च विकसित उद्योग, कृषि, र व्यापार कतै देखिँदैनन्। बरु, यसले त परमेश्वरको कामलाई जानाजानी अवरोध गर्न, विरोध गर्न, र भत्काउन प्राचीन समयका “बाँदरहरू” ले ल्याएका सामन्ती संस्कारहरूलाई जोड दिने काम मात्र गर्छ। यसले आजको दिनसम्म मानिसलाई निरन्तर कष्ट दिइरहेको मात्र होइन, यो त मानिसलाई सिङ्गै निल्न समेत चाहन्छ।[१] सामन्ती नैतिकताका शिक्षाहरूको प्रसारण र प्राचीन संस्कृतिको ज्ञानको हस्तान्तरणले मानवजातिलाई धेरै अघि नै सङ्क्रमित गरिसकेको छ, र तिनीहरूलाई साना-ठूला दियाबलसहरूमा परिणत गरेको छ। परमेश्वरलाई खुसीसाथ ग्रहण गर्नेहरू थोरै छन्, उहाँको आगमनलाई उल्लासपूर्वक स्वागत गर्नेहरू थोरै छन्। सम्पूर्ण मानवजातिको अनुहार हत्यारो नियतले भरिएको छ, र हरेक ठाउँमा, हावामा ज्यानमारा सास फैलिएको छ। तिनीहरू परमेश्वरलाई यस भूमिबाट बाहिर निकाल्न खोज्छन्; हातमा चक्कु र तरवार लिएर, तिनीहरू परमेश्वरलाई “सर्वनाश” गर्न युद्धको ढाँचामा आफूलाई उभ्याउँछन्। मानिसलाई निरन्तर रूपमा परमेश्वर हुनुहुन्न भनी सिकाइने दियाबलसहरूको यो सारा भूमिभरि मूर्तिहरू फैलिएका छन्, र माथिको हावा कागज र धूप जलाएको वाकवाकी लाग्ने गन्धले भरिएको छ, जुन निसास्सिने गरी बाक्लो छ। यो विषालु सर्पको छटपटीसँगै ठ्वास्स आउने हिलोको दुर्गन्ध जस्तै छ, यतिसम्म कि कोही पनि बान्ता नगरी बस्नै सक्दैन। यसबाहेक, दुष्ट पिशाचहरूले धर्मशास्त्रहरू जपिरहेको मधुरो आवाज सुन्न सकिन्छ, एउटा यस्तो आवाज जुन धेरै टाढा नरकबाट आइरहेको जस्तो लाग्छ, यतिसम्म कि कोही पनि नकामी बस्न सक्दैन। यस भूमिमा जताततै इन्द्रेणीका सबै रङका मूर्तिहरू राखिएका छन्, जसले गर्दा उक्त भूमि एउटा भड्किलो, चहकिलो संसारमा परिणत भएको छ, जबकि दियाबलसहरूको राजा दुष्टतापूर्वक हाँसिरहन्छ, मानौँ यसको षड्यन्त्र सफल भएको छ। यसैबीच, मानिस पूर्ण रूपमा बेखबर रहन्छ, र दियाबलसले उसलाई अचेत हुने र शिर झुकाउने हदसम्म भ्रष्ट तुल्याइसकेको छ भन्ने कुराको उसलाई कुनै भान हुँदैन। यो, एकै झट्कामा, परमेश्वरसम्बन्धी सबै कुरा मेटाउन, र फेरि एकपटक उहाँलाई अशुद्ध पार्न र उहाँको हत्या गर्न चाहन्छ; यो उहाँको कामलाई भत्काउन र बाधा दिन तल्लीन हुन्छ। यसले परमेश्वरलाई कसरी समान हैसियतको हुन दिन सक्छ र? यसले परमेश्वरले मानव संसारमा यसको काममा “हस्तक्षेप” गरेको यसले कसरी सहन सक्छ र? यसले कसरी परमेश्वरलाई यसको घिनलाग्दो मुहारको खुलासा गर्न दिन सक्छ र? यसले कसरी परमेश्वरलाई यसको काम अस्तव्यस्त पार्न दिन सक्छ र? क्रोधले रन्थनिएको यो दियाबलसले कसरी परमेश्वरलाई पृथ्वीमा रहेको यसको शाही दरबारमाथि नियन्त्रण जमाउन दिन सक्छ र? यसले उहाँको श्रेष्ठ शक्तिसामु कसरी स्वेच्छाले शिर झुकाउन सक्छ र? यसको घिनलाग्दो मुहार जस्ताको तस्तै प्रकट गरिएको छ, जसले गर्दा व्यक्ति हाँस्नु कि रुनुको अवस्थामा पुग्छ, र यसको वर्णन गर्न साँच्चै गाह्रो छ। के यसको सार यही होइन र? कुरूप प्राण बोकेर, तिनीहरू अझै पनि आफू विश्वास गर्नै नसकिने गरी सुन्दर रहेको विश्वास गर्छन्—अपराधमा संलग्न मतियारहरूको यो गिरोह![२] तिनीहरू सुखमा लिप्त हुन र कोलाहल मच्चाउन मरणशील क्षेत्रमा ओर्लन्छन्, र कामकुरालाई यति धेरै उथलपुथल पार्छन् कि संसार एउटा चञ्चल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यति धेरै खेलबाड गरेका छन् कि उसको रूप जङ्गली अमानवीय पशुको जस्तो, अत्यन्तै कुरूप बनेको छ, जसबाट मौलिक शुद्ध मानिसको अन्तिम नामोनिसान हराएको छ। यसबाहेक, तिनीहरू पृथ्वीमा सार्वभौम शक्ति ग्रहण गर्न समेत चाहन्छन्। तिनीहरू परमेश्वरको कामलाई यति धेरै अल्झाउँछन् कि यो मुस्किलले अघि सर्न सक्छ, र तिनीहरू मानिसलाई तामा र स्टिलको पर्खाललेझैँ कसिलो गरी बन्द गरिदिन्छन्। यति धेरै गम्भीर पाप गरेर र यति धेरै विपत्ति ल्याएर, के तिनीहरू अझै पनि सजाय नभई अरू नै केही आशा गरिरहेका छन्? दियाबलस र पिशाचहरू पृथ्वीमा केही समयदेखि उत्पात मच्चाइरहेका छन्, र तिनीहरूले परमेश्वरका अभिप्रायहरू र रगत-पसिना दुवैलाई यति कसिलो गरी थुनेका छन् कि केही पनि बाहिर निस्कन पाउँदैन। साँच्चै, यो एउटा घोर पाप हो! परमेश्वर कसरी व्याकुल नहुन सक्नुहुन्छ र? परमेश्वर कसरी नरिसाउन र? तिनीहरूले परमेश्वरको काममा गम्भीर बाधा पुर्याएका छन् र त्यसको विरोध गरेका छन्: कतिसम्म विद्रोही!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (७)
फूटनोटहरू:
१. “निल्न” ले दियाबलसहरूको राजाको क्रूर व्यवहारलाई जनाउँछ, जसले मानिसहरूलाई सम्पूर्ण रूपमा मोहित गर्छ।
२. “अपराध गर्ने मतियारहरूको गिरोह” भनेको “गुन्डाहरूको दल” जस्तै हो।
हजारौँ वर्षदेखिको फोहोर रहिआएको यो भूमि असहनीय रूपमा फोहोर छ, यसमा प्रचुर दुःख छ, प्रेतहरू जालझेल र छल गर्दै, आधारहीन आरोपहरू लगाउँदै,[१] क्रूर उपाय अपनाउँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै जताततै अनियन्त्रित रूपमा दगुर्छन्; कुहिएको दुर्गन्धले भूमिलाई ढाक्छ र त्यो हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ।[२] आकाशभन्दा परको संसार कसले देख्न सक्छ? दियाबलसले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखा ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौँ वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, जब यसले अझै पनि भूतको सहरमाथि निकट रूपमा नजर राख्छ, मानौँ यो पिशाचहरूको अभेद्य महल हो; यसबीच रखवारी गर्ने कुकुरहरूको यो झुन्डले परमेश्वरले उनीहरूलाई अप्रत्याशित रूपमा समातेर मेटाउनुहुनेछ, र उनीहरूलाई शान्ति र खुसीयालीको ठाउँबाट वञ्चित गर्नुहुनेछ भनी डराएर आँखा तर्छन्। यस्तो भूतको सहरका यस्ता मानिसहरूले कसरी परमेश्वरलाई देखेका हुन सक्छन् र? के तिनीहरूले कहिल्यै परमेश्वरको प्रियता र प्रेमिलो स्वभावको आनन्द उठाएका हुन सक्थे? के तिनीहरूले कहिल्यै मानव संसारका मामिला बुझ्ने सक्थे? तिनीहरूमध्ये कसले परमेश्वरका उत्सुक अभिप्राय बुझ्न सक्छ? त्यसैले देहधारी परमेश्वर पूर्ण रूपमा लुकेर रहनु त्यति अचम्मको कुरा होइन: पिशाचहरू निर्दयी र अमानवीय हुने यो जस्तो अन्धकारको समाजमा अलिकति पनि सङ्कोच नमानी मानिसहरूलाई मार्ने दियाबलसका राजाले एउटा यस्तो परमेश्वरको अस्तित्व कसरी सहन गर्न सक्थ्यो, जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्थ्यो? यी चाकरहरू! तिनीहरू दयाको बदलामा घृणा गर्छन्, तिनीहरूले धेरै पहिले नै परमेश्वरलाई शत्रुका रूपमा व्यवहार गर्न थालेका हुन्, तिनीहरू परमेश्वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा बर्बर छन्, तिनीहरूमा परमेश्वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू आक्रमण र लुटपाट गर्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, र तिनीहरू निर्दोष मानवजातिलाई बहकाएर अचेत बनाउँछन्। के प्राचीन सन्तका उत्तराधिकारीहरू? के प्रिय अगुवाहरू? तिनीहरू सबै परमेश्वरको विरोध गर्ने नीच मानिस हुन्! तिनीहरूको हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। के धार्मिक स्वतन्त्रता? के नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई ढाकछोप गर्ने युक्तिहरू हुन्। परमेश्वरको कामलाई कसले अङ्गालेको छ? परमेश्वरको कामका निम्ति कसले आफ्नो जीवन अर्पण गरेको वा आफ्नो रगत बगाएको छ? पुस्तौँपुस्तादेखि, आमाबुबादेखि छोराछोरीसम्म अटुट रूपले दासत्वमा परेको मानिसहरूले अमर्यादित रूपमा परमेश्वरलाई दास बनाएका छन्—यसले कसरी क्रोध जगाउँदैन र? सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई तानाशाहीले जस्तो शासन गर्न नदेऊ! समय अहिले नै हो: त्यस दियाबलसको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसको विरुद्ध विद्रोह गर्नका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्वरका जनतालाई झुक्याउन किन छली युक्तिहरू प्रयोग गर्नु? परमेश्वरको आगमनलाई दमन गर्न किन शक्तिको प्रयोग गर्नु? उहाँले सृष्टि गर्नुभएको पृथ्वीमा परमेश्वरलाई स्वतन्त्र रूपमा घुम्ने अनुमति किन नदिनु? परमेश्वरले उहाँको शिर टेकाउने ठाउँ कहीँ नपाउने गरी