जीवनमा प्रवेश (५)

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५२०

पत्रुसले येशूलाई पछ्याउँदै गरेको समयमा, उनले उहाँको बारेमा धेरै किसिमका विचारहरू गर्ने र सधैं उनको आफ्नै दृष्टिकोणबाट उहाँको बारेमा न्याय गर्ने गर्दथे। आत्माको बारेमा पत्रुसको छुट्टै खालको बुझाई रहेको भए तापनि, केही हदसम्म उनको बुझाई स्पष्ट भने थिएन, त्यसैले गर्दा उनले यसो भनेः “स्वर्गीय पिताले पठाउनुभएको व्यक्तिलाई मैले पछ्याउनुपर्छ। पवित्र आत्माले चुन्नुभएको व्यक्तिलाई मैले चिन्नैपर्छ।” येशूले गर्नुभएका कामहरूलाई उनले बुझेका थिएनन् र ती कुराहरूको बारेमा उनलाई स्पष्ट भएको थिएन। उनले उहाँलाई पछ्याएको केही समयपछि, उहाँले गर्नुभएका कामहरू र भन्नुभएका कुराहरूप्रति साथै येशूमा समेत उनको चाख बढ्यो। येशूले माया र आदर दुवै गरेर प्रेरित गर्नुहुन्छ भन्‍ने कुरा उनले महशुस गरे; उनी उहाँसँग संगत गर्न र उहाँको छेउमा बस्न रुचाउँथे, र येशूका वचनहरू सुन्दा उनलाई आफ्नो खाँचो पूरा भएको र धेरै सहायता भएको महशुस हुन्थ्यो। उनले येशूलाई पछ्याएको समय अवधिमा, पत्रुसले उहाँको जीवनको बारेमा हरेक कुराहरू अवलोकन गर्थे र ती कुराहरूलाई आफ्नो हृदयमा लिन्थेः उहाँका व्यवहार, वचन, चालहरू, र अभिव्यक्तिहरू। येशू साधारण मानिसजस्तो हुनुहुन्नथ्यो भन्‍ने कुराहरूलाई उनले गहन रूपमा बुझेका थिए। उहाँको मानव स्वरूप एकदम सामान्य किसिमको भए तापनि, उहाँ मानिसका लागि प्रेम, कृपा, र सहिष्णुताले पूर्ण हुनुहुन्थ्यो। उहाँले गर्नुभएको वा भन्नुभएको हरेक कुरा अरू मानिसहरूका लागि ठूलो सहायता हुन्थ्यो, अनि पत्रुसले यो भन्दा अगाडि कहिल्यै नदेखेका कुराहरू येशूबाट देखे, कहिल्यै नपाएका कुराहरू येशूबाट पाए। उनले येशूसँग न त कुनै ठूलो कद न त कुनै असामान्य मानवता नै भएको देखे तापनि, उहाँमा साँच्चै असाधारण र असामान्य आभास थियो। पत्रुसले यस कुरालाई पूर्ण रूपले वर्णन गर्न नसके तापनि, उनले अरू कुनै मानिसले गरेका कार्यहरू भन्दा भिन्दै किसिमले येशूले गर्नुभएको कार्यहरू देख्न सकेका थिए, किनकि उहाँले गर्नुभएका कार्यहरू सामान्य मानिसहरूले गरेका कार्यहरूभन्दा निकै फरक हुन्थे। येशूसँग सम्पर्कमा आएको यस समयदेखि, पत्रुसले उहाँको व्यक्तित्व अरू सामान्य मानिसको भन्दा भिन्दै खालको भएको पनि देखेका थिए। उहाँ सधैँ स्थिर रूपमा आफ्नो काम गर्नुहुन्थ्यो, उहाँ कहिल्यै पनि हतार गर्ने, कुनै पनि विषयलाई बढाइ-चढाइ गर्ने, र न्यूनकृत गर्नुहुन्नथियो, अनि उहाँले आफ्नो जीवनलाई त्यस्तो ढंगले सञ्चालन गर्नुभयो, जसले एउटा व्यक्तित्वलाई प्रकट गर्दछ, जो सामान्य र प्रशंसनीय पनि थियो। कुराकानीमा, येशूले सिधा र शालीन रूपमा बोल्नुहुन्थ्यो, उहाँ सधैं हँसिलो र शान्त ढंगमा कुराकानी गर्नुहुन्थ्यो—तर उहाँले आफ्नो काम गरिरहँदा कहिले पनि आफ्नो इज्जत गुमाउनुभएन। येशू कहिलेकाँही चुपचाप रहनुहुन्थ्यो, तर अरू बेला उहाँ निरन्तर बोल्नुहुन्थ्यो भन्‍ने कुरा पत्रुसले देखे। कहिलेकाहीँ उहाँ यति प्रसन्न बन्नुहुन्थ्यो कि उहाँ ढुकुर जस्तै फुर्तिलो र जीवन्त रूपमा उफ्रिरहेको देखिनुहुन्थ्यो, र अरूबेला उहाँ यति धेरै दुःखी बन्नुहुन्थ्यो कि उहाँ बोल्नु नै हुँदैनथ्यो, अनगिन्ती कष्टहरू सहेका आमाझैँ शोकले ग्रसित देखिनुहुन्थ्यो। कहिलेकाहीँ उहाँ शत्रुलाई मार्न धावा बोलिरहेको बहादुर सिपाही जस्तै क्रोधित हुनुहुन्थ्यो वा कुनै अवसरहरूमा गर्जने सिंह समान देखिनुहुन्थ्यो। कहिलेकाहीँ उहाँ हाँस्नुहुन्थ्यो; अरूबेला उहाँ प्रार्थना गर्नुहुन्थ्यो, र रुनुहुन्थ्यो। येशूले जस्तोसुकै व्यवहार गर्नुभएता पनि, पत्रुसमा उहाँप्रति असीमित प्रेम र आदर बढ्न थाल्यो। येशूको हाँसोले उनलाई खुशीले भरिदिएको थियो, उहाँको दुःखले उनलाई शोकमा डुबाएको थियो, उहाँको क्रोधले उनलाई डर लाग्थ्यो, उहाँको दया, क्षमा, र मानिसहरूलाई गरेको कडा मागहरूले उनलाई येशूलाई साँच्चै प्रेम गर्ने तुल्यायो र उनमा उहाँको साँचो डर र तृष्णा उत्पन्न गरायो। वास्तवमा, येशूसँग धेरै वर्ष विताई नसक्दै उनले विस्तारै यी सबै कुरा महशुस गरे।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५२१

पत्रुसका अनुभवहरूमा चरम विन्दु आयो, जुन बेला तिनको शरीर लगभग पूर्ण रूपमा तोडिएको थियो, तर अझै पनि येशूले तिनलाई भित्रैबाट प्रोत्साहन दिनुभयो। अनि एक पटक, येशू पत्रुसकहाँ देखा पर्नुभयो। पत्रुस अत्यन्तै कष्टमा भएको बेलामा र तिनले आफ्‍नो हृदय तोडिएको अनुभव गरेको बेलामा, येशूले तिनलाई निर्देशन दिनुभयो: “पृथ्वीमा तँ मसँग थिइस्, र म तँसँग यहाँ थिएँ। अनि पहिले हामी स्वर्गमा एकसाथ भएका भए पनि, आखिर त्यो त आत्मिक क्षेत्रमा थियो। अब म आत्मिक क्षेत्रमा फर्केको छु, र तँ पृथ्वीमा छस्, किनभने म पृथ्वीको होइन, र तँ पनि पृथ्वीको नभए तापनि, तैँले पृथ्वीमा आफ्‍नो काम पूरा गर्नुपर्छ। तँ एक सेवक भएको हुनाले, तैँले आफ्‍नो कर्तव्यलाई पूरा गर्नैपर्छ।” तिनी परमेश्‍वरको पक्षमा फर्कन सक्‍छन् भन्‍ने सुनेपछि यसले पत्रुसलाई सान्त्वना दियो। आफू यति धेरै वेदनामा थिए कि लगभग तिनी ओछ्यानग्रस्त थिए; तिनलाई यति हदसम्‍म ग्‍लानि महसुस भयो कि तिनले भने: “म यति भ्रष्ट छु कि म परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन असक्षम छु।” येशू तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो: “पत्रुस, के यस्तो हुन सक्छ कि तैँले एक पटक मेरो अगाडि गरेको संकल्पलाई बिर्सेका छस्? के मैले भनेका सबै कुरा तैँले साँच्‍चै बिर्सेको छस? के तैँले मसँग गरेको संकल्पलाई बिर्सेको छस्?” यो येशू नै हुनुहुन्छ भन्‍ने देखेपछि, पत्रुस आफ्‍नो ओछ्यानबाट उठे, र येशूले तिनलाई सान्त्वना दिनुभयो: “म पृथ्वीको होइन, मैले तँलाई पहिले नै भनिसकेँ—तैँले यो कुरालाई बुझ्‍नैपर्छ, तर के मैले तँलाई बताएको अर्को कुनै कुरा बिर्सेको छस्? ‘तँ पनि पृथ्वीको होइनस्, संसारको होइनस्।’ अहिले, तैँले गर्नुपर्ने काम छ। तँ यसरी दुःखी हुनु हुँदैन। तैँले यसरी कष्ट भोग्‍नु हुँदैन। मानिसहरू र परमेश्‍वर एउटै संसारमा सह-अस्तित्वमा रहन नसके तापनि, मेरो आफ्‍नै काम छ र तेरो पनि आफ्‍नै काम छ, अनि एक दिन तेरो काम पूरा भएपछि, हामी एउटै संसारमा एकसाथ हुनेछौं, र म तँलाई सदासर्वदा मसँग रहनको लागि अगुवाइ गर्नेछु।” यी वचनहरू सुनिसकेपछि, पत्रुसलाई सान्त्वना मिल्यो र तिनी ढुक्क भए। यो कष्ट तिनले सामना गर्नुपर्ने र अनुभव गर्नुपर्ने कुरा थियो भन्‍ने कुरा तिनलाई थाहा थियो, र त्यसपछि, तिनी उत्प्रेरित भए। तिनलाई विशेष अन्तर्दृष्टि र मार्गनिर्देशन दिँदै येशू तिनीकहाँ तिनको हरेक महत्त्वपूर्ण क्षणमा देखा पर्नुभयो, र उहाँले तिनीमाथि धेरै काम गर्नुभयो। अनि पत्रुसले सबैभन्दा बढी के कुराको पछुतो गरे? पत्रुसले “तपाईं जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ” भनेर भनेको केही समयपछि नै, येशूले पत्रुसलाई अर्को प्रश्‍न गर्नुभयो (यद्यपि यसको बारेमा बाइबलमा यसरी विवरण दिइएको छैन)। येशूले तिनलाई सोध्‍नुभयो: “पत्रुस! के तैँले मलाई कहिल्यै प्रेम गरेको छस्?” उहाँले के भन्‍न खोज्‍नुभएको हो सो पत्रुसले बुझे, र भने: “प्रभु! मैले स्वर्गमा हुनुहुने पितालाई एक पटक प्रेम गरेको थिएँ, तर मैले तपाईंलाई कहिल्यै प्रेम गरेको छैन भन्‍ने कुरालाई म स्वीकार गर्छु।” त्यसपछि येशूले भन्‍नुभयो: “यदि मानिसहरूले स्वर्गमा हुनुहुने पितालाई प्रेम गर्दैनन् भने, तिनीहरूले पृथ्वीमा हुने पुत्रलाई कसरी प्रेम गर्न सक्छन्? र यदि परमेश्‍वर पिताले पठाउनुभएका पुत्रलाई मानिसहरूले प्रेम गर्दैनन् भने, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई कसरी प्रेम गर्न सक्छन्? यदि मानिसहरूले पृथ्वीमा हुने पुत्रलाई साँच्‍चै प्रेम गर्छन् भने, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई साँचो रूपमा प्रेम गर्छन्।” जब पत्रुसले यी वचनहरू सुने, तब तिनले आफूमा के कमी छ भन्‍ने कुरालाई महसुस गरे। “मैले स्वर्गमा हुनुहुने पितालाई एक पटक प्रेम गरेको थिएँ, तर मैले तपाईंलाई कहिल्यै प्रेम गरेको छैन” भन्‍ने आफ्‍नो वचनहरूप्रति तिनी सँधै यति हदसम्‍म पछुताउँथे कि तिनले आँसु नै झार्थे। येशूको पुनर्जागरण र स्वर्ग आरोहणपछि, तिनले यी वचनहरूप्रति अझै ग्‍लानि र शोक महसुस गरे। आफ्‍नो विगतको कार्य र आफ्‍नो वर्तमानको कदको बारेमा स्मरण गर्दै, तिनी धेरै पटक प्रार्थनामा येशूको सामने जान्थे, परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न नसकेको र परमेश्‍वरको मापदण्डहरू अनुसार हुन नसकेको कारण सँधै अफसोस र ऋणी महसुस गरिरहन्थे। यी समस्याहरू तिनको लागि सबैभन्दा ठूलो भारी बन्यो। तिनले भने: “एक दिन मसँग भएको सबै कुरा र म जे छु सबै कुरा तपाईंमा समर्पित गर्नेछु, र जे बहुमूल्य छ म तपाईंलाई त्यही दिनेछु।” तिनले भने: “परमेश्‍वर! मेरो एउटै मात्र विश्‍वास छ र एउटै मात्र प्रेम छ। मेरो जीवनको केही मूल्य छैन, र मेरो शरीरको केही मूल्य छैन। मेरो एउटै मात्र विश्‍वास छ र एउटै मात्र प्रेम छ। मेरो मनमा तपाईंप्रति विश्‍वास छ र मेरो हृदयमा तपाईंप्रति प्रेम छ; तपाईंलाई दिनका लागि मसँग यी दुई कुराहरू मात्रै छन्, अरू केही पनि छैन।” येशूको वचनद्वारा पत्रुस अत्यन्तै बढी प्रोत्साहित भए, किनभने येशू क्रूसमा टाँगिनुभन्दा पहिले, उहाँले पत्रुसलाई भन्‍नुभएको थियो: “म यस संसारको होइन, र तँ पनि यस संसारको होइनस्।” पछि, जब पत्रुस ठूलो पीडाको बिन्दुमा पुगे, तब येशूले तिनलाई स्मरण गराउनुभयो: “पत्रुस, के तैँले बिर्सिस्? म यो संसारको होइन, र मैले मेरो कामको लागि मात्रै पहिले प्रस्थान गरेँ। तँ पनि यो संसारको होइनस्, तैँले साँच्‍चै बिर्सिस्? मैले तँलाई दुई पटक भनेको छु, के तँलाई याद छैन?” यो सुनेर, पत्रुसले भने: “मैले बिर्सेको छैन!” त्यसपछि येशूले भन्‍नुभयो: “एक पटक तैँले स्वर्गमा मसँग एकसाथ खुशीको समय बिताइस् र मसँगै केही समय बसिस्। तँ मेरो सम्झना गर्छस्, र म तेरो सम्झना गर्छु। मेरो नजरमा सृष्टि गरिएका प्राणीहरू उल्‍लेख गर्न योग्य नभए तापनि, निर्दोष र प्रेमिलोलाई म प्रेम नगरी कसरी बस्न सक्छु र? के तैँले मेरो प्रतिज्ञालाई बिर्सेको छस्? तैँले पृथ्वीमा मेरो आज्ञालाई स्वीकार गर्नैपर्छ; मैले तँलाई सुम्पेको कार्यलाई तैँले पूरा गर्नैपर्छ। एक दिन म तँलाई अवश्य नै मेरो नजिक बस्‍नको लागि डोर्याउनेछु।” यो सुनेपछि, पत्रुस अझै बढी उत्साही बने र तिनले अझै ठूलो उत्प्रेरणा प्राप्त गरे, यतिसम्म कि क्रूसमा हुँदा तिनले भन्‍न सके: “परमेश्‍वर! म तपाईंलाई पर्याप्त प्रेम गर्न सक्दिनँ! तपाईंले मलाई मर्न लगाउनुभयो भने पनि, म तपाईंलाई अझै पर्याप्त प्रेम गर्न सक्दिन। तपाईंले मेरो प्राणलाई जहाँ पठाउनुभए तापनि, तपाईंले तपाईंका विगतका प्रतिज्ञाहरूलाई पूरा गर्नुभए पनि वा नगर्नुभए पनि, त्यसपछि तपाईंले जे गर्नुभए पनि, म तपाईंलाई प्रेम गर्छु र तपाईंमा विश्‍वास गर्छु।” तिनी जे कुरामा अटल रहे त्यो तिनको विश्‍वास, र साँचो प्रेम थियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५२२

अब तैँले पत्रुसले ठ्याक्कै कुन मार्ग हिँडेको थियो त्यसलाई स्पष्ट रूपमा देख्‍न सक्‍नुपर्छ। यदि तैँले पत्रुसको मार्गलाई स्पष्ट रूपमा देख्‍न सक्छस् भने, आज गरिने कामको बारेमा तँ निश्‍चित हुनेछस्, ताकि तैँले कुनै गुनासो गर्ने छैनस्, वा नकारात्मक बस्ने छैनस्, वा कुनै कुराको तृष्णा गर्नेछैनस्। त्यो समयको पत्रुसको भावनालाई तैँले अनुभव गर्नुपर्छ: तिनी शोकले ग्रस्त थिए; तिनले भविष्य वा आशीषहरूको लागि अनुरोध गर्न छाडे। तिनी संसारमा ख्याति, प्राप्ति, खुसी, वा धनसम्पत्तिको पछि लागेनन्; तिनी सबैभन्दा अर्थपूर्ण जीवन जिउनुको पछि मात्र लागे, जसमा परमेश्‍वरको प्रेमको ऋण तिर्ने र तिनले सबैभन्दा बहुमूल्य ठानेको कुरा परमेश्‍वरलाई अर्पण गर्ने कार्य समावेश थियो। त्यसपछि तिनी आफ्‍नो हृदयमा सन्तुष्ट हुन्थे। तिनले धेरै पटक येशूलाई यी शब्‍दहरूद्वारा प्रार्थना गर्थे: “प्रभु येशू ख्रीष्ट, एक पटक मैले तपाईंलाई प्रेम गरेँ, तर मैले तपाईंलाई साँचो रूपमा कहिल्यै प्रेम गरिन। तपाईंप्रति ममा विश्‍वास छ भनेर मैले भनेको भए तापनि, मैले तपाईंलाई साँचो हृदयले कहिल्यै प्रेम गरिन। मैले तपाईंलाई सराहना मात्र गरेँ, तपाईंलाई आदरपूर्वक प्रेम गरेँ, र तपाईंको याद गरेँ, तर मैले तपाईंलाई न त साँचो रूपमा कहिल्यै प्रेम गरेँ, नत तपाईंमा कहिल्यै साँचो विश्‍वास नै राखेँ।” संकल्प गर्नको लागि तिनले निरन्तर प्रार्थना गरे, र तिनी येशूको वचनद्वारा सँधै उत्साहित हुन्थे र तिनबाट उत्प्रेरणा लिन्थे। पछि, अनुभवको एक अवधिपछि, येशूले तिनलाई उहाँको अझै तृष्णा गर्न उक्साउँदै तिनलाई जाँच्नुभयो। तिनले भने: “प्रभु येशू ख्रीष्ट! म कति धेरै तपाईंको याद गर्छु, र तपाईंलाई हेर्ने तृष्णा गर्छु। ममा धेरै कुराको कमी छ, र तपाईंको प्रेम जति म तपाईंलाई दिन सक्दिन। मलाई चाँडै नै लैजानुहोस् भनेर म तपाईंलाई बिन्ती गर्छु। तपाईंलाई कहिले मेरो खाँचो पर्नेछ? तपाईंले मलाई कहिले लैजानुहुनेछ? कहिले फेरि मैले तपाईंको मुहार हेर्नेछु? म अब उप्रान्त यो देहमा जिउन, निरन्तर भ्रष्ट बनिरहन चाहन्‍नँ, नत अब उप्रान्त म विद्रोह नै गर्न चाहन्छु। सकेसम्‍म चाँडो मसँग भएको सबै कुरा तपाईंलाई समर्पित गर्न म तयार छु, र अब उप्रान्त म तपाईंलाई दुःखित तुल्याउन चाहन्‍नँ।” तिनले यसरी नै प्रार्थना गरे, तर येशूले तिनलाई सिद्ध पार्नुहुनेछ भन्‍ने बारेमा तिनलाई त्यो बेला थाहा थिएन। तिनको परीक्षाको वेदनाको बेला, येशू फेरि तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो: “पत्रुस, म तँलाई सिद्ध बनाउन चाहन्छु, ताकि तँ एक फलको टुक्रा बन्छस्, जुन तँलाई मैले बनाएको सिद्धताको हिरा हुन्छ, र जसप्रति म आनन्दित हुनेछु। के तँ मेरा लागि साँचो रूपमा गवाही दिन सक्छस्? के तैँले तँलाई मैले गर्नू भनेको कुरा गरेको छस्? के मैले बोलेको वचनमा तँ बाँचेको छस? एक पटक तैँले मलाई प्रेम गरिस, तर तैँले मलाई प्रेम गरे पनि, के तैँले म भएर बाँचेको छस? तैँले मेरो लागि के गरेको छस्? तँ मेरो प्रेमको लागि अयोग्य छस् भन्‍ने कुरालाई तैँले पहिचान गरिस्, तर तैँले मेरो लागि के गरेको छस?” आफूले येशूको लागि केही पनि गरेको छैन भन्‍ने पत्रुसले देखे र आफ्‍नो जीवन परमेश्‍वरलाई दिन्छु भनी गरेको आफ्‍नो पहिलेको शपथलाई स्मरण गरे। अनि त्यसैले, तिनले फेरि गुनासो गरेनन्, त्यसपछिको तिनको प्रार्थना अझै उत्तम हुँदै गयो। तिनले यसो भन्दै प्रार्थना गरे: “प्रभु येशू ख्रीष्ट! एक पटक मैले तपाईंलाई छोडेँ, र तपाईंले पनि मलाई एक पटक छोड्नुभयो। हामीले एक-अर्काबाट अलग बसेर, अनि सँगै बसेर समय बिताएका छौं। तैपनि तपाईंले अरू सबैले भन्दा बढी प्रेम गर्नुहुन्छ। मैले तपाईंको विरुद्धमा बारम्‍बार विद्रोह गरेको छु र तपाईंलाई बारम्‍बार दुःखी तुल्याएको छु। म यस्ता कुराहरूलाई कसरी बिर्सन सक्छु र? तपाईंले मेरो जीवनमा गर्नुभएको कामलाई र तपाईंले मलाई सुम्पनुभएको कुरालाई म सँधै मनमा राख्छु र कहिल्यै बिर्सँदिन। तपाईंले ममा गर्नुभएको कामको लागि मैले आफूले सकेजति सबै कुरा गरेको छु। मैले के गर्न सक्छु त्यो तपाईंलाई थाहा छ, र मैले कुन भूमिका निर्वाह गर्न सक्छु त्यो पनि तपाईंले जान्‍नुहुन्छ। म तपाईंको योजनाबद्ध कार्यको कृपामा हुन चाहन्छु, र मसँग भएको सबै कुरा तपाईंमा समर्पित गर्नेछु। मैले तपाईंको लागि के गर्न सक्छु त्यो तपाईंलाई मात्र थाहा छ। शैतानले मलाई धेरै झुक्‍काएको भए तापनि र मैले तपाईँको विरुद्ध विद्रोह गरेको भए तापनि, म यस कारणले गर्दा तपाईँ मेरा अपराधहरू याद गर्नुहुन्‍न र तपाईँ मप्रतिको व्यवहारका निम्ति त्यसलाई आधार बनाउनुहुन्‍न भन्‍ने विश्‍वास गर्छु। म मेरो सम्पूर्ण जीवन तपाईंमा नै समर्पित गर्न चाहन्छु। म केही कुरा पनि माग्दिन, नत मसँग अरू आशा वा योजना नै छ; तपाईंको अभिप्राय अनुसार काम गर्ने र तपाईंका अभिप्रायहरूलाई पछ्याउने मात्रै मेरो चाहना छ। तपाईंको तीतो कचौराबाट म पिउनेछु, र आज्ञा गर्नलाई म तपाईंकै हुँ।”

तिमीहरूले हिँड्ने बाटोको बारेमा तिमीहरू स्पष्ट हुनैपर्छ; तिमीहरूले भविष्यमा हिँड्ने बाटोको बारेमा, परमेश्‍वरको इच्‍छाले सिद्ध पार्ने जे कुरा हो त्यसको बारेमा, र तिमीहरूलाई जे सुम्पिइएको छ त्यसको बारेमा तिमीहरू स्पष्ट हुनैपर्छ। सायद, एक दिन तिमीहरू जाँचिनेछौ र, जब त्यो समय आउँछ, तब यदि तिमीहरूले पत्रुसको अनुभवहरूबाट उत्प्रेरणा प्राप्त गर्न सक्षम भयौ भने, यसले तिमीहरू साँच्‍चै नै पत्रुसको मार्गमा हिँडिरहेका छौ भन्‍ने देखाउनेछ। पत्रुसलाई तिनको साँचो आस्था र प्रेम अनि परमेश्‍वरप्रतिको बफादारीका लागि परमेश्‍वरद्वारा अनुमोदित गरियो। अनि परमेश्‍वरप्रतिको उनको हृदयमा भएको इमानदारिता र आकांक्षाको लागि परमेश्‍वरले तिनलाई सिद्ध तुल्याउनुभयो। यदि तँसँग पत्रुसको जस्तै प्रेम र विश्‍वास छ भने, येशूले तँलाई अवश्य नै सिद्ध तुल्याउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५२३

परमेश्‍वरबाट सजाय प्राप्त गर्दा, पत्रुसले यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! मेरो देह विद्रोही छ, र तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ। म तपाईंको सजाय र न्यायमा आनन्द मनाउँछु, र तपाईंले मलाई नचाहनुभए पनि, तपाईंको न्यायमा म तपाईंको पवित्र र धर्मी स्वभाव देख्छु। अरूले तपाईंको न्यायमा तपाईंको धर्मी स्वभाव देख्‍न सकून् भनेर, जब तपाईंले मलाई न्याय गर्नुहुन्छ, तब मलाई सन्तुष्टिको आभास हुन्छ। यदि यसले तपाईंको स्वभाव व्यक्त गर्न सक्छ र तपाईंको धर्मी स्वभावलाई सबै सृष्टि गरिएका प्राणीले देख्‍न सक्‍ने तुल्याउँछ भने, र यदि यसले तपाईंप्रतिको मेरो प्रेमलाई अझै शुद्ध तुल्याउन सक्छ जसले गर्दा जो धर्मी हुनुहुन्छ उहाँजस्तै म बन्‍न सक्‍छु भने, तपाईंको न्याय असल छ, किनभने तपाईंको सद्भावना त्यस्तै छ। मभित्र अझै धेरै विद्रोही कुराहरू छन् र तपाईंको सामु आउन म अझै पनि योग्य छैन भन्‍ने कुरा मलाई थाहा छ। चाहे विषम परिस्थितिद्वारा होस् या महासंकष्टहरूद्वारा होस्, तपाईंले मलाई अझै बढी न्याय गर्नुहोस् भन्‍ने मेरो कामना छ; तपाईंले जे गर्नुहुन्छ, त्यो मेरो लागि बहुमूल्य छ। तपाईंको प्रेम अति नै प्रगाढ छ र म अलिकति पनि गुनासो नगरीकन तपाईँको योजनबद्ध कार्यको कृपामा रहन इच्छुक छु।” यो परमेश्‍वरको कार्य अनुभव गरिसकेपछिको पत्रुसको बोध हो र यो परमेश्‍वरप्रतिको उनको प्रेमको गवाही पनि हो। आज तिमीहरूलाई पहिल्यै विजय गरिसकिएको छ—तर तिमीहरूमा कसरी यो विजय व्यक्त हुन्छ? कतिपय मानिसहरू भन्छन्, “ममाथिको विजय भनेको परमेश्‍वरको सर्वोच्‍च अनुग्रह र उच्‍चता हो। अहिले मात्र म मानिसको जीवन खोक्रो र महत्त्वहीन छ भन्‍ने कुरा महसुस गर्छु। मानिसले एकपछि अर्को पुस्ताको सन्तान पैदा गर्दै र हुर्काउँदै दौडधूपमा आफ्‍नो जीवन बिताउँछ तर अन्त्यमा उसँग केही पनि बाँकी रहँदैन। आज परमेश्‍वरद्वारा विजय गरिएपछि मात्रै यसरी जिउनुको कुनै मूल्य छैन भन्‍ने कुरा मैले देखेको छु; यो साँच्‍चै नै एउटा अर्थहीन जीवन हो। म पनि मर्न सक्छु र त्यसपछि त कुरै सकियो नि!” विजय गरिएका त्यस्ता मानिसहरू के परमेश्‍वरद्वारा प्राप्त गरिन सक्छन्? के तिनीहरू आदर्श र नमुनाहरू बन्‍न सक्छन्? त्यस्ता मानिसहरू नकारात्मकताका पाठ हुन्; तिनीहरूसँग कुनै आकाङ्क्षा छैन र तिनीहरूले आफूलाई सुधार गर्ने प्रयास गर्दैनन्। विजय गरिएकाहरूको रूपमा गन्ती भए पनि त्यस्ता नकारात्मक मानिसहरू सिद्ध पारिन असक्षम हुन्छन्। उनलाई सिद्ध बनाइएपछि, आफ्‍नो जीवनको अन्त्यतिर पत्रुसले भने, “हे परमेश्‍वर! यदि मैले थप केही वर्ष जिउनुपर्थ्यो भने, म तपाईंको अझ शुद्ध र अझ गहन प्रेम प्राप्त गर्ने कामना गर्नेथिएँ।” उनी क्रूसमा टाँगिन लागेको बेला, उनले आफ्‍नो हृदयमा यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! तपाईंको समय अब आइपुगेको छ; तपाईंले मेरो लागि तयार पार्नुभएको समय आइपुगेको छ। म तपाईंको लागि क्रूसमा टाँगिनैपर्छ, मैले तपाईंलाई यो गवाही दिनैपर्छ र मलाई आशा छ मेरो प्रेमले तपाईंका मापदण्डहरू पूरा गर्न सक्छ र यो अझै शुद्ध हुन सक्छ। आज तपाईंको लागि मर्न सक्‍नु र तपाईंको लागि क्रूसमा टाँगिन सक्‍नु मेरो लागि सान्त्वना र आश्‍वासन दिने किसिमको छ, किनभने तपाईंको लागि क्रूसमा मर्न सक्‍नु र तपाईंका इच्‍छाहरू पूरा गर्नु र आफैलाई तपाईंमा अर्पित गर्न सक्‍नु, र तपाईंलाई आफ्‍नो जीवन चढाउनुजत्तिको आनन्दको कुरा मेरो लागि अरू केही छैन। हे परमेश्‍वर! तपाईं कति प्रेमिलो हुनुहुन्छ! यदि तपाईंले मलाई जिउन दिनुभएको भए, तपाईंलाई म अझै बढी प्रेम गर्न इच्‍छुक हुनेथिएँ। जबसम्‍म म जीवित रहन्छु, तबसम्‍म म तपाईंलाई नै प्रेम गर्नेछु। म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न चाहन्छु। तपाईंले मलाई न्याय गर्नुहुन्छ, मलाई सजाय दिनुहुन्छ र मलाई जाँच्‍नुहुन्छ किनभने म धर्मी छैनँ र मैले पाप गरेको छु। अनि तपाईंको धर्मी स्वभाव मेरो लागि अझै स्पष्ट हुन्छ। यो मेरो लागि एउटा आशिष्‌ हो, किनभने म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न सक्छु र तपाईंले मलाई प्रेम गर्नुभएन भने पनि म तपाईंलाई यसरी नै प्रेम गर्न इच्‍छुक छु। तपाईंको धर्मी स्वभावलाई हेर्न म इच्‍छुक छु, किनभने यसले मलाई अर्थपूर्ण जीवन जिउनको लागि अझै सक्षम तुल्याउँछ। मेरो जीवन अहिले अझै अर्थपूर्ण भएको मलाई आभास हुन्छ, किनभने म तपाईंको लागि क्रूसमा टाँगिएको छु र तपाईंको लागि मर्नु अर्थपूर्ण छ। तैपनि, मलाई अझै पनि सन्तुष्टिको आभास छैन, किनभने मलाई तपाईंको बारेमा अत्यन्तै थोरै मात्रै ज्ञान छ, मलाई थाहा छ म तपाईंका इच्‍छाहरूलाई पूर्ण रूपमा पूरा गर्न सक्दिनँ र मैले तपाईंको ऋण थोरै मात्रै तिरेको छु। मेरो जीवनमा, तपाईंलाई मैले मेरो सम्पूर्णता फिर्ता दिन असक्षम रहेको छु; म त्योबाट धेरै टाढा छु। यस क्षणमा फर्केर हेर्दा, म तपाईंप्रति अत्यन्तै ऋणी भएको आभास गर्छु, र मेरा सबै गल्तीहरूको निम्ति र मैले तपाईंलाई फिर्ता नदिएको सबै प्रेम चुकाउनलाई मसँग यो बाहेक अरू क्षण छैन।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५२४

सबै मानिसहरू अर्थपूर्ण जीवन जिउने खोजीमा लाग्नुपर्छ, र आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। तिनीहरूले पत्रुसको स्वरूपमा जिउनैपर्छ, र तिनीहरूसँग पत्रुसका ज्ञान र अनुभवहरू हुनैपर्छ। तिनीहरूले अझै उच्‍च र अझै गहन कुराहरूको खोजी गर्नुपर्छ। तिनीहरूले परमेश्‍वरप्रतिको अझ गहिरो र शुद्ध प्रेम, साथै मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्र जीवन हो; तब मात्र तिनीहरू पत्रुसजस्तै हुनेछन्। तैँले सकारात्मक पाटोतर्फ सक्रिय रूपमा प्रवेश गर्न ध्यान दिनुपर्छ, र अस्थायी सहजतामा सन्तुष्ट भएकै कारण नकारात्मक हुने र आफूलाई पछाडि धकेल्ने, र त्यो सँगसँगै अझै प्रगाढ, अझै विस्तृत र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्ने गर्नु हुँदैन। तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले कुनै जनावरको भन्दा फरक नभएको यो पतित, निस्फिक्री जीवनबाट आफूलाई मुक्त गर्ने हरसम्भव उपाय पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्यवान् जीवन जिउनैपर्छ, र तैँले आफैलाई मूर्ख बनाउनु वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। सङ्कल्प भएका र परमेश्‍वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र दह्रिलो गरी खडा हुन नसकिने कुनै इन्साफ छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, र यो प्रेम प्रयोग गरेर उहाँका अभिप्रायहरू पूरा गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ कायर, दुर्बल व्यक्ति बन्‍नु हुँदैन। तैँले अर्थपूर्ण जीवन र अर्थपूर्ण सत्यताहरूको अनुभव गर्न सिक्‍नैपर्छ, र आफूलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन। तैँले थाहै नपाई, तेरो जीवन बितेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने यस्तो अवसर पाउनेछस्? के मानिसले आफू मरेपछि परमेश्‍वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्तै सङ्कल्प र विवेक हुनुपर्छ; तैँले अर्थपूर्ण जीवन जिउनैपर्छ, र आफैसँग खेलबाड गर्नु हुँदैन। मानवका रूपमा र परमेश्‍वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्‍नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न जरुरी छ—तैँले कसरी आफूलाई परमेश्‍वरप्रति अर्पित गर्नुपर्छ, तैँले कसरी परमेश्‍वरमा अझ अर्थपूर्ण विश्‍वास राख्‍नुपर्छ, र तैँले परमेश्‍वरलाई प्रेम गर्ने हुनाले, तैँले कसरी उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले प्रेम गर्नुपर्छ भन्‍ने कुरालाई ख्याल गर्नुपर्छ। आज तँलाई जसरी विजय गरिएको छ त्यसप्रति मात्रै तँ सन्तुष्ट हुन सक्दैनस्, तैँले तेरो अगाडि रहेको मार्गमा कसरी हिँड्नुपर्छ भन्‍ने बारेमा पनि विचार गर्नैपर्छ। तँसँग सिद्ध पारिनका लागि सङ्कल्प र साहस हुनैपर्छ, र तैँले आफूलाई सधैँ असक्षम ठान्‍नु हुँदैन। के सत्यताले पक्षपात गर्छ? के सत्यताले मानिसहरूलाई जानीजानी विरोध गर्न सक्छ? यदि सत्यताको खोजी गरिस्‌ भने, के यसले तँलाई परास्त गर्न सक्छ? यदि तँ इन्साफका लागि दह्रिलो गरी खडा भइस्‌ भने, के यसले तँलाई ढाल्‍नेछ? यदि जीवनको खोजी गर्ने तेरो आकांक्षा साँचो हो भने, के जीवनले तँलाई छल्‍न सक्छ? यदि तँ सत्यताविहीन छस्‌ भने, सत्यताले तँलाई बेवास्ता गरेको कारणले होइन, बरु तँ सत्यताबाट टाढा बस्‍ने हुँदा त्यसो भएको हो; यदि तँ इन्साफका लागि दृढ रूपमा खडा हुन सक्दैनस्‌ भने, इन्साफमा कुनै गल्ती भएको कारणले होइन, बरु यो तथ्यहरूसँग मिल्दैन भनेर तैँले ठानेको कारणले गर्दा यसो भएको हो; धेरै वर्षसम्‍म जीवनको खोजी गरेर पनि तैँले जीवन प्राप्त गरेको छैनस्‌ भने, तँप्रति जीवनको कुनै विवेक नभएर होइन, बरु जीवनप्रति तँसँग कुनै विवेक नभएकोले र तैँले जीवनलाई धपाएको हुनाले यसो भएको हो; यदि तँ ज्योतिमा जिउँछस्‌ र पनि ज्योति प्राप्त गर्न असमर्थ भएको छस्‌ भने, ज्योतिले तँलाई प्रकाश दिन नसकेकोले होइन, बरु ज्योतिको अस्तित्वलाई तैँले कुनै पनि ध्यान नदिएकोले र यही कारण ज्योति तँबाट चुपचाप टाढा गएकोले यसो भएको हो। यदि तैँले खोजी गर्दैनस्‌ भने, तँ मूल्यहीन रद्दी होस्, तेरो जीवनमा कुनै साहस छैन र अन्धकारका शक्तिहरूको प्रतिरोध गर्ने इच्छाशक्ति तँमा छैन भनेर मात्रै भन्‍न सकिन्छ। तँ अत्यन्तै कमजोर छस्! तँलाई घेरेर राखेको शैतानका शक्तिहरूबाट तँ उम्कन सक्दैनस्‌ र यस प्रकारको सुरक्षित र निश्‍चिन्त जीवन जिउन र अज्ञानतामा मर्न मात्रै तँ इच्‍छुक छस्‌। तैँले हासिल गर्नुपर्ने कुरा भनेको आफूलाई विजय गरिने तेरो खोजी हो; यो तैँले पूरा गर्नैपर्ने कर्तव्य हो। यदि तँ आफूलाई विजय गरिनुमा नै सन्तुष्ट छस्‌ भने, तैँले ज्योतिको अस्तित्वलाई धपाउँछस्‌। तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्‌, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्‍नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्‍नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्‍नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५२५

