अध्याय १३

तेरा हालको अवस्थामा, तँ अत्याधिक आफ्‍नै धारणाहरूलाई पक्रन्छस्, र तँ भित्र निकै भयानक धार्मिक अवरोधहरू छन्। तँ आत्मामा क्रिया गर्न असक्षम छस्, तैँले पवित्र आत्माको कामलाई बुझ्‍न सक्दैनस्, र तैँले नयाँ ज्योतिलाई इन्कार गर्छस्। तैँले दिनको घामलाई देख्‍न सक्दैनस् किनभने तँ अन्धो छस्, तैँले मानिसहरूलाई चिन्दैनस्, तैँले आफ्‍ना “आमाबाबु” लाई कहिल्यै छोड्न सक्दैनस्, तँमा आत्मिक विवेकको कमी छ, तैँले पवित्र आत्माको कामलाई पहिचान गर्दैनस्, र तँलाई मेरो वचन कसरी खाने र पिउने त्यस बारेमा केही थाहा छैन। तँ आफैले यसलाई कसरी खाने र पिउने तँलाई थाहा नहुनु एउटा समस्या नै हो। पवित्र आत्माको काम अत्यन्तै द्रुत गतिमा दिन-प्रतिदिन अघि बढ्छ; हरेक दिन नयाँ ज्योति आउँछ, र हरेक दिन नयाँ र ताजा कुराहरू हुन्छन्। तैपनि, तैँले बुझ्दैनस्। बरु, तँलाई अनुसन्धान गर्न मन पर्छ, तैँले आफ्‍ना व्यक्तिगत रुचिहरूलाई ध्यान दिएर विचार नगरिकन तिनकै नजरबाट कुराहरूलाई हेर्छस्, र तँ बेहोसीमा सुन्छस्। तैँले आत्मामा लगनशीलताको साथ प्रार्थना गर्दैनस्, नत तैँले मलाई हेर्ने वा मेरा वचनहरूलाई अझै बढी मनन गर्ने गर्छस्। तसर्थ, तँसँग अक्षरहरू, नियमहरू, अनि धर्मसिद्धान्तहरू मात्रै छन्। मेरो वचनलाई कसरी खाने र पिउने त्यस बारेमा तँलाई स्पष्ट रूपमा थाहा हुनुपर्छ, र तैँले मेरो वचनलाई मेरो अघि बारम्‍बार ल्याउनुपर्छ।

आजभोलीका मानिसहरू आफैलाई जान दिन असक्षम छन्; तिनीहरूले सँधै आफू सहि छु भन्‍ने ठान्छन्। तिनीहरू तिनीहरूका आफ्‍नै सानो संसारमा अड्किएका छन्, र तिनीहरू सहि प्रकारका व्यक्ति होइनन्। तिनीहरूसँग गलत अभिप्राय र उद्देश्यहरू हुन्छन्, र यदि तिनीहरू यी कुराहरूमा नै लागिरहे भने, तिनीहरूलाई अवश्य नै न्याय गरिनेछन्, र गम्‍भीर मामिलाहरूमा, तिनीहरूलाई हटाइनेछन्। मसँग निरन्तर सङ्गति कायम राख्‍नको लागि तैँले अझै बढी प्रयास गर्नुपर्छ, र तँलाई जोसँग मन लाग्छ त्योसँग सङ्गति गर्नको लागि मात्रै होइन। जोसँग तँ सङ्गति गर्छस् ती मानिसहरूलाई तैँले बुझ्‍नुपर्छ, र तैँले जीवनका आत्मिक कुराहरूका बारेमा नै सङ्गति गर्नुपर्छ; त्यसपछि मात्रै तैँले अरूलाई जीवन आपूर्ति दिन सक्छस् र तिनीहरूको अपर्याप्तताहरूलाई पूर्ति गर्न सक्छस्। तैँले तिनीहरूसँग भाषण दिने शैलीमा बोल्‍नु हुँदैन; त्यो आधारभूत रूपमा नै गलत स्थिति हो। सङ्गतिमा, तँसँग आत्मिक कुराहरूको समझ हुनुपर्छ, तँमा बुद्धि हुनुपर्छ, र मानिसहरूको हृदयमा के छ त्यसलाई तैँले बुझ्‍न सक्षम हुनुपर्छ। यदि तैँले अरूको सेवा गर्नु छ भने, तँ सहि प्रकारको व्यक्ति हुनैपर्छ, र तँसँग भएको सबै कुराद्वारा तैँले सङ्गति गर्नुपर्छ।