किन उहाँको खेदो गर्नु? मानिसहरूमाझ न्यानोपन कहाँ छ? मानिसहरूमाझ उहाँको स्वागत कहाँ छ? परमेश्वरको त्यत्ति धेरै चाहना किन पैदा गर्नु? परमेश्वरलाई किन घरीघरी बोलाउन लगाउनु? परमेश्वरलाई उहाँका प्रिय पुत्रका निम्ति चिन्तित हुनैपर्ने अवस्थासम्म किन घचघच्याउनु? यो समाज ज्यादै अँध्यारो छ—त्यसका घृणास्पद रक्षक कुकुरहरू किन परमेश्वरलाई उहाँले सृष्टि गर्नुभएको संसारमा स्वतन्त्र रूपमा आउन र जान दिँदैनन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८)
फूटनोटहरू:
१. “आधारहीन आरोपहरू लगाउँदै” ले ती तरिकाहरूलाई बुझाउँछ, जसद्वारा शैतानले मानिसहरूलाई हानि गर्दछ।
२. “कडा सुरक्षामा राखिन्छ” ले ती तरिकाहरू बुझाउँछ जसद्वारा शैतानले मानिसलाई कष्ट दिन्छ, जुन विशेष गरी क्रूर हुन्छ, र मानिसहरूलाई यत्ति धेरै नियन्त्रण गर्छ कि तिनीहरूका निम्ति चलमलाउन ठाउँ नै हुँदैन।
शैतानले संसारलाई छल गरेर आफ्नो प्रतिष्ठा बनाउँछ र प्रायः आफूलाई इन्साफको अग्रदूत र आदर्श व्यक्तिका रूपमा स्थापित गर्छ। त्यसले इन्साफ कायम राख्ने झुटो बहानामा मानिसहरूलाई हानि गर्छ र तिनीहरूको प्राण निल्छ अनि त्यसले मानिसलाई भावशून्य बनाउन, भ्रमित पार्न र उक्साउन हरेक किसिमका माध्यमहरू प्रयोग गर्छ, जसको उद्देश्य मानिसहरूलाई त्यसको दुष्ट आचरणलाई अनुमोदन गर्न र साथ दिन अनि परमेश्वरको अख्तियार र सार्वभौमिकताको विरोध गर्नमा आफूसँगै मानिसलाई संलग्न हुन लगाउनु हो। तर, जब कसैले त्यसका युक्ति र षड्यन्त्रहरू छर्लङ्ग देख्छ अनि त्यसको घिनलाग्दो अनुहार छर्लङ्ग देख्छ र जब कोही त्यसको कुल्चाइमा परिरहन वा निरन्तर यसद्वारा मूर्ख बनाइन वा यसका लागि रगत-पसिना बगाउन वा यसैसँग दण्डित र नष्ट हुन चाहँदैन, तब शैतानले आफ्नो पहिलेको सन्तको जस्तो अनुहार परिवर्तन गर्छ, आफ्नो झुटो मुखुन्डो च्यातेर फाल्छ र आफ्नो निर्मम वास्तविक रूप प्रकट गर्छ, जुन दुष्ट, क्रूर र कुरूप हुन्छ। त्यसले त्यसको पालना गर्न नमान्ने र त्यसका दुष्ट शक्तिहरूको विरोध गर्नेहरू सबैलाई नाश गर्नेबाहेक अरू केही चाहँदैन। यतिबेला, शैतानले उप्रान्त विश्वासयोग्य, सोझो रूप धारण गर्न सक्दैन; यसलाई प्रतिस्थापित गर्ने भनेको त्यसको साँचो कुरूप सत्त्व—दियाबलस—हो, जुन पहिले भेडाको भेषभित्र लुकेको थियो। शैतानका युक्तिहरूको वास्तविकता बाहिर ल्याइएपछि र यसको साँचो रूप खुलासा भएपछि, त्यो रिसले चुर हुनेछ र आफ्नो बर्बरता बर्साउनेछ अनि मानिसलाई हानि गर्ने र निल्ने यसको चाहना झन्-झन् तीव्र हुँदै जानेछ। सत्यताप्रतिको मानिसको जागरणले गर्दा त्यो रिसले चुर हुन्छ, अनि स्वतन्त्रता र ज्योतिको तृष्णा गर्ने अनि त्यसको कैदबाट मुक्त हुने मानिसको आकाङ्क्षाका कारण ऊप्रति त्यसले ठूलो घृणा र प्रतिशोधको भावना विकास गर्छ। त्यसको रिसको अभिप्राय भनेको त्यसको दुष्टताको प्रतिरक्षा गर्नु हो र यो त्यसको निर्मम प्रकृतिको साँचो प्रकटीकरण पनि हो।
