परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

परमेश्‍वरको डर मान्‍ने हृदय नभएकाहरू जति लामो समय उहाँमा विश्‍वास गरे पनि परिवर्तन हुनेछैनन्। परमेश्‍वरको डर मान्‍ने हृदय भएकाहरूले मात्र पवित्र आत्माको काम प्राप्त गर्न र मुक्तिका मार्गमा पाइला टेक्न सक्छन्। मान्छेमा परमेश्‍वरको डर मान्ने हृदय हुनु अत्यन्तै महत्त्वपूर्ण छ! कतिपय मानिसहरू किन आफूलाई कहिल्यै चिन्दैनन्? किनभने तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुँदैन। कतिपय मानिसहरू किन पवित्र आत्माको काम प्राप्त गर्न कहिल्यै सक्षम हुँदैनन्? किनभने तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुँदैन। परमेश्‍वरको डर मान्‍ने हृदय भएकाहरू मात्र बारम्बार आत्मचिन्तन गर्न र आफूलाई चिन्‍न सक्छन्; तिनीहरू सधैँ गल्ती गर्छु कि वा गलत बाटोमा हिँड्छु कि भन्‍ने डर मान्छन्। जब तिनीहरूलाई विकल्पहरू रोज्नुपर्ने परिस्थितिहरू आइपर्छन्, तिनीहरू परमेश्‍वरलाई चिढ्याउनुभन्दा मान्छेलाई चिढ्याउने विकल्प रोज्छन्, अनि परमेश्‍वरबाट टाढा हुने वा उहाँलाई धोका दिनुभन्दा सतावट भोग्‍न रुचाउँछन्। अय्यूब परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने व्यक्ति थियो, र उसले परमेश्‍वरको अनुमोदन प्राप्त गर्‍यो।

त्यसोभए, परमेश्‍वरमाथिका विश्‍वासमा मुक्ति प्राप्त गर्नु छ भने, तैँले कहाँबाट अनुभव गर्न सुरु गर्नुपर्छ? तैँले परमेश्‍वरको न्याय र सजाय स्विकारेर, आफूबारे साँचो ज्ञान हासिल गरेर, अनि साँच्चिकै पश्‍चात्ताप गरेर सुरु गर्नुपर्छ—यो मुक्तिका मार्गमा पाइला टेक्नु हो। मानिसहरूले आफूलाई चिन्‍न सजिलो छैन; तिनीहरूलाई आफ्ना भ्रष्ट स्वभाव र सार चिन्‍न, र परमेश्‍वरसामु अर्थात सृष्टिकर्तासामु तिनीहरू कति साना र महत्त्वहीन छन् भन्‍ने थाहा पाउन झनै कठिन हुन्छ। यदि मानिसहरू आफ्नै भ्रष्ट स्वभावहरू चिन्‍न वा तिनीहरूको भ्रष्ट सार के हो भन्‍ने थाहा पाउन सक्दैनन् भने, के तिनीहरूले परमेश्‍वरसित तिनीहरूको सम्बन्ध कस्तो किसिमको छ, परमेश्‍वरसामु तिनीहरूको कद कत्रो छ, वा तिनीहरूलाई परमेश्‍वरले मन पराउनुहुन्छ कि हुन्‍न भन्‍ने कुरा थाहा पाउँछन्? (थाहा पाउँदैनन्।) त्यसो भए, यतिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेबापत तिनीहरूले के प्राप्त गरेका छन्? के तिनीहरूले सत्यता प्राप्त गरेका छन्? के तिनीहरूले मुक्तिका मार्गमा पाइला टेकेका छन्? यदि, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूले उहाँका वचनहरू खान्छन् र पिउँछन्, मण्डली जीवन जिउँछन्, र आफ्ना कर्तव्य निर्वाह गर्छन् भने, के त्यो कुरा परमेश्‍वरसँग सम्बन्ध हुनु बराबर हो? सृष्टिकर्तासँग सम्बन्ध हुनका लागि व्यक्तिले के गर्न सक्छ, उसले के पछ्याउनुपर्छ, ऊ कुन स्थानमा उभिनुपर्छ, अनि उसले आफ्नो मार्ग कसरी रोज्नुपर्छ? तिमीहरूलाई थाहा छ? तिमीहरूले जवाफ दिन सक्दैनौ। तिमीहरूमा धेरै कमी छ जस्तो देखिन्छ, त्यसको मतलब तिमीहरू आफूले नबुझ्ने थुप्रै कुरामा सत्यता खोज्ने वा त्यसबारे सङ्गति गर्ने कुरामा ध्यान दिँदैनौ, त्यसैले तिमीहरूको मण्डली जीवनमा त्यससम्बन्धी विशिष्ट कुराहरूको कमी छ, र त्यसका परिणामहरू सम्भवतः खासै राम्रा हुन सक्दैनन्। प्रायः परमेश्‍वरको विश्‍वासमा बोलिने आत्मिक शब्द र भनाइहरू तिमीहरूको मुखमुखमा झुण्डिएका छन्, तर तिमीहरू यी कुराहरूलाई गम्भीरतासाथ लिँदैनौ, न त तिमीहरू आफ्नै आत्मामा फर्केर आफ्नो हृदय शान्त पारी यस्तो नै सोच्छौ: “परमेश्‍वरले भनेका यी वचनहरूको अर्थ के हो? मैले आफ्नो वास्तविक जीवनमा ती कुरा कसरी लागू गरूँ? म यी वचनहरूलाई कसरी ठोस बनाऊँ—यी कुराहरूलाई कसरी वास्तविकतामा बदलूँ? मैले के गर्न सक्छु, ताकि यी वचनहरू धर्मसिद्धान्त र वादमा सीमित नरहून्, बरु मेरो जीवनको अंश बनून्, मेरो हिँड्ने दिशा बनून्? मैले कस्तो व्यवहार गर्नुपर्छ ताकि परमेश्‍वरका वचनहरू मेरो जीवनको अंश बनून्?” यदि तिमीहरू यस्ता विवरणहरू मनन गर्न सक्छौ भने, तिमीहरूले सोचेर व्यावहारिक कुराहरू पत्ता लगाउन सक्छौ। तर सामान्यतया, तिमीहरूले यस्ता कुराहरू कहिल्यै मनन गर्दैनौ, त्यसैले आम रूपमा जुन सत्यताहरूबारे कुरा गरिन्छ तिमीहरू तीमध्ये अधिकांशको शाब्दिक बुझाइमै सीमित हुन्छौ। यदि मानिसहरू शाब्दिक बुझाइमै सीमित रहन्छन् भने, अन्यले तिनीहरूबारे के देख्न सक्लान्? मानिसहरूले आत्मिक सिद्धान्तहरू, आत्मिक शब्दावली, र आत्मिक भनाइहरूबारे बारम्बार प्रवचन दिन्छन्, तर तिनीहरूका जीवनमा, तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास वा अनुभव गरेको वास्तविकता तिमीहरूले देख्न सक्दैनौ। आज, तिमीहरूले एउटा अति ठूलो समस्या सामना गरिरहेका छौ। त्यो के समस्या हो? त्यो के हो भने, तिमीहरू धर्मसिद्धान्तबारे हल्का प्रवचन दिन सक्ने, निश्‍चित आत्मिक भनाइहरूको बोध गर्न सक्‍ने, र आफूलाई चिन्‍ने अनुभवबारे थोरै बोल्न सक्ने भएकाले, तिमीहरू आफूले सत्यता बुझ्ने, परमेश्‍वरमा आफ्नो विश्‍वास निश्‍चित स्तरमा पुगेको, र आफू अधिकांश मानिसहरूभन्दा माथि रहेको भन्ठान्छौ, तर खासमा, तिमीहरू सत्यता वास्तविकतामा प्रवेश गरेकै हुँदैनौ, र तिमीहरूलाई सहयोग र भरणपोषण गर्ने, र सत्यता सङ्गति गर्ने र मार्गदर्शन गर्ने मान्छे नहुँदा, तिमीहरूको प्रगति ठप्प हुन्छ, र तिमीहरू पतित बन्छौ। तिमीहरू परमेश्‍वरको गवाही दिने कामको जिम्मेवारी वहन गर्न सक्षम छैनौ, र तिमीहरू परमेश्‍वरको आज्ञा पूरा गर्न पनि असक्षम छौ, तर भित्रभित्रै तिमीहरू आफैलाई महान्‌ ठान्छौ, अधिकांश मानिसहरूले भन्दा बढी बुझ्छु भन्ठान्छौ—तर खासमा, तिमीहरूमा कदको कमी छ, तिमीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका छैनौ, र केवल केही शब्दहरू र धर्मसिद्धान्तहरू बुझ्न सक्ने भएकोमै अहङ्कारी बनेका छौ। मानिसहरू यसप्रकारका स्थितिमा प्रवेश गर्नेबित्तिकै, र जब तिनीहरू आफूले सत्यता प्राप्त गरिसकेको सोच्छन्, र आत्मसन्तुष्ट बन्छन्, तब तिनीहरू कस्तो खतरामा हुन्छन्? यदि बोलीले लठ्ठै पार्न सक्ने झूटो अगुवा वा ख्रीष्टविरोधी साँच्चिकै देखा पर्‍यो भने, तिमीहरू पक्कै बहकाउमा पर्नेछौ र उसको पछि लाग्न थाल्नेछौ। यो खतरनाक कुरा हो, होइन र? तिमीहरू अहङ्कारी, आत्मधर्मी, र आत्मगर्वित बन्‍न सक्छौ—यस अवस्थामा, के तिमीहरू परमेश्‍वरबाट टाढा हुनेछैनौ र? के तिमीहरू परमेश्‍वरलाई धोका दिएर आफ्नै मार्गमा लाग्नेछैनौ र? तिमीहरूसँग सत्यता वास्तविकता छैन, अनि तिमीहरू परमेश्‍वरको गवाही दिन सक्षम छैनौ; तिमीहरू आफ्नै गवाही दिन र आफ्नै शान देखाउन मात्र सक्छौ—त्यसैले के तिमीहरू खतरामा छैनौ र? साथै, यदि तिमीहरू यस परिस्थितिमा फसेका छौ भने, तिमीहरूबाट कस्ता भ्रष्ट स्वभावहरू प्रकट हुनेछन्? सबैभन्दा पहिला, तिमीहरूले अहङ्कारी र आत्मधर्मी स्वभाव प्रकट गर्नेछौ; त्यो भनिरहनै पर्दैन। के तिमीहरूले पदको फाइदा लिएर वरिष्ठताको शान पनि देखाउनेछैनौ र? के तिमीहरूले माथि उभिएर मानिसहरूलाई हेपेर हप्काउनेछैनौ र? यदि तिमीहरूले यस्तो भ्रष्ट स्वभाव प्रकट गर्छौ भने, के परमेश्‍वरले तिमीहरूलाई घिनाउनुहुनेछैन र? यदि कुनै व्यक्ति विशेष रूपले अहङ्कारी र आत्मधर्मी छ, र उसले आत्मजाँच गर्दैन भने, के परमेश्‍वरले उसलाई तिरस्कार गर्नुहुने सम्भावना हुँदैन र? त्यस्तो सम्भावना साँच्चिकै धेरै हुन्छ। उदाहरणका लागि: तिमीहरूले वर्षौँसम्म आफ्ना कर्तव्यहरू निर्वाह गरेका छौ होला, तर तिमीहरूको जीवन प्रवेशमा देखिँदो प्रगति केही भएको छैन, तिमीहरूले केवल थोरै सतही धर्मसिद्धान्तहरू बुझ्छौ, र तिमीहरूमा परमेश्‍वरको स्वभाव र सारबारे कुनै साँचो ज्ञान छैन, भन्‍न मिल्ने गरी कुनै फड्कोसमेत मारेका छैनौ—यदि यो तिमीहरूको आजको कद हो भने, तिमीहरूले के गर्छौ होला? तिमीहरूसँग भ्रष्टताका कस्ता प्रकटीकरणहरू होलान्? (अहङ्कार र अभिमानीपन।) के तिमीहरूको अहङ्कार र अभिमानीपन बढ्लान् कि उस्तै रहलान्? (बढ्लान्।) ती किन बढ्लान्? (किनकि हामी आफैलाई अत्यन्तै योग्य ठान्छौँ।) अनि, मानिसहरूले के आधारमा आफ्नो योग्यताको तह मूल्याङ्कन गर्छन्? तिनीहरूले निश्‍चित कर्तव्य कति वर्ष निर्वाह गरेका छन् र तिनीहरूले कति धेरै अनुभव बटुलेका छन् भन्‍ने आधारमा, होइन र? अनि यस्तो हो भने, के तिमीहरूले क्रमिक रूपमा वरिष्ठताका आधारमा सोच्‍न थाल्दैनौ र? उदाहरणका लागि, कुनै दाजुले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भयो र कर्तव्य निर्वाह गर्न थालेको लामो समय भयो, त्यसकारण कुरा गर्नको लागि ऊ नै सबैभन्दा योग्य हुन्छ; कुनै बहिनीले यहाँ काम गरेको धेरै भएको छैन, र उसमा केही क्षमता भए पनि, ऊसँग यो कर्तव्य निर्वाह गरेको अनुभव छैन, र उसले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको छैन, त्यसकारण ऊ बोल्‍नका लागि सबैभन्दा कम योग्य हुन्छे। बोल्‍नका लागि सबैभन्दा योग्य व्यक्तिले मनमनै सोच्छ, “म नै वरिष्ठ भएको हुनाले, मेरो कर्तव्य निर्वाह मानकअनुरूप छ, र मेरो खोजी चरम अवस्थामा पुगेको छ, र मैले पछ्याउनुपर्ने वा प्रवेश गर्नुपर्ने कुनै कुरा छैन। मैले यो कर्तव्य राम्ररी निर्वाह गरेको छु, मैले यो काम केही हदसम्‍म पूरा गरेको छु, त्यसकारण परमेश्‍वर सन्तुष्ट हुनुपर्छ।” अनि यसरी तिनीहरू आत्मसन्तुष्ट हुन थाल्छन्। के यसले तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका छन् भन्‍ने जनाउँछ र? तिनीहरूमा कुनै पनि प्रगति हुन छोडिसकेको छ। तिनीहरूले सत्यता र जीवन अझै प्राप्त गरेका छैनन्, तर तिनीहरू आफैलाई अत्यन्तै योग्य ठान्छन्, र वरिष्ठताका शब्दहरूमा बोल्छन् र परमेश्‍वरको इनाम कुर्छन्। के यो अहङ्कारी स्वभावको प्रकटीकरण होइन? जब मानिसहरू “अत्यन्तै योग्य” हुँदैनन्, तिनीहरूलाई सतर्कता अपनाउन आउँछ, तिनीहरूले गल्ती नगर्न आफैलाई सम्झाउँछन्; आफू अत्यन्तै योग्य भएको विश्‍वास भएपछि, तिनीहरू अहङ्कारी बन्छन्, र आफैलाई महान्‌ ठान्‍न थाल्छन्, र प्राय आत्मसन्तुष्ट बन्छन्। यस्ता समयहरूमा, के तिनीहरूले पावलले जस्तै परमेश्‍वरसँग इनाम र मुकुट माग्ने सम्भावना हुँदैन र? (हुन्छ।) मान्छे र परमेश्‍वरबीचको सम्बन्ध के हो? यो सृष्टिकर्ता र सृजित प्राणीहरूबीचको सम्बन्ध होइन। यो कारोबारमा आधारित सम्बन्धबाहेक अरू केही होइन। अनि यस्ता अवस्थामा, परमेश्‍वरसँग मानिसहरूको केही सम्बन्ध हुँदैन, र सम्भवतः उहाँले तिनीहरूदेखि आफ्नो अनुहार लुकाउनुहुन्छ—यो खतरनाक सङ्केत हो।