परमेश्‍वर मानिसलाई सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ किनभने यो उहाँको कार्यका लागि आवश्यक छ र त्यसबाहेक, मानिसलाई पनि यसको आवश्यकता छ। मानिसलाई सजाय दिइनुपर्छ र न्याय गरिनुपर्छ, त्यसपछि मात्रै उसले परमेश्‍वरलाई प्रेम गर्ने क्षमता हासिल गर्न सक्छ। आज तिमीहरू पूर्ण रूपमा विश्‍वस्त भएका छौ, तर जब तिमीहरू अलिकति बाधा सामना गर्छौ, तब तिमीहरूलाई समस्या हुन्छ; तिमीहरूको कद अझै पनि अत्यन्तै सानो छ र गहन ज्ञान प्राप्त गर्नका लागि तिमीहरूले अझै त्यस किसिमको सजाय र न्याय अनुभव गर्नुपर्छ। आज, तिमीहरूसँग धेरथोर परमेश्‍वरको अलिकति डर मान्ने हृदय छ र तिमीहरू परमेश्‍वरदेखि डराउँछौ र उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने तिमीहरूलाई थाहा छ तर तिमीहरूसँग उहाँप्रतिको महान् प्रेम छैन, झन् तिमीहरूले शुद्ध प्रेम प्राप्त गरिसकेको हुने त कुरै नगरौँ; तिमीहरूको ज्ञान अत्यन्तै सतही छ र तिमीहरूको कद अझै अपर्याप्त छ। तैँले साँचो रूपमा कुनै परिस्थिति सामना गर्दा त्यसमा अझै गवाही दिएको हुँदैनस्, तेरो प्रवेश अत्यन्तै थोरै मात्र सक्रिय हुन्छस् र कसरी अभ्यास गर्ने सो तँलाई केही थाहा हुँदैन। धेरैजसो मानिस निष्क्रिय र सुस्त छन्; तिनीहरू परमेश्‍वरलाई आफ्‍नो हृदयमा गोप्य रूपमा मात्र प्रेम गर्छन् तर तिनीहरूमा अभ्यास गर्ने कुनै उपाय छैन, न त तिनीहरू आफ्‍ना उद्देश्यहरू के हुन् भन्‍नेबारे नै स्पष्ट छन्। सिद्ध पारिएकाहरूमा सामान्य मानवता मात्र नभई विवेकको हदभन्दा माथिका सत्यताहरू पनि हुन्छन्, र ती सत्यता विवेकका मापदण्डहरूभन्दा माथि हुन्छन्; तिनीहरूले परमेश्‍वरको प्रेमको ऋण तिर्न विवेकको प्रयोग त गर्छन् नै, तर त्योभन्दा पनि बढी, तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्, र परमेश्‍वर प्रेमिलो हुनुहुन्छ, मानिसको प्रेमको योग्य हुनुहुन्छ र परमेश्‍वरमा प्रेम गर्नुपर्ने कुरा धेरै छन् भन्‍ने कुरा देखेका छन्; मानिसले उहाँलाई प्रेम नगरीकन बस्‍न सक्दैन! सिद्ध पारिएकाहरूको परमेश्‍वरप्रतिको प्रेम तिनीहरूका आफ्‍नै आकाङ्क्षाहरू पूरा गर्नका लागि हो। तिनीहरूको प्रेम स्वस्फूर्त प्रेम हो र त्यस प्रेमले सट्टामा केही पनि माग्दैन र त्यो कुनै कारोबार होइन। तिनीहरू अरू केही कारणले नभई उहाँप्रतिको तिनीहरूको ज्ञानको कारणले मात्रै परमेश्‍वरलाई प्रेम गर्छन्। त्यस्ता मानिसहरू आफूलाई परमेश्‍वरले अनुग्रह गर्नुहुन्छ कि गर्नुहुन्‍न भन्‍ने कुरालाई वास्ता गर्दैनन् र परमेश्‍वरलाई सन्तुष्ट पार्नेबाहेक अरू केही कुराद्वारा तिनीहरू सन्तुष्ट हुँदैनन्। तिनीहरू परमेश्‍वरसँग मोलतोल गर्दैनन्, न त परमेश्‍वरप्रतिको आफ्‍नो प्रेमलाई नै विवेकका आधारमा मापन गर्छन्: “तपाईँले मलाई दिनुभएको छ, त्यसैले यसको सट्टामा म तपाईँलाई प्रेम गर्छु; यदि तपाईँ मलाई दिनुहुन्‍न भने, यसको सट्टामा मसँग तपाईँलाई दिन केही पनि हुँदैन।” सिद्ध पारिएकाहरू सधैँ यस्तो विश्‍वास गर्छन्: “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँ हामीमा आफ्‍नो काम गर्नुहुन्छ। सिद्ध पारिनका लागि मसँग यो मौका, अवस्था र योग्यता भएको हुनाले, मेरो उद्देश्य अर्थपूर्ण जीवन जिउने हुनुपर्छ र मैले उहाँलाई सन्तुष्ट पार्नुपर्छ।” यो पत्रुसले अनुभव गरेको जस्तै हो: आफू सबैभन्दा कमजोर अवस्थामा हुँदा, उसले परमेश्‍वरसँग यसो भन्दै प्रार्थना गऱ्यो, “हे परमेश्‍वर! तपाईँलाई थाहा छ, समय वा स्थान जे-जस्तो भए पनि, मलाई सधैँ तपाईँको याद आइरहन्छ, अनि समय वा स्थान जे-जस्तो भए पनि, म तपाईँलाई प्रेम गर्न चाहन्छु, तर मेरो कद अत्यन्तै सानो छ, म निकै कमजोर र शक्तिहीन छु, मेरो प्रेम अत्यन्तै सीमित छ र तपाईँप्रतिको मेरो निष्कपटता अत्यन्तै थोरै छ। तपाईँको प्रेमको तुलनामा, म जिउन योग्य नै छैनँ। मेरो जीवन व्यर्थ नहोस्, र म तपाईँको प्रेम चुक्ता गर्न मात्र होइन, तर, त्यसमाथि, मसँग भएका सबै कुरा तपाईँलाई अर्पण गर्न सकूँ भन्‍ने मात्र मेरो कामना छ। यदि मैले तपाईँलाई सन्तुष्ट पार्न सकेँ भने, सृजित प्राणीका रूपमा म मनमा शान्ति पाउनेछु र अरू केही पनि माग्‍नेछैनँ। अहिले म कमजोर र शक्तिहीन भए पनि, म तपाईँका अर्तीहरू बिर्सनेछैनँ, र म तपाईँको प्रेम बिर्सनेछैनँ। अहिले मैले तपाईँको प्रेमको ऋण तिर्नेबाहेक अरू केही पनि गरिरहेको छैनँ। हे परमेश्‍वर, मलाई अति नराम्रो लाग्छ! म मेरो हृदयमा भएको प्रेम तपाईँलाई कसरी दिन सक्छु, मैले गर्न सक्‍ने जति सबै कसरी गर्न सक्छु, कसरी तपाईँका इच्‍छाहरूलाई पूरा गर्न सक्छु र कसरी मसँग भएका सबै कुरा तपाईँलाई अर्पण गर्न सक्छु? मानिसको कमजोरी तपाईँलाई थाहा छ; तपाईँको प्रेमका लागि म कसरी योग्य बन्‍न सक्छु? हे परमेश्‍वर! तपाईँलाई थाहा छ कि मेरो कद सानो छ, मेरो प्रेम अत्यन्तै थोरै छ। यस किसिमको वातावरणमा म कसरी सक्दो गर्न सक्छु? मलाई थाहा छ मैले तपाईँको प्रेमको ऋण तिर्नुपर्छ, मलाई थाहा छ मसँग भएका सबै कुरा मैले तपाईँलाई दिनुपर्छ, तर आज मेरो कद अत्यन्तै सानो छ। मलाई बल र आस्था दिनुहोस् भनेर म तपाईँलाई आग्रह गर्छु, ताकि तपाईँलाई अर्पण गर्नका लागि मसँग शुद्ध प्रेम झनै हुन सकोस् र मसँग भएका सबै कुरा तपाईँलाई अर्पण गर्न झनै सक्षम बनूँ; म तपाईँको प्रेम चुक्ता गर्न मात्रै होइन, तपाईँको सजाय, न्याय र परीक्षाहरू अनि अझ गम्‍भीर श्रापहरू अनुभव गर्न झन् बढी सक्नेछु। तपाईँले मलाई तपाईँको प्रेम हेर्न दिनुभएको छ र म तपाईँलाई प्रेम नगरी बस्‍न सक्दिनँ, र म आज कमजोर र शक्तिहीन भए पनि, तपाईँलाई कसरी बिर्सन सक्थेँ र? तपाईँको प्रेम, सजाय र न्याय सबैले मलाई तपाईँलाई चिन्‍ने तुल्याएको छ, तैपनि म तपाईँको प्रेमलाई सन्तुष्ट गर्न असक्षम छु जस्तो पनि लाग्छ, किनभने तपाईँ अत्यन्तै महान् हुनुहुन्छ। मसँग भएका सबै कुरा म सृष्टिकर्तालाई कसरी अर्पण गर्न सक्छु?” पत्रुसको अनुरोध यस्तै थियो, तैपनि उसको कद अत्यन्तै अपर्याप्त थियो। यस बेला, उसले यस्तो महसुस गऱ्यो मानौँ उसको हृदयमा छुरी घोपएको छ। ऊ वेदनामा थियो; यस्तो अवस्थामा के गर्ने हो उसलाई केही थाहा थिएन। तैपनि उसले प्रार्थना गर्न जारी नै राख्यो: “हे परमेश्‍वर! मानिसको कद बालकको जस्तो छ, उसको अन्तरात्मा दुर्बल छ, र मैले हासिल गर्न सक्‍ने एउटै मात्र कुरा तपाईँको प्रेम चुक्ता गर्नु हो। आज, तपाईँका अभिप्रायहरू कसरी पूरा गर्ने हो, मलाई थाहा छैन र म आफूले गर्न सक्‍ने सबै कुरा गर्न, मसँग भएका सबै कुरा दिन र मेरा सबै कुरा तपाईँमा अर्पण गर्न मात्र चाहन्छु। चाहे तपाईँले न्याय गर्नुभए वा सजाय दिनुभए पनि, तपाईँले चाहे मलाई कुराहरू प्रदान गर्नुभए पनि, वा मबाट कुराहरू लैजानुभए पनि, तपाईँप्रतिको सानोभन्दा सानो गुनासोबाट मलाई रिहा गर्नुहोस्। धेरै पटक, तपाईँले मलाई सजाय र न्याय गर्नुहुँदा, मभित्र सधैँ गुनासाहरू हुन्थे, र शुद्धता हासिल गर्न वा तपाईँका कामनाहरू पूरा गर्न सकिनँ। तपाईँको प्रेम चुक्ता गर्ने मेरो कार्य बाध्यताद्वारा पैदा भएको थियो, र यो क्षणमा म आफैलाई अझै बढी घृणा गर्छु।” पत्रुसले परमेश्‍वरको अझ शुद्ध प्रेमको खोजी गरेको कारण यसरी प्रार्थना गऱ्यो। उसले खोजी र बिन्ती गरिरहेको थियो, र यसअलावा, उसले आफैलाई दोषी ठहराइरहेको र परमेश्‍वरसँग आफ्‍नो पाप स्विकारिरहेको थियो। उसलाई आफू परमेश्‍वरप्रति ऋणी महसुस भयो र आफैदेखि घृणा लाग्यो, तैपनि केही हिसाबले ऊ दुःखित र नकारात्मक पनि थियो। उसलाई आफू परमेश्‍वरका अभिप्रायहरूको योग्य नभएझैँ र आफूले सक्दो गर्न नसकेकोझैँ सधैँ यस्तो महसुस हुन्थ्यो। त्यस्ता अवस्थाहरूमा पनि पत्रुसले अय्यूबको जस्तो विश्‍वास अनुसरण गरे। अय्यूबको विश्‍वास कति महान् थियो भन्‍ने कुरा उनले देखेका थिए, किनभने अय्यूबले आफूसँग भएका सबै थोक परमेश्‍वरले दिनुभएको हो र आफूबाट सबै कुरा परमेश्‍वरले लानु स्वभाविकै हो, परमेश्‍वरले जसलाई चाहनुहुन्छ त्यसलाई दिनुहुन्छ अर्थात् परमेश्‍वरको धर्मी स्वभाव त्यस्तो छ भन्‍ने कुरा बुझेका थिए। अय्यूबसँग कुनै गुनासो थिएन र उनले अझै पनि परमेश्‍वरको प्रशंसा गर्न सक्थे। पत्रुसले पनि आफैलाई चिनेका थिए र आफ्‍नो हृदयमा उनले यसो भन्दै प्रार्थना गरे, “आज मैले आफ्नो अन्तरात्मा प्रयोग गरी तपाईँको प्रेम चुक्ता गरेर, वा तपाईँलाई धेरै प्रेम दिएर सन्तुष्ट हुनु हुँदैन, किनभने मेरा विचारहरू अत्यन्तै भ्रष्ट छन् र तपाईँलाई सृष्टिकर्ताका रूपमा हेर्न म असक्षम छु। तपाईँलाई प्रेम गर्नका निम्ति म अझै पनि अयोग्य भएको हुनाले, मैले मसँग भएका सबै कुरा तपाईँलाई समर्पण गर्न पुग्नुपर्छ, र मैले स्वेच्छाले त्यसो गर्नुपर्छ, तपाईँले गर्नुभएका सबै कुरा मैले जान्‍नैपर्छ, र मैले कुनै छनोटहरू गर्नु हुँदैन, मैले तपाईँको प्रेमलाई हेर्नैपर्छ, र म तपाईँको प्रशंसा गर्न र तपाईँको पवित्र नाउँलाई उच्च पार्न सक्षम हुनैपर्छ, ताकि तपाईँले ममार्फत महान् महिमा प्राप्त गर्नुहोस्। तपाईँप्रतिको यो गवाहीमा म दृढ रहन इच्छुक छु। हे परमेश्‍वर! तपाईँको प्रेम कति बहुमूल्य र सुन्दर छ; म कसरी दुष्टको हातमा जिउन इच्छुक हुन सक्छु र? के म तपाईँद्वारा सृजित होइन र? म कसरी शैतानको शक्तिअन्तर्गत जिउन सक्छु? म आफू दुष्टको शक्तिअन्तर्गत जिउनुभन्दा बरु मेरो सम्पूर्ण अस्तित्व नै तपाईँको सजायमा जिओस् भन्‍ने चाहन्छु। जबसम्म म पखालिन र मसँग भएका सबै कुरा तपाईँलाई अर्पण गर्न सक्छु, तबसम्म म मेरो शरीर र हृदय तपाईँको न्याय र सजायमा अर्पण गर्न इच्छुक छु, किनभने म शैतानलाई घृणा गर्छु, र त्यसको सत्ताअन्तर्गत जिउन इच्छुक छैनँ। तपाईँले मलाई गर्ने न्यायमार्फत तपाईँ आफ्‍नो धर्मी स्वभाव देखाउनुहुन्छ; म पूर्ण रूपमा इच्छुक छु र मसँग अलिकति पनि गुनासो छैन। जबसम्म म सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्छु, तबसम्म म आफ्नो सम्पूर्ण जीवनमा तपाईँको न्यायको साथ होस् भन्‍ने चाहन्छु, अनि त्यसरी म तपाईँको धर्मी स्वभावलाई चिन्‍नेछु र दुष्टको प्रभावबाट आफूलाई मुक्त गर्नेछु।” पत्रुसले सधैँ यसरी प्रार्थना गर्थे, सधैँ यसरी खोजी गर्थे र तुलनात्मक रूपमा भन्दा उनी उच्‍च क्षेत्रमा पुगे। उनले परमेश्‍वरको प्रेमको ऋण तिर्न त सके नै तर त्योभन्दा महत्वपूर्ण कुरा, एक प्राणीको रूपमा आफ्‍नो कर्तव्य पनि पूरा गरे। उनलाई आफ्नो विवेकले दोष मात्रै दिएन, उनले त विवेकका मापदण्डहरू पार गर्न पनि सके। उनका प्रार्थनाहरू निरन्तर माथि परमेश्‍वरकहाँ गए, जसले गर्दा उनका आकांक्षाहरू सधैँ उच्‍च रहे र उनको साथमा झन्झन् परमेश्‍वरलाई प्रेम गर्ने हृदय रह्यो। वेदनापूर्ण पीडा सहेर पनि, उनले परमेश्‍वरलाई प्रेम गर्न भुलेनन्, बरु परमेश्‍वरका अभिप्रायहरू बुझ्ने क्षमता प्राप्त गर्ने प्रयास गरे। आफ्ना प्रार्थनाहरूमा उनले निम्‍न शब्‍दहरू उच्‍चारण गरे: “तपाईँको प्रेमको ऋण तिर्नेबाहेक मैले अरू केही हासिल गरेको छैन। मैले शैतानको अघि तपाईँको साक्षी दिएको छैनँ, आफूलाई शैतानको प्रभावबाट मुक्त गरेको छैनँ र म अझै पनि देहमा जिउँछु। म शैतानलाई हराउन र लज्‍जित पार्न आफ्नो प्रेम प्रयोग गर्न र यसरी तपाईँका अभिप्रायहरू पूरा गर्न चाहन्छु। म मेरो सम्पूर्णता तपाईँलाई दिन चाहन्छु, आफ्नो थोरै अंश पनि शैतानलाई दिन चाहन्‍नँ, किनभने शैतान तपाईँको शत्रु हो।” उनले यो दिशामा जति खोजी गरे, त्यति नै प्रभावित भए र यी विषयहरूमा तिनको ज्ञान त्यति नै उच्‍च भयो। थाहै नभई उनले आफूलाई शैतानको प्रभावबाट मुक्त गर्नुपर्छ र पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्कनुपर्छ भनी जानिसकेका थिए। उनले प्राप्त गरेको क्षेत्र यस्तो थियो। उनले शैतानको प्रभावलाई नाघ्दै थिए र देहको सुख र आनन्दहरूबाट आफैलाई मुक्त गर्दै थिए, र परमेश्‍वरको सजाय र उहाँको न्याय दुवैलाई अझै गहन रूपमा अनुभव गर्न इच्‍छुक हुँदै थिए। उनले भने, “म तपाईँको सजायमाझ जिए पनि, र तपाईँको न्यायमाझ जिए पनि, त्यो जतिसुकै पीडादायी भए पनि, म शैतानको सत्तामा जिउन अनिच्‍छुक छु, शैतानद्वारा झुक्क्याइने जीवन जिउन अनिच्‍छुक छु। म तपाईँका श्रापहरूमाझ जिउनुलाई सुख ठान्छु र शैतानका आशिष्‌हरूमाझ जिउनुलाई पीडा ठान्छु। तपाईँको न्यायमाझ जिउँदा म तपाईँलाई प्रेम गर्छु र यसले गर्दा मेरो हृदयमा ठूलो आनन्द छाउँछ। तपाईँका सजाय र न्याय धार्मिकता र पवित्रता हुन्; यो मलाई धुनका लागि हो र त्योभन्दा पनि बढी, यो मलाई मुक्ति दिनका लागि हो। म एक क्षण पनि शैतानको शक्तिअन्तर्गत जिउनुभन्दा बरु आफ्नो सम्पूर्ण जीवन तपाईँको न्यायमा बिताउन र तपाईँको हेरचाह पाउन चाहन्छु। म तपाईँबाट धोइन चाहन्छु; कष्ट नै भोग्‍नु परे पनि, म शैतानद्वारा शोषित हुन र झुक्क्याइन चाहन्‍नँ। म, यो सृजित प्राणी, तपाईंद्वारा प्रयोग गरिनुपर्छ, तपाईँद्वारा स्वामित्वमा राखिनुपर्छ, म तपाईँद्वारा न्याय पनि गरिनुपर्छ, र तपाईँद्वारा सजाय दिइनुपर्छ, तपाईँद्वारा श्रापितसमेत हुनुपर्छ। तपाईँ मलाई आशिष् दिन इच्‍छुक हुनुहुँदा मेरो हृदय प्रसन्न हुन्छ, किनभने मैले तपाईँको प्रेम देखेको छु। तपाईँ सृष्टिकर्ता हुनुहुन्छ र म सृजित प्राणी हुँ: तपाईँलाई धोका दिएर म शैतानको सत्तामा जिउनु हुँदैन, न त म शैतानद्वारा शोषित हुनु नै हुन्छ। शैतानका लागि जिउनुको सट्टा त म तपाईँको घोडा वा गोरु हुनुपर्छ। बरु म कुनै पनि शारीरिक आनन्दविना नै तपाईँको सजायमाझ जिउनेछु र मैले तपाईँको अनुग्रह गुमाउनु परे पनि यसले मलाई आनन्द नै दिनेछ। तपाईँको अनुग्रह मसँग नभए पनि, म अझै पनि तपाईँद्वारा सजाय दिइन र न्याय गरिनमा रमाउँछु। तपाईँको सर्वोत्तम आशिष्, तपाईंको सबैभन्दा महान् अनुग्रह यही हो। मप्रति तपाईँ सधैँ प्रतापी र क्रोधित हुनुभए पनि, म तपाईँलाई छोड्न असमर्थ छु र तपाईँलाई पर्याप्त प्रेम गर्न सक्दिनँ। म तपाईँको घरमा बस्‍न रुचाउँछु, म तपाईँबाट श्राप, सजाय र प्रहार पाउन चाहन्छु, तर म शैतानको सत्तामा जिउन इच्‍छुक छैनँ, न त म देहको लागि मात्रै दौडधूप गर्न र व्यस्त हुन नै इच्‍छुक छु, देहको लागि जिउन इच्छुक हुने त कुरै नगरौँ।” पत्रुसको प्रेम शुद्ध प्रेम थियो। यो नै सिद्ध पारिनुको अनुभव र सिद्ध पारिनुको सबैभन्दा उच्‍च क्षेत्र हो; योभन्दा अर्थपूर्ण जीवन अरू छैन। उनले परमेश्‍वरको सजाय र न्याय स्वीकार गरे र परमेश्‍वरको धर्मी स्वभावलाई बहुमूल्य ठाने र पत्रुसको बारेमा भन्दा उनीसँग योभन्दा मूल्यवान अरू केही थिएन। उनी भन्थे, “शैतानले मलाई भौतिक आनन्दहरू दिन्छ, तर म तिनलाई बहुमूल्य ठान्दिनँ। ममाथि परमेश्‍वरको सजाय र न्याय आउँछ—यसमा मैले अनुग्रह पाउँछु, यसमा मलाई आनन्द मिल्छ र यसमा म आशिषित हुन्‍छु। परमेश्‍वरको न्याय नभएको भए, मैले परमेश्‍वरलाई कहिल्यै प्रेम गर्ने थिइनँ, म अझै पनि शैतानको सत्तामा हुन्थेँ, अझै यसकै नियन्त्रण र यसकै आज्ञामा हुन्थेँ। त्यस्तो भएको भए, म कहिल्यै वास्तविक मानव बन्दिनथेँ, किनभने परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन म असक्षम हुन्थेँ र मेरो सम्पूर्णता परमेश्‍वरलाई समर्पित गर्दिनथेँ। मभित्र आगो नै बलिरहेको जस्तो गरी मलाई भित्र कहिँकतै आराम नदिई र मलाई शान्ति वा आनन्दरहित तुल्याई, परमेश्‍वरले मलाई आशिष नदिनुभए पनि र परमेश्‍वरको सजाय र अनुशासन मबाट कहिल्यै टाढा नगए पनि, परमेश्‍वरको सजाय र न्यायमा म उहाँको धर्मी स्वभाव देख्‍न सक्षम छु। म यसमा आनन्दित हुन्छु; जीवनमा योभन्दा बढी बहुमूल्य वा अर्थपूर्ण कुरा केही पनि छैन। उहाँको सुरक्षा र हेरचाह निर्दयी सजाय, न्याय, श्राप र प्रहार बनेको भए पनि, म यी कुराहरूमा आनन्द लिन्छु, किनभने यी कुराहरूले मलाई अझै राम्ररी शुद्ध पार्न र परिवर्तन गर्न सक्‍छन्, मलाई परमेश्‍वरको नजिक ल्याउन सक्छन्, परमेश्‍वरलाई प्रेम गर्न मलाई अझै सक्षम तुल्याउन सक्छन्, र परमेश्‍वरप्रतिको मेरो प्रेमलाई अझै शुद्ध बनाउन सक्छन्। यसले मलाई सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्षम तुल्याउँछ र मलाई परमेश्‍वरको सामु र शैतानको प्रभावबाट टाढा लैजान्छ, ताकि मैले अबउप्रान्त शैतानको सेवा गर्नु नपरोस्। जब म शैतानको सत्तामा जिउँदिनँ र कुनै पनि कुरा बाँकी नराखी मसँग भएका सबै कुरा र मैले गर्न सक्‍ने सबै कुरा परमेश्‍वरलाई समर्पण गर्न सक्छु—त्यो नै म पूर्ण रूपमा सन्तुष्ट हुने क्षण हुनेछ। मलाई मुक्ति दिने परमेश्‍वरको सजाय र न्याय नै हो र मेरो जीवनलाई परमेश्‍वरको सजाय र न्यायबाट अलग गर्न सकिँदैन। मेरो लागि, पृथ्वीमा जिउनु शैतानको सत्तामा जिउनु जस्तै हो, र परमेश्‍वरको सजाय र न्यायको वास्ता र सुरक्षा नभएको भए, म सधैँ शैतानको सत्तामा जिउनेथेँ, र यति मात्र होइन, मैले अर्थपूर्ण जीवन जिउने मौका वा माध्यमहरू पाउँदिनथेँ। परमेश्‍वरको सजाय र न्यायले मलाई कहिल्यै छोडेन भने मात्रै परमेश्‍वरद्वारा म शुद्ध पारिन सक्षम हुनेछु। परमेश्‍वरको कठोर वचन र धर्मी स्वभाव अनि परमेश्‍वरको प्रतापी न्यायद्वारा मात्रै, मैले सर्वोच्‍च सुरक्षा पाएको छु र म ज्योतिमा जिएको छु, र मैले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गरेको छु। शुद्ध पारिन, शैतानबाट आफूलाई मुक्त गर्न र परमेश्‍वरको प्रभुत्वमा जिउन सक्षम हुनु—आज यो नै मेरो जीवनको सबैभन्दा महान् आशिष हो।” पत्रुसले अनुभव गरेको सबैभन्दा उच्‍च क्षेत्र यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५२६

मानिस देहमाझ जिउँछ, अर्थात् ऊ मानव नरकमा जिउँछ, र परमेश्‍वरको न्याय र सजायबिना मानिस शैतानजत्तिकै फोहोरी छ। मानिस कसरी पवित्र हुन सक्थ्यो र? पत्रुस यस्तो विश्वास गर्थ्यो: परमेश्‍वरद्वारा गरिने सजाय र न्याय नै मानिसको सर्वोत्तम सुरक्षा र सबैभन्दा ठूलो अनुग्रह हो। परमेश्‍वरको सजाय र न्यायमार्फत मात्रै मानिस बिउँझन सक्छ र देहलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्‍वरको कठोर अनुशासनले मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्छ, उसलाई उसको आफ्‍नै सानो संसारबाट मुक्त गर्छ र उसलाई परमेश्‍वरको मुहारको ज्योतिमा जिउन सक्षम बनाउँछ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन। पत्रुसले यसो भन्दै प्रार्थना गरे, “परमेश्‍वर! तपाईँले मलाई सजाय दिनुभएसम्म र न्याय गर्नुभएसम्म, तपाईँले मलाई छोड्नुभएको छैन भनी मैले थाहा पाउनेछु। तपाईँले मलाई आनन्द वा शान्ति नदिनुभए पनि, मलाई कष्टमा जिउन लगाउनुभए पनि र ममाथि अनगिन्ती ताडना दिनुभए पनि, तपाईँले मलाई नछोड्नुभएसम्‍म मेरो हृदय ढुक्क हुनेछ। आज तपाईँको सजाय र न्याय मेरो सर्वोत्तम सुरक्षा र मेरो सबैभन्दा ठूलो आशिष्‌ बनेका छन्। तपाईँले दिने अनुग्रहले मलाई सुरक्षा दिन्छ। आज तपाईँ ममाथि अनुग्रह बर्साउनुहुन्छ र यो अनुग्रह तपाईँको धर्मी स्वभावको प्रकटीकरण हो, र सजाय र न्याय हो; त्यसभन्दा पनि बढी, यो एउटा परीक्षा हो, र कष्टको जीवन हो।” पत्रुसले आफ्‍नो देहका सुखचैनहरू त्याग्न र झनै गहन प्रेम र झनै ठूलो सुरक्षाको खोजी गर्न सके, किनभने उनले परमेश्‍वरको सजाय र न्यायबाट अत्यन्तै धेरै अनुग्रह प्राप्त गरेका थिए। यदि मानिस आफ्नो जीवनमा पखालिन र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्याय स्वीकार गर्नैपर्छ, र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट मुक्त गर्न सकोस् र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। परमेश्‍वरको सजाय र न्याय नै ज्योति हो, र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसका लागि योभन्दा राम्रो आशिष्, र योभन्दा ठूलो अनुग्रह वा सुरक्षा छैन भन्‍ने कुरा जान। मानिस शैतानको प्रभावमा जिउँछ, र देहमा अस्तित्वमा छ; यदि उसलाई पखालिँदैन र उसले परमेश्‍वरको सुरक्षा प्राप्त गर्दैन भने, मानिस अझै पतित बन्‍नेछ। यदि ऊ परमेश्‍वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई पखालिनैपर्छ र मुक्ति दिइनैपर्छ। पत्रुस प्रार्थना गर्थे, “परमेश्‍वर, तपाईँले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्‍न हुन्छु, र सान्त्वना अनुभूति गर्छु; जब तपाईँ मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्द महसुस गर्छु। म कमजोर भए पनि र मैले अवर्णनीय कष्ट सहेको भए पनि, मसँग आँसु र दुःख भए पनि, तपाईँलाई यो दुःख मेरो विद्रोहीपनका कारण र मेरो कमजोरीका कारण हो भन्‍ने थाहा छ। म रुन्छु किनभने म तपाईँका अभिप्रायहरू पूरा गर्न सक्दिनँ, म दुःख र पछुतो महसुस गर्छु किनभने म तपाईँका मागहरूका लागि अपर्याप्त छु, तर म यस तहमा पुग्न इच्‍छुक छु, म तपाईँलाई सन्तुष्ट पार्नका लागि आफूले सक्‍ने सबै गर्न इच्‍छुक छु। तपाईँको सजायले मेरो सुरक्षा र मेरा लागि सर्वोत्तम मुक्तिका रूपमा काम गरेको छ; तपाईँको न्यायले तपाईँको सहनशीलता र धैर्यतालाई उछिन्छ। तपाईँको सजाय र न्यायविना, मैले तपाईँको कृपा र प्रेमिलो-दयालुपनको आनन्द उठाउने थिइनँ। म आज तपाईँको प्रेमले स्वर्गहरूलाई पार गरेको र अरू सबै थोकभन्दा उत्कृष्ट भएको अझै बढी देख्‍छु। तपाईँको प्रेम त कृपा र प्रेमिलो-दयालुपन मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। मैले तपाईँको सजाय र न्यायबाट एकदमै धेरै प्राप्त गरेको छु। तपाईँको सजाय र न्यायविना, एक जना पनि पखालिने थिएन र एक जनाले पनि सृष्टिकर्ताको प्रेम अनुभव गर्ने थिएन। मैले सयौँ परीक्षा र सङ्कष्ट सहेको र म बल्लतल्ल मृत्युबाट जोगिएको समेत भए पनि, तिनले मलाई साँचो रूपमा तपाईँलाई चिन्‍न र विशाल मुक्ति प्राप्त गर्न दिएका छन्। यदि तपाईँको सजाय, न्याय र अनुशासनले मलाई छोडेका भए, म शैतानको सत्ताअन्तर्गत अन्धकारमा जिउनेथिएँ। मानिसको देहसँग के-कस्ता लाभहरू छन् र? यदि तपाईँको सजाय र न्यायले मलाई छोडेका भए, यो त तपाईँको आत्माले मलाई त्याग्‍नुभएको जस्तो हुनेथ्यो, तपाईँ मसँग त्यसउप्रान्त नहुनुभएजस्तो हुनेथ्यो। त्यस्तो भएको भए, म कसरी जिइरहन सक्नेथिएँ र? तपाईँले मलाई रोग दिनुभयो र मेरो स्वतन्त्रता लैजानुभयो, म जिइरहन सकेँ, तर तपाईँको सजाय र न्यायले मलाई कहिल्यै छोडेर गएमा, मसँग जिइरहने कुनै उपाय हुनेछैन। यदि म तपाईँको सजाय र न्यायरहित भएको भए, मैले तपाईँको प्रेम गुमाएको हुनेथिएँ। तपाईँको प्रेम यति गहन छ कि म त्यसलाई शब्‍दमा बयान गर्नै सक्‍दिनँ। तपाईँको प्रेमबिना, म शैतानको सत्ताअन्तर्गत जिउनेथिएँ, र तपाईँको महिमामयी मुहार देख्‍न असमर्थ हुनेथिएँ। म कसरी जिइरहन सक्ने थिएँ र? मलाई त्यस्तो अन्धकार, त्यस्तो जीवनमा अघि बढ्न गाह्रो हुनेथियो। तपाईँ मसँग हुनु भनेको तपाईँलाई देख्नुजस्तै हो, त्यसकारण म तपाईँलाई कसरी छोड्न सक्छु र? म तपाईँलाई पूर्ण निष्कपटताका साथ याचना गर्छु, म मेरो सबैभन्‍दा ठूलो सान्त्वना मबाट नलैजानुहोस् भनी बिन्ती गर्छु, चाहे यो तपाईँका सान्त्वनादायी शब्‍दहरूको छिटा नै किन नहोस्। मैले तपाईँको प्रेमको आनन्द उठाएको छु र आज म तपाईँबाट टाढा हुन सक्दिनँ; म तपाईँलाई प्रेम नगर्न कसरी पो सक्छु र? तपाईँको प्रेमका कारण मैले शोकका धेरै आँसु बगाएको छु, तैपनि मैले सधैँ यस्तो जीवन अझै बढी अर्थपूर्ण छ, यसले मलाई समृद्ध पार्न अझै बढी सक्छ, मलाई परिवर्तन गर्न अझै बढी सक्छ, र सृजित प्राणीहरूसँग हुनुपर्ने सत्यता हासिल गर्न सक्षम बनाउन अझै बढी सक्छ भन्ने अनुभूति गरेको छु।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५२७

मानिसले सम्पूर्ण जीवन शैतानको सत्तामा जिउँछ, र आफ्‍नै प्रयासद्वारा आफूलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्‍ने एक जना पनि छैन। सबै नै अलिकति अर्थ वा मूल्यसमेत नभएको फोहोर संसारमा, भ्रष्टता र रिक्ततामा जिउँछन्; तिनीहरू देहको लागि, अभिलाषाको लागि र शैतानको लागि त्यस्तो मस्त जीवन जिउँछन्। तिनीहरूको अस्तित्वमा अलिकति पनि मूल्य छैन। शैतानको प्रभावबाट आफूलाई मुक्त गराउने सत्यता भेट्टाउन मानिस असक्षम छ। मानिसले परमेश्‍वरलाई विश्‍वास गर्ने र बाइबल पढ्ने गर्छ, तैपनि शैतानको प्रभावको नियन्त्रणबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसले बुझ्‍दैन। युगौँयुगदेखि, मानिसहरूले बिरलै यो रहस्य पत्ता लगाएका छन्, बिरलै कुनै मानिसले यसलाई बुझेको छ। त्यसैले, मानिसले शैतानलाई घृणा गरे पनि र देहलाई घृणा गरे पनि, शैतानको हानिकारक प्रभावबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसलाई थाहा हुँदैन। आज के तिमीहरू अझै पनि शैतानको सत्तामा छैनौ र? तिमीहरू आफ्ना विद्रोही कार्यहरूबारे पछुतो गर्दैनौ, तिमीहरूले आफू फोहोरी र विद्रोही छौँ भनी महसुस गर्नु त परै जाओस्। परमेश्‍वरको विरोध गरिसकेपछि, तिमीहरू ढुक्‍क हुन्छौ र ठूलो शान्ति महसुस गर्छौ। के तिमीहरूले यो शान्ति आफू भ्रष्ट भएकोले प्राप्त गरेका होइनौ र? के यो ढुक्‍कपन तिमीहरूको विद्रोहीपनबाट आउँदैन र? मानिस मानव-नरकमा जिउँछ, ऊ शैतानको अँध्यारो प्रभावमा जिउँछ; सारा मुलुकभरि, मानिसको देहमा अतिक्रमण गर्दै भूतहरू मानिससँग जिउँछन्। पृथ्वीमा तँ सुन्दर स्वर्गलोकमा जिउँदैनस्। तिमीहरू जिउने संसार दियाबलसहरूको राज्य हो, यो एउटा मानव-नरक, मृतकहरूको संसार हो। यदि मानिसलाई शुद्ध पारिएन भने, ऊ फोहोरी हुन्छ; यदि उसलाई परमेश्‍वरले सुरक्षा र हेरचाह गर्नुभएन भने, ऊ अझै शैतानकै कैदी हुन्छ; उसलाई न्याय र सजाय गरिएन भने, शैतानको अँध्यारो प्रभावको दमनबाट उम्कने कुनै पनि माध्यम ऊसँग हुनेछैन। तैँले देखाउने भ्रष्ट स्वभाव र तँ जिउने विद्रोही आचरण नै तँ अझै पनि शैतानको सत्तामा छस् भन्‍ने कुरा प्रमाणित गर्न पर्याप्त छन्। यदि तेरो मन र विचारहरू शुद्ध पारिएका छैनन् भने, र तेरो स्वभावलाई न्याय र सजाय गरिएको छैन भने, तेरो समग्र अस्तित्व अझै पनि शैतानको सत्ताद्वारा नियन्त्रित छ, तेरो मन शैतानको नियन्त्रणमा छ, तेरा विचारहरू शैतानको चालबाजीमा परेको छ, र तेरो सम्पूर्ण अस्तित्व शैतानका हातहरूको नियन्त्रणमा छ। तँ अहिले पत्रुसको मापदण्डहरूबाट कति टाढा छस् भन्‍ने कुरा के तँलाई थाहा छ? के तँमा त्यो क्षमता छ? तँलाई आजको सजाय र न्यायको बारेमा कति थाहा छ? पत्रुसले जुन कुरालाई जाने त्यो तँमा कति छ? यदि तँ आज यसलाई जान्‍न सक्दैनस् भने, के तैँले भविष्यमा यो ज्ञान हासिल गर्न सक्‍नेछस्? तँजस्तो अल्छी र कायर मानिस सजाय र न्यायको बारेमा जान्‍न असक्षम हुन्छ। यदि तैँले देहको शान्ति र देहका सुख-चैनहरूलाई खोज्छस् भने, शुद्ध पारिनलाई तँसँग कुनै माध्यम हुनेछैन र अन्त्यमा तँ शैतानकहाँ नै फर्कनेछस्, किनभने तँ जे जिइरहेको छस् त्यो शैतान हो र त्यो देह नै हो। आजको यस्तो अवस्थामा, धेरै मानिसहरूले जीवनको खोजी गर्दैनन्, जसको अर्थ तिनीहरूले शुद्ध पारिनेबारेमा वा अझै गहन जीवन अनुभवमा प्रवेश गर्नेबारेमा तिनीहरू वास्ता गर्दैनन्। यस्तो भएकोले, तिनीहरूलाई कसरी सिद्ध पार्न सकिन्छ? जीवनको खोजी नगर्ने मानिसहरूसँग सिद्ध पारिने मौका हुँदैन, र परमेश्‍वरको ज्ञानको खोजी नगर्नेहरू, आफ्‍नो स्वभाव परिवर्तन गर्ने कार्यको खोजी नगर्नेहरू शैतानको अँध्यारो प्रभावबाट उम्कन सक्दैनन्। तिनीहरू विधि मात्र अनुसरण गर्ने र नियमित सेवाहरूमा सहभागी हुनेहरूजस्तै परमेश्‍वरसम्‍बन्धी आफ्‍नो ज्ञान र आफ्‍नो स्वभावको परिवर्तनमा हुने प्रवेशको बारेमा गम्‍भीर छैनन्। के त्यो व्यर्थ होइन र? परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा, यदि ऊ जीवनका मामलाहरूप्रति गम्‍भीर छैन, उसले सत्यतामा प्रवेश गर्ने कार्यको खोजी गर्दैन, आफ्‍नो स्वभावमा परिवर्तन ल्याउने कार्यको खोजी गर्दैन र परमेश्‍वरको कार्यको ज्ञानको खोजी त झन् गर्दै गर्दैन भने, उसलाई सिद्ध पारिन सकिँदैन। यदि तँ सिद्ध पारिन चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ। खास गरी, उहाँको सजाय र न्यायको महत्त्वलाई र किन मानिसमा यो कार्य गरिन्छ भन्‍ने कुरालाई तैँले बुझ्‍नैपर्छ। के तँ यस कार्यलाई स्वीकार गर्न सक्छस्? यस प्रकारको सजायको बेला, के तँ पत्रुसको जस्तै अनुभवहरू र ज्ञान प्राप्त गर्न सक्षम हुन्छस्? यदि तैँले परमेश्‍वरको ज्ञान र पवित्र आत्माको कार्यको ज्ञानको खोजी गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभाव परिवर्तनको खोजी गर्छस् भने, तँसँग सिद्ध पारिने मौका छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५२८