शैतान आफूले गर्ने सबै कुरामा आफ्नो दुष्ट प्रकृति प्रकट गर्छ। शैतानले मानिसमा गरेका सबै दुष्ट कार्यमध्ये—त्यसले मानिसलाई भ्रममा पारेर आफ्नो पछि लाग्न लगाउने त्यसको प्रारम्भिक प्रयासदेखि लिएर मानिसलाई त्यसका दुष्ट कार्यहरूमा संलग्न हुन लगाएर उसलाई गरेको दुरुपयोगसम्म अनि त्यसको साँचो सत्त्व खुलासा भएपछि र मानिसले यसलाई खुट्ट्याएर त्यागिसकेपछि मानिसविरुद्धको त्यसको प्रतिशोध इत्यादिसम्म—यीमध्ये एउटै पनि कार्य शैतानको दुष्ट सार खुलासा गर्न चुक्दैन, न त सकारात्मक कुराहरूसँग शैतानको कुनै सम्बन्ध छैन र सारा दुष्ट कुराको स्रोत शैतान नै हो भन्ने तथ्य प्रमाणित गर्न नै चुक्छ। त्यसको हरेक कार्य त्यसको दुष्टता जोगाउन, त्यसका दुष्ट कार्यहरूको निरन्तरता सुनिश्चित गर्न, न्यायोचित र सकारात्मक कुराहरूविरुद्ध जान र मानवजातिको सामान्य अस्तित्वका विधिविधान र नियमलाई नष्ट गर्नका लागि हो। यी सबै कार्य परमेश्वरविरुद्ध छन् र तिनलाई परमेश्वरको क्रोधले नष्ट गर्नेछ। शैतानको आफ्नै रिस भए तापनि, यसको रिस भनेको यसको दुष्ट प्रकृतिलाई पोखाउने माध्यम मात्रै हो। शैतान किन भड्किन्छ र क्रोधित हुन्छ त्यसको कारण यही हो: त्यसका अकथनीय युक्तिहरूलाई खुलासा गरिएको छ; त्यसका षड्यन्त्रहरूलाई सहजै जान दिइएको छैन; परमेश्वरको प्रतिस्थापन गर्ने र परमेश्वरको रूपमा काम गर्ने यसको उग्र महत्वाकांक्षा र इच्छालाई प्रहार र अवरुद्ध गरिएको छ; अनि सारा मानवजातिलाई नियन्त्रण गर्ने यसको लक्ष्य अहिले व्यर्थ र कहिल्यै हासिल गर्न नसकिने भएको छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २
सन्दर्भका लागि मानिसको सङ्गति:
चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई गरेको उग्र दमन र सतावटले विश्व समुदायको बीचमा एउटा हलचल उत्पन्न गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी परमेश्वरको विरोध र दुस्मनीमा किन यति उन्मादी हुन सक्यो भन्ने कुरालाई धेरै मानिसहरूले बुझ्न सक्दैनन्। यो चिनियाँ कम्युनिस्ट पार्टी एउटा नास्तिक राजनैतिक पार्टी भएकोले गर्दा हो—एक शैतानी शासन जसले सत्यता र परमेश्वरलाई घृणा गर्ने कार्यमा जोड दिन्छ। साँचो परमेश्वर देखा पर्नुभएको घटना र काम देखेर चिनियाँ कम्युनिस्ट पार्टी नडराई बस्न कहाँ सक्थ्यो, प्रतिक्रिया स्वरूप त्यसले अवज्ञा र निन्दा नगरी कसरी रहन सक्थ्यो? आखिरी दिनहरूको