कतिपय मानिसहरूले परमेश्‍वरलाई पन्छाउँछन्, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफ्नै नियन्त्रणमा राख्छन्, र मानिसहरूको कर्तव्य निर्वाह गर्ने ठाउँलाई ख्रीष्टविरोधीहरूको स्वतन्त्र राज्यमा रूपान्तरित गर्छन्; तिनीहरू परमेश्‍वरको सेवा र आराधना गर्ने मण्डलीहरूलाई धार्मिक सङ्गठनमा रूपान्तरित गर्छन्। के यी मानिसहरू सत्यता र जीवन प्रवेश गरेका छन्? के यी मानिसहरूले परमेश्‍वरलाई पछ्याउने, सेवा गर्ने वा गवाही दिने गर्छन्? तिनीहरूले कदापि गर्दैनन्। के तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका छन्? (छैनन्।) त्यसो भए तिनीहरू के गरिरहेका छन्? के तिनीहरूले मान्छेका उद्यम र कारोबारहरू सञ्चालन गरिरहेका छैनन्? तैँले मान्छेका उद्यम र कारोबारहरू जति नै राम्ररी सञ्चालन गरिस् भने पनि, यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्न, र तैँले सत्यता पछ्याउन छोडेको छस् भने, के त्यसको मतलब परमेश्‍वरसँग तेरो कुनै सम्बन्ध छैन भन्‍ने हुँदैन र? के त्यो भयानक कुरा होइन र? जब कसैले परमेश्‍वरमा विश्‍वास गर्छ र उहाँलाई पछ्याउँछ, तब सबैभन्दा डर मान्‍नुपर्ने कुरा भनेको ऊ परमेश्‍वरका वचनहरू र सत्यताबाट विचलित होला र मान्छेका कारोबार र उद्यमहरूमा संलग्न होला कि भन्‍ने हो। त्यसो गर्नु भनेको आफ्नै मार्गमा लाग्नु हो। उदाहरणका लागि, मानौँ कुनै मण्डलीले एउटा अगुवा चुन्छ। त्यस अगुवालाई शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न मात्र आउँछ, र ऊ आफ्नै प्रतिष्ठा र हैसियतमा मात्र ध्यान दिन्छ। उसले कुनै व्यावहारिक काम गर्दैन। तर तिमीहरू उसले शब्द र धर्मसिद्धान्तहरू राम्ररी र सत्यताअनुसार प्रचार गरेको सुन्छौ, र उसले भनेको सबथोक सही हुन्छ, त्यसैले तिमीहरू उसको धेरै कदर गर्छौ र ऊ असल अगुवा भएको ठान्छौ। तिमीहरू हरेक कुरामा उसलाई सुन्छौ र अन्त्यमा, उसलाई पछ्याउँछौ, र ऊप्रति पूर्ण आज्ञाकारी हुन्छौ। के त्यसपछि तिमीहरू झूटा अगुवाको बहकाउ र नियन्त्रणमा पर्दैनौ र? अनि के त्यो मण्डली झूटो अगुवा टाउके रहेको धार्मिक समूह बनेको हुँदैन र? झूटो अगुवा टाउके रहेको धार्मिक समूहका सदस्यहरू आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका त देखिएलान्, तर के तिनीहरू साँच्चिकै आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका हुन्छन्? के तिनीहरू साँच्चिकै परमेश्‍वरको सेवा गरिरहेका हुन्छन्? (हुँदैनन्।) यदि ती मानिसहरू परमेश्‍वरको सेवा गरिरहेका वा आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका छैनन् भने, के परमेश्‍वरसँग तिनीहरूको सम्बन्ध हुन्छ? के परमेश्‍वरसँग सम्बन्धै नभएको गिरोहले उहाँमा विश्‍वास गर्छ? भन त, झूटो अगुवाका अनुयायीहरू वा ख्रीष्टविरोधीका नियन्त्रणमा रहेका मानिसहरूसँग पवित्र आत्माको काम हुन्छ? कदापि हुँदैन। अनि तिनीहरूसँग किन पवित्र आत्माको काम हुँदैन? किनकि तिनीहरू परमेश्‍वरका वचनहरूबाट विचलित भएका छन्, र तिनीहरू परमेश्‍वरप्रति समर्पित हुने वा उहाँको आराधना गर्ने गर्दैनन्, अनि आफूलाई केही आइपर्दा तिनीहरू पटक्कै सत्यता खोज्दैनन्, बरु तिनीहरू कुनै झूटो गोठाला वा ख्रीष्टविरोधीको कुरा सुन्छन्—परमेश्‍वरले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ, र तिनीहरूमा थप काम गर्नुहुन्‍न। तिनीहरू परमेश्‍वरका वचनहरूबाट विचलित भएका छन् अनि उहाँबाट तिरस्कृत भएका छन्, र तिनीहरूले पवित्र आत्माको काम गुमाएका छन्। अनि, के तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्? (अहँ।) सक्दैनन्, यसको मतलब तिनीहरू समस्यामा छन्। यसकारण, कुनै मण्डलीमा जति नै धेरै मानिसले आफ्नो कर्तव्य निर्वाह गरिरहेका भए पनि, तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा विशेषतः तिनीहरू ख्रीष्टलाई पछ्याइरहेका छन् कि कुनै व्यक्तिलाई, तिनीहरू परमेश्‍वरको कामको अनुभव गरिरहेका र सत्यता पछ्याइरहेका छन् कि धार्मिक गतिविधिहरू र मान्छेका कारोबार र उद्यमहरूमा संलग्न भइरहेका छन् भन्‍ने कुरामा निर्भर हुन्छ। त्यो विशेषतः तिनीहरूले सत्यता स्विकार्न र पछ्याउन सक्छन् कि सक्दैनन् र तिनीहरूले समस्या पत्ता लगाएपछि त्यो सुल्झाउनलाई सत्यता खोज्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। मानिसहरू के पछ्याउँछन् र तिनीहरू कुन मार्गमा हिँड्छन्, तिनीहरू सत्यतालाई स्विकार्छन् कि त्याग्छन्, तिनीहरू परमेश्‍वरमा समर्पित हुन्छन् कि उहाँको विरोध गर्छन्—परमेश्‍वरले यी सब कुराहरूलाई निरन्तर छानबिन गरिरहनुभएको हुन्छ। हरेक मण्डली र हरेक व्यक्तिलाई परमेश्‍वरद्वारा अवलोकन गरिएको हुन्छ। मण्डलीमा जति नै धेरै मानिसले कर्तव्य निर्वाह गरिरहेका वा परमेश्‍वरलाई पछ्याइरहेका भए पनि, तिनीहरू परमेश्‍वरका वचनदेखि विचलित हुनेबित्तिकै, तिनीहरूले पवित्र आत्माको काम गुमाउनेबित्तिकै, तिनीहरू परमेश्‍वरको काम अनुभव गर्न छोड्छन्, र त्यसैले तिनीहरूको—र तिनीहरूले निर्वाह गरिरहेका कर्तव्यको—परमेश्‍वरको कामसँग कुनै सम्बन्ध हुँदैन, र यो अवस्थामा यो मण्डली धार्मिक समूह बनिसकेको हुन्छ। मलाई भन, कुनै मण्डली एक धार्मिक समूहमा परिवर्तन भयो भने यसका परिणामहरू के हुन्छन्? के यी मानिसहरू ठूलो खतरामा छन् भनेर तिमीहरू भन्दैनौ र? समस्याको सामना गर्दा तिनीहरू कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् र तिनीहरू सत्यता सिद्धान्तअनुसार कार्य गर्दैनन्, बरु मानवजातिका योजना र चालबाजीहरूको नियन्त्रणमा पर्छन्। अझै धेरै यस्ता पनि छन् जो आफ्नो कर्तव्य निर्वाह गर्दा कहिल्यै प्रार्थना गर्ने वा सत्यता सिद्धान्तहरू खोज्ने गर्दैनन्; तिनीहरू केवल अरूलाई सोध्ने र अरूले भनेअनुसार गर्ने, र अरू मानिसको हाउभाउ हेर्ने र सोहीअनुसार काम गर्ने गर्छन्। अरूले जे गर्नू भन्छन्, तिनीहरूले त्यही गर्छन्। तिनीहरू परमेश्‍वरसित प्रार्थना गर्न र आफ्ना समस्याहरूबारे सत्यता खोज्न निकै गाह्रो मान्छन्, त्यसैले तिनीहरू सरल र सजिलो समाधान खोज्छन्। तिनीहरूलाई अरूमा भर पर्नु र अरूले जे भन्छन् त्यो गर्नु सजिलो र सबैभन्दा वास्तविक लाग्छ, त्यसैले तिनीहरू केवल अरूले जे भन्छन् त्यही गर्छन्, र हरेक कुरामा अरूलाई सोध्छन् र उनीहरूले भनेबमोजिम गर्छन्। फलस्वरूप, धेरै वर्षसम्म विश्‍वास गरेर पनि, तिनीहरू समस्याको सामना गर्दा एकपटक पनि प्रार्थना गर्न र उहाँका चाहनाहरू र सत्यताको खोजी गर्न, र सत्यताको बुझाइ हासिल गर्न अनि परमेश्‍वरका अभिप्रायहरू अनुसार कार्य र व्यवहार गर्न परमेश्‍वरको अघि आएका हुँदैनन्—तिनीहरूले त्यस्तो अनुभव कहिल्यै गरेका हुँदैनन्। के त्यस्ता मानिसहरू साँच्चिकै परमेश्‍वरमा विश्‍वास गर्छन्? मलाई अचम्म लाग्छ: केही मानिसहरू कुनै धार्मिक समूहमा प्रवेश गरिसकेपछि किन सजिलै परमेश्‍वरमा विश्‍वास गर्नेबाट व्यक्तिमा विश्‍वास गर्ने र परमेश्‍वरलाई पछ्याउनेबाट व्यक्तिलाई पछ्याउने मानिस बन्‍छन्? किन तिनीहरू त्यति चाँडै परिवर्तन हुन्छन्? परमेश्‍वरमा त्यतिका वर्ष विश्‍वास गरिसकेपछि, किन तिनीहरू अझै पनि सबै कुरामा व्यक्तिलाई सुन्ने र पछ्याउने गर्छन्? त्यतिका वर्षको विश्‍वासको बाबजुद तिनीहरूका हृदयमा परमेश्‍वरका लागि साँच्चिकै कहिल्यै ठाउँ भएन। तिनीहरूले गर्ने हर काममध्ये कुनैको पनि परमेश्‍वरसँग र उहाँका वचनहरूसँग कहिल्यै केही सम्बन्ध रहेन। तिनीहरूका बोलीवचन, कार्य, जीवन, आत्म-आचरण, मामला सम्हालाइ, तिनीहरूको कर्तव्य निर्वाह र परमेश्‍वरप्रतिको सेवासमेत, अनि तिनीहरूका सबै क्रियाकलाप र कर्महरू, तिनीहरूका व्यवहारहरू, र तिनीहरूमा प्रकट हुने हरेक सोच वा विचारसमेत—यीमध्ये कुनै कुराको पनि परमेश्‍वरमाथिको विश्‍वास वा परमेश्‍वरका वचनहरूसँग कुनै सम्बन्ध हुँदैन। के त्यस्तो व्यक्ति परमेश्‍वरको साँचो विश्‍वासी हो? के कसैले परमेश्‍वरमा विश्‍वास गरेको वर्षहरूको सङ्ख्याले उसको कद निर्धारण गर्न सक्छ त? के यसले परमेश्‍वरसँग उसको सामान्य सम्बन्ध छ भन्‍ने प्रमाणित गर्न सक्छ त? कदापि गर्दैन। कुनै व्यक्तिले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छ कि गर्दैन भनी हेर्नलाई, उसले हृदयमा परमेश्‍वरका वचनहरूलाई स्विकार्न सक्छ कि सक्दैन, र ऊ उहाँका वचनहरूमा जिउन र उहाँको काम अनुभव गर्न सक्छ कि सक्दैन भनी हेर्नु अति महत्त्वपूर्ण हुन्छ।

यो कुरा विचार गर्: जब तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, यदि तँ केवल धार्मिक संस्कारहरूमा मात्र संलग्न हुन्छस् र केही नीतिहरू पालना मात्र गर्छस् भने; यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने र काम गर्ने क्रममा सत्यता सिद्धान्तहरूमा ध्यान नदिई झारा टार्ने काम मात्र गर्छस् भने; यदि सत्यता सङ्गति गर्दा तँ शब्दहरू र धर्मसिद्धान्तहरूबारे मात्र कुरा गर्छस्, तर तँसँग कुनै व्यावहारिक ज्ञान छैन भने; यदि तैँले सुसमाचार प्रचार गर्दा र गवाही दिँदा तेरो सङ्गतिका कुराहरू देखावटी छन् भने; यदि तँ मानिसहरूलाई भरणपोषण गर्न र साथ दिन आत्मिक शब्‍दहरू र धर्मसिद्धान्तहरू मात्र बोल्छस् भने—के तैँले परिणाम हासिल गर्न सक्छस्? यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्दा बाह्य आत्मिकता पछ्याउँछस् भने, के तेरो जस्तो त्यस्तो विश्‍वास परमेश्‍वरको कामको अनुभव हो? के तैँले यसरी कर्तव्य निर्वाह गर्दा सत्यता प्राप्त गर्न सक्छस्? के यो परमेश्‍वरप्रतिको साँचो विश्‍वास हो? (होइन।) वास्तवमा, परमेश्‍वरप्रतिको साँचो विश्‍वास भनेको के हो? हुन सक्छ तिमीहरूले परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेका छौ, उहाँका धेरै वचनहरू पढेका छौ, धेरै प्रवचनहरू सुनेका छौ, र तिमीहरू धेरै धर्मसिद्धान्तहरू बुझ्छौ—अनि अवश्य नै, तिमीहरूमध्ये कतिपय त आंशिक रूपमा सत्यता वास्तविकतामा प्रवेश गरिसकेका छौ—तर के तिमीहरू मुक्तिको कद प्राप्त गरिसकेका छौँ भनेर भन्‍ने आँट गर्न सक्छौ? के तिमीहरू फेरि पनि शैतानद्वारा नबहकिने र बन्दी नपारिने कुरामा निश्‍चित हुन सक्छौ? के तिमीहरू फेरि पनि व्यक्तिलाई आराधना नगर्ने र नपछ्याउने कुरामा निश्‍चित हुन सक्छौ? के तिमीहरूले परमेश्‍वरलाई बाटोको अन्त्यसम्मै अटुट रूपले पछ्याउने, कदापि पछाडि नफर्कने, धर्मका मानिसहरूले जस्तो व्यावहारिक परमेश्‍वरको सट्टा स्वर्गीय, अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्ने काम नगर्ने सुनिश्‍चित गर्न सक्छौ? तिमीहरूले देहधारी परमेश्‍वरलाई त पछ्याउँछौ होला, तर के तिमीहरू सत्यता पछ्याइरहेका छौ? के तिमीहरू परमेश्‍वरप्रतिको साँचो समर्पण र उहाँको ज्ञान हासिल गर्न सक्षम छौ? के तिमीहरू अझै पनि परमेश्‍वरलाई घात गर्ने खतरामा छैनौ? तिमीहरूले यी सबै कुराहरू मनन गर्नुपर्छ। आज, तिमीहरूका कुन-कुन विश्‍वासका माध्यम, विचार, र स्थितिहरू इसाई धर्मका विश्‍वासीहरूको जस्तै वा तीसँग मिल्दाजुल्दा छन्? के कुरामा तिमीहरूको स्थिति मिल्छ? यदि परमेश्‍वरमा विश्‍वास गर्ने कुनै व्यक्तिले सत्यतालाई प्रावधानहरूका रूपमा पालना गर्छ भने, के उसको विश्‍वास धार्मिक संस्कारमा संलग्न हुने कार्य नबन्ला र? (त्यस्तै बन्ला।) धार्मिक संस्कारहरूमा संलग्न हुनु वास्तवमै इसाई धर्मभन्दा केही फरक छैन—त्यसो गर्नेहरू केवल शिक्षण र सिद्धान्तमा अलि उच्च र अलि बढी प्रगति गरेका, अनि आफ्नो विश्‍वासमा अलि माथि र अलि उच्च स्तरमा हुन्छन्। त्यति नै हो। परमेश्‍वरप्रतिको विश्‍वास यदि धार्मिक