सिद्ध पारिनुपर्नेहरूका लागि, विजय गरिने कार्यको यो चरण अपरिहार्य छ; मानिसलाई विजय गरिएपछि मात्र उसले सिद्ध पारिने कार्य अनुभव गर्न सक्छ। विजय गरिएको भूमिका निर्वाह गर्नुमा मात्रै कुनै ठूलो महत्त्व छैन, यसले तँलाई परमेश्‍वरद्वारा प्रयोग गरिनको लागि योग्य तुल्याउनेछैन। सुसमाचार फैलाउने कार्यमा तैँले आफ्‍नो भूमिका निर्वाह गर्ने कुनै माध्यम तँसँग हुनेछैन, किनभने तैँले जीवनको खोजी गर्दैनस्, र आफूभित्रको परिवर्तन र नवीकरणको खोजी गर्दैनस्, त्यसैले तँसँग जीवनसम्‍बन्धी कुनै खास अनुभव छैन। एकपछि अर्को गरिने यो चरणबद्ध कार्यमा, तैँले एकपटक सेवाकर्ताको रूपमा र प्रतिभारको रूपमा काम गरिस्, तर तँ अन्तिममा पत्रुसजस्तै बन्‍ने खोजी गर्दैनस् भने, र जुन मार्गद्वारा पत्रुस सिद्ध पारिए तेरो खोजी त्यसअनुसार छैन भने, स्वाभाविक रूपमै तैँले आफ्‍नो स्वभाव परिवर्तनको अनुभव गर्नेछैनस्। यदि तँ सिद्ध पारिने प्रयासमा लागेको व्यक्ति होस् भने, तैँले साक्षी दिनेछस्, र तैँले यसो भन्‍नेछस्: “परमेश्‍वरको यो चरणबद्ध कार्यमा, मैले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गरेको छु, र मैले ठूलो कष्ट भोगेको भए पनि, परमेश्‍वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ भन्‍ने कुरा मैले जानेको छु, परमेश्‍वरले गर्नुभएको काम मैले प्राप्त गरेको छु, मैले परमेश्‍वरको धार्मिकताको ज्ञान पाएको छु र उहाँको सजायले मलाई मुक्ति दिएको छ। उहाँको धर्मी स्वभाव ममा आइपरेको छ र मलाई आशिष्‌हरू र अनुग्रह ल्याइदिएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको र शुद्ध पारेको छ। यदि परमेश्‍वरद्वारा मलाई सजाय र न्याय नगरिएको, र परमेश्‍वरको कठोर वचन ममा नआइपरेको भए, मैले परमेश्‍वरलाई चिन्‍न सक्दिनथेँ, न त मुक्ति नै पाउन सक्थेँ। आज म देख्‍छु: सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिले परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै कुराहरूको आनन्द लिने मात्र होइन, अझै महत्त्वपूर्ण, सृष्टि गरिएका सम्पूर्ण प्राणीहरूले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायमा आनन्द लिनुपर्छ, किनभने परमेश्‍वरको स्वभाव मानिसद्वारा आनन्द लिन योग्य छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिले परमेश्‍वरको धर्मी न्यायमा आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र त्यति मात्र होइन, त्यसमा महान् प्रेम छ। आज परमेश्‍वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न म असक्षम भए पनि, यसलाई देख्‍ने सौभाग्य मैले प्राप्त गरेको छु, र यसमा मैले आशिष् पाएको छु।” सिद्ध पारिएको अनुभव गर्नेहरूले हिँड्ने बाटो यही हो र तिनीहरूले बताउने ज्ञान यही हो। त्यस्ता मानिसहरू पत्रुसजस्तै हुन्; तिनीहरूमा पत्रुसको जस्तै अनुभवहरू छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, सत्यता भएका व्यक्तिहरू हुन्। जब तिनीहरूले अन्त्यसम्‍मै अनुभव गर्छन्, परमेश्‍वरको न्यायको अवधिमा तिनीहरूले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नेछन्, र तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५२९

सुरुमा परमेश्‍वरद्वारा सृष्टि गरिएका आदम र हव्‍वा पवित्र मानिसहरू थिए, अर्थात् अदनको बगैंचामा हुँदा तिनीहरू पवित्र थिए, फोहोरले दूषित भएका थिएनन्। तिनीहरू यहोवाप्रति बफादार थिए र यहोवालाई धोका दिनेबारेमा तिनीहरूलाई केही थाहा थिएन। किनभने तिनीहरूमा शैतानको प्रभावको बाधा थिएन, शैतानको विष थिएन र तिनीहरू सारा मानवजातिमध्ये सबैभन्दा शुद्ध थिए। तिनीहरू अदनको बगैंचामा कुनै पनि फोहोरद्वारा अशुद्ध नपारिएको, देहको वशमा नपरेको अवस्थामा र यहोवाको डर मान्दै बस्थे। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूमा सर्पको विष पर्‍यो, र यहोवालाई धोका दिने इच्‍छा जाग्यो, र तिनीहरू शैतानको प्रभावमा जिए। सुरुमा, तिनीहरू पवित्र थिए र तिनीहरू यहोवादेखि डराउँथे; यो अवस्थामा मात्रै तिनीहरू मानव थिए। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाए, र शैतानको प्रभावमा जिए। तिनीहरूलाई शैतानले बिस्तारै भ्रष्ट बनाउँदै लग्यो र तिनीहरूले मानिसको मूल स्वरूप गुमाए। सुरुमा, मानिसमा यहोवाको सास थियो, ऊ अलिकति पनि विद्रोही थिएन र उसको हृदयमा कुनै दुष्टता थिएन। त्यो समयमा, मानिस साँच्‍चै मानव थियो। शैतानद्वारा भ्रष्ट गरिएपछि, मानिस जनावर बन्यो। उसका विचारहरू दुष्टता र फोहोरद्वारा भरिए, तिनमा कुनै असल कुरा वा पवित्रता थिएन। के यो शैतान होइन र? तैँले परमेश्‍वरको धेरै कार्य अनुभव गरेको छस्, तैपनि तँ परिवर्तन वा शुद्ध भएको छैनस्। तँ अझै पनि शैतानको सत्तामा जिउँछस् र परमेश्‍वरमा अझै पनि समर्पित छैनस्। यो विजय गरिएको तर सिद्ध नपारिएको व्यक्ति हो। अनि त्यस्तो व्यक्तिलाई सिद्ध पारिएको छैन भनेर किन भनिएको हो? किनभने यस्तो व्यक्तिले जीवनलाई वा परमेश्‍वरको कार्यसम्‍बन्धी ज्ञानलाई खोजी गर्दैन, बरु देहको सुख-चैन र क्षणिक सहजताको मात्रै लोभ गर्छ। परिणामस्वरूप, त्यस्ता व्यक्तिहरूको जीवन स्वभावमा कुनै परिवर्तन हुँदैन र तिनीहरूले परमेश्‍वरद्वारा सृष्टि भएको आफ्नो मूल स्वरूप पुनः प्राप्त गरेका हुँदैनन्। त्यस्ता मानिसहरू जिउँदो लासहरू हुन्, तिनीहरू आत्मा नभएका मृत मानिसहरू हुन्! आत्मामा तत्वहरूको ज्ञान खोजी नगर्नेहरू, पवित्रता खोजी नगर्नेहरू, र सत्यताअनुरूप जिउन नखोज्नेहरू, नकरात्मक पक्षमा मात्रै विजय गरिएकोमा सन्तुष्ट हुनेहरू, र परमेश्‍वरको वचनअनुसार जिउन र पवित्र मानिस बन्‍न नसक्‍नेहरू—यिनीहरू त्यस्ता मानिसहरू हुन् जसलाई मुक्ति दिइएको छैन। किनभने, यदि ऊ सत्यविहीन छ भने, परमेश्‍वरका जाँचहरूको अवधिमा त्यो मानिस दह्रिलो गरी खडा हुन सक्दैन; परमेश्‍वरका जाँचहरूको अवधिमा दह्रिलो गरी खडा हुन सक्‍नेहरू मात्रै मुक्ति पाएकाहरू हुन्। म पत्रुसजस्ता मानिसहरू, सिद्ध पारिन खोज्ने मानिसहरू चाहन्छु। सत्यताको उत्कट इच्छा र खोजी गर्नेहरूलाई आजको सत्यता दिइन्छ। परमेश्‍वरबाट मुक्ति पाउन इच्छा गर्नेहरूलाई नै यो मुक्ति दिइन्छ र यो तिमीहरूले मात्रै प्राप्त गर्नुपर्छ भन्‍ने छैन। यसको उद्देश्य तिमीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहोस् भन्‍ने हो; तिमीहरूले आफूलाई परमेश्‍वरले प्राप्त गर्न सक्‍नुहोस् भनेर नै परमेश्‍वरलाई प्राप्त गर्छौ। आज मैले यी वचनहरू तिमीहरूलाई बताएको छु, र तिमीहरूले ती सुनेका छौ, र तिमीहरूले यी वचनहरूअनुसार अभ्यास गर्नुपर्छ। अन्त्यमा, तिमीहरूले यी वचनहरूलाई अभ्यास गर्ने समय नै मैले यी वचनहरूद्वारा तिमीहरूलाई प्राप्त गरेको क्षण हुनेछ; यसै बेला, तिमीहरूले यी वचनहरूलाई पनि प्राप्त गरेका हुनेछौ, अर्थात् तिमीहरूले यो सर्वोच्‍च मुक्तिलाई प्राप्त गरेका हुनेछौ। शुद्ध पारिएपछि तिमीहरू वास्तविक मानव बनेका हुनेछौ। यदि तँ सत्यतामा जिउन वा सिद्ध पारिएको व्यक्तिको स्वरूपमा जिउन सक्दैनस् भने, तँ मानिस होइनस्, बरु जिउँदो लास होस्, पशु होस् किनभने तँ सत्यविहीन छस्, र यसको अर्थ के हो भने तँ यहोवाको सासविहीन छस्, त्यसैले तँ आत्मा नभएको मृत मानिस होस् भनेर भन्‍न सकिन्छ! विजय गरिएपछि साक्षी दिनु सम्‍भव भए पनि, तैँले थोरै मुक्तिबाहेक केही पनि प्राप्त गर्दैनस्, र तँ आत्मा भएको जीवित प्राणी बनेको छैनस्। तैँले सजाय र न्यायको अनुभव गरेको भए पनि, यसको परिणामस्वरूप तेरो स्वभाव नवीकरण वा परिवर्तन भएको छैन; तँ अझै पनि तेरो पुरानै व्यक्तित्व होस्, तँ अझै पनि शैतानको स्वामित्वमै छस्, र तँ शुद्ध पारिएको मानिस होइनस्। सिद्ध पारिएकाहरू मात्रै मूल्यवान् छन् र यस्ता मानिसहरूले मात्रै साँचो जीवन प्राप्त गरेका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५३०

आज, कतिपय मानिस परमेश्‍वरद्वारा प्रयोग गरिनुको पछि लाग्छन्, तर विजय गरिएपछि तिनीहरूलाई सिधै प्रयोग गर्न सकिँदैन। आज बोलिएका वचनहरूका हकमा, परमेश्‍वरले मानिसहरूलाई प्रयोग गर्नुहुँदा, यदि तँ अझै पनि ती हासिल गर्न सक्दैनस् भने, तँ सिद्ध पारिएको छैनस्। अर्को शब्दमा भन्दा, मानिसलाई सिद्ध पारिने अवधिको अन्त्यको आगमनले मानिसलाई हटाइनेछ कि परमेश्‍वरद्वारा प्रयोग गरिनेछ भन्‍ने कुरा निर्धारण गर्नेछ। विजय गरिएकाहरू निष्क्रिय र नकारात्मक पक्षका उदाहरणबाहेक केही होइनन्; तिनीहरू नमूना र प्रतिरूप हुन्, तर तिनीहरू प्रतिभारबाहेक अरू केही होइनन्। जब मानिसको जीवन स्वभाव परिवर्तन भएको हुन्छ, र उसले भित्र र बाहिर परिवर्तनहरू हासिल गरेको हुन्छ, तब मात्रै ऊ पूर्ण रूपमा पूर्ण पारिएको हुनेछ। आज, तँ के चाहन्छस्: विजय गरिनु, कि सिद्ध पारिनु? तँ कुन चाहिँ हासिल गर्न चाहन्छस्? के तैँले सिद्ध पारिनुका सर्तहरू पूरा गरेको छस्? तँमा अझै कुन सर्तहरूको कमी छ? तैँले आफूलाई कसरी सुसज्जित गर्नुपर्छ, र तैँले आफ्ना कमीकमजोरीहरूको कसरी परिपूर्ति गर्नुपर्छ? तँ सिद्ध पारिने मार्गमा कसरी अघि बढ्नुपर्छ? तँ कसरी पूर्ण रूपमा समर्पित हुनुपर्छ? तँ सिद्ध पारिन माग गर्छस्, त्यसोभए के तँ पवित्रीकरण पछ्याउँछस्? के तँ शुद्ध पारिनका लागि सजाय र न्याय अनुभव गर्न खोज्ने व्यक्ति होस्? तँ शुद्ध पारिनुको पछि लाग्छस्, त्यसोभए के तँ सजाय र न्याय स्वीकार गर्न इच्छुक छस्? तँ परमेश्‍वरलाई चिन्न माग गर्छस्, तर के तँसँग उहाँको सजाय र न्यायको ज्ञान छ? आज, उहाँले तँमा गर्ने धेरैजसो काम सजाय र न्याय हो; तँमा गरिएको यो कामबारे तेरो ज्ञान के हो? तैँले अनुभव गरेको सजाय र न्यायले तँलाई शुद्ध पारेको छ त? के यसले तँलाई परिवर्तन गरेको छ? के यसले तँमा कुनै प्रभाव पारेको छ? के तँ आजका यति धेरै काम—श्राप, न्याय, र खुलासाहरू—देखि वाक्क भएको छस्, कि तँलाई यी कुराहरू आफ्ना लागि एकदमै लाभदायक छन् भन्‍ने लाग्छ? तँ परमेश्‍वरलाई प्रेम गर्छस्, तर तँ उहाँलाई किन प्रेम गर्छस्? के तँ थोरै अनुग्रह प्राप्त गरेको कारण परमेश्‍वरलाई प्रेम गर्छस्? कि तँ शान्ति र आनन्द प्राप्त गरेपछि परमेश्‍वरलाई प्रेम गर्छस्? कि तँ उहाँको सजाय र न्यायद्वारा शुद्ध पारिएपछि परमेश्‍वरलाई प्रेम गर्छस्? तँलाई ठ्याक्कै कुन कुराले गर्दा परमेश्‍वरलाई प्रेम गर्छस्? सिद्ध पारिनका लागि पत्रुसले कुन-कुन सर्तहरू पूरा गरे? तिनी सिद्ध पारिएपछि, यो कुन महत्त्वपूर्ण तरिकाले अभिव्यक्त भएको थियो? के तिनले प्रभु येशूको तृष्णा गरेको कारण, वा तिनले उहाँलाई देख्न नसकेको कारण, वा तिनलाई हप्की खाएको महसुस भएको कारण उहाँलाई प्रेम गरे? कि तिनले सङ्कष्टहरूको कष्ट स्वीकार गरेको, र यसरी आफ्नै अशुद्धता र विद्रोहीपन, साथै प्रभुको पवित्रता चिन्न पुगेको कारण प्रभु येशूलाई अझै बढी प्रेम गरे? तिनको परमेश्‍वरलाई प्रेम गर्ने हृदय परमेश्‍वरको सजाय र न्यायका कारण अझै शुद्ध भयो कि अरू कुनै कुराका कारण? कुनचाहिँ हो त? तँ परमेश्‍वरको अनुग्रहका कारण, र आज उहाँले तँलाई केही थोरै आशिष्‌ दिनुभएको कारण परमेश्‍वरलाई प्रेम गर्छस्। के यो साँचो प्रेम हो? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? के तैँले उहाँको सजाय र न्याय स्वीकार गर्नुपर्छ, र उहाँको धर्मी स्वभावलाई देखेपछि, तँ पूर्ण रूपमा विश्वस्त हुनेगरी र तँसँग उहाँको ज्ञान हुनेगरी उहाँलाई साँचो रूपमा प्रेम गर्न सक्नुपर्छ? पत्रुसले जस्तै, के तँ आफूले परमेश्‍वरलाई जति प्रेम गरे पनि पुग्दैन भनेर भन्न सक्छस्? तँ सजाय र न्यायपछि विजय गरिनुलाई पछ्याउँछस् कि सजाय र न्यायपछि शुद्ध गरिनु, सुरक्षा पाउनु, र हेरचाह पाउनुको पछि लाग्छस्? तँ ठ्याक्कै यीमध्ये कुनलाई पछ्याउँछस्? तेरो जीवन अर्थपूर्ण छ कि अर्थहीन र मूल्यहीन छ? तँ देह चाहन्छस् कि सत्यता चाहन्छस्? तँ न्याय चाहन्छस् कि ऐस-आराम चाहन्छस्? परमेश्‍वरको यति धेरै काम अनुभव गरेपछि, र परमेश्‍वरको पवित्रता र धार्मिकता देखेपछि, तैँले कसरी पछ्याउनुपर्छ? तँ यस मार्गमा ठ्याक्कै कसरी हिँड्नुपर्छ? तैँले परमेश्‍वरलाई प्रेम गर्ने अभ्यास कसरी गर्नुपर्छ? के परमेश्‍वरको सजाय र न्यायले तँमा कुनै प्रभाव हासिल गरेको छ? तँसँग परमेश्‍वरको सजाय र न्यायको ज्ञान छ कि छैन भन्‍ने कुरा तँ के प्रकट गर्छस्, र तँ परमेश्‍वरलाई कुन हदसम्म प्रेम गर्छस् भन्‍ने कुरामा निर्भर हुन्छ! तेरा ओठले तँ परमेश्‍वरलाई प्रेम गर्छस् भनेर भन्छन्, तैपनि तँ पुरानो, भ्रष्ट स्वभाव नै प्रकट गर्छस्; तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छैन, र तँसँग विवेक हुनु त झनै परको कुरा हो। के त्यस्ता मानिसहरू परमेश्‍वरलाई प्रेम गर्छन्? के त्यस्ता मानिसहरू परमेश्‍वरप्रति बफादार हुन्छन्? के तिनीहरू परमेश्‍वरको सजाय र न्याय स्वीकार गर्नेहरू हुन्? तँ परमेश्‍वरलाई प्रेम गर्छु र उहाँमा विश्‍वास गर्छु भन्छस्, तैपनि तैँले आफ्ना धारणाहरू त्याग्दैनस्। तेरो काम, प्रवेश, तैँले बोल्ने वचनहरू, र तेरो जीवनमा, परमेश्‍वरप्रतिको तेरो प्रेमको अलिकति पनि प्रकटीकरण छैन, र परमेश्‍वरको डर मान्‍ने हृदय छैन। के यो सजाय र न्याय प्राप्त गरेको व्यक्ति हो? के यस्तो व्यक्ति पत्रुस हुन सक्छ? के पत्रुसजस्ता मानिसहरूसँग ज्ञान मात्रै हुन्छ, तर जियाइ हुँदैन? आज, वास्तविक जीवन जिउनका लागि मानिसले पूरा गर्नुपर्ने सर्त के हो? के पत्रुसका प्रार्थनाहरू तिनको मुखबाट निस्केका शब्दहरू मात्रै थिए? के ती तिनको हृदयको गहिराइबाट आएका शब्दहरू थिएनन् र? के पत्रुसले प्रार्थना मात्रै गरे, र सत्यतालाई अभ्यासमा लागू गरेनन्? तेरो पछ्याइ कसका खातिर हो? परमेश्‍वरको सजाय र न्यायको दौरान तैँले आफूलाई कसरी सुरक्षा र शुद्धीकरण प्राप्त गर्ने तुल्याउनुपर्छ? के परमेश्‍वरको सजाय र न्याय मानिसका लागि लाभदायक हुँदैन र? के सबै न्याय दण्ड हो? के शान्ति र आनन्द मात्रै, भौतिक आशिष्‌ र क्षणिक सुख-सुविधा मात्रै मानिसको जीवनका लागि लाभदायक हुन सक्छन् र? यदि मानिस सहजता र सुख-सुविधाको वातावरणमा जिउँछ, न्यायविनाको जीवन जिउँछ भने, के ऊ शुद्ध पारिन सक्छ? यदि मानिस परिवर्तन हुन र शुद्ध पारिन चाहन्छ भने, उसले सिद्ध पारिनुलाई कसरी स्वीकार गर्नुपर्छ? आज तैँले कुन मार्ग छनौट गर्नुपर्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५३१

पत्रुसको बारेमा उल्लेख गर्दा, मानिसहरूले उसको बारेमा भन्‍ने असल कुराहरूको अन्त हुँदैन। तिनीहरू तुरुन्तै उसले परमेश्‍वरलाई तीन पटक इन्कार गरेको, उसले शैतानको सेवा गरेर कसरी परमेश्‍वरको परीक्षा गरेका थिए, र आखिरीमा ऊ परमेश्‍वरको खातिर कसरी क्रूसमा उँधोमुन्टो पारी झुन्ड्याइएका थिए, र यस्तै इत्यादि कुराहरू सम्झन्छन्। अब म तिमीहरूलाई पत्रुसले मलाई कसरी चिने र उसको अन्तिम अवस्था कस्तो थियो भन्‍ने कुरामा जोड दिन जाँदैछु। पत्रुस असल क्षमता भएको व्यक्ति थिए, तर उसका परिस्थितिहरू पावलको जस्ता थिएनन्: उसका बाबुआमाले मलाई सताए, उनीहरू शैतानको अधिकारमा रहने भूतात्माहरू थिए, त्यसैको फलस्वरूप, उनीहरूले पत्रुसलाई परमेश्‍वरको बारेमा कुनै शिक्षा दिएनन्। पत्रुस बुद्धिमान्, प्रतिभाशाली, र सानै उमेरदेखि उसका बाबुआमाद्वारा पुलपुल्याइएका व्यक्ति थिए। तापनि वयस्क बनेपछि, ऊ उनीहरूका शत्रु बने, किनकि उसले मेरो बारेमा ज्ञानको खोजी गर्न कहिल्यै छोडेन, र फलस्वरूप उनीहरूलाई त्यागे। यस्तो किन भयो भने, सबै कुराहरूभन्दा माथि, उसले स्वर्ग र पृथ्वी र त्यसमा भएका सबै थोकहरू सर्वशक्तिमानको हातमा छन् र सबै सकारात्मक कुराहरू परमेश्‍वरबाट आउँछन् र शैतानको प्रक्रियाबाट नगई सिधै उहाँबाट जारी हुन्छन्‌ भनी उनले विश्‍वास गर्थे। पत्रुसका बाबुआमाको विरोधाभासले गर्दा उसले मेरो दया र कृपाको बारेमा अझ ठूलो ज्ञान प्राप्त गरे, यसरी मलाई खोज्ने उसको चाहना अझ बढ्यो। उसले मेरो वचन केवल खाने र पिउनेमा मात्र होइन, तर त्यसबाहेक, मेरा अभिप्रायहरू बुझ्नमा पनि ध्यान दियो, र ऊ आफ्नो हृदयमा सधैँ सतर्क थियो। फलस्वरूप, आफ्नो आत्मामा ऊ सधैँ संवेदनशील थियो, र यसरी, उसले गर्ने सबै कार्यमा ऊ मेरा अभिप्रायअनुसारको व्यक्ति बन्यो। आफैलाई प्रोत्साहन दिनका निम्ति उसले विगतका मानिसहरूको असफलताहरूलाई निरन्तर ध्यान दिने काम गर्थ्यो, असफलताको पासोमा परिएला भनी धेरै डराउथ्यो। त्यसैगरी, उसले युगौं-युगदेखि परमेश्‍वरलाई प्रेम गर्ने सबैको विश्‍वास र प्रेम आत्मसात् गर्ने कुरामा पनि ध्यान दियो। यसरी—नकारात्मक पक्षहरूमा मात्र होइन, तर अझ महत्त्वपूर्ण रूपमा, सकारात्मक पक्षहरूमा पनि—ऊ धेरै चाँडो वृद्धि भयो, यहाँसम्म कि मेरो उपस्थितिमा उसको ज्ञान सबैभन्दा महान् बन्यो। तब, उसले आफूसँग भएका सबै थोकहरू कसरी मेरो हातमा दियो, खाने, लाउने, सुत्ने र ऊ कहाँ बस्ने भन्‍ने विषयमा लिने निर्णय समेतलाई पनि कसरी समर्पण गर्यो, अनि त्यसको साटो, सबै कुराहरूमा मलाई सन्तुष्ट पार्ने आधारमा मेरा सम्पत्तिहरूको आनन्द उपभोग गर्यो भन्‍ने कुरा कल्पना गर्नु गाह्रो छैन। मैले उसलाई अनगन्ती परीक्षाहरू अनुभव गर्न लगाएँ—त्यस्ता परीक्षाहरू, जसले स्वाभाविक रूपमा उसलाई अर्ध-मृत बनायो—तर यी सयौं परीक्षाहरूको बीचमा पनि उसले मप्रतिको आफ्नो विश्‍वास कहिल्यै पनि गुमाएन वा मप्रति कहिल्यै निराश भएन। मैले उसलाई त्यागिदिएको छु भन्दासमेत पनि ऊ निरुत्साहित वा निराशित भएन, र व्यावहारिक रूपमा र विगतको अभ्यासका सिद्धान्तहरू अनुसार मलाई प्रेम गरिरह्यो। उसले मलाई प्रेम गरे तापनि म उसको प्रशंसा गर्दिनँ, अन्त्यमा म उसलाई शैतानको हातमा सुम्पिदिनेछु भनेर मैले उसलाई भनेँ। तर त्यस्ता परीक्षाहरूको बीचमा पनि, उसको शरीरमा आएका होइनन्, तर वचनमा आएका परीक्षाहरूको बीचमा, उसले अझै पनि मसँग प्रार्थना गर्दै भन्यो, “हे परमेश्‍वर! हे सर्वशक्तिमान्, स्वर्ग र पृथ्वी र सबै थोकहरूको माझमा, तपाईँको हातमा नभएको के कुनै यस्तो मानिस, कुनै प्राणी वा कुनै थोक छ र? जब तपाईँ मप्रति कृपालु बन्नुहुन्छ, तब तपाईँको कृपाले गर्दा मेरो हृदय अति आनन्दित हुन्छ। जब तपाईँले मेरो न्याय गर्नुहुन्छ, तब म जत्ति नै अयोग्य भए पनि तपाईँका कामहरूको बुझ्‍न नसकिने अवस्थाको अझ अधिक ज्ञान प्राप्त गर्छु, किनकि तपाईँ अधिकार र बुद्धिले भरिनुभएको छ। मेरो शरीरले कष्ट भोगे तापनि मेरो आत्माले सान्त्वना पाएको छ। म तपाईँको बुद्धि र कार्यहरूलाई प्रशंसा नगरी कसरी रहन सकुँला र? तपाईँलाई चिनेपछि म मर्नुपर्छ भने पनि, म खुसी र आनन्दसाथ किन त्यसो गर्न नसकुँला र? हे सर्वशक्तिमान्! के मैले तपाईँलाई देखेको तपाईँ साँच्चै चाहनुहुन्न र? के म साँच्चै तपाईँको न्याय पाउन अयोग्य छु र? के ममा कुनै यस्तो कुरा छ जुन तपाईँ देख्न चाहनुहुन्न?” त्यस्ता परीक्षाहरूको समयमा, पत्रुसले मेरा अभिप्रायलाई विशुद्ध प्रकारले बुझ्न नसके पनि, यो स्पष्ट थियो कि (उसले मेरो इन्साफ प्राप्त गरेको भए पनि मानवजातिले मेरो प्रताप र क्रोध देख्न सकोस्‌ भनेर) मद्वारा प्रयोग हुने कुरामा ऊ गौरवान्वित र सम्मानित भयो, र ती परीक्षाहरूद्वारा ऊ दुःखी भएन। मेरो सामुन्ने उसको निष्ठाको कारण र मैले उसमाथि राखिदिएको मेरो आशीषको कारण ऊ हजारौं वर्षसम्म मानिसको निम्ति एउटा उदाहरण र नमुना बनेको छ। के तिमीहरूले अनुकरण गर्नुपर्ने कुरा पनि बिलकुल यही होइन र? मैले पत्रुसको बारेमा यति लामो वृत्तान्त किन बताएँ, त्यसबारे राम्ररी र गहन रूपमा विचार गर; तिमीहरू जिउनु पर्ने सिद्धान्तहरू यी नै हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ६

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५३२

पत्रुसले धेरै वर्षसम्म येशूलाई पछ्याए र उहाँमा धेरै कुरा देखे, जुन अन्य मानिसमा थिएनन्। पत्रुसले एक वर्षसम्म येशूलाई पछ्याएपछि, उहाँले तिनलाई बाह्र चेलामध्ये चुन्‍नुभयो। (अवश्य पनि येशूले यो कुरालाई उच्‍च स्वरमा बोल्‍नुभएन र अरूले यसबारे बिलकुलै थाहा पाएनन्।) पत्रुसले जीवनमा आफूलाई येशूले गर्नुभएका हरेक कुराद्वारा मापन गरे। सबैभन्दा महत्वपूर्ण कुरा, येशूले प्रचार गर्नुभएका सन्देशहरू तिनको हृदयमा गढेर बसे। तिनी येशूप्रति अत्यन्तै विचारशील र बफादार थिए, अनि तिनले उहाँविरुद्ध कहिल्यै कुनै गुनासो गरेनन्। परिणामस्वरूप, तिनी येशू जानुहुने हरेक ठाउँमा उहाँको विश्‍वासयोग्य साथी बने। पत्रुसले येशूका शिक्षा, उहाँका भद्र वचन, उहाँले आफ्नो भोजनमा खानुहुने कुरा, उहाँका वस्त्र, उहाँको आश्रय, र उहाँको यात्राको तौरतरिका अवलोकन गरे। तिनले सबै कुरामा येशूको अनुकरण गरे। तिनी कहिले पनि आत्म-धर्मी बनेनन्, बरु तिनले त पुराना भइसकेका सबै कुरालाई फालिदिए, अनि वचन र कर्म दुवैमा येशूको उदाहरण पछ्याए। त्यसै समयमा पत्रुसले स्वर्ग र पृथ्वी अनि सबै थोक सर्वशक्तिमान्‌को हातमा छन् र त्यही कारणले गर्दा तिनले आफूसँग कुनै व्यक्तिगत विकल्प छैन भन्‍ने अनुभूति गरे। पत्रुसले येशू जे हुनुहुन्थ्यो, ती सबै आफूमा समाहित गरे र त्यसलाई एक उदाहरणको रूपमा प्रयोग गरे। येशूको जीवनले उहाँ आफूले गरेका कामकुरामा आत्म-धर्मी हुनुहुन्नथ्यो भन्‍ने देखाउँछ; उहाँले आफूबारे ठूलाठूला कुरा गर्नुको साटो मानिसहरूलाई प्रेमद्वारा प्रेरणा दिनुहुन्थ्यो। विविध कामकुराले येशू जे हुनुहुन्थ्यो त्यो देखायो, र त्यही कारण पत्रुसले उहाँसम्बन्धी हरेक कुरा अनुसरण गरे। पत्रुसलाई आफ्ना अनुभवहरूले येशूको प्रेमिलोपनको झन्-झन् बढी बोध गराए, र तिनले यस्ता कुरा भने, “मैले सारा ब्रह्माण्डभरि सर्वशक्तिमान्‌लाई खोजेको छु, र स्वर्ग र पृथ्वीमा अनि सबै थोकमा अचम्मका कामहरू देखेको छु, यसरी मैले सर्वशक्तिमान्‌को प्रेमिलोपनको गहन बोध हासिल गरेको छु। तर, मेरो आफ्नै हृदयमा यति साँचो प्रेम कहिल्यै थिएन, र मैले सर्वशक्तिमान्‌को प्रेमिलोपनलाई आफ्नै आँखाले कहिल्यै देखेको थिइनँ। आज सर्वशक्तिमान्‌का नजरमा, म उहाँको निगाहको पात्र भएको छु, र मैले बल्‍ल परमेश्‍वरको प्रेमिलोपन अनुभूति गरेको छु। मैले अन्त्यमा के पत्ता लगाएको छु भने, परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको तथ्यले मात्र मानवजातिलाई उहाँप्रति प्रेम गर्ने तुल्याउँदैन; मैले त मेरो दैनिक जीवनमा उहाँको असीमित प्रेमिलोपन भेटेको छु। कसरी यो अहिले तत्काल देख्न सकिने कुरामा मात्र सीमित हुन सक्छ र?” समय बित्दै जाँदा, धेरै प्रेमिलो कुराहरू पत्रुसमा देखा पर्दै गए। तिनी येशूप्रति एकदमै समर्पित बने र अवश्य नै, तिनले केही धक्का पनि खाए। जब येशूले पत्रुसलाई विभिन्‍न स्थानमा प्रचार गर्नको लागि लैजानुहुन्थ्यो, तब तिनले आफूलाई सधैँ विनम्र तुल्याएर येशूका उपदेशहरू सुन्थे। वर्षौंसम्म येशूलाई पछ्याएको कारणले तिनी कहिल्यै पनि अहङ्कारी बनेनन्। येशूले उहाँ आउनुको कारण भनेको आफ्नो काम सम्पन्न गर्न क्रूसमा टाँगिनको लागि हो भनी भन्नुभएपछि, पत्रुसले आफ्नो हृदयमा धेरै पटक पीडा अनुभूति गर्थे र एकान्तमा एकलै रुन्थे। तैपनि, अन्तमा त्यो “दुर्भाग्यपूर्ण” दिन आयो। येशू पक्राउ पर्नुभएपछि पत्रुस माछा मार्ने आफ्नो डुङ्गामा गएर एकलै रोए र त्यसको लागि धेरै प्रार्थना गरे। तर तिनलाई आफ्नो हृदयमा त्यो घटना परमेश्‍वर पिताको इच्छा हो र त्यसलाई कसैले पनि बदल्न सक्दैन भन्‍ने थाहा थियो। तिनी आफ्नो प्रेमको कारण पीडामै रहिरहे र तिनले आँखाभरि आँसु बोकिरहे। त्यो, अवश्य पनि मानवीय कमजोरी हो। यसरी, जब तिनले येशूलाई क्रूसमा टाँगिँदैछ भन्‍ने थाहा पाए, तब तिनले येशूलाई सोधे, “तपाईंले संसार छाड्नुभएपछि, के तपाईं हामीमाझ हाम्रो रखवाली गर्न फर्कनुहुनेछ त? के हामी अझै पनि तपाईंलाई देख्न सक्‍नेछौं त?” ती वचनहरू एकदमै अज्ञानतापूर्ण र मानव धारणाहरूले भरिएको भए तापनि, येशूले पत्रुसको पीडाको तिक्तता बुझ्नुभयो, यसकारण उहाँले प्रेम देखाउँदै पत्रुसको कमजोरीलाई विचार गर्नुभयो: “पत्रुस, मैले तँलाई प्रेम गरेको छु। के त्यो तँलाई थाहा छ? तैँले जे भन्छस्, त्यसको पछाडि कुनै कारण नभएको भए तापनि, पिताले के प्रतिज्ञा गर्नुभएको छ भने, म मेरो पुनरुत्थानपछि ४० दिनसम्‍म मानिसहरूसमक्ष देखा पर्नेछु। के तँ मेरो आत्माले तिमीहरू सबैलाई बारम्बार अनुग्रह प्रदान गर्नेछ भनी विश्‍वास गर्दैनस् र?” पत्रुसले त्यस कुराबाट केही सान्त्वना महसुस गरेको भए तापनि, अझै पनि एउटा कुरा छुटेको महसुस गरे, त्यसैले पुनरुत्थान हुनुभएपछि, येशू तिनीकहाँ पहिलोपल्ट खुला रूपमा देखा पर्नुभयो। तथापि, पत्रुसलाई निरन्तर आफ्ना धारणाहरूमा अल्झिनबाट रोक्न येशूले आफ्नो लागि पत्रुसले तयार पारेको खर्चिलो खाना अस्वीकार गर्नुभयो र एकै निमेषमा बिलाउनुभयो। त्यस क्षणपछि, पत्रुसले अन्ततः प्रभु येशूबारे गहन बुझाइ प्राप्त गरे र उहाँलाई अझ बढी प्रेम गरे। उहाँको पुनरुत्थानपश्चात, येशू बारम्बार पत्रुसकहाँ देखा पर्नुभयो। ती चालीस दिन बितेपछि र उहाँले स्वर्गारोहण गर्नुभएपछि, उहाँ फेरि तीन पटक पत्रुसकहाँ देखा पर्नुभयो। हरेक देखा पराइ ठीक त्यो बेला हुन्थ्यो, जुन बेला पवित्र आत्माको एउटा काम पूरा हुन लागेको हुन्थ्यो अनि नयाँ कामको सुरुवात हुन लागेको हुन्थ्यो।

पत्रुसले जीवनभरि नै जीविकाको लागि माछा मार्ने काम गरे, तर त्योभन्दा पनि बढी तिनी प्रचार गर्नलाई जिए। तिनले आफ्ना पछिल्ला दिनहरूमा पत्रुसका पहिलो र दोस्रो पत्रहरूका साथै तत्कालीन फिलाडेल्फिया मण्डलीको लागि धेरै पत्रहरू लेखे। त्यस समयका मानिसहरू तिनीद्वारा गहन रूपमा प्रभावित भएका थिए। तिनले आफ्नै योग्यताको प्रयोग गरी मानिसहरूलाई प्रवचन सुनाउनुको सट्टा, जीवनमा सुहाउँदो भरणपोषण प्रदान गरे। तिनले येशूले संसार छाड्नुअघि येशूले दिनुभएका शिक्षालाई कहिल्यै भुलेनन्, र आफ्नो जीवनभरि नै तिनै शिक्षाद्वारा प्रेरणा प्राप्त गरिरहे। येशूलाई पछ्याउँदाको समयमा, तिनले प्रभुको प्रेमको पैँचो मृत्युले तिर्ने र सबै कामकुरामा उहाँको उदाहरण अनुसरण गर्ने सङ्कल्प लिए। येशूले त्यस कुरामा सहमति जनाउनुभयो, त्यसकारण पत्रुस ५३ वर्षको हुँदा (येशूले स्वर्ग प्रस्थान गर्नुभएको २० वर्षभन्दा पछि), तिनलाई तिनको आकाङ्क्षा पूरा गर्न मद्दत गर्नको लागि येशू तिनीकहाँ देखा पर्नुभयो। त्यसपछिका सात वर्षहरूमा, पत्रुसले आफैलाई चिन्ने प्रयास गर्दै समय बिताए। ती सात वर्षपछि एक दिन, तिनलाई उँधोमुन्टो पारी क्रूसमा टाँगियो, यसरी तिनको असाधारण जीवनको अन्त्य भयो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, पत्रुसको जीवनको बारेमा

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५३३

अन्धकारको प्रभाव के हो? यो तथाकथित “अन्धकारको प्रभाव” भनेको मानिसहरूलाई भ्रमित पार्ने, भ्रष्ट तुल्याउने, बाँध्ने, र नियन्त्रण गर्ने शैतानको प्रभाव हो; शैतानको प्रभाव यस्तो प्रभाव हो, जसमा मृत्युको आभा हुन्छ। शैतानको शक्तिअन्तर्गत जिउनेहरू सबैको नाश हुने निश्चित छ। परमेश्‍वरमा विश्वास गर्न पुगेपछि तँ कसरी अन्धकारको प्रभावबाट उम्कन सक्छस्? जब तैँले निष्कपट रूपमा परमेश्‍वरलाई प्रार्थना गरेको हुन्छस्, तब तेरो हृदय पूर्ण रूपमा उहाँतर्फ फर्कनेछ, त्यस बिन्दुमा तेरो हृदय परमेश्‍वरका आत्माद्वारा प्रेरित हुनेछ र तँ आफूलाई पूर्ण रूपमा उहाँमा सुम्पन इच्छुक हुनेछस्, र यस क्षणमा, तँ अन्धकारको प्रभावबाट उम्केको हुनेछस्। यदि कुनै व्यक्तिले गर्ने हरेक कुराले परमेश्‍वरलाई प्रसन्न पार्छ र त्यो उहाँका मागहरूअनुरूप हुन्छ भने, ऊ परमेश्‍वरका वचनहरूभित्र र उहाँको हेरचाह र सुरक्षाअन्तर्गत जिउने व्यक्ति हो। यदि मानिसहरू परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्दैनन्, यदि तिनीहरू सधैँ उहाँप्रति झाराटारुवा तरिकाले व्यवहार गरिरहेका हुन्छन्, र उहाँको अस्तित्वमा विश्वास गर्दैनन् भने, यी सबै अन्धकारको प्रभावअन्तर्गत जिउने मानिसहरू हुन्। परमेश्‍वरद्वारा मुक्ति नदिइएकाहरू सबै शैतानको शक्तिअन्तर्गत जिइरहेका हुन्छन्; अर्थात्, तिनीहरू सबै अन्धकारको प्रभावअन्तर्गत जिउँछन्। परमेश्‍वरमा विश्वास नगर्नेहरू शैतानको शक्तिअन्तर्गत जिइरहेका हुन्छन्। परमेश्‍वरको अस्तित्वमा विश्वास गर्नेहरू समेत उहाँको ज्योतिमै जिइरहेका हुन्छन् भन्‍ने हुँदैन, किनभने उहाँमा विश्वास गर्नेहरू उहाँका वचनहरूभित्रै नै जिइरहेका वा अवश्यै उहाँमा समर्पित हुन सक्षम हुन्छन् भन्‍ने हुँदैन। मानिस परमेश्‍वरमा विश्वास गर्नमा मात्रै सीमित छ, र ऊसँग परमेश्‍वरको ज्ञान नभएको हुनाले, ऊ अझै पनि पुराना प्रावधानहरूभित्र जिइरहेको हुन्छ, मृत शब्दहरूको बीचमा जिइरहेको हुन्छ, र अन्धकारमय र अस्पष्ट जीवन जिइरहेको हुन्छ, जो न त परमेश्‍वरद्वारा पूर्ण रूपमा शुद्ध पारिएको हुन्छ न त उहाँद्वारा पूर्ण रूपमा प्राप्त गरिएको नै हुन्छ। त्यसकारण, परमेश्‍वरमा विश्वास नगर्नेहरू अन्धकारको प्रभावअन्तर्गत जिइरहेका हुन्छन् भन्‍ने कुरा त भनिरहनै पर्दैन; परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनी विश्वास गर्ने मानिसहरू समेत पवित्र आत्माको काम नभएका कारण अझै पनि यसको प्रभावअन्तर्गत जिउन सक्छन्। परमेश्‍वरको अनुग्रह वा कृपा नभएका मानिसहरूले पवित्र आत्माको कामको प्रवृत्ति देख्न सक्दैनन्। पवित्र आत्माले आफूमा काम गरिरहनुभएको छ कि छैन भनी महसुस गर्न नसक्नेहरू सबै नै अन्धकारको प्रभावअन्तर्गत जिइरहेका हुन्छन्; र धेरैजसो समय, परमेश्‍वरको अनुग्रहको आनन्द मात्र लिने तर उहाँलाई नचिन्ने मानिसहरू पनि त्यसरी नै जिइरहेका हुन्छन्। यदि कुनै व्यक्तिले परमेश्‍वरमा विश्वास गर्छ तैपनि आफ्नो जीवनको अधिकांश समय अन्धकारको प्रभावअन्तर्गत जिएर बिताउँछ भने, यस व्यक्तिको अस्तित्वले आफ्नो अर्थ गुमाएको हुन्छ—अनि परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनी विश्वास नगर्ने मानिसहरूबारे उल्लेख गर्न त किन आवश्यक छ र?