अवधिमा, सर्वशक्तिमान् परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ, जसमध्ये धेरैजसो वचन देहमा देखा पर्नुहुन्छमा सङ्कलित गरिएको छ। सर्वशक्तिमान् परमेश्वरका वचनहरूले सबै धर्म र सबै सम्प्रदायलाई हल्लाएको छ। प्रभुमा विश्वास गर्ने धेरैले सर्वशक्तिमान् परमेश्वरद्वारा व्यक्त गरिएका वचनहरू सत्य हुन् भनी देखेका छन्, तिनीहरूले यो परमेश्वरको आवाज हो, यो परमेश्वरको काम हो भनी पहिचान गरेका छन्, र तिनीहरू सबै सर्वशक्तिमान् परमेश्वरकहाँ फर्केका छन्। मानिसहरूको झन्-झन् ठूलो सङ्ख्याले सर्वशक्तिमान् परमेश्वरको प्रचार गरिरहेका छन् र गवाही दिइरहेका छन्। परमेश्वर र सत्यताप्रति घोर घृणा गर्ने राक्षसी चिनियाँ कम्युनिस्ट पार्टी शासनले कसरी परमेश्वरको अस्तित्वलाई सहन गर्न वा संसारमा सत्यताको प्रचार गर्ने र त्यसको गवाही दिने अनुमति दिन सक्छ? यसैले चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई उग्र दमन र सतावट गर्ने एकपछि अर्को अभियान सुरु गरेको छ। यसले सुसमाचार फैलाउने र परमेश्वरको गवाही दिने अनगिन्ती मानिसहरूलाई गिरफ्तार गरेको छ, र वचन देहमा देखा पर्नुहुन्छका धेरै प्रतिहरू जफत गरेको छ। हरेक दिन चिनियाँ कम्युनिस्ट पार्टीले यो पाठ ध्यानसित पढ्दै, यो पुस्तक कति धेरै शक्तिशाली छ, यसका वचनहरू सत्य छन्, र सबै मानिसहरूलाई जित्न सक्छ भनी जानेको छ। त्यसैले चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरलाई जतिसुकै निन्दा गरे पनि, दोष लगाए पनि, र बदनाम गरे पनि, यसले वचन देहमा देखा पर्नुहुन्छको बारेमा कहिल्यै जनतालाई जान्न दिने हिम्मत गर्दैन, न त यसले कहिल्यै सर्वशक्तिमान् परमेश्वरद्वारा के व्यक्त गरिएको छ भन्ने कुरा बताउँछ। चिनियाँ कम्युनिस्ट पार्टीले किन वचन देहमा देखा पर्नुहुन्छलाई यस्तो कडाइको साथ प्रतिबन्ध लगाएको छ? मानिसहरूले यो पुस्तक पढ्छ भनेर यो किन यति धेरै डराउँछ? किनकि वचन देहमा देखा पर्नुहुन्छ परमेश्वरका वाणीहरू हुन्, यो सत्यताको अभिव्यक्ति हो, र देखा परेको पूर्वको साँचो ज्योति हो! चिनियाँ कम्युनिस्ट पार्टी सारा संसारले सर्वशक्तिमान् परमेश्वरद्वारा व्यक्त गरिएको सत्य देख्नेछ, परमेश्वर प्रकट हुनुभएको छ र पूर्वमा काम गर्न थाल्नुभएको छ, अनि मानिसको आशा पूर्वमा छ भनी देख्नेछ भनी डराएको छ। चिनियाँ कम्युनिस्ट पार्टी सबैभन्दा दुष्ट र सबैभन्दा बढी सत्य लाई घृणा गर्ने शैतानी शासन हो। मानिसहरूको बीचमा सत्यताको आगमन भएकोमा अरू कोही पनि त्यत्ति धेरै त्रसित हुँदैन। मानिसले सत्यलाई स्वीकार गर्नेछ, र परमेश्वरले मानिसको बीचमा राजाको रूपमा शासन गर्नुहुनेछ, र पृथ्वीमा ख्रीष्टको राज्य देखा पर्नेछ, त्यसरी मानवजातिलाई नियन्त्रण गर्ने र