भ्रष्ट स्वभावलाई सत्यता स्विकारेर मात्र हटाउन सकिन्छ

परमेश्‍वरमा विश्‍वास गर्नु जीवनको सही मार्ग हो। परमेश्‍वरले तिमीहरू सबैलाई चुन्नुभएको छ, र तिमीहरू सबैले उहाँलाई पछ्याउने र जीवनको सही मार्गमा हिँड्ने छनौट गरेका छौ। निस्सन्देह, तिमीहरू परमेश्‍वरको इच्छा पूरा गर्न, आफ्नो कर्तव्य उचित तरिकाले निर्वाह गर्न, सत्यता प्राप्त गर्न, र परमेश्‍वरद्वारा सिद्ध पारिन सक्नेछौ। के यही तेरो सपना र आकाङ्क्षा होइन र? (हो।) एक विश्‍वासीले यस्तो सपना राख्नु राम्रो, सकारात्मक कुरा हो, र परमेश्‍वर मानिसहरूको सकारात्मक सपना र आकाङ्क्षाहरू पूरा गर्नुहुन्छ। के कहिलेकाहीँ मानिसहरू नकारात्मक वा गलत सपना र आकाङ्क्षा राख्छन्? यो सम्भव छ, किनभने मानिसहरूको अवस्था सत्यता प्राप्त गर्नुअघि स्थिर हुँदैन, कहिलेकाहीँ पछिसमेत हट्छ। ती नकारात्मक कुराहरू देखा पर्दा, के तिनले तेरो जीवन प्रवेशमा परमेश्‍वरसँगको सामान्य सम्बन्धमा प्रभाव पार्दैनन्? यदि मानिसहरू ती अवस्थाहरूमा जिउँछन् भने, के तिनीहरूको अवस्था झन् खराब भएर नकारात्मक र कमजोर हुनेछैन र? यस्तो बेला तिनीहरूले के गर्नुपर्छ? (परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ।) हो, के यस्तो समय आउँदैन जतिबेला मानिसहरू प्रार्थना गर्न चाहँदैनन्, आफूमाथि शैतानलाई उसको इच्छाअनुसार हाबी हुन दिन्छन्, पतित अवस्थामा जिइरहन इच्छा गर्छन्, आफैमा लिप्त भएर आफूखुसी गर्छन् र तिनको परिणाम के होला भन्ने सोच्दैनन्? के यस्तो अवस्था हुन्छ? (हुन्छ।) यो कस्तो समस्या प्रकट भएको हो? (तिनीहरू परमेश्‍वरबाट तर्केका छन्।) अनि केले गर्दा तिनीहरू परमेश्‍वरबाट तर्किएका छन्? के यो तिनीहरूको अपर्याप्त कद र सत्यताको कमी प्रकट भएको होइन र? वास्तवमै यो त तिनीहरूले सत्यता राम्ररी नबुझ्नाले र तिनीहरूको कद पर्याप्त नहुनाले गर्दा हुन्छ। हरेकपल्ट यस्तो परिस्थिति आउँछ र व्यक्तिले आफूलाई यस्तो अवस्थामा पाउँदा, उसले परमेश्‍वरलाई प्रार्थना गर्ने, उहाँमा भर पर्ने, र सत्यता खोज्ने गर्नैपर्छ। यदि उसको कद एकदमै सानो छ र उसमा सत्यताको कमी छ भने, उसले सत्यता बुझ्ने व्यक्तिलाई खोजेर ऊसँग सङ्गति गर्नुपर्छ, र उसबाट भरणपोषण र सहयोग लिनुपर्छ। कहिलेकाहीँ, उसले अर्को व्यक्तिबाट निराकरण र काटछाँट वा परमेश्‍वरबाट अनुशासन पनि पाउनुपर्नेछ। यदि ऊ आफ्नो खुट्टामा उभिन सक्दैन भने, यो उसले सत्यता राम्ररी नबुझेकोले र उसमा कदको कमी भएकोले गर्दा हो। अपर्याप्त कदले गर्दा मानिसहरू सबै प्रकारका नकारात्मक, पतित अवस्था र सोचको प्रतिरोध गर्न असमर्थ बन्छन्। के यो थकित तरिकाले जिउनु होइन र? कदको कमी भएकाहरू सामान्यतया कुन अवस्थामा जिउँछन्? के तिमीहरूमध्ये कसैले यसलाई व्यक्तिगत तवरमा अनुभव गरेका छौ? कस्ता अवस्थाहरूले तिमीहरूलाई एक्लो, दयनीय, अनिर्णायक, एकदमै थकित र बेहाल, अघाडि कुनै मार्ग नभएको जस्तो, दिनभरि हताश लाग्ने, प्रार्थना गर्न वा सत्यता पछ्याउन मुड नचल्ने बनाउँछन्? पार पाउन नसकिने जस्तो देखिने समस्या आइपर्दा, के तिमीहरूलाई लत्तो छोडूँ जस्तो कहिल्यै लाग्छ? (लाग्छ।) त्यसोभए, केले गर्दा यी अवस्थाहरू पैदा हुन्छन्? के मानिसहरूले तीबारे मनमा जानाजानी सोच्छन् र तिनको योजना बनाउँछन्? अवश्य होइन। त्यसोभए, यो प्रश्नलाई मनन गर—तिमीहरूलाई ती के कारणले हुन्छन् भन्ने लाग्छ? मलाई बताऊ, यदि कुनै व्यक्तिले सत्यता बुझ्छ भने, उसले आफ्नो भ्रष्ट स्वभाव साँच्चै बुझ्नेछ, उसले आफ्नो भ्रष्टताको सत्यता स्पष्टसित देख्न सक्नेछ, उसले मानव स्वभावमा जिउनका लागि कुन सत्यताहरूले सुसज्जित हुनुपर्छ भनेर थाहा पाउनेछ, र उसले विभिन्‍न परिस्थितिमा परमेश्‍वरलाई कसरी सन्तुष्ट तुल्याउने, साथै निश्चित मामिलाहरू सम्हाल्ने उचित तरिका र त्यसो गर्दा पालन गर्नैपर्ने सिद्धान्तहरू जान्नेछ—यस्तो कद भएको व्यक्तिले कठिनाइहरू सामना गर्दा, उसको अवस्था कस्तो हुनेछ? निश्चय नै, उसलाई अझै केही हदसम्म नकारात्मक र कमजोर महसुस हुनेछ, होइन त? (हो।) त्यसोभए, यो नकारात्मकता र कमजोरीपन कहाँबाट आउँछ, अनि यसलाई कसरी समाधान गर्न सकिन्छ? के तिमीहरूले पहिले कहिल्यै यी मामिलाहरूबारे मनन गरेका छैनौ? (बिरलै मात्र।) त्यसोभए, तिमीहरूले कठिनाइहरू आइपर्दा अनि आफू कमजोर र नकारात्मक भएको बेला झारा टारेका छौ, यी मामिलालाई कहिल्यै गम्भीरतापूर्वक लिएका छैनौ। त्यस मामिलामा, यस हदसम्म पुग्नु नै तिमीहरू एकदमै भाग्यशाली हुनु हो, र यो परमेश्‍वरको अनुग्रहले मात्र भएको थियो, जसले तिमीहरूलाई यी कठिनाइहरू पार गर्न अगुवाइ गर्नुभयो। अहिले भर्खरै मैले सोधेको प्रश्न के थियो? (केले गर्दा मानिसहरू नकारात्मक र कमजोर अवस्थामा जिउँछन्?) यसबारे केही क्षण सोच; के तिमीहरूसँग उत्तर छ? सैद्धान्तिक रूपमा भन्दा, यो उसले सत्यता नबुझ्नाले गर्दा हो। त्यस स्थितिमा, सत्यता बुझ्नुअघि केले मानिसहरूलाई जिउन डोऱ्याउँछ? (तिनीहरूको भ्रष्ट शैतानी स्वभावहरूले।) हो, के त्यही तिमीहरूको उत्तर होइन? के तिमीहरूले अहिले उत्तर पायौ? मानिसहरूलाई कठिनाइ आइपर्दा, तिनीहरू लत्तो छोड्न चाहन्छन्, चिन्तित, कमजोर, दयनीय, बन्धनमा परेको र बाँधिएको, आफूअघाडि कुनै बाटो छैन जस्तो महसुस गर्छन्, त्यसपछि नकारात्मक बन्छन्, तिनीहरूमा विश्‍वासको कमी हुन्छ, र परमेश्‍वरमा विश्‍वास गर्नु अर्थहीन रहेछ भन्ने सोच्छन्। यसको कारण के हो? (तिनीहरूको भ्रष्ट शैतानी स्वभावहरू।) मानिसहरूले सत्यता नुबुझ्दा, तिनीहरू कस्तो स्वभावमा जिउँछन्? तिनीहरू कुन प्रकृति लिएर जिउँछन्? तिनीहरूको जीवनलाई केले डोऱ्याउँछ? (तिनीहरूको भ्रष्ट शैतानी स्वभावहरूले।) भ्रष्ट शैतानी स्वभावको कारण व्यक्तिभित्र कस्ता कुराहरू उत्पन्‍न हुन सक्छन्? अहङ्कार, परमेश्‍वरको प्रतिरोध गर्ने, परमेश्‍वरलाई विश्‍वासघात गर्ने, र परमेश्‍वरको विरोध गर्ने कुरा उत्पन्‍न हुन्छन्। यी सबै भ्रष्ट स्वभावहरूले मानिसहरूलाई दुःख, नकारात्मकता र कमजोरीबाहेक अरू केही दिँदैनन्। अहिले, किन भ्रष्ट शैतानी स्वभावहरूले मानिसहरूलाई दुःख, नकारात्मकता र कमजोरीपनि दिन सक्छन्, तर मानिसको मनमा शान्ति, हर्ष, सान्त्वना, वा खुसी दिन सक्दैनन्? किन यी नकारात्मक कुराहरूले व्यक्तिलाई नकारात्मक बनाउन सक्छन्? भ्रष्ट स्वभावहरू नकारात्मक कुरा हुन्, र ती सत्यताका शत्रु हुन्, त्यसैले तिनले