जीवन वृद्धिका छ वटा सूचकहरू

के अहिले तिमीहरू सबैले आफ्‍नो जीवन प्रवेश सम्‍बन्धी मार्ग र वृद्धि पाएका छौ? के तिमीहरूलाई जीवन प्रवेशमा वृद्धि हुनुका लक्षणहरू के-के हुन् भन्‍ने थाहा छ? तेरो आत्मिक अवस्थामा आएका के-कस्ता परिवर्तनले, वा तेरो पहिलेको भन्दा फरक कुन प्रकटीकरणले तँलाई तँमा जीवन-वृद्धि छ भनेर महसुस गराउँछ, वा तँ वृद्धि भएको छस्, र तेरो स्वभाव परिवर्तन हुन थालेको छ भनेर तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई देखाउँछ? आत्मिक स्थितिलाई हेर्दा, जब कसैले आफ्‍नो जीवन प्रवेशमा वृद्धि अनुभव गर्छ, तब उसले परमेश्‍वरमा विश्‍वास गर्नेबारे अस्पष्ट महसुस गर्न छोड्छ, ऊ हिचकिचाउँदैन, र उसँग पछ्याउने मार्ग हुन्छ; उसलाई परमेश्‍वरमाथिको विश्‍वास मुक्तिका लागि हो भन्‍ने थाहा हुन्छ, र सत्यतालाई पछ्याउने मानिसहरूले मात्र मुक्ति पाउन सक्छन् भन्‍ने थाहा हुन्छ। सुरुमै यो मार्गलाई स्पष्टसँग देखेर त्यसमा पाइला चाल्दा यसले मानिसहरूको हृदयलाई शान्ति र आराम दिन्छ। के अहिले तिमीहरूको हृदयमा यो शान्ति र आराम छ? (छ। जब हामी मानिस, घटना, वा परिस्‍थितिहरू सामना गर्छौँ, र परमेश्‍वरको इच्छा बुझेर, हामीमा रहेका कमीहरूका लागि नै यी परिस्थितिहरूको बन्दोबस्त गरिएको—यी हामीलाई चाहिने कुरा हुन् भन्ने—देख्छौँ, त्यस बेला, हामीलाई मनमा शान्ति हुन्छ। तर जब हामीलाई कठिनाइहरू आइपर्छ र तिनलाई कसरी सम्‍हाल्‍ने भन्‍ने थाहा हुँदैन, तब हामी तर्सिन्छौँ।) तिमीहरूले कठिनाइहरू सामना गर्दा सामान्यतया तिमीहरूमा जस्तो स्थिति भए पनि, पहिले समग्र चित्रलाई हेर: आफ्‍नो हृदयमा, के तिमीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने मार्ग छनौट गर्नु सही हो, र यो स्वर्ग र पृथ्वी दुवैका सिद्धान्तहरू अनुरूप छ भन्‍ने लाग्दैन र? के तिमीहरूले यो मार्ग जीवनको सही मार्ग हो भन्‍ने निर्धारित गरिसकेका छैनौ र? के तिमीहरूमा दोधारमा नपरी निरन्तरता दिने सङ्कल्प र इच्छा छैन र? के तिमीहरूको स्थिति यस्तै छैन र? (छ।) यो एउटा बदलिँदो पक्ष हो, जुन तेरो जीवन वृद्धि भइरहेको छ भन्‍ने कुराको पहिलो सङ्केत हो। यसका साथै, विभिन्‍न मामलाहरूका सन्दर्भमा भन्—उदाहरणका लागि, मानिस संसार, यो समाज, जीवनको बाटो, जीवनको लक्ष्य र दिशा, जीवनप्रतिको तेरो अर्थ र मूल्य-मान्यताहरू—के यी कुराहरूका बारेमा तिमीहरूको विचार र दृष्टिकोणमा कुनै परिवर्तन आएका छन्? (केही परिवर्तनहरू आएका छन्।) जब मानिसहरूले नियमित रूपमा प्रवचनहरू सुन्छन्, तब तिनीहरूको कर्तव्य निर्वाहमा, आनीबानी र व्यवहारमा, र सोचाइहरूमा केही परिवर्तन आएका हुन्छन्; तर के तिनीहरूले मानिस, मामला, र जीवनका लक्ष्य र उद्देश्यप्रतिको आफ्‍नो दृष्टिकोण साँच्‍चै परिवर्तन गरिरहेका हुन्छन्? यदि तिनीहरू यस सन्दर्भमा परिवर्तन हुन्छन् भने, यो जीवन प्रवेशसँग सम्‍बन्धित हुन्छ। तँ जुन हदसम्‍म परिवर्तन भएको छस्, त्यो तँमा जीवन प्रवेश कति मात्रामा छ भन्‍ने कुराको प्रमाण हो। यस पक्षका बारेमा धेरै मानिसहरू अझै पनि भ्रमित हुन्छन्। तिनीहरू मानिस वा परिस्‍थितिहरूलाई हेर्न जान्दैनन्, न त तिनीहरू आफूले सामना गर्ने परिस्‍थिति र अवस्थाहरू अनुभव गर्न भन्ने नै जान्दछन्। तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गर्नुभन्दा पहिलेको समयको तुलनामा, झट्ट हेर्दा, तिनीहरूले सत्यतासँग मिल्ने केही सही दृष्टिकोणहरू स्विकारेका छन् भन्‍ने देखिन्छ, तर परिस्थितिहरू सामना गर्दा, तिनीहरू तिनलाई लागु गर्न जान्दैनन्, र तिनीहरूले ती कुराहरूलाई परिस्थितिहरूसँग मिलाउन सक्दैनन्। के यो साँचो परिवर्तन हो? (होइन।) यो साँचो परिवर्तन होइन। व्यक्तिले आफ्‍नो जीवन प्रवेशमा वृद्धि अनुभव गरेको छ कि छैन भनेर हेर्नका लागि कति वटा सूचकहरू उल्‍लेख गरिएको छ? (दुई वटा।) दर्शन र सिद्धान्तहरूको सत्यतासँग सम्‍बन्धित पहिला दुई सूचकहरू यिनै हुन्।

कसैले आफ्‍नो जीवन प्रवेशमा वृद्धि अनुभव गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्दा, अभ्याससँग सम्‍बन्धित अरू धेरै सूचकहरूलाई हेर्न सकिन्छ,। पहिलो, सबैभन्दा प्रारम्‍भिक र आधारभूत सूचक यो हो: हरेक दिन, तँ जुन काममा व्यस्त भए पनि वा तैँले जुन कर्तव्य निर्वाह गरिरहेको भए पनि, परमेश्‍वरको अघि तेरो हृदय कति समय शान्त हुन्छ, र उहाँको उपस्थितिमा जिउँछ। यो अनुपात अत्यन्तै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका वचनहरू पढ्न वा उहाँलाई प्रार्थना गर्न केही समय नछुट्टयाइ, सत्यतामा मनन नगरी आफूलाई बाहिरी मामलाहरूमा व्यस्त राखेर अनि आफ्‍नो हातमुख जोड्न काम गरेर नै लगभग सारा दिन बिताउँछस् भने, परमेश्‍वरसँगको तेरो सम्‍बन्ध अस्वाभाविक छ; परमेश्‍वरका निम्ति तेरो हृदयमा कुनै ठाउँ छैन, र परमेश्‍वरमाथिको विश्‍वासलाई तँ महत्त्वपूर्ण कुराका रूपमा लिँदैनस्। यदि तेरो हृदय सधैँ यस्तो स्थितिमा रहन्छ भने, तँ परमेश्‍वरबाट झन्-झन् टाढा हुनेछस्, उहाँमाथिको तेरो विश्‍वास घट्दै जानेछ, र परिस्थितिहरू आइपर्दा तँ निष्क्रिय र कमजोर हुनेछस्। यस्तो भयो भने, तेरो भित्री स्थिति झन्-झन् अस्वाभाविक हुँदै जानेछ। भन्‍नुको अर्थ, तँ परमेश्‍वरलाई विश्‍वास गर्ने स्थितिमा भए पनि वा नभए पनि, तँमा परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिमा हुनुपर्ने सामान्य स्थिति भए पनि वा नभए पनि, तँ यस्तो सामान्य स्थितिमा कति समय जिउँछस्, र तेरो हृदयलाई ओगट्ने भौतिक जीवनका धेरै मामलाबाहेक, तैँले परमेश्‍वरको अघि कति समय बिताउँछस्—अभ्याससम्‍बन्धी पहिलो सूचक यही हो। कतिपय मानिसहरूले आफ्‍नो भौतिक जीवनमा बाहेक, परमेश्‍वरका वचनहरू पढ्नमा वा सत्यतामा सङ्गति गर्नमा निकै थोरै समय खर्चन्छन्न्। प्रायजसो, तिनीहरू सांसारिक मोजमस्तीका लागि जिउँदै बाहिरी मामलाहरूमा आफ्‍नो जीवन व्यतित गर्छन्। के यो भ्रष्ट स्वभावमा जिउनु होइन र? यदि कुनै व्यक्ति प्रायजसो भ्रष्ट स्वभावमा जिउँछ भने, परमेश्‍वरविरुद्धको उसको प्रतिरोध र विद्रोह बढ्नेछ, जसले गर्दा परमेश्‍वरसँगको उसको सम्‍बन्ध अस्वाभाविक हुनेछ, जुन उहाँसँग कुनै सम्‍बन्ध नहुनु बराबर हो। त्यसोभए, परमेश्‍वरसँगको सामान्य सम्बन्ध जगेर्ना गर्नु र त्यसलाई कायम राख्‍नु महत्त्वपूर्ण छ कि छैन? (महत्त्वपूर्ण छ।) यो कति महत्त्वपूर्ण छ? यो कहाँ महत्त्वपूर्ण छ? (यदि व्यक्तिले कर्तव्य पूरा गर्ने क्रममा उसको हृदयमा परमेश्‍वरका निम्ति कुनै ठाउँ हुँदैन भने, उसले आफैमा भर परिरहेको हुन्छ, र यो सत्यताको अभ्यास गर्नु हुँदै होइन। तिनीहरूले यसरी जीवन प्रवेश पाउन सक्दैनन्।) सायद तिमीहरूले सैद्धान्तिक हिसाबमा यसलाई बुझ्‍न सक्छौ होला, तर तिमीहरूले व्यावहारिक पक्षबारे स्पष्ट रूपमा बोल्न सक्दैनौ; मेरो तात्पर्य के हो भने, धेरैजसो मानिसहरूले सत्यताको यो पक्ष स्पष्टसँग बुझेका र जानेका हुँदैनन्, र तिनीहरूसँग यसबारे थोरै अवधारणागत ज्ञान मात्रै छ, होइन र? (हो।) त्यसोभए, म तिमीहरू सबैलाई सोध्छु, यदि परमेश्‍वरको विश्‍वासीले आफ्‍नो व्यवहार, बोलीवचन, आनीबानीमा, वा आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा परमेश्‍वरमाथिको विश्‍वाससँग वा परमेश्वर स्वयम्‌सँग प्रायजसो कुनै सरोकार राख्दैन भने, के उसले गर्ने कुराहरू सत्यतासँग सम्‍बन्धित हुन्छ? (हुँदैन।) तिनीहरूले यो सब कसका लागि गरिरहेका हुन्छन्? तिनीहरू कुन जगमा बसालिएका हुन्छन्? तिनीहरूको सुरुवाती विन्दु, उत्प्रेरणा, उद्देश्य, र सिद्धान्तहरू कहाँबाट आएका हुन्छन्? यदि कुनै व्यक्तिले परमेश्‍वरसँग सामान्य सम्‍बन्ध राख्‍न सक्दैन, र उसले गर्ने कुनै पनि कार्य परमेश्‍वरसँग सम्‍बन्धित छैन भने, उसले कार्य गर्नका लागि के कुरामा भर परिरहेको हुन्छ? उसको कार्यको स्रोत के हुन्छ? (शैतानिक दर्शनहरू।) तिनीहरू कार्य गर्नका लागि शैतानी दर्शनहरूमा भर पर्छन्, यति कुरा स्पष्ट छ। व्यक्तिले कार्य गर्ने र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा गर्ने कार्य र देखाउने व्यवहार परमेश्‍वरसँग सम्‍बन्धित छैन भने—र यसको तात्पर्य सत्यतासँग तिनीहरूको कुनै सम्‍बन्ध छैन भन्‍ने हुन्छ भने—तिनीहरू दैनिक रूपमा व्यस्त हुँदा तिनीहरूले के कुरामा भर परिरहेका हुन्छन्? तिनीहरूले कार्य गर्न, आफ्‍नो कर्तव्य पूरा गर्न, जिउन, र आफ्‍नो आचरणमा शैतानका विषहरू र तिनीहरूको शैतानी, भ्रष्ट स्वभावमा भर परिरहेका हुन्छन्। व्यक्तिको जीवन प्रवेशमा वृद्धि भइरहेको छ कि छैन भनेर मापन गर्ने तेस्रो सूचक यही हो—छोटकरीमा भन्दा, यो कपरमेश्‍वरसँग व्यक्तिको सम्‍बन्ध सामान्य छ कि छैन भन्‍ने कुरा हो।