अहिलेको लागि महत्त्वपूर्ण कुरा भनेको तैँले मसँग सङ्गति गर्न, मसँग घनिष्ट रूपले कुराकानी गर्न, आफैले खान र पिउन, अनि परमेश्‍वरको नजिक हुन सक्षम हुनु हो। तैँले आत्मिक कुराहरूलाई जति सक्दो चाँडो बुझ्‍नुपर्छ र आफ्‍नो वातावरण र तेरा वरिपरि के बन्दोबस्त गरिएको छ त्यसलाई तैँले स्पष्ट रूपमा बुझ्‍न सक्‍नुपर्छ। म को हुँ भनी बुझ्‍न के तँ सक्षम छस्? तँमा के कमी छ त्यसको आधारमा तैँले खाने र पिउने गर्नु, र मेरो वचनद्वारा जिउनु महत्त्वपूर्ण छ! मेरा हातहरूलाई पहिचान गर् अनि गुनासो नगर्। यदि तँ गुनासो गर्छस् र तोडिएर जान्छस् भने, तैँले परमेश्‍वरको अनुग्रह प्राप्त गर्ने मौकालाई गुमाउन सक्छस्। मसँग निकट भएर थालनी गर्: तँमा के कमी छ, र तँ कसरी मेरो नजिक आउनु र तैँले मेरो हृदयलाई बुझ्‍नुपर्छ? मानिसहरू मेरो नजिक आउन कठिन मान्छन्, किनभने तिनीहरूले आफैलाई त्याग्‍न सक्दैनन्। तिनीहरूका स्वभाव सँधै अस्थिर हुन्छ, लगातार तातो र चीसो भइरहन्छ, र मिठासलाई अलिकति चाख्‍ने बित्तिकै यी मानिसहरू अभिमानी र आत्म-सन्तुष्ट भइहाल्छन्। कतिपय मानिसहरू अझै बिउँझेका छैनन्; तैँले भन्‍ने कुराले तँ को होस् त्यस कुरालाई प्रतिनिधित्व गर्छ? यसको कति जति आत्म-प्रतिरक्षा हो, यसको कति जति अरूको अनुकरण हो, र यसको कति जति नियमहरू पछ्याउने काम हो? तैँले पवित्र आत्माको कामलाई बोध गर्न वा बुझ्‍न नसक्‍नुको कारण भनेको मेरो नजिक कसरी आउने सो तँलाई थाहा नहुनु हो। बाहिरपट्टि, तैँले आफ्‍नै र आफ्नो मनको धारणाहरूमा भर परेर अनेक कुराहरूका बारेमा विचार गरिरहेको हुन्छस्; तँ गोप्य रूपमा सानातिना युक्तिहरूको अनुसन्धान गर्छस् र त्यसमा संलग्‍न हुन्छस्, अनि तैँले तिनलाई खुल्लामा बाहिर समेत ल्याउन सक्दैनस्। तैँले पवित्र आत्‍माको कामलाई साँचो रूपमा बुझ्दैनस् भन्‍ने यसले देखाउँछ। यदि कुनै कुरा परमेश्‍वरबाट आउँदैन भन्‍ने तँलाई साँच्चिकै थाहा छ भने, खडा भएर यसलाई इन्कार गर्न तँ किन डराउँछस्? मेरो लागि कति जना खडा भएर बोल्‍न सक्छ? पुरुषार्थ क्षमताको अलिकति भाग पनि तँमा छैन।

वर्तमानमा बन्दोबस्त गरिएको हरेक कुराको उद्देश्य भनेको तिमीहरूका आफ्‍ना जीवनमा वृद्धि हुन सक भनेर तिमीहरूलाई तालिम दिनु, तिमीहरूका आत्मालाई चनाखो र प्रखर बनाउनु, र तिमीहरूका आत्मिक आँखा खोल्‍नु हो ताकि परमेश्‍वरबाट के-कस्ता कुराहरू आउँछन् सो तिमीहरूले पहिचान गर्नेछौ। परमेश्‍वरबाट आउने कुराले तँलाई क्षमता र बोझको साथ सेवा गर्न, र आत्मामा दृढ हुन सक्षम गर्छ। मबाट नआउने सबै कुराहरू रित्तो हुन्छन्; तिनले तँलाई केही पनि दिँदैन, तिनले तेरो आत्मालाई रित्तो बनाउँछ र तँलाई आफ्‍नो विश्‍वास गुमाउने तुल्याउँछ, र तँलाई आफ्‍नै मनको धरापमा पारेर, तेरो र मेरो बीचमा दूरी हालिदिन्छ। जब तँ आत्मामा जिउँछस् तब तँ बाहिरी संसारका सबै कुराहरूभन्दा माथि उछिन्छस्, तर तेरो आफ्‍नै मनमा जिउनु भनेको शैतानद्वारा लगिनु हो; यो मृतान्त हो। अब यो अत्यन्तै सरल छ: आफ्‍नो हृदयले मलाई हेर्, अनि तेरो आत्मा तुरुन्तै बलियो हुनेछ। तँसँग अभ्यास गर्ने मार्ग हुनेछ, र म तेरा हरेक पाइलामा अगुवाइ गर्नेछु। हरेक समयमा र हरेक स्थानमा तँलाई मेरो वचन प्रकट गरिनेछ। जहाँ होस् वा जहिले होस्, वा वातावरण जतिसुकै प्रतिकूल होस्, म तँलाई स्पष्ट रूपमा देख्‍ने बनाउनेछु, र यदि तैँले आफ्‍नो हृदयले मलाई हेरिस् भने तेरो निम्ति मेरो हृदयलाई प्रकट गरिनेछ; यसरी, तँ अगाडिको बाटोमा दौडनेछस् अनि आफ्‍नो बाटोलाई कहिल्यै गुमाउनेछैनस्। कतिपय मानिसहरूले आफ्‍नो बाटोलाई बाहिरी रूपमा अनुभूति गर्ने प्रयास गर्छन्, तैपनि आफ्‍ना आत्माद्वारा कहिल्यै त्यसो गर्दैनन्। तिनीहरूले प्रायजसो पवित्र आत्‍माको कार्यलाई बुझ्‍न सक्दैनन्। जब तिनीहरू अरूसँग सङ्गति गर्छन्, तिनीहरूले पछ्याउने कुनै बाटो हुँदैन र के गर्ने भन्‍ने जान्दैनन्, त्यसैले तिनीहरू अझै बढी अन्योलग्रस्त मात्रै बन्छन्। तिनीहरूलाई के कुराले बिरामी बनाउँछ सो यी मानिसहरूलाई थाहा छैन; तिनीहरूसँग धेरै कुराहरू हुन सक्छन् र भित्री रूपमा सम्‍पन्‍न रूपमा भरिएका हुन सक्छन्, तर त्यसको कुनै प्रयोग छ र? के तँसँग साँच्चिकै पछ्याउने मार्ग छ? के तँसँग कुनै प्रकाश वा ज्ञान छ? के तँसँग कुनै नयाँ अन्तर्ज्ञानहरू छन्? के तँ अघि बढेको छस् कि पछि हटेको छस्? के तँ नयाँ ज्योतिलाई पछ्याउन सक्छस्? तँसँग कुनै अधीनता छैन; तैँले प्रायजसो उल्‍लेख गर्ने अधीनता गफ बाहेक केही पनि होइन। के तैँले आज्ञाकारी जीवन जिएको छस्?