कुनै सकारात्मक कार्य गर्न सक्दैनन्, केवल नकारात्मक कार्य गर्न सक्छन्। तिनले मानिसहरूलाई सकारात्मकता, प्रेरणा, वा उत्थानदायी मनस्थिति दिन सक्दैनन्, तिनले मानिसहरूलाई कमजोरी, नकारात्मकता, र दुःख मात्र दिन सक्छन्। जब शैतानी स्वभावले मानिसहरूमा जरा गाढेको हुन्छ र ती तिनीहरूको प्रकृति बनेको हुन्छ, तब त्यो तिनीहरूको हृदयमा अन्धकार र दुष्टताको बीउ रोप्न अनि तिनीहरूले गलत मार्ग पछ्याउन र छान्‍न पर्याप्त हुन्छ। भ्रष्ट शैतानी स्वभावको प्रेरक शक्तिअन्तर्गत मानिसहरूका आदर्श, आशा, महत्वाकाङ्क्षा, र जीवनका लक्ष्य र दिशाहरू के हुन्? के उनीहरू सकारात्मक कुराहरूको विपरीत दगुर्दैनन् र? उदाहरणका लागि, मानिसहरू सधैँ यश प्राप्त गर्न वा प्रसिद्ध व्यक्ति बन्‍न चाहन्छन्; उनीहरू ठूलो ख्याति र इज्‍जत प्राप्त गर्न चाहन्छन्, र उनीहरूका पुर्खाहरूको गौरव बढाउन चाहन्छन्। के यी सकारात्मक कुराहरू हुन्? यी सबै सकारात्मक कुराहरूसँग पटक्‍कै मेल खाँदैनन्; यसबाहेक, ती कुराहरू मानवजातिको भवितव्यमाथि परमेश्‍वरको प्रभुत्वको विपरीत छन्। म किन त्यसो भन्दै छु त? परमेश्‍वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? के उहाँ महान्, प्रसिद्ध, वा कुलीन वा संसार-हल्लाउने व्यक्ति चाहनुहुन्छ? (होइन।) त्यसोभए, परमेश्‍वर कस्तो किसिमको व्यक्ति चाहनुहुन्छ? (दृढ व्यक्ति जसले सृष्टि गरिएको प्राणीको भूमिका पूरा गर्छ।) हो, अनि अरू को? (परमेश्‍वर इमानदार व्यक्ति चाहनुहुन्छ जसले उहाँको भय मान्छ र शैतानलाई त्याग्छ, अनि उहाँप्रति समर्पित हुन्छ।) (त्यस्तो व्यक्ति जो सबै मामिलामा परमेश्‍वरको पक्षमा उभिन्छ, जसले परमेश्‍वरलाई प्रेम गर्ने प्रयास गर्छ।) ती उत्तरहरू पनि सही छन्। यो जो कोही हुन्छ जसको हृदय र मन परमेश्‍वरको जस्तै छ। मानिसहरूले मानवको रूपमा आफ्नो स्थान कायम राखिराख्नैपर्छ भनेर के परमेश्‍वरका वचनहरूले भन्छन्? (भन्छन्।) के भन्छन्? (“प्राणीहरूमध्येकै एक भएकोले, मानिसले आफ्‍नो तह कायम राख्‍नुपर्छ, र विवेकशील व्यवहार गर्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठ भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् बन्‍ने, वा महामानव बन्‍ने, वा अरूभन्दा ठूलो हुन खोज्‍ने, वा परमेश्‍वर बन्‍ने प्रयास नगर्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। तारिफयोग्य कुरा, र प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो प्राणी बन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो” (वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)।) परमेश्‍वरका वचनहरूले मानिसहरूबाट के माग गर्छन् भनेर तिमीहरूलाई थाहा भएकोले, के तिमीहरू आफ्नो मानव आचरण पछ्याउने सन्दर्भमा परमेश्‍वरका मापदण्डहरू पालन गर्न सक्छौ? के तिमीहरू सधैँ आफ्‍नो पखेटा फैलाउन र उड्न चाहन्छौ, के तिमीहरू सधैँ एक्लै उड्न चाहन्छौ, फिस्टोको सट्टा चील बन्‍न चाहन्छौ? यो कस्तो स्वभाव हो? के यो मानव आचरणको सिद्धान्त हो? मानव आचरणसम्‍बन्धी तिमीहरूको खोजी परमेश्‍वरका वचनहरूमा आधारित हुनुपर्छ; परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्। तिमीहरूलाई शैतानले अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ, र तिमीहरूले सधैँ परम्‍परागत संस्कृति अर्थात् शैतानका वचनहरूलाई सत्यताको रूपमा, तिमीहरूको खोजीको लक्ष्यको रूपमा लिन्छौ, जसले गर्दा तिमीहरूले सहजै गलत मार्ग, परमेश्‍वरलाई विरोध गर्ने मार्ग लिन सक्छौ। भ्रष्ट मानवजातिका विचार र दृष्टिकोणहरू, र तिनीहरू लागिपर्ने कुराहरू परमेश्‍वरको इच्‍छा, सत्यता, र सबै थोकमाथिको परमेश्‍वरको शासन, सबै थोकमाथिको उहाँको योजनाबद्ध कार्य, र मानवजातिको नियतिमाथिको उहाँको नियन्त्रणका नियमहरूको विपरीत हुन्छन्। त्यसकारण यस्तो पछ्याइ मानव सोचाइ र धारणाहरूअनुसार जति नै उचित र मनासिब भए पनि, परमेश्‍वरको दृष्टिकोणमा ती सकारात्मक कुरा हुँदैनन्, र ती उहाँको इच्‍छाअनुरूप हुँदैनन्। किनभने तँ मानवजातिको भाग्यमाथि परमेश्‍वरको हैकम चल्छ भन्ने तथ्यविरुद्ध जान्छस्, र किनभने तँ एक्लै जान चाहन्छस्, आफ्नो भाग्य हातमा लिन्छस्, तँ सधैँ यति नराम्रोसँग थन्को लाग्छस् कि अगाडि पाइला सार्न सक्दैनस्, अनि कुनै कुरा तेरो लागि काम लाग्दैन। किन कुनै कुरा तेरो लागि काम लाग्दैन? किनभने परमेश्‍वरद्वारा स्थापित नियमहरू सृष्टि गरिएको कुनै प्राणीले परिवर्तन गर्न सक्दैन। परमेश्‍वरको अख्तियार र शक्ति अरू सबै कुराभन्दा माथि छन्, सृष्टि गरिएको कुनै प्राणीले उल्लङ्घन गर्न सक्दैन। मानिसहरू आफ्नो क्षमताले भ्याउनेभन्दा बढी सोच्छन्। के कुराले गर्दा मानिसहरू सधैँ परमेश्‍वरको सार्वभौमिकतबाट मुक्त हुन, आफ्‍नो भाग्यलाई अँठ्याएर भविष्यको योजना बनाउन, अनि आफ्‍ना सम्‍भाव्यता, दिशा, र जीवन उद्देश्यलाई वशमा राख्‍न चाहन्छन्? यसको सुरुवात कहाँबाट हुन्छ? (भ्रष्ट शैतानी स्वभावबाट।) त्यसोभए, भ्रष्ट शैतानी स्वभावले मानिसहरूमा के ल्याउँछ त? (परमेश्‍वरको विरोध।) मानिसहरूले परमेश्‍वरको विरोध गर्नुको परिणाम के हुन्छ? (पीडा।) पीडा? यो विनाश हो! पीडा यसको आधा पनि हुँदैन। तँ आफ्नो आँखाको अगाडि जे देख्छस् त्यो पीडा, नकारात्मकता, र कमजोरी हो, र यो प्रतिरोध र गुनासो हो—यी कुराहरूले कस्ता परिणामहरू ल्याउँछन्? सर्वनाश! यो सानो कुरा होइन, र यो कुनै खेल होइन। परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिसहरूले यो कुरा देख्‍न सक्दैनन्।