परमेश्‍वरको कार्यलाई स्वीकार गर्न नसक्नेहरू, अथवा परमेश्‍वरको कार्यलाई स्वीकार गर्ने तर उहाँका मागहरूलाई पूरा गर्न असमर्थ हुनेहरू सबै अन्धकारको प्रभावमा जिइरहेका मानिसहरू हुन्। सत्यतालाई अनुसरण गर्नेहरू र परमेश्‍वरका मागहरू पूरा गर्न सक्‍नेहरूले मात्रै उहाँबाट आशिषहरू प्राप्त गर्नेछन्, र तिनीहरू मात्रै अन्धकारको प्रभावदेखि उम्किनेछन्। जो स्वतन्त्र भएका छैनन्, जो सधैँ केही निश्चित कुराहरूद्वारा बन्धित हुन्छन्, अनि जसले आफ्नो हृदय परमेश्‍वरलाई दिन सक्दैनन्, तिनीहरू मृत्युको वातावरणमा जिउँदै शैतानको बन्धनमुनि रहने मानिसहरू हुन्। आफ्‍ना कर्तव्यहरूप्रति विश्‍वासयोग्य नहुने, परमेश्‍वरको आज्ञाप्रति विश्‍वासयोग्य नहुने अनि मण्डलीमा गर्नुपर्ने आफ्ना काम-कर्तव्यहरू पूरा गर्न नसक्‍नेहरू अन्धकारको प्रभावमुनि जिउने मानिसहरू हुन्। जसले जानाजान मण्डली-जीवनलाई बिथोल्छन्, जसले जानी-बुझी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको माझमा अमेलको बीउ रोप्छन् वा जसले गुट निर्माण गर्छन्, तिनीहरू अझै गहिरो अन्धकारको प्रभावमा, शैतानको बन्धनमा जिउने मानिसहरू हुन्। परमेश्‍वरसित असामान्य सम्बन्ध कायम राख्‍नेहरू, लालची इच्छाहरू बोकेर हिँड्नेहरू, सधैँ लाभ हासिल गर्न चाहनेहरू, र आफ्नो स्वभाव कहिल्यै रूपान्तरण गर्न नखोज्‍नेहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। सधैँ बेहोसी रहने अनि सत्यताको अभ्यासमा कहिल्यै गम्भीर नहुने, परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने कार्यमा लागिपर्नुको सट्टामा आफ्नै देहलाई सन्तुष्ट गर्न खोज्‍नेहरू पनि, मृत्युको आवरणले ढाकिएको अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। परमेश्‍वरको निम्ति काम गर्दा जो कुटिलता र छलकपटमा संलग्न हुन्छन्, जसले परमेश्‍वरसित लापरवाहीपूर्ण ढङ्गले व्यवहार गर्छन्, जसले परमेश्‍वरलाई ठग्छन् अनि जसले सधैँ आफ्नै निम्ति योजना बनाउँछन्, तिनीहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। जसले परमेश्‍वरलाई साँचो रीतिले प्रेम गर्न सक्दैनन्, जसले सत्यताको अनुसरण गर्दैनन्, अनि जो आफ्नो स्वभावलाई रूपान्तरण गर्ने कार्यमा केन्द्रित हुँदैनन्, तिनीहरू सबै अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५३४

यदि तैँले परमेश्‍वरको स्याबासी पाउने चाहना गर्छस् भने, तँ पहिले परमेश्‍वरको निम्ति आफ्नो हृदय खोलेर यसलाई पूर्ण रूपले उहाँतर्फ फर्काउँदै शैतानको अन्धकारपूर्ण प्रभावदेखि उम्कनुपर्छ। अहिले तैँले गरिरहेका कुराहरूको निम्ति के परमेश्‍वरले तँलाई स्याबासी दिनुहुन्छ? के तैँले आफ्नो हृदय परमेश्‍वरतिर फर्काएको छस्? के तैँले गरेका कुराहरू परमेश्‍वरले तँबाट माग गर्नुभएका कुरा हुन् र? के ती सत्यतासित मेल खान्छन्? सधैँ आफैलाई जाँच् र परमेश्‍वरको वचन खाने र पिउने कार्यमा ध्यान केन्द्रित गर्; उहाँको सामु आफ्नो हृदयलाई खोल्, उहाँलाई इमान्दारितापूर्वक प्रेम गर् र भक्ति पूर्वक परमेश्‍वरको निम्ति आफैलाई समर्पित गर्। यस्तो गर्ने मानिसहरूलाई परमेश्‍वरले निश्चय नै स्याबासी दिनुहुनेछ। परमेश्‍वरमा विश्‍वास गर्ने, तापनि सत्यतालाई अनुसरण नगर्नेहरूसँग शैतानको प्रभावदेखि उम्कने कुनै उपाय हुँदैन। इमान्दारितासहित आफ्नो जीवन नजिउने, अरूको सामु एक प्रकारले व्यवहार गर्ने तर तिनीहरूको पछाडि अर्कै प्रकारले व्यवहार गर्ने, नम्रता, धैर्यता तथा प्रेमको बाह्य रूप मात्रै देखाउने, तैपनि घातक, धूर्त सार भएका र परमेश्‍वरप्रति वफादार नहुनेहरू—त्यस्ता मानिसहरू अन्धकारको प्रभावमा जिउनेहरूका खास प्रतिनिधिहरू हुन्; तिनीहरू सर्प वर्गका हुन्। सधैँ आफ्नै फाइदाको निम्ति मात्रै परमेश्‍वरमा विश्‍वास गर्ने, स्वधर्मी र अभिमानी, देखावटी व्यवहार गर्ने, अनि आफ्नै हैसियतको रक्षा गर्ने मानिसहरू शैतानलाई प्रेम गर्ने, सत्यतालाई विरोध गर्नेहरू हुन्। यी मानिसहरूले परमेश्‍वरलाई विरोध गर्छन् तिनीहरू पूर्ण रूपले शैतानका हुन्। परमेश्‍वरका बोझहरूलाई ध्यान नदिने, सम्पूर्ण हृदयले परमेश्‍वरको सेवा नगर्ने, सधैँ आफ्नै स्व-रुचिहरू र आफ्नै परिवारका रुचिहरूको चासो गर्ने, परमेश्‍वरको निम्ति आफूलाई समर्पित गर्न हरेक कुरा त्याग्न नसक्‍ने, र कहिल्यै परमेश्‍वरको वचनद्वारा नजिउनेहरू परमेश्‍वरको वचनबाट बाहिर रहने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको स्याबासी प्राप्त गर्न सक्दैनन्।

परमेश्‍वरले मानिसहरूलाई सृष्टि गर्नुहुँदा, तिनीहरूले उहाँको प्रशस्तताको आनन्द लिऊन् र उहाँलाई साँचो रीतिले प्रेम गरून् भनेर सृष्टि गर्नुभएको थियो; यसप्रकारले मानिसहरू उहाँको ज्योतिमा जिउन सक्नेथिए। आज, परमेश्‍वरलाई प्रेम गर्न नसक्‍ने, उहाँका बोझहरूलाई ध्यान नदिने पूर्ण रीतिले आफ्नो हृदय उहाँलाई दिन नसक्‍ने, उहाँको हृदयलाई तिनीहरूका आफ्नै हृदय जस्तै गरी ग्रहण गर्न नसक्‍ने, उहाँका बोझहरूलाई आफ्नै जस्तै गरी लिन नसक्‍ने—त्यस्ता कुनै पनि मानिसहरूमाथि परमेश्‍वरको ज्योति चम्कँदैन, त्यसैकारण तिनीहरू सबै अन्धकारको प्रभावमा जिइरहेका हुन्छन्। तिनीहरू पूर्णतया परमेश्‍वरका अभिप्रायहरूको विपरीत बाटोमा हुन्छन्, र तिनीहरूले गर्ने कुनै पनि कुरामा अलिकति सत्यता पनि हुँदैन। तिनीहरू शैतानसितै हिलोमा लुटपुटीरहेका हुन्छन्; तिनीहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। यदि तैँले सधैँ परमेश्‍वरका वचनहरू खान र पिउन सक्छस्, उहाँको अभिप्रायहरूलाई ख्याल गर्छस् अनि उहाँका वचनहरूलाई अभ्यास गर्छस् भने, तँ परमेश्‍वरको होस्, तँ उहाँको वचनहरूमा जिउने व्यक्ति होस्। के तँ शैतानको सत्ताबाट उम्किने र परमेश्‍वरको ज्योतिमा जिउने इच्छा गरिरहेको छस्? यदि तँ परमेश्‍वरका वचनहरूमा जिउँछस् भने, पवित्र आत्माले आफ्नो काम गर्ने अवसर पाउनुहुनेछ; यदि तँ शैतानको प्रभावमा जिउँछस् भने, पवित्र आत्मासँग त्यस्तो अवसर हुनेछैन। पवित्र आत्माले मानिसहरूमा जुन काम गर्नुहुन्छ, जुन ज्योति उहाँले तिनीहरूमाथि चम्काउनुहुन्छ र जुन निर्धक्कता उहाँले तिनीहरूलाई दिनुहुन्छ, त्यो केवल एक क्षणको लागि रहन्छ; यदि मानिसहरू सावधान छैनन्, तिनीहरूले ध्यान दिँदैनन् भने, पवित्र आत्माको कामले तिनीहरूलाई त्याग्‍नेछ। यदि मानिसहरू परमेश्‍वरका वचनहरूमा जिउँछन् भने, पवित्र आत्मा तिनीहरूसित रहनुहुनेछ र उहाँले तिनीहरूमा काम गर्नुहुनेछ। यदि मानिसहरू परमेश्‍वरका वचनहरूमा जिउँदैनन् भने, तिनीहरू शैतानको बन्धनमा जिउँछन्। यदि मानिसहरू भ्रष्ट स्वभावमा जिउँछन् भने, तिनीहरूसित पवित्र आत्माको उपस्थिति वा काम हुँदैन। यदि तँ परमेश्‍वरका वचनहरूको सीमाहरूमा जिउँछस्, र यदि तँ परमेश्‍वरले माग गर्नुभएको अवस्थामा जिउँछस् भने, तँ उहाँको स्वामित्वमा रहेको व्यक्ति होस्, अनि तँमा उहाँको काम सम्पन्न हुनेछ; यदि तँ परमेश्‍वरका मागहरूको सीमाहरूमा जिइरहेको छैनस् तर शैतानको सत्तामा जिइरहेको छस् भने, तँ निश्चय नै शैतानको भ्रष्टतामा जिइरहेको हुन्छस्। परमेश्‍वरका वचनहरूमा जिएर अनि उहाँलाई आफ्नो हृदय दिएर मात्रै तैँले उहाँका मागहरू पूरा गर्न सक्छस्; तैँले परमेश्‍वरका वाणीहरूलाई आफ्नो अस्तित्वको जग र आफ्नो जीवनको वास्तविकता बनाउँदै उहाँले भन्नुभए अनुसार गर्नैपर्छ; तब मात्रै तँ परमेश्‍वरको हुनेछस्। यदि तँ वास्तवमै परमेश्‍वरका अभिप्रायहरूअनुरूप अभ्यास गर्छस् भने, उहाँले तँमा काम गर्नुहुनेछ, अनि त्यसपछि तँ उहाँका आशिष्‌हरूअन्तर्गत, उहाँको मुहारको ज्योतिमा जिउनेछस्; तैँले पवित्र आत्माको काम बोध गर्नेछस् र परमेश्‍वरको उपस्थितिको आनन्द महसुस गर्नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५३५

अन्धकारको प्रभावदेखि मुक्त हुनको लागि तँ पहिले परमेश्‍वरप्रति वफादार हुनैपर्छ र सत्यतालाई अनुसरण गर्न हृदयदेखि नै इच्छुक हुनुपर्छ; तब मात्रै तैँले सही अवस्था प्राप्त गर्न सक्छस्। सही अवस्थामा जिउनु अन्धकारको प्रभावदेखि मुक्त हुने पूर्वसर्त हो। सही अवस्थामा नहुनु भनेको परमेश्‍वरप्रति वफादार नहुनु हो, र सत्यता खोजी गर्न हृदयदेखि नै इच्छुक नहुनु हो; अनि तँ अन्धकारको प्रभावदेखि उम्कने कुरा सवालभन्दा बाहिरको कुरा हुन्छ। मानिस अन्धकारका प्रभावहरूदेखि उम्कने आधार मेरा वचनहरू नै हुन्, अनि मेरा वचनहरू अनुसार अभ्यास गर्न नसक्ने मानिसहरू अन्धकारको प्रभावको बन्धनदेखि उम्कन सक्नेछैनन्। सही अवस्थामा जिउनु भनेको परमेश्‍वरका वचनहरूको अगुवाइमा जिउनु, परमेश्‍वरप्रति वफादारीताको अवस्थामा जिउनु, सत्यताको खोजी गर्ने अवस्थामा जिउनु, परमेश्‍वरको खातिर इमान्दारितापूर्वक आफैलाई समर्पित गर्ने वास्तविकतामा जिउनु र परमेश्‍वरलाई साँचो रीतिले प्रेम गर्ने अवस्थामा जिउनु हो। जो यस्तो अवस्थाहरूमा र यस वास्तविकतामा जिउँछन्, तिनीहरू सत्यताको गहिराइभित्र प्रवेश गर्ने क्रममा विस्तारै रूपान्तरण हुनेछन्, अनि काम गहन हुँदै जाँदा तिनीहरू रूपान्तरण हुनेछन्; अनि अन्त्यमा तिनीहरू निश्चय नै त्यस्ता मानिसहरू हुनेछन् जो परमेश्‍वरद्वारा हासिल गरिएका हुन्छन्, जसले उहाँलाई साँचो प्रकारले प्रेम गर्छन्। अन्धकारको प्रभावदेखि उम्केकाहरूले विस्तारै परमेश्‍वरका अभिप्रायलाई बोध गर्न सक्छन्, विस्तारै तिनलाई बुझ्न थाल्छन्, अन्ततः तिनीहरू परमेश्‍वरका विश्‍वासपात्रहरू हुन्छन्। तिनीहरूले परमेश्‍वरको बारेमा कुनै धारणा मनमा नराख्ने र उहाँको विरुद्धमा कुनै विद्रोह नगर्ने मात्र होइन, तर पहिले तिनीहरूलाई प्रभुत्व गरेको त्यस्ता धारणा तथा विद्रोहहरूलाई तिनीहरूले झन् बढी घृणा पनि गर्छन्, अनि तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति साँचो प्रेम उदय हुन्छ। अन्धकारको प्रभावदेखि उम्कन नसक्‍ने मानिसहरू सबै देहद्वारा पूर्णरूपमा भरिएका हुन्छन्, विद्रोहले भरिपूर्ण हुन्छन्; तिनीहरूका हृदय जीविका सम्‍बन्धी मानव धारणा तथा सांसारिक कुराहरू सम्‍बन्धी दर्शनहरू, साथै तिनीहरूका आफ्नै अभिप्राय तथा सोचविचारहरूले भरिएका हुन्छन्। परमेश्‍वरले चाहनुहुने भनेको मानिसले दिने अद्वितीय प्रेम हो; उहाँले चाहना गर्नुहुने कुरा भनेको मानिस उहाँका वचनहरूद्वारा र उहाँप्रतिको प्रेमले भरिएको हृदयद्वारा भरपूर भएको होस् भन्‍ने नै हो। परमेश्‍वरका वचनहरूमा जिउन, तिनीहरूले खोजतलास गर्नुपर्ने कुराहरू उहाँका वचनहरूमा खोज्न, उहाँका वचनहरूका निम्ति परमेश्‍वरलाई प्रेम गर्न, उहाँका वचनहरूलाई पछ्याउन, उहाँका वचनहरूका निम्ति जिउन—मानिसले हासिल गर्न प्रयास गर्नुपर्ने लक्ष्यहरू यिनै हुन्। हरेक कुरा परमेश्‍वरका वचनहरूको जगमा निर्माण हुनुपर्छ; तब मात्रै मानिसले परमेश्‍वरका मागहरूलाई पूरा गर्न सक्नेछ। यदि मानिस परमेश्‍वरका वचनहरूले सुसज्जित छैन भने, ऊ केही होइन, केवल शैतानको कब्जामा परेको भुसुना हो! यस कुरालाई मूल्याङ्कन गर्: परमेश्‍वरको वचनले तँभित्र कतिसम्म जरा गाडेको छ? कुन कुराहरूमा तँ उहाँका वचनहरू अनुसार जिइरहेको छस्? कुन कुराहरूमा तँ उहाँका वचनहरू अनुसार जिइरहेको छैनस्? यदि परमेश्‍वरका वचनहरूले तँलाई पूर्ण रूपले पक्रेको छैन भने, कुन कुराले यथार्थमा तेरो हृदयलाई ओगटेको छ? तेरो दिनदिनको जीवनमा, तँ शैतानद्वारा नियन्त्रित भइरहेको छस् कि परमेश्‍वरका वचनहरूद्वारा ओगटिएको छस्? के तेरा प्रार्थनाहरू उहाँका वचनहरूको जगमा आधारित छन्? के परमेश्‍वरका वचनहरूद्वारा अन्तर्दृष्टि पाएर तँ आफ्नो नकारात्मक अवस्थादेखि बाहिर निस्केको छस्? परमेश्‍वरका वचनहरूलाई तेरो अस्तित्वको जगको रूपमा लिनु—यही नै हरेक व्यक्ति प्रवेश गर्नुपर्ने कुरा हो। यदि तेरो जीवनमा उहाँका वचनहरूले स्थान लिएका छैनन् भने, तँ अन्धकारको प्रभावमा जिइरहेको छस्, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह गरिरहेको छस्, तैँले उहाँको प्रतिरोध गरिरहेको छस्, तैँले उहाँको नाउँलाई लज्जित पारिरहेको छस्। त्यस्ता मानिसहरूको परमेश्‍वरप्रतिको विश्‍वास पूर्ण बदमासी र बाधा मात्रै हुन्छ। तेरो जीवनको कति भाग उहाँका वचनहरू अनुसार जिइएको छ? तेरो जीवनको कति भाग उहाँका वचनहरू अनुसार जिइएको छैन? परमेश्‍वरको वचनले तँलाई माग गरेको कति कुरा तँमा पूरा भएको छ? कति कुरा तँमा हराएको छ? के तैँले त्यस्ता कुराहरूलाई नजिकबाट नियालेको छस्?

अन्धकारको प्रभावदेखि उम्किनको निम्ति पवित्र आत्माको काम र मानिसको समर्पित सहकार्य दुवै आवश्यक हुन्छ। मानिस ठीक मार्गमा छैन भनी म किन भन्छु? ठीक मार्गमा भएका मानिसहरूले पहिले आफ्नो हृदय परमेश्‍वरलाई दिन सक्छन्। यो एउटा यस्तो कार्य हो जसभित्र प्रवेश गर्न निकै लामो समय लाग्छ, किनकि मानवजाति सधैँ अन्धकारको प्रभावमा बाँचेको छ र हजारौँ वर्षदेखि शैतानको बन्धनमा रहेको छ। त्यसैकारण, यसभित्रको प्रवेश एक वा दुई दिनमा हासिल गर्न सकिँदैन। मानिसहरूले तिनीहरूका आफ्नै अवस्थालाई बुझ्न सकून् भनेर मैले यो विषय उठाएँ; जब मानिसले अन्धकारको प्रभाव के हो र ज्योतिमा जिउनु भनेको के हो भनी बुझ्दछ, तब प्रवेश गर्ने कार्य धेरै सजिलो हुन्छ। किनभने शैतानको प्रभावदेखि उम्किनभन्दा अघि तैँले यो के हो भनी जान्नुपर्छ; त्यसपछि मात्रै तँसँग त्यसलाई त्याग्‍ने उपाय हुनेछ। त्यसपछि के गर्ने भनी निर्णय गर्ने काम मानिसहरूको आफ्नै हातमा हुन्छ। हरेक कुराभित्र सकारात्मक पक्षबाट प्रवेश गर् र कहिल्यै निष्क्रिय भएर नपर्खी। यसरी मात्रै तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५३६

परमेश्‍वरको हरेक वचनले हाम्रा मुख्य कमजोरीहरूमा प्रहार गर्छ, जसले हामीलाई चोट पुर्‍याउँछ र हामीमा भय पैदा गराउँछ। उहाँले हाम्रा धारणाहरू, हाम्रा कल्पनाहरू, र हाम्रा भ्रष्ट स्वभावहरू खुलासा गर्नुहुन्छ। हाम्रा हरेक वचन र कार्य, हाम्रा हरेक चालदेखि लिएर हाम्रा हरेक सोच र विचारसम्म, हाम्रो प्रकृति सार उहाँका वचनहरूमा प्रकट हुन्छ, जसले हामीलाई डर र कम्पनको स्थितिमा पुर्‍याउँछ र हाम्रो लाज लुकाउने कुनै ठाउँ हुँदैन। एक-एक गर्दै, उहाँले हामीलाई हाम्रा सबै कार्य, हाम्रा लक्ष्य र अभिप्रायहरू, र हामी आफैले कहिल्यै पत्ता नलगाएका भ्रष्ट स्वभावहरू समेतका बारेमा बताउनुहुन्छ, जसले हामीलाई हाम्रो सारा दयनीय अपूर्णता खुलासा भएको महसुस गराउँछ र, अझ बढी, पूर्ण रूपमा कायल तुल्याउँछ। उहाँको विरोध गरेकोमा उहाँ हाम्रो न्याय गर्नुहुन्छ, उहाँलाई ईशनिन्दा गरेको र दोषी ठहराएकोमा उहाँ हामीलाई सजाय दिनुहुन्छ, र उहाँका नजरमा, हामीमा एउटा पनि असल गुण छैन, हामी जीवित शैतान हौँ भन्‍ने महसुस गराउनुहुन्छ। हाम्रा आशाहरू चकनाचुर हुन्छन्; अब हामी उहाँसँग कुनै अत्यधिक मागहरू गर्ने वा उहाँबारे कुनै योजना रच्ने आँट गर्दैनौँ, र हाम्रा सपनाहरू पनि रातारात बिलाएर जान्छन्। यो हामी कसैले पनि कल्पना गर्न र स्विकार्न नसक्ने तथ्य हो। एकै क्षणमा, हामी हाम्रो भित्री सन्तुलन गुमाउँछौँ र अगाडिको बाटोमा कसरी हिँडिरहने, वा हाम्रो विश्‍वासलाई कसरी निरन्तरता दिने भन्‍ने जान्दैनौँ। यस्तो लाग्छ मानौँ हाम्रो विश्‍वास सुरुवाती अवस्थामै फर्केको छ, र मानौँ हामीले प्रभु येशूलाई कहिल्यै भेटेका वा चिन्न पाएका छैनौँ। हाम्रा आँखाअगाडिका सबै कुराले हामीमा अन्योल भरिदिन्छन् र हामीलाई निर्णय गर्न नसक्नेगरी डगमगाउने तुल्याउँछन्। हामी हतास हुन्छौँ, हामी निराश हुन्छौँ, र हाम्रो हृदयको गहिराइमा दबाउन नसकिने आक्रोश र अपमान हुन्छ। हामी कुरा पोख्ने, बाहिर निस्कने बाटो खोज्ने, र, अझ भन्नुपर्दा, हाम्रा मुक्तिदाता येशूको प्रतीक्षा गरिरहने प्रयास गर्छौँ, ताकि हामी उहाँसमक्ष आफ्ना हृदयका कुरा ओकल्न सकौँ। कहिलेकाहीँ हामी बाहिरी रूपमा न त अहङ्कारी न त विनम्र देखिए पनि, हृदयमा हामी पहिले कहिल्यै महसुस नगरेको शून्यताको बोध महसुस गर्छौँ। कहिलेकाहीँ हामी बाहिरी रूपमा असामान्य रूपमा शान्त देखिए पनि, हाम्रो मन आँधीबेहरी आएको समुद्र जस्तै पीडाले रन्थनिएको हुन्छ। उहाँको न्याय र सजायले हाम्रा सबै आशा र सपना खोसेका छन्, हाम्रा अत्यधिक चाहनाहरूको अन्त्य गरेका छन् र उहाँ नै हाम्रा मुक्तिदाता हुनुहुन्छ र उहाँले हामीलाई मुक्ति दिन सक्नुहुन्छ भनी विश्‍वास गर्न हामीलाई अनिच्छुक तुल्याएका छन्। उहाँको न्याय र सजायले हामी र उहाँका बीचमा एउटा खाडल खोलेका छन्, जुन यति गहिरो छ कि कोही पनि यसलाई पार गर्न चाहँदैन। उहाँको न्याय र सजाय हाम्रो जीवनमा हामीले यति ठूलो धक्का, यति ठूलो अपमान भोगेको पहिलो घटना हो। उहाँको न्याय र सजायले हामीलाई परमेश्‍वरको आदर र मानिसको उल्लङ्घनप्रति उहाँको असहिष्णुतालाई साँच्चै अनुभूत गराएका छन्, जसको तुलनामा हामी अत्यन्तै नीच, अत्यन्तै फोहोरी छौँ। उहाँको न्याय र सजायले हामीलाई पहिलो पटक हाम्रो अहङ्कार र अभिमानका बारेमा, र मानिस कसरी कहिल्यै परमेश्‍वरको बराबरी हुन सक्दैन, वा उहाँसँग तुलनीय हुन सक्दैन भन्‍ने कुराका बारेमा सचेत गराएका छन्। उहाँको न्याय र सजायले हामीलाई अब त्यस्ता भ्रष्ट स्वभावहरूमा नजिउने, आफूलाई यस प्रकृति सारबाट जतिसक्दो चाँडो मुक्त गर्ने, साथै उहाँद्वारा घृणित हुन र उहाँका लागि घिनलाग्दो हुन छोड्ने तृष्णा गराएका छन्। उहाँको न्याय र सजायले हामीलाई उहाँका वचनहरूप्रति समर्पित हुन र तिनलाई पालन गर्न इच्छुक बनाएका छन्, र अबदेखि उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूका विरुद्धमा विद्रोह नगर्ने तुल्याएका छन्। उहाँको न्याय र सजायले हामीलाई फेरि एक पटक बाँच्ने चाहना दिलाएका छन् र उहाँलाई हाम्रा मुक्तिदाताका रूपमा स्वीकार गर्न खुसी तुल्याएका छन्…। हामी विजयको कामबाट, नरकबाट, मृत्युको छायाको उपत्यकाबाट बाहिर निस्केका छौँ…। सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई, मानिसहरूको यस समूहलाई प्राप्त गर्नुभएको छ! उहाँले शैतानमाथि विजय हासिल गर्नुभएको छ र आफ्ना असङ्ख्य शत्रुलाई पराजित गर्नुभएको छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५३७

तैँले आफ्ना भ्रष्ट स्वभावहरू फालिसकेपछि अनि सामान्य मानवताको जियाइ हासिल गरिसकेपछि मात्र तँलाई सिद्ध पारिनेछ। तैँले अगमवाणी वा कुनै पनि रहस्यहरू बोल्न नसके पनि, मानवको स्वरूप जिइरहेको र प्रकट गरिरहेको हुनेछस्। परमेश्‍वरले मानिस सृष्टि गर्नुभयो तर त्यसपछि मानिसलाई शैतानले भ्रष्ट बनायो, जसले गर्दा मानिसहरू “मृत जन” बने। तसर्थ, तँ बदलिसकेपछि उप्रान्त यी “मृत जन” जस्तो हुनेछैनस्। मानिसहरूको आत्मालाई प्रज्वलित गर्ने र पुनर्जीवित हुन तुल्याउने परमेश्‍वरका वचनहरू नै हुन् र जब मानिसहरूको आत्मा पुनर्जीवित हुन्छ, तब तिनीहरू जीवित भएका हुनेछन्। जब म “मृतक जन” का बारेमा कुरा गर्छु, तब म आत्मा नभएका लासहरूलाई, आत्मा आफूभित्रै मरिसकेका मानिसहरूलाई जनाइरहेको हुन्छु। जब मानिसहरूको आत्मा प्रज्वलित हुन्छ, तब मानिसहरू जीवित बन्छन्। पहिले कुरा गरिएका पवित्र जनहरूले जीवित भएका, शैतानको प्रभावमा रहेका तर शैतानलाई पराजित गरेका मानिसहरूलाई जनाउँछन्। चीनका चुनिएका मानिसहरूले ठूलो रातो अजिङ्गरको क्रूर र अमानवीय सतावट र छल सहेका छन्, जसले तिनीहरूलाई मानसिक रूपमा तहसनहस पारेर छाडेको छ अनि जिउने अलिकति पनि साहस बाँकी छोडिदिएको छैन। यसरी, तिनीहरूको आत्माको जागरण तिनीहरूको सारसँग सुरु हुनैपर्छ: अलिअलि गरेर, तिनीहरूको सारमा, तिनीहरूको आत्मालाई जागृत गर्नैपर्छ। जब एक दिन तिनीहरू जीवित हुन्छन्, तब कुनै पनि व्यवधानहरू हुनेछैनन् र सबै थोक सहज रूपमा अघि बढ्नेछन्। हाल यो अप्राप्य छ। धेरैजसो मानिस धेरै प्राणघातक प्रवाह निम्त्याउने तरिकाले जिउँछन्; तिनीहरू मृत्युको सायामा बेरिएका हुन्छन् र तिनीहरूमा धेरै कुराको कमी हुन्छ। कतिपय मानिसका शब्दहरूमा मृत्यु हुन्छ, तिनीहरूका कार्यहरूमा मृत्यु हुन्छ, अनि तिनीहरू जिउने लगभग हरेक कुरामा मृत्यु हुन्छ। यदि आज मानिसहरूले सार्वजनिक रूपमा परमेश्‍वरको गवाही दिने हो भने, तिनीहरू यस कार्यमा असफल हुनेछन्, किनभने तिनीहरू अझै पनि पूर्ण रूपमा जीवित हुनु नै छ, र तिमीहरूमाझ अत्यन्तै धेरै मृत जन छन्। आज, केही मानिस किन परमेश्‍वर केही चिन्‍ह र आश्‍चर्यकर्म देखाउनुहुन्न भनेर सोध्छन् ताकि उहाँले अन्यजातिहरूमाझ आफ्नो काम शीघ्र रूपमा फैलाउन सक्नुहोस्। मृत मानिसहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्; त्यो त जीवित व्यक्तिहरूले मात्र गर्न सक्ने कुरा हो, तैपनि आज धेरैजसो मानिस “मृत” छन्; अत्यन्तै धेरै व्यक्ति मृत्युको कात्रोमुनि, शैतानको प्रभावमा जिउँछन् र त्यसलाई जित्न सक्दैनन्। यसो हुँदा, तिनीहरू कसरी परमेश्‍वरको गवाही दिन सक्छन्? तिनीहरू कसरी सुसमाचारको काम फैलाउन सक्छन्?

