अध्याय १४

अहिले, समय वास्तवमै छोटो छ। पवित्र आत्माले हामीलाई परमेश्‍वरका वचनहरूतर्फ डोर्‍याउन विभिन्न प्रकारका विधिहरूको प्रयोग गर्नुहुन्छ। तँ सबै सत्यहरूद्वारा सुसज्जित हुनुपर्छ, शुद्ध बन्नुपर्छ, र मसँग साँच्चिकै नजिक हुनुपर्छ र मसँग सङ्गत गर्नुपर्छ, र तँलाई कुनै कुरा छान्‍ने र रोज्‍ने अनुमति दिइनेछैन। पवित्र आत्माको काम भावनारहित हुन्छ, र तँ कस्तो प्रकारको व्यक्ति होस् भनेर परवाह गर्दैन। तँ खोज्न र पछ्याउन—बहाना नबनाइ, र तेरो प्राप्ति र नोक्सानका बारेमा बहस नगरी—बरु धार्मिकताको लागि भोक र तिर्खासहित खोज्न इच्छुक छस् भने, म तँलाई अन्तर्दृष्टि दिनेछु। तँ जतिसुकै मूर्ख र अज्ञानी भए पनि, म यी कुरामा ध्यान दिन्न। म तैँले सकारात्मक पक्षमा कति मेहनत गर्छस् भनेर हेर्छु। यदि तँ अझै पनि, तेरो सानो संसारमा घुम्दै, आफ्‍नै धारणामा अझै अडिग हुन्छस् भने, मेरो विचारमा तँ खतरामा छस्…। उठाइ भनेको के हो? त्यागिनुको अर्थ के हो? तँ आज परमेश्‍वरको अगाडि कसरी बाँच्नुपर्छ? तैँले मसँग कसरी सक्रिय भएर सहकार्य गर्नुपर्छ? तेरो आफ्ना धारणाहरूलाई त्यागिदे, आफैलाई चिरफार गर्, तेरो मकुन्डो उतार्, आफ्नो वास्तविक रङ्ग स्पष्टसँग हेर्, आफूलाई घृणा गर्, धार्मिकतालाई भोकाउँदै र तिर्खाउँदै खोज्ने हृदय बना, तेरो मूल्य वास्तवमा केही पनि छैन भनेर विश्‍वास गर्, आफूलाई अर्पण गर्न इच्छुक बन्, काम-कुरा गर्ने तेरा सबै तरिकाहरूलाई रोक्‍न सक्‍ने बन्, मेरो अगाडि आफूलाई शान्त बना, अझ धेरै प्रार्थना गर्, गम्भीरताका साथ मप्रति झुक्, मलाई आदर गर्, मप्रति नजिक हुन र मसँग सञ्चार गर्न कहिल्यै नछोड्—यी कुराहरूमा, कुञ्जी भेटिन्छ। मानिसहरू प्रायजसो आफैभित्र जिउँछन्, त्यसैले परमेश्‍वरको अगाडि हुँदैनन्।