कतिपय मानिसहरू समस्या आइपर्नेबित्तिकै नकारात्मक र कमजोर बन्छन्, तर कुनै समस्या नहुँदा, तिनीहरूमा महत्त्वाकाङ्क्षा र चाहनाहरू टन्नै भरिन्छन्, र यसरी सधैँ सेलेब्रेटी वा कुनै प्रकारको विशेषज्ञ बन्ने आशा साँच्छन्। मानिसहरू यस्तो मनस्थिति लिएर जिउँदा, तिनीहरू शैतानी प्रकृतिको वशमा परिरहेका हुन्छन्। मानिसहरूमा सधैँ महत्त्वाकाङ्क्षा र चाहनाहरू भरिँदा, के तिनीहरू आनन्दित जीवन जिउन सक्नेछन्? यदि तैँले यी कुराहरू हटाइनस् भने, तेरो कष्ट कम हुनेछैन। जहिले पनि कष्ट तेरो पछि लाग्नेछ; यो तेरो मुटुमा छुरा वारपार घोपेजस्तै लाग्नेछ। यो समस्यालाई कसरी हल गर्न सकिन्छ? (सत्यता खोजेर र पछ्याएर।) तिमीहरू सबै जना कम वा धेरै सत्यता खोज्ने फराकिलो अवधारणाबारे बोल्न सक्छौ, र तिमीहरू सबैलाई यसबारे थाहा छ। समस्या आइपर्दा, तैँले सर्वप्रथम सत्यता खोज्नैपर्छ। मानिसका भ्रष्ट स्वभावहरू सत्यता खोजेर, बुझेर, र प्राप्त गरेर मात्र हटाउन सकिन्छ। मानिसहरूले आफ्ना भ्रष्ट स्वभाव हटाएपछि मात्र साँचो हर्ष, शान्ति, आराम, र खुसी अनुभव गर्न सक्छन्, र त्यसपछि तिनीहरू साँचो अर्थमा परमेश्‍वरसामु आउन सक्छन्। यसो गर्दा समस्या जरैदेखि उखेलिन्छ। अहिले, सत्यता खोज्न कसरी सुरु गर्नुपर्छ? केकस्ता कुराहरू समावेश छन्? कसले बताउन सक्छ? (तँलाई आफूले हैसियत र प्रतिष्ठाबारे सोचिरहेको वा सक्रियतासाथ ती पछ्याइरहेको महसुस हुँदा, यी सोचाइ र व्यवहारलाई बेवास्ता नगर्। तिनलाई परमेश्‍वरको वचनअनुसार बुझ्ने र विश्लेषण गर्ने प्रयास गर्। यो त शैतानी भ्रष्ट स्वभावहरूले मानिसहरूमाथि ल्याएको हानि हो भनेर पहिचान गर्। तँ हिँडिरहेको गलत मार्गलाई चिन्, अनि त्यसपछि परमेश्‍वरको वचन खाने र पिउने गर्, परमेश्‍वरलाई प्रार्थना गर्, अनि शैतानले मानिसलाई बाँध्न प्रयोग गर्ने यो जन्जिरलाई तोड्न उहाँमा भर पर्।) (सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ तैँले पछ्याउनुपर्ने कुराबारे आफूले राख्ने गलत दृष्टिकोणलाई चिन्नु, शैतानी भ्रष्ट स्वभावहरूले मानिसहरूलाई गर्ने हानिलाई बुझ्नु, र कामकुराप्रतिको तेरो दृष्टिकोणलाई परिवर्तन गर्नु हो। त्यसपछि, तैँले अझ धेरै परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ, उहाँसँग घनिष्ठ हुनैपर्छ, र क्रमिक रूपमा उहाँसँग सामान्य सम्बन्ध बनाउनैपर्छ।) अरू केही? (यदि तँलाई कहिलेकाहीँ कमजोर र नकारात्मक महसुस हुन्छ, र तैँले यी अनुभूतिको कारण वा भ्रष्ट स्वभावलाई पहिचान गर्न सक्दैनस् भने, सर्वप्रथम परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र उहाँलाई अन्तर्दृष्टि माग्नुपर्छ। साथै, तैँले केही दाजुभाइ-दिदीबहिनीहरूसामु आफूलाई उदाङ्गो पारेर तिनीहरूसँग सङ्गति गर्न सक्छस्। तिनीहरूले आफ्नो अनुभवबारे दिएको सङ्गति सुनेर तैँले यस अवस्थालाई स्पष्टसँग बुझ्न सक्छस्, त्यसपछि तैँले यसलाई समाधान गर्न परमेश्‍वरको वचनमा सान्दर्भिक खण्डहरू खोज्नुपर्छ।) जारी राख्। (आफूले चाहेको जस्तो कुनै कुरा नहुँदा, यदि तैँले सधैँ नाटीकुटी गर्दै को सही र को गलत भनेर विश्लेषण गर्छस् भने, यी समयमा तैँले पहिले परमेश्‍वरसामु आफ्नो हृदय शान्त पारेर परिस्थितिलाई स्विकार्नुपर्छ—परमेश्‍वरलाई प्रार्थना गर् र उहाँको सार्वभौकितमा विश्‍वास गर्दै उहाँबाट मदत ले। त्यसपछि परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिएर उहाँको इच्छा बुझ्न मदत गर्नुहुनेछ। त्यसपछि, जब तँ परिस्थितिलाई पुनः जाँच्छस्, तब तैँले आफूले कस्तो प्रकारको भ्रष्टता देखाउँदै रहेछस् र परमेश्‍वरको इच्छा के रहेछ भनेर बुझ्नेछस्। यसरी म सत्यतामा प्रवेश गरेँ।) तिमीहरू सबैले सत्यतामा सङ्गति गर्ने अभ्यास गर्नुपर्छ—आफ्नो ज्ञान, अनुभव, र विचारहरू बाँड्, अनि आफूलाई सङ्गतिमा कसरी उदाङ्गो पार्ने भनेर सिक्। यदि तैँले यसो गरिस् भने, झन्-झन् धेरै प्राप्त गर्नेछस्, र झन्-झन् धेरै बुझ्नेछस्। तिमीहरूमध्ये कतिपयले भर्खरै आफ्नो व्यक्तिगत अनुभव र ज्ञान बाँड्यौ, अनि तिमीहरू सबैसँग भन्नुपर्ने बेग्लाबेग्लै कुरा थियो। राम्रो गऱ्यौ, तिमीहरू सबैले एकदमै व्यावहारिक कुरा बाँड्यौ। मैले तिमीहरूको सङ्गति सुनेपछि, तिमीहरू सबै वृद्धि भएका रहेछौ र तिमीहरूले विगत केही वर्षदेखि आफ्नो कर्तव्य निर्वाह गर्दै केही जीवन प्रवेश पाएका रहेछौ भन्ने देख्न सकेँ। तिमीहरूसँग सामान्य घोषणा मात्र नभई, परमेश्‍वरप्रति विश्‍वासको मामिलाबारे केही ज्ञान र अनुभव छ, अनि तिमीहरूले जग बसालेको छौ। यो उत्कृष्ट कुरा हो। परमेश्‍वरमा विश्‍वास गर्नु त्यति कठिन छैन जस्तो देखिन्छ: व्यक्ति इमानदार छ, परमेश्‍वरका वचनहरू सुन्छ, परमेश्‍वर जे भन्नुहुन्छ त्यही गर्छ, र सत्यता अभ्यास गर्न सक्छ भने, उसले परमेश्‍वरका मागहरू पूरा गर्न सक्नेछ। निष्कर्षमा, अरू सबैभन्दा महत्त्वपूर्ण, परमेश्‍वरप्रतिको तिमीहरूको विश्‍वासमा तिमीहरूले बुझ्‍नुपर्ने एउटा तथ्य छ: परमेश्‍वरमाथिको विश्‍वासको अर्थ परमेश्‍वरको नाउँमा विश्‍वास गर्नु मात्रै हुँदैन, यो तेरो कल्‍पनाको अस्पष्ट परमेश्‍वरलाई विश्‍वास गर्नु हो भन्‍ने त कुरै नगरौं। परमेश्‍वरलाई विश्‍वास गर्नुको अर्थ, तैँले परमेश्‍वरको सार, उहाँको स्वभाव, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई विश्‍वास गर्नुपर्छ; परमेश्‍वरले मानवजातिको गन्तव्यमाथि शासन गर्नुहुन्छ, र उहाँले तेरो गन्तव्यमाथि शासन गर्नुहुन्छ भन्‍ने तथ्यमा तैँले विश्‍वास गर्नैपर्छ। त्यसोभए, विश्‍वास गर्नु भनेको के हो? के यसको अर्थ, मानिसहरूले वास्तवमै सहकार्य गरेर यसलाई अभ्यास गर्नु होइन र? उदाहरणका लागि, कतिपय मानिसलाई प्रतिकूल परिस्थिति आइपर्दा, तिनीहरू गुनासो गर्न र अरू मानिसलाई दोष दिन थाल्छन्। यो परिस्थिति आफैले निम्ताएको हुन सक्छ भन्ने तिनीहरू कहिल्यै विचार गर्दैनन्, बरु सधैँ अरू कसैलाई जिम्मेवार ठहराउँछन्। त्यसपछि, तिनीहरू सन्तुष्ट र ढुक्‍क महसुस गर्छन्, र सोच्छन्, “समस्या हल भयो। यसरी परमेश्‍वरमा विश्‍वास गर्नु एकदमै रमाइलो र सहज हुन्छ!” समस्याहरू समाधान गर्ने यो विधि तिमीहरूलाई कस्तो लाग्छ? के कसैले यसरी अभ्यास गरेर सत्यता प्राप्त गर्न सक्छ? के यसले परमेश्‍वरप्रति आज्ञापालनको मनोवृत्ति देखाउँछ? त्यस्ता मानिसहरूले कस्तो दृष्टिकोणद्वारा, र के-कस्ता माध्यमद्वारा परमेश्‍वरमा विश्‍वास गर्छन्? के तिनीहरूले “परमेश्‍वरले मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ, सबै थोक र सबै घटना उहाँकै हातमा छन्” भन्‍ने वचनहरूलाई आफ्‍नो दैनिक जीवनमा लागू गरेका छन्? जब तिनीहरूले मानिसको दिमाग प्रयोग गरी समस्याको विश्‍लेषण गर्छन्, जब तिनीहरूले मानव माध्यमहरू प्रयोग गरेर मामलाको सम्‍बोधन गर्छन्, तब के तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गरिरहेका हुन्छन्? के तिनीहरू मानिस, मामिला, र कामकुरामाथि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित भइरहेका हुन्छन्? अवश्य हुँदैनन्। पहिलो कुरा, तिनीहरू समर्पित हुँदैनन्; यो एउटा गल्ती हो। दोस्रो कुरा, परमेश्‍वरले तिनीहरूका लागि बन्दोबस्त गर्नुहुने परिस्थिति, मानिसहरू, मामिला, र कामकुराहरूलाई