अध्याय ४१

मण्डलीमा उठ्ने समस्याहरूबारे यस्ता अत्याधिक शङ्काले नभरिऔं। मण्डली निर्माण गर्ने क्रममा, गल्तीहरूलाई टार्न सकिन्न, तर समस्याहरू झेल्न पर्दा नअत्तालिओ, बरु शान्त अनि आत्म-नियन्त्रित होऊ। के मैले अघि नै तिमीहरूलाई भनेको होइन र? मकहाँ निरन्तर आइज र प्रार्थना गर अनि म तँलाई मेरो मनसायबारे बताउनेछु। मण्डली मेरो मुटु हो अनि यो मेरो परम उद्देश्य हो, यसैले कसरी यसलाई म मन नपराउन सक्छु? नडराऊ-मण्डलीमा जब यस प्रकारका कुराहरू हुन्छन्, ती सबै मेरा अनुमतिले नै हुन्छन्। खड़ा होऊ अनि मेरो पक्षमा बोल। विश्‍वास गर कि सबै कुरा र परिस्थितिहरूलाई मेरो सिंहासनद्वारा अनुमति दिइन्छ अनि ती थोकहरूमा मेरो मनसाय हुन्छ। यदि तिमीहरू अनुशासन विहीन ढङ्गमा सङ्गति गर्न लागिरहन्छौ भने, समस्या हुनेछ। के तैँले यसका परिणामहरूबारे सोचेको छस्? यस प्रकारको कुरामा नै शैतानले फाइदा लिनेछ। मकहाँ निरन्तर आइराख्। म सरल तरिकाले बोल्‍नेछु: यदि तँ मकहाँ नआई नै केही गर्न लागिरहेको छस् भने, तैँले त्यसलाई पूरा गर्न सक्छस् भन्‍ने कल्पना पनि नगर्नू। मलाई यस स्थितिमा आउन बाध्य गराउने तिमीहरू नै हौ।

निरुत्साहित नबन्, कमजोर नबन्, अनि म तँलाई कामकुराहरू प्रकट गरिदिनेछु। राज्यमा पुग्‍ने मार्ग त्यति सहज छैन—कुनै पनि कुरा त्यति सस्तोमा पाइँदैन! तिमीहरूकहाँ आशिष् सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नुपर्नेछ। यस्तो परीक्षाविना मेरा निम्ति तिमीहरूसँग भएको प्रेमिलो हृदय अझ बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरूमा केवल स-साना परिस्थितिहरू हुने भए पनि, सबैले यी जाँचहरू उत्तीर्ण गर्नैपर्छ; यति मात्र हो कि, परीक्षाहरूको तीव्रता फरक-फरक हुन्छ। परीक्षाहरू मैले दिएका आशिष् हुन्, अनि तिमीहरूमध्ये कति जना बारम्बार मसामु घुँडा टेकेर मेरो आशिष् माग्छौ? मूर्ख बालकहरू! तिमीहरू सधैँ केही शुभ शब्दहरू मेरो आशिष्‌मा गनिने सोच्छौ, तर तिमीहरू तितोपन मेरो आशिष् हो भन्‍ने कहिल्यै विश्‍वास गर्दैनौ। जो मेरो तितोपनको हिस्सेदार हुन्छन्, तिनीहरू पक्कै पनि मेरो मिठासको पनि हिस्सेदार हुनेछन्। तिमीहरूप्रति मेरो प्रतिज्ञा र मेरो आशिष् त्यही नै हो। मेरा वचनहरू खान, पिउन र तिनको आनन्द लिन नहिचकिचाऊ। जब अन्धकार हट्छ, तब प्रकाश छाउँछ। बिहान हुनुभन्दा ठीक अघि सबैभन्दा अँध्यारो हुन्छ; यस समयपछि आकाश बिस्तारै उज्यालो बन्दै जान्छ अनि त्यसपछि सूर्य उदाउँछ। भयभीत वा कायर नहोऊ। आज, म मेरा पुत्रहरूलाई साथ दिन्छु र मेरो शक्ति तिनीहरूका निम्ति प्रयोग गर्छु।

मण्डली विषयक कुरा उठ्दा, सधैँ आफ्नो उत्तरदायित्वलाई टाल्ने कोसिस नगर। यदि मकहाँ समस्या इमानदारी पूर्वक ल्यायौ भने, तिमीहरूले कुनै उपाय पाउनेछौ। जब यस्तो कठिन समस्या आइपर्छ, के तिमीहरू अब के गर्नु भन्‍ने सम्झेर डराउँछौ अनि अत्तालिन्छौ? मैले धेरै चोटि भनिसकेको छु, “मकहाँ निरन्तर आऊ!” मैले तिमीहरूलाई गर्नू भनेको कुरो के तिमीहरूले इमानदारीसाथ व्यवहारमा प्रयोग गरेका छौ? तिमीहरूले कति चोटि मेरो वचनमा मनन गरेका छौ? यदि तिमीहरूले गरेका छैनौ भने, तिमीहरूमा पक्का अन्तर्दृष्टि छैन। के यो तिमीहरूको करतुत होइन? तिमीहरू अरूलाई दोष दिन्छौ, तर किन आफैमा विद्रोह महसुस गर्दैनौ? तिमीहरू काम बिगार्छौ अनि लापरवाह र बेवास्ता रहन्छौ, तिमीहरूले मेरा वचनहरूमा ध्यान दिनै पर्छ।

आज्ञाकारी अनि नम्रले महान आशिषहरू प्राप्त गर्नेछन्। मण्डलीमा, मप्रतिको गवाहीमा दृढ होऊ, र सत्यतालाई कायम राख। सही कुरो सही नै हो अनि गलत कुरो गलत नै हो; कालोलाई सेतो र सेतोलाई कालो नठान। तिमीहरू शैतानविरुद्ध लड्नैपर्छ अनि तिमीहरूले त्यसलाई पूर्ण रूपले पराजित गर्नैपर्छ, ताकि त्यो फेरि कहिल्यै पनि नउठोस्। तिमीहरूले मेरो साक्षीको सुरक्षा गर्न तिमीहरूमा भएको सबै कुरा अवश्यै दिनुपर्नेछ। यो नै तिमीहरूका कार्यहरूको उद्देश्य हुनुपर्नेछ—यो नभुल। तर अहिले, तिमीहरूमा आस्था र खुट्ट्याउने शक्तिको कमी छ, र तिमीहरू कहिल्यै मेरा वचनहरू र मेरा अभिप्रायहरू बोध गर्न सक्दैनौ। जे भए तापनि, अधीर नहोओ; मेरा पाइलाहरूअनुरूप सबै कुरा हुँदै जानेछन् अनि अधीर हुँदा केवल समस्या उत्पन्न हुन्छ। मसँग धेरै समय बिताऊ, भौतिक शरीरलाई खुवाउन र पहिराउनलाई महत्त्व नदेऊ, र बारम्बार मेरो अभिप्राय खोज। म तिमीहरूलाई मेरा अभिप्रायहरू थाहा दिनेछु, र तिमीहरूले बिस्तारै सबै कुरामा ती अभिप्रायहरू भेट्टाउनेछौ, ताकि मसँग प्रत्येक मानवमा बाधाविना काम गर्ने मार्ग होस् र मेरो हृदय सन्तुष्ट होस्। त्यसपछि तिमीहरूले मबाट सदासर्वदा आशिष् प्राप्त गर्नेछौ!

अघिल्लो: अध्याय ४०

अर्को: अध्याय ४२

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्