जीवनमा प्रवेश (४)
परमेश्वरका दैनिक वचनहरू अंश ४८३
तँ ठ्याक्कै किन परमेश्वरमा विश्वास गर्छस्? धेरैजसो मानिस यस प्रश्नको कुरा आउँदा अझै पनि अलमल्ल पर्छन्, अनि तिनीहरूमा व्यावहारिक परमेश्वर र स्वर्गमा हुनुहुने परमेश्वरका बारेमा सधैँ दुई वटा अत्यन्तै भिन्न प्रकारका दृष्टिकोण हुन्छन्। यसले मानिसहरू परमेश्वरमा समर्पित हुनका लागि नभई निश्चित फाइदाहरू पाउन, वा प्रकोपले ल्याउने कष्टबाट बच्नका लागि उहाँमा विश्वास गर्छन् भन्ने देखाउँछ; त्यसपछि मात्र तिनीहरू केही हदसम्म समर्पित हुन्छन्। यस्तो समर्पण ससर्त हुन्छ—तिनीहरूको व्यक्तिगत भविष्य नै तिनीहरूको समर्पणको पूर्वसर्त हो; तिनीहरू आफूसँग कुनै विकल्प नभएकाले समर्पित हुन्छन्। त्यसोभए, आखिर तँ किन परमेश्वरमा विश्वास गर्छस्? यदि यो तेरो भविष्य र नियतिका खातिर मात्र हो भने, तैँले उहाँमा विश्वास नै नगरे राम्रो हुन्छ। यस किसिमको विश्वास भनेको आफूलाई मूर्ख बनाउनु, आफूलाई आश्वस्त पार्नु, र आत्म-प्रशंसा गर्नु हो। यदि तेरो आस्था परमेश्वरप्रतिको समर्पणको जगमा निर्माण भएको छैन भने, तँलाई उहाँको विरोध गरेकोमा अन्ततः दण्ड दिइनेछ। आफ्नो आस्थामा परमेश्वरमाथिको समर्पण नखोज्नेहरू सबै नै उहाँको विरोध गर्ने मानिसहरू हुन्। परमेश्वर मानिसहरूलाई सत्यताको खोजी गर्न, उहाँको वचनका लागि तिर्खाउन, उहाँका वचन खान र पिउन, र ती अभ्यास गर्न भन्नुहुन्छ, र त्यो सब तिनीहरूले परमेश्वरप्रतिको समर्पण प्राप्त गर्न सकून् भनेर हो। यदि तेरो साँचो अभिप्राय त्यही हो भने, परमेश्वरले तँलाई निश्चय नै उच्च पार्नुहुनेछ, र तँप्रति निश्चय नै अनुग्रहकारी हुनुहुनेछ। यो निस्सन्देह र अपरिवर्तनीय कुरा हो। यदि तेरो अभिप्राय परमेश्वरमा समर्पित हुनु होइन, अनि तेरा अन्य लक्ष्यहरू छन् भने, तैँले भन्ने र गर्ने सबै कुरा—परमेश्वरसामु तैँले गर्ने प्रार्थनाहरू समेत, र अझै अगाडि गएर भन्नुपर्दा, तेरो हरेक चाल—उहाँको विरोधमा हुनेछन्। तेरा शब्दहरू कोमल र तँ शालीन भए पनि, तेरो प्रत्येक चाल र अभिव्यक्ति तँ समर्पित हुने व्यक्ति भएझैँ गरी अरूका लागि उचित देखिए पनि, तेरा अभिप्रायहरू र परमेश्वरमाथिको आस्थाका दृष्टिकोणहरूको कुरा आउँदा, तेरो हरेक कार्य परमेश्वरविरुद्ध हुन्छ, त्यो दुष्टता गर्नु हो। भेडाजस्तै आज्ञाकारी देखिने, तर हृदयमा भने दुष्ट अभिप्रायहरू बोकेर हिँड्ने मानिसहरू भेडाको भेष धारण गरेका ब्वाँसो हुन्, र सिधै परमेश्वरविरुद्ध अपराध गर्नेहरू हुन्। परमेश्वरले तिनीहरूमध्ये एक जनालाई पनि छोड्नुहुनेछैन, अनि पवित्र आत्माले तिनीहरूमध्ये हरेकलाई प्रकट गर्नुहुनेछ। पवित्र आत्माले सबै ढोँगीलाई निश्चय नै तिरस्कार गर्नुहुनेछ भन्ने कुरा सबैले देख्नेछन्। अधीर नहो: परमेश्वरले लेखा राख्नुहुनेछ र क्रमैसँग तिनीहरू प्रत्येकलाई तह लगाउनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरमाथिको तेरो विश्वासमा तँ परमेश्वरमा समर्पित हुनैपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ४८४
यदि तँ परमेश्वरबाट आउने नयाँ ज्योति स्वीकार गर्न असक्षम छस्, र परमेश्वरले आज के गर्नुहुन्छ भन्ने कुरा स्पष्ट रूपमा देख्न नसक्दा तँ खोजी गर्दैनस्, र तँ यसमाथि शङ्का गर्छस्, यसलाई गलत ठहराउँछस्, वा यसको छानबिन र विश्लेषण गर्छस् भने, यस्तो व्यक्तिमा परमेश्वरप्रति समर्पित हुने कुनै मनसाय हुँदैन। यदि तँ वर्तमान ज्योति देखा पर्दा अझै पनि हिजोको ज्योतिलाई बहुमूल्य ठान्छस् र परमेश्वरको नयाँ कामको विरोध गर्छस् भने, तँ एक बेतुके व्यक्तिबाहेक अरू केही होइनस्—तँ जानाजानी परमेश्वरको विरोध गर्नेहरूमध्येको एक होस्। परमेश्वरप्रति समर्पित हुनुको कडी भनेको सबैभन्दा नयाँ ज्योति स्वीकार गर्नु, अनि यसलाई स्वीकार गर्न र व्यवहारमा लागु गर्न सक्षम हुनु हो। यो मात्रै साँचो समर्पण हो। परमेश्वरको तृष्णा गर्ने सङ्कल्प नभएकाहरू जानाजानी उहाँप्रति समर्पित हुन असक्षम हुन्छन्, र तिनीहरू यथास्थितिमै सन्तुष्ट हुनुको नतिजास्वरूप परमेश्वरको विरोध मात्र गर्न सक्छन्। मानिस परमेश्वरप्रति समर्पित हुन सक्दैन किनभने ऊ पहिले आएका कुराहरूद्वारा वशीभूत हुन्छ। पहिले आएका कुराहरूले मानिसमा परमेश्वरबारे सबै प्रकारका धारणा र विभिन्न कल्पना पैदा गरेका छन्, र यी कुराहरू उसको दिमागमा परमेश्वरको स्वरूप बनेका छन्। तसर्थ, ऊ आफ्नै धारणाहरू, र आफ्नै कल्पनाका मानकहरूमा विश्वास गर्छ। यदि तँ आज व्यावहारिक काम गर्नुहुने परमेश्वरलाई तेरो आफ्नै कल्पनाको परमेश्वरसँग दाँज्छस् भने, तेरो आस्था शैतानबाट आउँछ, र त्यो तेरो आफ्नै अभिरुचिहरूमा आधारित छ—परमेश्वर यस्तो प्रकारको आस्था चाहनुहुन्न। तिनीहरूको योग्यता जतिसुकै उच्च भए पनि, र तिनीहरूले जतिसुकै अर्पण गरेका भए पनि—तिनीहरूले उहाँका लागि काम गर्न जीवनभरको मेहनत लगाएका भए पनि, र तिनीहरू शहादत प्राप्त गर्ने हदसम्म गएका भए पनि—परमेश्वर यस्तो आस्था भएको कसैलाई पनि अनुमोदन गर्नुहुन्न। उहाँ केवल तिनीहरूलाई थोरै अनुग्रह प्रदान गर्नुहुन्छ र तिनीहरूलाई केही समय यसको आनन्द लिन दिनुहुन्छ। यस्ता मानिसहरू सत्यतालाई व्यवहारमा लागु गर्न असमर्थ हुन्छन्। पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न, र परमेश्वरले तिनीहरूमध्ये प्रत्येकलाई पालैपालो हटाउनुहुनेछ। जवान होऊन् वा वृद्ध, आफ्नो आस्थामा परमेश्वरप्रति समर्पित नहुने र गलत अभिप्रायहरू राख्नेहरू विरोध र अवरोध गर्छन्, र त्यस्ता मानिसहरू परमेश्वरद्वारा निस्सन्देह हटाइनेछन्। परमेश्वरप्रति अलिकति पनि समर्पण नभएका, उहाँको नाम मात्र स्वीकार गर्ने, र परमेश्वरको पहुँचयोग्यता र प्रेमिलोपनको केही बोध भएका, तैपनि पवित्र आत्माका पदचापहरूको गतिसँग तालमेल मिलाउन नसक्ने, र पवित्र आत्माको वर्तमान काम र वचनहरूप्रति समर्पित नहुनेहरू—त्यस्ता मानिसहरू परमेश्वरको अनुग्रहको बीचमा जिउँछन्, र उहाँद्वारा प्राप्त गरिन वा सिद्ध पारिन सकिँदैनन्। परमेश्वर मानिसहरूलाई तिनीहरूको समर्पणमार्फत, तिनीहरूद्वारा परमेश्वरका वचनहरूको खानपिन, र आनन्दभोग, र जीवनमा दुःख र शोधनको भोगमार्फत सिद्ध पार्नुहुन्छ। यस्तो आस्थामार्फत मात्र मानिसहरूको स्वभाव परिवर्तन हुन सक्छ, र त्यसपछि मात्र तिनीहरूसँग परमेश्वरको साँचो ज्ञान हुन सक्छ। परमेश्वरको अनुग्रहको बीचमा जिउनुमा सन्तुष्ट नहुनु, सक्रिय रूपमा सत्यताको तृष्णा र खोजी गर्नु, र परमेश्वरद्वारा प्राप्त गरिने पछ्याइमा लाग्नु—सचेत रूपमा परमेश्वरप्रति समर्पित हुनुको अर्थ यही हो, र उहाँले चाहने आस्था ठ्याक्कै यस्तै प्रकारको हो। परमेश्वरको अनुग्रहको आनन्द लिनेबाहेक अरू केही नगर्ने मानिसहरूलाई सिद्ध पार्न वा परिवर्तन गर्न सकिँदैन; तिनीहरूसँग देखावटी समर्पण, भक्ति, प्रेम, र धैर्य मात्र हुन सक्छ। परमेश्वरको अनुग्रहको मात्र आनन्द लिनेहरूले परमेश्वरलाई साँच्चै चिन्न सक्दैनन्, र तिनीहरूले परमेश्वरलाई चिने पनि, तिनीहरूको ज्ञान देखावटी हुन्छ, र तिनीहरू “परमेश्वर मानिसलाई प्रेम गर्नुहुन्छ,” वा “परमेश्वर मानिसमाथि कृपा राख्नुहुन्छ” भन्ने जस्ता कुराहरू भन्छन्। यसले मानिसको जीवनको प्रतिनिधित्व गर्दैन, र यसको अर्थ मानिसहरू साँच्चिकै परमेश्वरलाई चिन्छन् भन्ने होइन। परमेश्वरका वचनहरूले मानिसहरूलाई शोधन गर्दा, वा तिनीहरूमाथि उहाँका परीक्षाहरू आइपर्दा, यदि तिनीहरू परमेश्वरप्रति समर्पित हुन असक्षम हुन्छन्—यदि, यसको सट्टा, तिनीहरू शङ्कालु बन्छन्, र पतनसमेत हुन्छन् भने—तिनीहरू अलिकति पनि समर्पित हुँदैनन्। तिनीहरूभित्र परमेश्वरमाथिको आस्थाबारे धेरै वटा नियम र बन्देज हुन्छन्, र तिनीहरूले धेरै वर्षको आस्थाबाट लिएका लामो समयदेखिका अनुभवहरू, वा बाइबललाई आफ्नो सिद्धान्तका रूपमा लिने विभिन्न प्रावधानसमेत हुन्छन्। के यस्ता मानिसहरू परमेश्वरप्रति समर्पित हुन सक्छन् र? यी मानिसहरू मानवीय कुराहरूले भरिएका हुन्छन्—तिनीहरू कसरी परमेश्वरप्रति समर्पित हुन सक्छन् र? तिनीहरूको “समर्पण” तिनीहरूका व्यक्तिगत अभिरुचिहरूमा आधारित हुन्छ—के परमेश्वर यस्तो समर्पण चाहनुहुन्छ र? यो त प्रावधानहरूको पालना हो, परमेश्वरप्रतिको समर्पण होइन; यो आफैलाई सन्तुष्ट र खुसी पार्नु हो। यदि तँ यो परमेश्वरप्रतिको समर्पण हो भनेर भन्छस् भने, के तँ उहाँको ईशनिन्दा गर्दैनस् र? तँ एउटा मिश्री फारो होस्। तँ दुष्टता गर्छस्, र तँ स्पष्ट रूपमा परमेश्वरको विरोध गर्ने काममा संलग्न हुन्छस्—के परमेश्वर तैँले यसरी नै सेवा गरेस् भन्ने चाहनुहुन्छ र? तैँले चाँडोभन्दा चाँडो पश्चात्ताप गर्नु, र केही आत्म-सचेतना प्राप्त गर्ने प्रयास गर्नु नै उत्तम हुन्छ। त्यसो गर्न असफल भएमा, तँ घर जानु नै बेस हुनेछ; त्यसले तँलाई तैँले गरेको “परमेश्वरको सेवा” भन्दा बढी फाइदा गर्नेछ। तैँले अवरोध गर्ने र बाधा दिनेछैनस्; तैँले आफ्नो स्थान जान्नेछस्, र तँ राम्ररी जिउनेछस्—के त्यो राम्रो हुनेछैन र? अनि तैँले परमेश्वरको विरोध गर्नेछैनस् र दण्ड पाउनेछैनस्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरमाथिको तेरो विश्वासमा तँ परमेश्वरमा समर्पित हुनैपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ४८५
पवित्र आत्माको काम दिन-प्रतिदिन परिवर्तन हुन्छ। हरेक चरणसँगै यो अझ माथि उठ्छ, आजको भन्दा भोलिको प्रकाश अझ उच्च हुन्छ, र यो एकपछि अर्को चरण गर्दै निरन्तर अझ माथि चढ्दै जान्छ। परमेश्वरले मानिसलाई यस्तै कामद्वारा सिद्ध पार्नुहुन्छ। यदि मानिसहरूले गति समाउन सकेनन् भने, तिनीहरू कुनै पनि समयमा हटाइन सक्छन्। यदि तिनीहरूमा समर्पणको हृदय छैन भने, तिनीहरूले अन्त्यसम्म पछ्याउन सक्नेछैनन्। अघिल्लो युग बितिसकेको छ; यो नयाँ युग हो। अनि नयाँ युगमा, नयाँ काम गरिनुपर्छ। विशेष गरी मानिसहरूलाई सिद्ध पारिने अन्तिम युगमा, परमेश्वरले अझ नयाँ काम, अझ छिटो गर्नुहुनेछ, त्यसैले यदि मानिसहरू जानी-जानी समर्पित भएनन् भने, तिनीहरूलाई परमेश्वरका पदचापहरू पछ्याउन गाह्रो हुनेछ। परमेश्वर कुनै पनि प्रावधान पालन गर्नुहुन्न, न त उहाँ आफ्नो कामको कुनै पनि चरणलाई सधैँभरि अपरिवर्तनीय रूपमा नै लिनुहुन्छ। बरु, उहाँ निरन्तर अझ नयाँ र अझ उच्च काम गर्नुहुन्छ। हरेक चरणसँगै, उहाँको काम झन्-झन् व्यावहारिक, र मानिसका खास आवश्यकताहरूसँग झन्-झन् मिल्दो बन्दै जान्छ। यस्तो कामको अनुभव गरेर मात्र मानिसहरूले आफ्नो स्वभावको अन्तिम रूपान्तरण हासिल गर्न सक्छन्। जीवनसम्बन्धी मानिसको ज्ञान अझ उच्च स्तरहरूमा पुग्छ, र त्यसै गरी, परमेश्वरको काम पनि अझ उच्च स्तरहरूमा पुग्छ। यसरी मात्र मानिसलाई सिद्ध पार्न सकिन्छ र ऊ परमेश्वरको निम्ति प्रयोगयोग्य बन्न सक्छ। परमेश्वर एकातिर मानिसका धारणाहरूलाई खण्डन गर्न र उल्टाउन, र अर्कोतिर मानिसलाई अझ उच्च र अझ व्यावहारिक स्थितिमा, परमेश्वरप्रतिको विश्वासको सर्वोच्च क्षेत्रमा पुर्याउन यस तरिकाले काम गर्नुहुन्छ, ताकि अन्त्यमा, परमेश्वरको इच्छा पूरा गर्न सकियोस्। जानी-जानी विरोध गर्ने विद्रोही प्रकृतिका सबैलाई परमेश्वरको कामको यो द्रुत र शक्तिशाली चरणद्वारा हटाइनेछ; जो जानी-जानी समर्पित हुन्छन् र खुसीसाथ विनम्र बन्छन् तिनीहरू मात्र बाटोको अन्त्यसम्म अघि बढ्न सक्छन्। यस प्रकारको काममा, तिमीहरू सबैले कसरी समर्पित हुने र आफ्ना धारणाहरू कसरी त्याग्ने भनी सिक्नुपर्छ। तिमीहरू आफूले चाल्ने हरेक कदममा सतर्क हुनुपर्छ। यदि तिमीहरू लापरवाह भयौ भने, तिमीहरू पक्कै पनि पवित्र आत्माद्वारा तिरस्कार गरिने, परमेश्वरको काममा अवरोध गर्ने व्यक्ति बन्नेछौ। कामको यस चरणबाट गुज्रनुअघि, मानिसका पुराना प्रावधान र नियमहरू यति असङ्ख्य थिए कि ऊ बहकियो, र अभिमानी बन्यो अनि उसले आफैलाई बिर्सियो। यी सबै बाधाहरू हुन् जसले मानिसलाई परमेश्वरको नयाँ काम स्वीकार गर्नबाट रोक्छन्; ती परमेश्वरसम्बन्धी मानिसको ज्ञानका शत्रु हुन्। मानिसहरूसँग न त हृदयमा समर्पण हुनु न त सत्यताको उत्कट चाहना हुनु खतरनाक कुरा हो। यदि तँ सरल काम र वचनहरूप्रति मात्र समर्पित हुन्छस्, र अझ गहन कुराहरू स्वीकार गर्न असक्षम छस् भने, तँ पुराना तरिकाहरूमा टाँसिने र पवित्र आत्माको कामको गति समाउन नसक्ने व्यक्ति होस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ
परमेश्वरका दैनिक वचनहरू अंश ४८६
परमेश्वरले गर्नुहुने काम युगअनुसार फरक पर्छ। यदि तँ एउटा चरणमा परमेश्वरको कामप्रति राम्ररी समर्पित हुन्छस्, तर अर्को चरणमा उहाँको कामप्रति तेरो समर्पण कमजोर हुन्छ, वा तँ समर्पित हुन असक्षम हुन्छस् भने, परमेश्वरले तँलाई त्याग्नुहुनेछ। परमेश्वरले यो कदम चाल्नुहुँदा तँ उहाँको गति समाउँछस्, र उहाँ अर्को कदममा उक्लनुहुँदा पनि तैँले निरन्तर गति समाउनुपर्छ; तब मात्र तँ पवित्र आत्माप्रति समर्पित व्यक्ति बन्नेछस्। तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, तँ आफ्नो समर्पणमा स्थिर रहनैपर्छ। तैँले आफूलाई मन लाग्दा मात्रै समर्पित हुने र मन नलाग्दा चाहिँ समर्पित हुन नमान्ने गर्न मिल्दैन। यस प्रकारको समर्पणलाई परमेश्वरले अनुमोदन गर्नुहुन्न। यदि तँ नयाँ कामका बारेमा मेरो सङ्गतिको गति समाउन सक्दैनस्, र अघिल्ला भनाइहरूलाई नै पक्रिरहन्छस् भने, तेरो जीवनमा कसरी प्रगति हुन सक्छ? परमेश्वरको काम भनेको उहाँका वचनहरूमार्फत तँलाई आपूर्ति गर्नु हो। जब तँ उहाँका वचनहरूप्रति समर्पित हुन्छस् र तिनलाई स्वीकार गर्छस्, तब पवित्र आत्माले पक्कै पनि तँमा काम गर्नुहुनेछ। म जसरी बोल्छु पवित्र आत्माले ठीक त्यसरी नै काम गर्नुहुन्छ; मैले भनेजस्तै गर्, अनि पवित्र आत्माले तुरुन्तै तँमा काम गर्नुहुनेछ। म तिमीहरूलाई हेराउनका लागि नयाँ प्रकाश जारी गर्छु, तिमीहरूलाई वर्तमानको प्रकाशमा ल्याउँछु, अनि जब तँ यो प्रकाशमा प्रवेश गर्छस्, तब पवित्र आत्माले तुरुन्तै तँमा काम गर्नुहुनेछ। कतिपयले अवज्ञाकारी भएर यसो भन्न सक्छन्, “म तपाईँले भन्नुभएको कुरा अभ्यास गर्दै गर्दिनँ।” यस्तो अवस्थामा, म तँलाई भन्छु कि तँ अब बाटोको अन्त्यमा आइपुगेको छस्; तँ सुकिसकेको छस्, र तँ जीवनविहीन छस्। यसरी, आफ्नो स्वभाव रूपान्तरणको अनुभव गर्दा, वर्तमान प्रकाशको गति समाउनुभन्दा महत्त्वपूर्ण कुरा केही छैन। पवित्र आत्माले परमेश्वरद्वारा प्रयोग गरिने निश्चित मानिसहरूमा मात्रै होइन, अझ भन्नुपर्दा, मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमा पनि काम गरिरहनुभएको हुन सक्छ। उहाँले वर्तमान समयमा तँमा काम गर्न सक्नुहुन्छ, र तैँले यो कामको अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अरू कसैमा काम गर्न सक्नुहुन्छ, जुन अवस्थामा तैँले चाँडो पछ्याउनुपर्छ; तँ वर्तमान प्रकाशलाई जति नजिकबाट पछ्याउँछस्, तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कोही व्यक्ति जस्तोसुकै प्रकारको भए पनि, यदि पवित्र आत्माले उसमा काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तँ आफैले कामकुराहरू भोग्दा, तैँले उसको भोगाइको वास्तविक अनुभव प्राप्त गरिस् भने, तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यस प्रकारको अभ्यासमार्फत, तैँले अझ छिटो प्रगति गर्नेछस्। यो मानिसले सिद्धता प्राप्त गर्ने मार्ग र जीवन वृद्धि हुने माध्यम हो। सिद्ध पारिने मार्गमा पवित्र आत्माको कामप्रति तेरो समर्पणमार्फत पुगिन्छ। परमेश्वरले तँलाई सिद्ध पार्न कस्तो प्रकारको व्यक्तिमार्फत काम गर्नुहुनेछ, वा उहाँले तँलाई कुन व्यक्ति, घटना, वा कामकुरामार्फत कुराहरू प्राप्त गर्न र देख्न दिनुहुनेछ भन्ने तँलाई थाहा हुँदैन। यदि तँ यो सही मार्गमा पाइला टेक्न सक्छस् भने, यसले तँ परमेश्वरद्वारा सिद्ध पारिने ठूलो आशा छ भन्ने देखाउँछ। यदि तँ सक्दैनस् भने, यसले तेरो भविष्य अन्धकारमय, प्रकाशविहीन छ भन्ने देखाउँछ। जब तँ सही मार्गमा हिँड्न थाल्छस्, तब तैँले सबै कुरामा प्रकाश प्राप्त गर्नेछस्। पवित्र आत्माले अरूलाई जेसुकै प्रकाश गर्नुभए पनि, यदि तँ तिनीहरूको ज्ञानका आधारमा आफैले कुराहरू अनुभव गर्नतिर लागिस् भने, त्यो तेरो जीवनको हिस्सा बन्नेछ, र तैँले यो अनुभवबाट अरूलाई आपूर्ति गर्न सक्नेछस्। जो शब्दहरू रटेर अरूलाई आपूर्ति गर्छन् तिनीहरू कुनै अनुभव प्राप्त नगरेका मानिस हुन्; तैँले आफ्नो खास अनुभव र ज्ञानका बारेमा बोल्न सुरु गर्नुअघि अरूको अन्तर्दृष्टि र ज्योतिमार्फत अभ्यासको मार्ग भेट्टाउन सिक्नुपर्छ। यो तेरो आफ्नै जीवनका लागि अझ ठूलो फाइदा हुनेछ। परमेश्वरबाट आउने सबै कुरामा समर्पित हुँदै, तैँले यसरी नै अनुभव गर्नुपर्छ। तेरो जीवन वृद्धि हुन सकोस् भनेर, तैँले सबै कुरामा परमेश्वरका अभिप्रायहरू खोज्नुपर्छ र सबै कुरामा पाठहरू सिक्नुपर्छ। यस्तो अभ्यासले सबैभन्दा छिटो प्रगति गराउँछ।
पवित्र आत्माले तेरा खास अनुभवहरूमार्फत तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, र तेरो विश्वासमार्फत तँलाई सिद्ध पार्नुहुन्छ। के तँ साँच्चै सिद्ध पारिन इच्छुक छस्? यदि तँ साँच्चै परमेश्वरद्वारा सिद्ध पारिन इच्छुक छस् भने, तँसँग आफ्नो देहलाई त्याग्ने साहस हुनेछ, तैँले परमेश्वरका वचनहरू अभ्यास गर्न सक्नेछस्, र तँ नकारात्मक वा कमजोर हुनेछैनस्। तँ परमेश्वरबाट आउने सबै कुराप्रति समर्पित हुन सक्नेछस्, र तैँले आफ्ना सबै कार्य—चाहे अरूका अगाडि गरिएका होऊन् वा तिनीहरूको पिठ्युँ पछाडि—परमेश्वरसामु प्रस्तुत गर्न सक्नेछस्। यदि तँ इमानदार व्यक्तिका रूपमा काम गर्छस्, र सबै कुरामा सत्यता अभ्यास गर्छस् भने, तँ सिद्ध पारिने व्यक्ति बन्नेछस्। अरूका अगाडि एउटा र तिनीहरूको पिठ्युँ पछाडि अर्को व्यवहार गर्ने ती छली मानिसहरू सिद्ध पारिन इच्छुक हुँदैनन्। तिनीहरू सबै अनन्त विनाशका पुत्र र विनाशका पुत्र हुन्; तिनीहरू शैतानका हुन्, र तिनीहरू परमेश्वरद्वारा चुनिएका होइनन्। परमेश्वरले त्यस्ता मानिसहरूलाई चयन गर्नुहुन्न! यदि तेरा कार्यहरू र व्यवहार परमेश्वरसामु प्रस्तुत गर्न वा परमेश्वरका आत्माद्वारा छानबिन गर्न सकिँदैनन् भने, यो तँमा केही खराबी छ भन्ने कुराको प्रमाण हो। तैँले परमेश्वरको न्याय र सजायलाई स्विकार्नैपर्छ, र आफ्नो स्वभावको रूपान्तरणमा ध्यान केन्द्रित गर्नुपर्छ; तब मात्र तैँले सिद्ध पारिने मार्गमा पाइला टेक्न सक्नेछस्। यदि तँ साँच्चै परमेश्वरद्वारा सिद्ध पारिन र परमेश्वरको इच्छा पछ्याउन इच्छुक छस् भने, तँ एक शब्द गुनासो नगरी, परमेश्वरको कामलाई स्वेच्छाचारी रूपमा गलत नठहराई वा त्यसबारे निष्कर्ष ननिकाली, परमेश्वरको सबै कामप्रति समर्पित हुनुपर्छ। परमेश्वरद्वारा सिद्ध पारिनका लागि न्यूनतम आवश्यकताहरू यिनै हुन्। परमेश्वरद्वारा सिद्ध पारिन खोज्नेहरूका लागि आवश्यक सर्त यो हो: सबै कुरामा परमेश्वरलाई प्रेम गर्ने हृदयले काम गर्ने। परमेश्वरलाई प्रेम गर्ने हृदयले काम गर्नुको अर्थ के हो? यसको अर्थ तेरा सबै कार्य र व्यवहार परमेश्वरसामु प्रस्तुत गर्न सकिन्छ भन्ने हो। अनि तँसँग सही अभिप्रायहरू भएकाले, तेरा कार्यहरू सही होऊन् वा गलत, तँ ती कुरा परमेश्वर वा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई देखाउन डराउँदैनस्, र तँ परमेश्वरसमक्ष शपथ खाने आँट गर्छस्। तैँले आफ्नो हरेक अभिप्राय, सोच, र विचारलाई परमेश्वरसमक्ष प्रस्तुत गरेर उहाँलाई अवलोकन गर्न दिनुपर्छ; यदि तँ यस तरिकाले अभ्यास र प्रवेश गर्छस् भने, तेरो जीवनमा तीव्र प्रगति हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ
परमेश्वरका दैनिक वचनहरू अंश ४८७
तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, तैँले परमेश्वरका सबै वचन र उहाँका सबै काममा विश्वास गर्नुपर्छ। भन्नुको अर्थ, तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, तँ उहाँप्रति समर्पित हुनैपर्छ। यदि तँ यसो गर्न असक्षम छस् भने, तैँले विश्वास गरे पनि वा नगरे पनि केही फरक पर्दैन। यदि तैँले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको छस्, तैपनि तँ कहिल्यै उहाँप्रति समर्पित भएको छैनस्, र उहाँका सम्पूर्ण वचनलाई स्वीकार गर्दैनस्, बरु परमेश्वर तँप्रति समर्पित हुनुपर्छ र उहाँले तेरा धारणाहरूअनुसार काम गर्नुपर्छ भनी माग गर्छस् भने, तँ सबैभन्दा विद्रोही होस्, तँ एक अविश्वासी होस्। मानिसका धारणाहरूसँग नमिल्ने परमेश्वरको काम र वचनहरूप्रति त्यस्ता मानिसहरू कसरी समर्पित हुन सक्छन् र? सबैभन्दा विद्रोही ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्वरसामु झुक्न इन्कार गर्छन् र परमेश्वरको प्रतिरोध गर्छन्। तिनीहरू परमेश्वरका शत्रु, ख्रीष्टविरोधी हुन्। तिनीहरू सधैँ परमेश्वरको नयाँ कामप्रति शत्रुवत् मनोवृत्ति पाल्छन्; तिनीहरूमा कहिल्यै समर्पित हुने झुकाव अलिकति पनि हुँदैन, न त तिनीहरूले कहिल्यै खुसीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। अरूसामु, तिनीहरूमा नै सबैभन्दा धेरै अहम् हुन्छ, र तिनीहरू कसैको अगाडि आफूलाई कहिल्यै समर्पित गर्दैनन्। परमेश्वरको अगाडि, तिनीहरू आफूलाई “प्रवचनहरू” प्रचार गर्ने काममा सर्वश्रेष्ठ, अनि अरूहरूमाथि काम गर्नका लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “खजानाहरू” लाई कहिल्यै पनि त्याग्दैनन्; बरु तिनीहरू तिनलाई आराधना गर्ने र अरूलाई प्रचार गर्ने पारिवारिक विरासत ठान्छन्, र तिनीहरू तिनलाई आदर्श ठान्ने मूर्खहरूलाई भाषण दिन यी प्रयोग गर्छन्। मण्डलीभित्र निश्चय नै केही निश्चित सङ्ख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकको वंश” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्वरको घरमा बास बसेका छन्। तिनीहरू “प्रवचनहरू” (धर्मसिद्धान्तहरू) प्रचार गर्नुलाई सर्वोच्च कर्तव्य मान्छन्। वर्षैपिच्छे, एकपछि अर्को पुस्तासम्म, तिनीहरू आफ्नो “पवित्र र तोड्न नसकिने” कर्तव्य कडाइका साथ गरिरहन्छन्। तिनीहरूलाई छुने आँट कसैले पनि गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्वरको घरमा “राजा” बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। दुष्ट पिशाचहरूको यो झुण्ड मेरो कामलाई ध्वस्त पार्न आपसमा हात मिलाउन चाहन्छ; म कसरी यी जीवित दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? आधा मात्र समर्पित हुनेहरूले त अन्त्यसम्म निरन्तरता दिन सक्दैनन् भने, हृदयमा अलिकति पनि समर्पण नभएका यी अत्याचारीहरूको त कुरै छोडौँ! परमेश्वरको काम मानिसलाई सजिलै प्राप्त हुँदैन। आफूसँग भएको सम्पूर्ण बल प्रयोग गरेर पनि, मानिसहरूले यसको एक भाग मात्र प्राप्त गर्न सक्छन्, जसले गर्दा अन्ततः तिनीहरू सिद्ध पारिन्छन्। त्यसोभए, परमेश्वरको काम नष्ट गर्न खोज्ने प्रधान स्वर्गदूतका वंशजहरूलाई चाहिँ के हुन्छ? के तिनीहरूसँग परमेश्वरद्वारा प्राप्त गरिने आशा अझै कम हुँदैन र? विजयको काम गर्नुमा मेरो उद्देश्य विजयका खातिर मात्र विजय गर्नु होइन, बरु धार्मिकता र अधार्मिकतालाई प्रकट गर्न, मानिसको दण्डका लागि प्रमाण प्राप्त गर्न, दुष्टलाई दोषी ठहराउन विजय गर्नु, र अझ बढी, जानाजानी समर्पित हुनेहरूलाई सिद्ध पार्नका खातिर विजय गर्नु हो। अन्त्यमा, सबैलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ, र सिद्ध पारिनेहरूका सोच र विचारहरू समर्पणले भरिएका हुनेछन्। अन्ततः सम्पन्न गरिने काम यही हो। यसैबीच, विद्रोहीपनका कार्यहरूले भरिएकाहरूलाई दण्ड दिइनेछ र दन्किरहेको आगोमा फालिनेछ, र तिनीहरू अनन्त श्रापका पात्र हुनेछन्। जब त्यो समय आउँछ, युगौँयुगभरि अस्तित्वमा रहेको त्यो “महान् र अदम्य नायकहरूको वंश” सबैभन्दा नीच र सबैभन्दा बहिष्कृत “कमजोर र शक्तिहीन काँतरहरूको वंश” बन्नेछ। यसले मात्र परमेश्वरको सम्पूर्ण धार्मिकता, र मानिसले गरेको उल्लङ्घन नसहने उहाँको स्वभावलाई प्रकट गर्न सक्छ, र यसले मात्र मेरो हृदयभित्रको घृणालाई शान्त पार्न सक्छ। के तिमीहरू यो पूर्ण रूपमा मनासिब छ भन्ने कुरामा सहमत छैनौ र?