तिनीहरू स्वीकार गर्न सक्दैनन्; तिनीहरू सतहभन्दा भित्र हेर्न सक्दैनन्। तिनीहरू परिस्थिति बाहिरबाट कसरी देखा पर्छ भनेर मात्र हेर्छन्, त्यसपछि आफ्‍नो मानव दिमाग प्रयोग गरी यसलाई विश्‍लेषण गरेर मानव विधिहरूद्वारा समाधान गर्ने प्रयास गर्छन्। के यो अर्को गल्ती होइन र? के यो ठूलो गल्ती हो? (हो।) यो कसरी त्यस्तो भयो त? तिनीहरू सबै थोकमाथि परमेश्‍वरले नै शासन गर्नुहुन्छ भन्‍ने विश्‍वास गर्दैनन्। तिनीहरू सबै थोक त्यतिकै हुन आउँछन् भन्ने सोच्छन्। तिनीहरूको दृष्टिमा, एउटा कुरा पनि परमेश्‍वरद्वारा शासित छैन र मानिसका कार्यहरूकै कारण धेरैजसो कुरा हुन आउँछन्। के यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? के तिनीहरूमा साँचो विश्‍वास छ? (छैन।) किन छैन? सबै कुरामाथि परमेश्‍वरले शासन गर्नुहुन्छ भनेर तिनीहरू विश्‍वास गर्दैनन्। सबै मामिला र सबै वस्तुमाथि परमेश्‍वरले शासन गर्नुहुन्छ—अर्थात् परमेश्‍वर हरेक परिस्थितिमाथि शासन गर्नुहुन्छ भनेर तिनीहरू विश्‍वास गर्दैनन्। यदि कुनै कुरा आफूले सोचेजस्तो भएन भने, तिनीहरू यो परमेश्‍वरबाट प्राप्त गर्न असक्षम हुन्छन्। परमेश्‍वरले यी परिस्थितिहरू योजनाबद्ध गर्न सक्नुहुन्छ भनेर तिनीहरू विश्‍वास गर्दैनन्। किनभने तिनीहरू परमेश्‍वरलाई देख्न सक्दैनन्, यी परिस्थितिहरू परमेश्‍वरद्वारा योजनाबद्ध नभएर मानिसहरूको कार्यको नतिजास्वरूप त्यतिकै हुन आउँछन् भन्ने तिनीहरू सोच्छन्। तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्दैनन्। त्यसोभए, तिनीहरूको विश्‍वासको सार के हो? (तिनीहरू गैरविश्‍वासी हुन्।) त्यो सही हो, तिनीहरू गैरविश्‍वासी हुन्! गैरविश्‍वासीहरू परमेश्‍वरबाट केही पनि प्राप्त गर्दैनन्। बरु, तिनीहरू परिस्थिति सम्हाल्न मानव दृष्टिकोण, दिमाग र तरिका चलाएर आफ्नो दिमाग खियाउँछन्। जब तैँले भविष्यमा यस प्रकारको व्यक्तिलाई भेट्छस्, तैँले तिनीहरू कस्ता हुन् भनी खुट्याउने विवेक विकास गर्नुपर्छ। समस्याहरू पैदा हुँदा गैरविश्‍वासीहरू आफ्‍नो मष्तिष्कको प्रयोग गरी उपाय निकाल्‍न सिपालु हुन्छन्; तिनीहरूले देखा परेको समस्यालाई निरन्तर अध्ययन गर्छन्, र यसलाई मानव विधिहरू प्रयोग गरी समाधान गर्ने प्रयास गर्छन्। तिनीहरू सधैँ मानव समझ र शैतानी दर्शनहरू प्रयोग गरेर, वा नियमको आधारमा मानिसहरूलाई हेर्ने गर्छन्, परमेश्‍वरको वचन सत्यता हो वा परमेश्‍वरको सार्वभौमिकताले सबै कुरा समेट्छ भनेर विश्‍वास गर्दैनन्। सबै कुरा परमेश्‍वरले हुन दिनुहुन्छ, तर गैरविश्‍वासीहरूले परमेश्‍वरबाट यी कुरा प्राप्त गर्न सक्दैनन्, र तिनीहरू सधैँ परिस्थितिलाई मानव धारणा र कल्पनाको आधारमा हेर्छन्। सामान्यतया गैरविश्‍वासीहरूले मान्छेको भाग्य परमेश्‍वरको हातमा हुन्छ, र तिनीहरू परमेश्‍वरको सार्वभौकिता र बन्दोबस्तप्रति समर्पित हुन इच्छुक छन् भन्ने गरे पनि, आफूमाथि साँच्चै परिस्थिति आइपर्दा, तिनीहरूले ती कुरा परमेश्‍वरबाट प्राप्त गर्न सक्दैनन् र परमेश्‍वरबारे धारणाहरू विकास गर्छन्। गैरविश्‍वासीहरूको व्यवहार यही हो। के तिमीहरूको जीवनमा यस्तो कुनै मानिस छ? के तिमीहरू आफै यस्तो व्यवहार कहिल्यै गर्छौ? (गर्छौँ।) तिमीहरू गैरविश्‍वासीजस्तो व्यवहार गर्छौ, तर के तिमीहरू वास्तवमै गैरविश्‍वासी हौ? सबै कुरामाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भनेर के तिमीहरू विश्‍वास गर्छौ? हरेक व्यक्ति, मामिला, कामकुरा, र परिस्थिति परमेश्‍वरको हातमा हुन्छ भनेर के तिमीहरू मानिलिन्छौ? तिमीहरू कतिवटा कुरा परमेश्‍वरबाट प्राप्त गर्न सक्छौ? तिमीहरूले मानव तरिका प्रयोग गरेर कतिवटा मामिला समाधान गरेका छौ? अनि तिमीहरू कतिपटक भ्रष्ट स्वभावअनुसार जिउँछौ? तिमीहरू कतिपटक परमेश्‍वरमा समर्पित हुन सक्छौ? यी प्रश्नहरूलाई मनन गर, तिमीहरूले अवश्य आफ्नो हृदयमा तिनको उत्तर थाहा पाउँछौ। के परमेश्‍वरबाट कामकुरा प्राप्त गर्नु सजिलो छ? (त्यसमा आन्तरिक संघर्ष हुनेछ।) साँचो हो, त्यहाँ संघर्ष हुनेछ, तर त्यो संघर्षको परिणाम के हुन्छ? यो सफलता हुन्छ कि विफलता? (कहिलेकाहीँ विफलता, कहिलेकाहीँ सफलता। यदि यो बराबर भयो भने, तिमीहरूका लागि अझै आशा छ, तर तिमीहरू प्रायः विफल हुन्छौ र बिरलै सफल हुन्छौ भने, तिमीहरू सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनौ भन्ने प्रमाणित हुन्छ। विफलता सामान्य कुरा हो—विफलतादेखि नडराऊ, हतोत्साहित नबन, नकारात्मक नहोऊ वा हरेश नखाऊ र अथक प्रयास गर। विफलता नराम्रो कुरा होइन; मानिसहरूले विफलताबाट कम्तिमा पनि लाभ उठाउन सक्छन्, जुन राम्रो कुरा हो!

मानिसहरूले सत्यता प्राप्त गर्ने प्रक्रिया एक साहसी योद्धाले कुनै पनि क्षण सबै प्रकारका शत्रुविरुद्ध लड्न तयार भएर युद्धभूमिमा पाइला टेक्नुजस्तै हो। सत्यता पछ्याइका शत्रुहरू शैतानका विभिन्‍न भ्रष्ट स्वभावहरू हुन्। यी मानिसहरू आफ्नो भ्रष्ट देहसँग लडिरहेका छन्; वास्तवमा तिनीहरू शैतानसँग युद्ध गरिरहेका छन्। अनि शैतानसँग लडन कुन हतियार प्रयोग गरिन्छ? निस्सन्देह, सत्यता प्रयोग गरिन्छ, परमेश्‍वरको वचन पछ्याउनुपर्छ। शैतानलाई पराजित गर्न, पहिला सत्यताको कुन पक्ष अभ्यास गर्नैपर्छ? त्यो हो, परमेश्‍वरप्रति, उहाँको वचनप्रति, र सत्यताप्रति समर्पित हुनु। यो त शैतानसँग युद्ध गर्दा सर्वप्रथम लिनैपर्ने पाठ हो। यदि तैँले परमेश्‍वरबाट आउने कुराहरू स्विकार्न सकिनस् भने, परमेश्‍वरसामु समर्पित हुन सक्नेछैनस्, र त्यसैले तैँले प्रार्थना गर्न वा सत्यता खोज्न आफूलाई परमेश्‍वरसामु शान्त पार्न सक्नेछैनस्। यदि तैँले परमेश्‍वरलाई प्रार्थना गर्न वा सत्यता खोज्न सकिनस् भने, सत्यता वा तँलाई किन परमेश्‍वरले ती परिस्थितिहरूमा मानिसहरू, मामिला र कामकुरासँगै राख्नुहुन्छ भनेर बुझ्नेछैनस—तँ अन्योलमा पर्नेछस्। यदि तैँले सत्यता खोज्न सकिनस् भने, आफ्नो भ्रष्ट स्वभावलाई जित्न सक्दैनस्। तैँले आफ्नो भ्रष्ट स्वभाव र देहलाई जितेर मात्र आत्मिक संसारको शैतान अर्थात् दियाबलसलाई लज्ज्जित तुल्याउन सक्लास्। शैतानसँगको युद्ध मुख्यतः सत्यताको खोजीमा निर्भर हुन्छ; यदि तैँले सत्यता बुझिनस् भने, तँमा पैदा हुने कुनै पनि समस्या वा धारणाले तँलाई कमजोर र नकारात्मक बनाउन सक्छ। यदि तेरो भ्रष्ट स्वभावका अभिव्यक्तिहरू कहिल्यै समाधान गरिएन भने, तँ सम्भवतः पतन र विफल हुन्छस्, अनि फेरि खडा हुन तँलाई गाह्रो हुनेछ। कतिपय मानिस प्रलोभन आइपर्दा ठेस खान्छन्, कतिपय पीडादायी रोग लाग्दा नकारात्मक बन्छन्, र कतिपयचाहिँ परीक्षा आइपर्दा पूर्ण रूपले विफल हुन्छन्। यी कुरा सत्यता कहिल्यै नपछ्याउनुका र आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू हटाउन सत्यता नखोज्नुका परिणाम हुन्। तिमीहरू के सोच्छौ: के शैतानी स्वभावहरूले मानिसहरूलाई धेरै समस्यामा पार्छन्? (पार्छन्।) कति धेरै समस्या? (तिनले मानिसहरूलाई परमेश्‍वरसामु आउन रोक्छन्, परमेश्‍वरप्रति समर्पित हुन असक्षम बनाउँछन्।) यदि मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन सकेनन् भने, तिनीहरू केअनुसार जिउनेछन्? (तिनीहरू शैतानी भ्रष्ट स्वभावहरूअनुसार जिउनेछन्।) जब मानिसहरू शैतानी भ्रष्ट स्वभावअनुसार जिउँछन्, तब तिनीहरू प्रायः धारणाहरू प्रकट गर्छन् र गरम मिजास देखाउँछन्। उदाहरणका लागि, यदि तैँले केही गल्ती गरिस् र कुनै दाजुभाइ वा दिदीबहिनीले तँलाई खुलासा गर्छन् वा निराकरण गर्छन् भने, तैँले कसरी परमेश्‍वप्रति समर्पित भएर सत्यता खोज्नुपर्छ? यहाँ सिक्नुपर्ने पाठ छ। सायद तैँले यसबारे यसरी सोच्दै मनन गर्न थाल्छस्: “त्यो व्यक्तिले सधैँ मलाई होच्याउँछ, र यसपटक उसले मविरुद्ध प्रयोग गर्ने केही पाएको छ। उसले मलाई निशाना बनाउँदै छ, त्यसैले म राम्रो व्यवहार गर्दिनँ। म समस्यामा पर्नु हुँदैन!” के यो गरम मिजास होइन र? (हो।) गरम मिजास भनेको के हो? गरम मिजास भनेको व्यक्तिको हितलाई घात हुँदा, वा उसको प्रतिष्ठा र हैसियतमा धक्‍का पुग्दा उसको शैतानी स्वभाव विष्फोट भएर निस्कनु, अनि उसले आवेशमा केही कुरा भन्नु वा केही कुरा गर्नु हो। गरम मिजासलाई मैले त्यसरी बुझेको छु।) त्यो बुझाइ मुख्यतः सही छ। त्यसमा कसले केही थप्न सक्छ? (व्यक्तिमाथि कुनै कुरा आइपर्दा, उसले सत्यता खोज्नुको सट्टा ऊभित्र स्वभाविक रूपमा हुने कुराहरू प्रकट गर्छ, त्यो गरम मिजास हो।) उसले प्रयोग गरेको शब्द “स्वभाविक रूपमा” एकदमै उपयुक्त छ। शैतानले मानिसहरूलाई भ्रष्ट पारेपछि, जब तिनीहरूको जडबाट आउने सबैभन्दा प्राकृतिक, सबैभन्दा पुरानो स्वभाव प्रकट हुन्छ, यसलाई गरम मिजास भनिन्छ। यो कुनै सोचाइ, मानसिक प्रक्रिया, मनन वा प्याकेजिङ मार्फत् हुने कुरा होइन, तर यो स्वतः बाहिर निस्कन्छ। त्यो गरम मिजास हो। गरम मिजास भनेको भ्रष्ट स्वभावभित्र जिउने मानिसहरूबाट निस्कने कुरा हो। त्यसोभए, मानिसको प्रकृतिबाट स्वभाविक रूपले निस्कने यो कुरा किन सत्यताअनुरूप हुँदैन? किन मानिसहरू गरम मिजास देखाउँछन्? कारण के हो? यो मान्छेको शैतानी प्रकृतिले गर्दा हुन्छ। मान्छेको अन्तर्निहित स्वभाव गरम मिजाससँग सम्बन्धित छ। व्यक्तिको हित, घमण्ड वा आत्मगौरवमा हानि पुग्दा, यदि उसले सत्यता बुझ्दैन वा उसमा यसको वास्तविकता छैन भने, उसले आफ्नो भ्रष्ट स्वभावअनुसार त्यो हानिलाई सम्हाल्नेछ, र उसले आवेशमा आएर हतारमा काम गर्छ। त्यसोभए, तिनीहरूले देखाउने र प्रकट गर्ने कुरा गरम मिजास हो। गरम मिजास सकारात्मक कुरा हो कि नकारात्मक कुरा? स्पष्टतः यो नकारात्मक कुरा हो। गरम मिजासले जिउनु राम्रो कुरा होइन; यसले विपत्ति निम्त्याउँछ। परिस्थिति आइपर्दा यदि कसैको गरम मिजास र भ्रष्टता प्रकट हुन्छ भने, के ऊ सत्यता खोज्ने र परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति हो? स्पष्टतः यस्तो व्यक्ति निश्चय नै परमेश्‍वप्रति बफादार हुँदैन। परमेश्‍वरले मानिसहरूका लागि बन्दोबस्त गर्ने विभिन्‍न मानिस, घटना, परिस्थिति, र वातावरणको सन्दर्भमा भन्नुपर्दा, यदि कसैले ती परमेश्‍वरबाट स्विकार्न सक्दैनन, बरु तिनलाई मानव तरिकामा सामना र समाधान गर्छ भने, अन्त्यमा त्यसको परिणाम के हुनेछ? (परमेश्‍वरले त्यो व्यक्तिलाई तिरस्कार र इन्कार गर्नुहुनेछ।) अनि के त्यसले मानिसहरूलाई गर्नेछ? (अहँ, गर्नेछैन।) उसले आफ्नो जीवन गुमाउने मात्र होइन, तर अरूलाई पनि सुधार गर्नेछैन। त्योभन्दा पनि, उसले परमेश्‍वरलाई अपमान गर्नेछ अनि उसलाई तिरस्कार र इन्कार गर्न परमेश्‍वरलाई लगाउनेछ। यस्तो व्यक्तिले आफ्नो गवाही गुमाएको हुन्छ र ऊ जहाँ गए पनि अस्वीकृत हुन्छ। यदि तँ परमेश्‍वरको घरको सदस्य होस्, र पनि आफ्‍नो कार्य-व्यवहारमा सधैँ गरम मिजास देखाउँछस्, सधैँ आफूभित्रको प्राकृतिक कुरा प्रकट गर्छस्, र मानव माध्यम र भ्रष्ट, शैतानी स्वभावअनुसार कामकुरा गर्दै सधैँ आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छस् भने, यसको अन्तिम परिणाम तैँले दुष्कर्म गर्नु र परमेश्‍वरको विरोध गर्नु हुनेछ—अनि यस पूरै अवधिभर तँ पश्‍चात्तापविहीन रहन्छस् र सत्यताको खोजी गर्ने मार्गमा हिँड्न सक्दैनस् भने, तँलाई खुलासा गरेर हटाइनेछ। के शैतानी स्वभावमा भर परेर जिउने अनि यसलाई समाधान गर्न सत्यता नखोज्ने समस्या गम्भीर होइन र? यो समस्याको एउटा पक्ष के हो भने, व्यक्ति आफ्नो जीवनमा वृद्धि वा परिवर्तन हुँदैन; त्योभन्दा पनि, उसले अरूलाई प्रतिकूल प्रभाव पार्नेछ। उसले मण्डलीमा कुनै असल उद्देश्यले सेवा गर्नेछैन, र समयको दौरान मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूलाई ठूलो समस्यामा पार्नेछ, ऊ दुर्गन्धित झिँगाजस्तै खानेकुराको टेबलवरिपरी घिनलाग्दो पाराले भुनभुन उडिहिँड्छ। के तिमीहरू यस्तो व्यक्ति बन्‍न चाहन्छौ? (चाहँदैनौँ।) त्यसोभए, तिमीहरूले परमेश्‍वरलाई खुसी पार्न र अरूलाई सुधार गर्न कसरी कार्य गर्नुपर्छ? तिमीहरूले जस्तोसुकै भ्रष्ट स्वभाव प्रकाट गरेको भए पनि, सर्वप्रथम आफूलाई शान्त पार्नैपर्छ, तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ, र यसलाई समाधान गर्न सत्यता खोज्नैपर्छ। तैँले आफ्नो इच्छा र गरम मिजासलाई पछ्याएर भ्रष्टता प्रकट गरिरहनु पटक्कै हुँदैन। तैँले तेरो दैनिक जीवनको हरेक मिनेट, हरेक सेकेण्ड, जेसुकै गरे पनि र जेसुकै सोचे पनि, परमेश्‍वरले तँलाई जाँचिरहनुभएको र हेरिरहनुभएको हुन्छ। परमेश्‍वरले के अवलोकन गरिरहनुभएको छ? (व्यक्तिले के सोच्छ, परमेश्‍वरले उसको लागि बन्दोबस्त गरेका मानिस, मामिला वा परिस्थिति आइपर्दा उसले कस्तो प्रतिक्रिया देखाउँछ, उहाँ त्यो अवलोकन गर्नुहुन्छ।) त्यो सही हो, र परमेश्‍वरले यी कुराहरू अवलोकन गर्नुको उद्देश्य के हो? (यो व्यक्ति परमेश्‍वरको भय मान्ने र दुष्टतादेखि अलग बस्ने व्यक्ति हो कि होइन भनेर हेर्न।) त्यो एउटा कारण हो। मुख्य कारण के हो? यसबारे होसियारीपूर्वक मनन गर्। (ऊसँग सत्यता खोज्ने र परमेश्‍वरप्रति समर्पित हुने हृदय छ कि छैन भनेर हेर्न।) चाहे यो परमेश्‍वरको भय मानेर दुष्टतादेखि अलग बस्नु होस् वा सत्यता खोज्ने हृदय प्राप्त गरेर परमेश्‍वरप्रति समर्पित हुनु, यी सबै कुरामा व्यक्तिले हिँड्ने मार्ग के रोजेको छ भन्ने प्रश्न समेटिएको हुन्छ। किन परमेश्‍वरले मानिसहरूलाई निरन्तर जाँचिरहनुभएको छ? तँ कस्तो मार्गमा हिँडिरहेको छस्, तेरो जीवनको उद्देश्य र दिशा के हुन्, तैँले सत्यता पछ्याउने मार्ग रोजेको छस् कि ढोँगी फरिसीहरूको मार्ग रोजेको छस् भनेर हेर्नका लागि। तँ यी मार्गहरूमध्ये ठ्याक्कै कुन मार्गमा छस् भनेर हेर्नका लागि। यदि तैँले सही मार्ग रोजेको छस् भने, परमेश्‍वरले तँलाई मार्गदर्शन गर्नुहुनेछ, अन्तर्दृष्टि दिनुहुनेछ, भरणपोषण र सहयोग गर्नुहुनेछ। यदि तैँले गलत मार्ग रोजेको छस् भने, तैँले परमेश्‍वरतर्फ आफ्नो पिठ्यूँ पुरै फर्काएको छस् भन्ने प्रमाणित हुन्छ, त्यसैले उहाँले तँलाई स्वभाविक रूपमा त्याग्नुहुनेछ।

यस्ता मानिसहरू छन् जो सधैँ धर्मसिद्धान्तका शब्द र वाक्यांशहरू प्रचार गर्छन् अनि आफूले गर्ने हरेक कुरामा सत्यताका सिद्धान्तहरू उल्लङ्घन गर्छन्, यहाँसम्म कि परमेश्‍वरको घरका हितहरूलाई हानि गर्ने कुराहरू गर्छन्, तर किन तिनीहरूलाई अनुशासनमा राखिँदैन वा निन्दा गरिँदैन? कतिपय मानिसहरू यो मामिला बुझ्न सक्दैनन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई त्यागिसक्नुभएको छ भनेर म तिमीहरूलाई बताउन चाहन्छु। कुनै व्यक्ति जति नै वर्षदेखि विश्‍वासमा भएको भए पनि, यदि परमेश्‍वरले उसलाई त्याग्ने निर्णय गर्नुहुन्छ भने, त्यो अति गम्भीर मामिला हो! मानिसहरू कस्तो मार्गमा हिँडेको परमेश्‍वर आशा गर्नुहुन्छ भन्ने सम्बन्धमा उहाँको इच्छा र चाहना के हो? परमेश्‍वरले मानिसहरूलाई निश्चित परिस्थितिमा राख्नहुँदा, उहाँ तिनीहरूले आज्ञापालन गर्ने छन् कि विद्रोह गर्ने छन् भन्ने आशा गर्नुहुन्छ? के उहाँ तिनीहरूले सत्यता खोजेर प्राप्त गर्ने छन्, वा यसलाई बेवास्ता गरेर सुस्त हुने छन् भनेर आशा गर्नुहुन्छ? यसप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो छ? उहाँ मानिसहरूबाट के आशा गर्नुहुन्छ? तिनीहरूले समर्पित भएर उहाँको कार्यमा सक्रियतासाथ सहकार्य गर्न सक्ने छन्, निष्क्रिय र सुस्त हुने छैनन् वा यसलाई बेवास्ता गर्ने छैनन् भन्ने आशा गर्नुहुन्छ। कतिपय मानिसहरू आफ्नो कर्तव्यमा मनतातो छन्: तिनीहरूलाई कुनै काम दिँदा, तिनीहरू त्यो आफूलाई ठिक लागेअनुसार गर्छन्, तर सत्यता वा परमेश्‍वरको इच्छा खोज्दैनन्। यसो गर्नु कुनै गलत होइन भन्ने तिनीहरूलाई लाग्छ—तिनीहरूले कुनै प्रशासनिक आदेश उल्लङ्घन गरिरहेका, परमेश्रको स्वभावलाई चिढ्याइरहेका वा मण्डलीको काममा बाधा वा अवरोध पुऱ्याइरहेका हुँदैनन्, र झन् आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन्, त्यसैले तिनीहरूलाई आफ्नो निन्दा गरिने छैन भन्‍न लाग्छ। तँलाई यस्तो मनोवृत्ति कस्तो लाग्छ? (यो राम्रो होइन। यो नकारात्मक, निष्क्रिय र मनतातो मनोवृत्ति हो, जुन परमेश्‍वरलाई घृणा लाग्छ।) मनतातो मनोवृत्ति भनेको के हो? किन परमेश्‍वर यसलाई घृणा गर्नुहुन्छ? यस्तो मनोवृत्तिको सार के हो? (म यसबारे आफ्नो अनुभव अलिकति बाँड्न सक्छु। मैले भर्खरै आफ्नो कर्तव्यमा आफ्नै इच्छा पछ्याइरहेको र सिद्धान्तहरू उल्लङ्घन गरिरहेको थिएँ। काटछाँट र निराकरणमा परेपछि, मेरो आत्म-सम्मान गुम्यो, र मैले परमेश्‍वरलाई गलत बुझेँ र उहाँदेखि सावधान भएँ। मेरो हृदय परमेश्‍वरका लागि बन्द भयो, मलाई उहाँको नजिक हुन मन लागेन, र मैले उहाँलाई प्रार्थना गरिनँ। मेरो मनोवृत्ति मनतातो थियो, र यसले गर्दा म त्यस अवधिमा नकारात्मक, निष्क्रिय, र दयनीय बनेँ। किनभने मेरो हृदय परमेश्‍वरका लागि बन्द भएपछि, मेरो जीवनको मूल खम्बा नै ढलेसरह भयो र मलाई साह्रै दुःख लाग्यो। यसो हेर्दा, मैले कुनै स्पष्ट विद्रोही व्यवहार नगरी आफ्नो कर्तव्य निर्वाह गरिरहेको जस्तो देखिन्थ्यो, तर मैले पवित्र आत्माबाट कुनै अन्तर्दृष्टि प्राप्त गरिनँ र ममा परमेश्‍वरसँग सक्रिय रूपले सहकार्य गर्ने मनस्थिति थिएन। यो मनतातो, नकारात्मक, र उत्प्रेरणारहित मनोवृत्ति कायम राख्नु आफूलाई बिस्तारै मार्नुसरह थियो। परमेश्‍वरदेखि टाढिने मानिसहरू जरा सुकेको रूखजस्तै हुन्। यसको जीवनको डोरी नै काटिएकोले, बिस्तारै यसका हाँगबिँगा सुक्दै र पातहरू ओइलाउँदै जान्छन् र अन्त्यमा पुरै रूख मर्छ।) त्यो एकदमै राम्रो व्याख्या थियो। सायद अधिकांश मानिसहरू यो स्थितिमा छन्: तिनीहरू जे गर् भनिएको छ त्यही कुरा कुनै समस्या खडा नगरी, वा खराबी नगरी, वा कामकुरामा बाधा नपुऱ्याई गर्छन्—तिनीहरू केवल मनतातो छन्। किन परमेश्‍वर यस्तो मनोवृत्तिलाई घृणा गर्नुहुन्छ? यस्तो मनोवृत्तिले देखाउने सार के हो? नकारात्मकता, अवाज्ञा र सत्यतालाई इन्कार गर्नु हो। तिमीहरूको विचारमा पहिला परमेश्‍वरले मानिसहरूलाई त्याग्नुभयो कि पहिला मानिसहरूले परमेश्‍वरलाई त्यागे, के भन्छौ? (मानिसहरूले पहिला परमेश्‍वरलाई त्यागे।) यदि पहिला तैँले परमेश्‍वरलाई त्यागिस् बने, तेरो हृदय परमेश्‍वरका लागि बन्द हुन्छ, जुन गम्भीर समस्या हो। “बन्द हुन्छ” भन्ने एउटा तरिका हो। वास्तवमा, मानिसहरूले आफ्नो हृदय बन्द गर्नु, परमेश्‍वरलाई बाहिर राख्नुको अर्थ हो: “मलाई अब तपाईं चाहिँदैन। म तपाईंसँग सबै नाता तोड्दै छु, र हामीबीचको सबै सम्पर्क टुटाउँदै छु।” सृष्टि गरिएको प्राणीमा आफ्ना सृष्टिकर्ताप्रति यस्तो मनोवृत्ति हुँदा, परमेश्‍वर यसलाई कसरी सम्हाल्नुहुन्छ? उहाँको मनोवृत्ति के हुन्छ? मानिसहरूलाई यस्तो अवस्थमा देख्दा, उहाँलाई हर्ष, घृणा वा दुःख, के लाग्छ? सर्वप्रथम, उहाँलाई दुःख लाग्छ। परमेश्‍वरले मानिसहरू सत्यता स्विकार्न उदासिन र एकदमै अनिच्छुक भएको देख्दा, उहाँलाई निराश लाग्छ, र त्यसपछि उहाँ तिनीहरूलाई घृणा गर्नुहुन्छ। व्यक्तिको हृदय परमेश्‍वरका लागि बन्द हुँदा, उहाँ यसलाई कसरी लिनुहुन्छ? (परमेश्‍वरले केही परिस्थिति मिलाउनुहुन्छ, जसले तिनीहरूलाई उहाँको इच्छा बुझ्न र उहाँका लागि आफ्नो हृदय खोल्न मदत गर्छ।) हो, यो परमेश्‍वरको सक्रिय तरिकामध्ये एक हो, उहाँ कहिलेकाहीँ त्यस्तो कामकुरा गर्नुहुन्छ, तर कहिलेकाहीँ उहाँ त्यसो गर्नुहुन्छ। कहिलेकाहीँ उहाँले आफ्नो अनुहार लुकाएर समयलाई कुर्नुहुने छ, तैँले उहाँका लागि हृदय खोल्छस् भनेर प्रतीक्षा गर्नुहुन्छ। जब तैँले उहाँलाई आफ्नो हृदयमा स्विकारेको हुन्छस् र सत्यता स्विकार्न सक्छस्, तब उहाँले तँलाई निरन्तर अनुकम्पा देखाउनुहुने छ र अन्तर्दृष्टि दिनुहुने छ। तर, सामान्यतया यदि तँमा परमेश्‍वरका लागि आफ्नो हृदय पूर्णतया बन्द गर्ने यस्तो मनोवृत्ति छ, र यसरी तैँले उहाँसँग सामान्य सम्बन्ध राख्न इन्कार गर्छस् भने, तैँले तँमाथिको परमेश्‍वरको सार्वभौकितालाई र उहाँको मार्गर्शनलाई इन्कार गरिरहेको हुन्छस्। यो तैँले उहाँलाई तेरो परमेश्‍वरको रूपमा इन्कार गर्नु बराबर, र उहाँलाई तेरो प्रभु मान्‍न नचाहनु हो। यदि तैँले उहाँलाई तेरो परमेश्‍वर र प्रभुको रूपमा इन्कार गर्छस् भने, के उहाँले तँमा अझै काम गर्नुहुन्छ? (गर्नुहुन्‍न।) त्यसपछि, उहाँले तँलाई त्याग्‍न मात्र सक्नुहुन्छ। के भएको छ तैँले त्यो बुझेपछि र तेरो मार्गका गल्तीहरू महसुस गरेपछि, र पश्चात्ताप गर्न जानेपछि मात्र परमेश्‍वरले तँमा फेरि काम थाल्न सक्नुहुन्छ। त्यसैले, यस्तो मनतातो मनोवृत्तिको सामना गर्दा, परमेश्‍वरले अवश्य नै काम गर्नुहुने छैन, उहाँले यस्ता मानिसहरूलाई पन्छाउनुहुने छ। के तिमीहरूसँग यस्तो कुनै अनुभव छ? यस्तो अवस्था शान्तिपूर्ण र हर्षमय कि असहनीय र दुःखदायी हुन्छ? (असहनीय र दुःखदायी।) कति दुःखदायी? (यो मरेतुल्य हुन्छ। यो पशुजस्तो सोचरहित, प्राणरहित अस्तित्व हो।) यदि परमेश्‍वर व्यक्तिको हृदयमा हुनुहुन्‍न भने, उसको हृदय खोक्रो हुन्छ; यो त उसमा आत्मा नहुनु बराबर हो। के यसको अर्थ ऊ आत्मविहीन मृत व्यक्ति बनेको होइन र? कत्ति भायवह! व्यक्तिले कहीँ पनि र कुनै पनि समय परमेश्‍वरलाई धोका दिन सक्छ। अलिकति पनि लापरवाहीको कारण, उसले परमेश्‍वरलाई आफ्नो हृदयमा इन्कार गर्न सक्छ, त्यसपछि उसको अवस्था तुरुन्तै परिवर्तन हुन्छ: उसको आत्माको अवस्था तुरन्तै खस्किन्छ, उसलाई परमेश्‍वरको उपस्थिति महसुस हुन छोड्छ, अनि परमेश्‍वरमाथिको उसको भरोसा र उहाँसँगको सम्बन्ध पुरै मेटिएर जान्छ, मुटुको धड्कन बन्द भएसरह हुन्छ। यो खतरनाक स्थिति हो। यस्तो अवस्थालाई के गर्न सकिन्छ? तैँले सही मनोवृत्ति राख्नुपर्छ र तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेर पश्चात्ताप गर्नुपर्छ। यदि कुनै व्यक्ति परमेश्‍वरले उसलाई पूर्णतया त्याग्ने र उसले परमेश्‍वरलाई भेट्टाउन नसक्ने नकारात्मक, अवाज्ञाकारी अवस्थामा सधैँ जिउँछ भने, त्यो खतरनाक हो! यो खतराले कस्तो प्रतिकूल नतिजाहरू निम्त्याउन सक्छ भन्ने के तिमीहरूले बुझेका छौ? यो घाटा बेहोर्ने कुरा मात्र होइन—अरू कस्ता नजिताहरू हुन सक्लान्? (उसमा दुष्ट आत्माहरू हुन सक्लान्।) त्यो एउटा हो। अरू थुप्रै कुरा हुने सम्भावना छ। (उसले घोर दुष्टता गर्ला र परमेश्‍वरद्वारा खुलासा भएर हटाइएला।) यो पनि सम्भव छ। अरू केही छन्? (परमेश्‍वरसँगको उसको सम्बन्ध झन्-झन् टाढिएला।) अहिले, यो अवस्था रहिरह्यो भने, के यस व्यक्तिले अन्त्यमा परमेश्‍वरलाई अबउसो विश्‍वास नगर्ने विचार गर्ने छ भन्ने तिमीहरूलाई लाग्छ? (हो, त्यस्तै लाग्छ।) के त्यो डरलाग्दो कुरा होइन र? (हो।) यदि व्यक्तिमा आफ्नो विश्‍वास त्याग्ने यो दुष्ट चाहना छ भने, त्यो सबैभन्दा डरलाग्दो कुरा हो, किनभने उसले परमेश्‍वरलाई हृदयमा धोका दिइसकेको हुन्छ, र परमेश्‍वरले यस्तो व्यक्तिलाई मुक्ति दिनुहुने छैन।

व्यक्तिले विश्‍वासीको हैसियतमा परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्नैपर्छ; यो एकदमै महत्त्वपूर्ण छ। जब परमेश्‍वरसँग व्यक्तिको सम्बन्ध सामान्य हुन्छ, तब ऊ राम्रो अवस्थामा हुने छ; जब उसको अवस्था खराब हुन्छ, तब परमेश्‍वरसँगको उसको सम्बन्ध सामान्य हुने छैन। व्यक्तिको हृदय ऊ राम्रो अवस्थामा छ वा खराब अवस्थामा, त्यसको आधारमा पूर्ण रूपले दुई भिन्‍न परिस्थितिमा हुने छ। जब व्यक्ति राम्रो अवस्थामा हुन्छ, तब उसलाई आफ्नो हृदयमा निश्चित शक्ति महसुस हुन्छ, त्यस्तो शक्ति जसले उसलाई कहिल्यै विवाह नगर्न, जतिसुकै कष्ट भोग्नुपरे पनि अन्त्यसम्म परमेश्‍वरलाई पछ्याउन, र अन्त्यसम्म, मृत्युसम्म परमेश्‍वरप्रति समर्पित रहन बल दिन्छ। यस्तो सङ्कल्प कसरी आउँछ? (यो मानिसहरूमा हुने एक प्रकारको जोसबाट आउँछ।) के परमेश्‍वर यो जोसलाई स्विकार्नुहुन्छ? यस्तो सङ्कल्प सकारात्मक कुरा हो कि नकारात्मक कुरा? (सकारात्मक कुरा।) के परमेश्‍वर सकारात्मक कुराहरू स्विकार्नुहुन्छ? (स्विकार्नुहुन्छ।) परमेश्‍वर मानिसहरूको हृदय जाँच्नुहुन्छ। उहाँ मानिसहरूले हृदयभित्र के सोच्छन् र त्यहाँ तिनीहरूको अवस्था कस्तो छ भनेर जाँच्नुहुन्छ। त्यसैले, तैँले यस्तो चाहना व्यक्त गर्दा र हृदयमा सङ्कल्प लिँदा, त्यो पनि परमेश्‍वर जाँच्नुहुन्छ। यो सङ्कल्प कहाँबाट आउँछ? के यो व्यक्तिको स्वभाविकता र गरम मिजासबाट आउँछ? (आउँदैन, यो मानिसहरूमा पवित्र आत्माको कामद्वारा हालिएको हुन्छ।) त्यो सही हो। जब मानिसहरू सही अवस्थामा जिउँछन्, तब पवित्र आत्माले तिनीहरूलाई यस्तो शक्ति दिनुहुन्छ, जसले तिनीहरूलाई त्यो सङ्कल्प गर्न मद्दत दिन्छ। यो सकारात्मक कुरा हो, र यो मानिसहरूलाई तिनीहरूको सहकार्य र त्यागको कारण पवित्र आत्माले दिनुहुन्छ। के मानिसहरू आफैले यस्तो विश्‍वास कहिल्यै राखेका छन्? अवश्य छैन, होइन त? मानिसहरूमा अलिकति पनि सहकार्य गर्ने सङ्कल्प छ भने, पवित्र आत्माले तिनीहरूलाई यस्तो शक्तिशाली उत्प्रेरणा दिनुहुन्छ! यसबाट तैँले अहिले के बुझिस्? (मानिसहरू परमेश्‍वरसँग बस्नैपर्छ। परमेश्‍वरबिना, मृत्यु मात्रै छ।) “मानिसहरू परमेश्‍वरसँग बस्नैपर्छ,” त्यो साँचो हो। यो अनुभवबाट प्राप्त ज्ञान हो। यदि तैँले परमेश्‍वरका निम्ति आफ्नो हृदय खोलिस्, यदि तँमा त्यो सानो सङ्कल्प छ, र यदि तँ परमेश्‍वरलाई प्रार्थना गरेर आफ्नो हृदय उदाङ्गो पार्न सक्छस् भने, उहाँले तँलाई यो शक्ति दिनुहुने छ। यो शक्ति तेरो जीवनभरि रहने छ र यसले तँलाई यस्तो गहन सङ्कल्प गर्न मद्दत गर्ने छ र यसो भन्नेछस्, “म आफ्नो सारा जीवन परमेश्‍वरमा अर्पण गर्छु, म यो जीवन आफूलाई उहाँमा सुम्पेर र उहाँका निम्ति जिएर बिताउने छु!” यो तथ्य हो; मानिसहरू यसरी सोच्छन्, र मानिसहरूले गर्ने यही हो। तर, यदि कसैले परमेश्‍वरलाई पछ्याउँछ र आफ्नो दिमाग, सोच, क्षमता र प्रतिभामा भर परेर आफ्नो कर्तव्य निर्वाह गर्छ भने, उसले कति शक्ति प्राप्त गर्ने छ? यदि तँमा सत्यता पछ्याउने इच्छा छैन भने, जति नै कडा परिश्रम गरे पनि व्यर्थ हुने छ। यो भित्री शक्ति मानिसले प्राप्त गर्न सक्दैन; यो त परमेश्‍वरले दिनुहुन्छ। कसरी मानिसहरूले यो शक्ति गुमाउँछन्? यसको कारण के हो? परमेश्‍वर तिनीहरूको हृदयमा बस्न छोड्नुभएपछि, यो शक्ति गुम्छ। मानिहरूमा यो शक्ति हुनु त पवित्र आत्माको काम हो, यो त परमेश्‍वरले मानिसहरूलाई दिने शक्ति हो—यो सब परमेश्‍वरको कार्य हो। यदि तेरो हृदय परमेश्‍वरका निम्ति बन्द छ, यदि तँ परमेश्‍वरलाई “हुँदैन” भन्छस्, र तेरो जीवनमाथिको उहाँको सार्वभौमिकता र योजना, साथै परमेश्‍वरले तेरो वरपर बन्दोबस्त गर्ने वातावरण, मानिसहरू, घटना र परिस्थितिलाई इन्कार गर्छस् भने, तँमा सत्यता पछ्याउने हृदयसमेत हुने छैन। मानिसहरूले परमेश्‍वरलाई गुमाउनु त वास्तवमा भयानक कुरा हो; यो तथ्य हो। परमेश्‍वरलाई गुमाउनेहरू केही पनि होइनन्। यदि व्यक्तिले आफ्नो हृदय परमेश्‍वरका लागि बन्द गर्छ भने, उसले परमेश्‍वरमा विश्‍वास गर्नेबारे फेरि सोच्ला, जुन उसले कुनै पनि समय र कुनै पनि ठाउँमा प्रकट गर्न सक्छ। यसको सबैभन्दा डरलाग्दो पाटो के हो भने, उसका यी सोचाइहरू झन्-झन् दह्रिलो बन्दै जाने छ, यहाँसम्म कि आफूले त्यागेका र खर्चेका सबै कुरा, अनि आफूले एकपटक गरेको सङ्कल्प र भोगेको कष्टको लागि पछुतोसमेत गर्ला। उसको अवस्था पहिलेको भन्दा एकदमै फरक हुने छ, मानौँ ऊ बिलकुलै बेग्लै व्यक्ति हो। यो कसरी हुन्छ? यदि कुनै व्यक्तिले परमेश्‍वरले उसको लागि प्रबन्ध गरेका मानिसहरू, घटना, परिस्थिति र, वातावरणलाई स्विकार्न हुन सक्यो भने, उसले शान्तिमय र आनन्दित जीवन जिउन सक्छ। यदि ऊ परमेश्‍वरले उसको लागि प्रबन्ध गरेका मानिसहरू, घटना, र परिस्थितिदेखि उम्कन खोज्छ, अनि आफू रहेको वातावरणलाई, जसमाथि परमेश्‍वरको सार्वभौकिता छ, स्विकार्न चाहँदैन भने यसबाट कस्तो अवस्था सिर्जना हुने छ? (दुःख र अन्धकार।) उसले अन्धकार, दुःख, वेदना, निरन्तर चिन्ता र उदासी अनुभव गर्ने छ। के यो आकाशपातालको फरक होइन र? (हो।) मानिसहरू राम्रो अवस्थामा हुनु त स्वर्गमा परमेश्‍वरसामु जिउनुसरह हो। तिनीहरू खराब अवस्थामा हुँदा, तिनीहरूको अवस्था झनै अन्धकार हुन्छ, र परमेश्‍वर तिनीहरूको पहुँचबाहिर रहनुहुन्छ। अन्धकार अवस्थामा जिउनु नरकमा जिउनु बराबर हो। के तिमीहरूले नरकको कष्ट कहिल्यै महसुस गरेका छौ? यो आनन्दायी हुन्छ कि असहनीय? (असहनीय।) कसरी तिमीहरू यसलाई एक वाक्यमा व्याख्या गर्छौ? (यो मृत्युभन्दा खराब हुन्छ।) सही हो, यो मृत्युभन्दा खराब हुन्छ। जिउनुभन्दा मर्नु निकै आनन्दायी हुन्छ, जिउनु एकदमै कष्टदायी हुन्छ। तैँले यसलाई एकदमै राम्ररी व्याख्या गरिस्; तरिका त्यही हो।

मानिसहरूले सामना गर्ने सबै कठिनाइ, अनि तिनीहरूको सबै नकारात्मकता र कमोजीर सिधै तिनीहरूको भ्रष्ट स्वभावसँग सम्बन्धित छन्। यदि तिनीहरूको भ्रष्ट स्वभाव हटाउन सकियो भने, तिनीहरूको विश्‍वासमा आइपर्ने सबै कठिनाइ कम वा धेरै हल हुने छ भनेर भन्‍न सकिन्छ: कुनै कुराले तिनीहरूलाई सत्यता खोज्न रोकावट दिने छैन, तिनीहरूले सत्यता अभ्यासमा कठिनाइहरू सामना गर्ने छैनन्, अनि तिनीहरूलाई परमेश्‍वरमा समर्पित हुन कुनै कुराले रोक्ने छैन। त्यसैले, भ्रष्ट स्वभावहरू हटाउनु महत्त्वपूर्ण छ। मानिसहरू सत्यताको पछि लागून् र इमानदार व्यक्ति बनून् भन्ने परमेश्‍वरको माग भ्रष्ट स्वभाव हटाउनु र स्वभाव परिवर्तन गर्नुसँग सम्बन्धित छ। सत्यता खोज्नुको उद्देश्य भ्रष्ट स्वभावको समस्या हल गर्नु हो, अनि स्वभाव परिवर्तन गर्न सत्यता पछ्याइन्छ। त्यसोभए, सत्यता कसरी खोज्ने? सत्यता कसरी प्राप्त गर्न सकिन्छ? मैले एकछिन अघि के भनेँ? (सबै थोकमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भनेर विश्‍वास गर्, अनि उहाँले बन्दोबस्त गरेको वातावरणलाई स्विकार्।) हो, विश्‍वास गर्, आज्ञापालन गर्, पाठ सिक्ने प्रयास गर्, सत्यता खोज्, र परमेश्‍वरले सिर्जना गरेको वातावरणमा आफ्नो कर्तव्य कायम राख्। परमेश्‍वरले सिर्जना गरेको वातावरणबाट तैँले पाठ सिक्न सकिस् भने, के तँलाई आज्ञापालन गर्न सजिलो हुने छैन र? (हुने छ।) तैँले सत्यता खोज्दा र पाठ सिक्दा, भ्रष्ट स्वभाव प्रकट गर्न छोड्ने छस् र गरम मिजास देखाउन आफूलाई रोक्ने छस्, के यो साँचो होइन र? यो प्रक्रियाको क्रममा, के तैँले तेरो लागि परमेश्‍वरले बन्दोबस्त गरेका मानिसहरू, घटना र परिस्थितिसँग व्यवहार गर्न मानव विधि र मानव सोचाइ प्रयोग गर्न छोड्ने छस्? यसरी, के तँ सामान्य अवस्थामा हुने छैनस् र? अनि जब तँ सामान्य अवस्थामा हुन्छस्, तब के तैँले परमेश्‍वरसामु निरन्तर जिउन सक्ने छैनस् र? त्यसपछि तँ सुरक्षित हुने छस्। यदि तँ प्रायः परमेश्‍वरसामु आउन, उहाँसामु निरन्तर जिउन, उहाँले तेरो लागि प्रबन्ध गरेको वातावरणमा उहाँको इच्छा बारम्बर खोज्न, अनि उहाँले बन्दोबस्त गरेका सबै मानिस, घटना र परिस्थितिलाई स्विकार्न सक्छस् भने, के तँ सदैव उहाँको आँखाको सामुन्ने, उहाँको हेरचाहमा जिउने छैनस् र? (जिउने छु।) जब तेरो भाग्य परमेश्‍वरको सार्वभौकिता अन्तर्गत हुन्छ, अनि उहाँद्वारा रेखदेख र व्यवस्थित गरिएको हुन्छ, जब तैँले हरेक दिन परमेश्‍वरको सुरक्षा पाउँछस्, तब के तँ सबैभन्दा आनन्दित व्यक्ति बन्ने छैनस् र? (त्यो सही हो।) यस विषयबारेको हाम्रो सङ्गति त्यसैमा टुङ्गिन्छ। अगाडि बढ्दै जाँदा, तिमीहरू सबैले यसबारे सँगै सङ्गति गर्न, अनि यसलाई सारसङ्क्षेप गरेर आफ्नो बुझाइ बाँड्न सक्छौ। आनन्दित जीवन कसरी जिउने र परमेश्‍वरमा कसरी स्वीकार्य हुने भनेर अय्यूबले जस्तै पत्ता लगा, ताकि परमेश्‍वरले तँलाई आफ्नो हृदयमा राख्नुहोओस् र तँ उहाँलाई मन पर्ने व्यक्ति होस् भनेर भन्नुहोओस्; अय्यूबले जस्तै जीवनको सही मार्गमा कसरी हिँड्ने भनेर पत्ता लगा, जुन परमेश्‍वरको भय मान्नु र शैतानदेखि अलग रहनु हो।

जनवरी २५, २०१७

अघिल्लो: परमेश्‍वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो

अर्को: जीवन वृद्धिका छ वटा सूचकहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्