व्यक्तिले आफ्‍नो जीवन प्रवेशमा वृद्धि र परिवर्तन अनुभव गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्नका लागि प्रयोग गर्न सकिने अभ्यासको थप एउटा सूचक छ। यो के हो सोच्‍न सक्छौ? (के यो तिनीहरूको जीवनमा परिस्थितिहरू आइपर्दा, तिनीहरूले यो परमेश्‍वरले योजनाबद्ध र बन्दोबस्त गर्नुभएको हो भनेर विश्‍वास गर्छन्, र हृतिनीहरूसँग समर्पित हृदय हुन्छ भन्‍ने तथ्य होइन र?) ठीक भन्यौ, त्यो सूचक भनेको समर्पित हृदय हुनु हो; कुनै व्यक्ति मानिस, परिस्थिति, र घटनाहरूप्रति कति समर्पित छ, र ऊ कुन हदसम्‍म समर्पित हुन सक्छ भन्ने कुरालाई हेरेर यसको मूल्याङ्कन हुन्छ। कुनै कुरा आइपर्दा व्यक्ति समर्पित हुन सक्छ कि सक्दैन, कुन हदसम्‍म समर्पित हुन सक्छ, र परमेश्‍वरका सबै योजनाबद्ध कार्यहरूमा समर्पित भएपछि उसले के-कस्ता सत्यताहरू प्राप्त गर्न सक्छ—यो तथ्यले व्यक्तिको जीवन प्रवेशको कुन पक्षलाई जाँच गर्छ? (यसले तिनीहरूमा साँचो विश्‍वास छ कि छैन भन्‍ने कुरालाई जाँच गर्छ।) यसले तिनीहरूले परमेश्‍वरमा साँचो विश्‍वास गर्छन् कि गर्दैनन् भन्ने कुरालाई जाँच गर्छ, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास कति विशाल छ भन्ने कुरालाई जाँच गर्छ; त्यो यसको एउटा पक्ष हो। अरू केही छ? (परमेश्‍वरको डर।) यसले मानिसहरूमा परमेश्‍वरको डर छ कि छैन भन्‍ने जाँच गर्छ, त्यो अर्को पक्ष हो। अरू के छ? (तिनीहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन्।) ठीक भन्यौ, यसले तिनीहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन्, तिनीहरूले सत्यता अभ्यास गर्छन् कि गर्दैनन् भन्‍ने कुरालाई पनि जाँच गर्छ। समग्रमा, यी तीन वटा पक्षहरू हुन्। तँ समर्पित हुन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तँलाई केही कुरा आइपर्दा तेरो मनोवृत्ति कस्तो हुन्छ, तँ प्रतिरोधी हुन्छस् कि स्वीकार गर्ने हुन्छस् भन्ने कुरामा निर्भर हुन्छ; सबैभन्दा आधारभूत कुरा त्यही हो। कहिलेकाहीँ, कुनै कुरा आइपर्दा, तँमा समर्पित मनोवृत्ति हुनसक्छ, तर कुराहरू तेरा धारणाहरू अनुरूप भएनन् भने, समर्पित हुनका लागि तैँले केही प्रयास गर्नुपर्ने हुन्छ; यदि यो कार्य तेरो स्वाद अनुरूप छ र तैँले यसबाट फाइदा लिन सक्छस् भने, तँलाई समर्पित हुन सहज हुनेछ। के यसको अर्थ तँ पर्याप्त रूपमा समर्पित छैनस् भन्‍ने हुँदैन र? के कहिलेकाहीँ वा क्षणिक रूपमा हुने समर्पणले परमेश्‍वरप्रतिको साँचो समर्पणलाई जनाउँछ? परमेश्‍वरबाट र परमेश्‍वरका बन्दोबस्तहरूबाट आउने कुराहरूका हकमा, तैँले केही कुरा स्विकार्न सक्छस्, र अरू कुरा स्विकार्न सक्दैनस्। यो एउटा समस्या हो। के यो परमेश्‍वरविरुद्धको स्पष्ट विद्रोह होइन र? उदाहरणका लागि, मानौँ परमेश्‍वरले तँलाई मूर्ख भन्‍नुभयो, तब तैँले कस्तो प्रतिक्रिया दिन्छस्? तैँले एक क्षण, “परमेश्‍वरका वचनहरू पक्‍कै त्रुटिपूर्ण छैनन्” भन्‍ने सोच्छस्, त्यसपछि यसलाई आफ्‍नो हृदयमा स्विकारेर, परमेश्‍वरका वचनहरूप्रति आमेन भन्छस्। यसरी, तँ लगभग असी-नब्‍बे प्रतिशत समर्पित भएको हुनेछस्, तर यस अनुभवको प्रक्रियामा, तँलाई कहिलेकाहीँ म निकै बाठो छु, र मूर्ख छैनँ भन्‍ने लाग्‍न सक्छ—यो बाँकी दश प्रतिशत हो, जसले तँलाई पूर्ण रूपमा समर्पित हुनबाट रोक्छ। यस्तो सामान्य स्थिति हो। अनुभवको कुन विन्दुमा तैँले यो भनाइलाई राम्ररी बुझ्नेछस्? (एक दिन, जब हामीलाई खुलासा गरिन्छ, हामीले आफू मूर्ख भएको महसुस गर्नेछौँ, र आफ्‍नो बारेमा साँचो ज्ञान पाउनेछौँ, त्यस बेला।) ठीक भन्यौ। जब तिमीहरूले आफ्‍नो प्रकृति, स्वभाव, र व्यवहारका सिद्धान्तहरूका बारेमा, साथै तिमीहरूको मानवताको गुणस्तर र तिमीहरूको क्षमताका बारेमा केही ज्ञान प्राप्त गरेका हुन्छौ, तब तिमीहरूले यो महसुस गर्नेछौ: “म मूर्ख हुँ! मेरा सोचाइहरू स्पष्ट छँदै छैनन्, न त म स्पष्ट रूपमा बोल्छु; म मामलाहरूलाई त्यति राम्ररी सम्‍हाल्दिनँ, र म आफूलाई आइपरेका कुराहरूलाई अलमल्ल पर्दै सम्‍हाल्छु; म कुनै पनि कुरालाई गम्‍भीरताका साथ लिँदिनँ, र लिए पनि, म बुझ्दिनँ—मूर्ख व्यक्ति त्यस्तै हुन्छ!” तैँले जति अनुभव गर्छस्, परमेश्‍वरका वचनहरू सही छन्, र उहाँले तेरो बारेमा नै बोलिरहनुभएको हो भन्‍ने कुरा त्यति नै महसुस गर्नेछस्; तँ झन्-झन् यी वचनहरूप्रति समर्पित हुँदै जानेछस्। यी वचनहरूका हकमा मानिसहरूमा स्विकार गर्ने प्रक्रिया हुन्छ, तर परमेश्‍वरले चाहनुहुने पहिलो कुरा के हो? परमेश्‍वरले तँलाई मूर्ख भन्‍नुहुँदा, उहाँले तँबाट विरोधी र लापरवाह मनोवृत्ति चाहनुहुन्छ कि स्वीकार गर्ने मनोवृत्ति चाहनुहुन्छ? (स्वीकार गर्ने मनोवृत्ति।) परमेश्वर मानिसहरूमा स्वीकार गर्ने मनोवृत्ति होस् भन्‍ने चाहनुहुन्छ। मानिसहरूमा त्यस्तो स्थिति हुनैपर्छ, अर्थात् तिनीहरूलाई जति धेरै थाहा भए पनि, तिनीहरूले सुरुमा स्वीकार गर्न र समर्पित हुन सिक्‍नुपर्छ। तैँले आफू थोरै मात्रै मूर्ख छु, परमेश्‍वरले भन्‍नुभएको जस्तो पूरै मूर्ख छैनँ भन्‍ने सोच्छस् होला, तैपनि तैँले यो कुरालाई स्विकार्नुपर्छ। अनुभवको क्रममा, स्वभाव परिवर्तनको खोजी गर्ने क्रममा, तैँले क्रमिक रूपमा आफ्‍नो मानवता, आफ्‍नो भ्रष्ट स्वभावको प्रस्फुटन, आफ्‍नो मनोवृत्ति र कार्यका परिणामहरू, र आफ्‍नो कर्तव्य पूरा गर्दा तँमा आउने सबै स्थितिहरूको ज्ञान प्राप्त गर्दै जानेछस्। तैँले तँ थोरै मात्रै होइन, र सानो होइन, तर साँच्‍चै मूर्ख रहेको थाहा पाउनेछस्। यो बेला, परमेश्‍वरले खुलासा गर्नुभएको मूर्ख व्यक्तिप्रति तँमा कुनै विचार वा प्रतिरोध हुनेछैन, न त तँसँग कुनै धारणा हुनेछ, अनि तैँले यस कुरालाई स्विकार्न सक्‍नेछस्। परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइमा खोज्‍नुहुन्छ। परमेश्‍वरले गर्नुभएको खुलासालाई तँ तथ्यका रूपमा स्विकार्छस् कि निन्दाका रूपमा? (तथ्यका रूपमा।) त्यसोभए तँ यसलाई सत्यताका रूपमा स्विकार्छस्? वास्तवमा, परमेश्‍वरले गर्नुभएको मानिसका खुलासाहरू सबै सत्यताअनुरूप छन्, ती सत्यता हुन्, र मानिसहरूले तिनलाई सत्यताको रूपमै स्विकार्नुपर्छ। कतिपय मानिसहरूले भन्छन्: “के ‘मूर्ख’ भन्‍ने शब्‍द सत्यता हो?” यसलाई कसरी व्याख्या गर्ने? वास्तवमा, यो शब्‍द सत्यता होइन, तर यो शब्‍दको सार चाहिँ सत्यता हो—परमेश्‍वरले यस्तो स्वभावबारे दिनुहुने परिभाषा र गर्नुहुने मूल्याङ्कनचाहिँ सत्यता हो। तथ्य त्यही हो। तिमीहरू मूर्ख हौ भनेर भन्दा, तिमीहरूले यसलाई तिमीहरूको हालको कदअनुसार स्विकार्न सक्‍छौ। के “मूर्ख” भन्‍ने शब्‍द अपमानजनक छ? (छैन।) किन छैन? (किनभने यो तथ्य हो।) कतिपय मानिसहरूले हृदयमा यस्तो नसोच्‍न सक्छन्, र तिनीहरूले भन्छन्: “मूर्ख भन्‍ने शब्‍द लगभग सुन्दर र सभ्य छ, र यो श्राप होइन, त्यसैले हामीले किन यसलाई नस्विकार्ने? हामीले योभन्दा कठोर शब्‍दहरू सुनेका छौँ—हामीले तिनलाई स्विकार्न सक्छौँ, त्यसैले हामीले यस्तो शिष्ट शब्‍दलाई अझै कतिसम्‍म स्विकार्न सक्‍नुपर्छ?” के यसको तात्पर्य तिमीहरूलाई केही कुराले पनि असर गर्दैन, त्यसकारण त्यस्तो शिष्ट र सभ्य शब्‍द तिमीहरूलाई बल्छीको काँडा जस्तो लाग्दैन भन्‍ने हुँदैन र? के यस्तै होइन र? वास्तवमा, त्यस्तो होइन। कुनै शब्‍द शिष्ट भए पनि वा कठोर भए पनि, यदि तँलाई तँ त्यस्तो व्यक्ति होइनस् भन्‍ने लाग्छ, यदि तँलाई मूल्याङ्कनका शब्‍दहरू सही हुन् कि होइनन् भन्ने थाहा छैन, त्यो तेरो सार हो कि होइन भन्ने थाहा छैन भने, शब्‍द मीठो र शिष्ट भए पनि, तैँले त्यसलाई स्विकार्न सक्दैनस्। यो कुरा व्यक्तिले सत्यतालाई स्विकार्न सक्छ कि सक्दैन भन्ने समस्यासँग, र ऊसँग आफ्‍नो प्रकृति र सारबारे साँचो ज्ञान छ कि छैन भन्ने समस्यासँग पनि सम्‍बन्धित छ। तिमीहरूले यसभन्दा पहिले योभन्दा कठोर शब्‍दहरू सुनेका छौ, र तिमीहरूले झनै कठोर शब्‍दहरू स्विकारेका, भोगेका, र मानिलिएका छौ, त्यसकारण “मूर्ख” भन्‍ने कम कठोर शब्‍दले तिमीहरूलाई झिज्याउँदैन, तर वास्तवमा तिमीहरूले साँचो रूपमा यो शब्‍दलाई आफूमा लागू गरिरहेका छैनौ। यो साँचो समर्पण र स्वीकारको मनोवृत्ति होइन। यदि तैँले यो वचनलाई साँच्‍चै सत्यताका रूपमा स्विकारेर आफूमा लागू गर्न सकेको भए, तेरो आत्मज्ञान अझै गहन हुनेथियो। जब परमेश्‍वरले तँलाई मूर्ख भन्‍नुहुन्छ, तब उहाँले तँलाई कुनै अभिव्यक्ति, वा शब्‍द, वा परिभाषा स्विकार्न लगाइरहनुभएको हुँदैन—उहाँले तँलाई यसभित्र रहेको सत्यतालाई बुझ्न लगाइरहनुभएको हुन्छ। त्यसकारण जब परमेश्‍वरले कसैलाई मूर्ख भन्‍नुहुन्छ, तब त्यसभित्र कुन सत्यता लुकेको हुन्छ? सबैले “मूर्ख” भन्‍ने शब्‍दको सतही अर्थ बुझेका हुन्छन्। तर जहाँसम्‍म मूर्खका प्रकटीकरण र स्वभावहरू के-के हुन्, मानिसहरूले गर्ने के-के कुरा मूर्ख हुन् र के-के कुरा मूर्ख होइनन्, परमेश्‍वरले किन मानिसहरूलाई यसरी खुलासा गर्नुहुन्छ, मूर्खहरू परमेश्‍वरको अघि आउन सक्छन् कि सक्दैनन्, मूर्खहरूले सिद्धान्तअनुसार काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूले सही के हो र गलत के हो भन्‍ने कुरा बुझ्‍न सक्छन् कि सक्दैनन्, परमेश्‍वरले के कुरालाई प्रिय ठान्‍नुहुन्छ र के कुरालाई घिनाउनुहुन्छ भन्ने कुरा तिनीहरूले खुट्ट्याउन सक्छन् कि सक्दैनन्—प्रायजसो, मानिसहरूलाई यी कुराहरूका बारेमा स्पष्टसँग थाहा हुँदैन; तिनीहरूका लागि यी कुराहरू अस्पष्ट र गलत रूपमा परिभाषित अनि पूर्ण रूपमा अपारदर्शी हुन्छ। उदाहरणका लागि: मानिसहरूलाई प्रायजसो यो कुरा थाहा हुँदैन—यो कुरा तिनीहरूलाई स्पष्ट रूपमा थाहा हुँदैन—निश्‍चित तरिकाले कुनै काम गर्नु भनेको नियमहरू पालना गर्नु हो कि सत्यताको अभ्यास गर्नु हो, यो कुरा थाहा हुँदैन। कुनै कुरा परमेश्‍वरका लागि प्रिय हुन्छ कि त्यसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, त्यो पनि तिनीहरूलाई थाहा हुँदैन—स्पष्ट हुँदैन। निश्‍चित तरिकाले अभ्यास गर्दा त्यो मानिसहरूलाई नियन्त्रणमा राख्‍नु हो कि सामान्य रूपमा मानिसहरूलाई सत्यतामा सङ्गति दिएर सहयोग गर्नु हो भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। मानिसहरूप्रति तिनीहरूले गर्ने व्यवहारको पछाडि रहेका सिद्धान्तहरू सही छन् कि छैनन्, र तिनीहरूले मित्रहरू बनाउने प्रयास गरिरहेका छन् कि मानिसहरूलाई सहयोग गर्ने प्रयास गरिरहेका छन् भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। निश्‍चित तरिकाले कार्य गर्नु भनेको सिद्धान्त पालना गर्नु र आफ्‍नो स्थानमा खडा हुनु हो कि, अहङ्कारी र आत्म-धर्मी हुनु, अनि धाक देखाउनु हो भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। कतिपय मानिसहरूसँग अरू केही काम नहुँदा, तिनीहरूलाई ऐनामा हेरिरहन मन पर्छ; तिनीहरूलाई यो आत्ममोह र घमण्ड हो कि सामान्य कुरा हो भन्ने थाहा हुँदैन। कतिपय मानिसहरू झडङ्ग रिसाउँछन् र अनौठो व्यवहार गर्छन्; के तिनीहरूले यो तिनीहरूमा खराब स्वभाव हुनुसँग सम्बन्धित छ कि छैन भन्‍ने कुरा छुट्याउन सक्छन्? मानिसहरूले यी आम रूपमा देखिने र सामना गरिने कुराहरूका बीचमा समेत भिन्‍नता छुट्याउन सक्दैनन्—तैपनि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेर धेरै कुरा प्राप्त गरेका छौँ भनी भन्छन्। के यो मूर्खता होइन र? त्यसोभए के तिमीहरूले आफूलाई मूर्ख भनिने कुरास्विकार्न सक्छौ? (सक्छौँ।) अहिले, धेरैजसो मानिसहरूले यो कुरा स्विकार्न सक्छन् जस्तो देखिन्छ। तिमीहरूले यो कुरा स्विकारेपछि के गर्नुपर्छ? तिमीहरूले यसलाई तिमीहरूको आफ्‍नै स्थितिसँग तुलना गर्नुपर्छ र तिमीहरू कुन-कुन कुराहरूमा मूर्ख भइरहेका छौ, र कुन-कुन कुरामा स्पष्ट भइरहेका छौ भनेर विशेष रूपमा मनन गर्नुपर्छ। यस कुरालाई आफ्‍नै स्थितिसँग तुलना गर, आफ्‍नै भ्रष्टतालाई खोतलेर निकाल, त्यसपछि यी मामलाहरूमा आफूलाई चिन, अनि मूर्खहरूको दर्जामा राखिन पनि इच्छुक बन। तिमीहरूलाई यस्तो अभ्यास कस्तो लाग्छ? के यो ज्ञान पूर्ण छ? (छैन। हामीले सत्यतालाई पछ्याउनुपर्छ, र यस पक्षमा परिवर्तन अनुभव गर्नुपर्छ।) ठीक भन्यौ। अनि के तिमीहरू आफ्‍नो सारा जीवन मूर्ख बन्‍न चाहन्छौ? (चाहँदैनौँ।) कोही पनि मूर्ख बन्‍न चाहँदैन। वास्तवमा, यसरी सङ्गति र विश्‍लेषण गर्नुको उद्देश्य तिमीहरूलाई मूर्खका रूपमा आफूलाई वर्गीकरण गर्न लगाउनका लागि होइन; परमेश्‍वरले तिमीहरूलाई जसरी परिभाषित गर्नुभए पनि, तिमीहरूबारे जे-जस्तो खुलासा गर्नुभए पनि, तिमीहरूलाई जसरी न्याय गर्नुभए र सजाय दिनुभए पनि, वा निराकरण र काटछाँट गर्नुभए पनि, अन्तिम उद्देश्य भनेको तिमीहरूलाई ती स्थितिहरूबाट उम्‍कन, सत्यता बुझ्‍न, सत्यता प्राप्त गर्न, र मूर्ख नहुने प्रयास गर्न लगाउनु हो। त्यसकारण तिमीहरू मूर्ख हुन चाहँदैनौ भने तिमीहरूले के गर्नुपर्छ? तिमीहरूले सत्यताको खोजी गर्नैपर्छ। सर्वप्रथम, तिमीहरू कुन-कुन विषयमा मूर्ख छौ, कुन-कुन विषयमा तिमीहरूले सधैँ धर्मसिद्धान्त प्रचार गरिरहेका हुन्छौ, सधैँ धर्मसिद्धान्तका सिद्धान्त र शब्‍दहरूमा अलमलिरहेका हुन्छौ, र तथ्यहरूको सामना गर्दा हक्‍का न बक्‍क भएर हेरिरहेका हुन्छौ भन्ने कुरा जान्‍नुपर्छ। जब तिमीहरूले यी समस्याहरू समाधान गर्छौ र सत्यताको हरेक पक्षबारे स्पष्ट हुन्छौ, तब तिमीहरू मूर्ख हुने समय घट्दै जानेछ। जब तँ हरेक सत्यतालाई स्पष्ट रूपमा बुझ्छस्, जब तँ आफूले गर्ने कार्यमा बन्धनमा परेको हुँदैनस्, जब तँमाथि लगाम लगाइएको वा तँ सीमिततामा परेको हुँदैनस्—जब तँलाई केही कुरा आइपर्दा, तँ अभ्यास गर्ने सही सिद्धान्तहरू खोज्न र परमेश्‍वरलाई प्रार्थना गरेपछि सिद्धान्तअनुसार साँचो रूपमा कार्य गर्न सक्छस्, सत्यताको खोजी गर्छस्, वा सङ्गति गर्नका लागि कसैलाई भेट्छस्, तब तँ मूर्ख बन्‍न छोड्नेछस्। यदि कुनै कुरा तँलाई स्पष्ट भयो, र तैँले सही रूपमा सत्यताको अभ्यास गर्न सक्छस् भने, त्यस विषयमा तँ मूर्ख हुनेछैनस्। मानिसहरूले आफ्‍नो हृदयमा स्वाभाविक अन्तर्दृष्टि पाउन चाहन्छन् भने तिनीहरूले सत्यता नबुझी हुँदैन।

परमेश्‍वरले मानिसहरू मूर्ख छन् भनी भन्‍नुहुन्छ, र सायद सुरुमा तिनीहरूले यसलाई स्विकार्न नसक्लान्सक्दैनन्, तर केही समय बितेपछि, तिनीहरूले साँच्‍चै केही पनि स्पष्टसँग बुझेका छैनन् भन्‍ने कुरा महसुस गर्छन्; तिनीहरू झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूलाई खुट्ट्याउन जान्दैनन्; तिनीहरूलाई आफू निकै मूर्ख छु, र आफ्‍नो क्षमता कमजोर छ भन्‍ने लाग्छ, त्यसकारण तिनीहरू यसलाई स्विकारेर यसमा समर्पित हुन्छन्। “मूर्ख” भन्‍ने शब्‍द तुलनात्मक रूपमा राम्रो सुनिने, सुन्दर शब्‍द हो, र मानिसहरूले केही समय बिताएपछि मात्रै यसलाई स्विकार्न सक्छन्; तिनीहरूलाई योभन्दा नराम्रो सुनिने र खराब शब्‍दहरू स्विकार्न गाह्रो हुन सक्छ। परमेश्‍वरका वचनहरूमध्ये, कति वचनले मानिसहरूको खुलासा र न्याय गर्दा त्यसले व्यक्तिगत रूपमा घोच्‍न सक्छ; ती वचनहरू अझै कठोर हुन्छन्। प्रायजसो मानिसहरूमा अत्यन्तै कमजोर कद हुने हुनाले यसलाई स्विकार्न सक्दैनन्। यी वचनहरू सुनेपछि, तिनीहरूलाई पिडा हुन्छ र दुःख लाग्छ; तिनीहरूलाई तिनीहरूको इज्‍जतमा चोट पुगेको छ, तिनीहरूको अपरिपक्‍व हृदय उद्दीप्त भएको छ र त्यसमा घाउ भएको छ भन्‍ने महसुस हुन्छ। तिमीहरूलाई कुन शब्‍दहरू सुन्न निकै असहज लाग्छ, कुन शब्दहरूले परमेश्‍वरले ती बोल्‍नु हुँदैन भन्‍ने महसुस गराउँछ, र तिमीहरूले कुन शब्दहरू स्विकार्न सक्दैनौ? उदाहरणका लागि: फोहोर, कीरा, फोहोरी पिशाच, सुँगुरभन्दा पनि खराब, वा कुकुर, पशु, इत्यादि। धेरैजसो मानिसहरूलाई यी शब्‍दहरू स्विकार्न सहज हुँदैन जस्तो लाग्छ। के सभ्य मानिसहरूले यस्ता शब्‍दहरू सहजै बोल्छन्? तिमीहरू सबै सुशिक्षित छौ। तिमीहरू सबैले आफ्नो बोलीमा परिष्कृत र सन्तुलित हुनमा र आफूले बोल्नेतरिकामा ध्यान दिन्छौ: तिमीहरू चतुर छौ, र तिमीहरूले अरूको मर्यादा र स्वाभिमानमा हानि नपुर्‍याउन सिकेको छौ। आफ्ना वचन र कार्यहरूमा तिमीहरू मानिसहरूका निम्ति चलाकी गर्ने ठाउँ छोड्छौ। मानिसहरूलाई सहज महसुस गराउन तिमीहरू सबै कुरा र्छौ। तिमीहरू उनीहरूका दाग वा कमीकमजोरीहरू प्रकट गर्दैनौ, र तिमीहरू उनीहरूलाई दुःखी बनाउने वा लज्‍जित पार्ने कोसिस गर्दैनौ। धेरै मानिसहरूले व्यवहार गर्ने पारस्परिक सिद्धान्त यही हो। अनि, यो कस्तो सिद्धान्त हो? (यो मान्छेलाई खुसी पार्ने बन्‍नु हो; यो छली र कुटिल कुरा हो।) यो षड्यन्त्रकारी, कुटिल, विश्‍वासघाती र कपटी कुरा हो। मानिसहरूका हँसिला अनुहारहरूपछाडि धेरै दुर्भावनापूर्ण, कपटी र घृणित कुराहरू लुकेका हुन्छन्। उदाहरणका लागि, केही मानिसहरू अरूसँग कुराकानी गर्दा, त्यो व्यक्तिको अलिकति हैसियत छ भन्ने देख्‍नेबित्तिकै तिनीहरूले हृदयमा सोच्छन्: “जब म तिनीहरूसँग बोल्छु, तब मैले राम्रो सुनिने शब्‍दहरू चुन्नुपर्छ, नत्र मैले तिनीहरूको मर्यादामा चोट पुर्‍याउन सक्छु—तिनीहरूले मलाई सजाय दिए भने के गर्ने?” तिनीहरू केही बोल्दैनन्, वा बोले पनि, युक्ति लगाएर, मीठो शैलीमा चापलुसी गर्दै बोल्छन्। भेट्दा, तिनीहरूले भन्छन्: “अँ! मैले तपाईं जस्तो सुन्दर व्यक्ति कहिल्यै देखेको छैनँ। तपाईं त परी हो कि क्या हो? तपाईं यति सुन्दर हुनुहुन्छ कि तपाईंलाई मेकअप पनि चाहिँदैन; तपाईंले मेकअप गर्नुभयो भने त अतुलनीय रूपमा सुन्दर देखिनुहुनेछ। तपाईंको ज्यान हेरौँ न,तपाईंलाई जे लगाए पनि सुहाउँछ! यस्तो सुन्दर, राम्रो लुगा त तपाईं जस्तै मानिसहरूका लागि बनाइएको होला!” तिनीहरू निकै मीठो बोल्छन्, त्यसैले तिनीहरूलाई सुन्‍ने कुनै पनि व्यक्तिले सहज महसुस गर्छन्, तर के तिनीहरूले साँच्‍चै हृदयमा यस्ता कुराहरू सोचेका हुन्छन् र? (हुँदैनन्।) तिनीहरूले वास्तवमा के सोचिरहेका हुन्छन्? तिनीहरूसँग अवश्य नै अभिप्राय र गुप्त मनसायहरू हुन्छन्, जुन अवश्य नै लाजमर्दो कुरा हो; तिनीहरू विशेष गरी कपटी, दुष्ट, वा घृणास्पद हुन सक्छन्, जुन अरूका लागि घिनलाग्दो कुरा हुनसक्छ। तिनीहरू आ-आफ्नो बाटो लागेपछि, तिनीहरूले अर्को व्यक्तिबारे अरूसित नराम्रा कुरा गर्छन्, आफूले सोच्न सक्ने जुनै पनि अपमानजनक र घृणास्पद कुराहरू बोल्छन्। तिनीहरूका शब्दहरूमा आक्रमण र विष हुन्छ! तिनीहरूले भर्खरै बोलेका चापलुसी शब्दहरूले गर्दा तिनीहरूलाई झर्को लाग्छ र अनिच्छा हुन्छ; पिठिउँ पछाडि अरूलाई तुच्छ देखाउँदा र बदनाम गर्दा तिनीहरू सन्तुलनमा फर्कन्छन्। त्यस्ता मानिसहरूको हृदयमा अन्धकार हुन्छ; तिनीहरू स्वार्थी र घृणास्पद हुन्छन्। त्ययस्तो आचरण घिनलाग्दो र तिरस्‍कारयोग्य हुन्छ। यो कस्तो खालको व्यक्ति हो? यो छली व्यक्ति हो। अविश्‍वासीहरूका बीचमा त्यस्ता मानिसहरू धेरै हुन्छन्, र परमेश्‍वरको घरमा समेत यस्ता केही मानिसहरू हुन्छन्। जब तिनीहरूले मीठो शब्‍द बोल्छन्, तब तिनीहरूमा लाजमर्दो र घृणास्पद अभिप्राय र गुप्त मनसाय हुन्छ; तिनीहरूलाई जुन कुराले आफ्‍नो उद्देश्य हासिल गर्न सहायता गर्छ, त्यही कुरा भन्छन्। तिनीहरू तथ्यअनुसार कदापि बोल्दैनन्, र तिनीहरू बढाइ-चढाइ गर्छन्; तिनीहरूका मीठा शब्‍दहरूको पछाडि अभिप्राय र उद्देश्यहरू लुकेको हुन्छ। तिनीहरूले आपत्तिजनक कुरा बोल्दा, कुनै पनि घृणास्पद कुरा बोल्छन्, र तिनीहरूले सबै किसिमका विषालु शब्दहरू बोल्‍न सक्छन्। यो कस्तो प्रकारको व्यक्ति हो? तिनीहरूको ढोङ्गी, कपटी र छली स्वभावको प्रकटीकरणबाहेक, तिनीहरूको प्रकृतिमा अरू के हुन्छ? ती विषालु हुन्छन्—अत्यन्तै विषालु! जब तिनीहरूले अरूको तारिफ गर्छन्, तब के अरूले यसो गर्न अनुरोध गरेका हुन्छन्? (हुँदैनन्।) तिनीहरूले किन तिनीहरूको तारिफ गर्छन्? (तिनीहरूसँग उद्देश्य हुन्छ।) ठीक भन्यौ। चाहे उचित तरिकाले होस वा अनुचित, तिनीहरूले आफ्‍ना अभिप्राय र उद्देश्यहरू हासिल गर्नका लागि मानिसहरूसँग खेल खेल्छन्; जति नै घिनलाग्दो भए पनि तिनीहरूले जे पनि भन्छन्। के यो विषालु कुरा होइन र? त्यसपछि आफ्‍नो हृदयको असन्तुलनलाई समाधान गर्नका लागि, तिनीहरूले मानिसहरूलाई धोका दिन्छन्, तिनीहरूलाई सराप्छन् र निन्दा गर्छन्, अनि आफूले भन्न सक्‍ने जुनसुकै अपमानजनक र घृणास्पद कुरा भन्छन्। के यो विषालु कुरा होइन र? यो अत्यन्तै विषालु कुरा हो! यस मामलाबाट तिमीहरूले मानिसको प्रकृतिलाई देख्‍न सक्छौ। तिनीहरूले मानिसहरूको अगाडि वा पछाडि गर्ने कुनै पनि कार्य सच्‍चा वा निष्कपट हुँदैन, न त कुनै पनि कार्य सत्यता वा मानवताअनुरूप नै हुन्छ; यो सबै दुष्ट र विषालु हुन्छ। के भ्रष्ट मानवजातिले बोल्‍ने हरेक कुरामा विषालु तत्त्व हुँदैन र? (हुन्छ।) यसैले, के मानिसहरूका वचन भरपर्दो हुन्छन्? के तिनीहरूको शब्‍दहरूमा भरोसा गर्न सकिन्छ? मानिसहरू अत्यन्तै अविश्वसनीय, निकै भरोसा गर्न नसकिने छन्! किन? किनभने तिनीहरू जिउने क्रममा, तिनीहरूको व्यवहार र बोलीवचनबाट आउने कुराहरू, तिनीहरूको हरेक काम र व्यवहार, हरेक सोच, र विचार सबै शैतानी स्वभावबाट आएका हुन्छन्, र तिनले शैतानी प्रकृति र सारको पूर्ण प्रतिनिधित्व गर्छन्।

मानिसहरूले किन परमेश्‍वरमा विश्‍वास गर्छन्, तर उहाँका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्दैनन्? किनभने तिनीहरूको आँखा अन्धो छ, तिनीहरूले सत्यता के हो बुझ्दैनन्, र तिनीहरूसँग परमेश्‍वरको बारेमा कुनै ज्ञान छैन। कैयौँ मानिसहरूले परमेश्‍वरका वचनहरू पढेर उहाँका वचनहरू सत्यता हुन् भन्‍ने कुरालाई स्विकार्न सक्छन्, तर तिनीहरूमा परमेश्‍वरले “कीराहरू,” “फोहोर,” “दियाबलस,” र “पशुहरू” का विषयमा बोल्‍नुभएका कुराहरूबारे यति धारणाहरू र प्रतिरोध हुन्छ कि तिनीहरू यी कुराहरूलाई पटक्‍कै स्विकार्न सक्दैनन्। किनभने तिनीहरूले आफ्‍नो प्रकृतिलाई चिनेका हुँदैनन्। मानिसहरूले मानव प्रकृति र सारलाई कसरी हेर्छन्? (तिनीहरू आफूमा शैतानी स्वभाव छ भनी स्वीकार त गर्छन् तर अझै पनि आफूमा असल पक्ष छ भन्‍ने सोच्छन्, र तिनीहरू आफै पनि जीवित शैतान हुन् भन्‍ने कुरा देख्दैनन्।) के मानिसहरूले आफ्‍नो प्रकृति र सारलाई परमेश्‍वरले जत्तिकै सटीक, स्पष्ट र साँचो रूपमा बुझ्‍न सक्छन्? (सक्दैनन्।) वास्तवमा, मानव प्रकृति र सार परमेश्‍वरको पूर्ण विपरीत हुन्छन्। परमेश्‍वरले मानिसको सार र प्रकृतिलाई हेर्नुहुन्छ। उहाँले मानिसहरूले बाहिरी रूपमा के भन्छन् वा गर्छन् भन्ने कुरालाई नभएर तिनीहरूको हृदय, सार, र प्रकृतिलाई हेर्नुहुन्छ। परमेश्‍वरले मानिसको लागि अघि सार्नुभएका यी परिभाषा र बोलाउने शैलीहरू कहाँबाट आएका हुन्? मानव प्रकृति र सारको आधारमा, साथै मानिसबाट प्रकट हुने भ्रष्ट स्वभावको आधारमा तिनलाई परिभाषित गरिएको हो। यस बिन्दुसम्‍म बोलिसक्दा, के तिमीहरूले “परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइमा खोज्‍नुहुन्छ” भन्‍ने भनाइको अर्थ बुझ्यौ? मानिसहरूले सधैँ “परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइमा खोज्‍नुहुन्छ” भनेर भन्छन्, तिमीहरूसँग चाहिँ यी वचनहरूको बारेमा के-कस्ता अनुभवहरू छन्? के तिमीहरूले साँच्‍चै यी वचनहरूलाई अनुभव गरेका छौ? यी वचनहरूका बारेमा तिमीहरूसँग कस्तो ज्ञान र बुझाइ छ? कतिपय मानिसहरू भ्रमित हुन्छन्; तिनीहरू यसको अर्थ भनेको परमेश्‍वरलाई तिनीहरूबाट प्रकट हुने सोच र विचारहरू थाहा हुन्छ, तिनीहरूले गर्ने तर सत्यतासँग नमिल्‍ने कुराहरू उहाँलाई थाहा हुन्छ, उहाँलाई तिनीहरूको हृदयमा रहेको फोहोर, भ्रष्टता, र लालची इच्छाहरूको बारेमा थाहा हुन्छ; तिनीहरूले कसैलाई नभनी खराब कुराहरू गरे भने पनि परमेश्‍वरलाई थाहा हुन्छ भन्ने हो भनी सोच्छन्। परमेश्‍वरले मानिसहरूको बारेमा खोजी गर्दा, के उहाँले साँच्‍चै सतही स्तरमा, र मानिसहरूलाई थाहा हुने कुराहरू मात्रै जाँच्‍नुहुन्छ? के त्यसलाई मानिसहरूको हृदयको गहिराइमा खोज्नु भनेर भन्‍न सकिन्छ? (सकिँदैन।) व्यक्तिको हृदयको सबैभन्दा गहिरो भाग के हो? (तिनीहरूको प्रकृति र सार।) के मानिसहरूले आफ्‍नो प्रकृति र सारको बारेमा थाहा पाउन सक्छन्? के तिनीहरूले ती कुरा महसुस गर्न सक्छन्? के तिनीहरूले ती कुरा चिन्‍न सक्छन्? (सक्दैनन्।) यदि मानिसहरूले यी कुराहरू महसुस गर्न सक्दैनन् भने, तिनीहरूले कसरी आफूलाई साँचो रूपमा चिन्‍न सक्छन्? (तिनीहरूले परमेश्‍वरका वचनहरूको प्रकाश र उहाँले गर्नुहुने खुलासाद्वारा मात्रै आफूलाई चिन्‍न सक्छन्।) परमेश्‍वरले मानिसहरूको प्रकृति र सारलाई जाँच्‍नुहुन्छ, जुन कुरा तिनीहरूले न त महसुस गर्न सक्छन् न त जान्‍न नै सक्छन्; जब परमेश्‍वरले मानिसहरूको प्रकृति र सारको खुलासा गर्नुहुन्छ, जब तथ्यहरूले तिनीहरूलाई खुलासा गर्छन्, तब तिनीहरू इमानदारीतापूर्वक विश्‍वस्त हुन्छन्। मानिसहरूको सोचाइ, विचार, र दृष्टिकोणहरू सबै सतही स्तरका कुराहरू हुन्। कहिलेकहीँ तिनको बारेमा सुन्‍ने गरी बोलिन्छ, र कहिलेकहीँ ती कुरा क्षणिक विचार, हृदयबाट निस्केको सोचाइ, वा क्षणिक जिउँदो सोच मात्रै हुन्छन्, तर ती सबै सतही स्तरका हुन्छन्। यी जिउँदो सोचहरूले क्षणिक रूपमा तेरो व्यवहारलाई प्रभाव पार्न र अगुवाइ गर्न सक्छन्, तर के तिनले तेरो जीवनको दिशा र उद्देश्यहरूलाई प्रभाव पार्न वा अगुवाइ गर्न सक्छन्? सक्दैनन्। त्यसोभए तेरा व्यवहारहरूलाई, साथै तेरो जीवनको दिशा र उद्देश्यलाई केले प्रभाव पार्न र अगुवाइ गर्न सक्छ? के तैँले यो मामिलालाई स्पष्ट रूपमा देख्न सक्छस्? मानिसहरूको हृदयको सबैभन्दा गहिराइमा, तिनीहरूको मनमा यही लुकेको हुन्छ। मानिसहरूको सोचाइ र कार्यहरूलाई नियन्त्रण गर्ने कुरा, र तिनीहरूको दृष्टिकोण पैदा गर्ने कुरा यही हो। कतिपय मानिसहरूले “परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइमा खोज्‍नुहुन्छ” भन्‍ने वाक्यांशको अर्थ बुझ्दैनन्। यहाँ “मानिसहरूको हृदयको गहिराइ” भनेको के हो? व्यक्तिको हृदयको गहिराइमा के-कस्ता कुराहरू पैदा हुन्छन्? के यो तिनीहरूको सबैभन्दा गहन र भित्री सोचाइ हो? झट्ट हेर्दा यस्तै देखिन्छ, तर वास्तविकतामा यो के हो? यो भनेको कसैले पनि हटाउन नसक्‍ने मानिसको प्रकृति र सारका कुराहरू, मानिसहरूले कसैलाई पनि कहिल्यै नबताउने तिनीहरूका सबैभन्दा वास्तविक विचारहरू हुन्; कहिलेकहीँ, तिनीहरू स्वयम्‌लाई पनि ती के हुन् भन्‍ने थाहा हुँदैन। मानिसहरू यी कुराहरू अनुसार जिउँछन्। तिनीहरूलाई के लाग्छ भने, यदि तिनीहरूले यी कुराहरू गुमाए भने, यदि यी कुराहरूले तिनीहरूलाई दिने उत्प्रेरणा गुमाए भने, तिनीहरू त्यसपछि परमेश्‍वरमा विश्‍वास गर्न नसक्ने हुन सक्छन्। त्यसोभए तिमीहरूलाई मानिसहरूको हृदयको गहिराइमा के-कस्ता कुराहरू लुकेका हुन्छन् भन्‍ने थाहा छ? (आशिषहरू पाउनका लागि परमेश्‍वरमाथि गरिने विश्‍वास; यो मानिसहरूको हृदयमा लुकेर रहने कुरा हो।) ठीक भन्यौ, मानिसहरूले आशिष्‌, इनाम, र मुकुट पाउन परमेश्‍वरमा विश्‍वास गर्छन्। के हरेकको हृदयमा यही कुरा हुँदैन र? हुन्छ, र यही तथ्य हो। मानिसहरूले यसबारेमा त्यति कुरा नगरे पनि, र तिनीहरूले आशिष्‌हरू पाउने आफ्‍नो मनसाय र इच्‍छालाई प्रायजसो लुकाउने भए पनि, मानिसहरूको हृदयभित्र हुने यो इच्‍छा र मनसाय सधैँ नै अटल रूपमा रही आएको छ। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्तहरू बुझेका भए पनि, तिनीहरूसँग जे-जस्तो अनुभव वा ज्ञान भए पनि, तिनीहरूले जे-जस्तो कर्तव्य पूरा गरे पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आफ्‍नो हृदयमा लुकेको आशिष्‌ पाउने मनसाय कहिल्यै त्याग्‍न सक्दैनन्, र सधैँ चुपचाप यसको लागि परिश्रम गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष्‌ प्राप्त गर्ने यो प्रेरणाविना, तिमीहरू कस्तो महसुस गर्नेथियौ? तिमीहरू कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य गर्नेथियौ र परमेश्‍वरलाई पछ्याउनेथियौ? यदि यो आशिष्‌ प्राप्त गर्ने प्रेरणालाई मनबाट निकालेर फाल्न सके मानिसहरू कस्ता हुनेथिए? सायद धेरै मानिसहरू नकारात्मक हुनेथिए, र उनीहरूमध्ये धेरैजना आफ्नो कर्तव्यमा प्ररेरणारहित बन्‍नेथिए। उनीहरूले आफ्नो हंस हराएझैँ परमेश्‍वरमाथिको विश्‍वासमा आफ्नो रुचि गुमाउने थिए। उनीहरू हृदय थुतिएका प्राणीजस्तै देखिने थिए। त्यसैले त म भन्छु, आशिष्‌ पाउने मनसाय भनेको मानिसहरूको हृदयको गहिराइभित्र लुकेको कुरा हो। सायद, उनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा वा मण्डली जीवन जिउँदा, उनीहरूले आफूलाई परिवार त्याग्‍न र खुसीसाथ परमेश्‍वरमा समर्पित हुन सक्षम रहेको, र अब आफूमा आशिष्‌हरू पाउने अभिप्रेरणाको ज्ञान भएको, र अहिले त्यो प्रेरणालाई पन्छाउन सकेको, र उनीहरू अबउप्रान्त यस प्रेरणाद्वारा सञ्‍चालित वा नियन्त्रित नभएको महसुस गर्नेथिए। अनि उनीहरूले आफूमा अबउप्रान्त आशिषित हुने अभिलाषा छैन भन्‍ने सोच्नेथिए तर परमेश्‍वरले भने त्यस्तो विश्‍वास गर्नुहुनेथिएन। मानिसहरूले विभिन्‍न कुराहरूलाई सतही रूपमा मात्रै हेर्छन्। परीक्षाहरूविना, तिनीहरूले आफ्‍नो बारेमा राम्रै अनुभव गर्छन्। जबसम्म तिनीहरूले मण्डली छोडेका वा परमेश्‍वरको नामलाई इन्कार गरेका हुँदैनन्, र तिनीहरू परमेश्‍वरको लागि समर्पित भइरहन्छन्, तबसम्म तिनीहरूले आफू परिवर्तन भएको छु भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूलाई अबउप्रान्त आफ्‍नो कर्तव्यमा व्यक्तिगत जोस वा क्षणिक आवेगद्वारा उत्प्रेरित नभएजस्तो अनुभूति हुन्छ। यसको साटो, तिनीहरूलाई आफूले सत्यताको खोजी गर्न सक्छु, र आफ्नो भ्रष्ट स्वभाव शुद्ध होस् र आफूले केही साँचो परिवर्तन हासिल गर्न सकूँ भनेर आफ्‍नो कर्तव्य पूरा गर्दा आफूले निरन्तर सत्यताको खोजी र अभ्यास गरिरहेको छु भन्‍ने विश्‍वास हुन्छ। तैपनि, जब मानिसहरूको गन्तव्य र अन्त्यसँग प्रत्यक्ष रूपमा सम्‍बन्धित हुने कुनै घटना घट्छ, तब तिनीहरूले कस्तो व्यवहार गर्छन्? सत्यताको पूर्ण खुलासा हुन्छ। त्यसोभए दिनको अन्त्यमा, जहाँसम्‍म मानिसहरूको कुरा छ, के यो मानिसहरूको मुक्ति र सिद्धतासँग सम्‍बन्धित परिस्थिति हो कि खुलासा हुने र हटाइने परिस्थिति हो? यो असल कुरा हो कि खराब कुरा हो? सत्यतालाई पछ्याउनेहरूका हकमा, यसको अर्थ मुक्ति र सिद्धता भन्‍ने हुन्छ, जुन असल कुरा हो; सत्यतालाई नपछ्याउनेहरूका हकमा, यसको अर्थ खुलासामा पर्नु र हटाइनु हो, जुन खराब कुरा हो। केही समय बिताएपछि, के सबै मानिसहरूले परीक्षा र शोधनका परिस्थितिहरूको सामना गर्दैनन् र? परमेश्‍वरले किन यसो गर्नुहुन्छ? यसको अवश्य नै अर्थ हुन्छ, किनभने परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइ खोज्‍नुहुन्छ; उहाँलाई मानिसहरूको अन्‍तस्‍करणको वास्तविक स्थिति थाहा हुन्छ, उहाँले मानिसहरूलाई बुझ्‍नुहुन्छ, र उहाँले तिनीहरूको प्रकृति र सारलाई स्पष्ट र पूर्ण रूपमा देख्नुहुन्छ। केही समयपछि, कसैले केही सफलता प्राप्त गर्न सक्छन्, तिनीहरूले केही असल कार्य गरेका हुन सक्छन्, ठूलो गल्ती नगरेका हुन सक्छन्, र तिनीहरूले निराकरण र काटछाँटलाई स्विकार्न सक्छन्। जब तिनीहरूलाई केही आइपर्छ, तब तिनीहरूमा अलिक समर्पित मनोवृत्ति हुनसक्छ। त्यसकारण तिनीहरूले आफूलाई निकै असल छु, परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँडेको छु, मुक्ति पाएको र सिद्ध पारिएको छु भन्‍ने सोच्छन्। जब तिनीहरू आफूप्रति निकै सन्तुष्ट र ढुक्‍क भएका हुन्छन्, तब परमेश्‍वरबाट अनुशासन, न्याय र सजाय आउँछ। यी परिस्थितिहरूले मानिसहरूलाई, तिनीहरूको कद, तिनीहरूको भ्रष्ट स्वभाव, तिनीहरूको प्रकृति र सारलाई, र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिलाई खुलासा गर्छन्। यो खुलासा वास्तवमा मानिसहरूको लागि असल हुन्छ। तिनीहरूले सत्यता पछ्याए भने, यो खुलासा र परिस्थितिले तिनीहरूलाई शुद्ध पार्छ। केबाट शुद्ध पार्छ? यसले परमेश्‍वरप्रतिको तेरा अनुचित माग र तेरा लालची इच्छाहरूबाट तँलाई धुन्छ, र तँलाई सही दृष्टिकोण लिने बनाउँछ; तैँले आफ्‍ना लालची इच्छाहरूका लागि परमेश्‍वरसँग विनिमय गर्न वा उहाँसँग मागहरू गर्न छोड्छस्; बरु, तेरो हृदय परमेश्‍वरप्रति झन्-झन् साँचो रूपमा समर्पित हुँदै जानेछ। तैँले केही पनि माग्‍नेछैनस्, सत्यता पछ्याउने र परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्ने प्रयास मात्रै गर्नेछस्, जसले गर्दा तँ झन्-झन् शुद्ध हुँदै जानेछस्, र अन्तिममा तैँले मुक्ति पाउन सक्‍नेछस्। के यो परमेश्‍वरको कामले हासिल गर्ने परिणाम होइन र? (हो।) के परमेश्‍वरले यो सब गर्नुको पछाडि अर्थ हुँदैन र? के यसले मानिसहरूलाई धुँदैन र? के मानिसहरूलाई यसरी धोइनुपर्छ? (पर्छ।) यदि परमेश्‍वरले मानिसहरूलाई यसरी खुलासा वा शुद्ध नगर्नुहुने भए, के मानिसहरूले सत्यता प्राप्त गर्न सक्थे? (सक्दैनथिए।) तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनथिए। मानिसहरूको शैतानी प्रकृतिको आधारमा हेर्दा, तिनीहरू कस्तो मार्गमा हिँड्न सक्छन्? (शैतानलाई पछ्याउने र परमेश्‍वरलाई विरोध गर्ने मार्गमा।) के त्यस्तो व्यक्तिले आशिष् पाउन सक्छ? सक्दैन, उसलाई हटाइने मात्रै छ।

