जीवनमा प्रवेश (६)
परमेश्वरका दैनिक वचनहरू अंश ५५६
सत्यता पछ्याएर मात्र व्यक्तिले स्वभावमा परिवर्तन हासिल गर्न सक्छ: यो मानिसहरूले जान्नुपर्ने र पूर्ण रूपमा बुझ्नुपर्ने कुरा हो। यदि तँसँग सत्यताको पर्याप्त ज्ञान छैन भने, तँ सजिलै चिप्लन र गलत बाटोमा लाग्न सक्छस्। यदि तँ जीवनमा वृद्धि हुन चाहन्छस् भने, तैँले सबै कुरामा सत्यता खोज्नुपर्छ। तैँले जे गरिरहेको भए पनि, तैँले सत्यता अनुरूप हुनका लागि ठीकसँगले व्यवहार गर्ने कोसिस गर्नुपर्छ, र तँभित्र त्यसलाई उल्लङ्घन गर्ने कुन दागहरू छन्, त्यो पत्ता लगाउनुपर्छ; तँसँग यी कुराहरूको स्पष्ट बुझाइ हुनुपर्दछ। तैँले जे गरिरहेको भए पनि, त्यो सत्यतासँग मेल खान्छ कि खाँदैन र त्यसको मूल्य र अर्थ छ कि छैन भनेर तैँले विचार गर्नुपर्छ। सत्यतासँग मेल खाने कुराहरू तँ गर्न सक्छस्, तर सत्यतासँग मेल नखाने कुराहरू तैँले गर्नुहुँदैन। तैँले गर्न सक्ने वा गर्न नसक्ने कुराहरूको विषयमा, यदि तैँले तिनलाई त्याग्न सक्छस् भने, तैँले तिनलाई त्याग्नुपर्छ। अन्यथा, यदि तैँले केही समयसम्म ती कुराहरू गर्छस् र पछि तैँले ती छाडिदिनुपर्छ भन्ने थाहा पाइस् भने, चाँडो निर्णय गर, र तिनलाई तुरुन्तै छोडिदे। तैँले गर्ने सबै कुरामा तैँले यही सिद्धान्त पालना गर्नुपर्छ। कतिपय मानिसहरूले यो प्रश्न उठाउँछन्: सत्यताको खोजी गर्नु र त्यसको अभ्यास गर्नु किन नदीको उल्टो धारमा डुङ्गा ख्याउने, र यदि ख्याउन छोडियो भने त्यो पछिल्तिर बगेर जानेजस्तै धेरै गाह्रो छ? तर दुष्ट र अर्थहीन कुरा गर्नु वास्तवमा किन नदीको सिधा धारमा डुङ्गालाई ख्याउनु जस्तो सजिलो हुन्छ? त्यस्तो किन हुन्छ? किनकि मानवजातिको प्रकृति नै परमेश्वरलाई धोका दिने हुन्छ। शैतानको प्रकृतिले मानिसभित्र प्रमुख भूमिका खेलेको छ, र यो एक प्रतिरोधी शक्ति हो। निस्सन्देह, परमेश्वरलाई धोका दिने प्रकृति भएका मानिसहरूले उहाँलाई धोका दिने कार्यहरू गर्ने सम्भावना हुन्छ, र उनीहरूले सकारात्मक कार्यहरू गर्न स्वाभाविक रूपमा गाह्रो हुन्छ। यो पूर्ण रूपमा मानवजातिको प्रकृति सारद्वारा निर्धारित हुन्छ। तैँले साँच्चै सत्यतालाई बुझेपछि र त्यसलाई आफैभित्रबाट प्रेम गर्न थालेपछि, तँलाई सत्यताअनुरूपका कामकुरा गर्न सजिलो लाग्नेछ। तैँले सामान्य तवरमै आफ्नो कर्तव्य निर्वाह गर्नेछेस् र सत्यता अभ्यास गर्नेछेस्—यहाँसम्म कि कुनै कठिनाइविना र खुसीसाथ नै गर्नेछेस्, अनि तँलाई कुनै पनि नकारात्मक कुरा गर्न धेरै मेहनत लाग्छ भन्ने अनुभूति हुनेछ। तेरो हृदयमा सत्यताले प्रमुख भूमिका खेल्ने हुनाले यस्तो हुन्छ। यदि तैँले साँच्चिकै मानव जीवनसम्बन्धी सत्यताहरू बुझिस् भने, कस्तो प्रकारको व्यक्ति बन्ने, कसरी निष्कपट र सोझो व्यक्ति बन्ने, र कसरी इमानदार व्यक्ति बन्ने, साथै कसरी परमेश्वरको साक्षी दिने र उहाँको सेवा गर्ने व्यक्ति बन्ने भन्ने सम्बन्धमा तँसँग पछ्याउने मार्ग हुनेछ। अनि एकपटक तैँले यी सत्यताहरू बुझेपछि, तैँले उहाँको प्रतिरोध गर्ने दुष्ट कार्यहरू फेरि कहिल्यै गर्न सक्नेछैनस्, न त तैँले कहिल्यै झूटो अगुवा, झूटो कामदार, वा ख्रीष्टविरोधीको भूमिका नै खेल्नेछस्। शैतानले तँलाई बहकाउने प्रयास गरे पनि, वा कुनै दुष्ट व्यक्तिले तँलाई उक्साए पनि, तैँले दुष्टता गर्ने वा परमेश्वरको प्रतिरोध गर्नेछैनस्; जसले तँलाई बहकाउने वा उक्साउने प्रयास गरे पनि, तैँले दुष्टता गर्नेछैनस्। यदि मानिसहरूले सत्यता प्राप्त गरे र सत्यता तिनीहरूको जीवन बन्यो भने, तिनीहरू दुष्टतालाई घृणा गर्न र नकारात्मक कुराहरूप्रति खिन्न हुन सक्षम हुनेछन्, र तिनीहरूलाई दुष्टता गर्न गाह्रो हुनेछ। किनभने तिनीहरूको जीवन स्वभाव परिवर्तन भएको हुन्छ र तिनीहरू परमेश्वरद्वारा सिद्ध पारिएका हुन्छन्।
यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायहरूअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले नचाहँदा नचाहँदै पनि त्यो गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र अभिमानी स्वभाव भएको भए, परमेश्वरको प्रतिरोध नगर भनेर भनिँदा कुनै फरक पर्ने थिएन, किनभने तैँले आफूलाई नियन्त्रण गर्न सक्ने थिइनस्—यो तेरा लागि अनायासै हुने कुरा हुनेथियो। तैँले जानाजानी त्यसो गर्ने थिइनस्; तैँले आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको प्रभुत्वमा परेर त्यसो गर्ने थिइस्। तेरो अहङ्कार र अभिमानले तँलाई परमेश्वरलाई हेयको नजरले हेर्न र उहाँलाई बेवास्ता गर्न लगाउनेथ्यो; तिनले तँलाई आफूलाई उच्च पार्नतिर प्रवृत्त गर्नेथिए, र तँलाई हरेक मोडमा आफूलाई प्रदर्शन गर्ने तुल्याउनेथिए; तिनले तँलाई अरूलाई हेयको नजरले हेर्न लगाउनेथिए, र तेरो हृदयमा आफूबाहेक अरू कसैलाई नराख्न लगाउनेथिए; तिनले तेरो हृदयबाट परमेश्वरको स्थान खोस्नेथिए, र अन्ततः तँलाई परमेश्वरको स्थानमा बस्न र मानिसहरूलाई तँप्रति समर्पित हुन माग गर्न लगाउनेथिए, र तँलाई आफ्नै विचार, सोच, र धारणाहरूलाई सत्यताका रूपमा पुज्न लगाउनेथिए। आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्! दुष्कर्म गर्ने समस्या समाधान गर्न, उनीहरूले पहिले आफ्नो प्रकृतिको समस्या समाधान गर्नुपर्छ। स्वभावमा परिवर्तन नगरी यो समस्याको आधारभूत समाधान ल्याउन सम्भव हुँदैन। जब तँमा परमेश्वरबारे केही बुझाइ हुन्छ, जब तैँले आफ्नै भ्रष्टता देख्न र अहङ्कार र अभिमानको घृणास्पदता र कुरूपता बुझ्न सक्छस्, तब तैँले घृणित, घिनाएको, र दुःखी महसुस गर्नेछस्। तैँले परमेश्वरलाई सन्तुष्ट पार्न सचेत रूपमा केही कुरा गर्न सक्नेछस् अनि त्यसपछि, तैँले सहज महसुस गर्नेछस्। तैँले सचेत भई परमेश्वरका वचनहरू पढ्नेछस्, परमेश्वरको बढाइ गर्नेछस्, परमेश्वरको गवाही दिनेछस्, र हृदयमा आनन्दित महसुस गर्नेछस्। तैँले सचेत रूपमा आफूलाई उदाङ्गो पार्नेछस्, आफ्नै कुरूपता खुलासा गर्नेछस्, र यसो गरेर, तँलाई भित्रबाट राम्रो महसुस हुनेछ र तेरो मुड सुध्रनेछ। तेरो स्वभावमा परिवर्तन खोज्ने पहिलो कदम भनेको परमेश्वरका वचनहरू बुझ्न र सत्यतामा प्रवेश गर्न खोज्नु हो। सत्यता बुझेर मात्रै तैँले खुट्ट्याउने क्षमता प्राप्त गर्न सक्छस्; खुट्ट्याउने क्षमता भएपछि मात्रै तैँले कामकुराहरू छर्लङ्गै देख्न सक्छस्; कामकुराहरू छर्लङ्गै देखेर मात्रै तैँले साँच्चै आफूलाई चिन्न सक्छस्; जब तैँले साँच्चै आफूलाई चिन्छस्, तब मात्रै तैँले देहविरुद्ध विद्रोह गर्न र सत्यतालाई अभ्यासमा लागू गर्न, र बिस्तारै परमेश्वरमा समर्पित हुन सक्छस्। यसरी, तँ कदम-कदम गर्दै परमेश्वरमाथिको आफ्नो विश्वासमा सही मार्गमा लाग्नेछस्। यो कुरा व्यक्तिको सत्यता पछ्याउने सङ्कल्प कस्तो छ भन्नेमा निर्भर हुन्छ। यदि कसैसँग साँच्चै सङ्कल्प छ भने, छ महिना वा एक वर्षपछि ऊ सही मार्गमा हिँड्न थाल्नेछ। तीन वा पाँच वर्षभित्र, उसले परिणामहरू देख्नेछ, र उसले जीवनमा प्रगति गरिरहेका छ भन्ने महसुस गर्नेछ। यदि मानिसहरूले परमेश्वरमा विश्वास गर्छन् तर सत्यताको खोजी गर्दैनन्, अनि सत्यता अभ्यास गर्ने कार्यमा कहिल्यै ध्यान दिँदैनन् भने, तिनीहरूले दश-बीस वर्ष विश्वास गरेको भए पनि कुनै परिवर्तन अनुभव नगरेका हुन सक्छन्। अनि आखिरमा, तिनीहरूले परमेश्वरमा विश्वास गर्नु भनेको यही हो भनी सोच्नेछन्; तिनीहरू पहिले बाह्य संसारमा जसरी जिइरहेका थिए यो लगभग त्यस्तै रहेछ, अनि जीवित रहनु अर्थहीन कुरा रहेछ भनी सोच्नेछन्। यसले वास्तवमा सत्यताविना जीवन रित्तो छ भन्ने देखाउँछ। तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन् होला, तर अझै पनि असुविधा र असहज महसुस गर्नेछन्। यदि मानिसहरूमा परमेश्वरसम्बन्धी केही ज्ञान छ भने, कसरी अर्थपूर्ण जीवन जिउनुपर्छ भन्ने जान्दछन्, र परमेश्वरलाई सन्तुष्ट पार्न केही कुराहरू गर्न सक्छन् भने, तिनीहरूले वास्तविक जीवन यही हो, र यसरी जिउँदा मात्रै तिनीहरूको जीवनको अर्थ हुन्छ, र परमेश्वरलाई सन्तुष्टि दिन, परमेश्वरको ऋण तिर्न र सहजता महसुस गर्न यस्तै प्रकारले जिउनुपर्छ भन्ने महसुस गर्नेछन्। यदि तिनीहरूले जानी-जानी परमेश्वरलाई सन्तुष्ट पार्न, सत्यता अभ्यास गर्न, आफैविरुद्ध विद्रोह गर्न, आफ्ना विचारहरू त्याग्न र परमेश्वरका अभिप्रायप्रति समर्पित र विचारशील हुन सक्छन् भने—यदि तिनीहरूले यी सबै कुरा होसियार भएर गर्न सक्छन् भने—सत्यतालाई सही रूपमा अभ्यास गर्नु, र सत्यतालाई साँचो रूपले अभ्यास गर्नु भनेको यही नै हो। यो पहिलेको जस्तो कल्पनामा भरोसा गर्नु र प्रावधानहरू पालना गर्नु, अनि त्यो नै सत्यताको अभ्यास गर्नु हो भनेर सोच्नु जस्तो होइन। वास्तवमा, कल्पनाहरूमा भरोसा गर्नु र नियमहरू पालना गर्नु निकै थकाइलाग्दो हुन्छ, सत्यता नबुझ्नु र सिद्धान्तहरूमा नरही काम गर्नु पनि त्यतिकै थकाइलाग्दो हुन्छ, र उद्देश्यविना अन्धाधुन्ध रूपमा काम गर्नु त झनै थकाइलाग्दो हुन्छ। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तँ कुनै मानिस, घटना वा कुराको बन्धनमा पर्दैनस्, र तैँले साँचो रूपमा स्वतन्त्रता र रिहाइ पाएको हुन्छस्। तैँले सिद्धान्तको आधारमा काम गर्नेछस्, र तँ ढुक्क र खुसी हुनेछस्, अनि तँलाई यसको लागि धेरै मेहनत गर्नुपर्छ वा यसले धेरै कष्ट ल्याउँछ भन्ने लाग्दैन। यदि तेरो स्थिति यस्तो छ भने, तँमा सत्यता र मानवता हुन्छ, र तँ स्वभाव परिवर्तन भएको व्यक्ति हुन्छस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५५७
जीवन अनुभवको क्रममा, चाहे जेसुकै आइपरोस्, तैँले सत्यता खोज्न सिक्नैपर्छ। तैँले परमेश्वरका वचनहरू र सत्यताअनुसार यस मामिलालाई राम्ररी मनन गर्नुपर्छ, र कुन तरिकाले कार्य गर्नु पूर्ण रूपमा परमेश्वरका अभिप्रायहरूअनुरूप हुन्छ भनी जान्नुपर्छ, र यसरी तैँले तेरो आफ्नै इच्छाबाट आउने ती कुराहरूलाई पन्छाउन सक्नेछस्। एकपटक तैँले परमेश्वरका अभिप्रायहरूअनुरूप कार्य गर्न जानेपछि, तैँले त्यसैगरी कार्य गर्नुपर्छ—सबै कुरा स्वाभाविक रूपमा बगेको जस्तो देखिनेछ, र धेरै आरामदायी र सजिलो महसुस हुनेछ। सत्यता बुझेका मानिसहरूले कामकुरा यसरी नै गर्ने गर्छन्। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा तँ साँच्चै नै प्रभावकारी भएको, र तेरो काम गर्ने शैलीमा सिद्धान्तहरू भएको, तेरो जीवन स्वभाव साँच्चै नै परिवर्तन भएको, तैँले परमेश्वरका चुनिएका मानिसहरूका निम्ति धेरै वटा असल कामकुरा गरेको भनेर मानिसहरूलाई देखाउन सक्छस् भने, तँ सत्यता बुझ्ने मानिस होस्, र तँमा अवश्य नै मानव रूप छ; र तैँले परमेश्वरको वचन खाँदा र पिउँदा त्यसमा पक्कै प्रभाव परेको छ। कसैले साँचो रूपमा सत्यता बुझेपछि, उसले आफ्ना विभिन्न स्थितिहरू खुट्ट्याउन सक्छ, उसले जटिल मामलाहरूलाई स्पष्ट रूपमा देख्न सक्छ, त्यसकारण उसलाई कसरी उचित रूपमा अभ्यास गर्ने भनेर थाहा हुन्छ। यदि कुनै व्यक्तिले सत्यता बुझ्दैन र आफ्नै स्थिति खुट्ट्याउन सक्दैन भने, उसले आफैविरुद्ध विद्रोह गर्न चाहे पनि, उसलाई केविरुद्ध विद्रोह गर्ने वा कसरी विद्रोह गर्ने भन्ने थाहा हुँदैन, र उसले आफ्नै इच्छा त्याग्न चाहे पनि, उसलाई त्यसमा के गलत छ भन्ने थाहा हुँदैन, र ऊ अझै पनि आफ्नै इच्छा पूर्ण रूपमा सत्यताअनुरूप छ भन्ने सोच्छ, र सायद आफ्नै इच्छालाई पवित्र आत्माको अन्तर्दृष्टिको रूपमा समेत लिन्छ। त्यसोभए त्यस्तो व्यक्तिले कसरी आफ्नै इच्छा त्याग्न सक्छ? उसले पक्कै पनि सक्नेछैन, देहविरुद्ध विद्रोह गर्न त झनै सक्नेछैन। त्यसकारण, जब तँ सत्यता बुझ्दैनस्, तब तैँले आफ्नै इच्छाबाट आउने कुराहरू, मानव धारणाहरूसँग मिल्ने कुराहरू, साथै मानव दया, प्रेम, दुःख, र बलिदान सही र सत्यताअनुरूप भएको भनी सजिलै गलत रूपमा बुझ्न सक्नेछस्। त्यसोभए, तँ यी मानव कुराहरूविरुद्ध कसरी विद्रोह गर्न सक्छस्? तँ सत्यता बुझ्दैनस्, र तँ सत्यता अभ्यास गर्नुको अर्थ जान्दैनस्। के गर्ने भन्नेबारे तँ पूर्ण रूपमा अनजान र अलमल्ल छस्, त्यसैले तँलाई जे राम्रो लाग्छ तँ त्यही मात्र गर्न सक्छस्, र फलस्वरूप, तेरा कतिपय कार्यमा विकृतिहरू आउँछन्। तेरा कतिपय कार्य प्रावधानहरू पछ्याउने खालका हुन्छन्, कतिपय उत्साहका कारणले गरिन्छन्, र कतिपय चाहिँ ठ्याक्कै शैतानका बाधाहरूबाट आउँछन्। सत्यता नबुझ्ने मानिसहरू यस्तै हुन्छन्। कामकुराहरू गर्दा, तिनीहरू कि त एकातिर भड्किन्छन् कि त अर्कोतिर, तिनीहरूमा सधैँ विचलनहरू आउँछन्, र तिनीहरूले सिद्धान्तहरू पक्रन चाहे पनि, तिनीहरू अलिकति पनि सटीक हुँदैनन्। सत्यता नबुझ्ने मानिसहरूको हेर्ने दृष्टिकोण गैरविश्वासीहरूको जस्तै असङ्गत हुन्छ। तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्छन् र? तिनीहरूले कसरी समस्याहरू समाधान गर्न सक्छन् र? सत्यता बुझ्नु त्यति सरल कुरा होइन। व्यक्तिको क्षमता जति उच्च वा कमजोर भए पनि, जीवनभरि अनुभव गरिसकेपछि पनि, उसले बुझ्ने सत्यताको मात्रा सीमित हुन्छ, र उसले बुझ्ने परमेश्वरको वचन पनि सीमित नै हुन्छ। तुलनात्मक रूपमा अलिक बढी अनुभवी मानिसहरू केही सत्यता बुझेका मानिस हुन्, र बढीमा तिनीहरूले परमेश्वरको विरोध गर्ने कार्यहरू र स्पष्ट रूपमै दुष्ट कुराहरू गर्न छोड्न सक्छन्। तिनीहरूले आफ्नै इच्छाको कुनै पनि मिसावटविना काम गर्न असम्भव हुन्छ। मानवजातिमा सामान्य सोचाइ हुन्छ र तिनीहरूको विचार सधैँ परमेश्वरको वचनअनुरूप नहुन सक्छ, त्यसैले तिनीहरूको आफ्नै इच्छा मिसिएर आउनु अपरिहार्य नै हुन्छ। त्यसैले, आफ्नै इच्छाबाट आउने सबै कुराहरू र परमेश्वरको वचन, सत्यता, र पवित्र आत्माको अन्तर्दृष्टिको विरुद्धमा जाने कुराहरूलाई छुट्याउने समझशक्ति हुनु महत्त्वपूर्ण छ। यसको लागि तैँले परमेश्वरको वचन बुझ्न धेरै मेहनत गर्नुपर्छ; तैँले सत्यता बुझेपछि मात्रै तँलाई यस्तो समझशक्ति प्राप्त हुन्छ, अनि त्यसपछि मात्रै तैँले आफूले दुष्कर्म नगर्ने भनी सुनिश्चित गर्न सक्छस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५५८
आफूलाई चिन्नका लागि, तैँले आफ्ना भ्रष्टताका प्रकटीकरणहरू, तेरा भ्रष्ट स्वभावहरू, तेरा मुख्य कमजोरीहरू, र तेरो प्रकृति सार जान्नैपर्छ; तैँले आफ्नो दैनिक जीवनमा सामना गर्ने हरेक मामलामा हुने तेरा प्रकटीकरणहरूका आधारमा आत्मचिन्तन गर्नैपर्छ। परमेश्वरका वचनहरू खाँदा र पिउँदा, तैँले हरेक कुराप्रतिको तेरा मनसाय, दृष्टिकोण, र मनोवृत्ति जाँच्नैपर्छ, र यी मामलाहरूमा तेरा प्रकटीकरणहरूबाट आफूलाई चिन्नैपर्छ। अवश्य नै, अझै गहिरो स्तरमा आफूलाई चिन्नका लागि, तैँले परमेश्वरका वचनहरू प्रयोग गर्नैपर्छ; परमेश्वरका वचनहरूका आधारमा आफूलाई चिनेर मात्रै तँ नतिजाहरू हासिल गर्न सक्छस्। परमेश्वरका वचनहरूको न्याय स्वीकार गर्ने कुरा आउँदा, हृदयमा पीडा भोग्न नडरा, परमेश्वरका वचनहरूद्वारा खुलासा गरिँदा तेरो इज्जत गुम्ने र बेइज्जत हुने कुरादेखि नडरा, र अझै बढी, तेरा कुरूप स्थितिहरू खुलासा हुने र अरूले तिनलाई छर्लङ्गै देख्ने कुरादेखि नडरा। यी पीडाहरू भोगेर मात्रै तँ तेरा भ्रष्ट स्वभावहरू जान्न सक्छस्, तेरो गहिरो भ्रष्टताको वास्तविकता छर्लङ्गै देख्न सक्छस्, हृदयदेखि नै आफूलाई र शैतानलाई घृणा गर्न सक्छस्, र सजिलै आफ्नो देह र शैतानको विरुद्ध विद्रोह गर्न सक्छस्। जब तँ सत्यता अभ्यास गर्न सक्षम हुन्छस्, तब तैँले तेरा भ्रष्ट स्वभावहरू फालेको हुनेछस्। न्याय स्वीकार गर्दा मानिसहरूले यसरी कष्ट भोग्नु तिनीहरूका लागि अत्यन्तै लाभदायक हुन्छ। परमेश्वरमा विश्वास गर्ने व्यक्तिका रूपमा, तैँले मानिसहरूलाई न्याय गर्ने र सजाय दिने परमेश्वरका वचनहरू अझै धेरै पढ्नुपर्छ, विशेष गरी मानवजातिको भ्रष्टताको सार खुलासा गर्ने वचनहरू। तैँले तिनलाई तेरो वास्तविक स्थितिसँग अझै बढी जोड्नुपर्छ, र तैँले तिनलाई आफूमा अझै बढी र अरूमा कम लागू गर्नुपर्छ। परमेश्वरले खुलासा गर्ने विभिन्न स्थिति हरेक व्यक्तिमा निकै धेरै देखा पर्छन्, र ती सबै तिनीहरूमा भेट्टाउन सकिन्छ। यदि तँलाई विश्वास लाग्दैन भने, यसलाई अनुभव गर्ने प्रयास गर्। तैँले जति धेरै अनुभव गर्छस्, तैँले आफूलाई त्यति धेरै चिन्नेछस्, र तँलाई परमेश्वरका वचनहरू अत्यन्तै सही छन् भन्ने त्यति नै धेरै अनुभव हुनेछ। परमेश्वरका वचनहरू पढिसकेपछि, कतिपय मानिसहरूले तिनलाई आफैसँग जोड्न सक्दैनन्; उनीहरू यी वचनहरूका केही भागहरू उनीहरूको बारेमा होइनन्, तर ती अरू मानिसहरूको बारेमा हुन् भनी सोच्छन्। उदाहरणका लागि, जब परमेश्वरले मानिसहरूलाई व्यभिचारीणी र वेश्याका रूपमा प्रकट गर्नुहुन्छ, तब केही दिदी-बहिनी आफू आफ्नो पतिप्रति अटल रूपमा बफादार भएका कारण त्यस्ता वचनहरू आफ्ना बारेमा भनिएको होइन भन्ने सोच्छन्। केही दिदी-बहिनी आफू अविवाहित भएकाले र आफूले कहिल्यै यौन-सम्पर्क नगरेकाले त्यस्ता वचनहरू आफूसम्बन्धी पनि होइनन् भन्ने सोच्छन्। केही दाजुभाइ यी वचनहरू केवल महिलालाई मात्र भनिएका हुन्, र आफूसँग तिनको कुनै सम्बन्ध छैन भन्ने सोच्छन्। कतिपय मानिस मानिसलाई खुलासा गर्ने परमेश्वरका वचनहरू अत्यन्तै कठोर छन्, ती वास्तविकतासँग मेल खाँदैनन् भन्ने विश्वास गर्छन्, र तिनलाई स्वीकार गर्न सक्दैनन्। त्यस्ता मानिसहरू पनि छन् जसले कतिपय अवस्थामा परमेश्वरका वचनहरू सटीक हुँदैनन् भनी भन्छन्। के यो परमेश्वरका वचनहरूप्रति हुनुपर्ने सही मनोवृत्ति हो? यो अवश्य नै गलत कुरा हो। मानिसहरू सबैले आफूलाई आफ्ना बाहिरी बानीबेहोराको आधारमा हेर्छन्। तिनीहरू आत्मचिन्तन गर्न, र परमेश्वरका वचनहरूका आधारमा आफ्नो भ्रष्ट सार चिन्न सक्दैनन्। यहाँ, “व्यभिचारीणीहरू” र “वेश्याहरू” ले मानवजातिको भ्रष्टता, फोहोरीपन र व्यभिचारको सारलाई जनाउँछ। चाहे पुरुष होस् वा स्त्री, विवाहित होस् वा अविवाहित, सबै जनामा व्यभिचारका भ्रष्ट सोचहरू हुन्छन्—यसैले तँसँग यसको कुनै सम्बन्ध कसरी नहुन सक्छ? परमेश्वरका वचनहरूले मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्छन्; चाहे पुरुष होस् वा महिला, भ्रष्टताको स्तर एउटै हुन्छ। के यो एउटा तथ्य होइन? हामीले सुरुमा परमेश्वरले भन्नुभएको सबथोक सत्यता हो, र तथ्यहरूअनुरूप हुन्छन्, अनि मानिसहरूलाई न्याय र खुलासा गर्ने उहाँका वचनहरू जति नै कठोर भए पनि, वा सत्यता सङ्गति गर्ने वा मानिसहरूलाई अर्ती दिने उहाँका वचनहरू जति नै नम्र भए पनि, उहाँका वचनहरू न्याय भए पनि वा आशिष् भए पनि, ती दोषी ठहराइ वा श्राप भए पनि, तिनले मानिसहरूलाई तीतो अनुभूति दिए पनि मीठो अनुभूति दिए पनि, मानिसहरूले ती सबैलाई स्वीकार गर्नुपर्छ भनेर थाहा पाउनुपर्छ। परमेश्वरका वचनहरूप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति यही हो। यो कस्तो किसिमको मनोवृत्ति हो? यो निष्ठावान् मनोवृत्ति हो कि, धैर्यवान् मनोवृत्ति हो कि, कष्ट सहने मनोवृत्ति हो? तिमीहरू अलि दुविधामा छौ। म तिमीहरूलाई भन्छु, कि यो यीमध्ये कुनै पनि होइन। मानिसहरूले तिनीहरूको विश्वासमा परमेश्वरका वचनहरू सत्यता हुन् भनी दृढ विश्वास गर्नुपर्छ, र ती वास्तवमै सत्यता भएकाले मानिसहरूले तिनलाई समझका साथ स्वीकार गर्नुपर्छ। तिनीहरूले यो कुरा पहिचान गर्न वा स्वीकार गर्न सके पनि वा नसके पनि, तिनीहरूको पहिलो मनोवृत्ति परमेश्वरका वचनहरूलाई आफ्नो हृदयमा पूर्ण रूपमा स्वीकार गर्ने हुनुपर्छ; यो मात्रै परमेश्वरप्रतिको समर्पणताको मनोवृत्ति हो। यदि तँलाई परमेश्वरका वचनहरूले तँलाई खुलासा गरिरहेका छैनन् भन्ने लाग्छ भने—खैर, के तँ पनि भ्रष्ट मानवजातिको सदस्य होइनस् र? भ्रष्ट मानवजातिका सबै सदस्यले परमेश्वरको न्याय र सजाय स्वीकार गर्नैपर्छ—के तँ साँच्चै अपवाद हुन सक्छस्? परमेश्वरका वचनहरूले खुलासा गरेका समस्याहरूमा भ्रष्ट मानवजातिको हरेक सदस्यको हिस्सा हुन्छ। परमेश्वरले बोलेको हरेक वाक्यले भ्रष्ट मानवजातिलाई खुलासा गर्छ, र यसमा सबैको हिस्सा हुन्छ—अवश्य नै तँ अपवाद होइनस्। परमेश्वरका वचनहरूको एउटै वाक्यले पनि बाहिरी रूप, वा एक प्रकारको स्थिति, झन् मानिसहरूमा हुने बाहिरी प्रावधान वा साधारण प्रकारको व्यवहार त खुलासा गर्दै गर्दैन। ती त्यस्ता हुँदैनन्। यदि तँलाई परमेश्वरका वचनहरूको हरेक वाक्यले मानिसको साधारण प्रकारको व्यवहार वा बाहिरी रूपलाई मात्रै खुलासा गरिरहेको छ भन्ने लाग्छ भने, तँसँग कुनै आत्मिक बुझाइ छैन र तँ सत्यता के हो भन्ने बुझ्दैनस्। परमेश्वरका वचनहरू सत्यता हुन्। मानिसहरूलाई परमेश्वरका वचनहरू गहन छन् भन्ने महसुस हुन्छ। ती कसरी गहन छन्? परमेश्वरको हरेक वचनले मानिसहरूका भ्रष्ट स्वभावहरू, र तिनीहरूको जीवनभित्र गहिरो जरा गाडेका कुराहरूलाई खुलासा गर्छ। ती सारभूत कुराहरू हुन्, बाहिरी रूप होइनन्, र विशेष गरी बाहिरी व्यवहारहरू होइनन्। यदि तैँले धेरै व्यक्तिको बाहिरी रूप हेरिस् भने, तिनीहरू असल मानिस जस्ता देखिन सक्छन्। तर त्यसो भए किन परमेश्वरले केही मानिसहरू दुष्टात्माहरू हुन् र केही अशुद्ध आत्माहरू हुन् भनी भन्नुहुन्छ? यो तेरो निम्ति अदृश्य विषय हो। त्यसकारण, परमेश्वरका वचनहरूलाई मानव धारणा वा कल्पनाहरूअनुसार, वा मानव जनश्रुतिको आधारमा लिनु हुँदैन, र सत्ताधारी पार्टीका अभिव्यक्तिहरूका आधारमा त अवश्य नै लिनु हुँदैन। परमेश्वरका वचनहरू मात्रै सत्यता हुन्; मान्छेका शब्दहरू सबै भ्रमहरू हुन्। आफूलाई त्यसरी सङ्गति गरिसकिएपछि, के तिमीहरूले परमेश्वरका वचनहरूप्रतिको तिमीहरूको मनोवृत्तिमा परिवर्तन अनुभव गरेका छौ? त्यो परिवर्तन जति नै ठूलो वा सानो भए पनि, अर्कोपटक मानिसहरूको न्याय र खुलासा गर्ने परमेश्वरका वचनहरू पढ्दा, तिमीहरूले कम्तीमा पनि परमेश्वरसँग बहस गर्ने प्रयास गर्नु हुँदैन। तैँले “मानिसहरूको खुलासा र न्याय गर्ने परमेश्वरका वचनहरू साँच्चै कठोर छन्; म यो पृष्ठ पढ्नेछैन। म यसलाई छोडेर अघि बढ्नेछु। म आशिष्हरू र प्रतिज्ञाहरूबारे पढेर केही सान्त्वना लिनेछु” भन्दै परमेश्वरबारे गुनासो गर्न छोड्नुपर्छ। तैँले अबउप्रान्त आफ्नै इच्छाअनुसार रोज्दै र छान्दै परमेश्वरको वचन पढ्न छोड्नुपर्छ। तैँले सत्यता अनि परमेश्वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नुपर्छ, र आत्मचिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ। यसरी मात्रै तेरा भ्रष्ट स्वभावहरू धुन सकिन्छ, र यसरी मात्रै तैँले मुक्ति पाउन सक्छस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग
परमेश्वरका दैनिक वचनहरू अंश ५५९
तैँले मानव प्रकृतिलाई कसरी बुझ्छस्? तेरो प्रकृतिलाई बुझ्नु भनेको वास्तवमा तेरो प्राणको भित्री गहिराइमा रहेका कुराहरू विश्लेषण गर्नु हो—यो तेरो जीवनभित्र रहेका कुराहरू, तँ जिउँदै आइरहेको शैतानको तर्क र दर्शनहरू, अर्थात् तँ जिउँदै आइरहेको शैतानको जीवन विश्लेषण गर्नु हो। तेरो प्राणको गहिराइभित्र रहेका कुराहरूलाई पत्ता लगाएर मात्र तैँले आफ्नो प्रकृतिलाई बुझ्न सक्छस्। यी कुराहरूलाई कसरी पत्ता लाउन सकिन्छ? एकदुई मामिलामार्फत मात्र ती कुराहरूलाई पत्ता लाउन वा विश्लेषण गर्न सकिँदैन। धेरै चोटि, तैँले केही कार्य गरिसकेपछि, तैँले अझै पनि बुझेको हुँदैनस्। अलिअलि आत्मज्ञान वा बुझाइ प्राप्त गर्नको निम्ति पनि तँलाई तीनदेखि पाँच वर्षसम्म लाग्न सक्छ। त्यसैले, धेरै परिस्थितिहरूमा, तैँले आत्मचिन्तन गर्नुपर्छ अनि आफैलाई चिन्नुपर्छ। तैँले कुनै पनि नतिजा देख्न पाउनको लागि परमेश्वरका वचनहरूअनुसार आफूलाई अझै गहन रूपले जाँच र चिरफार गर्नुपर्छ। जब सत्यसम्बन्धी तेरो ज्ञान झन्-झन् बढ्दै र झन्-झन् गहिरो हुँदै जान्छ, तब तैँले आत्म-चिन्तन र आत्म-ज्ञानद्वारा आफ्नो प्रकृति सारलाई बिस्तारै जान्न थाल्नेछस्।
आफ्नो प्रकृति चिन्नलाई तैँले यसलाई केही कुराहरूमार्फत राम्ररी बुझ्नुपर्छ। पहिलो, तँलाई के मन पर्छ त्यसबारे तँमा स्पष्ट बुझाइ हुनुपर्छ। यसले तँलाई के खान वा लगाउन मन पर्छ त्यसलाई बुझाउँदैन, बरु, यसको अर्थ तैँले आनन्द लिने किसिमका कुराहरू हुन्, तैँले ईर्ष्या गर्ने, तैँले आराधना गर्ने, तैँले पछ्याउने, र तैँले आफ्नो हृदयमा ध्यान दिने कुराहरू, तँलाई सम्पर्कमा रहन मन लाग्ने मानिसहरू, र तैँले आफ्नो हृदयमा आदर गरेका र पुजेर राखेका व्यक्तिहरू हुन्। उदाहरणको लागि, धेरैजसो मानिसहरूले ठूलो पदमा बसेका, बोली र व्यवहारमा उत्कृष्ट रहेका, वा बोलीले लट्ठ पार्ने वा नाटक देखाउने मानिसहरूलाई मन पराउँछन्। माथि भनिएका व्यक्तिहरू तिनीहरूले कुराकानी गर्न मन पराउने मानिसहरू हुन्। मानिसहरूलाई मनपर्ने कार्यहरूको कुरा गर्दा, तिनमा गर्न सहज हुने कुराहरू गर्न इच्छुक हुनु, अरूलाई राम्रा लाग्ने र मानिसहरूले अनुमोदन र प्रशंसा गर्ने कामकुराहरू गर्न मन पराउनु जस्ता कार्य पर्छन्। मानिसहरूको प्रकृतिहरूमा, तिनीहरूले मन पराउने थोकहरूको एउटा सामान्य विशेषता हुन्छ। अर्थात्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसको बाहिरी रूपहरूको कारण अरूले ईर्ष्या गर्छन्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र कुराहरू मन पराउँछन्, जुन औधी सुन्दर अनि विलासपूर्ण देखिन्छन्, र तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसले अरूलाई तिनीहरूको आराधना गर्ने बनाउँछ। मानिसहरूले अति नै मन पराउने यी कुराहरू निकै राम्रा, अचम्मका, आकर्षक र भव्य हुन्छन्। सबै मानिसहरूले यी थोकहरूको पूजा गर्छन्। यो देख्न सकिन्छ कि मानिसहरूमा कुनै पनि सत्यता छैन, न त तिनीहरूसँग मानिसको साँचो स्वरूप नै छ। यी थोकहरूको आराधना गर्नुको अलिकति पनि महत्त्व छैन, तरै पनि मानिसहरूले ती मन पराउँछन्। मानिसहरूले मन पराउने यी कुराहरू परमेश्वरमा विश्वास नगर्नेहरूलाई विशेष गरी राम्रो लाग्छ, र ती कुराहरूको पछि लाग्न मानिसहरू विशेष इच्छुक हुन्छन्। … मानिसहरूले खोजी गर्ने र तृष्णा गर्ने कुराहरू सांसारिक प्रचलनका कुरा हुन्, यी शैतान र दियाबलसहरूका कुरा हुन्, परमेश्वरले तिनलाई घृणा गर्नुहुन्छ, र तिनमा कुनै सत्यता हुँदैन। मानिसहरूले तृष्णा गर्ने यी कुराहरूबाट तिनीहरूको प्रकृति सार उजागर गर्न मदत मिल्छ। मानिसहरूका रुचिहरू उनीहरूले लगाउने पोसाकमा देख्न सकिन्छ। केही मानिसहरू अरूको ध्यान खिँच्ने, रङ्गीचङ्गी वा अनौठा पोसाकहरू लगाउन इच्छुक हुन्छन्। अनि, तिनीहरू पहिले कसैले पनि नपहिरेको अतिरिक्त जिनिसहरू पहिरन चाहन्छन्, र तिनीहरू विपरीत लिङ्गीहरूलाई आकर्षित गर्ने चीजहरू मन पराउँछन्। उनीहरूले लगाउने यी पोसाकहरू र सरसामानहरूले उनीहरूले आफ्नो जीवनमा र उनीहरूको हृदयको गहिराइमा यी चीजहरूमा रुचि राख्छन् भन्ने देखाउँछ। उनीहरूले मन पराउने चीजहरू मर्यादित वा भद्र हुँदैनन्। ती सामान्य व्यक्तिले खोजी गर्नुपर्ने चीजहरू होइनन्। ती कुराहरूप्रतिको तिनीहरूको मोहमा अधर्म लुकेको हुन्छ। तिनीहरूका दृष्टिकोण ठ्याक्कै सांसारिक मानिसहरूको जस्तै हुन्छ। त्यसको कुनै पनि भाग सत्यतासित मेल खाएको देख्न सकिँदैन। तँलाई जे मन पर्छ, तँ जुन कुरामा ध्यान दिन्छस्, तैँले जे कुराको आराधना गर्छस्, तैँले जुन कुराको ईर्ष्या गर्छस्, र तैँले प्रत्येक दिन आफ्नो हृदयमा जे सोच्छस् ती सबै तेरो प्रकृतिलाई प्रतिनिधित्व गर्ने कुराहरू हुन्। तेरो प्रकृतिले अधर्मलाई मन पराउँछ, र गम्भीर अवस्थाहरूमा, तेरो प्रकृति दुष्ट र असुधारीय छ भनी प्रमाणित गर्नको लागि यी सांसारिक कुराहरूप्रतिको तेरो झुकाव नै काफी छ। तैँले यस तरिकाले आफ्नो स्वभावको चिरफार गर्नुपर्छ: तँलाई धेरै मन पर्ने कुरा के हो र तैँले आफ्नो जीवनमा के कुरालाई त्याग्छस् त्यसलाई जाँच गर्। तँ केही समयका लागि कसैका निम्ति असल हुन सक्छस्, तर त्यसले तैँले तिनीहरूलाई धेरै मन पराउँछस् भनी प्रमाणित गर्दैन। तँलाई साँच्चै जे मन पर्छ तेरो प्रकृतिमा ठीक त्यही नै हुन्छ; यदि तेरा हड्डीहरू भाँचिए पनि, तँ अझै पनि त्यही कुरामा रमाउनेछस् र तैँले त्यसलाई कहिल्यै पनि छोड्न सक्नेछैनस्। यसलाई परिवर्तन गर्न सजिलो छैन। उदाहरणका लागि, जीवनसाथी खोज्ने कुरालाई लिऊँ, मानिसहरूले आफूसमान स्तरका मानिसहरू खोज्छन्। यदि एउटी महिला कसैसँग साँच्चै प्रेममा फसेकी छिन् भने, कसैले पनि उनलाई रोक्न सक्दैन। यदि उसका खुट्टाहरू भाँचिदिए पनि, उनी अझै पनि त्यो व्यक्तिको साथमा हुन चाहन्छिन्; यदि मर्नै परे पनि उनी त्यो व्यक्तिसँग बिहे गर्न चाहन्छिन्। यो कसरी हुन सक्छ? यस्तो हुन्छ किनकि मानिसहरूको नसानसामा, तिनीहरूको हृदयको गहिराइमा जे हुन्छ त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। यदि व्यक्ति मऱ्यो भने पनि उसको प्राणले अझै पनि तिनै थोकहरूलाई मन पराउँछ; यी मानवीय प्रकृतिका कुराहरू हुन्, र तिनले व्यक्तिको सारलाई प्रतिनिधित्व गर्छन्। मानिसहरू जुन कुराहरू मन पराउँछन् तिनमा केही अधर्महरू हुन्छन्। कतिपय व्यक्तिहरू ती कुराहरूप्रतिको उनीहरूका सोखको बारेमा स्पष्ट हुन्छन्, कोही हुँदैनन्; कसै-कसैले ती कुराहरूको ठूलो चाहना गर्छन् भने अरूले गर्दैनन्; कतिपय मानिसहरूमा संयमता हुन्छ भने, अरू कतिपयले आफूलाई नियन्त्रण गर्न सक्दैनन्। कतिपय मानिसहरू अन्धकार र दुष्टतामा डुब्ने सम्भावना हुन्छ, जसले उनीहरूमा जीवन छैन भन्ने प्रमाणित गर्छ। कतिपय मानिसहरूले भने देहको परीक्षाबाट पार पाउन सक्छन् र ती कुराहरूको काबु वा बन्धनमा रहँदैनन्, र यसले उनीहरूसँग अलिअलि कद छ र उनीहरूको स्वभाव अलिअलि रूपान्तरित भएको छ भन्ने प्रमाणित गर्छ। कतिपय मानिसहरूले केही सत्यता बुझ्छन् र आफूसित जीवन छ र आफूले परमेश्वरलाई प्रेम गर्छु भन्ने महसुस गर्छन्, तर वास्तवमा, यसको लागि अझै बेला भएको हुँदैन, किनकि व्यक्तिको स्वभाव रूपान्तरण हुनु साधारण कुरा होइन। के व्यक्तिको प्रकृति सार बुझ्न सजिलो छ? कसैले थोरैथोरै बुझे पनि, त्यो बुझाइ प्राप्त गर्नलाई उसले धेरै घुम्ती र मोडहरू पार गर्नुपर्छ, र त्यो थोरै बुझाइपछि पनि, परिवर्तन सहज हुँदैन। यी सबै मानिसहरूले सामना गर्ने कठिनाइहरू हुन्, र सत्यता पछ्याउने सङ्कल्पविना मानिसहरूले आफूलाई चिन्न सक्दैनन्। तेरो वरिपरिका मानिस, घटना र मामलाहरू जसरी परिवर्तन भए पनि र संसार जसरी उलटपुलट भए पनि, यदि सत्यताले तँलाई भित्रैबाट अगुवाइ गरिरहेको छ भने, यदि त्यसले तँभित्र जरा गाडेको छ र यदि परमेश्वरका वचनहरूले तेरो जीवन, रुचि, अनुभव र अस्तित्वलाई अगुवाइ गरिरहेको छ भने, त्यस स्थितिमा तँ साँच्चै रूपान्तरण भएको हुनेछस्। अहिले, मानिसहरूको कथित रूपान्तरण त थोरै सहकार्य गर्न सक्नु, काटछाँट मन नलागीनलागी स्विकार्नु, सक्रिय रूपमा कर्तव्य निर्वाह गर्नु, र थोरै जोस र विश्वास हुनु मात्रै हो, तर यसलाई स्वभावगत रूपान्तरण मान्न सकिँदैन र यसले मानिसहरूसँग जीवन छ भन्ने प्रमाणित गर्दैन। यो त केवल मानिसहरूको रुचि र झुकाव मात्र हो—त्योभन्दा बढी केही होइन।
मानिसहरूको प्रकृतिसम्बन्धी बुझाइमा पुग्नका लागि आफ्नो प्रकृतिले नै प्रिय ठान्ने कुराहरू पत्ता लगाउनेबाहेक तिनीहरूको प्रकृतिभित्रका सबैभन्दा महत्त्वपूर्ण केही पक्षहरू पनि पत्ता लगाउनु आवश्यक हुन्छ। उदाहरणका लागि, कामकुराबारे मानिसहरूका दृष्टिकोणहरू, जीवनमा मानिसहरूले लिने तरिका र उद्देश्यहरू, जीवनको विषयमा मानिसहरूका मूल्य-मान्यताहरू र जीवनका दृष्टिकोणहरू, साथै सत्यतासम्बन्धी सबै कुराबारे दृष्टिकोण र रायहरू। यी सबै कुरा मानिसको प्राणको गहिराइमा हुन्छन् र स्वभावको रूपान्तरणसित तिनको प्रत्यक्ष सम्बन्ध हुन्छ। त्यसो भए, भ्रष्ट मानवजातिको जीवनप्रतिको दृष्टिकोण कस्तो हुन्छ? यो यस्तो हुन्छ भनेर भन्न सकिन्छ: “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ।” मानिसहरू सबै आफ्नै निम्ति जिउँछन्; सरल रूपमा भन्नुपर्दा, उनीहरू देहका लागि जिइरहेका हुन्छन्, र उनीहरू पेट भर्नका निम्ति मात्र जिइरहेका हुन्छन्। यस्तो अस्तित्व कसरी पशुको भन्दा भिन्न हुन्छ? यस प्रकारले जिउनुको कुनै महत्त्व हुँदैन, न त कुनै अर्थ नै हुन्छ। व्यक्तिको जीवनप्रतिको दृष्टिकोण, ऊ संसारमा जिउनका निम्ति कुन कुरामा भर पर्छ, ऊ केका लागि जिउँछ, र ऊ कसरी जिउँछ भन्ने हो—र यी सबै मानव प्रकृतिभित्रै पर्ने सारगत कुरा हुन्। मानिसहरूको प्रकृति चिरफार गरेर, तैँले सबै मानिसहरूले परमेश्वरको प्रतिरोध गर्छन् भन्ने पत्ता लगाउँछस्। उनीहरू सबै दियाबलसहरू हुन् र साँचो रूपमा असल व्यक्ति कोही पनि छैन। मानिसहरूको प्रकृतिलाई चिरफार गरेर मात्र तैँले साँच्चिकै उनीहरूको भ्रष्टता र सार थाहा पाउन सक्छस्, मानिसहरू वास्तवमा के हुन्, उनीहरूमा साँच्चिकै के कुराको कमी हुन्छ, तिनीहरू कुन कुराद्वारा सुसज्जित हुनुपर्छ र मानिसको स्वरूपमा तिनीहरू कसरी जिउनुपर्छ भनी बुझ्न सक्छस्। व्यक्तिको प्रकृतिलाई साँचो रूपमा चिरफार गर्न सजिलो छैन, र परमेश्वरका वचनहरूको अनुभव नगरी वा साँचो अनुभवहरू प्राप्त नगरी यो काम गर्न सकिँदैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। स्वभाव रूपान्तरणबारे के थाहा हुनुपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५६०
आफ्नो प्रकृतिलाई कसरी चिन्ने? मानिसको प्रकृति के कुराहरूले बनेको हुन्छ? तैँले मानिसका कमजोरीहरू, दोषहरू, अभिप्रायहरू, धारणाहरू, नकारात्मकता, र विद्रोहीपनको बारेमा मात्र जान्दछस्, तर तँ मानिसको प्रकृतिभित्रका कुराहरू पत्ता लगाउन असमर्थ छस्। तैँले बाहिरी तहको बारेमा मात्र जान्दछस् तर यसको उत्पत्ति कहाँ-कसरी भयो भन्ने बारेमा पत्ता लगाउन सक्दैनस्, अनि यस्तो ज्ञानलाई मानिसको प्रकृतिको ज्ञान भनेर भन्न सकिँदैन। कतिपय मानिसहरूले आफूमा अपर्याप्तता र नकरात्मकताहरू रहेको स्विकार्छन् र भन्छन्, “म आफ्नो प्रकृतिलाई बुझ्छु। देख्नुभयो, म मेरो अहङ्कार स्विकार्छु। के त्यो मैले आफ्नो प्रकृति बुझ्नु होइन र?” अहङ्कार मानिसको प्रकृतिको एक हिस्सा हो, त्यति चाहिँ सत्य हो। तर यसलाई धर्मसिद्धान्तको अर्थमा स्वीकार गर्नु काफी छैन। आफ्नो प्रकृतिलाई चिन्नु भनेको के हो? कसरी यसको बारेमा जान्न सकिन्छ? के-के पक्षहरूबाट यसको बारेमा जान्न सकिन्छ? व्यक्तिले प्रकट गर्ने कुराहरूमार्फत उसको प्रकृतिलाई कसरी निश्चित रूपमा बुझ्नुपर्छ? सर्वप्रथम, तैँले कुनै व्यक्तिको प्रकृति उसका रुचिहरूमार्फत देख्न सक्छस्। उदाहरणको लागि, केही मानिसहरूमा प्रसिद्ध र प्रतिष्ठित व्यक्तिहरूप्रति विशेष श्रद्धा हुन्छ, केहीले गायक वा चलचित्रका कलाकारहरूलाई विशेष प्रिय ठान्छन्, र केहीचाहिँ खेल खेल्नमा विशेष रुचि राख्छन्। मानिसहरूका यी प्राथमिकताहरूबाट हामीले तिनीहरूको प्रकृति के-कस्तो छ भनेर देख्न सक्छौं। एउटा सरल उदाहरण छ: केही मानिसहरूले कुनै निश्चित गायकलाई आदर्श बनाउन सक्छन्। तिनीहरूले कुन हदसम्म त्यो गायकलाई आदर्श बनाउँछन्? तिनीहरू त्यो गायकको हर चाल, हर मुस्कान, र हर शब्दप्रति आशक्त हुने हदसम्म पुग्छन्। तिनीहरू यो गायकप्रति मोहित हुन्छन्, उसले लगाएका सबै कुराहरूको तस्विर खिच्छन् र त्यसपछि त्यो सब नक्कल गर्न थाल्छन्। कुनै व्यक्तिप्रतिको यो तहको आदर्शीकरणले कुन समस्या देखाउँछ? यसले देखाउँछ कि त्यस्तो व्यक्तिको हृदयमा त्यस्ता गैरविश्वासी कुराहरू मात्रै छन्, र उसँग सत्यता छैन, उसले सकारात्मक कुराहरू धारण गर्दैन, अनि उसको हृदयमा परमेश्वर हुनु त परको कुरा हुन्छ। यो व्यक्तिले सोच्ने, मन पराउने, र पछ्याउने सबै कुराहरू शैतानका हुन्; यी कुराहरूले नै यो व्यक्तिको हृदय भरिएको हुन्छ, यी कुराहरूमै हृदय सुम्पिइसकिएको हुन्छ। के तिमीहरूले तिनीहरूको प्रकृति सार के हो भनेर भन्न सक्छौ? यदि कुनै कुरालाई चरम हदसम्म प्रेम गरिन्छ भने त्यो कुरा व्यक्तिको जीवन बन्न सक्छ र त्यसले उसको हृदय ओगट्न सक्छ, र यसले यो व्यक्ति यस्तो मूर्तिपूजक व्यक्ति हो जो परमेश्वरलाई चाहँदैन, बरु उहाँको सट्टा दियाबलसलाई प्रेम गर्छ भन्ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छ। त्यसकारण, यो निष्कर्ष निकाल्न सकिन्छ कि यस्तो व्यक्तिको प्रकृति भनेको दियाबलसलाई मन पराउने र त्यसको आराधना गर्ने, सत्यलाई मन नपराउने, र परमेश्वरलाई नचाहने हो। के कसैको प्रकृतिलाई हेर्ने सही तरिका यही होइन र? यो पूर्ण रूपमा सही छ। मानिसको प्रकृतिलाई यसरी नै चिरफार गरिनुपर्छ। उदाहरणको लागि, केही मानिसहरूले विशेष गरी पावलकै मूर्तिपूजा गर्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरू आयोजना गर्न र प्रचार गर्न मन पराउँछन्, अनि तिनीहरू मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको मूर्तिपूजा गरेको, र तिनीहरूको वरिपरि घुमेको मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् र तिनीहरू आफूले प्रस्तुत गर्ने छविलाई अरूले ध्यान दिएको मन पराउँछन्। अब यी प्रकटीकरणहरूबाट तिनीहरूको प्रकृति चिरफार गरौँ। तिनीहरूको प्रकृति के हो? यदि तिनीहरू साँच्चै यी प्रकटीकरणहरू देखाउँछन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन्, तिनीहरू परमेश्वरको आराधना पटक्कै गर्दैनन्, र तिनीहरूले उच्च हैसियत पछ्याउँछन् र अरूमाथि अख्तियार जमाउन, तिनीहरूलाई स्वामित्वमा लिन र तिनीहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् भन्ने कुरा देखाउन यो नै पर्याप्त छ। यो शैतानको प्रतिनिधिमूलक प्रतिरूप हो। तिनीहरूको प्रकृतिका विशेष गरी उत्कृष्ट पक्षहरू भनेका के हुन् भने, तिनीहरू अहङ्कारी र अभिमानी हुन्छन्, तिनीहरूले परमेश्वरको आराधना गर्दैनन्, र तिनीहरू अरूलाई आफ्नो आराधना गराउने प्रयास गर्छन्। त्यस्ता प्रकटीकरणहरूले तिनीहरूको प्रकृतिका बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू परिस्थितिहरूको अनुचित लाभ उठाउन साँच्चै मन पराउँछन्, र यस्ता मानिसहरूले सबै मामिलामा आफ्नै स्वार्थहरू पूरा गर्न चाहन्छन्। तिनीहरू सबै कुरा आफूलाई फाइदा हुन्छ कि हुँदैन भन्ने आधारमा गर्छन्। यदि त्यसले तिनीहरूलाई फाइदा गर्छ भने, तिनीहरू त्यो गर्छन्; यदि तिनीहरूका लागि फाइदा छैन भने, तिनीहरू त्यो गर्दैनन्। तिनीहरूका कार्यहरूपछाडि सधैँ गुप्त अभिप्रायहरू हुन्छन्। तिनीहरू आफूलाई लाभ पुर्याउने सबैको बारेमा राम्रो बोल्छन् र आफ्नो चापलुसी गर्ने जोकोहीलाई बढुवा गर्छन्। तिनीहरूलाई मन पर्ने मानिसहरूमा समस्या भए पनि, तिनीहरू ती मानिसहरू सही छन् भनेर भन्छन् र तिनीहरूको बचाउ गर्ने र तिनीहरूको गल्ती ढाकछोप गर्ने कडा प्रयास गर्छन्। त्यस्ता मानिसहरूमा कस्तो प्रकृति हुन्छ? तैँले यी व्यवहारहरूबाट तिनीहरूको प्रकृतिलाई स्पष्टसित पूर्ण रूपमा देख्न सक्छस्। तिनीहरू हरेक परिस्थितिमा निरन्तर लेनदेनमा संलग्न हुँदै आफ्ना कार्यहरूमार्फत परिस्थितिहरूको अनुचित लाभ लिने प्रयास गर्छन्, र तिनीहरूको प्रकृति नाफाखोर छ भन्ने कुरामा तँ निश्चित हुन सक्छस्। तिनीहरूले गर्ने सबै कुरामा आफ्नै फाइदा हेरिरहेका हुन्छन्। तिनीहरूले आफूलाई फाइदा नभएसम्म एउटा सिन्को भाँच्नेछैनन्। तिनीहरू सबैभन्दा स्वार्थी मानिसहरू हुन्, र तिनीहरू कहिल्यै चित्त नबुझाउने खालका हुन्छन्। तिनीहरूको प्रकृतिलाई नाफाप्रतिको मोह र सत्यताप्रतिको प्रेमको अभावले प्रकट गर्छ। कतिपय पुरुषहरू स्त्रीहरूद्वारा मोहित हुन्छन्, र जहाँ गए पनि तिनीहरू स्त्रीहरूसँग लठ्ठिँदै घुमिरहेका हुन्छन्। सुन्दर स्त्रीहरू त्यस्ता मानिसहरूको स्नेहका पात्र हुन् र तिनैले तिनीहरूको हृदयमा सबैभन्दा ठूलो स्थान लिएका हुन्छन्। तिनीहरू सुन्दर स्त्रीहरूका लागि आफ्नो जीवन दिन, र सबै कुरा बलिदान गर्न इच्छुक हुन्छन्; स्त्रीहरूले तिनीहरूको हृदय भरिएको हुन्छ। यी पुरुषहरूको प्रकृति के हो? तिनीहरूको प्रकृति भनेको सुन्दर स्त्रीहरूलाई प्रेम गर्नु र तिनीहरूको पूजा गर्नु र दुष्टतालाई प्रेम गर्नु हो। तिनीहरू दुष्ट, लोभी प्रकृतिका कामवासनाले भरिएका मानिसहरू हुन्। यो तिनीहरूको प्रकृति हो भनेर म किन भन्छु त? किनभने यी कुराहरू लोभ व्यक्तिको प्रकृति बनेका प्रकटीकरणहरू हुन्। यी व्यवहार बेला-बखतमा गरिने अपराध मात्रै होइनन्, न त यस्ता मानिसहरू सर्वसाधारण मानिसहरूभन्दा अलिक खराब मात्रै नै हुन्—बरु तिनीहरू यी कुराहरूमा पूर्ण रूपमा लिप्त भएका हुन्छन्, जुन तिनीहरूको प्रकृति र सार नै बनेको हुन्छ। त्यसकारण, यी कुराहरू तिनीहरूको प्रकृतिको खुलासा बनेका हुन्छन्। व्यक्तिको प्रकृतिभित्र जे हुन्छ त्यो हरेक पल प्रकट हुन्छ। चाहे व्यक्तिले जेसुकै गरोस्, उसको प्रकृति प्रकट हुन्छ। मानिसहरूले गर्ने हरेक कुरामा तिनीहरूका आफ्नै मनसाय र उद्देश्यहरू हुन्छन्, र चाहे त्यो आतिथ्यको कर्तव्य निर्वाह गर्ने होस्, सुसमाचार प्रचार गर्ने होस्, वा अरू कुनै पनि प्रकारको काम होस्, तिनीहरू आफ्नो प्रकृतिभित्र रहेका कुराहरू अनजानमै प्रकट गर्न सक्छन्, किनभने व्यक्तिको प्रकृति नै उसको जीवन हो, र मानिसहरू सबै आ-आफ्नो प्रकृतिको नियन्त्रणमा जिउँछन्। व्यक्तिको प्रकृतिका प्रकाशहरू कहिलेकाहीँ हुने, क्षणिक प्रकटीकरण होइनन्; बरु, तिनले उक्त व्यक्तिको सारलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्छन्। मानिसहरूको हाड र रगतभित्रबाटै प्रकट हुने सबै कुराले तिनीहरूको प्रकृति र जीवनलाई प्रतिनिधित्व गर्छन्। कतिपय मानिसहरूले सुन्दर स्त्रीहरू मन पराउँछन्। अरूले रुपियाँपैसा मन पराउँछन्। कतिपयमा हैसियतप्रतिको विशेष प्रेम हुन्छ। कतिले आफ्नो प्रतिष्ठा र आफ्नो व्यक्तिगत छविलाई मूल्यवान् ठान्छन्। कतिले विशेषतः मूर्तिहरूलाई प्रेम वा आराधना गर्ने गर्छन्। अनि कतिपय मानिसहरू विशेष रूपमा अहङ्कारी र घमण्डी हुन्छन्, तिनीहरू आफ्नो हृदयमा कसैप्रति पनि झुक्दैनन् र कदको लागि लागिपर्छन्, तिनीहरूलाई अरूभन्दा माथि हुन र अरूमाथि अख्तियार चलाउन मन पर्छ। प्रकृति विभिन्न प्रकारका हुन्छन्। मानिसहरूअनुसार ती फरकफरक हुन सक्छन्, तर तिनको आम तत्व भनेका परमेश्वरको विरोध गर्नु र उहाँलाई धोका दिनु हो। त्यस हिसाबमा तिनीहरू सबै उस्तै हुन्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने
परमेश्वरका दैनिक वचनहरू अंश ५६१
सबै मानवजाति शैतानद्वारा भ्रष्ट पारिएका छन्, र मानिसको स्वभाव भनेको परमेश्वरलाई धोका दिनु हो। तापनि, शैतानले भ्रष्ट पारिएका सबै मानिसहरूमध्ये केहीले परमेश्वरको काममा समर्पित हुन र सत्यतालाई स्वीकार्न सक्छन्। यिनीहरू सत्यता प्राप्त गर्न सक्ने र स्वभावमा रूपान्तरण हासिल गर्न सक्ने मानिसहरू हुन्। कतिपय मानिसहरूले सत्यता खोजी गर्दैनन्, बरु जस्तो पर्छ त्यस्तै टर्छ भनेर अघि बढ्छन्। तिनीहरू आफूलाई जे भनिन्छ त्यही मान्छन् र त्यही गर्छन्, तिनीहरू विभिन्न कुराहरू त्याग्न र आफैलाइ समर्पण गर्न सक्छन्, र तिनीहरू जुनसुकै कष्ट भोग्न सक्छन्। त्यस्ता मानिसहरूमा थोरै विवेक र समझ हुन्छ, र तिनीहरूले मुक्ति पाउने र बाँच्ने आशा पनि हुन्छ, तर तिनीहरूको स्वभाव परिवर्तन हुन सक्दैन किनभने तिनीहरूले सत्यता खोजी गर्न सक्दैनन्, र तिनीहरू धर्मसिद्धान्त बुझ्नमा नै सन्तुष्ट हुन्छन्। तिनीहरूले विवेक उल्लङ्घन गर्ने कुनै कुरा बोल्ने र गर्ने गर्दैनन्, तिनीहरूले आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्न सक्छन्, र तिनीहरूले कुनै पनि समस्याबारे गरिएको सत्यताको सङ्गतिलाई स्वीकार गर्न सक्छन्। तैपनि, तिनीहरू सत्यताका सन्दर्भमा गम्भीर प्रयास गर्दैनन्, तिनीहरूको मन अन्योलमा हुन्छ, र तिनीहरूले सत्यताको सार कहिल्यै बुझ्दैनन्। तिनीहरूको स्वभाव परिवर्तन हुनु असम्भव नै हुन्छ। यदि तँ आफूलाई भ्रष्टताबाट धोइन र तेरो जीवन स्वभाव बदल्न चाहन्छस् भने, तँमा सत्यताप्रति प्रेम हुनुपर्छ अनि तँ सत्यता स्वीकार गर्न सक्षम हुनुपर्छ। सत्यतालाई स्वीकार गर्नु भनेको के हो? सत्यता स्वीकार गर्नुको अर्थ के हो भने तँसँग जस्तोसुकै भ्रष्ट स्वभावहरू भए तापनि, वा ठूलो रातो अजिङ्गरका अर्थात् शैतानका जुनसुकै विषहरू तेरो प्रकृतिमा भए तापनि, जब परमेश्वरका वचनहरूले यी कुराहरू खुलासा गर्छन्, तब तैँले ती कुरा स्विकार्नुपर्छ र तँ समर्पित हुनुपर्छ, तैँले फरक निर्णय गर्नु हुँदैन, र तैँले परमेश्वरका वचनहरूअनुसार आफूलाई चिन्नुपर्छ। परमेश्वरका वचनहरू स्विकार्न र सत्यता स्विकार्न सक्नु भनेको यही हो। मानिलिऊँ, परमेश्वरले जेसुकै भन्नुभए तापनि, उहाँका वचनहरू जतिसुकै कठोर भए तापनि, र उहाँले जुनसुकै वचनहरू प्रयोग गर्नुभए तापनि, उहाँले भनेका कुराहरू सत्य हुन् भने तँ ती स्वीकार गर्न सक्छस् र ती वास्तविकतासँग मेल खान्छन् भने तँ ती मान्न सक्छस्। तैँले परमेश्वरका वचनहरूलाई जति नै गहन रूपमा बुझ्ने भए पनि, तँ ती वचनप्रति समर्पित हुन सक्छस्, अनि दाजुभाइ-दिदीबहिनीहरूले पवित्र आत्माको अन्तर्दृष्टिको ज्योति सङ्गति गरिरहेका भए पनि, तँ अझै पनि त्यो स्वीकार गर्न र त्यसप्रति समर्पित हुन सक्षम हुन्छस्। जब त्यस्तो व्यक्तिले निश्चित हदसम्म सत्यता पछ्याएको हुन्छ, तब उसले सत्यता प्राप्त गर्न र आफ्नो स्वभावको रूपान्तरण हासिल गर्न सक्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरूमा थोरै मानवता भए पनि, तिनीहरूले केही असल कुरा गर्न सके पनि र परमेश्वरका लागि सबै कुरा त्याग्न र उहाँप्रति समर्पित गर्न सके पनि, तिनीहरू अन्योलमा हुन्छन् र सत्यताका सन्दर्भमा अत्यन्तै सावधान हुँदैनन्, त्यसैले तिनीहरूको जीवन स्वभाव कहिल्यै परिवर्तन हुँदैन। तँ पत्रुस र अन्य चेलाहरूको मानवता लगभग उस्तै थियो भन्ने देख्न सक्छस्, तर पत्रुसको प्रमुख विशेषता के थियो भने तिनी विशेष गरी सत्यता पछ्याउँथे। येशूले जेसुकै भन्नुभए पनि, तिनले त्यसमा गम्भीरतापूर्वक मनन गरे, यी वचनहरूमार्फत आत्मचिन्तन गरे र परमेश्वरका अभिप्रायहरू खोजे। येशूले सोध्नुभयो, “यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले इमानदारीसाथ जबाफ दिए, “म स्वर्गमा हुनुहुने पितालाई मात्र प्रेम गर्छु, तैपनि मैले पृथ्वीका प्रभुलाई प्रेम गरेको छैनँ।” पछि तिनले बुझे, र सोचे, “यो सही होइन, पृथ्वीमा हुनुहुने परमेश्वर नै स्वर्गका परमेश्वर हुनुहुन्छ। के स्वर्ग र पृथ्वीमा एउटै परमेश्वर हुनुहुन्न र? यदि मैले स्वर्गमा हुनुहुने परमेश्वरलाई मात्र प्रेम गरें भने, मेरो प्रेम व्यावहारिक हुँदैन। मैले पृथ्वीमा हुनुहुने परमेश्वरलाई पनि प्रेम गर्नैपर्छ, अनि तब मात्र मेरो प्रेम व्यावहारिक हुनेछ।” यसरी, येशूले सोध्नुभएको कुराबाट पत्रुसले परमेश्वरको वचनको साँचो अर्थ बुझे। यदि व्यक्तिले पृथ्वीमा हुनुहुने देहधारी परमेश्वरलाई प्रेम गर्छ भने मात्र परमेश्वरप्रतिको उसको प्रेम व्यावहारिक हुन्छ। अस्पष्ट र अदृश्य परमेश्वरलाई प्रेम गर्नु न त वास्तविक न व्यावहारिक नै हुन्छ, तर व्यावहारिक, देखिने परमेश्वरलाई प्रेम गर्नु सत्यता हो। येशूका वचनहरूबाट, पत्रुसले सत्यता र परमेश्वरको अभिप्रायहरूको बुझाइ प्राप्त गरे। स्पष्ट छ, परमेश्वरमाथिको पत्रुसको विश्वास केवल सत्यताको पछि लाग्ने कार्यमा मात्रै केन्द्रित थियो। आखिरमा, तिनले व्यावहारिक परमेश्वर अर्थात् पृथ्वीमा हुनुहुने परमेश्वरप्रति प्रेम हासिल गरे। पत्रुस सत्यताको खोजीमा विशेष रूपमा गम्भीर थिए। येशूले तिनलाई सल्लाह दिनुहुँदैपिच्छै, तिनी येशूका वचनहरूलाई गम्भीरताका साथ विचार गर्थे। सायद तिनले महिनौंसम्म, एक वर्ष, वा पवित्र आत्माले तिनलाई अन्तर्दृष्टि नदिऊञ्जेल धेरै वर्षसम्म मनन-विचार गर्थे र तिनले परमेश्वरका वचनहरूको सार बुझ्थे। यसरी, पत्रुस सत्यतामा प्रवेश गरे, र तिनले त्यसो गर्ने क्रममा, तिनको जीवन स्वभाव रूपान्तरण र नवीकरण भयो। यदि व्यक्ति सत्यताको पछि लाग्दैन भने, उसले यसलाई कहिल्यै पनि बुझ्न सक्नेछैन। तैँले शब्द र सिद्धान्तहरू दस हजारपटक बोल्न सक्लास्, तर ती केवल शब्द र धर्मसिद्धान्तहरू मात्र हुनेछन्। कतिपय मानिसहरूले यति मात्र भन्छन्, “ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ।” यदि तैँले यी शब्दहरूलाई दस हजार पटक दोहोऱ्याइस् भने पनि, त्यो व्यर्थ हुनेछ; तैँले तिनको अर्थ बुझेको हुँदैनस्। ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ भनेर किन भनिन्छ? के तँ यसबारे आफ्नो अनुभवात्मक ज्ञान स्पष्ट रूपमा व्यक्त गर्न सक्छस्? के तँ सत्य, बाटो र जीवनको वास्तविकतामा प्रवेश गरेको छस्? परमेश्वरले आफ्ना वचनहरू यसकारण बोल्नुभएको छ ताकि तिमीहरूले तिनको बारेमा अनुभव र ज्ञान प्राप्त गर्न सक। शब्द र सिद्धान्तहरूको मात्रै कुरा गर्नु व्यर्थ हो। तैँले परमेश्वारका वचनहरू बुझेर ती वचनभित्र प्रवेश गरेपछि मात्र तैँले आफैलाई जान्न सक्छस्। यदि तँ परमेश्वरका वचनहरूलाई बुझ्दैनस् भने, तैँले आफैलाई चिन्न सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र तैँले समझशक्ति प्राप्त गर्न सक्छस्; सत्यता नबुझीकन, तैँले समझ पाउन सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र, तैँले मामिलाहरूलाई स्पष्टसित देख्न सक्नेछस्। सत्यता नबुझीकन, तैँले मामिलाहरूलाई स्पष्टसित देख्न सक्दैनस्। तँ सत्यता बुझ्छस् भने मात्र तैँले आफैलाई चिन्न सक्छस्। सत्यता नबुझीकन, तैँले आफूलाई चिन्न सक्दैनस्। तैँले सत्यता प्राप्त गरेको छस् भने मात्र तेरो स्वभाव परिवर्तन हुन सक्छ, सत्यताविना तेरो स्वभाव परिवर्तन हुन सक्दैन। तैँले सत्यता प्राप्त गरेको छस् भने मात्र तैँले परमेश्वरको अभिप्रायअनुसार सेवा गर्न सक्छस्। सत्यता प्राप्त नगरीकन, तैँले परमेश्वरको अभिप्रायअनुसार सेवा गर्न सक्दैनस्। सत्यता प्राप्त गरिसकेपछि मात्रै तैँले परमेश्वरको आराधना गर्न सक्छस्। सत्यता नबुझीकन, तैँले उहाँको आराधना गरे पनि, तेरो आराधना धार्मिक संस्कारहरूभन्दा बढी अरू केही पनि हुनेछैन। सत्यताविना, तैँले गर्ने कुनै पनि कुरा वास्तविकता हुँदैन। सत्यता प्राप्त गरेपछि भने, तैँले गर्ने सबै कुरा वास्तविकता हुन्छ। यी सबै थोक परमेश्वरका वचनहरूबाट सत्यता प्राप्त गर्ने कुरामा निर्भर हुन्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने
परमेश्वरका दैनिक वचनहरू अंश ५६२
परमेश्वरका वचनहरूको सच्चा बुझाइ हासिल गर्नु सजिलो विषय होइन। यस्तो तरिकाले नसोच: “म परमेश्वरका वचनहरूको शाब्दिक अर्थ व्याख्या गर्न सक्छु र सबै जनाले मेरो व्याख्या राम्रो छ भनेर भन्छन् र मलाई स्याबासी दिन्छन्, यसको मतलब मैले परमेश्वरका वचनहरूलाई बुझ्छु।” यो परमेश्वरका वचनहरूलाई बुझ्नु होइन। यदि तैँले परमेश्वरका वाणीहरूभित्रबाट केही ज्योति प्राप्त गरेको छस् भने, र तैँले उहाँका वचनहरूको साँचो अर्थको अनुभूति प्राप्त गरेको छस् भने, र यदि तैँले उहाँका वचनहरूपछाडिको अभिप्राय र तिनीहरूले अन्तमा जे-जस्तो प्रभाव पार्नेछन् सो व्यक्त गर्न सक्छस् भने—यदि तैँले यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हासिल गरिसकेको छस् भने—तैँले परमेश्वरका वचनहरूको बारेमा केही तहको बुझाइ हासिल गरेको छस् भन्ने मान्न सकिन्छ। यसरी, परमेश्वरका वचनहरूलाई बुझ्नु त्यति सरल छैन। तैँले परमेश्वरका वचनहरूको शाब्दिक अर्थको आलङ्कारिक, अतिरञ्जित व्याख्या गर्न सक्छस् भन्दैमा तैँले तिनलाई बुझ्छस् भनेर भन्न मिल्दैन। तैँले तिनीहरूको शाब्दिक अर्थको जतिसुकै व्याख्या गर्न सक्ने भए तापनि, तेरो व्याख्या अझै पनि मानव कल्पना र मानव सोच शैलीमा आधारित हुन्छ। यो बेकार छ! तैँले कसरी परमेश्वरका वचनहरूलाई बुझ्न सक्छस्? यसको कडी भनेको तिनीहरू भित्रैबाट सत्यता खोजी गर्नु हो। त्यस तरिकाले मात्रै तैँले परमेश्वरका वचनहरू साँचो रूपमा बुझ्न सक्छस्। परमेश्वरले कहिल्यै पनि खोक्रा कुराहरू बोल्नुहुन्न। उहाँले बोल्नुहुने हरेक वाक्यमा विस्तृत विवरणहरू हुन्छन्, जसलाई अवश्य नै उहाँका वचनहरूमा थप पर्दाफास गरिन्छ, अनि तिनीहरूलाई फरक रूपमा व्यक्त गर्न सकिन्छ। परमेश्वरले सत्यता व्यक्त गर्नुहुने शैलीहरूलाई मानिसले पूर्ण रूपमा बुझ्न सक्दैन। परमेश्वरका वाणीहरू एकदमै गहन हुन्छन् र तिनलाई मानव सोचाइद्वारा सजिलै बुझ्न सकिँदैन। मानिसहरूले जबसम्म प्रयत्न गर्छन् तबसम्म सत्यताको हरेक पक्षको सम्पूर्ण अर्थ मोटामोटी रूपमा पत्ता लगाउन सक्छन्। तिनीहरूको लागि यसमा बाँकी रहेका विवरणहरू भने तिनीहरूले यसपछि अनुभवहरू गर्दै जाने क्रममा पवित्र आत्माको अन्तर्दृष्टिले भर्दै जानुपर्नेछ। एउटा भाग भनेको मनन गर्दै परमेश्वरका वचनहरूको बुझाइ हासिल गर्नु र तिनलाई पढेर तिनको विशेष विषयवस्तु खोजी गर्नु हो। अर्को भागचाहिँ परमेश्वरका वचनहरूको अर्थको बुझाइ तिनलाई अनुभव गरेर र पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गरेर हासिल गर्नु हो। यी दुई पक्षमा निरन्तर प्रगति गरेर, तैँले परमेश्वरको वचन बुझ्न सक्छस्। यदि तँ यसलाई शाब्दिक रूपमा, पाठको तहमा वा आफ्नै सोच र कल्पनाको आधारमा अर्थ्याउँछस् भने, तैँले यसलाई फूलबुट्टा भरेर आलङ्कारिक शैलीमा व्याख्या गरे पनि, तैँले अझै पनि साँचो रूपमा सत्यता बुझेको हुँदैनस्, र यो सबै अझै पनि मानव सोच र कल्पनामा आधारित हुन्छ। यो पवित्र आत्माको अन्तर्दृष्टिबाट प्राप्त गरिएको हुँदैन। मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूका आधारमा परमेश्वरका वचनहरूलाई अर्थ लगाउने प्रवृत्ति हुन्छ, र यसरी तिनीहरूले आफूलाई परमेश्वरका वचनहरू प्रसङ्गबाहिर अर्थ्याउँदै परमेश्वरलाई गलत बुझ्न र आलोचना गर्न सक्ने बनाउँछन्, र यो समस्याको कुरा हो। त्यसकारण, परमेश्वरका वचनहरू बुझेर अनि पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गरेर नै मुख्य रूपमा सत्यता प्राप्त हुन्छ। परमेश्वरको वचनको शाब्दिक अर्थ बुझ्न र व्याख्या गर्न सक्दैमा तैँले सत्यता प्राप्त गरेको छस् भन्ने हुँदैन। यदि शाब्दिक तहमा परमेश्वरको वचन बुझ्नुको अर्थ तैँले सत्यता बुझेको छस् भन्ने हुने भए, तँलाई थोरै शिक्षा र ज्ञान मात्रै चाहिन्थ्यो, तब किन तँलाई पवित्र आत्माको अन्तर्दृष्टि चाहिन्थ्यो र? के परमेश्वरको काम मानव मस्तिष्कले बुझ्न सक्ने कुरा हो? त्यसकारण, सत्यता बुझ्ने कार्य मानव धारणा वा कल्पनामा आधारित हुँदैन। वास्तविक अनुभवात्मक ज्ञान प्राप्त गर्नका लागि तँलाई पवित्र आत्माको अन्तर्दृष्टि, ज्योति, र मार्गदर्शन चाहिन्छ। सत्यता बुझ्ने र प्राप्त गर्ने प्रक्रिया यही हो, र यो अत्यावश्यक सर्त पनि हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने
परमेश्वरका दैनिक वचनहरू अंश ५६३
तिमीहरूले कसरी मानिसको प्रकृतिलाई बुझ्छौ? सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसलाई मानिसको सांसारिक दृष्टिकोण, जीवन दृष्टिकोण र मूल्य-मान्यताहरूको परिप्रेक्ष्यबाट पहिचान गर्नु हो। जो व्यक्तिहरू दियाबलसहरूका हुन् तिनीहरू सबै आफ्ना लागि मात्र जिउँछन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो” भन्नेजस्ता तिनीहरूको जीवन दृष्टिकोण र आदर्श-वाक्यहरू अनि यस्तै अन्य भ्रमहरू मुख्यतः शैतानका भनाइहरूबाट आउँछन्। दियाबलस राजाहरू, महान व्यक्तिहरू र दार्शनिकहरूले बोलेका यी सबै शब्दहरू मान्छेका जीवन बनेका छन्। विशेष रूपमा, चिनियाँ मानिसहरूमाझ “सन्त” भनेर कहलिएका कन्फ्युसियसका धेरैजसो शब्दहरू मानिसको जीवन बनेका छन्। बौद्धधर्म र ताओवादका प्रख्यात भनाइहरू र प्रसिद्ध व्यक्तिहरूले बारम्बार दोहोर्याउँदै आएका चिरपरिचित भनाइहरू पनि छन्। ती सबै शैतानका दर्शनहरू र शैतानको प्रकृतिका सारसङ्क्षेप हुन्। तिनीहरू शैतानको प्रकृतिका सर्वश्रेष्ठ चित्रणहरू र व्याख्याहरू पनि हुन्। मानिसको हृदयमा हालिएका यी विषहरू सबै शैतानबाट आएका हुन्, र तिनको सानो अंश पनि परमेश्वरबाट आएको होइन। यस्ता दुष्ट शब्दहरू परमेश्वरका वचनहरूको प्रत्यक्ष विपक्षमा हुन्छन्। यो पूर्ण रूपले स्पष्ट छ कि सबै सकारात्मक कुराहरूका वास्तविकताहरू परमेश्वरबाट आउँछन्, र मानिसलाई विषाक्त पार्ने सबै नकारात्मक कुराहरू शैतानबाट आउँछन्। त्यसकारण, तैँले व्यक्तिको प्रकृति अनि ऊ कसको अधीनमा छ भन्ने कुरा उसको जीवन दृष्टि अनि उसका मूल्य-मान्यताहरू हेरेर ठम्याउन सक्छस्। शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र सिकाइने कुराका प्रभावहरूमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जुन हरेक व्यक्तिमा पसेको छ र तिनीहरूको जीवन बनेको छ। संसारसित व्यवहार गर्ने दर्शनहरूका अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ, र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसाउँछ, अनि अन्त्यमा परमेश्वरद्वारा नाश गरिने तुल्याउँछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्वरको प्रतिरोध गर्छन्। कतिपय मानिसहरू समाजमा दशकौंदेखि सार्वजनिक अधिकारीको रूपमा काम गर्दै आएका छन्। तिनीहरूलाई यो प्रश्न सोधेको कल्पना गरौं न: “तपाईँले अधिकारी बन्न र यस्तो सहज रूपमा करियर पाउन सक्नुभएकाले, तपाईँले कुन प्रसिद्ध भनाइहरूद्वारा यो हासिल गर्नुभयो?” तिनीहरूले भन्न सक्छन्, “मैले बुझेको एउटा कुरा चाहिँ ‘जसले उपहार ल्यायो, उही हाकिमको प्यारो, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन’ भन्ने हो।” तिनीहरू अधिकारी बन्न यो शैतानी दर्शनमा भर परे। के यी शब्दहरूले त्यस्ता मानिसहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? कुनै पद प्राप्त गर्न अनैतिक माध्यमहरूको सहारा लिनु तिनीहरूको प्रकृति बनेको छ। अरूभन्दा विशिष्ट देखिने र चाँडो प्रगति गर्ने अधिकारी बन्नु तिनीहरूको लक्ष्य हो। मानिसहरूको जीवन, कार्यव्यवहार र आत्म-आचरणमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणका लागि, संसारसँग व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, काम गर्ने तिनीहरूका तरकिपहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र यी सबै नै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा व्याप्त हुने सबै कुरा शैतानका हुन्। ती सबै अधिकारी, सत्तामा भएकाहरू र उपलब्धि हासिल गरेकाहरूसँग मार्गहरू र सफलताका रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरू संसारमा ठूला कामहरू सम्पन्न गर्न सक्षम छन्, र कसैले पनि ती पछाडिका युक्ति र षडयन्त्रहरूलाई छर्लङ्ग देख्न सक्दैन। यसले तिनीहरूको प्रकृति कति अन्तर्घाती र दुर्भावपूर्ण छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ। यो पूर्णतया शैतानको प्रकृति सार बनेको छ। यही कारणले गर्दा मानिसहरू परमेश्वरको प्रतिरोध गर्छन् र परमेश्वरप्रति शत्रुवत् हुन्छन्। यदि मानिसहरूको प्रकृतिलाई यसरी चिरफार गर्न सकियो भने तिनीहरूले आफूलाई सजिलै चिन्न सक्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने
परमेश्वरका दैनिक वचनहरू अंश ५६४
आत्मचिन्तन गर्नु र आफैलाई चिन्नुको चाबी यो हो: तैँले कुनै निश्चित क्षेत्रमा जति धेरै राम्रो गरेको वा सही कुरा गरेको छस् भन्ने महसुस गर्छस्, र तैँले जति धेरै परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्छस् वा निश्चित क्षेत्रमा घमण्ड गर्न सक्छस् भनी सोच्छस्, तैँले ती क्षेत्रमा आफूलाई चिन्नु र तँमा के-कस्ता अशुद्धताहरू छन्, साथै तँभित्र भएका कुन-कुन कुराले परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्दैनन् भनेर हेर्नका लागि ती क्षेत्रहरूलाई अझ गहिराइमा खोतल्नु त्यति नै उचित हुन्छ। उदाहरणका रूपमा हामी पावललाई लिऔँ। पावल विशेष रूपले जाने-बुझेको व्यक्ति थियो, उसले प्रचार गर्दा र काम गर्दा, धेरै दुःख भोग्यो, र धेरै मानिस उसको विशेष आराधना गर्थे। फलस्वरूप, धेरै काम पूरा गरेपछि, उसले उसका निम्ति एउटा मुकुट तय गरिसकिएको छ भन्ने ठान्यो। यसले उसलाई गलत बाटोतर्फ झन्-झन् टाढा पुऱ्यायो र अन्त्यमा ऊ परमेश्वरद्वारा दण्डित भयो। यदि उसले त्यतिबेला आत्मचिन्तन र आफ्नो चिरफार गरेको भए, उसले समझविनाका ती अहङ्कारी शब्दहरू बोलेको हुनेथिएन। आफूले सुसमाचार प्रचार गरेको समयमा, पावलले काम गर्नमा मात्र ध्यान केन्द्रित गर्यो र सत्यता पछ्याएन। पावलका पत्रहरूबाट के देख्न सकिन्छ भने उसले प्रभु येशूद्वारा बोलिएका वचनहरू कहिल्यै खोजेन वा सङ्कलन गरेन, न त उसले प्रभु येशूद्वारा बोलिएका वचनहरू आफ्ना पत्रहरूमा नै प्रसार गर्यो। स्पष्ट रूपमा, पावलले कहिल्यै प्रभु येशूका वचनहरूभित्र रहेर आत्मचिन्तन गरेन, न त उसले प्रभु येशूका वचनहरूको बहुमूल्यपन नै देख्यो, त्यसैले पावललाई प्रभु येशूसम्बन्धी कस्तो साँचो ज्ञान थियो भनेर भन्न गाह्रो छ। पावल यति मात्र सोच्थ्यो कि उसले बाइबल बुझेको छ, र ऊ आफ्नै धारणा र कल्पनाहरूमा मात्र विश्वास गर्थ्यो। ऊ सोच्थ्यो कि ऊसँग केही असल अभ्यास भएसम्म र उसले केही असल व्यवहार प्रदर्शन गरेसम्म, उसले परमेश्वरको अनुमोदन प्राप्त गर्न र परमेश्वरबाट इनाम पाउन सक्छ। फलस्वरूप, ऊ परमेश्वरको सेवा गर्ने तर उहाँको विरोध पनि गर्ने मार्गमा लाग्यो। तैपनि, विगत दुई हजार वर्षदेखि, प्रभुका विश्वासीहरूले उसलाई खुट्ट्याउन सकेका छैनन्। तिनीहरूले पावल को थियो वा ऊ कुन मार्गमा हिँडेको थियो भन्ने कुरा थाहा पाएका छैनन्। पावलका पत्रहरू बाइबलमा अभिलेख गरिएकाले मात्रै, मानिसहरूले सधैँ उसको आराधना गरेका छन्, उसलाई आफ्नो पछ्याइको लक्ष्य बनाएका छन्, र उसलाई आफूले आकाङ्क्षा गरेको र आफू बन्न खोजेको आदर्श मानेका छन्। फलस्वरूप, पावलको आराधना गर्ने र उसको सिको गर्ने सबै जना ख्रीष्टविरोधीहरूको मार्गमा लागेका छन्। पावलको घटनाले परमेश्वरका चुनिएका मानिसहरू हरेकलाई सजग गराउँछ। विशेष गरी जब परमेश्वरलाई पछ्याउने हामीले आफ्ना कर्तव्यमा र परमेश्वरको सेवा गर्दा कष्ट भोग्न र मूल्य चुकाउन सक्छौँ, र यसरी आफू अर्पित रहेको र परमेश्वरलाई प्रेम गर्ने मानिस भएको महसुस गर्छौँ—यस्ता समयमा, हामीले आफूले लिइरहेको मार्गका सम्बन्धमा अझ बढी आत्मचिन्तन गर्नुपर्छ र आफूलाई बुझ्नुपर्छ, जुन अत्यन्तै जरुरी छ। किनभने तैँले आफ्ना असल पक्षहरू ठानेका कुराहरू, र आफूले सही तरिकाले गरेको भनी सोच्ने कुराहरू सही छन् भनेर तैँले निर्धारण गर्नेछस्, र तिनलाई शङ्का गर्नेछैनस्, तीमाथि चिन्तन गर्नेछैनस्, वा तिनमा परमेश्वरको विरोध गर्ने कुनै कुरा छ कि छैन भनेर चिरफार गर्नेछैनस्। उदाहरणका लागि, कतिपय मानिस आफूलाई अत्यन्तै दयालु हृदयको ठान्छन्। उनीहरू कहिल्यै अरूलाई घृणा र हानि गर्दैनन्, र उनीहरू सधैँ ती भाइ वा बहिनीलाई सहयोगको हात बढाउँछन्, जसको परिवार खाँचोमा परेको हुन्छ, ताकि तिनीहरूको समस्या अनसुल्झा नरहोस्। उनीहरूमा ठूलो सद्भाव हुन्छ, र सबैलाई सहायता गर्न उनीहरूको शक्तिले भ्याइञ्जेल सबै कुरा गर्छन्। तैपनि तिनीहरूले कहिल्यै सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिँदैनन्, र तिनीहरूमा कुनै जीवन प्रवेश हुँदैन। त्यस्तो सहायताको परिणाम के हुन्छ? उनीहरू आफ्नै जीवनलाई अवरुद्ध पार्छन्। तैपनि तिनीहरू आफूसँग अत्यन्तै खुसी हुन्छन्, र उनीहरूले गर्ने सबै कुरामा अत्यन्त सन्तुष्ट हुन्छन्। यसबाहेक, उनीहरू आफूले गरेका सबै कुराहरूमध्ये कुनै कुरा पनि सत्यताविपरीत हुँदैन, र ती कुराहरूले पक्कै परमेश्वरका अभिप्रायहरू पूरा गर्छन्, र तिनीहरू परमेश्वरका साँचो विश्वासी हुन् भन्ने विश्वास गर्दै यस कुरामा ठूलो गर्व गर्छन्। उनीहरू आफ्नो प्राकृतिक सद्भावलाई पूँजीका रूपमा हेर्छन् र त्यसलाई सत्यताका रूपमा मानिलिन्छन्। वास्तवमा, उनीहरूले गर्ने सबै कुरा मानव भलाइ हो। उनीहरूले सत्यता अभ्यास गर्दै गर्दैनन्, किनकि उनीहरूले जे गर्छन् मानिसका सामु गर्छन्, परमेश्वरको सामु गर्दैनन्, र उनीहरूले परमेश्वरका मागहरू र सत्यताअनुरूप अभ्यास गर्ने कुरा त परै जाओस्। त्यसकारण, तिनीहरूका सबै कार्य व्यर्थ हुन्छन्। उनीहरूले गर्ने कुनै पनि कुरा सत्यताको अभ्यास वा परमेश्वरका वचनहरूको अभ्यास हुँदैन, झन् उहाँको इच्छा पछ्याउने कार्य हुनु त परै जाओस्; बरु, उनीहरू मानव सद्भाव र असल व्यवहारमार्फत अरूलाई मद्दत गर्छन्। सारांशमा, उनीहरू आफूले गर्ने सबै कुरामा परमेश्वरका अभिप्रायहरू खोज्दैनन्, न त उनीहरू उहाँका मागहरूअनुसार नै काम गर्छन्। परमेश्वरले मानिसको यस प्रकारको असल व्यवहारलाई अनुमोदन गर्नुहुन्न; परमेश्वरका लागि त्यो दोषी ठहराइनु हो र त्यो उहाँको सम्झनाको योग्य हुँदैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५६५
