जीवनमा प्रवेश (६)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५५६

सत्यताको पछि लागेर मात्र व्यक्तिले स्वभावमा परिवर्तन हासिल गर्न सक्छ: यो मानिसहरूले जान्नु पर्ने र पूर्ण रूपमा बुझ्नु पर्ने कुरा हो। यदि तँसँग सत्यताको पर्याप्त ज्ञान छैन भने, तँ सजिलै चिप्लन र गलत बाटोमा लाग्न सक्छस्। यदि तँ जीवनमा वृद्धि हुन चाहन्छस् भने, तैंले सबै कुरामा सत्यता खोज्नुपर्छ। तैंले जे गरिरहेको भए पनि, तैँले सत्यता अनुरूप हुनका लागि ठीकसँगले व्यवहार गर्ने कोसिस गर्नुपर्छ, र तँभित्र त्यसलाई उल्लङ्घन गर्ने कुन दागहरू छन् त्यो पत्ता लगाउनु पर्छ; तँसँग यी कुराहरूको स्पष्ट बुझाइ हुनुपर्दछ। तैंले जे गरिरहेको भए पनि त्यो सत्यतासँग मेल खान्छ कि खाँदैन र त्यसको मूल्य र अर्थ छ कि छैन भनेर तैंले विचार गर्नुपर्छ। सत्यतासँग मेल खाने कुराहरू तँ गर्न सक्छस्, तर सत्यतासँग मेल नखाने कुराहरू तैँले गर्नुहुँदैन। तैँले गर्न सक्‍ने वा गर्न नसक्‍ने कुराहरूको विषयमा, यदि तैँले त्यसलाई त्याग्‍न सक्छस् भने, तैँले तिनलाई त्याग्‍नुपर्छ। अन्यथा, यदि तैँले केही समयसम्म ती कुराहरू गर्छस् र पछि तैंले ती छाडिदिनुपर्छ भन्‍ने थाहा पाइस् भने, चाँडो निर्णय गर, र तिनलाई तुरुन्तै छोडिदे। तैंले गर्ने सबै कुरामा तैँले यही सिद्धान्त पालना गर्नुपर्छ। कतिपय मानिसहरूले यो प्रश्‍न उठाउँछन्: सत्यताको खोजी गर्नु र त्यसको अभ्यास गर्नु किन नदीको उल्टो धारमा डुङ्गा ख्याउने, र यदि ख्याउन छोडियो भने त्यो पछिल्तिर बगेर जानेजस्तै धेरै गाह्रो छ? तर खराब र अर्थहीन कुरा गर्नु वास्तवमा किन नदीको सिधा धारमा डुङ्गालाई ख्याउनु जस्तो सजिलो हुन्छ? त्यस्तो किन हुन्छ? किनकि मानवजातिको प्रकृति नै परमेश्‍वरलाई धोका दिने हुन्छ। शैतानको प्रकृतिले मानिसभित्र प्रमुख भूमिका खेलेको छ, र यो एक प्रतिरोधी शक्ति हो। निस्सन्देह, परमेश्‍वरलाई धोका दिने प्रकृति भएका मानिसहरूले उहाँलाई धोका दिने कार्यहरू गर्ने सम्‍भावना हुन्छ, र उनीहरूले सकारात्मक कार्यहरू गर्न स्वाभाविक रूपमा गाह्रो हुन्छ। यो पूर्ण रूपमा मानवजातिको प्रकृति र सारद्वारा निर्धारित हुन्छ। तैंले साँच्चै सत्यतालाई बुझेपछि र त्यसलाई आफैभित्रबाट प्रेम गर्न थालेपछि, तँलाई सत्यतासित मिल्दोजुल्दो काम गर्न सहज लाग्‍नेछ। तैँले सामान्य तवरमै आफ्‍नो कर्तव्य निभाउनेछस् र सत्यता अभ्यास गर्नेछस्—कुनै कठिनाइविना र आनन्दको साथसमेत पूरा गर्नेछस्, र तँलाई कुनै पनि नकारात्मक कुरा गर्नको लागि धेरै मेहनत लगाउनुपर्छ भन्‍ने अनुभव हुनेछ। तेरो हृदयमा सत्यताले प्रमुख भूमिका खेल्‍ने हुनाले यस्तो हुन्छ। यदि तैंले वास्तवमै मानव जीवनसम्बन्धी सत्यता बुझ्छस् भने, तँसित कस्तो किसिमको व्यक्ति बन्‍ने, कसरी छलकपटरहित र सिधा, इमानदार, अनि परमेश्‍वरको सेवा गर्ने र उहाँको साक्षी दिने व्यक्ति बन्‍ने भन्‍नेबारे पछ्याउने बाटो हुनेछ। अनि तैँले यी सत्यताहरू बुझेपछि, तैँले उहाँलाई चुनौती दिने दुष्कर्महरू कहिल्यै पनि गर्न सक्‍नेछैनस्, न त तैँले झूटो अगुवा, झूटो सेवक, वा ख्रीष्टविरोधीको भूमिका नै कहिल्यै निर्वाह गर्नेछस्। शैतानले तँलाई धोका दियो भने पनि वा कसैले तेरो खराबी गऱ्यो भने पनि, तैंले त्यो गर्नेछैनस्; जोसुकैले तँलाई करकापमा पार्ने कोसिस गरे पनि, तैँले अझै पनि त्यस तरिकाले काम गर्नेछैनस्। यदि मानिसहरूले सत्यता प्राप्त गर्छन् र सत्यता उनीहरूको जीवन बन्छ भने, उनीहरू दुष्टलाई घृणा गर्न र नकारात्मक कुराहरूलाई भित्री रूपमा घृणा गर्न सक्षम बन्‍नेछन्। उनीहरूले दुष्ट काम गर्नु कठिन हुनेछ, किनकि उनीहरूको जीवनको स्वभाव परिवर्तन भएको हुन्छ र उनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिएका हुन्छन्।

यदि तैँले आफ्नो हृदयमा साँच्‍चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्‍वरको आज्ञापालन गर्न जान्‍नेछस् अनि तँ सत्यताको पछि लाग्‍ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्‍वरको इच्छाअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्‍नेछैन—यस अवस्थामा तैँले परमेश्‍वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तैँले आफ्‍नो अभिप्रायविना नै त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, परमेश्‍वरको प्रतिरोध नगर् भन्दा त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्‍न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्‍वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्‍वरको स्थानमा बस्‍न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्! दुष्कर्म गर्ने समस्या समाधान गर्न, उनीहरूले पहिले आफ्नो प्रकृतिको समस्या समाधान गर्नुपर्छ। स्वभावमा परिवर्तन नगरी यो समस्याको खास समाधान ल्याउन सम्भव हुँदैन। जब तँसित परमेश्‍वरको बारेमा केही बुझाइ हुन्छ, जब तैँले आफ्नै भ्रष्टतालाई देख्न सक्छस् र अहङ्कार र घमन्डको घिनलाग्दोपन र कुरूपतालाई बुझ्छस्, तब तैँले घृणित, बिरामी, र दुःखी महसुस गर्नेछस्। तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न केही कुराहरू होसियारी साथ गर्न सक्नेछस्, अनि यसो गर्दा, सहज महसुस गर्नेछस्। तैँले सचेत भई परमेश्‍वरका वचनहरू पढ्नेछस्, परमेश्‍वको बढाइ गर्नेछस्, परमेश्‍वरका लागि साक्षी दिनेछस्, र हृदयमा आनन्दित महसुस गर्नेछस्। तैंले जानी-जानी आफ्नो साँचो रूप देखाउनेछस्, तेरो कुरूपता प्रकट गर्नेछस्, अनि यसो गरेर, तैंले आफूभित्र खुशी महसुस गर्नेछस् र तैँले तेरो मनको अवस्थामा सुधार भएको महसुस गर्नेछस्। तेरो स्वभावमा परिवर्तन ल्याउन खोज्ने पहिलो चरण भनेको परमेश्‍वरका वचनहरू बुझ्नु र सत्यमा प्रवेश गर्नु हो। सत्यतालाई बुझेर मात्र तैंले भेद-शक्ति प्राप्त गर्न सक्छस्; समझद्वारा मात्र तँ स्थितिहरूलाई पूर्ण रूपमा बुझ्न सक्छस्; सम्पूर्ण रूपमा कुरा बुझेपछि मात्रै तैँले आफूलाई साँचो रूपमा चिन्‍न सक्छस्; तैँले आफूलाई साँचो रूपमा चिनेपछि मात्रै तैँले दैहिकता त्याग्‍न र सत्यता अभ्यास गर्न सक्छस्, र यसरी क्रमिक रूपमा तँ परमेश्‍वरप्रति आज्ञाकारी बन्दै जानेछस्, र परमेश्‍वरमाथिको विश्‍वासमा चरणबद्ध रूपमा तँ सही मार्गमा हुनेछस्। सत्यताको पछि लाग्ने क्रममा मानिसहरूले कति दृढ संकल्‍प गरेका हुन्छन् त्यही कुरासँग यो जोडिएको हुन्छ। यदि कसैले साँच्चै दृढ संकल्‍प गरेको छ भने, छ महिना वा एक वर्षपछि उनीहरू सही मार्गमा हिँड्न थाल्‍नेछन्। तीन वा पाँच वर्षभित्र, उनीहरूले परिणामहरू देख्नेछन्, र उनीहरूले जीवनमा प्रगति गरिरहेका छन् भन्‍ने महसुस गर्नेछन्। यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यता खोजी गर्दैनन्, अनि सत्यता अभ्यास गर्ने कार्यमा कहिल्यै ध्यान दिँदैनन् भने, तिनीहरूले दश-बीस वर्ष विश्‍वास गरेको भए पनि कुनै परिवर्तन अनुभव नगरेका हुन सक्छन्। अनि आखिरमा, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको यही हो भनी सोच्नेछन्; तिनीहरू पहिले बाह्य संसारमा जसरी जिइरहेका थिए यो लगभग त्यस्तै रहेछ, अनि जीवित रहनु अर्थहीन कुरा रहेछ भनी सोच्नेछन्। यसले वास्तवमा सत्यताविना, जीवन रित्तो छ भन्‍ने देखाउँछ। तिनीहरूले धर्मसिद्धान्तका केही शब्दहरू बोल्न सक्छन् होला, तर अझै पनि असुविधा र असहज महसुस गर्नेछन्। यदि मानिसहरूमा परमेश्‍वर सम्‍बन्धी केही ज्ञान छ भने, कसरी अर्थपूर्ण जीवन जिउनुपर्छ भन्‍ने जान्दछन्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न केही कुराहरू गर्न सक्छन् भने, तिनीहरूले वास्तविक जीवन यही हो, र यस तरिकाले जिउँदा मात्रै तिनीहरूको जीवनको अर्थ हुन्छ, र परमेश्‍वरलाई सन्तुष्टि दिन, परमेश्‍वरको ऋण तिर्न र सहजता महसुस गर्न यस्तै प्रकारले जिउनुपर्छ भन्‍ने महसुस गर्नेछन्। यदि तिनीहरूले जानी-जानी परमेश्‍वरलाई सन्तुष्ट पार्न, सत्यतालाई अभ्यास गर्न, आफैलाई त्याग्न, आफ्ना विचारहरूलाई त्याग्न र परमेश्‍वरको इच्छाप्रति आज्ञाकारी र विचारशील हुन सक्छन् भने—यदि तिनीहरूले यी सबै कुरा होसियार भएर गर्न सक्छन् भने—सत्यतालाई सही रूपमा अभ्यास गर्नु, र सत्यतालाई साँचो रूपले अभ्यास गर्नु भनेको यही नै हो। यो पहिलेको जस्तो कल्‍पनामा भरोसा गर्नु र नियमहरू पालना गर्नु, अनि यो सत्यताको अभ्यास गर्नु हो भनेर सोच्‍नु जस्तो होइन। वास्तवमा, कल्‍पनाहरूमा भरोसा गर्नु र नियमहरू पालना गर्नु निकै थकाइलाग्दो हुन्छ, सत्यता नबुझ्‍नु र सिद्धान्तहरूमा नरही काम गर्नु पनि त्यतिकै थकाइलाग्दो हुन्छ, र उद्देश्यविना अन्धाधुन्ध रूपमा काम गर्नु त झनै थकाइलाग्दो हुन्छ। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तँ कसैको वा कुनै कुराको बन्धनमा पर्दैनस्, र तैँले साँचो रूपमा स्वतन्त्रता र रिहाइ पाएको हुन्छस्। तैँले सिद्धान्तको आधारमा काम गर्नेछस्, र तँ ढुक्‍क र खुशी हुनेछस्, अनि तँलाई यसको लागि धेरै मेहनत गर्नुपर्छ वा यसले धेरै कष्ट ल्याउँछ भन्‍ने लाग्दैन। यदि तेरो स्थिति यस्तो छ भने, तँमा सत्यता र मानवता हुन्छ, र तँ स्वभाव परिवर्तन भएको व्यक्ति हुन्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५५७

जीवन अनुभवको प्रक्रियामा, जेसुकै आइपरे पनि, तैँले सत्यता खोजी गर्न सिक्‍नुपर्छ, र परमेश्‍वरका वचनहरू र सत्यताअनुसार मामलालाई मनन गर्नुपर्छ। जब तँलाई पूर्ण रूपमा परमेश्‍वरको इच्‍छाअनुसार हुने कुराहरू कसरी गर्ने भन्‍ने थाहा हुन्छ, तैँले आफ्‍नो इच्‍छाबाट आएका कुराहरूलाई त्याग्‍न सक्‍नेछस्। तँलाई परमेश्‍वरको इच्‍छाअनुसार कसरी काम गर्ने भन्‍ने थाहा भएपछि, तैँले स्वाभाविक बहाबमा बगेसरी बस त्यसरी नै व्यवहार गर्नुपर्छ। यसरी काम गर्दा निकै ढुक्‍क र सहज महसुस हुन्छ, र सत्यता बुझेका मानिसहरूले कामकुरा यसरी नै गर्ने गर्छन्। यदि तैँले आफ्‍नो कर्तव्य निभाउँदा, आफू साँच्‍चै नै प्रभावकारी छु, र आफ्नो काम गर्ने शैलीमा सिद्धान्तहरू छन्, आफ्नो जीवन स्वभाव साँच्‍चै नै परिवर्तन भएको छ, आफूले परमेश्‍वरका चुनिएका जनहरूका निम्ति धेरै असल कुराहरू गरेको छु भनेर मानिसहरूलाई देखाउन सक्छस् भने, तँ सत्यता बुझ्‍ने मानिस् होस्, र तँमा अवश्य नै मानव स्वरूप छ; र तैँले परमेश्‍वरको वचन खाँदा-पिउँदा त्यसमा पक्कै प्रभाव हुन्छ। कसैले साँचो रूपमा सत्यता बुझेपछि, उसले आफ्‍ना विभिन्‍न स्थितिहरू पत्ता लगाउन सक्छ, उसले जटिल मामलाहरूलाई स्पष्ट रूपमा देख्‍न सक्छ, त्यसकारण कसरी उचित रूपमा अभ्यास गर्ने त्यो उसलाई थाहा हुन्छ। यदि व्यक्तिले सत्यता बुझेको छैन र आफ्‍नै स्थिति पत्ता लगाउन सक्दैन भने, उसले आफूलाई त्याग्‍न चाहँदा पनि उसलाई के वा कसरी आफूलाई त्याग्‍ने भन्‍ने थाहा हुँदैन। यदि तिनीहरूले आफ्‍नै इच्‍छा त्याग्‍न चाहन्छन् भने, तिनीहरूलाई आफ्नो इच्‍छामा के गलत छ भन्‍ने थाहा हुँदैन, तिनीहरूले आफ्नो इच्‍छा सत्यताअनुरूप नै छ भन्‍ने सोच्छन्, र तिनीहरूले आफ्नो इच्‍छालाई पवित्र आत्‍माको अन्तर्दृष्टिको रूपमासमेत लिन सक्छन्। त्यस्तो व्यक्तिले आफ्‍नो इच्छा कसरी त्याग्‍छ र? तिनीहरूले त्याग्न सक्‍नेछैनन्, दैहिकता त्याग्‍न सक्‍नु त परको कुरा हो। त्यसकारण, जब तैँले सत्यता बुझ्दैनस्, तब तैँले तेरो इच्‍छाबाट आउने गलत कुरा, मानव धारणा, दया, प्रेम, कष्ट, र मूल्य चुकाइसँग मिल्‍ने कुरालाई सहजै सही र सत्यताअनुरूपका कुराहरू मान्‍न सक्छस्। अनि कसरी तैँले यी मानवीय कुराहरूलाई त्याग्‍न सक्छस् र? तैँले सत्यता बुझ्दैनस्, र सत्यता अभ्यास गर्नु भनेको के हो तँलाई थाहा हुँदैन। तँ पूर्ण रूपमा अन्धकारमा हुन्छस् र के गर्ने भन्‍ने नै तँलाई थाहा हुन सक्दैन, त्यसकारण तैँले आफूलाई असल लाग्‍ने काम मात्र गर्न सक्छस्, अनि परिणामस्वरूप, कतिपय कुरामा तैँले विचलन पैदा गर्छस्। यीमध्ये कति त नियमहरू पालना गरेको कारण आउँछन्, कति जोसले गर्दा, र कति शैतानको बाधाले गर्दा आउँछन्। सत्यता नबुझ्‍ने मानिसहरू यस्तै हुन्छन्। कामकुरा गर्दा तिनीहरू अत्यन्तै विसङ्गत व्यवहार गर्छन्, र कुनै काम कहिल्यै ठीक तरिकाले गर्दैनन् सधैँ बाटो बिराएर गर्छन्। सत्यता नबुझ्‍ने मानिसहरूको हेर्ने दृष्टिकोण अविश्‍वासीहरूको जस्तै हास्यास्पद हुन्छ। तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्छन् र? तिनीहरूले कसरी समस्याहरू समाधान गर्न सक्छन् र? सत्यता बुझ्‍नु त्यति सरल कुरा होइन। व्यक्तिको क्षमता जति उच्‍च वा कमजोर भए पनि, जीवनभरि अनुभव गरिसकेपछि पनि, उसले बुझ्‍ने सत्यताको मात्रा सीमित हुन्छ, र उसले बुझ्‍ने परमेश्‍वरको वचन पनि सीमित नै हुन्छ। तुलनात्मक रूपमा अलिक बढी अनुभव पाएका मानिसहरू केही सत्यता बुझेका मानिसहरू हुन्, र बढीमा तिनीहरूले परमेश्‍वरको विरोध गर्ने कार्यहरू र स्पष्ट रूपमै दुष्ट लाग्‍ने कुराहरू गर्न छोड्न सक्छन्। तिनीहरूले आफ्‍नै कुनै पनि अभिप्रायहरू नमिसाईकन काम गर्न असम्‍भव हुन्छ। मानिसहरूको सोच सामान्य हुन्छ तर तिनीहरूको विचार सधैँ परमेश्‍वरको वचनसँग मिल्‍दो हुन्छ नै भन्‍ने हुँदैन, त्यसैले तिनीहरूको आफ्‍नै इच्‍छा मिसिएर आउनु अपरिहार्य नै हुन्छ। त्यसैले, आफ्‍नै इच्‍छाबाट आउने सबै कुराहरू र परमेश्‍वरको वचन, सत्यता, र पवित्र आत्‍माको अन्तर्दृष्टिको विरुद्धमा जाने कुराहरूलाई छुट्याउने समझशक्ति हुनु महत्त्वपूर्ण छ। यसको लागि तैँले परमेश्‍वरको वचन बुझ्‍न धेरै मेहनत गर्नुपर्छ; तैँले सत्यता बुझेपछि मात्रै तँलाई यस्तो समझशक्ति प्राप्त हुन्छ, अनि त्यसपछि मात्रै तैँले आफूद्वारा दुष्कर्म नगरिने निश्‍चित गर्न सक्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५५८

आफैलाई चिन्नका निम्ति, तैँले तेरा आफ्‍नै भ्रष्टताका अभिव्यक्तिहरू, तेरो आफ्नै भ्रष्ट स्वभाव, तेरा आफ्नै महत्त्वपूर्ण कमजोरीहरू, र तेरो प्रकृति र सारलाई चिन्नुपर्छ। तैँले तेरो दैनिक जीवनमा प्रकट हुने कुराहरू—तेरा अभिप्रायहरू, तेरा दृष्टिकोणहरू, र प्रत्येक थोकको बारेमा तेरो आचरण—तिमी घरमा भए पनि बाहिर भए पनि, तँ जब भेला हुन्छस्, जब तैँले परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै गरिरहेको हुन्छस्, वा तैँले सामना गर्ने प्रत्येक कुराको बारेमा एक-एक गरी तँलाई सम्पूर्ण रूपमा थाहा हुनुपर्छ। यी पक्षहरूद्वारा तैँले आफैलाई चिन्नुपर्छ। अवश्य पनि, आफैलाई गहिरो रूपमा चिन्‍नका निम्ति तैँले परमेश्‍वरका वचनहरू लागू गर्नुपर्छ; उहाँका वचनहरूको आधारमा आफैलाई चिनेर मात्र तैँले परिणामहरू प्राप्त गर्न सक्छस्। तिमीहरूले परमेश्‍वरका वचनहरूको न्याय स्वीकार गर्ने क्रममा, कष्ट-भोग वा पीडाको डर नमान, यसको साथै, परमेश्‍वरका वचनहरूले तिमीहरूको हृदय छेड्नेछन् र तिमीहरूको कुरूप स्थिति खुलासा गर्नेछन् भनेर डर नमान। यी कुराहरूको कष्ट भोग्‍नु फाइदाजनक हुन्छ। यदि तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ भने, तिमीहरूले मानिसहरूलाई न्याय र सजाय गर्ने परमेश्‍वरका वचनहरू, खास गरी मानवजातिको भ्रष्टताको सार प्रकट गर्ने वचनहरू अझ धरै पढ्नुपर्छ, अनि तिमीहरूले आफ्‍नो व्यावहारिक स्थितिलाई ती वचनहरूसँग अझै बढी तुलना गर्नुपर्छ, र तिमीहरूले आफूमा ती वचनहरू अझै बढी, र अरू वचनहरू कम लागू गर्नुपर्छ। परमेश्‍वरले खुलासा गर्नुभएका स्थितिहरू हरेक व्यक्तिमा हुन्छन्, र ती सबै तँमा लागू हुन सक्छन्। यदि तँलाई विश्‍वास लाग्दैन भने, यसलाई अनुभव गर्ने प्रयास गर्। तैँले जति धेरै अनुभव गर्छस्, तैँले आफूलाई त्यति धेरै चिन्‍नेछस्, र तँलाई परमेश्‍वरका वचनहरू अत्यन्तै सही छन् भन्‍ने त्यति नै धेरै अनुभव हुनेछ। परमेश्‍वरका वचनहरू पढिसकेपछि, कतिपय मानिसहरूले तिनलाई आफैमा प्रयोग गर्न सक्दैनन्; उनीहरू यी वचनहरूका केही भागहरू उनीहरूको बारेमा होइनन्, तर ती अरू मानिसहरूको बारेमा हुन् भनी सोच्छन्। उदाहरणको लागि, जब परमेश्‍वरले मानिसहरूलाई चरित्रहीन स्त्री र वेश्याको रूपमा प्रकट गर्नुहुन्छ, केही दिदी-बहिनीहरूले तिनीहरू आफू आफ्ना पतिप्रति विश्‍वासयोग्य भएका कारण त्यस्ता वचनहरू उनीहरूका बारेमा भनिएको होइन भनी विचार गर्छन्; केही दिदी-बहिनीहरू उनीहरू अविवाहित भएकाले र कहिल्यै यौन-सम्पर्क नगरेकोले त्यस्ता वचनहरू उनीहरूका निम्ति पनि होइनन् भनी सोच्छन्। केही दाजुभाइहरू यी वचनहरू केवल महिलालाई मात्र भनिएका हुन्, र उनीहरूसँग तिनको कुनै सम्बन्ध छैन भनी विचार गर्छन्; कतिपय मानिसहरू परमेश्‍वरका प्रकाशका वचनहरू औधी कठोर छन्, ती वास्तविकतासँग मेल खाँदैनन् भन्‍ने विश्‍वास गर्छन्, र तिनलाई स्वीकार गर्न मान्दैनन्। त्यस्ता मानिसहरू पनि छन् जसले कतिपय अवस्थामा परमेश्‍वरका वचनहरू गलत हुन्छन् भनी भन्छन्। के यो परमेश्‍वरका वचनहरूप्रति हुनुपर्ने सही दृष्टिकोण हो? यो अवश्य नै गलत कुरा हो। मानिसहरू सबैले आफूलाई आफ्‍ना बाहिरी बानीबेहोराको आधारमा हेर्छन्। तिनीहरूले आफ्‍नो बारेमा मनन गर्न सक्दैनन्, र परमेश्‍वरका वचनहरूका आधारमा आफ्‍नो भ्रष्ट सारलाई चिन्दैनन्। यहाँ, “चरित्रहीन स्त्रीहरू” र “वेश्याहरू” ले मानवजातिको भ्रष्टता, फोहोरीपन र व्यभिचारलाई जनाउँछ। चाहे पुरुष होस् वा स्त्री, विवाहित होस् वा अविवाहित, सबै जनामा व्यभिचारका भ्रष्ट सोचहरू हुन्छन्—यसैले तँसँग यसको कुनै सम्बन्ध कसरी नहुन सक्छ? परमेश्‍वरका वचनहरूले मानिसहरूको भ्रष्ट स्वभावलाई प्रकट गर्दछ; चाहे पुरुष होस् वा महिला, भ्रष्टताको स्तर एकसमान छ। के यो तथ्य होइन? अरू कुनै कुरा गर्नुभन्दा पहिले, हामीले सुरुमा परमेश्‍वरले भन्‍नुभएको हरेक कुरा सत्यता हुन्, र तथ्यअनुरूप हुन्छन्, अनि मानिसहरूलाई न्याय र खुलासा गर्ने उहाँका वचनहरू जति नै कठोर भए पनि, वा सत्यता सङ्गति गर्ने वा मानिसहरूलाई प्रोत्साहन दिने उहाँका वचनहरू जति नै नरम भए पनि, यी वचनहरू न्याय भए पनि आशिष्‌ भए पनि, ती दोषारोपण वा श्राप भए पनि, तिनले मानिसहरूलाई तीतो अनुभूति दिए पनि मीठो अनुभूति दिए पनि, मानिसहरूले ती सबैलाई स्वीकार गर्नुपर्छ। परमेश्‍वरका वचनहरूप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति यही हो। यो कस्तो किसिमको मनोवृत्ति हो? के यो निष्ठावान् मनोवृत्ति, भक्त मनोवृत्ति, धैर्य मनोवृत्ति, वा दुःखलाई अङ्गाल्ने मनोवृत्ति हो? तिमीहरू अलिक अन्योलमा छौ। म तिमीहरूलाई भन्छु, कि यो यीमध्ये कुनै पनि होइन। मानिसहरूले तिनीहरूको विश्‍वासमा परमेश्‍वरका वचनहरू सत्य छन् भनी दृढ विश्‍वास गर्नुपर्छ। ती वास्तवमै सत्य छन्, त्यसैले मानिसहरूले तिनलाई तर्कसङ्गत रूपमा स्वीकार गर्नुपर्छ। चाहे तिनीहरूले परमेश्‍वरको वचनलाई पहिचान वा स्वीकार गर्न सकून् वा नसकून्, त्यसप्रति तिनीहरूको पहिलो मनोवृत्ति त्यसलाई पूर्ण रूपमा स्वीकार गर्ने हुनुपर्छ। यदि परमेश्‍वरको वचनले तिमीहरूलाई खुलासा गर्दैन भने, कसले खुलासा गर्छ? अनि तिमीहरूलाई खुलासा गर्नको लागि होइन भने, किन तिमीहरूलाई यो स्वीकार गर्न लगाइन्छ? के यो विरोधाभास होइन र? परमेश्‍वरले सारा मानवजातिसँग बोल्‍नुहुन्छ, परमेश्‍वरले बोल्‍नुभएका हरेक वाक्यले भ्रष्ट मानवजातिलाई खुलासा गर्छ, र कसैलाई पनि छूट छैन—र यसले स्वाभाविक रूपमै तँलाई पनि समावेश गर्छ। परमेश्‍वरका वाणीहरूको एउटै पङ्‌क्ति पनि बाहिरी स्वरूप वा कुनै एक प्रकारको स्थितिसँग सम्बन्धित हुँदैन, बाहिरका नियमहरूसँग वा मानिसहरूका व्यवहारको साधारण रूपसँग त्यो सम्बन्धित हुने कुरा त परै जाओस्। ती वाणीहरू त्यस्ता हुँदैनन्। यदि तँ परमेश्‍वरले बोल्नुभएको प्रत्येक पङ्क्तिले सामान्य प्रकारको मानवीय व्यवहार वा बाहिरी स्वरूपको खुलासा मात्र गर्छ भन्‍ने सोच्छस् भने, तँसँग कुनै आत्मिक बुझाइ छैन र तैँले सत्यता के हो भन्‍ने बझ्दैनस्। परमेश्‍वरका वचनहरू सत्यता हुन्। मानिसहरूले परमेश्‍वरका वचनहरूको गहनता अनुभूति गर्न सक्छन्। ती कसरी गहन छन्? परमेश्‍वरका सबै वचनहरूले मानिसका भ्रष्ट स्वभावहरू, र तिनीहरूको जीवनका सारगत अनि जरा गाडेर बसेका कुराहरू खुलासा गर्छन्। ती सारगत कुराहरू हुन्, बाहिरी स्वरूपहरू होइनन्, र निश्‍चित रूपमा बाहिरी व्यवहार होइनन्। मानिसहरूलाई उनीहरूको बाहिरी स्वरूपबाट हेर्दा तिनीहरू सबै असल देखिन सक्छन्। तर त्यसो भए किन परमेश्‍वरले केही मानिसहरू दुष्टात्माहरू हुन् र केही अशुद्ध आत्माहरू हुन् भनी भन्नुहुन्छ? यो तेरो निम्ति अदृश्य विषय हो। त्यसकारण, परमेश्‍वरका वचनहरूलाई मानव धारणा वा कल्‍पनाहरूअनुसार, वा मानव जनश्रुतिको आधारमा लिनु हुँदैन, र सत्ताधारी पार्टीका अभिव्यक्तिहरूका आधारमा त अवश्य नै लिनु हुँदैन। परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन्; मान्छेका शब्‍दहरू सबै भ्रम हुन्। आफूलाई त्यसरी सङ्गति गरिसकिएपछि, के तिमीहरूले परमेश्‍वरका वचनहरूप्रतिको तिमीहरूको मनोवृत्तिमा परिवर्तन अनुभव गरेका छौ? त्यो परिवर्तन जति नै ठूलो वा सानो भए पनि, अर्कोपटक मानिसहरूलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढ्दा, तैँले कम्तीमा पनि परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्नु हुँदैन। तैँले “परमेश्‍वरका प्रकाश र न्यायका वचनहरू औधी कठोर छन्; म यो पृष्ठ पढ्नेछैन। म यसलाई छोडेर अघि बढ्नेछु। म आशिष्‌हरू र प्रतिज्ञाहरूबारे पढेर केही सान्त्वना लिनेछु” भन्दै परमेश्‍वरबारे गुनासो गर्न छोड्नुपर्छ। तैँले अबउप्रान्त आफ्‍नै रुचिअनुसार रोज्दै र छान्दै परमेश्‍वरको वचन पढ्न छोड्नुपर्छ। तैँले सत्यता अनि परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नुपर्छ; त्यसपछि मात्रै तेरो भ्रष्ट स्वभाव धुन सकिन्छ, त्यसपछि मात्रै तैँले मुक्ति पाउन सक्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यलाई पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५५९