अन्धकारको प्रभावमा जिउने सबै मृत्युबीच जिउनेहरू, शैतानको वशमा परेकाहरू हुन्। परमेश्‍वरको मुक्ति नपाई अनि परमेश्‍वरद्वारा न्याय नगरिई र सजाय नदिई, मानिसहरू मृत्युको प्रभावबाट उम्कन सक्दैनन्; तिनीहरू जीवित बन्न सक्दैनन्। यस्ता मृत जनहरू परमेश्‍वरको गवाही दिन सक्दैनन्, न त तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिन नै सक्छन्, झन् तिनीहरू राज्यमा प्रवेश गर्न सक्नु त परै जाओस्। परमेश्‍वर मृतहरूको नभई जीवितहरूको गवाही चाहनुहुन्छ, र उहाँ मृतहरूले नभई जीवितहरूले उहाँका लागि काम गरून् भन्ने माग गर्नुहुन्छ। “मृतहरू” ती हुन्, जो परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरविरुद्ध विद्रोह गर्छन्; तिनीहरू आत्मामा भावशून्य भएका र परमेश्‍वरका वचनहरू नबुझ्नेहरू हुन्; तिनीहरू सत्यता अभ्यास नगर्ने र परमेश्‍वरप्रति रत्तीभर बफादारी नभएकाहरू हुन्, र तिनीहरू शैतानको शक्तिअन्तर्गत जिउने र शैतानद्वारा शोषित हुनेहरू हुन्। मृत व्यक्तिहरूका प्रकटीकरणहरू भनेको सत्यताको विरोधमा उभिनु, परमेश्‍वरविरुद्ध विद्रोह गर्नु, अनि तुच्छ, घृणायोग्य, क्रूर, हैकमवादी, धूर्त र कपटी हुनु हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरू खाने र पिउने गरे तापनि, तिनीहरू परमेश्‍वरका वचनहरू जिउन सक्दैनन्; तिनीहरू जीवित भए तापनि, केवल हिँड्ने लास, सास फेर्ने मृत व्यक्ति हुन्। मृतहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न पूर्ण रूपमा असक्षम हुन्छन्, झन् पूर्ण रूपमा उहाँप्रति समर्पित हुन सक्नु त परै जाओस्। तिनीहरूले उहाँलाई छल गर्न, उहाँको निन्दा गर्न, र उहाँलाई विश्‍वासघात गर्न मात्रै सक्छन्, र तिनीहरूले जिउने कुरा पूर्ण रूपमा शैतानको प्रकृतिका प्रकटीकरणहरू हुन्। यदि मानिसहरू जीवित प्राणी बन्न र परमेश्‍वरको गवाही दिन, अनि परमेश्‍वरद्वारा योग्य ठहरिन चाहन्छन् भने, तिनीहरूले परमेश्‍वरको मुक्ति स्विकार्नैपर्छ; तिनीहरू खुसीसाथ उहाँको न्याय र सजायमा समर्पित हुनैपर्छ र तिनीहरूले परमेश्‍वरको काँटछाँट खुसीसाथ स्वीकार गर्नैपर्छ। त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरद्वारा माग गरिएका सबै सत्यता अभ्यास गर्न सक्‍नेछन् र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरको मुक्तिको अनुग्रह प्राप्त गर्नेछन् र तिनीहरू साँच्चिकै जीवित प्राणी बन्नेछन्। जीवितहरू ती हुन्, जसलाई परमेश्‍वरले मुक्ति दिनुभएको हुन्छ; तिनीहरू परमेश्‍वरद्वारा न्याय गरिएका र सजाय दिइएका हुन्छन्, तिनीहरू आफूलाई अर्पण गर्न इच्छुक हुन्छन् र खुसीसाथ परमेश्‍वरका लागि आफ्नो जीवन त्याग्छन् र तिनीहरू हर्षसाथ आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरप्रति समर्पित गर्छन्। जब जीवितहरू परमेश्‍वरको गवाही दिन्छन्, तब मात्र शैतानलाई लज्जित पार्न सकिन्छ; जीवितहरूले मात्र परमेश्‍वरको सुसमाचारको काम फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिस हुन्। सुरुमा परमेश्‍वरद्वारा सृजित मानिस जीवित थियो, तर शैतानको भ्रष्टताका कारण मानिस मृत्युबीच जिउँछ अनि शैतानको प्रभावमा जिउँछ, त्यसैले यसरी मानिसहरू आत्माविहीन मृतक बनेका छन्, तिनीहरू परमेश्‍वरको विरोध गर्ने शत्रु बनेका छन्, तिनीहरू शैतानको औजार बनेका छन् अनि तिनीहरू शैतानको बन्दी बनेका छन्। परमेश्‍वरद्वारा सृजित जीवित मानिसहरू मृत जन बनेका छन्, त्यसैले परमेश्‍वरले आफ्नो गवाही गुमाउनुभएको छ, र उहाँले उहाँद्वारा सृजित अनि उहाँको सास भएको एकमात्र वस्तु, मानवजातिलाई गुमाउनुभएको छ। यदि परमेश्‍वरले उहाँको गवाही फिर्ता लिने र उहाँको आफ्नै हातद्वारा सृजित गरिएका तर शैतानद्वारा बन्दी बनाइएकाहरूलाई फिर्ता लिने हो भने, तिनीहरूलाई पुनर्जीवित गर्नैपर्छ ताकि तिनीहरू जीवित प्राणी बनून्, र उहाँले तिनीहरू सबैलाई फिर्ता लिनैपर्छ ताकि तिनीहरू उहाँको ज्योतिमा जिऊन्। मृतकहरू ती हुन्, जोसँग आत्मा हुँदैन, जो चरम रूपमा भावशून्य हुन्छन्, र जो परमेश्‍वरको विरोध गर्छन्, त्यसभन्दा पनि बढी, जो परमेश्‍वरलाई चिन्दैनन्। यी मानिसहरूमा परमेश्‍वरप्रति समर्पित हुने रत्तीभर अभिप्राय हुँदैन; तिनीहरू केवल उहाँविरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन् अनि उनीहरूमा रत्तीभर बफादारी हुँदैन। जीवितहरू ती हुन्, जसको आत्मा पुनर्जीवित भएको हुन्छ, जो परमेश्‍वरमा समर्पित हुन जान्दछन्, जो परमेश्‍वरप्रति बफादार छन्, र जोसँग सत्यता र गवाही छ—यी मानिसहरू मात्र परमेश्‍वरका लागि उहाँको घरमा प्यारा हुन्छन्। परमेश्‍वर जीवित हुन सक्नेहरूलाई, परमेश्‍वरको मुक्तिको अनुग्रह देख्न सक्नेहरूलाई, परमेश्‍वरप्रति बफादार हुन सक्नेहरूलाई, परमेश्‍वरको खोजी गर्न इच्छुकहरूलाई, परमेश्‍वरको देहधारणमा विश्‍वास गर्नेहरूलाई अनि उहाँको देखापराइमा विश्‍वास गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। केही मानिस जीवित हुन सक्छन् र केही मानिस सक्दैनन्; यो तिनीहरूको प्रकृतिलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्‍ने कुरामा निर्भर हुन्छ। धेरै मानिसले परमेश्‍वरका धेरै वचन सुनेका हुन्छन् तैपनि तिनीहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्दैनन्, र अझै पनि ती अभ्यास गर्न सक्दैनन्। यस्ता मानिसहरू कुनै पनि सत्यता जिउन सक्षम हुँदैनन् र जानाजानी परमेश्‍वरको काममा बाधा पनि पुर्‍याउँछन्। तिनीहरू परमेश्‍वरका लागि कुनै पनि काम गर्न सक्षम हुँदैनन्, र तिनीहरू उहाँका लागि आफूलाई समर्पित गर्न सक्दैनन्—त्यसविपरीत, तिनीहरू गोप्य रूपमा मण्डलीको पैसा खर्च गर्छन् र परमेश्‍वरको घरमा सित्तैमा खाना खान्छन्। यिनीहरू मुक्ति दिन नसकिने मृत मानिस हुन्। परमेश्‍वर उहाँको कामका बीचमा रहेकाहरू सबैलाई मुक्ति दिनुहुन्छ, तर उहाँको मुक्तिको अनुग्रह प्राप्त गर्न नसक्ने केही मानिस छन्; थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँको मुक्तिको अनुग्रह प्राप्त गर्न सक्छन्। किनभने धेरैजसो मानिस अति गहन रूपमा भ्रष्ट पारिएका अनि मृत जन बनेका छन्, र तिनीहरूले मुक्ति पाउन सक्दैनन्; तिनीहरू पूर्ण रूपमा शैतानद्वारा प्रयोग गरिएका छन्, र तिनीहरू आफ्नो प्रकृतिमा अत्यन्तै दुर्भावपूर्ण छन्। ती अल्पसङ्ख्यक मानिसहरू पनि पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन सक्दैनन्। तिनीहरू सुरुदेखि नै परमेश्‍वरप्रति पूर्ण रूपमा बफादार रहेका, वा सुरुदेखि नै परमेश्‍वरप्रति अत्यधिक प्रेम भएकाहरू होइनन्; बरु तिनीहरू परमेश्‍वरको विजयको कामका कारण उहाँप्रति समर्पित बनेका छन्, तिनीहरू परमेश्‍वरलाई उहाँको सर्वोच्च प्रेमका कारण देख्छन्, तिनीहरू परमेश्‍वरको धर्मी स्वभावका कारण स्वभावगत परिवर्तन हासिल गर्छन्, र तिनीहरू परमेश्‍वरलाई उहाँको काम, व्यावहारिक र सामान्य दुवै रहेको कामका कारण चिन्छन्। परमेश्‍वरको यो कामविना, यी मानिसहरू जति नै असल भए पनि, अझै पनि शैतानकै हुन्छन्, तिनीहरू अझै पनि मृत्युकै हुन्छन्, अनि तिनीहरू अझै पनि मृत नै हुन्छन्। यी मानिसहरूले आज परमेश्‍वरको मुक्तिको अनुग्रह प्राप्त गर्न सक्छन् भन्‍ने तथ्य विशुद्ध रूपमा तिनीहरू परमेश्‍वरसँग सहकार्य गर्न इच्छुक भएका कारणले नै हो।

परमेश्‍वरप्रति तिनीहरूको बफादारीका कारण, जीवितहरू परमेश्‍वरद्वारा प्राप्त गरिनेछन् र उहाँका प्रतिज्ञाहरूबीच जिउनेछन्, र परमेश्‍वरप्रतिको तिनीहरूको विरोधका कारण, मृतकहरू परमेश्‍वरद्वारा तिरस्कृत हुनेछन् र उहाँको दण्ड र श्रापहरूबीच जिउनेछन्। परमेश्‍वरको धर्मी स्वभाव यस्तै हुन्छ, जुन कुनै पनि मानिसद्वारा परिवर्तन गर्न सकिँदैन। मानिसहरूले तिनीहरूको आफ्नै खोजीका कारण परमेश्‍वरको अनुमोदन प्राप्त गर्छन् र तिनीहरू ज्योतिमा जिउँछन्; मानिसहरू आफ्नै धूर्त षडयन्त्रहरूका कारण परमेश्‍वरद्वारा श्रापित हुन्छन् र दण्डमा पर्छन्; मानिसहरू आफ्‍ना दुष्ट कार्यहरूका कारण परमेश्‍वरद्वारा दण्डित हुन्छन्, र मानिसहरूले आफ्‍नो तिर्सना र बफादारीका कारण परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्छन्। परमेश्‍वर धर्मी हुनुहुन्छ: उहाँ जीवितहरूलाई आशिष्‌ दिनुहुन्छ र मृतहरूलाई श्राप दिनुहुन्छ ताकि तिनीहरू सधैँ मृत्युबीच होऊन् र कहिल्यै परमेश्‍वरको ज्योतिमा नजिऊन्। परमेश्‍वरले जीवितहरूलाई सधैँभरि उहाँसँगै अस्तित्वमा रहनका लागि उहाँको राज्य र उहाँका आशिष्‌हरूमा लैजानुहुनेछ। तर मृतहरूको हकमा भने, उहाँले तिनीहरूलाई अनन्त मृत्युको जिम्मा लगाउनुहुनेछ; तिनीहरू उहाँको विनाशका पात्र हुन् र तिनीहरू सधैँ शैतानकै हुनेछन्। परमेश्‍वरले बिलकुलै कसैलाई पनि अन्यायपूर्वक व्यवहार गर्नुहुनेछैन। परमेश्‍वरलाई साँचो रूपमा खोजी गर्ने सबै जना अवश्य नै परमेश्‍वरको घरमा रहनेछन्, र परमेश्‍वरविरुद्ध विद्रोही हुने र उहाँसँग नमिल्नेहरू सबै जना अवश्य नै उहाँको दण्डबीच जिउनेछन्। सायद तँ परमेश्‍वरको देहधारी देहद्वारा गरिएको कामबारे अनिश्‍चित छस्—तर एक दिन, परमेश्‍वरको देहले सोझै मानिसको परिणाम प्रबन्ध गर्नेछैन; बरु, उहाँको आत्माले मानिसको गन्तव्यको प्रबन्ध गर्नेछ, र त्यतिबेला मानिसहरूले परमेश्‍वरको देह र उहाँको आत्मा एउटै हो, अनि उहाँको देहले गल्ती गर्दैन र उहाँको आत्माले त झनै गर्दैन भन्‍ने कुरा थाहा पाउनेछन्। अन्त्यमा, उहाँले जीवित भएकाहरूलाई निश्चित रूपमा उहाँको राज्यमा लैजानुहुनेछ; न एक जना बढी, न एक जना कम। जीवित नभएका मृतकहरूको हकमा भने, तिनीहरूलाई निश्‍चित रूपमा शैतानको गुफामा फालिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५३८

मानिसहरूभित्र पवित्र आत्माको मार्गको पहिलो पाइला भनेको सबैभन्दा पहिले मानिसको हृदयलाई मानिस, घटना र वस्तुहरूबाट टाढा राखेर परमेश्‍वरको वचनतर्फ आकर्षित गर्नु हो, जसले गर्दा मानव हृदयले परमेश्‍वरका वचनहरू पूर्ण रूपमा शङ्कारहित र बिलकुलै सत्य छन् भनी विश्‍वास गरोस्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले उहाँका वचनहरूमा विश्‍वास गर्नैपर्छ; धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, यदि तँलाई पवित्र आत्माले लिनुभएको मार्गबारे थाहा हुँदैन भने, के तँ साँच्‍चै विश्‍वासी होस् त? एक सामान्य मानव जीवन, अर्थात् परमेश्‍वरसित सामान्य सम्बन्ध भएको सामान्य मानव जीवन प्राप्त गर्न, तैँले पहिले उहाँका वचनहरूमा विश्‍वास गर्नुपर्छ। यदि तैँले मानिसहरूमा पवित्र आत्माले गर्नुहुने कामको पहिलो पाइला प्राप्त गरेको छैनस् भने, तँसँग कुनै जग हुँदैन। यदि सिद्धान्तहरूमध्ये सबैभन्दा कम महत्त्वपूर्ण सिद्धान्त पनि तँदेखि टाढा छ भने, कसरी तँ अगाडिको बाटो हिँड्नेछस्? परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुने सही बाटोमा खुट्टा टेक्‍नुको अर्थ पवित्र आत्माको वर्तमान कामको सही बाटोमा प्रवेश गर्नु हो; यसको अर्थ पवित्र आत्माले लिनुभएको मार्गमा खुट्टा टेक्‍नु हो। अहिले, पवित्र आत्माले लिनुभएको बाटो भनेको परमेश्‍वरका वर्तमान वचनहरू हुन्। त्यसै गरी, यदि मानिसहरूले पवित्र आत्माको बाटोमा खुट्टा टेक्‍नु छ भने, तिनीहरू देहधारी परमेश्‍वरका वर्तमान वचनहरूमा समर्पित हुनुपर्छ, त्यसलाई खानुपर्छ र पिउनुपर्छ। उहाँले गर्नुहुने काम भनेको वचनहरूको काम हो; सबै कुरा उहाँका वचनहरूबाट सुरु हुन्छ, र सबै कुरा उहाँका वचनहरू अर्थात् उहाँका वर्तमान वचनहरूको जगमा निर्मित हुन्छन्। चाहे देहधारी परमेश्‍वरको बारेमा निश्‍चित हुने कुरा होस्, वा देहधारी परमेश्‍वरलाई चिन्‍ने कुरा होस्, यी दुवैको लागि उहाँका वचनहरूमा थप ध्यान पुर्याउनु आवश्यक हुन्छ। नत्रभने, मानिसहरूले केही पनि हासिल गर्न सक्दैनन् र तिनीहरू खाली हात हुनेछन्। परमेश्‍वरको वचन खाने र पिउने जगमा आधारित रहेर अनि त्यसमार्फत उहाँलाई चिनेर र उहाँलाई सन्तुष्ट पारेर मात्र, मानिसहरूले बिस्तारै परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्न सक्छन्। मानिसका लागि, परमेश्‍वरका वचनहरू खानु र पिउनु अनि ती वचनहरूलाई अभ्यास गर्नुभन्दा राम्रो सहकार्य अर्को कुनै छैन। यस्तो अभ्यासमार्फत, तिनीहरू परमेश्‍वरका मानिसहरूको गवाहीमा दृढ रहन सबैभन्दा सक्षम हुन्छन्। जब मानिसहरूले परमेश्‍वरका वर्तमान वचनहरूको सार बुझ्‍न र तिनमा समर्पित हुन सक्छन्, तब तिनीहरू पवित्र आत्माले डोऱ्याउनुभएको मार्गमा जिउँछन् र तिनीहरूले मानिसलाई सिद्ध पार्ने परमेश्‍वरको सही मार्गमा खुट्टा टेकेका हुन्छन्। यसभन्दा पहिले, मानिसहरूले परमेश्‍वरको अनुग्रह खोजेर, वा शान्ति र आनन्द खोजेर मात्रै पनि परमेश्‍वरको काम प्राप्त गर्न सक्थे, तर अहिले परिस्थिति फरक छ। देहधारी परमेश्‍वरका वचनहरूविना, उहाँका वचनहरूको वास्तविकताविना, मानिसहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन् र तिनीहरू सबैलाई परमेश्‍वरले हटाउनुहुनेछ। एक सामान्य आत्मिक जीवन हासिल गर्नको लागि, मानिसहरूले पहिले परमेश्‍वरका वचनहरू खानु र पिउनुपर्छ र तिनलाई अभ्यास गर्नुपर्छ, अनि त्यसपछि त्यही जगमा परमेश्‍वरसित सामान्य सम्बन्ध स्थापित गर्नुपर्छ। तैँले कसरी सहकार्य गर्छस्? परमेश्‍वरका मानिसहरूको गवाहीमा तँ कसरी दृढ भई खडा हुन्छस्? तैँले परमेश्‍वरसित कसरी सामान्य सम्बन्ध स्थापित गर्छस्?

आफ्नो दैनिक जीवनमा परमेश्‍वरसित सामान्य सम्बन्ध छ कि छैन भनी कसरी हेर्ने:

१. के तँ परमेश्‍वरको आफ्नै गवाहीमा विश्‍वास गर्छस्?

२. के तँ आफ्नो हृदयमा परमेश्‍वरका वचनहरू सत्य र त्रुटिहीन छन् भनी विश्‍वास गर्छस्?

३. के तँ उहाँका वचनहरू अभ्यास गर्ने व्यक्ति होस्?

४. के तँ उहाँको आदेशप्रति बफादार छस्? उहाँको आदेशप्रति बफादार हुन तँ के गर्छस्?

५. के तैँले गर्ने सबै कुरा परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन र उहाँप्रति बफादार हुनका लागि हुन्?

माथि सूचीबद्ध गरिएका कुराहरूद्वारा, तैँले वर्तमान चरणमा परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध छ कि छैन सो जाँच्न सक्छस्।

यदि तँ परमेश्‍वरको आदेश स्विकार्न, उहाँको प्रतिज्ञा स्विकार्न र पवित्र आत्माको मार्गलाई पछ्याउन सक्छस् भने, तँ परमेश्‍वरको इच्छामा हिँडिरहेको छस्। के तैँले आफ्नो मनभित्र पवित्र आत्माको बाटोलाई स्पष्ट रूपमा बुझेको छस्? के अहिले तँ पवित्र आत्माको मार्गअनुरूप काम गर्छस्? के तेरो हृदय परमेश्‍वरसँग नजिक हुन्छ? के तँ पवित्र आत्माको सबैभन्दा नयाँ ज्योतिसँग कदम मिलाउने इच्छा गर्छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिने इच्छा गर्छस्? के तँ पृथ्वीमा परमेश्‍वरको महिमाको प्रकटीकरण बन्‍न चाहन्छस्? के तँसँग परमेश्‍वरले तँलाई दिनुभएको मापदण्ड पूरा गर्ने संकल्प छ? यदि परमेश्‍वरका वचनहरू बोलिँदा तँभित्र सहकार्य गर्ने संकल्प र परमेश्‍वरलाई सन्तुष्ट पार्ने संकल्प हुन्छ भने—यदि यो तेरो मानसिकता हो भने—त्यसको अर्थ परमेश्‍वरको वचनले तेरो हृदयमा फल फलाएको छ भन्‍ने हुन्छ। यदि तँमा त्यस्तो संकल्पको अभाव छ भने, यदि तँसँग तैँले पछ्याउनुपर्ने कुनै लक्ष्य नै छैन भने, त्यसको अर्थ परमेश्‍वरद्वारा तेरो हृदय छोइएको छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५३९

आफ्नो जीवन स्वभावमा परिवर्तन पछ्याउँदा, अभ्यासको मार्ग निकै सरल हुन्छ। यदि, तेरो वास्तविक अनुभवमा, तँ पवित्र आत्माका वर्तमान वचनहरूलाई पछ्याउन र परमेश्‍वरको काम अनुभव गर्न सक्षम छस् भने, तेरो स्वभाव परिवर्तन हुन सक्ने खालको छ। यदि तँ पवित्र आत्माले जे भन्नुहुन्छ त्यसलाई पालन गर्छस्, र पवित्र आत्माले जे भन्नुहुन्छ त्यहीअनुसार पछ्याउँछस् भने, तँ उहाँप्रति समर्पित हुने व्यक्ति होस्, र तेरो स्वभावमा परिवर्तन आउनेछ। मानिसहरूका स्वभावहरू पवित्र आत्माका वर्तमान वचनहरूसँगै परिवर्तन हुन्छन्; यदि तँ सधैँ विगतका तेरा अनुभवहरू र प्रावधानहरूमा टाँसिइरहन्छस् भने, तेरो स्वभाव परिवर्तन हुन सक्दैन। यदि पवित्र आत्माका आजका वाणीहरूले सबै मानिसलाई सामान्य मानवताको जीवनमा प्रवेश गर्न भन्छन् तर तँ सतही कुराहरूमा नै अडिग रहन्छस्, र वास्तविकताका बारेमा अन्योलमा छस् र त्यसलाई गम्भीरतापूर्वक लिँदैनस् भने, तँ पवित्र आत्माको कामको बराबरीमा आउन असफल भएको व्यक्ति होस्, पवित्र आत्माद्वारा डोर्‍याइएको मार्गमा प्रवेश नगरेको व्यक्ति होस्। तेरो स्वभाव परिवर्तन हुन सक्छ कि सक्दैन भन्‍ने कुरा तँ पवित्र आत्माका वर्तमान वचनहरूको बराबरीमा आउँछस् कि आउँदैनस् र तँसँग साँचो ज्ञान छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। यो तिमीहरूले पहिले बुझेको कुराभन्दा फरक छ। तैँले पहिले बुझेको तेरो स्वभावको परिवर्तन भनेको अरूलाई गलत ठहराउन हतार गर्ने तैँले परमेश्‍वरको ताडनाद्वारा स्वेच्छाचारी रूपमा बोल्न छोडेको छस् भन्‍ने थियो; तर त्यो परिवर्तनको एउटा पक्ष मात्रै हो। अहिले, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पवित्र आत्माको मार्गदर्शनलाई पालन गर्नु हो: परमेश्‍वर जे भन्नुहुन्छ त्यसलाई पालन गर्नु, र उहाँ जे भन्नुहुन्छ त्यसप्रति समर्पित हुनु हो। मानिसहरूका स्वभावहरू मानिसहरू आफैले परिवर्तन गर्न सक्दैनन्; तिनीहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र परीक्षा र शोधन भोग्नैपर्छ, वा उहाँका वचनहरूबाट काटछाँट र ताडना भोग्नैपर्छ। त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरप्रति समर्पण र बफादारी हासिल गर्न सक्छन्, र आइन्दा उहाँप्रति झाराटारुवा व्यवहार गर्दैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा परेपछि नै मानिसहरूका स्वभावहरू परिवर्तन हुन्छन्। उहाँका वचनहरूको खुलासा, न्याय, ताडना, र काटछाँटमार्फत मात्रै तिनीहरू आइन्दा हतारमा काम गर्ने आँट गर्नेछैनन् बरु त्यसको सट्टा स्थिर र शान्त बन्नेछन्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तिनीहरू परमेश्‍वरका वर्तमान वचनहरूप्रति, र उहाँको कामप्रति समर्पित हुन सक्नेछन्। यो मानव धारणाहरूसँग मिल्दो नभए पनि, तिनीहरू यी धारणाहरूलाई त्याग्न र जानाजानी समर्पित हुन सक्नेछन्। विगतमा, स्वभावमा आउने परिवर्तनहरूसम्बन्धी कुराले मुख्य रूपमा आफैविरुद्ध विद्रोह गर्न सक्षम हुनु, आफ्नो देहलाई दुःख भोग्न दिनु, आफ्नो शरीरलाई अनुशासनमा राख्नु, र आफूलाई देहका प्राथमिकताहरूबाट मुक्त राख्नुलाई जनाउँथ्यो—जुन स्वभावमा आउने एक प्रकारको परिवर्तन हो। आज, सबैलाई थाहा छ कि स्वभावमा आउने परिवर्तनको वास्तविक अभिव्यक्ति भनेको परमेश्‍वरका वर्तमान वचनहरूप्रति समर्पित हुनु र उहाँको नयाँ कामलाई साँच्चै चिन्नु हो। यसरी, परमेश्‍वरबारे मानिसहरूको पहिलेको धारणागत ज्ञानलाई मेटाउन सकिन्छ, र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान र उहाँप्रतिको समर्पण हासिल गर्न सक्छन्—यो मात्रै स्वभावमा आउने परिवर्तनको साँचो अभिव्यक्ति हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५४०

जीवन प्रवेश गर्ने मानिसहरूको खोजी परमेश्‍वरको वचनमा आधारित हुन्छ। यसभन्दा पहिले, उहाँका वचनहरूको कारण सबै कुरा हासिल हुन्छन् भनेर भनिन्थ्यो, तर यो तथ्य कसैले देखेन। यदि तँ वर्तमान चरण अनुभव गर्ने कार्यमा प्रवेश गर्छस् भने, तँलाई सबै कुरा स्पष्ट हुनेछ, र तैँले भविष्यका परीक्षाहरूका लागि राम्रो आधार निर्माण गरिरहेको हुनेछस्। परमेश्‍वरले जे भन्‍नु भए पनि, उहाँका वचनहरूमा प्रवेश गर्नमा ध्यान दे। जब परमेश्‍वरले म मानिसहरूलाई सजाय दिन थाल्नेछु भनी भन्‍नुहुन्छ, तब उहाँको सजायलाई स्वीकार गर्। जब परमेश्‍वरले मानिसहरूलाई मर भनी भन्‍नुहुन्छ, तब त्यो परीक्षालाई स्वीकार गर्। यदि तँ सधैँ उहाँको सबैभन्दा नयाँ वाणीहरूमा जिउँछस् भने, आखिरमा परमेश्‍वरका वचनहरूले तँलाई सिद्ध पार्नेछन्। तँ जति धेरै परमेश्‍वरका वचनहरूमा प्रवेश गर्छस्, त्यति नै चाँडो तँ सिद्ध पारिनेछस्। म किन एकपछि अर्को सङ्गतिमा तिमीहरूलाई परमेश्‍वरका वचनहरूको बारेमा जान्‍न र तिनमा प्रवेश गर्ने आग्रह गर्छु? जब तँ परमेश्‍वरका वचनहरूको खोजी र अनुभव गर्छस्, र उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गर्छस्, तब मात्र पवित्र आत्माले तँभित्र काम गर्ने मौका पाउनुहुन्छ। त्यसकारण, तिमीहरू सबै नै परमेश्‍वरले काम गर्नुहुने हरेक विधिका सहभागीहरू हौ र तिमीहरूको पीडा जुनसुकै हदको भए पनि, आखिरमा तिमीहरू सबैले “उपहार” प्राप्त गर्नेछौ। तिमीहरूले आफ्नो अन्तिम सिद्धता प्राप्त गर्नको लागि परमेश्‍वरका सम्पूर्ण वचनहरूमा प्रवेश गर्नुपर्छ। पवित्र आत्माले मानिसहरूलाई सिद्ध पार्ने काम एकतर्फी रूपमा हुँदैन; उहाँलाई मानिसहरूको सहकार्य चाहिन्छ, उहाँलाई सबैको चेतनशील सहकार्य आवश्यक पर्छ। परमेश्‍वरले जे भन्‍नुभए पनि, उहाँका वचनहरूमा प्रवेश गर्नमा ध्यान देओ—यो तिमीहरूको जीवनका लागि अझै बढी लाभदायक हुनेछ। सबै कुरा तिमीहरूको स्वभावमा परिवर्तन हासिल गर्नका लागि हो। जब तँ परमेश्‍वरका वचनहरूमा प्रवेश गर्छस्, तेरो हृदय उहाँद्वारा छोइनेछ, र तँ परमेश्‍वरले उहाँको कामको यस चरणमा प्राप्त गर्न चाहनुभएका सबै कुरा जान्‍न सक्षम हुनेछस्, र तँमा ती कुरा हासिल गर्ने संकल्प हुनेछ। सजाय दिइएको समयमा, केही मानिसहरू यस्ता थिए जसले यो काम गर्ने तरिका हो भनी विश्‍वास गरे, र परमेश्‍वरका वचनहरूमा विश्‍वास गरेनन्। फलस्वरूप, तिनीहरूले शोधनको अनुभव गरेनन्, र तिनीहरू केही प्राप्त नगरी र नबुझीकनै सजायको समयबाट बाहिर निस्के। केही मानिसहरू यस्ता थिए जो रत्तीभर पनि शङ्का नगरी यी वचनहरूमा प्रवेश गरे, र तिनीहरूले परमेश्‍वरका वचनहरू त्रुटिहीन सत्य हुन् र मानवजातिलाई सजाय दिइनुपर्छ भनी भने। तिनीहरूले केही समयसम्म त्यहाँ संघर्ष गरे, आफ्नो भविष्य र आफ्नो गन्तव्यलाई त्यागे, र जब तिनीहरू बाहिर आए, तिनीहरूको स्वभावमा केही परिवर्तन आएको थियो र तिनीहरूले परमेश्‍वरबारे अझ गहन बुझाइ प्राप्त गरेका थिए। सजायबाट गुज्रँदै आउने सबैले परमेश्‍वरको प्रेमिलोपन महसुस गरे, र यस चरणको काम भनेको तिनीहरूमाथि बर्सिने परमेश्‍वरको महान् प्रेमको मूर्तरूप हो, साथै त्यो परमेश्‍वरको प्रेमको विजय र मुक्ति पनि हो भन्‍ने थाहा पाए। तिनीहरूले परमेश्‍वरका विचारहरू सधैँ असल हुन्छन्, र परमेश्‍वरले मानिसमा गर्नुहुने सबै काम घृणाबाट नभई प्रेमबाट आउँछ भनेर पनि भने। परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्नेहरू र उहाँका वचनहरूको खोजीनिती नगर्नेहरूले सजायको समयमा शोधनको अनुभव गरेनन्, फलस्वरूप, पवित्र आत्मा तिनीहरूसँग हुनुहुन्‍नथ्यो र तिनीहरूले केही पनि प्राप्त गरेनन्। सजायको समयमा प्रवेश गर्ने मानिसहरूमा, तिनीहरूले शोधन अनुभव गरे पनि, पवित्र आत्माले लुकेर तिनीहरूभित्र काम गर्दै हुनुहुन्थ्यो र यसको फलस्वरूप तिनीहरूको जीवन स्वभाव परिवर्तन भयो। सबै बाहिरी रूपरङ्ग हेर्दा, कोहीकोही अति सकारात्मक, सारा दिन प्रसन्‍नताले भरिएका देखिन्थे, तर तिनीहरू परमेश्‍वरका वचनहरूको शोधन प्राप्त गर्ने स्थितिभित्र प्रवेश गरेनन् र यसैले तिनीहरू अलिकति पनि परिवर्तन भएनन्, जुन परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्नुको परिणाम थियो। यदि तँ परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्दैनस् भने, पवित्र आत्माले तँभित्र काम गर्नुहुनेछैन। उहाँका वचनहरूमा विश्‍वास गर्ने सबैकहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र उहाँका वचनहरूमा विश्‍वास गर्ने र तिनलाई स्वीकार गर्नेहरूले उहाँको प्रेम प्राप्त गर्न सक्‍नेछन्!

परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नका निम्ति, तैँले अभ्यासको मार्ग भेट्टाउनुपर्छ र परमेश्‍वरका वचनहरूलाई कसरी अभ्यास गर्ने भनी जान्‍नुपर्छ। यसरी मात्र तेरो जीवन स्वभावमा परिवर्तन हुनेछ, यस मार्गद्वारा मात्र तँ परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छस्, र परमेश्‍वरद्वारा यसरी सिद्ध पारिएका मानिसहरू मात्र उहाँका अभिप्रायअनुरूप हुन सक्छन्। नयाँ ज्योति प्राप्त गर्न, तँ उहाँका वचनहरूभित्र जिउनुपर्छ। पवित्र आत्माद्वारा एकपटक मात्र छोइनु पर्याप्त हुँदैन, तँ अझ गहिराइमा जानुपर्छ। जो एकपल्ट मात्र छोइएका छन्, तिनीहरूको भित्री उत्साह जागृत हुन्छ, र तिनीहरू खोजी गर्न चाहन्छन्, तर यो खोजी लामो समयसम्म टिक्‍न सक्दैन; तिनीहरू पवित्र आत्माद्वारा निरन्तर छोइनुपर्छ। विगतमा धेरैचोटि मैले परमेश्‍वरका आत्माले मानिसहरूको आत्मालाई छुन सकून् भन्‍ने आशा व्यक्त गरेको छु, ताकि तिनीहरूले आफ्नो जीवन स्वभावमा परिवर्तन गर्ने प्रयास गरून् र परमेश्‍वरको छुवाइ प्राप्त गर्न खोज्‍ने क्रममा, तिनीहरूले आफ्नै अपर्याप्तताहरू बुझ्न सकून्, र उहाँका वचनहरू अनुभव गर्ने प्रक्रियामा, तिनीहरूले आफैभित्रका अशुद्धताहरूलाई (आत्म-धार्मिकता, अहङ्कार, धारणाहरू, आदि इत्यादिलाई) हटाउन सकून्। नयाँ प्रकाश प्राप्त गर्न सक्रिय हुनु नै पर्याप्त हुन्छ भनी नसोच—तिमीहरूले सबै नकारात्मक कुराहरूलाई पनि फाल्नुपर्छ। एकातिर तिमीहरू सकारात्मक पक्षबाट प्रवेश गर्नु आवश्यक छ भने, अर्कोतिर तिमीहरूले नकारात्मक पक्षबाट आएका सबै अशुद्ध कुराहरूबाट आफैलाई छुटाउनुपर्छ। तैँले आफूभित्र अझै कुन-कुन अशुद्धताहरू छन् भनी बुझ्नको लागि निरन्तर आफैलाई जाँच्नुपर्छ। मानवजातिका धार्मिक विचारहरू, अभिप्रायहरू, आशाहरू, स्व-धार्मिकता र अहङ्कार सबै अशुद्ध कुराहरू हुन्। आफैभित्र हेर् र तँमा कुन-कुन धार्मिक धारणाहरू छन् कि भनी बुझ्न सबै कुरालाई परमेश्‍वरका प्रकाशका वचनहरूसँग तुलना गर्। जब तैँले ती कुराहरूलाई साँचो रूपमा चिन्छस्, तब मात्र तैँले तिनलाई हटाउन सक्छस्। कतिपय मानिसहरू भन्छन्: “अहिले पवित्र आत्माको वर्तमान कामको ज्योतिलाई पछ्याउनु मात्रै पनि पर्याप्त छ। अरू कुनै कुराको झमेलामा पर्नु आवश्यक छैन।” तर त्यसपछि, जब तेरा धार्मिक विचारहरू जाग्छन्, तैँले ती कुराबाट कसरी छुटकारा पाउँछस्? के तँलाई आज परमेश्‍वरका वचनहरू पालन गर्नु साधारण कुरा हो भन्‍ने लाग्छ? यदि तँ धर्मको मानिस होस् भने, तेरा धार्मिक विचारहरू र तेरो हृदयमा भएका परम्परागत धर्मशास्‍त्रीय सिद्धान्तहरूबाट नै बाधाहरू उत्पन्‍न हुन सक्छन्, र जब यी कुराहरू उत्पन्‍न हुन्छन्, तब तिनले तँलाई नयाँ कुराहरू स्वीकार गर्नमा बाधा दिन्छ। यी सबै वास्तविक समस्याहरू हुन्। यदि तैँले पवित्र आत्माका हालका वचनहरूलाई मात्र पछ्याउँछस् भने, तैँले परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न सक्दैनस्। तैँले पवित्र आत्माको वर्तमान ज्योतिको खोजी गर्ने क्रममा तेरो मनमा कुन-कुन धारणा र अभिप्रायहरू छन्, र तँमा के-कस्तो मानवीय स्व-धार्मिकता रहेको छ, र कुन-कुन व्यवहारहरूले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छन् भनी थाहा पाउनुपर्छ। यी सबै कुरा पहिचान गरिसकेपछि, तैँले ती सबैलाई फाल्नुपर्छ। तँलाई तेरा पहिलेका कार्य र व्यवहारहरूका विरुद्धमा विद्रोह गर्न लगाउनु भनेकै तँलाई पवित्र आत्माले आज बोल्नुहुने वचनहरूको अनुसरण गर्ने मौका दिनका लागि हो। एकातिर स्वभावको परिवर्तन परमेश्‍वरका वचनहरूद्वारा हासिल हुन्छ भने, अर्कोतिर यसको निम्ति मानिसको तर्फबाट सहकार्यको आवश्यकता पर्छ। एकातिर परमेश्‍वरको काम छ र अर्कोतिर मानव अभ्यास छ, र दुवै नै अपरिहार्य छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५४१

तिमीहरूले आफ्नो भावी सेवाको मार्गमा कसरी परमेश्‍वरका अभिप्रायलाई सन्तुष्ट पार्न सक्छौ? एउटा महत्त्वपूर्ण कुरा भनेको चाहिँ जीवन प्रवेशको, स्वभाव परिवर्तनको र सत्यतामा गहिरो रूपले प्रवेशको खोजी गर्नु हो—सिद्धता प्राप्त गर्ने र परमेश्‍वरद्वारा प्राप्त गरिने मार्ग यही हो। तिमीहरू सबै परमेश्‍वरको आज्ञा प्राप्त गर्नेहरू हौ, तर त्यो कस्तो प्रकारको आज्ञा हो? यो कामको अर्को चरणसँग सम्बन्धित छ; कार्यको अर्को चरण सम्पूर्ण ब्रह्माण्डमा गरिने अझ ठूलो कार्य हुनेछ, त्यसैले आज, तिमीहरूले आफ्नो जीवन स्वभाव परिवर्तन गर्न खोज्‍नुपर्छ, ताकि भविष्यमा तिमीहरू साँच्‍चै नै परमेश्‍वरले उहाँको कामद्वारा महिमा प्राप्त गर्नुहुने कुराको प्रमाण बन्‍नेछौ, जसले तिमीहरूलाई उहाँको भविष्यको कामको सटीक उदाहरण बनाउँछ। आजको खोजी पूर्णतया भविष्यको कामको लागि जग बसाल्नकै निम्ति हो, ताकि तिमीहरू परमेश्‍वरद्वारा प्रयोग हुन र उहाँको साक्षी दिन सक। यदि तिमीहरूले यसलाई आफ्नो खोजीको लक्ष्य बनाउँछौ भने, तिमीहरू पवित्र आत्माको उपस्थिति प्राप्त गर्न सक्षम हुनेछौ। तैँले आफ्नो खोजको लक्ष्य जति उच्‍च राख्छस्, तँ त्यति नै बढी सिद्ध पारिन सक्छस्। तँ सत्यको पछि जति धेरै लाग्छस्, पवित्र आत्माले त्यति नै धेरै काम गर्नुहुन्छ। तैँले आफ्नो खोजमा जति धेरै ऊर्जा लगाउँछस्, तैँले त्यत्ति नै बढी प्राप्त गर्नेछस्। पवित्र आत्माले मानिसहरूलाई तिनीहरूको भित्री स्थितिअनुसार सिद्ध पार्नुहुन्छ। केही मानिसहरू परमेश्‍वरद्वारा प्रयोग हुन वा उहाँद्वारा सिद्ध हुन इच्छुक हुँदैनन्, तिनीहरू आफ्नो देह सुरक्षित होस् र कुनै किसिमको दुर्भाग्य भोग्‍नु नपरोस् भनेर मात्र भन्छन्। केही मानिसहरू राज्यमा प्रवेश गर्न अनिच्छुक हुन्छन् तर अतल कुण्डमा खसालिन भने तयार हुन्छन्। त्यस्तो अवस्थामा, परमेश्‍वरले पनि तेरो त्यो इच्छा पूरा गरिदिनुहुनेछ। तँ जुन कुराको पछि लाग्छस् परमेश्‍वरले त्यो पूरा गरिदिनुहुनेछ। त्यसो भए, अहिले तँ कुन कुराको पछि लाग्दै छस् त? के सिद्ध पारिने कुराको पछि लाग्दै छस् हो? के तेरा वर्तमान कार्य र व्यवहारहरू परमेश्‍वरद्वारा सिद्ध हुन र उहाँद्वारा प्राप्त गरिनका लागि हुन्? तैँले यसरी नै दिनहुँ निरन्तर आफैलाई मापन गर्नुपर्छ। यदि तँ आफ्नो सम्पूर्ण हृदयले एउटै लक्ष्यको पछि लाग्छस् भने, परमेश्‍वरले निश्‍चित रूपमा तँलाई सिद्ध बनाउनुहुनेछ। पवित्र आत्माको मार्ग यस्तै हुन्छ। पवित्र आत्माले मानिसहरूलाई जुन बाटोमा डोऱ्याउनुहुन्छ त्यो तिनीहरूको खोजको माध्यमबाट प्राप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध हुन र प्राप्त गरिनको लागि तैँले जति धेरै तृष्णा गर्छस्, पवित्र आत्माले तँभित्र त्यत्ति नै बढी काम गर्नुहुनेछ। तँ खोजी गर्न जति असफल हुन्छस्, र तँ जति धेरै नकारात्मक र प्रतिगमनकारी हुन्छस्, तैँले पवित्र आत्मालाई काम गर्ने अवसरहरूबाट त्यति नै वञ्‍चित गर्छस्; समय बित्दै जाँदा, पवित्र आत्माले तँलाई त्याग्‍नुहुनेछ। के तँ परमेश्‍वरद्वारा सिद्ध हुन चाहन्छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिन चाहन्छस्? के तँ परमेश्‍वरद्वारा प्रयोग गरिन चाहन्छस्? तिमीहरूले परमेश्‍वरद्वारा सिद्ध पारिन, प्राप्त गरिन र प्रयोग गरिनकै निम्ति सबै कुरा गर्दै खोजी गर्नुपर्छ, ताकि ब्रह्माण्ड र यावत् थोकले तिमीहरूमा परमेश्‍वरका कार्यहरू प्रकट भएको देखून्। यावत् थोकमाझ तिमीहरू मालिक हौ र अस्तित्वमा रहेका सबै कुराहरूमाझ तिमीहरूले आफूमार्फत परमेश्‍वरलाई गवाही र महिमाको आनन्द लिन दिनेछौ—तिमीहरू सारा पुस्ताहरूमध्ये सबैभन्दा धन्यका हौ भन्‍ने कुराको प्रमाण यही हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५४२