पवित्र आत्माको कामको अनुभव गर्ने सबैले र यस प्रवाहमा रहेका सबैले जीवन प्राप्त गर्न सक्दैनन्। जीवन सबै मानिसको साझा सम्पत्ति होइन, र स्वभावमा आउने परिवर्तनहरू तिनीहरू सबैले सजिलै हासिल गर्दैनन्। परमेश्वरको कामप्रतिको समर्पणमा वास्तविकता हुनुपर्छ र यो जिइनुपर्छ। सतही समर्पणले मात्रै परमेश्वरको अनुमोदन पाउन सक्दैन र आफ्नो स्वभावमा परिवर्तन नपछ्याई परमेश्वरको वचनका सतही पक्षहरूप्रति मात्र समर्पित हुनु परमेश्वरका अभिप्रायहरूअनुरूप होइन। परमेश्वरप्रतिको समर्पण र परमेश्वरको कामप्रतिको समर्पण उस्तै कुरा हुन्। परमेश्वरप्रति मात्रै समर्पित हुने तर उहाँको कामप्रति समर्पित नहुनेहरूलाई समर्पित मान्न सकिँदैन, साँचो रूपमा समर्पित नहुने तर बाहिरी रूपमा चापलुसी गर्नेहरूको त झन् कुरै छोडौँ। परमेश्वरप्रति साँचो रूपमा समर्पित हुने सबैले कामबाट लाभ प्राप्त गर्न र परमेश्वरको स्वभाव र कामबारे बुझाइ हासिल गर्न सक्छन्। यस्ता मानिसहरू मात्र परमेश्वरप्रति साँचो रूपमा समर्पित हुन्छन्। यस्ता मानिसहरू नयाँ काममार्फत नयाँ ज्ञान प्राप्त गर्न, र नयाँ परिवर्तनहरू भोग्न सक्षम हुन्छन्। यी मानिसहरू मात्र परमेश्वरद्वारा अनुमोदित हुन्छन्, यी मानिसहरू मात्र सिद्ध पारिन्छन्, र यिनीहरू मात्र त्यस्ता मानिस हुन् जसका स्वभावहरू परिवर्तन भएका हुन्छन्। परमेश्वरद्वारा अनुमोदन गरिनेहरू ती हुन् जो खुसीसाथ परमेश्वरप्रति, साथै उहाँको वचन र कामप्रति समर्पित हुन्छन्। यस्ता मानिसहरू मात्र सच्चा मानिस हुन्, यस्ता मानिसहरू मात्र निष्कपट रूपमा परमेश्वरलाई चाहन्छन्, र निष्कपट रूपमा परमेश्वरको खोजी गर्छन्। मुखले मात्र परमेश्वरप्रतिको आफ्नो विश्वासको कुरा गर्ने, तर सारमा उहाँलाई गालीगलौज गर्नेहरूको कुरा गर्नुपर्दा, तिनीहरू छद्मभेषी मानिस हुन्, जसले सर्पको विष बोकेका हुन्छन्; तिनीहरू सबैभन्दा छली हुन्छन्। ढिलोचाँडो, यी खलनायकहरूको झुण्डको दुष्ट आवरण च्यातिनेछ। के आज भइरहेको काम यही होइन र? दुष्ट मानिसहरू सधैँ दुष्ट नै हुनेछन्, र दण्डको दिनबाट कहिल्यै उम्कनेछैनन्। असल मानिसहरू सधैँ असल नै हुनेछन्, र परमेश्वरको काम अन्त्य हुँदा प्रकाश गरिनेछन्। दुष्टहरूमध्ये कसैलाई पनि धर्मी मानिनेछैन, न त धर्मीहरूमध्ये कसैलाई दुष्ट नै मानिनेछ। के म कुनै मानिसलाई गलत रूपमा आरोपित हुन दिन्छु होला र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ
परमेश्वरका दैनिक वचनहरू अंश ४८८
तेरो जीवन अघि बढ्दै जाँदा, तँसँग सधैँ हरेक कदमसँगै अझ गहन बन्दै जाने नयाँ प्रवेश र नयाँ, अझ उच्च अन्तर्दृष्टि हुनुपर्छ। हरेकले प्रवेश गर्नुपर्ने कुरा यही हो। यदि, सङ्गति गरेर, प्रवचनहरू सुनेर, परमेश्वरको वचन पढेर, वा कुनै मामिलालाई सम्हालेर, तँ नयाँ अन्तर्ज्ञान र नयाँ अन्तर्दृष्टि प्राप्त गर्छस्, तँ पुराना प्रावधानहरू र पुराना समयहरूभित्र फेरि कहिल्यै जिउँदैनस्, र परमेश्वरको वचनबाट नबहकिकन सधैँ नयाँ प्रकाशमा जिउँछस् भने, सही मार्गमा लाग्नु भनेकै यही हो। कुनै सतही स्तरमा मूल्य चुकाएर मात्र हुँदैन; दिन-प्रतिदिन, परमेश्वरको वचन अझ ठूला उचाइहरूमा पुग्छ, र हरेक दिन नयाँ कुराहरू देखा पर्छन्, अनि मानिसले पनि हरेक दिन नयाँ प्रवेश गर्नुपर्छ। परमेश्वर जसरी बोल्नुहुन्छ, त्यसरी नै उहाँ आफूले बोलेका सबै कुरालाई साकार पार्नुहुन्छ, र यदि तैँले गति समाउन सकिनस् भने, तँ पछि पर्नेछस्। तँ प्रार्थना गर्दा अझ गहिराइमा जानुपर्छ; परमेश्वरको वचन खाने र पिउने काम रोकिँदै-चल्दै गर्ने खालको हुनु हुँदैन। आफूले प्राप्त गर्ने अन्तर्दृष्टि र ज्योतिलाई तैँले अझ गहन बनाउनुपर्छ, साथै तेरा धारणा र कल्पनाहरू बिस्तारै हट्दै जानुपर्छ। तैँले आफ्नो न्याय गर्ने क्षमतालाई पनि बलियो बनाउनुपर्छ, र तँलाई जे आइपरे पनि, त्यसबारे तँ आफैले सोच्नुपर्छ र तेरा आफ्नै दृष्टिकोणहरू हुनुपर्छ। आत्मासम्बन्धी केही मामिलाहरू बुझेर, तैँले बाहिरी कुराहरूमा अन्तर्ज्ञान प्राप्त गर्नुपर्छ र यी समस्याहरूको सारलाई बुझ्नुपर्छ। यदि तँ यी कुराहरूले सुसज्जित छैनस् भने, तैँले कसरी मण्डलीको अगुवाइ गर्न सक्नेछस्? यदि तँ कुनै शब्द र धर्मसिद्धान्तहरूको मात्रै कुरा गर्छस् र त्यसको कुनै वास्तविकता वा अभ्यास गर्ने उपाय छैन भने, तैँले त्यसलाई छोटो समय मात्र टिकाउन सक्नेछस्। नयाँ विश्वासीहरूसँग बोल्दा यो थोरै मात्रामा स्वीकार्य हुन सक्ला, तर केही समयपछि, जब नयाँ विश्वासीहरूले केही व्यावहारिक अनुभव प्राप्त गरेका हुन्छन्, तब तैँले तिनीहरूलाई आपूर्ति गर्न सक्नेछैनस्। त्यसपछि तँ कसरी परमेश्वरको निम्ति प्रयोगयोग्य हुन्छस्? नयाँ अन्तर्दृष्टिविना, तैँले काम गर्न सक्दैनस्। नयाँ अन्तर्दृष्टि नभएकाहरू तिनै हुन् जो अनुभव गर्न जान्दैनन्, र त्यस्ता मानिसहरूले कहिल्यै नयाँ ज्ञान वा नयाँ अनुभव प्राप्त गर्दैनन्। अनि, जीवन आपूर्ति गर्ने मामिलामा, तिनीहरूले कहिल्यै आफ्नो कार्य गर्न सक्दैनन्, न त तिनीहरू परमेश्वरको निम्ति प्रयोगयोग्य नै बन्न सक्छन्। यस प्रकारको व्यक्ति केही नकामको, सास फेर्न मात्र जन्मेको हुन्छ। वास्तवमा, त्यस्ता मानिसहरू काममा आफ्नो कार्य पूरा गर्न पूर्ण रूपमा असक्षम हुन्छन्, तिनीहरू सबै केही नकामका हुन्छन्। तिनीहरू आफ्नो कार्य पूरा गर्न असफल हुने मात्रै होइन, तिनीहरूले वास्तवमा मण्डलीमा धेरै अनावश्यक समस्या पनि ल्याउँछन्। म यी “आदरणीय वृद्ध मानिसहरू” लाई चाँडो मण्डलीबाट निस्केर जान अर्ती दिन्छु, ताकि अब अरूले तँलाई हेर्नु नपरोस्। त्यस्ता मानिसहरूले नयाँ काम बुझेकै हुँदैनन् र तिनीहरू धारणाहरूले भरिएका हुन्छन्। मण्डलीमा तिनीहरू केहीमा पनि काम लाग्दैनन्; बरु, तिनीहरू जताततै मतभेद छर्छन् र नकारात्मक टिप्पणीहरू फैलाउँछन्, साथै मण्डलीमा जथाभावी रूपमा खराब कार्यहरू गरेर समस्या समेत निम्त्याउँछन्, र यसरी खुट्ट्याउने क्षमता नभएकाहरूलाई अन्योल र अस्तव्यस्ततामा धकेल्छन्। यी जीवित दियाबलसहरू, यी दुष्ट आत्माहरूले जतिसक्दो चाँडो मण्डली छोड्नुपर्छ, नत्र तेरो कारणले मण्डलीलाई नोक्सानी हुनेछ। तँलाई आजको कामको डर नलाग्ला, तर के तँ भोलिको धर्मी दण्डको डर मान्दैनस्? मण्डलीमा ठूलो सङ्ख्यामा सित्तैमा खाने मानिसहरू छन्, र परमेश्वरको सामान्य कामलाई नष्ट पार्न खोज्ने ब्वाँसाहरू धेरै छन्। यी चिजहरू सबै मुख्य पिशाचद्वारा पठाइएका पिशाचहरू हुन्, अज्ञानी थुमाहरूलाई निल्न खोज्ने क्रूर ब्वाँसाहरू हुन्। यदि यी तथाकथित मानिसहरूलाई निष्कासित गरिएन भने, तिनीहरू मण्डलीका परजीवी, भेटीहरू हसुर्ने किरा बन्नेछन्। ढिलोचाँडो, एउटा यस्तो दिन आउनेछ जब यी घृणित, अज्ञानी, नीच, तुच्छ औँसाहरूले दण्ड पाउनेछन्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ
परमेश्वरका दैनिक वचनहरू अंश ४८९
व्यावहारिकताको ज्ञान र परमेश्वरको कामको पूर्ण बुझाइ प्राप्त गर्नु—यी दुवै उहाँका वचनहरूमा देखिन्छन्, र यी वाणीहरूमार्फत मात्र तैँले अन्तर्दृष्टि प्राप्त गर्न सक्छस्। यसैले परमेश्वरको वचनले सुसज्जित हुनका निम्ति तैँले अझ धेरै काम गर्नुपर्छ। सङ्गतिमा परमेश्वरका वचनहरूबारे तेरो बुझाइको बारेमा बता, र यस तरिकाले तैँले अरूलाई अन्तर्दृष्टि र समस्या समाधान गर्ने मार्ग दिन सक्छस्—यो एउटा व्यावहारिक मार्ग हो। परमेश्वरले तेरो लागि वातावरण मिलाउनुभन्दा अघि, तिमीहरू प्रत्येकले पहिले आफैलाई उहाँको वचनले सुसज्जित पार्नुपर्छ। यो हरेकले गर्नुपर्ने कुरा हो; यो एक जरुरी प्राथमिकता हो। पहिले, एउटा यस्तो स्थितिमा पुग् जहाँ तैँले परमेश्वरको वचन कसरी खाने र पिउने भनी जान्नेछस्। तैँले गर्न नसक्ने कुनै पनि कुराको निम्ति अभ्यासको मार्ग भेट्टाउन उहाँका वचनहरूमा खोज्; तैँले नबुझेका कुनै पनि विषय वा तँमाथि आउन सक्ने कुनै पनि कठिनाइको लागि उहाँका वचनहरू हेर्। परमेश्वरका वचनहरूलाई तेरो आपूर्ति बना, र तेरा वास्तविक कठिनाइ र समस्याहरूको समाधान गर्न तिनको सहयोग ली; यसको साथै, उहाँका वचनहरूलाई तेरो जीवनको सहयोग बना। यी कुराहरू गर्नको लागि तेरो तर्फबाट कोसिस आवश्यक पर्छ। परमेश्वरको वचन खाँदा र पिउँदा, तैँले परिणामहरू प्राप्त गर्नैपर्छ; तैँले उहाँको अघि आफ्नो हृदय शान्त बनाउन सक्नुपर्छ, र तैँले जबजब समस्याहरूको सामना गर्छस् तबतब उहाँका वाणीहरूअनुसार अभ्यास गर्नैपर्छ। जब तैँले कुनै समस्याको सामना गरेको हुँदैनस्, त्यसबेला तैँले उहाँका वचनहरू खाने र पिउने कार्यमा ध्यान दिनुपर्छ। कहिलेकहीँ तैँले प्रार्थना गर्न र परमेश्वरको प्रेमको बारेमा चिन्तन गर्न सक्छस्, सङ्गतिमा परमेश्वरका वचनहरूबाट तैँले बुझेका कुराहरू बताउन सक्छस्, अनि ती वाणीहरू पढ्दा तैँले आफूभित्र अनुभव गरेको अन्तर्दृष्टि र प्रकाशका साथै तँमा उत्पन्न भएका प्रतिक्रियाहरूका बारेमा सङ्गति गर्न सक्छस्। यसबाहेक, तैँले मानिसहरूलाई समस्या समाधान गर्ने मार्ग दिन सक्छस्। यो कुरा मात्र व्यावहारिक हुन्छ। यसो गर्नुको उद्देश्य भनेको परमेश्वरका वचनहरूलाई आफ्नो व्यावहारिक आपूर्ति बनाउनु हो।
एक दिनको अवधिमा, तँ साँच्चै नै परमेश्वरसामु कति घण्टा हुन्छस्? तेरो दिनको कति समयचाहिँ वास्तवमै परमेश्वरलाई दिइन्छ? देहलाई कति समय दिइन्छ? आफ्नो हृदयलाई सधैँ परमेश्वरतर्फ केन्द्रित गर्नु भनेको उहाँद्वारा सिद्ध पारिने सही मार्गमा हुनुको पहिलो कदम हो। यदि तैँले आफ्नो हृदय, शरीर र आफ्नो सबै साँचो प्रेम परमेश्वरप्रति अर्पण गर्न र उहाँसामु राख्न, उहाँप्रति बिलकुलै समर्पित हुन र उहाँका अभिप्रायहरूलाई पूर्ण रूपमा ख्याल गर्न सक्छस्, र देहका लागि, परिवारका लागि र तेरा आफ्नै चाहनाहरूका लागि नभई परमेश्वरको घरको हितका लागि कार्य गर्न सक्छस्, र हरेक कुरामा परमेश्वरका वचनहरूलाई आफ्नो सिद्धान्त र जगका रूपमा लिन्छस् भने, त्यसो गरेर, तेरा मनसायहरू र तेरा दृष्टिकोणहरू सबै ठीक पारिनेछन्, र तँ परमेश्वरको उपस्थितिमा उहाँको अनुमोदन पाउने व्यक्ति बन्नेछस्। परमेश्वर उहाँप्रति पूर्ण रूपमा समर्पित मानिसहरूलाई मन पराउनुहुन्छ; उहाँ ती मानिसहरूलाई मन पराउनुहुन्छ जो उहाँप्रति मात्र बफादार छन्। परमेश्वर तिनीहरूलाई घृणा गर्नुहुन्छ जो उहाँप्रति प्रयत्न लगाउँदैनन् र उहाँविरुद्ध विद्रोह गर्छन्। उहाँ तिनीहरूलाई घृणा गर्नुहुन्छ जो उहाँमा विश्वास गर्छन् र सधैँ उहाँमा आनन्द लिन चाहन्छन् तर उहाँका खातिर आफूलाई पूर्ण रूपमा अर्पण गर्न सक्दैनन्। उहाँलाई प्रेम गर्छु भन्ने तर हृदयमा उहाँविरुद्ध विद्रोह गर्नेहरूलाई उहाँ घृणा गर्नुहुन्छ; छल गर्न चिल्ला र आलङ्कारिक शब्दहरू प्रयोग गर्नेहरूलाई उहाँ घृणा गर्नुहुन्छ। जो परमेश्वरप्रति साँचो रूपमा अर्पित छैनन् वा साँचो रूपमा उहाँप्रति समर्पित छैनन् तिनीहरू प्रकृतिले नै घोर विद्रोही र अत्यन्तै अहङ्कारी हुन्छन्। विशेष गरी, सामान्य, व्यावहारिक परमेश्वरसामु साँचो रूपमा समर्पित हुन नसक्नेहरू अझ बढी अहङ्कारी हुन्छन्, र तिनीहरू विशेष गरी प्रधान स्वर्गदूतका कर्तव्यनिष्ठ सन्तान हुन्। परमेश्वरप्रति आफूलाई साँचो रूपमा समर्पित गर्ने मानिसहरूले आफ्नो सम्पूर्ण अस्तित्व नै उहाँलाई अर्पण गर्छन् र आफूलाई उहाँसामु राख्छन्—तिनीहरू उहाँका सबै वचन र काममा समर्पित हुन, उहाँका वचनहरू अभ्यास गर्न र तिनलाई आफ्नो अस्तित्वको जगका रूपमा स्वीकार गर्न, र परमेश्वरका वचनहरूभित्र निष्कपट रूपमा खोजी गरी कुन-कुन भागचाहिँ अभ्यास गर्नुपर्छ भनी पत्ता लगाउन सक्छन्। साँचो रूपमा परमेश्वरसामु जिउने मानिसहरू तिनीहरू नै हुन्। यदि तँ यसरी अभ्यास गर्छस् भने, त्यो तेरो जीवनको लागि फाइदाजनक हुनेछ। उहाँका वचनहरू खाएर अनि पिएर, तैँले आफ्नै भ्रष्ट स्वभावहरूबारे ज्ञान हासिल गर्न, साथै आफ्नो जीवनका आवश्यकता पूरा गर्न र आफ्ना कमीहरूको पूर्ति गर्न सक्छस्, ताकि तेरो जीवन स्वभाव परिवर्तन होस्। यसले परमेश्वरका अभिप्रायहरू सन्तुष्ट पार्नेछ। यदि तँ परमेश्वरका मागहरूअनुरूप कार्य गर्छस् र यदि तँ देहलाई सन्तुष्ट नपारी त्यसको साटो उहाँका अभिप्रायहरू पूरा गर्छस् भने, त्यसमा तँ उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गरेको हुनेछस्। परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुको अर्थ तँ आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस् र परमेश्वरको कामका आवश्यकताहरू पूरा गर्न सक्छस्। यस्ता प्रकारका व्यावहारिक कार्यहरूलाई मात्र उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गरेको भन्न मिल्छ। यदि तँ यो वास्तविकतामा प्रवेश गर्न सक्षम छस् भने, तँसँग सत्यता हुनेछ। यो नै वास्तविकतामा प्रवेश गर्ने सुरुवात हो; तैँले पहिले यो तालिम लिनैपर्छ, अनि त्यसपछि मात्रै तँ अझै गहिरा वास्तविकताहरूमा प्रवेश गर्न सक्षम हुनेछस्। आज्ञाहरू कसरी पालन गर्ने र परमेश्वरसामु कसरी अर्पित हुने भन्ने कुरालाई ख्याल गर्; निरन्तर राज्यमा कहिले प्रवेश गर्न सकिएला भन्ने सोचेर नबस्। यदि तेरो स्वभाव परिवर्तन भएन भने, तैँले जे सोचे पनि त्यो व्यर्थ हुनेछ! परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न, तँ पहिले तेरा सबै विचार र सोचाइहरू परमेश्वरका लागि हुने अवस्थामा पुग्नैपर्छ—यो सबैभन्दा न्यूनतम आवश्यकता हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पूर्ण रूपमा परमेश्वरको व्यावहारिकताको अधीनमा रहन सक्नेहरू ती हुन् जो परमेश्वरलाई साँच्चै प्रेम गर्छन्
परमेश्वरका दैनिक वचनहरू अंश ४९०
वर्तमान समयमा, परीक्षामाझ रहेका र परमेश्वरको कामलाई नबुझ्ने धेरै मानिसहरू छन्, तर म तँलाई भन्छु: यदि तँ यो कुरा बुझ्दैनस् भने, तैँले यसबारेमा राय नबनाउनु नै राम्रो हुन्थ्यो। सायद सत्यता सम्पूर्ण रूपमा प्रकट हुने दिन आउनेछ, त्यसपछि तैँले बुझ्नेछस्। राय नबनाउनु नै तेरो लागि लाभदायक हुन्छ, तैपनि तैँले निष्क्रिय बनेरचाहिँ पर्खनु हुँदैन। तैँले सक्रियतासाथ प्रवेश गर्न खोज्नुपर्छ; तब मात्र तँ वास्तवमै प्रवेश गर्ने व्यक्ति बन्नेछस्। मानिसहरूले आफ्नो विद्रोहीपनको कारण व्यावहारिक परमेश्वरको बारेमा सधैँ धारणाहरू बनाउँछन्। यसले गर्दा, सबै मानिसहरूले कसरी समर्पित हुने भनी सिक्नु आवश्यक छ, किनकि व्यावहारिक परमेश्वर मानवजातिका लागि एउटा ठूलो परीक्षा हुनुहुन्छ। यदि तँ दृढ रहन सक्दैनस् भने सबै कुरा समाप्त हुन्छ; यदि तँसँग व्यावहारिक परमेश्वरको व्यावहारिकताको बारेमा बुझाइ छैन भने, तँ परमेश्वरद्वारा सिद्ध पारिन योग्य हुनेछैनस्। मानिसहरू सिद्ध पारिन सक्छन् कि सक्दैनन् भन्ने कुराको महत्त्वपूर्ण चरण भनेकै तिनीहरूले परमेश्वरको व्यावहारिकतालाई बुझ्नु हो। देहधारी परमेश्वर पृथ्वीमा आउनुभएको तथ्यको व्यावहारिकता प्रत्येक व्यक्तिका निम्ति परीक्षा हो; यदि तँ यस सम्बन्धमा दृढ रहन सक्छस् भने, तँ परमेश्वरलाई चिन्ने र उहाँलाई साँच्चै प्रेम गर्ने व्यक्ति हुनेछस्। यदि यस सम्बन्धमा तँ दृढ रहन सक्दैनस् र तैँले आत्मामा मात्र विश्वास गर्छस् तर परमेश्वरको व्यावहारिकतामा विश्वास गर्न सक्दैनस् भने, परमेश्वरमाथिको तेरो विश्वास जति नै ठूलो भए पनि त्यो व्यर्थ हुनेछ। यदि तैँले देखिनुहुने परमेश्वरमा विश्वास गर्न सक्दैनस् भने, के परमेश्वरका आत्मामा विश्वास गर्न सक्छस् त? के तैँले केवल परमेश्वरलाई मूर्ख तुल्याउन खोजिरहेको छैनस् र? तँ देख्न र छुन सकिने परमेश्वरको अघि समर्पित छैनस्, त्यसो भए के तँ आत्माको सामु समर्पित हुन सक्छस् त? आत्मा अदृश्य र छुन नसकिने हुनुहुन्छ, त्यसैले जब तँ परमेश्वरका आत्माप्रति समर्पित हुन्छु भनी भन्छस्, तब के तैँले मूर्ख कुरा गरिरहेको हुँदैनस् र? आज्ञाहरूलाई पालन गर्नको निम्ति चाहिने मुख्य कुरा भनेको व्यावहारिक परमेश्वरलाई बुझ्नु हो। तैँले व्यावहारिक परमेश्वरलाई बुझेपछि, तँ आज्ञाहरू पालन गर्न सक्षम हुनेछस्। ती आज्ञाहरू पालन गर्नको निम्ति दुई वटा मुख्य तत्वहरू हुन्छन्: एउटाचाहिँ उहाँका आत्माको सारमा दृढ रहनु, र आत्माको सामु आत्माको परीक्षा स्विकार्न सक्नु हो; अर्कोचाहिँ, देहधारी देहको बारेमा सही बुझाइ प्राप्त गर्नु, र वास्तविक समर्पण हासिल गर्न सक्नु हो। चाहे देहको अघि होस् वा आत्माको अघि, व्यक्तिमा सधैँ परमेश्वरप्रति समर्पित हुने र उहाँको आदर गर्ने हृदय हुनुपर्छ। यस्तो व्यक्ति मात्र सिद्ध हुन योग्यको हुन्छ। यदि तँमा व्यावहारिक परमेश्वरको व्यावहारिकताको ज्ञान छ भने—अर्थात् यदि तँ यस परीक्षामा दृढ भएर खडा भइस् भने—तेरो निम्ति केही पनि अत्यधिक हुनेछैन।
कतिपय मानिस यसो भन्छन्, “आज्ञाहरू पालन गर्न सजिलो छ; तिमीले केवल परमेश्वरसामु हुँदा साँचो र भक्तिपूर्ण रूपमा बोल्नुपर्छ, र कुनै हाउभाउ गर्नु हुँदैन; आज्ञाहरू पालन गर्नु भनेको यही हो।” के त्यो सही हो? त्यसोभए, यदि तँ परमेश्वरको पिठ्युँ पछाडि उहाँको प्रतिरोधमा केही कामकुरा गर्छस् भने, के त्यसलाई आज्ञाहरू पालन गरेको मानिन्छ? आज्ञाहरू पालन गर्नुमा के-के कुरा पर्छन् भन्नेबारे तिमीहरूसँग पूर्ण बुझाइ हुनैपर्छ। यो तँमा परमेश्वरको व्यावहारिकताको वास्तविक बुझाइ छ कि छैन भन्ने कुरासँग सम्बन्धित छ; यदि तँमा व्यावहारिकताको बुझाइ छ र यस परीक्षाको दौरान तँ ठेस खाँदैनस् र लड्दैनस् भने, तँसँग बलियो गवाही भएको मान्न सकिन्छ। परमेश्वरका लागि जोरदार साक्षी दिनु मुख्य रूपमा तँसँग व्यावहारिक परमेश्वरबारे बुझाइ छ कि छैन, र तँ साधारण मात्र नभई सामान्य रहेका यस व्यक्तिसामु समर्पित हुन, र मृत्युसम्मै पनि समर्पित हुन सक्छस् कि सक्दैनस् भन्ने कुरासँग सम्बन्धित छ। यदि, यो समर्पणमार्फत, तँ साँच्चै परमेश्वरका लागि साक्षी दिन्छस् भने, यसको अर्थ तँ परमेश्वरद्वारा प्राप्त गरिएको छस् भन्ने हुन्छ। यदि तँ मृत्युसम्मै समर्पित हुन सक्छस् र, उहाँसामु, गुनासाहरूबाट मुक्त हुन्छस्, गलत ठहराउँदैनस्, अपमान गर्दैनस्, कुनै पनि धारणा बोक्दैनस्, र कुनै पनि गोप्य मनसाय राख्दैनस् भने, यसरी परमेश्वरले महिमा प्राप्त गर्नुहुनेछ। मानिसले हेला गर्ने साधारण व्यक्तिसामु समर्पित हुनु, र कुनै धारणाविना मृत्युसम्मै समर्पित हुन सक्नु—यो साँचो गवाही हो। परमेश्वरले मानिसहरूलाई प्रवेश गर्न माग गर्ने वास्तविकता भनेको तँ उहाँका वचनहरूप्रति समर्पित हुन, तिनलाई व्यवहारमा लागु गर्न, व्यावहारिक परमेश्वरसामु शिर निहुराउन र आफ्नो भ्रष्टता जान्न, उहाँसामु आफ्नो हृदय खोल्न, र, अन्ततः उहाँका यी वचनहरूमार्फत उहाँद्वारा प्राप्त गरिन सक्षम हुनु हो। जब यी वचनहरूले तँलाई विजय गर्छन् र तँलाई उहाँसामु पूर्ण रूपमा समर्पित बनाउँछन् तब परमेश्वरले महिमा प्राप्त गर्नुहुन्छ; यसमार्फत, उहाँ शैतानलाई लज्जित पार्नुहुन्छ र आफ्नो काम पूरा गर्नुहुन्छ। जब तँसँग देहधारी परमेश्वरको व्यावहारिकताका बारेमा कुनै पनि धारणा हुँदैन—अर्थात्, जब तँ यस परीक्षामा दृढ रहेको हुन्छस्—तब तैँले राम्रोसँग यो साक्षी दिएको हुन्छस्। यदि त्यस्तो कुनै दिन आयो जब तँसँग व्यावहारिक परमेश्वरको पूर्ण बुझाइ हुन्छ र तँ पत्रुस जस्तै मृत्युसम्मै समर्पित हुन सक्छस् भने, तँ परमेश्वरद्वारा प्राप्त गरिनेछस् र सिद्ध पारिनेछस्। परमेश्वरले गर्ने कुनै पनि कुरा जुन तेरा धारणाहरूसँग मिल्दैन त्यो तेरो लागि एउटा परीक्षा हो। यदि परमेश्वरको काम तेरा धारणाहरूसँग मिल्ने भएको भए, तैँले यसका लागि दुःख वा शोधन भोग्नु पर्नेथिएन। उहाँको काम अत्यन्तै व्यावहारिक भएको र तेरा धारणाहरूसँग नमिल्ने हुनाले नै यसका लागि तैँले त्यस्ता धारणाहरू त्याग्नुपर्ने हुन्छ। यसैकारण यो तेरो लागि एउटा परीक्षा हो। परमेश्वरको व्यावहारिकताको कारणले गर्दा नै सबै मानिस परीक्षाहरूका बीचमा छन्; उहाँको काम व्यावहारिक छ, अलौकिक छैन। कुनै धारणाविना उहाँका व्यावहारिक वचनहरू र उहाँका व्यावहारिक वाणीहरूलाई पूर्ण रूपमा बुझेर, र उहाँको काम जति व्यावहारिक छ उहाँलाई त्यति नै बढी साँचो रूपमा प्रेम गर्न सक्षम भएर, तँ उहाँद्वारा प्राप्त गरिनेछस्। परमेश्वरले प्राप्त गर्ने मानिसहरूको समूह भनेको परमेश्वरलाई चिन्नेहरू हुन्; अर्थात्, उहाँको व्यावहारिकतालाई चिन्नेहरू हुन्। अझ बढी, तिनीहरू परमेश्वरको व्यावहारिक कामप्रति समर्पित हुन सक्नेहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पूर्ण रूपमा परमेश्वरको व्यावहारिकताको अधीनमा रहन सक्नेहरू ती हुन् जो परमेश्वरलाई साँच्चै प्रेम गर्छन्
परमेश्वरका दैनिक वचनहरू अंश ४९१
परमेश्वर देहमा हुनुहुँदा, उहाँले मानिसहरूबाट माग गर्नुभएको समर्पण तिनीहरूले कल्पना गरेजस्तो गलत नठहराउनु वा विरोध नगर्नु मात्र होइन; बरु, उहाँ मानिसहरूले उहाँका वचनहरूलाई आफू जिउने सिद्धान्त र आफ्नो अस्तित्वको जगका रूपमा प्रयोग गरून्, तिनीहरूले उहाँका वचनहरूको सारलाई पूर्ण रूपमा व्यवहारमा लागु गरून्, र तिनीहरूले उहाँका अभिप्रायहरूलाई पूर्ण रूपमा पूरा गरून् भन्ने माग गर्नुहुन्छ। मानिसहरूलाई देहधारी परमेश्वरमा समर्पित हुन माग गर्नुको एउटा पक्षले उहाँका वचनहरूलाई व्यवहारमा लागु गर्नुलाई जनाउँछ, जबकि अर्को पक्षले उहाँको सामान्यता र व्यावहारिकताप्रति समर्पित हुन सक्नुलाई जनाउँछ। यी दुवै पूर्ण हुनैपर्छ। साँचो रूपमा परमेश्वरलाई प्रेम गर्ने हृदय भएका सबैले यी दुवै पक्ष हासिल गर्न सक्छन्। तिनीहरू सबै परमेश्वरद्वारा प्राप्त गरिएका मानिस हुन्, र तिनीहरू सबै परमेश्वरलाई आफ्नो जीवनझैँ प्रेम गर्छन्। देहधारी परमेश्वर आफ्नो काममा सामान्य र व्यावहारिक मानवता धारण गर्नुहुन्छ। यसरी, सामान्य र व्यावहारिक दुवै मानवता भएको उहाँको बाहिरी आवरण मानिसहरूका लागि एउटा ठूलो परीक्षा बन्छ; यो तिनीहरूको सबैभन्दा ठूलो कठिनाइ बन्छ। तर, परमेश्वरको सामान्यता र व्यावहारिकतालाई पन्छाउन सकिँदैन। उहाँले समाधान खोज्न हरप्रयास गर्नुभयो, तर अन्ततः उहाँ आफ्नो सामान्य मानवताको बाहिरी आवरणबाट मुक्त हुन नै सक्नुभएन। किनभने, आखिरमा, उहाँ देह बन्नुभएको परमेश्वर हुनुहुन्छ, स्वर्गमा हुनुहुने आत्माका परमेश्वर हुनुहुन्न। उहाँ मानिसहरूले देख्न नसक्ने परमेश्वर हुनुहुन्न, बरु सृजित प्राणीको आवरण पहिरिनुभएको परमेश्वर हुनुहुन्छ। तसर्थ, आफ्नो सामान्य मानवताको आवरणबाट आफूलाई मुक्त गर्नु कुनै पनि हालतमा सजिलो हुनेछैन। त्यसकारण, चाहे जेसुकै होस्, उहाँ अझै पनि आफूले चाहेको काम देहको दृष्टिकोणबाट गर्नुहुन्छ। यो काम नै सामान्य र व्यावहारिक परमेश्वरको अभिव्यक्ति हो, त्यसैले मानिसहरू समर्पित नहुनु कसरी ठीक हुन सक्छ? परमेश्वरका कार्यहरूका बारेमा मानिसहरूले आखिर के नै गर्न सक्छन् र? उहाँ आफूलाई जे गर्न मन लाग्छ त्यही गर्नुहुन्छ; उहाँ जे कुरामा खुसी हुनुहुन्छ त्यो ठीक त्यस्तै हुनुपर्छ। यदि मानिसहरू समर्पित हुँदैनन् भने, तिनीहरूसँग अरू उत्तम योजना के नै हुन सक्छ र? अहिलेसम्म, समर्पणले मात्रै मानिसहरूलाई मुक्ति दिन सकेको छ; अरू कुनै उत्कृष्ट रणनीति छैन। यदि परमेश्वर मानिसहरूको परीक्षा गर्न चाहनुहुन्छ भने, तिनीहरू यसमा के नै गर्न सक्छन् र? तर, यीमध्ये कुनै पनि कुरा स्वर्गमा हुनुहुने परमेश्वरको चाहना होइन; यो त देहधारी परमेश्वरको चाहना हो। उहाँ नै यसो गर्न चाहनुहुन्छ, त्यसैले कुनै पनि व्यक्तिले यसलाई परिवर्तन गर्न सक्दैन। स्वर्गमा हुनुहुने परमेश्वर देहधारी परमेश्वरले गर्ने काममा हस्तक्षेप गर्नुहुन्न, त्यसैले के मानिसहरू उहाँप्रति अझ बढी समर्पित हुनुपर्दैन र? उहाँ व्यावहारिक र सामान्य दुवै भए पनि, किटेरै भन्नुपर्दा उहाँ देह बन्नुभएको परमेश्वर हुनुहुन्छ। उहाँ जे गर्न चाहनुहुन्छ आफ्नै चाहनाहरू पछ्याएर गर्नुहुन्छ। स्वर्गमा हुनुहुने परमेश्वरले सबै काम उहाँलाई सुम्पनुभएको छ; उहाँले जे गर्नुभए पनि तँ समर्पित हुनैपर्छ। हुन त उहाँसँग मानवता छ र उहाँ निकै सामान्य हुनुहुन्छ, तर उहाँले यी सबै जानाजानी प्रबन्ध गर्नुभएको हो, त्यसैले मानिसहरूले कसरी असहमति जनाउँदै उहाँलाई आँखा तरेर हेर्न सक्छन् र? उहाँ सामान्य हुन चाहनुहुन्छ, त्यसैले उहाँ सामान्य हुनुहुन्छ। उहाँ मानवताभित्र जिउन चाहनुहुन्छ, त्यसैले उहाँ मानवताभित्र जिउनुहुन्छ। उहाँ ईश्वरत्वभित्र जिउन चाहनुहुन्छ, त्यसैले उहाँ ईश्वरत्वभित्र जिउनुहुन्छ। मानिसहरू यसलाई जसरी मन लाग्यो त्यसरी हेर्न सक्छन्, तर परमेश्वर सधैँ परमेश्वर नै हुनुहुनेछ र मानिसहरू सधैँ मानिस नै हुनेछन्। कुनै सानो विवरणका कारण उहाँको सारलाई नकार्न सकिँदैन, न त एउटा सानो कुराको कारण उहाँलाई परमेश्वरको “व्यक्तित्व” भन्दा बाहिर धकेल्न सकिन्छ। मानिसहरूसँग मानवहरूको स्वतन्त्रता हुन्छ, र परमेश्वरसँग परमेश्वरको मर्यादा हुन्छ; यी कुराहरूले एक-अर्कालाई हस्तक्षेप गर्दैनन्। के मानिसहरू परमेश्वरलाई अलिकति स्वतन्त्रता दिन सक्दैनन् र? के तिनीहरू परमेश्वर अलि बढी अनौपचारिक हुनुभएको सहन सक्दैनन् र? परमेश्वरप्रति यति कठोर नहो! हरेकले एक-अर्काप्रति सहनशीलता राख्नुपर्छ; के त्यसपछि सबै कुरा समाधान हुनेछैन र? के अझै पनि कुनै परायापन बाँकी रहनेछ र? यदि कसैले यति सानो कुरा सहन सक्दैन भने, उसले कसरी “प्रधानमन्त्रीको हृदय यति ठूलो छ कि त्यसमा डुङ्गा खियाउन नै मिल्छ” भन्ने जस्तो कुरा भन्न नै सक्छ र? ऊ कसरी साँचो पुरुष हुन सक्छ र? परमेश्वरले मानवजातिका लागि कठिनाइ सिर्जना गर्ने होइन, मानवजातिले चाहिँ परमेश्वरका लागि कठिनाइ सिर्जना गर्ने हो। तिनीहरू सधैँ तिललाई पहाड बनाएर कामकुराहरू सम्हाल्छन्। तिनीहरू साँच्चै नभएको कुरालाई पनि भएकै बनाउँछन्, जुन तिनीहरूले पटक्कै गर्न नहुने कुरा हो! जब परमेश्वर सामान्य र व्यावहारिक मानवताभित्र काम गर्नुहुन्छ, उहाँ मानिसको काम होइन, परमेश्वरको काम गर्नुहुन्छ। तर, मानवहरू उहाँको कामको सार देख्दैनन्; तिनीहरू सधैँ उहाँको मानवताको बाहिरी आवरण मात्रै देख्छन्। तिनीहरूले यस्तो महान् काम देखेका हुँदैनन्, बरु त्यसको साटो उहाँको साधारण र सामान्य मानवता देखेका हुन्छन्, र तिनीहरू यसलाई छोड्दैनन्। यसलाई कसरी परमेश्वरप्रति समर्पित भएको भन्न मिल्छ? स्वर्गमा हुनुहुने परमेश्वर अब पृथ्वीमा हुनुहुने परमेश्वरमा “परिणत हुनुभएको” छ, र पृथ्वीमा हुनुहुने परमेश्वर अब स्वर्गको परमेश्वर हुनुहुन्छ। उहाँहरूको बाहिरी रूप उस्तै छ कि छैन भन्ने कुराले फरक पार्दैन, न त उहाँहरू ठ्याक्कै कसरी काम गर्नुहुन्छ भन्ने कुराले नै फरक पार्छ। आखिरमा, जसले परमेश्वरको आफ्नै काम गर्नुहुन्छ उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ। तँलाई मन लागोस् वा नलागोस्, तँ समर्पित हुनैपर्छ—यो तैँले रोज्न पाउने विषय नै होइन! परमेश्वरप्रति मानिसहरू समर्पित हुनैपर्छ, र मानिसहरू अलिकति पनि ढोँगविना परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुनैपर्छ।
आज देहधारी परमेश्वरले प्राप्त गर्न चाहनुभएका मानिसहरू ती हुन् जो उहाँका अभिप्रायअनुरूप छन्। तिनीहरू केवल उहाँको कामप्रति समर्पित हुनुपर्छ, र तिनीहरूले स्वर्गमा हुनुहुने परमेश्वरका चाहनामा सरोकार राख्दै अस्पष्टतामा जिउन र देहमा आउनुभएका परमेश्वरका निम्ति परिस्थिति कठिन बनाउन छोड्नुपर्छ। उहाँप्रति समर्पित हुन सक्नेहरू तिनीहरू हुन् जो पूर्ण रूपमा उहाँको वचन सुन्छन् र उहाँको प्रबन्धहरूको पालना गर्ने हुन्छन्। त्यस्ता मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ वा अहिले स्वर्गमा हुनुहुने परमेश्वरले मानिसमा कस्तो किसिमको काम गर्दै हुनुहुन्छ भन्ने कुरालाई कुनै वास्ता गर्दैनन्; तिनीहरूले पृथ्वीका परमेश्वरलाई पूर्ण रूपमा आफ्नो हृदय दिन्छन् र आफ्नो सम्पूर्ण अस्तित्व उहाँको सामु राखिदिन्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई कहिल्यै पनि कुनै ध्यान दिँदैनन्, न त तिनीहरूले देहमा हुनुहुने परमेश्वरको सामान्यता र व्यावहारिकताको बारेमा नै अनावश्यक ध्यान दिन्छन्। देहधारी परमेश्वरमा समर्पित हुने मानिसहरूलाई उहाँले सिद्ध पार्न सक्नुहुन्छ। स्वर्गका परमेश्वरमा विश्वास गर्नेहरूले केही पनि पाउनेछैनन्। किनकि स्वर्गका परमेश्वरले नभई पृथ्वीका परमेश्वरले मानिसहरूलाई प्रतिज्ञा र आशीर्वादहरू दिनुहुन्छ। मानिसहरूले स्वर्गका परमेश्वरलाई महान् रूपमा सम्मान गर्ने र पृथ्वीमा हुनुहुने परमेश्वरलाई सामान्य मानिसको रूपमा हेर्ने गर्नु हुँदैन; त्यसो गर्नु अनुचित हो। स्वर्गमा हुनुहुने परमेश्वर महान् र अद्भुत बुद्धिका हुनुहुन्छ, तर स्वर्गका त्यो परमेश्वर अस्तित्वमा हुँदैन; पृथ्वीका परमेश्वर अति औसत र महत्त्वहीन हुनुहुन्छ, र सामान्य पनि हुनुहुन्छ। उहाँसँग असाधारण दिमाग छैन वा उहाँले पृथ्वी नै भत्काउन सक्ने कार्यहरू गर्नुहुन्न; उहाँले केवल सामान्य र व्यावहारिक ढङ्गले कार्य गर्नुहुन्छ र बोल्नुहुन्छ। उहाँले मेघगर्जनको माध्यमबाट बोल्ने वा हावा र वर्षालाई आज्ञा दिने नगर्नुभए तापनि, उहाँ साँच्चै नै स्वर्गका परमेश्वरका देहधारण हुनुहुन्छ, र उहाँ वास्तवमै मानवजातिमाझ बास गर्नुहुने परमेश्वर हुनुहुन्छ। मानिसहरूले आफूले बुझ्न सक्ने र आफूले गरेका कल्पनाहरूसँग मेल खाने व्यक्तिलाई परमेश्वरको रूपमा लिनु हुँदैन वा महान् रूपमा सम्मान गर्नु हुँदैन, अनि आफूले स्विकार्न र कल्पना गर्नै नसक्ने व्यक्तिलाई तुच्छ ठान्नु हुँदैन। यो सबै मानिसहरूको विद्रोहबाट आउँछ; यो सबै नै परमेश्वरप्रति मानवजातिको विरोधको स्रोत हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पूर्ण रूपमा परमेश्वरको व्यावहारिकताको अधीनमा रहन सक्नेहरू ती हुन् जो परमेश्वरलाई साँच्चै प्रेम गर्छन्
परमेश्वरका दैनिक वचनहरू अंश ४९२
यदि मानिसहरूले उनीहरूको विवेकका भावनाहरू मात्र सुन्छन् भने, तिनीहरूले परमेश्वरको प्रेमिलोपन महसुस गर्न सक्दैनन्। यदि तिनीहरू पूर्णतया आफ्नै विवेकमा मात्रै भर पर्छन् भने, परमेश्वरप्रतिको तिनीहरूको प्रेम कमजोर हुनेछ। यदि तँ परमेश्वरको अनुग्रह र प्रेमको ऋण तिर्ने कुरा मात्र गर्छस् भने, उहाँप्रतिको तेरो प्रेममा तँसित कुनै प्रेरणा हुनेछैन; आफ्नो विवेकका भावनाहरूमा आधारित रही उहाँलाई प्रेम गर्नु एक निष्क्रिय तरिका हो। म किन यो एक निष्क्रिय तरिका हो भनी भन्छु त? यो एक व्यावहारिक विषय हो। परमेश्वरप्रतिको तिमीहरूको प्रेम कस्तो किसिमको प्रेम हो? के यो परमेश्वरलाई मूर्ख बनाउनु र उहाँका निम्ति झारा टार्नु होइन र? धेरै मानिसहरू के विश्वास गर्छन् भने, परमेश्वरलाई प्रेम गर्नुमा कुनै इनाम छैन र उहाँलाई प्रेम गर्नेले पनि उहाँलाई प्रेम नगर्नेले जस्तै दण्ड पाउनेछ, त्यसपछि त समग्रमा पाप नगर्नु नै पर्याप्त हुन्छ। त्यसैले आफ्नो विवेकका अनुभूतिहरूका आधारमा परमेश्वरलाई प्रेम गर्नु र उहाँको प्रेमको ऋण तिर्नु भनेको एक निष्क्रिय तरिका हो, र यो व्यक्तिको हृदयबाट स्वस्फूर्त रूपमा आउने परमेश्वरप्रतिको प्रेम होइन। परमेश्वरप्रतिको प्रेम व्यक्तिको हृदयको गहिराइबाट निस्केको सच्चा भावना हुनुपर्छ। कतिपय मानिसहरू भन्छन्: “म आफै परमेश्वरलाई खोज्न र उहाँको पछि लाग्न इच्छुक छु। अहिले परमेश्वरले मलाई त्याग्न चाहनुहुन्छ भने पनि, म उहाँलाई पछ्याइरहनेछु। उहाँले मलाई चाहनुभए पनि नचाहनुभए पनि, म उहाँलाई प्रेम गरिरहनेछु, र आखिरमा मैले उहाँलाई प्राप्त गर्नैपर्छ। म मेरो हृदय परमेश्वरमा अर्पण गर्छु, र उहाँले जे गर्नुभए नि, म आजीवन उहाँलाई पछ्याउनेछु। जेसुकै भए पनि, मैले परमेश्वरलाई प्रेम गर्नैपर्छ र मैले उहाँलाई प्राप्त गर्नैपर्छ; जबसम्म म उहाँलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ।” के तँसँग यस प्रकारको संकल्प छ?