स्वभाव परिवर्तन हासिल गर्ने मुख्य कुरा भनेको आफ्नो प्रकृति चिन्नु हो र यो परमेश्वरको खुलासाअनुसार नै गर्नुपर्छ। परमेश्वरका वचनहरूमा मात्र कुनै व्यक्तिले आफ्नो कुरूप प्रकृति, आफ्नो प्रकृतिभित्र रहेका शैतानका विभिन्न विषहरू, आफ्नो मूर्खता र अज्ञानता अनि आफ्नो प्रकृतिमा भएका कमजोर र नकारात्मक तत्त्वहरूलाई चिन्न सक्छ। तैँले यी कुराहरू पूर्ण रूपमा जानेपछि र साँच्चै आफूलाई घृणा गर्न, देहविरुद्ध विद्रोह गर्न, परमेश्वरका वचनहरू अभ्यास गरिरहन, स्वभाव परिवर्तन हासिल गर्न आफ्नो कर्तव्य निर्वाह गर्दै सत्यता पछ्याइरहन सक्षम भएपछि, र परमेश्वरलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति बनेपछि, तैँले पत्रुसको मार्गमा हिँडेको हुनेछस्। परमेश्वरको अनुग्रह वा पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शनविना, यस मार्गमा हिँड्न गाह्रो हुनेछ, किनभने सत्यताविना मानिसहरूले आफूविरुद्ध विद्रोह गर्न सक्दैनन्। सिद्ध पारिने पत्रुसको मार्गमा हिँड्ने कुरा मुख्य रूपमा सङ्कल्प हुनु, आस्था हुनु र परमेश्वरमा भर पर्नुमा निर्भर हुन्छ। यसबाहेक, व्यक्ति पवित्र आत्माको कामप्रति समर्पित हुनैपर्छ र सबै कुरामा परमेश्वरका वचनहरूबाट कहिल्यै तर्किनु हुँदैन। कहिल्यै उल्लङ्घन गर्न नसकिने महत्त्वपूर्ण पक्षहरू यिनै हुन्। तिनीहरूका अनुभवहरूका क्रममा, आफूलाई चिन्न एकदमै गाह्रो हुन्छ र पवित्र आत्माको कामविना, कुनै परिणामहरू आउनेछैनन्। पत्रुसको मार्गमा हिँड्नका लागि, व्यक्तिले आफूलाई चिन्न र आफ्नो स्वभाव रूपान्तरण गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। पावलको मार्ग जीवन पछ्याउने वा आत्म-ज्ञानमा केन्द्रित गर्ने मार्ग थिएन; तिनले विशेष गरी काम गर्न र यसको प्रभाव र गतिमा ध्यान दिए। तिनको प्रेरणा भनेको तिनको काम र कष्टको बदलीमा परमेश्वरको आशिष् प्राप्त गर्नु, र परमेश्वरबाट इनाम प्राप्त गर्नुथियो। यो प्रेरणा गलत थियो। पावलले जीवनमा ध्यान केन्द्रित गरेनन्, न त तिनले स्वभाव परिवर्तन गर्नुमा नै कुनै महत्त्व दिए; तिनले केवल इनाममा ध्यान दिए। तिनका लक्ष्यहरू गलत भएकाले तिनले हिँडेको बाटो पनि अवश्य नै गलत थियो। यो तिनको अभिमान र घमण्डी प्रकृतिले ल्याएको थियो। स्पष्टै छ, पावलसँग कुनै सत्यता थिएन, न त तिनीसँग कुनै विवेक वा समझ नै थियो। मानिसहरूलाई बचाउने र परिवर्तन गर्ने क्रममा परमेश्वर मुख्यतः तिनीहरूका स्वभाव परिवर्तन गर्नुहुन्छ। उहाँको वचनको उद्देश्य भनेको परिवर्तन भएको स्वभाव प्राप्त गरेपछि प्राप्त हुने परिणाम र परमेश्वरलाई चिन्ने, उहाँमा समर्पित हुने, र सामान्य तरिकामा उहाँको आराधना गर्ने क्षमताको नतिजा मानिसहरूमा हासिल गर्नु हो। परमेश्वरका वचनहरू र उहाँको कार्यको उद्देश्य यही हो। पावलको पछ्याउने तरिका प्रत्यक्ष रूपमै परमेश्वरका अभिप्रायको उल्लङ्घनमा र विरोधमा थियो; त्यो पूर्ण रूपमा तिनको विपरीत थियो। तापनि, पत्रुसको पछ्याउने तरिका पूर्ण रूपमा परमेश्वरका अभिप्रायअनुरूप थियो: तिनी जीवन, र स्वभाव परिवर्तनमा ध्यान दिन्थे, जुन ठ्याक्कै परमेश्वरले आफ्नो कामद्वारा मानवजातिमा हासिल गर्न चाहेकै परिणाम हो। त्यसैले पत्रुसको मार्ग आशिषित छ र यसले परमेश्वरको अनुमोदन प्राप्त गर्दछ। पावलको मार्ग परमेश्वरका अभिप्रायविपरित जाने हुनाले, परमेश्वरले त्यसलाई घृणा गर्नुहुन्छ र सराप दिनुहुन्छ। पत्रुसको बाटोमा हिँड्नका निम्ति व्यक्तिले परमेश्वरका अभिप्रायलाई जान्नुपर्छ। यदि कुनै व्यक्तिले उहाँको वचनमार्फत उहाँका अभिप्रायलाई पूर्ण रूपले साँच्चिकै बुझ्न सक्छ भने—जसको अर्थ परमेश्वर मानिसमा के पूर्ण पार्न चाहनुहुन्छ र अन्ततः उहाँ कस्तो नतिजा प्राप्त गर्न चाहनुहुन्छ भन्ने कुरा बुझ्नु हो—अनि मात्र आफूले कुन बाटो पछ्याउनुपर्छ भनेर उसले सही रूपले बुझ्न सक्छ। यदि तँ पत्रुसको मार्गलाई पूर्ण रूपमा बुझ्दैनस्, र केवल यसलाई पछ्याउन मात्र चाहन्छस् भने, तँ त्यसमा हिँड्न सक्नेछैनस्। अर्को शब्दमा भन्दा, तैँले धेरै धर्मसिद्धान्त जानेको हुन सक्छस्, तर अन्त्यमा तँ वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्। तैँले सतही प्रवेश गरे तापनि तैँले कुनै पनि वास्तविक परिणाम प्राप्त गर्न सक्नेछैनस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरका दैनिक वचनहरू अंश ५६६
धेरैजसो मानिससँग आफूबारे एकदमै सतही बुझाइ हुन्छ। तिनीहरू आफ्नो प्रकृतिभित्रका कुराहरूलाई स्पष्ट रूपमा पटक्कै चिन्दैनन्। तिनीहरूलाई आफूले प्रकट गर्ने केही भ्रष्ट स्थिति, गर्नका लागि आफू प्रवृत्त हुने कुराहरू वा आफूमा कस्ता कमीकमजोरीहरू छन् भन्ने कुराको मात्रै ज्ञान हुन्छ र यसले गर्दा तिनीहरू आफूलाई चिनेको ठान्छन्। यदि तिनीहरू त्यसपछि केही प्रावधान पालना गर्छन्, आफूले निश्चित क्षेत्रहरूमा गल्ती गर्दिनँ भनेर सुनिश्चित गर्छन् र निश्चित अपराधहरू गर्नबाट जोगिन सक्छन् भने, परमेश्वरप्रतिको आफ्नो विश्वासमा आफूसँग वास्तविकता छ भन्ने सोच्न थाल्छन् र आफूले मुक्ति पाउनेछु भन्ने ठान्छन्। यो मानव कल्पनाहरूबाहेक केही होइन। यदि तँ ती कुराहरू पालना गर्छस् भने, के तँ साँच्चै अपराध गर्नबाट जोगिन सक्षम हुनेछस् त? के तैँले साँच्चै आफ्नो स्वभावमा परिवर्तन हासिल गरेको हुनेछस्? के तैँले साँच्चै मानव रूप जिएको हुनेछस्? के तँ साँच्चै परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम हुनेछस्? बिलकुलै हुनेछैनस्। यो निश्चित छ। मानिसहरूमा परमेश्वरप्रतिको आफ्नो विश्वासमा उच्च मानक हुनैपर्छ: तिनीहरूले सत्यता प्राप्त गर्नैपर्छ र तिनीहरूको जीवन स्वभावमा केही परिवर्तनहरू हुनैपर्छ। यसका लागि पहिले मानिसहरूले आफूलाई चिन्नमा मेहनत गर्नुपर्छ। यदि कुनै व्यक्तिको आफूबारे अत्यन्तै सतही ज्ञान छ भने, यसले कुनै पनि समस्याहरू पटक्कै समाधान गर्नेछैन र उसको जीवन स्वभाव बिलकुलै परिवर्तन हुनेछैन। तैँले आफूलाई गहन रूपमा चिन्नैपर्छ। यसको अर्थ आफ्नो प्रकृति चिन्नु र यसमा के-कस्ता तत्त्वहरू समावेश छन्, यी कुराहरू कहाँबाट उत्पन्न हुन्छन् र ती कहाँबाट आउँछन् भन्ने जान्नु हो। यसबाहेक, के तँ साँच्चै यी कुराहरूलाई घृणा गर्न सक्षम छस्? के तैँले आफ्नो कुरूप प्राण र आफ्नो दुष्ट प्रकृति देखेको छस्? यदि तैँले साँच्चै आफूबारेको सत्यता देखिस् भने, आफूलाई घृणा गर्नेछस्। जब तँ आफूलाई घृणा गर्छस् र त्यसपछि परमेश्वरका वचनहरू अभ्यास गर्ने प्रयास गर्छस्, तब तँ देहविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्ने शक्ति प्राप्त गर्न सक्षम हुनेछस् अनि यो उप्रान्त सङ्घर्षजस्तो लाग्नेछैन। धेरै मानिस किन आफ्ना दैहिक रुचिहरूअनुसार कार्य गर्छन्? किनभने तिनीहरू आफूलाई निकै राम्रो ठान्छन् र आफ्ना कार्यहरू कुनै गल्तीविनाका निकै उपयुक्त र न्यायोचित छन् र पूर्ण रूपमा सहीसमेत छन् भन्ने महसुस गर्छन् अनि त्यसैले तिनीहरू आत्मविश्वासका साथ कार्य गर्छन्। जब तिनीहरूलाई आफ्नो प्रकृति के हो—यो कति कुरूप, घृणास्पद र दयनीय छ—भनेर ठ्याक्कै थाहा हुन्छ, तब तिनीहरूले आफूलाई उच्च ठान्न र त्यति अहङ्कारी हुन छोड्नेछन् र तिनीहरूलाई उप्रान्त आफूसँग त्यति खुसी महसुस हुनेछैन। तिनीहरूले सोच्नेछन्, “मैले परमेश्वरका केही वचन व्यावहारिक रूपमा अभ्यास गर्नैपर्छ। यदि त्यसो गरिनँ भने, म मानव बन्ने मानकअनुरूप हुनेछैनँ र परमेश्वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तिनीहरूले साँच्चै आफूलाई सानो र तुच्छ देख्नेछन्। यसबेला, तिनीहरूलाई सत्यता अभ्यास गर्न सजिलो हुनेछ र तिनीहरू केही हदसम्म मानवजस्तो देखिनेछन्। व्यक्तिले साँच्चै आफूलाई घृणा गर्दा मात्र देहविरुद्ध विद्रोह गर्न सक्नेछ। यदि ऊ आफूलाई घृणा गर्दैन भने, देहविरुद्ध विद्रोह गर्न असक्षम हुनेछ। साँच्चै आफूलाई घृणा गर्नु सरल कुरा होइन। यसका लागि व्यक्तिले केही सत्यता बुझ्नु आवश्यक हुन्छ: पहिलो, ऊसँग आफ्नो प्रकृतिबारे ज्ञान हुनैपर्छ। दोस्रो, उसले आफू दरिद्र र दयनीय छु, अत्यन्तै सानो र तुच्छ छु भनेर बुझ्नैपर्छ अनि उसले आफ्नो दयनीय, फोहोरी आत्मा देख्नैपर्छ। जब उसले आफू वास्तवमा के हुँ भन्ने कुरा पूर्ण रूपमा देख्छ—जब यो परिणाम हासिल हुन्छ—तब ऊ साँच्चै आफूबारे ज्ञान प्राप्त गर्छ र उसको आफूबारेको ज्ञान एकदम सही छ भनेर भन्न सकिन्छ। यसबेला मात्र तिनीहरूले आफूलाई घृणा गर्न, आफूलाई सराप्नसमेत सक्छन् र मानिसहरूलाई शैतानले यति गहन रूपमा भ्रष्ट पारेको छ कि तिनीहरूमा कुनै मानव रूप छैन भनेर साँच्चै महसुस गर्न सक्छन्। एक दिन, यदि तिनीहरूले साँच्चै मृत्युको खतरा सामना गरे भने, तिनीहरूले सोच्नेछन्, “यो परमेश्वरको धर्मी दण्ड हो। परमेश्वर वास्तवमा धर्मी हुनुहुन्छ। म मर्नलायक छु!” यसबेला, उसले आफ्ना गुनासाहरू पोख्नेछैन, झन् परमेश्वरबारे गुनासो गर्नु त परै जाओस्—उसले केवल आफू अत्यन्तै दरिद्र, दयनीय, फोहोरी र भ्रष्ट छु अनि आफूलाई परमेश्वरले हटाउनु र नष्ट गर्नुपर्छ भन्ने महसुस गर्नेछ र तिनीहरूले आफ्नो जस्तो प्राण पृथ्वीमा जिउन अयोग्य छ भन्ने महसुस गर्नेछन्। त्यसकारण, तिनीहरूले परमेश्वरबारे गुनासो वा उहाँको प्रतिरोध गर्नेछैनन्, झन् उहाँलाई विश्वासघात गर्नु त परको कुरा हो। तर यदि तिनीहरू आफूलाई चिन्दैनन् र अझै पनि आफूलाई निकै राम्रो ठान्छन् भने, जब मृत्युको खतरा नजिक आउँछ, तब तिनीहरूले सोच्नेछन्, “मैले आफ्नो आस्थामा एकदमै राम्रो गरेको छु। मैले यति मेहनत गरेर सत्यता पछ्याएको छु, यति धेरै त्याग गरेको छु र यति धेरै कष्ट भोगेको छु, तर अन्त्यमा, परमेश्वरले मलाई मर्न दिइरहनुभएको छ। परमेश्वरको धार्मिकता कहाँ छ भन्ने मलाई थाहा छैन। उहाँले मलाई किन मर्न दिइरहनुभएको छ? यदि मजस्तो व्यक्तिले समेत मर्नुपर्छ भने, कसले चाहिँ मुक्ति पाउन सक्छ त? के सम्पूर्ण मानवजाति नै खतम भएको होइन र?” सबैभन्दा पहिले, तिनीहरूसँग परमेश्वरबारे धारणाहरू हुनेछन्। दोस्रो, तिनीहरूले उहाँबारे गुनासो गर्नेछन् र तिनीहरूमा पटक्कै समर्पण हुनेछैन। तिनीहरू पावलजस्तै हुन्, जसले मर्नै लाग्दासमेत आफूलाई चिनेनन्। जब तिनीहरूमाथि परमेश्वरको दण्ड आउँछ, तब धेरै ढिलो भइसकेको हुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरका दैनिक वचनहरू अंश ५६७
ठ्याक्कैसित भन्नुपर्दा, आफ्नो विश्वासमा पत्रुसको मार्गमा हिँड्नु भनेको सत्यता खोजी गर्ने बाटोमा हिँड्नु हो, जुन आफैलाई साँचो रूपमा चिन्ने र आफ्नो स्वभाव बदल्ने बाटो पनि हो। पत्रुसको मार्गमा हिँडेर मात्र व्यक्ति परमेश्वरद्वारा सिद्ध तुल्याइने बाटोमा हुनेछ। पत्रुसको मार्गमा वास्तवमा कसरी हिँड्ने, साथसाथै यसलाई कसरी अभ्यास गर्ने भन्ने बारेमा व्यक्ति स्पष्ट हुनुपर्छ। पहिला त व्यक्तिले आफ्ना अभिप्रायहरू, अनुचित खोजीहरू, र परिवार तथा आफ्नो देहका सबै कुराहरू समेतलाई पन्छाउनुपर्छ। व्यक्ति सम्पूर्ण हृदयले समर्पित हुनुपर्छ; त्यसको मतलब व्यक्तिले पूर्ण रूपमा आफूलाई परमेश्वरका वचनहरूमा समर्पित गर्नुपर्छ, परमेश्वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्नुपर्छ, परमेश्वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्न एकाग्र हुनुपर्छ, र हरेक कुरामा परमेश्वरको अभिप्राय बुझ्ने प्रयास गर्नुपर्छ। यो कुरा अभ्यासको सबैभन्दा आधारभूत र महत्त्वपूर्ण विधि हो। पत्रुसले येशूलाई भेटेपछि यही नै गरेका थिए, र यसरी अभ्यास गरेर मात्रै व्यक्तिले सर्वोत्तम नतिजाहरू हासिल गर्न सक्छ। परमेश्वरका वचनहरूमा सम्पूर्ण हृदयसहितको समर्पणमा मुख्यतया परमेश्वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्ने, परमेश्वरका अभिप्राय बुझ्न ध्यान केन्द्रित गर्ने, र परमेश्वरका वचनहरूबाट थप सत्यता बुझ्ने र प्राप्त गर्ने कुराहरू पर्दछन्। परमेश्वरका वचनहरू पढ्दा पत्रुसले धार्मिक सिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले धर्मविज्ञानको ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्। बरु, तिनले सत्यता बुझ्न र परमेश्वरका अभिप्रायहरू बोध गर्न, साथै परमेश्वरको स्वभाव र उहाँको प्रेमिलोपनको ज्ञान हासिल गर्नमा ध्यान केन्द्रित गरे। पत्रुसले परमेश्वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट स्थितिहरू, मानिसको प्रकृति सार र मानिसका वास्तविक कमजोरीहरू जान्ने प्रयास पनि गरे। यसरी मात्रै तिनले परमेश्वरलाई सन्तुष्ट पार्न उहाँका मागहरू सजिलै पूरा गर्न सक्थे। परमेश्वरका वचनहरूका सन्दर्भमा पत्रुससँग एकदमै धेरै सही अभ्यास थिए। यो परमेश्वरका अभिप्रायहरूसँग सबैभन्दा बढी मिल्दो थियो र कुनै व्यक्तिले परमेश्वरको काम अनुभव गर्ने क्रममा सहकार्य गर्न सक्ने सबैभन्दा उत्तम तरिका थियो। परमेश्वरले पठाउनुभएका सयौँ परीक्षाहरू भोग्दा, पत्रुसले आफूलाई मानिसको न्याय र खुलासा गर्ने परमेश्वरको हरेक वचन—अनि मानिसबाट उहाँले माग गर्नुहुने हरेक वचनसँग कडाइका साथ मिलाए—आफूलाई जाँचे, र परमेश्वरका वचनहरूको अर्थ सही रूपमा बोध गर्ने प्रयास गरे। येशूले तिनलाई भन्नुभएका सब थोकबारे तिनले गम्भीरतासाथ मनन गरे, र हरेक वचनलाई आफ्नो मनमा दृढ रूपमा राखे—यो तरिका अपनाउँदा निकै राम्रा नतिजा हासिल भए। यसरी अभ्यास गरेर तिनले परमेश्वरका वचनहरूमार्फत आफैलाई चिन्न सके, र तिनी मानिसका विविध भ्रष्ट स्थिति र कमीकमजोरीहरू मात्र होइन, मानिसको सार र प्रकृति पनि चिन्न पुगे। यो नै आफूलाई साँचो रूपमा चिन्नु हो। परमेश्वरका वचनहरूबाट, पत्रुसले एक हिसाबमा आफूबारे साँचो बुझाइ हासिल गरे, अनि अर्को हिसाबमा, तिनले परमेश्वरले व्यक्त गरेको धर्मी स्वभाव, परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्ने कुरा, परमेश्वरको कामका लागि उहाँका अभिप्रायहरू र मानवजातिप्रति परमेश्वरका मागहरू देखे। यी वचनहरूबाट तिनले साँचो रूपमा परमेश्वरलाई चिने। तिनले परमेश्वरको स्वभाव र उहाँको सारलाई चिने; तिनले परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्ने कुरा, र साथै परमेश्वरको प्रेमिलो स्वभाव र मानिसप्रतिका उहाँका मागहरू जाने र बुझे। त्यतिखेर परमेश्वर आजभोलि बोल्नुभए जति बोल्नुहुन्नथियो, तापनि पत्रुसमा यी पक्षहरूको नतिजा हासिल भयो। यो एकदमै बिरलै हुने र अमूल्य कुरा थियो। पत्रुसले सयौँ परीक्षाहरू भोगे; तिनले व्यर्थमा कष्ट सहेनन्। तिनले परमेश्वरका वचनहरू र कामबाट आफैलाई चिन्न पुगेका मात्रै होइन, परमेश्वरलाई पनि चिन्न पुगे। यसबाहेक, तिनले परमेश्वरका वचनहरूभित्र विशेष गरी परमेश्वरले मानिसहरूबाट गर्ने मागहरू र परमेश्वरका अभिप्रायअनुसार हुनका लागि मानिसले परमेश्वरलाई कुन पक्षहरूमा सन्तुष्ट पार्नुपर्छ भन्ने कुरालाई ध्यान दिए, र तिनी यी कुराहरूमा ठूलो प्रयत्न लागु गरेर पूर्ण स्पष्टता हासिल गर्न सक्षम भए। यो कुरा तिनको जीवन प्रवेशको सवालमा पनि अत्यन्तै फाइदाजनक थियो। परमेश्वरका वचनहरूको जुनै पक्ष भए पनि, ती वचनहरूले जीवनका रूपमा काम गर्न सकुन्जेल र ती सत्यता हुन्जेल, पत्रुसले तिनलाई आफ्नो हृदयमा कुँदेर राखे, जहाँ तिनले तीबारे बारम्बार मनन गरे र तिनलाई बोध गरे। येशूका वचनहरू सुनेपछि, तिनले ती वचनहरूलाई हृदयमा राख्न सके, जसले तिनले विशेष रूपमा परमेश्वरका वचनहरूमा ध्यान केन्द्रित गरेका थिए भन्ने देखाउँछ र तिनले अन्त्यमा सच्चा रूपमै नतिजा हासिल गरे। अर्थात्, तिनले परमेश्वरका वचनहरू कुशलतापूर्वक अभ्यास गर्न, सत्यतालाई सही रूपमा अभ्यास गर्न अनि परमेश्वरका अभिप्रायअनुरूप कार्य गर्न, सम्पूर्ण रूपले परमेश्वरका चाहनाअनुरूप कामकुरा गर्न, र आफ्ना व्यक्तिगत दृष्टिकोण र कल्पनाहरू त्याग्न सके। यसरी, पत्रुस परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरे। पत्रुसले यी कुराहरू गरेको हुनाले नै मुख्य रूपमा उनको सेवा परमेश्वरका अभिप्रायहरूअनुसार थियो।
यदि व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्दै परमेश्वरलाई सन्तुष्ट पार्न सक्छ भने, ऊ आफ्ना बोली र व्यवहारहरूमा सिद्धान्तकेन्द्रित छ भने, र ऊ सत्यताको वास्तविकताका सबै पक्षमा प्रवेश गर्न सक्छ भने, ऊ परमेश्वरद्वारा सिद्ध तुल्याइने व्यक्ति हो। के भन्न सकिन्छ भने परमेश्वरको काम र वचनहरूले आफ्नो परिणाम पूर्ण रूपले हासिल गरेका छन्: परमेश्वरका वचनहरू उसको जीवन बनेका छन् र उसले सत्यता हासिल गरेको छ अनि ऊ परमेश्वरका वचनहरूअनुसार जिउन सक्षम छ। यसपछि, उसको देहको प्रकृति—अर्थात्, उसको अस्तित्वको सुरुको आधार—थर्किएर भत्कनेछ र ढल्नेछ। मानिसहरूले परमेश्वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा धारण गरेपछि मात्रै, तिनीहरू नयाँ मानिसहरू बन्नेछन्। यदि परमेश्वरका वचनहरू तिनीहरूको जीवन बन्छन् भने, यदि परमेश्वरको कामको दर्शन, मानवजातिका लागि उहाँका खुलासा र मागहरू अनि मानिसहरूले पूरा गरून् भनी परमेश्वरले माग गरेको मानव जीवनका मानकहरू तिनीहरूको जीवन बन्छन् भने, यदि मानिसहरू यी वचन र सत्यताअनुरूप जिउँछन् भने तिनीहरू परमेश्वरका वचनहरूद्वारा सिद्ध तुल्याइन्छन्। त्यस्ता मानिसहरूले पुनर्जन्म पाउँछन् र तिनीहरू परमेश्वरका वचनहरूमार्फत नयाँ मानिसहरू बनेका हुन्छन्। पत्रुसले सत्यता पछ्याएको मार्ग यही हो। यो सिद्ध तुल्याइने मार्ग हो। पत्रुस परमेश्वरका वचनहरूद्वारा सिद्ध तुल्याइए, तिनले परमेश्वरका वचनहरूबाट जीवन प्राप्त गरे, परमेश्वरले व्यक्त गरेका सत्यताहरू तिनको जीवन बन्यो, अनि त्यसपछि मात्र तिनी सत्यताप्राप्त गरेका व्यक्ति बने।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने
परमेश्वरका दैनिक वचनहरू अंश ५६८