वास्तवमा फरिसी के हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छ? के तिमीहरूको छेउछाउमा कुनै फरिसीहरू छन्? यी मानिसहरूलाई किन “फरिसीहरू” भनिन्छ? फरिसीहरूलाई कसरी व्याख्या गरिन्छ? तिनीहरू ढोङ्गी, पूर्ण रूपमा बनावटी मानिसहरू हुन्, र तिनीहरूले आफूले गर्ने हरेक काममा नाटक गर्छन्। तिनीहरूले के नाटक गर्छन्? आफू असल, दयालु, र सकारात्मक भएको नाटक गर्छन्। के तिनीहरू वास्तवमा यस्तै हुन्छन् त? बिलकुलै हँदैनन्। तिनीहरू ढोङ्गीहरू भएका हुनाले, तिनीहरूमा देखिने र प्रकट हुने हरेक कुरा झूटो हुन्छ; यो सबै बहाना हो—यो तिनीहरूको साँचो रूप होइन। तिनीहरूको साँचो अनुहार कहाँ लुकेको हुन्छ? यो अरूले कहिल्यै नदेख्‍ने गरी तिनीहरूको हृदयभित्रको गहिराइमा लुकेको हुन्छ। बाहिर देखिने हरेक कुरा नाटक हुन्छ, यो सबै बनावटी हुन्छ, तर तिनीहरूले मानिसहरूलाई मात्र मूर्ख बनाउन सक्छन्; परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, यदि तिनीहरूले साँचो रूपमा परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्दैनन् भने, तिनीहरूले साँचो रूपमा सत्यता बुझ्न सक्दैनन्, र तिनीहरूका वचनहरू सुन्दा जति नै मीठा लागे पनि, ती वचनहरू सत्यताका वास्तविकता होइनन्, केवल धर्मसिद्धान्तका वचनहरू हुन्। केही मानिसहरूले धर्मसिद्धान्तलाई सुगारटाइ गर्नमा मात्र ध्यान दिन्छन्, तिनीहरूले उच्‍च प्रवचन दिने जोकोहीको नक्‍कल गर्छन्, र नतिजास्वरूप केही वर्षभित्रमै तिनीहरूको धर्मसिद्धान्त वाचन कला झन्-झन् व्यापक बन्दै जान्छ र तिनीहरूलाई धेरै मानिसहरूले आदर र श्रद्धा गर्छन्, र त्यसपछि त तिनीहरूले छलावरण धारण गर्न थाल्छन्, अनि आफूले भन्‍ने र गर्ने कुरामा एकदमै धेरै ध्यान दिन र आफूलाई विशेष रूपमा धर्मी र आत्मिक देखाउन थाल्छन्। तिनीहरूले छलावरण धारण गर्नका लागि यी तथाकथित आत्मिक सिद्धान्तहरूको प्रयोग गर्छन्। तिनीहरू जहाँ-जहाँ जान्छन्, तिनीहरूले बोल्ने कुरा यही हो, जुन बाहिरबाट हेर्दा आकर्षक हुन्छन् र ती मानिसहरूका धारणाहरूसित मिल्छन्, तर तिनमा सत्यताको वास्तविकता हुँदैन। यी कुराहरूको प्रवचनमार्फत—मानिसहरूका धारणा र रुचिसँग मिल्दा यी कुराहरूमार्फत—तिनीहरूले धेरै मानिसहरूलाई उल्लू बनाउँछन्। अरूको लागि, यस्ता मानिसहरू अत्यन्तै भक्त र नम्र देखिन सक्छन्, तर यो वास्तवमा देखावटी मात्र हो; तिनीहरू सहनशील, धैर्य, र प्रेमिलो देखिन्छन्, तर यो वास्तवमा बहाना मात्र हो; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छौं भनी भन्छन्, तर त्यो वास्तवमा नाटक मात्र हो। अरूले यस्ता मानिसहरूलाई पवित्र सोच्छन्, तर यो वास्तवमा नौटङ्की मात्र हुन्छ। साँचो रूपमा पवित्र व्यक्तिलाई कहाँ भेट्न सकिन्छ? मानव पवित्रता सबै देखावटी हो। यो सबै नाटक र बहाना मात्र हो। बाहिरी रूपमा, तिनीहरू परमेश्‍वरप्रति निष्ठावान देखिन्छन्, तर वास्तवमा तिनीहरूले अरूले देखून् भनेर मात्रै कार्य प्रदर्शन गरिरहेका हुन्छन्। जब कसैले हेरिरहेका हुँदैनन्, तिनीहरू अलिकति पनि निष्ठावान हुँदैनन्, र तिनीहरूले गर्ने हरेक कुरा झारा टार्ने शैलीका हुन्छन्। सतही रूपमा, तिनीहरूले आफैलाई परमेश्‍वरमा समर्पित गरेका छन्, र आफ्‍ना परिवार र जागिर छोडेका छन्। तर गोप्य रूपमा तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्‍वरको लागि काम गर्ने नाउँमा गोप्य रूपमा मण्डलीमा आफ्नै उद्यम सञ्‍चालन गरिरहेका र आफ्‍नै कारोबार अघि बढाइरहेका हुन्छन्, र मण्डलीबाट लाभ लिइरहेका र भेटी चोरिरहेका हुन्छन्…। यी मानिसहरू आधुनिक ढोङ्गी फरिसीहरू हुन्। फरिसीहरू कहाँबाट आउँछन् त? के तिनीहरू सबै अविश्‍वासीहरूबाट आउँछन्? होइन, तिनीहरू सबै नै विश्‍वासीहरूका माझबाट आउँछन्। किन यी मानिसहरू फरिसी बन्छन्? के कसैले तिनीहरूलाई त्यस्तो बनाएको हो? त्यस्तो अवश्य होइन। त्यसो भए, कारण के हो त? तिनीहरूको सार र प्रकृति नै त्यस्तै हुने भएकोले र तिनीहरूले लिएको मार्गको कारणले यस्तो भएको हो। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई प्रचार गर्ने साधन र मण्डलीबाट फाइदा लिने औजारको रूपमा मात्र प्रयोग गर्छन्। तिनीहरूले आफ्नो दिमाग र जिब्रोलाई परमेश्‍वरका वचनहरूले सुसज्‍जित पार्छन्, नक्‍कली आत्मिक सिद्धान्तहरू प्रचार गर्छन्, आफैलाई पवित्र व्यक्तिको रूपमा प्रस्तुत गर्छन्, र यी कुरालाई मण्डलीबाट फाइदा लिने उद्देश्य हासिल गर्ने पूँजीको रूपमा प्रयोग गर्छन्। तिनीहरूले धर्मसिद्धान्तहरूको प्रचार मात्रै गर्छन्, तर तिनीहरूले कहिल्यै पनि सत्यता अभ्यास गरेका हुँदैनन्। परमेश्‍वरको मार्ग कहिल्यै नपछ्याए पनि वचन र धर्मसिद्धान्तहरूलाई प्रचार गर्ने कार्यलाई जारी राख्‍ने यी कस्ता प्रकारका मानिसहरू हुन् त? यी ढोङ्गी फरिसीहरू हुन्। तिनीहरूको सानोतिनो, र कथित असल व्यवहार र आचरण, र तिनीहरूले त्यागेको र समर्पित गरेको त्यो थोरै कुरा, ती सबै आफूलाई नियन्त्रण गरेर अनि आफ्‍नै हिसाबले आफूलाई राम्रो देखाएर आएका कुरा हुन्; ती कार्यहरू पूर्ण रूपमा देखावटी हुन्, र ती सबै नाटक हुन्। यी मानिसहरूका हृदयमा, परमेश्‍वरको लागि अलिकति पनि श्रद्धाभाव हुँदैन, न त तिनीहरूसँग कुनै सच्‍चा विश्‍वास नै हुन्छ। त्योभन्दा पनि बढी, तिनीहरू गैरविश्‍वासीहरू हुन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू यस्तो प्रकारको मार्गमा हिँड्नेछन्, र तिनीहरू फरिसीहरू बन्‍नेछन्। के त्यो कुरा डरलाग्दो छैन र? फरिसीहरू भेला हुने धर्मका स्थानहरू बजार बन्छन्। परमेश्‍वरको नजरमा, यो धर्म हो; त्यो परमेश्‍वरको मण्डली होइन, न त त्यो उहाँलाई आराधना गरिने ठाउँ नै हो। तसर्थ, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरूले परमेश्‍वरका वाणीहरूका जति नै ठेट शब्‍दहरू र सतही धर्मसिद्धान्तहरूले आफूलाई सुसज्‍जित पारे पनि, यसको कुनै काम हुनेछैन। केही मानिसहरू भन्छन्: “मैले आफूलाई जति सुसज्‍जित गरे पनि त्यसको केही काम छैन, त्यसकारण म आफूलाई सुसज्‍जित गर्नेछैनँ।” तिनीहरू के भनिरहेका छन्? के यो निरर्थक कुरा होइन र? के त्यो मूर्ख बोली होइन र? यी वचनहरूमा मैले सङ्गति गर्नुको उद्देश्य के हो? के तिमीहरूलाई परमेश्‍वरका वचनहरूले सुसज्‍जित गर्न नदिनको लागि हो? (होइन।) तैँले आफूलाई परमेश्‍वरका वचनहरूले सुसज्‍जित गर्नु अनिवार्य हुन्छ, तर तँ के कुरामा स्पष्ट हुनुपर्छ भने तैँले राम्रो देखावटी रूप धारण गर्न परमेश्‍वरका वचनहरूलाई कुनै पनि हालतमा प्रयोग गर्नु हुँदैन, न त तैँले तिनलाई मण्डलीबाट फाइदा लिने पूँजीको रूपमा प्रयोग गर्नु हुन्छ, न त अरूलाई प्रहार गर्ने हतियारको रूपमा प्रयोग गर्नु हुन्छ। परमेश्‍वरका वचनहरू के हुन्? परमेश्‍वरका वचनहरू सत्यता, बाटो, र जीवन हुन्, जसले मानिसहरूको भ्रष्ट स्वभाव समाधान गर्छन्। यदि तैँले यी वचनहरूलाई पूर्ण रूपमा लागू गरिस् र अभ्यास गरिस् भने, तैँले सत्यता प्राप्त गर्नेछस्; तेरो लागि सत्यता, धर्मसिद्धान्तमा वा वचनहरूमा मात्रै सीमित हुनेछैन, तर त्यो तेरो जीवनको वास्तविकता बन्‍नेछ। तैँले सत्यता प्राप्त गरेपछि, जीवन प्राप्त गरेको हुनेछस्।

परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइमा खोजी गर्नुहुन्छ भन्‍ने विषयमा मैले उल्‍लेख गरेको कुरासँग सम्‍बन्धित, म एउटा कथा भन्‍नेछु: एउटी सुन्दर महिला थिइन् जो एक जना धनी मानिससँग विवाहित थिइन्। संसारले त्यस्तो विवाहलाई प्रायजसो कसरी लिन्छ? यो सुन्दर महिला धनी मानिसको पैसाको पछि लागेकी छिन्, धनी मानिस त्यस सुन्दर महिलाको सुन्दरताको पछाडि लागेको छ; तिनीहरू प्रत्येकले आफूलाई चाहिएको कुरा लिन्छन्, र कुनै वास्तविक प्रेम हुँदैन—यो लेनदेनमा आधारित विवाह हो। संसारको कल्‍पना अनुसार, यो सुन्दर महिलाले अवश्य नै फजुल गरेर विलासिताको जीवन जिउँदै पैसा उडाउँछिन् भन्‍ने हुन्छ, तर उनले त्यसो गरिनन्। उनले साधारण गृहिणीको रूपमा घरको काम गर्दै जीवन बिताइन्; हरेक दिन, उनी लगनशील र विवेकशील थिइन्, आफ्‍नो श्रीमान र परिवारसँग राम्रो व्यवहार गरिन्, जसले गर्दा उनलाई चरित्रवान् र दयालु भनेर भन्‍न सकिन्थ्यो। तर धनी मानिसले उनीसँग कस्तो व्यवहार गऱ्यो? पहिलो, यस व्यक्तिले यो सुन्दर महिला उसँगसाँचो रूपमा जिउन सक्दिनन् भन्‍ने चिन्ता गऱ्यो, र तिनीहरूको विवाह दृढ रहनेछैन भनेर चिन्ता गऱ्यो, त्यसकारण उसले आफ्‍नो सारा सम्पत्ति र महत्त्वपूर्ण कुराहरू आफैसँग राख्यो। उसले आफ्‍नो सबै कुरा श्रीमतीको हातमा दिनुको सट्टा आफ्‍नो नाममा राख्यो। तर त्यस सुन्दर महिलाले यसको बारेमा केही वास्ता गरिनन्। श्रीमानले जसरी व्यवहार गरे पनि—उनलाई भरोसा नगरे पनि, वा आर्थिक रूपमा प्रतिबन्ध गरेर राखे पनि—उनले कुनै अनिच्छा वा अप्रसन्‍नता देखाइनन्। बरु, उनी अझै लगनशील भइन्। केही वर्ष बितेपछि, सुन्दर महिलाका धेरै जना बालबच्‍चा भए, र उनले पहिले जस्तै आफ्‍नो सारा परिवारलाई एउटा असल श्रीमती र माया गर्ने आमाको रूपमा निरन्तर हेरचाह गरिरहिन्; उनी आफ्‍नो श्रीमानप्रति आज्ञाकारी, नम्र, र बुझकी थिइन्। अन्तिममा, एक दिन, धनी मानिसलाई उनकी श्रीमती उनले सोचेको जस्तो छैनन् भन्‍ने महसुस भयो: उनी तिनका सम्‍पत्तिको पछि लागेकी थिइनन्, न त उनी तिनका भौतिक कुराहरूको पछि लागेकी थिइन्। ती सामान्य जीवन बाहेक उनका कुनै थप मागहरू थिएनन्, यसको साथै, आफ्‍नो परिवारलाई व्यवस्थित गर्न उनले धेरै कुरा सुम्पिइन्—उनको जवानी, सुन्दरता, र समय। उनी आफ्‍नो परिवारप्रति परिश्रमी र विवेकशील थिइन्, र उनले कहिल्यै गनगन गरिनन्। धनी मानिसको मन छोयो। तिनको मन छोएपछि, तिनले सुरुमा के विचार गरे? के तिनले यस्तो सोच्दैनथिए र: “अहो, मेरी श्रीमती साह्रै विश्‍वासयोग्य छिन्, तर मैले उनलाई शङ्का गरेँ र उनीप्रति सतर्क भएँ। मैले उनीसँग त्यस्तो व्यवहार गर्नु अनुचित थियो। मैले उनलाई मेरो सबै सम्पत्ति र मेरा थोकहरू दिएर हेरचाह गर्न लगाउनुपर्छ, किनभने उनी मेरो साँचो प्रेम हुन्, मैले सबैभन्दा बढी भरोसा गर्नुपर्ने व्यक्ति, र मेरो भरोसाको योग्य व्यक्ति। यदि मैले उनलाई विश्‍वास गरिनँ, म उनको विरुद्धमा सतर्क भएँ भने, मैले उनीसँग अनुचित व्यवहार गरिरहेको हुनेछु। त्यस्तो व्यवहारमा कुनै राम्रो चरित्र हुँदैन। उनले धेरै वर्ष परीक्षा सामना गरिसकिन्, त्यसकारण मैले अबदेखि उनलाई शङ्का गर्नु हुँदैन।” यी सबै तथ्यहरू देखेपछि यस्तो विचार पैदा भएको होइन र? (हो।) यस्तो सोचाइ मानव मूल्याङ्कनबाट आउँछ। उनको जीवनमा परिस्थितिहरू आइपर्दा उनले कस्तो व्यवहार देखाइन् हेरेर उसको मूल्याङ्कन आएको हो, जसबाट उनको बारेमा उसको परिभाषा आयो। त्यसकारण, जब धनी मानिसको मन छोयो, तब तिनले आफ्‍ना सबै सम्पत्ति श्रीमतीको नाम गरेर उनीप्रतिको आफ्‍नो भरोसा देखाए, र उनले धेरै वर्ष देखाएको बफादारिता र लगानीको प्रत्युत्तर दिए। धेरैजसो मानिसहरूका हकमा, यो मानव विवेक, मूल्याङ्कन, नैतिकता, र सदाचारहरू अनुरूप छ। के यो मामिला यहीँ समाप्त हुन्छ? (हुँदैन।) कानुनी पद्धतिहरू पूरा गरेपछि, धनी मानिसले आफ्‍नो सबै सम्‍पत्ति श्रीमतीको नाम गरिदियो। एक दिन, धनी मानिस खाना खान घर आयो, र घरमा प्रवेश गर्ने बित्तिकै, उसलाई केही गडबडी छ भन्‍ने लाग्यो। उसकी श्रीमतीले उसलाई घरमा स्वागत गरिनन् वा ऊसँग बोलिनन्, र घर सुनसान थियो। प्रायजसो अहिलेसम्‍म खानेकुराले भरिने टेबल किन रित्तो थियो? उसले आफ्‍नो पछाडि हेऱ्यो, र डाइनिङ टेबलमा एउटा कागज देख्यो, जसमा ठूला-ठूला दुई वटा अक्षर लेखिएको थियो—बिदा छ!

अब कथा समाप्त भयो। तिमीहरूले पक्‍कै पनि केही हदसम्‍म यसको तात्पर्य बुझ्यौ होला, त्यसकारण यो कथा भन्‍नुको उद्देश्य के हो? (मानिसहरूलाई विश्‍वास गर्न सकिँदैन, र तिनीहरू नाटक गर्न सिपालु हुन्छन्।) त्यस धनी मानिस देखावटी व्यवहारद्वारा छलमा परे। यो सुन्दर महिलाले राम्ररी नाटक गरिन्; यतिका वर्षसम्‍म, उनले कुनै पनि कमजोरी देखाएकी थिइनन्, र उनीसँग जिएको त्यतिका वर्षको अवधिमा, त्यस धनी मानिसले सानो भन्दा सानो सङ्केत पनि देखेनन्। यो सुन्दर महिला कस्तो व्यक्ति हुन्? (उनी कुटिल र छली, र निकै कपटी हुन्।) उनले सुरुदेखि नै यो अभिप्राय राखेकी थिइन् कि उनले सबै सम्‍पत्ति पाएपछि अन्तिममा मात्रै यसो गर्ने निर्णय गरिन्? (सुरुदेखि नै।) धनी मानिसलाई विवाह गर्दा उनको मुख्य अभिप्रायहरू के थिए? के उनले ती अभिप्राय देखाइन्? (देखाइनन्, तर लुकाइन्।) त्यसोभए बाहिरी रूपमा उनले के प्रकट गरिन्? (देखावटी व्यवहार।) पूर्ण रूपमा देखावटी व्यवहार। यो देखावटी व्यवहारको पछाडि के लुकेको थियो? (उनले सम्पत्ति र नाफा प्राप्त गर्न चाहन्थिन्।) उनले त्यस धनी मानिससँग इमानदारिताको साथ विवाह गरेकी थिइनन्, तर तिनको धन मात्रै लिन चाहन्छिन्। दश वर्ष लागे पनि बीस वर्ष लागे पनि, उनले तिनको धन लिन पाइन् भने, उनले तिनलाई विवाह गर्नु परे पनि वा आफ्‍नो जवानीका ती वर्षहरू बिताएर मेहनत गर्नु परे पनि त्यसले उनको लागि केही फरक पार्दैनथियो। त्यो उनको हृदयको गहिराइमा लुकेको विचार थियो। यो सोच पूरा गर्नको लागि उनले गरेका कुराहरूको विशेषता के थियो? (नाटक र धोका।) के यो कुरा स्मरण लायक छ कि मानिसहरूले उनलाई धिक्‍कार्नुपर्छ? (धिक्‍कार्नुपर्छ।) यो भलाइ हो कि दुष्टता हो? (दुष्टता।) यो सब दुष्टता हो। उनका सबै कार्य र उनले बाहिरी रूपमा चुकाएका सबै मूल्य केको आधारमा दुष्टता हो? यो निष्कर्ष कहाँबाट आएको हो? (यो उनको कार्यका अभिप्राय र सुरुवाती विन्दुको आधारमा हो।) त्यसोभए तिमीहरूले यो कथाबाट के बुझ्यौ? (मानिसहरूले बाहिरी रूप हेर्छन्, तर परमेश्‍वरले मानिसहरूको सारलाई हेर्नुहुन्छ।) यो कुरा निश्‍चित छ। किन मानिसहरूले बाहिरी रूप हेर्छन्? के मानिसहरूले बोलीवचन र व्यवहारबाट अरूको अभिप्राय र मनसाय पत्ता लगाउन सक्छन्? के ती कुरा कसरी पत्ता लगाउने तिमीहरूलाई थाहा छ? (हामीले केही स्पष्ट र सतही कुराहरूलाई देख्‍न सक्छौँ।) तिमीहरूले केही बाहिरी प्रकटीकरणहरू देख्‍न सक्छौ, तर जब तिमीहरूले सत्यता बुझेका र सत्यताका केही वास्तविकता प्राप्त गरेका हुन्छौ, तब के तिमीहरूले मानिसहरूको सारलाई अझै स्पष्ट रूपमा देख्‍न सक्छौ? (सक्छौँ।) किन परमेश्‍वरले मानिसहरूको हृदयको कुरा स्पष्ट रूपमा देख्‍न सक्‍नुहुन्छ? किनभने परमेश्‍वर सत्यता हुनुहुन्छ, सर्वशक्तिमान् हुनुहुन्छ, र उहाँले मानिसहरूको हृदयको गहिराइमा खोज्‍न सक्‍नुहुन्छ। के मानिसहरूमा पनि परमेश्‍वरले जस्तै अरूलाई मूल्याङ्कन गर्ने सही मापदण्ड हुन्छ भन्‍ने तिमीहरूलाई लाग्छ? (तिनीहरूसँग त्यस्तो मापदण्ड हुँदैन, किनभने सबै मानिसहरू उस्तै हुन्छन्, तर परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ।) मानिसहरू सबै उस्तै प्रकारका हुन्छन् भने, के मानिसहरूका बीचमा केही भिन्‍नता हुन्छ? के सत्यता भएको व्यक्ति र नभएको व्यक्तिको बीचमा कुनै भिन्‍नता हुन्छ? के परमेश्‍वरलाई चिन्‍ने र नचिन्‍ने व्यक्तिको बीचमा कुनै भिन्‍नता हुन्छ? के परमेश्‍वरको डर मान्‍ने र नमान्‍ने व्यक्तिको बीचमा कुनै भिन्‍नता हुन्छ? (हुन्छ।) कस्तो व्यक्तिले अर्को व्यक्तिको सारलाई देख्‍न सक्छ? (परमेश्‍वरलाई चिन्‍ने र उहाँको डर मान्‍ने व्यक्तिले।) अन्तिम विश्‍लेषण गर्दा, कुनै व्यक्तिले कसरी अर्को व्यक्तिको सारलाई स्पष्ट रूपमा देख्‍न सक्छ? मानिसहरूका हकमा भन्दा, तिनीहरूले सत्यता बुझेका छन् र तिनीहरूमा सत्यताको वास्तविकता छ भने मात्रै तिनीहरूले यसलाई पत्ता लगाउन सक्छन्। त्यसोभए परमेश्‍वरको हकमा भन्दा, उहाँले किन मानिसहरूको सारलाई देख्‍न सक्‍नुहुन्छ? तिमीहरूले यो कुरालाई कसरी स्पष्ट पार्छौ? के परमेश्‍वर सबै मानिसहरू, घटना, र परिस्थितिहरूलाई मूल्याङ्कन गर्ने मापदण्ड हुनुहुन्छ, उहाँ सबै सकारात्मक र नकारात्मक कुराहरू मूल्याङ्कन गर्ने आधार हुनुहुन्छ भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) यी वचनहरूको व्यावहारिक तत्व के हो? व्यक्तिको बाहिरी आचरण असल र सिद्ध हुन सक्छ, तर यदि तँमा सत्यताको वास्तविकता छ भने, तिनीहरूले सत्यताको अभ्यास गर्छन् कि गर्दैनन् भन्‍ने कुरा तैँले पत्ता लगाउन सक्छस्। तैपनि, यदि तँमा सत्यताको वास्तविकता छैन भने, जब तैँले सिद्ध आचरण भएको व्यक्ति भेट्छस्, जसले बाहिरी व्यवहारले आफ्‍नो वास्तविक रूप राम्ररी लुकाउँछ, आफ्‍नो खास रूप राम्ररी लुकाउँछ, तब के त्यस व्यक्तिले सत्यताको अभ्यास गर्छ कि गर्दैन भनेर तैँले देख्‍न सक्छस्? तिनीहरूलाई कसरी चिन्‍ने तँलाई थाहा हुँदैन। सत्यताको वास्तविकताविना, तँमा अरूलाई मूल्याङ्कन गर्ने मापदण्ड हुँदैन, न त तिनीहरूलाई कसरी मूल्याङ्कन गर्ने त्यो नै तँलाई थाहा हुन्छ। यदि तैँले देखावटी आचरण देखाउन सिपालु, मिलनसार तरिकाले बोल्‍ने, निकै धेरै कष्ट भोग्‍ने र मेहनत गर्ने, बाहिरी रूपमा कुनै समस्या नदेखाउने, र कुनै कमजोरी नभएको व्यक्ति देखिस् भने, त्यो व्यक्ति असल व्यक्ति हो कि खराब व्यक्ति हो, त्यस व्यक्ति सत्यतालाई प्रेम गर्छ कि यसप्रति दिक्‍क मान्छ, तैँले त्यो कुराको मूल्याङ्कन कसरी गर्छस्? तैँले यो कुरा कसरी पत्ता लगाउँछस्। यदि तँसँग मूल्याङ्कन गर्ने मापदण्ड छैन भने, तँ तिनीहरूको बाहिरी आचरण र व्यवहारद्वारा सहजै अन्धो बन्‍नेछस्। यदि तँ तिनीहरूद्वारा अन्धो भइस् र धोकामा परिस् भने, के तँ त्यो व्यक्ति असल छ कि खराब छ, दयालु छ कि दुष्ट छ भनेर पत्ता लगाउन सक्छस्? सक्दैनस्। कतिपय मानिसहरूले भन्छन्: “के सत्यता बुझ्‍न सक्‍ने मानिसहरूले परमेश्‍वरले जस्तै अरूको हृदय जाँच गर्न सक्छन्?” मानिसमा यस्तो क्षमता हुँदैन। तिनीहरूसँग सत्यता सम्‍बन्धी गहन बुझाइ नै छ भने पनि, त्यसको अर्थ तिनीहरूमा सत्यताको वास्तविकता छ भन्‍ने हुँदैन। तैपनि, यदि व्यक्तिले सत्यता बुझ्छ भने, उसले कुनै व्यक्ति असल छ कि खराब छ, सत्यतालाई प्रेम गर्छ कि गर्दैन, इमानदारी छ कि छली छ, परमेश्‍वरको डर मान्छ कि परमेश्‍वरप्रति विद्रोही र विरोधी छ, र इमानदारिताको साथ परमेश्‍वरलाई पछ्याउँछ कि ढोङ्गी छ भनेर पत्ता लगाउन सक्छ। तैँले यी सबै कुराहरू पत्ता लगाउन सक्‍नेछस्। अन्तिम विश्‍लेषण गरी भन्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? (सत्यताको वास्तविकता हुनु।) सत्यताको वास्तविकता नभएका मानिसहरूले कुनै पनि कुरा राम्ररी बुझ्‍न सक्दैनन्; तिनीहरूले सधैँ मूर्ख तरिकाले व्यवहार गर्छन् र सत्यतासँग बाझिने तरिकाले र परमेश्‍वरलाई विरोध गर्ने तरिकाले काम गर्छन्। त्यस्ता मानिसहरू दयनीय मानिसहरू हुन्। यो कुरा व्यक्तिले सत्यता प्राप्त गर्न र सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छ कि सक्दैन भन्‍ने कुरासँग सम्‍बन्धित छ। मानिसहरूले आफै सत्यता बुझेका छैनन् भने तिनीहरूले अरूलाई कसरी हेर्छन्? तिनीहरूले अरूलाई आफ्‍ना धारणा र कल्‍पनाहरूद्वारा मात्रै हेर्छन्। जब तिनीहरूले अर्को व्यक्तिलाई मूल्याङ्कन र वर्गीकरण गर्छन्, तब तिनीहरूले त्यस व्यक्तिको क्षमता र ज्ञानलाई मात्रै हेर्छन्; त्यस व्यक्तिको बाहिरी आचरण नैतिक छ कि छैन, यो परम्‍परागत संस्कृति र मानव नैतिकता अनुरूप छ कि छैन, र तिनीहरूको कार्यले अरूलाई फाइदा गर्छ कि गर्दैन भन्‍ने कुरालाई मात्रै हेर्छन्। यदि तिनीहरूले त्यो व्यक्तिको बोलीवचन र व्यवहार आधारभूत रूपमा उचित छ, पूर्ण रूपमा नैतिकता र सदाचार सम्‍बन्धी मानव धारणाहरू अनुरूप छ, र हरेक व्यक्तिको स्वाद अनुरूप छ भन्‍ने देखे भने, तिनीहरूले त्यस व्यक्तिलाई असल व्यक्तिको रूपमा वर्गीकरण गर्नेछन्। तर परमेश्‍वरले मानिसहरूलाई कसरी वर्गीकरण गर्नुहुन्छ? के मानिसहरूले निष्कर्ष निकाल्‍नका लागि र मूल्याङ्कनको आधारको रूपमा प्रयोग गर्ने यी विधिहरू परमेश्‍वरले व्यक्तिको सार निर्धारित गर्ने मापदण्डहरू हुन्? (होइनन्।) परमेश्‍वरले केको आधारमा यस्तो कुरा निर्धारित गर्नुहुन्छ। परमेश्‍वरले व्यक्तिको हृदयको सोचाइ र विचारहरू, र तिनीहरूको बोलीवचन र व्यवहारको मनसाय, अर्थात् तिनीहरूको अभिप्राय र उद्देश्यको आधारमा उसको प्रकृति र सारलाई निर्धारित गर्नुहुन्छ। यही कारणले गर्दा परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइमा खोजी गर्नुहुन्छ भनेर भनिएको हो। के एउटा मानिसले अरूको हृदयको गहिराइमा खोज्‍न सक्छ? (सक्दैन।) मानिसहरूले अरूको बाहिरी प्रकटीकरणहरू, र तिनीहरूले आफ्‍नो बोलीवचनलाई हेरेर वा तिनीहरूको मूल्याङ्कन गरेर मात्रै तिनीहरूको अभिप्रायहरू देख्‍न सक्छन्; मानिसहरूले बढीमा, यी कुराहरू देख्‍न सक्छन्, त्यसकारण तिनीहरूले आफूले देखेको र सुनेको कुराको आधारमा मात्रै अरूको व्यवहारलाई निर्धारित गर्न सक्छन्। अर्कोतर्फ, जब परमेश्‍वरले मानिसहरूको बारेमा निर्धारण गर्नुहुन्छ, तब उहाँले तिनीहरूको व्यवहार, तिनीहरू अघि बढिरहेको दिशा, वा कुनै निश्‍चित कार्यको गुणस्तरलाई मात्रै हेर्नुहुन्‍न। परमेश्‍वरले तिनीहरूको सबैभन्दा वास्तविक विचारहरू हेर्न, तिनीहरूले व्यवहार गर्दा तिनीहरूको अभिप्राय र उद्देश्य सामान्यतया कस्तो हुन्छ, तिनीहरूको प्रकृति र सारले के-कस्ता कुराहरू पैदा गर्छन्, यी कुराहरूले तिनीहरूलाई कुन मार्गतर्फ अघि बढाउँछन् त्यो कुरा हेर्न चाहनुहुन्छ। परमेश्‍वरले हेर्नुहुने कुराहरू यिनै हुन्। त्यसकारण म तिमीहरूलाई सोध्छु, परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइमा खोज्‍नुहुन्छ भने—“मानिसहरूको हृदयको गहिराइ” ले केलाई जनाउँछ? यसलाई सरल रूपमा भन्दा, यो मानिसहरूको हृदयको सबैभन्दा वास्तविक विचार हो। त्यसकारण परमेश्‍वरको उपस्थितिमा, तैँले जस्तो देखावटी रूप धारण गरे पनि, आफूलाई जसरी ढाक-छोप गरे पनि, वा आफ्‍नो लागि जति कुरा बढाए पनि, परमेश्‍वरले तेरो सबै वास्तविक सोचाइ र तैँले आफ्‍नो सबैभन्दा गहिराइमा, र अन्‍तस्‍करणमा लुकाएर राखेका सबै कुरा स्पष्ट रूपमा बुझ्‍न सक्‍नुहुन्छ; कुनै पनि व्यक्तिको गुप्त र भित्री कुराहरू परमेश्‍वरको छानबिनबाट उम्‍कन सक्दैनन्। मैले के भनिरहेको छु तिमीहरूले बुझ्यौ? दशकौँ जीवन बिताएर अनि व्यवहार गरेर, त्यस सुन्दर महिलाले आफ्‍नो सबैभन्दा नजिकको व्यक्तिलाई धोका दिइन्—के तिमीहरूलाई पनि यस्तै भयो भने, तिमीहरू पनि धोकामा पर्नेथिएनौ र? (पर्नेथियौँ।) त्यसोभए के तिमीहरूले उनले आफ्‍नो श्रीमानलाई मात्रै होइन, तर तिमीहरू र अरू सबैलाई पनि धोका दिइन् भनेर भन्‍न सक्दैनौ र? (सक्छौँ।) उनले आफ्‍नो हृदयको सबैभन्दा वास्तविक विचारहरू कसैलाई खोलिनन्—उनले कसैलाई बताइनन्—यसको साथै, उनको देखावटी व्यवहारमा कुनै खोट देखिँदैनथियो, र कसैलाई पनि वास्तविकता थाहा भएन। तैपनि, उनले एउटा कुरालाई बेवास्ता गरिन्—मानिसहरूले गर्ने हरेक कुरा परमेश्‍वरले हेर्नुहुन्छ। उनले अरू कसैलाई छल गर्न सकेकी होलिन्, तर उनले परमेश्‍वरलाई धोका दिन सकिनन्। त्यो धनी मानिस बाहिरबाट हेर्दा चलाख जस्तो देखिन्थ्यो, तिनले धेरै पैसा कमाउन सकिन्, तर तिनी त्यस महिलाको सिकार बनिन्। के त्यो तिनको क्षणिक लापरवाही थियो? (थिएन।) त्यसोभए के कारणले यस्तो भयो? तिनले उनको वास्तविकतालाई देख्‍न नसकेकोले यस्तो भएको थियो। यो कथाद्वारा मैले तिमीहरूलाई के-कस्ता तथ्यहरू बताइरहेको छु? म तिमीहरूलाई के भनिरहेको छु भने, परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा तिमीहरू सही मार्गमा हिँड्नुपर्छ र उचित आचरण प्रस्तुत गर्नुपर्छ कुटिल र दुष्ट मार्गहरूमा संगल्‍न हुनु हुँदैन। कुटिल र दुष्ट तरिहरू के-के हुन्? परमेश्‍वरका विश्‍वासीहरू सधैँ सानातिना युक्तिहरूमा, छली र कुटिल खेलहरूमा, र चलाकीहरूमा भरोसा गरेर आफ्‍नो भ्रष्टतालाई, खराबीहरू, कमीहरू र समस्याहरूलाई ढाकछोप गर्न चाहन्छन्, जस्तै तिनीहरूको आफ्‍नै कमजोर क्षमता; तिनीहरूले सधैँ शैतानी दर्शनहरू अनुसार मामलाहरूलाई सम्‍हाल्छन् जुन तिनीहरूलाई खराब होइन भन्‍ने लाग्छ। झट्ट हेर्दा, तिनीहरूले परमेश्‍वर र आफ्‍ना अगुवाहरूलाई प्रिय ठान्छन् भन्‍ने देखिन्छ, तर तिनीहरूले सत्यताको अभ्यास गर्दैनन्, न त सिद्धान्तहरू अनुसार नै काम गर्छन्। तिनीहरूले सधैँ अरूको शब्‍दहरू र अभिव्यक्तिहरूलाई ध्यान दिइरहेका हुन्छन्, र सधैँ यस्तो सोचिरहन्छन्, “मेरो हालैको कार्य प्रस्तुति कस्तो रह्यो? के सबैले मलाई समर्थन गर्छन्? के परमेश्‍वरलाई मैले गरेका सबै असल कुराहरूको बारेमा थाहा छ? यदि उहाँले थाहा छ भने, के उहाँले मेरो प्रशंसा गर्नुहुनेछ? परमेश्‍वरको हृदयमा मेरो स्थान के हो? के त्यहाँ मेरो महत्त्व छ?” यसको तात्पर्य के हो भने, परमेश्‍वरलाई विश्‍वास गर्ने व्यक्तिको रूपमा, तिनीहरूले आशिषहरू पाउनेछन् कि तिनीहरूलाई हटाइनेछ? के यी मामलाहरूमा सधैँ सोचविचार गर्नु कुटिल र दुष्ट तरिका होइन र? यो वास्तवमा नै कुटिल र दुष्ट तरिका हो, सही मार्ग होइन। त्यसोभए, सही मार्ग के हो? (सत्यतालाई पछ्याउने र स्वभाव परिवर्तन गर्ने सम्‍बन्धी तथ्य।) ठीक भन्यौ। परमेश्‍वरमा विश्‍वास गर्नेहरूका लागि, एउटै मात्र सही मार्ग भनेको सत्यतालाई पछ्याउनु, सत्यता प्राप्त गर्नु, र स्वभाव परिवर्तन हासिल गर्नु हो। परमेश्‍वरले मानिसहरूलाई मुक्ति प्राप्त गर्ने मार्गमा डोर्‍याउने एउटै मात्र तरिका भनेको साँचो मार्ग, अर्थात् सही मार्ग मात्रै हो।

परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइमा खोज्‍नुहुन्छ; उहाँले मानिसहरूको हृदयको सबैभन्दा गहिरो भाग, अर्थात् तिनीहरूको वास्तविक सोचाइहरू देख्‍न सक्‍नुहुन्छ। “मानिसहरू कीराहरू हुन्” भनी भन्‍नुहुँदा, उहाँले कुन आधारमा बोलिरहनुभएको हुन्छ? (मानिसहरूको प्रकृति र सारको आधारमा।) के तिमीहरूले कहिल्यै परमेश्‍वरले उल्‍लेख गर्नुहुने “कीराहरू” को सार, स्थिति, र प्रकटीकरणहरूलाई विश्‍लेषण गरेर हेरेका छौ? मानिसको सारका के-कस्ता तत्वहरूले गर्दा परमेश्‍वरले तिनीहरूलाई यसो भन्‍नुहुन्छ? परमेश्‍वरले किन मानिसहरू किरा हुन् भन्नुहुन्छ? परमेश्‍वरको नजरमा, भ्रष्ट मानवजाति स्पष्ट रूपमा नै उहाँका सृष्टि हुन्; तर के उनीहरूले सृष्टि गरिएका प्राणीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्यहरू पूरा गर्छन्? धेरै मानिसहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्छन्, तर तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्दा त्यो कस्तो हुन्छ? तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा अग्रसरता जनाउँदैनन्; यदि तिनीहरूलाई काँटछाँट, निराकरण वा अनुशासित गरिएन, तिनीहरू अघि बढ्दैनन्; तिनीहरूमा थोरै विश्‍वास जगाउनको लागि, केही सक्रियता बढाउनको लागि तिनीहरूलाई सधैँ भेटेर सङ्गति र भरणपोषण दिनुपर्छ—के यो तिनीहरूको भ्रष्ट स्वभाव होइन र? (हो।) मानिसहरूलाई आफ्‍नो स्थान थाहा छैन, न त तिनीहरूले के गर्नुपर्छ, के पछ्याउनुपर्छ, वा कुन मार्गमा हिँड्नुपर्छ भन्‍ने नै थाहा छ; प्रायजसो, तिनीहरूले आफ्‍नै इच्छा अनुसार काम गर्छन् र पागलले जस्तो जथाभाबी व्यवहार गर्छन्। यदि बारम्‍बार मलजल, निराकरण, र काट-छाँट गरिएन भने, यदि परमेश्‍वरले मानिसहरूलाई आफूकहाँ फर्काइ ल्याउन निरन्तर परिस्‍थितिहरू तय गर्नुभएन भने, मानिसहरूले के गर्नेथिए? के भन्‍न सकिन्छ भने, त्यस्तो व्यक्तिले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न नसक्‍ने मात्रै होइन, तर त्यो व्यक्ति यति हदसम्‍म अपभ्रष्ट हुनेथियो कि ऊ नकारात्मक हुनेथियो, आफ्‍नो काममा सुस्त हुनेथियो, लापरवाही भई परमेश्‍वरलाई छल गर्नेथियो। यदि कसैले आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्न सक्दैन भने, त्यस व्यक्तिका सबै कार्यहरूको गुणस्तर कस्तो हुन्छ? ती सबै दुष्ट कार्यहरू बन्छन्—तिनीहरूले दुष्ट कार्य मात्रै गर्न सक्छन् भनेर भन्‍न सकिन्छ! सारा दिन तिनीहरूको सोचाइ सत्यतासँग पटक्‍कै सम्‍बन्धित हुँदैन, परमेश्‍वरको मार्गमा हिँड्ने कुरासँग पटक्‍कै सम्‍बन्धित हुँदैन। केही नसोची वा कुनै प्रयास नगरी तिनीहरू हरेक दिन तीन छाक खान्छन्; तिनीहरूले थोरै सोचे पनि, यो सत्यताको सिद्धान्त अनुरूप हुँदैन, न त परमेश्‍वरले मानिसलाई दिनुभएका मापदण्डहरूसँग नै य सको कुनै सम्‍बन्ध हुन्छ। तिनीहरूले परमेश्‍वरको साक्षी नै नदिई बाधा र व्यवधानको कार्य गर्छन्। तिनीहरूको हृदय कसरी भौतिक हितको खोजी गर्ने, हैसियत र ख्यातिको लागि कसरी लागिपर्ने, अरूको बीचमा कसरी दह्रिलो गरी खडा हुने, अनि हैसियत र प्रसिद्धि पाउने भन्‍ने सोचाइहरूले भरिएको हुन्छ। तिनीहरू परमेश्‍वरले दिनुभएको खानेकुरा खान्छन् र उहाँले प्रदान गर्नुभएका कुराहरूमा नै रमाउँछन्, तर मानव मामलाहरूमा सहभागी हुँदैनन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्‍न—उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ। कतिपय मानिसहरूले औपचारिकता पूरा गर्नको लागि मात्रै आफ्‍नो कर्तव्य पूरा गर्छन्। तिनीहरू अविश्‍वासी अगुवाजस्तो कामको अवलोकन गर्न मण्डली आउँछन्; तिनीहरू एक पटक यताउता घुम्छन्, केही नाराका शब्‍दहरू फलाक्छन्, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई भाषण दिन्छन्, सबैलाई आज्ञाकारी भएर सुन्‍न बाध्य गर्छन्, त्यसपछि तिनीहरू जान्छन्। जब तिनीहरूले जिम्‍मेवारी नलिई झारा टारेर आफ्‍नो कर्तव्य पूरा गर्ने व्यक्तिलाई देख्छन्, तब तिनीहरूले सोच्छन्: “मसँग त्यस कुराको कुनै सम्‍बन्ध छैन, र यसले मेरो हैसियतमा कुनै खतरा ल्याउँदैन, त्यसकारण म यसको बारेमा वास्ता गर्नेछैनँ।” दिन-प्रतिदिन, तिनीहरू यसरी कुनै वास्तविक काम नगरी, कुनै वास्तविक समस्या समाधान नगरी अल्याङटल्याङ गरिरहन्छन्। यो कस्तो प्रकारको व्यक्ति हो? (केही नसोची वा कुनै मेहनत नगरी दिनमा तीन पटक खाने व्यक्ति।) हरेक दिन तिनीहरूले के गर्नुपर्छ त्यो तिनीहरूलाई थाहा हुँदैन, त्यसकारण तिनीहरूसँग परमेश्‍वर खुसी हुनुहुन्छ कि उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ, वा उहाँले तिनीहरूलाई जाँचिरहनुभएको छ कि छैन भन्‍ने कुरा थाहा नपाई तिनीहरू लापरवाही रूपमा दिनहरू बिताइरहन्छन्। के तिनीहरूले गर्ने कुरा सत्यता अनुरूप हुन्छन्? के तिनीहरूले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गरिरहेका हुन्छन्? के तिनीहरू बफादार हुन्छन्? के तिनीहरूले झारा टारिरहेका हुन्छन्? के तिनीहरूले आफूले गर्ने कुराहरूमा आफूलाई उचालिरहेका हुन्छन्? के तिनीहरूले परमेश्‍वरको गवाही दिइरहेका हुन्छन्? तिनीहरूलाई यस्तो केही कुरा थाहा हुँदैन। केही नसोची वा कुनै मेहनत नगरी दिनमा तीन पटक खाने व्यक्तिलाई “सित्तैँमा खानेहरू” भनिन्छ। तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्; आफ्‍नो लागि एक थाल खाना पस्किन पनि तिनीहरू अल्छी गर्छन्, र अरूको आस गरेर बस्छन्। यो कस्तो प्रकारको व्यक्ति हो? हरेक दिन तिनीहरू जहाँ पुगेका हुन्छन्, त्यहीँ बस्छन्, जहाँ मीठो खान पाइन्छ त्यहीँ खान्छन्, जहाँ सुत्‍न सहज हुन्छ त्यहीँ जान्छन्, र मानिसहरूले जहाँ तिनीहरूको चापलुसी गर्छ त्यहीँ जान्छन्। त्यस्तो व्यक्ति र कीराको बीचमा कुनै भिन्‍नता छैन, होइन र? (छैन।) कुनै भिन्‍नता छैन। यी मानव व्यवहारहरूका आधारमा, के मानिसहरूलाई “कीराहरू” भनी भन्‍नु अनुचित छ? (अनुचित छैन।) मानिसहरू निरन्तर रूपमा यस्तो नीच प्रकृतिमा जिउँछन्; तिनीहरूले थोरै वास्तविक काम गरेपछि, आफ्‍नो उपलब्धिको पहिचान खोज्छन्। कतिपय मानिसहरूले भन्छन्: “मैले आफ्‍नो कर्तव्य पूरा गरेको पाँच-छ वर्ष भयो। म हरेक दिन आफ्‍नो कर्तव्यमा लागिपर्छु, र मेरो कपाल फुल्‍न थालिसकेको छ।” के यो बोल्‍ने घृणित तरिका होइन र? कसरी तैँले पावलले जस्तै बोल्‍न सकिस्? आफ्‍ना उपलब्धिहरूको लागि पहिचान प्राप्त गर्ने प्रयास गर्नुको पछाडि के उद्देश्य छ? के तैँले परमेश्‍वरबाट इनाम प्राप्त गर्न चाहेर होइन? इनाम पाउन चाहने मानिसहरूलाई हामी सामान्यतया के भन्छौँ? के यो “भिखारी” भन्‍ने शब्‍द होइन र? के त्यस्ता मानिसहरू लाज पचेकाहरू होइनन् र? के तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गरिरहेको छस्, अनि तेरो परिश्रम कसको लागि हो? के यो परमेश्‍वरको लागि हो? परमेश्‍वरले त्यस्तो कार्यलाई बहुमूल्य ठान्‍नुहुन्‍न। वास्तवमा, तैँले आफ्‍नो खातिर काम गरिरहेको हुन्छस्, मुक्ति पाउन सकूँ, आफूले चाहेको पहिचान पाउन सकूँ, र मागेको इनाम पाउन सकूँ भनेर काम गरिरहेको हुन्छस्, होइन र? के परमेश्‍वरले तँलाई थोरै अनुग्रह वा थोरै आशिष मात्रै दिनुभएको छ? के तैँले इनाम मागोस् भनेर परमेश्‍वरले तँलाई यो जीवन दिनुभएको हो? के तैँले हात पसारेर परमेश्‍वरलाई खाने कुरा माग्‍न सक् भनेर हो? अहिले तैँले आफ्‍नै कर्तव्य पूरा गरिरहेको छस्। यो तेरो दायित्व र जिम्‍मेवारी हो। परमेश्‍वरले तँलाई एउटा कर्तव्य सुम्पनुभएको छ, जुन उहाँले तँलाई गर्नुभएको अनुग्रह नै हो, त्यसकारण तैँले केही पनि माग्‍नु हुँदैन; मागिस् भने, परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ र तँदेखि घिनाउनुहुनेछ। मानिसहरूले सधैँ परमेश्‍वरसँग अनुग्रह र इनाम माग्‍न चाहन्छन्। तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? के तिनीहरू नीच चरित्र भएका लाज पचेका मानिसहरू होइनन् र? के तिमीहरू सबै त्यस्तो स्थितिमा छौ? (छौँ।) तिमीहरूले यो स्थितिलाई कसरी सुधार्नुपर्छ? तैँले तेरा कुन-कुन बोलीवचन र व्यवहार यो स्थितिमा पर्छ त्यो पहिचान गर्नु नै पर्छ, त्यसपछि, प्रार्थना गर्न तुरुन्तै परमेश्‍वरको अघि आएर उहाँको छानबिनलाई स्विकार्नुपर्छ; आफ्‍नो कुरूपता, प्रकृति, र सारलाई चिरफार गर्नुपर्छ। तैँले केही ज्ञान र बुझाइ प्राप्त गरेपछि, यी कुराहरूलाई आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका अघि लगेर तिनीहरूसँग सङ्गति गर्नुपर्छ, र तिनीहरूका अघि आफूलाई उदाङ्गो पार्नुपर्छ। तैँले यसरी सङ्गति गरेर आफूलाई उदाङ्गो पार्ने बाहेक, तैँले वास्तवमा नै परमेश्‍वरको छानबिनलाई स्विकारिरहेको हुनेछस्, अनि यसरी, तेरो स्थिति बिस्तारै सुधार हुनेछ। तैँले आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि, सुरुमा आफ्‍नो भ्रष्ट स्वभाव कति दुष्ट र घृणित छ भन्‍ने कुरालाई स्पष्ट रूपमा जान्‍नुपर्छ; त्यसपछि मात्रै तैँले आफूलाई हृदयमा घृणा र तिरस्कार गर्न सक्‍नेछस्—यदि तैँले आफूलाई घृणा गरिनस् भने, समस्या समाधान गर्न सक्दैनस्। यदि तँ सधैँ भ्रष्ट स्वभाव अनुसार जिउनु गलत होइन, अरूलाई यसले असर गर्दैन, र तैँले कुनै दुष्कर्म गरिनस् भने, तँ ठीकठाक हुन्छस् भनेर सोच्छस् भने—के त्यो निरर्थक कुरा होइन र? के त्यस्ता मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरको मुक्ति पाउन सक्छन्? परमेश्‍वरले किन मानिसहरूको भ्रष्ट स्थिति खुलासा गर्नुहुन्छ? तैँले परमेश्‍वरका वचनहरूमा इमानदारिताको साथ सङ्गति गर्नुपर्छ, मानिसहरूको भ्रष्ट स्थिति र भ्रष्ट प्रकटीकरणहरूलाई जोडेर त्यसलाई भ्रष्ट मानवजाति कीराहरू हुन् भनेर परमेश्‍वरले प्रकट गर्नुभएका वचनहरूसँग तुलना गर्नुपर्छ—के तिमीहरूले यो समस्या अत्यन्तै गम्‍भीर छ भन्‍ने कुरा देख्‍न सक्छौ? के तिमीहरूले यसलाई स्विकार्न सक्छौ? (सक्छौँ।) परमेश्‍वरले मानिसहरू कीराहरू हुन् भनी भन्‍नुहुँदा, उहाँले मुख्य रूपमा कसलाई सम्‍बोधन गरिरहनुभएको छ? मानिसको कुन स्थिति र भ्रष्ट स्वभावलाई उहाँले मुख्य रूपमा सम्‍बोधन गरिरहनुभएको छ? मानिसको भ्रष्ट प्रकृतिको कुन पक्षलाई उहाँले प्रकट गरिरहनुभएको छ? सबैभन्दा महत्त्वपूर्ण कुरा, जो किरा हो, त्यो व्यक्ति कुनै लाज नभएको बेकम्‍मा हुन्छ; परमेश्‍वरको नजरमा, तिनीहरूको मूल्य एक पैसाको जति पनि हुँदैन! म किन तिनीहरूको मूल्य एक पैसाको जति पनि हुँदैन भनेर भनिरहेको छु? परमेश्‍वरले तँलाई बनाउनुभयो र तँलाई जीवन दिनुभयो, तापनि तँ आफूले गर्नुपर्ने न्यूनतम कर्तव्य पूरा गर्न सक्दैनस्; तँ केवल सित्तैंमा खाने व्यक्ति होस्। परमेश्‍वरको नजरमा, तँ केही न कामको छस्, र तेरो जीवनको कुनै अर्थ छैन। के त्यस्ता मानिसहरू किराहरू होइनन् र? (हुन्।) यसैले, यदि मानिसहरू किरा हुन चाहँदैनन् भने तिनीहरूले सबैभन्दा पहिले के गर्नुपर्छ? सबभन्दा पहिले, तैँले आफ्नो स्थान खोज्‍नुपर्छ, र कुनै पनि हालतमा आफ्‍नो कर्तव्य पूरा गर्ने उपाय खोज्‍नुपर्छ, ताकि तैँले सृष्टिकर्तासँग सामान्य सम्‍बन्ध स्थापित गर्न सक्, र तैंले परमेश्‍वरलाई तेरो लेखा दिन सक्। त्यसपछि, आफ्‍नो कर्तव्य पूरा गर्दा झारा नटारी कसरी बफादारिता हासिल गर्ने सो विचार गर्नुपर्छ; तैँले आफ्नो सम्पूर्ण हृदय त्यसमा लगाउनुपर्छ। सृष्टिकर्तालाई मूर्ख बनाउने कोसिस नगर्। परमेश्‍वरले तँलाई जे गर्न लगाउनुहुन्छ त्यो गर्नुपर्छ, सुन्‍नुपर्छ र समर्पित हुनुपर्छ। अब, के मानिसहरूलाई कीराहरू भन्‍ने परमेश्‍वरका वचनहरूप्रति तिमीहरूसँग अरू कुनै विचार वा विरोध छ? के तिमीहरूले यसलाई आफूमा लागू गर्न सक्छौ? कतिपय मानिसहरूले भन्छन्: “मैले धेरै वर्षदेखि आफ्‍नो कर्तव्य पूरा गर्दै आइरहेको छु, त्यसकारण म पक्‍कै पनि कीरा होइन?” के तिनीहरू सही छन्? (छैनन्।) किन तिनीहरू गलत छन्? तँ कीरा होस् कि होइनस् भन्‍ने कुरा बाहिरी रूपमा तैँले जे गर्छस् त्योसँग सम्‍बन्धित हुँदैन। तैँले आफ्‍नो कर्तव्य कसरी पूरा गर्छस्, कर्तव्य पूरा गर्दा तँ कुन स्थितिमा हुन्छस्, आफ्‍नो कर्तव्य पूरा गर्न तँ के कुरामा भर पर्छस्, आफ्‍नो कर्तव्य पूरा गर्दा तैँले परिणामहरू हासिल गर्छस् कि गर्दैनस्, आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्छस् कि गर्दैनस्, र तैँले आफ्‍नो काम गर्न सक्छस् कि सक्दैनस्, परमेश्‍वरले यिनै कुराहरू हेर्न चाहनुहुन्छ। यदि तैँले सत्यताका सिद्धान्तहरू अनुसार आफ्‍नो कर्तव्य पूरा गर्छस्, बफादारिता हासिल गर्छस्, स्वीकार्य मापदण्ड अनुसार आफ्‍नो कर्तव्य पूरा गर्न सक्छस्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस् भने, तँ “कीरा” भनिनबाट जोगिनेछस्।