तैँले परमेश्‍वरका अभिप्रायहरूलाई जति धेरै ख्याल गर्छस्, तैँले त्यति नै बढी बोझ वहन गर्नेछस्, अनि तैँले जति ठूलो बोझ वहन गर्छस्, तेरो अनुभव त्यति नै गहिरो हुनेछ। जब तैँले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, परमेश्‍वरले तँमाथि एउटा बोझ राखिदिनुहुनेछ, अनि त्यसपछि उहाँले तँलाई सुम्पनुभएका कार्यहरूका सम्बन्धमा तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब परमेश्‍वरले तँलाई यो बोझ दिनुहुन्छ, तब तैँले परमेश्‍वरका वचनहरू खाने र पिउने क्रममा सम्बन्धित सत्यताहरूलाई विशेष ध्यान दिनेछस्। यदि तँसित दाजुभाइ-दिदीबहिनीहरूको जीवन स्थितिप्रति बोझ छ भने, यो तँलाई परमेश्‍वरद्वारा सुम्पिएको बोझ हो, अनि तैँले आफ्ना दैनिक प्रार्थनाहरूमा यो बोझलाई सधैँ आफूसँगै बोक्नेछस्। परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो तँमाथि लादिएको छ, अनि परमेश्‍वर जे गर्न चाहनुहुन्छ, तँ त्यो गर्न इच्छुक छस्; परमेश्‍वरको बोझलाई तेरो आफ्नै बोझका रूपमा लिनु भनेको यही नै हो। यस अवस्थामा, तैँले परमेश्‍वरका वचनहरू खाने र पिउने कामलाई यस प्रकारका समस्याहरूको वरिपरि केन्द्रित गर्नेछस्, अनि सोच्‍नेछस्, “मैले यी समस्याहरू कसरी समाधान गर्ने होला? मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई मुक्त हुन र आत्मामा आनन्द प्राप्त गर्न म कसरी मद्दत गर्न सक्छु?” सङ्गति गर्दा तैँले यी समस्याहरू समाधान गर्नमा पनि ध्यान दिनेछस् अनि परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा, तैँले यी समस्याहरूसँग सम्बन्धित वचनहरू खान र पिउनमा ध्यान दिनेछस्। बोझको भावनासहित परमेश्‍वरका वचनहरू खाएर र पिएर तैँले उहाँका मागहरू बुझ्न थाल्छस्, अनि तेरो लागि अगाडिको मार्ग अझ प्रस्ट बन्नेछ। यो भनेको तँसँग बोझ हुँदा उत्पन्न हुने पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति हो, र यो तेरो लागि परमेश्‍वरको मार्गदर्शन पनि हो। म किन यसो भन्छु? यदि तँसित कुनै बोझ छैन भने, परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा तैँले ध्यान दिनेछैनस्; जब तैँले हृदयमा बोझ बोकेर परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तब तैँले तिनको सार बुझ्न, आफ्नो मार्ग भेट्टाउन, र परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्नेछस्। त्यसकारण, तैँले परमेश्‍वरलाई तँमाथि अझै बढी बोझहरू राखिदिनुहोओस् र तँलाई अझै ठूला आज्ञाहरू सुम्पनुहोओस् भनी प्रार्थना गर्नुपर्छ, ताकि भविष्यमा तेरो अभ्यासका निम्ति तँसित अझ प्रस्ट मार्ग होस्; ताकि तैँले परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा त्यसले अझ राम्रा नतिजाहरू देओस्; ताकि तँ उहाँका वचनहरूको सारलाई बुझ्न सक्षम बनेस्; ताकि तँ पवित्र आत्माद्वारा उत्प्रेरित हुन अझ सक्षम बनेस्।

परमेश्‍वरका वचनहरू खानु र पिउनु, प्रार्थनाको तालिम लिनु, परमेश्‍वरको बोझ स्वीकार गर्नु, अनि उहाँले तँलाई सुम्पनुहुने कार्यभारहरू स्वीकार गर्नु—यो सबै तँसित अगाडि बढ्ने मार्ग होस् भनेर हो। परमेश्‍वरको आज्ञाप्रति तँसँग जति बढी बोझ हुन्छ, उहाँद्वारा सिद्ध पारिन तँलाई त्यति नै सजिलो हुनेछ। कतिपय त आह्वान गर्दा समेत परमेश्‍वरको सेवामा अरूसित सहकार्य गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिस हुन् जो आरामको लालसा गर्छन्। तँलाई जति बढी अरूसँग सहकार्य गरेर सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभवहरू हासिल गर्नेछस्। बोझ र अनुभवहरू बढी भएकाले तैँले सिद्ध हुने बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि तैँले सच्चाइका साथ परमेश्‍वरको सेवा गर्न सकिस् भने, तैँले परमेश्‍वरको बोझलाई ख्याल गर्नेछस्; तैँले परमेश्‍वरद्वारा सिद्ध पारिने अझ धेरै अवसरहरू पाउनेछस्। हाल त्यस्ता मानिसहरूको समूहलाई सिद्ध पारिँदै छ। पवित्र आत्माले तँलाई जति धेरै तीव्रताका साथ प्रेरित गर्नुहुन्छ, त्यति नै बढी तैँले परमेश्‍वरको बोझलाई ख्याल गर्नेछस्, त्यति नै बढी तँ परमेश्‍वरद्वारा सिद्ध पारिनेछस्, र त्यति नै बढी तँ उहाँद्वारा प्राप्त गरिनेछस्—अनि अन्तमा, तँ परमेश्‍वरले प्रयोग गर्ने व्यक्ति बन्नेछस्। हाल, कतिपय यस्ता मानिस छन् जो मण्डलीका लागि कुनै बोझ बोक्दैनन्। यी मानिसहरू सुस्त र लोसे छन्, र आफ्नो देहबारे मात्रै वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तँ यो कुरा स्पष्ट रूपमा देख्न सक्दैनस् भने, तैँले कुनै बोझ बोक्नेछैनस्। तँ परमेश्‍वरका अभिप्रायहरूलाई जति बढी ख्याल गर्छस्, उहाँले तँलाई त्यति नै ठूलो बोझ दिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको मारमा पर्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, अनि फलस्वरूप, तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध पारिने अवसरहरू गुमाउनेछन्। के तिनीहरू आफैलाई हानि गरिरहेका छैनन् र? यदि तँ परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने व्यक्ति होस् भने, तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीका निम्ति तैँले वहन गर्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनका लागि वहन गर्ने बोझ भन्नु उत्तम हुनेछ किनकि परमेश्‍वरले यस्ता अनुभवहरूमार्फत तँलाई सिद्ध पार्नुहोओस् भन्नका लागि नै मण्डलीका निम्ति तँमा बोझ विकसित हुने हो। त्यसकारण, जसले मण्डलीका निम्ति सबैभन्दा ठूलो बोझ वहन गर्छ, जसले जीवन प्रवेशका निम्ति बोझ वहन गर्छ—तिनीहरूलाई नै परमेश्‍वरले सिद्ध पार्नुहुन्छ। के तैँले यसलाई स्पष्टसित देखेको छस्? यदि तँ रहेको मण्डली बालुवा जस्तै छरिएको छ तर तँ चिन्तित हुँदैनस् र आत्तिँदैनस्, अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले सामान्य रूपमा परमेश्‍वरका वचनहरू खान र पिउन नसक्दा पनि आँखा चिम्लिन्छस् भने, यो कुनै बोझ नहुनुको प्रकटीकरण हो। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रेम गर्नुहुन्न। जसलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ, तिनीहरू धार्मिकताको निम्ति भोकाउँछन् र तिर्खाउँछन् र परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छन्। यसर्थ, तिमीहरू अहिले नै परमेश्‍वरको बोझलाई ख्याल गर्ने हुनुपर्छ; तिमीहरूले परमेश्‍वरको बोझलाई ख्याल गर्नुअघि उहाँले असङ्ख्य मानिसहरूलाई आफ्नो धर्मी स्वभाव प्रकट गरुञ्‍जेलसम्म पर्खिनु हुँदैन। के त्यति बेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्‍वरद्वारा सिद्ध पारिने राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट फुत्किन दिइस् भने, मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि पछुताएर मर्ने बेलामा पनि अफसोस मानेजस्तै तँ तेरो बाँकी जीवनभरि पछुताउनेछस्। जब परमेश्‍वरको धर्मी स्वभाव असङ्ख्य मानिसहरूलाई प्रकट गरिन्छ, तब तँ पश्‍चात्तापले भरिनेछस्। परमेश्‍वरले तँलाई सजाय नदिनुभए तापनि अफसोसका कारण तैँले आफैलाई सजाय दिनेछस्। कोही-कोही यसद्वारा विश्‍वस्त हुँदैनन् तर यदि तँलाई त्यो विश्‍वास लाग्दैन भने, पर्खेर त हेर्। कतिपय मानिसहरू ठ्याक्कै तिनै हुन् जसले यी वचनहरू आफूमा साकार भएको देख्नेछन्। के तँ यी वचनहरूका लागि आफैलाई बलिदान गर्न तयार छस्?

यदि तँ परमेश्‍वरद्वारा सिद्ध पारिने अवसरहरू खोज्दैनस् र यदि तैँले सिद्ध पारिने पछ्याइमा अग्रपङ्क्तिमा रहनका निम्ति मेहनत गर्दैनस् भने, अन्ततः तँलाई त्यसको पछुतो लाग्नेछ। मानिसहरूलाई सिद्ध पार्ने सर्वोत्तम अवसर अहिले नै हो; यो अत्यन्तै राम्रो समय हो। यदि तैँले परमेश्‍वरद्वारा सिद्ध पारिने कुरालाई गम्भीरतापूर्वक पछ्याइनस् भने, उहाँको काम पूरा भएपछि, तैँले अवसर गुमाइसकेको हुनेछस्—त्यो ज्यादै ढिला भइसकेको हुनेछ। तेरो सङ्कल्प जतिसुकै ठूलो भए तापनि, यदि परमेश्‍वरले काम गर्न छाडिसक्नुभएको छ भने, तैँले लखतरान भइन्जेल प्रयास गरे पनि कहिल्यै सिद्धता हासिल गर्न सक्नेछैनस्। तैँले यो अवसर पक्रनैपर्छ र पवित्र आत्माले आफ्नो महान् काम गर्नुहुँदा उहाँसित सहकार्य गर्नैपर्छ। यदि तैँले यो मौका गुमाइस् भने, तैँले जतिसुकै प्रयासहरू गरे पनि तँलाई अर्को मौका दिइनेछैन। तिमीहरूमध्ये कतिपय यसो भन्दै चिच्याउँछौ, “परमेश्‍वर, म तपाईंको बोझलाई ध्यान दिन इच्छुक छु, म तपाईंका अभिप्रायहरूलाई पूरा गर्न इच्छुक छु।” तैपनि, अभ्यास गर्नको निम्ति तँसित कुनै मार्ग छैन, त्यसैले तेरा बोझहरू टिक्नेछैनन्। यदि तेरो अगाडि मार्ग छ भने, तैँले एक पल्टमा एउटा अनुभव हासिल गर्नेछस् अनि तेरो अनुभव संरचित र व्यवस्थित हुनेछ। एउटा बोझ पूरा भइसकेपछि, तँलाई अर्को दिइनेछ। तेरो जीवनको अनुभव गहिरो हुँदै जाँदा, तेरा बोझहरू पनि अझ गहन हुनेछन्। कोही-कोही मानिसहरू केवल पवित्र आत्माले आफूलाई स्पर्श गर्नुभएको बेला मात्रै बोझ बोक्छन्; केही समयपछि अभ्यास गर्न तिनीहरूसित मार्ग नहुँदा, तिनीहरूले कुनै पनि बोझहरू बोक्न छोड्छन्। केवल परमेश्‍वरका वचनहरू खाएर अनि पिएर मात्रै तैँले आफ्ना बोझहरूलाई विकसित गर्न सक्दैनस्। धेरै सत्यताहरू बुझेर तैँले समझ प्राप्त गर्नेछस्, सत्यतालाई प्रयोग गरेर समस्याहरू समाधान गर्न सिक्नेछस् अनि परमेश्‍वरका वचनहरू तथा परमेश्‍वरका अभिप्रायबारे अझ सटीक बुझाइ हासिल गर्नेछस्। यी कुराहरूद्वारा, तैँले बोक्नका निम्ति बोझहरू विकास गर्नेछस् अनि तब मात्रै तैँले उचित प्रकारले काम गर्न सक्नेछस्। यदि तँसित बोझ छ तर सत्यताको स्पष्ट बुझाइ छैन भने, त्यसले पनि काम गर्नेछैन; तैँले व्यक्तिगत रूपले परमेश्‍वरका वचनहरू अनुभव गर्नुपर्छ र त्यसलाई कसरी अभ्यास गर्ने हो सो जान्नुपर्छ। तँ आफै वास्तविकताभित्र प्रवेश गरिसकेपछि मात्रै तैँले अरूको निम्ति जुटाउन, अरूलाई डोऱ्याउन सक्‍नेछस् र तँ परमेश्‍वरद्वारा सिद्ध तुल्याइन सक्नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५४३

यस क्षणमा, परमेश्‍वरको काम भनेको प्रत्येकलाई ठीक बाटोमा प्रवेश गर्न लगाउनु, सामान्य आत्मिक जीवन तथा साँचो अनुभवहरू प्राप्त गर्न लगाउनु, पवित्र आत्माद्वारा सञ्चालित हुन लगाउनु अनि—यी कुराहरूको जगमा परमेश्‍वरका आज्ञाहरू स्विकार्न लगाउनु हो। राज्यको तालीमभित्र प्रवेश गर्नुको उद्देश्य तिमीहरूको प्रत्येक बोलीवचन, कार्य, चाल, विचार तथा धारणालाई परमेश्‍वरका वचनहरूभित्र प्रवेश गर्न लगाउनु हो; परमेश्‍वरद्वारा बारम्बार स्पर्श पाउन लगाउनु हो अनि त्यसद्वारा उहाँलाई प्रेम गर्ने हृदय विकास गर्नु हो; अनि तँलाई परमेश्‍वरका अभिप्रायका धेरै बोझ सम्हाल्न लगाउनु हो, ताकि प्रत्येक व्यक्ति परमेश्‍वरद्वारा सिद्ध तुल्याइने मार्गमा हुन सकोस्, ताकि प्रत्येक व्यक्ति ठीक मार्गमा होस्। तँ परमेश्‍वरद्वारा सिद्ध तुल्याइने यस मार्गमा आएपछि, ठीक मार्गमा हुन्छस्। तेरा विचार तथा धारणाहरू, साथै तेरा गलत मनसायहरूलाई सच्याउन सकिएपछि अनि तँ देहप्रति ध्यान दिने व्यक्तिबाट परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्ने व्यक्तिमा परिवर्तन भएपछि अनि तँ गलत मनसायहरूको उदय हुँदा त्यसले ल्याउने बाधालाई रोक्न सक्षम भएर परमेश्‍वरका अभिप्रायअनुरूप चल्ने भएपछि—यदि तैँले यो रूपान्तरण हासिल गर्न सक्छस् भने, तँ जीवन अनुभवको ठीक मार्गमा छस्। तेरो प्रार्थनाका अभ्यासहरू ठीक मार्गमा भएपछि तेरा प्रार्थनाहरूमा तँ पवित्र आत्माद्वारा छोइनेछस्। जब-जब तैँले प्रार्थना गर्छस्, तँलाई पवित्र आत्माले छुनुहुनेछ; तैँले हरेक पल्ट प्रार्थना गर्दा, परमेश्‍वरसामु आफ्नो हृदयलाई शान्त तुल्याउन सक्नेछस्। तैँले हरेक पल्ट परमेश्‍वरका वचनहरूको अध्याय खाएपछि र पिएपछि, यदि तैँले उहाँले अहिले गरिरहनुभएको कामलाई बुझ्न सक्छस् अनि कसरी प्रार्थना गर्ने, कसरी सहकार्य गर्ने, कसरी प्रवेश हासिल गर्ने सो सिक्न सक्छस् भने, तब मात्रै परमेश्‍वरका वचनहरूको तेरो खुवाइ र पियाइले परिणामहरू उत्पन्न गर्नेछन्। जब, परमेश्‍वरका वचनहरूद्वारा तैँले प्रवेशको मार्ग भेट्टाउन सक्छस् अनि परमेश्‍वरको कामको वर्तमान गतिशीलता, साथै पवित्र आत्माको कामको दिशालाई ठम्याउन सक्छस्, तब तँ ठीक मार्गमा प्रवेश गरेको हुनेछस्। परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा यदि तैँले मुख्य बुँदाहरूलाई बुझेको छैनस् अनि त्यसपछि अभ्यास गर्नका लागि बाटो भेट्टाउन अझै असक्षम छस् भने, यसले परमेश्‍वरका वचनहरू कसरी ठीक प्रकारले खाने र पिउने भन्‍ने तँलाई अझै थाहा छैन अनि तैँले त्यसो गर्ने विधि वा सिद्धान्त पत्ता लगाएको छैनस् भन्‍ने देखाउँछ। परमेश्‍वरले हाल गरिरहनुभएको कामलाई यदि तैँले राम्ररी बुझेको छैनस् भने, उहाँले तँलाई सुम्पिनुहुने कामहरू तैँले स्वीकार गर्न सक्‍नेछैनस्। परमेश्‍वरले हाल गर्नुहुने काम मानिसहरू प्रवेश गर्नैपर्ने र तिनीहरूले अहिले नै बुझ्नुपर्ने काम हो। के तिमीहरूले यी कुराहरूलाई राम्ररी बुझेका छौ?

यदि तैँले परमेश्‍वरका वचनहरूलाई प्रभावकारी रूपले खान्छस् र पिउँछस् भने, तेरो आत्मिक जीवन सामान्य हुन्छ अनि तैँले जस्तोसुकै परीक्षाहरूको सामना गरे तापनि, जस्तोसुकै परिस्थितिहरूसित जम्काभेट गर्नुपरे तापनि, जस्तोसुकै शारीरिक रोगव्याधिहरू सहनु परे तापनि, तँ दाजुभाइ तथा दिदीबहिनीहरूबाट विमुख हुनुपरे तापनि वा तैँले पारिवारिक समस्याहरू सामना गर्नु परे तापनि, परमेश्‍वरको वचन सामान्य रूपमा खान र पिउन सक्छस्, सामान्य रूपले प्रार्थना गर्न सक्छस्, सामान्य रूपले मण्डली जीवनलाई निरन्तरता दिन सक्छस्; यदि तैँले यी सबै हासिल गर्न सक्छस् भने, यसले तँ ठीक मार्गमा छस् भन्‍ने देखाउनेछ। कोही मानिसहरू धेरै नै कमजोर हुन्छन् अनि तिनीहरूसित दृढताको कमी हुन्छ। सानो बाधा सामना गर्नुपर्दा पनि तिनीहरू बच्चाजस्तो रुन्छन् अनि नकारात्मक हुन्छन्। सत्यताको खोजी गर्नको लागि दृढता तथा संकल्पको आवश्यकता पर्छ। यदि तँ यस पटक परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न असफल भएको छस् भने, तैँले आफैलाई घृणा गर्न सक्नुपर्छ, अनि अर्को पल्ट सफल हुन चुपचाप अठोट गर्नुपर्छ। यदि यस पटक, तँ परमेश्‍वरको बोझप्रति सचेत भएको थिइनस् भने, भविष्यमा त्यस्तै बाधा सामना गर्नुपर्दा देहविरुद्ध विद्रोह गर्न तैँले निश्चय गर्नुपर्छ अनि परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्ने संकल्प गर्नुपर्छ। यसरी नै तँ प्रशंसायोग्य हुनेछस्। कोही मानिसहरू आफ्ना विचारहरू वा धारणाहरू ठीक छन् कि छैनन् भनेर समेत जान्दैनन्। ती मानिसहरू मूर्ख हुन्। यदि तँ आफ्नो हृदयलाई काबू गर्न अनि देहविरुद्ध विद्रोह गर्न चाहन्छस् भने, पहिले तैँले तेरा मनसायहरू ठीक छन् कि छैनन् भनी जान्नैपर्छ, तब मात्र तैँले तेरो हृदयलाई काबूमा राख्न सक्छस्। यदि तेरा मनसायहरू ठीक छन् वा छैनन् भनी तँलाई थाहा छैन भने, तेरो हृदयलाई काबू गर्न र देहविरुद्ध विद्रोह गर्न तँलाई सम्भव होला त? यदि तैँले विद्रोह गर्छस् भने पनि, अन्योल तरिकाले त्यसो गर्नेछस्। तेरा गलत मनसायहरूको विरुद्धमा कसरी विद्रोह गर्ने भनी तैँले जान्नुपर्छ। देहको विरुद्धमा विद्रोह गर्नुको अर्थ यही नै हो; आफ्ना मनसाय, विचार तथा धारणाहरू गलत छन् भन्‍ने जानिसकेपछि, तैँले तुरुन्तै आफ्नो मार्ग बदल्नुपर्छ र ठीक मार्गमा हिँड्नुपर्छ। यो विषयलाई पहिले समाधान गर् अनि यस सम्बन्धमा प्रवेश हासिल गर्न आफैलाई तालीम दे, किनभने आफ्ना मनसायहरू ठीक छन् कि छैनन् भन्‍ने तँलाई नै राम्रोसित थाहा छ। तेरा गलत मनसायहरू सुधार गरिसकेपछि अनि ती अब परमेश्‍वरको प्रयोजनको निम्ति भइसकेपछि, तैँले आफ्नो हृदयलाई काबू राख्ने लक्ष्य हासिल गरिसकेको हुनेछस्।

तिमीहरूले अहिले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा परमेश्‍वरको ज्ञान र उहाँको काम प्राप्त गर्नु हो। मानवजातिमाथि पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्‍ने पनि तैँले जान्नैपर्छ; ठीक मार्गमा प्रवेश गर्नको लागि यी कार्यहरू अत्यावश्यक छन्। तैँले यो महत्त्वपूर्ण बुँदा बुझिसकेपछि त्यसो गर्न तेरो लागि सजिलो हुनेछ। तँ परमेश्‍वरमा विश्‍वास गर्छस् अनि उहाँलाई चिन्छस्, यसले तेरो विश्‍वास साँचो हो भनी देखाउँदछ। यदि तैँले अनुभव प्राप्त गर्न जारी राख्छस् तापनि तैँले अझै परमेश्‍वरलाई चिन्न सक्दैनस् भने, तँ निश्चय नै परमेश्‍वरको विरोध गर्ने व्यक्ति होस्। जसले आजका देहधारी परमेश्‍वरलाई विश्‍वास नगरी येशूलाई मात्र विश्‍वास गर्छन्, तिनीहरू सबै दोषी ठहरिन्छन्। तिनीहरू सबै पछिल्ला दिनका फरिसीहरू हुन्, किनभने तिनीहरूले आजका परमेश्‍वरलाई स्वीकार गर्दैनन्; तिनीहरू सबै परमेश्‍वरको विरोधमा छन्। येशूप्रति तिनीहरूको आराधना जतिसुकै समर्पित भए तापनि, यो सबै व्यर्थमा हुनेछ; परमेश्‍वरले तिनीहरूलाई स्याबासी दिनुहुनेछैन। परमेश्‍वर विश्‍वास गर्छु भनी दाबी चाहिँ गर्ने तर आफ्नो हृदयमा परमेश्‍वरको साँचो ज्ञान नभएकाहरू सबै जना ढोङ्गी हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५४४

परमेश्‍वरद्वारा सिद्ध तुल्याइने कुराको खोजी गर्न व्यक्तिले पहिले उहाँद्वारा सिद्ध तुल्याइनुको अर्थ के हो, साथै सिद्ध तुल्याइनका निम्ति कस्ता शर्तहरू पालना गर्नुपर्छ भनी बुझ्नुपर्छ। व्यक्तिले त्यस्ता विषयहरूलाई राम्ररी बुझ्दा अभ्यासको बाटो खोजी गर्नुपर्छ। सिद्ध तुल्याइनका निम्ति, व्यक्ति एउटा निश्चित क्षमताको हुनुपर्छ। धेरै मानिसहरूमा जन्मजातै उच्च क्षमता पर्याप्त हुँदैन, यस्तो अवस्थामा तैँले मूल्य चुकाउनुपर्छ र व्यक्तिपरक ढङ्गले कडा परिश्रम गर्नुपर्छ। जति तेरो क्षमता खराब हुन्छ, त्यति नै बढी तैँले व्यक्तिपरक ढङ्गले प्रयत्न गर्नुपर्छ। परमेश्‍वरको वचनको तेरो बुझाइ जति बढी हुन्छ र जति बढी तैँले त्यसलाई अभ्यास गर्छस्, त्यति नै चाँडै तैँले सिद्धताको बाटोमा आफ्नो पाइला राख्न सक्छस्। प्रार्थनाद्वारा तँलाई प्रार्थनाको क्षेत्रमा सिद्ध तुल्याइन सकिन्छ, परमेश्‍वरका वचनहरू खाएर अनि पिएर, तिनीहरूको सारलाई राम्ररी बुझेर, तिनीहरूको वास्तविकताअनुसार जिएर पनि तँलाई सिद्ध तुल्याइन सकिन्छ। परमेश्‍वरका वचनहरूलाई दैनिक रूपमा अनुभव गरेर तैँले आफूमा के कमी छ जान्नुपर्छ, अझ भन्‍ने हो भने, तैँले तेरा घातक दोषहरू तथा तेरा कमजोरीहरू के-के हुन् भनी चिन्नुपर्छ र परमेश्‍वरलाई प्रार्थना तथा बिन्ती गर्नुपर्छ। यसो गरेर, तँलाई क्रमिक रूपले सिद्ध तुल्याइनेछ। सिद्धतातर्फको बाटो यस्तो हुन्छ: प्रार्थना गर्नु; परमेश्‍वरका वचनहरूलाई खानु र पिउनु; परमेश्‍वरका वचनहरूको सारलाई राम्ररी बुझ्नु, परमेश्‍वरका वचनहरूको अनुभवमा प्रवेश गर्ने कुरा हासिल गर्नु, तँ आफैमा के कमी छ भनी जान्नु, परमेश्‍वरको कामप्रति समर्पित हुनु; परमेश्‍वरको बोझप्रति सचेत हुनु अनि परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदयमार्फत देहको विरुद्धमा विद्रोह गर्नु; अनि तेरा दाजुभाइ तथा दिदीबहिनीहरूप्रति निरन्तर सङ्गतिमा सामेल हुनु जसले तेरा अनुभवहरूलाई समृद्ध बनाउन सक्दछ। चाहे त्यो सामुदायिक जीवन होस् वा तेरो व्यक्तिगत जीवन, चाहे त्यो ठूलो भेला होस् वा सानो, तिनीहरू सबैले तँलाई अनुभव र तालिम प्राप्त गर्न मदत दिन सक्छन् ताकि तेरो हृदय परमेश्‍वरसामु शान्त हुन र उहाँमा फर्किन सकोस्। यो सबै सिद्ध तुल्याइने प्रक्रियाको भाग हो। अघि उल्लेख गरिएझैँ परमेश्‍वरका वचनहरू अनुभव गर्नु भनेको वास्तवमा तिनीहरूलाई चाख्न सक्षम हुनु र आफूलाई ती वचनहरूअनुसार जिउन दिनु हो ताकि तैँले परमेश्‍वरप्रति अझ ठूलो विश्‍वास र प्रेम हासिल गर्न सक्। यस प्रकारले, तैँले क्रमिक रूपमा आफ्नो भ्रष्ट, शैतानी स्वभावलाई त्याग्नेछस्; अनुचित अभिप्रायहरूदेखि आफैलाई स्वतन्त्र तुल्याउनेछस्; अनि सामान्य व्यक्तिको स्वरूपमा जिउनेछस्। परमेश्‍वरको निम्ति तँभित्र जति ठूलो प्रेम हुन्छ—भनाइको अर्थ, तेरो जति बढी भाग परमेश्‍वरद्वारा सिद्ध तुल्याइएको हुन्छ—त्यति नै कम तँ शैतानी भ्रष्टताको काबूमा हुनेछस्। तेरा व्यवहारिक अनुभवहरूद्वारा तैँले क्रमिक रूपमा सिद्धताको बाटोमा आफ्नो पाइला राख्नेछस्। यसरी, यदि तँ सिद्ध तुल्याइने चाहना गर्छस् भने, तैँले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नु र उहाँका वचनहरू अनुभव गर्नु विशेष रूपले महत्वपूर्ण छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५४५

परमेश्‍वर अहिले मानिसहरूको एउटा निश्चित समूहलाई प्राप्त गर्न चाहनुहुन्छ, यस्ता मानिसहरूको एउटा यस्तो झुन्ड जो उहाँसँग सहकार्य गर्न मेहनत गर्छन्, जो उहाँको कामप्रति समर्पित हुन सक्छन्, जसले परमेश्‍वरले बोल्नुभएका वचनहरू सत्य छन् भनी विश्‍वास गर्छन्, र जसले परमेश्‍वरका आवश्यकताहरूलाई व्यवहारमा लागू गर्न सक्छन्; तिनीहरू हृदयमा साँचो समझ भएकाहरू हुन्, तिनीहरू सिद्ध तुल्याइन सक्‍नेहरू हुन्, र तिनीहरू अनिवार्य रूपमा पूर्णताको बाटोमा हिँड्न सक्‍नेछन्। जो सिद्ध तुल्याइन सक्दैनन् तिनीहरू ती मानिसहरू हुन् जसमा परमेश्‍वरको कामको स्पष्ट ज्ञान हुँदैन, जसले परमेश्‍वरका वचनहरू खाँदैनन् र पिउँदैनन्, जसले उहाँको वचनमा ध्यान दिँदैनन्, र जसमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुँदैन। जसले देहधारी परमेश्‍वरमा शङ्का गर्छन्, तिनीहरू उहाँको बारेमा सधैँ अनिश्चित हुन्छन्, उहाँको वचनलाई कहिल्यै पनि गम्भीरतासित लिँदैनन् र उहाँलाई सधैँ धोका दिन्छन्, जसले परमेश्‍वरको विरोध गर्छन् र जो शैतानका हुन्; त्यस्ता व्यक्तिहरूलाई सिद्ध गर्ने कुनै उपाय हुँदैन।

यदि तँ सिद्ध पारिन चाहन्छस् भने, तैँले पहिले परमेश्‍वरको नजरमा निगाह पाउनैपर्छ, किनभने उहाँ तिनैलाई सिद्ध पार्नुहुन्छ जसलाई उहाँ निगाह देखाउनुहुन्छ र जो उहाँका अभिप्रायहरूअनुरूप छन्। यदि तँलाई परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुने इच्छा छ भने, तँसँग उहाँको कामप्रति समर्पित हुने हृदय हुनैपर्छ, तैँले सत्यता पछ्याउन सक्दो प्रयास गर्नैपर्छ र तैँले सबै कुरामा परमेश्‍वरको छानबिन स्विकार्नैपर्छ। के तैँले गर्ने सबै कामकुरा परमेश्‍वरको छानबिनबाट गुज्रेका छन्? के तेरो नियत सही छ? यदि तेरो नियत सही छ भने, परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुनेछ; यदि तेरो नियत गलत छ भने, यसले तेरो हृदयले परमेश्‍वरलाई होइन, देह र शैतानलाई प्रेम गर्छ भन्‍ने देखाउँछ। त्यसकारण, तैँले सबै कुरामा परमेश्‍वरको छानबिन स्विकार्ने तरिकाका रूपमा प्रार्थनालाई प्रयोग गर्नैपर्छ। जब तँ प्रार्थना गर्छस्, म व्यक्तिगत रूपमा तेरो अगाडि नउभिएको भए पनि, पवित्र आत्मा तँसँगै हुनुहुन्छ र तैँले म जो व्यक्ति हुँ उहाँलाई र परमेश्‍वरका आत्मा दुवैलाई प्रार्थना गरिरहेको हुन्छस्। तँ किन यस देहमा विश्‍वास गर्छस्? तँ विश्‍वास गर्छस् किनभने उहाँसँग परमेश्‍वरका आत्मा हुनुहुन्छ। यदि यस व्यक्तिसँग परमेश्‍वरका आत्मा नहुनुभएको भए, के तैँले उहाँमा विश्‍वास गर्नेथिइस्? तैँले यस व्यक्तिमा विश्‍वास गर्दा, परमेश्‍वरका आत्मामा विश्‍वास गरिरहेको हुन्छस्। तँलाई यस व्यक्तिको डर मान्‍न लगाउनु भनेको परमेश्‍वरका आत्माको डर मान्‍न लगाउनु हो। परमेश्‍वरका आत्मामाथिको विश्‍वास यस व्यक्तिमाथिको विश्‍वास हो र यस व्यक्तिमाथिको विश्‍वास पनि परमेश्‍वरका आत्मामाथिको विश्‍वास हो। तैँले प्रार्थना गर्दा, तँलाई परमेश्‍वरका आत्मा तँसँग हुनुहुन्छ र परमेश्‍वर तेरो अगाडि हुनुहुन्छ भन्‍ने महसुस हुन्छ र त्यसकारण तँ उहाँका आत्मालाई प्रार्थना गर्छस्। आज, धेरैजसो मानिस आफ्ना कार्यहरू परमेश्‍वरसामु ल्याउन डराउँछन्; तैँले उहाँको देहलाई धोका दिन सक्ने भए पनि, उहाँका आत्मालाई धोका दिन सक्दैनस्। परमेश्‍वरको छानबिन थेग्न नसक्ने कुनै पनि मामिला सत्यताअनुरूप हुँदैन र त्यसलाई त्याग्नुपर्छ; त्यसो नगर्नु भनेको परमेश्‍वरलाई चिढ्याउनु हो। त्यसैले, चाहे तँ प्रार्थना गरिरहेको होस्, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग बोलिरहेको र सङ्गति गरिरहेको होस् वा आफ्नो कर्तव्य निर्वाह गरिरहेको र कामकुराहरू सम्पन्न गरिरहेको होस्, तैँले आफ्नो हृदय परमेश्‍वरसामु राख्नैपर्छ। तैँले आफ्नो प्रकार्य पूरा गर्दा, परमेश्‍वर तँसँगै हुनुहुन्छ र यदि तेरो नियत सही छ र त्यो परमेश्‍वरको घरको कामका लागि हो भने, उहाँले तैँले गर्ने सबै कुरा स्विकार्नुहुनेछ; तैँले सच्चा रूपमा आफ्नो प्रकार्य पूरा गर्नुपर्छ। तैँले प्रार्थना गर्दा, तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनुपर्छ र तैँले परमेश्‍वरको हेरचाह, सुरक्षा र छानबिन खोज्नुपर्छ। यदि तेरा अभिप्रायहरू यिनै हुन् भने, तेरा प्रार्थनाहरू प्रभावकारी हुनेछन्। उदाहरणका लागि, तैँले भेलाहरूमा प्रार्थना गर्दा, यदि तँ आफ्नो हृदय खोलेर परमेश्‍वरलाई प्रार्थना गर्छस् अनि झुट नबोली आफ्नो हृदयमा जे छ त्यो उहाँलाई बताउँछस् भने, तेरा प्रार्थनाहरू निश्चय नै प्रभावकारी हुनेछन्। यदि तँसँग गम्भीर रूपमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ भने, परमेश्‍वरसामु शपथ खा: “हे स्वर्ग र पृथ्वी अनि यावत् थोकमा हुनुहुने परमेश्‍वर, म तपाईँसामु कसम खान्छु: तपाईँका आत्माले मैले गर्ने सबै कुराको छानबिन गर्नुहोओस् र मलाई हरसमय सुरक्षा दिनुहोओस् र हेरचाह गर्नुहोओस्, ताकि मैले गर्ने सबथोक तपाईँको उपस्थितिमा दृढ रहन सकून्। यदि मेरो हृदयले तपाईँलाई प्रेम गरेन वा यसले कहिल्यै तपाईँलाई विश्वासघात गऱ्यो भने, मलाई कठोर सजाय र श्राप दिनुहोस्। मलाई यो जुनी वा आउँदो संसार कुनैमा पनि क्षमा नगर्नुहोस्!” के तँ यस्तो शपथ खाने आँट गर्छस्? यदि गर्दैनस् भने, यसले तँ कायर छस् र तँ अझै पनि आफूलाई प्रेम गर्छस् भन्‍ने देखाउँछ। के तिमीहरूमा यो सङ्कल्प छ? यदि यो साँच्चै तिमीहरूको सङ्कल्प हो भने, तिमीहरूले यो शपथ खानुपर्छ। यदि तँसँग उक्त सङ्कल्प छ र तँ यस्तो शपथ खान्छस् भने, परमेश्‍वरले तेरो सङ्कल्प पूरा गर्नुहुनेछ। तैँले परमेश्‍वरसामु शपथ खाँदा, उहाँ सुन्नुहुन्छ। परमेश्‍वरले तेरो प्रार्थना र तेरो अभ्यासका आधारमा तँ पापी होस् कि धर्मी होस् भनी निर्धारण गर्नुहुन्छ। अब तिमीहरू सिद्ध पारिने क्रममा छौ र यदि तँ सिद्ध पारिने कुरामा साँच्चै विश्‍वास गर्छस् भने, तैँले आफूले गर्ने सबै कुरा परमेश्‍वरसामु ल्याउनेछस् र उहाँको छानबिन स्विकार्नेछस्। यदि तँ अत्यन्तै विद्रोही कुरा गर्छस् वा यदि तँ परमेश्‍वरलाई विश्वासघात गर्छस् भने, उहाँले तेरो शपथ साकार पार्नुहुनेछ; त्यस बिन्दुमा, चाहे तैँले विनाशको सामना गर्नुपरोस् वा सजायको, त्यो तँ आफैले निम्त्याएको हुनेछस्। तैँले शपथ खाइस्, त्यसैले तैँले त्यो पालन गर्नुपर्छ। यदि तैँले शपथ खाइस्, तर त्यो पालन गरिनस् भने, नन्त कष्ट भोग्नेछस्। शपथ तेरै भएको हुनाले, परमेश्‍वरले तेरो शपथ साकार पार्नुहुनेछ। कतिपय मानिस प्रार्थना गरेपछि डराउँछन् र भन्छन्, “सबै सिद्धियो! दुराचारी बन्ने मेरो मौका गुम्यो; खराब कामकुराहरू गर्ने मेरो मौका गुम्यो; मेरा सांसारिक लालसाहरूमा लिप्त हुने मौका गुम्यो!” यी मानिसहरू अझै पनि संसार र पापलाई प्रेम गर्छन्, र तिनीहरूले अनन्त कष्ट भोग्ने निश्चित छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५४६