मानिसहरूले परमेश्वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? तँ किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले “मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?” भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ।” यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकै पछ्याए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्नै लागि जिउँछन्। “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ”—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ। शैतानले गर्ने सबै कुरा यसका आफ्नै चाहना, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरूको लागि हो। यसले परमेश्वरलाई उछिन्न, परमेश्वरबाट स्वतन्त्र हुन, र परमेश्वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई नियन्त्रणमा लिन चाहन्छ। आज, मानिसहरू शैतानद्वारा यस हदसम्म भ्रष्ट पारिएका छन्। तिनीहरू सबैसँग शैतानी प्रकृति छ, तिनीहरू सबैले परमेश्वरलाई नकार्ने र उहाँको विरोध गर्नमा झुकाव राख्छन्, र तिनीहरू आफ्नो नियतिलाई आफ्नै हातमा राख्न चाहन्छन् र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको विरोध गर्ने प्रयास गर्छन्। तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू पहिले नै ठ्याक्कै शैतानका जस्ता छन्। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो। वास्तवमा, मानिसहरूले राखेका धेरै आदर्श-वाणी र लोकोक्तिहरूले मानव प्रकृतिलाई प्रतिनिधित्व गर्छन् र मानिसको भ्रष्ट सारलाई प्रतिबिम्बित गर्छन्। मानिसहरूले छनौट गर्ने कुराहरूले तिनीहरूका आफ्नै प्राथमिकतालाई प्रतिबिम्बित गर्छन्, र ती सबैले मानिसहरूका स्वभाव र पछ्याइहरूको प्रतिनिधित्व गर्छन्। व्यक्तिले आफूले बोल्ने हरेक शब्द, र गर्ने हरेक काम जति नै छद्म भए पनि, यो छद्म रूपले उसको प्रकृतिलाई ढाकछोप गर्न सक्दैन। उदाहरणका लागि, फरिसीहरू प्रायजसो निकै राम्रो प्रचार गर्थे, तर जब तिनीहरूले येशूले व्यक्त गरेका प्रवचन र सत्यताहरू सुने, तब तिनीहरूले तिनलाई स्विकार्नुको सट्टा दोषी ठहराए। यसले सत्यताप्रति वितृष्ण हुने र त्यसलाई घृणा गर्ने फरिसीहरूको प्रकृति सारको खुलासा गर्यो। कतिपय मानिसहरू निकै राम्ररी बोल्छन् र आफ्नो वास्तविकता लुकाउन निकै सिपालु हुन्छन्, तर तिनीहरूसँग केही समयसम्म सङ्गत गरिसकेपछि, उनीहरूले ती मानिस प्रकृतिले नै अत्यन्तै छली भएको र अलिकति पनि इमानदार नभएको पत्ता लगाउँछन्। ती मानिसहरूसँग लामो समयसम्म उठबस गरिसकेपछि, उनीहरूले तिनीहरूको प्रकृति सार पत्ता लगाउँछन्। अन्त्यमा, तिनीहरूले निम्न निष्कर्ष निकाल्छन्: ती मानिसहरू कहिल्यै एक शब्द पनि सत्य बोल्दैनन् र तिनीहरू छली हुन्। यो भनाइले त्यस्ता मानिसहरूको प्रकृतिलाई प्रतिनिधित्व गर्छ, र यो तिनीहरूको प्रकृति सारको सर्वश्रेष्ठ चित्रण र प्रमाण हो। तिनीहरूको संसारसँग व्यवहार गर्ने दर्शन भनेकै कसैलाई सत्य नभन्नु हो, साथसाथै कसैलाई पनि भरोसा नगर्नु हो। मानिसको शैतानी प्रकृतिमा शैतानका धेरै दर्शन र विषहरू हुन्छन्। कहिलेकाहीँ तँ आफैलाई तीबारे थाहा हुँदैन। यदि तँ सत्यता बुझ्दैनस् भने, शैतानको स्वभाव खुट्ट्याउन असक्षम हुन्छस्। र पनि, तँ हरदिन हरपल शैतानको स्वभावअनुसार जिइरहेको हुन्छस् अनि यो निकै सही र समझदारीपूर्ण छ र यसमा कुनै गल्ती छैन भन्ने सोच्छस्। तँ शैतानका दर्शनहरूअनुसार जिउँदा, शैतानको स्वभावअनुसार जिइरहेको हुन्छस् अनि शैतानका दर्शन र स्वभाव तेरो प्रकृति बनेका हुन्छन् भन्ने देखाउन यो पर्याप्त छ। प्रायः मानिसहरू शैतानका दर्शनहरूअनुसार जिउँछन् तर अझै पनि यसलाई निकै राम्रो सोच्छन् र तिनीहरूमा पश्चात्तापको बोध पटक्कै हुँदैन। यो किन हुन्छ? किनभने मानिसहरू सत्यता बुझ्दैनन्। त्यसकारण, तिनीहरूले हरेक मोडमा आफ्नो शैतानी प्रकृति निरन्तर प्रकट गरिरहेका हुन्छन् र तिनीहरू हरेक मोडमा निरन्तर शैतानका दर्शनहरूअनुसार जिइरहेका हुन्छन्। शैतानको प्रकृति मानिसको जीवन हो र यो मानिसको प्रकृति सार हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने
परमेश्वरका दैनिक वचनहरू अंश ५६९
अब तिमीहरू आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू केही हदसम्म खुट्ट्याउन सक्छौ। जब तिमीहरू सामान्य परिस्थितिहरूमा आफूभित्र अझै पनि कुन-कुन भ्रष्ट स्वभावहरू प्रकट हुन सक्छन्, अनि तिमीहरूले सत्यताअनुरूप नभएका के-कस्ता कामहरू अझै पनि गर्ने सम्भावना हुन्छ भनेर स्पष्ट रूपमा देख्न सक्छौ, तब तिमीहरूका भ्रष्ट स्वभावहरूलाई पखाल्न सजिलो हुनेछ। धेरै मामलाहरूमा किन मानिसहरूले आफूलाई काबुमा राख्न सक्दैनन्? किनभने हरेक पल र हरेक हिसाबमा, तिनीहरूलाई तिनीहरूको भ्रष्ट स्वभावले नियन्त्रण गरिरहेको हुन्छ, जसले तिनीहरूलाई हरेक कुरामा सीमित तुल्याइरहेको र बाधा दिइरहेको हुन्छ। सबै कुरा ठिकै हुँदा, र ठोकर नखाँदा वा नकारात्मक नहुँदा, केही मानिसहरूले सधैँ आफूसँग कद भएको महसुस गर्छन्, र दुष्ट व्यक्ति, झूटो अगुवा, वा ख्रीष्टविरोधीको प्रकाश हुँदा र हटाइँदा, त्यो ठूलो कुरा होइन भन्ने सोच्छन्। तिनीहरूले सबैसामु धाकसमेत लगाउनेछन्, “अरू जोकोहीले पनि ठोकर खान सक्ला, तर म ठोकर खादिनँ। अरू कसैले परमेश्वरलाई प्रेम नगर्ला, तर म त गर्छु।” तिनीहरू आफू कुनै पनि अवस्था वा परिस्थितिमा आफ्नो गवाहीमा दृढ रहन सक्ने सोच्छन्। तैपनि अन्त्यमा, एउटा त्यस्तो दिन आउँछ जब तिनीहरूको परीक्षा लिइन्छ अनि तिनीहरू परमेश्वरका बारेमा गुनासो र गनगन गर्छन्। के यो असफल हुनु अनि ठोकर खानु होइन र? मानिसहरूलाई परीक्षाहरूले भन्दा बढी अरू कुनै पनि कुराले प्रकट गर्दैन। परमेश्वरले मानिसको अन्तस्करणको छानबिन गर्नुहुन्छ, र मानिसहरूले कहिल्यै धाक लगाउनु हुँदैन। तिनीहरूले जे कुराको धाक लगाउँछन्, ढिलोचाँडो, एकदिन तिनीहरूले त्यही कुरामा ठोकर खानेछन्। जब अरूहरूले कुनै निश्चित परिस्थितिमा ठोकर खाएको र असफल भएको देख्छन्, तिनीहरू यसलाई ठूलो कुरा मान्दैनन्, र तिनीहरू आफू कहिल्यै असफल हुन नसक्ने, आफू दृढ रहन सक्ने भनेर समेत सोच्छन्—तर तिनीहरू पनि आखिर उही परिस्थितिमा ठोकर खान र असफल हुन पुग्छन्। यो कसरी हुन सक्छ? किनभने मानिसहरूले आफ्नो प्रकृति सारलाई पूर्ण रूपमा बुझ्दैनन्; आफ्नो प्रकृति सारसम्बन्धी समस्याबारे उनीहरूको ज्ञान अझै पनि त्यति गहन हुँदैन, त्यसैले सत्यता अभ्यास गर्न तिनीहरूलाई अत्यन्तै कठिन हुन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू अति छली, बोली र कार्यमा बेइमान हुन्छन्, तापनि यदि तैँले उनीहरूको भ्रष्ट स्वभाव कुन सम्बन्धमा अति गम्भीर छ भनेर सोधिस् भने उनीहरू यति भन्छन्, “म थोरै छली छु।” उनीहरूले आफू थोरै छली छु भनेर मात्र भन्छन्, तर उनीहरूको प्रकृति आफैमा छली छ भनेर भन्दैनन्, र उनीहरू छली व्यक्ति हुन् भनेर भन्दैनन्। आफ्नो भ्रष्ट स्थितिको बारेमा तिनीहरूमा त्यत्ति गहिरो ज्ञान हुँदैन, र तिनीहरू त्यसलाई अरूले जस्तो न त गम्भीर रूपमा हेर्छन्, न त विस्तृत रूपमा नै हेर्छन्। अरूको दृष्टिकोणबाट हेर्दा यो व्यक्ति अति छली र अति कुटिल छ, र उसले बोल्ने हरेक कुरामा चालबाजी हुन्छ, र उसको कुरा र काम कहिल्यै इमानदार हुँदैन भन्ने देखिन्छ—तर त्यस व्यक्तिले आफैलाई त्यत्ति गहिरो रूपमा चिन्न सक्दैन। उसमा केही ज्ञान हुँदा पनि, त्यो केवल सतही हुन्छ। हरेक पटक बोल्दा र काम गर्दा, ऊ आफ्नो प्रकृतिको कुनै भाग प्रकट गर्छ, तैपनि ऊ त्यसबारे अनजान हुन्छ। ऊ आफूले त्यस्तो व्यवहार गर्नु भ्रष्टताको प्रकटीकरण होइन भन्ने विश्वास गर्छ, ऊ आफूले सत्यतालाई व्यवहारमा लागु गरिसकेको ठान्छ—तर हेर्ने मानिसहरूका नजरमा, यो व्यक्ति अझै पनि निकै कुटिल र छली नै देखिन्छ र उसका बोलीवचन र व्यवहार अझै पनि गहन रूपमा बेइमान हुन्छन्। भन्नुको मतलब, मानिसहरूसँग आफ्नै प्रकृतिको बारेमा अति नै सतही बुझाइ हुन्छ, र यो बुझाइ अनि तिनीहरूको न्याय र खुलासा गर्ने परमेश्वरका वचनहरूको बीचमा ठूलो भिन्नता हुन्छ। यो परमेश्वरले खुलासा गर्नुहुने कुरामा हुने गल्ती होइन, बरु आफ्नै प्रकृतिको बारेमा मानिसमा रहेको पर्याप्त गहन बुझाइको कमी हो। मानिसहरूमा आफ्नै बारेमा आधारभूत वा सारगत बुझाइ छैन; यसको सट्टामा, तिनीहरू आफ्ना कार्यहरू र बाहिरी प्रकटीकरणहरू चिन्नमा आफ्नो ध्यान केन्द्रित गर्छन् र ऊर्जा खर्चन्छन्। यदि केही मानिसहरूले कहिलेकाहीँ आफ्नो स्व-ज्ञानबारे केही भन्न सक्छन् भने पनि त्यो त्यत्ति गहन हुनेछैन। तिनीहरूले कुनै निश्चित प्रकारको कार्य गरेकोले वा कुनै निश्चित कुरा प्रकट गरेकोले, तिनीहरू कुनै निश्चित प्रकारको व्यक्ति भएका हुन् वा तिनीहरूमा कुनै निश्चित प्रकारको प्रकृति छ भनी कुनै व्यक्तिले कहिल्यै सोचेको छैन। परमेश्वरले मानिसको प्रकृति र सार खुलासा गर्नुभएको छ, तर मानिसहरूले के बुझ्छन् भने तिनीहरूको काम गर्ने र बोल्ने तरिकाहरू त्रुटिपूर्ण र दोषपूर्ण छन्; परिणामस्वरूप, तुलनात्मक रूपमा तिनीहरूलाई सत्यताको अभ्यास गर्न कठिन हुन्छ। मानिसहरूले तिनीहरूका गल्तीहरू तिनीहरूको प्रकृतिको प्रकटीकरण नभएर लापरवाहीसाथ प्रकट हुने क्षणिक प्रकटीकरण मात्रै हुन् भनी सोच्छन्। जब मानिसहरूले यसरी विचार गर्छन्, तब तिनीहरूले आफूलाई साँचो रूपमा चिन्नु औधी गाह्रो हुन्छ, र सत्यता बुझ्नु र अभ्यास गर्नु पनि औधी गाह्रो हुन्छ। किनकि तिनीहरू सत्यता जान्दैनन् र त्यसको तृष्णा गर्दैनन्, सत्यतालाई व्यवहारमा लागु गर्दा तिनीहरू झाराटारुवा तरिकाले प्रावधानहरू मात्र पालन गर्छन्। मानिसहरू तिनीहरूका आफ्नै प्रकृतिलाई त्यति खराब ठान्दैनन्, र तिनीहरू आफू नाश हुनुपर्ने वा दण्डित हुनुपर्ने माग गर्ने गरी खराब पनि नभएको विश्वास गर्छन्। तैपनि परमेश्वरका मापदण्डहरूअनुसार, मानिसहरू अति नै गहन रूपमा भ्रष्ट तुल्याइएका छन्, तिनीहरू अझै पनि मुक्तिको मापदण्डहरूभन्दा धेरै टाढा छन्, किनकि तिनीहरूसित सत्यतालाई बाह्य रूपमै उल्लङ्घन नगर्ने जस्तो देखिने केही व्यवहारहरू मात्र हुन्छन्, र वास्तवमा, तिनीहरू सत्यता अभ्यास गर्दैनन् र परमेश्वरप्रति समर्पित हुँदैनन्।
मानिसहरूको व्यवहार वा आचरणमा हुने परिवर्तनले तिनीहरूको प्रकृतिमा भएको परिवर्तनलाई जनाउँदैन। यसको कारण के हो भने, मानिसहरूको आचरणमा आएको परिवर्तनले तिनीहरूको मौलिक रूपरङ्गलाई आधारभूत रूपमा परिवर्तन गर्न सक्दैन, यसले तिनीहरूको प्रकृति बदल्न सक्ने त कुरै नगरौँ। मानिसहरूले सत्यता बुझेपछि, तिनीहरूसँग आफ्नै प्रकृति सारबारे ज्ञान भएपछि अनि सत्यता अभ्यास गर्न सक्ने भएपछि मात्र, तिनीहरूको अभ्यास पर्याप्त रूपमा गहन हुनेछ र त्यो कुरा बन्नेछ, जुन प्रावधानहरूको पालना मात्र हुनेछैन। मानिसहरूले आज जसरी सत्यता अभ्यास गर्छन् त्यो अझै पनि मापदण्डअनुसारको छैन, र त्यसले सत्यताले चाहे जति सबै कुरा पूर्ण रूपमा हासिल गर्न सक्दैन। मानिसहरूले सत्यताको केही भाग मात्र अभ्यास गर्छन्, अनि तिनीहरू निश्चित स्थिति र परिस्थितिहरूमा पुगेपछि मात्रै तिनीहरूले थोरबहुत सत्यता अभ्यास गर्न सक्छन्; यो उनीहरूले सबै अवस्था र सबै परिस्थितिहरूमा सत्यताको अभ्यास गर्न सक्ने अवस्था होइन। जब कुनै बेला मानिसहरू खुसी हुन्छन् र तिनीहरूको स्थिति राम्रो हुन्छ, वा जब तिनीहरूले अरूसँग सङ्गति गरिरहेको हुन्छन् अनि तिनीहरूसँग आफ्नो हृदयमा अभ्यासको मार्ग हुन्छ, तब अस्थायी रूपमा तिनीहरूले सत्यतासँग मिल्ने केही कुराहरू गर्न सक्छन्। तर जब तिनीहरू नकारात्मक अनि सत्यता खोजी नगर्ने मानिसहरूसँग जिउँछन् र यी मानिसहरूद्वारा प्रभावित हुन्छन्, तिनीहरूले आफ्नो हृदयमा अभ्यासको मार्ग गुमाउँछन्, र सत्यता अभ्यास गर्न नसक्ने हुन्छन्। यसले तिनीहरूको कद अत्यन्तै सानो छ, र तिनीहरूले अझै पनि साँचो रूपमा सत्यता बुझेका छैनन् भन्ने देखाउँछ। कतिपय व्यक्तिहरूलाई सही मानिसहरूले डोर्याए र अगुवाइ गरे भने तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्; यद्यपि तिनीहरूलाई झूटो अगुवा वा ख्रीष्टविरोधीले बहकायो र बाधा दियो भने, तिनीहरूले सत्यता अभ्यास गर्न नसक्ने मात्र होइन, तिनीहरू बहकाउमा परी ती मानिसहरूलाई पछ्याउने सम्भावना पनि हुन्छ। त्यस्ता मानिसहरू अझै पनि खतरामा हुन्छन्, होइन र? यस्तो कद भएका यस्ता मानिसहरूले सबै मामला र परिस्थितिमा सत्यता अभ्यास गर्न सक्दैनन्। तिनीहरूले अभ्यास नै गरे पनि, तिनीहरू सही मुडमा हुँदा वा अरूले बाटो देखाउँदा मात्रै यसो गर्न सक्छन्; अगुवाइ गर्ने कुनै असल व्यक्ति भएन भने, कहिलेकाहीँ तिनीहरूले सत्यता उल्लङ्घन गर्ने काम गर्न सक्छन् र अझै पनि परमेश्वरका वचनहरूबाट टाढा बरालिन्छन्। अनि यस्तो किन हुन्छ? तैँले आफ्ना केही स्थितिहरूलाई मात्रै चिनेकोले, र तँलाई तेरो आफ्नै प्रकृति सारको बारेमा ज्ञान नभएकोले, र तैँले देहविरुद्ध विद्रोह गरेर सत्यता अभ्यास गर्ने कद प्राप्त गर्न अझै बाँकी भएकोले यस्तो भएको हुन्छ; त्यसकारण, भविष्यमा तैँले के गर्नेछस् त्यो तेरो नियन्त्रणमा हुँदैन, र तँ कुनै पनि परिस्थिति वा जाँचमा दह्रिलो गरी खडा हुन सक्छस् भन्ने कुरा निश्चित गर्न सक्दैनस्। कहिलेकाहीँ यस्तो समय हुन्छ जब तँ एउटा स्थितिमा हुन्छस् र तैँले सत्यताको अभ्यास गर्न सक्छस्, र तँ अलिकति परिवर्तित भएको छस् भन्ने देखिन्छ, तैपनि फरक परिस्थितिमा, तैँले सत्यतालाई अभ्यास गर्न सक्दैनस्। यो नियन्त्रण बाहिरको कुरा हो। कहिलेकाहीँ तैँले सत्यताको अभ्यास गर्न सक्छस्, र कहिलेकहीँ सक्दैनस्। एक पल तँ बुझ्छस्, र अर्को क्षण तँ भ्रमित हुन्छस्। अहिले, तैँले केही नराम्रो गरिरहेको छैनस्, तर सायद तैँले केही समयपछि यसो गर्नेछस्। यसले के प्रमाणित गर्दछ भने, तँभित्र अझै पनि भ्रष्ट कुराहरू छन्, र यदि तैँले साँचो रूपमा आफूलाई चिन्न सक्दैनस् भने, यी कुराहरूलाई समाधान गर्न सजिलो हुनेछैन। यदि तैँले आफ्नै भ्रष्ट स्वभावको पूर्ण ज्ञान प्राप्त गर्न सक्दैनस् भने, र अन्ततः परमेश्वरको विरोध गर्ने कुराहरू गर्न सक्षम हुन्छस् भने, तँ खतरामा छस्। यदि तैँले आफ्नो प्रकृतिलाई भित्रैबाट बुझ्न र त्यसलाई घृणा गर्न सक्छस् भने, तैँले आफैलाई नियन्त्रण गर्न, आफैविरुद्ध विद्रोह गर्न, र सत्यतालाई अभ्यास गर्न सक्नेछस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरका दैनिक वचनहरू अंश ५७०
सत्यताको बारेमा स्पष्ट रूपमा सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई सत्यता बुझ्न र अभ्यास गर्न अनि आफ्नो स्वभावमा परिवर्तन ल्याउन सक्षम पार्नु हो। सत्यता बुझेपछि तिनीहरूको हृदयमा थोरै ज्योति र खुसी ल्याउनु मात्र यसको उद्देश्य हुँदैन। यदि तँ सत्यता बुझ्छस् तर त्यो अभ्यास गर्दैनस् भने, सत्यता सङ्गति गर्नु र बुझ्नुको कुनै अर्थ हुँदैन। मानिसहरूले सत्यता बुझेका छन् तर यसलाई अभ्यास गर्दैनन् भने यसमा के समस्या हुन्छ? यो तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरूले हृदयमा सत्यता स्वीकार गर्दैनन् भन्ने कुराको प्रमाण हो, र यस्तो अवस्थामा तिनीहरूले परमेश्वरका आशिष्हरू र मुक्ति पाउने अवसर गुमाउनेछन्। मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा, सबैभन्दा महत्त्वपूर्ण कुरा तिनीहरूले सत्यता स्वीकार र अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्ने हो। यदि तैँले आफूले बुझेका सबै सत्यता अभ्यास गरेको छस् भने, तैँले पवित्र आत्माको अन्तर्दृष्टि, ज्योति र अगुवाइ प्राप्त गर्नेछस्, र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्, र तैँले सत्यताको अझै गहन बुझाइ हासिल गर्नेछस्, अनि सत्यता र परमेश्वरको मुक्ति प्राप्त गर्नेछस्। कतिपय मानिसहरू सत्यता अभ्यास गर्न नसक्ने हुन्छन्, तिनीहरूले सधैँ पवित्र आत्माले तिनीहरूलाई अन्तर्दृष्टि वा ज्योति दिनुहुन्न, परमेश्वरले तिनीहरूलाई सामर्थ्य दिनुहुन्न भनेर गुनासो गरिरहेका हुन्छन्। यो गलत कुरा हो; यो परमेश्वरलाई गलत रूपमा बुझ्नु हो। पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति मानिसहरूको सहकार्यको जगमा निर्मित हुन्छ। मानिसहरू निष्कपट हुनुपर्छ, र सत्यता अभ्यास गर्न तयार हुनुपर्छ, अनि तिनीहरूको बुझाइ गहन वा सतही भए पनि, तिनीहरूले सत्यता अभ्यास गर्न सक्नुपर्छ। त्यसपछि मात्रै पवित्र आत्माले तिनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। यदि मानिसहरूले सत्यता बुझ्छन् तर अभ्यास गर्दैनन् भने—यदि तिनीहरू पवित्र आत्माले आफै तिनीहरूलाई जबरजस्ती गरेर सत्यता अभ्यास गर्न लगाउनुहुन्छ भनेर प्रतीक्षा गर्छन् भने—के तिनीहरू अत्यन्तै निष्क्रिय भइरहेका हुँदैनन् र? परमेश्वरले कहिल्यै पनि मानिसहरूलाई कुनै काम जबरजस्ती गराउनुहुन्न। यदि मानिसहरूले सत्यता बुझ्छन् तर त्यो अभ्यास गर्न अनिच्छुक छन् भने, यसले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, वा तिनीहरूको स्थिति असामान्य छ र यसलाई रोक्ने कुनै कुरा छ भन्ने देखाउँछ। तर यदि मानिसहरूले परमेश्वरलाई प्रार्थना गर्न सक्छन् भने, परमेश्वरले पनि काम गर्नुहुनेछ; यदि तिनीहरू सत्यता अभ्यास गर्न अनिच्छुक छन् र परमेश्वरलाई प्रार्थना पनि गर्दैनन् भने मात्र, पवित्र आत्मासँग तिनीहरूमा काम गर्ने कुनै आधार हुँदैन। वास्तवमा, मानिसहरूको कठिनाइ जस्तोसुकै भए पनि, यसलाई सधैँ समाधान गर्न सकिन्छ; यसको चाबी भनेको तिनीहरूले सत्यताअनुसार अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्ने हो। आज, तिमीहरूमा रहेको भ्रष्टताका समस्याहरू क्यान्सर होइनन्, ती उपचार गर्नै नसकिने रोग होइनन्। यदि तिमीहरूले सत्यता अभ्यास गर्ने सङ्कल्प गर्यौ भने, तिमीहरूले पवित्र आत्माको काम प्राप्त गर्नेछौ, र यी भ्रष्ट स्वभाव परिवर्तन हुन सम्भव छ। यो सबै कुरा तैँले सत्यता अभ्यास गर्ने सङ्कल्प लिन सक्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ, मुख्य कुरा यही हो। यदि तैँले सत्यता अभ्यास गर्छस् भने, यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्छस् भने, तँ पवित्र आत्माको काम प्राप्त गर्न सक्षम हुन्छस्, र तैँले अवश्य मुक्ति पाउन सक्छस्। यदि तैँले हिँड्ने मार्ग गलत छ भने, तैँले पवित्र आत्माको काम गुमाउनेछस्, एउटा गलत कदमले अर्को गलत कदम निम्त्याउनेछ, र तेरो लागि यो सबै कुरा समाप्त हुनेछ, अनि तैँले जति वर्ष निरन्तर विश्वास गरिरहे पनि, तैँले मुक्ति पाउन सक्दैनस्। उदाहरणको लागि, कतिपय मानिसहरूले परमेश्वरको घरलाई फाइदा पुग्ने र परमेश्वरका अभिप्रायअनुरूप हुने गरी काम गर्नेबारे कहिल्यै सोच्दैनन्—अनि तिनीहरूले गरेको कामको परिणाम स्वार्थी र दुष्ट हुन्छ, त्यो परमेश्वरको निम्ति घृणालाग्दो र घृणास्पद हुन्छ; अनि त्यसो गर्ने क्रममा, तिनीहरू प्रकाश गरिन्छन् र हटाइन्छन्। यदि मानिसहरूले सबै कुरामा सत्यता खोजी गर्न र सत्यताअनुरूप अभ्यास गर्न सक्छन् भने, तिनीहरू परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गरिसकेका हुन्छन्, र यसरी तिनीहरू परमेश्वरका अभिप्रायअनुरूपको व्यक्ति बन्ने आशा हुन्छ। कतिपय मानिसहरूले सत्यता बुझेका हुन्छन् तर त्यसलाई अभ्यास गर्दैनन्; बरु, सत्यता सत्यता मात्र हो, यसले तिनीहरूका झुकाव र भ्रष्ट स्वभावहरू समाधान गर्न सक्दैन भन्ने विश्वास गर्छन्। के त्यस्ता मानिसहरू हास्यास्पद हुँदैनन् र? के तिनीहरू हास्यास्पद होइनन् र? के तिनीहरू बढ्ता जान्ने सुन्नेहरू होइनन् र? यदि मानिसहरूले सत्यताअनुरूप व्यवहार गर्न सक्छन् भने, तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छ। यदि परमेश्वरमाथिको तिनीहरूको विश्वास र उहाँप्रतिको सेवा तिनीहरूका आफ्नै प्राकृतिक व्यक्तित्वमा आधारित छन् भने, तिनीहरूमध्ये एक जनाले पनि आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्नेछैन। कतिपय मानिसहरू दिनभरि आफ्नै गलत निर्णयहरूको बारेमा शोकमा डुबेर बिताइरहेका हुन्छन्। पूर्व तयार सत्यता देख्दा पनि, तिनीहरूले यसबारे अनुसन्धान गर्ने वा अभ्यास गर्ने प्रयास गर्दैनन्, बरु आफ्नै मार्ग रोज्ने ढिपी कस्छन्। कस्तो हास्यास्पद व्यवहार; साँच्चै नै, तिनीहरूले आफूसँग आशिषहरू हुँदा पनि त्यसको आनन्द उठाउन सक्दैनन्, र तिनीहरूले जीवनमा कठिनाइ भोग्ने पक्का छ। सत्यता अभ्यास गर्ने काम सरल छ; तैँले अभ्यास गर्छस् गर्दैनस् भन्ने कुराचाहिँ महत्त्वपूर्ण हुन्छ। यदि तैँले सत्यता अभ्यास गर्ने सङ्कल्प गरेको छस् भने, तेरो नकारात्मकता, कमजोरी र भ्रष्ट स्वभाव क्रमिक रूपमा समाधान र परिवर्तन हुँदै जानेछ; यो कुरा तेरो हृदयले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, तैँले सत्यता स्वीकार गर्न सक्छस् कि सक्दैनस्, र सत्यता प्राप्त गर्न तैँले कष्ट भोग्न र मूल्य चुकाउन सक्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ। यदि तैँले साँचो रूपमा सत्यतालाई प्रेम गर्छस् भने, सत्यता प्राप्त गर्नको लागि तैँले हरकिसिमका कष्टहरू भोग्न सक्नेछस्, चाहे यसको लागि मानिसहरूले तँलाई बदनाम, आलोचना, वा इन्कार नै किन नगरून्। तैँले यी सबै कुरा धैर्य र सहनशीलतासाथ भोग्नुपर्छ; अनि परमेश्वरले तँलाई आशिष् र सुरक्षा दिनुहुनेछ, तँलाई त्याग्नुहुने वा बेवास्ता गर्नुहुनेछैन—यो निस्सन्देह छ। यदि तैँले परमेश्वरको डर मान्ने हृदयले उहाँलाई प्रार्थना गर्छस्, परमेश्वरमा भरोसा गर्छस् र उहाँलाई नै हेर्छस् भने, तैँले पार पाउन नसक्ने कुरा केही हुँदैन। तँमा भ्रष्ट स्वभाव हुन सक्छ, र तैँले अपराध गर्न सक्छस्, तर यदि तँमा परमेश्वरको डर मान्ने हृदय छ, अनि तँ सावधानीपूर्वक सत्यता पछ्याउने मार्गमा हिँड्छस् भने, तँ अवश्य दह्रिलो गरी खडा हुन सक्नेछस्, र परमेश्वरले तँलाई निश्चय नै अगुवाइ र सुरक्षा प्रदान गर्नुहुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरका दैनिक वचनहरू अंश ५७१