परमेश्‍वरको कामको अनुभव गर्ने क्रममा, तिमीहरूले पहिले मानिसको प्रकृति र सारलाई खुलासा गर्ने उहाँका वचनहरू स्विकार्नुपर्छ। यदि तिमीहरूले मानिसहरूको भ्रष्ट स्वभाव र तिनीहरूको भ्रष्टताको सत्यतालाई स्पष्ट रूपमा देख्‍न सक्यौ, र आफूलाईसाँचो रूपमा चिन्यौ भने, के यो तिमीहरूले मुक्ति हासिल गर्ने मार्ग होइन र? मानिसलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरूलाई तिमीहरूले कसरी लिन्छौ भन्ने कुरा महत्त्वपूर्ण छ। सर्वप्रथम, तिमीहरूले मानिसको प्रकृति खुलासा गर्ने परमेश्‍वरका वचनहरू मनन गरेर बुझ्‍नुपर्छ; यदि तिमीहरूले परमेश्वरका वचनले खुलासा गरेका कुराहरू पूर्णतः आफ्‍नो स्थितिअनुरूप नैछन् भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्यौ भने, फसल प्राप्त गर्नेछौ। कतिपय मानिसहरूले परमेश्‍वरका वचनहरू पढिसकेपछि ती वचनलाई सधैँ अरूसँग दाँज्छन्; तिनीहरूले सधैँ ती वचनहरू अरूप्रति लक्षित छन्, र परमेश्‍वरले बोल्‍नुभएका वचनहरू जति नै कडा भए पनि तीसँग तिनीहरूको कुनै सम्‍बन्ध छैन भन्‍ने सोच्छन्। यो समस्याको कुरा हो—यस्तो व्यक्तिले सत्यता स्विकार्दैन। त्यसोभए तिमीहरूले परमेश्‍वरका वचनहरूलाई कसरी लिनुपर्छ? तिमीहरूले हरेक पटक परमेश्‍वरका कुनै पनि वचनहरू पढ्दा, तिनलाई आफूसँग तुलना गर्नुपर्छ, आफ्‍नै स्थिति, आफ्‍नै सोच र दृष्टिकोणहरूसँग, अनि आफ्‍नै व्यवहारसँग दाँज्नुपर्छ। यदि तँ साँच्‍चै तीसँग तुलना गर्न लायक छस्र आफ्‍ना समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्छस् भने, यसरी तैँले आफ्‍नो फसल पाउनेछस्। त्यसपछि तैँले अरूलाई सहयोग गर्नका लागि आफूले बुझेको सत्यताको वास्तविकता प्रयोग गर्नुपर्छ; तिनीहरूलाई सत्यता बुझ्‍न र समस्याहरू समाधान गर्न सहयोग गर्नुपर्छ, तिनीहरूलाई परमेश्‍वरको अघि आउन, र उहाँका वचनहरू र सत्यता स्विकार्न सहयोग गर्नुपर्छ। यसले अरूप्रतिको प्रेम देखाउँछ, र यसबाट तैँले फसल पाउन सक्छस्; यसले तँ र अरू दुवै पक्षलाई फाइदा गर्छ, यो दुई गुणा फसल हो। यसरी कार्य गरिस् भने तँ परमेश्‍वरको घरमा उपयोगी व्यक्ति बन्छस्; यदि तँमा त्यस्तो सत्यताको वास्तविकता छ भने, तैँले परमेश्‍वरको गवाही दिन सक्छस्। के त्यसपछि तँलाई परमेश्‍वरले स्विकार्नुहुने छैन र? परमेश्‍वरले मानिसहरूलाई खुलासा गर्ने बाँकी वचनहरू स्विकार्न र तिनमा समर्पित हुनका लागि पनि तैँले त्यही विधि प्रयोग गर्नुपर्छ, त्यसपछि आफ्नो विश्‍लेषण गरेर आफैलाई चिन्‍नुपर्छ। के तिमीहरू आफूलाई यसरी तुलना गर्न जान्दछौ? (अलिअलि जान्दछौँ।) यदि परमेश्‍वरले तँ शैतान होस्, दियाबलस होस्, तँमा भ्रष्ट स्वभाव छ, र तैँले उहाँको विरोध गर्छस् भनेर भन्‍नुभयो भने, तैँले यी ठूला कुराहरूलाई आफूसँग तुलना गर्न सक्लास्; तर जब उहाँका वचनहरूले तँ कस्तो व्यक्ति होस् भन्ने कुरा पत्ता लगाउन अरू निश्‍चित स्थिति र अभिव्यक्तिलाई छुन्छन् भने, तैँले तिनलाई आफूसँग तुलना गर्न सक्दैनस्, र तिनलाई स्विकार्न सक्दैनस्—यो अत्यन्तै समस्याको कुरा हो। यसको अर्थ के हो? (यसको अर्थ हो, हामीले आफूलाई साँचो रूपमा चिनेका छैनौँ।) तैँले आफूलाई साँचो रूपमा चिनेको छैनस्, र तैँले सत्यता स्विकार्दैनस्, वास्तविकता त्यही होइन र? (हो।) मानिसहरूलाई खुलासा गर्नका लागि परमेश्‍वरले प्रयोग गर्नुहुने वचनहरू मानिसहरूले बिस्तारै बुझ्दै जानुपर्छ, जस्तै “कीराहरू,” “फोहोरी पिशाच,” “एक पैसाको पनि मूल्य नभएको,” “फोहोर,” र “केही न कामको।” के परमेश्‍वरले मानिसहरूलाई खुलासा गर्नुको उद्देश्य तिनीहरूको निन्दा गर्नु हो? (होइन।) त्यसोभए के हो त? (मानिसहरूलाई आफूलाई चिन्‍न, र आफ्‍नो भ्रष्टता त्याग्‍न लगाउन हो।) ठीक भन्यौ। परमेश्‍वरले यी कुराहरू खुलासा गर्नुको उद्देश्य भनेको तिमीहरूलाई आफूलाई चिन्‍न, यसै क्रममा सत्यता प्राप्त गर्न, र उहाँको इच्‍छा बुझ्‍न दिन हो। यदि परमेश्‍वरले तँलाई कीराको रूपमा, नीच व्यक्तिको रूपमा, केही काम नलाग्‍ने व्यक्तिको रूपमा खुलासा गर्नुभयो भने, तैँले कसरी अभ्यास गर्नुपर्छ? तैँले सायद यसो भन्छस् होला, “परमेश्‍वरले मलाई कीरा भन्‍नुभयो, त्यसकारण म कीरा नै हुनेछु। परमेश्‍वरले मलाई केही काम नलाग्‍ने भन्‍नुभयो, त्यसकारण म केही काम नलाग्‍ने नै बन्‍नेछु। परमेश्‍वरले मलाई एक पैसाको जति पनि मूल्य नभएको भन्‍नुहुन्छ, त्यसकारण म कुनै मूल्य नभएको कसिङ्गर बन्‍नेछु। परमेश्‍वरले मलाई फोहोरी पिशाच र शैतान भन्‍नुहुन्छ, त्यसकारण म फोहोरी पिशाच र शैतान बन्‍नेछु।” के यो सत्यता प्राप्त गर्ने तरिका हो? (होइन।) परमेश्‍वरले यी शब्‍दहरू भन्‍नुको पछाडिको उहाँको उद्देश्य, उहाँको सबै न्याय, सजाय, र खुलासाको अन्तिम उद्देश्य भनेको मानिसहरूलाई उहाँको इच्छा बुझ्‍न,अनि सत्यता अभ्यास गर्ने, परमेश्‍वरलाई चिन्‍ने, र उहाँमा समर्पित हुने मार्गमा पाइला चाल्‍न दिनु हो। यो मार्गमा हिँड्ने क्रममा यदि मानिसहरूले परमेश्‍वरलाई सधैँ गलत रूपमा बुझ्छन् भने, यदि तिनीहरूले प्रायजसो उहाँको न्याय र सजायलाई पूर्ण रूपमा स्विकार्न सक्दैनन् भने, र तिनीहरूको विद्रोहीपन साह्रै ठूलो छ भने, तिनीहरूले के गर्न सक्छन्? तँ धेरैभन्दा धेरै पटक परमेश्‍वरको अघि आउनुपर्छ, उहाँको छानबिनलाई स्विकार्नुपर्छ, आफ्नो बारम्‍बारको परीक्षा र शोधनमा उहाँलाई तेरो अगुवाइ गर्न दिनुपर्छ, र उहाँलाई तँलाई शुद्ध पार्ने परिस्‍थितिहरूको बन्दोबस्त गर्न दिनुपर्छ। मानिसहरूको भ्रष्टता अत्यन्तै गहन छ, त्यसलाई पखाल्‍न तिनीहरूलाई परमेश्‍वर चाहिन्छ। यदि मानिसहरूमा यसो गर्ने इच्छा छैन भने, यदि तिनीहरू सधैँ ऐसआराममा लिप्त हुन्छन् भने, यदि तिनीहरू सधैँ अलमल्ल पर्छन् भने, र तिनीहरूले सत्यताको खोजी गर्दै गर्दैनन् भने, सत्यता प्राप्त गर्ने तिनीहरूको आशा अत्यन्तै थोरै हुन्छ। परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइलाई जाँच्‍नुभएको तथ्यका धेरै व्यावहारिक प्रकटीकरणहरू छन्, जसलाई परमेश्‍वरले खुलासा गर्नुहुने मानिसहरूको भ्रष्ट स्वभावका विभिन्‍न कुराहरूबाट देख्‍न सकिन्छ। मानिसको प्रकृति र सारभित्र रहेका कुराहरूलाई परमेश्‍वरले मात्रै देख्‍न सक्‍नुहुन्छ। त्यसकारण, यदि तँ परमेश्‍वरका वचनहरू सुन्दैनस्, परमेश्‍वरले तँलाई भनेबमोजिम जिउँदैनस्, उहाँमा विश्‍वास गर्दैनस् वा उहाँले तँलाई अह्राएअनुसार आफ्‍नो कर्तव्य पूरा गर्दैनस् भने, तँ कुनै पनि हालतमा परमेश्‍वरको इच्छा पूरा गर्ने मार्गमा हिँड्न सक्नेछैनस्; तँ परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्न सक्नेछैनस्, र तँलाई मुक्ति प्राप्त गर्न अत्यन्तै गाह्रो हुनेछ। के मैले भनेको कुरा सही छ? (छ।) के मानिसहरूले आफ्‍नै विधिहरूअनुसार परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई सन्तुष्ट पार्न सक्छन्? (सक्दैनन्।) मानिसहरूका विधि, कल्‍पना, तरिका र माध्यमहरू सत्यताअनुरूप हुँदैनन्, त्यसकारण परमेश्‍वरमाथिको यस्तो विश्‍वासले उहाँलाई कहिल्यै सन्तुष्ट तुल्याउन सक्दैन।

मैले भर्खरै व्यक्तिले आफ्‍नो जीवन प्रवेशमा वृद्धि अनुभव गरेको छ कि छैन भनेर मूल्याङ्कन कसरी गर्ने भन्ने विषयको चौथो सूचकबारे बताएँ, जुन सूचक कसैले मानिस, घटना, र परिस्थितिहरू सामना गर्दा परमेश्‍वरमा समर्पित हुन सक्‍ने हद हो। तँ परमेश्‍वरमा कुन हदसम्‍म समर्पित हुन सक्छस् भन्ने कुरालाई केले निर्धारित गर्छ? यदि तैँले परमेश्‍वरका वचनहरू ग्रहण गर्न वा बुझ्‍न सक्दैनस् भने, यदि तँ परमेश्‍वरले भन्‍नुहुने र माग गर्नुहुने कुराहरू पटक्‍कै जान्‍न सक्दैनस् भने, के तँ उहाँमा समर्पित हुन सक्छस्? (सक्दिनँ।) यो अत्यन्तै कठिन कार्य हो। त्यसकारण, अन्तिम विश्‍लेषणमा भन्दा, कुनै व्यक्तिलाई समर्पणता हासिल गर्नका लागि के चाहिन्छ? (सत्यताको बुझाइ।) यदि व्यक्तिले सत्यता बुझ्छ भने, के त्यो परमेश्‍वरको इच्छा बुझ्‍नु सरह होइन र? (हो।) तिनीहरूले परमेश्‍वरको इच्छा बुझेपछि मात्रै क्रमिक रूपमा परमेश्‍वरमा समर्पित भएर उहाँको इच्छा पूरा गर्न सक्छन्।

व्यक्तिले आफ्‍नो जीवन प्रवेशमा वृद्धि अनुभव गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने अर्को मुख्य सूचक पनि छ, र त्यो सूचक भनेको, तैँले आफूले सामना गर्ने कुराहरूका बीचमा परमेश्‍वरको इच्छा बुझ्‍न र सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने हो। अब, जब तिमीहरूमध्ये धेरैले कुनै मामला वा परिस्‍थिति सामना गर्छौ, तब तिमीहरूले त्यसबाट कति सत्यता बुझ्न सक्छौ? के तिमीहरूले त्यसबाट सत्यता प्राप्त गर्न सक्छौ? के तिमीहरूले अधिकांश मामलाहरूमा सत्यता प्राप्त गर्छौ, कि सधैँ अलमल्ल परेर अनि काम अपूरो छोडेर प्राय: सत्यता प्राप्त गर्न सक्दैनौ? (प्रायजसो, हामी काम अपूरो छोड्छौँ।) तिमीहरूको साँचो स्थिति यही हो: प्रायजसो, तिमीहरूले सत्यता प्राप्त गर्न सक्दैनौ। यसले के देखाउँछ? यसले तेरो कद अत्यन्तै सानो छ, र जब तैँले विभिन्‍न मामलाहरू सामना गर्छस्, तब तँमा समस्याहरू समाधान गर्न आवश्यक कद वा सत्यताको वास्तविकता हुँदैन भन्‍ने देखाउँछ। तैँले परीक्षा वा जाँचको सामना गरे पनि नगरे पनि, तँ आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुँदैनस्, त्यसकारण तँसँग सत्यताको वास्तविकता छैन। यदि तैँले आफ्‍नै समस्याहरूलाई बुझ्न सक्दैनस्, र तँ आफ्‍ना समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न जान्दैनस् भने, तँ पूर्ण रूपमा असफल भएको छस्। यदि तैँले फेरि यस्तै खालको परीक्षाको सामना गरिस् भने, तँ अझै पनि अलमल्ल पर्नेछस्, र तैँले यसलाई समाधान गर्न उही विधि प्रयोग गर्नेछस् र यसलाई सम्‍हाल्न उस्तै मनोवृत्ति लिनेछस्। के यसले वृद्धिको कमी देखाउँदैन र? (देखाउँछ।) अहिले तिमीहरूको कद कुन हदसम्म रोकिएको छ? जब तिमीहरू,माथि कुनै परिस्थिति आइपर्छ, तब तिमीहरू अन्योलमा पर्छौ, त्यसपछि परमेश्‍वरका वचन, भजन, प्रवचन र सङ्गतिहरू, साथै तिमीहरूले प्रायजसो प्रयोग गर्ने विभिन्‍न सिद्धान्तहरू खोज्छौ, वा सङ्गति गर्न मानिसहरूकहाँ जान्छौ—के तिमीहरूको अहिलेको कद यस्तै छ? (हो।) त्यसोभए तिमीहरूको कद ठूलो छ कि सानो हो? (सानो।) के यस्तो कद लिएर तिमीहरू स्वतन्त्र रूपमा जिउन सक्छौ? के तिमीहरूले आफ्‍ना समस्याहरू आफै समाधान गर्न सक्छौ? (सक्दैनौँ।) यदि तिमीहरूको अहिलेको कद यस्तो छ भने, तिमीहरू मण्डली छोडेर, आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई छोडेर, आफ्‍नो कर्तव्य पूरा गर्ने परिस्‍थिति र स्थान छोडेर जानेबित्तिकै, के तिमीहरूले अझै पनि परमेश्‍वरलाई पछ्याउन सक्छौ? के तिमीहरूले साँच्‍चै उहाँलाई अन्त्यसम्‍मै पछ्याउन सक्छौ? यो कुरा थाहा भइसकेको छैन। तीन वर्ष वा पाँच वर्षपछि पनि तिमीहरूले अझै परमेश्‍वरलाई पछ्याइरहेका हुनसक्छौ, तर तिमीहरूको व्यवहार र आचरण, तिमीहरूले पछ्याउने लक्ष्य, तिमीहरूको जीवनको दिशा, तिमीहरूको दृष्टिकोण, अरूसँगको तिमीहरूको सम्‍बन्ध, र तिमीहरूले परिस्थितिलाई हेर्ने मनोवृत्ति केही पनि परिवर्तन भएको हुनेछैन, र तिमीहरू अविश्‍वासीभन्दा फरक हुनेछैनौ। एउटै भिन्‍नता के हुनेछ भने तैँले आफूलाई विश्‍वासी भन्छस्, परमेश्‍वरमा मुखले मात्रै विश्‍वास गर्छस्, र आफूलाई अझै पनि उहाँको अनुयायी भन्छस्। तैपनि, सारगत रूपमा, परमेश्‍वर अब तेरो हृदयमा हुनुहुन्‍न, तैँले अब आफ्‍नो हृदयमा उहाँको मार्ग पछ्याउँदैनस्, र उहाँसँग तेरो कुनै सम्‍बन्ध हुँदैन। प्रार्थनामा परमेश्‍वरलाई के भन्‍ने वा के कुराको खोजी गर्ने, त्यो थाहा नपाई तँ प्रायजसो उहाँको अघि आउने हुनाले र तेरो हृदयमा उहाँलाई भन्न केही पनि नभएको नहुनाले, तँ परमेश्‍वरबाट झन्-झन् टाढा हुन्छस्। जब तँलाई परिस्थितिहरू आइपर्छन्, तब परमेश्‍वरका वचनहरूले तेरो मार्गदर्शकको गर्दैनन्, न त तँ सत्यताको खोजी गर्न नै जान्दछस्, अनि तँ आफ्‍नै कल्‍पनाहरूअनुसार व्यवहार गर्छस्। के यसरी तँ पूर्ण रूपमा गैर-विश्‍वासी बनेको हुँदैनस् र? मेरा यी वचनहरूको अर्थ के हो? व्यक्तिले सत्यता प्राप्त गर्नुभन्दा पहिले, उसलाई परिस्थितिहरू आइपर्दा, ऊ सधैँ अन्योलमा पर्छ, उसले सत्यता लागु गर्न जान्दैन, र उसले परमेश्‍वरको इच्छाअनुसार परिस्थितिहरू सम्‍हाल्न पनि जान्दैन। तँ राम्रो परिस्‍थितिमा भए पनि, भयानक परिस्‍थितिमा भए पनि, तँलाई परीक्षा गरिए पनि वा जाँच गरिए पनि, तँ सधैँ अन्योलमा हुन्छस्; तँ यसलाई निष्क्रिय रूपमा सामना मात्रै गर्छस्, र तैँले कामकुरा समाधान गर्न सकारात्मक मनोवृत्ति वा सत्यताको प्रयोग गर्न सक्दैनस्। तैँले जस्तोसुकै परिस्‍थितिको सामना गर्नुपरे पनि, तँमा त्यसलाई रोक्‍ने क्षमता हुँदैन, र तैँले समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्ने पहल गर्न सक्दैनस्। तैँले त्यसलाई समाधान गर्न त्यही बेला नै सत्यताको खोजी गरे पनि र यस विषयमा परमेश्‍वरको इच्छा पूरा गर्ने प्रयास गरे पनि, तैँले त्यसो गर्न सक्दैनस्। त्यसैले तेरो आचरण र जीवन परमेश्‍वरसँग कति सम्‍बन्धित छ, विश्‍वासीमा हुनुपर्ने आचरण र जीवनसँग कति सम्बन्धित छ? औपचारिकता र तेरो हृदयको व्यक्तिपरक इच्छाहरूको हिसाबमा तेरो हृदयको एक प्रतिशत मात्रै परमेश्‍वरसँग सम्‍बन्धित छ, र उनान्‍सय प्रतिशत सत्यतासँग सम्‍बन्धित छैन भने, तँ परमेश्‍वरले भन्‍नुभएको जस्तै छस्: “तिमीहरूले तिमीहरूको जीवनमा सत्यतासँग सान्दर्भिक नहुने धेरै कुराहरू गरेका छौ।” के यो डरलाग्दो र खतरनाक छैन र? (छ।) यो अत्यन्तै डरलाग्दो, र अत्यन्तै खतरनाक छ। त्यसोभए मानिसहरूले सामना गर्ने समस्याहरू के-के हुन्? यदि मानिसहरूले परमेश्‍वरले बन्दोबस्त गर्नुभएका परिस्‍थितिहरूलाई छोडे भने, तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई सिद्ध बनाउने अवसर गुमाउँछन्, परमेश्‍वरका गम्भीर अभिप्रायहरूप्रति तिनीहरू अयोग्य बन्छन्, र परमेश्‍वरले तिनीहरूकै लागि भनेर बन्दोबस्त गर्नुभएका पाठहरूलाई त्याग्छन्। परमेश्‍वरलाई सबैभन्दा बढी दुःखित तुल्याउने कुरा यही हो। मानिसहरूले सत्यतालाई पछ्याउन सकून् भनेर परमेश्‍वरले उचित परिस्‍थितिहरूको बन्दोबस्त गर्नुहुन्छ। यदि मानिसहरूले आफ्‍नो कर्तव्य त्यागे, सत्यतालाई पछ्याउन छोडे, परमेश्‍वरका वचनहरू पढ्न छोडे, र कुनै पनि स्थान र समयमा परमेश्‍वरबाट टाढा हुन सक्‍ने छन् भने, के तिनीहरू परमेश्‍वरका इमानदार अनुयायी हुन्? अवश्य नै होइनन्। तिमीहरूले सायद यो कुरा स्पष्ट रूपमा देख्‍न सक्छौ—अहिले तिमीहरूको वास्तविक कद यही हो। सत्यतालाई नपछ्याउने मानिसहरूले परमेश्‍वरको इच्छा पटक्‍कै बुझ्दैनन्। यदि मानिसहरूले परमेश्‍वरले तिनीहरूका लागि बन्दोबस्त गर्नुभएका परिस्‍थितिहरू पटक्‍कै बुझ्दैनन्, अनि परमेश्‍वरसँग प्रार्थना वा कुराकानी गर्न जान्दैनन् भने, यी मानिसहरूको कद कस्तो हुन्छ? तिनीहरूको कद अत्यन्तै सानो हुन्छ, अनि तिनीहरू सत्यता पछ्याउन जान्दैनन्, होइन र? यदि तिनीहरू सत्यता पछ्याउन जान्दैनन् भने, तिनीहरूले कसरी यो प्राप्त गर्न सक्छन्? व्यक्तिपरक दृष्टिकोणबाट हेर्दा, तैँले सबै कुरा त्यागेको छु र परमेश्‍वरमाथिको तेरो विश्‍वास साँचो छ भन्‍ने सोच्छस् होला, तर वास्तवमा तँ सत्यता स्विकार्दैनस्, र तैँले परमेश्‍वरलाई आफ्नो हृदय अर्पण गरेको छैनस्—के वास्तविकता यही होइन र? (हो।) तैँले परमेश्‍वरलाई आफ्नो हृदय अर्पण गरेएको छैनस्, जसको अर्थ तैँले धेरै मामलाहरूमा अझै पनि परमेश्‍वरलाई विरोध गर्न र धोका दिन सक्छस्, र तँ परमेश्‍वरबाट टाढा हुन सक्छस्, यहाँसम्‍म कि तैँले परमेश्‍वरको अस्तित्वलाई समेत इन्कार गर्न सक्छस्। तँ परमेश्‍वरमा समर्पित नहुने, उहाँप्रति बफादार नहुने, र उहाँलाई आदर नगर्ने मात्रै होइन, तर तँ कुनै पनि बेला र कुनै पनि स्थानमा परमेश्‍वरलाई विरोध गर्न र धोका दिन सक्छस्। मानिसहरूले सत्यता प्राप्त गर्नुभन्दा पहिले तिनीहरू यही स्थितिमा हुन्छन्। मैले तिमीहरूलाई यो सब भन्‍नुको उद्देश्य के हो? म किन यी वचनहरू भन्छु? के तिमीहरूलाई चिसो पानी छ्याप्‍नका लागि मैले त्यसो भनेको हो? (होइन, हामीलाई आफ्‍नो साँचो कद चिनाउनका लागि हो।) यी वचनहरू तिमीहरूका लागि चेतावनीको घण्टी हुन् र त्यसले तिमीहरूलाई फाइदा पुर्‍याउनेछ। विश्‍वासीको रूपमा, यदि तैँले सत्यता प्राप्त गर्दैनस् भने, तैँले कहिल्यै पनि परमेश्‍वरलाई प्राप्त गर्नेछैनस्, र उहाँले तँलाई कुनै पनि हालतमा प्राप्त गर्नुहुनेछैन। त्यसकारण, परमेश्‍वरमाथिको तेरो विश्‍वासमा सत्यता पछ्याउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