संसारमा प्रभुत्व जमाउने त्यसको घृणित उद्देश्य निष्प्रभाव हुनेछ भनेर अरू कोही पनि यति धेरै डराएको छैन। यही कारणले गर्दा चिनियाँ कम्युनिस्ट पार्टीले उग्र बनेर ख्रीष्टलाई गिरफ्तार र हत्या गर्ने कोसिस गर्छ। यसले अफवाह फैलाउन र विनाकारण झूटो आरोप लाउन, गलत प्रकारले दोष लाउन र सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई बदनाम गर्नका लागि संचार माध्यम र इन्टरनेटको प्रयोग गर्दछ। यसले यतिसम्म गर्छ कि परमेश्वरको चुनिएका मानिसहरूलाई दमन र गिरफ्तार गर्ने र सताउने कोसिसमा कुनै कसर बाँकी नराख्नलाई निर्धक्क सशस्त्र प्रहरी परिचालन गर्दछ। चिनियाँ कम्युनिस्ट पार्टीको सतावटबाट लुक्ने ठाउँ कतै नभएकोले परमेश्वरका चुनिएका मानिसहरूलाई विदेशतिर भाग्न कर लागेको छ—र अझै पनि चिनियाँ कम्युनिस्ट पार्टीले त्यसको सिमाना काटेर गएका इसाईहरूलाई चीनमा फर्काएर त्यसको क्रूरता र सतावटको सामना गर्न लाउनका निम्ति केही देशहरूमाथि दबाब दिन राजनीतिक, आर्थिक, र कूटनीतिक माध्यमहरूको प्रयोग गरी आफ्नो कालो हात फैलाएको छ। अझ घृणित कुरा यो छ कि चिनियाँ कम्युनिस्ट पार्टीले यी इसाई परिवारका सदस्यहरूलाई पनि गिरफ्तार गरेर सताउँछ, तिनीहरूलाई बन्धकको रूपमा प्रयोग गरी सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई धम्की दिन्छ र तिनीहरूलाई राहदानीका लागि आवेदन दिने करमा पार्छ र विदेशमा गएर विभिन्न देशहरूमा भएका सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई सताउन बाध्य पार्छ। यसले सर्वशक्तिमान् परमेश्वरको मण्डलीका इसाईहरूलाई झूटो आश्रय खोज्ने मानिसहरूको रूपमा झूटो आरोप लगाउने कोसिस गर्दै कूटनीतिक माध्यमहरू प्रयोग गर्दछ, त्यसरी झूटा कुराहरू फैलाएर अनि कपोकल्पित हल्लाहरू चलाएर मानिसहरूको विचारलाई मण्डलीको विरोधमा बनाउने, मण्डलीको सम्मानमा चोट पुऱ्याउने र सरकारहरू र मानिसहरूलाई मण्डलीको विरोध र इन्कार गर्न उक्साउने अनि इसाईहरूलाई निर्वासित गर्ने कोसिस गर्छ, यसो गरेर चिनियाँ कम्युनिस्ट पार्टीले विदेशमा सुसमाचार फैलाउने मण्डलीको काममा बाधा दिने, दमन र उन्मूलन गर्ने आफ्नो दुष्ट उद्देश्य प्राप्त गर्दछ। यो तथ्यले चिनियाँ कम्युनिस्ट पार्टी शैतान र भूतहरूबाट बनेको हो भनी प्रमाणित गर्दछ, जसले सत्यतालाई मन पराउँदैन र परमेश्वरलाई घृणा गर्दछ—तिनीहरू शैतानहरू हुन् जसले मानिसहरूलाई यातना दिन्छन् र तिनीहरूका प्राण निल्छन्। चिनियाँ कम्युनिस्ट पार्टी सर्वशक्तिमान् परमेश्वरको मण्डलीमाथि त्यसको दमन, सतावट र आक्रमणमा यति क्रूर हुन सक्छ कि त्यो पूर्ण रूपमा त्यसको राक्षसी सारमा ओर्लिन्छ, जसले सत्यता मन पराउँदैन र ख्रीष्टलाई घृणा गर्दछ।