यदि तँ सत्यताको बुझाइ हासिल गर्न चाहन्छस् भने, तँलाई परमेश्वरका वचनहरू कसरी खाने-पिउने भन्ने कुरा थाहा हुनु निकै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका वचनहरू अत्यन्तै थोरै पढ्छस्, तिनलाई गम्भीरता साथ पढ्दैनस्, र तैँले तिनको बारेमा हृदयदेखि मनन गर्दैनस् भने, तैँले सत्यता बुझ्न सक्नेछैनस्। तैँले थोरै धर्मसिद्धान्त मात्रै बुझ्न सक्नेछस्, त्यसकारण परमेश्वरका वचनहरूमा उहाँका अभिप्राय र उद्देश्यलाई बुझ्न तँलाई अत्यन्तै कठिन हुनेछ। यदि तँ परमेश्वरका वचनहरूले प्राप्त गर्न खोजेको उद्देश्य र परिणामहरूलाई बुझ्दैनस् भने, यदि तँ उहाँका वचनहरूले मानिसमा के हासिल गर्न र सिद्ध बनाउन खोजेको हो भनी बुझ्दैनस् भने, यसले तैँले सत्यतालाई बुझेको छैनस् भन्ने प्रमाणित गर्छ। परमेश्वरले जे भन्नुहुन्छ त्यो किन भन्नुहुन्छ? उहाँ किन त्यस्तो लबजमा बोल्नुहुन्छ? उहाँ आफूले बोल्ने हरेक शब्दमा किन त्यत्ति गम्भीर र इमानदार हुनुहुन्छ? किन उहाँले निश्चित शब्दहरूको प्रयोग गर्ने निर्णय गर्नुहुन्छ? के तँलाई थाहा छ? यदि तँ निश्चित रूपमा भन्न सक्दैनस् भने, त्यसको अर्थ तैँले परमेश्वरका अभिप्राय वा उहाँका उद्देश्यलाई बुझेको छैनस्; यदि तैँले उहाँका वचनहरूपछाडिको प्रसङ्गलाई बुझ्दैनस् भने, कसरी सत्यता बुझ्न वा अभ्यास गर्न सक्छस्? सत्यता प्राप्त गर्नको लागि, तैँले सुरुमा परमेश्वरले बोल्नुहुने हरेक वचनमा उहाँले के भन्न खोज्नुभएको हो त्यो बुझ्नुपर्छ र ती वचनहरू बुझेपछि तिनलाई अभ्यासमा लागु गर्नुपर्छ, यसरी तँ परमेश्वरका वचनहरूमा जिउनुपर्छ, र तिनलाई तेरो वास्तविकता बनाउनुपर्छ। त्यसो गरेर तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। जब तँमा परमेश्वरको वचनको पूर्ण ज्ञान हुन्छ तब मात्र तैँले सत्यतालाई बुझ्न सक्छस्। केही शब्दहरू र धर्म-सिद्धान्तहरू मात्रै बुझेपछि, तैँले सत्यलाई बुझेको छस् र तँमा वास्तविकता छ भन्ने तँलाई लाग्छ। यो आफैलाई धोका दिनु हो। परमेश्वरले किन मानिसहरूलाई सत्यता अभ्यास गर्न लगाउनुहुन्छ भन्नेसमेत तैँले बुझ्दैनस्। यसले के प्रमाणित गर्छ भने तैँले परमेश्वरको अभिप्राय बुझ्दैनस्, र तैँले अझै पनि सत्यता बुझेको छैनस्। वास्तवमा, परमेश्वरले मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन यो माग गर्नुहुन्छ, ताकि तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरूलाई फाल्न सकून्, र तिनीहरू परमेश्वरप्रति समर्पित हुने र उहाँलाई चिन्ने मानिसहरू बनून्। परमेश्वरले मानिसहरूलाई सत्यता अभ्यास गर्न लगाएर हासिल गर्न चाहनुभएको उद्देश्य यही हो।
सत्यलाई प्रेम गर्ने, सत्यको तिर्सना गर्ने, र सत्यको खोजी गर्ने मानिसहरूका निम्ति परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ। आफैलाई शब्दहरू र धर्मसिद्धान्तहरूसित सम्बन्धित तुल्याउने र लामो, आडम्बरी भाषणहरू दिन मन पराउनेहरूका विषयमा भन्दा, तिनीहरूले कहिल्यै पनि सत्यता प्राप्त गर्न सक्दैनन्; तिनीहरूले आफैलाई मूर्ख बनाइरहेका हुन्छन्। सत्य र परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको दृष्टिकोण गलत हुन्छ; सीधा कुरा पढ्नलाई पनि तिनीहरू आफ्नो घाँटी बटार्छन्—तिनीहरूको सबै दृष्टिकोण गलत हुन्छ। कतिपय मानिसहरूले परमेश्वरका वचनहरू अध्ययन गर्न रुचाउँछन्। तिनीहरूले परमेश्वरका वचनहरूले गन्तव्यको बारेमा वा कसरी आशिष् पाउने भन्नेबारेमा के बताउँछन् भनेर सधैँ अध्ययन गर्छन्। यस्ता वचनहरूप्रति तिनीहरूलाई सबभन्दा धेरै चासो हुन्छ। यदि परमेश्वरका वचनहरू तिनीहरूका धारणाहरूअनुरूप छैनन् र तिनले आशिष्हरू पाउने तिनीहरूको इच्छा पूरा गर्दैनन् भने, तिनीहरू नकारात्मक बन्छन्, सत्यता खोजी गर्न छोड्छन्, र परमेश्वरको लागि समर्पित हुन चाहँदैनन्। यसले तिनीहरूले सत्यताप्रति कुनै चासो राख्दैनन् भन्ने देखाउँदछ। फलस्वरूप, तिनीहरू सत्यताप्रति इमानदार हुँदैनन्; तिनीहरू आफ्नै धारणा र कल्पनासित मेल खाने सत्यता मात्र स्वीकार गर्न सक्छन्। यस्ता मानिसहरू परमेश्वरमाथिको आफ्नो विश्वासमा उत्साही भए पनि र तिनीहरूले हर प्रकारले आफूले सक्दो केही असल कामहरू गर्ने र आफूलाई राम्रोसँग प्रस्तुत गर्ने प्रयास गरे पनि तिनीहरूले भविष्यमा राम्रो गन्तव्य पाउनका लागि मात्र त्यसो गरिरहेका हुन्छन्। तिनीहरू पनि मण्डली जीवनमा सामेल हुन्छन्, र परमेश्वरका वचनहरू खाइरहेका र पिइरहेका हुन्छन्, तैपनि तिनीहरूले सत्यता अभ्यास वा हासिल गर्ने गर्दैनन्। कतिपय मानिसहरू यस्ता हुन्छन्, जो परमेश्वरका वचनहरू खान्छन् र पिउँछन्, तर तिनीहरू केवल झारा टार्ने काम मात्र गरिरहेका हुन्छन्; आफूले केही शब्दहरू र धर्मसिद्धान्तहरू बुझेर नै तिनीहरूले सत्य प्राप्त गरेका छौ भनी सोच्छन्। तिनीहरू कति मूर्ख छन्! परमेश्वरको वचन नै सत्यता हो। तापनि, परमेश्वरको वचन पढेपछि व्यक्तिले सत्यता बुझ्छ र प्राप्त गर्छ भन्ने हुँदैन। यदि परमेश्वरका वचनहरू खाएर अनि पिएर तैँले सत्यता प्राप्त गर्न सकिनस् भने, तैँले प्राप्त गर्ने कुरा भनेको शब्दहरू र धर्मसिद्धान्तहरू मात्र हुनेछ। यदि तँलाई सत्यता अभ्यास गर्न वा सिद्धान्तहरूअनुसार काम गर्न आउँदैन भने, तँ सत्यता वास्तविकताविहीन रहन्छस्। तैँले परमेश्वरका वचनहरूलाई प्रायः पढिराख्न सक्छस्, तर पछि गएर तैँले परमेश्वरका अभिप्राय बुझ्न सक्दैनस्, र तैँले केही शब्द र धर्मसिद्धान्तहरू मात्र प्राप्त गर्छस्। सत्यता बुझ्नको लागि परमेश्वरका वचनहरू कसरी खाने र पिउने? सबैभन्दा पहिले, परमेश्वरको वचन त्यति सीधा छैन भन्ने तैँले बुझ्नुपर्छ; परमेश्वरको वचन पूर्ण रूपमा गहन छ। परमेश्वरका वचनहरूको एउटा वाक्यलाई अनुभव गर्न पनि जीवनभरको अवधि लाग्छ। धेरै वर्षको अनुभवविना, तैँले परमेश्वरको वचन बुझ्न कसरी सम्भव हुन्छ र? परमेश्वरका वचनहरू पढ्ने क्रममा, यदि तैँले परमेश्वरका अभिप्राय बुझ्दैनस्, र तैँले उहाँका वचनहरूका उद्देश्यहरू, तिनको उत्पत्ति, तिनले हासिल गर्न खोजेका प्रभाव, वा तिनले के काम पूरा गर्न चाहन्छन् भन्ने पनि बुझ्दैनस् भने, के यसको अर्थ तैँले सत्यता बुझ्छस् भन्ने हुन्छ? तैँले परमेश्वरका वचनहरू धेरै पटक पढेको हुन सक्छस्, र सायद तैँले धेरै वटा खण्ड कण्ठस्थ सुनाउन सक्छस् होला, तैपनि तँ सत्यता अभ्यास गर्न सक्दैनस्, तँ परिवर्तन भएकै छैनस्, र परमेश्वरसँगको तेरो सम्बन्ध सधैँको जस्तै टाढिएको र बिरानो छ। तेरा धारणाहरूसँग नमिल्ने कुरा सामना गर्दा, तँ उहाँप्रति शङ्कालु रहिरहन्छस्, र तैँले उहाँलाई बुझ्दैनस्, तर उहाँसँग तर्क गर्छस् र उहाँको बारेमा धारणाहरू पाल्छस् र उहाँलाई गलत बुझेर उहाँको विरोध र निन्दा गर्छस्। यो कस्तो प्रकारको स्वभाव हो? यो स्वभाव अहङ्कार, र सत्यतादेखि वितृष्ण हुने स्वभाव हो। यति अहङ्कारी र सत्यताप्रति यति वितृष्ण हुने मानिसहरूले कसरी सत्यता स्वीकार वा अभ्यास गर्न सक्छन्? अवश्य नै त्यस्ता मानिसहरूले सत्यता वा परमेश्वरलाई कहिल्यै प्राप्त गर्न सक्नेछैनन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरका दैनिक वचनहरू अंश ५७२
भनिन्छ, “आखिरीसम्म पछि लाग्नेले निश्चय नै मुक्ति पाउनेछ,” तर के यो अभ्यास गर्न सजिलो छ? सजिलो छैन, अनि ठूलो रातो अजिङ्गरको खेदो र सतावटमा पर्ने कैयौँ मानिसहरू अत्यन्तै डरपोक र भयभीत भएर परमेश्वरलाई पछ्याउनै सक्दैनन्। तिनीहरू किन यसरी पतित भए? किनभने तिनीहरूमा साँचो विश्वासको कमी छ। कतिपय मानिसहरू सत्यता स्वीकार गर्न, परमेश्वरलाई प्रार्थना गर्न, उहाँमा भरोसा गर्न सक्छन्, र परीक्षा र सङ्कष्टहरूमा दह्रिलो गरी खडा हुन सक्छन्, जबकि अरूले अन्त्यसम्मै पछ्याउन सक्दैनन्। परीक्षा र सङ्कष्टको कुनै विन्दुमा तिनीहरू लड्नेछन्, आफ्नो गवाही गुमाउनेछन्, र उठेर अघि बढ्न नसक्ने अवस्थामा पुग्नेछन्। तेरो सङ्कल्पलाई हल्लाउन सक्ने, तेरो हृदयलाई ओगट्न सक्ने, वा तँलाई तेरो कर्तव्यमा र तेरो अगाडिको प्रगतिमा बाँध्न सक्ने हरेक दिन पैदा हुने, साना-ठूला सबै कुरालाई गम्भीरतापूर्वक सम्हाल्नु आवश्यक हुन्छ, र तैँले तिनलाई होसियारीसाथ जाँच्नुपर्छ र सत्यता खोज्नुपर्छ। यी सबै समस्याहरू तैँले अनुभव गर्दै जाँदा समाधान गर्नुपर्ने कुराहरू हुन्। कतिपय मानिसहरू कठिनाइ आइपर्दा, नकारात्मक बन्छन्, गुनासो गर्छन्, र आफ्नो काम त्याग्छन् र प्रत्येक बाधापछि तिनीहरू खडा हुन असमर्थ हुन्छन्। यी सबै मानिसहरू सत्यतालाई प्रेम नगर्ने मूर्खहरू हुन्, र जीवनभरि विश्वास गरे पनि उनीहरूले सत्यता प्राप्त गर्दैनन्। त्यस्ता मूर्खहरूले कसरी आखिरीसम्म पछ्याउन सक्छन्? यदि तेरो जीवनमा एउटै कुरा दस पटक देखा पर्छ, तर त्यसबाट तैँले केही पनि प्राप्त गर्दैनस् भने, तँ मामुली, बेकम्मा व्यक्ति होस्। आत्मिक बुझाइ भएका बाठो र साँचो क्षमता भएका मानिसहरू सत्यताको खोजी गर्नेहरू हुन्; उनीहरूलाई दस पटक केही भयो भने, सायद तीमध्ये आठ वटा अवस्थामा, तिनीहरूले केही अन्तर्दृष्टि प्राप्त गर्न, केही पाठ सिक्न, केही सत्यता बुझ्न अनि केही उन्नति गर्न सक्नेछन्। आत्मिक बुझाइ नभएका कुनै मूर्ख व्यक्तिमाथि जब दस पटक केही परिआउँछ, त्यसले एकै पल्ट पनि उनीहरूको जीवनमा फाइदा गर्दैन, एकै पल्ट पनि त्यसले तिनीहरूलाई परिवर्तन गर्दैन, र त्यसले एकै पटक पनि उनीहरूलाई आफ्नो कुरूप अनुहार चिन्ने बनाउँदैन, जुन अवस्थामा उनीहरूका लागि सबै कुरा समाप्त हुन्छ। प्रत्येक चोटि जब उनीहरूलाई केही हुन्छ, तिनीहरू ढल्छन्, र प्रत्येक चोटि तिनीहरू ढल्दा तिनीहरूलाई साथ दिन र फकाउन तिनीहरूलाई अरू कसैको खाँचो हुन्छ; साथ दिने र फकाउने कार्यबिना तिनीहरू उठ्न सक्दैनन्, र प्रत्येक चोटि केही हुँदा, तिनीहरू ढल्ने र पतन हुने खतरामा हुन्छन्। के यो तिनीहरूका लागि अन्त्य नै होइन र? के यस्ता बेकम्मा मानिसहरुलाई मुक्ति दिने अरू कुनै आधारहरू छन्? परमेश्वरले मानवजातिलाई दिनुभएको मुक्ति सत्यतालाई प्रेम गर्नेहरूको मुक्ति हो, इच्छा र सङ्कल्पसहितको तिनीहरूको एउटा भागको मुक्ति हो, र हृदयमा सत्यता र इन्साफको तिर्सना गर्ने तिनीहरूको एउटा भागको मुक्ति हो। व्यक्तिको सङ्कल्प भनेको हृदयमा इन्साफ, भलाइ र सत्यताको तिर्सना गर्ने र विवेक धारण गरेको तिनीहरूको एउटा भाग हो। परमेश्वर यस भागलाई मुक्ति दिनुहुन्छ, र यसमार्फत, उहाँ उनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्नुहुन्छ, यसैले कि उनीहरूले सत्यतालाई बुझ्न र प्राप्त गर्न सकून्, यसैले कि उनीहरूको भ्रष्टता पखालिओस् र उनीहरूको जीवन स्वभाव रूपान्तरण होस्। यदि तँभित्र यी कुराहरू छैनन् भने, तँलाई सुधार्नै सकिँदैन। यदि तँभित्र सत्यताप्रति कुनै प्रेम वा इन्साफ र ज्योतिप्रतिको कुनै आकाङ्क्षा छैन भने; यदि तैँले दुष्ट कुराहरू सामना गर्नुपर्दा, तँमा ती कुराहरूबाट मुक्त हुने इच्छा हुँदैन, न त कष्ट सहने दृढसङ्कल्प नै हुन्छ भने; यसबाहेक, यदि तेरो विवेक अचेत छ, यदि सत्यता ग्रहण गर्ने तेरो सामर्थ्य पनि अचेत छ, र तँ सत्यता र उत्पन्न हुने घटनाहरूप्रति ग्रहणशील छैनस् भने; र यदि तँ सबै कुरामा खुट्टयाउने गर्दैनस्, र कुनै परिस्थितिको सामना गर्दा, तँ समाधानहरूका लागि सत्यता खोज्न सक्दैनस् र निरन्तर नकारात्मक बन्छस् भने, तैँले मुक्ति पाउने कुनै उपाय छैन। त्यस्ता व्यक्तिसँग कुनै असल गुण हुँदैन, परमेश्वरले काम गर्न लायकको केही पनि हुँदैन। उनीहरूको अन्तस्करण मन्द हुन्छ, उनीहरूको मन धमिलिएको हुन्छ, र उनीहरू सत्यतालाई प्रेम गर्दैनन्, न त उनीहरू आफ्नो हृदयको गहिराइमा इन्साफको तृष्णा नै गर्छन्। परमेश्वरले जतिसुकै स्पष्ट वा प्रस्ट रूपमा सत्यता बुझाउनुभए पनि, उनीहरू अलिकति पनि प्रतिक्रिया दिँदैनन्, मानौँ उनीहरूको हृदय मरिसकेको छ। के उनीहरूका लागि काम-कुराहरू सकिएका हुँदैनन् र? यो त अन्तिम सास लिइरहेको व्यक्तिलाई उसको मुखमा मुख जोडेर सास फुकेर बचाउन सकिने, तर ऊ मरिसकेको छ र उसको प्राण निस्केर गइसकेको छ भने, त्यो कुनै काम नलाग्नु जस्तै हो। यदि समस्या र कठिनाइहरू सामना गर्दा व्यक्ति पछि हट्छ र तीबाट पन्छिन्छ, ऊ सत्यताको खोजी पटक्कै गर्दैन, र आफ्नो काममा नकारात्मक र सुस्त बन्न रोज्छ भने, त्यसपछि उसको वास्तविक रूप प्रकट हुन्छ। त्यस्ता मानिसहरूसँग कुनै अनुभवात्मक गवाही हुँदै हुँदैन। तिनीहरू फाइदा लुट्ने, रद्दी मात्र हुन्छन्, परमेश्वरको घरमा तिनीहरूको कुनै काम हुँदैन, र तिनीहरू पूर्णतया विनाशउन्मुख हुन्छन्। समस्याहरू समाधान गर्न सत्यता खोज्न सक्ने मानिसहरू मात्रै कद भएका मानिसहरू हुन्, र तिनीहरू मात्रै आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्छन्। समस्या र कठिनाइहरू सामना गर्दा, तैँले तिनलाई नअत्तालिई सामना गर्नुपर्छ, र सही तरिकाले प्रतिक्रिया जनाउनुपर्छ, र तैँले एउटा निर्णय लिनुपर्छ। तैँले समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सिक्नुपर्छ। तैँले सामान्य रूपमा बुझेका सत्यताहरू गहन होऊन् वा सतही, तैँले तिनलाई प्रयोग गर्नुपर्छ। सत्यता तेरो जीवनमा कुनै कुरा आइपर्दा तेरो मुखबाट निस्कने शब्दहरू मात्रै होइनन्, न त ती अरूका समस्याहरू समाधान गर्नको लागि निश्चित रूपमा प्रयोग गरिने कुराहरू हुन्; खासमा सत्यता त तैँले आफ्ना समस्या र कठिनाइहरू समाधान गर्नको लागि प्रयोग गरिनुपर्ने कुराहरू हुन्। सबभन्दा महत्त्वपूर्ण कुरा भनेकै त्यही हो। अनि जब तैँले आफ्ना समस्याहरू समाधान गर्न सक्छस् तब मात्र तैँले अरूका समस्याहरू समाधान गर्न सक्छस्। पत्रुस एउटा फल हुन् भनी किन भनिन्छ? किनकि तिनमा केही मूल्यवान्, सिद्ध पारिन लायकका थोकहरू छन्। तिनले सबै कुरामा सत्यताको खोजी गरे, तिनीसँग सङ्कल्प थियो, र तिनी इच्छाशक्तिमा दृढ थिए; तिनीसँग समझ थियो, तिनी कठिनाइ भोग्न इच्छुक थिए; तिनले आफ्नो हृदयले सत्यतालाई प्रेम गर्थे; तिनले हुन आएका कुनै पनि कुरालाई त्यसै जान दिँदैनथिए, अनि तिनले यो सबै कुराबाट पाठहरू सिक्न सक्थे। यी सबै बलिया पक्षहरू हुन्। यदि तँसित यी कुनै पनि बलिया पक्षहरू छैनन् भने, त्यसको अर्थ समस्या हो। सत्यता प्राप्त गर्न र मुक्ति पाउन तँलाई सहज हुनेछैन। यदि तँलाई कसरी अनुभव गर्ने भन्ने थाहा छैन वा तँसँग अनुभव छैन भने, तैँले अरूका कठिनाइहरू समाधान गर्न सक्नेछैनस्। तँ परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न असमर्थ भएकोले, तँमाथि परिस्थितिहरू आइपर्दा के गर्ने भन्ने तँलाई थाहा हुँदैन, समस्याहरू सामना गर्दा तँ व्याकुल हुन्छस् र रुन्छस्, र केही सानातिना बाधाहरू सामना गर्दा नै तँ नकारात्मक बनेर भाग्ने गर्छस्, अनि तँ सही तरिकाले प्रतिक्रिया दिन असक्षम छस्। यसले गर्दा, तैँले जीवन प्रवेश प्राप्त गर्न असम्भव छ। जीवन प्रवेशविना तैँले अरूलाई कसरी भरणपोषण गर्न सक्छस्? मानिसहरूको जीवनको भरणपोषण गर्न, तैँले सत्यताबारे स्पष्ट सङ्गति गर्नुपर्छ र समस्याहरू समाधान गर्न अभ्यासका सिद्धान्तहरूबारे स्पष्ट सङ्गति गर्न सक्नुपर्छ। हृदय र आत्मा भएको व्यक्तिको हकमा, तैँले थोरै कुरा बताए पनि, तिनीहरूले बुझ्नेछन्। तर थोरै सत्यता बुझेर मात्र पुग्दैन। तिनीहरूसँग अभ्यासका मार्ग र सिद्धान्तहरू पनि हुनुपर्छ। यसले मात्रै तिनीहरूलाई सत्यता अभ्यास गर्न सहयोग गर्नेछ। मानिसहरूमा आत्मिक बुझाइ भए पनि, र तिनीहरूले एकदुई शब्दमै ती बुझे पनि, तिनीहरूले सत्यता अभ्यास गरेनन् भने तिनीहरूको जीवन प्रवेश हुँदैन। यदि तिनीहरूले सत्यता स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूको लागि सबै समाप्त हुन्छ, र तिनीहरू सत्यता वास्तविकताहरूमा कहिल्यै प्रवेश गर्न सक्नेछैनन्। तैँले कसैलाई सिकाउँदा उसको हात समाएर डोर्याउन सक्छस्, र त्यो बेला उसले बुझेको जस्तो देखिन्छ, तर तैँले उसलाई छोड्नेबित्तिकै, ऊ फेरि अन्योलमा पर्छ। यस्तो व्यक्ति आत्मिक बुझाइ भएको व्यक्ति होइन। तैँले जुनसुकै समस्याहरू सामना गरे पनि, यदि तँ नकारात्मक र कमजोर हुन्छस्, तँसँग कुनै गवाही छैन, र तँ मानिसहरूले गर्नुपर्ने कामकुराहरूमा र मानिसहरूले आफ्नो भूमिका निभाउनुपर्ने कुराहरूमा आफ्नो भूमिका निभाउँदैनस् भने, यसले तेरो हृदयमा परमेश्वर हुनुहुन्न, र तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस् भन्ने प्रमाणित गर्छ। पवित्र आत्माको कामले मानिसहरूलाई कसरी प्रभावित गर्छ भन्ने कुरालाई पाखा लगाएर, धेरै वर्षसम्म परमेश्वरको काम अनुभव गरेर र धेरै सत्यता सुनेर, थोरबहुत विवेक राख्नु र इच्छाशक्तिमार्फत आफूलाई संयमित राख्नुका साथै, मानिसहरूले कम्तीमा आफ्नो विवेकद्वारा नधिक्कारिनुका न्यूनतम मानक पूरा गर्न सक्नुपर्छ, र तिनीहरू अहिले जस्तो भावशून्य र कमजोर हुनु हुँदैन। तिनीहरू यस्तो स्थितिमा हुनु भनेको सोच्नै नसकिने कुरा हो। सायद तिमीहरूले विगतका केही वर्षदेखि कुनै पनि सत्यता खोजी नगरी वा कुनै पनि प्रगति गर्दै नगरी, झारा टार्दै बिताएका छौ। नत्र भने, तिमीहरू कसरी अझै पनि यति भावशून्य र सुस्त हुन सक्थ्यौ? यो पूर्ण रूपमा तिमीहरू मूर्ख र अज्ञानी हुनु, र सत्यता नखोज्नु र सत्यता स्वीकार नगर्नुको कारण हुन्छ, र तिमीहरूले अरू कसैलाई दोष दिन मिल्दैन। सत्यताले मानिसहरूलाई पक्षपात गर्दैन। यदि तैँले सत्यता स्वीकार गर्दैनस्, र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्दैनस् भने, तँ कसरी परिवर्तन हुन सक्छस्? कतिपय मानिस आफ्नो क्षमता अत्यन्तै कमजोर छ र आफूसँग बुझ्ने क्षमता छैन भनी महसुस गर्छन्, त्यसैले तिनीहरू आफैबारे फैसला गर्छन्। तिनीहरूलाई आफूले जतिसुकै सत्यता पछ्याए पनि, परमेश्वरका मागहरू पूरा गर्न सकिनेछैन, र आफूले जतिसुकै कडा प्रयास गरे पनि, आफू यस्तै हुँ भन्ने लाग्छ। तिनीहरू सधैँ नकारात्मक हुन्छन्। फलस्वरूप, परमेश्वरमा विश्वास गरेको वर्षौँपछिसमेत, तिनीहरूले कुनै सत्यता प्राप्त गरेका हुँदैनन्। सत्यता पछ्याउनमा प्रयास नलगाई, तँ आफ्नो क्षमता अत्यन्तै कमजोर छ भन्छस्, तँ आफैलाई त्याग्छस्, र तँ सधैँ नकारात्मक स्थितिमा जिउँछस्। फलस्वरूप, तँ आफूले बुझ्नुपर्ने सत्यता बुझ्दैनस् वा तँ आफूले अभ्यास गर्न सक्ने सत्यता अभ्यास गर्दैनस्—के तँ आफैलाई पछाडि धकेल्ने व्यक्ति होइनस् र? तँ सधैँ आफ्नो क्षमता कमजोर छ र कम छ भन्छस्—के यो जिम्मेवारीबाट बच्नु र पन्छिनु होइन र? यदि तँ कष्ट भोग्न, मूल्य चुकाउन, र पवित्र आत्माको काम प्राप्त गर्न सक्छस् भने, तँ पक्कै पनि केही सत्यता बुझ्न र केही वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। यदि तँ परमेश्वरलाई हेर्दैनस् वा उहाँमा भर पर्दैनस्, र तँ कुनै प्रयास नलगाई वा मूल्य नचुकाईकन आफूलाई त्याग्छस्, र केवल आत्मसमर्पण गर्छस् भने, तँ निकम्मा होस् र तँमा विवेक र समझको सानो अंश पनि छैन। तेरो क्षमता जस्तोसुकै भए पनि, जबसम्म तँसँग अलिकति विवेक र समझ छ, तबसम्म तैँले लगनशीलताका साथ आफ्नो कर्तव्य र आफ्नो मिसन पूरा गर्नुपर्छ। भगौडा हुनु एक घृणित विद्रोही कार्य हो; जब कुनै व्यक्तिले परमेश्वरलाई धोका दिएको हुन्छ, तब यो मुक्ति पाउनै नसकिने कुरा हो। सत्यता पछ्याउन दृढ इच्छा चाहिन्छ, अनि अत्यन्तै नाजुक र आफूभित्र अत्यन्तै धेरै नकारात्मकता भएका मानिसहरूले केही पनि हासिल गर्नेछैनन्। तिनीहरूले अन्त्यसम्म परमेश्वरमा विश्वास गर्न सक्नेछैनन् र तिनीहरूले सत्यता प्राप्त गर्ने र स्वभावको रूपान्तरण हासिल गर्ने आशा त झनै कम हुन्छ। सत्यता पछ्याउने र सङ्कल्प भएकाहरूले मात्रै त्यो प्राप्त गर्न सक्छन् र तिनीहरू परमेश्वरद्वारा सिद्ध पारिन सक्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरका दैनिक वचनहरू अंश ५७३