सत्यता पछ्याउनका लागि, व्यक्तिले सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिनुपर्छ, तर कहाँबाट सत्यताको अभ्यास गर्न सुरु गर्ने त? यसको कुनै नियम छैन। तैँले सत्यताको जुन पक्ष बुझेको छस् त्यही अभ्यास गर्नुपर्छ। यदि तैँले कर्तव्य निर्वाह गर्न सुरु गरेको छस् भने, आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता अभ्यास गर्न थाल्‍नुपर्छ। आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, अभ्यास गर्नलाई सत्यताका विभिन्‍न पक्षहरू हुन्छन्, र तैँले सत्यताको जुन पक्ष बुझेको छस् त्यही अभ्यास गर्नुपर्छ। उदाहरणका लागि, तैँले एक इमानदार व्यक्ति बनेर इमानदारीपूर्वक बोल्दै र आफ्नो हृदय खोल्दै यस कार्यको सुरुवात गर्नुपर्छ। यदि त्यहाँ कुनै कुरा छ जसको बारेमा तँ आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई भन्‍न धेरै अप्ठ्यारो मान्छस् भने, तैँले घुँडा टेकेर प्रार्थनामार्फत त्यो कुरा परमेश्‍वरलाई भन्‍नुपर्छ। तैंले परमेश्‍वरलाई के भन्‍नुपर्छ त? तेरो हृदयमा जे छ त्यो परमेश्‍वरलाई भन्; खोक्रा गफहरू नगर् वा उहाँलाई धोका दिने कोसिस नगर्। इमानदार भएर सुरु गर्। यदि तँ कमजोर भएको छस् भने, म कमजोर भएको छु भन्; यदि तँ खराब भएको छस् भने, म खराब भएको छु भन्; यदि तँ छली भएको छस् भने, म छली भएको छु भन्; यदि तँमा दुष्ट र हानि गर्ने विचारहरू छन् भने, त्यसबारे परमेश्‍वरलाई भन्। यदि तँ सधैं हैसियतका लागि प्रतिस्पर्धा गर्छस् भने, उहाँलाई यो कुरा पनि भन्। परमेश्‍वरबाट तँमाथि अनुशासन कारबाही हुन दे; उहाँलाई तेरो निम्ति वातावरणहरूको बन्दोबस्त गर्न दे; परमेश्‍वरलाई तेरा सबै कठिनाइहरू पार गर्न र तेरा सबै समस्याहरू समाधान गर्न तँलाई सहयोग गर्न दे। तैँले परमेश्‍वरको लागि आफ्नो हृदय खोल्नुपर्छ; त्यसलाई बन्द नगर्। यदि तैँले उहाँलाई आउन दिइनस् भने पनि उहाँले तँभित्र देख्‍न सक्‍नुहुन्छ। तैपनि, यदि तैँले उहाँको लागि आफ्नो हृदय खुला गरिस् भने, तैँले सत्यता प्राप्त गर्न सक्छस्। त्यसो भए तैँले कुन बाटो रोज्नुपर्छ त? तैँले आफ्नो हृदय खोल्नुपर्छ र परमेश्‍वरलाई आफ्‍नो हृदयको कुरा भन्‍नुपर्छ। तैँले कुनै पनि हालतमा झुटो बोल्नु र छदम् भेष धारण गर्नु हुँदैन। तैँले इमानदार ब्यक्ति बनेर सुरुवात गर्नुपर्छ। हामीले वर्षौंदेखि इमानदार व्यक्ति बन्‍नेसम्‍बन्धी सत्यताहरूमा सङ्गति गर्दैआएका छौं, तैपनि आज पनि यहाँ धेरै मानिसहरू छन् जो उदासीन छन्, जो आफ्ना अभिप्राय, चाहना र उद्देश्‍यहरूअनुसार मात्र बोल्छन् र काम गर्छन्, र जसलाई कहिल्यै पश्‍चात्ताप गर्न मन लाग्दैन। यो इमानदार मानिसहरूको मनोवृत्ति होइन। परमेश्‍वरले मानिसहरूलाई किन इमानदार हुने आग्रह गर्नुहुन्छ? के यो तिनीहरूको लागि मानिसहरूलाई बुझ्न सजिलो होस् भनेर हो? अवश्य होइन। परमेश्‍वरले मानिसलाई इमानदार हुन लगाउनुहुन्छ किनभने उहाँले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ र इमानदारहरूलाई नै आशिष्‌ दिनुहुन्छ। इमानदार व्यक्ति हुनु भनेको विवेक र समझ भएको व्यक्ति हुनु हो। यसको अर्थ भरोसायोग्य व्यक्ति, परमेश्‍वरले प्रेम गर्नुहुने व्यक्ति, र सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई प्रेम गर्न सक्‍ने व्यक्ति बन्‍नु हो। इमानदार व्यक्ति बन्‍नु सामान्य मानवता हुनु र साँचो मानव रूपमा जिउनुको सबैभन्दा आधारभूत प्रकटीकरण हो। यदि कुनै व्यक्ति कहिल्यै इमानदार भएको छैन, वा उसले कहिल्यै इमानदार हुने कुरा सोचेको छैन भने, उसले सत्यता बुझ्न सक्दैन, सत्यता प्राप्त गर्न सक्‍नु त परको कुरा हो। यदि तँ मलाई विश्‍वास गर्दैनस् भने, तँ आफै गएर हेर्, वा गएर आफै अनुभव गर्। इमानदार व्यक्ति बनेमा मात्र परमेश्‍वरको लागि तेरो हृदय खुल्न सक्छ, तैँले सत्यता स्वीकार गर्न सक्छस्, सत्यता तेरो जीवन बन्‍न सक्छ, र तैँले सत्यता बुझ्न र प्राप्त गर्न सक्छस्। यदि तेरो हृदय सधैं बन्द छ भने, यदि तँ कसैलाई आफ्‍नो कुरा खुलस्त भन्दैनस् वा हृदयमा भएको कुरा बताउँदैनस्, जसले गर्दा तँलाई कसैले पनि बुझ्दैन भने, तेरो पर्खाल अत्यन्तै मोटो छ, र तँ सबैभन्दा छली मानिस होस्। यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् तैपनि परमेश्‍वरको अघि आफ्‍नो मन साँचो रूपले खोल्‍न सक्दैनस् भने, यदि तैँले परमेश्‍वरलाई ढाँट्न वा परमेश्‍वरलाई छल गर्न बढाइचढाइ कुरा गर्न सक्छस् भने, र यदि तैँले परमेश्‍वरको अघि आफ्‍नो हृदय खोल्‍न सक्दैनस्, तर अझै घुमाउरो कुरा गरेर आफ्‍ना अभिप्रायहरूलाई लुकाउन सक्छस् भने, तैँले आफैलाई हानि मात्रै गर्नेछस्, र परमेश्‍वरले तँलाई बेवास्ता गर्नुहुनेछ र तँमा काम गर्नुहुनेछैन। तैँले कुनै पनि सत्यता बुझ्‍नेछैनस्, र तैँले कुनै सत्यता प्राप्त गर्नेछैनस्। अब के तिमीहरूले सत्यता पछ्याउनु र प्राप्त गर्नुको महत्त्व बुझ्‍न सक्यौ? सत्यता पछ्याउनका लागि तिमीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिमीहरू इमानदार व्यक्ति बन्‍नुपर्छ। यदि मानिसहरू इमानदार हुन खोज्छन् भने मात्र तिनीहरूले आफू कति गहन रूपमा भ्रष्ट छु र आफूमा वास्तवमै कुनै मानव स्वरूप छ कि छैन भनेर जान्‍न सक्छन्, र तिनीहरूले स्पष्टसित आफैलाई तौलन वा आफ्ना कमीकमजोरीहरू देख्‍न सक्छन्। जब तिनीहरूले इमानदारीसाथ अभ्यास गरिरहेका हुन्छन् तब मात्र तिनीहरूले कति धेरै झूटो बोल्छन् र तिनीहरूको छलकपट र बेइमानी कतिसम्म गम्भीर रूपमा लुकेका छन् सो थाहा पाउनेछन्। इमानदार बन्ने अभ्यासको अनुभव प्राप्त गरेपछि मात्र मानिसहरूले बिस्तारै उनीहरूको आफ्नै भ्रष्टताको सत्यता जान्न सक्छन् र आफ्नै प्रकृति र सार चिन्न सक्छन्, अनि मात्र तिनीहरूका भ्रष्ट स्वभावहरूलाई निरन्तर शुद्ध पार्न सकिनेछ। तिनीहरूको भ्रष्ट स्वभाव निरन्तर रूपमा शुद्ध भइरहेको बेला मात्र मानिसहरूले सत्यता प्राप्त गर्न सक्नेछन्। तिमीहरूको समय निकालेर यी वचनहरू अनुभव गर। परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्न जो छली छन्। यदि तेरो हृदय इमानदार छैन भने—यदि तँ इमानदार व्यक्ति होइनस् भने—तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन। त्यसरी नै, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न पनि असमर्थ हुनेछस्। तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् भन्‍नुको अर्थ के हो? यदि तैँले परमेश्‍वरलाई प्राप्त गर्दैनस् र तैँले सत्यतालाई बुझेको छैनस् भने, तैँले परमेश्‍वरलाई चिन्‍नेछैनस्, त्यसकारण तँ कुनै पनि हालतमा परमेश्‍वर अनुरूप हुनेछैनस्, जसले गर्दा तँ परमेश्‍वरको शत्रु हुन्छस्। यदि तँ परमेश्‍वर अनुरूप छैनस् भने, परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न; र यदि परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्न भने, तैँले मुक्ति पाउनेछैनस्। यदि तैँले मुक्ति प्राप्त गर्ने खोजी गर्दैनस् भने, तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भने तँ सधैँका निम्ति परमेश्‍वरको घोर शत्रु बन्नेछस्, र तेरो परिणाम निश्चित भएको हुनेछ। यसैले, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरू इमानदार बनेर यो काम सुरु गर्नुपर्छ। अन्त्यमा, परमेश्‍वरद्वारा प्राप्त गरिनेहरूमा एउटा चिन्‍ह लगाइनेछ। यो के हो भन्‍ने के तिमीहरूलाई थाहा छ? यसको बारेमा बाइबलमा प्रकाशको पुस्तकमा लेखिएको छ: “तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्” (प्रकाश १४:५)। यहाँ “तिनीहरू” भनेका को हुन्? तिनीहरू परमेश्‍वरद्वारा मुक्ति दिइने, सिद्ध पारिने र प्राप्त गरिने व्यक्तिहरू हुन्। परमेश्‍वरले यी मानिसहरूको वर्णन कसरी गर्नुहुन्छ? तिनीहरूका आचरणका विशेषता र अभिव्यक्तिहरू के-के हुन्? तिनीहरू निष्खोट छन्। तिनीहरू कुनै झूटो कुरा बोल्दैनन्। झूटो कुरा नबोल्नुको अर्थ के हो सो सम्भवतः तिमीहरू सबैले जान्‍न र बुझ्न सक्छौ होला: यसको अर्थ इमानदार हुनु हो। “निष्खोट” ले केलाई जनाउँछ? यसले कुनै दुष्कर्म नगर्ने कार्यलाई जनाउँछ। अनि, कुनै दुष्कर्म नगर्ने कार्य कुन जगमा आधारित हुन्छ? यो कार्य अवश्य नै परमेश्‍वरको डर मान्‍ने जगमा आधारित हुन्छ। त्यसकारण, कुनै खोट नहुनु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु हो। कुनै खोट नभएको मानिसलाई परमेश्‍वरले कसरी परिभाषित गर्नुहुन्छ? परमेश्‍वरको नजरमा, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति मात्र सिद्ध व्यक्ति हो; तसर्थ, कुनै खोट नभएका मानिसहरू भनेका परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्तिहरू हुन्, र सिद्ध व्यक्तिहरू मात्र निष्खोट हुन्छन्। यो पूर्ण रूपमा सही कुरा हो। यदि कसैले हरेक दिन झूट बोल्छ भने, के त्यो खोट होइन र? यदि तिनीहरूले आफ्‍नै इच्छाअनुसार बोल्छन् र व्यवहार गर्छन् भने, के त्यो खोट होइन र? यदि तिनीहरूले काम गर्दा सधैँ कदर पाउन खोज्छन्, परमेश्‍वरसँग सधैँ इनाम माग्छन् भने, के त्यो खोट होइन र? यदि तिनीहरूले कहिल्यै परमेश्‍वरको बढाइ गरेका छैनन्, सधैँ आफ्‍नै गवाही दिन्छन् भने, के त्यो खोट होइन र? यदि तिनीहरूले लापरवाहीपूर्वक आफ्‍नो कर्तव्य पूरा गर्छन्, अवसरवादी तरिकाले काम गर्छन्, दुष्ट अभिप्रायहरू राख्छन्, र सुस्त हुन्छन् भने, के त्यो खोट होइन र? भ्रष्ट स्वभावका यी सबै प्रस्फुटनहरू खोट हुन्। यति मात्र हो कि मानिसहरूले सत्यता बुझ्‍नुभन्दा पहिले, तिनीहरूलाई यो कुरा थाहा हुँदैन। अहिले, तिमीहरू सबैलाई यी भ्रष्ट प्रस्फुटनहरू खोट र फोहोर हुन् भन्‍ने थाहा भयो; तिमीहरूले थोरै सत्यता बुझेपछि मात्रै तिमीहरूमा यस्तो समझशक्ति हुन सक्छ। भ्रष्ट प्रस्फुटनहरूसँग सम्‍बन्धित सबै कुरा झूटसँग सम्‍बन्धित हुन्छन्; “कुनै झूट पाइएन” भन्‍ने बाइबलका वचनहरू तँमा खोट छ कि छैन भनेर मनन गर्ने कार्यको मुख्य तत्त्व हो। त्यसकारण, कुनै व्यक्तिले आफ्‍नो जीवनमा वृद्धि अनुभव गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्नका लागि, थप एउटा सूचक छ, र त्यो हो: तँ इमानदार व्यक्ति बन्‍ने कार्यमा प्रवेश गरेको छस् कि छैनस्, तैँले भन्‍ने कुराहरूमा कति वटा झूट हुन्छ, र तेरो झूटहरू क्रमिक रूपमा घटिरहेका छन् कि पहिलेको जस्तै छन्। तेरो छल र धोकाका शब्‍दहरू लगायत तेरा झूटहरू क्रमिक रूपमा घटिरहेका छन् भने, यसले तँ वास्तविकतामा प्रवेश गर्न थालेको छस्, र तेरो जीवन वृद्धि भइरहेको छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। के यो व्यावहारिक दृष्टिकोण होइन र? (हो।) यदि तँलाई वृद्धि अनुभव गरिसकेको छु जस्तो लाग्छ, तर तेरा झूटहरू पटक्‍कै घटेका छैनन्, र तँ आधारभूत रूपमा अविश्‍वासी जस्तै छस् भने, के यो सत्यताको वास्तविकतामा प्रवेश गर्नुको सामान्य प्रकटीकरण हो? (होइन।) जब कुनै व्यक्ति सत्यताको वास्तविकतामा प्रवेश गरेको हुन्छ, तब उसले कम्तीमा पनि झूट बोल्‍न कम गरेको हुन्छ; ऊ लगभग इमानदार व्यक्ति बनिसकेको हुन्छ। यदि तैँले धेरै झूट बोल्छस् र तेरा शब्‍दहरू अत्यन्तै दूषित छन् भने, यसले तँ फिटिक्कै परिवर्तन भएको छैनस्, र तँ अझै इमानदार व्यक्ति भएको छैनस् भन्‍ने प्रमाणित गर्छ। यदि तँ इमानदार व्यक्ति होइनस् भने, तँसँग जीवन प्रवेश हुँदैन, त्यसकारण तैँले कस्तो वृद्धि अनुभव गर्न सक्छस् र? तेरो भ्रष्ट स्वभाव अझै पनि जस्ताको त्यस्तै छ, र तँ अविश्‍वासी र दियाबलस होस्। इमानदार व्यक्ति हुनु भनेको व्यक्तिले आफ्‍नो जीवनमा वृद्धि अनुभव गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने एउटा सूचक हो; मानिसहरूले आफूलाई यी कुराहरूसँग तुलना गर्न जान्नुपर्छ र आफैले आफ्नो मापन गर्न जान्नुपर्छ।

समग्रमा, व्यक्तिले आफ्‍नो जीवन प्रवेशमा वृद्धि अनुभव गरेको छ कि छैन भन्‍ने कुराको कति वटा सूचकका बारेमा हामीले सङ्गति गर्‍यौँ? (छ वटा।) यी छ वटा कुराहरू के-के हुन्, त्यसलाई सारांशमा बताओ। (कुनै व्यक्तिले हृदयमा परमेश्‍वरमा विश्‍वास गर्ने मार्ग छनौट गर्नु भनेको ठीक, सही, र उचित हो भनेर विश्‍वास गर्छ कि गर्दैन, यो मार्ग जीवनको सही मार्ग हो भनेर उसले निर्धारित गरिसकेको छ कि छैन, र उसँग दोधारमा नपरी परमेश्‍वरलाई पछ्याउने सङ्कल्प र इच्छा छ कि छैन, त्यो नै पहिलो कुरा हो। दोस्रो कुरा भनेको, तिनीहरूले मानिस, संसार, यो समाज, जीवनको मार्ग, उद्देश्य, दिशा, र जीवनको अर्थ र मूल्यसम्‍बन्धी आफ्‍नो दृष्टिकोण परिवर्तन गरेका छन् कि छैनन् भन्‍ने हो। तेस्रो कुरा, परमेश्‍वरसँग मानिसहरूको सम्‍बन्ध सामान्य छ कि छैन भन्‍ने हो। चौथो, तिनीहरू आफूले सामना गर्ने मानिस, घटना, कामकुरा, र परिस्‍थितिहरूमा परमेश्‍वरमा समर्पित हुन सक्छन् कि सक्दैनन्, र सक्छन् भने कुन हदसम्‍म सक्छन् भन्‍ने हो। पाँचौँ, मानिसहरूलाई केही आइपर्दा तिनीहरूले परमेश्‍वरको इच्छा बुझ्‍न र सत्यता प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। छैटौँ, तिनीहरू इमानदार व्यक्ति बन्ने कुरामा प्रवेश गरेका छन् कि छैनन् भन्‍ने हो।) तिमीहरू यी कुरामा प्रवेश गरेका छौ कि छैनौ भनेर हेर्नका लागि तिमीहरूले आफूलाई बारम्‍बार जाँच्‍नुपर्छ, र यी कुराहरूबारे भेलाहरूमा सङ्गति गर्नुपर्छ। यदि तैँले सधैँ यी कुराहरूमा ध्यान दिइनस् भने, तेरो जीवन कुनै पनि हालतमा वृद्धि हुनेछैन, र तेरो स्वभावमा कुनै परिवर्तन हुनेछैन। मानिसहरूले जुन कुरामा ध्यान दिन्छन्, जुन कुरामा मेहनत गर्छन्, त्यही कुरामा परिणामहरू प्राप्त गर्छन्। यदि तँ सधैँ धर्मसिद्धान्तमा ध्यान दिन्छस् भने, धर्मसिद्धान्त मात्रै प्राप्त गर्नेछस्; यदि तँ सधैँ हैसियत र शक्तिमा ध्यान दिन्छस् भने, तेरो हैसियत र शक्ति स्थिर त होला, तर तैँले सत्यता प्राप्त गरेको हुनेछैनस्, र तँलाई हटाइनेछ। तैँले जुन कर्तव्य निर्वाह गरे पनि, जीवन प्रवेश नै महत्त्वपूर्ण कुरा हो। तँ यस विषयमा ढुक्‍क हुनु हुँदैन, न त तैँले बेवास्ता नै गर्न मिल्छ।

जनवरी ३१, २०१७

अघिल्लो: भ्रष्ट स्वभावलाई सत्यता स्विकारेर मात्र हटाउन सकिन्छ

अर्को: परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्