तैँले मानव प्रकृतिलाई कसरी बुझ्छस्? तेरो प्रकृतिलाई बुझ्नु भनेको वास्तवमा तेरो प्राणको भित्री गहिराइमा रहेका कुराहरू विश्‍लेषण गर्नु हो—यो तेरो जीवनभित्र रहेका कुराहरू, तँ जिउँदै आइरहेको शैतानको तर्क र दर्शनहरू, अर्थात् तँ जिउँदै आइरहेको शैतानको जीवन विश्‍लेषण गर्नु हो। तेरो प्राणको गहिराइभित्र रहेका कुराहरूलाई पत्ता लगाएर मात्र तैँले आफ्नो प्रकृतिलाई बुझ्न सक्छस्। यी कुराहरूलाई कसरी पत्ता लाउन सकिन्छ? एकदुई मामिलामार्फत मात्र ती कुराहरूलाई पत्ता लाउन वा विश्‍लेषण गर्न सकिँदैन। धेरै चोटि, तैँले केही कार्य गरिसकेपछि, तैँले अझै पनि बुझेको हुँदैनस्। अलिअलि आत्मज्ञान वा बुझाइ प्राप्त गर्नको निम्ति पनि तँलाई तीनदेखि पाँच वर्षसम्म लाग्‍न सक्छ। त्यसैले, धेरै परिस्थितिहरूमा, तैँले आत्मचिन्तन गर्नुपर्छ अनि आफैलाई चिन्‍नुपर्छ। तैँले कुनै पनि नतिजा देख्‍न पाउनको लागि परमेश्‍वरका वचनहरूअनुसार आफूलाई अझै गहन रूपले जाँच र चिरफार गर्नुपर्छ। जब सत्यसम्बन्धी तेरो ज्ञान झन्-झन् बढ्दै र झन्-झन् गहिरो हुँदैजान्छ, तब तैँले आत्म-चिन्तन र आत्म-ज्ञानद्वारा आफ्नो प्रकृति र सारलाई बिस्तारै जान्‍न थाल्‍नेछस्।

आफ्नो प्रकृति चिन्‍नलाई तैँले यसलाई केही कुराहरूमार्फत राम्ररी बुझ्नुपर्छ। पहिलो, तँलाई के मन पर्छ त्यसबारे तँमा स्पष्ट बुझाइ हुनुपर्छ। यसले तँलाई के खान वा लगाउन मन पर्छ त्यसलाई बुझाउँदैन, बरु, यसको अर्थ तैँले आनन्द लिने किसिमका कुराहरू हुन्, तैँले ईर्ष्या गर्ने, तैँले आराधना गर्ने, तैँले खोजी गर्ने, र तैँले आफ्नो हृदयमा ध्यान दिने कुराहरू, तँलाई सम्पर्कमा रहन मन लाग्‍ने मानिसहरू, र तैँले आफ्नो हृदयमा आदर गरेका र पुजेर राखेका व्यक्तिहरू हुन्। उदाहरणको लागि, धेरैजसो मानिसहरूले ठूलो पदमा बसेका, बोली र व्यवहारमा उत्कृष्ट रहेका, वा मीठो बोलेर चापलुसी गर्ने वा अभिनय गर्दै बोल्ने मानिसहरूलाई मन पराउँछन्। माथि भनिएका व्यक्तिहरू तिनीहरूले कुराकानी गर्न मन पराउने मानिसहरू हुन्। मानिसहरूलाई मनपर्ने कार्यहरूको कुरा गर्दा, तिनमा गर्न सहज हुने कुराहरू गर्न इच्‍छुक हुनु, अरूले असल ठानेका र मानिसहरूले प्रशंसा गर्ने र शुभेच्छाहरू दिने कार्यहरू गर्न मन पराउनु जस्ता कार्य पर्छन्। मानिसहरूको प्रकृतिहरूमा, तिनीहरूले मन पराउने थोकहरूको एउटा सामान्य विशेषता हुन्छ। अर्थात्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसको बाहिरी रूपहरूको कारण अरूले ईर्ष्या गर्छन्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र कुराहरू मन पराउँछन्, जुन औधी सुन्दर अनि विलासपूर्ण देखिन्छन्, र तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसले अरूलाई तिनीहरूको आराधना गर्ने बनाउँछ। मानिसहरूले अति नै मन पराउने यी कुराहरू निकै राम्रा, अचम्मका, आकर्षक र भव्य हुन्छन्। सबै मानिसहरूले यी थोकहरूको पूजा गर्छन्। यो देख्‍न सकिन्छ कि मानिसहरूमा कुनै पनि सत्यता छैन, न त तिनीहरूसँग मानिसको साँचो स्वरूप नै छ। यी थोकहरूको आराधना गर्नुको अलिकति पनि महत्त्व छैन, तरै पनि मानिसहरूले ती मन पराउँछन्। मानिसहरूले मन पराउने यी कुराहरू परमेश्‍वरमा विश्‍वास नगर्नेहरूलाई विशेष गरी राम्रो लाग्छ, र ती कुराहरूको पछि लाग्‍न मानिसहरू विशेष इच्छुक हुन्छन्। … मानिसहरूले खोजी गर्ने र तृष्णा गर्ने कुराहरू सांसारिक प्रचलनका कुरा हुन्, यी शैतान र दियाबलसहरूका कुरा हुन्, परमेश्‍वरले तिनलाई घृणा गर्नुहुन्छ, र तिनमा कुनै सत्यता हुँदैन। मानिसहरूले तृष्णा गर्ने यी कुराहरूबाट तिनीहरूको प्रकृति र सार उजागर गर्न मदत मिल्छ। मानिसहरूका रुचिहरू उनीहरूले लगाउने पोसाकमा देख्‍न सकिन्छ। केही मानिसहरू अरूको ध्यान खिँच्ने, रङ्गीचङ्गी वा अनौठा पोसाकहरू लगाउन इच्छुक हुन्छन्। अनि, तिनीहरू पहिले कसैले पनि नपहिरेको अतिरिक्त जिनिसहरू पहिरन चाहन्छन्, र तिनीहरू विपरीत लिङ्गीहरूलाई आकर्षित गर्ने चीजहरू मन पराउँछन्। उनीहरूले लगाउने यी पोसाकहरू र सरसामानहरूले उनीहरूले आफ्नो जीवनमा र उनीहरूको हृदयको गहिराइमा यी चीजहरूमा रुचि राख्छन् भन्‍ने देखाउँछ। उनीहरूले मन पराउने चीजहरू मर्यादित वा भद्र हुँदैनन्। ती सामान्य व्यक्तिले खोजी गर्नुपर्ने चीजहरू होइनन्। ती कुराहरूप्रतिको तिनीहरूको मोहमा अधर्म लुकेको हुन्छ। तिनीहरूका दृष्टिकोण ठ्याक्‍कै सांसारिक मानिसहरूको जस्तै हुन्छ। त्यसको कुनै पनि भाग सत्यतासित मेल खाएको देख्‍न सकिँदैन। तँलाई जे मनपर्दछ, तँ जुन कुरामा ध्यान दिन्छस्, तैँले जे कुराको आराधना गर्छस्, तैँले जुन कुराको ईर्ष्या गर्छस्, र तैँले प्रत्येक दिन आफ्नो हृदयमा जे सोच्छस् ती सबै तेरो प्रकृतिलाई प्रतिनिधित्व गर्ने कुराहरू हुन्। तेरो प्रकृतिले अधर्मलाई मन पराउँछ, र गम्भीर अवस्थाहरूमा, तेरो प्रकृति दुष्ट र असुधारीय छ भनी प्रमाणित गर्नको लागि यी सांसारिक कुराहरूप्रतिको तेरो झुकाव नै काफी छ। तैँले यस तरिकाले आफ्नो स्वभावको चिरफार गर्नुपर्छ: तँलाई धेरै मन पर्ने कुरा के हो र तैँले आफ्नो जीवनमा के कुरालाई त्याग्छस् त्यसलाई जाँच गर्। तँ केही समयको लागि कसैको निम्ति असल हुन सक्छस्, तर त्यसले तैँले तिनीहरूलाई धेरै मन पराउँछस् भनी प्रमाणित गर्दैन। तँलाई साँच्‍चिकै जे मन पर्छ तेरो प्रकृतिमा ठीक त्यही नै हुन्छ; यदि तेरा हड्डीहरू भाँचिए पनि, तँ अझै पनि त्यही कुरामा रमाउनेछस् र तैँले त्यसलाई कहिल्यै पनि छोड्न सक्‍नेछैनस्। यसलाई परिवर्तन गर्न सजिलो छैन। उदाहरणको लागि, जीवनसाथी खोज्ने कुरालाई लिऊँ, मानिसहरूले आफूसमान स्तरका मानिसहरू खोज्छन्। यदि एउटी महिला कसैसँग साँच्‍चिकै प्रेममा फसेकी छिन् भने, कसैले पनि उनलाई रोक्‍न सक्दैन। यदि उसका खुट्टाहरू भाँचिदिए पनि, उनी अझै पनि त्यो व्यक्तिको साथमा हुन चाहन्छिन्; यदि मर्नै परे पनि उनी त्यो व्यक्तिसँग बिहे गर्न चाहन्छिन्। यो कसरी हुन सक्छ? यस्तो हुन्छ किनकि मानिसहरूको नसानसामा, तिनीहरूको हृदयको गहिराइमा जे हुन्छ त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। यदि व्यक्ति मऱ्यो भने पनि उसको प्राणले अझै पनि तिनै थोकहरूलाई मन पराउँछ; यी मानवीय प्रकृतिका कुराहरू हुन्, र तिनले व्यक्तिको सारलाई प्रतिनिधित्व गर्छन्। मानिसहरू जुन कुराहरू मन पराउँछन् तिनमा केही अधर्महरू हुन्छन्। कतिपय व्यक्तिहरू ती कुराहरूप्रतिको उनीहरूका सोखको बारेमा स्पष्ट हुन्छन्, कोही हुँदैनन्; कसै-कसैले ती कुराहरूको ठूलो चाहना गर्छन् भने अरूले गर्दैनन्; कतिपय मानिसहरूमा संयमता हुन्छ भने, अरूले आफैलाई नियन्त्रण गर्न सक्दैन। कतिपय मानिसहरू अन्धकार र दुष्टतामा डुब्‍ने सम्‍भावना हुन्छ, जसले उनीहरूमा जीवन छैन भन्‍ने प्रमाणित गर्छ। कतिपय मानिसहरूले भने देहको परीक्षाबाट पार पाउन सक्छन् र ती कुराहरूको काबु वा बन्धनमा रहँदैनन्, र यसले उनीहरूसँग अलिअलि कद छ र उनीहरूको स्वभाव अलिअलि रूपान्तरित भएको छ भन्‍ने प्रमाणित गर्छ। कतिपय मानिसहरूले केही सत्यता बुझ्छन् र आफूसित जीवन छ र आफूले परमेश्‍वरलाई प्रेम गर्छु भन्‍ने महसुस गर्छन्, तर वास्तवमा, यसको लागि अझै बेला भएको हुँदैन, किनकि व्यक्तिको स्वभाव रूपान्तरण हुनु साधारण कुरा होइन। के व्यक्तिको प्रकृति र सार बुझ्न सजिलो छ? कसैले थोरैथोरै बुझे पनि, त्यो बुझाइ प्राप्त गर्नलाई उसले धेरै घुम्ती र मोडहरू पार गर्नुपर्छ, र त्यो थोरै बुझाइपछि पनि, परिवर्तन सहज हुँदैन। यी सबै मानिसहरूले सामना गर्ने कठिनाइहरू हुन्, र सत्यताको खोजी गर्ने इच्‍छाशक्तिविना मानिसहरूले आफूलाई चिन्‍न सक्दैनन्। तेरो वरिपरिका मानिसहरू, मामलाहरू, वा थोकहरू जसरी परिवर्तन भए पनि र संसार जसरी उलटपुलट भए पनि, यदि सत्यताले तँलाई भित्रैबाट अगुवाइ गरिरहेको छ भने, यदि त्यसले तँभित्र जरा गाडेको छ र यदि परमेश्‍वरका वचनहरूले तेरो जीवन, रुचि, अनुभव र अस्तित्वलाई अगुवाइ गरिरहेको छ भने, त्यस स्थितिमा तँ साँच्‍चिकै रूपान्तरण भएको हुनेछस्। अहिले, मानिसहरूको कथित रूपान्तरण त थोरै सहकार्य गर्न सक्‍नु, काटछाँट र निराकरण मन नलागीनलागी स्विकार्नु, सक्रिय रूपमा कर्तव्य निर्वाह गर्नु, र थोरै जोस र विश्‍वास हुनु मात्रै हो, तर यसलाई स्वभावगत रूपान्तरण मान्‍न सकिँदैन र यसले मानिसहरूसँग जीवन छ भन्‍ने प्रमाणित गर्दैन। यो त केवल मानिसहरूको रुचि र झुकाव मात्र हो—त्योभन्दा बढी केही होइन।

मानिसहरूले आफ्नो प्रकृतिको बारेमा बुझाइ प्राप्त गर्नको लागि आफ्‍नो प्रकृतिले नै प्रिय ठान्‍ने कुराहरू पत्ता लगाउनेबाहेक आफ्नो प्रकृतिसित सम्बन्धित महत्त्वपूर्ण धरै पक्षहरू पनि पत्ता लगाउनु आवश्यक हुन्छ। उदाहरणको लागि, विभिन्‍न कुराहरूप्रति मानिसहरूका दृष्टिकोणहरू, जीवनमा मानिसहरूले लिने तरिका र उद्देश्यहरू, जीवनको विषयमा मानिसहरूका मूल्य-मान्यताहरू र जीवनका दृष्टिकोणहरू, साथै सत्यतासँग सम्बन्धित सबै कुराप्रतिका दृष्टिकोण र विचारहरू। यी सबै कुरा मानिसको प्राणको गहिराइमा हुन्छन् र स्वभावको रूपान्तरणसित तिनको प्रत्यक्ष सम्बन्ध हुन्छ। त्यसो भए, भ्रष्ट मानवजातिको जीवनप्रतिको दृष्टिकोण कस्तो हुन्छ? यो यस्तो हुन्छ भनेर भन्‍न सकिन्छ: “हरेकले आफ्‍नै दुनो सोझ्याउनुपर्छ, अरूको होइन।” मानिसहरू सबै आफ्नै निम्ति जिउँछन्; अझ खुलस्तसँग भन्‍नुपर्दा, उनीहरू देहका लागि बाँचिरहेका हुन्छन्। उनीहरू पेट भर्नका निम्ति मात्र बाँचिरहेका हुन्छन्। यस्तो अस्तित्व जनावरको भन्दा कसरी भिन्‍न हुन्छ र? यस प्रकारले जिउनुको कुनै महत्त्व हुँदैन, न त कुनै अर्थ नै हुन्छ। व्यक्तिको जीवनप्रतिको दृष्टिकोण, तँ संसारमा जिउनका निम्ति कुन कुरामा भर पर्छस्, तँ केका निम्ति जिउँछस्, र तँ कसरी जिउँछस् भन्‍ने कुरामा निर्भर हुन्छ—यी सबै कुराहरू मानव प्रकृतिको सारसँग सम्बन्धित हुन्छन्। मानिसहरूको प्रकृति चिरफार गरेर, तैँले सबै मानिसहरूले परमेश्‍वरको प्रतिरोध गर्छन् भन्‍ने पत्ता लगाउँछस्। उनीहरू सबै दियाबलसहरू हुन् र साँचो रूपमा असल व्यक्ति कोही पनि छैन। मानिसहरूको प्रकृतिलाई विश्‍लेषण गरेर मात्र तैँले मानिसको भ्रष्टता र सारलाई वास्तविक रूपमा बुझ्न सक्छस्, मानिसहरू वास्तवमा कसको अधीनमा छन्, मानिसहरूमा वास्तवमा के कुरा कमी छ, तिनीहरू कुन कुराद्वारा सुसज्जित हुनुपर्छ र मानिसको स्वरूपमा तिनीहरू कसरी जिउनुपर्छ सो बुझ्न सक्छस्। व्यक्तिको प्रकृतिलाई साँचो रूपमा विश्‍लेषण गर्नु सजिलो हुँदैन, र परमेश्‍वरका वचनहरूको अनुभव नगरी वा साँचो अनुभवहरू प्राप्त नगरी यो काम गर्न सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५६०

आफ्‍नो प्रकृतिलाई कसरी चिन्‍ने? मानिसको प्रकृति के कुराहरूले बनेको हुन्छ? तैँले मानिसका कमजोरीहरू, दोषहरू, अभिप्रायहरू, धारणाहरू, नकारात्मकता, र अवज्ञाको बारेमा मात्र जान्दछस्, र तँ मानिसको प्रकृतिभित्रका कुराहरू पत्ता लगाउन असमर्थ छस्। तैँले बाहिरी तहको बारेमा मात्र जान्दछस् तर यसको उत्पत्ति कहाँ-कसरी भयो भन्ने बारेमा पत्ता लगाउन सक्दैनस्, अनि यस्तो ज्ञानलाई मानिसको प्रकृतिको ज्ञान भनेर भन्न सकिँदैन। कतिपय मानिसहरूले यी अपर्याप्तता र नकरात्मकता स्विकार्छन् र भन्छन्, “म आफ्नो प्रकृतिलाई बुझ्छु; मैले मेरो अहङ्कार स्विकारेको तपाईं देख्‍नुहुन्छ। के त्यो मैले आफ्नो प्रकृति बुझ्‍नु होइन र?” अहङ्कार मानिसको प्रकृतिको एक हिस्सा हो, त्यति चाहिँ सत्य हो। तर, यसलाई धर्म सिद्धान्तको अर्थमा स्वीकार गर्नु काफी छैन। आफ्नो प्रकृतिको बारेमा जान्नु भनेको के हो? कसरी यसको बारेमा जान्न सकिन्छ? के-के पक्षहरूबाट यसको बारेमा जान्न सकिन्छ? व्यक्तिले प्रकट गर्ने कुराहरूमार्फत उसको प्रकृतिलाई कसरी निश्‍चित रूपमा बुझ्नुपर्छ? सर्वप्रथम, तैँले मानिसको प्रकृतिलाई तिनीहरूका रुचिहरूमार्फत देख्न सक्छस्। उदाहरणको लागि, केही मानिसहरूले खास गरी प्रसिद्ध र प्रतिष्ठित व्यक्तिहरूलाई पुज्छन्, केहीले गायक वा चलचित्रका कलाकारहरूलाई विशेष प्रिय ठान्छन्, र केहीचाहिँ खेल खेल्न औधी मन पराउँन्। मानिसहरूका यी प्राथमिकताहरूबाट हामीले तिनीहरूको प्रकृति के-कस्तो छ भनेर देख्न सक्छौं। एउटा सरल उदाहरणको छ: केहीले कुनै निश्चित गायकलाई आदर्श बनाउन सक्छन्। तिनीहरूले कुन हदसम्म त्यो गायकलाई आदर्श बनाउँछन्? तिनीहरू त्यो गायकको हर चाल, हर मुस्कान, हर शब्‍दप्रति आशक्त हुने हदसम्म पुग्छन्। तिनीहरू उक्त गायकप्रति मोहित हुन्छन्, उक्त गायकले लगाएका सबै कुराहरूको तस्विर खिच्छन् र यसको नक्कल गर्छन्। कुनै व्यक्तिप्रतिको यो तहको आदर्शीकरणले कुन समस्या देखाउँछ? यसले देखाउँछ कि त्यस्तो व्यक्तिको हृदयमा त्यस्ता अविश्‍वासी कुराहरू मात्रै छन्, र उसँग सत्यता छैन, उसले सकारात्मक कुराहरू धारण गर्दैन, अनि उसको हृदयमा परमेश्‍वर हुनु त परको कुरा हुन्छ। यो व्यक्तिले सोच्ने, मन पराउने, र खोजी गर्ने सबै कुराहरू शैतानका हुन्; ती कुराहरूले यो व्यक्तिको हृदय भरिएको हुन्छ, जुन तिनै कुराहरूमा सुम्पिइएको छ। के तिमीहरूले तिनीहरूको सार र प्रकृति के हो भनेर भन्‍न सक्छौ? यदि कुनै कुरालाई चरम हदसम्म प्रेम गरिन्छ भने त्यो कुरा व्यक्तिको जीवन बन्न सक्छ र त्यसले उसको हृदय ढाक्न सक्छ, र यसले त्यो व्यक्ति यस्तो मूर्तिपूजक व्यक्ति हो जो परमेश्‍वरलाई चाहँदैन, बरु उहाँको सट्टा दियाबलसलाई प्रेम गर्छ भन्ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छ। त्यसकारण हामी यो निष्कर्षमा पुग्छौं कि त्यो व्यक्तिको प्रकृति भनेको दियाबलसलाई मन पराउने र त्यसको आराधना गर्ने, सत्यलाई मन नपराउने, र परमेश्‍वरलाई नचाहने हो। के कसैको प्रकृतिलाई हेर्ने सही तरिका यही होइन र? यो पूर्ण रूपमा सही छ। मानिसको प्रकृतिलाई चिरफार गर्ने तरिका यही हो। उदाहरणको लागि, केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको आराधना गरेको, र तिनीहरूका वरिपरि घुमेको तिनीहरू मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको मनमा आफ्नो हैसियत बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृतिलाई विश्‍लेषण गरौं: तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै नै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही कुरा काफी छ। तिनीहरूले परमेश्‍वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई वशमा पार्न र तिनीहरूको मनमा आफ्नो हैसियत राख्न चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्‍वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्। उदाहरणको लागि र भन्दा, कतिपय मानिसहरूले अरूलाई हानि गरेर नाजायज फाइदा उठाउन मन पराउँछन्, र यस्ता मानिसहरूले सबै कुरामा आफ्‍नै स्वार्थहरू पूरा गर्न चाहन्छन्। तिनीहरूले जे गर्छन् त्यसले तिनीहरूलाई लाभ पुर्‍याउनुपर्छ, नत्र त तिनीहरूले त्यो काम नै गर्दैनन्। कुनै कुराले तिनीहरूलाई कुनै न कुनै फाइदा नपुर्‍याइञ्‍जेलसम्‍म तिनीहरू त्यसको झमेलामा पर्दैनन्, र तिनीहरूका सबै कार्यहरूमा गोप्‍य मनसाय हुन्छ। तिनीहरूलाई लाभ पुर्‍याउने सबैसँग र तिनीहरूको चापलुसी गर्ने जोकोहीलाई तिनीहरूले प्रशंशा गर्छन्। तिनीहरूको मन पर्ने मानिसहरूमा समस्या भए पनि, तिनीहरूले ती मानिसहरू सही छन् भनेर भन्छन् र तिनीहरूको गल्ती ढाकछोप गर्ने र तिनीहरूको प्रतिरक्षा गर्ने प्रयास गर्छन्। त्यस्ता मानिसहरूमा कस्तो प्रकृति हुन्छ? यी बानीबेहोराहरूबाट तैँले तिनीहरूको प्रकृतिलाई स्पष्ट रूपमा देख्‍न सक्छस्। तिनीहरू हरेक परिस्थितिमा निरन्तर लेनदेनमा संलग्‍न हुँदै आफ्‍ना कार्यबाट तिनीहरूले नाजायज फाइदा उठाउने प्रयास गर्छन्, र तिनीहरूको प्रकृति भनेको पूर्ण हृदयले फाइदाको लोभ गर्ने प्रकृति हो भन्‍ने कुरामा तँ निश्‍चित हुन सक्छस्। तिनीहरूले गर्ने सबै कुरामा आफ्‍नै फाइदा हेरिरहेका हुन्छन्। तिनीहरूलाई फाइदा नभइञ्‍जेलसम्‍म तिनीहरू एकाबिहानै उठ्दैनन्; तिनीहरू कहिल्यै चित्त नबुझाउने सबैभन्दा लोभी मानिसहरू हुन्। तिनीहरूको प्रकृतिलाई नाफाप्रतिको मोह र सत्यताप्रतिको प्रेमको अभावले प्रकट गर्छ। कतिपय पुरुषहरू स्‍त्रीहरूको नियन्त्रणमा हुन्छन्, र ती स्त्रीहरू जताजता जान्छन् तिनीहरू त्यतैत्यतै लठ्ठिँदै घुमिरहेका हुन्छन्। सुन्दर स्‍त्रीहरू त्यस्ता मानिसहरूको स्‍नेहका पात्र हुन् र तिनैले तिनीहरूको हृदयमा सबैभन्दा ठूलो स्थान लिएका हुन्छन्। तिनीहरू सुन्दर स्त्रीहरूका लागि आफ्‍नो जीवन दिन, र सबै कुरा बलिदान गर्न इच्‍छुक हुन्छन्; स्‍त्रीहरूले तिनीहरूको हृदय भरिएको हुन्छ। यी पुरुषहरूको प्रकृति के हो? तिनीहरूको प्रकृति भनेको सुन्दर स्‍त्रीहरूलाई प्रेम गर्नु र तिनीहरूको पूजा गर्नु र दुष्टतालाई प्रेम गर्नु हो; तिनीहरू दुष्ट, लोभी प्रकृतिका कामवासनाले भरिएका मानिसहरू हुन्। यो तिनीहरूको प्रकृति हो भनेर हामी किन भन्छौँ? तिनीहरूको व्यवहारले लोभी प्रकृति प्रकट गर्छ; यी व्यवहार बेला-बखतमा गरिने अपराध मात्रै होइनन्, न त यस्ता मानिसहरू सर्वसाधारण मानिसहरूभन्दा अलिक खराब मात्रै नै हुन्—बरु तिनीहरू यी कुराहरूमा पूर्ण रूपमा लिप्त भएका हुन्छन्, जुन तिनीहरूको प्रकृति र सार नै बनेको हुन्छ। त्यसकारण, यी कुराहरू तिनीहरूको प्रकृतिको प्रकटीकरण भएका हुन्छन्। व्यक्तिको प्रकृतिमा रहेका कुराहरू निरन्तर आफै प्रकट भइरहेका हुन्छन्। व्यक्तिले जुनसुकै काम गरे पनि, त्यसले उसको प्रकृतिलाई प्रकट गर्न सक्छ। मानिसहरूले गर्ने हरेक कामकुरामा तिनीहरूका आफ्‍नै मनसाय र उद्देश्यहरू हुन्छन्, र अतिथिसत्कार होस्, सुसमाचार प्रचार होस्, वा अरू कुनै पनि प्रकारको काम होस्, तिनीहरूले थाहै नपाई आफ्‍नो प्रकृतिको केही अंश प्रकट गर्न सक्छन्, किनभने व्यक्तिको प्रकृति नै उसको जीवन हो, र मानिसहरू जबसम्‍म जीवित हुन्छन् तबसम्‍म आफ्‍नो प्रकृतिद्वारा उत्प्रेरित हुन्छन्। व्यक्तिको प्रकृति कहिलेकहीँ प्रकट हुने वा संयोगबस देखा पर्ने मात्रै हुँदैन; बरु, यसले पूर्ण रूपमा व्यक्तिको सारलाई प्रतिनिधित्व गर्न सक्छ। मानिसहरूको हाड र रगतमा बग्‍ने हरेक कुराले पूर्ण रूपमा तिनीहरूको प्रकृति र जीवनलाई प्रतिनिधित्व गर्छ। कतिपय मानिसहरूले सुन्दर स्‍त्रीहरू मन पराउँछन्। अरूले रुपियाँपैसा मन पराउँछन्। कतिपयले खास रूपमा हैसियतलाई प्रेम गर्छन्। कतिले आफ्‍नो प्रतिष्ठा र आफ्‍नो व्यक्तिगत छविलाई मूल्यवान् ठान्छन्। कतिले विशेषतः मूर्तिहरूलाई प्रेम वा आराधना गर्ने गर्छन्। अनि कतिपय मानिसहरू विशेष रूपमा अहङ्कारी र घमण्डी हुन्छन्, तिनीहरू आफ्‍नो हृदयमा कसैप्रति पनि झुक्दैनन् र कदको लागि लागिपर्छन्, तिनीहरूलाई अरूभन्दा माथि हुन र अरूमाथि अख्‍तियार चलाउन मन पर्छ। विभिन्‍न प्रकारका प्रकृति हुन्छन्, र ती मानिसहरू अनुसार फरकफरक हुन सक्छन्, तर तिनको आम तत्व भनेका परमेश्‍वरको विरोध गर्नु र उहाँलाई धोका दिनु हो। त्यस हिसाबमा तिनीहरू सबै उस्तै हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५६१