धेरै मानिस यस्ता हुन्छन्, जो आफ्नो कर्तव्यमा व्यस्त हुनेबित्तिकै, अनुभव गर्न असक्षम हुन्छन् र यसरी सामान्य स्थिति कायम राख्न असमर्थ हुन्छन् र फलस्वरूप, तिनीहरू भेलाहरू आयोजना गर्न र तिनीहरूलाई सत्यता सङ्गति गर्न निरन्तर रूपमा अनुरोध गर्छन्। यहाँ कुरा के हो? तिनीहरू सत्यता बुझ्दैनन् र तिनीहरूमा साँचो मार्गको जग हुँदैन। त्यस्ता मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्न उत्साहमा मात्रै भर पर्छन् र त्यसैले लामो समयसम्म दृढ रहन सक्दैनन्। सत्यता नबुझ्नेहरू आफूले गर्ने हरेक कुरा असैद्धान्तिक हुन्छन्। यदि तिनीहरूलाई केही गर्न लगाइयो भने, तिनीहरू त्यसलाई पूर्ण रूपमा बिगार्छन्। तिनीहरू सिद्धान्तहरू नखोजी वा आफ्नो हृदयमा कुनै समर्पण नराखी अस्तव्यस्त तरिकाले कामकुराहरू गर्छन्। यसले तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र तिनीहरूलाई परमेश्वरको काम कसरी अनुभव गर्ने भनेर थाहा छैन भन्ने प्रमाणित गर्छ। तैँले जेसुकै गरे पनि, पहिले तँ किन त्यो गरिरहेको छस्, तँलाई कुन अभिप्रायले प्रेरित गरिरहेको छ, तैँले त्यो गर्नुमा के महत्त्व छ, त्यस मामिलाको प्रकृति के हो र त्यो सकारात्मक हो कि नकारात्मक हो भनेर बुझ्नुपर्छ। तँ यी सबै मामिलाहरूबारे स्पष्ट हुनैपर्छ; तैँले सिद्धान्तहरूअनुसार कार्य गर्न सक्न लागि यो आवश्यक छ। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गरेको मानिने कुनै काम गरिरहेको छस् भने, तैँले यस्तो मनन गर्नुपर्छ, “मैले यो कर्तव्य पूरा गर्न र झारा नटारीकन निर्वाह गर्नका लागि कसरी कार्य गर्नुपर्छ?” तैँले यस मामिलामा परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र उहाँको नजिक जानुपर्छ। परमेश्वरलाई प्रार्थना गर्नुको उद्देश्य सत्यता, अभ्यासको मार्ग, परमेश्वरको चाहना र परमेश्वरलाई सन्तुष्ट पार्ने तरिका खोज्नु हो—त्यो यो नतिजा हासिल गर्नका लागि हो। परमेश्वरलाई प्रार्थना गर्ने, परमेश्वरको नजिक जाने र परमेश्वरका वचनहरू पढ्ने अभ्यासहरू धार्मिक अनुष्ठान वा सतही कार्यहरूमा संलग्न हुनु होइन। ती परमेश्वरका अभिप्रायहरू खोज्ने र त्यसपछि सत्यताअनुसार अभ्यास गर्ने उद्देश्यका लागि गरिन्छन्। यदि तँ केही गर्नुअघि सधैँ “परमेश्वरलाई धन्यवाद होस्” भन्छस् अनि तँ एकदमै आत्मिक र कामकुराहरू छर्लङ्गै देख्न सक्षम देखिन्छस् तर कार्य गर्ने बेला आउँदा सत्यता पटक्कै नखोजी अझै पनि आफ्नै इच्छा पछ्याउँछस् भने, तेरो यो “परमेश्वरलाई धन्यवाद होस्” एउटा मन्त्रबाहेक अरू केही हुँदैन। यो झुटो आत्मिकता हो। आफ्नो कर्तव्य निर्वाह गर्दा, तैँले सधैँ यस्तो सोच्नुपर्छ, “मैले यो कर्तव्य कसरी निर्वाह गर्नुपर्छ? परमेश्वरको चाहना के हो? परमेश्वरका मागहरू के-के हुन्?” आफ्ना कार्यहरूका लागि सत्यता र सिद्धान्तहरू खोज्न परमेश्वरलाई प्रार्थना गर्नु र परमेश्वरको नजिक जानु, आफ्नो हृदयमा परमेश्वरको चाहना के हो भनी खोज्नु र आफूले गर्ने कुनै पनि कुरामा परमेश्वरका वचनहरू वा सत्यता सिद्धान्तहरूबाट नतर्किनु—यो गर्नाले मात्रै तँ परमेश्वरमा साँचो रूपमा विश्वास गर्छस् भन्ने सङ्केत गर्छ। सत्यतालाई प्रेम नगर्नेहरूले यी कुराहरू गर्न सक्दैनन्। आफूले जे गरिरहेको भए पनि सत्यता सिद्धान्तहरू नखोज्ने र त्यसको सट्टा सधैँ आफ्नै विचारहरूअनुसार कार्य गर्ने मानिसहरू धेरै छन्। तिनीहरू कामकुराहरूबारे एकदमै सरल रूपमा सोच्छन् र परमेश्वरका मागहरूअनुसार कसरी कार्य गर्ने वा परमेश्वरलाई सन्तुष्ट पार्न सक्ने गरी कसरी कार्य गर्ने भनेर कहिल्यै विचार गर्दैनन्। तिनीहरूलाई कामकुराहरू गर्दा हठी तरिकाले आफ्नै इच्छा पछ्याउन मात्रै आउँछ। त्यस्ता मानिसहरूको हृदयमा परमेश्वरका लागि पटक्कै कुनै ठाउँ हुँदैन वा तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय अलिकति पनि हुँदैन। कतिपय मानिस यसो भन्छन्, “म कठिनाइहरू सामना गर्दा मात्रै परमेश्वरलाई प्रार्थना गर्छु, तर मलाई यसले केही गर्छ जस्तो लाग्दैन। त्यसैले जब म सामान्य कामकुराहरू सामना गर्छु तब म परमेश्वरलाई प्रार्थना गर्दिनँ किनभने त्यसको कुनै काम छैन।” त्यस्ता मानिसहरूको हृदयमा परमेश्वर पूर्ण रूपमा अनुपस्थित हुनुहुन्छ। तिनीहरू आफूले सामान्य समयमा जे गरिरहेको भए पनि सत्यता खोज्दैनन्। तिनीहरू आफ्नै विचारहरू मात्रै पछ्याउँछन्। त्यसोभए, के तिनीहरूका कार्यहरूमा सिद्धान्तहरू हुन्छन् त? निश्चित रूपमा हुँदैनन्। तिनीहरू सबै कुरालाई सरल रूपमा हेर्छन्। मानिसहरूले सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्दासमेत, तिनीहरू ती स्वीकार गर्दैनन्। किनभने तिनीहरूका कार्यहरूमा कहिल्यै कुनै सिद्धान्तहरू भएका हुँदैनन् र तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ हुँदैन, आफ्नै लागि मात्रै हुन्छ। तिनीहरूलाई आफ्ना विचारहरू असल छन्, ती दुष्टता गर्ने वा सत्यताविरुद्धमा जाने विचार होइनन् भन्ने लाग्छ। तिनीहरू आफ्नै विचारहरूअनुसार कार्य गर्नु भनेको सत्यता अभ्यास गर्नु हो र त्यो गर्नु नै परमेश्वरप्रति समर्पित हुनु हो भन्ने सोच्छन्। वास्तवमा, तिनीहरूले आफूले सामना गर्ने मामिलाहरूमा साँचो रूपमा परमेश्वरलाई प्रार्थना गरिरहेका र सत्यता खोजिरहेका हुँदैनन्, बरु आफ्नै इच्छा र विचारहरूअनुसार कार्य गरिरहेका हुन्छन्। तिनीहरूले परमेश्वरका मागहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुँदैनन्, तिनीहरूसँग परमेश्वरप्रति समर्पणको हृदय हुँदैन र झन् तिनीहरूसँग परमेश्वरलाई सन्तुष्ट पार्ने चाहना हुनु त परै जाओस्। यो नै मानिसहरूले आफ्नो अभ्यासमा गर्ने सबैभन्दा ठूलो गल्ती हो। यदि तँ परमेश्वरमा विश्वास गर्छस् तैपनि उहाँ तेरो हृदयमा हुनुहुन्न भने, के तैँले परमेश्वरलाई धोका दिइरहेको छैनस् र? अनि त्यस्तो आस्थाले के-कस्ता परिणामहरू ल्याउन सक्छ? त्यसबाट तैँले ठ्याक्कै के प्राप्त गर्न सक्छस्? त्यस्तो आस्थाको अर्थ के हो?
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरका दैनिक वचनहरू अंश ५७४
जब तैँले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने र परमेश्वरलाई घिन लाग्ने कुनै कार्य गर्छस्, तब तैँले कसरी आत्मचिन्तन गर्नु र आफैलाई चिन्ने प्रयास गर्नुपर्छ? जब तँ त्यो कार्य गर्न लागेको थिइस्, के तैँले उहाँसँग प्रार्थना गरिस्? के तैँले कहिल्यै यस्तो विचार गरिस्, “के यसरी काम गर्नु सत्यताअनुरूप हुन्छ? यो विषयलाई परमेश्वरको सामु ल्याइयो भने, उहाँले यसलाई कसरी हेर्नुहुनेथियो होला? यदि उहाँले यस विषयमा थाहा पाउनुभयो भने, उहाँ खुसी हुनुहुनेथियो वा दिक्क मान्नुहुनेथियो? के उहाँले त्यसलाई घृणा वा तिरस्कार गर्नुहुनेथियो?” तैँले यसको खोजी गरिनस्, गरिस् त? अरूले तँलाई सम्झाउँदा पनि, तैँले यो कुनै ठूलो विषय होइन, र यो कुनै पनि सिद्धान्तको विरुद्धमा छैन र यो पाप होइन भन्ने सोचिस्। फलस्वरूप, तैँले परमेश्वरको स्वभावलाई चिढ्याइस् र उहाँमा ठूलो क्रोध उत्पन्न गराइस्, यहाँसम्म कि उहाँले तँलाई घृणासमेत गर्नुभयो। यो मानिसहरूको विद्रोहीपनबाट आउने कुरा हो। त्यसकारण, तैँले सबै कुरामा सत्यताको खोजी गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने कुरा यही हो। यदि तँ इमानदारीसाथ पहिले नै परमेश्वरको अघि प्रार्थना गर्न आउन सक्छस्, र त्यसपछि परमेश्वरका वचनहरूअनुसार सत्यताको खोजी गर्न सक्छस् भने, तँ गलत हुनेछैनस्। तैँले सत्यता अभ्यास गर्दा अलिअलि विचलन गर्न सक्छस्, तर यस्तो हुन नदिन कठिन नै हुन्छ, र तैँले केही अनुभव प्राप्त गरेपछि सही तरिकाले अभ्यास गर्न सक्नेछस्। तैपनि, तँलाई सत्यताअनुसार कसरी काम गर्ने भन्ने थाहा छ, र पनि तैँले अभ्यास गर्दैनस् भने, यसमा समस्या भनेको तैँले सत्यतालाई मन नपराउनु हो। सत्यतालाई प्रेम नगर्नेहरूले कहिल्यै पनि यसको खोजी गर्नेछैनन्, चाहे तिनीहरूमाथि जेसुकै नै किन आइनपरोस्। सत्यतालाई प्रेम गर्नेहरूसँग मात्रै परमेश्वरको डर मान्ने हृदय हुन्छ, र तिनीहरूले नबुझेका कुनै कुरा भइपरी आउँदा, तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्। यदि तैँले परमेश्वरका अभिप्राय बुझ्न सक्दैनस् र कसरी अभ्यास गर्ने तँलाई थाहा छैन भने, तैँले सत्यता बुझ्ने कतिपय मानिसहरूसँग सङ्गति गरेर सत्यता खोजी गर्नुपर्छ। यदि तैँले सत्यता बुझ्ने व्यक्तिहरू भेट्टाउन सक्दैनस् भने, तैँले विशुद्ध बुझाइ भएका केही मानिसहरू खोजेर एउटै मन र एउटै हृदयको भएर परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, परमेश्वरसित खोजी गर्नुपर्छ, परमेश्वरको समय पर्खनुपर्छ, र परमेश्वरले तेरो लागि ढोका खोलिदिनुहुने समयको प्रतीक्षा गर्नुपर्छ। तिमीहरू सबैले सत्यताको तृष्णा, सत्यताको खोजी, र सँगै मिलेर सत्यताको बारेमा सङ्गति गरेसम्म, कुनै दिन तिमीहरूमध्ये कसै न कसैले राम्रो समाधान भेट्टाउन सक्नेछ। यदि तिमीहरू सबैले समाधान उपयुक्त भएको र असल तरिका भएको महसुस गर्यौ भने, यो पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिको कारण आएको हुन सक्छ। त्यसपछि तिमीहरूले अझै सही अभ्यासको मार्ग भेट्टाउनको लागि सँगै मिलेर सङ्गति गरिरह्यौ भने, यो अवश्य नै सत्यता सिद्धान्तहरूअनुरूप हुनेछ। आफ्नो अभ्यासमा, तिमीहरूले आफ्नो अभ्यासको तरिका अझै अलि अनुचित छ भन्ने पत्ता लगायौ भने, तिमीहरूले यसलाई तुरुन्तै सुधार गर्नुपर्छ। यदि तिमीहरूले सानो गल्ती गर्यौ भने, परमेश्वरले तिमीहरूलाई दोषी ठहर्याउनुहुनेछैन, किनभने आफूले गर्ने कामप्रति तिमीहरूको अभिप्राय सही हुन्छ, र तिमीहरूले सत्यताअनुरूप अभ्यास गरिरहेका हुन्छौ। तिमीहरू केवल सिद्धान्तहरूका बारेमा अलि अन्योल भएका हुन्छौ र अभ्यासमा सानो गल्ती गरेका हुन्छौ, जुन क्षमायोग्य नै हुन्छ। तर जब धेरैजसो मानिसहरूले कामकुरा गर्छन्, तब तिनीहरूले कल्पना गरे अनुसार ती काम गर्छन्। तिनीहरूले सत्यताअनुसार कसरी अभ्यास गर्ने वा परमेश्वरको अनुमोदन कसरी प्राप्त गर्ने भन्ने विषयमा चिन्तन गर्ने आधारको रूपमा परमेश्वरका वचनहरूलाई प्रयोग गर्दैनन्। बरु, तिनीहरूले आफूलाई कसरी फाइदा पुर्याउने, र अरूलाई कसरी आफूलाई उच्च नजरले हेर्न र आफ्नो श्रद्धा गर्न लगाउने भन्नेबारेमा मात्रै विचार गरिरहेका हुन्छन्। तिनीहरूले पूर्ण रूपमा आफ्नै विचारहरूको आधारमा र आफूलाई सन्तुष्ट पार्नको लागि नै कामकुरा गर्छन्, जुन समस्यापूर्ण कुरा हो। त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता अनुसार कामकुरा गर्दैनन्, र परमेश्वरले तिनीहरूलाई सधैँ घिनाउनुहुनेछ। यदि तँ साँच्चै नै विवेक र समझ भएको व्यक्ति होस् भने, जेसुकै आइपरे पनि, तँ प्रार्थना र खोजी गर्न परमेश्वरको अघि आउन सक्नुपर्छ, तेरा कार्य-व्यवहारका मनसाय र अशुद्धताहरूलाई गम्भीर रूपमा जाँच्न, परमेश्वरका वचनहरू र मापदण्डहरूअनुसार उचित कुरा के हो सो निर्धारित गर्न, र के-कस्ता कामलाई परमेश्वरले मन पराउनुहुन्छ, के-कस्ता कामलाई परमेश्वरले घृणा गर्नुहुन्छ, र के-कस्ता कामलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ भनेर बारम्बार मूल्याङ्कन र चिन्तन गर्न सक्नुपर्छ। तैँले यी कुराहरूको बारेमा स्पष्ट नबुझेसम्म बारम्बार मनमा सोचिरहनुपर्छ। यदि कामकुरा गर्नुको पछाडि तेरा आफ्नै मनसायहरू छन् भन्ने तँलाई थाहा भयो भने, तैँले तेरा अभिप्रायहरू के हुन्, यो तँलाई सन्तुष्ट पार्नको लागि हो कि परमेश्वरलाई सन्तुष्ट पार्नको लागि हो, यो तेरो लागि फाइदाजनक छ कि परमेश्वरका चुनिएका मानिसहरूका लागि फाइदाजनक छ, र यसले के-कस्ता परिणामहरू ल्याउँछ भन्नेबारेमा मनन गर्नुपर्छ…। यदि तैँले आफ्ना प्रार्थनाहरूमा यसरी नै अझै खोजी र मनन गरिस्, र सत्यता खोजी गर्न आफैलाई यस्ता धेरै प्रश्नहरू गरिस् भने, तेरो काममा आउने विचलनहरू झन्झन् साना हुँदै जानेछन्। यसरी सत्यताको खोजी गर्न सक्ने मानिसहरू मात्रै परमेश्वरको अभिप्रायलाई ख्याल गर्ने र उहाँको डर मान्ने मानिसहरू हुन्, किनभने यसरी तैँले परमेश्वरका वचनहरूका मापदण्डहरूअनुसार र समर्पित हृदयले खोजी गरिरहेको हुन्छस्, र यसरी तैँले निकाल्ने निष्कर्षहरू सत्यता सिद्धान्तहरू अनुरूप हुनेछन्।
यदि कुनै विश्वासीका कार्यहरू सत्यदेखि टाढा छन् भने, ऊ एक गैर-विश्वासी जस्तै हुन्छ। यो त्यस्तो किसिमको व्यक्ति हो जसको हृदयमा परमेश्वरले बास गर्नुहुन्न, र जो परमेश्वरबाट टाढा बरालिन्छ, र त्यस्तो व्यक्ति परमेश्वरको घरमा ज्यालामा लगाइएको मजदुरजस्तै हो, जसले आफ्ना मालिकका लागि केही छिटपुट कामहरू गर्छ, थोरै पारिश्रमिक पाउँछ, र त्यहाँबाट जान्छ। यो परमेश्वरमा विश्वास गर्ने व्यक्ति होइन। कुनै काम गर्दा, तैँले परमेश्वरको स्वीकृति प्राप्त गर्न के गर्नुपर्छ भनेर सबभन्दा पहिले जाँच्नु र काम गर्नुपर्छ; तेरो कार्यव्यवहारको सिद्धान्त र क्षेत्र यही नै हुनुपर्दछ। तैँले जे गर्दै छस् त्यो सत्यसँग मेल खान्छ कि खाँदैन भनी जाँच्नुपर्ने कारण के हो भने, यदि यो सत्यसँग मेल खान्छ भने, त्यो निश्चित रूपमा परमेश्वरको अभिप्रायअनुरूप पनि हुन्छ। यसको अर्थ तैँले त्यो कुरा सही छ कि गलत छ, वा सबैको स्वादसँग मेल खान्छ कि खाँदैन, वा तेरो आफ्नै इच्छाअनुरूप छ कि छैन भनी मापन गर्नु होइन; बरु, तैँले यो सत्यताअनुरूप छ कि छैन, र यसले मण्डलीको काम र हितहरूमा फाइदा गर्छ कि गर्दैन भन्ने निश्चित गर्नुपर्छ। यदि तैँले यी कुराहरूलाई विचार गरिस् भने, तैँले कामहरू गर्दा तँ झन्-झन् बढी परमेश्वरको अभिप्रायअनुरूप हुँदै जानेछस्। यदि तैँले यी पक्षहरूमाथि विचार गरिनस् भने, र कामहरू गर्दा केवल तेरो आफ्नै इच्छामा भर परिस् भने, तैँले ती गलत प्रकारले गर्ने निश्चित हुन्छ, किनकि मानिसको इच्छा सत्यता होइन र, अवश्य, परमेश्वरसँग अमिल्दो हुन्छ। यदि तँ परमेश्वरद्वारा अनुमोदित हुन चाहन्छस् भने, तैँले आफ्नै इच्छाअनुसार भन्दा सत्यअनुसार अभ्यास गर्नुपर्छ। कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्ने नाममा केही निजी मामिलामा संलग्न हुन्छन्। उनीहरूका दाजुभाइ-दिदीबहिनीहरूले त्यसलाई अनुचित कुराको रूपमा हेर्छन्, र त्यसको लागि उनीहरूलाई निन्दा गर्छन्, तर यी मानिसहरूले दोष स्वीकार गर्दैनन्। उनीहरू सोच्छन् कि यो एक व्यक्तिगत मामला हो, जसमा मण्डलीको काम, रुपैयाँपैसा, वा व्यक्तिहरू सामेल छैन, र यो दुष्कर्म होइन, त्यसकारण परमेश्वरले यस विषयमा हस्तक्षेप गर्नु हुँदैन। केही कुराहरू तँलाई कुनै सिद्धान्त वा सत्यता नभएको व्यक्तिगत मामिलाहरू जस्तो लाग्न सक्छ। तापनि, तैँले गरेको कार्यलाई हेर्दा तँ धेरै स्वार्थी भएको थिइस्। तैँले मण्डलीको काम वा परमेश्वरको घरको हितलाई कुनै ध्यान दिइनस्, न त यो परमेश्वरको लागि चित्तबुझ्दो हुन्छ हुँदैन भन्ने कुरामै ध्यान दिइस्; तैँले आफ्नै फाइदालाई मात्र ध्यान दिइरहेको थिइस्। यसमा पहिले नै सन्तहरूको औचित्य, साथसाथै व्यक्तिको मानवता सामेल छन्। तैँले जे गरिरहेको थिइस् त्यसमा मण्डलीका हितहरू सम्मिलित नभए पनि, र त्यसमा सत्यता सामेल नभए पनि, आफ्नो व्यक्तिगत विषयमा संलग्न हुँदै आफ्नो कर्तव्य पूरा गरिरहेको छु भनी दाबी गर्ने कार्य सत्यतासँग मेल खाँदैन। तैँले जेसुकै गरिरहेको भए पनि, मामला जति नै ठूलो वा सानो भए पनि, अनि यो तैँले परमेश्वरको परिवारमा रहेको तेरो कर्तव्य भए पनि वा तेरा आफ्नो निजी कामकाज भए पनि, तैँले आफूले जे गर्दैछस् त्यो परमेश्वरका अभिप्रायअनुरूप छ कि छैन, साथसाथै त्यो मानवता भएको व्यक्तिले गर्नुपर्ने कुरो हो कि होइन भनी विचार गर्नुपर्छ। यदि तैँले आफूले गर्ने हरेक कुरामा यसरी नै सत्यताको खोजी गर्छस् भने, तँ सच्चा रूपमा परमेश्वरमा विश्वास गर्ने व्यक्ति होस्। यदि तैँले हरेक कुरा र हरेक सत्यताप्रति यसरी गम्भीरतापूर्वक व्यवहार गर्छस् भने, तैँले तेरो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्नेछस्। यस्तो विचार गर्ने मानिसहरू पनि छन्, “मैले आफ्नो कर्तव्य निभाउँदा आफैलाई सत्यताको अभ्यासमा लगाउनु नै पर्याप्त हुन्छ, तर मैले मेरा व्यक्तिगत कामहरू गरेको बेला, सत्यताले के भन्छ म मतलब गर्दिनँ—मलाई जसरी मन लाग्छ र जसरी मलाई फाइदा हुन्छ त्यसरी नै गर्छु।” यी शब्दहरूमा, तिमीहरूले तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन् भनेर देख्न सक्छौ। तिनीहरूले बोल्ने कुरामा कुनै सिद्धान्त हुँदैन। आफूले गर्ने कामले परमेश्वरको घरमा कस्तो असर पुर्याउँछ भनेरसमेत विचार नगरी तिनीहरूले आफूलाई जुन कुराले फाइदा गर्छ त्यही गर्छन्। फलस्वरूप, तिनीहरूले कुनै काम गर्दा, त्यसमा परमेश्वरको उपस्थिति हुँदैन, र तिनीहरूलाई अन्धकार र अशान्त महसुस हुन्छ, र के हुँदै छ भन्ने नै थाहा हुँदैन। के यो तिनीहरूको न्यायसङ्गत उजाडता होइन र? यदि तैँले आफ्नो व्यवहारमा सत्यता अभ्यास गर्दैनस् र परमेश्वरलाई अनादर गर्छस् भने, तैँले उहाँको विरुद्धमा पाप गरिरहेको हुन्छस्। यदि कसैले सत्यतालाई प्रेम गर्दैन र आफ्नै इच्छाअनुसार प्रायजसो काम गरिरहेको हुन्छ भने, उसले बारम्बार परमेश्वरलाई चिढ्याइरहेको हुन्छ। उहाँले त्यस्तो व्यक्तिलाई दुत्कार्नुहुन्छ, र एकातिर पन्छाइदिनुहुन्छ। त्यस्तो व्यक्तिले गर्ने कुनै पनि कामले प्रायजसो परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्दैन, र उसलाई पश्चात्ताप गर्न आउँदैन भने, दण्ड त्यति टाढा हुँदैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरका दैनिक वचनहरू अंश ५७५
तैँले निर्वाह गर्ने कुनै पनि कर्तव्यमा जीवन प्रवेश सामेल हुन्छ। तेरो कर्तव्य केही हदसम्म नियमित वा अनियमित, सुस्त वा जीवन्त जस्तोसुकै भए पनि, तैँले सधैँ जीवन प्रवेश प्राप्त गर्नैपर्छ। कतिपय मानिसहरूले पूरा गर्ने कर्तव्यहरू पट्टाइलाग्दा हुन्छन्; तिनीहरू प्रत्येक दिन उस्तै काम गर्छन्। तापनि, ती कर्तव्यहरू पूरा गर्दा, यी मानिसहरूले प्रकट गर्ने अवस्थाहरू एकसमान हुँदैनन्। कहिलेकाहीँ, राम्रो मनस्थितिमा हुँदा, मानिसहरू अलिक बढी मेहनती हुन्छन् र राम्रो काम गर्छन्। अरू बेला, कुनै अज्ञात प्रभावका कारण, तिनीहरूका शैतानी भ्रष्ट स्वभावहरूले तिनीहरूमा गडबडी मच्चाउँछन्, जसले गर्दा तिनीहरू अनुचित दृष्टिकोणहरू राख्छन्; तिनीहरू खराब स्थिति र खराब मुडमा पर्छन् र अन्ततः झारा टार्ने तरिकामा आफ्ना कर्तव्यहरू निर्वाह गर्छन्। मानिसहरूको आन्तरिक स्थिति तिनीहरूको वातावरणअनुसार परिवर्तन हुनेछ, तर ती जसरी परिवर्तन भए पनि, यदि कसैले सत्यता बुझ्छ भने, उसले सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छ। आफ्नो मुडका आधारमा कामकुराहरू गर्नु गलत हो; त्यो त आफ्ना रुचिहरूका आधारमा कामकुराहरू गर्नु हो। जब तँ राम्रो मुडमा हुन्छस्, तब तँ आफूले गर्ने काममा थोरै हृदय लगाउन सक्छस्, र जब तँ खराब मुडमा हुन्छस्, तब तँ आफूले गर्ने काममा हृदय लगाउँदैनस्, र झारा टार्ने हिसाबले काम गर्छस्—के यो कामकुराहरू गर्ने सैद्धान्तिक तरिका हो? के यसले तँलाई मानकअनुरूप आफ्नो कर्तव्य निभाउन मदत गर्छ? मानिसहरूको मनस्थिति जस्तोसुकै भए पनि, उनीहरूले परमेश्वरको सामु प्रार्थना गर्न र सत्यताको खोजी गर्न जान्नु नै पर्छ; यसरी मात्र तिनीहरू आफ्नो मनस्थितिद्वारा बाँधिन र ढलपल हुनबाट जोगिन सक्छन्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, सिद्धान्तअनुसार काम गरिरहेको छस् कि छैनस्, कर्तव्य निर्वाह गर्ने तेरो कार्य मानकअनुरूप छ कि छैन, तैँले त्यो झारा टार्ने ढङ्गले गरिरहेको छस् कि छैनस्, तँ धूर्त र सुस्त भएको छस् कि छैनस्, अनि तेरो मनोवृत्ति र सोच्ने तरिकामा कुनै समस्याहरू छन् कि छैनन् सो हेर्न तैँले आफूलाई सधैँ जाँच्नुपर्छ। तैँले आत्मचिन्तन गरेर यी कुराहरू तँलाई स्पष्ट भइसकेपछि, तँलाई आफ्नो कर्तव्य पूरा गर्न सजिलो हुनेछ। तैँले आफ्नो कर्तव्य निर्वाह गरिरहेको बेला जुनसुकै कुराको सामना गर्न परे पनि—नकारात्मकता र कमजोरी, वा काटछाँटपछि खराब मनस्थितिमा भए पनि—तैँले त्यसलाई उचित व्यवहार गर्नुपर्दछ, र तैँले सत्यको खोजी गर्नुपर्दछ र परमेश्वरका अभिप्रायहरू बुझ्नुपर्छ। यी कुराहरू गरेर, तँसँग अभ्यासको मार्ग हुनेछ। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्छस् भने, तँ आफ्नो मनस्थितिद्वारा प्रभावित हुनु हुँदैन। तैँले जति नै नकारात्मक वा कमजोर महसुस गरिरहेको भए पनि, सत्यता अभ्यास गर्नुपर्छ, आफ्ना दायित्व र जिम्मेवारीहरू पूरा गर्नुपर्छ, अनि आफूले गर्ने हरेक कुरामा सिद्धान्तहरूप्रति अडिग रहनुपर्छ। यदि तँ यसो गर्छस् भने, अन्य मानिसहरूले तँलाई स्वीकार मात्र गर्नेछैनन्, तर परमेश्वरले पनि तँलाई मन पराउनुहुनेछ। त्यसरी नै, तँ यस्तो व्यक्ति हुनेछस् जो जिम्मेवार हुन्छ, जसले आफ्नो जिम्मेवारी लिन सक्छ, जो सच्चा रूपमा असल हुन्छ, र जसले साँच्चै मानकअनुरूप आफ्ना कर्तव्यहरू निर्वाह गर्दछ, अनि तैँले एक सच्चा व्यक्तिको रूप पूर्ण रूपमा जिउनेछस्। त्यस्ता मानिसहरू शुद्ध पारिएका हुन्छन् र आफ्ना कर्तव्यहरू निर्वाह गर्दा वास्तविक रूपान्तरण हासिल गर्छन्, र तिनीहरूलाई परमेश्वरको नजरमा इमानदार मानिस भन्न सकिन्छ। इमानदार मानिसहरू मात्र सिद्धान्तका साथ कार्य गर्न र मानकअनुरूप आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्नका लागि सत्यता अभ्यासमा दृढ रहन सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक निर्वाह गर्छन्; तिनीहरू झारा टार्ने तरिकाले काम गर्दैनन्, तिनीहरू धृष्ट हुँदैनन् र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्नो धाक लगाउँदैनन्। तिनीहरू खराब मुडमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्न सक्छन्, र तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा आफूलाई दबाब वा बाधा दिने झर्कोलाग्दो कुरा सामना गरे भने पनि, तिनीहरू अझै परमेश्वरसामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यसो भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाश नै खस्यो भने पनि—जबसम्म म जीवित रहन्छु, तबसम्म मैले आफ्नो कर्तव्य पूरा गर्नैपर्छ। मैले आफू जिउने प्रत्येक दिन नै आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्नैपर्छ, ताकि म परमेश्वरले मलाई दिएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिएको यस सासको योग्य बनूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, कामकुरा वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मुड वा बाहिरी परिस्थितिद्वारा बन्धनमा नपर्नेहरू, र जसले परमेश्वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिलो स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्वरप्रति बफादार हुन्छन् र जो सच्चा रूपमा उहाँप्रति समर्पित हुन्छन्। यस्ता मानिसहरूले जीवन प्रवेश पाएका हुन्छन् र सत्यता वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा सच्चा र व्यावहारिक अभिव्यक्ति यही हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५७६