पवित्र आत्माको अहिलेको कामका बारेमा कल्पना गर्न मानिसहरूलाई वास्तवमै गाह्रो छ, र यो सबै वास्तविकमा प्रवेश हुन्छ; यसको बारेमा नसोच्‍नु राम्रो कुरा होइन। यदि तेरो हृदय र मन गलत स्थानमा छन् भने, तँसँग कुनै भावी कार्यदिशा हुनेछैन। सुरुदेखि अन्त्यसम्म, तँ सबै समयमा सतर्क हुनुपर्छ, र लापरवाही भइन्छ कि भनेर सावधान हुने कुरालाई निश्चित गर्नुपर्छ। नियमित रूपमा चनाखो हुने र पर्खाइमा रहने अनि मेरो अगाडि शान्त रहनेहरू धन्यका हुन्। आफ्नो हृदयमा सधैँ मलाई आदर गर्ने, मेरो आवाजलाई नजिकबाट सुन्न ध्यान दिने, मेरो कार्यहरूमा ध्यान दिने, र मेरा वचनहरूलाई अभ्यास गर्नेहरू धन्यका हुन्! समयले वास्तवमा कुनै पनि ढिलाइ सहँदैन; तिमीहरू सबैलाई बाढीले निलेजस्तो निल्नका लागि भयङ्कर, खुनी मुख खोल्दै, सबै किसिमका विपत्तिहरू व्यापक रूपमा फैलिनेछन्। मेरा पुत्रहरू! समय आएको छ! विचारमग्न हुनका लागि अब समय छैन। तिमीहरूलाई मेरो सुरक्षामा ल्याउने एक मात्र तरिका भनेको तिमीहरू मेरो अगाडि फर्किनु हो। तँसँग पुरुष-बालकको बलियो चरित्र हुनुपर्छ; कमजोर वा निरुत्साहित नबन्। तिमीहरू मेरो कदमसँगै अघि बढ्नुपर्छ, नयाँ ज्योतिलाई नकार्नु हुँदैन, र, मैले तिमीहरूलाई मेरा वचनहरू कसरी खाने र पिउने भनेर बताउँदै गर्दा, तिमीहरू समर्पित हुनुपर्छ र वचनहरूलाई राम्ररी खानु र पिउनुपर्छ। के मनोमानी रूपमा एक-अर्कासँग झगडा वा विवाद गर्ने समय अझै छ र? के तैँले तेरो भाग खाइनस् र सत्यताले पूर्ण रूपमा सुसज्जित भइनस् भने के तँ युद्ध गर्न सक्छस्? यदि तँ धर्ममाथि विजय प्राप्त गर्न चाहन्छस् भने, तँ सत्यताले पूर्ण रूपमा सुसज्जित हुनुपर्छ। मेरा वचनहरू अझै धेरै खा र पिई, र वचनमा थप विचारमग्न बन्। तैँले स्वतन्त्र भएर मेरा वचनहरू खानु र पिउनुपर्छ, र परमेश्‍वरको नजिक भएर यो कार्य सुरु गर्नुपर्छ। यो तेरो लागि चेतावनी होस्! तैँले ध्यान दिनैपर्छ! बुद्धिमानीहरू सत्यताप्रति चाँडै जाग्नुपर्छ! तँलाई छुट्टिन मन नभएको कुनै पनि कुरालाई त्यागिदे। म तँलाई फेरि पनि भन्छु, त्यस्ता कुराहरू तेरो जीवनका लागि वास्तवमै हानिकारक छन्, र तिनीहरूबाट कुनै लाभ हुँदैन! म आशा गर्छु तेरो कार्यहरूमा तँ मप्रति निर्भर रहन सक्छस्; अन्यथा, अगाडिको मार्ग भनेको मृत्युको मार्ग हो—त्यसपछि, जीवनको मार्ग खोज्न तँ कहाँ जानेछस्? बाहिरी कुराहरूमा व्यस्त रहन मन पराउने तेरो हृदयलाई निकाल्! अरू मानिसहरूको अवज्ञा गर्ने तेरो हृदयलाई निकाल्! यदि तेरो जीवन परिपक्व बन्न सक्दैन र यदि तँ त्यागिन्छस् भने, के तँ आफैलाई गल्ती गराउने व्यक्ति बन्दैनस् त? पवित्र आत्माको हालको काम तैँले कल्पना गरेको जस्तो छैन। यदि तैँले तेरा धारणाहरूलाई त्याग्‍न सक्दैनस् भने, तैँले ठूलो नोक्सानी बेहोर्नेछस्। यदि कामहरू मानिसका धारणाहरू अनुसार हुनेथिए भने, के तेरा पुराना प्रकृति र धारणाहरू प्रकट हुन सक्‍नेथिए? के तैँले आफूलाई चिन्न सक्‍नेथिइस्? तँ धारणाहरूबाट मुक्त छस् भनेर तँ अझै पनि सोच्छस् होला, तर अबको समयमा तेरो सबै विभिन्न कुरूप पक्षहरू स्पष्ट रूपमा प्रकट हुनेछन्। आफूलाई ध्यानपूर्वक सोध्:

के तँ मप्रति समर्पित हुने व्यक्ति होस्?

के तँ आफूलाई त्यागेर मलाई पछ्याउन इच्छुक र तयार छस्?

के तँ मेरो अनुहारलाई शुद्ध हृदयले खोज्ने व्यक्ति होस्?

के तँलाई मेरो नजिक कसरी आउने र मसँग कसरी सञ्चार गर्ने भन्‍ने थाहा छ?

के तँ आफूलाई मेरो अगाडि शान्त बनाउन र मेरो इच्छा खोज्न सक्छस्?

के तँ मैले तँलाई प्रकट गरेका वचनहरू अभ्यास गर्न सक्छस्?

के तँ मेरा अगाडि सामान्य अवस्था कायम राख्न सक्छस्?

के तैँले शैतानका धूर्त योजनाहरू देख्न सक्‍छस्? के तँ तिनीहरूको खुलासा गर्ने हिम्मत गर्छस्?

तँ परमेश्‍वरको बोझप्रति कति विचारशील छस्?

के तँ परमेश्‍वरको बोझप्रति विचारशील व्यक्ति होस्?

पवित्र आत्माको कार्यलाई तैँले कसरी बुझेको छस्?

परमेश्‍वरको परिवारभित्रको समन्वयमा तैँले कसरी सेवा गर्छस्?