परमेश्वरमा विश्वास गर्ने र उहाँलाई प्रेम गर्ने बाटो एउटै र उही हो। यदि तँ उहाँमा विश्वास गर्छस् भने तैँले उहाँलाई प्रेम गर्नैपर्छ; तैपनि, उहाँलाई प्रेम गर्नुले आफ्नो विवेकका भावनाहरूको आधारमा उहाँको प्रेमको ऋण तिर्नु वा उहाँलाई प्रेम गर्नु मात्रलाई जनाउँदैन—यो त परमेश्वरप्रतिको चोखो प्रेम हो। कहिलेकहीँ मानिसहरूले आफ्नो विवेकको आधारमा मात्र परमेश्वरको प्रेम महसुस गर्न सक्दैनन्। किन मैले “परमेश्वरका आत्माले हाम्रो आत्मालाई छोऊन्” भनेर सधैँ भनेँ त? किन मैले परमेश्वरलाई प्रेम गर्न मानिसहरूका विवेकलाई छुनेबारेमा कुरा गरिनँ? किनकि मानिसहरूको विवेकले परमेश्वरको प्रेमिलोपन महसुस गर्न सक्दैन। तँ यी वचनहरूद्वारा विश्वस्त हुँदैनस् भने, उहाँको प्रेम महसुस गर्न आफ्नो विवेक प्रयोग गर्ने कोसिस गर्। तँमा अहिले उत्साह हुन सक्छ, तर त्यो चाँडै नै हराउनेछ। यदि तैँले आफ्नो विवेकले मात्र परमेश्वरको प्रेम महसुस गर्छस् भने, प्रार्थना गर्दा तँ उत्साहित हुनेछस्, तर त्यो उत्साह केही बेरपछि ओइलाउनेछ र हराइजानेछ। त्यस्तो किन हुन्छ त? आफ्नो विवेक मात्र प्रयोग गर्छस् भने, तैँले परमेश्वरप्रतिको आफ्नो प्रेमलाई जगाउन सक्नेछैनस्; जब तँ आफ्नो हृदयमा साँच्चै परमेश्वरको प्रेम महसुस गर्छस्, तब तेरो आत्मा उहाँद्वारा छोइएको हुनेछ, र यो समयमा मात्र तेरो विवेकले आफ्नो मूल भूमिका खेल्न सक्नेछ। भन्नुको अर्थ, जब परमेश्वरले मानिसका आत्मालाई छुनुहुन्छ र जब मानिससँग ज्ञान हुन्छ र हृदयभित्र ऊ उत्साहित हुन्छ, अर्थात् जब उसले अनुभव प्राप्त गरेको हुन्छ, तब मात्र उसले आफ्नो विवेकले परमेश्वरलाई प्रभावकारी ढङ्गले प्रेम गर्न सक्नेछ। आफ्नो विवेकले परमेश्वरलाई प्रेम गर्नु गलत होइन तर यो परमेश्वरप्रतिको सबैभन्दा तल्लो स्तरको प्रेम हो। “केवल परमेश्वरको अनुग्रहप्रति न्यायोचित काम गर्दै” प्रेम गर्दा यसले मानिसलाई सक्रिय रूपमा प्रवेश गर्न उत्प्रेरित गर्नेछैन। जब मानिसहरूले पवित्र आत्माका केही काम प्राप्त गर्छन्, अर्थात् जब तिनीहरूले आफ्नो व्यावहारिक अनुभवमा परमेश्वरको प्रेम देख्छन् र महसुस गर्छन्, जब तिनीहरूसँग परमेश्वरको बारेमा केही ज्ञान हुन्छ र परमेश्वर साँच्चै नै मानवजातिको प्रेमको योग्य हुनुहुन्छ र उहाँ धेरै प्रेमिलो हुनुहुन्छ भनी बुझ्छन्, तब मात्र तिनीहरूले साँचो रूपमा परमेश्वरलाई प्रेम गर्न सक्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरप्रतिको सच्चा प्रेम स्वस्फूर्त हुन्छ
परमेश्वरका दैनिक वचनहरू अंश ४९३
जब मानिसहरूले आफ्नो हृदयद्वारा परमेश्वरलाई सम्पर्क गर्छन्, जब तिनीहरूको हृदय पूर्ण रूपमा उहाँमा फर्कन सक्छ, परमेश्वरप्रतिको मानिसको प्रेमको पहिलो चरण यही हो। तँ परमेश्वरलाई प्रेम गर्न चाहन्छस् भने, तैँले पहिले आफ्नो हृदय उहाँतिर फर्काउन सक्नुपर्छ। तेरो हृदय परमेश्वरतिर फर्काउनु भनेको के हो? यो भनेको तैँले आफ्नो हृदयमा खोजी गर्ने सबै कुरा परमेश्वरलाई प्रेम र प्राप्त गर्नका खातिर हुने अवस्था हो। यो अवस्थाले तैँले आफ्नो हृदय पूर्ण रूपमा परमेश्वरतर्फ फर्काएको छस् भन्ने देखाउँछ। परमेश्वर र उहाँको वचनहरूबाहेक, तेरो हृदयमा लगभग अरू (परिवार, धनसम्पत्ति, पति, पत्नी, छोराछोरी, आदि) केही पनि हुँदैन। यदि केही छ भने पनि, त्यस्ता कुराले तेरो हृदय ओगट्न सक्दैनन्, र तँ आफ्ना भावी सम्भाव्यताहरूका बारेमा सोच्दैनस्, केवल परमेश्वरलाई प्रेम गर्न पछ्याउँछस्। यस्तो समयमा तैँले आफ्नो हृदय पूर्ण रूपमा परमेश्वरतर्फ फर्काएको हुनेछस्। मानौं, तैँले अझै पनि आफ्नो हृदयमा आफ्नै लागि योजना बनाउँदै छस्, तँ सधैँ व्यक्तिगत फाइदाको पछि लागिरहेको छस्, र तैँले सधैँ यस्तो सोच्छस्: “मैले कहिले परमेश्वरसँग एउटा सानो बिन्ती गर्न सक्छु? मेरो परिवार कहिले धनी हुनेछ? मैले कसरी राम्रो लुगाफाटा पाउन सक्छु? …” यदि तँ त्यो स्थितिमा जिइरहेको छस् भने यसले तेरो हृदय पूर्ण रूपमा परमेश्वरतर्फ फर्केको छैन भन्ने देखाउँछ। यदि तँसँग हृदयमा परमेश्वरका वचनहरू मात्रै छन् र तैँले परमेश्वरसँग प्रार्थना गर्न सक्छस् र हरसमय उहाँको नजिक हुन सक्छस् भने—मानौं उहाँ तेरो धेरै नजिक हुनुहुन्छ, मानौं परमेश्वर तँभित्र हुनुहुन्छ र तँ उहाँभित्र छस् भने—यदि तँ त्यस प्रकारको स्थितिमा छस् भने, त्यसको अर्थ तेरो हृदय परमेश्वरको उपस्थितिमा छ भन्ने हुन्छ। यदि तैँले हरेक दिन परमेश्वरसित प्रार्थना गर्छस् र प्रत्येक दिन उहाँका वचनहरू खान्छस् र पिउँछस्, सधैँ मण्डलीको कामको बारेमा सोचिरहेको हुन्छस् भने, र यदि तैँले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छस् भने, यदि उहाँलाई सच्चा प्रेम गर्न र उहाँको हृदयलाई सन्तुष्ट पार्न आफ्नो हृदय प्रयोग गर्छस् भने, तेरो हृदय परमेश्वरको स्वामित्वमा हुनेछ। यदि तेरो हृदयलाई अन्य थुप्रै कुराहरूले कब्जा गरेको छ भने, यो अझै पनि शैतानको कब्जामा हुन्छ र यो साँचो रूपले परमेश्वरतर्फ फर्केको हुँदैन। जब कसैको हृदय साँच्चै परमेश्वरतर्फ फर्केको हुन्छ, तब तिनीहरूमा उहाँको निम्ति साँचो, स्वस्फूर्त प्रेम हुन्छ, र तिनीहरूले परमेश्वरको कामलाई ध्यान दिन सक्नेछन्। तिनीहरूमा अझै पनि मूर्खता र विवेकहीनताका पलहरू हुन सक्ने भए तापनि, तिनीहरूले परमेश्वरको घर, उहाँको काम, र तिनीहरूका आफ्नै स्वभावको परिवर्तनमा चासो देखाउँछन् र तिनीहरूको हृदय सही स्थानमा हुन्छ। केही मानिसहरूले जहिले पनि आफूले गरेका सबै काम मण्डलीका लागि हुन् भनी दाबी गरिरहेका हुन्छन्, तर वास्तवमा तिनीहरूले आफ्नो फाइदाका लागि काम गरिरहेका हुन्छन्। यस्ता मानिसहरूसित गलत अभिप्राय हुन्छ। तिनीहरू कुटिल र छली हुन्छन् र तिनीहरूले गर्ने धेरैजसो काम आफ्नै व्यक्तिगत फाइदाका लागि नै हुन्छन्। यस प्रकारको व्यक्तिले परमेश्वरप्रतिको प्रेमको खोजी गर्दैन; तिनीहरूको हृदय अझै पनि शैतानको अधीनमा हुन्छ र परमेश्वरतर्फ फर्कन सक्दैन। त्यसैले, परमेश्वरसँग यस प्रकारको व्यक्तिलाई प्राप्त गर्ने कुनै उपाय हुँदैन।
यदि तँ परमेश्वरलाई साँच्चै प्रेम गर्न र उहाँद्वारा प्राप्त गरिन चाहन्छस् भने, तैँले चाल्नुपर्ने पहिलो कदम भनेको तेरो हृदयलाई पूर्ण रूपमा परमेश्वरतिर फर्काउनु हो। तैँले गर्ने प्रत्येक कार्यमा, आफैलाई जाँच् र सोध्: “के यो मैले परमेश्वरलाई प्रेम गर्ने हृदयको आधारमा गर्दै छु? के यसको पछि कुनै व्यक्तिगत अभिप्रायहरू छन्? यो गर्नुको मेरो वास्तविक लक्ष्य के हो?” यदि तँ आफ्नो हृदय परमेश्वरलाई सुम्पन चाहन्छस् भने, तैँले पहिले आफ्नै हृदयलाई वशमा राख्नुपर्छ, आफ्ना सबै अभिप्रायहरूलाई त्याग्नुपर्छ, र पूर्ण रूपमा परमेश्वरको खातिर रहने अवस्था हासिल गर्नुपर्छ। यो आफ्नो हृदय परमेश्वरलाई दिने अभ्यास गर्ने मार्ग हो। आफ्नो हृदयलाई वशमा राख्नु भनेको के हो? यसो गर्नु भनेको देहका अत्यधिक चाहनाहरू त्याग्नु, सुखसुविधा वा हैसियतका फाइदाहरूको लालसा नगर्नु हो। यो भनेको परमेश्वरलाई सन्तुष्ट पार्न सबै थोक गर्नु, र आफ्नो हृदयलाई आफ्नो निम्ति नभई पूर्णतया उहाँका निम्ति अर्पित गर्नु हो। यो पर्याप्त छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरप्रतिको सच्चा प्रेम स्वस्फूर्त हुन्छ
परमेश्वरका दैनिक वचनहरू अंश ४९४
परमेश्वरप्रतिको साँचो प्रेम हृदयको अन्तस्करणबाट आउँछ; यो प्रेम परमेश्वरसम्बन्धी मानिसको ज्ञानको आधारमा मात्र अस्तित्वमा हुन्छ। जब कसैको हृदय पूर्ण रूपमा परमेश्वरतिर फर्कन्छ, तब उसमा परमेश्वरप्रति प्रेम त हुन्छ, तर त्यो प्रेम चोखो र पूर्ण नै हुन्छ भन्ने हुँदैन। किनकि व्यक्तिको हृदय पूर्ण रूपमा परमेश्वरतर्फ फर्कनु र व्यक्तिमा परमेश्वरप्रतिको साँचो बुझाइ र साँचो भक्ति हुनुको बीचमा अझै पनि केही दूरी हुन्छ। मानिसले परमेश्वरप्रतिको साँचो प्रेम हासिल गर्ने र परमेश्वरको स्वभावलाई चिन्ने तरिका भनेको आफ्नो हृदय परमेश्वरतर्फ फर्काउनु हो। जब मानिसले आफ्नो साँचो हृदय परमेश्वरमा सुम्पन्छ, तब ऊ जीवनको अनुभवमा प्रवेश गर्न थाल्छ। यस तरिकाले, उसको स्वभाव परिवर्तन हुन थाल्छ, परमेश्वरप्रतिको उसको प्रेम बिस्तारै बढ्दै जान्छ, र परमेश्वरसम्बन्धी उसको ज्ञान पनि बिस्तारै बढ्दै जान्छ। यसैले जीवन अनुभवको सही मार्गमा प्रवेश गर्नलाई एक मात्र पूर्वसर्त भनेको परमेश्वरतर्फ हृदय फर्काउनु हो। जब मानिसहरूले परमेश्वरको सामु आफ्नो हृदय राख्छन्, तब तिनीहरूमा उहाँको चाहना मात्र गर्ने, तर उहाँलाई प्रेम नगर्ने हृदय हुन्छ, किनकि तिनीहरूमा उहाँको बारेमा कुनै बुझाइ नै हुँदैन। यस्तो परिस्थितिमा तिनीहरूमा उहाँप्रति केही प्रेम हुने भए पनि, यो आफसेआफ हुँदैन र यो सच्चा पनि हुँदैन। किनकि मानिसको देहबाट उत्पन्न हुने जुनसुकै कुरा भावनाको उपज हो र त्यो सच्चा ज्ञानबाट आएको हुँदैन। यो केवल क्षणिक आवेग हो र यो दीर्घकालीन भक्तिको रूपमा रहँदैन। जब मानिसहरूमा परमेश्वरको बारेमा कुनै बुझाइ हुँदैन, तब तिनीहरूले आफ्नै रुचि र आफ्नै व्यक्तिगत धारणाहरूको आधारमा मात्र उहाँलाई प्रेम गर्न सक्छन्; यस प्रकारको प्रेमलाई स्वस्फूर्त प्रेम भन्न सकिँदैन, न त यसलाई सच्चा प्रेम नै भन्न सकिन्छ। कुनै मानिसको हृदय सच्चा रूपमा परमेश्वरतर्फ फर्कन सक्छ, र सबै कुरामा परमेश्वरको हितको बारेमा सोच्न सक्षम हुन सक्छ, तर यदि उसमा परमेश्वरको बारेमा कुनै बुझाइ नै छैन भने, उसले सच्चा रूपले स्वस्फूर्त प्रेम प्राप्त गर्न सक्नेछैन। उसले गर्न सक्ने कुरा भनेकै मण्डलीका लागि केही कार्यहरू गर्नु वा आफ्ना केही कर्तव्य पूरा गर्नु मात्र हो, तर उसले कुनै पनि आधारविनै त्यसो गर्नेछ। यस प्रकारको व्यक्तिको स्वभाव परिवर्तन गर्न गाह्रो हुन्छ; त्यस्ता व्यक्तिहरू कि त सत्यको पछि नै लाग्दैनन् कि त तिनीहरूले सत्यलाई नै बुझ्दैनन्। यदि कुनै व्यक्तिले आफ्नो हृदय सम्पूर्ण रूपले परमेश्वरतिर फर्कायो भने पनि, त्यसको अर्थ परमेश्वरलाई प्रेम गर्ने तिनीहरूको हृदय पूर्ण रूपमा शुद्ध छ भन्ने हुँदैन, किनकि जुन मानिसहरूको हृदयमा परमेश्वर हुनुहुन्छ तिनीहरूको हृदयमा परमेश्वरप्रति प्रेम हुन्छ नै भन्ने हुँदैन। यो परमेश्वरसम्बन्धी बुझाइको खोजी गर्ने वा नगर्ने व्यक्तिबीचको भिन्नतासित सम्बन्धित छ। कुनै व्यक्तिले उहाँलाई बुझेपछि, त्यसले तिनीहरूको हृदय पूर्ण रूपमा परमेश्वरतिर फर्केको छ भन्ने देखाउँछ, यसले तिनीहरूको हृदयमा भएको परमेश्वरप्रतिको सच्चा प्रेम स्वस्फूर्त हो भन्ने देखाउँछ। यस प्रकारका मानिसहरूसँग मात्र तिनीहरूको हृदयमा परमेश्वर हुन्छ। सही बाटोमा लाग्नका निम्ति, परमेश्वरलाई बुझ्नका निम्ति र परमेश्वरप्रतिको प्रेम हासिल गर्नका निम्ति पूरा गर्नुपर्ने पूर्वसर्त भनेको आफ्नो हृदय परमेश्वरतिर फर्काउनु हो। यो परमेश्वरलाई प्रेम गर्ने कर्तव्य पूरा भएको कुराको चिन्ह होइन, न त यो उहाँप्रति सच्चा प्रेम छ भन्ने कुराको चिन्ह नै हो। कसैले परमेश्वरप्रति साँचो प्रेम हासिल गर्ने एक मात्र तरिका भनेको उसको हृदयलाई उहाँतिर फर्काउनु हो, जुन उहाँद्वारा सृष्टि गरिएका प्राणीहरू मध्ये एकको रूपमा व्यक्तिले गर्नुपर्ने पहिलो काम पनि हो। परमेश्वरलाई प्रेम गर्नेहरू सबै नै जीवनको पछि लाग्नेहरू, अर्थात् सत्यको पछि लाग्ने र साँचो रूपमा परमेश्वरको चाहना गर्नेहरू हुन्; तिनीहरू सबैमा पवित्र आत्माको अन्तर्दृष्टि हुन्छ र तिनीहरू सबै उहाँद्वारा छोइएका हुन्छन्। तिनीहरू सबैले परमेश्वरको मार्गदर्शन प्राप्त गर्न सक्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरप्रतिको सच्चा प्रेम स्वस्फूर्त हुन्छ
परमेश्वरका दैनिक वचनहरू अंश ४९५
आज तिमीहरूले परमेश्वरलाई प्रेम गर्न र जान्न खोज्ने क्रममा, एकतर्फ तिमीहरूले कठिनाइ र शोधन सहनुपर्छ भने, अर्कोतर्फ, तिमीहरूले मूल्य चुकाउनुपर्ने हुन्छ। परमेश्वरलाई प्रेम गर्ने पाठभन्दा गहन पाठ अर्को छैन, र यसो पनि भन्न सकिन्छ कि जीवनभरिको विश्वासबाट मानिसहरूले सिक्ने पाठ भनेको परमेश्वरलाई प्रेम गर्ने भन्ने नै हो। भन्नुको अर्थ, यदि तँ परमेश्वरमा विश्वास गर्छस् भने तैँले परमेश्वरलाई प्रेम गर्नैपर्छ। यदि तँ परमेश्वरमा विश्वास मात्र गर्छस् तर उहाँलाई प्रेम गर्दैनस् र तैँले परमेश्वरको ज्ञान हासिल गरेको छैनस्, र तेरो हृदयभित्रबाट निस्कने साँचो प्रेमका साथ परमेश्वरलाई कहिल्यै प्रेम गरेको छैनस् भने, परमेश्वरमाथिको तेरो विश्वास निरर्थक छ; यदि तँ परमेश्वरमाथिको आफ्नो विश्वासमा परमेश्वरलाई प्रेम गर्दैनस् भने, तँ व्यर्थमा जिउँछस्, र तेरो सम्पूर्ण जीवन सबैभन्दा नीच जीवन हो। यदि तैँले आफ्नो सम्पूर्ण जीवनभरि परमेश्वरलाई कहिल्यै प्रेम गरेको वा सन्तुष्ट बनाएको छैनस् भने, तँ जिउनुको के अर्थ छ र? अनि परमेश्वरमाथिको तेरो विश्वासको के अर्थ छ र? के यो प्रयत्न खेर जानु होइन र? यसो भन्नुको अर्थ, यदि मानिसहरूले परमेश्वरलाई विश्वास र प्रेम गर्नु छ भने, उनीहरूले मूल्य चुकाउनैपर्छ। बाहिरी रूपमा निश्चित तरिकाले व्यवहार गर्ने प्रयास गर्नुभन्दा, उनीहरूले उनीहरूको हृदयको गहिराइमा साँचो अन्तर्ज्ञान खोज्नुपर्छ। यदि तँ गाउन र नाच्न उत्सुक छस्, तर सत्यता अभ्यास गर्न असक्षम छस् भने, के तैँले परमेश्वरलाई प्रेम गर्छस् भनेर मानिन्छ त? परमेश्वरलाई प्रेम गर्न सबै कुराहरूमा परमेश्वरका अभिप्रायहरू खोज्नु, “र तँलाई केही हुँदा तैँले आफूभित्रको गहिराइमा खोजनिधो गर्दै,” परमेश्वरका अभिप्राय बोध गर्ने प्रयास गर्नु, र यी मामलाहरूमा परमेश्वरका अभिप्राय के हुन्, उहाँ तँलाई के हासिल गर्न अह्राउनुहुन्छ, र तैँले उहाँका अभिप्रायलाई कसरी ख्याल गर्नुपर्छ भन्ने कुरा हेर्ने प्रयास गर्नु आवश्यक हुन्छ। उदाहरणको लागि: कठिनाइ सहनु पर्ने गरी तँलाई केही हुन्छ, उक्त समयमा परमेश्वरका अभिप्रायहरू के हुन् र उहाँका अभिप्रायहरूलाई तैँले कसरी ख्याल गर्नुपर्छ भनेर तैँले बुझ्नु पर्दछ। तैँले आफूलाई सन्तुष्ट बनाउनु हुँदैन: सर्वप्रथम, आफूलाई इन्कार गर्। देहभन्दा पतित कुरा अर्को छैन। तैँले परमेश्वरलाई सन्तुष्ट बनाउन र आफ्नो कर्तव्य पूरा गर्न प्रयास गर्नुपर्दछ। यस्ता सोचले, यो विषयमा परमेश्वरले तँमा विशेष अन्तर्दृष्टि ल्याइदिनुहुन्छ र तेरो हृदयले पनि आराम पाउनेछ। सानो वा ठूलो जेसुकै भए पनि, जब तँलाई केही हुन्छ, सर्वप्रथम तैँले आफूलाई इन्कार गर्नुपर्छ र देहलाई सबैभन्दा नीच कुराको रूपमा व्यवहार गर्नुपर्दछ। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, देहले त्यति नै धेरै स्वतन्त्रता लिन्छ; यदि तैँले यस पटक देहलाई सन्तुष्ट बनाइस् भने, अर्को पटक यसले थप कुरा माग गर्नेछ। यो क्रम चलिरहँदा, मानिसहरू देहलाई अझै बढी प्रेम गर्न थाल्छन्। देहको लालसाहरू सधैँ अनावश्यक हुन्छन्; यसले तँलाई सधैँ यसलाई सन्तुष्ट बनाउन र तैँले यसभित्रै त्यसलाई तृप्त गर्न माग गर्दछ, चाहे त्यो तैँले खाने गरेको कुरामा होस्, तैँले लगाउने लुगामा होस्, वा आफूलाई रिस उठ्ने, वा आफ्नै अक्षमता र अल्छीपनलाई प्रश्रय दिने कुरामा होस्…। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, यसका लालसाहरू उति नै धेरै हुन्छन् र यो त्यति नै लिप्त बन्छ, यहाँसम्म कि मानिसहरूका देहले अझ गहन धारणाहरूलाई आश्रय दिने, र परमेश्वरको विरुद्धमा विद्रोह गर्ने, र आफ्नै प्रशंसा गर्ने, र परमेश्वरका कार्यहरूप्रति सशङ्कित हुनेसम्म हुन्छ। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, देहको कमजोरी त्यति नै बढ्छ; तँलाई तेरो कमजोरीप्रति कसैले ध्यान दिँदैन भन्ने सधैँ महसुस हुनेछ, परमेश्वरले अति गर्नुभएको छ भन्ने सधैँ विश्वास गर्छस् र तँ भन्छस्: “परमेश्वर कसरी यति कठोर बन्न सक्नुहुन्छ? उहाँले किन मानिसहरूलाई कठोर व्यवहार गर्न छोड्नुहुन्न?” जब मानिसहरूले देहलाई सन्तुष्ट बनाउँछन् र यसलाई अत्यधिक मात्रामा माया गर्छन्, उनीहरूले आफैलाई पतन गरिरहेका हुन्छन्। यदि तँ परमेश्वरलाई साँचो प्रेम गर्छस् र देहलाई सन्तुष्ट बनाउँदैनस् भने, परमेश्वरले गर्नुहुने सबै कुराहरू निकै सही र निकै असल छन् र तेरो विद्रोहीपनप्रतिको उहाँको श्राप र तेरो अधार्मिकताप्रतिको उहाँको न्याय जायज नै छ भन्ने तैँले देख्नेछस्। कहिलेकाहीँ परमेश्वरले तँलाई ताडना दिनुहुन्छ र अनुशासित बनाउनुहुन्छ, र तँलाई उहाँसामु आउन बाध्य तुल्याउँदै तँलाई परिष्कृत गर्न वातावरण खडा गर्नुहुन्छ, र परमेश्वरले जे गरिरहनुभएको छ, त्यो अद्भुत छ भन्ने तैँले सधैँ महसुस गर्नेछस्। यसरी तैँले धेरै पीडा नभए झैँ अनि परमेश्वर निकै प्रेमिलो हुनुहुन्छ भन्ने महसुस गर्नेछस्। यदि तँ देहका कमजोरीलाई आपूर्ति गर्छस् भने र परमेश्वरले अति नै गर्नुहुन्छ भनेर भन्छस् भने तैँले आफू सधैँ पीडामा रहेको र सधैँ दुःखले भरिएको महसुस गर्नेछस्, र तँ परमेश्वरका सबै कामबारे अस्पष्ट हुनेछस्, र तँलाई परमेश्वर मानिसको कमजोरीप्रति करुणामय नहुनुभएको र मानिसका कठिनाइबारे अनभिज्ञ हुनुभएको झैँ महसुस हुनेछ। तसर्थ, तैँले ठूलो अन्याय भोगेजस्तो सधैँ दुःखी र एक्लो महसुस गर्नेछस्, र यस बेला तैँले गुनासो गर्न सुरु गर्नेछस्। तैँले यसरी देहका कमजोरीलाई जति बढी आपूर्ति गर्छस्, त्यति नै परमेश्वरले तँलाई अति नै गर्नुहुन्छ जस्तो लाग्नेछ, जबसम्म यो यति खराब हुन्छ कि तैँले परमेश्वरको कार्यहरूलाई इन्कार गर्ने, र परमेश्वरको विरोध गर्न सुरु गर्ने, र पूर्ण रूपमा विद्रोहीपनले भरिनेछस्। तसर्थ, तैँले देहको विरुद्ध विद्रोह गर्नुपर्दछ, र यसलाई आपूर्ति गर्नु हुँदैन: “मेरो श्रीमान् (श्रीमती), बालबच्चा, सम्भावना, विवाह, परिवार—यी कुनै कुराले फरक पार्दैनन्! मेरो हृदयमा एकमात्र परमेश्वर हुनुहुन्छ, र मैले परमेश्वरलाई सन्तुष्ट राख्ने सक्दो प्रयास गर्नुपर्छ, देहलाई सन्तुष्ट राख्ने होइन।” तँमा यस्तो सङ्कल्प हुनैपर्छ। तँमा सधैँ यस्तो सङ्कल्प छ भने, जब तैँले सत्यलाई अभ्यास गर्छस् र आफूलाई पन्छ्याउँछस्, तैँले धेरै प्रयास नगरीकनै यसो गर्न सक्छस्। यस्तो भन्ने गरिन्छ कि एक जना किसान थिए जसले जाडोले जमेर कडा भएको सर्प बाटोमा देख्यो। उक्त किसानले सर्पलाई उठाएर आफ्नो छातीमा राख्यो, र जब सर्प बौरियो सर्पले किसानलाई टोकेर मार्यो। मानिसको देह सर्प जस्तै हो: यसको सारतत्त्व भनेको मानिसको जीवनलाई हानि गर्नु हो। जब तेरो देहले पूर्ण रूपमा मनमाफिक गर्छ, तब तेरो जीवन खोसिन्छ। देह शैतानको हो। यसभित्र सधैँ अधिक चाहनाहरू हुन्छन्; यसले सधैँ आफ्नै लागि सोच्छ, र यसले सधैँ आरामको चाहना राख्छ र सहजतामा लिप्त हुन चाहन्छ, यसमा व्यग्रता वा तात्कालिकताको बोध हुँदैन, यो निष्क्रियतामा डुबिरहन्छ। यदि तैँले यसलाई निश्चित बिन्दुसम्म सन्तुष्ट पारिस् भने, यसले अन्ततः तँलाई निल्नेछ। यसो भन्नुको अर्थ, यदि तैँले यसलाई यसपटक सन्तुष्ट पारिस् भने, अर्को पटक यसले फेरि सन्तुष्ट पारिमाग्छ। योसँग सधैँ अधिक चाहनाहरू तथा नयाँ मागहरू हुन्छन्, र तैँले देहलाई लाडप्यार गरेको फाइदा उठाएर यसले तँलाई यसलाई अझ बढी प्रिय ठान्न र त्यसको आराममा प्रेरित गर्छ—र यदि तैँले यसलाई कहिल्यै जित्न सकिनस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस्। तैँले परमेश्वरसामु जीवन प्राप्त गर्न सक्छस् कि सक्दैनस् र तेरो अन्तिम परिणाम के हुनेछ भन्ने कुरा तैँले कसरी देहविरुद्ध विद्रोह गर्ने अभ्यास गर्छस् भन्नेमा निर्भर हुन्छ। परमेश्वरले तँलाई मुक्ति दिनुभएको छ, चयन गर्नुभएको छ र पूर्वनिर्धारण गर्नुभएको छ, तैपनि यदि आज तँ उहाँलाई सन्तुष्ट पार्न अनिच्छुक छस्, सत्यतालाई व्यवहारमा लागू गर्न अनिच्छुक छस्, र परमेश्वरलाई प्रेम गर्ने साँचो हृदयका साथ तेरो आफ्नै देहविरुद्ध विद्रोह गर्न अनिच्छुक छस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस्, र यसरी तैँले चरम दुःख सहनेछस्। यदि तैँले देहलाई सधैँ लाडप्यार गर्छस् भने, शैतानले बिस्तारै तँलाई निल्नेछ, तँलाई जीवनरहित, अथवा आत्माको स्पर्शरहित बनाइछोड्नेछ, र एक दिन तँ भित्री रूपमा पूरै अँध्यारो हुनेछस्। जब तँ अँध्यारोमा जिउँछस्, तँलाई शैतानले कैदी बनाएको हुनेछ, अब तेरो हृदयमा परमेश्वर हुनुहुनेछैन, र त्यस बेला तैँले परमेश्वरको अस्तित्वलाई इन्कार गर्नेछस् र उहाँलाई छोडेर जानेछस्। तसर्थ, यदि मानिसहरू परमेश्वरलाई प्रेम गर्न चाहन्छन् भने, उनीहरूले पीडाको मूल्य चुकाउनैपर्छ र कठिनाइ सहनैपर्छ। बाहिरी जोस तथा कष्ट, थप पढाइ र थप भागदौडको आवश्यकता छैन; बरु उनीहरूले उनीहरूभित्रका कुराहरूलाई पन्छाउनुपर्छ: विलासी सोचहरू, व्यक्तिगत फाइदाहरू, र उनीहरूका आफ्नै योजना, धारणा, र मनसायहरू पन्छाउनुपर्छ। परमेश्वरको अभिप्राय यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो
परमेश्वरका दैनिक वचनहरू अंश ४९६
मानिसहरूको बाहिरी स्वभावलाई परमेश्वरले गर्नुहुने काटछाँट पनि उहाँको कार्यको एक अंश हो; उदाहरणका लागि मानिसको बाहिरी, असामान्य मानवता वा उनीहरूको जीवनशैली र आनीबानी, उनीहरूको तरीका र रीतिका साथै उनीहरूको बाहिरी अभ्यासहरू तथा उनीहरूको उत्सुकताको काटछाँट गर्नु। तर जब उहाँले मानिसहरूलाई सत्यताको अभ्यास गर्न र उनीहरूको स्वभाव परिवर्तन गर्न अह्राउनुभयो, मुख्यतया उनीहरूभित्र रहेका अभिप्रायहरू र धारणाहरूको काटछाँट गरियो। तेरो बाहिरी स्वभावको काटछाँड गर्नु मात्रै गाह्रो कुरो होइन; यो त तँलाई मन पर्ने कुरा नखा भनेर अह्राउनु जस्तै हो, जुन सजिलो हुन्छ। तैपनि, तँभित्रको धारणालाई छुने कुरालाई चाहिँ, छोड्न गाह्रो हुन्छ। यसका लागि मानिसहरूले देहको विरोध गर्नुपर्ने हुन्छ, र मूल्य चुकाउनु पर्ने हुन्छ र परमेश्वरको अगाडि कष्ट भोग्नुपर्ने हुन्छ। यो विशेषगरी मानिसहरूको धारणामा लागू हुन्छ। मानिसहरूले परमेश्वरमा विश्वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई प्रश्रय दिएका हुन्छन्। जब तँ सत्यलाई अभ्यास गर्दैनस्, तँलाई तेरा सबै अभिप्रायहरू सही लाग्छन्, तर जब तँलाई केही हुन्छ, तँभित्र धेरै गलत अभिप्रायहरू रहेछन् भनेर तैँले देख्नेछस्। तसर्थ, जब परमेश्वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ, उहाँले उनीहरूलाई परमेश्वर सम्बन्धी उनीहरूको ज्ञानमा बाधा पुर्याउने धेरै अभिप्रायहरू उनीहरूभित्र रहेको अनुभव गर्न लगाउनुहुन्छ। जब तैँले तेरा अभिप्रायहरू गलत रहेछन् भनेर पहिचान गर्छस्, यदि तँ तेरो अभिप्राय र धारणाहरू अनुसार अभ्यास गर्न बन्द गर्न सक्छस्, र परमेश्वरको सामु साक्षी दिन सक्षम हुन्छस्, र तँलाई हुने सबै कुराहरूमा तँ तेरो स्थानमा दह्रिलो भएर खडा हुन्छस् भने, यसले तैँले देहको विरोध गरेको छस् भन्ने प्रमाणित गर्छ। जब तँ देहको विरोध गर्छस्, तँभित्र निःसन्देह लडाइँ हुन्छ। शैतानले मानिसहरूलाई जाँच्नेछ र त्यसमा विश्वास गराउन प्रयास गर्नेछ, देहका अभिप्रायहरूमा विश्वास गराउने र देहका रुचिहरू कायम राख्ने प्रयास गर्नेछ—तर परमेश्वरका वचनहरूले मानिसहरूलाई भित्रबाट ज्योति र अन्तर्दृष्टि दिनेछ, र यो समयमा परमेश्वरलाई विश्वास गर्ने कि शैतानलाई विश्वास गर्ने हो भन्ने कुरा तेरै हातमा हुन्छ। मुख्यतया मानिसहरूभित्र रहेका थोकहरूको काटछाँट गर्न, परमेश्वरका अभिप्रायअनुसारको नरहेका उनीहरूको सोच र अभिप्रायहरूको काटछाँट गर्नका लागि परमेश्वरले उनीहरूलाई सत्यको अभ्यास गर्न अह्राउनुहुन्छ। पवित्र आत्माले मानिसहरूलाई उनीहरूको हृदयमा छुनुहुन्छ र उनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। त्यसैले, हुने सबै कुराहरूका पछाडि लडाइँ हुन्छ: मानिसहरूले सत्यको, वा परमेश्वरप्रतिको प्रेमको अभ्यास गर्दा हरेक पटक, त्यहाँ ठूलो लडाइँ हुन्छ, र उनीहरूका देहभित्र सबै ठीकै देखिए पनि, उनीहरूको हृदयको गहिराइमा, वास्तवमा, एक जीवन र मृत्युको लडाइँ चलिरहेको हुन्छ—र यो तीव्र लडाइँपछि, व्यापक समीक्षापछि मात्रै, जीत र हारको निर्णय हुन्छ। रुनु कि हाँस्नु भनेर थाहा हुँदैन। मानिसहरूभित्र भएका अभिप्रायहरू गलत हुने भएकाले, वा उनीहरूको अभिप्रायसँग परमेश्वरको कार्य बाझिने भएकाले, जब मानिसहरूले सत्यको अभ्यास गर्छन्, पर्दा पछाडि ठूलो लडाइँ हुन्छ। यो सत्यलाई अभ्यास गर्दा, पर्दा पछाडि, मानिसहरूले अन्ततः परमेश्वरलाई सन्तुष्ट बनाउने निर्णय गर्नअघि अनगन्ती दुःखका आँशु झारेका हुनेछन्। यही लडाइँको कारण मानिसहरूले कष्ट र शोधन सहन्छन्; साँचो कष्ट-भोग यही नै हो। जब तँमाथि लडाइँ आइपर्छ, यदि तँ परमेश्वरको पक्षमा साँचो रूपमा खडा हुन सक्छस् भने, तैँले परमेश्वरलाई सन्तुष्ट बनाउन सक्छस्। सत्यको अभ्यास गरिरहँदा, व्यक्तिले अपरिहार्य रूपमै भित्र-भित्रै कष्ट पाउनेछ; यदि, उनीहरूले सत्यलाई अभ्यास गर्दा, मानिसहरूभित्रका सबै कुराहरू सही भएमा, उनीहरूलाई परमेश्वरले सिद्ध बनाइरहनु पर्दैन, र त्यहाँ कुनै लडाइँ हुँदैन, र उनीहरूले कष्ट भोग्नेछैनन्। यसो किन हुन्छ भने, मानिसहरूभित्र यस्ता धेरै थोकहरू हुन्छन् जुन परमेश्वरको प्रयोगका लागि उपयुक्त हुँदैनन्, र देहको विद्रोही स्वभाव धेरै हुने भएकाले, मानिसहरूले देहको विरोध गर्ने पाठ अझ गहन तरिकाले सिक्नु पर्छ। यसैलाई परमेश्वरले मानवलाई उहाँसँग भोग्नुपर्ने भनेर अह्राउनुभएको कष्ट भन्नुहुन्छ। जब तँलाई अप्ठ्याराहरू आइपर्छन्, हतार गर् र परमेश्वरमा प्रार्थना गर्: “हे परमेश्वर! म हजुरलाई सन्तुष्ट बनाउन चाहन्छु, तपाईंको हृदयलाई सन्तुष्ट बनाउन म अन्तिम कठिनाइ सहन गर्न चाहन्छु, र मैले जतिसुकै ठूलो धक्का बेहोर्नु परे पनि, म अझै पनि हजुरलाई नै सन्तुष्ट बनाउन चाहन्छु। मैले मेरो सम्पूर्ण जीवन नै त्याग्नु परे पनि, मैले तपाईंलाई सन्तुष्ट पार्नैपर्छ!” यो सङ्कल्पका साथ, जब तँ यसरी प्रार्थना गर्छस्, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्षम हुन्छस्। प्रत्येक पटक उनीहरूले सत्यलाई अभ्यास गर्दा, प्रत्येक पटक उनीहरूको शोधन, प्रत्येक पटक उनीहरू थाक्दा, र प्रत्येक पटक परमेश्वरको कार्य उनीहरूमाथि आउँदा, मानिसहरूले असह्य पीडा सहनुपर्छ। यो सबै मानिसहरूका लागि जाँच हो, र त्यसैगरी ती सबैभित्र लडाइँ हुन्छ। उनीहरूले चुकाउने वास्तविक मूल्य यही हो। परमेश्वरको वचनहरू झनै धेरै पढ्नु र अझै धेरै दौडधूप गर्नु त्यही मूल्यको एक अंश हो। मानिसहरूले गर्नुपर्ने कुरा यही हो, यो उनीहरूको कर्तव्य हो, र उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो, तर मानिसहरूले उनीहरूका पन्छाउनु पर्ने कुरालाई पन्छाउनु पर्छ। यदि तैँले त्यसो गरिनस् भने, तेरो बाहिरी कष्ट जतिसुकै ठूलो भए तापनि, तैँले जतिसुकै दौडधूप गरे पनि, सबै कुरा व्यर्थ हुनेछ! यसो भन्नुको अर्थ, तँभित्रको परिवर्तनले मात्रै तेरो बाहिरी कठिनाइको मूल्य छ कि छैन भनेर निर्धारण गर्न सक्छ। जब तेरो आन्तरिक स्वभाव परिवर्तन हुन्छ र तैँले सत्यको अभ्यास गर्छस्, तब तेरो सबै बाहिरी कष्टले परमेश्वरको स्वीकृति पाउनेछ; यदि तेरो आन्तरिक स्वभावमा कुनै परिवर्तन भएन भने, तैँले जतिसुकै कष्ट सहे पनि वा तैँले बाहिर जतिसुकै प्रयत्न गरे पनि, परमेश्वरबाट कुनै स्वीकृति हुनेछैन—र परमेश्वरले पुष्टि नगरेको कठिनाइ व्यर्थ हो। तसर्थ, तैँले चुकाएको मूल्य परमेश्वरबाट अनुमोदन हुन्छ हुँदैन भन्ने कुरा तँमा परिवर्तन आएको छ कि छैन र परमेश्वरका अभिप्रायहरूको सन्तुष्टि, परमेश्वरको ज्ञान, र परमेश्वरप्रतिको निष्ठा हासिल गर्नका लागि तैँले सत्यको अभ्यास तथा आफ्नो अभिप्राय र धारणालाई विरोध गर्छस् कि गर्दैनस् भन्ने कुराले निर्धारित गर्छ। तैँले जतिसुकै प्रयत्न गरे पनि, यदि तँलाई आफ्नो अभिप्रायको विरुद्ध विद्रोहको बारेमा कहिल्यै थाहा छैन भने, तर बाहिरी कार्य तथा उत्सुकता मात्रै खोज्छस्, र आफ्नो जीवनप्रति कहिल्यै ध्यान दिँदैनस् भने, तेरो कठिनाइ व्यर्थ हुनेछ। यदि, केही निश्चित वातावरणमा, तँलाई भन्न मन लागेको केही कुरा छ भने, तर भित्र-भित्रै तँलाई यो कुरा भन्न सही होइन जस्तो लाग्छ, यस्तो भनाइले तेरो दाजुभाइ र दिदीबहिनीहरूलाई फाइदा पुग्दैन र उनीहरूलाई चोट पुर्याउन सक्छ भने, तैँले भित्र-भित्रै पीडा सहन रुचाउँदै यस्तो भन्दैनस्, किनभने यी वचनहरूले परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्न सक्छस्। यस्तो समयमा, तँभित्र लडाइँ हुनेछ, तर तँ पीडा सहन र तैँले प्रेम गरेको वस्तु छोड्न इच्छुक हुनेछस्। परमेश्वरलाई सन्तुष्ट बनाउन तँ यो कठिनाइ सहन इच्छुक हुनेछस्, र तैँले भित्र-भित्रै पीडा सहे पनि, तैँले देहलाई आश्रय दिने छैनस्, र परमेश्वरको हृदय सन्तुष्ट भएको हुनेछ, त्यसैले तँलाई पनि भित्रैबाट आराम मिलेको हुनेछ। साँचो रूपमा मूल्य चुकाउनु भनेको यही हो, र परमेश्वरले चाहनुभएको मूल्य यही हो। यदि तैँले यसरी अभ्यास गरिस् भने, परमेश्वरले पक्कै तँलाई आशीर्वाद दिनुहुनेछ; यदि तैँले यो हासिल गर्न सक्दैनस् भने, तैँले जतिसुकै धेरै बुझे पनि, वा तैँले जतिसुकै राम्ररी बोले पनि, यो सबै बेकाम हुनेछ! यदि, परमेश्वरलाई प्रेम गर्ने पथमा, परमेश्वरले शैतानसँग युद्ध गर्दा तँ उहाँको पक्षमा खडा हुन सकिस् भने, र तँ शैतानकहाँ फर्कँदैनस् भने, तैँले परमेश्वरप्रतिको प्रेम हासिल गरेको हुनेछस्, र तँ तेरो साक्षीमा दह्रिलो भएर खडा भएको हुनेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो
परमेश्वरका दैनिक वचनहरू अंश ४९७
परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र आइपर्ने सबै कुरा परमेश्वरसामु शैतानले थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्वरका लागि गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतान परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूब भने मानिसहरूका कार्य र बाधाहरूको सामना गरिरहेको थियो। तिमीहरूमा परमेश्वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ। उदाहरणका लागि, यदि तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूप्रति पूर्वाग्रही छस् भने, तँसँग भन्न मन लागेका यस्ता शब्दहरू हुनेछन्—जुन शब्दहरू तँलाई परमेश्वरलाई अप्रसन्न तुल्याउने खालका छन् भन्ने लाग्छ—तर यदि तैँले ती शब्दहरू भनिनस् भने, तँलाई भित्री रूपमा असहज महसुस हुनेछ, अनि यस क्षणमा, तँभित्र एउटा लडाइँ सुरु हुनेछ: “म बोलूँ कि नबोलूँ?” लडाइँ भनेको यही हो। यसरी, तैँले सामना गर्ने हरेक कुरामा एउटा लडाइँ हुन्छ। जब तँभित्रै लडाइँ हुन्छ, तब परमेश्वरले तेरो वास्तविक सहकार्य र वास्तविक दुःखमार्फत तँमा काम गर्नुहुन्छ, र अन्ततः तँ भित्री रूपमा यस मामलालाई त्याग्न सक्षम हुनेछस्, र तेरो रिस स्वतः मर्नेछ। यो पनि परमेश्वरसँगको तेरो सहकार्यको नतिजा नै हो। मानिसहरूले गर्ने हरेक कुरामा तिनीहरूले निश्चित मात्रामा रगत-पसिना बगाउनुपर्ने हुन्छ। खास दुःख नभोगी, तिनीहरूले परमेश्वरलाई सन्तुष्ट पार्न सक्दैनन्; तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्ने नजिक पनि आउँदैनन्, र तिनीहरू खोक्रा नाराहरू मात्र फलाकिरहेका हुन्छन्! के यी खोक्रा नाराहरूले परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्? आत्मिक क्षेत्रमा परमेश्वर र शैतानबीच लडाइँ हुँदा, तैँले परमेश्वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ, र उहाँप्रतिको गवाहीमा तँ कसरी दृढ रहनुपर्छ? तैँले यो थाहा पाउनुपर्छ कि तँलाई आइपर्ने हरेक कुरा एउटा ठूलो परीक्षा हो र त्यो परमेश्वरका लागि तैँले साक्षी दिनु आवश्यक हुने समय हो। ती बाहिरबाट नगण्य देखिए पनि, यी कुराहरू आइपर्दा, तिनले तँ परमेश्वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्ने कुरा देखाउँछन्। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने, तँ उहाँप्रतिको गवाहीमा दृढ रहन सक्नेछस्, र यदि तैँले परमेश्वरलाई प्रेम गर्ने अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यतालाई व्यवहारमा लागू गर्ने व्यक्ति होइनस्, तँ सत्यतारहित छस्, र जीवनरहित छस्, तँ भुस होस् भन्ने देखाउँछ! मानिसहरूलाई आइपर्ने सबै कुरामा, परमेश्वर तिनीहरू उहाँप्रतिको साक्षीमा दृढ रहून् भन्ने चाहनुहुन्छ। अहिले तँलाई कुनै उल्लेखनीय कुरा नभइरहेको भए पनि, र तैँले ठुलो गवाही नदिने भए पनि, तेरो दैनिक जीवनका सारा विवरण नै परमेश्वरलाई दिइने गवाहीसँग सम्बन्धित हुन्छ। यदि तँ तेरा दाजुभाइ र दिदीबहिनीहरू, तेरो परिवारका सदस्यहरू, र तेरो वरिपरिका सबैको प्रशंसा जित्न सक्छस्; यदि, कुनै दिन, गैरविश्वासीहरू आउँछन्, र तैँले गर्ने सबै कुराको प्रशंसा गर्छन्, र परमेश्वरले गर्ने सबै कुरा अद्भुत छन् भन्ने देख्छन् भने, यो नै तेरो गवाही हुनेछ। तँसँग अन्तर्ज्ञान नभए पनि र तेरो क्षमता कमजोर भए पनि, परमेश्वरद्वारा सिद्ध पारिएर, तँ उहाँलाई सन्तुष्ट पार्न र उहाँका अभिप्रायलाई ख्याल गर्न सक्षम हुन्छस्, जसले गर्दा अरू मानिसले सबैभन्दा कमजोर क्षमता भएका मानिसहरूमा उहाँले कति महान् काम गर्नुभएको छ भनी देखून्। जब मानिसहरू परमेश्वरलाई जान्न पुग्छन् र शैतानको अगाडि विजेता बन्छन्, धेरै हदसम्म परमेश्वरप्रति बफादार हुन्छन्, तब मानिसहरूको यो समूहभन्दा अरू कसैसँग पनि बढी दृढता हुँदैन, र यो नै सबैभन्दा महान् गवाही हो। तँ ठूलो काम गर्न असमर्थ भए पनि, तँ परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम छस्। अरूले आफ्ना धारणाहरू त्याग्न सक्दैनन्, तर तँ सक्छस्; अरूले आफ्ना वास्तविक अनुभवहरूका दौरान परमेश्वरको साक्षी दिन सक्दैनन्, तर तँ आफ्नो वास्तविक कद र कार्यहरूमार्फत परमेश्वरको प्रेमको प्रतिदान गर्न र उहाँका लागि जोरदार साक्षी दिन सक्छस्। यसलाई मात्र वास्तवमै परमेश्वरलाई प्रेम गरेको मानिन्छ। यदि तँ यसो गर्न असमर्थ छस् भने, तँ आफ्ना परिवारका सदस्यहरूमाझ, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूमाझ, वा संसारका मानिसहरूसामु साक्षी दिँदैनस्। यदि तँ शैतानसामु साक्षी दिन सक्दैनस् भने, शैतान तँलाई हेरेर हाँस्नेछ, त्यसले तँलाई मजाकको रूपमा, खेलौनाको रूपमा व्यवहार गर्नेछ, र यसले अक्सर तँलाई मूर्ख बनाउनेछ र मानसिक गडबडीमा पुर्याउनेछ। भविष्यमा, तँमाथि ठूला परीक्षाहरू आइपर्न सक्छन्—तर आज, यदि तँ परमेश्वरलाई साँचो हृदयले प्रेम गर्छस् भने, र यदि, अगाडि आउने परीक्षाहरू जतिसुकै ठूला भए तापनि, तँलाई जेसुकै भए पनि, तँ आफ्नो गवाहीमा दृढ रहन र परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छस् भने, तेरो हृदयलाई सान्त्वना मिल्नेछ, र तँ भविष्यमा जतिसुकै ठूलो परीक्षाको सामना गर्नुपरे पनि डराउने छैनस्। भविष्यमा के हुनेछ भन्ने कुरा तिमीहरू देख्न सक्दैनौ; तिमीहरू आजका परिस्थितिहरूमा परमेश्वरलाई सन्तुष्ट पार्न मात्र सक्छौ। तिमीहरू कुनै पनि ठूलो काम गर्न असमर्थ छौ—तिमीहरूले वास्तविक जीवनमा परमेश्वरका वचनहरू अनुभव गरेर उहाँलाई सन्तुष्ट पार्नमा ध्यान केन्द्रित गर्नुपर्छ, साथै तिमीहरूले बलियो र जोरदार साक्षी दिनुपर्छ र यसरी शैतानलाई लज्जित पार्नुपर्छ। तेरो देहले सन्तुष्टि नपाएको र दुःख पाएको हुने भए पनि, तैँले परमेश्वरलाई सन्तुष्ट पारेको र शैतानलाई लज्जित पारेको हुनेछस्। यदि तँ सधैँ यसरी नै अभ्यास गर्छस् भने, परमेश्वरले तेरो सामु एउटा बाटो खोलिदिनुहुनेछ। कुनै दिन, एउटा ठूलो परीक्षा आउँदा, अरू लड्नेछन्, तर तँ अझै पनि दृढ रहन सक्नेछस्: तैँले चुकाएको मूल्यको कारण, परमेश्वरले तँलाई सुरक्षा दिनुहुनेछ ताकि तँ दृढ रहन सकेस् र नलडेस्। यदि, साधारणतया, तँ सत्यतालाई व्यवहारमा लागु गर्न र परमेश्वरलाई प्रेम गर्ने साँचो हृदयले परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम छस् भने, परमेश्वरले भविष्यका परीक्षाहरूका दौरान तँलाई पक्कै सुरक्षा दिनुहुनेछ। तँ मूर्ख, सानो कदको र कमजोर क्षमताको भए पनि, परमेश्वर तँप्रति पक्षपाती हुनुहुनेछैन। यो तेरा नियतहरू सही छन् कि छैनन् भन्ने कुरामा निर्भर हुन्छ। मानौँ कि आज तँ परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम छस्—साना, सूक्ष्म विषयहरूमा समेत कडिकडाउ गर्छस्, र सबै कुरामा परमेश्वरलाई सन्तुष्ट पार्छस्—तँसँग परमेश्वरलाई प्रेम गर्ने साँचो हृदय छ, परमेश्वरलाई आफ्नो साँचो हृदय दिन्छस्, र तैँले कतिपय कुरा स्पष्ट रूपमा देख्न नसक्ने भए पनि, तँ आफ्ना नियतहरू सच्याउन र परमेश्वरका अभिप्रायहरू खोज्न परमेश्वरसामु आउन सक्छस्, र तँ परमेश्वरलाई सन्तुष्ट पार्न सबै थोक गर्छस्। अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई अस्वीकार गर्न सक्ने भए पनि, तेरो हृदयले परमेश्वरलाई सन्तुष्ट पारिरहेको हुन्छ, र तँ देहसुखको लालसा गरिरहेको हुँदैनस्। यदि तँ सधैँ यसरी नै अभ्यास गर्छस् भने, तँमाथि ठूला परीक्षाहरू आइपर्दा तँ सुरक्षित हुनेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो
परमेश्वरका दैनिक वचनहरू अंश ४९८
परीक्षाहरू मानिसहरूभित्रको कस्तो स्थितितर्फ लक्षित हुन्छन्? ती परमेश्वरलाई सन्तुष्ट पार्नबाट मानिसहरूलाई रोक्ने तिनीहरूभित्रका विद्रोही स्वभावहरूप्रति लक्षित हुन्छन्। मानिसहरूभित्र धेरै अशुद्धता हुन्छन्, र पाखण्डी कुरा धेरै हुन्छ, त्यसैले परमेश्वर मानिसहरूलाई शुद्ध गर्नका लागि तिनीहरूलाई परीक्षाहरूमा पार्नुहुन्छ। तर यदि, आज, तँ परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम छस् भने, भविष्यका परीक्षाहरू तेरो लागि सिद्धता हुनेछन्। यदि, आज, तँ परमेश्वरलाई सन्तुष्ट पार्न असक्षम छस् भने, भविष्यका परीक्षाहरूले तँलाई प्रलोभनमा पार्नेछन्, र तँ अन्जानमै लड्नेछस्, र त्यस समयमा तैँले आफूलाई सम्हाल्न सक्नेछैनस्, किनभने तँ परमेश्वरको कामसँगै अघि बढ्न सक्षम हुनेछैनस् र तैँले वास्तविक कद धारण गरेको हुनेछैनस्। त्यसैले, यदि तँ भविष्यमा दृढ रहन, परमेश्वरलाई अझ सन्तुष्ट पार्न, र उहाँलाई अन्त्यसम्मै पछ्याउन चाहन्छस् भने, आज तैँले एउटा बलियो जग बसाल्नैपर्छ। तैँले सबै कुरामा सत्यतालाई व्यवहारमा लागु गरेर परमेश्वरलाई सन्तुष्ट पार्नैपर्छ र उहाँका अभिप्रायहरूलाई ख्याल गर्नैपर्छ। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, तँभित्र एउटा जग हुनेछ, र परमेश्वरले तँभित्र उहाँलाई प्रेम गर्ने हृदय जगाउनुहुनेछ, र उहाँले तँलाई आस्था दिनुहुनेछ। कुनै दिन, जब तँमाथि साँच्चै एउटा परीक्षा आइपर्छ, तब तँलाई केही पीडा हुन सक्छ र तँ निश्चित बिन्दुसम्म व्याकुल हुन सक्छस्, र तँ मरेजस्तै गरी हृदयविदारक शोकमा पर्न सक्छस्—तर परमेश्वरलाई प्रेम गर्ने तेरो हृदय परिवर्तन हुनेछैन, र त्यो प्रेम अझै गहिरो बन्नेछ। परमेश्वरका आशिष्हरू यस्ता हुन्छन्। यदि तँ आज परमेश्वरले भन्ने र गर्ने सबै कुरा समर्पणको हृदयले स्वीकार गर्न सक्षम छस् भने, तँ पक्कै पनि परमेश्वरद्वारा आशिषित् हुनेछस्, र यसरी तँ उहाँका आशिष् र प्रतिज्ञाहरू उत्तराधिकारमा प्राप्त गर्ने व्यक्ति बन्नेछस्। यदि, आज, तँ अभ्यास गर्दैनस् भने, कुनै दिन तँमाथि परीक्षाहरू आइपर्दा, तँसँग न त आस्था हुनेछ न त प्रेमिलो हृदय हुनेछ, अनि त्यतिबेला उक्त परीक्षा प्रलोभन बन्नेछ; तँ शैतानको प्रलोभनको बीचमा धकेलिनेछस् र तँसँग उम्कने कुनै उपाय हुनेछैन। आज, सानो परीक्षाको सामना गर्दा तँ दृढ रहन सक्षम होलास्, तर कुनै दिन ठूलो परीक्षाको सामना गर्दा तँ दृढ रहन सक्षम हुन्छस् नै भन्ने छैन। कतिपय मानिस आफैसँग निकै खुसी हुन्छन् र तिनीहरू आफू जति राम्रो हुन सकिन्थ्यो त्यति भइसकेको सोच्छन्। यदि तँ यस्तो समयमा अझ गहिराइमा जाँदैनस्, र आत्मगर्वित रहिरहन्छस् भने, तँ खतरामा पर्नेछस्। आज, परमेश्वरले ठूला परीक्षाहरूको काम नगरिरहनुभएको बेला, तँ सबै हिसाबले ठीकै गरिरहेको जस्तो देखिन्छस्, तर जब परमेश्वरले तेरो परीक्षा गर्नुहुन्छ, तब तैँले आफूमा धेरै कमी रहेको पत्ता लगाउनेछस्, किनभने तेरो कद अत्यन्तै सानो छ र तँ ठूला परीक्षाहरू सहन सक्दैनस्। यदि तँ जस्तो छस् त्यस्तै रहन्छस् र अगाडि बढ्न छोडेर सन्तुष्ट महसुस गर्छस् भने, परीक्षाहरू आइपर्दा, तँ लड्नेछस्। तिमीहरूले अक्सर आफ्नो कद कति सानो छ भनी हेर्नुपर्छ; यसरी मात्र तिमीहरूले प्रगति गर्नेछौ। यदि परीक्षाहरूका दौरान मात्रै तँ तेरो कद अत्यन्तै सानो रहेको, तेरो इच्छाशक्ति अत्यन्तै कमजोर रहेको, तँभित्र वास्तविक कुरा ज्यादै कम रहेको, र तँ परमेश्वरका अभिप्रायहरूका लागि अपर्याप्त रहेको देख्छस् भने—यदि तँ त्यतिबेला मात्र यी कुराहरू महसुस गर्छस् भने, त्यो धेरै ढिलो हुनेछ।
यदि तँ परमेश्वरको स्वभाव जान्दैनस् भने, तँ परीक्षाहरूका दौरान अनिवार्य रूपमा लड्नेछस्, किनभने परमेश्वर कसरी मानिसहरूलाई सिद्ध पार्नुहुन्छ, उहाँ कुन माध्यमद्वारा तिनीहरूलाई सिद्ध पार्नुहुन्छ भन्नेबारे तँ अनजान हुन्छस्, अनि जब तँमाथि परमेश्वरका परीक्षाहरू आइपर्छन् र ती तेरा धारणाहरूसँग मिल्दैनन्, तब तँ दृढ रहन असक्षम हुनेछस्। परमेश्वरको साँचो प्रेम नै उहाँको सम्पूर्ण स्वभाव हो, अनि जब परमेश्वरको सम्पूर्ण स्वभाव मानिसहरूलाई प्रकट गरिन्छ, तब तिनीहरूको देहलाई के हुन्छ? जब परमेश्वरको धर्मी स्वभाव मानिसहरूलाई प्रकट गरिन्छ, तब तिनीहरूको देहलाई अनिवार्य रूपमा धेरै पीडा हुनेछ। यदि तैँले यो पीडा भोगिनस् भने, तँ परमेश्वरद्वारा सिद्ध पारिन सक्दैनस्, न त तैँले परमेश्वरप्रति साँचो प्रेम अर्पण गर्न नै सक्नेछस्। यदि परमेश्वरले तँलाई सिद्ध पार्नुभयो भने, उहाँले आफ्नो सम्पूर्ण स्वभाव तँकहाँ प्रकट गर्नैपर्छ। सृष्टिको समयदेखि आजसम्म, परमेश्वरले आफ्नो सम्पूर्ण स्वभाव मानिसकहाँ कहिल्यै प्रकट गर्नुभएको छैन—तर आखिरी दिनहरूमा उहाँ यसलाई उहाँले पूर्वनिर्धारित गर्नुभएका र छान्नुभएका मानिसहरूको यस समूहकहाँ प्रकट गर्नुहुन्छ, र मानिसहरूलाई सिद्ध पारेर, उहाँ आफ्नो स्वभाव प्रकट गर्नुहुन्छ, जसको माध्यमबाट उहाँ मानिसहरूको एउटा समूहलाई पूर्ण पार्नुहुन्छ। मानिसहरूप्रति परमेश्वरको साँचो प्रेम यस्तो हुन्छ। परमेश्वरको साँचो प्रेम अनुभव गर्न मानिसहरूले चरम पीडा सहनु, र उच्च मूल्य चुकाउनु आवश्यक हुन्छ। तब मात्रै मानिसहरू अन्ततः परमेश्वरद्वारा प्राप्त गरिन सक्छन्, र बल्ल आफ्नो साँचो प्रेम परमेश्वरलाई फिर्ता दिन सक्षम हुन्छन्, र तब मात्रै परमेश्वरको हृदय सन्तुष्ट हुनेछ। यदि मानिसहरू परमेश्वरद्वारा सिद्ध पारिने चाहना गर्छन् भने र यदि उनीहरू उहाँको इच्छा पछ्याउने, र उनीहरूको साँचो प्रेम सम्पूर्ण रूपमा परमेश्वरलाई अर्पण गर्ने चाहना राख्छन् भने, उनीहरूले धेरै कष्ट र उनीहरूको परिस्थितिबाट धेरै सास्ती भोग्नैपर्छ, र यसरी मृत्युको मुखमै पुगेजस्तो गरी वेदनाबाट गुज्रनैपर्छ, जसले अन्ततः उनीहरूलाई आफ्नो साँचो हृदय परमेश्वरलाई फिर्ता दिन बाध्य पार्नेछ। कसैले परमेश्वरलाई साँचो प्रेम गर्छ कि गर्दैन भन्ने कुरा कष्ट र शोधनको दौरान प्रकट हुन्छ। परमेश्वरले गर्नुहुने मानिसहरूको प्रेमको शुद्धिकरण पनि कष्ट र शोधनमार्फत मात्रै हासिल हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो
परमेश्वरका दैनिक वचनहरू अंश ४९९
अधिकांश मानिसहरूको परमेश्वरमाथिको विश्वासको सारतत्त्व धार्मिक दृढ विश्वास नै हो: तिनीहरू परमेश्वरलाई प्रेम गर्न असक्षम हुन्छन् र परमेश्वरलाई केवल यान्त्रिक मानवले झैँ अनुसरण गर्न सक्छन्, परमेश्वरको लागि साँच्चै तृष्णा गर्न वा उहाँलाई श्रद्धा गर्न असमर्थ हुन्छन्। तिनीहरूले उहाँलाई केवल चुपचाप पछ्याउँछन्। धेरै मानिसहरूले परमेश्वरमा विश्वास गर्छन्, तर परमेश्वरलाई प्रेम गर्नेहरू थोरै मात्र छन्; तिनीहरू विपत्तिसँग डराउने भएका हुनाले मात्र तिनीहरूले परमेश्वरको “डर” मान्छन्, अन्यथा उहाँ उच्च र शक्तिशाली हुनुभएको हुनाले तिनीहरूले परमेश्वरलाई “सराहना” गर्छन्—तर तिनीहरूको डर र सराहनामा, प्रेम वा साँचो तृष्णा हुँदैन। आफ्ना अनुभवहरूमा तिनीहरूले सत्यताका सानातिना विवरणहरू, वा अन्यथा, केही महत्त्वहीन रहस्यहरू खोज्छन्। अधिकांश मानिसहरूले केवल आशिषको लागि फाइदा लुट्न पछि लाग्छन्; तिनीहरूले सत्यतालाई खोज्दैनन्, न त तिनीहरूले परमेश्वरको आशिष पाउनको लागि साँचो रूपमा परमेश्वरप्रति समर्पणता नै देखाउँछन्। सबै मानिसहरूको परमेश्वरमाथिको विश्वासको जीवन अर्थहीन छ, यो मूल्य विहीन छ, र यसमा तिनीहरूका व्यक्तिगत विचारहरू र खोजीहरू छन्; तिनीहरूले परमेश्वरलाई प्रेम गर्नको लागि विश्वास गर्दैनन्, तर आशिषित हुनको खातिर मात्र गर्छन्। धेरै मानिसहरू आफूलाई खुसी लागे अनुसार काम गर्छन्; तिनीहरू आफू जे चाहन्छन् त्यही गर्छन् र कहिल्यै परमेश्वरको रुचिहरूको बारेमा, वा तिनीहरूले जे गर्छन् त्यो परमेश्वरका अभिप्रायहरू अनुसार छ कि छैन भन्ने बारेमा विचार गर्दैनन्। यस्ता मानिसहरूले साँचो विश्वास समेत प्राप्त गर्न सक्दैनन्, परमेश्वरप्रतिको प्रेम त परै जाओस्। परमेश्वरको सार मानिसका लागि विश्वास गर्नहेतु मात्र होइन; अझ अधिक, यो त मानिसले प्रेम गर्नको लागि हो। तर परमेश्वरमाथि विश्वास गर्ने धेरैजनाले यो “गोप्य कुरा” पत्ता लगाउन सक्दैनन्। मानिसहरूले परमेश्वरलाई प्रेम गर्ने आँट गर्दैनन्, न त तिनीहरूले उहाँलाई प्रेम गर्ने प्रयत्न नै गर्छन्। परमेश्वरको बारेमा प्रेम गर्न योग्य कुराहरू यति धेरै छन् भन्ने कुरा तिनीहरूले कहिल्यै पत्ता लगाएका छैनन्; तिनीहरूले परमेश्वर त मानिसलाई प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ, र उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसलाई मानिसले प्रेम गर्छ भन्ने कुरा कहिल्यै पत्ता लगाएका छैनन्। परमेश्वरको प्रेमिलो स्वभाव उहाँको काममा व्यक्त हुन्छ: मानिसहरूले उहाँको कामलाई अनुभव गर्दा मात्र उहाँको प्रेमिलो स्वभाव पत्ता लगाउन सक्छन्; वास्तविकतामा मात्र मानिसहरूले परमेश्वरको प्रेमिलो स्वभावलाई प्रत्यक्ष अनुभव गर्न सक्छन्; र यसलाई वास्तविक जीवनमा अनुभव र अवलोकन नगरी, कसैले पनि परमेश्वरको प्रेमिलो स्वभावलाई पत्ता लगाउन सक्दैन। परमेश्वरको बारेमा प्रेम गर्ने कुरा धेरै छन्, तर उहाँसँग सम्पर्कमा नआई मानिसहरू यसलाई पत्ता लगाउन असक्षम हुन्छन्। भन्नुको अर्थ, यदि परमेश्वर देह नबन्नुभएको भए, मानिसहरू उहाँसँग वास्तवमा सम्पर्कमा आउन असक्षम हुनेथिए, र यदि तिनीहरू उहाँसँग वास्तविक रूपमा तल्लीन हुन असमर्थ भएका भए, तिनीहरू उहाँको काम अनुभव गर्न पनि समर्थ हुनेथिएनन्—र यसरी परमेश्वरप्रतिको तिनीहरूको प्रेम धेरै झूट र कल्पनाले कलङ्कित हुनेथियो। स्वर्गमा भएको परमेश्वरप्रतिको प्रेम पृथ्वीमा भएको परमेश्वरप्रतिको प्रेम जस्तै वास्तविक छैन, किनभने स्वर्गमा हुनुहुने परमेश्वरको बारेमा मानिसहरूको ज्ञान तिनीहरूको आफ्नै आँखाले देखेका र तिनीहरूले व्यक्तिगत रूपमा अनुभव गरेका कुराहरूमाथि भन्दा पनि तिनीहरूको कल्पनाहरूमाथि निर्माण भएको छ। जब परमेश्वर पृथ्वीमा आउनुहुन्छ, तिनीहरूले उहाँका व्यावहारिक कार्यहरू र उहाँको प्रेमिलो स्वभाव देख्न सक्छन्, र तिनीहरूले उहाँको व्यावहारिक र सामान्य स्वभाव देख्न सक्छन्, यी सबै नै स्वर्गमा हुनुहुने परमेश्वर सम्बन्धी ज्ञानभन्दा हजारौं गुना बढी वास्तविक हुन्छन्। मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्वरलाई जतिसुकै प्रेम गरे तापनि त्यो वास्तविक नै हुँदैन, त्यो मानवीय विचारहरूले भरिएको हुन्छ। पृथ्वीमा हुनुहुने परमेश्वरका निम्ति तिनीहरूको प्रेम जतिसुकै थोरै भए तापनि यो प्रेम वास्तविक हुन्छ; यो थोरै मात्र भए तापनि फेरि पनि यो वास्तविक हुन्छ। परमेश्वरले मानिसहरूलाई व्यावहारिक काममार्फत उहाँलाई चिन्न लगाउनुहुन्छ, र यही ज्ञानमार्फत उहाँले तिनीहरूको प्रेम प्राप्त गर्नुहुन्छ। यो पत्रुसको जस्तै हो: यदि ऊ येशूसँग नजिएको भए, उसले येशूलाई श्रद्धा गर्न असम्भव हुनेथियो। येशूप्रतिको उसको बफादारी पनि येशूसँगको उसको सम्पर्कमा आधारित थियो। मानिसले परमेश्वरलाई प्रेम गर्न लगाउनको लागि उहाँ मानिसको बीचमा आउनुभएको छ र मानिससँग सँगै जिउनुहुन्छ, र उहाँले मानिसलाई देख्न र अनुभव गर्न लगाउन खोज्नुभएको एउटै कुरा भनेको परमेश्वरको व्यावहारिकता हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ५००
परमेश्वरले मानिसहरूलाई सिद्ध बनाउनको लागि व्यावहारिकतालाई र तथ्यहरूको प्रादुर्भावलाई प्रयोग गर्नुहुन्छ; परमेश्वरका वचनहरूले मानिसहरूलाई सिद्ध बनाउने उहाँको आंशिक भागलाई पूरा गर्छन्, र यो अगुवाइ गर्ने र बाटो खोल्ने काम हो। भन्नुको अर्थ, परमेश्वरका वचनहरूमा तैँले अभ्यासको मार्ग र दर्शनहरूको ज्ञान भेट्नुपर्छ। यी कुराहरू बुझेर, मानिसले उसको वास्तविक अभ्यासमा एउटा मार्ग र दर्शनहरू पाउनेछ, र परमेश्वरका वचनहरूमार्फत अन्तर्दृष्टि पाउन ऊ समर्थ हुनेछ; यी कुराहरू परमेश्वरबाट आएका हुन् भन्ने कुरा उसले बुझ्न र धेरै कुरा छुट्याउन ऊ समर्थ हुनेछ। बुझिसकेपछि, मानिस तुरुन्तै यस वास्तविकताभित्र प्रवेश गर्नुपर्छ र उसको वास्तविक जीवनमा परमेश्वरलाई सन्तुष्ट पार्न परमेश्वरका वचनहरूलाई प्रयोग गर्नुपर्छ। परमेश्वरले तँलाई सबै कुराहरूमा अगुवाइ गर्नुहुनेछ र तँलाई अभ्यासको मार्ग दिनुहुनेछ, र उहाँ विशेष रूपमा प्रेमिलो हुनुहुन्छ भन्ने कुरा आभास गराउनुहुनेछ, र तँमा गरिएको परमेश्वरको कामको हरेक कदम तँलाई नै सिद्ध बनाउनको लागि हो भन्ने कुरा देख्न दिनुहुनेछ। यदि तैँले परमेश्वरको प्रेम देख्न चाहन्छस् भने, यदि तैँले परमेश्वरको प्रेम साँच्चै अनुभव गर्न चाहन्छस् भने, तँ वास्तविकताभित्रको गहिराइमा जानुपर्छ, तँ वास्तविक जीवनभित्रको गहिराइमा जानुपर्छ र परमेश्वरले गर्नुहुने हरेक कुरा प्रेम र मुक्ति हो भन्ने कुरा देख्नुपर्छ, कि उहाँले जे अशुद्ध छन् ती पछाडि छोड्नको लागि मानिसहरूलाई सक्षम पार्नुहुन्छ, र परमेश्वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न असमर्थ भएका मानिसभित्रकै कुराहरूलाई शोधन गर्नुहुन्छ। परमेश्वरले मानिसको निम्ति जुटाउन वचनहरू प्रयोग गर्नुहुन्छ; उहाँले मानिसहरूलाई वास्तविक जीवनका परिस्थितिहरू अनुभव गर्ने प्रबन्ध मिलाउनुहुन्छ, र यदि मानिसहरूले धेरैजसो परमेश्वरका वचनहरूबाट खान्छन् र पिउँछन् भने, तिनीहरूले वास्तविक रूपमा तिनलाई अभ्यासमा लगाउँदा, तिनीहरूले धेरैजसो परमेश्वरका वचनहरूलाई प्रयोग गरेर तिनीहरूका जीवनहरूमा हुने सबै कठिनाइहरूलाई समाधान गर्न सक्छन्। भन्नुको अर्थ, वास्तविकताभित्रको गहिराइमा जानको निम्ति तँसँग परमेश्वरका वचनहरू हुनुपर्छ; यदि तैँले परमेश्वरका वचनहरू खाँदैनस् र पिउँदैनस् र तँ परमेश्वरको कामरहित छस् भने, वास्तविक जीवनमा तँसँग कुनै मार्ग हुनेछैन। यदि तैँले कहिल्यै परमेश्वरका वचनहरू खाँदैनस् वा पिउँदैनस् भने, तँमाथि केही कुरा आइपर्दा तँ हक्का न बक्क हुनेछस्। तैँले परमेश्वरलाई प्रेम गर्नुपर्छ भन्ने कुरा मात्र तँलाई थाहा छ, तर तँ कुनै भिन्नता छुट्याउन असमर्थ छस् र तँसँग अभ्यासको मार्ग छैन; तँ भ्रमित र अन्योलग्रस्त छस्, पापमय स्वभावलाई सन्तुष्ट पारेर परमेश्वरलाई सन्तुष्ट पार्दैछु भन्ने समेत कहिलेकाहीँ तँ विश्वास गर्छस्—यो सबै नै परमेश्वरका वचनहरू नखानु र नपिउनुको परिणाम हो। भन्नुको अर्थ, यदि तँ परमेश्वरका वचनहरूको सहायता विहीन छस् र वास्तविकताभित्र छामछुम मात्र गर्छस् भने, तँ आधारभूत रूपमा अभ्यासको मार्ग पत्ता लगाउन असक्षम छस्। यस्ता मानिसहरूले परमेश्वरमाथि विश्वास गर्नुको अर्थ के हो भन्ने कुरा बुझ्दै-बुझ्दैनन्, परमेश्वरलाई प्रेम गर्नुको अर्थ के हो भन्ने कुरा तिनीहरूले बुझ्ने कुरा त परै जाओस्। यदि, परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइ प्रयोग गरेर, तैँले धेरै पटक प्रार्थना गर्छस्, र उत्खनन गर्छस्, र खोज्छस्, र यसद्वारा तैँले अभ्यास गर्नु पर्ने कुरा के हो भन्ने कुरा पत्ता लगाउँछस्, पवित्र आत्माको कामको निम्ति अवसरहरू पत्ता लगाउँछस्, परमेश्वरसँग साँच्चै सहकार्य गर्छस्, र भ्रमित र अन्योलग्रस्त हुँदैनस् भने, तैँले वास्तविक जीवनमा एउटा मार्ग पाउनेछस्, र साँच्चै परमेश्वरलाई सन्तुष्ट पार्नेछस्। जब तैँले परमेश्वरलाई सन्तुष्ट पारेको हुन्छस्, तँभित्र परमेश्वरको अगुवाइ हुनेछ, र तँ परमेश्वरद्वारा विशेष रूपमा आशिषित गरिएको हुनेछस्, जसले तँलाई आनन्दको आभास दिनेछ: तैँले परमेश्वरलाई सन्तुष्ट पारेको छस् भन्ने कुराप्रति तैँले विशेष रूपमा सम्मानित भएको आभास गर्नेछस्, तैँले विशेष रूपमा भित्र उज्ज्वल भएको आभास गर्नेछस्, र तेरो हृदयमा तँ प्रस्ट र शान्त हुनेछस्। तेरो विवेक आरोपहरूबाट साम्य र मुक्त पारिनेछ, र तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरूलाई देख्दा भित्री रूपमा आनन्दको आभास गर्नेछस्। परमेश्वरको प्रेमको आनन्द उपभोग गर्नु भनेकै यही हो, र यही मात्र साँच्चै परमेश्वरप्रति आनन्दित हुनु हो। परमेश्वरको प्रेमबाट आउने मानिसहरूको आनन्द अनुभवमार्फत प्राप्त गरिन्छ: कठिनाइ अनुभव गरेर, र सत्यतालाई अभ्यास गर्नुलाई अनुभव गरेर, तिनीहरूले परमेश्वरका आशिषहरू प्राप्त गर्छन्। यदि परमेश्वरले तँलाई प्रेम गर्नुहुन्छ, परमेश्वरले मानिसहरूको खातिर ठूलो मूल्य चुकाउनुभएको छ, उहाँले धैर्यपूर्वक र दयापूर्वक धेरै वचनहरू बोल्नुभएको छ र सदैव मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर मात्रै भन्छस् भने, तेरा कुराहरूका यी उच्चारण त परमेश्वरप्रतिको आनन्दको एउटा मात्र पाटो हो। तथापि, अझ उच्च आनन्द—साँचो आनन्द—तब हुन्छ जब मानिसहरूले आफ्नो वास्तविक जीवनमा सत्यतालाई अभ्यास गर्छन्, तब तिनीहरू आफ्नो हृदयमा शान्त र प्रस्ट हुन्छन्। तिनीहरू भित्र असाध्यै अभिप्रेरित भएको आभास गर्छन् र परमेश्वर अति प्रेमिलो हुनुहुन्छ भनी आभास गर्छन्। तैँले आभास गर्नेछस् कि तैँले चुकाएको मूल्य न्यायसङ्गत मात्रै छैन। आफ्ना प्रयासहरूमा ठूलो मूल्य चुकाएको हुनाले, तँ विशेष रूपमा भित्र उज्ज्वल हुनेछस्: तैँले साँच्चै परमेश्वरको प्रेमको आनन्द मनाउँदैछस् भनी आभास गर्नेछस् र परमेश्वरले मानिसहरूमा मुक्तिको काम गर्नुभएको छ, मानिसहरूलाई उहाँले शोधन कामको आशय तिनीहरूलाई शुद्ध गर्नु हो, र तिनीहरूले साँच्चै उहाँलाई प्रेम गर्छन् कि गर्दैनन् भनी परमेश्वरले मानिसहरूलाई जाँच गर्नुहुन्छ भन्ने कुरा तैँले बुझ्नेछस्। तैँले सदैव यसरी सत्यतालाई अभ्यास गरिस् भने, तैँले विस्तारै परमेश्वरको धेरैजसो कामको बारेमा प्रस्ट ज्ञान वृद्धि गर्दै जानेछस्, र त्यस समयमा तेरो सामुन्ने परमेश्वरका वचनहरू घाम जत्तिकै छर्लङ्ग भएको तैँले आभास गर्नेछस्। यदि तैँले धेरै सत्यताहरूलाई प्रस्ट रूपमा बुझ्न सकिस् भने, तैँले आभास गर्नेछस् कि सबै कुराहरूलाई अभ्यासमा लगाउनु सजिलो छ, कि तैँले कुनै पनि विषयमाथि विजय हासिल गर्न र कुनै पनि परीक्षामाथि विजय हासिल गर्न सक्छस्, र कुनै पनि कुरा तेरो लागि समस्या होइन भन्ने कुरा तैँले देख्नेछस्, जसले तँलाई अत्यन्तै स्वतन्त्र र मुक्त गर्नेछ। यस क्षणमा, तैँले परमेश्वरको प्रेमको आनन्द मनाउँदै गर्नेछस्, र परमेश्वरको साँचो प्रेम तँमाथि आएको हुनेछ। परमेश्वरले तिनलाई आशिष दिनुहुन्छ जससँग दर्शनहरू छन्, जससँग सत्यता छ, जोसँग ज्ञान छ, र जसले साँच्चै उहाँलाई प्रेम गर्छन्। यदि मानिसहरूले परमेश्वरको प्रेम देख्ने इच्छा गर्छन् भने, तिनीहरूले वास्तविक जीवनमा सत्यतालाई अभ्यास गर्नुपर्छ, तिनीहरूले पीडा सहन गर्ने इच्छा गर्नुपर्छ र परमेश्वरलाई सन्तुष्ट पार्न तिनीहरूले प्रेम गर्ने थोकलाई त्याग्नुपर्छ, र तिनीहरूको आँखामा आँसुको बाबजुद पनि, तिनीहरूले परमेश्वरको हृदयलाई सन्तुष्ट पार्न अझै समर्थ हुनुपर्छ। यसरी परमेश्वरले तँलाई निश्चय नै आशिष दिनुहुनेछ, र यदि तैँले यस्तो किसिमको कठिनाइलाई सहिस् भने, पवित्र आत्माको कामद्वारा यसलाई पछ्याइनेछ। साँचो जीवनमार्फत, र परमेश्वरका वचनहरूलाई अनुभव गरेर, मानिसहरू परमेश्वरको प्रेमिलोपनलाई हेर्न समर्थ हुन्छन्, र यदि तिनीहरूले परमेश्वरको प्रेमलाई चाखेका छन् भने मात्र तिनीहरूले उहाँलाई साँच्चै प्रेम गर्न सक्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ५०१
जो परमेश्वरलाई प्रेम गर्छन् तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिस हुन्, र सत्यतालाई प्रेम गर्नेहरू यसलाई जति बढी व्यवहारमा लागु गर्छन्, तिनीहरूसँग यो त्यति नै बढी हुन्छ; तिनीहरू यसलाई जति बढी व्यवहारमा लागु गर्छन्, तिनीहरूसँग परमेश्वरको प्रेम त्यति नै बढी हुन्छ; र तिनीहरू यसलाई जति बढी व्यवहारमा लागु गर्छन्, तिनीहरू परमेश्वरद्वारा त्यति नै बढी आशिषित् हुन्छन्। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, तँप्रतिको परमेश्वरको प्रेमले तँलाई बिस्तारै देख्न सक्षम बनाउनेछ, जसरी पत्रुसले परमेश्वरलाई चिने: पत्रुसले परमेश्वरसँग स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्ने बुद्धि मात्रै होइन, यसबाहेक, उहाँसँग मानिसहरूमा व्यावहारिक काम गर्ने बुद्धि पनि भएको भनेर भने। पत्रुसले भने कि उहाँले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभएको कारणले मात्रै उहाँ मानिसहरूको प्रेमको योग्य हुनुभएको होइन, यसबाहेक, मानिसलाई सृष्टि गर्ने, मानिसलाई मुक्ति दिने, मानिसलाई सिद्ध पार्ने, र मानिसलाई उहाँको प्रेम दिने उहाँको सामर्थ्यको कारणले पनि उहाँ योग्य हुनुहुन्छ। त्यसैगरी, पत्रुसले उहाँमा मानिसको प्रेमको योग्य धेरै कुरा छन् भनेर पनि भने। पत्रुसले येशूलाई भने, “के स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नु मात्रै तपाईँ मानिसहरूको प्रेमको योग्य हुनुको कारण हो र? तपाईँमा प्रेम गर्नलायक कुरा अझ धेरै छ। तपाईँ वास्तविक जीवनमा काम गर्नुहुन्छ र हिँडडुल गर्नुहुन्छ, तपाईँको आत्माले मलाई भित्री रूपमा छुन्छ, तपाईँ मलाई ताडना दिनुहुन्छ, तपाईँ मलाई हप्काउनुहुन्छ—यी कुराहरू अझ बढी प्रेमको योग्य छन्।” यदि तँलाई परमेश्वरको प्रेम देख्ने र अनुभव गर्ने इच्छा छ भने, तैँले वास्तविक जीवनमा छामछुम गर्दै खोज्नुपर्छ र तँ आफ्नो देहलाई त्याग्न इच्छुक हुनुपर्छ। तैँले यो सङ्कल्प गर्नैपर्छ। तँ सङ्कल्प भएको व्यक्ति हुनैपर्छ जो अल्छी नभई वा देहका आनन्दहरूको लालसा नगरी, देहका लागि नभई परमेश्वरका लागि जिउँदै, सबै कुरामा परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम होस्। सायद तँ यस पटक परमेश्वरलाई सन्तुष्ट पार्दैनस् किनभने तँ परमेश्वरका अभिप्रायहरू बुझ्दैनस्; अर्को पटक, तैँले केही मेहनत लगाउनुपरे पनि, तैँले उहाँलाई सन्तुष्ट पार्नैपर्छ र देहलाई सन्तुष्ट पार्नै हुँदैन। जब तँ यसरी अनुभव गर्छस्, तब तैँले परमेश्वरलाई चिनेको हुनेछस्। तैँले परमेश्वर स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टि गर्न सक्नुहुन्छ, मानिसहरूले उहाँलाई वास्तविक र ठोस तरिकाले देख्न सकून् भनेर उहाँ देह बन्नुभएको छ, र उहाँ तिनीहरूसँग वास्तविक र ठोस तरिकाले कुराकानी गर्नुहुन्छ भन्ने कुरा देख्नेछस्; तैँले उहाँ मानिसमाझ हिँड्न सक्षम हुनुहुन्छ, र उहाँको आत्माले मानिसहरूलाई वास्तविक जीवनमा सिद्ध पार्न सक्छ भन्ने कुरा देख्नेछस्; तैँले यो सबै कुराले मानिसहरूलाई उहाँको प्रेमिलो स्वभाव देख्न र उहाँको अनुशासन, उहाँको ताडना, र उहाँका आशिष्हरू अनुभव गर्न मद्दत गर्छ भन्ने कुरा देख्नेछस्। यदि तैँले सधैँ यसरी नै अनुभव गरिस् भने, वास्तविक जीवनमा तँ परमेश्वरबाट छुट्टिनै सक्नेछैनस्, र यदि कुनै दिन परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य रहन छोड्यो भने, तँ हप्की भोग्न र पछुतो महसुस गर्न सक्षम हुनेछस्। परमेश्वरसँग तेरो सम्बन्ध सामान्य हुँदा, तँलाई कहिल्यै परमेश्वरलाई छोडेर जाने इच्छा हुनेछैन, र यदि कुनै दिन परमेश्वरले तँलाई त्याग्छु भन्नुभयो भने, तँ डराउनेछस्, र परमेश्वरद्वारा त्यागिनुभन्दा बरु मर्न तयार छु भनेर भन्नेछस्। यो आभास हुनेबित्तिकै, तँलाई आफू परमेश्वरलाई छोडेर जान असमर्थ रहेको महसुस हुनेछ, र यसप्रकार, तेरो एउटा जग बस्नेछ, र तैँले साँच्चिकै परमेश्वरको प्रेमको आनन्द लिनेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ५०२
मानिसहरू अक्सर परमेश्वरलाई तिनीहरूको आफ्नो जीवन हुन दिने कुरा गर्छन्, तर तिनीहरूको अनुभव त्यो बिन्दुसम्म अझै आइपुगेको हुँदैन। परमेश्वर नै तेरो जीवन हुनुहुन्छ, उहाँले हरेक दिन तँलाई अगुवाइ गर्नुहुन्छ, हरेक दिन तँ उहाँका वचनहरू खान्छस् र पिउँछस्, र तैँले हरेक दिन उहाँसित प्रार्थना गर्छस्, त्यसैले उहाँ तेरो जीवन बन्नुभएको छ भनेर मात्रै तँ भनिरहेको छस्। यस्तो भन्नेहरूको ज्ञान अत्यन्तै सतही छ। धेरै मानिसहरूमा कुनै जग छैन; परमेश्वरका वचनहरू तिनमा रोपिएका छन्, तर ती उम्रिएका छैनन्, तिनीहरूले कुनै फल फलाउने कुरा त परै जाओस्। आज, तैँले कुन हदसम्म अनुभव गरेको छस्? यहाँसम्म आइपुग्नलाई परमेश्वरले तँलाई बलजफती गर्नुभएपछि, बल्ल तैँले परमेश्वरलाई त्याग्न सक्दैनस् भनी आभास गर्छस्। कुनै दिन, जब तेरो अनुभव एउटा निश्चित बिन्दुमा आइपुगेको हुनेछ, तब यदि परमेश्वरले तँलाई त्याग्ने बनाउनुभयो भने, तैँले त्यसो गर्न समर्थ हुन्थिनस्। तैँले आफूभित्र परमेश्वर बिना हुन सक्दैनस् भनी सदैव आभास गर्नेछस्; तँ पति, पत्नी, वा बालबच्चा बिना, परिवार बिना, आमा वा बुवा बिना, पापमय स्वभावका आनन्दहरू बिना हुन सक्छस्, तर तँ परमेश्वर बिना हुन सक्दैनस्। परमेश्वर बिना हुनु भनेको तेरो जीवन गुमाउनु जस्तै हुनेथियो; तँ परमेश्वर बिना जिउन समर्थ हुने थिइनस्। जब तैँले यस बिन्दुसम्म अनुभव गरेको हुन्छस्, तब तैँले परमेश्वरमाथि तेरो विश्वासको निशानालाई लगाएको हुनेछस्, र यसरी परमेश्वर तेरो जीवन बन्नुभएको हुनुहुनेछ, उहाँ तेरो अस्तित्वको जग बन्नुभएको हुनुहुनेछ। तैँले फेरि कहिल्यै परमेश्वरलाई त्याग्न समर्थ हुनेछैनस्। जब तैँले यो हदसम्म अनुभव गरेको हुन्छस्, तब तैँले साँच्चै परमेश्वरको प्रेमको आनन्द मनाएको हुनेछस्, र जब परमेश्वरसँग तेरो चाहिँदो घनिष्ठ सम्बन्ध हुन्छ, तब उहाँ तेरो जीवन, तेरो प्रेम हुनुहुनेछ र त्यही समयमा तैँले परमेश्वरसित प्रार्थना गर्नेछस् र भन्नेछस्: “हे परमेश्वर! म तपाईंलाई छोड्न सक्दिनँ। तपाईं नै मेरो जीवन हुनुहुन्छ। म अरू हरेक कुरा बिना अघि बढ्न सक्छु—तर तपाईं बिना जिएर म अघि बढ्न सक्दिनँ।” यो नै मानिसहरूको साँचो कद हो; यही नै वास्तविक जीवन हो। केही मानिसहरू आज आइपुगेको ठाउँसम्म आइपुग्न बाध्य पारिएका हुन्: तिनीहरूले चाहे पनि नचाहे पनि तिनीहरू अघि बढ्नुपर्छ, र तिनीहरूले सदैव यस्तो आभास गर्छन् मानौं तिनीहरू दुई ढुङ्गा बीचको तरुल बनेको स्थितिमा छन्। तैँले यस्तो अनुभव गर्नुपर्छ कि परमेश्वर तेरो जीवन हुनुहुन्छ, यदि परमेश्वर तेरो हृदयबाट निकालिनुभयो भने, यो तेरो जीवन गुमाएको जस्तै हुन्थ्यो; परमेश्वर तेरो जीवन हुनुपर्छ, र तँ उहाँलाई त्याग्नको लागि असक्षम हुनुपर्छ। यसरी, तैँले परमेश्वरलाई वास्तवमा अनुभव गरेको हुनेछस्, र यस समयमा, जब तैँले परमेश्वरलाई प्रेम गर्छस्, तैँले परमेश्वरलाई साँच्चै प्रेम गर्नेछस्, र यो एकल, शुद्ध प्रेम हुनेछ। कुनै दिन, जब तेरा अनुभवहरू यस्ता हुन्छन् कि तेरो जीवन एउटा निश्चित बिन्दुमा आइपुगेको छ, जब तैँले परमेश्वरसित प्रार्थना गर्छस्, र परमेश्वरका वचनहरू खान्छस् र पिउँछस्, तब तँ परमेश्वरलाई त्याग्न भित्र असमर्थ हुनेछस्, न त तैँले चाहेर पनि उहाँलाई बिर्सन समर्थ हुनेछस्। परमेश्वर तेरो जीवन बन्नुभएको हुनेछ; तैँले संसारलाई बिर्सन सक्छस्, तैँले तेरो पत्नी, पति, वा बालबच्चा बिर्सन सक्छस्, तर तैँले परमेश्वरलाई बिर्सन कठिन हुनेछ—यसो गर्नु असम्भव हुनेछ, यो नै तेरो साँचो जीवन र परमेश्वरको निम्ति तेरो साँचो प्रेम हो। जब परमेश्वरप्रतिको मानिसहरूको प्रेम एक निश्चित बिन्दुमा आइपुगेको हुन्छ, तब अरू कुनै कुराप्रतिको तिनीहरूको प्रेम परमेश्वरप्रतिको तिनीहरूको प्रेमको बराबरी हुँदैन; परमेश्वरप्रतिको तिनिहरूको प्रेम पहिला आउँछ। यसरी तैँले अन्य हरेक कुरा त्याग्न समर्थ हुन्छस्, र परमेश्वरबाटको सबै छिँवल्ने कार्यलाई स्विकार गर्न इच्छुक हुन्छस्। जब तैँले अन्य सबै कुराहरूलाई नाघ्ने परमेश्वरप्रतिको प्रेम हासिल गरेको हुन्छस्, तँ वास्तविकतामा र परमेश्वरको प्रेममा बाँच्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ५०३
परमेश्वर मानिसहरूभित्र जीवन बन्नेबित्तिकै, मानिसहरू परमेश्वरलाई छोड्न असक्षम हुन्छन्। के यो परमेश्वरको कार्य होइन र? योभन्दा ठूलो गवाही छैन! परमेश्वरले निश्चित बिन्दुसम्म काम गर्नुभएको छ; उहाँले मानिसहरूलाई सेवा गर्न, सजाय पाउन वा मर्न भन्नुभएको छ र मानिसहरू पछि हटेका छैनन्, जसले तिनीहरूमाथि परमेश्वरले विजय हासिल गर्नुभएको छ भन्ने देखाउँछ। सत्यता भएका मानिसहरू ती हुन् जो आफ्ना वास्तविक अनुभवहरूमा कहिल्यै पछि नहटी आफ्नो गवाहीमा दृढ रहन, आफ्नो स्थानमा दृढ रहन, परमेश्वरको पक्षमा खडा हुन सक्छन् र जसले परमेश्वरलाई प्रेम गर्ने मानिसहरूसँग सामान्य सम्बन्ध राख्न सक्छन्, जो आफूमाथि कामकुराहरू आइपर्दा, परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन् र मृत्युसम्मै परमेश्वरप्रति समर्पित हुन सक्छन्। वास्तविक जीवनमा तेरो अभ्यास र प्रकटीकरणहरू परमेश्वरप्रतिको गवाही हुन्, ती मानिसको जियाइ र परमेश्वरप्रतिको गवाही हुन् अनि यो साँच्चै परमेश्वरको प्रेमको आनन्द उठाउनु हो; जब तैँले यस बिन्दुसम्म अनुभव गरेको हुन्छस्, तब उचित परिणाम हासिल भएको हुनेछ। तँसँग वास्तविक जियाइ हुन्छ र तेरो हरेक कार्यलाई अरूले प्रशंसाका साथ हेर्छन्। तेरो लुगाफाटो र बाहिरी रूप सामान्य हुन्छ, तर तँ अत्यन्तै भक्तिपूर्ण जीवन जिउँछस् र जब तँ परमेश्वरका वचनहरूबारे सङ्गति गर्छस्, तब उहाँ तँलाई मार्गदर्शन गर्नुहुन्छ र अन्तर्दृष्टि दिनुहुन्छ। तँ आफ्ना शब्दहरूमार्फत परमेश्वरका अभिप्रायहरू बोल्न सक्छस्, वास्तविकताहरू सङ्गति गर्न सक्छस् र आत्मामा सेवा गर्ने धेरै मामिला बुझ्छस्। तँ शिष्टताका साथ बोल्छस्, तँ भद्र र सोझो छस्, तँ विवादहरूमा संलग्न हुँदैनस् र दुराचारी छैनस्, तँ आफूलाई कामकुराहरू आइपर्दा परमेश्वरका प्रबन्धहरूप्रति समर्पित हुन र आफ्नो गवाहीमा दृढ रहन सक्छस् अनि तँ आफूले जुनसुकै कुरा सम्हालिरहेको भए पनि, शान्त र संयमित हुन्छस्। यस प्रकारको व्यक्तिले साँच्चै परमेश्वरको प्रेम देखेको हुन्छ। कतिपय मानिस अझै जवान हुन्छन् तर तिनीहरू अधबैँसे व्यक्तिले जस्तै व्यवहार गर्छन्; तिनीहरू परिपक्व हुन्छन्, तिनीहरूमा सत्यता हुन्छ र तिनीहरूलाई अरूले प्रशंसा गर्छन्—र यिनीहरू गवाही भएका मानिस र परमेश्वरको प्रकटीकरण हुन्। अर्थात्, जब मानिसहरूले कुनै निश्चित बिन्दुसम्म अनुभव गरेका हुन्छन्, तब तिनीहरूभित्र परमेश्वरबारे अन्तर्दृष्टि हुनेछ र तिनीहरूको बाहिरी स्वभाव पनि स्थिर हुनेछ। धेरै मानिस सत्यता अभ्यास गर्दैनन् र आफ्नो गवाहीमा दृढ रहँदैनन्। त्यस्ता मानिसहरूमा परमेश्वरप्रतिको प्रेम वा परमेश्वरप्रतिको गवाही हुँदैन र यिनीहरू परमेश्वरले सबैभन्दा बढी घृणा गर्ने मानिस हुन्। तिनीहरू भेलाहरूमा परमेश्वरका वचनहरू पढ्छन्, तर तिनीहरू जे जिउँछन् त्यो शैतान हो र यो परमेश्वरलाई बेइज्जत गर्नु, परमेश्वरलाई गलत रूपमा प्रस्तुत गर्नु र परमेश्वरको निन्दा गर्नु हो। त्यस्ता मानिसहरूमा, परमेश्वरको प्रेमको कुनै सङ्केत हुँदैन र तिनीहरूसँग पवित्र आत्माको काम पटक्कै हुँदैन। त्यसैले, तिनीहरूका शब्द र कार्यहरूले शैतानलाई प्रतिनिधित्व गर्छन्। यदि तेरो हृदय सधैँ परमेश्वरसामु शान्त रहन्छ र तँ सधैँ आफू वरिपरिका मानिस, घटना र कामकुराहरूमा ध्यान दिन्छस् अनि यदि तँ परमेश्वरको बोझको ख्याल गर्छस् र तँसँग सधैँ परमेश्वरको डर मान्ने हृदय हुन्छ भने, परमेश्वरले तँलाई भित्र प्रायजसो अन्तर्दृष्टि दिनुहुनेछ। मण्डलीमा यस्ता मानिसहरू हुन्छन् जो “सुपरिवेक्षक” हुन्: तिनीहरू अरूका कमजोरीहरू हेर्न थाल्छन् अनि त्यसपछि तिनीहरूको नक्कल र अनुकरण गर्छन्। तिनीहरू खुट्ट्याउन असक्षम हुन्छन्, तिनीहरू पापलाई घृणा गर्दैनन् र शैतानका कुराहरूलाई घृणा गर्दैनन् वा तीप्रति घिन मान्दैनन्। त्यस्ता मानिसहरू शैतानका कुराहरूले भरिएका हुन्छन् र अन्ततः तिनीहरूलाई परमेश्वरले पूर्ण रूपमा त्याग्नुहुनेछ। तँसँग परमेश्वरसामु सधैँ परमेश्वरको डर मान्ने हृदय हुनुपर्छ, तँ आफ्ना शब्द र कार्यहरूमा संयमित हुनुपर्छ र तैँले परमेश्वरको विरोध गर्ने वा उहाँलाई दुःखी तुल्याउने इच्छा कहिल्यै गर्नु हुँदैन। तैँले आफूमाथि परमेश्वरको काम व्यर्थ होस् वा आफूले सहेका सबै कष्ट र अभ्यास गरेका सबै कुरा खेर जाऊन् भन्ने इच्छा कहिल्यै गर्नु हुँदैन। तँ अगाडिको मार्गमा अझ कडा परिश्रम गर्न र परमेश्वरलाई अझ बढी प्रेम गर्न इच्छुक हुनैपर्छ। यिनीहरू जगका रूपमा दर्शन हुने मानिस हुन्। यिनीहरू प्रगति खोज्ने मानिस हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ५०४
यदि मानिसहरू परमेश्वरमा विश्वास गर्छन् र परमेश्वरको डर मान्ने हृदयद्वारा परमेश्वरका वचनहरू अनुभव गर्छन् भने, त्यस्ता मानिसहरूमा परमेश्वरको मुक्ति र परमेश्वरको प्रेम देख्न सकिन्छ। यी मानिसहरू परमेश्वरको साक्षी दिन सक्षम हुन्छन्; तिनीहरू सत्यता जिउँछन्, र तिनीहरू साक्षी पनि सत्यताको, परमेश्वर के हुनुहुन्छ भन्ने कुराको, र परमेश्वरको स्वभावको नै दिन्छन्। तिनीहरू परमेश्वरको प्रेममा जिउँछन् र तिनीहरूले परमेश्वरको प्रेम देखेका छन्। यदि मानिसहरू परमेश्वरलाई प्रेम गर्न चाहन्छन् भने, तिनीहरूले परमेश्वरको प्रेमिलो स्वभाव अनुभव गर्नैपर्छ र परमेश्वरको प्रेमिलो स्वभाव देख्नैपर्छ; त्यसपछि मात्रै तिनीहरूमा परमेश्वरलाई प्रेम गर्ने हृदय, र अर्पित भई परमेश्वरप्रति आफूलाई अर्पण गर्ने हृदय जाग्न सक्छ। परमेश्वर मानिसहरूलाई वचनहरूमार्फत वा तिनीहरूका कल्पनाहरूमार्फत उहाँलाई प्रेम गर्न लगाउनुहुन्न, र उहाँ मानिसहरूलाई उहाँलाई प्रेम गर्न भनी जबरजस्ती गर्नुहुन्न। यसको सट्टा, उहाँ तिनीहरूलाई आफ्नै इच्छाले उहाँलाई प्रेम गर्न दिनुहुन्छ, र उहाँ तिनीहरूलाई उहाँका काम र वचनहरूमा उहाँको प्रेमिलो स्वभाव देखाउनुहुन्छ, जसपछि तिनीहरूमा परमेश्वरप्रतिको प्रेम पैदा हुन्छ। यसरी मात्रै मानिसहरू साँचो रूपमा परमेश्वरको साक्षी दिन सक्छन्। मानिसहरू अरूहरूद्वारा त्यसो गर्न भनिएको कारण परमेश्वरलाई प्रेम गर्दैनन्, न त यो कुनै क्षणिक भावनात्मक उत्तेजना हो। तिनीहरू परमेश्वरलाई प्रेम गर्छन् किनभने तिनीहरूले उहाँको प्रेमिलोपन देखेका छन्, तिनीहरूले उहाँमा मानिसहरूको प्रेमको लायक अति धेरै कुरा छन् भन्ने देखेका छन्, तिनीहरूले परमेश्वरको मुक्ति, बुद्धि, र अचम्मका कार्यहरू देखेका छन्—अनि परिणामस्वरूप, तिनीहरू परमेश्वरलाई साँच्चै प्रशंसा गर्छन् र साँच्चै उहाँको तृष्णा गर्छन्, र तिनीहरूमा यस्तो उत्कण्ठा जाग्छ कि तिनीहरू परमेश्वरलाई प्राप्त नगरी बाँच्न सक्दैनन्। परमेश्वरको साँचो साक्षी दिनेहरूले जोडदार गवाही दिन सक्नुको कारण के हो भने तिनीहरूको गवाही परमेश्वरबारे साँचो ज्ञान र उहाँप्रतिको साँचो अभिलाषाको जगमा अडेको हुन्छ। यस्तो गवाही कुनै भावनात्मक आवेगअनुसार दिइँदैन, बरु परमेश्वर र उहाँको स्वभावबारे तिनीहरूको ज्ञानअनुसार दिइन्छ। तिनीहरूले परमेश्वरलाई चिनेका हुनाले, तिनीहरू आफूले अवश्यै परमेश्वरको साक्षी दिनैपर्ने र परमेश्वरको अभिलाषा राख्ने सबैलाई परमेश्वर चिनाउनैपर्ने, र परमेश्वरको प्रेमिलो स्वभाव र उहाँको व्यावहारिकताप्रति सचेत हुनैपर्ने ठान्छन्। परमेश्वरप्रतिको मानिसहरूको प्रेम जस्तै, तिनीहरूको गवाही पनि स्वतःस्फूर्त हुन्छ; यसमा वास्तविकता हुन्छ साथै यसको वास्तविक महत्त्व र मूल्य हुन्छ। यो निष्क्रिय वा खोक्रो र अर्थहीन हुँदैन। साँचो रूपमा परमेश्वरलाई प्रेम गर्नेहरूको जीवनमा मात्रै सबैभन्दा बढी मूल्य र अर्थ हुन्छ, र तिनीहरू मात्रै साँचो रूपमा परमेश्वरमा विश्वास गर्छन् भनेर भनिनुको कारण के हो भने यी मानिसहरू परमेश्वरको ज्योतिमा जिउन सक्षम हुन्छन् र परमेश्वरको काम र व्यवस्थापनका लागि जिउन सक्षम हुन्छन्। किनभने तिनीहरू अन्धकारमा जिउँदैनन्, बरु ज्योतिमा जिउँछन्; तिनीहरू अर्थहीन जीवन जिउँदैनन्, बरु परमेश्वरद्वारा आशिषित् जीवन जिउँछन्। परमेश्वरलाई प्रेम गर्नेहरू मात्रै परमेश्वरको साक्षी दिन सक्षम हुन्छन्, तिनीहरू मात्रै परमेश्वरका साक्षी हुन्, तिनीहरू मात्रै परमेश्वरद्वारा आशिषित् हुन्छन्, र तिनीहरू मात्रै परमेश्वरका प्रतिज्ञाहरू उत्तराधिकारमा प्राप्त गर्न सक्षम हुन्छन्। परमेश्वरलाई प्रेम गर्नेहरू परमेश्वरका घनिष्ठ मानिस हुन्; तिनीहरू परमेश्वरका प्रिय मानिस हुन्, र तिनीहरूले परमेश्वरसँगै आशिष्हरूको आनन्द लिन सक्छन्। यस्ता मानिसहरू मात्रै अनन्तसम्म जिउनेछन्, र तिनीहरू मात्रै सधैँभरि परमेश्वरको हेरचाह र सुरक्षामा जिउनेछन्। परमेश्वर मानिसहरूले प्रेम गर्नका लागि हुनुहुन्छ, र उहाँ सबै मानिसको प्रेमको योग्य हुनुहुन्छ, तर सबै मानिस परमेश्वरलाई प्रेम गर्न सक्षम हुँदैनन्, र सबै मानिस परमेश्वरको साक्षी दिन र परमेश्वरसँगै शासन गर्न सक्दैनन्। साँचो रूपमा परमेश्वरलाई प्रेम गर्नेहरू परमेश्वरको गवाही दिन र आफ्ना सबै प्रयास परमेश्वरको कामप्रति समर्पित गर्न सक्षम हुने हुनाले, तिनीहरू स्वर्गमुनि जहाँसुकै हिँड्न सक्छन् जसमा तिनीहरूलाई कसैले पनि विरोध गर्ने आँट गर्दैन, र तिनीहरू पृथ्वीमाथि राज गर्न र परमेश्वरका सबै मानिसमाथि शासन गर्न सक्छन्। यी मानिसहरू संसारभरिबाट एकजुट भएका हुन्। तिनीहरू संसारभरिका मानिस हुन् जो फरक-फरक भाषा बोल्छन् र जसको छालाको रङ फरक-फरक छ, तर तिनीहरूको अस्तित्वको महत्त्व एउटै रहेको छ; तिनीहरू सबैसँग परमेश्वरलाई प्रेम गर्ने हृदय रहेको छ, तिनीहरू सबैले एउटै गवाही दिन्छन्, साथै तिनीहरूको एउटै सङ्कल्प, र एउटै इच्छा रहेको छ। परमेश्वरलाई प्रेम गर्नेहरू संसारभरि स्वतन्त्र रूपमा हिँड्न सक्छन्, र परमेश्वरको साक्षी दिनेहरू ब्रह्माण्डभरि यात्रा गर्न सक्छन्। यी मानिस परमेश्वरका प्रिय हुन्, तिनीहरू परमेश्वरद्वारा आशिषित् हुन्छन्, र तिनीहरू सधैँभरि उहाँको ज्योतिभित्र जिउनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्
परमेश्वरका दैनिक वचनहरू अंश ५०५
आज तँ परमेश्वरलाई ठ्याक्कै कति प्रेम गर्छस्? अनि परमेश्वरले तँमा गर्नुभएका सबै कामबारे तँलाई कति थाहा छ? तैँले सिक्नुपर्ने पाठहरू यिनै हुन्। जब परमेश्वर पृथ्वीमा आइपुग्नुहुन्छ, उहाँले मानिसमा गर्नुभएका र मानिसलाई देखाउनुभएका सबै कुरा मानिसले उहाँलाई प्रेम गरोस् र उहाँलाई साँचो रूपमा चिनोस् भनेर हो। मानिस परमेश्वरका लागि दुःख भोग्न सक्षम हुनु र यहाँसम्म पुग्न सक्नु, एकातिर, परमेश्वरको प्रेमको कारणले गर्दा हो, र अर्कोतिर, परमेश्वरको मुक्तिको कारणले गर्दा हो; अझ बढी, यो परमेश्वरले मानिसमा गर्नुभएको न्याय र सजायको कामको कारणले गर्दा हो। यदि तिमीहरूले परमेश्वरको न्याय, सजाय, र परीक्षाहरू भोगेनौ भने, र यदि परमेश्वरले तिमीहरूलाई दुःख भोग्न लगाउनुभएको छैन भने, इमानदारीपूर्वक भन्नुपर्दा, तिमीहरू परमेश्वरलाई साँचो रूपमा प्रेम गर्नेछैनौ। मानिसमा परमेश्वरको काम जति ठूलो हुन्छ, मानिसको दुःख त्यति नै ठूलो हुन्छ, त्यति नै बढी यसले परमेश्वरको काम कति अर्थपूर्ण छ भन्ने कुरा देखाउँछ, र त्यति नै बढी मानिसको हृदयले परमेश्वरलाई साँचो रूपमा प्रेम गर्न सक्छ। परमेश्वरलाई प्रेम गर्ने पाठ कसरी हासिल गरिन्छ? कष्ट र शोधनविना, कष्टकर परीक्षाहरूविना—र अझ बढी, यदि परमेश्वरले मानिसलाई अनुग्रह, प्रेमपूर्ण दया, र कृपा मात्रै प्रदान गर्नुभएको भए—के तँ परमेश्वरलाई साँचो रूपमा प्रेम गर्ने बिन्दुमा पुग्न सक्नेथिइस्? एकातिर, परमेश्वरका परीक्षाहरूका दौरान मानिसले आफ्ना कमीहरू थाहा पाउन र ऊ मामुली, तिरस्कारयोग्य, र नीच हो, ऊसँग केही छैन र ऊ केही पनि होइन भन्ने देख्न थाल्छ; अर्कोतिर, परीक्षाहरूका दौरान परमेश्वरले मानिसका लागि केही वातावरण खडा गर्नुहुन्छ ताकि उक्त वातावरणभित्र मानिसले परमेश्वरको प्रेमिलो स्वभावलाई अझ राम्ररी अनुभव गर्न सकोस्। पीडा ठूलो भए पनि, र कहिलेकाहीँ जित्न नसकिने भए पनि—हृदयविदारक शोकको स्तरमा पुगे पनि—यसलाई अनुभव गरेपछि, मानिसले आफूमाथिको परमेश्वरको काम कति प्रेमिलो छ भन्ने देख्छ, र यस जगमा मात्रै मानिसमा परमेश्वरप्रतिको साँचो प्रेम पैदा हुन्छ। आज मानिसले के देख्छ भने परमेश्वरको अनुग्रह, प्रेमपूर्ण दया, र कृपाले मात्रै, ऊ आफैलाई साँचो रूपमा चिन्न असक्षम हुन्छ, ऊ मानिसको सार जान्न त झनै सक्षम हुँदैन, अनि परमेश्वरको न्याय र शोधन दुवैमार्फत मात्रै, र शोधन प्रक्रियाको दौरान मात्रै, मानिसले आफूमा कमीहरू रहेको र आफूसँग केही पनि नभएको थाहा पाउन सक्छ। तसर्थ, मानिसको परमेश्वरप्रतिको प्रेम परमेश्वरको शोधन र न्यायको जगमा निर्माण हुन्छ। यदि तँ शान्तिपूर्ण पारिवारिक जीवन वा भौतिक आशिष्हरू पाएर परमेश्वरको अनुग्रहको आनन्द मात्र लिन्छस् भने, यसको अर्थ तैँले परमेश्वरलाई प्राप्त गरेको छस् भन्ने हुँदैन, न त यसको अर्थ तँ परमेश्वरमाथिको विश्वासमा सफल भएको छस् भन्ने नै हुन्छ। परमेश्वरले देहमा अनुग्रहको कामको एउटा चरण अगाडि बढाइसक्नुभएको छ, र वास्तवमै मानिसलाई भौतिक आशिष्हरू प्रदान गर्नुभएको छ, तर अनुग्रह, प्रेमपूर्ण दया, र कृपाले मात्रै मानिसलाई सिद्ध पार्न सकिँदैन। मानिसले आफ्ना अनुभवहरूमा परमेश्वरको प्रेमको केही स्वाद लिन्छ र परमेश्वरको प्रेमपूर्ण दया र कृपा देख्छ, तैपनि केही समय अनुभव गरेपछि, ऊ परमेश्वरको अनुग्रह र उहाँको प्रेमपूर्ण दया र कृपाले मानिसलाई सिद्ध पार्न सक्दैनन्, मानिसभित्र भएको भ्रष्ट कुरालाई खुलासा गर्न सक्दैनन्, र मानिसलाई उसको भ्रष्ट स्वभावबाट मुक्त गर्न, वा उसको प्रेम र आस्थालाई सिद्ध पार्न सक्दैन भन्ने देख्छ। परमेश्वरको अनुग्रहको काम एउटा अवधिको काम थियो, र परमेश्वरलाई चिन्नका निम्ति मानिस परमेश्वरको अनुग्रहको आनन्द लिने कुरामा भर पर्न मिल्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्
परमेश्वरका दैनिक वचनहरू अंश ५०६
आज, धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू कष्टको कुनै मूल्य हुँदैन, र संसारले तिनीहरूलाई इन्कार गर्छ, तिनीहरूको घरेलु जीवन समस्याग्रस्त छ, परमेश्वरलाई तिनीहरू मनोहर लाग्दैनन्, र तिनीहरूको भविष्य धूमिल छ भन्ने विश्वास गर्छन्। कतिपय मानिसहरू केही हदसम्म कष्ट भोग्नुपर्दा, तिनीहरू मर्नसमेत चाहन्छन्। यो परमेश्वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायर हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र अयोग्य छन्! परमेश्वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्कण्ठित हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसको कष्ट उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ, मानिसका परीक्षाहरू उति नै ठुला हुन्छन्। यदि तँ उहाँलाई प्रेम गर्छस् भने, सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ उहाँलाई प्रेम गर्दैनस् भने, सायद तेरा निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि सबथोक शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्वरलाई प्रेम गर्छस्, तब तैँले आफ्नो वरिपरि विजय गर्न नसकिने धेरै कुराहरू छन् भन्ने सधैँ महसुस गर्नेछस्। अनि तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ, र तँ परमेश्वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्—तैँले सधैँ परमेश्वरका अभिप्रायहरू अति उच्च र मानिसको पहुँचभन्दा बाहिर छन् भन्ने महसुस गर्नेछस्। यी सबैका कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकाले, र धेरै हिसाबले तँ परमेश्वरका अभिप्रायहरू पूरा गर्न असक्षम भएकाले, तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण हासिल गरिन्छ भन्ने कुरालाई तिमीहरूले स्पष्ट रूपमा देख्नैपर्छ। यसैले, यी आखिरी दिनहरूको दौरान तिमीहरूले परमेश्वरका निम्ति गवाही दिनैपर्छ। तिमीहरूका कष्टहरू जतिसुकै ठूला भए पनि, तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि, तिमीहरू परमेश्वरप्रति बफादार रहनैपर्छ र तिमीहरूले आफूलाई परमेश्वरको योजनाबद्ध कार्यको कृपामा राख्नुपर्छ; यो मात्रै परमेश्वरलाई साँच्चै प्रेम गर्नु हो, र यो मात्र बलियो र गुन्जायमान गवाही हो। जब तँ शैतानको प्रलोभनमा पर्छस्, तब तैँले यसो भन्नुपर्छ, “मेरो हृदय परमेश्वरको हो, र परमेश्वरले मलाई प्राप्त गरिसक्नुभएको छ। म तँलाई सन्तुष्ट पार्न सक्दिनँ—मैले परमेश्वरलाई उचित रूपमा सन्तुष्ट पार्नैपर्छ।” तँ परमेश्वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्वरले तँलाई त्यति नै धेरै आशिष् दिनुहुनेछ, र परमेश्वरलाई प्रेम गर्ने तेरो जाँगर त्यति नै धेरै हुनेछ; तँसँग आस्था र सङ्कल्प पनि हुनेछ, र तैँले परमेश्वरलाई प्रेम गरेर बिताएको जीवन नै सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो भन्ने महसुस गर्नेछस्। के भन्न सकिन्छ भने, परमेश्वरलाई प्रेम गर्नेबित्तिकै, तँ दुःखविहीन हुनेछस्। कहिलेकाहीँ तेरो देह कमजोर भए पनि र तेरा धेरै वास्तविक कठिनाइ भए पनि, यदि तँ यस्तो समयमा साँच्चै परमेश्वरमा भर पर्छस् भने, तैँले सान्त्वना पाउनेछस् र आफ्नो आत्माभित्र सहज र सहारा पाएको महसुस गर्नेछस्। यसरी, तैँले धेरै परिस्थितिलाई जित्न सक्नेछस्, र तँ आफूले भोगेको कष्टका कारण परमेश्वरबारे गुनासो गर्नेछैनस्। बरु, तैँले भजन गाउन, नाच्न, र प्रार्थना गर्न, भेला हुन र सङ्गति गर्न, र परमेश्वरबारे सोच्न चाहनेछस्, र परमेश्वरले प्रबन्ध गर्नुभएका तेरो वरिपरिका सबै मानिस, घटना र कामकुराहरू उचित छन् भन्ने महसुस गर्नेछस्। यदि तँ परमेश्वरलाई प्रेम गर्दैनस् भने, तँलाई आफूले हेर्ने कुनै पनि कुरा मनपर्ने छैन र तँलाई कुनै पनि कुरा ठिक लाग्नेछैन; तँलाई अलिकति पनि राहत मिल्नेछैन र तँ आफ्नो आत्माभित्र दबिएको हुनेछस्, र तैँले सधैँ परमेश्वरबारे गुनासाहरू पाल्नेछस्, र तँलाई आफूले भोगेको कष्ट धेरै ठूलो छ, र आफूमाथि धेरै ठूलो अन्याय भएको छ भन्ने महसुस हुनेछ। यदि तैँले सुखका खातिर नभई परमेश्वरलाई सन्तुष्ट पार्न र शैतानद्वारा दोष नलगाइनका लागि पछ्याउँछस् भने, त्यस्तो पछ्याइले तँलाई परमेश्वरलाई प्रेम गर्ने ठूलो जोश-जाँगर दिनेछ। जब तँ परमेश्वरद्वारा बोलिएका सबै कुरा अभ्यास गर्न सक्षम हुन्छस्, र तैँले गर्ने सबै कुराले परमेश्वरलाई सन्तुष्ट पार्न सक्छ, तब यसलाई वास्तविकता हुनु भनिन्छ। परमेश्वरको सन्तुष्टिलाई पछ्याउनु भनेको उहाँका वचनहरूलाई अभ्यासमा लागू गर्न तेरो परमेश्वरलाई प्रेम गर्ने हृदय प्रयोग गर्नु हो। जस्तोसुकै समयमा पनि, अरूसँग बल नभएको बेलामा समेत, तँभित्र सधैँ परमेश्वरलाई प्रेम गर्ने हृदय हुन्छ, र तँ भित्री गहिराइबाट परमेश्वरको तृष्णा गर्छस् र उहाँबारे सोच्छस्। यो साँचो कद हो। तेरो कद कति ठूलो छ भन्ने कुरा तँसँग परमेश्वरलाई प्रेम गर्ने हृदय कति छ, तँ आफूलाई जाँच गरिँदा दृढ रहन सक्छस् कि सक्दैनस्, तँ आफूमाथि कुनै निश्चित वातावरण आइपर्दा कमजोर हुन्छस् कि हुँदैनस्, र तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूद्वारा आफूलाई इन्कार गरिँदा अडिग रहन सक्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ; तथ्यहरूको आगमनले तेरो परमेश्वरलाई प्रेम गर्ने हृदय कस्तो छ भन्ने कुरा देखाउनेछ। परमेश्वर मानिसलाई साँच्चै नै धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा परमेश्वरका धेरै कामबाट देख्न सकिन्छ। यति मात्र हो कि, मानिसको आत्मिक आँखा अझै पूर्ण रूपमा खुल्न बाँकी छ र ऊ परमेश्वरका धेरै काम र उहाँका अभिप्रायहरू, वा परमेश्वरबारेका धेरै प्रेमिला कुरा स्पष्ट रूपमा देख्न सक्दैन; मानिससँग परमेश्वरप्रतिको साँचो प्रेम धेरै कम छ। तैँले यो सम्पूर्ण समयभरि परमेश्वरमा विश्वास गरेको छस्, र आज परमेश्वरले उम्कने सबै बाटो बन्द गरिदिनुभएको छ। साँचो रूपमा भन्नुपर्दा, तँसँग सही मार्ग लिनुबाहेक अरू कुनै विकल्प छैन, र परमेश्वरको कठोर न्याय र असीम मुक्तिले नै तँलाई यो सही मार्गमा डोर्याउँछ। कष्ट र शोधन अनुभव गरेपछि मात्र मानिसले परमेश्वर प्रेमिलो हुनुहुन्छ भन्ने जान्दछ। आजसम्म अनुभव गरिसकेपछि, मानिस परमेश्वरको प्रेमिलो स्वभावको केही भाग जान्न पुगेको छ भनेर भन्न सकिन्छ, तर यो अझै पनि पर्याप्त छैन, किनभने मानिसमा धेरै कमी छ। मानिसले परमेश्वरको अझ धेरै अद्भुत काम, र परमेश्वरले उसका लागि खडा गर्ने अझ धेरै कष्टकर शोधन अनुभव गर्नैपर्छ। त्यसपछि मात्र मानिसको जीवन स्वभाव परिवर्तन हुन सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्
परमेश्वरका दैनिक वचनहरू अंश ५०७
तिमीहरू सबै जना परीक्षा र शोधनमा परिरहेका छौ। शोधनको दौरान तिमीहरूले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधन अनुभव गरेपछि, मानिसहरू परमेश्वरलाई साँचो प्रशंसा चढाउन सक्छन्, र शोधनमा परिरहँदा, तिनीहरू आफूमा निकै कमी भएको देख्न सक्छन्। तँलाई जति धेरै शोधन गरिन्छ, त्यति नै धेरै तँ देहविरुद्ध विद्रोह गर्न सक्छस्; मानिसहरूलाई जति धेरै शोधन गरिन्छ, त्यति नै धेरै तिनीहरू परमेश्वरलाई प्रेम दिन्छन्। तिमीहरूले बुझ्नुपर्ने कुरा यही हो। मानिसहरूलाई किन शोधन गर्नैपर्छ? यसले कस्तो परिणाम हासिल गर्ने उद्देश्य राख्छ? मानिसमा गरिने परमेश्वरको शोधनको कामको महत्त्व के हो? यदि तँ साँचो रूपमा परमेश्वरलाई खोज्छस् भने, एउटा निश्चित बिन्दुसम्म उहाँको शोधन अनुभव गरेपछि तँलाई यो अत्यन्तै राम्रो, र सबैभन्दा जरुरी छ भन्ने महसुस हुनेछ। शोधनको दौरान मानिसले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? परमेश्वरलाई प्रेम गर्ने सङ्कल्प प्रयोग गरेर उहाँको शोधनलाई स्वीकार गर्ने: शोधनको दौरान तँलाई भित्रभित्रै सास्ती हुन्छ, मानौँ तेरो हृदयमा छुरा घुमाइँदै छ, तैपनि तँ परमेश्वरलाई प्रेम गर्ने हृदय प्रयोग गरेर परमेश्वरलाई सन्तुष्ट पार्न इच्छुक हुन्छस्, र तँ देहको हेरचाह गर्न अनिच्छुक हुन्छस्। परमेश्वरको प्रेम अभ्यास गर्नुको अर्थ यही हो। तँलाई भित्र पीडा हुन्छ, र तेरो दुःख एक निश्चित बिन्दुमा पुगेको हुन्छ, तर तँ अझै पनि परमेश्वरसामु आउन र यसो भन्दै प्रार्थना गर्न इच्छुक हुन्छस्, “हे परमेश्वर! म तपाईँलाई छोडेर जान सक्दिनँ। मभित्र अन्धकार भए पनि, म तपाईँलाई सन्तुष्ट पार्न इच्छुक छु; तपाईँलाई मेरो हृदय थाहा छ, र तपाईँ आफ्नो अझ धेरै प्रेम मभित्र हालिदिनुहोस्।” यो शोधनको दौरान गरिने अभ्यास हो। यदि तँ परमेश्वरलाई प्रेम गर्ने हृदयलाई जगका रूपमा प्रयोग गर्छस् भने, शोधनले तँलाई परमेश्वरको अझ नजिक ल्याउन र तँलाई परमेश्वरसँग अझ घनिष्ठ बनाउन सक्छ। तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, तैँले आफ्नो हृदय परमेश्वरसामु हस्तान्तरण गर्नैपर्छ। यदि तँ आफ्नो हृदय परमेश्वरसामु अर्पण गर्छस् र राख्छस् भने, शोधनको दौरान तँ पक्कै पनि परमेश्वरलाई नकार्नेछैनस्, वा परमेश्वरलाई छोडेर जानेछैनस्। यसरी परमेश्वरसँगको तेरो सम्बन्ध झन्-झन् नजिक र झन्-झन् सामान्य बन्दै जानेछ, र परमेश्वरसँगको तेरो सङ्गति झन्-झन् बाक्लिदै जानेछ। यदि तँ सधैँ यसरी अभ्यास गर्छस् भने, तैँले अझ धेरै समय परमेश्वरको ज्योतिमा र अझ धेरै समय उहाँका वचनहरूको मार्गदर्शनमा बिताउनेछस्। तेरो स्वभावमा पनि झन्-झन् धेरै परिवर्तन आउनेछन्, र तेरो ज्ञान दिनदिनै बढ्दै जानेछ। जब एक दिन तँमाथि अचानक परमेश्वरका परीक्षाहरू आइपर्छन्, तब तँ परमेश्वरको पक्षमा खडा हुन मात्र सक्षम हुनेछैनस्, परमेश्वरका लागि साक्षी दिन पनि सक्षम हुनेछस्। त्यसबेला, तँ अय्यूब जस्तै, र पत्रुस जस्तै हुनेछस्। जब तैँले परमेश्वरका लागि साक्षी दिएको हुन्छस्, यसले तँ उहाँलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति होस्, उहाँका लागि खुसीसाथ आफ्नो ज्यान दिने व्यक्ति होस्, र तँ परमेश्वरको साक्षी होस्, र परमेश्वरद्वारा प्रेम गरिने व्यक्ति होस् भन्ने अर्थ दिनेछ। शोधन अनुभव गरेको प्रेम बलियो हुन्छ, कमजोर हुँदैन। परमेश्वरले तँलाई जहिले वा जसरी आफ्ना परीक्षाहरूमा पार्नुभए पनि, तँ आफ्नो जीवनलाई बेवास्ता गर्न, परमेश्वरका लागि खुसीसाथ सबै कुरा पन्छाउन, र परमेश्वरका लागि खुसीसाथ जुनसुकै कुरा सहन सक्षम हुन्छस्—यसरी तेरो प्रेम शुद्ध हुनेछ र तेरो आस्थामा वास्तविकता हुनेछ। त्यसपछि मात्रै तँ साँच्चिकै परमेश्वरद्वारा प्रेम गरिने, र साँच्चिकै परमेश्वरद्वारा सिद्ध पारिएको व्यक्ति हुनेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५०८
यदि मानिसहरू शैतानको प्रभावमा पर्छन् भने, तिनीहरूभित्र परमेश्वरप्रति कुनै प्रेम हुँदैन, र तिनीहरूका पहिलेका दर्शनहरू, प्रेम, र सङ्कल्प हराएका हुन्छन्। मानिसहरू आफूले परमेश्वरका लागि दुःख भोग्नुपर्छ भन्ने ठान्थे, तर आज तिनीहरू त्यसो गर्नु लाजमर्दो कुरा हो भन्ने सोच्छन्, र तिनीहरूसँग गुनासोहरूको कुनै कमी हुँदैन। यो शैतानको काम हो, तिनीहरू शैतानको सत्ताअन्तर्गत फसेका छन् भन्ने कुराको सङ्केत हो। यदि तैँले यो स्थिति सामना गरिस् भने तैँले तुरुन्तै प्रार्थना गर्नैपर्छ, र जतिसक्दो चाँडो यसलाई सुधार्नुपर्छ—यसले तँलाई शैतानले आक्रमण गर्दा सुरक्षा दिनेछ। तीतो शोधनको दौरान नै मानिस सबैभन्दा सजिलै शैतानको प्रभावमा पर्न सक्छ, त्यसकारण त्यस्तो शोधनको दौरान तैँले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? तैँले आफ्नो सङ्कल्प जुटाउनुपर्छ, आफ्नो हृदय परमेश्वरसामु राख्नुपर्छ र आफ्नो बाँकी समय उहाँलाई अर्पण गर्नुपर्छ। परमेश्वरले तँलाई जसरी शोधन गर्नुभए पनि, परमेश्वरका अभिप्रायहरू पूरा गर्न तैँले सत्यतालाई व्यवहारमा लागु गर्न सक्नुपर्छ र तैँले परमेश्वरलाई खोज्ने र सङ्गति खोज्ने जिम्मा आफैले लिनुपर्छ। यस्ता समयमा, तँ जति बढी निष्क्रिय हुन्छस्, तँलाई नकारात्मक बन्न त्यति नै सजिलो हुनेछ र तँलाई पछि हट्न त्यति नै सजिलो हुनेछ। जब तैँले आफ्नो प्रकार्य पूरा गर्नुपर्ने हुन्छ, तैँले यो राम्ररी नगरे पनि, तँ आफ्नो सक्दो गर्छस्, र परमेश्वरलाई प्रेम गर्ने आफ्नो हृदयबाहेक अरू केही प्रयोग नगरी त्यसो गर्छस्; चाहे अरूले जेसुकै भनून्—चाहे तिनीहरूले तैँले राम्रो गरेको छस् भनून्, वा तैँले राम्रो गरेको छैनस् भनून्—समग्रमा, तेरा अभिप्रायहरू सही हुन्छन्, र तँ आत्म-धर्मी हुँदैनस्, किनभने तँ परमेश्वरको खातिर काम गरिरहेको हुन्छस्। जब अरूले तेरो गलत व्याख्या गर्छन्, तब तँ परमेश्वरलाई प्रार्थना गर्न र यसो भन्न सक्षम हुन्छस्, “हे परमेश्वर! म अरूले मलाई सहनशीलता देखाऊन् वा मलाई राम्रो व्यवहार गरून् भनेर माग गर्दिनँ, न त तिनीहरूले मलाई बुझून् वा मलाई अनुमोदन गरून् भन्ने नै माग गर्छु। म यति मात्र माग गर्छु कि म हृदयमा तपाईँलाई प्रेम गर्न सकूँ, मलाई हृदयमा ढुक्क होस्, र मेरो विवेक सफा होस्। म अरूले मलाई सराहना गरून्, वा मलाई उच्च सम्मान गरून् भन्ने माग गर्दिनँ; म मेरो हृदयबाट तपाईँलाई सन्तुष्ट पार्न मात्रै खोज्छु। म आफूले सक्नेजति सबै गरेर आफ्नो प्रकार्य पूरा गर्छु। म मूर्ख, कमजोर क्षमताको र अन्धो भए पनि, मलाई तपाईँ प्रेमिलो हुनुहुन्छ भन्ने थाहा छ, र म आफूसँग भएको सबै कुरा तपाईँलाई अर्पण गर्न इच्छुक छु।” तैँले यसप्रकार प्रार्थना गर्नेबित्तिकै, तेरो परमेश्वरलाई प्रेम गर्ने हृदय बाहिर आउँछ, र तँ हृदयमा धेरै सहज महसुस गर्छस्। परमेश्वरको प्रेम अभ्यास गर्नुको अर्थ यही हो। तैँले अनुभव गर्दै जाँदा, तँ दुई पटक असफल हुनेछस् र एक पटक सफल हुनेछस्, नत्रभने पाँच पटक असफल हुनेछस् र दुई पटक सफल हुनेछस्, र तैँले यसरी अनुभव गर्दै जाँदा, असफलताको बीचमा मात्र तैँले परमेश्वरको प्रेमिलो स्वभाव देख्न र तँभित्र रहेको कमी पत्ता लगाउन सक्नेछस्। अर्को पटक यस्तै अवस्थाको सामना गर्दा, तब तैँले सावधानी अपनाउनुपर्छ, आफ्नो गति जाँच्नुपर्छ, र आफ्ना प्रार्थनाहरूलाई तीव्रता दिनुपर्छ, अनि तँ बिस्तारै यस्तो प्रकारको अवस्थामाथि विजय हासिल गर्न सक्षम हुनेछस्। तेरा प्रार्थनाहरूले नतिजा ल्याउनुको अर्थ यही हो। जब तँ यस पटक तँ सफल भएको छस्, तँ भित्रभित्रै सन्तुष्ट भएको छस्, र तैँले प्रार्थना गर्नेबित्तिकै तँ परमेश्वरलाई महसुस गर्न सक्छस्, र पवित्र आत्माको उपस्थितिले तँलाई छोडेको छैन भनी देख्छस्, तब मात्रै तैँले परमेश्वर तँमा कसरी काम गर्नुहुन्छ भन्ने कुरा थाहा पाउनेछस्। यदि तैँले यसरी अभ्यास गरिस् भने, तैँले आफ्नो अनुभवमा एउटा मार्ग प्राप्त गर्नेछस्। यदि तैँले सत्यतालाई व्यवहारमा लागु गरिनस् भने, तँभित्र पवित्र आत्माको उपस्थिति हुनेछैन। तर यदि तैँले कामकुराहरूको सामना गर्दा सत्यतालाई व्यवहारमा लागु गरिस् भने, तँलाई भित्र पीडा भए पनि, त्यसपछि पवित्र आत्मा तेरो साथमा हुनुहुनेछ, तैँले प्रार्थना गर्दा परमेश्वरको उपस्थिति महसुस गर्न सक्नेछस्, तँसँग परमेश्वरका वचनहरू अभ्यास गर्ने शक्ति हुनेछ, अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्ने दौरान तेरो विवेकलाई कुनै बोझले थिच्नेछैन र तँलाई शान्ति महसुस हुनेछ, अनि यसरी, तँ आफूले गरेको कुरालाई प्रकाशमा ल्याउन सक्षम हुनेछस्। चाहे अरूले जेसुकै भनून्, यदि परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य रहेको छ, तँ अरूद्वारा नियन्त्रित छैनस्, र सबै कुराभन्दा माथि उठ्न सक्षम छस् भने, यसले तैँले गरेको परमेश्वरका वचनहरूको अभ्यास प्रभावकारी भएको छ भन्ने सङ्केत गर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५०९
परमेश्वरले मानिसहरूलाई जति धेरै शोधन गर्नुहुन्छ, मानिसहरूको हृदयले परमेश्वरलाई त्यति नै धेरै प्रेम गर्न सक्। तिनीहरूको हृदयको कष्टले तिनीहरूको जीवनमा फाइदा पुर्याउँछ; यसले तिनीहरूलाई परमेश्वरसामु शान्त हुन अझ बढी सक्षम बनाउँछ, परमेश्वरसँग अझ बढी घनिष्ठ सम्बन्ध राख्ने तुल्याउँछ, र परमेश्वरको अथाह प्रेम र उहाँको विशाल मुक्ति देख्न झनै सक्षम बनाउँछ। पत्रुसले सयौँ पटक शोधन अनुभव गरे, र अय्यूबले केही परीक्षा भोगे। यदि तिमीहरू परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले पनि सयौँ पटक शोधन भोग्नैपर्छ—तिमीहरूले यो प्रक्रियाबाट गुज्रनैपर्छ र यस कदममा भर पर्नैपर्छ—तब मात्रै तिमीहरू परमेश्वरका अभिप्रायहरू पूरा गर्न र परमेश्वरद्वारा सिद्ध पारिन सक्षम हुनेछौ। शोधन नै त्यो सर्वोत्तम माध्यम हो, जसद्वारा परमेश्वर मानिसलाई सिद्ध पार्नुहुन्छ; शोधन र तीता परीक्षाहरूमार्फत मात्र मानिसहरूको हृदयले परमेश्वरप्रति साँचो प्रेम विकास गर्न सक्छ। कष्टविना, मानिसहरूमा परमेश्वरका लागि साँचो प्रेम हुँदैन; यदि तिनीहरूलाई भित्री रूपमा जाँचिएन भने, यदि तिनीहरूलाई साँचो शोधन भोगाइएन भने, तिनीहरूको हृदय सधैँ बाहिर भौँतारिरहेको हुनेछ। एक निश्चित बिन्दुसम्म शोधन गरिएपछि, तैँले आफ्नै कमजोरी र कठिनाइहरू देख्नेछस्, तँमा निकै कमी रहेछन् र तँ आफूले सामना गर्ने धेरै कठिनाइहरूमाथि विजय हासिल गर्न नसक्ने रहेछस् भनी देख्नेछस्, र तैँले निकै धेरै विद्रोह गरेको रहेछस् भनी देख्नेछस्। परीक्षाहरूको दौरान मात्रै मानिसहरूले आफ्नो वास्तविक स्थिति साँचो रूपमा जान्न सक्छन्; परीक्षाहरू मानिसलाई सिद्ध पार्न अझ बढी सक्षम हुन्छन्।
आफ्नो जीवनकालमा, पत्रुसले सयौँ पटक शोधन अनुभव गरे र धेरै वटा पीडादायी परिष्करण भोगे। यो शोधन नै परमेश्वरप्रतिको उनको सर्वोच्च प्रेमको जग, र उनको सम्पूर्ण जीवनको सबैभन्दा महत्त्वपूर्ण अनुभव बन्यो। उनी परमेश्वरप्रतिको सर्वोच्च प्रेम धारण गर्न सक्षम हुनु एक हिसाबले परमेश्वरलाई प्रेम गर्ने उनको सङ्कल्पकै कारणले थियो; तर अझ महत्त्वपूर्ण कुरा, यो उनले भोगेका शोधन र दुःखका कारणले थियो। यो दुःख परमेश्वरलाई प्रेम गर्ने मार्गमा उनको मार्गदर्शक, र उनका लागि सबैभन्दा स्मरणीय कुरा बन्यो। यदि मानिसहरू परमेश्वरलाई प्रेम गर्दा शोधनको पीडा भोग्दैनन् भने, तिनीहरूको प्रेम अशुद्धता र तिनीहरूका आफ्नै अभिरुचिहरूले भरिपूर्ण हुन्छ; यस्तो प्रेम शैतानका विचारहरूले भरिएको हुन्छ, र आधारभूत रूपमा परमेश्वरका अभिप्रायहरू पूरा असमर्थ हुन्छ। परमेश्वरलाई प्रेम गर्ने सङ्कल्प हुनु र साँचो रूपमा परमेश्वरलाई प्रेम गर्नु एउटै कुरा होइन। तिनीहरूले आफ्नो हृदयमा सोच्ने सबै कुरा परमेश्वरलाई प्रेम गर्न र सन्तुष्ट पार्नका खातिर भए पनि—यसमा कुनै मानव विचार नभएको जस्तो देखिने, सबै कुरा परमेश्वरको खातिर भएको जस्तो देखिने भए पनि—जब परमेश्वरलाई प्रेम गर्ने यस्तो अभ्यास उहाँसामु ल्याइन्छ, तब उहाँ यसलाई न त अनुमोदन गर्नुहुन्छ न त आशिष् दिनुहुन्छ। मानिसहरूले सबै सत्यता पूर्ण रूपमा बुझ्ने र जान्ने हो भने पनि, यसलाई परमेश्वरलाई प्रेम गर्ने सङ्केत हो भनेर भन्न सकिँदैन, यी मानिसहरूसँग परमेश्वरलाई प्रेम गर्ने वास्तविकता छ भनेर भन्न सकिँदैन। शोधन नभोगी धेरै वटा सत्यता बुझेका भए पनि, मानिसहरू यी सत्यताहरूलाई व्यवहारमा लागु गर्न असमर्थ हुन्छन्; शोधनको दौरान मात्रै मानिसहरूले यी सत्यताहरूको साँचो अर्थ बुझ्न सक्छन्, त्यसपछि मात्रै मानिसहरूले तिनको भित्री अर्थ साँचो रूपमा बुझ्न सक्छन्। त्यो बेला, तिनीहरूले यी सत्यताहरू अभ्यास गर्दा, तिनीहरू सटीक रूपमा, र परमेश्वरका अभिप्रायहरूअनुरूप त्यसो गर्न सक्षम हुन्छन्; त्यो बेला तिनीहरूको अभ्यासमा, तिनीहरूका आफ्नै विचारहरू कम हुन्छन्, तिनीहरूको भ्रष्टता घट्छ, र तिनीहरूका मानवीय भावनाहरू कम हुन्छन्। त्यो बेला मात्रै तिनीहरूको अभ्यास परमेश्वरको प्रेमको साँचो प्रकटीकरण हुन्छ। परमेश्वरको प्रेमको सत्यताको परिणाम बोलिएको ज्ञान वा मानसिक इच्छाबाट हासिल हुँदैन, न त त्यो उक्त सत्यता बुझेर मात्रै हासिल गर्न सकिन्छ। यसका लागि मानिसहरूले एउटा मूल्य चुकाउनुपर्छ, तिनीहरूले शोधनको दौरान धेरै पीडा भोग्नुपर्छ, अनि त्यसपछि मात्रै तिनीहरूको प्रेम शुद्ध र परमेश्वरका अभिप्रायहरूअनुरूप हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५१०
मानिसको स्थिति र परमेश्वरप्रति मानिसको मनोवृत्तिको सामना गरेर, परमेश्वरले नयाँ काम गर्नुभएको छ, जसले मानिसलाई उहाँबारे ज्ञान र उहाँप्रति समर्पण, साथै प्रेम र गवाही दुवै प्राप्त गर्न सम्भव तुल्याएको छ। तसर्थ, मानिसले परमेश्वरद्वारा गरिने शोधन, साथै उहाँको न्याय र काटछाँट अनुभव गर्नैपर्छ, जुनविना मानिसले परमेश्वरलाई कहिल्यै चिन्नेछैन र ऊ उहाँलाई साँचो रूपमा प्रेम गर्न र उहाँको साक्षी दिन कहिल्यै सक्षम हुनेछैन। मानिसमाथिको परमेश्वरको शोधन एकतर्फी परिणामको खातिर मात्रै होइन, बहुआयामिक परिणामको खातिर हो। त्यसकारण परमेश्वर सत्यता खोज्न इच्छुक हुनेहरूमा शोधनको काम गर्नुहुन्छ, ताकि तिनीहरूको सङ्कल्प र प्रेम परमेश्वरद्वारा सिद्ध पारियोस्। सत्यता खोज्न इच्छुक हुने र परमेश्वरको अभिलाषा राख्नेहरूका लागि, यस्तो शोधनभन्दा बढी अर्थपूर्ण, वा बढी सहयोगी अरू केही हुँदैन। परमेश्वरको स्वभाव मानिसले त्यति सजिलै बुझ्न वा बोध गर्न सक्दैन। परमेश्वर आखिर परमेश्वर नै हुनुभएको, र अन्ततः परमेश्वरको स्वभाव मानिसको जस्तै हुन असम्भव भएको हुनाले, मानिसलाई उहाँको स्वभाव बुझ्न सजिलो छैन। सत्यता मानिसद्वारा अन्तर्निहित रूपमा धारण गरिएको हुँदैन, र शैतानद्वारा भ्रष्ट तुल्याइएकाहरू यसलाई सजिलै बोध गर्न सक्दैनन्; मानिस सत्यताविहीन छ, र सत्यतालाई व्यवहारमा लागु गर्ने सङ्कल्पविहीन छ, र यदि उसले दुःख भोगेन र उसलाई शोधन वा न्याय गरिएन भने, उसको सङ्कल्प कहिल्यै पूरा हुनेछैन। सबै मानिसहरूका लागि, शोधन अत्यन्तै पीडादायी हुन्छ, र स्विकार्न धेरै गाह्रो हुन्छ—तैपनि शोधनको दौरान नै परमेश्वर मानिसलाई उहाँको धर्मी स्वभाव प्रकट गर्नुहुन्छ, र मानिसप्रतिका आफ्ना मागहरू अवगत गराउनुहुन्छ, र थप अन्तर्दृष्टि र थप व्यावहारिक काटछाँट प्रदान गर्नुहुन्छ; तथ्यहरू र सत्यताबीचको तुलनामार्फत, मानिसले आफ्नैबारे र सत्यताबारे अझ ठूलो ज्ञान, र परमेश्वरका अभिप्रायहरूको अझ बढी बुझाइ प्राप्त गर्छ, यसरी मानिसले परमेश्वरका लागि अझ साँचो र अझ शुद्ध प्रेम प्राप्त गर्न सक्षम हुन्छ। शोधनको काम गर्नुपछाडिका परमेश्वरका उद्देश्यहरू यस्तै छन्। परमेश्वरले मानिसमा गर्ने सबै कामका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्वर अर्थहीन काम गर्नुहुन्न, न त मानिसलाई लाभ नहुने काम नै गर्नुहुन्छ। शोधनको अर्थ मानिसहरूलाई परमेश्वरसामुबाट हटाउनु होइन, न त तिनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको दौरान मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका अभिप्रायहरू, उसका पुराना दृष्टिकोण, परमेश्वरप्रतिको उसको प्रेम, र ऊ जिउने सम्पूर्ण तरिका परिवर्तन गर्नु हो। शोधन मानिसको एक व्यावहारिक जाँच हो, र एक प्रकारको व्यावहारिक तालिम हो, शोधनको दौरान मात्र उसको प्रेमले आफ्नो अन्तर्निहित कार्य गर्न सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५११
तँ परमेश्वरमाथिको आफ्नो विश्वासमा परमेश्वरमा समर्पित हुनैपर्छ, तैँले सत्यता अभ्यास गर्नैपर्छ र आफ्ना सबै कर्तव्य पूरा गर्नैपर्छ। यसका साथै, तैँले आफूले अनुभव गर्नुपर्ने कुराहरू बुझ्नैपर्छ। यदि तँ काटछाँट, ताडना र न्याय मात्र अनुभव गर्छस् भने, यदि तँ परमेश्वरको आनन्द मात्र लिन्छस्, तर परमेश्वरले तँलाई कुन बेला अनुशासित वा काटछाँट गर्नुहुन्छ भन्ने कुरा महसुस गर्न सक्दैनस् भने—यो अस्वीकार्य हुन्छ। सायद यस पटकको शोधनमा तँ अडिग रहन्छस्, तर यो अझै पनि पर्याप्त हुँदैन; तँ अझै पनि अगाडि बढ्दै जानैपर्छ। परमेश्वरलाई प्रेम गर्ने पाठ अनन्त हुन्छ; यो कुनै पनि बिन्दुमा समाप्त हुनेछैन। मानिसहरू परमेश्वरमाथिको विश्वासलाई अति नै साधारण कुरा मान्छन्, तर तिनीहरूले यो वास्तवमा अनुभव गरेपछि परमेश्वरमाथिको विश्वास मानिसहरूले कल्पना गरेजस्तो सरल छैन भन्ने थाहा पाउँछन्। जब परमेश्वर मानिसलाई शोधन गर्न काम गर्नुहुन्छ, तब मानिसले दुःख भोग्छ। व्यक्तिलाई गरिने शोधन जति ठूलो हुन्छ, उसको परमेश्वरलाई प्रेम गर्ने हृदय त्यति नै ठूलो हुनेछ, अनि उसमा परमेश्वरको महान् शक्ति त्यति नै बढी प्रकट गरिनेछ। यसको विपरीत, व्यक्ति शोधनबाट जति कम गुज्रन्छ, उसको परमेश्वरलाई प्रेम गर्ने हृदय त्यति नै सानो हुनेछ, अनि उसमा परमेश्वरको महान् शक्ति त्यति नै कम प्रकट गरिनेछ। व्यक्तिको शोधन र पीडा जति ठूलो हुन्छ अनि उसले जति सास्ती भोग्छ, परमेश्वरप्रतिको उसको प्रेम त्यति नै गहिरिनेछ, परमेश्वरमाथिको उसको आस्था त्यति नै सच्चा बन्नेछ, र परमेश्वरबारे उसको ज्ञान अझ गहन हुनेछ। तेरा अनुभवहरूमा, तैँले ठूलो शोधन र कष्टबाट गुज्रेका, निकै काटछाँट गरिएका र अनुशासनमा राखिएका ती मानिसहरूमा परमेश्वरप्रति गहिरो प्रेम र परमेश्वरको अझ गहिरो र पूर्ण ज्ञान छ भन्ने देख्नेछस्। काटछाँट गरिएको अनुभव नगरेकाहरूमा सतही ज्ञान मात्र हुन्छ। तिनीहरू यसो मात्र भन्न सक्छन्, “परमेश्वर भलो हुनुहुन्छ, मानिसहरूले उहाँबाट आनन्द पाऊन् भनी उहाँ तिनीहरूलाई अनुग्रह दिनुहुन्छ।” यदि तिनीहरूले काटछाँट र अनुशासन अनुभव गरेका छन् भने, तिनीहरू परमेश्वरको साँचो ज्ञानको विषयमा बोल्न सक्छन्। त्यसैले परमेश्वरले मानिसमा गर्नुहुने काम जति अद्भुत हुन्छ, त्यो त्यत्ति नै मूल्यवान् र महत्त्वपूर्ण हुन्छ। यो तेरो निम्ति जति धेरै अभेद्य हुन्छ र तेरा धारणाहरूसँग जति धेरै मेल खाँदैन, परमेश्वरको कामले तँलाई विजय गर्न, र तँलाई प्राप्त गर्न र तँलाई सिद्ध पार्न त्यति नै सक्षम हुन्छ। परमेश्वरको कामको कति ठूलो महत्त्व छ! यदि परमेश्वरले मानिसलाई यसरी शोधन नगर्नुभएको भए, यदि उहाँले यस विधिअनुसार काम नगर्नुभएको भए, उहाँको काम अप्रभावी र महत्त्वहीन हुनेथियो। विगतमा उल्लेख गरिएको कुराको असाधारण महत्त्व यसैमा निहित छ—परमेश्वरले यस समूहलाई छान्नु र प्राप्त गर्नु, अनि आखिरी दिनहरूमा तिनीहरूलाई पूर्ण पार्नु। उहाँले तिमीहरूमा जति ठूलो काम गर्नुहुन्छ, परमेश्वरप्रतिको तिमीहरूको प्रेम त्यति नै गहिरो र शुद्ध हुन्छ। परमेश्वरको काम जति महान् हुन्छ, मानिसले उहाँको बुद्धिलाई त्यति नै बढी बोध गर्न सक्छ र उहाँबारे मानिसको ज्ञान त्यति नै गहिरो हुन्छ। आखिरी दिनहरूमा, परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको योजना समाप्त हुनेछ। के यो साँच्चै सजिलै समाप्त हुन सक्छ र? उहाँले मानवजातिलाई विजय गर्नुभएपछि, के उहाँको काम सकिनेछ र? के यो यति सरल हुन सक्छ र? मानिसहरू यो यति सरल हुन्छ भन्ने कल्पना गर्छन्, तर परमेश्वर जे गर्नुहुन्छ त्यो त्यति सरल हुँदैन। परमेश्वरले गर्नुहुने कामको हरेक पाटो मानिसले बुझ्न नसकिने हुन्छ। यदि तैँले यसलाई बुझ्न सकेको भए, परमेश्वरको कामको महत्त्व वा मूल्य रहनेथिएन। परमेश्वरद्वारा गरिने काम बुझ्न नसकिने हुन्छ; यो तेरा धारणाहरूसँग अत्यन्तै नमिल्ने हुन्छ, र यो तेरा धारणाहरूसँग जति धेरै नमिल्ने हुन्छ, परमेश्वरको काम त्यति नै बढी अर्थपूर्ण भएको देखिन्छ; यदि यो तेरा धारणाहरूसँग मिल्ने भएको भए, यो अर्थहीन हुनेथियो। आज, तँलाई परमेश्वरको काम अत्यन्तै अद्भुत छ भन्ने लाग्छ, र तँलाई यो जति अद्भुत छ भन्ने लाग्छ, त्यति नै तँलाई परमेश्वर बुझ्न नसकिने हुनुहुन्छ भन्ने लाग्छ, अनि तैँले परमेश्वरका कार्यहरू कति महान् छन् भनी देख्छस्। यदि उहाँले मानिसलाई विजय गर्न केही देखावटी, झाराटारुवा काम मात्रै गर्नुभएको र त्यसपछि अरू केही नगर्नुभएको भए, मानिस परमेश्वरको कामको महत्त्व देख्न असक्षम हुनेथियो। अहिले तैँले थोरै शोधन भोगिरहेको भए पनि, यसले तेरो जीवनमा हुने वृद्धिलाई ठूलो फाइदा गराउँछ; त्यसैले तैँले यस्तो दुःख अनुभव गर्नु सबैभन्दा जरुरी छ। आज, तँ थोरै शोधन भोगिरहेको छस्, तर पछि तैँले परमेश्वरका कार्यहरू साँच्चिकै देख्न सक्नेछस्, र अन्ततः तैँले यसो भन्नेछस्, “परमेश्वरका कार्यहरू अत्यन्तै अद्भुत छन्!” तेरो हृदयमा यिनै शब्दहरू हुनेछन्। केही समय परमेश्वरको शोधन (सेवाकर्ताहरूको परीक्षा र सजायको समय) अनुभव गरेपछि, कतिपय मानिसले अन्ततः यसो भने, “परमेश्वरमा विश्वास गर्नु साँच्चै गाह्रो छ!” तिनीहरूले “साँच्चै गाह्रो” भन्ने शब्दहरू प्रयोग गर्नुले परमेश्वरका कार्यहरू बुझ्न नसकिने छन्, परमेश्वरको कामको ठूलो महत्त्व र मूल्य छ, र उहाँको काम मानिसद्वारा बहुमूल्य ठानिन अत्यन्तै योग्य छ भन्ने देखाउँछ। मैले यति धेरै काम गरिसकेपछि पनि, यदि तँलाई अलिकति पनि ज्ञान नभएको भए, के मेरो कामको अझै पनि मूल्य हुनेथियो र? यसले तँलाई यसो भन्न बाध्य पार्नेछ, “परमेश्वरको सेवा गर्नु साँच्चै गाह्रो छ, परमेश्वरका कार्यहरू अत्यन्तै अद्भुत छन्, र परमेश्वर साँच्चै बुद्धिमान् हुनुहुन्छ! परमेश्वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ!” यदि, केही समय अनुभव भोगेपछि, तँ त्यस्ता शब्दहरू भन्न सक्ने हुन्छस् भने, यसले तैँले आफूमा परमेश्वरको काम प्राप्त गरेको छस् भन्ने प्रमाणित गर्छ। कुनै दिन, जब तँ विदेशमा प्रचार गरिरहेको हुन्छस् र कसैले तँलाई “परमेश्वरमाथिको तिम्रो विश्वास कस्तो चलिरहेको छ?” भनेर सोध्छ, तब तैँले यसो भन्न सक्नेछस्, “परमेश्वरका कार्यहरू अत्यन्तै आश्चर्यजनक छन्!” उसलाई तेरा शब्दहरूले व्यावहारिक अनुभवहरूबारे बोलेको महसुस हुनेछ। यो साँचो गवाही हो। तँ परमेश्वरको काम बुद्धिले भरिपूर्ण छ, तँमाथिको उहाँको कामले तँलाई साँच्चै विश्वस्त पारेको छ र तेरो हृदयलाई विजय गरेको छ, र तैँले उहाँलाई सधैँ प्रेम गर्ने किनभने उहाँ मानवजातिको प्रेमको अत्यन्तै योग्य हुनुहुन्छ भनेर भन्नेछस्! यदि तँ यी कुराहरूबारे बोल्न सक्छस् भने, तैँले मानिसहरूको हृदयलाई प्रेरित गर्न सक्छस्। यी सबै गवाही हुन्। यदि तँ मानिसहरूलाई रुवाउने गरी जोरदार रूपमा यो गवाही दिन सक्षम छस् भने, त्यसले तँ परमेश्वरलाई साँच्चै प्रेम गर्ने व्यक्ति भएको देखाउँछ, किनभने तँ परमेश्वरलाई प्रेम गर्ने गवाही दिन सक्षम छस्, साथै तँमार्फत, परमेश्वरका कार्यहरू गवाहीमा प्रमाणित हुन सक्छन्। यदि तेरो गवाहीले अरूलाई परमेश्वरको काम खोज्न, परमेश्वरको काम अनुभव गर्न, र तिनीहरूले अनुभव गर्ने जुनसुकै वातावरणमा दृढ रहन सक्षम बनाउँछ भने, यो र यस्तो प्रकारको गवाही मात्रै साँचो गवाही हो, र अहिले तँबाट माग गरिएको कुरा ठ्याक्कै यही हो। तैँले के देख्नुपर्छ भने परमेश्वरको काम अत्यन्तै मूल्यवान् र मानिसहरूद्वारा बहुमूल्य ठानिन योग्य छ, परमेश्वर अत्यन्तै बहुमूल्य र अत्यन्तै प्रशस्त हुनुहुन्छ; उहाँले बोल्न मात्र होइन, मानिसहरूको न्याय गर्न, तिनीहरूको हृदयलाई शोधन गर्न, तिनीहरूलाई आनन्द दिन, तिनीहरूलाई प्राप्त गर्न, तिनीहरूलाई विजय गर्न, र तिनीहरूलाई सिद्ध पार्न पनि सक्नुहुन्छ। तेरो अनुभवबाट तैँले परमेश्वर अत्यन्तै प्रेम गर्न लायक हुनुहुन्छ भन्ने देख्नेछस्। त्यसोभए तँ अहिले परमेश्वरलाई कति प्रेम गर्छस्? के तँ साँच्चै यी कुराहरू आफ्नो हृदयबाट भन्न सक्छस्? जब तँ आफ्नो हृदयको गहिराइबाट यी शब्दहरू व्यक्त गर्न सक्षम हुन्छस्, तब तँसँग गवाही हुनेछ। एकपटक तेरो अनुभव यस स्तरमा पुगेपछि तँ परमेश्वरका लागि साक्षी दिन सक्षम हुनेछस्, र तँ त्यसो गर्न योग्य हुनेछस्। यदि तँ आफ्नो अनुभवमा यस स्तरमा पुगिनस् भने, तँ अझै पनि धेरै टाढा हुनेछस्। शोधनको क्रममा मानिसहरूले कमजोरीहरू देखाउनु सामान्य हो, तर शोधनपछि तैँले यसो भन्न सक्नुपर्छ, “परमेश्वर आफ्नो काममा अत्यन्तै बुद्धिमान् हुनुहुन्छ!” यदि तँ साँच्चै यी शब्दहरूको व्यावहारिक बुझाइ प्राप्त गर्न सक्षम भइस् भने, त्यो बहुमूल्य हुनेछ, र तेरो अनुभवको मूल्य हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५१२
अहिले तैँले के पछ्याउनुपर्छ? तैँले परमेश्वरको कामको साक्षी दिन सक्नु वा नसक्नु, तँ परमेश्वरको गवाही र प्रकटीकरण हुन सक्नु वा नसक्नु, अनि तँ उहाँद्वारा प्रयोग गरिन योग्य हुनु वा नहुनु—तैँले पछ्याउनुपर्ने कुराहरू यिनै हुन्। परमेश्वरले तँमा साँच्चै कति काम गर्नुभएको छ? तैँले कति देखेको छस्, तैँले कति बोध गरेको छस्? तैँले कति अनुभव गरेको, र चाखेको छस्? चाहे परमेश्वरले तँलाई जाँच्नुभएको, काटछाँट गर्नुभएको होस्, वा आनुशासनमा राख्नुभएको होस्, उहाँका कार्यहरू र उहाँको काम तँमा गरिएका छन्। तर परमेश्वरको विश्वासी र उहाँद्वारा सिद्ध पारिने पछ्याइ गर्न इच्छुक व्यक्तिका रूपमा, के तँ आफ्नो व्यावहारिक अनुभवका आधारमा परमेश्वरको कामको गवाही दिन सक्छस्? के तँ आफ्नो व्यावहारिक अनुभवमार्फत परमेश्वरको वचन जिउन सक्छस्? के तँ आफ्नै व्यावहारिक अनुभवमार्फत अरूलाई आपूर्ति गर्न सक्छस्, र आफ्नो सम्पूर्ण जीवन परमेश्वरको कामको गवाही दिन समर्पित गर्न सक्छस्? परमेश्वरको कामको गवाही दिनका लागि तँ आफ्नै अनुभव, ज्ञान र तैँले चुकाएको मूल्यमा भर पर्नैपर्छ। यसरी मात्र तँ उहाँका अभिप्रायहरू पूरा गर्न सक्छस्। के तँ परमेश्वरको कामको गवाही दिने व्यक्ति होस्? के तँमा यो सङ्कल्प छ? यदि तँ उहाँको नाउँको, र अझ बढी, उहाँको कामको गवाही दिन सक्छस् भने, अनि उहाँले माग गर्नुहुने उहाँका मानिसहरूको स्वरूपमा जिउन सक्छस् भने, तँ परमेश्वरको गवाही दिने व्यक्ति होस्। तँ कसरीचाहिँ परमेश्वरको गवाही दिन्छस् त? यदि तँ मानिसहरूले परमेश्वरको काम थाहा पाउन र उहाँका कार्यहरू देख्न सकून् भनेर परमेश्वरको वचन जिउन र आफ्नै मुखले गवाही दिन खोज्छस् र त्यसको तृष्णा गर्छस् भने—यदि तँ साँच्चै यो पछ्याउँछस् भने, परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तँ परमेश्वरबाट सिद्ध पारिन र अन्ततः आशिषित हुन मात्रै पछ्याउँछस् भने, परमेश्वरप्रतिको तेरो आस्थाको दृष्टिकोण शुद्ध छैन। तैँले परमेश्वरका कार्यहरू वास्तविक जीवनमा कसरी देख्ने, उहाँले तँलाई आफ्ना अभिप्रायहरू प्रकट गर्नुहुँदा उहाँलाई कसरी सन्तुष्ट पार्ने भनी पछ्याइरहेको हुनुपर्छ, र कसरी उहाँको अद्भुतता र बुद्धिको साक्षी दिने, अनि कसरी उहाँले तँलाई ताडना दिनु र काटछाँट गर्नुको साक्षी दिने भनी पछ्याइरहेको हुनुपर्छ। यी सबै तैँले अहिले मनन गरिरहेको हुनुपर्ने कुरा हुन्। परमेश्वरले तँलाई सिद्ध पार्नुभएपछि तैँले परमेश्वरसँगै महिमा पाउन सक्छस् भनेर मात्रै तँमा परमेश्वरलाई प्रेम गर्ने हृदय छ भने, त्यो अझै अपर्याप्त हुन्छ र त्यसले परमेश्वरका मागहरू पूरा गर्न सक्दैन। तैँले व्यावहारिक रूपमा परमेश्वरको कामको साक्षी दिन, उहाँका मागहरू पूरा गर्न, र उहाँले मानिसहरूमा गर्ने काम अनुभव गर्न सक्नुपर्छ। चाहे त्यो पीडा होस्, आँसु होस्, वा दुःख होस्, तैँले यी सबै कुरा व्यावहारिक रूपमा अनुभव गर्नैपर्छ। ती तँलाई परमेश्वरको गवाहीका रूपमा सिद्ध पार्नका लागि हुन्। त्यो ठ्याक्कै के कुरा हो जसले अहिले तँलाई दुःख भोग्न र सिद्ध पारिने पछ्याइमा लाग्न बाध्य पार्छ? के तेरो वर्तमान दुःख भोगाइ साँच्चै परमेश्वरलाई प्रेम गर्न र उहाँको साक्षी दिनका खातिर नै हो? वा के यो शरीरको आशिषहरू, र तेरो भविष्यको सम्भावना र गन्तव्यको निम्ति हो? तेरा उद्देश्यहरू, अभिप्रायहरू र तैँले खोजी गर्ने लक्ष्यहरू सबैलाई सुधारिनुपर्छ अनि ती तेरा आफ्नै इच्छाद्वारा निर्देशित हुन सक्दैनन्। यदि एक व्यक्ति आशिष्हरू पाउन र राजाजस्तै शक्ति हातमा लिनका लागि सिद्ध पारिने पछ्याइमा लाग्छ, अनि अर्को व्यक्ति चाहिँ परमेश्वरलाई सन्तुष्ट पार्न, परमेश्वरको कामको व्यावहारिक साक्षी दिन सिद्ध पारिने पछ्याइमा लाग्छ भने, पछ्याइका यी दुईवटा उपायमध्ये तँ कुन रोज्छस्? यदि तैँले पहिलोलाई चुनिस् भने तँ परमेश्वरको मापदण्डहरूबाट अझै पनि टाढा हुनेछस्। मैले एकपटक मेरा कार्यहरू सम्पूर्ण ब्रह्माण्डभरि सार्वजनिक गरिनेछ र म एक राजाजस्तै ब्रह्माण्डमा शक्ति हातमा लिनेछु भनेर भनेको थिएँ। अर्कोतिर, तिमीहरूलाई सुम्पिएको काम भनेको परमेश्वरको कामको साक्षी दिने हो, राजा बन्ने र सारा ब्रह्माण्डमा देखा पर्ने होइन। परमेश्वरका कार्यहरूलाई ब्रह्माण्ड र आकाशमण्डल भर्न दिनु, सबैलाई ती कुरा हेर्न र स्वीकार गर्न दिनु—यी वचनहरू परमेश्वर स्वयम्का सम्बन्धमा बोलिएका हुन्, अनि मानवजातिले गर्नुपर्ने काम भनेको परमेश्वरको साक्षी दिनु हो। तँ परमेश्वरलाई कति बुझ्छस्? तँ परमेश्वरको कतिसम्म साक्षी दिन सक्छस्? परमेश्वरले मानिसलाई सिद्ध पार्नुको उद्देश्य के हो? एकपटक परमेश्वरका अभिप्रायहरू बुझेपछि, तैँले उहाँका अभिप्रायहरूलाई कसरी ख्याल गर्नुपर्छ? यदि तँ सिद्ध पारिने इच्छा गर्छस् र आफ्नो जियाइद्वारा परमेश्वरको कामको साक्षी दिन चाहन्छस् भने, यदि तँमा यो प्रेरक शक्ति छ भने, कुनै पनि कुरा त्यत्ति कठिन हुँदैन। मानिसहरूलाई अहिले चाहिने भनेको विश्वास नै हो। यदि तँसित यो प्रेरक शक्ति छ भने, तँलाई कुनै पनि नकारात्मकता, निष्क्रियता, अल्छीपन र शरीरका विचारहरू, सांसारिक कुराहरू सम्बन्धी दर्शनहरू, विद्रोही स्वभाव, भावनाहरू, आदि त्याग्न सजिलो हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५१३
परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु, भित्री रूपमा नकारात्मक हुनु, परमेश्वरका अभिप्रायहरू नबुझ्नु वा अभ्यासको मार्गबारे प्रस्टता नहुनु सामान्य हो। तर जे भए पनि, तँमा परमेश्वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्वरलाई इन्कार गर्नु हुँदैन। अय्यूब कमजोर भए पनि र उसले आफू जन्मेको दिनलाई सरापे पनि, उसले मानिसहरू जन्मेपछि, तिनीहरूसँग हुने सबै थोक यहोवाले नै दिनुहुन्छ, र यहोवाले नै ती लैजानु पनि हुन्छ भन्ने कुरा इन्कार गरेन। उसलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि, उसले यो विश्वास कायम राख्यो। तैँले आफ्ना अनुभवहरूभित्र परमेश्वरका वचनहरूबाट जे-जस्तो शोधन भोगे पनि, परमेश्वरले समग्रमा चाहने भनेको तेरो आस्था र परमेश्वरलाई प्रेम गर्ने हृदय नै हो। यसरी काम गरेर उहाँ मानिसहरूको आस्था, प्रेम र सङ्कल्पलाई सिद्ध पार्नुहुन्छ। परमेश्वरले मानिसहरूमा सिद्धताको काम गर्नुहुन्छ, र तिनीहरू त्यो देख्न सक्दैनन्, त्यो छुन सक्दैनन्; त्यस्ता परिस्थितिहरूमा, आस्था आवश्यक हुन्छ। जब कुनै कुरा नाङ्गो आँखाले देख्न सकिँदैन, त्यतिबेला आस्था चाहिन्छ। जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्, त्यतिबेला आस्था चाहिन्छ। जब परमेश्वरको कामको विषयबारे तँमा स्पष्टता हुँदैन, त्यतिबेला तैँले आस्था राख्न र बलियो अडान लिन र आफ्नो गवाहीमा दृढ रहन आवश्यक हुन्छ। जब अय्यूब यस बिन्दुमा पुग्यो, परमेश्वर ऊकहाँ देखा पर्नुभयो र ऊसँग बोल्नुभयो। अर्थात्, तँसँग आस्था हुँदा मात्र तैँले परमेश्वरलाई देख्न सक्नेछस्, जब तँसँग आस्था हुन्छ, तब परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछ, र यदि तँसँग आस्था छैन भने, उहाँ यो गर्न सक्नुहुन्न। तैँले जे प्राप्त गर्ने आशा गरेको छस्, परमेश्वरले त्यो तँलाई दिनुहुनेछ। यदि तँसँग आस्था छैन भने, तँलाई सिद्ध पार्न सकिँदैन, तैँले परमेश्वरका कार्यहरू देख्न सक्नेछैनस्, उहाँको सर्वशक्तिमान्ता देख्नु त परै जाओस्। जब तँसँग आफ्ना वास्तविक अनुभवमा उहाँका कार्यहरू देख्ने आस्था हुन्छ, तब परमेश्वर तँकहाँ देखा पर्नुहुनेछ, र उहाँले तँलाई भित्रैबाट अन्तर्दृष्टि दिनुहुनेछ अनि तँलाई मार्गदर्शन गर्नुहुनेछ। त्यस आस्थाबिना, परमेश्वरले त्यसो गर्न सक्नुहुनेछैन। यदि तैँले परमेश्वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको काम अनुभव गर्न सक्नेछस् र? त्यसकारण, तँमा आस्था छ र तँ परमेश्वरप्रति शङ्का पाल्दैनस् भने मात्र, उहाँले जे गर्दा पनि उहाँप्रति तँमा साँचो विश्वास हुँदा मात्र, उहाँले तँलाई तेरा अनुभवहरूमार्फत अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, र तब मात्र तैँले उहाँका कार्यहरू देख्न सक्नेछस्। यी सबै कुरा आस्थामार्फत नै प्राप्त हुन्छन्। आस्था शोधनमार्फत मात्र आउँछ, अनि शोधनबिना, आस्थाको विकास हुन सक्दैन। आस्थाले के जनाउँछ? आस्था भनेको मानिसहरूले कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्वरको काम मानव धारणाहरूअनुरूप नहुँदा र त्यो मानवको पहुँचभन्दा बाहिर हुँदा मानिसहरूसँग हुनुपर्ने साँचो विश्वास र सच्चा हृदय हो। मैले यही आस्थाबारे कुरा गरेको हुँ। कष्ट र शोधनको दौरान मानिसहरूमा आस्था हुनुपर्छ, र जब तिनीहरूसँग आस्था हुन्छ, तब तिनीहरूले शोधन सामना गर्छन्—शोधन र आस्थालाई अलग गर्न सकिँदैन। परमेश्वरले जसरी काम गर्नुभए पनि, र तेरो वातावरण जस्तोसुकै भए पनि, यदि तँ जीवन पछ्याउन र सत्यताको खोजी गर्न, परमेश्वरको कामसम्बन्धी ज्ञान पछ्याउन, र उहाँका कार्यहरू जान्न खोज्न सक्छस्, साथै तँ सत्यताअनुसार कार्य गर्न सक्षम हुन्छस् भने, यो नै साँचो आस्था हुनु हो, अनि यसले तैँले परमेश्वरमाथिको आस्था गुमाएको छैनस् भन्ने प्रमाणित गर्छ। यदि तँ शोधनको दौरान सत्यता पछ्याउनमा अडिग रहन, साँच्चै परमेश्वरलाई प्रेम गर्न सक्छस्, र उहाँबारे शङ्काहरू विकास गर्दैनस्, अनि उहाँले चाहे जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न अझै पनि सत्यता अभ्यास गर्छस्, र भित्री गहिराइमा उहाँका अभिप्रायहरू खोज्न र उहाँका अभिप्रायहरूलाई ख्याल गर्न सक्छस् भने, परमेश्वरमाथि साँचो आस्था हुनु भनेको यही हो। विगतमा, परमेश्वरले तैँले राजाका रूपमा शक्ति हातमा लिनेछस् भनेर भन्नुहुँदा, तैँले उहाँलाई प्रेम गरिस्, अनि जब उहाँ आफै खुला रूपमा तँकहाँ देखिनुभयो, तब तैँले उहाँलाई पछ्याइस्। तर अहिले परमेश्वर लुक्नुभएको छ, तँ उहाँलाई देख्न सक्दैनस्, र तँमाथि कष्ट आइपरेको छ—यस समयमा, के तँ परमेश्वरमा आशा गुमाउँछस्? यसैले, तैँले हरसमय जीवन पछ्याउनैपर्छ र परमेश्वरका अभिप्रायहरू पूरा गर्न खोज्नैपर्छ। यसैलाई साँचो आस्था भनिन्छ, र यो नै सबैभन्दा साँचो र सुन्दर किसिमको प्रेम हो।
विगतमा, मानिसहरू सबै आफ्नो सङ्कल्प गर्न परमेश्वरसामु आउँथे, र तिनीहरू यसो भन्थे, “अरू कसैले परमेश्वरलाई प्रेम नगरे पनि, मैले उहाँलाई प्रेम गर्नैपर्छ।” तर अहिले, तँमाथि शोधन आइपर्छ, र यो तेरा धारणाहरूसँग नमिल्ने भएपछि, तैँले परमेश्वरमाथिको आस्था गुमाउँछस्। के यो सच्चा प्रेम हो? तैँले अय्यूबका कार्यहरूका बारेमा धेरै पटक पढेको छस्—के तैँले तिनका बारेमा बिर्सेको छस्? साँचो प्रेमले आस्थाभित्रैबाट मात्र आकार लिन सक्छ। तैँले भोग्ने शोधनहरूमार्फत परमेश्वरप्रति साँचो प्रेम विकास गर्नु, र तेरा वास्तविक अनुभवहरूमा, आस्थाका साथ परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नु, अनि आफ्नै देहविरुद्ध विद्रोह गर्नु र आस्थाका साथ जीवन पछ्याउनु—मानिसहरूले गर्नुपर्ने नै यही हो। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्वरका कार्यहरू देख्न सक्नेछस्, तर यदि तँमा आस्थाको कमी छ भने, तैँले परमेश्वरका कार्यहरू देख्न वा उहाँको काम अनुभव गर्न सक्नेछैनस्। यदि तँ परमेश्वरद्वारा प्रयोग गरिन र सिद्ध पारिन चाहन्छस् भने, तँसँग सत्यताको हरेक पक्ष हुनैपर्छ: दुःख भोग्ने सङ्कल्प, आस्था, सहनशक्ति, समर्पण, अनि सत्यता खोज्ने र परमेश्वरका अभिप्रायहरू बुझ्ने सामर्थ्य, उहाँका दुःखपिर र श्रमसाध्य अभिप्रायहरूलाई ख्याल गर्ने सामर्थ्य, आदि। कुनै व्यक्तिलाई सिद्ध पार्नु सजिलो छैन, र तैँले अनुभव गर्ने हरेक शोधनमा तेरो आस्था र प्रेम आवश्यक पर्छ। यदि तँ परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छस् भने, दौडधुप गर्नु मात्रै पर्याप्त हुँदैन, न त परमेश्वरप्रति आफूलाई अर्पण गर्नु मात्रै नै पर्याप्त हुन्छ। परमेश्वरद्वारा सिद्ध पारिने व्यक्ति बन्न सक्षम हुनका लागि तँसँग धेरै कुरा हुनैपर्छ। जब तँ दुःखको सामना गर्छस्, तब तँ देहलाई ख्याल गर्न छोड्न र परमेश्वरका विरुद्धमा गुनासाहरू नगर्न सक्षम हुनैपर्छ। जब परमेश्वर स्वयम् तँबाट लुक्नुहुन्छ, त्यतिबेला तैँले उहाँलाई पछ्याउने आस्था राख्न, र तेरो पहिलेको प्रेमलाई परिवर्तन हुन वा विलीन हुन नदिई कायम राख्न सक्षम सक्नैपर्छ। परमेश्वरले चाहे जेसुकै गर्नुहोस्, तैँले उहाँलाई उहाँको इच्छाअनुसार योजनाबद्ध गर्न दिनैपर्छ, र उहाँविरुद्ध गुनासाहरू गर्नुभन्दा बरु आफ्नै देहलाई सराप्न रुचाउनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्वरलाई सन्तुष्ट पार्न असक्षम हुनुको साटो आफ्नो प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन रोज्नैपर्छ। यो मात्र साँचो प्रेम र साँचो आस्था हो। तेरो वास्तविक कद जे भए पनि सुरुमा तँसित दुःख भोग्ने यो सङ्कल्प र साँचो आस्था दुवै हुनुपर्छ। तँसित देहविरुद्ध विद्रोह गर्ने सङ्कल्प पनि हुनैपर्छ; तँ परमेश्वरका अभिप्रायहरू पूरा गर्न असफल हुनुभन्दा बरु दुःख भोग्न र आफ्ना व्यक्तिगत हितहरूमा क्षति भोग्न रुचाउनुपर्छ। तँ हृदयमा अफसोस महसुस गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तैँले परमेश्वरलाई सन्तुष्ट पार्न सकेको थिइनस्, र अहिले तैँले अफसोस महसुस गर्न सक्छस्। तँमा यी कुनै पनि कुराको कमी हुनु हुँदैन—यिनै कुराहरूमार्फत परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तैँले यी सर्तहरू पूरा गर्दैनस् भने, तँलाई सिद्ध पार्न सकिँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५१४
परमेश्वरको सेवा गर्ने व्यक्तिले उहाँका निम्ति दुःख भोग्न मात्र जानेर हुँदैन; त्योभन्दा बढी, उसले परमेश्वरमा विश्वास गर्नुको उद्देश्य भनेको उहाँलाई प्रेम गर्ने पछ्याइ हो भन्ने कुरा बुझ्नुपर्छ। परमेश्वरले तँलाई शोधन गर्न र तँलाई दुःख भोगाउन मात्र तँलाई प्रयोग गर्नुहुन्न, बरु उहाँ तैँले उहाँका कार्यहरू चिन्न, मानव जीवनको साँचो महत्त्व थाहा पाउन, र अझ बढी, परमेश्वरको सेवा गर्नु सजिलो काम होइन भनेर थाहा पाउन सकेस् भनेर तँलाई प्रयोग गर्नुहुन्छ। परमेश्वरको कामको अनुभव गर्नु भनेको उहाँको अनुग्रहको आनन्द लिनु होइन; बरु त्योभन्दा बढी यो परमेश्वरलाई प्रेम गर्नका खातिर दुःख भोग्नु हो। तँ परमेश्वरको अनुग्रहमा रमाउने भएकाले, तँ उहाँको सजायमा पनि रमाउनैपर्छ; तैँले यो सबै अनुभव गर्नैपर्छ। यदि तैँले परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुभएको अनुभव गर्न सक्छस्, र तैँले उहाँले तँलाई काटछाँट र न्याय गर्नुभएको पनि अनुभव गर्न सक्छस् भने, तेरो अनुभव व्यापक हुनेछ। परमेश्वरले तँमाथि उहाँको न्यायको काम गर्नुभएको छ र उहाँले तँमाथि उहाँको सजायको काम पनि गर्नुभएको छ। परमेश्वरको वचनले तँलाई काटछाँट गरेको छ, तर त्यसले तँलाई अन्तर्दृष्टि र ज्योति पनि दिएको छ। जब तँ नकारात्मक र कमजोर हुन्छस्, परमेश्वरले अझै पनि तेरो निम्ति चिन्ता गर्नुहुन्छ। यो सबै कामले तँलाई मानिस सम्बन्धी सबै कुरा परमेश्वरका योजनाबद्ध कार्यहरूभित्र पर्छ भन्ने कुरा सिकाउँछ। तँलाई परमेश्वरमा विश्वास गर्नु भनेको दुःख भोग्नु हो, वा उहाँका निम्ति धेरै कुरा गर्नु हो, वा तेरो देह शान्तिमा हुनु हो, वा तेरा लागि सबै कुरा सहज रूपमा चल्नु हो, र सबै कुरामा तँलाई आरामदायी र सहजता होस् भन्ने लाग्न सक्छ। मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा यीमध्ये कुनै पनि उद्देश्यहरू राख्नु हुँदैन। यदि तँ यी उद्देश्यहरूले विश्वास गर्छस् भने, तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु बिलकुलै असम्भव हुन्छ। परमेश्वरका कार्यहरू, परमेश्वरको धर्मी स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, अनि उहाँको अद्भुतता र बुझ्न नसकिने अवस्था, यी सबै मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझाइमार्फत तैँले आफ्नो हृदयलाई आफ्ना व्यक्तिगत माग, आशा, र धारणाहरूबाट मुक्त गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तैँले परमेश्वरद्वारा माग गरिएका सर्तहरू पूरा गर्न सक्छस्। यसमार्फत मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्वरमा विश्वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस समूहमार्फत उहाँका कार्यहरू र महिमा प्रकट हुन सकून्। यो नै परमेश्वरमा विश्वास गर्नेबारे सही दृष्टिकोण हो, अनि तैँले पछ्याउनुपर्ने लक्ष्य पनि यही नै हो। परमेश्वरमा विश्वास गर्नेबारे तेरो दृष्टिकोणलाई सही पार्नैपर्छ, र तैँले परमेश्वरका वचनहरू प्राप्त गर्न खोज्नुपर्छ। तैँले परमेश्वरका वचन खानु र पिउनु आवश्यक छ र तँ सत्यतामा जिउन सक्नैपर्छ, अनि विशेष गरी तैँले उहाँका व्यावहारिक कार्यहरू, सम्पूर्ण ब्रह्माण्डमा उहाँका अद्भुत कार्यहरू, साथै उहाँले देहमा गर्ने व्यावहारिक काम देख्न सक्नुपर्छ। मानिसहरूले आफ्ना वास्तविक अनुभवहरूमार्फत परमेश्वरले उनीहरूमा कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँका अभिप्रायहरू के-के हुन् भन्ने कुरा बोध गर्नुपर्छ। यो सबैको उद्देश्य मानिसहरूले आफ्ना शैतानी भ्रष्ट स्वभावहरू फाल्न सकून् भन्ने हो। तँभित्रका सबै अशुद्धता र अधार्मिकता फालेर, अनि तेरा गलत अभिप्रायहरू फालेर, तैँले परमेश्वरप्रति साँचो विश्वास विकास गर्नेछस्। केवल साँचो विश्वासका साथ तँ परमेश्वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। परमेश्वरमा विश्वास गर्ने जगमा मात्रै तँ उहाँलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। के तँ परमेश्वरलाई विश्वास नगरी उहाँप्रतिको प्रेम हासिल गर्न सक्छस्? तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, त्यसबारे तँ भ्रमित बन्न सक्दैनस्। कतिपय मानिस परमेश्वरमाथिको आस्थाले तिनीहरूलाई आशिष्हरू दिलाउँछ भन्ने देख्नेबित्तिकै उत्प्रेरित हुन्छन्, तर तिनीहरू आफूले शोधनहरू भोग्नुपर्ने देख्नेबित्तिकै सबै उत्प्रेरणा गुमाउँछन्। के त्यो परमेश्वरमा विश्वास गर्नु हो? अन्ततः तैँले आफ्नो आस्थामा परमेश्वरसामु पूर्ण र पूरा समर्पणता हासिल गर्नैपर्छ। तँ परमेश्वरमा विश्वास गर्छस्, तर यदि तँ अझै पनि उहाँप्रति मागहरू राख्छस्, तँसँग तैँले छोड्न नसक्ने धेरैवटा धार्मिक धारणा छन्, तैँले त्याग्न नसक्ने व्यक्तिगत हितहरू छन्, र अझै पनि तँ देहका आशिष्हरू खोज्छस् र परमेश्वरले तेरो देहलाई मुक्ति दिनुहोस्, तेरो प्राणलाई मुक्ति दिनुहोस् भन्ने चाहन्छस् भने, तँ गलत दृष्टिकोण भएको व्यक्तिको व्यवहार देखाइरहेको छस्। धार्मिक विश्वास हुने मानिसहरूमा परमेश्वरप्रति आस्था भए पनि, तिनीहरू आफ्नो स्वभाव परिवर्तन गर्न खोज्दैनन् र परमेश्वरको ज्ञान पछ्याउँदैनन्, बरु तिनीहरूको देहका हितहरू मात्र खोज्छन्। तिमीहरूमध्ये धेरै जनामा धार्मिक विश्वासको वर्गमा पर्ने आस्था छ; यो परमेश्वरमाथिको साँचो आस्था होइन। परमेश्वरमा विश्वास गर्नका निम्ति मानिसहरूमा उहाँका निम्ति दुःख भोग्न तयार हुने र आफैलाई त्याग्ने सङ्कल्प हुने हृदय हुनैपर्छ। मानिसले यी दुईवटा सर्त पूरा नगरेसम्म परमेश्वरमाथिको तिनीहरूको आस्था मान्य हुँदैन, र तिनीहरू आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्षम हुनेछैनन्। साँचो रूपले सत्यता, परमेश्वरको ज्ञान, र जीवन पछ्याउने मानिसहरू मात्रै परमेश्वरमा साँच्चै विश्वास गर्नेहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५१५
शोधनको कामको उद्देश्य मूलतः मानिसहरूको आस्थालाई सिद्ध पार्नु हो। अन्ततः हासिल हुने कुरा के हो भने, तँ छोडेर जान चाहन्छस् तर सक्दैनस्, कतिपय मानिस आशाको सानो किरण पनि नहुँदा समेत अझै आस्था राख्न सक्षम हुन्छन्, र मानिसहरूमा आफ्नै सम्भावनाहरूका सम्बन्धमा कुनै आशा नै हुँदैन। यस समयमा मात्रै परमेश्वरको शोधन समाप्त हुनेछ। यदि मानिसहरू अझै पनि जीवन र मृत्युको दोसाँधमा रहने चरणमा पुगेका छैनन्, र तिनीहरूले मृत्यु चाखेका छैनन् भने, तिनीहरूको शोधन समाप्त हुनेछैन। जो सेवाकर्ताहरूको चरणमा थिए तिनीहरूलाई समेत पूर्ण मात्रामा शोधन गरिएको थिएन। अय्यूबले पूर्ण मात्रामा शोधन भोग्यो, र ऊसँग भर पर्नका लागि केही पनि थिएन। मानिसहरूलाई अनिवार्य रूपमा त्यही बिन्दुसम्म शोधन गरिनुपर्छ—जहाँ तिनीहरूसँग आशाको एउटा किरण पनि नहोस् र भर पर्नका लागि एउटा पनि कुरा नहोस्। यो मात्रै साँचो शोधन हो। सेवाकर्ताहरूको समयमा, यदि तेरो हृदय सधैँ परमेश्वरसामु शान्त थियो, र यदि उहाँले जेसुकै गर्नुभए पनि र तेरो लागि उहाँका अभिप्रायहरू जेसुकै भए पनि, तँ सधैँ उहाँका प्रबन्धहरूप्रति समर्पित भइस् भने, बाटोको अन्त्यमा तैँले परमेश्वरले गर्नुभएका सबै कुरा बुझ्नेथिइस्। जब तँ अय्यूबका परीक्षाहरू भोग्छस्, तँ त्यो साथसाथै पत्रुसका परीक्षाहरू पनि भोगिरहेको हुन्छस्। अय्यूबको परीक्षा गर्दा, ऊ आफ्नो गवाहीमा दृढ रह्यो, र अन्तमा, यहोवा ऊकहाँ देखा पर्नुभयो। ऊ आफ्नो गवाहीमा दृढ रहेपछि मात्रै ऊ परमेश्वरको मुहार देख्न योग्य भयो। “म फोहोरको भूमिबाट आफूलाई लुकाउँछु तर पवित्र राज्यमा देखा पर्छु” भनेर किन भनिएको हो? यसको अर्थ तँ पवित्र पारिएपछि र आफ्नो गवाहीमा दृढ रहेपछि मात्रै तँ परमेश्वरको मुहार देख्न योग्य हुन्छस् भन्ने हो। यदि तँ आफ्नो गवाहीमा दृढ रहन सक्दैनस् भने, तँ उहाँको मुहार देख्न योग्य हुँदैनस्। यदि तँ शोधनहरूको सामना गर्दा पछि हट्छस् वा परमेश्वरविरुद्ध गुनासाहरू गर्छस्, र यसरी आफ्नो गवाहीमा दृढ रहन असफल हुन्छस् र शैतानको हाँसोको पात्र बन्छस् भने, तैँले परमेश्वरको देखापराइ प्राप्त गर्नेछैनस्। यदि तँ परीक्षाहरूका बीचमा आफ्नै देहलाई सराप्ने, तर परमेश्वरविरुद्ध गुनासो नगर्ने, र गुनासो नगरी वा आफ्ना शब्दहरूमार्फत पाप नगरी आफ्नै देहलाई घृणा गर्न सक्ने अय्यूबजस्तै छस् भने, तँ आफ्नो गवाहीमा दृढ रहनेछस्। जब तँ केही हदसम्म शोधनहरू भोग्छस् र अय्यूबजस्तै, परमेश्वरसामु पूर्ण रूपमा समर्पित हुने र उहाँसँग अरू कुनै माग नराख्ने वा आफ्नै धारणाहरू नबोक्ने हुन्छस्, तब परमेश्वर तँकहाँ देखा पर्नुहुनेछ। अहिले परमेश्वर तँकहाँ देखा पर्नुहुन्न किनभने तँसँग तेरा आफ्नै धारणाहरू, व्यक्तिगत पूर्वाग्रहहरू, स्वार्थी विचारहरू, व्यक्तिगत मागहरू र दैहिक हितहरू छन्, र तँ उहाँको मुहार देख्न योग्य छैनस्। यदि तैँले परमेश्वरलाई देखिस् भने, तैँले उहाँलाई आफ्नै धारणाहरूमार्फत मापन गर्नेथिइस् र त्यसो गर्दा, उहाँलाई तैँले क्रूसमा टाँग्नेथिइस्। यदि तँमाथि तेरा धारणाहरूसँग नमिल्ने धेरै कुरा आइपर्छन् तर तैपनि तँ तिनलाई त्याग्न र यी कुराहरूबाट परमेश्वरका कार्यहरूको ज्ञान प्राप्त गर्न सक्षम हुन्छस्, र शोधनहरूका बीचमा तेरो परमेश्वरलाई प्रेम गर्ने हृदय प्रकट गर्छस् भने, यो आफ्नो गवाहीमा दृढ रहनु हो। यदि तेरो घर शान्तिपूर्ण छ, तँ देहका सुखसुविधाहरूको आनन्द लिन्छस्, तँलाई कसैले पनि सताइरहेको छैन, र मण्डलीका तेरा दाजुभाइ-दिदीबहिनीहरू तँलाई पालन गर्छन् भने, के तेरो परमेश्वरलाई प्रेम गर्ने हृदय प्रकट हुन सक्छ र? के यो अवस्थाले तँलाई शोधन गर्न सक्छ र? शोधनमार्फत मात्र तेरो परमेश्वरलाई प्रेम गर्ने हृदय देखाउन सकिन्छ, र तेरा धारणाहरूसँग नमिल्ने कुराहरू आइपरे मात्र तँलाई सिद्ध पार्न सकिन्छ। धेरै वटा नकारात्मक कुराको सेवाद्वारा, र शैतानका सबै प्रकारका प्रकटीकरणहरू—त्यसका गतिविधिहरू, त्यसका आरोपहरू, त्यसका बाधाहरू र भ्रममा पार्ने कार्यहरू—प्रयोग गरेर, परमेश्वरले तँलाई शैतानको अत्यन्तै डरलाग्दो मुहार स्पष्ट रूपमा देखाउनुहुन्छ, र यसरी तँलाई शैतानलाई खुट्ट्याउने सामर्थ्य दिनुहुन्छ, ताकि तैँले शैतानलाई घृणा गर्न र त्यसविरुद्ध विद्रोह गर्न सकेस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५१६
तेरो असफलता, कमजोरी, तेरो नकारात्मकताका धेरै अवधिका अनुभवहरू सबैलाई परमेश्वरको जाँच भन्न सकिन्छ। किनकि सबै थोक परमेश्वरबाट आउँछन्, र सबै थोक र घटनाहरू उहाँकै हातमा छन्। तँ असफल वा तँ कमजोर भए पनि र तैँले ठोक्कर खाए पनि यो सबै परमेश्वरमा निर्भर हुन्छ र उहाँको पकडमा हुन्छन्। परमेश्वरको दृष्टिकोणमा यो तेरो जाँच हो, यदि तैँले यसलाई बुझ्न सकिनस् भने त्यो परीक्षा बन्छ। मानिसहरूले चिन्नुपर्ने दुई किसिमका अवस्थाहरू छन्: एउटा पवित्र आत्माबाट आउँछ, र अर्को सम्भावित स्रोत शैतान हो। एउटा अवस्था त्यो हो जुन पवित्र आत्माले तँलाई ज्योति दिनुहुन्छ र त्यसले तँलाई आफैलाई चिन्न, घृणा गर्न र आफ्नै विषयमा पछुतो गर्न अनि परमेश्वरका निम्ति साँचो प्रेम प्राप्त गर्न साथै तेरो हृदय परमेश्वरलाई सन्तुष्ट पार्नेतिर लगाउने तुल्याउँछ। त्यहाँ अर्को अवस्था छ, जहाँ तैँले आफैलाई चिन्छस्, तर तँ नकारात्मक र कमजोर हुन्छस्। यसलाई परमेश्वरको शोधन भन्न सकिन्छ, र यो शैतानको परीक्षा पनि हो। यदि यो तेरा निम्ति परमेश्वरको मुक्ति हो भनी जान्दछस् भने र यदि अब तँ उहाँप्रति गहन रूपमा ऋणी हुन्छस्—अनि अब उप्रान्त तैँलेसुधार गर्ने, यस्तो भ्रष्टतामा बस्न छोड्ने, अनि परमेश्वरका वचन उचित रूपमा खाने र पिउने प्रयास गर्छस्—र यदि तँ जहिल्यै पनि आफूलाई केही राम्रो नभएको ठान्छस्, र तँमा तृषित हृदय छ भने यो परमेश्वरबाटको जाँच हो। दुःख समाप्त भएपछि र तँ फेरि अगाडि बढ्न थालेपछि, परमेश्वरले तँलाई डोर्याउनुहुनेछ, प्रकाश दिनुहुनेछ, अन्तर्दृष्टि दिनुहुनेछ र खुवाउनुहुनेछ। तर यदि तँ यसलाई चिन्दैनस् र तँ नकारात्मक हुँदै आफैलाई निराशामा छोड्छस् भने, यदि तँ यसप्रकारले विचार गर्छस् भने त्यसको अर्थ तँमाथि शैतानको परीक्षा आएको छ। अय्यूबले परीक्षाहरू भोग्दा, परमेश्वर र शैतान एक-अर्कासित बाजी लगाइरहेका थिए, अनि परमेश्वरले शैतानलाई अय्यूबलाई कष्ट दिने अनुमति दिनुभयो। परमेश्वरले नै अय्यूबको जाँच गरिरहनुभएको भए पनि, खासमा तिनीमाथि शैतान आइपरेको थियो। शैतानका लागि, त्यो अय्यूबको परीक्षा गर्नु थियो, तर अय्यूब परमेश्वरको पक्षमा उभिए। यदि त्यसो नभएको भए अय्यूब परीक्षामा फसेका हुनेथिए। जब मानिसहरू परीक्षामा फस्छन्, तब तिनीहरू खतरामा पर्छन्। शोधन भोग्नुलाई परमेश्वरले लिनुभएको परीक्षा भन्न सकिन्छ, तर यदि तँ राम्रो स्थितिमा छैनस् भने, त्यसलाई शैतानले लिएको परीक्षा भन्न सकिन्छ। यदि तँ दर्शनहरूबारे प्रस्ट छैनस् भने, शैतानले तँलाई दोष लगाउनेछ र दर्शनहरूसम्बन्धी तेरो बुझाइ अस्पष्ट बनाउनेछ। तैँले थाहा पाउनुभन्दा अघि नै तँ परीक्षामा पर्नेछस्।
यदि तँ परमेश्वरको कामको अनुभव गर्दैनस् भने, तँ कहिल्यै पनि सिद्ध हुन सक्दैनस्। तेरो अनुभवमा तँ पूर्ण विवरणभित्र पनि प्रवेश गर्नुपर्छ। उदाहरणको निम्ति, कुन-कुन कुराहरूले तँलाई धारणाहरू र अनावश्यक अभिप्रायहरू विकास गर्न अगुवाइ गर्दछन् र ती समस्याहरूलाई समाधान गर्न कुन-कुन उपयुक्त अभ्यासहरू तँसँग छन्? यदि तँ परमेश्वरको काम अनुभव गर्न सक्छस् भने, त्यसको अर्थ तँसँग कद छ भन्ने हुन्छ। यदि तँसँग जोश छ भन्ने मात्र देखिन्छ भने, यो वास्तविक कद होइन, र तँ दृढतासाथ खडा हुन सक्षम हुनेछैनस्। जब तैँले परमेश्वरको काम अनुभव गर्न सक्छस्, र कुनै पनि समय र स्थानमा त्यसबारे विचार गर्न सक्छस्, जब तँ गोठालाहरूलाई छोड्न र परमेश्वरमा भर पर्दै स्वतन्त्र रूपमा जिउँछस्, तब मात्र तैँले परमेश्वरका व्यावहारिक कार्यहरू देख्न सक्छस्—तब मात्र परमेश्वरका अभिप्रायहरू प्राप्त गर्न सकिनेछ। अहिले धेरै जना मानिसहरूलाई कसरी अनुभव गर्ने भन्ने थाहा छैन, र जब तिनीहरूले कुनै समस्या भेट्टाउँछन्, त्यसलाई कसरी समाधान गर्ने सो तिनीहरू जान्दैनन्; तिनीहरूले परमेश्वरको कामको अनुभव गर्न सक्दैनन्, र तिनीहरूले आत्मिक जीवन जिउन सक्दैनन्। तैँले परमेश्वरका वचनहरू र कामलाई व्यवहारमा लागू गर्नुपर्दछ।
कहिलेकहीँ परमेश्वरले तँलाई एक निश्चित प्रकारको अनुभूति दिनुहुन्छ, यस्तो भावना जसको कारण तैँले आफ्नो भित्री आनन्द र परमेश्वरको उपस्थिति गुमाउनुपर्छ, जसले गर्दा तँ अन्धकारमा डुब्छस्। यो एक किसिमको शोधन हो। जब-जब तँ केही गर्छस्, तब त्यो सधैँ गलत हुन जान्छ वा तेरो सामु बाधा खडा हुन्छ। यो परमेश्वरको अनुशासन हो। कहिलेकहीँ, जब तँ परमेश्वरप्रति विद्रोही र प्रतिरोधी कार्य गर्छस् त्यो अरू कसैलाई थाहा नहुन सक्छ—तर परमेश्वरलाई थाहा हुन्छ। उहाँले तँलाई त्यसै छोडिदिनुहुनेछैन, उहाँले तँलाई अनुशासनमा राख्नुहुनेछ। पवित्र आत्माको काम धेरै विस्तृत छ। उहाँले मानिसहरूको प्रत्येक बोलीवचन र कार्यलाई, तिनीहरूका प्रत्येक व्यवहार र चाललाई, तिनीहरूका हरेक विचार र योजनालाई ध्यान दिएर हेर्नुहुन्छ, ताकि मानिसहरूले यी कुराहरूको आन्तरिक ज्ञान प्राप्त गर्न सकून्। तैँले एक पल्ट कुनै कुरा गर्छस् र त्यो गलत हुन्छ, तँ फेरि कुनै काम गर्छस्, अनि त्यो अझै गलत हुन्छ, अनि बिस्तारै तँ पवित्र आत्माको कामलाई जानेछस्। धेरै चोटि अनुशासनमा परेपछि तैँले परमेश्वरका अभिप्रायहरूसँग मिल्दो हुन के गर्नुपर्छ र कुन कुरा उहाँका अभिप्रायहरूसँग मिल्दोजुल्दो हुँदैन सो जान्नेछस्। अन्त्यमा, पवित्र आत्माको अगुवाइप्रति तेरो भित्रैबाट निस्केको सटीक प्रतिक्रिया तँमा हुनेछ। कहिलेकहीँ तँ विद्रोही बन्नेछस् र परमेश्वरले तँलाई भित्रैबाट हप्काउनुहुनेछ। यो सबै नै परमेश्वरको अनुशासनबाट आउँछ। यदि तँ परमेश्वरको वचनलाई बहुमूल्य ठान्दैनस् भने, यदि तैँले उहाँको कामलाई अनादर गरिस् भने, उहाँले तँलाई कुनै ध्यान दिनुहुनेछैन। परमेश्वरको वचनलाई तैँले जति गम्भीरतासाथ लिन्छस्, उहाँले तँलाई त्यत्ति नै बढी अन्तर्दृष्टि दिनुहुनेछ। अहिले, चर्चमा केही मानिसहरू छन् जसमा भद्रगोल र भ्रमित विश्वास हुन्छ, अनि तिनीहरूले अनेक अनुचित कार्यहरू गर्छन् र अनुशासनहीन व्यवहार गर्छन्, यसैले तिनीहरूमा पवित्र आत्माको कामलाई स्पष्ट रूपमा देख्न सकिँदैन। कतिपय मानिसहरूले अनुशासनमा नरहिकन गएर व्यवसाय गर्दै, पैसा कमाउनको खातिर आफ्ना कर्तव्यहरूलाई त्यागेर जान्छन्। यस किसिमको मानिस अझ बढी खतरामा हुन्छ। तिनीहरूसँग अहिले पवित्र आत्माको काम नहुने मात्र होइन, तिनीहरूलाई सिद्ध बन्न भविष्यमा पनि गाह्रो पर्नेछ। धेरै जना मानिसहरू यस्ता छन्, जसमा पवित्र आत्माको काम देख्न सकिँदैन र जसमा परमेश्वरको अनुशासन देख्न सकिँदैन। तिनीहरू ती हुन् जसले परमेश्वरका अभिप्रायहरूलाई स्पष्ट रूपमा जान्दैनन् र उहाँको काम जान्दैनन्। जो शोधनको बीचमा अटल भई बस्छन्, परमेश्वरले जस्तोसुकै कार्य गर्नुभए पनि जो उहाँको पछि लाग्छन्, र कम्तीमा पनि छोड्न सक्दैनन्, वा जसले पत्रुसले हासिल गरेको कामको ०.१% हासिल गर्दछन्, तिनीहरूले राम्रै गरिरहेका हुन्छन्, तर परमेश्वरले तिनीहरूलाई प्रयोग गर्नुहुने सम्बन्धमा तिनीहरूको कुनै मूल्य हुँदैन। धेरै जना मानिसहरूले परिस्थितिलाई चाँडै बुझ्दछन्, तिनीहरूमा परमेश्वरप्रतिको साँचो प्रेम हुन्छ, र पत्रुसको स्तरलाई उछिन्छन्, र परमेश्वरले तिनीहरूलाई सिद्ध पार्ने काम गर्नुहुन्छ। त्यस्ता मानिसहरूमा अनुशासन र अन्तर्ज्ञान आउँछ, यदि तिनीहरूमा परमेश्वरका अभिप्रायहरूसँग नमिल्ने केही छ भने त्यो तिनीहरूले तुरुन्तै फाल्न सक्छन्। त्यस्ता मानिसहरू सुन, चाँदी र बहुमूल्य पत्थरहरू हुन्—तिनीहरूको मूल्य अति उच्च हुन्छ! परमेश्वरले धेरै किसिमका कामहरू गर्नुभएको छ, तर तँ अझै पनि बालुवा र ढुङ्गाजस्तो छस् भने, तँ मूल्यहीन छस्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५१७
ठूलो रातो अजिङ्गरको देशमा परमेश्वरको काम अचम्मको र बुझ्न नसकिने छ। उहाँले मानिसहरूको एउटा झुण्डलाई सिद्ध बनाउनुहुनेछ र अरू केहीलाई हटाउनुहुनेछ, किनकि मण्डलीमा हरकिसिमका मानिसहरू हुन्छन्—त्यहाँ सत्यलाई प्रेम गर्नेहरू, र नगर्नेहरू हुन्छन्; परमेश्वरको कामको अनुभव गर्नेहरू हुन्छन्, अनि नगर्नेहरू पनि हुन्छन्; आफ्नो कर्तव्य पूरा गर्नेहरू, र नगर्नेहरू हुन्छन्; त्यहाँ परमेश्वरको साक्षी दिनेहरू हुन्छन्, नदिनेहरू पनि हुन्छन्—अनि तिनीहरूमध्ये केही भाग अविश्वासीहरू र दुष्ट मानिसहरू हुन्छन्, अनि तिनीहरूलाई निश्चय नै हटाइनेछन्। यदि तँलाई परमेश्वरको काम स्पष्ट रूपमा थाहा छैन भने तँ नकारात्मक बन्नेछस्; किनकि परमेश्वरको काम थोरै मानिसहरूमा मात्र देख्न सकिन्छ। यस समयमा, कसले परमेश्वरलाई प्रेम गर्दछ र कसले गर्दैनन् भन्ने कुरा पनि स्पष्ट हुन्छ। जसले परमेश्वरलाई साँचो रूपमा प्रेम गर्छन् तिनीहरूसित पवित्र आत्माको काम हुन्छ, अनि उहाँलाई साँचो रूपले प्रेम नगर्नेहरूलाई उहाँको कामको प्रत्येक चरणद्वारा प्रकट गरिनेछन्। तिनीहरू हटाइनुपर्ने व्यक्तिहरू बन्नेछन्। यी मानिसहरूलाई विजयको कामको अवधिमा प्रकट गरिनेछन्, अनि तिनीहरू ती मानिसहरू हुन् जसमा सिद्ध हुनको लागि कुनै मूल्य हुँदैन। जुन मानिसहरू सिद्ध बनाइएका हुन्छन् तिनीहरूलाई परमेश्वरले सम्पूर्ण रूपमा प्राप्त गर्नुभएको हुन्छ, अनि तिनीहरू पत्रुसझैं परमेश्वरलाई प्रेम गर्न सक्षम हुन्छन्। जुन व्यक्तिहरू जितिएका हुन्छन् तिनीहरूमा सक्रिय प्रेम हुँदैन, तर निष्क्रिय प्रेम मात्र हुन्छ, अनि तिनीहरू परमेश्वरलाई प्रेम गर्न बाध्य हुन्छन्। सक्रिय प्रेम व्यावहारिक अनुभवद्वारा ज्ञान प्राप्त गरेपछि विकास हुन्छ। यो प्रेमले व्यक्तिको हृदयमा स्थान ओगट्छ र यसले तिनीहरूलाई स्वेच्छाले परमेश्वरमा समर्पित हुने तुल्याउँछ; परमेश्वरको वचन तिनीहरूका आधार बन्छ र तिनीहरू परमेश्वरका निम्ति दुःख भोग्न सक्ने हुन्छन्। अवश्य नै, यी त्यस्ता कुराहरू हुन् जुन परमेश्वरद्वारा सिद्ध पारिएको व्यक्तिमा हुन्छ। यदि तँ जितिन मात्र चाहन्छस् भने तैँले परमेश्वरको निम्ति साक्षी दिन सक्दैनस्; यदि परमेश्वरले मानिसहरूलाई सिद्ध बनाएर मात्र उहाँको मुक्तिको लक्ष्य प्राप्त गर्नुहुन्छ भने सेवाकर्ताहरूको कदमले काम समाप्त गर्दछ। तापनि, मानिसहरूलाई जित्नु मात्र परमेश्वरको अन्तिम लक्ष्य होइन, जुन मानिसहरूलाई सिद्ध पार्नु हो। यसैले यो कदमलाई जित्ने काम भन्नुभन्दा बरु सिद्ध बनाउने र हटाउने काम हो भन्। केही मानिसहरू पूर्ण रूपले जितिएका हुँदैनन्, र तिनीहरूलाई जित्ने क्रममा मानिसहरूको एउटा झुण्डलाई सिद्ध पारिन्छ। यी दुईवटा कामलाई एकसाथ गरिन्छ। यति लामो कामको अवधिमा पनि मानिसहरू हटेका छैनन्, र यसले विजयको लक्ष्य प्राप्त भएको देखाउँछ—जित्नुको तथ्य यही हो। शोधनहरू विजय प्राप्त गर्नका लागि होइनन्, तर सिद्ध हुनुका लागि हुन्। शोधनविना, मानिसहरू सिद्ध हुन सक्दैनन्। त्यसैले शोधन साँच्चै मूल्यवान् छ! आज मानिसहरूको एउटा समूह सिद्ध पारिएका र प्राप्त गरिएका छन्। पहिले उल्लेख गरिएका दस आशिषहरू सबै सिद्ध पारिएकाहरूका लागि लक्षित थिए। पृथ्वीमा तिनीहरूको स्वरूप परिवर्तन गर्ने भनेर भनिएका सबै कुरा सिद्ध पारिएकाहरूका निम्ति लक्षित कुरा हुन्। जो सिद्ध पारिएका छैनन् तिनीहरू परमेश्वरका प्रतिज्ञाहरू प्राप्त गर्न योग्यका छैनन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
परमेश्वरका दैनिक वचनहरू अंश ५१८
परमेश्वरमा विश्वास गर्नु र परमेश्वरलाई चिन्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, र आज—देहधारी परमेश्वरले व्यक्तिगत रूपमा आफ्नो काम गरिरहनुभएको युगमा—परमेश्वरलाई चिन्ने अत्यन्तै राम्रो समय हो। परमेश्वरलाई सन्तुष्ट पार्नु भनेको परमेश्वरका अभिप्रायहरू बुझ्ने जगमा टेकेर हासिल गरिने कुरा हो, र परमेश्वरका अभिप्रायहरू बुझ्नका लागि, परमेश्वरबारे ज्ञान हुनु जरुरी छ। परमेश्वरबारे यो ज्ञान परमेश्वरमा विश्वास गर्ने व्यक्तिसँग हुनैपर्ने दर्शन हो; यो नै मानिसको परमेश्वरप्रतिको विश्वासको जग हो। यो ज्ञानको अभावमा, मानिसको परमेश्वरप्रतिको विश्वास खोक्रा धर्मसिद्धान्तहरूका बीचमा अस्पष्ट स्थितिमा रहनेछ। यस्ता मानिसहरूसँग परमेश्वरलाई पछ्याउने सङ्कल्प भए पनि, तिनीहरूले केही पनि प्राप्त गर्नेछैनन्। यस प्रवाहमा रहेर केही पनि प्राप्त नगर्नेहरू सबै हटाइनेछन्—तिनीहरू सबै आफू केही नगरी अरूको भरमा बाँच्ने मानिस हुन्। तैँले परमेश्वरको कामको जुनसुकै चरण अनुभव गरे पनि, तेरो साथमा एउटा महान् दर्शन हुनुपर्छ। नत्रभने, तँलाई नयाँ कामको हरेक चरण स्वीकार गर्न गाह्रो हुनेछ, किनभने परमेश्वरको नयाँ काम मानिसको कल्पना गर्ने क्षमताभन्दा बाहिर छ, र यो उसको सोचाइको सीमाभन्दा बाहिर छ। त्यसकारण, मानिसको हेरचाह गर्ने गोठालोविना, दर्शनहरूका बारेमा सङ्गति गर्ने गोठालोविना, मानिस यो नयाँ काम स्वीकार गर्न असमर्थ हुन्छ। यदि मानिस दर्शनहरू बोध गर्न सक्दैन भने, ऊ परमेश्वरको नयाँ काम बोध गर्न सक्दैन, र यदि मानिस परमेश्वरको नयाँ कामप्रति समर्पित हुन सक्दैन भने, मानिस परमेश्वरका अभिप्रायहरू बुझ्न असक्षम हुनेछ, र यसरी परमेश्वरबारे उसको ज्ञान शून्य बराबर हुनेछ। मानिसले परमेश्वरको वचन अभ्यास गर्नुअघि, उसले परमेश्वरको वचन जानेको हुनैपर्छ; अर्थात्, उसले परमेश्वरका अभिप्रायहरू बुझेको हुनैपर्छ। यसरी मात्रै परमेश्वरको वचनलाई सटीक रूपमा र परमेश्वरका अभिप्रायहरूअनुरूप अभ्यास गर्न सकिन्छ। यो सत्यता खोज्ने हरेक व्यक्तिले धारण गर्नैपर्ने कुरा हो, र यो परमेश्वरलाई चिन्ने प्रयास गर्ने हरेकले भोग्नैपर्ने प्रक्रिया पनि हो। परमेश्वरको वचनलाई चिन्ने प्रक्रिया नै परमेश्वरलाई चिन्ने प्रक्रिया हो। यो परमेश्वरको कामलाई चिन्ने प्रक्रिया पनि हो। त्यसकारण, दर्शनहरू जान्नुले देहधारी परमेश्वरको मानवता जान्नुलाई मात्र जनाउँदैन, यसमा त परमेश्वरको वचन र काम जान्ने कुरा पनि समावेश हुन्छ। परमेश्वरको वचनबाट मानिसहरूले परमेश्वरका अभिप्रायहरू बुझ्छन्, र परमेश्वरको कामबाट तिनीहरूले परमेश्वरको स्वभाव र परमेश्वर के हुनुहुन्छ भन्ने कुरा थाहा पाउँछन्। परमेश्वरमाथिको विश्वास परमेश्वरलाई चिन्ने पहिलो कदम हो। परमेश्वरप्रतिको यो प्रारम्भिक विश्वासबाट उहाँप्रतिको सबैभन्दा गहिरो विश्वाससम्म अघि बढ्ने प्रक्रिया नै परमेश्वरलाई चिन्ने प्रक्रिया हो, परमेश्वरको काम अनुभव गर्ने प्रक्रिया हो। यदि तँ परमेश्वरमा विश्वास गर्नका लागि मात्रै परमेश्वरमा विश्वास गर्छस्, र उहाँलाई चिन्नका लागि गर्दैनस् भने, तेरो विश्वासमा कुनै वास्तविकता छैन, र तेरो विश्वास शुद्ध बन्न सक्दैन—यसमा कुनै शङ्का छैन। यदि, परमेश्वरको काम अनुभव गर्दा, मानिसले बिस्तारै परमेश्वरलाई चिन्छ भने, उसको स्वभाव बिस्तारै परिवर्तन हुनेछ, र उसको विश्वास झन्-झन् साँचो बन्दै जानेछ। यसरी, जब मानिसले परमेश्वरमाथिको आफ्नो विश्वासमा सफलता हासिल गर्छ, तब उसले परमेश्वरलाई पूर्ण रूपमा प्राप्त गरेको हुनेछ। परमेश्वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नलाई दोस्रो पटक देह बन्नका लागि यति धेरै रगत-पसिना बगाउनुको कारण भनेको मानिसले उहाँलाई चिन्न र उहाँलाई देख्न सकोस् भनेर हो। परमेश्वरलाई चिन्नु[क] नै परमेश्वरको कामको अन्त्यमा हासिल गरिने अन्तिम परिणाम हो; यो परमेश्वरले मानवजातिसँग गर्ने अन्तिम माग हो। उहाँले यसो गर्नुको कारण भनेको उहाँको अन्तिम गवाहीको खातिर हो; मानिस अन्तिममा र पूर्ण रूपमा उहाँतर्फ फर्कन सकोस् भनेर उहाँ यो काम गर्नुहुन्छ। मानिसले परमेश्वरलाई चिनेर मात्रै परमेश्वरलाई प्रेम गर्न सक्छ, र परमेश्वरलाई प्रेम गर्न उसले परमेश्वरलाई चिन्नैपर्छ। उसले जसरी पछ्याए पनि, वा आफ्नो पछ्याइमार्फत उसले जे प्राप्त गर्ने आशा गरे पनि, उसले परमेश्वरबारे ज्ञान हासिल गर्न सक्नैपर्छ। यसरी मात्रै मानिसले परमेश्वरको हृदयलाई सन्तुष्ट पार्न सक्छ। परमेश्वरलाई चिनेर मात्रै मानिसले परमेश्वरमा साँचो विश्वास राख्न सक्छ, र परमेश्वरलाई चिनेर मात्रै ऊ साँचो रूपमा परमेश्वरको डर मान्न र उहाँप्रति समर्पित हुन सक्छ। परमेश्वरलाई नचिन्नेहरू परमेश्वरप्रतिको साँचो समर्पण र उहाँको डरमा कहिल्यै पुग्नेछैनन्। परमेश्वरलाई चिन्नुमा उहाँको स्वभाव चिन्ने, उहाँका अभिप्रायहरू बुझ्ने, र उहाँ के हुनुहुन्छ भनी चिन्ने कुरा पर्छन्। तैपनि व्यक्तिले जुनसुकै पक्ष चिने पनि, हरेकका लागि मानिसले मूल्य चुकाउनुपर्छ र समर्पित हुने सङ्कल्प आवश्यक पर्छ, जुनविना कोही पनि अन्तिमसम्म निरन्तर पछ्याइरहन सक्षम हुनेछैन। परमेश्वरको काम मानिसका धारणाहरूसँग अत्यन्तै नमिल्दो हुन्छ। परमेश्वरको स्वभाव र परमेश्वर के हुनुहुन्छ भन्ने कुरा थाहा पाउन मानिसलाई अत्यन्तै गाह्रो हुन्छ, र परमेश्वरको हरेक वचन र कार्य, उहाँको हरेक चाल मानिसका लागि अत्यन्तै बुझ्न नसकिने खालको हुन्छ। यदि मानिस परमेश्वरलाई पछ्याउने इच्छा गर्छ तैपनि उहाँप्रति समर्पित हुन अनिच्छुक छ भने, मानिसले केही पनि प्राप्त गर्नेछैन। संसारको सृष्टिदेखि आजसम्म, परमेश्वरले त्यस्तो धेरै काम गर्नुभएको छ जसलाई मानिसले बुझ्न सक्दैन र जुन मानिसलाई स्वीकार गर्न गाह्रो लागेको छ, र परमेश्वरले त्यस्तो धेरै कुरा भन्नुभएको छ जसले मानिसका धारणाहरूलाई निको पार्न गाह्रो बनाउँछ। तर मानिसका अति धेरै कठिनाइ भएका कारण उहाँले आफ्नो काम गर्न कहिल्यै छोड्नुभएको छैन; बरु, उहाँले काम गर्न र बोल्न जारी राख्नुभएको छ। ठूलो सङ्ख्यामा “योद्धाहरू” बाटोमै लडेका भए पनि, उहाँ अझै पनि आफ्नो काम गरिरहनुभएको छ, र उहाँको नयाँ कामप्रति समर्पित हुन इच्छुक मानिसहरूको एकपछि अर्को समूहलाई विश्रामविना निरन्तर रूपमा छनौट गरिरहनुभएको छ। उहाँमा ती लडेका “नायकहरू” प्रति कुनै दया छैन, बरु उहाँ उहाँका नयाँ काम र वचनहरू स्वीकार गर्नेहरूलाई उहाँ बहुमूल्य ठान्नुहुन्छ। तर यसरी एकपछि अर्को कामको चरण अघि बढाउनुमा उहाँको उद्देश्य के हो? उहाँ किन सधैँ कतिपय मानिसलाई हटाउनुहुन्छ र अरूलाई रोज्नुहुन्छ? उहाँ किन सधैँ यस्तो विधि प्रयोग गर्नुहुन्छ? उहाँको कामको उद्देश्य उहाँलाई चिन्न, र यसरी उहाँद्वारा प्राप्त गरिन मानिसलाई मद्दत गर्नु हो। उहाँको कामको सिद्धान्त भनेको जो उहाँले आज गर्नुहुने कामप्रति समर्पित हुन सक्छन् तिनीहरूमा काम गर्नु, र जो उहाँले विगतमा गर्नुभएको कामप्रति समर्पित हुन्छन् तर उहाँले आज गर्नुहुने कामको विरोध गर्छन् तिनीहरूमा काम नगर्नु हो। उहाँले यति धेरै मानिसलाई हटाउँदै आउनुको कारण यही नै हो।
परमेश्वरलाई जान्ने क्रममा सिकेको पाठको प्रभावलाई एक वा दुई दिनमा प्राप्त गर्न सकिँदैन: मानिसले निश्चय नै अनुभवहरू बटुल्नैपर्छ, कठिनाइहरू हुँदै जानैपर्छ, अनि साँचो समर्पणता हासिल गर्नैपर्छ। सबैभन्दा पहिला, परमेश्वरको कार्य अनि वचनबाट नै सुरु गर्। परमेश्वरको ज्ञानमा के संलग्न छ, यो ज्ञान कसरी प्राप्त गर्ने, अनि आफ्नो अनुभवमा परमेश्वरलाई कसरी देख्ने त्यो तैँले जान्नु अति नै आवश्यक छ। परमेश्वरलाई चिन्न बाँकी हुँदा हरेक व्यक्तिले गर्नुपर्ने कुरा यही नै हो। कसैले पनि परमेश्वरको कार्य र वचनहरूलाई एक झट्कामा पक्रन सक्दैन, अनि कसैले पनि छोटो समयावधिमा परमेश्वरको सम्पूर्णताको ज्ञानलाई प्राप्त गर्न सक्दैन। त्यसमा अनुभवको आवश्यक प्रक्रिया छ, जुनविना कसैले पनि परमेश्वरलाई चिन्न अथवा उहाँलाई इमान्दारितासित पछ्याउन सक्दैन। परमेश्वरले जति धेरै कार्य गर्नुहुन्छ, मानिसले त्यति नै बढी उहाँलाई चिन्ने गर्छ। परमेश्वरको कार्य मानिसको धारणाहरूभन्दा जति धेरै भिन्न छ, त्यति नै धेरै उहाँबारे मानिसको ज्ञान नवीकरण र गहिरो भएर जान्छ। यदि परमेश्वरको कार्य सँधैको लागि निश्चित र अपरिवर्तनशील रहन्थ्यो भने उहाँको बारेमा मानिसहरूसित धेरै ज्ञान हुने थिएन। उत्पत्तिको समय अनि वर्तमानको बीचमा, व्यवस्थाको युगमा परमेश्वरले के गर्नुभयो, अनुग्रहको युगको अवधिमा उहाँले के गर्नुभयो, अनि राज्यको युगमा उहाँले के गर्नुहुन्छ—तिमीहरू यी दर्शनहरूको बारेमा स्पष्ट हुनुपर्छ। तिमीहरूले परमेश्वरको कार्यलाई जान्नुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई चिन्नेहरू मात्र परमेश्वरका लागि साक्षी दिन सक्छन्
फूटनोटहरू:
क. मूल पाठमा “परमेश्वरलाई चिन्नेको कार्य” भनेर पढिन्छ।
परमेश्वरका दैनिक वचनहरू अंश ५१९
मानिस परमेश्वरको काम अनुभव गर्छ, आफूलाई चिन्न थाल्छ, आफ्नो भ्रष्ट स्वभाव फाल्छ, र जीवनको वृद्धि पछ्याउँछ, जुन सबै परमेश्वरलाई चिन्नका खातिर हुन्। यदि तँ आफूलाई चिन्न र आफ्नो भ्रष्ट स्वभावलाई काटछाँट गर्न मात्रै खोज्छस्, तर परमेश्वर मानिसमा के काम गर्नुहुन्छ, उहाँको मुक्ति कति महान् छ, वा तँ कसरी परमेश्वरको काम अनुभव गर्छस् र उहाँका कार्यहरू देख्छस् भन्ने बारेमा तँलाई कुनै ज्ञान छैन भने, तेरो यो अनुभव मूर्खतापूर्ण छ। यदि तँलाई कसैले सत्यतालाई व्यवहारमा लागु गर्न र धैर्य अभ्यास गर्न सक्ने भएकै कारण उसको जीवनमा परिपक्वता आएको छ भन्ने लाग्छ भने, यसको अर्थ तैँले अझै पनि जीवनको साँचो अर्थ वा मानिसलाई सिद्ध पार्नुमा परमेश्वरको उद्देश्य बुझेको छैनस्। कुनै दिन, जब तँ धार्मिक मण्डलीहरूमा, पश्चात्ताप मण्डलीका वा जीवन मण्डलीका सदस्यहरूका बीचमा हुन्छस्, तब तैँले भक्त मानिसहरू धेरैलाई भेट्नेछस्, जसका प्रार्थनाहरूमा “दर्शनहरू” रहेका हुन्छन् र जो आफ्नो जीवनको पछ्याइमा छोइएको महसुस गर्छन् र वचनहरूद्वारा निर्देशित हुन्छन्। यसबाहेक, धेरै वटा मामलामा, तिनीहरू धैर्य अभ्यास गर्न, आफूलाई त्याग्न, र देहद्वारा निर्देशित नहुन सक्षम हुन्छन्। त्यतिबेला, तैँले तिनीहरूलाई खुट्ट्याउन सक्नेछैनस्: तँ तिनीहरूले गर्ने सबथोक सही छ, त्यो जीवनको स्वाभाविक प्रकटीकरण हो, र तिनीहरूले विश्वास गर्ने नाम गलत हुनु दुःखको कुरा हो भन्ने विश्वास गर्नेछस्। के यस्ता दृष्टिकोणहरू मूर्खतापूर्ण होइनन् र? धेरै मानिससँग जीवन छैन भनेर किन भनिन्छ? किनभने तिनीहरू परमेश्वरलाई चिन्दैनन्, र तसर्थ तिनीहरूको हृदयमा परमेश्वर हुनुहुन्न, र तिनीहरूसँग जीवन छैन भनेर भनिन्छ। यदि परमेश्वरमाथिको तेरो विश्वास यस्तो बिन्दुमा पुगेको छ जहाँ तँ परमेश्वरका कार्यहरू, परमेश्वरको व्यावहारिकता, र परमेश्वरको कामको हरेक चरणलाई पूर्ण रूपमा चिन्न सक्षम छस् भने, तैँले सत्यता धारण गरेको छस्। यदि तँ परमेश्वरको काम र स्वभावलाई चिन्दैनस् भने, तेरो अनुभव अझै पनि पर्याप्त छैन। येशूले आफ्नो कामको त्यो चरण कसरी अघि बढाउनुभयो, यो चरण कसरी अघि बढाइँदै छ, अनुग्रहको युगमा परमेश्वरले आफ्नो काम कसरी गर्नुभयो र के काम गरियो, यस चरणमा के काम गरिँदै छ—यदि तँलाई यी कुराहरूको पूर्ण ज्ञान छैन भने, तँलाई कहिल्यै आश्वस्त महसुस हुनेछैन र तँलाई सधैँ अस्थिर महसुस हुनेछ। यदि, केही समयको अनुभवपछि, तँ परमेश्वरद्वारा गरिएको काम र उहाँको कामको हरेक कदमलाई चिन्न सक्छस्, र यदि तैँले परमेश्वरले आफ्ना वचनहरू बोल्नुका उद्देश्यहरू, र उहाँले बोल्नुभएका यति धेरै वचन किन पूरा भएका छैनन् भन्ने बारेमा पूर्ण ज्ञान प्राप्त गरेको छस् भने, तँ चिन्ता र शोधनबाट मुक्त भएर, निर्धक्क भई र पछि नहटी अगाडिको मार्ग पछ्याउन सक्छस्। तिमीहरूले परमेश्वर आफ्नो यति धेरै काम कुन माध्यमबाट सम्पन्न गर्नुहुन्छ भनेर हेर्नुपर्छ। उहाँले आफूले बोल्ने वचनहरू प्रयोग गर्नुहुन्छ, र धेरै वटा फरक-फरक प्रकारका वचनहरूमार्फत मानिसलाई शोधन गर्नुहुन्छ र उसका धारणाहरूलाई रूपान्तरण गर्नुहुन्छ। तिनीहरूले सहेका सबै दुःख, तिमीहरूले भोगेका सबै शोधन, तिमीहरूले आफूभित्र स्वीकार गरेको काटछाँट, र तिमीहरूले अनुभव गरेको अन्तर्दृष्टि—यी सबै परमेश्वरले बोल्नुभएका वचनहरूमार्फत हासिल गरिएका हुन्। मानिस केका आधारमा परमेश्वरको पालन गर्छ? ऊ परमेश्वरका वचनहरूका कारण पालन गर्छ! परमेश्वरका वचनहरू गहिरो रूपमा रहस्यमय छन्, र यसबाहेक तिनले मानिसको हृदयलाई प्रेरित गर्न, यसभित्र गहिरो रूपमा गाडिएका कुराहरूलाई खुलासा गर्न, उसलाई विगतमा घटेका कुराहरू थाहा दिन, र उसलाई भविष्यभित्र छिर्न मद्दत गर्न सक्छन्। त्यसकारण मानिस परमेश्वरका वचनहरूका कारण दुःख सहन्छ, र परमेश्वरका वचनहरूका कारण नै सिद्ध पनि पारिन्छ: यस समयदेखि उता मात्रै मानिसले परमेश्वरको पालन गर्छ। यस चरणमा, मानिस परमेश्वरका वचनहरू स्वीकार गर्छ, र चाहे ऊ सिद्ध पारियोस् वा उसको शोधन गरियोस्, परमेश्वरका वचनहरू नै मुख्य कुरा हुन्। यो नै परमेश्वरको काम हो, र आज मानिसले जान्नुपर्ने दर्शन पनि यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई चिन्नेहरू मात्र परमेश्वरका लागि साक्षी दिन सक्छन्