परमेश्‍वरको विश्‍वासीका रूपमा, तँ आफ्ना सबै कार्य र कर्म उहाँसामु ल्याउन र उहाँको छानबिन स्विकार्न सक्षम हुनैपर्छ। यदि तैँले गर्ने कामकुरा परमेश्‍वरका आत्माको अगाडि ल्याउन सकिन्छ तर परमेश्‍वरको देहको अगाडि ल्याउन सकिँदैन भने, यसले तैँले उहाँको आत्माको छानबिन स्विकारेको छैनस् भन्ने देखाउँछ। परमेश्‍वरका आत्मा को हुनुहुन्छ? त्यो कुन व्यक्ति हो जसलाई परमेश्‍वर गवाही दिनुहुन्छ? के उहाँहरू एउटै र उही हुनुहुन्न र? धेरैले उहाँहरूलाई दुई अलग स्वरूप ठान्छन्, र परमेश्‍वरका आत्मा भनेको परमेश्‍वरका आत्मा नै हो, र परमेश्‍वर जसलाई गवाही दिनुहुन्छ, त्यो मानिस मात्र हो भन्‍ने विश्‍वास गर्छन्। तर के तँ गलत छैनस्? यस व्यक्तिले कसको तर्फबाट काम गर्दछ? देहधारी परमेश्‍वरलाई नचिन्नेहरूसँग आत्मिक बुझाइ हुँदैन। परमेश्‍वरका आत्मा र उहाँको देहधारी शरीर एकै हुनुहुन्छ, किनकि परमेश्‍वरका आत्माले देहमा मूर्त रूप लिनुहुन्छ। यदि यो व्यक्ति तँप्रति दयालु छैन भने, के परमेश्‍वरका आत्मा दयालु हुनुहुनेछ र? के तँ भ्रमित छैनस् र? आज, परमेश्‍वरको छानबिन स्वीकार गर्न नसक्नेहरू सबैले उहाँको स्वीकृति प्राप्त गर्न सक्दैनन्, र देहधारी परमेश्‍वरलाई नचिन्नेहरू सिद्ध पारिन सक्दैनन्। तैँले गर्ने सबै कामकुरालाई हेर्, र तिनलाई परमेश्‍वरसामु ल्याउन सकिन्छ कि सकिँदैन भनी हेर्। यदि तँ आफूले गरेका सबै कुरा परमेश्‍वरसामु ल्याउन सक्दैनस् भने, त्यसले तँ दुष्कर्म गर्ने व्यक्ति होस् भन्‍ने देखाउँछ। के दुष्कर्मीहरूलाई सिद्ध पार्न सकिन्छ? तैँले गर्ने सबै कुरा, प्रत्येक कार्य, प्रत्येक अभिप्राय, र प्रत्येक प्रतिक्रिया परमेश्‍वरसामु ल्याइनुपर्छ। यसको अर्थ तेरो दैनिक आत्मिक जीवन—प्रार्थना गर्नु, परमेश्‍वरको नजिक आउनु, परमेश्‍वरका वचनहरू खानु-पिउनु, तेरा ब्रदर-सिस्टरहरूसित सङ्गति गर्नु र मण्डली जीवन जिउनुदेखि—अरूसँगको सहकार्यमा गरिएको तेरो सेवासम्म, सबै कुरालाई परमेश्‍वरको छानबिनका निम्ति उहाँसामु ल्याइनुपर्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्नेछ। परमेश्‍वरको छानबिन स्विकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ परमेश्‍वरको छानबिन स्वीकार गर्न जति धेरै सक्छस्, त्यति नै बढी शुद्ध पारिन्छस् र तँ परमेश्‍वरका अभिप्रायहरू अनुसारको त्यति धेरै हुन्छस्, जसले गर्दा तँ भोगविलासीतामा पर्नेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहन सक्षम हुनेछ। तैँले उहाँको छानबिन जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र देहविरुद्ध विद्रोह गर्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्‍वरको छानबिन स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यासको मार्ग हो। चाहे तैँले जेसुकै गरे पनि, तैँले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति गर्दा समेत आफ्ना कार्यहरू परमेश्‍वरसामु ल्याउनुपर्छ र उहाँको छानबिन खोज्नुपर्छ, र परमेश्‍वर स्वयम्‌प्रति जानीबुझी समर्पित हुनुपर्छ; यसले तेरो अभ्यासलाई अझै सटीक बनाउनेछ। तैँले गर्ने सबै कुरा परमेश्‍वरसामु ल्याइस् र परमेश्‍वरको छानबिन स्वीकार गरिस् भने मात्र तँ परमेश्‍वरको उपस्थितिमा जिउने व्यक्ति हुन सक्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५४७

परमेश्‍वरबारे बुझाइ नभएकाहरू कहिल्यै पनि परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्दैनन्। यस्ता मानिसहरू विद्रोहको पुत्र हुन्। तिनीहरू अत्यन्तै महत्त्वाकाङ्क्षी हुन्छन् र तिनीहरूमा अत्यन्तै धेरै विद्रोहीपन हुन्छ, त्यसैले तिनीहरू परमेश्‍वरबाट टाढा रहन्छन् र उहाँको छानबिन स्विकार्न अनिच्छुक हुन्छन्। यस्ता मानिसहरूलाई सजिलै सिद्ध पार्न सकिँदैन। कतिपय मानिस परमेश्‍वरका वचनहरू खाने र पिउने तरिकामा र ती स्विकार्ने कुरामा रोजीछाडी गर्छन्। तिनीहरू आफ्ना धारणाहरूअनुरूप रहेका परमेश्‍वरका वचनहरूका निश्चित अंशहरूलाई स्वीकार गर्छन् र आफ्ना धारणाहरूअनुरूप नरहेकाहरूलाई अस्वीकार गर्छन्। के यो परमेश्‍वरविरुद्ध सबैभन्दा स्पष्ट विद्रोह र प्रतिरोध होइन र? यदि कसैले वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गर्छ तर उहाँबारे अलिकति पनि बुझाइ प्राप्त गर्दैन भने, ऊ अविश्‍वासी हो। परमेश्‍वरको छानबिन स्विकार्न इच्छुक हुनेहरू ती हुन् जो उहाँको बुझाइ पछ्याउँछन्, जो उहाँका वचनहरू स्विकार्न इच्छुक हुन्छन्। परमेश्‍वरको उत्तराधिकार पाउने र उहाँका आशिष्‌हरू उत्तराधिकारमा प्राप्त गर्ने तिनीहरू नै हुन् र तिनीहरू सबैभन्दा बढी आशिषित् हुन्छन्। परमेश्‍वर ती मानिसहरूलाई श्राप दिनुहुन्छ जसको हृदयमा उहाँका लागि कुनै ठाउँ छैन र उहाँ त्यस्ता मानिसहरूलाई सजाय दिनुहुन्छ र छोड्नुहुन्छ। यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने उहाँले तँलाई छोड्नुहुनेछ र यदि तँ मैले भनेको कुरा सुन्दैनस् भने, म वाचा गर्छु, परमेश्‍वरको आत्माले तँलाई छोड्नुहुनेछ। यदि तँलाई विश्‍वास लाग्दैन भने प्रयास गरेर हेर्! आज म तँलाई एउटा अभ्यासको मार्ग प्रस्ट पारिदिन्छु, तर तैँले यसलाई व्यवहारमा लागु गर्नु वा नगर्नु तँमै निर्भर हुन्छ। यदि तँ यस कुरामा विश्‍वास गर्दैनस्, यदि तँ यसलाई व्यवहारमा लागु गर्दैनस् भने, पवित्र आत्माले तँमा काम गर्नुहुन्छ कि गर्नुहुन्न भन्‍ने कुरा तैँले आफै देख्नेछस्! यदि तँ परमेश्‍वरको बुझाइ पछ्याउँदैनस् भने, पवित्र आत्माले तँमा काम गर्नुहुनेछैन। परमेश्‍वर ती मानिसहरूमा काम गर्नुहुन्छ जसले उहाँका वचनहरू पछ्याउँछन् र तिनलाई बहुमूल्य ठान्छन्। तँ परमेश्‍वरका वचनहरूलाई जति बढी बहुमूल्य ठान्छस्, उहाँका आत्माले तँभित्र त्यति नै बढी काम गर्नुहुनेछ। कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू जति धेरै बहुमूल्य ठान्छ, उसले परमेश्‍वरद्वारा सिद्ध पारिने त्यति नै बढी मौकाहरू पाउनेछ। परमेश्‍वर उहाँलाई साँच्चै प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ र उहाँको अघि शान्त हृदय हुनेहरूलाई सिद्ध पार्नुहुन्छ। तैँले परमेश्‍वरका सबै कामलाई बहुमूल्य ठान्नुपर्छ, परमेश्‍वरको अन्तर्दृष्टिलाई बहुमूल्य ठान्नुपर्छ, परमेश्‍वरको उपस्थितिलाई बहुमूल्य ठान्नुपर्छ, परमेश्‍वरको हेरचाह र सुरक्षालाई बहुमूल्य ठान्नुपर्छ, साथै परमेश्‍वरका वचनहरू कसरी तेरो वास्तविकता बन्छन् र तिनले कसरी तेरो जीवनको भरणपोषण गर्छन् भन्ने कुरालाई बहुमूल्य ठान्नुपर्छ—यो सबैभन्दा बढी परमेश्‍वरका अभिप्रायहरूअनुरूप छ। यदि तँ परमेश्‍वरको कामको कदर गर्छस्, अर्थात्, यदि उहाँले तँमा गर्नुभएका सबै कामको कदर गर्छस् भने, उहाँले तँलाई आशिष् दिनुहुनेछ र तँसित भएका सबै कुरालाई बढाउनुहुनेछ। यदि तँ परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्दैनस् भने, उहाँले तँमा काम गर्नुहुनेछैन; उहाँले तेरो विश्‍वासका लागि तँलाई थोरै अनुग्रह मात्र प्रदान गर्नुहुनेछ, तँलाई अलिकति भौतिक आशिष्‌ दिनुहुनेछ वा तेरो परिवारलाई अलिकति सुरक्षा दिनुहुनेछ। तैँले परमेश्‍वरका वचनहरूलाई आफ्नो वास्तविकता बनाउन, उहाँलाई सन्तुष्ट पार्न सक्ने हुन र उहाँका अभिप्रायहरूअनुरूप हुन खोज्नुपर्छ; तैँले उहाँको अनुग्रहको आनन्द लिन मात्रै खोज्नु हुँदैन। विश्‍वासीहरूका लागि परमेश्‍वरको काम पाउनु, सिद्धता प्राप्त गर्नु र परमेश्‍वरको इच्छा पालन गर्ने मानिस बन्नुभन्दा महत्त्वपूर्ण कुरा अरू केही छैन। तैँले पछ्याउनुपर्ने लक्ष्य यही हो।

अनुग्रहको युगमा मानिसले पछ्याउने सबै कुरा अहिले अप्रचलित भएका छन्, किनकि अहिलेको खोजीको स्तर उच्च छ; जुन कुरा खोजिन्छ त्यो अझ उच्च र अझ बढी व्यावहारिक दुवै छ। जुन कुरा खोजिन्छ त्यसले मानिसले भित्रबाट चाहेको कुरा राम्ररी पूरा गर्न सक्छ। विगतका युगहरूमा परमेश्‍वरले मानिसहरूमाथि त्यसरी काम गर्नुभएन जसरी आज उहाँले गर्नुहुन्छ; अनि आज उहाँ तिनीहरूसित जति धेरै बोल्नुहुन्छ त्यति त्यसबेला बोल्नुभएन, न त उहाँका मागहरू आजका जस्तै उच्च नै थिए। आज परमेश्‍वरले तिमीहरूलाई यी कुराहरू बताउनुभएको कुराले परमेश्‍वरको मूल अभिप्राय तिमीहरूमा, मानिसहरूको यो झुन्डमा केन्द्रित छ भन्‍ने देखाउँछ। यदि तँ साँच्चै परमेश्‍वरद्वारा सिद्ध हुन चाहन्छस् भने त्यसलाई आफ्नो मुख्य लक्ष्य बनाएर त्यसको पछि लाग्। तँ यताउति दगुरिरहेको, आफैलाई खर्च गरिरहेको, एउटा काम गरिरहेको वा तैँले परमेश्‍वरको आदेश पाएको भए पनि उद्देश्यचाहिँ सधैँ सिद्ध हुनु र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्नु, यी उद्देश्यहरूलाई हासिल गर्नु नै हो। यदि कसैले तिनीहरू परमेश्‍वरद्वारा सिद्ध हुन वा जीवन प्रवेश गर्न खोज्दैनन्, तर शरीरको शान्ति र आनन्दको पछि मात्र लाग्छन् भनी भन्छन् भने तिनीहरू मानिसहरूमध्ये सबैभन्दा बढी अन्धो हुन्। जुन मानिसहरू जीवन वास्तविकताको पछि लाग्दैनन्, तर आउनेवाला संसारको अनन्त जीवनको र यस संसारमा सुरक्षाको पछि मात्र लाग्छन् तिनीहरू मानिसहरूमध्ये सबैभन्दा बढी अन्धो हुन्। यसैले, तैँले गर्ने सबै कुरा सिद्ध हुने र परमेश्‍वरद्वारा प्राप्त गरिने उद्देश्यले गर्नुपर्छ।

परमेश्‍वरले मानिसहरूका निम्ति प्रबन्ध गर्नलाई गर्नुहुने काम तिनीहरूका विभिन्न आवश्यकतामा आधारित हुन्छ। एक व्यक्तिको जीवन जति ठूलो हुन्छ, तिनीहरूको आवश्यकता त्यत्ति नै धेरै हुन्छ र तिनीहरू धेरै कुराको पछि लाग्छन्। यदि यस चरणमा तँ कुनै कुराको पछि लागेको छैनस् भने पवित्र आत्माले तँलाई छोड्नुभएको छ भन्‍ने त्यसले प्रमाण दिन्छ। जीवनको पछि लाग्नेहरू सबैलाई पवित्र आत्माले कहिल्यै पनि त्याग्नुहुन्न; त्यस्ता मानिसहरू सधैँ पछि लाग्छन् र तिनीहरूका हृदयमा सधैँ तृष्णा हुन्छ। त्यस्ता मानिसहरू आफ्नो वर्तमान हैसियतसँग सन्तुष्ट हुँदैनन्। पवित्र आत्माको कामको प्रत्येक चरणले तँमा प्रभाव पार्ने लक्ष्य राख्छ, तर यदि तँ आफ्नो वर्तमान हैसियतबारे आत्म-सन्तुष्ट भइस् भने, यदि तँसित अब कुनै आवश्यकता छैन भने, यदि तँ पवित्र आत्माको कामलाई स्वीकार्दैनस् भने, उहाँले तँलाई त्याग्नुहुनेछ। मानिसहरूलाई हरेक दिन परमेश्‍वरको जाँचको आवश्यकता पर्छ; तिनीहरूलाई दिनदिनै परमेश्‍वरका प्रशस्त प्रबन्धहरूको आवश्यकता पर्छ। के मानिसहरूले दिनदिनै परमेश्‍वरको वचन नखाई र नपिई सफलतापूर्वक काम गर्न सक्छन्? यदि कुनै व्यक्तिले सधैँ परमेश्‍वरको वचन पर्याप्त मात्रामा खान वा पिउन सकिँदैन भन्‍ने ठान्छ भने, यदि ऊ सधैँ खोजी गरिरहुन्छ अनि सधैँ भोकाइरहन्छ र तिर्खाइरहन्छ भने, पवित्र आत्माले सधैँ उसमा काम गर्नुहुन्छ। कुनै व्यक्ति जति धेरै भोकाउँछ र तिर्खाउँछ, उसको सङ्गतिबाट उति नै बढी व्यावहारिक कुराहरू बाहिर निस्कन्छन्। कसैले सत्यता खोज्नमा जति धेरै ध्यान दिन्छ, उसले उति नै चाँडो जीवनमा वृद्धि प्राप्त गर्छ, यसले उसलाई अनुभवमा धनी र परमेश्‍वरको घरको सम्पन्न बनाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५४८

पवित्र आत्मासँग हरेक व्यक्तिमा हिँड्ने एउटा मार्ग हुन्छ, र उहाँ हरेक व्यक्तिलाई सिद्ध पारिने अवसर दिनुहुन्छ। तेरो नकारात्मकतामार्फत तँलाई तेरो आफ्नै भ्रष्टता चिन्न लगाइन्छ, र त्यसपछि नकारात्मकतालाई फालेर तैँले एउटा अभ्यासको मार्ग भेट्टाउनेछस्; यी सबै तँलाई सिद्ध पारिने तरिका हुन्। यसबाहेक, तँलाई केही सकारात्मक कुरामार्फत निरन्तर रूपमा आन्तरिक मार्गदर्शन र ज्योति दिइन्छ, जसले गर्दा तैँले सक्रिय रूपमा आफ्नो प्रकार्य पूरा गर्न, साथै अन्तर्ज्ञान बढाउन र खुट्ट्याउने क्षमता प्राप्त गर्न पाउँछस्। तेरा अवस्थाहरू राम्रा हुँदा, तँ परमेश्‍वरका वचनहरू पढ्न विशेष रूपमा इच्छुक हुन्छस्, र परमेश्‍वरलाई प्रार्थना गर्न विशेष रूपमा इच्छुक हुन्छस्, साथै तँ आफूले सुन्ने प्रवचनहरूलाई आफ्नै स्थितिसँग जोड्न सक्छस्। यस्तो समयमा परमेश्‍वर तँलाई भित्री रूपमा अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ, र तँलाई सकारात्मक पक्षबाट केही कुरा महसुस गराउनुहुन्छ। तँलाई सकारात्मक पक्षमा यसरी नै सिद्ध पारिन्छ। नकारात्मक स्थितिहरूमा, तँ कमजोर र नकारात्मक हुन्छस्; तँ तेरो हृदयमा परमेश्‍वर हुनुहुन्न भन्‍ने महसुस गर्छस्, तैपनि परमेश्‍वर तँलाई ज्योति दिनुहुन्छ, र तँलाई अभ्यासको मार्ग भेट्टाउन मद्दत गर्नुहुन्छ। यसबाट बाहिर आउनु भनेको नकारात्मक पक्षमा सिद्धता प्राप्त गर्नु हो। परमेश्‍वरले मानिसलाई सकारात्मक र नकारात्मक दुवै पक्षमा सिद्ध पार्न सक्नुहुन्छ। यो तँ अनुभव गर्न सक्छस् कि सक्दैनस्, र तँ परमेश्‍वरद्वारा सिद्ध पारिने पछ्याइमा छस् कि छैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तँ साँच्चिकै परमेश्‍वरद्वारा सिद्ध पारिने पछ्याइमा छस् भने, नकारात्मक कुराले तँलाई घाटा तुल्याउन सक्दैन, बरु तँलाई अझ बढी वास्तविक कुराहरू ल्याइदिन सक्छ, र तँभित्र के कमी छ भनी जान्न तँलाई अझ बढी सक्षम बनाउन सक्छ, तेरो वास्तविक स्थिति बुझ्न, साथै मानिससँग केही पनि छैन र ऊ केही पनि होइन भनी देख्न अझ बढी सक्षम बनाउन सक्छ; यदि तँ परीक्षाहरू अनुभव गर्दैनस् भने, तँलाई थाहा हुँदैन, र तँलाई सधैँ आफू अरूभन्दा माथि भएको र अरू सबै जनाभन्दा राम्रो भएको महसुस हुनेछ। यी सबैमार्फत तैँले पहिले आएका सबै कुरा परमेश्‍वरद्वारा गरिएको थियो र परमेश्‍वरद्वारा सुरक्षित गरिएको थियो भनी देख्नेछस्। परीक्षाहरूमा प्रवेश गर्दा तँ प्रेम वा आस्थारहित हुन्छस्, तँमा प्रार्थनाको कमी हुन्छ र तँ भजन गाउन असक्षम हुन्छस्, र थाहै नपाई, यसैबीच तँ आफूलाई चिन्न थाल्छस्। परमेश्‍वरसँग मानिसलाई सिद्ध पार्ने धेरै वटा उपाय छन्। उहाँ मानिसका भ्रष्ट स्वभावहरूलाई काटछाँट गर्न हरेक किसिमको वातावरण प्रयोग गर्नुहुन्छ, र मानिसलाई प्रकाश गर्न विभिन्न कुरा प्रयोग गर्नुहुन्छ; एकातिर, उहाँ मानिसलाई काटछाँट गर्नुहुन्छ, अर्कोतिर उहाँ मानिसलाई प्रकाश गर्नुहुन्छ, र अर्कोतिर उहाँ मानिसलाई खुलासा गर्नुहुन्छ, मानिसको हृदयको गहिराइमा रहेका “रहस्यहरू” खोतलेर निकाल्नुहुन्छ र खुलासा गर्नुहुन्छ, र मानिसलाई उसका धेरै वटा स्थिति खुलासा गरेर उसको प्रकृति देखाउनुहुन्छ। परमेश्‍वर मानिसलाई धेरै वटा विधिमार्फत—खुलासामार्फत, मानिसलाई काटछाँट गरेर, शोधनमार्फत, र सजायमार्फत—सिद्ध पार्नुहुन्छ, ताकि मानिसले परमेश्‍वर व्यावहारिक हुनुहुन्छ भनेर थाहा पाओस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५४९

तिमीहरूले अहिले के खोज्छौ? परमेश्‍वरद्वारा सिद्ध हुनु, परमेश्‍वरलाई चिन्नु, परमेश्‍वरलाई प्राप्त गर्नु—वा सायद तँ ९० वर्ष माथिका पत्रुसको तरिकाद्वारा आफैलाई अगि बढाउन चाहन्छस्, वा अय्यूबको भन्दा ठूलो विश्‍वास प्राप्त गर्न चाहन्छस्, वा सायद तँ परमेश्‍वरद्वारा धर्मी कहलिन र परमेश्‍वरको सिंहासनको सामु आउन खोज्छस्, वा पृथ्वीमा परमेश्‍वरलाई प्रकटीकरण गर्न र परमेश्‍वरका निम्ति शक्तिशाली र सानदार रूपमा साक्षी दिने प्रयास गर्न खोज्छस्। तिमीहरूले जे गर्न खोजे पनि समग्रमा, तिमीहरू परमेश्‍वरद्वारा मुक्ति पाउनका निम्ति नै खोजी गर्छौ। तैँले धर्मी हुन खोजे पनि, पत्रुसको बानीव्यहोरा, वा अय्यूबको विश्‍वासको खोजी गरे पनि, वा परमेश्‍वरद्वारा सिद्ध पारिन खोजे पनि, यो सब परमेश्‍वरले मानिसमा गर्नुहुने काम हो। अर्को शब्दमा भन्दा, तैँले जे खोजे पनि ती सबै परमेश्‍वरद्वारा सिद्ध पारिनका निम्ति, सबै परमेश्‍वरको वचन अनुभव गर्न, परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्नका लागि नै हो; तैँले जे खोजे पनि, त्यो सब परमेश्‍वरको प्रेमिलोपन पत्ता लगाउनका लागि, आफ्नै विद्रोही स्वभावलाई फाल्न सक्‍ने उद्देश्यसहित वास्तविक अनुभवमा अभ्यास गर्ने मार्ग खोज्‍नको लागि, आफैभित्र सामान्य अवस्था हासिल गर्न, पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायअनुरूप हुन, सही व्यक्ति बन्‍न र तैँले गर्ने सबै कुरामा सही अभिप्राय राख्‍नको लागि हो। तैँले यी सबै कुराहरूको अनुभव गर्नुको कारण भनेको परमेश्‍वरलाई चिन्नु र जीवनको वृद्धि हासिल गर्नु हो। तैँले अनुभव गर्ने कुरा परमेश्‍वरको वचन र वास्तविक घटनाहरू, साथै तेरो वरिपरिका मानिस, घटना र कामकुराहरू भए पनि, अन्ततः तँ परमेश्‍वरलाई चिन्न र परमेश्‍वरबाट सिद्ध हुन सक्छस्। एक धर्मी व्यक्तिको मार्गमा हिँड्न खोज्नु वा परमेश्‍वरको वचन अभ्यास गर्न खोज्‍नु: यी हिँड्ने मार्ग हुन्, जबकि परमेश्‍वरलाई चिन्नु र परमेश्‍वरबाट सिद्ध हुनु भनेको चाहिँ गन्तव्य हो। यदि तैँले अहिले परमेश्‍वरबाट सिद्धता खोजे पनि वा परमेश्‍वरका लागि साक्षी दिन खोजे पनि, त्यो सबै आखिर परमेश्‍वरलाई जान्‍नका निम्ति नै हो; यो उहाँले तँभित्र गर्नुभएको काम व्यर्थ नहोस् भनेर हो, यसरी तैँले अन्ततः परमेश्‍वरको व्यावहारिकता जान्न, उहाँको महानता थाहा पाउन, र अझ बढी परमेश्‍वरको नम्रता र गोप्यता जान्न, र परमेश्‍वरले तँमा गर्नुहुने धेरै कामको बारेमा जान्न सक्। परमेश्‍वरले आफूलाई यस्तो स्तरसम्म विनम्र बनाउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा उहाँको काम गर्नुहुन्छ, र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वर मानिसहरूको माझमा जिउन र खानपान गर्नका निम्ति, मानिसहरूलाई गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू आपूर्ति गर्नको निम्ति मात्र देह बन्नुभएको होइन। त्योभन्दा महत्त्वपूर्ण कुरा उहाँले मुक्ति र विजयको आफ्नो शक्तिशाली काम यी असहनीय रूपमा भ्रष्ट मानिसहरूमाथि गर्नुहुन्छ। उहाँ यी सबैभन्दा भ्रष्ट मानिसहरूलाई मुक्ति दिनका लागि ठूलो रातो अजिङ्गरको मुटुमै आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्। परमेश्‍वरले सहनुहुने ठूलो कष्ट मात्र देहधारी परमेश्‍वरले सहने कष्ट होइन, बरु सबैभन्दा बढी त परमेश्‍वरका आत्माले चरम अपमान सहनुहुन्छ—उहाँले आफैलाई यति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एउटा साधारण व्यक्ति बन्नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभयो र उहाँले देहको रूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानवताको जीवन र सामान्य मानवताका खाँचोहरू छन् भनी देख्न सकून। यो कुरा परमेश्‍वरले आफूलाई निकै हदसम्म विनम्र बनाउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ। परमेश्‍वरका आत्मा देहमा साकार हुनुभएको छ। उहाँका आत्मा यति सर्वोच्च र महान् हुनुहुन्छ, तैपनि उहाँ आफ्ना आत्माको काम गर्नका लागि एक साधारण मानिसको, एक नगण्य मानिसको स्वरूप धारण गर्नुहुन्छ। तिमीहरू प्रत्येकको क्षमता, अन्तर्ज्ञान, समझ, मानवता, र जीवनका हिसाबमा, तिमीहरू परमेश्‍वरको यस प्रकारको काम स्वीकार गर्न साँच्चै लायक छैनौ, र तिमीहरू परमेश्‍वरले तिमीहरूका खातिर यस्तो कष्ट सहनुको साँच्चै लायक छैनौ। परमेश्‍वर अत्यन्तै उच्च हुनुहुन्छ। उहाँ यति हदसम्म सर्वोच्च हुनुहुन्छ, र मानिसहरू यति हदसम्म तुच्छ छन्, तैपनि उहाँ तिनीहरूमा अझै पनि काम गर्नुहुन्छ। उहाँ मानिसहरूका निम्ति आपूर्ति गर्न, मानिसहरूसँग बोल्न देहधारी बन्नुभएको मात्र होइन, उहाँ त मानिसहरू सँगसँगै जिउनु पनि हुन्छ। परमेश्‍वर अत्यन्तै विनम्र, अत्यन्तै प्रेमयोग्य हुनुहुन्छ। यदि, परमेश्‍वरको प्रेम उल्लेख गर्ने बित्तिकै, परमेश्‍वरको अनुग्रहको बारेमा उल्लेख गर्ने बित्तिकै, तँ ठूलो प्रशंसा गर्दै आँसु झार्छस् भने, यदि तँ यस्तो स्थितिमा आइपुगिस् भने, तैँले परमेश्‍वरको बारेमा साँचो ज्ञान प्राप्त गरेको छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५५०

हिजोआज मानिसहरूको खोजमा विचलन छ; तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्र खोज्छन्, तर तिनीहरूमा परमेश्‍वरको कुनै ज्ञान हुँदैन, र तिनीहरूले आफूभित्रको पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाशलाई बेवास्ता गरेका छन्। तिनीहरूसँग परमेश्‍वरको साँचो ज्ञानको जग हुँदैन। यस तरिकाले, तिनीहरूको अनुभव बढ्दै जाँदा तिनीहरूको उत्साह हराउँदै जान्छ। परमेश्‍वरबारे साँचो ज्ञान प्राप्त गर्न खोज्‍नेहरू, विगतमा राम्रो स्थितिमा नभएको, र नकारात्मकता र कमजोरीतिर ध्यान दिने, र प्रायजसो आँसु बगाउने, निराशामा पर्ने, र आशा गुमाउने गरेको भए पनि—अब, तिनीहरूले धेरै अनुभव प्राप्त गरेपछि, तिनीहरूको अवस्थामा सुधार भएको छ। काटछाँट गरिएको र तोडिएको अनुभवपछि, र परीक्षा र शोधनको चक्रबाट भएर गएपछि तिनीहरूले ठूलो प्रगति गरेका छन्। नकारात्मक अवस्था घटेको छ, र तिनीहरूको जीवनको स्वभावमा केही परिवर्तन भएको छ। तिनीहरू अझ बढी परीक्षामा पर्दै जाँदा, तिनीहरूका हृदयले परमेश्‍वरलाई प्रेम गर्न थाल्छ। परमेश्‍वरले मानिसहरूलाई सिद्ध तुल्याउने एउटा नियम छ, जुन यो हो कि उहाँले तेरो वाञ्छनीय पक्षलाई प्रयोग गरेर तँलाई अन्तर्दृष्टि दिनुहुन्छ ताकि तँसँग अभ्यास गर्ने मार्ग होस् र तैँले आफूलाई नकारात्मक अवस्थाहरूबाट अलग गर्न सक् र यसरी तैँले आफ्नो आत्मालाई छुटकारा पाउन सहायता गर्न सक् र तैँले आफूलाई परमेश्‍वरलाई अझ बढी प्रेम गर्न सक्‍ने तुल्याउन सक्। यस्तो प्रकारले तैँले शैतानको भ्रष्ट स्वभावलाई त्याग्‍न सक्छस्। तँ निष्कपट र खुला छस्, आफैलाई चिन्न र सत्यतालाई व्यवहारमा अपनाउन इच्छुक छस्। परमेश्‍वरले निश्चय नै तँलाई आशिष दिनुहुनेछ, त्यसैले जब तँ कमजोर र नकारात्मक हुन्छस्, तब उहाँले तँलाई दोब्बर ज्ञान दिनुहुन्छ, तँलाई अझ बढी आफैलाई चिन्न, आफ्नै निम्ति पश्चात्ताप गर्न अझ बढी इच्छुक बन्न र आफूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्न अझ बढी सक्षम हुन सहयोग गर्नुहुन्छ। यसरी मात्रै तेरो हृदय शान्त र सहज हुन सक्छ। साधारणतः परमेश्‍वरलाई चिन्ने कुरामा ध्यान लगाउने, आफैलाई चिन्ने कुरामा ध्यान लगाउने, अनि आफ्नै अभ्यासमा ध्यान दिने व्यक्ति बारम्बार परमेश्‍वरको काम, साथसाथै उहाँको मार्गदर्शन र अन्तर्दृष्टि प्राप्त गर्न सक्षम हुनेछ। यदि त्यस्तो व्यक्ति नकारात्मक अवस्थामा छ भने पनि उसले विवेकको कार्य वा परमेश्‍वरको वचनको अन्तर्दृष्टिको कारण परिस्थितिहरू तुरुन्तै बदल्न सक्छ। कुनै व्यक्तिको स्वभावको परिवर्तन तब हासिल हुन्छ जब उसले आफ्नो वास्तविक अवस्था अनि परमेश्‍वरको स्वभाव र कार्यको बारेमा जान्दछ। आफैलाई चिन्न र आफ्‍नो मन खोल्‍न इच्छुक व्यक्ति सत्यतालाई अभ्यास गर्न सक्षम हुनेछ। यस प्रकारको व्यक्ति परमेश्‍वरप्रति बफादार व्यक्ति हो, अनि जुन व्यक्ति परमेश्‍वरप्रति बफादार हुन्छ ऊसित परमेश्‍वरप्रतिको बुझाइ हुन्छ, त्यो बुझाइ चाहे गहिरो होस् वा सतही, थोरै होस् वा प्रशस्त। यो परमेश्‍वरको धार्मिकता हो, र यो त्यस्तो कुरा हो जुन मानिसहरूले प्राप्त गर्छन्; यो उनीहरूको आफ्नै लाभ हो। जुन व्यक्तिमा परमेश्‍वरको ज्ञान हुन्छ ऊ त्यो व्यक्ति हो जोसँग आधार हुन्छ, जोसँग दर्शन हुन्छ। यस प्रकारको व्यक्ति परमेश्‍वरको देहको बारेमा निश्चित हुन्छ, र परमेश्‍वरको वचन र परमेश्‍वरको कामको बारेमा निश्चित हुन्छ। परमेश्‍वरले जसरी काम गर्नुभए पनि वा बोल्नुभए पनि, वा अरू मानिसहरूले जस्तै बाधा दिए पनि ऊ अडिग रहन सक्छ र उसले परमेश्‍वरको लागि साक्षी दिन सक्छ। कुनै व्यक्ति जति बढी यस्तो हुँदै जान्छ, उसले आफूले बुझेको सत्यतालाई त्यति नै बढी अघि बढाउन सक्छ। उसले सधैँ परमेश्‍वरको वचनको अभ्यास गरिरहेको हुनाले उसले परमेश्‍वर सम्बन्धी अझ बढी बुझाइ प्राप्त गर्छ, अनि उसँग सदासर्वदा परमेश्‍वरको लागि साक्षी बनेर खडा हुने दृढ संकल्प हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५५१

समझशक्ति हुनु, अधीनता हुनु, र तँ आत्मामा तीक्ष्ण हुन सक्‍ने गरी स्थितिहरूलाई बुझ्ने क्षमता प्राप्त गर्नु भनेको तैँले कुनै कुराको सामना गर्नेबित्तिकै तँभित्र परमेश्‍वरका वचनहरूको ज्योति र अन्तर्दृष्टि आउँछ भन्‍ने हो। आत्मामा तीक्ष्ण हुनु भनेको यही हो। परमेश्‍वरले सबै कुरा मानिसहरूका आत्मालाई पुनर्जीवित पार्नका लागि गर्नुहुन्छ। किन परमेश्‍वरले सधैँ मानिसहरू बोधो र मन्द-बुद्धिका छन् भनी भन्नुहुन्छ? किनभने मानिसहरूका आत्मा मरेका छन्, र ती यति बोधो बनेका छन् कि आत्मिक कुराहरूका निम्ति ती पूर्ण रूपले अनजान छन्। परमेश्‍वरको काम भनेको मानिसको जीवनलाई उन्नति गराउनु र मानिसहरूको आत्मालाई फेरि जीवित पार्न सहायता गर्नु हो, यसरी तिनीहरूले आत्माका कुराहरू देख्न सक्छन्, र आफ्नो हृदयमा सधैँ परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्। यस चरणमा पुगेपछि यसले त्यस व्यक्तिको आत्मा पुनर्जीवित भएको छ भन्‍ने देखाउँछ, र अर्को चोटि उसले कुनै कुराको सामना गर्दा उसले तुरुन्तै प्रतिक्रिया दिन सक्छ। उसले प्रवचनहरूप्रति प्रतिक्रिया दिन सक्छ, र अवस्थाहरूप्रति तुरुन्तै प्रतिक्रिया दिन्छ। आत्माको तीक्ष्णता प्राप्त गर्नु भनेको यही हो। धेरै मानिसहरू यस्ता हुन्छन्, जसले बाहिरी घटनाको बारेमा तुरुन्तै प्रतिक्रिया दिन्छन्, तर वास्तविकतामा प्रवेश गर्ने बारेमा वा आत्माका सबै कुराहरूको बारेमा सम्पूर्ण विवरण बताउन साथ तिनीहरू बोधो र मन्द बुद्धिका बन्छन्। यदि कुनै कुरा तिनीहरूकै अगाडि छ भने मात्र तिनीहरू त्यसलाई बुझ्छन्। यी सबै आत्मिक रूपमा बोधो र मन्द-बुद्धि हुनुका, आत्माका कुराहरूको थोरै अनुभव प्राप्त गर्नुका चिह्नहरू हुन्। कतिपय मानिसहरू आत्मामा तीक्ष्ण हुन्छन्, र तिनीहरूमा समझशक्ति हुन्छ। तिनीहरूको अवस्था देखाउने वचनहरू सुन्‍नसाथ, कुनै समय खेर नफाली तिनीहरू ती कुरा लेख्छन्। तिनीहरूले अभ्यासका सिद्धान्तहरूको बारेमा वचनहरू सुनेपछि, तिनीहरूले तिनलाई स्वीकार्न र पछिको आफ्नो अनुभवमा लागू गर्न सक्छन्, र त्यसरी आफैलाई परिवर्तन गर्न सक्छन्। यो त्यस्तो व्यक्ति हो, जो आत्मामा तीक्ष्ण छ। तिनीहरूले किन यति छिटो प्रतिक्रिया दिन सक्छन्? किनकि तिनीहरूले दैनिक जीवनमा यी कुराहरूमा ध्यान दिन्छन्। जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तिनीहरूले ती वचनको आधारमा आफ्ना अवस्थाहरूलाई जाँच्न र तिनीहरूका आफ्नै बारेमा विचार गर्न सक्छन्। जब तिनीहरू तिनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिने सङ्गति गर्छन् र वचनहरू सुन्छन्, तब तिनीहरू तुरुन्तै तिनलाई स्वीकार गर्न सक्छन्। यो भोको मानिसलाई भोजन दिनुजस्तै हो; तिनीहरूले त्यो तुरुन्तै खाइहाल्न सक्छन्। यदि तँ नभोकाएको मानिसलाई भोजन दिन्छस् भने तिनीहरूले तुरुन्तै प्रतिक्रिया दिँदैनन्। तँ प्रायजसो परमेश्‍वरसँग प्रार्थना गर्छस्, र त्यसपछि कुनै कुराको सामना गर्नुपर्‍यो भने, तैँले तुरुन्तै प्रतिक्रिया दिन सक्छस्: यस विषयमा परमेश्‍वरले के चाहनुहुन्छ, र तैँले कसरी व्यवहार गर्नुपर्छ। पछिल्लो समय परमेश्‍वरले तँलाई यस विषयमा डोऱ्याउनुभयो; जब आज तँ यस्तै कुराको सामना गर्छस्, तब परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्ने प्रकारले कसरी अभ्यास गर्नुपर्छ भन्‍ने कुरा तैँले प्राकृतिक रूपमै जान्दछस्। यदि तैँले सधैँ यसरी अभ्यास गर्छस् भने र सधैँ यसरी अनुभव गर्छस् भने, कुनै बेला यो तेरो स्वभाव नै बन्‍नेछ। परमेश्‍वरको वचन पढ्दा, परमेश्‍वरले कस्तो प्रकारको मानिसलाई सङ्केत गर्दैहुनुहुन्छ भन्‍ने तँलाई थाहा हुन्छ, उहाँले आत्माको कस्ता अवस्थाहरूको कुरा गर्दैहुनुहुन्छ सो तँलाई थाहा हुन्छ, र तैँले मुख्य बुँदालाई बुझ्न र त्यसलाई अभ्यास गर्न सक्नेछस्; यसले तँ अनुभव गर्न सक्षम छस् भन्‍ने देखाउँछ। कतिपय मानिसहरूमा किन यस कुराको कमी छ? किनकि तिनीहरूले अभ्यासको पक्षमा धेरै प्रयास गर्दैनन्। तिनीहरू सत्यताको अभ्यास गर्न इच्छुक भए पनि, उनीहरूमा सेवाको सबै कुराहरू, तिनीहरूका जीवनका सबै सत्यताहरूको वास्तविक अन्तर्ज्ञान हुँदैन। केही भयो भने तिनीहरू अलमल्ल पर्छन्। यस्तो हुँदा, जब झूटो अगमवक्ता वा झूटो प्रेरित आउँछ तब तँ बहकिन सक्छस्। तैँले परमेश्‍वरको वचन र कामको बारेमा नियमित सङ्गति गर्नुपर्दछ—यस तरिकाले मात्र तैँले सत्यता बुझ्न र समझशक्ति विकास गर्न सक्नेछस्। यदि तँ सत्यतालाई बुझ्दैनस् भने, तँसँग कुनै समझशक्ति हुनेछैन। उदाहरणको लागि, परमेश्‍वरले के बोल्नुहुन्छ, परमेश्‍वरले कसरी काम गर्नुहुन्छ, उहाँले मानिसहरूबाट के माग गर्नुहुन्छ, तँ कस्तो प्रकारका मानिसहरूको सम्पर्कमा आउनुपर्छ, र तैँले कस्तो किसिमका मानिसहरूलाई इन्कार गर्नुपर्छ—तैँले यी कुराहरूको विषयमा नियमित सङ्गति गर्नुपर्दछ। यदि तैँले सधैँ यसरी परमेश्‍वरको वचनको अनुभव गरिस् भने, तैँले सत्यतालाई बुझ्नेछस् र धेरै कुरा राम्ररी बुझ्नेछस्, र तँसित समझशक्ति पनि हुनेछ। पवित्र आत्माद्वारा अनुशासन गरिनु भनेको के हो, मानव इच्छाबाट जन्मेको दोष के हो, पवित्र आत्माको अगुवाइ के हो, वातावरणको योजनाबद्धता भनेको के हो, भित्री अन्तर्दृष्टि दिने परमेश्‍वरका वचनहरू भनेका के हुन्? यदि तँ यी कुराहरूको बारेमा स्पष्ट छैनस् भने, तँसँग कुनै समझशक्ति हुनेछैन। पवित्र आत्माबाट के आउँछ, विद्रोही स्वभाव भनेको के हो, परमेश्‍वरको वचनमा कसरी समर्पित हुने र तेरो विद्रोहीपनलाई कसरी फाल्ने त्यो तँलाई थाहा हुनुपर्छ; यदि तैँले आफ्ना अनुभवहरूमार्फत यी कुराहरूको बुझाइ प्राप्त गरिस् भने, तँसँग एउटा जग हुनेछ; जब केही कुरा आइपर्छ तब तँसँग त्यसलाई नाप्ने एउटा उचित सत्यता र जगको रूपमा उपयुक्त दर्शनहरू हुनेछन्। तैँले गर्ने सबै कुरामा तँसँग सिद्धान्तहरू हुनेछन्, र तैँले सत्यताको आधारमा काम गर्न सक्नेछस्। तब तेरो जीवन परमेश्‍वरको अन्तर्दृष्टिले भरिपूर्ण, परमेश्‍वरका आशिषहरूले भरिपूर्ण हुनेछ। परमेश्‍वरले इमानदारीका साथ उहाँलाई पछ्याउने वा उहाँमा जिउने र उहाँको निम्ति साक्षी दिने व्यक्तिसँग अनुचित व्यवहार गर्नुहुनेछैन, र सत्यताका लागि साँच्चै तिर्खाउन सक्ने कुनै पनि व्यक्तिलाई उहाँले सराप दिनुहुनेछैन। यदि, तैँले परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै गर्दा आफ्नै वास्तविक अवस्थालाई जान्नका निम्ति ध्यान दिन सक्छस्, तेरो आफ्नै अभ्यासमा ध्यान दिन सक्छस्, र तेरो आफ्नै बुझाइमा ध्यान दिन सक्छस् भने, तैँले कुनै समस्याको सामना गर्दा, अन्तर्दृष्टि पाउनेछस् र व्यावहारिक बुझाइ प्राप्त गर्नेछस्। तब तैँले सबै कुरामा अभ्यास गर्ने मार्ग र भेद-ज्ञान पाउनेछस्। जुन व्यक्तिसित सत्यता हुन्छ ऊ बहकाउमा पर्ने सम्भावना हुँदैन, विघटनकारी व्यवहार गर्ने वा अनावश्यक व्यवहार गर्ने सम्भावना हुँदैन। सत्यताको कारण, ऊ सुरक्षित हुन्छ, र साथै सत्यताको कारण नै उसले अझ अरू बुझाइ प्राप्त गर्दछ। सत्यताको कारण ऊसँग अभ्यासका अझ धेरै मार्ग हुन्छन्, पवित्र आत्माले ऊभित्र काम गर्ने धेरै मौकाहरू पाउनुहुन्छ, र उसले सिद्ध पारिने धेरै मौका पाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५५२