मेरो लागि तैँले कसरी बलियो गवाही दिन्छस्?

तैँले सत्यताको लागि कसरी असल लडाइँ लड्छस्?

यी सत्यहरूको बारेमा विचार-विमर्श गर्नका लागि तैँले समय लिनुपर्छ। दिन एकदमै नजिकै छ भन्ने कुरा प्रमाणित गर्नका लागि यी तथ्यहरू पर्याप्त छन्। तँलाई विपत्ति आउनुभन्दा अगाडि नै पूर्ण बनाइनुपर्छ—यो महत्त्वपूर्ण विषय हो, समाधान गर्नुपर्ने निकै आतुर विषय हो! म तिमीहरूलाई पूर्ण बनाउन चाहन्छु, तर तिमीहरू केही मात्रामा अनियन्त्रित छौ भन्‍ने मैले देखेको छु। तँसँग उत्साह छ, तर पनि तँ त्यसलाई सर्वोत्कृष्ट प्रयोगमा ल्याउँदैनस्, र तैँले सबैभन्दा महत्त्वपूर्ण कुराहरू बुझेको छैनस्; बरु, तैँले बुझेका सबै कुराहरू सानातिना विषय हुन्। यी कुराहरू बुझ्नुको अर्थ के नै छ र? के यो समयको बरबादी होइन र? म तिमीहरूलाई यसरी कृपा देखाउँछु, तर तिमीहरू कुनै पनि सराहना देखाउन विफल हुन्छौ; तिमीहरू एक-अर्कासँग लड्छौ मात्रै—त्यसोभए के मेरा सबै परिश्रमी प्रयासहरू व्यर्थ भएका छैनन् र? यदि तिमीहरू यसरी नै अगाडि बढिरहन्छौ भने, म तिमीहरूलाई मनाउनका लागि समय खर्च गर्नेछैन! म तिमीहरूलाई भन्छु कि तिमीहरू सत्यताप्रति बिउँझँदैनौ भने, तिमीहरूबाट पवित्र आत्माको काम हटाइनेछ! तिमीहरूलाई खानाका लागि थप केही पनि दिइनेछैन, र तिमीहरूले आफूलाई जसरी ठीक लाग्छ त्यसरी विश्‍वास गर्न सक्नेछौ। मैले मेरा वचनहरू सविस्तार रूपमा बोलिसकेको छु; यी वचनहरूलाई सुन्ने वा नसुन्ने कुरा तिमीहरूकै हातमा छ। तिमीहरू अन्योलग्रस्त, दिशाहीन र ज्योति देख्न नसक्ने समय आउँदा, के तिमीहरूले मलाई दोष लगाउनेछौ? कस्तो अज्ञानता! तिमीहरू आफैप्रति यति दरिलोसँग टाँसिरह्यौ भने, यदि तिमीहरू यसलाई छोड्न मान्दैनौ भने, यसको परिणाम के हुनेछ? के तिमीहरूको कार्य व्यर्थको अभ्यास मात्रै बन्दैन र? विपत्ति आएको बेला पन्छ्याइनु कति दयनीय हुन्छ!

अहिले मण्डलीको निर्माणको महत्त्वपूर्ण चरण हो। यदि तैँले सक्रिय भएर मसँग सहकार्य गर्न र पूर्ण हृदयले आफूलाई मप्रति अर्पण गर्न सक्दैनस् भने, र यदि तैँले सबै कुरा त्याग्न सक्दैनस् भने, तैँले नोक्सानी बेर्होनेछस्। के तैँले अझै पनि अन्य धारणाहरूलाई आश्रय दिन सक्छस्? तिमीहरूले पश्‍चात्ताप गर्ने र नयाँ सुरुवात गर्ने पर्खाइमा, मैले तिमीहरूलाई यसरी छुट दिएको छु। तैपनि, अब समयले यसो गर्न दिँदैन, र मैले समग्र रूपमा सोच्नैपर्छ। परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्यका लागि, सबै कुरा अगाडि बढ्दैछन्, र मेरा कदमहरू त्यही दिशामा दिनानुदिन, प्रत्येक घण्टा, प्रत्येक क्षण, अघि बढ्दैछन्—यो गतिलाई पछ्याउन नसक्नेहरू त्यागिनेछन्। प्रत्येक दिन नयाँ ज्योति हुन्छ; प्रत्येक दिन नयाँ कर्महरू गरिन्छन्। प्रत्येक दिन नयाँ कुराहरू उदाउँछन्, र उक्त ज्योति देख्न नसक्नेहरू अन्धा हुन्! नपछ्याउनेहरूलाई हटाइनेछ…।

अघिल्लो: अध्याय १३

अर्को: अध्याय १५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्