कतिपय मानिसहरूका हकमा, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तिनीहरूलाई जेसुकै समस्या आइपरे पनि, तिनीहरू सत्यता खोजी गर्दैनन् र सधैँ आफ्नै धारणा, कल्पना, सोच र इच्छाहरूअनुसार कार्य गर्छन्। सुरुदेखि अन्त्यसम्म, तिनीहरूले आफ्नै चाहनाहरू पूरा गरिरहेका हुन्छन् र आफ्ना भ्रष्ट स्वभावहरूको नियन्त्रणमा कार्य गरिरहेका हुन्छन्। तिनीहरूले सधैँ आफ्नो कर्तव्य गरिरहेका छन् जस्तो देखिएला, तर तिनीहरूले सत्यतालाई कहिल्यै स्वीकार नगरेका हुनाले, र तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार काम गर्न असफल भएका हुनाले, अन्ततः तिनीहरू सत्यता र जीवन प्राप्त गर्दैनन् अनि तिनीहरू सेवाकर्ता कहलिन लायक बन्छन्। त्यसोभए, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा त्यस्ता मानिसहरू केमा भर परिरहेका हुन्छन् त? तिनीहरू न त सत्यतामा भर परिरहेका हुन्छन् न त परमेश्वरमा नै। तिनीहरूले बुझेको त्यो थोरै सत्यताले तिनीहरूको हृदयमा शासन गरेको हुँदैन; तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न आफ्नै वरदान र प्रतिभाहरूमा, आफूले हासिल गरेका जुनसुकै ज्ञानमा, साथै आफ्नै इच्छाशक्ति वा असल अभिप्रायहरूमा भर परिरहेका हुन्छन्। अनि यस्तो अवस्था हुँदा, के तिनीहरूले मानकअनुरूप हुने तरिकामा आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्नेछन् त? जब मानिसहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न आफ्नो धारणा, कल्पना, ज्ञान र सिकाइमा भर पर्छन्, तब तिनीहरूले बाहिरी रूपमा आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका भए र कुनै दुष्टता नगरेको जस्तो देखिए पनि, तिनीहरूले सत्यता अभ्यास गरेका हुँदैनन्। त्यस अवस्थामा, के तिनीहरूले गरेका सबै कुरा परमेश्वरप्रतिको साँचो समर्पण हो त? के यसले परमेश्वरलाई सन्तुष्ट पार्न सक्छ? बेवास्ता गर्न नसकिने अर्को एउटा समस्या पनि छ: आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, यदि तेरा धारणाहरू, कल्पनाहरू र तेरो आफ्नै इच्छा कहिल्यै परिवर्तन हुँदैन भने, यसले तैँले सत्यता कहिल्यै स्वीकार गरेको छैनस् भन्ने प्रमाणित गर्छ र त्यस अवस्थामा तैँले गर्ने सबै कुरा आफ्नै इच्छाअनुसार गर्ने कार्य हुन्छ र सत्यता सिद्धान्तहरूअनुसार गर्ने कार्य हुँदैन। त्यसोभए, अन्तिम परिणाम के हुनेछ त? तँसित कुनै जीवन प्रवेश हुनेछैन, तँ सेवाकर्ता बन्नेछस्, यसरी प्रभु येशूका यी वचनहरू पूरा हुनेछन्: “त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। परमेश्वर किन मेहनत लगाउने र सेवा प्रदान गर्ने यी मानिसहरूलाई दुष्कर्मी भन्नुहुन्छ? एउटा बुँदामा हामी निश्चित हुन सक्छौँ, र त्यो के हो भने, यी मानिसहरूले जे कर्तव्य वा कामहरू गरे तापनि, तिनीहरूका प्रेरणा, प्रोत्साहन, अभिप्राय र सोचहरू पूर्णतया तिनीहरूका आफ्नै चाहनाहरूबाट उत्पन्न हुन्छन्, अनि ती पूर्णतया आफ्नै हित र भविष्यका खातिर अनि आफ्नो अभिमान र हैसियत जोगाउन अनि आफ्नो देखावटी पूरा गर्नका खातिर हुन्छन्। तिनीहरूका विचार र हिसाबकिताबहरू सबै यिनै कुराहरूमा केन्द्रित हुन्छन्, तिनीहरूको हृदयमा कुनै सत्यता हुँदैन र तिनीहरूसँग परमेश्वरको डर मान्ने र उहाँप्रति समर्पित हुने हृदय हुँदैन। समस्याको जड यही हो। आज, तिमीहरूले आफ्नो पछ्याइलाई कुन तरिकामा अघि बढाउनु महत्त्वपूर्ण छ? सबै कुरामा, तिमीहरूले सत्यता खोजी गर्नुपर्छ, र तिमीहरूले परमेश्वरका अभिप्राय र परमेश्वरको आज्ञाअनुसार आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्नुपर्छ। तिमीहरूले त्यसो गर्यौ भने, परमेश्वरको अनुमोदन प्राप्त गर्नेछौ। त्यसोभए, परमेश्वरको आज्ञाअनुसार आफ्नो कर्तव्य निर्वाह गर्नका लागि विशेष रूपमा के काम गर्नुपर्छ? तिमीहरूले आफूले गर्ने हरेक कुरामा, परमेश्वरलाई प्रार्थना गर्न सिक्नैपर्छ, आफूमा के-कस्ता अभिप्रायहरू छन्, के-कस्ता सोचहरू छन् अनि यी अभिप्राय र सोचहरू सत्यताअनुसार छन् कि छैनन् भनेर चिन्तन गर्नैपर्छ; यदि ती सत्यताअनुसार छैनन् भने, तिनलाई त्याग्नुपर्छ, त्यसपछि तिमीहरूले सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ र परमेश्वरको छानबिन स्विकार्नुपर्छ। यसले तिमीहरू सत्यता अभ्यास गर्छौ भनेर सुनिश्चित गर्नेछ। यदि तिमीहरूलाई आफ्नो बोली र आफ्ना कार्यहरूपछाडिका अभिप्राय र उद्देश्यहरूले सत्यता उल्लङ्घन गर्छन् र ती परमेश्वरका अभिप्रायहरूअनुरूप छैनन् भन्ने राम्ररी थाहा छ, तैपनि तिमीहरू परमेश्वरलाई प्रार्थना गर्दैनौ, आत्मचिन्तन गर्दैनौ अनि ती समाधान गर्न सत्यताको खोजी गर्दैनौ भने, यो खतरनाक कुरा हो र तिमीहरू सहजै दुष्टता र परमेश्वरको प्रतिरोध गर्ने कामकुराहरू गर्छौ। यदि तिमीहरू एक वा दुई पटक दुष्टता गरेर पश्चात्ताप गऱ्यौ भने, तिमीहरूसँग अझै पनि मुक्तिको आशा हुन्छ। यदि तिमीहरू दुष्टता गरिरहन्छौ र अझै यस अवस्थामा पनि पश्चात्ताप गर्न जान्दैनौ भने, तिमीहरू समस्यामा हुन्छौ: परमेश्वरले तिमीहरूलाई एकातिर फाल्नुहुनेछ वा त्याग्नुहुनेछ, यसको मतलब तिमीहरू हटाइने खतरामा हुन्छौ; हरकिसिमका दुष्ट कामहरू गर्ने मानिसहरूलाई अवश्य दण्ड दिइनेछ र हटाइनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरका दैनिक वचनहरू अंश ५७७
मानिसहरूले के बुझ्नुपर्छ भने, सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूसँग गर्नुहुने व्यवहारको एउटा मौलिक सिद्धान्त छ, जुन सर्वोच्च सिद्धान्त पनि हो। सृष्टिकर्ताले सृजित प्राणीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा पूर्ण रूपमा उहाँको व्यवस्थापन योजना र उहाँको कामका आवश्यकताहरूमा आधारित हुन्छ; उहाँले कुनै पनि व्यक्तिसँग परामर्श गर्नु आवश्यक छैन, न त उहाँले कसैको अनुमोदन पाउनु नै आवश्यक हुन्छ। उहाँले जे गर्नुपर्दछ र उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुपर्छ उहाँले त्यसरी नै गर्नुहुन्छ, र उहाँले जे गर्नुभए पनि वा उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुभए पनि, ती सबै सत्यता सिद्धान्तहरू र सृष्टिकर्ताले कार्य गर्नुहुने सिद्धान्तहरूअनुरूप हुन्छन्। सृजित प्राणीको रूपमा गर्नुपर्ने एक मात्र कार्य भनेको सृष्टिकर्तामा समर्पित हुनु हो; व्यक्तिले आफ्नै छनौट गर्नु हुँदैन। सृजित प्राणीहरूमा हुनुपर्ने समझ यही हो, र यदि कुनै व्यक्तिमा यो छैन भने, ऊ मानव भनिन लायक हुँदैन। मानिसहरूले यो बुझ्नैपर्छ: सृष्टिकर्ता सधैँ सृष्टिकर्ता हुनुहुनेछ; उहाँसँग आफूलाई मन लागेअनुसार कुनै पनि सृजित प्राणीहरूलाई योजनाबद्ध गर्ने र तिनीहरूमाथि सार्वभौमिकता राख्ने शक्ति र योग्यता छ, र त्यसो गर्नका निम्ति उहाँलाई कुनै कारण आवश्यक हुँदैन। यो उहाँको अख्तियार हो। सृजित प्राणीहरूसँग सृष्टिकर्ताले गर्नुभएको कुनै पनि कामकुरा सही छ कि गलत छ, वा उहाँले कसरी कार्य गर्नुपर्छ भनेर फैसला सुनाउने अधिकार वा योग्यता छैन। सृष्टिकर्ताका सार्वभौमिकता र बन्दोबस्तहरू स्वीकार गर्ने कि नगर्ने भनेर छनौट गर्ने अधिकार कुनै पनि सृष्टि गरिएको प्राणीमा हुँदैन; र सृष्टिकर्ताले तिनीहरूको नियतिमाथि कसरी सार्वभौमिकता राख्नुपर्छ र बन्दोबस्त गर्नुपर्छ भनेर माग गर्ने अधिकार कुनै पनि सृजित प्राणीसँग हुँदैन। यो सर्वोच्च सत्यता हो। सृष्टिकर्ताले आफ्ना सृजित प्राणीहरूसँग जे गर्नु भए पनि, र उहाँले त्यो जसरी गर्नुभए पनि, सृजित मानिसहरूले गर्नुपर्ने कामहरू यी मात्र हुन्: खोजी गर्नु, समर्पित हुनु, जान्न पुग्नु अनि सृष्टिकर्ताले गर्नुभएको सबै कुरा स्वीकार गर्नु। अन्तिम परिणाम के हुनेछ भने, सृष्टिकर्ताले उहाँको व्यवस्थापन योजना सम्पन्न गर्नुभएको हुनेछ र उहाँको काम पूरा गर्नुभएको हुनेछ, र उहाँको व्यवस्थापन योजना कुनै अड्चनविना अघि बढेको हुनेछ; यसैबीच, सृजित प्राणीहरूले सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तहरू स्वीकार गरेकाले र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित भएका हुनाले, उनीहरूले सत्यता प्राप्त गरेका हुनेछन्, सृष्टिकर्ताका अभिप्राय बुझेका हुनेछन्, र उहाँको स्वभाव जानेका हुनेछन्। मैले तिमीहरूलाई बताउनैपर्ने अझै अर्को सिद्धान्त छ: सृष्टिकर्ताले जे गर्नु भए पनि, उहाँले जस्तो प्रकटीकरण प्रदर्शन गर्नुभए पनि, अनि उहाँले गर्नुहुने काम महान् वा सानो भए पनि, उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; जबकि उहाँले सृष्टि गर्नुभएका सबै मानवजातिले, जेसुकै गरे पनि, र उनीहरू जतिसुकै प्रतिभाशाली वा वरदानप्राप्त भए पनि, तिनीहरू सृष्टि गरिएका प्राणी नै रहन्छन्। सृष्टि गरिएको मानवजातिको सम्बन्धमा भन्दा, उनीहरूले सृष्टिकर्ताबाट जति धेरै अनुग्रह र आशिष् वा जति धेरै दया, करुणा वा कृपालु व्यवहार प्राप्त गरेका भए पनि, उनीहरूले आफू भीडहरूबाट अलग छौँ भनी विश्वास गर्नुहुँदैन, वा परमेश्वरको स्तरमा उभिन सक्छौँ र सृजित प्राणीहरूमध्ये उच्च स्तरको बनेका छौँ भनी सोच्नु हुँदैन। परमेश्वरले तँलाई जति धेरै वरदानहरू दिनुभएको भए पनि, वा उहाँले तँलाई जति धेरै अनुग्रह दिनुभएको भए पनि, वा उहाँले तँसँग जति नै दयालु व्यवहार गर्नुभएको भए पनि, वा उहाँले तँलाई जे-जस्ता विशेष प्रतिभाहरू दिनुभएको भए पनि, ती कुनै पनि कुरा तेरो पुँजी होइनन्। तँ सृष्टि गरिएको प्राणी होस्, र सधैँ सृष्टि गरिएको प्राणी नै रहन्छस्। तैँले कहिल्यै पनि यस्तो सोच्नु हुँदैन, “म परमेश्वरको हातको एक सानो र प्रिय व्यक्ति हुँ। परमेश्वर मलाई कहिल्यै त्याग्नुहुन्न; मप्रतिको परमेश्वरको मनोवृत्ति सधैँ प्रेम, हेरचाह, कोमल स्नेहका साथै सान्त्वना र अर्तीका मधुर शब्दहरू बोल्दै कोमल छुवाइ प्रदान गर्ने किसिमको हुनेछ।” यसको विपरीत, सृष्टिकर्ताको नजरमा, तँ सृष्टि गरिएका अन्य सबै प्राणीहरू जस्तै छस्; परमेश्वर तँलाई उहाँको इच्छाअनुसार प्रयोग गर्न सक्नुहुन्छ, र तँलाई उहाँको इच्छाअनुसार योजनाबद्ध गर्न सक्नुहुन्छ, र उहाँ सबै किसिमका मानिस, घटना र कामकुराहरूको बीचमा तैँले खेल्नुपर्ने कुनै पनि भूमिका आफ्नो इच्छाअनुसार मिलाउन सक्नुहुन्छ। मानिसहरूमा हुनुपर्ने ज्ञान र समझ यही हो। यदि मानिसहरू परमेश्वरद्वारा बोलिएका यी वचनहरू बुझ्न र स्वीकार गर्न सक्छन् भने, परमेश्वरसँगको उनीहरूको सम्बन्ध सामान्य बन्नेछ, र उनीहरू र परमेश्वरबीच सबैभन्दा सामान्य खालको सम्बन्ध स्थापित हुनेछ; यदि मानिसहरू परमेश्वरद्वारा बोलिएका यी वचनहरू बुझ्न र स्वीकार गर्न सक्छन् भने, उनीहरूले स्वाभाविक रूपमै आफ्नो स्थितिलाई समायोजन गर्नेछन्, आफ्नो उचित स्थान लिनेछन्, आफ्नो कर्तव्यमा अडिग रहनेछन्, र परमेश्वरका सबै प्रबन्धमा समर्पित हुनेछन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता बुझेर मात्र व्यक्तिले परमेश्वरका कार्यहरू चिन्न सक्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५७८
परमेश्वरलाई परमेश्वरका वचनहरू पढेर, अनि परमेश्वरका वचनहरू अभ्यास र अनुभव गरेर, साथै धेरै परीक्षा, शोधन, र काटछाँटमार्फत नै चिन्नुपर्छ; यसरी मात्रै परमेश्वरको काम र स्वभावको बारेमा साँचो ज्ञान प्राप्त गर्न सम्भव हुन्छ। कसै-कसैले भन्छन्: “मैले देहधारी परमेश्वरलाई देखेको छैनँ, त्यसैले मैले कसरी परमेश्वरलाई चिन्नुपर्छ?” वास्तवमा, परमेश्वरका वचनहरू उहाँको स्वभावका अभिव्यक्ति हुन्। परमेश्वरका वचनहरूबाट, तैँले मानवजातिप्रतिको उहाँको प्रेम र मुक्ति, साथै तिनीहरूलाई मुक्ति दिने उहाँको तरिका देख्न सक्छस्…। किनकि वचनहरू परमेश्वर स्वयम्ले व्यक्त गर्नुभएको हो, मानिसद्वारा लेखिएको होइन। परमेश्वरले ती व्यक्तिगत रूपमा व्यक्त गर्नुभएको हो; परमेश्वर स्वयम्ले आफ्ना वचनहरू र आफ्नो हृदयको आवाज व्यक्त गरिरहनुभएको छ, जसलाई उहाँको हृदयका वचनहरू पनि भन्न सकिन्छ। तिनलाई किन उहाँको हृदयबाट निस्केका वचनहरू भनिन्छ? किनकि ती गहिराइबाट जारी गरिएका हुन्, र उहाँको स्वभाव, उहाँका अभिप्राय, उहाँका विचार र सोचहरू, मानवजातिप्रतिको उहाँको प्रेम, मानवजातिको निम्ति उहाँको मुक्ति र मानवजातिप्रतिको उहाँका अपेक्षाहरूलाई व्यक्त गर्दछन्…। परमेश्वरका वाणीहरूमा कठोर वचनहरू, र कोमल र विचारशील वचनहरू, साथै प्रकटीकरणका केही वचनहरू पनि समावेश छन्, जसले मानिसका भावनाहरूलाई ध्यानमा राख्दैनन्। यदि तैँले प्रकटीकरणका वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्वर त कठोर हुनुहुन्छ भन्ने लाग्न सक्छ। यदि तैँले कोमल वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्वर त्यत्ति धेरै अख्तियारपूर्ण हुनुहुन्न जस्तो लाग्छ। यसकारण तैँले ती वचनलाई सन्दर्भबाट बाहिर लैजानु हुँदैन; बरु, तिनलाई सबै कोणबाट हेर्नुपर्छ। कहिलेकहीँ परमेश्वर दयालु दृष्टिकोणबाट बोल्नुहुन्छ, अनि मानिसहरूले मानवजातिप्रतिको उहाँको प्रेमलाई देख्छन्; कहिलेकहीँ उहाँ एकदमै कठोर दृष्टिकोणबाट बोल्नुहुन्छ, र त्यसपछि मानिसहरूले उहाँको स्वभावले कुनै उल्लङ्घन सहँदैन, मानिस दुःखद रूपमा फोहोरी छन्, र परमेश्वरको अनुहार हेर्न वा उहाँको सामु आउन लायकको छैनन्, र तिनीहरूलाई अहिले शुद्ध रूपमा परमेश्वरको अनुग्रहको कारण मात्र उहाँको सामुन्ने आउन दिइएको छ भनेर देख्छन्। परमेश्वरको काम गर्ने तरिकाद्वारा अनि उहाँको कामको महत्त्वमा उहाँको बुद्धिलाई देख्न सकिन्छ। मानिसहरूले परमेश्वरसँगको कुनै प्रत्यक्ष सम्पर्कविना नै उहाँका वचनहरूमा यी कुरा देख्न सक्छन्। जब परमेश्वरलाई साँचो रूपमा चिन्ने कुनै व्यक्ति ख्रीष्टको सम्पर्कमा आउँछ, तब ख्रीष्टसँगको उसको भेट परमेश्वर सम्बन्धी उसको ज्ञान अनुरूप हुन सक्छ; तापनि, जब सैद्धान्तिक ज्ञान मात्र भएको कुनै व्यक्तिको भेट ख्रीष्टसँग हुन्छ, तब उसले त्यसमा परस्पर सम्बन्ध देख्न सक्दैन। परमेश्वरको देहधारणको सत्यता रहस्यहरूमध्येमै सबैभन्दा गहन छ; यो मान्छेलाई बुझ्न गाह्रो छ। देहधारणको रहस्यको विषयमा परमेश्वरका वचनहरू एकत्रित गर्, ती वचनहरूलाई सबै कोणबाट हेर्, र त्यसपछि एकसाथ मिलेर प्रार्थना गर्, चिन्तन गर्, र सत्यताको यस पक्षमा थप सङ्गति गर्। त्यसो गर्दा, तैँले पवित्र आत्माको ज्ञान प्राप्त गर्न सक्छस्, अनि बुझ्न पुग्न सक्छस्। मानिससित परमेश्वरसँग सिधा सम्पर्क गर्ने कुनै सम्भावना नभएकोले, यदि अन्त्यमा तिनीहरूलाई परमेश्वरको साँचो ज्ञान प्राप्त गर्नु छ भने, तिनीहरूले छामछुम गर्दै अघि बढ्न र अलिअलि गर्दै प्रवेश पाउन यस किसिमको अनुभवमा भर पर्नुपर्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरका दैनिक वचनहरू अंश ५७९
परमेश्वरलाई चिन्नुको अर्थ के हो? यसको अर्थ उहाँको खुसी, रिस, दुःख र सुखलाई बुझ्नु, र उहाँको स्वभावको ज्ञान हुनु हो—परमेश्वरलाई साँचो रूपमा चिन्नु भनेको यही हो। तैँले उहाँलाई देखेको छु भनेर दाबी गर्छस्, तैपनि तैँले अझै उहाँको खुसी, रिस, दुःख र सुख अनि तैँले उहाँको स्वभाव बुझ्दैनस्। तैँले न त उहाँको धार्मिकतालाई न त उहाँको कृपालुपनलाई बुझ्छस्, न त तैँले उहाँलाई के मन पर्छ वा उहाँले केलाई घृणा गर्नुहुन्छ भन्ने कुरा नै जान्दछस्। यो परमेश्वरबारेको ज्ञान होइन। कतिपय मानिसहरूले परमेश्वरलाई पछ्याउन सक्छन्, तर तिनीहरूले साँचो रूपमा परमेश्वरमा विश्वास गर्छन् नै भन्ने हुँदैन। साँचो रूपमा परमेश्वरमा विश्वास गर्नु भनेको परमेश्वरप्रति समर्पित हुनु हो। परमेश्वरप्रति साँचो रूपमा समर्पित नहुनेहरूले साँचो रूपमा उहाँमा विश्वास गरेका हुँदैनन्—भिन्नता यहीँ हुन्छ। जब तैँले परमेश्वरलाई धेरै वर्षदेखि पछ्याएको हुन्छस्, र तँसँग परमेश्वरको बारेमा ज्ञान र बुझाइ हुन्छ, जब तँसँग परमेश्वरका अभिप्रायका बारेमा केही बुझाइ र समझ हुन्छ, जब तँलाई मानिसलाई मुक्ति दिने परमेश्वरको विचारशील चिन्तनको बारेमा थाहा हुन्छ, त्यस बेला तैँले परमेश्वरमा साँचो विश्वास गर्छस्, साँचो रूपमा परमेश्वरप्रति समर्पित हुन्छस्, परमेश्वरलाई साँचो प्रेम गर्छस्, र साँचो रूपमा परमेश्वरको आराधना गर्छस्। यदि तैँले परमेश्वरमा विश्वास त गर्छस् तर परमेश्वरको ज्ञान पछ्याउँदैनस्, र परमेश्वरका अभिप्राय, उहाँको स्वभाव, र उहाँको कामको बारेमा तँसँग कुनै बुझाइ छैन भने, तँ केवल परमेश्वरको निम्ति भौँतारिने र अधिकांशले जे गर्छन् त्यही अनुसरण गर्ने अनुयायी मात्र हुन्छस्। त्यसलाई साँचो समर्पण पनि भन्न सकिन्न, साँचो आराधना त परको कुरा हो। साँचो आराधना कसरी हुन्छ त? निस्सन्देह नै, परमेश्वरलाई देख्ने र साँचो रूपमा परमेश्वरलाई चिन्नेहरू सबैले परमेश्वरको आराधना गर्छन् र उहाँको डर मान्छन्; तिनीहरू सबै दण्डवत् र आराधना गर्न बाध्य छन्। वर्तमान समयमा, देहधारी परमेश्वर काममा हुनुभएको बेला, उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ सो बारेमा मानिसहरूमा जति धेरै बुझाइ हुन्छ, तिनीहरूले त्यति नै धेरै यी कुराहरूलाई मूल्यवान् ठान्नेछन् र तिनीहरूले त्यति नै धेरै उहाँको डर मान्नेछन्। सामान्यतः मानिसहरूसँग परमेश्वरबारे जति थोरै बुझाइ हुन्छ, तिनीहरू त्यति नै धेरै बेपर्वाह हुन्छन् र त्यसै कारण तिनीहरूले परमेश्वरलाई मानवको रूपमा व्यवहार गर्छन्। यदि मानिसहरूले साँच्चै नै परमेश्वरलाई चिन्थे र देख्थे भने, तिनीहरू त्रासले काँप्थे र भुईँमा लम्पसार पर्थे। “मपछि आउनुहुने व्यक्ति मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ता बोक्न पनि म योग्य छैन” (मत्ती ३:११)—यूहन्नाले किन यसो भने त? भित्री रूपमा तिनीसँग परमेश्वरबारे गहन बुझाइ नभए तापनि, तिनलाई परमेश्वर तेजस्वी हुनुहुन्छ भन्ने थाहा थियो। आजभोलि कति जना मानिसहरू परमेश्वरको डर मान्न सक्षम छन् र? यदि तिनीहरूले उहाँको स्वभावको बारेमा जान्दैनन् भने, तिनीहरू कसरी परमेश्वरको डर मान्न सक्छन् र? यदि मानिसहरूले न त ख्रीष्टको सारको बारेमा जान्दछन् न त परमेश्वरको स्वभाव नै बुझ्छन् भने, तिनीहरू व्यावहारिक परमेश्वरको साँचो आराधना गर्न सक्षम हुने कुरै आउँदैन। यदि तिनीहरूले ख्रीष्टको साधारण र सामान्य बाहिरी रूप मात्र देख्छन् तर अझै पनि उहाँको सार जान्दैनन् भने, ख्रीष्टलाई साधारण मानिसको रूपमा लिन तिनीहरूलाई सहज हुन्छ। तिनीहरूले उहाँप्रति अनादरकारी मनोवृत्ति अपनाउन सक्छन् र उहाँलाई धोका दिन, उहाँको प्रतिरोध गर्न, उहाँविरुद्ध विद्रोह गर्न र उहाँको मूल्याङ्कन गर्न सक्छन्। तिनीहरू स्व-धर्मी हुन सक्छन् र तिनीहरूले उहाँका वचनहरूलाई गम्भीर रूपमा नलिन सक्छन्; तिनीहरूले परमेश्वरको विरुद्ध धारणाहरू, आलोचनाहरू र ईश्वरनिन्दा उत्पन्न गर्न सक्छन्। यी सवालहरूको निराकरण गर्न, एक व्यक्तिले ख्रीष्टको सार र ईश्वरत्वको बारेमा जान्नुपर्छ। यो परमेश्वरलाई जान्ने बारेको मुख्य पक्ष हो; यो व्यावहारिक परमेश्वरमाथि विश्वास गर्ने हरेक व्यक्ति प्रवेश गर्नुपर्ने र उसले प्राप्त गर्नुपर्ने कुरा हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन