गन्तव्य र परिणामहरू
परमेश्वरका दैनिक वचनहरू अंश ५८०
बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो पवित्रता प्राप्त गरेको छ, जुन एकचोटि ऊसँग थियो। अहो, प्राचीन भ्रष्ट संसार! अन्त्यमा, यो फोहोर पानीमा लडेको छ र सतहमुनि डुब्दै हिलोमा पुरिएको छ! ए, सारा मानवजाति, मेरो आफ्नै सृष्टि! अन्त्यमा तिनीहरू फेरि ज्योतिमा रही जीवनमा फर्केर आएका छन्, अस्तित्वको लागि जग भेट्टाएका छन् र हिलोमा सङ्घर्ष गर्न छोडेका छन्। ए, सृष्टिका असङ्ख्य थोकहरू जसलाई म मेरा हातमा समात्छु! तिनीहरू मेरा वचनद्वारा कसरी नयाँ बन्न सक्दैनन्? ज्योतिमा तिनीहरू आफ्ना काम कसरी गर्न सक्दैनन् र? पृथ्वी अब मरेतुल्य शान्त र चुप छैन, स्वर्ग अब उजाड र दुःखी छैन। स्वर्ग र पृथ्वी, शून्यताद्वारा अब अलग छैनन्, ती फेरि कहिल्यै अलग नहुने गरी एक भएर जोडिएका छन्। हर्षोल्लासको यो अवसरमा, उमङ्गको यस क्षणमा, मेरो धार्मिकता र मेरो पवित्रता सारा ब्रह्माण्डमा फैलिएको छ, र सारा मानवजातिले नरोकिकन तिनको ज्यादै गुणगान गर्छन्। स्वर्गका सहरहरू आनन्दले हाँस्दैछन्, र पृथ्वीको राज्य खुसीले नाच्दैछ। यसबेला, को रमाइरहेको छैन, अनि को रोइरहेको पनि छैन? पृथ्वी त्यसको सुरुको अवस्थामा स्वर्गको स्वामित्वमा हुन्छ, र स्वर्ग पृथ्वीसँग एक भएको छ। मानिस स्वर्ग र पृथ्वीलाई जोड्ने डोरी हो, र मानिसको पवित्रता र नवीकरणको कारण, स्वर्ग उप्रान्त पृथ्वीबाट लुकाइएको छैन, र पृथ्वी अब स्वर्गप्रति मौन छैन। मानिसहरूका अनुहारमा प्रसन्नताको मुस्कान छाएको छ र तिनीहरूका हृदयमा असीमित मिठास लुकेको छ। मानिसले मानिससँग झगडा गर्दैन, न त मानिसले एकअर्कासित मुक्का प्रहार गर्छ। के मेरो ज्योतिमा अरूसित मिलापमा नबस्ने कोही छन्? के मेरो दिनमा मेरो नाउँलाई लज्जित पार्ने कोही छन्? सबै मानिसहरूले आफ्ना भयभीत नजर मतिर लगाउँछन्, र तिनीहरूले आफ्नो हृदयमा मलाई गुप्तमा पुकार्छन्। मैले मानवजातिका सबै कार्यलाई जाँचेको छु: शुद्ध पारिएका मानिसहरूमध्ये कोही पनि मेरो विरुद्धमा विद्रोही छैनन्, कसैले पनि ममाथि दोष लाउँदैनन्। सबै मानिस मेरो स्वभावले भरिएका छन्। सबै मानिस मलाई चिन्न आइरहेका छन्, मेरो नजिक आउँदैछन् र मेरो भक्ति गरिरहेका छन्। म मानिसको आत्मामा दृढ भएर खडा हुन्छु, मानिसको नजरमा म सर्वोच्च शिखरमा उभिएको छु, र म मानिसको नसाको रगतमा बहन्छु। मानिसको हृदयमा भएको आनन्दपूर्ण प्रशंसाले पृथ्वीका सबै ठाउँ भरिन्छ, हावा तेज र ताजा छ, बाक्लो कुहिराहरूले अब जमिनलाई ढाक्दैनन्, र सूर्य अति उज्ज्वल भएर चम्कन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय १८
परमेश्वरका दैनिक वचनहरू अंश ५८१
मानवजातिमाझ राज्य विस्तार भइरहेको छ, यो मानवजातिमाझ निर्माण भइरहेको छ, र यो मानवजातिमाझ खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति छैन। आज राज्यमा हुने मेरा मानिसहरू, तिमीहरूमध्ये को चाहिँ मानव जातिको सदस्य होइन? तिमीहरूमध्ये कोचाहिँ मानव अवस्थाभन्दा बाहिर छ? जब मेरो नयाँ सुरुवाती बिन्दु सार्वजनिक गरिन्छ, तब मानिसहरूले कसरी प्रतिक्रिया दिनेछन्? तिमीहरूले आफ्नै आँखाले मानव संसारको स्थिति देखेका छौ; के तिमीहरूले यस संसारमा सदासर्वदा जिउने सोच अझै हटाएका छैनौ? म अहिले मेरा मानिसहरूमाझ हिँडिरहेको छु र म तिनीहरूको माझमा जिउँछु। आज, मप्रति सच्चा प्रेम राख्नेहरू—त्यस्ता मानिसहरू धन्य छन्। धन्य हुन् मप्रति समर्पित हुनेहरू, तिनीहरू मेरो राज्यमा अवश्यै रहनेछन्। धन्य हुन् मलाई चिन्नेहरू, तिनीहरू मेरो राज्यमा अधिकार प्रयोग गर्नेछन्। धन्य हुन् मलाई पछ्याउनेहरू, तिनीहरू अवश्यै शैतानका बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिष्हरू उपभोग गर्नेछन्। धन्य हुन् आफूविरुद्ध विद्रोह गर्न सक्नेहरू, तिनीहरू मद्वारा अवश्यै ओगटिनेछन् र तिनीहरूले मेरो राज्यको प्रचुरताको उत्तराधिकार प्राप्त गर्नेछन्। मेरा लागि दौडधुप गर्नेहरूलाई म सम्झनेछु, मप्रति आफूलाई समर्पित गर्नेहरूलाई म स्विकार्नेछु, र ममा आफूलाई अर्पण गर्नेहरूलाई म आनन्दका लागि चिजहरू प्रदान गर्नेछु। मेरा वचनहरूको आनन्द उठाउनेहरूलाई म आशिष् दिनेछु; तिनीहरू मेरो राज्यका खम्बा हुनेछन्, मेरो घरमा तिनीहरू अतुलनीय रूपमा समृद्ध पारिनेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूले तिमीहरूका लागि तयार पारिएका आशिष्हरू कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूले तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरू कहिल्यै पछ्याएका छौ? मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अन्धकारका शक्तिहरूको जकडलाई अवश्यै तोड्नेछौ। तिमीहरूले अन्धकारबीच ज्योतिको मार्गदर्शन अवश्यै गुमाउनेछैनौ। तिमीहरू अवश्यै यावत् थोकका मालिक बन्नेछौ। तिमीहरू अवश्यै शैतानको अघि विजेता बन्नेछौ। ठूलो रातो अजिङ्गरको देशको पतन हुँदा, तिमीहरू मेरो विजयको प्रमाणका रूपमा दश हजारौँ मानिसमाझ अवश्यै उभिनेछौ। सिनिमको भूमिमा तिमीहरू अवश्यै दृढ र अटल हुनेछौ। तिमीहरूले सहने कष्टहरूका कारण, तिमीहरू मेरा आशिष्हरूका उत्तराधिकारी हुनेछौ, र सम्पूर्ण ब्रह्माण्डभित्र मेरो महिमाको ज्योतिलाई अवश्यै चम्काउनेछौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय १९
परमेश्वरका दैनिक वचनहरू अंश ५८२
मेरा वचनहरू पूरा हुँदै गर्दा, पृथ्वीमा बिस्तारै राज्य निर्माण गरिन्छ र मानिसलाई बिस्तारै सामान्यतामा फर्काइन्छ, यसरी मेरो हृदयमा भएको राज्य पृथ्वीमा स्थापित हुन्छ। त्यस राज्यमा, परमेश्वरका सबै मानिसले सामान्य मानिसको जीवन पुनः प्राप्त गर्छन्। कठ्याङ्ग्रिँदो हिउँद गयो, वसन्तका सहरहरूको संसारले प्रतिस्थापित भयो, जहाँ वर्षभरि वसन्त नै रहिरहन्छ। उप्रान्त मानिसहरूलाई मानवको संसारको उजाडता सामना गराइँदैन, र तिनीहरूले उप्रान्त मानिसको संसारको कठ्याङ्ग्रिँदो चिसो सहँदैनन्। मानिसहरू एकअर्कासँग झगडा गर्दैनन्, देशहरू एकअर्काविरुद्ध लडाइँ गर्दैनन्, उप्रान्त नरसंहार र नरसंहारबाट बग्ने रगत हुँदैन; सबै भूमि हर्षले भरिन्छन्, र सबै स्थान मानिसहरूबीचको न्यानोपनले भरिन्छ। म संसारभरि हिँड्छु, म मेरो सिंहासनमाथिबाट आनन्द लिन्छु, र म ताराहरूमाझ बस्छु। स्वर्गदूतहरूले मलाई नयाँ गीतहरू र नयाँ नाचहरू अर्पण गर्छन्। उप्रान्त तिनीहरूको आफ्नै नाजुकताले तिनीहरूको अनुहारमा आँसु बगाउँदैन। उप्रान्त म आफ्नो अगाडि स्वर्गदूतहरूको रोदनको आवाज सुन्दिनँ, र उप्रान्त कसैले पनि मलाई आफ्ना समस्याहरू बताउँदैनन्। आज, तिमीहरू सबै मेरो सामु जिउँछौ; भोलि, तिमीहरू सबै मेरो राज्यमा अस्तित्वमा रहनेछौ। के मैले मानिसलाई प्रदान गर्ने सबैभन्दा ठूलो आशिष् यही होइन र? आज तैँले तिर्ने मूल्यको कारण तैँले भविष्यका आशिष्हरू पाउनेछस् र मेरो महिमामा जिउनेछस्। के तिमीहरू अझै पनि मेरा आत्माको सारमा संलग्न हुन चाहँदैनौ? के तिमीहरू अझै पनि आफूलाई मार्न चाहन्छौ? मानिसहरू देख्न सक्ने प्रतिज्ञाहरू क्षणिक प्रकृतिकै भए पनि तिनकै पछि लाग्न इच्छुक छन्, भोलिका प्रतिज्ञाहरू अनन्तका निम्ति भए पनि ती स्वीकार गर्न कोही पनि तयार छैनन्। मानिसले देख्न सक्ने कुराहरू नै मैले नाश गर्ने कुरा हुन् अनि जुन मानिसहरूले सजिलै देख्न-छुन नसक्ने कुराहरू नै मैले हासिल गर्ने कुरा हुन्। परमेश्वर र मानिसबीचको भिन्नता नै यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २०
परमेश्वरका दैनिक वचनहरू अंश ५८३
मेरो ज्योतिमा, मानिसहरूले फेरि ज्योति देख्छन्। मेरो वचनमा, मानिसहरूले आफूलाई आनन्द लाग्ने कुराहरू प्राप्त गर्छन्। म पूर्वबाट आएको हुँ, म पूर्वबाट प्रस्थान गरेको हुँ। मेरो महिमाको ज्योति चम्कँदा, असङ्ख्य राष्ट्र उज्यालो हुन्छन्, सबैतिर ज्योति पुग्छ, एउटा पनि कुरा अन्धकारमा रहँदैन। राज्यमा, परमेश्वरका मानिसहरूले उहाँसँग जिउने जीवन मापन गर्नै नसकिने गरी खुसी हुन्छ। ती मानिसहरूको आशिषित् जीवन देखेर जलाशयहरू खुसीले नाच्छन्, पहाडहरू मानिसहरूसँगै मेरो प्रशस्ततामा रमाउँछन्। सबै मानिसहरू प्रयास गरिरहेका छन्, कडा परिश्रम गरिरहेका छन्, मेरो राज्यमा आफ्नो अर्पण देखाइरहेका छन्। राज्यमा अब विद्रोह हुँदैन, अब विरोध हुँदैन; स्वर्गहरू र पृथ्वी एकअर्कामा निर्भर छन्, मानिस र म गहिरो भावनामा निकट हुन्छौँ, मिठासपूर्वक सँगै जिउँछौँ, एकअर्कामा अडेस लाग्छौँ…। यस समयमा, म औपचारिक रूपमा स्वर्गमा मेरो जीवन सुरु गर्दछु। अबउप्रान्त शैतानको बाधा हुँदैन र मानिसहरू विश्राममा प्रवेश गर्छन्। ब्रह्माण्डमा, मेरा चुनिएका मानिसहरू, अतुलनीय रूपमा आशिषित् भएर, मानिसहरूबीच जिउने मानिस नभई परमेश्वरसँग जिउने मानिस भएर मेरो महिमाको ज्योतिमा जिउँछन्। सारा मानिसले शैतानको भ्रष्टता भोगेका छन् अनि थेग्रोमा पुगिन्जेल जीवनको तीतो र मीठो पिएका छन्। अब, मेरो ज्योतिमा जिउन पाउँदा, तिनीहरू कसरी आनन्दित नहोलान् र? तिनीहरूले कसरी यो सुन्दर क्षणलाई हल्का रूपमा त्यागिदिन र उम्कन दिन सक्छन्? हे मानिसहरू हो! चाँडो आफ्नो हृदयमा गीत गाओ र मेरो लागि खुसीले नाच! चाँडो तिमीहरूका सच्चा हृदय उचाल र ती मलाई चढाओ! चाँडो तिमीहरूको ढोल पिट र खुसीका साथ मेरो निम्ति बजाओ। म ब्रह्माण्डमाथिबाट मेरो आनन्द छर्छु! मानिसहरूलाई म मेरो महिमायुक्त अनुहार प्रकट गर्छु! म चर्को स्वरमा उद्घोष गर्नेछु! म ब्रह्माण्ड पार गर्नेछु! मैले मानिसहरूमाझ शासन गर्न थालिसकेँ! म मानिसहरूद्वारा उच्च पारिन्छु! म माथि नीलो स्वर्गमा तैरिन्छु र मानिसहरू मसँगै हिँडेर जान्छन्। म मेरा मानिसहरूमाझ हिँड्छु र तिनीहरू मलाई घेर्छन्! मानिसहरूका हृदय हर्षले भरिन्छन्, तिनीहरूका गुञ्जायमान गीतहरूले ब्रह्माण्ड हल्लाउँछन्, सर्वोच्च स्वर्गलाई चिर्छन्! ब्रह्माण्ड अब कुहिरोले ढाकिएको छैन; त्यहाँ न त हिलो छ, न त ढल जम्मा भएको छ। ब्रह्माण्डका पवित्र मानिसहरू! मेरो निरीक्षणमा तिनीहरू आफ्नो साँचो अनुहार देखाउँछन्। तिनीहरू फोहोरले ढाकिएका मानिस होइनन्, मोतीजतिकै शुद्ध पवित्र मानिस हुन्, तिनीहरू सबै मेरा प्रियजन हुन्, तिनीहरू सबै मेरा खुसी हुन्! सबै थोक फेरि जीवित हुन्छन्। पवित्र जनहरू सबै स्वर्गमा मेरो सेवा गर्न फर्केका छन्, मेरो न्यानो अङ्गालोमा पसेका छन्, रुन छाडेका छन्, चिन्ता लिन छाडेका छन्, आफूलाई मप्रति अर्पण गर्छन्, मेरो घर फर्किरहेका छन् र तिनीहरूको मातृभूमिमा तिनीहरूले मलाई अनवरत प्रेम गर्नेछन्! सारा अनन्तताभरि कहिल्यै परिवर्तन हुनेछैनन्! दुःख कहाँ छ! आँसुहरू कहाँ छन्! देह कहाँ छ! अब पृथ्वी रहेन, तर स्वर्गहरू सधैँभरि रहन्छन्। म असङ्ख्य मानिसमाझ देखा पर्दछु र असङ्ख्य मानिसले मेरो प्रशंसा गर्छन्। यो जीवन, यो सुन्दरता, आदिकालदेखि समयको अन्त्यसम्म परिवर्तन हुनेछैन। राज्यको जीवन यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, हे सबै मानिस हो, आनन्दित होओ!
परमेश्वरका दैनिक वचनहरू अंश ५८४
मैले तिमीहरूमाझ धेरै कार्य गरिसकेको छु, र पक्कै पनि धेरै वाणी पनि बोलेको छु। तर पनि आखिरी दिनहरूमा मेरा वचन र कामले मेरो कार्यको उद्देश्य पूर्ण रूपमा पूरा गरेका छैनन् भन्ने मलाई प्रतीत नभई छोड्दैन। किनभने आखिरी दिनहरूमा मेरो काम केही निश्चित व्यक्ति वा केही निश्चित मानिसका खातिर नभई मेरो अन्तर्निहित स्वभाव प्रदर्शन गर्नेतर्फ उन्मुख छन्। तैपनि असङ्ख्य कारणले गर्दा—सायद समयको अभाव वा व्यस्त कार्य-तालिकाका कारण, मेरो स्वभावबाट मानिसहरूले मेरोबारे कुनै पनि ज्ञान प्राप्त गरेका छैनन्। तसर्थ, म आफ्नो नयाँ योजना, आफ्नो अन्तिम काम प्रारम्भ गर्छु, र मेरो काममा नयाँ पृष्ठ खोल्छु, ताकि मलाई देख्ने सबैले आफ्नो छाती पिटून् र मेरो अस्तित्वको कारण नरोकिई रोइ-कराइ र विलाप गरून्। किनभने म संसारमा मानवजातिको अन्त्य ल्याउँछु, र यो विन्दुदेखि मानवजातिसमक्ष आफ्नो सम्पूर्ण स्वभाव उदाङ्गो पार्छु, ताकि मलाई चिन्ने र नचिन्ने सबैले आ-आफ्ना आँखाबाट आनन्द लिन सकून् र म वास्तवमै मानव संसारमा आएको छु, यावत् थोक बढेर जाने पृथ्वीमा आएको छु भनेर देखून्। यो मेरो योजना हो, र मैले मानवजातिलाई सृष्टि गरेदेखिको मेरो एकमात्र “स्वीकारोक्ति” हो। मेरो प्रत्येक चालमा तिमीहरू अविभक्त ध्यान देओ, किनकि मेरो डण्डा एक पटक फेरि मानवजातिमाथि, मेरो विरोध गर्ने सबैनजिक आउँछ।
स्वर्गहरूसँगै म आफूले गर्नुपर्ने कार्यको प्रारम्भ गर्छु। त्यसैले म मेरो मार्ग मानिसहरूको बीचबाट निकाल्छु र कहिल्यै कसैले मेरा गतिविधिहरूबारे नसोची वा मेरा वाणीहरूबारे थाहा नपाइकनै म पृथ्वी र स्वर्गबीच आवतजावत गर्छु। त्यसैले, मेरो योजना सहज रूपमा अघि बढ्छ। तिमीहरूका सबै इन्द्रिय यतिसम्म शून्य छन् कि मेरो कार्यका कदमहरूबारे तिमीहरू अनभिज्ञ भएका छौ। तर तिमीहरूले मेरा उद्देश्यहरू थाहा पाउने त्यस्तो दिन पक्कै आउनेछ। आज, म तिमीहरूसँगै जिउँछु र तिमीहरूसँगै सहन्छु र मानवजातिले मप्रति राखेको मनोवृत्ति मैले बुझ्न थालेको धेरै समय भएको छ। म यस विषयमा थप बोल्न चाहन्नँ, र यो पीडादायी विषयका उदाहरणहरूको चर्चा गरेर तिमीहरूलाई लज्जित बनाउन त झनै चाहन्नँ। म आशा गर्छु, तिमीहरूले के गरेका छौ भनेर आफ्नो हृदयभित्रै स्मरण गर्छौ जसबाट हामी अर्को पटक भेट्दा हाम्रो हिसाब मिलान गर्न सक्नेछौं। म तिमीहरूमध्ये कसैलाई पनि गलत आरोप लगाउन चाहन्नँ, किनभने मैले सधैँ न्यायसङ्गत, निष्पक्ष, र मर्यादित व्यवहार गरेको छु। पक्कै पनि, तिमीहरू इमानदार रहनेछौ अनि स्वर्ग र पृथ्वी वा तिमीहरूको विवेकविरुद्ध हुने कुनै पनि काम गर्नेछैनौ भन्ने पनि मैले आशा गरेको छु। तिमीहरूबाट मैले माग्न सक्ने कुरा यो मात्रै हो। धेरै मानिस सहज परिस्थितिमा व्याकुल र बिरामी महसुस गर्छन् किनभने उनीहरूले धेरै क्रूर गल्ती गरेका हुन्छन्, र धेरैलाई आफूले एउटा पनि असल कार्य कहिल्यै नगरेकोमा लज्जा बोध हुन्छ। तर पनि, आफ्ना पापहरूको कारण लज्जा बोध हुँदै नहुनेहरू पनि छन् जो मेरो स्वभावको परीक्षा लिन पूर्ण रूपमा खुलासा हुन बाँकी उनीहरूका घृणित स्वभावहरू छोप्ने मुखौटालाई पूर्ण रूपमा उदाङ्गो बनाउँदै खराबबाट झन् खराब बन्छन्। म कुनै एक व्यक्तिको कार्यबारे चासो लिन्नँ र ध्यान पनि दिन्नँ। बरु, म आफूले गर्नुपर्ने कार्यहरू, चाहे जानकारी सङ्कलन गर्ने कार्य होस् या विभिन्न स्थानको भ्रमण गर्ने वा आफ्नो रुचिका अन्य कुनै कार्य, ती गर्दछु। महत्त्वपूर्ण समयमा, न एक सेकेन्ड चाँडो न एक सेकेन्ड ढिलो, वास्तविक योजनामुताबिक मानिसमाझ म आफ्नो कामलाई सहजता र स्थिरताका साथ अघि बढाउँछु। यद्यपि, मेरो कामको प्रत्येक कदममा केही विलय हुन्छन्, किनभने म उनीहरूको चाप्लुसीले भरिएको व्यवहार र उनीहरूको झूठो अधीनताको तिरस्कार गर्दछु। मलाई घृणा लाग्ने मानिसहरू चाहे जानाजानी होस् या नजानीकन निश्चय नै त्यागिनेछन्। सङ्क्षेपमा भन्नुपर्दा, मैले तिरस्कार गर्ने सबै जना मभन्दा परै रहनेछन्। भनी रहनु नपर्ला, मेरो घरमा बस्ने दुष्टलाई पनि म छोड्नेछैनँ। मानिसको दण्डको दिन नजिक आउँदै गरेकाले म मेरो घरमा रहेका घृणित मानिसहरूलाई हटाउन हतार गर्नेछैनँ किनभने मेरो आफ्नै योजना छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्
परमेश्वरका दैनिक वचनहरू अंश ५८५
अहिले मैले प्रत्येक व्यक्तिको परिणाम निर्धारण गर्ने समय हो, मैले मानिसमा काम गर्न सुरु गरेको चरण होइन। म मेरो अभिलेख पुस्तकमा, एक-एक गरी, प्रत्येक मानिसका शब्द र कार्यहरू, उनीहरूले मलाई पछ्याएको बाटो, उनीहरूका जन्मजात वर्गीकरण, र उनीहरूका अन्तिम प्रकटीकरणहरू लेख्छु। यसरी, ती मानिसहरू जस्तोसुकै भए पनि, मेरो हातबाट कोही उम्कनेछैन, र उनीहरू सबै मेरो खटनपटनका आधारमा आफ्ना प्रकारअनुसार वर्गीकरण गरिनेछन्। म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्। मैले आफ्नो योजनामा प्रारम्भदेखि एउटा पनि परिवर्तन गरेको छैन। यति मात्र हो, जहाँसम्म मानिसको कुरा छ, जसलाई म मेरा वचनहरू दिन्छु तिनीहरूको सङ्ख्या कम हुँदै गइरहेको जस्तो देखिन्छ, जसलाई म साँच्चै अनुमोदन गर्छु। यद्यपि, मैले मेरो योजनालाई कुनै परिवर्तन नगरी कायम राखेको छु; बरु, मानिसको विश्वास र प्रेम निरन्तर परिवर्तन भइरहेका छन्, सधैँ फितलो हुँदै गएका छन्, यहाँसम्म कि प्रत्येक व्यक्तिले मेरो चाप्लुसी गर्नेदेखि लिएर मप्रति रुचि नदेखाउने र मलाई पन्छाउन समेत सक्छ। मैले अरुचि र घृणाको अनुभव नगरेसम्म, तिमीहरूप्रतिको मेरो मनोवृत्ति न न्यानो हुनेछ र न चिसो नै, र अन्त्यमा दण्ड तोकिनेछ। यद्यपि, तिमीहरूले दण्ड पाउने दिन, म तिमीहरूलाई हेरिरहेको हुनेछु, तर तिमीहरूले मलाई देख्न छोड्नेछौ। तिमीहरूबीच रहेको जीवन मेरा लागि कठिन र निरस भइसकेको छ, त्यसैले, तिमीहरूको द्वेषले भरिपूर्ण शब्दहरूबाट हुने दुखाइदेखि र तिमीहरूको सहन गर्न नसकिने पतित व्यवहारदेखि टाढा रहन मैले जिउनका लागि भिन्न वातावरणको चयन गरिसकेको छु, ताकि तिमीहरूले मलाई थप मूर्ख बनाउन नसकून् वा मप्रति लापरवाही व्यवहार गर्न नसकून्। तिमीहरूलाई बिदा दिनुअघि, सत्यताअनुरूप नहुने कार्यहरूबाट आफूलाई टाढा राख्न मैले तिमीहरूलाई उपदेश दिनैपर्ने हुन्छ। बरु, तिमीहरूले सबैलाई खुसी बनाउने, सबैले लाभ लिन सक्ने र आफ्नै गन्तव्यमा पनि लाभ हुन सक्ने कार्यहरू गर्नुपर्दछ, अन्यथा, विपदको बीचमा दुःख पाउने अन्य कोही नभई तिमीहरू नै हुनेछौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्
परमेश्वरका दैनिक वचनहरू अंश ५८६
मेरो कृपा मलाई प्रेम गर्ने र आफूलाई त्याग्नेहरूप्रति व्यक्त हुन्छ। यसबीच, दुष्टमाथि आइपर्ने दण्ड, मेरो धर्मी स्वभावको ठ्याक्कै नै प्रमाण हो, र, त्योभन्दा बढी, मेरो क्रोधको गवाही हो। जब प्रकोप आउँछ, मेरो विरोध गर्नेहरू सबै, भोकमरी र महामारीले पीडित हुँदै गर्दा रुनेछन्। धेरै वर्षदेखि मलाई पछ्याएका, तर सबै प्रकारका दुष्ट कार्यहरू गरेकाहरू आफ्ना पापबाट उम्कनेछैनन्; उनीहरू पनि यस्तो प्रकोपमा डुब्नेछन्, जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मेरा अनुयायीहरूमध्ये मप्रति पूर्ण बफादारी देखाएकाहरू रमाउनेछन् र ताली बजाउनेछन्, अनि मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले अवर्णनीय निस्फिक्री खुसीयालीको भाव अनुभव गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षमाझ जिउनेछन्। किनभने म मानिसका असल कार्यलाई कदर गर्छु र उसका दुष्ट कार्यलाई घृणा गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मैले मसँग एउटै मन भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरिरहेको छु। यसैबीच, मसँग एउटै मन नभएकाहरूलाई, म कहिल्यै बिर्सिन्नँ; म उनीहरूलाई आफ्नो हृदयभित्र सधैँ घृणा गर्छु, उनीहरूलाई उनीहरूका दुष्ट कार्यको जबाफ दिन लगाउने अवसर कुरिरहेको छु, र त्यो कुरा देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले उप्रान्त पर्खनु पर्दैन!
मेरो अन्तिम काम मानिसलाई दण्ड दिनका लागि मात्रै होइन, तर मानिसका लागि गन्तव्यको प्रबन्ध गर्नु पनि हो। त्यसभन्दा पनि बढी, यो सबै मानिसहरूलाई मेरा कार्य र काम स्वीकार गराउनका खातिर हो। म प्रत्येक व्यक्तिलाई मैले गरेका सबै थोक सही छन्, र ती मेरो स्वभावको अभिव्यक्ति हुन्, मानवजातिलाई मानिसले उत्पन्न गरेको होइन, अनि प्रकृतिले त झनै होइन, बरु यावत् थोकमाझ भएका सबै जीवित प्राणीको पालनाहार गर्ने म नै हुँ भन्ने कुरा देख्न लगाउनेछु। मेरो अस्तित्वविना मानवजाति नाश मात्रै हुँदै जानेछ र विपद्को अभिशाप भोग्नुपर्नेछ। कुनै पनि मानवले सुन्दर सूर्य र चन्द्रमा, वा हराभरा संसार फेरि कहिल्यै देख्नेछैन; मानवजातिले अँध्यारो, चिसो रात र मृत्युको छायाँको अपरिहार्य घाटीको सामना मात्र गर्नेछन्। म मानवजातिको एकमात्र छुटकारा हुँ। म मानवजातिको एकमात्र आशा हुँ र, अझ, ममा नै सबै मानवजातिको अस्तित्व निर्भर छ। मविना मानवजाति तुरुन्तै ठप्प हुनेछ, मविना मानवजातिले केवल विनाशकारी महाविपत्ति भोग्नेछ र तिनीहरूलाई सबै प्रकारका प्रेतात्माले कुल्चिनेछन्, तथापि मलाई कसैले ध्यान दिँदैन। कसैले पनि गर्न नसकेका कार्य मैले गरेको छु, र केही असल कार्यमार्फत मानिसले मेरो ऋण चुकाउनेछ भन्ने मात्र आशा गरेको छु। केहीले मात्र मेरो ऋण चुकाउन सकेका भए पनि, म मेरो मानव संसारको यात्रालाई अन्त्य गर्नेछु र उजागर हुन लागेको मेरो कामको अर्को चरण प्रारम्भ गर्नेछु, किनभने मानिसहरूमाझ यी धेरै वर्षहरूमा मैले गरेको हतारो आवतजावत फलदायी भएको छ, र म अत्यन्तै खुसी छु। म मानिसहरूको सङ्ख्याबारे चासो दिन्नँ, बरु उनीहरूको असल कार्यहरूप्रति चासो राख्छु। जे भए पनि, तिमीहरूले आफ्नो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार पारेका छौ भन्ने आशा गर्दछु। त्यसपछि म सन्तुष्ट हुनेछु; अन्यथा, प्रकोपको हमलाबाट तिमीहरूमध्ये कोही पनि जोगिन सक्नेछैनौ। विपत्ति मभित्रैबाट उत्पत्ति हुन्छ र पक्कै पनि मबाटै योजनाबद्ध हुन्छ। यदि तिमीहरू मेरा नजरमा असल देखा पर्न सकेनौ भने, विपत्तिको कष्टबाट उम्कन सक्नेछैनौ। यो विपत्तिबीच, तिमीहरूका कार्य र व्यवहारहरू पूर्ण रूपमा उपयुक्त मानिनेछैन, किनभने तिमीहरूको विश्वास र प्रेम खोक्रो थिए, र तिमीहरूले आफूलाई कायर वा रुखो मात्रै देखायौ। यस विषयमा, म असल वा खराबको न्याय मात्र गर्नेछु। तिमीहरू प्रत्येकले कसरी व्यवहार गर्छौ र आफूलाई अभिव्यक्त गर्छौ भन्ने विषयमा मेरो सरोकार निरन्तर रहनेछ, जसको आधारमा म तिमीहरूको अन्त्य निर्धारण गर्नेछु। यद्यपि, एउटा कुरा मैले स्पष्ट पार्नुपर्छ: सङ्कष्टको समयमा मप्रति अलिकति पनि बफादारी नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई कुनै बेला विश्वासघात गरेकाहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई घात गर्नेहरूसँग सङ्गत गर्न झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय पूर्ण रूपमा तोड्ने जोसुकैले मबाट दोस्रो पटक उदारता पाउनेछैन, र मप्रति बफादार रहेकाहरू सधैँ मेरो हृदयमा रहनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्
परमेश्वरका दैनिक वचनहरू अंश ५८७
संसारको व्यापक फैलावटमा, महासागरहरू भरिएर मैदानमा परिणत हुन्छन्, र जमिनहरू बगेर महासागरहरूमा परिवर्तन हुन्छन् र यो प्रक्रिया अनगिन्ती पटक दोहोरिन्छ। यावत् थोकमाझ, सबै कुरामाथि सार्वभौमिकता राख्नुहुने उहाँबाहेक, अरू कोही पनि यस मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशन गर्न सक्षम छैन। मानवजातिका निम्ति परिश्रम गर्ने वा तयारी गर्ने “शक्तिशाली जन” कोही पनि छैन, मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगाडि बढ्न र मानिसको संसारका अन्यायहरूबाट मुक्त हुन अगुवाइ गर्न सक्ने जन त झनै छैन। मानवजातिको भविष्यप्रति परमेश्वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस पाइला दर पाइला क्षय र फर्कन नसक्ने मार्गतिर हिँडिरहेको कुराले उहाँलाई पीडा दिन्छ। यो कुरा कसैले कहिल्यै विचार गरेको छैन: परमेश्वरको हृदयलाई पूर्ण रूपमा छियाछिया बनाएको र दुष्टलाई खोज्न उहाँलाई छोडेको त्यस्तो मानवजाति कतातिर लागेको हुन सक्छ? यसैकारणले गर्दा नै कसैले पनि परमेश्वरको रिस महसुस गर्ने प्रयास गर्दैन, कसैले पनि परमेश्वरलाई प्रसन्न पार्ने मार्ग खोज्दैन वा परमेश्वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, कसैले पनि परमेश्वरको शोक र पीडा बुझ्ने प्रयास गर्दैन। परमेश्वरको आवाज सुनेपछि पनि, मानिस आफ्नै मार्गमा हिँड्न जारी राख्छ, परमेश्वरबाट टाढा जान जिद कस्छ, परमेश्वरको अनुग्रह र हेरचाहबाट तर्कन्छ, उहाँको सत्यताबाट अलग बस्छ, परमेश्वरको शत्रु शैतानका हातमा आफूलाई बेच्न रुचाउँछ। र कसले सोचेको छ कि, यदि मानिस आफ्नो जिदमा लागिरह्यो भने, परमेश्वरलाई अत्यन्तै अवहेलना गर्ने यस मानवजातिप्रति उहाँले कस्तो व्यवहार गर्नुहुनेछ? परमेश्वरले मानिसलाई बारम्बार चेतावनी र अर्ती दिने कारण के हो भने, उहाँले आफ्नो हातमा अभूतपूर्व विपत्तिहरू तयार पार्नुभएको छ, जो मानिसको देह र आत्मालाई असह्य हुनेछ, जो देहका निम्ति दण्ड मात्र हुँदैनन्, बरु आत्माप्रति लक्षित हुन्छन् भन्ने कुरा कसैलाई थाहा छैन। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्वरको योजना विफल हुन्छ, र उहाँका चेतावनी र अर्तीहरूको कुनै प्रतिक्रिया दिइँदैन, तब उहाँले कस्तो रिस पोखाउनुहुनेछ? यो कुनै पनि सृजित प्राणीले कहिल्यै अनुभव नगरेको र थाहा नपाएको किसिमको हुनेछ। त्यसैले म भन्छु, यी विपत्तिहरू अभूतपूर्व छन्, र कहिल्यै दोहोरिनेछैनन्। किनकि परमेश्वरको योजना भनेको, मानवजातिलाई यो एक पटक मात्रै सृष्टि गर्नु र मानवजातिलाई यो एक पटक मात्रै मुक्ति दिनु हो। यो पहिलो पटक र अन्तिम पटक पनि हो। त्यसकारण, परमेश्वरले मानवजातिलाई यस पटक मुक्ति दिनुपछाडिका श्रमसाध्य अभिप्रायहरू र उत्कट प्रत्याशालाई कसैले बुझ्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५८८
मानिसले आजको काम र भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सिर्जित प्राणी भएको नाताले, मानिसले सिर्जित प्राणीको कर्तव्य पालना गर्नुपर्दछ: परमेश्वरले जे गर्नुहुन्छ, उसले त्यसैमा उहाँलाई पछ्याउनुपर्छ। मैले तिमीहरूलाई बताउने जुनसुकै मार्गमा तिमीहरू अगाडि बढ्नुपर्छ। आफ्नै निम्ति प्रबन्ध गर्ने तेरो कुनै उपाय छैन अनि आफैमाथि तेरो कुनै प्रभुत्व छैन; सबै कुरालाई परमेश्वरकै कृपामा छोडिनुपर्छ, अनि हरेक कुरा उहाँकै हातमा छ। यदि परमेश्वरको कामले मानिसलाई समय अगावै एउटा समाप्ति, उद्देश्य वा एउटा सुन्दर गन्तव्य प्रदान गऱ्यो र यदि परमेश्वरले मानिसलाई प्रलोभनमा पार्न र उहाँलाई पछ्याउने तुल्याउन यसलाई प्रयोग गर्नुभयो—यदि उहाँले मानिससित सौदा गर्नुभयो भने—यो जित हुने थिएन, न त यो मानिसको जीवनको निम्ति काम हुने थियो। यदि परमेश्वरले मानिसलाई नियन्त्रण गर्न अनि उसको हृदयलाई जित्न उसको गन्तव्य प्रयोग गर्नुहुने हो भने, यसमा उहाँले मानिसलाई सिद्ध बनाइरहनुभएको हुने थिएन, न त उहाँले मानिसलाई हासिल गर्न नै सक्नुहुनेथियो तर त्यसको साटो उहाँले उसलाई नियन्त्रण गर्न उसको गन्तव्यलाई प्रयोग गरिरहनुभएको हुनेथियो। मानिसले आफ्नो भावी उद्देश्य, अन्तिम गन्तव्य अनि आशा गर्नको निम्ति कुनै असल कुरा छ वा छैन भन्ने कुराभन्दा अरू कुनै कुरालाई वास्ता गर्दैन। यदि मानिसलाई जितको कामको अवधिमा एउटा सुन्दर आशा दिइयो र यदि मानिसलाई जित्नुभन्दा पहिले, पछ्याउनको निम्ति उसलाई एउटा उचित गन्तव्य दिइयो भने, उसको जितले यसको असरलाई हासिल नगर्ने मात्र होइन तर जितको कामको असर पनि प्रभावित हुनेछ। यसको अर्थ, मानिसको भाग्य र उसको भावी अपेक्षालाई हटाएर अनि मानिसको विद्रोही स्वभावलाई न्याय गरेर र त्यसलाई ताडना दिएर मात्रै जितको कामले यसको असरलाई हासिल गर्नसक्छ। यो मानिससित सौदा गरेर अर्थात् उसलाई आशिष् तथा अनुग्रह दिएर होइन तर यसको साटोमा उसलाई “स्वतन्त्रता”-बाट वञ्चित गरेर अनि उसको भावी अपेक्षालाई मेटाएर यसद्वारा उसको वफादारीतालाई प्रकट गरेर हासिल गर्न सकिन्छ। जितको कामको सार यही नै हो। यदि मानिसलाई सुरुमै सुन्दर आशा दिइयो अनि सजाय र न्यायको काम पछि मात्र गरियो भने, मानिसले यो सजाय र न्यायको कामलाई उसको भविष्यमा रहेको अपेक्षाको आधारमा स्वीकार गर्नेथियो र अन्त्यमा सृष्टिकर्ताले आफ्ना सिर्जित प्राणीहरूबाट पाउनुपर्ने निःशर्त समर्पण र आराधना हासिल हुन सक्नेथिएन; केवल अन्धो, अज्ञानी समर्पण मात्र हुनेथियो, अन्यथा मानिसले परमेश्वरबाट अन्धाधुन्ध मागहरू गर्नेथियो अनि मानिसको हृदय जित्ने कुरा असम्भव हुनेथियो। परिणामस्वरूप, मानिसलाई प्राप्त गर्ने त्यस्तो जितको काम अथवा परमेश्वरको गवाही हुने काम असम्भव हुने थियो। त्यस्ता सिर्जित प्राणीहरू आफ्नो कर्तव्य पालना गर्न असक्षम हुनेथिए अनि तिनीहरूले परमेश्वरसित मोलतोल मात्र गर्नेथिए; यो जित हुने थिएन तर कृपा र आशिष् मात्रै हुनेथियो। मानिसको सबैभन्दा ठूलो कठिनाइ के हो भने, ऊ सधैँ आफ्नो भाग्य र भविष्यबारे सोच्छ र यिनै कुराहरूलाई पूजा गर्छ। मानिस आफ्नो भाग्य र भविष्यका खातिर परमेश्वरलाई पछ्याउँछ; ऊ परमेश्वरप्रतिको आफ्नो प्रेमका कारण उहाँलाई आराधना गर्दैन। अनि यसैले मानिसलाई विजय गर्दा मानिसको स्वार्थ, लोभ, अनि परमेश्वरको आराधना गर्नमा उसलाई सबैभन्दा बढी रोकटोक गर्ने सबै कुरालाई निराकरण गरिनुपर्छ। त्यसो गरेर मानिसमाथि विजय गरिन्छ। फलस्वरूप, मानिसमाथिको विजयका सुरुका चरणहरूमा पहिले परमेश्वरलाई प्रेम गर्ने मानिसको हृदय प्रकट गर्न अनि मानव जीवनबारे उसको ज्ञान, परमेश्वरबारे उसको दृष्टिकोण र उसको अस्तित्वको अर्थ परिवर्तन गर्नका लागि मानिसका अत्यधिक महत्त्वाकाङ्क्षा तथा सबैभन्दा गम्भीर कमजोरीहरू हटाउनु आवश्यक छ। यसरी, परमेश्वरलाई प्रेम गर्ने मानिसको हृदय शुद्ध बन्छ, भन्नुको अर्थ, मानिसको हृदयलाई विजय गरिन्छ। तर सारा सिर्जित प्राणीहरूप्रति परमेश्वरको मनोवृत्तिलाई हेर्दा, परमेश्वरले जित्नकै खातिर जित्नुहुन्न; बरु मानिसलाई हासिल गर्नको निम्ति, आफ्नै महिमाको खातिर अनि मानिसको सबैभन्दा सुरुको मूल प्रतिरूपलाई पुनर्स्थापना गर्नको निम्ति उहाँले जित्नुहुन्छ। यदि जित्नकै खातिर मात्रै उहाँले जित्नु हुनेथियो भने, जितको कामको महत्त्व हराउनेथियो। भनाइको अर्थ, यदि मानिसलाई जितिसकेपछि परमेश्वर मानिसप्रति उत्तरदायी हुन छोड्नुभयो र मानिसको जीवन र मरणलाई नै बेवास्ता गर्नुभयो भने, यो मानवजातिको व्यवस्थापन हुने थिएन, न त मानिसको जित उसको मुक्तिको खातिर नै हुनेथियो। केवल मानिसको जितपछि र अन्त्यमा सुन्दर गन्तव्यमा ऊ आइपुगेपछि मानिसलाई हासिल गर्नु मुक्तिको सबै कामको केन्द्रविन्दु हो र यसले मात्रै मानिसको मुक्तिको लक्ष्यलाई हासिल गर्न सक्दछ। अर्को शब्दमा, मानिस सुन्दर गन्तव्यमा आइपुग्नु र विश्राममा प्रवेश गर्नु हरेक सिर्जित प्राणीमा हुनुपर्ने भावी सम्भावना र सृष्टिकर्ताद्वारा गरिनुपर्ने काम हुन्। यदि मानिसले यो काम गर्नुथियो भने, यो अति नै सीमित हुनेथियो: यसले मानिसलाई एउटा निश्चित बिन्दुमा लानेथियो तर यसले मानिसलाई अनन्त गन्तव्यमा ल्याउन सक्नेथिएन। मानिसले मानिसको नियति निर्धारण गर्न सक्दैन, यसबाहेक, न त उसले मानिसको भावी अपेक्षा र भावी गन्तव्यलाई सुरक्षित गर्न सक्छ। तथापि, परमेश्वरद्वारा गरिने काम फरक हुन्छ। परमेश्वरले मानिसलाई सृष्टि गर्नुभएको कारण, उहाँले उसलाई डोऱ्याउनुहुन्छ, उहाँले मानिसलाई मुक्ति दिनुहुने कारणले उहाँले उसलाई पूरै मुक्ति दिनुहुनेछ र उसलाई पूर्ण रूपले प्राप्त गर्नुहुनेछ उहाँले मानिसलाई अगुवाइ गर्नुहुने हुनाले, उहाँले उसलाई उचित गन्तव्यमा ल्याउनुहुनेछ; अनि उहाँले मानिसलाई सृष्टि गर्नुभएको र व्यवस्थित गर्नुभएको कारण उहाँले मानिसको भाग्य तथा भावी अपेक्षाको जिम्मेवारी पनि लिनुपर्छ। सृष्टिकर्ताद्वारा गरिने काम यही नै हो। जितको काम मानिसको भावी अपेक्षालाई शुद्ध गरेर हासिल गरिने भए तापनि, मानिसलाई अन्ततः उसको निम्ति परमेश्वरले तयार गर्नुभएको उचित गन्तव्यमा ल्याइनु नै पर्छ। परमेश्वरले मानिसको निम्ति काम गर्नुहुने भएकोले नै मानिससित एउटा गन्तव्य हुन्छ र उसको भाग्य सुनिश्चित हुन्छ। यहाँ उल्लेख भएको उचित गन्तव्य भन्नाले विगतका समयहरूमा शुद्ध गरिएका मानिसको आशा र भावी अपेक्षा होइन, ती दुई फरक छन्। मानिसले आशा गर्ने र पछ्याउने कुरा देहका अत्यधिक चाहनाहरू पछ्याउँदा उसले तृष्णा गर्ने कुरा हो, मानिसले पाउनुपर्ने गन्तव्य होइन। यसैबीच परमेश्वरले मानिसका निम्ति जे तयार गर्नुभएको छ, त्यो मानिसलाई शुद्ध पारिएपछि उसले पाउनुपर्ने आशिष् र प्रतिज्ञा हो, जुन परमेश्वरले संसार सृष्टि गरिसक्नुभएपछि मानिसका निम्ति तयार गर्नुभयो, र जुन मानिसका छनौट, धारणा, कल्पनाहरू, अथवा देहद्वारा कलङ्कित हुँदैन। यो गन्तव्य एउटा विशेष व्यक्तिका निम्ति तयार गरिएको होइन, बरु यो त सम्पूर्ण मानवजातिको विश्राम गर्ने स्थान हो। त्यसैले यो गन्तव्य मानवजातिका निम्ति सबैभन्दा उचित गन्तव्य हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
परमेश्वरका दैनिक वचनहरू अंश ५८९
सृष्टिकर्ताले सिर्जित प्राणीहरूलाई योजनाबद्ध गर्ने आशय राख्नुहुन्छ। उहाँले गर्ने कुनै कुरालाई तैँले परित्याग गर्नु वा अवज्ञा गर्नुहुँदैन, न त तँ उहाँप्रति विद्रोही नै बन्नु हुन्छ। जब उहाँले गर्नुहुने कामले अन्ततः उहाँका उद्देश्यहरू हासिल गर्दछ, यसमा उहाँले महिमा प्राप्त गर्नुहुन्छ। आज किन तँलाई मोआबको सन्तान होस् वा ठूलो रातो अजिङ्गरको सन्तान होस् भनी भनिएको छैन? किन चुनिएका मानिसहरूबारे कुनै कुराकानी छैन, केवल सृष्टि भएका प्राणीहरूको मात्र कुराकानी हुन्छ? सृष्टि गरिएको प्राणी—यो नै मानिसको सुरुको पदवी नाम थियो र यो नै उसको जन्मसिद्ध परिचय हो। नामहरू हेरफेर हुन्छन् किनभने युगहरू र कामका अवधिहरू हेरफेर हुन्छन्; वास्तवमा, मानिस एउटा साधारण सिर्जित प्राणी हो। सबै सिर्जित प्राणीहरू, चाहे ती अत्यन्त भ्रष्ट होऊन् वा अत्यन्त पवित्र होऊन्, तिनीहरूले सृष्टि गरिएको प्राणी भएको हैसियतले आफ्नो कर्तव्य पालना गर्नुपर्छ। जब परमेश्वरले जितको काम गर्नुहुन्छ, उहाँले तेरो भावी अपेक्षा, भाग्य वा गन्तव्यलाई प्रयोग गरेर तँलाई नियन्त्रण गर्नुहुन्न। वास्तवमा, यसप्रकारले काम गर्नुपर्ने कुनै खाँचो छैन। विजयको कामको लक्ष्य मानिसलाई सृजित प्राणीका रूपमा आफ्नो काम गर्न लगाउनु, उसलाई सृष्टिकर्ताको आराधना गर्न लगाउनु हो; केवल यसपछि मात्रै उसले सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्छ। मानिसको भाग्य परमेश्वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्। मानिस सधैँ आफ्नै खातिर भागदौड गर्ने र व्यस्त रहने भए पनि, उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै नियति नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृजित प्राणी नै कहलिनेथिइस् र? सङ्क्षेपमा, परमेश्वरले जसरी काम गर्नुभए तापनि, उहाँका सबै काम मानवजातिका खातिर हुन्। यो त स्वर्ग र पृथ्वी अनि यावत् थोकलाई परमेश्वरले मानिसको सेवा गर्नकै निम्ति सृष्टि गर्नुभए जस्तै हो: परमेश्वरले मानिसका लागि चन्द्र, सूर्य अनि ताराहरू बनाउनुभयो, उहाँले मानिसका लागि जनावरहरू र वनस्पतिहरू बनाउनुभयो, उहाँले मानिसका लागि वसन्त, ग्रीष्म, शरद तथा शिशिर ऋतु इत्यादि बनाउनुभयो—यी सबै मानिसको अस्तित्वका खातिर नै बनाइएका थिए। त्यसैले परमेश्वरले मानिसलाई जसरी सजाय दिनुभए तापनि, न्याय गर्नुभए तापनि, यो सबै मानिसको मुक्तिको निम्ति हो। उहाँले मानिसलाई उसका दैहिक आशाहरूबाट वञ्चित गर्नुभयो भने पनि, यो अझैँ पनि मानिसलाई शुद्धीकरण गर्नका निम्ति हो, र मानिसको शुद्धीकरण मानिसको अस्तित्वका खातिर गरिन्छ। मानिसको गन्तव्य सृष्टिकर्ताको हातमा छ, त्यसैले कसरी मानिसले आफूलाई नियन्त्रण गर्न सक्थ्यो र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
परमेश्वरका दैनिक वचनहरू अंश ५९०
विजयको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर संसारमा ल्याइनेछ। यो जीवन, अवश्य पनि, अझै यही पृथ्वीमा नै हुनेछ, तर त्यो आजको मानिसको जीवनभन्दा पूर्णतः फरक हुनेछ। यो जीवन सम्पूर्ण मानवजातिलाई विजय गरिएपछि मानवजातिसँग हुने जीवन हुनेछ, यो मानिसका निम्ति पृथ्वीमा एउटा नयाँ सुरुवात हुनेछ। मानवजातिसँग यस्तो जीवन हुनु भनेको मानवजाति एउटा नयाँ र सुन्दर क्षेत्रमा प्रवेश गरेको छ भन्ने कुराको प्रमाण हुनेछ; यो पृथ्वीमा परमेश्वर र मानिसको जीवनको सुरुवात हुनेछ। यस्तो सुन्दर जीवनको पूर्वसर्त भनेको मानिस शुद्ध पारिएपछि र विजय गरिएपछि, ऊ सृष्टिकर्ताको सामु समर्पित हुनुपर्छ। र त्यसैले, विजयको काम भनेको मानवजाति अद्भुत गन्तव्यमा प्रवेश गर्नुअघि परमेश्वरको कामको अन्तिम चरण हो। त्यस्तो जीवन नै पृथ्वीमा मानिसको भविष्यको जीवन हो, पृथ्वीमा अत्यन्तै सुन्दर जीवन, मानिसले तृष्णा गर्ने प्रकारको जीवन, संसारको इतिहासमा मानिसले यसभन्दा पहिले कहिल्यै हासिल नगरेको प्रकारको जीवन। ६,००० वर्षे व्यवस्थापनको कार्यको अन्तिम परिणाम यही नै हो। मानिसले सबैभन्दा बढी तृष्णा गर्ने कुरा यही हो, अनि मानिसलाई परमेश्वरको प्रतिज्ञा पनि यही नै हो। तर यो प्रतिज्ञा तुरुन्तै साकार हुन सक्दैन: मानिस तब मात्र भावी गन्तव्यभित्र प्रवेश गर्नेछ, जब आखिरी दिनहरूको काम पूरा भएको हुन्छ र उसलाई पूर्ण रूपमा विजय गरिएको हुन्छ, अर्थात्, जब शैतान पूर्ण रूपले पराजित भएको हुन्छ। मानिस शोधन गरिसकिएपछि ऊ पापपूर्ण स्वभावरहित हुनेछ किनकि परमेश्वरले शैतानलाई पराजित गरिसक्नुभएको हुनेछ, यसको अर्थ त्यहाँ कुनै विरोधी शक्तिहरूको अतिक्रमण हुनेछैन अनि मानिसको देहलाई आक्रमण गर्ने कुनै विरोधी शक्तिहरू हुनेछैन। यसैले मानिस स्वतन्त्र हुनेछ र पवित्र पारिनेछ—उसले अनन्ततामा प्रवेश गरिसकेको हुनेछ। अन्धकारका विरोधी शक्तिहरूलाई बन्धनमा राखिसकिएपछि मात्रै मानिस जतासुकै गए तापनि स्वतन्त्र हुन्छ अनि ऊ विद्रोहीपन वा विरोधरहित हुनेछ। शैतानलाई बन्धनभित्र राखिनुपर्छ र मानिसका सबै कुरा ठिकठाक हुनेछ; शैतानले अझै पृथ्वीमा सबै ठाउँमा बाधा पुऱ्याउने भएकाले र परमेश्वरको व्यवस्थापन यसको लक्ष्यमा पुग्न बाँकी रहेकोले हालको स्थिति अस्तित्वमा रहेको हो। शैतानलाई पराजित गरिएपछि मानिस पूर्ण रूपले स्वतन्त्र हुनेछ; जब मानिसले परमेश्वरलाई प्राप्त गर्छ र शैतानको सत्ताबाट बाहिर आउँछ, उसले धार्मिकताको सूर्यलाई हेर्नेछ। सामान्य मानिसले पाउनुपर्ने जीवन पुनर्स्थापित हुनेछ; सामान्य मानिसले अधिकार गर्नुपर्ने सबै कुराहरू—जस्तै असल र खराब छुट्याउन सक्ने क्षमता, आफूले कसरी खानुपर्छ र पहिरिनुपर्छ भन्ने समझ र सामान्य प्रकारले जिउने क्षमता—यी सबै कुरालाई पुनर्प्राप्ति गरिनेछ। यदि हव्वा सर्पद्वारा परीक्षित नभएको भए सुरुमा मानिस सृष्टि गरिएपछि ऊसित यस प्रकारको जीवन हुनेथियो। उसले खानेथियो, पहिरिनेथियो र पृथ्वीमै सामान्य जीवन जिउनेथियो। मानिस भ्रष्ट भइसकेपछि यो जीवन एउटा अप्राप्य भ्रम भयो र आज पनि मानिसले त्यस्ता कुराहरूको कल्पना गर्ने साहस गर्न सक्दैन। वास्तवमा, मानिसले तृष्णा गरेको यो सुन्दर जीवन एउटा आवश्यकता हो। यदि मानिस त्यस्तो गन्तव्यरहित भएको भए, पृथ्वीमा उसको भ्रष्ट जीवन कहिल्यै टुङ्गिदैन थियो अनि यदि यस्तो सुन्दर जीवन नभएको भए, शैतानको भाग्य वा यस युग जसमा शैतानको पृथ्वीमाथि शक्ति छ, त्यसको अन्त्य हुँदैनथियो। मानिस अन्धकारका शक्तिहरू पुग्न नसक्ने राज्यभित्र आउनुपर्छ र जब मानिस त्यहाँ आइपुग्छ, शैतान पराजित भइसकेको छ भन्ने कुरा यसले प्रमाणित गर्नेछ। यस प्रकारले जब शैतानको कुनै बाधा हुँदैन तब परमेश्वर स्वयमले मानवजातिलाई नियन्त्रण गर्नुहुनेछ र उहाँले मानिसको सम्पूर्ण जीवनमाथि हुकुम चलाउनुहुनेछ र नियन्त्रण गर्नुहुनेछ; तब मात्र शैतान साँचो रूपमा हारेको हुनेछ। मानिसको जीवन आज मुख्यतया एउटा अशुद्धताको जीवन हो; यो अझै पनि कष्ट र पीडाको जीवन हो। यसलाई शैतानको पराजय भन्न सकिँदैन; मानिस अझै पनि कष्टको सागरदेखि उम्कन बाँकी नै छ, मानिसको जीवनभरिको कठिनाइदेखि वा शैतानको प्रभावदेखि उम्कन बाँकी नै छ र ऊसित अझै परमेश्वरको अति सूक्ष्म ज्ञान मात्रै छ। मानिसको सबै कठिनाइ शैतानद्वारा सृष्टि गरिएको थियो; मानिसको जीवनभरि पीडा ल्याउने शैतान नै थियो र शैतानलाई बन्धनमा राखिएपछि मात्रै मानिस कष्टको सागरदेखि पूर्ण रूपले उम्कनेछ। तापनि, शैतानको बन्धन मानिसलाई र उसको हृदयलाई जितिसकेपछि अनि मानिसलाई शैतानसितको युद्धमा लुटको माल बनाइसकेपछि मात्रै हासिल गरिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
परमेश्वरका दैनिक वचनहरू अंश ५९१
विजेता बन्नु र सिद्ध पारिनु भनेका त्यस्ता कुरा हुन् जसलाई मानिसले आज पृथ्वीमा सामान्य मानव जीवन पाउनुभन्दा पहिले पछ्याउँछ, र त्यस्ता लक्ष्य हुन् जसलाई उसले शैतानलाई बन्धनमा पारिनुभन्दा पहिले पछ्याउँछ। सारमा भन्दा, मानिसको विजेता बन्ने, सिद्ध पारिने, वा धेरै प्रयोग गरिने पछ्याइ भनेको शैतानको प्रभावबाट उम्कनका लागि हो: मानिसको पछ्याइ विजेता बन्नु हो, तर अन्तिम परिणाम शैतानको प्रभावबाट उसको छुटकारा हुनेछ। यदि मानिस शैतानको प्रभावबाट उम्कन्छ भने, उसले पृथ्वीमा सामान्य मानव जीवन, अर्थात् परमेश्वरको आराधना गर्ने जीवन जिउन सक्छ। विजेता बन्नु र सिद्ध पारिनु भनेका आज पृथ्वीमा सामान्य मानव जीवन पाउनुभन्दा पहिले मानिसले पछ्याउने कुराहरू हुन्। ती मुख्यतया शुद्ध पारिन र सत्यतालाई व्यवहारमा लागु गर्नका खातिर, अनि सृष्टिकर्ताको आराधना गर्नका निम्ति पछ्याइन्छन्। यदि मानिससँग पृथ्वीमा सामान्य मानव जीवन, अर्थात् दुःख वा सङ्कष्टविनाको जीवन छ भने, मानिस विजेता बन्ने पछ्याइमा लाग्नेछैन। “विजेता बन्नु” र “सिद्ध पारिनु” भनेका परमेश्वरले मानिसलाई पछ्याउन उद्देश्यहरू हुन्, र यी उद्देश्यहरूको पछ्याइमार्फत उहाँ मानिसलाई सत्यतालाई व्यवहारमा लागु गर्न र अर्थपूर्ण जीवन जिउन लगाउनुहुन्छ। यो उद्देश्य भनेको मानिसलाई पूर्ण पार्नु र उसलाई प्राप्त गर्नु हो, र विजेता बन्ने वा सिद्ध पारिने पछ्याइ एउटा माध्यम मात्रै हो। भविष्यमा, यदि मानिस अद्भुत गन्तव्यमा प्रवेश गर्छ भने, त्यहाँ विजेता बन्ने र सिद्ध पारिने कुराको कुनै उल्लेख हुनेछैन; त्यहाँ हरेक सृजित प्राणीले आफ्नो कर्तव्य निर्वाह गर्ने कुरा मात्रै हुनेछ। आज, मानिसका लागि एउटा दायरा परिभाषित गर्नका निम्ति मात्र मानिसलाई यी कुराहरू पछ्याउन लगाइन्छ, ताकि मानिसको पछ्याइ अझ बढी लक्षित र व्यावहारिक हुन सकोस्। अन्यथा, मानिस अस्पष्ट अमूर्तताबीच जिउनेछ, र अनन्त जीवनमा प्रवेश गर्ने पछ्याइमा हुनेछ, र यदि यस्तो भयो भने, के मानिस अझ बढी दयनीय हुनेछैन र? लक्ष्य वा सिद्धान्तहरूविना यसरी पछ्याउनु—के यो आफैलाई छल गर्नु होइन र? अन्ततः, यो पछ्याइ स्वाभाविक रूपमा फलहीन हुनेछ; अन्त्यमा, मानिस अझै पनि शैतानको सत्ताअन्तर्गत जिउनेछ र यसबाट आफूलाई मुक्त गर्न असमर्थ हुनेछ। आफूलाई किन यस्तो उद्देश्यहीन पछ्याइमा लगाउने? जब मानिस अनन्त गन्तव्यमा प्रवेश गर्छ, तब मानिसले सृष्टिकर्ताको आराधना गर्नेछ, र मानिसले मुक्ति पाएको र अनन्ततामा प्रवेश गरेको हुने हुनाले, मानिसले उप्रान्त कुनै लक्ष्य पछ्याउनेछैन, उसले शैतानको घेरामा परिने चिन्ता त झनै गर्नुपर्नेछैन। यस समयमा, हरेक व्यक्ति आफ्नो मर्यादामा रहनेछ, र आफ्नो कर्तव्य निर्वाह गर्नेछ, र तिनीहरूलाई सजाय नदिइए पनि वा तिनीहरूको न्याय नगरिए पनि, हरेक व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नेछ। त्यस समयमा, मानिस पहिचान र हैसियत दुवै हिसाबमा एउटा सृजित प्राणी हुनेछ। त्यहाँ अब उच्च र नीचको भेद हुनेछैन; कुरा यत्ति हो कि हरेक व्यक्तिले फरक प्रकार्य निर्वाह गर्नेछ। तैपनि मानिस अझै पनि व्यवस्थित र मानवजातिका लागि उपयुक्त गन्तव्यमा जिउनेछ; मानिसले सृष्टिकर्ताको आराधना गर्नका खातिर आफ्नो कर्तव्य निर्वाह गर्नेछ, र यो मानवजाति नै अनन्तताको मानवजाति हुनेछ। त्यस समयमा, मानिसले परमेश्वरद्वारा ज्योति दिइएको जीवन, परमेश्वरको हेरचाह र सुरक्षाअन्तर्गतको जीवन प्राप्त गरेको हुनेछ, र ऊ परमेश्वरसँगै जिउनेछ। मानवजातिले पृथ्वीमा सामान्य जीवन जिउनेछ, र सबै मानिस सही मार्गमा प्रवेश गर्नेछन्। ६,००० वर्षे व्यवस्थापनको योजनाले शैतानलाई पूर्ण रूपमा पराजित गरेको हुनेछ, जसको अर्थ परमेश्वरले पृथ्वीमा मानिसलाई सृष्टि गरेपछिको मानिसको मौलिक स्वरूपलाई पुनर्स्थापित गर्नुभएको हुनेछ, र यसरी, परमेश्वरका मौलिक अभिप्रायहरू पूरा भएका हुनेछन्। सुरुमा, मानवजातिलाई शैतानद्वारा भ्रष्ट तुल्याइनुअघि, मानवजाति पृथ्वीमा सामान्य जीवन जिउँथ्यो। पछि, जब मानिसलाई शैतानद्वारा भ्रष्ट तुल्याइयो, तब मानिसले यो सामान्य जीवन गुमायो, अनि परमेश्वरको व्यवस्थापनको कार्य, र मानिसको सामान्य जीवन पुनर्स्थापित गर्न शैतानसँगको लडाइँ त्यहीँबाट सुरु भयो। जब परमेश्वरको ६,००० वर्षे व्यवस्थापनको कार्य समाप्त हुन्छ तब मात्र सारा मानवजातिको जीवन आधिकारिक रूपमा पृथ्वीमा सुरु हुनेछ; तब मात्र मानिसको जीवन अद्भुत हुनेछ, र परमेश्वरले सुरुमा मानिसलाई सृष्टि गर्नुको उद्देश्य, साथै मानिसको मौलिक रूपलाई पुनर्स्थापित गर्नुहुनेछ। त्यसैले, एक पटक मानिससँग पृथ्वीमा मानवजातिको सामान्य जीवन भएपछि, मानिस विजेता बन्ने वा सिद्ध पारिने पछ्याइमा लाग्नेछैन, किनभने मानिसलाई पवित्र पारिएको हुनेछ। मानिसहरूले कुरा गर्ने “विजेताहरू” र “सिद्ध पारिनु” भनेका परमेश्वर र शैतानबीचको लडाइँको दौरान मानिसलाई पछ्याउन दिइएका उद्देश्यहरू हुन्, र मानिसलाई भ्रष्ट तुल्याइएको हुनाले मात्र ती अस्तित्वमा छन्। तँलाई एउटा उद्देश्य दिएर र तँलाई यो उद्देश्य पछ्याउन लगाएर नै शैतानलाई पराजित गरिनेछ। तँलाई विजेता बन्न, सिद्ध पारिन वा प्रयोग गरिन भनिनुको अर्थ शैतानलाई लज्जित पार्नका निम्ति तैँले गवाही दिनुपर्छ भन्ने हो। अन्त्यमा, यदि मानिसहरू पृथ्वीमा सामान्य मानव जीवन जिउँछन् र सबैलाई पवित्र पारिएको छ भने, के तिनीहरू अझै पनि विजेता बन्ने पछ्याइमा लाग्नेछन्? के तिनीहरू सबै सृजित प्राणी होइनन् र? विजेता बन्ने र सिद्ध पारिएको व्यक्ति बन्नेबारे कुरा गर्नुपर्दा, यी वचनहरू शैतानप्रति, र मानिसको फोहोरीपनप्रति लक्षित छन्। के यो “विजेता” भन्ने शब्दले शैतान र शत्रुवत् शक्तिहरूमाथिको विजयलाई जनाउँदैन र? तैँले आफू सिद्ध पारिएको भनेर भन्दा, तँभित्रको कुन कुरा सिद्ध पारिएको हुन्छ? के त्यो तैँले आफ्ना शैतानी भ्रष्ट स्वभावहरू फालेको, र परमेश्वरलाई उच्च प्रेम गर्न थालेको होइन र? यस्ता कुराहरू मानिसभित्रका फोहोरी कुराहरूका सम्बन्धमा, र शैतानको सम्बन्धमा भनिन्छन्; ती परमेश्वरको सम्बन्धमा भनिदैनन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
परमेश्वरका दैनिक वचनहरू अंश ५९२
जब मानिसले पृथ्वीमा मानवको वास्तविक जीवन प्राप्त गर्दछ र शैतानका सम्पूर्ण शक्तिहरू बन्धनमा पर्छन्, तब मानिस पृथ्वीमा सजिलै जिउन सक्छ। परिस्थिति आजको जस्तो जटिल हुनेछैन: मानवीय सम्बन्धहरू, सामाजिक सम्बन्धहरू, जटिल पारिवारिक सम्बन्धहरू—यिनले अति धेरै समस्या, अति धेरै पीडा ल्याउँछन्! यहाँ मानिसको जीवन धेरै नै दयनीय छ! मानिस जितिएपछि, उसको हृदय र मन परिवर्तन हुनेछ: ऊसित परमेश्वरको डर मान्ने र परमेश्वरलाई प्रेम गर्ने ह्रदय हुनेछ। परमेश्वरलाई प्रेम गर्न खोज्ने ब्रह्माण्डका सबै जना जितिएपछि अर्थात् शैतानलाई पराजित गरिसकेपछि र शैतानलाई—अन्धकारका सबै शक्तिहरू बन्धनमा परेपछि पृथ्वीमा मानिसको जीवनमा बाधा आउनेछैन र ऊ पृथ्वीमा स्वतन्त्र रूपमा जिउन सक्नेछ। यदि मानिसको जीवन देहगत सम्बन्ध र देहको जटिलताविना नै थियो भने, त्यो धेरै सजिलो हुनेथियो। मानिसको देहको सम्बन्ध धेरै जटिल छ र मानिसमा यस्ता कुराहरू हुनु भनेको उसले आफूलाई शैतानको प्रभावबाट स्वतन्त्र पार्न सकेको छैन भन्ने कुराको प्रमाण हो। यदि तेरा प्रत्येक दाजुभाइ र दिदीबहिनीसँग त्यस्तै सम्बन्ध थियो भने, यदि तेरो परिवारको प्रत्येक सदस्यसँग उस्तै सम्बन्ध थियो भने, तँलाई कुनै चिन्ता हुनेथिएन र तैँले कसैको बारेमा चिन्ता लिइरहनुपर्ने थिएन। केही पनि राम्रो हुन सक्दैन र यसरी मानिसले उसको आधा दुःखबाट छुटकारा पाउँछ। पृथ्वीमा सामान्य मानव जीवन जिउँदा मानिस स्वर्गदूतहरूजस्तै हुनेछन्; अझ पनि शरीरमा नै भए पनि ऊ स्वर्गदूतजस्तै हुनेछ। अन्तिम प्रतिज्ञा यही हो, मानिसलाई दिइएको अन्तिम प्रतिज्ञा। आज मानिस सजाय र न्यायबाट भएर जान्छ; के तँ मानिसले गर्ने त्यस्ता अनुभवहरू अर्थहीन छन् भनी सोच्छस्? के सजाय र न्यायको काम विनाकारण गर्न सकिन्छ? मानिसलाई सजाय दिनु र न्याय गर्नु भनेको उसलाई अतल कुण्डमा फाल्नु हो, जसको अर्थ उसका भाग्य र सम्भावनाहरू खोस्नु हो भनेर यसभन्दा पहिले भनिएको थियो। यो एउटा कुराका लागि हो: मानिसलाई शुद्ध पार्नु। मानिसलाई जानाजानी अतल कुण्डमा हालिँदैन, त्यसपछि परमेश्वरले ऊबाट आफ्ना हातहरू धुनुहुन्छ। यसको साटो, यो, मानिसभित्रको विद्रोहीपनलाई काट-छाँट गर्नलाई हो, यसैले कि अन्त्यमा मानिसभित्रका थोकहरू शुद्ध हुन सकून्, यसरी उसले परमेश्वरको सत्य ज्ञान पाउन सकोस् र पवित्र व्यक्तिजस्तो हुन सकोस्। यदि यसो गरियो भने, सबै कुरा पूरा हुनेछ। वास्तवमा, जब मानिसभित्रका काट-छाँट गर्नुपर्ने ती कुराहरूलाई काट-छाँट गरिन्छ र मानिसको गवाही जोडदार हुन्छ, तब शैतान पनि पराजित हुनेछ र मानिसभित्र सुरुदेखि नै रहेका केही कुराहरू शुद्ध नभए पनि शैतान पराजित भएपछि यसले उप्रान्त बाधा पुऱ्याउनेछैन र त्यो बेला मानिस पूर्ण रूपमा शुद्ध पारिएको हुनेछ। मानिसले त्यस्तो जीवनको अनुभव कहिल्यै गरेको छैन तर जब शैतानलाई पराजित गरिएपछि, सबै कुरा मिलाइनेछ अनि ती सबै तुच्छ कुराहरूको समाधान गरिनेछ र एक पटक त्यो मुख्य समस्या समाधान गरेपछि अरू सबै समस्याहरू समाप्त हुनेछन्। परमेश्वर पृथ्वीमा देहधारण गरी आउनुभएको यो अवधिमा जब उहाँले पृथ्वीमा मानिसहरूको माझमा व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुन्छ, तब उहाँले गर्नुहुने सबै कामहरू शैतानलाई हराउनका लागि गरिन्छ र उहाँले मानिसमाथि विजय हासिल गरेर अनि तिमीहरूलाई सम्पूर्ण बनाएर शैतानलाई हराउनुहुनेछ। जब तिमीहरूले जोडदार गवाही दिन्छौ, यो पनि शैतानको पराजयको चिह्न हुनेछ। पहिले मानिसलाई जितिनेछ र शैतानलाई पराजित गर्नको लागि अन्त्यमा उसलाई पूर्ण रूपमा सिद्ध बनाइन्छ। तापनि, सारमा शैतानको पराजयको साथसाथै यो कष्टको रित्तो समुद्रबाटको सारा मानवजातिको मुक्ति पनि हो। काम सम्पूर्ण ब्रह्माण्डमा गरिओस् वा चीनमा गरिओस्, ती सबै शैतानलाई हराउन र सम्पूर्ण मानवजातिलाई मुक्ति दिनका लागि गरिन्छ, ताकि मानिस विश्रामको स्थानमा प्रवेश गर्न सकोस्। देहधारी परमेश्वर, यो सामान्य देह, शैतानलाई हराउनकै निम्ति हो। शरीरमा आउनुभएका परमेश्वरको काम आकाशमुनि उहाँलाई प्रेम गर्नेहरू सबैको मुक्तिका निम्ति हो, यो सम्पूर्ण मानवजातिलाई जित्नका लागि हो र त्यसबाहेक शैतानलाई पराजित गर्नका लागि पनि हो। परमेश्वरका सबै व्यवस्थापन कार्यका मुख्य कुराहरू सारा मानवजातिलाई मुक्ति दिनको लागि शैतानलाई पराजय गर्ने कार्यबाट अलग गर्न सकिँदैन। यो धेरै जस्तो काममा किन तिमीहरूलाई गवाही दिने कुरा गरिन्छ? यो गवाही कोतिर निर्देशित हुन्छ? के यो शैतानतिर निर्देशित हुँदैन? यो गवाही परमेश्वरका निम्ति दिइन्छ र यो परमेश्वरको कामले यसको प्रभाव प्राप्त गरेको गवाही दिनका निम्ति दिइन्छ। गवाही दिनु शैतानलाई हराउने कामसँग सम्बन्धित छ; यदि शैतानसँग लडाइँ गर्नुपर्ने थिएन भने, मानिसले गवाही दिनुपर्ने थिएन। शैतानलाई पराजित गर्नै पर्ने र त्यसको साथै मानिसलाई मुक्ति दिनु पर्ने भएकोले परमेश्वरले मानिससँग शैतानको अगि गवाही दिने माग गर्नुहुन्छ, जसलाई उहाँले मानिसलाई मुक्ति दिन र शैतानसँग युद्ध गर्नको लागि प्रयोग गर्नुहुन्छ। फलस्वरूप, मानिस मुक्तिको पात्र र शैतानलाई पराजित गर्ने साधन दुवै हो, त्यसैले मानिस परमेश्वरको सम्पूर्ण व्यवस्थापन कार्यको केन्द्र हो भने शत्रु शैतान केवल विनाशको पात्र हो। तैँले केही गरेको छैनस् जस्तो तँलाई लाग्न सक्छ तर तेरो स्वभावमा भएको परिवर्तनको कारण गवाही दिइएको छ र त्यो गवाही शैतानतिर निर्देशित हुन्छ र मानिसलाई दिइएको हुँदैन। मानिस त्यस्तो गवाहीको आनन्द लिने योग्यको छैन। उसले परमेश्वरले गर्नुभएको काम कसरी बुझ्न सक्छ? परमेश्वरको लडाइँको पात्र शैतान हो; मानिसचाहिँ केवल मुक्तिको पात्र मात्र हो। मानिससँग शैतानिक भ्रष्ट स्वभावहरू छन् र यो काम बुझ्न असक्षम छ। यो शैतानको भ्रष्टताको कारणले यो मानिसमा अन्तर्निहित रूपमा छैन तर शैतानद्वारा निर्देशित हुन्छ। आज, परमेश्वरको मुख्य काम शैतानलाई हराउनु हो अर्थात् मानिसहरूलाई पूर्ण रूपमा जित्नु हो, यसैले कि मानिसले शैतानको सामु परमेश्वरलाई अन्तिम गवाही दिन सकोस्। यसरी, सबै कुराहरू पूरा हुनेछन्। धेरैजसो अवस्थाहरूमा, तेरो नाङ्गो आँखाको लागि के देखिन सक्छ भने, केही पनि गरिएको छैन तर वास्तवमा, काम पहिलेबाटै पूरा भइसकेको हुन्छ। मानिस पूरा भएका सबै कामहरू देख्न सकियोस् भन्ने चाहन्छ, तैपनि तिमीहरूका निम्ति देख्न सक्ने नबनाई मैले मेरो काम पूरा गरेको छु, किनकि शैतान झुकेको छ, जसको अर्थ त्यो पूर्ण रूपमा पराजित भएको छ, परमेश्वरको सबै ज्ञान, शक्ति र अख्तियारले शैतानलाई हराएको छ। यो हामीले धारण गर्नैपर्ने गवाही हो तर यो मानिसमा स्पष्ट व्यक्त नगरिए पनि, यो नाङ्गो आँखाले नदेखिए पनि शैतान पहिलेबाटै हारिसकेको छ। यो कामको सम्पूर्णता शैतानविरुद्ध निर्देशित छ र शैतानसितको लडाइँको कारण यो पूरा गरिन्छ। यसरी, धेरै यस्ता कुराहरू छन् जुन मानिसले सफल भइरहेको भनी देख्दैन तर जुन परमेश्वरको आँखामा, धेरैअघि नै सफलतापूर्वक पूरा भइसकेका थिए। यो परमेश्वरका सबै कामको एक भित्री सत्यता हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
परमेश्वरका दैनिक वचनहरू अंश ५९३
सिद्ध हुन इच्छुक सबैसित सिद्ध बनाइने मौका हुन्छ, त्यसैले सबै जना ढुक्क हुनुपर्छ: भविष्यमा तिमीहरू सबै गन्तव्यमा प्रवेश गर्नेछौ। तर यदि तँ सिद्ध हुन इच्छुक छैनस् र त्यो सुन्दर क्षेत्रमा प्रवेश गर्न इच्छुक छैनस् भने, त्यो तेरो आफ्नै समस्या हो। ती सबै जो सिद्ध हुन इच्छुक छन् र परमेश्वरप्रति बफादार हुन्छन्, ती सबै जो समर्पित हुन्छन् र जसले विश्वासयोग्य ढङ्गले आफ्नो काम गर्दछन्—त्यस्ता सबै मानिसहरूलाई सिद्ध बनाउन सकिन्छ। आज, ती सबै जसले बफादार भई आफ्नो कर्तव्य पालन गर्दैनन्, ती सबै जो परमेश्वरप्रति बफादार छैनन्, ती सबै जो परमेश्वरको अधीन बस्दैनन्, विशेष गरी तिनीहरू जसले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरेका छन्, तर त्यसलाई व्यवहारमा प्रयोग गर्दैनन्, त्यस्ता सबै मानिसहरू सिद्ध बन्न असमर्थ हुन्छन्। बफादार हुन र परमेश्वरप्रति समर्पित हुन इच्छुक सबैलाई सिद्ध तुल्याउन सकिन्छ, चाहे तिनीहरू थोरै अज्ञानी नै किन नहोऊन्; ती सबै जो पछ्याउन इच्छुक छन्, तिनीहरूलाई सिद्ध पार्न सकिन्छ। यसबारे चिन्ता लिनु आवश्यक छैन। जबसम्म तँ यस दिशातिर लाग्न तयार हुन्छस्, तँलाई सिद्ध पारिन सकिन्छ। म तिमीहरूको बीचमा भएका कसैलाई पनि त्याग्न वा हटाउन इच्छुक छैनँ तर यदि तँ राम्रो गर्ने प्रयास गर्दैनस् भने, तैँले केवल आफैलाई हानि गरिरहेको हुन्छस्; तँलाई हटाउने म होइनँ बरु तँ आफै होस्। यदि तँ आफैले राम्रो गर्ने कोसिस गर्दैनस् भने—यदि तँ अल्छी छस् वा आफ्नो कर्तव्य पालन गर्दैनस् वा तँ बफादार छैनस्, वा सत्यको पछि लाग्दैनस् र सधैँ तँलाई जे मन लाग्छ त्यही गर्छस्, यदि तँ लापरवाही व्यवहार गर्छस्, तेरो आफ्नै प्रसिद्धि र धनको लागि लडाइँ गर्छस्, विपरीत लिङ्गप्रतिको तेरो व्यवहारमा बेइमान छस् भने, तैँले आफ्नो पापको बोझ आफै बोक्नेछस्; तँ कसैको दया पाउने लायकको हुँदैनस्। मेरो अभिप्राय तिमीहरू सबै सिद्ध पारिऊ र कम्तीमा पनि विजय गरिऊ भन्ने हो, ताकि यस चरणको काम सफलतापूर्वक पूरा हुन सकोस्। परमेश्वरको चाहना हरेक व्यक्ति सिद्ध पारिओस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्ने छ। मैले तिमीहरू पिछडिएका छौ वा कम क्षमताका छौ भने पनि—यी सब तथ्य हुन्। तर, मैले यसो भन्नुले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा गुमाएको छु भन्ने प्रमाणित गर्दैन, अनि म तिमीहरूलाई मुक्ति दिन अनिच्छुक छु भन्ने त झनै प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध पारिने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एक जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर क्षमताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँप्रतिका मेरा मागहरू यसअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्षम छस् भने, तँप्रति मेरा मागहरू यही बमोजिम हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्दिनँ, निश्चित प्रकारका प्रकार्य मात्र गर्न सक्छु भन्छस् भने, चाहे त्यो सुसमाचार प्रचार गर्ने होस् वा मण्डलीको रेखदेख गर्ने होस्, वा अन्य सामान्य कुराहरूमा सहभागी हुने होस्, मैले तँलाई सिद्ध पार्ने काम तैँले गर्ने प्रकार्यअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्वरलाई सक्दो प्रेम गर्न खोज्नु—यी तैँले पूरा गर्नैपर्ने कुरा हुन्, केवल यी तीन कुरा, र यी सबैभन्दा राम्रा अभ्यासहरू हुन्। अन्त्यमा, मानिसहरूले यी तीन कुरा हासिल गर्नु आवश्यक हुन्छ, र ती प्राप्त गर्न सक्नेहरूलाई सिद्ध पारिनेछ। तर सबैभन्दा मुख्य कुरा, तैँले निष्कपट रूपमा पछ्याउनुपर्छ, तँ सक्रिय रूपमा अगाडि र माथितिर बढ्नुपर्छ र यस मामिलामा निष्क्रिय हुनुहुँदैन। मैले भनेको छु, प्रत्येक व्यक्तिसँग सिद्ध पारिने मौका हुन्छ र प्रत्येक व्यक्ति सिद्ध पारिनका लागि सक्षम हुन्छ, र यो सत्य हो, तर तँ उँभो लाग्न प्रयास गर्दैनस्। यी तीन मापदण्ड पूरा नगर्नेहरूलाई अझै पनि अन्त्यमा हटाइनेछ। सबैले यो गतिलाई पछ्याउन सकून् भन्ने म चाहन्छु, म सबैले पवित्र आत्माको काम र अन्तर्दृष्टि प्राप्त गरोस् र अन्त्यसम्म समर्पित हुन सकोस् भन्ने चाहन्छु, किनकि तिमीहरू प्रत्येकले गर्नुपर्ने कर्तव्य यही हो। जब तिमीहरू सबैले आफ्नो कर्तव्य पूरा गर्छौ तब तिमीहरू सबै सिद्ध बनाइएका हुनेछौ, तिमीहरूका गवाही पनि धेरै शानदार हुन्छ। गवाही हुनेहरू सबै शैतानमाथि विजय बनेका र परमेश्वरका प्रतिज्ञा प्राप्त गरेका हुन्छन् अनि तिनीहरू ती व्यक्तिहरू हुन् जो त्यस सुन्दर गन्तव्यमा बस्नको लागि रहिरहनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
परमेश्वरका दैनिक वचनहरू अंश ५९४
प्रारम्भमा, परमेश्वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्वरले अझै कुनै काम गर्नुभएको थिएन। मानवजाति अस्तित्वमा आएपछि र मानवजाति भ्रष्ट भएपछि मात्र उहाँले आफ्नो व्यवस्थापनको काम सुरु गर्नुभयो; त्यस घडीदेखि उहाँले विश्राम लिनुभएन, बरु मानवजातिमाझ व्यस्त हुन थाल्नुभयो। मानवजातिको भ्रष्टताले गर्दा साथै प्रधान स्वर्गदूतको विश्वासघतले गर्दा परमेश्वरले आफ्नो विश्राम गुमाउनुभयो। यदि परमेश्वरले शैतानलाई परास्त गर्नुहुन्न र भ्रष्ट भएको मानवजातिलाई मुक्त गर्नुहुन्न भने, उहाँ फेरि कहिल्यै पनि विश्राममा प्रवेश गर्न सक्षम हुनुहुनेछैन। जसरी मानिसलाई विश्रामको कमी छ, त्यसरी नै परमेश्वरलाई पनि विश्रामको कमी छ, र जब उहाँले फेरि विश्राम गर्नुहुन्छ, मानवले पनि विश्राम गर्नेछ। विश्राममा जिउनुको अर्थ युद्धरहित, अशुद्धतारहित, र निरन्तरको अधार्मिकतारहित जीवन हो। भन्नुको अर्थ, यो शैतानका बाधाहरू (यहाँ “शैतान” शब्दले शत्रु-शक्तिहरूलाई जनाउँछ) र शैतानको भ्रष्टतारहित, अनि परमेश्वरको कुनै विरोधी शक्तिको आक्रमणबाट मुक्त जीवन होइन; यो सबै थोकलाई तिनकै प्रकारअनुसार वर्गीकरण गरिने र सबै थोकले सृष्टिकर्ताको आराधना गर्न सक्ने, र स्वर्ग र पृथ्वी पूर्ण रूपमा शान्त हुने जीवन हो—“मानवहरूको विश्रामपूर्ण जीवन” भन्ने शब्दहरूको अर्थ यही हो। जब परमेश्वरले विश्राम गर्नुहुन्छ, तब पृथ्वीमा अधार्मिकता विद्यमान रहनेछैन, अनि शत्रुका शक्तिहरूबाट कुनै अरू आक्रमण हुनेछैनन्, र मानवजाति एउटा नयाँ राज्यमा प्रवेश गर्नेछ—उप्रान्त मानवजाति शैतानद्वारा भ्रष्ट पारिएको हुनेछैन, बरु शैतानद्वारा भ्रष्ट पारिएपछि मुक्त गरिएको मानवजाति हुनेछ। मानवजातिको विश्रामको दिन नै परमेश्वरको पनि विश्रामको दिन हुनेछ। परमेश्वर मौलिक रूपमा नै विश्राम गर्न असक्षम हुनुभएकोले होइन, तर विश्राममा प्रवेश गर्न मानवजातिको असक्षमताले नै उहाँले आफ्नो विश्राम गुमाउनुभएको हो। विश्राममा प्रवेश गर्नुको अर्थ सबै थोक ठप्प हुन्छ वा विकसित हुन नै रोकिन्छ भन्ने होइन, न त यसको आशय, परमेश्वरले काम गर्न छोड्नुहुन्छ वा मानव जिउन छोड्छ भन्ने नै हो। शैतानलाई नष्ट गरिनु, यसको दुष्कर्मका सरिक हुने खराब मानिसहरूलाई दण्डित गर्नु र निमिट्यान्न पार्नु साथै परमेश्वरको सारा शत्रुका शक्तिहरू अस्तित्वमा नरहनु नै विश्राममा प्रवेश गरिएको सङ्केत हुनेछ। परमेश्वर विश्राममा प्रवेश गर्नुको अर्थ उहाँले मानवजातिको मुक्तिको निम्ति यस उप्रान्त उहाँको काम नगर्नु हो भन्ने हुन्छ। मानवजाति विश्राममा प्रवेश गर्नुको अर्थ सबै मानवजाति परमेश्वरको ज्योतिभित्र र उहाँको आशिषहरूमुनि, शैतानको भ्रष्टताविना जिउनेछन् र कुनै अधार्मिकता हुनेछैन भन्ने हो। परमेश्वरको हेरचाहमुनि, मानव पृथ्वीमा सामान्य रूपमा जिउनेछन्। जब परमेश्वर र मानवजाति एकसाथ विश्राममा प्रवेश गर्छन्, यसको अर्थ मानवजातिलाई मुक्त गरिएको छ, शैतानलाई नष्ट पारिएको छ र मानवमा परमेश्वरको काम पूर्ण रूपमा पूरा भएको छ भन्ने हुन्छ। परमेश्वरले यस उप्रान्त मानवमा काम गर्नुहुनेछैन र तिनीहरू शैतानको सत्ताअन्तर्गत रहनेछैनन्। त्यसै गरी, परमेश्वर यस उप्रान्त व्यस्त हुनुहुनेछैन, र मानव अनवरत गतिमा हुनेछैन; परमेश्वर र मानव एकैसाथ विश्राममा प्रवेश गर्नेछन्। परमेश्वर उहाँको मौलिक स्थानमा फर्कनुहुनेछ, र हरेक व्यक्ति तिनीहरूको आ-आफ्नो ठाउँमा फर्कनेछन्। परमेश्वरको समग्र व्यवस्थापन सिद्धिएपछि परमेश्वर र मानव बसोबास गर्ने गन्तव्यहरू यी नै हुन्। परमेश्वरसँग परमेश्वरकै गन्तव्य छ र मानवसँग मानवकै गन्तव्य छ। विश्राम गरिरहँदा, परमेश्वरले सबै मानवलाई पृथ्वीमा तिनीहरूको जीवनमा मार्गदर्शन गरिरहनुहुनेछ र उहाँको ज्योतिमा हुँदा, तिनीहरूले स्वर्गमा हुनुहुने एक मात्र साँचो परमेश्वरको आराधना गर्नेछन्। उप्रान्त, परमेश्वर मानवजातिको माझमा बस्नुहुनेछैन, न त मानिसहरू परमेश्वरसँगै उहाँको गन्तव्यमा बस्नेछन्। परमेश्वर र मानव उही क्षेत्रभित्र रहन सक्नुहुन्न; बरु, दुवैको आ-आफ्नै जिउने शैली हुन्छ। परमेश्वरले नै सारा मानवजातिलाई मार्गदर्शन गर्नुहुनेछ, र सारा मानवजाति नै परमेश्वरको व्यवस्थापन कार्यको चरमता हो। नेतृत्व गरिनेहरू मानव नै हुन् र उनीहरू परमेश्वरकै सारका हुँदैनन्। “विश्राम” गर्नुको अर्थ उसको आफ्नै मौलिक स्थानमा फर्कनु हो। यसकारण, जब परमेश्वर आफ्नो विश्राममा प्रवेश गर्नुहुन्छ, तब यसको अर्थ, उहाँ आफ्नो मौलिक स्थानमा फर्कनुभएको छ भन्ने हुन्छ। उहाँ उप्रान्त पृथ्वीमा बस्नुहुनेछैन वा मानवजातिको आनन्द र कष्टमा संलग्न हुन मानवजातिमाझ रहनुहुनेछैन। जब मानवहरू विश्राममा प्रवेश गर्छन्, यसको अर्थ उनीहरू सृष्टिको साँचो सृष्टि गरिएका प्राणी हुनेछन् भन्ने हो; तिनीहरूले पृथ्वीबाट नै परमेश्वरको आराधना गर्नेछन् र सामान्य जीवन जिउनेछन्। मानिसहरू उप्रान्त परमेश्वरविरुद्ध विद्रोह गर्नेछैनन् वा तिनीहरूले उहाँको प्रतिरोध गर्नेछैनन्, अनि आदम र हव्वाको मौलिक जीवनतिर फर्कनेछन्। विश्राममा प्रवेश गरेपछि परमेश्वर र मानवका आ-आफ्नै जीवन र गन्तव्यहरू यिनै हुनेछन्। शैतान र परमेश्वर बीचको युद्धमा शैतानको हार अपरिहार्य छ। यस्तै, परमेश्वरको व्यवस्थापन कार्यको पूर्णता र विश्राममा मानवजातिको पुर्ण मुक्ति र प्रवेशपछि विश्राममा हुने परमेश्वरको प्रवेश पनि अनिवार्य छन्। मानवजातिको विश्रामको स्थान पृथ्वी हो र परमेश्वरको विश्रामको स्थान स्वर्ग हो। मानवले विश्राममा रहनुहुने परमेश्वरको आराधना गर्दा, तिनीहरू पृथ्वीमा बस्नेछन्, र परमेश्वरले बाँकी मानवलाई विश्राममा डोर्याउनुहुँदा, उहाँले उनीहरूलाई पृथ्वीबाट होइन स्वर्गबाट अगुवाइ गर्नुहुनेछ। परमेश्वर अझै पनि आत्मा नै हुनुहुनेछ, जबकि मानव अझै पनि देहमा नै हुनेछन्। परमेश्वर र मानव फरक-फरक किसिमले विश्राममा रहनुहुन्छ। परमेश्वर विश्राम गर्नुहुँदा, उहाँ मानवको माझमा आउनुहुनेछ र देखा पर्नुहुनेछ; मानव विश्राम हुँदा, स्वर्ग भ्रमणमा जान साथै त्यहाँको जीवनको आनन्द लिन परमेश्वरले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ। परमेश्वर र मानवजाति विश्राममा प्रवेश गरेपछि, शैतान अस्तित्वमा हुनेछैन; त्यसै गरी, ती खरबा मानिसहरू पनि अस्तित्वमा रहन छोड्नेछन्। परमेश्वर र मानवजाति विश्राममा प्रवेश गर्नअघि पृथ्वीमा परमेश्वरलाई सताउने खराब व्यक्तिहरू साथै उहाँविरुद्ध विद्रोह गर्ने वैरीहरूलाई पहिले नै नष्ट गरिएको हुनेछ; तिनीहरूलाई आखिरी दिनहरूको महाविपत्तिहरूद्वारा निर्मूल गरिएको हुनेछ। ती खराब मानिसहरूलाई पूर्ण रूपमा नष्ट पारेपछि, पृथ्वीले शैतानको बाधा कहिल्यै भोग्नेछैन। त्यसपछि मात्र मानवजातिले पूर्ण मुक्ति हासिल गर्नेछ र परमेश्वरको काम पूर्ण रूपमा सिद्धिनेछ। परमेश्वर र मानवजाति विश्राममा प्रवेश गर्नको लागि पूरा गरिने पूर्वसर्तहरू यी नै हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ५९५
यावत् थोकका परिणामहरू नजिकिनुले परमेश्वरको काम सम्पन्न भएको साथै मानवजातिको विकासको अन्त्य भएको सङ्केत गर्छ। यसको अर्थ शैतानद्वारा भ्रष्ट पारिएको मानव तिनीहरूको विकासको अन्त्यमा पुगेको छ, अनि आदम र हव्वाका सन्तानहरू अन्त्यसम्म बढ्दै आएका छन्। यसको अर्थ यो पनि हो कि शैतानद्वारा भ्रष्ट पारिएको यस्तो मानवजाति निरन्तर विकसित हुन असम्भव हुनेछ। आदम र हव्वालाई प्रारम्भमा भ्रष्ट पारिएको थिएन, तर अदनको बगैँचाबाट निकालिएका आदम र हव्वा शैतानद्वारा भ्रष्ट पारिएका थिए। जब परमेश्वर र मानव एकसाथ विश्राममा प्रवेश गर्छन्, तब अदनको बगैँचाबाट निकालिएका आदम र हव्वा र तिनीहरूका सन्तान अन्त्यमा पुग्नेछन्। भविष्यको मानवजाति अझै पनि आदम र हव्वाका सन्तानहरू नै हुनेछ, तर तिनीहरू शैतानको सत्ताअन्तर्गत जिउने मानव हुनेछैनन्। बरु, तिनीहरू मुक्ति पाएका र शुद्ध पारिएका मानिस हुनेछन्। यो न्याय गरिएको र सजाय दिइएको, साथै पवित्र पारिएको मानवजाति हुनेछ। यी मानिसहरू सुरुको मानवजाति जस्ता हुनेछैनन्; तिनीहरू सबैभन्दा सुरुका आदम र हव्वाभन्दा पूर्ण रूपमा भिन्न किसिमका मानवजाति हुनेछन् भनेर लगभग भन्न सकिन्छ। यी मानिसहरू शैतानद्वारा भ्रष्ट पारिएका सबैमध्येबाट छानिएका हुनेछन्, र तिनीहरू परमेश्वरको न्याय र सजायको अवधिमा अन्ततः दृढ रहनेहरू हुनेछन्; तिनीहरू भ्रष्ट मानवजातिमध्ये बाँकी रहेका मानवको अन्तिम समूह हुनेछन्। यी मानिसहरू मात्र परमेश्वरसँगै अन्तिम विश्राममा प्रवेश गर्न सक्नेछन्। जो आखिरी दिनहरूमा परमेश्वरको न्याय र सजायको काममा—अर्थात्, अन्तिम शुद्धीकरणको कामको अवधिमा—दृढ रहन सक्छन्, तिनीहरू नै परमेश्वरसँगै अन्तिम विश्राममा प्रवेश गर्नेछन्; यसरी, जो विश्राममा प्रवेश गर्छन् तिनीहरू सबै परमेश्वरको अन्तिम शुद्धीकरणको काम भोगेपछि मात्र शैतानको प्रभावलाई तोडेर मुक्त भएका र उहाँद्वारा प्राप्त गरिएका हुनेछन्। यी मानिसहरू, जो अन्ततः परमेश्वरद्वारा प्राप्त गरिएका हुनेछन्, तिनीहरू अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई शुद्धीकरण गर्नु हो, अन्तिम दिनको विश्रामका खातिर हो; नत्र, मानवजातिको कुनै पनि सदस्य तिनीहरूको प्रकारअनुसार वर्गीकृत हुन, वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्वरको शुद्धीकरणको कामले मात्र मानवको अधार्मिकता पखाल्नेछ, र उहाँको सजाय र न्यायको कामले मात्र मानवजातिका ती विद्रोही तत्त्वहरूको खुलासा गर्नेछ, जसले गर्दा मुक्ति दिन सकिनेलाई मुक्ति दिन नसकिनेबाट र बाँकी रहनेहरूलाई बाँकी नरहनेहरूबाट खुट्ट्याइनेछ। जब यो काम समाप्त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च क्षेत्रमा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरू मानव विश्रामको दिनमा प्रवेश गर्नेछन् र परमेश्वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशाना हुन् र खराब र अधर्मी मानिस हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्वरका लागि श्रम पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूको खराबीको कारण साथै मुक्त गरिनलाई तिनीहरूको विद्रोहीपन र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। मानवजाति माझमा रहेका पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि, दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, तिनीहरू सबैलाई नष्ट पारिनेछन्। जहाँसम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, खराब काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछ, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तिम युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, तिनीहरू परमेश्वरविरुद्ध विद्रोही भएका छन् वा छैनन्, तिनीहरूले उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्ने र मुक्ति पाउन नसक्ने मानिसहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई तिनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिनेछ। यसरी वर्गीकरण गरिसकेपछि, तिनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्वरले आखिरी दिनहरूमा उहाँको विजयको कार्यलाई अघि बढाइसक्नुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम अघि बढाउनुहुनेछ। वास्तवमा, उहाँले मानवजातिको मुक्तिको काम गर्न सुरु गर्नुभएदेखि नै मानिसहरूलाई असल र खराबमा छुट्टाउँदै आउनुभएको छ। यति मात्र हो, उहाँको काम समाप्त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; उहाँको काम पूरा भएपछि उहाँले तिनीहरूलाई वर्ग-वर्गमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्नुहुनेछ भन्ने होइन। बरु, उहाँको काम पूर्ण रूपमा समाप्त भएपछि मात्रै यो काम पूरा हुनेछ। दुष्टलाई दण्ड र असललाई इनाम दिने परमेश्वरको अन्तिम कामको एउटै उद्देश्य भनेको नै पूरै मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले विशुद्ध रूपमा शुद्ध पारिएको मानवजातिलाई अनन्त विश्राममा ल्याउन सक्नुहोस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्वरले दुष्टलाई नष्ट पार्नुभएन, तर बाँकी रहन दिनुभयो भने, सारा मानवजाति विश्राममा प्रवेश गर्न अझै पनि असमर्थ हुनेथियो, र परमेश्वर सारा उनीहरूलाई अझ उत्तम क्षेत्रमा ल्याउन असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण रूपमा सिद्धिने थिएन। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र पारिनेछ; यसरी मात्र परमेश्वर शान्तिपूर्वक विश्राममा बस्न सक्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ५९६
आजभोली मानिसहरू अझै पनि देहका कुराहरू त्याग्न असक्षम छन्; उनीहरू देहको आनन्द, संसार, पैसा, वा आफ्ना भ्रष्ट स्वभावहरू त्याग्न सक्दैनन्। धेरैजसो मानिस झाराटारुवा तरिकाले आफ्ना पछ्याइहरूमा लाग्छन्। वास्तवमा, यी मानिसहरूको हृदयमा परमेश्वर बिलकुलै हुनुहुन्न; योभन्दा पनि नराम्रो कुरो त, उनीहरू परमेश्वरदेखि भयभीत हुँदैनन्। उनीहरूको हृदयमा परमेश्वर हुनुहुन्न, त्यसैले उनीहरू परमेश्वरले गर्ने सबै कुरा बुझ्न सक्दैनन्, झन् उहाँले बोल्ने कुराहरू बुझ्न सक्नु त परै जाओस्। यस्ता मानिसहरू देहमा अत्यन्तै लिप्त हुन्छन्; उनीहरू अति गहन रूपमा भ्रष्ट छन् र उनीहरूमा अलिकति पनि सत्यता छैन, अनि झन् खराब कुरा त के हो भने, उनीहरू परमेश्वर देहधारी हुन सक्नुहुन्छ भन्ने विश्वास गर्दैनन्। परमेश्वरको देहधारणमा विश्वास नगर्ने जोकोही पनि—अर्थात् सदृश्य परमेश्वरको काम र उहाँका वचनहरूमा विश्वास नगर्ने, वा सदृश्य परमेश्वरमा विश्वास नगर्ने बरु स्वर्गमा हुने अदृश्य ईश्वरको आराधना गर्ने जोकोही—हृदयमा परमेश्वर नभएको व्यक्ति, परमेश्वरप्रति विद्रोही र प्रतिरोधी व्यक्ति हो। त्यस्ता मानिसहरूमा मानवता वा समझ हुँदैन, सत्यताको त झन् कुरै नगरौँ। यी मानिसहरूको विचारमा सदृश्य र मूर्त परमेश्वरमा झनै विश्वास गर्न सकिँदैन, तैपनि उनीहरू अदृश्य र अमूर्त ईश्वर सबैभन्दा विश्वासयोग्य र प्रसन्नकारी भएको ठान्छन्। उनीहरूले खोजेको कुरा वास्तविक सत्यता होइन, न त यो जीवनको साँचो अर्थ नै हो; परमेश्वरका अभिप्रायको हुनु त परै जाओस्। बरु, उनीहरू उत्तेजना खोज्छन्। उनीहरूलाई आफ्ना चाहनाहरू पूरा गर्न सबैभन्दा बढी सक्षम तुल्याउने कुराहरू नै, निसन्देह, उनीहरूको आस्था र पछ्याइ हुन्। उनीहरू सत्यता खोज्न होइन, उनीहरूका आफ्नै चाहनाहरू पूरा गर्न मात्र परमेश्वरमा विश्वास गर्छन्। के यस्ता मानिसहरू दुष्कर्मी होइनन् र? उनीहरू अति नै आत्मविश्वासी हुन्छन्, र अनि स्वर्गमा हुनुहुने परमेश्वरले आफू जस्ता “असल मानिसहरू” लाई नष्ट गर्नुहुनेछ भनी विश्वास गर्दैनन्। बरु, उनीहरू परमेश्वरले उनीहरूलाई रहन दिनुहुनेछ र, यसमाथि, आफूलाई राम्रो इनाम दिनुहुनेछ भन्ने विश्वास गर्छन्। यसको कारण के हो भने, उनीहरू आफूले परमेश्वरका निम्ति धेरै थोक गरेको र उहाँप्रति ठूलो “अर्पण” देखाएको भन्ठान्छन्। यदि उनीहरू सदृश्य परमेश्वरलाई पछ्याउँथे भने पनि, उनीहरू आफ्ना चाहनाहरू पूरा नहुने बित्तिकै तुरुन्तै परमेश्वरको विरुद्ध प्रत्याक्रमण गर्नेथिए वा रिसले चुर हुनेथिए। यी सबै मानिस आफ्नै चाहनाहरू पूरा गर्न खोज्ने नीच कुकुर हुन्; उनीहरू सत्यताको पछ्याइमा सत्यनिष्ठा भएका मानिस होइनन्। यस्ता मानिसहरू ख्रीष्टलाई पछ्याउने तथाकथित दुष्ट जन हुन्। सत्यता नखोज्ने ती मानिसहरू सत्यतामा विश्वास गर्न सक्दैनन् र मानवजातिको भविष्यको परिणाम स्पष्टसँग देख्न झनै असक्षम हुन्छन्, किनभने उनीहरू सदृश्य परमेश्वरको कुनै काम वा वचनहरूलाई विश्वास गर्दैनन्, न त उनीहरू मानवजातिको भविष्यको गन्तव्य कस्तो हुनेछ भन्ने कुरामा नै विश्वास गर्छन्। यसकारण, उनीहरू सदृश्य परमेश्वरलाई पछ्याए तापनि, अझै दुष्टता गर्छन् र सत्यता बिलकुलै खोज्दैनन्, न त उनीहरूले मैले माग गरेको सत्यता नै अभ्यास गर्छन्। यसको विपरीत, आफूलाई नष्ट गरिनेछ भनी विश्वास नगर्ने मानिसहरू नै नष्ट पारिनेहरू हुन्। उनीहरू आफू निकै चलाख रहेको विश्वास गर्छन् र आफूलाई नै सत्यता अभ्यास गर्ने मानिस ठान्छन्। उनीहरू आफ्ना दुष्ट कार्यहरूको कदर गर्छन्। यस्ता दुष्ट मानिसहरू निकै आत्मविश्वासी हुन्छन्; उनीहरू सत्यतालाई सिद्धान्तका रूपमा लिन्छन् र आफ्ना दुष्ट कार्यहरूलाई सत्यताका रूपमा लिन्छन्, र अन्तमा उनीहरूले आफ्नो कर्मको फल मात्र प्राप्त गर्न सक्छन्। मानिसहरू जति धेरै आत्मविश्वासी हुन्छन् र जति धेरै अहङ्कारी हुन्छन्, उनीहरू सत्यता प्राप्त गर्न उत्ति नै असक्षम हुन्छन्; मानिसहरू स्वर्गमा हुनुहुने परमेश्वरमा जति धेरै विश्वास गर्छन्, उनीहरू उत्ति नै परमेश्वरको प्रतिरोध गर्छन्। दण्ड दिइने मानिसहरू यिनीहरू नै हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ५९७
मानवजाति विश्राममा प्रवेश गर्नुअघि, हरेक किसिमको व्यक्तिलाई दण्ड दिइन्छ कि इनाम दिइन्छ भन्ने कुरा उसले सत्यता खोज्छ कि खोज्दैन, ऊ परमेश्वरलाई चिन्छ कि चिन्दैन र ऊ सदृश्य परमेश्वरमा समर्पित हुन सक्छ कि सक्दैन भन्ने कुरा बमोजिम निर्धारण गरिनेछ। श्रम गरेका, तैपनि सदृश्य परमेश्वरलाई नचिन्ने वा उहाँमा समर्पित नहुनेहरूसँग सत्यता हुँदैन। यस्ता मानिसहरू दुष्कर्मी हुन्, र दुष्टकर्मीहरू निस्सन्देह नै दण्डको भागीदार हुनेछन्; यसको अलावा, उनीहरू आफ्ना दुष्ट कार्यहरूअनुसार दण्डित हुनेछन्। मानवहरूले परमेश्वरमा विश्वास गर्नुपर्छ, र उहाँ उनीहरूको समर्पणको योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अदृश्य ईश्वरमा मात्र आस्था राख्नेहरू परमेश्वरमा विश्वास नगर्ने मानिसहरू हुन् र उनीहरू परमेश्वरमा समर्पित हुन असक्षम हुन्छन्। यदि यी मानिसहरू उहाँको विजयको काम सकिने समयसम्म पनि सदृश्य परमेश्वरमा विश्वास गर्न सफल भएनन्, र उनीहरूले देहमा हुनुहुने सदृश्य परमेश्वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गरिरहे भने, यी “अस्पष्टवादी” हरू निश्चय नै विनाशका पात्र हुनेछन्। तिमीहरूमाझ पनि यस्तै हुन्छ—देहधारी परमेश्वरलाई मौखिक रूपमा मान्ने, तैपनि देहधारी परमेश्वरप्रतिको समर्पण सम्बन्धी सत्यता अभ्यास गर्न नसक्ने ती सबै अन्त्यमा हटाइएर नष्ट पारिनेछन्। अनि दृश्यमान परमेश्वरलाई मौखिक रूपमा मान्ने, अनि उहाँद्वारा व्यक्त सत्यता खाने र पिउने, तैपनि अस्पष्ट र अदृश्य परमेश्वरलाई पछ्याउने ती सबै विनाशका पात्र झनै हुनेछन्। परमेश्वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन पाउनेछैनन्, न त यस्तो एक जना व्यक्ति नै विश्रामको त्यो समयसम्म रहन सक्छ। पिशाचहरूको खालका मानिसहरू सत्यता अभ्यास गर्दैनन्; तिनीहरूको सार परमेश्वरप्रति विद्रोह र प्रतिरोधको सार हो, र तिनीहरूमा उहाँप्रति समर्पित हुने अलिकति पनि अभिप्राय हुँदैन। यस्ता मानिसहरू सबैलाई नष्ट पारिनेछ। तँसँग सत्यता हुनु वा नहुनु र तैँले परमेश्वरको प्रतिरोध गर्नु वा नगर्नु तेरो सारमा निर्भर हुन्छ, तेरो रूप-रङ्गमा वा तँ कहिलेकाहीँ कसरी बोल्छस् वा व्यवहार गर्छस् भन्ने कुरामा निर्भर हुँदैन। कुनै व्यक्तिलाई नष्ट पारिनेछ वा पारिनेछैन भन्ने कुरा उसको सारद्वारा निर्धारण गरिन्छ; यो उसको व्यवहार र उसको सत्यताको पछ्याइद्वारा प्रकट गरिने सारअनुसार निर्धारण गरिन्छ। काम गर्ने र बराबर मात्रामा काम गर्ने सबै मानिसमध्ये, मानवताका असल सारहरू भएकाहरू जोसँग सत्यता छ, तिनीहरूलाई रहन दिइनेछ, जबकि मानवताका दुष्ट सार भएकाहरू, जो दृश्यमान परमेश्वरविरुद्ध विद्रोह गर्छन्, तिनीहरू नष्ट पारिनेछन्। मानवजातिको गन्तव्यसँग सम्बन्धित परमेश्वरको सबै काम र वचनले मानिसहरूलाई हरेक व्यक्तिको सार बमोजिम उचित रूपमा व्यवहार गर्नेछ; अलिकति पनि त्रुटि हुनेछैन, र अझ बढी त, एउटा पनि गल्ती गरिनेछैन। मानिसहरूले काम गर्दा मात्र मानव भावना वा विचारहरू संलग्न हुन्छन्। परमेश्वरले गर्नुहुने काम नै सबैभन्दा उपयुक्त हुन्छ; उहाँ कुनै पनि सृजित प्राणीविरुद्ध कदापि झूटा आरोपहरू लगाउनुहुन्न। हाल मानवजातिको भावी गन्तव्य स्पष्टसँग देख्न नसक्ने र मैले बोलेका वचनहरूमा विश्वास नगर्ने धेरै मानिस छन्। ती विश्वास नगर्नेहरू, साथै सत्यता अभ्यास नगर्नेहरू सबै, पिशाच हुन्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ५९८
हिजोआज, पछ्याउने र नपछ्याउनेहरू दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू फरक छन्। सत्यता जान्न र सत्यता अभ्यास गर्न पछ्याउनेहरू नै ती मानिस हुन्, जसकहाँ परमेश्वरले मुक्ति ल्याउनुहुनेछ। साँचो मार्ग थाहा नहुनेहरू पिशाच र शत्रु हुन्; उनीहरू प्रधान स्वर्गदूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्वरका भक्त विश्वासीहरू समेत—के उनीहरू पिशाच पनि होइनन् र? असल विवेक भएकाहरू, तर साँचो मार्ग स्वीकार नगर्ने मानिसहरू पिशाच हुन्; उनीहरूको सार भनेको परमेश्वरको प्रतिरोध गर्ने सार हो। साँचो मार्ग स्वीकार नगर्नेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कष्ट सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। संसारलाई त्याग्न अनिच्छुक हुनेहरू, आफ्ना बाबुआमासँग अलग हुन नसक्नेहरू, र आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न नसक्नेहरू परमेश्वरविरुद्ध विद्रोही हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्वरमा विश्वास नगर्ने जोकोही पनि पिशाच हो, र, अझ भन्नुपर्दा, उसलाई नष्ट गरिनेछ। विश्वास गर्ने तर सत्यता अभ्यास नगर्नेहरू, परमेश्वरको देहधारणमा विश्वास नगर्नेहरू, र परमेश्वरको अस्तित्वमा बिलकुलै विश्वास नगर्नेहरू सबै विनाशका पात्रहरू हुनेछन्। रहन सक्नेहरू सबै शोधनको कष्ट भोगेका र दृढ रहेकाहरू हुन्; यिनीहरू साँचो रूपमा परीक्षाहरू भोगेका मानिस हुन्। परमेश्वरलाई नस्विकार्ने जोकोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्वरलाई नस्विकार्ने जोकोही—चाहे ऊ यस प्रवाहभित्रको होस् वा यस प्रवाह बाहिरको होस्—ऊ ख्रीष्टविरोधी हो! शैतान को हुन्, पिशाच को हुन्, र परमेश्वरका शत्रु को हुन्? के तिनीहरू परमेश्वरमा विश्वास नगर्ने प्रतिरोधीहरू होइनन् र? के तिनीहरू परमेश्वरविरुद्ध विद्रोही हुने मानिस होइनन् र? के तिनीहरू आस्था छ भनी दाबी गर्ने, तैपनि सत्यता नभएकाहरू होइनन् र? के तिनीहरू परमेश्वरको साक्षी दिन असक्षम हुने तर आशिष्हरू मात्र प्राप्त गर्न खोज्नेहरू होइनन् र? तँ आज पनि ती पिशाचहरूसँग घुलमिल हुन्छस् र तिनीहरूलाई विवेक र प्रेमका साथ व्यवहार गर्छस्, तर के यो शैतानप्रति दया देखाउनु सरह होइन र? के तँ पिशाचहरूसँग मिलेको छैनस् र? यदि मानिसहरू यस बिन्दुसम्म आइपुगेका छन् र अझै पनि असल र खराबबीचको भिन्नता छुट्याउन असक्षम छन्, र परमेश्वरको हृदय खोज्ने कुनै चाहना नराखी वा कुनै पनि तरिकाले परमेश्वरको हृदयलाई आफ्नै हृदयका रूपमा लिन असक्षम भई अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन् भने, तिनीहरूका परिणामहरू अझ बढी दयनीय हुनेछन्। देहमा हुनुहुने परमेश्वरमा विश्वास नगर्ने जोकोही पनि परमेश्वरको शत्रु हो। यदि तँ परमेश्वरका शत्रुहरूलाई विवेक र प्रेमका साथ व्यवहार गर्न सक्छस् भने, के तँ इन्साफको बोधरहित छैनस् र? यदि तँ मैले घृणा गर्ने र मैले विरोध गर्नेहरूसँग मिल्छस्, र अझै पनि तिनीहरूलाई प्रेमका साथ व्यवहार गर्छस् वा तिनीहरूप्रति व्यक्तिगत भावनाहरू देखाउँछस् भने, के तँ विद्रोही होइनस् र? के तँ जानी-जानी परमेश्वरको प्रतिरोध गरिरहेको छैनस् र? के त्यस्तो व्यक्तिसँग वास्तवमा सत्यता हुन्छ र? यदि मानिसहरू परमेश्वरका शत्रुहरूलाई विवेकका साथ, पिशाचहरूलाई प्रेमका साथ, र शैतानलाई कृपाका साथ व्यवहार गर्छन् भने, के तिनीहरू जानी-जानी परमेश्वरको काममा अवरोध गरिरहेका हुँदैनन् र? येशूमा मात्र विश्वास गर्ने र आखिरी दिनहरूमा देहधारी परमेश्वरमा विश्वास नगर्ने मानिसहरू, साथै मौखिक रूपमा देहधारी परमेश्वरमा विश्वास गरेको दाबी गर्ने तर दुष्टता गर्नेहरू सबै ख्रीष्टविरोधी हुन्, परमेश्वरमा विश्वास नगर्नेहरूको त कुरै नगरौँ। यी सबै मानिस नाश हुनेहरू हुनेछन्। मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको व्यवहार असल छ उनीहरू धर्मी हुन्छन्, जबकि जसको व्यवहार घिनलाग्दो छ उनीहरू दुष्ट हुन्छन्। परमेश्वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँको अधीनमा हुन्छ कि हुँदैन भन्ने कुरामा आधारित हुन्छ; आफूलाई परमेश्वरको अधीनमा राख्ने व्यक्ति धर्मी व्यक्ति हो, जबकि त्यसो नगर्ने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कार्यहरू प्रयोग गर्ने इच्छा गर्छन्, र कतिपय मानिस असल गन्तव्य हासिल गर्न राम्रा शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्वरले मानिसहरूको परिणाम उनीहरूको व्यवहार वा बोलीवचनका आधारमा निर्धारण गर्नुहुन्छ भनी सबैले गलत विश्वास गर्छन्; यसकारण, धेरै मानिसहरू यसको फाइदा उठाएर बेइमानीपूर्वक आफ्ना लागि क्षणिक अनुग्रह प्राप्त गर्ने इच्छा गर्छन्। आउने विश्रामको समयमा बाँच्ने मानिसहरू सबैले दुःखको दिन सहेका र परमेश्वरको गवाही दिएका हुनेछन्; उनीहरू सबै आफ्ना कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्वरमा समर्पित भएका मानिसहरू हुनेछन्। जो सेवा गर्ने अवसरलाई केवल सत्यता अभ्यास गर्नबाट पन्छिनका लागि प्रयोग गर्ने इच्छा गर्छन् तिनीहरू रहनेछैनन्। हरेक व्यक्तिको परिणामको प्रबन्ध गर्न परमेश्वरसँग उपयुक्त मानकहरू छन्; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरणअनुरूप मात्र गर्नुहुन्न, न त कुनै व्यक्तिले एउटा समयावधिमा कस्तो कार्य गर्छ भन्ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ कसैले उहाँका निम्ति विगतमा गरेको सेवाका कारण उसका सारा दुष्ट कार्यप्रति कदापि उदार हुनुहुनेछैन, न त कसैले केही समयका लागि आफूलाई उहाँप्रति समर्पित गरेको कारण उहाँले उसलाई मृत्युबाट जोगाउनुहुनेछ। आफ्नो दुष्टताको बदलाबाट कोही जोगिन सक्दैन, र कोही पनि आफ्ना दुष्ट कार्यहरू ढाक्न र त्यसरी विनाशको दुःखबाट जोगिन सक्दैन। यदि मानिसहरूले आफ्ना कर्तव्यहरू साँच्चिकै पूरा गर्न सक्छन् भने, यसको अर्थ उनीहरू परमेश्वरप्रति अनन्त रूपमा बफादार छन् र इनाम खोज्दैनन्, चाहे उनीहरूले आशिष्हरू प्राप्त गरून् वा दुःखपिर भोगून्। यदि मानिसहरू आशिष्हरू देख्दा, परमेश्वरप्रति बफादार हुन्छन्, तर कुनै आशिष्हरू देख्न नसक्दा चाहिँ आफ्नो बफादारी गुमाउँछन् भने, र यदि यी मानिसहरू—जसले एक समय परमेश्वरका निम्ति बफादारीपूर्वक परिश्रम गरे—अन्त्यमा अझै गवाही दिन वा आफूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, यस्ता मानिसहरू अझै पनि विनाशका पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू सधैँभरि बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्। मानवजाति सही मार्गमा आएपछि, मानिसहरूसँग सामान्य मानव जीवन हुनेछ। उनीहरू सबै जना आ-आफ्ना कर्तव्य निर्वाह गर्न र परमेश्वरप्रति पूर्ण रूपमा बफादार हुन सक्षम हुनेछन्। उनीहरूले आफ्नो विद्रोहीपन र आफ्ना भ्रष्ट स्वभावहरू पूर्ण रूपमा फाल्नेछन्, र उनीहरू विद्रोहीपन र प्रतिरोधविना परमेश्वरका निम्ति र परमेश्वरका कारण जिउनेछन्। उनीहरू सबै पूर्ण रूपमा परमेश्वरमा समर्पित हुन सक्षम हुनेछन्। परमेश्वर र मानवजातिको जीवन यो हुनेछ; यो राज्यको जीवन हुनेछ, र यो विश्रामको जीवन हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ५९९
जसले आफ्ना पूर्ण रूपमा गैरविश्वासी छोराछोरी र नातेदारहरूलाई मण्डलीतिर तान्छन् उनीहरू अत्यन्त स्वार्थी हुन्छन् र उनीहरूले केवल दया देखाइरहेका हुन्छन्। उनीहरूले विश्वास गरे पनि नगरे पनि र यो परमेश्वरको अभिप्राय होस् वा नहोस्, यी मानिसहरू प्रेमिलो हुने कुरामा मात्र केन्द्रित हुन्छन्। कतिपयले आफ्ना पत्नीलाई परमेश्वरसामु ल्याउँछन्, वा आफ्ना आमाबुबालाई परमेश्वरसामु खिँचेर ल्याउँछन् अनि पवित्र आत्मा यसमा सहमत हुनुभएको वा उहाँले उनीहरूमा काम गरिरहनुभएको होस् वा नहोस्, उनीहरूले परमेश्वरका निम्ति अन्धाधुन्ध रूपमा “प्रतिभाशाली मानिसहरूलाई अपनाउन” जारी राख्छन्। यी गैरविश्वासीहरूप्रति दया देखाएर के नै फाइदा प्राप्त गर्न सकिन्छ र? पवित्र आत्माको उपस्थितिविनाका यी अविश्वासीहरूले मन नलागी-नलागी परमेश्वरलाई पछ्याउने भए पनि, उनीहरूले अझै पनि मानिसहरूले सोचेजस्तो मुक्ति पाउन सक्दैनन्। जसले मुक्ति पाउन सक्छन्, उनीहरूलाई प्राप्त गर्न खासमा त्यत्ति सजिलो छैन। जसले पवित्र आत्माको काम र परीक्षाहरू भोगेका छैनन् र जो देहधारी परमेश्वरद्वारा सिद्ध तुल्याइएका छैनन्, ती मानिसहरूलाई कसैगरी पूर्ण बनाउन सकिँदैन। यसकारण, ती मानिसहरूले नामधारी रूपमा मात्र परमेश्वरलाई पछ्याउन सुरु गरेदेखि नै, उनीहरूमा पवित्र आत्माको उपस्थितिको कमी हुन्छ। उनीहरूको अवस्था र खास स्थितिलाई हेर्दा, उनीहरूलाई पूर्ण बनाउन सकिँदै सकिँदैन। यसरी, पवित्र आत्माले उनीहरूमाथि धेरै शक्ति समर्पित नगर्ने निर्णय गर्नुहुन्छ, न त उहाँले उनीहरूलाई कुनै अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ वा कुनै तरिकाले मार्गदर्शन गर्नुहुन्छ; उहाँले उनीहरूलाई पछ्याउन मात्र दिनुहुन्छ र अन्तमा उनीहरूका परिणामहरू प्रकट गर्नुहुनेछ—यो नै पर्याप्त छ। मानवजातिका जोश र अभिप्रायहरू शैतानबाट आउँछन्, र यी कुराहरूले कुनै पनि हालतमा पवित्र आत्माको काम पूरा गर्न सक्दैनन्। मानिसहरू जस्तोसुकै होऊन्, उनीहरूमा पवित्र आत्माको काम हुनैपर्छ। के मानवले मानवलाई पूर्ण बनाउन सक्छन्? पति आफ्नी पत्नीलाई किन प्रेम गर्छ? पत्नी आफ्नो पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रतिको धर्म निभाउँछन्? बुबाआमा किन आफ्ना छोराछोरीहरूलाई लाडप्यार गर्छन्? सबै मानिसहरूले राख्ने मनसाय के हो? के यो उनीहरूका आफ्नै योजना र स्वार्थी चाहनाहरू पूरा गर्नु होइन र? के यो साँच्चै परमेश्वरको व्यवस्थापनको योजनाका खातिर कार्य गर्नका लागि हो र? के यो साँच्चै परमेश्वरको कामका खातिर कार्य गर्नका लागि हो र? के यो सृजित प्राणीका कर्तव्यहरू पूरा गर्नका लागि हो र? जसले परमेश्वरमा विश्वास गर्न सुरु गरेको क्षणदेखि नै पवित्र आत्माको उपस्थिति हासिल गर्न सकेका छैनन् उनीहरूले पवित्र आत्माको काम कहिल्यै पनि हासिल गर्न सक्दैनन्; यी मानिसहरू अवश्य नै नष्ट पारिनुपर्ने वस्तु हुन्। कसैले उनीहरूलाई जति नै प्रेम गरे पनि, यसले पवित्र आत्माको कामलाई प्रतिस्थापन गर्न सक्दैन। मानिसहरूको जोश र प्रेमले मानव अभिप्रायहरूको प्रतिनिधित्व गर्छन्, तर परमेश्वरका अभिप्रायहरूको प्रतिनिधित्व गर्न सक्दैनन्, न त ती परमेश्वरको कामको प्रतिस्थापन नै हुन सक्छन्। नामधारी रूपमा परमेश्वरमा विश्वास गर्ने र परमेश्वरमा विश्वास गर्नुको वास्तविक अर्थ थाहा नपाई उहाँलाई पछ्याएको बहाना गर्ने मानिसहरूप्रति कसैले सम्भव भएजति प्रेम वा कृपा देखाए पनि उनीहरूले अझै परमेश्वरको सहानुभूति पाउनेछैनन् न त उनीहरूले पवित्र आत्माको काम नै प्राप्त गर्नेछन्। ईमानदार रूपमा परमेश्वरलाई पछ्याउने मानिसहरू कमजोर क्षमता भएका र धेरै सत्यताहरू बुझ्न असक्षम भए पनि उनीहरूले कहिलेकाहीँ पवित्र आत्माको काम अझै पनि प्राप्त गर्न सक्छन्; यद्यपि, एकदमै राम्रो क्षमता भएका तर ईमानदार रूपमा विश्वास नगर्नेहरूले पवित्र आत्माको उपस्थिति प्राप्त गर्न सक्दै सक्दैनन्। यस्ता मानिसहरूले मुक्ति पाउने कुनै सम्भावना हुँदैन। उनीहरूले परमेश्वरका वचनहरू पढे पनि वा कहिलेकाहीँ प्रवचनहरू सुने पनि वा परमेश्वरको प्रशंसा नै गाए पनि उनीहरू अन्तमा विश्रामको समयसम्म बाँच्न सक्नेछैनन्। मानिसहरूले जोशका साथ खोजी गर्छन् वा गर्दैनन् भन्ने कुरा अरूहरूले कसरी न्याय गर्छन् वा वरिपरिकाहरूले कसरी उनीहरूलाई हेर्छन् भन्ने कुराले निर्धारण गर्दैन, तर पवित्र आत्माले उनीहरूमा काम गर्नुहुन्छ वा गर्नुहुन्न र उनीहरूसँग पवित्र आत्माको उपस्थिति छ वा छैन भन्ने कुराद्वारा निर्धारण गरिन्छ। यसको अतिरिक्त, कुनै अवधिभरि पवित्र आत्माको काम भएर गुज्रेपछि उनीहरूको स्वभाव परिवर्तन भएको छ वा छैन र उनीहरूले परमेश्वरको बारे कुनै ज्ञान हासिल गरेका छन् वा छैनन् त्यसमा निर्भर हुन्छ। यदि कुनै व्यक्तिमा पवित्र आत्माले काम गर्नुहुन्छ भने, यो व्यक्तिको स्वभाव क्रमिक रूपमा परिवर्तन हुनेछ, र परमेश्वरमा विश्वास गर्ने उनीहरूको दृष्टिकोण क्रमिक रूपमा शुद्ध हुँदै जानेछ। मानिसहरूले परमेश्वरलाई पछ्याएको जति लामो समय भए तापनि उनीहरू परिवर्तन भएसम्म, यसको अर्थ पवित्र आत्माले उनीहरूमा काम गरिरहनुभएको छ भन्ने हो। यदि उनीहरूमा परिवर्तन आएको छैन भने, पवित्र आत्माले उनीहरूमा काम गरिरहनुभएको छैन। यी मानिसहरूले केही सेवा गरे तापनि उनीहरूलाई यसो गर्न लगाउने कुराचाहिँ आशिष् प्राप्त गर्ने इच्छा नै हो। कहिलेकाहीँ सेवाकर्ता कुराले उनीहरूको स्वभावहरूमा हुने परिवर्तनको अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। अन्तमा उनीहरूलाई अझ पनि नष्ट गरिनेछ, किनभने राज्यमा सेवाकर्ताहरूको आवश्यक हुँदैन, न त त्यहाँ सिद्ध बनाइएका र परमेश्वरप्रति बफादार हुने मानिसहरूका निम्ति सेवा गर्नलाई स्वभाव परिवर्तन नभएकाहरू आवश्यक नै पर्नेछ। “जब कसैले परमेश्वरमा विश्वास गर्छ, भाग्य पुरै परिवारमाथि मुस्कुराउँछ” भनी विगतका भनिएका ती शब्दहरू अनुग्रहको युगको निम्ति उपयुक्त छन्, तर मानव गन्तव्यसँग असम्बन्धित छन्। तिनीहरू अनुग्रहको युगको एउटा चरणभरि मात्र उपयुक्त थिए। ती शब्दहरूका आशयचाँहि मानिसहरूले उपभोग गरेका शान्ति र भौतिक आशिष्हरूप्रति लक्षित थियो; एक जनाले प्रभुमा विश्वास गर्दा समग्र परिवार नै प्रभुमा मुक्त हुनेछ भन्ने उनीहरूको आशय थिएन, न त एक जनाले आशिष् प्राप्त गर्दा उसको समग्र परिवारलाई नै विश्राममा ल्याइन्छ भन्ने नै उनीहरूको आशय थियो। कसैले आशिष् पाउँछ वा दुर्गति भोग्छ भन्ने कुरा उसको सार बमोजिम निर्धारण गरिन्छ, कसैको अरूहरूसँग बाँड्न सक्ने कुनै पनि साझा सार बमोजिम होइन। त्यस किसिमको भनाइ वा नियमको राज्यमा कुनै स्थान छैन। यदि कुनै व्यक्ति अन्ततः बाँच्न सक्षम भयो भने, यो उनीहरूले परमेश्वरका माग पूरा गरेका कारण हो, र यदि उनीहरू अन्ततः विश्रामको समयसम्म बच्न असक्षम भए भने, उनीहरू परमेश्वरविरुद्ध विद्रोही भएकाले र उनीहरूले परमेश्वरका मागहरू पूरा नगरेकाले नै हो। हरेकको एउटा सुहाउँदो गन्तव्य छ, जुन हरेक व्यक्तिको सारअनुसार निर्धारित हुन्छ, अनि यसको अरू मानिसहरूसँग बिलकुलै सरोकार छैन। एउटा बालकका दुष्ट कार्यहरू उसका आमाबुबामा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उसका आमाबुबासँग बाँड्न नै सकिन्छ। एउटा अभिभावकका दुष्ट कार्यहरू उसका छोराछोरीहरूमा सार्न सकिँदैन, न त एउटा अभिभावकको धार्मिकतालाई उसका छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। सबैले आ-आफ्नै पापहरू वहन गर्छन्, र सबैले आ-आफ्ना आशिष्को आनन्द उठाउँछन्। कोही व्यक्तिले पनि अर्को व्यक्तिको ठाउँ लिन सक्दैन। यो धार्मिकता हो। मानिसको दृष्टिकोणबाट, यदि आमाबुबाले आशिष् प्राप्त गर्छन् भने, उनीहरूका छोराछोरीहरूले पनि आशिष् प्राप्त गर्न सक्नुपर्छ, र यदि उनीहरूका छोराछोरीहरूले खराबी गर्छन् भने, उनीहरूलाई आमाबुबाले ती पापहरूका निम्ति प्रायश्चित गर्नुपर्छ। यो मानवीय दृष्टिकोण हो र मानवको काम गर्ने शैली हो; यो परमेश्वरको दृष्टिकोण होइन। हरेकको परिणामलाई उसका कार्यहरूको सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काका पापहरू वहन गर्न सक्दैन; झन्, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। उनीहरूका छोराछोरीहरूप्रति आमाबुबाका स्नेहपूर्ण हेरचाहले उनीहरूले उनीहरूका छोराछोरीहरूमा धर्मी कामहरू गर्न सक्छन् भन्ने सङ्केत गर्दैन, न त एउटा बालकको उनीहरूका आमाबुबाप्रति कर्तव्यनिष्ठा स्नेहको अर्थ उनीहरूले उनीहरूका आमाबुबाको सट्टामा धर्मी कामहरू गर्न सक्छन् भन्ने नै लाग्छ। यही नै वचनहरूको साँचो अर्थ हो, “त्यति बेला खेतमा दुई जना हुनेछन्; एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। दुई स्त्री जाँतो पिँधिरहेका हुनेछन्; एउटालाई लगिनेछ र अर्कीलाई छोडिनेछ।” मानिसहरूले उनीहरूका दुष्ट कर्म गर्ने छोराछोरीहरूलाई उनीहरूप्रतिको गहन प्रेमको आधारमा विश्राममा लान सक्दैनन्, न त कसैले आफ्ना धर्मी कार्यहरूका आधारमा आफ्नो पति वा पत्नीलाई विश्राममा लान सक्छ। यो एउटा प्रशासकीय नियम हो; त्यहाँ कसैको निम्ति छुट हुन सक्दैन। धर्मी कार्य गर्नेहरू अन्ततः धर्मी कार्य गर्नेहरू नै हुन् र दुष्कर्मीहरू अन्ततः दुष्कर्मीहरू नै हुन्। धर्मी कार्य गर्नेहरू अन्ततः बाँच्न सक्नेछन्, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछ। पवित्रहरू भनेका पवित्र नै हुन्; उनीहरू फोहोरी होइनन्। फोहोरीहरू फोहोरी नै हुन्, र उनीहरूको एक अंश पनि पवित्र छैन। दुष्कर्मीहरूका छोराछोरीहरू धर्मी कार्य गर्नेहरू नै भए पनि, र धर्मीहरूका आमाबुबा दुष्ट कार्य गर्नेहरू नै भए पनि—नष्ट पारिने मानिसहरू सबै दुष्टहरू हुन् र बाँच्नेहरू सबै धर्मीहरू हुन्। विश्वासी पति र गैरविश्वासी पत्नीबीच वस्तुतः कुनै सम्बन्ध हुँदैन, अनि विश्वासी छोराछोरीहरू र गैरविश्वासी आमाबुबाबीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू मिल्दो हुँदैनन्। विश्राममा प्रवेश गर्नुअघि, मानिसहरूमा दैहिक, पारिवारिक स्नेह हुन्छ, तर तिनीहरू विश्राममा प्रवेश गरेपछि, त्यस उप्रान्त उल्लेख गर्न मिल्ने कुनै दैहिक, पारिवारिक स्नेह हुँदैन। आफ्नो कर्तव्य निर्वाह गर्नेहरू अन्तर्निहित रूपमै कर्तव्य निर्वाह नगर्नेहरूका शत्रु हुन्; परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू स्वभावतः एक अर्काको विरुद्धमा हुन्छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई नमिल्ने किसिमका सृजित प्राणी हुन्। आफ्ना कर्तव्यहरू निर्वाह गर्ने सृजित प्राणीहरू बाँच्नेछन्, जबकि आफ्ना कर्तव्यहरू निर्वाह नगर्नेहरू विनाशका पात्र हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्मै रहन्छ। के तँ सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नका निम्ति आफ्नो पतिलाई प्रेम गर्छेस्? के तँ सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नका निम्ति आफ्नी पत्नीलाई प्रेम गर्छस्? के तँ सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नका निम्ति आफ्ना गैरविश्वासी आमाबुबाप्रतिको धर्म निभाउँछस्? परमेश्वरप्रतिको विश्वासबारे मानिसहरूको दृष्टिकोण वास्तवमा सही छ कि गलत छ? तँ ठ्याक्कै केका लागि परमेश्वरमा विश्वास गर्छस्? तँ ठ्याक्कै के पाउन चाहन्छस्? तँ परमेश्वरलाई ठ्याक्कै कसरी प्रेम गर्छस्? सृजित प्राणीका रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्न नसक्नेहरू र दिलोज्यानले प्रयास गर्न नसक्नेहरू विनाशका पात्र हुनेछन्। आजका मानिसहरूबीच दैहिक सम्बन्धहरूका साथै रगतका सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू टुट्नेछन्। विश्वासी र गैरविश्वासीहरू अन्तर्निहित रूपमै मिल्दा छैनन्; बरु, उनीहरू एक अर्काको विरुद्धमा छन्। विश्राममा हुने मानिसहरू परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्ने र परमेश्वरप्रति समर्पित हुनेहरू सबै नै हुनेछन्, जबकि परमेश्वरविरुद्ध विद्रोह गर्नेहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्; त्यहाँ आमाबुबा वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्छन्? विश्वास र अविश्वासको असङ्गतताले नै यस्ता दैहिक सम्बन्धहरूलाई पूर्ण रूपमा टुटाएको हुनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ६००
मौलिक रूपमा मानवजातिमा कुनै परिवारहरू थिएन; मात्र एक पुरुष र एक महिला मात्र अस्तित्वमा थिए—दुई फरक किसिमका मानव। त्यहाँ कुनै देशहरू थिएन, परिवारहरूको त कुरै नगरौं, तर मानवजातिको भ्रष्टताको परिणामस्वरूप, सबै किसिमका मानिसहरूले आफैलाई अलग-अलग कुलहरूमा, र पछि राष्ट्र र जनजातिहरू विकास हुँदै गए। यी राष्ट्र र जनजातिहरू स-साना अलग-अलग परिवारहरूले बनेका छन्, र यसरी नै, सबै किसिमका मानिसहरूलाई विभिन्न भाषाहरू र सिमानाहरूका आधारमा विभिन्न जातिहरूमा विभाजन गरियो। वास्तवमा, संसारमा जति धेरै जातिहरू भए तापनि, मानवजातिको एउटै पुर्खा छ। प्रारम्भमा, दुई किसिमका मानव मात्र थिए र यी दुई किसिमहरू पुरुष र महिला थिए। तथापि, परमेश्वरको कामको वृद्धि, इतिहासको गतिविधि र भौगोलिक परिवर्तनहरूको कारणले गर्दा, यी दुई किसिमका मानिसहरू केही हदसम्म अझै धेरै किसिमका मानवमा विकास भए। आधारभूत रूपमा, मानवजाति जति धेरै जातिहरूले बनेको भए तापनि, सबै मानवजाति अझै पनि परमेश्वरको सृष्टि नै हुन्। मानिसहरू जुनसुकै जातिहरूका होऊन्, उनीहरू सबै उहाँका सृष्टिहरू हुन्; उनीहरू सबै आदम र हव्वाका सन्तानहरू हुन्। तथापि, उनीहरूलाई परमेश्वरको हातले बनाइएका होइनन्, तर पनि उनीहरू आदम र हव्वाका सन्तानहरू हुन्, जसलाई परमेश्वरले व्यक्तिगत रूपमा सृष्टि गर्नुभएको थियो। मानिसहरू जुनसुकै जातिमा परे पनि, उनीहरू सबै सृष्टि गरिएका प्राणी हुन्, किनभने उनीहरू मानवजातिमा पर्छन्, जसलाई परमेश्वरले सृष्टि गर्नुभएको थियो, उनीहरूको गन्तव्य मानवजातिको हुनुपर्ने गन्तव्य नै हो र उनीहरूलाई मानवजातिलाई सङ्गठित गर्ने नियमहरूबमोजिम विभाजन गरिएका छन्। अर्थात्, सबै दुष्कर्मी र धर्मी काम गर्नेहरू सबै आखिर सृष्टि गरिएका प्राणी नै हुन्। दुष्ट काम गर्ने सृष्टि गरिएका प्राणीहरूलाई अन्त्यमा नष्ट गरिनेछन् र धर्मी काम गर्ने सृष्टि गरिएका प्राणीहरू बाँच्नेछन्। यी दुई किसिमका सृष्टि गरिएका प्राणीहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापन यही नै हो। दुष्कर्मीहरू विद्रोहीपनको कारणले इन्कार गर्न सक्दैनन् कि उनीहरू परमेश्वरका सृष्टि गरिएका प्राणी हुँदाहुँदै पनि, उनीहरू शैतानको कब्जामा छन् र त्यसैले उनीहरू मुक्त हुन सक्दैनन्। उनीहरू बाँच्नेछन् भन्ने तथ्यको आधारमा आफैलाई धर्मी आचरण देखाउने सृष्टि गरिएका प्राणीहरूले आफूलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, र तैपनि शैतानद्वारा भ्रष्ट पारिएपछि पनि मुक्ति प्राप्त गरेका छन् भनी इन्कार गर्न सक्दैनन्। दुष्ट काम गर्नेहरू परमेश्वरविरुद्ध विद्रोह गर्ने सृष्टि गरिएका प्राणी हुन्; उनीहरू मुक्ति दिन नसकिने सृष्टि गरिएका प्राणी हुन् र उनीहरू अघिदेखि नै शैतानद्वारा पूर्ण रूपमा कब्जामा पारिएका सृष्टिहरू हुन्। दुष्ट काम गर्ने मानिसहरू पनि मानिस नै हुन्; उनीहरू चरम रूपमा भ्रष्ट पारिएका र मुक्त गर्न नसकिने मानव हुन्। जसरी उनीहरू पनि सृष्टि गरिएका प्राणी नै हुन्, त्यसरी नै धर्मी आचरण भएका मानिसहरूलाई पनि भ्रष्ट पारिएका छन्, तर उनीहरू उनीहरूका भ्रष्ट स्वभावलाई तोडेर स्वतन्त्र हुन तत्पर हुने र आफूलाई परमेश्वरको अधीनमा राख्न सक्षम भएका मानव हुन्। धर्मी आचरण भएका मानिसहरू धार्मिकताले पूर्ण हुँदैनन्; बरु, उनीहरूले मुक्ति पाएका छन् र उनीहरूका भ्रष्ट स्वभावहरूलाई तोडेर स्वतन्त्र भएका छन्; उनीहरू परमेश्वरको अधीनमा बस्न सक्छन्। उनीहरू अन्तमा दृढ भएर खडा हुनेछन्, तथापि उनीहरू कहिल्यै पनि शैतानद्वारा भ्रष्ट पारिएका छैनन् भन्ने चाहिँ होइन। सबै सृष्टि गरिएका प्राणीमाझ परमेश्वरको काम समाप्त भएपछि, त्यहाँ नष्ट पारिनेहरू र बाँच्नेहरू हुनेछन्। यो उहाँको व्यवस्थापन कार्यको एउटा अपरिहार्य प्रचलन हो; यसलाई कसैले इन्कार गर्न सक्दैन। दुष्ट काम गर्नेहरूलाई बाँच्न दिइनेछैन; अन्तसम्म नै परमेश्वरलाई पछ्याउने र उहाँको अधीनमा बस्नेहरू पक्का बाँच्छन्। जसरी यो मानवजातिको व्यवस्थापनको काम हो, त्यसरी नै त्यहाँ रहनेहरू र हटाइनेहरू हुनेछन्। यिनीहरू विभिन्न किसिमका मानिसहरूको विभिन्न परिणाम हुन्, र तिनीहरू सृष्टि गरिएरा प्राणीहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापनहरू हुन्। मानवजातिको निम्ति परमेश्वरको आखिरी व्यवस्थापनचाहिँ परिवारहरूलाई तोडेर, जनजातिहरूलाई चूर-चूर बनाएर र राष्ट्रिय सीमाहरूलाई नष्ट गरेर पारिवारिक वा राष्ट्रिय सीमाहरूविनाको एउटा व्यवस्थापनमा उनीहरूलाई विभाजन गर्नु हो, किनकि मानव, आखिर, एउटै पुर्खाबाट जन्मेका थिए र परमेश्वरका सृष्टि गरिएका प्राणी हुन्। सारांशमा, दुष्ट काम गर्ने सृष्टि गरिएका प्राणीहरू सबैलाई नष्ट पारिनेछन् र परमेश्वरप्रति समर्पित सृष्टि गरिएका प्राणीहरू बाँच्नेछन्। यसरी, त्यहाँ कुनै परिवारहरू हुनेछैन, कुनै राष्ट्रहरू हुनेछैन र विशेष गरी आउने विश्रामको समयमा कुनै जनजातिहरू हुनेछैन; यस किसिमका मानवजाति सबैभन्दा पवित्र किसिमका मानवजाति हुनेछन्। मानवजातिले पृथ्वीमा रहेका सबै थोकहरूको हेरचाह गर्न सकोस् भनी आदम र हव्वालाई मौलिक रूपमा सृष्टि गरिएको थियो; मानव मौलिक रूपमा सबै थोकका मालिकहरू थिए। मानवजातिलाई सृष्टि गर्ने परमप्रभुको अभिप्राय चाहिँ उनीहरूलाई पृथ्वीमा अस्तित्वमा रहन दिएर यसमाथि रहेका सबै थोकहरूको हेरचाह गरोस् भन्ने थियो, किनभने मानवजाति मौलिक रूपमा भ्रष्ट पारिएका थिएनन् र दुष्ट काम गर्न असक्षम थिए। तथापि, मानव भ्रष्ट भएपछि, उनीहरू सबै थोकहरूको हेरचाह गर्नेहरू रहेनन्। परमेश्वरको मुक्तिको उद्देश्यचाहिँ मानवजातिको यो कामलाई पुनर्स्थापना गर्नु, मानवजातिको मौलिक विवेक र मौलिक समर्पण पुनर्स्थापना गर्नु हो; विश्राममा हुने मानवजाति परमेश्वरले उहाँको मुक्तिको कामसँगै हासिल गर्ने आशा गर्नुभएको कुराको दुरुस्त प्रतिनिधित्व हुनेछ। तथापि अदनको बगैँचामा भएको जस्तो जीवन हुनेछैन, तैपनि उनीहरूको सार उस्तै हुनेछ; मानवजाति उनीहरूको पहिलेको भ्रष्ट नभएको स्व मात्र हुनेछैन, तर बरु भ्रष्ट भएको मानवजाति र पछि मुक्ति पाएको मानवजाति हुनेछ। यी मुक्ति पाएका मानिसहरू अन्तमा (अर्थात्, परमेश्वरको काम समाप्त भएपछि) विश्राममा प्रवेश गर्नेछन्। त्यसरी नै, अन्तमा ती दण्ड पाउनेवालाहरूका परिणामहरू पनि पूर्ण रूपमा प्रकट गरिनेछ र परमेश्वरको काम समाप्त भएपछि मात्र उनीहरूलाई नष्ट पारिनेछ। अर्को शब्दमा, उहाँको काम सिद्धिएपछि, ती दुष्ट काम गर्नेहरू र ती मुक्त भएकाहरूलाई प्रकट गरिनेछ, किनभने सबै किसिमका मानिसहरूलाई (चाहे उनीहरू दुष्ट कर्म गर्नेहरू हुन् वा उनीहरूमध्ये मुक्त भएकाहरू हुन्) प्रकट गर्ने कार्य हरेकमाथि एकै समयमा कार्यान्वयन गरिनेछ। दुष्ट काम गर्नेहरूलाई हटाइनेछ र ती रहन दिइएकाहरूलाई एकै समयमा प्रकट गरिनेछ। यसकारण, सबै किसिमका मानिसहरूका परिणामहरूलाई उही समयमा प्रकट गरिनेछ। दुष्ट काम गर्नेहरूलाई पन्छाउन र उनीहरूलाई अलिकति न्याय गर्न वा दण्ड दिन परमेश्वरले मुक्तिमा ल्याइएका मानिसहरूको समूहलाई विश्राममा प्रवेश गर्न दिनुहुनेछैन; त्यो तथ्यहरू अनुरूप हुँदैन। जब दुष्ट काम गर्नेहरूलाई नष्ट गरिन्छ बाँच्न सक्नेहरू विश्राममा प्रवेश गर्छन्, तब सारा ब्रह्माण्डभरिको परमेश्वरको काम पूरा हुनेछ। आशिष्हरू पाउनेहरू र दुर्गति भोग्नेहरू माझ कुनै पनि प्राथमिकता क्रम हुनेछैन; ती आशिष् पाउनेहरू सदासर्वदाको निम्ति जिउनेछन्, जबकि दुर्गति भोग्नेहरू सारा अनन्तताको निम्ति नष्ट हुनेछन्। यी दुई चरणका कामहरू उही समयमा पूरा गरिनेछन्। विद्रोही मानिसहरूको अस्तित्वको कारणले अधीनमा रहनेहरूको धार्मिकता स्वभाविक रूपमा प्रकट गरिनेछ, र त्यहाँ आशिष् प्राप्त गर्नेहरू पनि छन् ताकि दुष्ट काम गर्नेहरूले उनीहरूको खराब आचरणको कारण दुर्गति भोगेको कुरा प्रकट गरिनेछ। यदि परमेश्वरले दुष्ट काम गर्नेहरूलाई प्रकट गर्नुभएको थिएन भने, तब इमानदार पूर्वक परमेश्वरको अधीनमा रहने मानिसहरूले कहिल्यै पनि सूर्य देख्दैनथे; यदि परमेश्वरले उहाँका अधीनमा बस्नेहरूलाई उपयुक्त गन्तव्यमा लानुभएन भने, तब परमेश्वरविरुद्ध विद्रोह गर्ने व्यक्तिहरूलाई सुहाउने प्रतिफलहरू पाउन सक्षम हुँदैनथे। यो परमेश्वरको कामको प्रक्रिया हो। यदि उहाँले खराबलाई दण्ड दिने र असललाई इनाम दिने कार्य कार्यान्वयन गर्नुभएको थिएन भने, तब सृष्टि गरिएका प्राणीहरू आ-आफ्नो गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएनन्। मानवजाति विश्राममा प्रवेश गरेपछि, दुष्कर्मीहरू नष्ट पारिएका हुनेछन् र सबै मानवजाति सही मार्गमा हुनेछ; सबै किसिमका मानिसहरू उनीहरूले गर्नुपर्ने कार्यहरूका आधारमा उनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछन्। यो मात्र मानवजातिको विश्रामको दिन हुनेछ, यो मात्र मानवजातिको विकासको निम्ति अपरिहार्य प्रवृत्ति हुनेछ। जब मानवजाति विश्राममा प्रवेश गर्छ अनि मात्र परमेश्वरको महान् कामले अन्ततः पूर्णता पाउनेछ; यो उहाँको कामको अन्तिम भाग हुनेछ। यस कामले सारा मानवजातिको देहको पतनशील जीवन साथै भ्रष्ट मानवजातिको जीवनलाई अन्त्य गर्नेछ। त्यसपश्चात्, मानवजाति नयाँ क्षेत्रमा प्रवेश गर्नेछ। हुन त सबै मानव देहमा नै जिउनेछन्, तर यस जीवनको सार भ्रष्ट मानवजातिको जीवनको सारभन्दा उल्लेखनीय रूपमा फरक हुनेछ। यस अस्तित्वको महत्त्व पनि भ्रष्ट मानवजातिको अस्तित्वको महत्त्वभन्दा फरक हुनेछ। हुन त यो नयाँ किसिमको व्यक्तिको जीवन हुनेछैन, तर पनि यसलाई मुक्ति प्राप्त गरेको मानवजातिको जीवन साथै मानवता र समझ पुनर्प्राप्त गरिएको मानवजातिको जीवन भन्न सकिन्छ। यी तिनै मानिस हुनेछन् जो कुनै समय परमेश्वरविरुद्ध विद्रोही थिए, जसलाई परमेश्वरले विजय गर्नुभयो र त्यसपछि उहाँले मुक्ति दिनुभयो; यी तिनै मानिस हुनेछन् जसले परमेश्वरको बेइज्जत गरे र पछि उहाँको गवाही दिए। उहाँको परीक्षा भोगेर बाँकी रहेपछि, तिनीहरूको अस्तित्व सबैभन्दा अर्थपूर्ण अस्तित्व हुनेछ; तिनीहरू शैतानसामु परमेश्वरको गवाही दिएका मानिस र जिउन योग्य मानव हुनेछन्। नष्ट पारिनेमा तिनीहरू पर्नेछन् जो परमेश्वरको निम्ति आफ्नो गवाहीमा दुढ हुन सक्दैनन् र जिइरहन योग्य छैनन्। तिनीहरूको विनाश तिनीहरू आफ्ना दुष्ट कार्यहरूको नतिजास्वरूप नष्ट हुनु हुनेछ, र यो विनाश नै तिनीहरूका निम्ति उत्तम गन्तव्य हो। भविष्यमा, जब मानवजाति सुन्दर क्षेत्रमा प्रवेश गर्छ, त्यहाँ मानिसहरूले पाउनेछु भनी कल्पना गरेका पति र पत्नीबीच, बुबा र छोरीबीच, वा आमा र छोराबीच कुनै सम्बन्ध हुनेछैन। त्यस बेला, हरेक मानवलाई उसको प्रकारअनुसार छुट्याइनेछ र परिवारहरू पहिले नै चकनाचूर पारिएका हुनेछन्। पूर्ण रूपमा असफल भएपछि शैतानले मानवजातिलाई फेरि कहिल्यै पनि बाधा दिनेछैन, अनि त्यसैले त्यसउप्रान्त मानवजातिमा शैतानी भ्रष्ट स्वभावहरू हुनेछैनन्। ती विद्रोही मानिसहरू पहिले नै नष्ट पारिएका हुनेछन्, र समर्पित हुने मानिसहरू मात्र बाँच्नेछन्। यसरी, अति थोरै परिवार मात्र जस्ताका तस्तै बाँचिरहनेछन्, त्यसकारण दैहिक सम्बन्धहरू कसरी रहिरहन सक्छन्? मानवजातिको अघिल्लो दैहिक जीवनलाई पूर्ण रूपमा अन्त्य गरिनेछ; तब मानिसहरूबीच दैहिक सम्बन्धहरू कसरी रहन सक्छन्? शैतानी भ्रष्ट स्वभावहरूविना, मानव जीवन अब विगतको पुरानो जीवन हुनेछैन, बरु नयाँ जीवन हुनेछ। आमाबुबाले सन्तान गुमाउनेछन् र सन्तानले आमाबुबा गुमाउनेछन्। श्रीमान्हरूले श्रीमती गुमाउनेछन् र श्रीमतीहरूले श्रीमान् गुमाउनेछन्। हाल मानिसहरूका बीचमा दैहिक सम्बन्धहरू रहेका छन्, तर सबै जना विश्राममा प्रवेश गरेपछि, ती रहनेछैनन्। यस प्रकारको मानवजातिमा मात्र धार्मिकता र पवित्रता हुनेछ; यस प्रकारको मानवजातिले मात्र परमेश्वरको आराधना गर्न सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ६०१
परमेश्वरले मानवलाई सृष्टि गर्नुभयो, र उहाँले उनीहरूलाई पृथ्वीमा राख्नुभयो र उनीहरूलाई त्यस बेलादेखि नै डोर्याउनुभएको छ, पछि उहाँले उनीहरूलाई मुक्ति दिनुभयो र मानवजातिका निम्ति पापबलिका रूपमा सेवा गर्नुभयो, र अन्तमा, उहाँले अझै मानवजातिलाई विजय गर्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्ति दिनुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि अन्त्यसम्म नै संलग्न हुनुहुन्छ। परमेश्वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्वरले पृथ्वीमा र सारा सृष्टि गरिएका प्राणीमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्ने हुन्छ। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि मानवजातिले परमेश्वरको डर मान्ने उनीहरूको हृदय, साथै सृजित प्राणीहरूमा हुनुपर्ने कार्य गुम्यो, त्यसरी उनीहरू परमेश्वरविरुद्ध विद्रोह गर्ने शत्रु भए। त्यसपछि मानवजाति शैतानको सत्तामा जियो र शैतानको चालबाजीको गोटी बन्यो; यसरी, परमेश्वरसित आफ्ना सृष्टि गरिएका प्राणीहरूमाझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भय प्राप्त गर्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्यो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्ति दिनुपर्छ। यसरी मात्र परमेश्वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। अन्त्यमा विद्रोहका ती सन्तानहरूको पूर्ण विनाश पनि मानवलाई अझ राम्रोसँग परमेश्वरको आराधना गर्न र पृथ्वीमा अझ राम्रोसँग जिउन सक्षम हुन दिनका निम्ति हुनेछ। परमेश्वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्ने हुन्छ; यसको अर्थ परमेश्वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्ने हुन्छ। यसको अर्थ परमेश्वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई निरन्तर रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजाति चाहिँ उहाँको आराधना गर्ने, उहाँप्रति पूर्ण रूपमा समर्पित हुने र उहाँको महिमा भएको मानवजाति हो। यदि परमेश्वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्वरले उहाँविरुद्ध विद्रोह गर्ने ती शत्रुहरूलाई नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान् उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँविरुद्ध विद्रोही ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र विद्रोहीपन हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ६०२
मानिसलाई राज्यको युगमा पूरा रूपमा पूर्ण पारिनेछ। विजयको कामपछि, मानिसले शोधन र सङ्कष्ट भोग्नेछ। यो सङ्कष्ट दौरान विजय गर्न सक्ने र आफ्नो गवाहीमा दृढ रहन सक्नेहरू नै अन्ततः पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो सङ्कष्ट दौरान, मानिसबाट यो शोधन स्वीकार गर्ने माग गरिन्छ, र यो शोधन परमेश्वरको कामको अन्तिम घटना हो। परमेश्वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो र परमेश्वरलाई पछ्याउने सबैले यो अन्तिम जाँच स्वीकार गर्नैपर्छ र तिनीहरूले यो अन्तिम शोधन स्वीकार गर्नैपर्छ। सङ्कष्टहरूको माझमा हुनेहरू पवित्र आत्माको कामविहीन र परमेश्वरको मार्गदर्शनविहीन हुन्छन्, तर साँच्चै विजय गरिएकाहरू र परमेश्वरलाई साँच्चै पछ्याउनेहरू अन्ततः दृढ रहनेछन्; तिनीहरू मानवता भएकाहरू, र परमेश्वरलाई निष्कपट रूपमा प्रेम गर्नेहरू हुन्। परमेश्वरले चाहे जे गर्नुभए पनि, यी विजेताहरूले दर्शनहरू गुमाउनेछैनन् र आफ्नो गवाही नगुमाई अझै सत्यता अभ्यास गर्नेछन्। आखिरमा महा-सङ्कष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। लाभका लागि केवल अल्याङटल्याङ गर्नेहरूले आज सित्तैमा खान पाए पनि, कोही पनि अन्तिम सङ्कष्टबाट उम्कन सक्दैन, र कोही पनि अन्तिम परीक्षाबाट उम्कन सक्दैन। जित्नेहरूका लागि, यस्तो सङ्कष्ट एक ठूलो शोधन हो; तर लाभका लागि केवल अल्याङटल्याङ गर्नेहरूका लागि, यो पूर्ण रूपमा हटाइने काम हो। हृदयमा परमेश्वर हुनेहरूलाई जस्तोसुकै जाँच गरिए पनि, तिनीहरूको निष्ठा अपरिवर्तित रहन्छ; तर हृदयमा परमेश्वर नहुनेहरूका लागि, परमेश्वरको काम तिनीहरूको देहका लागि लाभदायक नहुनेबित्तिकै, तिनीहरूले परमेश्वरप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्छन्, र परमेश्वरबाट टाढा समेत जान्छन्। यिनीहरू नै अन्तमा दृढतापूर्वक खडा नहुनेहरू हुन्, जो केवल परमेश्वरका आशिष्हरू खोज्छन् र परमेश्वरका लागि आफूलाई समर्पित गर्ने र उहाँप्रति आफूलाई अर्पित गर्ने कुनै चाहना राख्दैनन्। यस्ता नीच मानिसहरू सबैलाई परमेश्वरको कामको अन्त्य भएपछि “खेदिनेछ,” र तिनीहरूलाई अलिकति पनि कृपा देखाइनेछैन। मानवता नभएकाहरूमा परमेश्वरप्रति साँचो प्रेम पटक्कै हुँदैन। जब वातावरण सहज हुन्छ, वा तिनीहरूले केही पाउन सक्छन्, तब तिनीहरू परमेश्वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन्छन्, तर जब तिनीहरूका चाहनाहरूमाथि खतरा उत्पन्न हुन्छ वा ती अन्ततः चकनाचुर हुन्छन्, तब तिनीहरू तुरुन्तै विद्रोहमा उत्रन्छन्। केवल एक रातको अन्तरालमा समेत, तिनीहरू मुस्कुराउने, “दयालु” व्यक्तिबाट जङ्गली देखिने जल्लादमा परिणत हुन्छन्, र कुनै तुक वा कारणविना, अप्रत्याशित रूपमा हिजोको आफ्नो हितकारीलाई आफ्नो घोर शत्रुका रूपमा व्यवहार गर्छन्। यदि आँखा झिमिक्क नगरी मार्ने यी दुष्ट पिशाचहरूलाई फालिएन भने, के तिनीहरू गम्भीर अन्तर्निहित खतरा बन्नेछैनन् र? विजयको काम समाप्त भएपछि, मानिसलाई मुक्ति दिने काम पूर्ण रूपमा सम्पन्न हुन्छ भन्ने होइन। विजयको काम अन्त्य भएको भए तापनि, मानिसलाई शुद्ध गर्ने काम अन्त्य भएको छैन; जब मानिसलाई पूर्ण रूपमा शुद्ध गरिन्छ, जब साँच्चै परमेश्वरमा समर्पित हुनेहरूलाई पूर्ण पारिन्छ, र जब आफ्नो हृदयमा परमेश्वर नभएका छद्मभेषीहरूलाई निकालिन्छ, तब मात्रै काम समाप्त हुनेछ। उहाँको कामको अन्तिम चरणमा परमेश्वरलाई सन्तुष्ट नपार्नेहरूलाई पूर्ण रूपमा हटाइनेछ र हटाइएकाहरू दियाबलसहरूका हुन्। तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्न असमर्थ हुने हुँदा, तिनीहरू परमेश्वरको विरुद्धमा विद्रोही छन् र यी मानिसहरूले आज परमेश्वरलाई पछ्याए तापनि, यसले तिनीहरू अन्तिमसम्मै रहनेहरू हुन् भन्ने कुरालाई प्रमाणित गर्दैन। “अन्तिमसम्मै परमेश्वरलाई पछ्याउनेहरूले मुक्ति पाउनेछ” भन्ने वचनहरूमा, “पछ्याउनु” को अर्थ सङ्कष्टको बीचमा दह्रिलो गरी खडा हुनु भन्ने हुन्छ। आज, धेरैले परमेश्वरलाई पछ्याउनु सजिलो छ भन्ने विश्वास गर्छन् तर जब परमेश्वरको काम समाप्त हुनलागेको हुन्छ, तैँले “पछ्याउनु”-को साँचो अर्थलाई जान्नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्नेहरू, सङ्कष्टको बीचमा विजय बन्न नसक्नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्वरलाई अन्तिमसम्मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्वरलाई साँच्चै पछ्याउनेहरू आफ्नो कामको जाँच खप्न सक्नेहरू हुन्, जबकि परमेश्वरलाई साँच्चै नपछ्याउनेहरू परमेश्वरको कुनै पनि परीक्षाहरू खप्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरू निष्कासित हुनेछन्, जबकि विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्वरलाई साँच्चै खोजी गर्छ कि गर्दैन भन्ने कुरा उसको काम जाँचेर, अर्थात्, परमेश्वरका परीक्षाहरूद्वारा मात्रै निर्धारित हुन सक्छ, र मानिस स्वयमले निकाल्ने निष्कर्षसँग यसको कुनै सम्बन्ध हुँदैन। परमेश्वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सक्छ। उहाँ मानिसलाई अदृश्य हुने कुनै पनि कुरा, वा मानिसलाई विश्वस्त तुल्याउन नसक्ने कुनै पनि काम गर्नुहुन्न। मानिसको आस्था साँचो हो कि होइन भन्ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र यो मानिसद्वारा निर्धारण गर्न सकिँदैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्ने कुरामा कुनै शङ्का छैन। परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरू सबै अन्ततः राज्यमा नै रहनेछन् र उहाँलाई साँच्चै प्रेम गर्ने कसैलाई पनि परमेश्वरले नराम्रो व्यवहार गर्नुहुनेछैन। तिनीहरूका फरक-फरक कार्यहरू र गवाहीहरूका आधारमा राज्यभित्रका विजेताहरूले पूजाहारीहरूका रूपमा वा अनुयायीहरूका रूपमा सेवा गर्नेछन् र संकष्टको बीचमा विजयी हुनेहरू राज्यभित्रका पूजाहारीहरूको निकाय बन्नेछन्। ब्रह्माण्डभरिमा सुसमाचारको कार्य समाप्त भएपछि पूजाहारीहरूको निकायलाई निर्माण गरिनेछ। जब त्यो समय आउँछ, मानिसले गर्नुपर्ने कुरा परमेश्वरको राज्यभित्र उसले पूरा गर्नुपर्ने दायित्व, र राज्यभित्र परमेश्वरसँग एकसाथको उसको जियाइ हुनेछ। पूजाहारीहरूको निकायमा प्रधान पूजाहारीहरू र पूजाहारीहरू हुनेछन् र बाँकीचाहिँ परमेश्वरका पुत्रहरू र मानिसहरू हुनेछन्। सङ्कष्टको अवधिमा परमेश्वरको निम्ति तिनीहरूले दिएका गवाहीले यो सबैलाई निर्धारण गर्नेछ; ती आवेगमा दिइने पदहरू होइनन्। मानिसको अवस्थालाई स्थापना गरिसकेपछि, परमेश्वरको काम बन्द हुनेछ, किनभने हरेकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिनेछ र तिनीहरूको मूल स्थितिमा फर्काइनेछ र यो परमेश्वरको कार्यको पूर्णताको चिन्ह हो, यो परमेश्वरको काम र मानिसको अभ्यासको अन्तिम परिणाम हो र परमेश्वरको कार्य र मानिसको सहकार्यका दर्शनहरूलाई स्पष्ट बनाउने कार्य हो। आखिरमा, मानिसले परमेश्वरको राज्यमा विश्राम पाउनेछ र परमेश्वर पनि विश्राम गर्न आफ्नो वासस्थानमा फर्कनुहुनेछ। परमेश्वर र मानिस बीचको ६,००० वर्षे सहकार्यको अन्तिम परिणाम यही नै हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
परमेश्वरका दैनिक वचनहरू अंश ६०३
दाजुभाइ-दिदीबहिनीहरूमाझ सधैँ आफ्नो नकारात्मकता पोखाउनेहरू शैतानका नोकर हुन्, र तिनीहरू मण्डलीमा बाधा दिनेहरू हुन्। त्यस्ता मानिसहरूलाई एक दिन निष्कासित गर्नैपर्छ र हटाइनैपर्छ। यदि मानिसहरूमा परमेश्वरमाथिको आफ्नो विश्वासमा परमेश्वरको डर मान्ने हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्वरमा समर्पित हुने हृदय छैन भने, तिनीहरू उहाँका निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, बरु त्यसको विपरीत, तिनीहरू उहाँको काममा बाधा दिने र उहाँको प्रतिरोध गर्नेहरू बन्नेछन्। परमेश्वरमा विश्वास गर्नु तर उहाँप्रति समर्पित नहुनु वा उहाँको डर नमान्नु, बरु उहाँको प्रतिरोध गर्नु भनेको एक विश्वासीका निम्ति सबैभन्दा ठूलो लज्जाको विषय हो। यदि विश्वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरविश्वासीहरू जतिकै लापरवाह र असंयमित छन् भने, तिनीहरू गैरविश्वासीहरूभन्दा पनि दुष्ट छन्; दुष्ट पिशाचका असली नमुना हुन्। जो मण्डलीमा आफ्ना विषाक्त, दुर्भावपूर्ण कुराहरू पोखाउँछन्, जो आधारहीन अफवाहहरू फैलाउँछन्, बेमेल खडा गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिनुपर्थ्यो। तैपनि अहिले परमेश्वरको कामको फरक युग भएकाले, यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। तर, कतिपयमा भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू चाहिँ फरक हुन्छन्: उनीहरूमा शैतानी भ्रष्ट स्वभावहरू हुने मात्र होइन, तिनीहरूको प्रकृति पनि अत्यन्तै दुर्भावपूर्ण हुन्छ। यी मानिसहरूका बोलीवचन र व्यवहारहरू केवल शैतानी भ्रष्ट स्वभावहरूको प्रकटीकरणभन्दा बढी नै हुन्छन्; तिनीहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरू परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउनु बाहेक केही गर्दैनन्, त्यसले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले सामान्य मण्डली जीवनलाई नोक्सान पुर्याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई पखालिनेछ; शैतानका यी नोकरहरूप्रति कठोर मनोवृत्ति, इन्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानसँगै हिलोमा लडीबुडी गर्दैछन्। परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने मानिसहरूले सधैँ परमेश्वरलाई उनीहरूको हृदयमा राख्छन्, र उनीहरू आफूभित्र सधैँ परमेश्वरको डर मान्ने हृदय, परमेश्वरलाई प्रेम गर्ने हृदय बोक्छन्। परमेश्वरमा विश्वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्वरका मागहरूअनुरूप हुनुपर्छ र ती उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्छ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन। मानिसहरू परमेश्वरको झन्डा फहराउँदै, अनि साथसाथै फूर्ति लगाउँदै र सबैतिर ठगी गर्दै जथाभावी गर्दै दौडनु हुँदैन; यो सबैभन्दा विद्रोही प्रकारको आचरण हो। परिवारहरूका आफ्ना नियमहरू हुन्छन्, र राष्ट्रहरूका आफ्नै कानुनहरू हुन्छन्—अनि परमेश्वरको घरमा यस्तो अझ बढी हुँदैन र? के यसका झन् कडा मानकहरू छैनन् र? के त्यसका प्रशासनिक आदेशहरू झनै हुँदैनन् र? मानिसहरू आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्, तर परमेश्वरका प्रशासनिक आदेशहरूलाई इच्छाअनुसार परिवर्तन गर्न मिल्दैन। परमेश्वर मानिसहरूबाट कुनै उल्लङ्घन नसहने परमेश्वर हुनुहुन्छ; उहाँ मानिसहरूलाई ढाल्ने परमेश्वर हुनुहुन्छ। के वास्तवमा मानिसहरूले यो कुरा थाहा पाइसकेका छैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
परमेश्वरका दैनिक वचनहरू अंश ६०४
हरेक मण्डलीमा बाधा दिने वा परमेश्वरको काममा अवरोध पुऱ्याउने मानिसहरू हुन्छन्। तिनीहरू सबै भेष बदलेर परमेश्वरको घरमा घुसपैठ गरेका शैतान हुन्। त्यस्ता मानिसहरू अभिनय गर्नमा विशेष रूपले सिपालु हुन्छन्: तिनीहरू ठूलो श्रद्धाका साथ मेरो अघि आउँछन्, झुक्छन् र चिप्लो घस्छन्, तिनीहरू लुतो लागेका कुकुरहरूकै प्रतिरूप हुन् र आफ्ना उद्देश्यहरू हासिल गर्न आफ्नो “सबथोक” अर्पण गर्छन्—तर दाजुभाइ-दिदीबहिनीहरूसामु, तिनीहरू आफ्नो कुरूप पक्ष देखाउँछन्। जब तिनीहरू सत्यता अभ्यास गर्ने मानिसहरूलाई देख्छन्, तब तिनीहरू उनीहरूलाई प्रहार गर्छन् र पाखा लगाउँछन्; जब तिनीहरूले आफूभन्दा शक्तिशाली मानिसहरूलाई देख्छन्, तब तिनीहरू उनीहरूको चापलुसी र चाकरी गर्छन्। तिनीहरू मण्डलीमा मनपरी गर्छन्। त्यस्ता “स्थानीय गुन्डाहरू,” त्यस्ता “चाकरीबाजहरू” धेरैजसो मण्डलीमा हुन्छन् भनेर भन्न सकिन्छ। तिनीहरू एकसाथ गोप्य रूपमा काम गर्छन्, एकअर्कालाई आँखा झिम्काएर गोप्य सङ्केतहरू पठाउँछन् अनि तिनीहरूमध्ये कसैले पनि सत्यता अभ्यास गर्दैन। सबैभन्दा धेरै विष हुने जोकोही “मुख्य पिशाच” हो र सबैभन्दा उच्च प्रतिष्ठा हुने जोकोहीले तिनीहरूको झन्डा बोक्दै, तिनीहरूको अगुवाइ गर्छ। यी मानिसहरू मण्डलीमा उपद्रव मच्चाउँछन्, नकारात्मकता फैलाउँछन्, मृत्यु ओकल्छन्, आफूखुसी गर्छन्, आफूखुसी भन्छन् र कसैले पनि तिनीहरूलाई रोक्ने आँट गर्दैन। तिनीहरू शैतानी स्वभावहरूले भरिपूर्ण हुन्छन्। तिनीहरूले यसरी बाधा दिँदा, मण्डलीमा मृत्युको हावा प्रवेश गर्छ। मण्डलीभित्र सत्यता अभ्यास गर्नेहरूलाई इन्कार गरिन्छ, तिनीहरू आफूले सक्ने सबै कुरा गर्न असक्षम हुन्छन्, जबकि मण्डलीमा बाधा दिने र मृत्यु फैलाउनेहरू भित्रभित्र मनपरी गर्दै हिँड्छन्—र, त्यति मात्र होइन, धेरैजसो मानिस तिनीहरूलाई पछ्याउँछन्। त्यस्ता मण्डलीहरू वास्तवमा शैतानद्वारा शासित हुन्छ, दियाबलस तिनीहरूको राजा हुन्छ। यदि त्यस्ता मण्डलीहरूका मानिसहरू खडा हुँदैनन् र मुख्य पिशाचहरूलाई इन्कार गर्दैनन् भने, तिनीहरू पनि ढिलो-चाँडो विनाशमा पुग्नेछन्। अबदेखि, त्यस्ता मण्डलीहरूविरुद्ध कदमहरू चाल्नैपर्छ। यदि थोरै सत्यता अभ्यास गर्न सक्नेहरूले खोजी गर्दैनन् भने, त्यस मण्डलीलाई समाप्त गरिनेछ। यदि कुनै मण्डलीमा सत्यता अभ्यास गर्न इच्छुक कोही छैन र परमेश्वरप्रतिको आफ्नो गवाहीमा दृढ रहन सक्ने कोही छैन भने, त्यस मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्छ र अन्य मण्डलीहरूसँगको त्यसको सम्बन्ध काट्नुपर्छ। यसलाई “मृत्युलाई गाड्नु” भनिन्छ; शैतानलाई इन्कार गर्नुको अर्थ यही हो। यदि कुनै मण्डलीमा धेरै स्थानीय गुन्डा छन् र खुट्ट्याउने क्षमता पूर्ण रूपमा नभएका “साना झिँगाहरू” ले तिनीहरूलाई पछ्याउँछन् भने र यदि यस मण्डलीका मानिसहरू सत्यता देखिसकेपछि पनि, यी गुन्डाहरूको बन्धन र चालबाजीलाई इन्कार गर्न अझै असक्षम छन् भने, ती अन्योलमा परेकाहरू सबैलाई अन्त्यमा हटाइनेछ। यी साना झिँगाहरूले कुनै ठूलो दुष्टता नगरेका हुन सक्छन्, तर तिनीहरू अझ बढी छली, अझ बढी धूर्त हुन्छन् र यस्ता सबैलाई हटाइनेछ। एक जना पनि बाँकी रहनेछैन! शैतानकाहरूलाई शैतानकहाँ नै फर्काइनेछ, जबकि परमेश्वरद्वारा चुनिएकाहरूले निश्चय नै सत्यता खोज्नेछन्; यो तिनीहरूको प्रकृतिद्वारा निर्णय गरिन्छ। शैतानलाई पछ्याउनेहरू सबै नाश होऊन्! त्यस्ता मानिसहरूलाई कुनै दया देखाइनेछैन। सत्यता खोज्नेहरूलाई भरणपोषण गरियोस् र तिनीहरूले परमेश्वरको वचनमा आफ्नो हृदय सन्तुष्ट हुनेगरी आनन्द लिऊन्। परमेश्वर धर्मी हुनुहुन्छ; उहाँ कसैप्रति पक्षपात देखाउनुहुन्न। यदि तँ दियाबलस होस् भने, तँ सत्यता अभ्यास गर्न असक्षम हुन्छस्; यदि तँ सत्यता खोज्ने व्यक्ति होस् भने, तँलाई शैतानले कैदी बनाउनेछैन भन्ने कुरा निश्चित छ। यसमा कुनै शङ्का छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
परमेश्वरका दैनिक वचनहरू अंश ६०५
प्रगतिका लागि प्रयास नगर्ने मानिसहरू सधैँ अरू पनि आफूजस्तै नकारात्मक र अल्छी होऊन् भन्ने चाहन्छन्। सत्यता अभ्यास नगर्नेहरू सत्यता अभ्यास गर्नेहरूको डाहा गर्छन् अनि अन्योलमा परेका र खुट्ट्याउने क्षमता नभएकाहरूलाई सधैँ भ्रमित पार्ने प्रयास गर्छन्। यी मानिसहरूले दिने कुराहरूले तँलाई पतित हुन, अधोगतितिर लाग्न, असामान्य अवस्थामा पर्न र अन्धकारले भरिन लगाउन सक्छन्। तिनले तँलाई परमेश्वरबाट टाढा हुन र देहलाई प्रेम गर्न अनि आफूलाई छुट दिन लगाउन सक्छन्। सत्यतालाई प्रेम नगर्ने र परमेश्वरप्रति सधैँ झाराटारुवा हुने मानिसहरूमा कुनै आत्म-सचेतना हुँदैन र त्यस्ता मानिसहरूको स्वभावले अरूलाई पाप गर्न र परमेश्वरको प्रतिरोध गर्न लोभ्याउँछ। तिनीहरू सत्यता अभ्यास गर्दैनन्, न त अरूलाई यो अभ्यास गर्न नै दिन्छन्। तिनीहरू पापलाई प्रेम गर्छन् र आफूलाई घृणा गर्दैनन्। तिनीहरू आफूलाई चिन्दैनन् र अरूलाई आफूलाई चिन्नबाट रोक्छन्; तिनीहरू अरूलाई सत्यताको तृष्णा गर्नबाट पनि रोक्छन्। तिनीहरूद्वारा भ्रमित हुनेहरूले ज्योति देख्न सक्दैनन्—तिनीहरू अन्धकारमा पर्छन्, आफूलाई चिन्दैनन्, सत्यताबारे अस्पष्ट हुन्छन् र परमेश्वरबाट झन्-झन् टाढा हुन्छन्। तिनीहरू सत्यता अभ्यास गर्दैनन् र अरूलाई सत्यता अभ्यास गर्नबाट रोक्छन्, ती अन्योलमा परेका सबैलाई आफूसामु ल्याउँछन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्छन् भनेर भन्नुभन्दा, तिनीहरू आफ्ना पुर्खाहरूमा विश्वास गर्छन् वा तिनीहरूले विश्वास गर्ने कुरा तिनीहरूको हृदयका मूर्तिहरू हुन् भनेर भन्नु अझ राम्रो हुनेछ। परमेश्वरलाई पछ्याउने दाबी गर्ने ती मानिसहरूले आफ्ना आँखा खोलेर तिनीहरू ठ्याक्कै कसलाई विश्वास गर्छन् भनेर राम्ररी हेर्नु सबैभन्दा राम्रो हुनेछ: तँ साँच्चै परमेश्वरमा विश्वास गर्छस् कि शैतानमा? यदि तँलाई आफूले विश्वास गर्ने कुरा परमेश्वर होइन, बरु आफ्नै मूर्तिहरू हुन् भनी थाहा छ भने, तैँले आफू विश्वासी भएको दाबी नगर्नु नै सबैभन्दा राम्रो हुनेछ। यदि तँलाई आफूले कसलाई विश्वास गर्छु भन्ने साँच्चै थाहा छैन भने, फेरि पनि, तैँले आफू विश्वासी भएको दाबी नगर्नु नै सबैभन्दा राम्रो हुनेछ। त्यसो भन्नु ईश्वरनिन्दा हुनेछ! तँलाई परमेश्वरमा विश्वास गर्न कसैले बाध्य पारिरहेको छैन। तिमीहरू ममा विश्वास गर्छौ भनेर नभन; मैले यस्ता कुराहरू पर्याप्त सुनिसकेको छु र म त्यो फेरि सुन्न चाहन्नँ, किनभने तिमीहरूले विश्वास गर्ने कुरा तिमीहरूको हृदयका मूर्तिहरू र तिमीहरूमाझका स्थानीय गुन्डाहरू हुन्। सत्यता सुन्दा टाउको हल्लाउनेहरू, मृत्युका शब्दहरू सुन्दा मुस्कुराउनेहरू शैतानको सन्तान हुन् र तिनीहरू नै हटाइने व्यक्ति हुन्। मण्डलीमा धेरै जनासँग खुट्ट्याउने क्षमता हुँदैन। जब कसैले अरूलाई भ्रमित पार्ने प्रयास गर्छ, तब तिनीहरू उल्टै शैतानको पक्षमा उभिन्छन्; तिनीहरू आफूलाई शैतानका नोकरहरू भनिँदा अत्यन्तै अन्याय भएको समेत महसुस गर्छन्। मानिसहरूले आफूसँग खुट्ट्याउने क्षमता छैन भनेर भन्न सक्ने भए पनि, तिनीहरू सधैँ असत्यको पक्षमा उभिन्छन्, तिनीहरू सङ्कटको समयमा कहिल्यै सत्यताको पक्षमा उभिँदैनन्, तिनीहरू कहिल्यै खडा हुँदैनन् र सत्यताका लागि तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै खुट्ट्याउने क्षमताको कमी हुन्छ? तिनीहरू किन उल्टै शैतानको पक्ष लिन्छन्? तिनीहरू किन सत्यताका खातिर निष्पक्ष र उचित हुने एउटा शब्द कहिल्यै बोल्दैनन्? के यो परिस्थिति साँच्चै तिनीहरूको क्षणिक अन्योलको परिणाम स्वरूप उत्पन्न भएको हो? मानिसहरूसँग जति कम खुट्ट्याउने क्षमता हुन्छ, तिनीहरू सत्यताको पक्षमा उभिन त्यति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले खुट्ट्याउने क्षमता नभएका मानिसहरू पापलाई प्रेम गर्छन् भन्ने देखाउँदैन र? के यसले तिनीहरू शैतानको बफादार सन्तान हुन् भन्ने देखाउँदैन र? तिनीहरू किन सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूको हरेक बोली र कार्य, तिनीहरूको अनुहारका हाउभाउहरू सबै तिनीहरू कुनै पनि प्रकारले सत्यतालाई प्रेम गर्नेहरू होइनन् भनी प्रमाणित गर्न पर्याप्त छन्; बरु, तिनीहरू सत्यतालाई घृणा गर्ने मानिस हुन्। तिनीहरू शैतानको पक्षमा उभिन सक्नुले शैतानको खातिर लड्न आफ्नो जीवन बिताउने यी साना दियाबलसहरूलाई शैतान साँच्चै प्रेम गर्छ भनी पर्याप्त रूपमा प्रमाणित गर्छ। के यी सबै तथ्य अत्यन्तै स्पष्ट छैनन् र? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तँमा किन सत्यता अभ्यास गर्नेहरूका लागि सम्मान छैन र किन तँ सत्यता अभ्यास नगर्नेहरूले पुलुक्कै हेर्नेबित्तिकै तुरुन्तै तिनीहरूलाई पछ्याउँछस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग खुट्ट्याउने क्षमता छ कि छैन भन्ने कुराको मलाई वास्ता छैन। तैँले जति नै ठूलो मूल्य चुकाएको भए पनि त्यसको मलाई वास्ता छैन। तेरा शक्तिहरू जति नै ठूला भए पनि त्यसको मलाई वास्ता छैन र तँ स्थानीय गुन्डा भए पनि वा झन्डा बोक्ने अगुवा भए पनि मलाई त्यसको वास्ता छैन। यदि तेरा शक्तिहरू ठूला छन् भने, त्यो शैतानको शक्तिको मद्दतले मात्रै हो। यदि तेरो प्रतिष्ठा उच्च छ भने, त्यो तेरो वरिपरि सत्यता अभ्यास नगर्नेहरू धेरै भएकाले मात्रै हो। यदि तँलाई निष्कासित गरिएको छैन भने, त्यो अहिले निष्कासित गर्ने कामको समय नभएकाले हो; बरु, यो हटाउने कामको समय हो। अहिले तँलाई निष्कासित गर्नु कुनै हतार छैन। म तँलाई हटाइसकेपछि दण्ड दिने दिनको केवल प्रतीक्षा गरिरहेको छु। सत्यता अभ्यास नगर्ने जोकोहीलाई हटाइनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
परमेश्वरका दैनिक वचनहरू अंश ६०६