सबै मानवजाति शैतानद्वारा भ्रष्ट पारिएका छन्, र मानिसको स्वभाव भनेको परमेश्‍वरलाई धोका दिनु हो। तापनि, शैतानले भ्रष्ट पारिएका सबै मानिसहरूमध्ये केहीले परमेश्‍वरको काममा समर्पित हुन र सत्यतालाई स्वीकार्न सक्छन्; सत्यता प्राप्त गर्न सक्‍ने र स्वभावमा रूपान्तरण हासिल गर्न सक्‍ने यिनीहरू नै हुन्। कतिपय मानिसहरूले सत्यता खोजी गर्दैनन्, बरु जस्तो पर्छ त्यस्तै टर्छ भनेर अघि बढ्छन्। तैँले तिनीहरूलाई जे भन्छस् त्यही मान्छन् र त्यही गर्छन्, तिनीहरूले त्याग र समर्पण गर्न सक्छन्, र तिनीहरूले जुनसुकै कष्ट भोग्‍न सक्छन्। त्यस्ता मानिसहरूमा थोरै विवेक र समझ हुन्छ, र तिनीहरूले मुक्ति पाउने र बाँच्‍ने आशा हुन्छ, तर तिनीहरूको स्वभाव परिवर्तन हुन सक्दैन, किनभने तिनीहरूले सत्यता खोजी गर्न सक्दैनन्, र तिनीहरू धर्मसिद्धान्त बुझ्‍नमा नै सन्तुष्ट हुन्छन्। तिनीहरूले विवेक उल्लङ्घन गर्ने कुनै कुरा बोल्ने र गर्ने गर्दैनन्, तिनीहरूले आफ्‍नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्न सक्छन्, र तिनीहरूले कुनै पनि समस्याबारे गरिएको सत्यताको सङ्गतिलाई स्वीकार गर्न सक्छन्। तैपनि, तिनीहरूले सत्यता खोजी गर्न गम्‍भीर प्रयास गर्दैनन्, तिनीहरूको मन अन्योलमा हुन्छ, र तिनीहरूले सत्यताको सार कहिल्यै बुझ्दैनन्। तिनीहरूको स्वभाव परिवर्तन हुनु असम्‍भव नै हुन्छ। यदि तँ आफूलाई भ्रष्टताबाट शुद्धीकरण गर्न र तेरो जीवन स्वभाव बदल्न चाहन्छस् भने, तँमा सत्यताप्रति प्रेम अनि सत्यता स्वीकार गर्ने क्षमता हुनुपर्छ। सत्यतालाई स्वीकार गर्नु भनेको के हो? सत्यता स्वीकार गर्नु भनेको तँसँग जे-जस्तो भ्रष्ट स्वभाव भए तापनि, वा रातो अजिङ्गरको अर्थात् शैतानका जुनसुकै विषहरू तेरो प्रकृतिमा भए तापनि, जब परमेश्‍वरका वचनहरूले यी कुराहरू खुलासा गर्छन्, तब तैँले स्वीकार गरेर आज्ञापालन गर्नुपर्छ, तैँले फरक निर्णय गर्नु हुँदैन, र तैँले परमेश्‍वरका वचनहरूअनुसार आफूलाई चिन्‍नुपर्छ। परमेश्‍वरका वचनहरू स्विकार्न र सत्यता स्विकार्न सक्‍नु भनेको यही हो। उहाँले जेसुकै भन्नुभए तापनि, उहाँका वाणीहरू जति नै कठोर भए तापनि, र उहाँले जुनसुकै वचनहरू प्रयोग गर्नुभए तापनि, उहाँले भन्नुभएका कुराहरू सत्य हुन् भने तैँले तिनलाई स्वीकार गर्न सक्छस् र ती वास्तविकतासँग मेल खान्छन् भने तैँले तिनलाई सकार्न सक्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई जति गहन रूपमा बुझे पनि तँ ती वचनहरूमा समर्पित हुन सक्छस्, र तँ पवित्र आत्माद्वारा प्रकट गरिएको अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको ज्योतिलाई स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्छस्। जब त्यस्तो व्यक्तिले केही हदसम्म सत्यको खोजी गरेको हुन्छ तब उसले सत्य प्राप्त गर्न सक्छ र उसले आफ्नो स्वभावको रूपान्तरण हासिल गर्न सक्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरूमा थोरै मानवता भए पनि, तिनीहरूले केही सुकर्म र परमेश्‍वरको लागि त्याग र समर्पण गर्न सक्‍ने भए पनि, तिनीहरू सत्यताबारे अन्योलमा हुन्छन् र तिनीहरूले गम्‍भीर रूपमा सत्यता खोजी गर्दैनन्, त्यसकारण तिनीहरूको जीवन स्वभाव कहिल्यै परिवर्तन हुँदैन। तैँले देख्‍न सक्छस् कि पत्रुससँग पनि अरू चेलाहरूको जस्तै मानवता थियो, तर सत्यताको खोजीमा तिनी अरूभन्दा माथि उठेका थिए; येशूले जेसुकै भन्नुभए पनि, तिनले गम्भीरतासाथ मनन गरे। येशूले सोध्नुभयो, “यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले इमानदारीसाथ जबाफ दिए, “म स्वर्गमा हुनुहुने पितालाई मात्र प्रेम गर्दछु, तर पृथ्वीका प्रभुलाई प्रेम गरेको छैनँ।” पछि तिनले बुझे, र सोचे, “यो सही होइन; पृथ्वीमा हुनुहुने परमेश्‍वर नै स्वर्गका परमेश्‍वर हुनुहुन्छ। के स्वर्ग र पृथ्वी, दुवैमा हुनुहुने परमेश्‍वर एउटै हुनुहुन्न र? यदि मैले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई मात्र प्रेम गरें भने, मेरो प्रेम वास्तविक हुँदैन; मैले पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई पनि प्रेम गर्नुपर्छ, तब मात्र मेरो प्रेम वास्तविक हुनेछ।” यसरी, येशूले सोध्‍नुभएको कुराबाट पत्रुसले परमेश्‍वरको वचनको साँचो अर्थ बुझे। परमेश्‍वरलाई प्रेम गर्न, र त्यो प्रेम वास्तविक हुनका लागि, व्यक्तिले पृथ्वीमा हुनुहुने देहधारी परमेश्‍वरलाई प्रेम गर्नै पर्छ। अस्पष्ट र अदृश्य परमेश्‍वरलाई प्रेम गर्नु न त वास्तविक न व्यावहारिक नै हुन्छ, तर व्यावहारिक, देखिने परमेश्‍वरलाई प्रेम गर्नु सत्यता हो। येशूका वचनहरूबाट, पत्रुसले सत्यता र परमेश्‍वरको इच्छाको बुझाइ प्राप्त गरे। स्पष्ट छ, परमेश्‍वरमाथिको पत्रुसको विश्‍वास केवल सत्यताको पछि लाग्ने कार्यमा मात्रै केन्द्रित थियो; आखिरमा, तिनले व्यावहारिक परमेश्‍वर अर्थात्‌ पृथ्वीमा हुनुहुने परमेश्‍वरको प्रेम पाउन सके। पत्रुस सत्यताको खोजीमा विशेष रूपमा गम्भीर थिए। येशू तिनलाई सल्लाह दिनुहुँदा प्रत्येक पटक नै तिनले येशूका वचनहरूलाई गम्भीरताका साथ विचार गर्थे। सायद तिनले महिनौंसम्म, एक वर्ष, वा पवित्र आत्माले तिनलाई अन्तर्दृष्टि नदिऊञ्जेल धेरै वर्षसम्म मनन-विचार गर्थे र तिनले परमेश्‍वरका वचनहरूको सार बुझ्थे; यसरी, पत्रुस सत्यतामा प्रवेश गरे, र पछि, तिनको जीवन स्वभाव रूपान्तरण र नवीकरण भयो। यदि व्यक्ति सत्यताको पछि लाग्दैन भने, उसले यसलाई कहिल्यै पनि बुझ्न सक्‍नेछैन। तैँले अक्षर र धर्म-सिद्धान्तहरू दस हजार पटक भन्न सक्लास्, तर ती केवल अक्षरहरू र धर्म-सिद्धान्तहरू मात्र हुनेछन्। कतिपय मानिसहरूले यति मात्र भन्छन्, “ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ।” यदि तैंले यी शब्दहरूलाई दस हजार पटक दोहोऱ्याइस् भने पनि, त्यो व्यर्थ हुनेछ; तैंले तिनको अर्थ बुझेको हुँदैनस्। ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ भनेर किन भनिन्छ? के तैंले यस विषयमा अनुभवबाट प्राप्त गरेको ज्ञानलाई बताउन सक्छस्? के तँ सत्य, बाटो र जीवनको वास्तविकतामा प्रवेश गरेको छस्? परमेश्‍वरले आफ्‍ना वचनहरू यसकारण बोल्‍नुभएको छ ता कि तिमीहरूले तिनको बारेमा अनुभव र ज्ञान प्राप्त गर्न सक; अक्षरहरू र धर्मसिद्धान्तहरूको मात्रै कुरा गर्नु व्यर्थ हो। तैंले परमेश्‍वारका वचनहरू बुझेर तँ त्यसमा प्रवेश गरिस् भने मात्र तैँले आफैलाई जान्न सक्छस्। यदि तँ परमेश्‍वरका वचनहरूलाई बुझ्दैनस् भने, तैँले आफैलाई चिन्न सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र तैँले चिन्‍न सक्छस्; सत्यता नबुझीकन, तैँले चिन्‍न सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र, तैँले मामिलाहरूलाई स्पष्टसित देख्‍न सक्नेछस्; सत्यता नबुझीकन, तैँले मामिलाहरूलाई स्पष्टसित देख्‍न सक्दैनस्। तँ सत्यता बुझ्छस्, भने मात्र तैँले आफैलाई चिन्न सक्छस्; सत्यता नबुझीकन, तैँले आफूलाई चिन्न सक्दैनस्। तैँले सत्यता प्राप्त गरेको छस् भने मात्र तेरो स्वभाव परिवर्तन हुन सक्छ, सत्यताविना तेरो स्वभाव परिवर्तन हुन सक्दैन। तैँले सत्यता प्राप्त गरेको छस् भने मात्र तैँले परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्छस्; सत्यता प्राप्त नगरीकन, तैँले परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्दैनस्। तैँले सत्यता प्राप्त गरिसकेपछि मात्रै तैँले परमेश्‍वरको आराधना गर्न सक्छस्; सत्यता नबुझीकन, तैँले उहाँको आराधना गरे पनि, त्यो धार्मिक संस्कारहरूभन्दा बढी अरू केही पनि हुनेछैन। सत्यताविना, तैँले गर्ने कुनै पनि कुरा वास्तविक हुँदैन; सत्यता प्राप्त गरेपछि भने, तैँले गर्ने सबै कुरा वास्तविक हुन्छ। यी सबै थोक परमेश्‍वरका वचनहरूबाट सत्यता प्राप्त गर्ने कुरामा निर्भर हुन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५६२

परमेश्‍वरका वचनहरूको सच्‍चा बुझाइ हासिल गर्नु सजिलो विषय होइन। यस्तो तरिकाले नसोच: “म परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ व्याख्या गर्न सक्छु र सबै जनाले मेरो व्याख्या राम्रो छ भनेर भन्छन् र मलाई स्याबासी दिन्छन्, यसको मतलब मैले परमेश्‍वरका वचनहरूलाई बुझ्छु।” यो परमेश्‍वरका वचनहरूलाई बुझ्नु होइन। यदि तैँले परमेश्‍वरका वाणीहरूभित्रबाट केही ज्योति प्राप्त गरेको छस् भने, र तैँले उहाँका वचनहरूको साँचो अर्थको अनुभूति प्राप्त गरेको छस् भने, र यदि तैँले उहाँका वचनहरूपछाडिको अभिप्राय र तिनीहरूले अन्तमा जे-जस्तो प्रभाव पार्नेछन् सो व्यक्त गर्न सक्छस् भने—यदि तैँले यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हासिल गरिसकेको छस् भने—तैँले परमेश्‍वरका वचनहरूको बारेमा केही तहको बुझाइ हासिल गरेको छस् भन्‍ने मान्न सकिन्छ। यसरी, परमेश्‍वरका वचनहरूलाई बुझ्नु त्यति सरल छैन। तैँले परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थको आलंकारिक व्याख्या गर्न सक्छस् भन्दैमा तैँले तिनलाई बुझ्छस् भनेर भन्न मिल्दैन। तैँले तिनीहरूको शाब्दिक अर्थको जतिसुकै व्याख्या गर्न सक्ने भए तापनि, तेरो व्याख्या अझै पनि मानवीय कल्पना र मानवीय सोच्ने शैलीमा आधारित हुन्छ। यो बेकार छ! तैँले कसरी परमेश्‍वरका वचनहरूलाई बुझ्न सक्छस्? यसको कडी भनेको तिनीहरू भित्रैबाट सत्यताको खोजी गर्नु हो; त्यस तरिकाले मात्रै तैँले उहाँले जे भन्नुहुन्छ सो वास्तवमै बुझ्न सक्छस्। परमेश्‍वरले कहिल्यै पनि खोक्रा कुराहरू बोल्नुहुन्‍न। उहाँले बोल्नुहुने हरेक वाक्यमा विस्तृत विवरणहरू हुन्छन्, जसलाई अवश्य पनि परमेश्‍वरका वचनहरूमा थप प्रकाश पारिन्छ, अनि तिनीहरूलाई फरक रूपमा व्यक्त गर्न सकिन्छ। परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुने शैलीहरूलाई मानिसले पूर्ण रूपमा बुझ्न सक्दैन। परमेश्‍वरका वाणीहरू एकदमै गहन हुन्छन् र तिनलाई मानवीय सोच्ने शैलीले सजिलै बुझ्न सकिँदैन। मानिसहरूले जबसम्म प्रयत्न गर्छन् तबसम्म सत्यताको हरेक पक्षहरूको सम्पूर्ण अर्थ मोटामोटी रूपमा पत्ता लगाउन सक्छन्; यदि तैँले यसो गरिस् भने, तैँले तिनलाई अनुभव गर्ने क्रममा, पवित्र आत्माले तँलाई अन्तर्ज्ञान दिनुहुँदा बाँकी विवरणहरू भरिँदै जान्छन्। एउटा भाग भनेको मनन गर्दै परमेश्‍वरका वचनहरूको बुझाइ हासिल गर्नु र तिनलाई पढेर तिनको विशेष विषयवस्तुको खोजी गर्नु हो। अर्को भाग चाहिँ परमेश्‍वरका वचनहरूको अर्थको बुझाइ तिनलाई अनुभव गरेर र पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गरेर हासिल गर्नु हो। यी दुई पक्षमा निरन्तर प्रगति गरेर, तैँले परमेश्‍वरको वचन बुझ्‍न सक्छस्। यदि तँ यसलाई शाब्दिक रूपमा, पाठको तहमा वा आफ्‍नै सोच र कल्‍पनाको आधारमा अर्थ्याउँछस् भने, यसलाई फूलबुट्टा भर्दै कलात्मक शैलीमा व्याख्या गरे पनि, तैँले अझै पनि साँचो रूपमा सत्यता बुझेको हुँदैनस्, र यो सबै अझै पनि मानव सोच र कल्‍पनामा आधारित हुन्छ। यो पवित्र आत्‍माको अन्तर्दृष्टिबाट प्राप्त गरिएको हुँदैन। मानिसहरूले आफ्‍ना धारणा र कल्‍पनाहरूका आधारमा परमेश्‍वरका वचनहरूलाई अर्थ लगाउने प्रवृत्ति हुन्छ, र तिनीहरूले परमेश्‍वरका वचनहरूलाई प्रसङ्गबाहिर अर्थ्याएर सहजै परमेश्‍वरलाई गलत बुझ्‍न र आलोचना गर्न सक्छन्, र यो समस्याको कुरा हो। त्यसकारण, परमेश्‍वरका वचनहरू बुझेर अनि पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गरेर नै मुख्य रूपमा सत्यता प्राप्त हुन्छ। शाब्दिक र पाठको तहमा अर्थ बुझ्‍न र व्याख्या गर्न सक्दैमा तैँले सत्यता प्राप्त गरेको छस् भन्‍ने हुँदैन। यदि परमेश्‍वरको वचनलाई शाब्दिक रूपमा र पाठको तहमा बुझ्‍नुको अर्थ तैँले सत्यतालाई बुझेको छस् भन्‍ने हुने भए, तँलाई थोरै शिक्षा र ज्ञान मात्रै चाहिन्थ्यो, तब किन तँलाई पवित्र आत्‍माको अन्तर्दृष्टि चाहिन्थ्यो र? के परमेश्‍वरको काम मानव मस्तिष्कले बुझ्‍न सक्‍ने कुरा हो? त्यसकारण, सत्यता बुझ्‍ने कार्य मानव धारणा वा कल्‍पनामा आधारित हुँदैन। वास्तविक अनुभव र ज्ञान प्राप्त गर्नको लागि तँलाई पवित्र आत्‍माको अन्तर्दृष्टि, ज्योति, र मार्गदर्शन चाहिन्छ। सत्यता बुझ्‍ने र प्राप्त गर्ने प्रक्रिया यही हो, र यो अत्यावश्यक सर्त पनि हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५६३

तिमीहरूले कसरी मानिसको प्रकृतिलाई बुझ्छौ? सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसलाई संसारलाई हेर्ने मानिसको दृष्टिकोण, जीवन सम्‍बन्धी दृष्टिकोण र मूल्य-मान्यताहरूको दृष्टिकोणबाट छुट्याउनु हो। जो व्यक्तिहरू दियाबलसका हुन् तिनीहरू सबै आफ्नो लागि मात्र जिउँछन्। तिनीहरूको जीवन सम्‍बन्धी दृष्टिकोण र नीति-वाणीहरू शैतानका भनाइहरूबाट आउँछन्, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो”, र यस्तै अन्य भ्रामक कुराहरू। दियाबलस राजाहरू, महान व्यक्तिहरू र दार्शनिकहरूले बोलेका यी सबै शब्दहरू मान्छेका जीवन बनेका छन्। विशेष रूपमा, चिनियाँ मानिसहरूद्वारा “सन्त” भनेर कहलिएका कन्फ्युसियसका धेरैजसो शब्दहरू मानिसको जीवन भएको छ। बुद्धधर्म र ताओवादका प्रख्यात उखानहरू र प्रसिद्ध व्यक्तिहरूका बारम्बार उद्धृत गरिने चिरपरिचित भनाइहरू पनि छन्; ती सबै शैतानका दर्शनहरू र शैतानको प्रकृतिका सारसङ्क्षेप हुन्। तिनीहरू शैतानको प्रकृतिका सर्वश्रेष्ठ चित्रणहरू र व्याख्याहरू पनि हुन्। मानिसको हृदयमा हालिएका यी विषहरू सबै शैतानबाट आएका हुन्; तिनीहरूको सानो अंश पनि परमेश्‍वरबाट आएको होइन। यस्ता दियाबलसरूपी शब्दहरू परमेश्‍वरका वचनहरूको प्रत्यक्ष विपक्षमा हुन्छन्। यो पूर्ण रूपले स्पष्ट छ कि सबै सकारात्मक कुराहरूको वास्तविकताहरू परमेश्‍वरबाट आउँछन्, र मानिसलाई विषाक्त पार्ने सबै नकारात्मक कुराहरू शैतानबाट आउँछन्। त्यसकारण, तैँले व्यक्तिको प्रकृति अनि ऊ कसको अधीनमा छ भन्ने कुरा जीवनसम्‍बन्धी उसको दृष्टि अनि उसका मूल्य-मान्यताहरूबाट देख्न सक्छस्। शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दियाबलसरूपी शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। जीवन जिउने दर्शनहरूका पनि अन्य शब्दहरू छन् जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, छल गर्छ, र भ्रष्ट तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमा विहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। कतिपय मानिसहरू समाजमा दशकौंदेखि सार्वजनिक अधिकारीको रूपमा काम गर्दै आएका छन्। तिनीहरूलाई यो प्रश्‍न सोधेको कल्पना गरौं न: “तपाईंले यो पदमा रहेर एकदमै राम्रो काम गर्नुभएको छ, तपाईं के-कस्ता नामुद उक्तिहरू अनुसरण गर्दै जिउनुहुन्छ?” तिनीहरूले भन्‍न सक्छन्, “मैले बुझेको एउटा कुराचाहिँ ‘जसले उपहार ल्यायो, उही हाकिमको प्यारो, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन’ भन्‍ने हो।” तिनीहरूको जीवनवृत्ति यही शैतानी दर्शनमा आधारित हुन्छ। के यी शब्दहरूले त्यस्ता मानिसहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? पद प्राप्त गर्नलाई अनैतिक ढङ्गबाट जुनसुकै साधन प्रयोग गर्नु तिनीहरूको प्रकृति बनेको छ, र अधिकारी बन्‍नु र पेशा-व्यवसायमा सफलता पाउनु नै तिनीहरूको लक्ष्य हो। मानिसहरूका जीवन, तिनीहरूका आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणको लागि, तिनीहरूको जीवन जिउने दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र ती सबै नै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका कुराहरू शैतानबाट आएका कुराहरू हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्‍न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्‍वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ—यो पूर्णतया शैतानको प्रकृति र सार बनेको छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्। यदि मान्छेको प्रकृतिलाई यसरी चिरफार गर्ने हो भने तिनीहरूले आफूलाई सजिलै चिन्‍न सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५६४

आत्म-चिन्तन गर्नु र आफैलाई चिन्‍नुको कुञ्जी यही हो: तैँले कुनै निश्‍चित क्षेत्रमा जति धेरै राम्रो गरेको वा सही कुरा गरेको छस् भन्‍ने महसुस गर्छस्, र तैँले जति धेरै परमेश्‍वरको इच्छा पूरा गर्न सक्छस् वा निश्‍चित क्षेत्रमा घमण्ड गर्न सक्छस् भनी सोच्छस्, तब तैँले आफैलाई चिन्नु त्यति नै धेरै उचित हुन्छ र तँमा कुनै अशुद्धताहरू छन् कि भनेर, साथै तँभित्र भएका कुन-कुन कुराहरूले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैन सो जान्नका लागि ती क्षेत्रहरूलाई गहन रूपमा बुझ्‍नु तेरो लागि धेरै उचित हुन्छ। उदाहरणको रूपमा हामी पावललाई लिऔं। पावल विशेष रूपले जाने-बुझेका व्यक्ति थिए र तिनले आफ्नो प्रचार कार्यमा धेरै दुःख भोगे। तिनलाई धेरैले विशेष रूपमा प्रेम र सम्मान गर्थे। फलस्वरूप, धेरै काम पूरा गरेपछि, तिनका निम्ति एउटा मुकुट राखिएको हुनेछ भन्‍ने तिनलाई लाग्यो। यसले तिनलाई गलत बाटोतर्फ झन्-झन् टाढा पुऱ्यायो र अन्त्यमा तिनले परमेश्‍वरद्वारा दण्ड पाए। यदि, त्यस समयमा तिनले आफ्नै बारेमा चिन्तन र आफैलाई विश्लेषण गरेका भए, तिनले त्यस्तो सोच्ने थिएनन्। अर्को शब्दमा भन्दा, पावलले प्रभु येशूका वचनहरूमा सत्यको खोजी गर्न ध्यान दिएका थिएनन्; तिनले केवल आफ्नै विचारहरू र कल्पनाहरूमा विश्‍वास गरेका थिए। तिनले जबसम्म केही असल कुराहरू गर्छन् र केही असल व्यवहार देखाउँछन् तबसम्‍म परमेश्‍वरले तिनलाई स्याबासी दिनुहुनेछ र तिनलाई इनाम दिनुहुनेछ भनी तिनले सोचेका थिए। अन्त्यमा, तिनको आफ्नै धारणा र कल्पनाले तिनको आत्मालाई दृष्टिहीन बनायो र तिनको भ्रष्टताको सत्यता छोपिदियो। तर मानिसहरूले यो कुरा पत्ता लगाउन सकेनन्, तिनीहरूलाई यी कुराहरूबारे कुनै ज्ञान थिएन र परमेश्‍वरले यो कुरा प्रकाशमा ल्याउनुभन्दा पहिले तिनीहरूले पावललाई हासिल गर्नुपर्ने एउटा मापदण्ड र जिउने उदाहरणको रूपमा लिए, र तिनलाई तिनीहरू जे बन्‍न चाहन्थे त्यही व्यक्ति र तिनीहरूको खोजीको आदर्श ठाने। पावलको मामिला परमेश्‍वरका चुनिएका हरेक मानिसहरूका निम्ति एउटा चेतावनी हो। विशेष गरी परमेश्‍वरलाई पछ्याउने हामीहरूले जब आफ्‍नो कर्तव्यमा कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छौँ र परमेश्‍वरको सेवा गर्ने क्रममा, हामी परमेश्‍वरप्रति विश्‍वासयोग्य भएको र हामीले परमेश्‍वरलाई प्रेम गर्ने गरेको महुसुस गर्छौँ, तब यस्तो समयमा, हामीले आफ्‍नो बारेमा मनन गर्नुपर्छ र हामीले लिएको मार्गको सन्दर्भमा हामीले आफूलाई अझै बढी बुझ्‍नुपर्छ, जुन अत्यावश्यक कुरा हो। यस्तो किन हुन्छ भने, तैँले जुन कुरालाई असल ठान्छस्, तैँले त्यसैलाई सही निर्धारित गर्छस्, र तैँले त्यसमा शङ्का गर्ने, यसबारेमा मनन गर्ने, वा यसमा परमेश्‍वरको विरोध गर्ने कुनै कुरा छ कि छैन भनेर विश्‍लेषण गर्ने गर्दैनस्। उदाहरणको लागि, आफैलाई अत्यन्तै दयालु हृदय भएको ठान्‍ने कतिपय मानिसहरू पनि छन्। उनीहरूले कहिल्यै पनि अरूलाई घृणा गर्दैनन् र हानि गर्दैनन्, र उनीहरूले सधैँ ती भाइ वा बहिनीलाई सहयोगको हात बढाउँछन्, जसको परिवार खाँचोमा परेको हुन्छ, नत्र तिनीहरूको समस्या सुल्झिँदैन; उनीहरूमा ठूलो दया-भाव हुन्छ, र सबैलाई सहायता गर्न उनीहरूको शक्तिले भ्याइञ्जेल सबै कुरा गर्छन्। तैपनि तिनीहरूले कहिल्यै सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिँदैनन्, र तिनीहरूमा कुनै जीवनप्रवेश हुँदैन। त्यस्तो सहायताको परिणाम के हुन्छ? उनीहरूले आफ्नो जीवनलाई थाती राख्छन्, तैपनि आफैसँग अत्यन्तै खुसी भएका हुन्छन्, र उनीहरूले गर्ने सबै कुरामा अत्यन्त सन्तुष्ट हुन्छन्। यसबाहेक, उनीहरू आफूले गरेका सबै कुराहरूमध्ये कुनै कुरा पनि सत्यताविपरीत भएन, र आफूले गरेका हरेक कुरा परमेश्‍वरको इच्छा पूरा गर्न पर्याप्त छन्, र आफूहरू परमेश्‍वरका साँचो विश्‍वासीहरू हौँ भन्‍ने विश्‍वास गर्दै यस कुराप्रति ठूलो गर्व गर्छन्। उनीहरूले आफ्नो प्राकृतिक दयालाई कुनै फाइदा गर्ने पूँजीको रूपमा हेर्छन्, र उनीहरूले त्यस्तो गर्नेबित्तिकै, तिनीहरूले यसलाई अनिवार्य सत्यताको रूपमा हेर्छन्। वास्तवमा, उनीहरूले जे गर्छन्, ती सबै मानव भलाइ मात्र हो। उनीहरूले सत्यता अभ्यास गर्दै गर्दैनन्, किनकि उनीहरूले ती मानिसका सामु गर्छन्, परमेश्‍वरको सामु गर्दैनन्, र उनीहरूले परमेश्‍वरका मापदण्डहरू र सत्यताअनुरूप अभ्यास गर्ने कुरा त परै जाओस्। त्यसकारण, तिनीहरूका सबै कार्य व्यर्थ हुन्छन्। उनीहरूले गर्ने कुनै पनि कुरा सत्यताको अभ्यास हुँदैन, र कुनै पनि कुरा परमेश्‍वरका वचनहरूको अभ्यास हुँदैन, उनीहरू उहाँको इच्छाको पछि लाग्‍ने कुरा त परै जाओस्; बरु, उनीहरूले अरूलाई सहायता गर्न मानवीय दया र असल व्यवहारको प्रयोग गर्छन्। सारांशमा, उनीहरूले जे गर्छन् त्यसमा परमेश्‍वरको इच्छा खोज्दैनन्, न त उनीहरूले उहाँको मागअनुसार नै काम गर्छन्। परमेश्‍वरले मानिसको यस प्रकारको असल व्यवहारलाई तारिफ गर्नुहुन्‍न; परमेश्‍वरको लागि त्यो निन्दनीय हुन्छ र त्यो उहाँको सम्झनाको योग्य हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५६५

प्रकृतिमा परिवर्तन हासिल गर्ने मुख्य कुञ्जी भनेको आफ्नै प्रकृतिलाई जान्नु हो, र यो परमेश्‍वरबाट आउने प्रकाशहरू अनुरूप हुनुपर्दछ। परमेश्‍वरको वचनमा मात्र व्यक्तिले उसको आफ्नो घिनलाग्दो प्रकृतिलाई जान्न सक्छ, आफ्नै प्रकृतिमा रहेको शैतानका विभिन्न विषहरू पहिचान गर्नसक्छ, आफू मूर्ख र अज्ञानी छ भनी थाहा पाउनसक्छ, र आफ्नो प्रकृतिमा रहेका कमजोर र नकारात्मक तत्वहरूलाई चिन्न सक्छ। यी सबै कुरा पूर्ण रूपमा जानेपछि, र तैँले साँचो रूपमा आफूलाई घृणा गर्न र देहलाई पन्छाउन, परमेश्‍वरको वचन निरन्तर पालना गर्न, आफ्‍नो कर्तव्य निभाउने क्रममा निरन्तर सत्यता खोजी गर्न, आफ्‍नो स्वभाव परिवर्तन गर्न, र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति बन्‍न सक्षम भएपछि, तँ पत्रुसको मार्गमा हिँड्न थालेको हुनेछस्। परमेश्‍वरको अनुग्रहविना र पवित्र आत्माको ज्ञान र निर्देशनविना यस मार्गमा हिँड्न गाह्रो हुन्छ, किनकि मानिसहरूसँग सत्यता छैन र तिनीहरूले आफैलाई धोका दिन सक्दैनन्। पत्रुसको सिद्धताको बाटो हिँड्ने कार्य मुख्य रूपमा दृढ संकल्‍प लिने, विश्‍वास गर्ने र परमेश्‍वरमा भरोसा राख्ने कुरामा निर्भर हुन्छ। यसबाहेक, व्यक्ति पवित्र आत्माको कामप्रति समर्पित हुनुपर्छ; सबै कुरामा, व्यक्तिले परमेश्‍वरको वचनविना केही पनि गर्न सक्दैन। मुख्य पक्षहरू यिनै हुन्, जसमध्ये कुनै पनि कुरालाई उल्लङ्घन गर्न सकिँदैन। अनुभवद्वारा आफैलाई चिन्‍नु धेरै कठिन छ; पवित्र आत्माको कामविना, नतिजा आउँदैन। पत्रुसको मार्गमा हिँड्नको लागि, व्यक्तिले आफूलाई चिन्‍न र आफ्‍नो स्वभाव परिवर्तन गर्ने कर्मामा ध्यान केन्द्रित गर्नुपर्छ। पावलको मार्ग जीवनको खोजी गर्ने वा आत्म-ज्ञानमा केन्द्रित गर्ने मार्ग थिएन; तिनले विशेष गरी काम गर्न र यसको प्रभाव र गतिमा ध्यान दिए। तिनको प्रेरणा भनेको तिनको काम र कष्टको बदलीमा परमेश्‍वरको आशिष् प्राप्त गर्नु, र परमेश्‍वरबाट इनाम प्राप्त गर्नुथियो। यो प्रेरणा गलत थियो। पावलले जीवनमा ध्यान केन्द्रित गरेनन्, न त तिनले स्वभाव परिवर्तन गर्नुमा नै कुनै महत्त्व दिए; तिनले केवल इनाममा ध्यान दिए। तिनका लक्ष्यहरू गलत भएकाले तिनले हिँडेको बाटो पनि अवश्य नै गलत थियो। यो तिनको अहङ्कारी र घमण्डी स्वभावले ल्याएको थियो। स्पष्टै छ, पावलसँग कुनै सत्यता थिएन, न त तिनीसँग कुनै विवेक वा तर्क नै थियो। मानिसहरूलाई बचाउने र परिवर्तन गर्ने क्रममा परमेश्‍वरले तिनीहरूका स्वभाव परिवर्तन गर्नुहुन्छ। उहाँको वचनको उद्देश्य भनेको परिवर्तन भएको स्वभाव प्राप्त गरेपछि प्राप्त हुने परिणाम र परमेश्‍वरलाई चिन्‍ने, उहाँलाई स्वीकार गर्ने, र सामान्य तरिकामा उहाँको आराधना गर्ने क्षमताको नतिजा मानिसहरूमा हासिल गर्नु हो। परमेश्‍वरका वचनहरू र उहाँको कार्यको उद्देश्य यही हो। पावलको खोजी गर्ने तरिका प्रत्यक्ष रूपमै परमेश्‍वरको इच्छाको उल्लङ्घनमा र विरोधमा थियो; त्यो पूर्ण रूपमा परमेश्‍वरको इच्छा विपरीत थियो। तापनि, पत्रुसको खोजी गर्ने तरिका पूर्ण रूपमा परमेश्‍वरको इच्छाअनुरूप थियो: तिनले जीवन, र स्वभाव परिवर्तनमा ध्यान दिन्थे, र परमेश्‍वरले आफ्‍नो कामद्वारा मानवजातिमा हासिल गर्न चाहनुभएको परिणाम त्यही हो। त्यसैले पत्रुसको मार्ग आशिषित छ र यसले परमेश्‍वरको प्रशंसा प्राप्त गर्दछ। पावलको मार्गले परमेश्‍वरको इच्छा उल्लङ्घन गर्ने हुनाले, परमेश्‍वरले त्यसलाई घृणा गर्नुहुन्छ र सराप दिनुहुन्छ। पत्रुसको बाटोमा हिँड्नका निम्ति व्यक्तिले परमेश्‍वरको इच्छालाई जान्नुपर्छ। यदि कुनै व्यक्तिले उहाँको वचनद्वारा उहाँको इच्छालाई पूर्ण रूपले बुझ्न सक्छ भने—जसको अर्थ परमेश्‍वरले मानिसबाट के चाहनुहुन्छ र अन्ततः उहाँले कुन नतिजा प्राप्त गर्न चाहनुहुन्छ भन्ने कुरा बुझ्‍नु हो—अनि मात्र आफूले कुन बाटो पछ्याउनुपर्छ भनेर उसले सही रूपले बुझ्न सक्छ। यदि तँ पत्रुसको मार्गलाई पूर्ण रूपमा बुझ्दैनस्, र केवल यसलाई पछ्याउन मात्र चाहन्छस् भने, तँ त्यसमा हिँड्न सक्‍नेछैनस्। अर्को शब्दमा भन्दा, तैँले धेरै सिद्धान्तहरू जानेको हुनसक्छस्, तर अन्त्यमा तँ वास्तविकतामा प्रवेश गर्न सक्‍नेछैनस्। तैँले सतही प्रवेश गरे तापनि तैँले कुनै पनि वास्तविक परिणाम प्राप्त गर्न सक्‍नेछैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५६६

आजभोलि, धेरैजसो मानिसहरूमा आफ्‍नो बारेमा अत्यन्तै सतही ज्ञान छ। तिनीहरूले आफ्‍नो प्रकृतिका कुराहरूलाई स्पष्ट रूपमा बुझ्न सकेका छैनन्। तिनीहरूसँग आफूले प्रकट गर्ने केही भ्रष्ट अवस्थाहरू, तिनीहरूले गर्ने प्रवृत्तिका कार्यहरू, वा तिनीहरूका केही कमजोरीहरूको बारेमा मात्र ज्ञान छ, र यसैले तिनीहरूलाई आफ्नो बारेमा केही जानेको छु भनी विश्‍वास गर्ने बनाउँछ। यसबाहेक, यदि तिनीहरूले केही नियमहरूको पालना गर्छन्, तिनीहरूले कुनै खास क्षेत्रमा गल्ती गर्दैनन् भन्‍ने कुरालाई निश्‍चित गर्छन्, र केही अपराधहरू गर्नबाट जोगिन्छन् भने, तिनीहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूसँग वास्तविकता छ भन्‍ने सोच्छन् र तिनीहरूले मुक्ति पाउनेछन् भनी विश्‍वास गर्छन्। यो पूर्णतया मानवीय कल्पना हो। यदि तँ यी कुराहरूमा रहन्छस् भने के तँ साँच्‍चै कुनै अपराधहरू गर्नुबाट जोगिन सक्छस्? के तैंले स्वभावको वास्तविक परिवर्तन प्राप्त गरेको हुन्छस्? के तँ साँच्चै मानव जस्तो भएर जिइरहेको हुन्छस्? के तैँले त्यसरी परमेश्‍वरलाई सच्‍चा रूपमा सन्तुष्ट पार्न सक्छस्? कदापि सक्दैनस्, यो निश्‍चित कुरा हो। व्यक्तिमा उच्च मापदण्डहरू छन् र उसले सत्यता प्राप्त गरेको छ अनि उसको आफ्नै स्वभावमा केही परिवर्तन पाएको छ भने मात्रै परमेश्‍वरमाथिको विश्‍वासले काम गर्छ। यसको लागि पहिले आफूलाई चिन्‍ने कार्यमा समर्पित हुनुपर्छ। यदि आफ्नै बारेमा मानिसहरूको ज्ञान अत्यन्तै कम छ भने, तिनीहरूलाई समस्याहरू समाधान गर्न असम्भव हुनेछ, र तिनीहरूको जीवन स्वभाव पूर्ण रूपले परिवर्तन हुनेछैन। आफैलाई एक गहन स्तरमा जान्नु जरुरी हुन्छ, जसको अर्थ आफ्नो वास्तविक प्रकृति जान्नु हो: त्यो प्रकृतिमा कुन-कुन तत्वहरू समावेश हुन्छन्, ती कुराहरू कसरी उत्पन्न भए, र ती कहाँबाट आए। यसबाहेक, के तँ साँच्चै ती कुराहरूलाई घृणा गर्न सक्छस्? के तैँले आफ्नै घिनलाग्दो प्राण र तेरो दुष्ट प्रकृतिलाई देखेको छस्? यदि तैँले आफ्नै बारेमा रहेको सत्यतालाई देख्न सक्छस् भने, तैँले आफैलाई घृणा गर्नेछस्। जब तैँले आफैलाई घृणा गर्छस् र परमेश्‍वरको वचनलाई अभ्यास गर्छस्, तब गाह्रो हुन्छ भन्‍ने विश्‍वास नगरी तैँले दैहिकता त्याग्न र सत्यलाई अघि बढाउने सामर्थ्य पाउनेछस्। किन धेरै मानिसहरू आफ्ना देहगत रुचिहरूका पछि लाग्छन्? किनकि तिनीहरूले आफैलाई अति असल ठान्छन्, तिनीहरूका कार्यहरू सही र उचित छन्, तिनीहरूमा कुनै दोष छैन र तिनीहरू पूर्ण रूपमा सही समेत छन् भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरूले न्याय तिनीहरूकै पक्षमा छ भन्ने मान्यतासहित काम गर्न सक्छन्। जब व्यक्तिले आफ्नो वास्तविक प्रकृति के हो—कति घिनलाग्दो, कति तुच्छ र कति दयनीय छ भनी बुझ्दछ—तब ऊ आफैप्रति धेरै घमण्ड गर्दैन, अति अहङ्कारी हुँदैन, र पहिलेको जस्तै आफूसँग त्यति प्रसन्न हुँदैन। यस्तो व्यक्तिले यस्तो महसुस गर्छ, “परमेश्‍वरका केही वचनहरू अभ्यास गर्नमा म गम्भीर र व्यावहारिक हुनुपर्छ। यदि होइन भने, म मानिस बन्‍नुको मापदण्डको स्तरसम्म पुग्दिन, र परमेश्‍वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तब मात्र व्यक्तिले आफैलाई तुच्छ, साँच्चै महत्त्वहीन देख्दछ। यस बेला, सत्य पालन गर्न व्यक्तिलाई सजिलो हुन्छ, र मानिस जस्तो हुनुपर्छ ऊ त्यस्तै देखिन थाल्‍नेछ। मानिसहरूले आफैलाई साँच्चै घृणा गरे भने मात्र तिनीहरूले देहलाई त्याग्न सक्छन्। यदि तिनीहरूले आफैलाई घृणा गर्दैनन् भने, तिनीहरूले देहलाई त्याग्न सक्‍नेछैनन्। आफैलाई साँचो रूपमा घृणा गर्नु सानोतिनो कुरा होइन। तिनमा भेट्टाइनुपर्ने कुराहरू धेरै हुन्छन्: पहिलो, आफ्नै प्रकृतिलाई जान्नु; र दोस्रो, आफूलाई अभावग्रस्त र दयनीय अवस्थाको देख्‍नु, आफैलाई अत्यन्तै सानो र नगण्य रूपमा देख्नु, र आफ्नै दयनीय र फोहोर प्राणलाई देख्नु। जब व्यक्तिले वास्तवमा ऊ के हो भनेर पूर्ण रूपमा बुझ्दछ, र यो नतिजा हासिल हुन्छ, तब उसले आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्दछ, र व्यक्तिले आफैलाई पूर्ण रूपमा चिनेको छ भनी भन्न सकिन्छ। तब मात्र व्यक्तिले आफैलाई घृणा गर्न सक्दछ यहाँसम्म कि उसले आफैलाई सराप्छ, र शैतानले उसलाई गम्भीर रूपमा भ्रष्ट पारेकोले ऊ मानिस जस्तो समेत देखिँदैन भन्‍ने उसले महसुस गर्छ। अनि एक दिन, जब मृत्युको खतरा देखा पर्दछ, त्यस्तो व्यक्तिले सोच्‍नेछ, “यो परमेश्‍वरको धर्मी दण्ड हो। परमेश्‍वर साँच्चै धर्मी हुनुहुन्छ; म साँच्चै मर्नुपर्छ!” यस्तो अवस्थामा उसले कुनै गुनासो गर्नेछैन, परमेश्‍वरलाई दोष लगाउने त परै जाओस्, अनि उसले आफू अभावग्रस्त र दयनीय, अति फोहोर र भ्रष्ट भएकोले परमेश्‍वरले उसलाई निष्कासित गरी नाश पार्नुपर्छ, र उसको जस्तो प्राण पृथ्वीमा जिउन योग्यको छैन भन्ने मात्र महसुस गर्छ। त्यसकारण, यस व्यक्तिले परमेश्‍वरको बारेमा गुनासो वा विरोध गर्नेछैन, उहाँको विश्‍वासघात गर्ने कुरा त परै जाओस्। यदि व्यक्तिले आफैलाई चिन्दैन र पनि अझै आफूलाई धेरै असल नै ठान्दछ भने, जब मृत्यु ढोका ढकढक्याउँदै आउँछ, तब यस व्यक्तिले सोच्‍नेछ, “मैले आफ्नो विश्‍वासमा धेरै राम्रो गरेको छु। मैले कति धेरै कठिनतासाथ खोजेको छु! मैले धेरै कुरा दिएको छु, मैले धेरै दु:ख भोगेको छु, तापनि अन्त्यमा, अब परमेश्‍वरले मलाई मर्नु भनिरहनुभएको छ। परमेश्‍वरको धार्मिकता कहाँ छ मलाई थाहा छैन। उहाँले मलाई किन मर्नु भनिरहनुभएको छ? यदि मैले मर्नुपर्छ भने कोचाहिँ बच्न सक्‍नेछ? के मानवजाति समाप्त हुनेछैन र?” सबैभन्दा पहिले, यस व्यक्तिमा परमेश्‍वरको विषयमा धारणाहरू हुन्छ। दोस्रो, यो व्यक्तिले गुनासो गरिरहेको छ, र कुनै पनि किसिमको समर्पणता देखाइरहेको छैन। यो पावललाई भएको जस्तै हो: जब तिनी मर्न लागेका थिए, तिनले आफैलाई चिनेका थिएनन् र परमेश्‍वरको दण्ड नजिक आइसकेपछि, यो सब धेरै ढिला भइसकेको थियो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५६७

ठ्याक्‍कैसित भन्‍नुपर्दा, आफ्नो विश्‍वासमा पत्रुसको मार्गमा हिँड्नु भनेको सत्यता खोजी गर्ने बाटोमा हिँड्नु हो, जुन आफैलाई साँचो रूपमा चिन्‍ने र आफ्नो स्वभाव बदल्ने बाटो पनि हो। पत्रुसको मार्गमा हिँडेर मात्र व्यक्ति परमेश्‍वरद्वारा सिद्ध तुल्याइने बाटोमा हुनेछ। पत्रुसको मार्गमा वास्तवमा कसरी हिँड्ने, साथसाथै यसलाई कसरी अभ्यास गर्ने भन्‍ने बारेमा व्यक्ति स्पष्ट हुनुपर्छ। पहिला त व्यक्तिले आफ्ना अभिप्रायहरू, अनुचित खोजीहरू, र परिवार तथा आफ्नो देहका सबै कुराहरू समेतलाई पन्छाउनुपर्छ। व्यक्ति सम्पूर्ण हृदयले समर्पित हुनुपर्छ; त्यसको मतलब व्यक्तिले पूर्ण रूपमा आफूलाई परमेश्‍वरका वचनहरूमा समर्पित गर्नुपर्छ, परमेश्‍वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्नुपर्छ, परमेश्‍वरका वचनहरूमा सत्यता र उहाँका अभिप्रायहरू खोजी गर्न एकाग्र हुनुपर्छ, र हरेक कुरामा परमेश्‍वरको इच्‍छा बुझ्ने प्रयास गर्नुपर्छ। यो कुरा अभ्यासको सबैभन्दा आधारभूत र महत्वपूर्ण विधि हो। पत्रुसले येशूलाई भेटेपछि यही नै गरेका थिए, र यसरी अभ्यास गरेर मात्रै व्यक्तिले सर्वोत्तम नतिजाहरू हासिल गर्न सक्छ। परमेश्‍वरका वचनहरूमा सम्पूर्ण हृदयसहितको समर्पणमा मुख्यतया परमेश्‍वरका वचनहरूमा सत्यता र उहाँका अभिप्रायहरू खोजी गर्ने, परमेश्‍वरको इच्छा बुझ्न ध्यान केन्द्रित गर्ने, र परमेश्‍वरका वचनहरूबाट थप सत्यता बुझ्ने र प्राप्त गर्ने कुराहरू पर्दछन्। परमेश्‍वरका वचनहरू पढ्दा पत्रुसले धार्मिक सिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले धार्मिक ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्। बरु, तिनी सत्यता बोध गर्न र परमेश्‍वरको इच्छा बुझ्न, साथसाथै परमेश्‍वरको स्वभाव र प्रेमिलोपनको बुझाइ हासिल गर्न एकाग्र भए। पत्रुसले परमेश्‍वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट अवस्थाहरू, र साथमा मानिसको प्रकृति, सार र वास्तविक कमीहरू बुझ्न पनि प्रयास गरे र यसमार्फत तिनले परमेश्‍वरलाई सन्तुष्ट पार्न उहाँका मापदण्डहरूका सबै पक्षहरू सजिलै पूरा गरे। पत्रुससँग परमेश्‍वरका वचनहरू पालना गर्ने धेरै सही अभ्यासहरू थिए। यो कुरा परमेश्‍वरका इच्छा अनुरूपको थियो र व्यक्तिले परमेश्‍वरको कामको अनुभव गर्दै सहकार्य गर्नसक्‍ने सर्वोत्तम शैली यही नै थियो। परमेश्‍वरले पठाउनुभएका सयौं परीक्षाहरू सामना गर्दा पत्रुसले आफूलाई मानिसप्रतिको परमेश्‍वरका न्याय र प्रकाशका हरेक वचनहरू, अनि मानिसले पूरा गर्नुपर्ने उहाँका मापदण्डहरूका हरेक वचनसँग कठोर रूपले दाँजेर जाँच गरे र सहीसित ती वचनहरूको अर्थ बोध गर्न लागिपरे। येशूले भन्‍नुभएका हरेक वचनहरूलाई तिनले इमान्दारीपूर्वक चिन्तन र याद गर्ने प्रयास गरे, र तिनले राम्रो नतिजा हासिले गरे। यसरी अभ्यास गरेर तिनले परमेश्‍वरका वचनहरूबाट आफ्नै बारेमा बुझाइ हासिल गर्न सके, र तिनले मानिसका विविध भ्रष्ट अवस्था र कमीकमजोरीहरूबारे मात्र होइन, मानिसको सार र प्रकृतिबारे पनि बुझाइ हासिल गरे। आफूलाई साँचो रूपमा बुझ्नु भनेकै यही हो। परमेश्‍वरका वचनहरूबाट, पत्रुसले आफ्नो बारेमा साँचो बुझाइ मात्र हासिल गरेनन्, तिनले त परमेश्‍वरको धर्मी स्वभाव, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, परमेश्‍वरको कामको लागि उहाँको इच्छा, र मानवजातिप्रति परमेश्‍वरका मापदण्डहरू पनि बुझे। यी वचनहरूबाट तिनले साँचो रूपमा परमेश्‍वरलाई चिने। तिनले परमेश्‍वरको स्वभाव र उहाँको सारलाई चिने; तिनले परमेश्‍वरसँग के छ र उहाँ को हुनुहुन्छ, र साथसाथै परमेश्‍वरको प्रेमिलोपन र मानिसले पूरा गर्नुपर्ने उहाँका मागहरूलाई जाने र बुझे। त्यतिखेर परमेश्‍वर आजभोली बोल्नुभए जति बोल्नुहुन्‍नथियो, तापनि पत्रुसमा यी पक्षहरूको नतिजा हासिल भयो। यो एकदमै विरलै हुने र अमूल्य कुरा थियो। पत्रुसले सयौं परीक्षाहरू भोगे, तर तिनले व्यर्थमा कष्ट सहेनन्। तिनले परमेश्‍वरका वचनहरू र कामबाट आफूले आफैलाई मात्र चिनेनन्, बरु तिनले त परमेश्‍वरलाई समेत चिने। यसको साथै, तिनले परमेश्‍वरका वचनहरूभित्र रहेका मानवजातिले पूरा गर्नुपर्ने परमेश्‍वरका मापदण्डहरूबारे विशेष ध्यान केन्द्रित गरे। मानिसले परमेश्‍वरको इच्छाअनुरूप परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्ने जुनसुकै पक्षहरू नै किन नहोस्, यी सबै पक्षहरूमा ठूलो प्रयत्न गर्न र पूर्ण स्पष्टता हासिल गर्न पत्रुस सक्षम भए। यो कुरा तिनको जीवन प्रवेशको सवालमा पनि अत्यन्तै फाइदाजनक थियो। परमेश्‍वरले जेसुकैको बारेमा बोल्नुभएको भए तापनि, ती वचनहरू जीवन बन्‍न सकुञ्‍जेल र ती सत्यता हुञ्‍जेल, पत्रुस तिनलाई कुँदेर आफ्नो हृदयमा राख्‍न तथा तिनलाई बारम्बार चिन्तन र बोध गर्न सक्षम भए। येशूका वचनहरू सुनेपछि, तिनले ती वचनहरूलाई हृदयमा राख्‍न सके, जसले तिनले विशेष रूपमा परमेश्‍वरका वचनहरूमा ध्यान केन्द्रित गरेका थिए भन्‍ने देखाउँछ र तिनले अन्त्यमा सच्‍चा रूपमै नतिजा हासिल गरे। यसको मतलब, तिनले परमेश्‍वरका वचनहरूलाई स्वतन्त्र पूर्वक व्यवहारमा उतार्न, सत्यतालाई दुरुस्त रूपमा अभ्यास गर्न अनि परमेश्‍वरको इच्छाअनुरूप हुन, सम्पूर्ण रूपले परमेश्‍वरको अभिप्राय अनुरूप कार्य गर्न, र आफ्ना दृष्टिकोणहरू र कल्पनाहरू त्याग्‍न सके। यसरी, पत्रुस परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरे। यी कुराहरू गरेको हुनाले नै मुख्य रूपमा पत्रुसको सेवा परमेश्‍वरको इच्छाअनुरूप हुन गयो।

यदि व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्दै परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छ भने, ऊ आफ्ना बोली र कार्यहरूमा सिद्धान्तकेन्द्रित छ भने, र ऊ सत्यताको वास्तविकताका सबै पक्षहरूमा प्रवेश गर्न सक्छ भने, ऊ परमेश्‍वरले सिद्ध तुल्याउनुहुने व्यक्ति हो। यो भन्‍न सकिन्छ कि परमेश्‍वरका काम र वचनहरू त्यस्ता व्यक्तिहरूका लागि पूर्ण रूपले प्रभावकारी भएका छन्, र परमेश्‍वरका वचनहरू तिनीहरूका जीवन बनेका छन्, तिनीहरूले सत्यता हासिल गरेका छन्, र तिनीहरू परमेश्‍वरका वचनहरू अनुरूप जिउन सक्षम छन्। यसपछि, तिनीहरूको देहको प्रकृति—अर्थात, तिनीहरूको मौलिक अस्तित्वको आधार—थर्किँदै भत्कनेछ र एकाएक ढल्नेछ। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा धारण गरेपछि मात्रै, तिनीहरू नयाँ मानिसहरू बन्‍नेछन्। यदि परमेश्‍वरका वचनहरू तिनीहरूको जीवन बन्छ भने, यदि परमेश्‍वरको कामको दर्शन, मानवजातिको लागि उहाँका प्रकाश र मापदण्डहरू, परमेश्‍वरले मानिसले पूरा गर्नैपर्ने भनी तोक्‍नुभएको मनव जीवनका स्तरहरू तिनीहरूको जीवन बन्छ भने, यदि मानिसहरू यी वचन र सत्यताअनुरूप जिउँछन् भने तिनीहरू परमेश्‍वरका वचनहरूद्वारा सिद्ध तुल्याइन्छन्। त्यस्ता मानिसहरूले पुनर्जन्म पाउँछन् र तिनीहरू परमेश्‍वरका वचनहरूमार्फत नयाँ मानिसहरू बनेका हुन्छन्। पत्रुसले जुन मार्गद्वारा सत्यता खोजी गरे त्यो मार्ग यही हो। यो सिद्ध तुल्याइने मार्ग हो। परमेश्‍वरका वचनहरूद्वारा पत्रुस सिद्ध तुल्याइए, र तिनले परमेश्‍वरका वचनहरूबाट जीवन प्राप्त गरे, परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू तिनको जीवन बन्यो, अनि तिनी सत्यताप्राप्त व्यक्ति बने।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५६८

मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता बुझुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले “मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?” भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ। शैतानले गर्ने सबै कुरा यसका आफ्नै रुचि, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरूको लागि हो। यसले परमेश्‍वरलाई उछिन्‍न, उहाँबाट स्वतन्त्र हुन, र परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई नियन्त्रणमा लिन चाहन्छ। आज, शैतानले मानिसहरूलाई यस हदसम्म भ्रष्ट पारेको छ: तिनीहरू सबैसँग शैतानी प्रकृति छन्, तिनीहरू सबैले परमेश्‍वरलाई नकार्ने र विरोध गर्ने प्रयास गर्छन्, र तिनीहरू आफ्नो नियतिलाई आफ्नै वशमा राख्‍न चाहन्छन् र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको विरोध गर्ने प्रयास गर्छन्। तिनीहरूका महत्त्वाकाङ्क्षा र रुचिहरू ठ्याक्‍कै शैतानका जस्ता छन्। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो। वास्तवमा, धेरै मानिसहरूका आदर्श-वाणीहरू र लोक-उक्तिहरूले मानव प्रकृतिलाई प्रतिनिधित्व गर्छन् र मानव भ्रष्टताको सारलाई प्रतिबिम्बित गर्छन्। मानिसहरूले छनौट गर्ने कुराहरू तिनीहरूका आफ्‍नै प्राथमिकता हुन्छन्, र ती सबैले मानिसहरूका स्वभाव र खोजीहरूलाई प्रतिनिधित्व गर्छन्। व्यक्तिले आफूले बोल्‍ने हरेक शब्‍द, र गर्ने हरेक काममा जति नै छद्‌म भेष धारण गरे पनि यसले उसको प्रकृतिलाई ढाकछोप गर्न सक्दैन। उदाहरणको लागि, फरिसीहरूले प्रायजसो निकै राम्रो प्रचार गर्थे, तर जब तिनीहरूले येशू व्यक्त गर्नुभएका उपदेश र सत्यताहरू सुने, तब तिनीहरूले तिनलाई स्विकार्नुको सट्टा निन्दा गरे। यसले सत्यताप्रति दिक्‍क र घिन मान्‍ने फरिसीहरूको प्रकृतिलाई खुलासा गर्‍यो। कतिपय मानिसहरू निकै राम्ररी बोल्छन् र आफ्‍नो वास्तविकता लुकाउन निकै सिपालु हुन्छन्, तर तिनीहरूसँग केही समयसम्‍म सङ्गत गरिसकेपछि, अरूले तिनीहरूको प्रकृति अत्यन्तै धूर्त र कपटी छ भन्‍ने कुरा पत्ता लगाउँछन्। तिनीहरूसँग लामो समयसम्‍म उठबस गरिसकेपछि, जोकोहीले तिनीहरूको सार र प्रकृति पत्ता लगाउँछन्। अन्त्यमा, अरूले निम्न निष्कर्षहरू निकाल्छन्: तिनीहरूले कहिल्यै सत्य बोल्दैनन् र तिनीहरू छली हनु्। यो भनाइले त्यस्ता मानिसहरूको प्रकृतिलाई प्रतिनिधित्व गर्छ, र यो तिनीहरूको प्रकृतिको सारको सर्वश्रेष्ठ चित्रण र प्रमाण हो। तिनीहरूको जिउने दर्शन भनेकै कसैलाई सत्य नभन्‍नु हो, साथसाथै कसैलाई पनि भरोसा नगर्नु हो। मानिसको शैतानी प्रकृतिमा एकदमै धेरै शैतानी दर्शन र विषहरू हुन्छन्। कहिलेकाहीँ तँ आफैलाई पनि तीबारे थाहा नहुन सक्छ, र तैँले तिनलाई बुझ्दैनस्; तैपनि तेरो जीवनको हरेक क्षण तिनै कुराहरूमा आधारित हुन्छ। अझ भन्‍ने हो भने, तैँले ती कुराहरू निकै सही र मनासिब छन् र ती गलत छँदै छैनन् भन्‍ने ठान्छस्। शैतानका दर्शनहरू मानिसहरूको प्रकृति बनेका छन्, र तिनीहरू यसप्रकारको जीवनशैली राम्रो छ भन्‍ने सोच्दै र कुनै पश्‍चात्तापको बोध नगरी यिनै दर्शनहरूअनुरूप बाँचिरहेका छन् भन्‍ने देखाउन यही काफी छ। त्यसकारण, तिनीहरूले निरन्तर रूपमा आफ्‍नो शैतानी प्रकृति प्रकट गरिरहेका छन्, र तिनीहरू निरन्तर रूपमा शैतानका दर्शनहरूअनुरूप बाँचिरहेका छन्। शैतानको प्रकृति मानवजातिको जीवन हो, अनि यो मानवजातिको प्रकृति र सार हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५६९

अहिले तिमीहरूले आफूले प्रकट गर्ने भ्रष्ट स्वभावलाई केही हदसम्‍म पहिचान गर्न सक्‍ने भएका छौ। तिमीहरूले अझै पनि कुन-कुन भ्रष्ट कुराहरू प्रकट गर्ने अनि सत्यतासँग नमिल्‍ने के-कस्ता काम अझै गर्ने सम्‍भावना हुन्छ त्यो विषयमा तिमीहरू स्पष्ट भएपछि, तिमीहरूको भ्रष्ट स्वभाव धुन सहज हुनेछ। धेरै मामलाहरूमा किन मानिसहरूले आफूलाई काबुमा राख्‍न सक्दैनन्? किनभने हरपल र हर हिसाबमा, तिनीहरूलाई तिनीहरूको भ्रष्ट स्वभावले नियन्त्रण गरिरहेको हुन्छ, त्यसले तिनीहरूलाई हर कुरामा बाध्यता र हस्तक्षेपमा पारिरहेको हुन्छ। कतिपय मानिसहरूले समस्यामा नपर्दा, र तिनीहरू पतन वा नकारात्मक नभएको बेला, सधैँ आफूसँग कद छ भन्‍ने अनुभव गर्छन्, र दुष्ट व्यक्ति, झूटो अगुवा, वा ख्रीष्टविरोधीको खुलासा र निष्कासन हुँदा, यसबारेमा केही पनि सोच्दैनन्। तिनीहरूले सबैसँग धाकसमेत लगाउँछन्, “अरू जोकोही पतन हुन सक्ला, तर म हुँदिनँ। अरू कसैले परमेश्‍वरलाई प्रेम नगर्ला, तर म त गर्छु।” तिनीहरूले हर परिस्थिति वा अवस्थामा आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्छु भन्‍ने सोच्छन्। अनि नतिजा के हुन्छ? एक दिन तिनीहरूलाई जाँचिन्छ र तिनीहरूले परमेश्‍वरको बारेमा गनगन गर्छन्। के यो असफल हुनु अनि पतन हुनु होइन र? मानिसहरूलाई जाँचले जत्तिको अरू कुनै कुराले पनि खुलासा गर्दैन। परमेश्‍वरले मानिसको अन्‍तस्‍करण नियाल्नुहुन्छ, र मानिसहरूले कहिल्यै धाक लगाउनु हुँदैन। तिनीहरूले जे कुराको धाक लगाउँछन्, ढिलोचाँडो त्यही कुरामा तिनीहरूको पतन हुन्छ। अरूहरू पतन र असफल भएको देख्दा, तिनीहरूले यसबारेमा केही सोच्दैनन्, र तिनीहरू आफैले कुनै गलत काम गर्न सक्दैनन्, तिनीहरू दह्रिलोसित खडा हुन सक्‍नेछन् भन्‍नेसमेत सोच्छन्—तर तिनीहरू पनि आखिर त्यस्तै परिस्थितिमा पतन र असफल हुन पुग्छन्। यो कसरी हुन सक्छ? किनभने मानिसहरूले आफ्नो प्रकृति र सारलाई पूर्ण रूपमा बुझ्दैनन्; आफ्नो प्रकृति र सारसम्बन्धी समस्याबारे उनीहरूको ज्ञान अझै पनि त्यति गहन हुँदैन, त्यसैले सत्यलाई अभ्यास गर्नका निम्ति उनीहरूले कडा परिश्रम गर्नुपर्ने हुन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू अति छली, बोलीवचन र काममा अइमानदार हुन्छन्, तापनि यदि तैँले उनीहरूको भ्रष्ट स्वभाव कुन सम्बन्धमा अति गम्भीर छ भनेर सोधिस् भने उनीहरूले भन्नेछन्, “म थोरै छली छु।” उनीहरूले आफू थोरै छली छु भनेर मात्र भन्छन्, तर तिनीहरूले तिनीहरूको प्रकृति आफै छली छ भनेर भन्दैनन्, र तिनीहरू छली व्यक्ति हुन् भनेर तिनीहरूले भन्दैनन्। आफ्नो भ्रष्ट प्रकृतिको बारेमा तिनीहरूको ज्ञान त्यत्ति गहन हुँदैन, र तिनीहरू त्यसलाई एउटा गम्भीर कुराको रूपमा हेर्दैनन्, न त अरूले जस्तो त्यसलाई पूर्ण रूपमा नै हेर्छन्। अरूले यो व्यक्ति अति छली र अति धूर्त छ, उनीहरूको हरेक बोलीवचनमा बेइमान छ, उनीहरूका वचन र काम कहिल्यै इमानदार छैन भन्‍ने देख्छन्—तर उनीहरूले आफैभित्र त्यत्ति गहिरिएर हेर्न सक्दैनन्। उनीहरूमा हुने कुनै पनि ज्ञान केवल सतही हुन्छ। जब-जब उनीहरू बोल्छन् र कार्य गर्छन्, उनीहरूले आफ्नो प्रकृतिमा भएको केही न केही कुरा प्रकट गर्छन्, तापनि उनीहरू त्यसबारे अनजान हुन्छन्। तिनीहरूले त्यस्तो व्यवहार गर्नु भ्रष्टताको प्रकटीकरण होइन, तिनीहरूले पहिल्यै सत्यता अभ्यास गरिसकेका छन् भन्‍ने विश्‍वास गर्छन्, तर देख्‍ने मानिसहरूका लागि, यस्ता मानिसहरू निकै विश्‍वासघाती र धूर्त हुन्छन्, तिनीहरूका बोलीवचन र व्यवहार अत्यन्तै बेइमान हुन्छन्। भन्नुको मतलब, मानिसहरूसँग आफ्नै प्रकृतिको बारेमा अति नै सतही बुझाइ हुन्छ, र यो बुझाइ अनि तिनीहरूको न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरूको बीचमा ठूलो भिन्नता हुन्छ। यो परमेश्‍वरले प्रकट गर्नुहुने कुरामा हुने गल्ती होइन, बरु आफ्नै प्रकृतिको बारेमा मानिसमा रहेको बुझाइको कमी हो। मानिसहरूमा आफ्नै बारेमा आधारभूत वा आवश्यक बुझाइ छैन; यसको सट्टामा, तिनीहरूले आफ्ना कार्यहरू र बाहिरी अभिव्यक्तिहरूमा ध्यान केन्द्रित गर्छन् र आफ्नो सामर्थ्य खर्चन्छन्। यदि कहिलेकहीँ कसैले आफैलाई बुझेको विषयमा केही भन्छ भने पनि त्यो त्यत्ति धेरै गहन हुँदैन। तिनीहरूले कुनै निश्‍चित प्रकारको कार्य गरेकोले वा कुनै निश्‍चित कुरा प्रकट गरेको हुनाले, तिनीहरू कुनै निश्‍चित प्रकारको व्यक्ति भएका हुन् वा तिनीहरूमा कुनै निश्‍चित प्रकारको प्रकृति छ भनी कहिल्यै कसैले सोचेको छैन। परमेश्‍वरले मानवजातिको प्रकृति र सार प्रकट गर्नुभएको छ, तर मानिसले तिनीहरूका काम गर्ने र बोल्ने तरिका त्रुटिपूर्ण र दोषपूर्ण छ भनी बुझ्छ; त्यसकारण, मानिसहरूका निम्ति सत्यको अभ्यास गर्नु सबैभन्दा कठिन काम हुन्छ। मानिसहरूले तिनीहरूका गल्तीहरू तिनीहरूको प्रकृतिको प्रकटीकरण नभएर लापरवाहीसाथ प्रकट हुने क्षणिक अभिव्यक्तिहरू मात्रै हुन् भनी सोच्छन्। जब मानिसहरूले यसरी विचार गर्छन्, तब तिनीहरूले आफूलाई साँचो रूपमा चिन्‍नु औधी गाह्रो हुन्छ, र सत्यता बुझ्‍नु र अभ्यास गर्नु पनि औधी गाह्रो हुन्छ। किनकि तिनीहरूले सत्य जान्दैनन् र सत्यको तृष्णा गर्दैनन्, सत्यको अभ्यास गर्दा तिनीहरूले लापरवाहीको साथ मात्रै नियमहरू पालन गर्छन्। मानिसहरू तिनीहरूका आफ्नै प्रकृतिलाई अत्यन्त भ्रष्ट भएको ठान्दैनन्, र तिनीहरू नाश पार्नु वा दण्ड दिनु पर्ने सम्मको खराब छैनन् भनी विश्‍वास गर्छन्। तैपनि परमेश्‍वरका मापदण्डहरूअनुसार, मानिसहरूको भ्रष्टता औधी गहन छ, तिनीहरू अझै पनि मुक्तिको मापदण्डभन्दा धेरै टाढा छन्, किनकि मानिसहरूसित सत्यलाई बाह्य रूपमै उल्लङ्घन नगर्ने कार्यहरू केही मात्र हुन्छन्, जबकि वास्तवमा तिनीहरू सत्य अभ्यास गर्दैनन् र परमेश्‍वरप्रति आज्ञाकारी हुँदैनन्।

व्यक्तिको व्यवहार वा आचरणमा हुने परिवर्तनले तिनीहरूको प्रकृतिमा भएको परिवर्तनलाई जनाउँदैन। यसको कारणको के हो भने, व्यक्तिको आचरणमा आएको परिवर्तनले उसको मौलिक रूपरङ्गलाई परिवर्तन गर्न सक्दैन, यसले तिनीहरूको प्रकृति बदल्न सक्‍ने त कुरै नगरौँ। मानिसहरूले सत्यता बुझेपछि, र तिनीहरूका आफ्‍नै प्रकृति र सारको ज्ञान पाएपछि अनि सत्यता अभ्यास गर्न सक्‍ने भएपछि मात्र, तिनीहरूको अभ्यास गहन हुन र त्यो कुरा बन्‍न सक्छ, जुन नियमहरूको पालना मात्र हुँदैन। मानिसहरूले आज जसरी सत्यता अभ्यास गर्छन् त्यो मापदण्डअनुसारको छैन, र यसले चाहिए जति सबै सत्यता हासिल गर्न सक्दैन। मानिसहरूले सत्यताको केही भाग मात्र अभ्यास गर्छन्, अनि तिनीहरू निश्‍चित स्थिति र परिस्‍थितिहरूमा पुगेपछि मात्रै तिनीहरूले थोरबहुत सत्यता अभ्यास गर्न सक्छन्; यो उनीहरूले सबै अवस्था र सबै परिस्थितिहरूमा सत्यताको अभ्यास गर्न सक्‍ने अवस्था होइन। जब कुनै बेला मानिसहरू खुशी हुन्छन् र तिनीहरूको स्थिति राम्रो हुन्छ, वा जब तिनीहरूले अरूसँग सङ्गति गरिरहेको हुन्छन् अनि तिनीहरूसँग आफ्नो हृदयमा अभ्यासको मार्ग हुन्छ, तब तत्कालको लागि तिनीहरूले सत्यतासँग मिल्‍ने केही कुराहरू गर्न सक्छन्। तर जब तिनीहरू नकारात्मक अनि सत्यता खोजी नगर्ने मानिसहरूसँग जिउँछन्, तब तिनीहरू यी मानिसहरूद्वारा प्रभावित हुन्छन्, र तिनीहरूले आफ्‍नो हृदयमा अभ्यासको मार्ग गुमाउँछन्, र सत्यता अभ्यास गर्न नसक्‍ने हुन्छन्। यसले तिनीहरूको कद अत्यन्तै सानो छ, र तिनीहरूले अझै पनि साँचो रूपमा सत्यता बुझेका छैनन् भन्‍ने देखाउँछ। कतिपय व्यक्तिहरूलाई सही मानिसहरूले डोर्‍याए र अगुवाइ गरे भने तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्; तर तिनीहरूलाई झूटो अगुवा वा ख्रीष्टविरोधीले ठग्यो र बाधा दियो भने, तिनीहरूले सत्यता अभ्यास गर्न नसक्‍ने मात्र होइन, तिनीहरू छलमा परी अरू मानिसहरूलाई पछ्याउने सम्‍भावना पनि हुन्छ। त्यस्ता मानिसहरू अझै पनि खतरामा हुन्छन्, होइन र? यस्तो कद भएका यस्ता मानिसहरूले सबै मामला र परिस्थितिमा सत्यता अभ्यास गर्न सक्दैनन्। तिनीहरूले अभ्यास नै गरे पनि, तिनीहरू सही मनस्थितिमा हुँदा वा अरूले बाटो देखाउँदा मात्रै यसो गर्न सक्छन्; अगुवाइ गर्ने कुनै असल व्यक्ति भएन भने, तिनीहरूले अझै पनि बेलाबेलामा सत्यता उल्लङ्घन गर्ने काम गर्छन् र अझै पनि परमेश्‍वरका वचनहरूबाट टाढा बरालिन्छन्। अनि के कारणले यस्तो हुन्छ? तैँले तेरा केही स्थितिहरूलाई मात्रै बुझेकोले, र तँलाई तेरो आफ्‍नै प्रकृति र सारको बारेमा ज्ञान नभएकोले, र तैँले देहलाई पन्छाएर सत्यता अभ्यास गर्ने कद अझै प्राप्त नगरेको हुनाले यस्तो भएको हुन्छ; त्यसकारण, भविष्यमा तैँले के गर्नेछस् त्यो तेरो नियन्त्रणमा हुँदैन, र तँ कुनै पनि परिस्थिति वा जाँचमा दह्रिलो गरी खडा हुन सक्छस् भन्‍ने कुरा निश्‍चित गर्न सक्दैनस्। कहिलेकहीँ यस्तो समय हुन्छ जब तँ एउटा स्थितिमा हुन्छस् र तैँले सत्यताको अभ्यास गर्न सक्छस्, र तैंले केही परिवर्तन देखाउन सक्छस् भन्‍ने देखिन्छ, तैपनि, फरक वातावरणमा, तैँले त्यसलाई अभ्यास गर्न सक्दैनस्। यो तेरो नियन्त्रणदेखि बाहिर हुन्छ। कहिलेकहीँ तैँले सत्यताको अभ्यास गर्न सक्छस्, र कहिलेकहीँ सक्दैनस्। एक पल तँ बुझ्छस्, र अर्को क्षण तँ भ्रमित हुन्छस्। वर्तमानमा, तैंले केही नराम्रो गरिरहेको छैनस्, तर सायद तैँले केही समयपछि यसो गर्नेछस्। यसले के प्रमाणित गर्दछ भने, तँभित्र अझै पनि भ्रष्ट थोकहरू छन्, र यदि तैँले साँचो आत्म-ज्ञान प्राप्त गर्न सक्दैनस् भने, तिनलाई समाधान गर्न सजिलो हुनेछैन। यदि तैंले आफ्नै भ्रष्ट स्वभावको पूर्ण ज्ञान प्राप्त गर्न सक्दैनस् भने, र आखिरमा परमेश्‍वरको विरोध हुने कुराहरू गर्न सक्षम हुन्छस् भने, तँ खतरामा छस्। यदि तैंले आफ्नो प्रकृतिलाई छेदन गर्ने र त्यसलाई घृणा गर्ने अन्तर्दृष्टि प्राप्त गर्न सक्छस् भने, तैँले आफैलाई नियन्त्रण गर्न, आफैलाई त्याग्न, र सत्यतालाई अभ्यास गर्न सक्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५७०

सत्यताको बारेमा सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई सत्यता बुझ्‍न र अभ्यास गर्न अनि आफ्‍नो स्वभावमा परिवर्तन ल्याउन सक्षम पार्नु हो। सत्यता बुझेपछि तिनीहरूको हृदयमा थोरै ज्योति र खुशी ल्याउनु मात्र यसको उद्देश्य हुँदैन। यदि तँ सत्यता बुझ्छस् तर त्यो अभ्यास गर्दैनस् भने, सत्यता सङ्गति गर्नु र बुझ्‍नुको कुनै अर्थ हुँदैन। मानिसहरूले सत्यता बुझेका छन् तर यसलाई अभ्यास गर्दैनन् भने यसमा के समस्या हुन्छ? यो तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरूले हृदयमा सत्यता स्वीकार गर्दैनन् भन्‍ने कुराको प्रमाण हो, र यस्तो अवस्थामा तिनीहरूले परमेश्‍वरका आशिष्‌हरू र मुक्ति पाउने अवसर गुमाउनेछन्। मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने विषयमा, सबैभन्दा महत्त्वपूर्ण कुरा तिनीहरूले सत्यता स्वीकार र अभ्यास गर्न सक्‍छन् कि सक्दैनन् भन्‍ने हो। यदि तैँले आफूले बुझेका सबै सत्यता अभ्यास गरेको छस् भने, तैँले पवित्र आत्‍माको अन्तर्दृष्टि, ज्योति र अगुवाइ प्राप्त गर्नेछस्, र तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्, र तैँले सत्यताको अझै गहन बुझाइ हासिल गर्नेछस्, अनि सत्यता र परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछस्। कतिपय मानिसहरू सत्यता अभ्यास गर्न नसक्‍ने हुन्छन्, तिनीहरूले सधैँ पवित्र आत्‍माले तिनीहरूलाई अन्तर्दृष्टि वा ज्योति दिनुहुन्‍न, परमेश्‍वरले तिनीहरूलाई सामर्थ्य दिनुहुन्‍न भनेर गुनासो गरिरहेका हुन्छन्। यो गलत कुरा हो; यो परमेश्‍वरलाई गलत रूपमा बुझ्‍नु हो। पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योति मानिसहरूको सहकार्यको जगमा निर्मित हुन्छ। मानिसहरू इमानदार हुनुपर्छ, र सत्यता अभ्यास गर्न तयार हुनुपर्छ, अनि तिनीहरूको बुझाइ गहन वा सतही भए पनि, तिनीहरूले सत्यता अभ्यास गर्न सक्‍नुपर्छ। त्यसपछि मात्रै पवित्र आत्‍माले तिनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। यदि मानिसहरूले सत्यता बुझ्छन् तर अभ्यास गर्दैनन् भने—यदि तिनीहरू पवित्र आत्माले आफै अग्रसर भई तिनीहरूलाई सत्यता अभ्यास गर्न लगाउनुहुन्छ भनेर प्रतीक्षा गर्छन् भने—के तिनीहरू अत्यन्तै निष्क्रिय भइरहेका हुँदैनन् र? परमेश्‍वरले कहिल्यै पनि मानिसहरूलाई कुनै काम जबरजस्ती गराउनुहुन्‍न। यदि मानिसहरूले सत्यता बुझ्छन् तर त्यो अभ्यास गर्न अनिच्‍छुक छन् भने, यसले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, वा तिनीहरूको स्थिति असामान्य छ र यसलाई रोक्‍ने कुनै कुरा छ भन्‍ने देखाउँछ। तर यदि मानिसहरूले परमेश्‍वरलाई प्रार्थना गर्न सक्छन् भने, परमेश्‍वरले पनि काम गर्नुहुनेछ; यदि तिनीहरू सत्यता अभ्यास गर्न अनिच्‍छुक छन् र परमेश्‍वरलाई प्रार्थना पनि गर्दैनन् भने मात्र, पवित्र आत्मासँग तिनीहरूमा काम गर्ने कुनै आधार हुँदैन। वास्तवमा, मानिसहरूको कठिनाइ जस्तोसुकै भए पनि, यसलाई सधैँ समाधान गर्न सकिन्छ; यसको चाबी भनेको तिनीहरूले सत्यताअनुसार अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। आज, तिमीहरूमा रहेको भ्रष्टताका समस्याहरू क्यान्सर होइनन्, ती उपचार गर्नै नसकिने रोग होइनन्। यदि तिमीहरूले सत्यता अभ्यास गर्ने सङ्कल्प गर्‍यौ भने, तिमीहरूले पवित्र आत्‍माको काम प्राप्त गर्नेछौ, र यी भ्रष्ट स्वभाव परिवर्तन हुन सम्‍भव छ। यो सबै कुरा तैँले सत्यता अभ्यास गर्ने सङ्कल्प लिन सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ, मुख्य कुरा यही हो। यदि तैँले सत्यता अभ्यास गर्छस् भने, यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्छस् भने, तँ पवित्र आत्‍माको काम प्राप्त गर्न सक्षम हुन्छस्, र तैँले अवश्य मुक्ति पाउन सक्छस्। यदि तैँले हिँड्ने मार्ग गलत छ भने, तैँले पवित्र आत्‍माको काम गुमाउनेछस्, एउटा गलत कदमले अर्को गलत कदम निम्त्याउनेछ, र तेरो लागि यो सबै कुरा समाप्त हुनेछ, अनि तैँले जति वर्ष निरन्तर विश्‍वास गरिरहे पनि, तैँले मुक्ति पाउन सक्दैनस्। उदाहरणको लागि, कतिपय मानिसहरूले परमेश्‍वरको घरलाई फाइदा पुग्‍ने र परमेश्‍वरको इच्‍छाअनुरूप हुने गरी काम गर्नेबारे कहिल्यै सोच्दैनन्—अनि तिनीहरूले गरेको कामको परिणाम स्वार्थी र खराब हुन्छ, परमेश्‍वरको निम्ति घृणास्पद र तुच्‍छ हुन्छ; अनि त्यसो गर्ने क्रममा, तिनीहरू खुलासा हुन्छन् र हटाइन्छन्। यदि मानिसहरूले सबै कुरामा सत्यता खोजी गर्न र सत्यताअनुरूप अभ्यास गर्न सक्छन् भने, तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गरिसकेका हुन्छन्, र यसरी तिनीहरू परमेश्‍वरको इच्‍छाअनुरूपको व्यक्ति बन्‍ने आशा हुन्छ। कतिपय मानिसहरूले सत्यता बुझेका हुन्छन् तर त्यसलाई अभ्यास गर्दैनन्; बरु, सत्यता सत्यता मात्र हो, यसले तिनीहरूका झुकाव र भ्रष्ट स्वभावहरू समाधान गर्न सक्दैन भन्‍ने विश्‍वास गर्छन्। के त्यस्ता मानिसहरू हास्यास्पद हुँदैनन् र? के तिनीहरू मूर्ख होइनन् र? के तिनीहरू बढ्ता जान्‍ने सुन्‍नेहरू होइनन् र? यदि मानिसहरूले सत्यताअनुरूप व्यवहार गर्न सक्छन् भने, तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छ। यदि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास र उहाँप्रतिको सेवा तिनीहरूका आफ्‍नै प्राकृतिक व्यक्तित्वमा आधारित छन् भने, तिनीहरूमध्ये एक जनाले पनि आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्न सक्‍नेछैन। कतिपय मानिसहरू दिनभरि आफ्‍नै गलत निर्णयहरूको बारेमा अफसोस गरेर बिताइरहेका हुन्छन्। सहजै लागू गर्न सकिने सत्यता देख्दा पनि, तिनीहरूले यसबारे केही सोच्ने वा अभ्यास गर्ने प्रयास गर्दैनन्, बरु आफ्‍नै मार्ग राज्‍ने ढिपी कस्छन्। कस्तो हास्यास्पद व्यवहार; साँच्‍चै नै, तिनीहरूले देखे पनि असल कुरा चिन्दैनन्, र तिनीहरूले जीवनमा कठिनाइ भोग्‍ने पक्‍का छ। सत्यता अभ्यास गर्ने काम सरल छ; तैँले अभ्यास गर्छस् गर्दैनस् भन्‍ने कुराचाहिँ महत्त्वपूर्ण हुन्छ। यदि तैँले सत्यता अभ्यास गर्ने सङ्कल्प गरेको छस् भने, तेरो नकारात्मकता, कमजोरी र भ्रष्ट स्वभाव क्रमिक रूपमा समाधान र परिवर्तन हुँदै जानेछ; यो कुरा तेरो हृदयले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, तैँले सत्यता स्वीकार गर्न सक्छस् कि सक्दैनस्, र सत्यता अभ्यास गर्न तैँले कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तैँले साँचो रूपमा सत्यतालाई प्रेम गर्छस् भने, सत्यता प्राप्त गर्नको लागि तैँले हरकिसिमका कष्टहरू भोग्‍न सक्‍नेछस्, चाहे यसको लागि मानिसहरूले तँलाई बदनाम, आलोचना, वा परित्याग नै किन नगरून्। तैँले यी सबै कुरा धैर्य र सहनशीलतासाथ भोग्‍नुपर्छ; अनि परमेश्‍वरले तँलाई आशिष्‌ र सुरक्षा दिनुहुनेछ, तँलाई त्याग्‍नुहुने वा बेवास्ता गर्नुहुनेछैन—यो निस्सन्देह छ। यदि तैँले परमेश्‍वरको डर मान्‍ने हृदयले उहाँलाई प्रार्थना गर्छस्, परमेश्‍वरमा भरोसा गर्छस् र उहाँकै बाटो हेर्छस् भने, तैँले पार पाउन नसक्‍ने कुरा केही हुँदैन। तँमा भ्रष्ट स्वभाव हुन सक्छ, र तैँले अपराध गर्न सक्छस्, तर यदि तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छ, अनि तँ निष्ठापूर्वक सत्यता खोजी गर्ने मार्गमा हिँड्छस् भने, तँ अवश्य दह्रिलो गरी खडा हुन सक्‍नेछस्, र परमेश्‍वरले तँलाई निश्‍चय नै अगुवाइ र सुरक्षा प्रदान गर्नुहुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५७१

यदि तँ सत्यताको बुझाइ हासिल गर्न चाहन्छस् भने, तँलाई परमेश्‍वरका वचनहरू कसरी खाने-पिउने भन्‍ने कुरा थाहा हुनुपर्छ। यदि तैँले परमेश्‍वरका वचनहरू अत्यन्तै थोरै पढ्छस्, तिनलाई उत्सुकताको साथ पढ्दैनस्, र तैँले तिनको बारेमा हृदयदेखि मनन गर्दैनस् भने, तैँले सत्यता बुझ्‍न सक्‍नेछैनस्। तैँले थोरै धर्मसिद्धान्त मात्रै बुझ्‍न सक्‍नेछस्, त्यसकारण परमेश्‍वरका वचनहरूमा उहाँको इच्‍छा र उद्देश्यलाई बुझ्‍न तँलाई अत्यन्तै कठिन हुनेछ। यदि तँ परमेश्‍वरका वचनहरूले प्राप्त गर्न खोजेको उद्देश्य र परिणामहरूलाई बुझ्दैनस् भने, यदि तँ उहाँका वचनहरूले मानिसमा के हासिल गर्न र सिद्ध बनाउन खोजेको हो भनी बुझ्दैनस् भने, यदि तँ यी कुराहरूलाई बुझ्दैनस् भने, यसले तैंले सत्यतालाई बुझेको छैनस् भन्‍ने प्रमाणित गर्छ। परमेश्‍वरले जे भन्नुहुन्छ त्यो किन भन्नुहुन्छ? उहाँ किन त्यस्तो शैलीमा बोल्नुहुन्छ? उहाँ आफूले बोल्ने हरेक शब्दमा किन त्यत्ति गम्भीर र इमानदार हुनुहुन्छ? किन उहाँले निश्‍चित शब्दहरूको प्रयोग गर्ने निर्णय गर्नुहुन्छ? के तँलाई थाहा छ? यदि तँ निश्चित रूपमा भन्न सक्दैनस् भने, त्यसको अर्थ तैंले परमेश्‍वरको इच्छा वा उहाँको उद्देश्यलाई बुझेको छैनस्; यदि तैँले उहाँका वचनहरूपछाडिको प्रसङ्गलाई बुझ्दैनस् भने, कसरी सत्यता बुझ्‍न वा अभ्यास गर्न सक्छस्? सत्यता प्राप्त गर्नको लागि, तैँले सुरुमा परमेश्‍वरले बोल्‍नुहुने हरेक वचनमा उहाँले के भन्‍न खोज्‍नुभएको हो त्यो बुझ्‍नुपर्छ र आफूले बुझेको कुरा अभ्यास गर्नुपर्छ, यसरी तँ परमेश्‍वरका वचनहरूमा जिउनुपर्छ, र तिनलाई तेरो जीवन बनाउनुपर्छ। त्यसो गरेर तँ सत्यताको वास्तविकतामा प्रवेश गर्नेछस्। जब तँमा परमेश्‍वरको वचनको पूर्ण ज्ञान हुन्छ तब मात्र तैंले सत्यतालाई बुझ्न सक्छस्। केही अक्षरहरू र धर्म-सिद्धान्तहरू मात्रै बुझेपछि, तैँले सत्यलाई बुझेको छस् र तँमा वास्तविकता छ भन्‍ने तँलाई लाग्छ। यो आफैलाई धोका दिनु हो। परमेश्‍वरले किन मानिसहरूलाई सत्यता अभ्यास गर्न लगाउनुहुन्छ भन्‍नेसमेत तैँले बुझ्दैनस्। यसले के प्रमाणित गर्छ भने तैँले परमेश्‍वरको इच्‍छा बुझ्दैनस्, र तैँले अझै पनि सत्यता बुझेको छैनस्। वास्तवमा, परमेश्‍वरले मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन यो मापदण्ड दिनुहुन्छ, ताकि तिनीहरूले आफ्‍ना भ्रष्ट स्वभावहरूलाई त्याग्‍न सकून्, र तिनीहरू परमेश्‍वरको आज्ञापालन गर्ने र उहाँलाई चिन्‍ने मानिसहरू बनून्। परमेश्‍वरले मानिसहरूलाई सत्यता अभ्यास गर्न लगाएर हासिल गर्न चाहनुभएको उद्देश्य यही हो।

सत्यलाई प्रेम गर्ने, सत्यको तिर्सना गर्ने, र सत्यको खोजी गर्ने मानिसहरूका निम्ति परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ। आफैलाई अक्षरहरू र सिद्धान्तहरूसित सम्बन्धित तुल्याउने र लामो, आडम्बरी भाषणहरू दिन मन पराउनेहरूका विषयमा भन्दा, तिनीहरूले कहिल्यै पनि सत्यता प्राप्त गर्न सक्दैनन्; तिनीहरूले आफैलाई मूर्ख बनाइरहेका हुन्छन्। सत्य र परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको दृष्टिकोण गलत हुन्छ; सीधा कुरा पढ्नलाई पनि तिनीहरू आफ्नो मुन्टो बटार्छन्—तिनीहरूको सबै दृष्टिकोण गलत हुन्छ। कतिपय मानिसहरूले परमेश्‍वरका वचनहरू अध्ययन गर्न रुचाउँछन्। तिनीहरूले परमेश्‍वरका वचनहरूले गन्तव्यको बारेमा वा कसरी आशिष्‌ पाउने भन्‍नेबारेमा के बताउँछन् भनेर सधैँ अध्ययन गर्छन्। यस्ता वचनहरूप्रति तिनीहरूलाई सबभन्दा धेरै चासो हुन्छ। यदि परमेश्‍वरका वचनहरू तिनीहरूका धारणाहरूअनुरूप छैनन् र तिनले आशिष्‌हरू पाउने तिनीहरूको इच्‍छा पूरा गर्दैनन् भने, तिनीहरू नकरात्मक बन्छन्, सत्यता खोजी गर्न छोड्छन्, र परमेश्‍वरको लागि समर्पित हुन चाहँदैनन्। यसले तिनीहरूले सत्यताप्रति कुनै चासो राख्दैनन् भन्‍ने देखाउँदछ। फलस्वरूप, तिनीहरूले सत्यतालाई गम्भीर रूपमा लिँदैनन्; तिनीहरू आफ्नै धारणा र कल्पनासित मेल खाने सत्यता मात्र स्वीकार गर्न सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा उत्साही भए पनि र तिनीहरूले हरप्रकारले आफूले सक्दो केही असल कामहरू गर्ने र अरूको अगाडि आफूलाई राम्रोसँग प्रस्तुत गर्ने प्रयास गरे पनि तिनीहरूले भविष्यमा राम्रो गन्तव्य पाउनका लागि मात्र त्यसो गरिरहेका हुन्छन्। तिनीहरू पनि मण्डली जीवनमा सामेल हुन्छन्, र परमेश्‍वरका वचनहरू खाइरहेका र पिइरहेका हुन्छन्, तैपनि तिनीहरूले सत्यता अभ्यास वा हासिल गर्ने गर्दैनन्। कतियप मानिसहरू यस्ता हुन्छन्, जो परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, तर तिनीहरू केवल झारा टार्ने काम मात्र गरिरहेका हुन्छन्; आफूले केही अक्षरहरू र सिद्धान्तहरू बुझेर नै तिनीहरूले सत्य प्राप्त गरेका छौ भनी सोच्छन्। तिनीहरू कति मूर्ख छन्! परमेश्‍वरको वचन नै सत्यता हो। तापनि, परमेश्‍वरको वचन पढेपछि व्यक्तिले सत्यता बुझ्छ र प्राप्त गर्छ भन्ने हुँदैन। यदि परमेश्‍वरका वचनहरू खाएर अनि पिएर तैँले सत्यता प्राप्त गर्न सेकिनस् भने, तैँले प्राप्त गर्ने कुरा भनेको अक्षरहरू र सिद्धान्तहरू मात्र हुनेछ। यदि तँलाई सत्यता अभ्यास गर्न वा सिद्धान्तहरूअनुसार काम गर्न आउँदैन भने, तँ सत्यताको वास्तविकताविहीन रहन्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई प्रायः पढिराख्‍न सक्छस्, तर पछि गएर तैँले अझै पनि परमेश्‍वरको इच्छा बुझ्न सक्दैनस्, र तैँले केही अक्षर र धर्मसिद्धान्तहरू मात्र प्राप्त गर्छस्। सत्यता बुझ्‍नको लागि परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने? सबैभन्दा पहिले, परमेश्‍वरको वचन त्यति सीधा छैन भन्‍ने तैँले बुझ्‍नुपर्छ; परमेश्‍वरको वचन पूर्ण रूपमा गहन छ। परमेश्‍वरका वचनहरूको एउटा वाक्यलाई अनुभव गर्न पनि जीवनभरको अवधि लाग्छ। धेरै वर्षको अनुभवविना, तैँले परमेश्‍वरको वचन बुझ्न कसरी सम्‍भव हुन्छ र? परमेश्‍वरका वचनहरू पढ्ने क्रममा, यदि तैँले परमेश्‍वरको इच्छा बुझ्दैनस्, र तैँले उहाँका वचनहरूका अभिप्रायहरू, तिनको उत्पत्ति, तिनले हासिल गर्न खोजेका प्रभाव, वा तिनले के काम पूरा गर्न चाहन्छन् भन्‍ने पनि बुझ्दैनस् भने, के यसको अर्थ तैँले सत्यता बुझ्छस् भन्‍ने हुन्छ? तैँले परमेश्‍वरका वचनहरू धेरै पटक पढेका हुन सक्छस्, र सायद तैँले धेरै वटा खण्ड कण्ठस्थ सुनाउन सक्छस् होला, तैपनि तँ सत्यता अभ्यास गर्न सक्दैनस्, तँ परिवर्तन भएका छैनस्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सधैँको जस्तै टाढिएको र बिरानो छ। तेरा धारणाहरूसँग नमिल्‍ने कुरा सामना गर्दा, तँ उहाँप्रति शङ्कालु हुन्छस्, र तैँले उहाँलाई बुझ्दैनस्, तर उहाँसँग तर्क गर्छस् र उहाँको बारेमा धारणाहरू पाल्छस् र उहाँलाई गलत बुझेर उहाँको विरोध र निन्दा गर्छस्। यो कस्तो प्रकारको स्वभाव हो? यो स्वभाव अहङ्कार, र सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव हो। यति अहङ्कारी र सत्यताप्रति यति दिक्‍क मान्‍ने मानिसहरूले कसरी सत्यता स्वीकार वा अभ्यास गर्न सक्छन्? अवश्य नै त्यस्ता मानिसहरूले सत्यता वा परमेश्‍वरलाई कहिल्यै प्राप्त गर्न सक्‍नेछैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५७२

भनिन्छ, “अन्त्यसम्‍मै पछ्याउनेले मुक्ति पाउनेछ”, तर के यो अभ्यास गर्न सजिलो छ? सजिलो छैन, अनि ठूलो रातो अजिङ्गरको खेदो र सतावटमा पर्ने कैयौँ मानिसहरू अत्यन्तै डरपोक र भयभीत भएर परमेश्‍वरलाई पछ्याउनै सक्दैनन्। तिनीहरू किन यसरी पतीत भए? किनभने तिनीहरूमा साँचो विश्‍वासको कमी छ। कतिपय मानिसहरू सत्यता स्वीकार गर्न, परमेश्‍वरलाई प्रार्थना गर्न, उहाँमा भरोसा गर्न सक्छन्, र परीक्षा र संकष्टहरूमा दह्रिलो गरी खडा हुन सक्छन्, जबकि अरूले अन्त्यसम्‍मै पछ्याउन सक्दैनन्। परीक्षा र संकष्टको कुनै विन्दुमा तिनीहरू लड्नेछन्, आफ्‍नो गवाही गुमाउनेछन्, र उठेर अघि बढ्न नसक्‍ने अवस्थामा पुग्नेछन्। तेरो संकल्पलाई हल्लाउन सक्‍ने, तेरो हृदयलाई ओगट्न सक्‍ने, वा तँलाई तेरो कर्तव्य पूरा गर्न र तेरो अगाडिको प्रगतिलाई रोक्न सक्‍ने हरेक दिन पैदा हुने, साना-ठूला सबै कुरालाई लगनशीलताको साथ ध्यान दिनुपर्छ; तैँले तिनलाई होसियारीसाथ जाँच्नुपर्छ र सत्यताको खोज्‍नुपर्छ। यी सबै समस्याहरू तैँले अनुभव गर्दै जाँदा समाधान गर्नुपर्ने कुराहरू हुन्। कतिपय मानिसहरू कठिनाइ आइपर्दा, नकारात्मक बन्छन्, गुनसाो गर्छन्, र आफ्नो कर्तव्य त्याग्छन् र प्रत्येक बाधापछि तिनीहरू खडा हुन असमर्थ हुन्छन्। यी सबै मानिसहरू सत्यतालाई प्रेम नगर्ने मूर्खहरू हुन्, र जीवनभरि विश्‍वास गरे पनि उनीहरूले सत्यता प्राप्त गर्दैनन्। त्यस्ता मूर्खहरूले कसरी आखिरीसम्म पछ्याउन सक्छन्? यदि तेरो जीवनमा एउटै कुरा दस पटक देखा पर्छ, तर त्यसबाट तैंले केही पनि प्राप्त गर्दैनस् भने, तँ मामुली, बेकम्मा व्यक्ति होस्। आत्मिक कुराहरू बुझ्ने बाठो र साँचो योग्यता भएका मानिसहरू सत्यताको खोजी गर्नेहरू हुन्; उनीहरूलाई दस पटक केही भयो भने, सायद तीमध्ये आठ वटा अवस्थामा, तिनीहरूले केही अन्तर्ज्ञान प्राप्त गर्न, केही पाठ सिक्न, केही सत्यता बुझ्न अनि केही उन्नति गर्न सक्नेछन्। आत्मिक कुराहरू नबुझ्ने कुनै मूर्ख व्यक्तिमाथि जब दस पटक केही परिआउँछ, त्यसले एकै पल्ट पनि उनीहरूको जीवनमा फाइदा गर्दैन, एकै पल्ट पनि त्यसले तिनीहरूलाई परिवर्तन गर्दैन, र त्यसले एकैपटक पनि उनीहरूलाई आफ्नो कुरूप अनुहार चिन्‍ने बनाउँदैन, जुन अवस्थामा उनीहरूका लागि सबै कुरा समाप्त हुन्छ। प्रत्येक चोटि जब उनीहरूलाई केही हुन्छ, तिनीहरू ढल्छन्, र प्रत्येक चोटि तिनीहरू ढल्दा उनीहरूलाई सहायता गर्न र उत्साह दिनका लागि तिनीहरूलाई अरू कसैको खाँचो हुन्छ; सहायता र उत्साह नगरी उनीहरू उठ्न सक्दैनन्। प्रत्येक चोटि केही हुँदा, यदि उनीहरू पतन हुने खतरामा हुन्छन् भने, र यदि प्रत्येक पटक उनीहरू अपमानित हुने खतरामा पर्दछन् भने, के यो उनीहरूका लागि अन्त्य होइन र? के यस्ता बेकम्मा मानिसहरू मुक्ति दिने अरू कुनै आधारहरू छन्? परमेश्‍वरले मानवजातिलाई दिनुभएको मुक्ति, सत्यतालाई प्रेम गर्नेहरूको मुक्ति हो, तिनीहरूको इच्छा र संकल्प सहितको भागको मुक्ति हो, र तिनीहरूको हृदयको त्यो भागको मुक्ति हो जसले सत्यता र धार्मिकताको निम्ति तिर्सना गर्छ। व्यक्तिको संकल्प भनेको तिनीहरूको हृदयमा भएको त्यस्तो भाग हो जसले धार्मिकता, भलाइ र सत्यताको ज्यादै तिर्सना गर्छ, र जसमा विवेक हुन्छ। परमेश्‍वरले मानिसहरूको यस भागलाई मुक्ति दिनुहुन्छ, र यसमार्फत, उहाँले उनीहरूको भ्रष्ट स्वभावलाई परिवर्तन गर्नुहुन्छ, यसैले कि उनीहरूले सत्यतालाई बुझ्न र प्राप्त गर्न सकून्, यसैले कि उनीहरूको भ्रष्टता पखालिओस् र उनीहरूको जीवन स्वभाव रूपान्तरण होस्। यदि तँभित्र यी कुराहरू छैनन् भने, तैँले मुक्ति पाउन सक्दैनस्। यदि तँभित्र सत्यताप्रति कुनै प्रेम वा धार्मिकता र ज्योतिप्रतिको कुनै आकांक्षा छैन भने; यदि तैँले दुष्टताको सामना गर्नुपर्दछ, तँमा खराब कुराहरूलाई त्याग्ने इच्छा पनि हुँदैन, र कठिनाइ सहने दृढ संकल्प पनि हुँदैन भने; यसबाहेक, यदि तेरो विवेक अचेत छ भने; यदि सत्यतालाई ग्रहण गर्ने तेरो क्षमता पनि अचेत छ, र तँ सत्यता र उत्पन्न हुने घटनाहरूप्रति असचेत छस्; र यदि तँ सबै कुरामा अनजान छस्, र कुनै परिस्थिति सामना गर्दा, तँ समस्या समाधान गर्नेहेतु सत्यता खोज्न सक्दैनस् र निरन्तर नकारात्मक बन्छस् भने, तैँले मुक्ति पाउने कुनै उपाय छैन। त्यस्ता व्यक्तिसँग सिफारिस गर्ने केही पनि हुँदैन, परमेश्‍वरले काम गर्न लायकको केही पनि हुँदैन। उनीहरूको अन्तस्करण मन्द हुन्छ, उनीहरूको दिमाग धमिलिएको हुन्छ, र उनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, न त उनीहरूले आफ्‍नो हृदयको गहिराइमा धार्मिकताको तृष्णा गर्दछन्, र परमेश्‍वरले जतिसुकै स्पष्ट वा पारदर्शी रूपमा सत्यता बोल्नुभए पनि, उनीहरूले अलिकति पनि प्रतिक्रिया दिँदैनन्, यस्तो लाग्छ मानौं उनीहरूको हृदय पहिल्यै मरिसकेको छ। के उनीहरूका लागि काम-कुराहरू सकिएका हुँदैनन् र? थोरै सास बाँकी रहेको व्यक्तिलाई कृत्रिम स्वास-प्रस्वासद्वारा बचाउन सकिन्छ, तर यदि उनीहरू मरिसकेका छन् र उनीहरूका प्राण निस्केर गइसकेका छन् भने कृत्रिम स्वास-प्रस्वासले केही काम गर्दैन। यदि समस्या र कठिनाइहरू सामना गर्दा व्यक्ति पछि हट्छ र तीबाट पन्छिन्छ भने, उसले सत्यताको खोजी पटक्‍कै गर्दैन, र उसले आफ्‍नो कर्तव्यमा नकारात्मक र सुस्त बन्‍न रुचाउँछ, त्यसपछि उसको वास्तविक रूप खुलासा हुन्छ। त्यस्ता मानिसहरूसँग कुनै अनुभव वा गवाही हुँदैन। तिनीहरू फाइदा लुट्ने, धर्तीको भार मात्र हुन्छन्, परमेश्‍वरको घरमा तिनीहरूको कुनै काम हुँदैन, र तिनीहरू पूर्णतया विनाशउन्मुख हुन्छन्। समस्याहरू समाधान गर्न सत्यता खोज्‍न सक्‍ने मानिसहरू मात्रै कद भएका मानिसहरू हुन्, र तिनीहरू मात्रै आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्छन्। समस्या र कठिनाइहरू सामना गर्दा, तैँले तिनलाई नअत्तालिई सामना गर्नुपर्छ, र सही तरिकाले प्रतिक्रिया जनाउनुपर्छ, र तैँले एउटा निर्णय लिनुपर्छ। तैँले समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सिक्‍नुपर्छ। तैँले सामान्य रूपमा बुझेका सत्यताहरू गहन होऊन् वा सतही, तैँले तिनलाई प्रयोग गर्नुपर्छ। सत्यता तेरो जीवनमा कुनै कुरा आइपर्दा तेरो मुखबाट निस्कने शब्‍दहरू मात्रै होइनन्, न त ती अरूका समस्याहरू समाधान गर्नको लागि सीधै प्रयोग गरिने कुराहरू हुन्; खासमा सत्यता त तैँले आफ्‍ना समस्या र कठिनाइहरू समाधान गर्नको लागि प्रयोग गरिनुपर्ने कुराहरू हुन्। सबभन्दा महत्त्वपूर्ण कुरा भनेकै त्यही हो। अनि जब तैँले आफ्‍ना समस्याहरू समाधान गर्न सक्छस् तब मात्र तैँले अरूका समस्याहरू समाधान गर्न सक्छस्। पत्रुस एउटा फल हुन् भनी किन भनिन्छ? किनकि तिनमा केही मूल्यवान्, सिद्ध पारिन लायकका थोकहरू छन्। तिनले सबै कुरामा सत्यताको खोजी गरे, तिनीसँग सङ्कल्प थियो, र तिनी इच्छाशक्तिमा दृढ थिए; तिनीसँग तर्कशक्ति थियो, तिनी कठिनाइ भोग्न इच्छुक थिए; तिनले आफ्नो हृदयले सत्यतालाई प्रेम गर्थे; तिनले हुनआएका कुनै पनि कुरालाई त्यसै जान दिँदैनथिए, अनि तिनले यो सबै कुराबाट पाठहरू सिक्‍न सक्थे। यी सबै बलिया पक्षहरू हुन्। यदि तँसित यी कुनै पनि बलिया पक्षहरू छैनन् भने, त्यसको अर्थ समस्या हो। सत्यता प्राप्त गर्न र मुक्ति पाउन तँलाई सहज हुनेछैन। यदि तँलाई कसरी अनुभव गर्ने भन्‍ने थाहा छैन वा तँसँग अनुभव छैन भने, तैँले अरूका कठिनाइहरू समाधान गर्न सक्‍नेछैनस्। तँ परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न असमर्थ भएकोले, र तँमाथि परिस्थितिहरू आइपर्दा के गर्ने भन्‍ने तँलाई थाहा नहुने हुनाले, र समस्याहरूको सामना गर्दा तँ व्याकुल हुने र रुने हुनाले, अनि सानातिना बाधाहरूको सामना गर्दा नै तँ नकारात्मक बनेर भाग्‍ने गरेकोले, अनि तँ सदैव सही तरिकाले प्रतिक्रिया दिन असक्षम रहेकोले—यी सबै कारणहरूले गर्दा, तैँले जीवन प्रवेश गर्न असम्‍भव छ। जीवन प्रवेशविना तैँले अरूलाई कसरी भरणपोषण गर्न सक्छस्? मानिसहरूको जीवनको भरणपोषण गर्न, तैँले सत्यताबारे स्पष्ट सङ्गति गर्नुपर्छ र समस्याहरू समाधान गर्न अभ्यासका सिद्धान्तहरूबारे स्पष्ट सङ्गति गर्न सक्‍नुपर्छ। हृदय र आत्मा भएको व्यक्तिको हकमा, तैँले थोरै कुरा बताए पनि, तिनीहरूले बुझ्‍नेछन्। तर थोरै सत्यता बुझेर मात्र पुग्दैन। तिनीहरूसँग अभ्यासका मार्ग र सिद्धान्तहरू पनि हुनुपर्छ। यसले मात्रै तिनीहरूलाई सत्यता अभ्यास गर्न सहयोग गर्नेछ। मानिसहरूले आत्मिक कुराहरू बुझे पनि, र तिनीहरूले एकदुई शब्‍दमै ती बुझे पनि, तिनीहरूले सत्यता अभ्यास गरेनन् भने तिनीहरूको जीवन प्रवेश हुँदैन। तिनीहरूले सत्यता स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूको लागि सबै समाप्त हुन्छ, र तिनीहरू सत्यताका वास्तविकताहरूमा कहिल्यै प्रवेश गर्न सक्‍नेछैनन्। तैँले कसैलाई सिकाउँदा उसको हात समाएर डोर्‍याउन सक्छस्, र त्यो बेला उसले बुझेको जस्तो देखिन्छ, तर तैँले उसलाई छोड्नेबित्तिकै, ऊ फेरि अन्योलमा पर्छ। यस्तो व्यक्ति आत्मिक विषयहरू बुझ्‍ने व्यक्ति होइन। तैँले जुनसुकै समस्याहरू सामना गरे पनि, तँ नकारात्मक र कमजोर हुन्छस्, तँसँग कुनै गवाही छैन, र तैँले आफूले गर्नुपर्ने काममा र सहकार्य गर्नुपर्ने ठाउँमा सहकार्य गर्दैनस् भने, यसले तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस् भन्‍ने प्रमाणित गर्छ। पवित्र आत्‍माको कामले मानिसहरूलाई कसरी प्रभावित गर्छ भन्‍ने कुरा नगरौँ, तर धेरै वर्ष परमेश्‍वरको काम अनुभव गरेर, धेरै सत्यताहरू सुनेर, थोरबहुत विवेक राखेर, अनि आत्मसंयम अपनाएर मात्रै पनि, मानिसहरूले कम्तीमा न्यूनतम मापदण्डहरू पूरा गर्न र आफ्‍नो विवेकको दोषी नहुन सक्‍नुपर्छ। मानिसहरू अहिले जस्तो भावशून्य र कमजोर हुनु हुँदैन, र तिनीहरू यस्तो अवस्थामा हुनु अशोचनीय कुरा हो। सायद तिमीहरूले केही वर्षदेखि कुनै सत्यता खोजी नगरी वा कुनै प्रगति नगरी बेहोसीमा बिताएका छौ। यदि यस्तो होइन भने, तिमीहरू कसरी अझै पनि यति भावशून्य र सुस्त हुन सक्यौ? तिमीहरू आफ्‍नै मूर्खता र अज्ञानताको कारण यस्तो अवस्थामा पुगेका छौ, र तिमीहरूले अरू कसैलाई दोष दिन मिल्दैन। सत्यताले मानिसहरूलाई पक्षपात गर्दैन। यदि तैँले सत्यता स्वीकार गर्दैनस्, र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्दैनस् भने, तँ कसरी परिवर्तन हुन सक्छस्? कतिपय मानिसहरूलाई आफ्नो क्षमता कमजोर छ र आफूसँग प्राप्त गर्ने क्षमताको कमी छ भन्‍ने लाग्छ, त्यसकारण तिनीहरूले आफूलाई सीमित गर्छन्, र आफूले जति खोजी गरे पनि, परमेश्‍वरका मापदण्डहरू पूरा गर्न नसक्‍ने सोच्छन्। तिनीहरूलाई आफूले जति धेरै प्रयास गरे पनि त्यो व्यर्थ हुन्छ, र यसबाहेक केही पनि गर्न सकिँदैन भन्‍ने लाग्छ, त्यसैले तिनीहरू सधैँ नकारात्मक हुन्छन्, र परिणामस्वरूप, परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेर पनि, तिनीहरूले कुनै सत्यता प्राप्त गरेका हुँदैनन्। सत्यता खोजी गर्न परिश्रम नगरी, यदि तैँले तेरो क्षमता अत्यन्तै कमजोर छ भनेर भन्छस्, हरेस खान्छस्, र तँ सधैँ नकारात्मक स्थितिमा जिउँछस्, अनि परिणामस्वरूप, तैँले बुझ्‍नुपर्ने सत्यता बुझ्दैनस् वा तेरो क्षमताले भ्याउने सत्यता अभ्यास गर्दैनस् भने, के तैँले आफूले आफैलाई बाधा दिइरहेको छैनस् र? यदि तैँले सधैँ आफ्नो क्षमता पर्याप्त रूपमा असल छैन भनी भन्छस् भने, के यो जिम्‍मेवारी इन्कार गर्नु र त्यसबाट पन्छिनु होइन र? यदि तैँले कष्ट भोग्‍न, मूल्य चुकाउन, र पवित्र आत्‍माको कार्य प्राप्त गर्न सक्छस् भने, अपरिहार्य रूपमै तँ केही सत्यता बुझ्‍न र केही वास्तविकतामा प्रवेश गर्न सक्षम छस्। यदि तैँले परमेश्‍वरको बाटो हेर्दैनस् वा उहाँमा भरोसा गर्दैनस्, अनि कुनै प्रयास नगरी वा मूल्य नचुकाई हरेस खान्छस्, र आत्मसमर्पण गर्छस् भने, तेरो कुनै काम छैन, र तँमा अलिकति पनि विवेक र समझ छैन। तेरो क्षमता कमजोर भए पनि उत्तम भए पनि, यदि तँसँग थोरै विवेक र तर्क-शक्ति छ भने, तैँले आफूले गर्नुपर्ने कुरा र आफ्‍नो मिसनलाई उचित रूपमा पूरा गर्नुपर्छ; भगुवा हुनु एकदम नराम्रो कुरा हो र यो परमेश्‍वरप्रतिको धोका हो। यो उद्धार गर्न नसकिने कुरा हो। सत्यताको खोजीको लागि दह्रिलो इच्‍छाको आवश्यकता पर्छ, र अत्यन्तै नकारात्मक वा कमजोर मानिसहरूले केही पनि उपलब्धि प्राप्त गर्नेछैनन्। तिनीहरूले परमेश्‍वरलाई अन्त्यसम्‍मै विश्‍वास गर्न सक्‍नेछैनन्, र, यदि तिनीहरूले सत्यता प्राप्त गर्न र स्वभावगत परिवर्तन हासिल गर्न चाहन्छन् भने पनि, अझै तिनीहरूसँग कमै आशा हुन्छ। सङ्कल्प भएका र सत्यताको खोजी गर्नेहरूले मात्रै यसलाई प्राप्त गर्न र परमेश्‍वरद्वारा सिद्ध तुल्याइन सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५७३

धेरै मानिसहरू कर्तव्यमा अत्यन्तै व्यस्त हुनेबित्तिकै अनुभव गर्न असमर्थ बन्छन्, र सामान्य स्थिति कायम गर्न नसक्‍ने अवस्थामा पुग्छन्, र त्यसकारण तिनीहरूले बारम्‍बार भेला आयोजना गरी आफूलाई सत्यता सङ्गति गरियोस् भनेर अनुरोध गरिरहन्छन्। यहाँ के भइरहेको छ? तिनीहरूले सत्यता बुझ्दैनन्, तिनीहरूसँग साँचो मार्गको जग हुँदैन, त्यस्ता मानिसहरूले आफ्‍नो कर्तव्य निभाउँदा जोसले प्रेरित भएका हुन्छन्, र तिनीहरू लामो समय थेग्‍न सक्दैनन्। मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूले गर्ने कुनै पनि काममा कुनै सिद्धान्त हुँदैन। तिनीहरूलाई कुनै काम गर्न दिइयो भने, तिनीहरूले यसलाई भताभुङ्ग पार्छन्, तिनीहरूले काम गर्दा न कुनै होसियारी अपनाउँछन्, न कुनै सिद्धान्तको खोजी नै गर्छन्, र तिनीहरूको हृदयमा कुनै आज्ञाकारिता हुँदैन—यसले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् र तिनीहरू परमेश्‍वरको काम अनुभव गर्न असक्षम छन् भन्‍ने प्रमाणित गर्छ। तैँले जेसुकै गरे पनि, सबैभन्दा पहिले तैँले त्यो कार्य किन गर्दैछस्, त्यो कार्य गर्न तँलाई कुन अभिप्रायले निर्देशित गर्छ, तैँले त्यो कार्य गर्नुको महत्त्व के छ, त्यो मामलाको प्रकृति के-कस्तो छ, अनि तैँले गरिरहेको त्यो कार्य सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो भनेर बुझ्नुपर्छ। तँलाई यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हुनुपर्छ; सिद्धान्त सहित कार्य गर्न सक्‍नको लागि यो एकदमै जरुरी छ। यदि तैँले तेरो कर्तव्य पूरा गर्नको लागि केही गर्दैछस् भने तैँले विचार-विमर्श गर्नुपर्छ: मैले कसरी मेरो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ ताकि मैले त्यो कार्य झारो टार्नको लागि मात्र नगरूँ? यो मामलामा तैँले प्रार्थना गर्नुपर्छ, र परमेश्‍वरको नजिक आउनुपर्छ। परमेश्‍वसित प्रार्थना गर्नु भनेको सत्यता, अभ्यास गर्ने बाटो, र परमेश्‍वरको इच्छा खोजी गर्नको लागि र परमेश्‍वरलाई खुसी तुल्याउनको लागि हो। प्रार्थना यिनै प्रभावहरू हासिल गर्नको लागि हो। परमेश्‍वरसित प्रार्थना गर्नु, परमेश्‍वरको नजिक आउनु, र परमेश्‍वरका वचनहरू पढ्नु धार्मिक संस्कार वा बाह्य कार्यहरू होइनन्। यी त परमेश्‍वरका इच्छा खोजिसकेपछि सत्यताअनुरूप अभ्यास गर्ने प्रयोजनको लागि गरिने कुराहरू हुन्। यदि तैँले केही गरेको छैनस् र पनि सधैँ “परमेश्‍वरलाई धन्यवाद होस्” भनिरहन्छस्, र तँ अत्यन्तै आत्मिक र अन्तर्ज्ञानी देखिन सक्छस्, तर काम गर्ने बेलामा, सत्यताको खोजी नै नगरी आफूलाई जे मन लाग्यो त्यही गर्छस् भने, यो तेरो “परमेश्‍वरलाई धन्यवाद होस्” भन्‍ने भनाइ मन्त्र बाहेक केही पनि हुँदैन, यो झूटो आत्मिकता हो। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, तैँले सधैँ यस्तो सोच्‍नुपर्छ: “मैले यो कर्तव्य कसरी पूरा गर्नुपर्छ? परमेश्‍वरको इच्‍छा के हो?” आफ्ना कार्य-व्यवहारहरूको लागि सिद्धान्त र सत्यताहरूको खोजी गर्न परमेश्‍वरलाई प्रार्थना गर्नु र उहाँको नजिक आउनु, आफ्नो हृदयमा परमेश्‍वरको इच्‍छा खोज्‍नु, र आफूले गर्ने कुनै पनि कुरामा परमेश्‍वरका वचनहरू वा सत्यताका सिद्धान्तहरूभन्दा बाहिर नजानु—यस्तो व्यक्ति मात्रै परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति हो; यी सबै नै सत्यतालाई प्रेम नगर्ने मानिसहरूले प्राप्त गर्न नसक्‍ने कुरा हुन्। धेरै मानिसहरूले आफूले जे गरे पनि आफ्‍नै विचारहरू पछ्याउने गर्छन्, र सबै कुरालाई अत्यन्तै सरल रूपमा लिन्छन्, र सत्यताको खोजी पनि गर्दैनन्। तिनीहरूमा सिद्धान्त भन्‍ने कुरा हुँदै हुँदैन, र तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरले कसरी काम गर्न लगाउनुभएको छ वा परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्ने भन्‍नेबारेमा कुनै ध्यान दिँदैनन्, र तिनीहरूले एकोहोरो आफ्‍नो इच्‍छा पछ्याउन मात्रै जानेका हुन्छन्। यस्ता मानिसहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन। कतिपय मानिसहरू भन्छन्, “कठिनाइको सामना गर्दा मात्रै म परमेश्‍वरलाई प्रार्थना गर्छु, तर अझै पनि यसले कुनै प्रभाव पार्दैन जस्तो लाग्छ—त्यसकारण सामान्यतया समस्याहरू आइपर्दा म अचेल परमेश्‍वरलाई प्रार्थना गर्दिनँ, किनभने परमेश्‍वरलाई प्रार्थना गर्नुको कुनै अर्थ छैन।” त्यस्ता मानिसहरूको हृदयबाट परमेश्‍वर पूर्ण रूपमा टाढा हुनुभएको हुन्छ। तिनीहरूले जे गरे पनि सत्यता खोजी गर्दैनन्; तिनीहरूले आफ्‍नै विचारहरू मात्र पछ्याउने गर्छन्। त्यसो भए, के तिनीहरूको कार्य-व्यवहारमा सिद्धान्तहरू हुन्छन् त? अवश्‍य नै हुँदैनन्। तिनीहरूले सबै कुरा सरल तरिकाले हेर्छन्। मानिसहरूले तिनीहरूलाई सत्यताका सिद्धान्तहरूको बारेमा सङ्गति दिँदासमेत, तिनीहरूले ती सिद्धान्तहरूलाई स्वीकार गर्न सक्दैनन्, किनभने तिनीहरूको कार्य-व्यवहारमा कहिल्यै कुनै सिद्धान्त लागू गरिएकै हुँदैन, तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन, र तिनीहरूको हृदयमा तिनीहरू आफैबाहेक अरू कोही पनि हुँदैन। तिनीहरूलाई आफ्ना अभिप्राय असल छन्, आफूले कुनै दुष्कर्म गरिरहेको छैन, र आफूलाई सत्यता उल्लङ्घन गरिरहेको भनेर सकिँदैन भन्‍ने लाग्छ, र तिनीहरू आफ्‍नै अभिप्रायहरूअनुसार काम गर्नुलाई नै सत्यताको अभ्यास गर्नु हो, र त्यसरी काम गर्नु नै परमेश्‍वरको आज्ञापालन गर्नु हो भन्‍ने ठान्छन्। वास्तवमा, यस विषयमा तिनीहरूले साँचो रूपमा खोजी गरिरहेका वा परमेश्‍वरलाई प्रार्थना गरिरहेका हुँदैनन्, बरु आफ्‍नै जोसपूर्ण अभिप्रायहरूका आधारमा आवेगमा आएर काम गरिरहेका हुन्छन्, तिनीहरूले परमेश्‍वरले भन्‍नुभए जसरी आफ्‍नो कर्तव्य पूरा गरिरहेका हुँदैनन्, तिनीहरूसँग परमेश्‍वरप्रति आज्ञाकारी हृदय हुँदैन, र तिनीहरूमा यो कुराको चाहना नै हुँदैन। मानिसहरूको अभ्यासमा हुने सबैभन्दा ठूलो गल्ती यही हो। यदि तैँले परमेश्‍वरमा विश्‍वास त गर्छस् तैपनि तेरो हृदयमा उहाँ हुनुहुन्‍न भने, के तैँले परमेश्‍वरलाई छल गर्ने प्रयास गरिरहेको हुँदैनस् र? अनि परमेश्‍वरमाथिको यस्तो विश्‍वासले कस्तो प्रभाव ल्याउन सक्छ? तैँले आखिर के प्राप्त गर्न सक्छस्? अनि परमेश्‍वरमाथिको यस्तो विश्‍वासको अर्थ के हुन्छ र?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५७४

जब तैँले सत्यताका सिद्धान्तहरू उल्लङ्घन गर्ने र परमेश्‍वरलाई घिन लाग्‍ने कुनै कार्य गर्छस्, तब तैँले कसरी आत्मचिन्तन गर्नु र आफैलाई चिन्‍ने प्रयास गर्नुपर्छ? जब तँ त्यो कार्य गर्न लागेको थिइस्, के तैँले उहाँसँग प्रार्थना गरिस्? के तैँले कहिल्यै यस्तो विचार गरिस्, “के यसरी काम गर्नु सत्यताअनुरूप हुन्छ? यो विषयलाई परमेश्‍वरको सामु ल्याइयो भने उहाँले यसलाई कसरी हेर्नुहुनेथियो होला? यदि उहाँले यस विषयमा थाहा पाउनुभयो भने उहाँ खुसी हुनुहुनेथियो वा दिक्‍क मान्‍नुहुनेथियो? के उहाँले त्यसलाई घृणा गर्नुहुन्थ्यो वा यसले उहाँलाई दिगमिग पार्थ्यो?” तैँले यसको खोजी गरिनस्, गरिस् त? अरूले तँलाई सम्झाउँदा पनि, तैँले यो कुनै ठूलो विषय होइन, र यो कुनै पनि सिद्धान्तको विरुद्धमा छैन र यो पाप होइन भन्‍ने सोचिस्। फलस्वरूप, तैँले परमेश्‍वरको स्वभावलाई चोट पुऱ्याइस् र उहाँमा ठूलो क्रोध उत्पन्न गराइस्, यहाँसम्म कि उहाँले तँलाई घृणा समेत गर्नुभयो। यो मानिसहरूको विद्रोहीपनबाट आउने कुरा हो। त्यसकारण, तैँले सबै कुरामा सत्यताको खोजी गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने कुरा यही हो। यदि तँ इमानदारीसाथ पहिले नै परमेश्‍वरको अघि प्रार्थना गर्न आउन सक्छस्, र त्यसपछि परमेश्‍वरका वचनहरूअनुसार सत्यताको खोजी गर्न सक्छस् भने, तँ गलत हुनेछैनस्। तैँले सत्यता अभ्यास गर्दा अलिअलि तलमाथि गर्न सक्छस्, तर यस्तो हुन नदिन कठिन नै हुन्छ, र तैँले केही अनुभव प्राप्त गरेपछि सही तरिकाले अभ्यास गर्न सक्‍नेछस्। तैपनि, तँलाई सत्यताअनुसार कसरी काम गर्ने भन्‍ने थाहा छ, र पनि तैँले अभ्यास गर्दैनस् भने, यसमा समस्या भनेको सत्यताप्रतिको तेरो घृणा हो। सत्यतालाई प्रेम नगर्नेहरूले कहिल्यै पनि यसको खोजी गर्नेछैनन्, चाहे तिनीहरूमाथि जेसुकै नै किन आइनपरोस्। सत्यतालाई प्रेम गर्नेहरूसँग मात्रै परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, र तिनीहरूले नबुझेका कुनै कुरा भइपरी आउँदा, तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्। यदि तैँले परमेश्‍वरको इच्‍छा बुझ्‍न सक्दैनस् र कसरी अभ्यास गर्ने तँलाई थाहा छैन भने, तैँले सत्यता बुझ्ने कतिपय मानिसहरूसँग सङ्गति गरेर सत्यता खोजी गर्नुपर्छ। यदि तैँले सत्यता बुझ्‍ने व्यक्तिहरू भेट्टाउन सक्दैनस् भने, तैँले विशुद्ध बुझाइ भएका केही मानिसहरू खोजेर एउटै मन र एउटै हृदयको भएर परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ, परमेश्‍वरसित खोजी गर्नुपर्छ, परमेश्‍वरको समय पर्खनुपर्छ, र परमेश्‍वरले तेरो लागि ढोका खोलिदिनुहुने समयको प्रतीक्षा गर्नुपर्छ। तिमीहरू सबैले सत्यताको तृष्णा गर्छौ, सत्यता खोज्छौ, र सँगै मिलेर सत्यताको बारेमा सङ्गति गर्छौ भने, कुनै दिन तिमीहरूमध्ये कसै न कसैले राम्रो समाधान भेट्टाउन सक्‍नेछ। यदि तिमीहरू सबैले उपयुक्त समाधान भेट्टायौ र असल तरिका फेला पार्‍यौ भने, यो पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योतिको कारण आएको हुन सक्छ। त्यसपछि तिमीहरूले अझै सही अभ्यासको मार्ग भेट्टाउनको लागि सँगै मिलेर सङ्गति गरिरह्यौ भने, यो अवश्य नै सत्यताका सिद्धान्तहरूअनुरूप हुनेछ। आफ्‍नो अभ्यासमा, तिमीहरूले आफ्नो अभ्यासको तरिका अझै अलि अनुचित छ भन्‍ने पत्ता लगायौ भने, तिमीहरूले यसलाई तुरुन्तै सुधार गर्नुपर्छ। यदि तिमीहरूले सानो गल्ती गर्‍यौ भने, परमेश्‍वरले तिमीहरूलाई दोषी ठहर्‍याउनुहुनेछैन, किनभने आफूले गर्ने कामप्रति तिमीहरूको अभिप्राय सही हुन्छ, र तिमीहरूले सत्यताअनुरूप अभ्यास गरिरहेका हुन्छौ। तिमीहरू केवल सिद्धान्तहरूका बारेमा अलि अन्योल भएका हुन्छौ र अभ्यासमा सानो गल्ती गरेका हुन्छौ, जुन क्षमायोग्य नै हुन्छ। तर जब धेरैजसो मानिसहरूले कामकुरा गर्छन्, तब तिनीहरूले यसरी गर्दा ठीक होला भनी कल्पना गर्छन् र सोही आधारमा ती काम गर्छन्। तिनीहरूले सत्यताअनुसार कसरी अभ्यास गर्ने वा परमेश्‍वरको अनुमोदन कसरी प्राप्त गर्ने भन्‍ने विषयमा चिन्तन गर्ने आधारको रूपमा परमेश्‍वरका वचनहरूलाई प्रयोग गर्दैनन्। बरु, तिनीहरूले आफूलाई कसरी फाइदा पुर्‍याउने, र अरूलाई कसरी आफूलाई उच्‍च नजरले हेर्न र आफ्नो श्रद्धा गर्न लगाउने भन्‍नेबारेमा मात्रै विचार गरिरहेका हुन्छन्। तिनीहरूले पूर्ण रूपमा आफ्‍नै विचारहरूको आधारमा र आफूलाई सन्तुष्ट पार्नको लागि नै कामकुरा गर्छन्, जुन समस्यापूर्ण कुरा हो। त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता अनुसार कामकुरा गर्दैनन्, र परमेश्‍वरले तिनीहरूलाई सधैँ घृणा गर्नुहुनेछ। यदि तँ साँच्‍चै नै विवेक र समझ भएको व्यक्ति होस् भने, जेसुकै आइपरे पनि, तँ प्रार्थना र खोजी गर्न परमेश्‍वरको अघि आउन सक्‍नुपर्छ, तेरा कार्य-व्यवहारका मनसाय र अशुद्धताहरूलाई गम्‍भीर रूपमा जाँच्‍न, परमेश्‍वरका वचनहरू र मापदण्डहरूअनुसार उचित कुरा के हो सो निर्धारित गर्न, र के-कस्ता कामलाई परमेश्‍वरले मन पराउनुहुन्छ, के-कस्ता कामलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र के-कस्ता कामलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ भनेर बारम्‍बार मूल्याङ्कन र चिन्तन गर्न सक्‍नुपर्छ। तैँले यी कुराहरूको बारेमा स्पष्ट नबुझेसम्‍म बारम्‍बार मनमा सोचिरहनुपर्छ। यदि कामकुरा गर्नुको पछाडि तेरा आफ्‍नै मनसायहरू छन् भन्‍ने तँलाई थाहा भयो भने, तैँले तेरा अभिप्रायहरू के हुन्, यो तँलाई सन्तुष्ट पार्नको लागि हो कि परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि हो, यो तेरो लागि फाइदाजनक छ कि परमेश्‍वरका चुनिएका मानिसहरूका लागि फाइदाजनक छ, र यसले के-कस्ता परिणामहरू ल्याउँछ भन्‍नेबारेमा मनन गर्नुपर्छ।…. यदि तैँले आफ्‍ना प्रार्थनाहरूमा यसरी नै अझै खोजी र मनन गरिस्, र सत्यता खोजी गर्न आफैलाई यस्ता धेरै प्रश्‍नहरू गरिस् भने, तेरो काममा आउने विचलनहरू झन्झन् साना हुँदै जानेछन्। यसरी सत्यताको खोजी गर्न सक्‍ने मानिसहरू मात्रै परमेश्‍वरको इच्‍छा बुझ्‍ने र उहाँको डर मान्‍ने मानिसहरू हुन्, किनभने यसरी तैँले परमेश्‍वरका वचनहरूका मापदण्डहरूअनुसार र आज्ञाकारी हृदयले खोजी गरिरहेको हुन्छस्, र यसरी तैँले निकाल्‍ने निष्कर्षहरू सत्यताका सिद्धान्तहरू अनुरूप हुनेछन्।

यदि कुनै विश्‍वासीका कार्यहरू सत्यदेखि टाढा छन् भने ऊ एक अविश्‍वासी जस्तै हुन्छ। यो त्यस्तो किसिमको व्यक्तिको हो जसको हृदयमा परमेश्‍वरले बास गर्नुहुन्‍न, र जो परमेश्‍वरबाट टाढा बरालिन्छ, र त्यस्तो व्यक्ति परमेश्‍वरको घरमा ज्यालामा लगाइएको मजदुरजस्तै हो, जसले आफ्ना मालिकका लागि केही छिटफुट कामहरू गर्छ, थोरै पारिश्रमिक पाउँछ, र त्यहाँबाट जान्छ। यो परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होइन। कुनै काम गर्दा, तैंले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न के गर्नुपर्छ भन्‍नेबारेमा सबभन्दा पहिले सोच्‍नु र काम गर्नुपर्छ; तेरो अभ्यासको सिद्धान्त र क्षेत्र यही नै हुनुपर्दछ। तैंले जे गर्दैछस् त्यो सत्यसँग मेल खान्छ कि खाँदैन भनी जाँच्नुपर्ने कारण के हो भने, यदि यो सत्यसँग मेल खान्छ भने, त्यो निश्चित रूपमा परमेश्‍वरको इच्छाअनुरूप पनि हुन्छ। यसको अर्थ तैंले त्यो कुरा सही छ कि गलत छ, वा सबैको स्वादसँग मेल खान्छ कि खाँदैन, वा तेरो आफ्नै इच्छाअनुरूप छ कि छैन भनी मापन गर्नु होइन; बरु, तैंले यो सत्यताअनुरूप छ कि छैन, र यसले मण्डलीको काम र हितहरूमा फाइदा गर्छ कि गर्दैन भन्‍ने निश्चित गर्नुपर्छ। यदि तैंले यी कुराहरूलाई विचार गरिस् भने, तैंले कामहरू गर्दा तँ झन्-झन् बढी परमेश्‍वरको इच्छाअनुरूप हुँदै जानेछस्। यदि तैंले यी पक्षहरूमाथि विचार गरिनस् भने, र कामहरू गर्दा केवल तेरो आफ्नै इच्छामा भर परिस् भने, तैंले ती गलत प्रकारले गर्ने निश्चित हुन्छ, किनकि मानिसको इच्छा सत्यता होइन र, अवश्य, परमेश्‍वरसँग अमिल्दो हुन्छ। यदि तँ परमेश्‍वरद्वारा स्वीकार हुन चाहन्छस् भने तैंले आफ्नै इच्छाअनुसार भन्दा सत्यअनुसार अभ्यास गर्नुपर्छ। कतिपय मानिसहरू आफ्नो कर्तव्य पूरा गर्ने नाममा केही निजी मामिलामा संलग्न हुन्छन्। उनीहरूका दाजुभाइ-दिदीबहिनीहरूले त्यसलाई अनुचित कुराको रूपमा हेर्छन्, र त्यसको लागि उनीहरूलाई निन्दा गर्छन्, तर यी मानिसहरूले दोष स्वीकार गर्दैनन्। उनीहरू सोच्छन् कि यो एक व्यक्तिगत मामला हो, जसमा मण्डलीको काम, रुपैयाँपैसा, वा व्यक्तिहरू सामेल छैन, र यो दुष्कर्म होइन, त्यसकारण परमेश्‍वरले यस विषयमा हस्तक्षेप गर्नु हुँदैन। केही कुराहरू तँलाई कुनै सिद्धान्त वा सत्यता नभएको व्यक्तिगत मामिलाहरू जस्तो लाग्न सक्छ। तापनि, तैंले गरेको कार्यलाई हेर्दा तँ धेरै स्वार्थी भएको थिइस्। तैंले मण्डलीको काम वा परमेश्‍वरको घरको हितलाई कुनै ध्यान दिइनस्, न त यो परमेश्‍वरको लागि चित्तबुझ्दो हुन्छ हुँदैन भन्‍ने कुरामै ध्यान दिइस्; तैंले आफ्नै फाइदालाई मात्र ध्यान दिइरहेको थिइस्। यसमा पहिले नै सन्तहरूको औचित्य, साथसाथै व्यक्तिको मानवता सामेल छन्। तैंले जे गरिरहेको थिइस् त्यसमा मण्डलीका हितहरू सम्मिलित नभए पनि, र त्यसमा सत्यता सामेल नभए पनि, आफ्नो व्यक्तिगत विषयमा संलग्न हुँदै आफ्नो कर्तव्य पूरा गरिरहेको छु दाबी गर्ने कार्य सत्यसँग मेल खाँदैन। तैंले जेसुकै गरिरहेको भए पनि, मामला जति नै ठूलो वा सानो भए पनि, अनि यो तैँले परमेश्‍वरको परिवारमा रहेको तेरो कर्तव्य भए पनि वा तेरा आफ्नो निजी कामकाज भए पनि, तैँले आफूले जे गर्दैछस् त्यो परमेश्‍वरको इच्छाअनुरूप छ कि छैन, साथसाथै त्यो मानवता भएको व्यक्तिले गर्नुपर्ने कुरो हो कि होइन भनी विचार गर्नुपर्छ। यदि तैँले आफूले गर्ने हरेका कुरामा यसरी नै सत्यताको खोजी गर्छस् भने, तँ सच्चा रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होस्। यदि तैँले हरेक कुरा र हरेक सत्यताप्रति यसरी भक्ति पूर्वक व्यवहार गर्छस् भने तैँले तेरो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्नेछस्। यस्तो विचार गर्ने मानिसहरू पनि छन्, “मैले आफ्‍नो कर्तव्य निभाउँदा आफैलाई सत्यताको अभ्यासमा लगाउनु नै पर्याप्त हुन्छ, तर मैले मेरा व्यक्तिगत कामहरू गरेको बेला, सत्यताले के भन्छ म मतलब गर्दिनँ—मलाई जसरी मन लाग्छ र जसरी मलाई फाइदा हुन्छ त्यसरी नै गर्छु।” यी शब्‍दहरूमा, तिमीहरूले तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन् भनेर देख्‍न सक्छौ। तिनीहरूले बोल्‍ने कुरामा कुनै सिद्धान्त हुँदैन। आफूले गर्ने कामले परमेश्‍वरको घरमा कस्तो असर पुर्‍याउँछ भनेरसमेत विचार नगरी तिनीहरूले आफूलाई जुन कुराले फाइदा गर्छ त्यही गर्छन्। फलस्वरूप, तिनीहरूले कुनै काम गर्दा, त्यसमा परमेश्‍वरको उपस्थिति हुँदैन, र तिनीहरूलाई अन्धकार र उदास महसुस हुन्छ, र के हुँदै छ भन्‍ने नै थाहा हुँदैन। के यो तिनीहरूको न्यायसङ्गत उजाडता होइन र? यदि तैँले आफ्‍नो व्यवहारमा सत्यता अभ्यास गर्दैनस् र परमेश्‍वरलाई अनादर गर्छस् भने, तैँले उहाँको विरुद्धमा पाप गरिरहेको हुन्छस्। यदि कसैले सत्यतालाई प्रेम गर्दैन र आफ्‍नै इच्‍छाअनुसार प्रायजसो काम गरिरहेको हुन्छ भने, उसले बारम्‍बार परमेश्‍वरलाई चिढ्याइरहेको हुन्छ। उहाँले त्यस्तो व्यक्तिलाई घृणा र इन्कार गर्नुहुन्छ, र एकातिर पन्छाइदिनुहुन्छ। त्यस्तो व्यक्तिले गर्ने कुनै पनि कामले प्रायजसो परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन, र उसलाई पश्‍चात्ताप गर्न आउँदैन भने, दण्ड त्यति टाढा हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५७५

तैंले पूरा गर्ने कुनै पनि कर्तव्यमा जीवन प्रवेश सामेल हुन्छ। तेरो कर्तव्य केही हदसम्म नियमित वा अनियमित, सुस्त वा जीवन्त जस्तोसुकै भए पनि, तैंले सधैँ जीवन प्रवेश प्राप्त गर्नैपर्छ। कतिपय मानिसहरूले पूरा गर्ने कर्तव्यहरू झमेलामय हुन्छन्; तिनीहरू प्रत्येक दिन उस्तै काम गर्छन्। तापनि, ती कर्तव्यहरू पूरा गर्दा, यी मानिसहरूले प्रकट गर्ने अवस्थाहरू एकसमान हुँदैनन्। कहिलेकहीँ, राम्रो मनस्थितिमा हुँदा, मानिसहरू अलिक बढी मेहनती हुन्छन् र तिनीहरूले राम्रो काम गर्छन्। अरू बेला, कुनै अज्ञात प्रभावको कारण तिनीहरूको भ्रष्ट शैतानी स्वभावले उनीहरूमा बदमासी जगाउँछ, जसले गर्दा उनीहरूमा अनुचित दृष्टिकोणहरू पैदा हुन्छन् र खराब अवस्थाहरूमा र खराब मनस्थितिमा हुन्छन्; परिणामस्वरूप उनीहरूले आफ्ना कर्तव्यहरू लापरवाही ढङ्गले गर्दछन्। मानिसहरूको आन्तरिक अवस्था निरन्तर परिवर्तन भइरहेका हुन्छन्; उनीहरू कुनै पनि ठाउँमा र कुनै पनि समयमा परिवर्तन हुन सक्छन्। तेरो अवस्था जसरी परिवर्तन भए पनि, तेरो मनस्थितिको आधारमा काम गर्नु सधैँ गलत हुन्छ। मानौं, तँ राम्रो मनस्थितिमा हुँदा तैँले अलिक राम्रो काम गर्छस्, र खराब मनस्थितिमा हुँदा अलिक खराब काम गर्छस्—के यो काम-कुरा गर्ने सिद्धान्त अनुरूपको तरिका हो? के यसले तँलाई स्वीकार्य मापदण्डमा रहँदै आफ्नो कर्तव्य निभाउन मदत गर्छ? मानिसहरूको मनस्थिति जस्तोसुकै भए पनि, उनीहरूले परमेश्‍वरको सामु प्रार्थना गर्न र सत्यताको खोजी गर्न जान्नु नै पर्छ; यसरी मात्र तिनीहरू आफ्नो मनस्थितिद्वारा नियन्त्रित र प्रभावित भएर अगि र पछि हुत्तिनबाट जोगिन सक्छन्। तैँले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, तैँले सिद्धान्तअनुसार काम गरिरहेको छस् कि छैनस्, कर्तव्य पूरा गर्ने तेरो कार्य मापदण्ड अनुसारको छ कि छैन, तैँले त्यो लापरवाही ढङ्गले गरिरहेको छस् कि छैनस्, तैँले आफ्नो जिम्मेवारीबाट भाग्ने कोसिस गरेको छस् कि छैनस्, तेरो आचरण र सोच-विचारको तरिकामा कुनै समस्याहरू छन् कि छैनन् सो हेर्न तैँले आफूलाई सधैँ जाँच्नुपर्छ। तैँले आत्म-चिन्तन गरेर यी कुराहरू तँलाई स्पष्ट भइसकेपछि, तँलाई आफ्नो कर्तव्य पूरा गर्न सजिलो हुनेछ। तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला जुनसुकै कुराको सामना गर्न परे पनि—नकारात्मकता र कमजोरी, वा निराकरणपछि खराब मनस्थितिमा भए पनि—तैँले त्यसलाई उचित व्यवहार गर्नुपर्दछ, र तैँले सत्यको खोजी गर्नुपर्दछ र परमेश्‍वरको इच्छा बुझ्नुपर्छ। यी कुराहरू गरेर, तैँले अभ्यास गर्ने मार्ग पाउनेछस्। यदि तैँले राम्ररी आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस् भने, तँ आफ्नो मनस्थितिद्वारा प्रभावित हुनु हुँदैन। तैँले जति नै नकारात्मक वा कमजोर महसुस गरिरहेको भए पनि, तैँले गर्ने सबै कुरामा तैँले पूर्ण कडाइका साथ, र सिद्धान्तहरूमा रहेर सत्यको अभ्यास गर्नुपर्दछ। यदि तँ यसो गर्छस् भने, अन्य मानिसहरूले तँलाई स्वीकार मात्र गर्नेछैनन्, तर परमेश्‍वरले पनि तँलाई मन पराउनुहुनेछ। त्यसरी नै, तँ यस्तो व्यक्ति हुनेछस् जो जिम्मेवार हुन्छ, र जसले आफ्नो काँधमा बोझ लिन्छ; तँ सच्‍चा रूपमा असल व्यक्ति हुनेछस्, जसले वास्तवमा मापदण्ड अनुसार आफ्ना कर्तव्यहरू पूरा गर्दछ र जो एक सच्‍चा व्यक्तिको स्वरूप लिएर पूर्ण रूपमा जिउँछ। त्यस्ता मानिसहरू शुद्ध पारिएका हुन्छन् र आफ्ना कर्तव्यहरू पूरा गर्दा वास्तविक रूपान्तरण हासिल गर्छन्, र तिनीहरूलाई परमेश्‍वर नजरमा इमानदार भन्न सकिन्छ। केवल इमानदार मानिसहरू मात्र सत्यको अभ्यासमा दृढ रहन र सिद्धान्तको साथ काम गर्न सफल हुन सक्छन्, र मापदण्डअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक गर्छन्; तिनीहरू लापरवाही तरिकाले काम गर्दैनन्, तिनीहरू अहङ्कारी हुँदैनन्, र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्‍नो धाक लगाउँदैनन्। तापनि, तिनीहरू खराब मनस्थितिमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्छन्, र तिनीहरूका जिम्मेवारीहरू पूरा गर्न वाधा दिने वा तिनीहरूलाई केही दबाब दिने वा तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा बाधा उत्पन्न गर्ने कुरा भेटे भने पनि तिनीहरू परमेश्‍वरको सामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यस भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाशहरू नै खस्यो भने पनि—जबसम्म म जीवित रहन्छु, म मेरो जिम्मेवारी पूरा गर्नको लागि सक्दो गर्न प्रतिबद्ध छु। म जिउने प्रत्येक दिन नै मैले मेरो कर्तव्य राम्रोसित निभाउनुपर्ने दिन हो, यसैले कि परमेश्‍वरले मलाई दिनुभएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिनुभएको यो सासको योग्य बन्न सकूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, थोक, वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मनस्थिति वा बाहिरी परिस्थितिद्वारा नियन्त्रित नहुनेहरू, र जसले परमेश्‍वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिले स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरप्रति बफादार हुन्छन् र जो सच्‍चा रूपमा उहाँको अधीनमा बस्छन्। यस्ता मानिसहरूले जीवनमा प्रवेश पाएका हुन्छन् र सत्यको वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा सच्‍चा र व्यावहारिक अभिव्यक्ति यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्य निर्वाह गरेसँगै जीवन प्रवेश प्रारम्भ हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५७६

केही मानिसहरूको सवालमा, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जेसुकै समस्याको सामना गर्नु परे तापनि तिनीहरूले सत्यताको खोजी गर्दैनन् र तिनीहरूले सधैँ आफ्नै विचारहरू, धारणाहरू, कल्पनाहरू र चाहनाहरूअनुसार काम गर्छन्। तिनीहरूले बारम्बार आफ्नै स्वार्थी चाहनाहरू पूरा गरिरहेका हुन्छन् र तिनीहरूका भ्रष्ट स्वभावहरूले तिनीहरूका कामहरूलाई सधैँ नियन्त्रण गरिरहेका हुन्छन्। तिनीहरूले सधैँ आफ्‍नो कर्तव्य पूरा गरेको जस्तो देखिन्छ, तर तिनीहरूले सत्यता कहिल्यै स्वीकार नगरेका हुनाले, र तिनीहरू सत्यताका सिद्धान्तहरूअनुसार काम गर्न असक्षम रहेका हुनाले, तिनीहरू अन्तिममा सत्यता र जीवन प्राप्त गर्न असफल हुनेछन्, र सेवाकर्ता बन्‍नेछन्, सेवाकर्ता नामकै लायक हुनेछन्। त्यसो भए, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा त्यस्ता मानिसहरू केमा भर परिरहेका हुन्छन् त? तिनीहरू न त सत्यतामा भरपरिरहेका हुन्छन् न त परमेश्‍वरमा नै। तिनीहरूले बुझेको थोरै सत्यताले तिनीहरूको हृदयमा प्रभुत्व जमाएको हुँदैन; यी कर्तव्यहरू निर्वाह गर्नको निम्ति तिनीहरू आफ्नै वरदान र प्रतिभाहरू, तिनीहरूले आर्जन गरेका ज्ञान र तिनीहरूका प्रतिभाहरूका साथै तिनीहरूका आफ्नै इच्छाशक्ति वा असल अभिप्रायहरूमा भर परिरहेका हुन्छन्। अनि यस्तो अवस्थामा, के तिनीहरूले स्वीकार्य मापदण्डअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्‍छन्? जब मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्न आफ्‍नो प्राकृतिक स्थिति, धारणा, कल्‍पना, विशेषज्ञता, र सिकाइमा भरोसा गर्छन्, तब तिनीहरूले आफ्‍नो कर्तव्य निभाइरहेका छन्, दुष्कर्म गरिरहेका छैनन् जस्तो देखिए पनि, तिनीहरूले सत्यता अभ्यास गरिरहेका हुँदैनन्, र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्ने गरी केही काम गरेका हुँदैनन्। त्यसमा बेवास्ता गर्न नमिल्‍ने अर्को समस्या पनि छ: तैँले तेरो कर्तव्य निर्वाह गर्ने क्रममा, यदि तेरा धारणाहरू, कल्पनाहरू र व्यक्तिगत चाहनाहरू कहिले पनि परिवर्तन हुँदैनन् र सत्यताद्वारा प्रतिस्थापन हुँदैनन् भने, र तेरा काम-कार्वाहीहरू र कर्महरू कहिले पनि सत्यतका सिद्धान्तअनुसार हुँदेनन् भने, अन्तिम परिणाम के हुनेछ त? तँसित कुनै जीवनप्रवेश हुनेछैन, तँ सेवाकर्ता बन्‍नेछस्, र यसरी प्रभु येशूका यी वचनहरू पूरा हुनेछन्: “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। परमेश्‍वरले किन यी प्रयत्न गर्नेहरू र सेवा दिने व्यक्तिहरूलाई दुष्कर्मी भन्‍नुहुन्छ त? एउटा बुँदामा हामी निश्‍चित हुन सक्छौँ, र त्यो के हो भने, यी मानिसहरूले जे कर्तव्यहरू वा कामहरू गरे तापनि, तिनीहरूका प्रेरणाहरू, प्रोत्साहनहरू, अभिप्रायहरू र सोचहरू सम्पूर्ण रूपमा तिनीहरूका स्वार्थी चाहनाहरूबाट नै उत्पन्‍न हुन्छन्, अनि ती तिनीहरूका आफ्‍नै हितहरू र सम्‍भाव्यता रक्षा गर्नको लागि, र तिनीहरूका आफ्‍नै घमण्ड, अभिमान, र हैसियत सन्तुष्ट पार्नको लागि हुन्छन्। यो सब यिनै विचार र हिसाबकिताबहरूमा केन्द्रित हुन्छ, तिनीहरूको हृदयमा कुनै सत्यता हुँदैन, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने र आज्ञापालन गर्ने हृदय हुँदैन—समस्याको जड यही हो। आज तिमीहरूले पछ्याउनुपर्ने महत्त्वपूर्ण कुरा के हो? सबै कुरामा, तिमीहरूले सत्यता खोजी गर्नुपर्छ, र तिमीहरूले परमेश्‍वरको इच्‍छा र परमेश्‍वरको आज्ञाअनुसार आफ्‍नो कर्तव्य उचित रूपमा निर्वाह गर्नुपर्छ। तिमीहरूले त्यसो गर्‍यौ भने, परमेश्‍वरको स्याबासी प्राप्त गर्नेछौ। त्यसो भए, परमेश्‍वरको आज्ञाअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्नको लागि विशेष रूपमा के काम गर्नुपर्छ? तिमीहरूले गर्ने हरेक कुरामा, तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्न, तँमा के-कस्ता मनसायहरू छन्, के-कस्ता विचारहरू छन्, अनि यी मनसाय र विचारहरू सत्यताअनुरूप छन्, छैनन् भनेर मनन गर्नुपर्छ; यदि ती सत्यताअनुरूप छैनन् भने, तिनलाई पन्छाउनुपर्छ, त्यसपछि तिमीहरूले सत्यताका सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ र परमेश्‍वरको सूक्ष्म जाँच स्विकार्नुपर्छ। यसले तैँले सत्यता अभ्यास गर्ने कुरा सुनिश्‍चित गर्नेछ। यदि तँसँग तेरा आफ्‍नै मनसाय र उद्देश्यहरू छन्, र तँलाई तिनले सत्यता उल्‍लङ्घन गर्छन् र ती परमेश्‍वरको इच्‍छाविपरीत छन् भन्‍ने राम्ररी थाहा छ, र पनि तैँले परमेश्‍वरलाई प्रार्थना गर्दैनस्, र समाधानको लागि सत्यता खोजी गर्दैनस् भने, यो खतरनाक कुरा हो, तैँले सहजै दुष्कर्म र परमेश्‍वरविरोधी काम गर्न सक्छस्। यदि हामीले एक-दुईपटक दुष्कर्म गरेर पश्‍चात्ताप गर्‍यौँ भने, हामीसँग अझै पनि मुक्तिको आशा हुन्छ। यदि तैँले दुष्कर्म गरिरहिस्—तैँले हरकिसिमका दुष्कर्महरू गरिस्—तैपनि तैँले अझै पश्‍चात्ताप गरिनस् भने, तँ समस्यामा हुन्छस्: परमेश्‍वरले तँलाई एकातिर हुत्याइदिनुहुनेछ वा त्याग्‍नुहुनेछ, यसको मतलब तँ हटाइने खतरामा हुन्छस्; हरकिसिमका दुष्ट कामहरू गर्ने मानिसहरूलाई अवश्य दण्ड दिइनेछ र हटाइनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५७७

मानिसहरूले के बुझ्नुपर्छ भने, सृष्टिका प्रभुले सृष्टि गरिएका प्राणीहरूसँग गर्नुहुने व्यवहारको एउटा मौलिक सिद्धान्त छ, जुन सर्वोच्च सिद्धान्त पनि हो। सृष्टिका प्रभुले सृष्टि गरिएका प्राणीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा उहाँको व्यवस्थापन योजना र उहाँका कार्य मापदण्डहरूमा आधारित हुन्छ; उहाँले कुनै पनि व्यक्तिसँग सल्लाह लिनु आवश्यक पर्दैन, न त उहाँले कसैलाई उहाँसँग सहमत गराउनु आवश्यक हुन्छ। उहाँले जे गर्नुपर्दछ र उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुपर्छ उहाँले त्यसरी नै गर्नुहुन्छ, र उहाँले जे गर्नुभए पनि वा उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुभए पनि, ती सबै सत्यताका सिद्धान्तहरू र सृष्टिका प्रभुले काम गर्नुहुने सिद्धान्तहरूअनुरूप हुन्छन्। सृष्टि गरिएको प्राणीको रूपमा गर्नु पर्ने एक मात्र कार्य भनेको सृष्टिकर्तमा समर्पित हुनु हो; व्यक्तिले आफ्नै रोजाइ छनौट गर्नु हुँदैन। सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ यही हो, र यदि व्यक्तिमा यो छैन भने, ऊ व्यक्ति भनिन लायक हुँदैन। मानिसहरूले के कुरा बुझ्‍नैपर्छ भने सृष्टिका प्रभु सधैँ सृष्टिकै प्रभु हुनुहुनेछ; उहाँसँग आफूलाई मन लागेअनुसार सृष्टि गरिएका प्राणीहरूलाई योजनाबद्ध गर्ने र शासन गर्ने शक्ति र योग्यता छ, र त्यसो गर्नका निम्ति उहाँलाई कुनै कारणको आवश्यक पर्दैन। यो उहाँको अख्तियार हो। सृष्टिका प्राणीहरूमा एक जना पनि यस्तो छैन जोसँग सृष्टिका प्रभुले गर्नुभएको काम सही वा गलत छ, वा उहाँले कसरी काम गर्नुपर्छ भनेर टीकाटिप्पणी गर्ने अधिकार वा योग्यता होस्। सृष्टिकर्ताका नियम र बन्दोबस्तहरू स्वीकार गर्ने कि नगर्ने भनेर छनौट गर्ने अधिकार कुनै पनि प्राणीमा हुँदैन; र सृष्टिकर्ताले तिनीहरूको नियतिलाई कसरी शासन र बन्दोबस्त गर्नुपर्छ भनेर मापदण्ड थोपर्ने अधिकार कुनै पनि प्राणीसँग हुँदैन। यो सर्वोच्च सत्यता हो। सृष्टिका प्रभुले आफ्‍ना सृष्टि गरिएका प्राणीहरूसँग जे गर्नु भए पनि, र उहाँले त्यो जसरी गर्नुभए पनि, उहाँले सृष्टि गर्नुभएका मानिसहरूले एउटा मात्रै काम गर्नुपर्दछ: खोजी गर्नु, अधीनमा बस्नु, जान्नु अनि सृष्टिका प्रभुले राख्नुभएको सबै कुरा स्वीकार गर्नु। अन्तिम परिणाम यो हुनेछ, कि सृष्टिका प्रभुले उहाँको व्यवस्थापन योजनालाई कुनै बाधाविना अगाडि बढाउँदै आफ्नो व्यवस्थापन योजना हासिल गर्नुभएको र उहाँको काम पूरा गर्नुभएको हुनेछ; यसै बीच, सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्ताको शासन र व्यवस्थाहरू स्वीकार गरेकाले, र उहाँको शासन र बन्दोबस्तहरूमा समर्पित भएका हुनाले, उनीहरूले सत्यता प्राप्त गरेका हुनेछन्, सृष्टिकर्ताको इच्छालाई बुझेका हुनेछन्, र उहाँको स्वभाव जानेका हुनेछन्। मैले तिमीहरूलाई बताउनैपर्ने अझै अर्को सिद्धान्त छ: सृष्टिकर्ताले जे गर्नु भए पनि, उहाँ जसरी प्रकट हुनुभए पनि, र अनि उहाँले गर्नुहुने काम महान् वा सानो भए पनि, उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; जबकि उहाँले सृष्टि गर्नुभएका सबै मानवजातिले, जेसुकै गरे पनि, र उनीहरू जतिसुकै प्रतिभाशाली वा वरदानप्राप्त भए पनि, तिनीहरू सृष्टि गरिएका प्राणी नै रहन्छन्। सृष्टि गरिएको मानवजातिको सम्बन्धमा भन्दा, उनीहरूले सृष्टिकर्ताबाट जति धेरै अनुग्रह र आशिष वा जति धेरै दया, करुणा वा भलाइ प्राप्त गरेका भए पनि, उनीहरूले आफू भीडहरूबाट अलग छौं भनी विश्‍वास गर्नुहुँदैन, वा उनीहरू परमेश्‍वरको स्तरको उभिन सक्छन् र उनीहरू सृष्टि गरिएका प्राणीहरूमध्ये उच्च स्तरको बनेका छन् भनी सोच्नु हुँदैन। परमेश्‍वरले तँलाई जति धेरै वरदानहरू दिनुभएको भए पनि, वा उहाँले तँलाई जति धेरै अनुग्रह दिनुभएको भए पनि, वा उहाँले तँसँग जति नै दयालु व्यवहार गर्नुभएको भए पनि, वा उहाँले तँलाई केही विशेष प्रतिभाहरू दिनुभएको भए पनि वा नभए पनि, ती कुनै पनि कुरा तेरो सम्पत्ति होइनन्। तँ सृष्टि गरिएको प्राणी होस्, र सधैँ सृष्टि गरिएको प्राणी नै रहन्छस्। तैंले कहिल्यै पनि यस्तो सोच्नु हुँदैन, “म परमेश्‍वरको हातको एक सानो र प्रिय व्यक्ति हुँ। परमेश्‍वरले मलाई कहिल्यै फाल्नुहुन्‍न, मप्रतिको परमेश्‍वरको आचरण सधैँ प्रेम, हेरचाह, वास्ता र सान्त्वना र प्रोत्साहनको मधुर शब्‍दहरू बोल्दै कोमल छुवाइ प्रदान गर्ने किसिमको हुनेछ।” यसको विपरीत, सृष्टिकर्ताको नजरमा, तँ सृष्टि गरिएका अन्य सबै प्राणीहरू जस्तै छस्; परमेश्‍वरले तँलाई उहाँको इच्छाअनुसार प्रयोग गर्न सक्नुहुन्छ, र तँलाई उहाँको इच्‍छा अनुसार योजनाबद्ध गर्न सक्‍नुहुन्छ, र उहाँले सबै किसिमका मानिसहरू, घटनाहरू र परिस्थितिहरूको बीचमा तैंले खेल्नु पर्ने कुनै पनि भूमिका आफ्नो इच्छाअनुसार मिलाउन सक्नुहुन्छ। मानिसहरू हुनुपर्ने ज्ञान र समझशक्ति यही हो। यदि व्यक्तिले यी वचनहरूलाई बुझ्न र स्वीकार गर्न सक्छ भने, परमेश्‍वरसँगको उनीहरूको सम्बन्ध सामान्य हुँदै जान्छ, र उनीहरूले उहाँसँग उचित सम्बन्ध स्थापित गर्नेछन्; यदि व्यक्तिले यी वचनहरूलाई बुझ्न र स्वीकार गर्न सक्छ भने, उनीहरूले आफ्नो स्थितिलाई अनुकूल बनाउन, त्यहाँ आफ्‍नो स्थान लिन, र आफ्‍नो कर्तव्य सम्हाल्न सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्य बुझेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरूबारे जान्‍न सक्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५७८

परमेश्‍वरका वचनहरू पढेर, अनि परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गरेर, साथै धेरै परीक्षा, शोधन, काटछाँट र निराकरणमार्फत परमेश्‍वरलाई चिन्‍नुपर्छ; यसरी मात्रै परमेश्‍वरको काम र स्वभावको बारेमा साँचो ज्ञान प्राप्त गर्न सम्‍भव हुन्छ। कसै-कसैले भन्छन्: “मैले देहधारी परमेश्‍वरलाई देखेको छैनँ, त्यसैले मैले कसरी परमेश्‍वरलाई चिन्ने?” वास्तवमा, परमेश्‍वरका वचनहरू उहाँको स्वभावका अभिव्यक्ति हुन्। परमेश्‍वरका वचनहरूबाट, तैँले मानवजातिप्रतिको उहाँको प्रेम र मुक्ति, साथै तिनीहरूलाई मुक्ति दिने उहाँको तरिका देख्न सक्छस्…। किनकि वचनहरू परमेश्‍वर स्वयम्‌ले व्यक्त गर्नुभएको हो, मानिसद्वारा लेखिएको होइन। परमेश्‍वरले ती व्यक्तिगत रूपमा व्यक्त गर्नुभएको हो; परमेश्‍वर स्‍वयम्‌ले आफ्‍ना वचनहरू र आफ्‍नो हृदयको आवाज व्यक्त गरिरहनुभएको छ, जसलाई उहाँको हृदयका वचनहरू पनि भन्‍न सकिन्छ। तिनलाई किन उहाँको हृदयबाट निस्केका वचनहरू भनिन्छ? किनकि ती गहिराइबाट जारी गरिएका हुन्, र उहाँको स्वभाव, उहाँको इच्छा, उहाँका विचार र सोचहरू, मानवजातिप्रतिको उहाँको प्रेम, मानवजातिको निम्ति उहाँको मुक्ति र मानवजातिप्रतिको उहाँका अपेक्षाहरूलाई व्यक्त गर्दछन्…। परमेश्‍वरका वाणीहरूमा कठोर वचनहरू, र कोमल र विचारशील वचनहरू, साथै प्रकटीकरणका केही वचनहरू पनि समावेश छन्, जुन मानिसका इच्छाहरू अनुरूप छैनन्। यदि तैँले प्रकटीकरणका वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्‍वर त कठोर हुनुहुन्छ भन्‍ने लाग्‍न सक्छ। यदि तैँले कोमल वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्‍वर त्यत्ति धेरै अख्तियारपूर्ण हुनुहुन्न जस्तो लाग्छ। यसकारण तैंले ती वचनलाई सन्दर्भबाट बाहिर लैजानु हुँदैन; बरु, तिनलाई सबै कोणबाट हेर्नुपर्छ। कहिलेकहीँ परमेश्‍वर कारुणिक दृष्टिकोणबाट बोल्नुहुन्छ, अनि मानिसहरूले मानवजातिप्रतिको उहाँको प्रेमलाई देख्छन्; कहिलेकहीँ उहाँ एकदमै कठोर दृष्टिकोणबाट बोल्नुहुन्छ, र त्यसपछि मानिसहरूले उहाँको स्वभावले कुनै उल्लङ्घन सहँदैन, मानिस दुःखद रूपमा फोहोरी छ, र परमेश्‍वरको अनुहार हेर्न वा उहाँको सामु आउन लायकको छैन, र उसलाई अहिले परमेश्‍वरको अनुग्रहको कारण मात्र उहाँको सामुन्ने आउन दिइएको छ भनेर बुझ्छन्। परमेश्‍वरको काम गर्ने तरिकाद्वारा अनि उहाँको कामको महत्त्वमा उहाँको बुद्धिलाई देख्न सकिन्छ। मानिसहरूले परमेश्‍वरसँगको कुनै प्रत्यक्ष सम्पर्कविना नै उहाँका वचनहरूमा यी कुरा देख्न सक्छन्। जब परमेश्‍वरलाई साँचो रूपमा चिन्ने कुनै व्यक्ति ख्रीष्टको सम्पर्कमा आउँछ, तब ख्रीष्टसँगको उसको भेट परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान अनुरूप हुन सक्छ; तापनि, जब सैद्धान्तिक ज्ञान मात्र भएको कुनै व्यक्तिको भेट ख्रीष्टसँग हुन्छ, तब उसले त्यसमा परस्पर सम्बन्ध देख्न सक्दैन। परमेश्‍वरको देहधारणको सत्यता रहस्यहरूमध्येमै सबैभन्दा गहन छ; यो मान्छेलाई बुझ्न गाह्रो छ। देहधारणको रहस्यको विषयमा परमेश्‍वरका वचनहरू एकत्रित गर्, ती वचनहरूलाई सबै कोणबाट हेर्, र त्यसपछि एकसाथ मिलेर प्रार्थना गर्, चिन्तन गर्, र सत्यताको यस पक्षमा थप सङ्गति गर्। त्यसो गर्दा, तैँले पवित्र आत्माको ज्ञान प्राप्त गर्न सक्छस् र बुझ्न सक्छस्। मानिससित परमेश्‍वरसँग सिधा सम्पर्क गर्ने कुनै सम्भावना नभएकोले, यदि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्नु छ भने, तिनीहरूले छामछुम गर्दै अघि बढ्न र अलिअलि गर्दै प्रवेश पाउन यस किसिमको अनुभवमा भर पर्नुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५७९

परमेश्‍वरलाई चिन्‍नुको अर्थ के हो? यसको अर्थ उहाँको खुशी, रिस, दुःख र सुख बुझ्‍न सक्नु, र यसरी उहाँको स्वभाव चिन्‍नु हो—परमेश्‍वरलाई साँचो रूपमा चिन्‍नु भनेको यही हो। तैँले उहाँलाई देखेको छु भनेर दावी गर्छस्, तैपनि तैँले अझै उहाँको खुशी, रिस, दुःख र सुख अनि तैँले उहाँको स्वभाव बुझ्दैनस्। तैँले न त उहाँको धार्मिकतालाई न त उहाँको कृपालुपनलाई बुझ्छस्, न त तैँले उहाँलाई के मन पर्छ वा उहाँले केलाई घृणा गर्नुहुन्छ भन्‍ने कुरा नै जान्दछस्। यो परमेश्‍वरबारेको ज्ञान होइन। कतिपय मानिसहरूले परमेश्‍वरलाई पछ्याउन सक्छन्, तर तिनीहरूले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छन् नै भन्‍ने हुँदैन। साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरको आज्ञापालन गर्नु हो। परमेश्‍वरको साँचो आज्ञापालन नगर्नेहरूले साँचो रूपमा उहाँमा विश्‍वास गरेका हुँदैनन्—भिन्‍नता यहीँ हुन्छ। जब तैँले परमेश्‍वरलाई धेरै वर्षदेखि पछ्याएको हुन्छस्, र तँसँग परमेश्‍वरको बारेमा ज्ञान र बुझाइ हुन्छ, जब तँसँग परमेश्‍वरको इच्‍छाको बारेमा केही बुझाइ र समझ हुन्छ, जब तँलाई मानिसलाई मुक्ति दिने परमेश्‍वरको सावधानीपूर्ण अभिप्रायको बारेमा थाहा हुन्छ: त्यस बेला तैँले परमेश्‍वरमा साँचो विश्‍वास गर्छस्, साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्छस्, परमेश्‍वरलाई साँचो प्रेम गर्छस्, र साँचो रूपमा परमेश्‍वरको आराधना गर्छस्। यदि तैँले परमेश्‍वरमा विश्‍वास त गर्छस् तर परमेश्‍वरको ज्ञानको पछि लाग्दैनस्, र परमेश्‍वरको इच्‍छा, उहाँको स्वभाव, र उहाँको कामको बारेमा तँसँग कुनै बुझाइ छैन भने, तँ केवल परमेश्‍वरको पछि दौडने र अधिकांशले जे गर्छन् त्यही अनुसरण गर्ने अनुयायी मात्र हुन्छस्। त्यसलाई साँचो समर्पण पनि भन्‍न सकिन्‍न, साँचो आराधना त परको कुरा हो। साँचो आराधना कसरी हुन्छ त? निस्सन्देह नै, परमेश्‍वरलाई देख्‍ने र साँचो रूपमा परमेश्‍वरलाई चिन्‍नेहरू सबैले परमेश्‍वरको आराधना र आदर गर्छन्; तिनीहरू सबै दण्डवत् र आराधना गर्न बाध्य छन्। वर्तमान समयमा, देहधारी परमेश्‍वर काममा हुनुभएको बेला, उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ सो बारेमा मानिसहरूमा जति धेरै बुझाइ हुन्छ, तिनीहरूले त्यति नै धेरै यी कुराहरूलाई मूल्यवान् ठान्‍नेछन् र तिनीहरूले त्यति नै धेरै उहाँको आदर गर्नेछन्। सामान्यत: मानिसहरूसँग परमेश्‍वरबारे जति थोरै बुझाइ हुन्छ, तिनीहरू त्यति नै धेरै बेपर्वाह हुन्छन् र त्यसैकारण तिनीहरूले परमेश्‍वरलाई मानवको रूपमा व्यवहार गर्छन्। यदि मानिसहरूले साँच्चै नै परमेश्‍वरलाई चिन्थे र देख्थे भने, तिनीहरू डरले काँप्‍थे र भुइँमा लम्पसार पर्थे। “मपछि आउनुहुने व्यक्ति मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ता बोक्‍न पनि म योग्य छैन” (मत्ती ३:११)—यूहन्‍नाले किन यसो भने त? भित्री रूपमा तिनीसँग परमेश्‍वारबारे गहन बुझाइ नभए तापनि, तिनलाई परमेश्‍वर तेजस्वी हुनुहुन्छ भन्‍ने थाहा थियो। आजभोलि कति जना मानिसहरू परमेश्‍वरको आदर गर्न सक्षम छन् र? यदि तिनीहरूले उहाँको स्वभावको बारेमा जान्दैनन् भने, तिनीहरूले कसरी परमेश्‍वरको आदर गर्न सक्छन् र? यदि मानिसहरूले न त ख्रीष्टको सारको बारेमा जान्दछन् न त परमेश्‍वरको स्वभाव नै बुझ्छन् भने, तिनीहरू वास्तविक परमेश्‍वरको साँचो आराधना गर्न सक्षम हुने कुरै आउँदैन। यदि तिनीहरूले ख्रीष्टको साधारण र सामान्य बाहिरी रूप मात्र देख्छन् तर अझै पनि उहाँको सार जान्दैनन् भने, ख्रीष्टलाई साधारण मानिसको रूपमा लिन तिनीहरूलाई सहज हुन्छ। तिनीहरूले उहाँप्रति अनादरकारी मनोवृत्ति अपनाउन सक्छन् र उहाँलाई धोका दिन, उहाँको प्रतिरोध गर्न, उहाँको अवज्ञा गर्न र उहाँको मूल्याङ्कन गर्न सक्छन्। तिनीहरू स्व-धर्मी हुन सक्छन् र तिनीहरूले उहाँका वचनहरूलाई गम्भीर रूपमा नलिन सक्छन्; तिनीहरूले परमेश्‍वरको विरुद्ध धारणाहरू, आलोचनाहरू र ईश्‍वरनिन्दा उत्पन्न गर्न सक्छन्। यी सवालहरूको निराकरण गर्न, एक व्यक्तिले ख्रीष्टको सार र ईश्‍वरत्वको बारेमा जान्‍नुपर्छ। यो परमेश्‍वरलाई जान्‍ने बारेको मुख्य पक्ष हो; यो व्यावहारिक परमेश्‍वरमाथि विश्‍वास गर्ने हरेक व्यक्तिले प्रवेश गर्नुपर्ने र प्राप्त गर्नुपर्ने कुरा हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अघिल्लो: जीवनमा प्रवेश (५)

अर्को: गन्तव्य र परिणामहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्