विश्‍वास, धर्मशास्त्रको अध्ययन, र प्रावधानहरू वा संस्कारहरूका सङ्ग्रहमा परिणत हुन्छ भने, के त्यो इसाई धर्ममा परिणत भएको हुँदैन र? नयाँ र पुराना शिक्षणहरूबीच भिन्‍नता छ, तर यदि तैँले केवल सत्यतालाई धर्मसिद्धान्तका रूपमा बुझ्छस्, र तँलाई सत्यता अभ्यास गर्न आउँदैन, र परमेश्‍वरको काम अनुभव गर्न त झनै आउँदैन भने—अनि यदि तैँले जति धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, जतिसुकै धेरै कठिनाइहरू भोगे पनि, तँसित जतिसुकै धेरै असल व्यवहारहरू भए पनि, तँमा जे छ त्यो सत्यताको साँचो बुझाइ होइन भने, र तैँले सत्यता प्राप्त गरेको वा सत्यता वास्तविकतामा प्रवेश गरेको छैनस् भने—के तेरो विश्‍वासको त्यो शैली इसाई धर्मको शैली होइन र? के त्यो इसाई धर्मको सार होइन र? (हो।) त्यसोभए, तिमीहरूका कार्यहरू र कर्तव्य निर्वाहमा केकस्ता विचार वा स्थितिहरू छन् जुन इसाई जगतका मानिसहरूका जस्तै, वा तिनीहरूका समान छन्? (हामी प्रावधानहरू पालना गर्छौँ र आफूलाई शब्दहरू र धर्मसिद्धान्तहरूले सुसज्जित पार्छौँ।) प्रावधानहरूको पालना, शब्दहरू र धर्मसिद्धान्तहरूको प्रवचन दिने, र सत्यतालाई शब्दहरू र धर्मसिद्धान्तहरूको रूपमा लिने—अरू केही? (हामी काम गर्नमा ध्यान दिन्छौँ, जीवन प्रवेशमा दिँदैनौँ।) तिमीहरू श्रम खर्चनमा मात्रै ध्यान दिन्छौ, जीवन प्राप्त गर्ने वा सत्यता वास्तविकतामा प्रवेश गर्ने कुरामा ध्यान दिँदैनौ—अरू केही? (हामी आत्मिकता र असल व्यवहारको बाह्य स्वरूपमा मात्र ध्यान दिन्छौँ।) अहिले तिमीहरूले केही कुराहरू भनेका छौ, म त्यसको सारांश भन्‍नेछु: असल व्यवहारको बाह्य स्वरूपको पछि लाग्नु, र आत्मिकताको खोलले आफूलाई बेर्न भरपूर कोसिस गर्नु, अनि मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूमा सही ठानेका, अर्थात मानिसहरूले प्राय अनुमोदन गर्ने कामहरू गर्नु—यो झूटो आत्मिकता पछ्याउनु हो। त्यस्तो व्यक्ति पाखण्डी हो जो शब्दहरू र धर्मसिद्धान्तहरूको प्रवचन दिन आफ्नो मञ्चमा उभिन्छ, जसले अरूलाई राम्रा कामकुरा गर्न र असल मानिस हुन सिकाउँछ, र जो आत्मिक व्यक्तिको ढोँग गर्छ। तर आत्म-आचरणमा र मामलाहरू सम्हाल्ने विषयमा, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तिनीहरू कहिल्यै सत्यता खोज्दैनन्, बरु शैतानी स्वभाव बोकेर जिउँछन्। आफूलाई जेसुकै आइपरे पनि, तिनीहरू परमेश्‍वरलाई पन्छाउँदै आफ्नै इच्छाअनुसार चल्छन्। तिनीहरू कहिल्यै पनि सत्यता सिद्धान्तहरूअनुसार काम गर्दैनन्; तिनीहरू बस प्रावधानहरू पालना गर्छन्। तिनीहरू सत्यता बिलकुलै बुझ्दैनन्, न त परमेश्‍वरका अभिप्रायहरू नै बुझ्छन्, न त परमेश्‍वरले मान्छेबाट माग गर्नुभएका मानकहरू, वा मान्छेलाई मुक्ति दिएर उहाँले के हासिल गर्नुहुनेछ भन्‍ने कुरा नै बुझ्छन्। तिनीहरूले गम्भीरतासाथ सत्यताका यी विवरणहरूलाई कहिल्यै ध्यान दिने वा तीबारे सोधखोज गर्ने गर्दैनन्। मान्छेका यी सबै भनाइ र व्यवहारहरूले पाखण्डका कुराहरू मात्र खुलासा गर्छन्। यस्ता मानिसहरूको हृदयको साँचो स्थिति साथसाथै तिनीहरूको बाहिरी व्यवहार हेरेपछि यो निश्‍चित हुन्छ कि तिनीहरूमा सत्यता वास्तविकतासम्बन्धी कुनै पनि कुरा पनि छैन, र खासमा तिनीहरू पाखण्डी फरिसीहरू हुन्, र तिनीहरू अविश्‍वासीहरू हुन्। यदि कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ तर सत्यता पछ्याउँदैन भने, के उसको विश्‍वास साँचो हो? (होइन।) यदि कुनै व्यक्तिले जतिसुकै धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, उसले सत्यता बिलकुलै स्वीकार गर्दैन भने, के त्यो व्यक्ति परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने अवस्थामा पुग्‍न सक्छ? (सक्दैन।) उसले त्यस्तो अवस्था हासिल गर्न सक्दैन। त्यसोभए, त्यस्ता मानिसहरूको व्यवहार कस्तो प्रकृतिको हुन्छ? तिनीहरूले कस्तो बाटो हिँड्न सक्छन्? (फरिसीहरूको बाटो।) तिनीहरूले कुन कुराले आफूलाई सुसज्जित गर्दै दिनहरू बिताउँछन्? के त्यो शब्दहरू र धर्मसिद्धान्तहरूले होइन र? तिनीहरूले आफैलाई अझ बढी फरिसीहरूजस्तो बनाउन, अझ बढी आत्मिक बनाउन, र अझ बढी परमेश्‍वरलाई सेवा गर्ने व्यक्तिहरूजस्तो बनाउन आफूलाई शब्दहरू र धर्मसिद्धान्तहरूद्वारा सुसज्जित र आभूषित गर्दै दिनहरू बिताउँछन्—यी सबै कार्यहरूको प्रकृति के हो? के यो परमेश्‍वरको आराधना गर्नु हो? के यो परमेश्‍वरमाथिको सच्‍चा विश्‍वास हो? (होइन, यो सच्‍चा विश्‍वास होइन।) त्यसो भए, तिनीहरूले के गरिरहेका छन्? तिनीहरू परमेश्‍वरलाई धोका दिइरहेका छन्; तिनीहरू केवल प्रक्रियागत चरणहरू पूरा गरिरहेका छन्। तिनीहरूले आशिषित हुने आफ्‍नो लक्ष्य पूरा गर्न विश्‍वासको झण्डा हल्लाइरहेका छन् र धार्मिक रीतिरिवाजको काम गर्दै परमेश्‍वरलाई धोका दिने प्रयास गरिरहेका छन्। यी मानिसहरूले परमेश्‍वरलाई आराधना गर्दै गर्दैनन्। अन्त्यमा, यस्ता समूहका मानिसहरू अन्ततः प्रार्थनालयभित्रका परमेश्‍वरको तथाकथित सेवा गर्ने र परमेश्‍वरलाई तथाकथित विश्‍वास गर्ने र पछ्याउनेहरूजस्तै हुनेछन्।

व्यवस्थाका युगमा परमेश्‍वरलाई विश्‍वास गर्ने शास्त्री र फरिसीहरू अनि आधुनिक इसाईधर्म र क्याथोलिक गिर्जाघरका पाष्टर, एल्डर, पादरी र बिशपहरूबीच के भिन्‍नता छ? भन्‍नुको मतलब, यहोवामा विश्‍वास गर्नु र येशूमा विश्‍वास गर्नुबीचको फरक के हो? तिनीहरूले विश्‍वास गर्ने नामबाहेक के भिन्‍नता छ? यहोवामा विश्‍वास गर्नेहरूले के मान्थे? तिनीहरूको विश्‍वास गर्ने विधि कस्तो थियो? (तिनीहरू व्यवस्था र आज्ञाहरू पालना गर्थे।) के तिनीहरू पवित्र आत्माको काम बुझ्थे? के तिनीहरूले आफ्नो क्रूस उठाउने मार्ग बुझ्थे? (बुझ्थेनन्।) के तिनीहरूलाई परमेश्‍वर नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ भन्‍ने थाहा थियो? के तिनीहरूमा त्यस्तो अवधारणा थियो? के तिनीहरूलाई येशूमा विश्‍वास गर्नेहरूले सुनेका सन्देशहरू थाहा थियो? (थाहा थिएन।) येशूमा विश्‍वास गर्नेहरू तिनीहरूलाई कुन रूपमा हेर्छन्? (तिनीहरू पिछडिएका, रुढीवादी थिए, र तिनीहरू पवित्र आत्माको काम सँगसँगै चल्दैनथे।) मूल कुरा के हो भने, तिनीहरू परमेश्‍वरको कामका चरणहरू सँगसँगै चल्दैनथे। परमेश्‍वरले मसीह आउनुहुनेछ भनेर भन्‍नुभयो, र जब उहाँ देहमा आउनुभयो उहाँलाई येशू ख्रीष्ट भनियो। तिनीहरूले उहाँलाई स्विकारेनन्, बरु हठी हुँदै उहाँको प्रतिरोध गरे। तिनीहरूले प्रभु येशू नै देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गरेनन्, र उहाँलाई क्रूसमा टाँगे। तिनीहरू पछि परे, र अनुग्रहका युगद्वारा हटाइए। तिनीहरूले छुटकारा, क्रूसको मुक्ति, र पश्चात्तापजस्ता अनुग्रहको युगका सन्देशहरू चिनेनन्। के त्यो भिन्‍नता होइन? (हो।) त्यसोभए, अनुग्रहको युगका मानिसहरू केबारे बोल्छन्? तिनीहरू र व्यवस्थाको युगका विश्‍वासीहरूबीच के भिन्‍नता छ? तिनीहरूलाई थप के कुरा थाहा छ? सबैभन्दा पहिला, तिनीहरूले बाइबल पढेको हेर्दा, तिनीहरू पुरानो र नयाँ करार पढ्छन्; तिनीहरूले विश्‍वास गर्ने परमेश्‍वरको नामलाई हेर्दा, तिनीहरूले परमेश्‍वरलाई यहोवा मात्र भनेर बोलाउन छाडेका छन्, बरु उहाँलाई मुख्यतः येशू ख्रीष्ट भनेर बोलाउँछन्। तिनीहरू के अभ्यास गर्छन्? पाप स्वीकार र पश्चात्ताप, सहनशीलता र विनम्रता; तिनीहरू प्रेमिला छन्, आज्ञाहरू पालना गर्छन्, आफ्ना क्रूस बोक्छन्, क्रूसको कष्ट भोग्ने मार्गमा हिँड्छन्, र मृत्युपछि स्वर्गारोहण हुने अपेक्षा गर्छन्। तिनीहरू धेरै अर्थमा व्यवस्थाको युगका परमेश्‍वरका विश्‍वासीहरूभन्दा फरक छन्। तिनीहरू पवित्र आत्माको काम, अनि पवित्र आत्माले भरिने र डोरिनेबारे बोल्छन्; तिनीहरू प्रार्थनाबारे, प्रभु येशूका नाममा काम गर्नेबारे, र सुसमाचार प्रचार गर्नेबारे बोल्छन्। तिनीहरूले भन्‍ने कुराहरू व्यवस्थाको युगका कुराभन्दा पूर्ण रूपले फरक छन्, तर अन्त्यमा, तिनीहरूले यहूदी विश्‍वासका मानिसहरूले जस्तै फैसला प्राप्त गर्छन्—तिनीहरू पनि कुनै धार्मिक समूहका हुन्। यो कस्तो मामिला हो? व्यवस्थाको युगका ती यहूदी फरिसी, मुख्य पुजारी, र शास्त्रीहरू परमेश्‍वरमा नाउँ मात्रको विश्‍वास गर्थे, तर तिनीहरूले उहाँको मार्गलाई पिठ्यूँ फर्काए, र देहधारी परमेश्‍वरलाई क्रूसमा समेत टाँगे। त्यसोभए, के तिनीहरूको विश्‍वासले परमेश्‍वरको अनुमोदन प्राप्त गरेको हुन सक्थ्यो र? (अहँ।) परमेश्‍वरले तिनीहरूलाई एउटा धार्मिक समूहका रूपमा चित्रण गरिसक्नुभएको थियो। येशूमा विश्‍वास गर्नेहरूका हकमा भन्नुपर्दा, परमेश्‍वर तिनीहरूलाई पनि उहाँमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने मानिसका रूपमा स्विकार्नुहुन्न। तिनीहरू पनि स्वर्गमा हुनुहुने परमेश्‍वरमा, अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्छन्, र तिनीहरू पनि एउटा धार्मिक समूह बराबर हुन्; परमेश्‍वर तिनीहरूलाई उहाँको मण्डलीका सदस्यका रूपमा स्वीकार गर्नुहुन्न। परमेश्‍वर किन धर्मको संसारलाई यसरी दोषी ठहराउनुहुन्छ? किनभने धार्मिक समूहका सबै सदस्य, विशेष गरी विभिन्न सम्प्रदायका उच्च-स्तरीय अगुवाहरूसँग परमेश्‍वरको डर मान्ने हृदय हुँदैन, तिनीहरू परमेश्‍वरको इच्छा पछ्याउँदैनन्, र तिनीहरू सबै अविश्‍वासी हुन्। तिनीहरू परमेश्‍वरको देहधारणमा विश्‍वास गर्दैनन्, तिनीहरूले सत्यता स्वीकार गर्नु त झनै परको कुरा हो। तिनीहरू आखिरी दिनहरूमा परमेश्‍वरको काम कहिल्यै खोज्दैनन्, न त तिनीहरू परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरूको खोजीनीति गर्ने वा तिनलाई स्विकार्ने नै गर्छन्, र तिनीहरूले आखिरी दिनहरूका परमेश्‍वरको देहधारणको कामलाई सिधै दोषी ठहराउन र ईश्‍वरनिन्दा गर्न पनि सक्छन्। यसमा प्रस्टसित के देखिन्छ भने, तिनीहरू परमेश्‍वरमा नाउँ मात्रको विश्‍वास गर्लान्, तर परमेश्‍वर तिनीहरूलाई आफ्ना विश्‍वासीका रूपमा स्विकार्नुहुन्‍न; उहाँ तिनीहरूलाई दुष्कर्मी, तिनीहरूले गर्ने कुनै कुरा उहाँको मुक्तिको कामसँग अलिकति पनि सम्बन्धित छैन, तिनीहरू गैरविश्‍वासीहरू हुन् जो उहाँका वचनहरूभन्दा बाहिर छन् भनेर भन्‍नुहुन्छ। यदि, परमेश्‍वरमाथिको विश्‍वासमा, तिमीहरू बाहिरी रूपमा मात्र असल व्यवहारहरू देखाउने पछ्याइमा लाग्छौ, र तिमीहरू कुनै पनि मामलामा कहिल्यै सत्यता खोज्दैनौ बरु उल्टै मानिसहरूको कुरा मान्छौ र सुन्छौ भने, के तिमीहरू पनि धर्मका अनुयायी बन्‍ने दिन आउनेछैन र? धर्मभित्र रहेर परमेश्‍वरमा विश्‍वास गर्दा मुक्ति पाउन सकिँदैन—खासमा यस्तो किन हुन्छ? यदि तिमीहरू यो कुरा छर्लङ्गै देख्न सक्दैनौ भने, यसले तिमीहरू सत्यता वा परमेश्‍वरका अभिप्रायहरू पटक्कै बुझ्दैनौ भन्‍ने देखाउँछ। परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई हुन सक्ने सबैभन्दा दुःखद कुरा भनेको तिनीहरू कुनै धार्मिक समूहमा पतन हुनु र परमेश्‍वरद्वारा हटाइनु हो। यो मान्छेले कल्पना गर्नै नसक्ने कुरा हो, र सत्यता नबुझ्नेहरूले यस मामिलालाई स्पष्ट रूपमा कहिल्यै देख्न सक्दैनन्। ल भन त, मण्डलीको स्थापनाकालदेखि धेरै वर्षको दौरान जब परमेश्‍वरका नजरमा त्यो बिस्तारै धर्ममा परिणत भएको हुन्छ र कुनै सम्प्रदाय बनेको हुन्छ, तब के त्यसका मानिसहरू परमेश्‍वरको मुक्तिका पात्र हुन्छन्? के तिनीहरू उहाँको घरका सदस्य हुन्छन्? (हुँदैनन्।) तिनीहरू हुँदैनन्। साँचो परमेश्‍वरमा नामको मात्र विश्‍वास गर्ने, तर उहाँद्वारा धर्मका विश्‍वासी ठानिएका यी मानिसहरू हिँड्ने मार्ग कुन हो? तिनीहरू हिँड्ने मार्ग त्यो हो जसमा तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको खोल ओढ्छन् तर उहाँको मार्ग कहिल्यै पछ्याउँदैनन्; त्यो त्यस्तो मार्ग हो जहाँ तिनीहरू उहाँमा विश्‍वास गर्छन् तर कहिल्यै उहाँको आराधना गर्दैनन्, र उहाँलाई त्याग्नेसम्म पुग्छन्; त्यो यस्तो मार्ग हो जसमा तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्छन् तर उहाँको प्रतिरोध गर्छन्। सिद्धान्ततः तिनीहरू परमेश्‍वरको नाममा, साँचो परमेश्‍वरमा विश्‍वास गर्छन्, तर वास्तवमा, तिनीहरू शैतान र दियाबलसहरूको आराधना गर्छन्, मानव उद्यमहरूमा संलग्न हुन्छन्, र स्वतन्त्र मानव राज्यहरू स्थापना गर्छन्। तिनीहरू हिँड्ने मार्ग त्यही हो। परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरूले हिँड्ने मार्गलाई हेर्दा के प्रस्ट हुन्छ भने, तिनीहरू अविश्‍वासीहरूको झुन्ड, ख्रीष्टविरोधीहरूको गिरोह, किटेरै परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँको काममा अवरोध गर्ने शैतान र दियाबलसहरूका समूह हुन्। धर्मको संसारको सार यही हो। के मानिसहरूको यस्तो कुनै समूहको मान्छेको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापन योजनासँग कुनै सम्बन्ध छ? (छैन।) परमेश्‍वरका विश्‍वासीहरूको सङ्ख्या जति नै धेरै भए पनि, यदि तिनीहरूको विश्‍वासलाई परमेश्‍वरले कुनै धार्मिक समूहको विश्‍वासका रूपमा चित्रण गर्नुभएको छ भने, यी मानिसहरू परमेश्‍वरको काम र मुक्तिका निसाना होइनन्। परमेश्‍वरले यो निर्धारण गरिसक्‍नुभएको हुन्छ, र यी मानिसहरूलाई मुक्ति दिन सकिँदैन। किन म यसो भनिरहेको छु? परमेश्‍वरको काम वा मार्गदर्शनविनाको कुनै समूह, जो उहाँप्रति बिल्कुलै समर्पित हुँदैन वा उहाँको आराधना बिलकुलै गर्दैन, त्यसले परमेश्‍वरमा नाउँको मात्र विश्‍वास गर्छ, तर तिनीहरू धर्मका पाष्टर र एल्डरहरूको पछि लाग्छन् र आज्ञापालन गर्छन्, र धर्मका पाष्टर र एल्डरहरू सारले नै शैतानी र पाखण्डी हुन्छन्। त्यसकारण, मानिसहरूले पछ्याउने र पालन गर्ने कुरा शैतान र दियाबलसहरू हुन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्छन्, तर खासमा, तिनीहरू मान्छेको चालबाजीमा पर्दै छन्, मानवका योजना र प्रभुत्वका नियन्त्रणमा पर्छन्। त्यसैले, मूलभूत रूपमा भन्‍नुपर्दा, तिनीहरूले पछ्याउने र पालन गर्ने कुरा शैतान, र दियाबलसहरू, अनि परमेश्‍वरको प्रतिरोध गर्ने दुष्ट शक्तिहरू, र परमेश्‍वरका शत्रुहरू हुन्। के परमेश्‍वरले यस्ता मानिसहरूको गिरोहलाई मुक्ति दिनुहुनेछ? (अहँ।) किन दिनुहुनेछैन? के यस्ता मानिसहरू पश्चात्ताप गर्न सक्छन्? तिनीहरू पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको नाममा मानव कार्य र उद्यमहरूमा संलग्न हुन्छन्, मान्छेको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापन योजनाविपरीत जान्छन्, अनि तिनीहरूको अन्तिम परिणाम भनेको तिनीहरू परमेश्‍वरद्वारा तिरस्कृत हुनेछन्। परमेश्‍वरले यी मानिसहरूलाई मुक्ति दिनु असम्भव छ, र तिनीहरू पश्चात्ताप गर्न सक्दैनन्; तिनीहरू शैतानद्वारा खोसेर लगिएका हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई त्यसकै हातमा सुम्पनुहुन्छ। के परमेश्‍वरप्रतिको विश्‍वासले उहाँको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्‍ने कुरा त्यो विश्‍वास कति वर्षदेखिको हो भन्‍नेमा भर पर्छ? के त्यो व्यक्तिले मान्‍ने अनुष्ठान वा पालना गर्ने प्रावधानहरूमा भर पर्छ? के परमेश्‍वर मानव अभ्यासहरूलाई हेर्नुहुन्छ? के उहाँ तिनीहरूको सङ्ख्या हेर्नुहुन्छ? (अहँ।) त्यसोभए, उहाँ के हेर्नुहुन्छ त? जब परमेश्‍वरले मानिसहरूको कुनै समूह छान्‍नुभएको हुन्छ, तब तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन, उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ कि दिनुहुनेछैन भनेर केको आधारमा मापन गर्नुहुन्छ? त्यो तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा आधारित हुन्छ; त्यो तिनीहरू हिँड्ने मार्गमा आधारित हुन्छ। परमेश्‍वरले मान्छेलाई अहिले जति धेरै सत्यता अनुग्रहका युगमा भन्‍नुभएको थिएन, र ती निर्दिष्ट थिएनन्, तैपनि उहाँले मान्छेलाई सिद्ध पार्न सक्नुभयो, अनि त्यतिबेला मुक्ति दिन सकिने मानिसहरू पनि थिए। त्यसोभए, यदि हालको युगका अत्यन्तै धेरै सत्यता सुनेका र परमेश्‍वरका अभिप्रायहरू बुझ्ने मानिसहरू उहाँको मार्ग पछ्याउन वा मुक्तिका मार्गमा हिँड्न सक्दैनन् भने, अन्त्यमा तिनीहरूको परिणाम के हुनेछ? तिनीहरूको अन्तिम परिणाम इसाई धर्म र यहूदी धर्मका विश्‍वासीहरूको जस्तै हुनेछ—उनीहरूले जस्तै तिनीहरूलाई पनि मुक्ति दिन सकिनेछैन। यो परमेश्‍वरको धर्मी स्वभाव हो। तैँले कतिवटा प्रवचन सुनेको छस् वा कतिवटा सत्यता बुझेको छस् भन्ने कुराले फरक पार्दैन; यदि तँ अझै पनि मानिसको बहकाउमा पर्न सक्छस्—मानिस र शैतानलाई पछ्याउँछस्—र अन्त्यमा परमेश्‍वरको मार्ग पछ्याउन सक्दैनस्, न त उहाँको डर मान्‍न र दुष्टताबाट अलग बस्न नै सक्छस् भने, यस्तो व्यक्ति परमेश्‍वरद्वारा तिरस्कृत हुन्छ। धर्मका मानिसहरू बाइबलको धेरै ज्ञान प्रचार गर्न सक्लान्, र तिनीहरूले केही आत्मिक धर्मसिद्धान्त बुझ्लान्, तर तिनीहरू परमेश्‍वरको काममा समर्पित हुन, वा उहाँका वचनहरू अभ्यास र अनुभव गर्न, वा उहाँलाई साँचो रूपमा आराधना गर्न सक्दैनन्, न त उहाँको डर मान्‍न र दुष्टताबाट अलग बस्न नै सक्छन्। तिनीहरू सबै पाखण्डी हुन्, परमेश्‍वरप्रति साँच्चै समर्पित हुने मानिस होइनन्। परमेश्‍वरका नजरमा, यस्ता मानिसहरूलाई कुनै धार्मिक समूह, मानव गुट, शैतानको वासस्थानका रूपमा परिभाषित गरिन्छ। समग्रमा, तिनीहरू शैतानको गिरोह, ख्रीष्टविरोधीहरूको राज्य हुन्, र परमेश्‍वर तिनीहरूलाई पूर्ण रूपले तिरस्कार गर्नुहुन्छ।

अहिले, तिमीहरूले गर्ने सबैभन्दा जरुरी कुरा भनेको सत्यता पछ्याउनु हो। पहिलो कुरा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा ढिलाइ गर्नु हुँदैन, अनि अर्को कुरा, तैँले छोटो समयमै मुक्तिका मार्गमा पाइला चाल्न र परमेश्‍वरद्वारा नत्यागिन तुरुन्तै कोसिस गर्नैपर्छ। त्यो भयानक कुरा हुनेछ! परमेश्‍वरले आखिरी दिनहरूको आफ्नो मुक्तिको काम गर्नु तेरो अन्तिम, झणिक अवसर हो। यदि परमेश्‍वर तैँले उहाँको मार्ग कहिल्यै पछ्याएको छैनस्, कदापि उहाँको डर मान्‍न सकिनस्, न त दुष्टताबाट अलग बस्न नै सकिस् भनेर कुनै व्यक्तिको निर्धारण गर्नुहुन्छ भने, र जब उहाँ तँलाई त्याग्ने निर्णय गर्नुहुन्छ, तब, त्यसउप्रान्त उहाँले तँलाई डाँट्नुहुनेछैन वा अनुशासनमा राख्नुहुनेछैन, काटछाँट गर्नुहुनेछैन, र न्याय वा सजाय दिनुहुनेछैन—उहाँले तँलाई पूर्ण रूपमा त्याग्नुहुनेछ। त्यसबेला, तैँले पूरै स्वतन्त्र महसुस गर्नेछस्। कसैले तँलाई हेरचाह गर्नेछैन। तँ परमेश्‍वरमा कसरी विश्‍वास गर्छस् भनेर कसैले हस्तक्षेप गर्नेछैन; तैँले जुनै खराब काम गरे पनि, डाँट खानेछैनस्। यदि तँ आफ्नो कर्तव्य निर्वाहका क्रममा अर्पित भइनस्, वा तैँले आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू मात्र पूरा गर्न खोजिस्, वा मण्डलीका काममा बाधा दिन वा अवरोध पुऱ्याउन खोजिस् भने पनि तँलाई न डाँट पर्छ न त अनुशासनमा नै राखिन्छ। तेरो हृदयमा परमेश्‍वरप्रति धारणाहरू भए पनि तँलाई न त डाँट पर्छ न त अनुशासनमा नै राखिन्छ। यदि तँ काटछाँट गरिन प्रतिरोध वा इन्कार गर्छस् भने, यदि तँ अरूको कुरा काट्छस् वा कमजोर पार्छस्, वा आफूतर्फ पार्न लोभ्याउँछस् भने पनि तँलाई न त डाँट पर्छ न त अनुशासनमा नै राखिन्छ। यो केको सङ्केत हो? के यो राम्रो सङ्केत हो? तँलाई कसैले निगरानी गर्दैन, कसैले काटछाँट गर्दैन, र परमेश्‍वर तँलाई डाँट्नुहुन्‍न। सबैथोक तैँले चाहेअनुसार भइरहेको जस्तो देखिन्छ, र तँ जे चाहन्छस् त्यही पाउँछस्। यो राम्रो सङ्केत होइन भनेर एकदमै प्रस्ट छ। जब परमेश्‍वर तँलाई त्याग्न चाहनुहुन्छ, तब त्यसउप्रान्त तँलाई डाँट पर्नेछैन, तँलाई अनुशासनको अनुभूति हुनेछैन, न त तैँले न्याय र सजाय नै अनुभूति गर्नेछस्। परमेश्‍वरले व्यक्तिलाई त्याग्नुले केलाई जनाउँछ? यसले त्यो व्यक्तिसँग अन्तिम परिणाम छैन, उसले मुक्तिको अवसर गुमाएको छ भन्‍ने कुरालाई जनाउँछ। परमेश्‍वरले कुनै व्यक्तिलाई त्याग्नुहुँदा, पहिला उसलाई डाँट नपरेको महसुस गराउनुहुन्छ; ऊ हरेक दिन आफूसँग अत्यन्तै खुसी हुन्छ, र आफूले आशिष् पाएको ठान्छ, त्यसैले ऊ त्यतिकै आफूमा लिप्त हुन्छ, पतित बन्छ, आफ्नो हृदयका चाहनाहरू पछ्याउँछ, जे इच्छा लाग्यो त्यही गर्छ, र जस्तो मन लाग्यो त्यस्तै कार्य गर्छ। उसले जस्तोसुकै दुराचारी काम गर्न चाहे पनि, उसलाई डाँट पर्दैन, न त अनुशासनमा नै राखिन्छ, झन् उसलाई असहज वा त्यो सबथोक ठिक होइन भनेर महसुस हुनु त परको कुरा हो। परमेश्‍वरको डाँट र ताडना त्याग्ने व्यक्ति खतराका सँघारमा हुन्छ। अब उसले कस्तो मार्ग समात्छ होला? ऊ पतित, दुराचारी, आत्मलिप्त बन्‍न थाल्छ, र उसको दुष्कर्मले रोकिने नाम लिँदैन। यो अत्यन्तै समस्याजनक कुरा हो। बाहिरबाट हेर्दा, कतिपय मानिस कुनै चासोविना अलि आरामसित जिइरहेका देखिन्छन्, तर सत्यता बुझ्नेहरूले के बुझ्न सक्छन् भने त्यस्तो व्यक्ति खतरामा छ, परमेश्‍वर उसलाई चाहनुहुन्‍न भनेर बुझ्छन्—परमेश्‍वरले उसलाई त्याग्नुभएको हुन्छ, र त्यो कुरा उसलाई थाहा हुँदैन! धार्मिक संसारका ख्रीष्टविरोधीहरू पुरै दिन देहधारी परमेश्‍वरका वचन र कामलाई दोष लगाउँदै, परमेश्‍वरको प्रतिरोध गर्ने थुप्रै दुष्ट कुरा गर्दै बिताउँछन्। तिनीहरूले अहिले ताडना वा डाँट नभोगे पनि त्यसको कारण भनेकै परमेश्‍वरले तिनीहरूलाई त्यागिसक्नुभएकाले हो, र अन्त्यमा, तिनीहरू सबैले ठूलो दण्ड पाउनेछन्, जसबाट तिनीहरू एक जना पनि उम्कनेछैन। यस मामिलाबाट, के तँ परमेश्‍वरका अभिप्रायहरू र मनोवृत्ति देख्न सक्छस्? (सक्छु।) यदि अहिले तिमीहरू परमेश्‍वरलाई पछ्याउँदा सत्यता पछ्याउँदैनौ भने, तिमीहरूको हालत पनि तिनीहरूकै जस्तो हुन सक्छ, त्यसपछि तिमीहरू खतरामा हुनेछौ; तिमीहरूको अन्तिम परिणाम तिनीहरूकै जस्तो हुनेछ, त्यो निश्चित छ। त्यसोभए अहिले, मानिसहरूले गर्नुपर्ने सबैभन्दा जरुरी काम के हो ताकि तिनीहरू परमेश्‍वरले त्याग्ने अवस्थामा नपुगून्? (हामीले सत्यता पछ्याउनुपर्छ र आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्नुपर्छ।) तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुबाहेक, तँ बारम्बार परमेश्‍वरसामु आउनैपर्छ, तैँले उहाँका वचनहरू खानु र पिउनुपर्छ अनि ती मनन गर्नुपर्छ, उहाँको ताडना र काटछाँट स्वीकार गर्नुपर्छ, र उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पित हुन सिक्नुपर्छ, अनि जे-जे आइपर्छन् ती सबैबाट पाठहरू सिक्नुपर्छ—यो एकदमै महत्त्वपूर्ण छ। तँ परमेश्‍वरले तेरा लागि खडा गर्नुभएका सबै वातावरण, मानिस, घटना र कामकुराहरूप्रति समर्पित हुन सक्नैपर्छ, र जब तैँले पूर्ण रूपमा बुझ्न नसक्ने मामलाहरूको कुरा आउँछ, तैँले बारम्बार प्रार्थना गर्न र सत्यता खोज्न जरुरी हुन्छ; परमेश्‍वरका अभिप्रायहरूलाई बुझेर मात्र तैँले अघि बढ्ने बाटो भेट्टाउनेछस्। तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुनैपर्छ। तैँले गर्नुपर्ने कुरा होसियारीपूर्वक र सावधानीपूर्वक गर्, अनि परमेश्‍वरप्रति समर्पित हृदयसहित उहाँसामु जिउने गर्। उहाँसामु प्रायः आफूलाई शान्त राख्, अनि लम्पट नबन्। कम्तीमा, तँलाई केही आइपर्दा, पहिला आफूलाई शान्त पार्, त्यसपछि तुरुन्तै प्रार्थना गर्, अनि प्रार्थना, खोजी र प्रतीक्षा गरेर परमेश्‍वरका अभिप्रायहरू बुझ्। के यो परमेश्‍वरको डर मान्‍ने मनोवृत्ति होइन र? यदि तँ हृदयमा परमेश्‍वरको डर मान्छस् र उहाँप्रति समर्पित हुन्छस्, अनि उहाँसामु आफूलाई शान्त पार्न सक्छस् र उहाँका अभिप्रायहरू बुझ्ने कोसिस गर्छस् भने, यस्तो सहकार्य र अभ्यासले गर्दा तेरो सुरक्षा हुनेछ, र तेरो परीक्षा गरिनेछैन, न त तैँले मण्डलीका काममा बाधा र अवरोध पुऱ्याउने कुनै काम नै गर्नेछस्। तैँले प्रष्ट रूपमा देख्न नसक्ने मामिलाहरूमा सत्यता खोज्। अन्धाधुन्ध दोष दिने वा फैसला गर्ने नगर्। यसो गर्दा, तँलाई परमेश्‍वरले घृणा वा तिरस्कार गर्नुहुनेछैन। यदि तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ भने, तँ उहाँलाई चिढ्याउनदेखि डराउनेछस्, अनि तेरो परीक्षा गर्ने केही आइपऱ्यो भने, तँ परमेश्‍वरसामु डर र त्रासमा जिउनेछस्, अनि सबै कुरामा उहाँप्रति समर्पित हुने र उहाँलाई सन्तुष्ट पार्ने तीव्र इच्छा राख्नेछस्। तँसँग त्यस्तो अभ्यास भएपछि र तँ बारम्बार यस्तो स्थितिमा जिउन, बारम्बार परमेश्‍वरसामु आउन र उहाँसामु आफूलाई शान्त पार्न सक्ने भएपछि मात्र तँ थाहै नपाई परीक्षा र दुष्ट कुराहरूबाट अलग बस्न सक्षम हुनेछस्। परमेश्‍वरको डर मान्‍ने हृदयविना, वा हृदय उहाँसामु छैन भने, तैँले केही दुष्ट काम गर्न सक्नेछस्। तँमा भ्रष्ट स्वभावहरू छन्, र तँ तिनलाई नियन्त्रण गर्न सक्दैनस्, त्यसैले तँ आफूले नचाहँदा नचाहँदै दुष्टता गर्न सक्छस्। तैँले अवरोध र बाधा पुऱ्याउने जस्तो दुष्ट काम गर्ने हो भने, के त्यसका परिणाम गम्भीर हुनेछैनन् र? कम गम्भीर अवस्थाहरूमा, तँलाई काटछाँट गरिनेछ, र गम्भीर अवस्थाहरूमा परमेश्‍वरले तँलाई तिरस्कार गर्नुहुनेछ, र तँलाई मण्डलीबाट निष्कासित गरिनेछ। तर, यदि तँमा परमेश्‍वरप्रति समर्पित हृदय छ, अनि तेरो हृदय परमेश्‍वरसामु प्रायः शान्त हुन सक्छ भने, र यदि तँ परमेश्‍वरको डर मान्छस् र उहाँदेखि भयभीत हुन्छस् भने, के तँ थुप्रै दुष्कर्मबाट धेरै टाढा रहन सक्नेछैनस् र? यदि तैँले परमेश्‍वरको डर मान्छस् र “म परमेश्‍वरदेखि भयभीत हुन्छु; म उहाँलाई चिढ्याउन, उहाँका काममा अवरोध पुऱ्याउन अनि उहाँको घृणा निम्त्याउन डराउँछु” भनेर भन्छस् भने, के यो तँमा हुने सामान्य मनोवृत्ति र सामान्य स्थिति होइन र? के कुराले तँमा भय सिर्जना गरेको हुनेछ? परमेश्‍वरको डर मान्‍ने हृदयबाटै तँमा भय सिर्जना भएको हुनेछ। यदि तँसँग परमेश्‍वरको डर मान्ने हृदय छ भने, तैँले दुष्ट कुराहरू देख्दा तीबाट अलग बस्नेछस् र जोगिनेछस्, र यसरी तँ सुरक्षित हुनेछस्। के परमेश्‍वरदेखि भयभीत हुने हृदय नभएको व्यक्तिले उहाँको डर मान्‍न सक्छ? के ऊ दुष्टताबाट अलग बस्न सक्छ? (सक्दैन।) के परमेश्‍वरको डर मान्‍न नसक्‍ने र उहाँको भय नमान्नेहरू धृष्ट होइनन् र? के धृष्ट मानिसहरूलाई रोक्न सकिन्छ? (सकिँदैन।) अनि के ती रोक्न नसकिने मानिसहरू आवेशमा आएर जे मन लाग्छ त्यही गर्दैनन् र? मानिसहरूले आफ्नै इच्छा, जोस, र भ्रष्ट स्वभावहरूअनुसार कार्य गर्दा के-के गर्छन्? परमेश्‍वरका नजरमा, ती दुष्ट कुरा हुन्। त्यसैले, तिमीहरूले प्रस्ट रूपमा बुझ्नुपर्छ कि मान्छेमा परमेश्‍वरदेखि भयभीत हुने हृदय हुनु राम्रो कुरा हो—योसँगै, व्यक्ति परमेश्‍वरको डर मान्‍न पुग्छ। जब व्यक्तिका हृदयमा परमेश्‍वर हुन्छ र ऊ परमेश्‍वरको डर मान्‍न सक्छ, तब ऊ दुष्ट कुराहरूबाट धेरै टाढा रहन सक्नेछ। यस्ता मानिसहरूमा मात्र मुक्ति पाउने आशा हुन्छ।

के कुनै विश्‍वासीका लागि परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्नु सजिलो हुन्छ? वास्तवमा, यो सजिलो कुरा होइन; यदि तँ सत्यता पछ्याउँदैनस् भने, तैँले कहिल्यै त्यो प्राप्त गर्न सक्दैनस्। उदाहरणका लागि, कतिपय मानिस भन्छन्: “परमेश्‍वरमा विश्‍वास गर्नु साँच्चै सजिलो छैन, र तिमीले आफ्नो कर्तव्य निभाउने, कष्ट भोग्ने, र मूल्य चुकाउने पनि गर्नैपर्छ।” यी वचनहरू सुन्दा तँलाई कस्तो अनुभूति हुन्छ? यी वचनहरू भन्‍नुमा के समस्या हुन्छ? यदि तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छैन भने, तँ के भन्‍नेछस्? तँ यसो भन्‍नेछस्: “त्यो एकदमै सही कुरा हो, मैले आफ्नो कर्तव्य पूरा गर्न धेरै वर्षदेखि आफ्नो घर छोडेको छु, मलाई मेरा बालबच्चा र आमाको याद आउँछ, र मैले ठूलो कष्ट भोगेको छु। यदि मैले आशिषहरू प्राप्त नगर्ने हो भने, त्यो अन्याय हुनेथ्यो!” के यी शब्दहरूमा परमेश्‍वरको कुनै डर छ? (छैन।) यदि व्यक्तिमा परमेश्‍वरको डर मान्‍ने हृदय छैन, र ऊ यस्ता शब्दहरू बोल्छ भने, उसको व्यवहारको प्रकृति कस्तो हो? के उसले परमेश्‍वरको प्रतिरोध गरिरहेको र उहाँविरुद्ध गुनासो गरिरहेको हुँदैन र? यदि ऊ परमेश्‍वरविरुद्ध गुनासो गर्छ भने, के उसले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ भनेर साँच्चै विश्‍वास गर्छ? यदि कुनै व्यक्तिको हृदयमा परमेश्‍वरको डर छैन भने, यदि ऊ परमेश्‍वरको डर मान्‍न सक्दैन भने, के उसलाई दुष्टताबाट अलग बस्न सजिलो हुन्छ? (हुँदैन।) ऊ दुष्टताबाट अलग बस्न सक्दैन। त्यस्तो व्यक्तिले यसो भन्छ: “यदि मैले आफ्ना परिवार र पेशा त्यागेपछि आशिष् नपाउने हो भने, त्यो एकदमै अन्याय हुनेथ्यो!” यदि तैँले त्यसपछि तुरुन्तै “यो एकदमै सही कुरा हो” भनिस् भने, तँलाई ती शब्दहरू कस्तो लाग्नेछ? के यो दुष्टताबाट अलग बस्नु हो? तैँले “यो एकदमै सही कुरा हो” भन्‍न सक्नुले तँ पनि अर्को व्यक्तिले जस्तै परमेश्‍वरविरुद्ध गुनासो गरिरहेको छस् भन्‍ने प्रमाणित गर्छ। गुनासो तेरो मुखबाट निस्केर दुष्टता बनिसकेको छ। तँ दुष्टताबाट अलग बस्न नसक्ने मात्र नभई, तर तैँले गुनासोहरू गर्न र दुष्ट कुरा गर्न पनि सक्छस्। त्यो सानो दुष्टता भए पनि, त्यो परमेश्‍वरविरुद्ध गुनासो हो। यदि आजको सानो दुष्टतालाई सुल्झाइएन भने, भोलि तैँले परमेश्‍वरलाई विश्‍वासघात गर्ने खतरा हुन्छ—मान्छेको भ्रष्ट स्वभाव त्यस्तो भयानक हुन्छ। के तिमीहरू यो मामिला प्रस्ट रूपले देख्छौ? यदि कुनै व्यक्तिसँग परमेश्‍वरको डर मान्‍ने हृदय छैन भने, चाहे तिनीहरू मौखिक रूपले कुराहरू भनून्, वा तिनीहरूले हृदयमा सोच्ने कुरा, वा तिनीहरूबाट प्राकृतिक रूपमा प्रकट हुने कुराहरू होऊन्—ती सबै दुष्टता हुन्। यदि तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छैन भने, सानो कुराले पनि तेरो भ्रष्ट स्वभाव, तेरो चरित्र, पछ्याइ, र अभिप्रायहरू पूर्ण रूपले खुलासा गर्न सक्छ; त्यसले परमेश्‍वरप्रतिको तेरो असन्तुष्टि पनि खुलासा गर्न सक्छ। परमेश्‍वरको डर मान्‍ने हृदय नहुनेहरू आफूलाई जे मन लाग्छ त्यही भन्छन्। तिनीहरू जे सोचिरहेका हुन्छन् त्यही भन्छन्, र त्यो कुरा भनेपछि त्यो तथ्य बन्छ। परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, यस्तो व्यक्तिले उहाँको डर मान्दैन, न त उसले दुष्ट कुराहरू नै त्याग्छ; बरु, ऊ दुष्ट कुराहरू देखेपछि आफै त्यसमा मुछिन्छ, र अपराध गर्नमा दुष्ट मानिसहरूको साझेदार बन्छ। यदि तँसँग परमेश्‍वरको भय मान्‍ने हृदय छ, यदि तँ उहाँसँग डराउँछस्, यदि तँ उहाँका उपस्थितिमा जिउँछस् भने, तैँले त्यस्तो व्यक्तिका शब्दहरूप्रति कसरी प्रतिक्रिया जनाउनुपर्छ? तिनीहरूले आफ्ना शब्दहरूमार्फत के भन्‍न खोजेका हुन्? तिनीहरू आफ्ना आशिषहरू त्याग्न अनिच्छुक हुन्छन्। तिनीहरू आशिष् प्राप्त गर्न चाहन्छन्, तर कष्ट भोग्न र मूल्य चुकाउन अनिच्छुक हुन्छन्, त्यसैले तिनीहरू यसो भन्छन्: “परमेश्‍वरमा विश्‍वास गर्नु साँच्चै सजिलो छैन।” के तिनीहरूमा गुनासोको भावना हुँदैन? यी शब्दहरूमा गुनासोको भावना हुन्छ; यो व्यक्ति परमेश्‍वरसित खिन्‍न छ, ऊ गुनासो गर्छ, र परमेश्‍वर मानिसहरूबाट अत्यन्तै उच्च मागहरू गर्नुहुन्छ भन्‍ने ठान्छ; ऊ परमेश्‍वर उहाँले तिनीहरूलाई दिने सानो आशिषका लागि तिनीहरूले अति उच्च मूल्य चुकाएको चाहनुहुन्छ भन्‍ने सोच्छ; ऊ के सोच्छ भने, परमेश्‍वरले यसरी कार्य गर्नु हुँदैन, उहाँमा मान्छेका लागि प्रेम छैन, उहाँ मान्छेलाई साँच्चै कृपा गर्नुहुन्‍न, उहाँ मान्छेलाई सास्ती दिनुहुन्छ; ऊ सोच्छ, आशिषसित कष्ट साट्नु व्यक्तिका लागि सजिलो हुँदैन—के उसले जनाउन खोजिरहेको यही होइन र? (हो।) त्यसोभए तैँले उसलाई कसरी जवाफ दिनुपर्छ? यो जवाफ सुन, तिमीहरूलाई त्यो सही लाग्छ कि लाग्दैन हेर। तैँले यसो भन्‍नुपर्छ: “हाम्रो सानो कष्टले के महत्व राख्छ? परमेश्‍वरले कति कष्ट भोग्नुभएको छ, तिमी त्यो देख्छौ। मानवजातिलाई मुक्ति दिन परमेश्‍वर स्वर्गबाट पृथ्वीमा आउनुभयो, अनि मान्छेहरूमाझ विनम्रतापूर्वक र गोप्य रूपले देहधारी हुनुभयो, अनि ठूलो अपमान सहनुभयो; उहाँले मानवजातिलाई मुक्ति दिन आफ्नो जीवनसमेत बलिदान दिनुभयो। हामीले भोगेको सानो कष्टभन्दा परमेश्‍वरले भोगेको कष्ट कता हो कता ठूलो हो। हामीले भोगेको कष्ट त केही पनि होइन। त्यसबाहेक, हामीले कष्ट भोग्नुपर्छ; के हामीले आशिष् पाउन सकौं भनेर कष्ट भोगिरहेका हुँदैनौँ र?” तँलाई के लाग्छ? यसो हेर्दा, यो ठिकै हो भन्‍ने लाग्छ, अनि धर्मसिद्धान्तको दृष्टिकोणबाट हेर्दा, त्यसमा केही गल्ती छैन, तर के त्यसमा कुनै गवाही छ? (अहँ छैन।) त्यसमा कुनै गवाही छैन। यो त कसैलाई अर्ती दिन सरसर्ती धर्मसिद्धान्त बताउनु मात्र हो। के यसले कुनै समस्या सुल्झाउन सक्छ? यदि तँ समस्या सुल्झाउन चाहन्छस् भने, तैँले ऊसँग कसरी सङ्गति गर्नुपर्छ? यदि तैँले गुनासोका यी शब्दहरू सुनेको भए, तँलाई हृदयमा कस्तो अनुभूति हुनेथियो? उसले परमेश्‍वरमा विश्‍वास गर्दै आफ्ना कर्तव्य पूरा गर्दा, इच्छुक हृदयले कष्ट भोगेको होइन भन्‍ने अनुभूति हुनेथियो, तर केही क्षण विचार गरेपछि तैँले यस्तो सोच्नेथिस्: “यदि ऊ अनिच्छुक छ भने अनिच्छुक नै हुन दे। त्यसको मसँग के सरोकार छ र? यदि ऊ परमेश्‍वरविरुद्ध गुनासो गर्छ भने, उसले मलाई गुनासो गरिरहेको हुँदैन, र त्यो मेरो फाइदासँग सम्बन्धित छैन। यो परमेश्‍वरसँगको तिनीहरूको व्यक्तिगत सम्बन्ध हो, त्यसैले यसलाई तिनीहरू आफैले सम्हाल्नुपर्छ। मसँग यसको के सरोकार छ र?” उसलाई यस तरिकाले व्यवहार गर्नु सामान्य समझको कुरा हो जस्तो देखिन्छ, र त्यो गलत होइन, तर परमेश्‍वरको डर मान्‍ने हृदय हुने व्यक्तिका रूपमा, जब तँलाई यो कुरा आइपर्छ, तैँले पहिला यस्तो सोच्नैपर्छ: “यो व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्छ, तर पनि उहाँविरुद्ध गुनासो गर्छ, र बोल्दाखेरि सत्यतालाई बङ्ग्याउँछ। यस्तो व्यक्तिले सत्यता स्विकार्न नै सक्दैन। मुक्ति पाउनु ठूलो कुरा हो, त्यसैले उसले बिलकुलै कष्ट भोगेन भने के त्यो ठिकै हो? त्यसबाहेक, मानिसहरू किन कष्ट भोग्छन्? के त्यो तिनीहरूका भ्रष्ट स्वभावले गर्दा होइन र? मानिसहरूलाई कष्ट भोग्न दिनुमा परमेश्‍वरका असल अभिप्रायहरू छन्। त्यसले मानिसहरूलाई फाइदा गर्छ, तिनीहरूलाई सिद्ध पार्छ र वृद्धि गराउँछ; यदि मानिसहरूले कष्ट भोगेनन् भने पाठहरू सिक्न सक्दैनन्, न त सत्यता प्राप्त गर्न नै सक्छन्, न त तिनीहरू परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन नै सक्छन्। अलिकति कष्ट भोग्नु परमेश्‍वरको तर्फबाट प्राप्त हुने कृपा र अनुग्रह हो; यो मानवजातिका लागि परमेश्‍वरको प्रेम हो। यो मुक्ति हो! कसरी तिनीहरू यस तरिकाले बोल्न सक्छन्? मैले तिनीहरूसँग सङ्गति गर्नैपर्छ। म तिनीहरूलाई परमेश्‍वरलाई गलत बुझ्न र उहाँविरुद्ध गुनासो गर्न दिन सक्दिनँ, म तिनीहरूलाई चारैतिर गएर यी शब्दहरू फैलाउँदै अरूलाई प्रभावित पार्न दिन सक्दिनँ। यस मामिलामा, मैले परमेश्‍वरका पक्षमा बोल्नैपर्छ। मैले तिनीहरूलाई परमेश्‍वरबारे तिनीहरूको गलत बुझाइ सुल्झाउन र परमेश्‍वरप्रतिको विश्‍वासबारे सही बुझाइ राख्न मद्दत गर्नैपर्छ। यदि तिनीहरू परमेश्‍वरलाई यसरी गलत बुझ्छन् भने, के तिनीहरूले उहाँलाई अनुचित व्यवहार गरिरहेका हुँदैनन् र? मान्छेका लागि परमेश्‍वरको प्रेम र मुक्ति अति महान् छ! तिनीहरूले कसरी त्यसरी सोच्न सकेका?” यदि तँ यस तरिकाले सोच्छस् भने, के त्यसले तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ भन्‍ने अर्थ दिँदैन र? (दिन्छ।) परमेश्‍वरको डर मान्‍ने मामिलाका सम्बन्धमा, तँ सही शब्दहरू बोल्ने मात्र गर्दैनस्; बरु, तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छ, तँ उहाँप्रति समर्पित हुन सक्छस्, तँ विद्रोह वा गुनासो बिलकुलै गर्दैनस्। तसर्थ, तँ परमेश्‍वरको डर मान्‍ने व्यक्ति बन्छस्। परमेश्‍वरको डर मान्‍ने सम्बन्धमा, तैँले सत्यता प्राप्त गरेको हुन्छस्। तँ नारा लगाउने मात्र गर्दैनस्, तँ परमेश्‍वरको गवाही दिन, र उहाँका गवाहीमा दृढ रहन सक्षम हुन्छस्। यो ज्ञान पाएर तैँले त्यस व्यक्तिलाई के भन्‍नुपर्छ? तैँले यसो भन्‍नुपर्छ: “परमेश्‍वरले मान्छेको मुक्तिलाई श्रमसाध्य अभिप्रायले व्यवहार गर्नुहुन्छ। परमेश्‍वरको डर मान्‍ने हृदय नहुनेहरू प्रायः उहाँविरुद्ध गुनासो गर्छन् र उहाँको प्रतिरोध गर्छन्, अनि उहाँका अभिप्रायहरूलाई कुनै ख्याल गर्दैनन्। यदि तिनीहरू अलिकति कष्ट भोगे भने, वा परमेश्‍वरका आशिषहरू देखेनन् भने, गुनासो गर्छन्, तिनीहरूका हृदयमा विद्रोह चल्छ र तिनीहरू नकारात्मक र प्रतिरोधी बन्छन्। यसले के प्रमाणित गर्छ भने भ्रष्ट स्वभावका मानिसहरूले बारम्बार परमेश्‍वरको प्रतिरोध गर्नु स्वाभाविक हो, र मानव प्रकृति परमेश्‍वरविरोधी हुन्छ। जब मानिसहरूले मुक्ति प्राप्त गर्न सकौँ भनेर आफ्‍नो कर्तव्य पूरा गर्दा थोरै मूल्य चुकाउँछन्, अलिकति त्याग गर्छन्, र अलिकता समर्पित हुन्छन्, तब त्यो परमेश्‍वरका लागि हुँदैन। तिमी आफ्नो भ्रष्ट स्वभावको कारण कष्ट भोग्छौ। यदि तिमी सत्यता प्राप्त गर्न चाहन्छौ भने, तिमीले अलिकति कष्ट भोग्नुपर्छ। यसलाई अलि अप्रिय तरिकाले भन्‍नुपर्दा, मानिसहरू कष्ट भोग्नलायक छन्; परमेश्‍वर तिमीलाई कष्ट दिनुहुन्‍न, न त कष्ट भोग्न लगाउनुहुन्छ। यदि तिमीमा विद्रोही स्वभाव छ भने, के कष्ट पन्छाउन सक्छौ? तिम्रो भ्रष्ट स्वभावकै कारण तिमी कष्ट भोग्छौ—परमेश्‍वरसँग यसको कुनै सम्बन्ध छैन। यदि तिमीले साँचो अर्थमा सत्यता बुझेमा र हरेक कुरामा तिमी परमेश्‍वरप्रति समर्पित भएमा, के त्यसपछि पनि तिमीले नकारात्मकता देखाउनेथियौ? के तिमी अझै पनि परमेश्‍वरविरुद्ध गुनासो गर्नेथ्यौ? के तिमीले अझै पनि यी कुराहरू भोग्नेथ्यौ? त्यसकारण, मानिसले जे कष्ट भोगे पनि, त्यो आफ्नै भ्रष्ट स्वभावहरूका कारणले गर्दा हो; तिनीहरूले अरूलाई दोष दिनु मिल्दैन, झन परमेश्‍वरलाई दोष दिन मिल्नु त परको कुरा हो। यो त जे रोप्यो त्यही कटनी गर्ने कुरा हो। यदि तिमी कष्ट भोग्दैनौ भने, तिमी नष्ट हुनैपर्छ; तिमीले दण्ड पाउनैपर्छ। तिमी कुन रोज्नेथ्यौ? परमेश्‍वर तिमीले कष्ट भोगेको चाहनुहुन्‍न, तर कष्ट नभोगिकन, के तिमी परमेश्‍वरमा समर्पित हुन सक्नेथ्यौ? के तिमी कष्ट नभोगिकन सत्यतासिद्धान्तहरूअनुसार कार्य गर्न सक्षम हुनेथ्यौ? कष्ट नभोगिकन, के तिमी परमेश्‍वरका वचनहरू सुन्‍न सक्षम हुनेथ्यौ?” यी शब्दहरू भनिसकेपछि, के तेरो समकक्षीले केही बुझाइ प्राप्त गर्न सक्नेछ? सबैभन्दा पहिला, के यी शब्दहरू परमेश्‍वरका अभिप्रायहरूअनुरूप छन्? के ती सत्यतासँग मिल्छन्? (मिल्छन्।) के परमेश्‍वरको डर मान्‍ने व्यक्तिले ती वचन सत्यतासँग मिलेको देखेपछि, ती शब्द बोल्नु पर्दैन? (पर्छ।) यी शब्दहरू बोल्न सक्ने व्यक्ति दुष्टताबाट अलग बसिरहेको हुन्छ। त्यसोभए, व्यक्ति दुष्टताबाट अलग बस्न उसमा के हुनैपर्छ? (उसमा परमेश्‍वरको डर मान्‍ने हृदय हुनैपर्छ।) ऊ परमेश्‍वरको भय मान्‍ने हृदय राखेर मात्र दुष्टताबाट अलग बस्न सक्छ; परमेश्‍वरको डर मान्‍ने हृदय छ भने मात्र मानिसहरू उहाँप्रति समर्पित हुन र उहाँको गवाही दिन सक्छन्। त्यस्ता मानिसहरू स्वाभाविक रूपले दुष्टताबाट अलग बस्नेछन्।

त्यसोभए, तिमीहरूले परमेश्‍वरको डर नमान्‍ने हृदय नभएका मानिसहरू प्रायः कुन स्थितिमा जिउँछन् भन्‍छौ? के परमेश्‍वरसँग तिनीहरूको सम्बन्ध छ? (छैन।) कतिपय मानिस भन्छन्: “यो ठिक होइन। तिनीहरू हरेक दिन प्रार्थना गर्छन्, परमेश्‍वरका वचनहरू पढ्छन्, भेलाहरूमा समयमै जान्छन्, र आफ्ना कर्तव्य सामान्य तवरले निर्वाह गर्छन्। कसरी तिमीहरू परमेश्‍वरसँग तिनीहरूको सम्बन्ध छैन भनेर भन्‍न सक्छौ? यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्थेनथे भने, त्यो सबै गर्न सक्थे?” के यो बोल्ने तरिका ठिक हो? (होइन। यो केवल बाहिरी कार्य मात्र हो। यदि तँ कार्य गर्दा सत्यता खोज्दैनस् भने, तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छैन, र तँ जे गर्छस् त्यसको परमेश्‍वरसँग केही सम्बन्ध हुँदैन।) यदि परमेश्‍वरमाथिको आफ्ना विश्‍वासमा मानिसहरू बारम्बार उहाँअघि जिउँदैनन् भने, तिनीहरूलाई उहाँको अलिकति पनि डर लाग्नेछैन, त्यसकारण, तिनीहरू दुष्टताबाट अलग बस्न सक्‍नेछैनन्। यी कुराहरू अन्तरसम्बन्धित हुन्छन्। यदि भित्र तँ बारम्बार परमेश्‍वरसामु जिउँछस् भने, तँलाई संयमित गराइनेछ, र तैँले धेरै कुराहरूमा उहाँको डर मान्‍नेछस्। तैँले कुनै पनि अनुचित कुरा भन्‍नेछैनस्, तैँले हद पार गर्नेछैनस् वा कुनै पनि दुराचारी कुराहरू गर्नेछैनस्, न त तैँले परमेश्‍वरले घृणा गर्ने कुनै कुरा नै गर्नेछस्। यदि तैँले परमेश्‍वरको छानबिन स्वीकार गर्छस् र उहाँको अनुशासन स्वीकार गर्छस् भने, तँ धेरै दुष्ट कार्यहरू गर्नबाट बच्‍नेछस्। यसरी, के तँ दुष्टताबाट अलग बसेको हुनेछैनस् र? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छु भन्छस् तर प्रायः हृदयमा अलमल्ल पर्छस्, तँलाई परमेश्‍वर मानिसलाई मुक्ति दिन कसरी काम गर्नुहुन्छ, मानिसले कसरी सत्यता पछ्याउनुपर्छ, तँ सत्यतालाई प्रेम गर्छस् कि गर्दैनस्, र के-कस्ता घटना घट्दा तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ भनेर थाहा छैन भने; यदि तँ हरदिन अन्योलमा रहन्छस्, हरकुरामा गम्भीर हुँदैनस्, प्रावधानहरू मात्र पालना गर्छस् भने; यदि तेरो हृदय परमेश्‍वरसामु शान्त हुन सक्दैन र आफूलाई कुनै कुरा आइपर्दा, प्रार्थना गर्दैनस् वा सत्यता खोजी गर्दैनस् भने; यदि तँ प्रायजसो आफ्नो इच्छाअनुसार काम गर्छस्, आफ्नो शैतानी स्वभावअनुसार जिउँछस् र आफ्नो अहङ्कारी स्वभाव प्रकट गर्छस् भने; अनि यदि तँ परमेश्‍वरको छानबिन वा अनुशासन स्वीकार गर्दैनस्, र तँमा समर्पित हृदय छैन भने, तँ भित्री तवरमा सधैँ शैतानसामु जिउनेछस् अनि तँलाई शैतानले नियन्त्रणमा राख्नेछ र आफ्‍नै भ्रष्ट स्वभावले पनि नियन्त्रणमा राख्नेछ। त्यस्ता मानिसहरूमा परमेश्‍वरको अलिकति पनि डर हुँदैन। तिनीहरू दुष्टताबाट अलग बस्नै नसक्ने हुन्छन् र तिनीहरूले कुनै दुष्ट कार्यहरू नगरे पनि, तिनीहरूले सोच्ने हरेक कुरा दुष्ट नै हुन्छन् र ती कुरा सत्यतासँग असम्बन्धित र सत्यताविरुद्धका हुन्छन्। त्यसोभए, के त्यस्ता मानिसहरूको आधारभूत रूपमा परमेश्‍वरसँग कुनै सम्बन्ध हुँदैन त? तिनीहरू उहाँद्वारा शासित भए पनि, तिनीहरूको हृदय कहिल्यै उहाँसामु आएको छैन; न त तिनीहरूले कहिल्यै उहाँलाई साँचो रूपमा प्रार्थना नै गरेका छन्; तिनीहरूले परमेश्‍वरलाई कहिल्यै साँचो रूपमा तिनीहरूमाथि सार्वभौमिकता राख्ने परमेश्‍वरका रूपमा व्यवहार गरेका छैनन्, तिनीहरूले कहिल्यै उहाँलाई तिनीहरूमाथि शासन गर्नुहुने सृष्टिकर्ताका रूपमा व्यवहार गरेका छैनन्, तिनीहरूले कहिल्यै उहाँ तिनीहरूको परमेश्‍वर हुनुहुन्छ र तिनीहरूको प्रभु हुनुहुन्छ भनेर स्वीकार गरेका छैनन्, र तिनीहरूले कहिल्यै उहाँलाई इमानदारीसाथ आराधना गर्ने बारेमा सोचविचार गरेका छैनन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको डर मान्‍नुको अर्थ के हो भन्‍ने नै बुझ्दैनन् र दुष्कर्म गर्नु तिनीहरूको अधिकार हो भन्‍ने तिनीहरू ठान्छन्। तिनीहरू मनमनै भन्छन्, “म आफूलाई जे मन लाग्छ त्यही गर्नेछु। म मेरा आफ्नै कामकुराको हेरविचार गर्छु, यो अरू कसैले गर्ने कुरो होइन!” तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई एक प्रकारको मन्त्र, एक प्रकारको विधिका रूपमा लिन्छन्। के यसले तिनीहरूलाई अविश्‍वासीहरू बनाउँदैन र? तिनीहरू अविश्‍वासी हुन्! अनि, परमेश्‍वरको मनमा, यी मानिसहरू दुष्कर्मी हुन्। तिनीहरूले दिनभरि विचार गर्ने हरेक कुरा दुष्ट हुन्छ। तिनीहरू परमेश्‍वरको घरका पतितहरू हुन्, र उहाँले तिनीहरूलाई उहाँको घरका सदस्यहरूका रूपमा स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरको घरका मानिसहरू कस्ता मानिस हुन्? तिनीहरू परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने, परमेश्‍वरको कामप्रति समर्पित हुने मानिस हुन्। परमेश्‍वरका नाउँमा मात्र विश्‍वास गर्ने, उहाँलाई आफ्नो प्रभु र परमेश्‍वरका रूपमा स्वीकार नगर्नेहरू—के तिनीहरू परमेश्‍वरको घरका भाग हुन्? परमेश्‍वरलाई आफ्नो सृष्टिकर्ताको रूपमा स्वीकार नगर्नेहरू, उहाँ नै सत्यता हुनुहुन्छ भन्‍ने तथ्य नस्विकार्नेहरू—के तिनीहरू परमेश्‍वरका हुन्? कदापि होइनन्। सत्यता स्विकार्नेहरू मात्र परमेश्‍वरका हुन्; परमेश्‍वरलाई परमेश्‍वरका रूपमा व्यवहार गर्नेहरू मात्र उहाँका हुन्। परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर चिन्‍न सक्ने, उहाँलाई आफ्नो प्रभुका रूपमा स्विकार्न सक्ने, र उहाँ यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर बोध गर्न सक्ने मानिसहरू कस्तो व्यवहार गर्छन्? तिनीहरूका हृदयमा कस्तो स्थिति हुन्छ? आफूलाई परिस्थितिहरू आइपर्दा, तिनीहरू कसरी अभ्यास गर्छन्? (तिनीहरू सबै कुरामा सत्यता खोजी गर्छन्।) त्यो एउटा पक्ष हो। अरू के? (तिनीहरू परमेश्‍वरले खडा गर्नुभएका सबै परिवेश, मानिस, घटना, र कामकुराहरूप्रति समर्पित हुन्छन्, ती कुराबाट सिक्न, र सत्यता हासिल गर्न सक्षम हुन्छन्।) (तिनीहरू परमेश्‍वरको प्रतिरोध गर्ने वा उहाँलाई चिढ्याउने कुनै कुरा गर्ने साहस गर्दैनन्।) यी पनि तिनीहरूले आफूलाई व्यक्त गर्ने तरिकाहरू हुन्। मुख्य कुरा, तिनीहरूलाई केही आइपर्दा, तिनीहरूले सत्यता बुझे पनि नबुझे पनि, सत्यता अभ्यास गर्न सके पनि नसके पनि, तिनीहरूमा सबैभन्दा पहिला परमेश्‍वरप्रतिको सन्त्रास हुन्छ; तिनीहरू सोचविचार नगरी आफ्नै इच्छाअनुसार कार्य गर्दैनन्, तिनीहरू परमेश्‍वरको डर मान्‍न र उहाँलाई नचिढ्याउन सक्षम हुन्छन्। अरूले तिनीहरू सोचविचार नगरी बोल्दैनन्, तिनीहरूका कार्यहरू आवेगपूर्ण र दुराचारी नभई शान्तिमय हुन्छन्, तिनीहरू अत्यन्तै शान्त हुन्छन्, प्रतीक्षा गर्न सक्छन्, तिनीहरू हृदयमा परमेश्‍वरसित बातचित गर्छन् र उहाँलाई खोज्छन्, तिनीहरूमा परमेश्‍वरप्रति समर्पित हृदय छ, र तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय छ भनेर देख्न सक्छन्। यी कुराअनुसार जिउने मानिसहरू आफूलाई आइपर्ने कुनै पनि कुरा परमेश्‍वरका वचनसित जोड्न र मिलाउन सक्छन्, र उहाँसँग तिनीहरूको सम्बन्ध सामान्य हुन्छ। कतिपय मानिस—जसका हृदयमा परमेश्‍वर हुँदैन—तिनीहरू यी वास्तविकताहरूमा जिउन सक्दैनन्, र तिनीहरूका स्वभाव निश्चित रूपले अहङ्कारी, दुराचारी र अनियन्त्रित हुन्छन्। तिनीहरू सारा दिन हाँस्दै र ठट्टा गर्दै बिताउँछन्, आफ्ना कर्तव्य निर्वाहमा हृदय लाउँदैनन्, तिनीहरू दिमागमा जे आउँछ त्यही भन्छन् र गर्छन्, तिनीहरू आफ्ना दाह्रा-नङ्ग्रा देखाउँछन्, र तिनीहरू हरकुरा लापरवाहीसाथ र आवेगमा गर्छन्। झलक्क देख्नेबित्तिकै तिनीहरू गैरविश्‍वासी जस्तै छन् भनेर भन्‍न सकिन्छ। के यस्तो प्रकाश र व्यवहार भएको व्यक्ति परमेश्‍वरसामु जिउने व्यक्ति हो? के तिनीहरू इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्छन्? के तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्छ? उहाँ पक्कै हुनुहुन्‍न। यस्ता मानिसहरूलाई परमेश्‍वर दोषी ठहराउनुहुन्छ र घृणा गर्नुहुन्छ।

आज हामी सबैभन्दा महत्त्वपूर्ण शीर्षकहरूमध्ये एउटाका बारेमा सङ्गति गर्दै आएका छौँ। यो शीर्षक केको बारेमा छ? (मुक्ति।) परमेश्‍वरमा विश्‍वास गर्दा, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ कि छैन, तिनीहरूको हृदयमा परमेश्‍वरका निम्ति ठाउँ छ कि छैन, र तिनीहरू परमेश्‍वरसामु जिउन र परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम गर्न सक्षम छन् कि छैनन् भन्‍ने कुरा मुख्य हुन्छ। मानिसहरू सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ। मुक्ति पाउने मार्ग र सर्तहरू यिनै हुन्। यदि तेरो हृदय परमेश्‍वरको अघि जिउन सक्दैन, यदि तैँले नियमित रूपमा परमेश्‍वरलाई प्रार्थना गर्ने र उहाँसँग सङ्गति गर्ने गर्दैनस्, अनि परमेश्‍वरसँगको सामान्य सम्‍बन्धलाई गुमाउँछस् भने, तैँले कहिल्यै पनि मुक्ति पाउनेछैनस्, किनभने तैँले मुक्तितर्फको मार्ग अवरोध गरेको हुन्छस्। यदि परमेश्‍वरसँग तेरो कुनै सम्बन्ध छैन भने, तँ विनाशको मार्गमा हिँडिरहेको छस्। यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्न भने, तँसँग विश्‍वास छ भनेर दाबी मात्र गर्नु र नाममा मात्र परमेश्‍वरमा विश्‍वास गर्नु बेकार हो। तँ जतिसुकै वरदानयुक्त भए पनि, तैँले जति नै शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न सके पनि, वा परमेश्‍वरमाथिको विश्‍वासका कारण तैँले जति नै दुःख भोगेको भए पनि, त्यो बेकार हो। जबसम्म तेरो हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ हुँदैन, र तँ परमेश्‍वरको डर मान्दैनस्, र सत्यतालाई व्यवहारमा अलिकति पनि लागू गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि, त्यो बेकार हो, र परमेश्‍वर भन्नुहुन्छ, “ए दुष्कर्मी, मबाट दूर हो।” त्यस्तो व्यक्तिलाई दुष्कर्मीको वर्गमा राखिन्छ किनभने ऊ सत्यता अभ्यास गर्न सक्दैन र ऊसँग परमेश्‍वरको डर मान्ने हृदय हुँदैन। त्यसकारण, तैँले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, परमेश्‍वरसँग तेरो कुनै सरोकार हुँदैन; परमेश्‍वर तँ गैरविश्‍वासी र दुष्ट व्यक्ति भएको, र उहाँ तेरो प्रभु वा तेरो परमेश्‍वर नभएको भन्नुहुन्छ। तैँले परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ, र उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ भनेर स्वीकार गरे पनि, उहाँको आराधना गर्दैनस्, र तँ उहाँको सार्वभौमिकताप्रति समर्पित हुँदैनस्। तँ शैतान र दियाबलसहरूलाई पछ्याउँछस्; शैतान र दियाबलसहरू नै तेरो प्रभु हुन्छन्। यदि तैँले सबै कुरामा आफैमा भरोसा गर्छस्, र आफ्‍नै इच्छा पछ्याउँछस् भने, यदि तँ तेरो भाग्य तेरै हातमा छ भन्ने विश्‍वास गर्छस् भने, तँ आफैमा विश्‍वास गरिरहेको हुन्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनेर दाबी गरे पनि, परमेश्‍वर तँलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरसँग तेरो कुनै सम्‍बन्ध छैन, त्यसकारण निश्‍चय नै उहाँले तँलाई अन्त्यमा तिरस्कार गर्नुहुनेछ, दण्ड दिनुहुनेछ, र हटाउनुहुनेछ; परमेश्‍वर तँजस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्‍न। परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरू ती हुन् जो उहाँलाई मुक्तिदाताका रूपमा स्वीकार गर्छन्, जो उहाँ नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ भनेर स्वीकार गर्छन्, र जो उहाँका लागि सच्चा रूपमा आफूलाई उहाँप्रति समर्पित गर्न र एक सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सक्षम हुन्छन्। तिनीहरूले अनुभव गर्ने कुरा परमेश्‍वरको काम हो; तिनीहरूले अभ्यास गर्ने कुरा उहाँका वचनहरू र सत्यता हुन्; र तिनीहरू हिँड्ने मार्ग सत्यता पछ्याउने मार्ग हो। तिनीहरू परमेश्‍वरका सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित हुने, र उहाँको इच्छा पछ्याउने मानिस हुन्। यसरी परमेश्‍वरमा विश्‍वास गरेर मात्रै व्यक्तिले मुक्ति पाउन सक्छ; यदि त्यसो भएन भने, तिनीहरूलाई दोषी ठहराइनेछ। परमेश्‍वरमाथिको विश्‍वासमा, यदि मानिसहरू मनोकल्पना पाल्छन् र सधैँ आफ्नै धारणाहरू र अस्पष्ट कल्पनाहरूमा टाँसिन्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? के तिनीहरूले अन्ततः मुक्ति पाउन सक्छन्? बिलकुलै सक्दैनन्। जब मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरूले परमेश्‍वरका वचनहरू खान र पिउन जरुरी हुन्छ, तिनीहरूले सत्यता स्वीकार गर्न, उहाँका मागहरूअनुसार उहाँमा विश्‍वास गर्न, र परमेश्‍वरको काम अनुभव गर्न सक्ने हुन, र यसरी उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पण हासिल गर्न जरुरी हुन्छ; त्यसपछि मात्र तिनीहरूले मुक्ति पाउन सक्छन्। तैँले जेसुकै गरे पनि, तैँले मनोकल्पना पाल्नु हुँदैन र आशिष्‌ पाउनका लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन; त्यो परमेश्‍वरलाई धोका दिनु र उहाँसँग सौदा गर्नु हो, र यसले तँलाई बर्बाद मात्रै पार्नेछ। यस विषयमा सङ्गति गर्नु मानिसहरूका लागि एकदमै महत्त्वपूर्ण छ, छैन त? यो तिमीहरूको लागि चेतावनीको घण्टी हो।

अब तिमीहरूले यी शब्दहरू सुनिसकेका हुनाले, तिमीहरूले सत्यता बुझेको हुनुपर्छ र मुक्ति के हो भन्‍नेबारे स्पष्ट भएको हुनुपर्छ। चाहे मानिसहरूले जे मन पराऊन्, जेसुकै पछ्याऊन्, वा तिनीहरू जुनसुकै कुराबारे उत्साहित होऊन्, यीमध्ये कुनै कुरा पनि महत्त्वपूर्ण छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यता स्वीकार गर्नु हो। अन्तिम विश्‍लेषण गर्दा, सत्यता प्राप्त गर्न सक्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र तँलाई परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्षम बनाउने कुरा नै सही मार्ग हो। यदि तैँले केही वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छस् र तैँले सधैँ सत्यतासँग असम्‍बन्धित कुराहरूको पछ्याइमा ध्यान केन्द्रित गरेको छस् भने, तेरो विश्‍वाससँग सत्यता र परमेश्‍वरको कुनै सम्‍बन्ध हुँदैन। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्लास् र मौखिक रूपमा उहाँलाई स्विकार्लास्, तर परमेश्‍वर तेरो प्रभु हुनुहुन्‍न, उहाँ तेरो परमेश्‍वर हुनुहुन्‍न; तँ तेरो नियतिमाथि परमेश्‍वरको सार्वभौमिकतालाई स्वीकार गर्दैनस्, परमेश्‍वरले तेरा लागि योजनाबद्ध गर्नुभएका सबै कुरामा तँ समर्पित हुँदैनस्, परमेश्‍वर नै सत्यता हुनुहुन्छ भन्‍ने तथ्यलाई तँ स्वीकार गर्दैनस्। यस्तो अवस्थामा, मुक्ति पाउने तेरो आशा चकनाचुर भएको हुन्छ। यदि तँ सत्यता पछ्याउने मार्गमा लाग्दैनस् भने तँ विनाशको मार्गमा हिँड्छस्। यदि तैँले पछ्याउने, ध्यान दिने, प्रार्थना गर्ने, र बिन्ती गर्ने सबै कुरा परमेश्‍वरका वचनहरू, र परमेश्‍वरले आज्ञा गर्नुभएका कुराहरूमा आधारित हुन्छन् भने, र यदि तँलाई आफू सृष्टिकर्ताप्रति समर्पित भइरहेको, र आफूले उहाँको आराधना गरिरहेको छु भन्‍ने अनुभूति झन्-झन् बढी हुन्छ, र तँलाई परमेश्‍वर तेरो प्रभु र परमेश्‍वर हुनुहुन्छ भन्‍ने अनुभव हुन्छ भने, यदि परमेश्‍वरले तेरा लागि योजनाबद्ध र बन्दोबस्त गर्नुहुने सबै कुराप्रति तँ समर्पित हुँदा तँलाई झन्-झन् बढी आनन्द लाग्छ, र परमेश्‍वरसँगको तेरो सम्‍बन्ध झन्-झन् नजिक, र झन्-झन् सामान्य हुँदै जान्छ भने, र यदि परमेश्‍वरप्रतिको तेरो प्रेम पहिलेको भन्दा शुद्ध र साँचो छ भने, परमेश्‍वरप्रतिका तेरा गुनासा र गलत बुझाइहरू, र परमेश्‍वरप्रतिका तेरा लालची इच्छाहरू झन्-झन् कम हुँदै जान्छन्, र तैँले पूर्ण रूपमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने स्थिति प्राप्त गरेको हुन्छस्, जसको अर्थ तैँले मुक्तिका मार्गमा पाइला पहिल्यै टेकिसकेको छस् भन्‍ने हुन्छ। मुक्तिका मार्गमा हिँड्दा परमेश्‍वरबाट अनुशासन, काटछाँट, न्याय, र सजाय भोग्‍नुपर्ने भए पनि, र यी कुराले तँलाई धेरै पीडा दिने भए पनि, यो परमेश्‍वरको प्रेम तँमाथि आएको स्थिति हो। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा, यदि तँ आशिष्‌, हैसियत, ख्याति र प्राप्ति मात्र पछ्याउँछस्, अनि तँलाई कहिल्यै पनि अनुशासनमा राखिँदैन, काटछाँट गरिँदैन, वा न्याय गरिँदैन र सजाय दिइँदैन भने—सहज जीवन जिउनुको बाबजुद, तेरो हृदय परमेश्‍वरबाट झन्-झन् टाढा हुन्छ, तैँले परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध गुमाउँछस्, र तँ परमेश्‍वरको छानबिन स्वीकार गर्न अनिच्‍छुक हुन्छस्, आफ्नो मालिक आफै बन्‍न चाहन्छस्—यो सबै कुराले तैँले हिँड्ने मार्ग सही मार्ग होइन भन्‍ने प्रमाणित गर्छ। यदि तैँले केही समय परमेश्‍वरको काम अनुभव गर्छस् र तँलाई मानवजाति अति गहन रूपमा भ्रष्ट भएको र परमेश्‍वरको प्रतिरोध गर्न अति प्रवृत्त रहेको कुरा झन्झन् बढी आभास हुन्छ भने, र यदि तँलाई एक दिन तैँले परमेश्‍वरको प्रतिरोध गर्ने, र परमेश्‍वरलाई चिढ्याउने र तँ उहाँद्वारा त्यागिने कुनै दिन आउन सक्छ भन्‍ने डर लागेको छ, र यसरी तैँले परमेश्‍वरको प्रतिरोध गर्नु जत्तिको डरलाग्दो कुरा अरू केही छैन भन्‍ने महसुस गर्छस् भने, तँमा परमेश्‍वरको डर मान्‍ने हृदय हुनेछ। तँलाई के लाग्‍नेछ भने, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरू परमेश्‍वरबाट टाढा जानु हुँदैन; यदि तिनीहरू उहाँबाट मोडिन्छन् भने, उहाँको अनुशासन, न्याय र सजायबाट मोडिन्छन् भने, यो परमेश्‍वरको सुरक्षा र वास्ता, परमेश्‍वरको आशिष्‌ गुमाउनुसरह हो, र यस्तो अवस्थामा मानिसहरूका लागि सबै कुरा समाप्त हुन्छ; तिनीहरू झन्-झन् भ्रष्ट मात्रै हुन सक्छन्, र परमेश्‍वरमा विश्‍वास गर्दै जाँदा तिनीहरू धार्मिक संसारका मानिसहरूजस्तै उहाँको प्रतिरोध गर्न सक्ने बन्छन्—र यसरी तिनीहरू ख्रीष्टविरोधीहरू बनेका हुन्छन्। यदि तैँले यो कुरा महसुस गर्न सक्छस् भने, तैँले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गर्नेछस्, “परमेश्‍वर! कृपया मलाई न्याय गर्नुहोस् र सजाय दिनुहोस्। मैले गर्ने हरेक कुरामा, बिन्ती छ मेरो छानबिन गर्नुहोस्। यदि म सत्यता र तपाईंका अभिप्रायहरूको विरुद्ध गएँ भने, तपाईंले मलाई कठोर न्याय र सजाय दिनुहोस्—म तपाईंको न्याय र सजायविना बाँच्‍न सक्दिनँ।” परमेश्‍वरमाथिका विश्‍वासमा मानिसहरूले हिँड्नुपर्ने सही मार्ग यही हो। त्यसकारण, यो मानकअनुरूप मापन गर: के तिमीहरू आफूहरूले मुक्तिको सही मार्गमा पाइला चालेको छौँ भन्‍ने आँट गर्छौ? आँट गर्दैनौ, किनभने तिमीहरू सत्यता पछ्याउने मानिसहरू बन्‍न अझै बाँकी छ, धेरै कुरामा तिमीहरू सत्यता खोजी गर्दैनौ, र तिमीहरू काटछाँट स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्षम छैनौ—यसले तिमीहरू मुक्तिका मार्गमा पुग्‍नका लागि अझै धेरै बाटो हिँड्न बाँकी छ भन्‍ने प्रमाणित गर्छ। यदि तिमीहरू सत्यता पछ्याउने व्यक्ति होइनौ भने, के मुक्तिको मार्गमा पाइला चाल्‍न सजिलो हुन्छ? वास्तवमा, यो काम सजिलो छैन। यदि मानिसहरूले परमेश्‍वरको न्याय र सजाय अनुभव गरेका छैनन् भने, यदि तिनीहरूले परमेश्‍वरको अनुशासन, ताडना, र काटछाँट भोगेका छैनन् भने, तिनीहरूलाई सत्यता खोजी गर्ने व्यक्ति बन्‍न सहज हुँदैन, र फलस्वरूप तिनीहरूलाई मुक्तिको मार्गमा पाइला टेक्‍न निकै कठिन हुन्छ। यी शब्दहरू सुनेपछि, यदि तैँले यो सत्यता हो भनेर थाहा त पाउँछस् तर तैँले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा पाइला टेक्‍नै बाँकी छ भने, र तँलाई यो गम्‍भीर लाग्दैन, बरु तैँले यसमा पाइला चाल्‍ने दिन ढिलोचाँडो आइहाल्छ, हतार गर्नुपर्दैन भन्‍ने लाग्छ भने, यो कस्तो दृष्टिकोण हो? जब तँमा यस्तो दृष्टिकोण हुन्छ, तब तँ समस्यामा हुन्छस्, र तँलाई मुक्तिको मार्गमा पाइला टेक्‍न कठिन हुनेछ। त्यसोभए, यस मार्गमा पाइला टेक्न सक्षम हुनका लागि तैँले कस्तो सङ्कल्प गर्नैपर्छ? तैँले यस्तो भन्‍नुपर्छ, “अँ! अहिले मैले मुक्तिको मार्गमा पाइला टेक्‍नै बाँकी छ—यो निकै खतरनाक कुरा हो! परमेश्‍वर भन्‍नुहुन्छ, मानिसहरू सधैँ उहाँको अघि जिउनुपर्छ, र तिनीहरूले झन्-झन् धेरै प्रार्थना गर्नुपर्छ, र तिनीहरूको हृदय शान्तिमा हुनुपर्छ, आवेगशील हुनु हुँदैन—त्यसकारण मैले अहिले नै यी सबैलाई अभ्यास गर्न थाल्‍नुपर्छ।” यसरी अभ्यास गर्नु भनेको परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा प्रवेश गर्नु हो; यो यति सरल छ। परमेश्‍वरका वचनहरू सुनेर तिनलाई अभ्यास गर्ने मानिसहरू कस्ता मानिसहरू हुन्? के तिनीहरू असल मानिसहरू हुन्? तिनीहरू असल हुन्—तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्। परमेश्‍वरका वचनहरू सुनेपछि, यदि तिनीहरू चेतनाशून्य, उदासीन, अटेरी भएर बस्छन् भने—यदि तिनीहरूले परमेश्‍वरका वचनहरूलाई हल्‍का रूपमा लिन्छन्, र परमेश्‍वरका वचनप्रति आफ्‍नो आँखा-कान बन्द गर्छन् भने तिनीहरू कस्ता व्यक्तिहरू हुन्? के तिनीहरू अन्योलमा परेका मानिसहरू होइनन् र? परमेश्‍वरलाई विश्‍वास गरेपछि मुक्ति पाउने कुनै छोटोमिठो तरिका छ कि भनेर मानिसहरूले सधैँ सोध्‍ने गर्छन्। म तिमीहरूलाई भन्छु, त्यस्तो बाटो छैन, अनि म तिमीहरूलाई यो सरल मार्गबारे बताउँछु, तर यो सुनेपछि तिमीहरू अभ्यास गर्दैनौ—जुन असल कुरा सुन्दा पनि त्यसलाई नचिन्‍नु हो। के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? तिनीहरूका लागि केही आशा भए पनि, यो आशा त्यति ठूलो हुँदैन; तिनीहरूले मुक्ति पाउनु औधी गाह्रो हुन्छ। सायद कुनै दिन तिनीहरू निद्राबाट बिउँझनेछन्, र त्यतिबेला तिनीहरू मनमनै यस्तो सोच्नेछन्, “म त अब जवान छैन, र परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षदेखि मैले आफ्‍ना उचित कर्तव्यहरू पूरा गरिरहेको छैनँ। परमेश्‍वर मानिसहरू सधैँ उहाँसामु जिएको माग गर्नुहुन्छ, तर मैले परमेश्‍वरको अघि जिएको छैनँ। मैले तुरुन्तै प्रार्थना गरिहाल्‍नुपर्छ।” यदि तिनीहरूले हृदयमा चेत खुलेर आफ्‍ना उचित कर्तव्यहरू निभाउन थाले भने, त्यो धेरै ढिलो भएको हुँदैन! तर धेरै ढिला नगर; यदि तिमीहरूले आफ्नो सत्तरी-असीको दशकसम्‍म प्रतीक्षा गर्‍यौ भने, र यदि तिमीहरूको शरीरले काम गर्न छोडेको हुन्छ र तिमीहरूसँग कुनै जाँगर बाँकी हुँदैन भने, के सत्यता खोजी गर्नका लागि ढिलो भइसकेको हुँदैन र? यदि तिमीहरूले आफ्‍नो जीवनका उत्कृष्ट वर्षहरूलाई अर्थहीन कुराहरूमा बितायौ, र अत्यन्तै महत्त्वपूर्ण कुरा, अर्थात् सत्यता पछ्याउने कुरालाई थाती राख्यौ वा छुटायौ भने, के यो अत्यन्तै मूर्खता हुँदैन र? के यो जत्तिको मूर्खता अरू कुनै कुरा छ र? धेरै मानिसहरूलाई साँचो मार्गबारे राम्ररी थाहा हुन्छ तर पनि भविष्यमा स्विकार्छु र पछ्याउँछु भनेर प्रतीक्षा गर्छन्—तिनीहरू सबै मूर्खहरू हुन्। सत्यता खोजी गरेर जीवन प्राप्त गर्नका लागि दशकौँ मेहनत गर्नुपर्छ भन्‍ने तिनीहरूलाई थाहै छैन। तिनीहरूले मुक्ति पाउने आफ्‍नो सर्वोत्तम समय खेर फाले भने तिनीहरूले पछुतो गर्नका लागि धेरै ढिलो भइसकेको हुनेछ!

अहिले, तिमीहरूले अभ्यास गर्नुपर्ने एकदमै जरुरी मामिला के हो? त्यो हो, तिमीहरूले आफूलाई केही आइपर्दा, यथाशीघ्र सत्यता खोज्नुपर्छ, परमेश्‍वरसामु आफ्नो हृदय शान्त पार्नुपर्छ, अनि परमेश्‍वरप्रति समर्पित हृदयले उहाँलाई प्रार्थना गर्नुपर्छ र उहाँका वचनहरू पढ्नुपर्छ। यसरी, तिमीहरूले परमेश्‍वरसित सामान्य सम्बन्ध बनाउन सक्नेछौ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् तर उहाँसँग केही सरोकार राख्दैनस् भने, यदि तँ अझै अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्छस् भने, यदि व्यावहारिक परमेश्‍वरसित तेरो सामान्य सम्बन्ध छैन भने, के तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् भनेर उहाँले स्वीकार गर्नुहुन्छ? यदि परमेश्‍वरले तँलाई स्वीकार गर्नुभएन भने, के तँ समस्यामा पर्दैनस् र? तँ आफूलाई परमेश्‍वरले उहाँको घरको सदस्य वा उहाँको एक अनुयायीका रूपमा स्वीकार गर्नुहुने गरी कसरी पछ्याउने भनेर हृदयमा प्रस्ट हुनुपर्छ। हठी वा विद्रोही नबन्, र तैँले आफूलाई कदापि परमेश्‍वरबाट टाढा राख्न मिल्दैन; तँ परमेश्‍वरसामु आएर उहाँलाई आफ्नो प्रभुका रूपमा स्वीकार गर्नैपर्छ। त्यसोभए अब तैँले के गर्नुपर्छ? चाँडो गरेर परमेश्‍वरका वचनहरू खाने र पिउने, उहाँले व्यक्त गरेका सबै सत्यता स्विकार्ने, त्यसलाई अभ्यास र अनुभव गर्ने, र वास्तविकतामा प्रवेश गर्ने गर्नुपर्छ—यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। यदि मैले सङ्गति गरेका यी वचनहरू तिमीहरूलाई महत्त्वपूर्ण लाग्छ भने, यदि तिमीहरू यी वचनहरू आफ्ना जीवनमा लागू गर्न, त्यसलाई आफ्नो जीवनको निर्देशिका बनाउन, र त्यसलाई तिमीहरूले जिउने वास्तविकता बनाउन सक्छौ भने, तिमीहरूले केही लाभ हासिल गरेका हुनेछौ, र आज मैले गरेको सङ्गति व्यर्थ भएको हुनेछैन। परमेश्‍वरमा विश्‍वास गर्नुको कडी भनेको तेरा हृदयमा परमेश्‍वर हुनैपर्छ, तैँले परमेश्‍वरका वचनहरूका आधारमा कार्य गर्न सक्नैपर्छ, आफ्ना हृदयमा परमेश्‍वरलाई महान् मानेर सम्मान गर्नैपर्छ, र तँ परमेश्‍वरप्रति समर्पित हुनैपर्छ; तैँले आफूले गर्ने सम्पूर्ण काम परमेश्‍वरसामु राख्नैपर्छ, र ती कुरा परमेश्‍वरसित सम्बन्धित रहेको सुनिश्चित गर्नैपर्छ; यसको मतलब परमेश्‍वरमा विश्‍वास गर्न, तँ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति जस्तो हुनैपर्छ। तँमा परमेश्‍वरप्रति विश्‍वासको वास्तविकता हुनैपर्छ। तिमीहरूले कुनै प्रवचन सुनेपछि, परमेश्‍वरका अभिप्रायहरू बुझ्छौ, अनि परमेश्‍वरका मागअनुसार अभ्यास र प्रवेश गर्न सक्छौ। केही समयपछि म मानिसहरू परिवर्तन भएको, मेरा वचनहरूले तिनीहरूलाई फाइदा पुऱ्याएको, तिनीहरूको स्थिति परिवर्तन भएको, र तिनीहरू हिँड्ने दिशा परिवर्तन भएको देख्छु। जब मानिसहरूले आफ्नो जीवन-दिशालाई सुल्ट्याउँछन्, तब मलाई आफूले व्यर्थमा बोलेको रहेनछु भन्‍ने अनुभूति हुन्छ। जब तिमीहरूले यी वचनहरूलाई नसुनेझैँ नगरी आफ्ना हृदयमा राखेको देख्छु, तब मलाई तिमीहरू देखेर एकदमै खुसी लाग्छ। मैले जति नै वचनहरू बोले पनि यदि तिमीहरू सुन्दैनौ भने, यदि तिमीहरू त्यसलाई गम्भीरतापूर्वक लिँदैनौ भने, यदि तिमीहरू आफूलाई जे मन लाग्छ त्यही गर्छौ, र जसरी मन लाग्छ त्यसरी नै कार्य गर्छौ भने, तिमीहरूलाई देख्दा मलाई पीडा हुन्छ; तिमीहरूप्रति ममा अरुचि जाग्न थाल्छ, र तैँले मिठामिठा शब्दहरू बोल्नु, वा आफूलाई बाहिर राम्रो देखाउनु बेकार हुन्छ। तैँले त्यसो गर्नु पाखण्ड हुनेछ, र मलाई त्यो हेर्न मन पर्दैन। त्यसैले, मानिसहरूले सत्यता अभ्यास गर्नु एकदमै महत्त्वपूर्ण छ, अनि सत्यता वास्तविकतामा प्रवेश गर्नु झनै बढी महत्त्वपूर्ण छ। सत्यता वास्तविकता हुने मानिसहरू स्वाभाविक रूपले परमेश्‍वरको डर मान्छन्; परमेश्‍वरको भय मान्‍ने हृदय भएका मानिसहरू स्वाभाविक रूपले मुक्तिका मार्गमा पाइला चाल्न सक्षम हुन्छन्।

फेब्रुअरी ५, २०१७

अघिल्लो: जीवन वृद्धिका छ वटा सूचकहरू

अर्को: परमेश्‍वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्