परमेश्वरमा सच्चा रूपले विश्वास गर्ने मानिसहरू परमेश्वरको वचन अभ्यास गर्न इच्छुक हुने र सत्यता अभ्यास गर्न इच्छुक हुनेहरू हुन्। परमेश्वरप्रतिको आफ्नो गवाहीमा साँच्चै दृढ रहन सक्ने मानिसहरू पनि उहाँको वचन अभ्यास गर्न इच्छुक हुन सक्ने र सच्चा रूपमा सत्यताको पक्षमा उभिन सक्नेहरू हुन्। कुटिल र अधर्मी अभ्यासहरूमा संलग्न हुने मानिसहरू सबै सत्यताबाट वञ्चित हुन्छन् र तिनीहरू सबैले परमेश्वरलाई लज्जित पार्छन्। मण्डलीमा विवाद खडा गर्नेहरू शैतानको नोकर हुन्, तिनीहरू शैतानको मूर्तरूप हुन्। त्यस्ता मानिसहरू अत्यन्तै दुर्भावपूर्ण हुन्छन्। अझै पनि खुट्ट्याउने क्षमता नहुनेहरू सत्यताको पक्षमा उभिन असक्षम हुन्छन्, तिनीहरू सबै दुष्ट अभिप्रायहरू पाल्ने र सत्यतालाई कलङ्कित पार्ने मानिस हुन्। तिनीहरू शैतानको अझ खाँटी प्रतिनिधि हुन्। तिनीहरूको छुटकारा असम्भव छ र तिनीहरू स्वाभाविक रूपमा हटाइनेछन्। परमेश्वरको घरले सत्यता अभ्यास नगर्नेहरूलाई रहन दिँदैन, न त यसले जानाजानी मण्डली भत्काउनेहरूलाई नै रहन दिन्छ। तर, अहिले निष्कासनको काम गर्ने समय होइन; त्यस्ता मानिसहरूलाई अन्त्यमा केवल प्रकट गरिनेछ र हटाइनेछ। यी मानिसहरूमाथि अब कुनै व्यर्थको काम गरिनेछैन; जो शैतानहरू हुन् तिनीहरू सत्यताको पक्षमा उभिन सक्दैनन्, जबकि सत्यता खोज्नेहरू उभिन सक्छन्। सत्यता अभ्यास नगर्ने मानिसहरू सत्यताको मार्ग सुन्न र सत्यताको गवाही दिन अयोग्य हुन्छन्। सत्यता तिनीहरूले सुन्नका लागि नै होइन; बरु, यो सत्यता अभ्यास गर्नेहरूप्रति लक्षित हुन्छ। हरेक व्यक्तिको परिणाम प्रकट हुनुअघि, मण्डलीलाई बाधा दिने र काममा अवरोध पुऱ्याउनेहरूलाई पहिले पन्छाइनेछ अनि अहिलेका लागि एक्लै छोडिनेछ। काम पूरा भएपछि, यी मानिसहरू हरेकलाई प्रकट गरिनेछ र त्यसपछि तिनीहरूलाई हटाइनेछ। अहिलेका लागि, सत्यता प्रदान गरिँदै गर्दा, तिनीहरूलाई बेवास्ता गरिनेछ। जब सम्पूर्ण सत्यता मानवजातिलाई प्रकट गरिन्छ, तब मानिसहरूलाई हटाउन सुरु गरिनेछ; त्यो सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने समय हुनेछ। खुट्ट्याउने क्षमता नभएकाहरूका सानातिना चालहरूले तिनीहरूलाई दुष्टहरूको हातबाट विनाश हुन डोऱ्याउनेछन्, तिनीहरूलाई उनीहरूले लोभ्याउनेछन् र तिनीहरू कहिल्यै फर्कनेछैनन्। अनि तिनीहरू यस्तो व्यवहारका योग्य हुन्छन्, किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, किनभने तिनीहरू सत्यताको पक्षमा उभिन असक्षम हुन्छन् र किनभने तिनीहरू दुष्ट मानिसहरूलाई पछ्याउँछन्, दुष्ट मानिसहरूको पक्षमा उभिन्छन् अनि परमेश्वरको प्रतिरोध गर्न दुष्ट मानिसहरूसँग मिलेमतो गर्छन्। तिनीहरूलाई ती दुष्ट मानिसहरूले प्रकट गर्ने कुरा दुष्टता हो भन्ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू दुस्साहस गर्छन् र तिनीहरूलाई पछ्याउन सत्यतालाई पिठ्युँ फर्काउँछन्। के सत्यता अभ्यास नगर्ने तर विनाशकारी र घृणित कुराहरू गर्ने यी मानिसहरू सबैले दुष्टता गरिरहेका छैनन् र? तिनीहरूमध्ये “राजाहरू” का रूपमा कार्य गर्नेहरू र तिनीहरूलाई पछ्याउने अरूहरू भए पनि, के परमेश्वरको प्रतिरोध गर्ने तिनीहरूको प्रकृति उस्तै छैन र? परमेश्वर तिनीहरूलाई मुक्ति दिनुहुन्न भनी दाबी गर्न तिनीहरूसँग के बहाना हुन सक्छ? परमेश्वर धर्मी हुनुहुन्न भनी दाबी गर्न तिनीहरूसँग के बहाना हुन सक्छ? के तिनीहरूलाई तिनीहरूकै दुष्टताले नष्ट गरिहेको छैन र? के तिनीहरूलाई तिनीहरूको आफ्नै विद्रोहीपनले नरकमा तानिरहेको छैन र? सत्यता अभ्यास गर्ने मानिसहरूले अन्त्यमा सत्यताको कारण मुक्ति पाउनेछन् र तिनीहरू सिद्ध पारिनेछन्। सत्यता अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यताको कारण आफूमाथि विनाश ल्याउनेछन्। सत्यता अभ्यास गर्ने र अभ्यास नगर्नेहरूको पर्खाइमा हुने परिणामहरू यिनै हुन्। म सत्यता अभ्यास गर्ने योजना नबनाइरहेकाहरूलाई अझ धेरै पाप गर्नबाट जोगिन जतिसक्दो चाँडो मण्डली छोडिहाल्न सल्लाह दिन्छु। जब समय आउँछ, तब पछुतो गर्न धेरै ढिला भइसकेको हुनेछ। विशेष गरी, गुटबन्दी गर्ने र फूट पैदा गर्नेहरू अनि मण्डलीभित्रका ती स्थानीय गुन्डाहरूले अझै चाँडो छोडेर गइहाल्नुपर्छ। दुष्ट ब्वाँसाहरूको प्रकृति भएका त्यस्ता मानिसहरू परिवर्तन हुन असक्षम हुन्छन्। तिनीहरूले परमेश्वरद्वारा दण्ड नपाऊन् भनेर जतिसक्दो चाँडो मण्डली छोड्नु र फेरि कहिल्यै दाजुभाइ-दिदीबहिनीहरूको सामान्य जीवनमा बाधा नदिनु राम्रो हुनेछ। तिमीहरूमध्ये तिनीहरूसँगै लागेकाहरूले आत्मचिन्तन गर्न यस अवसरको सदुपयोग गर्नु राम्रो हुनेछ। के तिमीहरू दुष्ट जनहरूसँगै मण्डली छोड्नेछौ कि यहीँ रहेर आज्ञाकारी भई पछ्याउनेछौ? तिमीहरूले यस मामिलालाई ध्यानपूर्वक विचार गर्नैपर्छ। म तिमीहरूलाई छनौट गर्ने यो एउटा थप अवसर दिन्छु, र म तिमीहरूको जवाफको प्रतीक्षा गर्छु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
परमेश्वरका दैनिक वचनहरू अंश ६०७
परमेश्वरमा विश्वास गर्ने व्यक्तिको रूपमा तैँले सबै कुरामा उहाँ बाहेक अरू कसैप्रति बफादार रहनु हुँदैन र हरेक कुरामा उहाँका अभिप्रायसँग मिल्न सक्नुपर्छ। तथापि, सबैले यो सन्देश बुझे पनि, मानिसका विविध कठिनाइहरूको कारण—उदाहरणको लागि, उसको अज्ञानता, निरर्थकता र भ्रष्टताको कारण—यी सत्यहरू उसमा सम्पूर्ण रूपले स्पष्ट देखिँदैनन्, जुन सबैभन्दा स्पष्ट र आधारभूत कुराहरू हुन्, त्यसैले तिमीहरूको अन्त्य अपरिवर्तनीय हुनुभन्दा अगाडि, म पहिले तिमीहरूलाई तिमीहरूको लागि अत्याधिक महत्त्वका केही कुराहरू बताउन चाहन्छु। म अघि बढ्नुभन्दा पहिले, तिमीहरूले यो बुझ्नुपर्छ: मैले बोल्ने वचनहरू सम्पूर्ण मानवजातिप्रति लक्षित सत्यताहरू हुन्; तिनीहरू केवल निश्चित व्यक्ति वा निश्चित प्रकारको व्यक्तिको लागि मात्र सम्बोधन गरिएका होइनन्। त्यसकारण, तिमीहरूले मेरा वचनहरू सत्यताको दृष्टिकोणबाट बुझ्न ध्यान केन्द्रित गर्नुपर्छ र तिमीहरूसँग अविभाजित ध्यान र इमानदारीताको मनोवृत्ति हुनुपर्छ; मैले बोलेका कुनै पनि वचन वा सत्यतालाई बेवास्ता नगर्नू र मैले बोलेका सबै वचनहरूलाई हल्का रूपमा नलिनू। तिमीहरूले तिमीहरूको जीवनमा सत्यतासँग सान्दर्भिक नहुने धेरै कुराहरू गरेका छौ भन्ने मैले देखेको छु र त्यसैले म तिमीहरूलाई विशेष अनुरोध गर्दछु, कि तिमीहरू सत्यताका सेवकहरू बन, तिमीहरू दुष्टता र कुरूपताको दास नबन र तिमीहरूले सत्यतालाई नकुल्चिओ वा परमेश्वरको घरको कुनै पनि भागलाई अपवित्र नतुल्याओ। तिमीहरूलाई मेरो अर्ती यही हो। अब म हालको विषयमा कुरा गर्नेछु।
पहिलो, तिमीहरूको भाग्यका खातिर, तिमीहरूले परमेश्वरबाट मान्यता प्राप्त गर्नुपर्छ। भन्नुको मतलब, तिमीहरूले आफू परमेश्वरको घरका सदस्य भएको भनी स्विकार्ने हुनाले, तिमीहरूले सबै पक्षमा परमेश्वरको मनलाई चिन्तामुक्त राख्नुपर्छ र सबै कुरामा उहाँलाई सन्तुष्ट पार्नुपर्छ—यसो भन्नुको मतलब, तिमीहरूले सिद्धान्तसाथ र सत्यताअनुरूप कार्य गर्नैपर्छ। यदि तैँले यो कुरा पूरा गर्न सकिनस् भने, तँलाई परमेश्वरद्वारा तिरस्कार गरिनेछ र सबैद्वारा तिरस्कारका साथ अस्वीकार गरिनेछ। तँ यस्तो अप्ठ्यारो स्थितिमा फसिसकेपछि, तँलाई परमेश्वरको घरको सदस्यमा गन्न मिल्दैन, र परमेश्वरबाट मान्यता प्राप्त नगर्नु भनेको यही नै हो।
दोस्रो, परमेश्वर इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। परमेश्वरसँग विश्वासयोग्यताको सार छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्वास गर्न सकिन्छ; यसबाहेक, उहाँका कार्यहरू त्रुटिरहित र निर्विवाद छन्। यसै कारण परमेश्वर उहाँसँग पूर्ण रूपमा इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ। इमानदारी भनेको तिमीहरूको हृदय परमेश्वरलाई दिनु, कुनै पनि कुरामा परमेश्वरप्रति झूटो नहुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, तथ्यहरू कहिल्यै नलुकाउनु, आफूभन्दा माथिकालाई छल गर्ने र आफूभन्दा तलकाबाट कुराहरू लुकाउने प्रयास कहिल्यै नगर्नु, र परमेश्वरको चापलुसी गर्ने फगत प्रयासका कामकुरा नगर्नु हो। छोटकरीमा भन्दा, इमानदार हुनु भनेको आफ्नो बोली-व्यवहारमा विशुद्ध हुनु हो, र परमेश्वर वा मानिस कसैलाई पनि छल नगर्नु हो। म जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूका लागि त्यो अत्यन्तै कठिन छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्नु र कार्य गर्नुभन्दा बरु नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति मसँग अर्कै इलाज छ भन्ने कुरा त्यत्ति आश्चर्यजनक कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्ने कुरा मलाई राम्ररी थाहा छ। तिमीहरू सबै निकै “चलाख” भएकाले, आफ्नै तुच्छ मनस्थितिका आधारमा भद्र मानिसहरूको हृदय मापन गर्न एकदमै सिपालु भएकाले, यसले मेरो कामलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, ल त्यसोभए, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै प्रकोपमा पार्नेछु, ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्वासमा तिमीहरू दृढ हुन सक। अन्ततः, म तिमीहरूको मुखबाट “परमेश्वर विश्वासयोग्य परमेश्वर हुनुहुन्छ” भन्ने शब्दहरू निचोर्नेछु, जसपछि तिमीहरू आफ्ना छाती पिट्नेछौ, र “मानिसको हृदय अति छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति के हुनेछ? निश्चय नै, तिमीहरू अहिलेको जति घमण्डले आविष्ट हुनेछैनौ! र अहिले भए जति “गहन र दुर्बोध” त झनै हुनेछैनौ। परमेश्वरको उपस्थितिमा, कतिपय मानिसहरू निकै अनुशासित हुन्छन्, र निकै “भद्र” हुन्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाह्राहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको श्रेणीमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तेरा शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने, म के भन्छु भने तँ सत्यता अभ्यास गर्न अत्यन्तै अनिच्छुक व्यक्ति होस्। यदि तँसँग भन्नै गाह्रो हुने धेरै निजी मामलाहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू, आफ्ना कठिनाइहरूबारे अरूसामु खुलेर कुरा गर्नदेखि अत्यन्तै वितृष्ण छस् भने, म के भन्छु भने, तँ त्यस्तो व्यक्ति होस् जसलाई मुक्ति पाउन ठूलो कठिनाइ हुनेछ, र अँध्यारोबाट बाहिर आउन कठिनाइ हुनेछ। यदि तँलाई सत्यताको मार्ग खोजी गर्दा साँच्चै आनन्द लाग्छ भने, तँ सधैँ उज्यालोमा जिउने व्यक्ति होस्। यदि तँ परमेश्वरको घरमा सेवाकर्ता हुनमा निकै खुसी छस्, गुमनाम रही लगनशील र निष्ठावान् भई काम गर्छस्, सधैँ दिन्छस् र कहिल्यै लिँदैनस् भने म भन्छु, तँ बफादार सन्त होस् किनभने तँ कुनै इनाम खोज्दैनस्, तँ केवल इमानदार व्यक्ति भइरहेको छस्। यदि तँ खुलस्त हुन इच्छुक छस् भने, यदि तँ आफ्नो सबथोक समर्पित गर्न इच्छुक छस् भने, यदि तँ परमेश्वरका लागि आफ्नो जीवन बलिदान गर्न र आफ्नो गवाहीमा दृढ रहन सक्षम छस् भने, यदि तँ परमेश्वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफूबारे नसोच्ने र आफ्ना लागि केही नलिने हदसम्मको इमानदार छस् भने, तब म भन्छु, त्यस्ता मानिसहरू ज्योतिमा पोषित हुनेहरू हुन् र तिनीहरू राज्यमा सदासर्वदा जिउनेछन्। तँलाई तँभित्र साँचो आस्था र साँचो बफादारी छ कि छैन, तँसँग परमेश्वरका लागि कष्ट भोगेको अभिलेख छ कि छैन, र तँसँग परमेश्वरप्रतिको पूर्ण समर्पणता छ कि छैन भनेर थाहा हुनुपर्छ। यदि तँसँग यी कुराहरू छैनन् भने, तँभित्र विद्रोहीपन, छल, लोभ र गुनासो रहन्छन्। तेरो हृदय इमानदार नभएकाले, तैँले परमेश्वरबाट कहिल्यै सराहना प्राप्त गरेको छैनस् र तँ ज्योतिमा कहिल्यै जिएको छैनस्। आखिरमा व्यक्तिको नियति कस्तो हुनेछ भन्ने कुरा ऊसँग इमानदार र रगत झैँ रातो हृदय छ कि छैन, र ऊसँग विशुद्ध प्राण छ कि छैन भन्ने कुरामा निर्भर रहन्छ। यदि तँ त्यस्तो व्यक्ति होस् जो अत्यन्तै बेइमान छ, जोसँग अत्यन्तै दुर्भावपूर्ण हृदय छ, जोसँग अशुद्ध प्राण छ भने तेरो नियतिको अभिलेखमा लेखिए अनुरूप, तँ त्यो ठाउँमा पुग्ने निश्चित छ जहाँ मानिसलाई दण्ड दिइन्छ। यदि तँ आफू अत्यन्तै इमानदार भएको दाबी गर्छस्, तर कहिल्यै सत्यता अनुरूप व्यवहार गर्न सक्दैनस् वा एउटा सत्य कुरा बोल्न सक्दैनस् भने, के तैँले अझै परमेश्वरबाट इनाम पाउने प्रतीक्षा गरिरहेको छस्? के तँ अझै परमेश्वरले तँलाई उहाँको आँखाको नानी मान्नुहुन्छ भन्ने आशा गर्छस्? के यस्ता सोचहरू बेतुका छैनन् र? तँ सबै कुरामा परमेश्वरलाई छल गर्छस्; मैला हातहरू भएको तँजस्तोलाई परमेश्वरको घरले कसरी रहन दिन सक्छ?
मैले तिमीहरूलाई भन्न चाहेको तेस्रो कुरा हो: प्रत्येक व्यक्तिले परमेश्वरप्रतिको विश्वासमा आफ्नो जीवन जिउने क्रममा परमेश्वरको प्रतिरोध गर्ने र उहाँलाई छल्ने कामहरू गरेको छ। तीमध्ये कतिपय कुरालाई कसुरका रूपमा अभिलिखित गर्नु आवश्यक छैन, तर केही भने अक्षम्य छन्, किनभने प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने कामकुराहरू—परमेश्वरको स्वभावलाई चिढ्याउने कामकुराहरू—धेरै छन्। आफ्नै नियतिबारे चासो राख्ने धेरैले यी कामकुराहरू के-के हुन् भनी सोध्न सक्छन्। तिमीहरूले आफू स्वभावैले अहङ्कारी र घमण्डी र तथ्यहरूमा समर्पित हुन अनिच्छुक रहेको कुरा थाहा पाउनुपर्छ। यसकारण, तिमीहरूले आफ्नै बारेमा चिन्तन गरेपछि अलिअलि गरेर म तिमीहरूलाई बताउनेछु। म तिमीहरूलाई प्रशासनिक आदेशहरूको विषयवस्तुलाई बुझ्न साँच्चिकै कोसिस गर्न र परमेश्वरको स्वभाव जान्ने प्रयास गर्न अर्ती दिन्छु। नत्रभने, तिमीहरूलाई आफ्नो मुख बन्द राख्न गाह्रो हुनेछ र तिमीहरूको जिब्रो बेलगाम चल्नेछ, र तिमीहरूले ठूलो कुरा फलाक्नेछौ, जसले गर्दा थाहै नपाई तिमीहरू परमेश्वरको स्वभावलाई चिढ्याएर अन्धकारमा खस्नेछौ, र तिमीहरूले पवित्र आत्माको उपस्थिति र ज्योति गुमाउनेछौ। तिमीहरू आफ्ना कार्यहरूमा सिद्धान्तहीन भएका कारण, तिमीहरूले गर्न र भन्न नहुने कुराहरू गरेका र भनेका हुनाले, तिमीहरूले पाउनुपर्ने दण्ड पाउनेछौ। तँ वचन र कर्ममा सिद्धान्तहीन भए पनि परमेश्वर यी दुवै कुरामा अत्यन्तै सिद्धान्तयुक्त हुनुहुन्छ भन्ने कुरा तैँले थाहा पाउनुपर्छ। तैँले दण्ड पाउने भनेको कुनै व्यक्तिलाई नभई परमेश्वरलाई चिढ्याएको कारणले गर्दा हो। यदि तैँले जीवनमा परमेश्वरको स्वभावलाई धेरै पटक चिढ्याइस् भने, तँ नर्कको सन्तान बन्ने पक्का छ। मानिसलाई तैँले सत्यसँग मेल नखाने केही कार्यहरू मात्र गरेको छस् र त्योभन्दा अरू कुनै कुरा गरेको छैनस् जस्तो लाग्न सक्छ। के तँलाई थाहा छ, परमेश्वरको आँखामा तँ यस्तो व्यक्ति होस् जसका निम्ति अब कुनै पापबलि छैन? तैँले परमेश्वरको प्रशासनिक आदेशहरू धेरै पल्ट उल्लंघन गरिसकेको हुनाले, र तैँले पश्चात्ताप वा बदलावको कुनै पनि सङ्केत नदेखाएको हुनाले, तँलाई परमेश्वरले मानिसलाई दण्डित गर्ने नरकमा खसालिनु बाहेक अन्य कुनै पनि उपाय छैन। केही मानिसहरूले परमेश्वरको अनुसरण गर्ने क्रममा केही यस्ता कार्यहरू गरे जसले सिद्धान्तहरू उल्लंघन गर्यो, तर काँटछाँट गरिएपछि र मार्गदर्शन दिइएपछि, उनीहरूले क्रमशः आफ्नो भ्रष्ट आचरणहरू पत्ता लगाए र त्यसपछि वास्तविकताको सही बाटोमा प्रवेश गरे र उनीहरू आज व्यावहारिक भएका छन्। यस्ता मानिसहरू नै अन्त्यमा बाँच्नेहरू हुन्। तथापि, मैले चाहने चाहिँ इमानदार मानिस हो; यदि तँ इमानदार व्यक्ति होस् र सिद्धान्तहरूअनुसार कार्य गर्छस् भने, तँ परमेश्वरको विश्वासपात्र बन्न सक्छस्। यदि तँ आफ्ना कार्यहरूमा परमेश्वरको स्वभावलाई चिढ्याउँदैनस्, र परमेश्वरका चाहनाहरू खोज्छस्, र तँमा परमेश्वरको डर मान्ने हृदय छ भने, तेरो विश्वास मानकअनुरूप छ। जसले परमेश्वरको डर मान्दैन र जोसँग भयले काँप्ने हृदय छैन, उसले परमेश्वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने सम्भावना धेरै हुन्छ। धेरैले आफ्नो जोशको दममा परमेश्वरको सेवा गर्छन् तर उनीहरूमा परमेश्वरको प्रशासनिक व्यवस्थाको कुनै बुझाइ नै हुँदैन र उहाँको वचनका आशयहरूको आभास त परै जाओस्। तसर्थ, उनीहरूको असल नियत हुँदाहुँदै पनि, उनीहरू परमेश्वरको व्यवस्थापनमा बाधा पुऱ्याउने कुराहरू गर्न पुग्छन्। गम्भीर अवस्थाहरूमा, उनीहरूलाई परमेश्वरको घरबाट निष्कासित गरिन्छ, उहाँलाई अनुसरण गर्ने थप अवसरबाट वञ्चित गरिन्छ र नरकमा फ्याँकिन्छ, र परमेश्वरको भवनसँगको सबै सम्बन्ध अन्त्य हुन्छ। यी मानिसहरू आफ्नो अनभिज्ञ असल अभिप्रायको दममा परमेश्वरको घरमा काम गर्छन् र अन्त्यमा परमेश्वरको स्वभावलाई क्रोधित पार्न पुग्छन्। मानिसहरूले परमेश्वरको भवनमा आफ्ना अधिकारीहरू र मालिकहरूको सेवा गर्ने तरिकाहरू लिएर आउँछन् र तिनीहरूले यहाँ प्रयत्नविना सजिलै प्रयोग गर्न सकिन्छ भन्ने कुरा व्यर्थमा सोचेर तिनीहरूलाई प्रयोगमा ल्याउने कोसिस गर्छन्। परमेश्वरको स्वभाव भेडाको पाठाको जस्तो हुँदैन, बरु सिंहको जस्तो हुन्छ भनेर उनीहरूले कहिल्यै पनि कल्पना गर्दैनन्। त्यसकारण, परमेश्वरसँग पहिलोपल्ट सम्बन्ध राख्ने व्यक्तिहरूले उहाँसँग वार्तालाप गर्न सक्दैनन् किनभने परमेश्वरको हृदय मानिसको हृदयभन्दा फरक हुन्छ। तैँले धेरै सत्यहरू बुझिसकेपछि मात्र तैँले परमेश्वरलाई निरन्तर बुझ्न सक्छस्। यो ज्ञान शब्दहरू र सिद्धान्तहरूले बनेको होइन तर यसलाई खजानाको रूपमा प्रयोग गर्न सकिन्छ जसको मद्दतले तँ परमेश्वरसँगको निकट निश्चयतामा प्रवेश गर्न सक्छस् र यसलाई उहाँ तँसँग प्रसन्न हुनुहुन्छ भन्ने प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। यदि तँमा ज्ञानको वास्तविकताको कमी छ र तँ सत्यद्वारा सुसज्जित छैनस् भने, तेरो जोशिलो सेवाले परमेश्वरको घिन र घृणा मात्र निम्त्याउँछ। अहिलेसम्ममा तैँले परमेश्वरमाथिको विश्वास ईश्वरशास्त्रको अध्ययन होइन भन्ने कुरा बुझिसकेको हुनुपर्छ।
मैले तिमीहरूलाई अर्ती दिएका शब्दहरू संक्षिप्त भए तापनि मैले बताएका ती सबै कुराहरू तिमीहरूमा निकै कमी छ। मैले अहिले बताएका कुराहरू मानिसहरू माझ मेरो अन्तिम कार्यको लागि र मानिसहरूको अन्त्य निर्धारण गर्नको लागि हो भनी तिमीहरूले बुझ्नुपर्छ। म कुनै उद्देश्य नै पूरा नगर्ने अत्याधिक धेरै कार्य गर्न चाहन्न, न त कुहेका काठ जस्तै विवश भई तिमीहरूलाई मार्गदर्शन नै गरिरहन चाहन्छु, झनै गुप्तमा गलत नियत थुपारिरहनेहरूलाई अगुवाइ गर्नु त परै जाओस्। शायद एक दिन तिमीहरूले मेरा वचनहरू पछाडिका अभिप्रायहरू र मैले मानवजातिको लागि गरेका योगदानहरूलाई बुझ्नेछौ। सायद एक दिन तिमीहरूले त्यो सन्देश बोध गर्नेछौ जसले तिमीहरूलाई आफ्नो अन्त्यबारे निर्णय गर्न सक्षम तुल्याउनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू
परमेश्वरका दैनिक वचनहरू अंश ६०८
मैले तिमीहरूलाई धेरै चेतावनीहरू दिएको छु र तिमीहरूलाई जित्ने मनसाय भएका धेरै सत्यहरू तिमीहरूलाई प्रदान गरेको छु। अहिले सम्ममा, तिमीहरू सबैले तिमीहरू विगतमा भन्दा अत्यन्तै धेरै समृद्ध भएको महसुस गर्छौ, तिमीहरूले व्यक्ति कस्तो हुनुपर्छ भन्ने बारेका धेरै सिद्धान्तहरू बुझेका छौ, र तिमीहरूले धेरै हदसम्म विश्वसनीय मानिसहरूसँग हुनुपर्ने सामान्य सुझबुझ प्राप्त गरेका छौ। यी सबै ती कटनी हुन् जुन तिमीहरूले धेरै वर्षको अन्तरालमा जम्मा गरेका हौ। म तिमीहरूका उपलब्धिहरूलाई इन्कार गर्दिन, तर मैले खुलस्त रूपमा यो पनि भन्नुपर्छ कि यी धेरै वर्षहरूको अन्तरालमा तिमीहरूले म विरुद्ध गरेका असंख्य विद्रोह र विश्वासघातहरूलाई पनि म नकार्दिनँ, किनभने तिमीहरू माझमा एक जना पनि सन्त छैन। तिमीहरू शैतानले भ्रष्ट पारेका मानिसहरू हौ भन्नेमा कुनै अपवाद छैन; तिमीहरू ख्रीष्टका शत्रुहरू हौ। आजको मितिसम्ममा तिमीहरूका अपराध र विद्रोह अनगिन्ती भएका छन्, त्यसैले मैले तिमीहरूलाई निरन्तर सताइरहेको छु भन्ने कुरालाई विरलै मात्र अनौठो मान्न सकिन्छ। म यस्तो तरिकाले तिमीहरूसँग सह-अस्तित्वमा रहन सक्दिन—तर तिमीहरूको भविष्यको निम्ति, तिमीहरूको गन्तव्यहरूको निम्ति, म, यहाँ र अहिले, फेरि एक पटक म तिमीहरूलाई झिज्याउँछु। मलाई आशा छ, तिमीहरूले मलाई अझ धेरै बुझाइ देखाउन सक्छौ, र त्यसबाहेक, तिमीहरूले मेरा हरेक वाणीहरूमा विश्वास गर्न र मेरा वचनहरूको गहन अर्थ बोध गर्न सक्नेछौ। म जे भन्छु त्यसमा शङ्का नगर, झन् मेरा वचनहरूलाई त्यतिकै टिप्नु अनि त्यसपछि मनलागी पन्छ्याउनु त परको कुरा हो; म यस कार्यलाई सहन सक्दिन। मेरा वचनहरूलाई जाँच नगर, र तिनीहरूलाई हल्का रूपले लिने वा मैले सधैँ तिमीहरूको परीक्षा लिँदैछु भन्ने कुरा गर्दै-नगर, वा त्योभन्दा खराब रूपमा, मैले तिमीहरूलाई जे भने त्यसलाई गलत छ भनेर त झन् भन्दै नभन। यी कुराहरूलाई पनि म सहन सक्दिन। तिमीहरू सधैँ मबारे र मैले भन्ने कुराबारेका सन्देहहरूले भरिन्छौ, मलाई सधैँ उपेक्षा गर्छौ र मेरा वचनहरूलाई बेवास्ता गर्छौ, त्यसैले म तिमीहरू प्रत्येकलाई पूर्ण गम्भीरताका साथ भन्छु: म जे भन्छु त्यसलाई दर्शनसँग नजोड; मेरा वचनहरूलाई छलीहरूको झूटसँग नजोड। झन् अवहेलनाका साथ मेरा वचनहरूप्रति झारा टारुवा हुनु त परको कुरा हो। शायद भविष्यमा कसैले पनि तिमीहरूलाई मैले जे भन्दैछु त्यो भन्न सक्नेछैन वा तिमीहरूसँग यति उदारताका साथ बोल्न सक्नेछैन, अर्थात् यी बुँदाहरूमा यति धैर्यताका साथ तिमीहरूलाई डोर्याउने कुरा त परै जाओस्। तिमीहरूले राम्रो समयको सम्झना गर्दै आउने ती दिनहरू बिताउनेछौ, वा घ्वाँ-घ्वाँ जोडले रुँदै वा पीडामा अइयाअइया भन्दै बस्नेछौ, वा तिमीहरू सत्य वा जीवनको एक त्यान्द्रो समेत बन्दोबस्त नभइकनै अन्धकार रातमा बाँचिरहेका हुनेछौ वा केवल निराशाका साथ प्रतीक्षा गरिरहेका हुनेछौ, वा तिमीहरूले सम्पूर्ण विवेक गुमाएकोमा अत्यन्तै नमीठो अफसोस मान्दै बसिरहेका हुनेछौ…। वास्तवमा तिमीहरूमध्ये कोही पनि यी सम्भावनाहरूबाट उम्कन सक्दैनौ। किनभने तिमीहरूमध्ये कसैले पनि परमेश्वरलाई साँचो रूपले आराधना गर्ने स्थान ओगट्दैनौ बरु तिमीहरूका विश्वास, तिमीहरूका आत्मा, प्राण, र शरीरमा जीवन र सत्यतासँग कुनै सम्बन्ध नै नभएका र वास्तवमा तिनका विपरीत हुने धेरै कुराहरू मिसाउँदै आफैलाई दुराचार र दुष्टताको संसारमा डुबाउँछौ। त्यसकारण तिमीहरूको लागि म एउटा मार्ग आशा गर्दछु जसबाट तिमीहरूले ज्योति प्राप्त गर्नेछौ। मेरो एकमात्र आशा भनेको तिमीहरू आफ्नो बन्दोबस्ती, आफ्नो हेरविचार आफैले गर्न सक्षम होऊ अनि तिमीहरूले तिमीहरूका व्यवहार र अपराधहरूप्रति उदासीनता प्रकट गर्दै तिमीहरूको गन्तव्यमा मात्र धेरै जोड नेदेऊ भन्ने हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपराधले मानिसलाई नरकतर्फ डोर्याउनेछ
परमेश्वरका दैनिक वचनहरू अंश ६०९
लामो समयदेखि परमेश्वरमा विश्वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्वरका विश्वासीहरू सबैले नै अचानक तिनीहरूको भाग्य चम्कनेछ भनी आशा गर्छन्। तिनीहरू सबैले तिनीहरूलाई थाहा हुनुअघि नै शान्तिपूर्वक स्वर्गको एउटा वा अर्को स्थानमा तिनीहरू बसिसकेको पाउनेछन् भनी आशा गर्छन्। तर म भन्छु कि सुन्दर विचारहरू भएका ती मानिसहरूले तिनीहरू स्वर्गबाट झरी आउने त्यस्तो सौभाग्य प्राप्त गर्नको लागि वा त्यहाँको कुनै स्थानमा बस्नको लागि योग्य छन् कि छैनन् भनेर कहिल्यै पनि जानेका छैनन्। तिमीहरूसँग वर्तमान समयमा आफ्नो बारेमा राम्रो ज्ञान छ, तैपनि तिमीहरूले अझै पनि आखिरी दिनहरूका विपत्तिहरूबाट र उहाँले दुष्टहरूलाई सजाय दिँदै गर्दा सर्वशक्तिमानका हातहरूबाट उम्कने आशा गर्छौ। यस्तो देखिन्छ कि मीठा सपना देख्नु र आफूले चाहेको जस्तै कुराहरू पाउने इच्छा गर्नु शैतानद्वारा भ्रष्ट पारिएका सबै मानिसहरूको एक साझा विशेषता हो अनि त्यो कुरा कोही एक्लो व्यक्तिको कुनै निपुर्ण चाल होइन। त्यति हुँदाहुँदै पनि, म अझै पनि तिमीहरूका यी अनावश्यक इच्छाहरूका साथसाथै आशीर्वादहरू प्राप्त गर्ने तिमीहरूको उत्सुकताको अन्त्य गर्न चाहन्छु। तिमीहरूका अपराधहरू अनगिन्ती छ र तिमीहरूको विद्रोहीपन सधैँ बढिरहन्छ भन्ने कुरालाई ध्यानमा राख्दा, यी कुराहरू कसरी भविष्यको लागि तिमीहरूको सुन्दर योजनाहरूसँग मेल खान सक्छन्? यदि तैँले मनोमानी ढङ्गले कुनै कुरा बाँकी नराखी गल्ती गरिरहन्छस्, तर त्यति नै बेला आफ्नो सपना पनि अझै पूरा होस् भन्ने चाहन्छस् भने, म तँलाई तेरो अचेतपनलाई जारी राख्न अनि कहिल्यै पनि नब्युँझन आग्रह गर्छु—किनभने त्यो तेरो खोक्रो सपना हो र धर्मी परमेश्वरको उपस्थितिमा उहाँले तेरो लागि कुनै अपवाद सृजना गर्नुहुनेछैन। यदि तैँले केवल तेरो सपना पूरा होस् भन्ने चाहन्छस् भने, कहिल्यै पनि सपना नदेख्; बरु सधैँ सत्य र तथ्यको सामना गर्। तँलाई मुक्ति दिन सकिने एउटै मात्र तरिका यही मात्रै हो। ठोस शब्दहरूमा भन्दा, यो तरिकाका चरणहरू के-के हुन्?
सर्वप्रथम, तेरा सबै अपराध जाँच् र सत्यतासँग मेल नखाने तेरा जुनसुकै व्यवहार र सोचहरूको जाँच गर्।
यो तैँले सजिलैसँग गर्न सक्ने एउटा कुरा हो, र मलाई सबै बुद्धिमान मानिस यो कुरा गर्न सक्छन् भन्ने लाग्छ। तर, अपराध र सत्यता के हुन् भन्ने नै थाहा नभएकाहरू अपवाद हुन्, किनभने तिनीहरू आधारभूत तहमा बुद्धिमान मानिस होइनन्। म ती मानिसहरूसँग कुरा गरिरहेको छु, जसलाई परमेश्वरले अनुमोदन गर्नुभएको छ, जो इमानदार छन्, अनि जसले गम्भीर रूपमा प्रशासनिक आदेशहरू उल्लङ्घन गरेका छैनन्, र जो आफ्ना अपराधहरू सजिलैसित खुट्ट्याउन सक्छन्। मैले तिमीहरूसँग माग गर्ने यो कुरा हासिल गर्न सजिलो भए तापनि, यो मैले तिमीहरूसँग माग गरेको एक मात्र कुरा होइन। जे भए पनि, म तिमीहरू यस मागप्रति भित्रभित्रै हाँस्नेछैनौ, अनि विशेष गरी तिमीहरू यसलाई तुच्छ ठान्नेछैनौ वा यसलाई हल्का रूपले लिनेछैनौ भन्ने आशा गर्छु। तिमीहरूले यसलाई गम्भीर रूपमा लिनुपर्छ, र उदासीन हुनु हुँदैन।
दोस्रो कुरा, तैँले आफूले गरेका हरेक अपराध र विद्रोहका हकमा, ती समाधान गर्न सम्बन्धित सत्यता भेट्टाउनुपर्छ, अनि त्यसपछि तेरा ती अपराधी कार्यहरू र विद्रोही विचार र कार्यहरूलाई सत्यताको अभ्यासद्वारा प्रतिस्थापन गर्नुपर्छ।
तेस्रो कुरा, तँ निष्कपट व्यक्ति हुनुपर्छ; धूर्त व्यवहार गर्ने कोसिस नगर्, र छली व्यक्ति नहो। (यहाँ म तिमीहरू फेरि पनि इमानदार व्यक्ति बन्नुपर्ने माग गरिरहेको छु।)
यदि तँ यी तीन वटै कुरा पूरा गर्न सक्छस् भने, तँ भाग्यमानी होस्—तँ यस्तो व्यक्ति होस्, जसको सपना पूरा हुन्छ र जसले राम्रो भाग्य पाउँछ। सायद तिमीहरूले यी तीन साधारण मागलाई गम्भीर रूपमा लिनेछौ, वा सायद तिमीहरूले गैरजिम्मेवारपूर्ण तरिकाले तीमाथि तिनलाई सरसर्ती हेर्नेछौ। जे भए पनि, मेरो उद्देश्य भनेको तिमीहरूको सपना पूरा गर्नु र तिमीहरूका आकाङ्क्षाहरू साकार पार्नु हो, तिमीहरूको खिल्ली उडाउनु वा तिमीहरूसँग खेलबाड गर्नु होइन।
मेरा मागहरू सरल हुन सक्छन्, तर मैले तिमीहरूलाई भनिरहेको कुरा एकमा एक जोड्दा दुई हुन्छ भन्ने जत्तिको सरल छैन। यदि तिमीहरू यसबारे ख्यालख्यालमा कुरा मात्रै गर्छौ, वा खोक्रा, आडम्बरी भनाइहरू भट्याउने मात्रै गर्छौ भने, तिमीहरूका खाकाहरू र तिमीहरूका इच्छाहरू सधैँभरि खाली पाना मात्र रहनेछन्। ममा तिमीहरूमध्येका त्यस्ता व्यक्तिहरूप्रति कुनै पनि दयाभाव हुनेछैन जो वर्षौँसम्म कष्ट सहन्छन् र कडा मेहनत गर्छन् तैपनि तिनीहरूसँग देखाउने कुनै कुरा नै हुँदैन। यसको विपरीत, म मेरा मागहरू पूरा नगरेकाहरूलाई सजाय दिन्छु, इनाम दिन्नँ, सहानुभूति दिनु त परै जाओस्। तिमीहरूलाई वर्षौँसम्म अनुयायी भएर आफूले जे भए पनि कडा मेहनत गरेको, र जस्तोसुकै अवस्थामा पनि पनि श्रमिक हुन र परमेश्वरको घरमा फाइदा सकिन्छ भन्ने लाग्ला। म त भन्छु, तिमीहरूमध्ये अधिकांशले यसरी नै सोच्छन्, किनभने तिमीहरूले सधैँ कसरी कामकुराहरूबाट फाइदा लिने र आफूबाट फाइदा लिन नदिने सिद्धान्त पछ्याएका छौ। यसरी, अब म तिमीहरूलाई पूर्ण गम्भीरताका साथ भन्दैछु: म तैँले एकदमै मेहनत गरेको छस् कि छैनस् र ठूला योगदानहरू दिएको छस् कि छैनस्, तँ वरिष्ठ होस् कि होइनस्, तँ मलाई निकट रूपमा पछ्याउँछस् कि पछ्याउँदैनस्, तँ निकै प्रख्यात छस् कि छैनस्, वा तेरो मनोवृत्तिमा सुधार आएको छ कि छैन भन्ने कुराको मतलब गर्दिनँ; यदि तैँले मेरा मागहरूअनुसार कार्य गरेको छैनस् भने, तँ मेरो अनुमोदन कहिल्यै प्राप्त गर्न सक्नेछैनस्। तिमीहरूले जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचार र योजनाहरू त्याग्नु र मेरा मागहरूलाई गम्भीरताका साथ लिनु राम्रो हुन्छ। अन्यथा, म सबैलाई खरानी पारिदिनेछु र यसरी मेरो काम समाप्त गरिदिनेछु; बढीमा, मेरो वर्षौँको काम र कष्ट व्यर्थ जानेछ—किनभने म मेरा शत्रुहरूलाई अनि दुष्टताको गन्ध आउने र त्यही पुरानो शैतानी रूप भएकाहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को युगमा लैजान सक्दिनँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपराधले मानिसलाई नरकतर्फ डोर्याउनेछ
परमेश्वरका दैनिक वचनहरू अंश ६१०
मलाई एकदमै धेरै आशा छ। म आशा गर्दछु, तिमीहरू उचित र शिष्ट तवरले आफूलाई आचरणमा ढाल्न, अर्पित भएर आफ्ना कर्तव्यहरू निर्वाह गर्न, सत्यता र मानवता बोक्न, परमेश्वरका लागि आफ्नो जीवनलगायत सबै कुरा त्याग्न सक्ने मानिस हुन, इत्यादि गर्न सक्छौ। यी सबै आशा तिमीहरूका अपर्याप्तताहरू अनि तिमीहरूका भ्रष्टता र विद्रोहीपनसँग सम्बन्धित हुन्छन्। यदि मैले तिमीहरूसँग गरेका कुनै पनि संवादहरूले तिमीहरूको ध्यान खिच्न अपर्याप्त रहेका छन् भने, सम्भवतः मैले अब गर्न सक्ने सबै कुरा भनेको थप केही नबोल्नु मात्र हो। तथापि, त्यसको परिणाम के हुन्छ भनेर तिमीहरू बुझ्छौ। म त्यति धेरै पटक थकाइ मार्दिनँ, त्यसैले यदि म बोल्दिन भने मानिसहरूले हेर्नको लागि म केही गर्नेछु। म कसैको जिब्रो कुहाउन सक्छु, वा कसैलाई अङ्गभङ्ग भई मर्ने बनाउन सक्छु, वा मानिसहरूलाई स्नायु अपाङ्गता दिलाउन सक्छु अनि तिनीहरूलाई धेरै तवरमा कुरूप देखिने बनाउन सक्छु। त्यसपछि पनि फेरि, म मानिसहरूलाई पीडा सहन लगाउन सक्छु जुन मैले विशेष गरी तिनीहरूकै लागि भनेर तयार गरेको छु। यसरी म खुशी हुन्थें, धेरै खुशी हुन्थें, र एकदमै धेरै सन्तुष्ट हुन्थें। सधैँ भनिएको छ कि “राम्रोलाई राम्रैले अनि दुष्टतालाई दुष्टताले नै तिरिन्छ”, त्यसो भए अहिले किन त्यसो नगर्ने? यदि तैँले मलाई विरोध गर्न चाहन्छस् र मलाई केही न्याय गर्छस् भने म तेरो मुख कुहाइदिनेछु, र त्यसले मलाई अत्याधिक खुशी दिलाउनेछ। यस्तो किन हो भने अन्ततः तैँले जे गरेको छस् त्यो सत्यता हुँदै-होइन, जीवनसँग यसको कुनै सम्बन्ध हुने कुरा त परै जाओस्, जबकी मैले गर्ने हरेक कुराहरू सत्यता हुन्; मेरा सबै कार्यहरू मेरो काम र मैले तयार गरेको प्रशासनिक नियमहरूको सिद्धान्तहरूसँग सम्बन्धित छन्। त्यसकारण, म तिमीहरू प्रत्येकलाई केही सद्गुण एकत्रित गर्न, त्यति धेरै दुष्टताको कार्य नगर्न र फुर्सदको समयमा मेरा मागहरूको बारेमा ध्यान दिन आग्रह गर्छु। त्यसपछि म आनन्दित महसुस गर्नेछु। यदि तिमीहरूले देहमा लगाउने प्रयत्नको एक हजारको एक भाग मात्र सत्यताको लागि योगदान (वा दान) गर्थ्यौ भने, म त भन्छु, तिमीहरूले बारम्बार अपराधहरू गर्दैनथ्यौ र तिमीहरूका मुखहरू कुहिएका हुँदैनथे। के यो स्पष्ट छैन र?
तैँले जति धेरै अपराधहरू गर्छस् त्यति नै थोरै राम्रो गन्तव्य प्राप्त गर्ने अवसरहरू पाउनेछस्। यसको विपरीत, तैँले जति थोरै अपराधहरू गर्छस् त्यति नै धेरै परमेश्वरबाट तेरो प्रशंसा हुने सम्भावना हुन्छ। यदि तेरा अपराधहरू मैले तँलाई क्षमा दिनै नसक्ने हदसम्म बढ्दै जान्छ भने तैँले क्षमा हुने आफ्नो मौका पूर्ण रूपमा गुमाइसकेको हुनेछस्। यसै गरी, तेरो गन्तव्य पनि माथि हुँदैन, तल हुन्छ। यदि तैँले मलाई विश्वास गर्दैनस् भने तँ साहसी बन् र गलत काम गर्, अनि हेर् तैँले त्यसबाट के पाउँछस्। यदि तँ सत्यताको अभ्यास गर्ने निष्कपट व्यक्ति होस् भने तैँले निश्चय पनि तेरा अपराधहरूको लागि क्षमा पाउने अवसर प्राप्त गर्नेछस्, र तैँले झनझन कम मात्रामा विद्रोह गर्नेछस्। यदि तँ सत्यताको अभ्यास गर्न अनिच्छुक व्यक्ति होस् भने, अवश्य पनि परमेश्वरसामु तेरा अपराधहरूको संख्या बढ्नेछ र तैँले तबसम्म झन्-झन् बढी विद्रोह गर्दै जानेछस् जबसम्म तँ तेरो सीमिततामा पुग्छस्, जुन तेरो पूर्ण विनाशको समय हुनेछ। यो त्यही समय हुनेछ जब आशिष्हरू प्राप्त गर्ने तेरो मीठो सपना चकनाचूर हुनेछ। आफ्ना अपराधहरूलाई केवल अपरिपक्व वा मूर्ख व्यक्तिले गरेका गल्तीहरूको रूपमा मात्रै नमान्; तैँले आफ्नो कमजोर क्षमताले यसो गर्न असम्भव बनाएकोले गर्दा आफूले सत्यताको अभ्यास गरिन भन्ने बहानाबाजी नगर्। यसबाहेक, तैँले गरेका अपराधहरूलाई केवल त्योभन्दा राम्रो केही थाहा नभएको व्यक्तिले गरेका कार्यहरूको रूपमा नमान्। यदि तँ आफूलाई क्षमा गर्न र आफूलाई उदारताका साथ व्यवहार गर्नमा खप्पिस छस् भने म त भन्छु तँ एक काँतर होस् जसले कहिल्यै पनि सत्यता हासिल गर्नेछैन, न त कहिल्यै तेरा अपराधहरूले तेरो पिछा गर्न नै छाड्नेछन्; तिनीहरूले तँलाई सधैँ सत्यताका मागहरू पूरा गर्नबाट रोक्नेछन्, र तँलाई सधैँको लागि शैतानको बफादार रहने बनाउनेछन्। अझै पनि तेरो लागि यो मेरो सुझाव हो: आफ्ना लुकेका अपराधहरूलाई देख्न नसकी आफ्नो गन्तव्यमा मात्र ध्यान नदे; अपराधहरूलाई गम्भीर रूपमा हेर्, र तीमध्ये कुनै पनि अपराधलाई आफ्नो गन्तव्यको सरोकारको कारण बेवास्ता नगर्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपराधले मानिसलाई नरकतर्फ डोर्याउनेछ
परमेश्वरका दैनिक वचनहरू अंश ६११
आज, तिमीहरूकै बचावटका खातिर, मेरो काम सुचारु रूपमा अघि बढोस् भन्नका निम्ति, र सम्पूर्ण ब्रह्माण्डभित्र मेरो आरम्भिक काम सही र सिद्ध रूपमा सम्पन्न हुन सकोस् भनेर, म तिमीहरूलाई यसरी चेतावनी दिन्छु, जसद्वारा प्रत्येक देश र राष्ट्रका मानिसहरूकहाँ मेरा वचनहरू, अख्तियार, प्रताप र न्याय प्रकट होऊन्। म जुन काम तिमीहरूमाझ गर्छु, त्यो सारा ब्रह्माण्डभित्रको मेरो कामको सुरुआत हो। अहिले आखिरी दिनहरूको समय आइसकेको भए पनि यो जान कि “आखिरी दिनहरू” अरू केही नभएर एउटा युगको नाउँ मात्रै हो, एउटा युगलाई जनाउने शब्द हो; ठ्याक्कै व्यवस्थाको युग र अनुग्रहको युगले जस्तै, यसले अन्तिम केही वर्ष वा महिनालाई मात्र नभएर सम्पूर्ण युगलाई नै जनाउँछ। तर आखिरी दिनहरू अनुग्रहको युग र व्यवस्थाको युगजस्ता होइनन्। आखिरी दिनहरूको काम इस्राएलमा गरिँदैन, अन्यजातिहरूका माझमा गरिन्छ; यो कामले इस्राएलभन्दा बाहिरका सबै राष्ट्र र जातिका मानिसहरूलाई मेरो सिंहासनसामु विजय गर्छ, ताकि ब्रह्माण्डमा रहेको मेरो महिमाले ब्रह्माण्ड र आकाशमण्डललाई भर्न सकोस्। यो मैले अझ ठूलो महिमा प्राप्त गर्न सकूँ, पृथ्वीका सबै सृजित प्राणीले असङ्ख्य राष्ट्रकहाँ, पछिका पुस्ताहरूमाझ सधैँभरि मेरो महिमा फैलाउन सकून्, र स्वर्ग र पृथ्वीमा भएका सबै सृजित प्राणीले पृथ्वीमा मैले प्राप्त गरेको सारा महिमा देख्न सकून् भन्नका लागि हो। आखिरी दिनहरूको अवधिमा गरिने काम विजयको काम हो। यो पृथ्वीमा हुने सबै मानिसलाई आफ्नो सांसारिक जीवन जिउन मार्गनिर्देशन गर्नु होइन, बरु पृथ्वीमा मानवजातिको अविनाशी, हजारौँ वर्ष लामो कष्टको जीवनको समापन हो। फलस्वरूप, आखिरी दिनहरूको काम इस्राएलको कामजस्तो हुन सक्दैन, जुन केही हजार वर्ष चलेको थियो, न त त्यो यहूदियाको काम जस्तो नै हुन सक्छ, जुन केही वर्ष मात्र चलेको र त्यसपछि परमेश्वरको दोस्रो देहधारण नहुञ्जेल दुई हजार वर्षसम्म जारी रहेको थियो। आखिरी दिनहरूका मानिसहरू देहमा पुनः देखा पर्नुभएको मुक्तिदातासँग मात्र अन्तरक्रिया गर्छन्, अनि तिनीहरूले परमेश्वरका व्यक्तिगत काम र वचनहरू प्राप्त गर्छन्। आखिरी दिनहरू समाप्त हुन दुई हजार वर्ष लाग्नेछैन; ती त येशूले यहूदियामा अनुग्रहको युगको काम गर्नुभएको समय जस्तै छोटो हुन्छन्। किनकि आखिरी दिनहरू सम्पूर्ण युगको समाप्तिसँग सम्बन्धित छन्। ती परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको योजनाको समापन र समाप्तिसँग, अनि मानवजातिको कष्टको जीवन यात्राको समाप्तिसँग सम्बन्धित छन्। ती सम्पूर्ण मानवजातिलाई अर्को युगमा लैजानु वा मानवजातिको जीवनलाई जारी रहने अनुमति दिनुसँग सम्बन्धित छैनन्; मेरो व्यवस्थापनको योजना वा मानिसको अस्तित्वका निम्ति त्यसको कुनै महत्त्व हुने थिएन। यदि मानवजाति यसरी नै अघि बढिरह्यो भने, ढिलो-चाँडो तिनीहरू दुष्ट दियाबलसद्वारा पूर्ण रूपमा निलिनेछन्, अनि ती आत्मा, जो मेरा हुन्, अन्ततः त्यसको हातद्वारा नाश गरिनेछन्। मेरो काम छ हजार वर्षसम्म मात्र रहन्छ, अनि मैले सारा मानवजातिमाथि रहेको दुष्टको नियन्त्रण छ हजार वर्षसम्म रहने अनुमति मात्र दिएको छु। त्यसैले, अब समय समाप्त भएको छ। म अब उप्रान्त न त जारी राख्न चाहन्छु न त ढिलाइ गर्न नै चाहन्छु: म आखिरी दिनहरूको दौरान शैतानलाई पूर्णतः पराजित गर्नेछु, म मेरो सारा महिमा फिर्ता लिनेछु, अनि पृथ्वीमा मेरो स्वामित्वमा रहेका सबै प्राणहरूलाई म फिर्ता लिनेछु, ताकि यी व्यथित प्राणहरू कष्टको समुद्रबाट उम्कन सकून्, अनि यसरी पृथ्वीमा मेरो सम्पूर्ण काम समाप्त हुनेछ। यो दिन उप्रान्त, म पृथ्वीमा फेरि कहिल्यै देह बन्नेछैनँ, अनि सबैमाथि सार्वभौम रहेको मेरो आत्माले फेरि कहिल्यै पृथ्वीमा काम गर्नेछैन। म त पृथ्वीमा एउटा मानवजातिलाई पुनर्सिर्जना मात्र गर्नेछु, त्यस्तो मानवजाति जुन पवित्र पारिएको छ र जुन पृथ्वीमा मेरो विश्वासयोग्य सहर हो। तर तैँले के जान्नुपर्छ भने, म सम्पूर्ण संसारलाई नष्ट गर्नेछैनँ, न त म सारा मानवजातिलाई नै नष्ट गर्नेछु। म बाँकी रहेको त्यो एक तिहाइलाई राख्नेछु—त्यो एक तिहाइ जो मद्वारा पूर्ण रूपमा विजय गरिएको छ र मलाई प्रेम गर्छ, र म यो एक तिहाइलाई पृथ्वीमा फलदायी र वृद्धि हुने तुल्याउनेछु, जसरी व्यवस्थाको अधीनमा इस्राएलीहरू भएका थिए; तिनीहरूले मैले तिनीहरूलाई पोषण गर्न प्रयोग गर्ने प्रशस्त भेडा र गाईबस्तु, साथै पृथ्वीका सारा प्रचुरता पाउनेछन्। यो मानवजाति सदासर्वदा मेरो साथमा रहनेछ, तैपनि यो आजको अत्यन्तै फोहोर मानवजाति हुनेछैन, तर मद्वारा प्राप्त गरिएका सबै मानिसहरूको झुन्ड रहेको मानवजाति हुनेछ। त्यस्तो मानवजाति शैतानको हानि, बाधा वा घेराउमा पर्नेछैन, र त्यो मात्र त्यस्तो मानवजाति हुनेछ जुन मैले शैतानलाई पराजित गरेपछि पृथ्वीमा निरन्तर जिइरहन्छ। यो त्यही मानवजाति हो जो आज मद्वारा विजय गरिएको छ र जसले मेरो प्रतिज्ञा प्राप्त गरेको छ। र त्यसकारण, आखिरी दिनहरूका दौरान विजय गरिएको मानवजाति त्यही मानवजाति पनि हो जो बाँकी रहनेछ र जसले मेरा अनन्त आशिष्हरू प्राप्त गर्नेछ। तिनीहरू मात्र शैतानमाथि मेरो विजयको प्रमाण, र शैतानसँगको युद्धबाट प्राप्त भएका फल हुनेछन्। लडाइँका यी फल मद्वारा शैतानको शक्तिबाट बचाइएका हुन्, र यी मेरो छ हजार वर्षे व्यवस्थापन योजनाको एकमात्र परिष्कृत नतिजा र फल हुन्। तिनीहरू प्रत्येक राष्ट्र र सम्प्रदायबाट, सारा ब्रह्माण्डभित्रका प्रत्येक स्थान र देशबाट आउँछन्। तिनीहरू फरक-फरक जातिका हुन्छन्, तिनीहरूका फरक-फरक भाषा, रीतिरिवाज, र वर्ण हुन्छन्, र तिनीहरू विश्वको प्रत्येक राष्ट्र र सम्प्रदायमा, र संसारको हरेक कुनामा समेत फैलिएका छन्। आखिरीमा, तिनीहरू एकसाथ मिलेर पूर्ण मानवजाति निर्माण गर्नेछन्, मानिसको एउटा यस्तो सभा जहाँ शैतानका शक्तिहरू पुग्न सक्दैनन्। मानवजातिमध्ये जसलाई मद्वारा मुक्ति दिइएको र विजय गरिएको छैन तिनीहरू चुपचाप समुद्रको गहिराइमा डुब्नेछन्, अनि अनन्तकालसम्म मेरो भस्म पार्ने ज्वालामा जल्नेछन्। म यो पुरानो, अति नै फोहोरी मानवजातिलाई सखाप पार्नेछु, जसरी मैले मिश्र ज्येष्ठ पुत्रहरू, गाईवस्तु, र भेडाहरूलाई सखाप पारेको थिएँ, अनि थुमाको मासु खाने, थुमाको रगत पिउने, ढोकाको चौकोसमा थुमाको रगत छ्याप्ने इस्राएलीहरूलाई मात्र छोडिदिएको थिएँ। के मद्वारा विजय गरिएका र मेरो परिवारका मानिसहरू पनि तिनै मानिस होइनन् र जो थुमाको अर्थात् मेरो मासु खान्छन् र थुमाको अर्थात् मेरो रगत पिउँछन्, अनि मद्वारा छुटकारा दिइएका छन् र मेरो आराधना गर्छन्? के यस्ता मानिसहरूको साथमा सधैँ मेरो महिमा हुँदैन र? के थुमाको अर्थात् मेरो मासु नपाउनेहरू धेरै पहिले चुपचाप समुद्रको गहिराइमा डुबेका छैनन् र? आज तिमीहरू मेरो प्रतिरोध गर्छौ, र आज मेरा वचनहरू त्यस्तै छन् जस्तो वचन यहोवाले इस्राएलका छोराहरू र नातिहरूसित बोल्नुभएको थियो। तैपनि, तिमीहरूको हृदयको गहिराइमा हठीपन छ र तिमीहरू मेरो क्रोध सञ्चित गरिरहेका छौ, जसले तिमीहरूको देहमाथि अझ धेरै दुःख, तिमीहरूको पापमाथि अझ धेरै न्याय, र तिमीहरूको अधार्मिकतामाथि अझ धेरै क्रोध निम्त्याइरहेको छ। यदि तिमीहरू आज मसित यस्तो व्यवहार गर्छौ भने मेरो रिसको दिनमा को बच्न सक्छ? मेरो सजायको दृष्टिबाट कसको अधार्मिकता उम्कन सक्छ? कसका घोर अन्यायहरू म, सर्वशक्तिमान्को हातबाट फुत्किन सक्छ? कसको प्रतिरोध म, सर्वशक्तिमान्को न्यायबाट उम्कन सक्छ? म, यहोवा, यसरी, तिमीहरू, अन्यजाति परिवारका सन्तानहरूलाई भन्दछु, र मैले तिमीहरूसित बोलेका यी वचनहरू व्यवस्थाको युग र अनुग्रहको युगमा बोलेका सबै वचनहरूभन्दा उच्च छन्, तर तिमीहरू मिश्रका सबै मानिसहरूभन्दा बढी हठी छौ। के मैले शान्त रूपमा मेरो काम गरिरहँदा तिमीहरू मेरो रिस सञ्चित गर्दैनौ र? म, सर्वशक्तिमान्को दिनबाट तिमीहरू सुरक्षित स्थितिमा कसरी उम्कन सक्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहको कोही पनि रिसको दिनबाट उम्कन सक्दैन
परमेश्वरका दैनिक वचनहरू अंश ६१२
के तँ अब न्याय के हो र सत्यता के हो भनी बुझ्छस्? यदि बुझ्छस् भने, न्याय गरिनुप्रति आज्ञाकारितासाथ समर्पित हुन म तँलाई सुझाव दिन्छु, नत्र भने तैँले परमेश्वरको अनुमोदन पाउने वा उहाँद्वारा उहाँको राज्यभित्र ल्याइने अवसर कहिल्यै पाउनेछैनस्। न्याय स्वीकार मात्र गर्ने तर कहिल्यै शुद्ध गर्न नसकिने, अर्थात्, न्यायको कामका बीचमा भाग्नेहरूलाई परमेश्वरले सदाका लागि तिरस्कार गर्नुहुनेछ। तिनीहरूका पाप फरिसीहरूका भन्दा झनै जघन्य र झनै धेरै हुन्छन्, किनकि तिनीहरूले परमेश्वरलाई धोका दिएका छन् र तिनीहरू परमेश्वरविरुद्धका विद्रोहीहरू हुन्। श्रम गर्नका लागि पनि लायक नभएका यी मानिसहरूले झनै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ, झन्, अनन्तकालसम्म जारी रहनेछ। परमेश्वरले कुनै बेला शब्दले बफादारी देखाएको तर त्यसपछि उहाँलाई धोका दिएको कुनै पनि विश्वासघातीलाई बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले आत्मा, प्राण, र शरीरका दण्डमार्फत प्रतिशोध पाउनेछन्। के परमेश्वरको धर्मी स्वभावको प्रकटीकरण ठ्याक्कै यही नै होइन र? के मानिसलाई न्याय र प्रकाश गर्ने परमेश्वरको उद्देश्य ठ्याक्कै यही होइन र? न्यायको समयावधिमा हरप्रकारका दुष्ट कार्य गर्नेहरूलाई परमेश्वरले दुष्ट आत्माहरू भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूलाई आफ्नो इच्छाअनुसार तिनीहरूका देहगत शरीरहरू नष्ट गर्न दिनुहुनेछ, र ती मानिसहरूका शरीरले लासहरूको दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनुपर्ने प्रतिशोध यस्तो हुन्छ। परमेश्वरले ती अबफादार झूटा विश्वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई तिनीहरूका अभिलेख-पुस्तकहरूमा लेख्नुहुन्छ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुन्छ, ती अशुद्ध आत्माहरूलाई इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरू फोहोर पार्न दिनुहुनेछ, र तिनीहरूलाई कहिल्यै पुनर्जन्म नपाउने र तिनीहरूले फेरि कहिल्यै उज्यालो नदेख्ने तुल्याउनुहुनेछ। केही समयका निम्ति सेवा गर्ने तर अन्तसम्म बफादार नरहने ढोँगीहरूलाई परमेश्वरले दुष्टहरूमाझ सूचीकृत गर्नुहुन्छ, तिनीहरूलाई दुष्ट मानिसहरूसँग हिलोमा लडबडिन र विभिन्न किसिमका कुकर्मीसँग गिरोह निर्माण गर्न दिनुहुन्छ, र अन्त्यमा, परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै बफादार नभएका वा आफ्नो कुनै सामर्थ्य योगदान नगरेकाहरूलाई परमेश्वरले पाखा लगाइदिनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्न, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई नष्ट गर्नुहुनेछ। तिनीहरू उप्रान्त पृथ्वीमा अस्तित्वमा रहनेछैनन्, र तिनीहरूले परमेश्वरको राज्यभित्र प्रवेश गर्ने बाटो त झनै प्राप्त गर्नेछैनन्। परमेश्वरले उहाँप्रति कहिल्यै निष्कपट नरहेका, तर उहाँसँग झाराटारुवा रूपमा व्यवहार गर्नुबाहेक अरू कुनै विकल्प नभएका जोकोहीलाई उहाँका मानिसहरूका लागि सेवा प्रदान गर्नेहरूमा सूचीकृत गर्नुहुन्छ। यस्ता मानिसहरूका सानो सङ्ख्या मात्र बाँच्नेछ, जबकि बहुसङ्ख्यकहरू मानकअनुरूप श्रम गर्न समेत नसक्नेहरूसँगै नष्ट हुनेछन्। अन्त्यमा, परमेश्वरसँग एउटै हृदय र मन भएकाहरू, परमेश्वरका मानिसहरू र पुत्रहरू, र धर्मगुरु हुनका लागि परमेश्वरद्वारा पूर्वनिर्धारित सबैलाई परमेश्वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्वरको कामको परिष्कृत उपज हुन्। परमेश्वरले तोक्नुभएको कुनै पनि वर्गमा वर्गीकृत गर्न नसकिनेहरूलाई गैरविश्वासीहरूको श्रेणीका सूचीमा राखिनेछ, र तिनीहरूको परिणाम के हुनेछ भनेर तिमीहरूले निश्चय नै कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्ने मार्ग केवल तिमीहरूकै छनोट हो। तिमीहरूले बुझ्नुपर्ने कुरा यो हो: परमेश्वरसँग गति मिलाउन नसक्ने कुनै पनि व्यक्तिलाई परमेश्वरको कामले पर्खँदैन, र परमेश्वरको धर्मी स्वभावले कुनै पनि मानिसलाई कृपा देखाउँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