मानिसहरूको आत्म-धार्मिकता, प्रसन्‍नता, आत्मसन्तुष्टि, र अहङ्कारले ल्याएको बाधा कति ठूलो छ? तँ वास्तविकतामा प्रवेश गर्न नसक्दा कसलाई दोष दिने? तँ सहि व्यक्ति होस् कि होइनस् सो देख्‍नको लागि तैँले आफैलाई होसियारीको साथ जाँच गर्नुपर्छ। के मलाई मनमा राखेर तेरा उद्देश्यहरू र अभिप्रायहरू बनाएका छस्? के तेरा हरेक वचन र कार्यहरू मेरो उपस्थितिमा भनिन्छन् र गरिन्छन्? म तेरा सारा सोचाइ र विचारहरूलाई जाँच्छु। के तँ दोषी अनुभूति गर्दैनस्? अरूलाई देखाउनको लागि तैँले गलत आवरण धारण गर्छस् र तँ चुपचाप आत्म-धार्मिकताको भावलाई धारण गर्छस्; तैँले आफैलाई रक्षा गर्नको लागि यसो गर्छस्। तँ तेरो दुष्टतालाई ढाक-छोप गर्न यसो गर्छस्, र तँ त्यो दुष्टतालाई अरूमा लाद्‍नको लागि उपायहरू समेत सोच्छस्। तेरो हृदयमा के षड्यन्त्रले बास गर्छ! तैँले भनेका सबै कुराहरूको बारेमा विचार गर्। तैँले शैतानलाई लुकाएर राखिस् र तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरूबाट तिनीहरूको खाने र पिउने कुरा जबरजस्ती लुटिस्, के त्यो तेरै फाइदाको लागि, तेरो प्राणलाई हानी हुनेछ भनेर डराएको कारणले नै होइन र? आफ्‍नो लागि तँलाई के भन्‍नु छ? के शैतानले यस पटक खोसेको खाने र पिउने कुरालाई तैँले अर्को पटक पूर्ति गर्न सक्‍नेछस् भन्‍ने तँलाई लाग्छ? तसर्थ, तँ अब यसलाई स्पष्ट रूपमा देख्छस्; के यो तैँले क्षतिपूर्ति दिन सक्‍ने कुरा हो? के तैँले खेर गएको समयलाई पूर्ति गर्न सक्छस्? विगत केही भेलाहरूमा किन खाने र पिउने काम भएन, र यो समस्या कसले पैदा गर्‍यो त्यसलाई देख्‍नको लागि तैँले आफैलाई लगनशीलताको साथ जाँच गर्नुपर्छ। जबसम्‍म यो स्पष्ट हुँदैन तबसम्‍म तैँले पालैपालो गरी सङगति गर्नुपर्छ। यदि यस्तो व्यक्तिलाई कडाइको साथ काबुमा राखिएन भने, तेरा दाजुभाइ र दिदीबहिनीहरूले बुझ्‍नेछैनन्, र फेरि यस्तै हुनेछ। तेरो आत्मिक आँखा बन्द छ; तिमीहरूमध्ये धेरै जना अन्धा छौ! यति मात्र होइन, देख्‍नेहरू पनि यसप्रति लापरवाह छन्। तिनीहरू खडा भएर बोल्दैनन्, अनि तिनीहरू पनि अन्धा नै छन्। देख्‍ने तर नबोल्‍नेहरू गूँगा हुन्। यहाँ धेरै जना अपाङ्गहरू छन्।