यदि तँलाई सिद्ध पारिने हो भने, त्यसका लागि मापदण्डहरू पूरा गरिनुपर्छ। तैँले आफ्नो सङ्कल्प, आफ्नो लगनशीलता र आफ्नो विवेक र आफ्नो पछ्याइमार्फत जीवनको अनुभव लिनैपर्छ, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्नैपर्छ। यो नै तेरो प्रवेश हो, र सिद्ध पारिने मार्गमा चाहिने कुरा यही हो। सिद्धताको काम सबै मानिसमा गर्न सकिन्छ। परमेश्‍वरलाई पछ्याउने जोसुकैलाई सिद्ध पार्न सकिन्छ र ऊसँग सिद्ध पारिनका लागि चाहिने अवसर र योग्यताहरू हुन्छन्। यो कुनै पूर्वनिर्धारित कुरा होइन। कोही व्यक्तिलाई सिद्ध पार्न सकिन्छ कि सकिँदैन भन्‍ने कुरा मुख्यतया ऊ के पछ्याउँछ भन्‍ने कुरामा निर्भर हुन्छ। सत्यतालाई प्रेम गर्ने र सत्यता जिउन सक्‍ने मानिसहरूलाई पक्‍कै पनि सिद्ध पार्न सकिन्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरूलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्‍न; तिनीहरूसित परमेश्‍वरले माग गर्ने जीवन हुँदैन र तिनीहरू सिद्ध पारिन असक्षम हुन्छन्। सिद्धताको काम मानिसहरू प्राप्त गर्नका लागि मात्र हो। यो शैतानको विरुद्धमा लड्ने कामको अंश होइन; विजयको कामचाहिँ शैतानको विरुद्धमा लड्नका खातिर मात्र हो, अर्थात् मानिसलाई विजय गरेर शैतानलाई पराजित गर्नु हो। विजयको काम मुख्य काम हो, यो सबैभन्दा नयाँ काम हो, जुन सबै युगमा कहिल्यै गरिएको छैन। यस चरणको कामको लक्ष्य मुख्यतया शैतानलाई पराजित गर्नका लागि सबै मानिसलाई विजय गर्नु हो भनेर भन्‍न सकिन्छ। मानिसहरूलाई सिद्ध पार्ने काम—यो नयाँ काम होइन। परमेश्‍वरले देहमा काम गरिरहनुभएको समयमा उहाँले गर्ने सबै कामको लक्ष्य मूलतः मानिसहरूलाई विजय गर्नु हो। यो अनुग्रहको युग जस्तै हो, जति बेला मुख्य काम क्रूसीकरणमार्फत सबै मानवजातिलाई छुटकारा दिनु थियो। “मानिसहरू प्राप्त गर्नु” देहमा हुने कामको अतिरिक्त थियो र यो क्रूसीकरणपछि मात्र गरियो। जब येशू आउनुभयो र उहाँले आफ्नो काम गर्नुभयो, तब उहाँको लक्ष्य मुख्यतया उहाँको क्रूसीकरण प्रयोग गरेर मृत्यु र पातालको दासत्वमाथि विजय प्राप्त गर्नु, शैतानको प्रभावमाथि विजय प्राप्त गर्नु—अर्थात्, शैतानलाई पराजित गर्नु थियो। येशूलाई क्रूसमा टाँगिएपछि मात्र पत्रुसले एक-एक कदम चाल्दै सिद्धताको मार्गमा यात्रा सुरु गरेका थिए। अवश्य पनि, येशू काम गरिरहनुभएको बेलामा येशूलाई पछ्याउने व्यक्तिहरूमध्ये पत्रुस पनि एक थिए, तर उनी त्यस समयमा सिद्ध पारिएनन्। बरु, येशूले उहाँको काम पूरा गर्नुभएपछि मात्र पत्रुसले विस्तारै सत्यता बुझ्दै गए र त्यसपछि उनी सिद्ध पारिए। देहधारी परमेश्‍वर छोटो समयमा कामको एउटा प्रमुख, महत्त्वपूर्ण चरण पूरा गर्नका लागि मात्र धर्तीमा आउनुहुन्छ, धर्तीका मानिसहरूलाई सिद्ध पार्ने अभिप्राय बोकेर लामो समयसम्म तिनीहरूमाझ जिउनका लागि आउनुहुन्‍न। उहाँ त्यो काम गर्नुहुन्‍न। उहाँ आफ्नो काम समाप्त गर्नलाई मानिस पूर्ण रूपमा सिद्ध पारिने समयसम्म पर्खनुहुन्‍न। उहाँको देहधारणको लक्ष्य र महत्त्व त्यो होइन। उहाँ मानवजातिलाई मुक्ति दिने अल्पकालीन काम गर्नका लागि मात्र आउनुहुन्छ, मानवजातिलाई सिद्ध पार्ने निकै दीर्घकालीन काम गर्नका लागि आउनुहुन्‍न। मानवजातिलाई मुक्ति दिने काम प्रतिनिधिमूलक हुन्छ, जसमा एउटा नयाँ युग सुरु गर्ने क्षमता हुन्छ। यो छोटो समयावधिमा पूरा गर्न सकिन्छ। तर मानवजातिलाई सिद्ध पार्नका निम्ति मानिसमा काम गरेर उसलाई एउटा निश्‍चित तहसम्म पुर्‍याउनु आवश्यक हुन्छ; यस्तो कामका लागि लामो समय लाग्छ। यो काम परमेश्‍वरको आत्माद्वारा नै गरिनुपर्छ, तर यो परमेश्‍वरले देहमा काम गर्नुभएको बखत बोलिएको सत्यताको जगमा गरिन्छ, या त यो उहाँले दीर्घकालीन गोठालोको काम गर्नका लागि प्रेरितहरूलाई उचालेर गरिन्छ—यसरी मानवजातिलाई सिद्ध पार्ने उहाँको लक्ष्य पूरा हुन्छ। देहधारी परमेश्‍वर यो काम गर्नुहुन्‍न। उहाँ जीवनको मार्गबारे मात्र बोल्नुहुन्छ ताकि मानिसहरूले कुरा बुझून्, र उहाँ सत्यता अभ्यास गर्ने क्रममा निरन्तर मानिसको साथमा रहनुको साटो मानवजातिलाई सत्यता मात्र प्रदान गर्नुहुन्छ, किनभने यो उहाँको सेवकाइमा पर्दैन। त्यसैले, उहाँ मानिसले पूर्ण रूपमा सत्यता बुझेको र पूर्ण रूपमा सत्यता प्राप्त गरेको दिनसम्म मानिसका साथमा रहनुहुनेछैन। जब मानिस औपचारिक रूपमा परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्छ, जब मानिसले सिद्ध पारिने सही मार्गमा पाइला चाल्छ, तब देहमा हुने उहाँको काम पूरा हुन्छ। उहाँले शैतानलाई पूर्ण रूपमा पराजित गरेर संसारमाथि विजय प्राप्त गर्दाको समय पनि अवश्यै यही नै हुन्छ। उहाँ मानिस अन्ततः त्यस समयमा सत्यतामा प्रवेश गरेको हुनेछ कि हुनेछैन भन्‍ने कुराको वास्ता गर्नुहुन्न, न त उहाँ मानिसको जीवन ठूलो छ कि सानो छ भन्‍ने कुराको नै वास्ता गर्नुहुन्छ। यीमध्ये कुनै पनि कुरा उहाँ देहमा हुँदा उहाँले जिम्मा लिनुपर्ने कुरा होइन; यीमध्ये कुनै पनि कुरा देहधारी परमेश्‍वरको सेवकाइभित्र पर्दैन। जब उहाँ आफूले गर्नुपर्ने काम पूरा गर्नुहुन्छ, तब उहाँले देहमा हुने उहाँको काम समाप्त गर्नुहुनेछ। त्यसैले, देहधारी परमेश्‍वरले गर्ने काम भनेको परमेश्‍वरको आत्माले सीधै गर्न नसक्‍ने काम मात्र हो। यसमाथि, यो मुक्तिसम्बन्धी अल्पकालीन काम हो, उहाँले पृथ्वीमा दीर्घकालीन रूपमा गर्ने काम होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५५३

तिमीहरूमाझ भइरहेको यो काम त्यसका आवश्यकताहरूअनुसार नै तिमीहरूमा गरिँदै छ। यी मानिसहरूलाई विजय गरेपछि, मानिसहरूको एउटा समूहलाई सिद्ध पारिनेछ। त्यसैले, अहिलेको धेरैजसो काम तिमीहरूलाई सिद्ध पार्ने लक्ष्यको तयारीका लागि पनि हो, किनभने सत्यताका निम्ति भोकाइरहेका धेरै मानिस छन्, जसलाई सिद्ध पार्न सकिन्छ। यदि विजयको काम नै तिमीहरूमाथि चालिएको एक मात्र कदम हुन्थ्यो र त्यसपछि थप काम केही पनि गरिँदैनथ्यो भने, सत्यताको अभिलाषा राख्ने कतिपयले यो प्राप्त नगर्ने थिएनन् र? हालको कामले पछि मानिसहरूलाई सिद्ध पार्ने मार्ग खोल्ने उद्देश्य राख्दछ। मेरो काम विजयको काम मात्र भए पनि, मैले कुरा गर्ने जीवनको मार्ग पनि पछि मानिसहरूलाई सिद्ध पार्ने तयारीका लागि हो। विजयपछि आउने काम मानिसहरूलाई सिद्ध पार्नमा केन्द्रित हुन्छ, र विजय गर्ने काम सिद्ध पार्ने कामको जग बिछ्याउनका निम्ति गरिन्छ। मानिसलाई विजय गरिएपछि मात्र सिद्ध पार्न सकिन्छ। अहिले, मुख्य काम भनेको विजय गर्नु हो; पछि, सत्यता खोज्ने र त्यसको तृष्णा गर्नेहरूलाई सिद्ध पारिनेछ। सिद्ध पारिनु भनेको तँसित परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ कि छैन, तैँले यस मार्गमा हिँडेर कति अनुभव प्राप्त गरेको छस्, परमेश्‍वरप्रतिको तेरो प्रेम कति शुद्ध छ, र तेरो सत्यता अभ्यास कति सटीक छ भन्ने जस्ता मानिसहरूको प्रवेशका सकारात्मक पक्षहरूसँग सम्बन्धित छ। सिद्ध पारिनका लागि, व्यक्तिसँग हरेक हिसाबमा मानवतासम्बन्धी आधारभूत ज्ञान हुनैपर्छ। यो न्यूनतम आवश्यकता हो। विजय गरिएपछि पनि सिद्ध पार्न नसकिने सबै सेवा गर्ने वस्तु बन्छन् र अन्ततः फेरि पनि आगो र गन्धकको कुण्डमा फ्याँकिनेछन् र अझै पनि अतल कुण्डमा खस्‍नेछन्, किनभने तेरो स्वभाव परिवर्तन भएको छैन र तँ अझै पनि शैतानकै होस्। यदि कुनै व्यक्तिले सिद्धताका सर्तहरू पूरा गर्दैन भने, ऊ बेकम्मा हो—ऊ फोहोर हो, एउटा औजार हो, आगोको परीक्षा सामना गर्न नसक्‍ने चिज हो! अहिले तँसँग कत्तिको परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ? तँसँग कत्तिको आफैलाई घृणा गर्ने हृदय छ? तँ शैतानलाई साँच्चिकै कत्तिको गहिरो गरी चिन्छस्? के तिमीहरूले आफ्नो सङ्कल्पलाई बलियो पारेका छौ? के मानवताभित्र जिउने तेरो तरिका व्यवस्थित छ? के तेरो जीवन बदलिएको छ? के तँ नयाँ जीवन जिइरहेको छस्? के तिमीहरूको जीवनप्रतिको दृष्टिकोण बदलिएको छ? यदि यी कुरा परिवर्तन भएका छैनन् भने, तँ पछि नहटे पनि तँलाई सिद्ध पार्न सकिनेछैन; बरु, तँलाई त विजय मात्र गरिएको छ। जब तँलाई जाँच्ने समय आउँछ, तँसँग सत्यता हुनेछैन, तेरो मानवता असामान्य हुनेछ, र तँ कुनै पशुजत्तिकै निम्‍नस्तरको हुनेछस्। तेरो एक मात्र प्राप्ति भनेको विजय गरिएको हुनु हुनेछ—तँ केवल मैले विजय गरेको एउटा पात्र हुनेछस्। जसरी एउटा गधा एकपटक मालिकको कोर्रा खाएपछि डराउँछ र मालिकलाई देख्दा हरेक पटक केही गर्न डराउँछ, त्यसरी नै तँ पनि विजय गरिएको गधा मात्र हुनेछस्। यदि कुनै व्यक्तिमा ती सकारात्मक पक्षहरू छैनन्, बरु ऊ नकारात्मक र डरपोक, सबै कुरामा कायर र हिचकिचाउने, कुनै पनि कुरा प्रस्ट रूपमा देख्न असक्षम, सत्यता बुझ्न असक्षम, अझै पनि अभ्यासको मार्गविहीन, र त्यो भन्दा पनि बढी, परमेश्‍वरलाई प्रेम गर्ने हृदयविहीन समेत छ भने—यदि कुनै व्यक्तिले परमेश्‍वरलाई कसरी प्रेम गर्ने, कसरी अर्थपूर्ण जीवन जिउने, वा कसरी वास्तविक व्यक्ति बन्‍ने भन्‍ने कुरा बुझेको छैन भने—त्यस्तो व्यक्तिले कसरी परमेश्‍वरको गवाही दिन सक्छ? यसले तेरो जीवनको मूल्य अति कम छ र तँ विजय गरिएको गधाभन्दा बढी केही होइनस् भन्‍ने देखाउँछ। तँ विजय गरिएको त हुनेछस्, तर यसको अर्थ तैँले ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गरेर यसको शक्तिप्रति समर्पित हुन अस्वीकार गरेको छस् भन्ने मात्र हुनेछ; यसको मतलब तँ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छस्, परमेश्‍वरका सबै प्रबन्धप्रति समर्पित हुन चाहन्छस्, र तँसँग कुनै गुनासो छैन भन्‍ने हुन्छ। तर जहाँसम्म सकारात्मक पक्षहरूको कुरा छ, के तँ परमेश्‍वरको वचन जिउन र परमेश्‍वरलाई प्रकट गर्न सक्षम छस्? यदि तँसँग यीमध्ये कुनै पनि पक्ष छैन भने, यसको अर्थ तँ परमेश्‍वरद्वारा प्राप्त गरिएको छैनस् र तँ एउटा विजय गरिएको गधा मात्र होस् भन्‍ने हुन्छ। तँमा वाञ्‍छनीय कुरा केही पनि छैन र पवित्र आत्मा तँभित्र काम गरिरहनुभएको छैन। तेरो मानवतामा धेरै कमी छ; परमेश्‍वरले तँलाई प्रयोग गर्न असम्भव छ। तँलाई परमेश्‍वरले योग्य पाउनुपर्छ र तँ गैरविश्‍वासी पशु र जिउँदो लासभन्दा सय गुणा राम्रो हुनुपर्दछ—यस स्तरमा पुग्नेहरू मात्र सिद्ध पारिन योग्य हुन्छन्। यदि कसैसँग मानवता र विवेक छ भने मात्र ऊ परमेश्‍वरका निम्ति प्रयोगयोग्य हुन्छ। सिद्ध पारिएपछि मात्र तिमीहरूलाई मानव ठान्न सकिन्छ। सिद्ध पारिएकाहरू मात्र अर्थपूर्ण जीवन जिउने मानिस हुन्। त्यस्ता मानिसहरूले मात्र परमेश्‍वरका लागि बढी जोरदार गवाही दिन सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५५४

परमेश्‍वरले मानिसलाई सिद्ध पार्ने मार्ग के हो? यसमा के-के कुरा पर्छन्? के तँ परमेश्‍वरद्वारा सिद्ध पारिन तत्पर छस्? के तँ उहाँको न्याय र सजायलाई स्वीकार गर्न तत्पर छस्? तैँले यी प्रश्‍नबारे के जान्दछस्? यदि तँसँग यी कुराबारे भन्‍ने कुनै कुरा छैन भने, तँ परमेश्‍वरको काम थाहा पाउँदैनस् र पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभएको छैन भन्‍ने प्रमाण यही हो। यस्ता मानिसहरूलाई सिद्ध पार्न असम्भव छ। तिनीहरूलाई केवल थोरै आनन्द गर्नलाई अनुग्रहको सानो अंश मात्र दिइएको छ र यो लामो समयसम्म रहनेछैन। यदि मानिसहरूले परमेश्‍वरको अनुग्रहको आनन्द मात्र मनाउँछन् भने, तिनीहरूलाई सिद्ध पार्न सकिँदैन। कोही आफ्नो देहमा शान्ति र आनन्द हुँदा, जीवन सहज र आपद् वा दुर्भाग्यविनाको हुँदा, पूरा परिवार कलह वा झमेलारहित मिलापमा रहँदा सन्तुष्ट हुन्छन्—र तिनीहरूले यसलाई परमेश्‍वरको आशिष्‌ हो भनी विश्‍वास गर्न पनि सक्छन्। खासमा यो, परमेश्‍वरको अनुग्रह मात्र हो। परमेश्‍वरको अनुग्रहमा आनन्द मनाउँदा मात्र तिमीहरू सन्तुष्ट हुनु हुँदैन। यस्तो सोचाइ अत्यन्त अधम सोचाइ हो। तैँले हरेक दिन परमेश्‍वरको वचन पढे पनि, हरेक दिन प्रार्थना गरे पनि, तेरो आत्मामा ठूलो आनन्द महसुस भए पनि र विशेष गरी शान्तिमा भए पनि, यदि तँसँग परमेश्‍वर र उहाँको कामबारे तेरो ज्ञानको सन्दर्भमा बताउने कुनै कुरा छैन, र कुनै पनि कुरा अनुभव गरेका छैनस् भने, तैँले परमेश्‍वरको वचन जति धेरै खाएको र पिएको भए पनि, यदि तैँले महसुस गर्ने कुरा भनेको आत्मिक शान्ति र आनन्द मात्र हो र तैँले परमेश्‍वरको वचनको पर्याप्‍त मात्रामा आनन्द लिन नसके जस्तै गरी यो वचन अतुलनीय मिठास छ भने पनि, तर परमेश्‍वरका वचनहरूको कुनै व्यावहारिक अनुभव छैन र उहाँका वचनहरूको वास्तविकतामा पूर्ण रूपमा खाली छस् भने, तैँले परमेश्‍वरको यस्तो विश्‍वासबाट के प्राप्‍त गर्न सक्छस् र? यदि तैँले परमेश्‍वरका वचनहरूको सारलाई जीवनमा उतार्न सकिनस् भने, तैँले परमेश्‍वरका यी वचन खाने र पिउने काम अनि तेरा प्रार्थनाहरू धार्मिक आस्थाबाहेक अरू केही पनि होइनन्। यस्ता मानिसहरूलाई परमेश्‍वरले सिद्ध पार्न सक्नुहुन्न र हासिल गर्न सक्नुहुन्न। परमेश्‍वरले हासिल गरिएका मानिसहरू सत्यता अनुसरण चल्नेहरू हुन्। परमेश्‍वरले हासिल गर्नुहुने कुरा मानिसको देह होइन, उसको अधीनमा रहेका कुराहरू होइनन्, तर परमेश्‍वरको स्वामित्वमा रहेको ऊभित्रको भाग हो। यसैले, परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुँदा तिनीहरूको देहलाई होइन, तर उहाँद्वारा तिनीहरूका हृदयहरूलाई हासिल गर्न दिएर, ती हृदयलाई सिद्ध पार्नुहुन्छ; सङ्क्षेपमा भन्‍ने हो भने, परमेश्‍वरले मानिसलाई सिद्ध पार्नु भनेको ती हृदय परमेश्‍वरतर्फ फर्कून् र उहाँलाई प्रेम गरून् भनी मानिसको हृदयलाई सिद्ध पार्नु हो।

मानिसको शरीर मासु र रगतको हुन्छ। मानिसको देह प्राप्त गरेर परमेश्‍वरको कुनै उद्देश्य पूरा हुने होइन, किनभने मानिसको देह अनिवार्य रूपमा सड्ने कुरा हो र त्यसले उहाँको उत्तराधिकार पाउन वा उहाँका आशिष्‌हरू उत्तराधिकारमा प्राप्त गर्न सक्दैन। यदि मानिसको देह प्राप्त गरियो, र मानिसको देह मात्रै यस प्रवाहमा रह्यो भने, मानिस नामका लागि मात्र यस प्रवाहमा भए पनि, उसको हृदय शैतानको हुनेथियो। त्यसो हुनाले, मानिसहरू परमेश्‍वरको प्रकटीकरण बन्न असक्षम हुने मात्र होइन, तिनीहरू त उहाँको बोझ पनि बन्नेथिए, र यसरी परमेश्‍वरले मानिसहरूलाई चुन्नु अर्थहीन बन्नेथियो। परमेश्‍वरले सिद्ध पार्ने अभिप्राय राख्नुभएकाहरू सबैले उहाँका आशिष्‌हरू उत्तराधिकारमा प्राप्त गर्नेछन् र उहाँको उत्तराधिकार पाउनेछन्। अर्थात्, तिनीहरू परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई स्वीकार गर्छन् ताकि त्यो तिनीहरूभित्रै भएको कुरा बनोस्; तिनीहरूले परमेश्‍वरका सबै वचनलाई आफूभित्र अपनाएका हुन्छन्; र परमेश्‍वर जे हुनुहुन्छ, तिनीहरूले त्यो सबै जस्ताको तस्तै स्वीकार गर्न सक्छन्। यसरी, तिनीहरू सत्यता जिउँछन्। यस्तै प्रकारको व्यक्तिलाई परमेश्‍वरद्वारा सिद्ध पारिन्छ र परमेश्‍वरद्वारा प्राप्त गरिन्छ। यस्तो व्यक्ति मात्रै परमेश्‍वरद्वारा प्रदान गरिने आशिष्‌हरू उत्तराधिकारमा प्राप्त गर्न योग्य हुन्छ:

१. परमेश्‍वरको सम्पूर्ण प्रेम प्राप्त गर्नु।

२. सबै कुरामा परमेश्‍वरका अभिप्रायहरूअनुरूप कार्य गर्नु।

३. परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्नु, परमेश्‍वरको ज्योतिमा जिउनु, र परमेश्‍वरको अन्तर्दृष्टि प्राप्त गर्नु।

४. पृथ्वीमा परमेश्‍वरले प्रेम गर्ने स्वरूप जिउनु; परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने, परमेश्‍वरका लागि क्रूसमा टाँगिने र परमेश्‍वरको प्रेमको प्रतिदान गर्नका लागि मर्न योग्य हुने पत्रुसजस्तै बन्नु; पत्रुसको जस्तै महिमा हुनु।

५. पृथ्वीमा सबैद्वारा प्रेम, आदर, र प्रशंसा गरिनु।

६. मृत्यु र पातालको बन्धनको हरेक पक्षलाई जित्नु, शैतानलाई आफ्नो काम गर्ने कुनै अवसर नदिनु, परमेश्‍वरद्वारा स्वामित्वमा लिइनु, ताजा र जीवन्त आत्माभित्र जिउनु, र वाक्क नहुनु।

७. जीवनभरि हर समय हर्ष र उत्साहको अवर्णनीय अनुभूति हुनु, मानौँ कसैले परमेश्‍वरको महिमाको दिनको आगमन देखेको छ।

८. परमेश्‍वरसँगै महिमा प्राप्त गर्नु र परमेश्‍वरका प्रिय पवित्र जनहरूको जस्तै मुहार हुनु।

९. पृथ्वीमा परमेश्‍वरले प्रेम गर्ने कुरा बन्नु, अर्थात्, परमेश्‍वरको प्रिय पुत्र बन्नु।

१०. रूप परिवर्तन गर्नु अनि परमेश्‍वरसँगै तेस्रो स्वर्गमा उक्लनु र देहभन्दा माथि उठ्नु।

परमेश्‍वरका आशिष्‌हरू प्राप्‍त गर्ने मानिसहरूलाई मात्र उहाँले सिद्ध पार्नुहुन्छ र हासिल गर्नुहुन्छ। के तैँले हाल कुनै कुरा प्राप्‍त गरेको छस्? परमेश्‍वरले तँलाई कुन हदसम्म सिद्ध पार्नुभएको छ? परमेश्‍वरले मानिसलाई जथाभाबी सिद्ध पार्नुहुन्न; उहाँले मानिसलाई सिद्ध पार्नुहुने कुरा सर्तमा आधारित हुन्छ, र जसबाट स्पष्ट देख्न सकिने परिणामहरू निस्कन्छन्। मान्छेले कल्पेजस्तो उसले परमेश्‍वरमा विश्‍वास गरुन्जेलसम्म उहाँले उसलाई सिद्ध पार्नुहुने र उसलाई प्राप्त गर्नुहुने र उसले पृथ्वीमा परमेश्‍वरका आशिष्‌हरू र उत्तराधिकार प्राप्‍त गर्न सक्‍ने भन्‍ने हुँदैन। यस्ता कुराहरू अत्याधिक कठिन छन्—मानिसहरूको स्वरूप परिवर्तन गर्ने त कुरै नगरौँ। हाल, तिमीहरूले मुख्यतया खोज्नुपर्ने कुराचाहिँ सबै कुरामा परमेश्‍वरले तँलाई सिद्ध पार्नु र तैँले सामना गर्ने सबै मानिस, घटना, कामकुराहरूद्वारा तँलाई सिद्ध पार्नु हो, ताकि उहाँ जे हुनुहुन्छ सो तिमीहरूभित्र बनियोस्। तैँले पहिले पृथ्वीमा परमेश्‍वरको उत्तराधिकार प्राप्‍त गर्नुपर्छ; अनि मात्र तँ परमेश्‍वरबाट आउने अझ धेरै र ठूला आशिष्‌हरू प्राप्‍त गर्न योग्यको ठहरिनेछस्। यी सबै तिमीहरूले पछ्याउनुपर्ने र सबै थोकभन्दा अघि बुझ्नुपर्ने कुरा हुन्। तँ जति धेरै परमेश्‍वरद्वारा सिद्ध पारिने पछ्याइमा लाग्छस्, उति नै धेरै तैँले सबै थोकमा परमेश्‍वरको बाहुली देख्न सक्छस्, जसको परिणामस्वरूप विविध दृष्टिकोण र विभिन्न मामलाहरूमार्फत तँ सक्रिय रूपमा उहाँको वचनको सत्त्वभित्र प्रवेश गर्ने र उहाँको वचनको वास्तविकताभित्र प्रवेश गर्ने पछ्याइमा लाग्छस्। पापहरू मात्र नगर्ने, वा कुनै रायहरू नै नभएको, सांसारिक कुराहरू सम्‍बन्धी दर्शनविनाको र कुनै मानव इच्छाविनाको हुने गरी तँ यस्तो नकारात्मक अवस्थामा सन्तुष्ट हुन सक्दैनस्। परमेश्‍वरले मानिसलाई कैयौं तरिकाले सिद्ध पार्नुहुन्छ; सबै कुरामा सिद्ध पार्ने सम्भावना हुन्छ, अनि उहाँले तँलाई अझ धेरै प्रशस्त हासिल गर्ने पारिन सकारात्मक ढाँचामा मात्र होइन नकारात्मक ढाँचामा पनि सिद्ध पार्न सक्नुहुन्छ। हरेक दिन सिद्ध पार्ने अवसरहरू र परमेश्‍वरद्वारा हासिल गरिन सक्ने समयहरू हुन्छन्। केही समयको निम्ति यस्ता कुरा भोगेपछि, तँमा ठूलो परिवर्तन आउनेछ र यसअघि अज्ञात रहेका धेरै कुरा तैँले स्वभाविक रूपमा बुझ्नेछस्। अरूबाटको शिक्षा आवश्यक पर्दैन; तँलाई थाहा नभइकन नै, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, ताकि तैँले सबै कुरामा अन्तर्दृष्टि प्राप्‍त गर्न सकेको होस् र तँ आफ्ना सबै अनुभवभित्र विस्तृत रूपमा प्रवेश गर्न सकेको होस्। परमेश्‍वरले निश्‍चय नै मार्गदर्शन गर्नुहुनेछ, ताकि तँ दायाँ वा बायाँतिर मोडिनेछैनस् र यसरी तैँले उहाँद्वारा सिद्ध तुल्याइने मार्गमा कदम राख्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनेहरूका निम्ति दिइएका प्रतिज्ञाहरू

परमेश्‍वरका दैनिक वचनहरू   अंश ५५५

परमेश्‍वरबाट सिद्ध पारिने काम परमेश्‍वरको वचन खाएर र पिएर प्राप्त हुने सिद्धतामा सीमित हुन सक्दैन। यस्तो अनुभव ज्यादै एकतर्फी हुनेथियो, यसले सिद्धतालाई एकदम थोरै समावेश गर्नेथियो र मानिसलाई केवल एउटा सानो दायरामा प्रतिबन्धित गर्न सक्थ्यो। यस्तो भएकाले, यसमा मानिसलाई चाहिने आत्मिक पोषणको धेरै अभाव हुनेथियो। यदि तिमीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले सबै विषयमा कसरी अनुभव प्राप्त गर्ने भनेर सिक्नै पर्दछ, र तिमीहरू आफूलाई आइपर्ने हरेक कुरामा अन्तर्दृष्टि प्राप्त गर्न सक्षम हुनुपर्दछ। यो राम्रो होस वा नराम्रो, यसले तँलाई फाइदा पुऱ्याउनुपर्छ, र तँलाई नकारात्मक बनाउनु हुँदैन। जेसुकै होस, तँ परमेश्‍वरको पक्षमा उभिएर मामिलाहरू विचार गर्न सक्षम हुनुपर्दछ, र तिनको विश्लेषण वा अध्ययन मानिसको परिप्रेक्ष्यबाट गर्नु हुँदैन (यो तेरो अनुभवमा एउटा विचलन हुनेथियो)। यदि तैँले यस्तो अनुभव गरिस् भने, तेरो हृदय जीवनको बोझले भरिनेछ; तँ सधैँ परमेश्‍वरको अनुहारको ज्योतिमा बस्‍नेछस्, र सम्भवतः तेरो अभ्यासमा विचलनहरू आउनेछैनन्। त्यस्तो मानिसको अगाडि उज्ज्वल भविष्य हुन्छ। परमेश्‍वरद्वारा सिद्ध हुने धेरै अवसर छन्। यी सबै कुरा तिमीहरू साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति हौ कि होइनौ र तिमीहरूसँग परमेश्‍वरद्वारा सिद्ध पारिन, परमेश्‍वरद्वारा हासिल गरिन र उहाँको आशिष र उत्तराधिकार प्राप्त गर्न दृढ सङ्कल्प छ कि छैन भन्‍ने कुरामा भर पर्छ। दृढ सङ्कल्प मात्र पर्याप्त छैन; तिमीहरूसँग धेरै ज्ञान हुनुपर्दछ, नत्र तिमीहरूको अभ्यासमा सधैँ विचलनहरू आउनेछन्। परमेश्‍वर तिमीहरू प्रत्येक र हरेकलाई सिद्ध गर्न इच्छुक हुनुहुन्छ। यथार्थमा भन्‍ने हो भने, धेरैजसो मानिसले लामो समयदेखि परमेश्‍वरको कामलाई स्वीकार गरिसके तापनि, तिनीहरूले आफूलाई केवल परमेश्‍वरको अनुग्रहमा आनन्दित तुल्याउन सीमित गरेका छन् र तिनीहरू परमेश्‍वरबाट थोरै देहको आनन्द प्राप्त गर्न मात्र राजी छन्, अझै धेरै र अझ उच्च प्रकाशहरू प्राप्त गर्न तयार छैनन्। यसले मानिसको हृदय अझै पनि सदाझैँ बाहिर छ भन्‍ने देखाउँछ। मानिसको काम, सेवा र परमेश्‍वरलाई प्रेम गर्ने उसको हृदयमा थोरै अशुद्धता भए पनि, जहाँसम्म उसको भित्री सार र पिछडिएको सोचाइको सवाल छ, उसले अझै पनि निरन्तर देहको शान्ति र आनन्दको खोजी गर्दछ, र परमेश्‍वरले उसलाई सिद्ध पार्नुका सर्त र त्यसका उद्देश्य के हुन सक्छन् भन्‍नेबारे उसले कुनै वास्ता गर्दैन। तसर्थ, धेरैजसो मानिसको जीवन अझै असभ्य र पतित छ। तिनीहरूको जीवन थोरै परिवर्तनसमेत भएको छैन; तिनीहरू परमेश्‍वरप्रतिको विश्‍वासलाई महत्वपूर्ण मामिलाका रूपमा हेर्दैनन्, यस्तो लाग्छ, तिनीहरूको विश्‍वास अरूको लागि हो, झारा टार्ने र लापरवाही छ, उद्देश्यविहीन अस्तित्वमा विचलित हुन्छ। थोरै मानिस मात्र अझ धेरै र मूल्यवान् चीजहरू प्राप्त गर्दै, सबै चीजमा परमेश्‍वरको वचनमा प्रवेश गर्न सक्षम भएका छन्, आज तिनीहरू परमेश्‍वरको घरमा अझ धेरै मूल्यवान् मानिस बनेका छन् र परमेश्‍वरबाट धेरै आशिष पाइरहेका छन्। यदि तँ सबै कुरामा परमेश्‍वरबाट सिद्ध पारिन खोज्छस् र पृथ्वीमा परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभएको थियो, त्यो कुरा प्राप्त गर्न सक्षम छस् भने, यदि तँ सबै कुरामा परमेश्‍वरद्वारा अन्तर्दृष्टि पाउन खोज्छस् र वर्षहरू निष्क्रिय रूपमा बित्न दिँदैनस् भने, सक्रिय भएर प्रवेश गर्ने आदर्श मार्ग यही हो। केवल यसरी तँ परमेश्‍वरबाट सिद्ध पारिन योग्य र उपयुक्त हुनेछस्। के तँ साँच्चिकै त्यही मानिस होस् जो परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छ? के तँ साँच्चिकै त्यही मानिस होस् जो सबै कुरामा व्यग्र छ? के तँसँग पत्रुसको जस्तै परमेश्‍वरप्रति प्रेमको आत्मा छ? के तँसँग येशूले गर्नुभएजस्तै परमेश्‍वरलाई प्रेम गर्ने सङ्कल्प छ? तैँले धेरै वर्षदेखि येशूमा विश्‍वास गरिस्; के तैँले येशूले परमेश्‍वरलाई कसरी प्रेम गर्नुभयो भन्‍ने देखिस्? के तैँले साँचो विश्‍वास येशूमै गर्छस्? तँ आजका व्यावहारिक परमेश्‍वरमा विश्‍वास गर्छस्; के तैँले देहमा हुनुभएको व्यावहारिक परमेश्‍वरले स्वर्गमा रहेको परमेश्‍वरलाई कसरी प्रेम गर्नुहुन्छ भनेर देखेको छस्? तँ प्रभु येशू ख्रीष्टमा विश्‍वास गर्छस्; त्यो यसैले हो किनभने मानवजातिलाई छुटकारा दिन येशू क्रूसमा टाँगिनुभयो र उहाँले गर्नुभएका आश्‍चर्यकर्म सामान्यतया स्वीकारिएका तथ्य हुन्। यद्यपि मानिसको विश्‍वास येशू ख्रीष्टको ज्ञान र सत्य बुझाइबाट आउँदैन। तँ केवल येशूको नाममा विश्‍वास गर्छस्, तर तँ उहाँको आत्मामा विश्‍वास गर्दैनस्, किनकि तँ येशूले परमेश्‍वरलाई कसरी प्रेम गर्नुभयो भन्‍ने कुरामा कुनै ध्यान दिँदैनस्। तेरो परमेश्‍वरप्रतिको विश्‍वास धेरै अपरिपक्व छ। धेरै वर्षसम्म येशूमा विश्‍वास गरे पनि, परमेश्‍वरलाई कसरी प्रेम गर्ने भन्‍ने तँलाई थाहा छैन। के यसले तँलाई विश्‍वको सबैभन्दा ठूलो मूर्ख बनाउँदैन? यो तैँले वर्षौंदेखि प्रभु येशू ख्रीष्टको खाना बेकारमा खाइरहेको छस् भन्‍ने प्रमाण हो। म त्यस्ता मानिसलाई मन नपराउने मात्र होइन, मलाई भरोसा छ प्रभु येशू ख्रीष्टमा—जसलाई तँ आदर गर्छस्—उहाँले पनि तिनीहरूलाई मन पराउनुहुन्न। त्यस्ता मानिस कसरी सिद्ध हुन सक्छ? के तेरो मुख लाजले रातो हुँदैन? के तँलाई लाज लाग्दैन? के तँसँग तेरो प्रभु येशू ख्रीष्टको सामना गर्ने आँट छ? के तिमीहरू सबैले मैले भनेको कुराको अर्थ बुझ्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनेहरूका निम्ति दिइएका प्रतिज्ञाहरू

अघिल्लो: जीवनमा प्रवेश (४)

अर्को: जीवनमा प्रवेश (६)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्