सत्यता के हो, जीवन के हो, र बाटो के हो भनेर कतिपय मानिसहरूले बुझ्दैनन्, र तिनीहरूले आत्मालाई बुझ्दैनन्। तिनीहरूले मेरो वचनलाई सूत्रको रूपमा मात्रै लिन्छन्। त्यो अत्यन्तै कठोर छ। साँचो कृतज्ञता र प्रशंसा के हो भन्‍ने तिनीहरू बुझ्दैनन्। कतिपय मानिसहरू महत्त्वपूर्ण र प्राथमिक कुराहरूलाई बुझ्‍न असक्षम छन्; बरु, तिनीहरूले द्वित्तिय कुराहरूलाई मात्रै बुझ्छन्। परमेश्‍वरको व्यवस्थापनलाई अवरोध गर्नु भनेको के हो? मण्डलीको निर्माणलाई नष्ट गर्नु भनेको के हो? पवित्र आत्‍माको कामलाई अवरोध गर्नु भनेको के हो? शैतानको दास के हो? यी सत्यताहरूलाई स्पष्ट रूपमा बुझिनैपर्छ, अस्पष्ट रूपमा व्याख्या मात्रै गर्ने होइन। यस पटक के कुराले खाने र पिउने काम नहुने तुल्यायो? कतिपय मानिसहरूले तिनीहरूले आज परमेश्‍वरलाई उच्‍च सोरमा प्रशंसा गर्नुपर्छ भन्‍ने ठान्छन्, तर तिनीहरूले उहाँलाई कसरी प्रशंसा गर्नुपर्छ? के तिनीहरूले भजन गएर अनि नाचेर त्यसो गर्नुपर्छ? के अरू शैलीहरू प्रशंसाको रूपमा गन्ती हुँदैनन्? कतिपय मानिसहरू उल्लसित प्रशंसा नै परमेश्‍वरलाई प्रशंसा गर्ने तरिका हो भन्‍ने धारणा लिएर भेलाहरूमा आउँछन्। मानिसहरूसँग यी धारणाहरू छन्, र तिनीहरूले पवित्र आत्माको कामलाई ध्यान दिँदैनन्; यसको अन्तिम परिणामस्वरूप अझै अवरोधहरू आइपर्छन्। यो भेलामा खाने र पिउने काम भएन; तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँको निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरो लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्‍छा पूरा गर्ने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्। शैतानका उपहारहरू तँभित्र छन्, र त्यसको लागि तँ नै दोषी छस्—किनभने तैँले मानिसहरूलाई बुझ्दैनस्, र तँ शैतानको विषलाई पहिचान गर्न असफल छस्; तैँले आफैलाई मृत्युतर्फ डोर्याउँदैछस्। शैतानले तँलाई पूर्णरूपमा धोका दिएको छ, यति हदसम्‍म कि तँ पूर्ण रूपमा भ्रमित भएको छस्; तँ छाडापनको मद्यले मातेको छस्, र यता र उता ढल्किँदै स्थिर दृष्टिकोणलाई पक्रिन सक्दैनस्, अनि तेरो अभ्यासको लागि तँसँग कुनै मार्ग छैन। तैँले उचित रूपमा खाने र पिउने गर्दैनस्, तँ उग्र कुटाकुट र झगडामा संलग्‍न हुन्छस्, गलतबाट सहि छुट्याउन तँलाई आउँदैन, र अगुवाइ गर्ने जो कोहीलाई तँ पछ्याउँछस्। के तँमा कुनै सत्यता छ र? कतिपय मानिसहरूले आफ्‍नै प्रतिरक्षा गर्छन् र धोकामा संलग्‍न पनि हुन्छन्। तिनीहरूले अरूसँग सङ्गति गर्छन्, तर त्यसले तिनीहरूलाई मृतान्तमा मात्रै पुर्‍याउँछ। के यी मानिसहरूले आफ्‍ना अभिप्रायहरू, उद्देश्यहरू, उत्प्रेरणाहरू, र स्रोत मबाट प्राप्त गर्छन्? के तेरा दाजुभाइ र दिदीबहिनीहरूलाई तिनीहरूको खाने र पिउने कुरा तिनीहरूबाट खोसिएको तथ्यप्रति तैँले क्षतिपूर्ति दिन सक्छस् भन्‍ने तँलाई लाग्छ? सङ्गति गर्नको निम्ति केही मानिसहरू खोज्, अनि तिनीहरूलाई सोध्; तिनीहरू आफैले भनून्: के तिनीहरूलाई कुनै कुरा प्रदान गरिएको छ? अथवा पछ्याउनको निम्ति तिनीहरूलाई कुनै मार्ग नै छोडी नराखी, तिनीहरूका पेट फोहोर पानी र काम नलाग्‍ने कुराले भरिएका छन्? के त्यसले मण्डलीलाई नष्ट गर्दैन र? दाजुभाइ र दिदीबहिनीहरूका बीचमा प्रेम कहाँ छ? को सहि छ र को गलत छ भनेर तँ गोप्य रूपमा अनुसन्धान गर्छस्, तर मण्डलीको लागि तैँले किन बोझ उठाउँदैनस्? सामान्यतया, तँ प्रचलित भनाइहरू प्रयोग गरेर चिच्याउन सिपालु छस्, तर जब घटनाहरू वास्तवमा घट्छन्, तिनको बारेमा तँ अनिश्‍चित हुन्छस्। कतिपय मानिसहरूले बुझ्छन् तर गनगन मात्रै गर्छन्, जबकि कसैले एक शब्‍द पनि नबोल्दा अरूहरू भने आफूले बुझेको कुरा बोली हाल्छन्। परमेश्‍वरबाट के आउँछ र शैतानको काम के हो सो तिनीहरूलाई थाहा छैन। जीवनको बारेमा तेरा भित्री भावनाहरू कहाँ छन्? तँ पवित्र आत्‍माको कामलाई बुझ्‍नै सक्दैनस्, न त यसलाई पहिचान गर्न सक्छस्, अनि नयाँ कुराहरूलाई स्वीकार गर्न तँलाई कठिनाइ हुन्छ। तँ मानिसहरूको धारणाहरूसँग मिल्‍ने धार्मिक र सांसारिक कुराहरूलाई मात्रै स्वीकार गर्छस्। परिणामस्वरूप, तँ सेखी पूर्वक लड्छस्। कति मानिसहरूले पवित्र आत्माको कामलाई बुझ्‍न सक्छन्? कति मानिसहरूले मण्डलीको लागि साँच्‍चै भार उठाएका छन्? के तँ यसलाई बुझ्छस्? भजनहरू गाउनु परमेश्‍वरलाई प्रशंसा गर्ने एउटा तरिका हो, तर परमेश्‍वरलाई प्रशंसा गर्नुको सत्यतालाई तँ स्पष्ट रूपमा बुझ्दैनस्। यसको साथै, उहाँलाई प्रशंसा गर्ने तरिकामा तँ कठोर छस्। के त्यो तँसँग भएको धारणा होइन र? तँ सँधै आफ्‍नै धारणाहरूमा कठोरताको साथ टाँसिन्छस्, अनि तँ पवित्र आत्‍माले आज के गर्न लाग्‍नुभएको कुरामा ध्यान केन्द्रित गर्न असमर्थ छस्, तेरा दाजुभाइ र दिदीबहिनीहरूले के अनुभूति गरिरहेका कुरालाई अनुभूति गर्न असमर्थ छस्, र परमेश्‍वरको इच्‍छालाई चुपचाप खोज्‍न असक्षम छस्। तैँले काम-कुराहरूलाई अन्धाधुन्ध गर्छस्; तँ गीतहरू राम्ररी गाउन सक्छस् होला, तर परिणाम भने पूर्ण रूपमा भताभुङ्ग हुन्छ। के त्यो साँच्‍चै खवाइ र पियाइ हो त? कसले वास्तवमा अवरोधहरू पैदा गरिरहेको छ सो के तँ देख्‍न सक्छस्? तँ पटक्‍कै आत्मामा जिउँदैनस्; बरु, तँमा विभिन्‍न धारणाहरू छन्। कुन हिसाबमा त्यो मण्डलीको लागि भार उठाउनु हो? पवित्र आत्‍माको काम अहिले झनै तीव्र गतिमा अघि बढिरहेको छ भन्‍ने तैँले देख्‍नैपर्छ। त्यसकारण यदि तँ आफ्‍नै धारणाहरूलाई पक्रिरहन्छस् र पवित्र आत्माको कामलाई इन्कार गरिरहन्छस् भने, के तँ अन्धा होइनस् र? के त्यो झिँगा पर्खालमा ठोक्‍किँदै यता-उता उडिरहनुजस्तै होइन र? यदि तँ यसरी नै दृढ रहन्छस् भने, तँलाई पन्छ्याइनेछ।

विपत्तिभन्दा पहिले पूर्ण बनाइएकाहरू परमेश्‍वरप्रति समर्पित हुन्छन्। तिनीहरू ख्रीष्‍टमा निर्भर भएर जिउँछन्, तिनीहरूले उहाँको साक्षी दिन्छन्, र तिनीहरूले उहाँलाई उचाल्छन्। तिनीहरू विजयी पुरुष बालकहरू र ख्रीष्‍टका असल सिपाहीहरू हुन्। अब तैँले आफैलाई शान्त पार्नु, परमेश्‍वरको नजिक आउनु, र उहाँसँग सङ्गति गर्नु महत्त्वपूर्ण छ। यदि तँ परमेश्‍वरको नजिक आउन असक्षम छस् भने, तँ शैतानद्वारा कब्जा गरिने खतरामा छस्। यदि तँ मेरो नजिक आएर मसँग सङ्गति गर्न सक्छस् भने, तँलाई सबै सत्यताहरू प्रकट गरिनेछ, र तँसँग जिउन र काम गर्नको लागि मापदण्ड हुनेछ। तँ मेरो नजिक छस् त्यसैले, मेरो वचनले तेरो पक्ष कहिल्यै छोड्नेछैन, न त तेरो जीवनभरि तँ कहिल्यै मेरो वचनबाट बाहिर जानेछस्; तँबाट फाइदा लिने कुनै बाटो शैतानसँग हुनेछैन, बरु त्यो लाजमा पर्नेछ र हारेर भाग्‍नेछ। तँभित्र कमी भएको कुराको लागि यदि तँ बाहिरी रूपमा हेर्छस् भने, कहिलेकहीँ तैँले यसलाई भेट्टाउन सक्छस्, तर तैँले भेट्टाउने धेरैजसो कुराहरू तँलाई नचाहिने नियमहरू र थोकहरू हुनेछन्। तैँले आफैलाई त्याग्‍नुपर्छ, मेरा अझ बढी वचनहरूलाई खाने र पिउने गर्नुपर्छ, र तिनलाई कसरी मनन गर्ने सो जान्‍नुपर्छ। यदि तैँले केही कुरा बुझ्दैनस् भने, बारम्‍बार मेरो नजिक आइज अनि मसँग सङ्गति गर्; यसरी, तैँले बुझ्‍ने कुराहरू वास्तविक र साँचो हुनेछन्। तैँले मेरो निकट बनेर यो थालनी गर्नुपर्छ। यो अत्यन्तै महत्त्वपूर्ण छ! अन्यथा, कसरी खाने र पिउने सो तँलाई थाहा हुनेछैन। तैँले आफै खान र पिउन सक्दैनस्; साँच्‍चै नै, तेरो कद निकै सानो छ।

अघिल्लो: अध्याय ५

अर्को: अध्याय १७

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

के तँ येशूलाई देख्न चाहन्छस्? के तँ येशूसँग बस्ने इच्छा गर्छस्? के तँ येशूले बोल्नुभएको वचन सुन्ने इच्छा गर्छस्? यदि त्यसो हो भने, तैँले...

अध्याय ६

आत्माका कुराहरूप्रति सचेत बन्‌, मेरो वचनमा ध्यान दे, र मेरो आत्मा र मेरो अस्तित्वलाई, मेरो वचन र मेरो अस्तित्वलाई एउटा अविभाज्य...

पद र पहिचानको सम्‍बन्धमा

यदि तँ परमेश्‍वरद्वारा प्रयोगयोग्य हुन चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई जान्‍नैपर्छ, तैँले यसभन्दा पहिले (नयाँ र पुरानो करारमा)...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्